९१. लापरवाहीपन पछाडिको सत्यता

भिक्टर, दक्षिण कोरिया

गत अक्टोबर हामीले एउटा भिडियो बनाउने काम सक्यौँ। हामीले यसमा धेरै मेहनत लगाएका, र धेरै समय र शक्ति खर्च गरेका थियौँ, तर अचम्‍मको कुरो, अगुवाले जाँच गरेर विस्तृत रूपमा धेरै समस्याहरू औँल्याए। उनले यो भिडियो राम्ररी बनाइएको छैन, अघिल्‍ला भिडियोहरूभन्दा सुधार गरी बनाइएको छैन, र यसमा पुनः काम गर्नुपर्छ भनेर भने। यो सुनेपछि, म छक्‍क परेँ। त्यस्ता ठूला समस्याहरू हुनेछन् भनेर मैले कहिल्यै सोचेको थिइनँ। के त्यसको अर्थ हाम्रा सबै प्रयास र स्रोतसाधन व्यर्थ भए? यो त ठूलो स्रोतसाधन खेर गएजस्तो लाग्यो।

मलाई के गर्ने, के गर्ने भयो। त्यो परिस्थितिबाट कसरी पार पाउने, वा मैले कस्तो पाठ सिक्‍ने मलाई थाहै थिएन। मैले सोचेँ, यो भिडियोले धेरै चरणको इडिटिङ पार गरेको छ, त्यो अवधिमा अगुवाले यो भिडियो हेरेका थिए, तर कहिल्यै पनि यी समस्याहरू उनले उल्‍लेख गरेनन्। मलाई ममा क्षमताको कमी भएकोले, त्यस्ता समस्याहरू नदेख्‍नु मेरो लागि सामान्य कुरा हो। तर मैले यसबारेमा विचार गरिरहेँ, र यसबारेमा केही त गडबड छ जस्तो लाग्यो। के ममा क्षमताको कमी भएकोले मात्रै त्यस्ता ठूला समस्याहरू पैदा भएका थिए? मैले आफ्‍नो कर्तव्य यति नराम्ररी गरिरहेको थिएँ; यो समस्याको कारण के थियो? त्यसपछि मलाई अगुवाले पहिले भनेको एउटा कुरा याद आयो, उनले अवधारणा र वहावको लागि मात्रै भिडियो चेक गरेको हुँ, तर यसमा समस्याहरू छैनन् भन्‍नेचाहिँ होइन भनेर भनेका थिए। उनले हामीलाई यसबारेमा विस्तृत रूपमा विचार गर्नू, यसको पूर्ण जाँच गर्नू, र समस्या भेटेमा त्यसलाई समाधान गर्नू भनेर बताएका थिए। तर मैले त्यसो गरिनँ। मलाई अगुवाले भिडियो हरेका छन्, त्यसकारण यो ठीकै छ भन्‍ने लाग्यो, अनि प्रोडक्शनको बेला मैले यसलाई होसियारीसाथ पुनरावलोकन गरिनँ, यसबारेमा त्यति ध्यान दिइनँ। मेरो मनोवृति पूर्ण रूपमा लापरवाही र निस्फिक्री खालको थियो। अनि समस्याहरू देखा पर्दा, मैले अगुवाले पहिल्यै जाँच गरिसकेको हो भनेर भनेँ। के म जिम्‍मेवारीबाट पछि हटिरहेको थिइनँ र? मैले अत्यन्तै अनुचित काम गरेँ। त्यसपछि मैले यसबाट पक्‍कै पनि एउटा पाठ सिक्‍नुपर्छ भन्‍ने सोचेँ, त्यसकारण आफूलाई चिन्‍न अगुवाइ गर्नुहोस् भन्दै परमेश्‍वरलाई प्रार्थना र खोजी गरेँ।

केही दिनपछि, मसँग काम गर्ने सिस्टरले एउटा पूरा गरिएको भिडियो सँगै बसेर जाँच गरौँ भनेर भनिन्। मैले जाँच गर्दा देखेका केही समस्याहरू बताएँ, तर उनले भनिन्, अगुवाले भिडियो हेरिसकेका छन्, र उनलाई अवधारणा मन पर्‍यो, र हामीले यसलाई तुरुन्तै पूरा गर्नुपर्छ भनेर भनेका छन्। यसलाई परिमार्जन गर्नको लागि मसँग केही सुझाव थिए, तर अगुवाले यो भिडियो हेरिसकेका छन् र उनलाई यो मन पर्‍यो भनेर भनेका छन् भन्‍ने सुनेपछि मैले त्यो सुझाव दिने आँट गरिनँ। मलाई डर लाग्‍यो, मेरो मूल्याङ्कन अलिक नमिलेको छ, र हामीले केही परिवर्तनहरू गर्‍यौँ भने त्यो गलत होला, र मैले बाधा मात्र दिइरहेको हुँला। तर भिडियोमा साँच्‍चै नै केही समस्याहरू छन् भन्‍ने देखेको थिएँ, त्यसैले, मैले अर्को ब्रदरलाई भिडियो हेर्न लगाएँ, र उनले पनि मसँग सहमति जनाए। मलाई यो कुरा फेरि उठाउनुपर्छ भन्‍ने लाग्यो। तर त्यसपछि मैले सोचेँ, यदि मैले संशोधन गरेँ र मैले गरेको संशोधन समस्यापूर्ण भयो भने, र त्यसपछि यो कसले गरेको हो भनेर अगुवाले सोधे भने, के यो मेरो जिम्‍मेवारी हुनेछैन र? के मलाई निराकरण गरिनेछैन र? यदि हामी गएर अगुवालाई सोध्यौँ, र यो ठीकै छ भनेर उनले भने भने, यसलाई थप परिमार्जन गर्नु पर्दैन। त्यसो गर्दा दुःख पनि गर्नु पर्दैन, र हामी यो समस्यामा अल्झिरहनु पनि पर्दैन। त्यसकारण मेरो सहकर्मी सिस्टरलाई मैले हामीले यसबारेमा अगुवालाई सोध्‍नुपर्छ, यसले हाम्रो मनमा सहज हुन्छ भनेर सुझाव दिएँ। तर ती शब्‍दहरू मेरो मुखबाट निस्कनेबित्तिकै, मलाई केही कुरा गलत छ भन्‍ने लाग्यो। यो परिस्थिति मेरो लागि अत्यन्तै परिचित थियो, अर्थात्, फरक विचार सुन्‍नेबित्तिकै म सधैँ एउटै प्रतिक्रिया दिन्थेँ: अगुवालाई सोध्‍नु र निर्णय गर्न लगाउनू। यदि अगुवाले अनुमोदन गरे भने, हामीले यसबारेमा चिन्ता गर्नुपर्दैनथ्यो र अघि बढ्न सकिन्थ्यो; नत्र, उनले त्यसमा समस्याहरू छन् भनेर भनेमा, हामीले केही परिमार्जन गर्नेथ्यौँ। हामीले सधैँ त्यसै गर्ने गर्थ्यौँ। वास्तवमा, हामी भिडियोसम्‍बन्धी सिद्धान्त र मापदण्डहरूप्रति परिचित थिएनौँ भन्‍ने होइन। हामीले यस्ता समस्याहरूको लागि सत्यताको खोजी गरेर सिद्धान्तहरूअनुसार काम गर्न सक्थ्यौँ, र अगुवाले उनको जाँच त भिडियोको समग्र जाँच मात्रै हो, तर हामीले हरेक सानातिना समस्याहरूलाई जाँच गरेर समाधान गर्नुपर्छ भनेर स्पष्ट पारेका थिए। त्यो मैले पूरा गर्नुपर्ने जिम्मेवारी थियो, र त्यो मेरो काम थियो। त्यसकारण मैले किन यसमा आफ्‍नो मन लगाइरहेको थिइनँ? समस्याहरू वा फरक विचार आउँदा, म सहमतिमा पुग्‍न दाजुभाइ-दिदीबहिनीहरूसँग सिद्धान्तहरूको खोजी गरेर जिम्‍मेवार व्यक्ति बनिरहेको थिइनँ, तर मैले यो काम अगुवालाई सुम्पिरहेको थिएँ, र आफ्‍नो कर्तव्य पूरा गरिरहेको थिइनँ। त्यसपछि मलाई परमेश्‍वरका केही वचनहरू याद आयो: “कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवारपूर्ण