७६. कर्तव्य गुमाएपछि गरिएका चिन्तन
सन् २०१५ को अक्टोबरमा, म मण्डलीमा भिडियोको कामका लागि जिम्मेवार थिएँ। दुई महिनापछि, कामको बोझ धेरै भएकाले, मण्डलीका अगुवाहरूले सिस्टर वाङ यानलाई मसँग सहकार्य गर्न खटाउनुभयो। त्यो बेला म धेरै खुसी थिएँ किनभने हामीले एक-अर्कालाई पहिलेदेखि नै चिनेका थियौँ। उनले एक वर्षभन्दा बढी समयदेखि भिडियो बनाउँदै आएकी थिइन्, र उनको सीप निकै राम्रो थियो। हामी दुईजना सँगै मिलेर काम गर्दा अझ राम्रो गर्न सक्छौँ भन्ने मैले सोचेकी थिएँ। त्यसपछि, मैले धैर्यतासाथ उनलाई सिद्धान्तहरूअनुसार भिडियो कसरी जाँच्ने भनेर सिकाएँ। बिस्तारै, उनले केही सिद्धान्तहरू बुझिन्।
एक पटक, मलाई केही दिनका लागि बाहिर जानुपर्ने भयो। म फर्केपछि, वाङ यानले मलाई के बताइन् भने उनले केही भिडियोहरू समीक्षा गरेकी र कुनै समस्या नदेखेपछि सिधै पठाइदिएकी छिन्, र अगुवाहरूले दिएका केही कामहरू पनि सकाएकी छिन्। यो सुनेर, मलाई अलि नरमाइलो लाग्यो, मैले सोचेँ, “पहिले त अगुवाहरूले मसँगै सबै कुरा छलफल गरेर मिलाउनुहुन्थ्यो। म केही दिन बाहिर गएको मात्रै के थिएँ, उहाँहरूले तँलाई नै सबै काम दिन थाल्नुभएछ!” मलाई अगुवाहरूले महत्त्व नदिएको महसुस भयो र म साह्रै दुःखी भएँ, त्यसैले मैले उनलाई मन नलागी-नलागी जवाफ दिएँ। जब ब्रदर-सिस्टरहरूले धेरै मामिलाहरू सम्हाल्नका लागि वाङ यानलाई खोज्न थाले, मैले अचानक आफूलाई बेवास्ता गरिएको महसुस गरेँ। उनलाई ठूलो उत्साहका साथ प्रश्नहरूको जवाफ दिँदै व्यस्त रहेको देख्दा, मेरो मनमा झनै खटपट भयो, मैले सोचेँ, “मेरो हुनुपर्ने सबै कुरा अब तेरो कसरी भयो? मैले यो कर्तव्य तँभन्दा लामो समयदेखि निर्वाह गर्दै आएकी छु, र म तेरो सुपरभाइजर पनि थिएँ। अनुभव, समस्या समाधान गर्न सत्यताको सङ्गति गर्ने कुरा, अनि व्यावसायिक सीपको हिसाबले म तँभन्दा कम छैन!” पन्छाइन नचाहेर, मैले सक्रिय रूपमा ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेर कामको प्रगतिबारे बुझ्न थालेँ, र उनीहरूलाई म फर्किसकेकाले पहिलेझैँ मसँग सल्लाह गर्न सक्ने कुरा बताएँ। आफ्नो स्थान सुरक्षित गर्न, मैले वाङ यानलाई काममा धेरै संलग्न हुन दिन चाहिनँ, र केही कामहरू पहिलेझैँ उनीसँग सल्लाह नगरी एक्लै सम्हालेँ, र काम सकिएपछि मात्र उनलाई जानकारी दिन्थेँ। केही पटक, जब उनले कामको विवरणबारे सोध्न खोजिन्, मैले व्यस्त छु भनेर टारिदिएँ। उनले केही भन्न चाहेको जस्तो देखेर, मेरो मनमा अलिकति दोषी महसुस भयो, र मैले अलि बढी नै गरेँ कि भनेर सोचेँ। हामीले सँगै काममा सहकार्य गरेकाले, मामिलाबारे एक-अर्कासँग छलफल र सरसल्लाह गर्नुपर्थ्यो, तर जब मैले उनलाई काममा सहभागी हुन दिएर सबै कुरा बुझ्न दिएँ भने सबैले उनलाई नै खोज्छन् र मेरो नाम कमाउने मौका हुँदैन भन्ने सोचेँ, अन्तमा, मैले उनलाई काममा सहभागी हुन दिइनँ। एकदिन, अगुवाहरूले हामीलाई एउटा भजनको भिडियो पठाएर त्यसमा कुनै समस्या छ कि भनेर जाँच्न लगाउनुभयो। मैले हेरिसकेपछि कुनै समस्या भेटिनँ, तर अचम्मको कुरा, वाङ यानले धेरै विस्तृत परिमार्जनहरू सुझाइन्, र अगुवाहरू पनि उनको विचारमा सहमत हुनुभयो। यो देखेर मलाई साह्रै नरमाइलो लाग्यो, र मैले सोचेँ, “पहिले त अगुवाहरूले मलाई धेरै महत्त्व दिनुहुन्थ्यो, तर अब तँ चम्किन थालिस्! मैले यो कर्तव्य तँभन्दा लामो समयदेखि निर्वाह गर्दै आएकी छु, र म तेरो कामको सुपरिवेक्षण पनि गर्थेँ, तर अब म तँभन्दा कमजोर देखिन्छु, अरूले मेरो बारेमा के सोच्नेछन्?” त्यसपछि, भिडियो जाँच्दा, मैले उनीसँग छलफल गर्न चाहिनँ र एक्लै विचार गरेर मूल्याङ्कन गर्न थालेँ। पछि, अगुवाहरूले मैले सुझाएका परिमार्जनहरू उपयुक्त भएको बताउनुभयो। अगुवाहरूको अनुमोदनले मलाई धेरै खुसी बनायो। जब मैले अगुवाहरूले वाङ यानका विचलन र समस्याहरू औँल्याउनुभएको देखेँ, म मनमनै खुसी भएँ, र सोचेँ, “आखिर, मैले यो कर्तव्य तँभन्दा लामो समयदेखि निर्वाह गर्दै आएकी छु र मलाई धेरै थाहा छ!”
