अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२०)

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरेर र ती कुराहरूबाट सिकून् (भाग आठ)

हामीले गत भेलामा अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गरिसकेका छौँ। के तिमीहरूले आफूलाई यो सङ्गतिको विषयवस्तुसँग तुलना गरेका छौ? के तिमीहरूले यो सङ्गतिबारे मनन गर्दै आएका छौ? सत्यतालाई प्रेम गर्ने अनि न्यायबोध र केही मानवता भएकाहरूले मेरो सङ्गति सुनेपछि कुरा बुझ्छन्, र केही सत्यताहरू अभ्यास गर्न सक्छन्। सर्वप्रथम, तिनीहरूले आफ्नो परिस्थिति आफूले बुझेका सत्यताहरूसँग तुलना गर्न, आफूलाई सत्यतासँग जाँच्न, र आफ्ना समस्याहरू पहिचान गर्न सक्छन्, र त्यसपछि वास्तविक जीवनका र कर्तव्य निर्वाह गर्दाका केही मामला र वातावरणहरू प्रयोग गरी यी समस्याहरू समाधान गर्न सक्छन्। अनि क्रमिक रूपमा, तिनीहरूले आफूले बुझेका सत्यताहरूको सन्दर्भमा मानिसहरूले अभ्यास र पालना गर्नुपर्ने सिद्धान्तहरू बुझ्छन्। एक हिसाबमा, तिनीहरूले आफ्नो बारे अझै गहन बुझाइ र ज्ञान प्राप्त गर्छन्, र अर्को हिसाबमा, तिनीहरूले सत्यताले वास्तवमा के भन्छ र यसमा के समावेश हुन्छ भन्‍ने कुरा अझै व्यावहारिक र सही रूपमा बुझ्छन्। तर सत्यतालाई प्रेम नगर्ने बरु यसलाई घृणा गर्ने मानिसहरूले जति धेरै सत्यता सुने पनि, तिनीहरूमा कुनै चेतना वा परिवर्तन आउँदैन। कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको स्थिति, मनोवृत्ति, तिनीहरूले पछ्याउने उद्देश्यहरू, जीवनशैली, र व्यक्ति बन्‍ने सिद्धान्तहरू पटक्‍कै परिवर्तन हुँदैनन्। तिनीहरूले आफूले चाहेअनुसार काम गरिरहन्छन् र आफूलाई मन लागेअनुसार जिइरहन्छन्; यी सत्यताहरूले तिनीहरूमा कुनै प्रभाव पार्दैनन्, न त तिनीहरूलाई आफ्नो बारे मनन गर्ने र आफूलाई चिन्‍ने अनि आफैलाई घृणा गर्ने तुल्याउन नै सक्छन्। यदि तिनीहरू आफूलाई घृणा गर्ने हदसम्म पुग्‍न सक्दैनन् भने, तिनीहरूले अवश्य नै साँचो पश्‍चात्ताप हासिल गर्न सक्दैनन्। साँचो पश्‍चात्तापविना, कुनै वास्तविक प्रवेश हुँदैन; वास्तविक प्रवेशविना, स्वभावमा निश्‍चय नै कुनै परिवर्तन हुँदैन। त्यसकारण, धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका धेरै मानिसहरूले भेला हुने गरे नि, कर्तव्य निर्वाह गर्ने गरे नि, धेरै वर्षदेखि प्रवचन सुन्दै आए नि, र दाजुभाइ-दिदीबहिनीहरूसँग प्रायजसो अन्तरक्रिया गर्ने गरे नि, तिनीहरूसँग आफ्‍नो बारे कुनै बुझाइ हुँदैन, तिनीहरूले कुनै परिवर्तन देखाउँदैनन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पटक्‍कै वृद्धि हुँदैन। तिनीहरूले आफ्ना प्रारम्भिक धारणा र कल्पनाहरू अनि आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय र इच्छा लिएर परमेश्‍वरलाई पछ्याउँछन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए नि, परमेश्‍वरमा विश्‍वास गर्नेबारे रहेको तिनीहरूको दृष्टिकोण, विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण, तिनीहरूले पछ्याउने विधि र उद्देश्यहरू, र कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले लिने मनोवृत्ति पटक्‍कै परिवर्तन भएको हुँदैन। तिनीहरूको वर्तमान प्रकटीकरण र तिनीहरूले जिउने देखिँदो कुराहरू सत्यता नपछ्याउनुका परिणामहरू हुन्। हामीले अगुवा र सेवकहरूका बाह्र वटा जिम्मेवारीहरूबारे सङ्गति गर्‍यौँ, तैपनि कति अगुवा र सेवकहरूको व्यवहार पटक्‍कै परिवर्तन भएको छैन। कर्तव्य निर्वाह गर्दाको र परमेश्‍वरका मापदण्डहरूप्रतिको तिनीहरूको मनोवृत्ति पटक्‍कै परिवर्तन भएको छैन। सङ्गति गरिएको विषयवस्तुले तुलनात्मक रूपमा अलिक सत्यता पछ्याउने, र केही मानवता भएका र थोरै चेतना भएका मानिसहरूलाई याद दिलाउने, निगरानी गर्ने, र प्रोत्साहन दिने काम गर्छ। तैपनि, बढी हठी, धूर्त, र सत्यतालाई पटक्‍कै नस्विकार्ने कति मानिसहरूमा यसले कुनै असर पार्दैन। किन यस्तो हुन्छ? किनभने सत्यताप्रति यी मानिसहरूको मनोवृत्ति प्रतिरोध र घृणाको मनोवृत्ति हुन्छ। जति धेरै सत्यता सङ्गति गरे नि तिनीहरूको मनोवृत्ति उस्तै हुन्छ: “चाहे जेजसरी भए नि मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकै छु र परमेश्‍वरलाई पछ्याइरहेकै छु; मैले परमेश्‍वरको लागि साँचो रूपमा आफूलाई समर्पित गरिरहेकै छु। मैले जेजस्तो व्यवहार गरे नि, म अन्त्यसम्मै अडिग बसेँ भने, मैले आशिष् हरू प्राप्त गर्न सकिहाल्छु!” के यस्तो सोचाइमा कुनै तर्क हुन्छ? तिनीहरू पूर्ण रूपमा सुधार गर्न नसकिने र लाजपचेका मानिसहरू हुन्, होइनन् र? के यो जिद्दी बन्‍नु र कुनै पनि परिस्थितिमा पश्‍चात्ताप गर्न नमान्नु होइन र? (हो।)

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारी हो: “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र तिनीहरूले ती कुराहरूबाट सिकून्।” यसअघि, हामीले यो जिम्मेवारीबारेको हाम्रो सङ्गति बाह्र वटा समस्याहरूमा विभाजित गरेका थियौँ। यी बाह्र वटा समस्याहरूको विषयवस्तुले मूलतः मण्डलीमा बाधा र व्यवधानहरू पुर्‍याउने विभिन्‍न प्रकारका मानिस, घटना, र कुराहरू देखा पर्दा परमेश्‍वरको घरको काम र मण्डलीको सामान्य सुव्यवस्था रक्षा गर्ने प्रभाव हासिल गर्न, र यसरी अगुवा र सेवकहरूले खेल्नुपर्ने भूमिका र पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नको लागि अगुवा र सेवकहरूले यी समस्याहरू कसरी सम्हाल्नु र तह लगाउनुपर्छ भन्‍ने कुरालाई नै सम्बोधन गर्छ। हामीले अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीभित्र रहेका हरेक समस्याहरूबारे विस्तृतमा सङ्गति गरेका छौं, र यसरी हरेकका केही निश्‍चित प्रकटीकरणहरूबारे सङ्गति गरेका छौं, र केही निश्‍चित उदाहरणहरू उद्धृत गरेका छौं। सिद्धान्तहरूको हिसाबमा भन्‍नुपर्दा, सङ्गति गरिएको विषयवस्तु निकै व्यावहारिक छ। त्यसमा दिइएका उदाहरणहरूले सबै कुरा समावेश नगरे पनि, विभिन्‍न मानिस, घटना, र परिस्थितिहरूका आधारभूत समस्याहरूबारे स्पष्ट रूपमा सङ्गति गरिएको छ। खासगरी, मण्डलीमा पैदा हुने विभिन्‍न समस्याहरू समाधान गर्नको लागि अगुवा र सेवकहरूको रूपमा तिमीहरूले सत्यताको यो पक्ष बुझ्नुपर्छ। सुरुमा, तिमीहरूले सङ्गति गरिएको विषयवस्तुबाट समस्याहरूको सार चिरफार गर्ने र तिनलाई समस्याहरूसँग जोड्ने शब्दहरू खोज्नुपर्छ। समस्याहरूको सार बुझ्दा, यसले समाधानहरू खोज्न र सत्यता सिद्धान्तहरूअनुसार समस्याहरू समाधान गर्न सजिलो बनाउँछ। समस्या समाधान गर्नुभन्दा पहिले यसको सार बुझ्नु महत्त्वपूर्ण हुन्छ। समस्याको सार बुझेपछि, तैँले यो समस्या सम्हाल्ने सिद्धान्तहरू पनि बुझ्नु र जान्‍नुपर्छ। यी दुवै पक्ष अपरिहार्य छन्: एउटा समस्याको सार हो, र अर्को त्यस्ता समस्याहरू समाधान गर्ने सिद्धान्तहरू हो। यी दुवै अगुवा र सेवकहरूले स्पष्ट रूपमा बुझ्नुपर्ने कुराहरू हुन्। यी दुई सिद्धान्तहरू बुझेपछि मात्रै, तैँले सबै समस्याहरू सही रूपमा समाधान गर्न र विभिन्‍न समस्याहरूमा संलग्‍न रहेका मानिस, घटना र कुराहरूलाई उचित रूपमा सम्हाल्न सक्छस्, र नियमहरू मात्र लागू गर्ने र समस्याहरूलाई हदभन्दा ठूलो बनाउने काम गर्नेछैनस्। अहिले, जब कतिपय अगुवा र सेवकहरूले निश्‍चित समस्याहरू सम्हाल्छन्, तब केही हदसम्‍म तिनीहरूले नियमहरू मात्रै पालना गर्छन्, र केही हदसम्‍म तिनीहरूले समस्याहरूको सार नै बुझ्न सक्दैनन्, जसले गर्दा तिनीहरूले सजिलै मानिसहरूमाथि अन्याय गर्छन् र विचलनहरू ल्याउँछन्। यसको लागि समस्याहरूका मिहिन विवरणहरू, भित्रीविशेष कुराहरू, र प्रसङ्गहरूबारे स्पष्ट बुझाइ चाहिन्छ। यसको साथै, व्यक्ति कुन वर्गमा पर्छ भनेर निर्धारित गर्न उसको निरन्तरको व्यवहार हेर्नु पनि महत्त्वपूर्ण हुन्छ। यी पक्षहरूमा माहिर भएर मात्रै सिद्धान्तहरूअनुसार समस्याहरू सम्हाल्न सकिन्छ। कति अगुवा र सेवकहरूले आफ्नो काम गर्दा समस्याहरूमा नियमहरू मात्र लागू गर्छन् र तिनलाई हदभन्दा ठूला बनाउँछन्, जबकि तिनीहरूले तिनमा संलग्‍न रहेका मानिसहरूको वास्तविक सार देख्‍न पनि सक्दैनन्, र तिनीहरू असल कि खराब मानिसहरू हुन्, र तिनीहरूको व्यवहार आदतगत नै हो कि बेलाबखतको भुलचुक मात्र हो भन्‍ने कुरा देख्‍न सक्दैनन्। तिनीहरूले यी पक्षहरू खुट्ट्याउन सक्दैनन्, त्यसैले तिनीहरूले गल्ती गर्ने सम्भावना निकै हुन्छ। त्यस्ता परिस्थितिहरूमा, यदि मण्डलीले भोट गर्न सक्यो भने, यसले प्रभावकारी रूपमा केही गल्तीहरू रोकथाम गर्न सक्छ। अगुवा र सेवकहरूको काममा यी विचलन र गल्तीहरू आउँदा यसले तिनीहरूसँग समझशक्ति छ कि छैन र तिनीहरूले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्ने गर्छन् कि गर्दैनन् भन्‍ने कुरा स्पष्ट रूपमा प्रकट गर्न सक्छ। यसले अगुवा र सेवकहरूमा सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा पनि प्रकट गर्छ। यदि परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको अगुवा वा सेवकले यी वास्तविक समस्याहरू सम्हाल्न सक्दैन भने, यो अगुवा वा सेवक सत्यता पछ्याउने व्यक्ति होइन भन्‍ने कुरा प्रमाणित गर्न यति नै पर्याप्त छ।

अगुवा र सेवकहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू, तिनीहरूले पछ्याउनुपर्ने सिद्धान्तहरू, र तिनीहरूको कामको क्षेत्र बुझेपछि, अब हामी सङ्गतिको यो चरणको विषयवस्तु: झूटा अगुवाहरूलाई खुलासा गर्ने भन्‍ने कुरामा फर्कनुपर्छ। मुख्य विषय यही हो। अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीको हकमा, आज हामीले सङ्गति गर्ने विषय झूटा अगुवाहरूले आफ्नो कर्तव्यमा बेवास्ता गर्ने क्षेत्रहरू, र वास्तविक काम नगर्ने तिनीहरूका प्रकटीकरणहरू हुन्। सुरुमा, हामी बाह्रौँ जिम्मेवारीको विषयवस्तु पढौँ। (बाह्रौँ नम्बर: परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र तिनीहरूले ती कुराहरूबाट सिकून्।) बाह्रौँ जिम्मेवारीले कामका तीन पक्षहरू स्पष्ट रूपमा उल्लेख गरेको छ जसलाई अगुवा र सेवकहरूले बुझ्नुपर्ने हुन्छ। यो झूटा अगुवाहरूलाई खुलासा गर्नुसँग कसरी सम्बन्धित छ? (पहिला, हामीले यो कामप्रति अगुवा र सेवकहरूका विभिन्‍न जिम्मेवारीहरू के हुन् भनेर बुझ्नुपर्छ। त्यसपछि, हामी झूटा अगुवाहरूले यी जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, र झूटा अगुवाहरूका प्रकटीकरणहरू केके हुन् भनेर हेर्न तुलना गर्नुपर्छ; तिनीहरूलाई यो मापदण्डअनुसार मापन गर्नु नै तुलनात्मक रूपमा सही हुन्छ।) ठीक भन्यौ। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर पत्ता लगाउने काम आँखाले उसको अनुहार हेरेर उसको हुलिया असल छ कि दुष्ट छ भनेर नियालेर गरिँदैन, न त उसले बाह्य रूपमा कति धेरै कष्ट भोगेको वा कति धेरै दौडधुप गरेको देखिन्छ भन्‍ने आधारमा नै गरिन्छ। बरु, तैँले तिनीहरूले अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू पूरा गर्छन् कि गर्दैनन् र वास्तविक समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नुपर्छ। तिनीहरूलाई मूल्याङ्कन गर्ने एउटै मात्र सही मापदण्ड यही हो। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर विश्‍लेषण गर्ने, पत्ता लगाउने, र निर्धारित गर्ने सिद्धान्त यही हो। यसरी गरिएको मूल्याङ्कन मात्रै सबैको निम्ति उचित, सिद्धान्तपरक, सत्यताअनुरूप, र निष्पक्ष हुन सक्छ। कसैलाई झूटो अगुवा वा झूटो सेवक भनी चित्रण गर्दा त्यो पर्याप्त तथ्यहरूमा आधारित हुनुपर्छ। यो एकदुई वटा घटना वा अपराधको आधारमा हुनु हुँदैन, क्षणिक भ्रष्टताको प्रकटीकरणलाई यसको आधारको रूपमा प्रयोग गर्नु त झनै मिल्दैन। कुनै व्यक्तिको चरित्र चित्रण गर्ने सही मापदण्ड भनेको उसले वास्तविक काम गर्न र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छ कि सक्दैन, साथै ऊ सही व्यक्ति हो कि होइन, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरमा समर्पित हुन सक्‍ने व्यक्ति हो कि होइन, र उसमा पवित्र आत्‍माको काम र अन्तर्दृष्टि छ कि छैन भन्‍ने कुरा हो। यी तथ्यहरूको आधारमा मात्र कुनै व्यक्तिलाई सहीसँग झूटो अगुवा वा झूटो सेवकको रूपमा चित्रण गर्न सकिन्छ। कुनै व्यक्ति झूटो अगुवा वा झूटो सेवक हो कि होइन भनेर मुल्याङ्कन र निर्धारण गर्ने मापदण्ड र सिद्धान्तहरू यिनै हुन्।

बाह्रौँ जिम्मेवारीभित्र अगुवा र सेवकहरूले पूरा गर्नुपर्ने तीन कामहरू

१. बाधा र व्यवधानहरू ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सटीक रूपमा पहिचान गर्ने

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीमा तीन काम, वा तीन चरणहरू समावेश छन्। यो काम पूरा गर्नको लागि यी तीन चरणहरू पछ्याएर, यो कामका सिद्धान्तहरू परिपालन गर्ने, र यो कामका जिम्मेवारीहरू पूरा गर्ने गरिन्छ। यी तीन कामहरू केके हुन्? (पहिलो, परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सटीक रूपमा पहिचान गर्ने। दोस्रो, तिनलाई रोक्‍ने र प्रतिबन्धित गर्ने, र परिस्थिति सही बनाउने। तेस्रो, सत्यता सङ्गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले त्यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरून् र ती कुराहरूबाट सिकून्।) यी तीन कामहरू अगुवा र सेवकहरूको लागि बाह्रौँ जिम्मेवारीका मापदण्डहरू हुन्। सुरुमा भन्दा, अगुवा र सेवकहरूको लागि पहिलो मापदण्ड भनेको परमेश्‍वरको काम र मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सटीक रूपमा पहिचान गर्नु हो। यो तुरुन्तै र सही रूपमा पहिचान गर्नु हो, सुस्त र असंवेदनशील रूपमा प्रतिक्रिया दिनु होइन, न त अन्धाधुन्ध र लापरवाह मूल्याङ्कन गर्नु नै हो—अविवेकी मूल्याङ्कनहरू स्वीकार्य छैनन्। कति अगुवा र सेवकहरूले आफ्नो कमजोर क्षमता र भ्रमको कारण, मानिसहरूलाई लापरवाही रूपमा सानातिना कुराहरूबारे काटछाँट गर्ने र गाली गर्ने गर्छन्, र स्वेच्छाचारी रूपमा तिनीहरूलाई विभिन्‍न नाम दिन्छन्, र सिद्धान्तहरू नपछ्याई अन्धाधुन्ध तिनीहरूलाई आलोचना गर्छन्। यसरी काम गर्दा सत्यता सिद्धान्तहरू उल्लङ्घन हुन्छ। त्यसकारण, परमेश्‍वरको घरका अगुवा र सेवकहरूले कम्तीमा पनि विभिन्‍न मानिस, घटना, र कुराहरू खुट्ट्याउन सक्‍नुपर्छ। यस्तो खुट्ट्याउने क्षमताद्वारा मात्रै तिनीहरूले मण्डलीमा पैदा हुने विभिन्‍न समस्याहरू तुरुन्तै र सही रूपमा पहिचान गर्न सक्छन्। विभिन्‍न मानिस, घटना, र कुराहरूलाई खुट्ट्याउने क्षमता हासिल गर्नलाई पहिलो मापदण्ड के हो? सर्वप्रथम, फरकफरक प्रकारका मानिसहरूको लागि परमेश्‍वरले दिनुभएका मापदण्डहरू, साथै विभिन्‍न मानिसहरूलाई र तिनीहरूले विकास गर्ने विभिन्‍न स्थितिहरूलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नु अत्यावश्यक छ। यसको साथै, विभिन्‍न नकारात्मक स्थितिहरू कसरी पैदा हुन्छन् र तिनका मूलजडहरू केके हुन् भनेर चिरफार गर्नु महत्त्वपूर्ण छ। अझ भन्‍ने हो भने, परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा विभिन्‍न मानिस, घटना, र कुराहरूले पार्ने प्रभाव बुझ्नु अत्यावश्यक छ। यी अवस्थाहरू पूरा हुने आधार के हो? अगुवा र सेवकहरूले सर्वप्रथम कुन काम लिनुपर्छ? यदि अगुवा र सेवकहरू सधैँ अहङ्कारी भएर टाढा बस्छन्, कर्मचारीहरूले जस्तो व्यवहार गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दैनन्, दाजुभाइ-दिदीबहिनीहरूको विभिन्‍न स्थिति बुझ्दैनन्, विभिन्‍न प्रकारका मानिसहरूसँग निकट सम्पर्क कायम राख्दैनन्, र तिनीहरूबारे विस्तृत अवलोकन र गहन बुझाइ राख्दैनन् भने, के यो स्वीकार्य हुन्छ? यो अवश्य नै स्वीकार्य हुँदैन। कति अगुवा र सेवकहरू त प्रायजसो आफ्नै कोठामा लुकेर बस्छन्, अनि आत्मिक भक्ति र अनुभवात्मक बुझाइका लेखहरू लेख्‍ने बहाना गर्दै मण्डलीको काम बेवास्ता गर्ने र राम्रोसित नसम्हाल्ने गर्छन्। झट्ट हेर्दा, तिनीहरूले आफ्नो कोठामा लुकेर मण्डलीका मामलाहरूमै काम गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफूलाई मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूबाट पहिले नै अलग गरिसकेका हुन्छन्। के काम गर्ने यो तरिकाले मण्डलीको कामका विभिन्‍न विषयहरूमा रहेका समस्याहरू समाधान गर्न सक्छ? के यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहयोग गर्न सक्छ? जब तिनीहरू गवाही लेखहरू लेख्‍न आफ्नो कोठामा लुक्छन्, तब के तिनीहरूले परमेश्‍वरको काम अनुभव गरिरहेका हुन्छन्? त्यसकारण, यो कार्यशैली अनुचित छ। बाह्रौँ जिम्मेवारीअनुसार, अगुवा र सेवकहरूको पहिलो काम भनेको मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूको आधारमा तुरुन्तै पहिचान गर्नु हो। कति मानिसहरूले सोध्छन्, “के बाधा र व्यवधानहरू ल्याउने मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सही रूपमा पहिचान गर्न सकूँ भनेर मात्रै अगुवा र सेवकहरू मण्डली जीवनमा गहन रूपमा संलग्‍न हुँदैनन् र?” के यो बुझाइ सही छ? (छैन।) यो विकृत बुझाइ हो। अगुवा र सेवकहरूमा आफ्नो कामप्रति सही मनोवृत्ति र शैली हुनुपर्छ र तिनीहरू तल्लो तहमा पनि गहन रूपमा पुग्‍नुपर्छ। यसरी मात्रै तिनीहरूले तुरुन्तै र सही रूपमा समस्याहरू पहिचान र समाधान गर्न सक्छन्। यदि तिनीहरू तल्‍लो तहमा पुगेर परमेश्‍वरका चुनिएका मानिसहरूसँग जिउँदैनन् भने, मण्डलीको कामका सबै समस्याहरू पहिचान गर्न निकै गाह्रो हुनेछ। यदि मानिसहरूले रिपोर्ट गरेपछि र समाधानहरू खोज्‍न थालेपछि मात्रै तिनीहरूले केही समस्याहरू समाधान गर्न सक्छन् भने, यो कामको प्रभाव अत्यन्तै सीमित हुनेछ। अगुवा र सेवकहरूले काम गर्ने सबैभन्दा गलत तरिका भनेको आफूलाई टाढा राखेर बन्द कोठामा काम गर्नु हो, यो ठ्याक्‍कै त्यस्तै हो जस्तो कि, प्राचीन विद्वानहरूले आफूलाई सन्तका पुस्तकहरू अध्ययन गर्न पूर्ण रूपमा समर्पित गर्थे र बाहिरी मामलाहरूमा कुनै ध्यान दिँदैनथे। यो मनोवृत्ति र जीवनशैली अगुवा र सेवकहरूको लागि उचित हुँदैन। तँ आफ्नो कोठामा एकलै बस्छस्, प्रवचन सुन्छस्, परमेश्‍वरका वचनहरू पढ्छस्, आत्मिक भक्तिको नोटहरू लेख्छस्, र प्रवचनहरू लेख्छस्, तर के केही धर्मसिद्धान्त र वचनहरू प्राप्त गर्नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्‍ने हुन्छ? के यसको अर्थ तैँले सत्यताद्वारा खुलासा गरिएका मानिसहरूको वास्तविक परिस्थिति र साँचो स्थिति बुझेको छस् भन्‍ने हुन्छ? (हुँदैन।) त्यसकारण, अगुवा र सेवकहरूको काममा आत्मिक समर्पणको जीवन आवश्यक त हुन्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ सही कार्यविधि र जीवनशैली अपनाउनु नै हो।

