७१. ठुलालाई सम्मान र सानालाई माया गर्नु असल मानवताको मानक हो?

झोऊ झोऊ, चीन

मेरो जन्म परम्परागत चिनियाँ परिवारमा भएको हो। म सानै छँदादेखि मेरा आमाबुबाले मलाई सुशिक्षित, समझदार र शिष्ट बच्चा हुनु, र ठुलालाई देख्दा नमस्कार गर्नू र अशिष्ट नहुनू, नत्र मानिसले कुसंस्कारी भन्‍नेछन् भनेर सिकाउनुभयो। स्कुल जान थालेपछि, शिक्षकहरूले हामीलाई सधैँ चीन सधैँ रीतिरिवाज र शिष्टाचारलाई जोड दिने देश हो, र मानिसहरूले अरूसँग अन्तरक्रिया गर्दा शिष्ट आचरण राख्नैपर्छ भनेर भन्नुहुन्थ्यो। म प्रायः मेरा पाठ्यपुस्तकमा कोङ रोङले ठुला नास्पाती दिएको कथाजस्ता नैतिक कथाहरू देख्ने गर्थेँ र यी कथाहरू मेरो दिमागमा गहिरोसँग गडियो। म सोच्थेँ, व्यक्तिसँग उचित शिष्टाचार हुनुपर्छ, ठुलालाई सम्मान र सानालाई माया गर्नुपर्छ, यसो गरेमा मात्र ऊ सुसंस्कारी र असल व्यक्ति हुन सक्छ। म सधैँ यो परम्परागत संस्कृतिअनुसार जिएँ, मैले ठुलाप्रति सम्मान र भद्रता देखाएँ र उनीहरूलाई कहिल्यै चिढ्याइनँ। उनीहरूले कुनै समय कुनै गल्ति गरेका देख्दा पनि, उनीहरूको सामुन्ने त्यो कुरा औँल्याउने हिम्मत कहिल्यै गदिनँथेँ। परमेश्‍वरमा विश्‍वास र आफ्नो कर्तव्य गर्न थालेपछि, मण्डलीमा, म अझै सुशिक्षित र समझदार हुने, ठुलालाई सम्मान र सानालाई माया गर्ने परम्परागत विचारअनुसार नै जिएँ। म ठुला ब्रदर-सिस्टरहरूलाई कसरी लिन्थेँ भन्‍ने सन्दर्भमा भन्नुपर्दा, म कहिल्यै सिधै उनीहरूको नाम काढ्दिनथेँ, सधैँ सम्मानपूर्वक फलानो दाजु वा फलानो दिदी भनेर भन्थेँ, ताकि मानिसहरूले मलाई विचारशील र शिष्ट ठानून्। केही ठुला ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्दा उनीहरूका कर्तव्यमा केही समस्या देख्दा म उनीहरूलाई त्यो बताउने आँट गर्दिनँथेँ। म मनमनै सोच्थेँ, “यी ब्रदर-सिस्टरहरू सबै मेरा आमाबुबाको पुस्ताका हुन्, र केही त मेरा हजुरबुबा-हजुरआमा भन्‍ने उमेरका समेत छन्। यदि मैले उनीहरूका समस्या सिधै औँल्याएँ भने के उनीहरूले मलाई अभद्र र कुसंस्कारी भन्‍नेछैनन् र?” यसले गर्दा म उनीहरूका समस्या औँल्याउँदिनथेँ भन्दा पनि हुन्छ। मैले केही भनिहाले पनि, उनीहरूको आत्मसम्मानमा चोट नपुऱ्याउन सुरुमा सही शब्दहरू खोजेर नम्र लबजमा बोल्नुपर्ने हुन्थ्यो। मैले सधैँ ब्रदर-सिस्टरहरूअघि परिष्कृत, संवर्धित र भद्र व्यवहार गरेकीले सबैले मलाई परिपक्व र स्थिर र असल मानवता भएको व्यक्ति सोच्थे, र म यसो गरेर सत्यता अभ्यास गर्दै छु भन्‍ने सोच्थेँ।

पछि, मैले मण्डलीमा लेखनपठनको कर्तव्य लिएँ। एकपटक, अगुवाले लेखनपठन काममा कर्मचारीको कमी छ भनिन्। उनले वेन ताओ नाम गरेका ब्रदरले पहिले लेखनपठनको कर्तव्य गरेका र केही सिद्धान्त बुझेका छन् भनिन्, त्यसैले उनी तिनलाई यहाँ ल्याउन चाहन्थिन् र उनले मलाई तिनीसँग सङ्गति गर्न अनुरोध गरिन्। म गएर वेन ताओसँग सङ्गति गरेपछि, उनी यो कर्तव्य गर्न इच्छुक भए, तर स्वास्थ्य कमजोर भएकाले धेरै काम भने गर्न नसक्ने बताए। मैले उनलाई उनको स्वास्थ्य अवस्थाअनुसार हामी उचित रूपमा कार्यभार बन्दोबस्त गर्न सक्छौँ, र त्यसरी उनको स्वास्थ्य र ऊर्जा राम्रोसँग कायम हुनेछ भनेर भनेँ। उनी यसमा सहमत भए। तर केही दिन नबित्दै अगुवाले वेन ताओबाट एउटा पत्र आएको र त्यसमा उनले आफ्नो स्वास्थ्य राम्रो छैन र लेखनपठनको कर्तव्य गर्नुको सट्टा सुसमाचार फैलाउन चाहन्छु भनेका छन् भनेर बताइन्। अगुवाले मलाई फेरि गएर वेन ताओसँग सङ्गति गर्न अनुरोध गरिन्। मैले मनमनै सोचेँ, “उनले सुसमाचार फैलाउँदा सामान्यतया धेरै दौडधूप गर्नुपर्छ, के उनलाई कष्ट हुनेछैन र? किन उनी लेखनपठनको कर्तव्य नगरेर सुसमाचार फैलाउन इच्छुक छन्? के उनलाई कुनै कठिनाइ भइरहेको छ? वा, के उनी लेखनपठनको काम गर्दा अरूको नजरमा परिँदैन भन्‍ने सोच्छन्?” त्यसैले म उनीसँग सङ्गति गर्न चाहन्थेँ, तर म यदि मैले यो कुरा उनको सामने भनेमा उनले मलाई के सोच्लान् भनेर चिन्तित पनि थिएँ। उनले मलाई कलिलै र अहङ्कारी भन्लान्, र यसो भन्छन्, “तपाईँ परमेश्‍वरप्रतिको विश्‍वासमा अझै नयाँ नै हुनुहुन्छ, तैपनि मेरा समस्या देखाउने भइसक्नुभो। तपाईँ अशिष्ट र अभद्र भइरहनुभएको छ।” उमेरको हिसाबले वेन ताओलाई मभन्दा जेठो मान्न सकिन्थ्यो, र उनलाई भेट्दा म सधैँ दाजु वेन भनेर बोलाउँथेँ। यदि यसपटक मैले उनका समस्या मुखेन्जी औँल्याएकी भए, के त्यसको अर्थ म राम्रो संस्कार नपाएकी र अभद्र हुँ भन्‍ने हुनेथिएन र? यसबारे सोच्दा, मलाई आफ्नो मुख बन्द राख्नुपर्छ भन्‍ने लाग्यो। भोलिपल्ट, मैले वेन ताओलाई भेट्दा, मैले उनलाई उनको स्थितिबारे केही प्रश्न, र उनलाई आफ्नो कर्तव्यबारे कुनै चिन्ता छ कि छैन भनेर मात्र सोधेँ, र त्यसपछि मैले आफ्नै अनुभवका आधारमा उनीसँग सङ्गति गरेँ। अन्तमा, उनी लेखनपठनको कर्तव्य जारी राख्न राजी भए।

