३. एक प्रतिभारको परीक्षा

क्षियाङदाओ, दक्षिण कोरिया

हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईँको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “म त सृष्टि गरिएको सानो प्राणी मात्रै हुँ”)। परमेश्‍वरका वचनहरूको यो भजन गाउँदा गहिरोसँग मेरो मन छोयो। मैले प्रतिभारको परीक्षामा भोगेका कुराहरू नसोची रहन सकिनँ।

सन् १९९३ को प्रारम्‍भमा, मैले मण्डलीका नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कर्तव्य पाएको थिएँ। इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीले गरेको क्रोधले उन्मत्त सतावट र गिरफ्तारीको कारण हामी जहाँ गए पनि पक्राउ पर्ने खतरामा हुन्थ्यौं। प्रतिकूल वातावरणको बाबजुद पनि, म कहिल्यै पछि हटिन, मेरो कर्तव्यमा लागिरहेँ। म परमेश्‍वरका यी वचनहरू पढ्थेँ, “परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌)। अनि मलाई परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति बन्‍न प्रयास गर्नलाई विश्‍वासले भरिपूर्ण भएझैँ लाग्थ्यो। त्यस प्रकारको खोजीले परमेश्‍वरको स्वीकृती प्राप्त गर्छ र म अवश्य नै स्वर्गमा प्रवेश गर्नेछु र उहाँको राज्यका मानिसहरूमध्येको एक बन्‍नेछु भन्‍ने मलाई लागेको थियो।

मलाई अवश्य नै परमेश्‍वरको राज्यमा लगिनेछ भन्‍ने ढुक्क हुँदै, मैले जोशको साथ आफूलाई समर्पित गरिरहेको बेला, सर्वशक्तिमान्‌ परमेश्‍वरले यस्ता वचनहरू व्यक्त गर्नुभयो कि तिनले मलाई प्रतिभारको परीक्षामा पारे। मार्च महिनाको एक दिन, दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो मण्डलीमा परमेश्‍वरका नयाँ वाणीहरू पठाए। “विजयको कामको भित्री सत्यता (१)।” मैले परमेश्‍वरका वचनहरूमा यी कुराहरू पढेँ: “आज, म चीनमा परमेश्‍वरले चुन्नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू प्रकट गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्नु पर्ने सबै कुरा भन्ने सन्दर्भ प्रदान गर्दछ। पछिबाट, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्न गर्दछु, मैले तिमीहरूमाथि गर्ने मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधर्महरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजाति बीचमा विद्रोहीहरूको प्रतिनिधिहरू हौ। तिनीहरू जो कदम बढाउन सक्दैनन् तिनीहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। म किन भन्दछु, कि जो कदम बढाउँदैनन् तिनीहरूले बाधाको रूपमा मात्र काम गर्छन्? किनभने मेरो वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित हुन्छन्, अनि किनभने तिमीहरू सारा मानवजातिको बीचमा विद्रोहीहरूका प्रतिनिधि र प्रतीकहरू बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्ने यी वचनहरू म लिएर पराई देशहरूमा लैजानेछु, र त्यहाँका मानिसहरूलाई जित्न ती प्रयोग गर्नेछु, तापनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई विफल बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै आज तिमीहरूलाई जित्न प्रयोग गरिएका