६१. मैले आफ्नी आमाको पक्ष लिनु हुँदैन

सिन्यी, चीन

सन् २०१२ मा, म धेरै मण्डलीको कामका लागि जिम्मेवार बनेँ। मैले के थाहा पाएँ भने, मण्डलीको चुनावका दौरान, मेरी आमा दुष्ट व्यक्ति ली फाङद्वारा बहकिएर नवनिर्वाचित मण्डली अगुवालाई कार्यसक्षमता नभएको, सत्यता नबुझ्ने र अगुवा हुन अयोग्य भन्दै आक्रमण गर्नुभएको र होच्याउनु भएको रहेछ; र उहाँले ली फाङलाई सब कुरा त्याग्न, परिश्रम गर्न, कठिनाइ भोग्न र मूल्य चुकाउन सक्ने सत्यता वास्तविकता भएकी व्यक्तिजस्तो उच्च पार्न र प्रशंसा गर्न सक्दो गर्नुभएको, र अन्तमा दुष्ट व्यक्ति ली फाङलाई अगुवा बनाउन मतदान गर्नुभएको रहेछ। मेरी आमाले मलजल डिकनलाई पनि पवित्र आत्माको काम नभएको र वास्तविक काम गर्न नसक्ने व्यक्ति र उनले आफ्नो पदबाट राजीनामा दिनुपर्छ भन्दै, आक्रमण र आलोचना गर्नुभयो, जसले गर्दा डिकन नकारात्मकतामा जिए र मलजलको काममा असर पर्‍यो। मेरी आमाले आफ्ना दुष्ट कार्यबारे अलिकति पनि चिन्तन गर्नुभएन, र मण्डलीले ली फाङ्गलाई निष्कासन गर्न चाहँदा, उहाँले ली फाङ्गलाई जोगाउन सक्दो गर्नुभयो, उनका लागि इन्साफ खोज्नुभयो, र ली फाङ्गको पक्ष लिन ब्रदर-सिस्टरहरूलाई उक्साउनुभयो र बहकाउनुभयो। उहाँले यसो पनि भन्नुभयो, “हामीले जतिसुकै चुनाव गरे पनि, म ली फाङलाई नै अगुवा बन्न मत दिनेछु।” उहाँले कामकुरामा यति बाधा दिनुभयो कि चुनाव सामान्य रूपमा अघि बढ्न सकेन, र यसले गर्दा मण्डली काममा ठूलो असर पऱ्यो। पछि, एक अगुवाले मेरी आमाको दुष्ट कार्यहरूको विश्लेषण र खुलासा गरे, तर उहाँले आफ्ना दुष्ट कार्यहरूलाई पहिचान गर्नुभएन वा पटक्कै पश्चात्ताप गर्नुभएन। मेरी आमाको व्यवहारअनुसार, उहाँलाई निकाल्नुपर्नेथ्यो। जब मैले उहाँलाई निकाल्नुपर्ने कुरा थाहा पाएँ, तब मलाई एकदमै दुःख लाग्यो। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मेरी आमाले धेरै सतावट र कष्ट भोग्नुभयो। उहाँ मेरो सबभन्दा नजिक हुनुहुन्थ्यो र मलाई हुर्काउन धेरै सङ्घर्ष गर्नुभएको थियो, त्यसैले, म केही हदसम्म उहाँप्रति सहानुभूति राख्थेँ र उहाँलाई निकालिन लागेको तथ्य स्विकार्न चाहन्नथेँ। मैले धेरैपटक परमेश्‍वरलाई प्रार्थना गरेँ र मद्दत मागेँ, अनि परमेश्‍वरका वचनको अन्तर्दृष्टि र मार्गदर्शनबाट मैले आमाभित्रको दुष्ट व्यक्तिको सारबारे केही सुझबुझ पाएँ, र उहाँलाई मण्डलीबाट निकाल्ने कुरामा सहमत हुँदै आफ्नो नाममा हस्ताक्षर गरेँ।

सन् २०१८ मे महिनामा, म मण्डलीको सफाइ कामको प्रभारी थिएँ। मैले परमेश्‍वरको घरले जारी गरेको कार्य बन्दोबस्तमा के देखेँ भने निकालिएपछि साँचो पश्चात्ताप देखाउनेहरूलाई मण्डलीमा पुनः आबद्ध गराउनेबारे विचार गर्न सकिन्छ। मैले विगत केही वर्षयता मेरी आमाले बेलाबेलामा आफू मण्डलीबाट निकालिएको कुरामा आफ्नो प्रकृति अत्यन्त अहङ्कारी थियो, आफू जिद्दी थिएँ, र आफू निकालिनुले परमेश्‍वरको धार्मिक स्वभावलाई देखाउँछ भनेर भन्नुभएका बारेमा सोचेँ। एकपटक मैले उहाँलाई त्यो बेला आफ्ना दुष्ट कार्यहरूबारे के बुझ्नुभएको थियो भनेर सोधेँ। उहाँले त्यो मुख्यतः सुझबुझ नभएकाले र बहकाउमा परेकाले हो भन्नुभयो। उहाँले के सोच्नुभएको थियो भने, ली फाङले परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गरेकी छिन्, सब कुरा त्याग्न, परिश्रम गर्न र कठिनाइहरू भोग्न सक्छिन्, उनी अगुवाको पदका लागि बनेकी हुन्, र त्यसैले उहाँले उनका विचारलाई सही मान्नुभएको थियो र दिइएको कुनै पनि सुझाव सुन्नुभएको थिएन। तर, उहाँले आफ्ना दुष्ट कार्यहरूको एक-एक कुराबारे कुरा गर्दा, अझै पनि बहाना बनाउनुभयो अनि आफ्नो सफाइ दिनुभयो र आफू निर्दोष भएकी दाबी गर्नुभयो, मानौँ त्यहाँ उहाँले गरेका कुराका लागि न्यायोचित कारणहरू थिए। त्यसैले मैले उहाँका समस्या र ली फाङको व्यवहारलाई सँगै जोडेर हेरेँ, अनि दुष्ट मानिसहरूलाई जोगाउँदा काममा पुगेका बाधाहरूका प्रकृति र परिणामबारे उहाँसँग सङ्गति गरेँ, र उहाँलाई आत्मचिन्तन गर्न र आफूलाई बुझ्न मार्गदर्शन गरेँ। मेरी आमाले टाउको हल्लाएर सहमति जनाउनुभयो, र आफू शैतानको नोकर र प्रवक्ता, दुष्ट व्यक्ति बनेकी थिएँ भनेर भन्नुभयो। यो देखेर मलाई एकदमै खुसी लाग्यो। मेरी आमाले सत्यतालाई पूरै अस्वीकार गरिरहनुभएको थिएन, र उहाँमा केही बुझाइ थियो। मैले यस्तो पनि सोचेँ, “उहाँले यी यत्तिका वर्ष परमेश्‍वरका वचन खाइरहनु र पिइरहनुभएको छ, उहाँले भेटी चढाउने र दान दिने कुरामा जोड दिनुभएको छ, अनि उहाँमा ली फाङबारे केही सुझबुझ छ। निकालिएपछि, एकपटक सुसमाचार प्रचार गर्दैगर्दा, उहाँलाई प्रहरीले