३५. अमिट पश्चाताप

सन् २०२० को नोभेम्बर महिनाको एक दिन, मैले झाओ जुन नाम गरेका एक जना मण्डली अगुवालाई प्रहरीले पक्राउ गरेको खबर सुनेँ। म झाओ जुनको मण्डलीको परिस्थितिबारे केही जानकार भएकीले, मेरो माथिल्लो अगुवाले मलाई गएर घटनाको वास्तविकता बुझ्न, झाओ जुनलाई कसरी पक्राउ गरिएको थाहा पाउन, र त्यसपछिको परिणाम सम्हाल्ने काम समयमै गर्न आग्रह गरे। यो काम पाएपछि, म अलिकति डराएँ र मनमनै सोच्न थालेँ, “झाओ जुनलाई भर्खरै पक्राउ गरिएको छ, यस्तो अवस्थामा म अहिले मण्डलीमा जानु निकै जोखिमपूर्ण हुन सक्छ। यदि हाम्रो मण्डलीको निगरानीमा बसेका प्रहरीहरूले मलाई समाते भने, मेरो हालत के होला? के म जानीजानी फन्दामा पर्ने थिइनँ र?” तर त्यसपछि, मैले कसरी झाओ जुन धेरै मानिसहरू र आतिथ्य परिवारहरूसँग सम्पर्कमा थिए र झाओ जुन पक्राउ परेकाले तिनीहरू सबै खतरामा पर्लान् भन्‍ने बारे सोचेँ। मैले सबैलाई तुरुन्तै सावधानी अपनाउन खबर गर्नुपर्छ भन्‍ने मलाई थाहा भयो। यो निर्णय गरेपछि, म तुरुन्तै ब्रदर-सिस्टरहरूलाई सूचित गर्न मण्डली गएँ। भोलिपल्ट, मैले अघिल्लो रात भेट गर्न गएका दुई आतिथ्य परिवारमा अप्रिय घटनाहरू घटेको मैले थाहा पाएँ। म निस्केको केही बेरमै, एक परिवारको घरमा छापा मारिएको रहेछ र अर्को परिवारका श्रीमान्-श्रीमती दुवै पक्राउ परेका रहेछन्। म केहीबेर ढिलोगरी त्यहाँबाट निस्केको भए, म पनि पक्राउ पर्ने थिएँ। डिसेम्बरमा, विभिन्न मण्डलीहरूमा ठूलो सङ्ख्यामा पक्राउको अर्को लहर चल्यो। मेरी सहकर्मी सिस्टर सहित, अगुवा र कामदारहरू समेत गरी तीसभन्दा बढी ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परे। यो निकै नै जोखिमपूर्ण परिस्थिति थियो र यस जोखिममा परेका अन्य ब्रदर-सिस्टरहरूलाई मैले सुरक्षित ठाउँमा लुक्न र परमेश्‍वरका वचनका किताबहरू संरक्षणका लागि अरूलाई हस्तान्तरण गर्न सूचित गर्नु जरूरी थियो। त्यसबेला, हामी्ले केही मण्डलीहरूसँगको सम्पर्क गुमाइसकेका थियौँ, परमेश्‍वरका वचनका किताबहरू र मण्डलीको सम्पत्ति राख्नका लागि कुनै उपयुक्त घरहरू थिएनन्, र केही ब्रदर-सिस्टरहरूसँग बस्नका लागि सुरक्षित आश्रय थिएन। यस्तो कठिन परिस्थितिको सामना गर्दा, मैले निकै नै असहाय, त्रसित र अस्थिर महसुस गरिरहेकी थिएँ। म जुनसुकै बेला पक्राउ पर्न सक्छु जस्तो लागिरहेको थियो। मैले मनमनै सोचेँ, “यदि म यति सानै उमेरमा पक्राउ परेँ र कुटाइ खाएर मारिएँ भने?” म सारा दिन चिन्ताले ग्रस्त भएर बिताउँथेँ, र दिनहरू चिप्लेकिराको गतिमा चलिरहेको जस्तो लाग्थ्यो। म यो कठिन परिस्थिति कहिले अन्त्य होला भनेर निरन्तर सोचिरहन्थेँ। त्यस बेला, मैले विश्‍वासीहरूलाई पक्राउ गर्ने मुख्य उद्देश्यले प्रदेशस्तरका दर्जनौँ विशेष प्रहरीहरू आएका छन् भन्‍ने सुनेँ। म झनै तनावग्रस्त र भयभीत भएँ, र सोचेँ, “पक्रिनका लागि अघिबाटै मेरो खोजी भैरहेको छ, त्यसैले, यदि मैले किताबहरू हस्तान्तरण गरेँ भने, आफैँलाई प्रहरीसमक्ष सुम्पेजस्तो हुन्न र? यदि प्रहरीले मलाई पछ्याएर पक्राउ गरे भने, उनीहरूले पक्कै पनि मलाई सजिलै छाड्ने छैनन्। चिनियाँ कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई दण्डहीनतापूर्वक मार्न सक्छ—उनीहरूले मलाई पक्राउ गरे भने, के मलाई कुटेरै मार्लान्? मैले यतिका वर्षसम्म सबै त्यागेर आफूलाई समर्पित गर्दै परमेश्‍वरमाथि विश्‍वास गरेको यसरी नै मर्नका लागि मात्र हो? के म अझै पनि मुक्ति प्राप्त गर्न सकूँली? यदि सकिनँ भने, के यत्तिका वर्षका मेरा कष्टहरू व्यर्थ हुने छैनन् र? यदि मलाई धेरै वर्षको जेल सजाय दिइयो भने, म जेल जीवन कसरी सहूँली?” बाँच्नुभन्दा मर्नु निको हुने अवस्थाको जेलजीवनबारे म सोच्न पनि सक्दिनथेँ। म निरन्तर डराइरहन्थेँ र किताबहरू हस्तान्तरण गर्ने आँट गर्न सकिनँ, त्यसैले, मैले ब्रदर ली यीलाई पत्र लेखेर सकेसम्म छिटो किताबहरू सार्न आग्रह गरेँ। तर, मैले धेरै पटक पत्र लेख्दा पनि उनीबाट कुनै जवाफ पाइनँ। अरू केही दिन बिते, तर किताबहरू अझै सारिएका थिएनन्। म मेरो माथिल्लो अगुवाले मलाई आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएको भनी दोष लगाउनेछन् भनेर चिन्तित थिएँ, त्यसैले, मैले उनलाई घटना पछिको यो परिस्थितिलाई सम्हाल्न अरू कसैलाई खटाउन भनेँ। आफ्ना व्यक्तिगत अभिप्राय र उद्देश्यहरू लुकाउन, मैले मेरो आत्मिक स्तर सानो छ, मलाई यस्ता परिस्थितिको कुनै अनुभव छैन, र कामका केही पक्षहरूमा मैले अरूसँग छलफल र परामर्श गर्नुपर्ने हुन्छ भनेँ। यसले अगुवालाई म आफ्नो कर्तव्यमा सक्दो प्रयास गरिरहेकी छु र मण्डलीको कामको भार बहन गरिरहेकी छु भनी सोच्ने बनाउँनेथ्यो। यसो गर्दा, कुनै समस्या आए पनि अगुवाले मलाई दोष लगाउने थिएनन्। केही समयपछि, मेरा अगुवाले सिस्टर युन किङलाई मसँग मिलेर घटनापछिको यो परिणाम सम्हाल्न जिम्मा दिए।

त्यसपछि, अवस्था दिनप्रतिदिन झनै तनावपूर्ण बन्दै गयो—एकपछि अर्को गर्दै ब्रदर-सिस्टरहरू पक्राउ परेको खबर आउन थाल्यो साथै प्रहरीले धेरै ब्रदर-सिस्टरहरूबारे जानकारी प्राप्त गरिसकेको पनि मैले सुनेँ। मैले समूहका अगुवाहरूलाई पत्र लेखेर सबै ब्रदर-सिस्टरहरूलाई तुरुन्तै लुक्नका लागि सूचित गर्न आग्रह गरेँ, तर म ब्रदर-सिस्टरहरूको सुरक्षा बारे चिन्ता गर्न सक्ने अवस्थामा नै थिइनँ। कुनै दिन चाँडै आफू पनि पक्राउ पर्ने चिन्ताले, म अत्यन्तै व्याकुल र भयभीत भएकी थिएँ, त्यसैले मैले केही विस्तृत काम गर्न सकिनँ, लुक्नुपर्ने मानिसहरूलाई मैले सूचित गराउनु पर्थ्यो तर गराइनँ र, परिणामस्वरूप, वाङ्ग लान नामकी एक सिस्टर पक्राउ परिन्। पछि उनलाई घर पठाइयो र दस घण्टाभित्रै उनको मृत्यु भयो। मैले निकै दोषी महसुस गरेँ—यदि मैले अलि बढी प्रयास गरेकी र आफ्नो जिम्मेवारी पूरा गरी वाङ्ग लानलाई लुक्नुपर्ने कुरा समयमै बताएकी भए, सायद उनको पक्राउ र मृत्यु हुने थिएन। वाङ्ग लान पक्राउ पर्नुमा म जिम्मेवार थिएँ, र यसका लागि कुनै माफी पनि थिएन।