केही समयपछि, अगुवाहरूले हामीलाई सबै जनाका लागि व्यावसायिक सीपहरू अध्ययन तथा आदानप्रदान गर्न एउटा समूह बैठक आयोजना गर्न भन्नुभयो। वाङ यानको सीप मेरोभन्दा राम्रो भएकाले, बैठक उनले नै सञ्चालन गरिन्। उनी अलि नर्भस भए तापनि, उनले सामान्य रूपमा सञ्चालन गरिन्, र ब्रदर-सिस्टरहरूले छलफल र आदानप्रदानमा सक्रिय रूपमा भाग लिए। मलाई फेरि ईर्ष्या र असन्तुलन महसुस भयो, र मैले सोचेँ, “यसपालि त तैँले सबैको ध्यान खिचिरहेकी छस्!” बैठकको क्रममा, वाङ यानले कहिलेकाहीँ मलाई केही थप्नुपर्ने छ कि भनेर सोध्थिन्। मैले सोचेँ, “अब सबैले तँलाई नै मन पराउँछन्, तँ एक्लै यो सबै सञ्चालन गर्न सक्छेस्। म तेरो सहयोगी बन्न चाहन्न!” त्यसैले, मैले उनलाई बेवास्ता गरेँ। म नबोलेको देखेर, उनले बैठक सञ्चालन गर्दा मेरो भावनाको पनि ख्याल गर्नुपर्यो। बैठक सकिएपछि, उनीसँग मद्दत माग्ने ब्रदर-सिस्टरहरू झन्-झन् बढ्न थाले र मेरो ईर्ष्या र रिसको भावना तीव्र भयो। मैले सोचेँ, “यदि तँ यहाँ नभएकी भए, सबै जना आफ्ना समस्या लिएर मकहाँ आइरहेका हुन्थे। अब तँ माथि पर्दै गइरहेकी छस्!” म धेरै दुःखी भएँ। वाङ यानले मेरो मनको कुरा बुझेझैँ गरिन् र होसियारीसाथ मलाई उनीहरूको अध्ययनमा सामेल हुन चाहन्छौ कि भनेर सोधिन्। उनको निम्तोले मलाई उनीसँग सामेल हुन झनै अनिच्छुक बनायो, र मैले सोचेँ, “यो त म उसको सहयोगी बनिरहेकीजस्तो भयो। कस्तो अपमानजनक!” त्यसैले मैले काममा व्यस्त भएको बहाना बनाएर अस्वीकार गरेँ। त्यसपछि, म काममा व्यस्त भए तापनि, मेरो हृदय शान्त हुन सकेन। वाङ यानले चम्किने मौकाहरू झन्-झन् बढी पाइरहेकी थिइन्। जब मैले उनलाई अध्ययनबाट गरेका प्राप्तिहरूबारे उत्साहका साथ कुरा गरिरहेको देखेँ, मलाई उनले धाक लगाइरहेकी छिन् जस्तो लाग्यो, र मेरो मन नकारात्मक भावनाले भरियो र मलाई साह्रै पीडा भयो। म प्रार्थना र खोजी गर्न परमेश्वरसामु आएँ, र त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढेँ: “कतिपय मानिसहरू आफूभन्दा अरू उत्तम र उच्च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरूले अन्य व्यक्तिहरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “त्यसैले, प्रतिष्ठा, हैसियत, वा चम्कने अवसर समावेश हुने कुनै पनि कुराको हकमा—उदाहरणका लागि, जब तिमीहरूले परमेश्वरको घरले विभिन्न किसिमका प्रतिभाशाली व्यक्तिहरूलाई संवर्धन गर्ने योजना बनाउँदैछ भनी सुन्छौ—तब तिमीहरूमध्ये हरेक जना चाहनाले सकसक गर्न थाल्छौ, र नाम कमाउन र चर्चाको केन्द्रमा आउन चाहन्छौ। तिमीहरू सबै जना प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्न चाहन्छौ। तिमीहरूलाई यो व्यवहारमा संलग्न हुन लाज लाग्छ, तर तिमीहरू त्यसो नगरी बस्न आफूलाई रोक्न सक्दैनौ। चुनिएका र चर्चाको केन्द्रमा आउने मानिसहरूलाई देख्दा तिमीहरूलाई डाहा लाग्छ, घृणा लाग्छ, र तिमीहरू गुनासो गर्छौ, अनि यो अन्यायपूर्ण छ भन्ने सोच्छौ: ‘म किन अलग देखिन सक्दिनँ? अरू मानिसहरू किन सधैँ चर्चाको केन्द्रमा हुन्छन्? मेरो पालो कहिल्यै किन आउँदैन?’ तिमीहरूलाई हृदयमा रिस उठ्छ, र तिमीहरूले त्यसलाई दबाउने प्रयास गरे पनि, तिमीहरू सक्दैनौ। तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ र तिमीहरूको स्थिति केही समयका लागि सुध्रन सक्छ, तर जब तिमीहरूले यस्तो प्रकारको परिस्थिति फेरि सामना गर्छौ, तब तिमीहरूले अझै पनि यसलाई विजय गर्न सक्दैनौ। के यो सानो कदको प्रकटीकरण होइन र? जब तिमीहरू यस्ता स्थितिहरूमा फस्छौ, तब के तिमीहरू शैतानको पासोमा परेका हुँदैनौ र? शैतानी भ्रष्ट प्रकृतिले मानिसहरूलाई यसरी नै बाँध्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो—म वाङ यानप्रति ईर्ष्याको स्थितिमा फसेकी थिएँ र आफूलाई त्यसबाट बाहिर निकाल्न सकेकी थिइनँ। सुरुमा, म उनीसँग सामान्य रूपमा सहकार्य गर्न सकेकी थिएँ किनभने अगुवाहरू र ब्रदर-सिस्टरहरू कामका मामिलाहरू लिएर मकहाँ आउँथे, साना-ठूला सबै कुरा मिलाउने र सम्हाल्ने जिम्मेवारी मेरो थियो, र समूहमा मेरो प्रभुत्व