पक्राउ गर्‍यो, तर उहाँ कहिल्यै मण्डलीलाई धोका दिएर यहुदा बन्नुभएन। अनि म नकारात्मक र कमजोर हुँदा उहाँ मलाई सान्त्वना र प्रोत्साहन दिनुहुन्थ्यो। प्रहरीले खेदो गरेकाले म विगत केही वर्षदेखि घर फर्कन सकेकी छैनँ, र उहाँले मेरो बच्चाको हेरचाह गरेर र मलाई कर्तव्य निर्वाहमा साथ दिएर मद्दत गरिरहनुभएको छ।” यी कुरालाई सोच्दा, मेरी आमाले पश्चात्तापको सङ्केत देखाइरहनुभएको छ भन्‍ने मैले सोचेँ। निकालिएपछि उहाँ एकदमै दुःखित हुनुभएको थियो, र मण्डलीमा फेरि स्विकारिन सक्ने दिनको आशा गर्नुहुन्थ्यो। अहिले म संयोगले यस कामको प्रभारी थिएँ, त्यसैले, मैले आफ्नी आमालाई मण्डलीमा फेरि स्वीकार गराउन “हर प्रयास” गर्नुपर्थ्यो। त्यसपछि उहाँले ब्रदर-सिस्टरहरूसँगै मण्डली जीवन जिउन सक्नुहुनेथ्यो, अनि, मैले नै मण्डलीमा उहाँलाई फेरि स्वीकार गराएकी हुँ भनेर थाहा पाउँदा, उहाँ निश्चय नै असाध्यै खुसी हुनुहुनेथ्यो।

त्यसपछि मैल आफू प्रभारी रहेका मण्डलीहरूलाई पत्र लेखेँ, र मण्डली अगुवाहरूलाई निष्कासन गरिएपछि इमानदारीपूर्वक पश्चात्ताप गरेका र स्वीकार गर्न सकिने कुनै मानिसहरू छन् कि भनेर अनुसन्धान गर्न अनुरोध गरेँ। एक दिन, मण्डली अगुवाहरूले मलाई निष्कासित भएका दुष्ट मानिसहरूले लेखेका चारवटा पश्चात्ताप-पत्र पठाए, र तीमध्ये मेरी आमाको पनि पत्र थियो। म अत्यन्तै खुसी भएँ। अरू तीन जनालाई पनि म पहिलेबाटै चिन्दथेँ। तिनीहरूले निष्कासित भएपछि पश्चात्तापको कुनै सङ्केत देखाएका थिएनन्। तुलना गर्दा, मेरी आमालाई मण्डलीमा फेरि स्वीकार गरिने सम्भावना निकै धेरै थियो। मैले सोचेँ, मानिसहरूलाई फेरि स्वीकार गर्ने मण्डलीका सिद्धान्तअनुसार, फेरि स्वीकार गरिने व्यक्तिलाई अधिकांश ब्रदर-सिस्टर, अगुवा र कामदारहरूले मूल्याङ्कन गर्नैपर्छ। त्यस व्यक्तिको पश्चात्ताप-पत्र र मण्डली अगुवाहरूको मूल्याङ्कनमा मात्रै भर पर्नु पर्याप्त थिएन। मैले तुरुन्तै मण्डली अगुवाहरूलाई पत्र लेखेर मेरी आमालाई चिन्ने मानिसहरूबाट उहाँको मूल्याङ्कन उपलब्ध गराउन अनुरोध गरेँ। तर, उनीहरूलाई मेरी आमाको मात्रै मूल्याङ्कन उपलब्ध गराउन अनुरोध गर्दा ब्रदर-सिस्टरहरूले ममाथि पक्षपात गरेको आरोप लगाउनेछन् भनेर म डराएँ। सन्देह पैदा हुन नदिन, मैले अगुवाहरूलाई चारै जनाको मूल्याङ्कन उपलब्ध गराउन अनुरोध गरेँ, र तिनीहरूलाई जति चाँडो त्यति राम्रो हुन्छ भनेर भनेँ। मेरो आफ्नै मूल्याङ्कन महत्त्वपूर्ण हुनेछ भनेर पनि मैले सोचेँ, त्यसैले मैले मेरी आमा निकालिएपछिको उहाँका “पश्चात्तापी” कार्यको विस्तृत विवरण लेखेँ, तर, त्यो बेला उहाँ किन निकालिनुभएको थियो भन्‍ने कारणबारे सामान्य टिप्पणी मात्र लेखेँ। यदि मैले धेरै विस्तारमा लेखेँ भने उहाँलाई पुनः स्वीकार गरिनुमा असर पर्नेछ भन्‍ने मलाई डर भयो। सबभन्दा महत्त्वपूर्ण, उहाँलाई निकालिएपछि तुलनात्मक रूपमा उहाँका राम्रो व्यवहारलाई जोर दिनुपर्थ्यो, र यसरी उहाँलाई मण्डलीमा फेरि स्वीकार गरिने मौका धेरै हुन सक्थ्यो। त्यसपछि, मैले आमालाई उहाँको त्यस बेलाको दुष्ट कार्यहरूबारे सङ्गति र विश्लेषण गर्दै पत्र लेखेँ, उहाँलाई जड कारकहरू बुझ्न मार्गदर्शन गरेँ, र यो अवसर छोपेर तुरुन्तै पश्चात्ताप गर्न सम्झाएँ। मैले उहाँलाई पत्र लेख्दा, मलाई केही आत्मग्लानि भयो: आफ्नी आमालाई मण्डलीमा फेरि स्वीकार गराउनमा गुप्त रूपमा यति धेरै सोचविचार गरेर, के मैले भावनामा बगेर कार्य गरिरहेकी थिइनँ र? तर यी केवल क्षणिक विचार थिए, र मैले सत्यता खोजिनँ वा आत्मचिन्तन गरिनँ। पत्रहरू पर्खिरहेको बेला, म आफ्नी आमालाई पुनः स्वीकार गरिनुलाई असर गर्ने कुनै गल्तीहरू होलान् भनेर डराएकी थिएँ, त्यसैले म हरेक केही दिनमा मण्डली अगुवाहरूलाई पत्र लेखेर मूल्याङ्कन सङ्कलनमा के भइरहेको छ भनेर सोधिहाल्थेँ।

एक दिन, माथिल्लो अगुवाले मलाई काटछाँट गर्दै यस्तो पत्र लेखे, “हाल मण्डली अगुवाहरू निष्कासित केही व्यक्तिको पुनः स्वीकार गरिनेसम्बन्धी सामग्री सङ्कलनमा केन्द्रित छन्, र उनीहरूले अन्य सबै कामलाई पन्छाएका छन्। पश्चात्तापका कुनै सङ्केत नदेखाएका यी मानिसहरू मण्डलीद्वारा पुनः स्वीकार गरिने मानिसहरू होइनन्, र पनि तपाईँले मण्डलीहरूलाई तिनीहरूका मूल्याङ्कन सङ्कलन गर्न भन्नुभएको छ। तपाईँले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइहनुभएको छ।” यो पत्र पढेपछि, मैले मनमा आफ्नो कुराबारे तर्क गरिरहेँ, “पश्चात्तापका कुनै सङ्केत नदेखाएका मानिसहरूको मूल्याङ्कन सङ्कलन गरेँ अरे? के अगुवाले गलत बुझेका हुन्? मेरी आमाले पश्चात्तापको सङ्केत