केही समय नबित्दै, वेन ताओले एउटा भेलामा आफ्नो स्थितिबारे छलफल गरे, र एउटी सिस्टरले उनको समस्या यसो भन्दै औँल्याइन्, “तपाईँलाई कुनै कठिनाइले लेखनपठनको कर्तव्य गर्न अनिच्छुक बनाएको थियो? वाा यसको पछाडि कुनै मनसाय थियो? यो कर्तव्य नदेखिने भएकाले हो, वा अरू केही थियो?” यी सिस्टरको सम्झौटोले गर्दा वेन ताओले आत्मचिन्तन गर्न थाले, र उनले आफ्नो कर्तव्य छनौट गर्नुलाई आफ्नो प्रतिष्ठा र हैसियतले प्रभाव पारेको रहेछ भन्‍ने बुझे। उनी सोच्थे, सुसमाचार फैलाउनाले उनी सबैको नजरमा पर्नेछ, जहाँ गए पनि ब्रदर-सिस्टरहरूले उनको सम्मान गर्नेछन्, तर लेखनपठनको कर्तव्य गर्दा उनी अरूको नजरमा आउनेथिएनन्, र उनले कति मेहनत गरे भन्‍ने कसैलाई थाहा हुनेथिएन। यसले गर्दा, उनी अरूको नजरमा पर्ने सुसमाचार प्रचारको कर्तव्य गर्न चाहन्थे। यसपछि, वेन ताओले परमेश्‍वरका वचनहरू खाए र पिए, आत्मचिन्तन गरे र आफूलाई चिन्ने प्रयास गरे, अनि प्रतिष्ठा र हैसियतप्रतिको आफ्नो पछ्याइमा आफू पावलको मार्गमा हिँडिरहेको छु भन्‍ने बुझे। उनले आफ्नो कर्तव्यप्रतिलाई हेर्ने आफ्नो गलत दृष्टिकोणलाई सुधारे र अनुभवात्मक गवाही लेख लेखे। यो सुनेर मैले यस्तो सोच्दै चिन्तन गरेँ: “मलाई के पनि थाहा थियो भने, वेन ताओ लेखनपठनको कर्तव्य गर्न अनिच्छुक हुनुको पछाडि कुनै कारण छ, त्यसोभए प्रतिक्रिया जनाउन म किन यति सुस्त र उनका समस्या औँल्याउन अनिच्छुक भएँ? यहाँ मलाई खासमा केले नियन्त्रण गरिरहेको छ?” त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “मण्डलीमा, यदि कोही आफूभन्दा जेठो छ वा उसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छ भने, तिमीहरू सधैँ उसलाई आदर गर्न चाहन्छौ। उनीहरूले बकवास कुरा गर्दा पनि तिमीहरू उनीहरूलाई आफ्नो कुरा सक्काउन दिन्छौ, बीचैमा रोक्दैनौ, अनि कुनै गलत काम गरेकोमा उनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता पर्दा पनि, उनीहरूको कार्य जति नै अनुचित वा भयानक भए पनि, सबैले उनीहरूलाई क्षमा दिनुपर्छ र उनीहरूलाई सहन गर्नुपर्छ भन्‍ने सोचेर तिमीहरू अझै उनीहरूको इज्जत बचाउने प्रयास गर्छौ र अरूको अगाडि उनीहरूको आलोचना गर्दैनौ। तिमीहरू अक्सर अरूलाई पनि सिकाउँछौ: ‘हामीले वृद्धहरूलाई इज्जत दिनुपर्छ र उनीहरूको प्रतिष्ठामा आँच पुऱ्याउनु हुँदैन। हामीहरू उनीहरूभन्दा कान्छा हौँ।’ यो ‘कान्छो’ शब्द कहाँबाट आयो? (परम्परागत संस्कृतिबाट।) यो परम्परागत सांस्कृतिक विचारबाट लिइएको हो। यसका साथै, मण्डलीमा एक निश्चित वातावरण बनाइएको छ, जसअनुसार मानिसहरूले आफूभन्दा ज्येष्ठ दाजुभाइ दिदीबहिनीहरूलाई भेट्दा उनीहरूलाई ‘ठूल्दाइ,’ ‘ठूल्दिदी,’ ‘आन्टी,’ वा ‘जेठा दाइ’ भनेर न्यानो रूपमा सम्बोधन गर्छन्, यस्तो लाग्छ सबैजना एउटा ठूलो परिवारको हिस्सा हो; यी वृद्ध व्यक्तिहरूलाई अतिरिक्त सम्मान देखाइन्छ, जसले अनजानमै अरूको मनमा युवाहरूप्रति राम्रो छाप छोड्छ। परम्परागत संस्कृतिका यी तत्त्वहरूले मण्डलीको वातावरणलाई नै निरन्तर फैलाउने र आकार दिने हदसम्म चिनियाँ जनताको मन-मस्तिष्कमा गहिरो जरा गाडेका छन्। मानिसहरू प्रायः यी अवधारणाहरूद्वारा बाँधिएका र नियन्त्रित भएकाले, तिनीहरू व्यक्तिगत रूपमा त्यसको समर्थन, यस दिशामा कार्य गर्न र अभ्यास गर्न कडा परिश्रम गर्ने मात्र नभई अरूलाई पनि सँगसँगै पछ्याउन निर्देशन दिँदै यस्तै गर्न स्वीकृति दिन्छन्। परम्परागत संस्कृति सत्यता होइन; यो निश्चित छ। तर यो सत्यता होइन भनेर मानिसहरूले केवल थाहा पाउनु पर्याप्त छ? यो सत्यता होइन भन्‍नु एउटा पक्ष हो; हामीले यसलाई किन चिरफार गर्नुपर्छ? यसको जड के हो? समस्याको सार कहाँ छ? यी कुराहरूलाई कसरी त्याग्न सकिन्छ? परम्परागत संस्कृतिको चिरफार गर्नुको उद्देश्य यस पक्षको सिद्धान्त, विचार र दृष्टिकोणका बारेमा तेरो हृदयको गहिराइमा नयाँ बुझाइ प्रदान गर्नु हो। यी सबै नयाँ बुझाइ कसरी प्राप्त गर्न सकिन्छ? पहिलो कुरा त, परम्परागत संस्कृति शैतानबाट उत्पन्‍न हुन्छ भनेर तैँले जान्‍नुपर्छ। अनि शैतानले मानिसहरूमा परम्परागत संस्कृतिका यी तत्त्वहरू कसरी रोपिदिन्छ? हरेक युगमा शैतानले केही प्रसिद्ध व्यक्तित्वहरू र महान् व्यक्तिहरूलाई प्रयोग गरेर यी विचारहरू, यी तथाकथित भनाइहरू र सिद्धान्तहरू फैलाउने गर्दछ। त्यसपछि, बिस्तारै, यी विचारहरू व्यवस्थित र मूर्त बन्छन्, मानिसहरूको जीवनको झन्-झन् नजिक आउँछन्, र अन्ततः ती मानिसहरूमाझ व्यापक हुन्छन्; बिस्तारै बिस्तारै यी शैतानी विचारहरू, भनाइहरू र सिद्धान्तहरूलाई मानिसहरूको दिमागमा बसाइन्छ। यी विचारहरू मनमा घुसाइएपछि मानिसहरू शैतानबाट आएका यी विचारहरू र सिद्धान्तहरूलाई आफूले अभ्यास र पालना गर्नुपर्ने सबैभन्दा सकारात्मक चीजहरू ठान्‍ने गर्छन्। त्यसपछि शैतानले मानिसहरूको दिमागलाई कैद गर्न र नियन्त्रण गर्न यी चीजहरू प्रयोग गर्दछ। अहिलेसम्म पुस्तौँ पुस्तालाई यस्ता परिस्थितिमा शिक्षित पारिएको, अनुकूलन गरिएको र नियन्त्रित गरिएको छ। यी सबै पुस्ताले परम्परागत संस्कृति सही र राम्रो हो भन्‍ने विश्‍वास गरेका छन्। कसैले पनि यी तथाकथित असल र सही चीजहरूको उत्पत्ति वा स्रोतलाई चिरफार गर्दैन—यसले समस्यालाई अझै गम्भीर बनाइदिन्छ। धेरै वर्षदेखि परमेश्‍वरका वचनहरू पढेका केही विश्‍वासीहरूले समेत अझै पनि यी सही र सकारात्मक कुराहरू हुन् भनी सोच्छन्, उनीहरू यसले सत्यतालाई प्रतिस्थापन गर्न सक्छ, परमेश्‍वरका वचनलाई प्रतिस्थापन गर्न सक्छ भन्‍ने हदसम्म विश्‍वास गर्छन्। अझै भन्‍नुपर्दा, कसै-कसैले सोच्ने गर्छन्, ‘मानिसहरूका बीचमा बसेर हामीले जतिसुकै परमेश्‍वरका वचनहरू पढे तापनि, तथाकथित परम्परागत विचारहरू र संस्कृतिका परम्परागत तत्त्वहरू—तीन आज्ञाकारिता र चार सद्गुणहरू, साथै परोपकार, धार्मिकता, सद़्व्यवहार, बुद्धि र विश्‍वसनीयता जस्ता अवधारणाहरू—खारेज गर्न सकिँदैन। किनभने ती हाम्रा पुर्खाहरूबाट हस्तान्तरण हुँदै आएका हुन्, जो ऋषिहरू थिए। हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ भन्दैमा हाम्रा पुर्खाहरूको शिक्षाको विरुद्धमा जान सक्दैनौँ, र हामी हाम्रा पुर्खाहरू र ती प्राचीन ऋषिहरूको शिक्षालाई हेरफेर गर्न वा त्याग्न सक्दैनौँ।’ यस्ता विचार र सचेतना सबै मानिसको हृदयमा हुन्छ। अनजानमा, तिनीहरू सबै अझै पनि परम्परागत संस्कृतिका यी तत्त्वहरूको नियन्त्रण र बन्धनमा छन्। उदाहरणका लागि, जब कुनै बच्चाले तँलाई बीस वर्ष नाघेको सम्झेर ‘अङ्कल’ भनी बोलाउँछ, तब तँ खुसी र सन्तुष्ट हुन्छस्। यदि उसले तँलाई सीधै नामले सम्बोधन गर्छ भने, तँ असहज महसुस गर्छस्, यो बच्चा त अशिष्ट छ र यसलाई झपार्नुपर्छ भन्‍ने सोच्छस्, र तेरो मनोवृत्ति परिवर्तन हुन्छ। वास्तवमा, उसले तँलाई अङ्कल भनोस् वा तेरो नामै काढेर बोलाओस्, यसले तेरो निष्ठामा कुनै आँच आउँदैन। त्यसोभए उसले तँलाई अङ्कल भनी सम्बोधन नगर्दा तँ किन दुखी हुन्छस्? किनभने तँ परम्परागत संस्कृतिको प्रभुत्व र प्रभावमा परेको छस्; यसले तेरो दिमागमा पहिले नै जरा गाडिसकेको छ अनि मानिसहरू, घटनाहरू र चीजहरू, साथै सबै चीजहरूको मूल्याङ्कन र न्याय गर्नका लागि यही नै सबैभन्दा आधारभूत मानक बनिसकेको छ। तेरो मापदण्ड नै गलत छ भने, तेरा कार्यहरूको प्रकृति सही हुन सक्छ र? अवश्यै सक्दैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थितिलाई खुलासा गरे। म ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्ने, अनि परिष्कृत र संवर्धित हुनेजस्ता परम्परागत संस्कृति र विचारहरूद्वारा गहन रूपमा प्रभावित भएकी थिएँ। मलाई सानैदेखि घर र स्कुलका शिक्षाले के विश्‍वास गर्न लगायो भने शिष्ट, सुशिक्षित र समझदार भएँ मात्र म राम्रो व्यक्ति मानिन सक्छु, र ठुलाहरूलाई अनुचित ढङ्गले सम्बोध्न गर्ने, र उनीहरूलाई अनादर गर्नेहरू कुसंस्कारी र मानिसहरूको आदर पाउन अयोग्य हुन्। चाहे गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्दा होस् वा परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्दा, म सधैँ यी परम्परागत विचारअनुसार जिइरहेकी हुन्थेँ, तिनलाई आफ्नो आचरणको नियम मानिरहेकी हुन्थेँ, र यसरी व्यवहार गर्नु भनेको आफूले सत्यता अभ्यास गरिरहेको हो भन्‍ने ठानिरहेकी हुन्थेँ। आफूभन्दा ज्येष्ठ ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा उनीहरूमा आफू शिष्ट व्यक्ति हुँ भन्‍ने सकारात्मक छवि बसाल्न म कहिल्यै सिधै