६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडा

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। … विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, रम जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धार्मिक न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। मानिसहरूमाथि अनुग्रह र आशिष्‌हरू बर्साएर परमेश्‍वरले आफ्‍नो प्रेम देखाउनुहुन्छ भनेर मैले विचार गर्ने गर्थेँ। किन उहाँको न्याय र सजाय पनि उहाँको प्रेम नै हुन् भनेर परमेश्‍वरले भन्‍नुभयो सो मैले बुझेको थिइनँ। तर त्यसपछि, म परमेश्‍वरका वचनहरूको न्याय, खुलासा, निराकरण र शोधनबाट गुज्रेँ, र मेरो अहङ्कारी, अहम्‌ शैतानी प्रकृतिको बारेमा केही बुझाइ प्राप्त गरेँ। म अलिक कम रूपमा निर्लज्‍ज बनेँ, र समस्याको सामना गर्दा सचेत रूपमा परमेश्‍वरसँग प्रार्थना गर्न र सत्यताको खोजी गर्न सक्‍ने भएँ; म अरूको सुझाव सुन्‍न र अलिक बढी मानव रूपमा जिउन सक्‍ने पनि बनेँ। यसरी नै परमेश्‍वरको न्याय र सजाय मानवजातिको निम्ति उहाँको मुक्ति हुन्, ती सबैभन्दा साँचो प्रेम हुन् भन्‍ने कुरालाई मैले साँचो रूपमा अनुभव गरेँ।

गएको वर्ष मण्डलीले एउटा फिल्म बनाउने तयारी गरिरहेको थियो, र दाजुभाइ-दिदीबहिनीहरूले मलाई निर्देशकको काम सम्हाल्न सिफारिस गरे। म सम्झना छ, मैले पहिलोपल्ट त्यो काम सुरु गर्दा, मैले अलि घबराहट महसुस गरेँ, तर मैल परमेश्‍वरसित पूरा समय प्रार्थना गरेँ अनि म बिस्तारै सम्हालिएँ, र त्यो काम सुरु गर्न सकेँ। फिल्म कसरी बनाउने भन्नेबारेमा जान्न मैले कडा अध्ययन गरेँ, अनि बिस्तारै केही त्यस्ता सीपहरू बुझ्न थालेँ। त्यसपछि, दाजुभाइ-दिदीबहिनीहरूले मेरो विचारहरूलाई अपनाउँदै रहे। मैले निर्देशन गरेको फिल्म हेरिसकेपछि, तिनीहरूले त्यसलाई धेरै प्रशंसा गरे। म निर्देशक हुनकै निम्ति बनेकी हुँ भनी अगुवाले भने। त्यो सुनेर म यति खुशी भएँ कि मैले मनमनै सोचेँः “अलिकति बढी अभ्यास गरेर म सक्षम हुनेछु, यसमा शंकै छैन।” दाजुभाइ-दिदीबहिनीहरूसित त्यसपछि काम गर्दा, म पहिले भएजस्तै विनम्र रहिनँ, म आत्मविश्‍वासका साथ बोल्थेँ, आफ्नो शिर उच्‍च राख्थेँ। सबै कुरामा मेरो निर्णय नै अन्तिम होस् भन्ने चाहन्थेँ र अरू कसैको बारेमा केही सोच्दिनथेँ। कसैले मेरो विचारको बारेमा प्रश्न गरेमा वा अर्को सुझाव दिएमा, म नझुक्‍ने र अधैर्य थिएँ, तिनीहरूलाई तुच्छ सम्झन्थेँ। म हरेक पक्षमा तिनीहरूभन्दा श्रेष्ठ छु त्यसैले तिनीहरूले होहल्ला गर्नुभन्दा मैले भनेको कुरा गर्नुपर्छ भन्ने महसुस गर्थेँ, मेरो नजरमा तिनीहरूले झिनामसिना कुराहरू मात्रै बाहिर ल्याइरहेका थिए, जुन छलफल गर्न लायक पनि थिएनन्। तिनीहरूलाई चुप गराउन म सधैँ सोध्थें, “के यो सिद्धान्तको प्रश्‍न हो?” एकचोटि, मुख्य पात्र सिस्टर झ्याङले मलाई तिनले रोजेको पोशाक हेर्न लगाइन्। मैले सोचेँ, “हैन, तिम्रो आँखा कति नराम्रो?” मैले तिनलाई सबै नयाँ पोशाक छान्न लगाएँ। मैले तिनको धेरैजसो पहिरन छनौटलाई हटाइदिएँ। म निर्देशक हुँ भन्ने विचारले भरिएकी थिएँ, त्यसैले मैले मेरो बुझाइ ठीक छ र तिनीहरूले मेरो कुरा सुन्नुपर्छ भन्ठान्थेँ। अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूले मद्वारा सीमामा बाँधिएको अनुभव गरे र थप सुझावहरू दिन चाहेनन्। यस्तो देख्दा, मलाई वास्तवमै नराम्रो महसुस भयो, तर त्यसपछि मैले सोचेँ, “म आफ्नो काम मात्रै गरिरहेको छु, र म यसमा त्यति नराम्रो त हुनै सक्दिनँ।” त्यसैले, मैले त्यसको बारेमा धेरै सोचिनँ। त्यस समया, मेरो अगुवाले मलाई सङ्गति दिनुभयो र मलाई उदाङ्गो पार्नुभयो, उहाँले मलाई म अति अहङ्कारी छु र मानिसहरूलाई नियन्त्रण गर्न मन पराउँछु भनी भन्नुभयो, र अरूमाथि मात्रै नजर नलगाउन, बरु आफ्नै समीक्षा गर्न र आफ्नै समस्याहरू हल गर्न सत्यताको अभ्यास गर्न चेतावनी दिनुभयो। त्यसबेला मसित मेरो आफ्नै प्रकृतिको बारेमा कुनै बुझाइ थिएन। म आफ्नो काममा साँच्‍चिकै उत्तरदायी छु भन्ने ठान्थेँ। म त्यस प्रकारको विद्रोही, हठी स्वभावमा जिइरहेको थिएँ, र दाजुभाइ-दिदीबहिनीहरूसित त्यसउप्रान्त राम्रोसित काम गर्न सक्दिनथिएँ। समयसँगै, हाम्रो काममा समस्याहरू आइरहन थाल्यो जसले हाम्रो प्रगतिमा बाधा पुर्‍यायो।

एक दिन, मैले चिनेको एउटा टोली अगुवालाई तिनले अहङ्कारी भएर काम रोकिराखेको, सत्यता स्वीकार गर्न नसकेको र दाजुभाइ-दिदीबहिनीहरूलाई विवश पारिरहेको कारण बर्खास्त गरियो। त्यसले मलाई अलि डरको अनुभूति गरायो। मलाई थाहा थियो मैले त्यही टोली अगुवाको जस्तै व्यवहार गरिरहेको थिएँ, परमेश्‍वरले मलाई चेतावनी दिइरहनुभएको छ भनी मैले ठम्याएँ, त्यसैले मैले आफ्नो पदको फूर्तिफार्ति देखाइरहन सक्दिनँ भनी निर्णय गरेँ। बरु, मैले आफैलाई नियन्त्रण गर्नुपर्छ, अझ नरम भएर बोल्नुपर्छ, र अरूसित कामको कुराकानी र छलफल गर्न सक्दो गर्नुपर्छ। तर मसित अझै पनि मेरो आफ्नो प्रकृतिको बारेमा कुनै बुझाइ थिएन, त्यसैले त्यसको हल गर्न मैले सत्यताको खोजी गरिनँ।

केही समयपछि, हाम्रो टोलीमा अति ढिलो प्रगति भएकोले अगुवाले मसित काम गर्न सिस्टर लियूलाई खटाउनुभयो। पहिले त, मैले स्वीकार गर्न सकिनँ। अगुवाले मेरो क्षमतामै शंका गरिरहेको हुनुपर्छ भन्ने सोचेँ। तर पहिल्यै यस्तो बन्दोबस्त भइसकेकोले, मैले मन नलागी-नलागी स्वीकारेँ। त्यसपछिदेखि कामका छलफलहरूमा, अगुवाले सधैँ सिस्टर लियूको सल्लाह लिएको भेट्टाएँ। मैले साँच्‍चिकै असहज महसुस गरेँ अगुवाले मेरो बारेमा धेरै सोच्नुहुन्न भन्ने लाग्यो। म तिनीसित रुष्ट हुन थालेँ। तर, त्योभन्दा बढी, म सिस्टर लियूको विरोधी भएँ। मैले तिनलाई स्वीकार गर्नै सकिनँ। जब-जब हामी आफ्नो कामको छलफल गर्थ्यौँ, म चुपचाप आँखीभौँ खुम्च्याउँदै क्रोधित भई बस्थेँ। एकपल्ट, तिनले टोलीको काममा केही समस्याहरू भेट्टाइन् र केही सुझावहरू दिइन् जुन हाम्रा दाजुभाइ-दिदीबहिनीहरू सबैले साँच्‍चिकै मन पराए, तर मैले स्वीकार गर्न इन्कार गरिदिएँ। मैले तिनका कुनै पनि सुझावहरूलाई सुन्न इन्कार गरिदिएँ। सबैले मेरो राय सोध्दा, मैले मेरो रिसलाई भित्रभित्रै लुकाएर भनेँः “जे भए नि हुन्छ।” तब अगुवाले मैले परमेश्‍वरको घरको कामलाई सम्हालिरहेको छैनँ भन्दै मेरो निराकरण गर्नुभयो। मैले वास्तवमा नराम्रो अनुभव गरेँ मलाई थाहा थियो, जेसुकै भए पनि मैले परमेश्‍वरको घरको काममा मेरो नैराश्यता पोख्‍न सक्दिनँ। तर मैले