अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४)

विषयवस्तु पाँच: प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने, अनि समस्याहरूलाई तुरुन्तै समाधान गर्ने, विचलनहरूलाई सच्याउने र कामका त्रुटिहरूको निदान गर्ने ताकि कामको प्रगति सहज होस्

आजको सङ्गति अगुवा र कामदारहरूको पाँचौं जिम्मेवारीबारे छ: “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने, अनि समस्याहरूलाई तुरुन्तै समाधान गर्ने, विचलनहरूलाई सच्याउने र कामका त्रुटिहरूको निदान गर्ने ताकि कामको प्रगति सहज होस्।” हामी झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू चिरफार गर्न, झूटा अगुवाहरूले यो काममा आफ्नो जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्यमा दृढ़तासाथ लागिरहन्छन् कि रहँदैनन् र राम्ररी काम गर्छन् कि गर्दैनन् भनेर हेर्न यो जिम्मेवारीमा ध्यान दिनेछौं।

झूटा अगुवाहरू सहजतामा लिप्त हुन्छन् र कामबारे बुझ्न आधारभूत तहमा गहन रूपले संलग्‍न हुँदैनन्

अगुवा र कामदारहरूको पाँचौं जिम्मेवारीले सुरुमा “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने” भन्‍ने कुरा उल्लेख गर्छ। “प्रत्येक कामको स्थिति” ले के जनाउँछ? यसले कामको कुनै निश्‍चित क्षेत्रको वर्तमान स्थिति कस्तो छ भन्‍ने कुरा जनाउँछ। यहाँ अगुवा र कामदारहरूले के कुरा बुझ्नुपर्छ? उदाहरणको लागि: काम गर्नेहरूले केकस्ता निश्‍चित कामहरू गरिरहेका छन्, तिनीहरू केकस्ता क्रियाकलापहरूमा व्यस्त छन्, यी क्रियाकलापहरू अत्यावश्यक छन् कि छैनन्, ती मुख्य र महत्त्वपूर्ण कामहरू हुन् कि होइनन्, यी काम गर्नेहरू कति प्रभावकारी छन्, काम सहज रूपमा अघि बढिरहेको छ कि छैन, काम गर्नेहरूको सङ्ख्या कामको बोझसँग मिल्छ कि मिल्दैन, सबैलाई प्रशस्त काम दिइएको छ कि छैन, निश्‍चित कामको लागि धेरै काम गर्नेहरू भएको कुनै मामला छ कि छैन——जहाँ थोरै कामको लागि काम गर्नेहरू धेरै हुन्छन्, र धेरैजसो मानिसहरू बेकार बसिरहेका हुन्छन्—वा कामको बोझ धेरै भएको तर काम गर्नेहरू थोरै भएको, र सुपरभाइजरले प्रभावकारी ढङ्गले निर्देशन गर्न नसकेर कामको प्रभावकारिता कम भएको र प्रगति ढिलो भएको अवस्था छ कि छैन। यी सबै अगुवा र कामदारहरूले बुझ्नुपर्ने परिस्थितिहरू हुन्। यसअलावा, कामको हरेक पक्ष पूरा गर्ने क्रममा, कसैले बाधा दिइरहेको वा ध्वंस गरिरहेको भए नि, कसैले प्रगति रोकेको भए नि वा धम्की दिइरहेको भए नि, कुनै पनि प्रकारको हस्तक्षेप भएको भए नि वा झाराटारुवा काम भइरहेको भए नि—यी पनि अगुवा र कामदारहरूले बुझ्नुपर्ने कुराहरू हुन्। त्यसोभए तिनीहरूले यी समस्याहरूबारे कसरी बुझाइ प्राप्त गर्छन् त? कत्ति अगुवाहरूले कहिलेकहीँ फोन गरेर सोध्‍न सक्छन्, “के तिमीहरू अहिले व्यस्त छौ?” अर्को पक्षले आफू अत्यन्तै व्यस्त छु भनेको सुन्दा, तिनीहरूले यस्तो प्रतिक्रिया दिन सक्छन्, “ठीकै छ, तिमीहरू व्यस्त छौ भने, म ढुक्क भएँ।” काम गर्ने यो तरिकाबारे तिमीहरूलाई के लाग्छ? यो प्रश्‍न तिमीहरूलाई कस्तो लाग्छ? के यो सोध्नुपर्ने महत्त्वपूर्ण र अत्यावश्यक प्रश्‍न हो? झूटा अगुवाहरूको कामको विशेषता यही हो—तिनीहरूले बस झारा मात्र टार्छन्। तिनीहरू आफ्नो विवेकलाई अलिक ढुक्क बनाउन थोरथोरै सतही काम गरेर नै सन्तुष्ट हुन्छन्, तर वास्तविक काम गर्नमा ध्यान दिँदैनन्, झन् कामको वर्तमान स्थिति बुझ्न तिनीहरू तल्लो तह र हरेक समूहमा जानु त धेरै परको कुरा हो। उदाहरणको लागि, कामदार बन्दोबस्तहरू उपयुक्त छन् कि छैनन्, काम कसरी भइरहेको छ, कुनै समस्याहरू देखा परेका छन् कि छैनन् भन्‍ने कुरा—यी वास्तविक समस्याहरूप्रति झूटा अगुवाहरूले कुनै सोधपुछ गर्दैनन्, बरु आँधी वा घामको कठोरता नभोगी खान, पिउन, र रमाइलो गर्नहेतु गुप्त ठाउँहरू खोज्छन्। तिनीहरूले बेलाबेलामा पत्र पठाउँछन् वा कसैलाई सोधपुछ गर्न खटाउँछन्, र यसैलाई नै आफ्नो काम गरेको भन्ठान्छन्। अनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले दश दिन वा आधा महिनासम्‍मै भेट्न सक्दैनन्। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई “तिमीहरूको अगुवा के कुरामा व्यस्त छ? के उसले ठोस काम गरिरहेको छ? के उसले तिमीहरूलाई मार्गदर्शन गरिरहेको र समस्याहरू सुल्झाइरहेको छ?” भनेर सोधिन्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “यसबारे कुरै नगर्नुहोस्, हामीले हाम्रो अगुवालाई नदेखेको नै एक महिना भयो। उसले हाम्रो लागि आयोजना गरेको पछिल्लो भेलादेखि, ऊ फेरि कहिल्यै आएको छैन, र अहिले हामीलाई यी समस्याहरू समाधान गर्न मद्दत गर्ने कोही छैन। अरू कुनै उपाय छैन; हाम्रो समूहका सुपरभाइजर र हाम्रा दाजुभाइ-दिदीबहिनीहरू आफै प्रार्थना गर्न र सिद्धान्तहरू खोजी गर्न, र काममा सँगै छलफल गर्न र सहकार्य गर्न भेला हुनुपर्छ। यहाँको अगुवा प्रभावकारी छैन; अहिले हामी अगुवाविहीन छौं।” यो अगुवाले आफ्नो काम कति राम्ररी गरिरहेको छ? माथिले यो अगुवालाई सोध्छ, “पछिल्लो चलचित्र सकिएपछि, के तिमीले कुनै नयाँ पटकथा प्राप्त गर्‍यौ? अहिले तिमीले के छायाङ्कन गरिरहेका छौ? काम कसरी अघि बढिरहेको छ?” अगुवाले जवाफ दिन्छ, “मलाई थाहा छैन। पछिल्लो चलचित्रपछि, मैले तिनीहरूसँग एउटा भेला आयोजना गरेँ, त्यसपछि तिनीहरू सबै उत्साहित भए, तिनीहरू नकारात्मक भएनन्, र तिनीहरूसँग कुनै कठिनाइ थिएन। त्यसपछि हामी भेटेका छैनौँ। यदि तपाईं तिनीहरूको वर्तमान परिस्थिति जान्‍न चाहनुहुन्छ भने, म तपाईंको लागि कल गरेर सोध्‍न सक्छु।” “किन तिमीले यसभन्दा पहिले परिस्थिति बुझ्न कल गरेनौ?” “किनभने म जताततै भेलाहरूमा सहभागी हुनुपरेकोले अत्यन्तै व्यस्त थिएँ। तिनीहरूको पालो अझै आएको छैन। म अर्कोपटक तिनीहरूसँग भेला हुँदा मात्रै मैले परिस्थिति बुझ्न सक्‍नेछु।” मण्डलीको कामप्रति तिनीहरू हुने मनोवृत्ति नै यही हो। त्यसपछि माथिले भन्छ, “तिमीलाई चलचित्र निर्माणको कामको वर्तमान परिस्थिति वा त्यसमा रहेका समस्याहरूबारे थाहा छैन, त्यसोभए सुसमाचारको कामको प्रगतिचाहिँ कस्तो छ त? कुन देशको सुसमाचारको काम सबैभन्दा राम्रो र आदर्श रूपमा फैलिएको छ? कुन देशका मानिसहरूको क्षमता तुलनात्मक रूपमा राम्रो छ र कुन देशकाले छिटो बुझ्छन्? कुन देशमा मण्डली जीवन अरूमा भन्दा राम्रो छ?” “अहो, म त भेलाहरूमा मात्रै ध्यान दिन्थेँ, यी कुराहरूबारे त सोध्नै बिर्सेँ।” “त्यसोभए, सुसमाचार समूहमा, कति जना मानिसहरूले गवाही दिन सक्छन्? गवाही दिनको लागि कति मानिसहरूको वृद्धि-विकास गरिँदै छ? कसले कुन देशको मण्डलीको काम र मण्डली जीवनको जिम्मेवारी लिन्छ र कसले त्यसबारे फलोअप गर्छ? कसले मलजल र गोठाला गर्छ? के विभिन्‍न देशहरूका नयाँ मण्डली सदस्यहरूले मण्डली जीवन जिउन थालेका छन्? के तिनीहरूका धारणा र कल्पनाहरू पूर्ण रूपमा समाधान भएका छन्? कति मानिसहरूले साँचो मार्गमा जरा गाडेका छन्, र कतिले धार्मिक मानिसहरू बहकाउमा पर्न छोडेका छन्? परमेश्‍वरमा विश्‍वास गरेको एकदुई वर्षपछि, कति जनाले आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? के तिमीले यी कुराहरू बुझ्छौ र बोध गर्छौ? जब काममा समस्याहरू देखा पर्छन्, तब कसले तिनलाई समाधान गर्न सक्छ? सुसमाचार समूहमा, कुन समूह वा कुन व्यक्तिहरूले आफ्नो कामप्रति जिम्मेवार भएर वास्तविक परिणामहरू प्राप्त गर्छन्, तिमीलाई थाहा छ?” “मलाई थाहा छैन। यदि तपाईं थाहा पाउन चाहनुहुन्छ भने, म तपाईंको लागि सोधिदिन सक्छु। यदि तपाईं हतारमा हुनुहुन्‍न भने, मसँग समय हुँदा सोधूँला; म अझै पनि निकै व्यस्त छु!” के यो अगुवाले कुनै ठोस काम गरेको छ त? (छैन।) उसले सबै कुरामा “मलाई थाहा छैन” भन्छ; उसलाई सोधेपछि मात्रै उसले ती विभिन्‍न कुराहरूबारे सोधपुछ गर्छ, अनि त्यसोभए तिनीहरू के कुरामा व्यस्त हुन्छन् त? तिनीहरू भेलाहरूमा वा कामको जाँच गर्न जुनसुकै समूहमा गए नि कामका समस्याहरू पहिचान गर्न सक्दैनन् र तिनलाई कसरी समाधान गर्ने तिनीहरूलाई थाहै हुँदैन। यदि तिनीहरूले तुरन्तै विभिन्‍न मानिसहरूको स्थिति र चरित्र छर्लङ्गसित देख्‍न सक्दैनन् भने, के तिनीहरूले कम्तीमा पनि काममा रहेका समस्याहरूबारे, अहिले के काम भइरहेको छ, र यो कुन चरणमा पुगेको छ भन्‍नेबारे फलोअप गर्नुपर्दैन र? तर झूटा अगुवाहरूले यतिसमेत गर्न सक्दैनन्; के तिनीहरू अन्धाधुन्ध रहँदैनन् र? तिनीहरू फलोअप गर्न र कामबारे जाँच गर्न मण्डलीभित्रका विभिन्‍न समूहहरूमा गए नि वास्तविक परिस्थिति बुझ्दै बुझ्दैदैनन्, मुख्य समस्याहरू पहिचान गर्न सक्दै सक्दैनन्, र केही समस्याहरू पत्ता लगाए नि तिनलाई समाधान गर्न सक्दै सक्दैनन्।

एउटा चलचित्र निर्माण टोलीले निकै चुनौतीपूर्ण चलचित्र बनाउने तयारी गरिरहेको थियो, तर तिनीहरूले त्यसप्रकारको चलचित्र पहिले कहिल्यै बनाउने प्रयास गरेका थिएनन्। त्यो चलचित्रको पटकथामा काम गर्न तिनीहरू उपयुक्त छन् कि छैनन्, अनि त्यसको निर्देशक र सम्पूर्ण टोलीसँग त्यो काम पूरा गर्ने क्षमता छ कि छैन—यी परिस्थितिहरूबारे तिनीहरूको अगुवालाई केही पनि थाहा थिएन। उसले त बस यसो मात्रै भन्यो, “तिमीहरूले नयाँ पटकथा लिएका छौ। ठीक छ, गएर छायाङ्कन गर। म तिमीहरूलाई साथ दिनेछु र फलोअप गर्नेछु। तिमीहरूले सक्दो गर, र जब कठिनाइहरू देखा पर्छन्, तब परमेश्‍वरलाई प्रार्थना गर र परमेश्‍वरका वचनहरूअनुसार तिनलाई समाधान गर।” त्यसपछि ऊ गयो। यो अगुवाले त्यसमा रहेका कठिनाइहरू देख्‍न वा पहिचान गर्न सकेन; के यसरी काम राम्ररी गर्न सकिन्छ त? चलचित्र निर्माण टोलीले त्यो पटकथा प्राप्त गरेपछि, त्यसका निर्देशक र समूह सदस्यहरूले बारम्बार पटदृश्यबारे विश्‍लेषण गरे, अनि पोशाक र ढाँचाबारे छलफल गरे, तर चलचित्र कसरी छायाङ्कन गर्ने तिनीहरूलाई थाहै थिएन; तिनीहरूले आधिकारिक रूपमा निर्माण सुरु गर्न सकेनन्। के यो वर्तमान स्थिति होइन र? के यी विद्यमान समस्याहरू होइनन् र? के यी अगुवाले समाधान गर्नुपर्ने समस्याहरू होइनन् र? त्यो अगुवाले हरेक दिन भेलाहरूमा समय बिताउँथ्यो, तर धेरै दिन भेला भएपछि पनि कुनै वास्तविक समस्याहरू समाधान भएनन्, र छायाङ्कन अझै पनि सामान्य रूपमा अघि बढ्न सकेन। के त्यो अगुवाले कुनै प्रभाव पारेको थियो? (थिएन।) उसले मनोबल बढाउन नाराहरू मात्रै घन्काउँथ्यो: “हामी काम नगरी बस्‍नु हुँदैन, हामी परमेश्‍वरको घरको भरमा पेट मात्रै भरेर बस्‍नु हुँदैन!” उसले त मानिसहरूसित भाषण छाट्नेसमेत गर्थ्यो: “तिमीहरूसँग कुनै विवेक छैन, र केहीजस्तो नमानी परमेश्‍वरको घरको भरमा पेट मात्रै भर्छौ—के तिमीहरूलाई लाज लाग्दैन?” उसले यसो भनेपछि, सबैको विवेकले अलिक धिक्‍कार महसुस गर्‍यो: “हो, काम यति ढिलो अघि बढ्छ, र पनि यसरी हामी दिनमा तीनपटक खाना खान्छौं—के यो पेट मात्रै भर्नु होइन र? हामीले वास्तवमा कुनै काम गरेका छैनौँ। अनि, काममा पैदा हुने यी समस्याहरू कसले समाधान गर्नेछ? हामीले यी समस्या समाधान गर्न सक्दैनौँ, त्यसकारण हामीले अगुवालाई सोध्छौं, तर अगुवाले हामीलाई यी समस्याहरू कसरी समाधान गर्ने भनेर सङ्गति गर्दैन, केवल लगनसाथ प्रार्थना गर्नू, परमेश्‍वरका वचनहरू पढ्नू र सद्भावपूर्ण सहकार्य गर्नू भनेर मात्रै भन्छ।” त्यो अगुवाले हरेक दिन स्थलगत भेलाहरू आयोजना गर्थ्यो, तर उसले ती समस्याहरू समाधान गर्न सकेन। समय बित्दै जाँदा, कत्ति मानिसहरूको विश्‍वास सेलायो, र तिनीहरूले अगाडि बढ्ने बाटो नदेखेर अनि छायाङ्कन कसरी अघि बढाउने भन्‍ने थाहा नभएर तिनीहरूको स्थिति निराशापूर्ण भयो। अगुवाले केही वास्तविक समस्याहरू समाधान गर्न सक्छ भन्‍ने आशा गर्दै, तिनीहरूले त्यो अगुवामा आफ्नो अन्तिम आशा राखेका थिए, तर दुःखको कुरा, त्यो अगुवा अन्धोजस्तै थियो, जसले न त यो पेसाबारे केही सिक्न नै सक्यो न त यसलाई बुझेका मानिसहरूसँग सङ्गति, छलफल, वा खोजी गर्न नै सक्यो। उसले प्राय परमेश्‍वरका वचनहरूको पुस्तक हातमा लिन्थ्यो र यसो भन्थ्यो, “मैले आत्मिक भक्तिको लागि परमेश्‍वरका वचनहरू पढिरहेको छु। म आफूलाई सत्यताले सुसज्जित गरिरहेको छु। कसैले नि मलाई बाधा नदेओ, म व्यस्त छु!” अन्त्यमा, झन्झन् धेरै समस्याहरू थुप्रिए, जसले गर्दा काम लगभग ठप्‍प भयो, तैपनि झूटा अगुवाले अझै पनि उसले ठूलो काम गरिरहेको छु भन्‍ने सोच्यो। किन? उसले भेलाहरू आयोजना गरेकोले, कामको परिस्थितिबारे सोधपुछ गरेकोले, समस्याहरू पहिचान गरेकोले, परमेश्‍वरका वचनहरू बाँडेकोले, मानिसहरूको स्थिति औँल्याएकोले, अनि सबैले आफूलाई यी स्थितिहरूसँग तुलना गरेकाले र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेकाले, उसले अगुवाको रूपमा आफ्नो जिम्मेवारी पूरा भएको छ, र आफूबाट अपेक्षा गर्न सकिने सबै कुरा गरेको छु भन्‍ने विश्‍वास गर्‍यो—यदि व्यावसायिक पक्षहरूसँग सम्बन्धित निश्‍चित कामहरू राम्ररी व्यवस्थापन गर्न सकिएन भने, त्यो अगुवाको चिन्ता होइन भन्‍ने उसले सोच्यो। यो कस्तो अगुवा हो? मण्डलीको काम लगभग ठप्‍प भएको थियो, तैपनि ऊ चिन्तित वा व्याकुल भएन। यदि माथिले सोधपुछ नगरेको वा दबाब नदिएको भए, उसले निरन्तर ढिलाइ गरिरहनेथ्यो, र उसको मातहतमा के भइरहेको छ भनेर कहिल्यै उल्लेख नगर्नेथ्यो, र कुनै पनि समस्याहरू समाधान गर्नेथिएन। के त्यस्तो अगुवाले आफ्नो नेतृत्वका जिम्मेवारीहरू पूरा गरेको हुन्छ? (हुँदैन।) त्यसोभए, उसले दिनभरि भेलाहरूमा केबारे कुरा गर्थ्यो? उसले व्यर्थका कुराहरू गर्थ्यो, सिद्धान्तहरू प्रचार गर्थ्यो र नाराहरू मात्रै फलाक्थ्यो। त्यो अगुवाले कामका वास्तविक समस्याहरू समाधान गर्दैनथ्यो, मानिसहरूका झाराटारुवा र नकारात्मक स्थितिहरूलाई समाधान गर्दैनथ्यो, र सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूको कामका समस्याहरू कसरी समाधान गर्ने भन्‍ने उसलाई थाहै हुन्‍नथ्यो। परिणामस्वरूप, सम्पूर्ण परियोजना ठप्प भयो र लामो समयसम्म कुनै प्रगति देख्‍न सकिएन। तैपनि त्यो अगुवा पटक्‍कै चिन्तित थिएन। के यो झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको प्रकटीकरण होइन र? झूटा अगुवाहरूको यो प्रकटीकरणको सार के हो? के यो कर्तव्यमा गम्भीर हेलचेक्र्याइँ गर्नु होइन र? आफ्नो काममा गम्भीर हेलचेक्र्याइँ गर्नु, आफ्नो जिम्मेवारी पूरा गर्न नसक्‍नु—झूटा अगुवाहरूले गर्ने भनेकै यही हो। तिनीहरू झारा टार्नलाई मात्रै कार्यस्थलमा बस्छन्, वास्तविक समस्याहरू समाधान गर्नलाई होइन। तिनीहरू मानिसहरूलाई ठग्‍नलाई मात्रै कार्यस्थलमा बस्छन्; तर कुनै वास्तविक काम नगरेपछि तिनीहरू सधैँ त्यहाँ बसे नि त्यसले केही हासिल गर्दैन। काममा र व्यावसायिक पक्षहरूमा विभिन्‍न समस्याहरू देखा पर्छन्, जसमध्ये कति त तिनीहरूले समाधान गर्न सक्छन् तर समाधान गर्ने काम गर्दैनन्—यो पहिले नै कर्तव्यको गम्भीर बेवास्ता हो। अझ भन्‍ने हो भने, तिनीहरू आँखा र दिमाग दुवैमा अन्धा हुन्छन्: कहिलेकहीँ जब तिनीहरूले समस्याहरू पत्ता लगाउँछन्, तब तिनीहरूले तिनको सार छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, तर तिनलाई सम्हाल्न सक्छु भन्‍ने नाटक गर्छन्, सत्यता बुझेका मानिसहरूसँग सङ्गति गर्न वा परामर्श लिन पूर्ण रूपमा इन्कार्दै जसोतसो थाम्दै-थेग्दै बस्छन्, र माथि रिपोर्ट गर्ने वा माथिसित खोजी गर्ने गर्दैनन्। किन यस्तो हुन्छ? के तिनीहरूलाई काटछाँटमा पर्छु कि भन्‍ने डर लाग्छ? माथिले तिनीहरूबारेको सत्य जानेर तिनीहरूलाई बर्खास्त गर्लान् भन्‍ने डरले हो? के यो परमेश्‍वरको घरको कामलाई अलिकति पनि परिपालन नगरी हैसियतमा ध्यान दिनु होइन र? यस्तो मानसिकता भएको व्यक्तिले कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ र?

