९२. असफलता र बाधाहरूबाट वृद्धि हुँदै जानु
मैले २०२० को डिसेम्बरमा सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। केही महिनापछि मलाई मण्डली अगुवाको रूपमा निर्वाचित गरियो। मण्डलीमा गर्नुपर्ने काम र समाधान गर्नुपर्ने समस्याहरू धेरै थिए। म यसमा जोसका साथ लागिपरेँ। केही समयपछि, म मण्डलीको कामबारे अलिक परिचित भएँ, तर अझै पनि मैले धेरै समस्याहरू सामना गरिरहेकी थिएँ। धेरै जना नयाँ विश्वासीहरू नियमित रूपमा भेलाहरूमा आइरहेका थिएनन्। कतिपयलाई अनलाइन अफवाहहरूले असर पारिरहेका थिए, कतिपयले दर्शनहरूसम्बन्धी सत्यता बुझेका थिएनन् र आफ्ना धार्मिक धारणाहरू हटाएका थिएनन्, अनि कतिपय चाहिँ काममा अत्यन्तै व्यस्त भएका कारण भेलाहरूमा सहभागी भइरहेका थिएनन्। यी समस्याहरू सामना गर्दा, मैले तिनीहरूलाई कठिनाइहरूमा सहयोग गर्नका लागि परमेश्वरको इच्छाबारे सङ्गति गर्न कडा परिश्रम गरेँ, तर तिनीहरूका समस्याहरू समाधान भएनन्। मलाई निकै हरेस लाग्यो। मैले यत्तिका कडा परिश्रम गर्दा पनि किन अझै फल फलेको छैन भनेर आफूलाई प्रश्न गरिरहेँ। किन परमेश्वरले हाम्रो मण्डलीलाई आशिष दिइरहनुभएको छैन? ब्रदर-सिस्टरहरूका समस्याहरू धेरै थिए र मैले तिनीहरूसँग धेरैपटक सङ्गति गर्दा पनि त्यो सफल भएको थिएन। सायद म नेतृत्वको लागि उपयुक्त पो छैन कि? मलाई आफैलाई धिक्कारेँ: यो सबको कारण म नै थिएँ। यदि मैले गल्ती स्विकारेर राजीनामा दिएँ भने, कसैले अगुवाको रूपमा सेवा गर्न सक्थे, त्यसपछि काम अझै सफल हुनेथियो। मलाई निराश लाग्न थाल्यो र केवल बर्खास्त हुने प्रतीक्षा गर्दै म आफ्नो कर्तव्यमा निष्क्रिय भएँ। मैले त के समेत सोचेँ भने, परमेश्वरले मलाई खुलासा गर्न, असफल तुल्याउन यी कठिनाइहरू ल्याइरहनुभएको छ, र सायद उहाँले मलाई पहिले नै त्यागिसक्नुभएको छ। यो सोच्दा मलाई डर लाग्यो। के परमेश्वरले मलाई त्याग्नुभएको हो? मैले प्रार्थना र खोजी गरिरहेकी थिएँ, तर मैले अझै पनि परमेश्वरको इच्छा बुझेकी थिइनँ। परमेश्वरले मलाई त्याग्नुभएको छ भन्ने सोच बेला-बेलामा देखा परिरहन्थ्यो। मलाई सधैँ निराश, थकित र कमजोर महसुस हुन्थ्यो। मलाई साँच्चै डर लागेको थियो, र मसँग अब पवित्र आत्माको काम छैन भन्ने लागेको थियो।
त्यो बेला मण्डलीमा केही समूह अगुवाहरूको कमी थियो, त्यसकारण सुपरभाइजरले एक-दुई जना नयाँ विश्वासीहरूलाई सिफारिश गरे। मैले राम्ररी जाँचपड्ताल नगरी तिनीहरूलाई सीधै नियुक्ति गरेँ। सुरुमा तिनीहरू सबैले कर्तव्य लिन चाहन्छौँ भनेर भनेका थिए, तर तिनीहरूले आधिकारिक रूपमा काम गर्न थालेपछि, एक जनाले काम गर्नुपर्छ र व्यस्त छु, त्यसकारण म यो काम गर्ने अवस्थामा छैनँ भनेर भने, र अर्को व्यक्ति पारिवारिक मामिलाहरूको कारण भेलामा ढिलो आउँथे, साथै तिनी आफ्नो काम गर्न सक्षम थिएनन्। अन्तिममा मैले अहिलेका लागि तिनीहरू अगुवाको रूपमा जगेर्ना गरिन योग्य छैनन् भन्ने निर्धारित गरेँ। मैले काममा सामना गरिरहेका यी कठिनाइहरू समाधान गर्न कडा परिश्रम गरेँ, तर केही समयसम्म कुनै परिणाम प्राप्त गरिरहेकी थिइनँ। ठिक त्यही बेला, म यी सब असफलताहरू सहन नसक्ने अवस्थामा पुगेँ। म साँच्चै नकारात्मक भएँ, र हरेक नयाँ दिनको सामना गर्नसमेत मलाई डर लाग्थ्यो। मलाई उप्रान्त मण्डलीको काम गर्न मन लागेन किनभने मैले धेरै काम गरेकी थिएँ, तर कुनै कुरा हासिल गरेकी थिइनँ। मलाई परमेश्वरले असक्षम व्यक्तिको रूपमा खुलासा गर्न चाहनुभएको हुनाले मैले यो परिस्थिति सामना गरिरहेकी छु भन्ने लाग्यो, तर म यस्तो स्थितिमा डुब्न चाहन्नथिएँ। मैले आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त नगरेको कारण म खुलासा गरिएर हटाइन चाहन्नथिएँ।
