३७. “कसैलाई योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्‍ने राय सत्यताअनुरूप छ?

एन्यू, चीन

सन् २०२२ को अगस्टको सुरुमा, हामीले एउटा भेला सकायौँ र सिस्टर वाङ्ग जिङ्गले भनिन्, “झाङ्ग मिनलाई आत्मचिन्तनका लागि घरमा अलग्गै राखिएको छ।” यो सुनेर मैले सोधेँ, “के भइरहेको हो र?” वाङ्ग जिङ्गले भनिन्, “ब्रदर-सिस्टरहरूले झाङ्ग मिनको कर्तव्यमा देखिएका समस्याहरू औँल्याउँदा, उनले हरेक पल्ट त्यसलाई स्विकार्न इन्कार गर्थिन्, अनि उल्टै तर्क गर्दै आफ्नो बचाउ समेत गर्थिन्। उनले रुँदै र हल्ला गर्दै ठूलो तमासा गर्थिन्, अनि कर्तव्यपालनमा समेत आफ्नो रिस पोख्ने गर्थिन्। यसले काम सामान्य रूपमा अघि बढ्न सकेन र मण्डलीको जीवनमा बाधा-अवरोध उत्पन्न गर्‍यो। यदि उनले चिन्तन गरेर आफूलाई चिन्ने कोसिस गरिनन् र अझै आफ्नो बचाउ गर्न खोजिन् भने, उनलाई निकालिन सक्छ।” तर यो कुरा सुनेर म एकदम छक्क परेँ। सोचेँ, झाङ्ग मिनले परमेश्‍वरमाथि विश्‍वास गर्दै यत्ति धेरै वर्षसम्म सधैँ आफूलाई परित्याग र समर्पित गरेकी थिइन्, साथै नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा उनी मायालु र मिलनसार थिइन्। जतिसुकै ढिलो भए पनि, उनले नयाँ विश्‍वासीलाई समस्या पर्दा, आफ्नो क्षमताले भ्याएसम्म उनीहरूसँग सङ्गति गरेर त्यसको समाधान गर्थिन्, र परिवारिक मामिला आउँदा पनि उनले आफ्नो कर्तव्य छोड्दैनथिन्। अहिले उनले सत्यता स्वीकारेकी छैनन् भने, सायद यो उनले अझैसम्म यसलाई नचिनेकोले हुन सक्छ। के उनले बिस्तारै चिन्तन मनन गरेर यसलाई चिनिन् भने, ठिक हुने थिएन र? उनी निकालिनै पर्ने त थिइनन्। उनीजस्तो व्यक्तिलाई पनि निकालियो भने, त्यस्तो अवस्थामा, मेरो परित्याग र समर्पण उनको जति पनि नरहेको हेर्दा त, मलाई पनि अन्तमा हटाइँदैन होला र? त्यो बेला, जब यो कुरा सोच्थेँ, मेरो स्थिति निकै नकारात्मक हुन्थ्यो, र आफ्नो कर्तव्य निर्वाह गर्दा ममा ऊर्जा हुँदैनथ्यो।

पछि, एउटा भेलामा, हाम्रा मण्डली अगुवा वाङ्ग युले झाङ्ग मिनलाई निकाल्नेबारेको सामग्री जाँच्न आए, र मैले आफ्नो धारणा र अलमलबारे भनेँ, “झाङ्ग मिनले धेरै वर्षदेखि यो कर्तव्य निर्वाहका क्रममा परिवार र करियर त्यागिन्; योग्यताका लागि नभए पनि परिश्रमका लागि उनले श्रेय पाउनुपर्छ। उनलाई किन निकालिँदै छ? यदि उनले यसरी कर्तव्य निर्वाह गरेर मुक्ति पाउन सक्दिनन् भने, मैले उनले जति दुःख भोगेकी छैन र उनले जति मूल्य चुकाएकी छैन, के मलाई पनि हटाइनुपर्दैन र?” मैले धारणाहरू बनाएकी देखेर, वाङ्ग युले धैर्यसाथ मसँग सङ्गति गर्दै भनिन्, “तपाईंले बाहिरबाट हेर्दा झाङ्ग मिनले कामकुरा गरे जस्तो मात्र देखिएको हो; सत्यताप्रति उनको मनोवृत्ति कस्तो रहँदाई आएको छ, त्यो त तपाईंले देख्नुभएकै छैन। ब्रदर-सिस्टरहरूको मूल्याङ्कनअनुसार, झाङ्ग मिनमाथि