मनोवृत्ति हो। … तँ शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै बोल्छस्, तर कुनै वास्तविक काम गर्दैनस्। यदि तँ आफ्‍नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्‍ने नगर्। के त्यसो गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ झाराटारुवा बन्छस्, तर अलिकति पनि विवेक देखाउँदैनस्। के त्यो आफूलाई निष्कपट रूपमा परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु हो त? परमेश्‍वरको सन्दर्भमा तँ निष्कपट छैनस्, तैपनि तँ निष्कपट भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्‍वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्‍बा र मूल स्तम्भ बन्‍न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाईको काँटीजत्तिको पनि उपयोगी छैनस्। के यो त तैँले खुलेआम परमेश्‍वरलाई धोका दिनु होइन र? परमेश्‍वरलाई धोका दिन खोज्दा के हुनेछ, के तँलाई थाहा छ? उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ! आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि छली व्यक्ति हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले निष्कपट रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको घरको काममा साथ दिन सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा गैरजिम्‍मेवार हुन्छन्। दृष्टि तीक्ष्ण भएका जोकोहीलाई यो कुरा तुरुन्तै स्पष्ट हुन्छ। आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; त्यस्ता सबै मानिसहरू प्रकाश भएर हटाइनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। हामीले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिएर व्यवहारिक काम गर्नुपर्छ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। हाम्रो कर्तव्यलाई राम्ररी पूरा गर्ने एउटै मात्र तरिका त्यही हो। यदि हामीले हाम्रो कर्तव्यमा हृदय लगाउँदैनौँ, तर समस्याहरू समाधान गर्ने वा जिम्‍मेवारी लिनेबारेमा गम्‍भीर नबनी अल्याङटल्याङ मात्रै गर्छौँ, र सधैँ यो जिम्‍मेवारी अरूमाथि थोपर्छौँ, र झारा टार्ने काम मात्रै गर्छौँ भने, हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनौँ, र परमेश्‍वर सन्तुष्ट हुनुहुनेछैन। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू व्यर्थ हुन्छन्, कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। म परमेश्‍वरले खुलासा गर्नुभएजस्तै थिएँ। आफ्‍नो कर्तव्यमा समस्याहरूको सामना गर्दा, यदि मैले यसमा आफ्‍नो हृदय लगाएको भए, प्रार्थना गर्दै अरू दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी र सङ्गति गरेको भए, हामीले सहमतिमा पुगेर समाधान भेट्टाउन सक्थ्यौँ। तर मलाई त्यसो गर्नु झमेला लाग्थ्यो, र त्यस्तो प्रयास गर्न मन लाग्दैनथ्यो। त्यसकारण म सीधै अगुवाकहाँ जान चाहन्थेँ, किनभने अगुवाले अन्तिम निर्णय गरिदिए भने त्यो झमेला लिइरहनुपर्दैन भन्‍ने लाग्थ्यो। त्यसो गर्दा धेरै झमेलाबाट बचिन्थ्यो। नत्र, हामी धेरै समय व्यर्थमा अलमलिरहेका हुन्थ्यौँ, र पनि उत्तर भेट्टाउँदैनथ्यौँ। त्यसकारण म धेरैजसो समस्याहरू अगुवाकहाँ नै लिएर जान्थेँ। समूह अगुवा भएर, मैले आफ्‍ना जिम्‍मेवारी लिइरहेको वा चुकाउनुपर्ने मूल्य चुकाइरहेको थिइनँ। यसको साथै, कामसम्‍बन्धी छलफलमा, कहिलेकहीँ म समस्या पत्ता लगाउँथेँ वा पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्थेँ, तर मैले स्पष्टीकरण दिएपछि, कुनै दाजुभाइ-दिदीबहिनीले फरक विचार व्यक्त गरे भने, म मुखमा बुजो हालेर बस्थेँ। अरूले मलाई अहङ्कारी भन्छन् भन्‍ने डर लाग्थ्यो, र मलाई थप समस्याहरू देखा परे भने, मैले नै जिम्‍मेवारी लिनुपर्छ भनेर झन् धेरै डर लाग्थ्यो। मलाई लाग्थ्यो, मैले त आफ्‍नो विचार बाँडिसकेको छु, त्यसैले यसबारेमा विचार गर्ने काम तिनीहरूको हो, र यदि हामी सहमतिमा पुग्‍न सकेनौँ भने, हामीले अगुवालाई सोध्‍न सक्छौँ। त्यसरी, यदि समस्या देखा पर्‍यो भने, कम्तीमा पनि यो सबै मेरै टाउकोमा आउनेछैन। मैले सत्यता सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भनेर खोजी गरिरहेको थिइनँ, मण्डलीमा केले फाइदा पुर्‍याउँछ भनी सोच्‍नु त परै जाओस्। म अलिकति मूल्यसमेत चुकाउन तयार थिइनँ, र गैरजिम्‍मेवार भइरहेको थिएँ। झट्ट हेर्दा मैले समस्याहरू पत्ता लगाएर त्यसबारेमा कुरा उठाइरहेको त हुन्थेँ, तर ती समस्या समाधान गरिरहेको हुन्थिनँ। म सधैँ अरूलाई अन्तिम निर्णय गर्न लगाउँथेँ, र म आफै निर्णय गर्दिनथेँ। के मैले स्वार्थी र तुच्‍छ बनेर चलाकी गरिरहेको थिइनँ र? मैले मण्डलीको हित कायम गरिरहेको थिइन। योभन्दा पहिले, हामीले समस्याको सामना गर्नेबित्तिकै, म सधैँ अगुवालाई सोध्‍ने गर्थेँ, किनभने म आफूलाई अन्धाधुन्ध भरोसा गर्नुको सट्टा आफूले नबुझेको कुरा सोध्‍नु उचित हुन्छ भन्‍ने सोच्थेँ। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा, मैले आफ्‍नो कर्तव्यमा आफू गैरजिम्‍मेवार, र लापरवाही भइरहेको, र समर्पित नभइरहेको देख्‍न सकेँ। अब मैले त्यो कुरा महसुस गरिसकेपछि, आफू सुस्त र मन्दबुद्धि भएको थाहा भयो। यी परिस्थितिहरूको बाबजुत पनि मैले कहिल्यै सत्यता खोजी गर्ने वा पाठ सिक्‍ने गरिनँ। म आफ्‍नो कर्तव्यलाई जिम्‍मेवार ढङ्गले नलिई सधैँ झारा टार्ने काम गरिरहेको हुन्थेँ। त्यो त कर्तव्य पूरा गर्ने निकै खतरनाक तरिका थियो। अहिले मैले समस्याहरू भेटेको थिएँ र मेरो सहकर्मीको विचार फरक थियो। सहमतिमा आउन वा समाधान पत्ता लगाउन यदि मैले सत्यता सिद्धान्तहरू खोजी गरिनँ, बरु अगुवालाई सोध्‍न दौडिहालेँ भने, त्यो त पक्‍कै पनि झारा टार्ने काम हो। मैले मेरो स्थितिलाई परिवर्तन गर्नुपर्छ, र मैले न यता न उताको काम गरिरहेँ र गैरजिम्‍मेवार भइरहेँ भने, मैले जानीजानी गल्ती गरिरहेको हुन्छु भन्‍ने मलाई महसुस भयो। त्यसैले मैले मेरो सहकर्मीलाई के सुझाव दिएँ भने हामीले अर्को संस्करण तयार गरेर दुई वटालाई तुलना गर्नुपर्छ, त्यसपछि हामीलाई राम्रो लागेको संस्करण अगुवालाई जाँच गर्न दिनुपर्छ। यो योजनाप्रति उनले सहमति व्यक्त गरिन्। यसलाई अभ्यास गरेपछि, मलाई निकै सहज महसुस भयो।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतिभर निष्कपट हुँदैन, उसको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्ति जो परमेश्‍वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्‍वरप्रति बफादार व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्‍वरका सच्चा विश्‍वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यो एउटै कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्‍वरका विश्‍वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्‍ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्‍नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नेछन्। त्यसो भए, के जिम्‍मेवारी लिन डराउने यस किसिमको व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्‍ना हितहरूमा हानि खेप्‍न डराउँछन्; तिनीहरू अपमानित हुने, मानहानि गरिने र गलत ठहराइने डर मान्छन्, साथै तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्। परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू मण्डलीको कामका सम्बन्धमा बोझको बोध भएको, जिम्‍मेवारी लिने, सत्यता सिद्धान्तहरूमा अडिग रहन सक्ने, र कष्ट भोग्‍न र मूल्य चुकाउन सक्ने हुनुपर्छ। यदि व्यक्तिमा यी क्षेत्रहरूको कमी छ भने, ऊ कर्तव्य निर्वाह गर्नका लागि अयोग्य हुन्छ, र उसले कर्तव्य निर्वाह गर्नका लागि चाहिने सर्तहरू पूरा गर्दैन। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्‍मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले त्यस्ता कर्तव्यहरू मात्र रोज्छन् जसमा जिम्‍मेवारी लिनु पर्दैन। यदि मण्डली अगुवाले तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यको बन्दोबस्त गर्‍यो भने, सुरुमा तिनीहरूले यसको लागि जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोध्छन्: जिम्‍मेवारी लिनुपर्छ भने, तिनीहरू यसलाई स्विकार्दैनन्। यदि यसको लागि तिनीहरूले जिम्‍मेवारी लिनुपर्दैन, तिनीहरू जिम्मेवार हुनुपर्दैन भने, तिनीहरूले यसलाई इच्छा नलागीनलागी स्वीकार गर्छन्, तर अझै पनि तिनीहरूले काम थकाइलाग्दो छ कि छैन वा त्यसमा चिन्ता लिनुपर्छ कि पर्दैन भनेर ख्याल गर्छन्। तिनीहरूले मन नलागी-नलागी त्यो स्वीकार गरे पनि, तिनीहरूमा त्यो कर्तव्य राम्ररी निर्वाह गर्ने अभिप्राय हुँदैन, बरु तिनीहरू अझै पनि झाराटारुवा हुन चाहन्छन्, ‘फुर्सत होस्, परिश्रम गर्नु नपरोस्, र शारीरिक कष्ट गर्नु नपरोस्’ भन्ने कुरालाई आफ्नो सिद्धान्तका रूपमा लिन्छन्। दोस्रो कुरा के हो भने, तिनीहरूले कठिनाइ वा समस्या सामना गर्दा, तिनीहरूको पहिलो प्रतिक्रिया भनेको आफूलाई निस्फिक्री राख्ने प्रयासस्वरूप अगुवालाई यसको रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्‍हाल्‍न र समाधान गर्न लगाउनु हो। तिनीहरू अगुवाले यो समस्या कतिको राम्ररी सम्‍हाल्छन् भन्‍नेबारे वास्ता गर्दैनन् र यसमा दिमाग लगाउँदैनन्—जबसम्‍म तिनीहरू आफैले जिम्‍मेवारी लिनु पर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गरेर तिनीहरू परमेश्‍वरप्रति बफादार भइरहेका हुन्छन्? यसलाई जिम्‍मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र धूर्त हुनु भनिन्छ। यो सबै गफ मात्र हो; तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, ‘यदि यो काम मैले सम्‍हाल्‍नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैनन् र? के यसको जिम्‍मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?’ तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्‍ने तँलाई विश्‍वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्‍हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्‍वरले देख्‍नुहुन्छ। तैँले परमेश्‍वरले सबै कुरा र मानिसको हृदय छानबीन गर्नुहुन्छ भनेर विश्‍वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्‍वास गर्दैन भने, के ऊ अविश्वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र? … व्यक्तिले कर्तव्य पूरा गर्दा जिम्‍मेवारी लिन डराउने अवस्थाको प्रकटीकरण एउटा अर्को तरिकाले पनि हुन्छ। कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सतही, साधारण, अनि जिम्‍मेवारी लिनुनपर्ने काम मात्रै अलिअलि गर्छन्। तिनीहरूले कठिनाइ भोग्‍नुपर्ने र जिम्‍मेवारी लिनुपर्ने काम अरूको काँधमा