एकपटक मैले भक्तिको समयमा “दायित्व बहन र पद-त्यागसम्बन्धी सिद्धान्तहरू” भेट्टाएँ: “सत्यतालाई स्वीकार नगर्ने, व्यवहारिक काम गर्न नसक्ने, र केही समयदेखि पवित्र आत्माको कार्यविहीन रहेको झूटा अगुवा वा सेवकले दायित्व वहन गरेर पद-त्याग गर्नैपर्छ” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त)। यो पढेपछि मलाई झन् नकारात्मक महसुस भयो। मैले के गर्ने? मैले मण्डलीको कुनै पनि समस्या समाधान गरेकी थिइनँ, त्यसकारण म झूटो अगुवा थिएँ। के मैले दक्ष व्यक्तिलाई अगुवा बन्न दिन आफ्नो गल्ती स्विकारेर राजीनामा दिनुपर्छ? मैले मण्डलीको काम गर्न थालेको तीन महिना भइसकेको थियो, तर मैले मण्डलीमा रहेका समस्याहरू अझै पनि समाधान गरेकी थिइनँ। अनि त्यस परिस्थितिमा, मैले अझै पनि परमेश्वरको इच्छा बुझेकी थिइनँ र कुनै प्रगति गरेकी थिइनँ। मैले त परमेश्वरलाई गलत रूपमा समेत बुझिरहेकी थिएँ। मलाई अरूले अत्यन्तै नकारात्मक रहेछु भनेर सोच्छन् भन्ने चिन्ता लाग्यो, र राजीनामा दिने विचार गरेकोमा तिनीहरूले मलाई हप्काउँछन् भन्ने डर लागेको थियो।
एकपटक मैले भेलामा परमेश्वरको यो वचन पढेँ: “तँ साधारण व्यक्ति होस्। तैँले कैयौँ असफलता, कैयौँ अन्योलपूर्ण अवधि, कैयौँ निर्णय त्रुटि, र कैयौँ विचलनहरूबाट गुज्रनुपर्छ। यसले तेरो भ्रष्ट स्वभाव, तेरो कमीकमजोरी र दुर्बलता, तेरो अज्ञानता र मूर्खता पूर्ण रूपमा खुलासा गर्न सक्छ, र यसले तँलाई आफूलाई पुनः जाँच्न र जान्न, अनि परमेश्वरको सर्वशक्तिमान्ता, उहाँको पूर्ण बुद्धिमत्ता र उहाँको स्वभावबारे ज्ञान प्राप्त गर्न सक्षम पार्नेछ। तैँले उहाँबाट सकारात्मक कुरा प्राप्त गर्नेछस्, र सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। तेरो अनुभवमा धेरै कुरा तैँले चाहेजस्तो हुँदैन र यो सामना गर्दा तँलाई शक्तिहीन भएको महसुस हुन्छ। यी कुराहरूको सन्दर्भमा, तैँले खोजी र प्रतीक्षा गर्नैपर्छ; तैँले परमेश्वरबाट हरेक मामलाको उत्तर प्राप्त गर्नैपर्छ, र उहाँका वचनहरूबाट हरेक मामलाको अन्तर्निहित सार र हरप्रकारको व्यक्तिको सार बुझ्नैपर्छ। साधारण र सामान्य व्यक्तिले व्यवहार गर्ने यसरी नै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वर अत्यन्तै बुद्धिमान् हुनुहुन्छ। परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने बारेमा मैले नयाँ बुझाइ प्राप्त गरेँ। हरेक व्यक्ति आफ्नो कर्तव्यमा केही असफलता र बाधाहरूबाट गुज्रनुपर्छ, र मैले आफ्नो भ्रष्टता हटाउन यो सबैमा सत्यता खोजी गरोस् भन्ने परमेश्वरको इच्छा थियो। मैले आफ्नो कर्तव्यमा केही कठिनाइहरू सामना गरेकी थिएँ र केही असफलताहरू अनुभव गरेकी थिएँ, तर मैले सत्यता वा परमेश्वरको इच्छा खोजी गरेकी थिइनँ। म सधैँ राजीनामा दिने बारेमा मात्र सोचिरहन्थेँ किनभने मलाई आफ्नो कर्तव्यमा मैले कुनै सफलता पाएकी छैनँ वा अगुवाले गर्नुपर्ने काम गरेकी छैनँ जस्तो लागेको थियो। मैले आफ्नो वास्तविक स्थितिबारे अरूलाई बताउने आँटसमेत गरिनँ। म साँच्चै अज्ञानी रहेछु। मैले परमेश्वरको इच्छा अनि परमेश्वरले किन यस्तो कुरा मेरो जीवनमा आउन दिनुहुन्छ भन्ने कुरा बुझेकी थिइनँ। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने, म त साधारण व्यक्ति मात्र हुँ, त्यसकारण मैले आफ्नो कर्तव्यमा केही कठिनाइ र असफलताहरू सामना गर्नु सामान्य कुरा थियो। त्यसभित्र परमेश्वरको इच्छा लुकेको थियो। त्यसकारण, मैले आफ्नो हालैको स्थितिबारे ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ र तिनीहरूको सहयोग मागेँ। मैले गल्ती स्वीकार गरेर राजीनामा दिने पनि सोचेकी थिएँ भनेर पनि तिनीहरूलाई बताइदिएँ। तिनीहरूले मलाई तुच्छ ठानेनन्, तर मलाई सहयोग गरे र प्रोत्साहन दिए, अनि परमेश्वरका वचनहरूबारे सङ्गति दिए। म अत्यन्तै भावुक भएँ।
तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्वरका केही वचन पढेर सुनाए। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको काम अनुभव गर्ने क्रममा, तँ जतिपटक असफल भएको, पछारिएको, वा काटछाँट वा प्रकट गरिएको भए पनि, यी नराम्रा कुरा होइनन्। तँलाई जसरी काटछाँट गरिए पनि—अगुवा, कामदार, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेका भए पनि—यो सधैँ राम्रो कुरा नै हो। तैँले यो कुरा याद राख्नैपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट गरिनु वा प्रकट गरिनु सधैँ राम्रो कुरा हो। यो दोषी ठहराउनु होइन। यो परमेश्वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवमा एउटा मोड ल्याउन सक्छ। योविना, तैँले आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्ने न त अवसर, न त अवस्था, न त सन्दर्भ नै पाउनेछस्। यदि तँ साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्न सक्छस् भने, यदि तँ तिनलाई प्रस्ट रूपमा खुट्ट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनका लागि एकदमै फाइदाजनक हुन्छ। आफूलाई साँच्चिकै चिन्न सक्ने हुनु भनेको तेरा निम्ति गहिरो रूपमा रूपान्तरित हुने र नयाँ व्यक्ति बन्ने सबैभन्दा राम्रो अवसर हो; एउटा नयाँ जीवन प्राप्त गर्नका लागि यो तेरो सबैभन्दा राम्रो अवसर हो। तैँले साँचो रूपमा आफूलाई चिनेपछि, तैँले के कुरा देख्न सक्नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताका लागि तिर्खाउनेछस्, तैँले सत्यता अभ्यास गर्नेछस् र तँ वास्तविकतामा प्रवेश गर्नेछस्। यो यति राम्रो कुरा हो नि! तँ असफल हुँदा वा लड्दा, यदि तैँले यो अवसर पक्रिन सकिस्, र इमानदारीका साथ आत्मचिन्तन गरिस् र आफूबारे साँचो ज्ञान प्राप्त गरिस् भने, तब नकारात्मकता र कमजोरीका बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो अग्रगामी कदम चाल्न र सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। “परमेश्वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र इन्साफको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा इन्साफ, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। … पत्रुस एउटा फल हुन् भनी किन भनिन्छ? किनकि तिनमा केही मूल्यवान्, सिद्ध पारिन लायकका थोकहरू छन्। तिनले सबै कुरामा सत्यताको खोजी गरे, तिनीसँग सङ्कल्प थियो, र तिनी इच्छाशक्तिमा दृढ थिए; तिनीसँग समझ थियो, तिनी कठिनाइ भोग्न इच्छुक थिए; तिनले आफ्नो हृदयले सत्यतालाई प्रेम गर्थे; तिनले हुन आएका कुनै पनि कुरालाई त्यसै जान दिँदैनथिए, अनि तिनले यो सबै कुराबाट पाठहरू सिक्न सक्थे। यी सबै बलिया पक्षहरू हुन्। यदि तँसित यी कुनै पनि बलिया पक्षहरू छैनन् भने, त्यसको अर्थ समस्या हो। सत्यता प्राप्त गर्न र मुक्ति पाउन तँलाई सहज हुनेछैन। यदि तँलाई कसरी अनुभव गर्ने भन्ने थाहा छैन वा तँसँग अनुभव छैन भने, तैँले अरूका कठिनाइहरू समाधान गर्न सक्नेछैनस्। तँ परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न असमर्थ भएकोले, तँमाथि परिस्थितिहरू आइपर्दा के गर्ने भन्ने तँलाई थाहा हुँदैन, समस्याहरू सामना गर्दा तँ व्याकुल हुन्छस् र रुन्छस्, र केही सानातिना बाधाहरू सामना गर्दा नै तँ नकारात्मक बनेर भाग्ने गर्छस्, अनि तँ सही तरिकाले प्रतिक्रिया दिन असक्षम छस्। यसले गर्दा, तैँले जीवन प्रवेश प्राप्त गर्न असम्भव छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो पढेपछि, एक जना सिस्टरले मलाई यसो भन्दै सङ्गति दिइन्: “हामीले जस्तोसुकै बाधा र असफलताहरू सामना गरे पनि, प्रार्थना गर्नुपर्छ र परमेश्वरको इच्छा खोजी गर्नुपर्छ, तर सत्यता र आफ्नो कर्तव्य त्याग्नु हुँदैन। आफ्नो कर्तव्य त्याग्नु समस्या समाधान गर्ने मार्ग