१९. के दयालु हुनु भनेको असल मानवता हुनु हो?

वाङ यिन, चीन

सन् २०१६ मा, सिस्टर डिङ रुई र मलाई केही मण्डलीहरूको काम निरीक्षणका लागि सहकार्य गराइएको थियो। त्यसको केही समयपछि, एक उच्च अगुवाले डिङ रुईलाई एउटा मण्डलीमा त्यहाँको एउटा प्रतिवेदन पत्रको मामिला सम्हाल्न पठाए। तर, उनी छिट्टै फर्किइन्। म त्यहाँको समस्या जटिल छ भन्‍ने सोचिरहेकी थिएँ। उनी यति चाँडै फर्किइन्—के उनले समस्या समाधान गरिन् त? अचम्म नलाग्ने गरी, केही समयमै डिङ रुईका लागि माथिल्लो अगुवाबाट पत्र आयो र त्यसमा उनले समस्या पूर्ण रूपमा समाधान नगरेको र त्यो समस्या फेरि हेर्न अरू कोही जानुपर्ने भनिएको थियो। अगुवाले डिङ रुईलाई केही वास्तविक आत्म-चिन्तन गर्न र त्यसबाट पाठ सिक्न भने। डिङ रुईले त्यो पढेपछि निकै निराश भइन् र भनिन्, “मैले आफ्नो कर्तव्यपालनमा वास्तविक समस्या समाधान गर्न सक्दिनँ र मण्डलीको कामलाई ढिला गराएँ।” मलाई त्यो प्रतिवेदन पत्रमा के छ भन्‍ने केही जानकारी थियो, र त्यो निकै जटिल मुद्दा थियो। यसमा धेरै व्यक्तिहरूको संलग्नता थियो, र धेरै कुराहरूमा सङ्गति आवश्यक पर्ने थियो। संलग्न व्यक्तिहरूसँग व्यक्तिगत रूपमै कुरा गर्नुपर्ने थियो, त्यसैले यो काम छिट्टै पूरा गर्न सकिने थिएन। मलाई डिङ रुईले यी कुराहरू छिटो टुङ्ग्याउन धेरै हतार गरेकी त होइनन् भन्‍ने लाग्यो। मैले उनलाई यो कुरा औँल्याएर आत्म-चिन्तन गर्न र आफूलाई बुझ्न मद्दत गरूँ कि भन्‍ने सोचेँ। तर, त्यसपछि मैले के सोचेँ भने उनी पहिल्यै दुःखी छिन्, यदि मैले उनका समस्याहरू औँल्याएँ भने, उनी लज्जित महसुस गरेर अझ नकारात्मक हुन सक्छिन्। अनि, उनले ममा सहानुभूतिको कमी छ भनेर मबाट टाढा भइन् र पूर्वाग्राही हुन थालिन् भने के होला? हामी भर्खरै सहकार्य गर्दै थियौँ, त्यसैले हाम्रो सम्बन्ध तनावपूर्ण भएमा मिलेर काम गर्न गाह्रो हुने थियो। त्यस्तो अवस्थामा, यदि मैले सान्त्वना दिने र हौसला दिने कुरा गरेँ भने, उनले मलाई समझदार र सजिलै मिल्ने व्यक्तिको रूपमा महसुस गर्ने थिइन्। त्यसैले मैले उनलाई सान्त्वना दिँदै, “हामीले आफ्नो काममा कहिलेकाहीँ गल्ती गर्नु र असफल हुनु एकदमै सामान्य कुरा हो। आफूमाथि धेरै कठोर नबन्नुहोस्। म प्रतिवेदन पत्रहरूको काममा नयाँ हुँदा, मैले तपाईंले भन्दा ठूला असफलताहरू भोगेकी थिएँ”, भनेँ। त्यसपछि मैले उनलाई आफ्नो काममा भोगेका असफलताका अनुभवहरू सुनाएँ। उनको अनुहारबाट तुरुन्तै त्यो चिन्तित भाव हरायो, र उनले खुसी हुँदै भनिन्, “म तपाईंले मेरो बारेमा के सोच्नुहुन्छ भन्‍ने कुरामा चिन्तित थिएँ। तपाईं यति मिजासिलो हुनुहुन्छ भनेर मैले कल्पना पनि गरेकी थिइनँ।” उनले त्यो कुरा भनेको सुन्दा म आफैँसँग धेरै खुसी भएँ। मलाई मेरो मानवता राम्रो छ र म बुझ्ने स्वभावकी छु जस्तो लाग्यो। अर्को पटक, डिङ रुईले मलाई उनी र एउटी सिस्टरले सँगै राम्ररी सहकार्य गर्न नसकेको कुरा बताइन्। उनी सधैँ ती सिस्टरका समस्याहरूको कुरा गर्थिन्, र ती कुरा गर्दा उनी निकै रिसाएकी देखिन्थिन्। उनी कुराहरूलाई अतिविश्लेषण गर्ने र उनमा स्वजागरूकताको कमी रहेको मैले देखेँ। मैले पहिले पनि अगुवाले उनीहरू मिलेर काम गर्न नसकेको बारेमा कुरा गरेको सुनेको सम्झिएँ। अर्की सिस्टरको अहङ्कारी स्वभाव थियो, तर डिङ रुई मानिस तथा कुराहरूको अतिविश्लेषण गर्न रुचाउँथिन्, र कुनै परिस्थिति आइपर्दा उनले त्यसलाई परमेश्‍वरमार्फत् स्वीकार गर्दैनथिन्। उनी मुख बिगार्थिन् र आफ्नो अभिमानमा चोट पुर्‍याउनेलाई बेवास्ता गर्थिन्। उनले कामको विषयमा उनीहरूसँग छलफल नगरी त्यसैमार्फत् आफ्नो रिस पोख्थिन्, जसले गर्दा काममा ढिलाइ हुन्थ्यो। अगुवाले उनीसँग सङ्गति गरे, तर उनले न आत्म-चिन्तन गरिन् न आफ्नो बारेमा केही सिकिन्। ती अर्की सिस्टरका केही समस्याहरू थिए, तर डिङ रुईका समस्याहरू अझ गम्भीर थिए। म उनका समस्याहरू औँल्याउन चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “यदि मैले कुनै कुरा बाँकी नराखी यसबारे कुरा उठाएँ भने, के उनले मलाई उनीप्रति अन्याय गरेको भन्लिन्? त्यसपछि, मैले उनको मप्रतिको राम्रो छाप गुमाउन्न त?” त्यसैले मैले उनलाई साथ दिँदै भनेँ, “तपाईंले सहकार्य गर्नुभएकी सिस्टरका पनि कतिपय क्षेत्रमा समस्याहरू थिए।”