२. दुष्ट मानिसहरूलाई तुरुन्तै रोक्‍ने र प्रतिबन्धित गर्ने

बाह्रौँ जिम्मेवारीमा अगुवा र सेवकहरूको लागि उल्लेख गरिएको दोस्रो मापदण्ड के हो भने, तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई पहिचान गर्दा, तिनीहरूले तुरुन्तै र सही रूपमा मूल्याङ्कन गर्न सक्‍नुपर्छ। तिनीहरूले विभिन्‍न मानिस र घटनाहरूको प्रकृति स्पष्ट रूपमा चिन्‍नुपर्छ, र तिनले मण्डली जीवनमा कसरी असर गर्छन्, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूको स्थिति, जीवन प्रवेश, र कर्तव्य निर्वाहमा खतरा, बाधा, वा नाश पुर्‍याउँछन् कि पुर्‍याउँदैनन्, र तिनले मानिसहरूले कर्तव्य निर्वाहका परिणामहरूमा असर गर्छन् कि गर्दैनन् भन्‍ने कुरा बुझ्नुपर्छ—अगुवा र सेवकहरूले यी कुराहरू तुरुन्तै र सही रूपमा मूल्याङ्कन र लेखाजोखा गर्नुपर्छ। यो अगुवा र सेवकहरूको जिम्मेवारी हो। यदि तिनीहरूमा यसको लागि चाहिने दिमागको कमी छ र तिनीहरूमा सही क्षमता छैन भने, तिनीहरूले मण्डलीको काम गर्न सक्‍नेछैनन्। यसको साथै, अगुवा र सेवकहरूमा विभिन्‍न मानिस, घटना, र कुराहरूप्रति तीक्ष्ण प्रतिक्रिया र समझ हुनुपर्छ। उदाहरणको लागि, जब मण्डलीमा विवादहरू पैदा हुन्छन् र विभिन्‍न बाधा र व्यवधानहरू देखा पर्छन्, तब तैँले त्यो समस्या पहिचान गर्न सक्दैनस् र यसलाई सानो कुरा ठान्छस्, र यसले गर्दा धेरै मानिसहरूमा असर पर्छ र तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दैनन्। के त्यस्तो अगुवा वा सेवक चेतनाशून्य र अन्धो हुँदैन र? (हुन्छ।) यो अगुवा र सेवकहरूको समस्या हो। कसैले मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेको छ भन्‍ने थाहा पाएपछि तैँले के गर्नुपर्छ? पहिला, तैँले समस्याको गम्भीरता निर्क्योल गर्नुपर्छ र त्यस्ता मानिसहरूको सार र मण्डलीको काम र मण्डली जीवनमा त्यस्ता कुराहरूको प्रभाव र परिणामहरू मूल्याङ्कन र लेखाजोखा गर्नुपर्छ। अनि त्यस्तो मूल्याङ्कनको आधार के हुनुपर्छ? यो परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित हुनुपर्छ। कति मानिसहरू भन्छन्, “तपाईंले यसलाई कसरी परमेश्‍वरका वचनहरूमा आधारित गर्नुहुन्छ? मलाई यो खोक्रो कुरा हो जस्तो लाग्छ।” वास्तवमा, यो खोक्रो कुरा होइन। म किन यसो भन्दै छु? जब तैँले त्यस्ता कुराहरू सामना गर्छस् वा तिनलाई देख्छस् वा तिनको बारेमा सुन्छस्, तब तैँले तिनलाई बस परमेश्‍वरका वचनहरूले खुलासा गरेका समस्याहरूसँग तुलना मात्रै गर्नुपर्छ। त्यस्ता मानिसहरू र मामलाहरूलाई परमेश्‍वरका वचनहरूले कसरी खुलासा र चिरफार गर्छन्, र यी समस्याहरू उहाँले कसरी चित्रण गर्नुहुन्छ त्यो हेर्, जस्तै झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई उहाँले कसरी खुलासा गर्नुहुन्छ, वा विभिन्‍न मानिसहरूको भ्रष्ट स्वभावलाई उहाँले कसरी खुलासा गर्नुहुन्छ, आदि इत्यादि कुराहरू हेर्। त्यसपछि, यी कुराहरूलाई ती वचनहरूअनुसार तुलना र चिरफार गर्, अनि अन्ततः दाजुभाइ-दिदीबहिनीहरूसँगको सङ्गति र आफ्नै अवलोकनहरूमार्फत, तैँले आफूले देख्‍ने मानिस, घटना, र कुराहरूलाई सही रूपमा मूल्याङ्कन र चित्रण गर्न, र तिनका सम्बन्धित समाधानहरू पत्ता लगाउन सक्छस्। बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरूको रूपमा निर्धारित भएका ती मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? अरूलाई ती मानिसहरू चिन्‍न मद्दत गर्नको लागि तिनीहरूलाई खुलासा र चिरफार गर्ने मात्रै होइन, रोक्‍ने र प्रतिबन्धित गर्ने काम पनि गरिनुपर्छ, र बारम्बार चेतावनी दिँदा पनि सुधार गर्न नसकिनेहरूलाई निष्कासित गरिनुपर्छ। तिनीहरूलाई रोक्ने र प्रतिबन्धित गर्ने विधि र खास शैलीहरू केके हुन्? (तिनीहरूलाई काटछाँट गर्नु र चेतावनी दिनु।) के काटछाँट गर्नु राम्रो विधि हो? (हो।) तिनीहरूका कार्यहरू खुलासा गर्नु, तिनीहरूका सबैभन्दा घोर समस्याहरू औँल्याउनु, तिनीहरूको सार चिरफार गर्नु, र चेतावनीहरू दिनु—के यी सबै व्यावहारिक विधिहरू होइनन् र? अनि अवश्य नै, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउनु र तिनीहरूलाई सम्झाउन-बुझाउन र चिरफार गर्नको लागि परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा प्रयोग गर्नु हो। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् र आफ्नो गल्ती स्विकार्न जिद्दी रूपमा इन्कार्छन् भने, अझै कठोर उपायहरू अपनाउनुपर्छ। सुरुमा, तिनीहरूलाई चेतावनी देओ, त्यसपछि तिनीहरूलाई प्रतिबन्धित गर्न मण्डलीका प्रशासनिक आदेशहरू प्रयोग गर, र तिनीहरूलाई लापरवाही रूपमा दुष्कर्म गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन नदेओ। तिनीहरूलाई काटछाँट गर्नुपर्छ र त्यसपछि निगरानी गर्नुपर्छ। यी विधिहरू अत्यावश्यक हुन्छन्, र यो सबै कुरा मण्डलीको काम राम्ररी पूरा हुने कुरा सुनिश्‍चित गर्न र मानिसहरूलाई मुक्ति दिन, र तिनीहरूलाई सही मार्गमा डोर्‍याउनको लागि गरिन्छ। यी विधिहरू प्रयोग गर्दा अवश्य नै राम्रा परिणामहरू प्राप्त हुनेछन्। एक हिसाबमा, मानिसहरूलाई सम्झाउन-बुझाउन र खुलासा गर्न, तिनीहरूको स्वभाव र सार चिरफार गर्न, तिनीहरूका कार्यहरूको प्रकृति र तिनले ल्याउने गम्भीर परिणामहरू खुलासा गर्नको लागि तिनीहरूले बुझेका सत्यता प्रयोग गर—मानिसहरूले गर्न सक्‍ने न्यूनतम कुरा यही हो। अर्को चरण भनेको परमेश्‍वरका वचनहरूको आधारमा तिनीहरूलाई चिरफार गर्नु र खुट्ट्याउनु, र त्यसैअनुसार तिनीहरूलाई चित्रण गर्नु हो। यदि तिनीहरूले सल्लाह सुने, यसलाई स्विकारे, र पश्‍चात्ताप गरे भने, त्यो अवश्य नै सबैभन्दा राम्रो कुरा हुनेछ। तैपनि, यदि तिनीहरूले यसलाई स्विकारेनन् र मण्डलीको काममा बाधा दिइरहे भने, के गर्नुपर्छ? त्यस्तो अवस्थामा, शिष्ट बन्‍नु जरुरी हुँदैन। परमेश्‍वरको घरसँग प्रशासनिक आदेशहरू छन्, र यस विन्दुमा, परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूअनुसार त्यो व्यक्तिलाई रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। यदि त्यो व्यक्ति सानो कदको नयाँ विश्‍वासी हो जसले सत्यता बुझ्दैन भने, उसलाई प्रेमले सहयोग गर्न सकिन्छ; तैँले उसलाई आफूलाई चिन्‍न मद्दत गर्न सत्यता सङ्गति गर्न सक्छस्। सत्यता स्विकार्न र पश्‍चात्ताप गर्न सक्‍नेहरूको हकमा, तिनीहरूलाई रोक्नु, प्रतिबन्धित गर्नु, वा काटछाँट गर्नु जरुरी पर्दैन। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् भने, यो सतही जग वा सानो कद भएको र सत्यता नबुझेको मामला होइन; यो तिनीहरूको मानवताको समस्या हो। त्यस्ता मानिसहरूको हकमा, तिनीहरूलाई रोक्न र प्रतिबन्धित गर्न प्रशासनिक व्यवस्थापन र प्रशासनिक दण्ड प्रयोग गर्नुपर्छ। यसबाट हासिल हुने अन्तिम प्रभाव भनेको मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍नु, र यसरी मण्डली जीवन सुव्यवस्थित रूपमा अघि बढ्न मद्दत गर्नु हो। यसैलाई परिस्थिति सही पार्नु भनिन्छ, र अगुवा र सेवकहरूले आफ्नो काममा हासिल गर्नुपर्ने प्रभाव यही हो। यो प्रभाव हासिल गरेर मात्रै तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन्। यदि अगुवा र सेवकहरूले कुनै पनि समस्याहरू आइपर्दा बेवास्ता गर्छन्, अनि केही शब्द र सिद्धान्तहरूद्वारा झाराटारुवा प्रतिक्रिया मात्रै दिन्छन्, वा मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेहरूलाई केही शब्दले सरल तरिकाले हप्की लाउने र काटछाँट गर्ने गर्छन् भने, के यसले समस्या समाधान गर्न सक्छ? यसले समस्या समाधान गर्न नसक्‍ने मात्र होइन, बरु उल्टै मण्डलीमा अझै ठूलो अराजकता पनि ल्याउँछ—अनि धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा गुमाउनेछन् र तिनीहरूलाई विभिन्‍न हदसम्म बाधा पुग्‍नेछ, र यसले गर्दा तिनीहरूको कर्तव्य निर्वाह गर्ने कार्यमा असर पर्छ। के त्यस्ता अगुवा र सेवकहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्? (हुँदैनन्।) यसले देखाउँछ कि ती अगुवा र सेवकहरू आफ्नो काममा सक्षम छैनन्।

३. दुष्ट मानिसहरूका दुष्ट कार्यहरू खुलासा गर्ने, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले समझशक्ति विकास गरून् र पाठहरू सिकून्

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीको तेस्रो मापदण्ड के हो भने, दुष्ट मानिसहरूले ल्याएका बाधा र व्यवधानहरू सम्हाल्ने क्रममा, अगुवा र सेवकहरूले परमेश्‍वरका चुनिएका मानिसहरूसँगै परमेश्‍वरको वचन खानु-पिउनुपर्छ ताकि तिनीहरूले आफ्नो बारे मनन गर्न र आफूलाई चिन्‍न सकून्, र साँचो रूपमा आफ्नो मार्ग सच्याउन सकून्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न, आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न, र परमेश्‍वरलाई पछ्याउन, परमेश्‍वरमा समर्पित हुन, र परमेश्‍वरको गवाही दिन अगुवाइ गर्न सक्‍नुपर्छ। यस्तो काम मात्रै परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। एक हिसाबमा, यसरी काम गर्ने अगुवा र सेवकहरूले काम गर्ने क्रममा समस्याहरू समाधान गर्न र आफूलाई सत्यताले सुसज्जित गर्न सक्छन्। यसको साथै, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गरेर, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्न मद्दत गर्छन्, अनि आफ्नो बारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्‍ने, आफ्नो भ्रष्ट स्वभाव कसरी त्याग्‍ने, आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने, मानिसहरूलाई कसरी चिन्‍ने र व्यवहार गर्ने, कसरी परमेश्‍वरलाई पछ्याउने र परमेश्‍वरमा समर्पित हुने, कसरी अरूको बन्धनमा नपर्ने, र कसरी आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुने भनेर मद्दत गर्छन्। यो अगुवा र सेवकहरूको कर्तव्य पूरा गर्नु हो; मण्डलीको काम गर्ने क्रममा समस्याहरू समाधान गर्न अगुवा र सेवकहरूले अभ्यास गर्नुपर्ने सिद्धान्त यही हो। मण्डलीमा जस्तोसुकै समस्याहरू पैदा भए पनि, सबैभन्दा पहिले अगुवा र सेवकहरूले सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू बुझ्नुपर्छ, र सँगै मिलेर परमेश्‍वरको अगुवाइ खोजी गर्नुपर्छ। त्यसपछि तिनीहरूले विद्यमान विभिन्‍न समस्याहरू समाधान गर्न परमेश्‍वरका उपयुक्त वचनहरू खोज्नुपर्छ। समस्याहरू समाधान गर्ने प्रक्रियामा, अगुवा र सेवकहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरका उपयुक्त वचनहरूबारे थप सङ्गति गर्नुपर्छ, र परमेश्‍वरका वचनहरूअनुसार समस्याहरूको सार बुझ्नुपर्छ। तिनीहरूले यी समस्याहरू चिन्‍नको लागि परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो बुझाइबारे सङ्गति गर्न लगाउनुपर्छ। धेरैजसो मानिसहरूमा एउटै बुझाइ भएपछि र तिनीहरू सहमतिमा पुगेपछि, समस्याहरू समाधान गर्न सजिलो हुन्छ। तर समस्याहरू समाधान गर्ने क्रममा, घटनाहरूबारे दोहोर्‍याई तेहेर्‍याई कुरा नगर्नू, र सानातिना विवरणहरूको पछि लाग्‍ने वा समस्याहरूमा संलग्‍न व्यक्तिहरूलाई दोष दिइरहने नगर्नू। सुरुमा, सानातिना समस्याहरूमा ध्यान नदिनू; बरु, स्पष्ट रूपमा सत्यता सङ्गति गर्नू, किनभने यसले समस्याहरूको प्रकृति खुलासा गर्नेछ। यो शैलीले मात्रै परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरूअनुसार समस्याहरू चिन्‍न, आइपर्ने मानिस, घटना, र कुराहरूबाट समझशक्ति प्राप्त गर्न, र ती कुराहरूबाट व्यावहारिक पाठहरू सिक्न मद्दत गर्छ। यसले तिनीहरूलाई आफूले सामान्यतया बुझ्ने शब्द र धर्मसिद्धान्तहरूलाई वास्तविक जीवनसँग तुलना गर्न पनि मद्दत गर्छ, जसले गर्दा तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्छन्। के अगुवा र सेवकहरूले गर्नुपर्ने कुरा यही होइन र? परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्ने कार्यमा मुख्य रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूका धारणा र कल्पनाहरू र तिनीहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता प्रयोग गर्ने कार्य समावेश हुन्छ। यो कार्यशैलीले सबैभन्दा राम्रा परिणामहरू दिन्छ। अगुवा र सेवकहरूले समस्याहरू समाधान गर्न जति धेरै सत्यता प्रयोग गर्न सक्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूले त्यति नै सजिलै सत्यता बुझ्न सक्छन्। यसरी, तिनीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचन कसरी अभ्यास र लागू गर्ने भन्‍ने कुरा जान्‍नेछन्। यदि अगुवा र सेवकहरूले प्रायजसो परमेश्‍वरका चुनिएका मानिसहरूलाई वास्तविक समस्याहरू समाधान गर्न अगुवाइ गरिरहन्छन् भने, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा ल्याउन र परमेश्‍वरको वचनलाई आफ्नो दैनिक जीवनमा लागू गर्न पनि सक्‍नेछन्। कति मानिसहरू भन्छन्, “के अगुवा र सेवकहरूको लागि यो मापदण्ड अत्यन्तै कडा भएन र? हामीसँग कसरी यति धेरै बुझाइ हुन सक्छ र?” तँसँग पहिले यस्तो बुझाइ नभएको हुन सक्छ, तर के तैँले यो परिणाम हासिल गर्न सिक्न र अभ्यास गर्न सक्दैनस् र? परमेश्‍वरको कामले अगुवा र सेवकहरू, अनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न तालिम दिने तरिका यही हो। यदि तँलाई कसरी गर्ने भन्‍ने थाहा छैन भने, तैँले सिक्न र अभ्यास गर्न सक्छस्। जस्तोसुकै समस्याहरू पैदा भए पनि, तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्नो बारे मनन गर्न र आफूलाई चिन्‍न सिक्‍नुपर्छ; अभ्यास गर्ने प्रक्रिया यही हो। केहीपटक अभ्यास गरेपछि र परिणामहरू हासिल गरेपछि, तँसँग मार्ग हुनेछ र सत्यता अभ्यास कसरी गर्ने भन्‍ने तँलाई थाहा हुनेछ। जब परमेश्‍वर काम गर्न आउनुहुन्छ, तब उहाँले मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सिकाउन अगुवाइ गर्ने तरिका यही हो। अगुवा र सेवकहरूले प्रायजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गरिरहनुपर्छ, मिलेर समस्याहरू सामना गर्नुपर्छ, मिलेर समस्याहरू समाधान गर्नुपर्छ, र राम्रोसित मण्डलीको काम गर्नुपर्छ। मण्डली अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी अगुवाइ गर्नुपर्छ? मुख्य तरिका भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई वास्तविक जीवनका समस्याहरू पहिचान र समाधान गर्न, वास्तविक जीवनमा परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्न अगुवाइ गर्नु हो, ताकि परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता अभ्यास गर्न मात्र होइन, नकारात्मक कुराहरू र नकारात्मक मानिसहरू चिन्‍नसमेत सक्षम होऊन्, अर्थात्, झूटा अगुवाहरू, झूटा सेवकहरू, दुष्ट मानिसहरू, अविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरू चिन्‍न सक्षम होऊन्। विभिन्‍न मानिसहरूलाई चिन्‍नुको उद्देश्य भनेको समस्याहरू समाधान गर्नु हो। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले पैदा गर्ने बाधाहरू राम्ररी समाधान गरेर मात्रै मण्डलीको काम सहज रूपमा अघि बढ्न सक्छ, अनि मात्र मण्डलीमा परमेश्‍वरको इच्छा कार्यान्वयन हुन सक्छ। यसको साथै, दुष्ट मानिसहरूको समस्या सम्बोधन गर्दा यसले गल्तीहरू वा दुष्कर्म गर्नबाट जोगिने चेतावनीको काम पनि गर्छ, र यसबाट परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने क्षमता हासिल गर्न सकिन्छ। यसरी, तैँले आफ्नो कर्तव्य पूरा गर्ने र जीवन प्रवेश प्राप्त गर्ने मात्र नभई, सत्यता पनि बुझ्नेछस् र सत्यता वास्तविकतामा पनि प्रवेश गर्नेस्। के यो एउटै ढुङ्गाले दुइटा चरा मार्नुजस्तो होइन र? जब तैँले सत्यता बुझेको हुन्छस् र जब समस्याहरू समाधान गर्न सक्छस्, तब यसले तँसँग अगुवा वा सेवक बन्‍ने क्षमता छ र तैँले परमेश्‍वरको घरमा वृद्धि-विकास हुने मापदण्डहरू पूरा गर्छस् भन्‍ने कुरा प्रमाणित गर्छ; त्यसकारण, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई वास्तविक जीवनमा विभिन्‍न मानिस, घटना, र कुराहरू चिन्‍न सिक्न अगुवाइ र मार्गदर्शन गर्नुपर्छ; सत्यताको बुझाइ हासिल गर्न अगुवाइ र मार्गदर्शन गर्नुपर्छ; मण्डलीको काममा बाधा र व्यवधान ल्याउने सबै किसिमका मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर जान्‍न अगुवाइ र मार्गदर्शन गर्नुपर्छ; र सत्यता अभ्यास कसरी गर्ने, सिद्धान्तहरूअनुसार विभिन्‍न मानिसहरूलाई कसरी व्यवहार गर्ने, र समस्याहरू समाधान गर्न सत्यता सङ्गति कसरी गर्ने भनेर जान्‍न अगुवाइ र मार्गदर्शन गर्नुपर्छ। यो तेरो जिम्मेवारी हो। यसरी अभ्यास गरेर, तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्छस्। तैँले वास्तविक जीवनमा आउने हरेक मामलामा पाठहरू सिक्‍नेछस्, समझशक्ति प्राप्त गर्नेछस्, र परमेश्‍वरका अभिप्रायहरू बुझ्नेछस्, र तैँले मामलाहरू कसरी सम्हाल्ने, मानिसहरूलाई कसरी व्यवहार गर्ने, र आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भन्‍नेबारे अभ्यासका सिद्धान्तहरू प्राप्त गर्नेछस्। यसरी, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछस्। परमेश्‍वरले मानिसहरूलाई दिनुभएको मापदण्ड भनेकै तिनीहरूले त्यस्ता परिणामहरू हासिल गरून् भन्‍ने हो। जस्तोसुकै मामलाहरू उत्पन्न भए पनि, तैँले सधैँ पाठ सिक्न र समझशक्ति विकास गर्न जरुरी छ; तैँले तिनलाई उम्किन दिन मिल्दैन, न त तैँले पाठ सिक्ने र समझशक्ति विकास गर्ने कुनै अवसर गुमाउन नै मिल्छ। यो केही भइसकेको अवस्था हो, त्यसैले हामीले यसलाई नकारात्मक, अनि दोष लाउने मनोवृत्तिले हेर्नु हुँदैन; बरु, यसलाई सकारात्मक मनोवृत्तिले हेर्नुपर्छ। कसरी त्यसो गर्ने? समस्या समाधान गर्न सत्यता खोजी गरेर। सबै मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरूको मानवता कि त असल कि त दुष्टता हुन सक्छ, त्यसकारण मानिसहरू भेला हुँदा कसरी समस्याहरू देखा नपरून् त? परमेश्‍वरले तेरो लागि यो परिस्थिति तय गर्नुभएको छ, तेरो जीवनमा आएका यी मानिसहरू, घटनाहरू, र परिस्थितिहरू उहाँले तँलाई देखाइरहनुभएको छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? आफूअघि यी विभिन्‍न समस्याहरू ल्याइदिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। उहाँले तँलाई अभ्यास गर्ने र पाठहरू सिक्‍ने, अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने मौका दिइरहनुभएको छ। अगुवा र सेवकहरूको रूपमा, तैँले पनि तँलाई यस्तो अवसर दिएकोमा परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। तैँले जस्तोसुकै समस्याहरू सामना गरे नि, आफूसँगै दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्‍न कुराहरू खुट्ट्याउन, पाठहरू सिक्न, र अन्तर्ज्ञानहरू प्राप्त गर्न सिक्‍न अगुवाइ गर्नुपर्छ। यसको साथै, तैँले आफूसँगै तिनीहरूलाई मानिसहरूमा समस्याबारे केकस्ता धारणा र कल्पनाहरू छन्, केकस्ता विकृत दृष्टिकोणहरू छन्, यो मामला सामना गर्दा केकस्ता पाठहरू सिकिएका छन्, केकस्ता गलत धारणा र दृष्टिकोणहरू समाधान भएका छन्, र अन्त्यमा केकस्ता सत्यताहरू बुझिएका छन् भन्‍ने कुरा मनन गर्न र बुझ्न अगुवाइ गर्नुपर्छ। परमेश्‍वरको काम यसरी नै अनुभव गर्नुपर्छ, एउटा पनि कुरा छुटाउनु हुँदैन। यदि तैँले परमेश्‍वरको काम अनुभव गरेको धेरै वर्ष भएको छ र तैँले धेरै समस्याहरू समाधान गरेको छस् भने, तैँले परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् र तिनले मानिसहरूलाई अवश्य नै शुद्ध पार्न र शैतानको प्रभावबाट मुक्ति दिन सक्छन् भनेर देख्‍नेछस्। जब मानिसहरूले सत्यता बुझ्छन् र प्राप्त गर्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरू पूर्ण रूपमा साकार र हासिल भएका छन् भन्‍ने देख्‍नेछन्। जब परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न सक्छन्, तब तिनीहरूले आफूले देखेको कुरा वा आफ्ना भावनाहरूमा, र धारणा र कल्पनाहरूमा भरोसा गर्नुको सट्टा, परमेश्‍वरका वचनहरूलाई आफ्नो वास्तविक जीवनमा अवलम्बन गर्न सक्‍नेछन्, र मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र मानिसहरूलाई र तिनीहरूले गर्ने सबै कुरालाई परमेश्‍वरको वचनअनुसार मापन गर्नको लागि सही रूपमा परमेश्‍वरको वचन प्रयोग गर्न सक्‍नेछन्। तिनीहरूले यी पाठहरू सिकेपछि, तिनीहरूलाई परमेश्‍वरका वचनहरूअनुसार जिउन सजिलो हुन्छ, र तिनीहरू प्रायजसो परमेश्‍वरको उपस्थितिमा जिउन सक्छन्। यसरी, अगुवा र सेवकहरू आफ्नो काममा पूर्ण रूपमा मापदण्डअनुरूप हुन्छन्, र तिनीहरूले आफ्‍नो जिम्मेवारी पूरा गरेका हुन्छन्। अगुवा र सेवकहरूले आफ्नो काम राम्ररी गरेपछि मात्रै परमेश्‍वरका चुनिएका मानिसहरूले यी उपलब्धिहरू हासिल गर्न सक्छन्। यदि, तैँले सामना गर्ने धेरै परिस्थितिहरूमा, तँलाई दाजुभाइ-दिदीबहिनीहरूलाई पाठहरू सिक्‍न कसरी अगुवाइ गर्ने भन्‍ने नै थाहा छैन र तैँले विभिन्‍न मानिस, घटना, र कुराहरू चिन्‍न सक्दैनस् भने, तँ अन्धो, अबूझ् र मूर्ख गडबडे होस्। त्यस्ता परिस्थितिहरू सामना गर्दा, तँ ती कुरा कसरी सम्हाल्ने भन्‍ने थाहा नभएर, अनि त्यस्तो कामको लागि अयोग्य भएर आकुलव्याकुल त हुन्छस् नै, त्यसमाथि यसले यी मानिस, घटना, र कुराहरूप्रतिको दाजुभाइ-दिदीबहिनीहरूको अनुभवमा पनि असर गर्नेछ। यदि तैँले कामकुराहरू अनुचित रूपमा सम्हाल्छस्, कुनै काम गर्दैनस्, सङ्गति गर्नुपर्ने सत्यताबारे एउटै कुरा पनि बोल्दैनस्, र अरूलाई फाइदा वा सुधार गर्ने कुनै कुरा बोल्न सक्दैनस् भने, जब धेरै मानिसहरूले यी मानिस, घटना, र बाधा र व्यवधानहरू ल्याउने कुराहरू सामना गर्छन्, तब तिनीहरूले परमेश्‍वरबाट आएका भनी यी कुराहरू स्विकार्न, यी कुराहरूलाई सकारात्मक र सक्रिय रूपमा लिन, र यी कुराहरूबाट पाठहरू सिक्न नसक्‍ने मात्र होइन, बरु उल्टै परमेश्‍वरप्रतिको तिनीहरूको धारणा र सतर्कता झन्झन् गम्भीर हुँदै जानेछ, साथै उहाँप्रतिको तिनीहरूको अविश्‍वास र शङ्का पनि झन्झन् गम्भीर हुँदै जानेछ। के यो अगुवा र सेवकहरूमा सत्यता वास्तविकताको कमी हुनु र तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न नसक्‍नुको परिणाम होइन र? के यो कुरा अगुवा र सेवकहरूले वास्तविक काम गर्न सक्दैनन् भन्‍ने कुराको सङ्केत होइन र? तैँले मण्डलीको काम उचित रूपमा पूरा गरेको छैनस्, परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा पूरा गरेको छैनस्, अगुवा र सेवकहरूका जिम्मेवारीहरू पूरा गरेको छैनस्, र दाजुभाइ-दिदीबहिनीहरूलाई शैतानको सत्ताबाट बाहिर ल्याएको छैनस्। तिनीहरू अझै पनि भ्रष्ट स्वभाव र शैतानका परीक्षाहरूमा जिउँछन्। के तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ढिलाइ गराइरहेको छैनस् र? तैँले मानिसहरूलाई गहन रूपमा हानि पुर्‍याइरहेको छस्! अगुवा वा सेवकको रूपमा, तैँले परमेश्‍वरको आज्ञा स्विकार्नुपर्छ, दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरसामु डोर्‍याउनुपर्छ, सत्यताको बुझाइ हासिल गर्न परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन दिनुपर्छ र सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्दै परमेश्‍वरमाथिको आफ्नो विश्‍वास बढाउन दिनुपर्छ। तर तैँले यसरी अभ्यास गर्न सकेको छैनस्, र त्यसमाथि तैँले दुष्ट मानिसहरूले पैदा गर्ने बाधाहरू प्रतिबन्धित गरेको वा समाधान गरेको पनि छैनस्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि भएको छ। धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, तिनीहरूले प्रगति नगरेका र सत्यता नबुझेका वा परमेश्‍वरबारे कुनै ज्ञान प्राप्त नगरेका मात्र नभई, तिनीहरूले परमेश्‍वरबारे धेरै धारणा र गलतफहमीहरू विकाससमेत गरेका हुन्छन्, र तिनीहरूसँग कुनै वास्तविक समर्पणसमेत हुँदैन। त्यसैले, के तैँले गरेको सबै कुराले वास्तवमा परमेश्‍वरको काममा बाधा र व्यवधान ल्याएको हुँदैन र? तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा नडोर्‍याएको वा तिनीहरूलाई रक्षा नगरेको मात्र होइन, बरु उल्टै दुष्ट मानिसहरूलाई तिनीहरूमाथि बाधा पुर्‍याउन र ख्रीष्टविरोधीहरूलाई तिनीहरूलाई बहकाउन र नियन्त्रण गर्न अनुमतिसमेत दिएको छस्। के तैँले आफ्नाहरूलाई चोट पुर्‍याउने र शत्रुहरूलाई खुशी पार्ने कुराहरू गरेको छैनस् र? के तैँले दुष्टतालाई साथ र सहयोग पुर्‍याइरहेको छैनस् र? तैँले यति लामो समयदेखि काम गरेको छस्; तैपनि, तैँले सकारात्मक परिणामहरू हासिल गर्न असफल भएको छस्, र त्यसमाथि तैँले दाजुभाइ-दिदीबहिनीहरू र परमेश्‍वरबीचको दूरी झन्झन् ठूलो बनाएको छस्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता नै नबुझी वा दुष्ट मानिसहरूको बाधा र व्यवधानहरू कसरी चिन्‍ने भन्‍ने नै नबुझी वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, र यसरी तिनीहरूको जीवन प्रवेशमा गम्भीर असर परेको छ। यसमा समस्या के हो? के यो धेरै दुष्कर्म गर्नु होइन र? अगुवा र सेवकहरूले जुनसुकै काम गरे नि, यदि तिनीहरूले परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्न र सत्यता सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न र समस्याहरू समाधान गर्न सक्दैनन् भने, तिनीहरूको प्रभाव आफूमा वा केही मानिसहरूमा मात्र सीमित हुनेछैन; यसले मण्डलीको काममा, मण्डलीका परमेश्‍वरका चुनिएका सबै मानिसहरूको जीवन प्रवेशमा, परमेश्‍वरका चुनिएका मानिसहरूले कर्तव्य निर्वाह गर्दाका परिणामहरूमा, राज्यको सुसमाचार प्रचार कार्यका परिणामहरूमा, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई मुक्ति दिएर परमेश्‍वरको राज्यमा ल्याउन सकिन्छ कि सकिँदैन भन्‍ने कुरामा समेत असर गर्नेछ—यी सबै यसले असर गर्न सक्‍ने क्षेत्रहरू हुन्। कति मानिसहरूले त परमेश्‍वरमा विश्‍वास गरे नि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्, र फलस्वरूप तिनीहरूको बरबादी हुन्छ। यो त धार्मिक क्षेत्रका मानिसहरूको जस्तै कुरा हो, जो पाष्टर र एल्डरहरूको बहकाउ र नियन्त्रणमा पर्छन्, र परिणामस्वरूप परमेश्‍वरको पुनरागमन हुँदा उहाँलाई स्वागत गर्न असफल हुन्छन् र विपत्तिमा पर्छन्। यो सबै कुरा स्पष्ट रूपमा साँचो हो। त्यसैले, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्‍नु अत्यन्तै फाइदाजनक हुन्छ!