वचनहरूमा अभिलेख राखिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र सबै सम्प्रदायका मानिसहरूलाई जित्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मुख्य नमुना, उदाहरण हौ। तापनि, मैले जानाजानी तिमीहरूलाई त्याग्न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनौ र? मैले एक पटक भनें, कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिएको थियो। मैले किन त्यसो भनें? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढन सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस्? तैँले आफ्नो समयमा धेरै दुःख भोगेको छस् होला, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। यद्यपि तँलाई दण्ड दिइएको र न्याय गरिएको भए पनि, तँ बिल्कुल परिवर्तन भएको छैनस्, र तैँले भित्रबाट जीवन प्राप्त गरेको छैनस्। जब तेरो कामको जाँच गर्ने समय आउँछ, तैँले आगोजस्तो कठोर जाँचको र अझ ठूलो सङ्कष्टको अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण अस्तित्वलाई खरानी बनाउँनेछ। कुनै जीवन नभएको व्यक्ति, भित्रपट्टि अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावसित अल्झेको व्यक्ति, विफल भइकन एउटै पनि राम्रो काम गर्न नसक्ने व्यक्तिको रूपमा, तँ किन हटाइदैनस् र?(वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनहरूमा “प्रतिभार” भन्‍ने शब्‍द बारम्बार उल्‍लेख गरिएको देख्दा म छक्‍क परेँ। मैले सोचेँ, “प्रतिभार? परमेश्‍वरले पहिले पनि आफ्‍ना वचनहरूमा प्रतिभारको बारेमा उल्‍लेख गर्नुभएको छ, तर के त्यसले ठूलो रातो अजिङ्गरलाई जनाउँदैनथियो र? म मेरो विश्‍वासमा परमेश्‍वरको लागि बलिदान गर्छु र उहाँलाई प्रेम गर्ने प्रयास गर्छु। म राज्यका मानिसहरूमध्येको एक हुनुपर्छ। म कसरी प्रतिभार हुन सक्छु?” मैले फेरि अत्यन्तै ध्यान दिएर परमेश्‍वरका वचनहरू पढेँ। परमेश्‍वरले हामी चिनियाँ मानिसहरू सबैभन्दा भ्रष्ट छौं, परमेश्‍वरप्रतिको हाम्रो विरोध सबैभन्दा खराब छ, र हामी सबै मानवजातिको विद्रोहीपनका प्रतिनिधिहरू हौं भनेर भन्‍नुभएको थियो। उहाँले के पनि भन्नुभयो भने यदि परमेश्‍वरका मानिसहरू परिवर्तन हुँदैनन् भने, यदि तिनीहरूले जीवन प्राप्त गरेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको कामको प्रतिभारहरूका रूपमा काम गर्छन्, र तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। यो पढेपछि मेरो छाती कडा भयो, र मैले सोचेँ, “म त प्रतिभार पो हुँ? यो हुन सक्दैन। यदि म साँच्‍चै नै प्रतिभार हुँ भने, के म अझै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु?”

