३२. मेरो बुबालाई सुसमाचार सुनाउँदा

म सानै हुँदा विश्‍वासी बनेँ र मैले मेरो सारा जीवनभरि प्रभुको सेवा गर्ने सङ्कल्प गरेँ। म तीन वर्षे ईश्‍वरशास्‍त्र सम्‍बन्धी विद्यालयमा हुँदा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। सुसमाचारलाई ग्रहण गरिसकेपछि मैले तुरुन्तै मेरो बुबालाई प्रभुको पुनरागमन सम्‍बन्धी शुभ समाचार बताउन चाहन्थेँ। उहाँ स्थानीय मण्डलीको डिकन हुनुहुन्थ्यो, र उहाँले बाइबललाई राम्ररी बुझ्‍नुभएको थियो, वर्षौंदेखि प्रभुको सेवा गर्नुभएको थियो, र अरूलाई माया गर्नुहुन्थ्यो। उहाँ एक भक्त इसाई हुनुहुन्थ्यो। उहाँले प्रभु फर्केर आइसक्‍नुभएको छ भनेर सुन्‍नुभयो भने यसलाई खुशीसाथ स्विकार्नुहुनेछ भन्‍ने मलाई लागेको थियो।

त्यो रात, म घर आइपुगेपछि मैले उहाँलाई भनेँ, “हामीले प्रतीक्षा गर्दै आइरहेका प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। शुद्ध हुन र उहाँको राज्यमा प्रवेश गर्नको लागि हामीले उहाँको आखिरी दिनहरूको कार्यलाई स्विकार्नुपर्छ।” म त छक्‍क परेँ, किनभने उहाँले मलाई यसो भनेर सुझाव दिनुभयो, “बाइबलले आखिरी दिनहरूमा झूटा ख्रीष्टहरूले मानिसहरूलाई धोका दिनेछन् भनेर अगमवाणी गरेको छ, त्यसकारण होशियार बस् र सावधान रहेर बस्। के प्रभुको पुनरागमन र न्यायको कामको बारेमा तैँले जे भनिरहेको छस् त्यसको बाइबलीय आधार छ? छैन भने, बहकाउमा नपर्!” मैले बाइबल निकालेँ र भने, “अवश्य छ। कम्तीमा पनि २०० वटा पद छन् जसमा प्रभु आफ्‍नो न्यायको काम गर्न आउनुहुनेछ भनेर उल्‍लेख गरिएका छन्, जस्तै ‘किनभने उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ: उहाँले संसारलाई धार्मिकताद्वारा र मानिसहरूलाई निष्पक्षताद्वारा न्याय गर्नुहुनेछ’ (भजनसंग्रह ९८:९)। र यूहन्‍नामा यसो भनिएको छ, ‘किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्‍ना ५:२२)। ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। र १ पत्रुसमा यसो भनिएको छ ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। यसले के देखाउँछ भने, प्रभु आखिरी दिनहरूमा सत्यता व्यक्त गर्न र न्यायको काम गर्न देह बन्‍नुहुन्छ।” उहाँले भन्‍नुभयो, “देह बन्‍नुहुन्छ? मैले त भर्खरै बाइबलमा उहाँ बादलमा आउनुहुनेछ भनेर भनिएको देखेँ। ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)। प्रभु देहमा आउनुहुनेछ भन्‍ने बारेमा बाइबलमा उल्‍लेख गरिएको मैले कहिल्यै देखेको छैन। उहाँले कुनै पनि हालतमा देहमा न्यायको काम गर्नुहुन्‍न!” मैले यो सङ्गति बाँडे: “प्रभुको पुनरागमन सम्‍बन्धी भविष्यवाणीहरू धेरै छन्, उहाँ बादलमा आउनुहुनेछ भन्‍ने बारेमा मात्रै होइन, उहाँ गुप्तमा देहधारी बन्‍नुहुनेछ भन्‍ने बारेमा पनि। प्रभु येशूले भन्‍नुभयो, ‘यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(लूका १२:४०)। ‘हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। र लूका १७:२४-२५ मा यसो भनिएको छ, ‘किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ प्रभु येशूले मानिसको पुत्र आउनुहुने बारेमा धेरै पटक उल्‍लेख गर्नुभएको छ, र ती सबैमा प्रभु देहमा आउनुहुनेछ भन्‍ने बारेमा उल्‍लेख गरिएका छन्। उहाँको पुनरागमन बादलको सवारीमा मात्रै हुनेछ भनेर सीमित गर्यौं भने, उहाँ गोप्यमा आउनुहुनेछ भन्‍ने यी अगमवाणीहरू कसरी पूरा हुनेछन्? आखिरी दिनहरूमा प्रभु दुई तरिकाले आउनुहुनेछ। पहिलो उहाँ देहधारी बन्‍नुहुनेछ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न गुप्तमा आउनुहुनेछ, त्यसपछि उहाँ बादलमा आउनुहुनेछ र सबै मानिसहरूकहाँ देखा पर्नुहुनेछ। यदि हामीले उहाँ गुप्त रूपमा आउनुहुनेछ भन्‍ने सम्‍बन्धी अगमवाणीहरूलाई हेरेनौं, तर उहाँ बादलको सवारीमा आउनुहुनेछ भन्‍ने अगमवाणीहरूलाई मात्रै हेर्यौं भने, त्यो एकतर्फी र स्वेच्‍छाचारी हुनेछ, र हामीले प्रभुलाई स्वागत गर्ने हाम्रो मौका गुमाउन सक्छौं।”

