१५. एक जना बिक्री प्रबन्धकले गरेको छनौट
म दक्षिण चीनको एउटा सानो सहरमा जन्मेकी थिएँ। मेरो बुबा त्यस क्षेत्रका कहलिएका डाक्टर हुनुहुन्थ्यो, र हाम्रो परिवारको आर्थिक अवस्था राम्रै थियो। सानैदेखि, मैले आफ्ना साथीहरूभन्दा राम्रो जीवनस्तरको आनन्द लिएँ, जसबाट मलाई श्रेष्ठताको बोध हुन्थ्यो। मैले थाहा पाएदेखि नै, बुबाले मलाई अक्सर “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” भनी सिकाउनुहुन्थ्यो। म बुबाबाट उहाँ गाउँबाट सहरमा आएर आफूलाई स्थापित गर्नुभएको कथा सुन्थेँ, हाम्रो घरमा बुबाको चाकडी गर्न सधैँ मानिसहरू आइरहेको देख्थेँ, र बुबा जहाँ जानुहुन्थ्यो, मानिसहरूले उहाँलाई प्रशंसा र न्यानो स्वागत गरेको हेर्थेँ। मेरो बालसुलभ अज्ञानतामा, मैले बिस्तारै अरूभन्दा माथि उठ्नुको मूल्य बुझ्न थालेँ, र मैले अरूले प्रशंसा गर्ने र सम्मान गर्ने खालको हैसियत भएको व्यक्ति बन्ने सङ्कल्प गरेँ। तर जब म १२ वर्षकी थिएँ, मेरो बुबा कथित अवैध व्यापारको कारोबारका कारण जेल पर्नुभयो, र एक समय चहलपहल हुने हाम्रो घर अचानक सुनसान भयो। मेरी आमा, मेरी दिदी र म एकअर्कामा भर परेर बाँच्न बाध्य भयौँ। हामीसँग कुनै समय न्यानो व्यवहार गर्ने ती मानिसहरू कतै देखिँदैनथे। विशेषगरी मेरी आमाले चारैतिर पैसा सापटी माग्न भोग्नुभएको कष्ट देखेपछि, मैले एक प्रकारको उजाडपन महसुस गरेँ, र मैले लगनशीलताका साथ अध्ययन गरेर अब्बल हुने सङ्कल्प गरेँ, ताकि म अरूभन्दा माथि उठेर ईर्ष्या गर्न लायक र सम्मानित जीवन बिताउन सकूँ, र हाम्रो मर्यादा फिर्ता ल्याउन सकूँ। मेरो कडा परिश्रमले रङ्ग ल्यायो, र मैले अन्ततः विश्वविद्यालयमा भर्ना पाएँ। तर मैले अझै पनि सुस्ताउने आँट गरिनँ। मेरा बुबाका “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” भन्ने भनाइले मलाई उत्प्रेरित गरिरह्यो। यदि मैले कडा परिश्रम गरिरहेँ भने, एक दिन सफलता र ख्याति र प्राप्ति दुवै हासिल गर्नेछु भन्ने मलाई विश्वास थियो।
सन् २००६ मा विश्वविद्यालयबाट स्नातक गरेपछि, म एक्लै शाङ्घाई आएँ र एउटा कम्पनीमा बिक्री शाखामा काम गर्न थालेँ। धेरै अर्डर पाउनका लागि, म नियमित रूपमा ग्राहकहरूलाई भेट्न अन्य सहरहरूमा यात्रा गर्थेँ। गाडी लाग्ने समस्याले गर्दा, विभिन्न सहरहरूमा यात्रा गर्दा मेरो शरीर लखतरान हुन्थ्यो, र बसबाट ओर्लिएपछि, मैले अझै पनि ग्राहकहरूसँग भेट्न आफ्नो सारा शक्ति बटुल्नुपर्थ्यो। शारीरिक थकानबाहेक, निरन्तरको व्यापारिक भेटघाट र सहकर्मी तथा ग्राहकहरूसँगको सौदाबाजीले मलाई झनै थकित बनाउँथ्यो। ग्राहकहरूको अर्डर पाउनका लागि, मैले ‘थिक ब्ल्याक थ्योरी’ र ‘द वे अफ द वुल्फ’ जस्ता किताबहरू किनेँ। यी किताबहरूबाट, मैले उद्योगका धेरै गुप्त नियमहरू र संसारसँग व्यवहार गर्ने तरिकाहरू सिकेँ। पछि, काममा, आन्तरिक रूपमा, मैले सहकर्मीहरूलाई पछि पार्न खुलेआम र पर्दा पछाडि प्रतिस्पर्धा गर्थेँ। बाहिर, म ग्राहकहरूको चापलुसी गर्ने मात्र होइन, तिनीहरूलाई कमिसन पनि दिन्थेँ र गोप्य सौदा पनि गर्थेँ। सुरुमा, यी कामहरू गर्दा मेरो मन बेचैन हुन्थ्यो—यदि यी कुराहरू बाहिर आए भने, यसले कम्पनीको प्रतिष्ठामा आँच आउने मात्र होइन, मलाई जेलमा समेत पुर्याउन सक्थ्यो, त्यसैले म हरेक दिन त्रसित रहन्थेँ। जब दबाबले हद नाघ्थ्यो, म अक्सर राति डरलाग्दा सपना देखेर ब्युँझन्थेँ। म हरेक दिन निरन्तरको डर र बेचैनीमा रहन्थेँ। कहिलेकाहीँ, राति अबेरमा, जब सबै कुरा शान्त हुन्थ्यो, म सोच्थेँ, “बिक्रीको काममा धेरै दबाब छ; सायद मैले पेसा नै बदल्नुपर्छ।” तर फेरि म मनमनै सोच्थेँ, “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।” अनि