१६. एक तीतो असफलतापछि मैले प्राप्त गरेको कुरा

युसिन, चीन

सन् २०१३ मा, प्रहरीले फोन निगरानीमार्फत मलाई पक्राउ गर्‍यो। तिनीहरूले मलाई माथिल्ला अगुवाहरूका फोटो देखाएर तिनीहरूलाई चिनाउन भने, र जब म बोल्न मानिनँ, तिनीहरूले मलाई धम्काउने र तर्साउने प्रयास गरे, र मलाई एकान्त कारावासमा राखेर यातना दिनेछन् भनेर भने। परमेश्‍वरको मार्गदर्शनले गर्दा नै म डराइनँ। त्यसपछि, प्रार्थना गरेर र परमेश्‍वरमा भर परेर म हरेक प्रहरी सोधपुछ दौरान दृढ रहेँ, अनि मैले मेरा दाजुभाइ-दिदिबहिनीहरूलाई घात गरिनँ। पछि, मलाई तीन वर्षको जेल सजाय सुनाइयो।

सन् २०१४ अप्रिलमा, मलाई सजाय काट्न महिला कारागारमा पठाइयो। जेल एकाइ प्रमुखले मलाई पश्चात्तापको बयान लेख्न र उप्रान्त परमेश्‍वरमा विश्वास नगर्ने कसम खान भनिन्, तर मैले त्यो लेख्न मानिनँ र उल्टै तिनीहरूलाई परमेश्‍वरको गवाही दिएँ। मेरो दृढ अडान देखेर, जेल एकाइ प्रमुखले अरू कैदीहरूलाई मलाई सास्ती दिन, कुटपिट गर्न र गाली गर्न लगाइन्, अनि तिनीहरूले मलाई एउटा सानो कोठामा दिनको बाह्र घण्टा हलचल नगरी उभिन लगाए। उभिँदा-उभिँदा मेरा खुट्टाहरू लाटा भएका र सुन्निएका थिए, अनि हरेक मिनेट एक घण्टा जस्तो लाग्थ्यो। मेरो पीडा देखेर कैदीहरू यसो भन्दै मेरो खिल्ली उडाउँथे, “तेरो परमेश्‍वरलाई तँलाई चील बनाएर यहाँबाट उडाइदिन भन् न!” मैले मनमनै प्रार्थना गरेँ, उहाँसँग यो सास्तीलाई जित्न र उहाँलाई धोका नदिन मलाई मार्गदर्शन गरिदिन बिन्ती गरेँ। परमेश्‍वरको मार्गदर्शनका कारण, म टिकिरहेँ। एक दिन, जेलका अधिकारीहरूले मलाई जवाफ दे भनेर दशवटा प्रश्न दिए, ती सबैले परमेश्‍वरलाई इन्कार गर्थे र उहाँको निन्दा गर्थे। यसले मलाई एकदमै क्रोधित बनायो: “यी दियाबलसहरू साँच्चै झूट रच्न सिपालु छन्! मैले परमेश्‍वरको गवाही दिनुपर्छ र उहाँको नाम अपमानित हुन दिनुहुँदैन।” त्यसैले मैले परमेश्‍वरका वचनद्वारा तिनीहरूका मिथ्या तर्कहरू खण्डन गर्न यो मौका प्रयोग गरेर प्रश्नहरूको जवाफ दिएँ। परिणामस्वरूप, यसले गर्दा जेलका अधिकारीहरू रिसाए, र तिनीहरूले मलाई तीन दिनसम्म दिउँसोको खाना दिएनन्। कहिलेकाहीँ, म भोकले रिँगटा लागेजस्तो महसुस गर्थेँ र मनमनै परमेश्‍वरलाई पुकार्थेँ, उहाँसँग मेरो आस्था बलियो बनाइदिन र मलाई दृढ रहन मदत गर्न बिन्ती गर्थेँ। मैले प्रभु येशूका वचनहरू सम्झेँ: “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ(मत्ती ४:४)। परमेश्‍वरका वचन मनन गरेपछि, मलाई उप्रान्त त्यति भोक लागेन।

म रिहा हुनुभन्दा छ महिनाअघि, माथिल्ला अधिकारीहरूले जेल एकाइमाथि दबाब दिए, तिनीहरूले भने, त्यो जिल्लामा रूपान्तरित नभएको म मात्र हुँ, र जेलको प्रतिष्ठामा आँच आउनबाट जोगिन, यस पटक मलाई रूपान्तरित गराउनैपर्छ। त्यसपछि, तिनीहरूले मलाई अर्को चरणको शारीरिक दण्ड दिए। लगभग माइनस बीस डिग्री सेल्सियसको तापक्रममा, तिनीहरूले मलाई चर्पीमा उभ्याएर मेरो शरीरमा र कानभित्र समेत चिसो पानी खन्याए। मेरो पूरै शरीर भिज्यो, तैपनि तिनीहरूले मलाई लुगा फेर्न दिएनन्। पछि, तिनीहरूले मलाई एउटा सानो कोठामा लगे, र दुई जना हत्याराहरूलाई मलाई तीन बयानको पत्रमा सही गर्न बल गर्न लगाए। यदि मैले मानिनँ भने, तिनीहरूले मलाई निगरानी नगरिएको बरन्डामा लगेर कुटेर मार्ने, र त्यसपछि मेरो मृत्यु प्राकृतिक कारणले भएको हो भनेर भनिदिने धम्की दिए। मेरो मनमा ठूलो उथलपुथल मच्चियो: “मैले सही गरेँ भने, मैले परमेश्‍वरलाई धोका दिइरहेको हुनेछु, तर गरिनँ भने, तिनीहरूले मलाई यातना दिन नयाँ तरिकाहरू खोज्नेछन्। यदि तिनीहरूले मलाई कुटेर मारे भने के गर्ने?” मैले पहिले एक कैदीले यहाँ एउटा कैदी मरेको थियो, र तिनीहरूले लासलाई मरेको कुकुरलाई जस्तै घिसारेर लगेका थिए भनेर भनेको