९९. अनुग्रहका लागि मात्रै परमेश्‍वरमा विश्वास गर्नु सही हो?

प्रस्तुतकर्ता: लिउ लु, चीन

२०१६ को अन्त्यतिर, मेरो बच्चालाई बारम्बार पखाला लागिरहेको थियो, र कुनै पनि औषधीले निको भएको थिएन। मैले परमेश्‍वरमा विश्वास गर्न थालेको केही दिनपछि नै, अप्रत्याशित रूपमा मेरो बच्चाको बिमारी निको भयो। केही समयपछि, थाहा नै नपाईकन, मेरो पुरानो टाउको दुखाइको बिमारमा पनि सुधार आयो। म परमेश्‍वरप्रति अत्यन्त आभारी भएँ। त्यसपछि, मण्डलीद्वारा बन्दोबस्त गरिएको कुनैपनि जिम्मेवारीमा पूरा प्रयत्नका साथ सहयोग गरेँ। त्यस समयमा, मेरा श्रीमानले परमेश्‍वरप्रतिको मेरो आस्थामा बाधा दिनु भयो, तर म बाँधिएर रहिनँ, जबसम्म म परमेश्‍वरमा इमानदार भएर विश्वास गर्छु र कर्तव्य निर्वाह गर्छु, तबसम्म परमेश्‍वरको आशिष् पाउने छु र मसँग मुक्ति पाउने मौका हुनेछ भन्ने विश्वास गरेँ।

अप्रिल २०२० मा, मलाई मण्डलीको अगुवा चयन गरियो, र मैले झनै सक्रियताका साथ सहयोग गरेँ। केही महिनापछि, एक दिन, खाना खाएपछि मलाई निकै थकाइ र रिङ्गटा लाग्यो। मैले आफ्नो रक्तचाप जाँचे, र त्यो १६० का मुनि ९० थियो। मलाई विश्वास नै लागेन, सोचेँ, “मलाई पहिले कहिल्यै उच्च रक्तचाप थिएन, यो अचानक किन बढ्यो?” म अझै जवान नै रहेकाले, मैले सोचेँ इमानदार भएर आफ्नो कर्तव्य निभाउँदासम्म परमेश्‍वरले मेरो रक्षा गर्नुहुनेछ, र मेरो रक्तचाप अवश्य घट्नेछ। मैले खासै नियन्त्रित महसुस गरिनँ, मैले खासै अप्ठ्यारो महसुश गरिन, र केही घरेलु उपचार मात्र प्रयोग गरेँ। र यो १८५ का मुनि १२८ थियो। “तपाईंको रक्तचाप धेरै छ; धेरै होशियार हुनुहोस्, बाइक चलाउँदा लड्नु होला,” डाक्टरको कुराले मलाई निकै चिन्तित बनायो र सोचेँ, उच्च रक्तचापले धेरै जटिलता ल्याउन सक्छ, मलाई निकै चिन्तित बनायो र सोचेँ, उच्च रक्तचापले धेरै जटिलता ल्याउन सक्छ, उच्च रक्तचापका कारण टाउकोको नशामा रगत जमेर केही मानिसको अकस्मात् मृत्यु हुन्छ, केही मानिसमा मस्तिष्कघात भएर अपाङ्ग भई हिँड्नुपर्छ, र केहीलाई पक्षघात भई आफ्नो स्याहारसुसार गर्न नसक्ने हुन्छन्, के होला यदि म ढलें र मलाई पक्षघात भयो भने? यो समयमा, मैले यस्तो सोच्दै गुनासो गर्न थालेँ, “मैले सधैँ आफ्ना कर्तव्यहरू निभाएकी छु, र पनि मेरो रक्तचाप अझै किन यति धेरै छ? परमेश्‍वरले किन मेरो रक्षा गर्नु भएको छैन?” एक दिन बिहान उठ्दा मलाई अचानक धेरै रिङ्गटा लाग्यो, मेरा दुबै काँध अत्यन्त दुख्यो, र टाउकोमा धेरै नसाहरू तानिएको जस्तो महसुश भयो। टाउको चलाउँदा यति दुख्थ्यो कि टाउको फुट्ला जस्तो हुन्थ्यो। रगतको नसा फुटेर कुनै पनि क्षण म मर्न सक्छु जस्तो हुन्थ्यो। म जँचाउन अस्पताल गएँ, र डाक्टरले भन्नु भयो घाँटी पछाडिको हड्डीको कारण टाउको दुखेको हो। उपचारपछि, लक्षणहरू केही हदसम्म कम भयो, तर अझै पनि रिङ्गटा लाग्थ्यो र कहिलेकाहीं टाउको दुख्थ्यो। म यसो सोच्दै केही हदसम्म नकारात्मक भएँ, “मेरा सबै प्रयत्न