म आफैलाई हौसला दिन्थेँ, “यदि म सफल हुन चाहन्छु भने, मैले यी पीडाहरू सहनै पर्छ; नत्र, प्रतिभावान मानिसहरूले भरिएको यो महानगरमा मैले कहिले सफलता र प्रसिद्धि हासिल गर्न सक्छु र?” त्यसैले म दृढतापूर्वक लागिरहेँ। दुई वर्षपछि, म कामको सिकारुबाट मेरो टोलीको बिक्री च्याम्पियन बनेँ। मैले हाकिमहरूबाट उच्च कदर पाएको र सहकर्मीहरूले मेरो ईर्ष्या गरेको मात्र होइन, मेरो तलब पनि राम्रोसँग बढ्दै गइरहेको थियो, र मैले अन्ततः चाहेजस्तै अफिसभित्र काम गर्नेको जीवन बिताइरहेकी थिएँ। मेरी आमाले खुसी हुँदै मलाई भन्नुभयो, “मेरी छोरी, हाम्रा दुःखका दिनहरू अब सकिए। तैँले आफूलाई प्रमाणित गरेकी छस्, हामीले अबदेखि हेपिनु पर्दैन। मलाई अहिले शिर ठाडो भएको महसुस हुन्छ। तैँले मिहिनेत गरिरहनुपर्छ है!” मैले भित्रभित्रै आफैलाई भनेँ, “मैले शाङ्घाईमा घर र गाडी किन्नु मात्र होइन, लामो समयसम्म सम्मानजनक जीवन बिताउन उद्योग जगतमा अग्रणी पनि बन्नुपर्छ।”
सन् २००८ मा, विवाह गरेको केही समयपछि, मेरा सासु-ससुराले मलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। परमेश्वरका वचनहरू पढेपछि, म मानवजातिलाई मुक्ति दिने परमेश्वरको तीन-चरणको कामबाट गहिरो रूपमा प्रभावित भएँ। विशेष गरी जब मैले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन्, र ती वचनहरूले मानवजातिले नजानेका धेरै रहस्यहरू प्रकट गरेका छन् भनी देखेँ, म सर्वशक्तिमान् परमेश्वरका वचनहरूप्रति गहिरो रूपमा आकर्षित भएँ, र मेरा पतिसँगै, हामीले सुसमाचार स्वीकार गर्यौँ। परमेश्वरलाई पाएपछि, हामी सँगै भेला भयौँ, परमेश्वरका वचनहरू पढ्यौँ, र परमेश्वरको प्रशंसामा भजनहरू गायौँ। ब्रदर-सिस्टरहरूले पनि हामीसँग आफ्नो अनुभवात्मक बुझाइ बाँड्नुभयो। मैले उहाँहरू प्रत्येकलाई धेरै सोझा र सरल देखेँ, मैले काममा भेट्ने मानिसहरूभन्दा बिल्कुलै फरक। उहाँहरूमाझ कुनै चापलुसी वा एकअर्काको खुट्टा तान्ने काम थिएन, र उहाँहरूले आफ्नो हृदयमा जे छ त्यही बोल्नुहुन्थ्यो। म उहाँहरूसँग घुलमिल हुन, र भेला भएर परमेश्वरका वचनहरूमा सङ्गति गर्न खुसी थिएँ।
सन् २००८ को जुन महिनामा, मेरा पति र मैले ऋण लिएर एउटा घर किन्यौँ, र मेरा सहकर्मी, सहपाठी र परिवारका सदस्यहरू सबैले हामीलाई ईर्ष्याले हेरे। विशेष गरी जब हाम्रा छिमेकीहरूले हामी बाहिरका हौँ र केवल दुई वर्षमा घर किन्यौँ भन्ने थाहा पाए, उनीहरूले हामीलाई अझ बढी सराहना र प्रशंसा गरे। म मनमनै खुसी भएँ, र आफूले सधैँ सपना देखेको त्यो श्रेष्ठताको जीवनको नजिक पुग्दै छु जस्तो लाग्यो। पछि, मेरो बढुवा भयो, मेरो बिजनेस कार्डको पद सेल्स म्यानेजरमा परिवर्तन भयो, र मेरो अफिस एउटा सानो कुनाबाट एउटा ठूलो र खुला ठाउँमा पुग्यो। सहकर्मीहरूले मलाई सम्मानका साथ टाउको हल्लाएर अभिवादन गर्थे, र ग्राहकहरूले पनि मलाई म्यानेजर ये भनेर सम्बोधन गर्थे। म मेरुदण्ड सोझो पारेर हिँड्थेँ, मैले अचानक आफू अरू सबैभन्दा फरक भएको महसुस गरेँ, र म अरूभन्दा माथि र ठूलो भएको यो महसुसमा धेरै आनन्दित भएँ। त्यतिबेला, भेलामा सहभागी हुँदाबाहेक, म आफ्नो लगभग सबै समय काम गरेर बिताउँथेँ। म ऋण तिर्नका लागि छिट्टै पैसा कमाउनेबारे सोचिरहन्थेँ, ताकि म एउटा ठूलो घर किनेर मेरी आमालाई हामीसँगै बस्ने गरी ल्याउन सकूँ, र उहाँलाई पनि हामीसँगै यो श्रेष्ठताको जीवनको आनन्द दिलाउन सकूँ। कम्पनी ठूलो हुँदै जाँदा, नियम र कार्यप्रणालीहरू झन्-झन् कडा र जटिल हुँदै गए, र सेल्स म्यानेजरको रूपमा, मैले कम्पनीका विभिन्न मूल्याङ्कन गतिविधिहरूमा भाग लिनु र ती कार्यान्वयन गर्नुपर्थ्यो। यस अवस्थामा, म दुविधामा फसेँ: यदि