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीले तिनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण तीन काम पूरा गर्न लगाउँछ: पहिलो, तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू पहिचान गर्नुपर्छ। दोस्रो, तिनीहरूले दुष्ट मानिसहरू खुट्ट्याएर चरित्र चित्रण गरेपछि, तिनीहरूलाई तुरुन्तै रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ; यो दोस्रो चरण हो। तेस्रो, दुष्ट मानिसहरूलाई रोक्‍ने र प्रतिबन्धित गर्ने, अनि परिस्थिति सही पार्ने क्रममा, तिनीहरूले दुष्ट मानिसहरूका दुष्कर्महरू खुलासा गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग बारम्बार परमेश्‍वरका वचनहरू सङ्गति गर्नुपर्छ, र यसबारेमा दाजुभाइ-दिदीबहिनीहरूका प्रतिक्रिया र बुझाइहरू नजिकबाट निगरानी गर्नुपर्छ, र तिनीहरूसँग रहेका हरकुनै गलत दृष्टिकोणहरू तुरुन्तै सुधार गर्नुपर्छ। अनि अवश्य नै, यदि सत्यता पछ्याउने केही दाजुभाइ-दिदीबहिनीहरूमा अन्तर्ज्ञानहरू छन् भने, तिनीहरूलाई थप सङ्गति गर्न प्रोत्साहन दिनुपर्छ। यसको साथै, अगुवा र सेवकहरूले कमजोर वा सानो कदका मानिसहरूलाई पनि मद्दत गर्नुपर्छ, र तिनीहरूलाई अझै बढी बोल्न प्रोत्साहन दिनुपर्छ। यसको अपेक्षित परिणाम भनेको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति प्राप्त गर्न, अनि आइपर्ने घटनाहरूबाट पाठहरू सिक्न, र मानिसहरू र मामलाहरू खुट्ट्याउन सिक्न मद्दत गर्नु हो। मानिसहरू र मामलाहरू खुट्टयाउने कार्यको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्‍न प्रकारका मानिसहरूलाई सही रूपमा बुझ्न र तिनीहरूप्रति सत्यता सिद्धान्तहरूअनुसार सही विधिहरू प्रयोग गरेर व्यवहार गर्न सिक्‍न मद्दत गर्नु हो, र यस क्रममा आफैले पनि पाठहरू सिक्‍नु हो। तिनीहरूले केकस्ता पाठहरू सिक्‍नुपर्छ? तिनीहरूले परमेश्‍वरले यी मानिसहरूको स्थिति चिरफार र खुलासा गर्नुहुँदा तिनीहरूप्रति उहाँको मनोवृत्ति के हो भन्‍ने कुरा अवलोकन गर्नुपर्छ—यी मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति थाहा पाउँदा, यसले आफू कस्तो व्यक्ति हुनुपर्छ र आफूले कस्तो मार्ग लिनुपर्छ भन्‍ने कुरा अझै स्पष्ट हुन्छ, होइन र? (हो।) छोटकरीमा भन्दा, हासिल गर्नुपर्ने अन्तिम परिणाम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता बुझ्नु र तिनीहरू वास्तविक जीवनका वातावरणहरूमा वास्तविकतामा प्रवेश गर्नु, तिनीहरू सामान्य रूपमा कर्तव्य निर्वाह गर्न सक्षम हुनु, र तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। यसरी, अगुवा र सेवकहरूले मण्डलीको काम गर्दा तिनीहरूको कार्यसम्पादन परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनेछ। यो काम पूरा गर्ने तीन चरणहरूको आधारमा हेर्दा, के अगुवा र सेवकहरूलाई यो काम राम्ररी गर्न गाह्रो हुन्छ? (हुँदैन।) यदि मानव दया र क्षमतामा भरोसा गरियो भने, यो काम राम्ररी पूरा गर्नु अलिक कठिन हुन सक्छ, किनभने तैँले परमेश्‍वरले तोक्‍नुभएका परिणाम हासिल गर्नेछैनस् र अगुवा र सेवकहरूका साँचो जिम्मेवारीहरू पूरा गर्नेछैनस्। के तैँले भ्रष्ट मानव स्वभावहरूमा भरोसा गरिस् भने यो काम राम्ररी गर्न सक्छस्? (सक्दिनँ।) ठ्याक्‍कै भन्दा, यो काम गर्नको लागि भ्रष्ट स्वभावहरूमा भरोसा गर्नु भनेको आफ्नै विचारहरूअनुसार काम गर्नु हो। यसले के परिणाम ल्याउनेछ? (यसले मण्डलीमा अराजकता ल्याउनेछ।) एउटा परिणाम यही हो: तैँले जति धेरै काम गर्छस्, परिस्थिति त्यति नै अराजक बन्छ। अराजकता भनेको के हो? अराजकताका खास स्थितिहरू केके हुन्? यो तब हुन्छ, जब भेलाहरूमा मानिसहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान-पिउन वा सत्यता सङ्गति गर्न सक्दैनन्। त्यहाँ सधैँ दुष्ट मानिसहरू र अविश्‍वासीहरूले बाधाहरू ल्याउँछन्, निरन्तर विवादहरू पैदा हुन्छन्, र हरव्यक्ति आफ्नै दृष्टिकोणमा लागेर विभाजन र गुटबन्दी भइरहन्छ; विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समझको कमी हुन्छ र तिनीहरू अन्योल हुन्छन्, आत्मिक बुझाइ भएका र सत्यतालाई प्रेम गर्नेहरूलाई पनि बाधा पुग्छ, र तिनीहरूको जीवन वृद्धि हुँदैन। यस्तो मण्डलीमा, दुष्ट मानिसहरू र अविश्‍वासीहरूले पूर्ण रूपमा शक्ति हातमा लिन्छन्, र पवित्र आत्माले काम गर्नुहुन्‍न। यस्तो मण्डलीमा, जेसुकै हुँदा पनि, मानिसहरू सबै एकैपटक बोलिरहेका हुन्छन्, र हरकिसिमका दृष्टिकोणहरू व्यक्त गरिन्छन्, तर सही दृष्टिकोणहरू भने बिरलै मात्र बोलिन्छन्। अनि मण्डली तुरुन्तै धेरै गुटमा विभाजित हुन्छ, मानिसहरूमाझ कुनै एकता हुँदैन, र त्यहाँ पवित्र आत्माको काम वा अगुवाइको कुनै सङ्केत देखिँदैन। मानिसहरू एकअर्काविरुद्ध सतर्क हुन्छन् र एकअर्कालाई शङ्काले हेर्छन्; दुईतीन समूह शक्ति र नाफाको लागि प्रतिस्पर्धा गर्छन्; हरेकले आफ्नै समर्थकहरू खोज्छ, र विरोधीहरूलाई आक्रमण र बहिष्कार गर्छ; अनि त्यहाँ हरकिसिमका दुष्कर्महरू गर्ने-गराउने भइरहन सक्छ। यो अराजकताको दृश्य हो। यो परिस्थिति कसरी पैदा हुन्छ? के यो अगुवा र सेवकहरूले आफ्नो काम गर्न नसकेकोले पैदा हुने कुरा होइन र? (हो।) अगुवा र सेवकहरूले आफ्नै विचारहरूअनुसार काम गर्दा यी परिणामहरू आउँछन्। आफ्नै विचारहरूअनुसार काम गर्नु भनेको के हो? यसको अर्थ सत्यता नबुझ्नु, सिद्धान्तहरूको कमी हुनु, अनि भ्रष्ट स्वभाव र मानव धारणा र कल्पनाहरूको आधारमा अन्धाधुन्ध काम गर्नु हो, जसले गर्दा मण्डलीमा अझ बढी अराजकतापूर्ण स्थिति पैदा हुन्छ। कति मानिसहरूले यसो भन्‍न सक्छन्, “मण्डलीमा कसरी दुष्ट मानिसहरूले बाधाहरू पैदा गर्न सक्छन्? को सही र को गलत छ, वा कुन पक्ष लिनुपर्छ, त्यो मलाई थाहै हुँदैन।” अरूले यसो भन्‍न सक्छन्, “मण्डली धेरै गुटहरूमा विभाजित छ। हामीले कसरी मण्डली जीवन जिउने? हरेक भेला फलहीन हुन्छ र समयको बरबादी मात्र हुन्छ। यसरी विश्‍वास गरिरहँदा त कुनै परिणाम पनि प्राप्त हुँदैन।” जब कुनै मण्डली यति अराजक भएर परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवन जिउन सक्दैनन्, तब परमेश्‍वरले यसलाई पूर्ण रूपमा इन्कार गर्नुहुन्छ। यसले स्पष्ट रूपमा के देखाउँछ भने, दुष्ट मानिसहरू र अविश्‍वासीहरूले शक्ति हातमा लिए भने, तिनीहरूले मण्डली बरबाद गर्नेछन्। असल मानिसहरू र अगुवा र सेवकको रूपमा सत्यता अभ्यास गर्ने मानिसहरूविना मण्डलीले काम गर्न सक्दैन—तिनीहरूविना, परिस्थिति नियन्त्रण गर्न असम्भव हुनेछ! यदि दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई प्रतिबन्धित गरिएन भने, कुनै पनि मण्डली जीवन हुनेछैन, र मण्डलीको सामान्य सुव्यवस्था पूरै थिलथिलो हुनेछ, र गन्जाजोल सिर्जना हुनेछ। अगुवा र सेवकहरूले आफ्नो काम राम्ररी नगर्दा परिणाम यही हुन्छ। यदि अगुवा र सेवकहरूले सत्यता स्विकार्न सक्दैनन्, परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुन सक्दैनन्, वा परमेश्‍वरमा भरोसा गर्न सक्दैनन् भने, तिनीहरूले मण्डलीको काम राम्ररी गर्न सक्‍नेछैनन्। तिनीहरूले मण्डलीमा पैदा हुने कुनै पनि समस्याहरू समाधान गर्न वा परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गर्ने कुनै पनि कठिनाइहरू समाधान गर्न सक्‍नेछैनन्। के त्यस्ता अगुवा र सेवकहरूले शक्ति पाए भने, असल परिणामहरू प्राप्त गर्न सक्छन्? तिनीहरूले मण्डलीमा अराजकता मात्रै ल्याउन सक्छन्—अन्ततः यसबाट पैदा हुने परिस्थिति यस्तै नै हो। अनि त्यसपछि यो मण्डली उजाड बन्छ, यो शैतानको शक्ति चल्ने स्थान बन्छ; यो बिग्रेर कुनै अर्कै कुरामा परिणत हुन्छ। परमेश्‍वरले यस्तो मण्डली स्विकार्नुहुनेछैन, र पवित्र आत्माले यसमा काम गर्नुहुनेछैन। यस्तो मण्डली नाममात्रैको मण्डली हो र यसलाई बन्द गरिनुपर्छ।

बाह्रौँ जिम्मेवारीमा आधारित रहेर झूटा अगुवाहरूका प्रकटीकरणहरू चिरफार गर्ने

१. झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले बाधा र व्यवधानका समस्याहरू पहिचान गर्न सक्दैनन्

बाह्रौँ जिम्मेवारीमा उल्लेख गरिएअनुसार अगुवा र सेवकहरूले गर्नुपर्ने कामहरू यिनै हुन्; अहिले हामी थप खास उदाहरणहरूबारे सङ्गति गर्नेछैनौं। आजको सङ्गतिको विषयवस्तु भनेको झूटा अगुवाहरूले यी कामहरू पूरा गर्ने क्रममा देखा पर्ने खास प्रकटीकरणहरू खुलासा गर्नु, र झूटा अगुवाहरूको सार प्रतिबिम्बित गर्ने र त्यस्ता व्यवहारहरूको रूपमा वर्गीकरण गर्न सकिने व्यवहारहरू कुनकुन हुन् भनेर पहिचान गर्नु हो। आजको सङ्गतिको मुख्य विषय यही हो। पहिलो कुरा त, यो कामका अगुवा र सेवकहरूले पूरा गर्नुपर्ने मापदण्ड भनेको परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै पहिचान गर्नु हो। तुरुन्तै पहिचान गर्नु नै अगुवा र सेवकहरूले पूरा गर्नुपर्ने मापदण्ड हो। जब कुनै कुरा देखा पर्छ, जब कुनै कुरा गलत भएको अलिकति मात्र पनि सङ्केत देखा पर्छ, जस्तै जब दुष्ट मानिसहरूले युक्ति गर्न थालेको, वा कसैले समस्या पैदा गर्न आँटेको सङ्केत देखिन्छ, तब अगुवा र सेवकहरूले यसलाई महसुस गर्नुपर्छ र सतर्क हुनुपर्छ। यदि तिनीहरू अबूझ् र मूर्ख छन् भने, यो समस्याग्रस्त हुनेछ। विशेषगरी, दुष्ट मानिसहरूले बाधाहरू पैदा गर्ने परिस्थितिहरूमा, यो समस्या देखा पर्न थाल्नेबित्तिकै र यी मानिसहरूले के गर्ने अभिप्राय राख्छन् वा परिस्थिति कसरी अघि बढ्छ भन्‍ने कुरा स्पष्ट नहुँदै, अर्थात् अगुवा र सेवकहरूले अझै पनि यो कुरा देख्‍न नसकेकै अवस्थामा, तिनीहरू गलत मूल्याङ्कन गर्नबाट जोगिनुपर्छ, र अन्धाधुन्ध काम गर्ने वा यी मानिसहरूलाई पहिले नै सतर्क तुल्याउने काम गर्नु हुँदैन। तर यसको अर्थ परिस्थिति देख्‍दै नदेख्‍नु र त्यसप्रति अनजान रहनु भन्‍ने होइन। बरु, यसको अर्थ परिस्थितिहरू कसरी अघि बढ्छन् र यी मानिसहरूका अभिप्राय, उद्देश्य, र मनसायहरू केके हुन् भनेर हेर्न प्रतीक्षा गर्दै अवलोकन गर्नु हो। अगुवा र सेवकहरूले गर्नुपर्ने काम यही हो। जब परिस्थिति निश्‍चित हदसम्म विकसित हुन्छ, र यी मानिसहरूले नकारात्मकता पोखाउन र भ्रमहरू फैलाउन थाल्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा पुग्छ, तब अगुवा र सेवकहरूले तुरुन्तै काम गर्नुपर्छ। तिनीहरू बिनाकुनै हिचकिचाहट यी व्यक्तिहरूको दुष्ट कार्यहरू खुलासा, चिरफार, र प्रतिबन्ध गर्न, र अरूलाई पाठहरू सिक्न र दुष्ट मानिसहरू चिन्‍न र देख्‍न मद्दत गर्न खडा हुनुपर्छ। बाधा र व्यवधानहरू ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू तुरुन्तै र सही रूपमा पहिचान गर्ने प्रक्रिया यही हो—अगुवा र सेवकहरूले यो काम गर्नु भनेकै यही हो। यो कामको मुख्य उद्देश्य भनेको मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू पहिचान गर्नु, र त्यसपछि ती कुराहरूलाई तुरुन्तै समाधान गर्नु हो। अगुवा र सेवकहरूले हासिल गर्न सक्‍ने कुरा यही हो। त्यसोभए, यो काममा झूटा अगुवाहरूका प्रकटीकरणहरूचाहिँ केके हुन्? हामीले कसरी झूटा अगुवाहरूलाई चिरफार गर्न र चिन्‍न सक्छौं? स्पष्टै छ, झूटा अगुवाहरूले दुष्ट मानिसहरूद्वारा मण्डलीको काममा ल्याइने बाधाहरू तुरुन्तै र सही रूपमा पहिचान गर्न सक्दैनन्। झूटा अगुवाहरूले मण्डलीको काम गर्दा त्यसमा हुने सबैभन्दा स्पष्ट समस्या यही हो—दुष्ट मानिसहरूले मण्डलीको काममा ल्याउने बाधाहरूबारे तिनीहरूसँग कुनै समझ हुँदैन। झूटा अगुवाहरूले समस्याहरू पहिचान गर्न वा समस्याहरूको सार देख्‍न सक्दैनन् भनेर किन भन्‍ने? कति मानिसहरूका कार्यहरू स्पष्ट रूपमै मण्डलीको काममा ल्याइएका बाधा र व्यवधानहरू हुन्छन्, तर झूटा अगुवाहरूले ती समस्याहरू चिन्‍न वा महसुस गर्न सक्दैनन्; तिनीहरू अन्धा हुन्छन्। कति मानिसहरूले मण्डलीमा नकारात्मकता पोखाउँछन्, र यसरी अरूलाई बहकाउँछन्, र बाधा दिन्छन्। कति अरूले गुटबन्दी गर्छन्, गुप्त रूपले काला व्यवहारहरूमा संलग्‍न हुन्छन्, र प्रायजसो केही निश्‍चित व्यक्तिहरूलाई तिनीहरूको पिठ्युँपछाडि आलोचना गर्छन्। अझै कति अरूले लापरवाही ढङ्गले एकअर्कालाई प्रलोभनमा पार्छन् र एकअर्कासँग जिस्काजिस्की गर्छन्। झूटा अगुवाहरूले ती कुराहरू देखे पनि नदेखेको नाटक गर्छन्; तिनीहरूलाई ती समस्याहरूको गम्भीरता र ती समस्याहरू समाधान नभएमा सत्यता पछ्याउने र कर्तव्य निर्वाह गर्ने कति मानिसहरूको कर्तव्यनिर्वाहमा असर पर्छ, साथै ती समस्याहरूले केकस्ता परिणामहरू ल्याउँछन् भन्‍नेबारे केही थाहा हुँदैन, त्यसकारण तिनीहरूले तिनलाई बेवास्ता गर्छन्। जब केही मानिसहरूले ती समस्याहरू देख्छन् र झूटा अगुवालाई तिनको बारेमा रिपोर्ट गर्छन्, तब झूटा अगुवाले यसो भन्‍न सक्छ, “तिनीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हुन्—केही भ्रष्टता त कसले प्रकट गर्दैन र? कोसँग भावना र इच्छाहरू हुँदैनन् र? अरूलाई हल्का रूपमा आलोचना गर्ने वा निन्दा गर्ने नगर्नू!” मण्डलीमा कुनै कुरा जति नै हास्यास्पद, दुष्ट, वा सत्यताविपरीत भए पनि, झूटा अगुवाले यसलाई देख्दैन। कति मानिसहरूले भेलाहरूमा सधैँ नकारात्मक कुरा गर्छन्, र तिनीहरूले “परमेश्‍वरको दिन नजिक छ भनेर भन्दैथे त—त्यो दिन वास्तवमा कहिले आउने रैछ?” भनेर सोधिरहने पनि गर्छन्। कति विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई त यसले थाहै नपाई असर पारेको हुन्छ, तर झूटा अगुवाको प्रतिक्रिया के हुन्छ? तिनीहरूले यसलाई सामान्य कमजोरी ठान्छन् र यो नकारात्मकता पोखाउनु, अरूलाई बहकाउनु, र बाधा दिनु हो भन्‍ने कुरा देख्‍न सक्दैनन्। कति विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा स्पष्ट रूपमै असर परेको हुन्छ। तिनीहरूले अबदेखि सुसमाचार प्रचार गर्न इच्छुक हुन छोड्छन् र अबउप्रान्त सकारात्मक वा सक्रिय रूपमा भेलाहरूमा सहभागी हुन चाहँदैनन्। हरेकपटक भेला हुँदा, तिनीहरूलाई सहभागी हुन बोलाउनुपर्छ। तैपनि, झूटा अगुवाहरूले यसलाई समस्याको रूपमा लिँदैनन्। यो समस्या पैदा हुँदा मण्डलीका सबै जनामा केकस्ता परिवर्तनहरू देखा पर्छन् भन्‍ने कुरा तिनीहरूले देख्दैनन्। तिनीहरूले पर्दापछाडि के भइरहेको छ, मानिसहरूको स्थितिमा आएको परिवर्तन के हो, मानिसहरूमा केकस्ता समस्याहरू छन्, कसले त्यस्तो गराएको हो, मुख्य दोषीहरू को हुन्, समस्याहरू कसबाट सुरु भएका हुन्, र केकस्ता समस्याहरू समाधान गरिनुपर्छ भन्‍ने कुरा केही पनि थाहा नपाई संयन्त्रगत रूपमा मात्रै भेलाहरू आयोजना गर्छन्—तिनीहरूलाई यीमध्ये कुनै पनि कुराबारे केही थाहा हुँदैन। के तिनीहरूमा दृष्टिको कमी भएकोले तिनीहरूले यी कुराहरू देख्‍न नसकेका हुन्? (होइन।) तिनीहरूमा दृष्टिको कमी हुँदैन, त्यसोभए मण्डलीभित्र यस्ता गम्भीर बाधा, व्यवधान, र स्पष्ट भ्रमहरू देखा पर्दा, तिनीहरूले किन तिनलाई देख्‍न वा पहिचान गर्न सक्दैनन् त? स्पष्ट रूपमै, यस्ता अगुवा अबुझ हुन्छन् र तिनीहरूसँग आत्मिक बुझाइको कमी हुन्छ। कति मानिसहरूले भन्छन्, “तिनीहरू यी समस्याहरू पहिचान गर्न नसक्‍ने भए नि, तिनीहरूले भेलाहरूमा मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउन सक्छन्। तिनीहरूले पढेर सुनाउँदा मानिसहरूको बुझाइ जेजस्तो हुने भए नि वा यसले कुनै परिणामहरू ल्याए नि नल्याए नि, तिनीहरूले निरन्तर परमेश्‍वरका वचनहरू पढिरहन्छन्। यही कारणले मात्रै पनि, तिनीहरूलाई असल अगुवाको रूपमा लिन सकिन्छ।” तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर सुनाउनमा मात्रै ध्यान दिन्छन्—यदि यसले कुनै परिणाम ल्याउँदैन भने, के यो झारा टार्नु होइन र? यदि तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन् भने, मानिसहरूले भेलाहरूबाट के फाइदा लिन सक्छन् र? त्यसैले के यस्तो अगुवा झूटा अगुवा होइन र? (हो।) यो काम गर्दा झूटा अगुवाको एउटा प्रकटीकरण भनेको अबुझपन हो। तिनीहरू अबुझ हुन्छन्—तिनीहरूको अगाडि समस्या जति नै स्पष्ट भए नि वा तिनीहरूको वरिपरि जति नै घटना घटित भए नि, तिनीहरूले यसलाई देख्‍न वा पहिचान गर्न सक्दैनन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई औसत व्यक्तिले भन्दा बढी महत्त्व दिएजस्तो देखिन्छ, तर तिनीहरूले परमेश्‍वरका वचनहरू केका बारे हुन्, तिनले कुनकुन मानिसहरूलाई इङ्गित गर्छन्, वा कुनकुन परिस्थितिहरूलाई सम्बोधन गर्छन् भन्‍ने कुरा बुझ्दैनन्—तिनीहरूले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनसँग जोडेर हेर्न सक्दैनन्। त्यसोभए, तिनीहरूले सङ्गति गर्ने बुझाइ कस्तो हुन्छ? के ती सत्यताअनुरूप हुन्छन्? के तिनले वास्तविक समस्याहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) जब तिनीहरूले प्रचार गर्छन्, तब तिनीहरूले खोक्रो भाषण मात्रै दिन्छन्, तिनीहरूले सत्यता राम्ररी बुझेका छन् जस्तो लाग्छ, तर तिनीहरूले मण्डलीमा दुष्ट मानिसहरूले ल्याएका स्पष्ट बाधाहरू पहिचान गर्न सक्दैनन्, र केही भएको छैन जस्तो व्यवहार गर्छन्। के यसले तिनीहरू सत्यता बुझ्छन् र तिनीहरूमा समझशक्ति छ भन्‍ने देखाउँछ? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको साँचो बुझाइ हुन्छ? (हुँदैन।) यदि तिनीहरूले परमेश्‍वरका वचनहरू सामान्य रूपमा पढ्न सक्छन् भने, किन तिनीहरूले तिनलाई समस्याहरू हेर्न र समाधान गर्न प्रयोग गर्न सक्दैनन्? परमेश्‍वरका वचनहरू पढ्दा किन तिनीहरूको दिमाग कहिल्यै खुल्दैन? परमेश्‍वरका वचनहरू पढ्दा किन तिनीहरूमा उत्सुक हृदय हुँदैन? यो समस्याको जड के हो? तिनीहरू किन अन्धो हुन्छन्? तिनीहरूको अन्धोपनको कारण के हो? (तिनीहरूमा परमेश्‍वरको वचन बुझ्ने क्षमताको कमी भएकोले र तिनीहरूको क्षमता अत्यन्तै कमजोर भएकोले यस्तो हुन्छ।) ठीक भन्यौ। तिनीहरूको आँखा अन्धो हुँदैन, बरु तिनीहरूको हृदय अन्धो हुन्छ। अन्धो हृदय हुनु भनेको के हो? यसको अर्थ अत्यन्तै कमजोर क्षमता हुनु र परमेश्‍वरका वचनहरू बुझ्न नसक्‍ने हुनु हो। तिनीहरूले परमेश्‍वरका जति धेरै वचनहरू पढे पनि सतही स्तरमा मात्रै बुझ्छन्। तिनीहरूले यसलाई मण्डलीमा देखा पर्ने विभिन्‍न मानिस, घटना, कुरा, र परिस्थितिहरूसँग जोडेर हेर्न सक्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार विभिन्‍न समस्याहरूलाई लिन, सम्हाल्न, र समाधान गर्न नै सक्छन्। तिनीहरूको अन्धोपनको जड यही हो—तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले यो काम गर्न सक्दैनन्। त्यसकारण, तिनीहरूले जति नै लगनसाथ अध्ययन गरे नि र कडाइसाथ तालिम लिए नि, र आफ्नो क्षमताको कमी पूर्ति गर्न जति नै मेहनत गरे नि, के तिनीहरूले अगुवा र सेवकहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छन् त? सक्दैनन्। यी मानिसहरू निकै दयनीय हुन्छन्। तिनीहरूले आफूलाई जति नै शब्द र सिद्धान्तहरूद्वारा सुसज्जित गरे नि, तिनीहरूले अगुवा र सेवकहरूका जिम्मेवारीहरू पूरा गर्न वा यो काम गर्न सक्दै सक्दैनन्।