होइन। हामीले हाम्रो कर्तव्यमा सामना गर्ने कठिनाइ र समस्याहरूद्वारा मात्रै हाम्रा भ्रष्टता र कमीकमजोरीहरू प्रकट हुन्छन्, र हामीले आफूलाई साँचो रूपमा चिन्न सक्छौँ। यी अनुभवहरूविना, हामीले आफ्नो भ्रष्टता र कमजोरीलाई बिलकुलै देख्न सक्दैनौँ। त्यसपछि त हामी कसरी परिवर्तन हुन सक्छौँ र? त्यसकारण, असफलता र बाधा अनुभव गर्नु नराम्रो कुरा होइन। त्यही बेला हामीले सत्यता खोजी गर्नुपर्छ र पाठ सिक्नुपर्छ—हामीले परमेश्वरलाई गलत रूपमा बुझ्नु हुँदैन। हामीले कठिनाइहरू सामना गर्दा, राजीनामा दिन्छौँ, आफ्नो कर्तव्यलाई त्याग्छौँ भने, कसरी परमेश्वरको काम अनुभव गरेर मुक्तिको पछि लाग्न सक्छौँ? हामीसँग कस्तो गवाही हुनेछ? परमेश्वरले हामीलाई त्यति धेरै कुरा माग गर्नुहुन्न। हामीले समस्या र कठिनाइहरू सामना गर्दा सङ्कल्प गर्यौँ, र साँचो रूपमा प्रार्थना र सत्यता खोजी गर्यौँ भने, परमेश्वरले हामीलाई बाटो देखाउनुहुन्छ र सहयोग गर्नुहुन्छ।” यो सिस्टरको सङ्गति सुनेपछि मलाई साँच्चै नै अन्तर्दृष्टि प्राप्त भयो। असफलतार बाधा अनुभव गर्नु परमेश्वरको प्रेम हो, र यो सत्यता खोजी गर्ने र पाठ सिक्ने राम्रो मौका हो भन्ने मैले महसुस गरेँ। पत्रुसले कसरी आफ्नो जीवनभरि धेरै परीक्षा, शोधन, बाधा, र असफलता भोगे भनेर सोचेँ। कहिलेकहीँ तिनले देहगत दुर्बलता भोगे, तर तिनले परमेश्वरमाथिको विश्वास कहिल्यै गुमाएनन्। तिनले सत्यता पछ्याइरहे र परमेश्वरको इच्छा खोजिरहे, अनि आफूमा भएको कमीलाई पूर्ति गरिरहे। अन्त्यमा, तिनले सत्यता बुझे र परमेश्वरलाई चिने, अनि परमेश्वरप्रतिको समर्पण र प्रेम हासिल गरे। म पनि पत्रुस जस्तै दह्रिलो र दृढ हुनुपर्थ्यो, बाधा र असफलताहरू सामना गर्दा परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र उहाँको इच्छा खोज्नुपर्थ्यो, परमेश्वरलाई गलत रूपमा बुझ्ने र दोष दिने गर्नुको सट्टा आफूमा भएको कमीबारे मनन गर्नुपर्थ्यो।
एकपटक मैले भक्तिको समयमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र त्यसले मलाई परमेश्वरको इच्छा अलिक बुझ्न सहयोग गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले परमेश्वरका वचनहरूमा ध्यान दिन र उहाँको हृदयलाई बुझ्न सिक्नुपर्छ। तिनीहरूले परमेश्वरलाई गलत रूपमा बुझ्नु हुँदैन। वास्तवमा, धेरै अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्यतः भन्नुपर्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्ने तिनीहरूको डर हो। तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, ‘यदि परमेश्वरले मलाई प्रकाश गर्नुभयो, र मलाई हटाउनुभयो, र अस्वीकार गर्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूलाई प्रकाश गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। परमेश्वरले मानिसहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार प्रकाश गर्न, तिनीहरूलाई आफैलाई चिन्ने, र साँचो पश्चात्ताप हासिल गर्न सक्ने तुल्याउन तिनीहरूको खुलासा गर्नुहुन्छ; त्यसैले, मानिसहरूलाई प्रकाश गर्नु भनेको तिनीहरूको जीवनको वृद्धिविकासमा सहयोग गर्नका लागि हो। शुद्ध बुझाइविना, मानिसहरूले परमेश्वरलाई गलत बुझ्ने र नकारात्मक र कमजोर बन्ने सम्भावना हुन्छ। तिनीहरू आफैप्रति हार मान्न पनि सक्छन्। वास्तवमा, परमेश्वरद्वारा प्रकाश गरिनुको अर्थ तँलाई अनिवार्य रूपमै हटाइन्छ भन्ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्न मदत गर्न, र तँलाई पश्चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूले भ्रष्टता प्रकट गर्दा तिनीहरूले त्यो समाधान गर्न सत्यता नखोज्ने भएकाले, प्रायजसो परमेश्वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूलाई प्रकाश गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्याउँछ। मानिसहरूलाई प्रकाश गर्नुका दुई फरक आशयहरू हुन्छन्: दुष्ट मानिसहरूको हकमा, प्रकाश गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्ने हुन्छ। जो सत्यता स्वीकार गर्न सक्षम छन्, तिनीहरूका लागि यो एउटा सम्झौटो र एउटा चेतावनी हो। यसको उद्देश्य तिनीहरूलाई आत्मचिन्तन गर्न लगाउनु हो ताकि तिनीहरूले आफ्नो साँचो स्थिति देखून्, र त्यसपछि मनमानी र बेपरवाह हुन छोडून्, र यदि तिनीहरूले यस्तै गरिरहे भने तिनीहरू हटाइने खतरामा छन् भनी महसुस गरून्। यसरी मानिसहरूलाई प्रकट गर्नु तिनीहरूका लागि एक सम्झौटो हो, ताकि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा अन्योलमा नपरून् र पटक्कै गम्भीर नहुने अवस्था नआओस्, केही नतिजा प्राप्त गर्नमै सन्तुष्ट नहोऊन् र आफ्नो कर्तव्यमा आफूलाई मानकअनुरूप नठानून्। वास्तविकतामा, परमेश्वरका मागहरूसँग तुलना गर्दा, तिनीहरू अझै पनि धेरै पछाडि पर्छन्, तैपनि तिनीहरू आत्मसन्तुष्ट रहन्छन्, र आफूले निकै राम्रो गरिरहेको छु भनी महसुस गर्छन्। यस्ता परिस्थितिहरूमा, परमेश्वरले तिनीहरूलाई ताडना, सम्झौटो, र चेतावनी दिनुहुनेछ। कहिलेकाहीँ, परमेश्वर तिनीहरूको कुरूपता प्रकट गर्नुहुन्छ—जुन स्पष्ट रूपमा सम्झौटोका रूपमा अभिप्रेरित हुन्छ। त्यस्तो बेला तैँले आत्मचिन्तन गर्नुपर्छ: यसरी तैँले आफ्नो कर्तव्य पूरा गर्नु मानकअनुरूप हुँदैन, तँभित्र विद्रोहीपन, र अत्यन्तै धेरै नकारात्मक तत्त्वहरू छन्, तैँले गर्ने हरेक कुरा झाराटारुवा रूपमा गरिएको छ, र तैँले अझै पनि पश्चात्ताप गरिनस् भने, तँ दण्डित हुनुपर्छ। परमेश्वरले तँलाई ताडना दिनुहुँदा वा प्रकाश गर्नुहुँदा, यसको अर्थ तँलाई अनिवार्य रूपमै हटाइन्छ भन्ने नै हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले स्विकार्नुपर्छ र समर्पित हुनुपर्छ, र तुरुन्तै चिन्तन गरेर पश्चात्ताप गरिहाल्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई के देखाए भने मानिसहरूलाई खुलासा गर्नुको पछाडि उहाँको उद्देश्य भनेको तिनीहरूलाई हटाउनु होइन, तर तिनीहरूलाई आफ्ना भ्रष्टता र कमीकमजोरीहरू पहिचान गर्न लगाउनु हो, ताकि तिनीहरूले आफ्ना समस्याहरू समाधान गर्न र जीवनमा तीव्र प्रगति गर्नका लागि सत्यता पछ्याउन सकून्। मैले आत्मचिन्तन गर्न थालेँ। विभिन्न कठिनाइ र समस्याहरू सामना गर्दा, मैले साँचो रूपमा मनन गरिनँ र परमेश्वरको इच्छा खोजिनँ वा आफ्नै समस्याहरूबारे जान्न आत्म-चिन्तन गरिनँ। परमेश्वरले मलाई खुलासा गरेर हटाउन यी परिस्थितिहरू प्रयोग गरिरहनुभएको छ, म अगुवाको रूपमा योग्य छैनँ र मैले पदत्याग गर्नुपर्छ भनेर सोचेँ। मैले परमेश्वरलाई गलत रूपमा बुझिरहेकी थिएँ। त्यसपछि मलाई के महसुस भयो भने मुख्यतः मैले आफ्नो कर्तव्यमा मन नलगाएको कारण काममा आएका धेरै समस्याहरू समाधान भएका छैनन्। मलाई सधैँ मैले पूरा गर्नुपर्ने कुरा धेरै छन् जस्तो लाग्थ्यो तर काम गरिरहेको बेला मेरो कुनै दिशा वा उद्देश्य हुँदैनथियो। म कुनै पनि परिणामहरू नखोजी मनमा जे आयो त्यही गर्थेँ। कतिपय मानिसहरू अफवाहको बहकाउमा परेका थिए तर मैले तिनीहरूले ती अफवाहहरू चिनेर साँचो मार्गमा दह्रिलो गरी खडा हुन सकून् भनेर तिनीहरूका धारणाहरू समाधान गर्न सङ्गति गर्नुपर्ने सत्यताको पक्ष खोजी गरिनँ। र मैले मानिसहरूलाई जगेर्ना गर्दा, त्यसका सिद्धान्तहरू खोजी गरिनँ वा तिनीहरूको वास्तविक परिस्थितिबारे स्पष्टसित बुझिनँ, तर त्यो काम अन्धाधुन्ध गरेँ। परिणामस्वरूप, त्यस पक्षमा पनि मैले केही प्राप्त गरिनँ। नयाँ विश्वासीहरूलाई मलजल गर्दा, म तिनीहरूका समस्याहरू समाधान गर्न सङ्गति गर्न सक्ने सत्यताका पक्षहरूबारे पहिले नै विचार गर्दिनथिएँ, त्यसकारण त्यसमा पनि मैले कुनै वास्तविक