हालिदिन्छन्, र केही बिग्रियो भने, त्यसको दोष तिनै मानिसहरूमाथि थोपरिदिन्छन् र आफूसँग त्यसको कुनै सरोकार नभएजस्तो गर्छन्। … यदि आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा जिम्‍मेवारीबोध छैन भने, तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? आफूलाई साँचो रूपमा परमेश्‍वरको लागि समर्पित गर्न नसक्नेहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र जिम्‍मेवारी लिन डराउनेहरूले कर्तव्य निर्वाह गर्दा काममा ढिलाइ मात्रै गर्छन्। त्यस्ता मानिसहरू भरोसा गर्न योग्य हुँदैनन् र तिनीहरूलाई कुनै पनि कुराको जिम्मा लगाउन सकिँदैन; तिनीहरू सित्तैँमा पेट भर्नका लागि मात्रै आफ्‍नो कर्तव्य निर्वाह गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनहरूले साँच्‍चै नै मलाई प्रहार गरे, र परमेश्‍वरले त्यो बेलाको मेरो स्थिति नै व्याख्या गरिरहनुभएजस्तो लाग्यो। मण्डलीले मलाई सुम्पेको काम गर्दा, मैले सत्यता सिद्धान्तहरूअनुसार काम गरिरहेको थिइनँ वा लागिपर्न परमेश्‍वरमा भरोसा गरिरहेको थिइनँ। बरु, म समस्याहरूबाट भागिरहेको र जिम्‍मेवारीबाट पछि हटिरहेको थिएँ, यसरी समस्याहरू समाधान गर्ने जिम्‍मा अगुवाको काँधमा हालिरहेको थिएँ। म अगुवाले जे भन्यो त्यही गर्थेँ, किनभने मलाई अन्त्यमा राम्रो भएन भने, यो मेरो जिम्मेवारी हुनेछैन, र मलाई निराकरण गरिनेछैन भन्‍ने लाग्थ्यो। के त्यो छल गर्नु थिएन र? मलाई त यो काम पूरा गर्ने बाठो तरिका हो भन्‍नेसमेत लागेको थियो। तर परमेश्‍वरका वचनहरूमा, मैले देखेँ कि त्यसो गर्नु त जिम्‍मेवारीबाट उम्किनु, आफ्‍नो कर्तव्यलाई बेवास्ता गर्नु, र कपटी हुनु हो। म आफ्नो कर्तव्यमा परमेश्‍वरप्रति चतुर र छली भइरहेको थिएँ। म सधैँ आफ्‍नो लागि उम्‍कने बाटो राख्थेँ, ताकि म जिम्‍मेवारीबाट बच्‍न सकूँ। मैले सच्‍चा बन्‍ने वा साँचो मूल्य चुकाउने काम गरिरहेको थिइनँ, न त मैले आफूले सक्दो सबै प्रयास नै गरिरहेको थिएँ। म त अल्याङटल्याङ गर्दै बेइमान भरहेको थिएँ, र मैले सेवा गरिरहेको भए पनि, म समर्पित थिइनँ। म कर्तव्य पूरा गर्न योग्य थिइनँ। मैले के महसुस गरेँ भने, जब हामीले भिडियो बनाइसक्थ्यौँ, प्रारम्‍भिक जाँच गर्दा अगुवाले यो ठीक छ भनेमा, म यसलाई गम्‍भीर रूपमा जाँच्‍ने वा यसबारेमा सोचविचार गर्ने गर्दिनथेँ। प्रोडक्शन प्रक्रियामा अरूले सुझावहरू दिए भने पनि, म तिनीहरूको कुरालाई त्यति ध्यान दिँदिनथेँ। म यसलाई झट्ट हेर्थेँ र ठीकै छ भन्थेँ। म अत्यन्तै गैरजिम्‍मेवार थिएँ। परिणामतः कतिपय बनाइसकिएका भिडियोमा समस्याहरू हुन्थे र संशोधनको लागि फेरि काम गर्नुपर्थ्यो। कहिलेकहीँ कुनै भिडियोमा समूह सहमतिमा पुग्दैनथ्यो, समस्या देख्दा, म कुनै निर्णयात्मक कुरा भन्दिनथेँ, तर के गर्ने भनेर निर्णय गर्न लगाउन अगुवाकहाँ त्यो समस्या लिएर जान्थेँ। कहिलेकहीँ हामीले समस्याका सिद्धान्तहरूलाई बुझेका हुँदैनथ्यौँ र काम मापदण्डअनुसार भएको छ कि छैन भनेर निर्धारित गर्न सक्दैनथ्यौँ, र गल्तीहरू सुधार गर्न हामीलाई सहयोग गर्न अगुवाको मार्गनिर्देशन चाहिन्थ्यो। तर कतिपय समस्याहरू स्पष्ट रूपमै हामीले समाधान गर्न सक्‍ने किसिमका हुन्थे, तैपनि म कुनै कारण खोजेर आफूले गर्न सक्‍ने काम पनि गर्दिनथेँ। मैले यसको लागि चुकाउनुपर्ने मूल्य चुकाउँदिनथेँ वा सोच्‍नुपर्ने जति सोच्दिनथेँ, बरु सजिलो उपाय खोज्थेँ। म सत्यता सिद्धान्तहरूको खोजी गरिरहेको वा आफूले देखेका समस्याहरूबारे विचार गरिरहेको हुँदिनथेँ। न त मैले विचलन र असफलताहरूलाई सारांशित गर्ने वा त्यसबाट पाठ सिक्‍ने नै गर्थेँ। मलाई यसरी काम गर्ने बानी परिसकेको थियो। म के पनि सोच्थेँ भने आफ्‍नो कर्तव्यमा सबैले गल्ती गर्छन्, त्यसैले मैले कुनै समस्यालाई बेवास्ता गरेँ भने, त्यो ममा क्षमताको कमी भएकोले भएको हो। मैले समस्याहरू देख्‍न सक्‍नु वा नसक्‍नु त्यो आफ्‍नो ठाउँमा छ, तर ममा त आफूमा हुनुपर्ने जिम्‍मेवारीको बोध समेत थिएन। आफूलाई रक्षा गर्न, मैले आफ्‍नो कर्तव्य लापरवाही र गैरजिम्‍मेवार रूपमा पूरा गर्ने गर्थेँ, र समस्याहरू देखा पर्दा आफ्‍नो जिम्‍मेवारी अगुवाको काँधमा समेत हालिदिन्थेँ। म सत्यतालाई बङ्ग्याएर सबै कुरालाई अरू कसैको समस्या बनाइरहेको थिएँ। अब मलाई थाहा भयो, यो क्षमतासँग सम्‍बन्धित कुरा होइन, बरु मेरो मानवताको समस्या हो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि तँलाई केही आइपर्दा तँ सधैँ आफ्नै सुरक्षा गर्छस् र आफ्‍नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला राख्छस् भने, के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो धूर्त हुनु हो। तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने, तैँले सुरुमा त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र यसरी परमेश्‍वरको घरको हितको रक्षा गर्नुपर्छ। यो तैँले अभ्यास गर्नुपर्ने एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला राखेर आफैलाई रक्षा गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सर्वोच्च दर्शन हो। यावत कुरामा, सबैभन्दा पहिले आफ्नै ख्याल गर्नु, अरू सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, र अरूका बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अरूको