अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३)
विषयवस्तु तीन: हरेक कर्तव्य उचित तरिकाले पालना गर्नको निम्ति बुझ्नुपर्ने सत्य सिद्धान्तहरू सङ्गति गर्ने (भाग दुई)
पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारीबारे थप सङ्गति गर्यौँ, र जीवन प्रवेशमा केकस्ता कठिनाइहरू हुन्छन् भन्नेबारे कुरा गर्यौँ, र झूटा अगुवाहरूका निश्चित अभ्यास र प्रकटीकरणहरू खुलासा गर्यौँ। त्यसपछि, हामीले अगुवा र कामदारहरूको तेस्रो जिम्मेवारी, अर्थात् हरेक कर्तव्य उचित रूपमा पूरा गर्नको लागि बुझ्नुपर्ने सत्यता सिद्धान्तहरू सङ्गति गर्ने भन्नेसम्बन्धी धेरै मामलाहरूबारे छलफल गर्यौँ र यी मामिलाहरूप्रति झूटा अगुवाहरूको मनोवृत्ति, अभ्यास, र प्रकटीकरणहरूमार्फत झूटा अगुवाहरूको झूटोपन कहाँ प्रकट हुन्छ, अर्थात् झूटा अगुवाहरूले अगुवाको रूपमा आफ्नो जिम्मेवारी कसरी पूरा गर्न सक्दैनन् भन्ने प्रकटीकरणहरू कहाँ प्रकट हुन्छन् भनेर छलफल र विश्लेषण गर्यौँ। यी मामिलाहरू सूचीबद्ध गर त। (तीमध्ये एउटा परमेश्वरका वचनका पुस्तकहरू मुद्रण गर्ने कार्यसँग सम्बन्धित थियो। त्यो झूटा अगुवाले ठोस काम गरेन, केवल खोक्रो तरिकाले धर्मसिद्धान्तहरू बोल्यो। उसले सत्यता सिद्धान्तहरूबारे पनि निर्दिष्ट रूपमा सङ्गति गरेन र अलिकति पनि वास्तविक काम गरेन।) यो मामलामा, त्यो झूटा अगुवाले वास्तविक काम गरेन, ऊ अगुवा र कामदारको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भयो, र उसले काममा संलग्न व्यावसायिक मापदण्डहरू, निर्दिष्ट सिद्धान्तहरू, र ध्यान दिनुपर्ने बुँदाहरू स्पष्ट रूपमा सङ्गति गरेन। उसले केही नाराहरू मात्रै फलाक्यो र केही खोक्रा शब्दहरू बोल्यो, र त्यसपछि आफूले राम्रो काम गरेको छु भन्ने सोच्यो। हामीले अरू केके कुरा छलफल गर्यौँ? (परमेश्वरको लागि डाउन कोट किनेको घटना पनि थियो।) यो घटनाले झूटा अगुवाहरूमा रहेको के समस्या खुलासा गर्यो? (यसले झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र तिनीहरूमा मानवता र समझको पूर्ण कमी हुन्छ भन्ने कुरा खुलासा गर्यो।) जब कसैले मलाई लुगा किनेर दिएको थियो, तब ती अगुवाहरूले यसको जाँच गर्न मद्दत गरे—के यो अगुवा र कामदारहरूले गर्नुपर्ने कामको भाग हो? (अहँ, होइन।) तिनीहरूले गर्नुनपर्ने काम गरे—यसमा के समस्या छ? (तिनीहरूले आफ्नो उचित काममा ध्यान दिइरहेका थिएनन्।) यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो। पहिलो कुरा, यसले झूटा अगुवाहरूमा आफ्नो उचित काम गर्ने प्रवृत्ति हुँदैन भनेर खुलासा गर्यो, र दोस्रो कुरा, यसले तिनीहरूमा समझको कमी हुन्छ र तिनीहरूले समझ र मानवताहीन घृणित काम मात्रै गर्छन् भनेर खुलासा गर्यो। तिमीहरूलाई उदाहरणहरू मात्रै याद छ, तर तिमीहरूले यी उदाहरणहरूले चित्रण गर्ने उद्देश्यका कुराहरू, वा तिनले चिरफार गर्ने अभिप्राय राखेका समस्याहरूको सार पारदर्शी रूपमा देखेका छैनौ। झूटा अगुवाहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन् भन्नेबारे मैले अरू केकस्ता उदाहरणहरू दिएँ? (एउटा केक बनाउने व्यक्ति थियो जसले परमेश्वरको लागि सधैँ केक बनाउँथ्यो। परमेश्वरले उसलाई यसो नगर्नू भनेर भन्नुभयो, तर अगुवा र कामदारहरू उसलाई त्यसै गरिरहन दिन्थे, र आफै पनि केक चाख्थे।) यो उदाहरणले झूटा अगुवाहरूका के समस्या खुलासा गर्यो? (यो कि तिनीहरूले आफ्नो उचित कामबारे ध्यान दिँदैनन्, वा आफूले गर्नुपर्ने काम गर्दैनन्, र आफूले नगर्नुपर्ने काम गर्न जिद्दी गर्छन्।) मुख्य रूपमा, यसले झूटा अगुवाहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन् र आफ्नो कामको केन्द्र र मुख्य बिन्दु बुझ्न सक्दैनन् भन्ने कुरा खुलासा गर्यो। यसको साथै, झूटा अगुवाहरूमा एउटा गम्भीर समस्या पनि हुन्छ। त्यो के हो? (तिनीहरूले परमेश्वरका वचनहरू पालना गर्ने वा परमेश्वरका मापदण्डहरूअनुसार काम लागू गर्ने गर्दैनन्।) के अरू कसैले केही थप्न चाहन्छ? (तिनीहरूले आफू आत्मिक भएको बहाना गर्छन् र परमेश्वरको बोझप्रति ध्यान दिएको बहाना गर्छन्, तर वास्तवमा तिनीहरू खराब कुराहरू गर्न मात्र उन्मत्त हुन्छन्।) त्यो तिनीहरूको अर्को समस्या हो। अरू केही छ? (तिनीहरूले काम गर्नुभन्दा पहिले, परमेश्वरका मापदण्डहरू बुझ्ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले परमेश्वरका इच्छाहरूको सट्टा आफ्नै कल्पनाहरू प्रयोग गर्छन्।) यो समझको कमी हुनुको वर्गमा पर्छ। अरू केही छ? (परमेश्वरको लागि कसैले लुगा किनेको मामलालाई झूटा अगुवाहरूले जेजसरी लिए, त्यसले तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ भन्ने कुरा खुलासा गर्यो।) तिनीहरूमा सामान्य मानवताको कुन पक्षको कमी हुन्छ? तिनीहरूले कसरी व्यवहार गर्ने भन्ने नियमहरू बुझ्दैनन् र तिनीहरूसँग शिष्टाचार हुँदैन। के कुरा त्यही होइन र? (हो।) वास्तवमा, तिमीहरूले उल्लेख गरेका यी कुराहरू गौण कुराहरू हुन्; मुख्य समस्या के हो? ती मानिसहरू अगुवा बनेपछि, तिनीहरूले आफ्नो हैसियत र विशेष व्यवहारका फाइदाहरूको आनन्द लिन चाहन्छन् र सहजताको तृष्णा गर्छन्। उदाहरणको लागि, तिनीहरूले केही केक खान चाहन्छन्, र जब तिनीहरूले कुनै व्यक्ति खाना पकाउन सिपालु छ भन्ने देख्छन्, तब तिनीहरूले आफ्नो तृष्णा सन्तुष्ट पार्न उसको खाना चाख्नेबारेमा सोच्छन्। तिनीहरूमा उचित काम गर्ने प्रवृत्ति नहुनु वा तिनीहरूले वास्तविक काम नगर्नु पहिले नै घृणास्पद हुन्छ, त्यसमाथि तिनीहरूलाई सहजता र खन्चुवा मस्तीहरूको तृष्णा हुन्छ। तिनीहरूले आफ्ना खाने इच्छाहरू सन्तुष्ट पार्न, र आफ्नो हैसियतका फाइदाहरूमा लिप्त हुनको लागि परमेश्वरको लागि स्वाद चाख्ने र जाँच गर्ने बहाना बनाउँछन्। यी सबै झूटा अगुवाहरूका प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव सारको तुलनामा यी प्रकटीकरणहरूलाई क्रूर वा दुष्ट भनेर भन्न नसकिने भए नि, मानिसहरूमा घिन पैदा गर्नको लागि झूटा अगुवाहरूको मानवता नै पर्याप्त हुन्छ। तिनीहरूको चरित्र हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुन्छ; तिनीहरूको मानवता निकै नीच र फोहोरी हुन्छ, र तिनीहरूको निष्ठा कमजोर हुन्छ। यी उदाहरणहरूबाट, झूटा अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन् भन्ने कुरा देख्न सकिन्छ। यो तथ्य हो।
झुटा अगुवाहरू काम निर्वाह गर्नुका सिद्धान्तहरूमा सङ्गति गर्न सक्दैनन्
आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूको आधारमा झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुलासा गर्ने कार्य जारी राख्नेछौँ। झूटा अगुवाहरू मूलतः मण्डलीको सारभूत र महत्त्वपूर्ण काम गर्न असक्षम हुन्छन्। तिनीहरूले केही सरल र सामान्य मामलाहरू मात्र सम्हाल्छन्; समग्रमा तिनीहरूको कामले मण्डलीको काममा महत्त्वपूर्ण वा निर्णायक भूमिका खेल्दैन, र त्यसले वास्तविक नतिजाहरू दिँदैन। तिनीहरूको सङ्गतिले मूलभूत रूपमा केही बासी र सामान्य विषयवस्तुहरू मात्र समेट्छ, यो बारम्बार दोहोरिएका शब्द र धर्मसिद्धान्तहरूमा मात्र सीमित हुन्छ र यो अत्यन्तै खोक्रो, फराकिलो, र विवरणहीन हुन्छ। तिनीहरूको सङ्गतिमा मानिसहरूले शाब्दिक रूपमा केही कुरा पढेर बुझ्न सक्ने कुराहरू मात्र समावेश हुन्छ। यी झूटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्, खास गरी, तिनीहरू मानिसहरूका धारणा, कल्पना, र भ्रष्ट स्वभावका प्रकटीकरणहरू समाधान गर्न झन् कम सक्षम हुन्छन्। मुख्य कुरा के हो भने, झूटा अगुवाहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, वा पाठ्यपुस्तकसम्बन्धी कामजस्ता परमेश्वरको घरले बन्दोबस्त गरेका महत्त्वपूर्ण कामको जिम्मेवारी लिन सक्दै सक्दैनन्। विशेषगरी, जब व्यावसायिक ज्ञानसँग सम्बन्धित कामको कुरा आउँछ, तब झूटा अगुवाहरूलाई आफू यी क्षेत्रहरूमा भुइँमान्छे भएको स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरू त्यसको अध्ययन गर्दैनन्, न त अनुसन्धान नै गर्छन्, र अरूलाई विशेष डोऱ्याइ दिन वा तीसँग सम्बन्धित कुनै समस्या समाधान गर्न त झनै सक्षम हुँदैनन्। तैपनि तिनीहरू अझै निर्लज्ज रूपमा भेलाहरू आयोजना गर्छन्, खोक्रा सिद्धान्तहरूबारे अनन्त रूपमा कुरा गर्छन्, अनि वचन र धर्मसिद्धान्तहरूबारे बोल्छन्। झूटा अगुवाहरूलाई तिनीहरूले यस्तो काम गर्न मिल्दैन भनेर राम्रोसँग थाहा हुन्छ, तैपनि तिनीहरू विज्ञ भएको नाटक गर्छन्, अभिमानी व्यवहार गर्छन्, र सधैँ भव्य धर्मसिद्धान्तहरू प्रयोग गरेर अरूलाई गाली गर्छन्। तिनीहरू कसैका प्रश्नहरूको जवाफ दिन सक्दैनन्, तैपनि अरूलाई गाली गर्ने निहुँ र बहाना फेला पार्छन्, उनीहरूले किन त्यो पेशा सिक्दैनन्, किन सत्यता खोज्दैनन् र किन आफ्नै समस्याहरू समाधान गर्न सक्दैनन् भनेर सोध्छन्। यी झूटा अगुवाहरू, जो यी क्षेत्रका भुइँमान्छे हुन् र कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, अझै पनि माथिबाट अरूलाई भाषण दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू अरूका नजरमा निकै व्यस्त देखिन्छन्, मानौँ तिनीहरू धेरै काम गर्न सक्छन् र निकै सक्षम छन्, तर वास्तवमा, तिनीहरू केही पनि होइनन्। झूटा अगुवाहरू प्रस्ट रूपमा वास्तविक काम गर्न असक्षम हुन्छन्, तैपनि तिनीहरू उत्साहका साथ आफूलाई व्यस्त राख्छन्, र भेलाहरूमा जहिले पनि उही सधैँ भनिरहेकै कुरा भन्छन्, बारम्बार एउटै कुरा दोहोर्याउँछन्, र एउटा पनि वास्तविक समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू यसबाट निकै वाक्क हुन्छन्, र तिनीहरूले यसबाट शिक्षाप्रद कुरा लिन बिलकुलै सक्दैनन्। यस्तो काम अत्यन्तै अकुशल हुन्छ, र यसले कुनै नतिजाहरू दिँदैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्, र यसका कारण मण्डलीको काममा ढिलाइ हुन्छ। तैपनि झूटा अगुवाहरू आफूले निकै राम्रो काम गरिरहेको र आफू निकै सक्षम भएको महसुस गर्छन्, जबकि तथ्य के हो भने, तिनीहरूले मण्डलीको कामको एउटा पक्ष पनि राम्रोसँग गरेका हुँदैनन्। तिनीहरूलाई आफ्नो जिम्मेवारीको दायराअन्तर्गत पर्ने अगुवा र कामदारहरूको मापदण्ड पुगेको छ कि छैन भनेर थाहा हुँदैन, न त विभिन्न टोलीका अगुवा र सुपरभाइजरहरू आफ्ना कामको जिम्मेवारी लिन सक्षम छन् कि छैनन् भनेर थाहा हुन्छ, न तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै समस्याहरू आएका छन् कि भनेर चासो राख्ने वा सोध्ने नै गर्छन्। छोटकरीमा, झूटा अगुवाहरूले आफ्नो काममा कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, तैपनि तिनीहरू जोशका साथ व्यस्त रहन्छन्। अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, झूटा अगुवाहरू कठिनाइ भोग्न सक्छन्, मूल्य चुकाउन तयार हुन्छन्, र हरेक दिन हडबडाउँदै बिताउँछन्। खाना खाने बेला भएपछि तिनीहरूलाई मेचमा बोलाउनुपर्छ, र तिनीहरू निकै अबेला सुत्छन्। तैपनि तिनीहरूको कामका नतिजाहरू राम्रा हुँदैनन्। यदि तैँले ध्यानपूर्वक हेरिनस् भने, बाहिरबाट सबै कामहरू भइरहेको, र सबै जना आफ्ना कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखिन्छ, तर यदि तैँले नजिकबाट मिहिन रूपमा नियाल्ने, र गम्भीरतापूर्वक निरीक्षण गर्ने हो भने, साँचो परिस्थिति प्रकट हुनेछ। तिनीहरूको जिम्मेवारीको दायरामा पर्ने हरेक काम भद्रगोल हुन्छ, त्यसमा कुनै संरचना वा व्यवस्था हुँदैन। प्रत्येक काममा समस्याहरू—वा छिद्रहरूसमेत—हुन्छन्। यी समस्याहरू देखा पर्नु झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्नु, र आफ्ना धारणा, कल्पना र उत्साहका आधारमा कार्य गर्नुसँग सम्बन्धित हुन्छ। झूटा अगुवाहरूले कहिल्यै सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दैनन्, न त कहिल्यै समस्याहरू समाधान गर्न सत्यताको खोजी नै गर्छन्। तिनीहरूमा प्रस्ट रूपमा आत्मिक बुझाइ हुँदैन र तिनीहरू नेतृत्वको काम गर्न सक्दैनन्, साथै तिनीहरूले वचन र धर्मसिद्धान्तहरू ओकल्न मात्र सक्छन् र सत्यता बिलकुलै बुझ्दैनन्, तैपनि तिनीहरू आफूलाई थाहा नभएका कुरा थाहा भएको ढोँग गर्छन् र आफूलाई विज्ञ साबित गर्ने कोसिस गर्छन्। तिनीहरूले झारा टार्ने काम मात्र गर्छन्। कुनै समस्या आउँदा, तिनीहरूले अन्धाधुन्ध त्यसमा प्रावधानहरू लागु गर्छन्। तिनीहरू अन्धाधुन्ध दौडधुप मात्र गर्छन् तर कुनै वास्तविक नतिजाहरू निकाल्दैनन्। यी झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्ने, र वचन र धर्मसिद्धान्तहरू ओकल्ने र अरूलाई प्रावधानहरू पालना गर्न सल्लाह मात्र दिने भएकाले, मण्डलीको प्रत्येक कामको प्रगतिमा ढिलाइ हुन्छ र कुनै प्रस्ट नतिजाहरू हासिल हुँदैनन्। कुनै झूटो अगुवा केही समय काममा रहनुको सबैभन्दा प्रस्ट परिणाम के हो भने धेरैजसो मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कसैले भ्रष्टता प्रकट गर्दा वा धारणाहरू विकास गर्दा कसरी खुट्ट्याउने भनेर जान्दैनन्, र निश्चय नै आफ्ना कर्तव्यहरू निर्वाह गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र नगर्नेहरू सबै सुस्त, अनर्गल, र अनुशासनहीन, साथै छरिएको बालुवाजस्तै छरपस्ट हुन्छन्। तीमध्ये धेरैजसोले केही वचन र धर्मसिद्धान्तहरू बोल्न सक्लान्, तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, तिनीहरूले प्रावधानहरू मात्र पालना गर्छन्; तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न जान्दैनन्। झूटा अगुवाहरूलाई नै समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न आउँदैन भने, तिनीहरूले त्यो कुरामा अरूलाई कसरी अगुवाइ गर्न सक्छन् त? अरू मानिसहरूलाई जे आइपरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भनेर अर्ती दिन मात्र सक्छन्, “हामी परमेश्वरका अभिप्रायहरूबारे विचारशील हुनैपर्छ!” “हामी आफ्नो कर्तव्य निर्वाहमा बफादार हुनैपर्छ!” “आफूलाई केही आइपर्दा, हामीले प्रार्थना गर्न जान्नैपर्छ, र सत्यता सिद्धान्तहरू खोज्नैपर्छ!” झूटा अगुवाहरूले प्रायः यी नारा र धर्मसिद्धान्तहरू फलाक्छन्, र यसले कुनै पनि नतिजाहरू दिँदैन। मानिसहरूले तिनीहरूको कुरा सुनेपछि पनि सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन। सतही रूपमा, मानिसहरू आफूलाई केही आइपर्दा प्रार्थना गर्छन्, र आफ्नो कर्तव्य निर्वाहमा इमानदार हुने इच्छा गर्छन्—तर तिनीहरू सबैमा बफादार हुनका निम्ति तिनीहरूले के गर्नुपर्छ, परमेश्वरका अभिप्रायहरू बुझ्नका निम्ति तिनीहरूले कसरी प्रार्थना गर्नुपर्छ, र आफूलाई कुनै समस्या आइपर्दा सत्यता सिद्धान्तहरूबारे बुझाइ प्राप्त गर्नका निम्ति कसरी खोजी गर्नुपर्छ भन्नेजस्ता मामलाहरूसम्बन्धी बुझाइको कमी हुन्छ। मानिसहरूले झूटा अगुवाहरूलाई सोध्दा, तिनीहरू यसो भन्छन्, “तिमीलाई केही आइपर्दा, परमेश्वरका वचनहरू अझ धेरै पढ, अझ धेरै प्रार्थना गर, र सत्यतामा अझ बढी सङ्गति गर।” मानिसहरूले तिनीहरूलाई “यो कामले कस्ता सिद्धान्तहरू समेट्छ?” भनेर सोध्छन् र तिनीहरूले भन्छन्, “परमेश्वरका वचनहरूले व्यावसायिक कामका मामलाहरूबारे केही भन्दैनन्, र म पनि कामको त्यो क्षेत्र बुझ्दिनँ। यदि तिमीहरूलाई बुझ्ने इच्छा छ भने आफैले अनुसन्धान गर—मलाई नसोध। म तिमीहरूलाई व्यावसायिक कामका मामलाहरूमा होइन, सत्यता बुझ्नमा अगुवाइ गर्छु।” झूटा अगुवाहरूले प्रश्नहरूबाट बच्नका लागि यस्ता शब्दहरू प्रयोग गर्छन्। अनि फलस्वरूप, धेरैजसो मानिसहरूमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने तीव्र जोश भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरूका आधारमा कार्य गर्न जान्दैनन्, न त आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सिद्धान्तहरू पालना गर्न नै जान्दछन्। झूटा अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्ने हरेक कामका नतिजाहरू हेर्दा, धेरैजसो मानिसहरू आफ्नो काम गर्न आफ्नो ज्ञान, सिकाइ र वरदानहरूमा भर परिरहेका छन्, र तिनीहरूमा परमेश्वरका विशिष्ट मागहरू के-के हुन्, कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू केके हुन्, र परमेश्वरको गवाही दिने नतिजा हासिल गर्नका निम्ति कसरी कार्य गर्ने र परमेश्वरको देखापराइका लागि तड्पिने सबैले उहाँको आवाज सुनून्, साँचो मार्ग छानबिन गरून्, र सकेसम्म चाँडो परमेश्वरसामु फर्कून् भनेर कसरी सुसमाचारलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने भन्नेजस्ता मामलाहरूबारे ज्ञान हुँदैन। तिनीहरू किन यी कुराहरूबारे अज्ञानी हुन्छन्? यो सिधै झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्नुसँग सम्बन्धित छ। यसको मुख्य कारण के हो भने, झूटा अगुवाहरूलाई नै सत्यता सिद्धान्तहरू के हुन्, वा मानिसहरूले कस्ता सिद्धान्तहरू बुझ्नु र पछ्याउनुपर्छ भनेर थाहा हुँदैन। तिनीहरू सिद्धान्तहरूबिना कार्य गर्छन्, र कहिल्यै मानिसहरूलाई आफ्ना कर्तव्यमा अभ्यासका सिद्धान्तहरू र मार्गहरू खोज्नमा अगुवाइ गर्दैनन्। जब कुनै झूटो अगुवाले कुनै समस्या फेला पार्छ, तब ऊ आफैले त्यसलाई समाधान गर्न सक्दैन, र उसले अरूसँग सङ्गति र खोजी गर्दैन, जसका कारण प्रत्येक काममा बारम्बार कार्यहरू दोहोर्याएर गर्नुपर्ने हुन्छ। यो आर्थिक र भौतिक स्रोतको मात्र होइन, मानिसहरूको ऊर्जा र समयको पनि बरबादी हो। यस्ता परिणाहरू सिधै झूटा अगुवाहरूको कमजोर क्षमता र गैरजिम्मेवारीपनसँग सम्बन्धित हुन्छन्। झूटा अगुवाहरूले जानाजान दुष्टता गर्छन् र बाधाहरू निम्त्याउँछन् भन्न नसकिए पनि, तिनीहरू आफ्नो काममा सत्यता सिद्धान्तहरू बिलकुलै खोज्दैनन्, सधैँ आफ्नै इच्छाका आधारमा कार्य गर्छन् भनेर भन्न चाहिँ सकिन्छ। यो निश्चित हो। झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, न त तिनका बारेमा अरूलाई प्रस्ट रूपमा सङ्गति गर्न नै सक्छन्; बरु, तिनीहरूले मानिसहरूलई मनपरी गर्न खुल्ला छोडिदिन्छन्। यसले निश्चित काममा प्रभारी रहेका कतिपय मानिसलाई अनजानमै स्वेच्छाचारी र जानाजान ढङ्गले काम गर्न, आफ्नो इच्छाअनुसार चल्न र मनपरी गर्नतिर डोर्याउँछ। फलस्वरूप, वास्तविक नतिजाहरू थोरै मिल्ने मात्र नभई, मण्डलीको काम अस्तव्यस्त पनि हुन्छ। जब कुनै झूटो अगुवा बरखास्त हुन्छ, तब उसले आत्मचिन्तन नगर्ने वा आफूलाई नचिन्ने मात्र होइन, उसले कुतर्क पनि गर्छ र आफ्नै पक्षमा तर्क गर्छ, र सत्यतालाई कति पनि स्विकार्दैन। उसले पश्चात्ताप गर्ने मनसाय बिलकुलै राख्दैन। उसले आफूलाई पक्कै राम्रोसँग त्यो काम गर्न सक्ने भन्दै परमेश्वरको घरले अर्को मौका देओस् भनेरसमेत माग गर्ला। के तिमीहरू तिनीहरूलाई विश्वास गर्छौ? तिनीहरू आफैलाई पटक्कै चिन्दैनन्, न त सत्यतालाई नै स्विकार्छन्। त्यसोभए, के तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्न सक्छन्? तिनीहरूसित सत्यता वास्तविकता छैन भने, के तिनीहरूले राम्रोसँग त्यो काम गर्न सक्छन्? के त्यो सम्भव छ? तिनीहरूले यसपटक राम्रोसँग काम गरेनन्—यदि तिनीहरूलाई अर्को मौका दिइयो भने, के तिनीहरूले राम्ररी गर्न सक्नेछन्? त्यो सम्भव छैन। निश्चितताका साथ भन्न सकिन्छ कि झूटा अगुवाहरूसित कार्यक्षमता हुँदैन; बेलाबेलामा, तिनीहरूले धेरै नै परिश्रम गर्लान् र तिनीहरू निकै व्यस्त हुन सक्लान्, तर यो अन्धो व्यस्तता हो, र यसले कुनै नतिजा दिँदैन। झूटा अगुवाहरूमा निकै कमजोर क्षमता हुन्छ, तिनीहरूले सत्यता बिलकुलै बुझ्दैनन्, र वास्तविक काम गर्न सक्दैनन् भन्ने देखाउन यो नै पर्याप्त छ। यसले काममा धेरै समस्याहरू निम्त्याउँछ, तर तिनीहरूले सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न सक्दैनन्, मानिसहरूलाई प्रावधानहरू पालना गर्न अर्ती दिन थोरै खोक्रा धर्मसिद्धान्तहरू प्रयोग मात्र गर्छन्, र फलस्वरूप तिनीहरूले कामलाई लथालिङ्ग पार्छन् र अव्यवस्थित अवस्थामा छोड्छन्। झूटा अगुवाहरूले काम गर्ने शैली र त्यसले निम्त्याउने परिणामहरू यही हो। सबै अगुवा र कामदारहरूले यसलाई एउटा चेतावनीका रूपमा लिनुपर्छ।