त्यसको केही समयपछि नै, मैले परमेश्‍वरको यो सङ्गति पढेँ: “तिमीहरू बेइमान र छली छौ, र तिमीहरूमा योग्यताको कमी छ र तिमीहरू निम्न कदका छौ, त्यसैले तिमीहरू मेरो नजरभित्र वा मेरो हृदयमा कहिल्यै पनि रहेका छैनौ। मेरो काम तिमीहरूलाई दोषी ठहराउने अभिप्रायले मात्र गरिन्छ; मेरो हात तिमीहरूबाट कहिल्यै पनि टाढा भएको छैन, न त मेरो ताडना नै टाढा रहेको छ। मैले तिमीहरूलाई निरन्तर न्याय गरेको र सराप दिएको छु। तिमीहरूले मलाई नबुझ्ने भएकोले मेरो क्रोध सधैं तिमीहरूमाथि खनिएको छ। मैले सधैं तिमीहरूको बीचमा काम गरेको भए पनि तिमीहरूले तिमीहरूप्रतिको मेरो मनोभावलाई जान्नुपर्छ। यो घृणाबाहेक अरू केही होइन—अरू कुनै मनोभाव वा धारणा छैन। म यति मात्र चाहन्छु कि तिमीहरूले मेरो बुद्धि र मेरो महान् शक्तिका लागि प्रतिभारको रूपमा काम गर। तिमीहरूको विद्रोहीपनद्वारा मेरो धार्मिकता प्रकट हुने भएकोले तिमीहरू मेरा प्रतिभारबाहेक अरू केही होइनौ। मैले तिमीहरूलाई मेरो कामका प्रतिभार, मेरो कामका सहायक अङ्ग बन्न् लगाएको छु…(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। हामी प्रतिभारहरू हौं, हामी उहाँका कामका अतिरिक्त भाग हौं भनेर परमेश्‍वरले स्पष्‍ट रूपमा उल्‍लेख गर्नुभएको छ, र उहाँले हामीप्रति घृणा र तिरस्कारबाहेक केही पनि अनुभूति गर्नुहुन्‍न भन्‍ने मैले थाहा पाएँ। म छक्‍क परेँ र मलाई परमेश्‍वरले त्याग्‍नुभएको छ भन्‍ने लाग्यो। म अत्यन्तै दुःखी भएँ र मभित्र गुनासाहरू पैदा भए। मैले सोचेँ, “मैले यतिका वर्षदेखि विश्‍वास गरेको छु, मेरो परिवार र जागिर छोडेको छु, र परमेश्‍वरको लागि आफूलाई अर्पण गर्ने क्रममा धेरै कष्ट भोगेको छु। म सेवाकर्ताहरूको परीक्षा र मृत्युको परीक्षाबाट गुज्रेको छु। म राज्यको व्यक्ति हुनेछु भन्‍ने आशा गर्दै अहिले मैले परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्न थालेको छु। परमेश्‍वरको धर्मी स्वभावको तुलना गर्ने आधार बनिसकेपछि हटाइने म एक प्रतिभार, सेवा गर्ने वस्तु बन्‍नेछु भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइन। अनि, मैले यतिका वर्षदेखि केको लागि मूल्य चुकाउँदै आइरहेको थिएँ त? यदि यो कुरा मेरा इष्टमित्र र आफन्तहरूले थाहा पाए भने तिनीहरूले के सोच्‍नेछन्? मैले मेरो विश्‍वासको लागि जागिर र परिवार त्याग्दा तिनीहरूले यो कुरा बुझ्‍न सकेका थिएनन्। तिनीहरूले मेरो गिल्‍ला गरे। त्यसैले त्यो बेला म असल विश्‍वासी बन्‍न चाहन्थेँ ताकि परमेश्‍वरको काम पूरा भएपछि र ठूला-ठूला विपत्तिहरू आएपछि, मलाई उहाँको राज्यमा लगिनेछ। त्यसपछि म शिर ठाडो पार्न सक्छु र तिनीहरू सबै लज्‍जित हुनेछन्। म प्रतिभारजस्तो नीच व्यक्ति बन्‍न पुग्‍नेछु भनेर कसले कल्‍पना गरेको थियो र? प्रतिभारहरूसँग जीवन हुँदैन। तिनीहरू फोहोर हुन्, सेवाकर्ताहरू जति पनि असल हुँदैनन्। कम्तीमा पनि सेवाकर्ताहरूले केही समयको लागि परमेश्‍वरको सेवा गर्न सक्छन् र उहाँको अनुग्रह र आशिष्‌हरू प्राप्त गर्न सक्छन्। सेवाकर्ता हुनुसमेत राम्रै हुनेथियो। जे भए पनि, यो प्रतिभार हुनुभन्दा त असल सुनिन्छ।”

