९९. आफ्नो कर्तव्य इन्कार गरेपछिको आत्मचिन्तन

वु यु, चीन

विगत केही वर्षयता, म मण्डलीमा सफा गर्ने काम गर्दै आएकी छु, र केही सुपरिवेक्षकहरूलाई एकपछि अर्को गर्दै बर्खास्त गरिएको र कतिलाई निकालिएको देखेकी छु। विशेषगरी, सफा गर्ने कामको जिम्मा पाएका दुई पूर्वसुपरिवेक्षकहरूको क्षमता र कार्य सामर्थ्य निकै राम्रो थियो, र उनीहरूको जिम्मेवारीको दायरा पनि फराकिलो थियो। उनीहरू दुई-तीन वर्षसम्म सुपरिवेक्षक थिए तर उनीहरूले व्यावहारिक काम नगरेका र सत्यता स्वीकार नगरेका कारण उनीहरूलाई बर्खास्त गरियो। नतिजास्वरूप, मलाई सुपरिवेक्षक बन्नु साह्रै खतरनाक छ भन्ने लाग्यो। सुपरिवेक्षक हुनु भनेको फराकिलो दायराका जिम्मेवारीहरू लिनु हो र यसमा धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। यदि काम राम्ररी गरिएन भने, मण्डलीको काममा अवरोध र बाधा पुग्छ र आफ्‍नो पछाडि अपराधहरू छोडिन्छ, त्यसैले बर्खास्त हुने वा प्रकाशित भएर हटाइने सम्भावना हुन्छ। मलाई बरु टोली सदस्य हुनु नै राम्रो हुन्छ भन्ने लाग्यो, किनकि यसमा जोखिम कम हुन्छ र धेरै चिन्ता लिनुपर्दैन, तैपनि मुक्ति पाउने आशा त हुन्छ नै। अगस्ट २०२३ को सुरुतिर, सुपरिवेक्षक आफ्नो कर्तव्य निर्वाह गर्न अन्यत्र जानुपर्ने भयो, र मलाई उहाँको काम सम्हाल्न भन्नुभयो। मैले मनमनै सोचेँ, “टोली सदस्यको रूपमा, अन्तिम जाँच गर्न र कामलाई मार्गदर्शन गर्न एक जना सुपरिवेक्षक व्यक्ति हुनुहुन्छ, त्यसैले मबाट कुनै ठूला दुष्ट कार्यहरू हुनेछैनन् अनि म प्रकाशित भएर हटाइनेछैन। आफू सुपरिवेक्षक हुनुचाहिँ अर्कै कुरा हो। समग्र कामको जिम्मा लिनुपर्छ, अनि धेरै समस्याहरू आइपर्छन् र ठूलो जिम्मेवारी काँधमा आउँछ। यदि मैले कुराहरू राम्ररी सम्हाल्न सकिनँ र मण्डलीको काममा अवरोध पुऱ्याएँ भने, मैले आफू पछाडि अपराधहरूको थुप्रो छोड्नेछु। यदि मैले धेरै दुष्ट कार्यहरू गरेँ भने, के म प्रकाशित भएर हटाइनेछैन र, अनि के मैले मुक्ति पाउने मौका गुमाउनेछैन र? बरु टोली सदस्य हुनु नै जाती, यसमा मैले कुनै ठूलो जिम्मेवारी बोक्नु पर्दैन। यो सुरक्षित र भरपर्दो हुन्छ, अनि मसँग मुक्ति पाउने आशा पनि हुन्छ।” यस्तो सोचेर, मैले आफ्नो क्षमता औसत छ, कार्य सामर्थ्य सीमित छ, र म संवर्धन गर्न लायक छैन भन्‍ने बहानाहरू बनाएर इन्कार गरेँ। त्यसपछि, सुपरिवेक्षकले मलाई अझै दुई पटक पत्र लेखेर यसबारे सोच्न भन्नुभयो। म दोधारमा परेँ, “नस्विकारौँ भने यो अनाज्ञाकारिता हुन्छ, तर स्विकारौँ भने, सफा गर्ने काममा जताततै सिद्धान्तहरू जोडिएका हुन्छन्, यदि मैले कुराहरू राम्ररी सम्हाल्न सकिनँ र सिद्धान्तहरू उल्लङ्घन गरेँ भने, मैले आफू पछाडि अपराध र दुष्ट कार्यहरू छोड्नेछु। यदि ती सानातिना भए त, म बर्खास्त हुनेछु, तर गम्भीर भए भने त, म निष्कासित नै हुनेछु। मेरो प्रतिष्ठा र हैसियतमा दाग लाग्ने मात्र होइन, तर मेरो राम्रो परिणाम वा गन्तव्य पनि नहुन सक्छ।” धेरै सोचविचार गरेपछि, मैले इन्कार गरेँ। सुपरिवेक्षकसँग भेट्दा, उहाँले मलाई भन्नुभयो, “ब्रदर-सिस्टरहरूबाट