८७. साझेदार प्रतिद्वन्द्वी होइन
परमेश्वरको आखिरी दिनहरूका काम स्वीकार गरेको केही समयपछि, मैले नवआगन्तुकहरूलाई मलजल गर्ने अभ्यास गर्न थालेँ। म उत्साही, सक्रिय भएकीले र मैले आफ्नो कर्तव्यमा परिणामहरू ल्याएकीले, मलाई समूह अगुवाका रूपमा छानिएको थियो। पछि, म सुसमाचार डिकन भएँ। मेरा ब्रदर-सिस्टरहरूले भने कि म सानो भए पनि, भरपर्दो थिएँ, मैले मेरो कर्तव्यमा बोझ बोकेकी थिएँ, र म जिम्मेवार थिएँ। यसले मेरो अहंकारलाई सन्तुष्ट पार्यो। २०२० अक्टोबरमा, म मण्डली अगुवा भएँ। यसले मलाई म सत्यता पछ्याउने सक्षम व्यक्ति थिएँ भनी अझ बढी महसुस गरायो।
केही समयपछि, एक उच्च अगुवाले सिस्टर ओलिभियालाई मसँग काम गर्न प्रबन्ध मिलाए। मैले उनलाई मण्डलीको अवस्थाबारे अवगत गराइरहेको बेला, अगुवाले मण्डलीमा रहेका केही समस्याहरूका बारेमा कुरा गरे। यो सुनेपछि, ओलिभियाले भनिन्, “हामीले समस्याको जड पत्ता लगाउनुपर्छ र छिटो समाधान गर्नुपर्छ। अन्यथा, यसले मण्डलीको कामलाई बाधा पुर्याउनेछ।” यो सुन्दा मलाई लाज लाग्यो, किनभने मेरो काममा यी समस्याहरू भएकाले ओलिभियाले मलाई तुच्छ ठान्नेछिन् भनेर म चिन्तित थिएँ। त्यसपछिका केही दिनहरूमा, ओलिभियाले मण्डलीमा ब्रदर-सिस्टरहरूले कसरी आफ्ना कर्तव्यहरू निर्वाह गर्छन् भनेर थाहा पाइन्। त्यसपछि, धेरै सहकर्मीहरू र मेरा ब्रदर-सिस्टरहरूको सामुन्ने उनले मलाई भनिन्, “मैले पछिल्ला दुई दिनमा भेटेका सुसमाचार डिकन र धेरै समूह अगुवाहरूले बोझ बोक्दैनन्। जब नवआगन्तुकहरूलाई धारणा र कठिनाइहरू आइपर्छन्, समूह अगुवाहरू तिनीहरूलाई कसरी समाधान गर्ने भनेर थाहा पाउँदैनन् र सक्रिय रूपमा खोजी गर्दैनन्, बरु कठिनाइहरूमा फस्छन्। उनीहरू यसरी नवआगन्तुहरूलाई राम्रोसँग मलजल गर्न सक्दैनन्।” उनले भनेको कुरा सुन्दा मलाई केही प्रतिरोधी महसुस भयो किनभने मेरो ध्यान केही समूह अगुवाहरूलाई जगेर्ना गर्नमा थियो। उनले तिनीहरूका बारेमा यसरी बोल्दा यस्तो लाग्यो कि तिनीहरूमध्ये कसैले पनि राम्रो काम गरिरहेको थिएन। मलाई उनले धेरै मागिरहेकी छिन् जस्तो लाग्यो। मैले सोचेँ, “तपाईं भर्खरै आउनुभएको छ र परिस्थितिलाई मिहिन रूपमा बुझ्नुभएको छैन, तर तपाईंले कमजोरीहरू खोज्न थाल्नुभएको छ। के तपाईं देखाउन चाहनुहुन्छ कि तपाईं बोझ बोक्नुहुन्छ र समस्याहरू फेला पार्न सक्नुहुन्छ? के तपाईं यहाँ नयाँ भएकाले छाप छोड्न खोज्दै हुनुहुन्छ? यदि मेरो कामका समस्याहरू खोतलिरहनुभयो भने, के मेरा ब्रदर-सिस्टरहरूको नजरमा तपाईंले मेरो राम्रो छवि नष्ट गर्नुहुन्न?” मैले आफ्नो रिसलाई दबाएर भनेँ, “यी समस्याहरूका बारेमा तपाईं सही हुनुहुन्छ। तर, समूह अगुवाहरू र सुसमाचार डिकन दुवैले वास्तविक कठिनाइहरूको सामना गरिरहेका छन्, त्यसैले कहिलेकाहीँ अनुगमनको काम राम्रोसँग हुँदैन, र हामीले बुझ्नुपर्छ।” यो सुनेपछि, उनले भनिन्, “यी कठिनाइहरू सत्यतामा सङ्गति गरेर समाधान गर्न सकिन्छ। यदि तिनीहरूले सत्यता स्वीकार गर्न र परमेश्वरको अभिप्राय बुझ्न सक्छन् भने, तिनीहरूले बोझ बोक्नेछन् र आफ्नो कर्तव्यमा जिम्मेवार हुनेछन्। मुख्य कुरा हामीले यी समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्छौँ कि गर्दैनौँ भन्ने हो।” म अझ बढी रिसाएँ, सोचेँ, “के तपाईं म सत्यताको सङ्गति मार्फत यी समस्याहरू समाधान गर्न सक्षम छैन भन्दै हुनुहुन्छ?” ओलिभियाप्रतिको मेरो दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भयो। मैले उनलाई मेरो साथी वा मलाई मदत गर्न सक्ने व्यक्ति होइन, बरु मेरो प्रतिद्वन्द्वीका रूपमा सोच्न थालेँ। मैले सोचेँ, “यदि यो जारी रह्यो भने, उनी ढिलोचाँडो काममा अग्रणी हुनेछिन्। म अगुवा हुँ, र उनी केवल मेरो सहयोग गर्न यहाँ छिन्। उनी हरहिसाबले मभन्दा राम्रो छिन्, र सधैँ मलाई लज्जित पार्छिन्। यसरी त मैले कसरी इज्जत पाउन सक्छु? र मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्?” त्यसपछि, म उनीसँग काम गर्न र कुरा गर्न चाहन्नथेँ।