मैले कम्पनीमा काम राम्ररी गर्न लागेँ भने, त्यसले मेरो मण्डली जीवनमा बाधा पुऱ्याउने थियो, तर यदि मैले मण्डली जीवन बिताएँ भने, मेरो काम बिग्रने थियो, र यदि मैले मेरो काम राम्ररी गरिनँ भने, मैले अहिले पाएको यो श्रेष्ठ जीवन पक्कै पनि बिलाएर जाने थियो। सुरुमा, म भेलाहरूमा गइरहन सकेँ, तर एक दिन, मैले मेरा सहकर्मीहरूबाट मेरा मातहतका कर्मचारीहरूले म हरेक दिन समयमै कामबाट निस्कन्छु, ममा हाकिम छवि नै छैन भनेर गोप्य रूपमा कुरा काटिरहेका छन् भन्ने थाहा पाएँ। उनीहरू मैले हाकिमहरूलाई खुसी पार्न र यो पद पाउन कुनै न कुनै जुक्ति अपनाएकी हुनुपर्छ पनि भन्थे। यी टिप्पणीहरू सुनेर, म धेरै दुःखी र बेचैन भएँ, र सोचेँ, “अहिले बजार प्रतिस्पर्धा धेरै चर्को छ। यदि मैले यो पद जोगाउन अझ बढी मिहिनेत गरिनँ भने, कुनै दिन कसैले मेरो ठाउँ लिन सक्छ, र मैले यति धेरै सङ्घर्ष गरेर हासिल गरेको यो प्रतिष्ठित, सम्मानित र ईर्ष्या गर्न लायकको जागिर र जीवन सबै गुम्नेछ। त्यसो हुन दिन्नँ। मैले केही ठोस उपलब्धि हासिल गर्नैपर्छ।” त्यसपछि, मैले मेरो बिहानको आत्मिक भक्ति गर्ने समय छोट्याउन थालेँ, र कहिलेकाहीँ त मसँग आत्मिक भक्ति गर्ने समय नै हुँदैनथ्यो र हतार-हतार काममा जान्थेँ। कामपछि, यदि भेला छैन भने, म कम्पनीमै बसेर ओभरटाइम काम गर्ने प्रयास गर्थेँ। यसबाहेक, म हाकिम र ग्राहकहरूसँगको हरेक खाना भेटघाटमा उपस्थित हुने प्रयास गर्थेँ, र म उनीहरूसँग हुँदा जबर्जस्ती मुस्कुराउनुपर्थ्यो। वास्तवमा, मैले गरिरहेको काम परमेश्वरको अभिप्रायसँग मिल्दैन भन्ने मलाई थाहा थियो, र मलाई यसरी अरूको चापलुसी गरेकोमा आफैदेखि घिन लाग्थ्यो, तर जब मैले आफ्नो पदलाई स्थिर राख्ने यही एउटा मात्र उपाय हो भनेर सोच्थेँ, म यसो गरिरहन बाध्य हुन्थेँ।
त्यो समयमा, म सधैँ अन्तिम समयमा भेलाहरू सुरु हुनै लाग्दा पुग्थेँ, र कहिलेकाहीँ त म धेरै दिनको व्यापारिक यात्राको कारण भेलाहरूमा उपस्थित हुन पनि सक्दिनथेँ। हरेक पटक जब ब्रदर-सिस्टरहरूले मेरो स्थितिबारे सोध्नुहुन्थ्यो, मलाई दोषी महसुस हुन्थ्यो, तर म केही गर्न सक्दिनथेँ। लामो समयको अनियमित दिनचर्या र मानसिक तनावले मेरो स्वास्थ्य खस्कँदै गयो। सुरुमा, कपाल झर्ने मात्र थियो, तर पछि मेरो तौल बढ्दै गयो, र मेरा खुट्टाका तल्लो भागहरू बैजनी दागहरूले भरिए। अस्पताल गएर जाँच गराएपछि, मलाई उच्च कोलेस्ट्रोल र एलर्जिक पर्पुरा भएको पत्ता लाग्यो। डाक्टरले मेरो बिमारी मेरो पेसासँग गहिरो रूपमा सम्बन्धित छ, र कामको ठूलो तनाव र अनियमित दिनचर्याले मेरो रोग प्रतिरक्षा प्रणालीलाई बिगारेको छ, र विशेष गरी बारम्बारको व्यापारिक भोजभतेर र अस्वस्थकर आहारले पाचन कार्यप्रणाली गडबड भएको छ भनी बताए। डाक्टरले के पनि बताए भने यदि मैले यही जीवनशैली र मानसिक स्थितिमा रहिरहेँ भने, यसले अवस्थालाई झनै खराब बनाउनेछ, मुटुसम्बन्धी रोगहरू निम्त्याएर, र मेरो ज्यानलाई नै खतरामा पार्न सक्छ। मलाई मेरो स्वास्थ्यको चिन्ता लाग्यो, तर मैले असहाय महसुस गरेँ, र सोचेँ, “आजको समाजमा, अरूभन्दा माथि उठ्नका लागि, मूल्य चुकाउनै पर्छ; केही पाइन्छ भने केही गुम्छ पनि। यदि कुनै दिन मलाई कुनै तनाव भएन र कामसम्बन्धी भोजभतेरमा जानु परेन भने, म पक्कै पनि अरूभन्दा माथिको व्यक्ति रहनेछैन। म अझै जवान छु, मेरो शरीरले यो सहन सक्छ, र म पहिले यो चरण पार गर्नेछु।”
