७५. दुष्ट व्यक्तिलाई निष्कासित गरेर मैले के सिकेँ
२०२१ को अप्रिलमा, केही समय बाहिर रहेर म आफ्नो मूल मण्डलीमा फर्किएँ जहाँ लियु मिन सँग भेट भयो। लियु मिन केही समयअघि झन्डै बर्खास्त भइसकेकी थिइन्, किनभने मण्डली अगुवाको रूपमा, उनी आफ्नो वास्तविक काम पूरा गर्न असफल भएकी मात्र नभई उनले सिद्धान्त विपरीत मनपरी मान्छेलाई पनि बढुवा गरेकी थिइन्, र ख्रिस्टविरोधी र दुष्टहरूलाई सँभाल्नुको साटो संरक्षण गरेकी थिइन्। परिणामस्वरूप, मण्डलीका विभिन्न काम प्रभावहीन भएका थिए। त्यो बेला, केही ब्रदर-सिस्टरहरूले उनीसँग सङ्गति गरे तर उनले त्यसलाई अस्वीकार गरिन्। तत्कालीन अगुवा, सिस्टर वाङ यीले, उनको व्यवहार मूल्याङ्कन गर्दा उनी दुष्ट व्यक्ति हुन सक्ने शङ्का गरे पनि, पर्याप्त प्रमाणको अभावमा, यो केवल क्षणिक रूप हुनसक्ने निष्कर्षमा पुगिन्। अन्य अगुवा र सेवकहरूसँग छलफल गरेपछि तिनीहरूले उनलाई पश्चात्ताप गर्ने अर्को मौका दिँदै निगरानी गर्ने निर्णय गरे। यसरी, उनी निष्कासित भइनन्।
एक पटक मैले लियु मिनसँग कुराकानी गर्दा त्यो अनुभवबाट उनले के सिकिछिन् सोधेँ। लाग्यो त्यत्रो असफलता र खुलासा भएपछि, उनलाई वास्तविक बुझाइ र पश्चात्ताप भएको हुनुपर्छ। अप्रत्याशित रूपमा लियु मिनले भनिन्, “म केवल काममा उत्ताउली भएकी थिएँ। त्यसको अलावा, त्यो बेला मलाई कसैले पनि सहयोग गरेन।” यो सुन्दा मलाई लाग्यो, “निष्कासन नगरिए पनि तिमीले दुष्कर्म गरेको सत्य हो। तिमी किन आत्मचिन्तन गरी यसबाट केही सिक्दिनौ?” पछि, उनले आफूलाई चिन्न नसकेको मात्र हैन, जहाँ गए पनि तथ्यलाई विकृत गरी वाङ यीको अन्याय र दमन सहनुपरेको अफवाह फैलाएको मैले थाहा पाएँ। सत्यता थाहा नभएका ब्रदर सिस्टरहरूले, वाङ यी नै समस्या भएको विश्वास गरे। पछि, म मण्डली अगुवा निर्वाचित भएँ। धेरै समय नबित्दै, लियु मिनले व्यक्तिगत कामका लागि आफ्नो कर्तव्य उपेक्षा गरिरहेको मैले याद गरेँ। मैले उनको गैरजिम्मेवारीपन औँल्याएँ र कर्तव्यप्रति हुनुपर्ने सही रवैया सम्बन्धमा परमेश्वरका वचनहरूबारे सङ्गति गरेँ। उनले यसलाई स्वीकार नगरी उल्टै मप्रति पूर्वाग्रही पो बनिन्। म बढी नै हुकुमी भएको उनी भेलाहरूमा ब्रदर-सिस्टरसामु दोहोर्याउँथिन्, जसले गर्दा तिनीहरू पनि भ्रमित भएर मविरुद्ध पूर्वाग्रही भए। यो अवस्थामा मैले एकदमै बाँधिएको महसुस गरेँ। मलाई आक्षेप लगाउने अर्को मौका छोप्ने डरले फेरि सजिलै उनको समस्या औँल्याउने हिम्मत गरिनँ। तर लियु मिनले दुष्कर्म गर्न छाडिनन्। एक सिस्टरलाई चिन्तन गरून् भनेर मण्डलीले अलग्याएको समाचारलाई उनले विकृत बनाएर, अगुवा र सेवकहरूले मान्छेको जिन्दगी बरबाद हुने गरी मनपरी निष्कासन गरिरहेको झुटो हल्ला फैलाइन्। यसले ब्रदर-सिस्टरहरूलाई चिन्तित, र अगुवा र सेवकप्रति सावधान बनायो, मण्डलीलाई अशान्तिमा डुबायो। परिस्थितिको गम्भीरता देखेर समस्या भएको मैले बुझेँ। लियु मिनको व्यवहार विचार गर्दा, उनी नियमित रूपमा सत्यतालाई अस्वीकार गर्थिन्, सधैँ अरूको काम आलोचना गरी उल्टै बदला लिन प्रयोग गर्थिन्। पदबाट बर्खास्त गरिएपछि आफ्नो विगतका दुष्कर्म स्वीकार गर्नु सट्टा, उनले यो विषयलाई उचालिरहिन्। हरेक