मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्स

केही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो क्षमताका थिए। तर उनको स्वभाव धेरै घमण्डी थियो, र उनको अरूको घाँटी निमोठ्ने प्रवृत्ति थियो। उनलाई देखावटी काम गर्न मन पर्थ्यो, यसैले मैले उनीप्रति पूर्वाग्रह राख्न र उनको बारेमा राय बनाउन सुरु गरें। एक दिन, ब्रदर चेन मकहाँ आए र उनले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न चाहेको कुरा बताए। उनले लामो समयसम्म परमेश्‍वरका विश्‍वास गरेका थिएनन् र सत्यता सम्‍बन्धी उसको बुझाइ सतही थियो, त्यसैले मैले हुँदैन भनिदिएँ। मैले मन्जुरी नदिने देखेर उनले भने “मसँग यति राम्रो क्षमता छ, म किन मलजल गर्ने कर्तव्य पूरा नगरूँ? यदि मैले यो गरिनँ भने, यो मेरो प्रतिभा खेर जानेछ।” मैले यसलाई राम्रो रूपमा लिइनँ, र मैले सोचेँ, “के तिमीलाई मलजल गर्ने कर्तव्य त्यति सजिलो छ जस्तो लाग्छ? के तिमी सत्यतालाई नबुझीकन केवल आफ्नो प्रतिभा र क्षमताको प्रयोग गरेर यो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छौ? आफूलाई यति ठूलो नबनाऊ!” मैले ब्रदर चेनको अनुरोधलाई अस्वीकार गरिदिएँ, र अन्य दाजुभाइ तथा दिदीबहिनीलाई ऊ कति घमण्डी छ भनेर बताएँ। उसले भ्रष्टता देखाएका विभिन्न प्रकारका उदाहरणहरू दिएँ। केही मानिसहरू मेरो कुरासँग सहमत भए।

दुई हप्तापछि, मण्डलीले एउटा व्यवस्था के गर्‍यो भने भविष्यको सभाहरूमा हामीले मण्डलीको चलचित्रहरू हेर्न र साथै सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढ्न सक्नेछौं। यी सबै चलचित्रहरूले सत्यताको सङ्गति गर्थ्यो र परमेश्‍वरको साक्षी दिन्थ्यो, त्यसैले तिनलाई हेरेमा हामीलाई सत्यता बुझ्न मद्दत पुग्न सक्थ्यो। अर्को सभामा ब्रदर चेनले भने, “यो एकदम योजना हो। केही अगुवा र सहकर्मीहरूले सभाहरूमा केवल वाक्क दिक्क लाग्ने कुराहरू मात्र बाँड्छन्, त्यसैले चलचित्रहरू हेर्नु त्योभन्दा धेरै राम्रो हो। सुरुमा मलाई आफ्नो कर्तव्य धेरै कठिन लाग्थ्यो, किनकि मैले सत्यतालाई बुझेको थिइन। तर फेरि मैले परमेश्‍वरलाई प्रार्थना गरें, भरोसा गरें, र परमेश्‍वरको वचन धेरै पढेँ, र यी मण्डली चलचित्रहरूले पनि मलाई धेरै मद्दत गर्यो। मैले तिनीहरूबाट केही सत्यताहरू बुझेको छु। अब म आफ्नो कर्तव्यमा धेरै दक्ष छु र मसँग सिद्धान्तहरूको आधारभूत ज्ञान छ। म आफ्नो कर्तव्यमा धेरै कुरा हासिल गर्छु।” मलाई उनको सङ्गति नराम्रो र धेरै फिका लाग्यो, र मैले सोचेँ, “तिमी साँच्चै नै देखावटीको लागि हरेक सानो मौकाको समेत फाइदा उठाउँछौ, हैन त? तिमी अत्यन्तै घमण्डी छौ!” हामीले पछि हाम्रो अर्को सभामा निराकरण गरिने केही मामिलाहरू तयार गर्यौं र ब्रदर चेनले तीमध्ये तीन वटामा अग्रसरता देखाए। उनले बाँकी मामिलाहरू पनि सङ्गतिको लागि अरूलाई सुम्पे। सभाको आयोजना गर्न मैले समूह अगुवा नियुक्त गर्दैथिएँ, ब्रदर चेनले उनलाई शङ्कालु