५. इमानदारी तरिकाले बोल्‍न समस्या हुँदा

वेनिएला, फिलिपिन्स

मैले सन् २०१७ मा सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दाको मेरो समय अत्यन्त सुखद थियो किनभने मैले सधैँ प्रत्येक भेलाबाट थप सत्यता र केही कुरा प्राप्त गर्ने गर्थेँ। सुरुमा हामी सबै च्याटमा कुरा गर्थ्यौं अर्थात् हामी टाइप गरेर अनलाइन कुराकानी गर्ने गर्थ्यौं। त्यसकारण म कुनै पनि कुरा लुकाउँदिनथेँ, र म परमेश्‍वरका वचनहरूसम्‍बन्धी मेरो बुझाइको बारेमा कुरा गर्न निकै सक्रिय हुन्थेँ। अगुवाहरूले मसँग राम्रो बुझाइ छ भनेर अक्सर भन्थे अनि दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदर गर्थे। तिनीहरूले मेरो सङ्गति सुन्‍न मन पर्छ र मेरो अङ्ग्रेजी राम्रो छ भन्थे। तिनीहरूको प्रशंसा सुन्दा म अत्यन्तै हर्षित हुन्थेँ र मैले राम्ररी काम गरिरहेकी छु भन्‍ने लाग्थ्यो। त्यसपछि एक जना सिस्टरले भेलामा हामी भोइस कलबाट कुरा गरौँ भनेर भनिन्, अनि समस्याहरू देखा पर्न थाले।

पहिलो भोइस कल भेलामा, हामीले परमेश्‍वरका वचनहरू पढिसकेपछि, एकदुई जना सिस्टरहरूले पहिला त्यस अनुच्‍छेदबारे आफ्‍नो बुझाइ बताए। तर म घबराएकी थिएँ र मैले तिनीहरूको सङ्गति सुनेकै थिइनँ। यसभन्दा पहिले सधैँ लेखेरै कुरा हुन्थ्यो, त्यसकारण भोइस सङ्गति सञ्चालन गर्ने मलाई बानी परेकै थिएन। भोइस सङ्गति गर्नु मेरो कमजोर पक्ष थियो। जब लेखेर कुरा गरिन्थ्यो तब मैले मेरा शब्‍दहरू चयन गरेर सबै कुरा राम्रो बनाउन सक्थेँ। तर लाइभ च्याटमा बोल्दा, मसँग तयारी गर्ने पर्याप्त समय हुँदैनथ्यो। मसँग परमेश्‍वरका वचनहरूको केही बुझाइ भए पनि, मेरो सङ्गति भताभुङ्ग र लथालिङ्ग हुन्छ, म अङ्ग्रेजी फर्ऱर बोल्न सक्दिनँ, र दाजुभाइ-दिदीबहिनीहरू मसित खिन्‍न हुन्छन् भन्‍ने मलाई डर लागेको थियो। भेलाको समयभरि यी समस्याले मेरो ध्यान खिचेका थिए। मैले आफ्‍नो कुरा बताउनुपर्ने कि नपर्ने मलाई हिचकिचाहट भइरहेको थियो। मैले बताइनँ भने, अरूले म सङ्गतिमा सक्रिय रूपले सहभागी भएकी छैनँ भन्ने सोच्नेथिए र अगुवाहरू मसित खिन्‍न हुनेथिए। तर बताएँ भने, मैले माइक्रोफोन अन गर्नुपर्नेथियो र म राम्ररी बोलिनँ भने, दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ ठान्नेछन् भनेर म डराएँ। यसले तिनीहरूसँगको मेरो राम्रो छविलाई बरबाद गर्नेथियो। यी विचारहरूले गर्दा म यति घबराएँ कि मैले केही बोल्‍नै सकिनँ। मलाई विश्‍वासमा ल्याउने दुई जना सिस्टरहरू भेलामै थिए, र मैले सङ्गति राम्ररी गरिनँ भने, तिनीहरू खिन्‍न हुनेछन् भनेर सोचेँ। त्यसपछि, एक जना अगुवा, फ्‍लोरा शीले मलाई भनिन्, “सिस्टर वेनिएला, तपाईं केही बताउन सक्नुहुन्छ कि? अरू सबैले बताइसक्‍नुभयो। तपाईंले सङ्गति बाँड्न बिर्सिनुभयो?” उनको आवाजको भाव सुन्दा मलाई उनी खिन्‍न छिन् जस्तो लाग्यो। मलाई साँच्‍चै नै अनौठो र लज्‍जित महसुस भयो। मेरो यो कमजोरीलाई लुकाउन र तिनीहरूको नजरमा मेरो छवि कायम राख्‍न, त्यहाँदेखि मैले भेलाभन्दा पहिले सङ्गतिमा केको बारेमा बोल्‍न चाहन्थेँ त्यसबारेमा लेख्‍ने, अनि त्यसपछि मेरो पालोमा केवल त्यो पढ्ने निर्णय गरेँ। त्यसपछि म त्यति घबराउँदिनथेँ। तिनीहरूले म धाराप्रवाह बोल्ने वक्ता हुँ र मेरो सङ्गति सान्दर्भिक छ भन्‍ने सोच्नेछन्। मलाई यो राम्रो विचार हो भन्‍ने लाग्यो।

एक दिन साँझ, चीनका एकदुई जना सिस्टरहरूले हाम्रो भेलाको आयोजना गरे। हामी सबैले हाम्रो कुराकानी प्रस्तुत गर्न अङ्ग्रेजी प्रयोग गऱ्यौँ। केही दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै लजाएका थिए किनभने तिनीहरूको अङ्ग्रेजी त्यति राम्रो थिएन, तर तिनीहरूले परमेश्‍वरका वचनहरूसम्‍बन्धी आफ्‍नो बुझाइबारे सङ्गति गर्न सके। मेरो पालो आउँदा, म आफ्नो सङ्गतिमा अत्यन्तै सक्रिय भएँ र आत्मविश्‍वासले भरिएको जस्तो सुनिएकी थिएँ किनभने मैले आफूले भन्न चाहेका सबै कुरा अगाडि नै लेखेकी थिएँ। सङ्गति बाँड्ने अन्तिम व्यक्ति म नै थिएँ। मैले स्वाभाविक शैलीमा बोल्‍ने सक्‍दो प्रयास गरेकी थिएँ ताकि तिनीहरूले मैले पढिरहेकी छु भन्‍ने थाहा नपाऊन्। त्यसपछि, तिनीहरू सबैले मेरो सङ्गतिको तारिफ गरे र यो तिनीहरूको लागि उपयोगी रह्यो भनी भने अनि मेरो अङ्ग्रेजी