हितको आफूसँग कुनै सम्बन्ध छैन भनी विश्वास गर्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्‍कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्न लायक हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। मलाई परमेश्‍वरका वचनहरू अत्यन्तै मर्मस्पर्शी लाग्यो। मैले जुन दृष्टिकोण लिएर आफ्‍नो कर्तव्य निर्वाह गरेँ त्यो अविश्‍वासीको दृष्टिकोण थियो भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइनँ। समस्याहरूको सामना गर्दा, म सधैँ आफ्‍नै चासोहरूको बारेमा पहिले विचार गर्थेँ, किनभने कुनै पनि समस्याले फर्केर मलाई नै दुःख देला कि भन्‍ने डर लाग्थ्यो। त्यसकारण म आफ्‍नो कर्तव्य निर्वाह गरिरहेजस्तो देखिन्‍थेँ, तर वास्तवमा म कहिल्यै पनि यसमा तनमन लगाउने, सत्यताको खोजी गर्ने, वा सिद्धान्तहरूअनुसार काम गर्ने गर्थिनँ, न त म मण्डलीका हितहरूबारे नै सोच्थेँ। यसको साथै, हरेक दिन अल्याङटल्याङ गर्दै म आफ्‍नो कर्तव्यमा केही शारीरिक परिश्रम गर्दा नै खुशी हुन्थेँ। के त्यो त मालिकको काम गर्ने अविश्‍वासीजस्तै भएन र? जब मेरो सहकर्मी र मेरो विचार फरक हुन्थ्यो, किन म अगुवालाई नै निर्णय गर्न लगाउँथेँ? यो त जिम्‍मेवारी लिन नचाहेर हो। त्यसकारण मैले केही वास्तविक समस्याहरू पत्ता लगाए पनि, म त्यसको निर्णय गर्न अगुवालाई नै छोडिदिन्थेँ, र मलाई त्यसो गर्नु सही हो जस्तोसमेत लाग्थ्यो। मलाई थाहा भयो, जिम्‍मेवारी नलिनु त मेरो प्राकृतिक प्रकटीकरण बनिसकेको रहेछ। म साँच्‍चै नै धूर्त र स्वार्थी थिएँ, र भरोसा गर्न पूर्ण अयोग्य थिएँ। मैले खेल खेलिरहेको थिएँ, र ममा सच्‍चापनको कुनै झलक थिएन। त्यस्ता मानिसहरू कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। परमेश्‍वरका वचनहरूले भन्छन्: “कतिपय मानिसहरूले आफ्नो कर्तव्यपालन गर्दा कुनै जिम्मेवारी लिँदैनन्, तिनीहरू सधैँ झाराटारुवा हुन्छन्। तिनीहरू समस्या देख्न सक्ने भए पनि समाधान खोज्न अनिच्छुक हुन्छन् र मानिसहरूलाई चिढ्याउन डराउँछन्, त्यसैले तिनीहरू हतारमा कामकुरा गर्छन्, र फलस्वरूप उक्त काम दोहोऱ्याएर गर्नुपर्ने हुन्छ। तैँले यो कर्तव्य निभाइरहेको हुनाले यसको जिम्मेवारी पनि तैँले नै लिनुपर्छ। तँ किन यसलाई गम्भीरतापूर्वक लिँदैनस्? तँ किन झाराटारुवा हुन्छस्? के तैँले यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्दा तँ आफ्ना जिम्मेवारीहरूलाई उपेक्षा गरिरहेको हुँदैनस् र? मूल जिम्मेवारी जसले लिए पनि, कामकुरामाथि निगरानी राख्न अरू सबै जिम्मेवार हुन्छन्, यो बोझ र जिम्मेवारीको भावना सबैले बोक्नैपर्छ—तर तिमीहरूमध्ये कसैले पनि ध्यानै दिँदैनौ, तिमीहरू वास्तवमै झाराटारुवा छौ, तिमीहरूमा वफादारी छैन, तिमीहरू आफ्ना कर्तव्यलाई उपेक्षा गर्छौ! तिमीहरूले समस्या देख्न नसक्ने होइन, तर तिमीहरू जिम्मेवारी लिन इच्छुक छैनौ—न त समस्या देख्दा तिमीहरू यस मामलाप्रति कुनै ध्यान दिन चाहन्छौ, तिमीहरू ‘कामचलाउ’ समाधान मै चित्त बुझाउँछौ। के यसरी झाराटारुवा हुनु परमेश्‍वरलाई छल्ने प्रयास होइन र? यदि, मैले काम गर्दा र तिमीहरूसँग सत्यताबारे सङ्गति गर्दा, मलाई ‘कामचलाउ’ नै स्वीकार्य लागेको भए, तिमीहरू प्रत्येकले आफ्नो क्षमता र पछ्याइ अनुसार त्यसबाट के पाउन सक्छौ? यदि ममा तिमीहरूको जस्तै मनोवृत्ति भएको भए भने, तिमीहरूले केही पाउन सक्थेनौ। म किन यसो भन्छु? किनभने एकातिर तिमीहरू कुनै पनि कार्य निष्ठासाथ गर्दैनौ, र अर्कोतिर तिमीहरू कमजोर क्षमताका र अत्यन्तै बोधो छौ। मैले तिमीहरू सबै बोधो र सत्यताप्रति प्रेमविहीन, अनि सत्यता नपछ्याइरहेको, र कमजोर क्षमताका भएको देखेका कारण मैले विस्तारमा बोल्नैपर्छ। मैले सबथोक विस्तृत रूपमा भन्नैपर्छ, र मेरो प्रवचनमा कामकुरालाई हरेक कोणबाट र हरेक तरिकाले व्याख्या गर्नैपर्छ, र तिनलाई खण्ड-खण्डमा विश्लेषण गर्नैपर्छ। त्यसपछि मात्र तिमीहरूले अलि बुझ्छौ। यदि मैले तिमीहरूसित झारा टार्ने काम गरेँ र आफूलाई जब मन लाग्यो तब जेसुकै विषयमा अलिकति बोलेँ, त्यसमा सोच लगाइनँ, पीडा लिइनँ, त्यसमा हृदय लगाइनँ, र आफूलाई बोल्न मन नलाग्दा बोलिनँ भने, तिमीहरूले के पाउन सक्नेथियौ? तिमीहरूमा जस्तो क्षमता छ, त्यसमार्फत त तिमीहरूले सत्यता बुझ्नेथिएनौ, तिमीहरूले केही पनि प्राप्त गर्नेथिएनौ, मुक्ति त झनै हासिल गर्नेथिएनौ। त्यसैले, मैले त्यसो गर्न मिल्दैन, मैले त विस्तारमा बोल्नुपर्छ। मैले विस्तृत रूपमा हरप्रकारको व्यक्तिको स्थिति, सत्यताप्रति मानिसहरूमा भएको मनोवृत्ति, र हरेक प्रकारको भ्रष्ट स्वभावसम्बन्धी उदाहरणहरू दिनैपर्छ, र मैले त्यो कुरा दोहोर्‍याउनुपर्छ; त्यसपछि मात्र तिमीहरूले मैले भनिरहेको र आफूले सुनेको कुरा बुझ्नेछौ। मैले सत्यताको जुनसुकै पक्ष सङ्गति गरे पनि, म विभिन्‍न बोलाइ विधिहरू अपनाउँछु, वयस्क र बालबालिकालाई सङ्गति गर्ने विधिहरू प्रयोग गर्छु, र तर्कहरूबारे कुरा गर्ने र कथा भन्ने विधिहरू साथै सिद्धान्तबारे कुरा गर्ने र अभ्यास र अनुभवबारे कुरा गर्ने विधिहरू प्रयोग गर्छु, ताकि मानिसहरू सत्यता बुझेर वास्तविकतामा प्रवेश गर्न सकून्। यसरी, क्षमता र हृदय बोकेका मानिसहरूसित सत्यता बुझ्ने र स्विकार्ने अनि मुक्ति पाउने मौका हुनेछ। तर आफ्नो कर्तव्यप्रति तिमीहरूमा