परिणामहरू हासिल गरिनँ। मैले बाहिरी रूपमा कडा परिश्रम गरिरहेकी छु जस्तो देखिन्थ्यो, तर मैले ध्यान दिइरहेकी थिइनँ र हाम्रो काममा देखा परेका समस्याहरूको समयमा नै सारसङ्क्षेप गरिरहेकी थिइनँ, जसको कारण केही पनि हासिल भएन। अनि मैले आत्मचिन्तन गर्न र आफूलाई बुझ्न नसकेको मात्र होइन, तर आफू प्रवेश गर्नुपर्ने सत्यता पनि खोजी गर्न सकिनँ। मेरो पहिलो प्रतिक्रिया भनेको जिम्मेवारीलाई परमेश्वरको काँधमा हालिदिनु थियो, किनभने उहाँले मलाई जानाजानी खुलासा गरिरहनुभएको छ, मलाई नराम्रो देखाइरहनुभएको छ भनेर मैले अनुमान गरेकी थिएँ। म सधैँ गनगन गरिरहेकी हुन्थेँ, अनि असफलता र बाधाहरू सामना गर्न चाहन्नथिएँ, तर सधैँ सहज होस्, सबै कुरा सजिलै अघि बढोस् भन्ने चाहन्थेँ। मैले अलिकति कठिनाइमा समेत परमेश्वरलाई गलत रूपमा बुझेँ र उहाँलाई दोष दिएँ। मैले कसरी परमेश्वरको काम अनुभव गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्थेँ र? म अत्यन्तै अविवेकी थिएँ। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने व्यवहार त्यस्तो होइन। यो महसुस गरेपछि, मलाई धेरै पछुतो भयो, र परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, तपाईंले मलाई तालिम दिन, जीवनमा वृद्धि गराउन यो परिस्थिति तय गर्नुभयो, तर मैले तपाईंको इच्छा बुझिनँ—मैले तपाईंलाई गलत रूपमा बुझेँ। म कति विद्रोही रहेछु। बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस् र आफ्नो भ्रष्ट स्वभाव बुझ्न सहयोग गर्नुहोस्।” त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई आफ्नो बारेमा बुझ्न सहयोग गर्यो। परमेश्वर भन्नुहुन्छ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ निकै छली छस् भने, तँ सबै मानिस र मामिलाहरूप्रति सतर्क र शङ्कालु हुनेछस्, यसैले मप्रतिको तेरो आस्था शङ्काको जगमाथि निर्माण हुनेछ। म त्यस्तो आस्था कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्वरलाई शङ्का गर्न जिम्मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने)। परमेश्वरका वचनहरूले प्रकट गरेको कुराको अगाडि मलाई निकै लाज लाग्यो। मैले असफलता र बाधाहरू सामना गर्दा परमेश्वरमा शङ्का गरेँ र उहाँलाई गलत रूपमा बुझेँ, अनि उहाँलाई मानिसहरूजस्तै रुखो निर्दय ठानेँ। म के सोच्थेँ भने जब परमेश्वर कसैलाई प्रयोग गर्नुहुन्छ तब उसलाई उहाँको अनुग्रहमा आनन्द गर्न दिनुहुन्छ, नत्र भने, उसलाई हटाउनुहुन्छ, पन्छ्याउनुहुन्छ र बेवास्ता गर्नुहुन्छ। मैले अधर्मी व्यक्तिको सोचको आधारमा अनुमान लगाएँ र परमेश्वरलाई शङ्का गरेँ। म कति धूर्त रहेछु! म विश्वासी बनेको त्यति धेरै भएको थिएन, मैले बुझेका सत्यताहरू सीमित थिए, र ममा धेरै कमजोरीहरू थिए, तर पनि ब्रदर-सिस्टरहरूले मलाई अगुवाको रूपमा छनौट गरेर अभ्यास गर्ने मौका दिए, ताकि मैले चाँडै सत्यता सिक्न सकूँ र सत्यताको वास्तविकतामा प्रवेश गर्न सकूँ। कहिलेकहीँ आफ्नो कर्तव्यमा त्यति ध्यान नदिएको कारण उपलब्धिहरूमा कमी भए पनि, मण्डलीले मलाई बर्खास्त गरेको थिएन। अरू सबैले अझै पनि मलाई सहयोग गरे र प्रोत्साहन दिए, र परमेश्वरका वचनहरूमा सङ्गति दिए, यसरी मलाई परमेश्वरको इच्छा बुझ्न र आफ्ना भ्रष्टता र कमीकमजोरीहरूलाई चिन्न बाटो देखाए। परमेश्वरले मेरो लागि गर्नुभएका सबै कुरा मलाई साँचो रूपमा जगेर्ना गर्न र मुक्ति दिनका लागि थिए। उहाँ अत्यन्तै दयालु र प्रेमिलो हुनुहुन्छ! तर म परमेश्वरदेखि सतर्क रहेँ, उहाँलाई शङ्का गरेँ। त्यो कसरी परमेश्वरमा साँचो विश्वास गरेको भयो र? मलाई शैतानले अति गहन रूपमा विषाक्त पारेको रहेछ, यसरी म सधैँ शैतानका यस्ता झूटहरूअनुसार चलिरहेकी थिएँ, “कसैको विश्वास नगर्नू किनभने अँध्यारोमा त तिम्रो छायाले पनि तिम्रो साथ छोड्छ” र “खराब नियत राख्नु हुँदैन, तर सतर्कचाहिँ रहनुपर्छ।” म सबैप्रति सचेत थिएँ, र परमेश्वरप्रति समेत। यसले मलाई के देखायो भने मेरो धूर्त स्वभाव निकै गम्भीर रहेछ, र परमेश्वरप्रतिको मेरो शङ्का र गलत बुझाइहरू त्यहाँबाट नै आएका रहेछन्। कठिनाइहरूको सामना गर्दा, मैले अनुमान लगाएँ र परमेश्वरलाई शङ्का गरेँ अनि उहाँलाई गलत रूपमा बुझेँ, तर पनि परमेश्वरले मलाई सत्यता बुझ्न बाटो देखाउनुभयो यसले गर्दा मैले आफ्ना समस्याहरू देखेँ। मैले परमेश्वरको प्रेम र मप्रति उहाँको मुक्ति कति वास्तविक रहेछ भनेर महसुक गर्न सकेँ। मैले परमेश्वरअघि आएर प्रार्थना गरेँ, उहाँसामु पश्चात्ताप गर्न अनि आफ्नो धूर्त स्वभावमा जिएर परमेश्वरलाई शङ्का गर्न र गलत रूपमा बुझ्न छोड्न तयार भएँ।
पछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “अहिले तैँले आफ्नो कर्तव्य स्वेच्छाले निर्वाह गरिरहेको हुन सक्ने, अनि तैँले स्वेच्छाले त्याग गर्न र आफूलाई समर्पित गर्न सक्ने भए पनि, यदि तँसँग अझै पनि परमेश्वरप्रति गलत बुझाइ, अनुमान, शङ्का, वा गुनासो, वा उहाँविरुद्ध विद्रोहीपन र विरोधसमेत छ भने, वा यदि तैँले उहाँलाई विरोध गर्न र तँमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गर्न विभिन्न विधि र तरिकाहरू प्रयोग गर्छस् भने—यदि तँ यी कुराहरू समाधान गर्दैनस् भने—सत्यता तेरो व्यक्तित्वको मालिक बन्न करिब-करिब असम्भव हुनेछ, र तेरो जीवन थकाइलाग्दो हुनेछ। दलदलमा डुबेझैँ गरी मानिसहरू प्रायजसो यी नकारात्मक स्थितिहरूमा रही सङ्घर्ष गर्छन् र कष्ट भोग्छन्, अनि तिनीहरू सधैँ सही र गलत अवधारणाको भुमरीमा फसेका हुन्छन्। तिनीहरूले कसरी सत्यता पत्ता लगाउन र बुझ्न सक्छन्? सत्यताको खोजी गर्नको लागि, व्यक्ति सुरुमा समर्पित हुनुपर्छ। अनि, अनुभवको एक अवधिपछि, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछन्, र त्यो अवस्थामा सत्यता बुझ्न सहज हुन्छ। यदि कुनै व्यक्ति सधैँ सही र गलत के हो भन्ने कुरालाई छुट्ट्याउने प्रयास गरिरहन्छ र साँचो र झूटो के हो भन्ने कुरामै अलमलिन्छ भने, ऊसँग सत्यता पत्ता लगाउने वा बुझ्ने कुनै उपाय हुँदैन। अनि, यदि व्यक्तिले कहिल्यै सत्यता बुझ्न सक्दैन भने, यसले के निम्त्याउँछ? सत्यता नबुझ्दा परमेश्वरबारे धारणा र गलत बुझाइ पैदा हुन्छ; जब व्यक्तिमा परमेश्वरबारे गलत बुझाइ पैदा हुन्छ, तब उसले उहाँबारे गुनासो गर्ने सम्भावना हुन्छ; जब यी गुनासाहरू प्रकट हुन्छन्, तब ऊ विरोधी बन्छ; परमेश्वरको विरोधी हुनु भनेको परमेश्वरको प्रतिरोध गर्नु हो, र यो गम्भीर अपराध हो। यदि व्यक्तिले धेरै अपराध गरेको छ भने, उसले अनेक दुष्कर्म गरेको हुन्छ, र उसलाई दण्डित गरिनुपर्छ। सत्यता बुझ्न सधैँ असक्षम हुँदा आउने परिणाम यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। यो पढेपछि मलाई विगतको घटनाबारे डर लाग्यो। यदि मसत्यता खोजी नगरी, ब्रदर-सिस्टरहरूसँग खुलस्त कुरा नगरी नकारात्मक स्थितिमा जिइरहेकी भए, म आफ्नो धूर्त स्वभाव अनुसार जिइरहेकी, परमेश्वरलाई गलत रूपमा बुझिरहेकी हुनेथिएँ। त्यसपछि मैले सहजै परमेश्वरलाई दोष दिनेथिएँ र विरोध गर्नेथिएँ, जुन अपराध हुनेथियो। मैले दुष्कर्म गरेर परमेश्वरलाई विरोधसमेत गर्न सक्थेँ। त्यो खतरनाक कुरा हो! त्यो अवधिमा मैले परमेश्वरलाई गलत रूपमा बुझिरहेकी र अनुमान गरिरहेकी थिएँ, मेरो नकारात्मक स्थितिले मलाई लगभग नियन्त्रण गरेको थियो। मलाई सधैँ खुलासा हुन्छु र हटाइन्छु भन्ने चिन्ता लाग्थ्यो। मलाई कुनै स्वतन्त्र महसुस हुँदैनथियो—यो असाध्यै थकाइलाग्दो कुरा थियो। मैले आफ्नो कर्तव्यमा केवल प्रयास गर्ने र काम पूरा गर्ने मात्रै गरिरहेकी थिएँ। समस्याहरू देखा पर्नेबित्तिकै, म परमेश्वरलाई गलत रूपमा नबुझी बस्न सकिनँ र मलाई काम छोड्न मन लाग्यो। मलाई अरूसँग खुलस्त कुरा गर्न, र सत्यता खोजी गर्न अनि आफ्नो भ्रष्ट स्वभावबारे जान्न डोऱ्याउने परमेश्वरका वचनहरू नै थिए। अन्यथा, मैले परमेश्वरलाई अझै पनि गलत रूपमा बुझिरहनेथिएँ र आफ्नो कर्तव्य त्याग्ने निर्णय गरिसकेकी हुनेथिएँ। त्यसका परिणामहरू भयानक हुनेथिए।
पछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, जुन खण्डले मलाई मण्डलीको काममा समस्याहरू सामना गर्दा मैले अभ्यास गर्नुपर्ने मार्ग प्रदान गर्यो। परमेश्वर भन्नुहुन्छ: “मण्डलीमा उठ्ने समस्याहरूबारे यस्ता अत्याधिक शङ्काले नभरिऔं। मण्डली निर्माण गर्ने क्रममा, गल्तीहरूलाई टार्न सकिन्न, तर समस्याहरू झेल्न पर्दा नअत्तालिओ, बरु शान्त अनि आत्म-नियन्त्रित होऊ। के मैले अघि नै तिमीहरूलाई भनेको होइन र? मकहाँ निरन्तर आइज र प्रार्थना गर अनि म तँलाई मेरो मनसायबारे बताउनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरका वचनहरूबाट मैले के सिकेँ भने मण्डलीमा विभिन्न कठिनाइहरू सामना गर्नु अपरिहार्य हुन्छ। यो पूर्ण रूपमा सामान्य कुरा हो र परमेश्वरले यसो हुन दिनुहुन्छ। हामीले कठिनाइहरू सामना गर्दा, साँचो रूपमा परमेश्वरलाई प्रार्थना र भरोसा गऱ्यौँ भने, उहाँले हामीलाई अगाडि डोर्याएर लैजानुहुनेछ। परमेश्वरका आखिरी दिनहरूको कामलाई भर्खरै स्वीकार गरेका कतिपय नयाँ विश्वासीहरूले दर्शनका सत्यताहरू पूर्ण रूपमा बुझ्दैनन् र अफवाहद्वारा पथभ्रष्ट हुन सक्छन्। शैतानका चालहरूलाई पर्दाफास गर्न र नयाँ विश्वासीहरूलाई साँचो मार्गमा जग बसाल्न सहयोग गर्न मैले परमेश्वरमा अझ धेरै भरोसा गर्नुपर्थ्यो र उहाँका वचनहरू प्रयोग गर्नुपर्थ्यो। परमेश्वरको इच्छा बुझेपछि, मैले मण्डलीको काममा फर्केर, हाम्रो अघिल्लो काममा देखा परेका गल्ती र समस्याहरूलाई सारसङ्क्षेप गरेँ र नयाँ विश्वासीहरूले सामना गरिरहेका समस्याहरूसित सम्बन्धित सत्यताहरूले आफूलाई सुसज्जित गरेँ, त्यसपछि सङ्गतिद्वारा ती समाधान गर्न सहयोग गरेँ। मानिसहरूलाई जगेर्ना गर्न, सुरुमा मैले ती सिद्धान्तहरू खोजी गरेँ र हृदयदेखि प्रार्थना गरेँ, त्यसपछि भेलाहरूमा जगेर्नाका सिद्धान्तहरूअनुरूप कोचाहिँ रहेछ भनेर अवलोकन गर्न ध्यान दिएँ। त्यसरी मानिसहरूलाई छनौट गर्ने काम अझ धेरै सही हुन्छ। कहिलेकहीँ म आफ्नो कर्तव्यमा अझै पनि असफलता र कठिनाइहरू सामना गर्छु, तर अहिले यी समस्याहरूलाई फरक दृष्टिकोणले हेर्छु। म आफैलाई सोध्छु: यो परिस्थितिबाट मैले के पाठ सिकेको परमेश्वर चाहनुहुन्छ? म प्रार्थना गर्ने, परमेश्वरका वचनहरू पढ्ने, र अभ्यासको मार्ग खोज्ने पक्का गर्छु, अनि अरू ब्रदर-सिस्टरहरूबाट कसरी सहयोग खोज्नेत्यो मैले सिकेकी छु। अरूले मेरो काममा आएका समस्याहरू औँल्याइदिन्छन्, र म आफ्ना गल्ती र कमीकमजोरीलाई देख्न सक्छु। मलाई परमेश्वरले नराम्रो देखाउने प्रयास गरिरहनुभएको छ भनेर म उप्रान्त विश्वास गर्दिनँ। बरु, मलाई यो त आत्मचिन्तन गर्ने, आफूलाई चिन्ने, र जीवनमा वृद्धिको पछि लाग्ने मौका हो भन्ने लाग्छ। एकपटक एक जना सिस्टरले मलाई भनिन्, “नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्रममा तपाईं अझै धैर्यवान् हुनुभएको छ, र समस्याहरू सामना गर्दा तपाईं परमेश्वरको इच्छा खोजी गर्नमा पहिलेभन्दा अझै सिपालु हुनुभएको छ।” यो सुन्दा म निकै भावुक भएँ। यो ममा आएको सानो परिवर्तन भए पनि, मैले मानवजातिप्रति परमेश्वरको प्रेम र मुक्ति विशुद्ध र वास्तविक छन् भनेर वास्तविक र व्यक्तिगतरूपमा अनुभव गरेँ। परमेश्वरले मलाई सधैँ बाटो देखाइरहनुभएको, अगुवाइ गरिरहनुभएको छ—उहाँ मेरो साथमा हुनुहुन्छ। मैले आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने अझै धेरै सङ्कल्प गरेकी छु।