१. मैले मेरो झूट बोल्‍ने बानीलाई कसरी सुधार गरेँ

मेरिनेट, फ्रान्स

विगतमा, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई सत्य बोलेर कतै मानिसहरूलाई निराश पार्छु वा चिढ्याउँछु कि भन्‍ने डर लाग्थ्यो। सन् २०१८ को नोभेम्बरमा, मैले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरेँ, अनि मैले बेइमान र छली मानिसहरूलाई उहाँले घृणा गर्नुहुन्छ, र शुद्ध र इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ भनेर उहाँका वचनहरूबाट सिकेँ। मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने निर्णय गरेँ, र केही समयको अभ्यासपछि, मैले धेरैजसो समय इमानदारीपूर्वक बोल्न सकेँ। उदाहरणको लागि, मैले औषधी किन्दा €५० भन्दा धेरै पैसा तिर्नु थियो, तर पसलेले गलत हिसाब गरेर आधा दाम मात्र लिए, मैले झट्टै त्यो गल्ती देखाइदिएँ। तर, केही कुराले मेरो प्रतिष्ठा वा व्यक्तिगत हितलाई प्रभाव पार्दा भने इमानदार हुन गाह्रो हुन्थ्यो।

एक दिन अपराह्ण, म यसो एक झप्को निदाउन लागेकी थिएँ, मेरी पार्टनर सिस्टर सुसनलीले अचानक हाम्रो कामबारे च्याट गर्नु छ भनेर मेसेज गरिन्। उनको मेसेज देखेर मलाई त्यति खुसी लागेन किनकि म अत्यन्तै व्यस्त थिएँ, राम्ररी सुतेकै थिइनँ, थकित थिएँ र मलाई कुनै कुरा पनि छलफल गर्न मन थिएन। त्यति बेला मैले आराम गर्नुबाहेक अरू कुनै कुरा सोच्न सकेकी थिइनँ, तर त्यो कुरा मैले सुसनलाई सीधै बताउने आँट गरिनँ किनभने उनले मलाई अल्छे र शारीरिक आरामलाई बढी ध्यान दिने भन्‍ने सोच्लिन् र उनको अगाडि मेरो नराम्रो छाप पर्ला भन्‍ने मलाई डर लाग्यो। त्यसैले, आफ्नो छवि जोगाउन मैले उनलाई यसो मात्र भनेँ, “सरी है, मेरो डाक्टरसित अपोइन्टमेन्ट छ। म भेट्न जानुपर्छ।” केही नसोची मेरो मुखबाट फुत्त झूट निस्किहाल्यो। सुसनसित झूट बोलिसकेपछि मलाई यत्ति साह्रो दोषी महसुस भयो कि मैले पटक्‍कै आराम गर्न सकिनँ, र हरपल नमज्‍जा लागिरह्यो। परमेश्‍वर इमानदार मानिसलाई मन पराउनुहुन्छ। कसरी मैले त्यतिकै झूट बोल्न सकेँ? अनि म कसरी भरपर्दो हुन सक्छु र? मलाई थाहा थियो, आफ्नो शारीरिक आरामका लागि झूट बोल्नु सही होइन, परमेश्‍वरले त्यसलाई मन पराउनुहुनेछैन, र मैले मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ। मैले तुरुन्तै सुसनलाई सम्पर्क गरेँ। उनले मलाई डाक्टरसित भेटेर फर्किसक्‍नुभएको हो कि भनेर सोधिन्। म उनको अघि नराम्रो हुन र उनले मलाई छली व्यक्ति ठानेको चाहन्‍नथेँ, त्यसैले मैले उनलाई सत्य कुरा बताइनँ, बरु झूटलाई नै निरन्तरता दिएँ, र भनेँ: “डाक्टरले अन्तिम समयमा क्यान्सिल गरिन्, उनलाई खोप क्लिनिकमा जानु परेछ।” त्यसपछि, हाम्रो कुराकानी कामतिर मोडियो तर मलाई दोषी महसुस भयो। मैले उनलाई ढाँटेँ, त्यसपछि त्यसलाई स्वीकार गरिनँ बरु झूट बोल्दै गएँ। मेरो शैतानी स्वभाव कत्ति गम्भीर रहेछ भनेर बुझेँ र मलाई आफैदेखि सरम लाग्यो। मैले उनीसित आँखा जुधाउन सकिनँ। तसर्थ, आत्मसमीक्षा गर्न म तुरन्तै परमेश्‍वरसामु आएँ, र आत्मसमीक्षा गर्दा, म जीवनमा धेरै नै धूर्त रहेछु भनेर बुझेँ। एकपल्ट एक जना अगुवाले मलाई साँझ हुने भेलाबारे सिस्टर जोइलाई मैले जानकारी दिएँ कि दिइनँ भनेर सोधिन्। मलाई थाहा भयो, मैले जानकारी दिएकी थिइनँ, तर मैले आफ्नो छवि जोगाउन अगुवालाई सत्य कुरा बताइनँ। मैले ढाँटेँ, भर्खरै बताएँ भनेर भनेँ। त्यसपछि, मैले तुरुन्तै जोइलाई त्यो भेलाबारे बताउन मेसेज गरेँ। साथै, सामान्यतया म हरेक शुक्रबार बिहान किराना सामान किन्‍न जान्थेँ, त्यसैले, त्यति बेला अपर्झट हुने कुनै पनि भेलामा जान सक्दिनथेँ। तर म सत्य कुरा बताउँदिनथेँ, बरु अगुवालाई मेरो अर्को भेला थियो वा अपोइन्टमेन्ट थियो, र त्यही कारण म जान सकिनँ भनेर भन्थें। मैले केवल उनको अघि आफ्नो छवि जोगाउन र हर समय म आफ्नो कर्तव्यमा व्यस्त छु भनेर अगुवालाई सोच्न लगाउन धूर्त र छली हुँदै कुरा मोडिरहेकी थिएँ। म इमानदारितासम्‍बन्धी परमेश्‍वरको मापदण्डको नजिक कतै पुगेकी छैन भन्‍ने मैले थाहा पाएँ। त्यसैले, मैले प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो झूट र छलको लागि म असाध्यै पछुतो गर्छु। म अरूको अघि आफ्नो छवि जोगाउनको लागि झूट नबोली सक्दै सक्दिनँ। म इमानदार व्यक्ति पटक्‍कै होइन। हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस्, र सत्यता बुझ्न र यो भ्रष्टताबाट मुक्त हुन मदत गर्नुहोस्।”