पछि डिङ रुईको कर्तव्य परिवर्तन गरियो, र उनले फरक काम सम्हालिन्। मैले अर्की सहकर्मी पाएँ। मलाई देख्नेबित्ति्कै, उनले भनिन्, “तपाईंसँग सहकार्य गर्नुपर्ने कुरा सुनेपछि मलाई निकै तनाव जस्तो महसुस भयो। मैले तपाईंको मानवता राम्रो छ र तपाईं सबैसँग राम्रो सहकार्य गर्नुहुन्छ भन्‍ने सुनेकी छु। यदि हाम्रो सहकार्यमा समस्या आयो भने, म पूर्ण रूपमा प्रकट हुनेछु। यो पक्कै पनि मेरो मानवतासँग सम्बन्धित समस्या हुनेछ।” उनले त्यसो भन्दा, मैले आत्मचिन्तन गर्नुसट्टा आफैँलाई स्याबासी दिएँ। मलाई आफूमा साँच्चै असल मानवीय गुण भए जस्तो लाग्यो। अनि एक पटक, डिङ रुईसँग सहकार्य गर्ने एक सिस्टरले मलाई देखेपछि, “उनी र म सँगै राम्रोसँग काम गर्न सक्दैनौँ, तर उनी सधैँ तपाईं र उनले कति राम्रोसँग सहकार्य गरेको कुरा बताउँछिन्। सायद, म साँच्चै भ्रष्ट छु”, भनिन्। म के सोच्दै थिएँ भने ती सिस्टरले डिङ रुईका समस्याबारे ठाडै र अति स्पष्ट कुरा गर्ने भएकाले, डिङ रुईको अभिमानले यो सहन सकेन। डिङ रुईसँग कुराकानी गर्दा, म उनका समस्याहरूप्रति सहनशील र धैर्यशील रहेँ र उनीसँग विवाद गरिनँ। मैले उनीसँग कामका जुनसुकै समस्या पनि सक्रिय रूपमा छलफल गरेँ र उनका धेरै सुझावहरू माँगेँ। यसले कुनै विवाद हुन दिँदैनथ्यो। त्यसको लगत्तै, मैले अगुवाले डिङ रुई निकै अहङ्कारी छिन् र सत्यताहरू स्विकार्दिनन्—उनी कहिल्यै अरूसँग राम्रोसँग काम गर्न सक्दिनन् भनेको सुनेँ। उनलाई बर्खास्त गरियो किनभने सङ्गति पछि पनि उनमा परिवर्तन आएन र उनी आफ्नो कर्तव्यमा प्रभावहीन थिइन्। पछि अगुवाले मेरो समस्याहरूबारे कुरा उठाए र भने, “एक अगुवाको रूपमा, ब्रदर-सिस्टरहरूको समस्या जति नै गम्भीर किन नहोस्, यदि तपाईंले त्यसलाई कहिल्यै उठाउँनुहुन्न वा काटछाँट र खुलासा गर्नुहुन्न, र सधैँ सम्बन्धहरूकै मात्र ख्याल गर्नुहुन्छ भने, त्यो तपाईंको कामप्रतिको गैरजिम्मेवारी हो! तपाईंले डिङ रुईसँग पनि यस्तै गर्नुभयो। उनी अरूसँग राम्रोसँग काम गर्न सक्दिनन्, तर तपाईं विचारशील र समझदार हुनुहुन्छ भन्छिन् र तपाईंसँग काम गर्न खुशी हुन्छिन्। यस विषयमा तपाईंले चिन्तन गर्नुपर्छ!” त्यसपछि अर्का अगुवाले भने, “सबैले तपाईं समझदार र रमाइलो हुनुहुन्छ भन्दै पछिल्लो समय तपाईंको सकारात्मक मूल्याङ्कन गरेका छन्। सबैको हृदयमा तपाईंका लागि ठाउँ छ र उनीहरू कामकुराहरूमा सत्यता खोज्दैनन्। यो तपाईंको समस्या हो। यसरी काम गरेर, तपाईं परमेश्‍वरको महिमा बढाउने र उहाँको गवाही दिने काम गरिरहनुभएको छैन।” मलाई सुरुमा यसलाई स्वीकार्न गाह्रो भयो, आँसु आयो, अन्याय भएको महसुस भयो, र आफ्नो हृदयमा बहानाहरू बनाएँ। अरूले मेरो बारेमा राम्रो कुरा गर्नुको मतलब ममा असल मानवीय गुण थियो र मसँग घुलमिल हुन सजिलो थियो। उनीहरूले ममा समस्या छ भनी कसरी भन्न सक्थे? त्यसपछि, मेरी सहकर्मी सिस्टरले पनि मलाई आत्म-चिन्तन गर्न सम्झाइन्, त्यसैले मैले अन्ततः परमेश्‍वरसँग म आफैँलाई जान्नका लागि मलाई अन्तर्दृष्टि दिनुहोस् भन्‍ने अनुरोध गर्दै शान्तिपूर्वक उहाँको प्रार्थना गरेँ।

पछि मैले परमेश्‍वरको वचनहरूका दुई खण्ड पढेँ जसमा भनिएको थियो: “दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, यसबाट तैँले फाइदा पाउनका लागि तैँले तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, र तिनीहरूलाई आफ्नो भित्री मनका कुराहरू बताउनुपर्छ। आफ्नो कर्तव्य निभाउने क्रममा त झन् आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्नो भित्री मनका कुराहरू बताउनु अझै महत्त्वपूर्ण हुन्छ; तब मात्र तैँले सँगसँगै मिलेर काम गर्नेछस्। … जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र निष्कपटता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि निष्कपट हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौँ, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले निष्कपट रूपमा तँलाई भन्छ: ‘मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!’ अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्: ‘यो केही पनि होइन। तपाईँ नकारात्मक भइरहनुभएको हुनुहुन्‍न; मलाई पनि त्यस्तै हुने गर्छ।’ त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति निष्कपट हुँदैन। तँ उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति ऊसँग लापरवाह भइरहेको हुन्छस्; तँ ऊसँग इमानदारीपूर्वक बोल्‍नबाट जोगिएको हुन्छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उनीहरूका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्ति बन्‍नका लागि, यस प्रकारको परिस्थिति सामना गर्नुपर्दा, तैँले के गर्नुपर्छ? तैँले देखेका र पहिचान गरेका कुराहरू उसलाई बताउनुपर्छ: ‘मैले जे देखेको र अनुभव गरेको छु, त्यो म तपाईँलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ, तपाईँ नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईँले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईँले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र त्यसले तपाईँलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईँले यस कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्नुहुनेछ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईँलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईँ आफूलाई अपमान गरिएको र आफ्नो अहम्‌मा कसैले साथ नदिएको महसुस गर्नुहुन्छ, र तपाईँलाई सबैले तुच्छ ठान्छन्, तपाईँलाई आक्रमण गरिँदैछ र तपाईँमाथि त्यस्तो अन्याय त कहिल्यै भएको थिएन भन्‍ने सोच्नुहुन्छ, त्यसैले तपाईँ त्यो स्विकार्न सक्नुहुन्‍न र नकारात्मक बन्नुहुन्छ। तपाईँलाई के लाग्छ—के साँच्चै यस्तो भइरहेको छ?’ अनि यो सुनेर उसले कुरा यही नै हो भन्‍ने महसुस गर्छ। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्‍ने छैनस्। तैँले यसो भन्‍ने छस्, ‘म पनि प्रायः नकारात्मक नै बन्ने गर्छु,’ र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदा रहेछन् भन्‍ने सुन्छ, तब उसलाई नकारात्मक हुनु सामान्य नै रहेछ भन्‍ने लाग्छ, र अन्त्यमा, उसले आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। “संसारमा धेरै तथाकथित ‘असल मानिसहरू’ छन्, जो उच्च आदर्शका शब्दहरू बोल्छन्—सतहमा, तिनीहरूले कुनै ठूलो दुष्कर्म गरेजस्तो देखिँदैन, तर तिनीहरू वास्तवमा औधी छली र कुटिल हुन्छन्। तिनीहरू जता हावा बग्यो उतै बग्नमा सिपालु हुन्छन्, तिनीहरू चिप्लो र चतुर रूपमा बोल्छन्। तिनीहरू झूटा असल मानिसहरू र ढोँगीहरू हुन्—तिनीहरू केवल असल भएको नाटक गरिरहेका हुन्छन्। मध्यमार्गीहरू सबैभन्दा कपटी मानिसहरू हुन्। तिनीहरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू चिप्लो र चतुर हुन्छन्, तिनीहरू सबै परिस्थितिहरूमा मिल्न सिपालु हुन्छन्, र कसैले पनि तिनीहरूको गल्ती देख्न सक्दैन। तिनीहरू जीवित शैतानहरूजस्तै हुन्छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने यदि म अरूसँगको अन्तरक्रियाहरूमा सहयोगपूर्ण र चापलुसी गर्ने कुरा मात्र गर्छु, र मैले देखेका समस्याहरूलाई औँल्याउदिनँ भने, त्यो उनीहरूलाई साँचो रूपमा मद्दत गरेको होइन र त्यसले उनीहरूलाई कुनै फाइदा पुर्‍याउँदैन। परमेश्‍वर त्यसलाई बीचमा बसेर मानिसलाई प्रसन्न पार्ने धूर्त व्यवहार भन्नुहुन्छ। त्यो भनेको सबैलाई रिझाउनु, अनि कसैलाई रिस नउठाउनु, हावा जता बहन्छ त्यतै ढल्कनु हो। यो जीवित शैतान बन्नु हो। मेरो आफ्नै व्यवहारमाथि चिन्तन गर्दा, मैले के देखेँ भने म ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएको जस्तै प्रकारको व्यक्ति थिएँ। जब डिङ्ग रुईले त्यो प्रतिवेदन पत्र समाधान नगर्दा त्यो काम फेरि गर्नुपर्‍यो, उनले तुरून्तै प्रतिफल खोजेका कारण यस्तो भएको मैले थाहा पाएँ। मैले उनका समस्या औँल्याएर उनलाई आत्मचिन्तन गर्न मद्दत गर्नुपर्थ्यो। तर उनले म असंवेदनशील र मानवताविहीन छु भन्लिन् भनेर डराएकी थिएँ। त्यसैले मैले केही प्रेरणादायी शब्दहरू भनेँ, र आफ्ना असफलताबारे पनि कुरा गरेर उनलाई सान्त्वना दिएँ। मैले ती सबै कुरा भनेपछि, उनी दु:खी हुन छोडिन्, र उनले आफ्नो भ्रष्ट स्वभावमा खासै चिन्तन गरिनन्। अरूलाई मद्दत गर्न व्यक्तिगत अनुभवलाई सङ्गतिमा समावेश गर्नु ठीक हो, तर कुनै व्यक्तिले मुख्यतया आफ्नै असफलताहरू र आत्मज्ञानको प्रयोग गरेर अरूलाई आत्म-चिन्तन र आत्म-बुझाइमा मार्गदर्शन गर्नुपर्छ। तर म आफ्ना व्यक्तिगत असफलताहरू बताएर त्यो हासिल गर्न खोजिरहेकी थिइनँ। मेरो उद्देश्य डिङ्ग रुईलाई सान्त्वना दिनु थियो ताकि उनले सबैजना उत्तिकै भ्रष्ट हुन्छन् र गल्तीहरू सामान्य कुरा हुन् भन्‍ने महसुस गरून्। त्यसले अप्रत्यक्ष रूपमा उनलाई आफूलाई ज्यादै घुलमिल हुने मौका दियो। यो परमेश्‍वरको गवाही दिने काम होइन कि, बरु उनलाई भ्रमित पार्ने काम थियो। डिङ्ग रुईले अरूसँग राम्रोसँग काम गर्न नसकेको र सधैँ मानिस र कुराहरूको अतिविश्लेषण गरेको देखेर पनि, आफ्नो राम्रो छवि बचाउनका लागि मैले त्यो कुरा उनलाई देखाइदिइनँ र अर्की सिस्टरको समस्याबारे पनि उनीसँग सहमति जनाएँ। साथै, मैले उनलाई बेसोमती भएकी देखेर पनि, मैले उनलाई यसबाट उम्कन दिएँ। फलस्वरूप, उनले आफ्ना समस्याहरू देखिनन् र आफ्नो भ्रष्ट स्वभावमा जिउँदै आफैँमा लिप्त भइन्। के त्यसले उनलाई हानि पुर्‍याइरहेको थिएन?