देखाउनुभएको छ। अगुवाले कसरी यी मानिसहरू कसैले पनि पश्चात्तापका सङ्केत देखाएका छैनन् भनेर भन्न, अनि मलाई मण्डलीको काममा बाधा र अवरोध पुऱ्याएको भन्दै काटछाँट गर्न सक्छन्?” मलाई प्रतिरोध महसुस भइरह्यो र मैले त्यो पटक्कै स्वीकार गरिनँ। मलाई मेरो स्थिति गलत छ भन्‍ने थाहा थियो, त्यसैले मैले परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर! आज म अगुवाले गरेको यो काँटछाँट स्विकार्न सक्दिनँ, ममा आफ्नी आमाबारे सुझबुझ छैन, र मैले साँचो पश्चात्ताप के हो भन्‍ने बुझेकी छैनँ। बिन्ती यो सत्यता बुझ्न मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थनापछि, मलाई अलि शान्त महसुस भयो। त्यसपछि, मैले परमेश्‍वरका वचनका दुईवटा खण्ड पढेँ: “यो ‘दुष्ट मार्ग’ ले एक-दुईवटा दुष्ट कार्यलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। ‘आफ्‍नो दुष्ट मार्गबाट फर्कून्’ भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, मनोसाय, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। ‘आफ्‍नो हातमा भएका हिंसाबाट फर्कून्’ भन्‍ने पदावलीको ‘फर्कून्’ भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। “परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभन्दा अघिको क्षण—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिले—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस, कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गर्नअघि एउटा र पश्‍चात्ताप गरेपछि अर्को गरी, यी दुई विपरीत ध्रुवीय सार व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्‍ने आशा गर्नुहुन्छ, अनि उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध उत्पन्न गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदैछैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्ग छाड्छन् र आफ्नो हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरका वचन मनन गरेर मैले के बुझेँ भने निनवेवासीहरूले सबै प्रकारका दुष्ट कार्यहरू गरेर परमेश्‍वरको क्रोधलाई जगाए, र पनि तिनीहरूले आफ्ना दुष्ट मार्ग छोड्न र दुष्ट कार्यहरू पूर्ण रूपमा त्याग्न सक्ने भएकाले—तिनीहरूले आफ्नो पाप स्वीकार र पश्चात्तापको कुरा मात्र गरेनन् वा आफ्नो बाहिरी व्यवहार मात्र परिवर्तन गरेनन्, बरु आफ्ना दुष्ट कार्यहरूबारे चिन्तन गरे र तिनलाई बुझे, अनि तिनीहरूका कार्यका अभिप्राय, स्रोत र उद्देश्य बदलिए— तिनीहरूले साँचो पश्चात्ताप हासिल गरे, र त्यसैले परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गरे। तर, ती दुष्ट मानिस र ख्रिष्टविरोधीहरूले भने निष्कासित गरिएपछि केवल सतही रूपमा केही असल व्यवहार देखाउँछन्, सुसमाचार प्रचार गर्छन् वा केही असल कार्य गर्छन्, आफ्नो विगतका कुकर्मको क्षतिपूर्ति गर्ने आशा गर्छन्। तिनीहरूले दुष्टता गरेको मुखले स्विकारे पनि, तर, आफूले खासमा कस्ता दुष्ट कार्यहरू गरेका थिए, त्यस्ता कुरा गर्नुका अभिप्राय, लक्ष्य र प्रेरणाहरू के थिए, र कस्तो प्रकृतिले तिनीहरूलाई नियन्त्रण गरेको थियो, भन्‍ने कुरा कहिल्यै बुझ्दैनन् वा यस्ता जड समस्याहरूलाई घृणा गर्दैनन्, र त्यसैले तिनीहरूले साँचो रूपमा पश्चात्ताप गर्न सक्दैनन्। यदि कुनै उपयुक्त मौका मिल्यो भने, तिनीहरूले दुष्टता र परमेश्‍वरको प्रतिरोध गरिरहनेछन्, र यस्ता मानिसहरूले परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न सक्दैनन्। मेरी आमाको व्यवहारसँग तुलना गर्दा, उहाँलाई मण्डलीले धेरै दुष्टता गरेको र हठी हुँदै पश्चात्ताप गर्न नमानेको, जसले परमेश्‍वरको स्वभावलाई चिढ्याएकाले निकालेको थियो। यो परमेश्‍वरको धार्मिकता थियो। तर, आमाले विगतका दुष्ट कार्यहरूलाई साँचो रूपमा बुझेर पश्चात्ताप गर्न, सत्यता अभ्यासमा ध्यान केन्द्रित गर्न, र फेरि यस्ता दुष्ट कुराहरू नगर्ने प्रथ्याभूति दिन सक्नुभएको भए, सायद उहाँले परमेश्‍वरको कृपा र सहनशीलता पाउने केही आशा हुनेथ्यो। तर मेरी आमाले आफूलाई ली फाङले बहकाएके थिइन्, अनि आफूले मण्डली जीवनमा बाधा र अवरोध पुऱ्याएकी थिएँ, अनि आफू दुष्ट व्यक्ति र शैतानको नोकर थिएँ भनेर मुखले मात्र स्वीकार गर्नुभयो। तर तर उहाँसँग आफूले कसरी दुष्ट व्यक्ति वा वा मण्डली चुनावमा बाधा र अवरोध ल्याउने उसका दुष्ट कार्यहरूका पक्षमा तर्क गरेँ भन्‍नेबारे बुझाइ थिएन। जब उहाँको दुष्ट कार्यहरू फेरि खुलासा भए, तब उहाँले अझै पनि वस्तुगत कारणहरू प्रयोग गरेर आफ्नो पक्षमा तर्क गर्ने प्रयास गर्नुभयो, र उहाँमा आफ्नै