मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। “अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिसहरू थिए जसको हृदयमा परमेश्‍वर हुनुहुन्‍नथियो; हृदयमा परमेश्‍वर नभएका मानिसहरूलाई उहाँको आज्ञापालन गर्ने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र धेरै विश्‍वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य साँच्चिकै परमेश्‍वरद्वारा गरिएको एउटा उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। यी मानिसहरूलाई दण्ड दिनु होइन तर तिनीहरूलाई मुक्ति दिनु उहाँको अभिप्राय हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुने थिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुने थिएन” (वचन देहमा देखा पर्नुहुन्छको “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व”)। परमेश्‍वरका यी वचनहरू पढ्दा मलाई मोआबको सन्तानको रूपमा भएको मेरो परीक्षाको याद आउँछ।

मलाई याद छ, सन् १९९३ मा सर्वशक्तिमान्‌ परमेश्‍वरले “विजयको कामको भित्री सत्यता (२)” र “मानिसको सार र पहिचान।” व्यक्त गर्नुभयो उहाँले चीनमा रहेका परमेश्‍वरका सबै चुनिएका मानिसहरू मोआबका सन्तान हुन् भनेर प्रकट गर्नुभयो। त्यो बेला मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मोआबका सन्तानहरू विश्‍वका सबैभन्दा न्यूनतम संख्या भएकामानिसहरू हुन्। केही व्यक्तिहरू सोध्छन्, ‘के हामका सन्तानहरू सबैभन्दा न्यूनतम संख्याका छैनन्?’ ठूलो रातो अजिङ्गरको सन्तान र हामका सन्तानहरू विभिन्न प्रतिनिधिमूलक महत्त्वका छन्, र हामका सन्‍तानहरू एउटा फरक विषय हुन्ः तिनीहरू जति नै श्रापित भए पनि, तिनीहरू अझै पनि नोआका सन्‍तान हुन्; यसै बीचमा, मोआबको उत्पत्ति भने शुद्ध थिएनः मोआब व्यभिचारबाट आएको थियो, र यसै कुरामा भिन्नता छ” (वचन देहमा देखा पर्नुहुन्छको “विजयको कामको भित्री सत्यता (२)”)। “म जसलाई उद्धार गर्छु, तिनीहरू मैले लामो समयअघि नै पूर्वनियुक्त गरेका अनि मद्वारा उद्धार गरिएका मानिसहरू हुन् जबकि तिमीहरू नियमको अपवादको रूपमा मानवतामाझ राखिएका दरिद्र मानिसहरू हौ। तिमीहरूलाई थाहा हुनपर्छ कि तिमीहरू दाऊद वा याकूब घरानाका होइनौ बरु मोआब घरानाका हौ जसका सदस्यहरू अन्य कुलमा पर्छन्। किनभने मैले तिमीहरूसित कुनै करार स्थापित गरिनँ, बरु मात्र काम गरेँ, तिमीहरूको माझमा बोलेँ, अनि तिमीहरूलाई डोर्‍याएँ। मेरो रगत तिमीहरूका निम्ति बगाइएको थिएन, मेरो गवाहीको खातिर तिमीहरूको माझमा मैले केवल आफ्नो काम गरिरहेको थिएँ। के यो कुरा तिमीहरूलाई थाहा थिएन र?” (वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सार र पहिचान”)। म त छक्‍कै परेकी थिएँ। मैले यस्तो विचार गरेँ, “के हामी मोआबका सन्तान हौं? के यो कुरा साँचो हो? मोआब लोत र उनकी छोरीको कोखबाट जन्‍मेका थिए। तिनी व्यभिचारबाट जन्‍मेका थिए, तिनको