धेरै समय बित्न नपाउँदै, मेरो माथिल्लो अगुवाले ब्रदर-सिस्टरहरूले मेरो बारेमा लेखेको एक प्रतिवेदन ल्याए, जसमा मैले अत्यन्तै नाजुक घडीमा आफ्ना ब्रदर-सिस्टरहरूको रक्षा गर्न नसकेको, परमेश्‍वरका वचनका पुस्तकहरू समयमै नसारेको, स्वार्थपूर्ण र घृणास्पद रूपमा आफ्नै सुरक्षा गरेकी, र मण्डलीको कामको रक्षा तथा जारी राख्ने नगरेकी कुरा खुलासा गरिएको थियो। त्यसै क्षणमा नै अगुवाले मलाई बर्खास्त गरे। आफू त्यस अवधिमा कायरतामा जिइरहेकी र वास्तविक काम गर्न असफल भएकी मैले महसुस गरेँ। म बर्खास्त हुन नै लायक थिएँ। आफ्नो भक्तिभाव र चिन्तनमा डुबिरहेका बेलामा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पाएँः “अगुवा र कामदारहरूले गर्नैपर्ने पहिलो आधारभूत कुरा भनेको परमेश्‍वरको घरका विभिन्न भौतिक वस्तुको उचित निगरानी गर्नु, परमेश्‍वरको घरका लागि सही तरिकाले जाँचहरू गर्नु र परमेश्‍वरको घरको रक्षा गर्नु, कुनै पनि वस्तुहरूलाई क्षति हुन, खेर जान, वा दुष्ट मानिसहरूको स्वामित्वमा पर्न नदिनु हो। यो उनीहरूले गर्नुपर्ने न्यूनतम कुरा हो। तँ अगुवा वा कामदारका रूपमा चुनिने बित्तिकै, परमेश्‍वरको घरले तँलाई त्यसको प्रबन्धक मान्दछ: तँ व्यवस्थापकीय वर्गमा पर्छस्, र तैँले वहन गर्ने कार्य अरूको भन्दा गह्रौँ हुन्छ। तँ ठूलो जिम्मेवारी वहन गर्छस्। त्यसकारण तेरो हरेक मनोवृत्ति, तेरो हरेक कार्य, समस्याहरू सम्हाल्ने तेरो हरेक योजना, र समस्याहरू समाधान गर्ने तेरो हरेक विधि, सबैमा परमेश्‍वरको घरका हितहरू संलग्न हुन्छन्। यदि तँ परमेश्‍वरको घरका हितहरूलाई ख्यालसमेत गर्दैनस् वा तिनलाई मनमा लिँदैनस् भने, तँ उहाँको घरको प्रबन्धक हुन अयोग्य छस्। … त्यसैले, अगुवा र कामदारहरू छनोट गर्ने कुरा आउँदा, यसलाई मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा विवेक र न्यायको बोध हुनैपर्छ, र तिनीहरूको मनसाय उचित हुनुपर्छ। पहिले तिनीहरूको मानवता मानकअनुरूप हुनैपर्छ। तिनीहरूसँग काम गर्ने सक्षमता जति नै भए पनि, वा तिनीहरूमा जुनसुकै तहको क्षमता भए पनि, त्यस प्रकारका मानिसहरूले सुपरिवेक्षकका रूपमा सेवा गरेमा तिनीहरू मानकअनुरूपका प्रबन्धक हुनेछन्। कम्तीमा, तिनीहरू परमेश्‍वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका सामान्य हितहरू कायम राख्न सक्षम हुनेछन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई बिलकुलै धोका दिनेछैनन्, न त परमेश्‍वरको घरका हितहरूलाई बिलकुलै धोका दिनेछन्। परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई हानि वा चोट पुग्न लाग्दा, तिनीहरूले त्यसबारे पहिल्यै सोचिसकेका हुनेछन्, र तिनीहरूले सुरक्षा गर्न सबैभन्दा पहिले पाइला चाल्नेछन्, चाहे त्यसो गर्दा तिनीहरूको आफ्नै सुरक्षालाई असर नै किन नपुगोस्, वा तिनीहरूले मूल्य चुकाउन वा कष्ट भोग्न नै किन नपरोस्। यी सबै विवेक र समझ भएका मानिसहरूले गर्न सक्ने कुरा हुन्। कतिपय झूटा अगुवा र