र लगानीको बावजुद, किन मेरो अवस्था सुधार हुनुको सट्टा झन् झन् बिग्रँदै गएको छ? ययी अवस्था रहिरह्यो भने, म कुनै पनि क्षणमा मर्न सक्छु। अगुवाको कामभन्दा कम थकाउने एकै प्रकारको काम गर्दा उचित होला, र सायद मेरो अवस्थामा सुधार आउला।” मैले आफ्नो कर्तव्य निभाइरहेकी भए पनि, म चिन्ता र कष्टमा जिइरहेकी थिएँ, र ममा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध थिएन। सुसमाचारको काम प्रभावहीन रहेको देख्दा, त्यसका कारणहरूको विश्लेषण गर्ने वा समस्याहरूको समाधान गर्ने ममा इच्छा थिएन।

पछि, मैले केही घरेलु उपचार अपनाएँ र उच्च रक्तचापको औषधी खाएँ, र मेरो रक्तचाप केही घट्यो। तर अझै पनि मेरो अवस्था फेरि बिग्रेला कि भनेर चिन्तित थिएँ, किनकि मेरा सबै प्रयत्न र लगानीको बावजुद मैले कुनै आशिष् पाएकी थिइनँ, उल्टै मेरो स्वास्थ्य झन् बिग्रँदै थियो। त्यसैले उप्रान्त अगुवाको कर्तव्य निभाउन मन थिएन, सोचेँ, एकै प्रकारको काम गर्दा बोझ कम हुन्छ र म स्वास्थ्य पनि राम्कोरो ख्याल राख्न सक्छु। त्यो बेला मेरो खराब स्थितिको कारण, अधिकांश भेलामा मेरो सङ्गति नकारात्मक र निष्क्रिय हुन्थ्यो, अधिकांश भेलामा मेरो सङ्गति नकारात्मक र निष्क्रिय हुन्थ्यो, अधिकांश भेलामा मेरो सङ्गति नकारात्मक र निष्क्रिय हुन्थ्यो, अधिकांश भेलामा मेरो सङ्गति नकारात्मक र निष्क्रिय हुन्थ्यो, अधिकांश भेलामा मेरो सङ्गति नकारात्मक र निष्क्रिय हुन्थ्यो, मलाई केही डर लाग्यो, र अन्ततः म परमेश्‍वरसामु प्रार्थना गर्न आएँ र आत्मचिन्तन गरेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ। “रोग-बिमारले च्याप्दा परमेश्‍वरको इच्‍छाको खोजी गर्नुपर्छ”: “आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्‍वरसामु आउनुपर्छ, र प्रार्थना गर्दै परमेश्‍वरको अभिप्राय के हो भनी खोज्‍ने र बुझ्ने कोसिस गर्नुपर्छ; तैँले आफैलाई जाँचेर सत्यताविरुद्ध हुने गरी के गरिस्, र तँभित्रको कुन भ्रष्टता समाधान गरिएको छैन भनी पत्ता लगाउनुपर्छ। कष्ट नभोगीकन तेरो भ्रष्ट स्वभाव समाधान गर्न सकिँदैन। कष्टद्वारा खारिएर मात्र मानिसहरू मनमौजी नहुन सक्छन्, र सधैँ परमेश्‍वरसामु जिउन सक्षम हुन्छन्। व्यक्ति कष्टमा हुँदा, ऊ जहिले पनि प्रार्थनामै हुन्छ। उसले खाना, पोशाक, र अन्य आनन्दहरूको सुखबारे सोच्दैन, बरु आफ्नो हृदयमा निरन्तर प्रार्थना गर्छ, र आफैलाई जाँच गरेर आफूले कुनै गलत काम गरेको छु कि वा कतै आफू सत्यताविपरीत गएको छु कि भनी हेर्छ।(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्‍वरको वचनहरू सुनेपछि, मैले के बुझें भने, परमेश्‍वर मलाई आत्मचिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न लगाउन यो बिमार प्रयोग गर्दै हुनुहुन्छ, त्यो त मलाई मुक्ति दिने उद्देश्यका लागि थियो, र त्यसमा परमेश्‍वरको गहिरो अभिप्राय समावेश थियो। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएकी थिएँ, तर बिरामी पर्दा, मैले प्रार्थनामा परमेश्‍वरको अभिप्राय खोज्न जानिनँ। न त परमेश्‍वर मेरो भ्रष्ट स्वभावका कुन पक्ष शुद्ध पार्न र बदल्न चाहनुहुन्छ, वा मेरा विश्वासमा कस्ता अशुद्धताहरू छन् भनेर चिन्तन नै गरेँ। बरु, म बिमारले गर्दा नकारात्मक हुने र प्रतिरोध गर्ने स्थितिमा रहिरहेँ अनि सुसमाचार काममा धेरै समस्या हुँदा, मैले ती हल गर्नेबारे सोचिनँ, बरु आफ्ना कर्तव्यबाट पन्छिन चाहेँ।” मेरो स्वभाव निकै हठी भएको थियो, र ममा साँच्चै विवेक र समझको कमी थियो! त्यसपछि म परमेश्‍वरको सामु प्रार्थनामा आएँ र भनेँ, “परमेश्‍वर, म यति हठी भइरहन चाहन्नँ, कृपया मलाई यस बिमारबाट पाठ सिक्न डोऱ्याउनुहोस्।”

पछि, मैले मेरो समस्याको समाधान खोजेँ, र एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ, जसमा परमेश्‍वरका वचनको एउटा खण्ड समावेश थियो, जुन मेरो स्थितिसँग अत्यन्त सान्दर्भिक थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍नेको मात्रै चिन्ता छ। परमेश्‍वरको कार्य र व्यवस्थापनको बारेमा उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै रुचि गुमाउँछन्। त्यस्तो अरोचक कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा तिनीहरूलाई कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्‍ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, त्यसप्रति अगम्भीर शैलीले व्यवहार गर्ने गर्छन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूले जीवनको पाटोको रूपमा स्वीकार गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग सिधै संलग्न नहुने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिँदैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुँदैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुँदैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरू परमेश्‍वरमा समर्पित पनि हुन्छन्, आफैलाई परमेश्‍वरमा अर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि निर्वाह गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र पेशा त्याग्छन्, र आफैलाई व्यस्त राख्दै कैयौँ वर्ष घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यका लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नका लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ त? के तिनीहरूको विवेकले हो त? के यो तिनीहरूको महान् र आदर्शमय चरित्रले हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्पले हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको गवाही दिने तिनीहरूको विश्‍वासले हो? के यो परमेश्‍वरको इच्‍छा पूरा गर्न सबै कुरा त्याग्‍न इच्छुक हुने तिनीहरूको बफादारीले हो? अथवा के यो विलासी व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा चमत्कार नै हो! अहिलेका लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल नगरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले चिरफार गर्नु अत्यन्तै योग्य हुन्छ। तिनीहरूसँग अति निकट रूपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँका लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम पाउने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्‍वरले के खुलासा गर्नुहुन्छ भने, धेरै मानिस आफ्नो कर्तव्य निभाउँछन्, त्याग गर्छन्, आफूलाई समर्पित गर्छन्, र काममा व्यस्त रहन्छन्, बाहिरी रूपमा परमेश्‍वरप्रति समर्पित र उहाँलाई सन्तुष्ट पारेको देखिन्छन्, तैपनि वास्तवमा, तिनीहरूको आफ्नै अभिप्रायहरू हुन्छन्, र तिनीहरू आशिष पाउने आफ्नो लक्ष्य पूरा गर्न परमेश्‍वरलाई प्रयोग गर्ने र उहाँसँग सौदा गर्ने प्रयास गर्छन्। मैले के चिन्तन गरेँ भने, मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेदेखि, मेरो बच्चाको बिमारका साथै मेरो दीर्घकालदेखिको टाउको दुखाइ पनि निको भएको थियो। त्यसैले म आफ्ना कर्तव्यमा सक्रिय भएकी थिएँ, र मेरो परिवारले रोक्ने कोसिस गर्दा पनि म पछि हटिनँ, लामो समयसम्म आफ्ना कर्तव्यमा कडा मेहनत गर्ने कोसिस गरेँ भने, भविष्यमा परमेश्‍वरको अनुग्रह र आशिष पाउनेछु र अन्ततः मुक्ति पाउनेछु भन्ने विश्वास गरेँ। आफूलाई उच्च रक्तचाप भएको थाहा पाएपछि पनि, आफ्नो कर्तव्य त्यागिनँ, र काम जति नै गाह्रो र थकाइलाग्दो हुन सक्ने भए पनि, राती अबेरसम्म काम गर्न इच्छुक थिएँ, यदि आफ्ना कर्तव्यमा बफादार भएँ भने, परमेश्‍वरले मेरो बिमार हटाउन सक्नुहुनेछ भन्ने विश्वास गरेँ। जब मेरो अवस्था सुधार भएन र झन् खराब हुँदै गयो, तब मैले कुरा गलत बुझेँ र गुनासो गरेँ, र मैले सुसमाचार कामका समस्याहरूलाई बेवास्ता गरें, अगुवाका रूपमा आफ्ना कर्तव्य त्याग्ने विचारसमेत गरेँ। मैले के देखेँ भने मेरो वर्षौँको त्याग र लगानी सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि थिएन। बरु भावी आशिष्, राम्रो गन्तव्य र परिणामका लागि परमेश्‍वरलाई प्रयोग गरी सौदा गर्न प्रयास गर्नका लागि थियो। परमेश्‍वरसँग मेरो सम्बन्ध केवल कर्मचारी र रोजगारदाताबीचको जस्तै थियो, नितान्त लेनदेनको सम्बन्ध।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरको वचनहरूबाट, मैले देखें कि हृदयमा परमेश्‍वर हुने व्यक्तिलाई सबै कुरा परमेश्‍वरबाट आउँछन् भन्ने थाहा हुन्छ, र तिनीहरू आफूले आशिष् पाए पनि दुर्भाग्य भोगे पनि, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्छन्। ठिक अय्यूब आफ्नो परीक्षाका क्रममा भएजस्तै जब उनका वस्तुभाउ लगिए, उनका बालबच्चा मरे, र उनको जीउभरि खटिरा आयो, तब उनले परमेश्‍वरबारे गुनासो गरेनन् वा उहाँलाई त्यागेनन् तर बरु परमेश्‍वरको प्रशंसा गरे। “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबको परमेश्‍वरप्रति सच्चा आस्था थियो र उनमा परमेश्‍वरको भय मान्‍ने हृदय थियो। मैले यसलाई आफ्नो व्यवहारसँग