४. मण्डली अगुवा अधिकारी होइनन्

माथ्यू, फ्रान्स

मैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। अक्टोबर २०२० मा म मण्डली अगुवा चयन भएँ। यो ठूलो जिम्मेवारी हो भनेर मैले महसुस गरेँ, र मलाई अलिक तनाव भयो तर निकै गर्व पनि लाग्यो। अरूभन्दा म धेरै क्षमतावान् भएकोले त्यो महत्त्वपूर्ण कर्तव्यको लागि छानिएँ भन्‍ने मलाई लाग्यो। मैले आफ्नो कर्तव्यलाई निकै गम्भीरतासाथ लिएँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूसित सक्दो सङ्गति गरेर तिनीहरूलाई आइपरेका समस्या र कठिनाइहरू समाधान गर्न मदत गरेँ। म सबैमाझ आफू उत्कृष्ट अगुवा र व्यावहारिक काम गर्न सक्षम व्यक्ति हुँ भनी प्रमाणित गर्न चाहन्थेँ।

त्यसपछि, एउटा दुष्कर्मीले मण्डलीमा अफवाह फैलाउन थाल्यो। उसले समूह भेलाहरूमा कम्युनिष्ट पार्टीले परमेश्‍वरको बदनाम र निन्दा गरेका झूटहरू फैलाइरहेको थियो, तथ्यहरूलाई तोडमोड गर्दै, परिस्थितिलाई उल्टोपाल्टो अर्थ्याउँदै, परमेश्‍वरको घरको कामको आलोचना गरिहरेको थियो। ऊ नवविश्‍वासीहरूलाई बहकाएर मण्डली छोड्न र परमेश्‍वरलाई धोका दिन लगाउन चाहन्थ्यो। त्यसैले, मैले दाजुभाइ-दिदीबहिनीहरूसँग सक्दो भेला र सङ्गतिहरू आयोजना गरिरहेको थिएँ, र मैले आफू दुश्मन फौजविरुद्ध सेनाको नेतृत्व गर्ने सैनिक कमाण्डर भएझैँ महसुस गरेँ! म दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्न सक्छु भनेर प्रमाणित गर्न र तिनीहरूलाई म गह्रौं बोझ बोक्‍न सक्षम, र जिम्मेवार छु भनेर देखाउन चाहन्थेँ। तर वास्तवमा, मलाई एकदमै कमजोर महसुस भइरहेको थियो। कतिपय भ्रामक कुराको कसरी खण्डन गर्ने भनेर मलाई थाहै थिएन र ती कुराले मलाई पनि असर गरिरहेका थिए। तर म आफ्नो कमजोरी अरूलाई देखाउन चाहन्‍नथेँ। मैले सोचेँ, मण्डली अगुवाको रूपमा म राष्ट्रपति वा सैनिक कमाण्डरजस्तै सख्त हुनुपर्छ। मैले आफ्नो कमजोरी कसैलाई पनि देखाउनु हुँदैन! त्यसैले, आफ्नो स्थितिको बारेमा मैले दाजुभाइ-दिदीबहिनीहरूसित कहिल्यै खुलेर कुरा गरिनँ। मैले यस मामिलामा छदम् रूप त धारण गरेँ नै, यसअलावा परमेश्‍वरका वचनहरूबारे हाम्रो बुझाइसम्बन्धी छलफल गर्दा, म आफ्ना गहन बुझाइहरू बताउन मन पराउँथेँ, ताकि मैले साँच्‍चै राम्रोसित ती वचनहरूको बोध गरेको छु भनी अरूले सोचून्। तर आफ्ना असफलता र भ्रष्टताको बारेमा चाहिँ छ्वास्स मात्र छुन्थेँ, र तुरन्तै आफूले गरेका सही कुराहरूतिर कुरा मोडिहाल्थेँ। उदाहरणको लागि, यदि भेलामा मलाई निद्रा लाग्यो भने, त्यो म स्वीकार गर्दिनथेँ, र मसित कुनै समस्या हुँदा, त्यसबारेमा अरूसित कुराकानी गर्नुको सट्टा म त्यसलाई लुकाउँथेँ।

मसँगै काम गर्ने सिस्टर मेरिनेटले मेरो खुबै प्रशंसा गर्थिन् किनभने म तिनलाई उनको स्थितिसित मिल्दा परमेश्‍वरका वचनहरूद्वारा सधैँ मदत गर्थेँ। मलाई थाहा थियो तिनी मलाई धेरै हदसम्म उच्‍च नजरले हेर्ने गर्थिन्, र तिनले मलाई प्रशंसा गर्दा म निकै खुसी र सन्तुष्ट हुन्थेँ। नवविश्‍वासीहरूलाई सिञ्‍चन गर्ने दाजुभाइ र दिदीबहिनीहरूले पनि मेरो धेरै नै आदर गर्थे। एकपटक एक सिस्टरले तिनलाई मैले गरेको सङ्गति र मदतबाट धेरै कुरा सिकेँ भनेर बताइन्। म पनि यसरी अरूको अनुमोदन प्राप्त गर्दा निकै नै खुसी थिएँ। भेलाहरूमा, मेरो सङ्गतिपछि केही दाजुभाइ र दिदीबहिनीहरूले “आमेन” भन्थे, र कतिपयले त “ब्रदर म्याथ्यूले भनेको जस्तै हो” भनेर समेत भन्थे। तिनीहरू मसित आदरको भावसहित बोलेझैँ लाग्थ्यो, र तिनीहरूको हृदयमा मेरो महत्वपूर्ण स्थान छ भन्‍ने अनुभूति हुन्थ्यो। मलाई यो उचित होइन भन्‍ने थाहा थियो, तर तिनीहरूले उच्‍च नजरले हेर्दाको मिठास मलाई प्यारो लाग्थ्यो। त्यसपछि एक दिन, मैले प्रदर्शन गरेर भएको हानि भन्‍ने गवाही भिडियो हेरेँ। यसले खास रूपमा मेरो मन छोयो। एक जना अगुवा सिस्टरले आफ्नो कर्तव्यमा सधैँ आफूलाई उच्‍च पारिरहेकी र आफ्नै प्रदर्शन गरिरहेकी थिइन्। तिनले परमेश्‍वरको स्वभावलाई चिढ्याइन् र बिमारमार्फत अनुशासित हुनुपर्‍यो। यस मामिलाको मुख्य कुरा, तिनको व्यवहार परमेश्‍वरको नजरमा घृणित थियो। त्यो भिडियो हेरेपछि मैले अरूको आदर जित्‍नको लागि धाक लगाएर र आफ्नो प्रदर्शन गरेर परमेश्‍वरको अवज्ञा र विरोध गरिरहेको थिएँ भनेर बुझेँ। म ख्रीष्टिविरोधीको मार्गमा हिंडिरहेको थिएँ। आफैलाई उच्‍च पार्नु र आफ्नै प्रदर्शन गर्नु यत्तिको गम्भीर समस्या हुन सक्छ भन्‍ने मलाई कहिल्यै लागेको थिएन। मलाई साह्रै डर लाग्यो, र के गर्नेगर्ने, केही थाहा भएन।

अनि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ, त्यसले मलाई मेरो भ्रष्टताको बारेमा केही अन्तर्दृष्टि प्रदान गऱ्यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरू पढ्दा तिनले मेरो हृदयमा सिधै प्रहार गरेजस्तै अनुभूति भयो। मभित्र गहिरो गरी के लुकेको रहेछ भनेर मैले देख्‍न सक्थेँ। मैले सधैँ बलियो र सिद्ध व्यक्तिको छवि बनाउन चाहेको थिएँ। मलाई मानिसहरूमाझ सकारात्मक छाप छोड्नको लागि आफ्नो उच्‍च बुझाइ र आफ्ना सफल अनुभवहरूबारे कुरा गर्न मन लाग्थ्यो, तर म आफ्ना कमजोरी वा वास्तविक कठिनाइहरूबारे बिरलै कुरा गर्थेँ। आफूलाई कमजोर वा नकारात्मक नहसुस हुँदा वा आफूलाई केही समस्याहरू आइपर्दा, वा आफू एकदमै खराब स्थितिमा हुँदासमेत, म आफ्नो गर्व र प्रतिष्ठा रक्षा गर्नको लागि सबै कुरा एकदमै राम्रो भइरहेको छ जस्तो नाटक गर्थेँ। तर वास्तवमा, म असाध्यै पीडामा हुन्थेँ। अरूले मेरो आदर र श्रद्धा गरेको देख्दा, ममा थोरथोरै चेतना आउँथ्यो, र यो राम्रो होइन भनेर मलाई थाहा हुन्थ्यो। तर मैले मानिसहरूलाई मेरो आदर नगर्नू भनेर भनेको थिइनँ किनभने म सबैबाट आदर, श्रद्धा, र प्रशंसा पाउन चाहन्थेँ। के म प्रधानदूतजत्तिकै अहङ्कारी थिइनँ र? मैले अरूलाई परमेश्‍वरसामु ल्याइरहेको थिइनँ, बरु तिनीहरूलाई मेरो सामु ल्याइरहेको थिएँ। मैले दाजुभाइ र दिदीबहिनीहरूको हृदयमा परमेश्‍वरको स्थान लिन लागेको रहेछु भनेर बुझेपछि, म डरले कामेँ, परमेश्‍वरले मेरो व्यवहारलाई तिरस्कार गर्नुहुन्छ भनेर मैले हृदयबाटै थाहा पाएँ। म अफसोसले भरिएँ, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले आफ्नो प्रदर्शन गरिरहेको छु, सबैले मलाई सबैभन्दा उच्‍च तहको राम्रो अगुवाको रूपमा हेरून् भन्‍ने चाहना गर्छु। मैले तपाईंको महिमा हडप्दै छु। हे परमेश्‍वर, म तपाईंसँग पश्‍चात्ताप गर्न चाहन्छु।” त्यसपछि मैले एउटा पश्‍चात्ताप पत्र लेखेँ र त्यसमा आफूले कसरी आफ्नै प्रदर्शन र आफ्नै बढाइ गरेँ भनेर खुलासा गरेँ र त्यो पत्रलाई प्रत्येक समूह भेलामा पठाएँ। मैले सबैलाई मेरो श्रद्धा गर्नु हुँदैन भनेर पनि स्पष्टसित बताएँ। विशेष गरी मलाई श्रद्धा गर्ने केही दाजुभाइ-दिदीबहिनीहरूलाई म चिन्थेँ, त्यसैले मैले आफ्नो पर्दाफास र चिरफार गर्दै तिनीहरूलाई व्यक्तिगत सन्देश पठाएँ। केही दिनपछि, सिस्टर मेरिनेटले मलाई खुलस्तसित भनिन् कि तिनले पहिला मेरो श्रद्धा गर्थिन् र मैले तिनको हृदयमा महत्वपूर्ण स्थान आगटेको थिएँ। यो सुनेर म साह्रै लज्‍जित भएँ र यो त मेरो दुष्टताको प्रमाण हो भन्‍ने मलाई लाग्यो। त्यतिबेला मैले आफ्नो कुरूपता देखेँ, र मैले आफ्नो सबै तर्कशक्ति गुमाएर अरूलाई मेरो आराधना गर्न लगाएको थिएँ भन्‍ने लाग्यो। त्यो त कसरी कर्तव्य निर्वाह गरेको भयो र? जब उहाँले मलाई यो कर्तव्य प्रदान गर्नुभयो, के उहाँले यही कुराको आशा राख्‍नुभएको थियो र? मैले एकदमै असहज र लज्‍जित महसुस गरेँ। तर अझै पनि मैले आफ्नो भ्रष्टता त्याग्‍न वास्तवमै सत्यताको खोजी गरिनँ, त्यसैले केही समयपछि नै म पुरानै शैलीमा फर्किहालेँ।

एक दिन, म अरू मण्डली अगुवाहरू पनि सहभागी हुने एउटा भेलामा गएँ। मलाई दाजुभाइ र दिदीबहिनीहरूको सङ्गति एकदमै सामान्य लाग्यो, र म अस्थिर भएँ। मैले तिनीहरूको सङ्गति सतही भएको महसुस गरेँ र यसलाई अलि तुच्छ नजरले हेरँ। म तिनीहरूलाई मेरो सङ्गति अरूको भन्दा बढी व्यावहारिक छ भनेर देखाउन चाहन्थेँ। त्यसैले, आफूले भन्‍न चाहेको कुराबारे मानसिक रूपमा तयारी गरेँ। अझ धेरै अन्तर्दृष्टिपूर्ण कुरा भन्छु भनेर सोचेँ, त्यसो गर्दा म भीडमा अलग्गै देखिन र केही गहकिलो सङ्गति दिन सक्थेँ। मैले आफ्नो सङ्गतिलाई सर्वोत्तम रूपमा प्रचुर बनाउने शब्दहरूबारे सोचेँ। वास्तवमै म आफूसित उच्‍चस्तरको बुझाइ छ भनेर प्रमाणित गर्न चाहन्थेँ ताकि अरूले मेरो अन्तर्दृष्टिको कदर गरून्। मेरो सङ्गतिको दौरान, मैले धेरै उदाहरणहरू प्रयोग गरेँ ताकि तिनीहरूले मेरो सङ्गति विस्तृत र प्रचुर छ भनेर थाहा पाऊन्। मैले सङ्गति सिध्याएपछि, सबैले “आमेन” भनेको सुन्दा म साह्रै खुसी भएँ। त्यसपछि, कतै दाजुभाइ र दिदीबहिनीहरूले मेरो सङ्गतिबारे केही राम्रो कुरा लेखेका छन् कि भनेर हतारहतार च्याट विन्डो हेरेँ। हाम्रो भेला सकिन लाग्दा, ब्रदर जेनले केही सङ्गति गर्नुभयो। तर तिनले हामीले सदा गरेझैं परमेश्‍वरका वचनहरू उद्धृत गर्नु र परमेश्‍वरका वचनहरूको आधारमा हामीले कसरी अभ्यास गर्नुपर्छ भनेर बोल्नुको सट्टा, मेरो सङ्गतिलाई उल्लेख गरे। मैले आफ्नै बढाइ र आफ्नै प्रदर्शन गरिरहेको महसुस गरेँ। त्यतिबेला, मलाई आफैदेखि असाध्यै रिस उठ्यो। त्यो भेलामा, हामीले भर्खरै सबैसित परमेश्‍वरका वचनहरू बाँडेका थियौँ, र हामीले हृदयदेखि नै बोल्नुपर्छ है भनेका थियौँ। मैले कसरी धाक लागउन र आफ्नो प्रदर्शन गर्न सक्थेँ र? आफूले त्यसरी व्यवहार गरिरहेको छु भनेर मलाई पत्याउनै गाह्रो भयो। अनि मैले त्यो भेलामा हामीले पढेका परमेश्‍वरका वचनहरूका खण्डहरू हेरँ ताकि मैले यसबारेमा सावधानीपूर्वक विचार गर्न सकूँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि दाजुभाइ-दिदीबहिनीहरू एकअर्कालाई भरोसा गर्न, एकअर्कालाई सहयोग गर्न, र एकअर्काको आपूर्ति गर्न सक्‍ने हुन चाहन्छन् भने, हरेक व्यक्तिले आफ्नो साँचो अनुभवहरू बताउनुपर्छ। यदि तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गर्दैनस् भने—यदि तँ मानिसले बुझ्ने शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्छस् भने, यदि तँ परमेश्‍वरमाथिको विश्‍वासबारे केही धर्मसिद्धान्तहरू प्रचार गर्छस्, र दिक्‍क लाग्‍ने सामान्य उक्तिहरूको मात्र सुगा-रटाइ गर्छस्, तर आफ्‍नो हृदयमा भएको कुराबारे खुलेर बोल्दैनस् भने—तँ इमानदार व्यक्ति होइनस्, र तँ इमानदार व्यक्ति बन्न सक्दैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “परमेश्‍वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्‍वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्‍वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्‍ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसित आफ्नो मन खोल्नुपर्छ, आफ्नो मनभित्र भएका कुराहरूको बारेमा कुराकानी गर्नुपर्छ, आफ्नो साँचो अनुभव बताउनुपर्छ, र खोक्रा शब्दहरूमार्फत आफूलाई प्रदर्शन गर्न छोड्नुपर्छ। मैले आफ्नै बारेमा मात्र सोचेर, तडकभडक देखाउन र अरूको आदर प्राप्त गर्नको लागि केही खोक्रा सिद्धान्तहरूको बारेमा मात्र कुरा गरिहेको थिएँ। यसका परिणामहरू एकदमै स्पष्ट थिए। अरूले मेरो मान गरे र परमेश्‍वरका वचनहरूको गवाही दिएनन्, त्यसको सट्टा मेरो सङ्गतिलाई आफ्नो सन्दर्भको रूपमा प्रयोग गरे। भेलाहरूमा, मानिसहरूले “ब्रदर म्याथ्यूको सङ्गतिले गर्दा” वा “ब्रदर म्याथ्यूले भनेजस्तै” भनेर बारम्बार भनेको सुन्थेँ। मैले पावलले सधैँ आफ्नै बढाइ गरेको र भड्किलो बनिहिँडेको, तर प्रभु येशूका वचनहरूको गवाही नदिएको कुरा सम्झेँ। त्यो कुराले विश्‍वासीहरूलाई २,००० वर्षदेखि पावलको श्रद्धा गर्ने र तिनका वचनहरूको गवाही दिने तुल्यायो। के मैले पनि पावलले जस्तै गरिरहेको र ख्रीष्टविरोधीकै परमेश्‍वरविरोधी मार्गमा हिंडिरहेको थिइनँ र? मलाई असाध्यै डर लाग्यो र आफैलाई घृणा गरेँ। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले फेरि त्यही गल्ती गरिरहेको छु। तपाईंका वचनहरूले मलाई मार्ग देखाए तर मैले अझै शैतानलाई पछ्याइरहेको छु, मेरो आत्माभिमानलाई तृप्त पारिहेको छु। मैले फेरि शैतानको भूमिका निर्वाह गरिरहेको छु। हे परमेश्‍वर, मलाई तपाईंको मदत जरुरी छ, कृपया मलाई बचाउनुहोस्!”

एक साँझ, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “के तिमीहरूलाई मानिसले परमेश्‍वरलाई गर्ने सेवामा सबैभन्दा निषेधित कुरा के हो भन्‍ने थाहा छ? कतिपय अगुवा र कामदारहरू परमेश्‍वरलाई आफू वास्तवमा कति सक्षम छु भनी देखाउनका लागि सधैँ फरक हुन, अरूभन्दा उत्कृष्ट हुन, देखावटी गर्न अनि केही नयाँ चाल पहिल्याउन चाहन्छन्। तर, तिनीहरू सत्यता बुझ्न र परमेश्‍वरका वचनको वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्। यो कार्य गर्ने सबैभन्दा मूर्खतापूर्ण तरिका हो। के यो ठ्याक्कै अहङ्कारी स्वभावको प्रकटीकरण होइन र? … परमेश्‍वरको सेवा गर्ने क्रममा, मानिसहरूले ठूला-ठूला प्रगति गर्न, ठूला-ठूला काम गर्न, महान् शब्‍दहरू बोल्‍न, महान् कार्य गर्न, ठूला-ठूला सभा आयोजना गर्न, र महान् अगुवा बन्‍न चाहन्छन्। यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकाङ्क्षाहरू हुन्छन् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्। यदि परमेश्‍वरप्रतिको सेवामा तँ राम्रो व्यवहार गर्ने, समर्पित, र विवेकी छैनस् भने, ढिलो-चाँडो तैँले उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका यी वचनहरू पढ्दा म डरले थरथर कामेँ। परमेश्‍वरका वचनहरूको यो प्रकाशमार्फत मैले ठूल्ठूला कुराहरू हासिल गर्ने मेरो उग्र महत्वाकाङ्क्षा र चाहनालाई बुझेँ। म भेलाहरूको अध्यक्षता गर्न र भव्य भाषण दिन चाहन्थेँ। मलाई भेलाहरूमा आफ्नै प्रदर्शन गर्न मन पर्थ्यो र म दाजुभाइ-दिदीबहिनीहरूको श्रद्धा पाउन चाहन्थेँ, र तिनीहरूले मलाई राम्रो क्षमता र गहन बुझाइ भएको व्यक्ति ठानून् भन्‍ने आशा गथेँ। यी चाहनाहरूले प्रेरित भएर, म आफू सहभागी हुने हरेक भेलामा प्रचार गर्न र आफ्‍नो प्रदर्शन गर्न चाहन्थेँ, र अरूले मेरो आदर गरून् भन्‍ने आशा गर्थेँ। मलाई त्यस प्रकारको नेतृत्व मन पर्थ्यो। तर जब मैले “यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकाङ्क्षाहरू हुन्छन् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्” भन्‍ने वचन पढेँ, मेरो मुटु थरथर काम्यो, र हृदयको गहिराइमा डरको अनुभूति भयो। पहिले मैले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेको छु भनेर सोच्थेँ तर अहिले उहाँलाई घृणा पो गरिररेहको रहेछु भनेर थाहा भयो। म आफैलाई पनि आफैदेखि घृणा लागिरहेको थियो। मैले त केवल महान् काम गर्न, ठूल्ठुला भेलाहरू आयोजना गर्न, र भव्य प्रचार गर्न चाहन्थेँ। मैले परमेश्‍वरको गवाही दिने वा सत्यता अभ्यास गर्ने काम गरिरहेको थिइनँ, र मैले दाजुभाइ र दिदीबहिनीहरूको जीवनका लागि भार उठाइरहेको थिइनँ। मैले उनीहरूको हृदयमा स्थान बनाउनका लागि आफ्नै बढाइ गरिरहेको थिएँ। यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँथ्यो। “परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” मा निम्‍न कुराहरू भनिएको छः

१. मानिसले आफैलाई ठूलो ठान्नु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।

…………

८. परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्‍नु हुँदैन। यो परमेश्‍वरको निम्ति असहनीय हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम

परमेश्‍वरका वचनहरू पढेपछि, मलाई भित्रभित्रै ठूलो कष्ट भयो र मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएकोमा उहाँले सायद मलाई क्षमा दिन नसक्‍नुहोला भनेर सोचेँ। अनि, मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म साह्रै पीडामा छु, र मैले कष्ट भोगिरहेछु। मैले तपाईंको क्रोध भड्काइरहेको छु भनेर थाहा थिएन; म पश्‍चात्ताप गर्न चाहन्छु। हे परमेश्‍वर, म तपाईंको इच्छा बुझ्नलाई तपाईंबाट अन्तर्ज्ञान प्राप्त गर्न खोज्दै छु।”

म डरले लुगलुग हुँदा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “आज परमेश्‍वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्‍नो मूल्य जान्‍न सक्, र परमेश्‍वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्‍ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्‍वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्‍वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ)। यो खण्ड पढ्दा मलाई शान्ति महसुस भयो। मैले परमेश्‍वरलाई अक्षम्य तरिकाले चिढ्याएको छु भनेर सोचेँ, तर कुरा त्यस्तो थिएन। परमेश्‍वरले उहाँका वचनहरू प्रयोग गरी मलाई न्याय र खुलासा गरिरहनुभएको भए पनि, उहाँले मलाई घृणा वा निन्दा गर्नुहुन्‍नथ्यो। पश्‍चात्ताप गरी म परिवर्तन भएको उहाँ चाहनुहुन्थ्यो। मैले परमेश्‍वरको धार्मिकताका साथै उहाँको सहनशीलता र कृपा देख्‍न सक्थेँ। मैले यसपटक सत्यता खोज्नुपर्छ र आफ्नो भ्रष्ट स्वभावको समाधान गर्नुपर्छ भनेर थाहा पाएँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “इमानदार व्यक्ति बन्‍न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि सबैले त्यसभित्र हेर्न सकून्, तँ के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्‍नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तँ सधैँ नाटक गरिरहन्छस्, सधैँ पवित्रता, कुलीनता, महानता, र उच्च चरित्रको ढोंग गर्छस्, आफ्नो भ्रष्टता र त्रुटिहरू अरूबाट लुकाउँछस्, तिनीहरूलाई झूटो छवि प्रस्तुत गर्छस्, र तिनीहरूलाई तँ इमानदार, महान्, आत्म-त्यागी, न्यायवान्, र निःस्वार्थ छस् भनी विश्‍वास गर्न लगाउँछस् भने—के यसमा छलीपन र छल छैन र? समय बित्दै जाँदा, मानिसहरूले तँलाई छर्लङ्गै देख्न सक्नेछैनन् र? त्यसैले, पाखण्डी नबन् वा मुखौटो नलगा। बरु, सरल र खुला बन्, र आफूलाई उदाङ्गो पार्न सिक्—आफ्नो हृदय अरूले देख्ने गरी खुला पार्। यदि तँ आफ्ना सबै विचार र तैँले गर्न चाहेका सबै कुराहरू—चाहे ती सकारात्मक होऊन् वा नकारात्मक—अरूले देख्ने गरी उदाङ्गो पार्न सक्छस् भने, के तँ तब इमानदार भइरहेको हुँदैनस् र? जब तैँले आफूलाई अरूले देख्ने गरी उदाङ्गो पार्छस्, तब परमेश्‍वरले तँलाई हेरिरहनुभएको हुन्छ। उहाँले भन्नुहुनेछ, ‘तैँले आफूलाई अरूले देख्ने गरी उदाङ्गो पारेको हुनाले, तँ मेरो सामु पनि पक्कै इमानदार छस्।’ तर यदि तँ गोप्य रूपमा परमेश्‍वरसामु मात्रै आफूलाई उदाङ्गो पार्छस्, तर अरूसामु सधैँ महान्, कुलीन, र निःस्वार्थ भएको नाटक गर्छस् भने, परमेश्‍वरले तेरो बारेमा के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, ‘तँ पूर्ण रूपमा छली व्यक्ति होस्। तँ एक पक्का पाखण्डी र बदमास होस्, र तँ एक इमानदार व्यक्ति होइनस्।’ परमेश्‍वरले तँलाई यसरी निन्दा गर्नुहुनेछ। एक इमानदार व्यक्ति हुनुको अर्थ के हो भने, तँ परमेश्‍वरसामु भए पनि वा अरू मानिसहरूसामु भए पनि, तँ आफ्नो भित्री स्थिति र आफ्नो हृदयका शब्दहरूबारे शुद्ध र सरल तरिकाले खुल्न सक्छस्। के यो गर्न सजिलो छ? यसका लागि एक अवधिको प्रशिक्षण, साथै बारम्बारको प्रार्थना र परमेश्‍वरप्रतिको निर्भरता आवश्यक छ। तैँले सबै मामिलामा आफ्नो हृदयका शब्दहरू सरल र खुला रूपमा बोल्न आफूलाई प्रशिक्षित गर्नैपर्छ। यस्तो प्रकारको प्रशिक्षणले, तँ प्रगति गर्न सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्दा, यसले मलाई परमेश्‍वर मबाट के चाहनुहुन्छ भनेर बुझ्न मदत गऱ्यो। उहाँ म इमानदार व्यक्ति बनेको चाहनुहुन्थ्यो। भन्‍नुको मतलब, मैले अरूसित आफ्नो भ्रष्टता खुलासा गर्न र आफ्ना सोचहरू इमानदारीपूर्वक व्यक्त गर्न सिक्‍नुपर्थ्यो ताकि तिनीहरूले मेरा कमजोरी र समस्याहरू देख्‍न सकून्। यदि मैले आफ्ना कमजोरी र असफलताहरूलाई खुलासा नगर्ने बरु यसको साटो सङ्गतिको काम र भेलाहरूलाई सधैँ आफ्नो प्रदर्शन गर्नलाई प्रयोग गर्ने काम गरेर सधैँ आफ्नै बढाइ मात्र गरिरहेँ भने, यो अत्यन्तै घोर बेइमानी हुनेछ। यो दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने काम हुनेछ। मैले म पूर्ण रूपले इमानदार व्यक्ति हुनुपर्छ भनेर बुझेँ। मैले आफ्ना गलत विचारहरूबारे पनि केही बुझाइ प्राप्त गरेँ। अगुवा भनेको कमीकमजोरी नभएका वीर व्यक्ति हुनुपर्छ भनेर सोच्थेँ, जस्तो कि, संसारका केही निर्देशक, अरूभन्दा उच्‍च ओहोदामा भएका, अरूभन्दा उत्तम व्यक्ति। तर परमेश्‍वरले चाहनुहुने प्रकारको अगुवा त्यो होइन। परमेश्‍वर सरल र इमानदार मानिसहरू चाहनुहुन्छ। यस्ता मानिसहरूले आफ्ना भ्रष्टता र कमीकमजोरीहरूबारे खुलेर बताउन सक्छन्, र तिनीहरूले सत्यतालाई प्रेम र अभ्यास गर्छन। तिनीहरूको सङ्गतिको उद्देश्य आफ्नो प्रदर्शन गर्नु नभई आफ्ना अनुभवहरूको प्रयोग गरी दाजुभाइ र दिदीबहिनीहरूलाई मदत गर्नु हुन्छ। मैले प्रभु येशूले भन्‍नुभएको कुरा सम्झेँ: “तर तिमीहरूलाई रब्बी नभनियोस्: किनभने तिमीहरूका मालिक, ख्रीष्‍ट समेत एउटै हुनुहुन्छ; र तिमीहरू सबै दाजुभाइ हौ। … तिमीहरूलाई मालिक पनि नभनियोस्: किनभने तिमीहरूका मालिक, ख्रीष्‍ट समेत एउटै हुनुहुन्छ। तर तिमीहरूमध्येको सबैभन्दा ठूलो तिमीहरूको नोकर हुनेछ। अनि जसले आफैलाई उच्‍च पार्छ त्यसलाई होच्याइनेछ; र जसले आफैँलाई नम्र तुल्याउँछ त्यसलाई उच्च पारिनेछ” (मत्ती २३:८-१२)। अगुवाले सेवकको भूमिका निर्वाह गर्छ, ऊ थुप्रै जिम्मेवारी बहन गर्ने सेवक हो भनेर मैले बुझेँ। चाहे जेसुकै होस्, उसले सधैँ आफ्नो जिम्मेवारी मनमा गुन्‍नुपर्छ, र यो जिम्मेवारी भनेको आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई मलजल र सहयोग गर्नु, र तिनीहरूलाई समस्या समाधान गर्न मदत गर्नलाई सत्यता खोज्नु हो। अगुवा अधिकारी होइन र ऊ अरूभन्दा माथि हुँदैन। तर मैले अगुवाको रूपमा आफ्नो सारा समय नाटक मात्र गरिरहेको थिएँ, र मानिसहरूले मेरो आदर गरून् र मलाई आदर्श बनाऊन् भन्‍ने आशा गरिरहेको थिएँ। के यो परमेश्‍वरका मापदण्डहरूको ठीक उल्टो काम थिएन र? परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र जतिसुकै माथिल्लो वा तल्लो पदका भए पनि, सबै मानिसहरू आखिर सृष्टि गरिएका प्राणी हुन्, र तिनीहरूले सृष्टिकर्ताको आराधना गर्नुपर्छ। मैले सृष्टि गरिएको प्राणीको स्थानमा बसेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्ने मेरो भूमिका र जिम्मेवारी बुझेँ। त्यस क्षणयता, मेरो मानसिकतामा परिवर्तन आयो र म सचेत भई इमानदार हुने अभ्यास गर्न थालेँ। मैले आफ्नै बढाइ र आफ्नै प्रदर्शन गरिरहेको थाहा पाउँदा, म त्यो चेतन मनले खुलेर बताउथेँ र आफ्ना भ्रष्टता र कमीकमजोरीहरूको खुलासा गर्थें। कहिलेकाहीँ त्यो पीडादायी हुन्थ्यो, तर त्यसले म वास्तवमा कत्तिको बेइमान रहेछु भनेर देखाउँथ्यो। मलाई थाहा भयो, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई निकै मूर्ख बनाउँदै आइरहेको रहेछु। म जति धेरै खुलेँ, उति नै धेरै मैले आफ्नो साँचो रङ्ग र साँचो कदलाई बुझेँ। म आफूले कल्पना गरेजस्तो उच्‍च र शक्तिशाली होइन रहेछु भनेर थाहा पाएँ। पहिले, दाजुभाइ-दिदीबहिनीहरूसँगका मेरा सबै सङ्गतिमा, मैले आफूलाई उच्‍च पार्दै र धर्मसिद्धान्तद्वारा मानिसहरूलाई प्रोत्साहन र मदत गर्दै आएको थिएँ। तर अबचाहिँ मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई खुलस्त भएर आफ्नो स्थिति बताउन र सङ्गतिमा तिनीहरूसँग आफ्नो हृदय खोल्न थालेँ। मैले यो गरेपछि, आफूलाई अरूभन्दा जान्‍ने-बुझ्ने ठानिनँ। बरु, मैले तिनीहरूका अनुभवहरूबाट पाठ सिक्‍न सकेँ र अरूको सङ्गतिबाट ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न सकेँ। पहिला, म अरूको सङ्गतिमा बिरलै मात्र ध्यान दिन्थेँ, र अहङ्कारी हुँदै अरूलाई ज्योति प्रदान गर्ने मै हुँ भन्‍ने ठान्थेँ। अबचाहिँ मैले अरूसित हृदय खोलेर कुराकानी गरिरहेको थिएँ, र दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेका अनुभव र ज्ञानलाई साँचो रूपमा सुन्‍न सक्थेँ। मेरो हठी र अभिमानी व्यवहार घट्न थाल्यो र मैले दाजुभाइ-दिदीबहिनीसँग सामान हैसियतमा मिलेर बस्‍न सकेँ। मेरो समझशक्ति सामान्य बन्दै गयो, र भेलाहरूमा सङ्गति गर्दा म आफ्नो हृदय खोल्न सक्षम भएँ। मेरो यस परिवर्तनका लागि म परमेश्‍वरप्रति अति कृतज्ञ छु।

अहिले कहिलेकाहीँ, मैले अझै पनि आफूलाई प्रदर्शन गरिरहेको पाउँछु, र यसले मलाई म शैतानद्वारा कत्ति गहिरो गरी भ्रष्ट पारिएको रहेछु, र यो क्षणिक कुरा होइन, बरु मेरो नसा-नसा र रगतमा बसेको कुरा रहेछ भन्‍ने देखाउँछ। मैले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुपर्छ, उहाँका वचनहरूको न्याय र प्रकाश अझ धेरै अनुभव गर्नुपर्छ, आफ्नो भ्रष्टता र त्रुटीहरू चिन्‍न र आफ्नो शैतानी स्वभाव फाल्न सक्‍नुपर्छ, र यसरी परमेश्‍वरको मुक्ति पाउनुपर्छ। धन्यवाद सर्वशक्तिमान् परमेश्‍वर!

अघिल्लो: ३. परमेश्‍वरका वचनहरूले मेरा गलतबुझाइहरू हटाइदिए

अर्को: ५. इमानदारी तरिकाले बोल्‍न समस्या हुँदा

सम्बन्धित विषयवस्तु

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्