मोडमा वाङ यीमाथि आलोचना गर्दै, आफूलाई अन्याय गरिएको दाबी गरिन्; मैले उनी आफ्नो कर्तव्यमा गैरजिम्मेवार लापरवाह भएको औँल्याएपछि, उनले म विरुद्ध वैरभाव विकास गरिन्। तथ्यलाई तोडमरोड गरेर मेरो पछाडि आलोचना गरिन्, जसले ब्रदर-सिस्टरहरूलाई मविरुद्ध पूर्वाग्रही बनायो। उनी अगुवा भएको बेला, मण्डलीमा ख्रिस्टविरोधीहरूको एक झुन्ड उदाउँदा, तिनलाई सँभाल्न चुकेकी मात्र हैन डिकनहरूलाई ती ख्रिस्टविरोधीलाई प्रेमले सहयोग गर्न भनेको पनि मैले थाहा पाएँ। उल्टै ती ख्रिस्टविरोधीको सूचना दिनेलाई नै पाठ सिक्दै आफूलाई राम्रोसँग बुझ्न आदेश दिएकी थिइन्। आफ्नी कान्छी बहिनिलाई वास्तविक कर्तव्य नगरेकाले बर्खास्त गरिएपछि, लियु मिनले माथिल्ला अगुवाहरूलाई धेरै पल्ट उनलाई किन बर्खास्त गरियो भनी लिखित प्रश्न गरेकी थिइन्। “पदबाट मलाई कसैले बर्खास्त गरे म तिनलाई सजिलै छोड्ने छैन” सम्म भनिन्। यो थाह भएपछि मलाई लाग्यो, “लियु मिनको व्यवहार भ्रष्टताको क्षणिक प्रकटीकरण मात्र हैन; यो समस्या उनको प्रकृतिको सारसँग जोडिएको छ।” मैले परमेश्वरका वचनको दुई खण्ड पढेँ: “शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (१४))। परमेश्वरका वचनको प्रकाशमा मैले लियु मिनको प्रकृति नै दुर्भावनापूर्ण रहेको र उनी सत्यतालाई घृणा गर्ने देखेँ। उनी ख्रिस्टविरोधी र दुष्टहरूको रक्षा गरिरहने मात्र हैन, प्रायःअरूको कार्यको आलोचना गरेर समस्या निम्त्याइरहन्थिन्। उनलाई सल्लाह दिने र आफ्नो स्वार्थलाई जोखिममा पार्ने जो कोहीलाई आलोचना र प्रतिकार गर्न उनी आफ्नो दिमाग खियाउँथिन्। यस क्रममा, उनले मण्डलीभित्रै कलह र मण्डली जीवनमा अवरोध उत्पन्न गराइन्। सङ्गति गरी सहयोग गर्ने कैयौँ प्रयासका बाबजुद उनले कहिल्यै पश्चात्ताप गरिनन्। लगातार यो व्यवहार देखेर उनी साँचै दुष्ट व्यक्ति भएको म ढुक्क भएँ। अन्य अगुवा र सेवकसँग सल्लाहपछि, हामीले उनको अवस्था माथिल्लो नेतृत्वलाई सुनायौँ।
माथिल्लो नेतृत्वले सुरुमा मण्डली जीवनमा थप बाधा गर्नबाट रोक्न लियु मिनलाई अलग्याउन, र उनका सामान जम्मा गर्न निर्देशन दिए। त्यसपछि ब्रदर सिस्टरहरूसँग सङ्गति गरी उनलाई खुट्याउँदै निष्कासित गर्नुपर्ने थियो। यो सुनेर मेरो मनमा केही चिन्ता जाग्यो, “प्रमाण नपुगेर अघिल्लो पटक लियु मिनलाई निष्कासित गरिएन, यो थाहा पाएपछि उनले समस्या सृजना गर्न र वाङ यीलाई पनि कहिले छोडिनन्। मैले उनका समस्या औँल्याउँदा, अस्वीकार गरेकी मात्रै हैन तथ्य विकृत गरेर मलाई नै उल्टो बुझिन्। उनकी कान्छी बहिनीलाई बर्खास्त गर्दा त, आफूलाई निष्कासित गर्नेलाई सजिलै नछोड्ने भनिन्। लियु मिन मानवता अत्यन्त दुष्ट छ; निष्कासन गरिएको थाहा पाए ठुलै हङ्गामा गर्दिनन् त उनले? के थाहा मलाई हानि पुग्ने कति चिज गर्थिन्? म सँग त बदला नै लिन्थिन् होला? म कहाँ बस्छु पनि उनलाई थाहा छ। रिसको झोँकमा मेरो घर आई, मेरो आस्थाबारे सबै छिमेकीले थाहा पाउने गरी म सँग झगडा गरेर अफ्ठेरो पारिन् भने?” यो बारे जति सोचेँ त्यति डर लाग्यो। सम्भावित परिस्थिति कसरी सामना गर्ने थाहा थिएन मलाई। मैले परमेश्वरको प्रार्थना गरेँ र मलाई मार्गदर्शन गर्न अनुरोध