२०. मैले परमेश्‍वरको आवाज सुनेको छु

मैले दुई वर्ष अघि सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेको हो। साँचो कुरा भन्दा, मैले धार्मिक समुदायमा विश्‍वासीको रूपमा बिताएको लगभग दश वर्षको अवधिमा मैले जति सिकेँ त्यो भन्दा धेरै अहिले सिकेँ। म पहिलेजस्तो मेरो कल्‍पनाको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्दिनँ, बरु देहमा आउनुभएका व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्छु जो मानवजातिमाझ हिँडडुल गर्दै काम गर्नुहुन्छ, जसले जुनसुकै समय र स्थानमा सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। मैले परमेश्‍वरको आवाज सुनेको छु, र उहाँका वचनहरूको प्रशस्‍त मलजल र भरणपोषण प्राप्त गरेको छु। म साँच्‍चै नै प्रभुको छेउमा आएको छु।

मेरो नाम माथ्यू हो, र म लियोन फ्रान्सको क्याथोलिक परिवारमा जन्‍मेको हुँ। म परम्‍परागत क्याथोलिक वातावरणमा हुर्केको थिएँ। मैले बप्तिस्मा लिएँ, मण्डली सेवामा सहभागी भएँ, ममाथि हात राख्‍ने विधि पूरा गरियो, र म लोउर्देष तीर्थयात्रामा गएँ। ठूलो भएपछि, मैले क्याथोलिक पादरीहरूले कुनै नयाँ विषयवस्तुविना सधैँ उही पुरानै धर्मसिद्धान्त प्रचार गरेको महसुस गरेँ। मलाई यो रूखो, जीवनरहित वातावरणझैँ लाग्थ्यो, र धेरैजसो विश्‍वासीहरूको विश्‍वास सेलाएको जस्तो लाग्थ्यो। मलाई यो देख्दा निराश लाग्थ्यो। म पवित्र आत्माको काम भएको मण्डली पाउन निकै इच्‍छुक थिएँ जहाँ मैले प्रभुको उपस्थिति अनुभव गर्न सक्थेँ। मैले यस्तो मण्डली खोज्‍न क्याथोलिक नै छोडेर जाने निर्णय गरेँ। त्यसपछि म जेनेभा पुगेँ, र त्यहाँ विश्‍वविद्यालयमा भर्ना भएँ अनि स्थानीय इसाई सुसमाचार मण्डलीमा आबद्ध भएँ। तर पाष्टरले केवल शाब्दिक धर्मसिद्धान्त प्रचार गर्ने, केही नारा भट्भट्याउने र वास्तविकताबाहिरका आत्मिक वरदान र धर्मशास्‍त्रीय सिद्धान्तहरूको कुरा गर्ने गर्दा रहेछन्। मन छुने वा मलाई प्रभुको बारेमा जान्‍न मदत गर्ने केही पनि हुँदैनथ्यो। मलाई अझै चकित पारेको अर्को कुराचाहिँ मूर्ति पूजा थियो। प्रमुख पाष्टरको फोटो मञ्चको छेउमा राखिएको थियो र जबजब नयाँ विश्‍वासी आउँथे, तबतब स्थानीय पाष्टरले तिनीहरूलाई प्रमुख पाष्टरको फोटोमा प्रणाम गर्न लगाउँथे। पाष्टरले हरदिन विश्‍वासीहरूलाई धर्मशास्‍त्रसम्‍बन्धी आफ्‍नै अर्थ-अनुवाद पठाउँथे, र ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरू पढ्न पाएझैँ त्यसैलाई आफ्‍नो दैनिक खुराक मान्थे। तिनीहरूले ती कुराहरूलाई परमेश्‍वरकै वचनहरूसरह अभ्यास गर्थे। यो देख्दा मलाई निकै असहज महसुस हुन्थ्यो। मलाई यो कुरा ठीक लागेन। प्रभु त्यस मण्डलीमा हुनुहुन्‍न भन्‍ने मैले देखेँ, त्यसैले मैले त्यो मण्डली पनि छोडेँ। मैले आफैलाई सोधेँ “प्रभु साँच्‍चै कहाँ हुनुहुन्छ?” त्यो बेला आफू आत्मिक रूपमा खोक्रो भएको महसुस भयो र प्रभुले मलाई पन्छ्याउनुभएको हो कि जस्तो लाग्यो।