त्यसलाई साँच्‍चिकै पचाउन सकिनँ। मैले सोचेँ, “यदि तिमीले हरसमय सिस्टर लियूको कुरा सुन्छौ भने, छलफल गर्न के नै बाँकी हुन्छ र?” म सबै कुरामा ठीक छु भनी सोच्दै रहेँ, त्यसैले अर्को कामका छलफलहरूमा म आफ्नै विचारमा अडिरहेँ सिस्टर लियूका सुझावहरू तर्कसङ्गत भए पनि मैले असहमति जनाएँ। तिनी देखावटी गर्दैछिन् भन्ने सोचेँ। एकपल्ट तिनले एक जना अभिनेता सिफारिस गरिन् मैले त्यस अभिनेताको बारेमा थुप्रै समस्याहरू देखाएँ र तिनको सुझावलाई लत्याइदिएँ। म तिनको कुरा सुन्न इच्छुक थिइनँ। म सबै कामको सर्वेसर्वा आफै हुन चाहन्थेँ। अन्तत:, सिस्टर लियूले मद्वारा सीमामा बाँधिएको अनुभव गरिन् र त्यसउप्रान्त कुनै पनि सुझाव दिइनन्। त्यस समय, म एउटा अहङ्कारपूर्ण, स्व-धर्मी स्वभावभित्र जिइरहेको र सत्यता खोजिनरहेको कारण, मेरो आत्मा बिस्तारै अन्धकारभित्र धकेलियो। मैले दिनदिनै उदास अनुभव गरेँ, यस्तो लाग्थ्यो, परमेश्‍वर आफै मदेखि लुकिरहनुभएको छ। परमेश्‍वरलाई प्रार्थनामा भन्नको लागि मसित केही कुरा थिएन। परमेश्‍वरका वचनहरू पढ्दा ती मेरो दिमागमा छिरिरहेका थिएनन्। मेरो दिमान खाली थियो र म आफ्नो काममा मन्द बनेँ। मैले कुनै समस्या देख्‍न सक्दिनथिएँ। म व्यग्रताको स्थितिमा जिइरहेको थिएँ मैले केही भइहाल्ला जस्तो अनुभव गर्दै रहेँ।

केही दिनपछि, हाम्रो अगुवा हामीसित एउटा भेला आयोजना गर्न आउनुभयो। उहाँले मेरो स्वभाव उदाङ्गो पार्दिनुभो र म अति अहङ्कारी छु भन्नुभो, म आफ्नो काममा निरङकुश र स्वेच्छाचारी छु, र मैले हाम्रो कामलाई साँच्‍चिकै खल्बल्याएको छु भनेर भन्नुभो। उहाँले मलाई घर गएर केही गम्भीर उपासना र आत्म-विवेचना गर्नू भन्नुभो। त्यो सुनेर म स्तब्ध भएँ, मैले परमेश्‍वरसित गम्भीरतासाथ प्रार्थना गरेँ र भनेँ, “हे परमेश्‍वर, मैले जस्तोसुकै अवस्था सामना गर्नु परे पनि मलाई विश्‍वास छ, यो सबै तपाईंद्वारा तय गरिएका हुन्, म समर्पित रहन इच्छुक छु।” म त्यस रात सुत्‍नै सकिनँ। म त्यति लामो समयसम्म निर्देशक रहेँ, तर भोलि मैले छोडेर जानुपर्छ भनी सोचिरहेँ। मैले त्यस कुरालाई भुल्न सकिनँ र म साँच्‍चिकै खिन्न थिएँ, मैले आफ्नो आँशु थाम्‍नै सकिनँ। मैले त्यो अवसरलाई उपासना गर्न र आफ्नै बारेमा मनन गर्न प्रयोग गर्न चाहन्थेँ, ताकि जहाँ मैले ठेस खाएको थिएँ, त्यहीँबाट म फेरि उठ्न सकूँ। तर घर फर्केपछि, मैले परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गर्न सकिनँ र वास्तवमै गाह्रो अनुभव गर्दै थिएँ। मैले गर्न सकेको भनेको परमेश्‍वरसामु आएर पटकपटक उहाँलाई पुकार्नु थियो। मैले भनेँ, “परमेश्‍वर, म यति ठूलो पीडामा छु। कृपया, मलाई सहयोग गरी मेरो हृदयको रक्षा गर्नुहोस् ताकि मैले यस अवस्थामा तपाईंको इच्छालाई बुझ्न सकूँ र आफैलाई चिन्न सकूँ।” परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेर, अन्ततः मैले केही शान्ति अनुभव गर्न सकेँ।