परिस्थितिहरू आइपर्दा, उनले परमेश्‍वरबाट कहिल्यै केही पनि स्वीकार गर्दिनथिन्, अनि मानिस र कामकुरालाई सधैँ गलत तरिकाले बुझ्थिन्। ब्रदर-सिस्टरहरूले धेरै पटक उनीसँग सङ्गति गरेर उनलाई सहयोग गरे, तर उनले सत्यलाई अलिकति पनि स्वीकार नगरी, तर्क गर्दै आफ्नो बचाउ गर्थिन्, यहाँसम्म कि आफ्नो रिस कर्तव्यमा पोख्थिन्।” अनि, अगुवाले एउटा उदाहरण दिँदै भनिन्, “एक पटक, झाङ्ग मिनको सुपरभाइजरले नयाँ विश्‍वासीलाई मलजल गर्ने कुरामा उनको समस्याबारे औँल्याउँदा, झाङ्ग मिनले त्यसलाई स्वीकारिनन् बरू सुपरभाइजरले उनलाई जानाजानी निशाना बनाइरहेको भन्‍ने सोचिन्। उनी आवेशमा आइन्, र भनिन्, ‘म अब यो कर्तव्य निर्वाह गर्न सक्दिनँ; अरू कसैलाई खोज्नू!’ त्यसपछि उनी बाहिर निस्केर रुँदै हिँडिन्।” अगुवाले के भनिन् भने, यी नै झाङ्ग मिनले सधैँ देखाउने व्यवहार थिए, र हरेक पटक आफ्नो इज्जत र हैसियतको कुरा आउँदा, उनी ठूलो तमासा गर्थिन्, र उनलाई कसैले रोक्न सक्दैनथ्यो। उनको सुपरभाइजर समेत उनीबाट बाँधिन्थिन्। उनका यस्ता व्यवहारले मण्डलीको जीवनमा गम्भीर बाधा पुर्‍यायो र मलजलको काम प्रभावित भयो। झाङ्ग मिनले परमेश्‍वरमा विश्‍वास गरेका यी वर्षहरूमा कर्तव्य निर्वाह गर्दै आएकी भए पनि, उनले सत्यतालाई बिलकुलै पछ्याइनन्, र उनीमाथि परिस्थिति आइपर्दा, उनले ती परमेश्‍वरबाट आएका भनी कहिल्यै स्वीकार गर्दिनथिन्, न त आत्मचिन्तन गरेर नयाँ पाठ सिक्थिन्, जसको अर्थ उनी अविश्‍वासी थिइन्। त्यसपछि, वाङ्ग युले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढिन्: “मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू खराब हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँमा समर्पित छ वा छैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र खराब व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। त्यसपछि उनले सङ्गति गर्दै भनिन्, “मानिसले अरूलाई बाहिरी आवरणका आधारमा जाँच्छन्। यदि कसैको व्यवहार राम्रो देखिन्छ भने, ऊ राम्रो मानिस हो, र नराम्रो देखिन्छ भने, ऊ दुष्ट हो। परमेश्‍वरले मानिसलाई उनीहरूको प्रकृति सार र सत्यताप्रतिको मनोवृत्तिका आधारमा हेर्नुहुन्छ। परमेश्‍वरले मानिस उहाँ र सत्यताप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भनी हेर्नुहुन्छ, बाहिरबाट हेर्दा कति त्याग गरेको, कष्ट भोगेको र काम गरेको देखिन्छ भन्‍ने कुरालाई होइन।” यो सङ्गतिमार्फत, मैले के सोचेँ भने मैले झाङ्ग मिनको बाहिरी रूप मात्र देखेका कारणले उनी निकालिँदा मलाई दुःख लागेको हो। मैले देखेको कुरा भनेको उनले परिवार छोड्न, करियर त्याग्न, कष्ट सहन र मूल्य चुकाउन सक्थिन्, अनि, नयाँ विश्‍वासीहरूलाई समस्या पर्दा, समय निकालेर सङ्गति गर्न उनलाई कुनै समस्या थिएन, त्यसैले मैले उनलाई सत्यता पछ्याउने