सुनेकी थिएँ। त्यो सोचले मात्रै पनि म डरले भरिएँ। यदि मलाई कुटेर मारियो भने, मसँग मुक्ति पाउने कुनै अवसर हुनेछैन। अनि मैले सोचेँ, “के मैले तीन बयानको पत्रमा सही नगरेर केवल प्रावधानहरू कडाइका साथ पालना गरिरहेकी छु? परमेश्‍वरले मानिसको बाहिरी व्यवहारलाई होइन, उसको हृदयलाई हेर्नुहुन्छ। म साँच्चै परमेश्‍वरलाई धोका दिन चाहन्नँ; म ठूलो रातो अजिङ्गरलाई सम्हाल्नका लागि बुद्धि प्रयोग मात्रै गरिरहेकी हुनेछु।” त्यसैले, मैले तीन बयानको पत्रमा सही गरेँ। तर सही गर्ने बित्तिकै, मेरो हृदय अन्धकारले भरियो। तैपनि म आफैँलाई सान्त्वना दिइरहेँ, “म साँच्चै परमेश्‍वरलाई धोका दिइरहेकी छैनँ; म त केवल ठूलो रातो अजिङ्गरलाई सम्हाल्न बुद्धि प्रयोग गरिरहेकी छु।” मैले तिनीहरूलाई यसो पनि भनेँ, “म यो साँच्चै सही गरिरहेकी छैनँ। म त केवल तिमीहरूको काममा सहकार्य गरिरहेकी छु।”

सन् २०१६ को जुनमा, म जेलबाट छुटेँ। पछि, मैले एउटा प्रवचनमा तीन बयानको पत्रमा सही गरेकाहरूले पशुको छाप पाएका थिए र नरकको ढोका खोलेका थिए भन्ने कुरा सुनेँ। मलाई अचानक पक्षाघात भएजस्तो भयो, मानौँ आकाश नै कालो भएको थियो। तीन बयानको पत्रमा सही गर्नु कति गम्भीर कुरा रहेछ, र यसले परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गर्दो रहेछ भन्ने कुरा मैले बल्ल बुझेँ। यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्वास गरेपछि, मैले धोका दिएर आफ्नो आस्थाको यात्रा टुङ्ग्याउनेछु भनेर अपेक्षा पनि गरेकी थिइनँ। त्यतिबेला मेरो हृदयमा भएको पीडा र निराशालाई शब्दमा बयान गर्न नै सकिँदैनथियो। मेरो चरम कष्टमा, मैले सबै कुरा अन्त्य गर्न एउटा भवनबाट हाम फालेर मर्नेबारे समेत सोचेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचन मनन गर्दै गर्दा, मैले हृदयमा छुरा रोपेजस्तो पीडा महसुस गरेँ। परमेश्‍वरको स्वभावले उल्लङ्घन सहन गर्दैन, र परमेश्‍वरलाई धोका दिने कसैले पनि फेरि उहाँको कृपा पाउनेछैन। मैले तीन बयानको पत्रमा सही गरेर परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गरेकी थिएँ, र मलाई मेरो आस्थाको मार्ग अन्त्य भएको छ र परमेश्‍वरले मजस्तो व्यक्तिलाई उप्रान्त मुक्ति दिनुहुनेछैन भन्ने लाग्यो। मैले गरेको दुष्ट कार्यबारे सोच्दा, मेरो हृदय सहनै नसकिने गरी दुख्यो, र मलाई आफ्नो अपराध पूर्ति गर्न फेरि कैद गरिए हुन्थ्यो भन्ने चाहेँ। त्यो समयमा, म जिउँदो लासजस्तै थिएँ। म हरेक दिन टोलाएर बिताउँथेँ, र मलाई परमेश्‍वरलाई प्रार्थना गर्न पनि लाज लाग्थ्यो।

एक दिन, मैले कुनै बेला मसँग सहकार्य गरेका एक ब्रदरलाई परमेश्‍वरको घरले निर्माण गरेको चलचित्रमा देखेँ, र मलाई झनै हैरानी र ग्लानि महसुस भयो। हामी दुवै परमेश्‍वरमा विश्वास गर्थ्यौँ, तैपनि उनी उहाँको गवाही दिन आफ्नो कर्तव्य पूरा गरिरहेका थिए, जबकि मलाई चाहिँ हटाइएको थियो र दण्ड दिइनुपर्ने थियो। पहिले सत्यता नपछ्याएकोमा मैले आफूलाई झनै घृणा गरेँ, र म मर्न लायक र जिउन अयोग्य छु भन्ने लाग्यो। म केवल एक-एक गर्दै हरेक दिन जिउन चाहन्थेँ, र यदि कुनै दिन मरेँ भने, त्यो परमेश्‍वरको धार्मिकता हुनेथियो। म राति ओछ्यानमा यताउता पल्टिरहन्थेँ, निदाउन सक्दिनथेँ, र परमेश्‍वरका वचनहरू मेरो मनमा आए: “जब मानिसहरूले मेरो विरुद्धमा विद्रोह गर्छन्, तब म तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहभित्रबाट मलाई चिन्न लगाउँछु। मानवजातिको पुरानो स्वभावको आधारमा, र मेरो कृपाको आधारमा कुरा गर्दा, मानिसहरूलाई मृत्युमा धकेल्नको साटो म तिनीहरूलाई पश्‍चात्ताप गर्न र नयाँ सुरुवात गर्न दिन्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १४)। “तेरो भाग्य वास्तवमै परिवर्तन गर्न नसकिने हुन सक्छ र? के तँ त्यस्तो