मण्डलीभित्र देखा पर्ने विभिन्न असन्तुष्टिका समस्याहरू प्रत्यक्ष रूपमा झूटा अगुवाहरूसँग सम्बन्धित हुन्छन्—यो अपरिहार्य समस्या हो। यी झूटा अगुवाहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ, तैपनि तिनीहरू आफूले सबै कुरा बुझेको र जानेको छु भन्ने सोच्छन्, र त्यसपछि तिनीहरूले आफ्नै कल्पना र धारणाहरूको आधारमा काम गर्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू वा परमेश्वरले तोक्नुभएका मापदण्डहरूबारेको तिनीहरूको बुझाइको अभाव समाधान गर्न कहिल्यै सत्यता खोज्ने गर्दैनन्। मैले धेरै अगुवा र कामदारहरूसँग अन्तरक्रिया गरेको छु, र म बारम्बार तिनीहरूलाई भेट्छु। जब हामी भेला हुन्छौं, तब म तिनीहरूलाई सोध्छु, “के तिमीहरूसँग कुनै समस्याहरू छन्? के तिमीहरूले काममा रहेका समस्याहरू अभिलेख गरेका छौ? के तिमीहरूले आफै समाधान गर्न नसक्ने कुनै समस्याहरू छन्?” मैले सोधिसकेपछि, तिनीहरूले आँखा खुलेको खुल्यै रहन्छ, र तिनीहरूले हृदयमा शङ्का गर्छन्: “हामी अगुवाहरू हौं; के हामीसँग कुनै समस्या हुन सक्छ? यदि हामीसँग समस्या छ भने, के मण्डलीको काम धेरै पहिले नै अवरुद्ध भएको हुन्थेन र? यो कस्तो प्रश्न हो? हामी प्रवचनहरू सुन्छौं र सङ्गति गर्छौं, र परमेश्वरका वचनहरू हातमा बोक्छौँ। मण्डलीमा मण्डली अगुवाइ गर्ने हामी धेरै छौं, तैपनि कसरी तपाईं अझै चिन्ता गर्न सक्नुहुन्छ? यो प्रश्न गरेर तपाईंले हामीलाई स्पष्ट रूपमै कम आँकिरहनुभएको छ। हामीसँग कसरी समस्याहरू हुन सक्छन्? यदि हामीसँग समस्याहरू हुन्थे भने, हामीहरू अगुवा नै हुन्थेनौँ। तपाईंको प्रश्न कति अनुचित छ!” हरेकपटक जब म तिनीहरूलाई कुनै समस्या छ कि छैन भनेर सोध्छु, तब तिनीहरू यस्तै स्थितिमा हुन्छन्—तिनीहरू हरव्यक्ति अबुझपन र मूर्खताका नमुना हुन्। मण्डलीको कामका विभिन्न भागहरूमा धेरै समस्याहरू हुन्छन्, तर यी मानिसहरूले ती समस्या देख्न वा पत्ता लगाउन सक्दैनन्। तिनीहरूले व्यक्तिगत जीवन प्रवेशसँग सम्बन्धित सवालहरू, वा काममा रहेका सत्यता सिद्धान्तहरूसँग सम्बन्धित सवालहरू उठाउन सक्दैनन्। तिनीहरूले यी सवालहरू उठाउन नसक्ने हुनाले, म तिनीहरूलाई सोध्छु, “परमेश्वरका वचनहरू अनुवाद गर्ने काम कसरी अघि बढिरहेको छ? अहिले कति भाषामा अनुवाद गरिनुपर्छ, तँलाई थाहा छ? सुरुमा कुनकुन भाषाहरूमा अनुवाद गरिनुपर्छ, र कुनकुन भाषाहरूमा पछि गरिनुपर्छ? निश्चित भाषाहरूको लागि परमेश्वरका वचनहरूका कति प्रतिहरू छापिनुपर्छ?” तिनीहरूले जवाफ दिन्छन्, “अँ, ती वचनहरू अनुवाद भइरहेका छन्।” म तिनीहरूलाई सोध्छु, “अनुवादमा कति हदसम्म प्रगति भएको छ? के कुनै समस्याहरू छन्?” तिनीहरूले जवाफ दिन्छन्, “मलाई थाहा छैन; मैले सोध्नुपर्छ।” मैले तिनीहरूलाई यी कुराहरूबारे सोध्नुपर्छ, तर तिनीहरूलाई उत्तरहरू थाहा हुँदैन। त्यसोभए तिनीहरूले यति समयदेखि के काम गरिरहेका हुन्छन्? म तिनीहरूलाई सोध्छु, “के तैँले पछिल्लोपटक दाजुभाइ-दिदीबहिनीहरूले सोधेका समस्याहरू समाधान गरिस्?” तिनीहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूसँग भेला आयोजना गरेँ—एउटा दिनभरिको भेला।” म तिनीहरूलाई सोध्छु, “भेलापछि समस्याहरू समाधान भए?” तिनीहरूले जवाफ दिन्छन्, “के तपाईंले अझै पनि समस्याहरू छन् भने, हामीले अर्को भेला गर्नुपर्छ भनेर भन्नुभएको हो?” म भन्छु, “मैले तैँले भेला आयोजना गरेको छस् कि छैनस् भनेर सोधेको होइन। मैले त पेशागत समस्याहरू समाधान भएका छन् कि छैनन् भनेर सोधिरहेको छु। के यी मानिसहरूले सिद्धान्तहरू बुझेका छन्? के तिनीहरूले कर्तव्य निर्वाह गर्दा कुनै सिद्धान्तहरू उल्लङ्घन गरेका छन्? के तैँले कुनै समस्याहरू पत्ता लगाएको छस्?” तिनीहरूले जबाफ दिन्छन्, “ए, समस्याहरू? मैले ती समाधान गरेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूको लागि भेला आयोजना गरेँ।” के यो कुराकानी जारी रहन सक्छ? (अहँ, सक्दैन।) के यो कुराकानी सुन्दा तिमीहरूलाई रिस उठ्दैन? (उठ्छ।) यी अगुवाहरू कस्ता छन्? के तिनीहरू आत्मिक मूर्खहरू मात्रै होइनन् र? तिनीहरूमा अगुवा र कामदारहरूको क्षमता हुँदैन; तिनीहरू अन्धा हुन्छन्, तिनीहरूले काम कसरी गर्ने भन्ने कुरा बुझ्दैनन्, र तिनीहरूले हरेक प्रश्नको जवाफ “मलाई थाहा छैन” भनेर दिन्छन्, र जब तैँले तिनीहरूलाई प्रश्नहरू सोधिरहन्छु, तब तिनीहरूले भन्छन्, “जे भए नि मैले भेला आयोजना गरेँ; यो कुरा छोड्नुहोस्!” के यी अगुवाहरूले वास्तविक काम गरेका हुन्छन्? के तिनीहरू मापदण्डअनुरूपका अगुवाहरू हुन्? (होइनन्।) तिनीहरू झूटा अगुवाहरू हुन्। के तिमीहरूलाई यस्ता अगुवाहरू मन पर्छ? यदि तिमीहरूले त्यस्ता अगुवाहरू सामना गर्यौ भने, तिमीहरूले के गर्नुपर्छ? कति अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा यसो भन्छन्, “आज तपाईंहरूसँग जेजस्ता समस्या भए नि सुरुमा कर्तव्य कसरी राम्ररी निभाउने भन्नेबारे सङ्गति गरौँ।” त्यसपछि कति मानिसहरूले भन्छन्, “हामीले आफ्नो कर्तव्यमा पेशागत विधिहरूको समस्या सामना गरेका छौं: के हामीले गैरविश्वासीहरूमा लोकप्रिय रहेका व्यावसायिक विधिहरू प्रयोग गर्नुपर्छ?” के यो अगुवाहरूले समाधान गर्नुपर्ने समस्या होइन र? यदि कति समस्याहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ सङ्गति गरेर हल गर्न सकिँदैन भने, ती समस्याहरू हल गर्न अगुवाहरूले हस्तक्षेप गर्नुपर्छ—यो अगुवाहरूको जिम्मेवारीसित जोडिएको हुन्छ। झूटा अगुवाहरूले यी समस्याहरू सामना गर्दा के गर्छन्? तिनीहरूले भन्छन्, “यो पेशागत समस्या हो; यो तिमीहरूको समस्या हो, मसँग यसको के सम्बन्ध छ र? यो विषयमा आफै सङ्गति गर, तर सुरुमा म तिमीहरूको लागि भेला आयोजना गर्नेछु। आजको भेलामा, हामी सद्भावपूर्ण सहकार्यबारे सङ्गति गर्नेछौं। तिमीहरूले भर्खरै सोधेको प्रश्न सद्भावपूर्ण सहकार्यसँग सम्बन्धित छ। यी कुराहरू तिमीहरूले मिलेर छलफल र सङ्गति गर्न, र थप अनुसन्धान गर्न सक्नुपर्छ; कोही पनि आत्मधर्मी हुनु हुँदैन, र बहुमतको समर्थन भएको हरकुनै निर्णय हरकसैले स्विकार्नुपर्छ—के यो सद्भावपूर्ण सहकार्यको सवाल होइन र? सद्भावपूर्ण सहकार्य कसरी गर्ने, वा समस्याहरू देखा पर्दा कसरी छलफल गर्ने भन्ने तिमीहरूलाई थाहा छैन जस्तो छ। तिमीहरू मलाई हरेक समस्याबारे सोधिरहन्छौ। तिमीहरू केको लागि मलाई सोधिरहेका छौ? के मैले यी कुराहरू बुझेको छु? यदि मैले बुझेको छैनँ भने, के तिमीहरूसँग कुनै काम हुनेथ्यो? तिमीहरू मलाई सबै कुराबारे सोधिरहन्छौ। के यो मैले सम्हाल्नुपर्ने समस्या हो? मेरो जिम्मेवारी त सत्यता सङ्गति गर्नु मात्र हो; पेशागत समस्याहरू आफै समाधान गर। मलाई ती कुराको के सरोकार? जे भए नि, मैले तिमीहरूलाई पहिल्यै सङ्गति गरिसकेको छु र सद्भावपूर्ण सहकार्य गर्न लगाइसकेको छु—यदि तिमीहरूले त्यसो गर्न सक्दैनौ भने, यो कर्तव्य निर्वाह नगर। मैले मेरो सङ्गति सकिसकेको छु; जाओ, आफै समस्या समाधान गर।” के यी अगुवाहरूलाई समस्याहरू कसरी हल गर्ने भन्ने थाहा हुन्छ? (अहँ, थाहा हुँदैन।) यो कसरी हल गर्ने भन्ने थाहा नभए नि, तिनीहरू आफूलाई अत्यन्तै उचित ठान्छन्, र तिनीहरू जिम्मेवारीबाट पन्छिन सिपालु हुन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले आफ्नो काम गरिसकेका हुन्छन्, तिनीहरू निरीक्षण गर्न कार्यस्थल पुगेका हुन्छन्, र तिनीहरू सुस्त भइरहेका हुँदैनन्। तैपनि, तिनीहरूले वास्तविक काम गर्न वा वास्तविक समस्याहरू हल गर्न सक्दैनन्, जसको अर्थ तिनीहरू झूटा अगुवाहरू हुन् भन्ने हुन्छ। के तिमीहरूले यस्ता झूटा अगुवाहरू चिन्न सक्छौ? तिनीहरूले कुनै पनि समस्या सामना गर्दा उपयुक्त सत्यताहरू सङ्गति गर्न सक्दैनन्: तिनीहरूले केही खोक्रा धर्मसिद्धान्त र वादहरू मात्रै बोल्छन् जसलाई तिनीहरूले निकै उच्च र गहन सुनिने गरी बोल्छन्, र मानिसहरूले ती सुनेपछि, तिनीहरूले सत्यता बुझ्नु त कता हो कता, बरु उल्टै तिनीहरूलाई अन्योल र खलबली महसुस पनि हुन्छ। झूटा अगुवाहरूले गर्ने काम यही हो।
हरेक कर्तव्य उचित रूपमा पूरा गर्नको लागि बुझ्नुपर्ने सत्यता सिद्धान्तहरू सङ्गति गर्ने क्रममा, झूटा अगुवाहरू पूर्ण रूपमा खुलासा हुन्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू सङ्गति गर्न, वा मानिसहरूलाई कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू पालना र अभ्यास गर्न अगुवाइ गर्न, वा तिनीहरूलाई सत्यता वास्तविकता बुझ्न र त्यसमा प्रवेश गर्न अगुवाइ गर्न सक्दैनन्—तिनीहरूले अगुवाहरूद्वारा पूरा गरिनुपर्ने जिम्मेवारी पूरा गर्न सक्दैनन्। यति मात्र होइन, तिनीहरूले फरकफरक कामका सुपरभाइजरहरू र विभिन्न महत्त्वपूर्ण कामको लागि जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूबारे पनि जानकारी लिन सक्दैनन्, र तिनीहरूले यसबारे केही बुझे नि यो सही हुँदैन। यसले कामका विभिन्न कुराहरूमा ठूलो बाधा र हानि ल्याउँछ। अगुवा र कामदारहरूको चौथो जिम्मेवारीअन्तर्गत आज हामीले झूटा अगुवाहरूका खुलासा गर्न लागेका विभिन्न प्रकटीकरणहरू यिनै हुन्।
विषयवस्तु चार: विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूका कर्तव्य हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने ताकि अनुचित मानिसहरूलाई काममा राख्दा हुने क्षति रोक्न वा घटाउन सकियोस् र कार्यकौशलता र प्रगति निर्बाध भइरहोस्
अगुवा र कामदारहरूले विभिन्न कामका सुपरिवेक्षकहरूका परिस्थितिहरू बुझ्नैपर्छ
चौथो जिम्मेवारी के हो? (“विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूका कर्तव्य हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने ताकि अनुचित मानिसहरूलाई काममा राख्दा हुने क्षति रोक्न वा घटाउन सकियोस् र कार्यकौशलता र प्रगति निर्बाध भइरहोस्।”) ठीक भन्यौ, काम गर्दा अगुवा र कामदारहरूले पूरा गर्न सक्नुपर्ने न्यूनतम मापदण्ड यही हो। के यो चौथो बुँदासँग सम्बन्धित अगुवा र कामदारहरूका मुख्य जिम्मेवारीहरूबारे तिमीहरू सबै स्पष्ट छौ? अगुवा र कामदारहरूमा विभिन्न कामका सुपरभाइजरहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूबारे प्रस्ट बुझाइ हुनैपर्छ। विभिन्न कामका सुपरभाइजरहरू र विभिन्न महत्त्वपूर्ण कामका जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरू बुझ्नु अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, यी कर्मचारीहरू को हुन्? मूलतः तिनीहरू मण्डली अगुवाहरू हुन्, त्यसपछि टोली सुपरभाइजरहरू र विभिन्न समूहका अगुवाहरू हुन्छन्। के विभिन्न कामका सुपरभाइजरहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूमा सत्यता वास्तविकता छ कि छैन, तिनीहरू आफ्ना क्रियाकलापहरूमा सिद्धान्तनिष्ठ छन् कि छैनन्, र तिनीहरूले मण्डलीको काम राम्रोसँग गर्न सक्छन् कि सक्दैनन् भन्नेजस्ता परिस्थितिहरू बुझ्नु र त्यसको बोध गर्नु अत्यावश्यक र अत्यन्तै महत्त्वपूर्ण छैन र? यदि अगुवा र कामदारहरूले फरक कामका मुख्य सुपरभाइजरहरूका परिस्थितिहरूराम्ररी बुझ्छन्, कर्मचारीहरूको उचित समायोजन गर्छन् भने, त्यो तिनीहरूले प्रत्येक कामलाई नियन्त्रणमा राखेजस्तै हो, र यो तिनीहरूले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नुसरह हो। यदि यी कर्मचारीहरूको सही समायोजन गरिएन र समस्या आयो भने, मण्डलीको काममा ठूलो असर पर्नेछ। यदि यी कर्मचारीहरू राम्रो मानवता भएका, परमेश्वरमाथिको आफ्नो आस्थामा आधार भएका, जिम्मेवार भएर मामलाहरू सम्हाल्ने स्वभावका, र समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छन् भने, तिनीहरूलाई कामको प्रभारी बनाउँदा धेरै समस्याबाट बचिनेछ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले कामलाई सहज रूपमा अघि बढ्न दिनेछ। तर यदि विभिन्न टोलीका सुपरभाइजरहरू भरपर्दा छैनन्, कमजोर मानवता भएका छन्, शिष्ट व्यवहार गर्दैनन्, र सत्यता अभ्यास गर्दैनन्, र त्यसको साथै, तिनीहरूले केही अवरोध र बाधाहरू निम्त्याउने सम्भावना हुन्छ भने, यसले तिनीहरूले जिम्मेवारी लिएको काममा र तिनीहरूले अगुवाइ गर्ने दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमाथि प्रभाव पार्नेछ। त्यो प्रभाव अवश्यै ठूलो वा सानो हुन सक्छ। यदि सुपरभाइजरहरू केवल आफ्ना कर्तव्यहरूलाई उपेक्षा गर्छन् र आफूले गर्नुपर्ने काममा ध्यान दिँदैनन् भने, यसले सम्भवतः काममा केही ढिलाइ मात्र निम्त्याउनेछ; कार्यप्रगति अलि ढिलो हुनेछ, र काम अलि कम कुशल हुनेछ। तर, यदि तिनीहरू ख्रीष्टविरोधीहरू हुन् भने, समस्या गम्भीर हुनेछ: यो काम अलि बढी अकुशल वा अप्रभावकारी हुने समस्याको कुरा मात्र हुनेछैन—तिनीहरूले आफू जिम्मेवार रहेको मण्डलीको कामलाई बाधा र क्षति पुर्याउनेछन्, जसले गम्भीर हानि गर्नेछ। त्यसकारण, विभिन्न कामका सुपरभाइजरहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूबारे अवगत रहनु, र कसैले वास्तविक काम नगरेको थाहा पाउनेबित्तिकै समयमै हेरफेर र बरखास्त गर्नु अगुवा र कामदारहरूले टार्न मिल्ने दायित्व होइन—यो अत्यन्तै गम्भीर र महत्त्वपूर्ण काम हो। यदि अगुवा र कामदारहरूले तत्कालै विभिन्न कामका सुपरभाइजरहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको चरित्र, अनि सत्यता र आफ्ना कर्तव्यहरूप्रति तिनीहरूको मनोवृत्ति, साथै प्रत्येक अवधि र चरणमा तिनीहरूका स्थिति र कार्यप्रदर्शनबारे थाहा पाउन सक्छन्, र तत्कालै ती मानिसहरूलाई परिस्थितिहरूअनुसार समायोजन गर्न वा सम्हाल्न सक्छन् भने, काम सहज रूपमा अघि बढ्न सक्छ। त्यसविपरीत, यदि ती मानिसहरूले खराब कामकुरा गर्दै भाँडभैलो गर्छन् र मण्डलीमा वास्तविक काम गर्दैनन्, अनि अगुवा र कामदारहरूले तत्कालै यो कुरा पहिचान गर्न र समयमै काममा हेरफेर गर्न सक्दैनन्, बरु मण्डलीको काममा ठूलो नोकसान पुर्याउनेगरी सबै प्रकारका समस्याहरू आइपरेपछि मात्र तिनलाई सामान्य रूपमा सम्हाल्ने, काममा हेरफेर गर्ने, र परिस्थितिलाई सच्याउने र जोगाउने प्रयास गर्छन् भने, ती अगुवा र कामदारहरू फोहोरको डङ्गुर हुन्। तिनीहरू बरखास्त गरिनैपर्ने र हटाइनैपर्ने सच्चा झूटा अगुवाहरू हुन्।
भर्खरै, हामीले विविध कामका सुपरभाइजरहरूको वास्तविक स्थिति र तिनीहरूको कामको प्रभावकारिता बुझ्नु र जान्नुको महत्त्वबारे फराकिलो रूपले सङ्गति गर्यौँ, र अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न यी वास्तविक अवस्थाहरू प्रयोग गर्यौँ, र तिनीहरू झूटा अगुवाहरू हुन् भनेर प्रमाणित गर्ने प्रकटीकरणहरू कुनकुन हुन् भनेर खुलासा गर्यौँ, र यसमार्फत झूटा अगुवाहरूको सार चिरफार गर्यौँ। जब मण्डलीको काममा गम्भीर समस्याहरू देखा पर्छन्, तब झूटा अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन्। तिनीहरूले यी समस्याहरू तुरुन्तै पत्ता लगाउन पनि सक्दैनन्, र तिनलाई समयमै सम्हाल्न र समाधान गर्न पनि सक्दैनन्। यसले गर्दा समस्याहरू लामो समयसम्म रहिरहन्छन्, र पछि गएर यसबाट मण्डलीको काममा ढिलाइ र हानि हुन्छ, र यसले मण्डलीको काम अवरुद्ध वा अस्तव्यस्त पार्नसमेत सक्छ। यस्तो भइसकेपछि मात्रै झूटा अगुवाहरू मन नलागीनलागी मण्डलीको कामको दृश्यावलोकन गर्न जान्छन्, तैपनि तिनीहरूले अझै पनि समस्याहरू समाधान गर्नको लागि उपयुक्त वा उचित समाधानहरू पहिचान गर्न सक्दैनन्, र अन्ततः तिनीहरूले ती समाधान नभएको अवस्थामै छोड्छन्। झूटा अगुवाहरूको प्राथमिक प्रकटीकरण यही हो।
विभिन्न कामका सुपरिवेक्षकहरू चयन गर्नका लागि मानकहरू
के धेरैजसो मानिसहरू विविध कामका सुपरभाइजरहरू र विविध महत्त्वपूर्ण कामप्रति जिम्मेवार व्यक्तिहरू छनौट गर्ने मापदण्डहरूबारे धेरथोर हदसम्म स्पष्ट हुन्छन्? उदाहरणको लागि, कलाको कामको सुपरभाइजरमा मुख्य रूपमा के कुरा हुनुपर्छ? (तिनीहरूमा यो विधाको व्यावसायिक सीप हुनुपर्छ र तिनीहरूले कामको बोझ लिन सक्नुपर्छ।) व्यावसायिक सीप हुनु एउटा सिद्धान्त हो। त्यसोभए, यी व्यावसायिक सीपहरूले ठ्याक्कै के जनाउँछन्? हामी यसबारे व्याख्या गरौँ। यदि कसैलाई चित्रकला मन पर्छ र उसलाई कला निर्माण गर्न मन पर्छ, तर यो उसको पेसा होइन, र उसलाई यो विधामा ज्ञानको कमी छ, र उसलाई यो कुरा मन मात्रै परेको हो भने, के त्यस्तो व्यक्तिलाई कला समूहको सुपरभाइजर छनौट गर्नु उचित हुन्छ? (अहँ, हुँदैन।) कतिले भन्छन्, “यदि तिनीहरूलाई कला रचना गर्न मन पर्छ भने, तिनीहरूले काम गर्दै बिस्तारै यसबारे सिक्न सक्छन्।” के यो अभिव्यक्ति सही छ? (छैन।) कला समूहका अरू सबैजना पेशाप्रति अपरिचित हुन सक्छन्, र यो व्यक्तिले अरूले भन्दा अलिक बढी जानेको हुन सक्छ र उसले छिटो सिक्न सक्छ, तर त्यो यसको एउटा अपवाद मात्र हुन्छ। के यस्तो व्यक्ति छनौट गर्नु तुलनात्मक रूपमा उचित हुनेछ? (हो।) यो परिदृश्यबाहेक, मानौँ कला रचनामा संलग्न सबै मानिसहरूमध्ये यो व्यक्तिलाई मात्रै कला पेसाबारे केही थाहा हुँदैन, तर उसले सत्यता बुझेकोले र उसलाई कला रचना गर्न मनपर्ने हुनाले उसलाई छनौट गरिन्छ भने—के त्यो उचित हो? (अहँ, होइन।) किन यो उचित होइन? किनभने तिनीहरू पहिलो वा एउटै विकल्प होइनन्। त्यसोभए यसमा सुपरभाइजर कसरी छनौट गरिनुपर्छ? यो पेसामा सबैभन्दा सिपालु र अनुभवी मानिसहरूमध्येबाट सुपरभाइजर छनौट गरिनुपर्छ; अर्थात्, सुपरभाइजरहरू विशेषज्ञ हुनुपर्छ, र तिनीहरूसँग व्यावसायिक सीप र काम गर्ने क्षमता दुवै हुनुपर्छ—आम व्यक्ति छनौट नगर्। यो एउटा पक्ष हो। यसको साथै, तिनीहरू बोझ लिने हुनुपर्छ, तिनीहरूसँग आत्मिक बुझाइ हुनुपर्छ, र तिनीहरूले सत्यता बुझ्न सक्नुपर्छ। तिनीहरूसँग कम्तीमा पनि परमेश्वरमाथिको विश्वासको जग पनि हुनुपर्छ। यसमा मुख्य सिद्धान्तहरू यस्ता हुन्छन्: पहिलो, तिनीहरूसँग काम गर्ने क्षमता हुनुपर्छ; दोस्रो, तिनीहरूले सम्बन्धित पेसा बुझ्नुपर्छ; अनि तेस्रो, तिनीहरूसँग आत्मिक बुझाइ हुनुपर्छ र तिनीहरूले सत्यता बुझ्न सक्नुपर्छ। फरकफरक कामका सुपरभाइजरहरू छनौट गर्न यी तीन मापदण्डहरू प्रयोग गर।
विभिन्न कामका सुपरिवेक्षकहरूका सम्बन्धमा झुटा अगुवाहरूका प्रकटीकरणहरू
