९२. म पदोन्नति हुन नचाहनुका पछाडि के-कस्ता चिन्ता थिए?

वाङ्ग लेई, चीन

म मण्डलीमा सफाइको काममा सहकार्य गर्दै आएको छु, अनि केही वर्षको अभ्यासद्वारा, मैले आफ्ना कर्तव्यसँग सम्बन्धित केही सिद्धान्तहरू बुझेको छु, र आफ्ना कर्तव्यमा केही परिणामहरू हासिल गरेको छु। कुनै विषयमा छलफल गर्दा, अगुवा, डिकन र मसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरू सामान्यतया मेरो दृष्टिकोणसँग सहमत हुन्थे। ममिलाहरू स्पष्ट रूपमा खुट्याउन गाह्रो हुँदा उनीहरू मसँग सङ्गतिका लागि आउँथे र मेरा रायहरू अपनाउँथे। मैले आफू उनीहरूभन्दा उत्तम छु भन्‍ने सोच्दै श्रेष्ठताको भावना महसुस गर्न थालेँ। सन् २०२० को डिसेम्बरमा, मलाई अर्को क्षेत्रमा कर्तव्य निर्वाह गर्न बढुवा गरियो। मसँग सहकार्य गर्ने दुई सिस्टरले मैलेभन्दा लामो समयदेखि यो कर्तव्य निर्वाह गर्दै आएका थिए, र उनीहरूले सिद्धान्तहरू पनि राम्रोसँग बुझेका थिए। केही पटक, हामीले मानिसलाई निकाल्नेसम्बन्धी सामग्रीको एकसाथ विश्लेषण गर्‍यौँ, र ती दुई सिस्टरले सिद्धान्तहरूसँग जोड्दै एकदमै विस्तृत रूपमा ती सामग्रीको विश्लेषण गरे। म सङ्गतिमा बोल्न चाहन्थेँ, तर मैले बुझेका कुराहरू त उनीहरूले भर्खरै सङ्गति गरिसके जस्तो लाग्यो, अनि उनीहरूले औँल्याएका कतिपय समस्या त मैले ध्यानसमेत दिएको थिइनँ, त्यसैले मलाई केही नबोल्नु नै बेस हुन्छ, बोले पनि त्यसको कुनै सान्दर्भिक महत्त्व हुँदैन, बरु त्यसले मलाई अयोग्य मात्र देखाउँछ भन्‍ने लाग्यो। त्यसैले, म चुपचाप बसेँ। अर्को पटक, हामीले एक जना दुष्ट व्यक्तिलाई निष्कासित गर्ने कागजातको विश्लेषण गर्‍यौँ। मलाई त्यो व्यक्ति साँच्चै दुष्ट व्यक्ति हो जस्तो लागेन, त्यसैले मैले आफ्नो दृष्टिकोण सङ्गति गरेँ। त्यसपछि एक सिस्टरले त्यो व्यक्तिमा दुष्ट व्यक्तिको सार छ भन्ने लागेको बताइन्, र उनले त्यो व्यक्तिका दुष्ट कार्यहरू र उसको व्यवहारको सारका आधारमा आफ्नो विश्लेषण प्रस्तुत गरिन्। अर्की सिस्टरले पनि उनको कुरामा सहमति जनाइन्। उनीहरूले भनेको कुरा सुनेपछि, मलाई ती सिस्टरहरूको सङ्गति सही र सिद्धान्तमा आधारित लाग्यो, अनि मलाई अचानक एकदम धेरै लाज लाग्यो। मैले मनमनै सोचेँ, “मैले आफैलाई बुद्धू बनाएको छु। सिस्टरहरूले मेरो बारेमा के सोच्छन् होला? के उनीहरूले ममा खुट्याइको अभाव छ र मेरो क्षमता कम छ भन्‍ने सोच्छन् होला?” पछि, हामीले फेरि एकसाथ सामग्रीहरूको विश्लेषण गर्दा, मैले मेरो सङ्गति गलत भयो भने अरूले मलाई कसरी लेलान् भन्‍ने डरले, अगाडि सरेर आफ्ना दृष्टिकोणहरू व्यक्त गर्ने आँट गरिनँ। पहिले, मैले सहकार्य गरेका ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा मैले गरे जत्तिको राम्रो गरेका थिएनन्, तर अहिले मैले सहकार्य गरिरहेका सिस्टरहरू हरेक कुरामा मभन्दा अब्बल थिए, त्यसैले मलाई त्यहाँ आफू सबैभन्दा असक्षम व्यक्ति जस्तो लाग्थ्यो, र आफ्नो उपस्थितिको अनुभूत नै हुन्नथ्यो र म अक्सर दबिएको महसुस हुने स्थितिमा डुब्थेँ। त्यो अवधिभर, मेरो स्थिति एकदमै खराब थियो, र घरिघरि त ममा यो अवस्थाबाट भागौँ र त्यहाँ आफ्नो कर्तव्य निर्वाह नगरौँजस्तो समेत आउँथ्यो। चाँडै नै, कामको बोझ घटेकाले कर्मचारीहरूलाई व्यवस्थित गर्नु आवश्यक भयो, र अगुवाहरूले मेरो क्षमता औसत रहेको मूल्याङ्कन गर्दै मलाई अर्को काममा खटाए।