त्यहाँदेखि, म घरमै बसेर बाइबल पढ्न थालेँ। म प्रकाशको पुस्तकको तेस्रो अध्याय धेरै पढ्थेँ, र फिलाडेल्‍फियाको मण्डलीबारे बताउने भागले ममा निकै गहिरो छाप छोडेको थियो। “तिमीहरूले मेरो धैर्यको वचनलाई पालना गरेका हुनाले, म तिमीहरूलाई त्यो परीक्षाको घडीदेखि पनि बचाउनेछु, जुन परीक्षा सारा संसारमा आउनेछ र संसारमा बस्‍नेहरूलाई जाँच्‍नेछ। हेर, म चाँडै आउँछु: आफूसँग जे छ त्यसलाई दह्रिलो गरी पक्रिराख, ताकि तिमीहरूको मुकुट कसैले लिनेछैन। जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन(प्रकाश ३:१०-१२)। यी पदहरूले मलाई साँच्‍चै उत्साहित तुल्याए र ती निकै प्रभावकारी थिए किनभने ती रहस्य र प्रतिज्ञाहरूले भरिपूर्ण थिए। प्रभु येशूले स्पष्ट रूपमा प्रभुले अनुमोदन गर्नुहुने एउटा मण्डली हुनेछ, जुन फिलाडेल्‍फियाको मण्डली हुनेछ भनेर भन्‍नुभएको थियो। मलाई प्रभुले नै “म यस मण्डलीमा छु” भनेर भनिरहनुभएको छ भन्‍ने लाग्‍न थाल्यो। त्यसले गर्दा ममा एउटा प्रश्‍न उठ्यो: यो मण्डली कहाँ छ? पढ्दै जाँदा, मैले यो कुरा देखेँ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। प्रभुले ढोकामा ढकढक्याउनुहुनेछ भनी स्पष्ट रूपमा भन्‍नुभएको पढ्दा म निकै उत्साहित भएँ। उहाँले वास्तवमा कसरी ढकढक्याउनुहुनेछ र यसको अर्थ प्रभु चाँडै आउनुहुनेछ भन्‍ने हो कि भनेर सोच्‍न थालेँ। यो कुरा निकै अन्तर्दृष्टिपूर्ण थियो, र यसले खोजी गरिरहने मेरो इच्‍छामा जोस थपिदियो। सन् २०१८ को मे १ मा, अँध्यारो समयबाट गुज्रेर गएलगत्तै, मैले परमेश्‍वरलाई फेरि पनि सारा हृदय र प्राणले प्रार्थना गरेँ। मलाई साँच्‍चै नै पहिले नबुझेका सबै कुरा बुझ्‍न मन लाग्यो। मैले भनेँ, “हे परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि दिनुहोस्। मलाई थाहा छ तपाईं चाँडै आउँदै हुनुहुन्छ। बिन्ती छ, मलाई तपाईंको इच्‍छा बुझ्‍न सहयोग गर्नुहोस्।” प्रार्थना गरिसकेपछि म सुतेँ।

भोलिपल्‍ट, म सदाझैँ काममा गएँ। म लन्च ब्रेकमा लेक जेनेभाको किनारमा गएँ र बेन्चमा बसेँ र प्रार्थनामा परमेश्‍वरको अघि आएँ। त्यसपछि मैले पर एक जना व्यक्तिलाई देखेँ, अनि तिनलाई सुसमाचार सुनाउने उद्देश्यले तिनीकहाँ गएँ। अचम्‍मको कुरा, तिनले भने, “ब्रदर, तपाईंलाई थाहा छ? प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ।” यो सुन्दा म चकित भएँ र सोचेँ, “किन यो ब्रदरले यसो भन्यो? के प्रभु साँच्‍चै नै फर्केर आउनुभएको हो?” म तीनछक परेँ। हामीले कुराकानी जारी राख्‍ने क्रममा एकपछि अर्को प्रश्‍न उठे: के प्रभु फर्कनुभएको छ? प्रभु कसरी फर्कनुभयो? हामीले कुराकानी सक्दै गर्दा, तिनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइट एड्रेस दिए र भने, “तपाईंले यसबारे थप कुरा यहाँ हेर्न सक्‍नुहुन्छ।”