एकपटक, सहकर्मी बैठकमा, हामीले झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् भनी प्रकाश गर्ने परमेश्वरको वचन पढ्यौँ। ओलिभियाले मनन गरिन् र आफ्नो बुझाइबारे बताइन्, भनिन् कि उनी केही समयदेखि मण्डलीमा थिइन्, तर उनले कुनै वास्तविक काम नगरेकी हुनाले नवआगन्तुकहरूका कठिनाइहरू समयमै समाधान गर्न सकिएन। उनले भनिन् कि यसले तिनीहरूलाई निरन्तर आफ्ना कठिनाइहरूसँग बाँच्न बाध्य पारेको थियो, र तिनीहरूलाई सत्यता कसरी अभ्यास गर्ने थाहा थिएन, जसले तिनीहरूको जीवनमा वृद्धिमा ढिलाइ गरिरहेको थियो। ओलिभियाले आत्म-ज्ञानबारे छलफल गरिरहेकी भए तापनि, उनले मलाई कुनै वास्तविक काम नगरेको भनेर खुलासा गरिरहेकी थिइन् भन्ने लाग्यो। उनी के भन्न खोज्दै छिन् भनेर मैले अनुमान गर्न थालेँ, “तपाईं सबैले मेरो काममा रहेका समस्याहरूबारे थाहा पाउन् भनेर जानीजानी यी समस्याहरूबारे कुरा गर्दै हुनुहुन्छ, होइन र? पहिले ब्रदर-सिस्टरहरूमा मेरो राम्रो छाप बनेको थियो, तर अहिले तपाईंले मलाई यसरी खुलासा गर्नुभएकाले यस्तो लाग्छ कि तपाईं मेरो छविलाई जानीजानी क्षति पुर्याउँदै हुनुहुन्छ, होइन र? अब उनीहरूले मलाई के सोच्नेछन्?” त्यतिबेला, म धेरै प्रतिरोधी थिएँ र छोडेर जान चाहन्थेँ, तर मलाई त्यसो गर्नु अविवेकी लाग्यो, त्यसैले मैले आफूलाई अन्त्यसम्म रहन बाध्य बनाएँ। त्यो साँझ, ओलिभिया बोझ बोकिरहेकाहरूमध्ये हामीले कसलाई मलजल टोली अगुवाका रूपमा जगेर्ना गर्न सक्छौँ भन्नेबारे मसँग कुरा गर्न आइन्। उनले मलाई यो सोधेपछि, मैले धेरै प्रतिरोधी महसुस गरेँ र सोचेँ, “के कुनै उपयुक्त उम्मेदवार बाँकी छ? तपाईंले सबै राम्रा उम्मेदवारहरूलाई अस्वीकार गर्नुभएको छ। तपाईं हाम्रो मण्डलीका समस्याहरूबारे यहाँ मात्र होइन, अन्य मण्डलीका ब्रदर-सिस्टरहरूको सामु पनि खुलेर छलफल गर्नुहुन्छ। अब अन्य मण्डलीहरूलाई मैले वास्तविक काम गर्दिनँ भन्ने थाहा छ। बोल्नुअघि तपाईं मेरो भावनालाई किन ख्याल गर्नुहुन्न? मलाई लाग्छ तपाईं जानीजानी मलाई निशाना बनाउँदै हुनुहुन्छ!” मैले कठोरतापूर्वक भनेँ, “तपाईं आउनुभएदेखि, अरू कसैले बोझ बोकेको छैन!” उनले मलाई सानो आवाजमा जवाफ दिइन्, “त्यसो भए तपाईंको मतलब म यहाँ हुनुहुन्न भन्ने हो?” मैले बुझेँ म धेरै आवेगशील थिएँ, र त्यसो भन्नुहुँदैनथ्यो, त्यसैले मैले तुरुन्तै जवाफ दिएँ, “होइन।” हामी दुवै केही समय मौन रह्यौँ अनि कामको छलफल जारी राख्यौँ। पछि, जब मैले मेरी सिस्टरलाई भनेका कुराहरूबारे सोचेँ, मलाई हल्का दोषी महसुस भयो। ओलिभियाले हाम्रो काममा समस्याहरू पत्ता लगाएको तथ्यले उनी बोझ बोक्न सक्छिन् भनेर देखायो। म उनीसँग कसरी त्यसरी बोल्न सकेँ? छलफल सकिएपछि म उनीसँग माफी माग्न चाहन्थेँ, तर काममा व्यस्त भएपछि मैले त्यसबारे बिर्सेँ।
