३४. के दयालु हुनुले असल मानवतालाई दर्शाउँछ त?

शियाओ जिन, चीन

सन् २०२३ को अगस्टमा, म मण्डलीमा लेखन-पठनको कामका लागि जिम्मेवार थिएँ। सामान्यतया, ब्रदर-सिस्टरहरूलाई आफ्ना पेसा वा काममा कठिनाइहरू आइपर्दा, म धैर्यपूर्वक मार्गदर्शन र मदत गर्थेँ। हरेक सङ्गतिपछि, सबैको अनुहारमा मुस्कान देख्दा म धेरै खुसी र सन्तुष्ट हुन्थेँ। सबैले मलाई अनुमोदन गरे भन्‍ने मलाई महसुस हुन्थ्यो। केही समयपछि, मैले टोली अगुवा, सिस्टर वाङ यिङमा आफ्नो कर्तव्यमा बोझको भावनाको कमी भएको र उनले कामलाई बेवास्तापूर्वक लिने गरेको याद गरेँ। कामका नतिजा कमजोर हुँदा, उनी सबैलाई अगुवाइ गर्दै समस्याहरूको सार निकाल्न अग्रसर हुन्नथिइन्। आफ्नो दैनिक कर्तव्यमा, उनले आदेश दिने र अरूलाई काम अह्राउने मात्र गर्थिन्। साथै, उनी प्रवचनहरू छान्ने काममा लगनशील थिइनन् र साधारण विषयहरूमा बारम्बार गल्ती गर्थिन्। उनीसँग काम गर्ने सिस्टरले उनका समस्याहरू औँल्याउँदा, उनले मुखले त स्वीकार गरिन्, तर पछि, झारा टार्ने गरिराखिन्। सुरु-सुरुमा, उनी जवान छिन् र परमेश्‍वरमा विश्वास थालेको धेरै भएको छैन भन्ने देखेर मैले उनलाई मदत र मार्गदर्शन गरेँ। तर केही समयपछि, मैले उनी खासै परिवर्तन भएको देखिनँ। मैले उनका समस्याहरूको गम्भीरता बुझाउन सङ्गति गरेर ती समस्याहरू खुलासा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर जब साँच्चै नै उनलाई खुलासा गर्ने समय आयो, मलाई चिन्ता लाग्यो। मैले मनमनै सोचेँ, “यदि मैले कठोर रूपमा बोलेँ भने, के उनले मलाई निष्ठुर र भावनाहीन, उसका कमजोरीहरू नबुझ्ने ठान्नेछिन्? अनि यदि उनले अरू ब्रदर-सिस्टरहरूलाई मेरो बारेमा यस्तै कुरा गरिन् भने, के उनीहरू सबैले ममा प्रेमको कमी छ र मेरो मानवता खराब छ भनी ठान्नेछैनन् र? त्यसोभए भविष्यमा कसले मलाई समर्थन गर्ला र? सायद मैले उनको खुलासा र काटछाँट गर्नुहुँदैन। बरु मैले धैर्यपूर्वक उनलाई मदत गर्नुपर्छ।” त्यसैले, मैले वाङ यिङलाई उनको काममा कहाँ कमी छ भनी सरसर्ती उल्लेख गरेँ र उनको कर्तव्य पूरा गर्दाका केही झाराटारुवा व्यवहारहरू औँल्याएँ। यो सुनेपछि, वाङ यिङले आफूमा बोझको भावना नभएको कुरा मात्र स्वीकार गरिन् तर आफ्नो झाराटारुवा कर्तव्य निर्वाहले काममा पुर्‍याएको क्षतिप्रति कुनै आत्मचिन्तन वा बुझाइ देखाइनन्। त्यसपछि उनी तुरुन्तै आफूलाई मन पर्ने विषयमा कुरा गर्न थालिन्, र केही पनि भएकै छैन जस्तो गरी खुसी भइन्। उनको प्रतिक्रिया देख्दा, मेरो सङ्गतिले कुनै असर पारेनछ भन्‍ने मैले थाहा पाएँ। तर त्यसपछि मैले सोचेँ, “मैले उनलाई सम्झाएँ त, र उनले परिवर्तन हुनेछु भनेकी थिइन्, त्यसैले अझै हेर्दै जाऊँ न त।” पछि, मैले वाङ यिङमा आफ्नो कर्तव्यमा बोझको भावना अझै नआएको पाएँ। म निकै चिन्तित भएँ, र मैले उनका समस्याहरूलाई कठोरतापूर्वक खुलासा गर्नुपर्छ, नत्र यसले कामलाई गम्भीर असर पार्नेछ भनी सोचेँ। एक पटक, मैले उनको काममा मार्गदर्शन गर्दा, मैले कठोर रूपमा उनको काटछाँट गरेँ। उनले टाउको निहुराएर, निधार खुम्च्याएर, दुःखी भएको देखेर, मेरा टिप्पणीहरू धेरै कठोर