५६. मेरो कर्तव्य कसरी लेनदेन बन्यो

झेनछेङ, चीन

सन् २००८ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेँ। परमेश्‍वरको वचन पढेर मैले आखिरी दिनहरूमा परमेश्‍वरले देहधारण गर्नु र सत्यता व्यक्त गर्नुको उद्देश्‍य मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु, मानिसहरूलाई पापबाट मुक्ति दिनु, र तिनीहरूलाई सुन्दर गन्तव्यमा ल्याउनु रहेछ भन्‍ने बुझेँ। म अत्यन्तै उत्साहित थिएँ र परमेश्‍वरको लागि कर्तव्य निभाउनमा आफूलाई समर्पित गर्न चाहन्थेँ। केही समयपछि नै मण्डली अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने र केही भेला समूहहरू सम्हाल्ने जिम्‍मा दिनुभयो। आफ्‍नो कर्तव्य राम्ररी निभाउनको लागि, मैले वर्षौँदेखि सञ्चालन गर्दै आइरहेको मेरो क्‍लिनिक बन्द गरेँ र मण्डलीमा काम गर्दै आफ्‍ना दिनहरू बिताउन थालेँ। पछि, कम्युनिस्ट पार्टीले गरेको पक्राउ र सतावटको कारण, मेरो श्रीमानले मलाई डिभोर्स गर्नुभयो। ती वर्षहरूमा, म सधैँ घरदेखि टाढाको स्थानमा आफ्‍नो कर्तव्य निभाइरहेकी हुन्थेँ, र कहिलेकहीँ म कमजोर हुन्थेँ, तर मैले भोग्‍ने कष्टलाई परमेश्‍वरले स्मरण गर्नुहुन्छ भन्‍नेबारेमा सोच्‍नेबित्तिकै मैले विश्‍वास र सामर्थ्य पाइहाल्थेँ।

अप्रिल २०१७ मा, मेरो उच्‍च रक्तचाप र कमजोर स्वास्थ्य भएकोले, म घर गएर अलि आराम गर्न सकूँ भनेर अगुवाले मलाई केही समय कर्तव्य निर्वाह गर्नबाट रोक्‍नुभयो। म धेरै खिन्‍न भएँ र सोचें, “परमेश्‍वरले आफ्नो काम समाप्त गर्न लाग्‍नुभएको छ, त्यसैले अहिले मेरो कर्तव्य पूरा गर्ने र असल कर्म बटुल्ने महत्वपूर्ण समय हो। कर्तव्य पालनविना के मसँग असल गन्तव्य र परिणाम हुन सक्छ र? यदि मैले अन्त्यमा आशिष्‌ पाइन भने, के यतिका वर्षको कडा मेहनत, मूल्य चुकाइ व्यर्थ हुनेछैन र?” पछि, एक सिस्टरले मलाई घर लग्‍नुभयो। उनले मसँग परमेश्‍वरको इच्छाबारे सङ्गति दिनुभयो, र मलाई मदत गर्नुभयो, तर मैले उहाँलाई सधैं कर्तव्यमा व्यस्त भएको देख्दा, मलाई धेरै जलन भयो। म स्वस्थ नभएकीले मैले मेरो कर्तव्य पूरा गर्न सक्दिनथेँ। कतै परमेश्‍वरले कर्तव्य निर्वाह गर्ने मेरो योग्यता खोस्‍न, र मलाई खुलासा गरी निकाल्नलाई मेरो अस्वस्थताको प्रयोग गरिरहनुभएको त होइन? यस विचारले मलाई लल्याकलुलुक बनायो, र म पूर्ण रूपमा दुःखी र आशारहित भएँ। परमेश्‍वरबारे गलत बुझाइ र गुनासो पनि देखा परे; मैले कसरी विगत केही वर्षहरूमा सबथोक छोडेकी र कुनै गुनासो नगरी धेरै कुरा भोगेकी थिएँ भनेर सोचेँ। कसरी म यस्तो अवस्थामा आइपुगेँ? त्यति बेला, मैले परमेश्‍वरका वचनहरू ग्रहण गर्नै सकिनँ र प्रार्थनामा परमेश्‍वरलाई के भन्‍ने मलाई थाहा भएन। मेरो भोक हरायो र राम्रोसित सुत्‍न सकिनँ। मेरो हृदय पूरै अँध्यारोमा थियो। मलाई यस्तो अवस्थामा देखेर ती सिस्टरले यसो भन्दै मेरो निराकरण