व्यक्ति ठानेँ। तर, मैले आफूमाथि परिस्थितिहरू आइपर्दा, उनले सत्यता स्वीकार्न वा त्यसप्रति समर्पित हुन सक्थिन् कि सक्दिनथिन्, वा उनको कर्तव्यबाट प्राप्त नतिजाहरू कस्ता थिए भन्‍ने हेरिनँ। मलाई लाग्यो परमेश्‍वरका घरमा उनले पूरा गर्नुपर्ने मागहरू धेरै कठोर थिए, र उनलाई निकाल्नु हुँदैनथ्यो। पछि थाहा भयो, म मानिस तथा कामकुरा बुझ्न नसक्ने र धेरै अज्ञानी रहेछु।

पछि, म सानो समूहमा भेला हुँदा, मैले झाङ्ग मिनलाई निकाल्ने कुराका सम्बन्धमा, केही ब्रदर-सिस्टरहरूमा पनि “योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्‍ने विचार रहेको पाएँ। यो समस्यालाई लक्षित गरेर, मैले परमेश्‍वरका वचनका धेरै खण्डहरू खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “पावल सत्यताको पछि लाग्दैनथ्यो। उसले आफ्नो देहको लागि भविष्य र गन्तव्य खोज्न मात्र परमेश्‍वरमा विश्‍वास गर्थ्यो। उसले इनाम र मुकुट मात्र प्राप्त गर्न खोज्यो। परमेश्‍वरले थुप्रै वचनहरू बोल्नुभयो, उसलाई अनुशासनमा राख्‍नुभयो, प्रशस्तै अन्तर्दृष्टि र ज्योति दिनुभयो, तैपनि उसले परमेश्‍वरप्रति समर्पित हुने वा सत्यता स्विकार्ने गरेन। उसले जहिले पनि परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्थ्यो, र अन्तिममा, ऊ ख्रीष्टविरोधी बन्यो र उसले निन्दा र दण्ड भोग्यो। पावल गर्न नहुने कुराको एउटा उदाहरण हो। … मान्छेका धारणा र कल्पनाहरूअनुसार, मानिसहरू सोच्छन्, ‘परमेश्‍वरले पावललाई त्यस्तो व्यवहार नगर्नुभएको भए हुन्थ्यो। पावलले धेरै काम गरेका र धेरै कष्ट भोगेका थिए। साथै, उनी परमेश्‍वरप्रति बफादार र निष्ठावान् थिए। परमेश्‍वरले उनलाई किन त्यस्तो व्यवहार गर्नुभएको होला?’ के मानिसहरूले यसो भन्नु उपयुक्त हुन्छ? के यो सत्यताबमोजिम छ? पावल कुन रूपमा परमेश्‍वरप्रति अति बफादार र भक्त थियो? के तिनीहरू तथ्य बङ्ग्याइरहेका छैनन् र? पावल आफ्नै लागि आशिष्‌ प्राप्त गर्न बफादार र भक्त बन्थ्यो। के त्यो परमेश्‍वरप्रतिको बफादारी र निष्ठा हो? जब मानिसहरूले सत्यता बुझ्दैनन्, समस्याको सार प्रस्ट रूपमा देख्दैनन्, र भावनाको आधारमा अन्धाधुन्धा बोल्छन्, के तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गरिरहेका हुँदैनन् र? सबैले पावलको पूजा गर्नु नौलो कुरै भएन। शैतानका मानिसहरूले शैतानलाई नै पूजा गर्छन्, र भावनाको आधारमा शैतानकै पक्षमा बोल्छन्। मतलब, मानिसहरू शैतानबाट छुट्टिएजस्तो देखिए पनि तिनीहरू त्यससितै जोडिएका हुन्छन्। खासमा, जब मानिसहरू शैतानको पक्षमा बोल्छन्, तिनीहरू आफ्नै पक्षमा पनि बोलिरहेका हुन्छन्। मानिसहरूले पावलप्रति सहानुभूति जनाउँछन् किनभने तिनीहरू पनि पावलजस्तै हुन्छन्, र ऊसँगको एउटै मार्गमा हुन्छन्। मान्छेको सामान्य समझअनुसार त परमेश्‍वरले पावललाई त्यस तरिकाले व्यवहार