सन् २००९ को अप्रिल महिनाको एक दिन, मण्डलीको एक जना अगुवाले मलाई सोध्नुभयो, “के तिमी नयाँ विश्वासीहरूलाई मलजल गर्ने कर्तव्य पूरा गर्न इच्छुक छौ?” मैले कसरी कर्तव्य पूरा गर्नु हरेक सृजित प्राणीको जिम्मेवारी हो, र कर्तव्यमार्फत, व्यक्तिले धेरै सत्यताहरू बुझ्न सक्छ भन्नेबारे सोचेँ, त्यसैले मैले खुसीसाथ सहमति जनाएँ। तर जब मैले लगभग हरेक रात भेला हुनेछ भन्ने थाहा पाएँ, म हिचकिचाएँ, “कम्पनीले निरन्तर ग्राहक भेटघाटको सङ्ख्याको मूल्याङ्कन गरिरहेको छ, र म विभागको बिक्रीलाई मार्गदर्शन गर्न पनि जिम्मेवार छु। यदि म हरेक दिन भेलामा गएँ भने, मैले आफ्नो काम कसरी गर्ने? यदि मैले टीमलाई राम्ररी व्यवस्थापन गरिनँ र बिक्री लक्ष्यहरू पूरा गर्न असफल भएँ भने, म पक्कै पनि सेल्स म्यानेजरको रूपमा रहिरहन सक्नेछैन। तब के मैले यति धेरै मिहिनेत गरेर पाएको म्यानेजरको पद र स्थिर, आरामदायी जीवन त्यसै बिलाएर जानेछैन र? भविष्यमा अघि बढ्न झनै गाह्रो हुनेछैन र?” यस्तो सोचेर, मैले ती सिस्टरलाई भनेँ, “मैले यसबारे अझै सोच्नुपर्छ।” त्यसपछिका केही दिन, मैले यो मामिलामा सोचिरहेँ। म राति राम्ररी सुत्न सकिनँ, र मैले मनमा द्वन्द्व र पीडा महसुस गरेँ।
एउटा भेलाको दौरान, मैले ब्रदर-सिस्टरहरूलाई मेरो दुःख सुनाएँ, र हामीले परमेश्वरका वचनहरू पढ्यौँ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र परमेश्वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरको देखा पराइलाई इच्छापूर्वक खोज्ने व्यक्ति त झन् छँदै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ र? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो)। “दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेका छैनन्, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावले ओगटेका मानिसहरूका सबै भाग धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्वरका वचनहरू पढेपछि, म गहिरो सोचमा डुबेँ। फर्केर हेर्दा, म बाल्यकालदेखि नै “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” जस्ता विचारहरूबाट प्रभावित भएकी थिएँ। मैले हुर्किएपछि अब्बल बन्ने, आफ्नो नाम कमाउने र उत्कृष्ठ जीवन बिताउने सङ्कल्प गरेकी थिएँ। यो हासिल गर्नका लागि, मैले विद्यार्थी जीवनमा रातभरि बसेर अध्ययन गरेँ, र काममा लागेपछि, मैले आफ्नो स्थान बनाउनका लागि आफ्ना सिद्धान्तहरूसँग सम्झौता गरेँ, र अर्डरहरू पाउनका लागि ग्राहकहरूसँग गोप्य सौदा गरेँ। म मेरा कार्यहरू खुलासा होला र मेरो इज्जत माटोमा मिल्ला कि भनेर निरन्तर चिन्तित रहन्थेँ, र ठूलो तनावले मेरो शरीर र दिमागमा असर पारेको थियो। जब आफूले सधैँ सपना देखेको उच्च तलब र पद पाएँ, र मेरा वरपरका मानिसहरूको प्रशंसा र ईर्ष्या कमाएँ, तब आफ्नो स्थान बलियो बनाउनका लागि, मैले मेरा सहकर्मीहरूसँग षड्यन्त्र र प्रतिस्पर्धा गर्न जारी राखेँ, ग्राहक र हाकिमहरूको चापलुसी गरेँ, र हरेक दिन विभिन्न कामसम्बन्धी भोजभतेरमा आफूलाई डुबाएँ। लामो समयको अनियमित दिनचर्या र अस्वस्थकर जीवनशैलीले मेरो शरीरमा चेतावनीका सङ्केतहरू देखा पर्न थाले। तर ख्याति र प्राप्तिका लागि, मैले रोकिने आँट गरिनँ। अरूको चाटुकारी र चापलुसीमा धेरै मिथ्या कुरा छन् भन्ने मलाई थाहा भए तापनि, र परमेश्वरले मेरा छलपूर्ण कार्य र झूटहरूलाई मन पराउनुहुन्न भन्ने मलाई थाहा भए तापनि, मैले ख्याति र प्राप्तिको पछ्याइलाई त्याग्न सकिनँ। यसका लागि मेरो स्वास्थ्यलाई बलिदान दिनु, भेलाहरू छुटाउनु, र मेरो जीवन उन्नतिमा बाधा पुऱ्याउनु परे तापनि, मैले आफ्नो काम होसियारीपूर्वक गरिरहन रुचाएँ, जसले गर्दा म हरेक दिन पीडा र यातनामा जिउन बाध्य भएँ। त्यसपछि मैले मनन गरेँ, “उच्च पद वा धेरै धन हुनुको के फाइदा छ र?” मैले चर्चित व्यक्ति, धनी मानिस र मेरा केही परिचितहरूको बारेमा सोचेँ, जसले ख्याति, प्राप्ति र हैसियत पाएपछि, भित्री खोक्रोपनको