५५. अब म अथक रूपमा हैसियतको पछि लाग्दिनँ
म सम्मान र हैसियतको तीव्र इच्छा गर्ने व्यक्ति थिएँ। बाल्यकालदेखि नै, म अरूभन्दा अलग देखिने र उत्कृष्ट बन्ने कुराको पछि लागेँ। एउटा भनाइ छ, “हाकिमहरू सामान्यजनभन्दा उत्कृष्ट हुन्छन्,” सानोभन्दा सानो हाकिमलाई पनि सामान्य मानिसहरूभन्दा असल मानिन्छ। मैले के विश्वास गर्थेँ भने, आधिकारिक पद हुनुको अर्थ शक्ति हुनु हो, जहाँ गए पनि आदर र सम्मान पाउनु हो। म जवान छँदा, मैले सबै किसिमका फोहोरी र थकान हुने कामहरू गरेँ गाउँमा एउटा आधिकारिक पद पाउनकै लागि। एउटा गुमनाम नायकजस्तै, म राति अबेरसम्म समुदायमा कामसमेत गरेँ। तर मेरो पढाइ कम भएकाले, मैले जति नै कडा कोसिस गरे पनि, म गाउँको महिला सङ्घको अध्यक्ष मात्र बन्न सकेँ।
सन् १९९९ मा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र मण्डलीमा सुसमाचार प्रचार गर्ने मेरो कर्तव्य पूरा गरेँ। भेलाको समयमा माथिल्लो तहका अगुवाहरूलाई ब्रदर-सिस्टरहरूले घेरेर यो र त्यो सोधिरहेको देख्दा, मलाई धेरै ईर्ष्या लाग्थ्यो: म सोच्थेँ अगुवा हुनु राम्रो रहेछ; तिनीहरू जहाँ गए पनि सबैले घेर्छन्, कति महिमामय! भविष्यमा परमेश्वरको काम सकिएपछि, यी अगुवाहरू निश्चय नै परमेश्वरद्वारा मुक्ति पाउनेहरू हुनेछन्। मैले गम्भीर भएर पछ्याउनुपर्छ; यदि म परमेश्वरको घरमा अगुवा बन्न सकेँ भने, ब्रदर-सिस्टरहरूले मलाई उच्च आदर गर्ने मात्र होइन, मसँग मुक्ति पाउने र सिद्ध पारिने अवसरहरू पनि बढी हुनेछन्। मैले लगनशील भएर पछ्याएमा र आफ्नो कर्तव्य राम्ररी पूरा गरेमा, मैले निश्चय नै अगुवा बन्ने अवसर पाउनेछु। त्यस समय, हाम्रो क्षेत्रमा सुसमाचार भर्खरै फैलिएको थियो, र सुसमाचार स्वीकार गर्ने अधिकांश मानिसहरू हाम्रो पुरानो मण्डलीका ब्रदर-सिस्टरहरू नै थिए। पास्टरहरूले तिनीहरूलाई बाधा दिने बित्तिकै वा तिनीहरू नकारात्मक हुने वा कठिनाइहरूको सामना गर्ने बित्तिकै, म तिनीहरूलाई सहयोग गर्न हतारिन्थेँ। ब्रदर-सिस्टरहरू सबैले मलाई आदर गर्थे, र उनीहरू आफूलाई आइपरेका कुनै पनि कठिनाइ लिएर मकहाँ आउँथे। त्यो बेला हामीले कुनै मण्डली स्थापना गरेका थिएनौँ, र कुनै मण्डली अगुवाइ थिएन, तैपनि मैले जे गरेँ त्यो अगुवाइको काम थियो। मसँगै परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्ने ब्रदर-सिस्टरहरू पनि यसो भन्थे, “भविष्यमा अगुवाइका लागि अरू कोही छानिएन भने पनि, लि जिङ निश्चय नै छानिनेछिन्।” यो सुनेर म खुसी भएँ, र मनमनै सोचेँ, “मसँगै परमेश्वरको नयाँ काम स्वीकार गर्ने ब्रदर-सिस्टरहरूमध्ये, कोही पनि मभन्दा राम्रो छैन, कसैले पनि मभन्दा बढी समर्पण गरेको छैन, र सबै ब्रदर-सिस्टरहरूले मलाई समर्थन गर्छन्, त्यसैले जब अगुवाइ छान्ने समय आउँछ, सबैले निश्चय नै मलाई नै छान्नेछन्।” सन् १९९९ को दोस्रो छमासमा, माथिल्लो तहका अगुवाहरू भेलाका लागि हाम्रो क्षेत्रमा आए, र उनीहरूले एउटा मण्डली स्थापना गर्नुपर्ने र मण्डली अगुवा छान्नुपर्ने कुरा बताए। म धेरै खुसी भएँ, र म मण्डली अगुवाको रूपमा छानिनु पक्का भइसकेको कुरा थियो भनी सोचेँ। भेलाको दौडान, मैले आत्मविश्वासका साथ माथिल्लो अगुवाइबाट चुनावको नतिजा घोषणा हुने प्रतीक्षा गरेँ। तर अपेक्षाविपरीत, सिस्टर लिउ छिङलाई अगुवाको रूपमा छानियो, र मलाई सुसमाचार डिकनको रूपमा छानियो। मैले नतिजा सुनेको क्षण, मेरो मनमा चिसो पानी खन्याएजस्तो भयो, र एकै चोटि भित्रसम्म चिसो भयो, मेरो