उनीहरूको नाम काड्दिनथेँ, बरु उनीहरूलाई आदरपूर्वक “दाजु” वा “दिदी” भन्थेँ। कहिलेकाहीँ उनीहरूको केही भ्रष्टता प्रकट भएको देख्दा, यसलाई समाधान गर्न उनीहरूलाई सत्यता खोज्न मद्दत गर्नका लागि म इमानदार व्यक्ति हुनुपर्थ्यो र उनीहरूसँग यो कुरा उठाउनुपर्थ्यो, तर ब्रदर-सिस्टरहरूको हृदयमा बसेको मेरो सकारात्मक छवि चकनाचुर हुन नदिन, मैले कहिल्यै सिधै ती कुरा औँल्याउने हिम्मत गरिनँ। यसो गर्दा म राम्रो संस्कार नपाएकी र शिष्टता नभएकी देखिनेछु, र यदि मैले केही भनिहाले पनि, त्यो घुमाएर भन्‍नेथिएँ र चलाकीपूर्वक विषय उठाउनेथिएँ, जुन पूर्ण रूपमा प्रभावहीन हुन्थ्यो। ठिक पछिल्लोपटक जस्तै, जब मैले वेन ताओसँग उनका कर्तव्यहरूसम्बन्धी यस विषयबारे सङ्गति गरेकी थिएँ, र मैले उनको कर्तव्य अस्वीकार गर्ने समस्या स्पष्ट रूपमा देखेकी थिएँ, अनि मैले त्यो उनलाई औँल्याउनुपर्थ्यो र आत्मचिन्तन गर्न र पाठ सिक्न मद्दत गर्नुपर्थ्यो, तर उनलाई म अनादर गर्ने र राम्रो संस्कार पाएर नहुर्केकी व्यक्ति हुँ भन्‍ने ठान्न नदिन, म त्यो कुरा सिधै उनीसँग उठाउनबाट आफूलाई रोकेँ, केवल हल्का रूपमा केही शब्द र धर्मसिद्धान्तहरू बोलेर त्यो विषय छोएँ, र समस्या समाधान गर्न त्यति भए पुग्छ भन्‍ने सोचेँ। वास्तवमा, त्यसले उनलाई कत्ति पनि सहयोग गरेन, मैले यसो गरेर उनलाई हानि पुर्‍याउँदै थिएँ। अन्ततः मैले स्पष्टसित के बुझेँ भने ठुलालाई सम्मान गर्नु र सानालाई माया गर्नु सत्यता र आत्मआचरणको सिद्धान्त होइन, न त यो कुनै व्यक्तिको मानवता मूल्याङ्कन गर्ने आधार नै हो।

यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरले मानिसलाई केको आधारमा अरूको मापन गर्न लगाउनुहुन्छ? उहाँले मानिसलाई केअनुसार मानिसहरू र कामकुरालाई हेर्न लगाउनुहुन्छ? (उहाँको वचनअनुसार।) उहाँले मानिसलाई उहाँको वचनअनुसार मानिसहरूलाई हेर्न लगाउनुहुन्छ। निश्चय नै, यसो गर्नु भनेको व्यक्तिमा मानवता छ कि छैन भनेर उहाँको वचनअनुसार मापन गर्नु हो। यो यसको एउटा भाग हो। त्यसबाहेक, यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, उसमा परमेश्‍वरको डर मान्ने हृदय छ कि छैन, र ऊ सत्यता पालना गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा आधारित हुन्छ। के यसका निश्‍चित विषयहरू यिनै होइनन् र? (यिनै हुन्।) त्यसोभए, मानिसले अर्को व्यक्तिको भलाइलाई केको आधारमा मापन गर्छ? ऊ संस्कारी र नियमबद्ध छ कि छैन, खाँदा उसले ओठ चाट्ने, वा गाँसैपिच्छे खानेकुरा यताउता छान्‍ने गर्छ कि गर्दैन, खाना खाने बेला ठूलो मान्छे बसेपछि मात्रै बस्छ कि बस्दैन। तिनीहरू अरूलाई मापन गर्न यस्ता कुराहरू प्रयोग गर्छन्। के यी कुराहरू प्रयोग गर्नु भनेको सुशिक्षित र समझदार बन्ने भन्‍ने व्यवहारको मानक प्रयोग गर्नु होइन र? (हो।) के त्यस्तो मापन सही हुन्छ? के त्यो सत्यताअनुरूप हुन्छ? (हुँदैन।) त्यो सत्यताअनुरूप हुँदैन भनेर एकदमै स्पष्ट छ। त्यसोभए, यस्तो मापनको परिणाम के हुन्छ? मापन गर्ने व्यक्तिले सुशिक्षित र समझदार जोसुकै व्यक्ति असल हुन्छ भन्‍ने विश्‍वास गर्छ, र यदि तैँले उसलाई सत्यताबारे सङ्गति गर्न लगाइस् भने, उसले मानिसहरूलाई सधैँ घरेलु नियम र शिक्षाहरू, अनि असल व्यवहारहरू सिकाइरहेको हुने छ। अनि उसले मानिसहरूलाई यी कुराहरू सिकाउनुका परिणामस्वरूप उसले मानिसहरूलाई असल व्यवहार सिकाउने छ, तर ती मानिसहरूको भ्रष्ट सार पटक्कै परिवर्तन हुने छैन। कामकुरा गर्ने यस्तो शैली सत्यता र परमेश्‍वरको वचनभन्दा निकै पर हुन्छ। यस्ता मानिसहरूमा केही असल व्यवहार मात्रै हुन्छन्। त्यसोभए, के असल व्यवहारको कारण तिनीहरूभित्रको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ? के तिनीहरू परमेश्‍वरप्रति समर्पित र बफादार हुन सक्छन्? अवश्य नै सक्दैनन्। यी मानिसहरू केमा परिवर्तन भएका हुन्छन्? फरिसीहरूमा परिवर्तन भएका हुन्छन्, जो बाहिरी रूपमा असल व्यवहार भएका हुन्छन् तर आधारभूत रूपमा सत्यतालाई नबुझ्‍ने, र परमेश्‍वरमा समर्पित हुन नसक्‍ने हुन्छन्। त्यसै होइन त? (हो।) फरिसीहरूलाई हेर् त—के तिनीहरू त्रुटिरहित देखिँदैन थिए र? तिनीहरू विश्राम दिन मान्थे; विश्राम दिनमा तिनीहरू केही पनि गर्दैन थिए। बोलीवचनमा तिनीहरू शिष्ट थिए, निकै निमयबद्ध र नियम पालक, निकै संस्कारी, निकै सभ्य र ज्ञानी थिए। तिनीहरू देखावटी रूप धारण गर्न सिपालु र परमेश्‍वरको