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसमा भनिएको थियो: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। साँच्चै असल व्यक्ति सत्यतालाई स्विकार्न र परमेश्‍वरमा समर्पित हुन सक्छ, उनीहरू जिम्मेवार हुन्छन् र आफ्नो कर्तव्यभार बहन गर्छन्, सिद्धान्तपालन गर्छन् र मण्डलीको कामको संरक्षण गर्छन्। उनीहरू अरूप्रति पनि सिद्धान्तनिष्ठ हुन्छन्। अन्य ब्रदर-सिस्टरको समस्याहरू वा गल्तीहरू देखेमा, उनीहरूले उपयुक्त सङ्गति र मद्दत प्रदान गर्न सक्छन्। यदि कसैले सिद्धान्तहरू उल्लङ्घन गरेर मण्डलीको काममा गम्भीर अवरोध र बाधा ल्याउँछ भने, उनीहरूले आवश्यकतानुसार तिनलाई काटछाँट र खुलासा गर्न सक्छन्, अनि भावनामा बगेर वा उनीहरूको चित्त दुखाइएला कि भन्‍ने डरले काम गर्दैनन्, बरु सिद्धान्तहरू कायम राख्दै मण्डलीको कामको हिफाजत गर्न सक्छन्। त्यो साँच्चै राम्रो मानवता हुनु हो। म पहिले सोच्थेँ कि कसैलाई उसले गरेको गल्तीका लागि काटछाँट नगर्नु, उसको कमजोरी खुलासा नगर्नु, वा उसलाई लज्जित नगराउनु नै राम्रो मानवता भएको समझदार व्यक्ति हुनु हो। वर्षौँसम्म, मैले जोसँग कुरा गरे पनि, मैले सँधै मेरा शब्दहरू सान्त्वना दिने र मीठा बनाउने प्रयास गरेँ। म सँधै अरूलाई म समझदार र बुझकी छु भनेर कसरी महसुस गराउने भनी सोचिरहन्थेँ, उनीहरूको मनस्थितिलाई ध्यानमा राख्दै, हृदयस्पर्शी कुराहरू भन्थेँ। मैले अरूको कर्तव्यमा देखेका समस्याहरूलाई सिधै औँल्याउँदिनथेँ, र उनीहरूलाई भ्रममा पार्नका लागि मीठा, सान्त्वनादायी कुराहरू गर्थेँ, वा त्यसलाई धेरै हल्का बनाएर भन्थेँ। सबैले मलाई राम्रो मानवता भएको र सजिलै मिल्न सक्ने भएको भन्दै प्रशंसा गर्थे। मैले आफूलाई राम्रो व्यक्ति ठान्थेँ र त्यसमा गर्व गर्थेँ। परमेश्‍वरको वचनको खुलासाबाट मैले के बुझेँ भने वर्षौँसम्म, मैले जुन तरिकाले आफूलाई राम्रो व्यक्ति बनिरहेकी ठान्थेँ, ती वास्तवमा संसारिक व्यवहारका लागि शैतानका दर्शनहरू थिए। म राम्रो मानवता भएजस्तो देखिन्थेँ—म मिलनसार थिएँ र कसैको चित्त दुखाउँदिनथेँ। मैले सबैसँग राम्रो सम्बन्ध राखेँ, तर मेरो हृदयमा, मैले केवल आफ्ना स्वार्थहरूलाई मात्र प्राथमिकता दिएँ। म मेरो काम र अरूको जीवन प्रवेशप्रति पूर्णरूपले गैरजिम्मेवार थिएँ। म कुनै पनि तरिकाले राम्रो व्यक्ति थिइनँ। म स्वार्थी, घिनलाग्दो, र मानिसहरूलाई खुशी पार्ने छली, झूटो असल व्यक्ति थिएँ। मैले कसरी आफू राम्रो मानवता भएकी भनेर घमण्ड गर्थेँ र आफूलाई राम्रो व्यक्ति ठान्थेँ भन्‍ने कुरा विचार गर्दा, आफू निक्कै निर्लज्ज रहेकी पाएँ। जब मैले यो बुझेँ, मैले प्रार्थना गरेँ, “परमेश्‍वर, तपाईंका वचनहरूले मलाई वास्तविक राम्रो मानवता के हो भन्‍ने देखाएका छन्, म सत्यतालाई व्यवहारमा उतार्न चाहन्छु र राम्रो मानवता भएको व्यक्ति बन्न चाहन्छु।”

त्यसपछि, मण्डलीले मेरा लागि चेन लिन र लि युसँग मिलेर नयाँ विश्‍वासीहरूलाई मलजलको काम गर्ने व्यवस्था गर्‍यो। चाँडै नै मैले लि यु आफ्नो कर्तव्यप्रति लापरवाह र गैरजिम्मेवार छिन् भनेर पत्ता लगाएँ। उनी प्रायः व्यक्तिगत काममा व्यस्त हुन्थिन्, जसले गर्दा काममा ढिलाइ हुन्थ्यो। चेन लिन र मैले उनीसँग सङ्गति गर्‍यौँ, मण्डलीको काममा ढिलाइ नहोस् भनेर उनलाई प्राथमिकता निर्धारण गर्न लगायौँ। अचम्मको कुरा, उनले यो स्विकारिनन्, बरु बहाना बनाउँदै रिसाइन्। चेन लिनले परमेश्‍वरका वचनलाई समेटेर उनीसँग सङ्गति र उनका समस्याको विश्लेषण गरिन्, तर लि युमा आत्म-जागरूकता थिएन। उनले आफूमा आत्मिक स्तर कम भएको र सत्यतालाई व्यवहारमा उतार्न नसक्ने बताइन्। उनको यस्तो व्यवहार देख्दा, मैले सोचेँ कि यदि मैले उनको समस्या विश्लेषण गरिरहेँ भने, उनले निश्चितै म बढी काम लगाउने, मेरो मानवता राम्रो नभएको र मैले उनलाई नियन्त्रण गरिरहेको भन्‍ने थिइन्। हामी राम्रोसँग मिलेर काम गर्न सकौँ भनेर मैले उनलाई खुलासा गर्नुहुँदैन भन्‍ने महसुस गरेँ। त्यसैले, मैले विनम्रतासाथ उनलाई विश्‍वास दिलाएँ, “तपाईंको आत्मिक स्तर कम छ, र हामी यो कुरा बुझ्छौँ। भविष्यमा काममा ढिलाइ नगर्नुहोस्।” मैले यसो भन्दा लि युका खुम्चिएका आँखीभौँहरू सिधा भए, र उनी अब त्यति निराश