अर्को दिन, केही दाजुभाइ-दिदीबहिनीहरू मलाई सङ्गति दिन र सहयोग मलाई भेट्न आए, र मेरा केही समस्याहरू उल्लेख गरे। मलाई याद छ, एक जना बहिनीले यसो भन्नुभयो, “आफ्नो काममा केही परिणामहरू हासिल गरिसकेपछि तपाईं अहङ्कारी बन्नुभो तपाईं सबै कुरामा आफ्नो निर्णय नै अन्तिम होस् भन्ने चाहनुहुन्छ। तपाईं साँच्‍चिकै नियन्त्रणकारी हुनुहुन्छ, तपाईंसित काम गर्ने कुनै उपाय छैन।” एक जना दाजुले भन्नुभयो, “कामका छलफलहरूमा, तपाईं नहुँदा हामी सबै तनावमुक्त हुन्छौँ, तर तपाईं देखा पर्नेबित्तिकै हामी अप्ठ्यारोमा हुन्छौँ, तपाईंले हाम्रा विचार र रायहरूलाई लत्याइदिनुहुन्छ भनेर हामी डराउँछौँ।” तिनीहरूको मुखबाट निस्केको हरेक वचन मेरो हृदयमा परेको चक्कुजस्तै थियो। मैले तिनीहरूको सामना गर्नुपर्दा लज्जित अनुभव गरेँ, मलाई नमीठो महसुस भयो। मैले सम्पूर्ण जीवनमा व्यक्तिगत रूपमा त्यस्तो असफलता कहिल्यै अनुभव गरेको थिइनँ। अवस्था यति खराब भएको थियो कि दाजुभाइ-दिदीबहिनीहरू मेरो नजिक आउन पनि साहस गर्दैनथे, मलाई देख्दा डराउँथे। मैले सोचेँ, “के म अझै उचित व्यक्ति हुँदै छु त?” “म कसरी यस्तो असंवेदनशील हुन सकेको होला?” मेरो अहङ्कारी स्वभावले अरूलाई त्यति विवश पार्न र हानि पुर्‍याउन सक्छ भनेर मैले कहिल्यै महसुस गरेको थिइनँ। म अहङ्कारी छु भनी मलाई पहिल्यै थाहा थियो र अगुवाले मसित प्रायः सङ्गति गर्नुहुन्थ्यो, तर मैले त्यसको बारेमा कहिल्यै बढी सोचिनँ। बरु, मैले मेरो अहङ्कार मसित भएको उच्‍च क्षमताबाट आएको हो भन्ने सोचेँ। यदि कोही वरदानप्राप्त र उच्‍च क्षमतासम्पन्न भएमा कोचाहिँ अहङ्कारी हुँदैन र? त्यसैले, यसलाई हल गर्न मैले कहिल्यै सत्यताको खोजी गरिनँ। तर दाजुभाइ-दिदीबहिनीहरूको सहयोग र सङ्गतिद्वारा अन्ततः मैले मेरो हृदयमा शान्ति पाएँ र आफैलाई शान्त पारी मेरो व्यवहारको बारेमा मनन गर्न सकेँ।

मैले मनन गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूको दुई खण्ड पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ(परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूबाट मैले महसुस गरेँ कि मेरो अहङ्कार र दम्भले मलाई परमेश्‍वरविरुद्ध विद्रोह र विरोध गर्न लगाइरहेको थियो। मैले निर्देशकको रूपमा आफ्नो काम गरेको कारण, मैले केही सफलता हात पार्दा, यो मेरो आफ्नै कडा परिश्रमको कारणले भएको हो र अरूभन्दा म उत्तम छु भन्ने सोचेँ। मैले अरूलाई बेवास्ता गर्न थालेँ, सबै कुरामा मेरो निर्णय नै अन्तिम होस् भन्ने चाहेर हठी भएर आफैमा अडिरहेँ। आफ्नो काममा परिणाम हासिल गर्न चुक्दा, मसितै समस्या छ कि भनेर मैले कहिल्यै मनन गरिनँ, बरु दाजुभाइ-दिदीबहिनीहरूमाथि मात्रै ध्यान केन्द्रित गरेँ। अरूलाई सानो देखाउने प्रकारले मैले व्यवहार र भाषण गरेँ। मैले अहङ्कार र दम्भको कारण सबैलाई नीच नजरले हेरेँ। मैले अरू कसैको सबल पक्षहरू देख्‍न सकिनँ र मेरा विचारहरू नै सर्वोत्तम छन् भनी सोचेँ। मैले हरेक मोडमा सबैका सुझावहरूलाई लत्याइदिएँ, र म दमनकारी थिएँ। मेरो अहङ्कार र दम्भको कारण मैले आफैलाई चिन्न असफल भएँ धेरैपल्ट काँटछाँट र निराकरणमा परिसकेपछि पनि मैले त्यसलाई स्वीकार गरिनँ वा आफ्नो बारेमा मनन गरिनँ। मसँग खोजी गर्ने कुनै इच्‍छा थिएन। जब मेरो कामको प्रगति ढिलो भयो र मैले कामलाई व्यवस्थापन गर्न सक्दिनँ भन्ने स्पष्ट भयो, तब पनि मैले अरूसित काम गर्न वा मेरा कामहरूमा तिनीहरूको हस्तक्षेप चाहिनँ। मैले यसले मेरो अधिकार