गर्नुभयो, “तपाईंले साच्‍चै नै परमेश्‍वरका वचनहरू पढिरहनभएको छैन र तपाईं अहिले बिलकुलै अलग व्यक्ति बन्‍नुभएको छ। तपाईंले सत्यता खोजी गरिरहनुभएको छैन।” मलाई यसरी निराकरण गरिएको सुन्‍न निकै गाह्रो भयो र मैले आफ्नो खोजीमा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर, यो अवस्थालाई कसरी सम्हाल्ने मलाई थाहा छैन, म तपाईंको इच्छा बुझ्दिनँ, र मैले कुन मार्ग लिनुपर्छ भन्‍ने मलाई थाहा छैन। म अँध्यारोमा जिइरहेकी छु र साँच्‍चै नै दुःखी छु। कृपया, मलाई अन्तर्दृष्टि दिएर मार्गदर्शन गर्नुहोस्।”

मैले केही दिनसम्म धेरै प्रार्थना र खोजी गरिरहें। एक बिहान, परमेश्‍वरका वचनहरूको एक हरफ अचानक मेरो दिमागमा आयो: “के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ?” यसको पूर्ण अनुच्छेद खोज्न मैले तुरुन्तै आफ्नो कम्प्युटर खोलें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्तहरू बुझेका भए पनि, तिनीहरूसँग जे-जस्तो अनुभव वा ज्ञान भए पनि, तिनीहरूले जे-जस्तो कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यमा प्रेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो। सायद, उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा वा मण्डली जीवन जिउँदा, उनीहरूले आफूलाई परिवार त्याग्न र खुसीसाथ परमेश्‍वरमा समर्पित हुन सक्षम रहेको, र अब आफूमा आशिष्‌हरू पाउने अभिप्रेरणाको ज्ञान भएको, र अहिले त्यो प्रेरणालाई पन्छाउन सकेको, र उनीहरू अबउप्रान्त यस प्रेरणाद्वारा सञ्‍चालित वा नियन्त्रित नभएको महसुस गर्नेथिए। अनि उनीहरूले आफूमा अबउप्रान्त आशिषित हुने अभिलाषा छैन भन्‍ने सोच्नेथिए तर परमेश्‍वरले भने त्यस्तो विश्‍वास गर्नुहुनेथिएन। मानिसहरूले विभिन्‍न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्‍नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्‍वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू परमेश्‍वरको लागि समर्पित भइरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई अबउप्रान्त आफ्‍नो कर्तव्यमा व्यक्तिगत जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित नभएजस्तो अनुभूति हुन्छ। यसको साटो, तिनीहरूलाई आफूले सत्यताको खोजी गर्न सक्छु, र आफ्नो भ्रष्ट स्वभाव शुद्ध होस् र आफूले केही साँचो परिवर्तन हासिल गर्न सकूँ भनेर आफ्‍नो कर्तव्य पूरा गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गरिरहेको छु भन्‍ने विश्‍वास हुन्छ। तैपनि, जब मानिसहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित हुने कुनै घटना घट्छ, तब तिनीहरूले कस्तो व्यवहार गर्छन्? सत्यताको पूर्ण खुलासा हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका न्यायका वचनहरूले मलाई कतै लुक्‍ने ठाउँ दिएनन्। यसभन्दा पहिले, परमेश्‍वरमाथिको विश्‍वास