कामदार खतरनाक परिस्थितिहरू सामना गर्दा हतारिएर लुक्नका लागि सुरक्षित ठाउँ खोज्छन्, तैपनि परमेश्‍वरको घरका महत्त्वपूर्ण वस्तुहरू—परमेश्‍वरका वचनका पुस्तकहरू, मोबाइल, कम्प्युटर आदि—सामानहरूबारे तिनीहरू न त वास्ता न त सोधीखोजी नै गर्छन्। यदि तिनीहरूलाई आफू पक्राउ पर्दा मण्डलीको समग्र काममा असर पुग्छ भन्ने चिन्ता भएको भए, तिनीहरूले यी कुराहरू सम्हाल्न अरूलाई पठाउन सक्थे—तैपनि यी झुटा अगुवाहरू आफ्नै सुरक्षाका खातिर मात्र लुक्छन्। तिनीहरू मर्नेगरी त्रसित हुन्छन्, र आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति, आफूले सक्ने काम पनि गर्दैनन्। त्यसकारण त्यस्ता धेरै उदाहरणहरू छन् जसमा खतरनाक अवस्थाहरू देखा पर्दा झूटा अगुवाहरूको लापरवाही, निष्क्रियता, र गैरजिम्मेदारीका कारण परमेश्‍वरको घरका विभिन्न वस्तु र परमेश्‍वरका भेटीहरू ठूलो रातो अजिङ्गरले लुटेर लैजान्छ, जसले गर्दा गम्भीर क्षतिहरू पुग्छन्। मण्डलीमा भर्खरै त्यस्ता अवस्थाहरू देखा पर्दा, अगुवा र कामदारहरूको पहिलो सोच भनेको परमेश्‍वरको घरका उपकरण र भौतिक वस्तुहरूलाई उपयुक्त ठाउँहरूमा राख्ने, तिनलाई व्यवस्थापन गर्नका लागि उपयुक्त मानिसहरूलाई हस्तान्तरण गर्ने हुनुपर्छ; ठूलो रातो अजिङ्गरलाई ती वस्तुहरू बिलकुलै लान दिनु हुँदैन। तर झूटा अगुवाहरूको मनमा त्यस्ता कुराहरू कहिल्यै आउँदैनन्; तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै पहिलो प्राथमिकता दिँदैनन्, बरु तिनीहरूले आफ्नै सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्न असफल हुँदा परमेश्‍वरको घरका विभिन्न महत्त्वपूर्ण वस्तुहरूमा प्रायः नोक्सान वा क्षति पुग्छन्। के यो झूटा अगुवाहरूको गम्भीर कर्तव्य विमुखता होइन र?(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११))। परमेश्‍वरका वचनहरूले अगुवाको जिम्मेवारी स्पष्ट रूपमा वर्णन गरे। एउटा अगुवामा मानवता र न्यायबोध हुनुपर्छ, साथै ऊ भरपर्दो हुनुपर्छ। कठिन घडीहरूमा, दुःखकष्ट सहेर वा आफ्ना व्यक्तिगत स्वार्थ त्यागेर भए पनि अगुवाले सधैँ ब्रदर-सिस्टरहरूको रक्षा गर्नुपर्छ र परमेश्‍वरका वचनहरूका किताबहरूलाई सुरक्षित राख्नुपर्छ। झूटा अगुवाहरू अति स्वार्थी र नीच हुन्छन्, र बेलाबेलामा काम गरे भने पनि, उनीहरू सधैँ आफूलाई मनपर्ने काम मात्र गर्छन्। हरेक कुरामा, उनीहरू आफ्नै स्वार्थको मात्र ख्याल गर्छन्, तर परमेश्‍वरको घरको हितबारे कहिल्यै सोच्दैनन्। यस्ता व्यक्तिहरूको चरित्र खराब हुन्छ, र परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ। तुलना गर्दा, मैले परमेश्‍वरका वचनहरूले खुलासा गरेका झूटा अगुवाहरूभन्दा आफू भिन्न नभएकी पाएँ। जब मण्डलीभित्र पक्राउको लहर सुरु भयो, मैले जोखिमपूर्ण काम अरूलाई थोपरेँ र ली यीलाई किताबहरू सार्न अनुरोध गरेँ, उनले मेरा पत्रहरूको समयमा जवाफ नदिँदा, म आफैँले पनि किताबहरू छिटो सारिनँ, त्यसको सट्टा, मैले माथिल्लो अगुवालाई