तपाईंको लागि सबैभन्दा धेरै भोट आएको थियो। तपाईंले परमेश्‍वरको अभिप्राय खोज्नुपर्छ।” मसँग बोल्ने कुनै शब्द थिएन। मेरो मुटु चुँडिएजस्तो भयो, र मैले बारम्बार परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ ममाथि आइपरेको यो कुरामा म समर्पित हुनुपर्छ, तर म समर्पित हुनै सकिरहेकी छैनँ। मलाई के डर छ भने, मैले सुपरिवेक्षकको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ, मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउनेछु, र म प्रकाशित भएर हटाइनेछु। यो दुविधाबाट उम्कन म कुन सत्यतामा प्रवेश गर्नुपर्छ मलाई थाहा छैन। म बिन्ती गर्छु, मलाई अगुवाइ गर्नुहोस्!”

एक पटक, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसले मेरो हृदयलाई साँच्चै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अनि, तैँले विवेकअनुसार कसरी काम गर्नुपर्छ? सच्चाइका साथ काम गर्ने, परमेश्‍वरको दयाको, परमेश्‍वरले दिनुभएको यो जीवनको, र मुक्ति प्राप्त गर्न परमेश्‍वरले दिनुभएको यो अवसरको योग्य बन्ने। के त्यो तेरो विवेकको असर हो। जब तँसँग यो न्यूनतम मानक—एउटा विवेक—हुन्छ, तब तँ सुरक्षित हुनेछस् र तैँले गम्भीर त्रुटिहरू गर्नेछैनस्। त्यसपछि तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने वा आफ्नो कर्तव्य त्याग्ने जस्ता कामहरू गर्ने सम्भावना त्यति धेरै हुनेछैन, न त तैँले झाराटारुवा तरिकाले काम गर्ने त्यति सम्भावना नै हुनेछ। तँ आफ्नो हैसियत, ख्याति, र प्राप्तिका लागि, र आफ्नो निकासका लागि षड्यन्त्र गर्न त्यति प्रवृत्त पनि हुनेछैनस्। विवेकले खेल्ने भूमिका यही हो। विवेक र समझ दुवै व्यक्तिको मानवताका पाटो हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो। सामान्यतया भन्दा, तिनीहरू मानवता नभएका व्यक्ति, र साँच्चै भयानक मानवता भएका व्यक्ति हुन्। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र व्यक्तिगत रूपमा आफूसँग सम्बन्धित नभएका कुनै पनि कुराबाट अलग रहन्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … के यस्तो व्यक्तिसँग विवेक र समझ हुन्छ? (हुँदैन।) के विवेक र समझ नभएको व्यक्तिले यसरी काम गरेकोमा आत्म-ग्लानि महसुस गर्छ। तिनीहरूले आत्म-ग्लानि महसुस गर्दैनन्; यस्तो व्यक्तिको विवेकले कुनै काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासन ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वर के भन्नुहुन्छ भने, विवेक वा समझ नभएकाहरू खासगरी स्वार्थी र नीच हुन्छन्। तिनीहरू आफ्नै स्वार्थबारे मात्र सोच्छन्, मण्डलीको कामबारे सोच्दैनन्, र मण्डलीको कामप्रति कुनै बोझ बोक्दैनन् वा जिम्मेवारी बोध गर्दैनन्। चिन्तन गर्दा, म ठ्याक्कै यस्तै प्रकारको व्यक्ति रहेछु भन्ने मैले महसुस गरेँ। जब ब्रदर-सिस्टरहरूले मलाई छान्नुभयो, तब मैले यो कर्तव्य स्वीकार गर्नुपर्थ्यो। तर, मलाई के डर थियो भने यो कर्तव्य निर्वाह गर्दाको जिम्मेवारी साह्रै ठूलो हुनेछ, यदि मैले राम्ररी काम गर्न सकिनँ भने मैले