अनुहार अँध्यारो भयो, र मैले सोचेँ, “म दिनभरि सुसमाचार प्रचार गर्न, नयाँ विश्वासीहरूलाई मलजल गर्न, र ब्रदर-सिस्टरहरूलाई अतिथि-सत्कार गर्नमा व्यस्त छु, चारैतिर व्यस्त छु, र पनि मलाई अगुवाको रूपमा छानिएन, के यो सबै काम व्यर्थ भएन र? अब म अगुवाको रूपमा नछानिएपछि, ब्रदर-सिस्टरहरूले निश्चय नै म लिउ छिङजस्तो राम्रो छैन भन्नेछन्, अब मैले कुन मुखले अरूलाई भेट्नु?” भेला सकिएर घर फर्केपछि, मैले जति धेरै यसबारे सोचेँ, मलाई त्यति नै बढी अन्याय भएको महसुस भयो, र थाहै नपाई मेरो आँखाबाट आँसु बग्यो। मलाई मनमा लिउ छिङप्रति ईर्ष्या लाग्यो: पहिले, हाम्रो सम्प्रदायमा, तिमी म जति जोसिलो पनि थिइनौ, त्यसोभए तिमी अगुवा बन्न के कुराले योग्य भयौ? एक पटक, लिउ छिङ नयाँ विश्वासीहरूलाई मलजल गर्नेबारे सोध्न मकहाँ आइन्, र म क्रोधित भएँ, र मनमनै सोचेँ, “तिमीले केही पनि बुझ्दिनौ, र पनि अगुवा बनेकी छ्यौ? यदि तिमीले यो सम्हाल्न सक्दिनथ्यौ भने, पहिले नै किन भनिनौ?” मैले अधीर भएर जवाफ दिएँ, “के तिमी अगुवा होइनौ? आफै पत्ता लगाऊ।” लिउ छिङले लाचार हुँदै भनिन्, “मैले नबुझेकाले नै तपाईंलाई यी प्रश्नहरू सोधेकी हुँ।” उनले त्यसो भनेको देखेर, मेरो मनमा केही हदसम्म हप्की महसुस भयो, त्यसैले मैले मेरो स्वर नरम बनाएँ र उनलाई के गर्ने भनेर बताएँ। म अगुवाको रूपमा नछानिएकाले, मेरो मनमा सधैँ एउटा खिन्नताको महसुस हुन्थ्यो, र मैले मेरो कर्तव्यका लागि जोश-जाँगर नै जुटाउन सकिनँ। पहिले, जब मैले सुसमाचारको कामलाई पछ्याउँथे, म सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको अवस्था बुझ्न सक्रिय रूपमा ब्रदर-सिस्टरहरूलाई खोज्थेँ, र म उनीहरूसँग सुसमाचार प्रचार गर्न सहकार्य गर्थेँ, तर अब, सुसमाचार ग्रहण गर्न सक्ने सम्भावित व्यक्तिहरू नहुँदा पनि, म तिनीहरूलाई सक्रिय रूपमा खोज्दिनथेँ। कहिलेकाहीँ जब म घरमा एक्लै हुन्थेँ, मैले सोच्थेँ, “म अतिथि-सत्कार गर्दैछु र सुसमाचार प्रचार गर्दैछु, र अन्तमा, मलाई अगुवाको रूपमा समेत छानिएन। भविष्यमा मुक्तिको के आशा छ र?” मैले जति धेरै सोचेँ, म त्यति नै नकारात्मक भएँ, र मैले आफ्नो स्थितिबारे परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अगुवा बनिनँ, र मलाई आफ्नो कर्तव्य गर्न कुनै प्रेरणा नै महसुस हुँदैन; मलाई दुःख लाग्छ। तर यो स्थितिलाई कसरी परिवर्तन गर्ने मलाई थाहा छैन। कृपया तपाईंको अभिप्राय बुझ्न मलाई अगुवाइ गर्नुहोस्।”
बिहानको आत्मिक भक्ति गर्ने क्रममा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “मलाई सच्चा रूपमा चाहनेहरू सबैलाई म प्रेम गर्छु। यदि तिमीहरूले मलाई प्रेम गर्ने कार्यमा ध्यान केन्द्रित गर्यौ भने, म तिमीहरूलाई अवश्य नै प्रशस्त आशिष दिनेछु। के तिमीहरूले मेरा अभिप्रायहरूलाई बुझ्यौ? मेरो घरमा, उच्च र न्यून हैसियत बीचमा कुनै भिन्नता छैन। सबै मेरा पुत्र हुन्, र म तिमीहरूका पिता, तिमीहरूका परमेश्वर हुँ। म सर्वोच्च र अद्वितीय छु। म ब्रह्माण्ड र सबै थोकलाई नियन्त्रण गर्छु!