मेरो आत्मिक स्तर सानो छ भनी व्याख्या गर्दै चिठी लेखेँ र त्यो काम अरू कसैलाई दिन आग्रह गरेँ। मैले आफूलाई जोगाउन बहानाहरू बनाएँ र आफूलाई जोखिममा नपार्नका लागि खतरनाक काम अरूतिर पन्छाएँ। हाम्रो वातावरण झन्झनै बिग्रँदै गर्दा, मलाई परिणाम सम्हाल्ने कामको विवरणमा ध्यान दिन मनै लागेन बरु, झारा टार्दै काम गरिरहेको नाटक गरेँ, माथिबाट अरूलाई निर्देशन मात्र दिएँ, अनि पक्राउ घटनापछिका सबैकुरा सम्हाल्ने काम समूह अगुवाहरूतिर पन्छाएँ, जसले गर्दा तिनीहरू आफैँ आएर समस्या समाधान गर्न बाध्य भए। जब मैले वाङ लान पक्राउ पर्ने खतरामा रहेको सुनेँ, मैले उनलाई लुक्न सम्झाउन तुरुन्तै पत्र लेख्नुपर्थ्यो। यदि मैले उनलाई खबर गरेकी भए, सायद उनले पक्राउ परेर ज्यान गुमाउने थिइनन्। तर म डर र कायरतामा जिइरहेकी थिएँ र मानिसहरूलाई सूचित गर्नुपर्ने थियो—गरिनँ। केही ब्रदर-सिस्टरहरू निराश र कमजोर भइसकेका थिए, तर मैले उनीहरूसँग सङ्गति गरिनँ र सहयोग पनि गरिनँ। मैले सबै परिस्थितिहरूमा आफ्नो हितलाई कसरी क्षतिबाट जोगाउने भन्‍ने सोची रहेँ र मण्डलीको कामप्रति बिलकुलै ध्यान दिइनँ। म कति स्वार्थी र नीच थिएँ! मण्डली अगुवाका रूपमा, परमेश्‍वरद्वारा चुनिएका मानिसहरू र उहाँको घरको हित जोगाउनु मेरो जिम्मेवारी थियो, तर सबैभन्दा महत्वपूर्ण क्षणमा, म आफ्नो कर्तव्यबाट पछि हटेँ। म स्वार्थी र तुच्छ थिएँ, आफ्नै मात्र ख्याल गर्थेँ र ममा अलिकति पनि विवेक वा समझ थिएन। परिणामस्वरूप, मेरी सिस्टरलाई पक्राउ गरियो र यातना दिइ मारियो, मण्डलीको काममा ढिलाइ भयो र मैले शाश्‍वत अपराध गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेटेँ: “आफ्नो कर्तव्य पूरा गर्नु सानो मामला होइन; मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सबैभन्दा बढी प्रकाश हुन्छन्, र परमेश्‍वरले मानिसहरूका परिणाम तिनीहरूले कर्तव्य पूरा गर्दा तिनीहरूको एकनासको प्रदर्शनका आधारमा निर्धारण गर्नुहुन्छ। कसैले आफ्नो कर्तव्य राम्ररी पूरा नगर्दा त्यसले के सङ्केत दिन्छ? त्यसले त्यो व्यक्तिले सत्यता स्विकार्दैन वा साँच्चै पश्चात्ताप गर्दैन, र ऊ परमेश्‍वरद्वारा हटाइएको छ भन्ने सङ्केत दिन्छ। जब झुटा अगुवा र झुटा कामदारहरू बर्खास्त हुन्छन्, त्यसले के प्रतिनिधित्व गर्छ? यो यस्ता मानिसहरूप्रति परमेश्‍वरको घरको मनोवृत्ति हो, र अवश्य नै, त्यसले यस्ता मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्तिको पनि प्रतिनिधित्व गर्छ। त्यसोभए, यस्ता निकम्मा मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति के हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, निन्दा गर्नुहुन्छ र हटाउनुहुन्छ। त्यसोभए, के तिमीहरू अझै पनि हैसियतका लाभहरूमा लिप्त हुन र झुटो अगुवा हुन चाहन्छौ?