२२३  आखिरी दिनहरूमा परमेश्‍वरको देहधारण पछाडिको उद्देश्य

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्न देह बन्नुभयो। उहाँका अभिप्राय अनुसारका मानिसहरूलाई सिद्ध पार्ने उद्देश्यले मानिसहरूको बीचमा काम गर्न उहाँ व्यक्तिगत रूपमा आउनुभयो। सृष्टिको समयदेखि आजसम्ममा, आखिरी दिनहरूमा मात्र उहाँले यस किसिमको काम गर्नुभएको हो। आखिरी दिनहरूमा मात्र परमेश्‍वर यस्तो व्यापक रूपमा काम गर्न देहधारी हुनुभएको छ। उहाँले मानिसहरूका निम्ति सहन कठिन हुने कठिनाइहरू सहनुहुन्छ, र उहाँ महान् परमेश्‍वर हुनुभए पनि उहाँमा साधारण मानिस बन्ने नम्रता छ, तैपनि उहाँको कामको कुनै पक्षमा ढिलाइ भएको छैन, र उहाँको योजना अलिकति पनि अस्तव्यस्तताको शिकार बनेको छैन। उहाँले आफ्नो मूल योजना अनुसार नै काम गर्दैहुनुहुन्छ।

यस देहधारणको एउटा उद्देश्य भनेको मानिसहरूलाई विजय गर्नु हो, अर्कोचाहिँ उहाँले प्रेम गर्नुहुने मानिसहरूलाई सिद्ध पार्नु हो। उहाँले सिद्ध पार्नुभएका मानिसहरूलाई उहाँले आफ्नै आँखाले हेर्न चाहनुहुन्छ, अनि उहाँले सिद्ध पार्नुभएका मानिसहरूले कसरी उहाँको गवाही दिन्छन् भनी उहाँ आफै हेर्न चाहनुहुन्छ। सिद्ध पारिएका मानिसहरू एक-दुई जना मात्र हुँदैनन्। बरु, यो एउटा समूह हो, जसमा थोरै मानिसहरू मात्र समावेश हुन्छन्। यो समूहका मानिसहरू संसारका विभिन्न देशहरूबाट, र संसारका विभिन्न जातीय समूहहरूबाट आउँछन्। त्यति धेरै काम गर्नुको उद्देश्य भनेको मानिसहरूको यो समूहलाई प्राप्त गर्नु, यो समूहका मानिसहरूले दिने उहाँको गवाही प्राप्त गर्नु, र उहाँले तिनीहरूबाट पाउनुहुने महिमा प्राप्त गर्नु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

अघिल्लो: २२२  परमेश्‍वरको विनम्रता निकै प्रेमिलो छ

अर्को: २२४  सिद्ध पारिनको लागि सत्यता अभ्यास गर्नमा ध्यान देऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्