मुद्रामा सोधे, “के तपाईं यो गर्न सक्छु भन्नेमा निश्‍चित हुनुहुन्छ?” आफूले मात्र सभाको आयोजना गर्न सक्छु जस्तो गरेर उनले यसो भनेको सुनेर मलाई रिस उठ्यो, र सोचेँ, “तिमी धेरै अविवेकी छौ। अरूले तिमीलाई आदरले हेरून् भनेर तिमीले केवल देखावटी गरिरहेका छौ। यदि तिमी त्यसको पछि लागेका हौ भने तिमीले त्यो बिर्सिदेऊ।” त्यसैले मैले सबै कुरा पुनःव्यवस्थित गरें र उनलाई सभाको आयोजना गर्न दिइनँ। त्यो समय अवधिमा, जब म ब्रदर चेनको व्यवहारको बारेमा सोच्थें, मलाई उनीप्रति धेरै घृणा लाग्थ्यो, विशेषगरी मैले उनको घमण्डी व्यवहारको बारेमा उनलाई एक-दुईपटक भनेको थिएँ, तैपनि उनी बदलिएका थिएनन्। उनी अत्यन्तै घमण्डी छ, यसको कुनै सीमा नै छैन भन्‍ने मलाई लाग्यो। त्यसैले मैले उनलाई परिवर्तन हुन नसक्‍ने व्यक्तिको रूपमा हेरेकी थिएँ र मैले ऊजस्तो घमण्डी व्यक्ति आफ्नो कर्तव्य गर्नको लागि उपयुक्त छैन भन्ने निर्णय गरें। मैले उनलाई हटाउनु पर्छ र त्यति भए यो समाधान हुन्छ भन्‍ने मलाई लाग्यो।

जब सभा समाप्त भयो, मैले आफ्नो स्थिति र व्यवहारको बारेमा सोचेँ, र मलाई केही नराम्रो लाग्यो। मलाई म ब्रदर चेनप्रति धेरै कठोर हुँदैछु भन्‍ने लाग्यो, यसैले मैले परमेश्‍वरसँग प्रार्थना गर्दै भनें, “हे परमेश्‍वर, मलाई थाहा छ मेरो स्थिति गलत छ, तर मेरो समस्या के हो मलाई थाहा छैन, न त सत्यताको कुन सिद्धान्तमा प्रवेश गर्नुपर्छ भन्ने नै थाहा छ। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहोस्।” भोलिपल्ट भक्तिको समयमा मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तैँले कुन सिद्धान्त अनुसार परमेश्‍वरको परिवारका सदस्यहरूसँग व्यवहार गर्नुपर्छ? (हरेक दाजुभाइ-दिदीबहिनीसँग निष्पक्ष व्यवहार गर्नु।) तैँले तिनीहरूसँग कसरी निष्पक्ष व्यवहार गर्छस्? सबै जनासँग स-साना गल्तीहरू र कमजोरीहरू, साथै केही व्यक्तिगत विशेषताहरू हुन्छन्; सबै मानिससँग आत्म-धार्मिकता, कमजोरी, र तिनीहरूमा भएका अभावका क्षेत्रहरू हुन्छन्। तैँले तिनीहरूलाई प्रेमिलो हृदयले सहायता गर्नुपर्छ, सहनशील र धैर्यवान् हुनुपर्छ, र अति कठोर हुनु हुँदैन वा प्रत्येक सानो कुरामा कचकच गर्नु हुँदैन। जवान र धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास नगरेका मानिसहरू वा भर्खरै मात्र आफ्नो कर्तव्यहरू गर्न थालेका मानिसहरूसँग तँप्रति केही विशेष अनुरोधहरू हुन्छन्, यदि तैँले ती कुराहरूलाई समात्छस् र तिनलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्छस् भने तँ कठोर भइरहेको हुन्छस्। तैँले ती झूटा अगुवाहरू र ख्रीष्ट-विरोधीहरूले गरेका दुष्टतालाई बेवास्ता गर्छस्, तैपनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूमा साना कमजोरीहरू र गल्तीहरू देख्दा तँ तिनीहरूलाई सहायता गर्न इन्कार गर्छस्, बरु ती कुराको विषयमा कचकच गर्ने अनि तिनीहरूको पिठिउँ पछाडि तिनीहरूलाई दोष लाउने निर्णय