भए कि भन्‍ने मलाई लाग्यो। मैले मनमनै सोचेँ, “के उनले मलाई पूर्णतया भावनाहीन र मेरा शब्दहरू धेरै चोट पुऱ्याउने खालका छन् भनी ठान्नेछिन्? भविष्यमा पनि उनमा मेरो राम्रो छाप रहिरहला र?” त्यसैले, मैले तुरुन्तै सान्त्वना र प्रोत्साहनका केही शब्दहरू भनेँ, र काटछाँटमा पर्नु राम्रो कुरा हो, उनले नकारात्मक महसुस गर्नुहुँदैन, र भविष्यमा परिवर्तन गरे पुग्छ भनेँ। तर पछि, उनमा आफ्नो कर्तव्यप्रति अझै पनि बोझको भावना थिएन, जसले गर्दा काममा गम्भीर ढिलाइ भयो। अन्त्यमा, उनलाई बर्खास्त गर्नुबाहेक मसँग कुनै विकल्प थिएन।

उनको बर्खास्तीपछि, माथिल्लो अगुवाले मलाई सोध्नुभयो, “तपाईंले वाङ यिङका समस्याहरू पहिले नै याद गर्नुभएको थियो। तपाईंले किन उनलाई काटछाँट र खुलासा गर्नुभएन? त्यसरी, उनी चाँडै नै परिवर्तन हुन सक्थिन्, र यदि तपाईंले उनी पश्चात्ताप गर्दिनन् भनी थाहा पाउनुभएको भए, तपाईंले उनलाई पहिले नै बर्खास्त गर्न सक्नुहुन्थ्यो। उनको निरन्तर झारा टार्ने मनोवृत्तिले कत्ति धेरै काममा ढिलाइ गरेको छ!” अगुवाका कुराहरू सुनेपछि, मैले चिन्तन गर्न थालेँ, “मैले वाङ यिङका समस्याहरू धेरै अघिदेखि याद गरेको थिएँ र उनलाई धेरै पटक सम्झाएको थिएँ, तर मैले उनका समस्याहरूको प्रकृतिलाई कहिल्यै चिरफार गरिनँ, तिनलाई राम्ररी सम्बोधन नगरी सतही रूपमा मात्र बताएँ। मैले पहिले पनि यस्तै व्यवहार गरेको थिएँ। म किन अरूका समस्याहरू भेट्टाउँदा तिनलाई औँल्याउन र खुलासा गर्न असमर्थ हुन्छु, र धेरै कठोर हुँदा अरूमा मेरो नराम्रो छाप बस्छ कि भनी सधैँ डराउँछु? यहाँ खास समस्या के हो त?” मैले परमेश्‍वरलाई प्रार्थना गर्दै उहाँसँग मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्नै समस्याहरू चिन्न सकूँ भनी बिन्ती गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब केही मण्डली अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूले झाराटारूवा रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको देख्छन्, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि हप्काउँदैन। उसले परमेश्‍वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्‍चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्‍नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्‍वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्‍ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झुटा अगुवाहरूले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा चिरफार गर्दैनन्। उसले कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु उसले सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूलाई प्रोत्साहित गर्छ, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, उसले यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्‍ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्‍दहरू बोल्छ। परिणामस्वरूप, परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्‍वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्‍वरले