भर्खरै, हामीले यी झूटा अगुवाहरूको एउटा प्रकटीकरणबारे सङ्गति गर्‍यौँ, र त्यो प्रकटीकरण के हो भने तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका कार्यहरूले मण्डलीमा बाधाहरू ल्याउँछन् भन्‍ने कुरा देख्‍न सक्दैनन्, न त तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको सार नै देख्‍न सक्छन्। दुष्ट मानिसहरूले बाधा र व्यवधानहरू ल्याउने मामलाहरू तिनीहरूले सामना गर्दा, कहिलेकहीँ तिनीहरूले थोरथोरै सुराग देख्‍न सक्छन्, वा तिनीहरूले आफ्नो अनुभव, र भावनाबाट भए नि, वा अन्तर्ज्ञानबाट भए नि, कुनै कुरा अलिक सही छैन, यी व्यक्तिहरूको अभिव्यक्ति, उनीहरूको आँखाको हेराइ, र उनीहरूको बोलीवचन अलिक असामान्य छ भन्‍ने मात्रै महसुस गर्न सक्छन्। तिनीहरूमा थोरै भए नि भावना हुन सक्छ, तर तिनीहरूले धेरै कुराहरूको वास्तविकता देख्‍न सक्दैनन्, र धेरैजसो समस्याहरू पहिचान गर्न सक्दैनन्। तिनीहरूले समस्याहरूको सार देख्‍न नसक्‍नुको कारण के हो? यसमा अर्को समस्या पनि संलग्‍न हुन्छ। तिनीहरू अत्यन्तै लगनशील हुन्छन्, दिनभरि प्रवचन लेख्दै, आफ्नो आत्मिक भक्तिबारे नोटहरू लेख्दै, परमेश्‍वरका वचनहरूसम्बन्धी आफ्‍ना बुझाइ र अनुभवहरू लेख्दै, भजनहरू सिक्दै, अनि कति समय प्रार्थना गर्ने, परमेश्‍वरका कति वचन पढ्ने, र हरेक दिन कति प्रवचन सुन्‍ने, र अनुभव गवाही लेख्‍नको लागि कति समय छुट्याउने भन्‍ने उद्देश्यहरू तय गर्दै बस्छन्—तिनीहरूले यी सबै कामहरू पूरा गर्छन्, तर पनि किन तिनीहरूले परिस्थितिहरू आइपर्दा अझै पनि तिनलाई देख्‍न सक्दैनन्? तिनीहरूले सत्यता बुझेका हुँदैनन्। तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्न मात्रै सक्छन् तर वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। कति मानिसहरूले अरूलाई बहकाउन सधैँ शब्द र धर्मसिद्धान्तहरू बोलिरहेका हुन्छन्, तर झूटा अगुवाहरूले यो कुरा देख्‍नै सक्दैनन्। तिनीहरूले कहिलेकहीँ कुनै कुरा गलत छ, समस्या रहेको हुन सक्छ भन्‍ने महसुस त गर्छन्, तर ती मानिसहरू दुष्ट देखिँदैनन् भन्‍ने देखेर तिनीहरूले समस्यालाई मूर्ख तरिकाले त्यतिकै छोडिदिन्छन्। तिनीहरूले त्यस्ता समस्याहरू खुट्ट्याउनको लागि सत्यता सिद्धान्तहरू खोजी गर्न सक्दैनन्, र तिनीहरूले त्यस्ता मानिसहरूको स्थिति र सार खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढे नि तिनलाई यी परिस्थितिहरूसँग कसरी जोड्ने भनेर जान्दैनन्। तिनीहरूको मन अस्पष्ट हुन्छ र तिनीहरूले यी कुराहरूको वास्तविकता देख्‍न सक्दैनन्। जब तिनीहरूले खोजी गर्न चाहन्छन्, तब यसलाई कसरी व्यक्त गर्ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले समस्याको सार व्याख्या नगरी, र त्यस्ता मानिसहरूको समग्र प्रकटीकरणहरू केके हुन्, तिनीहरूको मानवता, पछ्याइ, कर्तव्य निर्वाह, र परमेश्‍वरको लागि आफूलाई अर्पित गर्ने आकाङ्क्षाहरू केके हुन्, वा सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ, र तिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन् कि होइनन् भन्‍ने कुरा स्पष्ट रूपमा व्याख्या नगरी लामो समयसम्म कुरा मात्र गरिरहन्छन्। यी झूटा अगुवाहरूले यी कुराहरूको वास्तविकता देख्‍न वा स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूलाई समस्या छ भन्‍ने महसुस त हुन्छ, तर तिनीहरूले कुरा स्पष्ट नपारी धेरै थोक बताउँदै बोलेको बोल्यै मात्र गर्छन्। तिनीहरूको कुरा सुन्‍ने व्यक्तिहरूले तिनीहरूले सोधिरहेका प्रश्‍नहरू, र व्याख्या गरिरहेको व्यक्तिको समग्र स्थिति जान्‍न, र अन्त्यमा त्यो व्यक्तिको सार निर्धारित गर्न—त्यो व्यक्ति दुष्ट छ कि असल छ, ऊ सत्यता पछ्याउने व्यक्ति हो कि श्रमकर्ता मात्रै हो भनेर निर्धारित गर्न—तिनीहरूका शब्दहरू खुट्ट्याउन सक्‍नुपर्छ, मुख्य बुँदाहरू निकाल्न सक्‍नुपर्छ, र तिनीहरूका शब्दहरू विश्‍लेषण गर्न सक्‍नुपर्छ। जब तैँले झूटा अगुवालाई कुनै समस्या व्याख्या गर्न वा प्रश्‍न उठाउन लगाउँछस्, तब उसले समस्याको जड र सार वा यसको निचोड स्पष्ट रूपमा व्याख्या गर्न सक्दैन। छोटकरीमा भन्दा, झूटा अगुवाहरूसँग आफूले देख्‍न नसक्‍ने समस्याहरूप्रति कुनै खास मनोवृत्ति हुँदैन, र तिनीहरूले केही सुरागहरू देख्‍न सक्‍ने मामलाहरूमा पनि ती समस्याहरूको सार देख्‍न सक्दैनन्। कति मानिसहरूले नकारात्मकता पोखाएर धारणाहरू फैलाउँदा, अनि मण्डली जीवनमा प्रतिकूल असर पार्दा पनि, तिनीहरूले त्यो कुरा देख्‍न सक्दैनन्। तिनीहरूले सतहबाटै वा सुरुवाती चरणबाटै समस्याको सार देख्‍न वा निर्धारित गर्न सक्दैनन्। तर समस्याको सार देख्‍नु अवश्य नै सरल कुराचाहिँ होइन। मण्डलीको कामको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरूअनुसार विभिन्‍न मानिसहरूको सार देख्‍नु हो। यो कुरा सत्यता बुझेका मानिसहरूले हासिल गर्न सक्छन्, तर झूटा अगुवा र झूटा सेवकहरूले हासिल गर्न सक्दैनन्। जब तिनीहरूले मण्डलीको काममा ख्रीष्टविरोधीहरूले बाधा दिइरहेका देख्छन्, तब तिनीहरूले समस्याको सार देख्‍न सक्दैनन् र यसो भन्दै ख्रीष्टविरोधीहरूको रक्षासमेत गर्छन्, “तिनीहरूले केही भ्रष्ट स्वभाव मात्रै प्रकट गरिरहेका छन्, र अलिक अहङ्कारी, स्वेच्छाचारी, र मनोमानी भइरहेका छन्। तिनीहरूले अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ भोग्‍न सक्छन्। त्यसकारण हामीले तिनीहरूलाई आलोचना र निन्दा गर्नु हुँदैन; हामीले यसलाई ठूलो कुरा बनाउनु हुँदैन।” अरूले सोध्छन्, “यदि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ भोग्‍न सक्छन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरूले अरूलाई पर्दापछाडि उक्साएका, बहकाएका, वा आफ्नो पक्षमा उभ्याएका छैनन्? के तिनीहरूले आफ्नै बढाइ र आफ्नै दिएका छैनन्?” झूटा अगुवाहरूले यी कुराहरू देख्‍न सक्दैनन्। कति मानिसहरू त यस्ता पनि छन्, जो परमेश्‍वरको गवाही दिने नाममा जानीजानी परमेश्‍वरको बदनाम र ईशनिन्दा गर्छन् र उहाँबारेका आफ्ना धारणाहरू चिन्‍ने र चिरफार गर्ने भन्दै जानीजानी अफवाह फैलाउँछन्। तिनीहरूले यसो भनेको सुनेपछि, झूटा अगुवाहरूले तिनीहरूले भनेको कुरा अलिक अनौठो सुनिन्छ भन्‍ने महसुस गर्न सक्छन्, तर तिनीहरूले यो समस्याको गम्भीरता देख्‍न सक्दैनन्, झन् यी शब्दहरूले ल्याउने नकारात्मक प्रभाव र गम्भीर परिणामहरू देख्‍न सक्‍नु त धेरै परको कुरा हो। त्यसकारण, झूटा अगुवाहरूको आँखा अगाडि नै आउने विभिन्‍न बाधा र व्यवधानहरू पनि या त तिनीहरूको दृष्टिमा बिलकुलै पर्दै पर्दैनन्, या त तिनीहरूको दृष्टिमा परे नि, तिनलाई कसरी चित्रण गर्ने वा परमेश्‍वरका वचनहरू र यी परिस्थितिहरूबीच कसरी तुलना गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। यी अत्यन्तै स्पष्ट कुराहरू पनि तिनीहरूको लागि अन्योलमा परिणत हुन्छन्। झूटा अगुवाहरू मूर्ख हुन्छन्। मण्डलीमा, तिनीहरूले कुनकुन मानिसहरूले सत्यता पछ्याइरहेका छन्, र कुनकुन मानिसहरू सत्यता स्विकार्न सक्‍ने साँचो विश्‍वासीहरू हुन् भनेर पत्ता लगाउन सक्दैनन्। तिनीहरूले कुनकुन मानिसहरूले सत्यता पछ्याउँदैनन्, तर अझै पनि श्रम गर्न सक्छन् र प्रायजसो मूल्य चुकाउन र सिद्धान्तहरूअनुसार काम गर्न तयार हुन्छन्, र कहिलेकहीँ केही नकारात्मक शब्दहरू बोले नि तुलनात्मक रूपमा आज्ञाकारी र समर्पित नै हुन्छन् भनेर पत्ता लगाउन सक्दैनन्। तिनीहरूले कुनकुन मानिसहरूले निश्‍चित रूपमा नकारात्मक भूमिका खेल्छन्, कुनकुन मानिसहरूले नकारात्मकता पोखाउँछन् र अरूलाई आलोचना गर्छन् भनेर पत्ता लगाउन सक्दैनन्, र तिनीहरूसँग सधैँ परमेश्‍वरको घरका सबै कार्य बन्दोबस्तहरू र परमेश्‍वरको घरका सबै कामका विषयवस्तुहरूसँग सम्बन्धित नियम र मापदण्डहरूबारे धारणाहरू हुन्छन्, तिनीहरूले स्वीकारको भन्दा पनि प्रतिरोधको मनोवृत्ति राख्छन्, र यी कुराहरूप्रति अत्यन्तै अनादरकारी व्यवहार देखाउँछन्, र यी कुराहरूको आलोचनासमेत गर्छन्। छोटकरीमा भन्दा, झूटा अगुवाहरूले कुनै पनि प्रकारका मानिसहरूको वास्तविकता देख्‍न सक्दैनन्। अझै खराब कुरा त, मण्डलीमा बारम्बार धारणाहरू फैलाउने, नकारात्मकता पोखाउने, र भेलाहरूमा परमेश्‍वरका वचनहरूसमेत नपढ्ने कति मानिसहरू हुन्छै हुन्छन्। अनि तिनीहरूले सधैँ गुटबन्दी गर्छन्, र तिनीहरू डाहा र कलहमा संलग्‍न हुन्छन्। कति मानिसहरू सधैँ अगुवा बन्‍न चाहन्छन्, सधैँ मण्डलीबाट नाफा कमाउन चाहन्छन्, र सधैँ परमेश्‍वरको घरको सम्पत्ति हत्याउन चाहन्छन्। अनि कति मानिसहरू यस्ता हुन्छन् जो बाहिरी रूपमा केही असल व्यवहार देखाए नि आफ्नो कर्तव्यमा कुनै सकारात्मक भूमिका नलिने खालका हुन्छन्। झूटा अगुवाहरूले ती नकारात्मक चरित्रहरूलाई देख्‍न र वर्गीकरण गर्न सक्दैनन्। तिनीहरूले ती मानिसहरूले कुन मार्ग लिइरहेका छन्, तिनीहरूको सार के हो, र तिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन् कि होइनन् भन्‍ने कुरा देख्‍न सक्दैनन्। के यो झूटा अगुवाहरूको क्षमताको समस्या होइन र? यी झूटा अगुवाहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तिनीहरूले जे गरे नि त्यो पूरै गन्जागोल हुन्छ, र तिनीहरूले गर्ने जुनसुकै काम पनि पूरै भद्रगोल हुन्छ।

परमेश्‍वरको घरको लागि सामान किन्दा कति मानिसहरूले सिद्धान्तहरूविना भेटीहरू खर्च गर्छन्, र अनुमति नलिई स्वेच्छाचारी ढङ्गले सामान किन्छन्। झूटा अगुवाहरूले यो देखेपछि, यसोसमेत भन्छन्, “तिनीहरूले अलिक बढी पैसा खर्च गरेका छन्, तर तिनीहरूको अभिप्राय राम्रै थियो। परमेश्‍वरको घरको लागि सामान किन्दा, हामीले सबैभन्दा राम्रो सामान किन्‍नुपर्छ; यो पैसा बरबाद गर्नु होइन। के भेटीहरू यसरी नै प्रयोग गर्नुपर्ने होइन र?” के तिनीहरूका शब्दहरूमा सिद्धान्तहरू छन्? (छैनन्।) त्यसोभए, यी कस्ता शब्दहरू हुन्? के यी भ्रमित शब्दहरू होइनन् र? सिद्धान्तविनाका शब्दहरू भ्रमित शब्दहरू हुन्, र आधारहीन शब्दहरू पनि भ्रमित शब्दहरू हुन्। कति मानिसहरूले मण्डली जीवनको अवधिमा बारम्बार शब्द र धर्मसिद्धान्तहरू बोल्छन्; तिनीहरू बोल्न विशेष सिपालु हुन्छन्, र तिनीहरूले व्यवस्थित तरिकाले एकदमै मिलाएर कुरा गर्छन्, र तिनीहरूमा बोल्ने उत्कृष्ट सीप हुन्छ। झूटा अगुवाहरूले त्यस्ता मानिसहरूबारे के भन्छन्? “हाम्रो मण्डली जीवन पूर्ण रूपमा फलानो-फलानोमा निर्भर छ। तिनीहरू सबैभन्दा स्पष्ट बोल्ने मानिसहरू हुन् र तिनीहरूसँग परमेश्‍वरका वचनहरूको सबैभन्दा राम्रो बुझाइ छ। तिनीहरूविना, हाम्रो मण्डली जीवन अत्यन्तै सुक्खा र न्यास्रो हुनेथ्यो।” यी मानिसहरूले शब्द र सिद्धान्तहरू मात्रै बोल्छन् भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन। कुनै व्यक्तिले तिनीहरूको कुरा जति धेरै सुने पनि, उसले कुनै सुधार प्राप्त गर्नेछैन, उसले सत्यता बुझ्नेछैन, वा आफ्नो स्थिति बुझ्न र आफ्ना समस्याहरू समाधान गर्न सत्यतालाई कसरी आफूसँग जोडेर हेर्ने भनेर जान्‍नेछैन। झूटा अगुवाहरूको चापलुसी र उक्साहटमा, शब्द र सिद्धान्तहरू बोल्ने मानिसहरू, चर्चित स्थानमा हुन मन पराउने मानिसहरू, र आफ्नो भाषणमा प्रायजसो विषयभन्दा बाहिर जाने, हरेक भेलामा लालची, अर्थहीन र व्यापक विषयहरूबारे व्यर्थ कुरा गर्ने मानिसहरू सबैले आफ्नो प्रस्तुति दिने ठाउँ पाउँछन्। झूटा अगुवाहरूले तिनीहरूलाई खुट्ट्याउन सक्दैनन् र तिनीहरूलाई प्रतिभाशाली मानिसहरूसमेत ठान्छन्, र यसो भन्दै तिनीहरूको चापलुसी गर्छन्, “तपाईंहरू यति राम्रो बोल्‍नुहुन्छ; किन अनुभवात्मक गवाही लेखहरू नलेख्‍नुभएको? यो त नराम्रो भयो नि!” मण्डलीमा ती झूटा अगुवाहरूले विश्‍वविद्यालयका विद्यार्थीहरू, प्राध्यापकहरू, र बुद्धिजीवीहरूलाई खजानाको रूपमा लिन्छन्। तिनीहरूले भन्छन्, “यी बुद्धिजीवी र प्राध्यापकहरू प्रतिभाशाली व्यक्तिहरू हुन्। यिनीहरूसँग प्रशस्त अनुभव छ र समाजमा यिनीहरूको ख्याति छ। यदि यिनीहरू मण्डलीका अगुवा र सेवक बने भने, अझै धेरै काम गर्न सकिन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले अझै धेरै फाइदा लिन र अझै धेरै कुरा प्राप्त गर्न सक्छन्। भविष्यमा, मण्डलीको काम पूर्ण रूपमा यिनीहरूमै निर्भर हुनेछ। यी बुद्धिजीवीहरूले हामीलाई अगुवाइ गरेपछि, परमेश्‍वरमाथिको हाम्रो विश्‍वासले अवश्य नै आशिष्‌हरू ल्याउनेछ।” त्यसकारण, झूटा अगुवाहरू रहेका मण्डलीहरूमा, समाजमा हैसियत भएका, ज्ञान भएका, बोल्न सिपालु, शब्द र सिद्धान्तहरूबारे खोक्रा कुरा गर्ने, केही प्रतिष्ठा भएका, आदि इत्यादि प्रकारका मानिसहरूले—कुनै पनि सत्यता वास्तविकता नभएका यी सबै मानिसहरूले—मण्डलीमा प्रमुख पदहरू ओगट्छन् र झूटा अगुवाहरूले तिनीहरूलाई मुख्य शक्तिहरू र मण्डलीका तथाकथित खम्बाहरूको रूपमा समेत लिन्छन्। जब मण्डलीमा कुनै घटना घट्छ, तब झूटा अगुवाहरूले भन्छन्, “जाओ, फलानोलाई सोध; उनी एउटा कम्पनीको सिईओ थिए,” वा “जाओ, फलानीलाई सोध; उनी फलानो विश्‍वविद्यालयकी प्राध्यापक थिइन्,” वा “जाओ, फलानोलाई सोध; उनी एउटा ल फर्मको उच्‍च वकील थिए।” झूटा अगुवाहरूले ती मानिसहरूलाई मण्डलीका खम्बा र मुख्य शक्तिहरूको रूपमा लिन्छन्। के त्यस्ता परिस्थितिहरूमा मण्डली जीवन असल हुन सक्छ? (सक्दैन।) त्यसोभए, परिणाम के हुन्छ? ती तथाकथित मुख्य शक्ति र खम्बाहरूले गुप्त वा खुला रूपमा हैसियतको लागि प्रतिस्पर्धा गर्छन् र गुटबन्दी गर्छन्, र प्रायजसो धारणा र अफवाहहरू फैलाउँछन्। मण्डलीका साँचो दाजुभाइ-दिदीबहिनीहरू, जो सत्यतालाई प्रेम गर्छन्, जो सत्यता स्विकार्न सक्छन्, र जसमा सत्यताबारे शुद्ध बुझाइ हुन्छ, तिनीहरूलाई प्रायजसो तिनीहरूले बहिष्कार र दमन गर्छन्। ती तथाकथित प्रतिष्ठित सामाजिक व्यक्तिहरू, चाहे तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा होस् वा कुनै पनि काम गर्दा होस्, तिनीहरूमा कुनै बफादारिता हुँदैन र तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार कहिल्यै काम गर्दैनन्—तिनीहरूले पूर्ण रूपमा सांसारिक समाजका मार्गहरू पछ्याउँछन्। त्यसकारण, यस्तो मण्डलीमा, साँचो रूपमा सत्यता पछ्याउने, शुद्ध बुझाइ भएका, र केही मानवता भएका र न्यायबोध भएका मानिसहरूसँग बोल्ने ठाउँ र बोल्ने अधिकार हुँदैन, र अवश्य नै निर्णय गर्ने अधिकार पनि हुँदैन। मण्डलीमा जस्तोसुकै कुरा आइपरे नि सधैँ अन्तिम निर्णयकर्ताहरू तिनै तथाकथित मुख्य सदस्यहरूकै समूह हुन्छन्। झूटा अगुवाहरूले ती मानिसहरूलाई आदर्श ठान्छन् र अन्धाधुन्ध विश्‍वास गर्छन्, त्यसकारण कुनै कुरा आइपर्दा तिनीहरू अन्ततः समाधानको लागि तिनीहरूमै भर पर्छन्। यदि ती मानिसहरूले सत्यता पछ्याए भने र सत्यता सिद्धान्तहरूअनुसार काम गरे भने, त्यो राम्रै हुन्छ। तर तिनीहरूमध्ये धेरैजसो मानिसहरूले सत्यता पछ्याउँदै पछ्याउँदैनन्। तिनीहरूसँग केही ज्ञान र शिक्षा हुन्छ, तिनीहरूसँग सामाजिक हैसियत हुन्छ, तर यसको साथै, तिनीहरूसँग छली र धूर्त मानवता पनि हुन्छ, र तिनीहरू बोल्‍न र अरूलाई बहकाउन सिपालु हुन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। झूटा अगुवाहरूले ती मानिसहरूमै भरोसा गर्नुको परिणाम के हुन्छ? तिनीहरूले मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्था पूर्ण रूपमा बरबाद गर्छन्, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश बरबाद गर्छन्, जसले गर्दा मण्डलीले आफ्नो गवाही पूर्ण रूपमा गुमाउँछ। कति झूटा अगुवाहरूले त मण्डलीमा राजनीति र वर्तमान घटनाहरू सबै बुझ्ने ठूलो व्यक्ति राख्‍न पाए हुन्थ्यो भन्‍ने आशासमेत गर्छन्, र यस्तो सोच्छन्, “यदि मण्डली बिस्तार गर्ने, यसको प्रभाव बढाउने, र यसको प्रतिष्ठा सुदृढ बनाउने कोही यस्तो व्यक्ति भएको भए त, सुसमाचार प्रचारको काममा आशैआशा हुनेथ्यो। त्यो साँच्‍चै नै उत्सव मनाउनुपर्ने कुरा हुनेथ्यो!” झूटा अगुवाहरूको नियन्त्रणमा रहेका मण्डलीहरूमा, मण्डली जीवन अवधिमा कति मानिसहरूले व्यापक रूपमा राजनीति, वर्तमान घटना-परिघटना, अन्तर्राष्ट्रिय परिस्थिति, र आन्तरिक मामलाहरूबारे कुरा गर्छन्; तिनीहरूले उच्च राजनीतिक व्यक्तित्वहरूको व्यक्तिगत जीवनबारे छलफल गर्छन् र यी राजनीतिक व्यक्तित्वहरूका षड्यन्त्र र खुला युक्तिहरूबारे स्पष्ट र तार्किक तरिकाले विश्‍लेषणसमेत गर्छन्। डाहाले र्‍याल काढ्दै झूटा अगुवाहरूले भन्छन्, “बल्‍ल, हाम्रो मण्डलीले हामीलाई बाहिर राम्रो देखाउने ठूलो मान्छे पाएको छ! मलाई सधैँ निराश र हताश लाग्थ्यो, र आफ्नो शिर ठाडो पारेर हिँड्न सक्दिनँ भन्‍ने लाग्थ्यो, किनभने हाम्रो मण्डलीमा यस्तो ठूलो मान्छेको कमी थियो। तर अहिले हाम्रो मण्डलीमा त्यस्तो व्यक्ति छ। त्यसकारण, हामीले यो व्यक्तिलाई चाहेको कुरा गर्न र चाहेको कुरा भन्‍न दिनुपर्छ, र उसलाई स्वतन्त्रता दिनुपर्छ। के परमेश्‍वरको घरले स्वतन्त्रता र मानव अधिकार अभ्यास गर्दैन र? के राज्यको युगले मानव अधिकारमा जोड दिँदैन र?” राजनीतिको कुरा गर्न र प्रसिद्ध मानिसहरूबारे टिप्पणी गर्न मन पराउने, मानिसहरूमाझ प्रायजसो उच्च र खोक्रा विचारहरू बोल्ने व्यक्तिलाई झूटा अगुवाहरूले दुर्लभ खजानाको रूपमा लिन्छन् र तिनीहरूलाई मण्डलीका खम्बा र आधारहरूको रूपमा वृद्धि-विकास गर्न चाहन्छन्। त्यसकारण, तिनीहरूले यिनीहरूलाई बारम्बार प्रोत्साहन र प्रशंसा गर्छन्, किनभने यी मानिसहरू नकारात्मक बने भने यसले मण्डलीको काममा असर गर्नेछ भन्‍ने तिनीहरूलाई डर हुन्छ। छोटकरीमा भन्दा, यी झूटा अगुवाहरू चेतनाशून्य र अन्धा हुन्छन्। तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरूलाई तुरुन्तै पहिचान गर्न सक्दैनन्। तिनीहरूले यिनीहरूलाई पहिचान गरे नै भने पनि, दुष्ट मानिसहरूको सार छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरूले गुटबन्दी गर्ने र स्वतन्त्र राज्यहरू स्थापना गर्नेहरूजस्ता ख्रीष्टविरोधीहरूको वर्गमा पर्ने स्पष्ट रूपका दुष्ट मानिसहरूलाई समेत देख्‍न सक्दैनन्। ख्रीष्टविरोधीहरूले गुटबन्दी गरिरहेको, आफ्नो कुरा प्रदर्शन गरिरहेको, र आफूसँग भएको ठूलो शक्ति प्रयोग गरेर आफूले चाहेअनुसार गरिरहेको देख्दा, झूटा अगुवाहरूले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छन्? “यी व्यक्तिहरू असाधारण छन्, यिनीहरू साँच्‍चै नै उल्लेखनीय छन्! मैले यस्ता प्रतिभा पहिले देखेको थिइनँ; यिनीहरू मभन्दा निकै सिपालु छन्, र यिनीहरूले मलाई साँच्‍चै लाजमा पारेका छन्। यिनीहरूको क्षमता हेर त—यिनीहरूले कुनै कुरा लिन पनि र त्याग्‍न पनि सक्छन्, यिनीहरू स्तरीय रूपमा बोल्न सक्छन्, र आफूले बोलेको कुरा पूरा गर्छन्। अर्कोतर्फ, म त्यति राम्रो छैनँ; म त डरपोक बच्‍चाजस्तै छु।” तिनीहरूले ख्रीष्टविरोधीहरूलाई निकै आदर गर्छन्, तिनीहरू उनीहरूसामु झुक्छन्, र स्वेच्छाले उनीहरूका अनुयायी बन्छन्। झूटा अगुवाहरूको यो प्रकटीकरणको एउटा विशेषता अन्धोपन हो, र अर्को कुरा चेतनाशून्यता हो। समग्रमा, झूटा अगुवाहरूको यो समस्याको सार कमजोर क्षमता हो।