कारण रोमाञ्च खोजे। कोहीले जानी-जानी कानुन उल्लङ्घन गरे र जेल परे, कोहीले नैतिक नियमहरू उल्लङ्घन गरे, जसले गर्दा परिवार टुट्यो र प्रतिष्ठा बर्बाद भयो, र कोहीले त आत्महत्याको बाटो रोजे र नफर्किने बाटो समाते। मेरा बुबा यसको एक जीवित उदाहरण हुनुहुन्थ्यो। उहाँसँग एक पटक असीम गौरव थियो, र उहाँलाई सबैले प्रशंसा र आदर गर्थे, तर उहाँको लोभले उहाँलाई दुष्ट प्रवृत्तिहरू पछ्याउन लगायो, र अन्ततः, उहाँले आफ्नो व्यापारिक कारोबारमा कानुन तोड्नुभयो र जेल पर्नुभयो। मैले ख्याति, प्राप्ति, र हैसियत मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने माध्यमहरू हुन् भन्ने देखेँ। यस क्षणमा, मलाई के महसुस भयो भने मैले परमेश्वरमा विश्वास गरे तापनि, म वास्तवमा अझै पनि शैतानको नियन्त्रणमा थिएँ। शैतानले मलाई लोभ्याउन र यातना दिन ख्याति र प्राप्तिको प्रयोग गरिरहेको थियो, जसले गर्दा म निष्ठा र गरिमाविना, अनि विवेकको सबैभन्दा आधारभूत स्तरैविना बाँचिरहेकी थिएँ। मलाई ख्याति, प्राप्ति र हैसियतको पछि लाग्दा म हराउनेछु, पतनमा फस्नेछु, र अन्ततः परमेश्वरलाई छोडेर उहाँलाई धोका दिनेछु, र मुक्तिको मौका गुमाउनेछु भन्ने बोध भयो।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत प्रसिद्धि र लाभमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७))। “म जस्तो परिस्थितिमा छु तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपत भएका छौं; सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल स्वरूप तिमीहरूमा अलिकति पनि छैन। अझ भन्ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको स्वरूप नक्कल गर्दै तिनीहरूले जे गर्छन् त्यही गर्ने र तिनीहरूले जे भन्छन् त्यही भन्ने भएकोले, तिमीहरूका सबै अङ्गहरू—तिमीहरूको जिब्रो र ओठहरूसमेत—गन्हाउने पानीमा यति हदसम्म भिजेका छन् कि तिमीहरूलाई सम्पूर्ण रूपमा दाग र धब्बाले ढाकेको छ र तिमीहरूको एउटा अङ्ग पनि मेरो कार्यको लागि प्रयोग गर्न सकिँदैन। यो एकदमै हृदय विदारक छ! तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमै आफू समस्यामा भएको महसुस गर्दैनौ; तिमीहरू खुशीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू गन्हाउने पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरूले आफूहरू यस्तो दुर्दशामा खसेका छौं भनी वास्तवमै महसुस गर्दैनौ। हरेक दिन तिमीहरू अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र ‘आची’ सँग खेल्छौ। तिमीहरूका जीवन निकै असभ्य छ, तैपनि तिमीहरूलाई मानव संसारमा आफूहरू बिलकुलै पनि अस्तित्वमा नभएको एवं आफू आफ्नै काबूमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिइसकिएको छ वा तेरो चरित्र धेरै पहिले नै गन्हाउने पानीद्वारा दूषित भइसकेको छ भन्ने थाहा छैन? के तैँले आफू सांसारिक स्वर्गमा बाँचिरहेको र खुसीयालीमाझ रमाइरहेको छु भन्ने ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन बाँचेको र तिनीहरूले तेरो लागि तयार गरेका सबै कुराहरूसँग सह-अस्तित्वमा रहेको कुरा थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्छ र? कसरी तेरो जीवनको कुनै मूल्य हुन सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने ख्याति, प्राप्ति र हैसियतको पछि लाग्न जुनै पनि उपाय अपनाउनेहरू परमेश्वरको नजरमा दुष्ट र फोहोरी हुन्छन्, र तिनीहरूलाई सुधार्न सकिँदैन। मैले संसारका चर्चित व्यक्ति, राजनीतिज्ञ र व्यापारिक अभिजात वर्गहरूको बारेमा सोचेँ। तिनीहरूमध्ये धेरैजसोसँग उत्कृष्ट सामाजिक सीपहरू हुन्छन् र धूर्त व्यवहार हुन्छ। तिनीहरू बाहिरबाट आकर्षक