५८. पिशाचहरूको अखडाबाट उम्‍कँदा

जियाओ क्याङ, चीन

म पक्राउ परेको दिन, म दुई जना सिस्टरहरूसँग भेलामा थिएँ, त्यस बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू भित्र पसे। तिनीहरूले हामीलाई चिच्याउँदै भने, “कोही पनि हलचल नगर्, भुईँमा बस्!” त्यसपछि तिनीहरूले हामी तीन जनाको फोटो लिए र डाँकुहरूले झैँ पूरै घर अल्टाइ-पल्टाइ गरे। एक जना प्रहरीले मेरो पर्समा मण्डलीको रकम २००,००० युआनको रसिद भेट्टाए। मेरो मुटु ढुकढुक भयो र मैले सोचेँ: “अब तिनीहरूले यो रसिद भेट्टाए, त्यसकारण तिनीहरूले पक्‍कै पनि मण्डलीको रकम कहाँ छ भनेर सोध्‍नेछन्।” मैले हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, र यहूदाले जस्तो उहाँलाई धोका नदिन र उहाँको गवाहीमा दह्रिलो हुन सहायता मागेँ। त्यसपछि एक जना प्रहरीले मलाई सोधे: “यो तेरो पर्स हो?” मैले जवाफ नदिँदा, तिनले मेरो अनुहारमा थप्‍पड हाने र धेरैपटक लात हाने। त्यसपछि तिनीहरूले हामीलाई जबरजस्ती तिनीहरूका कारमा हाले।

सार्वजनिक सुरक्षा ब्यूरोमा पुगेपछि, हामीलाई अलग गरेर सोधपुछको लागि लगियो। राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेनले मलाई म नेतृत्वको कुन तहको पदमा छु र म प्रायः कोसँग भेला हुन्छु भनेर सोधे। मैले जवाफ नदिँदा, तिनले एउटा पुस्तक उठाए अनि अनुहार र टाउकोमा धेरैपटक हाने, जसले गर्दा मेरो अनुहारमा साह्रै पीडा भयो। मैले मनमनै सोचेँ, “तिनीहरूले मबाट त्यो २००,००० युआन लिन मलाई कस्तो यातना दिने हुन्? के म त्यो सहन सक्‍नेछु? यदि मैले सहन सकिनँ र यहूदाले जस्तै परमेश्‍वरलाई धोका दिएँ भने के गर्ने?” यी सोचाइहरू आएपछि, मलाई तुरुन्तै चिन्ता लाग्यो र मैले परमेश्वरलाई विश्‍वास र शक्ति मागेँ। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७५)। मैले सोचेँ, “ठिक भन्‍नुभयो। यी प्रहरीहरू जति नै भयानक भए पनि, ती सबै परमेश्‍वरकै हातमा छन्। परमेश्‍वरको अनुमतिविना, तिनीहरूले ममाथि औँला पनि उठाउन सक्दैनन्। मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ र आफूलाई उहाँको हातमा सुम्पनुपर्छ। प्रहरीले मलाई जस्तो व्यवहार गरे पनि, मैले परमेश्‍वरमा भरोसा गरेर उहाँको गवाहीमा म दह्रिलो हुनैपर्छ।” मैले रिसाउँदै तिनीहरूलाई सोधेँ, “तपाईंहरूले कुन आधारमा हामीलाई पक्राउ गरेर कुट्‍नुभएको? हामीले कुन कानुन तोडेका छौँ?” अर्को प्रहरीले जङ्गिदै भने: “अझै आफूलाई दोषी मान्दैनस्? सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु कानुन, पार्टी र देशविरुद्ध कार्य हो!” मैले यसो भन्दै जवाफ दिएँ: “हामी आफ्नो विश्‍वासमा भेला हुने र परमेश्‍वरका वचनहरू पढ्ने मात्र गर्छौँ। हामी राजनीतिमा कहिल्यै सहभागी हुँदैनौँ, त्यसकारण हामी कसरी पार्टी र देशविरुद्ध काम गर्न सक्छौँ? तपाईंहरूले कारणविना हामीलाई पक्राउ र कुटपिट गरेर जानाजानी कानुन तोडिरहनुभएको छ।” तिनी यति रिसाए कि मलाई हिर्काउन लागेका थिए, तर ठिक त्यही बेला अर्को प्रहरी आएर खाना खान जानू र त्यो रात केही समयपछि सोधपुछ जारी राख्‍नू भनी भने।