अफसोसका साथ मर्न इच्छुक छस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सार र पहिचान)। मैले परमेश्‍वरले मलाई त्याग्नुभएको छैन, र म उहाँसामु पश्चात्ताप गर्नेछु भन्ने आशामा अझै पनि मलाई बोलाउन उहाँले आफ्ना वचन प्रयोग गरिरहनुभएको छ भन्ने कुरा स्पष्ट रूपमा महसुस गरेँ। परमेश्‍वरका दयालु वचनहरू न्यानो कोमल धाराजस्तै लाग्यो, र तिनले मेरो हृदयलाई न्यानोपनले भरिदिए। परमेश्‍वर मलाई नकारात्मकता र गलतफहमीमा, निराशामा डुबेर आफैँसँग हार मानेको हेर्न चाहनुहुन्नथ्यो। परमेश्‍वर म मेरो असफलताबाट उठेर मेरो पतनको मूल कारणबारे मनन गरूँ भन्ने चाहनुहुन्थ्यो। मैले परमेश्‍वरले निनवेका मानिसको पश्चात्तापले कसरी उहाँको कृपा जितेको थियो भनेर भन्नुभएको कुरा सम्झेँ। परमेश्‍वरले म पश्चात्ताप गर्न, नयाँ सुरुवात गर्न र फेरि आस्थाको मार्गमा हिँड्न सकूँ भन्ने आशा पनि गर्नुभएको थियो। मैले परमेश्‍वरको प्रेम र मुक्ति महसुस गरेँ, र मेरो हृदय उहाँप्रति कृतज्ञताले भरियो। त्यसैले म घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईँलाई धोका दिएँ र तपाईँको हृदय तोडेँ। तर तपाईँले मलाई मुक्ति दिने कुरामा हार मान्नुभएको छैन र तपाईँले अझै पनि मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ। तपाईँलाई धन्यवाद! हे परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु। कृपया मलाई आत्मचिन्तन गर्न र आफैँलाई चिन्न मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको काम र परमेश्‍वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूले दर्शनहरू गुमाउनेछैनन् र आफ्‍नो गवाही नगुमाई अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। केवल अल्याङटल्याङ गर्नेहरूले आज सित्तैमा खान पाए पनि, कोही पनि अन्तिम सङ्कष्टबाट उम्कन सक्दैन, र कोही पनि अन्तिम परीक्षाबाट उम्कन सक्दैन। जित्नेहरूका लागि, यस्तो सङ्कष्ट एक ठूलो शोधन हो; तर केवल अल्याङटल्याङ गर्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने काम हो। हृदयमा परमेश्‍वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्‍वर नहुनेहरूका लागि, परमेश्‍वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्‍वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्‍वरका आशिष्‌हरू खोज्छन् र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्‍वरको कामको अन्त्य भएपछि ‘खेदिनेछ’, र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्‍वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, ‘दयालु-हृदयको’ व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले आफू एक स्वार्थी र घृणास्पद व्यक्ति रहेछु भन्ने अनुभूत गरेँ। हत्याराहरूको धम्कीको सामना गर्दा, म मारिएँ भने मैले मुक्ति पाउनेछैनँ भनेर डराएँ, त्यसैले मैले तीन बयानको पत्रमा सही गरेँ र परमेश्‍वरलाई धोका दिएँ। म सामान्यतया परमेश्‍वरलाई अरू कसैले धोका दिए पनि म धोका दिनेछैनँ भनेर मुखले भन्थेँ, र म आफू परमेश्‍वरमा साँच्चै विश्वास गर्ने व्यक्ति हुँ भन्ने समेत सोच्थेँ। तर जब मेरो जीवन खतरामा पर्‍यो, मैले आफ्नै सुरक्षा गर्न आफैलाई बचाएँ र परमेश्‍वरलाई धोका दिएँ। मसँग कुन हिसाबले मानवता थियो र? मैले कुन हिसाबले साँच्चै परमेश्‍वरमा विश्वास गरेँ र? ठूलो रातो अजिङ्गरका यातनाको समयमा, परमेश्‍वरको गवाही दिन सबै कष्ट सहन सक्नेहरू मात्र, मानवता भएका मानिसहरू हुन्, र तिनीहरू नै परमेश्‍वरमा साँच्चै विश्वास गर्ने मानिसहरू हुन्। मैले आखिरी दिनहरूमा परमेश्‍वरमा विश्वास गर्नेहरूमध्ये एक हुनका लागि उहाँले मलाई अनुग्रह दिनुभएको कुरा सोचेँ। परमेश्‍वरका वचन पढेर, मैले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याएको