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३१)। “तैँले मेरो घरमा ‘मलाई नम्रता र दीनतामा सेवा’ गर्नुपर्छ। यो वाक्यांश तेरो नारा हुनुपर्छ। रूखको पात नबन्, तर रूखको जरा बनेर जीवनमा गहिरो जरा हाल्। जीवनको सच्चा अनुभवमा प्रवेश गर्, मेरा वचनहरूअनुसार जी, हरेक कुरामा मलाई अझै बढी खोजी गर्, र मेरो नजिक आएर मसँग सङ्गति गर्। कुनै पनि बाहिरी कुराहरूलाई ध्यान नदे, र कुनै पनि व्यक्ति, घटना, वा वस्तुको बन्धनमा नबस्, तर म के हुँ भन्ने विषयमा आत्मिक मानिसहरूसँग मात्रै सङ्गति गर्। मेरा अभिप्रायहरूलाई बुझ्, मेरो जीवन तिमीहरूको बीचमा बगोस्, र मेरा वचनहरूमा जिएर मेरा मागहरूलाई पालन गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३१)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वरको घरमा, उच्च र नीच हैसियतमा कुनै भिन्नता छैन। परमेश्वरको अभिप्राय हामीले सत्यताको खोजी गरौँ, र उहाँलाई सन्तुष्ट पार्न गुमनाम भएर आफ्नो कर्तव्य राम्ररी पूरा गरौँ भन्ने हो। परमेश्वर हामीले हैसियत पछ्याऔं भन्ने चाहनुहुन्न, बरु सत्यता पछ्याऔं र जीवन प्राप्त गरौँ भन्ने चाहनुहुन्छ। हैसियत प्राप्त गर्नु एक किसिमको बाहिरी महिमा हो, तर यो अर्थहीन र खोक्रो छ। जसरी पातहरू सुन्दर भए तापनि शरद ऋतुमा झर्छन्; फूलहरू सुन्दर र मानिसहरूद्वारा प्रशंसा गरिए तापनि, फल नफल्दा, जीवनविहीन हुन्छन्। म सधैँ अगुवा बन्न, मानिसहरूद्वारा समर्थित, प्रशंसित, सुनिएको र उच्च पारिएको हुन, तिनीहरूको हृदयमा हैसियत पाउन चाहन्थेँ, तर यी कुराहरू पछ्याउनुको वास्तवमा के अर्थ थियो र? परमेश्वरका आखिरी दिनहरूको काम मानिसहरूलाई न्याय गरी स्वच्छ पार्नु, तिनीहरूलाई सत्यता आपूर्ति गर्नु थियो। यदि मैले सत्यता पछ्याइनँ, यदि मेरो भ्रष्ट स्वभाव अपरिवर्तित रह्यो र मैले सत्यता प्राप्त गरिनँ भने, के मैले व्यर्थमा विश्वास गरेको भएन र? मैले हैसियतलाई यति उच्च मानेँ, हैसियत नहुँदा नकारात्मक महसुस भयो, र सुसमाचार प्रचार गर्ने जोश गुमाएँ। मलाई मैले पछ्याएको कुरा सत्यता नभएर प्रतिष्ठा र हैसियत रहेछ भन्ने बुझेँ, के यो परमेश्वरको अभिप्रायबाट बरालिनु थिएन र? मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, हैसियतप्रतिको मेरो इच्छा एकदमै ठूलो छ। जब म अरूलाई अगुवा बनेको देख्छु र म छानिन्नँ, म नकारात्मक हुन्छु। संसारमा, मैले हाकिम र कार्यकर्ता सदस्य बन्ने कुरा पछ्याएँ। अब म परमेश्वरको घरमा छु, म अझै पनि उही कुराहरू पछ्याउँदै छु। म संसारको हिस्सा हुँदाको भन्दा यो कसरी फरक छ र? हे परमेश्वर, म अबदेखि हैसियत पछ्याउन चाहन्नँ। म तपाईंको मागअनुसार एक सृजित प्राणीको रूपमा मेरो कर्तव्य पूरा गरेर तपाईंलाई सन्तुष्ट पार्न इच्छुक छु।” त्यसपछि, मेरो स्थिति बदलियो, र म सुसमाचार प्रचार गर्न उत्साहित भएँ। जब लिउ छिङलाई कठिनाइ हुन्थ्यो र मकहाँ सोध्न आउँथिन्, तब म उनीसँग आफूले बुझेको कुरा सङ्गति गर्थेँ, यो सबै मण्डलीको कामको हिस्सा हो भनी महसुस गर्थेँ, जब सिस्टरलाई कठिनाइ हुन्छ, तब उनलाई मद्दत गर्नु मेरो जिम्मेवारी हुन्छ, र यो मैले गर्नुपर्ने कर्तव्य पनि हो भन्ठान्थेँ। दुई महिनापछि, लिउ छिङलाई वास्तविक काम गर्न नसकेकाले बर्खास्त गरियो, र ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवा चुने। मैले हृदयमा विशेष खुसी पाएँ, यो परमेश्करको अनुग्रह हो भनी सोचेँ, र मैले कडा परिश्रम गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि, मैले हरेक समूहका लागि अगुवाहरू छानेँ, र ब्रदर-सिस्टरहरूसँग सुसमाचार प्रचार गर्नुको महत्त्वबारे सङ्गति गरेँ, र सुसमाचार प्रचारको प्रभावकारितामा सुधार भयो। म दिउँसो सुसमाचार प्रचार गर्थेँ र राति नयाँ विश्वासीहरूलाई मलजल गर्थेँ, र यदि कुनै ब्रदर-सिस्टरहरू नकारात्मक वा कमजोर भए भने, म गएर उनीहरूलाई सहयोग गर्थेँ। सबैले मलाई न्यानो स्वागत गर्थे, र उनीहरूसँग प्रश्न हुँदा मकहाँ आउँथे। ब्रदर-सिस्टरहरू मेरो वरिपरि भेला भएको, मलाई धेरै सम्मान गरेको देखेर, मैले यो भावनाको धेरै आनन्द लिएँ, सोचेँ, “अगुवा हुनु राम्रो रहेछ। यदि मैले मण्डलीका सबै काम राम्ररी गरेँ भने, थप उन्नतिको अवसरहरू हुनेछन्। यदि म वरिष्ठ अगुवा बन्न सकेँ भने, मैले अझ धेरै सम्मान पाउनेछु।”