भन्दा बढी बुझेको छ। परमेश्‍वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्‍वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्‍न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्‍वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्‍दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्‍वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्‍न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्‍नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ। वास्तवमा, त्यस अगुवासँग सत्यता वास्तविकता हुँदैन, र उसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका सन्दर्भमा बोझ पटक्‍कै लिँदैन। उसले शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न, अनि अरूसँगको आफ्नो सम्बन्ध कायम राख्‍न मात्रै सक्छ। ऊ पाखण्डी विधिहरू प्रयोग गरेर धाक लगाउन सिपालु हुन्छ, उसको बोली र व्यवहार मानिसहरूका धारणाहरू अनुरूप हुन्छ, र यसरी उसले मानिसहरूलाई बहकाउँछ। उसलाई सत्यताबारे कसरी सङ्गति गर्ने वा आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, र यसले गर्दा उसले अरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन असम्भव हुन्छ। उसले प्रतिष्ठा र हैसियतका खातिर मात्रै काम गर्छ, र मानिसहरूलाई फन्दामा पार्ने कर्णप्रिय शब्दहरू मात्रै बोल्छ। उसले मानिसहरूलाई उसको आराधना गर्न र आदर गर्न लगाउनुको प्रभाव हासिल गरिसकेको हुन्छ, अनि मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा गम्भीर असर र ढिलाइ गरेको हुन्छ। के यस्तो व्यक्ति ख्रीष्टविरोधी होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरले खुलासा गर्नुहुन्छ, ब्रदर-सिस्टरका कर्तव्यमा समस्याहरू भेट्टाउने तर तिनीहरूको खुलासा वा काटछाँट नगर्ने झूटा अगुवाहरूलाई काममा कति ढिलाइ भयो वा यी समस्याहरूको प्रकृति कति गम्भीर छ भन्‍ने वास्ता नै हुँदैन। तिनीहरू केवल सतही रूपमा बोल्छन् र समस्याहरू समाधान गर्न सत्यताको सङ्गति गर्दैनन्। साथै, तिनीहरू जतिबेला नि आफूखुसी गर्न दिने र सहनशील बन्छन्, अरूलाई मायालु रहेको आभास गराउँछन्, र यसरी अरूको अनुमोदन र समर्थन पाउने प्रयास गर्छन्। यो मानिसहरूको हृदय जित्न र तिनीहरूलाई भ्रमित पार्नका लागि गरिन्छ, र यो ख्रीष्टविरोधीहरूको अभ्यास हो। वास्तवमा, म यस्तै थिएँ। वाङ यिङले आफ्नो कर्तव्यमा झारा टारिरहेकी र वास्तविक काम नगरिरहेकी देख्दा, यसरी कर्तव्य पूरा गर्दा काममा गम्भीर ढिलाइ हुन्छ र उनले पश्चात्ताप गरिनन् भने उनलाई बर्खास्त गर्नु नै एक मात्र विकल्प हुनेछ भन्‍ने मलाई थाहा थियो। तर जब मैले उनका समस्याहरू औँल्याउन चाहेँ, तब उनले मलाई उनका कमजोरीहरूप्रति सहानुभूति नराखिरहेको, निष्ठुर र भावनाहीन बनेको, प्रेम र मानवता नभएको भन्लिन् कि भनी डराएँ। उनको नजरमा राम्रो छवि कायम राख्नका लागि, मैले उनको काटछाँट र खुलासा गर्ने आँट नै गर्न सकिनँ। बरु, उनलाई आफ्ना कर्तव्यहरूमा अझ बढी मन लगाउनु भनी सतही रूपमा मात्र सम्झाएँ, तर उनका कार्यहरूको प्रकृति