५३. सुसमाचार सुनाउने कठिन मार्ग
म म्यान्मारकी हुँ। मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम सन् २०१९ मा स्विकारेँ। मैले परमेश्वरको वचन पढेर के थाहा पाएँ भने, परमेश्वर मानिसलाई शैतानको प्रभावबाट मुक्ति दिन आखिरी दिनहरूमा आफ्नो न्यायको काम गर्नुहुन्छ, र हामीलाई सुन्दर गन्तव्यमा पुऱ्याउनुहुन्छ। म परमेश्वरको मुक्तिका लागि अति कृतज्ञ छु। त्यसपछिदेखि, मैले मण्डलीमा सुसमाचार प्रचार गर्दै आइरहेकी छु। एउटा भेलामा हामीले परमेश्वरका वचनहरूको यो खण्ड पढेका थियौँ: “मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्ने कुरा देख्न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरू पढेपछि, मैले अत्यन्तै धेरै प्रोत्साहन प्राप्त गरेँ। विपत्तिहरू बढेको बढ्यै हुनाले, र परमेश्वरको देखापराइको तृष्णा गर्ने थुप्रै मानिसले उहाँको आवाज नसुनेकोले वा उहाँका आखिरी दिनहरूको मुक्ति ग्रहण नगरेकोले, म चिन्तित थिएँ र मलाई आतुरी लाग्यो। त्यसकारण, मैले परमेश्वरलाई प्रार्थना गरेर उहाँका आखिरी दिनहरूको सुसमाचार अझ धेरै मानिसलाई सुनाउन मार्गदर्शन मागेँ।
२०२२ को जुलाईको सुरुतिर, म केही ब्रदर-सिस्टरहरूसँग सुसमाचार सुनाउन एउटा गाउँमा गएँ। त्यहाँ प्रचार गरेको रिपोर्ट परेपछि, एक जना ब्रदर पक्राउ परेका थिए, र गाउँ प्रमुखले प्रान्तीय सरकारको बैठकबाट फर्कँदैपिच्छे त्यहाँका बासिन्दालाई धार्मिक बन्ने अनुमति छैन भनेर भन्थे। कुनै विश्वासी भेटिएमा तिनीहरूलाई ठूलो रकम जरिमाना तिराइन्थ्यो वा पक्राउसमेत गरिनेथ्यो। त्यसैले, हाम्रो प्रचार सुन्न कसैले आँट गरेनन्। तिनीहरूले यसबारेमा कुनै खोज-अनुसान्धान गर्ने साहस गर्नुपहिले, हामीले गाउँ प्रमुखसँग कुरा गरेको तिनीहरू चाहन्थे। म बाहिरबाट आएकी व्यक्ति थिएँ। मसँगै सुसमाचार प्रचार गर्ने ती सबै छिमेकी गाउँका थिए र हामीले ती प्रमुखलाई चिनेका थिएनौँ। स्थानीयहरूले पनि हामीलाई उनीसँग भेटाउँदैनथे। यी कठिनाइको समाधान मलाई थाहा थिएन, र हामी रिपोर्ट गरिने र कुनै पनि बेला पक्राउ पर्ने खतरामा थियौँ। मैले परमेश्वरलाई प्रार्थना गरेर मार्ग देखाइमागेँ। हामीले एउटा भेलामा परमेश्वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “तैँले सबैथोक परमेश्वरको हातमा छ, र मानिसहरूले केवल सहकार्य मात्र गर्दै छन् भन्ने कुरा विश्वास गर्नैपर्छ। यदि तँ इमानदार छस् भने, परमेश्वरले त्यो देख्नुहुनेछ, र उहाँले हरेक परिस्थितिमा तेरा लागि एउटा मार्ग खोलिदिनुहुनेछ, अनि कुनै पनि कठिनाइ पार गर्न नसकिने हुँदैन—तँमा यही आस्था हुनैपर्छ। त्यसकारण, कर्तव्य पूरा गरिरहेको बेला, तँमा कुनै पनि आशङ्का हुनु जरुरी छैन। जबसम्म तैँले त्यसमा आफूले सक्दो लगाउँछस्, र सम्पूर्ण हृदय लगाउँछस्, तबसम्म त्यो पर्याप्त हुन्छ। परमेश्वरले तेरा लागि कामकुराहारू गाह्रो बनाइदिनुहुनेछैन, न त तँलाई तैँले सम्हाल्नै नसक्ने कुराहरू नै जिम्मा लगाउनुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्वरका वचनहरूले मलाई विश्वास र बल दिए। मैले गाउँ प्रमुखलाई भेट्न सक्नु वा नसक्नु, वा रिपोर्ट गरिएर पक्राउ पर्नु वा नपर्नु सबै परमेश्वरको हातमा थियो। सुसमाचार सुनाउनु परमेश्वरको निर्देशन, परमेश्वरले पूरा होस् भनेर चाहनुभएको कुरा हो। सरकारले यसलाई दबाए पनि र ती प्रमुखले बाधा दिए पनि, तिनीहरूले परमेश्वरको राज्य सुसमाचार सुनाउने काम रोक्न सक्दैनथे। तिनीहरूले परमेश्वरका भेडाहरूलाई उहाँतर्फ फर्कन रोक्न सक्दैनथे। हामीले आफ्नो सर्वस्व आफ्नो काममा लगायौँ भने, परमेश्वरले मार्ग देखाउनुहुन्छ, र हाम्रा लागि बाटो खोलिदिनुहुन्छ भन्ने मलाई थाहा थियो। हामी सबैले परमेश्वरको इच्छा बुझेपछि सुसमाचार बाँड्ने आत्मविश्वास पायौँ। नजिकै गाउँका एक जना ब्रदर गाउँ प्रमुखका नातेदार रहेछन्। उनले हामीलाई भोलिपल्ट प्रमुखसँग भेटाउने कुरा बताए। त्यो साँझ हामी सोही गाउँमा गएर राम्रो मानवता भएका केही स्थानीयलाई प्रचार गऱ्यौँ। हामीले सङ्गति गर्दै गर्दा, अचानक गाउँ उपप्रमुख, पल्टन प्रमुख र कोषाध्यक्ष आइपुगे, र केहीबेर सुनेर गए। एक जना गाउँलेले भने, “उहाँहरू तपाईंहरू सुसमाचार प्रचार पो गर्दै हुनुहुन्छ कि भनेर हेर्न आउनुभएको हो। अब हामीले सुन्नु हुँदैन। पहिला गाउँ प्रमुखकहाँ गएर कुरा गर्नुस्, अनि उहाँले मान्नुभयो भने हामी थप कुरा सुन्नेछौँ।” हामीसँग त्यहाँबाट जानुको विकल्प नै थिएन। घरमा पुगेपछि म अलि निराश भएँ। हामीले सुसमाचार सुनाइरहेको कुरा उपप्रमुखले थाहा पाएछन्। उनले अवरोध गरे भने गाउँलेहरूले पक्कै पनि साँचो मार्ग अनुसन्धान गर्नेथिएनन्। साथै, पहिला पनि कोषाध्यक्षले रिपोर्ट गरेकै कारण ती ब्रदर पक्राउ परेका थिए। म आफैँ पनि पक्राउ पर्ने चिन्ताले गाउँ प्रमुखकहाँ गएर कुरा गर्न चाहँदिनथेँ। सुपरिवेक्षकले मेरो अवस्थाबारे थाहा पाए र मसँग सङ्गति गरे, “त्यस्तो परिस्थितिमा हामी पछि हट्नु हुँदैन। हामीले त्यो मौकाको फाइदा उठाएर गाउँ प्रमुखसँग कुरा गर्नुपर्छ र तिनीहरूलाई सुसमाचार सुनाउनुपर्छ। हामीले आफ्नो कर्तव्य पूरा गऱ्यौँ भने, तिनीहरूले सुसमाचार स्वीकार गरून् वा नगरून्, हाम्रो विवेक सफा हुनेछ।” त्यही बेला, मैले पहिला पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “सुसमाचार प्रचार गर्दा, मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ र सुसमाचार स्विकार्न चाहने हरेक व्यक्तिसँग इमानदारीपूर्वक व्यवहार गर्नैपर्छ। परमेश्वर मान्छेलाई सम्भव भएसम्म मुक्ति दिनुहुन्छ, र मानिसहरूले परमेश्वरका अभिप्रायहरूलाई वास्ता गर्नैपर्छ, तिनीहरूले साँचो मार्गबारे खोजी र अनुसन्धान गरिरहेका कसैलाई पनि लापरवाही रूपमा छुटाउनु हुँदैन। … यदि तिनीहरू साँचो मार्गबारे अनुसन्धान गर्न इच्छुक छन् र तिनीहरूले सत्यता खोजी