अफिसमा फर्कनेबित्तिकै मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइट खोलेँ। मैले पहिलोपटक देखेको कुरा याद छ, र यो “आखिरी दिनहरूका ख्रीष्‍ट चीनमा देखा पर्नुभएको छ” भन्‍ने थियो। मलाई यो कुरा थाहा थिएन। यो देख्दा म साँच्‍चै चकित भएँ। अझै अचम्‍मको कुरा त के थियो भने त्यहाँ विभिन्‍न पुस्तक-पुस्तिका राखिएका रहेछन्, जसमध्ये दुई वटामा मेरो ध्यान गयो: वचन शरीरमा देखा पर्नुहुन्छ र आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू। यो के रहेछ भनेर मलाई बुझ्‍न धेरै मन लाग्यो, त्यसकारण मैले वचन देहमा देखा पर्नुहुन्छ खोलेँ र एउटा खण्ड देखेँ। यसले ममा अमेट छाप छोड्यो। “मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति तिमीहरूको बफादारीता शुद्ध र सम्पूर्ण हृदयको थियो? के मेरो बारेमा तिमीहरूको ज्ञान सत्य थियो? तिमीहरूको हृदयमा मैले कति ठाउँ ओगट्थें? के मैले तिमीहरूको हृदय पूर्ण रूपमा भरेको थिएँ? मेरा वचनहरूले तिमीहरूभित्र कति कुरा पूरा गर्‍यो? मलाई मूर्ख नठान्! यी कुराहरू मेरा निम्ति पूरा स्पष्ट छन्! आज, मेरो उद्धारको आवाज निस्‍कने क्रममा, के मप्रतिको तिमीहरूको प्रेममा केही वृद्धि भएको छ? के मप्रतिको तिमीहरूको वफादारीताको अंश शुद्ध भएको छ? के मबारे तिमीहरूको ज्ञान गहिरो भएको छ? के विगतमा चढाइएको प्रशंसाले आज तिमीहरूको ज्ञानका लागि एक ठोस आधार बसालेको छ? तिमीहरू कतिसम्म मेरो आत्माद्वारा ओगटिएका छौ? मेरो स्वरूपले तिमीहरूभित्र कति स्थान ओगट्छ? के मेरा भनाइहरूले तिमीहरूको केन्द्रमै प्रहार गरेको छ? के तिमीहरूलाई साँच्चै तिमीहरूका सर्म लुकाउने ठाउँ कहीँ पनि छैन भन्‍ने लाग्छ? के तिमीहरू मेरा मानिसहरू हुन अयोग्य छौ भन्‍ने साँच्‍चै विश्‍वास गर्छौ? यदि तिमीहरू माथिका प्रश्नहरूबारे पूर्ण रूपमा अनजान छौ भने, त्यसले तिमीहरू धमिलो पानीमा माछा मार्दैछौ, तिमीहरू केवल सङ्ख्या थप्न मात्र उपस्थित छौ भन्ने देखाउँछ, र त्यस बेला मद्वारा पूर्वनिर्धारित भएर तिमीहरू निश्चय नै हटाइनेछौ र दोस्रो चोटि अतल कुण्डमा फालिनेछौ। यी मेरा चेतावनीका वचनहरू हुन्, र यसलाई हल्‍का रूपमा लिने जो-कोहीलाई पनि मेरो न्यायद्वारा प्रहार गरिनेछ, र तोकिएको समयमा विनाशको सामना गराइनेछ। के यो यस्तै होइन र?(वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ४”)। यी वचनहरू यति अख्तियारपूर्ण लाग्यो कि मानौँ परमेश्‍वर स्‍वयम्‌ मसँग आमनेसामने बोलिरहनुभएको छ। परमेश्‍वरले मलाई यो कुरा सोधिरहनुभएको छ जस्तो लाग्यो: के तँमा मप्रति साँचो प्रेम छ? के मप्रतिको तेरो समर्पण साँचो छ? त्यो बेला मलाई निकै अप्ठ्यारो लागेको थियो किनभने, साँचो कुरा भन्दा, मैले प्रेमको कारण होइन, बरु काम पूरा गर्नको लागि परमेश्‍वरको सेवा गरिरहेको थिएँ। मेरो प्रार्थनामा एउटा गम्भीर समस्या थियो। म प्रभुबाट निरन्तर विभिन्‍न मागहरू गरिरहेको हुन्थेँ, र भन्थेँ, “हे परमेश्‍वर, मलाई कार चाहिएको छ, म यस्तो घर चाहन्छु, म त्यस्तो जागिर चाहन्छु, मलाई यस्ती श्रीमती चाहिन्छ, र त्यस्तो तलब चाहिन्छ।” यो सबै अनुचित कुरा हुन् भन्‍ने मलाई थाहा भयो। अझै खराब कुरा त, प्रभुले मेरा लालची इच्‍छाहरू पूरा नगर्नुहुँदा, म उहाँविरुद्ध विद्रोह गर्थेँ र उहाँलाई दोष दिन्थेँ। मलाई यस कुराप्रति लाज लाग्यो र मलाई लुक्‍न मन लाग्यो किनभने मेरो वास्तविकता पर्दाफास भएको थियो। त्यसपछि, मलाई यस्तो अनुभव भयो, मानौँ म आफ्‍ना आमाबुबाको सामना गरिरहेको बच्‍चा हुँ जसलाई उसको खराब बानीबेहोराको कारण हप्काइँदै छ। यो कुरा निकै मन छुने थियो, र मलाई निकै खुशी लाग्यो किनभने मलाई परमेश्‍वर मसँग आमनेसामने बोलिरहनुभएजस्तो लाग्यो। मलाई यो परमेश्‍वरको आवाज हो भन्‍ने लाग्यो, किनभने परमेश्‍वरले मात्रै मानव हृदय देख्‍न सक्‍नुहुन्छ। यसले मलाई गहन प्रभाव पार्‍यो। मसँग कुनै बहाना थिएन, र मैले बोल्‍ने कुनै शब्‍द भेटिनँ। मलाई यो परमेश्‍वरको आवाज हो भन्‍ने पनि पक्‍का भयो, त्यसकारण मैले पढिरहेँ। मैले धेरै खण्डहरू पढेँ। परमेश्‍वर मसँग शक्ति र अख्तियारसाथ बोलिरहनुभएजस्तो लाग्यो। मैले यसबाट आफूलाई अलग गर्नै सकिनँ।