राम्रो रहेछ भनेर बताए। तिनीहरूको प्रशंसा सुन्दा म मनमनै खुसी थिएँ र मलाई तिनीहरूको समर्थन प्राप्त भएको जस्तो महसुस भयो। त्यसपछि मलाई समूह अगुवाको रूपमा छनौट गरियो र अरूले मलाई के सोच्छन् भन्‍नेबारे मैले अझै बढी ध्यान केन्द्रित गरेँ। तर अरूले मेरो प्रशंसा गर्दा मलाई दोषी र अलिक असहज महसुस हुन थाल्यो, किनभने मैले तिनीहरूलाई मेरो वास्तविकता देखाइरहेकी थिइनँ। मलाई यो सही छ भन्‍ने लागेन, तर पनि मैले त्यसै गरिरहेँ। भेलाहरूमा मैले साँचो रूपमा अरूको सङ्गति सुनिरहेकी हुँदिनथेँ किनभने म आफ्नो बुझाइ लेख्न व्यस्त भइरहेकी हुन्थेँ। म आफ्‍नो अभिमानलाई सन्तुष्ट पार्न र आफ्नो प्रतिष्ठालाई जोगाउन सधैँ राम्रो सुनिने कुराहरू लेख्‍नमा केन्द्रित हुन्थेँ। यसले गर्दा मैले ती सङ्गतिहरूबाट धेरै कुरा पाउन सकिनँ र मेरो लागि ती अर्थहीन भए। यस्तो कार्य खराब हो भन्ने मलाई थाहा थियो, र म परिवर्तन भएर अरूलाई सत्य बताउन चाहन्थेँ, तर मैले त्यो कदम चाल्‍ने आँट गरिनँ। यदि मैले अग्रिम रूपमै मेरो सङ्गति लेख्‍ने गरेको कुरा अरूले थाहा पाए भने, तिनीहरूले मलाई तुच्छ ठान्छन् र म अत्यन्तै कपटी छु, मैले झूट बोलिरहेकी र छल गरिरहेकी छु भनेर भन्‍न सक्छन् भन्‍ने मलाई डर लागेको थियो। मैले धेरैपटक त्यसो गर्न छोड्न चाहेकी थिएँ किनभने यसले मलाई फाइदा गरेको थिएन, र यसले मलाई असहज स्थितिमा पार्थ्यो, तर त्यो चिन्ताको बोझले मेरो छवि र अरूको आदर पाउने इच्‍छालाई जितेको थिएन किनभने मलाई मेरो इज्‍जत र प्रतिष्ठाको बढी चिन्ता थियो। तर हरेकपटक ती कुरा गर्दा, मलाई निकै दोषी महसुस हुन्थ्यो। मैले यो मेरो बुझाइलाई अझै स्पष्ट र सटीक रूपमा बताउन गरिरहेकी छु, त्यसरी अरूले मैले भनेको कुरालाई अझै राम्ररी बुझ्‍न सक्छन् भनेर आफैलाई विश्‍वस्त दिलाउनसमेत प्रयास गरेँ। मैले आफैलाई यो ठीक छ भनेर भनिरहेँ, तर मेरो असहजता र ग्‍लानिले मलाई सताइरह्यो। मैले मनमनै सोचेँ, “यदि मैले मेरो अभिमानलाई त्याग्न सकेँ र सबैलाई सत्य बताएँ भने, म यसबाट उम्कन सक्नेछु। तर मेरो अङ्ग्रेजी त्यति राम्रो छैन भन्‍ने तिनीहरूले थाहा पाए भने, मलाई हाँसोमा उडाउनेछन् भन्‍ने डर छ। सोपछि मैले कसरी तिनीहरूको सामना गर्ने?” मैले यो समस्याबारे लामो समय सङ्घर्ष गरेँ, र पनि आफ्नो हृदय खोल्‍न सकिनँ। अरू के गर्ने भन्‍ने थाहा नभएपछि, मैले मेरो भाषागत सीप बढाउने प्रयास गरेँ। मैले घरमा आफै सङ्गति गरेको अभ्यास गर्थेँ, आफ्‍नो कुरा रेकर्ड गर्थेँ र त्यसपछि कस्तो सुनिन्छ भनी सुन्थेँ। मैले सोचेँ, “यदि मैले यसरी आफ्नो बोल्‍ने सीपलाई सुधार गर्न सकेँ भने, त्यसपछि मैले मेरो सङ्गतिलाई अग्रिम रूपमा लेख्‍नुपर्नेछैन, र म सीधै बताउन सक्छु। त्यसपछि कसैलाई साँचो कुरा बताउनुपर्ने आवश्यकता हुँदैन। मैले राम्ररी सङ्गति गर्न सकेँ र मेरो अङ्ग्रेजी फर्रर सुनियो भने, मप्रतिको तिनीहरूको आदर कायम रहनेछ।” तर मैले जति नै अभ्यास गरे पनि, भेलाहरूमा सङ्गति गर्दैपिच्छे म घबराउँथेँ, त्यसकारण सधैँझैँ म मेरो सङ्गति पढेर सुनाउँथेँ। म आफैप्रति एकदमै खिन्‍न थिएँ र म नकारात्मक स्थितिमा अल्झिएकी हुनाले मेरा कर्तव्यमा असर पऱ्यो। म बर्खास्त भएँ।

एकपटक भेलामा, एक जना सिस्टरले परमेश्‍वरका वचनहरूको यो खण्ड सुनाइन्, त्यसले मेरो साह्रै मन छोयो, परमेश्वरका वचनहरूले भन्छन्: “यदि अरूले तँलाई विश्‍वास गरून् भन्‍ने तँ चाहन्छस् भने, सर्वप्रथम तँ इमान्दार हुनुपर्छ। इमान्दार व्यक्ति बन्‍न, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नु हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार व्यक्ति मान्‍नेछन्। यही नै इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वसर्त हो। यदि तैँले सधैँ ढोँग गरिरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्‍च चरित्रको ढोङ्ग गरिरहेको छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा दोषहरू हेर्न दिँदैनस् भने; यदि तैँले मानिसहरू समक्ष झूटो छवि प्रस्तुत गर्छस् र तिनीहरूलाई तँमा निष्ठा छ, र तँ महान्, आत्मत्यागी, न्यायसङ्गत र निस्वार्थ छस् भनी विश्‍वास गरून् भन्‍ने चाहन्छस् भने, के यो छली र झूट होइन र? के मानिसहरूले समयसँगै तेरो वास्तविकता देख्‍नेछैनन् र? त्यसकारण, देखावटी भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेरून् भनेर आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमानदारिता होइन र? यदि तैँले अन्य व्यक्तिहरूले देखून् भनेर आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई देख्‍नुहुनेछ। उहाँले भन्नुहुनेछ, ‘अन्य व्यक्तिहरूले हेरून् भनेर यदि तैँले आफूलाई उदाङ्गो पारेको छस् भने, तँ अवश्य नै मेरो अगाडि पनि इमानदार छस्।’ तर यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा नदेख्‍ने ठाउँमा र परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरू साथमा भएको बेलामा तँ सधैँ महान्, आदर्श र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले तँलाई के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, ‘तँ पूराको पूरा छली होस्; तँ पूरै पाखण्डी र दुर्जन होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।’ परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने, परमेश्‍वरको अगाडि हुँदा होस् वा अन्य व्यक्तिहरूको अगाडि हुँदा होस्, तैँले आफ्नो भित्री स्थितिको बारेमा र तेरो हृदयमा भएका शब्दहरूको बारेमा विशुद्ध र खुलस्त वृत्तान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ? यसको लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्‍वरमाथिको भर-पराइ आवश्यक पर्छ। तैँले आफैलाई सबै कुरामा सरल र खुलस्त रूपमा हृदयका कुरा बोल्‍न तालिम दिनुपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तँलाई ठूलो कठिनाइ भयो भने, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ; तिमीहरूले सत्यता अभ्यास गर्न नसकुञ्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्‍नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिइस् भने, तेरो हृदय क्रमिक रूपमा खुल्नेछ। तँ झन्झन् शुद्ध हुँदै जानेछस्, र तेरा बोलीवचन र व्यवहारको प्रभाव पहिलेको भन्दा फरक हुनेछ। तेरा झूट र छलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्‍वरको अघि जिउन सक्‍नेछस्। त्यसपछि, तँ आधारभूत रूपमै इमानदार व्यक्ति बनिसकेका हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने, परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ, उहाँलाई कुटिलता वा बेइमानी मन पर्दैन। कुनै कुरा सुन्दर होस् वा कुरूप, हामीले सङ्गतिमा आफ्‍नो हृदय खोलेर कुरा गर्नुपर्छ, झूट बोल्नु हुँदैन, हृदयमा कुटिल हुनु हुँदैन। हामीले अरूसामु आफू जे होइनौं त्यो हौँ भन्ने बहाना गर्नै हुँदैन, र पटक्कै मकुन्डो लगाउनु हुँदैन। इमानदार हुनु भनेको त्यही हो। परमेश्वरका यी वचनहरू पढ्दा मलाई अत्यन्तै दोषी महसुस भयो किनकि म इमानदार व्यक्ति थिइनँ। म साँच्‍चै सबैसँग खुलस्त हुन, आफ्नो अभिमान र प्रतिष्ठालाई त्याग्‍न चाहन्थेँ, तर मैले निकै पटक प्रयास गरे पनि, त्यसो कहिल्यै गर्न सकिनँ। मलाई इज्‍जतको धेरै नै माया थियो। म आफ्‍नै अभिमानको बन्धनमा थिएँ। म पूर्ण रूपमा भ्रष्ट छु भन्‍ने मैले देखेँ। मलाई अत्यन्तै दोषी महसुस भयो र बेचैन पनि भयो। मैले मनमनै सोचेँ, “मानिसहरूमा मेरो झूटो सकारात्मक छाप पार्न खोजेर किन मैले सधैँ बहाना बनाइहरेकी छु? मैले किन सत्यता अभ्यास गरेर झूट बोल्न छोड्न सक्दिनँ? के परमेश्वरप्रतिको मेरो विश्वास सबै व्यर्थ हुन्? के ती सबै भेला र सत्यताको खोजी व्यर्थ थिए?” मलाई आफू आफ्‍नै अभिमानको बन्धनबाट कहिल्यै उम्कन सक्दिनँ भन्‍ने लाग्यो। मलाई हाम्रो समूह छोडेर आफूलाई सही स्थितिमा ल्याउन केही समय दिन मन लाग्यो, र आफूलाई राम्ररी सही स्थितिमा ल्याएपछि भेलाहरूमा फर्केर आउन र ती कुरा गर्न छोड्न सक्थेँ। त्यसकारण म समूहबाट निस्किएँ र आफ्नो एकाउन्ट प्रयोग गर्न छोडेँ, किनभने म एकलै रहेर आत्मसमीक्षा गर्न चाहन्थेँ। म केही समय साँच्‍चै व्याकुल र हताश भएकी थिएँ, र एकलो पनि भएकी थिएँ। म आफैप्रति साँच्चै खिन्‍न भएकी थिएँ। मैले विश्‍वास गरेको दुई वर्ष भइसकेको थियो, तर अझै पनि इमानदार हुन र आफ्नो अभिमानलाई त्याग्‍न मलाई गाह्रो भइरहेको थियो। मप्रति अरूको विचार कस्तो छ भन्ने कुरामा म धेरै चासो राख्थेँ। सत्य जानेर अरूले कस्तो प्रतिक्रिया देलान् भन्‍ने कल्पना गर्दा नै मलाई अत्यन्तै लाज लाग्थ्यो।