मेरो बुबाले केही नभनी निधार खुम्च्याउनुभयो, त्यसपछि उहाँले रिसाउँदै मेरो कुरा बीचैमा काट्नुभयो: “अब भयो। मैले सानै हुँदादेखि बाइबल पढ्दै आएको छु र प्रभुलाई वर्षौंदेखि सेवा गरेको छु। के मलाई तँलाईभन्दा बढी थाहा छैन र? जाबो तीन वर्ष ईश्‍वर-शास्‍त्री स्कूलमा गएर तैँले के थाहा पाएको छस् र?” उहाँ शान्त हुन सक्‍नुहुन्‍न भन्‍ने मलाई थाहा थियो र मेरो सङ्गतिलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिनुभयो। म मेरो कोठामा गएँ। मैले त्यसपछि थप एक-दुई पटक प्रयास गरेँ तर उहाँले मेरो कुरा सुन्‍नुभएन र यसो समेत भन्‍नुभयो, “प्रभुलाई विश्‍वास गरेर मात्रै पुग्दैन। कि चुप लाग कि बाहिर जा!” उहाँले त्यसो गर्न सक्‍नुहुन्छ भन्‍ने देखेर म छक्‍कै परेँ र दुःख पनि लाग्यो। उहाँले प्रभुको सेवा गर्नुभएको धेरै वर्ष भएको थियो र उहाँ सधैँ न्यानो र नम्र व्यवहार गर्नुहुन्थ्यो। उहाँले प्रभुको पुनरागमनको तृष्णा गर्नुहुन्थ्यो, तर उहाँ आज यो स्थानमा पुग्‍नुभएपछि, मेरो बुबा खोजी नै नगरी बाइबलका शाब्दिक अर्थहरूमा टाँसिइरहनुभएको थियो र मेरो कुरा सुन्दा रिसाउनु समेत भयो। मलाई मेरो बुबा अत्यन्तै जिद्दी भइरहनुभएको छ भन्‍ने लाग्यो। मेरो बुबा बाइबलमा त्यति पोख्त भएर पनि आफ्‍ना धारणाहरूमा अड्किनुभएको देख्दा मलाई निराश पनि लाग्यो र सुसमाचार सुनाउने मेरो आत्मविश्‍वास पनि केही हदसम्‍म गुम्यो।

जब केही दाजुभाइ-दिदीबहिनीहरूले मेरो अवस्थाको बारेमा थाहा पाए, तिनीहरूले मलाई प्रोत्साहन दिन परमेश्‍वरका यी वचनहरू पठाए: “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू नोक्‍सानीमा छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्?(वचन देहमा देखा पर्नुहुन्छको “तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?”)। परमेश्‍वरका वचनहरूले मलाई अत्यन्तै सान्त्वना दिए। धेरैजसो मानिसहरूले परमेश्‍वरको कामलाई चिनेका हुँदैनन् र तिनीहरू धार्मिक धारणाहरूद्वारा उकुसमुकुस भएका हुन्छन्, त्यसकारण तिनीहरूले प्रभुको पुनरागमनको समाचारको बारेमा अनुसन्धान गर्दैनन्। तिनीहरू परमेश्‍वरका वचनहरूको भरणपोषण नपाईकन अन्धकारमा डुबेका हुन्छन्। मैले परमेश्‍वरको आवाज सुन्‍ने र थुमाका पाइलाहरू पछ्याउने सौभाग्य पाएको थिएँ त्यसकारण मसँग अरूलाई राज्यको सुसमाचार सुनाउने जिम्‍मेवारी छ। त्यसपछि तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्छन् र तिनीहरू उहाँको सिंहासनअघि उठाइलगिन र परमेश्‍वरका वचनहरूद्वारा धोइन र मुक्त हुन सक्छन्। त्यो परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु हो। मेरो बुबा लामो समयदेखिको साँचो विश्‍वासी हुनुहुन्थ्यो र उहाँले सधैँ प्रभुको पुनरागमनको तृष्णा गर्नुहुन्थ्यो। उहाँ धार्मिक धारणाहरूको कठोर बन्धनमा पर्नुभएको थियो त्यसकारण उहाँले तुरुन्तै यो कुरालाई स्वीकार गर्न सक्‍नुहुन्‍नथियो। मैले मेरो कर्तव्य पूरा गर्नको लागि परमेश्‍वरमा भरोसा गरेर परमेश्‍वरका आखिरी दिनहरूको कार्यको बारेमा उहाँलाई बताइरहनुपर्छ भन्‍ने मलाई थाहा थियो।