कामका विभिन्न विशिष्ट भागहरूको लागि सुपरभाइजरहरू छनौट गरेपछि, अगुवा र कामदारहरू केही नगरी पन्छिएर बस्नु हुँदैन; तिनीहरूले आफूले छनौट गरेका यी सुपरभाइजरहरूले साँच्चै नै कामको बोझ लिन सक्छन् कि सक्दैनन् र यसलाई सही मार्गमा अघि बढाउन सक्छन् कि सक्दैनन् भनेर हेर्न ती व्यक्तिहरूलाई केही समयसम्म तालिम दिँदै जगर्ना गर्नुपर्छ। त्यही नै जिम्मेवारी पूरा गर्नु हो। मानौँ, छनौटको बेला, तिमीहरूले ती उम्मेदवारहरूले आफ्नो पेसा बुझेका छन्, तिनीहरूसँग काम गर्ने क्षमता छ, तिनीहरूले थोरथोरै बोझ लिन्छन्, र तिनीहरूसँग आत्मिक बुझाइ र सत्यता बुझ्ने क्षमता छ भन्ने देख्यौ, ती हिसाबमा तिनीहरू योग्य छन् त्यसैले सबै कुरा ठीकठाक हुनेछ भन्ने तिमीहरूलाई लाग्यो, र तिमीहरूले यसो भन्यौ, “तिमीहरूले काम गर्न थाल्नुपर्छ; मैले तिमीहरूलाई सबै सिद्धान्तहरू बताइसकेको छु। अबदेखि, परमेश्वरको घरले तिमीहरूलाई जे गर्न लगाउँछ त्यही गर।” के यो काम अघि बढाउने स्वीकार्य तरिका हो? तैँले सुपरभाइजरहरूको बन्दोबस्त गरिसकेपछि, के यसको अर्थ तैँले यसलाई त्यतिकै छोड्न सक्छस् भन्ने हो? (अहँ, होइन।) त्यसोभए के गर्नुपर्छ? मानौँ अगुवाले हप्तामा दुईपटक सुपरभाइजरहरूसँग भेला गर्छ, तिनीहरूसँग सत्यता सङ्गति गर्छ, र त्यसबाहेक अरू केही गर्दैन, बरु उसले ती सुपरभाइजरहरू सबै सक्रिय, भरपर्दा, र अरूले भनेको कुरा बुझ्न सक्ने खालका छन्, र तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् भन्ने विश्वास गर्छ। ती सुपरभाइजरहरूले ठ्याक्कै कसरी आफ्नो काम गर्छन्, तिनीहरूले अरूसँग सद्भावपूर्ण सहकार्य गर्छन् कि गर्दैनन्, तिनीहरूले यो अवधिमा व्यावसायिक सीपहरू बुझेका छन् कि छैनन्, वा तिनीहरूले परमेश्वरको घरले तिनीहरूलाई दिएको काम कति हदसम्म पूरा गरेका छन् भन्ने कुरा उसले जाँझबुझ वा फलोअप गर्नुपर्दैन भनेर त्यो अगुवाले सोच्छ। के अगुवा र कामदारले काम सम्हाल्नुपर्ने तरिका यही हो? (अहँ, होइन।) झूटा अगुवाहरूले आफ्नो काम यसरी नै गर्छन्। तिनीहरूले सबै काम एकपटकमा सधैँको लागि पूरा गर्ने प्रयास गर्छन्, तिनीहरूले सुपरभाइजरहरूको बन्दोबस्त मिलाउँछन् र केही सदस्यहरूसहितको समूह बनाउँछन्, र त्यसपछि भन्छन्, “काम सुरु गर। यदि तिमीहरूलाई कुनै उपकरण चाहिन्छ भने, मलाई बताओ, र परमेश्वरको घरले तिमीहरूलाई ती कुरा किनिदिनेछ। यदि तिमीहरूले आफ्नो दैनिक जीवनमा कुनै कठिनाइ वा समस्याहरू सामना गर्यौ भने, तीबारे निर्धक्क बताओ, र परमेश्वरको घरले सधैँ तिमीहरूको लागि ती समाधान गरिदिनेछ। यदि तिमीहरूसँग कुनै कठिनाइहरू छैनन् भने, आफ्नो काममा ध्यान देओ। बाधा वा व्यवधानहरू पैदा नगर, र ठुल्ठुला विचारहरू नफलाक।” झूटा अगुवाहरूले ती मानिसहरूलाई मिलेर काम गर्न लगाउँछन्, र तिनीहरूसँग खानेपिउने कुरा, र बस्ने ठाउँ छ भने, त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूलाई कुनै ध्यान दिनुपर्दैन भन्ने सोच्छन्। जब माथिले “यो कामको लागि सुपरभाइजरहरू छनौट भएको कति भयो? काम कसरी अघि बढिरहेको छ?” भनेर सोध्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “छ महिना भयो। हामीले तिनीहरूको लागि लगभग १० वटा भेला आयोजना गरेका छौं, र तिनीहरू उत्साहित देखिन्छन्, र काम पूरा भइरहेको छ।” जब माथिले “त्यसोभए सुपरभाइजरहरूको काम गर्ने क्षमता कस्तो छ त?” भनेर सोध्छ, तब तिनीहरूले भन्छन्, “ठीकै छ; हामीले तिनीहरूलाई छनौट गर्दा, तिनीहरू नै सबैभन्दा उत्कृष्ट थिए।” माथिले तिनीहरूलाई सोध्छ, “अहिले तिनीहरूको अवस्था कस्तो छ? के तिनीहरूले वास्तविक काम गर्न सक्छन्?” तिनीहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूको लागि भेला आयोजना गरेँ।” माथिले जवाफ दिन्छ, “मैले तिमीले भेला आयोजना गर्यौ कि गरेनौ भनेर सोधेको होइनँ; मैले तिनीहरूको काम कस्तो भइरहेको छ भनेर सोधेको हुँ।” तिनीहरूले भन्छन्, “त्यो त ठीकै होला; कसैले नि तिनीहरूबारे कुनै नराम्रो कुरा रिपोर्ट गरेको छैन।” माथिले प्रतिक्रिया दिन्छ, “तिनीहरूबारे कसैले नि नराम्रो कुरा रिपोर्ट नगर्नु मापदण्ड होइन। तिमीले तिनीहरूको काम गर्ने क्षमता र व्यावसायिक सीपहरू कस्ता छन् भनेर हेर्नुपर्छ, र तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, र तिनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन् भनेर हेर्नुपर्छ।” तिनीहरूले जवाफ दिन्छन्, “छनौटको बेला, तिनीहरू ठीकै देखिन्थे। मैले केही समयदेखि विस्तृत विवरण सोधपुछ गरेको छैनँ। यदि तपाईंले पत्ता लगाउन चाहनुहुन्छ भने, म फेरि सोध्छु।” झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। तिनीहरूले आफूभन्दा मुनिकाहरूसँग निरन्तर भेलाहरू आयोजना गर्छन् र सङ्गति गर्छन्, तर माथिसँग तिनीहरूले छलकपट गर्छन् र झाराटारुवा जवाफ दिन्छन्। तिनीहरूको सबैभन्दा राम्रो झाराटारुवा जवाफ “मैले तिनीहरूको लागि भेला आयोजना गरेँ। पछिल्लोपटक, मैले कामबारे धेरै विस्तृत रूपमा सोधेँ” भन्ने हुन्छ। तिनीहरूले माथिलाई यसरी नै जवाफ दिन्छन्। के यी झूटा अगुवाहरूले वास्तविक काम गरिरहेका हुन्छन्? के तिनीहरूले वास्तविक समस्याहरू पहिचान गरेका हुन्छन्? के तिनीहरूले ती समस्या समाधान गरेका हुन्छन्? सुपरभाइजरहरू बन्दोबस्त गरेपछि, झूटा अगुवाहरूलाई सुपरभाइजरहरूले जिम्मेवारी पूरा गर्ने वा बफादार बन्ने गरेका छन् कि छैनन्, काम कसरी भइरहेको छ, परिणामहरू असल छन् कि खराब, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूबारे कसरी रिपोर्ट गरिरहेका छन्, वा कामको लागि अझै उपयुक्त व्यक्तिहरू छन् कि छैनन् भन्नेबारे पूरै अनजान हुन्छन्। तिनीहरू किन यी कुराहरूबारे अनजान हुन्छन्? किनभने तिनीहरूले यो वास्तविक काम गर्दैनन्; तिनीहरू व्यर्थ कुराहरूमा मात्रै व्यस्त हुन्छन्। तिनीहरूले यसरी निरन्तर कामको सुपरिवेक्षण र निरीक्षण गर्नु अनावश्यक हुन्छ, किनभने यसो गर्नुको अर्थ तिनीहरूसँग ती सुपरभाइजरहरूप्रति भरोसा नगर्नु हो भन्ने सोच्छन्। तिनीहरूको विचारमा, भेलाहरू आयोजना गर्नु नै आफ्नो जिम्मेवारी पूरा गर्नु र बफादारिता प्रदर्शन गर्नु हो। झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको प्राथमिक प्रकटीकरण यही हो।
अ. वास्तविक काम नगर्ने सुपरिवेक्षकहरूलाई झुटा अगुवाहरूले कस्तो व्यवहार गर्छन्
झूटा अगुवाहरूले मण्डलीका हरप्रकारका कामका सुपरभाइजरहरूका विभिन्न परिस्थितिहरूप्रति आँखा चिम्लिदिन्छन्; तिनीहरूले यी परिस्थितिहरूबारे बुझ्ने, वा तिनलाई जाँच्ने, वा तिनलाई सम्हाल्ने, वा तिनलाई सुल्झाउने गर्दैनन्। सुपरभाइजरहरूका केकस्ता खास परिस्थितिहरू हुन्छन्? पहिलोचाहिँ के हो भने, सुपरभाइजरहरूले बोझ लिँदैनन् र आफूले गर्नुपर्ने उचित काम नगरी वा वास्तविक नगरी खानपान, र मनोरन्जन गर्न मात्र खोजिरहन्छन्। के यो गम्भीर समस्या होइन र? (हो।) कति मानिसहरूसँग काम गर्ने क्षमता हुन्छ, तिनीहरूमा पेसागत दक्षता हुन्छ, र तिनीहरू सबैभन्दा उत्कृष्ट हुन्छन्; तिनीहरू बोल्न सिपालु र बुद्धिमानी हुन्छन्, र यदि निर्देशनहरू दोहोर्याउन लगाइयो भने तिनीहरूले एउटा शब्द पनि नछुटाई ती निर्देशनहरू बताउन सक्छन्, तिनीहरू पर्याप्त रूपमा चलाख हुन्छन्; तिनीहरूले सबैबाट निकै राम्रो मूल्याङ्कन पाउँछन्, र तिनीहरू विश्वासी बनेको धेरै भएको हुन्छ। फलस्वरूप, तिनीहरूलाई सुपरभाइजरको रूपमा छनौट गरिन्छ। तैपनि, ती मानिसहरू व्यावहारिक छन् कि छैनन्, मूल्य चुकाउन सक्छन् कि सक्दैनन्, र वास्तविक काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कसैलाई थाहा हुँदैन। मानिसहरूले तिनीहरूलाई छनौट गर्ने हुनाले, सुरुमा तिनीहरूलाई वृद्धिविकास र प्रयोग गर्नको लागि परीक्षणको रूपमा बढुवा दिइन्छ। तैपनि, केही समय काम गरेपछि, तिनीहरू आफ्नो व्यावसायिक सीप र अनुभवको बाबजुद पनि लोभी र अल्छी हुन्छन्, र मूल्य चुकाउन अनिच्छुक हुन्छन् भन्ने कुरा पत्ता लाग्छ। अलिक थकाइलाग्दो हुनेबित्तिकै तिनीहरूले काम गर्न छोड्छन्, र तिनीहरूले आफ्नो मार्गदर्शन चाहिने समस्या वा कठिनाइमा रहेका कसैमाथि ध्यान दिन चाहँदैनन्। एकाबिहानै, आँखा खोल्नेबित्तिकै, तिनीहरूले सोच्छन्, “आज के खाने? भान्सामा सुँगुरको मासु नपकाएको धेरै दिन भयो।” तिनीहरूले प्राय सधैँ अरूलाई भन्छन्, “मेरो शहरतिर पाइने खाजा निकै स्वादिष्ट हुन्छन्; हामी हरेक चाडपर्वमा बाहिर गएर खान्थ्यौँ। म स्कूल हुँदा, शनिबार निद्रा पुगुञ्जेल सुत्थेँ, र त्यसपछि अनुहार नधोई वा कपाल नकोरी खान जान्थेँ। दिउँसो, म पाइजामा लगाएर बस्थेँ अनि घरभित्रै भिडियो गेम खेल्थेँ, कहिलेकहीँ अर्को बिहान ५ बजेसम्म खेल्थेँ। अहिले त, परमेश्वरको घरको कामले मलाई यो हालतमा पुर्याएको छ, र सुपरभाइजरको रूपमा, मैले निश्चित काम गर्नुपर्छ। तिमीहरू सबैलाई कति सजिलो छ, हेर त; तिमीहरूले यो मूल्य चुकाउनुपर्दैन। सुपरभाइजरको रूपमा, मैले त कठिनाइ भोग्न सक्नुपर्छ।” तिनीहरूले यसो भन्छन्, तर के तिनीहरूले देहविरुद्ध विद्रोह गर्छन्? के तिनीहरूले मूल्य चुकाउँछन्? तिनीहरू गुनासोले भरिएका हुन्छन्, र तिनीहरू कुनै पनि वास्तविक काम गर्न इच्छुक हुँदैनन्। तिनीहरूलाई धकेल्दा मात्रै हिँड्छन्, र सुपरिवेक्षणविना, तिनीहरूले झाराटारुवा व्यवहार गर्छन्। कर्तव्य निर्वाह गर्दा, तिनीहरू आराम गर्छन् र अनुशासनहीन हुन्छन्, तिनीहरू प्रायजसो धर्त र सुस्त हुन्छन्, र तिनीहरू अलिकति पनि जिम्मेवार हुँदैनन्। आफूले देखेका व्यावसायिक समस्याहरूको हकमा पनि तिनीहरूले अरूको लागि तिनलाई सुधार्ने गर्दैनन्, र अरू सबैले पनि तिनीहरूले जस्तै झाराटारुवा व्यवहार गर्दा तिनीहरू खुशी हुन्छन्। तिनीहरू कामलाई कसैले नि गम्भीरतापूर्वक लियोस् भन्ने चाहँदैनन्। कति सुपरभाइजरहरू त आफ्नो हातमा रहेका कामहरूलाई यत्तिकै झाराटारुवा तरिकाले सक्काइहाल्छन्, र त्यसपछि तिनीहरूले अटुट रूपमा धेरै टिभी टेलीश्रृङ्खलाहरू हेर्न थाल्छन्। तिनीहरू टेलीश्रृङ्खलाहरू हेर्नमा व्यस्त हुनुको कारण के हो? “मैले मेरा कामहरू पूरा गरिसकेको छु; मैले परमेश्वरको घरबाट सित्तैँमा खाइरहेको छैनँ। म त मन ताजा गर्न मात्रै समय बिताइरहेको छु। नत्रभने, म अत्यन्तै थकित हुनेछु, र मेरो कामको प्रभावकारितामा असर पर्नेछ। मेरो कामको प्रभावकारिता सुधार्न मलाई केही समय शान्त हुन देऊ।” तिनीहरूले राती २-३ बजेसम्म टेलीश्रृङ्खलाहरू हेर्छन्। भोलिपल्ट बिहान ८ बजे सबैले बिहानको खाना खाइसकेर कर्तव्य निर्वाह गर्न थाल्दा पनि, अझै ती सुपरभाइजरहरू सुतिरहेका हुन्छन्, र घाम माथि पुग्दा पनि तिनीहरू ओछ्यानबाट उठ्दैनन्। पछि, तिनीहरू मन नलागीनलागी उठ्छन्, खुट्टा घिसार्दै, जिउ तन्काउँदै र हाइ काढ्दै बाहिर आउँछन्, अनि अरू सबैले काम थालिसकेको देखेर तिनीहरू आफ्नो अल्छीपन अरूले देख्लान् भनेर डराउँछन्, र बहानाहरू बनाउन थाल्छन्, “म हिजो राती धेरै अबेर बसेँ, काम धेरै थियो, कामको बोझ अत्यन्तै भारी थियो। म अलिक थकित छु। मैले हिजो राती एउटा काममा समस्या छ भन्ने सपना पनि देखेँ। आज बिहान बिउँझँदा, मेरो हात कम्प्युटरको टाइपिङ्ग पोजिशनमा रहेछ। मेरो मन साँच्चै अस्पष्ट भएको छ, र आज दिउँसो म सुत्नुपर्छ।” तिनीहरू यति ढिलो उठ्छन् र दिउँसो पनि सुत्नुपर्छ—के तिनीहरू सुँगुर बनेका हुँदैनन् र? तिनीहरूले स्पष्ट रूपमै सुस्ती गरिरहेका हुन्छन्, तैपनि तिनीहरूले आफूलाई सही साबित गर्न र जोगाउन बहाना बनाउँछन्, र तिनीहरूले राती ढिलोसम्म कर्तव्य निर्वाह गरेको कारण आफू थकित भएको दाबी गर्छन्। तिनीहरू स्पष्ट रूपमै एकोहोरो रूपमा टेलीनाटकहरू हेर्ने, देहगत सहजतामा लिप्त हुने, र भोगी जीवन जिउने कार्य गरिरहेका हुन्छन्, तैपनि अन्त्यमा अरूलाई छल्न राम्रो सुनिने बहानाहरूसमेत बनाउन खोज्छन्। के यो आफूले गर्नुपर्ने उचित कामप्रति ध्यान नदिनु होइन र? (हजुर, हो।) यस्ता मानिसहरूसँग कार्यक्षमता र व्यावसायिक सीप हुन सक्छ, तर के तिनीहरू मापदण्डअनुरूपका सुपरभाइजरहरू हुन् त? अवश्यै होइनन्। तिनीहरू अत्यन्तै अल्छी हुने हुनाले, तिनीहरू देहगत सहजतामा लिप्त हुने हुनाले, तिनीहरू खाना, निद्रा, र मनोरञ्जनको लोभी हुने हुनाले, र तिनीहरूले सुपरभाइजरका जिम्मेवारीहरू लिन वा पूरा गर्न नसक्ने हुनाले, तिनीहरू सुपरभाइजर बन्न लायक हुँदैनन्।
कति महिलाहरूले प्राय अनलाइनमा लुगा, जुत्ता, सौन्दर्य सामग्री, र खानेकुरा हेर्छन्, र त्यो काम सकेपछि, एकोहोरो रूपमा टेलीनाटकहरू हेर्न थाल्छन्। मानिसहरूले भन्छन्, “तपाईं आफ्नो काम सक्दै नसकी किन टेलीनाटकहरू हेरेर बस्नुहुन्छ? साथै, अरू मानिसहरूसँग अझै पनि धेरै समस्याहरू छन्। सुपरभाइजरको रूपमा, तपाईंले तिनीहरूलाई मार्गदर्शन गर्नुपर्छ। तपाईंले किन आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छैन?” ती महिलाहरूले भन्छन्, “विभिन्न टेलीनाटकहरू हेर्नु पनि मेरो कामको भाग नै हो। परमेश्वरको घरका भिडियो र चलचित्रहरू निर्माण गर्नुपर्छ, र मैले यी टेलीनाटकहरूबाट प्रेरणा प्राप्त गर्नुपर्छ!” के त्यो छली कुरा होइन र? यदि तिनीहरू यो पेसामा संलग्न छन् भने, कहिलेकहीँ प्रेरणाको लागि टेलीनाटकहरू हेर्नु स्वीकार्य नै हुन्छ, तर के प्रेरणा प्राप्त गर्नको लागि दिन रात हेर्ने त? के त्यो छली कुरा होइन र? (हजुर, हो।) त्यहाँ के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा हुन्छ, त्यसैले त्यस्ता कुराहरू बोलेर, ती महिलाहरूले आफ्नो गरिमा र निष्ठा बेचिरहेका हुन्छन्। कति मानिसहरूसँग पहिले नै भिडियो गेम खेल्ने बानी हुन्छ, र त्यो तिनीहरूको जीवनको नियमित कुरा बनेको हुन्छ। तर सुपरभाइजरको रूपमा छनौट भएपछि, के तिनीहरूले ती खराब बानीबेहोरा र आनीबानी परिवर्तन गर्नुपर्दैन र? (पर्छ।) यदि तिनीहरूले तीविरुद्ध विद्रोह गर्न सक्दैनन् भने, तिनीहरूलाई सुपरभाइजरको रूपमा छनौट गर्दा, तिनीहरूले यसो भन्नुपर्छ, “म यो काम लिन सक्दिनँ। म भिडियो गेम खेल्ने लतमा परेको छु। जब म गेम खेल्छु, तब म सबै कुरा बिर्सिन्छु, र कसैले नि मलाई हस्तक्षेप वा प्रभावित गर्न सक्दैन। यदि तिमीहरूले मलाई छनौट गर्यौ भने, यसले अवश्य नै काममा ढिलाइ गराउनेछ। त्यसैले तुरुन्तै कदम चाल्नुहोस् र मलाई सुपरभाइजर बन्न नदिनुहोस्।” यदि ती मानिसहरूले अग्रिम रूपमा यस्तो घोषणा गर्दैनन् र छनौट हुँदा हैसियतलाई प्रिय ठान्दै खुशी र गौरव महसुस गर्छन्, र सुपरभाइजर बनेपछि पनि तिनीहरूले पहिलेजसरी मनलाग्दी रूपमै भिडियो गेमहरू खेल्छन् भने, यो अनुचित हुन्छ, र यसले अवश्य नै काममा ढिलाइ गराउनेछ।
कति सुपरभाइजरहरूमा निश्चित खराब बानीहरू हुन्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई छनौट गर्छन्, तब कतिले त तिनीहरूको परिस्थिति नै बुझ्दैनन्, जबकि कति अरूले ती व्यक्तिहरूले परमेश्वरको लागि आफूलाई पूर्णकालीन रूपमा समर्पित गर्न सक्छन् भन्ने विश्वास गर्छन्, र जवान मानिसहरूका खराब बानीबेहोरा र आनीबानीहरू उमेरसँगै र सत्यताबारे निरन्तर बुझाइ आएसँगै क्रमिक रूपमा परिवर्तन हुन सक्छन् भन्ने सोच्छन्। ती व्यक्तिहरूलाई सुपरभाइजरको रूपमा छनौट गर्दा, धेरै मानिसहरूले यही मनोवृत्ति र दृष्टिकोण बोकेका हुन्छन्। अनि ती व्यक्तिहरू छनौट भएपछि, तिनीहरूले अलिअलि काम गर्छन्, तर केही समयपछि नै तिनीहरू नकारात्मक बन्छन् र यस्तो सोच्छन्, “सुपरिवेक्षक बन्नु सजिलो छैन। म बिहानै उठ्नुपर्छ र राती अबेरसम्म बस्नुपर्छ, र मैले हरमोडमा अरूले भन्दा बढी काम र अवलोकन गर्नुपर्छ। मैले अझै धेरै चिन्ता गर्नुपर्छ, र मेरो समय र ऊर्जा अझै धेरै खर्च गर्नुपर्छ। यो काम गाह्रो छ; यो अत्यन्तै थकाइलाग्दो छ!” फलस्वरूप, तिनीहरूले काम छोड्नेबारे सोच्छन्। यदि तैँले बोझ लिँदैनस् भने, तैँले सुपरभाइजरको काम गर्न सक्दैनस्। यदि तैँले हृदयमा बोझ बोकेको छस् भने, तँ कामबारे चिन्ता गर्न तयार हुनेछस्, र तैँले आफू अरूभन्दा अलिक थकित भए नि कष्ट भोगिरहेको महसुस गर्नेछैनस्। विश्राम गर्ने समय आए नि अझै तैँले “आजको काम कस्तो भयो?” भनेर सोच्दै बस्नेछस्। यदि तँलाई समाधान नभएको समस्या अचानक याद आयो भने, तँलाई निद्रा लाग्नेछैन। यदि तैँले हृदयमा बोझ बोकेको छस् भने, तैँले सधैँ कामबारे विचार गरिरहेको हुनेछस्, र आफूले कति राम्ररी खाइरहेको छु वा कति आराम गरिरहेको छु भनेरसमेत वास्ता गर्नेछैनस्। यदि मानिसहरूले सुपरभाइजरको रूपमा एकदमै थोरै मात्र बोझ लिन्छन् भने, तिनीहरूको थोरै जोश केही दिन मात्रै रहन्छ, र समय बित्दै जाँदा, तिनीहरूमध्ये कतिले यसलाई सहनै सक्दैनन्। तिनीहरूले सोच्छन्, “यो काम कति थकाइलाग्दो छ। मैले आनन्द लिने र अलिक आराम गर्ने उपाय के हो? बरु म त केही भिडियो गेम नै खेल्नेछु।” तिनीहरूले छोटो समयसम्म राम्रो कार्यप्रदर्शन गर्छन्, तर अचानक तिनीहरूलाई भिडियो गेम खेल्ने इच्छा हुन्छ। तिनीहरूले त्यो सुरु गरेपछि, त्यसलाई रोक्न सक्दैनन्; अनि तिनीहरूमा पहिले भएको त्यो सानो बोझ पनि खेल्न थालेसँगै नष्ट भएर जान्छ, र सँगसँगै कर्तव्य निर्वाह गर्ने तिनीहरूको उत्साहपूर्ण इच्छा, सङ्कल्प, र सकारात्मक मनोवृत्ति पनि हराइजान्छ। जब कसैले तिनीहरूलाई कुनै कुरा सोध्छ, तब तिनीहरू अधीर बन्छन्। तिनीहरूले या त मानिसहरूलाई काटछाँट गर्छन्, वा तिनीहरूमाथि भाषण छाँट्छन् र तिनीहरूका कुरा खोतल्छन्, वा झाराटारुवा तरिकाले काम गर्छन् र आफ्नो काम त्याग्छन्। के ती सुपरभाइजरहरूमा समस्या हुँदैन र? (हुन्छ।) दिनभरि, तिनीहरूले धुम्म अनुहार लाएर आफ्नो काम बल्लबल्ल पूरा गर्छन्, र राती, कसैले नदेखेको बेला, एक झिमिक्क पनि नसुती लुकेर भिडियो गेमहरू खेल्छन्। सुरुमा, तिनीहरूलाई यसबारे सहज नै लाग्छ, र तिनीहरूले सोच्छन्, “मैले दिनभरि काममा ढिलाइ गरिनँ। मैले आफूले गर्नुपर्ने सबै काम गरिसकेको छु। मैले अरूले मलाई सोधेका सबै समस्याहरू समाधान गरेको छु। यदि मैले भिडियो गेम खेल्ने समय निकाल्नको लागि राती सुतिनँ भने पनि, के यो सबै कुरा म बफादार बनेको रूपमा गन्ती हुँदैन र?” परिणामस्वरूप, तिनीहरूले भिडियो गेम खेल्न थालेपछि, गेम रोक्नै सक्दैनन्, र तिनीहरूले कसैको कुरा सुन्दैनन्। यसले अरूको विश्राम वा काम गर्ने वातावरणमा असर नगरे नि, के त्यस्ता सुपरभाइजरहरूले अझै आफ्नो कामको बोझ लिन सक्छन्? के तिनीहरूले राम्ररी काम गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरू प्रायजसो रातभरि नसुरी भिडियो गेम खेल्छन्, अनि दिनभरि काम गर्नुपर्ने हुन्छ—एक व्यक्तिमा कति ऊर्जा हुन सक्छ र? यदि तिनीहरू यसरी भिडियो गेम खेल्नमा लागिरहन्छन् भने के तिनीहरूको कामको प्रभावकारिता राम्रो हुनेछ? अवश्य नै हुनेछैन। त्यसकारण, त्यस्ता सुपरभाइजरहरूले आफ्नो कर्तव्य निर्वाह गर्न वा आफ्नो कामको बोझ लिन पटक्कै सक्दैनन्। तिनीहरूसँग व्यावसायिक सीप र केही क्षमता भए नि, तिनीहरू खेल्नै मन गर्छन् र उचित काम गर्दैनन्। के यी सुपरभाइजरहरूलाई बर्खास्त गरिनुपर्दैन र? यदि तिनीहरूलाई बर्खास्त गरिएन भने, काममा ढिलाइ हुनेछ। कति मानिसहरू भन्छन्, “यदि तिनीहरूलाई बर्खास्त गरियो भने, हामीले तिनीहरूजस्तै व्यावसायिक सीप भएका अरू कोही भेट्टाउन सक्नेछैनौँ। हामीले तिनीहरूलाई यो काम गर्न दिनुपर्छ—तिनीहरूले भिडियो गेम खेल्ने गरे नि कामको बोझ लिन सक्छन्।” के यो अभिव्यक्ति सही छ? (अहँ, छैन।) व्यक्तिले एकैपटक दुई कुरामा ध्यान दिन सक्दैन; मानिसहरूसँग सीमित ऊर्जा हुन्छ। यदि तैँले आफ्नो धेरैजसो ऊर्जा गेममा केन्द्रित गरिस् भने, कर्तव्य निर्वाह गर्ने तेरो समर्पणमा असर हुनेछ, र कर्तव्य निर्वाह गर्ने तेरो प्रभावकारितामा ठूलो सम्झौता हुनेछ। यो कर्तव्य निर्वाह गर्ने कार्यप्रतिको गैरजिम्मेवार मनोवृत्ति हो। यस्तोमा व्यक्तिले आफ्नो कर्तव्यमा सारा हृदय र सारा ऊर्जा लगाए नि परिणामहरू शतप्रतिशत मापदण्डअनुरूप हुनेछैनन्। यदि तिनीहरूले आफ्नो हृदय र आफ्नो धेरैजसो ऊर्जा गेममा केन्द्रित गरे भने यो अझै खराब हुनेछ—तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्नको लागि चाहिने त्यति धेरै ऊर्जा र सोचाइ हुनेछैन, र कर्तव्य निर्वाह गर्ने तिनीहरूको प्रभावकारितामा असर पुग्नेछ। तर यसले असर गर्नेछ भनेर भन्नु यसलाई नरम तरिकाले व्यक्त गर्नु हो; वास्तवमा, कर्तव्य निर्वाह गर्ने तिनीहरूको प्रभावकारितामा गम्भीर क्षति पुग्नेछ। यदि त्यस्ता सुपरभाइजरहरू पहिचान भए भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ र अर्को काममा लगाउनुपर्छ, किनभने तिनीहरू पहिले नै अयोग्य साबित भइसकेका हुन्छन्। तिनीहरूको कर्तव्य निर्वाह मापदण्डअनुरूप नहुने मात्र होइन—तिनीहरू पहिले नै कामको बोझ लिन नसक्ने हुन्छन् र तिनीहरूले आफ्नो काममा कुनै पनि सकारात्मक प्रभाव पार्न सक्दैनन्। त्यसकारण, तिनीहरूको काम लिनलाई अलिक कम व्यावसायिक सीप भए नि कोही इमानदार र जिम्मेवार व्यक्ति खोज्नु नै योभन्दा राम्रो विकल्प हुनेछ।