जन्म स्वच्छ रूपमा भएको थिएन, त्यसैले कसरी हामी तिनका सन्तान हुन सक्छौं? प्रभुमाथिको मेरो विश्‍वासमा, तिनीहरूले हामी इस्राएलीका सन्तान हौं, हामी याकूबको घरानाका हौं भनेर भन्‍ने गर्थे। त्यसो भए, किन परमेश्‍वरले हामी मोआबका सन्तान हौं भनी भन्‍नुभयो?” मैले साँच्‍चै नै यो कुरालाई स्वीकार गर्न सकिन, तर पछि मैले यो विचार गरेँ, “परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् र उहाँले तथ्यहरू मात्रै व्यक्त गर्नुहुन्छ। यो गलत हुन सक्दैन! म किन मोआबको सन्तान भएँ, र किन म चीनमा जन्मिएँ?” परमेश्‍वरको न्याय र सजायलाई अनुभव गर्ने प्रथम व्यक्तिहरूमध्येको एक भएको कारण, परमेश्‍वरको आखिरी दिनहरूको न्याय र शुद्धीकरणको काममा पर्ने प्रथम व्यक्तिहरूमध्ये एक भएकोमा, र विपत्तिहरूभन्दा पहिले विजेता, नमुना विश्‍वासी बनाइने व्यक्तिको रूपमा, मेरो हैसियत अरू कुनै पनि देशमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा ठूलो हुनुपर्छ भन्‍ने मैले सोचेकी थिएँ। तर अचम्‍मको कुरा के थियो भने, म त मोआबको सन्तान थिएँ, र परमेश्‍वरद्वारा श्रापित हुनेबाहेक, म व्यभिचारको उपज थिएँ। म सबै मानवजातिभन्दा नीच, सबैभन्दा पतित थिएँ। यदि अविश्‍वासीहरूले यसको बारेमा थाहा पाए भने तिनीहरूले मलाई के सोच्‍नेछन्? मेरा अविश्‍वासी परिवारका सदस्यहरूले के भन्‍नेछन्? मैले कष्ट भोग्दै र आफूलाई समर्पित गर्दै मेरो विश्‍वासको लागि मेरो घर र मेरो जागिर छोडेकी थिएँ, तर अन्तिममा म त मोआबको सन्तान मात्रै थिएँ। यो अत्यन्तै अपमानजनक र लाजमर्दो कुरा थियो। मैले मौनतामा कष्ट भोग्‍नुपर्छ भन्‍ने मलाई लागेको थियो। त्यो समय अवधिमा, म मोआबको सन्तान हुँ, व्यभिचारको उपज हुँ भन्‍ने विचार गर्नेबित्तिकै, मलाई अत्यन्तै लाज लाग्थ्यो र मैले मेरो अनुहार नै देखाउन सक्दिनथिएँ। म नखाई वा नसुतीकन धेरै दिनसम्‍म घरमा नै बस्थें, र घरमा मलाई केही काम गर्न मन लाग्दैनथ्यो। मैले मेरो हृदयमा, सधैँ गुनासो गरिरहेको हुन्थें, “म कसरी मोआबको सन्तान हुन सक्छु? मेरो पारिवारिक पृष्ठभूमि र हैसियत कसरी यति नीच हुन सक्यो?” म धनी परिवारमा हुर्केकी जस्तै, अत्यन्तै घमण्डी थिएँ, म उच्‍च कुलमा जन्‍मेकी हुँ भन्‍ने लाग्थ्यो, तर एकदिन मलाई फोहोरबाट निकालिएको थियो, र म त्यो वंशमा पर्दिन भन्‍ने अचानक थाहा भएपछि, मलाई भित्री शोक, विवशता, र उदासीनताको अनुभूति भयो र मैले यो सत्यतालाई स्वीकार गर्नै सकिन। म असन्तुष्टि, नकारात्मकता, र गलत बुझाइले भरिएँ। मोआबको सन्तान भएकीले, म श्रापित छु, र परमेश्‍वरले मलाई कहिल्यै पनि मुक्ति दिनुहुन्‍न भन्‍ने मैले सोचेँ। मैले यसको बारेमा जति विचार गर्थेँ, मलाई त्यति नै ममाथि अन्याय भएझैँ लाग्थ्यो। मेरो छाती ठूलो बोझले थिचेको जस्तै हुन्थ्यो, र मैले मुस्किलले सास फेर्न सक्थेँ। म बाथरूममा लुकेर रुन्थेँ। त्यो बेला सबै जनाले कष्ट भोगिरहेका थिए। कतिपय मानिसहरू यसबारेमा उल्‍लेख गर्नेबित्तिकै रुन्थे।