छ भन्ने कुराको सत्यता र मानवजातिलाई मुक्ति दिनका लागि परमेश्‍वरको ६,०००-वर्षे व्यवस्थापन योजना बुझेँ। परमेश्‍वरका वचनमार्फत, मैले केही सत्यता बुझेँ र धेरै कुरा छर्लङ्ग देखेँ, र जेलमा सबैभन्दा कठिन र पीडादायी दिनहरू पार गर्न मलाई परमेश्‍वरका वचनले नै मदत गरेका थिए। मैले परमेश्‍वरबाट यति धेरै पाएकी थिएँ, तर जब परमेश्‍वरले मबाट गवाही चाहनुभयो, मैले आफ्नो सुरक्षा गर्न तीन बयानको पत्रमा सही गरेर उहाँलाई धोका दिएँ। मैले यस्तो ठूलो धोकाको कार्य गरेकी थिएँ, र म साँच्चै श्रापित हुन लायक थिएँ! त्यस क्षणमा, मैले अन्ततः मेरो आस्थाका वर्षहरूमा मैले सत्यता र जीवन पटक्कै पाएकी रहेनछु भन्ने महसुस गरेँ। म त केवल निर्जीव भुस पो रहेछु, त्यसैले म कसरी नलड्न सक्थेँ र? यी कुरा महसुस गरेपछि, मैले माथि उठ्न लागिपर्ने र उप्रान्त त्यति नकारात्मक नहुने इच्छा गरेँ, अनि मैले प्रायः पश्चात्ताप गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ। मेरो परिणाम जेसुकै भए पनि, म एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न र सत्यता पछ्याउन लागिपर्न इच्छुक थिएँ।

सन् २०१८ फेब्रुअरीमा, मैले लेखन-पठनको कर्तव्य सम्हालेँ, र म निकै कृतज्ञ भएँ, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र आफ्नो अघिल्लो अपराधको पूर्ति गर्न चाहेँ। आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, जब-जब म आफूले दिएको धोकाबारे सोच्थेँ, मेरो हृदय दुख्थ्यो, र यो मेरो हृदयमा काँडा अड्किएजस्तै हुन्थ्यो, जसले मलाई ठूलो पीडा दिन्थ्यो र ग्लानि महसुस गराउँथ्यो। कहिलेकाहीँ, म आफैँलाई सोध्थेँ, “मैले तीन बयानको पत्रमा सही गर्दा प्रहरीसँग व्यवहार गर्न बुद्धि प्रयोग गरिरहेकी थिएँ भन्ने सोचेकी थिएँ, तर परमेश्‍वर यसलाई कसरी हेर्नुहुन्छ?” मैले प्रभु येशूका वचनहरू सम्झेँ: “जसले मलाई मानिसहरूका अगाडि इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने इन्कार गर्नेछु(मत्ती १०:३३)। मैले तीन बयानको पत्रमा सही गरेर शैतानको सामु परमेश्‍वरलाई इन्कार गरेकी र धोका दिएकी हुनाले, परमेश्‍वरले मलाई उहाँमा विश्वास गर्ने व्यक्तिका रूपमा अनुमोदन गर्नुभएन, किनभने मेरो “बुद्धि” सत्यताको अगाडि टिक्न सक्दैनथ्यो र म आफैँलाई र अरूलाई धोका दिइरहेकी मात्र थिएँ। बुद्धि परमेश्‍वरबाट आउने सकारात्मक कुरा हो, र त्यो प्रयोग गर्नु परमेश्‍वरको घरका हितको सुरक्षा गर्ने अभ्यास हो। तर मैले आफ्नो सुरक्षाका खातिर “बुद्धि” प्रयोग गरेँ; यसको प्रकृति नै परमेश्‍वरलाई धोका दिनु थियो। मानिसहरूको अगाडि परमेश्‍वरलाई इन्कार गर्ने र धोका दिनेहरूलाई परमेश्‍वर दोषी ठहराउनुहुन्छ, र मानिसहरूले उहाँलाई दिएको धोकालाई परमेश्‍वर घृणा गर्नुहुन्छ। परमेश्‍वर मानिसहरूले शैतानसामु उहाँको गवाही दिऊन्, सधैँ उहाँको नाम कायम राखून्, र उहाँलाई कहिल्यै इन्कार नगरून् भन्ने चाहनुहुन्छ। तर मेरो तथाकथित “बुद्धि” त आफ्नो ज्यान जोगाउने र लाजमर्दो तरिकाले जिउने एउटा बहाना मात्र थियो। यी कुराहरू महसुस गरेपछि, मैले आफूलाई झनै घृणा गरेँ, र मैले भविष्यमा, यस्तै परिस्थितिहरू सामना गर्दा, आफ्नो गवाहीमा दृढ रहने, र फेरि कहिल्यै आफ्नै बचाउ नगर्ने प्रतिज्ञा मनमनै गरेँ।