त्यस साँझ, तिनीहरूले मलाई एउटा होटेलमा लगे र मण्डलीको २००,००० युआन कसले राखेको छ र त्यो मानिस कहाँ छ भनेर कडा केरकार गरे। मैले जवाफ नदिँदा एक जना प्रहरीले मलाई यति जोडले थप्‍पड हाने कि मैले तारा मण्डल देखेँ र गाला भतभत पोलेर दुख्यो। राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेनले मलाई यसो भन्दै तर्साउन खोजे: “केही दिनपहिले, हामीले तिमीहरूका धेरै जना उच्‍च नेताहरू पक्रेका छौँ। हामीले तँलाई पछ्याएको केही समय भयो र तँ नेता होस् भन्‍ने हामीलाई थाहा छ। तँ हामीले भनेको मान्, नत्र तँलाई कुटेर मार्नेछौँ!” मैले तिनको कुरा बेवास्ता गरेँ र मनमनै परमेश्‍वरलाई प्रार्थना गर्दै साहस र बुद्धि मागिरहेँ ताकि शैतानको डर नमानूँ। त्यसपछि, अर्का प्रहरीले जबर्जस्ती मुस्कुराउँदै भने: “तैँले आफूलाई थाहा भएको जति कुरा भने पुग्छ, त्यसपछि तँ घर जान सक्छेस्। तेरो बच्‍चा अझै सानै छ र तेरा आमाबुबालाई हेरचाह गर्ने अरू कोही छैन। तँ घरमा भइनस् भने तिनीहरू कसरी जिउँछन्? तँलाई जे थाहा छ हामीलाई भन् नत्र तँ जेल जानेछस्!” यो सुन्दा, मैले सोचेँ: “मेरा आमाबुबा दुवै जना सत्तरीको दशकमा हुनुहुन्छ र मेरी छोरी अझै सानै छिन्। मलाई जेल सजाय भयो भने तिनीहरूलाई कसले हेरचाह गर्नेछन्?” यो सोच्दा, म नरोई सकिनँ। ठिक त्यही बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो जसमा यसो भनिएको छ: “मेरा मानिसहरू मेरो निम्ति मेरो घरको ढोकाको सुरक्षा गर्दै हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३)। परमेश्‍वरका वचनहरूले मलाई के याद दिलाए भने शैतानले मलाई प्रलोभनमा पारेर परमेश्‍वरलाई धोका दिन लगाउन परिवारप्रतिको मेरो चिन्तालाई प्रयोग गर्ने प्रयास गरिरहेको छ। म यसको जालमा पर्नु हुँदैनथ्यो। मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड याद आयो, जसले भन्छ: “किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। वास्तवमा, मेरी छोरी र मेरा आमाबुबाको भाग्य परमेश्‍वरको हातमा थियो र उहाँले नै ती नियन्त्रण गर्नुहुन्थ्यो र मिलाउनुहुन्थ्यो, त्यसकारण मैले त्यसबारे किन चिन्ता लिनुपऱ्यो र? मैले ती परमेश्‍वरलाई सुम्पनुपर्थ्यो र आफ्‍नो परिवारको चिन्ता गरेर आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिनु हुँदैनथ्यो। मैले मनमनै यस्तो शपथ खाएँ: “मैले मेरा बाँकी दिनहरू जेलमा काट्नुपरे पनि, म मेरा ब्रदर-सिस्टरहरूको कहिल्यै पोल खोल्नेछैनँ वा परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैनँ!” ठिक त्यही बेला, अर्को प्रहरी आएर अरू दुई जना सिस्टरलाई केरकार गर्नुपर्छ भनेर भने, त्यसपछि तिनीहरू अर्को कोठामा गए, र मलाई गार्ड गर्न दुई जना प्रहरी मात्र त्यहाँ रहे। त्यसको केही समयपछि, मैले सिस्टरहरू आङै सिरिङ्ग हुनेगरी बारम्‍बार चिच्याइरहेको सुनेँ। मलाई साह्रै रिस उठ्यो—हामी परमेश्‍वरका विश्‍वासी र अनुयायीहरूका रूपमा सही मार्गमा हिँडिरहेका थियौँ र कुनै नियम तोडेका थिएनौँ, तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई पक्राउ गरेर अत्याचार गरिरहेको थियो! मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, जसले भन्छन्: “हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहेको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? … प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरलाई घृणा र विरोध गर्ने दियाबलस हो। परमेश्‍वरको देहधारण र मानवजातिको मुक्ति साँच्‍चै आनन्दमय क्षण हो, तर चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरलाई पृथ्वीमा आउन अनुमति दिँदैन। तिनीहरू हामीलाई परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन र सही मार्गमा हिँड्न दिँदैनन्। तिनीहरू क्रोधित भएर ख्रीष्‍टको खेदो गर्छन् र परमेश्‍वरका अनुयायीहरूलाई उग्र व्यवहार गर्छन्। तिनीहरू अनन्त सार्वभौमिकता हासिल गर्न र मानवजातिलाई नियन्त्रण गर्ने आफ्नो उग्र महत्त्वाकाङ्क्षा पूरा गर्नका लागि हामी सबैलाई जरैदेखि उखेल्‍न, उन्मूलन गर्न र परमेश्‍वरको कामलाई दमन गर्न लागिपरेका छन्; मलाई यो चिनियाँ कम्युनिस्ट पार्टी, यो बूढो पिशाचप्रति हृदयदेखि नै घृणा जाग्यो, र तिनीहरूले मलाई जति सताउँथे, परमेश्‍वरलाई पछ्याउने मेरो चाहना त्यति नै बढ्थ्यो। मैले जति नै कष्ट भोग्‍नुपरे पनि, म शैतानलाई लाजमा पार्न परमेश्‍वरको गवाहीमा दह्रिलो हुन इच्छुक भएँ।

पछि, बिहान चार बजेको केही समयपछि, गार्डहरू ओछ्यानमा पल्टेर सुते। मलाई त्यहाँबाट भागेर जाने ठूलो इच्‍छा भएको थियो, तर म सफल भइनँ र मलाई फेरि पक्रेर ल्याइयो भने प्रहरीले ममा अझै कडा यातनाहरू दिन्छन् भन्‍ने पनि मलाई चिन्ता लाग्यो। मैले परमेश्‍वरलाई तुरुन्तै प्रार्थना गरेँ: “हे परमेश्‍वर! यदि तपाईंले मेरो लागि यो मार्ग खोलिदिनुभएको हो भने, बिन्ती छ ममा यो सिंहको खोरबाट निस्कन चाहिने विश्‍वास, साहस र बुद्धि भरिदिनुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, जसले भन्छन्: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। परमेश्‍वरका वचनहरूले मलाई सामर्थ्य दिए: परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै थोकमाथि सार्वभौम शासन गर्नुहुन्छ। शैतान पनि परमेश्‍वरकै पकडभित्र छ। मोशाले इस्राएलीहरूलाई मिश्रबाट डोऱ्याएर लैजाँदै गर्दा पछाडिबाट रथहरूले खेदाइरहेका र अगाडि लाल समुद्र आइपुगेको बेला, कसरी तिनले तुरुन्तै यहोवा परमेश्‍वरलाई पुकारे र परमेश्‍वरले तिनीहरूका लागि लाल समुद्रको पानी दुई भाग गरेर बीचमा सुक्‍खा जमिन बनाएर तिनीहरूका निम्ति बाटो खोलिदिनुभयो भनेर मलाई याद आयो। इस्राएलीहरू लाल समुद्र तरेपछि, परमेश्‍वरले तुरुन्तै दुई भाग भएको पानीलाई जोड्नुभयो र खेद्दै आएका मिश्रीहरू डुबे। सबै कुरा परमेश्‍वरकै सार्वभौमिकताको अधीनमा छन् भन्‍ने महसुस गरेपछि, मलाई त्यति डर लागेन अनि भाग्‍ने साहस र विश्‍वास मिल्यो। मैले बिस्तारै ढोका खोलेँ र निस्कँदै त्यो हल्कासित बन्द गरेँ अनि चप्पल हातमा बोकेर चाल मारेर पहिलो तल्‍लामा ओर्लिएँ। अगाडिको टेबलमा कोही थिएन, तर भवनको प्रवेशद्वारमा पुगेपछि त्यो बन्द गरिएको देखेँ। मैले सोचेँ: “अब म उम्‍कन सक्दिनँ। फर्कनु नै असल हुन्छ। प्रहरीले मेरो कर्तुत थाहा पायो भने, मलाई अवश्य नराम्ररी कुट्‍नेछ।” म साह्रै घबराएँ र मेरो मुटु फुट्लै जस्तो ढुकढुक गरिरहेको थियो। तैपनि, अचम्‍मको कुरो, दोस्रो तल्‍लामा फर्केर जाने क्रममा, मैले अचानक पछाडिको ढोका देखेँ। त्यसकारण म त्यहाँ बिस्तारै हेर्न गएँ, तर त्यो ढोका पनि बन्द गरिएको रहेछ—अर्को निराशा। मैले सोचेँ: “हे परमेश्‍वर! तपाईंले अनुमति दिनुभएन भने म उम्‍कने प्रयास गर्नेछैनँ। म तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। यदि मैले तपाईंको अनुमति पाएको छु भने, बिन्ती छ मेरो लागि बाटो खोलिदिनुहोस्।” मैले होसियारीसाथ ताल्चा तानेँ र अचम्‍मको कुरो, यो तुरुन्तै खोलियो! मलाई अत्यन्तै खुसी लाग्यो र म पछाडिको ढोकाबाट जतिसक्दो चाँडो दौडेर निस्केँ। म भएभरको बल लगाए दौडिएँ, र थकाइलाग्दो यात्रापछि बल्ल म लगभग चार किलोमिटर टाढा रहेको मेरी काकीको घर पुगेँ।