र मेरो प्रतिष्ठा तथा पदलाई खतरामा पार्छ भन्ने ठानेँ। म सर्वेसर्वा हुन चाहन्थेँ, र आफ्नो निर्णय नै अन्तिम होस भन्ने चाहन्थेँ। के म परमेश्‍वरको विरोध गर्ने मार्गमा हिँडिरहेको थिइनँ र? सिस्टर लियूले आफ्नो काममा कुनै सफलता पाउँदा र त्यसको कारण मेरो पद खतरामा पर्दा, मलाई तिनी सही छन् र तिनले दिएको सुझावले परमेश्‍वरको घरको कामलाई फाइदा पुर्‍याउँछ भनेर थाहा हुन्थ्यो, तर म त्यसलाई स्वीकार गर्दिनथेँ। बरु, म तिनको स-साना गल्तीहरू पनि औंल्याउँथेँ, जब मैले हाम्रा दाजुभाइ-दिदीबहिनीहरू तिनीसित सहमत भएको देखेँ, मैले सहनै सकिनँ, र मण्डलीको काममा आफ्नो नैराश्यता पोखाएँ। म आफ्नो प्रतिष्ठा र हैसियत बचाउन परमेश्‍वरको घरको काम नराम्रोसित प्रभावित भएको हेर्न तयार थिएँ। परमेश्‍वरको निम्ति मेरो आदर कहाँ थियो? मेरो विवेक र समझ कहाँ थियो? म आफ्नो अहङ्कारपूर्ण र दम्भपूर्ण शैतानी स्वभावद्वारा जिउँदै आइरहेको थिएँ, दाजुभाइ-दिदीबहिनीहरूमाथि मेरा विचार र रायहरू सत्यता नै भए जसरी लाद्दै थिएँ, र मानिसहरूलाई सबै कुरामा मेरो कुरा सुन्न लगाउँदै थिएँ। के त्यो परमेश्‍वरसित बराबरी गर्न र अरूलाई नियन्त्रण गर्न चाहेको अवस्था थिएन र? मैले धेरै पहिले नै परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्‍लङ्घन गरेको थिएँ: “मानिस आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च बनाउनु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। अन्ततः मैले म जोखिमको स्थानमा रहेको महसुस गरेँ। मैले हरेक दिन आफ्नो काम गरिरहेको, आफैलाई समर्पित गर्ने जोश गरेजस्तो देखिन्थ्यो तर मैले हरप्रकारले शैतानी स्वभाव प्रकट गरिरहेको थिएँ। मेरा सबै कार्यहरू सत्यताविपरीत थिए, मैले मण्डलीको काम खलबल्याइरहेको थिएँ। मैले दुष्ट कार्य गर्दै थिएँ, परमेश्‍वरको विरोध गर्दै थिएँ, र उहाँको स्वभावलाई उल्लंघन गर्दै थिएँ! म कसरी त्यस बिन्दुसम्म पुगेँ, म आफै तीन छक्‍क परेँ। मसित त्यस्तो अहङ्कारी, कठोर स्वभाव प्रकृति भएकोले यस्तो भएको थियो। मैले कहिल्यै सत्यतालाई स्वीकार गरिनँ, र अन्ततः मैले आफैमाथि परमेश्‍वरको क्रोध ल्याएँ। मैले आफू शैतानद्वारा गहन रूपले भ्रष्ट पारिएकी छु र मसित सत्यताको वास्तविकताको कमी छ भन्ने देखेँ। त्यस्तो महत्वपूर्ण काम सम्हाल्न सक्‍नु भनेको परमेश्‍वरद्वारा मेरो बढुवा भएको कुरा थियो, र मेरो काममा केही सफलता हुनु पूर्ण रूपले पवित्र आत्माको काममा कारण थियो, मसित केही क्षमता भएको कारणले मात्र भएको थिएन। मैले देखेँ कि जब-जब म आफ्नो काममा मेरो अहङ्कारी स्वभावमा भर पर्थेँ, तब-तब, पवित्र आत्माले काम गर्न छोड्नुहुन्थ्यो र मैले केही पनि ठम्याउन वा हल गर्न सक्‍दिनथेँ। तर त्यस्तो हुँदा पनि, मैले अझै ठीकै छु भन्ने महसुस गर्थेँ। म विवेक गुमाउने हदसम्म अहङ्कारी थिएँ, ममा आत्म-सचेतनाको अवशेष पनि थिएन। त्यसपछि मात्रै मैले आफ्नो अहङ्कारी प्रकृतिको निम्ति वितृष्णा र घृणा अनुभूति गर्न थालेँ।