थियो। तर जब मैले वाङ यान बिस्तारै-बिस्तारै चम्किन थालेको, अगुवाहरूको अनुमोदन पाएको र सबैजना आफ्ना समस्या लिएर उनीकहाँ जान थालेको देखेँ, मलाई आफ्नो हैसियत खतरामा परेको महसुस भयो र म उनलाई मभन्दा अघि बढ्न दिन तयार थिइनँ। आफ्नो स्थान सुरक्षित गर्न, मैले उनलाई बहिष्कार गर्न थालेँ र उनलाई थप काम लिनबाट रोकेँ। अगुवाहरूले उनका सुझावहरूलाई अनुमोदन गरेको देखेर, म दुःखी भएँ, त्यसैले पछि भिडियो जाँच्दा, मैले उनीसँग छलफल र विचार-विमर्श गर्न छाडेँ। बरु, मैले उनलाई ओझेलमा पार्ने राम्रा परिमार्जनहरूप्रस्ताव गर्न गोप्य रूपमा कडा मेहनत गरेँ। जब अगुवाहरूले उनको भिडियो जाँचमा भएका विचलन र समस्याहरू औँल्याउनुभयो, उनीसँग मिलेर यी कुराहरूमा सारांश निकाल्नु र छलफल गर्नुको सट्टा, म मनमनै खुसी भएँ, र उनका सुझावहरू अगुवाहरूले मन नपराइदिए हुन्थ्यो भन्ने आशा गरेँ, ताकि म चम्किन सकूँ। जब वाङ यानले अध्ययन तथा आदानप्रदान बैठक सञ्चालन गरिन्, र मैले उनलाई बैठकमा चम्किरहेको देखेँ, मलाई ईर्ष्या र तिरस्कार महसुस भयो। उनलाई कामकुरा गाह्रो होस् भनेर मैले जानाजानी उनीसँग सहकार्य गरिनँ, जसले गर्दा उनले मेरो कारणले बाँधिएको महसुस गरिन्। पछि, उनलाई निरन्तर नाम कमाइरहेको, मेरो आफ्नै उपस्थिति भने घट्दै गएको देखेर, उनीप्रतिको मेरो घृणा झनै बढ्यो, र म ईर्ष्या र रिसको स्थितिमा जिएँ। भिडियो समीक्षा गर्ने कामको बोझ निकै धेरै थियो, र अगुवाहरूले परमेश्वरको गवाही दिने धेरै भिडियोहरू उत्पादन गर्न सकियोस् भनेर भिडियोको कामको बोझ उठाउन वाङ यानलाई मसँग सहकार्य गर्न खटाउनुभएको थियो। तर आफ्नो हैसियत जोगाउन, मैले मण्डलीको काम र उनको भावना दुवैको बेवास्ता गरेँ। मेरा सबै कार्य उनलाई बहिष्कार गर्ने र बाँध्ने किसिमका थिए, र अनजानमै, मैले भिडियोको काममा बाधा र अवरोध गरिरहेकी थिएँ। म साँच्चिकै स्वार्थी, घृणित र मानवताहीन थिएँ! यो सबै महसुस गरेपछि, मैले पश्चात्तापमा परमेश्वरलाई प्रार्थना गरेँ, र वाङ यानसँग मिलेर हाम्रा कर्तव्यहरू राम्रोसँग पूरा गर्ने इच्छा व्यक्त गरेँ।
केही समयपछि, उनको व्यावसायिक सीपमा उल्लेख्य प्रगति देखेर, मैले आफूलाई उनीसँग फेरि अनियन्त्रित रूपमा प्रतिस्पर्धा गरिरहेकी पाएँ। तर, जति धेरै प्रतिस्पर्धा गरेँ, मेरो हृदय त्यति नै अन्धकार भयो। भिडियो जाँच्दा, उनले सैद्धान्तिक कुराहरू उठाइन्, जबकि मैले सिद्धान्तहरूसँग सम्बन्धित नभएका सानातिना समस्या मात्र औँल्याएँ। मलाई धेरै लाज लाग्यो र उनीप्रति झनै बढी ईर्ष्या र रिस पालेँ। एक पटक, उनले मसँग भिडियो परिमार्जनका केही सुझावहरूबारे छलफल गरिन्। वास्तवमा, उनका सुझावहरू व्यावहारिक थिए, तर मलाई उनका सुझावहरू स्वीकार गर्दा म उनीभन्दा कमजोर देखिन्छु भन्ने लाग्यो। त्यसैले मैले सिद्धान्तहरूलाई विचार नगरी उनको सुझावहरूलाई अस्वीकार गरिरहेँ, र अन्तमा, उनले मेरो कारणले बाँधिएको महसुस गरेर आफ्नो विचारमा अडिग रहने आँट गरिनन् र मेरा विचारहरूअनुसार परिमार्जनहरू गरिन्। फलस्वरूप, अगुवाहरूले परिमार्जित भिडियो पहिलेको भन्दा खराब भएको पाउनुभयो। उहाँहरूले हामीलाई भिडियो किन यस्तो हुने गरी परिमार्जन गरिएको भनेर सोध्नुभयो। मैले केवल हल्का रूपमा यो मेरो अहङ्कार र सुझावहरू स्वीकार नगर्ने बानीले गर्दा भएको हो भनी स्वीकार गरेँ। समय बित्दै जाँदा, वाङ यान भिडियो जाँच्दा सिद्धान्तहरू लागू गर्न झन्-झन् सिपालु हुँदै गइन्, जबकि मैले एउटै भिडियो धेरै पटक हेर्दा पनि समस्याहरू पत्ता लगाउन सकिनँ। मलाई गहिरो अन्धकार र निराशा महसुस भयो। तर मलाई अझ ठूलो आश्चर्य के भयो भने केही समयपछि, म अचानक बिरामी परेँ र आफ्नो कर्तव्य पूरा गर्न सकिनँ, र अगुवाहरूले मलाई आराम गर्न घर जान भन्नुभयो। हिँड्ने दिन, मैले वाङ यानलाई कम्प्युटरमा व्यस्त रहेको देखेँ, र म पुच्छर लुकाएको कुकुरजस्तै महसुस गर्दै अनिच्छापूर्वक समूहबाट बिदा भएँ। मैले मनमा दुर्भावनापूर्ण विचारहरू पनि पालेँ, “अहिले तँ आफूलाई ठूलो नसम्झी! एकदिन तँ पनि मेरो जस्तै अवस्थामा पुग्नेछेस्!”