एउटा अगुवा र कार्यकर्ताले जुनसुकै महत्त्वपूर्ण काम गरे तापनि, अनि यो कामको प्रकृति जस्तोसुकै भए तापनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। तिनीहरू कामकुरालाई अनुगमन गर्न र प्रश्‍नहरू सोध्‍न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न त्यहाँ व्यक्तिगत रूपमा उपस्थित हुनुपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका विवरणहरू सुन्‍ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले व्यावसायिक कामहरूमा कर्मचारीहरूको परिस्थिति कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, माथिका मापदण्डहरूसित कुनै क्षेत्रहरू बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धि प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने तापनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा भेटघाट गरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा अझ बढी सही र भरपर्दो हुन्छ; तिनीहरू परिस्थितिका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, तिनीहरूलाई के भइरहेको छ भन्‍ने कुराको राम्रो ज्ञान हुन्छ। विशेष गरी तिनीहरूलाई को राम्रो क्षमतायुक्त र सीप सिक्न सक्षम छ भन्‍ने कुरा स्ष्ट र सही रूपले थाहा हुनुपर्छ, किनभने यसरी मात्रै तिनीहरूले सही तरिकाले मानिसहरूलाई वृद्धि-विकास र प्रयोग गर्न सहयोग गर्छ, जुन अगुवा र कामदारहरूले आफ्‍नो काम राम्ररी गर्नु छ भने महत्त्वपूर्ण हुन्छ। अगुवा र कामदाहरूसित राम्रो क्षमता भएका मानिसहरूलाई वृद्धि-विकास गर्ने र तालीम दिनेबारेमा मार्ग र सिद्धान्त हुनुपर्छ। यसको साथै, तिनीहरूमा मण्डलीको काममा देखा पर्ने विभिन्न प्रकारका समस्या र कठिनाइहरूबारे पकड र बुझाइ हुनुपर्छ, र तिनलाई कसरी सुल्झाउने भन्‍ने ज्ञान हुनुपर्छ, र तिनीहरूसित कसरी कामले प्रगति गर्नुपर्छ वा भावी सम्भाव्यता कस्तो हुनुपर्छ भन्नेबारे आफ्नै विचार र सुझावहरू हुनुपर्छ। यदि तिनीहरू निश्चिन्त भएर, शङ्का नगरी वा भ्रममा नपरी त्यस्ता विषयहरूमा बोल्न सक्छन् भने, काम सजिलो प्रकारले सम्पन्न हुनेछ। अनि यसो गरेर, अगुवाहरूले आफ्ना जिम्‍मेवारीहरू पूरा गरिरहेका हुन्छन्, होइन र? तिनीहरूलाई माथि उल्लेख गरिएका कामका समस्याहरू कसरी समाधान गर्ने भन्‍नेबारे राम्ररी थाहा हुनुपर्छ, र तिनीहरूले प्रायजसो यी कुराहरूबारे मनन गर्नुपर्छ। जब तिनीहरूले कठिनाइहरू सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूबारे सबैसँग सङ्गति र छलफल गर्नुपर्छ, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी दृढ रूपले व्यावहारिक भएर वास्तविक काम गरियो भने, समाधान गर्न नसकिने कुनै कठिनाइहरू हुनेछैनन्। के झूटा अगुवाहरूलाई यो कसरी गर्ने भन्‍ने थाहा हुन्छ? (हुँदैन।) झूटा अगुवाहरूलाई नाटक गर्न र मानिसहरूलाई धोका दिन मात्रै आउँछ, तिनीहरूले आफूले नबुझेका कुराहरू बुझेजस्तो गर्छन्, तर कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन् र आफूलाई व्यर्थका कुराहरूमा मात्रै व्यस्त राख्‍ने गर्छन्। तिनीहरूलाई के कुरामा व्यस्त छौ भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “हाम्रो बस्‍ने ठाउँमा केही कुसन कम थियो, र चलचित्र निर्माण टोलीको लागि पोशाकको एउटा कपडा पुगेको थिएन, त्यसकारण म ती कुराहरू किन्‍न गएँ। अर्कोपटक भान्सामा सामग्रीहरू सकिए, र भान्से बाहिर जान सकेन, त्यसकारण मैले नै बाहिर गएर सामान किन्‍नुपर्‍यो र मैले आउँदा बाटोमा एकदुई बोरा चामल किनेँ। यी सबै कुरा मैले आफै गर्नुपर्‍यो।” तिनीहरू साँच्‍चै नै निकै व्यस्त भएछन्। के तिनीहरूले आफ्नो उचित काम बेवास्ता गरिरहेका छैनन् र? अगुवाको रूपमा तिनीहरूको जिम्मेवारीको दायराभित्र पर्ने कामको हकमा तिनीहरूले वास्ता गर्ने वा बोझ लिने पटक्‍कै गर्दैनन्, र केवल झारा टार्ने प्रयास मात्रै गर्छन्। तिनीहरूको आफ्नै क्षमता निकै कमजोर हुनु र तिनीहरू आँखा र दिमाग दुवैमा अन्धो हुनुको समस्या नै पर्याप्त हिसाबले गम्भीर हुन्छ, त्यसमाथि तिनीहरूले कुनै बोझ लिँदैनन् र तिनीहरू सहजता लिप्तसमेत हुन्छन्, र प्रायजसो केही आरामदायी ठाउँहरूमा धेरै दिन बिताउनेसमेत गर्छन्। जब कसैसँग समस्या हुन्छ र जब उसले समाधानको लागि तिनीहरूलाई खोज्छ, तब तिनीहरूलाई भेट्टाउन सकिँदैन, र तिनीहरू वास्तवमा के गर्दै हुन्छन् कसैलाई थाहा हुँदैन। तिनीहरू आफ्नै समय व्यवस्थापन गर्दै हुन्छन्। यो हप्ता, तिनीहरूले एउटा समूहको लागि बिहान भेला आयोजना गर्छन्, र दिउँसो विश्राम लिन्छन्, र त्यसपछि साँझमा, तिनीहरूले सामान्य मामलाहरूका इन्चार्ज रहेका मानिसहरूलाई ती मामलाहरूबारे छलफल गर्न भेला गर्छन्। अर्को हप्ता, तिनीहरूले बाहिरी मामलाहरूका इन्चार्जहरूको भेला आयोजना गर्छन्, र सामान्य सोधपुछ गर्छन्, “के कुनै कठिनाइहरू छन्? के तिमीले यो अवधिमा परमेश्‍वरको वचन पढ्यौ? के गैरविश्‍वासीहरूसँगको तिम्रो सम्पर्कमा तिमीलाई बन्धनमा पारिएको छ वा बाधा दिइएको छ?” अनि यी केही प्रश्‍नहरू गरेपछि, तिनीहरूले काम सकिएको ठान्छन्। आँखा झिमिक्‍क गर्दा, एक महिना बित्छ। तिनीहरूले के काम गरेका हुन्छन्? तिनीहरूले क्रमशः हरेक समूहको लागि भेलाहरू गरे पनि, तिनीहरूलाई कुनै पनि समूहको कामको अवस्थाबारे केही थाहा हुँदैन, न त तिनीहरूले यसबारे जान्‍ने वा सोधपुछ गर्ने नै गर्छन्, न त हरेक समूहको काममा सहभागी हुने वा काम निर्देशित गर्ने नै गरेका हुन्छन्। तिनीहरूले काममा सहभागी हुने, फलोअप गर्ने, वा निर्देशन दिने गर्दैनन्, तर तिनीहरूले केही कुराहरूचाहिँ समयमै गर्छन्: समयमै खाने, समयमै सुत्‍ने, र समयमै भेलाहरू आयोजना गर्ने। तिनीहरूको जीवन निकै नियमित हुन्छ, तिनीहरूले आफूलाई राम्रो हेरचाह गरिरहेका हुन्छन्, तर तिनीहरूको कामको प्रस्तुति राम्रो हुँदैन।

कत्ति अगुवाहरूले अगुवा र कामदारहरूका कुनै पनि जिम्मेवारीहरू पूरा गर्दैनन्, तिनीहरूले मण्डलीको अत्यावश्यक काम पूरा गर्दैनन् बरु त्यसको साटो केही महत्त्वहीन सामान्य मामलाहरूमा मात्रै ध्यान दिन्छन्। तिनीहरू भान्सा व्यवस्थापन गर्ने कार्यमा विशेषज्ञ हुन्छन्, र सधैँ सोधिरहन्छन्, “आज हामीले के खाने? के हामीसँग अण्डा छ? कति मासु बाँकी छ? यदि हामीसँग केही छैन भने, किन्‍नको लागि म जानेछु।” तिनीहरूले भान्साको कामलाई अत्यन्तै महत्त्वपूर्ण ठान्छन्, कुनै कारणविना भान्सामा जान्छन्, सधैँ बढी माछा खाने, बढी मासु खाने, बढी आनन्द लिने, र निस्फिक्री रूपमा खाना खानेबारे सोच्छन्। हरेक टोलीका मानिसहरू आफ्नो कर्तव्य राम्ररी निभाउन ध्यान दिँदै काममा व्यस्त हुने क्रममा, यी अगुवाहरूले राम्ररी खाने र एकदमै सहज जीवन जिउने कार्यमा मात्रै ध्यान दिन्छन्। अगुवा बनेपछि, तिनीहरूले मण्डलीको कामप्रति बेवास्ता गर्ने र कुनै पनि मेहनत गर्नबाट तर्किने काम मात्र नभई, आफूलाई मोटोघाटो र रातोपिरो बनाइराख्‍न ध्यान दिने कामसमेत गरेका हुन्छन्। तिनीहरूले हरेक दिन के गर्छन्? तिनीहरू केही सामान्य मामलाहरूको काममा, केही सानातिना मामलाहरूमा व्यस्त हुन्छन्, तिनीहरूले कुनै पनि वास्तविक काम राम्ररी गरेका हुँदैनन् वा कुनै पनि वास्तविक समस्याहरू समाधान गरेका हुँदैनन्। तैपनि तिनीहरूलाई हृदयमा कुनै पछुतो हुँदैन। झूटा अगुवाहरू कसैले नि मण्डलीको मुख्य काम गर्दैनन्, न त तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान नै गर्छन्। अगुवा बनेपछि, तिनीहरूले सोच्छन्, “मैले खासखास काम गर्नको लागि केही मानिसहरूलाई मात्रै खोज्‍नुपर्छ, र त्यसपछि मैले आफै त्यो काम गर्नु पर्दैन।” तिनीहरू आफूले कामको हरेक पक्षको लागि सुपरभाइजरहरू बन्दोबस्त गरेपछि अब आफैले गर्नुपर्ने केही बाँकी हुँदैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले अगुवाको काम गर्नु भनेको यही हो, र यति गरेपछि आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्ने अधिकार हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू कुनै पनि वास्तविक काममा सहभागी हुँदैनन्, तिनीहरूले फलोअप गर्ने वा निर्देशन दिने गर्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न अनुसन्धान वा शोधअध्ययन गर्दैनन्। के तिनीहरूले अगुवाका जिम्मेवारीहरू पूरा गर्छन् त? के यसरी मण्डलीको काम राम्ररी गर्न सकिन्छ त? जब माथिबाट तिनीहरूलाई काम कसरी अघि बढिरहेको छ भन्‍ने सोधखोज हुन्छ, तब तिनीहरूले भन्छन्, “मण्डलीको सबै काम सामान्य रूपले चल्दै छ। हरेक कामको हरेक भाग सम्हाल्ने एउटा सुपरभाइजर राखिएको छ।” अनि, काममा कुनै समस्याहरू छन् कि छैनन् भनेर थप प्रश्‍न सोधियो भने, तिनीहरूले जवाफ दिन्छन्, “मलाई थाहा छैन। तर सायद कुनै समस्याहरू छैनन् होला!” झूटा अगुवाहरूको आफ्नो कामप्रतिको मनोवृत्ति यही हो। अगुवाको रूपमा, तिनीहरूले आफूले पाएको कामप्रति पूर्ण गैरजिम्मेवारिता देखाउँछन्; यो सबै अरूको हातमा सुम्पिइएको हुन्छ, र तिनीहरूले फलोअप गर्ने, सोधपुछ, गर्ने वा समस्याहरू सुल्झाउन मद्दत गर्ने गर्दैनन्—तिनीहरू अरूलाई अह्राउने तर आफूचाहिँ सिन्को नभाँच्‍ने सरदारजस्तै हुन्छन्। के तिनीहरूले आफ्नो कर्तव्य बेवास्ता गरिरहेका हुँदैनन् र? के तिनीहरूले पदाधिकारीले जस्तै व्यवहार गरिरहेका हुँदैनन् र? कुनै निश्‍चित काम नगर्नु, कामको फलोअप नगर्नु, वास्तविक समस्याहरू समाधान नगर्नु—के यस्ता अगुवा ठाँटबाँटका वस्तु मात्रै होइनन् र? के तिनीहरू झूटा अगुवा होइनन् र? झूटा अगुवाहरूको ठेट चित्रण यही हो। झूटा अगुवाको काम भनेकै काममा सहभागी नभई वा फलोअप नगरी जिब्रो मात्र पड्काउने र आदेशहरू दिने, र कामभित्रका समस्याहरू नखोज्ने वा पहिचान नगर्ने हो। समस्याहरू पहिचान हुँदा पनि, तिनीहरूले तिनलाई समाधान गर्दैनन्। तिनीहरूले आदेश मात्र दिनु पनि काम गर्नु हो भन्‍ने सोच्दै अरूलाई जिम्‍मेवारी दिने काम मात्रै गर्छन्। तैपनि यसरी अघि बढ्दा यसले तिनीहरूको मनको शान्ति भङ्ग गर्दैन; तिनीहरू हरेक दिन सहज रूपमा जिउँछन्, र तिनीहरू सधैँ आनन्दित हुन्छन्। तिनीहरू कसरी अझै पनि मुस्कुराउन सक्छन्? मैले एउटा तथ्य पत्ता लगाएको छु: त्यस्ता मानिसहरू पूरै लाजपचुवा हुन्छन्। तिनीहरूले अगुवाको रूपमा कुनै वास्तविक काम गर्दैनन्, तिनीहरूले कामहरू गर्न मानिसहरू बन्दोबस्त मात्र गर्छन् र यसलाई काम पूरा भएको ठान्छन्। तैँले तिनीहरूलाई कार्यस्थलमा कहिल्यै देख्दैनस्; मण्डलीको कामको प्रगतिबारे वा परिणामहरूबारे तिनीहरूलाई केही थाहा हुँदैन, तैपनि अझै तिनीहरू आफू सक्षम छु र अगुवाको रूपमा आफूले मापदण्ड पूरा गरेको छु भन्‍ने सोच्छन्। कुनै वास्तविक काम नगर्ने झूटा अगुवाहरूको सार यही हो। झूटा अगुवाहरूसँग मण्डलीको कामप्रति कुनै बोझ हुँदैन, तिनीहरू जति नै समस्याहरू देखा परे नि चिन्तित वा तनावग्रस्त हुँदैनन्; तिनीहरू केही सामान्य मामलाहरू पूरा गरेर मात्रै पनि सन्तुष्ट हुन्छन्, र त्यसपछि आफूले वास्तविक काम गरेको छु भन्‍ने सोच्छन्। माथिले जेजसरी खुलासा गरे नि ति झूटा अगुवाहरूलाई भित्री रूपमा कुनै नराम्रो महसुस हुँदैन, न त तिनीहरूले त्यो खुलासामा आफूलाई देख्‍न नै सक्छन्; तिनीहरूसँग कुनै आत्मचिन्तन वा पश्‍चात्ताप हुँदैन। के त्यस्ता मानिसहरू विवेक र समझरहित हुँदैनन् र? के साँचो रूपमा विवेक र समझ भएको व्यक्तिले मण्डलीको कामप्रति यस्तो व्यवहार गर्न सक्छ र? अवश्य नै सक्दैन।

सामान्यतया, अलिकति विवेक र समझ भएका मानिसहरूले झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गरिएको सुनेपछि र आफूलाई ती व्याख्याहरूसँग तुलना गरेपछि, ती व्याख्याहरूमा भएका कुराहरू धेरथोर हदसम्म आफूभित्र रहेकै कुरा छन् भनेर देख्‍न सक्‍नेछन्। तिनीहरूको अनुहार रातो हुनेछ, तिनीहरू बेचैन हुनेछन्, अनि परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्दै तिनीहरूको हृदय असहज हुनेछ, र तिनीहरूले गुप्त रूपमा यस्तो सङ्कल्प गर्नेछन्: “पहिले, म देहका सहजताहरूमा लिप्त हुन्थेँ, आफ्नो काम राम्ररी गर्दिनथेँ, आफ्‍ना जिम्मेवारीहरू पूरा गर्दिनथेँ, वास्तविक काम गर्दिनथेँ, प्रश्‍न गर्दा अनजान बन्थेँ, सधैँ पछि हट्न चाहन्थेँ, र सधैँ नाटक गर्थेँ, किनभने अरूले मेरो जीवनमा वास्तवमा के भइरहेको छ भन्‍ने देखेमा मेरो प्रतिष्ठा र हैसियत हराउला, र मैले लिएको अगुवाको पद कायम नरहला भन्‍ने डर लाग्थ्यो। अहिले मात्रै मैले यस्तो व्यवहार लाजमर्दो कुरा हो र मैले यसलाई निरन्तरता दिनु हुँदैन भन्‍ने थाहा पाएँ। मैले अब काम गर्नमा अलिक इमानदार हुनुपर्छ, र मैले मेहनत गर्नुपर्छ। यदि मैले अझै पनि निरन्तर राम्रो काम गरिनँ भने, त्यो अक्षम्य हुनेछ—मेरो विवेकले मलाई दोष दिनेछ!” यस्ता झूटा अगुवाहरूमा अझै पनि केही मानवता र विवेक हुन्छ; कम्तीमा पनि तिनीहरूको विवेक सचेत हुन्छ। मैले गरेको खुलासा सुनेपछि, यी वचनहरूमा तिनीहरूले आफैलाई देख्‍छन् र तिनीहरू व्याकुल हुन्छन्, अनि यस्तो मनन गर्छन्: “मैले साँच्‍चै नै कुनै वास्तविक काम गरेको, वा कुनै वास्तविक समस्याहरू समाधान गरेको छैनँ। म परमेश्‍वरको आज्ञा वा अगुवाको पद पाउन लायक छैनँ। त्यसोभए अब मैले के गर्ने? मैले केही कुरा सुधार गर्नुपर्छ; अबदेखि, मैले आफूलाई समर्पित गरेर वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, हरेक निश्‍चित काममा सहभागी हुनुपर्छ, जिम्‍मेवारीबाट भाग्‍न छोड्नुपर्छ, नाटक गर्न छोड्‍नुपर्छ, र आफ्नो पूर्ण क्षमतामा काम गर्ने गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूको हृदय र अन्तर्निहित विचारहरू सूक्ष्मजाँच गर्नुहुन्छ, परमेश्‍वरलाई सबैको साँचो मापन थाहा हुन्छ; मैले काम राम्ररी गरे नि नराम्ररी गरे नि, यसलाई पूर्ण हृदयले गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले यतिसमेत गर्न सकिनँ भने, के मलाई अझै पनि मानव भनेर भन्‍न सकिन्छ र?” यसरी आफ्नो बारे मनन गर्न सक्नुलाई विवेक हुनु भनिन्छ। विवेकरहित मानिसहरूलाई तैँले जेजसरी खुलासा गरे नि तिनीहरूको अनुहार रातो हुने वा मुटु धड्केको महसुस हुने हुँदैन; तिनीहरूले त बस आफूले चाहेको कुरा गरी नै रहन्छन्। परमेश्‍वरले गर्नुभएको खुलासामा तिनीहरूले आफूलाई देखे नि यसबारे तिनीहरू उदासीन नै रहन्छन्। तिनीहरूले सोच्छन्, “मलाई नामैले तोकेर उल्लेख गरिएको छैन। म किन डराउने? मेरो क्षमता राम्रो छ, म प्रतिभाशाली छु; मविना परमेश्‍वरको घर रहन सक्दैन! त्यसकारण मैले कुनै वास्तविक काम गरिनँ भने पनि के हुन्छ र? म आफै यो काम गर्दिनँ, बरु अरू कसैलाई गर्न लगाउँछु, त्यसकारण यो काम अझै पनि पूरा हुन्छ, होइन र? जे भए नि, तपाईंले मलाई गर्न लगाउनुहुने हरेक काम, मैले जसलाई गर्न लगाए नि म तपाईंको लागि त्यो काम पूरा गराइहाल्छु। मेरो क्षमता राम्रो छ, त्यसकारण म चलाख रूपमा काम गर्छु। भविष्यमा, म आफूले चाहेअनुसार झारा टारी नै रहनेछु र जीवनको आनन्द लिई नै रहनेछु।” मैले वास्तविक काम नगरेका झूटा अगुवाहरूलाई जसरी चिरफार गरे नि वा खुलासा गरे नि त्यस्ता मानिसहरू उस्तै नै हुन्छन्, र तिनीहरू पूर्ण रूपमा बेपर्बाह नै रहन्छन्: “अरूले जे मन लाग्छ त्यही सोचून्, र मलाई जसरी हेर्न मन लाग्छ त्यसरी नै हेरून्—म त बस यो काम गर्नेछैन!” के त्यस्ता झूटा अगुवाहरूमा विवेक हुन्छ? (हुँदैन।) हामीले झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गर्नेबारे सङ्गति गरेको यो चौथोपटक हो, र जबजब म त्यस्ता व्यक्तिहरू खुलासा गर्छु, तबतब अलिअलि विवेक भएका मानिसहरूलाई आफू काँडा र सियोमाथि उभिएको छु भन्‍ने महसुस हुन्छ, र आफ्नो काम राम्ररी नगरेकोमा असुरक्षित महसुस हुन्छ, र तिनीहरूले चुपचाप तुरुन्तै पश्‍चात्ताप गरेर परिवर्तन हुने सङ्कल्प गर्छन्। तर यसबीच, विवेकरहित मानिसहरू असाधारण रूपमा निर्लज्‍ज बन्छन्; तिनीहरूले केही पनि महसुस गर्दै गर्दैनन्। मैले जेजसरी सङ्गति गरे नि तिनीहरू निरन्तर सामान्य रूपमै आफ्नो दिन बिताइरहन्छन्, र आफूले चाहेअनुसार नै जीवनको आनन्द लिइरहन्छन्। जब तैँले तिनीहरूलाई “कति मानिसहरू सुसमाचार कार्यको लागि, कति अनुवाद कार्यको लागि, र अरू कति चलचित्र निर्माणको लागि जिम्मेवार छन्” भनेर सोध्छस्, तब तिनीहरू भन्छन्: “मैले कुनै निश्‍चित काम नगरेको भए नि म सबै कुरा सुपरिवेक्षण गर्छु। म तिनीहरूको लागि भेलाहरू आयोजना गर्छु।” त्यसपछि यदि तैँले “तिमीले एक महिनामा कति भेलाहरू आयोजना गर्छौ?” भनेर सोधिस् भने, तिनीहरूले “कम्तीमा पनि, महिनामा एउटा ठूलो भेला, र हरेक पन्ध्र दिनमा एउटा सानो भेला” भन्‍ने जबाफ दिनेछन्। अनि जब तैँले तिनीहरूलाई “भेलाहरू आयोजना गर्नेबाहेक, तिमीले कुन निश्‍चित काम गरेको छौ?” भनेर सोध्छस्, तब तिनीहरूले जवाफ दिन्छन्: “भेलाहरूले मलाई यति व्यस्त तुल्याउँदा, के मैले कुनै निश्‍चित काम गर्न सक्छु र? साथै, मैले व्यवस्थापन गर्ने क्षेत्र पनि यति व्यापक छ कि मसँग कुनै निश्‍चित कामको लागि समय नै हुँदैन।” यी झूटा अगुवाहरूलाई आफू पूर्ण रूपमा सही छु—आफू अत्यन्तै स्थिर र दह्रिलो अगुवा हुँ भन्‍ने लाग्छ! तिनीहरूलाई जेजसरी खुलासा र काटछाँट गरिए नि यसबारे तिनीहरू अलिकति पनि व्याकुल हुँदैनन्। यदि मलाई पाँच जना मानिसहरूको लागि खाना पकाउनेजस्तो निश्‍चित काम गर्न लगाइयो, तर मैले चार जनाको लागि मात्रै खाना बनाएको हुन्थेँ भने, मलाई पर्याप्त खाना नबनाएको असहज लाग्‍नेथ्यो, र सबैलाई राम्ररी नखुवाएकोमा मलाई दोषी महसुस हुनेथ्यो। त्यसपछि मैले यसलाई कसरी पूर्ति गर्ने भनेर सोच्‍नेथिएँ, र अर्कोपटक सही हिसाबकिताब गर्ने सुनिश्‍चित गर्नेथिएँ ताकि सबैले पर्याप्त खान पाऊन्। अनि यदि कसैले नून चर्को भयो भनेर भन्थ्यो भने पनि मलाई नराम्रो लाग्‍नेथ्यो। म कुन खानेकुरामा नून चर्को भयो भनेर सोध्‍नेथिएँ, र त्यसपछि अरूलाई मसला ठीक छ कि छैन भनेर पनि सोध्‍नेथिएँ। सबैलाई खुशी पार्न गाह्रै हुन्छ, तैपनि मैले अझै आफ्नो भूमिका राम्ररी पूरा गर्नको लागि सबै माध्यमहरू प्रयोग गर्नैपर्छ। यही नै जिम्मेवारी पूरा गर्नु हो; यही नै मानिसहरूमा हुनुपर्ने समझ हो। तैँले सधैँ आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ; काम जेसुकै भए नि तँ आफै पनि यसमा सहभागी हुनुपर्छ। यदि कसैले फरक विचार प्रस्तुत गर्छ—चाहे ऊ जोसुकै नै किन नहोस्—यदि तैँले यो सुनेपछि तँ गलत छस् भन्‍ने महसुस गर्छस् र तँलाई नराम्रो लाग्छ भने, तैँले आफूलाई सुधार गर्नुपर्छ र भविष्यमा तैँले गर्ने कुरामा आफ्नो हृदय लगाउनुपर्छ, र केही कठिनाइ भोग्‍नुपरे नि तैँले राम्ररी काम गर्नुपर्छ। झूटा अगुवाहरूमा यस्तो अनुभूति हुँदैन, त्यसकारण तिनीहरूले कुनै कठिनाइ भोग्दै भोग्दैनन्। झूटा अगुवाहरूको खुलासाबारे रहेका यी तथ्यहरू सुनेपछि पनि तिनीहरूलाई केही महसुस हुँदैन, र तिनीहरूले अझै पनि आफ्नो खानाको आनन्द लिन्छन्, राम्ररी सुत्छन्, र हरेक दिन उस्तै खुशीको मुडमा जिउँछन्, तर आफ्नो काँधमा भारी बोझ वा हृदयमा ग्लानिको पीडा महसुस गर्दै गर्दैनन्। तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? त्यस्ता मानिसहरूको चरित्रमा समस्या हुन्छ: तिनीहरूमा विवेकको कमी हुन्छ, तिनीहरू समझहीन हुन्छन्, र तिनीहरूको चरित्र नीच हुन्छ। झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू यति लामो समयदेखि खुलासा गरिँदै आएको भए पनि—सकारात्मक दृष्टिकोणबाट अर्थात् भरणपोषण र सङ्गति गरेको आधारमा हेर्दा, र नकारात्मक दृष्टिकोणबाट अर्थात् तिनीहरूलाई खुलासा र विश्‍लेषण गरेको आधारमा हेर्दा—कैयौँ झूटा अगुवाहरूले अझै पनि आफ्ना समस्याहरू पहिचान गर्न सक्दैनन्, न त तिनीहरूले कहिल्यै चिन्तनमनन र पश्‍चात्ताप गर्ने अभिप्राय नै राख्छन्। यदि माथिबाट कुनै सुपरिवेक्षण र प्रोत्साहन गरिएन भने, तिनीहरूले आफ्नो काममा सकेजति झारा मात्र टार्नेछन्, तर आफ्नो मार्ग पटक्‍कै परिवर्तन गर्नेछैनन्। मैले तिनीहरूलाई जसरी खुलासा गरे नि तिनीहरू अझै पनि चुपचाप र पूर्ण रूपमा बेखबर बसेका हुन्छन्। के तिनीहरू अत्यन्तै लाजविहीन हुँदैनन् र? यस्ता मानिसहरू अगुवा वा कामदार हुन लायक हुँदैनन्; तिनीहरू यति नीच चरित्रका हुन्छन् कि तिनीहरूलाई लाजको कुनै बोध हुँदैन! सामान्य मानिसहरूको हकमा, कसैले आफूले गरेको कामकुराबारे तिनीहरूका कमीकमजोरी, त्रटिहरू, वा अनुचित वा सिद्धान्तहरूविपरीतको कुनै कुरा उल्लेख गरेको सुन्दा मात्रै पनि—र किटेरै खुलासा गरिएको सुन्दा त झन् धेरै—तिनीहरूलाई सहन गाह्रो हुन्छ, र तिनीहरूलाई व्याकुलता र अपमान महसुस हुन्छ, र तिनीहरूले आफूलाई कसरी परिवर्तन र सुधार गर्ने भनेर सोच्छन्। तर यसबीच, यी झूटा अगुवाहरूले भने आफ्नो काम पूर्ण रूपमा बरबाद गर्छन् र अझै पनि सफा विवेकसाथ जिउँछन्, तिनीहरूलाई चिन्ता वा तनाव महसुस हुँदैन, र तिनीहरूलाई जेजसरी खुलासा गरिए पनि तिनीहरू पूर्ण रूपमा बेपर्बाह रहन्छन्—तिनीहरूले लुकेर फुर्सतको समय बिताउने ठाउँहरूसमेत खोज्छन्, र तिनीहरू सधैँ कहीँकतै देखिँदैनन्। तिनीहरूलाई साँच्‍चै नै लाज भन्‍ने कुनै कुरा पनि थाहै हुँदैन!