डर पटक्‍कै नमान्ने, तर उहाँलाई आलोचना र निन्दा गर्ने भएकोले, अन्त्यमा उहाँले तिनीहरूलाई श्राप दिनुभयो। परमेश्‍वरले तिनीहरूलाई ढोँगी फरिसीहरूकोरूपमा परिभाषित गर्नुभयो, जो सबै दुष्कर्मी थिए। त्यसरी नै, सुशिक्षित र समझदार बन्ने भन्‍ने असल व्यवहारलाई आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने मापदण्डको रूपमा प्रयोग गर्ने मानिसहरू सत्यता पछ्याउने मानिस होइनन् भन्‍ने कुरा स्पष्ट हुन्छ। जब तिनीहरू अरूलाई मापन गर्न अनि आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न यो नियम प्रयोग गर्छन्, तब अवश्य नै सत्यता पछ्याइरहेका हुँदैनन्; र जब तिनीहरू कुनै व्यक्ति वा कुराबारे न्याय गर्छन्, तब त्यो न्यायको मानक र आधार सत्यताअनुरूप हुँदैन, तर यसको उल्लङ्घन भएको हुन्छ। तिनीहरू व्यक्तिको व्यवहार र उसको तौरतरिकामा मात्रै ध्यान दिन्छन्, उसको स्वभाव र सारमा ध्यान दिँदैनन्। तिनीहरूको आधार परमेश्‍वरको वचन वा सत्यता हुँदैन; बरु, तिनीहरूको मापन त सुशिक्षित र समझदार बन्ने भन्‍नेजस्ता परम्‍परागत संस्कृतिको व्यवहारको मानकमा आधारित हुन्छ। यस्तो मापनको परिणामस्वरूप व्यक्तिमा सुशिक्षित र समझदार बन्ने भन्‍ने बाहिरी असल व्यवहार छ भने, व्यक्ति असल र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। जब मानिसहरू यस्तो वर्गीकरण गर्छन्, तब तिनीहरूले अवश्य नै सत्यता र परमेश्‍वरका वचनहरूप्रति विपरीत अडान लिएका हुन्छन्। अनि तिनीहरूले मानिसहरू र कामकुरालाई हेर्ने अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने व्यवहारसम्‍बन्धी यो मापदण्डलाई जति प्रयोग गर्छन्, यसबाट हुने परिणामले तिनीहरू सबैलाई परमेश्‍वरको वचन र सत्यताबाट झन् टाढा लैजान्छ। त्यसपछि पनि तिनीहरूलाई आफूले गर्ने कुरामा रमाइलो लाग्छ र तिनीहरू आफूले सत्यता पछ्याइरहेको छु भन्‍ने ठान्छ। तिनीहरू परम्‍परागत संस्कृतिका केही असल कथनहरू पालना गरेर आफूले सत्यतामा र साँचो मार्गमा हिँडिरहेको छु भन्‍ने ठान्छन्। तैपनि, तिनीहरूले यी कुरालाई जति पालना गरे पनि, तिनमा जति नै जोड लगाए पनि, अन्त्यमा तिनीहरूले परमेश्‍वरको वचनको, सत्यताको कुनै अनुभव पाउने छैनन्, न तिनलाई कदर नै गर्नेछन्, न त तिनीहरू अलिकति पनि परमेश्‍वरमा समर्पित नै हुने छन्। यसले परमेश्‍वरप्रतिको साँचो डर जगाउन सक्नु त परको कुरा हो। मानिसहरूले सुशिक्षित र समझदार बन्ने भन्‍नेजस्ता कुनै पनि र सबै असल व्यवहारहरू पालना गर्दा यस्तै हुन्छ। मानिसले असल व्यवहारमा, यसअनुसार जिउनुमा, वा यसलाई पछ्याउनुमा जति ध्यान दिन्छ, ऊ परमेश्‍वरका वचनहरूबाट त्यति नै टाढा हुन्छ—अनि मानिस परमेश्‍वरको वचनबाट जति टाढा हुन्छ, उसले सत्यता त्यति नै बुझ्‍न सक्दैन। यो अचम्मको कुरा होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। बाहिरबाट हेर्दा, परम्परागत संस्कृतिले हामीलाई सुशिक्षित, समझदार र सदाचारी मानिस बनाउन मद्दत गर्छ जस्तो देखिन्छ, तर वास्तवमा, यसले हामीलाई कसरी आफूलाई लुकाउने र आकर्षित ढङ्गले प्रस्तुत गर्ने, र मानिसहरूलाई छल्न कसरी सतही झुटा रूप प्रयोग गर्ने भनी सिकाउँछ। यो परम्परागत संस्कृतिअनुसार जिउँदा, हामी केवल असल व्यवहारको अस्थायी झुटा रूप देखाउन सक्छौँ र हाम्रा भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा समाधान गर्न सक्दैनौँ। परम्परागत संस्कृतिअनुसार जिएर, हामी कहिल्यै साँचो मानव रूपमा जिउन सक्दैनौँ। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा, उहाँले हामीलाई गर्ने माग यो हो: “पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (२))। अर्थात्, मानिसहरूले परमेश्‍वरको डर मान्ने हृदयले बोल्नु र व्यवहार गर्नुपर्छ, आफ्ना कर्तव्यमा परमेश्‍वरको घरको कामको रक्षा गर्नुपर्छ, ब्रदर—सिस्टरहरूसँग अन्तरक्रिया गर्दा पूर्ण रूपमा खुलस्त हुनुपर्छ र इमानदार व्यक्ति बन्नुपर्छ, र जीवन प्रवेशमा एकअर्कालाई सहयोग गर्नुपर्छ। यो नै मानिसहरूमा हुनुपर्ने मानवता र समझ हो। तर, मैले परमेश्‍वरको मागअनुसार आफूलाई व्यवहार गरिनँ, बरु सुशिक्षित, समझदार, परिष्कृत र संवर्धित हुनुजस्ता शैतानले हामीमा हालिदिएको परम्परागत संस्कृतिलाई अँगाल्नुपर्ने सत्यता ठानेँ, सतही असल व्यवहार प्रयोग गरेर आफूलाई आकर्षित ढङ्गमा प्रस्तुत गरेँ। विशेष गरी म पाका ब्रदर-सिस्टरहरूसँग सहकार्यमा रहँदा र मलाई