पछि मैले परमेश्‍वरका यी वचनहरू पढेँः “तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैंले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्‍वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के अझै ठूलो मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू अनाज्ञाकारी भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४))। मैले घरिघरि परमेश्‍वरका वचनहरू पढेँ। मैले यस्तो न्यानोपनाको अनुभूति गरेँ र म अति भावुक भएँ। त्यस प्रकारले मेरो खुलासा गर्नुभएर परमेश्‍वरले मलाई दोषी ठहर्‍याइरहनुभएको वा हटाइरहनुभएको थिएन, र उहाँले जानीजानी मेरो निम्ति कामकुरा कठिन बनाइरहनुभएको थिएन भनी मैले देखेँ। त्यो त उहाँले साँच्‍चिकै मेरो मुक्तिको निम्ति गरिरहनुभएको थियो। मसित यस्तो अहङ्कारपूर्ण, कठोर प्रकृति छ र मलाई के आवश्यक छ भनी परमेश्‍वर जान्नुहुन्थ्यो। आफ्नो काम गुमाउँदै दाजुभाइ-दिदीबहिनीहरूद्वारा काँटछाँट र निराकरण भएर, मैले आफ्नो अहङ्कारपूर्ण स्वभाव चिन्न सकेँ अनि मैले लिएको मार्गको बारेमा मनन गर्न र साँचो रूपले परमेश्‍वरसँग पश्‍चात्ताप गर्न सकेँ ताकि म अब फेरि उहाँको विरुद्धमा विद्रोह र विरोध नगरूँ। त्यस प्रक्रियाद्वारा मैले पीडा र नकारात्मकता अनुभव गरे तापनि, त्यस प्रकारको न्याय र सजायविना, मेरो भावशून्य हृदय जागृत हुन सक्‍ने थिएन। मैले मेरो व्यवहारमाथि मनन गर्न वा परमेश्‍वरको धर्मी स्वभावको बारेमा जान्न सक्‍ने थिइनँ। मैले परमेश्‍वरसँग साँचो प्रकारले पश्‍चात्ताप गर्न सक्‍ने थिइनँ, बरु उहाँको विरोध मात्र गरिरहेको हुन्थेँ, अन्ततः उहाँको स्वभावलाई उल्लंघन गर्थेँ र दण्डित भइरहन्थें। अन्त्यमा, परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश मेरो निम्ति उहाँको सुरक्षा र सबैभन्दा साँचो प्रेम हुन् भनी मैले प्रत्यक्ष अनुभव गरेँ। जब मैले यो महसुस गरेँ, म परमेश्‍वरप्रति अति कृतज्ञ भएँ र भविष्यमा गम्भीरताका साथ सत्यताको खोजी गर्नुपर्छ भनी महसुस गरेँ ताकि म मेरो भ्रष्ट स्वभावलाई त्याग्‍न र चाँडै मानव रूपमा जिउन सकूँ।

त्यसपछि, मैले प्रार्थना र खोजी गर्दै रहेँ। मैले कसरी आफूलाई अहङकारपूर्ण स्वभावद्वारा जिउनबाट र परमेश्‍वरलाई विरोध गर्नबाट रोक्‍न सकूँ भनी जान्न चाहेँ। खोजी गरिरहँदा, मैले परमेश्‍वरका यी वचनहरू भेट्टाएँः “अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। जब मानिसहरूसँग यस्तो दुराग्रही स्वभाव हुन्छ, के तिनीहरू स्वेच्छाचारी र अविवेकी हुँदैनन्? अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? तँसँग कुनै अवधारणा हुँदा, तैँले अरूलाई बताउनुपर्छ र त्यस विषयमा तँ के सोच्छस् र विश्‍वास गर्छस् भनी खुलाउनुपर्छ, र यसबारेमा सबैलाई सञ्‍चार गर्नुपर्छ। पहिलो, तँ तेरो दृष्टिकोणलाई प्रकाश पार्न र सत्य खोज्‍न सक्छस्; स्वेच्छाचारी र अविवेकी हुने स्वभावलाई जित्‍नको निम्ति तैँले अभ्यासमा ल्याउन सक्‍ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिन तैँले कस्तो अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। सर्वप्रथम, यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। एकपटक तँसँग यो मनोवृत्ति भएपछि र यसअलावा तँ तेरो आफ्नै रायमा लिप्त भइनस् भने, तँले प्रार्थना गर्नुपर्छ। जब तैँले असल र खराब छुट्याउन सक्दैनस्, तैँले परमेश्‍वरलाई