गरेँ। पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ; “ख्रीष्टविरोधीहरूमा अत्यन्तै क्रूर स्वभाव हुन्छ। यदि तैँले तिनीहरूलाई काटछाँट वा खुलासा गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँमाथि विषालु सर्पहरूले जस्तै दाँत गाड्नेछन्। तैँले जति नै धेरै प्रयास गरे नि तिनीहरूलाई लतारेर वा झट्काएर फ्याँक्न सक्नेछैनस्। त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, के तिमीहरू डराउँछौ? कति मानिसहरू त डराउँछन् र यसो भन्छन्, ‘म तिनीहरूलाई काटछाँट गर्ने दुस्साहस गर्दिनँ। तिनीहरू अत्यन्तै आक्रामक छन्, विषालु सर्पहरूजस्ता छन्, र तिनीहरूले मलाई बेह्रे भने, म खत्तमै हुनेछु।’ तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू अत्यन्तै सानो कदका मानिसहरू हुन्, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाहीहरू होइनन्, र तिनीहरूले परमेश्वरको गवाही दिन सक्दैनन्। त्यसैले, जब तिमीहरूले त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्छौ, तब तिमीहरूले के गर्नुपर्छ? यदि तिनीहरूले तँलाई धम्की दिए वा तेरो ज्यान लिने प्रयास गरे भने, के तँ डराउनेछस्? त्यस्ता परिस्थितिहरूमा, तँ तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूसँग एक हुनुपर्छ र ती ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट नहटाइन्जेल तिमीहरू खडा हुनुपर्छ, र अनुसन्धान गर्नुपर्छ, प्रमाणहरू जुटाउनुपर्छ, र तिनीहरूलाई खुलासा गर्नुपर्छ। पूरैसित समस्या समाधान गर्नु भनेको यही हो। जब तैँले कुनै ख्रीष्टविरोधीलाई पत्ता लगाउँछस् र ऊसँग दुष्ट व्यक्तिका विशेषताहरू छन् र उसले अरूलाई दण्ड दिन र बदला लिन सक्छ भनेर स्पष्टै पहिचान गर्छस्, तब तैँले उसले पहिले दुष्कर्म गरोस् अनि प्रमाण सङ्कलन गरेर उसलाई तह लाउँछु भनेर प्रतीक्षा नगर्। यो निष्क्रियता हो र यसले पहिले नै केही घाटा निम्ताइसकेको हुन्छ। जब ख्रीष्टविरोधीहरूले आफूमा दुष्ट व्यक्तिका लक्षणहरू रहेको देखाउँछन् र जब तिनीहरूले आफ्नो धूर्त र दुर्भावपूर्ण स्वभाव प्रकट गर्छन्, र जब तिनीहरूले यस्तो काम गर्न लागेका हुन्छन्, त्यति नै बेला तिनीहरूलाई सम्हाल्नु, सम्बोधन गर्नु, हटाउनु, र निकाल्नु सबैभन्दा राम्रो हुन्छ। सबैभन्दा समझदार तरिका यही हो। यदि तँलाई ख्रीष्टविरोधीले तँसँग बदला लिने दह्रिलो मौका खोजिरहन्छ भन्ने डर लाग्छ भने, किन ख्रीष्टविरोधीबारे रिपोर्ट र खुलासा गर्न त्यसका दुष्कर्महरूको प्रमाण प्रयोग नगर्ने? त्यसो गरेर, तैँले परमेश्वरका चुनिएका मानिसहरूको अनुमोदन र सहयोग प्राप्त गर्नेछस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले तेरा असल कर्महरू र न्यायसङ्गत कार्यहरूलाई सम्झनुहुनेछ। त्यसैले, किन त्यसो नगर्ने? परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको आज्ञालाई सधैँ ध्यानमा राख्नुपर्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाउनु शैतानविरुद्धको युद्धको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो। यो लडाइँ जितियो भने, यो विजेताको गवाही बन्नेछ। यो शैतान र दियाबलसहरू विरुद्ध लडिने युद्ध परमेश्वरका चुनिएका मानिसहरूमा