पछि, जब मैले माथिल्ला अगुवाले सबै कुरामा ओलिभियासँग परामर्श गरेको देखेँ, मलाई धेरै असहज लाग्यो: “म पनि अगुवा हुँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? के उनीहरूले म अगुवाका रूपमा काम नलाग्ने, र अनावश्यक छु भन्नेछन्?” मलाई लाग्यो ओलिभिया मेरो चमक चोर्दै थिइन्, र म उनको ईर्ष्या गरिरहेको थिएँ। मैले सोचेँ, “उनी यहाँ नआएकी भए, अगुवा मसँग कामको छलफल गरिरहेका हुन्थे।” मैले यो तथ्यबारे पनि सोचेँ कि ओलिभियाले अब सबै काममा प्रभुत्व जमाएकी थिइन्, र उनले लामो समयदेखि परमेश्वरमा विश्वास गर्थिन् र म भन्दा बढी सत्यता बुझ्थिन्। उनले मेरा ब्रदर-सिस्टरहरूको सामु मेरो काममा रहेका समस्याहरू पनि औँल्याएकी थिइन्, त्यसैले मेरा ब्रदर-सिस्टरहरूले अब मेरो बारेमा के सोच्थे भनेर मलाई थाहा थिएन। यी कुराहरूको बारेमा सोच्दा मलाई सङ्कट महसुस भयो। मलाई ओलिभियाले मेरो पद चोर्नेछिन् भन्ने चिन्ता लाग्यो। जति धेरै सोचेँ, त्यति नै असन्तुष्ट भएँ, र ममा उनीसँग बदला लिने इच्छा जाग्यो: “तपाईं मेरो भावनाको ख्याल गर्नुहुन्न, त्यसैले अबबाट म तपाईंका लागि कुराहरू सजिलो बनाउने छैन।” मलाई याद छ एकपटक हामी कामबारे छलफल गरिरहेका थियौँ, र ओलिभियाले आफ्नो विचार व्यक्त गरेपछि, उनले मेरो सल्लाह मागिन्। मैले उनलाई बेवास्ता गरेँ र उनको काम प्रबन्धमा दोष निकालेँ, यो हुँदैन र त्यो हुँदैन भन्दै उनलाई जानीजानी गाह्रो बनाएँ। एकपटक, हामी ओलिभिया मुख्य रूपमा जिम्मेवार रहेको एउटा कामबारे छलफल गरिरहेका थियौँ। त्यतिबेला, मैले कसरी समस्या समाधान गर्ने राम्ररी बुझेको थिएँ, तर म कुनै सुझाव दिन चाहन्नथेँ। मैले यहाँसम्म सोचेँ, “तपाईंको प्रबन्ध असफल भयो भने राम्रो हो। त्यसरी, सबैलाई थाहा हुनेछ कि तपाईं कुराहरू सम्हाल्न सक्नुहुन्न, र अगुवालाई थाहा हुनेछ कि मेरोसट्टा तपाईंसँग सधैँ कुरा गर्नु गलत हो।” त्यसपछि, उनले धेरै सुझावहरू दिइन्, ती सबैलाई मैले सबै अस्वीकार गरेँ। उनले त्यो कसरी समाधान गर्ने भनी नजानेर मेरो केही सल्लाह लिन चाहेको देख्दा, म मनमनै हर्षित भएँ, “तपाईं यस्तो कामको पनि राम्ररी प्रबन्ध गर्न सक्नुहुन्न, तर तपाईं अझै मेरो काममा औँला ठड्याउने हिम्मत गर्नुहुन्छ।” अगुवाले मेरो व्यवहार ठीक नभएको देखे र मलाई ओलिभियासँग मिलेर काम गर, नत्र मण्डलीको काममा ढिलाइ हुनेछ भनेर सम्झाए। मेरो अगुवाका शब्दहरू सुनेपछि, भित्रभित्रै मलाई केही दोषी महसुस भयो। जब हामी हाम्रो काममा अड्किएका थियौँ, मैले त्यो समाधान गर्न बोझ बोकेकी थिइन। बरु, म त्यहाँ उभिएर मजाक गरिरहेकी थिएँ। मैले मण्डलीको कामको सुरक्षा गरिरहेकी थिइनँ। यो बुझेपछि, मैले आफ्नो मानसिकता मिलाएँ र छलफलमा सहभागी हुन थालेँ। तर पहिलेको ढिलाइका कारण, कामको प्रबन्ध मिलाउन धेरै ढिलो भयो।
एक रात, अगुवा मेरो समस्या औँल्याउन मकहाँ आइन्। उनले भनिन्, “तपाईंको प्रतिष्ठा र हैसियतको इच्छा धेरै बलियो छ। तपाईं ओलिभियासँग प्रसिद्धिका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कामको छलफल गर्दा, तपाईं उनले अघि सारेका कुनै पनि विचार स्वीकार गर्नुहुन्न। तपाईं सबैलाई खण्डन गर्नुहुन्छ। ओलिभिया तपाईंद्वारा बाँधिएको महसुस गर्छिन्, र उनलाई तपाईंसँग कसरी सहकार्य गर्ने थाहा छैन। तपाईंले केही आत्मचिन्तन गर्नुपर्छ।” मेरो अगुवाले भनेको कुरा सुनेपछि, मैले धेरै दुःख र पीडा महसुस गरेँ: “किन ओलिभियाले मेरा समस्याहरू मेरो पछाडि रिपोर्ट गरिरहेकी थिइन्? यदि उनले साँच्चै मलाई मद्दत गर्न चाहन्थिन् भने, उनले मलाई व्यक्तिगत रूपमा भन्न सक्थिन्। अब अगुवालाई मेरा समस्याहरू थाहा छ र उनले मलाई बर्खास्त गर्न सक्छिन्।” यो सोच्नेबित्तिकै, मैले अगुवालाई मेरो अवस्थाबारे खुलस्त बताएँ। मैले मण्डलीको काममा ढिलाइ भइनरहोस् भनेर जिम्मेवारी स्वीकार गर्ने र राजीनामा दिने प्रस्ताव पनि गरेँ। राजीनामाबारे बोल्दा, मेरो हृदय झन्डै टुट्यो। मलाई लाग्यो म मेरो कर्तव्य गुमाउन लागेको छु। अगुवाले मसँग सङ्गति गरिन् र भनिन्, “हामीलाई समस्याहरू आइपर्दा, हामी तीबाट भाग्न सक्दैनौँ। हामीले सत्यता