हामीले यस पीडामा कष्ट भोगिरहेको बेलामा, सर्वशक्तिमान्‌ परमेश्‍वरले “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व,” भन्‍ने वचनहरू जारी गर्नुभयो, र हाम्रा स्थितिहरू प्रकट गर्नुभयो र हामीलाई उहाँको इच्‍छा के छ सो बताउनुभयो। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सुरुमा, जब मैले तिमीहरूलाई परमेश्‍वरका मानिसहरूको दर्जा थिएँ, तब तिमीहरू अरूको भन्दा ठूलो आनन्दले तल माथि उफ्रियौ। तापनि, तिमीहरू मोआबका सन्तान हौ भनी मैले भन्नेबित्तिकै तिमीहरू कस्तो भयौ? तिमीहरू सबै चकनाचूर भयौ! तिमीहरूको कद कहाँ छ? दर्जा सम्‍बन्धी तिमीहरूको अवधारणा अति मजबुत छ! … तिमीहरूले कस्तो प्रकारको कष्ट सहेका छौ र तिमीहरूले यति अन्यायको महसुस गर्छौ? तिमीहरू सोच्छौ कि परमेश्‍वरले तिमीहरूलाई एउटा हदसम्म यातना दिनुभएपछि, उहाँ खुशी हुनुहुनेछ, मानौं उहाँ तिमीहरूलाई दोषी ठहर्‍याउने उद्देश्यले नै आउनुभएको हो, अनि तिमीहरूलाई दोषी ठहर्‍याएपछि र नष्ट पार्नुभएपछि उहाँको काम सिद्धिन्छ। के मैले भनेको त्यही हो त? के तिमीहरूको अन्धोपनको कारणले तिमीहरूले त्यसरी सोच्दैनौ र? के यो तिमीहरू आफैले राम्रो गर्न प्रयत्न नगरेको हो वा मैले जानी-जानी तिमीहरूलाई दोषी ठहर्‍याएको हो? मैले त्यस्तो कहिल्यै गरेको छैनँ—यो तिमीहरू आफैले सोचेका हौ। त्यो मैले काम गर्ने तरिका कदापि होइन, न त मसित त्यस्तो अभिप्राय नै छ। यदि मैले साँच्चि नै तिमीहरूलाई नष्ट गर्न चाहेको भए, मैले त्यस्तो कष्ट भएर जान आवश्यक हुन्थ्यो र? यदि मैले तिमीहरूलाई साँच्चिकै नष्ट गर्न चाहेको भए, मैले तिमीहरूसित यति गम्भीरता पूर्वक बोल्न आवश्यक हुन्थ्यो र? मेरो इच्छा यो हो: जब मैले तिमीहरूलाई मुक्ति दिएको हुन्छु, तब नै मैले विश्राम गर्न सक्‍नेछु। कुनै व्यक्ति जति नीच छ, तिनीहरू त्यति नै बढी मेरो मुक्तिका पात्र हुन्छन्। जति बढी अग्रसरका साथ तिमीहरू भित्र प्रवेश गर्न सक्छौ, म त्यति नै बढी खुशी हुनेछु। तिमीहरू जति चकनाचूर हुन्छौ, म त्यति नै बढी खिन्न हुन्छु। तिमीहरू सधैँ गम्केर हिँड्न चाहन्छौ र सिंहासन हत्याउन चाहन्छौ—म तिमीहरूलाई भन्छु, त्यो तिमीहरूलाई फोहोरबाट बचाउने मार्ग होइन। सिंहासनमा बस्ने भ्रमपूर्ण कल्पनाले तिमीहरूलाई सिद्ध पार्न सक्दैन; त्यो यथार्थपूर्ण हुँदैन” (वचन देहमा देखा पर्नुहुन्छको “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व”)। यो पढ्दा मलाई अत्यन्तै पछुतो भयो। हामी राज्यका मानिसहरू बन्‍नेछौं, र हामी विजेताहरू, नमुनाहरू बन्‍नेछौं भनी परमेश्‍वरले भन्‍नुहुँदा, म अहङ्कारी बनेकी थिएँ र म को हुँ भन्‍ने मलाई थाहा थिएन, किनभने परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्ने र सिद्ध तुल्याइनेहरूमध्ये म पहिलो व्यक्ति