पाचौं दिनमा उहाँको आचरण अलिक नरम भयो, त्यसकारण मैले परमेश्‍वरको न्यायको कामको गवाही बाँड्ने काम जारी राखेँ। उहाँले मलिन हुँदै भन्‍नुभयो, “हामी प्रभु येशूमा विश्‍वास गर्छौं। हृदयले विश्‍वास गर्नु र मुखले स्वीकार गर्नुको अर्थ हामी विश्‍वासद्वारा धर्मी ठहरिएका छौं र हामीले त्यसैद्वारा मुक्ति पाएका छौं भन्‍ने हुन्छ। प्रभुले हाम्रा पापहरू लिनुभएको छ, त्यसकारण जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई आफ्‍नो राज्यमा लैजानुहुनेछ। परमेश्‍वर आएर हामीलाई न्याय गर्नु आवश्यक छैन।” मैले सङ्गतिमा उहाँलाई यसो भनेँ, प्रभुमाथिको हाम्रो विश्‍वासद्वारा हामीलाई हाम्रा पापहरूबाट क्षमा गरिएको छ, तर हामीले अझै पाप गरिरहेका र स्वीकार गरिरहेका हुन्छौं। हामी पापबाट मुक्त भएका हुँदैनौं। “बुबा, सोच्‍नुहोस् त, तपाईंले मानिसहरूलाई नम्र र धैर्य हुन भन्‍नुहुन्छ र तपाईं अरूसँग नम्र हुनुहुन्छ तर घरमा तपाईं आमासँग रिसाउनुहुन्छ र उहाँसँग धेरै विवाद गर्नुहुन्छ। तपाईंले प्रभुका शिक्षाहरूलाई लागू गर्न सक्‍नुहुन्‍न।” उहाँले मलाई तुरुन्तै रोक्‍नुभयो र मलाई अरू केही भन्‍न दिनुभएन। भोलिपल्ट मैले उहाँसँग अर्को सङ्गति बाँड्ने मौका पाएँ: “बुबा, प्रभुले हामीलाई हाम्रा शत्रुहरूलाई प्रेम गर्न सिकाउनुभएको छ। म तपाईंको शत्रु होइन, छोरा हुँ। मैले त तपाईंलाई प्रभु काम गर्न आउनुभएको हो भन्‍ने तथ्य मात्रै बताइरहेको छु र तपाईंले यसको बारेमा खोजी नगर्ने मात्र होइन, तपाईं त रिसाउनु समेत हुन्छ। यो सहनशीलता देखाउनु होइन। मलाई थाहा छ, तपाईं रिसाउन चाहनुहुन्‍न। हाम्रो पापी प्रकृतिको समाधान नभएको हुनाले हामी रिसाउँदै मानिसहरूलाई नहप्काइकन बस्‍न सक्दैनौं। बाइबलले भन्छ, ‘सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन’ (हिब्रू १२:१४)। प्रभु येशूले पनि यसो भन्‍नुभएको छ, ‘साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। यो कुरा स्पष्ट छ। प्रभु पवित्र हुनुहुन्छ, र पवित्र नरहेकाहरूले उहाँलाई देख्‍न सक्दैनन्। हामीले निरन्तर पाप गरिरहेका हुन्छौं, हामी पापमा जिउँछौं र हामी अलिकति पनि पवित्र छैनौं। हामी कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौं? प्रभु येशूले आफ्‍नो पुनरागमनको बारेमा धेरै पटक अगमवाणी गर्नुभयो र उहाँले मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन, अनि हामीलाई उहाँको राज्यमा लैजानको लागि सत्यताहरू व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ। प्रभु येशूले भन्‍नुभयो, ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। अहिले प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै प्रकारका सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले हाम्रा पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गर्न न्यायको काम गरिरहनुभएको छ। न्यायद्वारा हाम्रो भ्रष्टतालाई धोएर मात्रै हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौं। बुबा, हामीले नम्र भई परमेश्‍वरको आखिरी दिनहरूको कार्यको खोजी गर्नुपर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुहोस्, र यो परमेश्‍वरको आवाज हो कि होइन हेर्नुहोस्। तपाईंले प्रभुको पुनरागमनलाई छुटाउनु हुँदैन!”