मानिसहरूसँग आँखा हुन्छ ताकि तिनीहरूले विभिन्‍न कुराहरू देख्‍न सकून्। व्यक्तिले कुनै कुरा देखेपछि, उसको मनले प्रतिक्रिया दिन्छ र मूल्याङ्कन गर्छ, र उसले मूल्याङ्कन गरेपछि, उसले दृष्टिकोण विकास गर्छ र अभ्यासको मार्ग प्राप्त गर्छ। यसले तिनीहरू अन्धा होइनन् भन्‍ने कुरा प्रमाणित गर्छ—तिनीहरूले जुनसुकै कुरा देखे पनि, तिनीहरूको प्रतिक्रिया सामान्य हुन्छ र यसलाई कसरी सामना गर्ने र सम्हाल्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। यो सामान्य सोचाइ भएको व्यक्ति हो। मानिसहरूले आफूले देखेको कुराप्रति प्रतिक्रिया दिने प्रक्रिया हुन्छ; तिनीहरूले यसलाई धेरथोर हदसम्म मनन र विचार गर्ने गर्छन्। तिनीहरूको विचार पैदा हुने क्रममा, तिनीहरूको मनमा क्रमिक रूपमा त्यो कुराको चित्र निर्माण हुन्छ, र तिनीहरूले आफ्नै दृष्टिकोण, मनोवृत्ति, र शैलीहरू विकास गर्छन्। त्यसोभए, यी कुराहरू पैदा गर्ने पूर्वसर्त के हो त? व्यक्तिको आँखाले विभिन्‍न कुराहरू देख्‍न सक्‍नुपर्छ, र त्यसबाट सङ्कलित जानकारी चिन्तनमननको लागि उसको मस्तिष्क र मनमा स्थानान्तर हुनुपर्छ। यदि व्यक्तिले आफ्नो आँखाले विभिन्‍न कुराहरू देख्‍न सक्छ भने, ऊ अन्धो होइन, र उसले त्यसपछि सोच्न र मनन गर्न सक्छ, र ऊसँग चेतना, मनोवृत्ति, र दृष्टिकोणहरू हुन्छन्, र उसले अन्त्यमा सही निष्कर्ष निकाल्न सक्छ। अवश्य नै, यी निष्कर्षहरूमा पुग्‍नको लागि केही समय लाग्‍न सक्छ। यी निष्कर्षहरू निकाल्नुपहिले चेतना, दृष्टिकोण, र मनोवृत्तिहरू हुनु भनेको के हो? यसको अर्थ व्यक्तिको मन सक्रिय छ, ऊ चेतनाशून्य छैन भन्‍ने हुन्छ, र यो व्यक्ति जीवित छ, मरेको छैन भन्‍ने कुराको प्रमाण हो। झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ। यो कुन तरिकाले कमजोर हुन्छ? झूटा अगुवाहरूमा यी दुवै गुणहरूको कमी हुन्छ। तिनीहरूको आँखा खुला हुन्छ तर तिनीहरूले घटनाहरू घटिरहेको वा प्रकट भइरहेको देख्‍न सक्दैनन्, जुन अन्धोपन हो। यसको साथै, जब तिनीहरूले विभिन्‍न कुराहरू देख्छन्, तब तिनीहरूको मनमा कुनै प्रतिक्रिया हुँदैन, तिनीहरूले कुनै दृष्टिकोण वा विचारहरू निर्माण गर्दैनन्, र तिनीहरूसँग मूल्याङ्कन गर्ने र यसरी निष्कर्ष निकाल्ने माध्यम वा सही तरिका हुँदैन। यो आत्मामा चेतनाशून्य हुनु हो। आत्मामा चेतनाशून्य रहेका मानिसहरूले केही कुरा पनि पत्ता लगाउन सक्दैनन्, तिनीहरूसँग कुनै ठीक मूल्याङ्कन वा सही निर्णय हुँदैन, र अन्ततः तिनीहरूले सही निष्कर्ष निकाल्न सक्दैनन्, र तिनीहरूलाई आफ्नो हातमा रहेका मामलाहरू कसरी हेर्ने, सम्हाल्ने, वा समाधान गर्ने भन्‍ने कुरा थाहै हुँदैन। यो चेतनाशून्य र मूर्ख हुनु हो। जब कुनै व्यक्ति आत्मामा यति चेतनाशून्य र मन्दबुद्धिको हुन्छ र उसले कुनै घटना घट्दा कुनै प्रतिक्रिया दिँदैन, तब यो मृत हुनु हो—ठ्याक्‍कै भन्दा कुरो यही हो। अहिलेको लागि झूटा अगुवाहरू साँच्‍चै मृत हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा पन्छाउँदै तिनीहरूको क्षमता कमजोर हुन्छ भनेर मात्रै भनौँ। अनि यो कति कमजोर हुन्छ? कुनै घटना जति नै महत्त्वपूर्ण भए नि त्यो तिनीहरूले देख्‍न सक्दैनन्, र देखे नै भने पनि भित्रसम्‍म स्पष्ट देख्‍न सक्दैनन्। उदाहरणको लागि, झूटा अगुवाहरूले जति लामो समयसम्म काम गरे नि, तिनीहरूले कुनै मामलाको सार के हो, यसलाई कसरी वर्गीकरण गर्ने, यसलाई कसरी परिभाषित गर्ने, वा परिभाषाको आधार के हो भन्‍नेबारे निष्कर्ष निकाल्न सक्दैनन्; तिनीहरूलाई यी कुराहरू कसरी मूल्याङ्कन गर्ने भन्‍ने थाहै हुँदैन, र तिनीहरूसँग तिनलाई मूल्याङ्कन गर्ने कुनै मापदण्ड वा सिद्धान्त हुँदैन। तिनीहरू आत्मिक बुझाइ नभएका भ्रमित मानिसहरू हुन्। पहिलो काममा झूटा अगुवाहरूले देखाउने प्राथमिक प्रकटीकरण यही हो। तिनीहरू अन्धा, मूर्ख, बेवकुफ, र चेतनाशून्य हुन्छन्, तैपनि अझै तिनीहरू अगुवा बन्‍न चाहन्छन्। के यो काममा ढिलाइ पुर्‍याउनु होइन र? के यो अत्यन्तै समस्याग्रस्त कुरा होइन र? यदि कसैले पहिले कहिल्यै अगुवाको रूपमा सेवा गरेको छैन, र भर्खरै पहिलोपटक कुनै कुरा सामना गरिरहेको छ, र यो मामला परमेश्‍वरका वचनहरूमा उल्लेख गरिएको छैन र यो मानिसहरूमाझ कहिल्यै सुनिएको छैन भने—अर्थात्, यदि ऊसँग यो मामलामा कुनै अनुभव वा ज्ञान छैन भने—यस्ता परिस्थितिहरूमा त्यो व्यक्तिले सही अन्तर्ज्ञान, मनोवृत्ति, र दृष्टिकोणहरू विकास गर्न समय लाग्छ। तर किन झूटा अगुवाहरूलाई चेतनाशून्य र अन्धा भनेर भनिन्छ? किनभने मैले धेरै वचनहरू बोलेको छु, तर मैले जति नै धेरै कुरा खुलासा र चिरफार गरे नि, वा जति धेरै उदाहरणहरू दिए नि, मेरा वचनहरू सुनेपछि झूटा अगुवाहरूलाई केवल मामलाहरूको जानकारी हुन्छ, तर ती वचनहरूबाट तिनीहरूले कुनै सत्यता सिद्धान्तहरू बुझ्दैनन्। यसको साथै, म जति बोल्छु, तिनीहरू त्यति नै अन्योल पर्छन्। तिनीहरूले भन्छन्, “त्यति धेरै मामलाहरू, त्यति धेरै वचनहरू, त्यति धेरै कथाहरू छन्, त्यसकारण कसले पो ती सबै कुरा याद गरेर वास्तविक जीवनसँग जोड्न सक्छ र? त्यति धेरै कुरा नभन्‍नुहोस्, मलाई त्यो सब ग्रहण गर्न र बुझ्न अलिक गाह्रो भइरहेको छ। त्यो व्यक्तिलाई कसरी सम्हाल्ने त्यति मात्रै भन्‍नुहोस्: उसलाई निष्कासन गर्ने कि राख्‍ने?” के यो चेतनाशून्यता होइन र? यो चरम चेतनाशून्यता हो! वास्तवमा, तिनीहरू चेतनाशून्य छन् भनेर भन्‍नु भनेको तिनीहरूलाई केही छुट दिनु हो, किनभने ती व्यक्तिहरू जवान हुन सक्छन्, वा सायद तिनीहरूले शिक्षा प्राप्त नगरेको हुन सक्छ, वा तिनीहरू अत्यन्तै वृद्ध र अलिक भ्रमित पनि हुन सक्छन्—यसरी भन्दा तिनीहरूको अभिमानमा चोट पुग्दैन। तर वास्तवमा, यो कमजोर क्षमता र सत्यता बुझ्ने क्षमताको कमी हुनु हो। यो व्याख्याले यो कुरा स्पष्ट पार्छ।

यदि मण्डलीमा गम्भीर बाधा र व्यवधानहरू देखा पर्छन्, तर झूटा अगुवाहरूले यी समस्याहरूको सार देख्‍न सक्दैनन् भने, के तिनीहरू अगुवाको कामको लागि योग्य हुन्छन्? के तिनीहरूको नेतृत्वमा दाजुभाइ-दिदीबहिनीहरूले सुरक्षा पाउन सक्छन्? के मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण, र मण्डली जीवनको सामान्य सुव्यवस्था रक्षा र कायम राख्‍न सकिन्छ? अगुवा र सेवकहरूले हासिल गर्नुपर्ने सबैभन्दा आधारभूत कुराहरू यिनै हुन्। के झूटा अगुवाहरूले यी कुराहरू हासिल गर्न सक्छन्? अहँ, सक्दैनन्। तिनीहरूले बाधा र व्यवधानहरू ल्याउने मानिस, घटना, र परिस्थितिहरू पहिचान गर्न वा तिनको वास्तविकता देख्‍नसमेत सक्दैनन्, र त्यसैले तिनीहरू आफ्नो कामका अर्का चरणहरूमा कसरी अघि बढ्न सक्छन् र? तिनीहरूले असल व्यक्ति के हो, खराब व्यक्ति के हो, छली व्यक्ति के हो, वा ढोँगी के हो भन्‍नेजस्ता सबैभन्दा आधारभूत कुराहरूसमेत खुट्ट्याउन सक्दैनन्—तिनीहरूले कसरी मण्डलीको काम सम्हाल्न सक्छन् र? तिनीहरू त्यो काम गर्न असक्षम हुन्छन्। यो होइन कि तिनीहरूले जानीजानी वास्तविक काम गर्दैनन्, वा तिनीहरू अल्छी हुन्छन् र तिनीहरू हैसियतका फाइदाहरूमा लिप्त हुन्छन्; बरु कुरा यो हो कि, तिनीहरूको क्षमता नै कमजोर हुन्छ र तिनीहरू आफ्नो काम गर्न नै असक्षम हुन्छन्। समस्याको सार यही हो। अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले शब्द र सिद्धान्तहरू बोल्न, र नियमप्रावधानहरू पालना गर्न मात्रै सक्छन्; भेलाहरूमा, तिनीहरूले अरूलाई फकाइफुस्ल्याइ गर्न र सल्लाह दिन मात्रै सक्छन्, र तिनीहरूले यसो भन्‍ने गर्छन्, “परमेश्‍वरमा उचित रूपमा विश्‍वास गर! यस्तो बेला तिमी कसरी देहगत सहजतामा लिप्त हुन सक्छौ? तिमीले कसरी अझै पनि पैसा र सांसारिक कुराहरूको लोभ गर्न सक्छौ? परमेश्‍वरको हृदय अवश्‍यै टुट्यो होला!” तिनीहरूले यस्तो प्रवचन मात्रै दिन सक्छन्। जब बाधा, व्यवधान, र नकारात्मकता पोखाउनेजस्ता विभिन्‍न दुष्ट कार्यहरू देखा पर्छन्, तब तिनीहरूले तिनलाई देख्‍न वा पहिचान गर्न सक्दैनन्। दाजुभाइ-दिदीबहिनीहरू सामान्य मण्डली जीवन जिउन चाहन्छन् तर त्यसो गर्न सक्दैनन्, र तिनीहरूले कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त वातावरण चाहन्छन् तर पाउन सक्दैनन्। झूटा अगुवाहरूले यी समस्याहरू समाधान गर्न सक्दैनन्, त्यसकारण तिनीहरूको के काम? दाजुभाइ-दिदीबहिनीहरू मण्डली जीवन जिउन, सत्यता बुझ्न र आफ्ना कठिनाइ र नकारात्मक स्थितिहरू समाधान गर्न चाहन्छन्। तिनीहरूले यी वास्तविक समस्याहरू समाधान गर्न अगुवा र सेवकहरूले स्पष्टसित र पूर्ण रूपमा सत्यता सङ्गति गर्न सकून् भन्‍ने उत्कट आशा गर्छन्। यदि कुनै मण्डली झूटा अगुवाहरूले शक्ति चलाउने मण्डली हुन्छ भने, के यी वास्तविक समस्याहरू समाधान गर्न सकिन्छ? झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको हृदय बुझ्दैनन्, न त तिनीहरूले यी मानिसहरूका कठिनाइहरू नै देख्‍न सक्छन्। बरु उल्टै, तिनीहरूले अझै पनि शब्द र धर्मसिद्धान्तहरू मात्र बोलिरहन्छन् र उच्च र खोक्रा विचारहरूबारे बारम्बार फलाकिरहन्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो निराशा हुन्छ। अनि को नियमित रूपले भेलाहरूमा अझै सहभागी हुन चाहन्छ र? के झूटा अगुवाहरू परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुन सक्छन्, र दुष्ट र सांसारिक कुराहरूलाई प्रेम गर्ने ती दुष्ट मानिसहरू, अविश्‍वासीहरू, अवसरवादीहरू, र छाडा मानिसहरूलाई परमेश्‍वरका वचन र मापदण्डहरूअनुसार मण्डलीबाट सफाइ गरी हटाउन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई हस्तक्षेप गर्न र बाधा दिनबाट रोक्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सामान्य मण्डली जीवन जिउन मद्दत गर्न सक्छन्? के झूटा अगुवाहरूले यो कुरा हासिल गर्न सक्छन्? सक्दैनन्। जब कसैले यस्तो अनुरोध गर्छ, तब झूटा अगुवाहरूले के भन्छन्? “तपाईं कति जिद्दी हुनुहुन्छ! के परमेश्‍वरलाई प्रेम गर्ने र कर्तव्य निभाउँदा बफादार हुन चाहने एउटै व्यक्ति तपाईं मात्र हो भन्‍ने तपाईंलाई लाग्छ? कसलाई त्यस्तो चाहना हुँदैन र? तिनीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरू पनि परमेश्‍वरद्वारा चुनिएका हुन्। तिनीहरूसँग केही समस्याहरू भए नि तिनीहरूलाई हामीले सही रूपमा लिनुपर्छ। सधैँ अरूको गल्ती नकोट्याउनुहोस्। अवसरको फाइदा लिएर आफ्नो बारे मनन गर्नुहोस्, र आफूलाई अझै राम्ररी चिन्‍नुहोस्; तपाईंले सहनशील र धैर्य हुन सिक्‍नुपर्छ।” झूटा अगुवाहरू मूर्ख र अन्धा हुन्छन्, र तिनीहरूसित विभिन्‍न प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे कुनै सिद्धान्त हुँदैन। तिनीहरूले प्रतिबन्धित गरिनुपर्ने वा हटाइनुपर्नेहरूलाई छर्लङ्गै देख्‍न सक्दैनन्, बरु यी मानिसहरूलाई आफूले चाहेको कुरा गर्न र मण्डलीमा अत्याचारीहरूले जस्तो व्यवहार गर्न दिन्छन्, तिनीहरूलाई आफ्नो कार्यव्यवहार सञ्चालन गर्न प्रशस्त ठाउँ दिन्छन्, जसले गर्दा मण्डली गन्जागोल बन्छ, यहाँसम्म कि कति मण्डलीहरूमा रहेको भिन्‍नताको स्तरलाई त खिच्रिङमिच्रिङ मिश्रित झोला भनेर एउटै वाक्यांशले व्याख्या गर्नसमेत सकिन्छ। दुष्ट मानिसहरू, अविश्‍वासीहरू, व्यभिचारहरू, स्थानीय अत्याचारीहरू, र अलिकति खतराको सामना गर्दासमेत मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई बेचिदिने कति मानिसहरूसमेत यी मण्डलीहरूमा मिश्रित भएका हुन्छन्। झूटा अगुवाहरूले यी मानिसहरूको वास्तविकता देख्‍न सक्दैनन्, र तिनीहरूले तिनीहरूलाई सम्हाल्ने वा सम्बोधन गर्ने गर्दैनन्। त्यसकारण, त्यस्ता अन्धा र चेतनाशून्य झूटा अगुवाहरूको नेतृत्वमा, परमेश्‍वरका चुनिएका मानिसहरू सुरक्षित हुन सक्दैनन्, र मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्था पनि अवश्य नै कायम राख्‍न सकिँदैन। सत्यतालाई प्रेम गर्ने र सत्यतालाई स्विकार्न इच्छुक हुनेहरूले यस्तो मिश्रित मण्डली जीवनमा कसरी सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् र? के ती मानिसहरूले हृदयमा पीडा महसुस गर्नेछैनन् र? यदि मण्डली अगुवाले मण्डलीको काम, मण्डली जीवनको सामान्य सुव्यवस्था, वा दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाह गर्ने वातावरण उचित रूपमा कायम राख्‍न सक्दैन, वा यी कुराहरूको सुरक्षा सुनिश्‍चित गर्न सक्दैन भने, यो अगुवा पक्‍कै पनि झूटो अगुवा हो। तिनीहरूलाई किन झूटो अगुवाको नाम दिइन्छ? किनभने तिनीहरू अन्धा र चेतनाशून्य हुन्छन्, जसले गर्दा दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने घटनाहरू बारम्बार घटित हुन्छन्; अझ भन्‍ने हो भने, यसले परिणामहरू पहिले नै ल्याइसकेको हुँदा नि, तुरुन्तै र सही रूपमा तिनीहरूले समस्याहरू सम्हाल्न र समाधान गर्न सक्दैनन्, न त तिनीहरूले उचित रूपमा मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवन कायम राख्‍न नै सक्छन्। नरम रूपमा भन्दा, त्यस्ता अगुवाहरू आफ्नो काममा सक्षम हुँदैनन्; तर ठ्याक्‍कै भन्दा, तिनीहरू आफ्नो कर्तव्यमा गम्भीर रूपमा असफल भइरहेका हुन्। अगुवाको रूपमा सेवा गरे पनि, तिनीहरूले दुष्ट मानिसहरूका हित र शैतानका सेवकहरूका हितहरू रक्षा गर्छन्, तर मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई बेवास्ता गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि हुने गरी मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने ती दुष्ट मानिसहरूको रक्षा गर्छन् र तिनीहरूलाई साथ दिन्छन्। तिनीहरूको क्षमता र प्रकटीकरणहरूको आधारमा हेर्दा त, तिनीहरू क्षमतामा कमजोर र आफ्नो काममा अयोग्य मात्र देखिन्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधी भनेर परिभाषित गर्न पनि सकिँदैन, तर मण्डलीको काममा तिनीहरूका कार्यका परिणामहरू गम्भीर हुन्छन्। तिनीहरूका कार्यको प्रकृति ख्रीष्टविरोधीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्ने कार्यको जस्तै नै हुन्छ। यी दुवैले दुष्कर्म गर्ने मानिसहरूलाई रक्षा गर्छन् र साथ दिन्छन्, र शैतानका सेवकहरूलाई मण्डलीमा आफूले चाहेअनुसार व्यवहार गर्न अनुमति दिन्छन्। यति मात्र हो कि झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले जस्तै खुलस्त र निर्धक्क रूपमा दुष्कर्म गर्ने र मण्डलीको काममा बाधा दिने गर्दैनन्। तिनीहरूले जानीजानी मानिसहरूलाई आफूतिर आकर्षित गर्ने र आफ्नो कुरा तिनीहरूलाई पालना गर्न लाउने गर्दैनन्, तर अन्तिम परिणाम ख्रीष्टविरोधीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्ने कार्यको जस्तै नै हुन्छ। दुवैको परिणामस्वरूप सत्यतालाई प्रेम गर्ने र इमानदारितासाथ कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूले नै हानि र बरबादी भोग्नुपर्छ, र तिनीहरू बाँच्ने कुनै उपाय बाँकी रहँदैन। यस्तो वातावरण र मण्डली जीवनमा, इमानदारितासाथ कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूलाई जीवनमा प्रगति गर्न निकै गाह्रो हुन्छ, र तिनीहरूलाई आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न पनि निकै गाह्रो हुन्छ। स्वाभाविक रूपमै, सुसमाचार प्रचारको काम र मण्डलीको कामका विभिन्‍न कुराहरूमा पनि ठूलो बाधा पुग्छ र ती सामान्य रूपमा विकसित हुन सक्दैनन्। बाह्रौँ जिम्मेवारीको हकमा हामीले चिरफार गरिरहेका झूटा अगुवाहरूको पहिलो प्रकटीकरण यही हो—अर्थात् आफ्नो वरपर देखा पर्ने मानिस, घटना, र परिस्थितिहरू देख्‍न र भित्रैसम्‍म बुझ्‍न नसक्नु। त्यस्ता मानिसहरूलाई झूटा अगुवाहरू भनेर परिभाषित गर्न यो प्रकटीकरण नै पर्याप्त छ।

२. झूटा अगुवाहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने मानिसहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्दैनन्

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीमा उल्लेख गरिएको दोस्रो कामको सन्दर्भमा, हामी झूटा अगुवाहरूका प्रकटीकरणहरू खुलासा र चिरफार गर्नेछौँ। यो दोस्रो काम भनेको अगुवा र सेवकहरूले समस्याहरू पहिचान भएपछि तिनलाई तुरुन्तै समाधान गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुपर्छ भन्‍ने कुरा हो। तर झूटा अगुवाहरू यो काममा पनि अयोग्य हुन्छन्। त्यसकारण, हामीले चिरफार गर्ने झूटा अगुवाहरूको दोस्रो प्रकटीकरण भनेको तिनीहरूलाई परमेश्‍वरको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू सम्हाल्ने सिद्धान्तहरू थाहा हुँदैन भन्‍ने कुरा हो। जब झूटा अगुवाहरू मण्डली जीवनमा सहभागी हुन्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन् र परमेश्‍वरका वचनहरू प्रार्थना-वाचन गर्छन्, तैपनि तिनीहरूले परमेश्‍वरका वचनहरूको अर्थ के हो भनेर कहिल्यै बुझ्दैनन्, परमेश्‍वरले भन्‍नुभएका सबै कुराका सिद्धान्तहरू कहिल्यै बोध गर्दैनन्, र परमेश्‍वरले विभिन्‍न मामलाहरूको लागि तोक्‍नुभएका सिद्धान्त र मापदण्डहरू जान्दै जान्दैनन्। यसले झूटा अगुवाहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ र तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ भनेर थप प्रमाणित गर्छ। कति मानिसहरू भन्छन्, “तपाईंले तिनीहरूको क्षमता कमजोर हुन्छ भनेर कसरी भन्‍न सक्‍नुहुन्छ? तिनीहरूले राम्ररी खाना पकाउँछन्, स्टाइलिस लुगा लगाउँछन्, र अरूसँग अन्तरक्रिया गर्दा मिठो रूपमा बोल्छन्; र सबैलाई तिनीहरूको कुरा सुन्‍न मनपर्छ।” के व्यक्तिको रूपले उसको सार प्रतिनिधित्व गर्न सक्छ? के केही बाहिरी कुराहरू राम्ररी गर्न सक्‍नुको अर्थ तिनीहरूमा राम्रो क्षमता छ भन्‍ने हुन्छ? कुनै पनि कुरा मूल्याङ्कन, मापन, र परिभाषित गर्नको लागि, सधैँ सही मापदण्ड हुनुपर्छ। व्यक्तिको क्षमता मापन गर्ने मापदण्ड भनेको उसले परमेश्‍वरका वचनहरू बुझ्दा त्यो शुद्ध हुन्छ कि हुँदैन भन्‍ने कुरा हो। यी मानिसहरूको क्षमता कमजोर छ भन्‍नाले मुख्यतया सत्यता बुझ्ने तिनीहरूको क्षमताको कमी जनाउँछ। हामीले व्यक्तिको क्षमतालाई परमेश्‍वरका वचनहरू बुझ्ने उसको क्षमताको आधारमा मापन गर्छौं। के यो अत्यन्तै वस्तुगत र निष्पक्ष कुरा होइन र? (हो।) सृष्टि गरिएको प्राणीको रूपमा, यदि तैँले सृष्टिकर्ताका वचनहरू बुझ्न सक्दैनस् भने, तँसँग कस्तो क्षमता हुन्छ? के तँसँग काम गर्ने मस्तिष्क हुन्छ? त्यस्तो व्यक्तिसँग मानव क्षमताको कमी हुन्छ; उसको क्षमता यति कमजोर हुन्छ कि उसले परमेश्‍वरका वचनहरूसमेत बुझ्न सक्दैन—के त्यस्तो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा सत्यता प्राप्त गर्न सक्छ?

अब हामी झूटा अगुवाहरूको दोस्रो प्रकटीकरणबारे सङ्गति र चिरफार गर्नेछौँ। झूटा अगुवाहरूलाई मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेहरूलाई कसरी निराकरण गर्ने भन्‍ने कुरा थाहा हुँदैन र तिनीहरूले विभिन्‍न मानिस, घटना, र परिस्थितिहरू खुट्ट्याउन सक्दैनन्। झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ, र तिनीहरूसँग परमेश्‍वरका वचनहरू बोध गर्ने क्षमतै हुँदैन भन्‍ने कुरा देखाउन यो नै पर्याप्त हुन्छ। उदाहरणको लागि, कुनै व्यक्तिले नेतृत्वमा रहने जोकोहीप्रति सधैँ अवज्ञा गर्छ। झूटा अगुवाहरूले यो व्यक्तिमा समस्याहरू छन् र ऊ दुष्ट व्यक्ति र ख्रीष्टविरोधीजस्तो देखिन्छ भन्‍ने महसुस पनि गर्न सक्छन्। तिनीहरूले यी कुराहरूबारे केही सुरागहरू पत्ता लगाउन सक्छन्, जुन त्यति खराब कुरा होइन। तर यदि तैँले तिनीहरूलाई यसरी सोधिस् भने, “के कुराले गर्दा तपाईंले तिनीहरू ख्रीष्टविरोधी र दुष्ट व्यक्तिजस्तो देखिन्छन् भनेर भन्‍नुभयो? के प्रमाणको रूपमा कुनै खास प्रकटीकरणहरू छन्? के तपाईँ तिनीहरू सधैँ जोसुकै अगुवाविरुद्ध अवज्ञाकारी हुने हुनाले मात्रै तिनीहरू ख्रीष्टविरोधी र दुष्ट व्यक्ति हुन् भनेर निर्धारित गर्न सक्नुहुन्छ? तिनीहरूलाई परिभाषित गर्न त्यो मात्रै पर्याप्त हुँदैन; यो त स्वभावको मामला मात्र हो, अहङ्कार र पाखण्डीपनको समस्या मात्रै हो। के तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति छ? के तिनीहरू सत्यताप्रति वितृष्ण रहने र सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्? के तिनीहरूले मण्डलीको काममा बाधा दिएका छन्? के तिनीहरूले सबै अगुवा र सेवकहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रूपमा दोषी ठहर्‍याएका छन्? के तिनीहरूले यीमध्ये कुनै काम गरेका छन्?” तँले यसरी सोधिस् भने, तिनीहरूले “त्यस्तै देखिन्छ” भनेर भन्छन्। त्यसपछि, यदि तैँले “त्यसोभए हामीले तिनीहरूलाई कसरी परिभाषित गर्नु र सम्हाल्नुपर्छ?” भनेर सोधिस् भने, तिनीहरूलाई थाहा छैन भनेर भन्छन्। यदि तैँले “यस्तो व्यक्तिको हकमा, के हामीले उसलाई चेतावनी दिनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति प्राप्त गर्न मद्दत गर्न, के उसलाई खुलासा गर्नुपर्छ?” भनेर सोधिस् भने पनि तिनीहरूलाई अझै केही थाहा हुँदैन। यो त केही पनि थाहा नहुने र कुनै पनि कुरा देख्‍न नसक्‍ने अवस्था हो। तिनीहरूले केही सुरागहरू देख्‍न त सक्छन् तर तिनीहरूलाई त्यस्ता मानिसहरूलाई सिद्धान्तहरूअनुसार कसरी परिभाषित गर्ने वा सम्हाल्ने भन्‍ने थाहा हुँदैन। के तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पाठहरू सिक्न मद्दत गर्न सक्छन्? त्यस्ता व्यक्तिहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुने हुनाले, तिनीहरूलाई ढिलोचाँडो निष्कासित गरिनेछ। तर यदि तैँले तिनीहरूलाई कुनै दुष्ट कार्य गर्नुभन्दा पहिले नै निकालिस् वा अलग गरिस् भने, तिनीहरूले अवज्ञा देखाउनेछन्, र दाजुभाइ-दिदीबहिनीहरूले पनि तैँले किन त्यसो गरिस् भनेर बुझ्न सक्‍नेछैनन्। त्यसकारण, तिनीहरूलाई केही समयसम्म काम गर्न दिनु आवश्यक हुन्छ। जब तिनीहरूको दुष्ट कार्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्, र जब तिनीहरूले अफवाह र भ्रमहरू फैलाउन, दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र आफ्नो पक्षमा पार्न खोज्न, शक्ति र प्रभावको लागि प्रतिस्पर्धा गर्न, स्वतन्त्र राज्य स्थापना गर्न, र मण्डलीको काम तोड्ने प्रयास गर्न थाल्छन्, तब धेरैजसो मानिसहरूले स्पष्ट रूपमै तिनीहरूको प्रकृति सार पहिचान गर्न सक्‍नेछन्, र स्वाभाविक रूपमै तिनीहरू तिनीहरूलाई खुलासा गर्न, चिन्‍न, र इन्कार्न खडा हुन सक्‍नेछन्। त्यसपछि, तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सफाइ गरी हटाउन र तह लाउन सक्‍नेछस्। यसरी काम गर्दा मात्रै दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति विकास गर्न मद्दत मिल्‍नेछ। के झूटा अगुवाहरूले यसरी समस्याहरू सम्हाल्न र समाधान गर्न सक्छन्? झूटा अगुवाहरूमा यो क्षमता र बुद्धिको कमी हुन्छ। के तैँले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै निराकरण गर्न सक्‍ने कुनै झूटा अगुवा देख्छस्? त्यस्तो त एउटै पनि देख्दैनस्। त्यसकारण, झूटा अगुवाहरूले दुष्ट मानिसहरूको बाधा र ख्रीष्टविरोधीहरूको बहकाउबाट दाजुभाइ-दिदीबहिनीहरूलाई बिलकुलै रक्षा गर्दैनन्। धेरैजसो झूटा अगुवाहरूले बर्खास्त भएपछि आफूलाई चिन्‍न नसक्‍ने मात्र होइन, तिनीहरूले एकदमै धेरै गुनासोसमेत गर्छन्, र परमेश्‍वरको घरले तिनीहरूसँग अनुचित व्यवहार गर्‍यो भनेर गनगन गर्छन्, “यो त अघायो सुँगुर पल्टायो डुँड भनेजस्तै भयो” भनेर भन्छन्, र तिनीहरूले मेहनत गरे नि कुनै कदर प्राप्त गरेनन् र तिनीहरू अन्यायमा परे भनेर दाबी गर्छन्। यदि तैँले तिनीहरूलाई झूटा अगुवाहरूको रूपमा खुलासा गरिस् भने, तिनीहरू अवज्ञाकारी नै रहन्छन्, र यस्तो सोच्छन्: “मैले अगुवाको रूपमा धेरै वर्ष सेवा गरेँ; मैले कुनै उपलब्धि प्राप्त नगरे नि कम्तीमा कठिनाइ त भोगेँ। मलाई किन बर्खास्त गरियो? यो त अघायो सुँगुर पल्टायो डुँड भने जस्तै भयो!” तैँले तिनीहरूलाई जसरी खुलासा गरे नि तिनीहरू अवज्ञाकारी नै रहन्छन्। तिनीहरूले यसोसमेत भन्छन्, “जब मैले ख्रीष्टविरोधी पत्ता लगाउँथेँ, तब म यति चिन्तित हुन्थेँ कि मुखमा प्राय घाउ आउँथ्यो र म राम्ररी सुत्न सक्दिनथेँ। यदि म झूटा अगुवा हुँ भने मैले कसरी यस्तो बोझ लिन सक्थेँ?” तिनीहरूले कुनै पनि आवश्यक काम गर्थेनन्, तिनीहरू कुनै पनि काम गर्न सक्‍ने अवस्थामा हुन्थेनन्, र तिनीहरूलाई के गर्ने भनेरसमेत थाहा हुन्थेन, तैपनि तिनीहरूले अझै आफूलाई आदर गर्न भ्याएका छन्। के यो समस्याग्रस्त कुरा होइन र? कति घिनलाग्दो कुरो!