भर्खरै, मैले खान, सुत्न, र मनोरन्जन लिन मन पराउने विभिन्न प्रकारका मानिसहरूबारे सङ्गति गरेँ। अर्को प्रकारका व्यक्तिहरू पनि हुन्छन्। सुरुमा, सुपरभाइजरहरू छनौट गर्ने क्रममा, यस्ता व्यक्तिहरू हरेक हिसाबमा उक्त भूमिकाको लागि उपयुक्त देखिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू सबैजना तिनीहरूलाई नै छनौट गर्न तयार हुन्छन्। तिनीहरूले ती व्यक्तिहरूमा राम्रो मानवता छ, तिनीहरू आफ्नो पेसामा उत्साहित, र दक्ष छन्, साथै समूहमा हरेक पक्षमा तिनीहरू नै सबैभन्दा राम्रा र सबल छन् भन्ने सोच्छन्, जसले गर्दा तिनीहरू सुपरभाइजर पदको लागि स्पष्ट छनौट बन्छन्। तैपनि, छनौट भएपछि कुनै पनि बेला, ती व्यक्तिहरू भेलाहरूमा समेत बारम्बार निदाउन थाल्छन्। जब अरूले तिनीहरूसँग कुरा गर्छन्, तब तिनीहरू सधैँ अन्योल पर्छन् र तिनीहरूले ती प्रश्नहरूका अप्रासङ्गिक उत्तर दिन्छन्। तिनीहरू पहिले यस्ता थिएनन्, तर अचानक किन तिनीहरू फरक व्यक्ति बनेजस्तो लाग्छ? अनि पछि अचानक कसैले यस्तो सुपरभाइजरको कुनै व्यक्तिसँगको कुराकानीमा तिनीहरू दुईजना रोमान्टिक सम्बन्धमा भएजस्तो कुरा पत्ता लगाउँछ, र तिनीहरू साँच्चै नै रोमान्टिक सम्बन्धमा संलग्न भएका छन् कि छैनन् भन्नेबारे अनुमानहरू पैदा हुन्छन्। यो मामला झन्झन् स्पष्ट हुँदै जाँदा, यो सुपरभाइजर झन्झन् भ्रमित हुँदै जान्छ। जब उसलाई कुनै कुराबारे प्रश्न सोधिन्छ वा कुरा गरिन्छ, तब उसको प्रतिक्रिया पहिलेको जस्तो छिटो हुँदैन, र ऊ पहिलेजस्तो स्पष्ट र बुझ्न सकिने हुँदैन। उसले सुपरभाइजरले गर्नुपर्ने काम झन्झन् कम रूपमा मात्र गर्न थाल्छ, र कर्तव्य निर्वाह गर्नेबारे उसको उत्साह झन्झन् कम हुन्छ। ऊ फरक व्यक्ति बनेजस्तै देखिन्छ; उसलाई पहिलेभन्दा बढी आफ्नो लुगा र व्यक्तिगत सजावटप्रति चासो हुन्छ। यहीँ नै समस्या छ। विगतमा, काममा व्यस्तता हुने अवधिहरूमा, उसले बिरलै नुहाउँथ्यो, तर अहिले उसले दिनमा दुईपटक मुख धुन्छ, र हरेकपटक अवसर पाउनेबित्तिकै कपाल कोर्छ र ऐना हेर्छ, र अरूलाई निरन्तर सोधिरहन्छ, “तपाईंलाई मेरो अनुहारको छाला अचेल अलिक गोरो भएजस्तो लाग्छ कि कालो भएजस्तो लाग्छ? मलाई किन आफू कालो भएजस्तो लाग्छ?” मानिसहरूले जबाफ दिन्छन्, “सुपरिवेक्षक भएर तपाईंले यी चिजहरूबारे कुरा गर्नु अत्यन्तै मूर्खतापूर्ण हुन्छ—गोरो वा कालो बन्दा यसले कुनै कुरामा के असर गर्छ र?” यस्ताहरूले निरन्तर यी सानातिना विषयहरूबारे कुरा गर्छन्, र तिनीहरू आफ्नो काम गर्ने मुडमा हुँदैनन्। जबजब मौका मिल्छ, तबतब तिनीहरूले लुगा, महिला, पुरुष, र मायाप्रेमबारे, अनि मानिसहरूले कस्तो श्रीमान वा श्रीमती छनौट गर्ने भन्नेबारे छलफल गर्छन्, तर तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा केकस्ता समस्याहरू छन् वा तिनलाई कसरी समाधान गर्ने भनेर कहिल्यै छलफल गर्दैनन्। के यहाँ समस्या छैन र? के तिनीहरूले अझै पनि काम गर्न सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूको मानसिकता परिवर्तन भएको हुन्छ, र कर्तव्य निर्वाह गर्ने कुरा त अब तिनीहरूको विचारमा हुँदै हुँदैन। बरु, तिनीहरूको मन दिनभरि रोमान्टिक सम्बन्धहरूमा कसरी संलग्न हुने, कसरी चिटिक्क रूपमा लुगा लगाउने, र विपरीतलिङ्गीलाई कसरी आकर्षित गर्ने भनेर सोच्नमै व्यस्त हुन्छ। गैरविश्वासीहरूमाझ एउटा वाक्यांश छ: “प्रेममा फस्नु।” के यो प्रेम हो? अहँ, यो त गहिरो खाल्डो हो! तँ यसमा फसेपछि, यसबाट बाहिर आउन सक्दैनस्। के कर्तव्य निर्वाह गरिरहेका व्यक्तिहरूमाझ यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) मानिसहरूले रोमान्टिक साथी खोज्दा परमेश्वरको घरले हस्तक्षेप नगर्ने भए नि, यदि त्यसमार्फत तिनीहरूले मण्डली जीवनमा बाधा दिए भने र मण्डलीको काममा असर पारे भने, ती मानिसहरूलाई सफाइ गरी हटाइनुपर्छ। ती जोडीहरूले बाहिर गएर आफूआफै डेटिङ गर्नुपर्छ र अरूलाई असर पार्नु हुँदैन। यदि तँ परमेश्वरको लागि आफ्नो सारा जीवन अर्पित गरेर समर्पित बनेको व्यक्ति होस्, र तैँले रोमान्टिक सम्बन्धहरूमा संलग्न नहुने सङ्कल्प गरेको छस् भने, परमेश्वरको लागि आफूलाई अर्पित गर्ने कार्यमा ध्यान दे। यदि तँ रोमान्टिक सम्बन्धमा प्रवेश गरेको छस् र तँलाई अबदेखि आफ्नो काम गर्न मन लाग्दैन भने, तैँले सुपरभाइजरको कर्तव्य निर्वाह गर्नु हुँदैन, र परमेश्वरको घरले त्यो पदमा अर्को व्यक्ति छनौट गर्नेछ। परमेश्वरको घरको काममा तेरो रोमान्टिक सम्बन्धले ढिलाइ गराउनु वा असर पार्नु हुँदैन। काम अघि बढिरहनुपर्छ। अनि काम कसरी अघि बढिरहन सक्छ? तेरो काम सुम्पन अर्को सुपरभाइजर छनौट गरेर, जो रोमान्टिक सम्बन्धमा संलग्न छैन, जोसँग राम्रो व्यावसायिक सीप छ र जसले कामको बोझ लिन सक्छ। परमेश्वरको घरले सधैँ यसरी नै काम गर्छ, र यो सिद्धान्त अपरिवर्तित नै रहन्छ। कति सुपरभाइजरहरू भन्छन्, “मेरो रोमान्टिक सम्बन्धले मेरो काममा असर पार्दैन; मलाई नै इन्चार्ज रहन दिनुहोस्।” के हामीले यो अभिव्यक्तिमा विश्वास गर्न सक्छौं? (अहँ, सक्दैनौँ।) हामीले किन यसमा विश्वास गर्न सक्दैनौँ? किनभने तथ्यहरू सबैको लागि स्पष्ट छन्! जब व्यक्ति रोमान्टिक सम्बन्धमा हुन्छ, तब उसले आफ्नो रोमान्टिक साथीबारे मात्रै सोच्छ, र उसको हृदय यी कुराहरूमा व्यस्त हुन्छ, त्यसकारण उसलाई भेलाहरूमा प्राय निद्रा लाग्ने गर्छ र उसले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैन। त्यसकारण, परमेश्वरको घरले त्यस्ता व्यक्तिहरूलाई जेजसरी निराकरण गर्छ त्यो तरिका उचित र सिद्धान्तहरूअनुरूप हुन्छ। परमेश्वरको घरले तँलाई डेटिङ गर्नबाट रोक्दैन, न त यसले तँलाई तेरो डेटिङ गर्ने स्वतन्त्रता नै खोस्छ। तैँले धीत मरुन्जेल कसैसँग डेट गर्न सक्छस्: त्यो तैँले आफै निर्णय गर्न सक्ने कुरा हो, बस तैँले यसबारे पछुतो नगरे, यसबारे पछि नरोए भइहाल्यो। केही सुपरभाइजरहरूलाई रोमान्टिक सम्बन्धको कारण बर्खास्त गरिएको हुन्छ। अनि कति मानिसहरू सोध्छन्, “के व्यक्ति रोमान्टिक सम्बन्धमा भएपछि उसले परमेश्वरमा विश्वास गर्न पाउँदैन र?” परमेश्वरको घरले कहिल्यै त्यसो भनेको छैन। के परमेश्वरको घरले रोमान्टिक सम्बन्धमा संलग्न सबै मानिसहरूलाई इन्कार्ने वा निष्कासित गर्ने गर्छ त? (गर्दैन।) यदि तँ रोमान्टिक सम्बन्धमा छस् भने, तँ सुपरभाइजर वा अगुवा वा कामदार बन्न सक्दैनस्, र यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न समर्पित छैनस् भने, तैँले पूर्णकालीन कर्तव्यवाला मण्डली छोड्नुपर्छ। के कसैले तँलाई अबदेखि परमेश्वरमा विश्वास गर्न दिइँदैन, वा तँलाई निष्कासित गरिनेछ भनेर भनेको छ र? के कसैले तँलाई मुक्ति दिन सकिँदैन, वा तँ श्रापित हुनेछस् भनेर फैसला गरेको छ र? (छैन।) परमेश्वरको घरले कहिल्यै त्यस्ता कुराहरू भनेको छैन। परमेश्वरको घरले तेरो व्यक्तिगत निर्णय र स्वतन्त्रतामा कदापि हस्तक्षेप गर्दैन; यसले तँबाट कुनै पनि स्वतन्त्रता खोस्दैन—यसले तँलाई स्वतन्त्रता प्रदान गर्छ। तैपनि, यस्तो सुपरभाइजरको हकमा, परमेश्वरको घरले तिनीहरूलाई निराकारण गर्ने सिद्धान्त भनेको तिनीहरूलाई बर्खास्त गर्नु र तिनीहरूको स्थान लिन उपयुक्त व्यक्ति खोज्नु हो। यदि तिनीहरू कर्तव्य निर्वाह गरिरहनको लागि उपयुक्त छन् भने, तिनीहरूलाई राख्न सकिन्छ। होइन भने, तिनीहरूलाई पठाइनेछ। कुनै कुटपिट वा मौखिक दुर्व्यवहार वा अपमान हुनेछैन। यो लाजमर्दो कुरा होइन; यो अत्यन्तै सामान्य कुरा हो। त्यसकारण जब केही मानिसहरूलाई तिनीहरूको रोमान्टिक सम्बन्धको कारण आफ्नो पदबाट हटाइन्छ वा साधारण मण्डलीमा पठाइन्छ, तब के यो लाजमर्दो कुरा हुन्छ र? यसले तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा बफादारिताको कमी छ, तिनीहरूमा सत्यताप्रति चासो छैन, र तिनीहरू आफ्नो जीवन प्रवेशको लागि कुनै बोझ लिँदैनन् भन्ने कुरा मात्रै जनाउन सक्छ। यस्ता सुपरभाइजरले आफ्नो उचित काम गर्ने प्रवृत्ति राख्दैनन्—तिनीहरूले रोमान्टिक सम्बन्धहरूमा मात्रै ध्यान दिन्छन्, जसले गर्दा मण्डलीको काममा ढिलाइ हुन्छ, र यसले मण्डलीको कामको प्रगतिमा पहिले नै असर पारिसकेको हुन्छ—के यो गम्भीर समस्या होइन र? (हो।) त्यसकारण, यस्ता सुपरभाइजरलाई राख्न उपयुक्त हुँदैन र तिनीहरूलाई पदबाट हटाउनुपर्छ। कतिले भन्छन्, “के तिनीहरूलाई हटाउनको लागि यो अलिक हतार भएन र?” यदि तिनीहरूको रोमान्टिक सम्बन्ध सुरु भएको समयदेखि तिनीहरूलाई हटाइने समयसम्म, एकदुई दिन मात्रै बितेको छ भने, त्यसलाई हतारमा गरिएको कार्य भन्न सकिन्छ। तर यदि चारपाँच महिना बितिसकेको छ भने, के त्यो अझै पनि हतारमा गरिएको कार्य हुन्छ र? (हुँदैन।) यो कारबाही त पर्याप्त सुस्तीसाथ मात्र गरिएको हुन्छ, तर काममा भने पहिले नै धेरै ढिलाइ भइसकेको हुन्छ—तँलाई यसबारे कसरी चिन्ता नलागेको? के यो समस्या होइन र? (हजुर, हो।)
झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्ना उचित कामहरू नगर्ने सुपरभाइजरहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई लाग्छ कि तिनीहरूले सुपरभाइजर छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरभाइजरले आफै कामका सबै मामलाहरू सम्हाल्न सक्नेछ। त्यसकारण झूटा अगुवाहरूले नियमित रूपमा भेला आयोजना मात्रै गर्छन्, र कामको निगरानी गर्ने वा यो कसरी अघि बढिरहेको छ भनेर सोध्दैनन्, अनि काम नगरी अरूलाई अह्राउने हाकिमले जस्तै व्यवहार गर्छन्। यदि कसैले सुपरभाइजरको समस्याबारेमा रिपोर्ट गर्यो भने, झूटो अगुवाले भन्नेछ, “यो सामान्य समस्या मात्रै हो, ठीकै छ। तपाईंहरू आफैले यो कुरा सम्हाल्न सक्नुहुन्छ। मलाई नसोध्नुहोस्।” समस्या रिपोर्ट गर्ने व्यक्तिले भन्छ, “सुपरभाइजर अल्छी भातमारा हो। उसले खाने र मनोरञ्जन गर्नेबाहेक केही गर्दैन, र तिनी फोकटमा बस्छन्। तिनले कर्तव्यमा अलिकति पनि कठिनाइ भोग्न चाहँदैनन्, र आफ्नो काम र जिम्मेवारीहरूबाट पन्छिन सधैँ छलपूर्ण रूपमा अल्याङटल्याङ गर्छन् र बहाना गर्ने गर्छन्। तिनीहरू सुपरभाइजर हुन लायक छैनन्।” झूटो अगुवाले भन्छ, “सुपरभाइजर छनौट गरिँदा ऊ निकै राम्रो थियो। तपाईंले भन्नुभएको कुरा साँचो होइन, वा हो नै भने पनि, यो क्षणिक प्रकटीकरण मात्रै हो।” झूटो अगुवाले सुपरभाइजरको परिस्थितिबारे थप कुरा पत्ता लगाउने प्रयास गर्नेछैन, बरु त्यो सुपरभाइजरले विगतमा कस्तो छाप पारेको थियो भन्ने आधारमा त्यो मामिलाबारे मूल्याङ्कन गरेर फैसला गर्छ। सुपरभाइजरमा रहेका समस्याहरूबारे जसले रिपोर्ट गरे पनि, झूटो अगुवाले तिनीहरूलाई बेवास्ता गर्छ। यस्तो सुपरभाइजरले कुनै वास्तविक काम गरिरहेको हुँदैन, र मण्डलीको काम झण्डै ठप्प बनेको हुन्छ, तर झूटो अगुवालाई मतलब हुँदैन, मानौ तिनीहरू यसमा संलग्न समेत छैनन्। कसैले सुपरभाइजरका समस्याहरू रिपोर्ट गर्दा तिनीहरूले देखे पनि नदेखे जस्तो गर्नु आफैमा पनि वाक्क लाग्दो कुरा हो। तर सबभन्दा घिनलाग्दो कुराचाहिँ के हो? जब सुपरभाइजरका साँच्चै गम्भीर समस्याहरूबारे मानिसहरूले तिनीहरूलाई रिपोर्ट गर्छन्, तिनीहरूले त्यो सुल्झाउने प्रयास गर्नेछैनन्, बरु तिनीहरूले हरप्रकारका बहानाहरूसमेत बनाउनेछन्: “यो सुपरभाइजरलाई मैले चिनेको छु, उसले परमेश्वरमा साँच्चै विश्वास गर्छ र उसमा कहिल्यै कुनै समस्या आउँदैन। उसमा सानो समस्या नै आयो भने पनि, परमेश्वरले उसलाई सुरक्षा र अनुशासनमा राख्नुहुनेछ। उसले कुनै गल्ती गर्यो भने, त्यो ऊ र परमेश्वरबीचको कुरा हो—हामीले यस बारेमा चासो दिनु पर्दैन।” झूटा अगुवाहरूले आफ्नै धारणा र कल्पनाअनुसार काम गर्छन्। तिनीहरूले सत्यता बुझेको र आफूसँग विश्वास भएको बहाना गर्छन् तर तिनीहरूले मण्डलीको काम भद्रगोल पार्छन्, र यो पूरै ठप्प समेत हुनसक्छ, तर तिनीहरूले यसबारेमा सधैँ अन्जान रहेको बहाना गर्नेछन्। के झूटा अगुवाहरूले काम गरेको नाटक गर्ने मानिसहरूले जस्तै व्यवहार गर्दैनन् र? तिनीहरूले आफै वास्तविक काम गर्न सक्दैनन्, र तिनीहरू समूह अगुवा र सुपरभाइजरको कामलाई पनि स-साना कुरामा ध्यान दिएर गर्दैनन्—तिनीहरूले यसको बारेमा फलोअप गर्ने वा सोधपुछ गर्ने गर्दैनन्। मानिसहरूसम्बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्नै सोचाइ र कल्पनामा आधारित हुन्छ। जब कसैले केही समयसम्म राम्ररी काम गरिरहेको देख्छन्, तब यो व्यक्ति सधैँ असल रहनेछ, र परिवर्तन हुनेछैन भन्ने तिनीहरूको विश्वास हुन्छ; यो व्यक्तिमा समस्या छ भन्ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिको बारेमा कसैले चेतावनी दिँदा, तिनीहरूले बेवास्ता गर्छन्। के झूटा अगुवाहरू मूर्ख हुन्छन् भन्ने तिमीहरूलाई लाग्छ? तिनीहरू बेवकुफ र मूर्ख हुन्छन्। कुन कुराले तिनीहरूलाई बेवकुफ बनाउँछ? यो व्यक्ति छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको अनि आफ्नो अनुहारभरि आँसु झार्दै प्रार्थना गरेको कारणले यो व्यक्ति भरपर्दो छ, र उसले कामको अभिभारा लिँदा उसमा कुनै समस्याहरू हुनेछैनन् भन्दै त्यस व्यक्तिमाथि निर्धक्क विश्वास गर्छन्। झूटा अगुवाहरूसित मानिसहरूको प्रकृतिको बारेमा कुनै बुझाइ हुँदैन; तिनीहरू भ्रष्ट मानवजातिको साँचो अवस्थाको बारेमा अनजान हुन्छन्। तिनीहरू भन्छन्, “कुनै व्यक्तिलाई सुपरिवेक्षकको रूपमा छनौट गरिसकेपछि ऊ कसरी परिवर्तन हुनसक्छ? अत्यन्तै गम्भीर र विश्वसनीय देखिने व्यक्ति कसरी कामदेखि भाग्नसक्छ? तिनीहरूले त्यसो गर्दैनन्? गर्छन् र? तिनीहरूसित धेरै इमानदारीता हुन्छ।” झूटा अगुवाहरूले आफ्नो कल्पना र भावनाहरूमा धेरै विश्वास गर्ने हुनाले, यसले तिनीहरूलाई मण्डलीको काममा उत्पन्न हुने धेरै समस्याहरू समयमै हल गर्न असक्षम तुल्याउँछ, र सम्बन्धित सुपरभइजरलाई तुरुन्तै बर्खास्त गर्न गर्न र अर्को काममा लगाउनबाट रोक्छ। तिनीहरू खाटी झूटा अगुवाहरू हुन्। अनि यहाँको समस्या के हो त? आफ्नो कामप्रतिको झूटा अगुवाको दृष्टिकोणसित झारा टार्ने शैलीको केही सम्बन्ध छ? एक हिसाबमा, तिनीहरूले ठूलो रातो अजिङ्गरले उन्माद रूपमा परमेश्वरका चुनिएका मानिसहरूलाई पक्राउहरू गरेको देख्छन्, र त्यसैले आफूलाई सुरक्षित राख्नको लागि तिनीहरूले हचुवाको भरमा कसैलाई कामको इन्चार्ज बनाउने बन्दोबस्त गर्छन्, र यसबाट समस्या समाधान हुन्छ र यसप्रति तिनीहरूले अबउप्रान्त ध्यान दिन जरुरी छैन भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के सोच्छन्? “यो वातावरण त एकदमै भीषण छ, मैले केही समय लुक्नुपर्छ।” यो देहगत सुविधाप्रतिको लोभ हो, होइन र? अर्को हिसाबमा, झूटा अगुवाहरूमा एउटा घातक अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र पाखण्डी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, “मैले यस व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्ने सम्भावना छैन, मैले उचित भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू हुनु हुँदैन; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने व्यक्ति होइन। तिनीहरू अवश्य नै विश्वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्छ, होइन र?” यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसँग एक्स-रेको जस्तै दृष्टि छ? के तँसँग यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्वरद्वारा प्रकाश नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले झूटा अगुवाहरूले व्यक्तिको अस्थायी हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कन्को आधारमा उसलाई निर्धक्क विश्वास गर्छस्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छस्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मवारपूर्ण भइरहेका हुँदैनन् र? माथिल्लो स्तरका अगुवा र कामदारहरूले तिनीहरूलाई सोध्छन्, “के तपाईंले त्यो सुपरभाइजरको काम जाँच गर्नुभएको छ? तिनीहरूको चरित्र र क्षमता कस्तो हुन्छ? के तिनीहरू आफ्नो काममा जिम्मेवार हुन्छन्? के तिनीहरूले यो कामको बोझ सक्छन्?” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “तिनीहरूले अवश्य नै गर्न सक्छ! जब तिनीहरू छनौट भएका थिए, तब तिनीहरूले शपथ खाए र संकल्प गरेका थिए। मसँग अझै पनि तिनीहरूको लिखित शपथ छ। तिनीहरूले यो कामको बोझ लिन सक्नुपर्छ।” झूटा अगुवाहरूका यी शब्दहरूका बारेमा तिमीहरूलाई के लाग्छ? तिनीहरूले के विश्वास गर्छन् भने यो व्यक्तिले आफ्नो प्रतिबद्धता व्यक्त गर्ने शपथ लिएको हुनाले, तिनीहरूले अवश्य नै यसलाई पूरा गर्न सक्नेछन्। के यो अभिव्यक्ति साँचो हो? आजभोली कति जना मानिसहरूले वास्तवमा आफ्नो शपथ पूरा गर्न सक्छन्? आफ्नो सङ्कल्प अनुसार काम गर्ने कति जना इमानदार मानिसहरू छन्? व्यक्तिले शपथ खाएको छ भन्दैमा यसको अर्थ उसले साँच्चै नै यो कुरा पूरा गर्न सक्छ भन्ने हुँदैन। मानौँ तैँले तिनीहरूलाई यस्तो सोधिस्, “के सुपरभाइजर परिवर्तन हुनेछैन भन्ने कुराको ग्यारेन्टी दिन सक्नुहुन्छ? के तपाईंले तिनीहरूको आजीवन बफादारिताको ग्यारेन्टी दिन सक्नुहुन्छ? जब परमेश्वरले मानिसहरूलाई खुलासा गर्न चाहनुहुन्छ तब उहाँले तिनीहरूलाई जाँच्नका लागि विभिन्न वातावरणहरू तय गर्नुपर्छ। तपाईंले तिनीहरू भरपर्दा छन् भनेर कुन आधारमा भन्नुहुन्छ? के तपाईंले ती कुराको बारेमा विचार गर्नुभएको छ?” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “त्यसो गर्नु पर्दैन। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू भरपर्दा छन् भनेर रिपोर्ट गरेका छन्।” यो अभिव्यक्ति पनि गलत छ। के दाजुभाइ-दिदीबहिनीहरूले कुनै व्यक्ति असल छ भनेर रिपोर्ट गरेकै कारण मात्रै ऊ साँच्चै असल हुन्छ र? के सबै दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यता हुन्छ? के तिनीहरू सबैले परिस्थितिहरूलाई पारदर्शी रूपमा देख्न सक्छन्? के सबै दाजुभाइ-दिदीबहिनीहरू यो व्यक्तिसँग परिचित हुन्छन्? यो अभिव्यक्ति अझै घृणित छ! वास्तवमा, त्यो व्यक्ति धेरै पहिले नै प्रकट भइसकेको हुन्छ। तिनीहरूले पवित्र आत्माको काम गुमाएका हुन्छन्, र सहजतालाई प्रेम गर्ने र परिश्रमलाई घृणा गर्ने, लोभी र अल्छी बन्ने, र आफ्नो उचित काममा ध्यान नदिने तिनीहरूको नीच विशेषताहरू पहिले नै खुलासा भएका हुन्छन्। अझै पनि पूर्ण रूपमा अनजान रहेका झूटा अगुवाहरूले बाहेक, सबैले तिनीहरूको वास्तविकता धेरै पहिले नै पारदर्शी रूपमा देखेका हुन्छन्—झूटा अगुवाहरूले मात्रै तिनीहरूलाई अझै पनि यति धेरै भरोसा गर्छन्। यी झूटा अगुवाहरूको के काम? के तिनीहरू केही नकामका हुँदैनन् र? कतिपय अवस्थामा त माथिले निश्चित सुपरभाइजरहरूका विभिन्न प्रकटीकरणहरूका बारेमा अनुसन्धान गर्न र तिनको बारेमा सोधपुछ गर्न कार्य स्थलमा गएर थाहा पाउँछ, तैपनि अगुवाहरू अझै पनि यस विषयमा पूर्ण रूपमा अन्धकारमा हुन्छन्। के यो समस्या होइन र? यी अगुवाहरू साँच्चै नै झूटा अगुवाहरू हुन्। तिनीहरूले वास्तविक काम गर्दैनन्, तिनीहरू व्यर्थका काम गर्ने मानिसहरू मात्रै हुन्, र आफू काम नगर्ने तर अरूलाई खटन गर्ने मालिकहरू जस्तै, तिनीहरूले थोरै काम गर्छन् त्यसपछि त्यसकै आधारमा खान्छन् र तिनीहरूसँग रमाइलो गर्ने अधिकार छ भन्ने सोच्छन्, र परिस्थितिहरू खराब हुँदा सहयोग गर्ने झमेला लिँदैनन्। हैसियतका फाइदाहरू प्राप्त गर्ने तिनीहरूसँग के अधिकार हुन्छ? तिनीहरू साँच्चै नै लाज विहीन हुन्छन्! जब झूटा अगुवाहरूले काम गर्छन्, तब तिनीहरूले कहिल्यै पनि कुनै पनि काम जाँच गर्दैनन्, तिनीहरूले कामको प्रगतिको बारेमा सोधपुछ गर्दैनन्, र तिनीहरूले अवश्य नै विभिन्न समूह सुपरभाइजरहरूको परिस्थितिलाई हेर्दैनन्। तिनीहरूले काम दिन्छन् र सुपरभाइजरहरूको बन्दोबस्त मात्रै गर्छन्, त्यसपछि तिनीहरूले आफूले गर्नुपर्ने कुरा समाप्त भएको छ, आफूले गर्नुपर्ने काम समाप्त भएको छ, र त्यो कुरा सधैँका लागि पूरा भएको छ भन्ने सोच्छन्। तिनीहरूले यस्तो विश्वास गर्छन्, “कसैले यो काम गरिरहेको छ, त्यसकारण यो अब मेरो मामला होइन। म रमाइलो गर्न सक्छु।” के यो काम गर्नु हो? यसरी काम गर्ने जोकोही व्यक्ति झूटो अगुवा हो—मण्डलीको काममा ढिलाइ गर्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्ने झूटा अगुवा हो भन्ने कुरामा कुनै शङ्का छैन।