केही समयपछि, कामको बोझ बढेकोले, अगुवाहरूले मलाई अर्को क्षेत्रमा गई सफाइको काम जारी राख्न आग्रह गर्दै पत्र लेखे। उनीहरूको पत्र देखेपछि, ममा केही प्रतिरोध महसुस भयो, र सोचेँ, “मैले त्यहाँ सहकार्य गर्ने ब्रदर-सिस्टरहरू सबैको क्षमता मेरोभन्दा राम्रो छ, अनि उनीहरू सत्यता सङ्गति गर्न र कामकुराहरू जाँच्न पनि मभन्दा अब्बल छन्। त्यहाँ म आफ्नो कर्तव्यमा विशिष्ट देखिनेछैनँ, बरु आफूलाई मूर्ख मात्र बनाउनेछु। म त्यहाँ जान चाहन्नँ।” त्यसैले मैले आफूसँग क्षमताको कमी भएको र यो कर्तव्य सम्हाल्न नसक्ने बहाना बनाउँदै अस्विकार गरेँ। कामको बोझ बढ्दै जाँदा, अगुवा र कामदारहरूले मलाई सङ्गतिमा धेरै पटक पत्र लेखे, तर अर्को क्षेत्रका ब्रदर-सिस्टरहरूको क्षमता र कार्य सामर्थ्य राम्रो भएको कुरा सोच्दा, मलाई त्यहाँ मेरो कुनै उपस्थिति नै हुँदैन जस्तो लाग्यो, त्यसैले मैले उनीहरूको अनुरोधलाई इन्कार गरिरहेँ। साँचो भन्नुपर्दा, आफ्नो कर्तव्यबाट पन्छिँदा मलाई एकदमै असहज र दोषी महसुस भयो, तर त्यसपछि मैले मनमनै सोचेँ, “जहाँ कर्तव्य निर्वाह गरे पनि एउटै हो, अनि यहाँको काममा पनि सहकार्य गर्न मानिसहरूको खाँचो छ, त्यसैले मैले यहीँ अझ मिहिनेत गरेर आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरे पनि हुन्छ।”

केही समयपछि, एक जना सिस्टरले मलाई एउटा पत्र लेखिन्, जसमा उनले आफ्नो कर्तव्यमा समायोजन हुँदाका आफ्नै अनुभवहरूलाई आधार बनाएर मसँग सङ्गति गरिन्, र उनले अर्को क्षेत्रमा आफ्ना कर्तव्य निर्वाह गर्न मैले देखाएको अनिच्छा म प्रतिष्ठा र हैसियतद्वारा बाँधिएका कारणले हुन सक्छ भनेर औँल्याइन्। उनले मलाई आफ्नो समस्याको सामना गर्न र त्यसको समाधानका लागि सत्यता खोज्न पनि सम्झाइन्। ती सिस्टरले मसँगको सङ्गतिमा आफ्नो दिलोज्यान लगाएको देखेर मलाई भित्रैदेखि छोयो। मलाई आफूले बारम्बार आफ्नो कर्तव्य इन्कार गरेको, र यसो गरेर आफूले साँच्चै नै परमेश्‍वर विरुद्ध विद्रोह गरिरहेको रहेछु भन्ने महसुस भयो। मलाई यो परमेश्‍वरले मेरा लागि पश्चात्तापको अर्को अवसर दिनुभएको हो, र मैले यो मौका छोप्नुपर्छ भन्ने थाहा भयो। मैले त्यो पत्रमा, ती सिस्टरले मेरा लागि पढ्नुपर्ने परमेश्‍वरका वचनको एउटा खण्ड खोजिदिएकी रहिछन् भन्ने देखेँ: “मानिसहरूमा हठी स्वभाव हुँदा तिनीहरूभित्र कस्तो स्थिति हुन्छ? मुख्य रूपमा तिनीहरू जिद्दी र आत्मधर्मी हुन्छन्। तिनीहरू सधैँ आफ्नै विचारहरूमा अडिरहन्छन्, सधैँ आफूले भनेकै कुरा सही हो भन्‍ने सोच्छन्, तिनीहरू अत्यन्तै अलचक, र मेरो गोरुको बाह्रै टक्‍का भन्‍ने खालका हुन्छन्। यो हठी मनोवृत्ति हो। तिनीहरू आफ्‍नै कुरामा जिद्दी गर्छन्, कसैको कुरा सुन्दैनन्, एउटै कार्यदिशामा एकोहोरो लागिरहन्छन्, त्यही कुरामा लागिरहने जिद्दी गर्छन् चाहे त्यो सही होस् वा गलत होस्; यसमा केही अपश्‍चात्ताप हुन्छ। भनाइ नै छ, ‘खरानी भइसकेको मानिसलाई आगोको डर हुँदैन।’ मानिसहरूलाई के गर्दा सही हुन्छ भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले त्यो काम गर्दैनन्, बरु जिद्दी भई सत्यतालाई स्विकार्न मान्दैनन्। यो एक प्रकारको स्वभाव हो: हठीपन हो। तिमीहरूले कस्ता किसिमका अवस्थाहरूमा हठी स्वभाव प्रकट गर्छौ? के तिमीहरू प्रायजसो हठी भइरहन्छौ? (हो।) एकदमै धेरै! अनि हठीपन तेरो स्वभाव भएकोले, यो तेरो अस्तित्वको हरेक दिनको हरेक क्षण तँसँगै रहन्छ। हठीपनले मानिसहरूलाई परमेश्‍वरको अघि आउनबाट