७७. अन्धो प्रेम भयानक कुरा हो

जियायो लि, चीन

सन् १९९८ मा, मेरा तीन बहिनीहरू र मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गर्‍यौँ। हामी प्रायजसो सँगै परमेश्‍वरका वचनहरू सङ्गति गर्ने, भजन गाउने र परमेश्‍वरको प्रशंसा गर्ने गर्थ्यौँ, र एकअर्कालाई इमानदारीसाथ सत्यता र मुक्ति खोजी गर्न प्रोत्साहित पनि गर्थ्यौँ। पछि हामी सबैले मण्डलीमा कर्तव्य पूरा गर्न थाल्यौँ, र एकअर्कालाई भेट्दा प्रायजसो हाम्रो वर्तमान अवस्था र हामीले आफ्‍नो कर्तव्यमा सिकेका पाठहरूबारे कुरा गर्थ्यौँ। तर मेरी कान्छी बहिनी, जियाओ झिले चाहिँ आफ्‍नो कर्तव्यमा आएका कठिनाइहरूबारे गुनासो नगरे पनि प्रायजसो अरू मानिसहरूसँग सम्‍बन्धित समस्याहरूबारे कुरा गर्ने गर्थी। एकपटक, जियाओ झिले मलजल टोली अगुवाको रूपमा काम गर्न थालेपछि धेरै समस्याहरू भोगेको, तर मण्डली अगुवाले उसलाई कुनै सहयोग नगरेको कुरा गरी। उसले ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्यका सिद्धान्तहरू बुझेका छैनन्, अगुवाले सङ्गति गरेर यो समस्या समाधान गर्न सकेनन्, र अगुवा व्यावहारिक काम गर्न असक्षम छन् भनेर पनि गुनासो गरी। तर मैले उसको मण्डलीका अगुवालाई चिनेकी थिएँ र तिनी वास्तवमा व्यावहारिक काम गर्न सक्षम थिए। मेरी बहिनीले आफ्‍नो अनुभवबाट सिक्‍ने प्रयास नगरेको, बरु यसको सट्टा आफ्नो अगुवाका गल्तीहरू खोतलेको देख्दा, म उसमा अनुभवको कमी छ र उसले आफूलाई अहिलेसम्‍म चिनेकी छैन भन्‍ने सोच्थेँ, त्यसकारण म उसलाई प्रायजसो सहयोग गर्थेँ र परमेश्‍वरका वचनहरूबारे सङ्गति दिन्थेँ। म उसलाई अरूमा ध्यान दिन छोडेर आफ्‍नै जीवन प्रवेशमा ध्यान दिन थाल्‍नुपर्छ र आफूले सामना गरेका कठिनाइहरूबाट सिक्‍ने प्रयास गर्नुपर्छ भनेर भन्थेँ। समय बित्दै जाँदा हामी दुवै निकै व्यस्त हुन थाल्यौँ, र एकअर्कालाई त्यति भेट्न पाएनौँ।

अगष्ट २०१८ को एक दिन, मैले एक अगुवाले सिस्टर जियाङ युसुनलाई लेखेको पत्र देखेँ, जसमा निष्कासन गरिनुपर्ने एक दुष्कर्मीबारे थप जानकारी प्रदान गर्न अनुरोध गरिएको रहेछ। अचम्‍मको कुरो, त्यो दुष्कर्मी मेरी कान्छी बहिनी जियाओ झि रहिछ। त्यो बेला, मलाई पत्याउनै गाह्रो भयो। मेरी बहिनीलाई निष्कासित गरिनेछ भनेर त मैले कल्‍पनासमेत गरेकी थिइनँ। युसुनले लेखेको कुरा हेर्दा, जियाओ झिले मलजल कार्य सुपरभाइजरको रूपमा काम गर्दा, आफ्‍नो पदको दुरुपयोग गरी अरूलाई हप्काउने र हेप्‍ने गर्ने गरेकी रहिछ। एक सिस्टरले जियाओ झिका कमीकमजोरीहरूबारे कुरा उठाउँदा, उसले आलोचना स्विकार्न सकिनछ र ती सिस्टरलाई गिल्‍ला र आक्रमणसमेत गरिछ। अन्तिममा, ती सिस्टरलाई यति बाधा र बेखुसी महसुस भयो कि तिनलाई आफ्‍नो कर्तव्य पूरा गर्न मनै लाग्‍न छोडेछ। अरू ब्रदर-सिस्टरहरू पनि विभिन्‍न हदसम्‍म जियाओ झिबाट बाधामा परेका र निराश भएका थिए। यो कुरा देख्दा, मलाई जियाओ झिले यस्ता