एकदिन, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरूले आफ्नो दैनिक जीवनमा प्राय सधैँ व्यर्थका कुराहरू, झूटहरू अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुराहरू आफ्नै आडम्बर र घमण्डको खातिर र आफ्नै अहम्‌ सन्तुष्ट पार्न गरिन्छ। यस्ता गलत कुराहरू बोल्दा तिनीहरूका भ्रष्ट स्वभावहरू खुलासा हुन्छन्। यदि तैँले यी भ्रष्ट तत्त्वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेथ्यो, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेथिस्। वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरूले व्यक्तिगत लाभ र घमण्डको खातिर वा आडम्बर र हैसियतको लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई अर्कै व्यक्तित्‍वको रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्‍जतका साथै आफ्नो सम्मान र चरित्र पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र कहीँ अन्तरकुन्तरमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’ तैँले थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। बारम्बार झूट बोल्नेहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्; तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्‍वरको उपस्थितिमै जिउँछन्। तँ निरन्तर कसरी झूट बोल्ने भनेर सोच्छस्, र झूट बोलिसकेपछि, तैँले त्यो झूट कसरी ढाकछोप गर्ने भनेर सोच्‍नुपर्छ। अनि जब तैँले त्यो झूट राम्रोसित ढाकछोप गर्दैनस् र त्यो खुलासा भइदिन्छ, तब तैँले आफ्नो दिमाग खियाएर विरोधाभासहरू हटाउन र आफ्नो कुरा पत्यारिलो बनाउन जोर लगाउनुपर्ने हुन्छ। के यसरी जिउनु थकाइलाग्दो हुँदैन र? अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक छ? अहँ, यो सार्थक छैन। झूट बोल्नु र त्यसपछि ढाकछोप गर्न दिमाग खियाउनु, र त्यो सब घमण्ड, आडम्बर, र हैसियतको खातिर गर्नु, यसमा के नै अर्थ छ र? अन्त्यमा, तैँले मनन गर्छस् र मनमनै सोच्छस्, ‘यसको के अर्थ छ? झूट बोल्‍नु र त्यसपछि ढाकछोप गर्नुपर्दा एकदमै थकाइलाग्दो हुन्छ। मैले यसरी व्यवहार गरेर काम चल्दैन; मलाई योभन्दा सजिलो त इमानदार व्यक्ति बन्नु हुन्थ्यो।’ तँ इमानदार व्यक्ति बन्‍ने इच्छा गर्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। त्यसकारण, तैँले यी कुराहरू कायमै राखिराख्‍न झूटको सहारा लिन मात्र सक्छस्। … यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राखिराख्‍न मदत गर्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो इज्जत र चरित्र कायम राखिराख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि गम्भीर कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। यदि तँ त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राखिराख्‍न सक्षम भइस् भने पनि, तैँले सत्यता त्याग गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुनेछस्, र त्यो सबैभन्दा ठूलो क्षति र जीवनभरको अफसोस हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचनहरूले मेरो स्थितिको स्पष्ट व्याख्या गरिदिए। म कुटिल र छली रहेछु भनेर मैले बुझेँ। मैले आराम गर्न चाहँदा मात्र पनि, एकदमै सानो कुराबारे सत्य कुरा बताउन सकिनँ। मैले मलाई झपकझपक निद्रा लागेको छ र तपाईंलाई एकछिनपछि भेट्छु भनेर सुसनलाई सीधै भनिनँ, तर त्यसको सट्टा ढाँटेँ। अरू मानिसहरूको नजरमा आफ्नो इज्‍जत, हैसियत र आफ्नो छवि जोगाउने कुराले म अभिप्रेरित थिएँ। त्यस प्रकारको व्यवहारलाई परमेश्‍वर घृणा गर्नुहुन्छ र मलाई पनि त्यसमा दोषी महसुस भयो। यो त परमेश्‍वरका वचनहरूले यस्तो भनेजस्तै हो: “यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र कहीँ अन्तरकुन्तरमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’” परमेश्‍वरका यी वचनहरूले मेरो वास्तविकता प्रतिनिधित्व गरेझैँ लाग्यो। आफ्नो प्रतिष्ठा जोगाउन झूट बोल्नु साँच्‍चै थकाइलाग्दो थियो। एक झूटलाई लुकाउन हजार झूट बोल्नुपर्थ्यो। झूट बोलेपछि मेरो विवेकले मलाई असाध्यै दोषी ठहराउँथ्यो, म पछुतो गर्थें र रुन्थेँ, र झूट बोलेकोमा लज्‍जित महसुस गर्थें। तर त्यसपछि, निरन्तर अझ धेरै झूट नबोली सक्दै सक्दिनथेँ। यो मेरो अत्यन्तै भ्रष्ट र लाजमर्दो व्यवहार थियो! झूट बोल्नु मेरो प्रकृति नै भएको थियो। अनि, मैले प्रभु येशूले भन्‍नुभएको कुरा सम्झेँ: “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो(यूहन्‍ना ८:४४)। त्यो साँचो थियो। मेरो निरन्तरको झूटले म दियाबलसको पक्षको हुँ, र मैले यो आफ्नो छवि र प्रतिष्ठा जोगाउनकै लागि यसो गरिरहेकी थिएँ भन्‍ने देखायो। तर, त्यसले मेरो सबै चरित्र र मर्यादा खोसेर लग्यो। यो मेरो मूर्कता थियो! परमेश्‍वरले म सत्यता अभ्यास गर्नेछु, इमानदार व्यक्ति बन्‍नेछु, उहाँको लागि गवाही दिनेछु र शैतानलाई लज्‍जित पार्नेछु भन्‍ने आशा गरिरहनुभएको थियो, तर म शैतानको चालमा फसिरहेकी थिएँ, मेरो आफ्नै अभिमान र प्रतिठाको लागि झूट बोलिरहेकी थिएँ, दाजुभाइ र दिदीबहिनीहरूलाई धोका दिइरहेकी थिएँ, र शैतानको हाँसोको पात्र बनिरहेकी थिएँ। मेरो व्यवहारले परमेश्‍वरलाई एकदमै धेरै निराश पार्‍यो, र उहाँको हृदयमा चोट पुर्‍यायो। म इमानदार व्यक्ति थिइनँ, र म प्रकृतिले नै छली थिएँ।