भित्रभित्रै स्पष्ट रूमा उनीहरूलाई मन नपर्दा पनि, मैले बाहिरबाट उनीहरूप्रति धैर्यशील र प्रेमिलो भएको नाटक गरेँ, यो प्रयोग गरेर मानिसहरूलाई भ्रममा पारेँ र मलाई राम्रो नजरले हेर्न लगाएँ। मैले ब्रदर-सिस्टरहरूको कर्तव्यमा समस्याहरू देख्दा, ती कुरा औँल्याएर तिनीहरूलाई सहयोग गरिनँ, बरु सधैँ उनीहरूको भावनालाई विचार गरेँ र ती कुरा भन्दा उनीहरूलाई चोट पुग्छ कि भनेर डराएँ। म यस्तो व्यवहार गर्नु भनेको ब्रदर-सिस्टरहरूको सम्मान गर्नु र आफू परिष्कृत छु भनेर देखाउनु हो भन्‍ने ठान्थेँ, तर वास्तवमा, मैले यसलाई केवल आफ्नो परिष्कृत र संवर्धित व्यक्तिको राम्रो छवि स्थापित गर्न प्रयोग गरिरहेकी थिएँ। मजस्तो व्यक्तिमा कसरी कुनै मानवता हुन सक्थ्यो र? म स्वार्थी र छली थिएँ, मानिसहरूलाई भ्रममा पार्ने ती पाखण्डी फरिसीहरूभन्दा कुनै फरक थिइनँ। म यो परम्परागत संस्कृतिअनुसार जिइरहेकी थिएँ र विवेक र समझविनाकी झन्-झन् कपटी र छली बनिरहेकी थिएँ। मैले के पनि बुझेँ भने परमेश्‍वरले माग गर्ने सत्यता अभ्यास गर्नु सतही रूपमा राम्रो व्यवहार देखाउने नाटक गर्नु होइन, बरु सत्यता सिद्धान्तहरूअनुसार सबै कुरा गर्न सक्नु र आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन छाड्नु हो। यसबीच, मैले ठुलालाई सम्मान गर्नु र सानालाई माया गर्नुजस्ता परम्परागत संस्कृतिलाई गलत रूपमा सत्यता ठाने, यी सतही असल व्यवहारहरूमा अडिग रहेसम्म मैले सत्यता अभ्यास गरिरहेकी हुनेछु भन्‍ने सोचेँ र परमेश्‍वरका वचन र मागहरूलाई बेवास्ता गरिरहेकी थिएँ। के म साँच्चै परमेश्‍वरको विश्‍वासी थिएँ? मैले यी असल व्यवहारहरू जति नै राम्ररी कायम राखे पनि, त्यसको अर्थ मैले सत्यता अभ्यास गरिरहेकी हुन्छु भन्‍ने हुनेथिएन, र मैले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न असम्भव हुनेथ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूबाट अभ्यास गर्न मार्ग खोजेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसहरूको बोलीवचन र कार्यहरूको आधार के हुनुपर्छ? परमेश्‍वरका वचनहरू। त्यसो भए, परमेश्‍वरले मानिसहरूको बोलीवचन र कार्यहरूको लागि तय गरेका सर्त र मापदण्डहरू के-के हुन्? (ती कुराहरू मानिसहरूलाई सुधार गर्ने किसिमको हुनुपर्छ।) ठिक भनिस्। सबैभन्दा आधारभूत रूपमा, तैँले सत्य कुरा भन्‍नुपर्छ, इमानदारीपूर्वक बोल्‍नुपर्छ, र अरूलाई फाइदा पुर्‍याउनुपर्छ। कम्तीमा पनि, तेरो बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्‌गुण हो। के परमेश्‍वरले तँलाई कति चर्को आवाजमा बोल्ने भनेर बताउनुभएको छ? के उहाँले तैँले स्तरीय भाषा प्रयोग गर्नुपर्छ भनेर माग गर्नुभएको छ? के उहाँले तँबाट अलङ्कृत, वा भव्य, परिष्कृत भाषाशैली प्रयोग गर्नुपर्छ भन्‍ने माग गर्नुभएको छ? (छैन।) उहाँले त्यस्ता कुनै सतही, ढोँगी, झूटा, र देख्‍न नसकिने फाइदाजनक एउटै पनि माग गर्नुभएको छैन। परमेश्‍वरका सबै मापदण्ड सामान्य मानवतामा हुनुपर्ने कुरा, मानिसको भाषा र कार्यका स्तर र सिद्धान्त हुन्। कुनै व्यक्तिको जन्‍मस्थल वा उसले बोल्ने भाषाले केही फरक पार्दैन। जे भए पनि, तैँले बोल्‍ने शब्‍दहरू—तिनलाई भन्‍ने शैली र तिनको विषयवस्तु—अरूलाई सुधार गर्ने हुनैपर्छ। ती सुधार गर्ने हुनुपर्छ भन्‍नुको अर्थ के हो? यसको अर्थ अरूलाई ती शब्‍दहरू सुनेपछि ती साँचो लाग्छ, र तीबाट संवर्धन र सहयोग पाउँछन्, र तिनीहरू सत्यता बुझ्‍न सक्छन्, र अन्योलमा पर्न छोड्छन, अनि अरूको बहकाउमा परिहाल्दैनन्। त्यसकारण, मानिसहरूले सत्य बोलून्, आफूले सोचेको कुरा बताऊन्, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। के यी बोलीवचनका सिद्धान्तहरू होइनन् र? मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन भन्‍नुको अर्थ के हो? यसको अर्थ अरू मान्छेलाई दोष नलगाउनु भन्‍ने हो। तिनीहरूलाई आलोचना गर्न वा दोष दिन तिनीहरूको विगतका गल्ती वा कमीकमजोरीहरू कोट्याउनु हुँदैन। तैँले कम्तीमा पनि यति गर्नुपर्छ। सक्रिय पक्षलाई हेर्दा, सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? … अनि समग्रमा भन्दा, बोल्‍नुको पछाडि रहेको सिद्धान्त के हो? यो यस्तो हो: हृदयमा भएको कुरा भन्‍नु, र साँचो अनुभवको बारेमा अनि तैँले वास्तवमा के सोच्छस् त्यही कुरा बोल्‍नु। ती शब्‍दहरू नै मानिसहरूको लागि सबैभन्दा लाभदायी हुन्छन्, यिनले तिनीहरूलाई भरणपोषण