(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरू पढ्नासाथ मेरा आँखाबाट आँसु बग्न थाल्यो। मैले मेरो बर्खास्ती परमेश्‍वरको क्रोधको सङ्केत थियो भन्‍ने बुझेँ, र उहाँको धर्मी स्वभावलाई कसैले अपमान गर्न सक्दैन भन्‍ने महसुस गरेँ। मैले सधैँ आफ्नो सुरक्षालाई प्राथमिकता दिएँ, मण्डलीको कामको रक्षा गरिनँ, आफ्ना ब्रदर-सिस्टरहरूको सुरक्षाबारे ध्यान दिइनँ, जसकारण अपरिवर्तनीय परिणामहरू आए भन्‍ने कुरा सम्झँदा मलाई अत्यन्तै पछुतो भयो। यसबाट म सकुशल बाहिर आएतापनि, मैले आफ्नो जिम्मेवारी पूरा गरेकी थिइनँ, कहिल्यै सुधार्न नसक्ने एउटा यस्तो अपराध गरेकी थिएँ, जसकारण परमेश्‍वरले मलाई घृणा र तिरस्कार गर्नुभयो। ब्रदर-सिस्टरहरूले मेरो बारेमा प्रतिवेदन दिनुमा मेरो आफ्नै दोष थियो। त्यो समयमा, म यसबारे सोच्दै धेरै पटक रुन्थेँ अनि जीवनप्रतिको मेरो मोह र मृत्युसँगको डर देखेर आफैँलाई घृणा गथेँ। जब-जब यो कुरा उठ्थ्यो, म मेरो हृदयमा मन्द पीडा महसुस गथेँ र आफू परमेश्‍वर र आफ्ना ब्रदर-सिस्टरहरूप्रति ऋणी छु भन्‍ने लाग्थ्यो। म जनावरजत्तिकै निकृष्ट भएकीमा आफैँलाई घृणा गर्थेँ र परमेश्‍वरसँग मलाई दिन लायक यति कठोर सजाय नै छैन भन्‍ने सोच्थेँ।

त्यसपछि, म कठिनाइहरू सामना गर्दा किन सधैँ आत्मरक्षा गर्ने प्रयास गर्छु भनेर बुझ्ने प्रयास गर्न थालेँ। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेटेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने शैतानी विषले मभित्र गहिरो रूपमा जरा गाडिसकेको थियो र यही सोच नै मेरो आचरणको आधार बनिसकेको थियो भन्‍ने बुझेँ। जब कुनै खतरा आउँथ्यो, म सधैँ आफूलाई जोगाउँथेँ तर परमेश्‍वरका घरको हितलाई पटक्कै वास्ता गर्दिनथेँ, म केवल आफू पक्राउ नपर्ने उपायहरू खोज्नमै मग्न हुन्थेँ, र खतरनाक कामहरू अरूतिरै पन्छाउँथेँ। मलाई केवल आफ्नै सुरक्षाको चिन्ता थियो, मलाई परिणाम सम्हाल्ने काम गर्न मन लागेन, र मैले आफ्नो जिम्मेवारी पूरा गरिनँ। अरू ब्रदर-सिस्टरहरूले समयमै परमेश्‍वरका वचनका किताबहरू सारेकाले मात्र मण्डलीको हितमा कुनै क्षति हुन पाएन। म शैतानी विषअनुसार जिइरहेकी थिएँ र अति नै स्वार्थी, नीच र मानवताविहीन बनेकी थिएँ। पटकपटक, म सत्यता अभ्यास गर्न असफल भएँ, आफ्नो कर्तव्यप्रति मेरो थोरै पनि निष्ठा थिएन र परमेश्‍वरले मेरो यस व्यवहारलाई घृणा गर्नुभयो। यदि मैले अझै पश्चात्ताप गरेर परिवर्तन नहुने हो भने, मैले मुक्तिको अवसर गुमाउने थिएँ। त्यसै बेला, मैले मेरो स्वभाव कति गहिरो रूपमा भ्रष्ट भएको छ र यो बर्खास्ती परमेश्‍वरको मलाई मुक्ति दिने तरिका हो भन्‍ने बुझेँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेटेँ: “प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधका निम्ति कानुनअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई निन्दा गरियो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको परिणाम एकै प्रकारको थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको माध्यम चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यसरी