गर्न सक्छन् भने, तैँले तिनीहरूलाई परमेश्वरका अझ धेरै वचनहरू पढेर सुनाउन र तिनीहरूसँग सत्यताबारे अझ धेरै सङ्गति गर्न, अनि परमेश्वरको कामको गवाही दिन र तिनीहरूका धारणा र जिज्ञासा समाधान गर्न आफूले सकेजति सबै गर्नुपर्छ, ताकि तैँले तिनीहरूलाई प्राप्त गर्न र परमेश्वरसामु ल्याउन सक्। यो सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ। त्यसोभए, तिनीहरूलाई कसरी प्राप्त गर्न सकिन्छ? तिनीहरूसँग कुराकानी गर्ने क्रममा, यदि तैँले तिनीहरू राम्रो क्षमता र असल मानवता भएका मानिसहरू हुन् भन्ने निश्चित गरिस् भने, तैँले आफ्नो जिम्मेवारि पूरा गर्न सके जति सबै कुरा गर्नुपर्छ; तैँले निश्चित मूल्य चुकाउनुपर्छ, र निश्चित तरिका र माध्यमहरू प्रयोग गर्नुपर्छ, र यदि त्यो व्यक्तिलाई प्राप्त गर्नकै खातिर हो भने तैँले जस्तोसुकै विधिहरू प्रयोग गरे पनि फरक पर्दैन। समग्रमा, तिनीहरूलाई प्राप्त गर्नका लागि, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र प्रेमको प्रयोग गर्नुपर्छ, र आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नुपर्छ। आफूले बुझेका सबै सत्यता तैँले सङ्गति गर्नुपर्छ र गर्नुपर्ने सबै कुरा गर्नुपर्छ। यो व्यक्तिलाई विश्वासमा ल्याउन सकिएन भने पनि, तेरो विवेक सफा हुनेछ। तैँले आफूले गर्न सक्ने सबै गरिसकेको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूले के बताउँछन् भने, हामीले प्रचार गर्दा सफा विवेक राख्नको लागि हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। हामीले प्रचार गर्दै गरेको व्यक्ति हाम्रो सिद्धान्तअनुरूप छ भने, उसलाई सकेसम्म सुसमाचार सुनाउनुपर्छ। गाउँलेहरू साँचो मार्ग अनुसन्धान गर्न इच्छुक थिए। सरकारको अत्याचारको कारण मात्र तिनीहरू जरिमाना तिराउँछ वा पक्रन्छ भन्ने डरले हाम्रो कुरा सुन्दैनथे। मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो अनि परमेश्वरको वचनमा अझ बढी सङ्गति गरेर तिनीहरूको समस्या र कठिनाइ समाधान गर्नुपर्थ्यो। यदि गाउँ प्रमुख परमेश्वरको वचन सुन्न तयार असल व्यक्ति हुन् भने मैले उनलाई प्रचार गर्न हर प्रयास गर्नुपर्थ्यो। त्यो मैले वास्तवमै आफ्नो कर्तव्य पूरा गरेको हुनेथ्यो। तर यदि मैले रिपोर्ट गरिने र पक्राउ परिने डरले सुसमाचार सुनाइनँ भने, मैले परमेश्वरको ऋण खाएकी हुनेथेँ। मैले परमेश्वरको इच्छा बुझिसकेपछि, गाउँ प्रमुखसँग कुरा गर्ने र गाउँलेहरूलाई प्रचार गर्ने आत्मविश्वास पाएँ।
भोलिपल्ट, ती ब्रदरले हामीलाई गाउँ प्रमुखको घर लगे। उपप्रमुख र कोषाध्यक्ष पनि त्यहीँ थिए। हामीले मानवजातिलाई मुक्ति दिन परमेश्वरको उहाँको तीन चरणको काम कसरी गर्नुहुन्छ भन्नेबारे सङ्गति गऱ्यौँ, र तिनीहरूलाई अहिले हामी आखिरी दिनहरूमा छौँ, र सर्वशक्तिमान् परमेश्वर नै मुक्तिदाताको आगमन हुनुहुन्छ भनेर बतायौँ। उहाँ मानिसलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्दै र न्यायको काम गर्दै हुनुहुन्छ। हामीले विपत्तिमा परमेश्वरको सुरक्षा पाउन र उहाँको राज्यमा प्रवेश गर्न उहाँको न्याय र शुद्धीकरण स्विकार्नुपर्छ। गाउँ प्रमुखले चासो देखाए र अनुसन्धान गर्न चाहे। तर उपप्रमुख र कोषाध्यक्ष दुवैले खराब मनोवृति राखे। तिनीहरूले भने, “हामी सरकारको कुरा मानिरहेका छौँ। सरकारले धार्मिक विश्वासलाई अनुमति दिँदैन, त्यसैले हामी विश्वास गर्न सक्दैनौँ। अन्यथा, हामी पक्राउ पर्नेछौँ।” तिनीहरू आफ्नो अडानमा निकै अडिग देखेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, तिनीहरूलाई परमेश्वरमा सुम्पेँ र अगुवाइ मागेँ। त्यसपछि, मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाएँ: “सायद, तेरो देश अहिले समृद्ध भइरहेको होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्वरबाट तर्केर जान दिन्छस् भने, तेरो देशले आफू परमेश्वरको आशिष्बाट बढ्दो रूपमा वञ्चित भएको पाउनेछ, त्यसको सभ्यता मानिसको पैतालाद्वारा झन्-झन् कुल्चिइनेछ, र छोटो समयभित्रै त्यहाँका मानिसहरू परमेश्वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। यसरी, अनजानमै देशको नियति बिग्रिनेछ। परमेश्वरद्वारा श्रापित ती देशहरूसँग सामना गर्नका लागि परमेश्वरले शक्तिशाली देशहरू खडा गर्नुहुनेछ, र उहाँले तिनलाई पृथ्वीबाट नामेट पार्न समेत सक्नुहुनेछ। कुनै देश वा जातिको समृद्धि वा अन्त्यपछाडिको मुख्य कुरा त्यहाँका शासकहरूले परमेश्वरलाई आराधना गर्छन् कि गर्दैनन्, र आफ्ना मानिसहरूलाई परमेश्वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गर्छन् कि गर्दैनन् भन्ने हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। त्यसपछि, मैले यस्तो सङ्गति दिएँ, “अहिले सरकार धार्मिक विश्वासलाई अनुमति दिँदैन, र परमेश्वरको विरोधसमेत गर्छ। तपाईंहरू तिनीहरूको कुरा सुनेर विश्वास गर्ने आँट गर्नुहुन्न। मानिसलाई वास्तवमा कसले मुक्ति दिन सक्छ—परमेश्वर कि सरकारले? आजकाल महामारी झन्-झन् बढ्दै गइरहेको छ। धनी हुन् वा गरिब, उचो दर्जाका हुन् वा निचो दर्जाका, मानवजाति विपत्तिको मुखमा नगण्य नै हुन्छन्। हामीलाई कुनै मान्छेले पनि शैतानको शक्तिबाट बचाउन सक्दैन, वा विपत्तिबाट सुरक्षा दिन सक्दैन। परमेश्वरले मात्र हामीलाई मुक्ति दिन सक्नुहुन्छ! परमेश्वर आखिरी दिनहरूमा देहधारी बन्नुभएको छ, सत्यता व्यक्त गरिरहनुभएको छ र मानिसलाई मुक्ति दिन काम गरिरहनुभएको छ। यो त जीवनमा एकपटक मात्र आउने मौका हो। तपाईंहरू सबै यो गाउँको रेखदेखकर्ता हुनुहुन्छ। यदि तपाईंहरू गाउँलेहरूलाई परमेश्वरको आराधना गर्नुको साटो उहाँको विरोध गर्न डोऱ्याउनुहुन्छ भने, तपाईंहरू सबैको कारण उनीहरू बरबाद हुनेछन्।” त्यसपछि गाउँ प्रमुखले भने, “म मानिसको नियति परमेश्वरको हातमा छ भनी विश्वास गर्छु, र गाउँलेहरूलाई परमेश्वरमा