र ईर्ष्या गर्न लायक देखिए तापनि, तिनीहरूले गर्ने कामहरू भ्रष्ट, पतित, विश्वासघाती र दुष्ट हुन्छन्, र तिनीहरू त्यस प्रकारका मानिसहरू हुन् जसलाई परमेश्वरले अशुद्ध आत्माहरू भनेर खुलासा गर्नुहुन्छ। मैले सोचेँ, वर्षौंदेखि मैले ख्याति, प्राप्ति र हैसियत पाउनका लागि कार्यस्थलमा विभिन्न सामाजिक युक्तिहरू सिकेकी थिएँ—चाहे त्यो गोप्य सौदा गर्नु र ग्राहकहरूलाई घुस दिनु होस्, वा हाकिम र ग्राहकहरूको चापलुसी र चाकरी गर्नु होस्—यी सबै छलपूर्ण उपायहरू थिए, र ती मानिसहरूलाई धोका दिने र चालबाजी गर्ने जुक्तिहरू थिए। के मैले ती अशुद्ध आत्माहरूले जस्तै अधर्मी कामहरू गर्न सिकेकी थिइनँ र? मेरा कार्य र यी अशुद्ध आत्माहरूका कार्यहरूबीच के फरक थियो र? यो कुरा महसुस भएपछि, म डर र त्रासले भरिएँ। परमेश्वर दुष्टतालाई घृणा गर्नुहुने परमेश्वर हुनुहुन्छ, र उहाँको राज्यले अशुद्धतालाई अनुमति दिँदैन। यदि मैले पश्चात्ताप गरिनँ र ख्याति, प्राप्ति र हैसियतको भुमरीमा फसेर बसेँ भने, मैले जतिसुकै उच्च पद वा जतिसुकै ठूलो भौतिक सुख पाए पनि, म अझै पनि परमेश्वरद्वारा श्रापित हुनेथिएँ, र मैले अन्ततः मुक्तिको मौका पूर्ण रूपमा गुमाउनेथिएँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। सबै प्रकारका दुष्ट कार्यहरू गर्ने, तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरू पनि, आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाउनेहरू रमाउनेछन् र तिनीहरूले मेरो प्रबल शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय सन्तुष्टि अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उनीहरूका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने जसले अन्ततः परमेश्वरको आशिष् पाउन सक्छन्, तिनीहरू नै सत्यता प्राप्त गर्ने र परमेश्वरसँग एउटै हृदय र मन भएकाहरू हुन्। परमेश्वरले आज मलाई मेरो कर्तव्य पूरा गर्न दिनुभएको अवसर मलाई सत्यता प्राप्त गर्न, परमेश्वरलाई चिन्ने प्रयास गर्न, र अन्ततः परमेश्वरको मुक्ति प्राप्त गर्न दिनका लागि थियो। यदि मैले ख्याति र प्राप्ति हासिल गर्नमा मात्र ध्यान दिएँ, र सत्यता पछ्याउन र सुकर्महरू तयार गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्नमा ध्यान दिइनँ भने, मैले मुक्तिको मौका गुमाउनेथिएँ। यस क्षणमा, मैले बल्ल परमेश्वरको अभिप्राय बुझेँ, र मलाई के महसुस भयो भने मेरो कर्तव्य पूरा गर्ने यो अवसर भनेको परमेश्वरले मलाई मुक्ति दिइरहनुभएको हो, मलाई ख्याति, प्राप्ति र हैसियतको दलदलबाट उम्कन मद्दत गरिरहनुभएको हो। मैले उहाँको अन्तर्दृष्टिका लागि परमेश्वरलाई धन्यवाद दिएँ, र मेरो हृदय धेरै हलुका भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईँका वचनहरूको अन्तर्दृष्टिका लागि धन्यवाद। म अबदेखि न कामका कठिनाइहरू, न त हैसियतको लाभ वा हानिको बारेमा विचार गर्नेछु। म तपाईँको बन्दोबस्तप्रति समर्पित हुन र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु।” पछि, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने कर्तव्य स्वीकार गरेँ। दिनमा, म कम्पनीमा काम गर्थेँ, र कामपछि, म ब्रदर-सिस्टरहरूसँग भेला भएर परमेश्वरका वचनहरूमा सङ्गति गर्थेँ, र मैले कम्पनीका भोजभतेर जस्ता कार्यक्रमहरूमा भाग लिन लगभग छोडेँ। मेरो कर्तव्य अलि गाह्रो र थकाइलाग्दो भए तापनि, मेरो हृदय शान्त र आनन्दित थियो। मैले नसोचेको कुरा के भयो भने, लगातार धेरै महिनासम्म, मेरो टोलीको कार्यसम्पादनले लक्ष्यहरू पूरा गरेको मात्र होइन, मैले फोनबाट कुराकानी गरेका ग्राहकहरूले पनि धेरै अर्डरहरूमा हस्ताक्षर गरे, र मेरा हाकिमले कम्पनीको बैठकमा मेरो नाम लिएर प्रशंसा समेत गर्नुभयो। म धेरै उत्साहित र खुसी भएँ, र मैले परमेश्वरको हातले यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुभएको र त्यसमाथि सार्वभौमिकता राख्नुभएको देखेँ।