मण्डलीमा पैदा हुने विभिन्‍न समस्याहरूको हकमा, झूटा अगुवाहरूलाई ती समस्याहरू मण्डलीको काममा बाधा र व्यवधान ल्याउने प्रकृतिका हुन् भन्‍ने कुरा स्पष्ट रूपमै थाहा हुन्छ, तैपनि तिनीहरूले तिनलाई बेवास्ता गर्छन्। जब तिनीहरूले स्पष्ट समस्याहरू देख्छन्, तब पनि झारा टार्छन् र समस्याहरूको महत्त्वपूर्ण सार खुलासा गर्ने आँट गर्दैनन्। तिनीहरूले ठोस रूपमा समस्याहरू समाधान नगरी धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र केही नराम्रो भयो भनेर सङ्केतहरू गर्ने र केही अर्तीहरू दिने गर्छन्, र कुरो त्यतिमै सक्‍किन्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू सामना गर्दा, तिनीहरू अन्योल पर्छन्, र तिनीहरूसँग यसको कुनै सम्बन्ध नै नभएजसरी उदासीनताको मनोवृत्ति अपनाउँछन्। तिनीहरूलाई यी समस्याहरू सम्हाल्ने सबैभन्दा उचित तरिका के हो थाहै हुँदैन, र समस्याहरू समाधान गर्न के भन्‍ने, दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी रक्षा गर्ने थाहै हुँदैन, र तिनीहरूसँग कुनै बोझ पनि हुँदैन। तिनीहरूसँग थोरै सद्भाव मात्रै हुन्छ: “तपाईं दुष्ट व्यक्ति हुनुहुन्छ भन्‍ने मलाई थाहा छ। म तपाईंलाई दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा र हानि गर्न दिनेछैनँ। म यो पदमा रहुन्जेलसम्‍म, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ र अन्त्यसम्मै मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।” यसको के फाइदा? के तैँले समस्या समाधान गरेको छस् र? तँ चिन्ता गर्नमा व्यस्त हुँदा, के ख्रीष्टविरोधीहरू निष्क्रिय नै रहनेछन् र? के तिनीहरूले मण्डलीको काममा बाधा दिन छोड्नेछन् र? जब तिनीहरूले तँ व्यर्थको कायर अगुवा होस्, कुनै बुद्धि नभएको र काम गर्ने क्षमता नभएको हावा व्यक्ति होस् भन्‍ने देख्छन्, तब तिनीहरूले तँलाई फिटिक्‍कै पनि गम्भीरतासाथ लिनेछैनन्। धेरैजसो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू अत्यन्तै चतुर र धूर्त हुन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउँछन् र बाधा दिन्छन्, र तँसित तिनीहरूलाई रोक्‍ने वा प्रतिबन्धित गर्ने कुनै उपाय हुँदैन। न त तँलाई समस्याहरू समाधान गर्न कोबाट मद्दत खोज्ने भन्‍ने नै थाहा हुन्छ; तँ बस चिन्तित र व्याकुल हुन्छस्, र प्रार्थना गर्दै रुन्छस्। तँ अत्यन्तै दयनीय देखिन्छस्; तँ परमेश्‍वरका अभिप्रायहरूप्रति अत्यन्तै विचारशील छस् र दाजुभाइ-दिदीबहिनीहरूलाई अत्यन्तै वास्ता गर्छस् जस्तो देखिन्छ। ख्रीष्टविरोधीहरूजस्ता स्पष्ट दुष्ट मानिसहरूको हकमा समेत, तैँले तिनीहरूलाई सम्बोधन गर्न सक्दैनस्। तैँले सत्यताअनुसार ख्रीष्टविरोधीहरूका कार्य र व्यवहारहरू चिरफार गर्न सक्दैनस्, न त तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति विकास गर्न मद्दत गर्न ख्रीष्टविरोधीहरूका अभिप्राय, मनसाय, र व्यवहारहरू सार्वजनिक रूपमा खुलासा गर्न नै सक्छस्। तैँले यीमध्ये कुनै पनि कुरा गर्न सक्दैनस्। कति झूटा अगुवाहरूले त यसोसमेत भन्छन्, “कसैले पनि ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नु हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरू ख्रीष्टविरोधीहरू हुन् भन्‍ने थाहा भयो र तिनीहरू टाढा बसे भने, ख्रीष्टविरोधीहरूले बदला लिनेछन्।” के यो बेकामे कायर हुनु होइन र? के त्यस्ता मानिसहरूले मण्डलीको काम सम्हाल्न सक्छन् र? के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले सामान्य मण्डली जीवन जिउन सकून् भनेर तिनीहरूलाई सुरक्षित गर्न सक्छन् र? यो समस्या समाधान गर्ने कस्तो विधि हो? जब केही भइरहेको हुँदैन, तब तिनीहरूले अनवरत रूपमा धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्, तर जब कुनै घटना घट्छ, तब तिनीहरू अन्योल र भ्रमित हुन्छन्, र रुन मात्रै सक्छन्। के तिनीहरू व्यर्थका कायरहरू होइनन् र? दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूले बहकाएको र दुष्ट मानिसहरूले बाधा दिएको देख्दा, तिनीहरू अन्योल पर्छन्, र तिनीहरूसँग प्रतिक्रिया जनाउने कुनै उपाय हुँदैन। तिनीहरूलाई तुलनात्मक रूपमा अलिक न्यायबोध भएका, मानवता भएका, अनि सँगै सङ्गति गर्न, यी समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न, र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न र खुट्याउन सक्‍ने मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी एकताबद्ध हुने भन्‍ने सबैभन्दा आधारभूत कुरासमेत थाहा हुँदैन। के त्यस्तो व्यक्ति खेरगएको हुँदैन र? (हुन्छ।) कति झूटा अगुवाहरू अत्यन्तै सतर्क, कायर, र काम नलाग्‍ने हुन्छन्। तिनीहरू कति हदसम्म कायर र काम नलाग्‍ने हुन्छन्? जब दुष्ट मानिसहरू मण्डलीको काममा बाधा र व्यवधान दिन आउँछन्, र अत्यन्तै कठोर र अहङ्कारी रूपमा बोल्छन्, तब तिनीहरू यति डराउँछन् कि तिनीहरू काँप्छन्, र तिनीहरूले सोच्छन्, “म तिनीहरूलाई निराकरण गर्ने आँट गर्दिनँ। तिनीहरू खतरनाक छन्; तिनीहरू संसारका दुष्ट व्यक्तिहरू हुन्। यदि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्न तिनीहरूलाई खुलासा गरेँ भने, तिनीहरूले अवश्य नै मेरो विरुद्ध केही न केही फेला पार्नेछन् र बदला लिनेछन्। त्यसपछि त म कसरी अगुवाको रूपमा निरन्तर रहन सक्छु र? म कहाँ बस्छु तिनीहरूलाई थाहा छ। के तिनीहरूले मेरो परिवारलाई हानि त गर्नेछैनन्? के तिनीहरूले मलाई परमेश्‍वरमा विश्‍वास गरेकोमा रिपोर्ट त गर्नेछैनन्?” त्यस्ता झूटा अगुवाहरूले मण्डलीको काम गर्न सक्दैनन्। तिनीहरू आफ्नो चरम डरको कारण निष्क्रियतामा डुबिरहन्छन्; स्वाभाविक रूपमै, तिनीहरूले त्यस्ता समस्याहरू र त्यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू पनि बिलकुलै बुझ्न सक्दैनन्। मण्डलीको काममा बाधा र व्यवधान ल्याउने व्यक्ति भनेर परिभाषित गरिएको कुनै पनि व्यक्ति कहिलेकहीँ मात्र गल्ती गर्ने व्यक्ति हुँदैन। बरु, तिनीहरूको मानवता यति दुष्ट हुन्छ कि तिनीहरूले सधैँ लापरवाह रूपमा गलत कार्यहरू गरिरहेका हुन्छन् र तिनीहरूले धेरै किसिमका दुष्कर्महरू गरिरहेका हुन्छन्। त्यस्ता व्यक्तिहरूमा निश्‍चित रूपमै दुष्ट मानिसहरूको सार हुन्छ। दुष्ट मानिसहरू सम्हाल्न पनि केही बुद्धिमानी विधिहरू चाहिन्छ। तैँले पृष्ठभूमि र वातावरण विचार गर्नुपर्छ र दुष्ट मानिसहरूले निराकरण भएपछि केकस्ता कार्यहरू गर्न सक्छन्, र यसले मण्डलीमा समस्या ल्याउन सक्छ कि सक्दैन भनेर विचार गर्नुपर्छ। यी पक्षहरूलाई ध्यान दिएर विचार गरेपछि मात्रै तैँले सत्यता सिद्धान्तहरूअनुरूप र बुद्धि प्रयोग गरेर उचित रूपमा मामला सम्हाल्न सक्छस्। सत्यता बुझेका मानिसहरूले त्यस्ता समस्याहरू सम्हाल्दा अचेतन रूपमै सिद्धान्तहरू बुझ्छन्। यो काम गर्ने क्रममा, तिनीहरूले विभिन्‍न मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर क्रमिक रूपमा बुझ्दै जान्छन्, र तरिका र विधिहरू विकास गर्छन्, र तिनीहरूको हृदयमा बुद्धि हुन्छ। तर झूटा अगुवाहरूमा यी तरिका, विधि, र बुद्धिको पूर्ण कमी हुन्छ। यस्तो किन हुन्छ भने, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुँदैनन्; तिनीहरूले परमेश्‍वरको घरको काममा असर हुनेछ कि छैन, वा अगुवा र सेवकहरूले खतरा सामना गर्नेछन् कि छैनन् भन्‍ने कुरा विचार गर्दैनन्। यी कुराहरू विचार नगर्ने हुनाले, तिनीहरूले सिद्धान्तहरूविना र अझै बढी रूपमा बुद्धिविना मामलाहरू सम्हाल्छन्। झूटा अगुवाहरूले यी समस्याहरू सम्हाल्न सक्दैनन् र यी कुराहरूबाट पाठहरू सिक्दैनन्, र यसले प्रमाणित गर्छ कि तिनीहरू सिक्न अनिच्छुक र अयोग्य छन्, र तिनीहरू उचित कामहरू बेवास्ता गर्छन्, र कुनै पनि काम गर्न सक्षम हुँदैनन्। जब तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्कर्म गरिरहेका र बाधाहरू ल्याइरहेका देख्छन्, तब तिनीहरूले न त यी मानिसहरूलाई खुलासा गर्छन् न त समस्याहरू नै समाधान गर्छन्। तिनीहरूले मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कुनै ध्यान नदिई आफ्नै हितहरू रक्षा गर्नेबारे मात्रै विचार गर्छन्। कति झूटा अगुवाहरूले कमजोरहरूलाई हेप्छन् तर आफूभन्दा शक्तिशालीहरूको डर मान्छन्; तिनीहरूले तुलनात्मक रूपमा नम्र मानिसहरूलाई अथक रूपमा हेप्छन् र आफ्नो शक्तिको धाक देखाउँछन्, तर जब तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू भेट्छन्, तब तिनीहरू मुस्कुराउने र चापलुसी गर्ने मात्र गर्छन्। के परमेश्‍वरले त्यस्ता सिद्धान्तहीन झूटा अगुवा र झूटा सेवकहरूलाई मन पराउन सक्‍नुहुन्छ? अवश्य नै सक्‍नुहुन्‍न। के परमेश्‍वरको घरले कमजोरलाई हेप्ने र शक्तिशालीको डर मान्‍ने, र न्यायको कुनै बोध नभएका मानिसहरूलाई अगुवा र सेवक बनाउन जगेर्न गर्न सक्छ? अवश्य नै सक्दैन! यी सबै मानिसहरू कुनै विवेक वा समझ नभएका र सत्यता पटक्‍कै नस्विकार्ने अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्, र परमेश्‍वरको घर तिनीहरूलाई चाहँदैन।

जब झूटा अगुवाहरूको काममा समस्याहरू देखा पर्छन्, तब तिनीहरूको प्रतिक्रिया सधैँ जिम्मेवारीबाट पछि हट्नु नै हुन्छ। तिनीहरूको सबैभन्दा आम भनाइ यस्तो हुन्छ, “मैले तिनीहरूसँग सङ्गति गरेको छु।” यसको तात्पर्य के हो भने, “मैले आफूले बताउनुपर्ने सबै कुरा बताइसकेको छु, त्यसकारण कुनै कुरा गलत भयो भने यो तिनीहरूको जिम्मेवारी हो। यससँग मेरो कुनै सम्बन्ध हुँदैन।” त्यसकारण “मैले तिनीहरूसँग सङ्गति गरेको छु” भन्‍ने वाक्य झूटा अगुवाहरूको मन्त्र र आदर्श वाक्य हुन्छ। यदि झूटा अगुवाले ख्रीष्टविरोधीले नियम आफ्‍नो हातमा लिएको, मनोमानी काम गरेको, र मण्डलीमा बाधा ल्याएको देख्यो भने, उसले सङ्गति र सहयोगको विधि पनि प्रयोग गर्छ। केही अर्ती र चेतावनीका शब्‍दहरू बोलेपछि, तिनीहरूले अब ख्रीष्टविरोधी आज्ञाकारी र समर्पित हुनेछ, र उसले अबदेखि मानिसहरूलाई बहकाउने वा मण्डली जीवनमा बाधा दिने गर्नेछैन भन्‍ने अनुमान गर्छन्। के यो मूर्ख अनुमान होइन र? ख्रीष्टविरोधीहरूका बाधाहरू प्रतिबन्धित गर्न यस्तो मूर्ख शैली प्रयोग गर्नु नै झूटा अगुवाले गर्ने काम हो, र यो साँच्‍चै नै पूर्ण रूपमा मूर्खतापूर्ण कार्य हो! झूटा अगुवाहरूले अन्धाधुन्ध काममा व्यस्त हुनेबाहेक अरू केही गर्दैनन्। तिनीहरू आधारभूत काम गर्न सक्दैनन्, तर सामान्य मामलाहरूमा मात्रै व्यस्त हुन्छन्। तिनीहरूले सत्यता स्विकार्न सक्‍नेहरूलाई मलजल गर्दैनन्, बाधा र व्यवधान ल्याउनेहरूलाई प्रतिबन्धित गर्दैनन्, र बारम्बार चेतावनी दिँदा पनि लापरवाही रूपमा दुष्कर्म गरिरहने र परिवर्तन हुन नमान्‍नेहरूलाई निकाल्दैनन्। तिनीहरूले खासगरी ख्रीष्टविरोधीहरूले कसरी दुष्कर्म गर्छन् र बाधाहरू ल्याउँछन् भन्‍नेबारे कुनै ध्यान दिँदैनन्। तिनीहरूले तिनीहरूलाई न त खुलासा गर्छन् न त खुट्ट्याउने नै गर्छन्, न त तिनीहरूले तिनीहरूलाई सफाइ गरी हटाउने वा निष्कासित गर्ने नै गर्छन्, र यसरी तिनीहरूले ख्रीष्टविरोधीहरूलाई दुष्कर्म गर्न र मण्डलीको काममा बाधा दिन अनुमति दिइरहन्छन्। तिनीहरूले वास्तै गर्दैनन् र ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूसँग आफ्नो कुनै सम्बन्ध छैन भन्‍ने सोच्छन्। झूटा अगुवाहरूले आफ्नो काममा झारा टार्न मात्रै सक्छन्; तिनीहरूले सामान्य मामलाहरूको थोरै काम गर्छन् र त्यसपछि तिनीहरूले वास्तविक काम गरेका छन् र तिनीहरूले अगुवाको रूपमा मापदण्ड पूरा गरेका छन् भन्‍ने सोच्छन्। मण्डलीको काममा जसले बाधा र व्यवधान ल्याए नि तिनीहरूले केही धर्मसिद्धान्तहरू मात्रै सुनाउँछन्, केही अर्ती दिन्छन् र सम्झाइबुझाइ गर्छन्, र समस्या समाधान भएको छ भन्‍ने सोच्छन्। तिनीहरू दिनभरि ठूलासाना दुवै कुराहरूमा व्यस्त हुन्छन्, र आफूले राम्रो काम गरिरहेको भन्ठान्छन्। तिनीहरूले यसो भन्दै घमण्डसमेत गर्छन्, “हाम्रो मण्डलीलाई हेर त। सबैलाई राम्रोसित प्रयोग गरिएको छ: सुसमाचार प्रचार गर्न सक्‍नेहरूले सुसमाचार प्रचार गरिरहेका हुन्छन्, भिडियो बनाउन सक्‍नेहरूले भिडियो बनाइरहेका हुन्छन्, गीत गाउन सक्‍नेहरूले भजन रेकर्ड गरिरहेका हुन्छन्—हाम्रो मण्डली जीवन फस्टाइरहेको छ!” तर तिनीहरूले मण्डलीका धेरै गुप्त समस्याहरू फिटिक्‍कै देख्दैनन्। तिनीहरूले मण्डली जीवनमा निरन्तर बाधा र व्यवधान ल्याउने ती दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई तह लाउने आँट गर्दैनन्, त्यसकारण तिनीहरूले तिनीहरूलाई बेवास्ता गर्छन्। मानिसहरूलाई आफूतिर आकर्षित गरेर आफ्नै साना समूहहरू बनाउने प्रयास गर्दै आफ्नै तरिकाले काम गर्ने ख्रीष्टविरोधीहरूप्रति तिनीहरूले आँखा चिम्लिन्छन्। तिनीहरूले धार्मिकताको लागि भोकाउने र तिर्खाउने नयाँ विश्‍वासीहरूले उठाउने धेरै प्रश्‍नहरू समाधान गर्न सक्दैनन्। यी वास्तविक समस्याहरू समाधान गर्ने उपायहरू खोज्नुको सट्टा, झूटा अगुवाहरू सधैँ यी कुराबाट तर्किन खोज्छन्, र “मण्डली जीवन फस्टाइरहेको छ” भन्‍ने दाबी गर्छन्। के यो नौटङ्की र ठगीमा संलग्‍न हुनु होइन र? झूटा अगुवाहरूले यी अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई नहटाई वा निराकरण नगरी त्यतिकै मण्डलीमा छोड्छन्, र यसरी यी मानिसहरूलाई लापरवाही रूपमा दुष्कर्म गर्न र मण्डली जीवन पूरै भताभुङ्ग पार्न दिन्छन्, र पूरै समय तिनीहरूले केही नदेखेजस्तो नाटक गर्छन्। त्यस्ता झूटा अगुवाहरू अत्यन्तै अन्धा हुन्छन्! तिनीहरूले अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूको लागि सुरक्षा-छाताको काम गर्छन्, र यी भ्रष्टहरूलाई नहटाउनु भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई प्रेम गर्नु र रक्षा गर्नु हो भन्‍ने सोच्दै यसप्रति गर्व पनि गर्छन्। के यो मण्डलीको काममा बाधा र व्यवधान ल्याउनु होइन र? के यो जानीजानी परमेश्‍वरको विरोध गर्नु र उहाँविरुद्ध जानु होइन र? तर झूटा अगुवाहरूलाई यसबारे कुनै सचेतना हुँदैन। यदि तैँले तिनीहरूलाई यी वास्तविक समस्याहरू समाधान भएका छन् कि छैनन् भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मैले तिनीहरूलाई काटछाँट गरेको छु; मैले तिनीहरूसँग सङ्गति गरेको छु,” भनेर भन्छन्, अनि यसरी समस्याहरू समाधान भएका छन् र ऊसँग यी कुराहरूको अब कुनै सम्बन्ध छैन भन्‍ने इङ्गित गरिरहेका हुन्छन्। के यो जिम्मेवारीबाट पछि हट्नु होइन र? जब कसैले दुराचरण गर्छ, तब झूटो अगुवाले त्यस व्यक्तिलाई निराकरण गरेजस्तो गरेको छ र केही कुरा सम्झाएको र अर्ती दिएको छ भने, उसको आफ्नो काम पूरा भएको हुन्छ र उसले समस्या समाधान गरेको जस्तो गर्छ। के यो छलमा संलग्‍न हुनु होइन र? झूटा अगुवाहरूले अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई समयमै सफाइ गर्ने गर्दैनन्, अनि यसो भन्दै कपटी बहाना बनाउँछन्, “मैले तिनीहरूसँग परमेश्‍वरका वचनहरू सङ्गति गरेँ, तिनीहरूले आफूले गरेका सबै कुरा चिनेर अफसोस गरे, र तिनीहरू सबैले नै रुँदै अवश्य पश्‍चात्ताप गर्नेछु र अबदेखि आफ्‍नै स्वतन्त्र राज्य स्थापित गर्ने प्रयास गर्नेछैनौँ भनेर भने।” के झूटा अगुवाहरूले बच्‍चाले खेलेजस्तो आफूलाई धोका दिइरहेका हुँदैनन् र? यी सबै अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण रहने मानिसहरू हुन्। तिनीहरू कसैले पनि सत्यता स्विकार्दै गर्दैनन्, र तिनीहरू परमेश्‍वरको मुक्तिका लक्षित व्यक्तिहरू होइनन्, बरु परमेश्‍वरका घृणा र तिरस्कारका पात्रहरू हुन्। तर झूटा अगुवाहरूले यी अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई दाजुभाइ-दिदीबाहिनीहरूका रूपमा लिन्छन्, र तिनीहरूलाई प्रेमपूर्वक सहयोग गर्छन्। यहाँ, समस्याको प्रकृति के हो? के यो तिनीहरूलाई स्पष्टसित मान्छे चिन्‍न नदिने मूर्खता र अज्ञानता हो? कि तिनीहरूले ती मान्छे चिढिएलान् भनेर तिनीहरूलाई खुसी पार्न खोजिरहेका हुन्? कारण जेसुकै भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र निराकरण गरिँदा तिनीहरूले सत्यता स्विकार्दैनन्, वा आफ्‍नो गल्ती मान्दैनन्। झूटा अगुवाहरूमा कुनै सत्यता वास्तविकता हुँदैन भनेर प्रमाणित गर्न यो नै काफी छ। तिनीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरूअनुसार काम गर्दैनन्, र विशेष गरी मानिसहरूलाई मण्डलीबाट सफाइ गर्ने काममा, तिनीहरूले झारा टार्छन्। तिनीहरूले स्पष्ट रूपमै दुष्कर्मी देखिएका एकदुई जनालाई हटाएर झारा टार्छन्। खुलासा र निराकरणमा पर्दा तिनीहरू जिम्‍मेवारीबाट पन्छिन र आफ्‍नो पक्षमा तर्क गर्नको लागि अनेक कारण र बहाना बनाउँछन्। त्यसकारण, वास्तविक काम नगर्ने झूटो अगुवा परमेश्‍वरको इच्‍छा पूरा गर्न नदिने बाधक ढुङ्गा हो। झूटा अगुवाहरूले सतही, सामान्य काम गर्छन्, जसको कुनै मूल्य हुँदैन। तिनीहरूले मण्डलीमा देखा पर्ने विभिन्‍न समस्याहरू कहिल्यै समाधान गर्दैनन्; तिनीहरू केवल पन्छिन्छन्। यसले गर्दा मण्डलीको कामको सामान्य प्रगतिमा ढिलाइ मात्रै हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि असर पुग्छ। स्पष्ट रूपमै झूटा अगुवाहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, र अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूको सुरक्षाको छाताको रूपमा काम गर्छन्। आत्मिक युद्धको महत्त्वपूर्ण घडीमा, तिनीहरू परमेश्‍वरलाई विरोध र छल गर्न दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको पक्षमा उभिन्छन्। के यो परमेश्‍वरलाई धोका दिनुको प्रकटीकरण होइन र? झूटा अगुवाहरूको दृष्टिकोण र व्यवहारहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू सत्यता खोजी गर्ने मानिसहरू हुँदै होइनन् भन्‍ने कुरा स्पष्ट हुन्छ, तिनीहरूले सत्यता पटक्‍कै बुझेका हुँदैनन्, र तिनीहरू नेतृत्वको काम गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्।