रहिनन्। त्यसपछि, उनी मप्रति धेरै मिलनसार बनिन्। म धेरै खुशी भएँ र सङ्गतिका लागि मैले राम्रो तरिका अपनाएको जस्तो लाग्यो। मैले उनको समस्या औँल्याए तापनि, उनले अझै पनि मलाई राम्रो मानेकी थिइन्। पछि पनि, लि युको कर्तव्यपालनमा जिम्मेवारीको अभाव भइरह्यो, र उनी चेन लिन अरूलाई काममा धेरै दलाउने व्यक्ति भन्दै उनीप्रति पूर्वाग्राही समेत बनिन्। चेन लिनले मेरो समस्यालाई औँल्याइन् र भनिन, “के तपाईंलाई केही दिन अघिको लि युइसँगको तपाईंको सङ्गतिको प्रकृति कस्तो थियो थाहा छ? हामीले उनलाई आफूलाई चिन्न, आत्म-चिन्तन र पश्चात्ताप गर्न मद्दत गर्न उनीसँग सङ्गति गर्‍यौँ। तर तपाईंले जसरी कुरा समेट्नुभयो, त्यसले उनलाई आत्मचिन्तन गर्न मद्दत त गरेन नै, त्यसमाथि उनलाई तपाईं बुझ्ने, जबकि म चैँ उनलाई काममा धेरै दलाउने भनेर सोच्ने पनि बनायो। त्यसो गर्नु अवरोधात्मक र कमजोर देखाउने प्रकृतिको हो र यसले उनलाई केही मद्दत गरेन।” चेन लिनका शब्दहरू मेरा लागि अत्यन्त हृदयविदारक थिए। पिडामा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! काटछाँटको सामना गर्दा, मैले यस समस्याको गम्भीरता बुझ्न सकिनँ। तर मलाई के थाहा छ भने मैले हरेक दिन सामना गर्ने सबै कुरामा तपाईंको अनुमति छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र आफूलाई चिन्नका लागि मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एक खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने पहिलो विधि भनेको तिनीहरूको हृदय जित्नु हो। मानिसहरूको हृदय जित्ने कति वटा तरिकाहरू छन्? एउटा तरिका भनेको तिनीहरूलाई साना-साना निगाहद्वारा लोभ्याउनु हो। कहिलेकहीँ ख्रीष्टविरोधीहरू मानिसहरूलाई राम्रा कुराहरू दिन्छन्, कहिलेकहीँ तिनीहरूको तारिफ गर्छन्, कहिलेकहीँ तिनीहरूलाई ससाना प्रतिज्ञाहरू गर्छन्। अनि कहिलेकहीँ, ख्रीष्टविरोधीहरूले के देख्छन् भने कतिपय कर्तव्यहरूले मानिसहरूलाई चर्चामा आउन सहयोग गर्छन्, वा यी कर्तव्यहरू निर्वाह गर्ने व्यक्तिलाई फाइदा पुऱ्याउन सक्छन् र सबैलाई तिनीहरूको सम्मान गर्न लगाउन सक्छन् भन्‍ने अरूले सोच्छन्, र तिनीहरूले रिझाउन चाहेका मानिसहरूलाई नै यी कर्तव्यहरू बाँड्छन्। … कतिपय मानिस अत्यन्तै भावुक हुन्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफ्ना भावनाहरूका वशमा हुन्छन्, र तिनीहरूको अगुवा यसो भन्छ, ‘यो तपाईंको सानो कदका कारण हो, केही छैन।’ कतिपय मानिस आफ्ना कर्तव्यमा अल्छी र बेइमान हुन्छन्, तर तिनीहरूको अगुवाले तिनीहरूलाई हप्काउँदैन, बरु तिनीहरूलाई खुसी पार्न र तिनीहरूद्वारा असल व्यक्ति कहलिन, र आफू धेरै समझदार र प्रेमिलो छु भनेर देखाउन हरेक मोडमा ती मानिसहरूले सुन्न चाहने कर्णप्रिय कुराहरू भन्छन्। ती मानिसहरू सोच्छन्, ‘हाम्रो अगुवा स्नेही आमा जस्तै छ। ऊ साँच्चै हामीलाई प्रेम गर्छ—उसले साँच्‍चै नै परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ। ऊ वास्तवमै परमेश्‍वरबाट आएको हो!’ यसको अप्रत्यक्ष अर्थ के हो भने तिनीहरूको अगुवाले परमेश्‍वरको मुखपत्रका रूपमा काम गर्न सक्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छन्। के यस अगुवाको उद्देश्य यही हो? सायद यो कुरा त्यति स्पष्ट छैन, तर उसको एउटा उद्देश्य स्पष्ट छ: उसले मानिसहरूलाई ऊ सुन्दर अगुवा हो, अरूको ख्याल राख्छ, मानिसहरूको कमजोरीप्रति सहानुभूति राख्छ, र तिनीहरूको हृदय राम्ररी बुझ्छ भनेर भन्‍न लगाउँछ। जब मण्डली अगुवाले दाजुभाइ-दिदीबहिनीहरूले लापरवाह रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छ, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि, नहप्काउन सक्छ। उसले परमेश्‍वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्‍चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्‍नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्‍वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्‍ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झूटो अगुवाले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा विश्लेषण गर्दैन। ऊ कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूमा लिप्त हुन्छन्, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्‍ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्‍दहरू बोल्छ। परिणामस्वरूप, परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्‍वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्‍वरले भन्दा बढी बुझेको छ। परमेश्‍वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्‍वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्‍न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्‍वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्‍दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्‍वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्‍न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्‍नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई अत्यन्त घृणास्पद र दुष्टको रूपमा खुलासा गर्नुहुन्छ। अरूको हृदयमा आफ्नो स्थान मजबुत बनाउन, उनीहरूले कहिल्यै मानिसलाई ठेस पुर्‍याउँदैनन्। उनीहरूले कसैले सिद्धान्तको उल्लङ्घन गरेको देखे भने, उनीहरू त्यो समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्दैनन् वा त्यसलाई खुलासा गरेर रोक्दैनन्। बरू, उनीहरू अरूको समर्थन जित्नका लागि राम्रा कुरा भन्छन्, ताकि अरूले उनीहरूलाई मन पराऊन्, उनीहरूलाई मायालु, बुझकी र क्षमाशील सोचून् जबकि उनीहरू परमेश्‍वरका वचन र आवश्यकताहरूको विरोध गर्छन्, र तिनको अभ्यास गर्दैनन् वा तिनमा प्रवेश गर्दैनन्। ख्रीष्टविरोधीहरू अरूलाई आफूभन्दा अगाडि राख्छन्। मैले मेरो कार्यको प्रकृति कसरी ख्रीष्टविरोधीको जस्तै थियो भनेर चिन्तन गरेँ। मैले ब्रदर-सिस्टरहरूको कर्तव्यमा गल्तीहरू स्पष्ट रूपमा देखेँ, केही गम्भीर थिए र कामलाई पहिले नै असर पुर्‍याइसकेका थिए, त्यसैले मैले तिनलाई औँल्याउनुपर्थ्यो। त्यसपछि उनीहरूले समस्याको सार र त्यसका गम्भीर परिणामहरू देख्न सक्थे, र छिट्टै पश्चात्ताप गर्न सक्थे। तर म मानिसहरूको समस्याहरूलाई खुलासा गर्नाले उनीहरूलाई ठेस पुग्छ भनेर डराएँ, त्यसैले मैले उनीहरूको देहलाई ध्यान दिँदै, उनीहरूको समर्थन जित्नका लागि राम्रा कुराहरू भनेँ। लि युको समस्याबारे सङ्गति र खुलासा गर्दा, मैले लि युलाई आफूलाई चिन्न मार्गदर्शन गर्न चेन लिनसँग सहकार्य गरिनँ, बरू यदि मैले कठोर भएर कुरा गरेँ भने, उनी मप्रति पक्षपाती हुनेछिन् भनेर डराएँ, त्यसैले मैले राम्रो बन्दै उनको भावनाअनुसार चलेँ। त्यसले मलाई चेन लिनभन्दा बढी माया गर्ने, उनको कमजोरीलाई माफी दिन र सहन सक्ने देखायो, जसले लि युलाई आफ्ना समस्याहरूलाई चिन्न नसक्ने र चेन लिनको प्रतिरोध गर्ने बनायो। मैले डिङ रुइसँग पनि त्यस्तै गरेकी थिएँ। मैले उनको समस्या देखेँ, तर उनलाई आत्मचिन्तन गर्न र उनका समस्यालाई देख्न सङ्गति र सहयोग गर्नुको सट्टा, मैले सधैँ उनलाई मख्ख पारेँ। मैले त्यसरी आफ्नो कर्तव्यमा परमेश्‍वरको महिमा वा गवाही दिइरहेकी थिइनँ, र मेरा जिम्मेवारीहरू पूरा गरिरहेकी थिइनँ। म एक अगुवा थिएँ, तर जब मैले ब्रदर-सिस्टरहरूलाई आफ्ना भ्रष्ट स्वभावमा आधारित भएर सिद्धान्तहरू उल्लङ्घन गरेको देखेँ, मैले समस्या समाधान गर्न सत्यताको सङ्गति गरिनँ, बरू मैले उनीहरूको देहका लागि काम गरेँ, उनीहरूलाई मूर्ख बनाउन केही सान्त्वनादायी कुराहरू भनेँ। मैले उनीहरूलाई भ्रष्ट स्वभावमा जिउन, आफैँलाई सहयोग गर्न र जोगाउन प्रोत्साहित गरेँ। मैले जे गरेँ त्यसको प्रकृति भनेको अरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्नबाट रोक्नु थियो। उनीहरूमा सत्यता वा परमेश्‍वरको बुझाइ थिएन, र उनीहरू परमेश्‍वरका मागहरू प्रतिरोध गर्ने र मन नपराउने खालका थिए। तर उनीहरू सबैले मलाई म माफ गर्ने र बुझ्ने खालको भन्दै महान् ठान्थे, अनि उनीहरू मसँग नजिक भइरहेका थिए। के त्यसले मानिसहरूलाई भ्रमित बनाइरहेको थिएन र? मैले के देखेँ भने शैतानी दार्शनिकतामा जिएर र राम्रो मानिस भएर, म केवल दुष्टता गरिरहेकी थिएँ। मैले अरूसँग राम्रो व्यवहार गरिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा म ब्रदरसिस्टरलाई हानि पुर्‍याउँदै थिएँ, र मण्डलीको