१०. मेरो सतर्कतापन र गलतफहमी हटाइयो

लिन फेङ, चीन

सन् २०२२ मा, जब म मण्डली अगुवा थिएँ, मेरो अहङ्कार, आत्म-धार्मिकता र मनमानीपनले गर्दा म हरेक कुरामा हैकम चलाउन चाहन्थेँ। यसको परिणामस्वरूप मेरो सहकर्मी ब्रदर बाधित भए र मण्डलीको काममा अवरोध पुग्यो। माथिल्ला अगुवाले मलाई मेरो अहङ्कार र आत्म-धार्मिकता, अनि पूर्ण रूपमा ख्रीष्टविरोधीको मार्ग पछ्याएकाले खुलासा र काटछाँट गरे, र उनले मलाई बर्खास्त गरे। बर्खास्त भएपछि, मलाई साँच्चै दिक्दारी महसुस भयो। मैले बीस वर्षभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु, मेरो अहङ्कार र आत्म-धार्मिकताको कारणले पटक-पटक बर्खास्त भएको छु, र अहिलेसम्म पनि ममा खासै परिवर्तन आएको छैन भन्‍नेबारे चिन्तन गरेँ। मलाई अबदेखि मैले आफ्नो कर्तव्यमा राम्रो व्यवहार गर्नुपर्छ, र अबउसो यति अहङ्कारी हुन वा पुराना गल्तीहरू दोहोऱ्याउनु हुँदैन, नत्र, मैले मुक्तिको अर्को मौका कहिल्यै पाउनेछैनँ भन्‍ने लाग्यो। पछि, मैले परमेश्‍वरका वचनहरू पढेर र चिन्तन गरेर के बुझेँ भने म साँच्चै नै अहङ्कारी र आत्म-धर्मी रहेछु, र मैले मेरो ब्रदरसँग सहकार्य गर्दा उनलाई निरन्तर बन्धनमा पार्थेँ, आफ्नै इच्छा र विचारहरू उनीमाथि लाद्थेँ र उनले मेरो आज्ञा मानून् भन्‍ने चाहन्थेँ। फलस्वरूप, काममा ढिलाइ भयो। मलाई बारम्बार काटछाँट गरियो तर मैले कहिल्यै चिन्तन गरिनँ। मैले साँच्चै ख्रीष्टविरोधीको मार्ग पछ्याइरहेको थिएँ। मलाई आफैदेखि घोर घृणा लाग्यो, र अगाडि बढ्दै जाँदा दृढतापूर्वक आफ्नो कर्तव्य राम्रोसँग गर्ने सङ्कल्प गरेँ।

केही समयपछि, अगुवाले मलाई मानिसहरूलाई निकाल्ने सामग्रीहरू व्यवस्थित गर्ने बन्दोबस्त गरे, र उनले मलाई सिस्टर ली सिनसँग सहकार्य गर्न लगाए। उनले मलाई यस चिन्तनका अवधिमा मैले आफ्नो अहङ्कारी र अभिमानी स्वभावबारे कति बुझेको छु भन्‍नेबारे सोधे, र उनी मलाई यो कर्तव्य केही समय परीक्षण अवधिको रूपमा गराएर कामकुरा कसरी चल्नेछ भनी हेर्न चाहन्थे। अगुवाले यसो भनेको सुनेर, मलाई एकदमै पीडा भयो, र सोचेँ, “के परीक्षण अवधि अस्थायी मात्र होइन र? मैले आफ्नो कर्तव्य बारम्बार आफ्नो अहङ्कारी स्वभावको आधारमा गरेको छु, र मैले मण्डलीको काममा अवरोध र रोकावट मात्र ल्याएको छु। यदि मैले फेरि आफ्ना पुराना गल्तीहरू दोहोऱ्याएँ भने, सधैँका लागि आफ्नो कर्तव्य गर्ने मौका गुमाउन सक्छु र परमेश्‍वरमाथिको मेरो विश्‍वासको जीवन पूर्ण रूपमा समाप्त हुनेछ। यसपटक, मैले यो मौका छोप्नुपर्छ, म आज्ञाकारी हुनुपर्छ, र आफूलाई जे अह्राइएको छ, त्यो गर्नुपर्छ। म पहिलेजस्तो अहङ्कारी, आत्मधर्मी र आक्रामक हुन मिल्दैन।” पछि, मैले आफ्नो कर्तव्य गर्दा, ली सिन पारिवारिक मामिलाहरूले बाँधिएकी छिन् र उनीसँग आफ्नो कर्तव्यमा बोझको बोध छैन, र व्यवस्थित गर्नुपर्ने केही सामग्री समयमै पूरा गरिएका छैनन् भनेर