मण्डली अगुवामा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र उसले केही सत्यताहरू पनि बुझ्नुपर्छ—त्यसपछि मात्रै उसले बोझको महसुस गर्न सक्छ। बोझ महसुस गर्नुका प्रकटीकरणहरू के-के हुन्? यदि तिनीहरूले कतिपय मानिसहरू नकारात्मक छन्, कतिपयले विकृत बुझाइ भएका मानिसहरू छन्, कतिपयले परमेश्‍वरको घरका सम्पत्तिहरू बरबाद गरिरहेका छन्, कतिपयले झाराटारुवा रूपमा आफ्नो काम गरिरहेका छन्, कतिपयले आफ्नो कर्तव्य पूरा गर्दा उचित काम गर्दैनन्, कतिपयले सधैँ उत्कृष्ट सुनिने शब्दहरू बोल्छन् तर वास्तविक काम गर्दैनन् भन्‍ने देखे भने…, मण्डलीभित्र धेरै समस्याहरू छन् र तिनलाई समाधान गरिनुपर्छ भन्‍ने पत्ता लगाए भने, धेरै काम खारेज भएको देखे भने, यसले तिनीहरूलाई बोझको बोध गराउँछ। अगुवा बनेपछि, तिनीहरूलाई मनभित्र निरन्तर आगो लागेको छ जस्तो महसुस हुन्छ; यदि तिनीहरूले समस्या पत्ता लगाए र यसलाई समाधान गर्न सकेनन् भने, तिनीहरू चिन्तित र तनावग्रस्त हुन्छन्, खान-सुत्‍न सक्दैनन्। भेलाहरूमा, जब कतिपय मानिसहरूले अगुवाले तुरुन्तै देख्‍न नसक्‍ने र समाधान गर्न नसक्‍ने आफ्नो कामका समस्याहरूका बारेमा रिपोर्ट गर्छन्, तब अगुवाले हरेस खाँदैन; उसलाई यो समस्या समाधान गर्नुपर्छ भन्‍ने लाग्छ। दुई दिनसम्म प्रार्थना र खोजी गरेपछि, र यसको बारेमा विचार गरेपछि, यसलाई कसरी समाधान गर्ने भन्‍ने थाहा पाएपछि, उसले तुरुन्तै समस्या समाधान गर्छ। समस्या समाधान गरेपछि, तिनीहरूले तुरुन्तै अरू कामहरू जाँच गर्छन् र एउटै काममा धेरै मानिसहरू संलग्‍न भएको रहेछन् र कर्मचारी घटाउनुपर्ने रहेछ भन्‍ने अर्को समस्या पत्ता लगाउँछन्। त्यसपछि तिनीहरूले तुरुन्तै भेला बोलाउँछन्, परिस्थितिको बारेमा स्पष्ट रूपमा थाहा पाउँछन्, कर्मचारीहरूलाई घटाउँछन्, र उचित बन्दोबस्तहरू गर्छन्, यसरी समस्या समाधान हुन्छ। तिनीहरूले जुनसुकै कामको निरीक्षण गरिरहेको भए पनि, बोझ लिने अगुवाहरू सधैँ समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्। तिनीहरूले व्यावसायिक ज्ञानसम्बन्धी वा सिद्धान्तहरू विपरीतका कुनै पनि समस्याहरूलाई पहिचान गर्न, तिनका बारेमा सोधपुछ गर्न र एउटा बुझाइ प्राप्त गर्न सक्नेछन्, र समस्या पत्ता लागेपछि, तिनीहरूले त्यसलाई तुरुन्तै समाधान गर्छन्। बुद्धिमान अगुवा र सेवकहरूले मण्डलीको काम, व्यावसायिक ज्ञान, र सत्यता सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू मात्रै समाधान गर्छन्। तिनीहरूले दैनिक जीवनका सानातिना कुराहरूलाई कुनै ध्यान दिँदैनन्, तर परमेश्‍वरले आज्ञा गर्नुभएको सुसमाचार फैलाउने कामको हरेक पक्षलाई ध्यान दिन्छन्। तिनीहरू आफूले बुझ्‍न वा पत्ता लगाउन सक्‍ने हर समस्याको बारेमा सोध्छन् र निरीक्षण गर्छन्। अनि, उत्तिखेरै समस्या समाधान गर्न सकेनन् भने, तिनीहरूले अरू अगुवा र सेवकहरूलाई भेला गर्छन्, तिनीहरूसँग सङ्गति गर्छन्, सत्यता सिद्धान्तहरू खोजी गर्छन्, र यसलाई समाधान गर्ने उपायहरू सोच्छन्। यदि तिनीहरूले साँच्चिकै समाधान गर्न नसकिने ठूलो समस्या सामना गरे भने, तुरुन्तै माथिबाट सहयोग माग्छन्, र यसलाई सम्‍हाल्ने र समाधान गर्ने काम माथिको हातमा सुम्पन्छन्। यस्ता अगुवा र कामदारहरू आफ्ना काममा सिद्धान्त पालना गर्ने मानिसहरू हुन्। चाहे जे समस्याहरू भए पनि, तिनीहरूले ती देखेसम्म तिनलाई यतिकै छाड्नेछैनन्; तिनीहरूले यी समस्याहरू पूर्ण रूपमा बुझ्ने र त्यसपछि एक-एक गरी समाधान गर्ने कुरामा जिद कस्छन्। ती पूर्ण रूपमा समाधान नभए पनि, यी समस्याहरू फेरि उत्पन्‍न हुनेछैनन् भन्ने चाहिँ सुनिश्चित गर्न सकिन्छ। यो आफ्नो सारा हृदय, शक्ति, र मनले आफ्नो कर्तव्य पूरा गर्नु, र आफ्नो जिम्मेवारीहरू पूर्ण रूपमा पूरा गर्नु हो। वास्तविक काम नगर्ने वा वास्तविक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान नदिने ती झूटा अगुवा र कामदारहरूले आफ्नो अगाडि रहेका समस्याहरू पत्ता लगाउन सक्दैनन् र के काम गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त छन् भन्‍ने तिनीहरूले देखे भने, तिनीहरू पूर्ण रूपमा सन्तुष्ट हुन्छन्, र यो तिनीहरूको वास्तविक कामको परिणाम हो भन्‍ने महसुस गर्छन्; तिनीहरूले कामका सबै पक्षहरू निकै राम्रा छन् र तिनीहरूले व्यक्तिगत रूपमा गर्नुपर्ने वा आफूले समाधान गर्नका लागि कुनै समस्या छैन भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्नमा ध्यान दिन्छन्। तिनीहरूले सधैँ दाजुभाइ-दिदीबहिनीहरूका बीचमा धाक लगाउन र आफ्नो बारेमा घमण्ड गर्न चाहन्छन्। जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छन्, तब तिनीहरूले भन्छन्, “असल विश्‍वासी बन। आफ्नो कर्तव्य राम्ररी पूरा गर। झारा टार्नु हुँदैन। यदि तिमी कुटिल भयौ वा समस्या पैदा गर्‍यौ भने, म तिमीलाई बर्खास्त गर्नेछु!” तिनीहरूलाई आफ्नो हैसियतलाई जोड दिन र मानिसहरूलाई भाषण दिन मात्रै आउँछ। भेलाहरूमा तिनीहरूले सधैँ काममा के-कस्ता समस्याहरू छन् भनेर सोध्छन् र तिनीहरूका अधीनमा रहेका मानिसहरूसँग कुनै कठिनाइहरू छन् कि छैनन् भनेर सोध्छन्, तर जब अरूले आफ्ना समस्या र कठिनाइहरू व्यक्त गर्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्। यसको बाबजुद पनि, तिनीहरू अझै पनि खुशी हुन्छन्, र अझै पनि सफा विवेकको साथ जिउँछन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले कुनै कठिनाइ वा समस्याहरूको कुरा उठाएनन् भने, तिनीहरूलाई तिनीहरूले आफ्नो काम राम्ररी गरिरहेका छन् भन्‍ने लाग्छ, र तिनीहरू सन्तुष्ट हुन्छन्। तिनीहरूलाई कामको बारेमा सोध्नु भनेको तिनीहरूलाई दिइएको काम हो भन्‍ने लाग्छ, र जब समस्याहरू देखा पर्छन् र माथिले तिनीहरूलाई जिम्मेवारी तुल्याउँछ, तब तिनीहरू स्तब्ध हुन्छन्। अरूले कामका कठिनाइ र समस्याहरू तिनीहरूको अघि प्रस्तुत गर्छन्, तैपनि तिनीहरूले ती कुराहरूलाई समाधान गर्न उनीहरूले किन सत्यताको खोजी गर्दैनन् भन्‍ने बारेमा गुनासो गर्छन्। वास्तविक समस्याहरू आफै समाधान नगर्दा, तिनीहरूले निश्‍चित काम गर्नेहरूलाई कडाइका साथ हप्काउँदै, आफ्नो मातहतका सुपरभाइजरहरूलाई दोष लगाउँछन्। यो हप्कीले तिनीहरूलाई आफ्नो रिस कम गर्न सहयोग गर्छ, र तिनीहरूले वास्तविक काम गरिरहेका छन् भन्‍ने कुरामा तिनीहरूले सफा विवेकले विश्‍वास समेत गर्छन्। तिनीहरूले कहिल्यै पनि समस्याहरू पत्ता लगाउन वा समाधान गर्न नसकेको बारेमा चिन्ता वा तनावको महसुस गरेका हुँदैनन्, न त यसले गर्दा तिनीहरू राम्ररी खान वा सुत्न नसक्‍ने अवस्थामा नै पुग्छन्—तिनीहरूले कहिल्यै पनि यस्तो कठिनाइ भोगेका हुँदैनन्।

हरेक पटक म किसान मण्डलीमा जाँदा, म केही समस्याहरू समाधान गर्छु। हरेक पटक जाँदा, मैले समाधान गर्नुपर्ने कुनै निश्‍चित समस्या भेट्टाउँछु भन्‍ने होइन; यो त मण्डलीका विभिन्‍न समूहहरूको काम कसरी अघि बढिरहेको छ, र हरेक समूहका मानिसहरूको स्थिति कस्तो छ भनेर हेर्नका लागि केही खाली समय लिनु मात्रै हो। म सुपरभाइजरहरूलाई कुराकानी गर्न भेला गर्छु, यस अवधिमा तिनीहरूले के काम गरिरहेका छन्, र के-कस्ता समस्याहरू छन् भनेर सोध्छु, तिनीहरूलाई केही समस्याहरू उठाउन लगाउँछु, त्यसपछि ती समस्याहरूलाई कसरी समाधान गर्ने भनेर म तिनीहरूसँग सङ्गति गर्छु। तिनीहरूसँग सङ्गति गर्दा, मैले केही नयाँ समस्याहरू पनि पत्ता लगाउन सक्छु। एक प्रकारका समस्याहरू अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्छन् भन्‍नेसँग सम्बन्धित समस्याहरू हुन्; अर्को प्रकारका समस्याहरू तिनीहरूको जिम्मेवारीको दायराभित्र रहेका कामका समस्याहरू हुन्। यसको साथै, म तिनीहरूलाई निश्‍चित काम कसरी गर्ने, काम कसरी लागू गर्ने, के काम गर्नुपर्छ भन्‍ने बारेमा सहयोग र मार्गदर्शन पनि दिन्छु, त्यसपछि अर्को पटक फलो-अप गर्छु, र तिनीहरूलाई पछिल्लो पटक दिइएको काम कस्तो लाग्यो भनेर सोध्छु। यस्तो सुपरिवेक्षण, अनुरोध, र फलो-अप अत्यावश्यक हुन्छ। यो कुरा निकै प्रसिद्धि र चिच्याहटको साथ गरिएको, घोषणाहरू गर्न लाउडस्पीकरहरू प्रयोग गरेर गरिएको नभए पनि, यी निश्‍चित कार्य र कामहरूलाई वास्तविक काम गर्न सक्‍ने कतिपय अगुवा र कामदारहरूद्वारा संचार गरिन्छ र लागू गरिन्छ। यसरी, हरेक समूहको काम व्यवस्थित हुन्छ र त्यसमा प्रगति हुन्छ, कामको प्रभावकारितामा सुधार आउँछ, र परिणामहरू अझै राम्रा हुन्छन्। अन्त्यमा, हरेक समूहका हरेक व्यक्तिले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्‍ने कुरा जानेर आफ्नो कर्तव्यमा अडिग रहन सक्छन्। कम्तीमा पनि, सबैले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्, तिनीहरू सबैको हातमा काम हुन्छ, र तिनीहरूले आफूले गर्ने कुरा परमेश्‍वरको घरका मापदण्डहरू अनुसार गर्छन् र यसलाई सिद्धान्तहरू अनुसार पनि गर्न सक्छन्। के यो केही परिणामहरू हासिल गर्नु होइन र? के झूटा अगुवाहरूलाई यसरी कसरी काम गर्ने भन्‍ने थाहा हुन्छ? झूटा अगुवाहरूले यस्तो मनन गर्छन्: “त्यसोभए, माथिले यसरी नै काम गर्ने रहेछ: कतिपय मानिसहरूलाई कुराकानी गर्न बोलाउने, सबैले सानो नोटबुकमा नोटहरू लेख्‍ने, र नोटहरू बनाएपछि, माथिको काम समाप्त हुन्छ। यदि माथिले यसरी नै काम गर्छ भने, हामी पनि त्यस्तै गर्नेछौं।” त्यसकारण, झूटा अगुवाहरूले यसरी अनुकरण गर्छन्। तिनीहरूले बाहिरी कुराको नक्‍कल गर्छन्, तर अन्त्यमा, तिनीहरूले कुनै वास्तविक काम पटक्‍कै गर्दैनन्, तिनीहरूलाई गर्न लगाइएका कुनै पनि काम लागू गर्दैनन्, र केही कुराको बारेमा कुरा गरेर समय बिताउँछन्। कहिलेकहीँ, म बिरुवाहरू कसरी बढिरहेका छन् भनेर हेर्न, वा जाडोमा हरितगृहमा कति पटक बाली उब्जाउन सकिन्छ, र कति पटक मलजल गर्नुपर्छ भनेर पत्ता लगाउनका लागि तरकारी बारी र हरितगृहमा पनि जान्छु। यी कामहरू ठूला भए पनि साना भए पनि, सबै सागसब्जी वृद्धि-विकाससँग सम्बन्धित प्राविधिक समस्याहरूसँग सम्बन्धित हुन्छन्, र व्यक्तिले ती लगनशीलताको साथ पूरा गर्‍यो भने, उसले ती हासिल गर्न सक्छ। झूटा अगुवाहरूले मुख्य रूपमा आफ्नो झूट कहाँ देखाउँछन्? सबैभन्दा प्रमुख समस्या भनेको नै वास्तविक काम नगर्नु हो; तिनीहरूले आफूलाई राम्रो देखाउने केही काम मात्रै गर्छन् त्यसपछि यसलाई पूरा भएको ठान्छन्, अनि त्यसपछि तिनीहरूले आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्न थाल्छन्। तिनीहरूले यस्तो काम जति नै गरे पनि, के यसको अर्थ तिनीहरूले वास्तविक काम गरिरहेका छन् भन्‍ने हुन्छ? धेरैजसो झूटा अगुवाहरूले सत्यतालाई अशुद्ध रूपमा बुझ्छन्, केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन्, जसले गर्दा वास्तविक काम राम्ररी गर्न निकै गाह्रो हुन्छ। कतिपय झूटा अगुवाहरूले सामान्य मामलाहरूसँग सम्बन्धित समस्याहरू समेत समाधान गर्न सक्दैनन्; तिनीहरूको क्षमता स्पष्ट रूपमा कमजोर हुन्छ र तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूलाई वृद्धि-विकास गर्नुको कुनै मूल्य हुँदैन। कतिपय झूटा अगुवासँग थोरै क्षमता हुन्छ, तर तिनीहरू वास्तविक काम गर्दैनन्, र तिनीहरू देहसुखमा लिप्त हुन्छन्। देहसुखप्रति लिप्त हुने मानिसहरू सुँगुरभन्दा खासै फरक होइनन्। सँगुरको दिन सुत्दै र खाँदैमा बित्छ। त्यसले केही गर्दैन। तर, त्यसलाई मेहनतका साथ एक वर्षसम्म पालेपछि, वर्षको अन्त्यमा पूरै परिवारले त्यसको मासु खाँदा, त्यसलाई पालेको खेर गएन भन्न सकिन्छ। यदि कुनै झूटा अगुवालाई सुँगुरझैँ पालियो, र ऊ हरेक दिन तीनपटक खाने र पिउने गर्छ, मोटाउँछ र बलियो हुन्छ, तर कुनै वास्तविक काम गर्दैन र निकम्मा भयो भने, के उसलाई पाल्नु व्यर्थ भएको हुँदैन र? के उसलाई पालेर केही काम लागेको छ? उसले प्रतिभारको रूपमा मात्र काम गर्न सक्‍छ र उसलाई हटाइनुपर्छ। वास्तवमा, झूटो अगुवा पाल्नुभन्दा सुँगुर पाल्नु बेस हुन्छ। झूटा अगुवाहरूसँग “अगुवा” को उपाधि होलान्, उनीहरूले यो पद ओगट्लान् र दिनको तीनपल्ट मज्‍जाले खालान् र परमेश्‍वरका धेरै अनुग्रह पाउलान्, र खानपान गरेकोले वर्षको अन्तमा तिनीहरू हष्टपुष्ट भएका हुन्छन्—तर काम कस्तो भएको हुन्छ? तिनीहरूले यस वर्ष आफ्‍नो काममा हासिल भएका सबै कुरालाई हेर्नुपर्छ: के तिनीहरूले यस वर्ष कामको केही क्षेत्रमा नतिजाहरू देखेका हुन्छन्? तिनीहरूले के-कस्ता वास्तविक काम गरेका हुन्छन्? परमेश्‍वरको घरले तिनीहरूलाई सबै काम सिद्ध रूपमा गर्नुपर्छ भन्दैन, तर तिनीहरूले मुख्य कामचाहिँ राम्ररी गर्नैपर्छ—उदाहरणका लागि, सुसमाचारको काम वा चलचित्र निर्माणको काम, किताब सम्बन्धी काम, आदि इत्यादि। यी सबै काम फलदायी हुनैपर्छ। सामान्य परिस्थितिमा, तीनदेखि पाँच महिनापछि काममा केही परिणाम र उपलब्धि हासिल भएको हुनुपर्छ; यदि एक वर्षपछि पनि कुनै उपलब्धि आएन भने, यो गम्भीर समस्या हो। तिनीहरूको जिम्मेवारीको दायराभित्र रहेको कुनचाहिँ काम सबैभन्दा फलदायी भएको छ? वर्षभरि तिनीहरूले कुनचाहिँ कामको लागि सबैभन्दा धेरै मूल्य चुकाएका र सबैभन्दा बढी कष्ट भोगेका छन्। तिनीहरूले यो उपलब्धि प्रस्तुत गर्नुपर्छ, र एक वर्षसम्म परमेश्‍वरको अनुग्रह प्राप्त गरेपछि तिनीहरूले कुनै मूल्यवान् उपलब्धि हासिल गरेका छन् कि छैनन् भन्‍नेबारेमा मनन गर्नुपर्छ; तिनीहरूलाई यस विषयमा हृदयमा स्पष्ट हुनुपर्छ तिनीहरूले यी सबै समयमा परमेश्‍वरको घरको खानेकुरा खाँदा र उहाँको अनुग्रह प्राप्त गर्दा, केचाहिँ गरिरहेका थिए? के तिमीहरूले कुनै कुरा हासिल गरेका छन्? यदि तिनीहरूले केही पनि हासिल गरेका छैनन् भने, तिनीहरूले अल्याङटल्याङ मात्रै गरिरहेका थिए; तिनीहरू वास्तविक झूटा अगुवा हुन्। के त्यस्ता अगुवाहरूलाई बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ? (हो।) के तिमीहरूले त्यस्ता झूटा अगुवाहरूलाई भेट्दा तिनीहरूलाई खुट्ट्याउन सक्छौ? के तिमीहरूले तिनीहरू झूटा अगुवाहरू हुन्, र तिनीहरूले सित्तैँमा खानाको टिकट पाउनका लागि झारा टार्छन् भन्‍ने देख्छौ? तिनीहरूले मुखबाट र्‍याल निस्किञ्जेल खान्छन् तर कामको बारेमा कहिल्यै चिन्ता वा तनाव बोकेको जस्तो देखिँदैनन्, कुनै पनि निश्‍चित काममा सहभागी हुँदैनन् वा कुनै पनि कुराको बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूले सोधपुछ गरे पनि, यो एउटा कारणका लागि हुन्छ; तिनीहरूले माथिले परिणामहरूका बारेमा तिनीहरूलाई दबाब दिएपछि मात्रै त्यसो गर्छन् र अन्यथा यसको झमेला लिँदैनन्। तिनीहरू सधैँ आनन्दमा लिप्त हुन्छन्, प्रायजसो चलचित्र वा टिभि कार्यक्रमहरू हेर्छन्। तिनीहरूले काम सुम्पन्छन् र अरू सबै आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा, तिनीहरूले भने आराम गरिरहेका र रमाइलो गरिरहेका हुन्छन्। यदि समस्या छ र तैँले यसलाई सम्हाल्‍न लगाउनका लागि तिनीहरूलाई खोज्‍ने प्रयास गरिस् भने, तिनीहरू कहीँ पनि देखिँदैनन्, तर तिनीहरू खाना खानमा कहिल्यै पनि ढिला हुँदैनन्। अनि खाना खाएपछि, जब अरू सबै काममा फर्केर जान्छन्, तब तिनीहरू थप खाली समय लिन जान्छन्। यदि तैँले तिनीहरूलाई, “किन बाहिर गएर कामको जाँच गर्दैनौ? सबैले तिम्रो निर्देशन, तिम्रो बन्दोबस्तको प्रतीक्षा गरिरहेका छन्!” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्: “मलाई किन पर्खनु? तिमीहरू सबैले यो काम गर्न सक्छौ, कसरी गर्ने भन्‍ने तिमीहरू सबैलाई थाहा छ—के म नभएको बेला पनि यस्तै हुँदैन र? के मैले केही समय आराम गर्न पाउँदिनँ र?” “के त्यो विश्राम गरेको हो? तिमीले त चलचित्र मात्रै हेरिरहेको छौ!” “म व्यावसायिक सीप सिक्दैछु, चलचित्र कसरी बनाउने भनेर अध्ययन गरिरहेको छु।” तिनीहरूले बहाना समेत बनाउँछन्। तिनीहरूले एकपछि अर्को चलचित्र हेर्छन्, र जब सबैले राती विश्राम गर्छन्, त्यतिखेर पनि तिनीहरूले हेरिरहेका हुन्छन्। हरेक दिन, तिनीहरू यसरी झारा टार्छन्, तर कति हदसम्म? सबैलाई तिनीहरू अप्रिय लाग्छ, तिनीहरूले सबैलाई अप्ठ्यारो अनुभूति गराउँछन्, र अन्तमा, कसैले पनि तिनीहरूलाई कुनै ध्यान दिँदैन। मलाई भन, यदि यो अगुवा इन्चार्ज छैन भने पनि, के काम अझै अघि बढ्न सक्छ? तिनीहरूविना, के पृथ्वी घुम्न छोड्छ? (यो निरन्तर घुम्छ।) त्यसोभए, उसलाई खुलासा गर्नुपर्छ ताकि यो व्यक्तिले उचित कामहरूमा सहभागिता जनाइरहेको छैन र उसको बन्धनमा कोही पनि पर्नु हुँदैन भन्‍ने कुरा सबैले देख्‍न सकून्। उचित कामहरूमा ध्यान नदिने यो झूटा अगुवालाई सबैले चिन्‍न खुलासा र चिरफार गरिनुपर्छ, त्यसपछि उसलाई पन्छाउनका लागि बर्खास्त गरिनुपर्छ! के तिमीहरूले त्यस्ता झूटा अगुवाहरूलाई भेट्दा तिनीहरूलाई खुट्ट्याउन सक्छौ? झूटा अगुवाहरूविना, के तिमीहरूलाई कप्तानविनाका नाउकर्मीहरू जस्तै महसुस हुनेछ? के तिमीहरूले स्वतन्त्र रूपमा काम पूरा गर्नेछौ र हासिल गर्नेछौ? यदि तिमीहरूले त्यसो गर्दैनौ भने, तिमीहरू खतरामा छौ। आफ्नो कर्तव्य उचित रूपमा पूरा नगर्ने, उदाहरणद्वारा अगुवाइ नगर्ने, र अनलाइन कुराकानी गर्न समय खेर फाल्‍ने यस्तो झूटा अगुवाको सामना गर्दा—के यस्तो परिस्थितिमा तिमीहरूमा समझशक्ति हुन्छ? के तिमीहरू पनि व्यर्थको गफमा व्यस्त हुन र आफ्नो कर्तव्यमा ढिलाइ गर्नका लागि तिनीहरूद्वारा प्रभावित हुनेछौ? के तिमीहरूले अझै पनि त्यस्ता झूटा अगुवाहरूलाई पछ्याउन सक्छौ? (सक्दैनौँ।)