परिभाषित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कार्यहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले यस मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरूले परमेश्‍वरका निम्ति शहीद हुने अर्थलाई स्पष्ट रूपमा व्याख्या गर्छन्। प्रभु येशूका धर्मदूत र अनुयायीहरू परमेश्‍वरप्रति मृत्यपर्यन्त निष्ठावान् थिए र परमेश्‍वरको सुसमाचार फैलाउन उनीहरूले आफ्नो अमूल्य जीवन अर्पण गरे। उनीहरूले प्रभु येशू नै परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथा परमेश्‍वरको मानवजातिको छुटकाराको कामको गवाही दिन आफ्नो जीवन प्रयोग गरे। प्रभु येशूको सुसमाचार फैलाएको निहुँमा, स्टेफनलाई ढुङ्गाले हानेर मारिएको थियो र पत्रुसलाई उल्टो पारेर क्रूसमा टाँगिएको थियो। तिनीहरूको देह पतन भए तापनि, तिनीहरूको मृत्यु अर्थपूर्ण र सम्मानजनक थियो। परमेश्‍वरले उनीहरूले आफ्नो जीवन उहाँको गवाही दिनका लागि प्रयोग गरेको कुराको सराहना गर्नुभयो। अहिले मण्डलीका सदस्यहरूले गम्भीर उत्पीडन र पक्राउको सामना गर्दै थिए र पक्राउमा परेका कतिपय ब्रदर-सिस्टरहरूलाई यातना र दुःख दिइँदै थियो, तर उनीहरू शैतानका अगाडि झुकेनन् र परमेश्‍वरलाई धोका दिनु भन्दा जेल जान रुचाए। वाङ्ग लानको सवालमा, उनले यहूदा बन्नु भन्दा मर्नु उचित मानिन्। यसको विपरीत, त्यस्तै अवस्थामा मैले भने आफ्नै सुरक्षा बारे मात्रै सोचेँ, अरु सबै कुरा भन्दा आफ्नै जीवनलाई प्राथमिकता दिएँ, आफ्नो कर्तव्यप्रति थोरै पनि निष्ठा राखिनँ र आफ्नो जिम्मेवारी पूरा गरिनँ। म पक्राउ नपरेपनि र मेरो जीवन जोगिएपनि, मैले कुनै गवाही दिएकी थिइनँ तसर्थ जीवित रहनु पनि मेरा लागि अपमानजनक भयो। मैले अत्यन्तै दोषी महसुस गरेँ र अब त्यस्तो घृणित अस्तित्व जिइराख्न चाहिनँ। मैले के पनि बुझेँ भने परमेश्‍वरले सेवा गर्न र को साँचो विश्‍वासी हो र को झूटो विश्‍वासी हो भनेर पहिचान गर्न, कसले साक्षी दिन्छ र कसले दिँदैन भनेर पहिचान गर्न र त्यसपछि हरेकलाई तिनीहरूको चरित्र अनुसार छुट्याउन ठूलो रातो अजिङ्गरलाई प्रयोग गर्नुहुन्छ। यो परमेश्‍वरको कामको बुद्धि हो। यो बुझेपछि, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्ने र परमेश्‍वरको गवाहीमा दृढ रहने सङ्कल्प गरेँ। मैले परमेश्‍वरसँग प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, म धेरै स्वार्थी र घृणित भएकी छु। ममा पक्राउ पर्ने र यातना पाउने डर भएकाले, मैले मण्डलीको कामको हिफाजत गरिनँ र मैले एउटा शाश्‍वत अपराध गरेँ। अबदेखि, जुन सुकै अवस्था आए पनि, म मण्डलीको हितलाई कायम राख्न आफ्नो ज्यानको बाजी राख्नेछु। म अबदेखि घृणित अस्तित्व जिउँनेछैन। म आफ्नो जीवनलाई तपाईंको हातमा राख्न र तपाईंको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन तयार छु।”