रोक्छ, यसले तिनीहरूलाई सत्यतालाई स्विकार्न सक्ने हुनबाट र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने हुनबाट रोक्छ। अनि, यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, के तेरो स्वभावको यो पक्षमा परिवर्तन देखा पर्न सक्छ त? यो निकै गाह्रो हुनेछ। के तिमीहरूको हठी स्वभावको यो पक्षमा अहिले कुनै परिवर्तन आएको छ? अनि कति परिवर्तन आएको छ? उदाहरणका लागि, मानौँ तँ अत्यन्तै हठी हुने गर्थिस्, तर तँमा अहिले अलिअलि परिवर्तन आएको छ: जब तैँले कुनै समस्या सामना गर्छस्, तब तेरो हृदयमा केही विवेकको बोध हुन्छ, र तैँले मनमनै भन्छस्, ‘यस विषयमा मैले केही सत्यता अभ्यास गर्नुपर्छ। परमेश्‍वरले यो हठी स्वभावको खुलासा गर्नुभएको हुनाले—मैले यो सुनिसकेको र अब मलाई यसबारे थाहा भइसकेको हुनाले—म परिवर्तन हुनैपर्छ। विगतमा केही पटक यस्ता परिस्थितिहरू सामना गर्दा, म आफ्‍नो देहअनुसार चलेँ र असफल भएँ, र म यसमा सन्तुष्ट छैनँ। यसपटक मैले सत्यता अभ्यास गर्नैपर्छ।’ यस्तो सङ्कल्प भएमा, सत्यता अभ्यास गर्न सम्‍भव छ, र यो परिवर्तन हो। जब तैँले यसरी केही समयसम्‍म अनुभव गर्छस्, र अझै बढी सत्यता अभ्यास गर्न सक्छस्, अनि यसले अझै ठूला परिवर्तनहरू ल्याउँछ, र तेरो विद्रोही र हठी स्वभाव झन्झन् कम प्रकट हुँदै जान्छन्, तब के तेरो जीवन स्वभावमा परिवर्तन आएको हुन्छ? यदि तेरो विद्रोही स्वभाव स्पष्ट रूपमै झन्झन् घट्दै गएको छ, र परमेश्‍वरप्रतिको तेरो समर्पण झन्झन् बढ्दै गएको छ भने, तँमा वास्तविक परिवर्तन आएको छ। त्यसो भए, साँचो समर्पण हासिल गर्नका लागि तँ कुन हदसम्‍म परिवर्तन हुनैपर्छ? यदि तँमा अलिअलि पनि हठीपन छैन, समर्पण मात्रै छ भने, तँ सफल भएको हुनेछस्। यो बिस्तारै हुने प्रक्रिया हो। स्वभाव परिवर्तन रातारात हुने कुरा होइन, त्यसका लागि धेरै समयको अनुभव चाहिन्छ, र सायद जीवनभर पनि लाग्‍न सक्छ। कहिलेकाहीँ धेरै ठूलाठूला कष्टहरू, मरेर फेरि जिउँदो हुनु सरहका कष्टहरू, हड्डी खुर्केर शरीरको विष फाल्‍नुभन्दा पनि पीडादायी र गाह्रो कष्टहरू भोग्‍नु अत्यावश्यक हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारका भ्रष्ट स्वभाव थाहा हुनु भनेको मात्रै साँचो रूपमा आफूलाई चिन्नु हो)। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो। म एउटा हठी स्वभावमा जिइरहेको थिएँ। यसले मलाई सत्यता खोज्नका लागि परमेश्‍वर सामु आउनबाट रोकेको थियो, र मलाई परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन असमर्थ बनाएको थियो। मैले मलाई अर्को क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गर्न अगुवाहरूले गरिदिएको प्रबन्धबारे फर्केर सोचेँ। मैले मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ भन्‍ने मलाई थाहा थियो, तर म मैले सहकार्य गर्ने सिस्टरहरूको क्षमता र खुट्याइ मेरोभन्दा राम्रो होला, अनि उनीहरूसँग मिलेर आफ्नो कर्तव्य निर्वाह गर्दा मैले कुनै पहिचान प्राप्त नगर्ने मात्र होइन, त्यसले मलाई अयोग्य देखाउला र मलाई अदृश्य महसुस समेत गराउला भनेर चिन्तित भएँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले हठपूर्वक पटक-पटक आफ्ना कर्तव्य इन्कार गरेँ, र अरूले मसँग जति नै सङ्गति गरे पनि, मैले सुनिनँ। मेरो हृदय परमेश्‍वरका निम्ति पूर्ण रूपमा बन्द थियो। म साँच्चै नै हठी र जिद्दी रहेछु! मलाई त्यो क्षेत्रमा कामको बोझ धेरै छ र मद्दतका लागि उनीहरूलाई थप मानिसहरूको खाँचो छ भन्ने थाहा थियो, तर यो महत्त्वपूर्ण क्षणमा, मैले आफ्नो अभिमान र हैसियतको मात्र वास्ता गरेँ, र मण्डलीको कामलाई पटक्कै विचार गरिनँ। म कत्ति स्वार्थी, नीच र मानवताहीन रहेछु! मलाई साँच्चै पछुतो लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो स्वभाव एकदमै जिद्दी र हठी छ। मलाई सत्यता थाहा छ तर त्यसलाई अभ्यास गर्दिनँ। म आफ्नो यो विद्रोही स्थिति परिवर्तन गर्न र आफ्ना समस्याहरू समाधानका लागि सत्यता खोज्न तयार छु। कृपया मलाई मार्गदर्शन र अगुवाइ गर्नुहोस्।” त्यसपछि, मैले आफू अर्को क्षेत्रमा कर्तव्य निर्वाह गर्न इच्छुक रहेको व्यक्त गर्दै अगुवाहरूलाई पत्र लेखेँ।

पछि, मैले म अर्को क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गर्न किन अनिच्छुक भएको थिएँ भनी चिन्तन गरेँ, र मलाई यसले मेरो प्रतिष्ठा र हैसियतमाथि अतिक्रमण गरेका कारणले रहेछ भन्ने महसुस भयो। त्यसैले मैले सचेत भई यो पक्षबारे सत्यता खोजेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू आशिष्‌हरू प्राप्त गर्नका लागि मन नलागी-नलागी आफ्‍नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कर्तव्य निर्वाह गरेर आफूलाई प्रख्यात बनाउन र मानिसहरूको श्रद्धा पाउन सकिन्छ कि सकिन्‍न, र आफूले कर्तव्य निर्वाह गरेको कुरा माथिलाई वा परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन भनेर समेत जिज्ञासु भई सोध्छन्। कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले विचार गर्ने कुराहरू यी मात्र हुन्। तिनीहरू सर्वप्रथम कर्तव्य निर्वाह गरेर के-कस्ता लाभहरू पाइन्छन् र आफूलाई आशिष्‌ प्राप्त हुन्छ कि हुँदैन भन्‍ने कुरा निर्धारित गर्न चाहन्छन्। तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। तिनीहरू कसरी परमेश्‍वरका अभिप्रायहरू ख्याल गर्ने र परमेश्‍वरको प्रेमको ऋण तिर्ने, र मानिसहरूले परमेश्‍वरको मुक्ति र खुसी प्राप्त गर्न सकून् भनेर कसरी सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिनेबारे कहिल्यै विचार गर्दैनन्, तिनीहरूले सत्यता बुझ्‍ने, वा आफ्‍नो भ्रष्ट स्वभाव समाधान गरेर मानव रूपमा कसरी जिउने भनेर खोजी गर्नु त झन् परको कुरा हो। तिनीहरू यी कुराहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरू आशिष्‌ पाउन र लाभहरू प्राप्त गर्न सकिन्छ कि सकिँदैन, कसरी स्थिर पकड प्राप्त गर्ने, कसरी हैसियत पाउने, कसरी मानिसहरूबाट आदर पाउने, अनि मण्डली र भीडमा कसरी पृथक बन्‍ने र उत्कृष्ट बन्‍ने भनेर मात्रै विचार गर्छन्। तिनीहरू साधारण अनुयायी बन्‍न पटक्‍कै इच्छुक हुँदैनन्। तिनीहरू मण्डलीमा सधैँ प्रथम बन्‍न, अन्तिम निर्णय आफै गर्न, अगुवाहरू बन्‍न, र सबैलाई आफ्‍नो कुरा सुन्‍ने बनाउन चाहन्छन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। तिमीहरू ख्रीष्टविरोधीहरूको हृदय यस्ता कुराहरूले भरिएको हुन्छ भन्‍ने कुरा देख्‍न सक्छौ। के तिनीहरू साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन्छन्? के तिनीहरूले सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सच्‍चा तरिकाले निर्वाह गर्छन्? (गर्दैनन्।) त्यसोभए, तिनीहरू के गर्न चाहन्छन्? (शक्ति हात पार्न।) ठिक भन्यौ। तिनीहरू भन्छन्, ‘म त बाहिरी संसारमा सबैलाई जित्‍न चाहन्छु। कुनै पनि समूहमा म नै