झूटा अगुवाहरूले परमेश्‍वरका वचनहरूअनुसार होइन, बरु आफ्नै रुचिहरूअनुसार मानिसहरूलाई व्यवहार गर्छन्। तिनीहरूले बिनाकुनै सिद्धान्त काम गर्छन्, र जे मन लाग्‍यो त्यही गर्छन्। झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेको देख्दा घृणा गर्दैनन्। तिनीहरू त ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाए, तिनीहरूको बाधा र व्यवधानहरू प्रतिबन्धित भइहाल्छ भन्‍ने विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू दियाबलसहरू हुन्, तिनीहरू शैतानहरू हुन्! ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए नि पटक्‍कै सत्यता स्विकार्दैनन् र तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउन र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा दिन मात्र सक्छन्। तिनीहरू वास्तविक जीवनका दियाबलसहरू र शैतानहरू हुन्। झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका वचनहरूका केही खण्ड पढेर सुनाएपछि तिनीहरूले पछुतो गर्ने र तिनीहरूको विचार बदलिने आशा गर्छन्। के यो अत्यन्तै मूर्खतापूर्ण कुरा होइन र? ख्रीष्टविरोधी मानिसहरूले सत्यता पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले जति धेरै दुष्कर्मुहरू गरे नि आफ्नो बारे मनन गर्ने वा आफूलाई चिन्‍ने गर्दैनन्, र तिनीहरूले जति धेरै गल्ती गरे नि ती गल्तीहरू स्विकार्दैनन्। तिनीहरू नरक जाने दुष्ट मानिसहरू हुन्, तैपनि झूटा अगुवाहरूले परमेश्‍वरका वचनहरूका केही खण्ड पढिसुनाएर अनि केही अर्तीका वचन प्रदान गरेर तिनीहरूलाई परिवर्तन गर्न सकिन्छ भन्‍ने सोच्छन्—के यो मनको लड्डु घिउसँग खानुजस्तै होइन र? यदि भ्रष्ट मानवजातिले यति सजिलै सत्यता स्विकार्न सक्थ्यो भने, परमेश्‍वरले न्याय र सजायको काम नै गर्नुपर्दैनथ्यो। परमेश्‍वरले आफ्नो काममा किन यति धेरै वचनहरू बोल्नुहुन्छ र यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ? किनभने मानिसहरूलाई मुक्ति दिनु सजिलो छैन, र किनभने मानिसहरूका कठिनाइहरू धेरै छन् र तिनीहरूको विद्रोह अत्यन्तै ठूलो छ! सत्यता स्विकार्न सक्‍नेहरूले मात्रै मुक्ति पाउन सक्छन्। सत्यताप्रति वितृष्णा राख्‍ने र घृणा गर्नेहरूले मुक्ति पाउन सक्दैनन्। तैपनि, झूटा अगुवाहरूले यो विश्‍वास गर्छन् कि, यदि तिनीहरूले अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूसँग केही कठोर शब्दहरू बोले भने, ती व्यक्तिहरूले पछुतो गर्नेछन् र आफूलाई चिन्‍नेछन्, र त्यसपछि यदि तिनीहरूले तिनीहरूलाई केही अर्ती र सान्त्वनाका शब्दहरू बताए भने, तिनीहरूले पश्‍चात्ताप गर्नेछन्, र यसरी ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यमा ध्यान दिन, बफादार बन्‍न, र स्वभाव परिवर्तन गर्न सक्‍नेछन्, अनि तिनीहरूले आफूलाई आज्ञाकारी भेडामा परिणत गर्न सक्‍नेछन्। के यो मूर्ख विचार होइन र? यो अत्यन्तै मूर्ख विचार हो! यो त पागलले बरबराउनुजस्तै हो—यो कुरा कसरी यति सरल हुन सक्छ र! परमेश्‍वरले न्यायको काम गर्नुभएको तीस वर्षभन्दा बढी भइसकेको छ, र पनि मानिसहरूले कति नै आत्मज्ञान र रूपान्तरण हासिल गरेका छन् र? थोरै मानिसहरूले मात्रै केही परिणामहरू हासिल गरेका छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले जति धेरै प्रवचन सुने नि बढीमा केही धर्मसिद्धान्त मात्र बुझेका हुन्छन्। तिनीहरूको जीवन स्वभाव पटक्‍कै परिवर्तन भएको हुँदैन, र तिनीहरूमा असल व्यवहार र असल कार्यहरूसमेत बिरलै देखिन्छन्। तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू भातमाराहरू मात्रै हुन्—तिनीहरूले सत्यता पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिनमा मात्रै ध्यान दिन्छन् र तिनीहरूले आशिष्‌हरू मात्रै पछ्याउँछन्; तिनीहरू कपडा लाएका पशुहरूबाहेक अरू केही होइनन्! मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ; तिनीहरू भ्रष्ट स्वभावले भरिएका छन्, र तिनीहरूको हाड र रगत शैतानका विषहरूले भरिएका छन्। यदि तिनीहरूले सत्यता, वा परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्दैनन् भने, तिनीहरू कसरी परमेश्‍वरमा साँचो रूपमा समर्पित हुन सक्छन् र? तिनीहरूले कसरी बफादारितासाथ कर्तव्य निभाउन सक्छन् र? तिनीहरूले कसरी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छन् र? के मुक्ति प्राप्त गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल हुन सक्छ र? शैतानले मानिसहरूलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याएको छ, यहाँसम्म कि तिनीहरू दियाबलस नै बनिसकेका छन्। अहिले परमेश्‍वर तिनीहरूलाई मुक्ति दिन आउनुभएको छ, तर उहाँले जति धेरै वचन बोल्नुभए नि, दियाबलस बनिसकेका मानिसहरूलाई साँचो मानवमा रूपान्तरण गर्नु अत्यन्तै गाह्रो काम हो। यसको लागि परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुपर्ने मात्र नभई, मानिसहरूले पनि सत्यता पछ्याएर, स्विकारेर, अनि अभ्यास गरेर सक्दो सहकार्य गर्नुपर्छ—त्यसपछि मात्रै तिनीहरूले शैतानको प्रभावबाट मुक्त भएर परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्। परमेश्‍वरले एकपटक भन्‍नुभएको छ, “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ।” धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे नि, परमेश्‍वरको न्याय र सजाय साँचो रूपमा अनुभव गर्ने, र उहाँको काममा पूर्ण रूपमा समर्पित हुनेहरू मात्रै शुद्ध र सिद्ध पारिन सक्छन्। अलिकति पनि सत्यता नस्विकार्ने ती अविश्‍वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरू हृदयमा सत्यताप्रति वितृष्ण रहन्छन्; तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनन्, र तिनीहरू परमेश्‍वरको कामद्वारा खुलासा गरिन र हटाइन मात्रै सक्छन्। झूटा अगुवाहरूमा परमेश्‍वरको कामबारे कुनै बुझाइ हुँदैन। तिनीहरूले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामबारे यस्ता सरल शब्दहरूमा सोच्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाइयो र काटछाँटका केही कठोर शब्दहरू बोलियो भने, तिनीहरूले पश्‍चात्ताप गर्नेछन् र तिनीहरू परिवर्तन हुनेछन्, र कर्तव्य निभाउँदा तिनीहरू बफादार हुनेछन् भन्‍ने विश्‍वास गर्छन्। यहाँ समस्या के हो? सत्यता नपछ्याउने र सत्यता नबुझ्‍नेबाहेक, झूटा अगुवाहरूको क्षमता अत्यन्तै कमजोर भएकोले पनि यस्तो हुन्छ; त्यसकारण, परमेश्‍वरको काम र परमेश्‍वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भन्‍नेबारे तिनीहरूमा कुनै बुझाइ हुँदैन। व्यक्तिको सार के हो, उसमा सत्यता वास्तविकता छ कि छैन, र उसलाई कसरी व्यवहार गर्नुपर्छ भनेर हेर्न, उसको क्षमता र सत्यताप्रतिको उसको मनोवृत्तिबारे विचार गर्नु आवश्यक हुन्छ—तैँले सत्यताप्रतिको उसको बुझाइ कस्तो छ र उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्‍ने कुरा अवलोकन गर्नुपर्छ। त्यसकारण, व्यक्तिले सत्यता बुझ्न सक्छ कि सक्दैन भनेर मापन गर्ने आधार के हो? यो मुख्य रूपमा उसको क्षमताको गुणस्तरमा र परमेश्‍वरका वचनहरूबारे उसको बुझाइ शुद्ध छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। कति मानिसहरू पचाससाठी वर्षसम्म जिएका हुन्छन् र पनि तिनीहरूले अझै मानवजातिको भ्रष्टताको सार र वास्तविकता देख्‍न सक्दैनन्। तिनीहरूले अझै पनि मानव समाज सुन्दर छ भन्‍ने कल्पना गर्छन् र तिनीहरू अरूसँग शान्ति र सद्भावमा जिउन चाहन्छन्। के यो अत्यन्तै मूर्ख र निर्बुद्धि कुरो होइन र? यदि परमेश्‍वरमा विश्‍वास गर्दा सबै मानिसहरू असल बन्छन् भने, के मानिसहरूलाई मुक्ति दिनको लागि परमेश्‍वरको न्याय र सजायको काम आवश्यक हुन्थ्यो र? झूटा अगुवाहरूले विभिन्‍न मानिसहरू वास्तवमा कस्ता हुन् भन्‍ने कुरा परमेश्‍वरका वचनहरूअनुसार निर्धारित गर्दैनन्, बरु तिनीहरूको बाहिरी व्यवहार र व्यक्तिगत प्रभावहरूअनुसार मात्रै निर्धारित गर्छन्। तिनीहरूले गर्ने काम पनि अत्यन्तै सतही, र केटाकेटीले भाँडाकुटी खेलेजस्तै हुन्छ। तिनीहरूले सोच्छन् कि कहिलेकहीँ तिनीहरूले निश्‍चित परिस्थितिमा लागू गर्नको लागि परमेश्‍वरका सही वचनहरू भेट्टाउन सक्छन्, र मानिसहरूलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाउँदा मात्रै पनि यसले तिनीहरूलाई परिवर्तन गर्नेछ: “हेर्नुहोस्, मेरो नेतृत्व र अर्तीहरूमा, मेरो प्रेमिलो सहयोगमा, परमेश्‍वरका वचनहरूले मानिसहरूलाई प्रभाव पारेका छन्। तिनीहरू अबदेखि ख्रीष्टविरोधी बन्‍न चाहँदैनन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नेबारे आफ्नो दृष्टिकोण परिवर्तन गर्न तयार छन्। तिनीहरूले अबदेखि शक्ति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्नेछैनन्, न त तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापना नै गर्नेछन्; तिनीहरूले अबदेखि मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेछैनन्, र अबदेखि दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउमा पार्ने वा आफूतिर तान्‍नेछैनन्!” के तैँले तिनीहरूलाई प्रतिबन्धित गर्न सक्छस्? बाधा र व्यवधानहरू ल्याउने कट्टर दुष्ट मानिसहरूलाई तैँले कहिल्यै प्रतिबन्धित गर्न सक्दैनस्। तिनीहरूमा दुष्ट मानिसहरूको सार हुने हुनाले, तिनीहरूले दिन वा रात कुनै पनि बेला दुष्कर्महरू गर्छन्; मौका मिल्नेबित्तिकै तिनीहरूले दुष्कर्म गर्छन्। के तैँले तिनीहरूलाई मण्डलीबाट नहटाउनु ठीक हुन्छ त? के तिनीहरूले स्वेच्छाले आफ्ना दुष्कर्महरू रोक्नेछन् र? तिनीहरू मानवहरू होइनन्; तिनीहरू दियाबलस र शैतानहरू हुन्! दियाबलस शैतानले कति वर्षदेखि परमेश्‍वरको प्रतिरोध गर्दैआएको छ? यसले आज पनि परमेश्‍वरको प्रतिरोध गर्छ। परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने ख्रीष्टविरोधीहरू र हरकिसिमका दुष्ट मानिसहरू वास्तविक जीवनका दियाबलस र शैतानहरू हुन्; तिनीहरू वास्तविक जीवनका शत्रुहरू हुन्। के तैँले बोलेका केही शब्दहरूको कारण वा तेरो प्रेमिलो हृदयको कारण तिनीहरूले आफ्नो सार परिवर्तन गर्न सक्छन्? तँ कति मूर्ख छस्! के तँलाई तैँले थोरै धर्मसिद्धान्त बुझेकोले मानिसहरूलाई पापबाट मुक्ति दिन सक्छस् भन्‍ने लाग्छ? के तैँले तिनीहरूलाई मुक्ति दिन सक्छस्? तिनीहरूको नियति त नरक जाने हो, तर तँ केही राम्रा शब्दहरूले तिनीहरूलाई परिवर्तन गर्न सक्छु भन्‍ने सोच्छस्। के यो कुरा त्यति सजिलो छ? यदि मानिसहरूलाई मुक्ति दिन यति सजिलो भएको भए, परमेश्‍वरले यति धेरै शब्दहरू बोल्नु वा न्याय र सजायको काम गर्नु नै पर्दैनथ्यो। के उहाँले मानिसहरूलाई मुक्ति दिन यति धेरै समय र श्रम खर्चनुपर्थ्यो र?

अहिले, मण्डलीमा विभिन्‍न मानिसहरूलाई पहिले नै आआफ्नो प्रकारअनुसार खुलासा र वर्गीकरण गरिएको छ। हरेक व्यक्तिलाई आआफ्नो प्रकारअनुसार वर्गीकरण गरिनुपर्छ, र परमेश्‍वरको घरमा फरकफरक प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्ने र तह लगाउने भन्‍नेबारे यसका सिद्धान्त र प्रशासनिक आदेशहरू छन्। परमेश्‍वरसँग धैर्यता र सहनशीलता, कृपा र प्रेमिलोदयालुपन, र धर्मी स्वभाव छ—तर यो पनि नबिर्सनू कि परमेश्‍वरसँग क्रोध र प्रताप पनि छ। कति मानिसहरू भन्छन्, “परमेश्‍वरले हरेक व्यक्तिले मुक्ति पाएको चाहनुहुन्छ र कसैले पनि विनाश भोगेको चाहनुहुन्‍न।” यो साँचो हो, तर परमेश्‍वरले “हरेक व्यक्ति” मुक्ति पाओस् भन्‍ने चाहनुहुन्छ, हरेक चीज वा हरेक दियाबलसले होइन। जब मानिसहरूले अनन्त विनाश भोग्छन्, तब परमेश्‍वरले दुःख र व्याकुलता महसुस गर्नुहुन्छ। जब दियाबलसहरूले अनन्त विनाश भोग्छन्, तब यो तिनीहरूको लागि उचित अन्त्य र पाउनुपर्ने दण्ड हुन्छ; परमेश्‍वरले तिनीहरूको लागि शोक गर्नुहुन्‍न। मानिसहरूलाई व्यवहार गर्ने परमेश्‍वरको स्वभाव र सिद्धान्त यही हो। मानिसहरू सधैँ ती अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू पनि मानव हुन् भन्‍ने सोच्दै परमेश्‍वरको खण्डन गर्न चाहन्छन्। तिनीहरूलाई विश्‍वास हुन्छ कि, मण्डलीको काममा निरन्तर बाधा र व्यवधान ल्याउनेहरू पनि मानिसहरू नै हुन्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने र स्वतन्त्र राज्यहरू स्थापना गर्नेहरू पनि मानिसहरू नै हुन्, र निरन्तर यौन छाडापनमा संलग्‍न हुनेहरू पनि मानिसहरू नै हुन्। तिनीहरूले यी सबै दियाबलस प्रकारका मानिसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूमध्येमा सूचीबद्ध गर्छन्। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्‍वरले जे चाहनुहुन्छ त्योविरुद्ध हुँदैन र? मामलाहरूप्रतिको तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरू र सत्यतासँग पूर्ण रूपमा बाझिने हुनाले, विभिन्‍न नकारात्मक व्यक्तित्वहरू, दियाबलसहरू, र शैतानहरूबारे रहेको तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरूको भन्दा पूर्णविपरीत, र अचाक्ली फरक हुन्छ। परमेश्‍वरले शैतानलाई पछ्याउने दियाबलसहरूलाई कहिल्यै मानवको रूपमा व्यवहार गर्नुभएको छैन। परमेश्‍वरले ती मानिसहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? तिनीहरू दियाबलस शैतानका नोकरहरू हुन्; तिनीहरू पशुहरू हुन्। झूटा अगुवाहरूले आफ्ना असल अभिप्रायहरू र भ्रमित प्रेमको आधारमा, र आफ्नै कल्पनाको आवेगमा, यी अविश्‍वासी, दियाबलस, र शैतानका नोकरहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा लिन्छन्। त्यसकारण, तिनीहरूले तिनीहरूलाई ठूलो प्रेम र दया देखाउँछन्, र तिनीहरूलाई निरन्तर सहयोग र साथ दिन्छन्। परिणामस्वरूप, झूटा अगुवाहरूले ती मानिसहरूलाई साथ, सहयोग, र नेतृत्व प्रदान गर्ने हुनाले, परमेश्‍वरले मुक्ति दिन चाहनुहुने साँचो दाजुभाइ-दिदीबहिनीहरूलाई गम्भीर रूपमा बाधा पुग्छ; मण्डली जीवन कहिल्यै पनि सही मार्गमा प्रवेश गर्न सक्दैन, र दुष्ट मानिसहरूको कुनै बाधाविना दाजुभाइ-दिदीबहिनीहरूले कहिल्यै पनि सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान-पिउन र सत्यता सङ्गति गर्न सक्दैनन्। के यो झूटा अगुवाहरूको “उपलब्धि” होइन र? तिनीहरूको “उपलब्धि” निकै महत्त्वपूर्ण छ: तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्न नसक्‍ने मात्र नभई, बरु उल्टै ती दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई अनुचित आदर र सुरक्षा पनि दिन्छन्। के यो मण्डलीको काममा बाधा दिनु होइन र? झूटा अगुवाहरूले यसो गर्नुको प्रकृति भनेको बाधा दिनु हो, तैपनि तिनीहरूले मण्डलीको काम परिपालन गरिरहेको र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सहयोग र साथ दिइरहेको छु भन्‍ने सोच्छन्। परमेश्‍वरले झूटा अगुवाहरूका यी कार्यहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तिनलाई घृणा गर्नुहुन्छ, विशेष रूपमा घृणा गर्नुहुन्छ! झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, बरु दुष्ट मानिसहरूको रक्षा गर्नमा ध्यान दिन्छन्, र शैतानका नोकरहरूको रूपमा काम गर्छन्। यसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूले—सत्यतालाई प्रेम गर्ने मानिसहरूले—मण्डली जीवन जिइरहँदा पनि मण्डलीको साथ र भरणपोषण प्राप्त गर्न सक्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निभाउन त चाहन्छन्, तर तिनीहरूको सुरक्षाको कुनै ग्यारेन्टी हुन सक्दैन। झूटा अगुवाहरूलाई यी कुराहरू केही थाहा हुँदैन र तिनीहरू सोच्छन्, “म सबैलाई समान रूपमा व्यवहार गर्छु, तैपनि तिमीहरू किन गुनासो गरिरहेका छौ? तिमीहरूलाई सन्तुष्ट पार्न मैले के गर्नुपर्ने हो? मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु भनेको यही हो। तिमीहरूले नाटीकुटी मात्रै गरिरहेका छौ र तिमीहरूलाई खुशी पार्न गाह्रो भइरहेको छ! जे भए नि, मैले परमेश्‍वरलाई लेखा दिनुपर्छ; मैले सबै कुरा परमेश्‍वरअघि गरिरहेको छु!” के तिनीहरूले यस्तो कुरा बोल्न सक्‍नु भनेको तिनीहरू समझ नछिर्ने भएकाले होइन र? के तिनीहरू चरम रूपमा मूर्ख हुँदैनन् र? तिनीहरू साँच्‍चै नै समझ नछिर्ने र चरम रूपमा मूर्ख हुन्छन्। परमेश्‍वरको घरले हरदिन परमेश्‍वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्‍ने कुरा गर्छ, तर झूटा अगुवाहरूले परमेश्‍वरका वचनहरू कहिल्यै बुझ्दैनन्। तिनीहरूले सोच्छन्, व्यक्ति जोसुकै भए नि, उसको सार जस्तो भए नि, उसले गरेका कुराहरू जति नै दुष्ट भए नि, र उसको मानवता जति नै दुर्भावपूर्ण भए नि, परमेश्‍वरका वचनहरूको अगुवाइमा र मानिसहरूको प्रेमपूर्ण सहयोगमा, उसले अन्ततः पश्‍चात्ताप गर्नेछ र ऊ फर्केर आउनेछ। के यो दृष्टिकोण पूर्ण रूपमा गलत छैन र? (छ।) परमेश्‍वरका वचनहरूलाई गम्भीर रूपमा गलत बुझ्‍नेबाहेक, झूटा अगुवाहरूले परमेश्‍वरका अभिप्रायहरू बुझेको नाटक पनि गर्छन् र एकतर्फी रूपमा सोच्दै र आफ्नै स्वार्थी इच्छाहरूअनुसार काम गर्दै, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई दया र प्रेम देखाउँछन्। अनि परिणाम के हुन्छ? तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको ढाल बन्छन्, तिनीहरूका मतियार बन्छन्, र तिनीहरूलाई मण्डलीको काम र मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने अवसर र स्थान प्रदान गर्छन्। तर यसबीच, साँच्‍चै नै सुरक्षाको खाँचोमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई झूटा अगुवाहरूले बेवास्ता गर्छन्, र उनीहरूलाई कहिल्यै पनि यसरी सोध्दैनन्, “मण्डलीमा यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू, र नकारात्मकता पोखाउने र धारणाहरू फैलाउनेहरू हुँदा, तपाईंहरूलाई कस्तो लाग्छ? के तपाईंहरू तिनीहरूलाई मण्डलीमा राखिराख्‍न सहमत हुनुहुन्छ? के तपाईंहरू तिनीहरूसँग आफ्नो कर्तव्य निभाउन र मण्डली जीवन जिउन तयार हुनुहुन्छ?” तिनीहरूले यीमध्ये कुनै पनि कुराबारे दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो लाग्छ भनेर कहिल्यै सोध्दैनन्। तिमीहरूलाई के लाग्छ—के त्यस्ता अगुवा र सेवकहरू निकै घृणित हुँदैनन् र? तिनीहरूले अगुवा र सेवक बन्‍ने नाममा काम गर्छन्, र त्यस्ता पदहरू धारण गर्छन्, तर तिनीहरूले वास्तवमा शैतान र शैतानका नोकरहरूको रक्षा गर्ने काम गरिरहेका हुन्छन्। यो साँच्‍चै नै दुःखको कुरा हो! यदि तैँले त्यस्ता अगुवा र सेवकहरूको क्षमता कमजोर छ र तिनीहरूले वास्तविक काम गर्दैनन् भनेर भनिस् भने, तिनीहरू विश्‍वस्त नहुन सक्छन्। तिनीहरूले आफूलाई अन्याय गरिएको महसुस गर्नेछन्, र सोच्नेछन्—आफू हरदिन व्यस्त छु र त्यतिकै बसिरहेको छैनँ र पनि कसरी वास्तविक काम गरेको छैन भनेको हो? तिनीहरूका प्रकटीकरणहरू—अर्थात्, मानिसहरूका दुवै समूह महत्त्वपूर्ण छन् भन्‍ने महसुस गर्नु, दुवै समूहलाई समान रूपमा व्यवहार गरिनुपर्छ भन्‍ने सोच्नु, दुष्ट मानिसहरू र बाधा र व्यवधान ल्याउनेहरूलाई मण्डलीमा प्रभुत्व जमाउन, र मण्डलीमा विभिन्‍न दुष्कर्महरू गर्न दिन निष्पक्ष व्यवहारको बहाना प्रयोग गर्नु—यी कुराको आधारमा ती अगुवा र सेवकहरू के हुन्? तिनीहरूको प्रकटीकरणको आधारमा, तिनीहरूको काम गर्ने तरिका र सिद्धान्तहरू, र काम गर्नुपछाडिको मनसायको आधारमा हेर्दा, तिनीहरू पक्कै पनि झूटा अगुवा र मूर्खहरू हुन्। के यसो भन्‍नु सही हुन्छ? (हुन्छ।)

समाजमा, मानिसहरू जुनसुकै समूह वा वर्गका भए नि, तिनीहरूले दुष्ट मानिसहरू र असल मानिसहरूबीच भिन्‍नता छुट्ट्याउँदैनन्, झन् शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याउँछ वा भ्रष्ट मानवजातिको सार के हो भनेर तिनीहरूले छलफल गर्नु त धेरै परको कुरा हो; तिनीहरूले असल र दुष्टबीचको भिन्‍नतासमेत छुट्ट्याउँदैनन्। तर परमेश्‍वरको घरमा, सबै कुरा परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्; सत्यता कहिल्यै परिवर्तन हुँदैन, र परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्छन्। मण्डलीमा, परमेश्‍वरका वचनहरूले हरप्रकारका मानिसहरूलाई खुलासा गर्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमै आआफ्नो प्रकारअनुसारको समूहमा राखिन्छ। हरप्रकारका मानिसहरूलाई तिनीहरूको मानवता, पछ्याइ, र सारको आधारमा सबैभन्दा राम्रो तरिकाले प्रयोग गरिनुपर्छ। के यो मानिसहरूलाई दर्जाअनुसार छुट्ट्याउनु हो त? यो मानिसहरूलाई दर्जाअनुसार छुट्ट्याउनु होइन, बरु तिनीहरूलाई वर्गीकरण गर्नु हो। हरेक व्यक्तिलाई उसको प्रकारअनुसारको समूहमा राखिनुपर्छ—तिनीहरूलाई आआफ्‍नो ठाउँमा राखिनुपर्छ। सँगै मिसाउनु स्वीकार्य हुँदैन; मिसाउने भनेको अस्थायी कुरा हो र यसको अवधि निश्‍चित हुन्छ। उदाहरणको लागि, जब सामा र गहुँ मिसिएको हुन्छ, तब यदि सामा उखेल्दा यसले गहुँलाई असर गर्छ र गहुँ मर्छ भने, सामा तत्कालै उखेलिनु हुँदैन। तर तिनलाई नउखेल्नुको अर्थ तिनलाई वर्गीकरण गरिएको छैन भन्‍ने हुँदैन—त्यसोभए तिनलाई कहिले उखेल्‍नुपर्छ त? सही समयमा; परमेश्‍वरले समय तयार गर्नुहुनेछ। अहिले हरेकलाई आफ्नो प्रकारअनुसार समूहमा राख्‍ने समय आएको छ; सबै प्रकारका मानिसहरूलाई वर्गीकरण गरिनुपर्छ। यो जरुरी कुरा हो। किन यो काम गरिनैपर्छ? सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरका वचनहरूको आधार छ; वास्तविक परिस्थितिको दृष्टिकोणबाट हेर्दा, यो काम गर्नु जरुरी हुन्छ—यसको व्यावहारिक मूल्य छ, र त्यसो गर्नु अत्यावश्यक हुन्छ। जब सामा उखेल्दा यसले गहुँलाई असर गर्दैन, तब सामा उखेल्‍नैपर्छ र यसलाई गहुँबाट अलग गर्नैपर्छ। यदि अविश्‍वासी र दुष्ट मानिसहरूलाई—अर्थात् सामाजस्तै मानिसहरूलाई—दाजुभाइ-दिदीबहिनीहरूजस्तै व्यवहार गरिन्छ भने, परमेश्‍वरको लागि इमानदारितासाथ आफूलाई अर्पित गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरूको लागि यो अत्यन्तै अनुचित हुन्छ। एक हिसाबमा, यी मानिसहरूलाई प्रायजसो मण्डलीको काममा बाधा र व्यवधान ल्याउने दुष्ट मानिसहरूले बाधा, प्रभाव, र हानि पुर्‍याउँछन्। अर्को हिसाबमा, सानो कदका कति मानिसहरूले सत्यता बुझ्दैनन्, र तिनीहरू बाधा र व्यवधान ल्याउने दुष्ट मानिसहरूको सम्पर्कमा आउँदा बन्धनमा पर्छन्, नकारात्मक र कमजोर बन्छन्, वा ठक्करसमेत खान्छन्। अझ भन्‍ने हो भने, बाधा र व्यवधान ल्याउनेहरूले गर्ने हरेक कुरा र तिनीहरूले बोल्ने हरेक शब्दले अराजकता, बरबादी र उच्छृङ्खल परिस्थितिहरू ल्याउँछन्। सबैभन्दा वास्तविक परिस्थिति के हुन्छ भने, जब तिनीहरूले कर्तव्य निर्वाह गर्छन् वा कुनै काम गर्छन्, तब तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन् र सिद्धान्तहरू पालना गर्दैनन्, र त्यसले गर्दा तिनीहरूले कुनै परिणाम हासिल नगरी प्रशस्त जनशक्ति, भौतिक स्रोतसाधन, र आर्थिक स्रोतसाधन खेर फाल्छन्। अन्त्यमा, के हुन्छ? जब तिनीहरूलाई बर्खास्त गरिन्छ, तब सबैले तिनीहरूको दुष्कर्मको लागि मूल्य चुकाउनुपर्छ। काम पुनः दोहोर्‍याएर गरिनुपर्छ, र ती व्यक्तिहरू बर्खास्त हुनुभन्दा पहिले लगाइएको जनशक्ति, भौतिक स्रोतसाधन, समय, र सबैले खर्चेको सबैभन्दा बहुमूल्य ऊर्जा तिनीहरूको लापरवाह दुष्कर्मको कारण खेर गएको हुन्छ र यसको शोधभर्ना हुन सक्दैन। तिनीहरूले यो काममा ल्याएको नकारात्मक प्रभाव अत्यन्तै ठूलो हुन्छ! कसैले पनि यो जिम्मेवारी लिन सक्दैन। पछि काम राम्ररी नै गरिए पनि, पहिलेको घाटाको पूर्ति कसैले गर्न सक्दैन। कति मानिसहरू त तिनीहरूलाई पैसा तिराउनुपर्छ भन्छन्; यो पनि गर्नुपर्छ, तर के पैसाले समय किन्‍न सक्छ? के पैसाले दाजुभाइ-दिदीबहिनीहरूको समय र ऊर्जा किन्‍न सक्छ, वा तिनीहरूले चुकाएको इमानदार मूल्य किन्‍न सक्छ? अहँ, सक्दैन—ती अमूल्य छन्! मण्डलीमा जति नै मानिसहरूले बाधा र व्यवधानहरू ल्याए नि त्यसका परिणामहरू अतुलनीय हुन्छन्। कैयौँ दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा असर हुन्छ। घाटा ठूलो हुन्छ र यसको पूर्ति गर्न सकिँदैन। के दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा भएको यो घाटा पूर्ति गर्न सकिन्छ र? यो घाटाको लागि कसले मूल्य चुकाउँछ? त्यसकारण, यी दुष्ट मानिसहरूलाई हटाइनैपर्छ। तिनीहरू सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीजस्ता हुँदैनन्। तिनीहरू दियाबलसहरू र शैतानहरूको समूहमा पर्छन्, र तिनीहरू बाधा दिन र विनाश गर्न परमेश्‍वरको घर आउँछन्। यदि यी दुष्ट मानिसहरूलाई मण्डलीबाट हटाइएन भने, मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्था कहिल्यै सुनिश्‍चित हुँदैन। कुनै निश्‍चित समूहमा जति नै धेरै मानिसहरू भए नि, जबसम्‍म तिनीहरूमध्येको एउटै व्यक्तिले मात्र पनि बाधा र व्यवधान ल्याइरहेको हुन्छ—जबसम्‍म लापरवाही रूपमा दुष्कर्म गर्ने, सिद्धान्तहरूअनुसार मामलाहरू कहिल्यै नसम्हाल्ने, सकारात्मक कुराहरू वा सत्यता कहिल्यै नस्विकार्ने, कसैको कुरा नसुन्‍ने, आफूसँग कुनै हैसियत वा शक्ति भए नि नभए नि स्वेच्छाचारी रूपमा काम गर्ने, र सारगत रूपमा जीवित शैतानको रूपमा जिउने व्यक्ति हुन्छ—जबसम्‍म त्यस्तो व्यक्ति मण्डलीमा हुन्छ, तबसम्‍म उसले ढिलोचाँडो मण्डलीको काममा ठूलो व्यवधान र विनाश ल्याउने नै छ। जब तिनीहरूलाई हटाउने र तह लगाउने दिन आउँछ, तब कति मानिसहरूले तिनीहरूले पैदा गरेका दुष्ट परिणामहरू र अराजक स्थितिहरू सफाइ गर्नुपर्छ! त्यसकारण, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई हटाउने वा निष्कासन गर्ने काम अगुवा र सेवकहरूले लिनुपर्ने महत्त्वपूर्ण काम हो र यसमा तिनीहरू लापरवाह हुनु हुँदैन। तैपनि, झूटा अगुवाहरूले हटाइनुपर्ने वा बहिष्कार गरिनुपर्ने मानिसहरूप्रति दया र प्रेम देखाउँछन्, तिनीहरूका दुष्कर्मप्रति आँखा चिम्लिन्छन्, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा सहन्छन् र स्विकार्छन्, र तिनीहरूको लागि उपयोगी हुनेहरूलाई प्रतिभाशाली मानिसहरूसमेत भन्ठान्छन् र तिनीहरूलाई जगेर्ना गरी प्रयोग गर्छन्। तिनीहरूले जेजस्ता खराब कुराहरू गरे नि, झूटा अगुवाहरूले तिनीहरूलाई दोषमुक्त गर्न बहानाहरू खोज्छन्, र तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथसमेत दिन्छन्। केही हदसम्‍म, के यो जानीजानी बाधा दिनु होइन र? (हो।) झूटा अगुवाहरूले आफ्नै विचार र आफ्नै दया र जोशअनुसार काम गर्छन्, जसले गर्दा अन्त्यमा मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूको लागि ठूलो समस्या पैदा हुन्छ! यदि यी दुष्ट मानिसहरूले शक्ति हातमा लिए भने, तिनीहरूले मण्डलीमा ल्याउने विपत्ति र परिणामहरू अकल्पनीय हुन्छन्।