म मेरी काकीको घरमा बसेकी मात्र थिएँ, सडकमा पुलिसको चर्को साइरन बजेको सुनेँ—त्यो तिनीहरूले खुँखार अपराधीहरूलाई खेद्दा बजाउने साइरन थियो। ती प्रहरीहरूको डरलाग्दा अनुहार र यातना दिने विभिन्‍न युक्तिहरूबारे सोच्दा मात्रै पनि, म आत्तिएँ र तिनीहरूले मलाई कुनै पनि बेला समात्‍नेछन् भन्‍ने चिन्ता लाग्यो। ठिक त्यही बेला, परमेश्‍वरका वचनहरूले मलाई फेरि प्रोत्साहन दिए: “नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै धेरै साहस र विश्‍वास दिए। परमेश्‍वर मेरो साथमा हुनुहुन्छ, मैले केको डर मान्‍ने? के परमेश्‍वरले मलाई पहिले नै सिंहको खोरबाट छुटकारा दिइसक्नुभएको थिएन र? मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्थ्यो र आफूलाई पूर्णरूपमा उहाँको हातमा सुम्पनुपर्थ्यो। म कति कष्ट भोग्नेछु भनेर परमेश्वरले पूर्वनिर्धारित गरिसक्नुभएको थियो, र यदि म फेरि पक्राउ परेँ भने, यो उहाँको अनुमतिद्वारा मात्रै हुनेथ्यो। यो सोचेपछि, म अलिक शान्त भएँ, तर त्यसपछि मेरी काकीले परमेश्‍वरमा विश्‍वास गरेकोमा उहाँको छोराबुहारी दुवैले विरोध गर्ने गरेका र उहाँलाई निकैपटक प्रहरी चौकीमा पठाउन चाहेको कुरा मलाई याद आयो। चिनियाँ कम्युनिस्ट पार्टीले मेरो खोजी गरिरहेको छ भन्‍ने थाहा पाए भने तिनीहरूले के गर्नेथिए मलाई थाहा थिएन, त्यसकारण म त्यहाँबाट जतिसक्दो चाँडो निस्कनुपर्छ भन्‍ने मलाई थाहा भयो।

मलाई नचिनोस् भनेर, मैले कपाल छोटो काटेँ र लुगा बद्लेँ। त्यसपछि, काकीको घरमा बसेको तेस्रो दिन बिहान लगभग चार बजेतिर घरबाट सुटुक्‍क निस्केँ र साइकलमा भित्री बाटो हुँदै लगभग २० किलोमिटर जति टाढा सिस्टर डोङ एनको घर गएँ। मैले हरेक दिन दिउँसोतिर केही सिस्टरहरूलाई च्याट गर्ने चाँजो मिलाएकी थिएँ, तर तिनीहरूलाई म पक्राउ परेकी छु र मेरो फोन पुलिससँग छ भन्‍ने थाहा थिएन—तिनीहरूले मलाई कल गरे भने, तिनीहरूलाई निगरानी गरेर अन्तिममा पक्राउ गरिनेथ्यो। त्यसकारण मैले नयाँ सिम कार्ड लिएँ र तिनीहरूलाई तुरुन्तै आफ्‍नो फोन बन्द गर्नू भनी बताउन फोन गरेँ। दुःखको कुरा, प्रहरीले तिनीहरूको कल पहिल्यैदेखि निगरानी गरिरहेको रहेछ र मैले तिनीहरूलाई सम्पर्क गर्नेबित्तिकै प्रहरीले मेरो स्थान पत्ता लगाइहाल्यो। केही दिनपछि साँझ ७ बजेतिर, मलाई डोङ एनको गाउँमा खोज्न र पक्राउ गर्न चिनियाँ कम्युनिस्ट पार्टीले सार्वजनिक सुरक्षा ब्यूरोका अधिकारीहरू, सशस्त्र प्रहरी, विशेष हतियार तथा रणनीतिसहितको प्रहरी समूहलाई परिचालन गऱ्यो। डोङ एनको श्रीमानले थाहा पाउनेबित्तिकै, मलाई पुलिसले गाउँ घेरेको छ र तिनीहरू पक्‍कै पनि मलाई पक्रन आएका हुन् भनेर भने। त्यो बेला, डरले मेरो मुटु छाती फुटाउलाजस्तो गरी ढुकढुक भयो र मैले चप्‍पलसमेत नफेरी तल्‍लो तलातिर हतार-पतार झरेँ। पहिलो तल्‍लामा पुगेपछि, मलाई तुरुन्तै सिस्टर लीयू यीले अभिवादन गरिन्, जो त्यही गाउँमा बस्थिन्। उनले मलाई हातमा पक्रिन् र हामी दुवै जना हतार-हतार लगभग पचास मिटर पर रहेको भटमास बारीमा दौडेर गयौँ। हामी त्यहाँ पुगेर लुकेका मात्र थियौँ सात-आठ जना प्रहरीहरूले डोङ एनको घरमा पसेर फ्‍लासलाइट बालेर हरेक तल्‍लामा खोज्‍न थाले। तिनीहरूले आधा घण्टासम्‍म खोज्दा पनि मलाई नभेट्टाएपछि, डोङ एनका श्रीमानलाई लगेर गए। लीयू यी र म भटमास बारीमा राती ११ बजेसम्‍म लुक्यौँ, त्यसपछि उनले प्रहरी गइसकेको छ भन्‍ने ठानेर डोङ एनको घरको स्थिति बुझ्न जाने निर्णय गरिन्। उनी गएको धेरै बेर भइसकेको थियो, र मलाई उनको साह्रै चिन्ता लाग्यो, तर मैले हतारमा केही गर्ने आँट गरिनँ। त्यसपछि अचानक, पुलिसको कार घरअगाडि रोकियो र केही क्षणपछि तिनीहरूले लीयू यीलाई कारमा हाल्दा म विवश भएर हेर्न बाध्य भएँ। मैले आँसु रोक्‍नै सकिनँ र लीयू यीलाई त्यो घरमा फर्केर जान दिएकोमा मलाई आफूप्रति घृणा जाग्यो, तर त्यो बेला म उनको लागि मनमनै प्रार्थना गर्नेबाहेक केही गर्न सक्दिनथेँ।