झूटा अगुवाहरूले कहिल्यै विभिन्न टोली-सुपरभाइजरहरूको कार्य स्थितिहरूबारे सोध्दैनन् वा त्यसको अनुगमन गर्दैनन्। तिनीहरूले विभिन्न टोलीका सुपरभाइजरहरू, र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको जीवन प्रवेश, साथै मण्डलीको काम र तिनीहरूका कर्तव्यहरूप्रति, र परमेश्वरमाथिको आस्था, सत्यता, र परमेश्वर स्वयम्प्रति तिनीहरूका मनोवृत्तिहरूबारे पनि सोध्ने, अनगमन गर्ने, वा बुझ्ने गर्दैनन्। तिनीहरूलाई यी व्यक्तिहरूमा कुनै रूपान्तरण वा वृद्धि भएको छ कि छैन भनेर थाहा हुँदैन, न त तिनीहरूलाई तिनीहरूको काममा हुन सक्ने विभिन्न समस्याहरूबारे नै थाहा हुन्छ; खासगरी, तिनीहरूलाई कामका विभिन्न चरणहरूमा देखा पर्ने त्रुटि र विचलनहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमाथि पार्ने प्रभावबारे थाहा हुँदैन, साथै यी त्रुटि र विचलनहरू कहिल्यै सच्याइएका छन् कि छैनन् भन्ने पनि थाहा हुँदैन। तिनीहरू यी यावत् थोकबारे पूर्णतया बेखबर हुन्छन्। यदि तिनीहरूलाई यी विस्तृत अवस्थाहरूबारे केही पनि थाहा छैन भने, समस्याहरू उत्पन्न हुनेबित्तिकै तिनीहरू निष्क्रिय बन्छन्। तर, झूटा अगुवाहरूले आफ्नो काम गर्ने क्रममा यी विस्तृत समस्याहरूबारे बिलकुलै ध्यान दिँदैनन्। तिनीहरू विश्वास गर्छन् कि विभिन्न टोली सुपरभाइजरहरू बन्दोबस्त गरेर कामहरू तोकेपछि तिनीहरूको काम सकियो—यसलाई राम्रोसँग काम गरेको मानिन्छ, र यदि अरू समस्याहरू उत्पन्न भएमा त्यो तिनीहरूको चासोको विषय होइन। झूटा अगुवाहरूले विभिन्न टोली सुपरभाइजरहरूलाई निरीक्षण, डोऱ्याइ, र अनुगमन नगर्ने, र यी क्षेत्रहरूमा आफ्ना जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, मण्डलीको काम लथालिङ्ग हुन्छ। यो अगुवा र कामदारहरू कर्तव्यच्युत हुनु हो। परमेश्वरले मानव हृदयको गहिराइ जाँच्न सक्नुहुन्छ; यो त्यस्तो क्षमता हो, जुन मानवसँग हुँदैन। त्यसकारण, काम गर्दा मानिसहरू बढी लगनशील र सचेत हुनुपर्छ, तिनीहरूले मण्डलीको सामान्य कार्यप्रगति सुनिश्चित गर्नका निम्ति नियमित रूपमा कार्यस्थलमा गएर कामको अनुगमन, निरीक्षण गर्नुपर्छ र डोऱ्याइ दिनुपर्छ। स्पष्ट छ, झूटा अगुवाहरू आफ्ना काममा पूर्णतया गैरजिम्मेवार हुन्छन्, र तिनीहरू कहिल्यै विभिन्न कार्यहरूको निरीक्षण, अनुगमन गर्दैनन्, र डोऱ्याइ दिँदैनन्। फलस्वरूप, कतिपय सुपरभाइजरहरू काममा उत्पन्न हुने विभिन्न समस्याहरू समाधान गर्न जान्दैनन्, र त्यो काम गर्न अलिकति पनि योग्य नहुँदा पनि सुपरभाइजरको भूमिकामै रहन्छन्। अन्तत: काममा बारम्बार ढिलाइ हुन्छ र तिनीहरूले त्यसलाई पूर्णतया लथालिङ्ग पार्छन्। यो झूटा अगुवाहरूले सुपरभाइजरहरूका परिस्थितिहरूबारे नसोध्नु, त्यसको निरीक्षण र अनुगमन नगर्नुको परिणाम हो, जुन पूर्णतया झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले निम्त्याएको परिणाम हो। झूटा अगुवाहरूले कामको निरीक्षण र अनुगमन नगर्ने, वा त्यसबारे नसोध्ने, र परिस्थितिलाई तत्कालै बुझ्न नसक्ने हुनाले, तिनीहरू सुपरभाइजरहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, काम कसरी अगाडि बढिरहेको छ, र यसले कुनै वास्तविक नतिजाहरू दिएको छ कि छैन भन्ने जस्ता कुराबारे बेखबर रहन्छन्। सुपरभाइजरहरू केमा व्यस्त छन् वा तिनीहरूले खासमा के-कस्ता कामहरू सम्हालिरहेका छन् भनेर सोध्दा, झूटा अगुवाहरूले “मलाई थाहा छैन, तर तिनीहरू प्रत्येक भेलामा सहभागी हुन्छन्, र हरेक पटक मैले तिनीहरूसँग कामका बारेमा कुरा गर्दा, तिनीहरूले कहिल्यै कुनै समस्या वा कठिनाइहरू उल्लेख गर्दैनन्” भन्ने जवाफ दिन्छन्। झूटा अगुवाहरू विश्वास गर्छन् कि यदि सुपरभाइजरहरूले आफ्नो काम त्याग्दैनन् र तिनीहरूलाई खोज्दा सधैँ भेटिन्छ भने, तिनीहरूमा समस्या छैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्। के यो “झूटोपन” को प्रकटीकरण होइन र? के यो तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुनु होइन र? यो एउटा गम्भीर जिम्मेवारीविमुखता हो! झूटा अगुवाहरूले आफ्नो काममा झारा टार्ने कार्यमा मात्रै ध्यान दिन्छन्, र वास्तविक परिणामहरू खोज्दैनन्। झट्ट हेर्दा, तिनीहरूले प्रायजसो भेलाहरू आयोजना गर्छन्, र तिनीहरू साधारण व्यक्तिभन्दा व्यस्त देखिन्छन्। तैपनि, तिनीहरूले वास्तवमा के-कस्ता समस्याहरू समाधान गरेका छन्, तिनीहरूले के-कस्ता निश्चित कामहरू राम्ररी सम्हालेका छन्, र तिनीहरूले के-कस्ता परिणामहरू हासिल गरेका छन् भन्ने कुरा अज्ञात नै रहन्छ। यी कुराहरूका बारेमा झूटा अगुवाहरू आफै लगायत कसैले पनि स्पष्ट उत्तर दिन सक्दैन। तर एउटा कुरा निश्चित हुन सक्छ: काम गर्ने ठाउँमा मानिसहरूसँग जे-जस्ता समस्याहरू भए पनि, यी झूटा अगुवाहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन; कसैले पनि तिनीहरूलाई काम गर्ने ठाउँमा मानिसहरूका समस्याहरू समाधान गरेको देखेको हुँदैन। त्यसोभए, झूटा अगुवाहरूले दिनभरि के काम गरिरहेका हुन्छन्? तिनीहरूको भेलाले के-कस्ता समस्याहरू समाधान गर्छन्? कसैलाई पनि निश्चित रूपमा थाहा हुँदैन, र तिनीहरूको कामको निरीक्षण गरेपछि मात्रै सङ्कलन भएका र समाधान नभएका धेरै समस्याहरू पत्ता लगाउन सकिन्छ। झट्ट हेर्दा, झूटा अगुवाहरू साँच्चै नै व्यस्त देखिन्छन्—तिनीहरूले “अनेक किसिमका मामलाहरू सम्हालिरहेका छन्” जस्तो देखिन्छ। तैपनि, जब व्यक्तिले तिनीहरूको कामका परिणामहरूलाई जाँच्छ, तब यो पूर्ण रूपमा बरबाद अवस्थामा हुन्छ; यो भताभुङ्ग हुन्छ, यसमा कुनै मूल्य हुँदैन, र यी झूटा अगुवाहरूले अलिकति पनि वास्तविक काम गरेका छैनन् भन्ने कुरा स्पष्ट हुन्छ। झूटा अगुवाहरूले समाधान नगरी राखेका धेरै वास्तविक समस्याहरूका बाबजुद पनि, तिनीहरूसँग कुनै विवेकको चेतना हुँदैन र तिनीहरूलाई कुनै आत्मग्लानि हुँदैन जस्तो देखिन्छ। यसको साथै, तिनीहरू अत्यन्तै आत्मसन्तुष्ट हुन्छन् र तिनीहरूले आफू निकै असल छु भन्ने सोच्छन्; तिनीहरूसँग साँच्चै नै समझको कमी हुन्छ। यस्ता मानिसहरू मण्डलीका अगुवा वा कामदार हुन लायक हुँदैनन्।
हामीले भर्खरै सङ्गति गरेको सुपरभाइजरले आफ्नो पेसालाई चिन्छ र उसँग काम गर्ने क्षमता हुन्छ, तर उसले बोझ लिँदैन, र ऊ आफ्नो उचित काममा ध्यान नदिई वा कुनै वास्तविक काम नगरी दिनभरि खान, पिउन, र मनोरन्जनमा लिप्त हुन्छ। झूटा अगुवाहरूले त्यस्ता सुपरभाइजरलाई तुरुन्तै बर्खास्त गर्न र अर्को स्थानमा सार्न सक्दैनन्, र यसले काममा बाधा र व्यवधान ल्याउँछ, जसले गर्दा यो सहज रूपमा अघि बढ्न सक्दैन। के यो झूटा अगुवाहरूले पैदा गरेको होइन र? यसका लागि झूटा अगुवाहरू प्रत्यक्ष रूपमा जिम्मेवार नभए पनि, कर्तव्यलाई बेवास्ता गर्ने कार्य, सुपरभाइजरको रूपमा रहेको आफ्नो भूमिका पूरा गर्न नसक्ने कार्यले गर्दा, काममा आउने घाटाहरूका लागि तिनीहरू अप्रत्यक्ष रूपमा जिम्मेवार हुन्छन्। यी झूटा अगुवाहरूले सुपरभाइजरको रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्दैनन्, तिनीहरूले आफ्नो कर्तव्यमा लापरवाही व्यवहार गर्छन्, जसले गर्दा अन्तिममा मण्डलीको काममा घाटा हुन्छ। कतिपय कामहरू ठप्प समेत हुन्छन् र कामको इन्चार्ज लिन, जाँचहरू गर्न, र सुपरिवेक्षण गर्न र काम अघि बढाउनका लागि उपयुक्त सुपरभाइजरको कमी हुँदा तिनीहरू अन्योलमा पर्छन्। कर्मचारीलाई अनुचित रूपमा प्रयोग गर्दा यसले काममा यस्ता घाटाहरू ल्याउँछ। यस्तो सुपरभाइजरसँग अलिकति क्षमता हुने भए पनि र उसले पेसालाई थोरै बुझेको भए पनि, उसले आफ्नो उचित कामको बारेमा ध्यान दिँदैन, प्रायजसो आफ्नै मार्ग लिन्छ, र सही मार्ग पछ्याउँदैन। कसैले यस्तो सुपरभाइजरको समस्या छ भनेर रिपोर्ट गरेको सुने पनि, झूटो अगुवाहरूले तुरुन्तै यसको बारेमा अनुसन्धान गर्दैनन् वा यसलाई सम्हाल्दैनन्, र यसले अन्तमा मण्डलीको काम ठप्प पार्छ। के यो झूटा अगुवाहरूको गैरजिम्मेवारको कारण आएको हुँदैन र? तिनीहरूले सुपरभाइजरको परिस्थिति बुझिनँ, आफू मूर्ख र अज्ञानी छु भनेर दाबी गर्दै, र यसो भनेर यो कुराबाट पार पाउन सकिन्छ, तिनीहरूले जिम्मेवारी लिनु पर्दैन भन्ने सोच्दै जिम्मेवारीबाट पछि हट्ने समेत प्रयास गर्छन्। आफ्नो काममा, झूटा अगुवाहरूले सधैँ झाराटारुवा व्यवहार गर्छन्। मानिसहरूले समस्याहरूका बारेमा रिपोर्ट गर्दा पनि, तिनीहरूले ती कुराको बारेमा न त सोध्छन् न त तिनलाई सम्हाल्छन्, र जब परिस्थिति खराब हुन्छ, तब तिनीहरूले जिम्मेवारीबाट पछि हट्ने प्रयास गर्छन्। यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो।
आ. झुटा अगुवाहरू कमजोर क्षमता भएका र कामको योग्यता नभएका सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
जब झूटा अगुवाहरूले काम गरिरहेका हुन्छन्, तब तिनीहरूले सामना गर्ने समस्याहरू यो परिस्थितिमा मात्रै सीमित हुँदैनन्—अर्को एउटा यस्तो परिस्थिति पनि हुन्छ जसमा सुपरभाइजरहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा कुनै काम गर्ने क्षमता हुँदैन र तिनीहरूले कामको बोझ लिन सक्दैनन्। त्यस्ता परिस्थितिहरूमा पनि, झूटा अगुवाहरूले तुरुन्तै समस्याको बारेमा सोधपुछ गर्न र यसलाई सम्हाल्न सक्दैनन्। किन? झूटा अगुवाहरूमा काम गर्ने क्षमताको कमी हुन्छ, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरूले कहिल्यै पनि विभिन्न समूह सुपरभाइजरहरूको क्षमता, कामको बोझ लिनका लागि रहेको तिनीहरूको क्षमता, वा तिनीहरूको कामका परिस्थितिहरूका बारेमा वास्ता गर्दैनन् वा तिनको बारेमा सोध्न अग्रसरता जनाउँदैनन्। तिनीहरूले कमजोर क्षमता भएका र आफ्नो काम लिन नसक्ने सुपरभाइजरहरूलाई देख्न सक्दैनन्, न त तिनीहरूलाई यी कुराहरूका बारेमा नै थाहा हुन्छ। तिनीहरूको विचारमा, कुनै पनि व्यक्तिले सुपरभाइजरको भूमिका लिएपछि, उसले जबसम्म विविध दुष्कर्महरू गर्दैन, आम आक्रोश पैदा गर्दैन, र उसलाई दाजुभाइ-दिदीबहिनीहरूले हटाउँदैन, वा कसैले माथिलाई उसको समस्याको बारेमा रिपोर्ट गर्दैन र माथिले उसलाई सीधै बर्खास्त गर्दैन, तबसम्म ऊ आफ्नो पदमा नै रहनेछ। नत्र भने, झूटा अगुवाहरूले त्यो व्यक्तिलाई कहिल्यै बर्खास्त गर्नेछैनन्। तिनीहरूले के विश्वास गर्छन् भने दाजुभाइ-दिदीबहिनीहरूले त्यो व्यक्ति असल छ भनेर भन्छन् र उसलाई निर्वाचित गर्छन् भने, त्यो व्यक्ति नै सबैभन्दा राम्रो विकल्प हुनुपर्छ। कसैले काम गर्न सक्छ कि सक्दैन र ऊ सुपरभाइजरको रूपमा काम गर्न लायक छ कि छैन भनेर निर्धारित गर्नका लागि झूटा अगुवाहरू सधैँ कल्पना र मूल्याङ्कनमा भर पर्छन्। उदाहरणका लागि, नृत्य समूहको एक जना सुपरभाइजर थियो, जसलाई कसरी नाच्ने भन्ने थाहा थिएन, र उसले नृत्य छनौट गर्ने सिद्धान्तहरू बुझेको थिएन। नृत्यको कोरियोग्राफी गर्ने क्रममा, तिनीहरूलाई समकालीन शैली छनौट गर्ने कि शास्त्रीय शैली छनौट गर्ने भन्ने थाहा थिएन। ठ्याक्कै भन्दा, तिनीहरूसँग नृत्यको बारेमा कुनै ज्ञान थिएन। तैपनि, झूटा अगुवाले यो कुरा देख्न सकेन। तिनीहरूले त्यो व्यक्तिले सबै कुरा बुझेको छ भन्ने अनुमान गर्दै ऊ उत्साहित भएको र चर्चित स्थानमा प्रवेश गर्न तयार भएकोले उसलाई सुपरभाइजरको रूपमा छनौट गरे र उसलाई दाजुभाइ-दिदीबहिनीहरूको अगुवाइ गर्न लगाए। पछि, झूटा अगुवाले फलो-अप गरेन, उसको काम अवलोकन गरेन, वा सुपरभाइजरले दाजुभाइ-दिदीबहिनीहरूलाई कति राम्ररी अगुवाइ गरिरहेको छ, सुपरभाइजर विशेषज्ञ हो कि साधारण मानिस हो, उसले सिकाएको कुरा उचित छ कि छैन, वा यो परमेश्वरको घरका मापदण्डहरू अनुरूप छ कि छैन भनेर हेरेन। तिनीहरूले यी कुराहरू बताउन सक्दैनन्, र तिनीहरू ती कुराहरूका बारेमा सोध्न गएका हुँदैनन्। परिणाम स्वरूप, सबैले कुनै परिणाम प्राप्त नगरी लामो समयसम्म काम गरे, र झूटा अगुवाले छनौट गरेको सुपरभाइजरले नृत्य गर्न सक्दैन, तैपनि उसले विशेषज्ञ बनेको नाटक गरिरहेको र अरूलाई निर्देशित गरिरहेको थियो भन्ने कुरा बल्ल पत्ता लाग्यो। के यसले काममा ढिलाइ गरेन र? तर झूटो अगुवाले यो समस्यालाई पहिचान गर्न सकेन र अझै पनि त्यो व्यक्तिले राम्रो काम गरिरहेको छ भन्ने विश्वास गर्यो। झूटा अगुवाहरूको मनमा, जोसुकै व्यक्ति भए पनि, ऊसँग साहस छ र उसले बोल्ने, व्यवहार गर्ने, र काम गर्ने आँट गर्छ भने, यसले ऊसँग क्षमता छ र उसले यो काम गर्न सक्छ भन्ने कुरालाई प्रमाणित गर्छ, जब कि यदि उसले ती कुराहरू गर्ने आँट गर्दैन भने, यसले त्यो काम पूरा गर्नका लागि उसको क्षमता अपर्याप्त छ भन्ने कुरालाई प्रमाणित गर्छ। कतिपय मानिसहरू आधाबुद्धी वा लापरवाह मूर्खहरू हुन्छन् जसले कुनै पनि कुरा गर्ने आँट गर्छन्। यी मानिसहरूलाई तिनीहरूसँग सही क्षमता छ कि छैन वा तिनीहरूले कामको बोझ लिन सक्छन् कि सक्दैनन् भन्ने थाहा हुँदैन तर पनि तिनीहरूले सुपरभाइजर बन्ने आँट गर्छन्। अनि तिनीहरूले भूमिका लिएपछि, कुनै पनि काम अघि बढ्दैन, र तिनीहरूले जुनसुकै काम गरे पनि, तिनीहरूमा दिशा, वा चरणहरू, वा सही विचारहरूको स्पष्ट बोध हुँदैन। जोसुकैले कुनै पनि विचार अघि सार्न सक्छ र यो सही छ कि गलत छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। यदि कुनै व्यक्तिले एउटा तरिकाले काम गर्नुपर्छ भनेर भन्यो भने, तिनीहरूले त्यो ठीकै छ भनेर भन्छन्, जब कि यदि अर्को व्यक्तिले अर्को तरिकाले काम गर्नुपर्छ भनेर भन्यो भने, त्यो पनि ठीकै छ भनेर भन्छन्। अनि वास्तवमा कुन शैली अपनाउने भन्ने कुराको हकमा भन्दा, तिनीहरूले सबैलाई आफ्नो कुरा बताउन दिन्छन्, र जसले सबैभन्दा बढी बोल्छ उसैका विचारहरू व्यवहारमा लागू गरिन्छ। यस्ता मानिसहरूसँग कुनै क्षमता हुँदैन, तिनीहरूले कुनै कुरालाई पारदर्शी रूपमा देख्न सक्दैनन्, र आफ्नो कामलाई बरबाद गर्छन्, तर झूटा अगुवाहरूले अझै पनि यसरी सुपरभाइजरहरूलाई पारदर्शी रूपमा देख्न सक्दैनन्। कतिपय मानिसहरूले भन्छन्, “त्यो सुपरभाइजरको क्षमता अत्यन्तै कमजोर छ; उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ!” तर झूटा अगुवाहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूसँग कुरा गरेको छु, र तिनीहरूले आफ्नो भूमिका खेल्न तयार छु भनेर भनेका छन्। हामी तिनीहरूलाई अर्को मौका दिऊँ।” यो अभिव्यक्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो मूर्खले भन्ने कुरा होइन र? यो अभिव्यक्तिमा के गलत छ? (तिनीहरू आफ्नो भूमिका लिन तयार छन् कि छैनन् भन्ने कुरासँग यो कुराको कुनै सम्बन्ध हुँदैन; तिनीहरूमा क्षमताको कमी हुन्छ र तिनीहरूले कामको बोझ पटक्कै लिन सक्दैनन्।) ठीक भन्यौ, यो तिनीहरू काम गर्न तयार छन् कि छैनन् भन्ने कुरासँग सम्बन्धित हुँदैन; यो तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूलाई यो कसरी गर्ने भन्ने थाहा छैन भन्ने कुरासँग सम्बन्धित हुन्छ—समस्याको जड यही हो। त्यसकारण तिनीहरूका अगुवाहरूमा केही बुद्धि हुनुपर्छ र यी सुपरभाइजरहरूमा आवश्यक क्षमता छ कि छैन भनेर हेर्नका लागि मानिसहरूलाई मूल्याङ्कन गर्न सक्नुपर्छ। यी अगुवाहरूले तिनीहरूको बोलीवचन र सङ्गतिको आधारमा, तिनीहरूले सामान्यतया उचित ढाँचा र व्यवस्थित तरिका र चरणहरू अपनाएर काम गर्छन् कि गर्दैनन् भनेर अवलोकन गर्ने कार्य, र दाजुभाइ-दिदीबहिनीहरूको प्रतिक्रियाको आधारमा तिनीहरूको व्यापक मूल्याङ्कन गर्नुपर्छ। यदि यी सुपरभाइजरहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूमा काम गर्ने आवश्यक क्षमताको कमी छ भने, यदि तिनीहरूले आफूले गर्ने सबै कुरामा बरबाद गर्छन्, र तिनीहरू केही कामका छैनन् भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ।
एउटा फार्मको एक जना निश्चित सुपरभाइजर थियो जसले खेतीको काम बरबाद गरेको थियो। उसलाई कुन-कुन जग्गामा कुन-कुन बाली रोप्नुपर्छ, वा कुन-कुन जग्गा तरकारी उब्जाउनका लागि उपयुक्त छ भन्ने थाहा थिएन, र उसले कसैसँग खोजी र सङ्गति गरेन—यी कुराहरूका बारेमा कसरी सङ्गति गर्ने उसलाई थाहा थिएन, त्यसकारण उसले त्यसो गरेन। उसले जहाँ मन लाग्यो त्यहाँ बाली रोप्यो, र परमेश्वरको घरका सिद्धान्तहरूलाई बेवास्ता गर्यो। परिणाम स्वरूप, उसले खेतको हरेक भागमा जथाभावी रूपमा बाली रोप्यो, र थोरै मात्रामा रोपिनुपर्ने बालीहरू ठूलो सङ्ख्यामा रोप्यो, र ठूलो सङ्ख्यामा रोपिनुपर्ने बालीहरू थोरै सङ्ख्यामा रोप्यो। जब माथिले उसलाई काट-छाँट गर्यो, तब ऊ अझै पनि अवज्ञाकारी भयो, र उसलाई यसरी फसल रोप्दा केही गलत हुँदैन भन्ने लाग्यो। मलाई भन, के यस्ता सुपरभाइजरहरू निकै गाह्रो मानिसहरू होइनन् र? परमेश्वरको घरले तय गरेका सिद्धान्तहरूका आधारमा कसरी मामलाहरू सम्हाल्ने, वा मण्डलीमा पूर्णकालीन कर्तव्य पूरा गर्ने मानिसहरूको सङ्ख्याको आधारमा कति अनाज रोप्ने र कति सागसब्जी रोप्ने भनेर निर्धारित गर्नुपर्छ भन्ने कुरा उसलाई थाहा थिएन। बरु, उसले आफ्नो रुचि अनुसार नै निश्चित बालीहरू रोप्ने निर्णय गर्यो, र यसो गर्नु पूर्ण रूपमा उचित हुन्छ भन्ने उसलाई विश्वास थियो। अन्तिममा, उसले भ्रमित तरिकाले बाली रोप्यो। पछि, बेर्नाहरू उम्रे। तीमध्ये कति पहेँलो भयो र तिनलाई मल चाहिएको थियो, तर कति मल लगाउने वा कहिले लगाउने भन्ने उसलाई थाहा थिएन। कतिपय बालीहरूमा कीराहरू लागे, र तिनमा कीटनाशक औषधी लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा थिएन। कतिपय मानिसहरूले ती प्रयोग गर्नुपर्छ वकालत गरे, र कतिपयले त्यसो नगर्ने वकालत गरे, र ऊ अन्योलमा पर्यो, र कीटनाशकहरूको बारेमा के गर्ने उसलाई थाहा थिएन। यसरी, उसले कटनीको समय नआएसम्म झारा टार्यो। हरेक बालीको वृद्धि-विकासको अवधि कति लामो हुन्छ वा हरेक बाली कहिले पाक्छ भन्ने पनि उसलाई थाहा थिएन। परिणाम स्वरूप, चाँडै काटिएका अनाजहरू अझै पनि हरियो अवस्थामा थिए, जबकि ढिलो काटिएका अनाजहरू भुइँमा झरे। अन्त्यमा, यो सबै कुराको बाबजुद पनि, बालीहरू काटियो, अन्तमा अनाज भण्डारण गरियो, र त्यस वर्षका लागि गरिएको खेतीका क्रियाकलापहरू लगभग समाप्त भए। फार्म सुपरभाइजरले आफ्नो काम कसरी गर्यो? (उसले यसलाई बरबाद गर्यो।) यो किन यति बरबाद भयो? यस समस्याको जड पत्ता लगाऊ। (उसको क्षमता अत्यन्तै कमजोर छ।) यो सुपरभाइजरको क्षमता अत्यन्तै कमजोर छ! परिस्थितिहरूको सामना गर्दा, उसले सटीक मूल्याङ्कन गर्दैनथियो, सिद्धान्तहरू भेट्टाउन सक्दैनथियो, र उसँग परिस्थितिहरूलाई सम्हाल्ने कुनै तरिका वा विधि थिएन। यसले गर्दा उसले बाली रोप्ने जस्ता सरल कामलाई अत्यन्तै भताभुङ्ग रूपमा सम्हालेर, यो कामलाई धेरै बरबाद गर्यो। कमजोर क्षमताका मुख्य प्रकटीकरणहरू के-के हुन्? (सटीक मूल्याङ्कनको कमी हुनु र सिद्धान्तहरू भेट्टाउन नसक्नु।) के यी शब्दहरू महत्त्वपूर्ण छैनन् र? के तिमीहरूले तिनलाई याद गर्नेछौ? जब व्यक्तिले मामलाहरूको सामना गर्छ, तब सही मूल्याङ्कनको कमी नहुँदा र सिद्धान्तहरू पत्ता लगाउन नसक्दा यसले अत्यन्तै कमजोर क्षमतालाई जनाउँछ। अरूले जति धेरै सुझाव र सङ्केतहरू प्रदान गर्थे, यो सुपरभाइजर त्यति नै अन्योलमा पर्थ्यो। यदि सुझाव एउटा मात्रै भयो भने राम्रो हुनेथियो किनभने उसले यसलाई नियमको रूपमा लिन र पालना गर्न सक्थ्यो, जसले गर्दा परिस्थिति यति सरल र अर्थपूर्ण हुन्छ कि उसले विचार गर्नु वा मूल्याङ्कनको अभ्यास गर्नु नै पर्दैन भन्ने उसलाई लाग्यो। उसलाई धेरै मानिसहरूले सुझावहरू दिनेछन् भन्ने डर लाग्थ्यो, किनभने उसले ती सुनेपछि, तिनलाई कसरी सम्हाल्ने भन्ने उसलाई थाहा हुँदैनथियो। वास्तवमा, बुद्धि र राम्रो क्षमता भएका मानिसहरूलाई अरूले सुझावहरू दिने कुराको डर लाग्दैन। तिनीहरूले के सोच्छन् भने जति धेरै मानिसहरूले सुझावहरू दिइरहेका हुन्छन् त्यति तिनीहरूको मूल्याङ्कन अझै सटीक हुन्छ र गल्तीको सम्भावना कम हुन्छ। दिमाग वा क्षमता नभएका मानिसहरू धेरै मानिसहरूको फरक-फरक विचार र सुझावहरूको डर मान्छन्; धेरै स्रोतहरूबाट सल्लाह प्राप्त गर्दा तिनीहरू अन्योलमा पर्छन्। के मैले भर्खरै उल्लेख गरेको फार्म सुपरभाइजरको क्षमता अत्यन्तै कमजोर थिएन र—के ऊ यो काम लिनका लागि पर्याप्त रूपमा योग्य नभएको होइन र? (हो।) कतिपयले तर्क गर्छन्, “सायद उसले पहिले खेती गरेको थिएन। तपाईंले उसलाई खेतीको काम गर्न लगाउन जिद्दी गर्नुभयो—के त्यो भैँसीलाई रूख चढ्न लगाउनु जस्तै होइन र?” के पहिले खेती गरेको अनुभव नभएको व्यक्तिले खेती गर्न सक्दैन भन्ने हुन्छ? कसले अन्तर्निहित रूपमा खेती गर्ने क्षमता पाएको हुन्छ र? के किसानहरू यो क्षमता लिएर जन्मेका हुन्छन्? (हुँदैनन्।) अनुभवको कमी भएकोले र खेती कसरी गर्ने भन्ने थाहा नभएकोले, पहिलो पटक बाली रोपेपछि फसल नकाटेको र खानका लागि आफूसँग कुनै अनाज नभएकोले गर्दा एक वर्ष भोकै बस्नु परेको कुनै किसानहरू छन्? के यस्तो कुरा हुन्छ? (हुँदैन।) यदि वास्तवमा त्यस्तो भयो भने, यो मानव कार्यहरूको परिणाम होइन तर प्राकृतिक विपत्ति हुनेथियो। त्यस्ता परिस्थितिहरू अत्यन्तै दुर्लभ हुन्छन्! किसानहरूले खेती गरेर जीविकोपार्जन गर्छन्, र एक-दुई वर्षदेखि खेती गरेका मानिसहरूले पनि यो काम गर्न सिक्छन्। राम्रो क्षमता भएका व्यक्तिहरूले जमिन खेती गर्दा अलिक बढी उपज दिन सक्छन्, जबकि कमजोर क्षमता भएका मानिसहरूले कम उपज पाउन सक्छन्। यसको साथै, वर्तमान प्रगतिको र जानकारीको प्रशस्तताको कारण, यदि कुनै व्यक्तिमा क्षमता छ भने, सही मूल्याङ्कन र निर्णयहरू गर्ने सन्दर्भको रूपमा काम गर्नका लागि त्यो जानकारी नै पर्याप्त हुन्छ। जानकारी जति व्यापक र सटीक हुन्छ, तिनीहरूको मूल्याङ्कन र निर्णय त्यति नै सटीक हुन्छ, र तिनीहरूले त्यति नै कम गल्तीहरू गर्छन्। तैपनि, कमजोर क्षमता भएका व्यक्तिहरू यसको विपरीत हुन्छन्; जति धेरै जानकारी हुन्छ, तिनीहरू त्यति नै अन्योलमा पर्छन्। अन्तमा, हरेक चरण तिनीहरूका लागि संघर्ष हुन्छ र अत्यन्तै गाह्रो हुन्छ। खेती भनेको समयसँगको दौड हो; धेरै चाँडो भयो वा धेरै ढिलो भयो भने यसले काम गर्दैन। यदि तैँले ढिलाइ गरेकोले सही समय गुमाइस् भने, अन्तिम फसलमा असर हुनेछ। खेती गर्ने क्रममा, यो सुपरभाइजर व्याकुल भयो, समय बित्दै जाँदा ऊ हतार-हतार अघि बढ्यो, र हरेक चरणमा जबरजस्ती अघि बढ्यो। उसले अझै पनि हरेक कदम चाल्न सकेको भए पनि, उसलाई यो कुरा निकै गाह्रो भयो, र अन्त्यमा, यसले गर्दा उसले काम बरबाद गर्यो। त्यस्ता व्यक्तिहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ!
अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले एउटै मात्र काम समेत राम्ररी गर्न सक्दैनन्; तिनीहरूले जुनसुकै काम गरे पनि, यसलाई अत्यन्तै बरबाद गर्छन्। यदि यी सुपरभाइजरहरूका अगुवाहरूको क्षमता राम्रो छ र तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भने, तिनीहरूले यी कुराहरू देख्न सक्नुपर्छ। तिनीहरूले कमजोर क्षमता भएका सुपरभाइजरहरूलाई मार्गदर्शन, मापदण्डकरण, र जाँचहरू प्रदान गर्न सहयोग गर्नुपर्छ। तैपनि, झूटा अगुवाहरूले यसो गर्न सक्दैनन्; तिनीहरूले सुपरभाइजरहरूले गर्न नसक्ने कुराहरू पनि गर्न सक्दैनन्, र जब सुपरभाइजरहरूलाई आफ्नो काम गाह्रो हुन्छ वा तिनीहरूलाई आफ्नो काममा अनिश्चितता र हिचकिचाहट महसुस हुन्छ, तब झूटा अगुवाहरू पनि तिनीहरूसँगै हिचकिचाउँछन्। सुपरभाइजरहरूले आफ्नो काम कसरी गरिरहेका छन्, तिनीहरू कहाँ पुगेका छन्, के-कस्ता चुनौतीहरू देखा परेका छन्, वा तिनीहरूले कस्तो अन्योलता भोगिरहेका छन् भन्ने कुरा समेत तिनीहरूलाई थाहा हुँदैन। जब कसैले त्यो अगुवालाई खेतीको बारेमा सोध्यो, तब उसले भन्यो, “म अगुवा हुँ, म खेतीको इन्चार्ज होइनँ।” तिनीहरूले भने, “तपाईं अगुवा हुनुहुन्छ, त्यसकारण तपाईंलाई खेतीको बारेमा सोध्दा के गल्ती भयो र? यो काम तपाईंको जिम्मेवारीको दायराभित्र पर्छ।” उसले भनिन्, “म तपाईंको लागि यसको बारेमा सोध्छु है त।” सोधेपछि, उसले जवाफ दिइन्, “अहिले हामी आलु रोप्दैछौं।” तिनीहरूले सोधे, “तपाईंले कति आलु रोप्दैहुनुहुन्छ?” उसले प्रतिक्रिया दिइन्, “मैले त्यो कुरा सोधेको छैनँ, म तपाईंको लागि गएर जाँच गर्छु है त।” फेरि सोधेपछि, उसले प्रतिक्रिया दिइन्, “हामीले दुई एकड रोप्यौँ।” तिनीहरूले सोधे: “तपाईंले कुन प्रजाति रोप्नुभयो? के त्यो जग्गा आलु रोप्नका लागि उपयुक्त छ? के तपाईंले ती रोप्दा मल लगाउनुभयो? आलुको बीउ कति गहिरो रोप्नुभयो?” उसलाई यीमध्ये कुनै कुरा थाहा थिएन। उसलाई यी कुराहरू थाहा थिएन, तर उसले ती कुराहरूका बारेमा सोधपुछ गरिनन् र तिनको बारेमा सोध्नका लागि कसैलाई पठाइनन्—के यसले काममा ढिलाइ गरेन र? के ऊ अगुवा समेत थिइन् र? उसले अगुवाको रूपमा के काम गरिरहेकी थिइन्? यदि उसले मानिसहरूलाई यति सानो बाहिरी काम गर्न समेत अगुवाइ गर्न सकिनन् भने, ऊ अगुवा बन्नुको के फाइदा भयो र? सुपरभाइजरको क्षमता यति कमजोर भए पनि, यो झूटो अगुवाले यो कुरा पत्ता लगाउन सकिनन्, र सुपरभाइजरको क्षमता कस्तो छ, फसल कस्तो भइरहेको छ, र फसलको ग्यारेन्टी छ कि छैन भनेर उनलाई सोधियो भने, उसले यस्तो विश्वास गर्थिन्: “तपाईंले यी कुराहरूका बारेमा सोधपुछ गर्नु अनावश्यक हुन्छ; खेती गर्नु यति सरल काम हो! हामीले पहिले नै खेतमा बाली रोपिसकेका छौं, होइन र? कसरी फसल नहुन सक्छ र?” उसले केही कुराको बारेमा विचार गर्दैनथिइ, कुनै कुराको बारेमा सोधपुछ गर्दैनथिइ, र उसँग कुनै दिमाग थिएन। यो कस्तो अगुवा थियो? (झूटो अगुवा।) जब उसले कुनै कुराको सामना गर्थ्यो, तब सुपरभाइजरलाई टाउको काटेको कुखुरालाई जस्तै केही थाहा हुँदैनथियो। कसलाई सोध्ने, वा कसरी जानकारी खोज्ने, वा फरक-फरक जानकारी स्रोतहरूले धेरै फरक-फरक विचारहरू प्रस्तुत गर्दा कुन पक्ष छनौट गर्ने भन्ने उसलाई थाहा थिएन। यो अगुवाले यी परिस्थितिहरूलाई अनुसन्धान गरेन। उसलाई काम यो व्यक्तिलाई सुम्पिएको छ भन्ने लाग्यो, त्यसकारण उसले यसको बारेमा पटक्कै चिन्ता गरिनन्। के यति कमजोर क्षमता भएको सुपरभाइजरले कामका परिणामहरूमा असर गर्छ भन्ने तिमीहरूलाई लाग्छ? (लाग्छ।) त्यसोभए यो समस्या समाधान गर्न अगुवाले के गर्नुपर्थ्यो? यसको बारेमा अनुसन्धान गरेर अनि अप्रत्यक्ष सोधपुछ गरेर, आफ्नो वरिपरिका घटनाहरूबाट, र त्यो मौसमको फसल रोपेपछि, उसले सुपरभाइजरको क्षमता अत्यन्तै कमजोर छ, उसले केही गर्न सक्दैन भन्ने कुरा पत्ता लगाउनुपर्थ्यो। उसले वर्षौँसम्म खेती गरेपछि पनि अनुभवको बारेमा कुनै सारांश दिन सक्दैनथियो—त्यो बेला उसलाई बाली कसरी रोप्ने भन्ने समेत थाहा थिएन—उसको क्षमता कमजोर थियो र ऊ काम गर्न सक्ने अवस्थामा थिएन भन्ने कुरा उसलाई स्पष्ट हुनुपर्थ्यो, र त्यस्तो व्यक्तिलाई बर्खास्त गरिनुपर्थ्यो! उसले सुपरभाइजरको रूपमा को उपयुक्त छ, कसले यो काम लिन र राम्ररी गर्न सक्छ भनेर सोध्नुपर्थ्यो, यसरी परमेश्वरको घरको काममा हानि हुँदैन भन्ने कुरालाई सुनिश्चित गरिनुपर्थ्यो। के झूटो अगुवामा यस्तो मानसिकता थियो? के उसले यी समस्याहरू देख्न सकिन्? (सकिनन्।) उसको मन र आँखा अन्धो थियो; ऊ पूर्ण रूपमा अन्धो थिइन्। यो झूटा अगुवाहरूको प्रकटीकरण हो। जब कमजोर क्षमता भएका मानिसहरूको कुरा आउँछ, तब उनीहरूलाई आफ्नो काममा कसरी अगुवाइ गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन, जाँचहरू गरेर उनीहरूलाई कसरी सहयोग गर्ने वा उनीहरूका कठिनाइहरूलाई कसरी तुरुन्तै समाधान गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन, र कमजोर क्षमता भएको व्यक्तिले काम लिन सक्दैन र उसलाई तुरुन्तै उपयुक्त व्यक्तिद्वारा प्रतिस्थापन गर्नुपर्छ भन्ने त तिनीहरूलाई अवश्य नै थाहा हुँदैन। झूटा अगुवाहरूले यीमध्ये कुनै पनि काम पूरा गर्दैनन्; तिनीहरू यसमा सक्षम हुँदैनन्, र तिनीहरूले यीमध्ये कुनै पनि कुरा देख्न सक्दैनन्। के तिनीहरू अन्धा मानिसहरू होइनन् र? कतिपय मानिसहरूले भन्छन्, “सायद तिनीहरू अरू काममा व्यस्त छन्। तपाईंले किन तिनीहरूलाई यी महत्त्वहीन र सानातिना कामहरू पूरा गर्न लगाइरहनुहुन्छ?” यी अगुवाहरूले गर्नु नै पर्ने कामहरू हुन्, र तिनलाई कसरी सानातिना कामको रूपमा लिन सकिन्छ? यी कुराहरू अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्छन्—तिनीहरूले तिनलाई बेवास्ता गरे भने के यो ठीक हुन्छ? यदि तिनीहरूले त्यसो गरे भने, यो कर्तव्यलाई बेवास्ता गर्नु हो। तिनीहरूको कामका कठिनाइ र समस्याहरू हरेक दिन अगुवाहरूको आँखा अगाडि नै देखा पर्छन्, र मानिसहरूले हरेक दिन तिनको बारेमा कुरा उठाउँछन्। तैपनि, झूटा अगुवाहरूको आँखा र मन दुवै अन्धो हुन्छन्। तिनीहरूले यी समस्याहरू हुन् भन्ने कुरा देख्न, महसुस गर्न, वा अनुभूति गर्न सक्दैनन्, त्यसकारण, अवश्य नै, तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्। त्यो झूटा अगुवाले सुपरभाइजरको क्षमता अत्यन्तै कमजोर छ भन्ने पत्ता लगाउन सकिनन्। उसले त्यस व्यक्तिको काममा पैदा भएका विभिन्न समस्याहरूलाई पनि पहिचान गर्न सकिनन्। यो सुपरभाइजरले समस्याहरू सम्हाल्न सक्दैनथियो र जब कुनै घटना घट्थ्यो, तब सिद्धान्तहरूको कमी भएकोले तातो भाँडोमा राखिएको कमिलाले जस्तो अराजक शैलीमा काम गर्थ्यो, र काममा अराजकता ल्याउँथ्यो, र त्यो झूटा अगुवाले यीमध्ये कुनै पनि कुरा देख्न वा पत्ता लगाउन सक्दैनथियो। झूटा अगुवाहरूले आफ्नो काम कसरी गर्छन् भन्ने कुराको एउटा सिद्धान्त यही हो: तिनीहरूले हरेक कामका लागि जिम्मेवार व्यक्तिलाई राखेका छन् भने, तिनीहरूले यसलाई पूरा भएको ठान्छन्, र सुपरभाइजरको क्षमता राम्रो भए पनि नराम्रो भए पनि, उसले काम राम्ररी गर्न सके पनि नसके पनि, वा काममा जति धेरै समस्याहरू पैदा भए पनि, तिनीहरूलाई यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्ने लाग्छ। के त्यस्तो अगुवाले अझै पनि काम पूरा गर्न सक्छ? के तिनीहरूले कसरी काम गर्ने भन्ने कुरा बुझेका हुन्छन्? (हुँदैनन्।) यदि तिनीहरूलाई कसरी काम गर्ने भन्ने थाहा छैन भने, तिनीहरूले किन अगुवाको रूपमा काम गरिरहेका हुन्छन्? यदि तिनीहरूले यसको बाबजुद पनि अगुवाको रूपमा सेवा गरे भने, तिनीहरू झूटा अगुवा हुन्। झूटा अगुवाहरूले कमजोर क्षमता भएका मानिसहरूका विभिन्न प्रकटीकरणहरू वा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा पैदा हुने विभिन्न समस्याहरूलाई देख्न वा पत्ता लगाउन सक्दैनन्। तिनीहरूको हृदय अत्यन्तै सुस्त हुन्छ। के तिनीहरूको आँखा र मन दुवै अन्धो हुँदैन र? कतिपयले यसो भन्न सक्छन्, “तिनीहरू अन्धो होइनन्। तपाईंले सधैँ तिनीहरूलाई निन्दा र बदनाम गरिरहनुभएको हुन्छ।” यो किसान सुपरभाइजरका समस्याहरू अत्यन्तै गम्भीर थिए; त्यो झूटो अगुवा हरेक दिन ऊसँग बस्थ्यो, र उसले घट्ने सबै कुरा सुन्न र देख्न सक्थिन्। त्यसोभए यी समस्याहरू हुन् भनेर उसले कसरी पत्ता लगाउन वा महसुस गर्न सकिनन्? उसले किन यी समस्याहरूलाई सम्हालिनन् वा समाधान गरिनन्? के उसको आँखा र मन अन्धो थिएन र? के यो समस्या गम्भीर थियो? (हो, थियो।) यो झूटा अगुवाहरूको अर्को प्रकटीकरण हो—मन र आँखाको अन्धोपन।
जब तैँले कमजोर क्षमता भएको कसैलाई काम सुम्पन्छस्, तब उसले सामान्यतया कसरी बोल्छ, कामको बारेमा छलफल गर्दा उसले देखाउने मनोवृत्ति र दृष्टिकोण, र उसले कामहरू सम्हाल्ने तरिकाबाट, उसको क्षमता अत्यन्तै कमजोर छ, उसको सोचाइ अराजक छ, र उसले सबै कुरालाई अलिक अन्धोपन र लापरवाहीको साथ लिन्छ, र उसको कुनै उद्देश्य हुँदैन भन्ने कुरा पत्ता लगाउन सक्छस्। काम गर्ने उसको तरिकालाई हेरेर मात्रै यो व्यक्तिको क्षमता अत्यन्तै कमजोर छ भनेर निर्धारित गर्न सकिन्छ, त्यसकारण के तैँले उसलाई त्यति लामो समयसम्म अवलोकन समेत गर्नु आवश्यक हुन्छ र? अहँ, हुँदैन। तैपनि, झूटा अगुवाहरूको एउटा घातक समस्या हुन्छ; अर्थात्, तिनीहरूले के विश्वास गर्छन् भने कुनै व्यक्तिले यति लामो समयसम्म काम गरिरह्यो र छोडेन, र कसैले पनि उसलाई कुनै खराब काम गरेको, वा बाधा वा व्यवधान ल्याएको, वा नकारात्मक वा अल्छी भएको बारेमा रिपोर्ट गरेको तिनीहरूले सुनेका छैनन् भने, यसको अर्थ यो व्यक्तिले अझै पनि काम गर्न सक्छ भन्ने हुन्छ। तिनीहरूलाई व्यक्तिको बोलीवचन, मामलाहरूप्रतिको उसको मनोवृत्ति र दृष्टिकोण, वा उसले काम गर्ने तरिकाको आधारमा उसको क्षमता वा राम्रो काम गर्ने उसको क्षमतालाई कसरी मूल्याङ्कन गर्ने भन्ने थाहा हुँदैन। तिनीहरूमा यो चेतना हुँदैन; तिनीहरू यस विषयमा अबुझ हुन्छन् र तिनीहरूमा यस विषयमा कुनै पनि बुझ्ने क्षमताको कमी हुन्छ। तिनीहरूको एउटा दृष्टिकोण हुन्छ: व्यक्ति निष्क्रिय छैन भने, सबै कुरा ठीकै हुन्छ र काम अघि बढ्न सक्छ। के यस्तो दृष्टिकोण बोकेका अगुवाले राम्रो काम गर्न सक्छन् भन्ने तिमीहरूलाई लाग्छ? के तिनीहरू काम गर्न सक्ने अवस्थामा हुन्छन्? (हुँदैनन्।) त्यस्तो व्यक्तिलाई अगुवा हुन दिनु भनेको काम बरबाद गर्नु हो, होइन र? जब व्यक्ति खाने, पिउने, र मनोरन्जन गर्ने कार्यमा लिप्त हुन्छ, र उसले आफ्नो कर्तव्यलाई बेवास्ता गर्छ, तब झूटा अगुवाहरूले यसको बारेमा अनुसन्धान गर्ने वा सम्हाल्ने झमेला लिँदैनन्, र तिनीहरूसँग सम्पर्कमा आएको जति नै लामो समय भए पनि व्यक्तिको क्षमता वा चरित्र असल छ कि खराब छ भनेर पत्ता लगाउन सक्दैनन्। के यी अगुवाहरूमा अगुवाको काम गर्ने क्षमता हुन्छ र? (हुँदैन।) तिनीहरू झूटा अगुवाहरू हुन्। झूटा अगुवाहरूले कुनै व्यक्तिमा राम्रो क्षमता छ कि छैन भनेर खुट्ट्याउन सक्दैनन्, र तिनीहरूले यी निश्चित कामहरू गर्न सक्दैनन्। तिनीहरूले यो तिनीहरूको कामको भाग होइन भन्ने सोच्छन्। के यो कर्तव्यलाई बेवास्ता गर्नु होइन र? तिमीहरूलाई के लाग्छ, कमजोर क्षमता भएको व्यक्तिले काम गर्न सक्छ, कि केही क्षमता भएको व्यक्तिले गर्न सक्छ? (केही क्षमता भएको व्यक्तिले।) त्यसकारण, व्यक्तिको क्षमता र कामका लागि उसको योग्यतालाई मूल्याङ्कन गर्नु अगुवा र कामदारहरूले वास्ता गर्नुपर्ने र बुझ्नुपर्ने विषय हो, र यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने काम पनि हो। तर झूटा अगुवाहरूले यो तिनीहरूको कामको भाग हो भन्ने कुरा बुझ्दैनन्, तिनीहरूमा यो चेतनाको कमी हुन्छ, र तिनीहरूले आफ्नो जिम्मेवारीको यो भाग पूरा गर्न सक्दैनन्। झूटा अगुवाहरूले आफ्नो कर्तव्यमा बेवास्ता गर्ने ठाउँ यही हो, र यो झूटा अगुवाहरूले काम गर्न नसक्नुको प्रकटीकरण पनि हो। यो दोस्रो प्रकारको परिस्थिति हो: सुपरभाइजरहरूको क्षमता कमजोर हुनु, काम गर्ने क्षमताको कमी हुनु, र आफ्नो कामको बोझ लिन नसक्नु, जुन तिनीहरूको क्षमतासँग सम्बन्धित समस्या हो। यस्तो परिस्थितिमा, झूटा अगुवाहरूले पनि अगुवाको भूमिका खेल्न सक्दैनन् र कमजोर क्षमता भएका सुपरभाइजरहरूलाई तुरुन्तै बर्खास्त गर्न सक्दैनन्।
इ. झुटा अगुवाहरू अरूलाई यातना दिने र मण्डलीको काममा बाधा पुऱ्याउने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
तेस्रो प्रकारको परिस्थितिमा अरूलाई कष्ट दिने र बन्धनमा पार्ने, मण्डलीको काममा बाधा दिने सुपरभाइजरहरू समावेश हुन्छन्। हामीले यसभन्दा पहिले कुरा गरेको पहिलो परिस्थिति के थियो भने कतिपय सुपरभाइजरहरूको क्षमता तुलनात्मक रूपमा राम्रो भए पनि र तिनीहरूले आफ्नो काम लिन सके पनि, तिनीहरूले कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र झाराटारुवा तरिकाले व्यवहार मात्रै गर्छन्, जब कि झूटा अगुवाहरू यसप्रति अनजान हुन्छन् र तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्दैनन्। दोस्रो परिस्थितिमा कतिपय सुपरभाइजरहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले काम लिन सक्दैनन्, तर झूटा अगुवाहरूले यो कुरा पत्ता लगाउन वा तिनीहरूलाई तुरुन्तै प्रतिस्थापन गर्न सक्दैनन् भन्ने कुरा समावेश हुन्छ। यो तेस्रो परिस्थिति त्यस्ता सुपरभाइजरहरूका बारेमा हो, जसले आफ्नो क्षमता राम्रो भए पनि नराम्रो भए पनि, आफ्नो उचित काममा ध्यान दिँदैनन्, र अरूलाई कष्ट दिन्छन् र बन्धनमा पार्छन्, जसले गर्दा मण्डलीको काममा बाधा हुन्छ। तिनीहरूलाई सुपरभाइजरको रूपमा छनौट गरिएको समयदेखि नै, तिनीहरूले आफ्नो क्षेत्रको बारेमा जान्ने वा अध्ययन गर्ने प्रयास गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू नै खोज्छन्, र तिनीहरूले अवश्य नै अरूलाई आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न मार्गदर्शन गर्दैनन्। बरु, तिनीहरूले हरेक पटक मौका पाएपछि, कसैलाई निहुँ खोज्छन्, र अरूलाई निन्दा र गिल्ला गर्छन्; तिनीहरूले मौका पाएपछि जहिल्यै धाक लगाउँछन्, र तिनीहरूले जे गरे पनि, कहिल्यै ठोस कुरा गर्न सक्दैनन्। एक दिन तिनीहरूले मानिसहरूलाई एउटा तरिकाले काम गर्न लगाउँछन्, र भोलिपल्ट तिनीहरूलाई अर्को तरिकाले काम गर्न लगाउँछन्; तिनीहरूले सधैँ आफूलाई अलग देखाउन चाहने हुनाले नयाँ चलाकीहरू मात्रै खोज्छन्। यो सबैले मानिसहरूलाई तनावको स्थितिमा पार्छ। जब-जब तिनीहरूले बोल्छन्, तब-तब कतिपय मानिसहरूले हृदय काँपिरहेको महसुस गर्छन्। जब तिनीहरूले सबैलाई नियन्त्रण गरेका हुन्छन्, र सबैलाई तिनीहरूको डर मान्न र पालना गर्न लगाएका हुन्छन्, तब तिनीहरूलाई उल्लास हुन्छ। तिनीहरू झूटा अगुवाहरू भए पनि वा ख्रीष्ट-विरोधीहरू भए पनि, र तिनीहरू शक्तिमा भए पनि नभए पनि, यस्ता मानिसहरूले मण्डलीको शान्तिलाई बरबाद गर्छन्। तिनीहरूले वास्तविक काम गर्न वा आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न नसक्ने मात्र होइन, तर तिनीहरूले मानिसहरूका बीचमा कलह पनि फैलाउँछन् र द्वन्द्व पैदा गर्छन्, जसले गर्दा मण्डलीको जीवनमा बाधा हुन्छ। तिनीहरूले अरूलाई सत्यता बुझ्न सहयोग गर्न नसक्ने मात्र होइन, तर मानिसहरूलाई बारम्बार आलोचना र निन्दा पनि गर्छन्, र मानिसहरूलाई सबै कुरामा तिनीहरूको कुरा पालना गर्न लगाउँछन्, उनीहरूलाई यति हदसम्म बन्धनमा पार्छन् कि उनीहरूलाई उचित रूपमा कसरी काम गर्ने भन्ने थाहा हुँदैन। विशेष गरी मानिसहरूले कसरी जिउँछन् भन्ने कुराको हिसाबमा भन्दा, तिनीहरूले अलिक ढिलो-चाँडो सुत्न पाउँदैनन्। तिनीहरूले जे गरे पनि, तिनीहरूले यी मानिसहरूको अनुहारको हाउभाउ हेर्नुपर्छ, जसले गर्दा जीवन अत्यन्तै थकाइलाग्दो हुन्छ। यदि यस्ता मानिसहरू सुपरभाइजर बने भने, अरू सबैलाई गाह्रो हुनेछ। यदि तैँले तिनीहरूसँग इमानदारिताको साथ कुरा गरिस् र तिनीहरूका समस्याहरू खुलासा गरिस् भने, तिनीहरूले तैँले जानी-जानी तिनीहरूलाई निसाना बनाइरहेको र खुलासा गरिरहेको छस् भनेर भन्नेछन्। यदि तैँले तिनीहरूका समस्याहरूका बारेमा तिनीहरूलाई बताइनस् भने, तिनीहरूले तैँले तिनीहरूलाई हेला गरिरहेको छस् भनेर भन्नेछन्। यदि तँ कामको बारेमा गम्भीर र जिम्मेवार छस् र तैँले तिनीहरूलाई केही सल्लाह दिइस् भने, तिनीहरू अवज्ञाकारी हुनेछन्, र तैँले तिनीहरूलाई आक्रमण गरिरहेको छस् भनेर तिनीहरूले भन्नेछन् र तँलाई अहङ्कारी भनेर भन्नेछन्। जे भए पनि, तैँले जे गरे पनि, तिनीहरूलाई यो अप्रिय लाग्नेछ। तिनीहरूले सधैँ मानिसहरूलाई कष्ट दिने बारेमा सोचिरहेका हुन्छन्, र तिनीहरूले मानिसहरूलाई बाध्यतामा पार्छन् ताकि तिनीहरू हात-खुट्टा बाँधिएको जस्तै अवस्थामा बसून् र तिनीहरूले गर्ने कुनै पनि कुरा सही छैन भन्ने महसुस गरून्। त्यस्ता सुपरभाइजरहरूले मण्डलीको काममा बाधा दिन्छन्।