प्रकृति सारबारे कुनै बुझाइ थिएन। यसलाई साँचो पश्चात्ताप भन्न सकिँदैनथ्यो। जब मैले उहाँलाई निकालिएपछि उहाँ कति दुःखित हुनुभयो, आफ्नो आस्थामा कसरी दृढ र भेलाहरूमा सहभागी हुनुभयो, उहाँ पक्राउ पर्दा कसरी यहुदा बन्नुभएन, उहाँले सधैँ कसरी भेटी चढाइरहनुभयो र दान दिइरहनुभयो, र उहाँले म नकारात्मक र कमजोर हुँदा मलाई कसरी सान्त्वना र प्रोत्साहन दिनुभयो भन्‍ने देखेँ, तब मैले उहाँले पश्चात्तापको सङ्केत देखाइरहनुभएको छ भन्‍ने सोचेँ, र उहाँलाई मण्डलीमा फेरि स्वीकार गराउन चाहेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्ट हुन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वर कुनै व्यक्ति असल हो कि दुष्ट हो भन्‍ने निर्णय उसको बाहिरी व्यवहार असल छ कि खराब छ भन्‍ने आधारमा नभई उसको सार, सत्यताप्रति उसको मनोवृत्ति, अनि उसका कार्यपछाडि रहेका अभिप्राय र प्रेरणाहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुनका लागि हो कि होइन भन्‍ने आधारमा गर्नुहुन्छ। यदि कुनै व्यक्तिको सार नै सत्यतालाई घृणा गर्ने छ भने, चाहे उसको बाहिरी व्यवहार जति नै असल किन नहोस्, ऊ अझै परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट व्यक्ति हो। मैले आफूले सिद्धान्तविना नै मानिसहरूसँग व्यवहार गरिरहेकी देखेँ। मैले उहाँको केही असल बाहिरी व्यवहारका आधारमा उहाँले साँचो रूपमा पश्चात्ताप गर्नुभएको छ भन्‍ने सोचेँ, तर मलाई उहाँको सार कसरी खुट्याउने भनेर थाहा भएन, र मैले सत्यताप्रति उहाँको मनोवृत्ति हेरिरहेकी थिइनँ, म त केवल उहाँलाई मण्डलीमा फेरि स्वीकार गराउन चाहन्थेँ, जुन पूर्णतः सिद्धान्तविहीन थियो। कामकुराप्रतिको मेरा विचारहरू हास्यास्पद थिए! पछि मैले आत्मचिन्तन गरेँ: त्यसरी कार्य गर्न मलाई कुन भ्रष्ट स्वभावले नियन्त्रित गरिरहेको र बन्धनमा पारिरहेको थियो? यो प्रश्न मनमा राखेर, मैले परमेश्‍वरका वचनमा उत्तरहरू खोजिरहेँ।

मैले आफ्नो आत्मिक भक्तिको समयमा, परमेश्‍वरको केही वचन पढेँ: “सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्‍दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, भौतिक सम्‍बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्‍नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्‍वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्‍ना भावनाहरूद्वारा बाधित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्दैनन् त्यसैले तिनीहरू भावनाद्वारा प्रताडित हुन्छन्। धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्; यो पनि तिनीहरू भावनाहरूद्वारा बाधित भएकोले गर्दा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “परमेश्‍वरको घरले तँलाई मण्डली शुद्ध पार्ने काम अह्रायो, अनि त्यहाँ एउटा यस्तो व्यक्ति छ जो सधैँ आफ्नो कर्तव्यमा झाराटरूवा हुँदै आएको छ, जो सधैँ काम छल्ने उपाय खोज्छ। सिद्धान्तअनुसार, यस व्यक्तिलाई पखालिनुपर्छ, तर तेरो ऊसँग राम्रो सम्बन्ध छ। त्यसोभए तँभित्र कस्ता सोच र अभिप्राय पैदा हुनेछन्? तैँले कसरी अभ्यास गर्नेछस्? (आफ्नै प्राथमिकताहरूअनुसार कार्य गर्नेछु।) अनि यी प्राथमिकताहरू कसरी बन्छन्? किनकि यो व्यक्तिले तँसँग असल व्यवहार गर्छ वा उसले तेरा लागि केही गरिदिएको छ, उसले तँमाथि राम्रो छाप छोडेको छ, र त्यसैले यसबेला तँ उसलाई बचाउन, उसको पक्ष लिन चाहन्छस्। के यो भावनाहरूको असर होइन र? तँ ऊप्रति भावुक हुन्छस्, अनि त्यसैले ‘उच्च अधिकारीहरूसँग नीति हुन्छन् भने स्थानीयहरूसँग तिनको जवाफी उपाय हुन्छन्’ भन्‍ने विचार अपनाउँछस्। तँ दुईजिब्रे भइरहेको छस्। एकातिर, तँ उसलाई भन्छस्, ‘तिमीले कार्य गर्दा अलि बढी प्रयास लगाउनुपर्छ। झाराटरूवा हुन बन्द गर, तिमीले अलिकति कठिनाइ त भोग्नैपर्छ; यो हाम्रो कर्तव्य हो।’ अर्कोतिर, तँ माथिकालाई उत्तर दिँदै भन्छस्, ‘ऊ सुध्रिएको छ, अहिले ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा झन् प्रभावकारी भएको छ।’ तर खासमा तँ आफ्नो मनमा यस्तो सोचिरहेको हुन्छस्, ‘यो मैले उसलाई सुधारेकोले गर्दा हो। मैले नसुधारेको भए, ऊ अझै पनि पहिलेजस्तै हुने थियो।’ तेरो मनमा तँ सधैँ यस्तो सोचिरहन्छस्, ‘उसले मलाई राम्रो व्यवहार गर्छ, उसलाई हटाउन मिल्दैन!’ तेरो अभिप्रायमा यस्ता कुराहरू हुनु भनेको कस्तो स्थिति हो? यो भनेको व्यक्तिगत भावनात्मक सम्बन्धहरूलाई बचाएर मण्डलीको कामलाई हानि पुऱ्याउनु हो। के यसरी कार्य गर्नु सत्यता सिद्धान्त अनुरूप हुन्छ? अनि के तैँले यसो गर्दा त्यो समर्पण गरेको हुन्छ? (हुँदैन।) त्यसमा कुनै समर्पण हुँदैन; तेरो हृदयमा प्रतिरोध छ। तैँले भोग्ने कुराहरू र तैँले गर्नुपर्ने काममा, तेरा आफ्नै व्यक्तिगत मूल्याङ्कनहरू हुन्छन्, अनि त्यसमा भावनात्मक कारकहरू पनि मिसिएका हुन्छन्। तैँले भावनाको आधारमा कामकुरा गरिरहेको छस्, अनि तैपनि तैँले निष्पक्ष भएर कार्य गरिरहेको छस्, मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिइरहेको छस्, अनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग गरिरहेको छस् भन्‍ने विश्‍वास गर्छस्; तसर्थ तँ परमेश्‍वरले भनेजस्तो होइन आफूले चाहेजस्तो गर्छस्। यसरी काम गर्दा यसले कामको गुणस्तर घटाउँछ, प्रभावकारिता घटाउँछ, अनि मण्डलीको कामलाई हानि पुऱ्याउँछ—यो सबै आफ्नो भावनाका अनुसार कार्य गरेको नतिजा हो। यदि तैँले आत्म-जाँच गर्दैनस् भने, के तैँले समस्या पहिचान गर्न सक्नेछस् र? कहिल्यै सक्नेछैनस्। तँलाई यसरी कार्य गर्नु गलत हो, यो समर्पण नहुनु हो भनेर थाहा होला तर तँ यसबारे सोचेर आफूलाई यसो भन्छस्, ‘मैले तिनीहरूलाई प्रेमका साथ सहयोग गर्नुपर्छ, अनि तिनीहरू सहयोग पाएर सुध्रिएपछि, तिनीहरूलाई हटाउनै पर्नेछैन। के परमेश्‍वरले मानिसलाई पश्चाताप गर्ने मौका दिनुहुन्‍न र? परमेश्‍वरले मानिसलाई प्रेम गर्नुहुन्छ, त्यसैले मैले तिनीहरूलाई प्रेमका साथ सहयोग गर्नैपर्छ, र मैले परमेश्‍वरले भनेझैँ गर्नैपर्छ।’ यी कुराहरू सोचेपछि, तँ आफ्नै शैलीमा काम गर्छस्। पछि, तेरो हृदय ढुक्क हुन्छ; तँलाई आफूले सत्यता अभ्यास गरिरहेको झैँ लाग्छ। यो प्रक्रिया दौरान, के तैँले सत्यताअनुसार अभ्यास गरिस् कि आफ्नै प्राथमिकता र अभिप्रायअनुसार कार्य गरिस्? तेरा कार्यहरू पूर्ण रूपमा तेरा आफ्नै प्राथमिकता र अभिप्रायअनुसार थिए। यो पूरै प्रक्रिया दौरान, तैँले कुराहरूलाई मिलाउन आफ्नै तथाकथित दया र प्रेम, भावना, अनि संसारसँग व्यवहार गर्ने दर्शनहरू प्रयोग गरिस्, अनि तटस्थ रहने प्रयास गरिस्। तैँले यस व्यक्तिलाई प्रेमका साथ सहयोग गरेको जस्तो देखिन्थ्यो, तर खासमा तँ आफ्नो हृदयमा भावनाहरूद्वारा बाँधिएको थिइस्—अनि माथिकाहरूलाई थाहा हुन्छ भन्‍ने डरले तैँले त्यो व्यक्ति र माथिकाहरू, दुवैलाई सम्झौताले फकाउने प्रयास गरिस् ताकि कोही नचिढिओस् र काम होस्—गैरविश्‍वासीहरूले तटस्थ रहन प्रयोग गर्ने तरिका जस्तै हो यो। वास्तवमा, परमेश्‍वरले यो परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? उहाँले तँलाई सत्यताप्रति समर्पित नहुने, सत्यता र परमेश्‍वरका मागप्रति प्रायः अनुसन्धानात्मक, विश्लेषणात्मक मनोवृत्ति राख्ने व्यक्तिको रूपमा वर्गीकरण गर्नुहुनेछ। तैँले यो तरिका प्रयोग गरेर सत्यता र परमेश्‍वरका मागहरूलाई व्यवहार गर्दा, अनि यो मनोवृत्तिले आफ्ना कर्तव्य निर्वाह गर्दा तेरो अभिप्रायले कस्तो भूमिका खेल्छ त? यसले परमेश्‍वरका मागहरूको केही ख्याल नराखी, अनि तेरो आफ्ना कर्तव्य वा मण्डलीको काममा कुनै सकारात्मक प्रभाव नपारी तेरा आफ्नै स्वार्थ, तेरो आफ्नै घमण्ड, अनि तेरा पारस्परिक सम्बन्धहरूलाई बचाउने काम गर्छ। यस्तो व्यक्ति पूर्णतः संसारसँग व्यवहार गर्ने दर्शनहरूद्वारा जिइरहेको हुन्छ। उसले बोल्ने र गर्ने सबै कुरा उसको आफ्नै घमण्ड, भावनाहरू, पारस्परिक सम्बन्धहरूको रक्षा गर्नका निम्ति हुन्छन्, तैपनि ऊ सत्यता र परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुँदैन, न त ऊ यी समस्याहरू छन् भनी ऐलान गर्ने वा स्विकार्ने प्रयास नै गर्छ। ऊ रत्तिभर पनि आत्म-निन्दा महसुस गर्दैन र ती समस्याका प्रकृतिबारे पूर्णतः अनजान नै रहन्छ। यदि मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदयको अभाव छ भने, र यदि तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै ठाउँ छैन भने, तिनीहरूले जुनसुकै कर्तव्यहरू निर्वाह गरिरहेका भए तापनि वा तिनीहरू जुनसुकै समस्याहरूसँग जुधिरहेका भए तापनि, तिनीहरूले कहिले पनि सिद्धान्तअनुसार काम गर्न सक्दैनन्। आफ्ना अभिप्राय र स्वार्थी इच्छाहरूभित्र बाँचिरहेका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा, यदि तिनीहरूले समस्याको सामना गरे, र तिनीहरूले आफ्ना अभिप्रायहरू जाँचेनन् र आफ्ना अभिप्रायहरू कहाँनेर गलत छन् भनी पहिचान गर्दैनन्, तर यसको सट्टा तिनीहरूले आफ्ना निम्ति झुटहरू र बहाना सिर्जना गर्नका निम्ति सबै किसिमका औचित्यहरूको प्रयोग गर्छन्, तब अन्त्यमा के हुन्छ? तिनीहरूले आफ्ना हितहरू, गौरव र पारस्परिक सम्बन्धहरूको सुरक्षा गर्ने राम्रो काम गर्छन्, तर तिनीहरूले परमेश्‍वरसँगको सामान्य