३८. किन मैले आफ्नो कर्तव्य शान्तिपूर्वक स्विकार्न सकिनँ

सन् २०२३ को मार्च महिनाको अन्त्यमा, अगुवाहरूले मलाई मण्डलीको शुद्धीकरण कामको निगरानी गर्न भने। उनीहरूले मलाई यो कुरा भन्दा मैले धेरै दबाव महसुस गरेँ, अनि मैले सोचेँ, “ममा सत्यताबारे धेरै सतही बुझाइ छ र खुट्याइको अभाव छ। यदि मैले वास्तविक काम गर्न सकिनँ भने, केही समयमै मलाई हटाइनेछ। त्यो त निकै लाजमर्दो कुरा हुनेछ! टोली सदस्य हुँदा जिम्मेवारी थोरै हुन्छ र सुपरभाइजरले कामकुराहरूको निरीक्षण गर्ने हुनाले गल्ती हुने सम्भावना कम हुन्छ। यदि म सुपरभाइजर बनेँ भने, कामको बोझ अझ धेरै हुनेछ, अनि मैले गल्ती गर्ने बित्तिकै, यसले काममा ढिलाइ हुन सक्छ वा, अझ नराम्रो कुरा त, गलत आरोप र सजाय निम्त्याउन सक्छ। त्यो त गम्भीर उल्लङ्घन हुनेछ! कर्तव्य निर्वाह गर्नुको उद्देश्य भनेको असल कार्यहरूको तयारी गर्नु हो, तर मैले धेरै अपराध गरेँ भने, त्यस्तो अवस्थामा म बर्खास्त र लज्जित भएर सजिलै दोषमुक्त हुन सक्छु, र अझ खराब अवस्थामा त, म मण्डलीबाट निकालिन पनि सक्छु। के त्यसपछि पनि मलाई राम्रो परिणाम र गन्तव्य प्राप्त होला त?” यस्तो सोचेर, मैले मेरो जीवन प्रवेश सतही भएको अनि आफू यो कर्तव्यका लागि योग्य नभएको बहाना बनाएर जिम्मेवारी अस्वीकार गरेँ। अगुवाले धेरै केही भनेनन्, तर मलाई खोजी गरिरहनु भने। त्यसपछिका दिनहरूमा, म अगुवाका शब्दहरू सम्झिँदा, आफूभित्र बोझ महसुस गर्थेँ। ठीक त्यही समयमा, मलाई कसैको व्यवहारको मूल्याङ्कन गर्न समस्या भयो। मैले केवल उनको दुष्ट कार्यका गम्भीर परिणामहरू मात्र हेरेँ र उनको प्रकृति सार र लगातारको आचरण नबुझीकन उनलाई दुष्ट व्यक्तिको संज्ञा दिएँ। ती व्यक्तिले केही नराम्रा काम गरेकी भए पनि, उनी दुष्ट व्यक्ति होइनन् भन्ने कुरा मैले पछि मात्र बुझेँ। यो घटनाले मेरो हृदयमा झनै भारी महसुस गरायो। मेरो यो गल्तीले झण्डै कसैलाई हानि र शुद्धीकरणको काममा बाधा पुर्‍याएको थियो। ममा खुट्याइको साँच्चै कमी थियो। यदि म सुपरभाइजर बनेँ र फेरि गल्ती गरेँ भने, मैले अझै धेरै अपराध गर्ने त थिइनँ? त्यसपछि मैले भर्खरै बर्खास्त गरिएकी सुपरभाइजर सिस्टर लिन फाङ्गलाई सम्झेँ, किनभने उनले वास्तविक काम गरिनन् र कामको निरीक्षण र मध्यस्थता गर्न असफल भइन्। उनीभन्दा अगाडि आएका दुई जना सुपरभाइजरहरूलाई मण्डलीबाट निष्कासन गरिएको थियो किनभने उनीहरूले धेरै दुष्ट कामहरू गरेका थिए। यो घटनाले मलाई सुपरभाइजर हुनु धेरै जोखिमपूर्ण छ भन्ने कुरा झन् मजाले महसुस गरायो, र यदि मैले काम राम्ररी गरिनँ भने, म चाँडै नै बर्खास्त हुने वा हटाइने थिएँ। टोली सदस्य भएर बस्नु नै सुरक्षित जस्तो लाग्यो। तर कर्तव्यलाई सिधै अस्वीकार गर्नु उपयुक्त लागेन, त्यसैले म द्विविधामा परेँ। केही दिनसम्म, मैले यी कुराहरू सोचिरहेँ, निकै तनावमा परेको महसुस भयो, र यसले मेरो स्थितिमा पनि प्रभाव पर्‍यो। मैले परमेश्‍वरसँग प्रार्थना गरेर उहाँको मार्गदर्शन खोजेँ।