दुष्कर्महरू गर्छे भनेर विश्‍वासै लागेन र युसुनको बारेमा विभिन्‍न कुराहरूसमेत सोचेँ: “के तिमीमा मेरी बहिनीप्रति कुनै पूर्वाग्रह छ? उसको जीवन प्रवेश त्यति राम्रो नहुन सक्छ, तर ऊ दुष्कर्मी होइन। कतै तिमीले यो मामलालाई बढाइचढाइ गरेको पो हो कि?” मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै दुःख लाग्यो। त्यो रात म निदाउनै सकिनँ। मैले मेरी बहिनीले कसरी आफ्‍नो परिवार र जागिर छोडेकी थिई, र सुसमाचार सुनाउन र आफ्‍नो कर्तव्य निभाउन यति वर्ष यात्रा गर्दा उसलाई कति गाह्रो भएको थियो भन्‍नेबारेमा विचार गरेँ। मलाई याद थियो, एकपटक उसले सुसमाचार प्रचार गरिरहेको बेला एक दुष्कर्मीले उसको बारेमा रिपोर्ट गरिदिएछ, र ऊ पक्राउ पर्नबाट बच्‍नको लागि एउटा भत्केको घरमा रातभरि लुक्‍नुपरेको थियो। उसले सुसमाचार प्रचार गरेका वर्षहरूमा, उसलाई धर्मका मानिसहरूले कुटेका र गाली गरेका थिए, र उसले पराल र सुँगुरको खोरमा सुत्‍नुपरेको र प्रायजसो नखाई बस्‍नुपरेको थियो। विश्‍वासी भएको यतिका वर्षमा ऊसँग देखाउने कुरा त्यति धेरै नभए पनि, उसले धेरै परिश्रम गरेकी थिई। अहिले कसरी उसलाई दुष्कर्मीको रूपमा निष्कासित गर्न सकिन्छ? तर त्यसपछि मलाई मण्डलीले सिद्धान्तअनुसार व्यवहार गर्छ, र निष्कासन सधैँ व्यक्तिको व्यवहारको प्रवृत्ति र उसको प्रकृतिको सारको आधारमा हुन्छ भन्‍ने याद आयो। मण्डलीले कहिल्यै पनि मानिसहरूलाई गलत रूपमा दोष लगाउँदैन। के जियाओ झि साँच्‍चै दुष्कर्मी थिई त? यो सोच्दासमेत मलाई नरमाइलो लाग्यो। यदि उसलाई निष्कासित गरिन्थ्यो भने, उसले मुक्ति पाउँदिनथी र उसले भोगेका सबै कठिनाइ व्यर्थ हुने थियो। त्यसपछिका दिनहरूमा म जबजब यो कुरा सोच्थेँ तबतब मलाई साह्रै नरमाइलो लाग्थ्यो, मानौँ कुनै ठूलो ढुङ्गाले मेरो छाती थिचेको छ।

केही दिनपछि, मैले अर्की बहिनी जियाओ युएबाट एउटा पत्र प्राप्त गरेँ र त्यसमा हाम्री कान्छी बहिनी साह्रै बिरामी छे र उसको अप्रेसन गर्नुपर्छ भनेर भनिएको थियो। पत्र पढेपछि मलाई लाग्यो: “यदि जियाओ झिले यो बिरामी भएको समयलाई आत्मचिन्तन गरेर परमेश्‍वरको अघि पश्‍चात्ताप गर्ने अवसरको रूपमा प्रयोग गरी भने, सायद ऊ निष्कासित हुनबाट जोगिन सक्छे कि?” मैले तुरुन्तै जियाओ झिलाई परमेश्‍वरको धर्मी स्वभावबारे बताउन परमेश्‍वरका वचनहरू प्रयोग गरी एउटा पत्र लेखेँ। मैले उसलाई बाहिरी कारणहरू हेर्नुको सट्टा यो बिरामलाई आत्मचिन्तन र पश्‍चात्ताप गर्ने मौकाको रूपमा लिनुपर्छ भनेर के बताएँ। तर जियाओ झिको समस्या मैले सोचेजस्तो सरल थिएन। दुई महिनापछि म घर जाँदा, जियाओ युएले मलाई कान्छी बहिनीको व्यवहारबारे बताई। जियाओ झिको स्वभाव विशेष रूपमा अहङ्कारी थियो; मलजलको काम लिएपछि, उसले सबै कुरा आफूले भनेअनुसार नै गर्नुपर्छ भनेर जोड दिई। जब उसकी सहकर्मी सिस्टरले कामको बारेमा ऊसँग असहमति जनाइन् र उसका विचारहरूअनुसार