केही दिनसम्‍म “प्रतिभार” भन्‍ने शब्‍द मेरो दिमागमा बारम्‍बार गुञ्‍जिरह्‍यो, र अचम्म हुँदै मैले केवल यसबारे सोचिरहेँ, “म कसरी प्रतिभारभन्दा बढी केही पनि हुन सकिन? म कसरी चीनमा जन्‍मिए? यदि ठूलो रातो अजिङ्गरले चिनियाँ मानिसहरूलाई यति गहन रूपमा भ्रष्ट नतुल्याएको भए, म कहिल्यै पनि प्रतिभार हुनेथिइन! मैले त म परमेश्‍वरको राज्यमा प्रवेश गरेर त्यहाँको मानिस बन्‍न, परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्न लागेको थिएँ भन्ने सोचेको थिएँ। म प्रतिभार हुनपुग्छु भनेर मैले कहिल्यै पनि विचार गरेको थिइन।” मैले यसबारेमा जति विचार गर्थेँ मलाई त्यति नै रिस उठ्थ्यो र मैले आँशु रोक्‍न सक्दिनथिएँ। अवस्था त्यही भएको हुनाले, मैले आफूलाई मेरो भाग्यमा समर्पित गर्नबाहेक केही पनि गर्न सक्दिन भन्‍ने पत्ता लगाएँ।

त्यसपछि, मैले भेलाहरूमा जान र मेरो कर्तव्यलाई पूरा गर्न जारी राखेको भए पनि, यसमा मन जाँदैनथ्यो। प्रार्थनामा मसँग परमेश्‍वरलाई भन्‍ने केही कुरा हुँदैनथियो र मलाई गीत गाउन पनि मन लाग्‍दैनथियो। मैले परमेश्‍वरका वचनहरूबाट कुनै पनि अन्तर्दृष्टि प्राप्त गर्दिनथेँ। मलाई लाग्थ्यो, म एक प्रतिभार भएको हुनाले, अबउप्रान्त खोजी गर्नुको कुनै अर्थ छैन किनभने मलाई त फालिनेछ र हटाइनेछ, अतल कुण्‍डमा फ्याँकिनेछ। मलाई अत्यन्तै नकरात्मक र व्याकुल अनुभव भइरहेको थियो। एकसाँझ म अनिदो भई ओछ्यानमा पल्टिरहेको बेला, मैले परमेश्‍वरले आखिरी दिनहरूको आफ्‍नो कामको अवधिमा बोल्‍नुभएका ती सबै वचनहरूको बारेमा विचार गरेँ जसले हामीलाई मलजल र भरणपोषण दिँदै आइरहेका थिए, र हामीलाई शुद्ध पार्दै आइरहेका परीक्षा र शोधनहरूको बारेमा विचार गरेँ। मैले खास गरी सेवाकर्ताहरूको परीक्षाको बारेमा विचार गरेँ। त्यो बेला, परमेश्‍वरले हामीबाट हाम्रो देहका आशा हटाउनुभएको र हामीलाई अतल कुण्‍डमा फ्याँक्‍नुभएको भए पनि, यो वचनहरूको परीक्षा थियो, र यी कुराहरू वास्तवमा नै हामीमाथि आइपरेका भने थिएनन्। त्यो परीक्षाद्वारा नै मैले विश्‍वास गर्नुको मेरो मनसाय आशिष्‌हरू प्राप्त गर्नको लागि हो भन्‍ने बारेमा केही बुझाइ प्राप्त गरेँ र मैले परमेश्‍वरको धर्मी स्वभावको बारेमा थोरै अनुभव प्राप्त गरेँ। मैले के देखेँ भने परमेश्‍वरले जे काम गर्नुभए पनि, यो सबै हामीलाई शुद्ध पार्न र मुक्ति दिनको लागि हो। मैले परमेश्‍वरको अघि खुशीसाथ उहाँको सेवा गर्छु भनेर कसरी सङ्कल्प गरेको थिएँ त्यो पनि याद गरेँ। त्यसपछि मैले केही आत्मतिरस्कारको अनुभूति गरेँ र केही उत्प्रेरणा प्राप्त गरेँ, अनि विचार गरेँ, “म सेवाकर्ता भए पनि वा प्रतिभार भए पनि, सृष्टिकर्ताको लागि मेरो कर्तव्य पूरा गर्नु ठीक र उचित कुरा हो, र परमेश्‍वरले भविष्यमा जे बन्दोबस्त गर्नुभए पनि, मेरो सेवापछि मैले राम्रो परिणाम नै प्राप्त गरिन भने पनि, म अन्त्यसम्‍मै परमेश्‍वरको सेवा गर्नेछु।” त्यसैले, मैले मेरो कर्तव्य पूरा गर्न जारी नै राखेँ। तर मैले परमेश्‍वरको इच्‍छालाई नबुझेको हुनाले, जबजब मैले जीवन वा राम्रो परिणाम प्राप्त नगर्ने प्रतिभार हुने बारेमा विचार गर्थेँ, मलाई अझै पनि नकारात्मक अनुभूति हुन्थ्यो र रिस उठ्थ्यो।