मलाई याद छ, एउटा खण्डले ममा ठूलो छाप छोडेको थियो। “म सबै कुराहरूलाई उच्‍च-स्थानबाट तल हेर्छु, र सबै कुराहरूमाथि उच्‍च-स्थानबाट प्रभुत्वको अभ्यास गर्छु। यसै गरी मैले मेरो मुक्तिलाई यस पृथ्वीमा ठीक ठाउँमा राखेको छु। मानिसका हरेक चाल र उनीहरूले भन्ने र गर्ने सबै कुरा मेरो गोप्य स्थलबाट मैले नहेर्ने त्यस्तो कुनै क्षण छैन। मानिसहरू मेरो लागि खुला किताब हुन्: उनीहरू प्रत्येकलाई र सबैलाई म हेर्छु र चिन्छु। गोप्य स्थल मेरो निवास हो, र समग्र आकाश-मण्डल म सुत्ने ओछ्यान हो। म प्रताप, धार्मिकता, र न्यायद्वारा परिपूर्ण भएकाले शैतानका फौजले मलाई भेट्न सक्दैनन्(वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ५”)। मलाई यी वचनहरू परमेश्‍वरको अख्‍तियारले भरिपूर्ण भएझैँ लाग्यो। परमेश्‍वरबाहेक अरू कसले हाम्रो हृदय देख्‍न सक्छ? परमेश्‍वरबाहेक अरू कसले त्यति शक्ति र अख्तियारसाथ हामीसँग सीधै बोल्‍न सक्छ? परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभयो, र परमेश्‍वरले मात्रै हाम्रो हृदयभित्र लुकेका कुराहरू देख्‍न सक्‍नुहुन्छ। मलाई यी वचनहरू परमेश्‍वरबाट आएका हुन् भन्‍ने निश्‍चित भयो र म निकै उत्साहित भएँ। मैले यस्तो अनुभव कहिल्यै गरेको थिइनँ। त्यस दिन मैले धेरै वचन पढेँ र सधैँभन्दा तीन घण्टा ढिलो घर गएँ। मलाई यी वचनहरू साँच्‍चै नै विशेष लागे। घर फर्किँदा, म बारम्‍बार यसो भनिरहेको हुन्थेँ, “हे परमेश्‍वर, म तपाईंलाई साँच्‍चै नै धन्यवाद दिन्छु! मैले तपाईंको आवाज चिनेँ र तपाईं फर्केर आउनुभएको छ भन्‍ने मलाई थाहा भयो। मैले तपाईंको अख्‍तियार देखेँ। सारा महिमा तपाईंलाई नै होस्!” म निकै हर्षित, र उत्साहित थिएँ। मलाई अघिल्‍लो रातको प्रार्थना याद आयो। मैले उहाँको पुनरागमनमा उहाँको इच्‍छा बुझ्‍न उहाँलाई प्रार्थना र अनुरोध गरिरहेको थिएँ। त्यस बेला मलाई परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुभएछ भन्‍ने थाहा भयो। अझै अचम्‍मको कुरा के थियो भने, उहाँले मेरो प्रार्थनाको उत्तर दिनुभएको थियो। यो साँच्‍चै अपत्यारिलो कुरा थियो! तर यो बेला, ममा प्रश्‍नहरू पनि उठे, जस्तै: प्रभु आउनुभएको हो भने, उहाँ कसरी आउनुभयो? उहाँले के काम गर्दै हुनुहुन्छ? यी प्रश्‍नहरूको जवाफ खोज्‍नको लागि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेँ।