खोज्नुपर्छ र आत्मचिन्तन गर्नुपर्छ। ओलिभियाले काममा समस्याहरू फेला पार्न सक्छिन् भन्ने तथ्यले देखाउँछ कि उनी बोझ बोक्न सक्छिन्। यो मण्डलीको कामका लागि फाइदाजनक छैन र? तपाईं किन यसलाई सही तरिकाले लिन सक्नुहुन्न? तपाईं सधैँ उनको ईर्ष्या गर्नुहुन्छ र उनले तपाईंलाई उछिन्ने डर मान्नुहुन्छ। यसले तपाईंको हैसियतको चाहना धेरै बलियो भएको देखाउँछ।” मेरो अगुवाको सङ्गतिपछि, मैले मेरो प्रतिष्ठा र हैसियतको इच्छा निकै बलियो थियो भन्ने बुझेँ। मैले मेरो अवस्था सुल्झाउन सत्यता खोज्नुपर्थ्यो। म उप्रान्त नकारात्मक र प्रतिरोधी महसुस गर्न सक्दिनथेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मैले आफूले देखाएको भ्रष्ट स्वभावको केही बुझाइ प्राप्त गरेँ। परमेश्वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीहरू जसले तिनीहरूलाई खुलासा गर्छ उसले तिनीहरूलाई कठिनाइमा पारिरहेको हुन्छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू तिनीहरूलाई खुलासा गर्ने जोकोहीसँग प्रतिस्पर्धा र लडाइँ गर्छन्। ख्रीष्टविरोधीहरूको यस्तो प्रकृतिको कारण, तिनीहरू तिनीहरूलाई काटछाँट गर्ने कसैलाई पनि कहिल्यै दया गर्दैनन्, न त तिनीहरूले त्यसो गर्ने कसैलाई सहने वा धैर्य देखाउने नै गर्नेछन्, त्यसो गर्ने कसैप्रति कृतज्ञता महसुस गर्ने वा उसलाई प्रशंसा गर्नु त परै जाओस्। बरु यसको ठीक उल्टो रूपमा, यदि कसैले तिनीहरूलाई काटछाँट गर्छ र यसले गर्दा तिनीहरूको प्रतिष्ठा र इज्जत गुम्छ भने, तिनीहरूले हृदयमा यो व्यक्तिप्रति घृणा राख्नेछन्, र ऊसँग बदला लिने मौका खोज्नेछन्। अरूप्रति तिनीहरूमा कति घृणा हुन्छ! अरूसामु तिनीहरूले यस्तो सोच्छन्, र खुलेआम यस्तो भन्छन्, ‘आज तैँले मलाई काटछाँट गरिस्, त्यसकारण अब हाम्रो झगडा हुन्छै-हुन्छ। तँ आफ्नो बाटो लाग्, र म आफ्नो बाटो लाग्छु, तर कसम खान्छु, म बदला लिएरै छोड्छु! यदि तैँले मसँग आफ्नो गल्ती स्विकारिस्, मेरो अघि शिर झुकाइस्, वा घुँडा टेकेर बिन्ती गरिस् भने, म तँलाई क्षमा दिनेछु, नत्रभने म यो कुरा कहिल्यै बिर्सनेछैनँ!’ ख्रीष्टविरोधीहरूले जे भने नि वा जे गरे नि, तिनीहरू आफूलाई कसैले दयापूर्वक गरेको काटछाँटलाई वा कसैले इमानदारिताको साथ गरेको सहयोगलाई परमेश्वरको प्रेम र मुक्तिको आगमनको रूपमा कहिल्यै हेर्दैनन्। बरु, तिनीहरू यसलाई अपमानको चिन्हको रूपमा, र आफूलाई सबैभन्दा बढी लज्जित पारिएको क्षणको रूपमा लिन्छन्। यसले ख्रीष्टविरोधीहरूले सत्यता पटक्कै स्विकार्दैनन्, र तिनीहरूको स्वभाव सत्यताप्रति प्रतिकूल रहने र घृणा गर्ने स्वभाव हो भन्ने देखाउँछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरले प्रकाश गर्नुभयो कि जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, उनीहरूले त्यो अस्वीकार मात्र गर्दैनन्, उनीहरूलाई काटछाँट गर्ने व्यक्तिलाई घृणा गर्न थाल्छन् र प्रतिकार गर्न चाहन्छन्। मैले देखेँ ख्रीष्टविरोधीहरू सत्यता स्वीकार गर्दैनन्, उनीहरू सत्यताप्रति वितृष्ण छन्, र सत्यतालाई घृणा गर्छन्। पहिले, जब मैले “बदला” शब्द देख्थेँ, मलाई यो तौरतरिका द्वेषपूर्ण लाग्थ्यो। मैले दुष्टता प्रकट गरेँ र यस्ता प्रकारका कुराहरू गर्न सक्छु भनेर मलाई विश्वास लागेन। केवल ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले अरूमाथि बदला लिन्छन्। मैले आफ्नै व्यवहारबारे सोचेँ, के यो ख्रीष्टविरोधीहरू जस्तै थिएन र? जब ओलिभियाले मेरा सहकर्मीहरू, ब्रदर-सिस्टरहरूको सामु मेरो काममा रहेका समस्याहरू औँल्याइन्, मलाई मेरो छवि बिग्रिएको महसुस भयो, त्यसैले ममा उनीप्रति पूर्वाग्रह र