भनेको आशिष्‌को लागि मात्र हुन सक्दैन भन्‍ने सिद्धान्ततः मलाई थाहा थियो, तर मैले आफूलाई साँचो रूपमा चिनेकी थिइनँ। यस स्थितिले आशिष् पाउने मेरो मनसायलाई अचनाक पूरै उदाङ्गो पारिदियो। विगतका ती केही वर्षहरूमा मैले चाहे जेजस्तो भए पनि कर्तव्यको काम अघि बढाउनलाई आफ्नो घर र जागिर छाडेकी थिएँ। मैले ती सबै मूल्य चुकाएर निश्‍चित रूपमा परमेश्‍वरको स्वीकृति र आशिष्‌ प्राप्त गर्नेछु र मालई असल गन्तव्य मिल्नेछ भन्‍ने सोचेकी थिएँ, त्यसैले म वास्तवमा आफ्नो कर्तव्यप्रति वास्तवमै उत्प्रेरित थिएँ। अहिले म स्वास्थ्यको कारण आफ्नो कर्तव्य पूरा गर्न सक्दिनथेँ, त्यसैले मैले आफ्नो गन्तव्य गुमाएँ र आशिष्‌ पाउने मेरो सपना धराशायी भयो भन्‍ने लाग्यो। मलाई सबै कुरा छोडेकोमा पछुतो मात्र भएन, मैले त परमेश्‍वरलाई दोष पनि दिएँ, उहाँसँग तर्क पनि गरें र उहाँको विरोध पनि गरें। म अत्यन्तै निराश थिएँ, र हिँडसुल गर्नसमेत सक्दिनथेँ। मैले आफ्ना त्यागहरूलाई परमेश्‍वरका आशिष्‌सँग साट्ने पुँजीको रूपमा लिएँ, र मेरो पीडा र योगदानको अर्थ परमेश्‍वरले मलाई असल गन्तव्य र परिणाम दिनुपर्छ भन्‍ने सोचेकी थिएँ। त्यो नहुँदा, मैले गुनासो गरें र परमेश्‍वरलाई दोष लगाएँ। मेरो नकारात्मकताको पछाडि आशिषित हुने अभिप्राय लुकेको थियो। मेरो विश्‍वासमा रहेको त्यो दृष्टिकोणले परमेश्‍वरसँग लेनदेन गरिरहेको, र उहाँलाई आशिष्‌ प्राप्त गर्नको लागि प्रयोग गरिरहेको थियो। यो परमेश्‍वरलाई धोका दिनु र उहाँको प्रतिरोध गर्नु थियो। पावलका सबै योगदान र खर्चाइ परमेश्‍वरसँग लेनदेन पक्‍का गर्न र उहाँबाट धार्मिकताको मुकुट माग गर्नका लागि थिए। यसले परमेश्‍वरको स्वभावलाई गम्भीर रूपमा चिढ्यायो र उनी दण्डित भए। मेरा केही त्यागहरू र खर्चाइपछि, मैल पनि उनले जस्तै परमेश्‍वरसँग इनाम, वाचा र आशिष्‌हरू मागें। मैले आशा गरेको कुरा नपाउँदा, मैले परमेश्‍वरलाई गलत सम्झें र दोष दिएँ, र उहाँलाई विश्‍वासघात गर्नेबारेमा समेत सोचें। म कसरी पावलभन्दा फरक भिएँ र? के मसित थोरै पनि तार्किकता वा विवेक थियो र? मैले आफ्नो कर्तव्यको दौरान केही समय आफूलाई खर्चेकी र केही मूल्य चुकाएकी त थिएँ, तर मैले सत्यता सिद्धान्तहरू नबुझेको र आफू भ्रष्टता र अशुद्धताहरूले भरिएको कारण, मैले आफ्नो कर्तव्यमा कुनै पनि असल नतिजाहरू ल्याउन सकिनँ, र कहिलेकाही त म विध्वंसात्मक पनि बनेँ। यसरी मैले आफ्ना योगदानहरू र खर्चाइलाई परमेश्‍वरसित लेनदेन पक्‍का गर्ने र आशिष्‌हरू प्राप्त गर्ने प्रयासमा पुँजीको रूपमा प्रयोग गरिरहेकी थिएँ। म असोचनीय रूपले निर्लज्‍ज थिएँ। यदि मेरो स्वास्थ्य स्थितिले मलाई आफ्नो कर्तव्य निर्वाह गर्नबाट नरोकेको भए, मैले आफ्नो विश्‍वासमा गरेको आशिष्‌को अनुचित खोजलाई कहिल्यै देख्‍नेथिनँ, र म गलत मार्गमा निरन्तर हिंडिरहन्थेँ, र अन्त्यमा पावलकै