मेरो एक भक्तिका क्रममा, मैले एउटा अनुभवात्मक गवाहीको लेख पढेँ, जसमा मुख्य पात्रले आफ्नो गरिमा र स्वार्थबारे सोची बारम्बार बहाना बनाउँदै कर्तव्य अस्वीकार गरिरहन्थ्यो, तर पछि, उसले कर्तव्यहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तसँगै आउँछन्, साथै, परमेश्‍वरले कर्तव्यहरूप्रतिको उसको मनोवृत्ति अवलोकन गर्नुहुन्छ, र उसले पहिले समर्पण गर्न आवश्यक छ भनेर बुझ्यो। मलाई पहिले परमेश्‍वरप्रति समर्पणको सत्यतामा प्रवेश गर्न पनि आवश्यक थियो। त्यसैले, मैले परमेश्‍वरको वचनको एउटा सान्दर्भिक खण्ड खोजेँ। मैले पढेको वचनमा भनिएको थियो: “नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरका चाहनाहरूबारे थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो, र परमेश्‍वरको वचनप्रति समर्पित हुने र त्यसलाई सुन्‍ने कार्य नै त्यो विश्वास थियो, जसले उसका कार्यलाई टेवा दिन्थ्यो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार नै समर्पण थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिल्यै हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १)। परमेश्‍वरको वचन पढेर मैले के बुझेँ भने जुनसुकै परिस्थितिमा पनि समर्पण गर्न सक्नु नै परमेश्‍वरले मानिसहरूबाट चाहनुहुने कुरा हो, र यही समझ सृजित प्राणीहरूमा हुनुपर्छ। मैले नोहाले परमेश्‍वरको आज्ञापालन शुद्ध हृदयले गरेको देखेँ। उनले केवल आज्ञा पालन गरे र समर्पित भए। उनले जहाज बनाउँदा आफूले कति समस्या भोग्नुपर्ला, वा काम राम्रोसँग सम्पन्न नभए के-कस्ता जिम्मेवारी लिनुपर्ला भनी सोचेनन्। उनी केवल परमेश्‍वरको अभिप्रायलाई ध्यानमा राख्न चाहन्थे, परमेश्‍वरको इच्छा पूरा गर्न उहाँले चाहनुभएअनुसार जहाज सकेसम्म चाँडो बनाउन चाहन्थे। तर मेरो काँधमा कर्तव्य आइपर्दा भने मेरा विचारहरू अतिरन्जित भए, अनि मैले आफ्ना समस्या, भविष्य, र गन्तव्यबारे सोचिरहेँ। मलाई सुपरभाइजर हुनु धेरै जोखिमपूर्ण छ र यसले मलाई अपराध गर्न बाध्य बनाउँछ, अनि मैले धेरै अपराध गरेँ भने, मेरो नतिजा राम्रो हुनेछैन भन्ने लाग्यो। जब मेरो मनमा यी विचारहरू आए, म पूर्ण रूपमा समर्पण गर्न सक्दिनँ भन्ने मैले थाहा पाएँ, अनि यो कर्तव्य टार्न मैले बहाना बनाउन चाहिराखेँ। यसबारे सोच्दा मलाई निकै लाज लाग्यो। मैले यति धेरै वर्षदेखि परमेश्‍वरमाथि विश्वास गरेकी थिएँ, तर ममा अझै पनि आधारभूत समर्पणको अभाव थियो। ममा वास्तवमै सत्यता वास्तविकता थिएन। म यसरी नै जारी राख्न सक्दिनथेँ। मलाई कठिनाइ र चिन्ताहरू भएपनि, सबैभन्दा पहिले मैले समर्पण गरेर यो कर्तव्य लिनुपर्थ्यो।