प्रतिरोध उत्पन्न भयो। एउटा बैठकको क्रममा, ओलिभियाले बुझिन् कि उनले परमेश्वरका वचनहरूका आधारमा वास्तविक काम गर्थिनन्, र मलाई लाग्यो कि उनले आफ्नो आत्म-ज्ञानबारे छलफल गरेर जानीजानी मेरो काममा रहेका समस्याहरू खुलासा गर्दै थिइन्, त्यसैले उनीप्रतिको मेरो पूर्वाग्रह बढेर मात्र गयो। उनी आएदेखि अरू कसैले बोझ बोकेको छैन भन्दै मैले उनलाई आक्रमण पनि गरेँ। मैले अगुवालाई सधैँ उनीसँग कामका बारेमा छलफल गरिरहेको देख्दा मलाई मेरो चमक चोरिएको जस्तो लाग्यो। उनीलाई प्रतिकार गर्न, हामीले कामका बारेमा छलफल गर्दा मैले मेरा सुझावहरू व्यक्त गरिनँ, र ओलिभियाले आफ्नो विचार र सुझावहरू व्यक्त गर्दा मैले गल्तीहरू फेला पारेँ र उनलाई इन्कार गरेँ, जसले कामलाई अगाडि बढाउन असम्भव बनायो। मैले मेरी सिस्टरलाई प्रतिद्वन्द्वीका रूपमा लिएँ। मेरो प्रतिष्ठा र हैसियत कायम राख्न, म उनलाई आक्रमण र प्रतिकार गर्न पनि सक्थेँ। मैले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको स्वभावसमान थिएन र? त्यसमाथि, मैले उनले मेरो काममा रहेका वास्तविक समस्याहरू औँल्याउँदै थिइन् भनेर सोचेँ। यदि मैले आत्मचिन्तन गर्न र विचलनहरू उल्ट्याउन सत्यता खोजेकी भए, समस्याहरू छिटो समाधान हुन सक्थे। यो हाम्रो कामका लागि फाइदाजनक हुने थियो। तर मैले अस्वीकार मात्र गरिनँ, मेरी सिस्टरलाई प्रतिकार गर्न पनि चाहेँ। म साँच्चै परमेश्वरको विश्वासी भनेर भनिन योग्य थिइनँ!
पछि, मैले परमेश्वरका वचनका थप दुई खण्डहरू पढेँ जसले मलाई यो व्यवहारको सार र परिणाम बुझ्न मद्दत गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीहरूको प्रकृतिमा रहेका मुख्य तत्त्वहरूमध्ये एउटा हो, क्रूरता। ‘क्रूरता’ को अर्थ के हो? यसको अर्थ सत्यताप्रति तिनीहरूमा अत्यन्तै दुष्ट मनोवृत्ति हुन्छ—तिनीहरू यसमा समर्पित हुन नसक्ने, र यसलाई स्विकार्न नमान्ने मात्र होइन, तिनीहरू त आफूलाई काटछाँट गर्नेहरूलाई निन्दासमेत गर्छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो। ख्रीष्टविरोधीहरूले सोच्छन् कि काटछाँट हुन स्विकार्ने व्यक्ति हेपाइमा पर्ने खतरामा हुन्छ, र सधैँ अरूलाई काटछाँट गर्ने मानिसहरू सधैँ मानिसहरूलाई गिज्याउन र हेप्न चाहने मानिसहरू हुन्। त्यसैले, ख्रीष्टविरोधीहरूले आफूलाई काटछाँट गर्नेविरुद्ध प्रतिरोध गर्छन्, र त्यो व्यक्तिलाई कठिन समय दिन्छन्। अनि जसले ख्रीष्टविरोधीहरूका कमीकमजोरी वा भ्रष्टताहरूको कुरा उठाउँछ, वा तिनीहरूलाई सत्यता र परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्छ, वा आफूलाई चिन्न लगाउँछ, तिनीहरूले त्यो व्यक्तिले आफूलाई कठिन समय दिइरहेको छ भन्ने सोच्छ र त्यसलाई अप्रिय ठान्छ। तिनीहरूले त्यो व्यक्तिलाई हृदयदेखि नै घृणा गर्छन्, र तिनीहरूसँग बदला लिन्छन् र तिनीहरूलाई कठिनाइमा पार्छन्। … कस्तो प्रकारका मानिसहरूमा यस्तो क्रूर स्वभाव हुन्छ? दुष्ट मानिसहरूमा। वास्तवमा ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा मात्रै यस्तो क्रूर स्वभाव हुन्छ। जब क्रूर व्यक्तिले कुनै पनि राम्रो अभिप्रायको सल्लाह, आरोप, शिक्षा वा सहयोग सामना गर्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुनु वा यसलाई नम्रसाथ स्विकार्नु हुँदैन, बरु लज्जित र क्रोधित हुनु, र चरम शत्रुता, र घृणा महसुस गर्नु, र बदलासमेत लिन चाहनु हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू छली, कुटिल र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाए भने, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा झाराटारुवा हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्च नठानेपछि, र तिनीहरूद्वारा कोही नबहकिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय नहुने मात्र होइन, रत्तीभर समर्पण पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्वरको डर मान्ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा बफादार हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र? यिनीहरू स्पष्टतः दुष्ट मानिसहरू हुन्; ख्रीष्टविरोधीहरू सारमा दुष्ट मानिसहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। “द्वेषपूर्ण” र “दुष्ट मानिसहरू” जस्ता शब्दहरू देख्नु डरलाग्दो र दुःखदायी थियो। मलाई यी शब्दहरू ममा लागू हुन्छन् भन्ने लागेको थिएन। मेरो छवि बिग्रिएको थियो किनभने ओलिभियाले मेरो काममा समस्याहरू औँल्याएकी थिइन्। मैले उनलाई आक्रमण र प्रतिकार गरेँ, कामको छलफल गर्दा जानीजानी लज्जित पारेँ, र उनको कामको प्रबन्धमा दोष निकालेँ। उनको कामको समस्या कसरी समाधान गर्ने भनेर मलाई थाहा भएर नि मैले भनिन, किनभने मलाई उनलाई लज्जित पार्न र उनको हाँसो उडाउन मन थियो। जब अगुवाले मलाई खुलासा र काटछाँट गर्नुभयो, मैले आत्मचिन्तन नगरेको मात्र होइन, मेरा समस्याहरू रिपोर्ट गरेकोमा उनलाई घृणा पनि गरेँ। म नकारात्मक र प्रतिरोधी थिएँ, मैले आफ्नो कर्तव्यमाथि रिस पोखेँ, र राजीनामा दिएर मेरो कर्तव्य गर्न छोड्न पनि चाहन्थेँ। मैले प्रकट गरेको कुरा एक ख्रीष्टविरोधीको जस्तै दुष्ट स्वभाव थियो! म “आइनलागिञ्जेल जाइलागिँदैन; आइलागे छोडिँदैन” र “यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ!” भन्ने भनाइमा विश्वास गर्थेँ। कसैले मेरो हित र छविलाई असर गर्दा, मैले उनीहरूलाई घृणा, आक्रमण, र प्रतिकार गर्थेँ। मैले परमेश्वरमा विश्वास गर्नु अघिको समय सम्झेँ, जब मेरो एक साथीसँग झगडा भयो, र उनले मेरो बारेमा अरूसँग नराम्रो बोलेकी थिइन्। म धेरै रिसाएँ, र सोचेँ, “यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ!” मैले त्यही अर्को व्यक्तिलाई बिस्तारै भनेँ, “तपाईं कसरी यति मूर्ख हुन सक्नुहुन्छ? तपाईं किन उनी प्रति यति दयालु हुनुहुन्छ? तपाईंलाई उनी तपाईंको पछाडि तपाईंबारे नराम्रो कुरा भन्दै छिन् भन्नेसमेत थाहा छैन!” यदि मलाई हेपिएपछि मैले प्रतिरोध गरिनँ भने म कमजोर हुनेछु भन्ने लाग्यो। यी दर्शनहरू अनुसार जिएर म स्वार्थी र द्वेषपूर्ण भएँ, मेरो सोच विकृत भयो, र मलाई असल र खराब छुट्याउन असमर्थ बनायो। यो बुझेर, मलाई लाग्यो कि म भयानक थिएँ। यदि मैले मेरो द्वेषतालाई नसम्हाले म अझ बढी दुष्टता गर्न सक्थेँ, र त्यसपछि म परमेश्वरबाट तिरस्कृत हुनेथेँ र हटाइनेथेँ! मैले परमेश्वरलाई चुपचाप प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईंको वचनको न्याय र प्रकाश मार्फत म देख्न सक्छु कि मेरो मानवता खराब छ र म धेरै द्वेषपूर्ण छु। म पश्चाताप गर्न चाहन्छु र आफूलाई परिवर्तन गर्न सत्यता अभ्यास गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
पछि, परमेश्वरको वचनमा, मैले पढेँ: “जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस बेला तेरो अवस्था के छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो निरीक्षण वा अवलोकन गर्छ, वा तेरो बारेमा गहन सोधपुछ गर्छ, अनि तिनीहरूको आचरण कहिलेकाहीँ केही कठोर भएको बेला तिनीहरूले तँलाई केही मात्रामा काटछाँट गर्छन्, र अनुशासनमा राख्छन् अनि हप्काउँछन्, तब यो सबै परमेश्वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठा र जिम्मेवार आचरणकै कारणले गर्दा हो। यसप्रति तँसँग नकारात्मक विचार