नगर्नुभएको भए हुन्थ्यो, र उहाँले जे गर्नुभयो, त्यो मानिसको सामान्य समझको ठिक उल्टो थियो। यो परमेश्‍वरको धर्मी स्वभाव हो, र यो सत्यता हो। यदि व्यक्तिले मान्छेको सामान्य समझअनुसार बोल्यो भने, उसले यसो भन्‍न सक्छ, ‘पावलले खासै धेरै प्राप्त नगरे पनि, उनले धेरै कष्ट भोगे, र यदि त्यो कष्ट थिएन भने, उनले थकान भोगे। उनले वर्षौँसम्म कष्ट भोगेको कारण उनलाई बचाइएको भए हुन्थ्यो। उनी श्रमिक मात्र भएको भए भने पनि त्यो ठिकै हुन्थ्यो। तर उनलाई दण्डित गर्नु वा नरकमा पठाउनु पर्दैनथ्यो।’ यो मान्छेका सामान्य समझ र भावना हो—यो सत्यता होइन। परमेश्‍वरको सबैभन्दा सुन्दर पक्ष के हो? उहाँमा मान्छेको सामान्य समझ नहुनु। उहाँले जे गर्नुहुन्छ ती सबै सत्यता र उहाँको सारबमोजिम हुन्छ। उहाँले धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। परमेश्‍वरले न तेरो व्यक्तिपरक इच्छाहरूलाई न त तैँले जे गरेको छस् त्यसका वस्तुगत तथ्यहरूलाई नै वास्ता गर्नुहुन्छ। तैँले जे गर्छस्, जे प्रकट गर्छस्, र तैँले जुन मार्ग हिँड्छस्, त्यसको आधारमा परमेश्‍वरले तँ कस्तो व्यक्ति होस् भन्‍ने कुरा निर्धारण र निर्दिष्ट गर्नुहुन्छ, अनि त्यसपछि तेरो लागि सबैभन्दा उपयुक्त मनोवृत्ति अपनाउनुहुन्छ। पावलको नतिजा यसरी नै आएको हो। पावलको विषयलाई हेर्दा, परमेश्‍वर प्रेमरहित हुनुहुन्थ्यो जस्तो लाग्छ। पत्रुस र पावल दुवै सृष्टि गरिएका प्राणीहरू थिए, तर परमेश्‍वरले पत्रुसलाई अनुमोदन गर्नुभयो र आशिष्‌ दिनुभयो भने, पावललाई चाहिँ खुलासा, चिरफार, न्याय, र निन्दा गर्नुभयो। परमेश्‍वरले जसरी पावलको परिणाम निर्क्यौल गर्नुभयो, त्यसमा तैँले परमेश्‍वरको प्रेम देख्न सक्दैनस्। त्यसैले, पावललाई जे भयो, त्यसको आधारमा, के तैँले परमेश्‍वरले प्रेम गर्नुहुन्न भन्न सक्छस्? अहँ, तैँले सक्दैनस्, किनभने परमेश्‍वरले उसलाई थुप्रैपटक अनुशासित गर्नुभयो, ज्योति दिनुभयो, र प्रायश्‍चित गर्ने थुप्रै मौकाहरू दिनुभयो, तर पावलले जिद्दीपूर्वक अस्वीकार गर्‍यो र परमेश्‍वरविरोधी मार्गमा हिँड्यो। त्यसकारण अन्त्यमा, परमेश्‍वरले उसलाई निन्दा र दण्डित गर्नुभयो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ)। “कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, ‘मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै रहेको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न दिन सक्‍नुहुन्‍न र?’ मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनबाट, मैले के देखेँ भने परमेश्‍वरको स्वभाव धार्मिक र पवित्र छ। कुनै व्यक्तिको परिणाम र उसले मुक्ति पाउँछ कि पाउँदैन भन्‍ने कुरा उसले कति काम गरेको वा आफूलाई कति परित्याग र समर्पित गरेको देखिन्छ भन्‍नेमा निर्भर हुँदैन। महत्त्वपूर्ण कुरा भनेको ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन, र उसले आफ्नो जीवन स्वभावमा परिवर्तन गरेको छ कि छैन भन्‍ने हो। यदि ऊ परिश्रम गर्नमा मात्र केन्द्रित हुन्छ र जीवन स्वभाव परिवर्तन गर्नतिर लाग्दैन भने, अन्ततः ऊ दृढ रहन सक्दैन र ढिलोचाँडो हटाइनुपर्ने हुन्छ। यो ठ्याक्कै अनुग्रहको युगको पावल जस्तै हो। उनले धेरै वर्ष काम गरे, धेरै कष्ट भोगे, सुसमाचार प्रचार गर्दा धेरै मानिस कमाए, र धेरै मण्डली स्थापना गरे, तर उनले आफूलाई गरेको समर्पण सबै इनाम र मुकुट पाउनका लागि थियो, र उनको मनसाय परमेश्‍वरसँग लेनदेन गर्नु थियो। त्यसमाथि, पावलको स्वभाव अति अहङ्कारी र स्वाभिमानी थियो, उनलाई कसैको मतलब थिएन, उनले त आफू ख्रीष्टले जिए झैँ जिएको गवाही समेत दिए। पावल परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडे, र अन्तमा, उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र परमेश्‍वरको दण्ड पाए। यो बुझेपछि, मैले झाङ्ग मिनको समस्या अझ प्रस्ट देखेँ। पहिले, मलाई लाग्थ्यो झाङ्ग मिनले परिश्रम गरेकी, कर्तव्य निर्वाह गर्न परिवार छोडेकी र करियर त्यागेकी छिन्, र उनलाई योग्यताका लागि नभए पनि उनको परिश्रमका लागि वा कम्तीमा उनको थकानका लागि श्रेय दिनुपर्छ, र उनलाई पश्चात्तापको अर्को मौका दिनुपर्छ। अहिले, उनको निरन्तरको व्यवहार हेर्दा, मैले के देखेँ भने उनी सत्यतालाई अलिकति पनि स्वीकार गर्दिनथिन् र सत्यताप्रति वितृष्ण थिइन्, र हरेक पटक उनीमाथि कुनै मामिला आइपर्दा, यदि त्यसले उनको स्वाभिमान र हैसियतमा ठेस पुर्‍यायो भने, उनले ठूलो तमासा गर्थिन्। ब्रदर—सिस्टरहरूले औँल्याएका कुरा र मद्दतलाई स्विकार्नु त परै जाओस्, उनी बिना कारण निहु खोज्थिन्, सराप्थिन्, वाहियात बोल्थिन् र आफ्नो कुण्ठा आफ्नो कर्तव्यमा पोख्थिन्। उनी परमेश्‍वरमा विश्‍वास गर्ने मानिस जस्तै देखिँदैनथिन्। जब ब्रदर-सिस्टरहरूले उनको समस्या खुलासा गर्थे र औँल्याउँथे, तब उनलाई उनीहरूले जानाजानी उनलाई लज्जित पार्दैछन् भन्‍ने लाग्थ्यो, र कहिलेकाहीँ उनले आफूलाई अन्याय भएको ठानेर अगुवालाई बेवास्ता गर्थिन्, जसले गर्दा अगुवाले काम कार्यान्वयन गर्न सक्दैनथे। मण्डलीमा आएर, उनले ब्रदर-सिस्टरहरूका साथै काममा बाधा पुर्‍याइन्, र यसलाई लाभभन्दा हानि धेरै भएको भन्न सकिन्थ्यो। मण्डलीले उनलाई निकालेर परमेश्‍वरको धार्मिकता पूर्ण रूपमा प्रकट गर्‍यो। तर, मैले यो समस्यालाई सत्यता सिद्धान्तका आधारमा जाँचेकी थिइनँ। जब मैले उनलाई निकालिएको सुनेँ, मैले परमेश्‍वरलाई गलतरूपमा बुझेँ र झाङ्ग मिनको बचाउमा उत्रिएँ। मैले आफूमा सत्यता नभएको, मानिसलाई खुट्याउन नजान्ने र आफूले जुनसुकै बेला परमेश्‍वरको प्रतिरोध गर्न सक्ने देखेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरूले सामान्यतया कुनै पनि ठूलो विश्वासघाती