कतिपय झूटा अगुवाहरू घिचुवा र अल्छी हुन्छन्, मेहनतभन्दा आराम रोज्छन्। तिनीहरू न त काम गर्न चाहन्छन् न त चिन्ता नै लिन चाहन्छन्, मेहनत र जिम्मेवारीबाट भाग्छन्, र आराममा लिप्त हुन मात्र चाहन्छन्। तिनीहरू खान र खेल्न मन पराउँछन्, अनि निकै अल्छी हुन्छन्। एक जना झूटो अगुवा थियो जो बिहान सबैले खाना खाइसकेपछि मात्र उठ्थ्यो, अनि राति, अरू सबै आराम गरिरहेका बेलामा पनि टेलिनाटक हेरिरहेकै हुन्थ्यो। एक जना भान्साको जिम्मेवारी लिएका ब्रदरले त्यो कुरा सहन नसकेर तिनीहरूको आलोचना गरे। के तिमीहरूलाई तिनीहरूले कुनै भान्सेको कुरा सुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) मानौँ कुनै अगुवा वा कामदारले तिनीहरूलाई यसो भन्दै झपारे, “तिमी अलि बढी लगनशील हुनुपर्छ; जुन काम गरिनुपर्छ त्यो जसरी पनि गरिनैपर्छ। एक अगुवाका रूपमा, काम जेसुकै भए पनि; तिमीले आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तिमीले त्यसमा कुनै समस्याहरू नभएको सुनिश्चित गर्नैपर्छ। अहिले एउटा समस्या भेटिएको र त्यसलाई समाधान गर्न तिमी यहाँ नभएकाले, काममा असर पर्छ। यदि तिमीले निरन्तर रूपमा यस्तै तरिकाले नै काम गर्छौ भने, के यो मण्डलीको काममा ढिलाइ गर्नु होइन र? के तिमीले यो जिम्मेवारी बहन गर्न सक्छौ?” के तिनीहरूले यो कुरा सुन्नेथिए त? सुन्नेथिए नै भन्‍ने छैन। यस्ता झूटा अगुवाहरूका हकमा, निर्णायक-मण्डलले तिनीहरूलाई तत्काल बर्खास्त गरेर तिनीहरूका लागि अरू कामका प्रबन्धहरू मिलाउनु पर्छ, तिनीहरू जे गर्न सक्षम छन्, तिनीहरूलाई त्यही गर्न दिनुपर्छ। यदि तिनीहरू केही-नकामका छन्, जहाँ गए पनि सित्तैमा खान चाहन्छन्, केही गर्नै सक्दैनन् भने, तिनीहरूलाई कुनै कर्तव्य गर्न नदिई टाढा पठाइहाल्। तिनीहरू कर्तव्य पूरा गर्न लायकका छैनन्; तिनीहरू मानव होइनन्, तिनीहरूमा सामान्य मानवताको विवेक र समझ छैन, तिनीहरू निर्लज्ज छन्। यस्ता काम नलाग्ने झूटा अगुवाहरूलाई छर्लङ्गै चिनिसकेपछि, तिनीहरूलाई सोझै बर्खास्त गर्नुपर्छ; तिनीहरूलाई अर्ती दिने कोसिस गर्नु आवश्यक नै छैन, र अनुगमन गरिने कुनै अवसर दिनु हुँदैन, न त तिनीहरूसित सत्यता सङ्गति गर्न नै जरुरी छ। के तिनीहरूले पर्याप्त सत्यताहरू सुनेका छैनन् र? यदि तिनीहरूलाई काटछाँट गरिनेथ्यो भने, के तिनीहरू बदलिन सक्नेथिए? सक्नेथिएनन्। यदि कसैको क्षमता कमजोर छ, उसले कहिलेकाहीँ बेतुके विचारहरू बोक्छ, वा अज्ञानताका कारण सबै कुरा बुझ्न सक्दैन, तर ऊ लगनशील छ, बोझ बोक्छ, र अल्छी छैन भने, त्यस्तो व्यक्तिले, आफ्नो कर्तव्य पूरा गर्दा विचलनहरू भए पनि, काटछाँट सामना गर्दा पश्चात्ताप गर्न सक्छ। कम्तीमा पनि, उसलाई एउटा अगुवाका जिम्मेवारीहरू के हुन् र आफूले के गर्नुपर्छ भन्‍ने कुरा थाहा हुन्छ, उसमा विवेक र जिम्मेवारी बोध हुन्छ, र ऊसँग हृदय हुन्छ। तर, जो अल्छी छन्, मेहनतभन्दा आराम रोज्छन्, र बोझ बोक्दैनन्, तिनीहरू बदलिन सक्दैनन्। तिनीहरूको हृदयमा कुनै बोझ; तिनीहरूलाई चाहे जसले काटछाँट गरे पनि, त्यो व्यर्थ हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “त्यसोभए, यदि परमेश्‍वरको न्याय, सजाय, परीक्षा, र शोधन तिनीहरूको जीवनमा आयो भने, के यसले बोझ नलिने तिनीहरूको समस्यालाई परिवर्तन गर्नेछ?” यसलाई परिवर्तन गर्न सकिँदैन; कुकुरले फोहोर खाने आफ्नो बानीलाई परिवर्तन गर्न नसके जस्तै यो कुरा व्यक्तिको प्रकृतिले निर्धारित गर्छ। जब तैँले अल्छी मान्‍ने र बोझ नलिने तर अगुवाको रूपमा सेवा पनि गर्ने व्यक्तिलाई देख्छस्, तब तँ ऊ झूटो अगुवा हो भन्‍ने कुरामा पक्का हुन सक्छस्। कतिपयले यसो भन्‍न सक्छन्, “तपाईंले तिनीहरूलाई कसरी झूटा अगुवा भनेर भन्‍न सक्‍नुहुन्छ? तिनीहरूको क्षमता राम्रो हुन्छ, तिनीहरू चलाख हुन्छन्, तिनीहरूले परिस्थितिहरूलाई पारदर्शी रूपमा देख्‍न सक्छन्, र योजनाहरू बनाउन सक्छन्। संसारमा, तिनीहरूले व्यापार व्यवस्थापन गरेका हुन्छन्, तिनीहरूले मुख्य कार्यकारी अधिकारीको रूपमा सेवा गरेका हुन्छन्; तिनीहरू ज्ञानवान, अनुभवी, र सांसारिक रूपमा बुद्धिमानी हुन्छन्!” के यी गुणहरूले अल्छीपन र बोझ नलिने तिनीहरूको समस्यालाई समाधान गर्न सक्छन्? (सक्दैनन्।)

अत्यन्तै अल्छी मानिसहरूले के-कस्ता प्रकटीकरण र विशेषताहरू प्रकट गर्छन्? पहिलो, तिनीहरूले जे काम गरिरहेको भए पनि, लापरवाही रूपमा काम गर्छन्, यताउता गर्दै समय काट्छन्, अल्याङटल्याङ गर्छन्, अनि बिसाउँछन् र आलटाल गर्छन्। दोस्रो, तिनीहरूले मण्डलीको काममा कुनै ध्यान दिँदैनन्। तिनीहरू जसलाई ती कुराको बारेमा चिन्ता गर्न मन पर्छ उसले त्यसो गरे हुन्छ भन्‍ने सोच्छन्। तर आफूले चाहिँ केही गर्नेछैनन्। जब तिनीहरूले कुनै कुराको बारेमा चिन्ता गर्छन्, तब त्यो तिनीहरूको आफ्‍नै ख्याति, प्राप्ति र हैसियतको लागि हुन्छ—हैसियतका फाइदाहरूमा आनन्द गर्न पाउनु नै तिनीहरूको लागि महत्त्वपूर्ण हुन्छ। तेस्रो, तिनीहरूले आफ्नो कामको कठिनाइबाट पछि हट्छन्; तिनीहरूले काम अलिकति बढी थकाइलाग्दो भएको पनि स्वीकार गर्न सक्दैनन्, यदि त्यस्तो भयो भने तिनीहरू अत्यन्तै आक्रोशपूर्ण बन्छन् र तिनीहरूले कठिनाइ भोग्‍न वा मूल्य चुकाउन अनिच्‍छुक सक्दैनन्। चौथो, तिनीहरूले जुनसुकै काम गरे पनि तिनीहरू आफ्‍नो काममा लागिपर्न सक्दैनन्, सधैँ बीचैमा काम छोड्छन् र काम पुरा हुन्जेल लागिपर्न सक्दैनन्। यदि तिनीहरू क्षणिक रूपमा राम्रो मुडमा छन् भने, तिनीहरूले रमाइलोका लागि केही काम गर्न सक्छन्, तर यदि कुनै काममा दीर्घकालीन प्रतिबद्धता आवश्यकता पर्छ भने, र यसले तिनीहरूलाई व्यस्त तुल्याउँछ, धेरै सोचविचार गर्नुपर्छ र शारीरिक थकाइ हुन्छ भने, समय बित्दै गएपछि तिनीहरू गनगनाउन थाल्छन्। उदाहरणको लागि, कतिपय अगुवाहरू मण्डलीको काम रेखदेख गर्ने व्यक्ति हुन्छन्, र तिनीहरूलाई सुरुमा यो काम नयाँ र ताजा लाग्‍न सक्छ। सत्यता सङ्गति गर्दा तिनीहरू अत्यन्तै उत्साहित हुन्छन् र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या छ भन्‍ने देख्छन्, तिनीहरूले सहयोग गर्न र ती समस्या सुल्झाउन सक्छन्। तर केही समयसम्‍म अडिग रहेपछि, तिनीहरूलाई अगुवाको काम थकाइलाग्दो लाग्‍नथाल्छ, र तिनीहरू नकारात्मक बन्छन्—तिनीहरूलाई सजिलो काममा सर्न मन लाग्छ, र कठिनाइ भोग्‍न इच्छा लाग्दैन। त्यस्ता मानिसहरूमा लगनशीलता हुँदैन। पाँचौँ, अल्छी मानिसहरूलाई छुट्याउने अर्को विशेषता भनेको तिनीहरूमा वास्तविक काम गर्ने इच्‍छा नहुनु हो। आफ्नो देहमा कष्ट हुनेबित्तिकै, तिनीहरू कामबाट भाग्‍ने र पछि हट्ने बहाना ण खोज्छन् र त्यो काम अर्को व्यक्तिलाई सुम्पन्छन्। अनि, जब त्यस व्यक्तिले काम पूरा गर्छ, तब तिनीहरूले कुनै लाज नमानी त्यसको इनाम आफै लिन्छन्। अल्छी मानिसहरूका पाँच विशेषता यिनै हुन्। मण्डलीका अगुवा र सेवकहरूमाझ त्यस्ता अल्छी मानिसहरू छन् कि तिमीहरूले जाँचेर हेर्नुपर्छ। यदि यस्ता कसैलाई भेट्यौ भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ। के अल्छी मानिसहरूले अगुवाको रूपमा असल काम गर्न सक्छन्? तिनीहरूमा जस्तोसुकै क्षमता भए पनि वा तिनीहरूको मानवतामा जस्तोसुकै गुण भए पनि, यदि तिनीहरू अल्छी हुन् भने, तिनीहरूले आफ्‍नो काम राम्ररी गर्न सक्दैनन्, र तिनीहरूले काममा र महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराउनेछन्। मण्डलीको काम बहुमुखी हुन्छ; यसको हरेक पक्षमा धेरै ससाना कामहरू हुन्छन् र तिनलाई राम्ररी पूरा गर्नका लागि समस्याहरू सुल्झाउन सत्यतामा सङ्गति गर्नु आवश्यक हुन्छ। त्यसकारण, अगुवा र सेवकहरू लगनशील हुनैपर्छ—तिनीहरूले कामको प्रभावकारिता पक्‍का गर्न हरदिन धेरै कुरा बोल्‍नु र धेरै काम गर्नुपर्छ। यदि तिनीहरूले थोरै बोले वा काम गरे भने, कुनै परिणाम आउनेछैन। त्यसकारण, यदि कुनै अगुवा वा सेवक अल्छी छ भने, ऊ पक्‍कै पनि झूटो अगुवा हो र उसले वास्तविक काम गर्न सक्दैन। अल्छी मानिसहरूले वास्तविक काम गर्दैनन्, काम गर्ने ठाउँमा तिनीहरू आफै जानु त परको कुरा हो, र तिनीहरूलाई समस्याहरू हल गर्न वा निश्‍चित काममा संलग्‍न हुन इच्छा हुँदैन। तिनीहरूले कुनै पनि कामको समस्याहरूबारे बुझेका वा जानेका हुँदैनन्। तिनीहरूले अरूले भनेको कुरा सुनेर, मनमा सतही र अस्पष्ट विचार राखेका हुन्छन्, अनि अलिअलि धर्मसिद्धान्त प्रचार गरेर नै झारा टार्ने गर्छन्। के तिमीहरू यस्तो अगुवालाई चिन्‍न सक्छौ? के तिमीहरू ती झूटा अगुवा हुन् भनेर भन्‍न सक्छौ? (केही हदसम्‍म।) अल्छी मानिसहरू आफूले गर्ने कुनै पनि कर्तव्यमा लापरवाह हुन्छन्। कर्तव्य जे-जस्तो भए पनि, तिनीहरूमा लगनशीलता हुँदैन, र तिनीहरू घरी काम गर्ने घरी नगर्ने गर्छन्, र तिनीहरूले जब केही कठिनाइ भोग्छन् तब गुनासो गर्छन्, र अनवरत गनगन पोखाउँछन्। सधैँ अरूलाई आफ्‍नो रिस पोखाउने र आफ्‍नो कर्तव्य पूरा गर्न नचाहने गर्दै तिनीहरू गल्‍लीमा भुक्‍ने कुकुरजस्तै आफ्‍नो आलोचना वा काटछाँट गर्नेहरूमाथि गालीगलौज गर्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्न नचाहनुले के देखाउँछ? यसले तिनीहरूले बोझ लिँदैनन्, जिम्‍मेवारी लिन चाहँदैनन्, र तिनीहरू अल्छी मानिसहरू हुन् भन्‍ने कुरा देखाउँछ। तिनीहरू कष्ट भोग्‍न वा मूल्य चुकाउन चाहँदैनन्। यो अगुवा र कामदाहरूमा विशेष रूपमा लागू हुन्छ: यदि तिनीहरूले बोझ नै लिँदैनन् भने, के तिनीहरूले अगुवा र कामदारका जिम्‍मेवारीहरू पूरा गर्न सक्छन् त? अवश्यै सक्दैनन्।