त्यो बेला, मैले अरू कुनै ब्रदर-सिस्टरहरूको घरमा जाने आँट गरिनँ र म भागेर कहाँ जाने मलाई थाहा थिएन, त्यसकारण म भौँतारिँदै दक्षिणतिर लागेँ। तर गाउँका केही कुकुरहरूले मलाई खेद्‍न र भुक्‍न छोडेनन्। प्रहरीले कुकुर भुकेको सुन्यो भने मलाई खोज्दै आउँछ भनेर मलाई डर लाग्यो, त्यसकारण म तुरुन्तै मकैबारीमा लुकेँ। केही समयपछि नै, त्यस इलाकामा स्कुटर यताउता गरेको आवाज सुनेँ र मलाई साह्रै डर लाग्यो। मैले मनमनै सोचेँ: “यहाँ यति धेरै प्रहरीले मलाई खोजिरहेका बेला म कुनै हालतमा उम्‍कन सक्‍नेछैनँ। तिनीहरूलाई म अगुवा हुँ भन्‍ने थाहा छ र तिनीहरूसँग त्यो रसिद छ—तिनीहरूले मलाई फेरि पक्रे भने, अवश्य मार्नेछन्। के म यस्तो जवान उमेरमा चिनियाँ कम्युनिस्ट पार्टीको हातमा मर्नु लेखेको छ त?” यो महसुस गरेपछि, म अलिक निराश भएँ, तर त्यतिखेरै मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ११)। वास्तवमा, मेरो भाग्य परमेश्‍वरको हातमा थियो, र म बाँच्छु कि मर्छु भनेर अन्तिम निर्णय उहाँले नै गर्नुहुनेथ्यो। यदि परमेश्‍वरले म चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पक्राउ परेर यातनाद्वारा मारिन्छु भनेर अनुमति दिनुभएन भने, प्रहरीले अवश्य मेरो ज्यान लिन सक्‍नेथिएन। जब शैतानले अय्यूबलाई आक्रमण गऱ्यो र प्रलोभनमा पाऱ्यो, तब त्यसले अय्यूबलाई मार्ने अनुमति परमेश्‍वरबाट पाएको थिएन, त्यसकारण त्यसले तिनको शरीरमा मात्रै हानि गऱ्यो र तिनको ज्यान लिन सकेन। मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड याद आयो, जसले भन्छ: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरूले मलाई भरपूर विश्‍वास दिए। मैले आफूलाई परमेश्‍वरको हातमा सुम्पनुपर्छ र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भन्‍ने मलाई थाहा थियो। ममा एक मुठी सास बाँकी रहुञ्जेल, म परमेश्‍वरप्रति वफादार हुनुपर्थ्यो र उहाँलाई कहिल्यै धोका दिनु हुँदैनथ्यो। मलाई पत्रुसको याद आयो, जो सबै किसिमका सतावट र कठिनाइहरू भोगेपछि परमेश्‍वरप्रति आफ्नो प्रेमको गवाही दिन उँधोमुन्टो क्रूसमा झुण्डिन इच्छुक भए। युगौँयुगसम्‍म, अनगिन्ती सन्तहरूले सुसमाचार फैलाउन आफ्‍नो जीवन बलिदान दिएका छन्, शैतानलाई विफल र लाजमा पार्नका लागि दृढ र सानदार गवाही दिएका छन्। यो सतावट र कठिनाइ अनुभव गर्न सक्‍नु अनि परमेश्‍वरको लागि गवाही दिने मौका पाउनु त वास्तवमा आशिष नै थियो। यो महसुस भएपछि, मैले नयाँ साहस पाएँ, त्यसकारण परमेश्‍वरलाई प्रार्थना गरेँ, ज्यानको खतरा मोल्‍नुपरे पनि शैतानको अघि म उहाँको गवाही दिनेछु भनेर उहाँसामु शपथ खाएँ। प्रार्थना गरेपछि, म त्यति आत्तिनँ र त्यहाँबाट उम्कन कसरी परमेश्‍वरमा भरोसा गर्न सक्छु भनेर सोच्‍न थालेँ। म मुख्य सडक भएर जानु हुँदैन भन्‍ने मलाई थाहा थियो, त्यसकारण गाउँको बाहिरी इलाकाको जङ्गल हुँदै घुमेर गएँ, र कहिलेकहीँ खोलाको किनारै-किनार दगुरेँ। परमेश्‍वरको सुरक्षाद्वारा म बल्‍ल गाउँबाट सकुशल उम्कन सकेँ।