विश्वास गर्न मार्गदर्शन दिन चाहन्छु।” कोषाध्यक्षले यसो भने, “मलाई थाहा छ विश्वास राख्नु राम्रो हो, तर हामीले सरकारको कुरा मानेनौँ भने हामी पक्राउ पर्नेछौँ। हाम्रा हातखुट्टा बाँधिएका छन्।” मैले तिनीहरूलाई परमेश्वरका वचनहरूको अर्को खण्ड पढेर सुनाएँ: “हामी सबैले विश्वास गर्छौँ कि परमेश्वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्वरद्वारा दण्डित हुनेछन्। परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि व्यक्तिलाई उहाँले नरकमा फालिदिनुहुनेछ; परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि राष्ट्रलाई परमेश्वरले विनाश गर्नुहुनेछ; परमेश्वरको कामको विरोधमा उठ्ने कुनै पनि राष्ट्रलाई उहाँले यस पृथ्वीबाट पूर्ण रूपमा मेटाउनुहुनेछ, र त्यो अस्तित्वमा रहनेछैन। म सबै जातिका र सबै देशका, र सबै पेशासमेतका मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। मैले यसरी सङ्गति दिएँ, “परमेश्वरको स्वाभावले मानव अपराध सहँदैन। उहाँले उहाँको कामविरुद्ध जाने सबैलाई दण्ड दिनुहुनेछ। त्यो परमेश्वरको धर्मी स्वाभाव हो, र यसबाट कोही उम्कन सक्दैन। विपत्तिहरू निरन्तर बढ्दै छन्। यो मानवजातिको लागि परमेश्वरको चेतावनी, साथै सजाय पनि हो। उदाहरणको लागि, म्यान्मारको वा राज्यको दक्षिणी भागमा सरकारले विश्वासीहरूलाई बारम्बार प्रक्राउ गरेको र सर्वशक्तिमान् परमेश्वरको काम स्विकार्न अनुमति नदिएको कुरालाई लिऔँ। यो परमेश्वरविरुद्धको गम्भीर प्रतिरोध हो। यही जून महिनामा त्यहाँ बाढी आयो, र थुप्रै घरहरू बगायो। अरूलाई घात गर्दा बिलकुलै फरक पर्दैन, तर परमेश्वरको प्रतिरोध गर्नुको परिणाम गम्भीर हुनेछ। हामी सबैले पहिले परमेश्वरविरोधी कामहरू गरेका छौँ, तर हामीले परमेश्वरसामु प्रयाश्चित गऱ्यौँ र गाउँलेलाई साँचो मार्ग खोज्न र परमेश्वरतिर लाग्न मार्गदर्शन गऱ्यौँ भने, परमेश्वरले हामीलाई कृपा देखाउनुहुनेछ र माफी दिनुहुनेछ।” मेरो सङ्गतिपछि, कोषाध्यक्षको मनोवृति त्यति कडा नरहेको जस्तो देखियो। गाउँ प्रमुख र अन्य सबै हामीलाई गाउँलेहरूसँग सुसमाचार बाँड्न दिन सहमत भए। भोलिपल्ट बिहान, हामीले गाउँलेहरूलाई भेला पारेर परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दियौँ। १० दिनभन्दा बढी सङ्गति गरेपछि, गाउँ प्रमुख र उपप्रमुखलगायत गाउँका ४० जनाभन्दा बढीले सर्वशक्तिमान् परमेश्वरको काम स्विकारे। तिनीहरू परमेश्वरको वचनको तृष्णा गर्थे, उत्सुकतासाथ भेलामा सहभागी हुन्थे, र सक्रिय भई अरूलाई पनि प्रवचन सुन्न ल्याउँथे। पछि, ब्रदर-सिस्टरहरूले काँधमा काँध मिलाएर कडा मेहनत गर्दै जाँदा, थुप्रै गाउँका गाउँलेहरूले सर्वशक्तिमान् परमेश्वरको काम स्विकारे।
झन्झन् धेरै मानिसहरूले परमेश्वरको आखिरी दिनहरूको सुसमाचार स्विकारेपछि, सरकारको दम झन्झन् कडा बन्दै गयो। सुसमाचार सुनाएकोले केहीपटक मेरो रिपोर्ट गरिएको थियो। मेरो गाउँका अधिकांश मानिसलाई म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु भन्ने थाहा थियो, र प्रहरीले मलाई चारैतिर खोजिरहेको थियो। म घरमा नभएकोले, तिनीहरू मेरो आमाबुबाको घर गएछन् र मेरी गैरविश्वासी आमालाई पक्रेर थुनामा राखेछन्। मलाई रिस उठ्यो। मेरो विश्वास सही र उचित थियो, र सुसमाचार सुनाउनु पनि सही काम थियो। मेरो विश्वास र सुसमाचार प्रचारको कारण सरकारले मलाई चारैतिर खेदो गऱ्यो, र मलाई नभेटुञ्जेल मेरी आमालाई छोड्दैनौँ भन्यो। त्यो त अचाक्ली दुष्टता थियो! मेरा परिवारले मलाई बुझेनन्, मेरो विश्वासकै कारण आमा पक्राउ परिन् भन्थे। तिनीहरूले मलाई कल गरेर निर्दयी भएको दोष लगाए। मेरा भाई र बहिनीले त मलाई आत्मसमर्पण गर्नूसमेत भने। म दुःखी र मेरी आमाले पीडा भोग्नुपर्ला भनेर निकै चिन्तित थिएँ। मैले सुसमाचार सुनाइरहेँ, तर पहिला जति सक्रिय भइनँ। पीडामा मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो कद अति सानो छ। मेरी आमा पक्राउ परिन् र मेरा परिवारले मलाई बुझिरहेका छैनन्—म निकै दुःखी छु। कृपया मलाई विश्वास दिनुहोस् ताकि म दह्रिलो हुन सकूँ।” प्रार्थनापछि मैले परमेश्वरका वचनहरू पढेँ: “तिमीहरूमध्ये एक जना पनि कानुनद्वारा संरक्षित छैन—बरु, तिमीहरू त कानुनद्वारा दण्डित छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूका बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्वरद्वारा ‘त्यागिन्छौ’, तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्वरले विजय गर्नुको महत्त्व, र परमेश्वरको महिमा हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरको वचनले वास्तवमै मेरो हृदय छोयो। विश्वासीको नाताले, सुसमाचार सुनाउनु र जीवनमा सही मार्ग लिनु नै यस संसारमा सबैभन्दा धर्मी कुरा हो। तर परमेश्वरविरोधी देशहरूमा विश्वासीहरूले कानुनी सुरक्षा नपाउने मात्र नभई, निन्दा र पक्राउ पनि खेप्नुपर्छ, र तिनीहरूको परिवारका सदस्यहरूलाई समेत त्यसमा मुछ्ने काम गरिन्छ। सरकारी अधिकारीहरू भन्छन्, लागूऔषध तस्कर र हत्यारालाई माफ गर्न सकिन्छ; विश्वासीलाई मात्र माफ गर्न सकिँदैन। साथै, कुनै विश्वासी पक्राउ परिसकेपछि, उनलाई जरिमाना तिराइन्छ, जेल हालिन्छ, वा कुनै अधिकारीलाई ज्यामीको रूपमा दिइन्छ। विश्वासीहरूलाई मानव ठानिँदैन। यो यस्तो अन्धकार र दुष्ट देश हो। यो आधुनिक युगको परमेश्वरविरोधी सदोम हो। आजको युगमा परमेश्वरलाई पछ्याएर विश्वासी हुनु भनेको उत्पीडित हुनु हो, तर मैले परमेश्वरका वचनहरूबाट उहाँको इच्छा बुझेँ। परमेश्वरले हाम्रो विश्वास सिद्ध पार्न ती कठिनाइहरू प्रयोग गरिरहनुभएको थियो, र यो सँगसँगै, हामीलाई परमेश्वरविरोधी सरकारको दुष्ट सार बुझ्ने मौका दिइरहनुभएको थियो ताकि म शैतानलाई अस्वीकार गर्न र त्याग्न, अनि परमेश्वरतर्फ फर्कन सकूँ। परमेश्वरको इच्छा बुझिसकेपछि मलाई त्यति नरमाइलो लागेन। म परमेश्वरमा भरोसा राखी सुसमाचार सुनाउन तयार भएँ।