हुनुपर्ने अनुभवात्मक गवाही हो। यो विजेताहरूमा हुनैपर्ने सत्यता वास्तविकता हो। तैँले गवाही दिन र मण्डलीको काम रक्षा गर्न सक् भन्ने उद्देश्यले परमेश्वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्वरले घृणा गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्न सकिन्छ। तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होस्, परमेश्वरको एक अनुयायी होस्। तैँले चुनौतीहरूको डर मान्नु हुँदैन; तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। विजेता बन्नु भनेको यही हो। यदि दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बदला लेलान् भन्ने डरले तँलाई चुनौतीहरूदेखि डर लाग्छ र तैँले सम्झौता गर्छस् भने, तँ परमेश्वरको अनुयायी होइनस्, र तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होइनस्। तँ केही न कामको छस्, र तँ सेवाकर्ताहरूभन्दा पनि नीच छस्। कतिपय कायरहरूले यसो भन्न सक्छन्, ‘ख्रीष्टविरोधीहरू साह्रै भयानक हुन्छन्; तिनीहरूले जे पनि गर्न सक्छन्। तिनीहरूले ममाथि बदला लिए भने के गर्ने?’ यो त भ्रमित कुरा हो। यदि तँलाई ख्रीष्टविरोधीहरूले लिने बदलाको डर लाग्छ भने, परमेश्वरमाथिको तेरो विश्वास कहाँ छ? के परमेश्वरले तेरो जीवनको यति धेरै वर्ष तँलाई रक्षा गर्नुभएको छैन र? के ख्रीष्टविरोधीहरू पनि परमेश्वरको हातमा छैनन् र? यदि परमेश्वरले अनुमति दिनुभएन भने, तिनीहरूले तँलाई के गर्न सक्छन् र? यसअलावा, ख्रीष्टविरोधीहरू जति नै दुष्ट भए नि, तिनीहरूले वास्तवमा के गर्न सक्छन् र? के परमेश्वरका चुनिएका मानिसहरूलाई एक भएर तिनीहरूलाई खुलासा गर्न र तह लगाउन झन् सजिलो हुँदैन र? त्यसैले किन ख्रीष्टविरोधीहरूसँग डर मान्ने? त्यस्ता मानिसहरू केही कामका हुँदैनन् र तिनीहरू परमेश्वरलाई पछ्याउन लायक पनि हुँदैनन्। घर फर्केर जाओ, र आफ्ना छोराछोरी हुर्काओ, र आफ्नो जीवन जिओ। ख्रीष्टविरोधीहरूले मण्डलीको काम बिथोल्दै परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको बेला, परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूको दुष्कर्महरूप्रति कस्तो प्रतिक्रिया दिनुपर्छ? परमेश्वरलाई पछ्याउनेहरू कसरी आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुनुपर्छ? तिनीहरूले कसरी शैतान र ख्रीष्टविरोधीहरूका शक्तिहरू विरुद्ध लड्नुपर्छ? तँ परमेश्वरमा समर्पित हुँदै बफादार हुन्छस् कि छेउ लाग्दै तैँले परमेश्वरलाई धोका दिन्छस् भन्ने कुरा ख्रीष्टविरोधीहरूले परमेश्वरलाई बाधा दिँदा, दुष्कर्म गर्दा, र विरोध गर्दा पूर्ण रूपमा खुलासा हुनेछ। यदि तँ परमेश्वरमा समर्पित हुने र उहाँप्रति बफादार रहने व्यक्ति होइनस् भने, तँ उहाँलाई धोका दिने व्यक्ति होस्। अर्को कुनै विकल्प छैन। कतिपय भ्रमित व्यक्तिहरू र समझहीन मानिसहरूले न यताको न उताको अडान लिन्छन् र तिनीहरू दुइजिब्रे बन्छन्। परमेश्वरको नजरमा, यी मानिसहरूमा परमेश्वरप्रति कुनै बफादारिता हुँदैन र तिनीहरू उहाँका विश्वासघातीहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनअनुसार, ख्रिस्टविरोधी र दुष्ट मानिसको खुलासा गर्नु परमेश्वरका चुनिएका हरेक मानिसको कर्तव्य