म जङ्गलबाट निस्कँदा राती अबेर भइसकेको थियो, र कहाँ जाने मलाई थाहा थिएन, त्यसकारण म लगभग १० किलोमिटर टाढा मेरी बहिनीको घरमा जाने निर्णय गरेँ। मैले मुख्य सडकमा स्कुटरहरू चलेको सुनेँ र प्रहरीले अझै पनि मलाई घेरेर रोक्ने चेष्टामा लागेका छन् भन्‍ने थाहा पाएँ, त्यसकारण म निर्जन क्षेत्रको सानो बाटो भएर खाली खुट्टा नै दौडिएँ। करिब दुई-तीन किलोमिटर दौडिएपछि, म खेतमा आइपुगेँ र टाइलले मेरो खुट्टा काट्यो, तर दुखाइलाई याद गरिरहने समय थिएन—म जतिसक्दो चाँडो दौडिरहेँ। अन्तिममा म कच्ची सडकमा आइपुगेँ, जुन मेरी बहिनीको घर पुग्‍ने एकमात्र बाटो थियो। रोडाले मेरो काटेको खुट्टा घोच्यो र साह्रै दुख्यो, तर म दाँत बाँधेर हिँड्नुपऱ्यो, किनभने मलाई रोकिने आँट थिएन। म इलेक्ट्रिक पम्पछेउ आइपुग्‍न लाग्दा, मैले मेरो पछाडि एउटा स्कुटर आइरहेको सुनेँ, त्यसकारण म सडकछेउको घारीमा हतार-हतार लुकेँ। स्कुटर स्टेशनमा रोकियो र त्यहाँ काम गर्ने बूढो मानिसलाई प्रहरीले एउटी महिला हिँड्दै आएको देखिस् भनेर सोध्यो। बूढो मानिसले कोही देखिनँ भनी भन्यो। मैले मनमनै सोचेँ: “म यो कच्ची बाटो हिँड्नु हुँदैन। म खेत वा भित्री बाटोमा नै फर्केर जानुपर्छ; त्यसरी म प्रहरीलाई छल्‍न सक्छु होला।” फेरि लगभग आधा किलोमिटर हिँडेपछि, रिमरिम साँझ पर्नलागेको देखेर मैले रातभरि मलाई खोजेपछि सायद पुलिसले खोज्न छोडेको हुन सक्छ त्यसकारण म मुख्य सडकमा जान सक्छु भन्‍ने मलाई लाग्यो। तर अचम्‍म, मैले केही कदम मात्र पर राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेन र दुई जना प्रहरी एक जना स्कुटरमा बसिरहेको र अर्को स्कुटरको छेउमा उभिरहेको र अर्कोचाहिँ भुईँमा टुसुक्क बसिरहेको देखेँ। मलाई यति डर लाग्यो कि मेरो मुटु छाती फुटाउलाजस्तो ढुकढुक भयो। मैले मनमनै सोचेँ, “अब खतम भइयो, म अब कुनै हालतमा उम्‍कन सक्दिनँ। म रातभरि भागेँ, र पनि तिनीहरूको पकडबाट उम्‍कन सकिनँ।” मैले परमेश्‍वरलाई तुरुन्तै प्रार्थना गरेँ: “हे परमेश्‍वर! सबै कुरा तपाईंकै हातमा छन्। यदि तपाईं मलाई प्रहरीको हातमा पक्राउ पर्न दिनुहुन्छ भने, म समर्पित भएर सबै कुरा तपाईंकै योजनाबद्ध कार्यहरूअनुसार हुन दिन चाहन्छु।” प्रार्थना गरिसकेपछि, मलाई अलिक ढुक्‍क भयो, त्यसपछि कपाल मिलाएँ र म एकछिन उभिएँ त्यसपछि अघि कदम चालेँ। तिनीहरूले मलाई पक्रन चाहेका भए, ठिक त्यही बेला सजिलै पक्रन सक्थे, तर अचम्‍म, तिनीहरू जहाँको त्यहीँ काठको मूर्तिजस्तो हलचल नगरी उभिरहे। तिनीहरूले मलाई नचिनेको जस्तो लाग्यो किनभने मैले कपाल काटेकी र लुगा फेरेकी थिएँ, र तिनीहरूले मलाई पहिला पक्रिँदाको भन्दा म पूर्णरूपमा अर्कै देखिन्थेँ। तिनीहरूले मलाई देखेर केही प्रतिक्रिया नदिएको देखेर, मलाई अलिक आँट आयो र आत्मविश्‍वास बढ्यो र म अघि बढिरहेँ। म तिनीहरूको नजिक भएर जाँदा, मैले घबराउँदै सास रोकिरहेकी थिएँ; मेरो वरिपरि हावा चल्न बन्द भएजस्तो लाग्यो। मैले पूर्वतिर जाने सानो बाटो देखेँ, त्यसकारण म बिस्तारै त्यतैतिर लागेँ, तर ती तीन जना प्रहरीहरू हलचल गरेका थिएनन्। मैले फेरि परमेश्‍वरको सर्वशक्तिमान् सार्वभौमिकतालाई देखेँ। म तिनीहरूबाट १० मिटर जति टाढा पुगेपछि, मेरो पछाडि क्याप्टेनले यसो भन्दै चिच्याएको मैले सुनेँ, “जियाओ काङ, जियाओ काङ, ए तँ जियाओ काङ होस्?” तिनले पक्‍कै पनि मलाई चार-पाँचपटक चिच्याएर बोलाएको हुनुपर्छ। तिनले मेरो नाम चिच्याउँदै बोलाएको सुन्दा, मेरो मुटु ढुकढुक भएर छाती फुटाउलाजस्तै भयो, र मलाई चिसो पसिना आयो। म सुइँकुच्चा ठोक्न चाहन्थेँ, तर मेरो खुट्टाले मेरो मष्तिष्कको आज्ञा मानिरहेको थिएन। मलाई लाग्यो, यदि म भागेँ भने, तिनीहरूले म नै हुँ भनेर थाहा पाउनेछन् र मलाई खेद्दै आउनेछन्। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेर शान्त हुन र नआत्तिन मद्दत मागेँ। प्रार्थना गरिसकेपछि, मलाई अलिक ढुक्‍क लाग्यो र प्रहरीले मलाई जति नै बोलाए पनि, मैले बेवास्ता गरेँ र म हिँडिरहेँ। कुनै प्रहरी मलाई खेद्दै आएन, परमेश्‍वरको सुरक्षाद्वारा, म तिनीहरूकै अगाडिबाट उम्केँ।