काम गरिनन्, तब ऊ आक्रोशित भई र ती सिस्टरलाई आक्रमण र बहिष्कार गर्न थाली। त्यसपछि अरूहरूमाझ ती सिस्टरको बारेमा पूर्वाग्रह फैलाउँदै र तिनीहरूलाई उनको आलोचना गर्न लगाउँदै उनको विरुद्धमा उक्‍साउने प्रयाससमेत गरी। पछि, ती सिस्टर खराब अवस्थामा हुँदा, जियाओ झिले उनलाई सहयोग नगरेकी मात्र होइन, ती सिस्टरले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनन् भन्दै र उनलाई सहयोग गर्न अरूलाई रोक्दै, उनी र अरूहरूमाझ फाटो ल्याउने प्रयाससमेत गरी। यसले गर्दा ती सिस्टर अझै निरुत्साहित भइन्, यहाँसम्‍म कि उनी आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने अवस्थामा पुगिन् र उनलाई बर्खास्त गरियो। जब अर्की सिस्टरले आफूलाई जियाओ झिद्वारा बाँधिएजस्तो महसुस हुन्छ भनेर भनिन्, तब जियाओ झि आक्रोशित भई र ती सिस्टरलाई बदला लिन र आक्रमण गर्न हर अवसरको फाइदा उठाई। अरू ब्रदर-सिस्टरहरूको अघि उसले ती सिस्टरलाई आलोचना गर्ने र होच्याउने पनि गर्थी। फलस्वरूप ती सिस्टर हैरान र नकारात्मक भएपछि, जियाओ झिले यही अवसरको फाइदा उठाउँदै अगुवा र अरूहरूलाई ती सिस्टरले पवित्र आत्‍माको कार्य गुमाएकी छिन् र आफ्‍नो कर्तव्य पूरा गर्न लायक छैनन्, र उनलाई बर्खास्त गर्न चाहन्छु भनेर भनी। जियाओ झिबाट भएका निरन्तरका आक्रमण र दण्ड, अनि बहिस्कार र हेपाइले गर्दा ब्रदर-सिस्टरहरू नकरात्मक भइरहेका थिए, र फलस्वरूप, तिनीहरू आफ्‍नो कर्तव्यमा अघि बढ्न सकिरहेका थिएनन्। मण्डलीको मलजल कार्यमा गम्‍भीर बाधा पुगिरहेको थियो। उसको अगुवाले उसका समस्याहरू औँल्याएर उसलाई धेरैपटक सहयोग गर्ने प्रयास गरे, तर उसले तिनको आलोचना स्वीकार गर्न नसक्‍नुको अलावा निरन्तर मुख फर्काउने काम गरी। उसलाई बर्खास्त गरिएको क्षणसम्‍म उसले कुनै आत्मज्ञान देखाइन र अवज्ञाकारी भइरही। उसले अगुवाका गल्तीहरू कोट्याएर तिनको पिठ्यूँपछाडि आलोचनासमेत गरी। जियाओ युएले उसका समस्याहरू औँल्याउने प्रयास गर्दा, उसले जियाओ युएले उसलाई नबुझेको र उसको पक्षमा नबोलेको गुनासो गरी। उसले यस्तो दाबीसमेत गरी: “मण्डलीमा कसैले इमान्दारीपूर्वक बोल्‍न सक्दैन। मैले आफूलाई लागेको कुरा खुलेर बोलेकै कारण मलाई बर्खास्त गरियो।” यो सुन्दा म तीनछक परेँ। मेरी कान्छी बहिनी हैसियतप्रति यति आसक्त छे, उसमा यस्तो क्रूर प्रकृति छ, र ऊसले आफूसँग असहमत हुनेहरूलाई आक्रमण गर्न र दण्ड दिन सक्छे भन्‍ने मैले महसुस गरेकी थिइनँ। यो साधारण भ्रष्टता थिएन यो तर उसको प्रकृतिको समस्या थियो! पछि, मैले उसलाई भेट्दा, उसलाई एकदमै आतुरीको साथ सङ्गति दिएँ र आफ्‍ना दुष्ट कार्यहरूबारे मनन गर्न सल्‍लाह दिएँ। पश्‍चात्ताप नगरे, उसलाई बहिष्कार गरिनेछ र उसले मुक्ति पाउने मौका गुमाउनेछे भनेर मैले भनेँ। तर अचम्‍मको कुरो, उसले मेरो सल्‍लाह स्विकार्नु त कता हो कता, उल्टै रिसाउँदै भनी: “के भएको थियो तपाईंलाई