पहिलो हुनुपर्छ। म दोस्रोमा आउन इन्कार गर्छु, र म कहिले पनि कसैलाई पछ्याउने व्यक्ति बन्‍न चाहन्‍नँ। म अगुवा बन्‍न चाहन्छु र म रहेको मानिसहरूको समूहमा अन्तिम निर्णय आफै गर्न चाहन्छु। यदि मैले अन्तिम निर्णय गर्न पाउँदिनँ भने, म तिमीहरू सबैलाई मनाउने, तिमीहरू सबैलाई मेरो आदर गर्ने, र मलाई अगुवाका रूपमा छनौट गर्ने बनाउन सम्भव भएका सबै उपाय प्रयोग गरी हेर्नेछु। हैसियत पाएपछि, मैले नै अन्तिम निर्णय गर्न पाउँछु, र सबै जनाले मेरो कुरा सुन्‍नुपर्छ। तिमीहरूले मैले भनेबमोजिम काम गर्नुपर्छ, र तिमीहरू मेरो नियन्त्रणमा बस्‍नुपर्छ।’ ख्रीष्टविरोधीहरूले जे-जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू आफूलाई उच्‍च पदमा, वरिष्ठताको पदमा राख्‍ने प्रयास गर्छन्। तिनीहरू साधारण अनुयायीका रूपमा रहेको आफ्‍नो स्थानप्रति सन्तुष्ट बन्‍न सक्दैनन्। अनि, तिनीहरू के कुरामा सबैभन्दा बढी उत्साहित हुन्छन्? मानिसहरूको अगाडि बसेर आदेश दिँदै र तिनीहरूलाई घुर्की लगाउँदै, उनीहरूलाई आफूले भनेअनुसार काम गर्न लगाउँदा। आफ्‍नो कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनेर तिनीहरू कहिल्यै विचार गर्दैनन्—आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सत्यता सिद्धान्तहरू खोजी गर्नु त झन् परको कुरा हो। बरु, तिनीहरू आफूलाई पृथक देखाउन, अगुवाहरूको नजरमा उच्‍च बन्‍न र बढुवा पाउनका लागि उपायहरू खोज्दै दिमाग खियाउँछन्, ताकि तिनीहरू आफै अगुवा वा सेवक बन्‍न सकून्, र अरूलाई नेतृत्व गर्न सकून्। तिनीहरूले सारा दिन यस्तै कुरा सोचिरहेका र आशा गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू अरूको नेतृत्वमा हिँड्न इच्छुक हुँदैनन्, न त तिनीहरू साधारण अनुयायी हुन नै इच्‍छुक हुन्छन्, झन् तिनीहरूले प्रसिद्धिविना आफ्‍नो कर्तव्य चुपचाप निर्वाह गर्न चाहनु त परको कुरा हो। तिनीहरूको कर्तव्य जे भए पनि, यदि तिनीहरू अगाडि र केन्द्रमा पर्न सक्दैनन् भने, यदि तिनीहरूले अरूभन्दा माथि पुगेर अरूलाई अगुवाइ गर्न सक्दैनन् भने, तिनीहरूलाई आफ्‍नो कर्तव्य निर्वाह गर्नु न्यास्रो लाग्छ, र तिनीहरू नकारात्मक बनेर सुस्त बन्‍न थाल्छन्। अरूको प्रशंसा वा आराधनाविना, तिनीहरूलाई काम त्यति रोचक लाग्दैन, र कर्तव्य निर्वाह गर्ने तिनीहरूको इच्‍छा घटेर जान्छ। यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले अगाडि र केन्द्रमा रहन र अन्तिम निर्णय गर्न पाउँछन् भने, तिनीहरू सशक्त महसुस गर्छन्, र कुनै पनि कष्ट भोग्नेछन्। कर्तव्यपालनको दौरान तिनीहरूले सधैँ व्यक्तिगत अभिप्रायहरू बोकेका हुन्छन्, र अरूलाई जित्‍ने आफ्‍नो जरुरत पूरा गर्न तिनीहरू सधैँ आफूलाई पृथक देखाउन, र आफ्‍नो इच्‍छा र महत्त्वाकाङ्क्षा पूरा गर्न चाहन्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, हरेक हिसाबमा प्रतिस्पर्धा गर्ने, अरूभन्दा अलग हुने, उत्कृष्ट बन्‍ने, र अरूभन्दा माथि उठ्ने प्रयास गर्दै अत्यन्तै प्रतिस्पर्धी हुनेबाहेक, आफ्नो वर्तमान हैसियत, इज्जत र प्रतिष्ठा कसरी कायम राखिराख्‍ने भनेर पनि विचार गरिरहेका हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्ट विरोधीहरूले जहाँसुकै आफ्नो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू आफ्नो हैसियतको चाहना पूरा गर्न त्यसो गर्छन्। यदि तिनीहरू मानिसमाझ विशिष्ट व्यक्तित्व वा अगुवाहरू हुन्, र