कुन कुरा सबैभन्दा असल र गर्नको निम्ति सबैभन्दा उपयुक्त हो भन्ने कुरा प्रकट गर्ने र बताउने अनुमति दिनुपर्छ। जब सबै जना सङ्‍गति गर्न आउँछन्, पवित्र आत्माले तिमीहरू सबैलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ(परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूबाट मैले अभ्यासको बाटो भेट्टाएँ। यदि मैले आफ्नो काममा अहङ्कार वा मनपरी गरी जिउन चाहँदैनथिएँ भने, मसित सत्यताको खोजी गर्ने हृदय र परमेश्‍वरप्रति आदर हुनुपर्थ्यो। मैले दाजुभाइ-दिदीबहिनीहरूसित सहकार्य गर्नुपर्थ्यो र विचारमा भिन्नता आउँदा मैले आफैलाई इन्कार गर्न र मेरो अहम्‌लाई पन्साउन सक्‍नुपर्थ्यो, परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यतालाई खोजी गर्न सक्‍नुपर्थ्यो। यो मानसिकताको साथमा मात्रै मैले पवित्र आत्मामार्फत सजिलैसित अन्तर्दृष्टि पाउथेँ, अनि आफ्नै विचारहरूमा अल्झिरहनको निम्ति म कहिल्यै परमेश्‍वरविरुद्ध विद्रोह र विरोध गर्ने र परमेश्‍वरको घरको कामलाई ध्वस्त पार्ने हदसम्म जाने थिइनँ। यो सबै महसुस गर्दा मेरो हृदयमा ज्योति बलिरहेको जस्तो भयो। मैले यस्तो प्रार्थना गरेँः “परमेश्‍वर, अबदेखि म सबै दाजुभाइ-दिदीबहिनीहरूसित सामञ्‍जस्यतापूर्वक काम गर्न चाहन्छु ताकि हामीले सँगै सत्यताको खोजी गर्न सकौँ र सिद्धान्तहरूअनुसार हाम्रो काम गर्न सकौँ।”

चाँडै नै मलाई मेरो कामको निम्ति केही हस्तलिपि पंक्ति लेख्‍न भनियो। जब मैले यो सुनेँ, मैले सोचेँ, “हस्तलिपिका केही अक्षरहरू केही पनि होइन। मैले हस्तलिपि अध्ययन गरेको छु, त्यसैले ममा यो काम गर्ने ठूलो आत्मविश्‍वास थियो।” मैले एकाध संस्करणहरू लेखेँ, अनि त्यसलाई हेरेर सिस्टर लियूले भन्नुभयो, “मलाई लाग्छ, त्यो त्यति नराम्रो छैन।” मैले त्यति नै बेला फेरि तिनीप्रति नराम्रो अनुभव गरेँ र सोचेँ, “तिमीले त्यो मन नलागी-नलागी भन्छौ। के मेरो हस्तलिपि साँच्‍चै त्यति नराम्रो थियो र? मैले यसैको बारेमा पढेँ, यो यस्तो विषय हो जसमा म राम्रो छु। के मलाई यसको बारेमा तिम्लाई भन्दा बढी थाहा छैन र? म भन्न सक्छु कि तिमीसित यस प्रकारको कामको ज्ञान नै छैन, र तिमीले जानीजानी गल्ती औँल्याइरहेका छौ।” तर यी विचारहरू मेरो मनमा दौडिरहेका बेला, अचानक मैले म गलत छु भनी महसुस गरेँ। के त्यसले फेरि अहङ्कारपूर्ण स्वभाव प्रकट गरिरहेको थिएन र? मैले प्रार्थनामा परमेश्‍वरको सामु आउन समय खेर फालिनँ। “हे परमेश्‍वर, म खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति चाहन्छु, आफैलाई पन्साउन चाहन्छु, र मेरो कामको निम्ति तनमन दिन चाहन्छु।” त्यही मानसिकतासहित मैले अर्को संस्करण लेखेँ, जब सिस्टर लियूले त्यो देखिन्, तब तिनले केही सुझावहरू दिइन् र मलाई अझ सफा गरेर लेख्‍न अनुरोध गरिन्। धेरै दाजुभाइ-दिदीबहिनीहरूले वास्तवमै त्यो राम्रो देखिन्छ भनेर भने। म पहिले जस्तो रहेको थिएँ त्यसअनुसार, यदि मैले म ठीक छु र अरू मानिसहरू पनि मसित सहमत छन् भनी सोच्थेँ भने, भन्नुपर्ने अरू केही हुन्नथ्यो र मैले अझै हठी भई विरोध गर्नेथेँ। तर, त्यस समय मेरो सोच त्यस्तो थिएन। मैले सोचेँ, “दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो कामको बारेमा सोचिरहँदा भिन्दाभिन्दै विचारहरू ल्याइरहेका छन्। कसैले अरूको निम्ति परिस्थिति कठिन बनाउन त्यसो गरिरहेका छैनन्। अनि मेरा विचारहरू ठीक छन् नै भन्ने जरुरी छैन। अन्त्यमा, हामीले हाम्रो काममा कुन कुराले सर्वोत्तम परिणाम हासिल गर्नेछ भनी निर्णय गर्नुपर्छ।” यो कुरा मनमा राखी, मैले पहल गरेँ र भनेँः “मैले अर्को संस्करण बनाउँदा कसो होला, अनि तपाईंहरूले कुन सबैभन्दा राम्रो छ भनी निर्णय गर्न सक्‍नुहुन्छ। तपाईंहरूलाई जुन बढी मनपर्छ, त्यही प्रयोग गर्नुहोला।” त्यो मानसिकता लिएर लेख्दा मैले चैन र शान्ति अनुभव गरेँ, र अपमानित हुने कुरा मेरो मनमा आउँदै आएन। मेरो काम सिद्धिएपछि, मैले तिनीहरूसित थप सुझाव मागेँ, अनि दाजुभाइ-दिदीबहिनीहरूले मलाई सुझावहरू दिए र ती जायज बुँदाहरू थिए। त्यसबेला मैले के महसुस गरेँ भने मसित वास्तवमै धेरै कमीकमजोरी थिए र दाजुभाइ-दिदीबहिनीहरूसित धेरै सबल पक्षहरू थिए जुन मसित थिएनन्। तिनीहरूका धेरै विचार र सुझावहरूले मेरा कमीहरू पूर्ति गरिदिए। त्यसरी, सबैको सहयोगद्वारा, एक-अर्काको कमीहरू पूर्ति गर्दै, अन्त्यमा हामी हाम्रो काममा धेरै सफल भयौँ। दाजुभाइ-दिदीबहिनीहरूसित केही समय यस प्रकारले काम गरिसकेपछि, मैले साँच्‍चै नै शान्ति, र सबैजनासित घनिष्ठता अनुभव गर्न थालेँ। म पहिलेजस्तो ढीठ वा उच्‍च र शक्तिशाली थिइनँ, र अरू मसित नजिक हुँदा म असजिलो मान्छे भइनँ। दाजुभाइ-दिदीबहिनीहरूका सुझावहरूलाई स्वीकार गर्नु त्यति कठिन छैन भनेर पनि मैले पत्ता लगाएँ, अनि तिनीहरूले मेरा कमी-कमजोरी बताउँदा मैले ठीक प्रकारले लिन सकेँ। केही घटनाहरू घटे जुन मलाई मन परेन र मैले केही अहङ्कार प्रकट गरेँ, तर दाजुभाइ-दिदीबहिनीहरूले याद दिलाउनुभएको कुराहरूद्वारा म परमेश्‍वरसामु तुरुन्तै आउन सकेँ। म आफैलाई पन्साउन, सत्यता खोजी गर्न, सिद्धान्तहरूअनुसार आफ्नो काम गर्न इच्छुक थिएँ। यो सबैमार्फत गुज्रेपछि, मैले आफ्नो हृदयबाट साँच्‍चिकै जे अनुभव गरेँ त्यो वास्तविक खुशीको अनुभूति थियो। अन्ततः मैले देखेँ कि म परमेश्‍वरका वचनहरूलाई व्यवहारमा उतार्न सक्छु जुन मेरो निम्ति पहिले अति कठिन थियो। आफैलाई पन्साउनु र अरूका सुझावहरू स्वीकार गर्नु धेरै कठिन थियो, तर म अहिले थोरै भए नि परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न सक्छु। अन्ततः मैले थोरै भए नि मानव रूपमा जिउन सक्छु। म पहिलेजस्तो ढीठ छैन। म परमेश्‍वरको निम्ति घिनलाग्दो छैन र मैले पहिले गरेजस्तो अरूलाई जोरजबरजस्ती गरिरहेको छैनँ। जब-जब म त्यो सबै कुराको बारेमा सोच्छु, म परमेश्‍वरप्रति अति कृतज्ञ अनुभूत गर्छु। यदि परमेश्‍वरले मेरो निराकरण र काँटछाँट नगर्नुभएको भए, उहाँका वचनहरूको न्याय र प्रकाशहरू नभएको भए, म अहिले कति अहङ्कारी वा भ्रष्ट हुन्थेँ होला, म त्यो सोच्न पनि सक्दिनँ। मैले आज सानो अंशमा प्राप्त गरेको बुझाइ र परिवर्तन पूर्णतया परमेश्‍वरका वचनहरूको न्याय र सजायकै कारणले गर्दा भएका हुन्।

अघिल्लो: ६६. कसरी मैले मेरो अहङ्कारलाई परिवर्तन गरेँ

अर्को: ६८. काटछाँट र निराकरण गरिएर फसल कटनी

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्