गर्छस्, जसको कारण अझ अरू धेरै मानिसहरूले तिनीहरूको विरोध, इन्कार र बहिष्कार गर्न पुग्छन्। यो कस्तो प्रकारको व्यवहार हो? यो तैँले आफ्नो व्यक्तिगत रुचिहरूको आधारमा काम-कुरा गर्नु हो, र मानिससँग निष्पक्ष व्यवहार गर्न नसक्‍नु हो। यसले भ्रष्ट शैतानी स्वभाव देखाउँदछ र यो एउटा अपराध हो! जब मानिसहरूले कामहरू गर्छन्, परमेश्‍वरले हेरिरहनुभएको हुन्छ; तैँले जे गरे पनि र तैँले जसरी विचार गरे पनि उहाँले देख्नुहुन्छ!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता प्राप्त गर्नको लागि तैंले आफ्नो वरिपरिका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई मेरो स्थिति देखायो र मलाई लज्जित महसुस भयो। मैले के देखेँ भने म आफ्नो भ्रष्ट स्वभावको माध्यमबाट ब्रदर चेनसँग व्यवहार गरिरहेको थिएँ। उनीसँग मेरो भेट भएको समयदेखि अहिलेसम्म सोचेर ल्याउँदा उनले आफ्नो बोलीवचन र व्यवहारमा प्रायः आफ्नो घमण्ड प्रकट गरेको छु भन्‍ने मैले देखेँ, त्यसैले मलाई के लाग्यो भने उनी जवान र हडबडे छ, तर उसलाई आफ्‍नो बारेमा थाहा छैन। उनको बारेमा उल्‍लेख गर्दा पनि मैले उनको गल्ती बाहेक अरू केही सोच्दिनथिएँ। उनले व्यक्त गरेको भ्रष्टतामा मात्र म अडिएकी थिएँ, र मैले ऊ सबै कारणभन्दा बाहिरी हिसाबले घमण्डी छ भन्ने निर्णय गरें, र यस्तो मानिस कहिले पनि बदलिन सक्दैन भन्ने सोचेँ। त्यसैले मैले कहिल्यै पनि उनीसँग उचित व्यवहार गर्न सकिनँ। उनले व्यक्त गरेको कुनै पनि विचारहरूप्रति मलाई प्रतिरोधी र प्रतिकूल महसुस हुन्थ्यो। मैले उनको गल्ती खोतलेँ र अरूको अगाडि उनलाई होच्याएँ, उनको बारेमा रहेको मेरो पूर्वाग्रहलाई फैलाएँ, अरूलाई पनि मसँगै उसलाई बहिस्कार र उपेक्षा गर्न लगाएँ। म उनलाई उनको कर्तव्यबाट निकाल्न समेत चाहन्थें। के मैले उनलाई दबाउन र हराउनको लागि मेरो अगुवा पद प्रयोग गरिरहेकी थिइनँ त? मैले मेरो विचार र विश्‍वासलाई सत्य ठान्थें, मानिसलाई न्याय गर्ने मापदण्ड ठान्थें, मानौं म कसैको बारेमा एक नजरमा नै सबै कुरा थाहा पाउन सक्छु र उनीहरूको सार देख्न सक्छु। म धेरै घमण्डी र अभिमानी थिएँ। मलाई शैतानले भित्रदेखि नै भ्रष्ट गरिदिएको थियो, ममा सत्यताको कुनै सिद्धान्त थिएन, र धेरैजसो समय मूर्ख विचार राख्थें, तर मैले अझै पनि मनमानी ढङ्गले अरूको न्याय गर्थें र अरूको निन्दा गर्थें। ममा कुनै पनि समझ थिएन। मेरो मनमा परमेश्‍वरप्रति कुनै श्रद्धा थिएन। मैले आफूले चाहे जसरी दाजुभाइ तथा दिदीबहिनीसँग व्यवहार गरें र राक्षसी प्रकृतिको जीवन बाँचे। यो परमेश्‍वरको लागि धेरै अस्वीकार्य र अरूका लागि धेरै घृणित थियो। त्यो सोचले मलाई दोषी महसुस गरायो।