पछि, माथिल्लो तहका अगुवाहरू हामीसँग भेला हुन आए, र उनीहरूले धेरै मण्डली अगुवाहरूमध्येबाट एक जना प्रचारक छान्नुपर्ने कुरा बताए। मैले मनमनै सोचेँ, “सुसमाचार प्रचारको प्रभावकारिता र ब्रदर-सिस्टरहरूको जीवन प्रवेश दुवैमा हाम्रो मण्डलीले राम्रो प्रदर्शन गर्छ, र हालसालै कम्युनिस्ट पार्टीद्वारा गिरफ्तार भएको बेला मेरो गवाहीमा दृढ रहेको कुरालाई जोड्दा, उनीहरूको तुलनामा मसँग हरेक पक्षमा फाइदाहरू छन्। यस पटक प्रचारकको रूपमा पक्कै म नै छानिनेछु।” अचम्म, सिस्टर वाङ सुए छानिइन्। मेरो हृदयमा पूरै चिसो भयो, र मैले सोचेँ, “किन उनलाई छानियो र मलाई छानिएन? हाम्रा मण्डलीका सबै कामहरूको उत्कृष्ट नतिजा छ, म उनीभन्दा कहाँनेर राम्रो छैन र? अब म प्रचारकको रूपमा नछानिएपछि, ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्लान्? भविष्यमा कसले मलाई सम्मान गर्ला र?” त्यसपछिका भेलाहरूमा, मैले केही पनि बोलिनँ, मैले जतिसुकै कडा कोसिस गरे पनि वा जतिसुकै व्यस्त वा थाकेको भए पनि, त्यसको के अर्थ भयो र भन्ने लाग्यो? बेइज्जत होला भन्ने डरले मलाई आफ्नो स्थितिबारे खुलेर भन्न र समाधान खोज्न लाज लाग्यो, मैले यो कुरा मनमै राखेँ।
पछि, वाङ सुएले धेरै मण्डली अगुवाहरूको एउटा भेला बोलाइन्, र सबैले ध्यान दिएर सुने, तर मैले यो कुरालाई राम्ररी लिन सकिनँ। मैले सोचेँ प्रचारक हुनु साँच्चै फरक रहेछ, जहाँ गए पनि प्रतिष्ठा र सम्मान पाइने, मानिसहरूले कुरा सुन्ने। यदि म प्रचारक भएको भए, ब्रदर-सिस्टरहरू निश्चय नै मेरो वरिपरि घुम्ने थिए, तर अब मैले उनको कुरा सुन्नुपर्थ्यो, र त्यसले मेरो मनमा असन्तुलन महसुस गरायो। भेलाको दौडान, जब उनले काम लागू गरिन्, म सहकार्य गर्न हिचकिचाएँ, र मनमनै सोचेँ, “हामी पहिले सहकर्मी थियौँ, र तिमी मभन्दा राम्रो थिएनौ, अहिले तिमी हाम्रा लागि कामको बन्दोबस्त गर्दैछ्यौ। यदि मैले तिम्रो निर्देशन मानेँ भने, के त्यसले मलाई तिमीभन्दा तल रहेको देखाउँदैन र?” वाङ सुएले मलाई हाम्रो मण्डलीको काममा भएका समस्याहरूबारे सोधिन्, र मैले उदासीन अनुहार लगाएर लापरवाहीपूर्वक जवाफ दिएँ, “हाम्रो मण्डलीमा धेरै समस्याहरू छैनन्। हामीले आफै समाधान गरिसक्यौँ।” त्यसपछि उनले हाम्रो सुसमाचारको कामको प्रगतिबारे सोधिन्, र मलाई अब जवाफ दिन मन लागेन, त्यसैले मैले कठोर अनुहार बनाएर जवाफ दिएँ, “हाम्रो सुसमाचारको कामको प्रभावकारिता त भन्नै पर्दैन, अरू मण्डलीहरूले त हाम्रो मासिक नतिजाको आधा पनि हासिल गर्दैनन्।” जब उनले नयाँ आएकाहरूको अवस्थाबारे सोधिन्, म अधीर भएँ, र भनेँ, “नयाँ आएकाहरूलाई हामी केही अगुवा र कामदारहरूले मलजल गरिरहेका छौँ, र उनीहरूले राम्रो गरिरहेका छन्। यदि तपाईंलाई विश्वास लाग्दैन भने, तपाईं आफै गएर पत्ता लगाउन सक्नुहुन्छ।” मेरो मनोवृत्तिले गर्दा वाङ सुएलाई बन्धनमा परेको महसुस भयो, र भेलाको वातावरण असहज बन्यो। म निरन्तर ईर्ष्या र असन्तुष्टिको स्थितिमा जिइरहेकी थिएँ, र मेरो आत्मा अन्धकार थियो। मैले मेरो कर्तव्य निर्वाहमा रुचि गुमाएँ, र कामहरू झारा टार्ने हिसाबले मात्रै गरेँ। जब सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू हुन्थे, मलाई उनीहरूलाई सुसमाचार प्रचार गर्न मन लाग्दैनथ्यो। सुसमाचार प्रचारको प्रभावकारिता घट्न थाल्यो। जब अगुवाहरू मसँग सङ्गति गर्न र मलाई मद्दत गर्न आउँथे, म सुन्न असमर्थ थिएँ। अन्तमा, मलाई बर्खास्त गरियो।