सम्बन्धलाई गुमाएका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति)। जब मैले परमेश्‍वरका वचन मनन गरेँ, तब मलाई एकदमै चोट पुग्यो र दुःख लाग्यो। समस्याहरू खडा हुँदा, मैले सत्यता खोजिनँ वा सिद्धान्तअनुसार कार्य गरेँ, बरु आफ्नो परिवारको पक्ष लिएँ र बचाउ गरेँ, हरेक पक्षमा आफ्ना देहगत भावना र व्यक्तिगत हितलाई कायम राखेँ। यो त मैले आफ्ना भावनाअनुसार कार्य गरिरहनु थियो, अनि यो भ्रष्ट स्वभाव थियो—यो पूर्ण रूपमा परमेश्‍वरको अभिप्रायविपरीत थियो। म अत्यन्त बलियो भावना भएको व्यक्ति थिएँ, सधैँ मेरी आमाले मलाई हुर्काउन कठिनाइहरू भोग्नुभएको छ र मेरा लागि धेरै समर्पण गर्नुभएको छ भन्‍ने सोच्थेँ, र यस रगतको नाताले गर्दा म सधैँ उहाँलाई जोगाउन चाहन्थेँ, उहाँलाई पूर्णतया असैद्धान्तिक तरिकाले व्यवहार गरेँ। जब मैले मानिसहरूलाई पुनः स्वीकार गरिनेसम्बन्धी मण्डलीका कार्य बन्दोबस्त देखेँ, तब मेरो पहिलो सोच आफ्नी आमाबारे थियो। मलाई उहाँ मण्डलीबाट निकालिएकी दुष्ट व्यक्ति हुनुहुन्छ भन्‍ने थाहा थियो, तर केवल उहाँले देखाएका केही असल व्यवहारका आधारमा, मैले उहाँलाई खुसी र सन्तुष्ट बनाउन अनि उहाँसँग आफ्नो पारिवारिक सम्बन्ध कायम राख्न उहाँलाई मण्डलीमा फेरि स्वीकार गराउन चाहेँ। विशेष गरी उहाँको मूल्याङ्कन लेख्दा, मैले वस्तुनिष्ठता, निष्पक्षता, सत्यपन र व्यावहारिकताका सिद्धान्त उल्लङ्घन गरेँ। आफ्ना भावनाबाट प्रभावित भएर, मैले उहाँको पक्ष लिएँ र बचाउ गरेँ, र मैले लेखेका धेरैजसो कुरा उहाँका असल गुणका बारेमा थिए, जसले उहाँलाई सत्यता पछ्याउने सकारात्मक व्यक्तिजस्तो बनाउँथ्यो, र उहाँले विगतमा गरेका दुष्कर्मबारे एकदमै कम उल्लेखसमेत गर्थ्यो। त्यतिबेला मलाई उहाँमा आफ्ना दुष्ट कार्यहरूबारे साँचो बुझाइ छैन भन्‍ने लागेको थियो, त्यसैले मैले विशेष गरी उहाँलाई उहाँका हरेक दुष्ट कार्य सम्झाउन र खुलासा गर्न पत्र लेखेँ, ताकि उहाँमा आफूबारे साँचो बुझाइ होस्, र उहाँले तुरुन्तै पश्चात्ताप गरेर मण्डलीमा फेरि स्विकारिने प्रयत्न गर्नुहोओस्। उहाँलाई चिन्नेहरूबाट मूल्याङ्कनहरू सङ्कलन गर्दा, निष्कासित भएका अन्य तीन जनाले पश्चात्तापका सङ्केत देखाएका छैनन् भन्‍ने मलाई थाहा थियो, तर मलाई मैले आफ्नी आमाबारे मात्र मूल्याङ्कनहरू सङ्कलन गरेँ भने, ब्रदर-सिस्टरहरूले मैले भावनामा बगेर काम गरिरहेकी छु भन्लान् भन्‍ने डर लाग्यो, त्यसैले मैले त्यो कुरा ढाकछोप गर्न अगुवाहरूलाई चारै जनाको मूल्याङ्कन प्रदान गर्न अनुरोध गरेँ। समय समयमा, म मण्डली अगुवाहरूलाई मूल्याङ्कनहरू सङ्कलनमा के कस्तो प्रगति भइरहेको छ भनेर छिटो बताउन पनि भनिरहन्थेँ, जसले उनीहरूको कर्तव्यमा बाधा पुऱ्यायो। के यो मैले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेकी थिइनँ र? मैले भावनामा बगेर काम गरिरहेकी थिएँ, धूर्त भइरहेकी थिएँ र छली तरिका प्रयोग गरिरहेकी थिएँ। म अब सही र गलत छुट्याउन सक्दिनथिएँ। मैले पूर्णतः सिद्धान्तवना कार्य गरेँ र आफ्नै सुझबुझमा मानिसहरूलाई पुनः स्वीकार गराउन चाहेँ। म एकदमै स्वार्थी, घृणित र मानवताहिन थिएँ! यस्तो घृणित तरिकाहरू प्रयोग गरेर, मैले आफ्नी आमालाई फेरि स्वीकार गराउन र उहाँसँग आफ्नो भावनात्मक सम्बन्ध कायम राख्न सक्ने भए पनि, परमेश्‍वरलाई चिढ्याइरहेकी र प्रतिरोध गरिरहेकी अनि दुष्टता गरिरहेकी हुनेथिएँ! यो सोच्दा, मलाई आफूले गरेका कुरामा डर लाग्यो।

मैले त्यसपछि परमेश्‍वरका वचनको थप दुइटा खण्ड पढेँ, र भावनामा बगेर कार्य गर्नुको प्रकृति र परिणामबारे केही बुझाइ पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, अरूसित व्यवहार गर्ने तिनीहरूका सबै तौरतरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति स्‍नेहको अनुभूति गर्छन्, र तिनीहरू स्‍नेहको शिष्टतामा उठबस गर्दै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्‍वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्‍म रुनेछ, र उसले शव गाड्न दिनछैन। उसमा मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू हुन्छन् र उसका भावनाहरू अत्यन्तै तीब्र हुन्छन्। यो भन्‍न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्‍वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्‍वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने अत्यन्त प्रबल भावना भएका मानिसहरूले पारिवारिक सम्बन्ध कायम राख्न, महत्त्वपूर्ण क्षणहरूमा सिद्धान्तहरू उल्लङ्घन गर्नेछन् र सत्यतालाई धोका दिनेछन्, अनि परमेश्‍वरलाई प्रतिरोध गर्ने र