नियति भोग्थेँ। यस्तो सोच आएपछि ममा निरन्तर सताइरहने डर पैदा भयो, र परमेश्‍वरले यो परिस्थिति बन्दोबस्त गर्नु भनेको मेरो लागि उहाँको प्रेम र मुक्ति थियो भन्‍ने महसुस गरें। जब मैले परमेश्‍वरको इच्छा बुझें, म पछुतो र आत्मनिन्दाले भरिएँ, र मैले रुँदै प्रार्थना गरें, “हे परमेश्‍वर! म तपाईंको मुक्तिको लागि धेरै आभारी छु। यस तरिकाले मेरो खुलासा नभएको भए, मैले किन भन्‍ने थाहै नपाई तपाईंको विरोध गर्दै बस्‍नेवाला थिएँ। हे परमेश्‍वर, म तपाईंसामु पश्‍चात्ताप गर्न र आशिष्‌को पछि लाग्‍न छोड्न चाहन्छु। म केवल सत्यताको पछि लाग्‍न, भ्रष्ट स्वभाव त्याग्‍न, र मानव स्वरूपमा जिउन चाहन्छु।”

प्रार्थनापछि मैले परमेश्‍वरका थप वचनहरू पढें, जसमा पत्रुसका शोधनका अनुभवहरू छलफल गरिएका थिए। परमेश्‍वरका वचनहरूले भन्छन्: “मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध-मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्‍वास कहिल्यै पनि गुमाएन वा मप्रति कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दा समेत पनि ऊ निरुत्साहित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासका सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका होइनन्, तर वचनमा आएका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, ‘हे परमेश्‍वर! हे सर्वशक्तिमान्, स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईंको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र? जब तपाईं मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईंको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईंले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भए पनि तपाईंका कामहरूको बुझ्‍न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईं अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्ट भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईंको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईंलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? हे सर्वशक्तिमान्! के मैले तपाईंलाई देखेको तपाईं साँच्चै चाहनुहुन्न र? के म साँच्चै तपाईंको न्याय पाउन अयोग्य छु र? के ममा कुनै यस्तो कुरा छ जुन तपाईं देख्न चाहनुहुन्न?’ त्यस्ता परीक्षाहरूको समयमा, पत्रुसले मेरा अभिप्रायलाई विशुद्ध प्रकारले बुझ्न नसके पनि, यो स्पष्ट थियो कि (उसले मेरो इन्साफ प्राप्त गरेको भए पनि मानवजातिले मेरो प्रताप र क्रोध देख्न सकोस्‌ भनेर) मद्वारा प्रयोग हुने कुरामा ऊ गौरवान्वित र सम्मानित भयो, र ती परीक्षाहरूद्वारा ऊ दुःखी भएन। मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ६)। मैले परमेश्‍वरका वचनहरूमा पत्रुस आफ्नो भवितव्य वा गन्तव्यको बन्धनमा परेनन् भन्‍ने देखें। परमेश्‍वरले पत्रुसलाई उनको प्रेमको बावजुत पनि उनलाई स्वीकार नगर्ने र अन्त्यमा शैतानलाई सुम्पिने कुरा गर्नुहुँदा पनि, उनले परमेश्‍वरलाई प्रेम गरिरहे र मृत्युसम्मै समर्पित रहिरहे। परमेश्‍वरप्रतिको पत्रुसको प्रेममा कुनै लेनदेन वा अपवित्रता थिएन। यो साँचो प्रेम र आज्ञाकारिता थियो। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेटें र पत्रुसले झैं परमेश्‍वरलाई प्रेम गर्नका लागि खोजी गर्न इच्छुक भएँ। परमेश्‍वरले मसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, मेरो परिणाम वा गन्तव्य भए पनि नभए पनि, म परमेश्‍वरको शासन र बन्दोबस्तप्रति समर्पित हुनेछु। त्यतिबेला पहिलेको जस्तै मण्डलीमा मैले आफ्नो कर्तव्य पूरा गर्न सकेकी थिइनँ, तर पनि पछिल्ला केही वर्षहरूमा परमेश्‍वरका वचनहरूको भरणपोषण पाइरहेकी र केही अनुभव बटुलिरहेकी थिएँ, त्यसैले मैले परमेश्‍वरको लागि गवाही दिन उहाँको कार्यबाट अनुभव गरेका कुराहरू लेख्‍न सक्थेँ। यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु पनि हो। त्यसपछि, मैले आफूलाई परमेश्‍वरसामु धेरै हदसम्म शान्त राख्‍न, उहाँका वचनहरू मनन गर्न र अनुभव गवाहीहरू लेख्‍न थालें। मैले आफूलाई परमेश्‍वरसित निकै नजिक भएको महसुस गरें र आफ्नो भविष्य र सम्भाव्यताहरूबारे चिन्ता गर्न बन्द गरें। मलाई मुक्त र तवानरहित भएको ठूलो अनुभूति भयो। केही समयको तङग्राइपश्‍चात, मेरो रक्तचाप लगभग सामान्य भयो, र मैले मण्डलीमा आफ्नो कर्तव्य फेरि सुरु गरें।

मैले त्यो अनुभवपछि परमेश्‍वरप्रतिको विश्‍वाससम्‍बन्धी आफ्ना दृष्टिकोणहरूबारे केही बुझाइ प्राप्त गरेकी छु, र म आशिष्‌को आशाले अबउप्रान्त बाँधिनेछैनँ भन्‍ने सोचेकी थिएँ। तर केही समयपछि, आशिष्‌ पाउने चाहनाले फेरि टाउको उठायो।

त्यतिबेला म मण्डली अगुवाको रूपमा सेवा गर्थेँ। एउटा भेलामा, हाम्रा अगुवाले हामीलाई प्रत्येक समूह अगुवाको व्यावहारिक कार्य गर्ने क्षमता जाँच गर्न आग्रह गर्नुभयो र कुनै पनि धूर्त मानिस वा सत्यता स्वीकार नगर्नेहरू कुनै पनि हालतमा त्यो पदमा चुनिनु हुँदैन भनेर भन्‍नुभयो। यो कुरा सुनेपछि, मलाई लाग्यो, मैले त्यो काम तुरुन्तै गर्नुपर्छ, नत्र गलत व्यक्तिको प्रयोगले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई नोक्सान पुऱ्याउन सक्छ। यस्तो अवस्थामा, मलाई अगुवाबाट बर्खास्त हुन सक्‍ने मात्र नभई, त्यो एक अपराध, र दुष्कर्म पनि हुनेछ। एक महिनापछि कामदारहरूको आवश्यक हेरफेर गरिएको थियो र मलाई धेरै खुसी लाग्यो। तर आश्‍चर्यको कुरा, मैले रोजेको एउटा व्यक्ति धूर्त भएको हाम्रा अगुवाले छिटै थाहा पाउनुभयो। यसले मलाई निकै नै खिन्‍न पार्‍यो। मलाई लाग्यो, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गरेकी छैनँ र मण्डलीको काममा बाधा उत्पन्‍न गरेकी छु। त्यसको लगत्तै, केही