पछि मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ र आफ्नै स्थितिबारे केही बुझाइ पाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वर, परमेश्‍वरले प्रबन्ध गर्नुभएका वातावरण र मानिस, घटना, र कामकुरा, परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई प्रकाश गर्नु र ताडना दिनु, इत्यादिप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिबाट मुल्याङ्कन गर्दा, के तिनीहरूले सत्यताको खोजी गर्ने अलिकति पनि अभिप्राय राख्छन् त? के तिनीहरूले परमेश्‍वरमा समर्पित हुने अलिकति पनि अभिप्राय राख्छन्? के तिनीहरूमा यो सब आकस्मिक रूपमा भएको होइन, बरु परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने अलिकति पनि आस्था छ त? के तिनीहरूमा यो बुझाइ र सचेतना छ? स्पष्ट छ, छैन। तिनीहरूको सावधानीको जड परमेश्‍वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूको सन्देहको जड पनि परमेश्‍वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूले परमेश्‍वरलाई गर्ने छानबिनका नतिजा तिनीहरूमा परमेश्‍वरबारे थप सन्देह उत्पन्न गराउँछ, र साथसाथै परमेश्‍वरविरुद्ध थप सावधान बनाउँछ। ख्रीष्टविरोधीहरूको सोचाइबाट उत्पन्न विविध सोच र दृष्टिकोण, साथै यी सोच र दृष्टिकोणको प्रभुत्वअन्तर्गत पैदा भएका विविध तौरतरिका र व्यवहारबाट मुल्याङ्कन गर्दा, यी मानिसहरू एकदम अव्यावहारिक छन्; तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तिनीहरू परमेश्‍वरप्रति साँचो आस्था विकास गर्न सक्दैनन्, तिनीहरू परमेश्‍वरको अस्तित्वमा पूर्ण रूपमा विश्वास गर्न र त्यसलाई स्विकार्न सक्दैनन्, र तिनीहरू परमेश्‍वर सारा सृष्टिमाथि सार्वभौम हुनुहुन्छ, उहाँ सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर्न र स्विकार्न सक्दैनन्। यो सब तिनीहरूको दुष्ट स्वभाव सारका कारण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई))। परमेश्‍वरको वचनबाट मैले के देखेँ भने त्यस्तो केही भयो भने, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको धार्मिकतामा विश्वास गर्दैनन्। परमेश्‍वरको स्वभाव थाहा पाउन सत्यता खोज्नुको सट्टा, परमेश्‍वरको काम र उहाँले मिलाउनुहुने परिस्थितिको विश्लेषण गर्न तिनीहरू मानवीय धारणा, कल्पना र शैतानी सिद्धान्तहरूको प्रयोग गर्छन्। त्यसैले, तिनीहरू सतर्क हुन्छन् र परमेश्‍वरलाई गलत बुझ्छन्। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिका कारण यस्तो हुन्छ। परमेश्‍वरका वचनका आधारमा आफूलाई जाँच्दा, मैले मेरो स्थिति पनि उस्तै देखेँ। अघिल्ला तीन सुपरभाइजरहरूलाई बर्खास्त गरिएको र हटाइएको देखेर, मैले सत्यता खोजिनँ, तिनीहरू किन असफल भए भनेर विचार गरिनँ, वा खुट्याइ प्राप्त गरिनँ र तिनीहरूका असफलताहरूबाट पाठ सिकिनँ। बरु, म सतर्क भएँ, “सतर्कता नै सुरक्षाको आधार हो,” अनि “जति धेरै माथि चढियो, त्यति नै नराम्ररी झरिन्छ, र टुप्‍पोमा एक्लै भइन्छ,” जस्ता शैतानी सिद्धान्तहरूका आधारमा जिएँ। मलाई सुपरभाइजर हुनु धेरै जोखिमपूर्ण छ, अनि मेरो कारण कुनै गलत दोषारोपण वा सजाय भयो भने, त्यो ठूलो अपराध हुनेछ र मेरो राम्रो नतिजा वा गन्तव्य हुनेछैन भन्ने लाग्यो। मैले सोचेँ, आफूलाई जोगाउनुपर्छ र जोखिमबाट बच्नुपर्छ त्यसैले मैले यो कर्तव्यबाट बच्न बहाना बनाइरहेँ। पछि, मैले मनन गरेँ, “मलाई यो कर्तव्य खटाउनुमा परमेश्‍वरको के अभिप्राय होला? शुद्धीकरणको कामको निरीक्षण गर्नु साँच्चै गम्भीर जिम्मेवारी हो, तर यसले मलाई विभिन्न प्रकारका दुष्ट, ख्रीष्टविरोधी र अविश्वासीहरूलाई चिन्न सक्ने बनाउनेछ, जसले मलाई मानिसहरूलाई खुट्याउने काममा छिटो प्रगति गर्न सजिलो पार्नेछ। अनि, सुपरभाइजर हुँदा धेरै प्रकारका समस्याहरू सम्हाल्नुपर्ने हुन्छ, र यसले मलाई सम्बन्धित सत्यता सिद्धान्तहरू खोज्न र सत्यताद्वारा आफूलाई सुसज्जित गर्न प्रेरित गर्नेछ, जसले गर्दा यो तालिमका लागि एक उत्कृष्ट अवसर हुनेछ। तर यस मामिलामा सत्यता खोज्नुको सट्टा, मैले सधैँ सुपरभाइजर हुनु भनेको ठूलो जिम्मेवारी वहन गर्नु हो र मलाई चाँडै प्रकट गरिनेछ र हटाइनेछ भन्ने सोचिरहेँ, त्यसैले म परमेश्‍वरप्रति शङ्का र सावधानीले भरिएकी थिएँ। मैले साँच्चै परमेश्‍वरको हृदयलाई चोट पुर्‍याएकी छु!”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एक खण्ड सम्झेँ: “परमेश्‍वर सबैको लागि धर्मी र न्यायोचित हुनुहुन्छ। परमेश्‍वरले तँ पहिला कस्तो थिस् वा तेरो हालको कद कस्तो छ त्यो हेर्नुहुन्न, उहाँले तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस् कि हिँड्दैनस् भनेर हेर्नुहुन्छ। … परमेश्‍वरले तँलाई ठोकर खान, असफल हुन र गल्तीहरू गर्न दिनुहुन्छ। परमेश्‍वरले तँलाई सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, उहाँका अभिप्राय क्रमशः बुझ्दै जान, उहाँका अभिप्रायअनुसार सबै काम गर्न, साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुन, र परमेश्‍वरले मानिसहरूमा हुनैपर्ने भनी माग गर्नुभएका सत्यता वास्तविकता हासिल गर्न असवरहरू दिनुहुनेछ। तर परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने व्यक्ति को हो? यो त्यो व्यक्ति हो, जसलाई आफ्नो