झूटा अगुवाहरू देखावटी काममा माहिर हुन्छन्, तर तिनीहरू कहिल्यै वास्तविक काम गर्दैनन्। तिनीहरू विभिन्न व्यावसायिक कामको निरीक्षण, रेखदेख गर्न, वा डोऱ्याइ दिन जाँदैनन्, वा विभिन्न टोलीहरूको काम कसरी अगाडि बढिरहेको छ, के-कस्ता समस्याहरू छन्, टोलीका सुपरभाइजरहरू आफ्ना काममा योग्य छन् कि छैनन्, र दाजुभाइ-दिदीबहिनीहरूले कसरी सुपरभाइजरहरूका बारेमा रिपोर्ट वा मूल्याङ्कन गर्छन् भन्ने कुराको निरीक्षण गर्दै ती टोलीमा के भइरहेको छ भन्ने कुरा समयमै पत्ता लगाउँदैनन्। तिनीहरूले टोली अगुवा वा सुपरभाइजरहरूद्वारा कोही बाँधिएको पो छ कि, मानिसहरूले दिएका सही सुझावहरू अवलम्बन गरिँदै छन् कि छैनन्, कुनै प्रतिभाशाली वा सत्यता पछ्याउने व्यक्ति दमन वा बहिष्करणमा पो परिरहेको छ कि, कुनै निष्कपट मानिसहरू हेपाइमा पो परिरहेका छन् कि, झूटा अगुवाहरूको खुलासा र रिपोर्ट गर्ने मानिसहरूमाथि आक्रमण पो भइरहेको छ कि, प्रतिशोध लिइँदै छ कि, उनीहरू निकालिँदै र निष्कासित हुँदै पो छन् कि, टोली अगुवा र सुपरभाइजरहरू दुष्ट मानिस पो हुन् कि, र कोही उत्पीडनमा पो परिरहेको छ कि भनी हेर्न जाँचबुझ गर्दैनन्। यदि झूटा अगुवाहरूले यीमध्ये कुनै पनि ठोस काम गर्दैनन् भने, तिनीहरूलाई बरखास्त गर्नुपर्छ। उदाहरणका लागि, मानौँ, कुनै व्यक्तिले एक जना सुपरभाइजरले मानिसहरूलाई बारम्बार बाँध्छ र दमन गर्छ भनेर एक जना झूटो अगुवालाई रिपोर्ट गर्छ। उक्त सुपरभाइजरले केही गलत कामहरू गरेको छ, तर उसले दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि सुझावहरू प्रदान गर्न दिँदैन, र आफूलाई सही ठहराउन र आफ्नो बचाव गर्न बहानाहरू खोज्छ, र आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैन। के यस्तो सुपरभाइजरलाई तत्कालै बरखास्त गर्नुपर्दैन र? अगुवाहरूले समयमै समाधान गर्नुपर्ने समस्याहरू हुन्छन्। कतिपय झूटा अगुवाहरू आफूले नियुक्त गरेका सुपरभाइजरहरूको काममा जस्तोसुकै समस्याहरू आएका भए पनि तिनीहरूको खुलासा हुन दिँदैनन्, र निश्चय नै माथिल्लो तहका मानिसहरूकहाँ तिनीहरूको रिपोर्ट गर्ने अनुमति दिँदैनन्—तिनीहरूले मानिसहरूलाई समर्पित हुन सिक्न समेत भन्छन्। यदि कसैले कुनै सुपरभाइजरका समस्याहरू खुलासा गरेमा, यी झूटा अगुवाहरूले तिनीहरूलाई बचाउने वा साँचो तथ्यहरू छोप्ने कोसिस गर्छन्, र यसो भन्छन्, “यो सुपरभाइजरको जीवन प्रवेशसम्बन्धी समस्या हो। तिनीहरूमा अहङ्कारी स्वभाव हुनु सामान्य हो—अलिकति क्षमता भएको जोकोही अहङ्कारी हुन्छ। यो ठूलो कुरा होइन, मैले तिनीहरूसित थोरै सङ्गति मात्र गर्नुपर्छ।” सुपरभाइजरले सङ्गतिमार्फत यसो भन्दै आफ्नो अडान राख्छ, “म अहङ्कारी छु भन्ने कुरा स्विकार्छु। म स्विकार्छु कि कहिलेकाहीँ म मेरो आफ्नै आडम्बर, गौरव, र हैसियतप्रति चासो राख्छु, र अरू मानिसहरूका सुझावहरू स्विकार्दिनँ। तर अरू मानिसहरू यो पेशामा निपुण हुँदैनन्, तिनीहरू प्रायः बेकारका सुझावहरू दिन्छन्, त्यसकारण मैले तिनीहरूको कुरा नसुन्नुको कारण छ।” झूटा अगुवाहरूले परिस्थितिलाई राम्रोसँग बुझ्ने कोसिस गर्दैनन्, सुपरभाइजरको कामका नतिजाहरू हेर्दैनन्, तिनीहरूको मानवता, स्वभाव, र पछ्याइ कस्ता छन् भनेर त झनै हेर्दैनन्। तिनीहरूले यसो भन्दै कामकुरालाई सानो मात्र बनाउँछन्, “यो कुरा मलाई रिपोर्ट गरियो, त्यसैले मैले तिमीलाई निगरानीमा राखिरहेको छु। म तिमीलाई अर्को मौका दिँदै छु।” तिनीहरूको कुराकानीपछि, सुपरभाइजरले आफू पश्चात्ताप गर्न इच्छुक रहेको भन्छ, तर उसले त्यसपछि साँच्चै पश्चात्ताप गरोस् कि ढाँटोस् र धोका देओस्, झूटा अगुवाहरूले यसप्रति कुनै चासो राख्दैनन्। यदि कसैले यस विषयमा प्रश्नहरू उठायो भने, झूटा अगुवाहरूले भन्छन्, “मैले तिनीहरूसँग पहिले नै कुरा गरिसकेको छु र तिनीहरूलाई परमेश्वरका वचनहरूका धेरै खण्डहरूमा सङ्गति समेत गरिसकेको छु। तिनीहरू पश्चात्ताप गर्न तयार छन्, र समस्या पहिले नै समाधान भइसकेको छ।” जब त्यो व्यक्तिले सोध्छ, “त्यो सुपरभाइजरको मानवता कस्तो छ? के ऊ सत्यतालाई स्वीकार गर्ने व्यक्ति हो? तपाईंले उसलाई मौका दिनुभएको छ, तर के उसले साँचो रूपमा पश्चात्ताप गर्न सक्छ र ऊ परिवर्तन हुन सक्छ?” झूटा अगुवाहरूले यसलाई पारदर्शी रूपमा देख्न नसकेर, प्रतिक्रिया दिन्छन्, “म अझै पनि तिनीहरूलाई अवलोकन गरिरहेको छु।” त्यो व्यक्तिले प्रतिक्रिया दिन्छ: “तपाईंले तिनीहरूलाई अवलोकन गर्नुभएको कति भयो? के तपाईंले कुनै निष्कर्ष निकाल्नुभएको छ?” झूटा अगुवाहरूले भन्छन्: “छ महिनाभन्दा बढी समय बितिसकेको छ, र पनि मैले कुनै निष्कर्ष निकालेको छैनँ।” यदि तिनीहरूले छ महिनाभन्दा बढी अवलोकन गरेपछि कुनै परिणाम प्राप्त गरेका छैनन् भने, त्यो कामको कस्तो प्रभावकारिता हो? झूटा अगुवाहरूले सुपरभाइजरसँग एक पटक कुराकानी गर्दा यो प्रभावकारी हुन्छ र समस्या समाधान हुन्छ भन्ने विश्वास गर्छन्। के यो विचार मान्य छ? तिनीहरूले के सोच्छन् भने तिनीहरूले कसैसँग कुरा गरिसकेपछि, त्यो व्यक्ति परिवर्तन हुन सक्छ, र यदि कसैले फेरि त्यसो नगर्ने आफ्नो सङ्कल्प व्यक्त गर्यो भने, तिनीहरूले थप सोधपुछ नगरी वा फेरि परिस्थितिको बारेमा जाँच नगरी नै उसलाई पूर्ण रूपमा विश्वास गर्छन्। यदि कसैले पनि यस कुराको बारेमा सोधपुछ गरेन भने, तिनीहरूले छ महिनासम्म कामको बारेमा अनुसन्धान गर्ने वा फलो-अप गर्ने झमेला समेत नलिन सक्छन्। त्यो सुपरभाइजरले काम बरबाद गर्दा पनि झूटा अगुवाहरूलाई थाहा हुँदैन। सुपरभाइजरले तिनीहरूसँग कसरी चलाकी गरिरहेको छ र खेलिरहेको छ भन्ने कुरा तिनीहरूले पत्ता लगाउन सक्दैनन्। अझै घृणित कुरा के हो भने जब कसैले सुपरभाइजरका समस्याहरूका बारेमा रिपोर्ट गर्छ, तब झूटा अगुवाहरूले तिनलाई बेवास्ता गर्छन् र समस्याहरू छन् कि छैनन् वा उसले रिपोर्ट गरेका समस्याहरू वास्तविक हुन् कि होइनन् भनेर वास्तवमा जाँच्दैनन्। तिनीहरूले यी समस्याहरूका बारेमा विचार गर्दैनन्—तिनीहरूमा साँच्चै नै आफूमाथि धेरै विश्वास हुन्छ! मण्डलीको काममा जस्तोसुकै परिस्थितिहरू देखा परे पनि, झूटा अगुवाहरूले ती कुरालाई सम्बोधन गर्न हतार गर्दैनन्; तिनीहरूले यो तिनीहरूको चिन्ताको विषय होइन भन्ने सोच्छन्। यी समस्याहरूप्रति झूटा अगुवाको प्रतिक्रिया अत्यन्तै सुस्त हुन्छ, तिनीहरूले मापन गर्छन् अनि अति सुस्त गतिमा काम गर्छन् र चल्छन्, तिनीहरू छलकपट गरिरहन्छन्, अनि मानिसहरूलाई पश्चात्ताप गर्ने अर्को मौका दिइरहन्छन्, मानौं तिनीहरूले मानिसहरूलाई दिने यी मौकाहरू अति बहुमूल्य र महत्त्वपूर्ण छन्, मानौं ती मौकाले तिनीहरूका भाग्य परिवर्तन गर्न सक्छन्। झूटा अगुवाहरूले कुनै व्यक्तिमा प्रकट भएको कुराद्वारा कसरी उसको प्रकृति र सारलाई देख्ने, अनि त्यस व्यक्तिको प्रकृति सारको आधारमा ऊ कस्तो बाटोमा हिँड्छ भनेर मूल्याङ्कन गर्न, वा उसले हिँड्ने बाटोको आधारमा ऊ सुपेरिविक्षक बन्न वा अगुवाको काम गर्न योग्य छ कि छैन भनी बुझ्नु सक्दैनन्। तिनीहरूले कुराहरूलाई त्यसरी हेर्न सक्दैनन्। झूटा अगुवाहरूले आफ्नो काममा दुई वटा कुरा मात्रै गर्न सक्छन्: एउटा, मानिसहरूलाई गफमा भुलाउनु र झारा टार्नु; अर्को, मानिसहरूलाई मौका दिनु, अरूलाई खुसी पार्नु, र कसैलाई पनि नचिढ्याउनु। के तिनीहरूले वास्तविक काम गरिरहेका हुन्छन्? अवश्य नै हुँदैनन्। तर झूटा अगुवाहरूले कसैलाई गफमा भुलाउनु नै वास्तविक काम गर्नु हो भन्ने विश्वास गर्छन्। तिनीहरूले यी कुराकानीहरूलाई अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण ठान्छन्, र तिनीहरूले बोल्ने खोक्रा शब्द र धर्मसिद्धान्तहरूलाई अत्यन्तै अर्थपूर्ण ठान्छन्। तिनीहरूले यी कुराकानीमार्फत मुख्य समस्याहरू सुल्झाएका र वास्तविक काम गरेका छन् भन्ने सोच्छन्। परमेश्वरले मानिसहरूलाई किन न्याय र सजाय, काटछाँट, वा परीक्षा र शोधन गर्नुहुन्छ त्यो तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई परमेश्वरका वचनहरू र सत्यताले मात्रै मानिसको भ्रष्ट स्वभाव समाधान गर्न सक्छन् भन्ने थाहा हुँदैन। तिनीहरूले परमेश्वरको काम र परमेश्वरबाट हुने मानवजातिको मुक्तिलाई साह्रै नै सरल ठान्छन्। तिनीहरू केही शब्द र धर्मसिद्धान्तहरू बोल्नु नै परमेश्वरको कामको विकल्प हो, र यसले मानिसको भ्रष्टताको समस्या समाधान गर्न सक्छ भन्ने विश्वास गर्छन्। के यो झूटा अगुवाहरूको मूर्खता र अज्ञानता होइन र? झूटा अगुवाहरूमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन, तैपनि किन तिनीहरूमा यति आत्मविश्वास हुन्छ? के केही धर्मसिद्धान्तहरू फलाँक्दा यसले मानिसहरूलाई आफूलाई चिन्ने तुल्याउँछ? के यसले तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्ने तुल्याउँछ? यी झूटा अगुवाहरू कसरी यति अज्ञानी र मूर्ख हुन सक्छन्? के व्यक्तिको गलत अभ्यास र भ्रष्ट व्यवहार समाधान गर्नु त्यति सरल कुरा हो? के मानिसको भ्रष्ट स्वभावको समस्या समाधान गर्न त्यति सजिलो छ? झूटा अगुवाहरू अत्यन्तै मूर्ख र सतही हुन्छन्! मानिसको भ्रष्टताको समस्या समाधान गर्न परमेश्वरले एउटा विधि मात्रै प्रयोग गर्नुहुन्न। उहाँले मानिसहरूलाई प्रकाश गर्न, शुद्ध पार्न र सिद्ध तुल्याउन धेरै विधिहरू प्रयोग गर्नुहुन्छ र योजनाबद्ध रूपमा फरकफरक वातावरणहरू मिलाउनुहुन्छ। झूटा अगुवाहरू अत्यन्तै नीरस र सतही रूपमा काम गर्छन्: तिनीहरू मानिसहरूलाई कुराकानीका लागि बोलाउँछन्, मानिसहरूलाई आफ्नौ सोचाइअनुसार सल्लाह दिने थोरै काम गर्छन्, मानिसहरूलाई थोरै अर्ती दिन्छन्, र यो नै वास्तविक काम गर्नु हो भन्ठान्छन्। यो देखावटी कुरा हो, होइन र? अनि यस देखावटीपनको पछाडि के लुकेको हुन्छ? के त्यो भोलापन होइन र? झूटा अगुवाहरू अत्यन्तै भोलाभाला हुन्छन्, र तिनीहरूले मानिस र कामकुराहरूलाई पनि अत्यन्तै भोलाभाला तरिकाले हेर्छन्। मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्नजतिको गाह्रो केही पनि हुँदैन—नानीदेखि लागेको बानी बदल्न सकिँदैन। झूटा अगुवाहरूले यो कुरा छर्लङ्ग देख्न सक्दै सक्दैनन्। त्यसकारण, निरन्तर बाधाहरू सिर्जना गरिरहने, सधैँ मानिसहरूलाई बाँध्ने र सताउने मण्डलीका त्यस्ता सुपरभाइजरहरूको कुरा आउँदा, झूटा अगुवाहरू उनीहरूसँग कुरा गरेर तिनीहरूलाई एकदुई वचन सुनाएर काटछाँट गर्नुबाहेक केही गर्दैनन्, अनि त्यतिमै सकिन्छ। तिनीहरू उनीहरूलाई तुरुन्तै अर्का काममा खटाउने र बरखास्त गर्ने गर्दैनन्। झूटा अगुवाहरूको यो शैलीले मण्डलीको काममा ठूलो हानि पुर्याउँछ, र प्रायः मण्डलीको काम रोकिने, त्यसमा ढिलाइ हुने, क्षति पुग्ने, र केही दुष्ट मानिसहरूका बाधाहरूका कारण सामान्य, सहज, र कुशल रूपमा अघि बढ्नबाट रोकिने अवस्था सिर्जना गर्छ—यो सबै झूटा अगुवाहरूले आफ्ना भावनाहरूका आधारमा कार्य गर्नु, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नु, र गलत मानिसहरू प्रयोग गर्नुका गम्भीर परिणामहरू हुन्। बाहिरबाट हेर्दा, झूटा अगुवाहरू ख्रीष्टविरोधीहरूझैँ जानाजान अनेकौँ दुष्टताहरू गरिरहेका वा आफ्नै तरिकाले कामकुरा गरिरहेका र तिनीहरूका आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुँदैनन्। तर झूटा अगुवाहरू मण्डलीको काममा उत्पन्न हुने विभिन्न समस्याहरूलाई तत्कालै समाधान गर्न सक्षम हुँदैनन्, अनि जब विभिन्न टोलीका सुपरभाइजरहरूमा समस्याहरू देखिन्छन् र जब ती सुपरभाइजरहरूले आफ्नो कामको जिम्मेवारी लिन सक्दैनन्, तब झूटा अगुवाहरूले तुरन्तै तिनीहरूको कर्तव्य फेर्ने वा तिनीहरूलाई बरखास्त गर्न सक्दैनन्, जसले मण्डलीका काममा गम्भीर नोक्सानहरू पुर्याउँछ। अनि यो सबै झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले गर्दा निम्तिएको हो। के झूटा अगुवाहरू अत्यन्तै घृणास्पद हुँदैनन् र? (हुन्छन्।)
ई. झुटा अगुवाहरू कामका बन्दोबस्तहरूविरुद्ध जाने र आफ्नै तरिकाले कामकुरा गर्ने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
झूटा अगुवाहरूले मण्डलीमा देखा पर्ने दुष्ट कार्यहरूलाई तुरुन्तै सम्हाल्न सक्दैनन्, जस्तै सुपरभाइजरहरूले अरूलाई कष्ट दिने, बन्धनमा पार्ने, र मण्डलीको काममा बाधा दिने जस्ता कार्यहरू गर्दा। त्यसरी नै, जब कतिपय सुपरभाइजरहरू परमेश्वरको घरका कामका बन्दोबस्तहरूको विरुद्धमा जान्छन् र आफ्नै तरिकाले काम गर्छन्, तब झूटा अगुवाहरूले यी समस्याहरूलाई तुरुन्तै समाधान गर्न उचित समाधानहरू ल्याउन सक्दैनन्। यसले गर्दा मण्डलीको काम र परमेश्वरको घरका भौतिक र आर्थिक स्रोत-साधनहरूमा घाटा हुन्छ। झूटा अगुवाहरू मूर्ख र सतही हुन्छन्, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र विशेष गरी मानिसहरूको प्रकृति सारलाई पारदर्शी रूपमा देख्न सक्दैनन्। परिणाम स्वरूप, तिनीहरूले प्रायजसो सतही तरिकाले आफ्नो काम गर्छन्, झारा टार्छन्, नियमहरू पालना गर्छन्, र नाराहरू गाउँछन्, तर काम निरीक्षण गर्न, हरेक सुपरभाइजरको बारेमा अवलोकन गर्न र सोध्न, वा यी सुपरभाइजरहरूले के गरेका छन्, तिनीहरूको कार्यलाई निर्देशित गर्ने सिद्धान्तहरू के-के हुन्, र त्यसपछिका प्रभावहरू के-के हुन् भनेर समयमा नै सोध्न सक्दैनन्। परिणाम स्वरूप, तिनीहरूले प्रयोग गरिरहेका मानिसहरू वास्तवमा को हुन् र तिनीहरूले के गरेका छन् भन्ने बारेमा तिनीहरूलाई पटक्कै थाहा हुँदैन। त्यसकारण, जब यी सुपरभाइजरहरू गुप्तमा परमेश्वरको घरका कामका बन्दोबस्तहरूको विरुद्धमा जान्छन् र आफ्नै तरिकाले काम गर्छन्, तब झूटा अगुवाहरूलाई यसको बारेमा थाहा नहुने मात्र होइन, तर तिनीहरूले सुपरभाइजरहरूको रक्षा समेत गर्ने प्रयास गर्छन्। तिनीहरूले यसको बारेमा सुने पनि, तिनीहरूले यसको बारेमा अनुसन्धान गर्दैनन् र तुरुन्तै यसलाई सम्हाल्दैनन्। झूटा अगुवाहरू एउटा हिसाबमा आफ्नो काममा अयोग्य हुन्छन्, र अर्को हिसाबमा, तिनीहरू आफ्नो कर्तव्यमा लापरवाह हुन्छन्। एउटा उदाहरण दिऊँ। निश्चित अगुवाले अर्को समूहबाट हटाइएका एक जना व्यक्तिलाई रोपाइँ प्राविधिकको रूपमा छनौट गर्यो। उसले यो व्यक्तिसँग उपयुक्त अनुभव र विशेषज्ञता छ कि छैन, उसले काम राम्ररी गर्न सक्छ कि सक्दैन, वा ऊसँग गम्भीर र जिम्मेवार मनोवृत्ति छ कि छैन भनेर जाँच गरेन, र उसलाई त्यो भूमिकामा राखिसकेपछि, उसले उसलाई जाँच नगरी त्यतिकै छोडिदियो भन्यो, “जाऊ र सागसब्जी रोप्न थाल। तपाईंले बीउ छनौट गर्न सक्नुहुन्छ, र तपाईंले खर्च गर्ने जुनसुकै रकम म अनुमोदन गर्नेछु। यो काम आफूलाई जसरी उचित लाग्छ त्यसरी गर्नुहोस्!” अगुवाले यसो भन्यो, त्यसकारण यो सुपरभाइजरले आफूले उचित लागे अनुसार काम गर्न थाल्यो। उसको पहिलो काम भनेको बीउ छनौट गर्नु थियो। उसले अनलाइन जाँच गर्दा, यो कुरा पत्ता लगाइन्, “धेरै किसिमका तरकारीहरू हुँदा रहेछन्—यो विशाल संसार असाधारण कुराहरूले भरिएको छ! बीउ छनौट गर्नु निकै रमाइलो कुरा हो। मैले यसभन्दा पहिले कहिल्यै यो काम गरेको छैनँ, र मलाई यसमा यति धेरै चासो हुनेछ भन्ने मलाई थाहा थिएन। मलाई यसप्रति यति चासो भएको हुनाले, म पूर्ण रूपमा समर्पित हुनेछु!” उसले सुरुमा टमाटरको बीउ छरिन्, र ऊ छक्क परेकी थिइन्। धेरै प्रजातिका र धेरै आकारका थिए, र रङको हिसाबमा रातो, पहेँलो, र हरियो थिए। एक प्रजाति त बहुरङ्गीन समेत हुँदो रहेछ—उसले यस्तो कुरा कहिल्यै देखेकी थिइनन्, र यसले उसको दृष्टिकोणलाई साँच्चै नै बढायो! तर उसले कसरी सही बीउ छनौट गर्नेथिइन्? उसले हरेक किसिमका प्रजाति थोरै-थोरै रोप्ने निर्णय गरिन्, विशेष गरी अत्यन्तै अद्वितीय देखिने बहुरङ्गीन प्रजाति रोप्ने निर्णय गरिन्। सुपरभाइजरले फरक-फरक आकार, रङ, र रूपका १० वटाभन्दा बढी प्रजातिका टमाटर छनौट गर्यो। टमाटरको बीउ छनौट गरेपछि, बैगुनको लागि पनि त्यसै गर्ने समय आएको थियो। सामान्यतया, मानिसहरूले खाने बैगुन लामो र बैजनी बैगुन हुन् वा सेतो बैगुन हुन्, तर उनले सोचिन्, “बैगुन यी दुई प्रकारका मात्रै सीमित हुनु हुँदैन। हरियो, बुट्टे, लामो, गोलो, र अण्डाकार किसिमका पनि हुन्छन्। म हरेक प्रकारका थोरै-थोरै बैगुनहरू छनौट गर्नेछु, ताकि सबैले आफ्नो मन खोलेर सबै किसिमका फरक-फरक बैगुन खान सकून्। सुपरभाइजरको रूपमा, म बीउ छनौट गर्न कति सिपालु र साहसी छु, म दाजुभाइ-दिदीबहिनीहरूको कति वास्ता गर्छु, र सबैको स्वाद लिने सन्तुष्ट पार्छु, हेर त।” त्यसपछि, उसले प्याजको बीउ छनौट गर्छिन्। स्थानीय स्तरमा १४ किसिमका प्याजका प्रजातिहरू थिए, र उसले ती सबै छनौट गरिन्, र काम सकिएपछि, ऊ निकै सन्तुष्ट भइन्। के यो सुपरभाइजर “साहसी” हो? यति धेरै किसिमका छनौट गर्ने आँट कसले गर्छ र? पछि, मैले यस विषयलाई काटछाँट गरिरहेँ, र कसैले यसो समेत भन्यो, “स्थानीय रूपमा १४ प्रजाति मात्रै छैनन्; उसले छनौट नगरेका अझै केही प्रजाति छन्!” तिनीहरूले के भनिरहेका थिए भने १४ प्रजाति त्यति धेरै भएनन्, र सुपरभाइजरले छनौट नगरेका अरू पनि प्रजाति छन्, त्यसकारण उसले कुनै गल्ती गरिनन्। के यसो भन्ने व्यक्ति मन्द बुद्धि भएको व्यक्ति होइन र? यो त सुस्त हुनु, मानव भाषा नबुझ्नु, र मैले किन यस विषयलाई चिरफार गरिरहेको छु भन्ने बारेमा अज्ञानी हुनु हो। प्याजको बीउ छनौट गरेपछि, सुपरभाइजरले कम्तीमा पनि आठ किसिमका आलुहरू छनौट गर्यो। यति धेरै किसिमका प्रजातिहरू छनौट गर्नुको पछाडि उसको उद्देश्य के थियो? सबैको दृष्टिकोणलाई फराकिलो बनाउनु र तिनीहरूलाई विभिन्न स्वाद