अप्रिल महिनाको प्रारम्‍भतिर, हामीले परमेश्‍वरका थप नयाँ वाणीहरू प्राप्त गर्‍यौं। परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: ‘हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।’ धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छोयो। ती वचनहरूले मेरो शैतानी स्वभावलाई र आफ्‍नो अस्तित्वका लागि रहेका मेरा विचारहरूलाई पूर्ण रूपमा खुलासा गरे। म अत्यन्तै लज्‍जित भएँ। मैले सुरुमा कसरी मेरो विश्‍वास आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै थियो भन्‍ने बारेमा विचार गरेँ। “हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।” त्योबेला मैले यही सोचेँ। मसेवाकर्ताहरूको परीक्षा र मृत्युको परीक्षाबाट गुज्रिसकेपछि, मैले आशिष्‌हरू प्राप्त गर्ने मेरा मनसायहरूलाई बुझ्‍न थालेँ र परमेश्‍वरको लागि सेवा गर्न इच्‍छुक बनेँ, तर मेरो हृदयको गहिराइमा, आशिष्‌हरू प्राप्त गर्ने इच्‍छा अझै पनि गाँजिएको थियो र पूर्ण रूपमा शुद्ध भएको थिएन। खास गरी जब म परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिनुभएका आशिष्‌हरूसम्‍बन्धी प्रतिज्ञा देख्थें, आशिष्‌हरू प्राप्त गर्ने मेरो इच्‍छा फेरि जाग्थे। मलाई यसपटक म अवश्य नै स्वर्गको राज्यमा प्रवेश गर्छु भन्‍ने लागेको थियो, त्यसैले त मैले आफैलाई परमेश्‍वरको निम्ति जोसको साथ समर्पित गरेको थिएँ। तर जब परमेश्‍वरले हामीलाई प्रतिभार, अतिरिक्त भाग, र उहाँको घृणाका निसानाको रूपमा खुलासा गर्नुभयो, आशिष्‌हरू पाउने मेरो आशा समाप्त भएझैँ, मसँग उप्रान्त कुनै भविष्य वा हैसियत नभएझैँ लाग्यो। मलाई अत्यन्तै अन्याय भएको छ भन्‍ने लाग्यो र म गुनासाहरूले भरिएँ। मैले मेरा बलिदान र कठिन परिश्रमलाई परमेश्‍वरसँग सौदाबाजी गर्ने, परमेश्‍वरबाट उहाँको राज्यमा सित्तैँमा प्रवेश अनुमति पाउने पूँजीको रूपमा लिएँ, नत्र म आफूलाई समर्पित गर्न इच्‍छुक थिइन। त्यसपछि मात्रै मैले हैसियतप्रतिको मेरो तृष्णा र मेरा लालची इच्‍छाहरू कति गम्भीर छन् भन्‍ने कुरा थाहा पाएँ। मसँग परमेश्‍वरप्रति अलिकति पनि सच्‍चा प्रेम वा समर्पणता थिएन। यो सबै लेनदेन-केन्द्रित, विद्रोही, र छली थिए। तथ्यहरूको सामना गरिसकेपछि, म पूर्ण रूपमा विश्‍वस्त भएँ। म शैतानद्वारा कति गहन रूपमा भ्रष्ट तुल्याइएको छु भन्‍ने कुरा मैले देखेँ। म अहङ्कारी, कुटिल, स्वार्थी, र घृणित, अनि विवेक र तर्कशक्ति विहीन थिएँ। मैले परमेश्‍वरको पवित्र र धर्मी स्वभावलाई पनि देखेँ, जसले कुनै उल्‍लङ्घन सहँदैन। मजस्तो भ्रष्ट, धेरै मनसाय र भ्रष्ट स्वभावले कलङ्कित व्यक्तिलाई परमेश्‍वरले कसरी घृणा नगरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वरले मलाई जे भन्‍नुभए नि, मलाई जसरी व्यवहार गर्नुभए नि, त्यो धर्मी नै हुन्छ।