तिनीहरूले के बताए भने, प्रभु मानिसको पुत्रको रूपमा देह बन्‍नुभएको छ र उहाँ गुप्त रूपमा आउनुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, र उहाँले सत्यताहरू व्यक्त गर्दै नयाँ काम गरिरहनुभएको छ। यो बाइबलमा अगमवाणी गरिएको मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिनको लागि परमेश्‍वरको घरबाट सुरु हुने आखिरी दिनहरूको न्यायको काम हो। म पूरै स्तब्ध भएँ। तिनीहरूले बाइबलका कतिपय पदहरूबारे निकै अन्तर्दृष्टिपूर्ण सङ्गति दिए, जस्तै प्रकाश १६:१५, “हेर, म चोरजस्तै आउँछु।” लूका १२:४० पनि, “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ।” यी पदहरूले प्रभु देहमा आउनुहुनेछ र मानिसको पुत्रको रूपमा गुप्त रूपले आउनुहुनेछ भनेर भनेका रहेछन्। “मानिसको पुत्र” ले अवश्य नै परमेश्‍वरका आत्मा वा उहाँको आत्मिक शरीरलाई जनाउँदैन, बरु सामान्य मानवता र परमेश्‍वरको सार भएको मानिसको रूपमा जन्‍मनुलाई जनाउँछ। यो दुई हजार वर्षपहिले प्रभु येशू आउनुभएजस्तै हो। उहाँ साधारण व्यक्ति जस्तो देखिनुहुन्थ्यो, तर उहाँ सारमा परमेश्‍वर नै हुनुहुन्थ्यो। त्यसपछि, तिनीहरूले प्रकाश ३:२० बारे पनि सङ्गति गरे, जसमा प्रभुले ढोका ढकढक्याउनुहुन्छ भनेर उल्‍लेख गरिएको छ। “ढकढक्याउनु” ले प्रभुले आखिरी दिनहरूमा मानिसहरूको हृदयको ढोका ढकढक्याउन नयाँ वचनहरू व्यक्त गर्नुलाई जनाउँछ भन्‍ने मलाई थाहा भयो। साँचो विश्‍वासीहरूले प्रभुका वचनहरू सुनेपछि त्यसलाई परमेश्‍वरको आवाज हो भनी पहिचान गर्छन्, र परमेश्‍वरको अघि लगिने र प्रभुको पुनरागमनलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू तिनीहरू नै हुन्। यसले प्रभु येशूको अगमवाणीलाई पनि पूरा गर्छ: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। म चकित भएँ। मैले यो परमेश्‍वर देह भई पृथ्वीमा काम गर्न आउनुभएको यो दोस्रोपटक हो, र म संसारमा जिइरहेको बेला, एउटै सास फेरिरहेको बेला यो घटना घटेको छ, र उहाँ कुनै पनि सामान्य व्यक्तिजस्तै देखिनुहुन्छ भनेर सोचेँ। मलाई यो निकै अचम्‍म लाग्यो! म सधैँ परमेश्‍वर माथि आकाशमा हुनुहुन्छ भनेर सोच्‍ने गर्थेँ, र आखिरी दिनहरूमा, परमेश्‍वर बोल्‍न र नयाँ काम गर्न देहमा पृथ्वीमा आउनुहुनेछ भनेर कहिल्यै कल्‍पना गरेको थिइनँ।