त्यो बेला म परमेश्‍वरका वचनहरू पढ्नेबाहेक केही गर्न सक्दिनँथिएँ। एक दिन मैले यो खण्ड देखेँ: “सत्यता पछ्याउनका लागि, व्यक्तिले सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिनुपर्छ, तर कहाँबाट सत्यताको अभ्यास गर्न सुरु गर्ने त? यसका कुनै नीतिहरू छैनन्। तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। यदि तैँले कर्तव्य निर्वाह गर्न सुरु गरेको छस् भने, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न थाल्‍नुपर्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, अभ्यास गर्नलाई सत्यताका विभिन्‍न पक्षहरू हुन्छन्, र तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। उदाहरणका लागि, तैँले एक इमानदार व्यक्ति बनेर इमानदारीपूर्वक बोल्दै र आफ्नो हृदय खोल्दै यस कार्यको सुरुवात गर्नुपर्छ। यदि त्यहाँ कुनै कुरा छ जसको बारेमा तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भन्‍न धेरै अप्ठ्यारो मान्छस् भने, तैँले घुँडा टेकेर प्रार्थनामार्फत त्यो कुरा परमेश्‍वरलाई भन्‍नुपर्छ। तैँले परमेश्‍वरलाई के भन्‍नुपर्छ त? तेरो हृदयमा जे छ त्यो परमेश्‍वरलाई भन्; खोक्रा गफहरू नगर् वा उहाँलाई धोका दिने कोसिस नगर्। इमानदार भएर सुरु गर्। यदि तँ कमजोर भएको छस् भने, म कमजोर भएको छु भन्; यदि तँ दुष्ट भएको छस् भने, म दुष्ट भएको छु भन्; यदि तँ छली भएको छस् भने, म छली भएको छु भन्; यदि तँमा आक्रामक र हानि गर्ने विचारहरू छन् भने, त्यसबारे परमेश्‍वरलाई भन्। यदि तँ सधैँ हैसियतका लागि प्रतिस्पर्धा गर्छस् भने, उहाँलाई यो कुरा पनि भन्। परमेश्‍वरबाट तँमाथि अनुशासन कारबाही हुन दे; उहाँलाई तेरो निम्ति वातावरणहरूको बन्दोबस्त गर्न दे; परमेश्‍वरलाई तेरा सबै कठिनाइहरू पार गर्न र तेरा सबै समस्याहरू समाधान गर्न तँलाई सहयोग गर्न दे। तैँले परमेश्‍वरको लागि आफ्नो हृदय खोल्नुपर्छ; त्यसलाई बन्द नगर्। यदि तैँले उहाँलाई आउन दिइनस् भने पनि उहाँले तेरो छानबिन गर्न सक्‍नुहुन्छ। तैपनि, यदि तैँले उहाँको लागि आफ्नो हृदय खुला गरिस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। त्यसो भए तैँले कुन बाटो रोज्नुपर्छ त? तैँले आफ्नो हृदय खोल्नुपर्छ र परमेश्‍वरलाई आफ्‍नो हृदयको कुरा भन्‍नुपर्छ। तैँले कुनै पनि हालतमा झुटो बोल्नु र छद्म भेष धारण गर्नु हुँदैन। तैँले इमानदार व्यक्ति बनेर सुरुवात गर्नुपर्छ। हामीले वर्षौँदेखि इमानदार व्यक्ति बन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्दै आएका छौँ, तैपनि आज पनि यहाँ धेरै मानिसहरू छन् जो उदासीन छन्, जो आफ्ना अभिप्राय, चाहना र उद्देश्‍यहरूअनुसार मात्र बोल्छन् र काम गर्छन्, र जसलाई कहिल्यै पश्‍चात्ताप गर्न मन लाग्दैन। यो इमानदार मानिसहरूको मनोवृत्ति होइन। परमेश्‍वरले मानिसहरूलाई किन इमानदार हुने आग्रह गर्नुहुन्छ? के यो तिनीहरूको लागि मानिसहरूलाई जानेर त्यही अनुसार व्यवहार गर्न सजिलो होस् भनेर हो? अवश्य होइन। परमेश्‍वरले मानिसलाई इमानदार हुन लगाउनुहुन्छ किनभने उहाँले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र इमानदारहरूलाई नै आशिष्‌ दिनुहुन्छ। इमानदार व्यक्ति हुनु भनेको विवेक र समझ भएको व्यक्ति हुनु हो। यसको अर्थ भरोसायोग्य व्यक्ति, परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति, र सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने व्यक्ति बन्‍नु हो। इमानदार व्यक्ति बन्‍नु सामान्य मानवता हुनु र साँचो मानव रूपमा जिउनुको सबैभन्दा आधारभूत प्रकटीकरण हो। यदि कुनै व्यक्ति कहिल्यै इमानदार भएको छैन, वा उसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन भने, उसले सत्यता बुझ्न सक्दैन, सत्यता प्राप्त गर्न सक्‍नु त परको कुरा हो। यदि तँ मलाई विश्‍वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। इमानदार व्यक्ति बनेमा मात्र परमेश्‍वरको लागि तेरो हृदय खुल्न सक्छ, तैँले सत्यता स्वीकार गर्न सक्छस्, तेरो हृदयभित्र सत्यता तेरो जीवन बन्‍न सक्छ, र तैँले सत्यता बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ भने, यदि तँ कसैलाई आफ्‍नो कुरा खुलस्त भन्दैनस् वा हृदयमा भएको कुरा बताउँदैनस्, जसले गर्दा तँलाई कसैले पनि बुझ्दैन भने, तेरो पर्खाल अत्यन्तै मोटो छ, र तँ सबैभन्दा छली मानिस होस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् तैपनि परमेश्‍वरको अघि आफ्‍नो मन साँचो रूपले खोल्‍न सक्दैनस् भने, यदि तैँले परमेश्‍वरलाई ढाँट्न वा परमेश्‍वरलाई छल गर्न बढाइचढाइ कुरा गर्न सक्छस् भने, र यदि तैँले परमेश्‍वरको अघि आफ्‍नो हृदय खोल्‍न सक्दैनस्, तर अझै घुमाउरो कुरा गरेर आफ्‍ना अभिप्रायहरूलाई लुकाउन सक्छस् भने, तैँले आफैलाई हानि मात्रै गर्नेछस्, र परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तैँले कुनै पनि सत्यता बुझ्‍नेछैनस्, र तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। यस खण्डले मलाई के देखायो भने, सत्यता बुझ्‍नु अरू कुनै कुराभन्दा महत्त्वपूर्ण छ, मेरो इज्‍जत र अभिमानभन्दा महत्त्वपूर्ण छ। सत्यता प्राप्त गर्नको लागि, म इमानदार हुन थाल्‍नुपर्थ्यो। एक भनेको एक, दुई भनेको दुई—अबउप्रान्त बहाना बनाउन वा धोका दिन छोड्नुपर्थ्यो। केही समयसम्‍म, मैले बहाना गरिरहेकी थिएँ, अरूलाई धोका दिइरहेकी थिएँ। मैले आफूले बोल्‍न चाहेको कुरा लेख्थेँ, ताकि तिनीहरूले मेरो बुझाइ राम्रो छ र मैले अङ्ग्रेजी राम्रो बोल्छु भन्‍ने सोचून्, र तिनीहरूले मेरो तारिफ गरिरहून् र मेरो मान गरिरहून्। म ग्‍लानि र चिन्ताले भरिएकी भए पनि, दाजुभाइ-दिदीबहिनीहरूको अघि मन खोलेर बताउने साहस मसँग थिएन। तिनीहरूले मेरा अपर्याप्तताहरू देखेको र मलाई तुच्छ ठानेको, म झूट बोल्‍ने व्यक्ति हुँ भनेर भनेको म चाहँदिनथेँ। तिनीहरूलाई सत्य बताउनुभन्दा त हाम्रो समूह छोड्नसमेत मैले चाहेकी थिएँ। म साँच्‍चै नै कुटिल थिएँ। मलाई थाहा भयो, म त्यति धेरै डिप्रेसनमा पर्नु भनेको शैतानले मलाई गरेको हानि हो र यसरी जिउनुले मलाई मेरो जीवन प्रवेशबाट रोकिरहेको छ। यसले मलाई बरबादसमेत गर्न सक्थ्यो। मेरो हृदयमा वास्तवमा के छ भनी अरूलाई बताउन मैले साहस बटुल्नुपर्थ्यो, ताकि मैले केही इमानदारिता अभ्यास गर्न सकूँ। सत्य बताउन जति नै अनौठो लागे पनि, म गलत तरिकाले काम गर्नबाट बाहिर निस्‍कनुपर्छ भन्‍ने मलाई थाहा थियो। परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ र कुटिल मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। अरूसामु झूटो बहाना बनाउँदै र सीधा कुरा नगरी मैले नाटक गरिरहेकी भए, म अन्धकारमा जिइरहेकी हुन्थेँ र मैले पवित्र आत्‍माको काम कहिल्यै प्राप्त गर्न सक्नेथिइनँ। मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ। म परमेश्‍वरप्रति पूर्ण रूपमा खुलस्त हुनुपर्थ्यो ताकि उहाँले ममा भएको छलीपनलाई हटाउन मलाई सहयोग गर्न सकून्। त्यसैले, मलाई सत्यताको अभ्यास गर्न र इमानदार व्यक्ति बन्‍न अगुवाइ गर्नुहोस् भनेर मैले परमेश्‍वरलाई अनुरोध गर्दै प्रार्थना गरेँ।

पछि, मैले पछि बल्‍ल हाम्रा अगुवा, सिस्टर कोन्‍नीलाई मन खोलेर आफ्नो कुरा बताएँ र उनीसँग सङ्गति गरेँ। मैले उनलाई मैले किन समूह त्यागेर मेरो एकाउन्ट बन्द गरेँ भनेर बताएँ। मेरो कुरा सुनेपछि, सिस्टर कोन्‍नीले भनिन्, “मैले तपाईंलाई त्यसको निम्ति कहिल्यै तुच्छ ठान्दिनँथेँ, र म तपाईंको इमानदारितालाई साँच्‍चै कदर गर्छु।” उनलाई मन खोलेर आफ्नो कुरा बताउँदा, उनीसँग सङ्गति गर्दा, मलाई अत्यन्तै राहत मिल्यो। इमानदार बन्‍नु कति राम्रो कुरा रहेछ भनेर मैले साँचो रूपमा अनुभव गरेँ, किनभने सत्यता अभ्यास गर्दा म मेरा सबै चिन्ताबाट मुक्त भएँ। सिस्टर कोन्नीले मलाई मैले परमेश्‍वरका वचनहरूसम्‍बन्धी आफ्नो बुझाइ बताउँदा, मैले पोख्त भएर बोल्‍नु पर्दैन वा कुनै उच्‍च स्तरका सिद्धान्तहरू बताउनु पर्दैन भनेर केही सुझाव पनि दिइन्। यसको लागि हृदयबाट कुरा निस्कनु नै पर्याप्त छ, किनभने यो मलाई साँच्चै महुसुस हुने र थाहा हुने कुरा हो। मैले उनको सुझाव स्विकारेँ र म यसलाई अभ्यास गर्न तयार छु जस्तो लाग्यो।