याद गरेँ, त्यसैले मैले यो कुरा ली सिनलाई औँल्याउने विचार गरेँ। तर मैले उनीसँग सङ्गति गर्न लाग्दा, अगुवाका कुराहरू मेरो दिमागमा फेरि आए, र मलाई म पहिले आफ्नो अहङ्कार, आत्म-धार्मिकता र मनमानीपनको कारण, र मैले हरेक कुरामा हैकम चलाउन चाहेकाले बर्खास्त भएको थिएँ, जसले अरूलाई बाँधेको र मण्डलीको काममा अवरोध ल्याएको थियो भन्‍ने सम्झेँ। म अझै यस कर्तव्यमा परीक्षण अवधिमा थिएँ, र यसबाहेक, अगुवाले मलाई ली सिनको काम जाँच्न भनेका थिएनन्। यदि मैले उनका समस्याहरू औँल्याएको भए, के उनले मलाई एकदमै अहङ्कारी र आफ्नो सीमा नाघेको ठान्नेथिइन्? के उनले म केही दिन मात्र आज्ञाकारी भएर फेरि पुरानै बानीमा फर्किरहेको छु भनेर पो सोच्नेथिइन्? दिमागमा यो कुरा आएपछि, मैले आफ्नो कुरा मनमै राखेँ।

पछि, अगुवाले ली सिनले व्यवस्थित गरेका सामग्रीहरू अपूर्ण रहेको, र एक निश्चित अविश्‍वासीको सामग्रीको अघिल्लो मूल्याङ्कन गलत भएकाले फेरि सङ्कलन र व्यवस्थित गर्नुपरेको, र यसले प्रगतिमा ढिलाइ गरेको भनेर औँल्याइरहे। मलाई एकदमै दोषी महसुस भयो। यदि मैले समयमै सङ्गति गरेर ली सिनलाई यो कुरा औँल्याइदिएको भए, यस्तो हुनेथिएन। मैल आफूलाई दोषी महसुस भएको बेला, परमेश्‍वरका वचनका दुइटा खण्ड भेट्टाएँ: “धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि र अनेकौँ असफलता र ठक्करका साथै परमेश्वरको प्रकट र काटछाँट अनुभव गरेपछि, सामान्य परिस्थितिहरूमा मानिसहरूले यी असफलताका पाठहरूमार्फत आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, र परमेश्वरका वचनहरूमा तिनीहरूका असफलता र भूलका कारणहरूका साथै तिनीहरूले अपनाउनुपर्ने अभ्यासको मार्ग खोज्नुपर्छ। तर ख्रीष्टविरोधीहरूले यस्तो गर्दैनन्। कैयौँ भूल र असफलतापश्चात्, तिनीहरूले आफ्नो व्यवहारलाई झनै तीव्र बनाउँछन्, परमेश्वरबारे तिनीहरूको शङ्का झनै बढ्छन् र झनै गम्भीर बन्छन्, तिनीहरूले परमेश्वरलाई गर्ने छानबिन झनै उग्र बन्छ, परमेश्वरबारे तिनीहरूको सन्देह झनै गहन बन्छ, र त्यसरी नै, तिनीहरूको हृदय परमेश्वरविरुद्धको सावधानीले भरिन्छ। तिनीहरूको सावधानी गुनासा, रिस, अवज्ञा, र आक्रोशले भरिपूर्ण हुन्छ, र तिनीहरूले बिस्तारै परमेश्वरविरुद्ध इन्कार, मूल्याङ्कन, र निन्दा समेत विकास गर्छन्। के तिनीहरू बढ्दो खतरामा छैनन् र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई))। “परमेश्वर, परमेश्वरले प्रबन्ध गर्नुभएका वातावरण र मानिस, घटना, र कामकुरा, परमेश्वरले ख्रीष्टविरोधीहरूलाई प्रकाश गर्नु र ताडना दिनु, इत्यादिप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिबाट मुल्याङ्कन गर्दा, के तिनीहरूले सत्यताको खोजी गर्ने अलिकति पनि अभिप्राय राख्छन् त? के तिनीहरूले परमेश्वरमा समर्पित हुने अलिकति पनि अभिप्राय राख्छन्? के तिनीहरूमा यो सब आकस्मिक रूपमा भएको होइन, बरु परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने अलिकति पनि आस्था छ त? के तिनीहरूमा यो बुझाइ र सचेतना छ? स्पष्ट छ, छैन। तिनीहरूको सावधानीको जड परमेश्वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूको सन्देहको जड पनि परमेश्वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूले परमेश्वरलाई गर्ने छानबिनका नतिजा तिनीहरूमा परमेश्वरबारे थप सन्देह उत्पन्न गराउँछ, र साथसाथै परमेश्वरविरुद्ध थप सावधान बनाउँछ। ख्रीष्टविरोधीहरूको सोचाइबाट उत्पन्न विविध सोच र दृष्टिकोण, साथै यी सोच र दृष्टिकोणको प्रभुत्वअन्तर्गत पैदा भएका विविध तौरतरिका र व्यवहारबाट मुल्याङ्कन गर्दा, यी मानिसहरू एकदम अव्यावहारिक छन्; तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तिनीहरू परमेश्वरप्रति साँचो आस्था विकास गर्न सक्दैनन्, तिनीहरू परमेश्वरको अस्तित्वमा पूर्ण रूपमा विश्वास गर्न र त्यसलाई स्विकार्न सक्दैनन्, र तिनीहरू परमेश्वर सारा सृष्टिमाथि सार्वभौम हुनुहुन्छ, उहाँ सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर्न र स्विकार्न सक्दैनन्। यो सब तिनीहरूको दुष्ट स्वभाव सारका कारण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई))। परमेश्‍वरका वचनहरूको खुलासा सामना गर्दा, मेरो एकदमै न्याय गरिएको महसुस गरेँ। के परमेश्‍वरले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति थिएन र? म आफू बर्खास्त भएदेखि नै सतर्कता र गलतफहमीको स्थितिमा जिइरहेको थिएँ। मलाई आफ्नो अहङ्कार, आत्म-धर्मीपन र मनमानीपनको कारण धेरैपटक बर्खास्त भएको हुँ भन्‍ने लागेको थियो। मैले के सोचेँ भने बीस वर्षभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्‍वास गरेपछि पनि ममा खासै परिवर्तन आएको छैन, म अझै आफ्नो अहङ्कारी स्वभावअनुसार जिइरहेको छु, र यदि मैले अझै साँचो परिवर्तन अनुभव गरिनँ भने, मेरो खुलासा गरी सधैँका लागि हटाइनेछ, र अबउसो मैले आफ्नो कर्तव्य गर्ने कुनै मौका पाउनेछैनँ। जब अगुवाले मैले कर्तव्य परीक्षण अवधिमा रहेर गर्नुपर्छ भनेको सुनेँ, तब म झनै शङ्का र सतर्कतापनले भरिएँ, र फेरि प्रकटन नहुन र हटाइनबाट जोगिन मैले आफूलाई चुपचाप राखेँ, हरेक दिन डर र सावधानीमा जिएँ। जब मैले मेरी सहकर्मी सिस्टरले आफ्नो कर्तव्य झारा टार्दै र बोझको बोधविना गरिरहेकी देखेँ, तब मलाई मैले उनका समस्याहरू औँल्याएर मण्डलीको कामको रक्षा गर्नुपर्छ भन्‍ने थाहा थियो, तर मेरी सिस्टरले म अहङ्कारी छु र कर्तव्य सुरु गरेको केही दिनमै म खराब बानीमा फर्किसकेको छु भन्‍ने सोच्नेछिन् भनेर म डराएँ, त्यसैले मैले केवल थाहा नपाएजस्तो गरेँ। अन्ततः यसले कामलाई हानि गऱ्यो। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने जब ख्रीष्टविरोधीहरू धेरै असफलता र पतनहरू अनुभव गरेपछि प्रकटन हुन्छन्, तब तिनीहरू आत्मचिन्तन गर्न असफल हुने मात्र होइन्, परमेश्‍वरप्रति झन् सतर्क हुन्छन्, सानो गलत कदमले पनि आफ्नो भविष्य र गन्तव्यबाट वञ्चित होइन्छ भनेर डराउँछन्। यस कारणले, तिनीहरू निरन्तर परमेश्‍वरप्रति सतर्क रहन्छन्। मैले प्रकट गरिरहेको स्वभाव र ख्रीष्टविरोधीको स्वभावमाबीच के भिन्नता थियो र? मैले मेरो अहङ्कार, आत्म-धार्मिकता र सत्यताको इन्कारले कसरी मण्डलीको काममा ठूलो हानि पुऱ्याएको छ भनेर चिन्तन गरेँ। अगुवाका सम्झौटाहरू मण्डलीको कामका खातिर थिए, तिनले मलाई मेरा घातक त्रुटिहरूबारे अझ धेरै चिन्तन गर्न प्रेरित गरिरहेका थिए, ताकि मैले आफ्ना असफलताहरूबाट सिक्न र आफ्नो अहङ्कारी स्वभावअनुसार जिउन छोड्न सकूँ। यो परमेश्‍वरको प्रेम थियो। तर परमेश्‍वरबाट यो स्विकार्नुको सट्टा, मलाई शङ्का र सन्देह लाग्यो। मैले आफू साँच्चै छली र दुष्ट रहेछु भन्‍ने बुझेँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र सेवकहरू, र परमेश्‍वरलाई समेत भरोसा गर्न सकिन्न। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरोसा गर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँ छस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना बनाउनुपर्छ र हिसाब लगाउनुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीअरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूलाई विचार गर्दा, मैले के देखेँ भने आफूले प्रकट गरेको स्वभाव परमेश्‍वरले खुलासा गरेको ख्रीष्टविरोधीको स्वभावजस्तै थियो। मैले जुनसुकै कर्तव्य गरे पनि, सधैँ त्यसलाई आशिष् पाउनुसँग जोडेँ, र मैले आशिष् पाउनुलाई जीवन जत्तिकै महत्त्वपूर्ण ठानेँ। हरेक परिस्थितिमा, मैले पहिले आफ्नै परिणाम र गन्तव्यलाई विचार गरेँ। मलाई बर्खास्त र गरिँदा, म आत्मचिन्तन गर्न र आफूलाई बुझ्न परमेश्‍वरसामु आइनँ, बरु, म परमेश्‍वरप्रति सतर्क भएँ र मैले उहाँलाई गलत बुझेँ, केवल आफ्नै भविष्य र गन्तव्यलाई विचार गरेँ। फेरि आफ्ना कर्तव्य गर्दा, मेरा सोचहरू झन् धेरै व्यग्र भए, र मैले हरेक परिस्थितिलाई आफ्नो दिमागमा जटिल बनाएँ, एक गलत कदमले मलाई प्रकटन गर्नेछ र मेरा लागि नराम्रो परिणाम र गन्तव्य ल्याउनेछ भनेर म डराएँ। मैले सिस्टर ली सिन आफ्नो खराब स्थितिले गर्दा नकारात्मकतामा भएकी र उनले कर्तव्यमा ढिलाइ गरिरहेकी देख्दा, मैले ली सिनका समस्याहरू औँल्याएर, उनलाई आफ्नो काम राम्रोसँग गर्न मद्दत गरेर मण्डलीको कामको रक्षा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो, तर ली सिनले मलाई अहङ्कारी, आत्मधर्मी छु र परिवर्तन भएकी छैन भन्ठान्नेछिन् भनेर म चिन्तित भएँ, त्यसैले मैले मण्डलीको कामलाई बेवास्ता गरेँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” भन्‍ने शैतानी विषअनुसार जिइरहेको थिएँ, केवल आशिष् र लाभ पाउन आफ्नो कर्तव्य गरिरहेको थिएँ, अनि आफ्नो भविष्य र