दाजुभाइ-दिदीबहिनीहरूले मैले रोजेको अर्को व्यक्तिसित पनि एकदमै अहङ्कारी स्वभाव छ भनेर रिपोर्ट गरे। उनी आफ्नो कर्तव्यमा निरङ्कुश थिए, अरूका सुझावहरू इन्कार गर्थे, र दाजुभाइ-दिदीबहिनीहरूलाई गाली गर्ने र विवश पार्ने गर्दा रहेछन्। समस्यामाथि समस्या निस्किएको देखेर, म अचानक हल न चलकी भएँ। मलाई लाग्यो, मसँग सत्यताको सतही बुझाइ छ र ममा सत्यता वास्तविकताको कमी छ। यदि अरू कुनै समस्या आएर मण्डलीको काममा असर परेको भए, त्यो ठूलो दुष्कर्म हुनेथ्यो। त्यसपछि, के मेरो भविष्य र गन्तव्य समाप्त हुँदैनथ्यो र? मलाई लाग्यो, मैले तुरुन्तै कर्तव्य फेर्नुपर्छ। एक बिहान मलाई चक्‍कर लाग्‍न थाल्यो, र मेरो रक्तचाप सामान्यभन्दा धेरै नै बढेको पाएँ। मैले हाम्रा अगुवालाई यसबारे बताएँ, र मेरो स्वास्थ्यमा समस्या देखिएकोले उहाँले मलाई अर्को कर्तव्यमा सार्दा राम्रो हुनेछ भन्‍ने मैले सोचेकी थिएँ। त्यसपछि मसँग त्यति धेरै जिम्मेवारी हुँदैनथ्यो। मसँगै काम गरेकी सिस्टरलाई मैले शान्त भएर भनें, “यदि मलाई घरमा पठाइयो भने पनि, म आज्ञापलन गर्न तयार छु, र त्यसपछि मैले गर्नसक्‍ने जुनसुकै कर्तव्य दिए पनि गर्नेछु।” मैले त्यसो भनेपछि उनले मेरो निराकरण गरिन्, र मैले नकारात्मकता देखाउँदै छु र मैले आत्मसमीक्षा गर्नुपर्छ भनेर भनिन्। मैले यसलाई स्वीकार गर्न चाहिनँ। मैले सोचें, म आज्ञापालन गर्न र मैले पूरा गर्नसक्‍ने जुनसुकै कर्तव्य पूरा गर्न तयार छु। त्यो कसरी नकारात्मक देखाएको भयो? तर फेरि मलाई लाग्यो कि परमेश्‍वरले नै उनलाई यो कुरा बोल्न लगाउनुभएको हो, त्यसैले मैले मार्गदर्शनको लागि परमेश्‍वरलाई प्रार्थना गरें ताकि मैले आफ्नो साँचो स्थिति जान्‍न सकूँ।

तब मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढें: “तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका न्याय र प्रकाशका वचनहरूले मलाई लज्‍जा अनुभूत गराए। के म ठ्याक्‍कै उहाँले खुलासा गरिरहनुभएको व्यक्तिजस्तो थिइनँ र? मेरो कर्तव्यले आशिष्‌ दिलाउँछ भन्‍ने सोच्दा, म उत्साहित हुन्थेँ र कडा मेहनत गर्थें। त्यसो नहुँदा, म अचानक वैरीजस्तो बन्थेँ र त्यसउप्रान्त त्यो कर्तव्य गर्न चाहन्‍नथेँ। मैले केवल आफ्नो भविष्य र गन्तव्यको बारेमा सोचिरहेकी थिएँ। मैले मेरो कर्तव्यमा गल्ती गर्दा, आफ्नो असफलताको सन्दर्भमा समीक्षा गर्ने वा सत्यता खोज्ने, वा आफ्नो कमजोरीको परिपूर्ति गर्ने, वा आफ्नो कर्तव्यमा सक्दो राम्रो गर्ने प्रयास गरिनँ; बरु, मलाई जिम्मेवारी लिनुपर्ला र आफ्नो भविष्य खतरामा पर्ला भन्‍ने डर थियो। म यो कर्तव्य पन्छाएर योभन्दा कम जिम्मेवारी हुने कर्तव्यसँग यसलाई साट्न चाहन्थें, र यसको लागि मेरो रक्तचापलाई बहाना बनाएँ। म बाहिरबाट निकै तर्कसङ्गत देखिन्थें, तर त्यसको पछाडि मेरो घृणित अभिप्राय लुकेको थियो। म असाध्यै धूर्त थिएँ!