पछि, म हृदयमा यो पनि मनन गर्ने गर्थेँ, “म किन असफल भएँ? किन केही ब्रदर-सिस्टरहरू गम्भीर यातना सहेर पनि परमेश्‍वरलाई धोका नदिई मृत्युसम्मै दृढ रहन सके, जबकि मैले उहाँलाई धोका दिएँ? मेरो असफलताको जड के थियो?” चिन्तन गरेपछि, मैले आफ्नो जीवनलाई अति महत्त्व दिएकी रहेछु भन्ने महसुस गरेँ। मैले मृत्युको डरले परमेश्‍वरलाई धोका दिएँ, आफ्नो गवाही गुमाएँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एक खण्ड पढेँ, र मैले मृत्युको सामना कसरी गर्ने भनेर बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्‍वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्‍वरका कार्यहरूको गवाही दिन, परमेश्‍वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्‍नुको अर्थ के हो? के मेरो उद्देश्य तिमीहरूलाई पनि परमेश्‍वरलाई गवाही दिन र उहाँको सुसमाचार प्रसार गर्न त्यही विधि प्रयोग गराउनु हो? तैँले त्यसै गर्नुपर्छ भन्‍ने जरुरी छैन, तर तैँले बुझ्नैपर्छ कि यो तेरो जिम्मेवारी हो, र यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यो गर्न आफू कर्तव्यबद्ध भएका रूपमा त्यसलाई स्वीकार गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छोयो। प्रभु येशूलाई पछ्याउने चेलाहरू प्रभुको सुसमाचार प्रसार गरेका कारण सबै किसिमका तरिकाले शहीद बनाइए; तिनीहरूको मृत्यु यो दुष्ट पुस्तामाथिको न्याय थियो, र तिनीहरूले आफ्नै जीवनको मूल्यमा परमेश्‍वरको गवाही दिए। यो शैतानलाई गरिएको सबैभन्दा ठूलो अपमान हो। तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरे, तिनीहरू साँचो सृजित प्राणी थिए, र परमेश्‍वरद्वारा अनुमोदित भए। तिनीहरूका शरीर मरे तापनि, तिनीहरूका आत्माहरू परमेश्‍वरकहाँ फर्के। आफैलाई बचाउन चाहने र मृत्युसँग डराउनेहरू जीवित रहे पनि, निर्जीव हिँड्ने लासहरूझैँ हुन्, र मृत्युपछि, तिनीहरूले अझै पनि अनन्त दण्ड सहनैपर्छ। प्रभु येशूले भन्नुभएझैँ: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। जब-जब मैले मृत्युको धम्की सामना गर्दा आफ्नै सुरक्षा गर्न परमेश्‍वरलाई कसरी धोका दिएँ भनेर फर्की हेर्थेँ, मेरो हृदय ग्लानिले दुख्थ्यो, र मेरो आत्माले ठूलो सास्ती भोग्थ्यो। यो पीडा शारीरिक कष्टभन्दा निकै खराब थियो। मैले मानिसको भाग्य परमेश्‍वरको हातमा छ, र ठूलो रातो अजिङ्गरले मेरो जीवन वा मृत्युको निर्णय गर्न सक्दैन भन्ने कुरा पनि बुझेँ। यदि कुनै दिन मलाई ठूलो रातो अजिङ्गरले सताएर मार्‍यो भने, त्यो पनि परमेश्‍वरको अनुमतिले र उहाँद्वारा पूर्वनियोजित नै हुनेछ। म परमेश्‍वरको योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ। परमेश्‍वरलाई सन्तुष्ट पार्न मर्नु अर्थपूर्ण हुन्छ।

सन् २०२३ को डिसेम्बरको एक रात, मैले माथिल्ला अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा तिनीहरूले पहिले तीन बयानको पत्रमा सही गर्नेहरूको अनुसन्धान गर्न लागेका छन् भनेर भनिएको थियो। जब मैले त्यो पत्र देखेँ, म स्तब्ध भएँ, र मैले आफूले तीन बयानको पत्रमा सही गरेको कुरा सोचेँ। विशेष गरी, यसो भनिएको परमेश्‍वरका वचनहरू देखेपछि: “के ‘तीन अभिव्यक्ति’ मा हस्ताक्षर गर्नेहरू बम विस्फोट गराएर आफैलाई छिन्नभिन्न पार्नेहरू होइनन् र?(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। मलाई लाग्यो, म साँच्चै सिद्धिएँ, र मेरो आस्थाको जीवन समाप्त भयो। म आशारहित भएँ। मलाई तीन बयानको पत्रमा सही गरेर र परमेश्‍वरलाई धोका दिएर, मेरो नियतिमा नरक र दण्ड लेखिएको छ भन्ने थाहा थियो। मलाई परमेश्‍वरको घरले मलाई जसरी तह लगाए पनि, त्यो न्यायसङ्गत हुनेथियो, र मृत्यु पनि मेरा लागि उचित सजाय हुनेथियो भन्ने लाग्यो। त्यो रात, मसँग मेरो काममा भएका समस्या समाधान गर्ने ऊर्जा नै भएन। मसँग कुनै बल नै थिएन, र मैले रातभर एक शब्द पनि बोलिनँ। त्यसपछिका केही दिन, मैले खान वा सुत्न सकिनँ, र जब-जब म आफ्नो अपराधबारे सोच्थेँ, मलाई मसँग कुनै राम्रो परिणाम वा गन्तव्य छैन भन्ने लाग्थ्यो। मैले उजाड महसुस गरेँ, र केही गर्ने मन भएन। म केवल मण्डलीले मलाई निकालिएको जानकारी दिने प्रतीक्षा गरेँ। मेरो पीडा र निराशामा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँसँग मलाई अन्तर्दृष्टि दिन र उहाँको अभिप्राय बुझ्न मार्गदर्शन गर्न बिन्ती गरेँ।