पछि मैले एउटा भेलामा परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरले समयको यस अवधिमा व्यक्त गर्नुभएका यी वाणीहरूलाई तैँले अझै धेरै पढ्नुपर्छ, र त्यसको तुलनामा तेरा कार्यहरूलाई हेर्नुपर्छ: यो साँच्चै सत्य हो कि तँ साँच्चै र वास्तवमा नै एक प्रतिभार होस्! आज तेरो ज्ञानको सीमा कति छ? तेरा उपायहरू, तेरा विचारहरू, तेरा व्यवहार, तेरा बोलीवचन र कामहरू—के यी सबै अभिव्यक्तिहरू परमेश्‍वरको धार्मिकता र पवित्रताका निम्ति तुलनाको आधार होइनन् र? के तिमीहरूका अभिव्यक्तिहरू परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएको भ्रष्ट स्वभावका अभिव्यक्तिहरू होइनन् र? तेरा सोचाइ र विचारहरू, तेरा प्रेरणाहरू, र तँमा प्रकट भएको भ्रष्टताले के परमेश्‍वरको धर्मी स्वभाव, साथै उहाँको पवित्रतालाई देखाउँदैन र। परमेश्‍वर पनि फोहोरको देशमा जन्मिनुभएको थियो, तर उहाँ फोहोरद्वारा कलङ्कित नभई रहनुभयो। उहाँ तँ जस्तै त्यही फोहोर संसारमा बस्नुहुन्छ, तर उहाँमा विवेक र समझ छ, र उहाँले फोहोरलाई घृणा गर्नुहुन्छ। सायद तैँले आफ्नो बोलीवचन र काममा रहेको कुनै फोहोर फेला पार्न सक्दैनस्, तर उहाँले त्यसो गर्न सक्नुहुन्छ, र उहाँले तँलाई ती देखाउनुहुन्छ। तेरा ती पुराना थोकहरू—तँमा भएको विकास, समझ र ज्ञानको कमी, र तेरो पछाडिएको जीवन शैली—ती सबैलाई कसरी आजको प्रकाशले ज्योतिमा ल्याएको छ; परमेश्‍वर यसरी काम गर्न पृथ्वीमा आउनुभयो भने मात्रै मानिसहरूले उहाँको पवित्रता र धर्मी स्वभावलाई देख्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्)। “अवश्य नै, परमेश्‍वरले तिमीहरूलाई यसैको खातिर मात्र प्रतिभार बनाउनुहुन्न। बरु, जब यो कामले फल फलाउँछ तब मात्र मानिसको विद्रोह परमेश्‍वरको धर्मी स्वभावका लागि एउटा प्रतिभार हो भन्ने स्पष्ट हुन्छ, र तिमीहरू प्रतिभारहरू भएकाले मात्र तिमीहरूसित परमेश्‍वरको धार्मिक स्वभावको प्राकृतिक अभिव्यक्ति जान्ने मौका हुन्छ। तिमीहरूको विद्रोहको कारण तिमीहरूलाई न्याय गरिन्छ र सजाय दिइन्छ, तर तिमीहरूको विद्रोहको कारणले गर्दा पनि तिमीहरू प्रतिभार बनाउँछ, र तिमीहरूको विद्रोहको कारण नै परमेश्‍वरले तिमीहरूमाथि प्रदान गर्नुहुने ठूलो अनुग्रह तिमीहरू प्राप्त गर्दछौ। तिमीहरूको विद्रोह परमेश्‍वरको सर्वशक्ति र बुद्धिका निम्ति एउटा प्रतिभार हो, र तिमीहरूको विद्रोहको कारणले नै तिमीहरूले यति ठूलो मुक्ति र आशिष् प्राप्त गरेका छौ। तिमीहरूलाई बारम्बार मैले न्याय गरेको भए पनि, मानिसले पहिले कहिल्यै नपाएको ठूलो मुक्ति तिमीहरूले पाएका छौ। यो काम तिमीहरूका लागि अत्यन्त महत्त्वपूर्ण छ। एउटा ‘प्रतिभार’ हुनु पनि तिमीहरूका लागि मूल्यवान् कुरा हो: तिमीहरूले मुक्ति पायौ र मुक्तिको अनुग्रह प्राप्त गऱ्यौ, किनकि तिमीहरू प्रतिभार हौ, त्यसैले के प्रतिभार अत्यन्त मूल्यवान् छैन र? के यो ठूलो महत्त्वको कुरा होइन? तिमीहरू परमेश्‍वर बस्नुभएकै क्षेत्रमा, त्यही फोहोर देशमा बस्छौ, यसैले तिमीहरू प्रतिभार हौ र सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्छौ। यदि परमेश्‍वर देह नबन्‍नुभएको भए, तिमीहरू जस्तो तुच्छ मानिसहरूप्रति को दयालु हुन्थ्यो होला, र कसले तिमीहरूजस्तो नीच मानिसहरूलाई हेरचाह गर्थ्यो होला? कसले तिमीहरूलाई वास्ता गर्थ्यो होला? यदि परमेश्‍वर तिमीहरूको बीच काम गर्न देह नबन्नुभएको भए तिमीहरूले यो मुक्ति कहिले