घर फर्केपछि, म एक्लो थिएँ र मेरो हृदयमा रित्तोपन र दिशाहीन महसुस भयो। मैले ब्रदर-सिस्टरहरू सबैले आ-आफ्ना कर्तव्य पूरा गर्न कडा मेहनत गरिरहेका, जबकि मैले कुनै कर्तव्य पूरा गर्न नसकेको कुरा सोचेँ। हामीबीचको यो भिन्नताले मलाई साह्रै दुःखी बनायो। यति महत्त्वपूर्ण कर्तव्य गुमाउँदा मलाई गहिरो पछुतो र पीडा भयो, र मैले अनगिन्ती पटक परमेश्वरलाई प्रार्थना गर्दै रोएँ। पछि, मलाई के महसुस भयो भने यो बिमारी संयोगवश भएको होइन, र यो परमेश्वरको ताडना र अनुशासन ममाथि आएको हो भन्ने कुरा मलाई स्पष्ट भयो। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “परमेश्वरले मानिसमा गर्ने सबै कामका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्वर अर्थहीन काम गर्नुहुन्न, न त मानिसलाई लाभ नहुने काम नै गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। परमेश्वरका वचनहरूमा मनन गर्दै, मैले परमेश्वरले गर्नुहुने हरेक काम अर्थपूर्ण हुन्छ, र मैले सामना गरिरहेको यो अवस्था पनि परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तको हिस्सा हो, र यसमा परमेश्वरको अभिप्राय लुकेको छ भन्ने सोचेँ। मैले सत्यता खोज्नुपर्छ र आफ्ना समस्याहरू बुझ्न आत्मचिन्तन गर्नुपर्छ भन्ने महसुस गरेँ। पछि, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ: “तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अति धेरै व्यक्तिगत धारणा, आशा र भविष्यका सम्भाव्यताहरू छन्। तिमीहरूको हैसियतको चाहना र अत्यधिक चाहनाहरूलाई काटछाँट गर्नका निम्ति अहिले यस तरिकाले काम गरिन्छ। यी आशाहरू, हैसियतप्रतिको यो चाहना, र यी धारणाहरू सबै शैतानिक स्वभावका नमुना हुन्। … तैँले जति यस तरिकाले पछ्याउँछस्, तैँले त्यति नै कम फल प्राप्त गर्छस्। व्यक्तिको हैसियतको चाहना जति ठूलो हुन्छ, उसलाई त्यति नै धेरै गम्भीर काटछाँट गर्नुपर्ने हुन्छ र त्यति नै ठूलो शोधन भोग्नुपर्ने हुन्छ। यस्ता मानिसहरू अत्यन्तै बेकम्मा हुन्छन्! तिनीहरूले आफ्नो हैसियतको चाहनालाई पूर्ण रूपमा त्याग्नका लागि धेरै काटछाँट र न्याय भोग्नैपर्छ। यदि तिमीहरूले अन्त्यसम्मै यसरी पछ्यायौ भने, तिमीहरूले कुनै फल प्राप्त गर्नेछैनौ। जीवन नपछ्याउनेहरू रूपान्तरित हुन सक्दैनन् र सत्यताका निम्ति नतिर्खाउनेहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेश पछ्याउनमा ध्यान दिँदैनस्, बरु परमेश्वरलाई प्रेम गर्न र उहाँको नजिक हुनबाट तँलाई बाँध्ने अत्यधिक चाहना र चीजहरूमा सधैँ ध्यान दिन्छस्। के ती कुराहरूले तँलाई रूपान्तरण गर्न सक्छन्? के तिनले तँलाई राज्यभित्र ल्याउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “त्यसकारण, मान्छेको भ्रष्ट स्वभावले ख्याति, लाभ, र हैसियतलाई नै प्रेम गर्छ र पछ्याउँछ, बस फरकफरक मानिसहरूले पछ्याउने र व्यक्त गर्ने तरिकाहरू मात्र फरकफरक हुन्छन्। … यदि तँ सधैँ ख्याति, लाभ, र हैसियतमा ध्यान दिन्छस् भने, यदि तँ यी कुराहरूमा अत्यधिक महत्त्व दिन्छस् भने, यदि यी कुराहरूले तेरो हृदय ओगट्छन् भने, र यदि यी कुराहरू त्याग्न तँ अनिच्छुक छस् भने, तँ यी कुराहरूको नियन्त्रण र बन्धनमा पर्नेछस्। तँ यी कुराहरूको दास बन्नेछस्, र अन्त्यमा, यी कुराहरूले तँलाई पूर्ण रूपमा बरबाद पार्नेछन्। तैँले यी कुराहरू त्याग्न र छोड्न, अरूलाई सिफारिस गर्न, र राम्रा अवसरहरू आउँदा अरूलाई अलग देखिन दिन सिक्नैपर्छ। अलग देखिने र चम्कने अवसरहरू आउँदा तिनका लागि प्रतिस्पर्धा वा होडबाजी नगर्। तँ आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न सक्षम हुनैपर्छ, तर तैँले आफ्नो कर्तव्य निर्वाह पटक्कै रोक्नु पनि हुँदैन। गुमनाम भएर काम गर्ने, धाक नलगाउने, र अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्। तैँले आफ्नो अभिमान र हैसियत जति धेरै त्याग्छस्, र तैँले आफ्ना स्वार्थहरू जति धेरै त्याग्छस्, तँलाई त्यति नै धेरै शान्ति महसुस हुनेछ, तेरो हृदयमा त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै राम्रो बन्नेछ। तैँले जति धेरै प्रतिस्पर्धा र होडबाजी गर्छस्, तेरो स्थिति त्यति नै अन्धकारमय हुनेछ। यदि तँ मलाई विश्वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको भ्रष्ट स्थितिलाई बदल्न चाहन्छस्, र ख्याति, प्राप्ति, र हैसियतद्वारा नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोज्नैपर्छ, ख्याति, प्राप्ति, र हैसियतको सार छर्लङ्गै देख्नैपर्छ, र त्यसपछि ती कुरा छोड्नैपर्छ र त्याग्नैपर्छ। नत्र, तैँले ख्याति, प्राप्ति, र हैसियतका लागि जति धेरै प्रतिस्पर्धा गर्छस्, तेरो हृदय त्यति नै अन्धकारमय हुनेछ। तैँले तिनका लागि जति धेरै प्रतिस्पर्धा गर्छस्, अरूप्रतिको तेरो डाहा र घृणा त्यति नै बढ्दै जानेछ। तँ तिनका लागि झन् धेरै लड्न चाहनेछस्, र जब तैँले ती कुरा प्राप्त गर्न सक्दैनस्, तब तँलाई त्यति नै धेरै घृणा महसुस हुनेछ। तँलाई जति धेरै घृणा महसुस हुन्छ, तँ भित्री रूपमा त्यति नै अन्धकारमय हुनेछस्, तेरो कर्तव्य निर्वाह त्यति नै खराब हुँदै जानेछ, र तेरो कर्तव्य निर्वाह जति खराब हुन्छ, तँलाई परमेश्वरको घरले त्यति नै कम प्रयोग गर्न सक्छ। यो एक-आपसमा जोडिएको दुष्चक्र हो। यदि तँ आफ्नो कर्तव्य कहिल्यै राम्ररी पूरा गर्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूको खुलासामार्फत, मैले के देखेँ भने शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, हामी सबैले प्रतिष्ठा र हैसियतलाई प्रेम गर्छौँ। हामी जति धेरै प्रतिष्ठा र हैसियतको पछि लाग्छौँ, त्यति नै धेरै हामी त्यसबाट बाँधिन्छौँ र नियन्त्रित हुन्छौँ, र त्यसबाट उम्कन सक्दैनौँ, र अन्तमा, धेरै दुष्टता गरेकाले हामी परमेश्वरद्वारा तिरस्कृत भई हटाइनेछौँ। वाङ यानसँग काम गरेको समयबारे चिन्तन गर्दा, जब मेरो हैसियत खतरामा पर्यो, तब मलाई ईर्ष्या लाग्यो र मैले उनलाई पन्छाएँ। म त्यसलाई स्वीकार गर्न जति धेरै अनिच्छुक भएँ, त्यति नै धेरै प्रतिस्पर्धा गरेँ, र जति धेरै प्रतिस्पर्धा गरेँ, त्यति नै मेरो हृदय अन्धकार र पीडादायी भयो, र पनि मेरो कर्तव्य पूरा गर्ने अगाडि कुनै मार्ग पनि थिएन। अब म बिरामी परेर घर पठाइएकी थिएँ, मसँग कर्तव्य पूरा गर्ने कुनै अवसर थिएन। यो त परमेश्वरले मेरो प्रतिष्ठा र हैसियतको चाहनालाई काटछाँट गर्दै हुनुहुन्थ्यो! म यो अवस्थामा किन पुगेकी छु भन्नेबारे मैले चिन्तन गर्न थालेँ। परमेश्वरका वचनहरूले के खुलासा गरे भने “यी आशाहरू, हैसियतप्रतिको यो चाहना, र यी धारणाहरू सबै शैतानिक स्वभावका नमुना हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। मैले शैतानले मानिसहरूमा भर्ने विषहरू, जस्तै, “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ,” “अरूभन्दा माथिको पदमा रहने,” र “अरूभन्दा असल बन” लाई आफ्नो जीवनमा पछ्याउने लक्ष्यका रूपमा लिएँ। म सधैं मानिसहरूमाझ एक प्रमुख स्थान ओगट्न चाहन्थेँ, र यसले मात्र मलाई आफ्नो उपस्थितिको अनुभूति दिनेछ र जीवनलाई मूल्यवान र अर्थपूर्ण बनाउनेछ भन्ने लाग्थ्यो। सुपरभाइजर बनेपछि, मैले आफूलाई मण्डलीमा एक दुर्लभ प्रतिभाशाली व्यक्ति हुँ भन्ने महसुस गरेँ। अगुवा र ब्रदर-सिस्टरहरू कामका मामिलाहरूबारे छलफल गर्न मकहाँ आउँथे, र ब्रदर-सिस्टरहरूले बनाएका भिडियोहरू मैले नै समीक्षा र जाँच गर्थेँ। मेरो घमन्डले ठूलो सन्तुष्टि पाएको थियो। वाङ यानसँग काम गर्न थालेपछि, जब उनी बिस्तारै चम्किन थालिन्, तब म ईर्ष्यालु भएँ र मैले यो स्वीकार गर्न सकिनँ। आफ्नो हैसियत जोगाउन मैले उनलाई एक्ल्याएँ, बेवास्ता र बहिष्कार गरेँ। तर जति धेरै प्रतिस्पर्धा गरेँ, मेरो आत्मा त्यति नै अन्धकार भयो। उनको कर्तव्यको प्रभावकारिता झन्-झन् बढ्दै गएको देखेर, मलाई यो स्वीकार गर्न झनै गाह्रो भयो र झनै तिक्तता बढ्यो। अन्तमा, आफ्नो अभिमान र हैसियत जोगाउन मैले आफ्नो कुण्ठासमेत कर्तव्यमा पोखें। मैले उनको सुझावहरूको उपयुक्तताको वास्ता नगरी अस्वीकार गरिरहेँ, जसले गर्दा भिडियोहरूमा फेरि काम गर्नुपर्यो र प्रगतिमा ढिलाइ भयो। जब म वाङ यानसँग