त्यसपछि, मैले आत्मचिन्तन गरेँ: वाङ सुए प्रचारक बन्दा मलाई किन असहज र असन्तुष्ट महसुस भयो? त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई मेरा आफ्नै समस्याहरू जान्न र समाधान गर्न मलाई अन्तर्दृष्टि दिन र अगुवाइ गर्न बिन्ती गरेँ। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको काटछाँट गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। … धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्लाई उछिन्ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। … तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने आज यस किसिमको अवस्था आउनुको अर्थ हैसियतप्रतिको मेरो इच्छा र मेरो भ्रष्टतालाई प्रकट गर्नु, र पछ्याइबारेका मेरा गलत धारणाहरूलाई परिवर्तन गर्न मद्दत गर्नु थियो। मैले सधैँ प्रतिष्ठा र हैसियतलाई पछ्याएकी थिएँ, र मण्डली अगुवा बनेपछि, म प्रचारक र अझ उच्च अगुवा बन्न चाहन्थेँ, उच्च पदमा बसेर हैसियतका फाइदाहरूको आनन्द लिन चाहन्थेँ। प्रचारक छानिनुअघि, म सुसमाचार प्रचार गर्न र नयाँ विश्वासीहरूलाई मलजल गर्न बिहान सबेरै उठ्थेँ र राति अबेरसम्म काम गर्थेँ, दिनभरि व्यस्त रहन्थेँ, तर जब म प्रचारक बन्न असफल भएँ, तब म नकारात्मक भएँ र मेरो कर्तव्यमा लापरवाह भएँ, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू हुँदा पनि सुसमाचार प्रचार गर्न चाहन्नथेँ। स्पष्ट रूपमा, मैले पछ्याएको कुरा यही अगुवाइको हैसियत थियो। मैले मनन गरेँ: म किन हैसियतप्रति यति धेरै आसक्त थिएँ? यो किनभने म शैतानका “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “हाकिमहरू सामान्यजनभन्दा उत्कृष्ट हुन्छन्,” जस्ता विषहरूअनुसार जिइरहेकी थिएँ, र जीवनमा अरूभन्दा उत्कृष्ट हुन र उच्च हैसियत पाउन कोसिस गर्नुपर्छ भन्ने सोच्थेँ, अनि तब मात्र उनीहरूलाई अरूले उच्च आदर र सम्मान गर्छन्, र उनीहरूले मूल्यवान र अर्थपूर्ण जीवन जिउन सक्छन्। यी विचारहरूको नियन्त्रणमा, म भीडमा सबैभन्दा सानो हुन अनिच्छुक थिएँ। सोह्र वा सत्र वर्षको उमेरमा, गाउँको कार्यकर्ता बन्नका लागि, मैले गाउँमा सबै किसिमका कठिन र थकान हुने कामहरू गरेँ, र राति अबेरसम्म खेतमा एक गुमनाम नायकको रूपमा काम गरेँ। उन्नाइस वर्षको उमेरमा, म हाम्रो गाउँको महिला सङ्घको अध्यक्ष भएँ। परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, जब माथिल्लो तहका अगुवाहरूले हामीलाई भेला गराउँथे, र ब्रदर-सिस्टरहरूले जवाफ खोज्दै उनीहरूलाई घेर्थे, तब मलाई मनमा उनीहरूको ईर्ष्या लाग्थ्यो। अगुवाको रूपमा छानिनका लागि, मैले आफूलाई त्याग गरेँ र समर्पित भएँ, बिहानदेखि साँझसम्म लगनशीलताका साथ काम गरेँ, कुनै पनि कठिनाइ सहन इच्छुक थिएँ। मण्डली अगुवा बनेपछि, म अझ उच्च पदको इच्छा राख्दै, प्रचारक बन्न समेत चाहेँ। जब मलाई प्रचारकको रूपमा चुनिएन, मैले हैसियत नपाएको कुरा स्वीकार गर्न सकिनँ, र नयाँ चुनिएकी प्रचारकलाई अस्वीकार गरेँ। म उनको सङ्गति र कामको कार्यान्वयन सुन्न अनिच्छुक थिएँ, र जब उनले हाम्रो मण्डलीको कामबारे सोधपुछ गरिन्, म उदासीन भएँ, उनीप्रति घृणा र तिरस्कार देखाएँ, जसले गर्दा उनलाई मेरो कारणले बाँधिएको महसुस भयो। मैले हैसियत प्राप्त नगर्दा अरूलाई पन्छाउन र नीच देखाउन सक्ने तथ्यले म साँच्चै दुर्भावपूर्ण थिएँ भनी देखायो! मैले जे प्रकट गरेँ त्यो त ख्रीष्ट विरोधीको स्वभाव थियो। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वर मात्र आराधना र श्रद्धाको योग्य हुनुहुन्छ। म केवल एक सृजित प्राणी, एक भ्रष्ट व्यक्ति थिएँ। अरूले मलाई आदर गरून् भनी चाहने मेरो के योग्यता थियो र? ममा साँच्चै समझ र लाज थिएन! परमेश्वरले मलाई अगुवाको कर्तव्य अभ्यास गर्ने अवसर दिनुभयो, र उहाँले म सत्यता पछ्याऊँ, ब्रदर-सिस्टरहरूसँग मिलेर सहकार्य गरूँ, एक-अर्काको शक्तिको परिपूरक बनूँ र कमजोरीहरूमा सुधार गरूँ, र हाम्रा कर्तव्यहरू सँगै राम्ररी पूरा गरौँ भन्ने आशा गर्नुभएको थियो, तर मैले सत्यता पछ्याइनँ, सधैँ अरूले मलाई प्रशंसा गरून् भनी हैसियत पछ्याएँ। प्रतिष्ठा र हैसियतका खातिर, म ईर्ष्यालु र डाह गर्ने, अरूलाई बन्धनमा पार्ने र पन्छाउने, ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्याउने, र मण्डलीको काममा बाधा-अवरोधहरू ल्याउने समेत गर्न सक्थेँ। मलाई के महसुस भयो भने हैसियत पछ्याउनु परमेश्वरको प्रतिरोध गर्ने मार्ग थियो, र यदि मैले पश्चात्ताप नगरे, अन्ततः परमेश्वरको दण्डको सामना गर्नुपर्नेछ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म यस्तो भ्रष्ट व्यक्ति हुँ, सधैँ अरूको प्रशंसा खोज्छु, मेरा कार्य र व्यवहारहरू तपाईंलाई कति घृणित लाग्दा हुन्। म तपाईंतिर फर्कन इच्छुक छु, अबदेखि प्रतिष्ठा र हैसियत पछ्याउने छैन। कृपया मलाई सत्यता पछ्याइको मार्गमा अगुवाइ गर्नुहोस्।”
एक दिन, मैले परमेश्वरका थप वचनहरू पढेँ: “मानिसले मलाई कहिल्यै पनि इमानदारीपूर्वक प्रेम गरेको छैन। जब म उसलाई उच्च पार्छु, उसले आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसको हातमा दिएको ‘हैसियत’ लाई समातेर बस्छ र त्यसलाई जाँच्छ; बरु मेरो प्रेमिलोपनप्रति असंवेदनशील भएर, बरु ऊ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त भइरहन्छ। के यो मानिसको कमजोरी होइन र? जब पहाडहरू सर्छन्, तब के तिनीहरूले तेरो हैसियतका लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, तब के त्यस मानिसको हैसियतअघि आएर समाप्त हुन्छ? के मानिसको हैसियतद्वारा आकाश र पृथ्वी उल्टिन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २२)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको दयनीयताका हदका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने हैसियतले मानिसहरूलाई मुक्ति दिन सक्दैन, र जब विपत्ति आइपर्छ, हैसियत हुनुले बाँच्ने कुरा सुनिश्चित गर्दैन। परमेश्वरले मानिसहरूको गन्तव्य र परिणामहरू तिनीहरूमा सत्यता छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। तिनीहरूको हैसियत जे भए पनि, तिनीहरूले सत्यता पछ्याएमा र तिनीहरूको स्वभावमा रूपान्तरण भएमा, परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन्। पहिले, म सोच्थेँ हैसियत जति उच्च भयो, मुक्ति पाउने र सिद्ध पारिने सम्भावना त्यति नै बढी हुन्छ, त्यसैले मैले हैसियतलाई अथक रूपमा पछ्याएँ, हैसियत प्राप्त गर्नका लागि सबै कुरा त्याग्न र जुनसुकै रूपमा कुनै पनि कठिनाइ सहन