पछि, मैले नयाँ विश्वासीहरूलाई परमेश्वरको काम चिन्न र उहाँको इच्छा बुझ्न मद्दत गर्नका लागि एकसाथ भेला पारेँ र परमेश्वरको वचनमा सङ्गति दिएँ हामीले सँगै परमेश्वरका वचनहरूको एउटा भजन सुन्यौँ, “गुमाएको समय फेरि कहिल्यै आउँदैन”: “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा अलिकति पनि ढिलाइ सहनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको परिणाम उजागर भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। त्यो भजन सुनेपछि, मैले यस्तो सङ्गति दिएँ, “केही मानिसहरू शैतानको शक्ति पतन भएपछि र अत्याचार रोकिएपछि विश्वास गर्छौँ भन्छन्, तर त्यतिञ्जेल त, मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम सकिसकेको हुनेछ, र परमेश्वरको मुक्ति पाउने मौका पूर्णरूपमा गुमिसकेको हुनेछ। यदि हामी सरकारद्वारा बाधित भयौँ र सरकारले विश्वास नगर्नू भन्दैमा हामी विश्वास गर्ने आँट गर्दैनौँ भने, के त्यसोभए सरकारले हामीलाई मुक्ति दिन सक्छ त? पक्कै सक्दैन। परमेश्वरले मात्र हामीलाई मुक्ति दिन सक्नुहुन्छ। हामी तिनीहरूको कुरा सुनेर विश्वास गर्दैनौँ भने परमेश्वरका आखिरी दिनहरूको मुक्ति गुमाउनेछौँ। परमेश्वरको काम सकिएपछि, हामी शैतानसँगै नाश हुनेछौँ। हामीले आफ्नो विश्वासको खातिर सरकारको दमन र गिरफ्तार भोगेका छौँ, तर यो भोगाइको मूल्य छ। परमेश्वरको मुक्ति चाहन्छौँ भने हामीले मूल्य चुकाउनुपर्छ। र परमेश्वर सबै कुरामाथि शासन गर्नुहुन्छ, त्यसैले हामी पक्राउ पर्नु वा नपर्नु पूर्णरूपमा उहाँको हातको कुरा हो। हामी पक्राउ पऱ्यौँ भने, परमेश्वरकै अनुमतिमा पर्छौँ। हामीले उहाँको आज्ञा मानेर आफ्नो पाठ सिक्नुपर्छ।” त्यसपछि मैले सर्वशक्तिमान् परमेश्वरका थप वचनहरू पढेँ: “परमेश्वरले ‘विजेताहरू’ भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो साक्षीमा दृढ रहन, आफ्नो आस्था र परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्वरसामु शुद्ध हृदय राख्न र परमेश्वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्वरसामु आफ्नो साक्षीमा दृढ रहेका हुन्छन्। परमेश्वर यस्ता मानिसहरूलाई ‘विजेताहरू’ भन्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ)। “अब त तिमीहरूले देख्नुपर्ने हो, परमेश्वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्न सकून्, अनि परमेश्वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्न सकून् भन्ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखेका हुन्छन्, तब परमेश्वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले यस्तो सङ्गति दिएँ, “परमेश्वर सरकारलाई अत्याचार र गिरफ्तार गर्ने अनुमति दिनुहुन्छ। यो त हामी परमेश्वरमा साँचो विश्वास गर्छौँ कि गर्दैनौँ, हामीमा विश्वास छ कि छैन भन्ने कुराको जाँच हो। यदि यस्तो अत्याचार र कठिनाइमा हामी आफ्नो विश्वास कायम राख्न सक्छौँ, र नकारात्मक भएर पछि हट्दैनौँ वा परमेश्वरलाई धोका दिँदैनौँ, बरु परमेश्वरलाई पछ्याइरहन्छौँ, भेला भइरहन्छौँ र सुसमाचार सुनाइरहन्छौँ भने, त्यो गवाही दिनु हो, अनि शैतान लज्जित र पराजित हुनेछ। त्यो कष्टको मूल्य छ। किन परमेश्वर शैतानलाई अहिले नै नष्ट गर्नुहुन्न? यो त विजेताहरूको समूहलाई सिद्ध पार्न शैतानलाई माध्यम बनाउन र साथै हामीलाई असल र खराब छुटाउन लगाउनका लागि हो। परमेश्वर मानिसलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ, र शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ र चोट पुऱ्याउँछ भनेर हामी देख्न सक्छौँ। एक दिन, परमेश्वरले शैतानलाई नष्ट पार्नुहुँदा, हामी परमेश्वर कति धर्मी हुनुहुँदो रहेछ भनेर थाहा पाउनेछौँ। परमेश्वरले शैतानलाई त्यतिकै सिधै हटाइदिनुभएको भए, हामीले शैतानलाई चिन्नेथिएनौँ, र त्यसलाई घृणा गर्ने र त्याग्नेथिएनौँ। ठ्याक्कै शैतानका परमेश्वरविरोधी ती शासनहरू र सरकार चलाउने ती दियाबलसहरूजस्तै—तिनीहरू भेष बदल्न र छल गर्न अति माहिर हुन्छन्। मानिसहरूले प्रशंसा गरून् भन्नका लागि मात्र तिनीहरू राम्रो काम गरेजसो गर्छन्। सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र मानवजातिलाई मुक्ति दिन आखिरी दिनहरूमा काम गर्दै हुनुहुन्छ। उहाँले ती शासनको परमेश्वरविरोधी पिचासी सार खुलासा गर्नुभएको छ। तिनीहरू सर्वशक्तिमान् परमेश्वरलाई अस्वीकार र निन्दा गर्छन्, र उहाँका विश्वासीहरूलाई पक्रन्छन्, जरिमाना तिराउँछन्, दण्ड दिन्छन् र जेलमा थुन्छन्। तिनीहरू दियाबलस शैतानजस्तै छन्, जसले मानिसलाई त्यसको पूजा गर्न लगाउँदछ, र परमेश्वरलाई विश्वास गर्न र पछ्याउन दिँदैन। अन्त्यमा तिनीहरू सबै नरकमा जानेछन् र शैतानसँगै दण्डित हुनेछन्।” सङ्गतिपछि, नयाँ विश्वासीहरूले समझ र विश्वास पाए, र सबै जना सक्रियरूपले भेलामा संलग्न भए। मलाई एकदमै खुसी लाग्यो।
त्यसपछि, ती नयाँ विश्वासीहरूले आफ्ना केही प्रियजनलाई प्रवचन सुन्न लिएर आए। केही दिनपछि, त्यस गाउँका ८० जनाभन्दा बढीले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारे। मैले परमेश्वरको बुद्धि शैतानको चालको आधारमा प्रयोग भएको देखेँ। शैतानले सुसमाचारको काम रोक्न, र हामीलाई कुण्ठित र निराश बनाउन भएभरको चाल चाल्यो, तर परमेश्वरको वचनले हामीलाई विश्वास र शक्ति दियो। हामीले मरिमेटेर सुसमाचार प्रचार गऱ्यौँ, र परमेश्वरको मार्गदर्शन पायौँ। म परमेश्वरप्रति एकदमै कृतज्ञ भएँ। परमेश्वरले पूरा गर्न चाहेको कुरालाई कुनै मानवले रोक्न सक्दैन रहेछ भन्ने मैले बुझेँ, र सुसमाचार सुनाउनका लागि मैले अझ बढी विश्वास प्राप्त गरेँ।