गन्तव्यलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठानिरहेको थिएँ। मैले परमेश्‍वरको अभिप्राय वा मण्डलीको कामलाई पटक्कै विचार गरिनँ। म आफूलाई लाभदायक हुने कुरा गर्न इच्छुक थिएँ, तर यदि कुनै कुरा मेरो लागि लाभदायक नभए, म त्यसलाई बेवास्ता गर्थेँ, चाहे त्यसले मण्डलीको कामलाई हानि पुऱ्याएको मैले देखेको नै किन नहोस्। म साँच्चै स्वार्थी र घृणित थिएँ! मैले दमास्कसको बाटोमा पावलको घटना सम्झेँ। प्रभु येशूले ठूलो ज्योतिले प्रहार गर्नुभएपछि, उनले आफू प्रभु येशूलाई सताउने प्रमुख व्यक्ति हुँ भनेर स्विकारे पनि, साँचो पश्चात्ताप गरेनन्। उनले परमेश्‍वरको प्रतिरोध गर्ने आफ्नो प्रकृति सारलाई अलिकति पनि चिन्तन गरेनन् वा बुझेनन्, र बाहिरबाट हेर्दा, उनले कडा परिश्रम गरे र सुसमाचार प्रचार गर्न टाढा-टाढा यात्रा गरे पनि, उनको अभिप्राय मुकुट र इनामका लागि परमेश्‍वरसँग मोलतोल गर्नु थियो। के पछ्याइबारे मेरा दृष्टिकोण र म हिँडेको मार्ग पावलको जस्तै थिएनन् र? मैले परमेश्‍वरलाई प्रयोग गर्ने र धोका दिने प्रयास गरिरहेको थिएँ। मैले आफू कति मानवताहीन रहेछु भन्‍ने बुझेँ। म परमेश्‍वरको घरमा घुसपैठ गर्ने अवसरवादी र अविश्‍वासीजस्तै थिएँ, र यदि मैले पछ्याइबारे आफ्नो दृष्टिकोण परिवर्तन नगरेको भए, परमेश्‍वरको अनुमोदन नपाउने मात्र होइन, अन्ततः उहाँको दण्ड सामना गर्नुपर्नेथ्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ: “कहिलेकहीँ, परमेश्‍वरले तेरो खुलासा गर्न वा तँलाई अनुशासनमा राख्‍न निश्‍चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्‍ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्‍ने हुन्छ? हुँदैन। … वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्‍नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्‍ने तिनीहरूको डर हो। तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, ‘यदि परमेश्‍वरले मेरो खुलासा गर्नुभयो, र मलाई हटाउनुभयो, र इन्कार्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्‍वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्‍वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। तिनीहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार पर्दाफास गर्न, तिनीहरूले आफैलाई चिनेर, र साँचो पश्‍चात्ताप गर्न सक्‍ने तुल्याउन तिनीहरूको खुलासा गरिन्छ; यसकारण, मानिसहरूको खुलासा गर्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्‍वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्‍वरद्वारा खुलासा गरिनुको अर्थ तँलाई हटाइनेछ भन्‍ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्‍न मदत गर्न, र तँलाई पश्‍चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूको भ्रष्टता प्रकट हुँदा तिनीहरूले सत्यतामा समाधान नखोज्ने