केही पछि, मैले परमेश्‍वरका वचनहरूको एक खण्डमा यो कुरा पढेँ: “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। सारमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, त्यसैले परमेश्‍वरले उहाँप्रति एकदम इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। मैले के बुझेँ भने, इमानदार हुनु भनेको हृदयमा छल नहुनु, जिब्रोले झूट नबोल्नु, र कुनै कुरामा पनि परमेश्‍वर र मानिसलाई धोका नदिनु हो। म आफ्नो छवि र हितलाई जोगाउन प्राय कुटिल र छली रहँदै आएकी थिएँ। महसुस भयो। म थकित थिएँ र एक झप्को निदाउन चाहन्थेँ, त्यसैले म त्यतिखेर सुसनसित मण्डलीको कामबारे छलफल गर्न चाहन्‍नथेँ, तर मैले उनको अघि आफ्नो छवि जोगाउन चाहेँ र त्यो छलफलबाट उम्कनको लागि ढाँटेँ। गल्ती महसुस भएपछि पनि, मैले आफ्नो गल्ती स्वीकार गरिनँ, बरु झूट बोलिरहेँ। मैले केही काम नगरेको स्पष्टै थियो, तर अगुवाले कामबारे सोध्दा, गरिसकेँ भनेर ढाँटेँ। मैले आफ्नो अभिमान र प्रतिष्ठा जोगाउन कैयौँ झुट बोलेँ, र मसित वास्तवमै धूर्त र छली प्रकृति रहेछ भनेर बुझेँ। मैले सबैभन्दा आधारभूत कुरामा समेत सत्य कुरा बताउन सकिनँ। शैतानले मलाई अति गहिरोसित भ्रष्ट पारेको थियो, म अलिकति पनि इमानदार थिइनँ।