काम गरिरहेकी थिएँ, उनी व्यावसायिक सीपमा राम्रो भएकीले, र मैले सिद्धान्तहरू बढी बुझेकीले हाम्रो सहकार्यले एकअर्काको सबलताहरूबाट सिक्ने र कमजोरीहरूलाई परिपूर्ति गर्ने मौका दिएको थियो, ताकि हाम्रा कर्तव्यको नतिजा अझ राम्रो हुन सकोस्। तर, मेरो दिमाग प्रतिष्ठाका लागि सङ्घर्ष गर्नमा व्यस्त थियो। टोलीमा मेरो प्रमुख स्थान जोगाउन मैले उनलाई दबाएँ र बहिष्कार गरेँ, जसले भिडियोको काममा बाधा र अवरोध ल्यायो र उनलाई बन्धनमा राख्यो। यी शैतानी विषहरूअनुसार जिएर, ममा कुनै विवेक वा समझ थिएन, मेरो हृदय ईर्ष्या र दुर्भावनाले भरिएको थियो, र मैले आफ्नो कर्तव्यमा कुनै राम्रो काम गरिनँ, जसले काममा ढिलाइ मात्र गरेन, मेरा लागि दाग र अपराधहरू पनि छोड्यो। यो बुझेपछि, मलाई पछुतो र आत्मग्लानि भयो, र मैले आफ्ना कार्यहरूलाई घृणा गरेँ। त्यसैले, मैले परमेश्वरसामु पश्चात्ताप गरेँ, र अब उप्रान्त आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन चाहिनँ।
एक बिहानको उपासनामा, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ, जसले मलाई आफ्नो बारेमा केही बुझ्न मद्दत गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू जहाँ भए नि सबैभन्दा उच्च पद ओगट्न चाहन्छन् नै भन्ने हुँदैन। कुनै ठाउँमा जाँदा तिनीहरूसँग एउटा स्वभाव र मानसिकता हुन्छ जसले तिनीहरूलाई कुनै काम गर्न बाध्य पार्छ। त्यो मानसिकता के हो? त्यो हो: ‘मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!’ किन एउटा ‘प्रतिस्पर्धा’ नभई, तीनवटा ‘प्रतिस्पर्धा’? (प्रतिस्पर्धा तिनीहरूको जीवन बनेको हुन्छ र तिनीहरू यसैअनुसार जिउँछन्।) यो तिनीहरूको स्वभाव हो। तिनीहरू अत्यन्तै अहङ्कारी र काबुमा राख्न कठिन स्वभावका साथ जन्मेका हुन्छन्, अर्थात् तिनीहरू आफूलाई कोहीभन्दा कम ठान्दैनन् र तिनीहरू अत्यन्तै घमण्डी हुन्छन्। तिनीहरूको यस्तो चरम अहङ्कारी स्वभावलाई कसैले काबुमा राख्न सक्दैन; तिनीहरू आफैले पनि यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यसकारण तिनीहरूको जीवन नै लडाइँ र प्रतिस्पर्धा हुन्छ। तिनीहरू केका लागि लडाइँ र प्रतिस्पर्धा गर्छन्? स्वाभाविक रूपमै तिनीहरू ख्याति, प्राप्ति, हैसियत, इज्जत र आफ्नै हितहरूका लागि प्रतिस्पर्धा गर्छन्। तिनीहरूले जस्तोसुकै विधिहरू प्रयोग गर्नु परे पनि, सबै जना तिनीहरूप्रति समर्पित हुन्छन् भने, तिनीहरूले आफ्ना लागि फाइदा र हैसियत प्राप्त गर्न सक्छन् भने, तिनीहरूले आफ्नो लक्ष्य हासिल गरिसकेका हुन्छन्। प्रतिस्पर्धा गर्ने तिनीहरूको इच्छा क्षणिक रमाइलो होइन; यो शैतानी प्रकृतिबाट आउने स्वभाव हो। यो त स्वर्ग, पृथ्वी र मानिसहरूसँग लडाइँ गर्ने ठूलो रातो अजिङ्गरको जस्तो स्वभाव हो। अहिले, मण्डलीमा ख्रीष्टविरोधीहरूले अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्दा तिनीहरू के चाहन्छन्? निस्सन्देह, तिनीहरूले प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, प्राप्ति र हैसियत मात्रै पछ्याउने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा कामदारको रूपमा, तैँले परमेश्वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिका लागि काम गरिरहेको छैनस्, त्यो त परै जाओस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्। बरु, तैँले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। विशेष गरी परमेश्वरको आज्ञाबाट नै यो कर्तव्य आयो। त्यसैले यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसका लागि परमेश्वरप्रति जवाफदेही हुनुपर्नेछ; अन्त्यमा, परमेश्वरलाई एउटा लेखा दिनैपर्छ, एउटा परिणाम निक्लिनैपर्छ। किनभने तैँले जे स्वीकार गरेको छस् त्यो परमेश्वरको आज्ञा हो, एउटा पवित्र जिम्मेवारी हो, र त्यसकारण यो जिम्मेवारी जति नै महत्त्वपूर्ण वा सानो भए पनि, यो गम्भीर कुरा हो। यो कति गम्भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्वरको विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्वरले लेखा