धोका दिने कामकुरा गर्नेछन्, त्यसरी परमेश्‍वरप्रति आफूलाई तिरस्कृत र घृणित बनाउनेछन्। मेरो स्थितिसँग तुलना गर्दा, म, “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” अनि “रगत पानीभन्दा गाढा हुन्छ” भन्‍ने शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ, पारिवारिक बन्धनलाई सबभन्दा महत्त्वपूर्ण ठानिरहेकी थिएँ, र आफ्नी आमालाई मण्डलीमा फेरि स्वीकार गराउने उपायहरू खोज्न मेरो कर्तव्यको फाइदा उठाइरहेकी थिएँ। मैले सत्यता बिलकुलै खोजिरहेकी थिइनँ। म केवल मेरी आमाले पश्चात्ताप गरेकी छु भनेको कुरा र उहाँले देखाएका केही असल व्यवहारका आधारमा चलिरहेकी थिएँ, र उहाँलाई मण्डलीमा फेरि स्वीकार गराउन चाहन्थेँ। मैले उहाँलाई पुनः स्वीकार गराउने प्रमाण जुटाउन चाहँदै, मानिसहरूलाई उहाँबारे मूल्याङ्कन लेख्न लगाएँ, र मैले विशेष रूपमा उहाँलाई उहाँका दुष्ट कार्यहरू खुलासा गरेर पत्र लेखेकी थिएँ, ताकि उहाँले चाँडै बुझ्नुहोओस्, पश्चात्ताप गर्नुहोओस् र मण्डलीमा चाँडो स्वीकार हुन प्रयास गर्नुहोओस्। मैले सफाइको काम सुरु गरेदेखि, निकालिएका र पुनः स्विकारिन आवेदन दिएका मानिसहरूसँग सम्बन्धित मैले सम्हालेका सामग्रीहरू सबै कसरी सिद्धान्तअनुसार जाँच गरिएका थिए भन्‍नेबारे सोचेँ, तर म आफ्नी आमासँग धेरै नरम व्यवहार गरिरहेकी थिएँ, र यस दौरान मैले कहिल्यै सत्यता सिद्धान्त खोजिनँ। विशेष गरी, मैले मेरी आमाको मूल्याङ्कन लेख्दा, मैले जानाजानी छल र कपट गरेँ, उहाँका पक्षमा असल कुरा मात्र भनेँ, र उहाँलाई छिटो पश्चात्ताप गराउन सङ्गति गरेँ। मलाई आत्मग्लानि महसुस भए पनि, मैले अझै हठी हुँदै सिद्धान्तहरू उल्लङ्घन गर्ने कार्य गरेँ, एक कट्टर दुष्ट व्यक्तिलाई मण्डलीमा फेरि स्वीकार गराउन चाहेँ। मैले आफ्नो भावनाका आधारमा परमेश्‍वरले घृणा र तिरस्कार गरेको व्यक्तिलाई मण्डलीमा पुनः स्वीकार गराउने उपाय खोज्न जोड दिएँ—के यो म जानाजानी परमेश्‍वरविरुद्ध जानु अनि मैले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउनु थिएन र? मैले ठुलो रातो अजिङ्गरले शासन गरेको राष्ट्रका मानिसहरू कसरी कानुनलाई आफ्नो पक्षमा मोड्छन् भन्‍नेबारे सोचेँ। जब कोही व्यक्ति अधिकारी बन्छन् र सत्ता पाउँछन्, तब ऊसँगै उसका आफन्त र साथीहरूले पनि लाभ उठाउँछन्, अनि ऊ असल होस् कि खराब, कानुन-व्यवस्थाको ख्याल नगरी, उसलाई बढुवा गरेर महत्त्वपूर्ण पदमा राखिन सक्छ। मैले परमेश्‍वरको घरका सिद्धान्तहरूलाई उपेक्षा गरेँ र ममा परमेश्‍वरको डर मान्ने हृदय बिलकुलै थिएन। मैले सिद्धान्तहरू उल्लङ्घन गरेँ र हठी हुँदै आफ्नी आमालाई मण्डलीमा फेरि स्वीकार गराउन चाहेँ। थाहै नपाई, म दुष्ट व्यक्तिको ढाल बनेँ—मैले परमेश्‍वरलाई मलाई तिरस्कार र घृणा गर्न लगाएँ! मानिसहरूलाई स्वीकार गर्ने मण्डलीका सिद्धान्तहरूले भन्छन्: कतिपय मानिस सबै प्रकारका दुष्टता गर्छन् र लापर्बाही रूपमा कुकर्म गर्दछन्, जसले गर्दा मण्डलीको काममा बाधा पुग्दछ, त्यसैले तिनीहरूलाई निष्कासित गरिन्छ। निष्कासित भएपछि, यदि तिनीहरूले आफ्ना दुष्ट कार्यहरूको साँच्चै पश्चात्ताप गर्छन्, र सुसमाचार प्रचार गर्दा अझ धेरै मानिसहरू, असल मानिसहरू प्राप्त गर्न सक्छन् भने, त्यस्ता मानिसहरूलाई स्वीकारका लागि विचार गर्न र मण्डलीमा पुनः आबद्ध हुन आवेदन दिएमा मौका दिन सकिन्छ; यदि निकालिएका धेरैजसो मानिसलाई कुनै मण्डलीले पुनः स्वीकार गर्दछ भने, त्यो सिद्धान्त विपरीत हुन्छ। दुष्ट व्यक्तिको सार सधैँका लागि दुष्ट व्यक्तिकै हुने हुनाले, तिनीहरूले साँचो पश्चात्ताप गर्नु सम्भव छैन; मानिसहरूलाई मण्डलीमा पुनः स्विकारिने सन्दर्भमा, व्यक्तिमा परमेश्‍वरको डर मान्ने हृदय हुनैपर्छ, उसले सत्यता खोज्नैपर्छ अनि प्रत्येक व्यक्तिका प्रकटीकरण र सार स्पष्ट रूपमा खुट्याउनैपर्छ, अनि असल व्यक्तिलाई गलत आरोप नलगाउन र खराब वा दुष्ट व्यक्तिलाई फेरि नस्विकार्न प्रयास गर्नैपर्छ। मैले सोचेँ, यदि मैले सिद्धान्तहरू उल्लङ्घन गरेँ र मेरी आमालाई मण्डलीमा फेरि स्वीकार गरेँ, अनि उहाँमा आफ्ना दुष्ट कार्यहरूबारे कुनै बुझाइ भएन, र उहाँले साँचो पश्चात्ताप गर्नुभएन भने उपयुक्त मौका आउँदा, उहाँले निश्चय नै दुष्टता गर्ने, मानिसहरूलाई भड्काउने, उक्साउने र बहकाउने, मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने काम जारी राख्नुहुनेथ्यो, अनि म यस दुष्टताको हिस्सा बन्नेथिएँ र मैले शैतानको नोकरको भूमिका निभाइरहेककी हुनेथिएँ! मैले मेरा भावनाहरू मेरा ठुला कमजोरी, सत्यता अभ्यास रोक्ने रोकावट र ठोकर हुन् भन्‍ने