वा भावना हुनुहुँदैन। यदि अरूले तेरो बारेमा निरीक्षण, अवलोकन र सोधपुछ गर्दा तैँले स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्वरको सूक्ष्म परीक्षणलाई स्वीकार्छस् भन्ने हुन्छ। यदि तैँले तेरो बारेमा मानिसहरूको निरीक्षण, अवलोकन र सोधपुछलाई स्वीकार गर्दैनस् भने—यदि तँ यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्वरको सूक्ष्म परीक्षणलाई स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्वरको सूक्ष्म परीक्षण मानिसहरूले सोधपुछ गरेको भन्दा विस्तृत, गहन र परिशुद्ध हुन्छ; परमेश्वरका मागहरू अझ निश्चित, स्पष्ट र गहनन् हुन्छ। यदि तैँले परमेश्वरका चुनिएका मानिसहरूबाट गरिने निरीक्षण स्विकार्न सक्दैनस् भने, तैँले परमेश्वरको सूक्ष्म परीक्षण स्वीकार गर्छस् भन्ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्वरको सूक्ष्म परीक्षण र जाँचलाई स्वीकार गर्न सक्षम हुनको निम्ति, सर्वप्रथम तँ परमेश्वरको घर, अगुवा र सेवकहरू अनि दाजुभाइ तथा दिदीबहिनीहरूको निरीक्षणलाई स्विकार्न सक्षम हुनुपर्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (७))। “तेरो जे समस्या भए पनि वा तैँले जे भ्रष्टता प्रकट गरे पनि, तैँले सदैव परमेश्वरको वचनको ज्योतिमा आफूबारे चिन्तन गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ वा दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरू औँल्याई माग्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्वरको जाँच स्विकार्नुपर्छ, तँ परमेश्वरसमक्ष आउनुपर्छ, र उहाँसित अन्तर्दृष्टि र ज्योति माग्नुपर्छ। तैँले जुनै विधि प्रयोग गरे पनि, समस्याहरू चाँडै पत्ता लगाएर ती समाधान गर्नु नै आत्मचिन्तनबाट पाइने नतिजा हो, र यो तैँले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। तैँले आफूलाई पछुतो हुनुअघि नै परमेश्वरले तँलाई खुलासा गरेर हटाउनुहुने हदसम्म पर्खर्नु हुँदैन, किनकि त्यतिन्जेल पछुतो गर्न धेरै ढिलो भइसकेको हुनेछ!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि मात्र मैले बुझेँ कि मेरा ब्रदर-सिस्टरहरू कामबारे गम्भीर र जिम्मेवार भएकाले मात्र मलाई सुपरिवेक्षण र मार्गदर्शन दिएका थिए। मैले त्यो परमेश्वरबाट स्वीकार गर्नुपर्छ र स्वीकार गर्न र पालन गर्न सिक्नुपर्छ। यो मात्र परमेश्वरको छानबिन स्वीकार गर्नु र परमेश्वरको डर मान्ने हृदय हुनु हो। जब मेरी सिस्टरले मेरा समस्याहरू पत्ता लगाइन् र मलाई औँल्याइन्, यो मलाई मद्दत गर्न र सहायता गर्न थियो। मेरो जीवन अनुभव धेरै सतही थियो। नवआगन्तुकहरूको कर्तव्यमा समस्याहरू थिए, तर मैले सत्यतामा सङ्गति गरेर ती समाधान गर्न सकिनँ, र धेरै पटक, अनुगमन वा सहायताबिनानै मैले सक्नका लागि मात्र कामको प्रबन्ध गरेँ र त्यसलाई त्यहीँ छोडेँ। कामले कुनै परिणाम हासिल गरेको थिएन। मैले कर्मचारी व्यवस्थापनका सिद्धान्तहरू बुझेकी थिइनँ र केही मानिसहरूको अनुपयुक्तताबाट बच्न गाह्रो थियो। ओलिभियाले केही सत्यता बुझ्थिन र केही कुराहरू स्पष्ट रूपमा देख्न सक्थिन्, त्यसैले यदि हामीले मण्डलीको काममा सहकार्य गरेका भए, यसले काममा सहयोग गरेको मात्र हुनेथिएन, म पनि उनीबाट सिक्न र सुध्रिन सक्थेँ। त्यसपछि मात्र मैले किन परमेश्वरले हामीले हाम्रो कर्तव्य एक्लै निर्वाह नगरी सहकार्य गरौँ भन्ने चाहनुहुन्छ भनेर बुझेँ। यसो किन हो भने मानिसहरूमा भ्रष्ट स्वभाव र धेरै कमजोरीहरू छन्। हामीले एकअर्कालाई सुपरिवेक्षण, मार्गदर्शन र मद्दत गर्न आवश्यक छ। यो मात्र गल्तीहरूबाट बच्ने तरिका हो। यो सोच्दा, मैले निकै दोषी महसुस गरेँ। म अब प्रतिष्ठा र हैसियतका लागि जिउन सक्दिनथेँ। मैले आफूलाई छोड्न, अरूको सुपरिवेक्षण र मार्गदर्शन स्वीकार गर्न, मेरी सिस्टरसँग सहकार्य गर्न, सत्यता खोज्न र काममा समस्याहरू सँगै समाधान गर्न, र मेरो कर्तव्यलाई सही ढङ्गले पूरा गर्न सिक्नुपर्यो।