झूटा अगुवाहरूले कामको बारेमा फलो-अप गर्दैनन् वा निर्देशन दिँदैनन्

हामीले अगुवा र कामदारहरूको पाँचौं जिम्मेवारीको यो पक्षको बारेमा भर्खरै छलफल गरेका छौं: “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने।” यो पक्षको बारेमा छलफल गरेर, हामीले झूटा अगुवाहरूका केही निश्‍चित प्रकटीकरणहरू, साथै तिनीहरूको मानवता र चरित्रलाई खुलासा गर्‍यौँ। अब, “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने” बारेमा हेरौँ। अवश्य नै, कामको प्रगति केही हदसम्म कामको अवस्थासँग सम्बन्धित हुन्छ, र सम्बन्ध तुलनात्मक रूपमा नजिक हुन्छ। यदि व्यक्तिले कामको स्थितिको बुझाइ र विवरणलाई कायम राख्‍न सक्दैन भने, उसले कामको प्रगतिको बुझाइ र विवरणलाई कायम राख्‍न सक्दैन। उदाहरणका लागि, कामको प्रगति कस्तो छ, यो कुन चरणमा पुगेको छ, संलग्‍न हुने मानिसहरूको स्थिति कस्तो छ, व्यावसायिक पक्षहरूमा कुनै कठिनाइहरू छन् कि छैनन्, परमेश्‍वरको घरका मापदण्डहरू पूरा नगर्ने कामका कुनै क्षेत्रहरू छन् कि छैनन्, हासिल भएका परिणामहरू कस्ता छन्, कामका व्यावसायिक पक्षहरूमा त्यति सिपालु नभएका कुनै पनि मानिसहरूले सिकिरहेका छन् कि सिकिरहेका छैनन्, कसले सिकाइलाई आयोजना गरिरहेको छ, तिनीहरूले के सिक्दैछन्, तिनीहरूले कसरी सिक्दैछन्, र इत्यादि कुराहरू—यी निश्‍चित समस्याहरू सबै प्रगतिसँग सम्बन्धित हुन्छन्। उदाहरणका लागि, के भजनहरू लेख्‍ने काम निकै महत्त्वपूर्ण हुँदैन र? एउटा भजनको हकमा भन्दा, परमेश्‍वरका वचनहरूका उत्कृष्ट खण्डहरूको प्रारम्भिक छनौटदेखि रचना पूरा गर्ने कामसम्म, यस प्रक्रियामा के-कस्ता निश्‍चित कामहरू पूरा गर्नुपर्ने हुन्छ? पहिलो, भजन बन्‍नका लागि उपयुक्त रहेका परमेश्‍वरका वचनहरूका उत्कृष्ट खण्डहरू छनौट गर्नु अत्यावश्यक हुन्छ, र ती उचित लम्बाइका पनि हुनुपर्छ। दोस्रो चरणमा यो खण्डलाई मनोहर र रमाइलो बनाउन कुन शैलीको गीत उपयुक्त हुन्छ भनेर विचार गर्ने काम समावेश हुन्छ। त्यसपछि, भजन गाउनका लागि सही मानिसहरू खोज्नुपर्छ। के यी निश्‍चित कामहरू होइनन् र? (हुन्।) भजन सिर्जना गरेपछि, झूटा अगुवाले रचना योग्य छ कि छैन वा शैली उचित छ कि छैन भनेर पटक्‍कै सोधपुछ गर्दैन। सुपरिवेक्षणको कमी देख्दा, सङ्गीतकारले व्यक्तिगत रूपमा यो पर्याप्त छ भन्‍ने महसुस गर्छ र यसलाई रेकर्ड गर्छ। सबैले भजनमा रूपान्तरण हुने आशा गरेका परमेश्‍वरका वचनहरूको खण्डलाई बल्ल सङ्गीतमा परिणत गरेर भजनमा परिणत गरिएको छ, तर धेरैजसोले गाउने क्रममा यसमा अझै पनि कमीकमजोरीहरू छन् भन्‍ने पत्ता लगाउँछन्। के समस्या पैदा हुन्छ? रचना गरिएको भजन मानक हुँदैन: यसमा मेलोडी र मोहकताको कमी भए पनि यो रेकर्ड गरिएको थियो। झूटा अगुवाले यो सुनेपछि सोध्छ, “यो भजन कसले लेखेको हो? किन यो रेकर्ड गरियो?” तिनीहरूले यो प्रश्‍न गर्दा त, कम्तीमा पनि एक महिना बितिसकेको हुन्छ। यस महिनाको अवधिमा, के अगुवाले यो कामको प्रगतिलाई फलो-अप गरेर तुरुन्तै बुझ्नु पर्दैन र? उदाहरणका लागि, रचना कस्तो भइरहेको छ? के आधारभूत धुन निर्धारित भएको छ? के यसमा सङ्गीत हालिएको छ? के यो भजनको धुन र शैली परमेश्‍वरका वचनहरूसँग मिल्छ? के उपयुक्त अनुभव भएका व्यक्तिहरूले यसको लागि मार्गदर्शनमा सहयोग गरे? यो भजन तयार गरेपछि, के यो भजनलाई व्यापक रूपमा गाउन सकिन्छ? यसले कस्तो प्रभाव पार्छ? के यो धुन राम्रो छ? झूटा अगुवाले यस्ता मामलाहरूमा फलो-अप गर्न जहिल्यै पनि असफल हुन्छ। अनि तिनीहरूले फलो-अप नगर्नुको कारण पनि हुन्छ: “म भजनको रचनालाई बुझ्दिनँ। मैले नबुझेको कुराको बारेमा मैले कसरी फलो-अप गर्न सक्छु? यो असम्भव कुरा हो।” के यो उचित कारण हो? (होइन।) यो उचित कारण होइन; त्यसकारण, के भजनहरू लेख्‍ने कार्यप्रति अपरिचित व्यक्तिले अझै पनि फलो-अप गर्न सक्छ? (सक्छ।) तिनीहरूले कसरी फलो-अप गर्नुपर्छ? (तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्न सक्छन्, र यो उपयुक्त छ कि छैन भनेर हेर्न सिद्धान्तहरूका आधारमा सङ्गीतको लेखाजोखा गर्न सक्छन्; तिनीहरूले काममा हातै नहाल्‍नुको सट्टा व्यावहारिक रूपमा कामको फलो-अप गर्न सक्छन्।) झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तहरूबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। तिनीहरूले आफ्‍ना आदेशहरू जारी गरिसकेपछि, त्यस मामलाबाट हात झिक्छन्। तिनीहरूले कामको त्यसपछिको विकास बारे प्रश्‍नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्‍न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नुपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनको लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरूलाई पहिचान गर्न सक्छस्, त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्। सम्‍बन्धित पेसासित तँ परिचित भए पनि वा नभए पनि वा तैँले त्यसलाई बुझे पनि वा नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको जिम्‍मेवारी लिनुपर्छ, यसको लेखा राख्‍नुपर्छ, अनि निरन्तर रूपमा यसको प्रगति बारे सोधपुछ र प्रश्‍नहरू गर्नुपर्छ। त्यस्ता विषयहरूको बारेमा बुझ्‍ने कार्यलाई तैँले जारी राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु—यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, देखा पर्ने समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, अनि कामको प्रगति वा कौशलता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्।

झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, जसले गर्दा कामको प्रगतिमा ढिलाइ हुन्छ

झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्‍न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुनाले र यसको जिम्‍मेवारी लिने वा निरीक्षण गर्ने कुनै पनि उपयुक्त व्यक्ति नभएको हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाको स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई निकै गहन असर पार्छ। यदि अगुवाहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेका थिए भने—यदि तिनीहरूले कामको निरीक्षण गरेका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको रेखदेख गरेका थिए, र उक्त कामलाई मार्गनिर्देशन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा तीब्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको वास्तविक स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे थाहा बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको प्रभावकारिता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा सेवकहरूलाई मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्‍नेबारे थाहा हुँदैन, र तिनीहरूले कामकुराहरू अनुगमन वा रेखदेख गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्‍चय नै ढिलो हुनेछ। कर्तव्य निभाउने अधिकांश मानिसहरू अत्यन्तै फोहोरी हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्‍ने भावना हुँदैन, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुन्छन्। यदि ठोस रूपमा कामको जिम्‍मेवारी लिने, कामको प्रगतिबारे जानकारी लिने, र कर्तव्य निभाउने व्यक्तिहरूलाई मार्गनिर्देशन गर्ने, रेखदेख गर्ने, अनुशासनमा राख्‍ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्‍ने भावना र कार्य क्षमता भएको कोही पनि छैन भने, स्वाभाविक रूपमै कार्य प्रभावकारिताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र सेवकहरूले यसलाई प्रस्टसित देख्नसमेत सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र सेवकहरूले तुरुन्तै कार्य प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, र कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्ने, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्ने गर्नुपर्छ। यी सबै कुराहरू अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाको रूपमा काम गर्ने व्यक्तिलाई यी कुराहरू प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ त्यस्तो झूटो अगुवाजस्तो हुनै हुँदैन, जसले केही सतही काम गर्छ र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्छ। झूटा अगुवाहरू आफ्नो काममा लापर्बाह र असावधान हुन्छन्, तिनीहरूमा जिम्मेवारी बोध हुँदैन, समस्याहरू उत्पन्‍न हुँदा तिनीहरू ती समाधान गर्दैनन्, र आफूले जे काम गरिरहेको भए पनि, त्यो गरेजस्तो मात्र गर्छन् र त्यो कामलाई झारटारुवा तरिकाले लिन्छन्; तिनीहरूले केवल ठूला कुरा गर्छन्, धर्मसिद्धान्त र खोक्रो कुरा ओकल्छन्, र आफ्नो काममा झारा टार्छन्। सामान्यतया, झूटा अगुवाहरूले यस्तै स्थितिमा काम गर्छन्। ख्रीष्टविरोधीहरूको तुलनामा झूटा अगुवाहरूले अत्यधिक दुष्ट केही नगर्ने र जानाजान दुष्टता नगर्ने भए पनि, तिनीहरूको कार्य प्रभावकारितालाई हेर्दा, तिनीहरूलाई झाराटारुवा, बोझ नउठाउने, गैरजिम्मेवार हुने र आफ्नो कामप्रति बफादारी नभएको भनी चित्रण गर्नु उचित हुन्छ।

हामीले भर्खरै झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र कामको हरेक भागको प्रगतिको बारेमा बुझ्दैनन् र जान्दैनन् भन्‍ने बारेमा सङ्गति गरेका थियौँ। मण्डलीको काममा पैदा हुने समस्या र कठिनाइहरूका हकमा भन्दा, झूटा अगुवाहरूले तिनलाई ध्यान दिँदैनन् वा तिनलाई पन्छाउन थोरै धर्मसिद्धान्त बोल्छन् र केही नाराहरू लगाउँछन्। कामका सबै भागहरूका हकमा भन्दा, कामको बारेमा बुझ्न र फलो-अप गर्ने प्रयास गर्नका लागि तिनीहरू आफै काम गर्ने ठाउँमा आएको कहिल्यै देखिँदैन। तिनीहरूले त्यहाँका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गरेको देखिँदैन, र तिनीहरूले त्यहाँ व्यक्तिगत रूपमा कामको निर्देशन दिँदै र सुपरिवेक्षण गरिरहेका, यसमा त्रुटि र गडबडीहरू देखा पर्नबाट रोकेको देख्‍नु त परको कुरा हो। झूटा अगुवाहरूले काम गर्ने झाराटारुवा तरिकाको सबैभन्दा स्पष्ट प्रकटीकरण यही हो। झूटा अगुवाहरू ख्रीष्ट-विरोधीहरूले जस्तो मण्डलीको काममा बाधा र व्यवधान ल्याउने प्रयास नगरे पनि, तिनीहरूले विभिन्‍न दुष्कर्म नगरे पनि र आफ्नै स्वतन्त्र राज्य स्थापना नगरे पनि, तिनीहरूको विभिन्‍न झाराटारुवा व्यवहारले मण्डलीको काममा ठूलो बाधाहरू ल्याउँछन्, जसले गर्दा विभिन्‍न समस्याहरू अटुट रूपमा देखा पर्छन् र समाधान हुँदैनन्। यसले मण्डलीको कामको हरेक भागको प्रगतिमा गम्भीर असर गर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्छ। के त्यस्ता झूटा अगुवाहरूलाई हटाउनु पर्दैन र? झूटा अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन्—तिनीहरूले जे गरे पनि त्यसको सुरुवात दह्रिलो हुन्छ तर अन्त्यमा त्यो असफल हुन्छ। तिनीहरूले खेलिरहेको भूमिका भनेको औपचारिकताहरू सुरु गर्ने व्यक्तिको भूमिका मात्रै हो: तिनीहरूले नाराहरू गाउँछन् र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र जब तिनीहरूले अरूलाई काम सुम्पन्छन् र यसका लागि कसले जिम्मेवारी लिनेछ भनेर बन्दोबस्त गर्छन्, तब तिनीहरूका लागि यो काम समाप्त हुन्छ। तिनीहरू चीनका ग्रामीण क्षेत्रमा पाइने चर्को आवाज दिने लाउडस्पीकरहरू जस्तै हुन्छन्—तिनीहरूले खेल्ने भूमिकाको हद यही हो। तिनीहरूले थोरै प्रारम्भिक काम मात्रै गर्छन्; बाँकी काममा, तिनीहरू कहीँ पनि देखिँदैनन्। जहाँसम्म कामको हरेक पक्ष कसरी अघि बढिरहेको छ, यो सिद्धान्तहरू अनुरूप छ कि छैन, र यो प्रभावकारी छ कि छैन भन्‍ने जस्ता निश्‍चित प्रश्‍नहरूका कुरा छ—तिनीहरूलाई उत्तरहरू थाहा हुँदैन। तिनीहरू कहिल्यै पनि तल्‍लो तहसँग गहन रूपमा संलग्‍न भएर कामको हरेक भागको प्रगति र विवरणहरूका बारेमा बुझ्न र जान्‍नका लागि काम गर्ने ठाउँ जाँदैनन्। त्यसकारण, झूटा अगुवाहरूले अगुवाको रूपमा रहेको आफ्नो कार्यकालमा बाधा र व्यवधानहरू ल्याउन, वा विभिन्‍न दुष्कर्महरू नगर्न सक्छन्, तर वास्तवमा, तिनीहरूले कामलाई अवरुद्ध गर्छन्, मण्डलीको कामको हरेक भागको प्रगतिमा ढिलाइ गर्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र जीवन प्रवेश प्राप्त गर्ने कुरा असम्भव तुल्याउँछन्। यसरी काम गर्दा, तिनीहरूले कसरी परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई डोर्याउन सक्छन्? यसले के देखाउँछ भने झूटा अगुवाहरूले कुनै वास्तविक काम गर्दैनन्। तिनीहरू आफूले जिम्मेवारी लिनुपर्ने कामको फलो-अप गर्न वा मण्डलीको काम सामान्य रूपमा अघि बढ्छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्नका लागि मार्गदर्शन र सुपरिवेक्षण प्रदान गर्न असफल हुन्छन्; तिनीहरू अगुवा र कामदारहरूको अभिप्राय पूरा गर्न असफल हुन्छन्, र तिनीहरू आफ्नो बफादारिता वा जिम्मेवारीहरू पूरा गर्न असफल हुन्छन्। यसले झूटा अगुवाहरू आफ्नो कर्तव्य पूरा गर्ने तरिकामा बफादार हुँदैनन्, तिनीहरू झाराटारुवा हुन्छन्; तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरू र परमेश्‍वर स्वयम्‌ दुवैलाई छल गर्छन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कार्यमा असर गर्छन् र बाधा दिन्छन् भन्‍ने कुरालाई पुष्टि गर्छ। यो तथ्य सबैले स्पष्ट देख्छन्। झूटा अगुवा साँच्‍चै नै काम गर्न सक्‍ने अवस्थामा नहुन सक्छ; तिनीहरूले आफ्नो कामबाट पछि हटिरहेका र जानी-जानी झाराटारुवा व्यवहार गरिरहेका पनि हुन सक्छन्। जे भए पनि, तिनीहरूले मण्डलीको काममा बरबादी ल्याउँछन् भन्‍ने तथ्य कायमै रहन्छ। मण्डलीको कामको हरेक भागमा अलिकति पनि प्रगति हुँदैन, र थुप्रिएका समस्याहरू लामो समयसम्म समाधान हुँदैनन्। यसले सुसमाचार फैलाउने काममा असर गर्ने मात्र होइन, तर परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि गम्भीर रूपमा बाधा दिन्छ। झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्‍ने मात्र होइन, तर तिनीहरू सुसमाचार प्रचारको कामका लागि बाधाहरू, र मण्डलीमा परमेश्‍वरको इच्छा पूरा गर्नका लागि बाधाहरू पनि बन्छन् भन्‍ने कुरा देखाउनका लागि यी तथ्यहरू पर्याप्त छन्।

झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। यसले कामको प्रगतिमा ढिलाइ गर्ने र यसका परिणामहरूमा असर गर्ने मात्र होइन, तर यसले मण्डलीको काममा पनि गम्भीर घाटा ल्याउँछ, धेरै जनशक्ति, भौतिक स्रोत-साधन, र आर्थिक स्रोत-साधनहरू खेर फाल्छ। त्यसकारण, झूटा अगुवाहरूले आर्थिक घाटाहरूको पूर्ति गर्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “यदि अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी नगरेकोले आएको घाटाको पूर्ति गर्नुपर्छ भने, कोही पनि अगुवा वा कामदार बन्‍न चाहँदैन।” त्यस्ता गैरजिम्मेवार मानिसहरू अगुवा वा कामदार बन्‍न योग्यका हुँदैनन्। विवेक वा समझविनाका मानिसहरू दुष्ट मानिसहरू हुन्—यदि दुष्ट मानिसहरू अगुवा र कामदार बन्‍न चाहन्छन् भने के यो समस्याग्रस्त कुरा होइन र? परमेश्‍वरको घरको धेरैजसो काममा आर्थिक खर्चहरू समावेश हुने हुनाले, के तिनको बारेमा लेखा दिनु अत्यावश्यक हुँदैन र? के परमेश्‍वरका भेटीहरू मानिसहरूले मनोमानी बरबाद गर्न र उडाउन सक्‍ने कुरा हुन्? परमेश्‍वरका भेटीहरू बरबाद गर्नलाई अगुवा र कामदारहरूसँग के अधिकार हुन्छ? आर्थिक घाटा ल्याएपछि पूर्ति गर्नुपर्छ; यो पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो, र कसैले पनि यसलाई इन्कार गर्न सक्दैन। उदाहरणका लागि, मानौँ एउटा काम एउटा व्यक्तिले एक महिनामा पूरा गर्न सक्छ। यदि यो काम गर्न छ महिना लाग्यो भने, के बाँकी पाँच महिनाको खर्च घाटा होइन र? म सुसमाचार प्रचार गर्ने कार्यको एउटा उदाहरण दिन्छु। मानौँ कुनै व्यक्ति साँचो मार्गको अनुसन्धान गर्न तयार छ र उसलाई एक महिनाभित्रै जित्‍न सकिन्छ, त्यसपछि ऊ मण्डलीमा प्रवेश गर्छ र मलजल र भरणपोषण प्राप्त गरिरहन्छ, र छ महिनाभित्र उसले जग बसाल्न सक्छ। तर यदि सुसमाचार प्रचार गर्ने व्यक्तिले यस मामलाप्रति लिने मनोवृत्ति बेवास्ता र झाराटारुवा मनोवृत्ति हो, र अगुवा र कामदारहरूले पनि तिनीहरूको जिम्मेवारीलाई बेवास्ता गर्छन्, र त्यो व्यक्तिलाई जित्नका लागि आधा वर्ष लाग्छ भने, के यो आधा वर्ष त्यो व्यक्तिको जीवनको घाटा हुनेछैन र? यदि तिनीहरूले ठूला-ठूला विपत्तिहरूको सामना गरे र तिनीहरूले अझै पनि साँचो मार्गको जग बसालेका छैनन् भने, तिनीहरू खतरामा हुनेछन्, र के ती मानिसहरूले उनीहरूलाई निराश तुल्याएका हुँदैनन् र? यस्तो घाटालाई पैसा वा भौतिक कुराहरूद्वारा मापन गर्न सकिँदैन। ती मानिसहरूले त्यस व्यक्तिको सत्यता बुझाइमा छ महिना ढिलाइ गरेका हुनेछन्; तिनीहरूले उसलाई जग बसाल्‍न र आफ्नो कर्तव्य पूरा गर्न थाल्‍नमा छ महिना ढिलाइ गरेका हुनेछन्। यसका लागि कसले जिम्मेवारी लिनेछ? के अगुवा र कामदारहरूले यसका लागि जिम्मेवारी लिन सक्छन्? कसैको जीवनलाई रोक्‍ने कार्यको जिम्मेवारी कसैले लिन सक्दैन। कसैले पनि यो जिम्मेवारी लिन नसक्‍ने हुनाले, अगुवा र कामदारहरूले के गर्नु उचित हुन्छ? चार वटा शब्दहरू: यसमा आफ्नो सक्दो लगाओ। के गर्नका लागि आफ्नो सक्दो लगाउनु? आफ्नै जिम्मेवारीहरू पूरा गर्नु, अर्थात् आफ्‍नो आँखाले देख्‍न सक्‍ने, मनमा कल्पना गर्न सक्‍ने सबै कुरा गर्नु, र आफ्‍नो क्षमताले हासिल गर्नु। यो त आफ्नो सक्दो दिनु हो, यो बफादार र जिम्मेवार हुनु हो, र अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। कतिपय अगुवा र कामदारहरूले सुसमाचार प्रचारलाई गम्भीर मामलाको रूपमा लिँदैनन्। तिनीहरूले सोच्छन्, “परमेश्‍वरका भेडाहरूले परमेश्‍वरको आवाज सुन्‍नेछन्। जसले अनुसन्धान र स्वीकार गर्छ उसले आशिष् पाउनेछ; जसले अनुसन्धान र स्वीकार गर्दैन उसले आशिष् पाउनेछैन, र ऊ विपत्तिमा मर्ने योग्यको हुन्छ!” झूटा अगुवाहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै वास्ता गर्दैनन्, र सुसमाचारको कामका लागि कुनै बोझ लिँदैनन्; तिनीहरूले भर्खरै मण्डलीमा प्रवेश गरेका नयाँ विश्‍वासीहरूका लागि कुनै जिम्मेवारी पनि लिँदैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई गम्भीरतापूर्वक लिँदैनन्—तिनीहरूले सधैँ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त हुने कार्यमा ध्यान दिन्छन्। जति धेरै मानिसहरूले साँचो मार्गको अनुसन्धान गरे पनि, तिनीहरूलाई पटक्‍कै चिन्ता हुँदैन, तिनीहरूमा सधैँ झारा टार्ने मानसिकता हुन्छ, र तिनीहरूले सेवानिवृत्त सम्राट वा अधिकारीले जस्तो व्यवहार गर्छन्। काम जति नै महत्त्वपूर्ण वा आतुरीपूर्ण भए पनि, तिनीहरू कहिल्यै पनि कार्यस्थलमा देखा पर्दैनन्, र तिनीहरूले कामको परिस्थितिको बारेमा सोधपुछ गर्ने र बुझ्‍ने गर्दैनन्, वा कामको बारेमा फलो-अप गर्दैनन् र समस्याहरू समाधान गर्दैनन्। तिनीहरूले कामहरू मिलाउँछन् र आफ्नो काम पूरा भएको छ र आफू मुक्त भएको छु भन्‍ने सोच्छन्, र काम गर्नु भनेको यही हो भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। के यो झाराटारुवा हुनु होइन र? के यो तिनीहरूले आफूभन्दा माथि र तलका दुवैलाई छल गर्नु होइन र? के त्यस्ता अगुवा र कामदारहरू परमेश्‍वरले प्रयोग गर्नका लागि योग्य हुन्छन्? के तिनीहरू ठूलो रातो अजिङ्गरका अधिकारीहरू जस्तै होइनन् र? तिनीहरूले सोच्छन्, अगुवा वा कामदार बन्‍नु भनेको पद पाउनु जस्तै हो, र व्यक्तिले यो हैसियतका फाइदाहरू प्राप्त गर्नुपर्छ। पदमा रहँदा यसले मलाई यो इज्जत दिन्छ, र मलाई सबै मामलाहरूमा उपस्थित भइरहने झमेलाबाट मुक्त गर्छ। यदि म सधैँ कार्यस्थलमा कामको बारेमा फलो-अप गर्दै र परिस्थितिलाई बुझ्दै बसिरहेँ भने, त्यो कति थकाइलाग्दो, कति अपमानजनक कुरा हुनेथियो! म यस्तो थकाइलाई स्वीकार गर्न सक्दिनँ! झूटा अगुवा र झूटा सेवकहरूले यसरी नै काम गर्छन्, कुनै वास्तविक काम नगरी सहजताको लोभ गर्ने र हैसियतका फाइदाहरू प्राप्त गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्, र तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन। त्यस्ता पराजीवीहरूलाई साँच्‍चै नै हटाउनुपर्छ, र तिनीहरूलाई दण्ड दिइँदा पनि, तिनीहरू यो कुरा पाउन लायक नै हुन्छन्! कतिपय अगुवा र कामदारहरूले धेरै वर्ष मण्डलीको काम गरे पनि, सुसमाचार कसरी प्रचार गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, गवाही दिनु त परको कुरा हो। यदि तैँले तिनीहरूलाई सुसमाचार प्रचार गर्न सक्‍ने मानिसहरूलाई परमेश्‍वरको कामका दर्शनहरूसँग सम्बन्धित सबै सत्यताहरूमा सङ्गति गर्न लगाइस् भने, तिनीहरू त्यसो गर्न असमर्थ हुन्छन्। “के तिमीले कहिल्यै आफूलाई दर्शनहरूको सत्यताले सुसज्जित गर्ने प्रयास गरेको छौ?” भनेर सोधियो भने, झूटा अगुवाहरूले मनन गर्छन्, “मैले किन यस्तो प्रयास गर्ने र? मेरो उच्च हैसियत भएकोले, त्यो काम मेरो होइन; त्यो काम गर्नका लागि अरू धेरै छन्।” मलाई भन, तिनीहरू कस्तो प्राणी हुन्? तिनीहरूले मण्डलीको काम गरेको धेरै वर्ष भएको हुन्छ, तैपनि कसरी सुसमाचार प्रचार गर्ने भन्‍ने तिनीहरूलाई थाहा छैन। अनि गवाही दिने क्रममा, तिनीहरूले आफ्‍ना लागि सुसमाचार प्रचारक खोज्नुपर्छ। यदि अगुवा र कामदारहरूले मानिसहरूलाई दर्शनहरूका बारेमा सुसमाचार प्रचार गर्न, गवाही दिन, वा सङ्गति गर्न सक्दैनन् भने, तिनीहरूले के गर्न सक्छन्? तिनीहरूको जिम्मेवारी के-के हुन्? के तिनीहरूले ती कुराहरू पूरा गरेका हुन्छन्? के तिनीहरूले पहिले नै आफूसँग भएको कुराद्वारा मात्रै अघि बढिरहन्छन्? तिनीहरूसँग के हुन्छ? तिनीहरूसँग पहिले नै भएको कुराद्वारा मात्रै अघि बढ्नका लागि तिनीहरूलाई कसले अनुमति दियो? कतिपय सुसमाचार समूह सुपरभाइजरहरूले अरूले सुसमाचार प्रचार गरेको कहिल्यै देखेका र सुनेका हुँदैनन्। तिनीहरूलाई सुन्‍न मन पर्दैन; तिनीहरूलाई झमेला लिन मन पर्दैन, तिनीहरूलाई यो अत्यन्तै समस्याग्रस्त लाग्छ, र तिनीहरूमा धैर्यताको कमी हुन्छ। तिनीहरू अगुवाहरू हुन्, के तिमीहरूलाई थाहा छैन—पदाधिकारीहरूभन्दा कमका होइनन्—त्यसकारण तिनीहरूले यी निश्‍चित कामहरू गर्दैनन्; तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई ती काम गर्न लगाउँछन्। मानौँ कतिपय सुसमाचार प्रचारकहरूले उच्च क्षमता भएको, सबै कुरालाई इमानदारीताको साथ लिने, र दर्शनहरूका बारेमा केही निश्‍चित सत्यताहरू बुझ्न चाहने व्यक्तिलाई भेट्छन्। सुसमाचार प्रचारकहरूले स्पष्ट रूपमा सङ्गति गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले आफ्नो अगुवालाई यसो गर्न लगाउँछन्। अगुवाले केही बोल्न सक्दैन, र यसो भन्दै बहाना समेत खोज्छ, “मैले यो काम कहिल्यै आफै गरेको छैनँ। तिमीहरू जाओ; म तिमीहरूलाई साथ दिनेछु। यदि कुनै समस्याहरू देखा परे भने, म तिमीहरूलाई ती समाधान गर्न सहयोग गर्नेछु; म तिमीहरूलाई साथ दिन्छु। चिन्ता नगर। हामीसँग परमेश्‍वर हुँदाहुँदै डराउनुपर्ने के छ र? जब कसैले साँचो मार्ग खोज्छ, तब तिमीहरूले दर्शनहरूका सत्यताहरूका बारेमा गवाही दिन वा सङ्गति गर्न सक्छौ। जीवन प्रवेशका सत्यताहरूमा सङ्गति गर्ने कार्यका लागि मात्रै म जिम्मेवार छु। गवाही दिने काम तिमीहरूले लिनुपर्ने भारी बोझ हो, ममा भरोसा नगर।” सुसमाचार प्रचार गर्ने क्रममा गवाही दिने महत्त्वपूर्ण क्षणमा हरेक पटक नै तिनीहरू लुक्छन्। तिनीहरूसँग सत्यताको कमी छ भन्‍ने कुरा तिनीहरूलाई पूर्ण रूपमा थाहा हुन्छ, त्यसकारण तिनीहरूले किन आफूलाई यसद्वारा सुसज्जित गर्ने प्रयास गर्दैनन्? तिनीहरूमा सत्यताको कमी छ भन्‍ने राम्ररी थाहा पाए पनि, तिनीहरूले किन सधैँ अगुवा बन्‍नका लागि मरिहत्ते गरेर लागिपर्छन्? तिनीहरूसँग कुनै प्रतिभा हुँदैन, तैपनि तिनीहरूले कुनै पनि आधिकारिक पद लिने आँट गर्छन्—तैँले तिनीहरूलाई अनुमति दिइस् भने तिनीहरूले सम्राटको भूमिका समेत लिनेछन्—तिनीहरू अत्यन्तै लाजमर्दा मानिसहरू हुन्! तिनीहरूले जस्तोसुकै स्तरको नेतृत्व लिए पनि, तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्, तैपनि तिनीहरूले कुनै विवेकको पीडा महसुस नगरी हैसियतका फाइदाहरू प्राप्त गर्ने आँट गर्छन्। के तिनीहरू पूर्ण रूपमा लाज विहीन मानिसहरू होइनन् र? यदि तिनीहरूलाई विदेशी भाषामा बोल्न लगाइयो र तिनीहरूले त्यसो गर्न सकेनन् भने यो कुरा बुझ्न सकिने कुरा हो; तर दर्शनहरू र परमेश्‍वरका अभिप्रायहरूका बारेमा रहेका सत्यताहरूमा आफ्नो मातृभाषामा सङ्गति गर्ने कुरा त सम्भव हुनुपर्ने हो, होइन र? विश्‍वास गरेको चार-पाँच वर्ष मात्रै भएको मानिसहरूले सत्यतामा सङ्गति गर्न नसके त्यो माफी दिन लायक कुरा हो। तर कतिपयले परमेश्‍वरमा विश्‍वास गरेको झण्डै २० वर्ष भएको हुन्छ र अझै पनि दर्शनहरूका बारेमा रहेका सत्यताहरूमा सङ्गति गर्न सक्दैनन्—के त्यस्ता मानिसहरू काम नलाग्‍ने व्यक्तिहरू होइनन् र? के तिनीहरू केही नकामका हुँदैनन् र? कसैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र पनि दर्शनहरूका बारेमा सत्यताहरूमा कसरी सङ्गति गर्ने भन्‍ने उसलाई थाहा छैन भन्‍ने सुन्दा मलाई छक्क लाग्छ। यो सुनेपछि तिमीहरूलाई कस्तो लाग्छ? के यो कल्पना गर्न नसकिने कुरा होइन र? तिनीहरूले यति वर्ष आफ्नो काम कसरी गरिरहेका छन्? सङ्गीत बनाउने बारेमा मार्गदर्शन प्रदान गर्न लगाउँदा, तिनीहरूलाई कसरी गर्ने भन्‍ने थाहा हुँदैन, र यो विशेषज्ञ क्षेत्र अत्यन्तै गाह्रो छ, यो औसत व्यक्तिले बुझ्न सक्‍ने कुरा होइन भनेर भन्छन्। कला निर्माण गर्ने काममा, वा चलचित्र निर्माणको काममा मार्गदर्शन प्रदान गर्न लगाउँदा, तिनीहरूले यी कामहरूलाई सम्हाल्नका लागि अत्यन्तै उच्च स्तरको प्राविधिक सीप चाहिन्छ भनेर दाबी गर्छन्। अनुभवात्मक गवाहीका लेखहरू लेख्‍न लगाउँदा, तिनीहरूले आफ्नो शिक्षाको स्तर अत्यन्तै न्यून छ र तिनीहरूलाई ती कसरी लेख्‍ने थाहा छैन, र तिनीहरूले यस विषयमा कहिल्यै तालिम लिएका छैनन् भनेर भन्छन्। यदि तिनीहरूले यस्ता कामहरू गर्न सक्दैनन् भने, त्यो क्षमा दिन सकिने कुरा हो, तर सुसमाचारको काम अन्तर्निहित रूपमा नै तिनीहरूको कर्तव्यको भाग हो। तिनीहरू यो कामप्रति योभन्दा बढी परिचित हुन सक्दैनन्—के तिनीहरूलाई यो कुरा सजिलो हुनु पर्दैन र? दर्शनहरूका बारेमा रहेका सत्यताहरूमा सङ्गति गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कामका तीन चरणहरूको सत्यतामा स्पष्ट रूपमा सङ्गति गर्नु हो। सुरुमा, मानिसहरूमा यो काम गर्ने बारेमा त्यति धेरै अनुभव हुँदैन र तिनीहरूले त्यति राम्ररी सङ्गति गर्न सक्दैनन् होला, तर समय बित्दै जाँदा यस विषयमा तालिम दिइएपछि, तिनीहरूले यो काम जति गर्छन्, सङ्गति गर्नमा त्यति नै सिपालु हुन सक्छन्, जसले गर्दा तिनीहरूले व्यवस्थित तरिकाले, सटीक र स्पष्ट भाषामा बोल्‍न, र राम्रो वाक्यांश बोल्न सक्छन्। के यो अगुवाहरूले सीप प्राप्त गर्नुपर्ने विशेषज्ञताको कामको निश्‍चित क्षेत्र होइन र? यो हात्तीलाई जबरजस्ती उड्न लगाउनु जस्तो त होइन, हो त? (अहँ, होइन।) तर त्यस्ता झूटा अगुवाहरू यति सानो काम समेत गर्न सक्षम हुँदैनन्। तैपनि, के तिनीहरूले अझै पनि अगुवाको रूपमा सेवा गर्छन्? तिनीहरूले अझै पनि त्यो पद ओगटेर बसेका छन् भने के गरिरहेका छन्? कतिपय मानिसहरूले भन्छन्, “म त्यस्तो व्यक्ति हुँ जसको सोचाइ भ्रमित र अस्पष्ट छ, जसमा तर्कको कमी छ, र म दर्शनहरूसँग सम्बन्धित सत्यताहरूका बारेमा कुरा गर्न त्यति सिपालु छैनँ।” त्यसोभए, के तैँले सुसमाचारको काममा देखा पर्ने विभिन्‍न त्रुटि र गडबडीहरूलाई पहिचान गर्न र समाधान गर्न सक्छस्? यदि तैँले तिनलाई पहिचान गर्न सक्दैनस् भने, तैँले तिनलाई अवश्य नै समाधान गर्न पनि सक्दैनस्। जब झूटा अगुवाहरू सुसमाचारको कामको इन्चार्ज हुन्छन्, तब तिनीहरूले जाँच वा सुपरिवेक्षणमा कुनै भूमिका खेल्दैनन्; तिनीहरूले आफ्ना अधीनमा रहेका मानिसहरूलाई आफूले चाहे अनुसार काम गर्न दिन्छन्, ताकि जोसुकैले आफूले चाहे अनुसार काम गर्न सकून्, र आफूले चाहेको व्यक्तिलाई प्रचार गर्न सकून्—कुनै पनि सिद्धान्त वा मापदण्डहरू लागू हुँदैनन्। कतिपय मानिसहरूले आवेगमा काम गर्छन् र तिनीहरूले विभिन्‍न कुरा गर्दा तिनीहरूमा समझ र विशेष गरी सिद्धान्तहरूको कमी हुन्छ, र तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन्। झूटा अगुवाहरू यी समस्याहरूलाई पत्ता लगाउन वा पहिचान गर्न पूर्ण रूपमा असफल हुन्छन्।

भनिन्छ, दक्षिण अमेरिका र अफ्रिकामा, सुसमाचारको कामद्वारा कतिपय गरिब मानिसहरूलाई झुण्डमा ल्याइएको छ। यी मानिसहरूको कुनै स्थिर आम्दानी हुँदैन, र पर्याप्त रूपमा खाना पाउने र बाँच्ने कुरामा समेत समस्याहरू हुन्छन्। त्यसोभए, के गर्नुपर्छ? एक जना अगुवाले यसो भनेको थियो, “मानवजातिलाई मुक्ति दिनु परमेश्‍वरको अभिप्राय हो, र मुक्ति पाउनका लागि, सुरुमा खानेकुरा पर्याप्त हुनुपर्छ, होइन र? के परमेश्‍वरको घरले राहत दिनु पर्दैन र? यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, हामीले तिनीहरूलाई परमेश्‍वरका वचनहरूका केही पुस्तकहरू बाँड्न सक्छौं। तिनीहरूसँग कम्प्युटर वा फोन छैन, त्यसकारण तिनीहरूले कर्तव्य पूरा गर्न लगाइयो भने हामीले के गर्नुपर्छ? केही सोधपुछ गर, र तिनीहरू कर्तव्य पूरा गर्न इमानदारिताको साथ तयार छन् कि छैनन् हेर।” सोधपुछद्वारा, के पत्ता लाग्छ भने, यी मानिसहरूमा अहिले पैसाको कमी छ, तर यदि तिनीहरूसँग पैसा छ र तिनीहरूले पेटभर खान पाउँछन् भने, तिनीहरू बाहिर गएर सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य पूरा गर्न तयार हुन्छन्। यी परिस्थितिहरू बुझेपछि, अगुवाहरूले राहत रकम बाँडफाँट गरेर हरेक महिना बाँडफाँट गर्न थाले। यी मानिसहरूका लागि खाने-बस्‍ने, र इन्टरनेट शुल्क समेत, र फोन, कम्प्युटर, र अन्य उपकरणहरू किन्‍ने सबै कुरा परमेश्‍वरको घरको पैसाबाट गरिएको थियो। यी मानिसहरूलाई पैसा बाँड्नुको उद्देश्य सुसमाचारको काम फैलाउनु होइन, तर तिनीहरूको अस्तित्वका लागि राहत प्रदान गर्नु थियो। के यो सिद्धान्तहरू अनुरूप थियो? (अहँ, थिएन।) के सुसमाचार प्रचार गर्दा र जीविकोपार्जनका माध्यमहरू नभएका गरिब मानिसहरूलाई भेट्दा, तिनीहरूले कामको यो चरणलाई स्वीकार गर्न सक्छन् भने, तिनीहरूलाई सहयोग दिनुपर्छ भन्‍ने नियम परमेश्‍वरको घरमा छ? के त्यस्तो सिद्धान्त छ? (छैन।) त्यसोभए, कुन सिद्धान्त अनुसार, यो अगुवाले तिनीहरूलाई राहत रकम बाँडेको थियो? तिनीहरूले परमेश्‍वरको घरमा पैसा छ तर खर्च गर्ने ठाउँ छैन भन्‍ने सोचेकोले हो, वा तिनीहरूले यी मानिसहरूलाई अत्यन्तै दयनीय ठानेकोले हो, कि यी मानिसहरूले सुसमाचार प्रचार गर्न सहयोग गर्नेछन् भन्‍ने आशाले हो? तिनीहरूको अभिप्राय वास्तवमा के थियो? तिनीहरूले के हासिल गर्ने प्रयास गरिरहेका थिए? फोन, कम्प्युटर, र जीविका खर्च बाँड्ने विषयमा, तिनीहरूले ठूलो जोश देखाए; तिनीहरूलाई अरूलाई फाइदा दिने यस्तो काममा संलग्‍न हुन मन लाग्थ्यो, किनभने यसले गर्दा तिनीहरूले यी मानिसहरूको निगाह पाउन र तिनीहरूको मन जित्न सक्थे, र तिनीहरू यस्ता कामहरूमा विशेष रूपमा लागिपर्थे, झन्-झन् अगाडि जान्थे र तिनीहरूमा अलिकति पनि लाज हुन्थेन। यो त मानिसहरूको निगाह पाउन र तिनीहरूको स्‍नेह किन्‍नका लागि परमेश्‍वरको पैसा प्रयोग गर्नु हो। वास्तवमा, यी गरिब व्यक्तिहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्दैनथिए; तिनीहरूले आफ्नो पेट भर्ने र जीविकोपार्जन गर्ने उपाय खोज्ने प्रयास मात्रै गरिरहेका थिए। त्यस्ता मानिसहरूले सत्यता वा मुक्ति प्राप्त गर्ने प्रयास गरिरहेका हुँदैनन्। के परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनुहुनेछ? कतिपय मानिसहरू कर्तव्य पूरा गर्न तयार भए पनि, इमानदार थिएनन्, बरु, तिनीहरूलाई फोन र कम्प्युटर, जीवनका सुविधाहरू पाउने इच्छाले उत्प्रेरित गरेको थियो। तर झूटा अगुवाले यसको वास्ता गरेनन्; कुनै व्यक्ति कर्तव्य पूरा गर्न तयार छ भने, उसले त्यस व्यक्तिलाई हेरचाह गर्‍यो, आवास र खानाका लागि पैसा प्रदान गर्ने मात्र होइन, तर कम्प्युटर, फोन, र विभिन्‍न उपकरणहरू पनि किनेर दियो। तर यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गरे पनि कुनै प्रभाव हासिल गरेनन्। के झूटा अगुवाले पैसा फ्याँक्‍ने काम मात्रै गरेन र? के तिनीहरूले आफ्नो उदारता देखाउन परमेश्‍वरको घरको पैसा प्रयोग गरिरहेका थिएनन् र? (हो।) के यो अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो? (होइन।) के यो व्यक्ति झूटो अगुवा थिएन र? झूटा अगुवाहरूले भलाइ, उपकार, र दयाको नाटक गर्न मन पराउँछन्। यदि तँ दयालु हृदय देखाउन चाहन्छस् भने, ठीकै छ, आफ्नो पैसा प्रयोग गर्! यदि तिनीहरूसँग कुनै लुगा छैन भने, आफ्नो लुगा खोलेर तिनीहरूलाई दे; परमेश्‍वरको भेटी खर्च नगर्! परमेश्‍वरका भेटीहरू सुसमाचार प्रचारको कामका लागि हुन्, कल्याणकारी लाभहरू बाँडफाँट गर्नका लागि होइनन्, र अवश्य नै गरिबहरूलाई सहयोग प्रदान गर्नका लागि होइनन्। परमेश्‍वरको घर कल्याणकारी संस्था होइन। झूटा अगुवाहरू वास्तविक काम गर्न असमर्थ हुन्छन्, र तिनीहरू सत्यता वा जीवन आपूर्ति गर्न अझै कम सक्षम हुन्छन्। तिनीहरूले मानिसहरूको चापलुसी गर्न र आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्‍नका लागि कल्याणकारी लाभहरू बाँडफाँट गर्न परमेश्‍वरका भेटीहरू प्रयोग गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्। तिनीहरू पैसा बरबाद गर्ने लाज विहीन मानिसहरू हुन्, होइन र? यदि त्यस्ता झूटा अगुवाहरूलाई पत्ता लगाइयो भने, के कसैले तिनीहरूलाई समयमा नै खुलासा गर्न र रोक्न सक्छ? तिनीहरूलाई रोक्न कोही खडा भएन। यदि माथिले पत्ता नलगाएको र यसलाई नरोकेको भए, मानिसहरूलाई फाइदाहरू प्रदान गर्नका लागि परमेश्‍वरको पैसा प्रयोग गर्ने अभ्यास कहिल्यै रोकिनेथिएन। ती गरिब मानिसहरूले सधैँ अझै बढी चाहन्छन् र झन्-झन् परसम्‍म हात फैलाउँछन्। तिनीहरूलाई तृप्त गर्न सकिँदैन; तैँले जति नै धेरै दिए पनि, यो कहिल्यै पनि पर्याप्त हुँदैन। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरूले मुक्ति पाउनका लागि आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र करियरलाई त्याग्‍न सक्छन्, र तिनीहरूले जीवनमा कठिनाइहरूको सामना गरे पनि, परमेश्‍वरको घरबाट निरन्तर कुराहरू माग नगरी ती कुराहरूलाई आफै समाधान गर्ने उपायहरू खोज्न सक्छन्। तिनीहरूले आफूले गर्न सक्‍ने कुरा आफै समाधान गर्छन्, र समाधान गर्न नसक्‍ने कुराहरूका लागि, परमेश्‍वरलाई प्रार्थना गर्छन् र अनुभव गर्न आफ्नो विश्‍वासमा भरोसा गर्छन्। सधैँ परमेश्‍वरलाई बिन्ती गर्ने, परमेश्‍वरको घरले आफ्नो जीविकोपार्जन प्रदान गरोस् र भरणपोषण गरोस् भन्‍ने अपेक्षा गर्नेहरूमा समझको पूर्ण कमी हुन्छ! तिनीहरूले कुनै कर्तव्य पूरा गर्न चाहँदैनन् तर पनि तिनीहरूलाई परमेश्‍वरको घरबाट कुराहरू माग गर्न हात फैलाउने र जीवनको आनन्द लिन मात्रै आउँछ, र त्यसपछि पनि, यो कहिल्यै पनि पर्याप्त हुँदैन। के तिनीहरू मगन्तेहरू होइनन् र? अनि झूटो अगुवा—यो मूर्खले फाइदाहरू दिइरह्यो, र रोकेन, मानिसहरूलाई निरन्तर खुशी पार्दै आफ्नो कृतज्ञता कमाइरह्यो, र त्यस्ता कार्यहरूले परमेश्‍वरलाई महिमा दिन्छन् भन्‍ने समेत सोच्यो। झूटा अगुवाहरूले गर्न पाउँदा सबैभन्दा बढी आनन्द लिने कुराहरू यिनै हुन्। त्यसोभए, के यी समस्याहरूलाई पहिचान गर्न, यी समस्याहरूको सारलाई देख्‍न सक्‍ने कोही छ? धेरैजसो अगुवाहरूले यसो सोच्दै आँखा चिम्लिदिन्छन्, “जसरी भए पनि, म सुसमाचारको कामको इन्चार्ज होइनँ, तर पनि मैले किन यी कुराहरूका बारेमा वास्ता गर्नुपर्छ र? मेरो पैसा खर्च भएको होइन। मेरो आफ्नै खल्तीको पैसा छोइएको छैन भने, ठीकै हुन्छ। तिमीहरूले जसलाई चाहन्छौ उसलाई दिन सक्छौ, र मसँग यसको के सम्बन्ध छ र? त्यो पैसा मेरो वालेटमा आइपुग्ने पनि त होइन।” यस्ता धेरै गैरजिम्मेवार मानिसहरू छन्, तर कति जनाले परमेश्‍वरको घरको कामलाई कायम राख्‍न सक्छन्?