पाउनेथियौ, जुन तिमीहरूभन्दा अघिका मानिसहरूले कहिल्यै पाएनन्? यदि म तिमीहरूको हेरचाह गर्न, तिमीहरूका पापहरूको न्याय गर्न देह नबनेको भए, के तिमीहरू धेरै अघि नै पातालमा पर्नेथिएनौ र? यदि म देह नबनेको भए र तिमीहरूको माझमा आफैलाई नम्र नबनाएको भए, तिमीहरू परमेश्‍वरको धार्मिक स्वभावको एक प्रतिभार कसरी हुन सक्थ्यौ र? … मैले तिमीहरूलाई जित्न ‘प्रतिभार’ प्रयोग गरेको भए पनि, तिमीहरूले यो बुझ्नुपर्छ, कि यो मुक्ति र आशिष् तिमीहरूलाई प्राप्त गर्नका लागि दिइएको हो; यो विजयको लागि हो, तर यसले तिमीहरूलाई अझ राम्ररी बचाओस् भनेर पनि हो। ‘प्रतिभार’ तथ्य हो, तर तिमीहरू प्रतिभार हुनुको कारण तिमीहरूको विद्रोहीपन हो, र यसैकारण तिमीहरूले ती आशिषहरू प्राप्त गरेका छौ, जुन अरू कसैले कहिल्यै प्राप्त गरेको छैन। आज तिमीहरूलाई हेर्न र सुन्न दिइएको छ; भोलि तिमीहरूले प्राप्त गर्नेछौ, र त्योभन्दा बढी, तिमीहरूले ठूलो आशिष् पाउनेछौ। यसैले, के प्रतिभारहरू ठूलो मूल्यका छैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्)। परमेश्‍वरका वचनहरूले मलाई प्रतिभार हुनु भनेको के हो त्यो देखाए। हामी चीनमा जन्‍मेका थियौं, त्यसैले यतिका वर्षसम्‍म हामीलाई ठूलो रातो अजिङ्गरले शिक्षा दिएको, प्रभाव पारेको र भ्रष्ट तुल्याएको थियो। हामी सबै शैतानी दर्शनशास्‍त्र, नास्तिकता, क्रमिक विकासको सिद्धान्त, र अरू भ्रमहरूले भरिएका थियौं। हाम्रो हरेक विचार दुष्ट र सत्यताविपरीत हुन्छ। तर हामीले त्यो कुरालाई महसुस गरेनौं, बरु हामी असल मानिसहरू हौं, हामी परमेश्‍वरको इच्‍छा अनुरूपका छौं भन्‍ने विचार गर्‍यौं। सर्वशक्तिमान्‌ परमेश्‍वरले तीक्ष्‍णताको साथ अहङ्कार, धूर्तता, र दुष्टताजस्ता हाम्रा सबै शैतानी स्वभावलाई खुलासा गर्नुहुन्छ, त्यसपछि उहाँले सत्यताहरू प्रकट गरेर हामीलाई पूर्ण रूपमा विश्‍वस्‍त तुल्याउनुहुन्छ। जब परमेश्‍वरले न्याय गर्न र हाम्रो भ्रष्टताको खुलासा गर्न सत्यता व्यक्त गर्नुहुन्छ, पाप र दुष्टतालाई घृणा गर्ने उहाँको धर्मी स्वभाव स्वतः प्रकट हुन्छ। हामीले कुनै उल्‍लङ्घन नसहने उहाँको पवित्रता र उहाँको धर्मी स्वभावलाई देख्छौं, अनि हाम्रो भ्रष्टता र दुष्टता परमेश्‍वरको धर्मी स्वभावको प्रतिभार बन्छन्। मैले परमेश्‍वरका वचनहरूमा मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति पनि देखेँ, विशेष गरी उहाँले भन्‍नुभएको यो वचनमा त्यस्तो देखेँ, “यदि परमेश्‍वर देह नबन्‍नुभएको भए, तिमीहरू जस्तो तुच्छ मानिसहरूप्रति को दयालु हुन्थ्यो होला, र कसले तिमीहरूजस्तो नीच मानिसहरूलाई हेरचाह गर्थ्यो होला? कसले तिमीहरूलाई वास्ता गर्थ्यो होला?” त्यो मेरो लागि अत्यन्तै हृदय-स्पर्शी थियो। मैले परमेश्‍वरका वचनहरूको बारेमा मनन गर्दा, मैले के थाहा पाएँ भने परमेश्‍वरले हामीलाई हाम्रो फोहोर र भ्रष्टताको कारण त्याग्‍नुभएको वा हटाउनुभएको छैन, बरु, शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको र नोक्‍सानी गरेको हामीलाई उहाँले कृपा