र जिम्मेवारी हो, सही अर्थमा मण्डलीको कामको रक्षा गर्नु हो। तथापि, म दुष्ट मानिसलाई खुलासा गर्न र सँभाल्न साँच्चिकै डराउँथे। एक पटक खुलासा गरिसकेपछि, विषालु सर्पजस्तै उनीहरू हरपल मेरो वरपर कुँडुलिन्छन् र मैले हटाउन सक्दिनँ जस्तो लाग्थ्यो। परमेश्वरका वचनहरूले भन्छन्: “तिनीहरू अत्यन्तै सानो कदका मानिसहरू हुन्, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाहीहरू होइनन्, र तिनीहरूले परमेश्वरको गवाही दिन सक्दैनन्।” “तिनीहरू काम नलाग्ने हुन्” भन्ने वचनहरू पढेपछि मलाई दोषी र दुःखी महसुस भयो। मण्डली अगुवाको रूपमा मैले परमेश्वरको अभिप्राय बुझेर, मण्डलीको कामको सामान्य कामकाज र मण्डली जीवनको रक्षा गर्नु पर्थ्यो। लियु मिनले अगुवा र सेवकले सिद्धान्त विनै मानिसहरूलाई निष्कासन गरिरहेको अफवाह सर्वत्र फैलाउँदै हिँडेर, ब्रदर-सिस्टरहरूलाई उनीहरूविरुद्ध पूर्वाग्रही हुन सचेत गरेको र गम्भीर रूपमा मण्डली जीवनलाई अवरोध गरेको देख्दा पनि, मसँग सिद्धान्त अनुसार लियु मिनलाई सँभाल्ने आँट थिएन। उनले मेरो छाया बनेर मविरुद्ध प्रतिशोध लिनेछिन्, पीडा दिनेछिन्, र समस्या सिर्जना गर्नेछिन् भनी म डराएँ। आफ्नो हितको रक्षा गर्न म कछुवाजस्तो हुन चाहेँ, दुष्टहरूले मण्डलीलाई बाधा पुर्याएको हेरिरहेँ, यसलाई निराकरण गरिनँ, अनि राम्रो समयमा मात्र मण्डलीको कामको रक्षा गर्न खोजेँ। मैले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेकी थिइनँ। म एकदम स्वार्थी, डरपोक र बेकम्मा थिएँ। विशेष गरी जब मैले परमेश्वरका यी वचन पढेँ; “यदि तँलाई ख्रीष्टविरोधीहरूले लिने बदलाको डर लाग्छ भने, परमेश्वरमाथिको तेरो विश्वास कहाँ छ? के परमेश्वरले तेरो जीवनको यति धेरै वर्ष तँलाई रक्षा गर्नुभएको छैन र? के ख्रीष्टविरोधीहरू पनि परमेश्वरको हातमा छैनन् र? यदि परमेश्वरले अनुमति दिनुभएन भने, तिनीहरूले तँलाई के गर्न सक्छन् र?” म झनै लज्जित भएँ। परमेश्वर सबै कुरामा सार्वभौम हुनुहुन्छ, ख्रिस्टविरोधी र दुष्ट मानिस पनि परमेश्वरकै हातमा हुन्छन्। परमेश्वरको अनुमति बिना तिनीहरू केही गर्न सक्दैनन्। परमेश्वर विश्वासीको रूपमा उहाँका धेरै वचन खाने र पिउने गरिसके पनि ममा अझै परमेश्वरमाथि साँचो आस्था थिएन। म साँच्चि नै दयनीय थिएँ। यस्तो व्यर्थ भएको सोचेर आफैँसित घिन लाग्यो, अनि मनमनै परमेश्वरको अभिप्रायलाई विचार गरी यस दुष्टलाई धोइपखाली गर्न परमेश्वरमै निर्भर हुने प्रण गरेँ। त्यसैले, म सिद्धान्तमा अडिग रहूँ, र यो दुष्ट व्यक्तिको डर भागोस् भनी परमेश्वरसँग आस्था र शक्ति दिनुहुन प्रार्थना गरेँ।
पछि, हामीले लियु मिनको व्यवहार खुलासा र विश्लेषण गर्यौँ, र उनलाई अलग्यायौँ। लियु मिनले यसलाई पटक्कै स्वीकार वा आत्मचिन्तन गरिनन्, र ब्रदर सिस्टरहरूले सहयोग नगरेका कारण यस्तो काम गरेको बताइन्। पछुतो त परै जाओस्, आफ्नो दुष्कर्मको पनि उनलाई आभास थिएन। त्यो बेला ब्रदर सिस्टरहरूलाई उनका बारे त्यति जानकारी थिएन। उनीहरूको विचारमा लियु मिन प्रतिभाशाली, तार्किक रूपमा सङ्गति गर्ने, स्पष्ट बानीबेहोरा भएकी, कष्ट सहन र आफूलाई समर्पित गर्न सक्ने व्यक्ति थिइन्। तिनीहरूमाझ उनको छवि