त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई परमेश्‍वरको देहधारणको विषयमा परमेश्‍वरका वचनहरूको केही खण्ड पढेर सुनाए। “त्यो ‘देहधारण’ परमेश्‍वर देहमा देखा पर्ने घटना हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्ने हो(वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार”)। “देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बन्‍नुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरू वहन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो(वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो”)। मैले परमेश्‍वरका वचनहरूका यी खण्डहरू पढेपछि, परमेश्‍वरको देहधारण भनेको परमेश्‍वरका आत्माले देह धारण गर्नु र मानवजातिलाई मुक्ति दिन पृथ्वीमा बोल्‍न र काम गर्न आउनु हो भन्‍ने थाहा पाएँ। बाहिरी रूपमा ख्रीष्‍ट साधारण व्यक्तिजस्तै देखिनुहुन्छ, र उहाँले अरूले जस्तै खानुहुन्छ, लाउनुहुन्छ, सुत्‍नुहुन्छ, तर उहाँमा ईश्‍वरीय सार छ। उहाँले सारा मानवजातिसँग परमेश्‍वर स्‍वयम्‌ भएर बोल्‍न सक्‍नुहुन्छ र उहाँले मानवले कहिल्यै व्यक्त गर्न नसक्‍ने सत्यताहरू व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्न र परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्‍नुहुन्छ। बाहिरबाट, ख्रीष्ट अरूजस्तै देखिनुहुन्छ र हामीले उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍न सक्दैनौँ, तर जब हामी उहाँले बोलेको सुन्छौँ, तब उहाँका वचनहरू यो संसारका होइनन् भन्‍ने थाहा हुन्छ। उहाँले कसैले कहिल्यै नदेखेका वा नसुनेका सत्यता र रहस्यहरू स्पष्ट पार्न सक्‍नुहुन्छ। उहाँले मानवजातिभित्र लुकेको भ्रष्टतालाई प्रकट गर्न सक्‍नुहुन्छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो परमेश्‍वर स्‍वयम्‌ले व्यक्त गर्नुभएको हुन्छ। त्यसैले हामी उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौँ। विगतमा प्रभु येशूले काम गर्नुहुँदा, उहाँ बाहिरबाट हेर्दा सामान्य व्यक्तिजस्तै देखिनुहुन्थ्यो, तर उहाँ सारा मानवजातिको पापबलि बन्‍न सक्‍ने, हाम्रा सबै पाप हटाउन सक्‍ने हुनुहुन्थ्यो। उहाँले हामीलाई शान्ति र आनन्द, अनि प्रशस्‍त अनुग्रह दिन सक्‍नुभयो। उहाँबाहेक कसैले पनि यस्तो काम गर्न सक्दैनथ्यो किनभने मानिसहरू केवल मानिस हुन्, र तिनीहरूमा परमेश्‍वरको सार हुँदैन। ब्रदर-सिस्टरहरूले के भनेर पनि सङ्गति गरे भने सर्वशक्तिमान्‌ परमेश्‍वर पनि प्रभु येशूजस्तै हुनुहुन्छ। बाहिरबाट हेर्दा उहाँ साधारण व्यक्तिजस्तो देखिनुहुन्छ, तर उहाँमा परमेश्‍वरको सार छ। उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दै हुनुहुन्छ, मानवजातिलाई धुने र मुक्ति दिने सबै सत्यता व्यक्त गरिरहनुभएको छ, र कुनै पनि मानिसले कहिल्यै खोल्‍न नसकेका रहस्यहरू खोलिरहनुभएको छ। विशेष गरी परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना, शैतानले मानिसहरूलाई के-कसरी भ्रष्ट तुल्याउँछ, र मानिसहरूको शैतानी प्रकृतिको बारेमा उहाँको खुलासा—परमेश्‍वरले बाहेक अरू कसैले पनि यी सत्यताहरू व्यक्त गर्न सक्दैन। कुनै पनि मानिसले त्यसो गर्न सक्दैन। यसले सर्वशक्तिमान्‌ परमेश्‍वरसँग ईश्‍वरीय सार छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ।

यो सब सुनेपछि यसले मलाई देहधारणका केही सत्यताहरू बुझ्‍न मदत गर्‍यो, र मैले ख्रीष्‍टसँग सामान्य मानवता र ईश्‍वरीय सार दुवै छ भन्‍ने थाहा पाएँ। परमेश्‍वरबारे मेरा कतिपय अस्पष्ट कल्‍पना र धारणाहरू हटे। यसले मलाई निकै स्वतन्त्र अनुभव गरायो। देहधारी परमेश्‍वरलाई देख्‍न र छुन सकिन्छ, र उहाँ मानिसहरूसँग आमनेसामने बोल्‍न सक्‍नुहुन्छ। परमेश्‍वर आखिरी दिनहरूमा देह बन्‍नुभएको र उहाँले सारा मानवजातिलाई मुक्ति दिन व्यक्तिगत रूपमा सत्यताहरू व्यक्त गर्नुभएको कुरालाई सोच्दा, मलाई निकै उत्साह मिल्यो र मन पनि छोयो। तर परमेश्‍वर न्यायको काम गर्न दोस्रोपटक देहधारी भएर आउनुभएको छ भन्‍ने सुन्दा, मलाई अलिक शङ्का पनि लाग्यो र डर पनि लाग्यो। प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न आउनुभएको छ भन्‍ने सुन्दा मलाई अलिक चिन्ता लाग्यो किनभने म पापमा जिइरहेको थिएँ। म प्रभुको न्यायमा दोषी ठहरिएर दण्डित हुन्छु कि भन्‍ने लाग्यो। त्यसैले मलाई चिन्ता लाग्यो। तर ब्रदर-सिस्टरहरूसँग सङ्गति गरिसकेपछि, मैले परमेश्‍वरको न्यायको कार्य हामीलाई दोषी ठहर्‍याउन र दण्ड दिनका लागि होइन, हामीलाई धुन र मुक्ति दिनका लागि हो भन्‍ने थाहा पाएँ। यो व्यावहारिक मुक्ति हो। वास्तवमा, प्रभु येशूले मुक्तिको कामको एउटा भाग मात्रै पूरा गर्नुभयो। उहाँले हाम्रो पापको दोष मात्र माफ गर्नुभयो। तर हाम्रो पापीपनको जड हटाइएको थिएन। हामीले परमेश्‍वरको लागि आफूलाई समर्पित गरे पनि र देखावटी रूपमा केही असल काम गरे पनि, हाम्रो प्रकृति शैतानी स्वभावहरूले भरिएको हुन्छ जस्तै, अहङ्कार, कपट, र जिद्दीपन। हामीभन्दा राम्रो गर्नेहरूलाई हामी प्रायजसो डाहा गर्छौँ र हामीले जीवनमा गर्ने हरेक कुरा आफ्‍नै लागि हुन्छ। हामी अत्यन्तै स्वार्थी छौँ। हामी पूर्ण रूपमा हाम्रो शैतानी स्वभावको नियन्त्रण र बन्धनमा हुन्छौँ र पापको बन्धनबाट कसरी उम्‍कने हामीलाई थाहा हुँदैन। यो तथ्य हो, र हामीले हरेक दिन देख्‍न सक्‍ने कुरा हो। त्यसले मलाई एउटा बाइबल पद स्मरण गरायो: परमेश्‍वरले भन्‍नुभयो, “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। यो पदले स्पष्‍ट रूपमा के देखाउँछ भने हामी अझै स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छैनौँ किनभने हामी कोही पनि पवित्र छैनौँ। त्यसैले आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वरले, आखिरी दिनहरूमा हामीलाई धुन र मुक्ति दिन न्यायको काम गर्नुहुन्छ, ताकि हामी पापका बन्धनहरूबाट पूर्ण रूपमा मुक्त हुन सकौं र परमेश्‍वरको डर मान्‍ने र उहाँमा समर्पित हुने, अबउप्रान्त पाप नगर्ने र परमेश्‍वरको विरोध नगर्ने मानिस बन्‍न सकौँ। परमेश्‍वरको न्यायको कामको उद्देश्य त्यही हो, र यसले प्रभु येशूका अगमवाणीहरू पूरा गर्छ: “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। “तिमीहरूले सत्य जान्‍नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ(यूहन्‍ना ८:३२)