मैले मेरो विश्‍वासमा निरन्तर आशिष्‌ खोज्नुपछाडिको असली जड के हो त भनेर चिन्तन गर्न थालें। मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका यी वचनहरूबाट के सिकें भने, मैले सधैं आफ्नो भविष्य र गन्तव्यको बारेमा सोचिरहेकी थिएँ किनभने म शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएकी थिएँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू,” जस्ता जीवन-अस्तित्वसम्बन्धी यी शैतानी नियमहरू धेरै पहिलेदेखि नै मेरो प्रकृति बनेका थिए, र यसबाट म अझ धेरै स्वार्थी, घृणित र आत्मसेवा गर्ने व्यक्ति बनेकी थिएँ। आफूले गरेका हरेक कुरामा म व्यक्तिगत लाभबारे सोच्थें। ती वर्षहरूमा विश्‍वासमा रहँदाको मेरो मार्गलाई हेर्दा, कर्तव्य पालन गर्नको लागि मेरो प्रस्थान बिन्दु भनेकै आशिषित हुनु, इनाम पाउनु, र अन्ततः स्वर्गको राज्यमा प्रवेश गरेर असल गन्तव्य पाउनु रहेको थियो। मेरो वर्षौंको कडा मेहनत र पीडा परमेश्‍वरको खातिर इमान्दारीसाथ गरिएको खर्चाइ, वा सृष्टि गरिएको प्राणीको कर्तव्यपालन थिएन। यो त केवल परमेश्‍वरलाई प्रयोग गर्नु, उहाँलाई छल्नु र उहाँसँग सौदा गर्नु थियो। यो बिलकुलै पनि परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नको खातिर थिएन। कसरी मलाई विश्‍वासमा भएको व्यक्ति भन्‍न सकिन्थ्यो र? अगुवाको रूपमा तालिम लिन पाउनु परमेश्‍वरको अनुग्रहले गर्दा भएको थियो—परमेश्‍वरको इच्छा मलाई समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्ने अभ्यास गर्न र समझशक्ति र अन्तर्दृष्टि प्राप्त गर्न सिक्‍न लगाउनु थियो, तर मैले यो मौकाको कदर गरिनँ। मैले आफूलाई सत्यताले सुसज्‍जित गर्ने र सत्यतामा प्रवेश गर्ने काम गरिनँ, बरु केवल आफ्नो भविष्य र भवितव्यबारे सोचें। म परमेश्‍वरको शत्रुको बाटो हिँडिरहेकी थिएँ। मलाई थाहा थियो, मैले पश्‍चात्ताप गर्नु र सत्यता पछ्याउनुपर्छ, नत्र म निश्‍चित रूपमा नष्ट हुनेछु।

मैले आफ्नो एउटा भक्तिमा परमेश्‍वरका यी वचनहरू पढें: “देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दुःखकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाका लागि होइनन्। परमेश्‍वरका लागि कुनै फाइदा र बेफाइदा वा इनाम भन्ने हुँदैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँकै थियो त्यसको कटनी गर्नुहुनेछ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ)। यसमाथि चिन्तन गर्दा, मलाई परमेश्‍वरको प्रेमले गहिरो गरी छोयो। भयानक अपमान र पीडा भोगिरहेका र गहन रूपले भ्रष्ट पारिएका मानवजातिलाई मुक्ति दिन सर्वोच्‍च, पवित्र र आदरणीय परमेश्‍वरले दुईपटक देहधारण गर्नुभएको छ। मानवजातिलाई छुटकारा दिलाउन, प्रभु येशू आफ्नो जीवनको मूल्य चुकाउँदै क्रूसमा टाँगिनुभयो। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर चीनमा आउनुभयो, र मानिसलाई धुन र मुक्ति दिन सत्यता व्यक्त गर्नुभयो, र उहाँले चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारको सतावट, खेदो र निन्दामा पर्नुभयो। उहाँ हामीमाझ काम गर्न, हामीबाट बदलामा केही नखोजी आफ्ना वचनहरू बाँड्न सबथोक सहनुहुन्छ, र यो केवल हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनका गर्नुहुन्छ। मानवजातिलाई मुक्ति दिन परमेश्‍वर यत्ति ठूलो मूल्य चुकाउनुहुन्छ, आफ्नो लाभ या हानि कहिल्यै सोच्नुहुन्‍न। उहाँलाई हामीबाट बदलामा केही चाहिँदैन, उहाँले हामीबाट केही पनि अपेक्षा गर्नुहुन्‍न। परमेश्‍वरको प्रेम निस्वार्थ र साँचो छ। परमेश्‍वरको सार कति सुन्दर र असल छ! तर आफूलाई हेर्दा, मैले मसँग विश्‍वास छ र