चखाउनु। सुपरभाइजरले के विश्वास गर्यो भने बीउ छनौट गर्दा यो दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्याउने सिद्धान्तमा आधारित हुनुपर्छ। उसको उत्प्रेरणा के हो भन्ने तिमीहरूलाई लाग्छ? के सबैको पक्षमा सोच्नु र सबैलाई सेवा गर्ने मनोवृत्तिको आधारमा काम गर्नु परमेश्वरको घरले तोकेको सिद्धान्त हो? (होइन।) त्यसोभए, बीउ छनौट गर्ने बारेमा परमेश्वरको घरको सिद्धान्त के हो? हामीले सामान्य रूपमा नखाने केही अनौठा र दुर्लभ किसिमका प्रजाति नरोप। आम रूपमा खाइने किसिमहरूका हकमा भन्दा, यदि हामीले पहिले ती रोपेका छैनौँ र ती स्थानीय माटो र मौसमका लागि उपयुक्त छन् कि छैनन् भन्ने हामीलाई थाहा छैन भने, एक-दुई किसिमका छनौट गर, बढीमा तीन-चार वटा छनौट गर। पहिलो, ती स्थानीय माटो र मौसमका लागि उपयुक्त हुनुपर्छ; दोस्रो, तिनलाई वृद्धि गर्न सजिलो हुनुपर्छ र तिनलाई रोग र कीराहरू लाग्नु हुँदैन; तेस्रो, तिनले अर्को वर्षसम्म बीउ दिनुपर्छ; अन्तिममा, तिनले राम्रो फसल दिनुपर्छ। यदि ती स्वादिलो छन् तर तिनले दिने फसल थोरै हुन्छ भने, ती उपयुक्त हुँदैनन्। बीउ छनौटको मामलाबाट हेर्दा, के यो सुपरभाइजरले सिद्धान्तहरू अनुसार काम गरिन्? के उसले खोजी गरिन्? के उनी समर्पित भइन्? के उसले परमेश्वरको घरको बारेमा विचार गरिन्? के उसले कर्तव्य पूरा गर्दा आफूमा हुनुपर्ने मनोवृत्ति अनुसार व्यवहार गरिन्? (गरिनन्।) स्पष्ट रूपमा नै, ऊ खराब कुराहरू गर्नमा उन्मत्त भएर लागिरहेकी थिइन्, परमेश्वरको घरका कामका बन्दोबस्तहरूको विरुद्धमा खुलेआम रूपमा गइरहेकी थिइन् र आफ्नै तरिकाले काम गरिरहेकी थिइन्! उसले आफ्नो व्यक्तिगत जिज्ञासा र रमाइलो गर्ने इच्छालाई सन्तुष्ट पार्न यसरी परमेश्वरका भेटीहरू बरबाद गरिन्, र यस्तो महत्त्वपूर्ण कामलाई खेलको रूपमा लिइन्, तर उसको झूटो अगुवाले उसलाई प्रश्न नगरी वा हस्तक्षेप नगरी आफूले चाहे अनुसार गर्न दियो। जब उसलाई यसो भनेर सोधियो, “तपाईंले छनौट गर्नुभएको सुपरभाइजरले वास्तवमा कुनै काम गर्यो? परिणामहरू के-के थिए? के तपाईंले बीउ छनौट गर्ने क्रममा जाँचहरू गरेर उसलाई सहयोग गर्नुभयो?” तब उसले यी कुराहरूप्रति ध्यान दिएन, र यति मात्रै भन्यो, “बीउ रोपिएको छ; रोपेको बेला हामीले त्यो स्थलको भ्रमण गरेका छौं।” उसलाई अरू कुनै समस्याको वास्ता थिएन। अन्तमा यो सुपरभाइजरको समस्या कसरी पत्ता लाग्यो? उसले केही स्ट्राबेरी रोपेकी थिइन्, र उपयुक्त प्राविधिक विवरणहरू अनुसार, पहिलो वर्षमा स्ट्राबेरीको बिरुवालाई ढाकिनु हुँदैन वा फल फलाउन दिनु हुँदैन, र सबै फूलहरू हटाउनुपर्छ; नत्र, दोस्रो वर्षमा कुनै फल हुनेछैन, र पहिलो वर्षमा फल फलाए पनि, यो अत्यन्तै सानो हुनेछ। विशेषज्ञहरूले सुपरभाइजरलाई यो कुरा बताए पनि, उसले सुन्न चाहिनन्। उसको तर्क पहिलो वर्षमा स्ट्राबेरी बिरुवाहरूलाई प्लास्टिकले छोपेर फल फलाउन दिनु स्वीकार्य हुन्छ भनेर भन्ने अनलाइन जानकारीमा आधारित थियो। परिणाम स्वरूप तिनले बिउको दानाले ढाकिएको विभिन्न आकारका स-साना स्ट्राबेरीहरू उत्पादन गरे—कतिपय तीतो, कति मीठो, र कति स्वादहीन—सबै किसिमका फलहरू थिए। समस्या यति गम्भीर भएको थियो, तैपनि त्यहाँका झूटा अगुवाहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गरे। किन? किनभने तिनीहरूले जे भए पनि ती स्ट्राबेरीहरू खान पाउँदैनन् भन्ने सोचेका हुनाले, तिनीहरूले समस्यालाई बेवास्ता गर्ने निर्णय गरे। के तिनीहरूले कुनै कुरा खान पाउँदैनन् भन्नुको अर्थ तिनीहरूले यसलाई वास्ता गर्नु हुँदैन भन्ने हुन्छ? तिनीहरूले खाने आलु र स्याउको बारेमा के भन्ने—के तिनीहरूलाई ती कुराको वास्ता थियो? यी झूटा अगुवाहरू कसैले पनि वास्ता गर्दैनथिए; तिनीहरूले सुपरभाइजरले आफूले चाहे अनुसार गरेको हेरिरहेका मात्रै थिए। एक दिन, मैले तिनीहरूलाई भेट्टाएँ, र कसैले लेटिस हुर्केको छ, र तिनीहरूले चाँडै फसल गरेनन् भने, कसैले पनि खान सक्दैन र यो बरबाद हुन्छ भनेर रिपोर्ट गर्यो। तैपनि, सुपरभाइजरले यसलाई त्यतिकै छोड्नुपर्छ भनेर जिद्दी गरिन्, र तिनीहरूले यो कटनी गरे भने अरू तरकारीहरू रोप्नुपर्छ भनेर भनिन्, जुन उनलाई समस्याग्रस्त लाग्थ्यो। यसको बारेमा थाहा पाए पनि, झूटा अगुवाहरूले केही गरेनन्। अन्तमा, माथिले तिनीहरूलाई तुरुन्तै लेटिस काट्न र परिस्थितिलाई सम्हाल्न आदेश दिनुपर्यो; नत्र भने, लेटिसले जग्गा लिन्थ्यो र ग्रीष्मकालीन सागसब्जी रोप्ने ठाउँ लिन्थ्यो। काममा यस्तो ठूलो समस्या पैदा भए पनि, झूटा अगुवाहरूले यसको बारेमा केही गरेनन्, र तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु भन्ने डर लागेको थियो। सुपरभाइजरलाई झूटा अगुवाले बढुवा दिएको हुनाले, र उसले उसलाई बढुवा दिएपछि उसको काम कहिल्यै जाँच नगरेको हुनाले, उसलाई स्वतन्त्र रूपमा काम गर्न दिएको हुनाले, र उसलाई साथ र समर्थन दिएको हुनाले, र अरू अगुवाहरूले हस्तक्षेप गर्ने आँट नगरेका हुनाले, र तिनीहरूसँग मिलेर काम गर्ने हुनाले, अन्तमा धेरै समस्याहरू पैदा भए। अगुवाहरूले गरेको काम यही हो। के तिनीहरूलाई अझै पनि अगुवाहरू भनेर भन्न सकिन्छ? तिनीहरूको आँखा अगाडि यस्तो गम्भीर समस्या आइपरे पनि, तिनीहरूले यसलाई समस्याको रूपमा पहिचान गर्न सकेनन्, यसलाई समाधान गर्न त परै जाओस्। के तिनीहरू झूटा अगुवाहरू होइनन् र? (हजुर, हुन्।) एक हिसाबमा, तिनीहरू मानिसहरूलाई खुशी पार्ने मानिसहरू थिए र तिनीहरूले अरूलाई चिढ्याउँछु कि भन्ने डर मान्थे। अर्को हिसाबमा, तिनीहरूलाई समस्या कति गम्भीर छ भन्ने थाहा थिएन, तिनीहरूमा सटीक मूल्याङ्कनको कमी थियो, यो समस्या हो भन्ने तिनीहरूलाई थाहा थिएन, र यो काम तिनीहरूको जिम्मेवारीको दायराभित्र पर्छ भन्ने तिनीहरूलाई थाहा थिएन। के तिनीहरू केही नकामका र काम नलाग्ने मानिसहरू होइनन् र? के यो कर्तव्यमा लापरवाह गर्नु होइन र? (हो।) यो चौथो परिस्थिति हो: सुपरभाइजरहरूले परमेश्वरको घरका कामका बन्दोबस्तहरूको विरुद्धमा गएर आफ्नै तरिकाले काम गर्छन्। हामीले एउटा उदाहरण प्रस्तुत गरेका छौं, जसले यस मामलामा झूटा अगुवाहरूले आफ्नो कर्तव्यमा लापरवाह गरेको प्रकटीकरणलाई खुलासा गर्छ र झूटा अगुवाहरूको प्रकृति सारलाई प्रकाश गर्छ।
उ. झुटा अगुवाहरू ख्रीष्टविरोधी र स्वतन्त्र राज्य स्थापित गर्ने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
अर्को परिस्थिति भनेको सुपरभाइजरहरूले आफ्ना वरिष्ठहरूको विरुद्धमा विद्रोह गर्नु र स्वतन्त्र राज्यहरू स्थापना गर्नु हो—यी सुपरभाइजरहरू ख्रीष्ट-विरोधीहरू हुन्। सुपरभाइजरहरूको क्षमता कमजोर हुनु, तिनीहरूमा खराब मानवता हुनु, वा तिनीहरू खराब कुराहरू गर्न उन्मत्त हुनु जस्ता समस्याहरूका हकमा झूटा अगुवाहरूले रेखदेखकर्ताहरूको भूमिका खेल्न सक्दैनन्। तिनीहरूले यस्ता सुपरभाइजरहरूको उपयुक्तता निर्धारित गर्न तिनीहरूले गरिरहेको काम र तिनीहरूको समस्याहरूका बारेमा तुरुन्तै निरीक्षण गर्न र सोध्न पनि सक्दैनन्। त्यस्तै, झूटा अगुवाहरू कुटिल र आक्रमक मानिसहरूका रूपमा रहेका ख्रीष्ट-विरोधीहरूको प्रकृति सारलाई पारदर्शी रूपमा देख्न अझै असमर्थ हुन्छन्। तिनीहरूले यो कुरालाई देख्न नसक्ने मात्र होइन, तर तिनीहरूलाई यी मानिसहरूको अलिक डर लाग्छ, र तिनीहरू अलिक असहाय र शक्तिहीन हुन्छन्, यहाँसम्म कि प्रायजसो, तिनीहरूलाई ख्रीष्ट-विरोधीहरूले पकडमा राखेर चलाउँछन्। यो कति गम्भीर हुन सक्छ? ख्रीष्ट-विरोधीहरूले झूटा अगुवाहरूको कामका क्षेत्रभित्र गुटबन्दी गर्न सक्छन्, आफ्नै शक्तिहरू आकर्षित गर्न र स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्, र अन्तमा, तिनीहरूले नियन्त्रण लिन, हुकुम गर्न, र झूटा अगुवाहरूलाई प्रमुख व्यक्तिहरूमा परिणत गर्न सक्छन्। यी झूटा अगुवाहरू ख्रीष्ट-विरोधीहरूले निर्णय गरेका र जानेका कुराहरूका बारेमा कुनै न कुनै हिसाबमा बेखवर हुन्छन्, र तिनीहरू ती कुराहरूका बारेमा अन्धकारमा हुन्छन्। कुनै घटना घटेपछि र कसैले तिनीहरूलाई यसको बारेमा रिपोर्ट गरेपछि मात्रै तिनीहरूलाई यी कुराहरूको बारेमा थाहा हुन्छ, तर त्यो बेलासम्म, ढिला भइसकेको हुन्छ। झूटा अगुवाहरूले किन ख्रीष्ट-विरोधीहरूलाई जानकारी दिएनौ भनेर समेत सोध्छन्, र तिनीहरूको प्रतिक्रिया यस्तो हुन्छ, “तपाईंलाई बताउनुको के फाइदा? तपाईंले कुनै पनि कुराको बारेमा निर्णय गर्न सक्नुहुन्न, त्यसकारण तपाईंसँग यसको बारेमा छलफल गर्ने कुनै आवश्यकता थिएन, हामीले आफै निर्णय गर्यौँ। हामीले तपाईंलाई जानकारी दिए पनि, तपाईंले अवश्य नै सहमति जनाउनुहुनेथियो। तपाईंसँग कस्तो विचार हुन सक्थ्यो र?” त्यस्ता मामलाहरूमा झूटा अगुवाहरू असहाय हुन्छन्। यदि तिनीहरूले यी ख्रीष्ट-विरोधीहरूलाई चिन्न, समाधान गर्न, वा सम्हाल्न सक्दैनन् भने, तिनीहरूले माथिलाई उनीहरूको बारेमा रिपोर्ट गर्नुपर्छ, तर तिनीहरूले त्यसो गर्ने आँट समेत गर्दैनन्—के यिनीहरू केही नकामका हुँदैनन् र? (हुन्छन्।) त्यस्ता कुराहरूको सामना गर्दा, यी काम नलाग्ने मानिसहरू आँसु झार्दै मेरो अघि आएर गुनासो गर्छन्, “यो मेरो गल्ती होइन; मैले त्यो निर्णय गरेको होइनँ। तिनीहरूले गरेको निर्णय सही थियो कि थिएन भन्ने कुरासँग मेरो कुनै सम्बन्ध हुँदैन, किनभने तिनीहरूले यो निर्णय गर्दा मलाई यसको बारेमा जानकारी दिएनन् वा बताएनन्।” तिनीहरूले यसो भन्नुको अर्थ के हो? (तिनीहरू जिम्मेवारीबाट पछि हटिरहेका हुन्छन्।) अगुवाहरूका रूपमा, तिनीहरूले यी कुराहरूका बारेमा जान्नुपर्छ र बुझ्नुपर्छ; यदि ख्रीष्ट-विरोधीहरूले तिनीहरूलाई यी कुराहरूका बारेमा जानकारी दिएनन् भने, किन तिनीहरूले सक्रिय रूपमा गएर आफै सोध्दैनन्? अगुवाहरूका रूपमा, तिनीहरूले हरेक मामलाको बारेमा आयोजना गर्नुपर्छ, नेतृत्व गर्नुपर्छ, र निर्णय गर्नुपर्छ; यदि ख्रीष्ट-विरोधीहरूले तिनीहरूलाई कुनै कुराको बारेमा जानकारी दिएनन् र तिनीहरू आफैले निर्णय गरे, र पछि यी अगुवाहरूलाई हस्ताक्षर गर्न बिलहरू पठाए भने, के तिनीहरूले उनीहरूको अख्तियारलाई हडप गरिरहेका हुँदैनन् र? एक पटक झूटा अगुवाहरूले मण्डलीको काममा बाधा दिइरहेका ख्रीष्ट-विरोधीहरूलाई भेट्दा, तिनीहरू स्तब्ध हुन्छन्; तिनीहरू ब्वाँसाको सामना गर्ने मूर्खहरू जस्तै असहाय हुन्छन्, र तिनीहरू नाम मात्रका अगुवामा परिणत हुँदा र तिनीहरूको अख्तियार लुटिँदा पनि शक्तिहीन रूपमा खडा हुन्छन्। तिनीहरूले यसको बारेमा एउटा केही पनि गर्न सक्दैनन्—कस्तो बेकामका दुष्ट मानिसहरू! तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्, तिनीहरूले ख्रीष्ट-विरोधीहरूलाई चिन्न वा खुलासा गर्न सक्दैनन्, र तिनीहरूले अवश्य नै तिनीहरूलाई कुनै पनि दुष्ट कार्यहरू गर्नबाट रोक्न सक्दैनन्। यसको साथै, तिनीहरूले यी समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्दैनन्। के तिनीहरू केही नकामका हुँदैनन् र? तिनीहरूलाई अगुवाको रूपमा छनौट गर्नुको के फाइदा? ख्रीष्ट-विरोधीहरू खराब कुराहरू गर्न उन्मत्त हुन्छन्, खुलेआम भेटीहरू बरबाद गर्छन्, र तिनीहरूले आफूले नेतृत्व गर्न शक्तिहरू निर्माण गर्छन् र मण्डलीभित्र स्वतन्त्र राज्यहरू स्थापना गर्छन्; यस बीच, यी अगुवाहरूले तिनीहरूलाई निगरानी गर्न, खुलासा गर्न, नियन्त्रण गर्न, वा सम्हाल्न पूर्ण रूपमा असफल हुन्छन्, तैपनि तिनीहरू गुनासो गर्न मकहाँ आउँछन्। तिनीहरू कस्तो प्रकारका अगुवाहरू हुन्? तिनीहरू साँच्चै नै केही कामका हुँदैनन्! ख्रीष्ट-विरोधीहरूले नेतृत्व गर्ने यी समूहहरूले गुप्तमा एक-अर्कासँग छलफल गर्छन् त्यसपछि अनुमतिविना निर्णय गर्छन्। तिनीहरूले के भइरहेको छ भनेर जान्ने अधिकार समेत अगुवाहरूलाई दिँदैनन्, निर्णय गर्ने अधिकार दिनु त परको कुरा हो। तिनीहरूले सीधै अगुवाहरूलाई खण्डन गर्छन्, सबै शक्ति आफै प्रयोग गर्छन् र सबै कुराको निर्णय गर्छन्। यो सबको बीचमा तिनीहरूलाई व्यवस्थापन गर्ने काम पाएका अगुवाहरूले के गर्छन्? तिनीहरू यो कामको बारेमा निरीक्षण गर्न, सुपरिवेक्षण गर्न, व्यवस्थापन गर्न, वा निर्णय गर्न पूर्ण रूपमा असफल हुन्छन्। अन्त्यमा, तिनीहरूले ख्रीष्ट-विरोधीहरूलाई माथिबाट तिनीहरूको नियन्त्रण र व्यवस्थापन गर्न दिन्छन्। के यो समस्या झूटा अगुवाहरूको कामबाट पैदा भएको हुँदैन र? यो समस्याको सार के हो? यो कहाँबाट आएको हुन्छ? यो झूटा अगुवाहरूको क्षमता कमजोर भएकोले, तिनीहरूमा काम गर्ने क्षमताको कमी भएकोले, र ख्रीष्ट-विरोधीहरूले तिनीहरूलाई पटक्कै आदर नगर्ने हुनाले पैदा हुन्छ। ख्रीष्ट-विरोधीहरूले सोच्छन्, “तिमीले अगुवाको रूपमा के गर्न सक्छौ? म अझै पनि तिम्रो कुरा सुन्दिनँ, र म तिम्रो कुरा नसुनी निरन्तर काम गरिरहनेछु। यदि तिमीले माथिलाई यो कुराको बारेमा रिपोर्ट गर्यौ भने, हामी तिमीलाई कष्ट दिनेछौं!” झूटा अगुवाहरूले त्यस्ता कुराहरूका बारेमा रिपोर्ट गर्ने आँट गर्दैनन्। झूटा अगुवाहरूमा काम गर्ने क्षमताको कमी हुने मात्र होइन, तर तिनीहरूसँग सिद्धान्तहरू पालना गर्ने साहस पनि हुँदैन, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु भन्ने डर हुन्छ, र तिनीहरूमा बफादारिताको पूर्ण रूपमा कमी हुन्छ—के यो गम्भीर समस्या होइन र? यदि तिनीहरूसँग साँच्चै नै केही क्षमता थियो र तिनीहरूले सत्यता बुझेका थिए भने, यी मानिसहरू खराब छन् भन्ने देखेर, तिनीहरूले भन्नेथिए, “म तिनीहरूलाई एकलै खुलासा गर्ने आँट गर्दिनँ, त्यसकारण म यी समस्याहरूलाई समाधान गर्न सत्यता पछ्याउने र अझै बढी बुझ्ने धेरै दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नेछु। यदि तिनीहरूसँग सङ्गति गरेपछि पनि, हामीले अझै पनि ख्रीष्ट-विरोधीहरूलाई निराकरण गर्न सकेनौँ भने, म माथिलाई समस्याको बारेमा रिपोर्ट गर्नेछु र तिनीहरूलाई नै यो कुरा समाधान गर्न दिनेछु। म अरू केही गर्न सक्दिनँ, तर मैले सुरुमा परमेश्वरको घरका हितहरूको रक्षा गर्नुपर्छ; मैले देखेका मामिलाहरू र पत्ता लगाएका समस्याहरूलाई निरन्तर विकास हुन दिनु हुँदैन।” के यो समस्यालाई समाधान गर्ने तरिका होइन र? के यसलाई आफ्नो जिम्मेवारी पूरा गर्ने कार्य पनि भनेर भन्न सकिँदैन र? यदि तिनीहरूले यसो गर्न सक्छन् भने, माथिले तिनीहरूसँग कमजोर क्षमता छ र तिनीहरूमा काम गर्ने क्षमताको कमी छ भनेर भन्नेछैन। तैपनि, यी अगुवाहरूले समस्याहरूका बारेमा माथिलाई समेत रिपोर्ट गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई केही काम नलाग्ने र झूटा अगुवाहरूको रूपमा वर्गीकरण गरिन्छ। तिनीहरूको क्षमता कमजोर हुने र तिनीहरूमा काम गर्ने क्षमताको कमी हुने मात्र होइन, तर तिनीहरूसँग ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्न र लडाइँ गर्नका लागि परमेश्वरमा भरोसा गर्ने विश्वास र साहस समेत हुँदैन। के तिनीहरू केही नकामका हुँदैनन् र? के ख्रीष्ट-विरोधीहरूले नियन्त्रणमा लिएका मानिसहरू दयनीय हुन्छन्? तिनीहरू दयनीय छन् जस्तो लाग्छ होला; तिनीहरूले कुनै नराम्रो काम गरेका हुँदैनन्, र आफ्नो काममा तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, तिनीहरूले गल्तीहरू गर्छु, काट-छाँटमा पर्छु, र दाजुभाइ-दिदीबहिनीहरूको घृणामा पर्छु भन्ने डर मान्छन्। तैपनि ख्रीष्ट-विरोधीहरूले तिनीहरूलाई तिनीहरूको आँखा अगाडि पूर्ण रूपमा काबुमा राख्छन्, तिनीहरूले भन्ने कुनै पनि कुराको प्रभाव हुँदैन, र तिनीहरू त्यहाँ छन् कि छैनन् भन्ने कुराले वास्तवमा फरक पार्दैन। झट्ट हेर्दा तिनीहरू दयनीय देखिन्छन् होला, तर तिनीहरू वास्तवमा निकै घृणित हुन्छन्। मलाई भन, के परमेश्वरको घरले मानिसहरूले समाधान गर्न नसक्ने समस्याहरू समाधान गर्न सक्छ? के मानिसहरूले समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्नुपर्छ? (हो, गर्नुपर्छ।) परमेश्वरको घरमा, समाधान गर्न नसकिने कुनै समस्याहरू हुँदैनन्, र परमेश्वरका वचनहरूले कुनै पनि समस्या समाधान गर्न सक्छन्। के ती मानिसहरूमा परमेश्वरमाथिको साँचो विश्वास हुन्छ? यदि तिनीहरूसँग यति थोरै विश्वास समेत छैन भने, तिनीहरू कसरी अगुवा बन्न योग्य हुन्छन्? के तिनीहरू व्यर्थका दुष्ट मानिसहरू होइनन् र? यो झूटा अगुवाहरू बन्ने कार्य मात्रै होइन; तिनीहरूमा परमेश्वरमाथिको सबैभन्दा आधारभूत विश्वासको समेत कमी हुन्छ। तिनीहरू अविश्वासीहरू हुन् र तिनीहरू अगुवा बन्न लायक हुँदैनन्!
अगुवा र कामदारहरूको चौथो जिम्मेवारीको हकमा भन्दा, हामीले झूटा अगुवाहरूले कामका विभिन्न भागहरू र सुपरभाइजरहरूलाई कसरी लिन्छन् भनेर खुलासा गर्नका लागि पाँच वटा परिस्थितिहरू सूचीकृत गरेका छौं। यी पाँच वटा परिस्थितिहरूका आधारमा, हामीले झूटा अगुवाहरूको अत्यन्तै कमजोर क्षमता हुन्छ, तिनीहरूमा अयोग्यता हुन्छ, र तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् भन्ने कुराका विभिन्न प्रकटीकरणहरूलाई विश्लेषण गर्यौँ। यसरी सङ्गति गरेर, के झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्ने बारेमा तिमीहरूलाई अलिक स्पष्ट भयो? (भयो।) ठीक छ, आज हामी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। बिदा!
जनवरी २३, २०२१