हुँ, त्यसकारण मसँग अरू कुनै पनि देशका परमेश्‍वरका चुनिएका मानिसहरूको भन्दा उच्‍च हैसियत हुनुपर्छ भनेर मैले कसरी यसभन्दा पहिले विश्‍वास गरेकी थिएँ मैले त्यसको बारेमा विचार गरेँ। म आफैले भरिएकी थिएँ, आफैप्रति प्रसन्‍न थिएँ। जब परमेश्‍वरले हामीलाई मोआबका सन्तानहरूको रूपमा प्रकट गर्नुभयो, तब मैले आफूलाई जन्‍मैदेखि नीच र कम हैसियत भएको, र परमेश्‍वरद्वारा श्रापित भएको देखेँ। मैले परमेश्‍वरले मलाई कहिल्यै पनि मुक्ति दिनुहुनेछैन भन्‍ने ठानेँ, अनि म नकरात्मक स्थितिमा डुबेँ र यसबाट उम्कन सकिन। मैले हैसियतसम्‍बन्धी मेरो इच्‍छा निकै दह्रिलो भएको, र मेरो कदमा धेरै कुराको कमी रहेको थाहा पाएँ। वास्तवमा, परमेश्‍वरले हामीलाई मोआबका सन्तानको रूपमा खुलासा गर्नुभएको भए पनि, उहाँले हामीलाई मुक्ति दिनुहुनेछैन भनी कहिल्यै भन्‍नुभएको थिएन। आखिर, उहाँ ठूलो रातो अजिङ्गरको देशमा देह बन्‍नुभएको थियो, र हामीलाई न्याय, सजाय, सिञ्चन, र भरणपोषण गर्नको लागि सत्यताहरू व्यक्त गर्नुभएको थियो, ताकि सबैभन्दा फोहोरी हामी भ्रष्ट मानिसहरूले परमेश्‍वरबाट मुक्ति पाउने मौका पाउन सकौं। यो सबैको पछाडि परमेश्‍वरका दयालु अभिप्रायहरू थिए! तर मैले परमेश्‍वरको इच्‍छालाई बुझिन। मजस्तो फोहोरी र नीच मोआबको सन्तानलाई परमेश्‍वरले सबैभन्दा बढी घृणा र तिरस्कार गर्नुहुन्छ, उहाँले कुनै पनि हालतमा मलाई मुक्ति दिनुहुनेछैन भन्‍ने सोचेँ। मैले गलत रूपमा बुझेँ र गुनासो गरेँ, त्यसकारण म नकरात्मक र परमेश्‍वरप्रति प्रतिरोधी बनेँ। म अत्यन्तै अनुचित थिएँ! त्यसको केही समयपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरू मोआबका सन्तान हौ भन्ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरूको स्वभाव वा तिमीहरूको जन्मस्थान उच्चतम प्रकारको छ? तिमीहरू उसका सन्तान हौ भन्ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरू सबै हरेक पक्षबाट मोआबका सन्तानहरू होइनौ र? के तथ्यहरूको सत्यता बद्लिन सक्छ र? तिमीहरूको स्वभावलाई अहिले उजागर गर्दा के यसले तथ्यहरूको सत्यतालाई गलत प्रकारले प्रतिनिधित्व गर्दछ र? तिमीहरूको गुलामी, तिमीहरूको जीवन, अनि तिमीहरूको चरित्रलाई हेर—तिमीहरू मानवजातिमध्ये सबैभन्दा नीचहरूमध्ये पनि तिमीहरू नीच हौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरूसँग घमन्ड गर्नको लागि के छ र? समाजमा तिमीहरूको दर्जालाई हेर। के तिमीहरू यसको सबैभन्दा तल्लो तहमा छैनौ र? के मैले गल्ती बोलेको भन्‍ने तिमीहरूलाई लाग्छ? अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? कति धेरै मानिसहरूले सत्य बाटो खोज्नका निम्ति आफ्नो जीवन दिएका छन्, आफ्नो शिर अर्पण गरेका छन्, आफ्नो रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ? तुलना गर्दा, त्यस्तो महान् अनुग्रहको आनन्द लिन तिमीहरू बिलकुल योग्यका छैनौ। आज