तुलना गरेँ। परमेश्‍वरको काम स्वीकारेपछि, मेरो बच्चाको बिमारी निको भएको थियो, र मेरो दीर्घकालदेखिको टाउको दुखाइ पनि निको भएको थियो। मैले परमेश्‍वरबाट अनुग्रह पाएँ र आफ्ना मेहनतमा उत्साहित भएँ। तर मेरो बिमार झन्-झन् गम्भीर हुँदै जाँदा, र आफूले चाहेको आशिष् नपाउँदा, म तुरुन्तै परमेश्‍वरविरूद्ध गएँ र उहाँबारे गुनासो गर्न थालेँ। मलाई आफ्नो कर्तव्यमा जिम्मेवारीको बोध हुन छाड्यो, र मैले मण्डलीको हितलाई बिलकुलै कायम राखिनँ। मैले आफ्ना व्यक्तिगत हितबारे मात्र सोचेँ, परमेश्‍वरबाट आशिष् र लाभ मात्र पाउन चाहेँ, जब ती कुरा पाइनँ, तब म नकारात्मक र लापरवाह भएँ, अनि परमेश्‍वरको विरोध गरेँ। मलाई के महसुस भयो भने म धेरै स्वार्थी र घृणित रहेछु, ममा मानवता र समझको कमी रहेछ। म यसरी नै हठी भइरहेँ भने, अन्ततः परमेश्‍वरबाट तिरस्कृत भई हटाइने छु।

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पढें: “आशिषित हुनु मानिसहरूले पछ्याउने उचित उद्देश्य होइन, त्यसैले उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तनको खोजी गर्नु, र परमेश्‍वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम हुनु: मानिसहरूले खोजी गर्नुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणको लागि, मानौँ तँलाई काटछाँट गरिन्छ, अनि तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ समर्पित हुन असमर्थ बन्छस्। यसमा, तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्‍ने लाग्छ। तँ नकारात्मक र व्याकुल बन्छस्, र आफ्‍नो कर्तव्य त्याग्न चाहन्छस्। यसको कारण के हो? तेरो खोजीमा एउटा समस्या छ। अनि, यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्‍नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्‍नुपर्छ, ‘मैले हरेस खानु हुँदैन, मैले अझै पनि सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो इच्‍छालाई पन्छ्याउनुपर्छ।’ जब तैँले आशिषित हुने इच्‍छा त्याग्छस्, र सत्यता पछ्याउने मार्ग हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकतामा रहन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसबाट बाधित हुँदैनस्, र आफ्‍नो हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो खोजीको उद्देश्यलाई सत्यताको खोजीमा परिणत गर्छस्, र तैँले मनमनै सोच्छस्, ‘सत्यताको खोजी गर्नु सृष्टि गरिएको प्राणीको कर्तव्य हो। आज निश्‍चित सत्यताहरू बुझ्‍नुजत्तिको महान् फसल अरू हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष्‌ हो। यदि परमेश्‍वरले मलाई चाहनुहुन्‍न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचूर हुन्छ भने पनि, मैले अझै आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, यसले मेरो कर्तव्यपालनमा असर गर्नेछैन, यसले परमेश्‍वरको आज्ञा पूरा गर्नमा मलाई असर गर्नेछैन; म यही सिद्धान्तअनुसार व्यवहार गर्छु।’ अनि के यसरी, तैँले देहका व्यवधानहरूलाई पार गरेको हुँदैनस् र? कतिपयले भन्लान्, ‘म अझै नकारात्मक छु भने के गर्ने?’ त्यसो भए, यसलाई हटाउन फेरि सत्यता खोजी गर्। तँ जति धेरैपटक नकारात्मक बने पनि, यदि तँ यसलाई हटाउन सत्यता खोजी गरिरहन्छस्, र सत्यताको खातिर परिश्रम गरिरहन्छस् भने, तँ बिस्तारै तेरो नकारात्मक अवस्थाबाट बाहिर आउनेछस्। अनि एक दिन, तँमा आशिष्‌हरू पाउने चाहना हुनेछैन र तँ तेरो गन्तव्य र परिणामद्वारा बाधित हुँदैनस्, अनि यी कुराबिना नै तैँले अझ सहज र स्वतन्त्र जीवन जिइरहेको अनुभूति गर्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। परमेश्‍वरका वचन पढेपछि मैले के बुझेँ भने आशिष पाउनु परमेश्‍वरको आस्थामा हामीले पछ्याउनुपर्ने लक्ष्य होइन, न त यो परमेश्‍वरको आस्थामा हामी हिँड्नुपर्ने मार्ग हो। परमेश्‍वरको आस्थामा हामी हिँड्नुपर्ने मार्ग भनेको सत्यता पछ्याउने र स्वभाव परिवर्तन हासिल गर्ने मार्ग हो, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्ने, र साँचो सृजित प्राणी बन्ने मार्ग हो। मैले आफ्नो कर्तव्य केवल परमेश्‍वरको अनुग्रह र आशिष् पाउनका लागि गरिरहेकी थिएँ, तर जब मेरो बिमार झन् बिग्रियो र मेरो आशिष् पाउने आशा टुटेजस्तो लाग्यो, तब म नकारात्मक र प्रतिरोधी भएँ। बाहिरी रूपमा मैले आफ्नो कर्तव्य नत्यागेता पनि, मेरो हृदयले परमेश्‍वरलाई पहिले नै धोका दिइसकेको थियो। समस्याहरूको समाधान नगरी, मैले आफ्नो कर्तव्य लापरवाही रूपमा गरिरहेकी थिएँ, परिणामस्वरूप सुसमाचारको काम प्रभावहीन हुन गयो र ब्रदर-सिस्टरहरू नकारात्मक स्थितिमा जिउन पुगे, जसले मण्डलीको कामलाई हानि पुर्‍यायो। म परमेश्‍वरको अभिप्रायको विपरीत मार्गमा हिँडिरहेकी थिएँ। अहिले आएर मैले के बुझें भने हामीले आफ्नो आस्थामा आशिष् खोज्नु हुँदैन, बरु सत्यता पछ्याउनुपर्छ र आफ्ना भ्रष्ट स्वभावलाई फाल्नुपर्छ, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्नु पर्छ र एउटा समझदार व्यक्ति बन्नुपर्छ। अय्यूब जस्तै, जसले आशिष् पाए पनि वा दुर्भाग्य भोगे पनि, परमेश्‍वरको धार्मिकताको प्रशंसा गरे, उनको परमेश्‍वरप्रति सच्चा समर्पण थियो र अत्यन्तै समझदार व्यक्ति थिए। मैले आफ्ना गलत दृष्टिकोणलाई सुधारेर अगाडि बढ्न चाहेँ, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन र सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउन तयार भएँ। मेरो बिमारका लागि, म सामान्य औषधि र उपचारलाई निरन्तरता दिनेछु, आफ्नो आहारमा ध्यान दिनेछु र उचित व्यायाम गर्नेछु भन्ने मन बनाएँ। जब मैले आशिष् पाउने चाहना त्यागेँ, तब मैले धेरै सहज महसुस गरेँ र आफ्नो कर्तव्य निर्वाहप्रति थप अभिप्रेरित भएँ। मैले पछि सुसमाचारसम्बन्धी कामदारहरूसँग मिलेर विचलन र समस्याहरूको समीक्षा गरेँ, तिनीहरूको कामको रेखदेख र फलोअप गरेँ, अनुपयुक्त कर्मचारीहरूको समायोजन गरेँ। केही समयपछि, पहिलेको तुलनामा सुसमाचार कामको प्रभावकारितामा सुधार आयो।