२०२२ को सेप्टेम्बरमा, एउटी नयाँ विश्वासीले हामीलाई सुसमाचार प्रचार गर्न उनको बुबाआमाको गाउँमा लगिन्, जहाँ ४० भन्दा बढी मानिसले सच्चा मार्गप्रति चासो देखाए। म निकै खुसी भएँ, र तिनीहरूलाई परमेश्वरका आखिरी दिनहरूको कामबारे गवाही दिन थालेँ। त्यसपछि मैले प्रदेश सरकारका अधिकारीहरूले उनीहरूको बैठकमा मेरो तस्बिर देखाएर मेरो खोजी भैरहेको र मैले सुसमाचार प्रचार गरिरहेको भेटेमा रिपोर्ट गर्न मानिसहरूलाई भनिएको छ भन्ने खबर पाएँ। प्रहरीले रोडब्लक गरेर गाडीहरू रोक्दै पनि मेरो खोजी गरिरहेको थियो। प्रहरीले मलाई चारैतिर खोजी गर्दैगर्दा, म सोच्दै थिएँ, यदि तिनीहरूले मलाई कुनै दिन भेट्टाएमा, सायद मार्नेछन्। के मैले सुसमाचार सुनाइरहनुपर्ने हो? मैले छोडेँ भने, परमेश्वरको कामबारे अनुसन्धान गर्दै गरेका गाउँलेहरूको के होला? तिनीहरूले परमेश्वरको आवाज सुन्न र उहाँको नयाँ काम स्विकार्न सक्ने थिएनन्। मैले आफ्नो दायित्व पूरा गरिरहेकी हुनेथिइनँ। मेरो सुरक्षालाई ध्यानमा राख्दै ब्रदर-सिस्टरहरू मलाई त्यहाँबाट पठाउन चाहन्थे। म डराएकी थिएँ र त्यहाँबाट गएँ। त्यसपछि मलाई अलि ग्लानी भयो। म फर्केर ती गाउँलेहरूलाई सुसमाचार प्रचार गरिरहन चाहन्थेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, प्रहरीले मलाई चारैतिर खोजिरहेको छ, र म त्रसित छु। तर मलाई थाहा छ, मेरो गिरफ्तारी हुनु-नहुनु पूर्णरूपमा हजुरको हातमा छ। म सबै थोक हजुरलाई सुम्पन चाहन्छु कृपया, मलाई मार्गदर्शन गर्नुहोस् ताकि मलाई प्रचार गरिरहने र हजुरको साक्षी दिइरहने विश्वास मिलोस्।” पछि मैले परमेश्वरका वचनहरूमा केही कुरा पढेँ: “के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्न सक्छ र? ज्योति चम्केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्ने बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरलाई प्रतिदान गर्नका निम्ति आफ्नो सारा सामर्थ्य अर्पण गर्न इच्छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्चै छ त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्वरका वचनहरू वास्तवमै प्रेरणादायी थिए, तर तिनले मलाई ग्लानि महसुस पनि गराए। कैयौँ मानिसहरूले अझै पनि परमेश्वरका आखिरी दिनहरूको मुक्ति स्विकारेका छैनन्, र तिनीहरू शैतानको अधीनमा जिउँछन्। तिनीहरू असहाय र पीडामा छन्। परमेश्वर तिनीहरूका लागि दुःखी हुनुहुन्छ र आतुरी बोध गर्नुहुन्छ। तीमध्ये केहीले पैसा कमाउन लामो समय काम गर्छन्, कठिन र थकित जीवन जिउँछन्, र कतिपयचाहिँ थोरै पैसा पाएपछि पनि भित्र खोक्रो र दुःखी महसुस गर्छन्। तिनीहरू मानव जीवनको मूल्य जान्दैनन् र कुनै मार्ग भेटाउँदैनन्। केही मानिसहरू सच्चा मार्ग खोज्न चाहन्छन्, तर तिनीहरू सरकारको दमन र गिरफ्तारीले गर्दा अति भयभीत हुन्छन्। त्यसको मतलब, हामीले तिनीहरूसँग परमेश्वरको वचनमा सङ्गति गर्नुपर्छ, परमेश्वरको कामको गवाही दिनुपर्छ, र परमेश्वरको वचन प्रयोग गरेर तिनीहरूको समस्या हल गर्नुपर्छ, ताकि तिनीहरूले परमेश्वरको वचनमा सत्यता, प्रकाश, र आशा देख्न, अनि परमेश्वरको मुक्ति ग्रहण गर्न सकून्। त्यसै गरी, आजकाल विपत्तिहरू झन्-झन् बढ्दै गएका छन्, र कैयौँ मानिसले अझै पनि परमेश्वरको आवाज सुनेका छैनन्। तिनीहरूले विपत्तिमा कुनै मदत पाउँदैनन्। यी मानिसहरूलाई सुसमाचार सुनाउनु मेरो कर्तव्य थियो। परमेश्वर आफूले मुक्ति दिन चाहेको कोही पनि विपत्तिमा नपरून् भन्ने चाहनुहुन्छ। मैले आफ्नै सुरक्षाको लागि सुसमाचार सुनाउन छाडेमा, म आफ्नो कर्तव्य निभाइरहेकी हुनेथिइनँ। अनि, मलाई परमेश्वरको ठूलो ऋण लाग्नेथ्यो, र म उहाँको परिवारको हिस्सा कहलिन लायक हुँदिनथे। म पनि कुनै लक्ष्य वा आशाविना शैतानको नियन्त्रणमा जिइरहेका ती गाउँलेहरूजस्तै थिएँ भनेर मैले सम्झेँ। परमेश्वरले ब्रदर-सिस्टरहरूलाई मसँग सुसमाचार बाँडिरहन प्रेरित गर्नुभयो, अन्ततः मैले परमेश्वरको आवाज सुनेँ र उहाँका आखिरी दिनहरूको मुक्ति ग्रहण गरेँ। त्यो मप्रति परमेश्वरको प्रेम र कृपा थियो। मैले परमेश्वरको इच्छालाई विचार गर्नुपर्थ्यो, र परमेश्वरको कामको गवाही दिन र उहाँको प्रेमको ऋण तिर्न सक्नेजति सबै गर्नुपर्थ्यो। भोलिपल्ट, म सुसमाचार सुनाउने कामलाई निरन्तरता दिन त्यस गाउँमा फर्केँ। तर केही दिनपछि नै, हामीलाई त्यहाँ लाने नयाँ विश्वासी आकस्मिक काम परेर त्यहाँबाट गए। मलाई अलि चिन्ता लाग्यो। कतै म स्थानीयको सुरक्षाविना गिरफ्तारीमा पो पर्ने हो कि? तर मैले सुसमाचार सुनाउन छोडेँ भने, सच्चा मार्ग अनुसन्धान गरिरहेकाहरूले सर्वशक्तिमान् परमेश्वरको काम स्विकार्न ढिलाइ हुनेथ्यो। विगत केही दिनदेखि, तिनीहरू खोजी र अनुसन्धान गर्ने कोशिश गर्दै लुकिछिपी डाँडामा हाम्रो प्रवचन सुन्न आइरहेका थिए। तिनीहरू यसको लागि मरिमेट्थे। यदि म गिरफ्तारीको डरले भागेँ र मैले प्रचारलाई निरन्तरता दिन चाहिनँ भने, म तिनीहरूप्रति ऋणि हुनेथिएँ साथै परमेश्वरलाई चोट पुऱ्याउनेथेँ। त्यसैले मैले साँचो मार्ग अनुसन्धान गरिरहेकाहरूलाई एक-एक गरी भेटेँ र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर सुनाएँ। अन्त्यमा, सबैले सर्वशक्तिमान् परमेश्वरको काम स्विकारे। त्यसपछि तिनीहरूले हाम्रो प्रवचन सुन्न अरूलाई लिएर आए। सर्वशक्तिमान् परमेश्वरको वचन सुनेपछि बढीभन्दा बढी मानिसले परमेश्वरको नयाँ काम स्विकारे। परमेश्वरको मार्गदर्शन देख्दा म उहाँप्रति असाध्यै कृतज्ञ भएँ। साँझ प्रायः गाउँ सैनिकहरूले गस्ती गर्थे, र हाम्रा भेलाहरू सीमित हुन्थे। त्यसैले मैले नयाँ विश्वासीहरूलाई शैतानका चालहरू बुझ्न र गुप्तमा भेला हुन सिक्न मदत गर्नका लागि परमेश्वरको वचनमा सङ्गति दिएँ। त्यो जानेपछि तिनीहरू सरकारबाट प्रभावित हुन छोडे। तिनीहरू सबै लुकिछिपी डाँडातिर आउँथे वा राती तरकारी बारीमा भेला हुन्थे। त्यो देखेर मलाई प्रचार गर्न अझ बढी शक्ति मिल्यो।