इच्छुक थिएँ। मैले पद प्राप्त गर्नुलाई मेरो जीवनको खोजीको लक्ष्य र दिशा बनाएँ। जब मलाई अगुवा वा प्रचारकको रूपमा चुनिएन, म नकारात्मक भएँ र मेरो कर्तव्य निर्वाह गर्ने जोश गुमाएँ। यो गलत दृष्टिकोण लिएर जिउँदा मलाई धेरै पीडा भयो, ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्यायो, र मण्डलीको काममा क्षति गऱ्यो। मैले पावललाई सम्झेँ, जसको धार्मिक क्षेत्रमा उच्च हैसियत थियो, उनले सुसमाचार प्रचार गरे, धेरै मानिसहरूलाई प्राप्त गरे, र धेरै मण्डलीहरू स्थापना गरे, तर उनले सत्यता पछ्याएनन्, उनको जीवन स्वभाव परिवर्तन भएन, र अन्तमा, उनले परमेश्वरको दण्ड पाए। पत्रुसको काम पावलको जति विस्तृत नभए पनि, पत्रुसले सत्यता पछ्याए, परमेश्वरलाई प्रेम गर्ने कुरा पछ्याए, र एक सृजित प्राणीको कर्तव्य पूरा गर्न खोजे; अन्तमा, पत्रुस परमेश्वरद्वारा सिद्ध पारिए र उनले परमेश्वरको अनुमोदन प्राप्त गरे। म गलत दृष्टिकोणअनुसार जिउँदै, पावलकै मार्गमा हिँडिरहेकी थिएँ। यदि म यो मार्गमा हिँडिरहेँ भने, मेरो अन्त पनि निश्चय नै पावलको जस्तै हुनेथियो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले अभ्यासको मार्गलाई अझ स्पष्ट बनायो। मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू सृष्टि गरिएका प्राणीहरू भएकाले तिमीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंमा पूर्ण रूपमा समर्पित हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म सृष्टि गरिएको एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म सृष्टि गरिएको एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म सृष्टि गरिएको एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म सृष्टि गरिएको एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म सृष्टि गरिएको एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका प्रभुका सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।’ जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्वास र हिम्मतका साथ पछ्याउन सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एक पटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मानिसहरूको हैसियत होस् कि नहोस्, तिनीहरू सबै सृजित प्राणीहरू थिए, र परमेश्वरको नजरमा, तिनीहरू समान थिए। कसैको हैसियत हुनु वा नहुनु, यो सबै परमेश्वरद्वारा पूर्वनिर्धारित थियो। कुन व्यक्तिले के कर्तव्य निर्वाह गर्यो र कुन क्षमता र वरदानहरू ऊसँग थियो, यो सबै परमेश्वरद्वारा निर्धारण गरिएको थियो। सृजित प्राणीहरूको रूपमा, मानिसहरूले परमेश्वरको बन्दोबस्त र सार्वभौमिकतामा समर्पित हुनुपर्छ। पहिले, ममा सधैँ अगुवा बन्ने महत्त्वाकाङ्क्षा थियो। मण्डली अगुवा बनेपछि, म प्रचारक बन्न समेत चाहेँ। तर, मेरो क्षमता र कदको आधारमा, म मौलिक रूपमा प्रचारक बन्न अनुपयुक्त थिएँ। जब मण्डली भर्खरै स्थापना भएको थियो, तब मण्डली अगुवाको रूपमा मेरो भूमिका मुख्यतया सुसमाचार प्रचार गर्ने र नयाँ विश्वासीहरूलाई मलजल गर्ने थियो, र म सुसमाचार प्रचार गर्नमा सिपालु भएँ र केही नतिजाहरू हासिल गरेँ। तर, प्रचारकको भूमिकामा धेरै मण्डलीहरूको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो, यसका लागि राम्रो कार्यसक्षमता र सत्यतामा सङ्गति गर्ने र समस्याहरू समाधान गर्ने सामर्थ्य चाहिन्थ्यो; मेरो जीवन प्रवेश कमजोर थियो र म प्रचारकको