केही महिनापछि, मलाई फेरि मण्डली अगुवाका रूपमा चयन गरियो। आफ्नो केही दिनको कर्तव्यनिर्वाह पछि, मैले मेरो माथिल्लो अगुवाबाट एउटा पत्र पाएँ जसमा चिनियाँ कम्युनिस्ट पार्टीले सिसिटिभी रेकर्डिङबाट मेरो तस्वीर पाएको भनेर भनिएको थियो। अगुवाले मलाई अत्यावश्यक नभएसम्म सार्वजनिक रूपमा मेरो अनुहार नदेखाउन सल्लाह दिए। पत्र प्राप्त गरेपछि, म केही चिन्तित भएँ, तर यसले मेरो कर्तव्य निर्वाहमा कुनै प्रभाव पारेन। कामका कारण मलाई बाहिर जानुपर्ने भए, म अलिकति भेष बदल्थेँ र त्यसपछि आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर निस्कन्थेँ। त्यसको केही समयमै, मेरो मण्डलीका केही ब्रदर-सिस्टरहरू पक्राउमा परे र मैले फेरि नयाँ परिस्थिति सम्हाल्नुपर्‍यो। मैले परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको हो भन्‍ने बुझेँ। केही चिन्ता र डर महसुस भए तापनि, मैले पहिले म कति स्वार्थी र घृणित थिएँ, कसरी जोखिमपूर्ण काम अरूतिर पन्छाएँ, परमेश्‍वरसँगको आफ्नो रेकर्डमा स्थायी दाग छोडेँ र शैतानको हाँसोको पात्र बनेँ भनेर सोचेँ—वर्तमान अवस्थाको सामना गर्दैगर्दा, मैले प्रायश्चित्त गर्नुपर्थ्यो र पहिले जिए जसरी जिउन बन्द गर्नुपर्थ्यो। मैले शान्तिपूर्वक परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँलाई जतिसक्दो चाँडो परिस्थिति सम्हाल्नका लागि म उहाँकै भर पर्न चाहन्छु भनेँ। त्यसपछि, मैले तुरुन्तै समूह अगुवाहरूसँग मिलेर परमेश्‍वरका वचनका किताबहरू सार्नका लागि विस्तृत व्यवस्था गरेँ र ब्रदर-सिस्टरहरूले चाँडै नै सबै किताबहरू सफलतापूर्वक सारे। यसरी अभ्यास गर्दा, मैले धेरै सहज महसुस गरेँ र यो शान्ति परमेश्‍वरबाट आएको हो भनेर थाहा पाएँ। दुई महिना पछि, एक पूर्व मण्डली अगुवा सहित दसजना भन्दा बढी ब्रदर-सिस्टरहरू पक्राउ परे। यस परिस्थितिमा, मैले विगतमा जस्तै मेरो आफ्नै सुरक्षा कायम राख्ने कुरामा ध्यान दिइनँ, बरु, परिणाम सम्हाल्न, मेरा ब्रदर-सिस्टरहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरका हितहरूलाई जोखिममा पर्न नदिन परमेश्‍वरमा भर परेँ। मैले मेरा सहकर्मीहरूसँग ब्रदर-सिस्टरहरूलाई किताबहरू लुकाउन र सार्न चाँडै सूचित गर्ने उपायबारे परामर्श गरेँ। ब्रदर-सिस्टरहरूको सहकार्यमा, सबै किताबहरू सफलतापूर्वक सारिए। जब मैले राम्रो समाचार सुनेँ, म निकै खुसी भएँ र परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद दिएँ! मैले विगतमा कसरी म सधैँ आफ्नो स्वार्थलाई जोगाएर आफ्नो कर्तव्यबाट भागेकी थिएँ र एक झूटो अगुवा भनेर खुलासा गरिएकी थिएँ भन्‍ने बारेमा सोचेँ। यस पटक, म अन्ततः मृत्युको डरले बाँधिएकी थिइनँ र मैले सत्यता अभ्यास गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेँ। परमेश्‍वरका वचनहरूका कारण नै मैले यो रूपान्तरण गर्न सक्षम भएँ।

अघिल्लो: ३४. आमाको मृत्युको छायाबाट निस्कने प्रयास

अर्को: ३७. “कसैलाई योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्‍ने राय सत्यताअनुरूप छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्