त्यसपछि, मलाई अर्को मण्डलीमा मेरो कर्तव्य निर्वाह गर्न पठाइयो। ओलिभियाबाट अलग भएपछि, मैले धेरै पछुताएको महसुस गरेँ। त्यसैले, मैले अबदेखि मेरो कर्तव्य उचित तरिकाले गर्न चाहन्छु र मेरा भ्रष्ट स्वभावहरू ठीक गर्न ध्यान केन्द्रित गर्न चाहन्छु भन्दै चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ। एकपटक, मैले मलजलकी प्रभारी सिस्टर एस्टरलाई नवआगन्तुकहरूको भेला कस्तो चलिरहेको छ भनेर व्याख्या गर्न भनेँ। एस्टरले मलाई केही सल्लाह दिइन्, “तपाईं सधैँ अन्य भेलाहरूमा जानुहुन्छ, र नवआगन्तुकहरूको भेलामा बिरलै आउनुहुन्छ, जसले अगुवा अनुपस्थित भएजस्तो देखाउँछ। कुनै पनि ब्रदर-सिस्टरले तपाईंलाई चिन्दैनन्। तपाईंलाई उनीहरूको कामको अनुगमन गर्न वा उनीहरूको स्थिति र कठिनाइहरू समाधान गर्न सजिलो छैन।” उनले त्यसो भनेको सुनेर म स्तब्ध भएँ, र मलाई मेरा गाला रातो भइरहेको महसुस भयो। मैले सोचेँ, “तपाईं कसरी मलाई अनुपस्थित अगुवा भन्न सक्नुहुन्छ? के तपाईं म वास्तविक काम गर्दिनँ र म काम नलाग्ने छु भन्न चाहनुहुन्न? तपाईं धेरै कठोर हुनुहुन्छ! यस्तो होइन कि म काम गरिरहेको छैन, म अर्को कामको अनुगमन गरिरहेको छु। तपाईं यो समूहको प्रभारी भएकाले तपाईंले यसको जिम्मेवारी लिनुपर्छ। सबै कुरा मैले नै गर्नुपर्छ भन्ने छैन। यदि माथिल्ला अगुवाहरूले तपाईंका शब्दहरू सुने भने, के उनीहरूले मैले वास्तविक काम गर्दिनँ भनेर सोच्ने छैनन्? यो हुन सक्दैन। मैले तपाईंको काममा केही विचलनहरू फेला पार्न आवश्यक छ, ताकि म तीबारे कुरा गर्न सकूँ।” मैले यो सोच्दा मेरो स्थिति गलत भएको बुझेँ। मेरी सिस्टरले मेरो काममा समस्याहरू औँल्याइरहेकी थिइन्, र स्वीकार र चिन्तन गर्नुको सट्टा, मलाई लाग्यो कि उनी धेरै कठोर थिइन्, र उनलाई खण्डन गर्न म उनको काममा समस्याहरू फेला पार्न चाहन्थेँ। म सत्यता स्वीकार गर्न अस्वीकार गरिरहेकी थिएँ र फेरि प्रतिकार गर्न खोजिरहेकी थिएँ। मैले तुरुन्तै चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, एस्टरले मलाई एउटा समस्या औँल्याइन् र म मेरो हृदयमा प्रतिरोधी थिएँ, जुन तपाईंको अभिप्राय विरुद्ध हो। म स्वीकार गर्न, आज्ञा पालन गर्न र आत्मचिन्तन गर्न चाहन्छु।” प्रार्थना गरेपछि, मैले चिन्तन गरेँ र बुझेँ कि ममा वास्तवमै समस्या थियो। म एस्टरमा धेरै निर्भर थिएँ। मलाई लाग्यो उनी नवआगन्तुहरूलाई मलजल गर्न जिम्मेवार भएकीले म आराम गर्न सक्थेँ, त्यसैले मैले निष्क्रिय तौरतरिका अपनाएँ। एक मण्डली अगुवाका रूपमा, म बिरलै नव आगन्तुकहरूका वास्तविक अवस्था र कठिनाइहरूबारे जान्न पाउँथेँ। म मेरो जिम्मेवारी पूरा गरिरहेकी थिइनँ। यो वास्तवमा वास्तविक काम नगरेको प्रकटीकरण थियो। त्यसपछि, मैले एस्टरलाई भनेँ, “मलाई यो समस्या पहिले थियो भन्ने थाहा थिएन, तर म यसलाई परिवर्तन गर्न चाहन्छु।” पछि, म नवआगन्तुकहरूसँग सम्पर्कमा रहेँ र उनीहरूको भेलामा सहभागी भएँ र उनीहरूको स्थिति समाधान गर्न सङ्गति प्रस्ताव गरेँ। यसरी मेरो कर्तव्य गर्दा मलाई धेरै सहज लाग्यो।
यस अनुभवबाट, मैले बुझेँ कि परमेश्वरको वचन अनुसार अभ्यास गरेर र मेरा ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण, मार्गदर्शन र काटछाँट स्वीकार गर्न सिकेर, म साँच्चै केही परिवर्तन हाँसिल गर्न सक्छु। परमेश्वरलाई धन्यवाद!