पछि, मैले परमेश्‍वरका वचनहरूमा मानिसहरूलाई कसरी उचित व्यवहार गर्ने भन्ने सिद्धान्त खोजेँ। मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड भेटेँ: “तैँले अरूसँग कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्‍वरको वचनमा स्पष्ट देखाइएको वा सङ्केत गरिएको छ; परमेश्‍वरले जस्तो आचरणले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही आचरण अपनाउनुपर्छ। परमेश्‍वरले प्रत्येक व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व हैसियतका हुन्छन्, वा जवान हुन्छन्, वा थोरै समयदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। परमेश्‍वरले यी मानिसहरूलाई स्वभावको सारअनुसार न त खराब न द्वेषपूर्ण रूपमा हेर्नुहुन्छ; यति मात्र हो कि तिनीहरू केही अज्ञानी हुन्छन् वा तिनीहरूमा क्षमताको कमी हुन्छ, वा तिनीहरू समाजद्वारा बढी नै प्रदूषित पारिएका हुन्छन्। तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका हुँदैनन्, त्यसैले तिनीहरू केही मूर्ख कामहरू गर्न वा केही अनजान कार्यहरू गर्नबाट जोगिन सक्दैनन्। तापनि, परमेश्‍वरको दृष्टिकोणमा त्यस्ता विषयहरू महत्त्वपूर्ण हुँदैनन्; उहाँले यी मानिसहरूका हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूले सत्यता वास्तविकतामा प्रवेश गर्ने संकल्‍प गरेका छन् भने, यदि तिनीहरू सही दिशामा हिँडिरहेका छन्, र तिनीहरूको उद्देश्य यही हो भने, परमेश्‍वरले तिनीहरूलाई हेरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई समय र मौकाहरू दिँदै प्रवेश गर्न अनुमति दिनुहुन्छ। यो होइन कि परमेश्‍वरले तिनीहरूलाई एकै प्रहारमा ढाल्नुहुन्छ, न उहाँले तिनीहरूले कुनै बेला गरेका पापको कुरालाई लिएर त्यसलाई बिर्सिदिन नै इन्कार गर्नुहुन्छ; उहाँले मानिसहरूसित कहिल्यै पनि यस्तो व्यवहार गर्नुभएको छैन। त्यसो भन्दै गर्दा, यदि मानिसहरूले एकअर्कासित त्यस्तै प्रकारले व्यवहार गर्छन् भने के त्यसले तिनीहरूको भ्रष्ट स्वभावलाई देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठीक यस्तै हुन्छ। परमेश्‍वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र दुर्व्यवहार गर्नेहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्‍वरले फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूको असङ्ख्य अवस्थाहरूको व्यवस्थापन गर्ने विभिन्न तरिकाहरू पनि छन्। तैँले यी सत्यताहरूलाई बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझिस् भने, तिनलाई कसरी अनुभव गर्नुपर्छ भनी तैँले जान्नेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता प्राप्त गर्नको लागि तैंले आफ्नो वरिपरिका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ”)। “तँ कसैको व्यक्तित्वसँग अमिल्दो हुन सक्छस्, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, तेरो कर्तव्य बलिदान गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमा तेरा निराशाहरू प्रस्तुत गर्दैनस्। तैँले सिद्धान्त अनुसार काम गर्न सक्छस्; त्यसैले, तँमा परमेश्‍वरप्रति आधारभूत श्रद्धा हुन्छ। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ कुनै व्यक्तिमा केही दोषहरू वा कमजोरीहरू देख्छस्—यदि उसले तँलाई चोट पुऱ्याइएको वा तेरा आफ्नै हितहरूको हानि गरेको छ भने पनि—अझै पनि उसलाई सहायता गर्नको लागि त्यो तँसँग हुन्छ। त्यसो गर्नु अझ राम्रो हुनेछ; यसको अर्थ तँ मानवता, साँचो वास्तविकता छ र तँ परमेश्‍वरप्रति श्रद्धा राख्ने व्यक्ति होस् भन्ने हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। मानिससँग उचित व्यवहार गर्ने सिद्धान्त र मार्गको सम्‍बन्धमा, साथै मानिसहरूप्रति उहाँको दृष्टिकोणको सम्‍बन्धमा पनि परमेश्‍वरका वचनहरू धेरै स्पष्ट छन्। ख्रीष्ट-विरोधी र दुष्ट मानिसप्रति उहाँको आचरण भनेको घृणा, श्राप र दण्डमध्ये एक हो। जहाँसम्म छोटो कद, कमजोर क्षमता र धेरै भ्रष्ट स्वभाव र दोषहरू भएका मानिसको कुरा आउँछ, जबसम्म उनीहरू परमेश्‍वरमा साँच्चै नै विश्‍वास गर्छन्, सत्यतालाई अनुसरण गर्न चाहन्छन्, र सत्यलाई स्वीकार गर्न सक्छन्, परमेश्‍वरको आचरण भनेको प्रेम, दया र मुक्तिको हुनेछ। हामी के देख्छौं भने परमेश्‍वरले हरेक व्यक्तिसँगको आफ्नो व्यवहारमा सिद्धान्त-केन्द्रित हुनुहुन्छ, र उहाँले हामीलाई सत्यताको सिद्धान्त अनुसार अरूसँग व्यवहार गर्न लगाउनुहुन्छ। उदाहरणको लागि, परमेश्‍वरमा साँच्‍चै विश्‍वास गर्नेहरूसँग हामी सहिष्णु र क्षमाशील हुनुपर्छ। हामीले उनीहरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ र उनीहरूलाई पश्‍चाताप गर्ने र परिवर्तन हुने मौका दिनुपर्छ। मानिसहरूले केही भ्रष्टता व्यक्त गरेको कारणले मात्र हामीले उनीहरूलाई हराउनु हुँदैन। त्यो परमेश्‍वरको इच्छा होइन। ब्रदर चेनलाई नै हेरौं। उनी राम्रो क्षमताका थिए र आफ्नो कर्तव्यप्रति जिम्मेवार थिए। उनी सत्यताको अनुसरणमा दिलोज्यान लगाउन पनि तत्पर थिए। उनी भर्खरै आएका नयाँ विश्‍वासी थिए, उनको अनुभव सतही थियो, र उनी अरुभन्दा केही बढी अहङ्कारी थिए, तर मैले सत्यताको सिद्धान्तअनुसार उनलाई उचित व्यवहार गर्नुपर्थ्यो, र उनलाई मद्दत गर्न प्रेमपूर्वक सत्यतामा सङ्गति गर्नुपर्थ्यो। तर मैले उनको मद्दत नगरिरहेकी, उनको बलियो र असल पक्षहरू हेर्न पनि इन्कार नगरिरहेकी मात्र होइन, मैले उनलाई दोषी समेत ठहराएँ र उनलाई बहिष्कार गरें, र उनका कमजोरीहरू देखेपछि उनी छोडेर गए पनि हुन्थ्यो भन्ने चाहेँ। मसँग यस्तो द्वेषपूर्ण प्रकृति थियो! मैले एउटा अगुवाको रूपमा म कस्तो रहेकी छु भन्ने बारेमा सोचेँ। त्यो समयमा, मैले सँधै म अरूभन्दा धेरै राम्रो छु भन्ने सोच्थें, अन्तिम निर्णय मेरै हुन्छ, म जे चाहन्छु त्यही गरियोस् भन्ने चाहन्थें र मैले अरूको रायलाई सुन्दिनथिएँ। परिणामस्वरूप, मैले केही यस्तो कार्य गरें जसले मण्डलीको काममा बाधा गर्यो। र अझै पनि परमेश्‍वरले मलाई हटाउनुभएन यसको साटो मलाई न्याय, अनुशासन र निराकरण गर्नको लागि आफ्‍ना वचनहरूको प्रयोग गर्नुभयो, आफैमा नियाल्न लगाउनुभयो, मलाई पश्‍चाताप र परिवर्तन हुने मौका दिनुभयो। मैले के देखेँ भने केवल केही भ्रष्टता व्यक्त गरेको कुरामा परमेश्‍वरले हामीलाई कहिल्यै छोड्नुहुन्न, न त हटाउनु नै हुन्छ, बरु उहाँले हामीलाई बचाउनको लागि सक्नेजति सबै गर्नुहुन्छ। परमेश्‍वरसँग यति राम्रो हृदय छ! अनि, मेरो आफ्नै व्यवहार र ब्रदर चेनसँग मैले कस्तो व्यवहार गरिरहेको थिएँ भन्ने कुरा विचार गर्दा यसले मलाई यति धेरै लज्जित बनायो कि पृथ्वीले मलाई निले पनि हुने भन्ने लाग्यो।

तब मैले परमेश्‍वरको यी वचनहरू पढेँ: “कुनै व्यक्ति असल छ कि खराब छ, र ऊसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने हकमा, मानिसहरूसित व्यवहार गर्ने आफ्नै सिद्धान्तहरू हुनुपर्छ; तापनि, त्यस व्यक्तिको नतिजा कस्तो हुनेछ भन्ने विषयमा भने—उसले अन्त्यमा परमेश्‍वरबाट दण्ड पाउँछ, कि अन्त्यमा उसको न्याय गरिन्छ र सजाय हुन्छ—भन्ने कुरा परमेश्‍वरको सरोकारको कुरा हो। मानिसहरूले हस्तक्षेप गर्नु हुँदैन; परमेश्‍वरले तँलाई उहाँको तर्फबाट कदम चाल्ने अनुमति दिनुहुन्न। त्यो व्यक्तिलाई कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्‍वरको सरोकारको कुरा हो। त्यस्ता मानिसहरूको नतिजा कस्तो हुन्छ भन्ने कुरा जबसम्म परमेश्‍वरले निर्णय गर्नुहुन्न, तिनीहरूलाई निष्कासन गर्नुहुन्न, र तिनीहरूलाई दण्ड दिनुहुन्न, साथै तिनीहरूले मुक्ति पाइरहेका हुन्छन्, तबसम्म तैँले तिनीहरूलाई प्रेम गर्दै धैर्यतापूर्वक सहायता गर्नुपर्छ; तैँले यस्ता मानिसहरूको परिणाम निर्धारण गर्ने आशा गर्नुहुँदैन, न त तैँले तिनीहरूमाथि कडा कारबाही गर्न वा तिनीहरूलाई दण्ड दिन मानवीय साधनहरूको नै प्रयोग गर्नु हुन्छ। तैँले त्यस्ता मानिसको निराकरण गर्न र तिनीहरूलाई छिँवल्न सक्छस्, वा तैँले आफ्नो हृदय खोल्न सक्छस् र तिनीहरूलाई सहायता गर्न हार्दिक संगतिमा संलग्न हुन सक्छस्। तापनि, यदि तैँले यी मानिसहरूलाई दण्ड दिने, बहिष्कार गर्ने र झूटो आरोप लगाउने विचार गर्छस् भने, तँ समस्यामा पर्नेछस्। के त्यसो गर्नु सत्यता अनुरूप हुनेछ? त्यस्ता विचारहरू उत्तेजनाका परिणाम हुन्; ती विचारहरू शैतानबाट आउँछन् र ती मानिसको अप्रसन्नता, साथसाथै मानिसको ईर्ष्या र घृणाबाट उत्पन्न हुन्छन्। यस्तो आचरण सत्यताअनुरूप हुँदैन। यो यस्तो कुरा हो जसले तँमाथि उचित दण्ड ल्याउनेछ, र त्यो परमेश्‍वरको इच्छा अनुरूप हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। परमेश्‍वरका वचनहरूले मलाई मैले अरूसँग सिद्धान्त अनुसार व्यवहार गर्नुपर्छ भन्ने देखायो। मैले आफ्नो धारणा र कल्पना प्रयोग गरेर अरूलाई जथाभाबी वर्गीकरण गर्नु हुँदैनथियो, न त उनीहरूको अपराधमा नै ध्यान केन्द्रित गर्न, अनि उनीहरूको निन्दा गर्न नै सक्थें। यसको साटो, मैले उनीहरूको प्रकृति र सारको आधारमा व्यवहार गर्नुपर्छ, र उनीहरूको फरक स्थिति र दोषअनुरूप व्यवहारिक तरिकाले उनीहरूलाई मद्दत गर्नुपर्छ। सत्यताको यथार्थ भएका कुनै व्यक्तिलाई अरू मानिसहरूको स्थितिको