राख्नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्नेबारेमा उहाँका आफ्नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; परमेश्वर तेरो कर्तव्य निर्वाहको सम्पूर्णताका आधारमा तेरो परिणाम निर्धारित गर्नुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूले ख्रीष्टविरोधीहरूको “प्रतिस्पर्धा” गर्ने झुकावको प्रकृतिलाई विस्तृत रूपमा खुलासा गर्छन्, र ख्रीष्टविरोधीहरूको ख्याति र प्राप्तिका लागि गर्ने प्रतिस्पर्धाको प्रकृति र परिणामहरूबारे स्पष्ट रूपमा सङ्गति गर्छ। म डर र त्रासले भरिएँ, र वाङ यानसँग काम गरेका दिनहरूलाई याद नगरी रहन सकिनँ। प्रतिष्ठा र हैसियतका लागि, मैले आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई बेवास्ता गरेँ, मण्डलीको कामको कुनै वास्ता गरिनँ, र निरन्तर वाङ यानसँग प्रतिस्पर्धा गरिरहेँ। अन्तमा, म बिरामी परेँ र आफ्ना कर्तव्य पूरा गर्न सकिनँ। परमेश्वरले मलाई माथि उठाउनुभएको थियो र भिडियोको कामका लागि जिम्मेवार हुने अवसर दिनुभएको थियो, तर मैले त्यसको कुनै कदर गरिनँ। स्वार्थी चाहनाहरूद्वारा प्रेरित भएर, काममा ढिलाइ हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले प्रतिस्पर्धा गरिरहेँ। म ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेकी थिएँ, र मैले भिडियोको काममा बाधा र अवरोध पुर्याएँ, र परमेश्वरको स्वभावको उल्लङ्घन गरेँ। मैले सम्झेँ, म निस्किँदा वाङ यानलाई अझै पनि आफ्नो कर्तव्य पूरा गरिरहेकी देख्दा, आफूलाई भने पुच्छर लुकाएको कुकुरजस्तै महसुस हुँदा, मलाई विशेष गरी कुण्ठा भयो, र मैले उसले पनि आफ्नो कर्तव्य गुमाओस् भन्ने दुर्भावनापूर्ण सोचहरूसमेत पालेँ। मैले आफू प्रतिष्ठामा डुबेकी, आफ्नो विवेक र समझ गुमाएकी, र अहङ्कारी र दुर्भावनापूर्ण बनिरहेकी देखेँ। यदि मैले पश्चात्ताप गरिनँ भने, परमेश्वरमाथिको मेरो विश्वासको अन्त्य हुने थियो। यो सबै कुरा बुझेपछि, मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँसामु पश्चात्ताप गर्न तयार छु र भविष्यमा फेरि यस्तो गर्नेछैन।” त्यही समयमा, मलाई के महसुस भयो भने परमेश्वरले मलाई दुष्टता गर्ने बाटोमा हिँडिरहनबाट रोक्न, र भिडियोको काममा बाधा र अवरोध पुर्याउने ठूला दुष्टताहरू गर्न नदिन यो बिमारी प्रयोग गर्नुभयो। यो परमेश्वरको प्रेम र सुरक्षा थियो, र मैले आफ्नो हृदयमा परमेश्वरलाई धन्यवाद दिएँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ जसमा भनिएको छ: “यदि तँ साँच्चै परमेश्वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। … सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “व्यक्तिको सबलता, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, उसले कुनै पनि पूरा काम आफै वहन गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्भावपूर्ण सहकार्य गर्न सिक्नुपर्छ। यही कारणले गर्दा, सद्भावपूर्ण सहकार्य आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त हो। जबसम्म तैँले त्यसमा आफ्नो सारा हृदय, सारा मेहनत, अनि आफ्नो अर्पण लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वरका अभिप्रायहरूलाई साँच्चै ख्याल गर्ने र आफ्ना कर्तव्यका लागि बोझ बोक्नेहरूले नै प्रतिभाशाली व्यक्तिहरूको संवर्धन गर्न आफ्ना व्यक्तिगत प्रतिष्ठा र हैसियतलाई पन्छाउन सक्छन्। यो परमेश्वरद्वारा सम्झना गरिने कुरा हो। वास्तवमा, कुनै व्यक्ति जतिसुकै सक्षम, योग्य, र अनुभवी भए पनि, उसले एक्लै सबै कामको बोझ उठाउन असम्भव छ। यदि प्रतिभाशाली व्यक्तिहरूको संवर्धन गर्न सकिन्छ, र ब्रदर-सिस्टरहरूले एक-अर्कासँग सहकार्य गरेर आफ्ना कार्यहरू पूरा गर्न सक्छन् भने, के यो मण्डलीको कामका लागि धेरै लाभदायक हुँदैन र? मैले आफू धेरै साँघुरो सोच भएकी देखेँ। पछि मैले वाङ यानसँग काम नगरे तापनि, मैले जोसुकैसँग काम गरे पनि, म परमेश्वरका वचनहरूलाई व्यवहारमा लागू गर्न, र परमेश्वरको अभिप्रायलाई विचार गरेर आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्ने व्यक्ति बन्न तयार थिएँ।