मैले उहाँको लागि सुसमाचार सम्‍बन्धी छोटो नाटक बजाउन चाहेको थिएँ तर उहाँले हेर्न मान्‍नुभएन। उहाँलाई बाइबलको बारेमा धेरै कुरा थाहा थियो र उहाँले केही असल कामहरू गर्नुभएको थियो। उहाँले गरीबहरूलाई दिनुहुन्थ्यो र पैसा नहुँदा अरूलाई सघाउन जानुहुन्थ्यो, अनि उहाँले मण्डलीलाई आफ्‍नो सम्पत्ति निःशुल्क चलाउन दिनुहुन्थ्यो। तर परमेश्‍वरको नयाँ कार्यको बारेमा सुन्दा, उहाँ जिद्दी भई आफ्‍ना धारणाहरूमा लागिरहनुभयो र यसको बारेमा खोजी गर्नुहुन्‍नथियो। यसले मलाई फरिसीहरूको बारेमा स्मरण गरायो। मलाई मेरो बुबाले पनि तिनीहरूले जस्तै परमेश्‍वरको विरोध गर्नुहुनेछ र परमेश्‍वरको मुक्ति गुमाउनुहुनेछ भन्‍ने डर लागेको थियो। मैले उहाँलाई यसो भन्दै सतर्क गराएँ, “फरिसीहरूलाई बाइबलको बारेमा राम्ररी थाहा थियो र तिनीहरू भक्त देखिन्थे तर तिनीहरूले प्रभुलाई चिनेकै थिएनन्। उहाँको काम तिनीहरूका धारणाहरूसँग मिलेको थिएन र तिनीहरूले नम्र हृदयले खोजी गरेनन् बरु उहाँलाई पागलले झैँ विरोध गर्दै र दोष दिँदै धर्मशास्‍त्रको शाब्दिक अर्थमा लागिरहे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍न लगाए र तिनीहरूलाई परमेश्‍वरले दण्ड दिनुभयो—” मेरो कुरा सक्‍नुभन्दा पहिले नै उहाँले मलाई रोक्‍नुभयो। “तँ मेरो बारेमा कुरा गर्दैछस्? के तैँले मलाई फरिसी भनेर भनिरहेको छस्?” मैले हतार-हतार प्रतिक्रिया दिएँ, “मैले तपाईंलाई फरिसी भनेर भनेको होइन, बुबा। म यति मात्र चाहन्छु कि तपाईंले परमेश्‍वरको सेवा गर्दै उहाँकै विरोध गर्ने तिनीहरूको मार्ग नपछ्याउनुहोस्। तपाईंले यतिका वर्षदेखि प्रभुको पुनरागमनको प्रतीक्षा गर्नुभएको छ, तर अहिले उहाँ यहाँ आइसक्‍नुभएको भए पनि, तपाईंले नम्र भई उहाँको खोजी गर्नुहुन्‍न। तपाईं धर्मशास्‍त्रको शाब्दिक अर्थ र तपाईंका धारणाहरूमा अल्झिनुभएको छ। तपाईंले यस कुरालाई स्वीकार गर्नुहुन्‍न। यदि हामीले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई त्यसरी हेर्यौं भने, फरिसीहरूलाई जस्तै परमेश्‍वरले हामीलाई पनि दोषी ठहर्याउनुहुनेछ र हाम्रो मुक्ति गुमाउनेछौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम नै परमेश्‍वरको अन्तिम र मानवजातिको मुक्तिको लागि सबैभन्दा महत्त्वपूर्ण चरण हो। यसको अन्त्य चाँडै नै हुनेछ। उहाँले पहिले नै विपत्तिहरूभन्दा पहिले विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ, र ती विपत्तिहरू चाँडै नै हामीमाथि आइपर्नेछन्। यदि हामीले उहाँको न्याय र शुद्धीकरणलाई स्वीकार गरेनौं भने, जब विपत्तिहरू आइपर्नेछन्, तब हामी रुनेछौं र दाह्रा किट्नेछौं।” यो कुराले मेरो बुबालाई अझै बढी रिस उठ्यो। उहाँले खडा भएर भन्‍नुभयो, “भयो अब नबोल्! बढी बोलिस् भने, तँ आजदेखि मेरो छोरा होइनस्। यो घरबाट अहिले नै निक्‍लिहाल्!”