तिनीहरू अलग देखिन र प्रशंसा पाउन सक्छन् भने, आफूले गर्ने हरेक काममा तिनीहरू अत्यधिक उत्प्रेरित हुन्छन्। तर यदि तिनीहरू अलग देखिन सकेनन् र आफूलाई विशेष देखाउन सधैँ असफल भए भने, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न समेत चाहँदैनन्। मैले पछ्याइप्रतिका आफ्ना दृष्टिकोणहरूलाई यो बुझाइसँग तुलना गर्दा, ती ख्रीष्ट विरोधीका जस्तै रहेछन् भन्ने महसुस गरेँ। जब मलाई अर्को क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गर्न खटाइयो र मैले सहकार्य गरेका सिस्टरहरूको क्षमता र कार्य सामर्थ्य मेरोभन्दा राम्रो रहेको देखेँ, तब मलाई उनीहरूमाझ आफू अयोग्य र बेकार र आफ्नो कुनै उपस्थिति नै छैन जस्तो लाग्यो। यसले गर्दा म अक्सर दुःख र दमित स्थितिमा जिउन थालेँ, र आफ्नो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भन्‍नेबारे कुनै विचार गरिनँ, अनि म अक्सर यो परिस्थितिबाट भाग्‍ने इच्छा गर्थेँ। मेरो कर्तव्यमा मलाई समायोजन गरिएपछि, मैले आफूले लिएको गलत बाटोबारे चिन्तन गरिनँ, र जब अगुवाहरूले मलाई फेरि अर्को क्षेत्रमा कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गरे, तब मैले आफू विशिष्ट देखिन सक्दिनँ भन्‍ने लागेर इन्कार गर्ने बहानाहरू खोजेँ। ब्रदर-सिस्टरहरूले मसँग धेरै पटक सङ्गति गरेका, र मैले त्यो क्षेत्रमा कामको भार धेरै भएको र मद्दतका लागि तत्काल थप मानिसहरू चाहिएको जान्दाजान्दै पनि, मण्डलीको कामलाई बेवास्ता गरेँ। प्रतिष्ठा र हैसियतप्रतिको मेरो चिन्ताले मलाई पूरै गाँजेको थियो। म सधैँ परमेश्‍वरलाई सन्तुष्ट पार्न र उहाँको प्रेमको बदला चुकाउन आफ्नो कर्तव्य निर्वाह गर्छु भन्ने दाबी गर्थेँ, तर अहिले मैले के देखेँ भने, मेरा त्याग, खर्च र कष्ट सबै प्रतिष्ठा र हैसियतका लागि रहेछन्। म आफ्ना कर्तव्य निर्वाह गर्दै थिइनँ, बरु परमेश्‍वरलाई प्रयोग गर्न र छल गर्न खोजिरहेको थिएँ। पछि, मैले आफैलाई सोधेँ, “म प्रतिष्ठा र हैसियतलाई किन यति धेरै महत्त्व दिन्छु?” त्यो किनभने “सानो दहको ठूलो माछा बन्‍नु नै असल हो,” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” जस्ता शैतानी विषहरू मेरो हृदयमा जरा गाडेर बसेका थिए र मेरो पछ्याइको लक्ष्य र जिउने नियम बनेका थिए। मलाई जिउनु भनेको अरूभन्दा विशिष्ट देखिनु र मानिसहरूको प्रशंसा पाउनु हो, र यस्तो जीवन जिउनु अर्थपूर्ण र मूल्यवान् हुन्छ भन्‍ने लाग्थ्यो। मलाई आफू जहाँ गए पनि कहिल्यै विशिष्ट देखिन सकिनँ वा सधैँ हेयमा परेँ भने, म दयनीय जीवन जिउँदै छु भन्‍ने लाग्थ्यो। बाहिरबाट हेर्दा म आफ्नो कर्तव्य निर्वाह गरिरहे जस्तो देखिन्थेँ, तर भित्रभित्रै म आफूलाई कसरी स्थापित गर्ने अनि प्रतिष्ठा र हैसियत कमाउने भन्‍नेमा मात्र केन्द्रित हुन्थेँ, र जब मण्डलीको कामलाई मेरो सहकार्यको खाँचो पर्‍यो, मैले प्रतिष्ठा र हैसियतका आफ्ना चाहना पूरा नहुने भएकाले इन्कार गर्ने बहानाहरू खोजेँ। यी शैतानी विषहरूअनुसार जिउँदा, म कुनै मानव स्वरूपविनाको एकदम अहङ्कारी र स्वार्थी भएँ, र म अनायासै परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न पुगेँ। त्यो अवधिभर, मैले बारम्बार आफ्ना कर्तव्य इन्कार गरेँ र आफू खतराको सँघारमा छु भने झैँ गरी अक्सर भयभीत र बेचैन महसुस गरेँ। मेरा कर्तव्यप्रतिको यो मनोवृत्तिले परमेश्‍वरको स्वभावलाई सजिलै चिढ्याउन सक्थ्यो, र मैले