भोलिपल्ट, मैले एउटा अनुभवात्मक गवाहीको भिडिओमा उद्धृत गरिएका परमेश्‍वरका वचनहरूको एक खण्ड देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरैजसो मानिसले कुनै न कुनै तरिकाले अपराध गरेका र आफूलाई कलङ्कित पारेका छन्। उदाहरणका लागि, कतिपय मानिसले परमेश्‍वरको प्रतिरोध गरेका र निन्दात्मक कुरा बोलेका छन्; केही मानिसले परमेश्‍वरको आज्ञा इन्कार गरेका र आफ्नो कर्तव्य निर्वाह गरेका छैनन् अनि परमेश्‍वरद्वारा तिरस्कृत भएका छन्; कोही मानिसले प्रलोभन आउँदा परमेश्‍वरलाई धोका दिएका छन्; कोहीले पक्राउ पर्दा ‘तीन अभिव्यक्ति’ मा हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका दिएका छन्; कतिपयले भेटी चोरेका छन्; कोहीले भेटीहरू फजुल खर्च गरेका छन्; कोहीले मण्डली जीवनमा बारम्बार बाधा पुऱ्याएका र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गरेका छन्; कोहीले गुटबन्दी र अरूलाई रुखो व्यवहार गरेर मण्डलीलाई अस्तव्यस्त पारेका छन्; कतिपयले बारम्बार धारणा र मृत्यु फैलाएर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ व्यभिचार र स्वच्छन्द यौन सम्बन्धमा संलग्न भएर अत्यन्तै खराब प्रभाव पारेका छन्। सबैको आ-आफ्नो अपराध र कलङ्क हुन्छ भन्‍ने कुरा स्पष्ट छ। तैपनि कतिपय मानिस सत्यता स्विकार्न र पश्चात्ताप गर्न सक्छन्, अरूले भने सक्दैनन् र तिनीहरू पश्चात्ताप गर्नअघि नै मर्छन्। त्यसैले मानिसहरूलाई तिनीहरूको प्रकृति सार र एकनासको व्यवहारअनुसार व्यवहार गरिनुपर्छ। पश्चात्ताप गर्न सक्नेहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू हुन्; तर वास्तवमै पश्चात्ताप नगर्नेहरू, हटाइनुपर्ने र निष्कासित गरिनुपर्नेहरूलाई हटाइनेछ र निष्कासित गरिनेछ। कतिपय मानिस दुष्ट हुन्छन्, कोही अज्ञानी, कोही मूर्ख र कोही पशु हुन्छन्। सबै जना फरक-फरक हुन्छन्। कतिपय दुष्ट मानिस दुष्ट आत्माको अधीनमा हुन्छन्, अनि अरू भने शैतान र दियाबलसको पुच्छरे हुन्छन्। कोही स्वभावले नै दुष्ट हुन्छन् भने कतिपय अति छली हुन्छन्, कोही विशेष गरी पैसाको लोभी हुन्छन्, र अरूचाहिँ स्वच्छन्द यौन सम्बन्ध राखिहिँड्न मन पराउँछन्। हरेकको व्यवहार फरक-फरक हुन्छ, त्यसैले हरेकलाई उसको स्वभाव र एकनासको व्यवहारअनुरूप विस्तृत रूपमा हेर्नुपर्छ। … परमेश्‍वर हरेक व्यक्तिलाई उसको त्यस बेलाको परिस्थिति र पृष्ठभूमिको वास्तविक अवस्था, साथै त्यस व्यक्तिको कार्य, व्यवहार र प्रकृति सारको आधारमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले कहिल्यै कसैलाई पनि गलत गर्नुहुनेछैन। यो परमेश्‍वरको धार्मिकताको एउटा पाटो हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचन मनन गर्दै गर्दा, म गहन रूपमा उत्प्रेरित भएँ। परमेश्‍वरको घरले मानिसहरूलाई सिद्धान्तअनुसार सम्हाल्छ, र परमेश्‍वरको स्वभावमा प्रताप र क्रोध अनि प्रेमिलो दयालुपन र कृपा दुवै छ। मैले तीन बयानको पत्रमा सही गरेर यो जीवन र आउँदो संसारमा पनि क्षमा नहुने ईश्वरनिन्दाको पाप गरेकी थिएँ। परमेश्‍वरलाई धोका दिएपछि, मेरो हृदय अँध्यारो थियो, र म पीडाको सास्तीमा डुबेँ, जिउँदो लासजस्तै जिइरहेकी थिएँ। यो परमेश्‍वरको धार्मिकता थियो। तर परमेश्‍वरले मलाई त्याग्नुभएन, र उहाँका वचनमार्फत, उहाँले मलाई अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो, मलाई नकारात्मकता र गलतफहमीबाट बाहिर निस्किने तुल्याउनुभयो। मैले परमेश्‍वरको धर्मी स्वभावभित्र, परमेश्‍वरको कृपा र मुक्ति पनि रहेको महसुस गरेँ। परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूका कार्यहरूको पृष्ठभूमि, तिनीहरूको प्रकृति सार, र एकनासको व्यवहार, साथै