आफू पछाडि अपराधहरू छोड्नेछु, र यदि मैले दुष्ट काम गरेँ भने, म बर्खास्त हुनेछु र हटाइनेछु: मेरो प्रतिष्ठा र हैसियतमा दाग लाग्ने मात्र होइन, तर मैले आफ्नो राम्रो परिणाम र गन्तव्य गुमाउने जोखिम पनि हुन्छ। त्यसैले, मैले मेरो क्षमता औसत छ, मेरो कार्य सामर्थ्य कमजोर छ, र म संवर्धन गर्न लायक छैन भन्‍ने बहानाहरू बनाएर इन्कार गरेँ। सुपरिवेक्षकले मलाई सङ्गति गर्न धेरै पटक पत्र लेख्नुभयो, तर मैले इन्कार गर्न बहाना बनाइरहेँ। मैले आफ्नो स्वार्थबारे मात्र सोचेँ र यो कर्तव्य स्वीकार गर्न मानिनँ। ममा साँच्चै विवेक र समझको कमी थियो! म अब उप्रान्त यस्तो स्वार्थी र नीच तरिकाले जिउन चाहन्नथेँ, त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ।

केही महिनापछि, मलाई टोली सदस्यको रूपमा नयाँ काममा खटाइयो किनकि मेरो कमजोर क्षमताको मतलब म त्यो कामको लागि योग्य थिइनँ। पछि, अगुवाहरूले निकाल्ने‍ सम्बन्धी सामग्रीहरू व्यवस्थित गर्ने एउटा टोलीमा मान्छेको अभाव छ, र उनीहरूले सिद्धान्तहरू पूर्ण रूपमा बोध गरेका छैनन् भनेर पत्र लेख्नुभयो। उहाँहरूले मलाई त्यहाँ गएर उनीहरूलाई सघाउन टोली अगुवा बन्न भन्नुभयो। मैले मनमनै सोचेँ, “यदि मैले निकाल्‍ने सम्बन्धी सामग्रीहरू राम्ररी व्यवस्थित गरिनँ र कसैलाई गलत रूपमा चित्रण गरेँ भने, त्यसको जिम्मेवारी मैले बोक्नुपर्नेछ। यदि मैले कुनै कुरा स्पष्ट रूपमा देखिनँ र सिद्धान्तहरू उल्लङ्घन हुने गरी काम गरेँ, र आफू पछाडि अपराध र दुष्ट कार्यहरू छोडेँ भने, म बर्खास्त हुने र हटाइने सम्भावना निकै हुनेछ। बरु टोली सदस्य हुनु नै सुरक्षित हुन्छ।” त्यसैले, मैले मेरो क्षमता कमजोर छ, कार्य सामर्थ्य कमजोर छ, र म संवर्धन गर्न लायक छैन भन्ने बहाना बनाएर फेरि यसलाई पन्छाएँ। त्यसपछि, अगुवाहरूले मलाई सङ्गति दिँदै पत्र लेख्नुभयो र मैले बारम्बार आफ्नो कर्तव्य इन्कार गर्नुको प्रकृति सत्यता स्वीकार गर्न इन्कार गर्नु हो भनेर औँल्याउनुभयो। मैले के स्पष्ट रूपमा महसुस गरेँ भने, अगुवाहरूको सङ्गति परमेश्‍वरबाट आएको सम्झावट र चेतावनी हो, र मलाई दुःख लाग्यो अनि दोषी महसुस गरेँ, “मैले परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्ष भइसक्यो, तैपनि ममा किन अलिकति पनि परिवर्तन आएको छैन? म किन यतिविघ्न हठी छु?” मैले के महसुस गरेँ भने, यदि मैले यसलाई समाधान गर्न तत्कालै सत्यता खोजिनँ भने यो स्थिति धेरै खतरनाक हुनेछ, त्यसैले मैले मेरो स्थितिसँग सान्दर्भिक परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्‍मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्‍मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्‍पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्‍वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्‍वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्‍मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्‍मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्‍मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्‍मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्‍मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्‍वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्‍मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतिभर निष्कपट हुँदैनन्, तिनीहरूको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्‍वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्‍वरप्रति बफादार व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्‍वरका सच्चा विश्‍वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। … यदि तँ आफूलाई केही आइपर्दा सधैँ आफ्नै सुरक्षा गर्छस् र आफ्‍नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला राख्छस् भने, के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो धूर्त हुनु हो। तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने, तैँले सुरुमा त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र यसरी परमेश्‍वरको घरको हितको रक्षा गर्नुपर्छ। यो तैँले अभ्यास गर्नुपर्ने एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला राखेर आफैलाई रक्षा गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सर्वोच्च दर्शन हो। यावत कुरामा, सबैभन्दा पहिले आफ्नै ख्याल गर्नु, अरू सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, र अरूका बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अरूको हितको आफूसँग कुनै सम्बन्ध छैन भनी विश्वास गर्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्‍कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्न लायक हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनहरू मनन गर्दा, मेरो हृदय छिया-छिया भएको महसुस गरेँ। परमेश्‍वरले के खुलासा गर्नुभएको छ भने, स्वार्थी, नीच र छली प्रकारका मानिसहरू जिम्मेवारी बोक्न डराउँछन्। जब तिनीहरूमाथि कामकुराहरू आइपर्छन्, तब तिनीहरू सधैँ पहिले आफ्नै स्वार्थबारे विचार गर्छन्, र मण्डलीका हितहरूको सुरक्षा गर्नुको साटो निरन्तर आफ्नै लागि कसरी उम्कने बाटो निकाल्ने भनेर सोच्छन्। तिनीहरू कुनै पनि जिम्मेवारी लिनै चाहँदैनन्। यस्तो प्रकारको व्यक्तिले सत्यता स्वीकार गर्दैन र ऊसँग कुनै मानवता हुँदैन। परमेश्‍वरको नजरमा तिनीहरू गैरविश्‍वासी हुन्, र तिनीहरू कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन्। म ठ्याक्कै यस्तै प्रकारको व्यक्ति थिएँ। परमेश्‍वरको घरले मलाई केही वर्षदेखि सफा गर्ने काम गर्न लगाउनका लागि संवर्धन गरिरहेको थियो, र म केही सान्दर्भिक सिद्धान्तहरूमा पोख्त भएकी थिएँ अनि मैले समस्याहरू समाधान गर्ने केही मार्गहरू बुझेकी थिएँ। जब अगुवाहरूले मलाई टोली अगुवाको रूपमा खटाउनुभयो, तब काम राम्ररी गरिनँ भने जवाफदेही हुनुपर्ला भनेर म चिन्तित भएँ। आफ्नै स्वार्थको सुरक्षा गर्न, मैले आलेटाले गर्न र पन्छाउनका लागि मेरो क्षमता कमजोर छ र कार्य सामर्थ्य