पछि, अर्की एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्, जुन एकदमै अन्तर्दृष्टिपूर्ण थियो। परमेश्वरका वचनहरूले भन्छन्: “धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै रुचि, इज्‍जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्‍ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, प्रायः तिनीहरू सबैले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्‍च प्रतिभाशाली हुन्छन्, निश्‍चय नै तिनीहरू आफ्नो क्षेत्रमा सफल हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्‍च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्‍न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्‍च नजरले हेरून् भन्‍ने चाहन्छन्, अरूले आफूलाई नीच नामनून् भन्‍ने चाहन्छन्। यी मानिसहरूले इज्‍जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्‍नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्‍वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ कमाएको इज्‍जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरूलाई यसबारे सचेत नै छैनन्। उनीहरू इज्‍जतको टुक्रालाई आखिरीसम्म समातेर राख्‍नुपर्छ भनी विश्‍वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्‍ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्‍ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैँ केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैँ आफ्नो इज्‍जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै अनुचित सुरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्‍न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्‍न छोड्छस्, जब इज्‍जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र जब यी कुराहरूले तँ आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्‍ने कुरालाई नियन्त्रण गर्ने कुनै प्रश्‍न उठ्दैन—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले कसरी मानिसहरूले आफ्‍नो जीवनभन्दा आफ्‍नो इज्‍जत र हैसियतलाई बहुमूल्य ठान्छन्, र कुनै कुराको सामना गर्दा परमेश्‍वरको इच्‍छाबारे नभई आफ्‍नै प्रतिष्ठा, अभिमान र पदबारे विचार गर्छन् भन्‍ने कुरालाई खुलासा गर्नुहुन्छ। हामीले बहाना गरेको परमेश्‍वर चाहनुहुन्‍न, र हामीले आफ्नो प्रतिष्ठालाई प्राथमिकता दिएको वा मानिसहरूमाझ आफ्नो हैसियत खोजेको उहाँ चाहनुहुन्‍न। यी हामीलाई परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सहयोग गर्ने कुरा होइनन्, र यी कुराले हामीलाई हाम्रो स्वभाव परिवर्तन गराउन वा मुक्ति दिलाउन सक्दैनन्। नाम र हैसियत भनेका शैतानले हामीलाई भ्रष्ट र बाँध्‍न प्रयोग गर्ने तरिका हुन् र यी कुराहरूको पछि लाग्दा हामी झन्-झन् अभिमानी र कुटिल बन्छौँ। त्यसरी हामीले आखिरमा परमेश्‍वरको मुक्ति गुमाउँछौँ। परमेश्‍वरलाई कुटिल मानिसहरू मन पर्दैन र अरूको प्रशंसा वा तारिफ प्राप्त गर्न मानिसहरूले चाल चलेको उहाँ चाहनुहुन्‍न। हामीले हाम्रो प्रतिष्ठा र हैसियतलाई त्यागेको, सत्यताको पछि लागेको र हामी इमानदार मानिस बनेको उहाँ चाहनुहुन्छ। परमेश्‍वरको अघि होस् वा अरूको अघि, हामी छली वा कपटी हुनु हुँदैन। मैले लगातर मन खोलेर अरूलाई मेरा समस्याहरू बताउन सकेकी थिइनँ, किनभने म मेरो इज्‍जत र अभिमानप्रति अत्यन्तै चिन्तित थिएँ। आफ्नै शैतानी स्वभावको दह्रिलो पकडमा परेर मैले सत्यता अभ्यास गर्न सकिनँ। इज्‍जत र हैसियतसम्‍बन्धी मेरो इच्‍छा अत्यन्तै दह्रिलो थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “चाहे तिनीहरूले मानिसहरूलाई घुस दिन र फन्दामा पार्न साना-साना निगाहहरू प्रयोग गरिरहेका भए पनि, वा धाक देखाइरहेका भए पनि, वा मानिसहरूलाई बहकाउनका लागि देखावटी रूप प्रयोग गरिरहेका भए पनि, र तिनीहरूले यसो गरेर बाहिरी रूपमा जतिसुकै फाइदा र सन्तुष्टि प्राप्त गरेको झैँ देखिए पनि, के यो मार्ग सही हो? के यो सत्यताको खोजी गर्ने मार्ग हो? के यो व्यक्तिलाई मुक्ति दिलाउन सक्ने मार्ग हो? स्पष्ट छ, होइन। यी विधि र चलाकीहरू जति नै चलाख भए पनि, तिनले परमेश्‍वरलाई छल गर्न सक्दैनन्, र ती सबैलाई अन्तिममा परमेश्‍वरले निन्दा र घृणा गर्नुहुन्छ, किनभने त्यस्ता व्यवहारहरूको पछाडि मानिसको महत्त्वाकाङ्क्षा र परमेश्‍वर विरुद्ध शत्रुताको मनोवृत्ति र सार लुकेको हुन्छ। परमेश्‍वरको हृदयमा, उहाँले यी मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरू भनेर कहिल्यै पनि चिन्‍नुहुन्‍न, बरु तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा परिभाषित गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्दा परमेश्‍वरले के फैसला सुनाउनुहुन्छ? ‘हे अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ परमेश्‍वरले ‘मबाट दूर होओ’ भनेर भन्‍नुहुँदा, उहाँ त्यस्ता मानिसहरू कहाँ जाऊन् भन्ने चाहनुहुन्छ? उहाँले तिनीहरूलाई शैतानको हातमा, शैतानहरूको भीडले बास गर्ने स्थानमा सुम्पिरहनुभएको हुन्छ। तिनीहरूका लागि अन्तिम परिणाम के हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नमरुञ्जेल यातना दिन्छन्, अर्थात् शैतानले तिनीहरूलाई निल्छ। परमेश्‍वरले यी मानिसहरूलाई चाहनुहुन्न, जसको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, तिनीहरू परमेश्‍वरका भेडा होइनन्, उहाँका अनुयायीहरू हुनु त परको कुरा हो, त्यसकारण तिनीहरू उहाँले मुक्ति दिनुहुने मानिसहरूमध्येका होइनन्। परमेश्‍वरले यी मानिसहरूलाई यसरी नै परिभाषित गर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरका वचनहरूबाट मैले अरूको हृदयमा ठाउँ लिन मानिसहरू ढोँगी र छली बन्छन् भन्‍ने देखेँ। तिनीहरूले अरूको सम्‍मान प्राप्त गरे पनि र तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्‍छा पूरा भए पनि, तिनीहरूले अन्त्यमा के पाउँछन्? यसरी काम गरेर तिनीहरूले एक क्षणको लागि मानिसहरूलाई मूर्ख तुल्याउन सक्छन्, तर परमेश्‍वरलाई मूर्ख तुल्याउन सक्दैनन्। अन्त्यमा परमेश्‍वरले तिनीहरूलाई ठुक्र्याउनुहुनेछ र हटाउनुहुनेछ। किनभने परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले सत्यताको पछि नलाग्‍ने, र आफ्‍नै अभिप्रायहरू पाल्ने, अरूको हृदयमा ठाउँ ओगट्नेहरूलाई घृणा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा हेर्नुहुन्छ र तिनीहरूले गरेका कर्तव्यहरूलाई स्वीकार गर्नुहुन्‍न। मैले आफ्नो व्यवहारबारे आत्मसमीक्षा गरेँ र परमेश्वरको विरोध गर्ने मार्गमा साँच्चै हिँडेकी रहेछु भनेर थाहा पाएँ, किनभने मेरा सबै विचार र कार्यहरू अरूको प्रशंसा र तारिफ पाउनका लागि गरिएका थिए। यदि मैले यो मार्गलाई जारी राखेकी भए, अन्तिममा म बरबाद हुन्थेँ। त्यो विचार गरेपछि, मलाई धेरै प्रकारका डर भयो, मलाई परमेश्वरले त्याग्नहुनेछ भन्ने डर भयो, मलाई परमेश्वरले शैतानको हातमा सुम्पनुहुनेछ भन्ने डर भयो र मैले परमेश्वरको मुक्ति गुमाउनेछु भन्ने मलाई डर भयो। म इमानदारीपूर्वक परिवर्तन भएर त्यो स्थितिबाट मुक्त हुन, आफ्नो साँचो रूपमा आउन, र फेरि कहिल्यै झूटो नबोल्न वा छली नहुन चाहन्थेँ।

तर जब साँच्चै अभ्यास गर्ने समय आयो, मेरो भ्रष्टता र कमीकमजोरीबारे दाजुभाइ-दिदीबहिनीहरूसँग मन खोल्‍नेबारे सोच्दा, म अत्यन्तै हिचकिचाएँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड देखेँ, जसबाट मैले साहस पाएँ। परमेश्वरको वचनले भन्छ: “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि चिरफार गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरको वचनबाट के बुझेँ भने, परमेश्‍वरका वचनहरूले साँच्‍चै नै मानिसहरूलाई परिवर्तन गर्न सक्छन्। जब हामी आफ्‍नो साँचो भ्रष्टताबारे कसरी खुलेर बोल्‍ने र सत्यताको खोजी गर्ने भन्‍ने विषयमा सिक्छौँ, हाम्रो गलत विचार र भ्रष्ट स्वभाव बिस्तारै परिवर्तन हुँदै जान सक्छन्। परमेश्‍वरले मेरो गलत सोचाइको खुलासा गर्नुभयो अनि नाम र हैसियतसम्‍बन्धी मेरो गलत खोजीलाई प्रकट गर्नुभयो, त्यसपछि अभ्यासको सही मार्ग पत्ता लगाउन उहाँका वचनहरूद्वारा मलाई अगुवाइ गर्नुभयो। मैले अरूसँग मन खोलेर कुरा गर्न, मेरो नाम र इज्‍जतबारे विचार गर्न छोड्न, कुटिल, छली, र कपटी बन्‍न छोड्नको लागि मैले पहिलो कदम लिनुपर्थ्यो। मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्दै ती वचनलाई मभित्र मार्गको अगुवाइ गर्न दिनुपर्थ्यो।