हृदयमा सत्यता के हो भन्‍ने थाहा हुन्छ तैपनि ऊ सत्यता स्विकार्न मान्दैन, सत्यता अभ्यास गर्ने कुरै नगरौँ। त्यस्ताहरू बरु अझै पनि शैतानी दर्शनसाथ जिइरहेका हुन्छन्, तर त्यसको बाबजुद पनि तिनीहरू आफूलाई निकै असल र परमेश्‍वरप्रति समर्पित रहेको ठान्छन्, जबकि त्यति नै बेला तिनीहरू अरूलाई बहकाउन र परमेश्‍वरको घरमा स्थान प्राप्त गर्न खोज्दै हुन्छन्। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुने भए पनि, यी व्यवहारहरू फरकफरक प्रकृतिका हुन्छन्। यो कुनै सामान्य भ्रष्ट स्वभाव वा भ्रष्टताको सामान्य प्रकटीकरण होइन; तैँले सचेत रूपमै र जिद्दीपूर्वक अन्त्यसम्मै परमेश्‍वरको प्रतिरोध गर्छस्। तँलाई परमेश्‍वर हुनुहुन्छ भनेर थाहा छ, तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तैपनि जानाजानी उहाँको विरोध गर्न रोज्छस्। यो परमेश्‍वरबारे धारणाहरू र गलतबुझाइ हुने समस्या होइन; तैँले जानाजानी अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्छस्। के परमेश्‍वरले यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्‍वरले तँलाई मुक्ति दिनुहुन्न। तँ परमेश्‍वरको शत्रु होस्, त्यसैले तँ एक दियाबलस र शैतान होस्। के परमेश्‍वरले अझै पनि दियाबलस र शैतानहरूलाई मुक्ति दिन सक्नुहुन्छ?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्‍वरका वचनबाट मैले के देखेँ भने परमेश्‍वर मानिसहरूप्रति निष्पक्ष हुनुहुन्छ। परमेश्‍वरले मानिसलाई क्षणिक गल्ती वा असफलताका लागि हटाउनुहुन्न, बरु निरन्तर सत्यता अस्वीकार गर्ने र र जिद्दीपूर्वक उहाँको विरोध गर्नेहरूलाई प्रकट गर्नुहुन्छ र हटाउनुहुन्छ। मैले सत्यताबारे मेरो बुझाइको कमीले गर्दा मानिसहरूलाई खुट्याउने क्रममा म कसरी गल्ती गर्न पुगेँ, तैपनि कसैले मलाई यसका लागि जिम्मेवार ठहराउन खोजेन वा यो कर्तव्य निर्वाह गर्नबाट रोकेन भन्नेबारे सोचेँ। मेरा कमजोरीहरूलाई पूर्ति गर्नका लागि दुष्ट मानिसहरूलाई खुट्याउने सम्बन्धमा मलाई सत्यताले सुसज्जित गर्न परमेश्‍वरले मेरा गल्तीहरूको प्रयोग गरिरहनुभएको थियो। मैले लिन फाङ्ग किन असफल भइन् भनेर अझ बढी सोचेँ। हालसालै मैले उनले आफ्नो कर्तव्यमा रहेको गलत अभिप्रायबारे कुरा गरेको सुनेकी थिएँ। जब उनले कामको नतिजा राम्रो नभएको देखिन्, उनले आफ्नी सहकर्मीलाई कामको जिम्मा दिइन्, र आफूले जिम्मेवारी नै लिइनन्। जब माथिल्लो नेतृत्वले उनलाई सङ्गति दिए र सच्याए, उनले बहाना बनाइरहिन् र आफ्नो बचाउ गर्ने प्रयास गरिरहिन्, र यी मुद्दाहरूबारे चिन्तन गर्न र आफूलाई जान्न अस्वीकार गरिन्। लिन फाङ्गलाई उनकाे गल्तीका कारणले होइन, बरू मुख्यगरी उनले सत्यता स्वीकार्न अस्वीकार गरेकी