उहाँको मुखबाट यो कुरा सुन्दा म अत्यन्तै दुःखी भएँ। मेरो बुबा र मेरो सम्बन्ध पहिले निकै घनिष्ठ थियो। हामी सँगै मनदेखि कुराकानी गर्ने, बाइबल पढ्ने, र परमेश्‍वरको इच्‍छाको खोजी गर्ने गर्थ्यौं। उहाँले मलाई धैर्य, सहनशील, नम्र, र आज्ञाकारी हुन सिकाउनुभयो। मैले परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिएको निहुँमा नै उहाँले मलाई घरदेखि निकाल्‍नुहुनेछ र मलाई शत्रुलाई जस्तो व्यवहार गर्नुहुनेछ भनेर मैले कहिल्यै सोचेको थिइनँ। उहाँकै लहैलहैमा लागेर परिवारका अरूले पनि मलाई रूखो व्यवहार गरे। मलाई अत्यन्तै एकलो र विवश महसुस भयो। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई यसको बारेमा सन्देश पठाएँ, र एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाउनुभयो। “सुसमाचार फैलाउनु सबैको कर्तव्य र दायित्व हो। हामीले जे सुने पनि, वा जे देखे पनि, वा हामीले जस्तोसुकै व्यवहारको सामना गर्न परे तापनि कुनै पनि समय हामी सधैँ सुसमाचार फैलाउने यो जिम्मेवारीमा लागिरहनु पर्छ। कुनै पनि परिस्थितिमा हामीले नकारात्मकता वा कमजोरीको कारण यो कर्तव्य छोड्न सक्दैनौं। सुसमाचार फैलाउने कर्तव्य धेरै सजिलो हुँदैन, तर जोखिमले भरिएको हुन्छ। जब तिमीहरू सुसमाचार फैलाउँछौ, तिमीहरूले स्वर्गदूतहरू, वा एलियन्स, वा रोबोटहरूको सामना गर्दैनौ। तिमीहरूले दुष्ट र भ्रष्ट मानवजाति, जीवित भूतात्माहरू, पशुहरूको मात्रै सामना गर्नेछौ—तिनीहरू सबै यस दुष्ट ठाउँमा जिइरहेका र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका र परमेश्‍वरको विरोध गर्ने मानवजाति हुन्। त्यसैले सुसमाचार फैलाउने प्रक्रियामा निश्‍चय नै हरप्रकारका जोखिमहरू हुन्छन्, सानातिना निन्दा, खिसीटिउरी र गलत बुझाइहरूको कुरै छोडौँ, ती कुराहरू त सामान्य घटनाहरू हुन्। यदि तैँले सुसमाचार फैलाउने कार्यलाई साँच्चै नै एउटा जिम्मेवारी, आफ्‍नो एउटा दायित्व, तेरो कर्तव्य मान्छस् भने, तैँले यी कुराहरूलाई सही ढङ्गबाट सम्मान गर्न र तिनलाई सही ढङ्गले सम्हाल्न सक्नेछस्, र तँ कुनै पनि समय आफ्नो जिम्मेवारी र दायित्व छोड्नेछैनस्, न त यी कुराहरूको कारण तँ सुसमाचार फैलाउने र परमेश्‍वरको बारेमा साक्षी दिने आफ्नो मूल उद्देश्यबाट तर्केर जान्छस्, र तैँले कहिल्यै पनि यो जिम्मेवारीलाई पन्छाउनेछैनस्, किनकि यो तेरो कर्तव्य हो। यो कर्तव्यलाई कसरी बुझ्नुपर्छ? मानव जीवनको मूल्य-मान्यता र मुख्य जिम्मेवारीको रूपमा; आखिरी दिनहरूमा परमेश्‍वरको कामको असल खबर र परमेश्‍वरको कामको सुसमाचार फैलाउनु मानव जीवनको मूल्य-मान्यता हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्”)। परमेश्‍वरका वचनहरूले मलाई धेरै प्रोत्साहन दिए। सुसमाचार प्रचार गर्दा इन्कार गरिनु साँच्‍चै नै सामान्य कुरा हो भन्‍ने कुरा मैले थाहा पाएँ। शैतानले मानवजातिलाई अत्यन्तै भ्रष्ट तुल्याएको छ र तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरू अहङ्कारी छन् र तिनीहरूका आफ्‍नै धारणा र कल्‍पनाहरूमा नै अल्झिएर बसेका छन्। मैले कठिनाइहरूको सामना गर्दा मेरो कर्तव्य र जिम्‍मेवारीलाई त्याग्‍नु हुँदैनथियो। आमाबाबुको विरोधको बाबजुद पनि सुसमाचार सुनाउन पत्रुस सबै ठाउँमा गएको बारेमा मैले विचार गरेँ। तिनलाई परमेश्‍वरले सयौं पटक न्याय गर्नुभयो, सजाय दिनुभयो, र जाँच गर्नुभयो, त्यसपछि परमेश्‍वरले तिनलाई सिद्ध तुल्याउनुभयो। तिनले अर्थपूर्ण जीवन जिए। म पनि पत्रुस जस्तै हुनुपर्थ्यो, मैले जति नै कष्ट भोगे पनि वा मेरो परिवारले जति नै गलत रूपमा बुझे पनि, मैले मेरो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो र परमेश्‍वरको सुसमाचार फैलाउनुपर्थ्यो।

भोलि बिहान घरबाट जान तयार हुँदै, मैले मेरा सामानहरू तयार गरेँ। मेरो बुबाले भन्‍नुभयो, “तँलाई मन लाग्छ भने बस्‍न सक्छस्, तर तैँले सर्वशक्तिमान्‌ परमेश्‍वरको मार्ग प्रचार गर्न छोड्नुपर्छ।” मैले दृढतासाथ भनेँ, “बुबा, तपाईंलाई थाहै छ, म सधैँ प्रभुको सेवा गर्न चाहन्छु। म बाइबल सम्‍बन्धी अझ धेरै सत्यताहरूको बारेमा सिक्‍न र परमेश्‍वरको प्रेमको ऋण तिर्न ईश्‍वरशास्‍त्र स्कूलमा गएँ, तर मैले धेरै पटक बाइबल त पढेँ तर कुनै सत्यता प्राप्त गरिनँ। मलाई आत्मिक रूपमा झन्-झन् अन्धकार र उजाड अनुभव भइरहेको थियो। मैले केही असल काम गरेँ र अरूलाई सहयोग गरेँ, तर साँचो रूपमा खाँचोमा परेका कक्षाका साथीहरूलाई म केही पनि दिन चाहँदिनथिएँ। म अरूले देखून् भनेर बिहान र साँझको सेवामा अगाडि बस्‍ने गर्थेँ। मेरो आराधना झुण्डका वाद्यवादन गर्न सक्‍ने दाजुभाइ-दिदीबहिनीहरूप्रति मलाई डाहा लाग्थ्यो किनभने मलाई गीत गाउन मात्रै आउँथ्यो। परीक्षामा मैले भन्दा राम्ररी अङ्क ल्याउने मानिसहरूप्रति मलाई डाहा लाग्थ्यो। मैले यी विचारहरूलाई रोक्‍न सक्दिनथिएँ। म पापबाट उम्कन सक्दिनथिएँ। यो कुरा अत्यन्तै पीडादायी थियो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि बल्‍ल उत्तर पाएँ। प्रभुमाथिको हाम्रो विश्‍वासद्वारा हाम्रा पापहरू क्षमा हुन्छन् र उहाँले हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न, तर हाम्रो पापी प्रकृति अझै समाधान भएको हुँदैन। परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई स्वीकार गर्नु मात्रै शुद्ध भएर उहाँको राज्यमा प्रवेश गर्ने एउटै मात्र तरिका हो। मैले परमेश्‍वरको आवाज सुनेको छु र मलाई प्रभु आउनुभएको छ भन्‍ने थाहा छ। राज्य ओर्लिएको छ। अझै धेरै मानिसहरूलाई सुसमाचार सुनाउने कर्तव्य मैले पाएको छु त्यसकारण म परमेश्‍वरलाई निराश तुल्याउँदिनँ।” यो कुरा सुनेपछि उहाँ त्यति प्रतिरोधी देखिनुभएन। उहाँ अलिक खिन्न देखिनुहुन्थ्यो र उहाँले भन्‍नुभयो, “तँ जान सक्छस्। म तेरो लागि प्रार्थना गरिदिन्छु। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, म उहाँलाई स्वीकार गर्नेछु। होइन भने, तँ फर्केर आउनुपर्छ।”