तिमीहरू मोआबका सन्तान हौ भनेर भन्दा के यसले तिमीहरूलाई अन्याय हुन्छ? तिमीहरू आफैलाई ज्यादै ठूलो नसोच। तिमीहरूसित घमन्ड गर्ने कुरा केही छैन। तिमीहरूलाई त्यस्तो ठूलो मुक्ति, त्यस्तो ठूलो अनुग्रह सित्तैँमा दिइएको छ। तिमीहरूले केही बलिदान दिएका छैनौ, तापनि तिमीहरूले सित्तैँमा अनुग्रहको आनन्द लिन्छौ। के तिमीहरू लाज लाग्दैन?” (वचन देहमा देखा पर्नुहुन्छको “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व”)। परमेश्‍वरका हरेक प्रश्‍नले मेरो हृदयको ढोका ढकढक्यायो। म अत्यन्तै लज्‍जित, अत्यन्तै व्याकुल भएँ! मैले युगौंयुगका सन्तहरूका बारेमा विचार गरेँ—तिनीहरू परमेश्‍वरप्रति समर्पित र आज्ञाकारी थिए, र ठूला परीक्षाहरू भोग्दा उहाँलाई कहिल्यै दोष दिएनन्। तिनीहरू परमेश्‍वरको लागि गवाही भई खडा भए र उहाँको स्वीकृती र आशिष्‌हरू प्राप्त गरेँ। अब्राहामले आफ्‍नो एक मात्र प्यारो पुत्र इसहाकलाई परमेश्‍वरमा चढाउँदै परमेश्‍वरका आज्ञाहरू पालन गरे। उनले कुनै पनि सर्तहरू राख्‍ने वा परमेश्‍वरसँग तर्क गर्ने प्रयास गरेनन्, बरु पूर्ण रूपमा आज्ञापालन गरे। र जब अय्यूबले ठूलो परीक्षाको सामना गरे, र उनले परिवारका सबै सम्‍पत्ति र सबै छोराछोरी गुमाए, अनि उनको शरीर खटिराले भरिए, तब पनि उनले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। तर म त ठूलो रातो अजिङ्गरको देशमा जन्‍मिएकी, सानै उमेरदेखि नास्तिकता, क्रमिक विकासको सिद्धान्त, र भौतिकवादको शिक्षा पाएकी थिएँ। परमेश्‍वर हुनुहुन्छ भन्‍ने मैले कहिल्यै जानेकी थिइन, उहाँको आराधना कसरी गर्ने भनेर जान्‍ने कुरा त परै जाओस्। मेरो विश्‍वास भनेको परमेश्‍वरको अनुग्रह र आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै थियो, ताकि पछि म स्वर्गको राज्यमा प्रवेश गर्न सकूँ र असल गन्तव्य प्राप्त गर्न सकूँ। कुनै हैसियत र कुनै आशिष्‌ प्राप्त नगरेको अवस्थामा परीक्षाको सामना गर्दा, मैले नकरात्मक हुँदै र परमेश्‍वरको विरोध गर्दै, गलत बुझेँ र गुनासो मात्रै गरेँ। म साँचो रूपमा आज्ञाकारी थिइन, र मैले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गरिरहेकी थिइन। विश्‍वासका ती वर्षहरूमा, मैले सहज रूपमा परमेश्‍वरका वचनहरूको भरणपोषण, र क्रमिक रूपमा परमेश्‍वरको कामको अगुवाइको आनन्द प्राप्त गरिरहेकी थिएँ। मैले उहाँको प्रेमको गुन तिर्नको लागि मेरो कर्तव्य पूरा नगरेकी मात्र होइन, मैले त यसको सट्टामा उहाँको गलत बुझाइ र गुनासो, विद्रोह र विरोध मात्रै गरिरहेकी थिएँ। म कस्तो प्रकारको विश्‍वासी थिएछु? तैपनि, मैले आफैलाई परमेश्‍वरको आँखाको नानी, उहाँको लागि महत्त्वपूर्ण व्यक्ति ठानेँ, र अरू कुनै पनि देशका परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा मसँग उच्‍च हैसियत छ, परमेश्‍वरका इनाम र आशिष्‌हरूका निम्ति म सबैभन्दा योग्य छु भन्‍ने