त्यसपछि, म मण्डली अगुवा चुनिएँ र सिस्टर चेन फेङसँग सहकार्य गर्न खटाइएँ। यो खबर सुनेपछि, मैले सोचेँ, “चेन फेङ पहिले भिडियो बनाउने कर्तव्य पूरा गर्थिनन् र? म उनको सुपरभाइजर थिएँ। उनी अहिले मण्डलीको अगुवा बन्नेछिन् भन्ने मैले अपेक्षा गरेकी थिइनँ।” उनीसँग केही समय काम गरेपछि, उनले तीव्र गतिमा प्रगति गरेकी र धेरै क्षेत्रमा निपुण बनेकी मैले देखेँ। मलाई चिन्ता लाग्यो कि उनले छिट्टै मलाई उछिन्न सक्छिन्, र त्यसपछि ब्रदर-सिस्टरहरूले मभन्दा उनलाई बढी सम्मान गर्नेछन्। त्यसैले म उनलाई हरेक समूहको भेलामा पठाउन अनिच्छुक भएँ। यस बिन्दुमा, मैले आफ्नो स्थिति गलत रहेको महसुस गरेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, आफ्नो व्यक्तिगत प्रतिष्ठा र हैसियतलाई त्याग्ने, र उनीसँग मिलेर सहकार्य गर्न सिक्ने, एउटै हृदय र एउटै मनले मण्डलीको काम राम्रोसँग गर्ने इच्छा व्यक्त गरेँ। त्यसपछि, चेन फेङ र म हरेक समूहमा सँगै गयौँ र भेलाहरू सञ्चालन गर्न एकअर्कासँग सहकार्य गर्यौँ। जब म प्रतिष्ठा र हैसियतबाट बाँधिन छाडेँ, तब मैले आफ्नो हृदयमा शान्त र सहजता महसुस गरेँ।
पछि, मैले थप आत्मचिन्तन गरेर के पत्ता लगाएँ भने म त एउटा भ्रामक दृष्टिकोण बोकेर हिँडेकी रहेछु, जुन पद र अनुभवको आधारमा श्रेणी छुट्याउने धारणा थियो। म सोच्थेँ, म पहिले सुपरभाइजर भएर केही ब्रदर-सिस्टरहरूको कामका लागि जिम्मेवार रहेकीले, म उनीहरूभन्दा राम्रो हुनुपर्छ, खराब होइन। मैले परमेश्वरका वचनहरू पढेँ जसमा भनिएको छ: “मण्डलीमा तिमीहरूसँग यस्तै वातावरण हुनुपर्छ—हरेकले सत्यतामा ध्यान केन्द्रित गर्ने र त्यसलाई प्राप्त गर्न लागिपर्ने अवस्था हुनुपर्छ। मानिसहरू जति वृद्ध वा जवान भए पनि वा तिनीहरू अनुभवी विश्वासी भए पनि नभए पनि केही फरक पर्दैन। न त तिनीहरूसँग राम्रो क्षमता वा कमजोर क्षमता हुँदा नै केही फरक पर्छ। यी कुराहरूले केही फरक पर्दैन। सत्यताको अघि, सबै समान हुन्छन्। तैँले हेर्नुपर्ने कुरा भनेको कसले सही तरिकाले र सत्यताअनुरूप बोल्छ, कसले परमेश्वरको घरका हितहरूबारे विचार गर्छ, परमेश्वरको घरका काममा कसले सबैभन्दा बढी बोझ लिन्छ, कसले अझै स्पष्ट रूपमा सत्यता बुझ्छ, कोसँग न्यायको बोध छ र को मूल्य चुकाउन तयार छ भन्ने हो। त्यस्ता मानिसहरूलाई तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र प्रशंसा गर्नुपर्छ। सत्यताको खोजीबाट आउने यो सीधापनको वातावरण नै मण्डलीमा हाबी हुनुपर्छ; यस तरिकाले, तिमीहरूसँग पवित्र आत्माको कार्य हुनेछ, र परमेश्वरले आशिष्हरू र अगुवाइ प्रदान गर्नुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी आफ्नो कर्तव्य निर्वाह गर्ने व्यक्तिले मात्रै परमेश्वरलाई प्रेम गर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने परमेश्वरको नजरमा सबैजना बराबर छन्। कसैले कति लामो समयदेखि आफ्नो कर्तव्य गरेको छ वा के कर्तव्य गरिरहेको छ भन्ने कुराले फरक पार्दैन, जबसम्म उनीहरूले मण्डलीको हितलाई कायम राख्छन् र आफूले सङ्गति गरेका कुरा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ, तबसम्म हामीले स्वीकार र पालन गर्दै सहयोग र सहकार्य गर्नुपर्छ। म पहिले सुपरभाइजर भए पनि, यसको अर्थ यो होइन कि मैले सबै कुरा बुझेकी वा जानेकी थिएँ। चेन फेङमा मभन्दा राम्रो खुट्याइशक्ति थियो, र उनले मेरो कर्तव्यमा भएका विचलन र समस्याहरू पत्ता लगाउन सक्थिन्। उनको मार्गदर्शन र पूरक सहयोगले, काम अझ राम्रोसँग पूरा हुन सक्थ्यो। मैले आफूलाई पटक्कै बुझेकी रहेनछु, सधैं आफूलाई सुपरभाइजरको पदको कारणले श्रेष्ठ ठान्दो रहेछु भन्ने देखेँ। म कति अहङ्कारी र असमझदार थिएँ! अब मैले बुझेँ, हरेक व्यक्तिसँग फरक-फरक सबलता र फाइदाहरू हुन्छन्, र परमेश्वरले हामीलाई एकअर्काको सबल पक्षबाट सिकौँ र कमजोरीहरूलाई परिपूर्ति गरौँ भनेर हाम्रा कर्तव्यमा सहकार्य गर्न खटाउनुहुन्छ, ताकि हाम्रो कर्तव्यको प्रभावकारिता निरन्तर सुधारिन सकोस्। परमेश्वरलाई धन्यवाद!