कामका लागि योग्य थिइनँ। मैले परमेश्वरको बन्दोबस्तमा समर्पित हुनुपर्थ्यो। अब, मलाई सुसमाचार प्रचार गर्न खटाइएको थियो, र मैले सुसमाचार प्रचार गर्ने मेरो कर्तव्य पूरा गर्नुपर्थ्यो। यो कुरा महसुस गरेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले पदको खोजी गरिरहेकी थिएँ र तपाईंको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भइनँ, जसले मण्डलीको काममा हानि पुऱ्याउँछ। अब, म पश्चात्ताप गर्न र तपाईंको योजनाबद्ध कार्यहरूमा समर्पित भई एक सृजित प्राणी बन्ने कुरा पछ्याउन इच्छुक छु।”
सन् २०१५ मा, मण्डलीले अगुवाइका लागि नयाँ चुनाव गऱ्यो, र मैले धेरै ब्रदर-सिस्टरहरू मलाई छनोट गर्न चाहेको सुनेँ। त्यस क्षण, म खुसी र अचम्मित दुवै भएँ। “यस्तो लाग्थ्यो, ब्रदर-सिस्टरहरूले मलाई उच्च सम्मान गर्थे, जसले ममा केही सत्यता वास्तविकता थियो भनी प्रमाणित गर्थ्यो। मैले सोचेँ यदि चुनिएँ भने, ब्रदर-सिस्टरहरूमाझ म जहाँ गए पनि मेरो सम्मान हुनेछ।” तर यो विचार आउनसाथ, हैसियतप्रतिको मेरो इच्छाले फेरि काम गरिरहेको थियो भन्ने मैले थाहा पाएँ। विगतमा मेरो हैसियत पछ्याइले मलाई धेरै दुःख दिएको र मण्डलीको काममा हानि पुऱ्याएको कुरालाई चिन्तन गर्दा, मैले अबदेखि हैसियतको पछि नलाग्ने निर्णय गरेँ। बरु मैले परमेश्वरको बन्दोबस्तमा समर्पित भएर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, हैसियतप्रतिको मेरो इच्छा र कुनै पनि गलत पछ्याइहरू त्याग्न इच्छुक भएँ। म अबदेखि ख्याति वा हैसियत पछ्याउन चाहन्नथेँ। मलाई जुनसुकै कर्तव्य दिइए पनि, म त्यसमा समर्पित हुन इच्छुक थिएँ। मतदानअघि, माथिल्लो अगुवाहरूले हामी प्रत्येकलाई आ-आफ्नो विचार बताउन भने। मैले खुलेर भनेँ, “मैले दश वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेकी भए पनि, मेरो जीवन प्रवेश सतही छ; मेरो प्रकृति अहङ्कारी छ, र ममा हैसियतप्रतिको तीव्र इच्छा छ, त्यसैले अगुवाइको पदमा हुँदा मलाई हैसियतका फाइदाहरूको आनन्द लिन र अरूलाई बन्धनमा पार्न सजिलो हुनेछ। मलाई लाग्दैन, म अगुवाइको भूमिकाका लागि उपयुक्त छु। म तपाईंहरू सबैसँग मेरो साँचो अवस्था बताउँदै छु; तपाईंहरूले सिद्धान्तहरूको आधारमा मेरो मूल्याङ्कन गर्न सक्नुहुन्छ।” बोलिसकेपछि, मैले धेरै शान्ति महसुस गरेँ। अन्तमा, ब्रदर-सिस्टरहरूले अन्य दुई सिस्टरहरूलाई मण्डली अगुवाको रूपमा छाने, र मलाई सुसमाचार डिकनको रूपमा चुनियो। म परमेश्वरप्रति धेरै आभारी भएँ र पूर्ण हृदयले मेरो कर्तव्य पूरा गर्न तयार थिएँ। त्यसपछि, मैले मेरो सुसमाचारको काममा ध्यान केन्द्रित गरेँ। ती दुई मण्डली अगुवाहरूले भर्खरै अभ्यास गर्न थालेका थिए, त्यसैले जब म उनीहरूको काममा निश्चित पक्ष उपयुक्त नरहेको देख्थेँ, तब म त्यो कुरा उठाउँथेँ र उनीहरूसँगै सङ्गति गरेर त्यसलाई सुधार्न खोज्थेँ। मलाई यो तरिका राम्रो लाग्यो।
विगतमा, जब म कसैलाई अगुवाइको पदमा देख्थेँ, तब म अशान्त हुन्थेँ, र अगुवाइलाई मेरो पछ्याइको लक्ष्य मान्थेँ। अब म बुझ्छु कि सत्यता पछ्याएर मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ। हैसियत पछ्याउनु अर्थहीन छ। मैले हृदयको गहिराइबाट हैसियतप्रतिको मेरो इच्छालाई त्याग्न पनि सिकेकी छु। जो अगुवा बने पनि, म उनीहरूलाई सही तरिकाले व्यवहार गर्न सक्छु। म केवल दृढतापूर्वक सत्यता पछ्याउन, मेरो कर्तव्य राम्ररी पूरा गर्न, र परमेश्वरको हृदयलाई सान्त्वना दिन चाहन्छु।