त्यहाँदेखि म सानो गेष्ट-हाउसमा बस्‍न थालेँ, र यस क्रममा आफ्‍नो पेट पाला गर्न काम पनि गर्थेँ अनि सुसमाचार पनि प्रचार गर्थेँ। मैले मेरो बुबा र मेरो परिवारका अरू सबैलाई परमेश्‍वरको हातमा राख्दै सधैँ प्रार्थना गर्ने गर्थेँ। दुई हप्तापछि मेरो बुबाले मलाई अचानक बोलाउनुभयो र मेरो हालखबर सोध्‍नुभयो। पहिले मलाई त्यसरी हप्काएकोमा उहाँलाई अत्यन्तै पछुतो भएको भन्‍ने कुरा उहाँले मलाई भन्‍नुभयो। उहाँले सधैँ मानिसहरूलाई नम्र हुनुपर्छ भनी भन्‍ने गर्नुभएको, तर उहाँ मसँग रिसाउनुभएको कुरा र उहाँले प्रभुका आज्ञाहरूलाई पालन गर्न नसकेको कुरा साँचो हो भनी भन्‍नुभयो। त्यसपछि उहाँले भन्‍नुभयो, “फर्केर आइज। म सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अझै बढी जान्‍न चाहन्छु।” उहाँले यसो भनेको सुन्दा म छक्‍क परेँ अनि उत्साहित पनि भएँ। उहाँ परमेश्‍वरको नयाँ कामप्रति अत्यन्तै प्रतिरोधी हुनुभएको थियो तर अहिले उहाँ खोजी गर्दै आइरहनुभएको थियो। परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुभएको छ भन्‍ने मलाई थाहा भयो। मैले परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाएँ। घर फर्केपछि, मेरो बुबाले भन्‍नुभयो, “तँ घरबाट गएपछि म सुत्‍नै सकिनँ। तैँले भनेको हरेक कुरा दिन-रात मेरो मनमा घुमिरहन्थ्यो। मैले प्रार्थना गरिरहेँ र धर्मशास्‍त्रका खण्डहरूमा खोजतलास गरिरहेँ र आखिरी दिनहरूमा परमेश्‍वरले न्यायको काम गर्नुहुनेछ, प्रभु आधा रातमा मानिसका पुत्रको रूपमा आउनुहुनेछ भनेर भनिएकै रहेछ। उहाँले हाम्रो ढोका ढक्‍ढक्याउनुहुनेछ, परमेश्‍वरको भेडाले उहाँको स्वर सुन्छ, र बुद्धिमती कन्याहरूले मात्रै परमेश्‍वरको आवाज सुन्‍न सक्छन् जब कि निर्बुद्धि कन्याहरूले सुन्‍न सक्दैनन्। मलाई लाग्‍छ, तैँले भनेको कुरा ठीक हो। मैले त्यो कुरा कहिल्यै सुनेको थिइनँ, तर यो सबै कुराको बाइबलीय आधार छ र ती तथ्यहरू अनुरूप छन्। तैँले भनेको कुरा प्रभुको पुनरागमनका अगमवाणीहरूसँग सम्‍बन्धित छ। यदि प्रभु येशू साँच्‍चै नै फर्केर आउनुभएको हो भने, यो ठूलो कुरा हो। मैले यसको खोजी गर्नुपर्छ। मलाई त म साँच्‍चै नै फरिसी बनेको छु र मैले परमेश्‍वरको मुक्ति गुमाएको छु भन्‍ने चिन्ता लागेको छ। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम सम्‍बन्धी सत्यताको खोजी गर्नुपर्छ।” त्यसपछि उहाँले एउटा प्रश्‍न गर्नुभयो: “प्रभु येशूले आफ्‍नो क्रूसीकरणद्वारा हामीलाई छुटकारा दिनुभयो र हाम्रा सबै पाप लिनुभयो त्यसकारण उहाँले हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न र जब उहाँ आउनुहुन्छ, तब हामी सीधै स्वर्गमा जान सक्छौं। किन उहाँले न्यायको कामको यो चरण पूरा गर्नु आवश्यक छ?”