मलाई याद छ, एकपटक एउटी सिस्टरले मैले प्रचार गरेका केही मानिसलाई हाम्रो प्रचार सुनेको कारण सरकारले पक्रेको छ भनेर बताइन् तिनीहरूको गैरविश्वासी परिवार मलाई मार्ने भन्दै खोज्दै मेरो घर गएछन्। ती सिस्टरले मलाई होसियार रहनू भनिन्। त्यसले गर्दा मलाई डर लाग्यो। म त्यसबखत घरमै भएको भए, तिनीहरूले मलाई के गर्नेथिए कसलाई के थाहा? मैले त्यहाँ सुसमाचार सुनाइरहेको र तिनीहरूले मलाई भेट्टाएको भए, पक्कै सजिलै छोड्ने थिएनन्। म त्यो ठाउँ छोडेर जान र उप्रान्त त्यहाँ सुसमाचार सुनाउन चाहन्नथेँ। तर छोडेर जाने कुरा सोच्दा मलाई साह्रै नमिठो लाग्यो। त्यसपछि मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “तैँले जान्नुपर्छ कि तेरो वरिपरिको सारा वातावरणलाई मैले अनुमति दिएको हुँ र मैले नै तिनको प्रबन्ध गरेको हुँ। यसबारे स्पष्ट हो र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। परमेश्वरको वचनबाट थाहा पाएँ, म परमेश्वरको अनुमतिमा यो परिस्थिति सामना गरिरहेकी छु। मैले परमेश्वरको कामको गवाही दिँदै सुसमाचार सुनाइरहेकोले, शैतानले मलाई रोक्न र मेरो मनस्थिति बिगार्न कुनै कसर बाँकी राख्नेथिएन ताकि म सुसमाचार सुनाइरहन त्रसित बनूँ। त्यो त शैतानको दुष्ट अभिप्राय थियो। मैले डरले गर्दा आफ्नो ज्यान जोगाउनतिर लागेर सुसमाचार सुनाउन छोडेको भए, के म शैतानको चालमा परेको हुनेथिइनँ र? म गिरफ्तार हुनु-नहुनु र मलाई मारिनु-नमारिनु सबै परमेश्वरको हातमा थियो। शैतानले परीक्षा लिँदा अय्यूबले थुप्रै कुराको कष्ट भोगे उनले आफ्नो सबै बालबच्चा, सारा सम्पति गुमाए र उनको शरीरभरि घाउखटिरा आयो। तर परमेश्वरले शैतानलाई आय्यूबको जीवन खोस्न दिएनन्। शैतानले परमेश्वरको वचनविरुद्ध जाने आँट गरेन—त्यसले अय्यूबको जीवनलाई हानि गर्ने आँट गरेन। अहिले परमेश्वरले ती मानिसलाई मेरो हानि गर्न दिएनन् भने, तिनीहरूले मलाई केही गर्न सक्दैनथे। मेरो जीवन परमेश्वरको हातमा थियो—म जिउने वा मर्ने कुराको निर्णय तिनीहरू गर्न सक्दैनथे। यदि म पक्राउ परेको भए, त्यसमा परमेश्वरको असल इच्छा लुकेको हुनेथ्यो र मैले त्यो स्विकार्नुपर्थ्यो। मनमनै सोचेँ, यस गाउँमा परिस्थिति खराब छ, त्यसैले अर्को गाउँमा गएर प्रचार गर्नुपर्ला। बुद्धि चलाएर सुरक्षित बसेँ भने मलाई केही हुनेछैन। यो त प्रभु येशूले भन्नुभएजस्तै हो: “जब तिनीहरूले तिमीहरूलाई यो सहरमा सताउँछन्, तिमीहरू अर्कोमा भाग” (मत्ती १०:२३)। त्यसपछि मैले अझ धेरै सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरसित उहाँका हरेक अनुयायीका लागि प्रबन्धहरू हुन्छन्। तिनीहरूमध्ये हरेकसँग परमेश्वरले तिनीहरूलाई कर्तव्य निभाउनका लागि तयार पार्नुभएको वातावरण हुन्छ, अनि तिनीहरूसँग परमेश्वरको अनुग्रह र निगाह हुन्छ जुन तिनीहरूलाई आनन्द उठाउन दिइएको हुन्छ। तिनीहरूसँग परमेश्वरले तिनीहरूका लागि तयार पार्नुभएका विशेष परिस्थितिहरू पनि हुन्छन् र तिनीहरूले धेरै दुःख भोग्नुपर्ने हुन्छ—यो कुरा मानिसले कल्पेको सहज यात्राजस्तो हुँदैन। यसबाहेक, यदि तँ आफू सृजित प्राणी हुँ भनी मान्छस् भने, तैँले सुसमाचार प्रचार गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका खातिर कष्ट भोग्न र मूल्य चुकाउन आफैलाई तयार गर्नुपर्छ। यो मूल्य केही शारीरिक रोगबिमार वा कष्ट, वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलत बुझाइको कष्ट, साथै सुसमाचार प्रचार गर्दा व्यक्तिले भोग्ने सङ्कष्टहरू हुन सक्छन्, जस्तै: घात गरिनु, कुटाइ र दुर्वचन खानु, अनि निन्दा गरिनु—भीडले आक्रमण गरिनु र प्राणघातक खतरामा समेत पारिनु। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्वरले महिमा प्राप्त गर्ने दिन देखुन्जेल तँ नजिउने सम्भावना हुन्छ। तिमीहरू यसका लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। … प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। … तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्नो जीवनको अन्तिम क्षण—लाई परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, ठ्याक्कै यिनै मानिसहरूले मानवजातिप्रति परमेश्वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो उद्देश्य तिमीहरूलाई पनि परमेश्वरलाई गवाही दिन र उहाँको सुसमाचार प्रसार गर्न त्यही विधि प्रयोग गराउनु हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले बुझ्नैपर्छ कि यो तेरो जिम्मेवारी हो, र यदि परमेश्वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यो गर्न आफू कर्तव्यबद्ध भएका रूपमा त्यसलाई स्वीकार गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूले मलाई प्रभु येशूका चेलाहरूले सुसमाचार सुनाउनकै खातिर निन्दा, जेल, र भएभरका सतावट भोगे भनेर बुझ्न मदत गरे। तिनीहरूमध्ये थुप्रै जना सहिद बने। तर तिनीहरूको अन्त्य जस्तोसुकै भए पनि, तिनीहरूले आफ्नो अमूल्य जीवन त्याग्न सके, र मृत्युसम्म परमेश्वरलाई कहिल्यै अस्वीकार गरेनन्। तिनीहरूले परमेश्वरको गवाही दिए र आफ्नै जीवनद्वारा उहाँको महिमा गरे। त्यो नै सबैभन्दा उच्च गवाही र कर्तव्य पूरा गर्ने सर्वोत्तम तरिका हो। तर मेरो बारेमा भन्नुपर्दा, सरकारले खेदो गर्दा र दुष्ट मानिसहरूले धम्क्याउँदा, म आफ्नो जीवनको लोभले अर्को गाउँमा भाग्न खोजेँ, प्रचार गरिरहिनँ र नयाँ विश्वासीहरूलाई मलजल गरिनँ। कहाँ थियो त मेरो गवाही? मैले चिन्तन गरेँ: जबजब मैले जीवन-मरणको दोसाँध सामान गरेँ, तबतब म किन डराएँ? किनकि मैले जीवनलाई अति धेरै महत्त्व दिएँ, जीवन र मृत्युलाई बुझिनँ। तथ्य के हो भने, परमेश्वरले हाम्रो जीवन र मरण पहिल्यै निर्धारण गर्नुभएको छ। परमेश्वरको लागि सहिद बन्नु भनेको, देह मरे पनि, त्यो वास्तवमा मृत्यु हुँदै होइन। यसको मतलब तपाईंको राम्रो प्रतिफल र गन्तव्य हुनेछैन भन्ने हैन। प्रभु येशूले भन्नुभयो: “जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। म ज्यान जोगाउन लागिपरेकोले आफ्नो कर्तव्य पूरा नगरेर परमेश्वरलाई धोका दिएँ भने, मेरो देहले त कष्ट नभोग्ला, तर परमेश्वरले मलाई घृणा गरेर हटाउनुहुनेछ र मेरो आत्मा दण्डित हुनेछ। मैले परमेश्वरको गवाही दिन आफ्नो जीवन अर्पण गर्न सकेको, र उहाँलाई धोका दिनुभन्दा मर्न रोजेको भए, शैतान लज्जित हुनेथ्यो, र त्यो अर्थपूर्ण कुरा हुनेथ्यो। यो बुझेर, मैले आफ्नो जीवनको लागि त्यति डर मान्न छोडेँ, र यस्तो सङ्कल्प गरेँ: म हिरासतमा नपरुञ्जेल, सास रहुञ्जेल, सुसमाचार सुनाइरहनेछु र शैतानलाई लज्जित तुल्याउन परमेश्वरको गवाही दिइरहनेछु। मैले त्यसपछि सुसमाचार सुनाइरहेँ। चाँडै नै गाउँका अधिकांश मानिसले सर्वशक्तिमान् परमेश्वरको काम स्विकारिसकेका थिए।