मैले पछि परमेश्‍वरका वचनहरूको अर्को खण्ड पनि पढेँ: “यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरूले आफू कति गहन रूपमा भ्रष्ट छु र आफूमा वास्तवमै कुनै मानव स्वरूप छ कि छैन भनेर जान्‍न सक्छन्, र तिनीहरूले स्पष्टसित आफैलाई तौलन वा आफ्ना कमीकमजोरीहरू देख्‍न सक्छन्। जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्‍न सक्छन् र आफ्नै प्रकृति सार चिन्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिनेछ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्‍न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। ‘निष्खोट’ ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। यसबारे सोच्दा म एकदमै भयभीत भएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्” र “यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ।” यो कुरा साँचो हो, परमेश्‍वरले छली मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। मैले पश्‍चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई हटाउनुहुनेछ भनेर मलाई थाहा थियो। परमेश्‍वरका वचनहरूको कारण, अन्त्यमा मैले आफूबारे साँचो बुझाइ प्राप्त गरेँ र झूट दियाबलसबाट आउँछ भन्‍ने मलाई थाहा भयो। शैतानले नियन्त्रण गरेको संसारमा, व्यक्तिको पारिवारिक हुर्काइबढाइ र समाजको प्रभावले मानिसहरूलाई झन्‍झन् छली र दुष्ट बनाउँछ। म सानै हुँदा, मेरी आमाले मलाई सधैँ के भन्‍नुहुन्थ्यो भने, कसैको कपाल व कपडा जत्ति नै नराम्रो देखिए पनि, तिनीहरूको भावनामा चोट नपुर्‍याउन मैले त्यसलाई राम्रो भन्‍नुपर्छ। नत्र, मलाई खाँचो पर्दा तिनीहरूले मलाई इन्कार गर्नेछन्। त्यस प्रकारको शिक्षाको प्रभावले गर्दा, मसित इमानदार बन्‍ने साहस थिएन। मैले सधैँ राम्रो सुनिने बनावटी कुराहरू मात्र बोलेँ ताकि मानिसहरूले मलाई म दयालु र कारुणिक छु भनेर सोचून्। तर वास्तवमा, आखिर म बनावटी कुरा गर्ने छली व्यक्ति बन्‍न पुगेँ। यसले मलाई अय्यूब १:७ को सम्झना गरायो: “अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” शैतानका शब्दहरू धूर्त र अप्रत्यक्ष थिए। सधैँभरि झूट बोलेर के म शैतानजस्तै धूर्त भइरहेकी थिइनँ र? मलाई थाहा भयो—मसित शैतानको जस्तै प्रकृति रहेछ, म शैतानको शक्तिको नियन्त्रणमा जिइरहेकी रहेछु र म आफ्नो शैतानी स्वभावको बन्धनबाट बिलकुलै मुक्त थिइनँ। त्यसरी त म कसरी ख्रीष्टको अनुकूल हुन वा परमेश्‍वरको अनुमोदन पाउन सक्थेँ र? पश्‍चात्ताप गर्न म परमेश्‍वरसामु आएँ र उहाँलाई क्षमा मागेँ। मलाई आफूप्रति घृणा लाग्यो र मैले साह्रै दोषी महसुस गरेँ। परमेश्‍वरको स्वभाव धर्मी छ, र मैले झूट बोलिरहन र उहाँलाई चिढ्याइरहन हुँदैन भन्‍ने मलाई थाहा थियो।