त्यसपछि हामीले न्यायको कामको बारेमा स्पष्ट व्याख्या गर्ने अर्को खण्ड पढ्यौँ। परमेश्‍वरका वचनहरूले भन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)। त्यसपछि एक जना ब्रदरले सङ्गति दिए, “आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई न्याय गर्न र धुन सत्यताहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूले हाम्रो शैतानी प्रकृतिलाई साथै हाम्रो भ्रष्टताको सत्यतालाई खुलासा र न्याय गर्नुहुन्छ, र परीक्षा र शोधनद्वारा हाम्रो भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई समाधान गर्नुहुन्छ ताकि शैतानले मानवजातिलाई कति गहन रूपमा भ्रष्ट पारेको छ सो हामीले स्पष्ट देख्‍न सकौँ, र हाम्रो प्रकृतिको अहङ्कार, कुटिलपन, र कपटलाई देख्‍न सकौँ। सबैभन्दा दुःखलाग्दो कुरा के हो भने हामीले परमेश्‍वरमा विश्‍वास गर्दै उहाँमा आफैलाई समर्पित गरे पनि, र बाहिरी रूपमा केही असल काम गरे पनि, ती कुरा परमेश्‍वरको प्रेम वा समर्पणको कारण गरिएका हुँदैनन्, ती आशिष्‌ र इनाम पाउनका लागि, र परमेश्‍वरसँग लेनदेन गर्नका लागि गरिएका हुन्छन् भन्‍ने हामी देख्छौँ। परमेश्‍वरको काम हाम्रा विचार र धारणाहरूसँग नमिल्‍नेबित्तिकै, हामी पनि फरिसीहरूले जस्तै परमेश्‍वरलाई इन्कार र अवहेलना गर्छौँ। परीक्षाहरू र आपत्‌को बेला हामी परमेश्‍वरलाई दोष दिन्छौँ र हामी पूर्ण रूपमा आफ्‍नै भ्रष्ट स्वभावमा जिउँछौँ। यसले हामी अझै शैतानको शक्तिको अधीनमा जिइरहेका छौँ, पूर्ण रूपमा शैतानको स्वामित्वमा छौँ भन्‍ने देखाउँछ। त्यस्तो व्यक्ति कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ? परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशद्वारा हामीले हाम्रो आफ्‍नै साँचो स्थिति र हाम्रो भ्रष्टताको सत्यता देख्छौँ, र हामी परमेश्‍वरको इच्‍छा पछ्याउन असमर्थ छौँ र हाम्रो कुनै पनि काम वा व्यवहारले उहाँलाई सन्तुष्ट तुल्याउँदैन भन्‍ने कुरा थाहा पाउँछौँ। त्यसपछि हामी पछुतोले भरिन्छौं र परमेश्‍वरको अघि पश्‍चात्ताप गर्न तयार हुन्छौँ। परमेश्‍वरको न्याय र सजायबाट गुज्रेर, हामीले परमेश्‍वरको स्वभावमा प्रेम र कृपा मात्रै छैन, धार्मिकता, प्रताप, क्रोध, र अनन्त दण्ड पनि छ भन्‍ने पत्ता लगाउँछौँ। हामीले परमेश्‍वरको डर मान्‍न थाल्छौँ र सचेत भई देहलाई परित्याग गर्न र परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्छौँ। परमेश्‍वरप्रति हामीमा केही आज्ञाकारिता देखा पर्छ र हाम्रो जीवन स्वभाव परिवर्तन हुन थाल्छ। त्यसपछि हामीले साँचो रूपमा परमेश्‍वरको न्याय, सजाय, र परीक्षा र शोधन उहाँका सबैभन्दा महान् मुक्ति र प्रेम हुन् भन्‍ने अनुभव गर्छौँ।”