यो अत्यन्तै जोखिमपूर्ण उम्काइले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद दिलायो: “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। मैले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले सबै थोकमाथि सार्वभौम शासन गर्नुहुन्छ र उहाँसँग सर्वोच्च र परम अख्‍तियार छ भन्‍ने देखेँ। प्रहरीहरूलाई परमेश्‍वरले नै अन्धो तुल्याउनुभएको थियो, जसले गर्दा तिनीहरूले थाहै नपाई म उम्कन सकेँ। चिनियाँ कम्युनिस्ट पार्टीको दमन र पक्राउका ती दुई घटनाबारे सोच्दा, परमेश्‍वरको शक्ति नपुग्ने ठाउँ कहीँ छैन भनेर मैले थाहा पाएँ। म पक्राउ पर्दा, परमेश्‍वरले मेरो लागि उम्‍कने बाटो खोलिदिनुभयो र म सकुशल उम्‍कन सकेँ। प्रहरीले मलाई खोजेर पक्रन व्यापक परिचालन अभियान चलायो, म बसेको घर र गाउँ घेऱ्यो, तर पनि तिनीहरूले मलाई पक्रन सकेनन्। त्यसपछि तिनीहरूले मलाई खेदेर पक्रने अनि सडकमा रोक्ने प्रयास गरे, तर तिनीहरूकै अगाडिबाट जाँदा तिनीहरूले कसो गरेर मलाई चिनेनन्। मैले यसबारे जति सोचेँ मलाई उति नै के लाग्यो भने परमेश्‍वर साँच्‍चै सर्वशक्तिमान् हुनुहुन्छ, र शैतानले जति नै निर्दयी व्यवहार गरे पनि उहाँको अनुमतिविना ममाथि औँलासमेत उठाउन सक्दैन।