र परिणामहरू खुलासा गरिनँ। पछि, वाङ यिङ अझै पनि आफ्ना कर्तव्यहरूमा झारा टारिरहेकी देखेर मैले केही कठोर शब्दहरू मात्र भनेँ, तर जब मैले उनलाई टाउको निहुराएर दुःखी भएको देखेँ, तब उनले मेरो बारेमा के सोच्लिन् भनी चिन्ता गर्न थालेँ, त्यसैले मैले तुरुन्तै सान्त्वना र प्रोत्साहनका केही शब्दहरू भनेँ। परिणाम स्वरूप, वाङ यिङले आफ्ना समस्याहरू गम्भीर छन् भनी महसुस गरिनन् र पटक्कै पश्चात्ताप वा परिवर्तन गरिनन्, र अन्त्यमा, उनी बर्खास्त भइन्। ब्रदर-सिस्टरका समस्याहरू सामना गर्दा, मैले तिनलाई समाधान गर्न सत्यताको सङ्गति कसरी गर्ने भन्‍नेबारे पटक्कै विचार गरिनँ। मैले उनीहरूको नजरमा आफ्नो दयालु र मायालु छवि कायम राख्नमा मात्र ध्यान केन्द्रित गरेँ, र म निरन्तर आफूलाई ढाकछोप गर्दै थिएँ। अब मैले बल्ल के देखेँ भने यो तथाकथित प्रेम झूटो थियो। म केवल मेरो प्रतिष्ठा र हैसियत जोगाउने प्रयास गर्दै थिएँ र अरूको प्रशंसा प्राप्त गर्न खोज्दै थिएँ। एक सुपरिवेक्षकका रूपमा, मेरा जिम्मेवारी ब्रदर-सिस्टरका समस्याहरू समाधान गर्न सत्यताको सङ्गति गर्नु, उनीहरूलाई आफ्ना कर्तव्य राम्ररी पूरा गर्न सहयोग गर्नु, र मण्डलीको कामको रक्षा गर्नु थिए। तर मैले उनीहरूको हृदयमा आफ्नो स्थानको मात्र रक्षा गर्ने प्रयास गरेँ, आफ्ना जिम्मेवारी अलिकति पनि पूरा नगरी निरन्तर आफूलाई एक मायालु व्यक्तिको रूपमा ढाकछोप गर्दै रहेँ। यसमा, म मानिसहरूलाई भ्रमित पार्ने र फसाउने काम गर्दै थिएँ, र म ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेको थिएँ। मेरो काम गर्ने तरिकाले साँच्चै नै ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्यायो। यसो गरेर, म मण्डलीको काममा बाधा पुऱ्याउँदै थिएँ र दुष्ट काम गर्दै थिएँ! यसबारे चिन्तन गर्दा, मलाई एकदमै दुःखी र दोषी महसुस भयो, र म पश्चात्ताप गर्न इच्छुक थिएँ।

पछि, मैले मनन गरेँ, “म सोच्थेँ, असल मानवता हुनु भनेको समझदार, समानुभूतिपूर्ण, र सहनशील हुनु हो, जबकि अरूका समस्या काटछाँट र खुलासा गर्नु निष्ठुर, भावनाहीन, र प्रेम तथा मानवताको कमी हुनु हो। के मेरो यो दृष्टिकोण सही छ? वास्तवमा साँचो असल मानवता के हो त?” मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो हृदयले उज्यालो महसुस गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरको घरको हितप्रति भन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम तिनीहरूले परमेश्‍वप्रति देखाएको ख्यालभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने असल मानवता कुनै व्यक्तिले दयालु र नम्र भई बोल्छ कि कठोर र सीधै बोल्छ भन्‍ने कुराले निर्धारण हुँदैन। बरु, यो कुनै व्यक्ति परमेश्‍वर र सत्यताप्रति समर्पित छ कि छैन, र उसले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्छ कि गर्दैन भन्‍ने कुरामा आधारित हुन्छ। जसरी केही अगुवा र कामदारहरूले कर्तव्यमा गैरजिम्मेवार भएका ब्रदर-सिस्टरहरूलाई काटछाँट गर्न सक्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूको आधारमा यी ब्रदर-सिस्टरका कार्यहरूको