परमेश्‍वरसामु पश्चात्ताप नगर्ने हो भने, मलाई परमेश्‍वरले पक्कै पन्छाएर हटाउनुहुनेथियो। यो कुरा महसुस गरेपछि, मलाई साह्रै डर लाग्यो, र मैले आफ्नो कर्तव्यलाई इन्कार गर्नु एउटा गम्भीर समस्या हो भनी बुझेँ। म पछुतो र अपराधबोधले भरिएँ, र मैले यसरी आफ्नो पछाडि अपराध र दागहरू छोड्दै परमेश्‍वरविरुद्ध विद्रोह गर्न सकेकोमा आफैलाई घृणा गरेँ। म साँच्चै नै परमेश्‍वरको धेरै ऋणी रहेछु! प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको कहिल्यै फर्किन नसकिने विनाशतिर डोऱ्याउने बाटो रहेछ, त्यसैले मैले आफ्ना पछ्याइप्रतिका दृष्टिकोणहरू परिवर्तन गर्न चाहेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यास र प्रवेशको बाटो भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ शान्त हृदयका साथ परमेश्‍वरको घरमा सदस्यको रूपमा रहन चाहने भएकाले, तैँले पहिले सबै कुरामा सत्यताको खोजी गर्न सिक्नुपर्छ, आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ, र सत्यतालाई बुझ्न र अभ्यास गर्न सक्षम हुनुपर्छ—यसरी, परमेश्‍वरको घरभित्र, तँ नाम र वास्तविकता दुवैमा एक सृजित प्राणी बन्नेछस्। मानवजातिको पहिचान भनेको सृजित प्राणी हो; परमेश्‍वरको नजरमा, मानिसहरू त्यही हुन्। त्यसोभए, तँ एक सृजित प्राणीको रूपमा कसरी मानकअनुरूप हुन सक्छस्? त्यसका लागि तैँले परमेश्‍वरका वचनहरू सुन्न सिक्नैपर्छ, र परमेश्‍वरका मागहरूअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ। परमेश्‍वरले तँलाई यो उपाधि दिनुभएपछि, कुरा त्यतिमै सकियो भन्ने होइन; बरु, तँ एक सृजित प्राणी भएकोले, तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ, र तँ एक सृजित प्राणी भएकोले, तैँले सृजित प्राणीको जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसोभए, एक सृजित प्राणीका कर्तव्यहरू के हुन्? एक सृजित प्राणीका जिम्मेवारीहरू के हुन्? परमेश्‍वरको वचनले सृजित प्राणीहरूका कर्तव्य, दायित्व, र जिम्मेवारीहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ, होइन र? तैँले एक सृजित प्राणीको कर्तव्य लिएको छस्। त्यसोभए, आजको दिनदेखि, तँ परमेश्‍वरको घरको एक साँचो सदस्य होस्; अर्थात्, तैँले आफूलाई परमेश्‍वरको एउटा सृजित प्राणीका रूपमा स्वीकार गर्छस्। आजको दिनदेखि, तैँले आफ्नो जीवनका योजनाहरूलाई पुनःनिर्माण गर्नुपर्छ—तैँले आफ्नो जीवनका लागि तय गरेका पहिलेका आकाङ्क्षा, चाहना, र लक्ष्यहरूलाई अबदेखि पछ्याउनु हुँदैन। बरु, तैँले आफ्नो पहिचान र दृष्टिकोण परिवर्तन गर्नुपर्छ, र एक सृजित प्राणीका रूपमा तँसँग हुनुपर्ने जीवनका लक्ष्य र दिशाको योजना बनाउनुपर्छ। पहिला, तेरा लक्ष्य र दिशा अगुवा बन्‍ने, वा कुनै उद्योगमा अगुवाइ गर्ने वा उत्कृष्ट हुने, वा कुनै निश्‍चित काममा संलग्न हुने वा कुनै विशेष पेसागत सीपमा निपुण हुने एक प्रसिद्ध व्यक्ति बन्‍ने हुनु हुँदैन। बरु, तैँले आफ्नो कर्तव्यलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ—अर्थात्, तैँले कुन काम गर्नुपर्छ र अहिले, यस क्षणमा, तैँले कुन कर्तव्य पूरा गर्न आवश्यक छ भनी जान्नुपर्छ, र तैँले परमेश्‍वरका अभिप्रायहरू खोजी गर्नैपर्छ। परमेश्‍वरले तँलाई जे गर्न माग गर्नुहुन्छ र उहाँको घरमा तेरा लागि जुनसुकै कर्तव्य प्रबन्ध गरिएको भए पनि, तैँले त्यो कर्तव्य पूरा गर्नका लागि बुझ्नुपर्ने सत्यताहरू र तैँले