मैले निरन्तर चिन्तन गरेँ, र परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। मैले परमेश्‍वरका वचनहरूको बारेमा सोचेँ, र मलाई परमेश्‍वरले इमानदार व्यक्तिहरूलाई मूल्यवान् ठान्‍नुहुन्छ, र बेइमान मानिसहरूले उहाँको राज्यमा प्रवेश गर्ने मौका पाउनेछैनन् भन्‍ने महसुस भयो। म साँच्‍चै नै इमानदार व्यक्ति बन्‍न चाहन्थेँ, झुट बोल्न र छली हुन छोड्न चाहन्थेँ, तर म यो आफ्नै शक्तिले गर्न सक्दिनथेँ। आफूलाई शैतानको पासोदेखि जोगाउन मैले परमेश्‍वरको मदत खोज्नुपर्थ्यो। साँचो बोल्दा कहिलेकाहीँ अप्ठ्यारो हुन सक्छ, तर म झूट बोल्‍न छोड्न चाहन्थेँ। त्यसपछि मैले सत्यता अभ्यास गर्ने १७० सिद्धान्तको “१२२. इमानदार व्यक्ति बन्‍नेसम्‍बन्धी सिद्धान्तहरू” फेरि पढेँ: “(१) इमानदार व्यक्ति बन्‍न आफैलाई तालिम दिने क्रममा, परमेश्‍वरमा भरोसा गर्नु आवश्यक छ। उहाँलाई आफ्‍नो हृदय सुम्पनुपर्छ, र उहाँको छानबिन स्वीकार गर्नुपर्छ। त्यसरी मात्रै समय बित्दै जाँदा आफ्‍ना झूट र छललाई त्याग्‍न सकिन्छ; (२) सत्यतालाई स्वीकार गर्नु र आफ्‍नो हरेक बोलीवचन र कार्यलाई मनन गर्नु आवश्यक छ। तैँले प्रकट गर्ने भ्रष्टताको उत्पत्ति र सारलाई विश्‍लेषण गर्नुपर्छ, र आफूलाई चिन्‍नुपर्छ; (३) व्यक्तिले के-कस्ता मामलाहरूमा धेरै झूट बोल्छ र छली कुराहरू बोकेर हिँड्छ भनी अनुसन्धान गर्नु आवश्यक छ। आफ्‍नो साँचो रूपलाई विश्‍लेषण र खुलासा गर्न, र माफी मागेर आफ्‍नो गल्ती सुधार गर्न आँट गर्नुपर्छ।” मैले सुसनसित आफ्नो भ्रष्टता र मनसायहरूबारे खुलस्तसित बताउने निर्णय गरेँ। मैले अझै पनि कुराहरू लुकाउँदै उनलाई ठगिरहनु हुँदैनथ्यो। जेसुकै भए पनि, मैले सत्य कुरा बताउनुपर्थ्यो र इमानदार व्यक्ति बन्‍नुपर्थ्यो। परमेश्‍वरले मलाई हेरिरहनुभएको थियो, र मैले पश्‍चात्ताप गर्ने प्रतीक्षामा हुनहुन्थ्यो भन्‍ने मलाई थाहा थियो। धेरैपटक प्रार्थना गरेपछि, मैले सुसनसित मन खोलेर सबै कुरा बताउने साहस बटुलेँ। मैले उनलाई कसरी धोका दिएँ र परमेश्‍वरसामु पश्‍चात्ताप गरेँ भनी बेलीबिस्तार लगाएँ। अनि, मलाई आफूबाट ठूलो बोझ हटेजस्तो र धेरै हलुको महसुस भयो।