तिनीहरूले साँच्चै पश्चात्ताप गरेका छन् कि छैनन् भन्ने आधारमा निर्णय गर्नुहुन्छ। मैले पक्राउ परेर यातना भोग्दा, अनि मेरो जीवन खतरामा हुँदा क्षणिक शारीरिक कमजोरीमा परमेश्‍वरलाई धोका दिएको, र त्यसपछि पश्चात्ताप र ग्लानिले भरिएको कुरा सम्झेँ। मण्डलीले मसँग आफूबारे केही बुझाइ र पश्चात्ताप भएको देख्यो, र मलाई आफ्नो कर्तव्य पूरा गर्ने मौका दियो। त्यसबेलादेखि, मैले आफ्नो कर्तव्य पूरा गर्न निरन्तर सक्दो प्रयास गरेकी छु। यसको विपरीत, तीन बयानको पत्रमा सही गर्नेहरूमध्ये, निकालिएकाहरूले आफ्नो कर्तव्यमा एकैनास खराब प्रदर्शन गरे, र परमेश्‍वरलाई धोका दिएपछि, तिनीहरूले साँच्चै पश्चात्ताप गरेनन् वा आफ्ना कर्तव्य राम्ररी पूरा गरेनन्। त्यस्ता मानिसहरूलाई नै परमेश्‍वरले प्रकट गर्नुहुन्छ र हटाउनुहुन्छ। परमेश्‍वरले तीन बयानको पत्रमा सही गर्नेहरू टुक्रा-टुक्रा पारिन्छन्, र तिनीहरूले महापाप गर्छन् भनेर भन्नुभयो। तर परमेश्‍वर मानिसहरूसँग तिनीहरूको प्रकृति सार र पश्चात्तापका आधारमा व्यवहार गर्नुहुन्छ। तीन बयानको पत्रमा सही गरेपछि, मैले आफ्नो हृदयमा गहिरो पश्चात्ताप र आत्म-निन्दा महसुस गरेँ। परमेश्‍वरले मलाई न्याय गर्न र सजाय दिन आफ्ना वचनहरू प्रयोग गर्नुभयो, जसले मलाई तीन बयानको पत्रमा सही गर्नुको प्रकृति र परिणामहरू बुझ्ने, परमेश्‍वरको धर्मी स्वभावले उल्लङ्घन सहन गर्दैन भनेर जान्ने, परमेश्‍वरको डर मान्ने हृदय विकास गर्ने, र साँचो पश्चात्ताप गर्ने तुल्यायो। यसले मलाई परमेश्‍वरले भन्नुभएका यी कुरा पूर्णतः अनुभव गर्ने तुल्यायो: “परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छैन—तर मानिसलाई साँचो पश्‍चात्ताप हासिल गर्न कठिन छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू सबैले आशिष्‌, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष्‌ प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्‍वरमाथि विश्‍वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष्‌ प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्‍ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष्‌ प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्‍वरले फरक विश्‍वास गर्नुहुन्छ। मानिसहरूले विभिन्‍न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्‍नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्‍वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू अब आफ्‍नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यताको पछ्याउन सक्ने, र आफ्नो भ्रष्ट स्वभाव शुद्ध होस् र आफूले केही साँचो परिवर्तन हासिल गर्न सकूँ भनेर आफ्‍नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने विश्‍वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरले मेरो वास्तविक स्थिति खुलासा गर्नुभयो। यी वर्षहरूमा, मैले आशिष्‌हरू पछ्याउन छोडिसकेकी छु भन्ने लाग्थ्यो, तर आशिष्‌ पाउने चाहना मेरो हृदयको गहिराइमा लुकेको थियो, र यदि तथ्यहरू प्रकट नभएका भए, मैले अझै पनि म यस सन्दर्भमा परिवर्तित भएकी छु भन्ने सोच्ने थिएँ। यी वर्षभरि, म परमेश्‍वरको कृपाका कारण मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै आएकी छु, त्यसैले मैले अझै पनि झूटो आशा पक्रिरहेकी थिएँ, परमेश्‍वरले मलाई क्षमा गर्नुभयो होला भन्ने सोचिरहेकी थिएँ। मैले आफ्नो कर्तव्यमा कष्ट भोगेँ र मूल्य चुकाएँ, आफ्नो कर्तव्यमा लागिरहन बिमारी सहेँ, र त्यसैले मैले आफू परमेश्‍वरप्रति बफादार रहेको सोचेँ। तर जब मैले तीन बयानको पत्रमा सही गर्नेहरूको परिणाम नरक हो भन्ने देखेँ, मेरो हातखुट्टा चल्न छोड्यो, र आशिष्‌हरू पाउने मेरो चाहना पूर्णतः चकनाचुर भएको देखेर, मैले