राम्रो थियो। म समस्यामा परेँ, मैले सोचेँ, “मैले ब्रदर सिस्टरहरूसँग सङ्गति गर्दै लियु मिन दुष्ट व्यक्ति भएको विश्लेषण गरेँ, अनि तिनीहरूले अस्वीकार गरी उनको निष्कासनमा असहमति जनाए भने के गर्नु? मैले कामकुरा अनुचित तरिकाले व्यवस्थापन गरेको सोची सबै मविरुद्ध पूर्वाग्रही भए भने? मण्डली अराजकतामा त डुब्दैन? यदि त्यस्तो भए, कतै मलाई जिम्मेवार त मानिँदैन? के मलाई बर्खास्त गरिन्छ?” त्यो बेला, म फेरि काँतर र चिन्तित मनस्थितिमा बाँचिरहेकी महसुस भयो, अनि परमेश्वरसँग, आफै विरुद्ध विद्रोह गरी सत्यता अभ्यास गर्न तयार भएर, प्रार्थना गरेँ। त्यसपछि, ब्रदर सिस्टरहरूसँग परिणाम आउने गरी कसरी सङ्गति गर्ने भनी मैले खोजेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (२०))। परमेश्वरका वचनहरू पढेपछि, अगुवा र सेवकको जिम्मेवारीको एउटा पक्ष भनेको दुष्ट मानिस र ख्रिस्टविरोधीले मण्डलीको काममा बाधा र अवरोध पुर्याउँदा, आफू र ब्रदर-सिस्टरहरूलाई सत्यताले सुसज्जित गर्नुपर्छ र मिलेर पाठ सिक्नुपर्छ, जसले उनीहरूलाई ख्रिस्टविरोधी र दुष्ट मानिसलाई खुट्याउन सक्ने तिनीहरूबाट भ्रमित र विचलित नहुने बनाउँछ भनी बुझेँ। सँगसँगै, उनीहरूले ब्रदर सिस्टरहरूलाई मण्डलीको धोइपखाली गर्ने कामको महत्त्व बुझाउन पनि मार्गदर्शन गर्नुपर्दछ। अविश्वासी, ख्रिस्टविरोधी, र दुष्ट मानिसहरूलाई धोइपखाली गरेर मात्र, परमेश्वरका चुनिएका मानिसहरूले स्थिर वातावरणमा सत्यता पछ्याउँदै आफ्नो कर्तव्य पूरा गर्दछन्। यी कुराहरू बुझेर मैले सोचेँ, “यी ब्रदर सिस्टरहरूले लियु मिनलाई अहिले चिनेकै छैनन्, केही त उनको दृश्य प्रतिभा र वाक्पटुताबाट प्रभावित भई आराधना गर्छन्। तर उनको उद्देश्य र कार्यको प्रकृति, अनि सत्यताप्रतिको मनोवृत्ति बुझेका छैनन्। अब पनि ब्रदर सिस्टरहरू भ्रमित नहुन् भनी लियु मिनको व्यवहार र कार्यलाई परमेश्वरका वचनअनुसार, खुट्याउन मैले मद्दत गर्नु पर्छ। यो अगुवाको जिम्मेवारी पुरा गर्नु हुन्छ।” त्यसपछि, मैले मानिसको प्रकृति सार खुट्याउने बारेमा सत्यता खोजेँ, र ब्रदर-सिस्टरहरूलाई सङ्गति गर्न लियु मिनको नियमित व्यवहारलाई आधार बनाएँ। सुनिसकेपछि तिनीहरू लिउ मिनलाई निष्कासित गर्न सहमत भए। केही ब्रदर सिस्टरहरूले त, “दुष्ट मानिसहरू कसरी जिद्दीपूर्वक पश्चात्ताप गर्न अस्वीकार गर्छन् भनी परमेश्वरले प्रकट गरेका कुरा मैले बल्ल बुझेँ; लिउ मिन एक जीवन्त उदाहरण हुन्” पनि भने। यो परिणाम देखेर, म यो परमेश्वरका वचनहरूको प्रभाव हो, भनी म कृतज्ञ भए। पछि हामीले सँगै सङ्गति गर्दा, परमेश्वरले मण्डलीमा ख्रिस्टविरोधी र दुष्ट मानिसहरूलाई राख्न अनुमति दिनुमा उहाँको असल अभिप्राय छ, दुष्ट मानिस कस्ता हुन्छन् भनी देखाउन लियु मिनको वास्तविक उदाहरण प्रयोग गर्नु भएको हो भन्ने बुझ्यौँ। सिद्धान्तका खोक्रा कुरा गर्नुभन्दा यो धेरै व्यवहारिक थियो।