भएकाले, प्रायजसो परमेश्‍वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्‍याउँछ। मानिसहरूको खुलासा गर्नुका दुई फरक आशयहरू हुन्छन्: दुष्टहरूको हकमा, खुलासा गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्‍ने हुन्छ। सत्यता स्विकार्न सक्‍ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; र तिनीहरूलाई आफ्‍नो बारे मनन गर्न, आफ्‍नो साँचो स्थिति देख्‍न, र बाटो बिराउन र लापरवाही हुन रोक्न लगाइन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुनेछ। मानिसहरूको यसरी खुलासा गर्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, नत्र आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू झाराटारुवा र लापरवाह बन्छन्, कामकुरालाई गम्भीर रूपमा लिँदैनन्, एक-दुईवटा नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छन्, र स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेको ठान्छन्—जबकि वास्तवमा परमेश्‍वरले मागअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तर अझै पनि तिनीहरू आत्मसन्तुष्ट बन्छन्, र आफूले ठिकै काम गरिरहेको ठान्छन्। त्यस्तो परिस्‍थितिमा, परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्‍वरले तिनीहरूको कुरूपता खुलासा गर्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्‍नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छैन, तँभित्र विद्रोहीपन छ, अत्यन्तै धेरै नकारात्मक तत्त्वहरू छन्, तैँले गर्ने हरेक कुरा लापरवाह रूपमा गरिएको छ, र तैँले अझै पनि पश्‍चात्ताप गरिनस् भने, नियमानुसार, तँ दण्डित हुनुपर्छ। परमेश्‍वरले तँलाई कहिलेकाहीँ, ताडना दिनुहुँदा, वा उदाङ्गो पार्नुहुँदा, यसको अर्थ तँलाई हटाइनेछ भन्‍ने नै हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले यसलाई स्विकार्नुपर्छ र यसमा समर्पित हुनुपर्छ, र तुरुन्तै मनन गरेर पश्‍चात्ताप गरिहाल्‍नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई एकदमै लाज र ग्लानि महसुस भयो। मैले परमेश्‍वरका यी वचनहरू पहिले धेरैपटक पढेको थिएँ, म अक्सर परमेश्‍वरको धर्मी स्वभावबारे बोल्थेँ, र परमेश्‍वर मानिसहरूलाई मुक्ति दिनका लागि प्रकटन गर्नुहुन्छ, जसले गर्दा तिनीहरू अझ राम्ररी आत्मचिन्तन गर्न र आफूलाई बुझ्न सक्छन् भन्थेँ, तर जब मलाई प्रकटन र बर्खास्त गरियो, तब मैले परमेश्‍वर मलाई हटाउन चाहनुहुन्छ भन्‍ने शङ्का गरेँ, र मैले परमेश्‍वरको प्रेम वा मुक्तिको कुनै छनक देखिनँ। मैले आफ्नो कर्तव्य गरिरहेको जस्तो देखिए पनि, मेरो हृदय परमेश्‍वरप्रति बन्द नै रह्यो। मैले आफ्ना विश्‍वासका वर्षहरूबारे चिन्तन गरेँ। म आफ्नो अहङ्कारी प्रकृतिको कारण धेरैपटक प्रकटन र बर्खास्त गरिएको थिएँ, तैपनि परमेश्‍वरले मलाई मेरा अपराधहरूको कारण हटाउनुभएको थिएन, बरु उहाँले मलाई चिन्तन