ती ब्रदरको यो कुरा सुनेर, मैले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम कति महान् छ भन्‍ने अनुभूति गर्न सकेँ। परमेश्‍वरको आखिरी दिनहरूको न्याय अनुभव नगरीकन, हामीले हाम्रो भ्रष्टताको सत्यता कहिल्यै बुझ्‍दैनौँ वा साँचो पश्‍चात्ताप गरेर परमेश्‍वरको अघि आउन सक्दैनौँ। म भने, हरेक दिन प्रभुलाई प्रार्थना र पापस्वीकार गर्दै, र त्यसपछि बाहिर आई फेरि त्यही पाप गरिरहेको हुन्थेँ। म पश्‍चात्ताप त गर्थेँ तर कहिल्यै परिवर्तन हुँदिनथेँ; म निरन्तर पापमा जिइरहको थिएँ। म पूर्ण रूपमा मेरो भ्रष्ट प्रकृतिको नियन्त्रणमा छु भन्‍ने मलाई थाहा भयो, र त्यस्तो स्थितिमा, मैले कसरी स्वर्गको राज्यमा प्रवेश गरेर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छु? त्यो असम्‍भव हुनेछ। पहिले, म सधैँ के सोच्थेँ भने यदि मैले राम्रो व्यवहार गरेको जस्तो गरेँ भने, परमेश्‍वरले मलाई अनुमोदन गर्नुहुन्छ। तर अहिले थाहा भयो, परमेश्‍वर हामीभित्रका शैतानी कुराहरू परिवर्तन भएको चाहनुहुन्छ। त्यस बेला मात्रै मैले हाम्रो लागि न्यायको काम कति महत्त्वपूर्ण छ, र कामको यो चरणविना, कसैले पनि मुक्ति पाउन सक्दैन भन्‍ने महसुस गरेँ। हाम्रो भ्रष्ट स्वभावलाई धुन आखिरी दिनहरूमा परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ ताकि हामी परमेश्‍वरसँग मिल्दो भएर उहाँको राज्यमा प्रवेश गर्न सकौँ। परमेश्‍वरको प्रेम अत्यन्तै सच्‍चा र व्यावहारिक छ!

हरेक दिन सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा पूर्ण रूपमा निश्‍चित भएँ। उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ। त्यसमा कुनै शङ्का छैन। त्यहाँदेखि, हरेक दिन मण्डली जीवनमा सहभागी भएर र ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर, मैले परमेश्‍वरलाई कसरी चिन्‍ने भनेर सिकेँ र परमेश्‍वरका वचनहरूको प्रशस्‍त मलजल र भरणपोषणमा रमाउन थालेँ। म पहिलेजस्तो मेरो कल्‍पनाको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्दिनँ, बरु देहधारी व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्छु जो मानवजातिमाझ हिँडडुल गर्दै काम गर्नुहुन्छ, र जसले जुनसुकै समय र स्थानमा सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। मैले परमेश्‍वरको आवाज सुनेको छु, र उहाँका वचनहरूको प्रशस्‍त मलजल र भरणपोषण प्राप्त गरेको छु, र पवित्र आत्‍माको काम चाखेको छु। म साँच्‍चै नै प्रभुको छेउमा आएको छु। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई उहाँको मुक्तिको लागि धन्यवाद! यो मेरो लागि सबैभन्दा ठूलो आशिष्‌ हो!

अघिल्लो: १६. अब म डरले लुरुक्क पर्दिनँ

अर्को: २१. एउटा गलत रिपोर्ट

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३४. आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्