केही थाहा छैन र म यसबारेमा थप केही बोल्‍न चाहन्‍नँ। मैले अरू केही बोलेँ भने तपाईंले मलाई बोलेरै जित्‍न लाग्यो भनेर भन्‍नुहुनेछ।” उसलाई यति धेरै गुनासोले भरिएको देख्दा म छक्‍क परेँ। ऊ यति जिद्दी छे र सत्यता पटक्‍कै स्वीकार गर्दिन भन्‍ने मलाई पटक्‍कै थाहा थिएन। के ऊ छुटकाराभन्दा बाहिर गइसकेकी हो? यो सोच्दा, मेरो उत्साह हरायो। मलाई याद आयो, हामी भेट्दा उसले सधैँ अरूको आलोचना गर्थी, कुरा काट्थी र आफ्‍नो बारेमा कहिल्यै मनन गर्दिनथी। उसले सधैँ अगुवाहरूको गल्ती पनि कोट्याइरहेकी हुन्थी। अनि, मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, मेरी कान्छी बहिनीको व्यवहार क्षणिक रूपमा भएको भ्रष्ट स्वभावको प्रकटीकरण मात्रै होइन, यो त उसको गहन क्रूर प्रकृतिको प्रतिबिम्‍ब पो रहेछ। उसले अरूलाई दण्ड दिन्थी, दुर्व्यवहार गर्थी र बदला लिन्थी र ऊसँग सहमत नहुने वा उसका हितहरूमा धक्‍का दिने जोकोहीलाई उसले बहिष्कार र आक्रमण गर्थी। उसले अरूहरू नकारात्मक स्थितिमा नपरुञ्‍जेलसम्‍म तिनीहरूलाई आलोचना गर्न र दोष लगाउन तथ्यहरू बङ्ग्याउँथी। उसको व्यवहारको विषयमा अरूहरूले उसलाई बारम्बार निराकरण र सहयोग गर्थे, तर उसले कहिल्यै गल्ती स्वीकार गर्दिनथी र सधैँ मुख फर्काउँथी। उसले कुनै पछुतो वा आत्मचिन्तन गर्दिनथी, र अगुवालाई घृणा र आक्रमणसमेत गर्थी। जियाओ युए र मैले उसलाई धेरैपटक सङ्गति र सहयोग गरेका थियौँ, तर उसले हामीले भनेको कुरा मान्दिनथी र हामीले उसलाई दुःख दिइरहेका छौँ भन्‍ने सोच्दै हामीप्रति आक्रोशित र अटेरी हुन्थी। बर्खास्त भएपछि पनि उसले आफ्‍नो बारेमा मनन गरिन र मण्डलीमा इमान्दारीपूर्वक बोल्‍नु हुँदैन रहेछ र उसले मनको कुरा बोलेकोले मात्रै उसलाई बर्खास्त गरिएको हो भन्दै तथ्यहरू बङ्ग्याइरही। के त्यो सत्यता उल्टाएर अरूलाई बहकाउनु होइन र? के उसले परमेश्‍वरको धार्मिकतालाई, अनि परमेश्‍वरको घरमा सत्यताले राज गर्छ भन्‍ने कुरा इन्कार गरिरहेकी थिइन र? विगतमा म उसको जीवन प्रवेश राम्रोसँग भइसकेको छैन, र उसका दुष्ट व्यवहारहरू भ्रष्टताको क्षणिक प्रकटीकरण मात्रै हुन् भन्‍ने सोच्थेँ, त्यसकारण म उसलाई सधैँ सहयोग र साथ दिइरहन्थेँ। तर अब मलाई के महसुस भयो भने यो त अपर्याप्त जीवन प्रवेश वा भ्रष्टताको क्षणिक प्रकटीकरणको कुरा होइन। ऊ सत्यताप्रति नै दिक्‍क मान्थी र सत्यतालाई घृणा गर्थी, अनि उसको सार नै दुष्कर्मीको सार थियो।

विगतमा, मलाई के लाग्थ्यो भने, मेरी कान्छी बहिनीले त्यागहरू गरेकी छे, आफूलाई समर्पित गरेकी छे, आफ्‍नो कर्तव्यमा धेरै कष्ट भोगेर परिश्रम गरेकी छे, तर पनि उसले कुनै ठूलो उपलब्धि हासिल गरेकी छैन, त्यसकारण उसले सत्यता खोजी गरिन नै भने पनि परमेश्‍वरले हेर्नुहुनेछ। तर पछि परमेश्‍वरका वचनहरू पढेपछि, मलाई यो धारणा हास्यास्पद रहेछ भन्‍ने महसुस भयो। परमेश्‍वरका वचनहरूले भन्छन्: “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूले गर्ने कारुणिक आह्‍वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्या दुष्कर्मका लागि प्रतिशोध लिइएको हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूले मलाई के सिकाए भने, परमेश्‍वरले हरेक व्यक्तिको गन्तव्य उसको वरिष्ठता, वा उसले कति धेरै कष्ट भोगेको छ वा कति त्याग र समर्पण गरेको छ भन्‍ने आधारमा होइन, बरु उसले स्वभाव परिवर्तन गरेर सत्यता प्राप्त गरेको छ कि छैन भन्‍ने आधारमा निर्धारण गर्नुहुन्छ। सत्यता स्विकार्ने, सत्यता अभ्यास गर्ने र अन्तिममा स्वभाव परिवर्तन हासिल गर्नेहरूले मुक्ति पाउन सक्छन्। सत्यतालाई घृणा गर्ने र मन नपराउने दुष्कर्मी, अविश्‍वासी र ख्रीष्टविरोधीहरूको हकमा चाहिँ, तिनीहरूले जति नै कष्ट भोगे पनि, अन्तिममा तिनीहरूलाई हटाइनेछ र तिनीहरूले मुक्ति पाउन सक्‍नेछैनन् किनभने तिनीहरूले हरकिसिमका दुष्कर्म गरेका हुन्छन् र अलिकति पनि रूपान्तरण हासिल गरेका हुँदैनन्। मैले सोचेँ, मेरी कान्छी बहिनीले विश्‍वास गरेको धेरै भएको थियो, तर उसले बाहिरी रूपमा त्यागहरू गरेकी, आफूलाई समर्पित गरेकी र आफ्‍नो कर्तव्यको लागि कष्ट भोगेकी भए पनि, ऊ कुनै पनि हालतमा सत्यता खोजी गर्दिनथी, अनि उसले आफूलाई चिन्‍न सकिन र मण्डलीको काममा त्यति बाधा दिइसकेपछि पनि उसलाई कुनै पछुतो वा पश्‍चात्ताप भएको थिएन। ऊ निष्कासन हुने यो अवस्थासम्म आइपुग्‍नुमा उसकै हात थियो। यो परमेश्‍वरको धार्मिकता थियो। म सधैँ उसले त्याग गर्न, आफूलाई समर्पित गर्न र कर्तव्यमा कष्ट भोग्‍न सक्‍नुको अर्थ ऊ साँचो विश्‍वासी हो भन्‍ने सोच्थेँ, तर उसले त सत्यता खोजी गर्न र स्वभाव परिवर्तन हासिल गर्नका लागि नभई, प्रसिद्धि र हैसियतको लागि मात्रै यो सब गर्ने गरेकी रहिछ भन्‍ने अब मलाई थाहा भयो। उसले विश्‍वास गरेको जति धेरै भए पनि वा उसले जति कष्ट भोगेकी भए पनि उसले पटक्‍कै सत्यता स्विकारेकी थिइन, साँचो पश्‍चात्ताप गरेर ऊ परिवर्तन भएकी थिइन, र अन्तिममा उसलाई हटाइने नै थियो। सोचेँ, पावलले बाहिरी रूपमा त्यागहरू गर्थे, आफ्‍नो कर्तव्यमा आफूलाई समर्पित गरेर धेरै मेहनत गर्थे, अनि सुसमाचार सुनाउँदै युरोपको आधा भागसम्म यात्रा गरे, तैपनि तिनले स्वभाव परिवर्तन नगरेका र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा नगरेका, बरु मुकुट र स्वर्गीय राज्यको आशिष्‌को खोजीमा आफूलाई समर्पित गरेका हुनाले, तिनले यसो भन्‍न सकेका थिए: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले निर्धक्‍कसाथ परमेश्‍वरबाट मुकुट मागे र तिनले गरेका त्यागहरूमा परमेश्‍वरप्रति कुनै इमानदारिता वा समर्पण थिएन—यो सब महत्त्वाकाङ्क्षा र इच्‍छाद्वारा प्रेरित लेनदेन मात्रै थियो। तिनले परमेश्‍वरको विरोध गर्ने मार्ग हिँडे र अन्तिममा परमेश्‍वरको स्वभावलाई चिढ्याएर अनन्त दण्डमा