पछि, चिनियाँ कम्युनिस्ट पार्टीले मेरो फोटो राखेर “सामाजिक सुव्यवस्था चरमरूपमा भङ्ग गर्ने व्यक्ति” भनेर लेखिएको वान्टेड साइनहरू देशभरि टाँसेका छन् भनेर केही ब्रदर-सिस्टरहरूले मलाई बताए। प्रहरीहरूले मेरो फोटो बोकेर सार्वजनिक बसहरूमा पनि कसैलाई मेरो बारेमा थाहा छ कि भनेर सोध्‍ने गरिरहेका रहेछन्। प्रहरीले अझै पनि मलाई खोजिरहेको हुनाले, म आफ्‍नो कर्तव्य पूरा गर्न जान सक्दिनथिएँ र म मलाई बास दिने परिवारको घरमा लुकेर बस्‍नुपर्थ्यो, र मलाई निरन्तर घबराहट हुन्थ्यो। त्यसपछि, म एक वर्षसम्‍म बाहिर निस्किनँ, र मलाई साह्रै दमनमा परेको र उदास महसुस हुन्थ्यो। कहिलेकहीँ मलाई ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरलाई विश्‍वास गर्नु साह्रै गाह्रो र पीडादायी रहेछ जस्तो लाग्थ्यो। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, जसले यसो भन्छ: “परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। मैले के महसुस गरेँ भने परमेश्वर मानिसहरूलाई जानाजानी कष्ट भोग्‍न लगाउनुहुन्‍न, बरु उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई पक्राउ गरेर र सतावट दिएर पैदा गरेका प्रतिकूल परिस्‍थितिहरू प्रयोग गरेर मानिसहरूको विश्‍वास र प्रेमलाई सिद्ध पारिरहनुभएको अनि विजेताहरूको समूह निर्माण गरिरहनुभएको थियो।

यो सम्पूर्ण अनुभव—पक्राउ परेको, उम्केको र अहिलेसम्‍मको समय—लाई फर्केर हेर्दा, मैले निकै कठिनाइ भोगेकी छु, तर यसले मलाई परमेश्‍वरलाई विरोध गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको शैतानी सारलाई स्पष्टरूपमा पहिचान गर्न सहायता गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीले मलाई अबदेखि छल गर्न सक्दैन र मैले यसलाई पूर्णरूपमा त्यागेकी छु। यसको साथै, परमेश्‍वर मेरो हरेक पाइलामा मेरै साथमा हुनुहुन्छ र मलाई चाहिएको बेला सहयोग गर्नुहुन्छ र मेरो लागि बारम्‍बार ढोका खोलिदिनुहुन्छ भन्‍ने कुरा मैले नजिकबाट अनि व्यक्तिगतरूपमा देखेकी छु। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिएका छन् र बारम्‍बार मलाई सिंहको खोरबाट डोऱ्याएर बाहिर निकालेका छन्। मैले परमेश्‍वरको सर्वशक्तिमान् सार्वभौमिकता देखेकी छु र यसले गर्दा म परमेश्‍वरमाथिको विश्‍वासमा गहिरिएको छु। म यसबारे जति विचार गर्छु मलाई आफूले कठिनाइ र सतावटबाट धेरै सिकेकी छु भन्ने त्यति नै महसुस हुन्छ। यो कुरा सोच्दा, मलाई दुःख पटक्‍कै लाग्दैन, तर परमेश्वरले मलाई यो कठिन परिस्थितिद्वारा उहाँको काम अनुभव गर्न दिएर अनुग्रह र निगाह देखाउनुभएको छ भन्ने महसुस हुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीले मलाई जसरी खेदो गरे पनि र सताए पनि, म सत्यता पछ्याइरहनेछु, आफ्‍नो कर्तव्य पूरा गरेर परमेश्‍वरको प्रेमको ऋण तिर्नेछु!

अघिल्लो: ५७. मैले अन्ततः गलत कार्यबारे रिपोर्ट गर्ने आँट गरेँ

अर्को: ६०. ढोँगीपनको बोझ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३८. हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

१६. मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्