परमेश्‍वरलाई प्रसन्‍न गर्न चाहन्छु भनेर भनेकी त थिएँ, तर म उहाँप्रति बिलकुलै इमान्दार थिइनँ। मैले उहाँप्रतिको समर्पणको झण्डा बोकेँ, तर त्यो केवल आशिष्‌ पाउन लेनदेन गर्नको लागि थियो। यो त परमेश्‍वरलाई प्रयोग गर्नु र उहाँलाई छल्नु थियो। मैले आफू कति धूर्त, तुच्छ र निर्लज्‍ज छु भन्‍ने देखें। मजस्तो व्यक्तिले कहिल्यै पनि परमेश्‍वरको स्वीकृति पाउँदैन, चाहे उसले जति नै ठूलो त्याग किन नगरोस्। मैले परमेश्‍वरका वचनहरूमा यो पनि पढें: “सृष्टि गरिएको प्राणीको रूपमा, मानिसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले परमेश्‍वरका वचनहरूमा के देखें भने, सृष्टि गरिएको प्राणीको रूपमा हामीले आशिष्‌को लागि विश्‍वास अपनाउनुहुँदैन। हामीले परमेश्‍वरप्रतिको प्रेम पछ्याउनुपर्छ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्न खोज्नुपर्छ। यो नै जिउने सबैभन्दा अर्थपूर्ण तरिका हो। मैले परमेश्‍वरसँग प्रार्थनामा यो भनें: “हे परमेश्‍वर, म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु, आशिष्‌ खोज्न छोड्न चाहन्छु। मेरो अन्तिम गन्तव्य जेसुकै भए पनि, म तपाईंको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहन्छु।” मैले आफ्नो स्थिति ठीक गरेपछि, मेरो रक्तचाप स्थिर भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूका केही खण्डहरू पनि पढेँ: “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका यी वचनहरूले मलाई के बुझ्न मदत गरे भने, हामी अन्त्यमा आशिषित हुन्छौं वा श्रापित हुन्छौं भन्‍ने कुरासित हाम्रो कर्तव्यको कुनै लिनुदिनु छैन। पूर्ण मुक्ति हासिल गर्ने चाबी भनेको हामी सत्यता पछ्याउन र प्राप्त गर्न, अनि आफ्नो स्वभाव बदल्न सक्छौं कि सक्दैनौं भन्‍ने हो। म कुन कर्तव्य कहिले निर्वाह गर्छु भन्‍ने कुरा परमेश्‍वले निर्धारित गर्नुहुन्छ र मेरो परिणाम र गन्तव्य योभन्दा पनि बढ्ता रूपमा परमेश्‍वरको शासन र बन्दोबस्तहरूको अधीन हुन्छन्। मैले गर्नुपर्ने भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू स्वीकार गर्नु र भक्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु हो। मलाई के पनि महसुस भयो भने, मैले मण्डली अगुवाको रूपमा सेवा गर्नु भनेको परमेश्‍वरले मलाई माथि उठाउनुभएको अवस्था हो र यो मेरो कर्तव्यको दौरान मेरा कमीकमजोरी र अपर्याप्तताहरू देखाउनको लागि परमेश्‍वरले मलाई दिनुभएको अभ्यासको मौका हो। हरपक्षमा सत्यताको खोजी र सत्यता सिद्धान्तहरूको बुझाइ हुँदा, यसबाट मेरो जीवनको वृद्धिमा मदद मिल्न सक्थ्यो। यो कुरा बुझेपछि, म आफ्नो भविष्य र भवितव्यको चिन्ताद्वारा बाँधिएको महसुस गर्न छोडेँ र त्यसपछि फेरि कर्तव्यहरू साटफेर गर्न चाहिनँ। म समर्पित हुन, अनि सत्यता खोजी गर्दै र आइपरेका समस्याहरू समाधान गर्दै व्यावहारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएँ। समयसँगै, मैले केही सिद्धान्तहरू बुझें र आफ्नो कर्तव्यमा बिस्तारै कम गल्ती गर्न थालेँ। परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु र आशिष्‌को खातिर कर्तव्य निर्वाह नगर्नु मेरो लागि वास्तवमै मुक्ति दिलाउने कुरा थियो। मेरा कर्तव्यहरू परमेश्‍वरद्वारा मार्गनिर्देशित भएका छन्, र मैले राम्रोभन्दा राम्रो नतिजाहरू प्राप्त गरेकी छु। सर्वशक्तमान्‌ परमेश्‍वरको मुक्तिलाई धन्यवाद होस्!

अघिल्लो: ५५. मैले आफ्‍नो स्थान भेट्टाएँ

अर्को: ५७. बुढेसकालमा झनै बढी सत्यता पछ्याउनुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

३४. आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्