परे। यदि सत्यता खोज्‍ने र स्विकार्ने काम गरिएन, केवल बाहिरी त्याग र कष्टलाई मात्रै ध्यान दिइयो भने विश्‍वासबाट केही प्राप्त हुँदैन भन्‍ने मलाई महसुस भयो। यसले गर्दा दण्डमा समेत पर्ने सम्‍भावना हुन्छ, किनभने यसरी त व्यक्तिले हरकिसिमका दुष्कर्म गर्ने सम्‍भावना हुन्छ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ जसले मलाई अभ्यासको मार्ग दियो। परमेश्‍वरका वचनहरूले भन्छन्: “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै मनसायविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरू पढेपछि मलाई साह्रै ग्‍लानि भयो। परमेश्‍वरले जेलाई प्रेम गर्नुहुन्छ हामीले त्यसलाई प्रेम गर्नुपर्छ र उहाँले जेलाई घृणा गर्नुहुन्छ त्यसलाई घृणा गर्नुपर्छ भनेर उहाँले आज्ञा गर्नुभएको छ। सत्यता नस्विकार्ने बरु उल्टै यसलाई घृणासमेत गर्नेहरू दुष्कर्मीहरू हुन्; तिनीहरू दियाबलस शैतानका मानिसहरू हुन् र हामीले तिनीहरूलाई घृणा गर्नुपर्छ। मेरी कान्छी बहिनीले हरकिसिमका दुष्कर्म गरेकी थिई, पश्‍चात्ताप गरेकी थिइन र ऊ दुष्कर्मीको रूपमा खुलासा भएकी थिई, तैपनि मैले परमेश्‍वरका वचनहरूअनुसार उसको साँचो सार पत्ता लगाइनँ, बरु उसले आफ्‍नो कर्तव्यमा धेरै कष्ट भोगेकी छे, धेरै त्याग गरेकी छे र उपलब्धि थोरै पाए पनि धेरै परिश्रम गरेकी छे, त्यसकारण ऊमाथि अन्याय भएको छ भन्दै निरन्तर दाबी गरिरहेँ। के मैले शैतानसित राम्रो व्यवहार गर्दै परमेश्‍वरको प्रतिरोध गर्न यसको पक्षमा उभिएकी थिइनँ र? मैले विश्‍वास गरेको धेरै भएको थियो र परमेश्‍वरका धेरै वचनहरू खाएकी-पिएकी थिएँ, तैपनि मैले उहाँका वचनहरूअनुसार मानिसहरू र परिस्थितिलाई हेर्न सकिनँ। बरु, भावनाको आधारमा बोलेँ, असल-खराब छुट्याउन सकिनँ र सिद्धान्तलाई पटक्‍कै बुझिनँ। म भ्रमत र अन्योलमा थिएँ, र परमेश्‍वरले मलाई घृणा गर्नुभयो र तुच्छ ठान्‍नुभयो। त्यो महसुस गरेपछि, मैले मेरी कान्छी बहिनीप्रतिको मेरो केही भावनात्मक बन्धन त्यागेर उसको निष्कासनलाई उचित मनोवृत्तिले हेर्न सक्षम भएँ।

तीन महिनापछि, एक दिन मेरी साझेदार सिस्टरले मेरी कान्छी बहिनीलाई बहिस्कार गर्नको लागि चाहिने सबै जानकारी तयार छन् भनेर कसैलाई भनिरहेको सुनेँ, र मलाई साह्रै दुःख लाग्यो। मैले सोचेँ, “अब उसले मुक्ति पाउने सबै आशा गुमाएकी छे।” यसबारेमा मैले जति सोचेँ, मलाई मेरी कान्छी बहिनीप्रति त्यति नै दया लाग्यो। सायद निष्कासन गर्नको लागि बटुलिएको जानकारी पर्याप्त नहोला र उसले मण्डलीमा सेवा दिन पाइरहली भनेरसमेत आशा गरेँ। तर त्यसपछि मलाई मैले फेरि गलत मनोवृत्ति लिइरहेकी छु भन्‍ने महसुस भयो। मेरी कान्छी बहिनी सारमा दुष्कर्मी हो र उसले परमेश्‍वरको मुक्ति पाउँदिन भन्‍ने मलाई राम्ररी थाहा थियो, तर पनि मैले ऊ मण्डलीमै रहने आशा गर्दै ऊप्रति सहानुभूति र दया देखाएँ। के म दियाबलसप्रति सहानुभूति देखाउँदै