आधारमा, कहिले धैर्य र सहयोगी हुने भन्ने कुरा थाहा हुन्छ, कहिले काँटछाँट गर्ने र निराकरण गर्ने, अनि कहिले उनीहरूलाई गाली गर्ने भन्ने थाहा हुन्छ। उनीहरू सँधै सही रूपमा र सिद्धान्त अनुरूप कार्य गर्दछन्। उनीहरू मनोमानी ढङ्गले कसैलाई पनि सीमित गर्ने वा भ्रष्टता व्यक्त गर्ने दाजुभाइ तथा दिदीबहिनीलाई शत्रुको जस्तै व्यवहार गर्ने गर्दैनन्। तर मैले ब्रदर चेनलाई कस्तो व्यवहार गरिरहेकी थिएँ त? जब मैले उनलाई घमण्डी स्वभाव प्रकट गरेको देखेँ, उनलाई मैले त्यसबारे सङ्क्षेपमा मात्र बताएँ, र जब त्यसले कार्य गरेन, मैले उनलाई बहिष्कार गरें, न्याय गरें र निन्दा गरें, र उनको कुरा काटेँ। मसँग न सहनशीलता थियो, न त धैर्यता। यो कुनै पनि तरिकाले उनलाई प्रेमिलो हृदयले मद्दत गरेको भएन। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरें र उहाँसमक्ष पश्‍चाताप गरें। सत्यताको सिद्धान्तको अभ्यास गर्न र ब्रदर चेनलाई प्रेमिलो हृदयले मद्दत गर्न चाहेँ।

त्यसैले म ब्रदर चेनकहाँ गएँ र परमेश्‍वरको वचनहरूका केही अंश उनीसँग सङ्गति गरें, र उनका गल्तीहरू औँल्याएँ। उनले आफ्नो घमण्डी स्वभावलाई बुझ्न थाले, र उनले यसलाई हल नगरी छाड्दा हुने खतराको पहिचान गरे। उनले मेरो सङ्गति र चेतावनी साँच्चै नै उपयोगी छ, र उनले आफूलाई नियाल्न चाहन्छ र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि सत्यताको खोजी गर्न चाहन्छ भनी भने। उनले यो भनेको सुनेर मेरो हृदय छोयो, तर मलाई नराम्रो पनि लाग्यो। मैले कल्पना गरेजस्तो उनी परिवर्तन हुन नसक्‍ने थिएनन्। आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्ने त म नै थिएँ। मैले वास्तवमा नै प्रेमिलो हृदयले उनलाई मद्दत गर्ने कोसिस गरेकी थिइनँ। म धेरै अहङ्कारी र मानवता रहित थिएँ!

पछि, एउटा सभामा मैले ब्रदरलाई माथिबाटको उपदेश दिँदै गरेको सुनें: “सबै भ्रष्ट मानवजातिमा अहङ्कारी स्वभाव हुन्छ। सत्यतालाई प्रेम गर्ने र सिद्ध हुने प्रयत्न गर्ने सबैमा समेत अहङ्कारी र आत्म-धर्मी स्वभाव हुन्छ, यद्यपि यसले उनीहरूको मुक्ति पाउने र सिद्ध हुने क्षमतालाई प्रभावित गर्दैन। जबसम्म मानिसहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्, र काँटछाँट र निराकरण स्वीकार गर्छन्, र जस्तोसुकै परिस्थितिमा पनि सत्यता समक्ष पूर्ण समर्पित हुन सक्छन्, तिनीहरूले पूर्ण रूपमा मुक्ति हासिल गर्न र सिद्ध हुन सक्छन्। वास्तवमा, साँच्चै नै राम्रो क्षमता भएका र साँच्चै संकल्प भएकाहरूका बीचमा पनि अहङ्कारी नहुने कोही अहङ्कारी हुँदैन। यो सत्य हो। परमेश्‍वरका चुनिएका मानिसहरूले अरूसँग उचित व्यवहार गर्नुपर्छ। उनीहरूले कसैलाई पनि त्यो व्यक्ति अत्यन्त अहङ्कारी र आत्म-धर्मी भएकै कारणले असल व्यक्ति होइन अहङ्कारी र उसले मुक्ति पाउन सक्दैन र उसलाई सिद्ध गर्न सकिँदैन भनेर सीमा तोक्‍नु हुँदैन। … यो बिन्दुमा, व्यक्तिले परमेश्‍वरको इच्छालाई