सन् २००९ को नोभेम्बर १४ मा, म मण्डली अगुवाको रूपमा चुनिएँ। मलाई थाहा थियो, यो सत्यता वास्तविकताहरूलाई बुझ्ने र त्यसमा प्रवेश गर्ने एउटा ठूलो अवसर हो, र मैले परमेश्वरलाई निराश पार्न मिल्दैन। अगुवाको कर्तव्य धेरै व्यस्त थियो, र यसलाई राम्ररी गर्नका लागि म एकै समयमा काम गर्न सक्दिनथेँ, त्यसैले मलाई थाहा भयो मैले राजीनामा दिने समय आएको छ। जब मैले राजीनामा दिने साहस जुटाएँ, कम्पनीले एउटा सूचना जारी गर्यो, जसमा हामी पुराना कर्मचारीका लागि स्थानीय बसोबास अनुमति पत्रको व्यवस्था गर्न सकिनेछ, र मेरो मामलामा, मैले सीधै स्थानीय बसोबास दर्ताका लागि आवेदन दिन सक्नेछु भनिएको थियो। यो लाभ देखेर, मेरो मन अलिकति डगमगायो। मैले सोचेँ, “स्थानीय बसोबास दर्ता पाउनु त बाहिरबाट आएका धेरैले सपना देख्ने कुरा हो! मैले राम्रो जीवन र सामाजिक सुरक्षाका सुविधाहरू पाउने मात्र होइन, तर मेरो सामाजिक हैसियत पनि बढ्नेछ, र मैले धेरै मानिसबाट सम्मान पाउनेछु। यो त दुर्लभ र पाउन गाह्रो अवसर हो! यदि मैले राजीनामा दिएँ भने, मैले फेरि कहिलै यस्तो राम्रो अवसर पाउनेछैन। सायद मैले मेरो बसोबास दर्ता प्रक्रिया पूरा भएपछि राजीनामा दिने हो कि?” तर त्यसपछि मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरको जरुरी अभिप्रायका बारेमा सोचेँ, र के महसुस भयो भने यदि मैले ख्याति, प्राप्ति र हैसियतका लागि योजना बनाइरहेँ भने, मैले परमेश्वरलाई निराश पारिरहेकी हुनेछु। घर फर्केपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँको अभिप्राय बुझ्न र सही छनौट गर्नका लागि मार्गदर्शन मागेँ।
मैले परमेश्वरका वचनहरू पढेँ: “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्वरबाट आएको हो, र परमेश्वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्वरको आदेश र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्वरको आदेशका निम्ति शहीद भएकाहरूसामु हाम्रा आत्मालाई लाज लाग्नेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्वरसामु झन् धेरै लाज लाग्नेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। “यदि तैँले आफ्नो हृदय, शरीर र आफ्नो सबै साँचो प्रेम परमेश्वरमा अर्पण गर्न र उहाँको सामु राख्न, उहाँप्रति पूर्ण समर्पित बन्न र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा ख्याल गर्न सक्छस् भने—परमेश्वरको वचनलाई सबै कुराको सिद्धान्त र आधारको रूपमा लिँदै, देहको लागि, परिवारका लागि र तेरा आफ्नै व्यक्तिगत चाहनाहरूका लागि नभई, परमेश्वरको परिवारको हितका लागि यसो गर्न सक्छस् भने—त्यसो गर्दा तेरा अभिप्रायहरू र तेरा दृष्टिकोणहरू सबै सही ठाउँमा हुनेछन्, र तँ परमेश्वरको सामु उहाँको स्याबासी पाउने व्यक्ति बन्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्)। “म तिमीहरूबाट के माग गर्छु भने, अझै पनि तैँले आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तैँले स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा हेर्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्ने, आपतकालीन योजना खोज्ने, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तँलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तँमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। परमेश्वरका वचनहरू पढेपछि, मलाई मैले परमेश्वरको