परमेश्‍वरको विरुद्धमा उभिरहेकी थिइनँ र? त्यसकारण मैले परमेश्‍वरलाई तुरुन्तै प्रार्थना गरेँ, र मेरा भावनात्मक सम्‍बन्धका बन्धनहरूबाट पार पाउन मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका यी वचनहरूबारे सोचेँ: “मानवजाति सबै नै भावनाका साथ जिउँछन्—त्यसकारण परमेश्‍वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८)। “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा ‘अरू’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘अन्तस्करण’ चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट दिक्क हुन्छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८)। परमेश्‍वरका वचनहरूको खुलासाबाट मैले हाम्रो भावना नै हामीलाई सत्यता अभ्यास गर्न नदिने सबैभन्दा ठूलो अवरोध हो भन्‍ने थाहा पाएँ। जब हामी भावनाअनुसार जिउँछौँ तब हामी मानिसहरू र परिस्थितिलाई सत्यता र सिद्धान्तअनुसार हेर्न नसक्‍ने हुन्छौँ। मेरी कान्छी बहिनीलाई मण्डलीबाट निकाल्‍न लागिएको छ भन्‍ने थाहा पाउँदा, मैले ऊप्रति सहानुभूति र दया देखाएँ, अनि ऊ बहिष्कारको मापदण्डभित्र नपर्ली र उसले मण्डलीमै रहन पाउली भनेरसमेत आशा गरेँ। यो ऊसँग मेरो आवश्यकताभन्दा बढी भावनात्मक सम्‍बन्ध भएकोले गर्दा भएको थियो। म “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” अनि “रगत पानीभन्दा गाढा हुन्छ” जस्ता शैतानी विषहरूअनुसार जिउँथेँ, त्यसकारण म असल-खराब छुट्याउन अनि कुन कुरालाई प्रेम गर्नुपर्ने हो र कुन कुरालाई घृणा गर्नुपर्ने हो भनेर जान्‍न नसक्‍ने अवस्थामा थिएँ। युसुनले मेरी कान्छी बहिनीको बारेमा बुझाएको जानकारी देख्दा, मैले परिस्थिति नबुझी र यसलाई अन्याय ठान्दै, यसविरुद्ध मेरी बहिनीको प्रतिरक्षा गरेँ। मैले युसुनले रिपोर्टमा बढाइचढाइ गरेकी छिन् भन्‍ने ठानेँ, र मेरी बहिनीलाई सहयोग नगरेकोमा उनीप्रति गुनासो गरेँ। वास्तवमा, ब्रदर-सिस्टरहरूले उसलाई धेरैपटक सङ्गति र सहयोग गरेका थिए, तर उसले तिनीहरूको सहयोग स्विकारेकी थिइनँ, बरु पिठ्यूँपछाडि तिनीहरूको कुरासमेत काटेकी थिई। मैले साँच्‍चै नै परिस्थिति बङ्ग्याएर शैतानको पक्षमा बोलिरहेकी थिएँ। मेरी बहिनीले धेरै दुष्कर्म गरेकी भए पनि, मैले उसलाई घृणा गरिनँ र ऊ मण्डलीमै बसिरहोस् भन्‍नेसमेत इच्‍छा गरेँ; म आफ्‍नो भावनाको नियन्त्रणमा परेकी थिएँ। ऊजस्तो दुष्कर्मीलाई जति दिन मण्डलीमा रहन दिइन्थ्यो त्यति नै दिन दुष्कर्म हुने थियो, अनि ब्रदर-सिस्टरहरूलाई र मण्डलीको कामलाई अझै धेरै हानि पुग्‍ने थियो। के मैले जियाओ झिलाई मण्डलीमा रहन र काममा बाधा दिइरहन दिने इच्छा गरेर उसलाई दुष्कर्म गरिरहन अनुमति दिइरहेकी थिइनँ र? मैले दुष्कर्मीको गलत कार्यमा भाग लिइरहेकी थिएँ! परमेश्‍वरका वचनहरूमा भनिएको “परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो” भन्‍ने अभिव्यक्तिको अर्थ के हो भन्‍ने कुरा त्यस बेला मात्रै मलाई बल्‍ल थाहा भयो। यदि हामीले समस्याहरू सामना गर्दा सत्यता खोजी गरेनौँ बरु भावनालाई हाम्रो व्यवहार नियन्त्रित गर्न दियौँ भने, हामीले कुनै पनि बेला दुष्कर्म गर्न र परमेश्‍वरको विरोध गर्न सक्छौँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ: “परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ। यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति दिक्‍क भएका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घृणा गर्न सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध गर्न, र परमेश्‍वरको निन्दा गर्न सक्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई तैँले प्रेम गर्नुपर्छ, र जुन कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ त्यसलाई तैँले घृणा गर्नुपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ (मत्ती १२:४८), र ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्’ (मत्ती १२:५०)। यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।” यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले उहाँको धार्मिकता अनुभूत गरेँ। परमेश्‍वरले मानिसहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्नुहुन्छ र हामीलाई पनि त्यसै गर्न आज्ञा गर्नुहुन्छ। सत्यता खोजी गर्ने, साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य निभाउनेहरूलाई हामीले प्रेम गर्नुपर्छ, त्यसै गरी मण्डलीमा निरन्तर बाधा मात्रै दिने, सत्यता र परमेश्‍वरलाई घृणा गर्दै ब्रदर-सिस्टरहरूलाई दण्ड दिने र आक्रमण गर्नेहरूलाई हामीले तिरस्कार र घृणा गर्नुपर्छ। तिनीहरू हाम्रा आफ्‍नै आफन्तहरू भए पनि, हामीले तिनीहरूलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्नुपर्छ, अनि परमेश्‍वरले प्रेम गर्नुहुनेलाई प्रेम र घृणा गर्नुहुनेलाई घृणा गर्नुपर्छ। तर ममा सत्यता थिएन। म सबै कुरा आफ्नै भावनाको दृष्टिकोणले हेर्थेँ। ममा सिद्धान्त र समझशक्तिको कमी थियो, त्यसकारण मैले पूर्ण रूपमा खुलासा भएकी दुष्कर्मी पिशाचलाई प्रेम र सहानुभूति देखाएँ। यो अन्धो प्रेम थियो! यो महसुस गरेपछि, मैले परमेश्‍वरको धार्मिकताको प्रशंसा गरेँ र परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले राज गर्छ जसले गर्दा यसमा कुनै पनि दुष्कर्मीले स्थान पाउँदैन भन्‍ने कुरा आफै देखेँ। अब, परमेश्‍वरका वचनहरूको सहयोगद्वारा, मैले भावनाको बन्धनबाट मुक्त भएर आफ्‍नो बारेमा केही बुझ्‍न सक्‍ने भएँ। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ७४. व्यक्तिलाई अन्धाधुन्ध पूजा गर्नुका परिणामहरू

अर्को: ७९. असल व्यक्ति हुनु भनेको के हो बुझौँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

३८. हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्