बुझ्न आवश्यक हुन्छ। यस्तो कुनै व्यक्ति हुँदैन जसको क्षमता राम्रो छ र जोसँग संकल्प छ, र जो बिलकुल अहङ्कारी वा आत्म-धर्मी छैन; यदि त्यस्तो व्यक्ति भएको भए, त्यो निश्चित रूपमा कुनै यस्तो व्यक्ति हुन्छ जो एउटा भेस वा झूटो बाहिरी रूप धारण गरिरहेको हुन्छ। सबै भ्रष्ट मानवजातिमा अहङ्कारी र अभिमानी प्रकृति छ भन्‍ने थाहा हुनुपर्छ। यो एउटा निर्विवाद तथ्य हो” (माथिबाट दिइएको सङ्गति)। यसले मलाई अहङ्कारी स्वभाव भएको मानिससँग कसरी व्यवहार गर्ने भन्ने कुरा अझ राम्रोसँग बुझ्न मद्दत गर्यो। उनीहरू बदलिन सक्दैनन् भन्‍ने हुँदैन। मुख्य कुरा भनेको उनीहरूले सत्यताको अनुसरण र स्वीकार गर्न सक्छन् कि सक्दैनन् भनी हेर्नु हो। यदि उनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्, र परमेश्‍वरको न्याय, सजाय, काँटछाँट र निराकरणलाई स्वीकार गर्न सक्छन् भने, उनीहरू परिवर्तन किन हुन सक्दैनन् र परमेश्‍वरद्वारा सिद्ध किन गराइँदैनन् भन्ने कुनै कारण नै हुँदैन। ब्रदर चेन लामो समयका विश्‍वासी थिएनन्, त्यसैले उनले धेरै न्याय र सजायको अनुभव गरेका थिएनन्। उनको अहङ्कार थोरै खराब हुनु स्वाभाविक थियो। तर जब मैले उनलाई यो स्वभाव प्रकट गरेको देखेँ, मैले उनको न्याय गरें र उनलाई बहिष्कार गरें, यहाँसम्म कि उनलाई कर्तव्यबाट हटाउन पनि चाहेँ। म ऊभन्दा ज्यादा अहङ्कारी थिएँ! मैले सोचेँ जबसम्म म सत्यताको अनुसरण गर्दछु, तबसम्म मेरो अहङ्कारी स्वभाव बदलिन्छ, त्यसोभए मैले ब्रदर चेन बदलिन सक्दैनन् भनेर किन निर्णय गरें? मैले आफूसँग धेरै माग गरिनँ भने मैले किन ब्रदर चेनबाट यति धेरै अपेक्षा राखेँ? कसैसँग यस्तो व्यवहार गर्नु धेरै अनुचित थियो। वास्तवमा, जो मानिससँग प्रतिभा, शक्ति र क्षमता हुन्छ, ती सबै धेरै अहङ्कारी हुन्छन्। तर उनीहरूको क्षमता राम्रो भएको हुनाले उनीहरूले सत्यतालाई चाँडै बुझ्छन् र आफ्नो कर्तव्यमा उत्पादनशील हुन्छन्। जब यस्ता मानिसहरूले सत्यतालाई बुझेर सिद्धान्तले काम गर्दछन्, यसले परमेश्‍वरको घरलाई साँच्चै नै लाभ दिन्छ। ब्रदर चेनको क्षमता राम्रो थियो, त्यसैले मैले उनलाई अझ धेरै प्रेमपूर्वक मद्दत गर्नुपर्थ्यो, र उनलाई सहयोग गर्ने धेरै सङ्गति गर्नुपर्थ्यो। त्यो मात्र परमेश्‍वरको इच्छाको सम्मान हुनेथियो। यो अनुभवले मलाई के बुझ्‍न सिकायो भने सत्यताविना हाम्रो शैतानी भ्रष्ट स्वभावले मानिसहरूसँग व्यवहार गर्दा यसले दाजुभाइ र दिदीबहिनीलाई हानि मात्र गर्छ, र उनीहरूको जीवन प्रवेश र मण्डलीको कार्यमा विलम्ब ल्याउँछ। यो एउटा अपराध हो; यो दुष्ट कार्य हो। मैले सत्यताको सिद्धान्तअनुसार अरूसँग व्यवहार गर्नु कति धेरै महत्वपूर्ण छ भन्‍ने देखेँ। मैले यो सानो बुझाइ परमेश्‍वरको वचनहरूको मार्गदर्शनको कृपाले प्राप्त गरेकी छु।

अघिल्लो: मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

अर्को: सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्