मेरो झूट बोल्ने समस्या एकैपटकमा समाधान हुँदैन भनी मलाई थाहा थियो। त्यसैले, त्यसपछि म हर समय प्रार्थनामार्फत परमेश्‍वरसामु आउन, र उहाँलाई मेरो हृदय जाँच्न बिन्ती गर्न थालेँ। मभित्र कुनै प्रकारको कपटी अभिप्राय प्रकट हुँदा, वा मलाई झूट बोल्न वा छली बन्‍न मन लाग्दा, परमेश्‍वरसित प्रार्थना गर्थेँ र भन्थेँ, “हे परमेश्‍वर, म समस्यामा परेकी छु र मलाई झूट नबोली यसबाट पार पाउन सक्दिनँ जस्तो लाग्छ। कृपया, सत्यता बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस् र देहलाई परित्याग गर्न शक्ति दिनुहोस्। हे परमेश्‍वर, म सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्‍न चाहन्छु। कृपया मलाई मदत गर्नुहोस्।”

एकपटक भेलापछि, मलाई यसबारे के लाग्छ भनेर एक जना अगुवाले सोधे। वास्तवमा, तिनी भेलामा हैकमवादी भएका र तिनको सङ्गतिमा अन्य समस्याहरू खडा भएको मैले देखेकी थिएँ। तर सत्य बोल्दा तिनको अभिमानमा चोट पुग्ला, र त्यसपछि तिनले मलाई नराम्रो नजरले हेर्लान् भन्‍ने मलाई डर लाग्यो। तिनको अघि मेरो छवि जोगाउन, मैले झूट बोल्दै भनेँ, “एकदमै राम्रो छ।” मैले त्यसो भन्‍नासाथ मलाई नराम्रो लाग्यो। मैले झूट बोलेँ भनेर मलाई महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र इमानदार व्यक्ति बन्‍न र सत्य कुरा बताउन मार्गदर्शन मागेँ। त्यसपछि, ती अगुवाकहाँ गएर सभामा भएका समस्याहरूबारे कुरा गरेँ र मलाई निकै शान्ति महसुस भयो। तिनले सञ्‍चालन गरेको अर्को भेला निकै राम्रो भयो। त्यसको केही समयपछि, म बिस्तारै परिवर्तन भइरहेकी छु भन्‍ने मैले याद गरेँ। पहिला म आफ्नो इज्‍जत र हैसियत जोगाउन सधैँ झूट बोल्थें। तर मैले आफ्नो हृदय परमेश्‍वरलाई सुम्पेपछि, मेरो हृदयको देखरेख गर्न उहाँलाई पुकारेपछि, मेरो स्थितिलाई अझ स्पष्टसित बुझेँ। मैले देहलाई परित्याग गर्न, सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्‍नलाई चेतन मनले परमेश्‍वरमा भर पर्न सक्षम भएँ। कहिलेकाहीँ मैले सरमलाग्दो परिस्थिति भोगे पनि वा मानिसहरूलाई चिढ्याए भए पनि, परमेश्‍वरको अघि इमानदार व्यक्ति बन्‍नु मेरो लागि एकदमै महत्वपूर्ण छ।

अहिले, म सत्य बोल्न र दैनिक जीवनमा इमानदार व्यक्ति बन्‍नमा ध्यान दिइरहेकी छु। म वास्तवमै परमेश्‍वरप्रति कृतज्ञ छु। उहाँका वचनहरूले मलाई आफ्नो भ्रष्टता र कुरूपता बुझ्न र केही परिवर्तनहरू ल्याउन मदत गरेका छन्। मलाई थाहा छ, झूट बोल्ने मेरो समस्या समाधान गर्नको लागि परमेश्‍वरले मेरो अनुभवको लागि थप परिस्थिति तयार पार्नुपर्ने हुन्छ। म चनाखो भई बस्‍नुपर्छ र मैले परमेश्‍वरसामु आफ्नो बारेमा थप समीक्षा गर्नुपर्छ ताकि मैले परमेश्‍वरलाई घृणा लाग्‍ने झूट नबोलूँ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नु, उहाँलाई प्रार्थना र भरोसा गर्नु र यसरी झूट बोल्ने प्रवृत्तिबाट साँचो अर्थमा मुक्त हुनु हो। परमेश्‍वरले मलाई इमानदार व्यक्ति बन्‍न मार्गनिर्देशन गरून्।

अर्को: २. विश्‍वास: शक्तिको स्रोत

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४९. जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्