मेरो बुबासँग त्यस किसिमको बुझाइ र खोजी छ भन्‍ने देख्दा मलाई निकै खुशी लाग्यो। उहाँको प्रश्‍नको उत्तर दिन, हामीले विजयको गीत नामक चलचित्रको प्रभु किन आखिरी दिनहरूमा न्यायको काम गर्न आउनुहुन्छ भन्‍ने शीर्षकको छोटो भिडियो हेर्यौं। त्यसमा एक जना सिस्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पढ्नुभएको छ। “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ(वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। “मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ(वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)

त्यसपछि उहाँले यो सङ्गति बाँड्नुभयो: “अनुग्रहको युगमा, प्रभु येशूले गर्नुभएको छुटकाराको कामले मानिसको पाप मात्रै क्षमा गर्न सक्यो, तर हाम्रो पापी प्रकृति कायमै रह्यो। हाम्रो शैतानी प्रकृति र शैतानी स्वभावले नै हाम्रो हृदयमा गहिरोसँग जरा गाडेको हुन्छ। त्यही कारणले गर्दा, हामी पाप नगरी र परमेश्‍वरको विरोध नगरी बस्‍न सक्दैनौं। हाम्रो शैतानी प्रकृति नै त्यसको जड हो। परमेश्‍वरले हाम्रो पाप क्षमा गर्न सक्‍नुहुन्छ, तर हाम्रो पापी प्रकृति अत्यन्तै गहन रूपमा गाडिएको हुन्छ। त्यसलाई क्षमा गर्न सकिँदैन। त्यही कारणले गर्दा परमेश्‍वरले हामीलाई हाम्रो शैतानी प्रकृतिको बन्धनबाट पूर्ण रूपमा मुक्ति दिनको लागि हामीलाई न्याय गर्नुपर्छ र सजाय दिनुपर्छ। भ्रष्ट मानवजातिको शैतानी प्रकृति र स्वभावहरूलाई हटाउनको लागि परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ। कतिले यसलाई न्याय र सजायद्वारा मात्रै समाधान गर्न सकिन्छ कि भनेर सोध्‍न सक्छन्। यदि हामीले मूल्य चुकायौं, हाम्रो शरीरलाई काबुमा राख्यौं, र संयमता अपनायौं भने, के हामीले हाम्रो शैतानी प्रकृतिलाई समाधान गर्न सक्छौं? अवश्य नै सक्दैनौं। पावलले भनेका छन्, ‘मलाई थाहा छ ममा (अर्थात्, मेरो देहमा,) कुनै असल कुराले बास गर्दैन: किनभने ममा इच्‍छा त छ; तर जुन असल छ त्यो कसरी गर्ने म त्यो भेट्टाउँदिन’ (रोमी ७:१८)। हामी सबैले यस्तो अनुभव गरेका छौं। हामीले पापमय अवस्थाबाट उम्कन र देहलाई उछिन्‍न हामीले कष्ट भोगेका छौं र शरीरलाई काबुमा राखेका छौं, तर शैतानलाई कसले जितेको छ र साँचो रूपमा परमेश्‍वरमा समर्पित भएको छ? लगभग कसैले पनि सकेको छैन। यसले के देखाउँछ भने, हाम्रो आफ्‍नै उपायले हामीले हाम्रो शैतानी प्रकृतिलाई समाधान गर्न सक्दैनौं। सत्यतालाई प्राप्त गर्न र हाम्रो शैतानी प्रकृतिलाई समाधान गर्न, हामीले परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनलाई भोग्‍नुपर्छ। प्रभु येशूको छुटकाराको कामको जगमा रही आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ, जसले मानिसलाई धुन्छ र मुक्ति दिन्छ, र परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाका रहस्यहरू प्रकट गर्नुहुन्छ, जस्तै व्यवस्था, अनुग्रह र राज्यको युगको उहाँको कामको भित्री कथा र हरेक युगमा के हासिल गरियो, उहाँको आखिरी दिनहरूको न्यायको र उहाँका नामहरूको महत्त्व, देहधारणको रहस्य, बाइबलको भित्री कथा, उहाँले युगको अन्त्य कसरी गर्नुहुन्छ, ख्रीष्टको राज्य कसरी आउँछ, र हरेक प्रकारको व्यक्तिको अन्त्य। उहाँले संसारको दुष्टता र अन्धकारको जडलाई र शैतानले मानवजातिलाई गरेको भ्रष्टताको सत्यतालाई पनि खुलासा गर्नुहुन्छ। उहाँले परमेश्‍वरको विरोध गर्ने हाम्रो शैतानी प्रकृति र स्वभावहरूलाई पनि न्याय गर्नुहुन्छ र खुलासा गर्नुहुन्छ। हामी केही वर्षदेखि परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट गुज्रेका छौं, हाम्रो परमेश्‍वर-विरोधी शैतानी प्रकृतिलाई, हाम्रो शैतानी प्रकृतिभित्र के-कस्ता शैतानी विष र स्वभावहरू छन् त्यसलाई बुझेका छौं, र शैतानले हामीलाई कसरी भ्रष्ट तुल्याएको छ त्यसको सत्यतालाई देखेका छौं। हामीले परमेश्‍वरको धर्मी, उल्‍लङ्घन गर्न नसकिने स्वभावलाई बुझ्‍न थालेका छौं र आफैलाई घृणा गर्दै हामी परमेश्‍वरको अघि पछुतोले ढलेका छौं। हामीले सत्यताको अभ्यास गर्न र परमेश्‍वरका वचनहरू अनुसार जिउन थालेका छौं। हाम्रो भ्रष्ट स्वभाव बिस्तारै परिवर्तन हुँदैछन् र शुद्ध हुँदैछन्। हामी पहिले जत्तिको झूट बोल्‍ने, पाप गर्ने, र परमेश्‍वरको विरोध गर्ने गर्दैनौं। यो सबै परमेश्‍वरको आखिरी दिनहरूको न्यायद्वारा सम्‍भव भएको हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामले मात्रै मानिसलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिन सक्छ। तथ्य यही हो।”