प्रकृति र परिणामहरू खुलासा गर्न सक्छन्। यद्यपि यी कुराहरू सुन्दा उनीहरूलाई दुःख लाग्न सक्छ, तर सत्यता पछ्याउनेहरूले यस अवसरलाई आत्मचिन्तन गरी आफूलाई चिन्न प्रयोग गर्न सक्छन्, यसले उनीहरूको जीवन प्रवेशलाई र कर्तव्य पूरा गर्न फाइदा पुग्छ। केही मानिसहरू दयालु देखिन सक्छन्, तर जब उनीहरूले ब्रदर-सिस्टरहरूलाई सिद्धान्तविपरीत काम गरेर कामलाई हानि पुऱ्याइरहेको र यसका लागि सङ्गति र खुलासाको आवश्यकता भएको देख्छन्, तब उनीहरू केवल मीठा शब्दहरू बोलेर अरूसँग झाराटारुवा व्यवहार गर्दै आफूलाई बचाउँछन्। उनीहरू अरूलाई साँचो रूपमा कसरी मदत गर्ने वा मण्डलीको हितको रक्षा कसरी गर्ने भन्‍नेबारे विचार गर्दैनन्। तिनीहरू साँच्चै स्वार्थी र धूर्त हुन्छन्, र यिनीहरू असल मानवता भएका मानिसहरू होइनन्। मैले पनि त्यसरी नै काम गरेँ, केवल आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनेबारे मात्र सोचेँ, र अरूलाई गलत बाटोमा गएको देख्दा, मैले मदतको हातसमेत बढाइनँ। मैले आफूमा असल मानवता छ भनी सोचेको थिएँ, तर परमेश्‍वरका वचनहरूको खुलासा र तथ्यहरूको प्रकटीकरणमार्फत, मैले के देखेँ भने म असल मानवता भएको व्यक्तिभन्दा धेरै टाढा थिएँ। यो बुझेपछि, मलाई एकदमै दुःख र लाज महसुस भयो, र मेरा आँखाबाट आँसु बग्न थाले। मैले हृदयको गहिराइबाट आफूलाई घृणा गरेँ र यसरी काम गरिरहन चाहिनँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र निष्कपटता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि निष्कपट हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौँ, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले निष्कपट रूपमा तँलाई भन्छ: ‘मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!’ अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्: ‘यो केही पनि होइन। तपाईँ नकारात्मक भइरहनुभएको हुनुहुन्‍न; मलाई पनि त्यस्तै हुने गर्छ।’ त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति निष्कपट हुँदैन। तँ उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति ऊसँग लापरवाह भइरहेको हुन्छस्; तँ ऊसँग इमानदारीपूर्वक बोल्‍नबाट जोगिएको हुन्छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उनीहरूका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्ति बन्‍नका लागि, यस प्रकारको परिस्थिति सामना गर्नुपर्दा, तैँले के गर्नुपर्छ? तैँले देखेका र पहिचान गरेका कुराहरू उसलाई बताउनुपर्छ: ‘मैले जे देखेको र अनुभव गरेको छु, त्यो म तपाईँलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ, तपाईँ नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईँले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईँले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र त्यसले तपाईँलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईँले यस कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्नुहुनेछ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईँलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईँ आफूलाई अपमान गरिएको र आफ्नो अहम्‌मा कसैले साथ नदिएको महसुस गर्नुहुन्छ, र तपाईँलाई सबैले तुच्छ ठान्छन्, तपाईँलाई आक्रमण गरिँदैछ र तपाईँमाथि त्यस्तो अन्याय त कहिल्यै भएको थिएन भन्‍ने सोच्नुहुन्छ, त्यसैले तपाईँ त्यो स्विकार्न सक्नुहुन्‍न र नकारात्मक बन्नुहुन्छ। तपाईँलाई के लाग्छ—के साँच्चै यस्तो भइरहेको छ?’ अनि यो सुनेर उसले कुरा यही नै हो भन्‍ने महसुस गर्छ। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्‍ने छैनस्। तैँले यसो भन्‍ने छस्, ‘म पनि प्रायः नकारात्मक नै बन्ने गर्छु,’ र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदा रहेछन् भन्‍ने सुन्छ, तब उसलाई नकारात्मक हुनु सामान्य नै रहेछ भन्‍ने लाग्छ, र अन्त्यमा, उसले आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचनहरूले हामीलाई के बताउँछन् भने हामीले हाम्रा ब्रदर-सिस्टरलाई इमानदार हृदयले व्यवहार गर्नुपर्छ, र उनीहरूमा समस्या देखिँदा, हामीले उनीहरूलाई इमानदारीपूर्वक मदत र समर्थन गर्नुपर्छ। यो मदत कुनै रूप वा नियमहरूमा बाँधिएको हुँदैन। यदि सङ्गति र सम्झाउने जस्ता कुराहरू प्रभावकारी हुन सक्छन् भने, हामीले तिनैलाई प्रयोग गर्नुपर्छ, तर यदि तिनीहरूका समस्याहरूको प्रकृति गम्भीर छ भने, काटछाँट, खुलासा, र चिरफार आवश्यक हुन्छ। जुन सङ्गतिका माध्यमले समस्याहरू समाधान गर्न वा नतिजाहरू प्राप्त गर्न सक्छ, हामीले तिनैलाई प्रयोग गर्नुपर्छ। यदि हामीले आफ्नै गर्व र छविलाई मात्र विचार गर्छौँ भने, र समस्याहरूको सारलाई खुलासा गर्नबाट जोगिन्छौँ, र मानिसहरूसँग झाराटारुवा व्यवहार गर्नका लागि केवल केही हल्का, सतही शब्दहरू बोल्छौँ भने, हामी मानिसहरूलाई मदत गरिरहेका नभएर हानि पुऱ्याइरहेका हुन्छौँ। मैले वाङ यिङ आफ्नो कर्तव्यमा झारा टारिरहेकी छिन् भनी थाहा पाउँदा जस्तै। मैले उनलाई सम्झाएर मदत गर्ने प्रयास गरे तापनि, उनले मैले भनेको कुरालाई गम्भीरतापूर्वक लिइनन्। यस अवस्थामा, उनको काटछाँट गर्नु र परमेश्‍वरका वचनहरूका आधारमा उनको झारा टार्ने व्यवहारको प्रकृति र परिणामहरूको चिरफार गर्नु आवश्यक थियो ताकि उनले आफ्ना समस्याहरूको गम्भीरता बुझ्न सकून्। यो उनको प्रवेशका लागि लाभदायक हुने थियो। यी कुराहरू बुझेपछि, मैले अरूलाई मदत गर्ने अभ्यासको मार्ग पाएँ र मैले सोहीअनुसार अभ्यास गर्न थालेँ।

सन् २०२३ को अक्टोबरमा, मैले सिस्टर झाउ शिन आफ्नो कर्तव्यमा गैरजिम्मेवार भइरहेको देखेँ। उनले धेरै वर्षदेखि लेखन-पठनको काम गरिरहेकी थिइन्, जबकि अरू ब्रदर-सिस्टरहरूले भर्खरै सुरु गर्दै थिए, तर उनले आफ्नै काममा मात्र केन्द्रित भइन् र समग्र कामका लागि कुनै बोझको भावना देखाइनन्। मैले यस विषयमा उनीसँग पहिले सङ्गति गरेको थिएँ, तर उनले कुनै प्रवेश हासिल गरिनन्। मैले उनका कार्यहरूको प्रकृतिको चिरफार गर्ने विचार गरेँ ताकि उनी परिवर्तन हुन सकून्। तर उनका समस्याहरू औँल्याउनेबारे सोच्दा, मलाई केही चिन्ता लाग्यो, “झाउ शिन केही समयअघि खराब स्थितिमा थिइन्, त्यसैले यदि मैले उनका समस्याहरू औँल्याएँ र खुलासा