वा दुष्ट कार्यहरू नगर्न सक्छन्, तर तिनीहरूको हित, प्रतिष्ठा, वा इज्जत संलग्न हुने बित्तिकै, तिनीहरू तुरुन्तै रिसले चुर हुन्छन्, हङ्गामा मच्चाउँछन्, अनियन्त्रित व्यवहार गर्छन्, र आत्महत्या गर्ने धम्की समेत दिन्छन्। मलाई भन, यदि परिवारमा यस्तो बेतुक र अनुचित रूपमा असभ्य व्यक्ति देखा पर्‍यो भने, के पूरै परिवारले कष्ट भोग्नेछैन र? त्यसपछि घर अराजकतामा डुब्छ, रुवाबासीले भरिन्छ, जसले गर्दा बाँच्न असहनीय हुन्छ। कतिपय मण्डलीहरूमा त्यस्ता मानिसहरू हुन्छन्; सबै कुरा सामान्य हुँदा यो कुरा स्पष्ट नहुने भए पनि, तिनीहरू कहिले विस्फोट भएर प्रकट हुन सक्छन् भन्ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यस्ता मानिसहरूका प्राथमिक प्रकटीकरणहरूमा हङ्गामा मच्चाउने, उटपटाङ तर्कहरू गर्ने, र सार्वजनिक रूपमा अपशब्द बोल्‍ने कार्यहरू, र अरू कुराहरू समावेश हुन्छन्। यी व्यवहारहरू महिनामा एक पटक वा हरेक छ महिनामा एक पटक मात्रै देखा परे पनि, तिनले ठूलो हैरानी र कठिनाइ पैदा गर्छन्, र धेरैजसो मानिसहरूको मण्डली जीवनमा विभिन्न हदसम्म बाधा ल्याउँछन्। यदि कुनै व्यक्ति साँच्चै नै यो वर्गमा पर्छ भन्ने कुरा पुष्टि भयो भने, उसलाई तुरुन्तै तह लगाएर मण्डलीबाट निकाल्नुपर्छ। कतिपयले यसो भन्न सक्छन्, ‘यी मानिसहरूले कुनै दुष्कर्म गर्दैनन्। तिनीहरूलाई दुष्ट मानिस मान्न सकिँदैन; हामी तिनीहरूप्रति सहनशील र धैर्यवान हुनुपर्छ।’ मलाई भन, के त्यस्ता मानिसहरूलाई तह नलगाउनु ठीक हुन्छ? (अहँ, ठीक हुँदैन।) किन हुँदैन? (किनभने तिनीहरूका कार्यले धेरैजसो मानिसहरूलाई ठूलो समस्यामा पार्छ र हैरान गर्छ, र मण्डली जीवनमा पनि बाधाहरू ल्याउँछ।) यो परिणामका आधारमा हेर्दा, मण्डली जीवनमा बाधा दिनेहरू दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरू नभए पनि, तिनीहरू मण्डलीमा बस्नु हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ। किनभने त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, बरु यसप्रति वितृष्ण हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा वि‍श्‍वास गरेको जति वर्ष भए पनि वा तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरू कुनै खराब काम गरेर काटछाँटमा परेपछि, तिनीहरूले हङ्गामा मच्चाउँछन् र वाहियात कुराहरू बोल्छन्। कसैले तिनीहरूसँग सत्यतामा सङ्गति गर्दा पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। तिनीहरूसँग कसैले तर्क गर्न सक्दैन। मैले तिनीहरूसँग सत्यतामा सङ्गति गर्दा पनि तिनीहरू बाहिर चुप लागेर बस्न सक्छन् तर भित्री रूपमा यसलाई स्वीकार गर्दैनन्। वास्तविक परिस्थितिहरूको सामना गर्दा, तिनीहरूले सधैँ जस्तै व्यवहार गर्छन्। तिनीहरूले मेरा वचनहरू सुन्दैनन्, त्यसकारण तिनीहरूले तिमीहरूको सल्लाहलाई अझै कम स्वीकार