सोचेँ। म यति अहङ्कारी थिएँ कि कुन कुरा के हो भन्ने पनि मलाई थाहा थिएन। ममा कुनै आत्म-जागरण थिएन! यदि परमेश्‍वरले मेरो फोहोरी, नीच उत्पत्तिको बारेमा प्रकट नगर्नुभएको भए, मैले अझै पनि म याकूबका १२ कुलमध्येको एउटा कुलबाट आएकी हुँ, म इस्राएलकी सन्तान, दाऊदकी सन्तान हुँ भन्ने ठान्थेँ। म साँच्‍चै निर्लज्ज थिएँ! अब मलाई मेरो पहिचान र हैसियतको बारेमा थाहा भयो, त्यसैले मैले आफूलाई त्यति ठूलो ठान्‍न छोडेँ। म पहिलेजस्तो असभ्य भइनँ। मैले परमेश्‍वरको अघि केही विवेक पनि प्राप्त गरें। यो मेरो लागि परमेश्‍वरको मुक्ति थियो! मैले परमेश्‍वरबाट कुनै पनि लालची मागहरू गर्नु हुँदैन, र आखिरमा मैले असल परिणाम वा गन्तव्य प्राप्त नगरेँ पनि, म अझै पनि परमेश्‍वरले बन्दोबस्त गर्नुहुने कुराहरूमा समर्पित हुनेछु र उहाँको धार्मिकताको प्रशंसा गर्नेछु प्रण गरें।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ र परमेश्‍वरले मोआबका सन्तानहरूका बीचमा काम गर्नुभएको महत्त्वलाई अझै बढी बुझेँ। परमेश्‍वरका वचनहरूले यसो भन्दा रहेछन्। “अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिसहरू थिए जसको हृदयमा परमेश्‍वर हुनुहुन्‍नथियो; हृदयमा परमेश्‍वर नभएका मानिसहरूलाई उहाँको आज्ञापालन गर्ने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र धेरै विश्‍वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य साँच्चिकै परमेश्‍वरद्वारा गरिएको एउटा उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। यी मानिसहरूलाई दण्ड दिनु होइन तर तिनीहरूलाई मुक्ति दिनु उहाँको अभिप्राय हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुने थिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुने थिएन। … तिमीहरू, अर्थात् मोआबको सन्तानमाथि काम गर्नु, तिमीहरूलाई अपमानित गर्नको निम्ति होइन तर कामको महत्त्व प्रकट गर्नको निम्ति हो। तिमीहरूका निम्ति यो ठूलो उत्थान हो। यदि कुनै व्यक्तिसित तर्क र अन्तर्दृष्टि छ भने, तिनीहरूले यसो भन्नेछन्: ‘म मोआबको सन्तान हुँ, आज परमेश्‍वरद्वारा दिइएको यति ठूलो उचाइ वा यति ठूलो आशिष प्राप्त गर्न म साँच्चिकै अयोग्य छु। मैले गर्ने र भन्ने सबै कुरामा, अनि मेरो हैसियत र मूल्यअनुसार म परमेश्‍वरको यति ठूलो आशिषको बिलकुल योग्य छैनँ। परमेश्‍वरको निम्ति इस्राएलीहरूसित ठूलो प्रेम थियो, अनि तिनीहरूले पाएको अनुग्रह परमेश्‍वरले नै तिनीहरूलाई प्रदान गर्नुभएको हो तर तिनीहरूको हैसियत हाम्रो भन्दा ज्यादै उच्च छ। अब्राहाम यहोवाप्रति धेरै भक्त थिए, अनि पत्रुस पनि येशूप्रति धेरै भक्त थिए—तिनीहरूको भक्ति हाम्रो भन्दा सय गुणा बढी थियो। हाम्रो कार्यहरूका आधारमा, हामी परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन पूर्ण रूपले अयोग्य छौँ’” (वचन देहमा देखा पर्नुहुन्छको “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व”)। “मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्‍वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्‍वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्‍वर ब्रह्माण्डका सारा सृष्टिका परमेश्‍वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र ‘बन्नु्हुन्छ’” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ”)। मसँग के धारणा थियो भने परमेश्‍वरले उहाँले मुक्ति दिने मानिसहरूलाई पूर्वनिर्धारित गर्नुभएको छ, र तिनीहरू उहाँका चुनिएका मानिसहरू हुन् त्यसैले चिनियाँ मानिसहरू मोआबका सन्तानहरू भएका हुनाले, हामी सबैभन्दा नीच, परमेश्‍वरलाई सबैभन्दा कम मात्र पहिचान गर्नेहरू, र परमेश्‍वरलाई सबैभन्दा बढी विरोध गर्नेहरू भएको हुनाले, र हामीलाई परमेश्‍वरले श्राप दिनुभएको र इन्कार गर्नुभएको हुनाले, उहाँले अवश्य नै हामीलाई मुक्ति दिनुहुनेछैन। तर परमेश्‍वरले अवश्य नै त्यसो गर्नुभएन। हामी नीच भएको कारण उहाँले हामीलाई त्याग्‍नुभएन, र हामी फोहोरी र भ्रष्ट भएका हुनाले उहाँले हामीलाई मुक्ति दिन छोड्नुभएन। बरु, उहाँ व्यक्तिगत रूपमा देह बन्‍नुभयो, हामी मोआबका सन्तानहरूका बीचमा काम गर्न आउनको लागि, अत्यन्तै ठूलो अपमान र कष्ट भोग्‍नुभयो, र हामीलाई बारम्‍बार उहाँका वचनहरूले न्याय, सजाय, जाँच, र शोधन गर्नुभयो। यो सबै हामीलाई शुद्ध पार्न र मुक्ति दिन गरिएको थियो। परमेश्‍वरको प्रेम कति महान् छ! जसरी प्रभु येशूले पापीहरूसँग एउटै टेबलमा बसेर खानुभयो यो पनि त्यस्तै थियो। हामी जति फोहोरी र नीच छौं, हामीले परमेश्‍वरको प्रेम र मुक्ति कति महान् छन् भनेर त्यति नै बढी देख्छौं। आखिरमा, परमेश्‍वरले जानेर नै हामीलाई अर्थात्, सबैभन्दा गहन रूपमा भ्रष्ट भएका, सबैभन्दा फोहोरी र नीच मानिसहरूलाई शैतानका अन्धकारका शक्तिहरूबाट मुक्ति दिनुहुन्छ ताकि हामीले उहाँको लागि महिमापूर्ण् गवाही दिन सकौं। यसले नै शैतानलाई सबैभन्दा बढी लाजमा पार्नेछ। मोआबका सन्तानहरूका बीचमा परमेश्‍वरले गर्नुहुने कामको अर्थ यही हो! यसको साथै, आखिरी दिनहरूमा परमेश्‍वरले मोआबका सन्तानहरूका बीचमा गर्नुभएका कामले हाम्रा सबै धारणाहरूलाई नष्ट गरेको छ, यसरी हामीलाई उहाँ इस्राएलीहरूका परमेश्‍वर मात्रै हुनुहुन्‍न, उहाँ त सृष्टि गरिएका सबै प्राणीका परमेश्‍वर हुनुहुन्छ भन्‍ने देखाउनुभयो। उहाँले हामी कुन कुलमा जन्‍मेका छौं, हामी कुन देश वा जातका हौं, हामी इस्राएलीहरू हौं वा मोआबका सन्तान हौं, र हामी परमेश्‍वरद्वारा आशिष्‌ पाएका वा श्रापित भएका हौं भन्ने कुरालाई हेर्नुहुन्‍न। हामी सृष्टि गरिएका हौं भने, र हामीले सत्यताको खोजी गर्छौं र परमेश्‍वरको काममा समर्पित हुन्छौं भने, परमेश्‍वरले अवश्य नै हामीलाई मुक्ति दिन सक्‍नुहुन्छ। परमेश्‍वर हरेक सृष्टि गरिएको