कमजोर छ भन्ने जस्ता विभिन्न कारण र बहानाहरू खोजेँ, पन्छाउन र छल्न खोजेँ। मलाई मण्डलीको कामलाई के चाहिन्छ, र म उपयुक्त उम्मेदवार हुँ भन्ने राम्ररी थाहा थियो, तर मैले चालबाजी गरेँ र टोली अगुवा बन्न वा कुनै जिम्मेवारी लिन चाहिनँ किनकि मैले आफ्नै परिणाम र गन्तव्यबारे सोचिरहेकी थिएँ। नाफालाई नै सर्वोपरि मान्ने ती गैरविश्‍वासीहरूले गर्ने हरेक काममा सधैँ आफ्नै स्वार्थका लागि हिसाब-किताब र दाउपेच गर्छन्; आफूलाई जे फाइदा हुन्छ तिनीहरू त्यही गर्छन्। मेरा सबै सोचाइ र विचारहरू पनि आफ्नै फाइदाका लागि थिए, र जब जिम्मेवारी लिनुपर्ने काम ममाथि आयो, तब मैले चालबाजी गरेँ र म पछि हटेँ। ममा परमेश्‍वरप्रति अलिकति पनि बफादारी वा समर्पण थिएन, र म एक जना गैरविश्‍वासी वा अविश्‍वासीभन्दा फरक थिइनँ। म साँच्चै कर्तव्य निर्वाह गर्न अयोग्य थिएँ! जब मैले यो बुझेँ, तब म पछुतो र आत्म-ग्लानीले भरिएँ।

पछि, मैले आफूबारे चिन्तन गरेँ: मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भइसक्दा पनि, म किन निरन्तर आफ्नो कर्तव्य इन्कार गर्न चाहन्छु? यस समस्याको मुख्य जड के हो? एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्‍वरको समेत भर पर्नु हुँदैन। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तँ सबभन्दा बढी भर पर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरले के खुलासा गर्नुभएको छ भने, ख्रीष्ट विरोधीहरू मण्डलीले उनीहरूका लागि प्रबन्ध गरिदिएको कर्तव्यमा समर्पित हुन सक्दैनन्, र यसको मूख्य कारण के हो भने उनीहरूले आशिष्‌लाई धेरै महत्त्व दिन्छन्। ख्रीष्ट विरोधीहरूले आफूबाहेक अरू कसैलाई भरोसा गर्दैनन्। उनीहरू के विश्‍वास गर्छन् भने, आफूले आफैलाई मात्र भर पर्न सकिन्छ, आफ्नो भलो आफैले मात्र हेर्न सकिन्छ, र हरेक मोडमा होसियार र सतर्क हुनुपर्छ, किनभने तिनीहरू परमेश्‍वरको घरको बन्दोबस्तमा समर्पित हुनु आफ्नो आशिष्‌का लागि हानिकारक हुन्छ र यसले आफ्नो आशिष्‌ पाउने सपना चकनाचुर पार्छ भनेर डराउँछन्। आफूबारे चिन्तन गर्दा, के मेरो व्यवहार पनि ख्रीष्ट विरोधीको जस्तै थिएन र? मैले आशिष्‌ पाउनुलाई ठूलो महत्त्व दिएकी थिएँ। मण्डलीले मेरा लागि पहिले सुपरिवेक्षक र त्यसपछि टोली अगुवा हुने प्रबन्ध गरिदियो, तर म आफ्नै परिणाम र गन्तव्यबारे नसोचि बस्नै सकिनँ, म सतर्क बनेँ र मैले हिसाब-किताब गर्न थालेँ। मैले के सोचेँ भने, सुपरिवेक्षक वा टोली अगुवाको कर्तव्य निर्वाह गर्दा ठूलो जिम्मेवारी लिनुपर्छ, र यदि मैले राम्ररी काम गरिनँ भने मैले आफू पछाडि अपराधहरू छोड्नेछु। यदि यी गम्भीर भए भने म प्रकाशित भएर हटाइन पनि सक्छु। अर्कोतर्फ, साधारण टोली सदस्यहरूको जिम्मेवारी थोरै हुन्छ, र मैले कुनै उल्लेखनीय श्रेय हासिल नगरे पनि, मैले आफू पछाडि अपराधहरू छोड्नेछैन र म प्रकाशित भएर हटाइनेछैन। मैले जे गर्दा मलाई फाइदा हुन्छ त्यही गर्ने सोचेँ, र मैले मण्डलीको हितबारे अलिकति पनि विचार गरिनँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “योग्यता