सधैँ झारातिराइ, र ढिलाइको मनोवृत्ति रहिआएको छ, र आफूले कति ढिलाइ गरेका छौ भन्‍नेबारे तिमीहरूलाई वास्ता छैन। तिमीहरू समस्याहरू समाधान गर्नका निम्ति कसरी सत्यता खोज्ने भनी चिन्तन गर्दैनौ, परमेश्‍वरको साक्षी दिन सक्ने हुनका निम्ति कसरी आफ्नो कर्तव्य उचित रूपले निर्वाह गर्ने भनी सोच्दैनौ। यो आफ्नो कर्तव्यलाई बेवास्ता गर्नु हो। त्यसैले तिमीहरूको जीवन निकै सुस्त गतिमा अघि बढ्छ, तर तिमीहरू आफूले कति समय खेर फालेको छु भनेर उदास हुँदैनौ। वास्तवमा, यदि तिमीहरूले होसियारीसाथ र जिम्‍मेवारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गरेका भए, आफ्‍ना अनुभवहरू बताउन र परमेश्‍वरको गवाही दिन सक्‍ने बन्‍न पाँच-छ वर्ष पनि लाग्‍दैनथियो, अनि विभिन्‍न काम निकै प्रभावकारी रूपमा पूरा हुनेथियो—तर तिमीहरू परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्न इच्‍छुक हुँदैनौ, न त सत्यताप्रति नै तिमीहरू लागिपर्छौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्‍नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ। तिमीहरूले लिनैपर्ने थोरै जिम्मेवारी यो मात्रै हो—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू मिठा-मिठा कुरा मात्रै गर्छौ। तिमीहरूलाई आफूले के गर्नुपर्छ भन्‍ने मनमा थाहा हुन्छ, तर तिमीहरू सत्यता अभ्यास नै गर्दैनौ। यो परमेश्‍वरविरुद्ध विद्रोह हो, र मुख्यतः यो सत्यताप्रति प्रेम नहुनु हो। सत्यताअनुसार कसरी काम गर्ने त्यो तिमीहरूलाई मनमा एकदमै राम्ररी थाहा छ—तिमीहरू यसलाई अभ्यास मात्रै गर्दैनौ। यो गम्‍भीर समस्या हो; तिमीहरू सत्यता अभ्यास नगरी यसलाई हेरी मात्रै रहेका छौ। तिमीहरू परमेश्‍वरमा समर्पित हुने मानिसहरू हुँदै होइनौ। तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न कम्तीमा पनि सत्यता खोजी र अभ्यास गर्नैपर्छ अनि सिद्धान्तहरूअनुसार काम गर्नैपर्छ। तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता अभ्यास गर्न सक्दैनस् भने, यसको अभ्यास कहाँ गर्न सक्छस् र? अनि यदि तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भने, तँ अविश्‍वासी होस्। तँ सत्यता स्विकार्दैनस्—यसलाई अभ्यास गर्नु त कता हो कता—र परमेश्‍वरको घरमा अल्याङटल्याङ गर्छस् भने तेरो उद्देश्य वास्तवमा के हो? के तँ परमेश्‍वरको घरलाई तेरो अवकाश-गृह वा दानशाला बनाउन चाहन्छस्? यदि त्यस्तो हो भने, तँ गलत छस्—परमेश्‍वरको घरले फाइदा लुट्ने वा भतुवा मानिसहरूलाई हेरचाह गर्दैन। कमजोर मानवता भएको, आफ्‍नो कर्तव्य खुसीसाथ पूरा नगर्ने, कर्तव्य पूरा गर्न अयोग्य सबैलाई हटाइनैपर्छ; सत्यता पटक्‍कै स्वीकार नगर्ने सबै अविश्‍वासीहरूलाई हटाइनैपर्छ। कतिपय मानिसहरू सत्यता बुझ्छन् तर आफ्‍नो कर्तव्य निर्वाह गर्दा यसको अभ्यास गर्न सक्दैनन्। कुनै समस्या देख्दा, तिनीहरू त्यसलाई समाधान गर्दैनन्, अनि त्यो आफ्नो जिम्‍मेवारी हो भन्‍ने थाहा हुँदा पनि, तिनीहरू त्यो काम तनमनले गर्दैनन्। तैँले गर्न सक्‍ने जिम्‍मेवारीहरूसमेत पूरा गर्दैनस् भने, आफ्‍नो कर्तव्य पूरा गर्दा के-कस्ता मूल्य वा परिणाम निस्कन सक्छन् र? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु अर्थपूर्ण हुन्छ र? सत्यता बुझ्‍ने तर यसलाई अभ्यास गर्न नसक्‍ने, आफूले भोग्‍नुपर्ने कष्ट भोग्‍न नसक्‍ने व्यक्ति कर्तव्य निर्वाहको लायक हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि मलाई अत्यन्तै लाज लाग्यो। मानिसहरूलाई परमेश्‍वरले साँच्‍चै नै सच्‍चा व्यवहार गर्नुहुन्छ। हामीलाई मुक्ति दिनेहेतु उहाँले हामीसँग सङ्गति गर्न हरप्रकारका माध्यमहरू प्रयोग गर्नुहुन्छ, र यसरी हामीलाई सत्यताका विभिन्‍न पक्षहरूबारे अत्यन्तै विस्तृत सङ्गति दिनुहुन्छ, र त्यसो गर्दा उहाँ हामीसित अत्यन्तै धैर्य बन्‍नुहुन्छ। हामीले बुझ्दैनौँ कि भनेर उहाँले हामीलाई डोर्‍याउन धेरै उदाहरणहरू दिनुहुन्छ, र हामीलाई मलजल र भरणपोषण गर्न सधैँ सत्यतामा सङ्गति गरिरहनुहुन्छ, र उहाँले सम्‍भव भएको सबैभन्दा ठूलो मूल्य चुकाउनुभएको छ। मैले कर्तव्य पूरा गर्ने मेरो मनोवृतिको बारेमा मनन गरेँ, र के महसुस गरेँ भने, मण्डलीले मलाई त्यस्तो महत्त्वपूर्ण कर्तव्य सुम्पेको त थियो, तर मैले जिम्‍मेवारी लिइरहेको थिइनँ। मैले सकेसम्‍म अल्याङटल्याङ गर्दै यसलाई लापरवाहीसाथ अघि बढाइरहेको थिएँ, र चलाकी गरिरहेको र कुटिल बनिरहेको थिएँ। मेरो मानवता कहाँ थियो र? परमेश्‍वरले मसँग सच्‍चा व्यवहार गर्नुभएको थियो, तर मैले उहाँलाई धोका दिएँ। योभन्दा अघि मैले कमजोर मानवता भएका कतिपय मानिसहरूबारे परमेश्‍वरका वचनहरू पढेको थिएँ, तर मैले ती वचनहरूलाई आफूसँग जोडिनँ। त्यसपछि मसँग साँच्‍चै कमजोर मानवता छ, र ममा कुनै विवेक छैन भन्‍ने देखेँ। हरेक दिन मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेको र केही मूल्य चुकाइरहेको जस्तो देखिन्थ्यो, र म काममा व्यस्त भएको जस्तो देखिन्थेँ। तर मेरो हृदय परमेश्‍वरतिर फर्केको थिएन। मैले आफ्‍नो कर्तव्यमा सबै प्रयास लगाइरहेको, यसमा तनमन दिइरहेको, सोचेर काम गरिरहेको र विवेकशील बनिरहेको थिइनँ। बरु मैले लापरवाही बनेर अल्याङटल्याङ मात्र गरिरहेको थिएँ। मैले कर्तव्य पूरा गरिरहेको थिइनँ—म सेवा गर्ने मापदण्डको स्तरमा समेत पुगेको थिइनँ। आफ्नो गैरजिम्मेवार व्यवहारले गर्दा भएका घाटाहरूको क्षतिपूर्ति म दिन सक्दिनँ भनेर मलाई थाहा थियो। मैले परमेश्‍वरसँग प्रार्थना गरेर पश्‍चात्ताप गर्ने मौका दिनुहोस् भनी अनुरोध गरेँ, र त्यहाँदेखि मैले आफ्‍नो कर्तव्यप्रतिको मनोवृतिलाई परिवर्तन गर्ने सङ्कल्प गरेँ। म त्यति लापरवाही भइरहनु हुँदैनथ्यो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले, तिनीहरू प्रायः आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा हुन्छन्। यो सबैभन्दा गम्भीर समस्या हो। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने हो भने, तिनीहरूले पहिले झाराटारुवापनको समस्या समाधान गर्नैपर्छ। जबसम्म तिनीहरूमा झाराटारुवा मानसिकता हुन्छ, तबसम्म तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्नेछैनन्, जसको अर्थ झाराटारुवापनको समस्या समाधान गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसोभए तिनीहरूले कसरी अभ्यास गर्नुपर्छ? पहिले, तिनीहरूले आफ्नो मानसिकताको समस्या समाधान गर्नुपर्छ—तिनीहरूले आफ्ना कर्तव्यहरूलाई सही तरिकाले लिनुपर्छ, कामहरू गम्भीरतापूर्वक र जिम्मेवारीपूर्वक गर्नुपर्छ, र छली, झाराटारुवा हृदय राख्न छोड्नुपर्छ। व्यक्तिको कर्तव्य परमेश्‍वरका लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिका लागि होइन; यदि मानिसहरूले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन् भने, तिनीहरूसँग सही मानसिकता हुनेछ। यसबाहेक, केही काम गरेपछि, मानिसहरूले त्यसलाई समीक्षा गर्नुपर्छ र त्यसमाथि चिन्तन गर्नुपर्छ। यदि तिनीहरूलाई आफ्नो हृदयमा अलिकति असहज महसुस भयो, र होसियारीपूर्वक समीक्षा गर्दा तिनीहरूले साँच्चै समस्या छ भनी पत्ता लगाए भने, तब तिनीहरूले त्यसलाई सच्याउनैपर्छ, र त्यसलाई सच्याएपछि, तिनीहरूलाई आफ्नो हृदयमा सहज महसुस हुनेछ। भित्र असहज महसुस हुनुले समस्या छ भन्ने प्रमाणित गर्छ। यसका लागि होसियारीपूर्वक समीक्षा गर्नुपर्ने हुन्छ, र महत्त्वपूर्ण बिन्दुहरूमा कुनै पनि कुरा छुटाउनु हुँदैन। यो आफ्नो कर्तव्य निर्वाह गर्नमा जिम्मेवार हुने मनोवृत्ति हो। यदि कोही कर्तव्यनिष्ठ हुन सक्छ, उसले जिम्मेवारी लिन र आफ्नो सम्पूर्ण हृदय र शक्ति दिन सक्छ भने, काम राम्ररी सम्पन्न हुनेछ। कहिलेकाहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट गल्ती पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्‍नेथिइस्। यदि पवित्र आत्‍माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्‍न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यता सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्‍नेथिइस्? तैँले देख्‍न सक्‍नेथिइनस्। यसबाट के देखिन्छ? आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नका लागि, मानिसहरूले आफ्नो भाग पूरा गर्नु धेरै महत्त्वपूर्ण छ; तिनीहरूको मानसिकता महत्त्वपूर्ण हुन्छ; र तिनीहरूले आफ्ना सोच र विचारहरू कहाँ केन्द्रित गर्छन् भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। परमेश्‍वरले छानबिन गर्नुहुन्छ र मानिसहरूमा कस्तो मानसिकता छ र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कति हृदय लगाउँछन् भनी देख्न सक्नुहुन्छ। आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउनु अति महत्त्वपूर्ण छ, र आफ्नो भाग पूरा गर्नु अनिवार्य छ। मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कामहरूका बारेमा कुनै पछुतो नहोस् भनी प्रयास गर्नुपर्छ, र परमेश्‍वरप्रति ऋणी नहुने प्रयास गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदय र शक्ति दिनुको साँचो अर्थ यही हो। यदि तैँले आफ्नो कर्तव्यमा कहिल्यै आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउँदैनस् र तँ निरन्तर झाराटारुवा हुन्छस्, जसले गर्दा काममा ठूलो हानि हुन्छ र परमेश्‍वरले माग गर्नुभएका परिणामहरूभन्दा धेरै पछि पर्छस् भने, तब तँलाई हटाउन मात्र सकिन्छ। अनि तब के अझै पनि पछुतो महसुस गर्ने समय हुनेछ? हुनेछैन। यो एउटा अनन्त पछुतो, एउटा दाग हुनेछ! निरन्तर झाराटारुवा हुनु एउटा दाग, एउटा गम्भीर अपराध हो, होइन र? (हो।) तैँले आफ्नो भागमा पर्ने र आफूले गर्नुपर्ने सबै कुरामा, आफ्नो सम्पूर्ण हृदय र शक्तिले, राम्रो गर्न प्रयास गर्नुपर्छ, र झाराटारुवा हुनु वा कुनै पछुतो राख्नु हुँदैन। यसरी, तैँले निर्वाह गर्ने कर्तव्यलाई परमेश्‍वरले याद गर्नुहुनेछ। परमेश्‍वरले याद गर्नुहुने कुराहरू असल कार्यहरू हुन्। त्यसोभए, परमेश्‍वरले याद नगर्नुहुने कुराहरू के बन्छन्? (ती अपराध र दुष्ट कार्यहरू बन्छन्।) तैँले अब हामी तिनलाई दुष्ट कार्यहरू भनिरहेका छौँ भनी स्वीकार गर्न नसक्लास्, तर जब यी कुराहरूले गम्भीर परिणामहरू निम्त्याउने, र नकारात्मक प्रभाव उत्पन्न गर्ने दिन आउँछ, तब तैँले यी अपराधहरू व्यवहारगत अपराध मात्रै होइनन्, बरु दुष्ट कार्यहरू हुन् भनी थाहा पाउनेछस्। जब तँ यो बुझाइमा पुग्छस्, तब तँलाई पछुतो लाग्नेछ: ‘यदि मैले अहिले जानेको कुरा त्यतिबेला जानेको भए! यदि मैले त्यतिबेला अलिकति बढी सोच र मेहनत लगाएको भए, यी परिणामहरूबाट बच्न सकिन्थ्यो।’ कुनै पनि कुराले तेरो हृदयबाट यो अनन्त दाग मेटाउनेछैन, र यदि यसले तँभित्र सदाका लागि दोषको आभास गराउँछ भने, त्यसले समस्या निम्त्याउँछ। त्यसैले, अहिले तेरो कर्तव्य निर्वाह गर्दा, तैँले सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्‍वरले दिनुभएको आज्ञामा आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउन प्रयास गर्नुपर्छ, र तैँले गर्ने सबै कुराले तँलाई स्पष्ट विवेक दिनुपर्छ र कुनै पछुतो गर्ने ठाउँ छोड्नु हुँदैन, र परमेश्‍वरद्वारा याद गरिनुपर्छ। कुनै पनि हालतमा झाराटारुवा नहो। यदि तैँले आवेगमा गल्ती गरिस् र यो एउटा गम्भीर अपराध हो भने, यो एउटा अनन्त दाग बन्नेछ। एक पटक तँलाई पछुतो भएपछि, तैँले त्यसलाई पूर्ति गर्न सक्नेछैनस्; त्यो स्थायी हुनेछ। तैँले यी दुइटा मार्गहरू स्पष्ट रूपमा हेर्नुपर्छ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्नका लागि तैँले कुन चाहिँ रोज्नुपर्छ? आफ्नो सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नु, पर्याप्त असल कार्यहरू तयार गर्नु, र सत्यता प्राप्त गर्न प्रयास गर्नु—यसरी मात्रै तँ कुनै पनि पछुतोबाट बच्न सक्छस्। जे भए पनि, दुष्ट काम नगर् र अरू मानिसहरूको कर्तव्य निर्वाहमा बाधा नदे, सत्यता उल्लङ्घन गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने कुनै पनि कार्य नगर्, साथै आफूलाई जीवनभर पछुतो हुन नदे। अति धेरै अपराधहरू गर्दा कस्तो परिणाम आउँछ? तैँले परमेश्‍वरको उपस्थितिमा आफूप्रति उहाँको क्रोध सञ्चित गर्दै जानेछस्! तैँले जति धेरै अपराधहरू गर्छस्, त्यति नै धेरै परमेश्‍वरको क्रोध सञ्चित गरिरहेको हुन्छस्—अन्त्यमा, तँ दण्डित हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। त्योभन्दा पहिले, म आफ्‍नो कर्तव्यमा लापरवाही छु भनेर स्वीकार त गरेको थिएँ, तर त्यसले मेरो जीवनमा ल्याउने परिणामहरूको बारेमा, वा परमेश्‍वरले त्यस्तो व्यक्तिलाई कसरी हेर्नुहुन्छ र परिभाषित गर्नुहुन्छ भन्‍नेबारेमा कहिल्यै बुझेको थिइनँ। अहिले परमेश्‍वरको वचनबाट मैले थाहा पाएँ कि त्यस्ता मानिसहरूले बाहिरी रूपमा ठूलो दुष्टता गरेको देखिँदैन, तर कर्तव्यप्रतिको तिनीहरूको मनोवृति परमेश्‍वरको लागि घिनलाग्दो हुन्छ, र तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, अन्त्यमा तिनीहरूले मुक्ति पाउने मौका गुमाउनेछन्। यस्तो परिस्थितिमा खुलासा भएर, मैले मेरो कर्तव्यमा झारा टार्नु र गैरजिम्‍मेवार हुनु कति गम्‍भीर समस्या हो भन्‍ने थाहा पाएँ। मेरो गैरजिम्‍मेवारीको कारण भिडियोलाई पुनः सम्पादन गर्नुपर्‍यो, जसले गर्दा हाम्रो सबै काममा ढिलाइ भयो। त्यो एउटा अपराध थियो। यदि मैले मेरो स्थितिलाई तुरन्तै सुधार नगरेको भए, र लापरवाही र गैरजिम्‍मेवार नै बनिरहेको भए, मैले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्न सक्थेँ र कुनै पनि बेला निष्कासित हुन सक्थेँ त्यसपछि पछुतो गर्न ढीला भइसकेको हुनेथ्यो। परमेश्‍वरका वचनहरूबाट, हामीले आफ्नो कर्तव्यमा देखाउने लापरवाही व्यवहारलाई समाधान गर्ने अभ्यासको मार्ग भेट्टायौँ। सुरुमा, हामीमा उचित मानसिकता हुनुपर्छ, हामीले जिम्‍मेवारीको बोझ लिनुपर्छ, र परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ। त्यसपछि हामीले सबै कुरालाई होसियारीसाथ समीक्षा गर्नुपर्छ र देखिएका समस्याहरूलाई हल्का रूपमा लिनु हुँदैन।

पछि, हामीले परमेश्‍वरका वचनहरू अभ्यास गर्‍यौँ। हामीले हाम्रो असफलताका कारणहरू जम्‍मा गर्‍यौँ, र सिद्धान्तहरूका आधारमा लगनशील भएर भिडियोहरू जाँच गर्‍यौँ, सानोभन्दा सानो गल्तीलाई पनि हटायौँ। हामीले सँगै मिलेर सत्यता सिद्धान्तहरू खोज्यौँ र इडिट कसरी गर्ने भनी अभ्यास गर्‍यौँ। दाजुभाइ-दिदीबहिनीहरूसँगको यो सङ्गति र छलफलले हामीलाई सिद्धान्तहरूको बारेमा अझै राम्ररी बुझ्‍न सहयोग गर्‍यो, र हामीले पहिले पनि केही भिडियोहरू धेरैपटक जाँचेका भए पनि, हामी अहिले अलि सचेत भएका हुनाले, हरेक विवरणसँग सम्‍बन्धित थप समस्या भेट्यौँ। यसले विगतमा कर्तव्यमा अल्याङटल्याङ गर्ने हाम्रो समस्या कति गम्‍भीर थिएछ भन्‍ने कुरालाई अझै स्पष्ट रूपमा देखायो। त्यसपछि हामीले सिद्धान्तहरूअनुसार ती भिडियोहरू कसरी इडिट गर्ने, र कसरी हामीले गर्न सक्‍ने सबै इडिटको काम पूरा गर्ने, र कुनै पनि समस्या नदेखेपछि अगुवालाई जाँचको लागि पठाउने भनेर विश्‍लेषण गर्‍यौँ। हामीले त्यो अभ्यास गरेपछि सबै जनाले निकै सहज महसुस गरे। ती भिडियोहरू इडिट गरेपछि, हामीले जाँचको लागि ती भिडियोहरू अगुवालाई पठायौँ। उनले भने, “निकै राम्रो लाग्यो, र मैले कुनै समस्या देखिनँ। यसपटक तपाईंहरूले राम्ररी गर्नुभएछ।” अगुवाले त्यसो भनेपछि, मैले परमेश्‍वरलाई हृदयदेखि धन्यवाद नदिई बस्‍न सकिनँ। हामीले राम्रो काम गरेको कारणले यस्तो भएको थिएन। बरु, हामी परिवर्तन भएर पश्‍चात्ताप गर्न अलि तयार भई, त्यति लापरवाही हुन छोडेपछि परमेश्‍वरले हामीलाई अगुवाइ गर्नुभएको थियो र अन्तर्दृष्टि दिनुभएको थियो। यो अनुभवले मलाई के देखायो भने मन लगाएर कर्तव्य पुरा गरियो भने मात्रै यो अर्थपूर्ण हुनेछ र शान्ति महसुस गरिनेछ। परमेश्‍वर धन्यवाद!

अघिल्लो: ९०. कर्तव्य करियर होइन

अर्को: ९२. पीडादायी छनौटहरू

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्