प्राणीप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ, र हरेकसँग उहाँबाट मुक्ति पाउने अवसर हुन्छ। मैले परमेश्‍वरका वचनहरूमा जति धेरै मनन गरेँ, मैले मोआबका सन्तानहरूका बीचमा परमेश्‍वरले गर्नुभएको कामको महत्त्वलाई, र भ्रष्ट मानवजातिको लागि परमेश्‍वरको प्रेम र मुक्ति कति वास्तविक छ भन्ने कुरालाई त्यति नै बढी अनुभव गरेँ। तर दुःखको कुरा, मेरो क्षमता अत्यन्तै कमजोर छ र परमेश्‍वरको कामसम्‍बन्धी मेरो बुझाइ अत्यन्तै सीमित छ। मैले मेरो थोरै अनुभव र बुझाइहरूलाई मात्रै बाँड्न सक्छु, तर म राम्रो गवाही दिन सक्दिन। म परमेश्‍वरप्रति अत्यन्तै धेरै ऋणी भएकी छु।

यसलाई पछि फर्केर हेर्दा, मोआबको सन्तानको रूपमा परीक्षा भोग्दा, मैले त्यो बेला थोरै कष्ट भोगेको भए तापनि, मैले मेरो आफ्‍नै पहिचान र मूल्यलाई जान्‍न पुगेँ। मैले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम र उहाँको धर्मी स्वभावको बारेमा थोरै बुझाइ प्राप्त गरेँ, र त्यहाँदेखि म त्यति अहङ्कारी र स्व-सन्तुष्ट बनेकी छैन। मैले म कति नीच र भ्रष्ट छु, म उहाँको प्रेम र मुक्तिको योग्य छैन भन्‍ने अनुभव गरेँ, र म फेरि उहाँबाट कुनै पनि मागहरू गर्ने आँट गर्दिनँ। परमेश्‍वरले मलाई जसरी व्यवहार गर्नुभए नि वा जे बन्दोबस्त गर्नुभए नि, म यसलाई स्वीकार गर्न र यसमा समर्पित हुन इच्‍छुक छु। म इमान्दारीपूर्वक परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न र मेरो जीवन स्वभावमा परिवर्तनको खोजी गर्न चाहन्छु। मोआबको सन्तान नै भए पनि, मैले सत्यताको खोजी गर्ने र परमेश्‍वरको गवाही दिने काम गर्नु नै पर्छ। यो यस भजनले भनेजस्तै हो, “हामी इस्राएलीहरू होइनौं, तर मोआबको त्यागिएका सन्तानहरू हौं, हामी पत्रुस होइनौं, जसको क्षमता प्राप्त गर्न हामी असक्षम छौं, न त अय्यूव हौं, अनि हामी परमेश्‍वरको लागि दुःख भोग्ने र आफैलाई परमेश्‍वरमा समर्पण गर्ने पावलको संकल्पसित तुलना गर्न सक्दैनौं, र हामी धेरै पछौटे छौं, र यसैले हामी परमेश्‍वरको आशिषको आनन्द लिन अयोग्य छौं। आज पनि परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको छ; त्यसकारण हामीले परमेश्‍वरलाई सन्तुष्ट गर्नुपर्दछ, र हामी अपर्याप्त क्षमता वा योग्यताका भए पनि, हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न तयार छौं—हामीसँग यो संकल्प छ। हामी मोआबका सन्तानहरू हौं, र हामी श्रापित थियौं। यो परमेश्‍वरद्वारा घोषणा गरिएको थियो, र हामी यसलाई परिवर्तन गर्न असक्षम छौं, तर हाम्रो जीवनशैली र हाम्रो ज्ञान परिवर्तन हुन सक्दछ, र हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न कटिबद्ध छौं” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “मोआबको सन्तानमा हुनुपर्ने सङ्कल्प”)।

अघिल्लो: एक प्रतिभारको परीक्षा

अर्को: दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्