गर्नुभएको छ। उहाँ हामीलाई मुक्ति दिन व्यक्तिगत रूपमा नै देह बन्‍नुभयो, यसरी हाम्रो बीचमा काम गर्न सबैभन्‍दा ठूलो अपमान सहनुभयो, हामीलाई मलजल र भरणपोषण गर्न, हामीलाई न्याय र खुलासा गर्नको लागि सत्यताहरू व्यक्त गर्नुभयो। उहाँले हामीलाई प्रतिभारहरूका रूपमा खुलासा गर्नुभएको भए पनि, उहाँको इच्‍छा भनेको हामीलाई हटाउने होइन, बरु हामीलाई हैसियत प्राप्त गर्ने हाम्रो इच्‍छा र भविष्यप्रतिको हाम्रो आशा पहिचान गराउन, हाम्रो अहङ्कारी, छली, र दुष्ट शैतानी स्वभावलाई चिनाउनको लागि हो, ताकि हामीले सत्यतालाई खोजी गर्न सकौं, भ्रष्टतालाई त्याग्‍न सकौं, र परमेश्‍वरबाट पूर्ण रूपमा मुक्ति पाउन सकौं। यो हामीप्रतिको परमेश्‍वरको अत्यन्तै व्यावहारिक प्रेम र मुक्ति हो! परमेश्‍वरको इच्‍छालाई बुझिसकेपछि, मैले परमेश्‍वरसँग कसरी व्यवहार गर्दै आइरहेको थिएँ भनी सोचेँ र भूमिले मलाई निलिहालोस् भन्‍ने चाहेँ। म त सृष्टि गरिएको तुच्छ प्राणी थिएँ, शैतानद्वारा भ्रष्ट तुल्याइएको अनि फोहोरी र पतित थिएँ। सर्वोच्‍च परमेश्‍वरलाई प्रतिभारको रूपमा सेवा गर्न सक्‍नु, र परमेश्‍वरको काम अनुभव गर्ने र उहाँको धार्मिकता र पवित्रतालाई देख्‍ने मौका पाउनु परमेश्‍वरले मलाई दिनुभएको अनुग्रह थियो! यदि परमेश्‍वरले देह बनेर हाम्रो बीचमा बोल्‍ने र काम गर्ने नगर्नुभएको भए, मैले कसरी यति धेरै सत्यता बुझ्‍ने मौका पाउनेथिएँ र? मैले कसरी उहाँको धर्मी स्वभावलाई चिन्‍ने मौका पाउनेथिएँ र? मैले परमेश्‍वरलाई धन्यवाद नदिएको मात्रै होइन, मैले त आफूलाई प्रतिभार भनिएकोमा परमेश्‍वरसँग तर्क गर्नेसमेत प्रयास गरेँ। मसँग कुनै तर्कशक्ति वा मानवता थिएन। जब मैले यो कुरा महसुस गरेँ, म शैतानद्वारा कति गहन रूपमा भ्रष्ट तुल्याइएको छु, र परमेश्‍वरप्रति कति ऋणी छु भन्‍ने चाल पाएँ। मैले परमेश्‍वरसँग पश्‍चात्ताप गर्न चाहेँ, र उहाँले मलाई जे भनेर बोलाउनुभए पनि र मेरो भविष्य र गन्तव्य जे-जस्तो हुने भए पनि, म परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा समर्पित हुन चाहेँ। मलाई सत्यताको खोजी गर्ने र स्वभाव परिवर्तन गर्ने चाहना भयो।

प्रतिभारको परीक्षाबाट गुज्रिएपछि, मैले आशिष्‌हरू प्राप्त गर्ने मेरो मनसाय र मेरो शैतानी स्वभावको बारेमा केही बुझाइ प्राप्त गरेँ, र हैसियत उच्‍च होस् वा नीच, म सृष्टि गरिएको तुच्छ प्राणी बाहेक केही पनि होइन र म सधैँ परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भन्‍ने मैले थाहा पाएँ। मैले परमेश्‍वरको लागि प्रतिभारको रूपमा सेवा गरिरहेको भए पनि, मैले उहाँको धार्मिकताको प्रशंसा गर्नुपर्छ, सत्यताको राम्ररी खोजी गर्नुपर्छ, र सृष्टि गरिएको प्राणीको रूपमा मेरो कर्तव्य पूरा गर्नुपर्छ। त्यो सृष्टि गरिएको प्राणीमा हुनुपर्ने उचित गवाही हो।

अघिल्लो: २. मृत्युको परीक्षामा पर्दा

अर्को: ४. मोआबका सन्तानहरूको परीक्षा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

३८. हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्