काममा ढिलाइ गर्दै थिएँ। म निकै पाखण्डी थिएँ! अरूको प्रशंसा र आराधना जित्न मैले एक कपटी चाल अपनाएँ। म ख्रीष्टविरोधीको मार्गमा थिएँ! ती वर्षहरूमा, मैले कर्तव्य निर्वाह गर्न मेरो परिवार र जागिर त्यागेकी थिएँ। मैले निकै दुःख सहनु पर्‍यो, र धेरै काम पनि गर्नुपर्‍यो। मैले कहिल्यै ख्रीष्ट विरोधीको मार्गमा जानेछु भनेर कल्पना पनि गरेकी थिइनँ। भयले मेरो हृदयमा कब्जा गर्‍यो। मलाई आफैँसँग अझ बढी वाक्क र घृणा महसुस भयो। मैले आँसु झार्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर! म अरूको समर्थन जित्नका लागि हैसियत पछ्याउँदै र मेरा सम्बन्धहरूलाई जोगाउँदै आएकी छु। मेरो यो स्वभाव तपाईंलाई यति घिनलाग्दो छ, र यदि मलाई सजाय दिइन्छ भने, त्यो तपाईंको धार्मिकता हुनेछ। परमेश्‍वर, म पश्चात्ताप गर्न तयार छु।”

केही समय पछि, लि यु अझै पनि आफ्नो कर्तव्यमा अन्योलमै थिइन्, केही पनि पूरा गरेकी थिइनन्, र सङ्गतिपछि पनि उनमा कुनै परिवर्तन आएको थिएन। हामीले हाम्रो अगुवालाई उनका समस्याहरूका बारेमा भन्यौँ। केही दिनपछि, अगुवा हाम्रो भेलामा सहभागी भए र लि युलाई मद्दत गर्न उनका समस्याहरूमा सङ्गति गरे। तर लि युले अझै पनि आफूलाई चिनेकी थिइनन्। अगुवाले मलाई र चेन लिनलाई लि युलाई बर्खास्त गर्नुपर्छ कि भन्‍ने परिस्थितिलाई ध्यानमा राख्दै हाम्रो धारणा व्यक्त गर्न भने। यो प्रश्नले मलाई अलिकति अचम्मित बनायो। म लि यु यहीँ नै बसिरहेकी छिन्, म कसरी केही भन्न सक्छु र भनेर सोचिरहेकी थिएँ। यदि मैले सत्यता भनेँ र उनी बर्खास्त भइन् भने, उनले मलाई घृणा गर्न सक्थिन्। मलाई मैले बोल्नु हुँदैन जस्तो लाग्यो। त्यो क्षणमा, मैले अपराधबोधको तीव्र पीडा महसुस गरेँ। मैले के बुझेँ भने फेरि पनि म अरुको हृदयमा मेरो स्थान सुरक्षित राख्ने बारेमै सोच्दै थिएँ। मैले मनमनै परमेश्‍वरलाई मौन प्रार्थना गरेँ, “परमेश्‍वर, म फेरि शैतानी दर्शनअनुसार जिउने, आफ्नो छवि बचाउने, र चापलुस जस्तो व्यवहार गर्ने सोचिरहेकी छु। कृपया मलाई सत्यता बोल्न र मेरो गलत उद्देश्य विरुद्ध विद्रोह गर्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्‍वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो। सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले मलाई देखाए कि कुनै समस्या उत्पन्न हुँदा, हामीले परमेश्‍वरको पक्षमा उभिएर मण्डलीको कामलाई कायम राख्नुपर्छ। जतिबेला हामी अरूलाई सिद्धान्तहरूको उल्लङ्घन गर्दै, मण्डलीको कामलाई अवरोध गरेको देख्छौँ, त्यतिबेला हामीले उनीहरूलाई बचाउनु हुँदैन, बरू हामीले सत्यतासिद्धान्तहरू पालन गर्नुपर्छ। यो नै परमेश्‍वरले हामीलाई जिउनका लागि भन्नुभएको वास्तविक मानव रूप हो। लि युको व्यवहारलाई हेर्दा, त्यो समयमा उनी त्यो कामलाई जारी राख्न उपयुक्त थिइनन्। मैले उनलाई चित्त दुखाइएला भन्‍ने डर मान्नु हुन्नथ्यो, बरू मैले मण्डलीको कामलाई कायम राख्नुपर्थ्यो, इमानदार व्यक्ति भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्थ्यो। त्यसैले, मैले मेरो दृष्टिकोण स्पष्ट गरेँ। सबै कुरा विचार गरेर, अगुवाले लि युलाई बर्खास्त गरे।

त्यसपछि, मलाई कर्तव्यपालनका लागि सिस्टर वाङ जियासँग जोडि बनाइयो। हाम्रा कुराकानीमा, मैले के देखेँ भने कहिलेकाहीँ उनले व्यक्तिगत कुराका लागि मण्डलीको काममा ढिलाइ गर्थिन्। मैले उनीसँग सङ्गति गरेर कामलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेँ। धेरै समय नबित्दै, मैले हाम्रा अगुवाले वाङ जियालाई एउटा कामको व्यवस्थापन गर्न पदोन्नति गर्दैछु भनेको सुनेँ। मेरो विचारमा वाङ जियासँग क्षमता छ र उनी सक्षम छिन्, त्यसैले उनलाई कामको जिम्मेवारी दिनु राम्रै हुनेछ। तर जब उनका व्यक्तिगत मामिला कामसँग बाझिन्थ्यो, कहिलेकाहीँ उनले आफ्नो कर्तव्यलाई प्राथमिकता दिँदैनथिन्। यदि उनी त्यो समस्याबारे सचेत भइनन् भने, के उनको जिम्मेवारीमा काम ढिला हुन्थ्यो? उनकी सहकर्मीका रूपमा, मैले उनीसँग सङ्गति गरेर उनलाई त्यो कुरा औँल्याउनु मेरो जिम्मेवारी थियो। तर त्यो कुरा मेरो जिब्रोको टुप्पैमा आइसकेपछि, म हिच्किचाएँ। मैले पहिले नै त्यस प्रकारको मुद्दामा उनीसँग सङ्गति गरिसकेकी