त्यसपछि म सुसमाचार सुनाउन अर्को गाउँमा गएँ। त्यहाँ सुरुमा एक दर्जनभन्दा बढी आबद्ध भए, तर हामीले एक दम्पतीलाई प्रचार गर्दै गर्दा नगर सरकारले हाम्रो बारेमा थाहा पाएछ। नगर प्रमुख, उपप्रमुख, कोषाध्याक्ष, र केही अर्धसैनिक गरी—एक दर्जनजति मानिसहरू—सबै अचानक कोठाभित्र पसेर हामीलाई तिनीहरूसँग हिँड् भने। त्यसबेला म अलि घबराएँ। के तिनीहरूले मलाई पक्रेर जेल हाल्छन्? सरकार मेरो पछि लागेको थियो। तिनीहरूले प्रत्येक घरमा मेरो नाम बताएर मैले सुसमाचार प्रचार गरिरहेको भेट्टाएमा रिपोर्ट गर्नू भनेका थिए। यदि म चिनिएकी भए, तिनीहरूले मलाई सजिलै छाड्नेथिएनन्। अनि ती नयाँ विश्वासीहरू प्रभावित हुनेथिए—त्यसबारे के गर्ने त? म आफ्नो गवाहीमा अडिग रहन सकूँ भनेर परमेश्वरलाई लगातार प्रार्थना गरेर विश्वास मागेँ। चाँडै नै, हामीसँग सुसमाचार प्रचार गर्न त्यस गाउँ गएका एक ब्रदर र एक सिस्टर पनि पक्राउ परेछन्। तिनीहरूले हामी सबैलाई नगर सरकारकहाँ लगे र हाम्रो फोन खोसे। त्यसपछि नगर प्रमुखले हामीलाई सोधपुछ् गर्न थालेः “तिमीहरू को हौ? के तिमीहरू यहाँ सुसमाचार प्रचार गर्न आएका हौ?” हामीले जवाफ दिएनौँ। त्यसैले, तिनीहरूले हामीलाई एउटा अँध्यारो कोठामा थुने र हाम्रो निगरानी गर्न पाँच-छ जना सैनिक राखे। तिनीहरूले मलाई चिन्लान् भन्ने चिन्ता लाग्यो। यदि मलाई मेरो गाउँमा पठाइयो भने, मलाई पक्कै जेलमा हालेर यातना दिइनेथ्यो र अपवित्र पारिनेथ्यो। प्रदेश सरकार प्रमुखले भने, तिनीहरूले मलाई भेटेपछि मेरो कपाल खौरेर घाँटीमा एउटा चिन्ह झुण्ड्याएर मलाई वरपर घुमाउनेथिए। त्यो बेला, मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्वर, म गिरफ्तार भएर आज्ञा पालन गर्न तयार छु, तर मेरो कद सानो छ। कृपया, मलाई विश्वास दिनुहोस् र मेरो रक्षा गर्नुहोस् ताकि म अडिग रहन सकूँ।” प्रार्थना गरेपछि, मैले पहिला हेरेको एउटा गवाही भिडियो सम्झेँ। चिनियाँ प्रहरीले जेलमा कुटेर मारेका केही ब्रदर-सिस्टरहरूले मृत्युको सामना गरिरहँदा पनि परमेश्वरलाई अस्वीकार गरेका वा धोका दिएका थिएनन्। अन्य थुप्रैलाई क्रूर यातना र दण्ड दिइयो र जेल हालियो, तर तिनीहरूले प्रार्थना गरेर परमेश्वरमा भरोसा राख्दै उहाँको वचनमार्फत सच्चा विश्वास प्राप्त गरे। तिनीहरूले जिन्दगीभर जेलमा बस्नुपरे पनि ज्यानकै बाजी राखेर परमेश्वरलाई धोका नदिने कसम खाएका थिए। तिनीहरूले दृढ र शानदार गवाही दिए। म निकै उत्प्रेरित भएँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “कामको यस चरणमा, हामीबाट सबैभन्दा ठूलो आस्था र प्रेम आवश्यक हुन्छ, र थोरै लापरवाहीका कारण हामीले ठेस खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य पनि छ र अमूर्त पनि छ। परमेश्वरले वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्ने गर्नुहुन्छ। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौँ शोधनहरू सहिसकेका होऊन् र तिनीहरूसँग अय्यूबको भन्दा ठूलो आस्था होओस्, जसका लागि तिनीहरूले कुनै पनि समयमा परमेश्वरलाई कहिल्यै नछाडी अविश्वसनीय दुःख र हरप्रकारको यातना सहनुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित हुन्छन्, र तिनीहरूसँग परमेश्वरमाथि ठूलो आस्था हुन्छ, तब परमेश्वरको कामको यो चरण पूरा हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (८))। परमेश्वरका वचनहरूले मलाई के देखाए भने उहाँका आखिरी दिनहरूको काम भनेको वचनहरू प्रयोग गरेर हाम्रो विश्वास र प्रेम सिद्ध बनाउनु हो, ताकि हामी दमन र कठिनाइमार्फत उहाँको वचन अभ्यास र अनुभव गर्न सकौँ, र उहाँका वचनहरू हाम्रो जीवन बनून्। मैले सरकारको दमन र खेदोमा परिएको बारेमा फर्केर सोचेँ। म कायर र डरपोक बन्दा, परमेश्वरको वचनले नै मलाई प्रचार गरिरहने विश्वास दिएर मार्गदर्शन गरेको थियो। अहिले म पक्राउ परिसकेकोले अडिग रहन ममा विश्वास हुनुपर्थ्यो। म केही समय जेल पर्नुपरे पनि र अपवित्र पारिइनुपरे पनि, वा मर्नुसमेत परे पनि, म त्यो मान्न तयार थिएँ। त्यसपछि “जीवन गवाही” नामक मण्डली भजन मेरो दिमागमा आयो: “मैले परमेश्वरको गवाही दिएको कारण एक दिन मलाई पक्राउ गर्न र सताउन सक्छन्। यो कष्टभोग धार्मिकताको खातिर हो भन्ने कुरा मलाई हृदयदेखि नै थाहा छ। यदि मेरो जीवन एक पलमै समाप्त भयो भने, मलाई अझै मैले यो जीवनमा ख्रीष्टलाई पछ्याउन र उहाँको गवाही दिन सक्छु भन्नेमा गर्व हुनेछ। यदि मैले राज्यको सुसमाचार विस्तारको महान् घटना देखिनँ भने पनि, म अझै पनि सबभन्दा सुन्दर शुभकामना दिनेछु। यदि मैले राज्य पूरा भएको दिन देख्न पाइन, तर आज शैतानलाई लाजमा पार्न सकेँ भने, मेरो हृदय आनन्द र शान्तिले भरिनेछ। … परमेश्वरका वचनहरू सारा संसारभरि फैलन्छ, मानिसको बीचमा ज्योति आएको छ। ख्रीष्टको राज्य आपतको बीचमा खडा हुन्छ र स्थापित हुन्छ। अन्धकार हटेर जान लाग्यो, धर्मी बिहानी आएको छ। समय र वास्तविकताले परमेश्वरको गवाही दिएको छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो भजन मेरो लागि वास्तवमै प्रेरणादायी थियो। मैले बुझेँ, सुसमाचार सुनाएको कारण मलाई पक्राउ गरिएको भए, त्यो धार्मिकताका लागि सतावट भोग्नु हुनेथ्यो। अहिले म पक्राउ परेकी थिएँ, सायद जेल जानेथेँ, प्रचार गर्न सक्नेथिइनँ। तर मलाई पक्राउ गरेर सताइए पनि, मसँग परमेश्वरको गतिलो गवाही दिने र शैतानलाई लज्जित तुल्याउने अवसर थियो। मलाई निकै गर्व लाग्यो। यो सोच्दा ममा विश्वास पलायो। उज्यालो भएपछि तिनीहरूले हामीलाई फेरि सोधपुछ् गरे। तिनीहरूले हामीबाट केही नपाउने देखेर हामीलाई ३ हजार क्याट जरिमाना तिराएर जान दिए। तिनीहरूले हामीलाई प्रचार नगर्नू भनी चेतावनी पनि दिए र परमेश्वरको निन्दा गर्दै थुप्रै कुरा भने। मलाई ती पिशाचहरूप्रति अझ बढी घृणा जाग्यो।