गर्नेछन्। यी मानिसहरूले ठूलो दुष्कर्म नगर्लान्, तर तिनीहरू सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुने मात्र नभई तिनीहरू अव्यावहारिक, जानीजानी झन्झटिलो हुने, र समझ ग्रहण गर्न नसक्ने पनि हुन्छन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? बिलकुलै सक्दैनन्! सत्यतालाई पटक्कै स्वीकार नगर्ने मानिसहरू अवि‍श्‍वासीहरू हुन्, तिनीहरू शैतानका सेवकहरू हुन्। जब कामकुराहरू तिनीहरूको हिसाबले चल्दैन, तब तिनीहरूले हङ्गामा मच्चाउँछन्, निरन्तर उटपटाङ तर्कहरू गर्छन्, र सत्यतामा जसरी सङ्गति गरिए पनि तिनीहरूले सत्यता सुन्दैनन्। त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी झन्झटिलो हुनेहरू, र खाँटी दियाबलसहरू र दुष्ट आत्माहरू हुन्; तिनीहरू पशुहरूभन्दा खराब हुन्छन्! ती खराब समझ भएका मानसिक रोगीहरू हुन्, र तिनीहरूले कहिल्यै साँचो पश्चात्ताप गर्न सक्दैनन्। तिनीहरू मण्डलीमा जति लामो समयसम्म बस्छन्, तिनीहरूसँग परमेश्‍वरबारे त्यति नै धेरै धारणाहरू हुन्छन्, तिनीहरूले परमेश्‍वरको घरसँग त्यति नै अनुचित मागहरू गर्छन्, र तिनीहरूले मण्डली जीवनमा त्यति नै ठूलो बाधा र हानि ल्याउँछन्। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामको सामान्य प्रगतिमा असर गर्छ। मण्डलीको काममा तिनीहरूले गर्ने हानि दुष्ट मानिसहरूको भन्दा कम हुँदैन; तिनीहरूलाई मण्डलीबाट सुरुमै निकाल्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, ‘के तिनीहरू अलिक अनियन्त्रित मात्रै हुँदैनन् र? तिनीहरू दुष्ट बन्ने हदसम्म पुग्दैनन्, त्यसकारण के तिनीहरूलाई प्रेम साथ व्यवहार गर्नु राम्रो हुँदैन र? यदि हामीले तिनीहरूलाई राख्यौँ भने, सायद तिनीहरूले परिवर्तन भएर मुक्ति पाउन सक्छन्।’ म तँलाई भन्छु, यो असम्भव कुरा हो! यसमा कुनै ‘सायद’ छैन—यी मानिसहरूलाई मुक्ति दिन सकिँदै सकिँदैन। किनभने तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, यसलाई स्वीकार गर्नु त परको कुरा हो; तिनीहरूमा विवेक र समझको कमी हुन्छ, तिनीहरूको सोचाइको प्रक्रिया असामान्य हुन्छ, र तिनीहरूमा मानव हुनका लागि चाहिने सबैभन्दा आधारभूत सामान्य समझको समेत कमी हुन्छ। तिनीहरू कमजोर समझ भएका मानिसहरू हुन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बिलकुलै मुक्ति दिनुहुन्न(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६))। परमेश्‍वरका वचनबाट मैले के देखेँ भने, बिना कारण निहु खोज्ने मानिसले ठूलो दुष्ट काम नगरे पनि, उनीहरूको आफ्नै स्वार्थ जोडिएको कुराहरू आउँदा भने ठूलो तमासा गर्छन् र गलत तर्क गर्नतिर लाग्छन्। उनीहरूसँग सत्यतामाथि जति सङ्गति गरे पनि, त्यसलाई स्वीकार गर्दैनन्, र मण्डली जीवनमा गम्भीर बाधा पुर्‍याउँछन्। त्यसमाथि, यस्ता बिना कारण दु:ख दिने मानिससँग सामान्य