गरेँ भने, के उनले मलाई अविचारी र मानवताको कमी भएको ठान्नेछिन्? यदि त्यसो भयो भने, उनले पक्कै पनि आफूमा मबारे नराम्रो छाप बनाउनेछिन्।” जब यी विचारहरू मेरो मनमा आए, म हिचकिचाएँ, र उनलाई खुलासा र काटछाँट गर्नबाट जोगिनुपर्छ कि भनी सोचेँ। जब म यो सोचिरहेको थिएँ, मैले अचानक वाङ यिङको मामिलामा म कसरी असफल भएको थिएँ भनी सम्झेँ, र मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड पनि सम्झेँ: “यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। मैले आफैँलाई नसोधिरहन सकिनँ, “के म झाउ शिनको भलाइका लागि उनका समस्याहरू खुलासा गर्नबाट जोगिइरहेको छु?” वास्तवमा, म त्यसो गरिरहेको थिइनँ। म त कतै झाउ शिनले मलाई धेरै कठोर र उसका कमजोरीहरूप्रति सहानुभूति नराख्ने ठान्छिन् कि भनेर डराइरहेको थिएँ, यसरी मेरो हिचकिचाहट उनको नजरमा राम्रो छाप कायम राख्ने मेरो इच्छामा आधारित थियो। मैले के पनि सोचेँ भने ती सिस्टर स्वार्थी र घृणित भ्रष्ट स्वभावमा बाँचिरहेकी थिइन्, उनी आफ्ना कर्तव्यहरूमा गैरजिम्मेवार थिइन्, र उनले काममा ढिलाइ गरिसकेकी थिइन्। केवल यो समस्या उनको सामु खुलासा गरेर र उनलाई आफ्ना समस्याहरूको गम्भीरता महसुस गराएर मात्र उनले परिवर्तन हुने मौका पाउने थिइन्। उनलाई आफ्नो हृदय छेडिएको जस्तो महसुस भए पनि र तत्कालै त्यो स्वीकार गर्न गाह्रो भए पनि, म अझै पनि उनलाई साँचो रूपमा मदत गर्ने प्रयास गरिरहेको हुने थिएँ र मेरो विवेक स्पष्ट हुने थियो। पछि, भेलाको समयमा, मैले परमेश्‍वरका वचनहरूमा आधारित भएर उनको केवल आफ्नै काममा मात्र केन्द्रित भएर समग्र कामलाई बेवास्ता गर्ने कार्यको प्रकृति र परिणामहरूलाई खुलासा गरेँ। मैले उनलाई निकै दुःखी भएकी देखेँ, तर सङ्गतिपछि, उनले के भनिन् भने उनी आफ्ना समस्याबारे केही हदसम्म सचेत थिइन् तर तिनलाई गम्भीरतापूर्वक लिएकी थिइनन्, र यो चिरफारमार्फत, उनले अन्ततः आफ्ना समस्याहरू कति गम्भीर थिए भनी देखेकी थिइन्। उनले काम रोकिएकोमा आफू चिन्तित नरहेकी, समस्या छन् भन्ने थाहा पाएर पनि ती समस्याहरू समाधान गर्न ध्यान नदिएकी भन्ने कुरा महसुस गरिन्। उनले आफू उदासीन र बेपर्वाह रहेर काममा ढिलाइ गरेकी, आफू साँच्चै स्वार्थी र घृणित रहेकी र आफूले गम्भीर भएर चिन्तन गरी परिवर्तनहरू गर्न आवश्यक रहेको पनि महसुस गरिन्। यी सिस्टर यस्तो समझमा आएको देखेर म निकै खुसी भएँ, र मलाई बल्ल अरूलाई मदत गरेको महसुस भएको छ।

यो अनुभवमार्फत, मैले मानवताको असलपन मापन गर्ने केही सिद्धान्तहरू बुझेँ, र मैले स्पष्ट रूपमा के पनि देखेँ भने अरूलाई इमानदारीपूर्वक मदत गर्न म असफल हुनु समस्याहरू औँल्याउन हिचकिचाउनु, र केवल आफूलाई बचाउनु र मण्डलीको कामलाई कायम नराख्नु खराब मानवताको एक अभिव्यक्ति थियो। यससँगै, मैले अरूलाई प्रेमपूर्वक मदत गर्नुको साँचो अर्थ पनि सिकेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३३. म अब उप्रान्त कमजोर क्षमताका कारण बन्धनमा पर्दिनँ

अर्को: ३५. बुबाको हेरचाह र संरक्षणलाई कसरी लिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्