बोलाहट सुनेजस्तो भयो। परमेश्वर हामीले हाम्रो सबै शक्ति सत्यता पछ्याउन र आफ्ना कर्तव्य पूरा गर्नमा लगाउन सक्छौँ भन्ने आशा गर्नुहुन्छ, र उहाँ हामीले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नेछौं भन्ने अपेक्षा राख्नुहुन्छ। यदि मैले जागिर छाडेँ भने, सायद मेरो भौतिक अवस्था पहिले जस्तो राम्रो हुनेछैन र मेरो सामाजिक हैसियत त्यति उच्च नहोला, तर म परमेश्वरको घरमा बस्न सक्थेँ, हरेक दिन उहाँका वचनहरूको मलजल र पोषणको आनन्द लिन पाउँथेँ, र म ब्रदर-सिस्टरहरूसँग सहकार्य गरेर आफ्नो कर्तव्य पूरा गर्न र उहाँहरूसँगै सत्यता पछ्याउन सक्थेँ। मेरा कर्तव्यमार्फत, म सत्यता बुझ्न, शैतानको भ्रष्ट स्वभावलाई फाल्न, र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्थेँ। यही जीवनको सही मार्ग हो, र सबैभन्दा अर्थपूर्ण जीवन हो। त्यस क्षण, मलाई यस्तो लाग्यो मानौँ परमेश्वर मेरो छनौट, मेरो जवाफ पर्खिरहनुभएको छ। मेरो हृदयलाई परमेश्वरका वचनहरूले गहिरो रूपमा छोए, र मैले परमेश्वरलाई सन्तुष्ट पार्न स्वेच्छाले सबै कुरा त्याग्ने सङ्कल्प गरेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म बुझ्छु मसँग कुनै सत्यता छैन र मेरो हृदयमा तपाईँलाई ठाउँ नै छैन। स्थानीय बसोबास दर्ता पाउनका लागि, म लगभग फेरि ख्याति, प्राप्ति र हैसियतको पासोमा फसेकी थिएँ। तपाईँका वचनहरूले मलाई सुरक्षा दिनुभएकोमा धन्यवाद, जसबाट मैले मलाई सुम्पिएको कर्तव्य मप्रति तपाईँको प्रेम हो भन्ने बुझ्न पाएकी छु, र सत्यताको पछ्याउनु र मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा अर्थपूर्ण कुरा हो भन्ने महसुस भएको छ। म तपाईँलाई एउटा सन्तोषजनक जवाफ दिन चाहन्छु।” अनि त्यसैले, मैले कम्पनीमा मेरो राजीनामा बुझाएँ। कम्पनीका हाकिमहरूले मलाई बस्नका लागि मनाउने प्रयास गरिरहे, तर म कदापि डगमइनँ। परमेश्वरको सुरक्षालाई धन्यवाद, म परीक्षामाथि विजय हासिल गर्न सफल भएँ।
जुन क्षण कम्पनीबाट बाहिर निस्किएँ, मैले नीलो आकाश र हराभरा रूखहरूलाई हेरेँ, र मैले वर्णन गर्न नसकिने आनन्द महसुस गरेँ। मलाई पिँजडाबाट निस्केर आकाशमा स्वतन्त्र भई उडिरहेको सानो चराजस्तै महसुस भयो, र मैले मलाई मन पर्ने परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार आफूलाई आचरणमा ढाल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन्छन् र उहाँका वचनहरूअनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइमा स्थिर र उज्ज्वल महसुस गर्छन्, तिनीहरूको हृदय अन्धकारमुक्त हुन्छ, र जब तिनीहरू परमेश्वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र मुक्त भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले साँचो मानव जीवन प्राप्त गर्छन्, र त्यस्ता मानिसहरू मात्र सत्यता र मानवता भएकाहरू हुन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्वरका वचनहरू र परमेश्वर स्वयम्बाट आएका हुन्। जब तैँले सर्वोच्च परमेश्वर—सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्छस्, र उहाँले तँ मानकअनुरूपको सृजित प्राणी होस्, र तँ मानव रूपमा जिइरहेको छस् भनेर भन्नुहुन्छ, तब मात्र तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरमा विश्वास गरेर र उहाँको आराधना गरेर, सत्यता पछ्याएर, शैतानको अँध्यारो प्रभावबाट उम्केर, र परमेश्वरका वचनहरूअनुसार जिएर मात्र, हामी सबैभन्दा मूल्यवान् जीवन जिउन सक्छौँ, र तब मात्र हाम्रो हृदयले साँचो शान्ति र सहजता पाउन सक्छ। परमेश्वरका वचनहरूले नै मलाई सही छनौट गर्न मार्गदर्शन गर्नुभयो। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद!