११. नाम र दाम खोज्नेबारे आत्मसमीक्षा
मे २०२१ मा, म टोली अगुवा चयन भएँ र मलजल कार्यको लागि जिम्मेवार व्यक्ति बनेँ। त्यो खबर सुन्दा मलाई साह्रै खुसी लाग्यो किनभने ब्रदर-सिस्टरहरूलाई मलजल गरेर सत्यताबारे ठूलो मात्रामा अन्तर्ज्ञान र समृद्ध अनुभव प्राप्त गर्नेछु भन्ने मैले सोचेँ। यदि ब्रदर-सिस्टरहरूले जीवन प्रवेशमा सामना गरेका समस्याहरूलाई मैले समाधान गर्न सकेँ भने, उनीहरूले मलाई पक्कै पनि असल र सत्यता बुझ्न सक्ने व्यक्ति ठान्नेछन्, र म मण्डलीको एउटा खम्बा बन्न सक्छु भनेर भन्नेछन्। त्यसैले, मैले आफूलाई कर्तव्यमा समर्पित गरेँ, सङ्गति गर्न अक्सर भेलाहरूमा गएँ, ब्रदर-सिस्टहरूलाई समस्या आइपर्दा सो समस्या हल गर्न उनीहरूलाई मदत गर्न परमेश्वरका वचनहरूभित्र खोजी गर्ने पहल गरेँ। केही समयपछि, ब्रदर-सिस्टरहरू मनमा कुनै प्रश्न उठ्दा सङ्गति गर्न मकहाँ आउँथे र म एकदमै खुसी थिएँ।
समयसँगै, धेरै मानिसहरूले आखिरी दिनहरूको परमेश्वरको काम स्वीकार गरेपछि मण्डलीमा मानिसहरूको सङ्ख्या बिस्तारै बढ्दै गयो। एक दिन भेलामा, एक मण्डली अगुवा नयाँ विश्वाशीहरूलाई मलजल गर्न र मेरो काममा सहयोग गर्न आउनेछन् भनेर मैले थाहा पाएँ। ब्रदर-सिस्टरहरूले समस्या समाधान गर्नुपरेमा उनलाई पनि सोध्न सक्थे। यो सुन्दा मलाई पटक्कै खुसी लागेन किनभने यी अगुवाले मलाई पहिला मलजल गरेका थिए, उनीसित राम्रो क्षमता थियो, उनले मैलेभन्दा धेरै बुझेका थिए, परमेश्वरका वचनबारे एकदमै स्पष्टसित सङ्गति गर्थे, र ब्रदर-सिस्टरहरूको समस्या सहजै समाधान गर्न सक्थे। मैले मनमनै सोचेँ, “अब, उनी मेरो पार्टनर बन्न आउँदैछन्, के अब ब्रदर-सिस्टरहरू पहिले जस्तै तिनीहरूका सबै प्रश्नहरू लिएर मकहाँ आउनेछन् त? के तिनीहरूले मलाई पन्छाएर मेरा अगुवालाई सोध्नेछन्? भविष्यमा मलाई कसले पो मान गर्लान् र? ब्रदर-सिस्टरहरूको मनमा बसेको मेरो दर्जा मेटिनेछ।” यो सोचेर अगुवासँग सहकार्य गर्न पटक्कै मन लागेन। ठीक त्यही समयमा, मलाई सङ्कटको अनुभूति भयो। मनमनै भनेँ, “म यो हुन दिन सक्दिनँ। मैले ब्रदर-सिस्टरहरूको हृदयमा मेरो दर्जा कायम राख्नुपर्छ।” त्यसबेलादेखि, मैले ब्रदर-सिस्टरहरूको स्थिति खराब भएको वा उनीहरूलाई समस्या आइपरेको सुन्दा, मेरो अगुवा पहिल्यै त्यहाँ पुग्लान् भन्ने डरले म सङ्गति गर्न र उनीहरूको समस्या हल गर्न उनीहरूकहाँ पुगिहाल्थेँ। मैले ब्रदर-सिस्टरहरूलाई व्यक्तिगत तवरमा सम्पर्क गरेर पनि उनीहरूलाई मदत चाहिएको छ कि भनेर सोध्थेँ, र कुनै प्रश्न वा दुविधा छ भने मसँग मदत माग्नू, म मदत गर्न सक्छु भनेर उनीहरूलाई भन्थेँ। त्यसो गर्दा, ब्रदर-सिस्टरहरूले आफ्नो समस्या हल गर्न ती अगुवासँग सम्पर्क नगर्लान् भन्ने सोचेँ। तर मैले योजना गरेजस्तो गरी सहजसित कामकुरा भएनन्। उनीहरूले सोधेका धेरै समस्याहरूलाई मैले स्पष्टसित बुझ्नै सकिनँ र तिनलाई कसरी समाधान गर्ने मलाई थाहै थिएन, तर मैले ती अगुवालाई सोध्न चाहिनँ। मैले मनमनै सोचेँ, “यदि मैले अगुवालाई सोधेमा, के उनले म सत्य बुझ्दिनँ र समस्याहरू समाधान गर्न सक्दिनँ भनेर सोच्दैनन् र? यसअलावा, यदि मैले अगुवालाई ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्न छाडेँ भने, के उनीहरूले म अयोग्य र मदत गर्न असक्षम छु भनेर सोच्दैनन् र?” म उनीहरूलाई मदत गर्न सक्दिनँ भनेर देखाउन चाहन्नथेँ। म यो कर्तव्यको लागि योग्य छु भनेर सबैले थाहा पाऊन् भन्ने चाहन्थेँ, ताकि उनीहरूको मनमा प्रश्न उठ्दा उनीहरूले मलाई सोधिरहून्। तर म एक्लैले ब्रदर-सिस्टरहरूलाई मदत गर्नु गाह्रो थियो। कतिपय कुराहरू मैले अनुभव नगरेका हुन्थेँ र समस्याको हल निकाल्न उनीहरूसित कसरी सङ्गति गर्ने भनेर मलाई थाहा थिएन, र कहिलेकाहीँ उनीहरूको समस्या समाधान गर्नका लागि परमेश्वरको वचनका सान्दर्भिक खण्डहरू फेला पार्न मलाई धेरै दिन लाग्थ्यो र अरू ब्रदर-सिस्टरहरू जिज्ञासा लिएर मकहाँ आउँदा मसित उनीहरूलाई भेटने समय हुँदैनथ्यो। त्यसरी नै एक महिना बित्यो, र मैले केही ब्रदर-सिस्टरहरूलाई समयमै मदत गर्न नसक्दा उनीहरूका समस्या समाधान हुन सकेन र उनीहरू खराब स्थितिमा रहिरहे। यदि मैले नबुझेका यी समस्याबारे ती अगुवालाई बताएको भए, उनीहरूलाई मदत गर्न हामीले सँगै सत्यता खोज्न सक्थ्यौँ, र सबैको समस्या सक्दो चाँडो समाधान गर्न सकिन्थ्यो, तर मैले त्यसो गरिनँ। मलाई अलि दोषी महसुस भयो, किनकि मलाई थाहा थियो, यदि यस्तै गरिरहेँ भने, मैले निश्चय नै मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा गम्भीर रूपमा बाधा पुर्याउनेछु।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ, र त्यसपछि मात्र मैले कर्तव्यप्रतिको मेरो मनोवृत्तिको बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ: “कर्तव्यहरू भनेका परमेश्वरले मानिसहरूलाई सुम्पनुभएका आज्ञा हुन्; ती मानिसहरूले पूरा गर्नुपर्ने मिसनहरू हुन्। तर, कर्तव्य भनेको निश्चय नै तेरो व्यक्तिगत उद्यम होइन, न त यो तँलाई भीडहरूबाट माथि उठाउने खुड्किलो नै हो। कतिपय मानिसहरूले आफ्ना कर्तव्यलाई तिनीहरूका आफ्नै व्यवसाय सञ्चालन गर्न र गिरोह निर्माण गर्नको लागि प्रयोग गर्छन्; कतिले आफ्नै इच्छाहरू पूरा गर्न; कतिले आफूभित्रको रिक्ततालाई भर्न; अनि कतिले चाहिँ आफूले आफ्ना कर्तव्यहरू निभाउँदा परमेश्वरको घरमा अनि परमेश्वरले मानिसको लागि बन्दोबस्त गर्नुभएको सुन्दर गन्तव्यमा सहभागी हुन पाइन्छ भन्ने सोच्दै सौभाग्यमा विश्वास गर्ने आफ्नो मानसिकतालाई तृप्त पार्न यसको प्रयोग गर्छन्। कर्तव्यसम्बन्धी त्यस्ता मनोवृत्तिहरू गलत छन्; परमेश्वरले यस्ता मनोवृत्तिलाई घृणा गर्नुहुन्छ र तिनलाई तुरुन्तै सुधार गरिनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्वरका वचनहरू पढ्दा मैले के बुझेँ भने, हाम्रा कर्तव्यहरू परमेश्वरले दिनुभएको कार्य हुन्, व्यक्तिगत मामिला होइनन्, र हामीले कर्तव्यलाई आफ्नो प्रदर्शन गर्ने र अरूको प्रशंसा कमाउने माध्यमको रूपमा लिनु हुँदैन, न त कर्तव्य पूरा गर्ने कार्यलाई हामीले अरूलाई आफ्नो आदर गराउन प्रतिष्ठा र हैसियतको खोजी गर्ने अवसरको रूपमा प्रयोग गर्नु नै हुन्छ। यसको साटो, हामीले आफ्नो कर्तव्यलाई दायित्वको रूपमा लिनुपर्छ र त्यसलाई परमेश्वरले चाहनुभएअनुसार पूरा गर्नुपर्छ। तर आफ्नो कर्तव्यप्रति मेरो मनोवृति कस्तो थियो? ख्याति र लाभको पछि लाग्न र आफ्ना इच्छाहरू पूरा गर्न मैले आफ्नो कर्तव्य निर्वाह गरेँ। म ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा र आराधना गरून् भन्ने चाहन्थेँ। म उनीहरूको जीवनको लागि कुनै बोझ बोक्दिनथेँ र वास्तवमा उनीहरूलाई मदत गर्न चाहन्नथेँ, तर उनीहरूमा मेरो राम्रो छाप परोस् भन्ने चाहन्थेँ ताकि उनीहरूले मेरो बारेमा कुरा गर्दा, म एकदमै असल र दयालु छु भनेर भनून्। मैले आफ्नो कर्तव्यलाई ख्याति, लाभ र हैसियत खोजी गर्न प्रयोग गरेँ ताकि म मानिसहरूको हृदयमा ठाउँ बनाउन सकूँ, र उनीहरू समस्या लिएर मकहाँ आऊन् र परमेश्वरलाई अलग राखून्। मैले व्यक्तिगत उद्यम चलाइरहेको थिएँ। त्यसपछि मैले कर्तव्यप्रति आफ्नो मनोवृति गलत छ भन्ने महसुस गरेँ। म ब्रदर-सिस्टरहरूलाई मदत गर्न सक्ने भए पनि, कर्तव्य राम्ररी गर्नु मेरो मनसाय थिएन र त्यसले परमेश्वरलाई कहिल्यै सन्तुष्ट पार्नेथेन।
पछि, मैले एउटा खण्ड देखेँ जहाँ परमेश्वरले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नुभएको छ, र त्यो मेरो स्थितिसँग ठ्याक्कै मेल खान्थ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्वास गर्छ? के उसले साँच्चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। उसको उद्देश्य स्पष्ट छ, सरल रूपमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर रूपमा क्षति गर्नेछ, र यो फाइदाभन्दा बेफाइदा बढी हुनेछ भन्ने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, उसले अझै पनि नाटक गर्न जारी राख्नेछ। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण, नगण्य व्यक्ति भएको स्वीकार गरेमा, मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि मैले के बुझेँ भने, ख्रीष्ट विरोधीहरूले हैसितय मन पराउँछन्। तिनीहरूले अरूको हृदयमा आफ्नो राम्रो छवि बनाइराख्न मानिसहरूलाई आफ्ना कठिनाइ कहिल्यै बताउँदैनन्, किनभने आफ्नो कमजोरी सबैले देख्छन् भन्ने तिनीहरूलाई डर हुन्छ। आफ्नो कर्तव्यमा समस्या आइपर्दासमेत तिनीहरू बहाना बनाउँछन्, ताकि अरूले तिनीहरूलाई सर्वशक्तिशाली र सत्य बुझ्ने व्यक्तिको रूपमा हेरून्। मेरो स्थिति यस्तै थियो। देखिँदो रूपमै मसित मैले समाधान गर्न नसक्ने धेरै समस्याहरू थिए, तर मैले कसैसँग पनि मदत मागिनँ, म त ब्रदर-सिस्टरहरूलाई ममा कुनै कमीकमजोरी छैन, र उनीहरूका सबै समस्या समाधान गर्न म सक्षम छु भनी सोच्न लगाउन मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि बनाउन चाहन्थेँ। उनीहरूको हृदयमा मेरो स्थान र छवि कायम गरिराख्न मैले छदम् भेष धारण गरेँ, र मैले अगुवाबाट मदत खोज्नुको सट्टा परमेश्वरका वचनहरूभित्र आफै खोजी गर्नमा धेरै समय खर्चने बाटो रोजेँ। नतिजास्वरूप, मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा पुऱ्याएँ। मेरो भ्रष्ट स्वभाव गम्भीर भएको र म ढोँगी हुँ भनेर मैले बुझेँ। प्रारम्भिक यहूदियामा, कसरी फरिसीहरू बाहिरी रूपमा नम्र र सहनशील हुन्थे भनेर सोचेँ। तिनीहरू अक्सर चोकमा प्रार्थना गर्थे वा अरूलाई धर्मशास्त्रको व्याख्या गर्थे। मानिसहरूको हृदयमा तिनीहरूको राम्रो छवि थियो, तर वास्तवमा भित्रबाट तिनीहरू ढोँगी, अहङ्कारी र दुष्ट थिए, परमेश्वरप्रति तिनीहरूसित आज्ञाकारिता वा डर थिएन, अनि तिनीहरूले जे गरे त्यो परमेश्वरको वचन पालन गर्नका लागि थिएन। तिनीहरूले अरूलाई आफ्नो भक्ति र प्रशंसा गर्न लगाउन असल व्यवहार देखाएर मानिसहरूलाई धोका दिने र भ्रम सिर्जना गर्ने काम मात्र गरे। मैले बुझेँ, म फरिसीहरूजस्तै ढोँगी थिएँ र परमेश्वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको थिएँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले गर्ने कार्यहरूको सार भनेको तिनीहरूले निरन्तर विभिन्न उपाय र विधिहरू प्रयोग गरेर आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नु, मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नु अनि उच्च हैसियत प्राप्त गर्नु हो ताकि मानिसहरूले तिनीहरूलाई पछ्याऊन् र आराधना गरून्। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानिसका लागि परमेश्वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्चित छ: तिनीहरूले मानिसका लागि परमेश्वरसँग होड नगरे पनि, तिनीहरू मानिसहरूका बीचमा आफूसँग हैसियत र शक्ति होस् भन्ने कामना गर्छन्। एक दिन तिनीहरूले हैसियतका लागि परमेश्वरसँग होड गरिरहेका छन् भन्ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई अलिकति लगाम लगाए पनि, तिनीहरूले अझै हैसियत र ख्याति पछ्याउन विभिन्न विधिहरू प्रयोग गर्छन्; केही मानिसहरूबाट मान्यता र प्रशंसा प्राप्त गर्न सकिएमा वैध हैसियत प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई हृदयमा स्पष्टै थाहा हुन्छ। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो सबै कर्तव्य निर्वाह गरेजस्तो देखिए पनि, यसको परिणाम भनेको मानिसहरूलाई बहकाउने, र तिनीहरूलाई आफ्नो आराधना गर्न र आफूलाई पछ्याउन लगाउने हुन्छ—परिणामस्वरूप, तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको आफैलाई उचाल्नु र आफ्नै बारेमा गवाही दिनु हो। मानिसहरूलाई नियन्त्रण गर्ने—र मण्डलीमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन। तिनीहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। परमेश्वरले जे भन्नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे माग गर्नुभए पनि, ख्रीष्टविरोधीहरूले उहाँका वचनहरू र मागहरूअनुसार जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, न त अलिकति सत्यता बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतको पछ्याइलाई नै त्याग्छन्। जतिखेर पनि तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अझै रहिरहेका हुन्छन्, र तिनले अझै पनि तिनीहरूको हृदय कब्जा गरेको र तिनीहरूको सम्पूर्ण अस्तित्व नियन्त्रण गरेको हुन्छ, र यसरी यिनैद्वारा तिनीहरूका बानीबेहोरा र विचारहरू निर्देशित गरिएको, र तिनीहरू हिँड्ने मार्ग निर्धारित भएको हुन्छ। तिनीहरू खाँटी ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूमा सबभन्दा बढी के देखिन्छ? कतिपय मानिस भन्छन्, ‘ख्रीष्टविरोधीहरू मानिसका लागि परमेश्वरसित होडबाजी गर्छन्, तिनीहरू परमेश्वरलाई स्विकार्दैनन्।’ तिनीहरूले परमेश्वरलाई नस्विकार्ने चाहिँ होइन; तिनीहरू हृदयमा सच्चा रूपले उहाँको अस्तित्व स्विकार्छन् र त्यसमा विश्वास गर्छन्। तिनीहरू उहाँलाई पछ्याउन इच्छुक हुन्छन् र सत्यता पछ्याउन चाहन्छन्, तर आफूलाई नियन्त्रण गर्न सक्दैनन्, त्यसैले दुष्टता गर्न सक्छन्। तिनीहरूले मिठा कुराहरू धेरै भन्न सक्ने भए पनि एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन: शक्ति र हैसियतका लागि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैनन्। तिनीहरूले कहिल्यै असफलता वा रोकावटका कारण, वा परमेश्वरले तिनीहरूलाई पन्छाउनुभएको वा त्याग्नुभएको कारण शक्ति र हैसियत पछ्याउन छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्)। मानिसहरूलाई आफ्नो पछि लगाउन र उनीहरूलाई नियन्त्रण गरी अधिकारमा राख्ने आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न ख्रीष्टविरोधीहरू प्रसिद्धि र हैसियतको पछि लाग्छन् भनेर परमेश्वर भन्नुहुन्छ। मानिसहरूलाई आफ्नो बनाउन तिनीहरू परमेश्वरसँग प्रतिस्पर्धा गर्छन्। म हिँडिरहेको यो बाटो परमेश्वरको प्रतिरोध गर्ने बाटो थियो। म परमेश्वरमा विश्वास गर्थेँ र उहाँलाई प्रेम गर्न चाहन्थेँ, र मलाई यो पनि थाहा थियो कि सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता छ, र उहाँ सबैभन्दा माथि हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ र हामीले उहाँको आराधना गर्नुपर्छ। तर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा म सधैँ मानिसहरूको हृदयमा आफ्नो ठाउँ बनाउन उनीहरूलाई मेरो प्रशंसा र भक्ति गर्न लगाउन चाहन्थेँ। म ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेको थिएँ। मैले धार्मिक संसारका पाष्टर र एल्डरहरूबारे सोचेँ, र तिनीहरूले सुसमाचार प्रचार गर्ने, बाइबल व्याख्या गर्ने, मानिसहरूको लागि प्रार्थना गर्ने, आशिष् दिने, र देखावटी रूपमा केही राम्रा कामहरू गर्ने भए पनि, यी सबै गर्नुको उद्देश्य आफ्नो हैसियत जोगाउनु र विश्वासीहरूलाई आफ्नो मान गर्न र पछि लाग्न लगाउनु हो, र उनीहरूको मनमा प्रश्न उठ्दा मार्गदर्शनको लागि उनीहरू आफूकहाँ आऊन् भनेर हो। उनीहरूले प्रभुको आगमनबारे सुन्दा र साँचको मार्गको खोजी र अनुसन्धान गर्न चाहँदासमेत, आफ्ना पाष्टरहरूको सहमति खोज्छन्। के यो मानिसहरूले आफूलाई परमेश्वरको रूपमा व्यवहार गरून् भनेर होइन र? यी पाष्टर र अगुवाहरूले मानिसहरूमाथि कडा नियन्त्रण राख्छन्, तिनीहरू खुल्ला रूपमै परमेश्वरका वैरी हुन्, र तिनीहरू परमेश्वरमा विश्वास गर्ने भए पनि उहाँको विरोध गर्ने ख्रिष्टविरोधी बन्छन्। म त्यस्तै थिएँ। म ब्रदर-सिस्टरहरूले मलाई आदर गरून् र आफ्ना सबै समस्या लिएर मकहाँ आऊन्, अगुवाकहाँ नजाऊन् भन्ने चाहन्थेँ। वास्तवमा, मैले विश्वास गर्न थालेको धेरै भएको थिएन र मसित थोरै अनुभव थियो। ममा ब्रदर-सिस्टरहरूको स्थिति र समस्याहरूको बारेमा अन्तर्दृष्टिको कमी थियो। म उनीहरूलाई राम्रोसँग मदत गर्न सक्दिनथेँ, तैपनि मैले सत्यताको खोजी गरिनँ, र म अगुवासित सहकार्य गर्न इच्छुक थिइनँ, म त ब्रदर-सिस्टरहरू मेरो वरिपरि घुमून् भन्ने मात्र चाहन्थेँ। म साँच्चै नै अहङ्कारी र अनुचित थिएँ! विगतमा मलाई लाग्थ्यो, उच्च तहका अगुवाहरूले मात्र ख्रीष्टविरोधीको बाटो हिँड्ने र ख्रीष्टविरोधी बन्ने सम्भावना हुन्छ, र म उच्च हैसियत नभएको टोली अगुवा भएकोले त्यो बाटो हिंड्नेछुइनँ। तर यो दृष्टिकोण गलत रहेको महसुस गरेँ। परमेश्वरको वचनको न्याय र प्रकाश नभएको भए मलाई आफू ख्रीष्टविरोधी मार्गमा हिँडेको कहिल्यै थाहा हुनेथेन, म भ्रष्ट स्वभावद्वारा जिउनेथेँ र अझ धेरै दुष्कर्म गर्नेथेँ र मलाई परमेश्वरले इन्कार गरेर हटाउनुहुनेथ्यो। यो कुरा बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएकोमा मैले परमेश्वरलाई धन्यवाद दिएँ। मलाई थाहा थियो, मैले पश्चात्ताप गर्नुपर्छ, प्रसिद्धि, लाभ र हैसियतको पछि लाग्नुहुँदैन, बरु परमेश्वरले चाहनुभएअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।
पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ. परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जि। यति नै पर्याप्त छ, र यसले परमेश्वरलाई सन्तुष्ट पार्नेछ। मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूको मूर्तिपूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। … तँलाई आफ्नो कर्तव्य निर्वाह गर्नु वास्तवमा कठिन हुँदैन, न त अर्पणका साथ, अनि मानकअनुरूप त्यो पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्नै विचारहरू नराखी वा आफ्नै उद्यम सञ्चालन नगरी, सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू आज्ञाकारी र व्यावहारिक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव रूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरूले मलाई उहाँको इच्छा बुझाइदिए। आज, परमेश्वरले मानिसहरूलाई मुक्ति दिन धेरै वचनहरू व्यक्त गर्नुभएको छ र उहाँ हामीले उहाँका वचनहरू सुन्ने, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थान लिने, उहाँका मापदण्डअनुसार निष्ठापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने, आफ्नो भ्रष्ट स्वभाव त्याग्ने र मुक्ति पाउने आशा गर्नुहुन्छ। आफ्नो कर्तव्यमा हामी प्रतिष्ठा र हैसियत कायम राख्न व्यक्तिगत उद्यममा संलग्न हुनुहुँदैन। त्यसको सट्टा, हामीले गुप्त मनसायहरूलाई पन्छाउनुपर्छ, र लगनशील भई सत्यताको पछि लाग्नुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्न सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। परमेश्वरका वचनको मार्गदर्शनले मैले अभ्यासको मार्ग भेट्टाएँ।
केही दिनपछि, एउटी सिस्टरले मलाई आफ्ना समस्याहरू बताउँदै मदत चाहियो भनिन्। त्यो क्षेत्रमा मसित अनुभव थिएन र त्यो समस्या कसरी समाधान गर्ने मलाई थाहा थिएन। तर मैले आफ्नो योग्यता प्रमाणित गर्नका लागि पहिलाजस्तो व्यवहार गर्दै अगुवाको सहयोग इन्कार गर्नु हुँदैन भन्ने महसुस गरेँ, त्यसैले मैले यस समस्याबारे अगुवालाई सोधेँ। मैले भनेँ, “म यो समस्या समाधान गर्न सक्दिनँ। के तपाईं मलाई मदत गर्न सक्नुहुन्छ?” अगुवाले परमेश्वरका वचनहरूका उपयुक्त खण्डहरू खोजेर मलाई पठाए, र हामीले सँगै सङ्गति गरी ती सिस्टरको समस्या समाधान गऱ्यौँ। त्यसपछि, आफूले नबुझ्ने कुनै पनि समस्या आइपर्दा, म अगुवासित खोजी र सहकार्य गर्थेँ, र त्यसउप्रान्त म पहिलेजस्तै एक्लै काम गर्दिनथेँ। अहिले मेरो मनोवृत्ति पहिलेको भन्दा फरक छ। अहिले, ब्रदर-सिस्टरहरूले मलाई मान गर्लान् कि नगर्लान् भनेर सोच्दिनँ। त्यसको सट्टा, म उनीहरूको समस्या कसरी अझ राम्रोसँग समाधान गर्न सकिन्छ भनेर सोच्छु। यस्तो अभ्यासले मलाई एकदमै सहज महसुस गराउँछ। धन्यवाद परमेश्वर।