गर्न, पश्चात्ताप गर्न र परिवर्तन हुन मद्दत दिनका लागि मेरा ब्रदर-सिस्टरहरूको खुलासा र मद्दत, साथै उहाँका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शन प्रयोग गर्नुभएको थियो। जब मैले केही बुझाइ र परिवर्तन प्राप्त गरेँ, तब परमेश्‍वरले मलाई आफ्नो कर्तव्य गर्ने अर्को मौका दिनुभयो। यदि परमेश्‍वरले मानिसहरूले प्रकट गर्ने भ्रष्टताका आधारमा तिनीहरूको परिणाम निर्धारण गर्नुहुने हो भए, म धेरै पहिले नै दण्डित हुनुपर्थ्यो र आजसम्म बाँच्नेथिइनँ। जस्तै यो भर्खरको बर्खासी पूर्ण रूपमा मैले सत्यता पछ्याउन नसकेको र म ख्रीष्टविरोधीको मार्गमा हिँडेको कारणले थियो, जसले काममा गम्भीर अवरोध र रोकावट ल्याएको थियो। यसलाई सिद्धान्तअनुसार सम्हालिएको थियो र यसले परमेश्‍वरको धार्मिकतालाई पूर्ण रूपमा प्रकट गर्‍यो। यदि मलाई समयमै बर्खास्त नगरिएको भए, मेरो अहङ्कारी स्वभावलाई हेर्दा, मैले अन्ततः धेरै दुष्टता गर्नेथिएँ र परमेश्‍वरको दण्ड सामना गर्नेथिएँ। यस प्रकारको बर्खासी वास्तवमा परमेश्‍वरको मुक्ति र सुरक्षा थियो, किनकि योविना, मैले कहिल्यै राम्ररी आत्मचिन्तन गर्नेथिइनँ वा आफूलाई बुझ्नेथिइनँ, न त आफूले लिएको गलत मार्गबारे नै चिन्तन गर्नेथिएँ। त्यसैले म घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, अबदेखि म सतर्कतापन र गलतफहमीको स्थितिमा जिउन चाहन्नँ, म पश्चात्ताप गर्न र आफ्नो कर्तव्य राम्रोसँग गर्न इच्छुक छु, र तपाईँसँग केवल मार्गदर्शन र अगुवाइ माग्दछु।”

मैले प्रार्थना गरेपछि परमेश्‍वरका केही वचन पढेँ: “तेरो व्यक्तिगत सोच र विचार जेसुकै भए पनि, यदि तैँले अन्धाधुन्ध तेरा सोच सही छन् र कामकुरा गर्ने तरिका त्यही हो भनी निर्धारण गर्छस् भने त्यो अहङ्कार र आत्म-धार्मिकता हो। यदि तँलाई तेरा केही विचार वा मत सही लाग्छ तर तँलाई आफूमा पूर्ण विश्‍वास छैन, र तैँले खोजी र सङ्गति गरेर तिनको पुष्टि गर्न सक्छस् भने, आत्मधर्मी नहुनु भनेको त्यही हो। कार्य गर्नुअघि सबैको समर्थन र स्वीकृति पर्खनु कामकुरा गर्ने समझपूर्ण तरिका हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ)। “यदि तँ आफूले समस्या भेट्टाएँ भन्‍नेमा निश्‍चित छस्, र त्यो समस्या समाधान गर्नैपर्छ, अन्यथा यसले काममा ढिलाइ पुर्‍याउनेछ भनेर हृदयमा बुझ्छस्, तैपनि तैँले सिद्धान्तहरू पालना गर्न सक्दैनस्, र तँ अरू मानिसहरू चिढिने कुराले डराउँछस् भने, यहाँ के समस्या छ? तँ किन सिद्धान्तहरू पालना गर्न डराउँछस्? यो एउटा गम्‍भीर प्रकृतिको समस्या हो, र यो तैँले सत्यतालाई प्रेम गर्छस् गर्दैनस् र तँमा न्यायको भावना छ छैन भन्‍ने कुरासँग सम्‍बन्धित छ। तैँले आफ्‍नो राय व्यक्त गर्नुपर्छ, चाहे तँलाई यो सही हो होइन भन्‍ने थाहा नभएको नै किन नहोस्। यदि तँसँग कुनै राय वा विचार छ भने, तैँले बताउनुपर्छ, र अरूलाई मूल्याङ्कन गर्न दिनुपर्छ। त्यसो गर्दा तँलाई फाइदा हुनेछ, र यसले समस्या समाधानको बाटो खोल्‍नेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?)