अहिले, विदेशमा सुसमाचार कार्य विश्‍वव्यापी रूपमा अघि बढिरहेको छ। कत्ति देशहरूमा सत्यता स्विकार्न सक्‍ने मानिसहरू धेरै छन्, जबकि अरूमा अलि कम क्षमताको जनमानस छ, जसले गर्दा सत्यता स्विकार्न सक्‍ने मानिसहरू थोरै मात्र छन्। कत्ति देशमा विश्‍वासको स्वतन्त्रताको कमी छ, र त्यहाँ साँचो मार्ग र परमेश्‍वरको कामप्रति दृढ प्रतिरोध हुन्छ, र त्यति धेरै मानिसहरूले सत्यता स्विकार्न सक्दैनन्। साथै, कत्ति देशहरूका मानिसहरू अत्यन्तै पिछाडिएको अवस्थामा हुन्छन् र तिनीहरूको क्षमता यति कमजोर हुन्छ कि जेजसरी सत्यता सङ्गति गरे नि तिनीहरूले बुझ्न सक्दैनन्, र ती मानिसहरू सत्यताको स्तरभन्दा धेरै तल भएझैँ लाग्छन्। त्यस्ता ठाउँमा सुसमाचार प्रचार गर्नु हुँदैन। तैपनि, सुसमाचार प्रचार गर्नेहरूले समस्याको सार देख्‍न सक्दैनन्; तिनीहरूले सत्यता स्विकार्न सक्‍नेहरूलाई प्रचार गर्दैनन्, बरु जिद्दीपूर्वक कठिन मानिसहरूको खोजीमा हिँड्छन् र सजिलाहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले पहिले नै सुसमाचार कार्य फैलिएको र प्रचार गर्न सजिला ठाउँहरूमा प्रचार गर्दैनन्। बरु, तिनीहरू ती गरिब र पिछडिएका स्थानहरूमा सुसमाचार प्रचार गर्न जिद्दी गर्छन्, र सबैभन्दा खराब क्षमता भएका र सत्यता बुझ्न नसक्‍ने मानिसहरूको समूहमा, अनि परमेश्‍वरप्रति सबैभन्दा बढी धार्मिक धारणा र सबैभन्दा बढी प्रतिरोध भएका जातीय समूहमा प्रचार गर्छन्। के यो विचलन होइन र? उदाहरणको लागि, यहूदी धर्म, र केही गहन रूपमा जरा गाडिएका जातीय धर्महरूलाई लिऊँ, जसले इसाईजगतलाई शत्रुको रूपमा लिन्छन् र सताउनेसमेत गर्छन्। यस्ता देश र जातीय समूहहरूमा सुसमाचार प्रचार गरिनु हुँदैन। किन हुँदैन? किनभने त्यहाँ प्रचार गर्नु व्यर्थ हुन्छ। तैँले सबै जनशक्ति, आर्थिक स्रोतसाधन, र भौतिक संसाधनहरू समर्पित गरे नि कुनै महत्त्वपूर्ण परिणामहरू नदेखीकनै तीन, पाँच, वा दश वर्ष बित्न सक्छ। यो परिस्थितिको हकमा के गर्न सकिन्छ? सुरुमा, राम्ररी नबुझेरै व्यक्तिले प्रयास गर्न सक्छ; तर परिस्थितिहरू स्पष्ट देखेपछि—तिनीहरूलाई सुसमाचार प्रचार गर्दा ठूलो मूल्य चुकाउनु परे नि अन्ततः असल परिणामहरू प्राप्त नहुन सक्‍ने देखेपछि—व्यक्तिले अर्को मार्ग रोज्‍नुपर्छ, परिणामहरू हासिल गर्न सक्‍ने अर्को मार्ग छनौट गर्नुपर्छ। के यो अगुवा र कामदारहरूले छर्लङ्गै देख्‍नुपर्ने कुरा होइन र? (हो।) तर झूटा अगुवाहरूले यो कुरा बुझ्दैनन्। विदेशमा सुसमाचार प्रचार गर्न कहाँ सुरु गर्ने भन्‍ने कुराको हकमा, कत्तिले भन्छन्, “इस्राएलबाट सुरु गर। इस्राएल परमेश्‍वरको कामका पहिलो दुई चरणहरूको आधार भएको हुनाले, त्यहाँ नै यसको प्रचार गरिनुपर्छ। जति नै गाह्रो भए नि हामी तिनीहरूलाई प्रचार गर्न निरन्तर लागिरहनुपर्छ।” तैपनि, लामो समय प्रचार गरेपछि पनि कुनै महत्त्वपूर्ण परिणामहरू आउँदैनन्, जसले गर्दा खिन्‍नता पैदा हुन्छ। यस बेला अगुवाहरूले के गर्नुपर्छ? यदि क्षमता र बोझ भएको अगुवा हुन्थ्यो भने, उसले यसो भन्‍नेथ्यो, “हाम्रो सुसमाचार प्रचारमा कुनै सिद्धान्त छैन; परिस्थितिअनुसार कसरी अघि बढ्ने हामीलाई थाहै छैन, र हामीले कल्पनाको आधारमा मात्रै कुराहरू हेर्छौं—हामी अत्यन्तै अनुभवहीन छौँ! यी मानिसहरूको मूर्खता, जिद्दीपन, र हास्यास्पद अवस्था हामीले अपेक्षा गरेजस्तो छैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको हजारौँ वर्ष भएको हुनाले, परमेश्‍वरको सुसमाचार सुन्‍ने पहिला व्यक्तिहरू तिनीहरू नै हुनुपर्छ भन्‍ने हामीले सोचेका थियौँ, तर हामीले गलत सोचेका रहेछौँ; तिनीहरू अत्यन्तै हास्यास्पद छन्! वास्तवमा, जब परमेश्‍वरले छुटकाराको काम गरिरहनुभएको थियो, तब उहाँले तिनीहरूलाई पहिले नै त्यागिसक्‍नुभएको रहेछ। अहिले हामी तिनीहरूकहाँ गएर प्रचार गर्नु भनेको व्यर्थको प्रयासमा संलग्‍न हुनु हो; यो व्यर्थमा परिश्रम गर्नु र मूर्ख व्यवहार गर्नु हो। हामीले परमेश्‍वरका अभिप्रायहरूलाई गलत बुझेका छौं। परमेश्‍वरले त यो मामलामा काम गर्नुहुन्‍न, त्यसकारण हामी मानिसहरूले कुन माध्यमद्वारा यो काम गर्न सक्छौं र? हामीले प्रयास गरेका छौं, तर हामीले जसरी प्रचार गरे नि साँचो मार्ग तिनीहरूले स्विकार्दैनन्। हामीले अहिलेको लागि यसलाई यहीँ छोड्‍नुपर्छ, र तिनीहरूलाई पन्छाउनुपर्छ, र अर्को कुनै बन्दोबस्त नहुन्जेल तिनीहरूलाई कुनै ध्यान दिनु हुँदैन। यदि खोजी गर्न इच्छुक कोही मानिसहरू छन् भने, हामी तिनीहरूलाई स्वागत गर्नेछौं र तिनीहरूसामु परमेश्‍वरको कामको गवाही दिनेछौं। यदि खोजी गर्ने कोही छैन भने, हामीले सक्रिय रूपमा तिनीहरूलाई खोज्दै हिँड्‍नुपर्दैन।” के यो सुसमाचार प्रचार गर्ने सिद्धान्त होइन र? (हो।) त्यसोभए, के झूटो अगुवाले सिद्धान्तहरू पालना गर्न सक्छ? (सक्दैन।) झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले पारदर्शी रूपमा समस्याको सार देख्‍न सक्दैनन्; तिनीहरूले भन्‍छन्, “परमेश्‍वरले इस्राएलका मानिसहरूलाई उहाँका चुनिएका मानिसहरू भनेर भन्‍नुभएको छ। हामीले तिनीहरूलाई कहिल्यै पनि त्याग्‍नु हुँदैन। तिनीहरू नै पहिला आउनुपर्छ; हामीले अरू देशका मानिसहरूलाई प्रचार गर्नुभन्दा पहिले तिनीहरूलाई नै प्रचार गर्नुपर्छ। यदि परमेश्‍वरको काम इस्राएलमा फैलियो भने, त्यो कति ठूलो महिमाको कुरा हुनेछ! परमेश्‍वरले इस्राएलबाट पूर्वमा महिमा ल्याउनुभयो, र हामीले त्यो महिमा पूर्वबाट पुनः इस्राएलमा ल्याउनुपर्छ, र परमेश्‍वर फर्केर आइसक्‍नुभएको छ भन्‍ने कुरा तिनीहरूलाई देखाउनुपर्छ!” के यो नारा मात्रै होइन र? के यो तथ्यहरूअनुरूप छ? आत्मिक बुझाइ नभएका मानिसहरूले यही भन्छन्। वास्तविक काम नगर्ने ती झूटा अगुवाहरूबारे के भन्‍ने? तिनीहरूले यी कुराहरूमा ध्यानै दिँदैनन्। सुसमाचार प्रचार गर्ने मानिसहरूलाई यो कुराले लामो समयदेखि समस्यामा पारेको छ, तिनीहरू प्रचार गर्न छोड्ने र प्रचार जारी राख्‍नेबीच विभाजित भएका छन्, र कसरी अभ्यास गर्ने भनेर तिनीहरूलाई थाहै छैन। झूटा अगुवाहरूले यो समस्या हो भनेर वास्तै गर्दैनन्। यी मानिसहरूले बाटो नभएकोमा चिन्ता गरेको देख्दा, तिनीहरूले भन्छन्, “चिन्ता गर्नुपर्ने कारण के छ र? हामीसँग सत्यता र अनुभवात्मक गवाही छ; बस तिनीहरूलाई प्रचार गर!” अनि कसैले भन्छ, “तपाईंले बुझ्नुभएको छैन, यी मानिसहरूलाई प्रचार गर्न निकै गाह्रो छ।” जब काममा महत्त्वपूर्ण समस्याहरू देखा पर्छन् र तिनलाई समाधान गर्नको लागि अगुवाहरू नै चाहिन्छ, तब अगुवाहरूले अझै पनि नाराहरू मात्रै फलाकिरहेका र खोक्रा शब्दहरू मात्रै बोल्दै हिँडिरहेका हुन्छन्। के अगुवाहरूबाट अपेक्षा गरिने व्यवहार यही हो त? त्यस्ता सुसमाचार प्रचार गर्न लायक मानिसहरूलाई प्रचार गर्नुपर्छ कि पर्दैन भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “सबैलाई प्रचार गरिनुपर्छ, र विशेष गरी इस्राएलीहरूलाई त अवश्य नै प्रचार गरिनुपर्छ।” के तिमीहरूले यी शब्दहरूमा कुनै समस्या सुन्छौ? के यो सुसमाचार कार्यमा रहेको विचलन, अर्थात् तिनीहरूले निराकारण गर्नुपर्ने कमजोरी हो भन्‍ने तिनीहरूलाई थाहा हुन्छ? तर यी केही न कामका मानिसहरूलाई थाहा हुँदैन र तिनीहरू अझै पनि उत्कृष्ट सुनिने भाषामा बोल्दै र नाराहरू घन्काउँदै बस्छन्, तिनीहरू साँच्‍चै नै बेकारका कसिङ्गरहरू हुन्! तैपनि तिनीहरूले आफू बाठो छु, र आफूसँग क्षमता छ र आफू चलाख छु भन्‍ने सोच्छन्। काममा यस्तो ठूलो त्रुटि र विचलन देखा परेको छ भन्‍ने कुरा तिनीहरूलाई थाहासमेत हुँदैन; के तिनीहरूले त्यो समस्या सुल्झाउन सुरु गर्नसमेत सक्छन् र? त्यो सम्भावना त झनै कम हुन्छ। सुसमाचार प्रचार गर्नेहरू सबै अत्यन्तै चिन्तित हुन्छन्; सुसमाचार कार्यमा असर परेको हुन्छ, बाधा आएको हुन्छ, र सहज रूपमा अघि बढ्न नसकिरहेको हुन्छ, र अचम्‍मको कुरा त के हुन्छ भने, काममा भइरहेको विचलनबारे झूटा अगुवाहरूलाई थाहासमेत हुँदैन। धेरैजसो मानिसहरूले काममा समस्या वा विचलनहरू सामना गर्दा, प्रायजसो वास्ता गर्दैनन्, ध्यान दिँदैनन्, र अत्यन्तै लापरवाहपूर्ण गलत कार्य शैलीमा जिद्दीपूर्वक लागिरहन्छन्। यदि अगुवा र कामदारहरूले पनि तुरुन्तै परिस्थिति बुझ्‍ने र जान्‍ने गर्दैनन् भने, समस्या गम्भीर बनेर कामको प्रगतिमा असर पुग्दा, र धेरैजसो मानिसहरूले समस्या पत्ता लगाउन सक्दा, अगुवा र कामदारहरू अक्‍कबक्‍क हुन्छन्। यो अगुवा र कामदारहरूले कर्तव्य बेवास्ता गर्नुको कारण हो। त्यसोभए, यस्ता गम्भीर परिणामहरूबाट तिनीहरू कसरी जोगिन सक्छन्? अगुवा र कामदारहरूले नियमित रूपमा कामको जाँच गर्नुपर्छ, र कामको वर्तमान स्थिति र प्रगतिबारे तुरुन्तै बुझ्नुपर्छ। यदि कामको प्रभावकारिता उच्च छैन भन्‍ने पत्ता लाग्यो भने, तिनीहरूले कुन भागमा कमीकमजोरी र समस्याहरू छन् भनेर हेर्नुपर्छ, र यसबारे मनन गर्नुपर्छ: “अहिले, यी मानिसहरू व्यस्त देखिन्छन्, तर किन कुनै स्पष्ट प्रभावकारिता छैन? सुसमाचार समूहको काम हेरौँ त; धेरै मानिसहरूले हरेक दिन सुसमाचार प्रचार गर्छन् र गवाही दिन्छन्, साथै कतिपय मानिसहरूले पनि यसमा सहकार्य गर्छन्, तर पनि किन हरेक महिना त्यति धेरै मानिसहरू प्राप्त गरिँदैनन्? कुन भागमा समस्या छ? कसले समस्या पैदा गरिरहेको छ? यो विचलन कसरी पैदा भयो? यो कहिले सुरु भयो? म हरेक समूहमा जानुपर्छ, र अहिले सबैले के गरिरहेका छन्, वर्तमानमा सुसमाचार प्रचार गर्न सकिने सम्भावित मानिसहरू कस्ता छन्, र सुसमाचार प्रचारको दिशा सही छ कि छैन भनेर पत्ता लगाउनुपर्छ; मैले यो सबै कुरा पत्ता लगाउनुपर्छ।” परामर्श, सङ्गति, र छलफलद्वारा, काममा हुने विचलन र त्रुटिहरू क्रमिक रूपमा स्पष्ट हुन्छन्। समस्या पत्ता लागेपछि, यसलाई त्यतिकै छोड्नु हुँदैन; यसलाई समाधान गरिनुपर्छ। त्यसोभए, कस्ता प्रकारका अगुवाहरूले काममा देखा पर्ने केही समस्या, विचलन, र त्रुटिहरू पत्ता लगाउन सक्छन्? ती अगुवाहरूले बोझ लिनुपर्छ, तिनीहरू लगनशील हुनुपर्छ, र तिनीहरू कुनै निश्‍चित कामको हरेक सानोसानो कुरामा संलग्‍न हुनुपर्छ; फलोअप गर्नुपर्छ, कामको हरेक भागबारे जान्‍नु, र बुझ्नुपर्छ; सबैले के गरिरहेका छन्, कुन काम गर्न कति मानिसहरू उपयुक्त हुन्छन्, सुपरभाइजरहरू को हुन्, यी मानिसहरूको क्षमता केकस्तो छ, र उनीहरूले आफ्नो काम राम्ररी गरिरहेका छन् कि छैनन्, र उनीहरूको प्रभावकारिता कस्तो छ, काम कसरी अघि बढिरहेको छ, भन्‍नेजस्ता कुराहरू पत्ता लाउनुपर्छ—यी सबै कुराहरू निश्‍चित गरिनुपर्छ। यसको साथै, सुसमाचार कार्यको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको सुसमाचार प्रचारकहरूमा सत्यता छ कि छैन, तिनीहरूले मानिसहरूका धारणा र समस्याहरू समाधान गर्न स्पष्ट रूपमा दर्शनहरूका सत्यताहरू सङ्गति गर्न सक्छन् कि सक्दैनन्, सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई विश्‍वस्त गराउन तिनीहरूमा जे कुराको कमी छ त्यो प्रदान गर्न सक्छन् कि सक्दैनन्, र सम्भावित सुसमाचार ग्रहणकर्ताहरूले अझै धेरै परमेश्‍वरको आवाज सुन्‍न सकून् भनेर ती प्रचारकहरूले सत्यता सङ्गति गर्दा कुराकानीको शैली अपनाउन सक्छन् कि सक्दैनन् भन्‍ने हो। उदाहरणको लागि, यदि सुसमाचार सुनाउनलायक व्यक्तिले परमेश्‍वरको देहधारणको महत्त्वसँग सम्बन्धित सत्यताहरूबारे जान्‍न चाहन्छ, तर कुनै निश्‍चित सुसमाचार प्रचारकले सधैँ परमेश्‍वरको कामको महत्त्व र धार्मिक धारणाहरू के हुन् भन्‍नेबारे मात्रै कुरा गर्छ भने, के यो समस्या होइन र? यदि व्यक्तिले कसरी मुक्ति पाउन सकिन्छ र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाको विषयवस्तु के हो भन्‍नेबारे मात्रै जान्‍न चाहन्छ भने, के यो परमेश्‍वरको कामका तीन चरणहरूसँग सम्बन्धित दर्शन-सत्यताहरूबारे सङ्गति गर्ने समय होइन र? (हो।) तर त्यो सुसमाचार प्रचारकले परमेश्‍वरको सजाय र न्यायबारे, र मानिसहरूको भ्रष्ट स्वभावमा अहङ्कार, छल, र दुष्टता हुन्छन् भन्‍ने उहाँको खुलासा र अरू त्यस्तै विषयहरूबारे मात्रै कुरा गरिरहन्छ। अर्को पक्षले परमेश्‍वरको काम स्विकार्नुभन्दा पहिले नै, सुसमाचार प्रचारकले उनीहरूसँग सजाय र न्यायबारे कुरा गर्न थाल्छ, र उनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्छ। परिणामस्वरूप, त्यो व्यक्तिले घिन मान्छ, र चाहेको कुरा प्राप्त गर्दैन, र उसका समाधान गरिनुपर्ने समस्याहरू समाधान हुँदैनन्; अनि उसले चासो गुमाउँछ र अनुसन्धान जारी राख्‍न चाहँदैन। के यो सुसमाचार प्रचारकको समस्या होइन र? त्यो सुसमाचार प्रचारकले सत्यता बुझेको हुँदैन, वा उसमा आत्मिक बुझाइको कमी हुन्छ, त्यसकारण अर्को व्यक्तिलाई के चाहिन्छ भन्‍ने कुरा उसलाई पटक्‍कै थाहा हुँदैन, उसले बोल्दा ठीक बुँदा प्रस्तुत गर्न सक्दैन, लामो समय व्यर्थमा बोलिरहन्छ, र सुसमाचार ग्रहण गर्ने सम्भावित व्यक्तिका समस्याहरू पटक्‍कै समाधान गर्दैन—उसले यसरी सुसमाचार प्रचार गरेर कसरी मानिसहरू प्राप्त गर्न सक्छ र?

झूटा अगुवाहरूले आफ्नो काममा आफूले सामना गर्ने हरकुनै समस्याहरू बेवास्ता गर्छन्। सुसमाचार कार्यमा जस्तोसुकै समस्याहरू पैदा भए नि, र दुष्ट मानिसहरूले यो काममा जेजसरी बाधा र असर पारे नि, यसको कुनै पनि कुराप्रति तिनीहरूले ध्यान दिँदैनन्, मानौँ यो तिनीहरूसँग सम्बन्धित नै छैन। झूटा अगुवाहरू आफ्नो काममा दिग्भ्रमित हुन्छन्; कुनै निश्‍चित व्यक्तिले आफ्नो कर्तव्यमा कुनै परिणामहरू प्राप्त गरे नि नगरे नि वा ऊ सिद्धान्तहरूअनुरूप भए नि नभए नि, तिनीहरूले सुपरिवेक्षण वा जाँच गर्ने गर्दैनन्, र यसरी परिणामहरू जेसुकै भए नि मानिसहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छन्। यसले गर्दा सुसमाचार कार्यमा देखा पर्ने विचलन र त्रुटिहरू कहिल्यै समाधान हुँदैनन्, र साँचो मार्ग खोज्ने असंख्य मानिसहरू पछि हट्छन्, र तिनीहरूलाई सक्दो चाँडो परमेश्‍वरअघि ल्याउन सकिँदैन। कत्ति मानिसहरू त परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेपछि यसो भन्छन्, “खासमा मलाई कसैले तीन वर्ष पहिले सुसमाचार प्रचार गरेको थियो। मैले यसलाई स्विकार्न नचाहेको वा नकारात्मक प्रचारबाजीमा विश्‍वास गरेको होइन; बरु कुरा के हो भने, मलाई प्रचार गर्ने व्यक्ति अत्यन्तै गैरजिम्मेवार थियो। उसले मैले सोधेका प्रश्‍नहरूका उत्तर दिन सकेन, र मैले सत्यता खोजी गर्ने क्रममा, उसले सङ्गति दिँदा ऊ स्पष्ट थिएन, र उसले केही व्यर्थका शब्दहरू मात्रै बोल्थ्यो। परिणामस्वरूप, निराश भएर जानेबाहेक मसँग कुनै उपाय नै थिएन।” तीन वर्षपछि, अनलाइन अनुसन्धान गरेपछि अनि दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी र सङ्गति गरेपछि, यी मानिसहरूले आफ्नो हृदयका सबै धारणा र अन्योलताहरू एकएक गरी समाधान गर्छन्, र परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ भन्‍ने कुरा पूर्ण रूपमा पुष्टि गर्छन्, र यसलाई स्विकार्छन्। यो तिनीहरूले आफ्नै खोजी र अनुसन्धानद्वारा परमेश्‍वरको काम स्विकारेको कुरा हो। यदि सुसमाचार प्रचार गर्ने व्यक्तिले स्पष्ट रूपमा सत्यता सङ्गति गर्न सकेको भए र तिनीहरूका धारणा र प्रश्‍नहरू तीन वर्ष पहिले नै समाधान गर्न सकेको भए, तिनीहरूले यसलाई तीन वर्ष पहिले नै स्विकार्नेथिए। यो तीन वर्षको अवधिमा जीवन वृद्धिमा कति ढिलाइ भयो! यसलाई सुसमाचार प्रचार गर्नेहरूले कर्तव्यमा लापर्बाही गरेको रूपमा लिइनुपर्छ र यो कुरा तिनीहरू सत्यता नबुझ्‍नुसँग सीधै सम्बन्धित छ। कत्ति सुसमाचार प्रचारकहरूले आफूलाई सत्यताले सुसज्जित गर्ने कार्यमा ध्यान दिँदै दिँदैनन्, र त्यसैले केही धर्मसिद्धान्तहरू मात्रै बोल्न सक्छन् र मानिसहरूका धारणा वा वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। परिणामस्वरूप, धेरै मानिसहरूले सुसमाचार सुनेपछि त्यसलाई समयमै स्विकार्दैनन्, जसले गर्दा तिनीहरूको जीवन वृद्धिमा धेरै वर्ष ढिलाइ हुन्छ। यसो हुनुका जिम्मेवारहरू सुसमाचार कार्यका इन्चार्ज रहेका अगुवाहरू नै हुन् भनेर भनिनुपर्छ किनकि तिनीहरूले पर्याप्त मार्गदर्शन र सुपरिवेक्षण दिन नसकेका हुन्छन्। यदि अगुवा र कामदारहरूसँग साँच्‍चै नै बोझको बोध छ र तिनीहरूले अलिक बढी कष्ट भोग्‍न, सत्यताबारे अझ बढी सङ्गति गर्ने अभ्यास गर्न, र सत्यताका सबै पक्षहरूमा स्पष्ट सङ्गति गर्दै अलिक बढी बफादारिता देखाउन सक्छन्, र यसले गर्दा सुसमाचार प्रचारकहरूले मानिसहरूका धारणा र शङ्काहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छन् भने, सुसमाचार प्रचारका परिणामहरू झन्झन् राम्रा हुँदै जान्छन्। यसले साँचो मार्ग अनुसन्धान गरिरहेका अझै धेरै मानिसहरूलाई परमेश्‍वरको काम चाँडै स्विकार्न र परमेश्‍वरअघि उहाँको मुक्ति चाँडै प्राप्त गर्न सहयोग गर्नेछ। झूटा अगुवाहरूले आफ्नो कर्तव्यमा गम्भीर लापर्बाही गर्छन्, तिनीहरूले वास्तविक काम गर्ने वा कामको फलोअप र सुपरिवेक्षण गर्ने गर्दैनन्, र तिनीहरू समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्दैनन्, र यही कारणले नै मण्डलीको काममा बाधा हुन्छ। अवश्य नै, यसको कारण के पनि हो भने, यी झूटा अगुवाहरू हैसियतका फाइदाहरूमा लिप्त हुन्छन्, र सत्यताको खोजी गर्दै-गर्दैनन्, र सुसमाचार सुनाउने कामको फलोअप, निरीक्षण, वा निर्देशन गर्ने इच्‍छा गर्दैनन्—जसले गर्दा त्यो कामको प्रगति अत्यन्तै ढिलो हुन्छ, र विभिन्‍न मानव-सिर्जित विचलन, मूर्खताहरू, र मानिसहरू बेलगाम खराबी गर्ने समस्याहरूलाई तुरुन्तै समाधान वा सुधार गर्न सकिँदैन, जसले गर्दा सुसमाचार फैलाउने कामको प्रभावकारितामा गम्‍भीर असर पुग्छ। माथिबाट यी समस्याहरू पत्ता लागेपछि र अगुवा र कामदारहरूलाई ती समस्याहरू समाधान गर्न लगाइएपछि मात्रै, यी समस्याहरू समाधान हुन्छन्। अन्धा मानिसहरूजस्तै, यी झूटा अगुवाहरूले कुनै पनि समस्या पत्ता लगाउन, र तिनीहरूले गर्ने काममा कुनै पनि सिद्धान्त पटक्‍कै हुँदैन, तर पनि तिनीहरूले आफ्ना गल्तीहरू महसुस गर्न सक्दैनन्, अनि माथिले तिनीहरूको काटछाँट र निराकरण गरिएपछि मात्रै तिनीहरूले आफ्‍ना गल्तीहरू स्विकार्छन्। अनि, यी झूटा अगुवाहरूले पुर्‍याएको नोक्‍सानीको लागि कसले जिम्‍मेवारी लिन्छ? यदि तिनीहरूलाई तिनीहरूको पदबाट निकालियो नै भने पनि, तिनीहरूले पुर्‍याएको घाटालाई कसले परिपूर्ति गर्छ? तसर्थ, कुनै पनि वास्तविक काम गर्न नसक्‍ने झूटा अगुवाहरू पत्ता लागे भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। कत्ति मण्डलीहरूमा सुसमाचार कार्य निकै ढिलो रूपमा अघि बढ्छ, र यसो हुनुको कारण भनेकै झूटा अगुवाहरूले वास्तविक काम नगर्नु, र तिनीहरूको लापरवाही र गल्तीका धेरै घटनाहरू हुनु हो।