गर्छन्, सहयोग गर्छन्, र ती सकारात्मक हुन्छन्। नक्‍कली शब्‍दहरू बोल्‍न, मानिसहरूलाई फाइदा नदिने वा शिक्षाप्रद नहुने शब्‍दहरू बोल्‍न इन्कार गर्; यसले तिनीहरूलाई हानि हुन वा पछारिन, नकारात्मकतामा डुब्‍न र नकारात्मक असर पर्नबाट बचाउँछ। तैँले सकारात्मक कुराहरू भन्‍नुपर्छ। तैँले मानिसहरूलाई सक्दो सहयोग गर्ने, तिनीहरूलाई फाइदा पुर्‍याउने, तिनीहरूको लागि भरणपोषण गर्ने, तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास पैदा गर्ने प्रयास गर्नुपर्छ; र परमेश्‍वरका वचनहरू सम्बन्धी तेरा अनुभवहरू र समस्या हल गर्ने तेरा तरिकाहरूबाट तैँले मानिसहरूलाई मदत लिन र धेरै कुरा सिक्‍न दिनुपर्छ, साथै परमेश्‍वरको कामको अनुभव गरेर सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्ग बुझ्‍न, र यसरी तिनीहरूलाई जीवन प्रवेश प्राप्त गर्न र आफ्‍नो जीवनमा वृद्धि ल्याउन सहयोग गर्नुपर्छ—तेरा शब्‍दहरू सिद्धान्तहरू अनुरूप हुनु, र मानिसहरूलाई सुधार्ने किसिमको हुनुको प्रभाव यही हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मानिसहरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरूमा परम्परागत संस्कृतिले सिकाएजस्तो ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्ने अनि शिष्ट हुने कुरा समावेश छैन, न त ती हामीले नरम, परिष्कृत र संवर्धित ढङ्गले बोल्छौ कि छैन भन्‍ने कुरासँग नै सम्बन्धित छन्। बरु, तिनमा हामीले बोलेको कुरा सत्यतासँग मेल खान्छ कि खाँदैन र त्यो ब्रदर-सिस्टरहरूका लागि शिक्षाप्रद छ कि छैन भनेर हेर्नु समावेश छ। परमेश्‍वरको घरमा, ब्रदर-सिस्टरहरूलाई हैसियतअनुसार छुट्याइँदैन, न त मानिसहरूलाई को सबैभन्दा ज्येष्ठ छ वा कसले परमेश्‍वरमा सबैभन्दा लामो विश्‍वास गरेको छ भन्‍ने आधारमा वरिष्ठताको क्रममा व्यवस्थित गरिन्छ। चाहे ब्रदर-सिस्टरहरू पाका होऊन् वा जवान, परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने सबै समान हैसियतको हुन्छ। मानिसहरूले अरूका समस्याहरू देख्दा, सत्यतामा सङ्गति गर्न र एकअर्कालाई सहयोग गर्न सक्छन्, आवश्यक परेमा समस्याहरू सिधै औँल्याउन सक्छन् अनि परमेश्‍वरका वचनका आधामा सङ्गति गर्न, सुझाव दिन र काटछाँट गर्न सक्छन्। जबसम्म कसैसँग सही मनसाय छ र जानाजानी अरूको फाइदा उठाउनु र उनीहरूलाई आक्रमण गर्नुको सट्टा, ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई लाभ पुर्‍याउन सक्छ, तबसम्म उसले अलि कडा स्वरमा बोले पनि ठिक हुन्छ। सत्यता पछ्याउने मानिसहरूले मेरो बोल्ने तरिका र लबजकै कारण मप्रति पूर्वाग्रह विकास गर्नेछैनन्, न त म युवा भएकै कारण मलाई तुच्छ ठान्नेछन्। बरु, उनीहरूले परमेश्‍वरबाट आएका कुराहरू स्वीकार गर्नेछन्, सत्यता खोज्नेछन् र आफ्ना समस्याहरू बुझ्ने प्रयास गर्नेछन्। मैले चिन्ता वा सन्देह गर्नुपर्ने कुनै कारण छैन। वेन ताओको समस्याहरू औँल्याउने सिस्टर पनि निकै युवा थिइन्, र जब उनले समस्या पहिचान गरिन्, तब उनले यसबारे पूर्ण रूपमा खुलस्त हुन र कुरा गर्न सकिन्, जसले गर्दा वेन ताओले आफूलाई बुझ्न मद्दत पाए। वेन ताओ ती सिस्टर जवान भएकै कारण चिढिएनन्, बरु ती सिस्टरले भनेको कुरा उनले खुल्ला मनले स्वीकार गरे र सत्यता पनि खोजे, आत्मचिन्तन गरे र आफूलाई चिन्ने प्रयास गरे अनि साँचो प्राप्तिहरू अनुभव गरे। म भने ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्नेजस्ता परम्परागत संस्कृतिअनुसार जिइरहेँ। मैले वेन ताओका समस्याहरू देख्दा, प्रतिक्रिया दिन ढिलो गरेँ र ती औँल्याउने हिम्मत गरिनँ, आफूलाई लुकाउन केवल केही सतही, ढोँगी शब्दहरू बोलेँ र उनमा मेरो राम्रो छाप परोस् भन्‍ने चाहेँ। मैले यसरी व्यवहार गर्नु वेन ताओका लागि शिक्षाप्रद थिएन, र यसले मण्डलीको कामलाई कुनै फाइदा गरेन। मैले के पनि बुझेँ भने परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु मात्रै उहाँको अभिप्रायअनुरूप अनि मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवनका लागि फाइदाजनक हुन्छ। त्यसपछि, ब्रदर—सिस्टरहरूले आफ्ना कर्तव्यमा भ्रष्टता प्रकट गरेको वा सिद्धान्तहरू उल्लङ्घन हुने कामकुरा गरेको देख्थेँ, उनीहरू मभन्दा ज्येष्ठ भए पनि, त्यो उनीहरूलाई औँल्याइदिन्थेँ र परमेश्‍वरका वचनहरूमा सङ्गति गरेर सहयोग गर्थेँ। केही ब्रदर-सिस्टरले सुरुमा आफ्ना समस्याहरू पहिचान गर्न र मेरो सहयोग स्विकार्न नसके पनि, समय बित्दै जाँदा, परमेश्‍वरका वचनहरू खाएर र पिएर, अनि खोजी र चिन्तन गरेर, उनीहरूले मेरा सुझावहरू स्विकार्न र ती कुराबाट केही पाठ पनि सिक्न सके।