नखोज, बरु आरोपबाट बच,” र “होसियारी सुरक्षाको जननी हो” जस्ता शैतानी विषहरूको पूर्ण भरमा जिइरहेकी थिएँ। मैले के सोचेँ भने, आफ्नै स्वार्थबारे सोच्नु पूर्ण रूपमा स्वाभाविक कुरा हो—त्यसो नगर्नु मूर्खता हो। परमेश्‍वरको अभिप्राय मलाई सुपरिवेक्षक र टोली अगुवा भएर अझ बढी तालिम प्राप्त गर्न दिनु, र सिद्धान्तअनुसार काम गर्न सत्यता खोज्न सक्षम बनाउनु थियो। तर, मेरो विकृत दृष्टिकोणको आधारमा मैले परमेश्‍वरमाथि शङ्का गरेँ। मलाई के लाग्यो भने, मलाई सुपरिवेक्षक बनाउनु भनेको मलाई प्रकाश गर्ने र हटाउने एउटा तरिका हो। मैले परमेश्‍वरलाई संसारका ती हैसियत र शक्ति भएका मानिसहरू जस्तै ठानेँ, जो मानिसहरूप्रति निष्पक्ष र धर्मी नै हुन्छन् भन्‍ने छैन, र जसले सानो गल्ती गर्ने मानिसहरूलाई पनि हटाइदिन्छन्। के यो परमेश्‍वरप्रतिको ईश्‍वरनिन्दा होइन र? म साह्रै छली र दुष्ट थिएँ! परमेश्‍वरमा विश्‍वास गर्नु र एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, जुन मेरो लागि पन्छिनै नमिल्ने एउटा जिम्मेवारी हो। तर, मलाई शैतानी विषहरूले हानि पुऱ्याएको थियो, र म स्वार्थी, दुष्ट र छली बनेकी थिएँ। आफ्नो स्वार्थको रक्षा गर्न मैले पटक-पटक मेरो कर्तव्य इन्कार गरेँ, र परमेश्‍वरको अभिप्रायलाई अलिकति पनि ख्याल गरिनँ। यी शैतानी दर्शनहरूद्वारा जिउँदा त्यसले मलाई परमेश्‍वरको अझ बढी प्रतिरोध गर्ने बाटोतर्फ मात्र लैजान्छ, र म अन्ततः परमेश्‍वरद्वारा तिरस्कृत हुनेछु र हटाइनेछु। जब मैले यो कुरा बुझेँ, तब म पछुतो र आत्म-ग्लानीले भरिएँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म साह्रै स्वार्थी, नीच, दुष्ट र छली छु। मैले तपाईंमा विश्‍वास गर्न थालेदेखि, म आशिष्‌को पछि मात्र लागेकी छु र मैले तपाईंको अभिप्राय वा मण्डलीको कामबारे ख्याल गरेकी छैन। हे परमेश्‍वर, म पश्चात्ताप गर्न, र गलत बाटोमा हिँड्न छोड्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र परमेश्‍वरको घरले मानिसहरूसँग व्यवहार गर्ने सिद्धान्तहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिस परमेश्‍वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्‍ने विश्‍वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्‍वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने, व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्‍वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्‍वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्‍ने कुरालाई मात्र हेर्नुहुन्‍न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैमा यो सही मनोवृत्तिको अभाव छ, अनि ऊ व्यक्तिगत अभिप्रायबाट पूर्णतः प्रभावित छ, ऊ धूर्त षड्यन्त्रहरू अनि भ्रष्ट स्वभावको प्रकटीकरणहरूले भरिएको छ, अनि समस्या पैदा हुँदा, ऊ ढोँग गर्ने, कुतर्क गर्ने, आफूलाई जायज तुल्याउने गर्छ, र बिलकुलै पछुतो गर्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। ऊ कत्ति पनि सत्यता स्विकार्दैन अनि उसको