पछि, मैले आफ्नो रक्तचाप केही पटक जाँचे, अचम्म, मेरो रक्तचाप सामान्य थियो। म धेरै खुसी भएँ, तर मलाई निक्कै दोषी पनि महसुस भयो। मैले चिन्तन गरेँ, जब म बिरामी थिएँ, ममा आफ्नो कर्तव्यप्रति जिम्मेवारी बोध नै थिएन, जसले मण्डलीको काममा हानि गर्‍यो, तर परमेश्‍वरले मेरा अपराधहरूलाई ध्यानमा राख्नु भएन र मलाई पश्चात्तापको अवसर दिनुभयो, र मैले परमेश्‍वरप्रति ऋणी भएको महसुस गरेँ। मैले पछि परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्‌हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्‍न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो योजनाहरू र चाहनाहरू त्याग्न, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्‍ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका यी वचनबाट मैले उहाँ आफ्नो काममा अत्यन्तै बुद्धिमान रहेको देखेँ। मानिसको हेराइबाट ठूला बिमार पीडादायक देखिन्छ, तर परमेश्‍वर यी पीडाहरू मानिसलाई शोधन र शुद्ध गर्न प्रयोग गर्नुहुन्छ। ठीक मेरो बिमार झैँ, सतहमा मैले केही पीडा भोग्नु परे तापनि, परमेश्‍वरले उहाँप्रति मेरो आस्थामा भएका अशुद्धतालाई शुद्ध गर्न यो बिमारको प्रयोग गर्नुभयो, र यो बिमारको प्रकटीकरण नभएको भए, मलाई आफ्नो आस्थामा लुकेको आशिष् पाउने अभिप्राय थाहा हुने थिएन। म अझै पनि आफ्नो कर्तव्यमा परमेश्‍वरसँग सौदा गर्ने र उहाँलाई छल्ने प्रयास गरिरहेकी हुनेथिएँ, र अन्ततः परमेश्‍वरले मेरो खुलासा गरी हटाउनु हुनेथियो। यस अनुभवले मलाई मानिसलाई मुक्ति दिने परमेश्‍वरको गम्भीर अभिप्राय देखायो। सुरुमा मैले परमेश्‍वरमा विश्वास थाल्दा, उहाँको धेरै अनुग्रह पाएँ, त्यो समयमा मैले धेरै बुझेकी थिइनँ, म सोच्थेँ परमेश्‍वर भनेको केवल अनुग्रह दिने परमेश्‍वर हुनुहुन्छ। तर सत्यता के हो भने परमेश्‍वरले मानिसलाई अनुग्रह दिनु भनेको, उनीहरूलाई उहाँको सामु ल्याउन र उहाँको मुक्ति स्विकार्नका लागि हो। आखिरी दिनहरूमा परमेश्‍वरको काम सत्यता व्यक्त गर्ने र न्याय दिने हो, र सोसँगै, उहाँले मानिसलाई शोधन र शुद्ध गर्न विभिन्न वातावरणहरूको बन्दोबस्त गर्नुहुन्छ, ताकि उनीहरू उहाँप्रति समर्पित हुन सकून्, उहाँको आराधना गरून् र उहाँको मुक्ति पाऊन्। परमेश्‍वरमा विश्वास गरेर, मैले केवल उहाँको अनुग्रहको आनन्द लिन मिल्दैन, मैले न्याय, सजाय, परीक्षा र शोधनको पनि अनुभव गर्नेपर्छ, र मैले आफ्नो भ्रष्ट स्वभावलाई बदल्नैपर्छ र आफ्नो कर्तव्य वहन गर्नुपर्छ। मैले यस बिमारबाट केही पीडा भोगेकी भए पनि, परमेश्‍वरले मलाई जे गर्नुभएको छ त्यो उहाँको प्रेम र मुक्ति हो भन्ने अनुभव गरेकी छु। र परमेश्‍वरको काममा रहेको बुद्धिमतालाई पनि चिन्न पाएकी छु। परमेश्‍वरलाई मेरो हृदयको गहिराइदेखि नै धन्यवाद छ!

अघिल्लो: ९८. सधैँ अरूलाई खुसी पार्दा के हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्