। परमेश्‍वरका वचनहरूलाई ध्यानपूर्वक मनन गरेपछि, मैले के बुझेँ भनेअहङ्कारी स्वभावका आधारमा अरूलाई बन्धनमा पार्नु र पदमा खडा हुनु भनेको परमेश्‍वरको घरका हितको रक्षा गर्नलाई सत्यता अभ्यास गर्नुभन्दा फरक कुरा हो। अहङ्कार र आत्म-धार्मिकतामा सत्यता सिद्धान्तहरू नखोजी कामकुरा गर्नु, सधैँ आफ्नै दृष्टिकोणमा टाँसिनु र अरूको सुझावहरू स्वीकार नगर्नु, आफ्नो कार्य सत्यतासँग मेल खाँदैन भन्‍ने राम्ररी थाहा हुँदाहुँदै अरूले आफ्नै कुरा सुनून् भनेर चाहनु, परमेश्‍वरको घरका हितलाई अलिकति पनि विचार नगरी सबै कुरा आफ्नै विचार र रायअनुसार गर्नु समावेश छन्। यो अहङ्कार, आत्म-धार्मिकता, र आफ्नो दबदबा बनाउने अभिप्राय हो। उदाहरणका लागि, म अगुवा हुँदा, हरेक कुरामा अगुवाइ लिन्थेँ। म कहिल्यै अरूसँग सहकार्य गर्ने वा मामिलाहरू छलफल गर्ने वा तिनीहरूलाई हस्तक्षेप गर्न दिने गर्दिनथेँ, म सधैँ अरूले मेरा विचार र अभिप्रायहरू पालना गरून् भन्‍ने चाहन्थेँ, र मैले मेरा ब्रदर-सिस्टरहरूबाट आएका उचित सुझावहरू कहिल्यै स्वीकार गरिनँ। यो अहङ्कार र आत्म-धार्मिकता थियो। यदि मैले कसैलाई सिद्धान्तहरू उल्लङ्घन गर्ने र मण्डलीको काममा रोकावट ल्याउने काम गरेको देखेँ भने, चाहे त्यो मेरो जिम्मेवारी वा त्यो व्यक्ति मैले सुपरभाइज गर्ने व्यक्ति नै किन नहोस्, मैले तिनीहरूलाई खुलासा र मद्दत गर्नुपर्छ। यो परमेश्‍वरको घरको हितको रक्षा गर्नु र इन्साफको बोध देखाउनु हो। यो अहङ्कार वा आत्म-धार्मिकता होइन। परमेश्‍वर व्यक्तिको कार्यपछाडिको अभिप्रायलाई हेर्नुहुन्छ, र अगुवाहरूले बन्दोबस्तहरू मिलाए पनि नमिलाए पनि, मण्डलीको काम र परमेश्‍वरको घरका हितमा केही कुरा समावेश छन् भने, यी कुराको रक्षा गर्ने जिम्मेवारी सबैको हो। यस्तो व्यक्ति साँच्चै परमेश्‍वरको घरको हिस्सा हो। यो बुझेपछि, म ली सिनसँग सङ्गति गर्न र उनका समस्याहरू औँल्याउन, र उनले आफ्ना कर्तव्यमा कस्ता कठिनाइहरू सामना गरिरहेकी छिन् भनेर बुझ्न गएँ। हाम्रो सङ्गतिद्वारा, उनको स्थिति केही हदसम्म सुधारियो। एकपटक, मैले ली सिनले एक अविश्‍वासीलाई निकाल्नेबारे केही सामग्री गलत तरिकाले वर्गीकरण गरेकी देखेँ, त्यसैले मैले उनीसँग सङ्गति गर्न परमेश्‍वरका सान्दर्भिक वचन र सिद्धान्तहरू अघि सारेँ। हाम्रो सङ्गतिपछि, उनले केही सिद्धान्त बुझ्न सकिन्। मैले हासिल गरेको बुझाइ र परिवर्तन यी सबै परमेश्‍वरका वचनहरूको मार्गदर्शन र नेतृत्वको कारणले हुन्। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ७. के भाग्यका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नु सही हो?

अर्को: ११. मैले बिमारबाट पाठ सिकेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्