पूर्णतः प्रकाश भएको छ। अलिकति पनि सत्यता नस्विकार्ने गलत मानिसहरू सारमा अविश्‍वासी नै हुन्छन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइ हासिल गर्न सक्षम छ र पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर तँमा यदि कुनै विवेक वा समझ छैन, र आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निभाउने मौका पाएको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरको घरमा, सत्यता र धार्मिकताले राज्य गर्छ। परमेश्‍वरको घरले सिद्धान्तअनुसार मानिसहरूलाई बर्खास्त गर्छ र हटाउँछ, अनि कसैको व्यवहार कुनै निश्चित समयमा वा कुनै निश्चित विषयमा कस्तो रह्यो भन्‍ने आधारमा कसैलाई पनि मनोमानी ढङ्गले व्यवहार गरिनेछैन। यो सबै मानिसहरूको निरन्तरको व्यवहार, सत्यता स्वीकार गर्ने उनीहरूको मनोवृत्ति, र उनीहरूले साँचो पश्चात्ताप गरेका छन् कि छैनन् भन्ने कुरामा आधारित हुन्छ। यदि कुनै व्यक्तिले लगातार मण्डलीको काममा अवरोध गर्छ र बाधा दिन्छ, र अरूले जतिसुकै मद्दत गरे पनि उसले पश्चात्ताप गर्दैन वा ऊ परिवर्तन हुँदैन भने, उसलाई बर्खास्त गरिनेछ र हटाइनेछ। तर, यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दा भ्रष्ट स्वभाव प्रकट गर्छ वा मण्डलीको काममा अवरोध गर्छ र बाधा दिन्छ, तर तुरुन्तै आत्मचिन्तन गर्न, बुझ्न, पश्चात्ताप गर्न र परिवर्तन हुन सक्छ भने, परमेश्‍वरको घरले उसलाई कर्तव्य निर्वाह गर्ने अरू मौकाहरू दिनेछ। मैले सफा गर्ने काम गर्न थालेदेखि सिद्धान्तहरू नबुझेको कारण मैले कसरी काममा अवरोध गरेकी र बाधा दिएकी थिएँ, त्यसैले अपराध गरेकी थिएँ भन्नेबारे मैले सोचेँ। तर, मेरा अपराधहरूका कारण परमेश्‍वरको घरले मलाई बर्खास्त गरेन वा हटाएन, बरु मसँग सङ्गति गर्यो र मलाई मद्दत गर्यो। त्यसपछि, म पश्चात्ताप गर्न तयार भएकोले, मलाई निरन्तर कर्तव्य निर्वाह गर्न दिइयो। जहाँसम्म बर्खास्त हुने र हटाइनेहरूको कुरा छ, उनीहरूले टोली अगुवा वा सुपरिवेक्षकको रूपमा कर्तव्य निर्वाह गरेकोले त्यसो भएको होइन, तर उनीहरू गलत बाटोमा हिँडिरहेकोले त्यसो भएको हो। उनीहरूले अपराध गरेका थिए, तर काटछाँट स्वीकार गरेनन्, र पश्चात्ताप गरेनन्। त्यसपछि मात्र उनीहरूलाई बर्खास्त गरियो र हटाइयो। मैले टोलीमा भएकी एउटी सिस्टरबारे सोचेँ जो सुपरिवेक्षक थिइनन्। तर, आफ्नो कर्तव्य निर्वाह गर्दा, उनले सँगै काम गर्ने सिस्टरहरूसँग ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्थिन् र पछाडिबाट उनीहरूको खुट्टा तान्‍ने काम गर्थिन्। यसले मण्डलीको काममा अवरोध र बाधा पुऱ्यायो, र सङ्गति दिइएपछि पनि उनले पश्चात्ताप गरिनन्। अन्त्यमा उनलाई बर्खास्त गरियो। साथै, दुई जना पूर्वसुपरिवेक्षकहरूले ठूलो जिम्मेवारी बोकेको कारणले उनीहरूलाई बर्खास्त गरिएको होइन, तर उनीहरूले लगातार सत्यता नपछ्याएको र व्यावहारिक काम नगरेको कारणले बर्खास्त गरिएको हो। जब उनीहरूलाई काटछाँट गरियो वा उनीहरूका ब्रदर-सिस्टरहरूले मद्दत गर्न सङ्गति गरे, तब उनीहरूले साँचो रूपमा पश्चात्ताप