र गैरजिम्मेवार भएकी कारणले बर्खास्त गरिएको थियो। त्यहाँ दुई जना अन्य सुपरभाइजरहरू पनि थिए। एकजना अहङ्कारी स्वभावका थिए, निरङ्कुश थिए र सधैँ सबै अख्तियार आफ्नै हातमा राख्न चाहन्थे, र जब अरूले उनको कुरा सुन्दैनथे, उनी तिनीहरूलाई दबाउन र यातना दिन खोज्थे। अर्का सुपरभाइजर फरक विचारहरूलाई दबाउँदै र बहिष्कार गर्दै सधैँ इज्जत र हैसियत पछ्याउँथे। दुबैजना ख्रीष्टविरोधीको मार्गमा हिँडे, र धेरै दुष्कर्महरूका कारण उनीहरूलाई मण्डलीबाट निष्कासित गरियो। मैले परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँले मानिसहरूलाई केवल उनीहरूले कर्तव्यमा गल्ती गरेका कारणका लागि होइन, बरु सत्यता र परमेश्‍वरप्रति मानिसहरूको मनोवृत्ति र उनीहरूले हिँड्ने मार्गका आधारमा बर्खास्त वा निष्कासन गर्नुहुन्छ भन्ने देखेँ। तिनीहरूको निरन्तर व्यवहारबाट, के स्पष्ट भयो भने तिनीहरूको प्रकृति सार सत्यताविरोधी र सत्यतालाई घृणा गर्ने रहेछ, साथै तिनीहरूले केवल प्रतिष्ठा र हैसियत पछ्याए र मण्डलीको कामको हिफाजत गरेनन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई प्रकट गर्नुभयो र हटाउनुभयो। तर मैले के सोचेकी थिएँ भने हैसियत वा ठूलो जिम्मेवारी भएकाहरू प्रकट हुने र हटाइने सम्भावना बढी हुन्छ, जबकि कम कार्य गर्ने एक साधारण ब्रदर वा सिस्टरले कम अपराध गर्छन्, किनभने त्यसमा कम कुराहरू समावेश हुन्छन्, र यसरी प्रकट हुन र हटाइनबाट बच्नेछन्। तर यी केवल मेरा धारणा र कल्पनाहरू थिए। म सधैँ परमेश्‍वरको विरुद्धमा सतर्क थिएँ र आफ्नो कर्तव्यबाट टाढा भाग्दै थिएँ। यदि मैले कुनै अपराध नगरेकी भए पनि, मैले सत्यता पछ्याइनँ भने, मेरो भ्रष्ट स्वभाव शुद्ध वा परिवर्तन हुँदैन, र मैले मुक्ति पाउँदिन, र अन्ततः मैले कुनै राम्रो परिणाम पाउँदिन। यो कुरालाई ध्यानमा राख्दै, म यो कर्तव्य स्वीकार गर्न इच्छुक भएँ। परमेश्‍वरले मानिसको कर्तव्यमा केही विचलन र समस्याहरू हुन दिनुहुन्छ, तर यदि त्यो व्यक्तिले पछि सत्यता खोज्छ, आत्मचिन्तन गर्छ र समयमै ती विचलनहरू सुधार गर्छ भने, परमेश्‍वरले उसलाई मार्गदर्शन गरिरहनुहुन्छ। जब मैले यसबारे सोचेँ, तब मैले के बुझेँ भने म केही समयदेखि शुद्धीकरणको काम गरिरहेकी रहिछु, र केही विवेकका सिद्धान्तहरू खुट्याउन थालिसकेकी रहिछु। मण्डलीको काम गर्नका लागि मानिसहरूको तत्काल आवश्यकता थियो, त्यसैले मैले परमेश्‍वरको अभिप्राय बुझ्नुपर्थ्यो र आफूले सक्दो गरेर शुद्धीकरणको काम गर्नुपर्थ्यो, किनभने यही नै ममा हुनुपर्ने समझ र समर्पण थियो। तर मेरो मन त केवल आफ्नै स्वार्थ, परिणाम र गन्तव्यबारे सोच्न मै सीमित थियो। म त कति स्वार्थी र घृणित बनिसकेकी रहेछु!