यस्तो समय पनि थियो जतिबेला म अगुवालाई हरेक दिन निकै व्यस्त देख्थेँ, तर उनले वास्तवमा केवल नियमअनुसार कामकुरा गरिरहेकी थिइन् र कामको कार्यान्वयनमा निर्देशनहरू मात्रै दिइरहेकी थिइन्। उनले मण्डलीको कामका स्पष्ट समस्याहरू समाधान गर्नेबारे समेत सोचिनन्, न त ब्रदर-सिस्टरहरूको स्थितिबारे वास्तवमै सोधखोज नै गरिन्। यदि कामकुरा यस्तै चलिरहेको भए, मण्डलीको कामले राम्रो नतिजा प्राप्त गर्न गाह्रो हुनेथ्यो। मैले मनमनै सोचेँ, “मैले उनलाई यो समस्या पहिले अप्रत्यक्ष रूपमा बताएकी थिएँ, तर सायद उनले समस्याको गम्भीरता बुझिनन्। सायद मैले फेरि उनलाई यो कुरा भन्नुपर्छ।” तर त्यसपछि, मैले यी अगुवा मेरी आमाको उमेरकी र मभन्दा जेठी छिन्, अनि मैले कसरी सानैदेखि उनलाई सम्मानपूर्वक सम्बोधन गर्दै आएकी छु भनेर सम्झेँ। यदि मैले उनलाई वास्तविक काम नगरेकी र झूटा अगुवाजस्तो व्यवहार गरेकी आरोप लगाएकी भए, के उनले मलाई अभद्र ठान्नेथिइनन् र? सायद मैले यो कुरा माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्नु र बरु उनीहरूलाई नै उनीसँग सङ्गति गर्न लगाउनु राम्रो होला। यो विचार आएपछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले सत्य कुरा भन्‍नुपर्छ, इमानदारीपूर्वक बोल्‍नुपर्छ, र अरूलाई फाइदा पुर्‍याउनुपर्छ। कम्तीमा पनि, तेरो बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मलाई यसबारे आफ्नो दृष्टिकोण गलत छ भन्‍ने अचानक महसुस भयो। मैले यी अगुवाको आफ्नो कर्तव्यमा समस्या छ भन्‍ने स्पष्ट रूपमा देखेकी थिएँ र मैले उनलाई ती देखाएर आफ्ना समस्याहरू पहिचान गर्न र तुरुन्तै दिशा बदल्न मद्दत गर्नुपर्थ्यो। यस्तो गर्नु उनका लागि र मण्डलीको कामका लागि फाइदाजनक हुनेथ्यो। तर, म हिचकिचाएँ र त्यो बताउने हिम्मत गरिनँ, अझै पनि ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्नेजस्ता परम्परागत विचारहरूले नियन्त्रित भएँ र बाँच्नुबारे शैतानका नियमहरूअनुसार जिएँ। यी सिस्टरलाई हाल आफ्ना समस्याहरूबारे थाहा थिएन, र उनलाई वरपरका ब्रदर-सिस्टरहरूले ती समस्या औँल्याएर प्रेमपूर्वक सहयोग गर्नु आवश्यक थियो। मैले उनका समस्याहरू देखेकाले, उनलाई ती बताइदिनुपर्थ्यो। मैले आफ्नो जिम्मेवारी पूरा गर्दा यस्तै देखिन्थ्यो। यसपछि, अर्को पटक जब मैले यी अगुवासँग भेट गरेँ, तब मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजेर उनीसँग सङ्गति गरेँ र भेला मात्र आयोजना गर्ने तर समस्याहरू वास्तवमा समाधान नगरेर, उनी झूटा अगुवाको मार्गमा हिँडिरहेकी छिन् भनेर औँल्याएँ। परमेश्‍वरका वचनहरू पढेपछि, उनले झुटो अगुवा बनेका प्रकटीकरणहरू देखाएकी स्वीकार गरिन् र आफूले कसरी देहलाई विचार गरिन् र चिन्ता गर्न वा मूल्य चुकाउन चाहिनन् भन्‍नेबारे चिन्तन गरिन्, र अबउसो दिशा बदल्न इच्छुक भइन्। यसपछि, उनमा केही परिवर्तन आयो, उनले आफ्नो काममा अझ विस्तृत वृद्धि गरिन् र ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर उनीहरूलाई केही समस्या समाधान गर्न मद्दत गरिन्। मैले मनमनै परमेश्‍वरलाई धन्यवाद दिएँ!

यो अनुभव गरेर मैले के बुझेँ भने शैतानको परम्परागत संस्कृतिअनुसार जिउँदा हामी बाहिरबाट अरूको आदर गर्ने र शिष्ट देखिन सक्छौँ र अरूको सम्मान प्राप्त गर्न सक्छौँ, तर यसले हाम्रो भ्रष्ट स्वभावलाई कसैगरी परिवर्तन गर्दैन। यी कुराअनुसार जिउँदा, व्यक्तिले मुखौटो पहिरिन्छ र झन्-झन् पाखण्डी बन्छ, मानिसहरूप्रति बेइमानी तरिकाले व्यवहार गर्छ। परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूअनुसार मानिस र कामकुरालाई हेर्ने, आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने गऱ्यो भने मात्र व्यक्तिले गर्ने सबै कुरा मण्डलीको काम र ब्रदर—सिस्टरहरूको जीवनका लागि लाभदायक हुन सक्छ, र त्यसपछि मात्र व्यक्ति साँचो मानव रूपमा जिउन सक्छ।

अघिल्लो: ७०. मैले आफ्ना घृणित भावनालाई कसरी पन्छाएँ

अर्को: ७२. के हैसियत हुनुले मुक्ति सुनिश्चित गर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६४. पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

४०. ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्