पछ्याउनुपर्ने र बोध गर्नुपर्ने सिद्धान्तहरू पत्ता लगाउनुपर्छ र तिनका बारेमा स्पष्ट हुनुपर्छ। यदि तैँले तिनलाई याद गर्न सक्दैनस् भने, तैँले तिनलाई लेखेर राख्न सक्छस् र, जब तँसँग समय हुन्छ, तब तिनलाई अझ बढी हेर्न र तिनलाई अझ बढी मनन गर्न सक्छस्। परमेश्‍वरका सृजित प्राणीहरूमध्ये एक भएको नाताले, तेरो प्राथमिक जीवन लक्ष्य एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने र मानकअनुरूपको एक सृजित प्राणी बन्ने हुनुपर्छ। तँसँग हुनुपर्ने सबैभन्दा आधारभूत जीवन लक्ष्य यही हो। दोस्रो र अझ विशेष कुरा भनेको एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने र मानकअनुरूपको सृजित प्राणी कसरी बन्‍ने भन्‍ने हो—यो सबैभन्दा महत्त्वपूर्ण छ। भ्रष्ट मानवजातिले पछ्याउने यी दिशा र लक्ष्यहरू—जस्तै प्रतिष्ठा, हैसियत, आडम्बर, र व्यक्तिगत सम्भाव्यताहरू—ती सबै तैँले त्याग्नुपर्ने कुरा हुन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझ्न पाएँ भने, म एउटा सृजित प्राणी हुँ, र मैले एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्छ। यो मेरो जिम्मेवारी हो। मैले सधैँ अरूले मलाई कसरी हेर्छन् वा कसको सीप राम्रो छ भन्दै अरूसँग प्रतिस्पर्धा गर्नमा केन्द्रित हुनु हुँदैन। मैले गर्नुपर्ने भनेको समर्पित हुनु, परमेश्‍वरको घरका मापदण्ड र सिद्धान्तहरूअनुसार व्यावहारिक भएर आफ्ना कर्तव्य निर्वाह गर्नु, आफूले नबुझेका कुराहरूबारे परमेश्‍वरलाई धेरै प्रार्थना गर्नु, अरूबाट सङ्गति खोज्नु, र सत्यता सिद्धान्तहरूमा मेहनत गर्नु हो। अभ्यास गर्ने सही तरिका यही हो।

अहिले म अर्को क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गरिरहँदा, मानिसहरूलाई निकाल्नेसम्बन्धी सामग्रीहरूको विश्लेषण गर्दा म अझै पनि कहिलेकाहीँ ममिलाहरूको गलत मूल्याङ्कन वा गलत अन्दाज गर्थेँ। निकाल्नेबारे मैले लेखेका निर्णयहरूमा समस्या देखिँदा, र सबैले सुझाव र सुधारहरू प्रस्तुत गर्दा, मलाई अझै पनि केही असहज महसुस हुन्थ्यो र अरूले मलाई कसरी हेर्लान् भन्ने चिन्ता लाग्थ्यो। यी भावनाहरू देखा पर्दा, म आफू फेरि प्रतिष्ठा र हैसियतको चाहनाले बाँधिएको र नियन्त्रित भएको महसुस गर्थेँ, त्यसैले म आफ्ना कमजोरीहरूको सही तरिकाले सामना गर्न, सही सुझावहरू स्वीकार गर्न, र सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्य निर्वाह गर्न इच्छुक हुँदै परमेश्‍वरलाई प्रार्थना गर्थेँ। केही अनुभवपछि, मैले के देख्न पाएँ भने मेरा कर्तव्यमा अझैपनि थुप्रै कमजोरीहरू भए तापनि, आफूले सहकार्य गरेका ब्रदर-सिस्टरहरूको मार्गदर्शन, सङ्गति र मद्दतद्वारा मैले मानिसहरूलाई खुट्याउने र मानिस तथा कामकुरालाई जाँच्ने सन्दर्भमा केही प्रगति गरेको छु। मेरो शब्द छनोट पनि पहिलेभन्दा धेरै सटीक भएको छ। यी कुराहरूले मलाई मेरा धेरै कमजोरीहरूको पूर्ति गर्नमा एकदमै मद्दत गरेका छन्। मैले अझै पनि कहिलेकाहीँ आफ्नो प्रतिष्ठा र हैसियतबारे चिन्ता गर्ने भएपनि, म आफैविरुद्ध विद्रोह गर्न परमेश्‍वरलाई प्रार्थना गर्न सक्छु र प्रतिष्ठा र हैसियतप्रतिको आफ्नो चाहनाद्वारा त्यति धेरै नियन्त्रित हुन्नँ। मलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ९१. हीनताबोधलाई बिदाइ

अर्को: ९४. म अब उप्रान्त बढ्दो उमेरका बारेमा चिन्ता गर्ने छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्