मेरो बुबाले ध्यान दिएर पूरै भिडियो हेर्नुभयो। उहाँले त्यति धेरै शब्‍द त बोल्‍नुभएन तर उहाँले इमानदारीसाथ भन्‍नुभयो, “अब मैले बुझेँ। म सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्न चाहन्छु।” मैले उहाँलाई परमेश्‍वरका भेडाले उहाँको आवाज सुन्छन्को प्रतिलिपि दिएँ र उहाँले हरेक बिहान सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न थाल्‍नुभयो। कहिलेकहीँ उहाँले यसलाई बाइबलसँग तुलना गर्नुहुन्थ्यो, र केही समयपछि उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् भन्‍ने देख्‍नुभयो। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुनुभयो र उहाँको आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्नुभयो।

केही समयपछि नै, हाम्रो पुरानो पाष्टरले मेरो बुबाले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुभएको छ भन्‍ने सुनेछन् र उहाँलाई रोक्‍नको लागि तिनी एक जना मिसनेरी र अर्का सहकर्मी लिएर आएछन्। मेरो बुबाले परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिनुभयो र इमानदारीताको साथ भन्‍नुभयो, “मैले प्रभुको सेवा गरेको वर्षौं भयो। मैले बाइबल राम्ररी बुझेको छु र म भक्त र विश्‍वासयोग्य देखिन्छु, तर जब मैले प्रभुको पुनरागमनको बारेमा सुनेँ तब मैले सत्यताको खोजी गर्ने वा नम्र भई अनुसन्धान गर्ने गरिनँ। मैले प्रभु आखिरी दिनहरूमा न्यायको काम गर्न आउनुहुनेछ भन्‍ने बारेमा दिइएका सबै बाइबलीय अगमवाणीहरूलाई बेवास्ता गरेँ र मेरो छोराले यो सुसमाचार मलाई बाँड्दा मैले त्यसलाई घरबाट समेत निकालिदिएँ। म अत्यन्तै डाही रहेछु। मैले राम्ररी बाइबल बुझेको छु र कसैले पनि मलाई त्यो कुरामा अविश्‍वस्त तुल्याउन सक्दैन भन्‍ने सोचेको थिएँ, तर सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढिसकेपछि तिनले मलाई प्रभाव पारे। अब मैले बुझेँ, सत्यताको खोजी गर्नेहरूले मात्रै परमेश्‍वरको आवाज सुन्‍न र आखिरी दिनहरूको उहाँको मुक्ति प्राप्त गर्न सक्छन्।” उहाँको सङ्गति सुनेर र उहाँले परमेश्‍वरको नयाँ कामलाई कसरी इन्कार गर्नुभएको थियो, त्यो सोचेर, मेरो मन छोयो र आँसु झर्यो। मैले मेरो हृदयको अन्तस्करणबाट नै परमेश्‍वरलाई धन्यवाद दिएँ। मैले वास्तवमा नै परमेश्‍वरका वचनहरू सत्यता हुन् र तिनले मानिसको हृदय जित्‍न सक्छन् भन्‍ने देखेँ। कसैको धार्मिक धारणाहरू जति नै दह्रिलो भए पनि वा तिनीहरूको स्वभाव जति नै विद्रोही भए पनि, यदि तिनीहरूले खोजी गर्छन् र परमेश्‍वरका वचनहरू पढ्छन् भने, तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍नेछन् र उहाँको देखापराइलाई देख्‍नेछन्। प्रभु येशूले भन्‍नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)

मेरो पुरै परिवार, हामी सातै जनाले अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेका छौं। सुसमाचार सुनाउने कार्यमा मैले अहिले निकै आत्मविश्‍वास पाएको छु।

अघिल्लो: १९. जब हैसियतको इच्‍छा देखा पर्छ

अर्को: ५०. स्वर्गीय राज्यको मार्गमा मलाई कसले बाधा दिन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्