थिएँ। यदि मैले फेरि यो कुरा उठाएँ भने, के उनले मैले यो मुद्दालाई छोड्न नसक्ने र निरन्तर उनका कमजोरीहरू मात्र खुलासा गरेको भन्लिन्? मैले बुझेँ कि म फेरि गलत मनस्थितिमै छु, त्यसैले मैले मौन प्रार्थना गरेँ। मैले पहिल्यै पढेको परमेश्‍वरका वचनहरूको एक खण्ड सम्झेँ जसमा भनिएको थियो: “मानिसहरूले सत्य बोलून्, आफूले सोचेको कुरा बताऊन्, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। के यी बोलीवचनका सिद्धान्तहरू होइनन् र? मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन भन्‍नुको अर्थ के हो? यसको अर्थ अरू मान्छेलाई दोष नलगाउनु भन्‍ने हो। तिनीहरूलाई आलोचना गर्न वा दोष दिन तिनीहरूको विगतका गल्ती वा कमीकमजोरीहरू कोट्याउनु हुँदैन। तैँले कम्तीमा पनि यति गर्नुपर्छ। सक्रिय पक्षलाई हेर्दा, सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? … अनि समग्रमा भन्दा, बोल्‍नुको पछाडि रहेको सिद्धान्त के हो? यो यस्तो हो: हृदयमा भएको कुरा भन्‍नु, र साँचो अनुभवको बारेमा अनि तैँले वास्तवमा के सोच्छस् त्यही कुरा बोल्‍नु। ती शब्‍दहरू नै मानिसहरूको लागि सबैभन्दा लाभदायी हुन्छन्, यिनले तिनीहरूलाई भरणपोषण गर्छन्, सहयोग गर्छन्, र ती सकारात्मक हुन्छन्। नक्‍कली शब्‍दहरू बोल्‍न, मानिसहरूलाई फाइदा नदिने वा शिक्षाप्रद नहुने शब्‍दहरू बोल्‍न इन्कार गर्; यसले तिनीहरूलाई हानि हुन वा पछारिन, नकारात्मकतामा डुब्‍न र नकारात्मक असर पर्नबाट बचाउँछ। तैँले सकारात्मक कुराहरू भन्‍नुपर्छ। तैँले मानिसहरूलाई सक्दो सहयोग गर्ने, तिनीहरूलाई फाइदा पुर्‍याउने, तिनीहरूको लागि भरणपोषण गर्ने, तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास पैदा गर्ने प्रयास गर्नुपर्छ; र परमेश्‍वरका वचनहरू सम्बन्धी तेरा अनुभवहरू र समस्या हल गर्ने तेरा तरिकाहरूबाट तैँले मानिसहरूलाई मदत लिन र धेरै कुरा सिक्‍न दिनुपर्छ, साथै परमेश्‍वरको कामको अनुभव गरेर सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्ग बुझ्‍न, र यसरी तिनीहरूलाई जीवन प्रवेश प्राप्त गर्न र आफ्‍नो जीवनमा वृद्धि ल्याउन सहयोग गर्नुपर्छ—तेरा शब्‍दहरू सिद्धान्तहरू अनुरूप हुनु, र मानिसहरूलाई सुधार्ने किसिमको हुनुको प्रभाव यही हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको एक मार्ग पाएँ। मेरो कुराकानीमा, मानिसहरू लाभान्वित हुन सकून् र सत्मार्गमा आउन सकून् भनेर मैले सत्यता बोल्नुपर्छ। मैले उनीहरूलाई खिसी गर्न, व्यङ्ग्य गर्न, वा उपहास गर्न सक्दिनँ। मैले के पनि बुझेँ भने जब परमेश्‍वरले मानिसहरूको कमजोरी खुलासा नगर्न भन्नुहुन्छ, यसको मतलब उनीहरूको गल्ती वा कमीहरूलाई समातेर राख्नु होइन, साथै तिनको आलोचना र निन्दा गर्नु हो। उनीहरूले पाठ सिक्न सकून् भनेर उनीहरूका समस्याहरू औँल्याउनु र खुलासा गर्नु भनेको कमजोरीहरू खुलासा गर्नु होइन, बरू मायालु सहयोग हो। वाङ जियालाई उनका समस्या औँल्याउनु भनेको उनैलाई सम्झाउनु र मद्दत गर्नु थियो भनेर उनी आफैँलाई थाहा थिएन। उनले यो तुरुन्तै स्वीकार नगरेर मलाई नराम्रो भने पनि, मैले यसलाई उपयुक्त तरिकाले सम्हाल्नुपर्छ। उनले सत्यता पछ्याइन्जेलसम्म पछि सत्यताको खोजी गर्ने, आफूलाई चिन्ने र परिवर्तन गर्ने थिइन्। यसलाई बुझेर, मैले वाङ जियासँग उनको समस्यामाथि सङ्गति गरेँ। पछि, वाङ जियाले आफ्नो एक निबन्धमा भनिन्, “मैले साझेदारी गरेकी सिस्टरले समस्याको खुलासा र विश्लेषण नगरेको भए, मैले आत्मचिन्तन गर्ने थिइनँ वा मेरो समस्याको गम्भीरता देख्ने थिइनँ, पश्चात्ताप गर्ने र परिवर्तन हुने त परै जाओस्।” वाङ जियाले त्यो समझदारी पाएको देखेर, मैले हृदयबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। परमेश्‍वरका वचनहरूले मलाई मेरो “राम्रा मानिस” को अभिनयको असल रूप देख्न र पछ्याइसम्बन्धी मेरो गलत दृष्टिकोणलाई परिवर्तन गर्न मद्दत गरे। परमेश्‍वरले दिनुभएको मुक्तिका लागि उहाँलाई धन्यवाद!

अघिल्लो: १८. कमजोर आत्मबलबाट म कसरी मुक्त भएँ

अर्को: २०. मैले परमेश्‍वरको आवाज सुनेको छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

३८. हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्