त्यो आइतबार बिहान, म सदाझैँ भेलामा सहभागी भएँ र म इमानदार हुनुपर्छ भनेर मैले मनमनै भनेँ। मैले प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, यसपटक म सत्यताको अभ्यास गर्न चाहन्छु, शैतानका बन्धनहरूबाट मुक्त हुन र मेरो ढोँगीपन र छललाई प्रकट गर्न चाहन्छु। तिनीहरूले मलाई तुच्छ ठाने पनि, म त्यसको वास्ता गर्नेछैनँ। म तपाईंलाई सन्तुष्ट पार्न इमानदार व्यक्ति बन्‍न चाहन्छु। बिन्ती छ, मलाई सहयोग गर्नुहोस्, ताकि म खुलेर कुरा गर्न र इमानदार बन्‍न सकूँ।” प्रार्थना गरेपछि म अलिक ढुक्‍क भएँ। हाम्रो भेलाको अवधिमा, मैले साँच्‍चै नै परमेश्‍वरका वचनहरूबारे सोचेँ अनि लगनशील भई अरूले आफ्‍नो अनुभव र बुझाइबारे दिएको सङ्गति सुनेँ। मैले त्यो समय आफ्‍नो सङ्गति लेखिरहेकी थिइनँ, र अरू सबैलाई कस्तो सङ्गति मन पर्छ भन्‍नेबारे विचार गरिनँ। मैले त्यसो गर्दा, अरूका अनुभवहरूको सङ्गतिबाट नयाँ अन्तर्दृष्टि प्राप्त गरेँ। मैले सङ्गति गर्न लाग्दा, म निकै घबराए पनि, मैले आफ्नो सङ्गति कति राम्रो वा सिपालु ढङ्गमा दिइँदैछ भन्‍नेबारे विचार गरिनँ र तिनीहरूले थाहा पाएपछि के भन्लान् भन्ने कुराले मलाई फरक पारेन। त्यसपछि मैले मलाई साँचो रूपमा प्रभाव पारेका परमेश्‍वरका वचनहरूको एउटा खण्डबारे कुरा गरेँ: “इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। … यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरूको यो खण्डलाई मैले आफ्‍नै अनुभवसँग जोडेँ, दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो सबैभन्दा साँचो रूप पूर्ण रूपमा प्रकट गरेँ। मैले तिनीहरूलाई भनेँ, “यतिका समय, मैले ठूलो बहाना गर्दै आएकी थिएँ, अङ्ग्रेजी फरर बोलेको बहाना गरिरहेकी थिएँ। साँचो कुरा त के हो भने, मैले मेरा सबै सङ्गति अग्रिम रूपमा लेख्‍ने गर्थेँ र मेरो बोलाइ स्वाभाविक सुनियोस् र मैले राम्रो सङ्गति गर्छु भनेर तपाईंहरू सबैले ठानून् भनेर रेकर्ड गर्दै अभ्याससमेत गर्थेँ। त्यो केवल तपाईंहरूको प्रशंसा र तारिफ पाउनका लागि थियो। मैले तपाईंहरूलाई छल्दै आइरहेकी थिएँ। …” मैले मेरो हृदयलाई उदाङ्गो पारेपछि तिनीहरू मसित खिन्न हुनेछन् भन्‍ने ठानेकी थिएँ, तर कुरा त्यस्तो भएन, तिनीहरूले मलाई भने, तपाईंले नराम्रो सङ्गति गर्छु भनेर चिन्ता गर्नुपर्दैनथियो। परमेश्‍वर हामी इमानदार भएको चाहनुहुन्छ, आफ्‍नो कुरा सिँगार्ने र अव्यावहारिक बनेको होइन। यदि मैले हृदयबाट सङ्गति गरिनँ, र यो शब्द र सिद्धान्तहरू मात्रै थियो भने, त्यसको फाइदा के हुन्थ्यो र? यो कुराले मेरो मन छोयो। तिनीहरूले मलाई तुच्छ ठानेनन्, र तिनीहरूमध्ये कतिले मेरो अवस्था कस्तो थियो भन्‍ने बुझ्‍न सक्छौं भनी भने, अनि मेरो अनुभवले तिनीहरूलाई सहयोग गर्‍यो भनी भने। मेरो लागि यो मनोहर आश्‍चर्य थियो। मेरो भ्रष्टताबारे सबैसँग खुलस्त कुरा गरिसकेपछि, मैले बन्धनमुक्त महुसुस गरेँ। शैतानले मलाई सत्यता अभ्यास गर्नबाट रोक्‍न अभिमान र प्रतिष्ठा प्रयोग गर्छ, तर जब मैले परमेश्‍वरका वचनहरूबाट आफ्‍नो बारेमा सिकेँ, इमानदार व्यक्ति बन्‍ने र खुलस्त कुरा गर्ने अभ्यास गरेँ, मलाई परमेश्‍वरको एक कदम नजिक पुगेजस्तो लाग्यो अनि यसले म र मेरा दाजुभाइ-दिदीबहिनीहरूबीचका शङ्का र बाधाहरू हटायो। धेरै लामो समयदेखि, मैले आफ्‍नो अभिमानलाई सन्तुष्ट पार्न र अरूको प्रशंसामा रमाउन छदम्‌ रूप धारण गर्ने छनौट गरेकी थिएँ, तर त्यो परमेश्‍वरको चाहना थिएन। वास्तवमा, मैले लामो समयदेखि परमेश्‍वरलाई चोट पुर्‍याउँदै आएकी थिएँ। तर म परिवर्तन हुन्छु भन्ने प्रतीक्षा गर्दै परमेश्‍वर सधैँ क्षमाशील र धैर्यशाली हुनुभयो। परमेश्‍वरको प्रेमको लागि म अत्यन्तै कृतज्ञ छु।

यो अनुभवले मलाई सत्यताको पछि लाग्नुको महत्त्व सिकायो। शैतानी स्वभावका बन्धनहरूबाट मुक्त हुने एउटै मात्र तरिका भनेको इमानदार व्यक्ति बनेर सत्यता अभ्यास गर्नु हो। साँचो खुसी र शान्ति प्राप्त गर्ने एउटै तरिका भनेको सत्यता अभ्यास गर्नु हो। म अत्यन्तै कुटिल, ढोँगी थिएँ, तर अहिले म सत्यता अभ्यास गर्ने र इमानदार बन्‍ने निर्णय गर्छु। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। मेरो एउटै चाहना भनेको परमेश्‍वरले मलाई अगुवाइ गरिरहून् भन्‍ने हो, ताकि मैले अझै धेरै सत्यता अभ्यास गर्न सकूँ।

अघिल्लो: ४. मण्डली अगुवा अधिकारी होइनन्

अर्को: ६. एन्जेलको कथा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्