आफ्नो कर्तव्य पूरा गर्ने चाहना गुमाएँ, र मैले मण्डलीको काम सम्हाल्न पनि चाहिनँ। तथ्यहरू सामना गर्दा, मैले म अझै पनि परमेश्‍वरसँग सौदा गर्ने प्रयास गरिरहेकी थिएँ, र मैले केवल आशिष्‌हरूका लागि आफ्नो कर्तव्यमा कष्ट सहेकी थिएँ भन्ने कुरा देखेँ। मैले आशिष्‌हरू पाउने मेरो अभिप्राय कति गहन रूपमा गढिएको रहेछ भन्ने देखेँ। मैले परमेश्‍वरको प्रकाशका लागि उहाँलाई धन्यवाद दिएँ, जसले मलाई आफैँलाई चिनायो र सत्यता पछ्याउने मेरो सङ्कल्पलाई पनि प्रेरित गर्‍यो। त्यसपछि, मैले आफूलाई परमेश्‍वरमा सुम्पने सङ्कल्प गरेँ, र परमेश्‍वरले मसँग जस्तो व्यवहार गर्नुभए पनि, मैले गर्नुपर्ने कुरा समर्पित हुनु र मैले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नु थियो भन्ने जानेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले गरेका अपराधहरूका आधारमा, म धेरै पहिले नै पखालिनुपर्थ्यो। यी वर्षहरूमा, मैले सित्तैमा तपाईँका वचनहरूको यति धेरै मलजल र आपूर्ति पाएकी छु, र मैले धेरै प्राप्त गरेकी छु। तपाईँले मलाई अहिल्यै निष्कासित गर्नुभए नि, म अझै तपाईँलाई धन्यवाद दिनेछु। परमेश्‍वर! म तपाईँलाई सधैँभरि पछ्याउन चाहन्छु, र म अब उप्रान्त कुनै आशिष्‌को चाहना गर्नेछैनँ।” मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म केवल यति मात्र बिन्ती गर्दछु कि मैले जुन बाटोमा हिँड्नुपर्छ त्यसमा म परमेश्‍वरका अभिप्रायहरूअनुसार हिँड्न सकूँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। परमेश्‍वरका वचनहरू मनन गर्दा, मेरा आँसु थामिएनन्। मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो, र मेरो आत्माले पहिले कहिल्यै महसुस नगरेको आजादी महसुस गर्‍यो।

एक दिन, मैले माथिल्ला अगुवाहरूबाट एउटा पत्र पाएँ। मेरो तीन बयानको पत्रमा सही गर्नुको पृष्ठभूमि र मेरो आस्थामा मेरो एकैनासको कर्तव्य निर्वाहलाई ध्यानमा राख्दै, तिनीहरूले मलाई पश्चात्ताप गर्ने अवसर दिए, र तिनीहरूले मलाई शान्त मनले आफ्ना कर्तव्य पूरा गर्न भने। त्यो पत्र पाउँदा, त्यसले मलाई गहन रूपमा उत्प्रेरित गऱ्यो। मैले मानिसहरूप्रति परमेश्‍वरको धर्मी स्वभाव न्याय र मुक्ति हो, र यो सबै म सत्यता पछ्याउने सही मार्गमा हिँडूँ भनेर हो भन्ने महसुस गरेँ। त्यस क्षणमा, परमेश्‍वरबारे मेरा गलतफहमीहरू समाधान भए। साथसाथै, मैले आफ्नो छलीपनलाई र परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरूको बुझाइको कमीलाई घृणा गरेँ, र उहाँले ममा आफ्नो कति धेरै रगतपसिना लगानी गर्नुभएको छ भनी झन् बढी महसुस गरेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्‍ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ)। मैले परमेश्‍वरको वचनको यो खण्ड पहिले धेरै पटक पढेकी थिएँ, तर मैले यसलाई साँच्चै बुझेकी थिइनँ। अब, मैले यो अनुभवपछि परमेश्‍वर जे गर्नुहुन्छ, त्यसमा मानिसहरूप्रति कुनै घृणा हुँदैन भन्ने कुरा बुझेँ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, त्यसमा दोषी ठहराउने वा सराप्ने कुरा नै समावेश भए पनि, यो मानिसहरूलाई शुद्ध गर्न, तिनीहरूलाई भ्रष्ट स्वभावहरूको बाधा र बन्धनबाट उम्काउन, र मानिसहरूलाई शैतानको शक्तिबाट मुक्ति दिनका लागि हो। मानिसहरूसामु परमेश्‍वरको धर्मी स्वभाव प्रकट हुनु नै तिनीहरूका लागि सबैभन्दा ठूलो मुक्ति हो। म सत्यता पछ्याउन र परमेश्‍वरका मागहरू पूरा गर्न लागिपर्न इच्छुक छु। मेरो परिणाम जेसुकै भए पनि, यदि म सृष्टिकर्ताका लागि श्रम मात्र गर्न सक्छु भने पनि, म इच्छुक र सन्तुष्ट छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: १५. एक जना बिक्री प्रबन्धकले गरेको छनौट

अर्को: १८. के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्