पछि, आफूले आत्मचिन्तन गरेँ, म किन दुष्टहरूलाई निष्कासन गर्ने कुरामा यति डरपोक र सिद्धान्तमा अडिग हुन हिचकिचाएकी थिएँ? भनी सोचेँ। मैले परमेश्वरका वचनहरू पढेँ, जसले भन्छन्: “मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरू विचार गर्दा, लियु मिनलाई निष्कासन गर्न म हिचकिचाउनु र डराउनुको कारण, म “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्”, “जति कम समस्या, उति राम्रो” र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” अनि “घाँटी बाहिर निकाल्ने चरोले नै पहिलो गोली खान्छ” जस्ता सैतानी विषले नियन्त्रित भएर हो भन्ने बुझेँ। जब घटना भए, मैले आफू र आफ्ना हितहरूको कसरी रक्षा गर्ने भनी सोच्न थालेँ। मण्डली अगुवाको रूपमा, मैले लियु मिनको सार दुष्ट रहेको राम्ररी बुझेकी थिएँ, तर उनी रिसाएर निहुँ खोज्छिन्, उनलाई नबुझेका ब्रदर-सिस्टरहरू मविरुद्ध फेरि पूर्वाग्रही हुन्छन्, अनि मण्डलीमा समस्या आएर म आफ्नो ओहोदा बचाउन नसकी बर्खास्त हुन सक्नेछु भनी डराएकी थिएँ। जसरी सोच्दा पनि यो दुष्ट व्यक्ति खुलासा गर्दा मलाई हानि हुने देखेर, म पछि सरेँ, अनि समयमै उनलाई बर्खास्त गरिनँ। मण्डलीको धोइपखाली गर्ने काम मण्डलीलाई पवित्र राख्न, र मण्डलीका काम र मण्डली जीवनमा अवरोध नहोस् भनेर गरिन्छ। तर, मैले मण्डलीको कामलाई कायम राख्न सकिनँ, र ब्रदर सिस्टरहरू बहकिएको हेरिरहेँ। मण्डली जीवनमा बाधा आउँदा पनि मेरा हितमा हानि नहुन्जेल जे भए पनि फरक पर्दैन भनी केही नगरी बसेँ। शैतानी विषअनुसार जिएकीले, म विवेकशून्य भएकी थिएँ र आफ्ना हित बाहेक केही सोच्न सकिनँ। यसबारे जति सोचेँ, त्यति नै आफूलाई स्वार्थी, नीच, अनि परमेश्वरप्रति बफादारी नभएकी र मानवताहीन महसुस गरेँ! त्यति बेला मात्र मैले, शैतानी विषमा भर पर्नु भनेको परमेश्वरको प्रतिरोध र मण्डलीका काममा शैतानको नोकर बनेर अवरोध गर्नु हो भन्ने बुझेँ। मैले पश्चात्ताप नगरेकी भए, थप दुष्कर्म मात्र गर्ने थिएँ, जसका कारण अन्ततः परमेश्वरले मलाई घृणा गर्दै हटाउनु हुने थियो! म सिद्धान्तमा अडिग हुन नसक्नुको अर्को कारण, यो दुष्ट व्यक्तिलाई मैले उचित तरिकाले नसँभालेका कारण मण्डलीमा समस्या उत्पन्न भएमा मलाई बर्खास्त गरिन सक्छ भन्ने डर थियो। मेरो खोजीमा, परमेश्वरका केही वचनहरू पढेँ: “परमेश्वरको घरमा कर्तव्य पूरा गर्न सक्ने मानिसहरू मण्डलीको कामको निम्ति बोझ उठाउने, जिम्मेवारी लिने, सत्यता सिद्धान्तहरू पालना गर्ने, र कष्ट भोग्न र मूल्य चुकाउन सक्ने मानिसहरू हुनुपर्छ। यदि व्यक्तिमा यी क्षेत्रहरूको कमी छ भने, ऊ कर्तव्य निभाउनको लागि अयोग्य हुन्छ र उसमा कर्तव्य निभाउनको लागि चाहिने आवश्यक सर्तहरू पुग्दैन। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्मेवारी लिन डराउँछन्। … तिनीहरूले मनमनै भन्छन्, ‘यदि यो काम मैले सम्हाल्नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैन र? के यसको जिम्मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?’ तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्वरले सबैलाई सूक्ष्म छानबिन गर्नुहुन्छ भन्ने तँलाई विश्वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्वरले देख्नुहुन्छ। तैँले परमेश्वरले सबै कुरा र मानिसको हृदय जाँच्नुहुन्छ भनेर विश्वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्वास गर्दैन भने, के ऊ अविश्वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरको पालना गर्न होइन तर तिनीहरूको आफ्नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि, परमेश्वर धर्मी हुनुहुन्छ, उहाँले सबै कुरा छानबिन गर्नुहुन्छ, तथा मण्डलीले मानिसहरूलाई सिद्धान्तमा आधारित भएर, उनीहरूको सुसङ्गत प्रदर्शन र प्रकृति सारअनुसार सँभाल्छ भन्ने कुरा बुझेँ। यदि कसैको उद्देश्य परमेश्वरको अभिप्रायलाई ख्याल गरी मण्डलीको कामलाई कायम राख्ने छ, उनीहरूले सत्यता नबुझेर र समस्याको सार राम्रोसँग नदेखेर मात्र त्यसलाई राम्रोसँग सँभाल्न नसकेको मात्र हो, र सङ्गति र सहयोग पाए समयमै त्यसलाई परिवर्तन गर्न सक्छन् भने, मण्डलीले त्यस्ता व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नेछ र सँभाल्ने वा बर्खास्त गर्ने गर्दैन। तर, कसैले खराब नियतवश समस्या उत्पन्न गराउँछ भने, मण्डलीले तिनीहरूलाई सिद्धान्तअनुसार सँभाल्छ। मैले परमेश्वरको धर्मी स्वभाव बुझेकी थिइनँ वा मलाई उहाँले मान्छेको मन छानबिन गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो, नत मण्डलीमा सत्यताले शासन गर्छ भन्ने लाग्थ्यो। म त आफ्नै धारणा र कल्पनामा चिन्तित भएर बाँचेकी थिएँ। यो साँच्चि नै विकृत हुनु थियो! यो बुझेर मैले उन्मुक्त महसुस गरेँ। परमेश्वरका वचनमा मैले यो पनि पढेँ: “तैँले अहिले परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने तैँले त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र तैँले परमेश्वरको घरको हितको संरक्षण गर्नुपर्छ। यो एउटा सत्यता सिद्धान्त हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरको पालना गर्न होइन तर तिनीहरूको आफ्नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्वरका वचनले मलाई अभ्यास गर्न मार्गदर्शन गर्यो। भविष्यमा समस्या भोग्ने बित्तिकै, मैले परमेश्वरको अभिप्राय ख्याल राख्नुपर्छ, सत्यताको सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ, र मण्डलीको कामलाई कायम राख्नुपर्छ। यो मैले कर्तव्य पूरा गरेको हुन्छ।
पछि, सहकर्मी सिस्टर सँगै मिलेर मैले लियु मिनको दुष्कर्मको खुलासा गरी उनको निष्कासनको घोषणा गर्यौँ। ममा अझै केही चिन्ता भए पनि, परमेश्वरका वचन सम्झेँ: “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू सोध्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका वचनहरूमा रहेका प्रश्नमा मानिसहरूप्रति उहाँका अपेक्षाहरू छन्। हामी उहाँको अभिप्रायलाई विचार गर्न, सिद्धान्त पालन गर्न सक्छौँ, र दुष्कर्मको खुलासा गर्ने साहस राख्छौँ भन्ने उहाँ आशा गर्नुहुन्छ। म अब परमेश्वरलाई निराश पार्न सक्दिनथेँ। मैले सत्यताको अभ्यास गर्नु र मण्डलीको कामलाई कायम राख्नु थियो। त्यसैले, सहकर्मी सिस्टरसँग एकै हृदय र मनको भएर हामीले प्रार्थना गर्यौँ। परमेश्वर वचनअनुसार हामीले लियु मिनका समस्या खुलासा र विश्लेषण गर्यौँ। उनले आफैलाई अझै नबुझे पनि, उनीसँग भन्ने केही थिएन। यो परिणाम देखेर, मनमनै परमेश्वरप्रति कृतज्ञ नभई रहन सकिनँ। यो अनुभवपछि, परमेश्वरप्रति केही आस्था र आफ्नै भ्रष्ट स्वभावबारे केही बुझाइ पाएँ। सत्यता अभ्यास गरेपछि प्राप्त हुने शान्ति मैले अनुभव गरेँ।