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँः: “आशिष्‌को पछ्याइलाई उद्देश्य मान्नु कुन तरिकाले गलत हुन्छ? यो पूर्णतः सत्यताविरुद्ध जान्छ, र यो मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायअनुरूप छैन। आशिषित हुनु मानिसहरूले पछ्याउने उचित उद्देश्य होइन, त्यसैले उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तनको खोजी गर्नु, र परमेश्‍वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम हुनु: मानिसहरूले खोजी गर्नुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणको लागि, मानौँ तँलाई काटछाँट गरिन्छ, अनि तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ समर्पित हुन असमर्थ बन्छस्। यसमा, तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्‍ने लाग्छ। तँ नकारात्मक र व्याकुल बन्छस्, र आफ्‍नो कर्तव्य त्याग्न चाहन्छस्। यसको कारण के हो? तेरो खोजीमा एउटा समस्या छ। अनि, यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्‍नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्‍नुपर्छ, ‘मैले हरेस खानु हुँदैन, मैले अझै पनि सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो इच्‍छालाई पन्छ्याउनुपर्छ।’ जब तैँले आशिषित हुने इच्‍छा त्याग्छस्, र सत्यता पछ्याउने मार्ग हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकतामा रहन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसबाट बाधित हुँदैनस्, र आफ्‍नो हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो खोजीको उद्देश्यलाई सत्यताको खोजीमा परिणत गर्छस्, र तैँले मनमनै सोच्छस्, ‘सत्यताको खोजी गर्नु सृष्टि गरिएको प्राणीको कर्तव्य हो। आज निश्‍चित सत्यताहरू बुझ्‍नुजत्तिको महान् फसल अरू हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष्‌ हो। यदि परमेश्‍वरले मलाई चाहनुहुन्‍न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचूर हुन्छ भने पनि, मैले अझै आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, म यसलाई मेरो उचित कर्तव्यपालनमा असर गर्न दिनेछैन, म यसलाई परमेश्‍वरको आज्ञा पूरा गर्नमा असर गर्न दिनेछैन; म यही सिद्धान्तअनुसार व्यवहार गर्छु।’ अनि के यसरी, तैँले देहका व्यवधानहरूलाई पार गरेको हुँदैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्‌हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र दुर्भाग्य भोग्छन्। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने मानिसले आशिष् पाओस् वा दुःख झेलोस्, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु स्वाभाविक र न्यायोचित कुरा हो। मानिसहरूले परमेश्‍वरलाई पछ्याउने भएकाले, उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, किनकि यही नै मूल्यवान् र अर्थपूर्ण जीवन जिउने तरिका हो। परमेश्‍वरको अभिप्राय भनेको मानिसहरूले आफ्नो कर्तव्य मार्फत सत्यता वास्तविकतामा प्रवेश गरून् भन्ने हो। कर्तव्य पालना गर्ने क्रममा मानिसका धेरै भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, र थुप्रै कमजोरीहरू खुलासा हुन्छन्। यस अवसरमार्फत, व्यक्तिले सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्छ, र यसरी शुद्ध र रूपान्तरित हुन सक्छ। म अहिले सुपरभाइजरका रूपमा प्रशिक्षणमा कठिनाइहरूको सामना गरिरहेकी थिएँ, तर म परमेश्‍वरमा बढी भर पर्न, सत्यताको खोजीमा ध्यान केन्द्रित गर्न, सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य निर्वाह गर्न, आफ्नो जिम्मेवारी पूरा गर्न, अनि वफादारी देखाउन सक्थेँ। यदि तालिमको केही समयपछि, क्षमताको अभावका कारण मलाई अर्कै कर्तव्यमा खटाइए पनि, मलाई कुनै पछुतो हुने छैन।

अगाडि बढ्दै गर्दा, मैले एक सुपरभाइजरका रूपमा कर्तव्य निर्वाह गर्ने क्रममा, समस्या वा विचलनहरू देखिए भने, मैले यसलाई सत्यता प्राप्त गर्ने राम्रो अवसरका रूपमा देखेँ, मेरा ब्रदर-सिस्टरहरूसँग यी कुराहरूमा सङ्गति गरेँ र सारांश दिएँ, र सान्दर्भिक सत्यता सिद्धान्तहरू खोजेँ। विस्तारै, मैले पहिले नबुझेका सत्यताहरू प्रस्टिँदै गए, र मैले केही प्रगति पनि गरेँ। म अब परमेश्‍वरप्रति सशङ्कित छैन, र उहाँले मिलाउनुभएको हरेक परिस्थितिमा व्यावहारिक रूपमा पाठ सिक्न चाहन्छु। मलाई वास्तविक प्राप्ति पाउने र केही वास्तविक बुझाइहरू प्राप्त गर्ने अनुमति दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु।

अघिल्लो: ३४. आमाको मृत्युको छायाबाट निस्कने प्रयास

अर्को: ४२. अनुभवात्मक गवाही लेख लेख्नुको फाइदा बल्ल बुझेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६४. पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्