मानवीय विवेक र समझ पनि हुँदैन, र तिनीहरूले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरेका भए पनि, उनीहरू सत्यता रत्तिभर पनि बुझ्दैनन्। परमेश्‍वरले यस्ता मानिसलाई मुक्ति दिनुहुन्न। झाङ्ग मिन यस्तै खालकी व्यक्ति थिइन्। कुनै कुराले उनको स्वार्थमा ठेस पुर्‍यायो भने, उनी निहुँ खोज्न थाल्थिन् र ठूलो तमासा देखाउँथिन्, राम्रोसँग चलिरहेको भेलालाई पनि अस्तव्यस्त बनाउँथिन्। अरूलाई शान्त भएर परमेश्‍वरका वचनमा सङ्गति गर्न असम्भव हुन्थ्यो। मण्डली जीवन संरक्षणका लागि यस्ता मानिसलाई समयमै तह लगाउनुपर्छ। वास्तवमा, थोरै विवेक र समझ भएका मानिसलाई, निकालिनु संयोग होइन भन्‍ने पूरै थाहा हुन्छ, र उनीहरू राम्ररी आत्मचिन्तन गर्न आफ्नो हृदय शान्त पार्छन् र त्यसबाट पाठ सिक्छन्। उनीहरूले त्यो बेला नबुझे पनि, कम्तीमा उनीहरू आफ्ना धारणा फैलाउँदैनन् र आफ्ना आवेग पोख्दैनन्; यस्ता मानिससँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ र अझै पनि पश्चात्ताप गर्ने मौका हुन्छ। तर यो मामिला झाङ्ग मिनमाथि आइपर्दा उनले सत्यता खोजिनन्, न त आत्मचिन्तन नै, बरु परमेश्‍वरप्रति धारणा र गलत बुझाइले भरिइन्, उहाँलाई अधार्मिक ठानिन्, र उहाँले किन अरूलाई मौका दिनुभयो तर उनलाई दिनुभएन भनेर समेत सोधिन्। निकालिएपछि पनि उनले आत्मचिन्तन गरिनन्, बरू परमेश्‍वरविरुद्ध तर्क गर्दै र हल्ला मच्चाउँदै, आफ्नो असन्तुष्टि र रिस पोखिन्, अनि आफ्ना धारणा फैलाएर मानिसलाई भ्रमित पारिन्। उनमा पश्चात्तापको अलिकति पनि मनोवृत्ति नभएको कुरा देख्दा, उनलाई निकालिनु पूर्ण रूपमा परमेश्‍वरको धार्मिकता थियो!

यस अनुभवबाट, मैले परमेश्‍वरका वचनको आधारमा मानिसको सार खुट्याउनु कति महत्त्वपूर्ण रहेछ भनी बुझ्न पाएँ। “योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्‍ने भनाइ एउटा भ्रम थियो र सत्यतासँग मेल खाँदैनथ्यो। परमेश्‍वरका वचनका आधारमा अरूलाई खुट्याउन नजान्नेहरू बहकिन्छन् अनि अविश्‍वासी र दुष्ट मानिसलाई समेत आफ्ना ब्रदर-सिस्टर ठानेर उनीहरूको बचाउमा उत्रन्छन्। परमेश्‍वरका वचनअनुसार मात्र मानिस र कामकुरालाई हेर्नु सही हुन्छ। मलाई अब झाङ्ग मिन निकालिएकोमा दु:ख लागेन, अनि आफू काटछाँट वा न्याय र सजायमा पर्दा, म सत्यता खोज्न, आत्मचिन्तन गर्न समर्थ हुनेछु, र परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो धार्मिक हुन्छ भन्‍ने विश्‍वास गर्नेछु भन्‍ने सुनिश्चित गर्न, म आफैँप्रति पनि बढी सजग भएँ। मैले केही लाभ लिन सक्नु भनेको परमेश्‍वरका वचनहरूबाट पाएको नतिजा हो।

अघिल्लो: ३५. अमिट पश्चाताप

अर्को: ३८. किन मैले आफ्नो कर्तव्य शान्तिपूर्वक स्विकार्न सकिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

२१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्