गरेनन् वा उनीहरू परिवर्तन भएनन्। उनीहरूले कुन कर्तव्य निर्वाह गरे वा कति ठूलो जिम्मेवारी बोके भन्ने कुरासँग उनीहरूको बर्खास्तीको कुनै सम्बन्ध थिएन। मैले के महसुस गरेँ भने, टोली अगुवा हुँदा ठूलो जिम्मेवारी हुने भएकोले यो खतरनाक हुन्छ, र टोली सदस्य हुनु तुलनात्मक रूपमा सुरक्षित र भरपर्दो हुन्छ भन्ने मेरो विश्वास भ्रामक र तर्कहीन रहेछ, अनि यो सत्यता सिद्धान्तअनुसार रहेनछ। परमेश्‍वरको घरले मलाई कर्तव्य निर्वाह गर्ने मौका दियो, र परमेश्‍वरको अभिप्राय ममाथि आइपर्ने मानिस, घटना र कामकुराहरूमा मैले सत्यता खोजूँ, र अझ बढी सत्यता सिद्धान्तहरू बोध गरूँ र बुझूँ भन्ने थियो। मैले यो दुर्लभ अवसरको कदर गरेर आफ्‍नो कर्तव्य स्वीकार गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्‍नो सारा हृदय र बल लगाउनु, परमेश्‍वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। … तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वर के भन्नुहुन्छ भने, इमानदार मानिसहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छन्, र उनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न आफ्नो हृदय र सामर्थ्य लगाउँछन्। उनीहरूले आफ्नै लागि दाउपेच गर्दैनन्, वा आफ्नै स्वार्थको नाफा-नोक्सानबारे विचार गर्दैनन्। यसबाहेक, कर्तव्य भनेको एउटा यस्तो जिम्मेवारी हो जसलाई हामीले नैतिक रूपमा पन्छाउन मिल्दैन, र हामीले कस्तो आशिष्‌ पाउँछौँ वा कस्तो दुर्भाग्य भोग्छौँ भन्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। हामीले दुर्भाग्यसँग डराएर कर्तव्य इन्कार गर्नु हुँदैन, न त आशिष्‌का खातिर कर्तव्य स्वीकार गर्नु नै हुन्छ। मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। यो बुझेपछि, मैले मेरो कर्तव्यलाई कसरी लिनुपर्छ भन्ने थाहा पाएँ। मेरो क्षमता र कार्य सामर्थ्य औसत भए पनि, एक सृजित प्राणीको रूपमा, मैले जे गर्नुपर्छ त्यो गर्नै पर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले नबुझेका कुराहरूबारे अझ बढी खोज्न सक्छु, र, मेरो आफ्नै क्षमता र सामर्थ्यको दायराभित्र रहेर, मैले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न आफ्नो सक्दो प्रयास गर्न सक्छु। ममा हुनुपर्ने मनोवृत्ति यही हो। मेरा विगतका ऋणहरू तिर्न, मैले ब्रदर-सिस्टरहरूलाई सफा गर्ने सामग्रीहरू व्यवस्थित गर्न मद्दतका लागि सक्रिय भई प्रस्ताव राखेँ, र अगुवाहरू सहमत हुनुभयो। मैले अहिलेसम्म धेरै प्रवेश वा परिवर्तनहरू हासिल गरेकी नभए पनि, यस पटक प्रकाशमा आएर, मैले मेरो विश्‍वासको पछ्याइपछाडिका गलत दृष्टिकोणहरूबारे केही बुझाइ प्राप्त गरेकी छु, परमेश्‍वरको अभिप्रायको ख्याल गर्न कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्ने सिकेकी छु, र म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ९८. मैले आफ्नो हैसियतको चाहनालाई त्यागेको छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

४०. ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्