देखेँ। मलाई भावनाहरूले अन्धो बनाएका थिए र मैले परमेश्‍वरका वचनअनुसार कामकुरालाई देख्न सकिनँ। मैले आफ्नी आमा र मबीच भावनाहरू कायम राख्न आफ्नो कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गरेकी थिएँ। मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने र धोका दिने मात्र गरेँ, र त्यसरी अघि बढ्नु एकदमै खतरनाक हुनेथ्यो! धन्य, मलाई काटछाँट गरियो, र यसले मेरो बढ्दो दुष्टतालाई समयमै रोक्यो। अन्यथा, मैले आफ्नी आमालाई मण्डलीमा फेरि स्वीकार गरेकी हुनेथिएँ, अनि मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा पुऱ्याएकी हुनेथिएँ, अनि त्यसपछि के म दुष्ट व्यक्तिको सहयोगी बनेकी हुनेथिइनँ र? यसको परिणाम अकल्पनीय हुनेथ्यो! म पछुतो, आत्मग्लानि र परमेश्‍वरप्रतिको ऋणीपनले भरिएँ, र मैले मेरो रक्षा गर्नुभएकामा परमेश्‍वरप्रति धेरै आभारी महसुस गरेँ। मैले फेरि कहिल्यै आफ्ना भावनामा बगेर कार्य नगर्ने र परमेश्‍वरको हृदयलाई चोट नपुर्‍याउने सङ्कल्प गरेँ, अनि म सत्यता खोज्न र सिद्धान्तअनुसार कार्य गर्न इच्छुक भएँ।

पछि, मैले फेरि सान्दर्भिक सिद्धान्तहरू खोजेँ, र यी चार जनामध्ये कसैसँग पनि आफ्ना दुष्ट कार्यहरूबारे कुनै साँचो बुझाइ नभएको निर्धारण गरेँ। केहीले आफ्ना पश्चात्ताप पत्रमा अझै पनि अप्रत्यक्ष रूपमा आफूलाई सही ठहराइरहेका थिए, ताकि मानिसहरूले तिनीहरूको दुष्टताको पछाडि न्यायोचित कारण रहेछन् भनेर गलत रूपमा सोचून्। मानिसहरूलाई पुनः स्विकारिने मण्डलीका सिद्धान्तअनुसार, मैले यी चार जनामा कसैलाई पनि मण्डलीमा फेरि स्वीकार गर्न नसकिने निर्धारण गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति प्रतिकूल रहेका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घिनाउन र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले के बुझेँ भने सत्यता स्वीकार र अभ्यास गर्ने, अनि परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्नेहरू मात्र साँचो ब्रदर-सिस्टरहरू हुन्, र यस्ता मानिसहरूलाई प्रेमपूर्ण हृदयले मद्दत गर्नुपर्छ। सत्यता पटक्कै अभ्यास नगर्ने र सत्यताप्रति वितृष्णमेत राख्ने, अनि दुष्टता गरेर बाधा पुऱयाएपछि पश्चात्ताप गर्न नमान्ने दुष्ट मानिसहरूलाई चाहिँ, हामीले इन्कार गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै परमेश्‍वरको अभिप्राय र मागअनुरूप हुन्छ। मैले आफ्नी आमासँग व्यवहार गर्ने सिद्धान्त भेट्टाएँ— परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गर र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर। रगतको नाताले, उहाँ मेरी आमा हुनुहुन्छ, तर उहाँको प्रकृति सत्यताप्रति वितृष्ण राख्ने र सत्यतालाई घृणा गर्ने किसिमको छ, उहाँ आफ्ना दुष्ट कार्यहरू साँचो रूपमा बुझ्नुहुन्न वा पश्चात्ताप गर्नुहुन्न। ब्रदर-सिस्टरहरूले दिएका मूल्याङ्कनअनुसार, मेरी आमाको कामकुराप्रतिको दृष्टिकोण गैरविश्‍वासीको जस्तै छ र उहाँ सांसारिक प्रवृत्तिहरू पछ्याउनुहुन्छ, र उहाँमा रहेको अविश्‍वासी र दुष्ट व्यक्तिको सार प्रकट गरिएको छ। परमेश्‍वर यस्ता मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ, र उहाँ दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न, त्यसैले मैले आफ्नी आमासँग सत्यता सिद्धान्तअनुसारै व्यवहार गर्नुपर्छ, किनकि यो मात्रै परमेश्‍वरको अभिप्रायअनुरूप हुन्छ। अन्त्यमा, मानिसहरूलाई स्वीकार गर्ने मण्डलीका सिद्धान्तहरू, अनि असल व्यवहार र साँचो पश्चात्ताप खुट्याउनुसँग सम्बन्धित सत्यताअनुसार, मैले यी मानिसहरूलाई सम्हाल्ने मेरा अनुमोदन दिँदै मण्डली अगुवाहरूलाई पत्र लेखेँ। त्यसपछि मण्डली अगुवाहरूले पत्रमार्फत उत्तर दिँदै, यस अवधिमा उनीहरूले सिकाइ र अनुसन्धानमार्फत् मेरी आमाले केही असल व्यवहार मात्र देखाउनुभएको, आफ्ना दुष्ट कार्यहरू साँचो रूपमा नबुझ्नुभएको वा पश्चात्ताप नगर्नुभएको र यी चार मानिसमध्ये कसैले पनि पुनः स्विकारिने सिद्धान्त पूरा नगरेका, र उनीहरूलाई मण्डलीमा फेरि स्वीकार गर्न नसकिने देख्यौँ भनेर भने। त्यसपछि, मलाई सहज महसुस भयो, र मैले के बुझेँ भने भावनाद्वारा नियन्त्रित नभएर र सिद्धान्तअनुसार कार्य गरेर मात्रै व्यक्तिको हृदय साँचो रूपमा स्वतन्त्र हुन सक्छ। मैले यस्तो अभ्यास पाउन नसक्नु पूर्णतया परमेश्‍वरका वचनको मार्गदर्शनको नतिजा थियो।

अघिल्लो: ६०. कर्तव्यहरूमाझ कुनै दर्जा वा भेद हुँदैन

अर्को: ६२. मैले बल्ल केही आत्मचेतना प्राप्त गरेको छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्