झूटा अगुवाहरूले गर्ने सबै कामका विभिन्‍न भागहरूमा, वास्तवमा तिनीहरूले समाधान गर्नुपर्ने, सुधार गर्नुपर्ने, र सच्याउनुपर्ने असंख्य समस्या, विचलन, र त्रुटिहरू हुन्छन्। तैपनि, यी झूटा अगुवाहरूमा बोझको बोध नहुने हुनाले, कुनै वास्तविक काम नगरी आफ्नो हैसियतका फाइदाहरूमा मात्रै लिप्त हुने हुनाले, तिनीहरूले काम पूरै भताभुङ्ग गर्छन्। कत्ति मण्डलीहरूमा त मानिसहरू एकताबद्ध मनका हुँदैनन्, र सबैले एकअर्कामा शङ्का गर्ने, एकअर्काबाट सतर्क रहने, र एकअर्कालाई कमजोर पार्ने गर्छन्, र यस क्रममा पूरै समय तिनीहरूलाई परमेश्‍वरको घरले हटाउनेछ भन्‍ने डर हुन्छ। यी परिस्थितिहरू सामना गर्दा, झूटा अगुवाहरू तिनलाई समाधान गर्न अघि बढ्दैनन्, र कुनै पनि वास्तविक र खास काम गर्न असफल हुन्छन्। मण्डलीको काम पूरै ठप्प हुन्छ, तैपनि झूटा अगुवाहरू यो कुराले चिन्तित हुँदैनन्, र तिनीहरू अझै पनि आफूले धेरै काम गरेको छु र मण्डलीको काममा ढिलाइ गराएको छैन भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता झूटा अगुवाहरू आधारभूत रूपमा जीवन आपूर्ति गर्ने काम गर्न असमर्थ हुन्छन्, न त तिनीहरूले सत्यताअनुसार वास्तविक समस्याहरू नै समाधान गर्न सक्छन्। तिनीहरूले माथिबाट विशेष रूपमा अह्राइएको र तोकिएको थोरै सामान्य कामकाज मात्रै गर्छन्, र तिनीहरूको काम भनेकै माथिको लागि मात्रै हो जस्तो गर्छन्। माथिले सधैँ मापदण्ड तय गर्दै आएको मण्डलीको आधारभूत कामको हकमा—जस्तै जीवन आपूर्ति गर्ने काम र मानिसहरूको वृद्धि-विकास गर्ने कामको हकमा—वा माथिले निर्देशित गर्ने निश्‍चित विशेष कामहरूको हकमा, तिनीहरूलाई यी काम कसरी गर्ने भन्‍ने नै थाहा हुँदैन र तिनीहरू यी काम गर्न सक्दैनन्। तिनीहरूले यी काम अरूलाई सुम्पने मात्रै गर्छन्, र त्यसपछि आफ्नो काम पूरा भएको ठान्छन्। तिनीहरूले माथिबाट आफूलाई जति निर्देशन दिइएको छ त्यति मात्रै गर्छन्, र झकझक्याउँदा मात्र तिनीहरूले थोरथोरै काम गर्छन्; नत्रभने, तिनीहरू निष्क्रिय र झाराटारुवा बन्छन्—यो झूटो अगुवा हो। अनि, झूटो अगुवा भनेको के हो? छोटकरीमा भन्दा, यो वास्तविक काम नगर्ने, अगुवाको रूपमा आफ्नो काम नगर्ने, महत्त्वपूर्ण र आधारभूत काममा ठूलो रूपमा कर्तव्य बेवास्ता गर्ने र कुनै काम नगर्ने व्यक्ति हो—यही नै झूटो अगुवा हो। झूटा अगुवाहरू सतही सामान्य कामकाजमा मात्रै व्यस्त हुन्छन्, र यसलाई वास्तविक काम गर्ने कार्यको रूपमा लिन्छन्, तर वास्तवमा, अगुवाको रूपमा रहेको आफ्नो काम र परमेश्‍वरको घरले आफूलाई सुम्पेको महत्त्वपूर्ण कामको कुरा आउँदा, तिनीहरूले यो कुनै पनि काम राम्ररी गर्दैनन्। यसअलावा, मण्डलीको कामका विभिन्‍न भागहरूमा प्रायजसो समस्याहरू देखा परिरहन्छन्, र तिनलाई अगुवाले समाधान गर्नुपर्ने हुन्छ, तर तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, र प्रायजसो पन्छिने मनोवृत्ति अपनाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूले समस्या समाधान गर्न चाहँदा तिनीहरूलाई भेट्टाउनै सक्दैनन्। यदि तिनीहरूले ती अगुवालाई भेट्टाउन सके भने पनि, तिनीहरूले काममा अत्यन्तै व्यस्त भएको बहानामा पछि हट्दै दाजुभाइ-दिदीबहिनीहरूलाई आफै परमेश्‍वरका वचनहरू पढ्न र आफ्ना समस्याहरू आत्मनिर्भर रूपमै समाधान गर्न सत्यता खोजी गर्न लाउँछन्, र हात टकटक्‍याउने शैली अपनाउँछन्। यसले गर्दा अन्ततः समाधान नभएका धेरै समस्याहरूको चाङ लाग्छ, र कामका सबै पक्षहरूको प्रगति रोकिन्छ र मण्डलीको काम ठप्प हुन्छ। झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको परिणाम यही हो। झूटा अगुवाहरू आफ्नो मुख्य जिम्मेवारीबारे कहिल्यै पनि इमानदार वा लगनशील हुँदैनन्, न त तिनीहरूले विभिन्‍न समस्याहरू समाधान गर्न सत्यता खोज्‍ने नै गर्छन्। यसको अर्थ झूटा अगुवाहरू वास्तविक काम गर्न र कुनै पनि समस्याहरू समाधान गर्न असमर्थ हुन्छन्। झूटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने, नाराहरू फलाक्‍ने, र अरूलाई अर्ती दिने, र आफूलाई सामान्य कामकाजमा व्यस्त राख्‍न ध्यानकेन्द्रित गर्न मात्रै उत्कृष्ट हुन्छन्। परमेश्‍वरको घरले तिनीहरूलाई सुम्पिएको मण्डलीको आधारभूत कामको हकमा, जस्तै जीवन आपूर्ति गर्ने र समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्ने कार्यको हकमा, तिनीहरू ती कसरी गर्ने भनेर जान्दैनन्, ती कसरी गर्ने भनेर तालिम लिँदैनन्, र कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्—झूटो अगुवा भनेकै यही हो।

कत्ति झूटा अगुवाहरूलाई पटकथाहरू लेख्‍ने, अनुभवात्मक गवाही लेखहरू लेख्‍ने, र अरू केही निश्‍चित कामहरू गर्नेजस्ता लेख-रचनामा आधारित काममा मार्गदर्शन दिन अनुरोध गर्दा, तिनीहरूले मार्गदर्शन मात्रै मागिएको त हो नि भनेर, कुनै ठोस काम गर्नु पर्दैन भन्‍ने सोच्छन्, र त्यसैले तिनीहरू आलेटाले मात्रै गर्छन्। तिनीहरू भन्छन्, “झाङ, तिम्रो लेख कस्तो भइरहेको छ?” “सक्‍न लाग्यो।” “ली, के तिमीलाई त्यो पटकथा लेख्‍न कुनै समस्या भइरहेको छ?” “हो, के तपाईंले मलाई ती हल गर्न मद्दत गर्न सक्‍नुहुन्छ?” “तिमीहरू सबैले यसबारे छलफल गर। अझै प्रार्थना गर।” यी झूटा अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ र सहयोग गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले त आफ्नो काम राम्ररी पूरा गर्ने कार्यमा समेत ध्यान दिँदैनन्, र सधैँ घुमफिर गर्ने, र ढुक्क र सहज जीवन जिउने मात्र गर्छन्। झट्ट हेर्दा, तिनीहरूले काम निरीक्षण गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले कुनै पनि समस्या हल गर्दैनन्—वास्तवमा तिनीहरू कामचोरहरू हुन्! गैरविश्‍वासी संसारका कत्ति देशहरूका ती सक्षम अधिकारीहरू पनि उतिकै भ्रष्ट मानिसहरू हुन्, तर तिनीहरू पनि यी झूटा अगुवाहरूभन्दा धेरै उत्तम हुन्छन्, किनभने यिनीहरूमा ती अधिकारीहरूमा हुने जिम्मेवारीबोध हुँदैन। उदाहरणको लागि, महामारीको प्रकोपपछि, संसारभरका देशहरूले रोकथाम उपायहरू लागू गर्न थाले। अन्ततः धेरैजसो देशहरू ताइवानका रोकथाम प्रयासहरू प्रभावकारी रहेको कुरामा सहमत भए, जसले ताइवानका सरकारी अधिकारीहरूले महामारी प्रतिकार्यका कामहरू सबैभन्दा उच्च मापदण्डहरूअनुसार र अत्यन्तै विस्तृत रूपमा पूरा गरेको जनाउँछ। बाह्य संसारको देशको लागि, भ्रष्ट मानवजातिमाझ रहेका अधिकारी र राजनीतिज्ञहरूको लागि, सबैभन्दा उच्च मापदण्डहरूअनुसार र यस्तो विस्तृत रूपमा काम गर्नु साँच्‍चै नै आदरणीय कुरा हो। त्यसपछि धेरै युरोपेली अधिकारीहरू ताइवान आएर सिक्न इच्छुक थिए; यो दृष्टिकोणबाट हेर्दा ताइवानका सरकारी अधिकारीहरू अरू राष्ट्रका भन्दा निकै माथि थिए। तिनीहरूमध्ये धेरैजसो अधिकारीहरूले ठोस काम गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न आफ्नो हृदय लगाउन सकेको भएर नै ती अधिकारीहरू मापदण्डअनुरूप थिए भन्‍ने प्रमाणित हुन्छ। तर मण्डलीका कत्ति अगुवा र कामदारहरू आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा हुन्छन्, र तिनीहरूलाई जेजसरी काटछाँट गरिए नि त्यो प्रभावकारी हुँदैन। म त के देख्छु भने, यी अगुवा र कामदारहरूको चरित्र गैरविश्‍वासी संसारका वास्तविक काम गर्न सक्‍ने अधिकारीहरूको चरित्रसँग समेत बराबरी हुँदैन। तिनीहरूमध्ये धेरैजसोले परमेश्‍वरमा विश्‍वास गर्छु र सत्यता पछ्याउँछु भनेर दाबी गर्छन्, तर वास्तवमा तिनीहरू मूल्य चुकाउन इच्छुक नै हुँदैनन्। तिनीहरूलाई यति धेरै सत्यता प्रदान गरिँदै आएको छ, तैपनि आफ्नो कर्तव्य निर्वाह गर्नुप्रतिको तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। फलस्वरूप तिनीहरू सबै झूटा अगुवा र कामदार बन्छन्, जो उच्च सरकारी अधिकारीहरूको तुलनामा निकै कमजोर हुन्छन्! मानिसहरूलाई मैले दिने मापदण्डहरू वास्तवमा उच्च छैनन्; म मानिसहरूले धेरै सत्यता बुझून् वा तिनीहरूमा अत्यन्तै उच्च क्षमता होस् भन्‍ने मापदण्ड राख्दिनँ। न्यूनतम मापदण्ड भनेको विवेकसाथ काम गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अरू केही छैन भने, कम्तीमा पनि तँ आफूले खाने दैनिक रोटीअनुसार र परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाअनुसार जिउनुपर्छ; त्यो नै पर्याप्त हुन्छ। तर के अहिलेसम्म परमेश्‍वरको काम पूरा भएको छ, र के धेरै मानिसहरूले विवेकसाथ काम गर्न सक्छन् त? मलाई के थाहा छ भने, लोकतान्त्रिक देशहरूका कत्ति अधिकारीहरू इमानदारीसाथ बोल्छन् र व्यवहार गर्छन्। तिनीहरूले बढाइचढाइ गर्ने वा उच्च सिद्धान्तहरू बोल्‍ने गर्दैनन्, तिनीहरूको बोलीवचन विशेष रूपमा सावधानपूर्ण र साँचो हुन्छ, र तिनीहरूले धेरै वास्तविक मामलाहरू सम्हाल्न सक्छन्। तिनीहरूको काम साँच्‍चै नै निकै राम्रो हुन्छ, र यसले साँच्‍चै नै तिनीहरूको निष्ठा र मानवता प्रतिबिम्बित गर्छ। अहिले मण्डलीका धेरैजसो अगुवा र कामदारहरूलाई हेर्दा, तिनीहरूले आफ्नो काममा औपचारिकता पूरा गर्ने र झारा टार्ने मात्र गर्छन्, र त्यति राम्रा परिणामहरू हासिल गरेका हुँदैनन्, र आफ्नो जिम्मेवारी पनि पूर्ण रूपमा पूरा गरेका हुँदैनन्। अगुवा बनेपछि, तिनीहरू धार्मिक अधिकारीहरूमा परिणत हुन्छन्, र तिनीहरू उच्च स्थानमा बसेर आदेश दिँदै कामचोर बन्छन्। तिनीहरू आफ्नो हैसियतका फाइदाहरूमा लिप्त हुन मात्रै ध्यान दिन्छन्, र सबैलाई आफ्नो पछि लगाउन र आफ्नो वरिपरि घुमाउन मन पराउँछन्। तिनीहरू वास्तविक समस्याहरू समाधान गर्न मण्डलीको आधारभूत तहसँग बिरलै मात्र गहन रूपमा संलग्‍न हुन्छन्। तिनीहरू हृदयमा परमेश्‍वरबाट झन्झन् टाढा जान्छन्। यस्ता झूटा अगुवा र झूटा कामदारहरू असुधार्य हुन्छन्! मैले यति मिहिन परिश्रमसाथ सत्यता सङ्गति गरेको छु, तैपनि ती अगुवा र कामदारहरूले सत्यता स्विकार्दैनन्, तिनीहरू जिद्दी भएर आफ्ना गलत विचारहरूमा लागिरहन्छन्, र तिनीहरू अप्रभावित रहन्छन्। आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ झाराटारुवा हुन्छ, र तिनीहरूमा पश्‍चात्ताप गर्ने अलिकति पनि अभिप्राय हुँदैन। म देख्छु, ती मानिसहरू विवेकहीन र समझरहित छन्, र तिनीहरू पटक्‍कै मानव पटक्‍कै होइनन्! अनि म मनन गर्छु: के अझै पनि यस्ता मानिसहरूलाई यी सत्यताहरू बारम्बार सङ्गति गर्नु आवश्यक छ? के मैले सङ्गतिलाई यति निर्दिष्ट बनाउनुपर्छ? के मैले यो कष्ट भोग्‍नुपर्छ? के यी वचनहरू अनावश्यक छन्? केही विचार गरेपछि, मैले अझै पनि बोल्नुपर्छ भन्‍ने निर्णय गर्छु, किनभने कति पनि विवेक वा समझ नभएका मानिसहरूमा यी वचनहरूले कुनै असर नगरे नि, सत्यता स्विकार्न सक्‍ने र इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍नेहरूको लागि भने तिनीहरूको क्षमता अलिक न्यून नै भए नि यी उपयोगी नै हुन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र आफ्नो जिम्मेवारी पूरा गर्दैनन्, तर सत्यता पछ्याउनेहरूले यी वचन र मामलाहरूबाट पाठहरू सिक्छन्, प्रेरणा प्राप्त गर्छन्, र अभ्यास मार्ग भेट्टाउँछन्। जीवन प्रवेश त्यति सजिलो छैन; सहयोग र भरणपोषण गर्ने कोही छैन भने, र सत्यताको हरेक पक्षलाई टुक्र्याएर स्पष्टसित बताइएन भने, मानिसहरू अत्यन्तै कमजोर बन्छन्, र प्रायजसो आफूलाई असमर्थता र अन्योलताको स्थितिमा, र नकारात्मकता र निष्क्रियताको स्थितिमा पुर्‍याउँछन्। त्यसकारण, धेरैपटक जब म यी झूटा अगुवाहरूलाई भेट्छु, तब म तिनीहरूसँग सङ्गति गर्ने हृदय नै गुमाउँछु। तैपनि, जब म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्ने मानिसहरूले भोगेका कष्ट र चुकाएका मूल्यहरूबारे विचार गर्छु, तब मेरो मन परिवर्तन हुन्छ। योबाहेक अरू कुनै कारण छैन: यदि ३० देखि ५० जना मानिसहरूले—वा कम्तीमा पनि ८-१० जना मानिसहरूले—आफ्नो कर्तव्य निर्वाह गर्दा इमानदारीसाथ आफूलाई समर्पित गर्न र बफादार हुन सक्छन् भने, र तिनीहरू सुन्‍न र समर्पित हुन तयार छन् भने, यी वचनहरू बोल्नु सार्थक नै हुन्छ। विवेक र समझ नभएका मानिसहरूसँग बोल्ने र सङ्गति गर्ने मेरो कुनै उत्प्रेरणा छैन; ती मानिसहरूसँग कुरा गर्नु थकाइलाग्दो महसुस हुन्छ र त्यो फलहीन हुन्छ। तिमीहरूमध्ये धेरैजसोले सत्यता पछ्याउँदैनौ र आफ्नो कर्तव्यमा मूल्य चुकाउँदैनौ—तिमीहरूसँग कुनै बोझबोध वा बफादारी छैन, तिमीहरू आफ्नो कार्यव्यवहारमा झारा मात्र टार्छौ, र आशिष्‌हरू प्राप्त गर्ने आशामा मन नलागीनलागी काम गर्छौ। यी वचनहरू सुन्‍न पाउनु वास्तवमा तिमीहरूको लागि अयोग्य कृपा हो। तिमीहरू त बस इमानदारीसाथ कर्तव्य निर्वाह गर्ने, साँचो रूपमा मूल्य चुकाउने, बफादारी र बोझबोध भएका, र सत्यता अभ्यास गर्न इच्छुकहरूको बुई चढिरहेका छौ। यी वचनहरू ती मानिसहरूको लागि हुन्, र यी वचनहरू सुनेर तिमीहरूले अयोग्य अनुग्रह प्राप्त गरिरहेका छौ। यदि यो दृष्टिकोणबाट हेर्दा—अर्थात्, तिमीहरूमध्ये धेरैजसोले आफ्नो कर्तव्यमा कुनै इमानदारी नदेखाई झारा टार्ने मनोवृत्ति अपनाउँछौ भने—तिमीहरू यी वचनहरू सुन्‍न लायक छैनौ। किन लायक छैनौ? किनभने तिमीहरूले सुने पनि यो सबै व्यर्थ हुन्छ; जति नै धेरै कुरा भनिए पनि वा जति नै विस्तृत रूपमा भनिए पनि, तिमीहरूले यी वचनहरू सुनेपछि जति नै धेरै बुझे पनि, तिमीहरूले सुनेजस्तो मात्र गर्छौ, तर यी वचनहरू अभ्यास गर्ने गर्दैनौ। यी वचनहरू कसको निम्ति बोलिनुपर्छ? यी वचनहरू सुन्‍न लायक को छ? मूल्य चुकाउन तयार हुने, इमानदारीसाथ आफूलाई अर्पित गर्न सक्‍ने, र आफ्नो कर्तव्य र आज्ञाप्रति बफादार हुने मानिसहरू मात्रै सुन्‍न लायक हुन्छन्। तिनीहरू सुन्‍न लायक हुन्छन् भनेर म किन भन्छु? किनभने तिनीहरूले सुनेपछि र थोरथोरै सत्यता बुझेपछि, यसलाई व्यवहारमा उतार्न सक्छन्, र आफूले बुझेको कुरा अभ्यास गर्ने गर्छन्; तिनीहरू धूर्त हुँदैनन् र तिनीहरू सुस्त हुँदैनन्; अनि तिनीहरूले सत्यता र परमेश्‍वरका मापदण्डहरूलाई इमानदारी र तृष्णाको मनोवृत्तिले लिन्छन्, र तिनीहरू सत्यतालाई प्रेम गर्न र स्विकार्न सक्छन्। त्यसकारण, तिनीहरूले यी वचनहरू सुनेपछि, यी वचनहरूले तिनीहरूमा प्रभाव गर्छन् र परिणामहरू हासिल गर्छन्।

फेब्रुवरी १३, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्