मुक्त गरिएपछि पनि मैले अझै सुसमाचार प्रचार गरिरहेँ। एक दिन, एक जना ब्रदरले मलाई कल गरेर भने, “नगर अधिकारीहरूलाई तपाईं बाहिरबाट यहाँ प्रचार गर्न आएको कुरा थाहा भएछ। तिनीहरूले म र दुई नयाँ विश्वासीलाई पक्रेर तपाईंको पोल खोल्न लगाउन खोजे। तर हामी कसैले केही बताएनौँ, र तिनीहरूले हामीलाई जरिमाना तिराएर छाडिदिए। तिनीहरूले तपाईंलाई प्रचार गरिरहेको फेरि भेट्टाएमा, त्यहीँ बलात्कार गर्ने पनि भनेका छन्। तिनीहरूले तपाईंलाई चारैतिर खोजिरहेका छन्, चाँडो भाग्नुस्…।” ती ब्रदरले त्यसो भन्दा मलाई पत्याउनै गाह्रो भयो। तिनीहरूले मलाई प्रचार गरिरहेको भेट्टाएमा बलात्कार गर्ने कुरा सुन्दा म आक्रोशित भएँ। ती मानिसहरू वास्तवमै पिचास थिए, र तिनीहरूमा मानवता थिएन! म सुसमाचार सुनाउने विश्वासी मात्र थिएँ, तर तिनीहरू त अति घृणित थिए। तिनीहरू हामीलाई विश्वास गर्न दिनेथिएनन्, हामीलाई पक्रन, सताउन, र जरिमाना तिराउन, र मलाई बलात्कार गरी अपवित्र पार्नसमेत चाहन्थे। तिनीहरू वास्तवमै परमेश्वरविरोधी पिचास थिए। तिनीहरूले मलाई जति दमन गर्थे, उति नै म प्रचार गर्न र गवाही दिन चाहन्थेँ।
त्यसपछि अक्टोबरमा हामी सुसमाचार सुनाउन अर्को गाउँमा गयौँ। ब्रदर-सिस्टरहरूले त्यहाँ पहिला पनि प्रचार गरेका थिए, तर त्यहाँका पाष्टरले विश्वासीहरूलाई साँचो मार्ग अनुसन्धान गर्नदेखि रोक्न अफवाह फैलाएछन् र सरकारले विश्वासीहरूलाई पक्राउ गर्न थालेछ। अफवाहको भ्रममा परेर र पक्राउ पर्ने डरले गाउँलेहरूले साँचो मार्ग अनुसन्धान गर्ने आँट गरेका थिएनन्। सुसमाचार सुनाउनु हामीलाई गाह्रो हुनेथ्यो। मैले परमेश्वरलाई मार्गदर्शन माग्दै प्रार्थना गरेँ। त्यसपछि, मैले सत्यता निकै राम्ररी बुझेका चार जना मानिस भेट्टाएँ र तिनीहरूलाई साँचो मार्ग के हो, गलत मार्गहरू केके हुन् र कसरी परमेश्वरले शैतानको दमन र अवरोध प्रयोग गरेर आखिरी दिनहरूमा मानिसलाई खुलासा गर्दै सिद्ध पार्नुहुन्छ, गहुँलाई सामादेखि र निर्बुद्धि कन्याहरूबाट बुद्धिमति कन्याहरू छुट्यानुहुन्छ भनेर सङ्गति दिएँ। निर्बुद्धिहरूले मानव र शैतानको कुरा मात्र सुन्छन्। प्रभु आउनुभएको र वचनहरू व्यक्त गर्नुभएको कुरा सुन्दा तिनीहरू खोजी र अनुसन्धान गर्दैनन्, त्यसैले तिनीहरू दुलहालाई स्वागत गर्न सक्दैनन्। परमेश्वरको आवाज सुन्न खोज्ने र उहाँलाई पछ्याउन अडिग रहनेहरू मात्र बुद्धिमति हुन्। तिनीहरू मात्र प्रभुसँग विवाह भोजमा उपस्थित हुन सक्छन्। त्यस सङ्गतिपछि, ती चारै जनाले निरन्तर अनुसन्धान गर्न चाहे। त्यसपछि केही दिन, मैले तिनीहरूका लागि भेला राखेँ, र परमेश्वरका वचनहरूबारे सङ्गति दिएँ। तीमध्ये एक जनाले भने, “पहिले मैले पाष्टर र गाउँ प्रमुखको कुरा सुनेँ। तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको वचन नसुन्नू भनेकोले मैले सुनिनँ। मैले प्रभुको आगमनलाई स्वागत गर्ने मौका झण्डै गुमाएँ। अब म मानिसको कुरा सुन्दिनँ। म परमेश्वरको कुरा सुन्छु।” अर्कोले भने, “सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर म उहाँ नै प्रभु येशूको पुनरागमन हुनुहुन्छ भनेर विश्वस्त भएँ। अरूले मलाई जतिसुकै अवरोध गरे पनि, म सर्वशक्तिमान् परमेश्वरलाई स्विकार्छु।” तिनीहरूले यस्ता कुरा गरेको सुनेर मलाई अति खुसी लाग्यो। त्यसपछि, तिनीहरूले प्रवचन सुन्न आफ्ना केही नातेदार लिएर आए, र चाँडै नै २० जनाभन्दा बढीले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेका थिए। यी नयाँ विश्वासीहरूले साँचो मार्ग खोज्न र अफवाहबीच अडिग रहन सकेको कुराले म निकै प्रभावित भएँ। यो सबै परमेश्वरका वचनहरूको मार्गदर्शनको कारण भएको थियो। मेरी आमालाई अन्ततः डिसेम्बरमा रिहा गरियो। महिनौँसम्म थुनामा रहँदा उहाँले प्रत्येक दिन कडा परिश्रम गर्नुभयो। सरकारी कर्मचारीहरूले मलाई अवश्यै भेट्टाउने र थुनामा राख्ने भन्थे। मैले मेरी आमा रिहा हुनुअघिको घटनाबारे सोचेँ, बन्दुक र लाठी भिरेका प्रहरीहरू मलाई पक्रन मेरो घर गइरहन्थे, र म घर नफर्कुञ्जेल उहाँलाई नछोड्ने भन्थे। तर अहिले तिनीहरूले मलाई पक्राउ नगरीकन मेरी आमालाई रिहा गरेका छन्। मैले परमेश्वर सबै कुरामाथि शासन गर्नुहुन्छ र म पक्राउ पर्नु-नपर्नु पूर्णरूपमा उहाँको हातमा छ भन्ने कुरा अनुभव गरेकी छु। म बन्धनमा छैनँ—म प्रचार गरिरहेकी र परमेश्वरको गवाही दिइरहेकी छु।
मैले सुसमाचार प्रचार गर्दा धेरै कठिनाइ सामना गरेकी छु, निराश र कमजोर महसुस गरेकी छु। तर प्रत्येकपटक परमेश्वरको वचनले मलाई मार्गदर्शन गरेको छ, उदास र कमजोर हुँदा दृढ हुन मदत गरेको छ, प्रचार गरिरहन र परमेश्वरको गवाही दिइरहन विश्वास दिएको छ। मैले साँच्चै के अनुभव गरेकी छु भने, परमेश्वरले मेरो विश्वास सिद्ध पार्न यी कठिनाइहरू प्रयोग गरिरहनुभएको छ। म परमेश्वरलाई धन्यवाद दिन्छु। म आफ्नो जिम्मेवारी पूरा गर्नेछु, परमेश्वरका आखिरी दिनहरूको सुसमाचार धेरै मानिसलाई सुनाउनेछु, र परमेश्वरको प्रेमको ऋण तिर्नेछु।