अहिले परमेश्‍वरको घरमा एउटा नियम छ, अर्थात् जसले दुष्कर्म गरे नि, यदि यसले परमेश्‍वरको घरमा घाटा ल्याउँछ भने, उसले क्षतिपूर्ति गर्नुपर्छ। यदि घाटा अत्यन्तै ठूलो छ र परिणामहरू गम्भीर छन् भने, के पैसाले क्षतिपूर्ति गरेर मात्रै समस्या समाधान गर्न सकिन्छ? कति घाटाहरू जुनसुकै रकमको हर्जानाले पनि पूर्ति गर्न सकिँदैन; ती अपूरणीय र अपुनर्प्राप्य हुन्छन्। अहिले हरेक दिन अत्यन्तै बहुमूल्य र महत्त्वपूर्ण छ। के एकपटक दिन बितिसकेपछि त्यो समय फिर्ता पाउन सकिन्छ? त्यो पनि पुनर्प्राप्त गर्न नसकिने हुन्छ। केही निश्‍चित कुराहरू गुमाउनु भनेको जीवनभरिको पछुतो हो भनेर हामी किन भन्छौं? ठ्याक्‍कै किन हो भने, समयलाई कहिल्यै पनि फेरि प्राप्त गर्न सकिँदैन। मैले यसो भन्‍नुको अर्थ के हो? समस्याहरू देखा परेपछि तिनलाई समाधान गर्न पैसा खर्च गर्नुको सट्टा, ती समस्याहरू देखा पर्नुभन्दा पहिले नै तिनलाई रोक्‍नु राम्रो हुन्छ; समस्याहरू समाधान गर्ने सबैभन्दा राम्रो तरिका यही हो। “रोगले च्यापेपछि ओखती गर्नु” त अन्तिम उपाय मात्र हो। समस्या आउनुभन्दा पहिले नै रोकथाम गर्नु सबैभन्दा राम्रो हुन्छ। यसको अर्थ कुनै पनि बाधा वा व्यवधानहरू देखा पर्नुभन्दा पहिले, अगुवा र सेवकहरूसँग मण्डलीका विभिन्‍न प्रकारका मानिसहरूप्रति स्पष्ट समझ र राम्रो बुझाइ हुनुपर्छ, र सबै दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्ने सामान्य मण्डली जीवन र वातावरण हुने कुरा सुनिश्‍चित गर्नको लागि तिनीहरूले विभिन्‍न प्रकारका मानिसहरूको स्थिति, स्वभाव, र पछ्याइ, साथै तिनीहरूको मनोवृत्ति र दृष्टिकोणहरू ध्यान दिएर अवलोकन गर्नुपर्छ र तुरुन्तै बुझ्नुपर्छ। यसरी, मण्डलीको काम व्यवस्थित रूपमा अघि बढ्न सक्छ। यी अगुवा र सेवकहरूका जिम्मेवारीहरू हुन्। अवश्य नै, झूटा अगुवाहरू यो काम गर्न सक्‍ने अवस्थामा हुँदैनन्; तिनीहरू मूर्ख र काम नलाग्‍ने मानिसहरू हुन्। अहिले तिनीहरूसँग एउटा चलाख विचार छ: “सिद्धान्तहरू नपछ्याउने र काममा बाधा दिने जोकोहीलाई जरिबाना तिराइनेछ! यदि ख्रीष्टविरोधीले कुनै गलत काम गर्‍यो भने, उसलाई जरिबाना तिराइनेछ!” तिनीहरूले जरिबाना तिराउनु नै सबैभन्दा राम्रो समाधान र सबैभन्दा राम्रो अभ्यास सिद्धान्त हो भन्‍ने सोच्छन्। यदि सबै समस्याहरू जरिबाना तिराएर समाधान गर्न सकिन्थ्यो भने, सत्यता पछ्याउनुको के फाइदा हुन्छ? झूटो अगुवालाई किन झूटो भनिन्छ? किनभने तिनीहरूले सत्यता बुझेका हुँदैनन्, र तिनीहरूले नियमहरू पालना गर्नुलाई सत्यता अभ्यास गर्नुको रूपमा लिन्छन् र आफूले बुझेका शब्द र धर्मसिद्धान्तहरूलाई सत्यताको रूपमा लिन्छन्, र जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले सही सिद्धान्त वा दिशा भेट्टाउन सक्दैनन् र समस्याहरूलाई जडबाटै समाधान गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू बुझेका हुँदैनन् र परमेश्‍वरले के भन्‍न चाहनुभएको हो भन्‍ने कुरा पटक्‍कै बुझ्न सक्दैनन्, तर पनि तिनीहरू काम गर्न र अगुवा वा सेवक बन्‍न चाहन्छन्—कस्तो मूर्खता! यस सन्दर्भमा, झूटा अगुवाको मुख्य प्रकटीकरण के हो? तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न प्रकारका मानिसहरूको सार देख्‍न सक्दैनन्, तिनीहरूलाई वर्गीकरण गर्न सक्दैनन्, र अवश्य नै सिद्धान्तहरूअनुसार तिनीहरूलाई व्यवहार गर्न र सम्हाल्न पनि सक्दैनन्। झूटा अगुवाको मनमा, यी सबै अन्योलपूर्ण कुराहरू हुन्। तिनीहरूले आफ्नो जोश र आफ्नै धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरका वचनहरू र उहाँको तात्पर्य के हो भन्‍नेबारे अनुमान गर्छन्। यसको साथै, तिनीहरूले यी कुराहरू सत्यताअनुरूप छन्, परमेश्‍वरका अभिप्रायहरूअनुरूप छन्, र यी कुराले परमेश्‍वरले चाहनुहुने कुराहरू प्रतिनिधित्व गर्न सक्छन् भन्‍ने विश्‍वास गर्दै परमेश्‍वरमा आफ्नो दया, जोश, र व्यक्तिगत कल्पना र धारणाहरू लागू गर्छन्। त्यसकारण, तिनीहरूले काम गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवाइ गर्न यी कुराहरूमा भरोसा गर्छन्। झूटो अगुवाको मुख्य प्रकटीकरण यही हो। हामी झूटा अगुवाहरूको दोस्रो प्रकटीकरणबारेको हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौँ।

३. झूटा अगुवाहरूले दुष्ट मानिसहरूलाई खुलासा गर्ने र रोक्‍ने गर्दैनन्

यसपछि, हामी झूटा अगुवाहरूको तेस्रो प्रकटीकरणबारे सङ्गति गर्नेछौँ, जुन मण्डलीको काममा बाधा र व्यवधान ल्याउने मानिसहरूलाई बेवास्ता गर्नु र तिनीहरूबारे सोधपुछ नगर्नु हो—दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भन्‍ने पत्ता लागे नि यसमा ध्यान नदिनु हो। प्रकृतिको हिसाबमा यो पहिलो दुई प्रकटीकरणभन्दा पनि अझै गम्भीर छ। यो किन अझै गम्भीर छ भनेर भनिएको हो? पहिलो दुई प्रकटीकरणहरूमा झूटा अगुवाहरूको क्षमता संलग्‍न छ, तर यो प्रकटीकरणमा झूटा अगुवाहरूको मानवता संलग्‍न छ। कति झूटा अगुवाहरूको क्षमता यति कमजोर हुन्छ कि तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने कार्यको प्रकृति देख्‍नै सक्दैनन्। कति झूटा अगुवाहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने समस्याहरू पत्ता लगाउन सक्छन्, तर दुःखको कुरा तिनीहरूले सत्यता बुझ्दैनन् र यी समस्याहरू सम्हाल्न र समाधान गर्न सक्दैनन्। तिनीहरूले सधैँ आफ्नै विचार र जोशअनुसार काम गर्छन्, र आफूलाई मन लागेको कुरा गर्छन्, र हृदयमा यस्तो सोच्छन्, “मैले मण्डलीको काम गरिरहेको छु भने, त्यो ठीकै हुन्छ; जसले बाधा र व्यवधान दिन्छ, त्यो उसको व्यक्तिगत मामला हो र त्यससँग मेरो कुनै सम्बन्ध हुँदैन।” अलिअलि क्षमता भएका र अलिअलि काम गर्न सक्‍ने, र हरप्रकारको व्यक्ति सम्हाल्ने सिद्धान्तहरूबारे अलिअलि थाहा भएका केही झूटा अगुवाहरू पनि छन्। तर तिनीहरूलाई पनि मानिसहरूलाई चिढ्याउँछु भन्‍ने डर हुन्छ, त्यसकारण तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले बाधा र व्यवधानहरू ल्याइरहेका छन् भन्‍ने पत्ता लगाउँदा, तिनीहरूलाई खुलासा गर्ने, रोक्ने, वा प्रतिबन्धित गर्ने आँट गर्दैनन्। तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्, र तिनीहरूसँग कुनै सम्बन्ध छैन भनेर तिनीहरूलाई लाग्‍ने कुराहरूप्रति तिनीहरूले आँखा चिम्लिदिन्छन्। मण्डलीको कामका परिणामहरू कस्ता हुँदै छन्, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति असर पर्छ भन्‍ने कुरा तिनीहरूले पटक्‍कै वास्ता गर्दैनन्; तिनीहरूलाई त्यस्ता कुराहरूसँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ। त्यसकारण, त्यस्ता झूटा अगुवाको कार्यकालमा, मण्डली जीवनको सामान्य सुव्यवस्था कायम रहँदैन, र परमेश्‍वरका चुनिएका मानिसहरूको कर्तव्य र जीवनप्रवेश रक्षा हुँदैन। यो समस्याको प्रकृति के हो? यी झूटा अगुवाहरूको क्षमता कमजोर भएर तिनीहरूले काम गर्न सक्दैनन् भन्‍ने होइन; बरु तिनीहरूको मानवता कमजोर भएकोले, र तिनीहरूमा विवेक र समझको कमी भएकोले, तिनीहरूले वास्तविक काम नगरेका हुन्। झूटा अगुवाहरू कुन हिसाबमा झूटा हुन्छन्? तिनीहरूमा मानवताको विवेक र समझको कमी हुन्छ; त्यसकारण, तिनीहरूले अगुवाको रूपमा काम गर्ने अवधिमा, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने समस्या पटक्‍कै समाधान हुँदैन। कति दाजुभाइ-दिदीबहिनीहरूलाई त ठूलै हानि हुन्छ, र मण्डलीको काममा पनि ठूलै घाटा हुन्छ। जब यस्तो झूटो अगुवाले समस्या देख्छ, जब उसले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीले बाधा वा व्यवधान ल्याएको देख्छ, तब उसलाई आफ्‍नो जिम्मेवारी के हो, उसले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्‍ने थाहा हुन्छ, तैपनि उसले केही गर्दैन, र उसले थाहा नपाएजस्तो नाटकसमेत गर्छ, र यसलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र आफ्ना वरिष्ठहरूलाई यसबारे रिपोर्ट गर्दैन। तिनीहरूले आफूलाई केही थाहा छैन र आफूले केही देखेको छैन भन्‍ने नाटक गर्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीको काममा बाधा र व्यवधान ल्याउन दिन्छन्। के तिनीहरूको मानवतामा समस्या हुँदैन र? के तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूकै वर्गका मानिसहरू होइनन् र? तिनीहरूको नेतृत्वको सिद्धान्त के हो? “म कुनै बाधा वा व्यवधान पैदा गर्दिनँ, तर म अरूलाई चिढ्याउने वा अरूको इज्‍जतमा चोट पुर्‍याउने पनि केही गर्दिनँ। मलाई झूटा अगुवा भन, तर पनि म अरूलाई चिढ्याउने केही गर्दिनँ। मैले आफ्‍नो लागि उम्कने बाटो राख्‍नुपर्छ।” यो कस्तो तर्क हो? यो शैतानको तर्क हो। अनि यो कस्तो प्रकारको स्वभाव हो? के यो अत्यन्तै धूर्त र छलपूर्ण छैन र? यस्ता व्यक्तिहरूले परमेश्‍वरको आज्ञालाई अलिकति पनि इमानदारिताको साथ लिँदैनन्; तिनीहरू आफ्‍नो कर्तव्य निर्वाह गर्दा सधैँ कपटी र धूर्त हुन्छन्, कैयौँ घृणास्पद हिसाबकिताब गर्छन्, सबै कुरामा आफ्‍नो बारेमा मात्रै विचार गर्छन्। तिनीहरूले मण्डलीको कामप्रति अलिकति पनि विचार गर्दैनन् र तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। तिनीहरू मण्डली अगुवाको रूपमा सेवा गर्न आधारभूत रूपमै अयोग्य हुन्छन्। त्यस्ता मानिसहरूले मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवनप्रवेशको लागि अलिकति पनि बोझ लिँदैनन्। तिनीहरूले आफ्नै हित र आनन्दबारे मात्रै वास्ता गर्छन्; तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरू कस्तो स्थितिमा छन् भन्‍नेबारे कुनै चिन्ता नगरी हैसियतका फाइदाहरूमा मात्रै ध्यान दिन्छन्। के यस्तो व्यक्ति सबैभन्दा स्वार्थी र घृणित व्यक्ति होइन र? तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भन्‍ने पत्ता लगाए नि यसमा कुनै ध्यान दिँदैनन्, मानौँ यी कुराहरूसँग तिनीहरूको कुनै सम्बन्ध नै छैन। यो त ब्वाँसोले भेडा खाइरहेको देखेर पनि केही नगर्ने, आफ्नो जीवन रक्षा गर्नेबारे मात्रै वास्ता गर्ने गोठालोजस्तै हो। यस्तो व्यक्ति गोठालो बन्‍न योग्य हुँदैन। यस्तो झूटा अगुवाले गर्ने सबै कुरा भनेको आफ्नो प्रतिष्ठा, हैसियत, शक्ति, र आफूलाई हाल प्राप्त भइरहेका विभिन्‍न फाइदाहरूको सुरक्षा अधिकतम बनाउनको लागि मात्रै हुन्छ। परमेश्‍वरको आज्ञा, मण्डलीको काम, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे तिनीहरूको हृदयमा कुनै बोझ हुँदैन, जुन तिनीहरूको कर्तव्य र जिम्मेवारीहरू हुन्; तिनीहरूले यी कुराहरूबारे कहिल्यै विचार गर्दैनन्। तिनीहरूले सोच्छन्, “अगुवाले किन यी कामहरू गर्नैपर्छ? यी कामहरू नगर्दा किन मलाई काटछाँट र निन्दा गरिन्छ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई इन्कार्छन्?” तिनीहरूले कुरा बुझ्दैनन् र तिनीहरू पूर्ण रूपमा उदासीन हुन्छन्। यस्तो व्यक्ति जति बफादार, वा जति राम्रो व्यवहारको वा नियम पालना गर्ने, वा जति परिश्रमी र दक्ष देखिए पनि, तिनीहरू सिद्धान्तहीन रहेको र मण्डलीको कामको निम्ति तिनीहरूले कुनै जिम्‍मेवारी नलिएको तथ्यले म तिनीहरूलाई नयाँ दृष्टिकोणले हेर्न बाध्य छु। अन्त्यमा, म यस्ता व्यक्तिहरूलाई यसरी परिभाषित गर्छु: तिनीहरूले ठूलो गल्ती नगर्लान्, तर तिनीहरू अत्यन्तै धूर्त र छली छन्; तिनीहरूले कुनै जिम्‍मेवारी लिँदैनन्, न त तिनीहरूले मण्डलीको काममा कुनै साथ नै दिन्छन्, तिनीहरूमा कुनै मानवता छैन। मलाई तिनीहरू पशुजस्तै लाग्छन्—धूर्ततामा तिनीहरू स्यालजस्तै छन्। मानिसहरूले स्यालहरू धूर्त हुन्छन् भनेर भन्छन्, तर वास्तवमा यी मानिसहरू स्यालहरूभन्दा पनि धूर्त हुन्छन्। झट्ट हेर्दा, तिनीहरूले कुनै दुष्कर्म गरेका छैनन् जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले भन्‍ने र गर्ने सबै कुरा आफ्नै ख्याति, प्राप्ति, र हैसियतको लागि हुन्छ। तिनीहरूले गर्ने सबै कुरा आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्ने उद्देश्यको लागि गरिएका हुन्छन्, र तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूबारे पटक्‍कै विचार गर्दैनन्। तिनीहरूले मण्डलीको काममा पैदा हुने समस्याहरू अलिकति पनि समाधान गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित वास्तविक समस्याहरू नै सम्बोधन गर्छन्। यी झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउनको लागि कुनै काम गर्दैनन्। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य के हुन्छ? के यो मानिसहरूलाई खुशी पार्न र अरूलाई तिनीहरूको आदर गर्न लगाउनको लागि मात्रै हुँदैन र? तिनीहरूले कसैलाई नचिढ्याएर आफ्नो प्रतिष्ठा र हैसियतका फाइदाहरूमा आनन्द लिनको लागि तिनीहरूले सबैलाई तिनीहरूबारे राम्रो सोचाउने प्रयास गर्छन्। तिनीहरूप्रति सबैभन्दा बढी घृणा पैदा गर्ने कुरा के हो भने, तिनीहरूका सबै कार्यहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कुनै फाइदा ल्याउँदैनन्; बरु, तिनीहरूले मानिसहरूलाई बहकाउँछन्, र यसरी अरूलाई तिनीहरूलाई आदर गर्ने र आदर्श व्यक्ति मान्‍ने बनाउँछन्। के यी मानिसहरू स्यालहरूभन्दा पनि धूर्त र छली हुँदैनन् र? तिनीहरू कट्टर, र साँचो झूटा अगुवाहरू हुन्। तिनीहरूसँग अगुवाको हैसियत हुन्छ र तिनीहरूले यो पद धारण गर्छन्, तर कुनै वास्तविक काम गर्दैनन्, केवल देखिने र सतही केही सामान्य मामलाहरू मात्रै सम्हाल्छन्, वा तिनीहरूले माथिले विशेष रूपमा सुम्पेको काम मन नलागीनलागी थोरथोरै गर्छन्। यदि माथिबाट कुनै विशेष काम दिइएको छैन भने, तिनीहरूले मण्डलीको कुनै पनि अत्यावश्यक काम गर्दैनन्। मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्था कायम राख्‍ने कार्यसँग सम्बन्धित मामलाहरूको हकमा, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु भन्‍ने डर हुन्छ र तिनीहरूले सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरूले मण्डलीको काममा थुप्रिएका कुनै पनि समस्याहरू समाधान गर्दैनन्, र जब तिनीहरूले परमेश्‍वरको घरका सरसम्पत्ति ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले उडाएको देख्छन्, तब तिनीहरूले यसलाई रोक्न वा प्रतिबन्धित गर्न केही पनि गर्दैनन्। हृदयमा, यी मानिसहरूले दुष्कर्म गरिरहेका छन् र परमेश्‍वरको घरका हितहरूमा हानि गरिरहेका छन् भन्‍ने तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले एउटा शब्द पनि नबोली थाहा नपाएको नाटक गर्छन्। तिनीहरू धूर्त र छली मानिसहरू हुन्। के यी मानिसहरू स्यालहरूभन्दा धूर्त हुँदैनन् र? तिनीहरू बाहिरी रूपमा सबैप्रति मिलनसार हुन्छन् र तिनीहरूले कसैलाई हानि गर्ने काम गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश, मण्डलीको काम, र सुसमाचार प्रचारको कामको मुख्य मामलामा ढिलाइ पुर्‍याउँछन्। के त्यस्ता मानिसहरू अगुवा र सेवक बन्‍न लायक हुन्छन् त? के तिनीहरू शैतानका नोकरहरू होइनन् र? के मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेहरू तिनीहरू नै होइनन् र? झट्ट हेर्दा तिनीहरूले कुनै स्पष्ट दुष्कर्म नगरेका भए नि, तिनीहरूले यसरी काम गर्नुका परिणामहरू दुष्कर्म गर्नुभन्दा पनि गम्भीर हुन्छन्। तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गर्नमा बाधा दिन्छन्, परमेश्‍वरको प्रतिरोध गर्छन्, र मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन् र परमेश्‍वरका चुनिएका मानिसहरूको मुक्ति पाउने आशासमेत नष्ट गर्न सक्छन्। मलाई भन् त, के यो दुष्कर्म गर्नु होइन र? मान्छे खुसी पारिहिँड्ने र सिद्धान्तहरू पटक्‍कै पालना नगर्ने व्यक्तिले यही गर्छ। सत्यता नबुझ्ने मानिसहरूले झूटा अगुवाहरूले यसरी काम गर्नुका भयानक परिणामहरू राम्ररी बुझ्न सक्दैनन्, न त तिनीहरूले तिनीहरूको अभिप्राय, मनसाय, र उद्देश्यहरू के हुन् भनेर नै बुझ्न सक्छन्। तिनीहरूले हृदयमा वास्तवमा के गर्न चाहन्छन् भनेर तैँले कहिल्यै बुझ्दैनस्—त्यस्ता मानिसहरू अत्यन्तै धूर्त हुन्छन्! आलङ्कारिक हिसाबमा, तिनीहरू धूर्त स्यालहरू हुन्; ठ्याक्‍कै भन्दा, तिनीहरू जिउँदा दियाबलसहरू हुन्, मानिसहरूमाझ जिउने दियाबलसहरू हुन्!

यी झूटा अगुवाहरूलाई कसरी चित्रण गर्ने भन्‍ने कुरा आउँदा, तिनीहरूको स्वभाव सारको आधारमा, तिनीहरूलाई स्वेच्छाचारी ढङ्गले दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, ढोँगीहरू, आदि इत्यादि वर्गमा राख्‍नु हुँदैन। तैपनि, तिनीहरूले प्रकट गर्ने कुराहरू, जस्तै तिनीहरूको मानवताको प्रकटीकरण र मण्डलीको कामप्रतिको तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूले आफैले पत्ता लगाएका समस्याहरू समाधान नगर्ने कुराको आधारमा हेर्दा, तिनीहरू सबैभन्दा भ्रष्ट प्रकारका झूटा अगुवाहरू हुन्। तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूको आधारमा हेर्दा, तिनीहरूले सक्रिय रूपमा गुटबन्दी गर्ने वा आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने गर्दैनन्, र बिरलै मात्र आफ्नो बारे गवाही दिन्छन्, अनि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर बस्न, कठिनाइ भोग्‍न, मूल्य चुकाउन सक्‍ने, भेटी नचोर्ने, र विशेषाधिकारहरू खोज्नबाट आफूलाई कडाइसाथ रोक्न सक्‍ने हुन्छन्, तैपनि तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरू, वा भेटीहरू हिनामिना गर्ने र परमेश्‍वरको घरको सम्पत्तिमा क्षति पुर्‍याउने विभिन्‍न मानिसहरू भेट्दा, तिनीहरूलाई रोक्‍ने वा सम्हाल्न गर्दैनन्, बरु तिनीहरूले केही पनि बोल्दैनन् वा कुनै पनि काम गर्दैनन्। त्यस्ता मानिसहरू भयानक हुन्छन्! तिनीहरू सबैभन्दा घृणित प्रकारका झूटा अगुवाहरू हुन्; तिनीहरू असुधार्य हुन्छन्! म किन तिनीहरू असुधार्य हुन्छन् भनेर भन्छु? यो होइन कि तिनीहरूको क्षमता कमजोर हुन्छ वा तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनन्—तिनीहरूमा निश्‍चित बोध क्षमता र काम गर्ने सक्षमता हुन्छ, तर तिनीहरूले मण्डलीको काममा कसैले बाधा र व्यवधान ल्याइरहेको पत्ता लगाउँदा, यो समस्या सम्हाल्‍ने वा सुल्झाउने गर्दैनन्। तिनीहरूले आफ्ना वरिष्ठ अगुवाहरूको कडा सुपरिवेक्षण र बारम्बार सोधपुछ सामना गरेपछि, वा काटछाँट भोगेपछि मात्रै मन नलागीनलागी यो काम अलिअलि गर्छन्। तर तिनीहरूले यो काम गरे नि नगरे नि, वा तिनीहरूले यसलाई जसरी गरे नि, आफूलाई रक्षा गर्नु नै तिनीहरूको सर्वोच्च प्राथमिकता हुन्छ। तिनीहरूले अगुवा र सेवकहरूका जिम्मेवारीहरू पटक्‍कै पूरा गर्दैनन्। तिनीहरूले आफूलाई रक्षा गर्ने र आफ्नै हितहरू कायम राख्‍नेबाहेक कुनै अत्यावश्यक काम गर्दैनन्, र तिनीहरूले थोरथोरै सतही काम गरे नि, नगरी नहुने कुनै विकल्प नभएको काम मात्रै गर्छन्। आफूलाई रक्षा गर्नेबाहेक, तिनीहरूले अरू केही कुराको वास्ता गर्दैनन्। के तिनीहरू स्यालभन्दा धूर्त र चलाख हुँदैनन् र? कति मानिसहरू भन्छन्, “ससाना पशुहरू खानु स्यालको अन्तर्निहित इच्छा हो, त्यसकारण के आफूलाई रक्षा गर्नु पनि झूटा अगुवाहरूको अन्तर्निहित इच्छा होइन र?” के यो अन्तर्निहित इच्छा हो त? यो त तिनीहरूको प्रकृति हो! यी झूटा अगुवाहरूले परमेश्‍वरको घरका हितहरू र मण्डलीको काममा हानि हुनेगरी आफ्नो हैसियत, प्रतिष्ठा, र इज्जत रक्षा गर्छन्, मानिसहरूसँग सम्बन्ध कायम राख्छन्, र कसैलाई चिढ्याउँदैनन्। तिनीहरूले व्यक्तिगत रूपमा कर्मचारी बर्खास्त वा हेरफेर गर्ने कार्यसमेत सम्हाल्दैनन्, बरु अरूलाई नै तिनीहरूको लागि यो काम गर्न लगाउँछन्। तिनीहरूले सोच्छन्, “यदि त्यो व्यक्तिले बदला लियो भने, तिनीहरू मेरो पछि आउँदैनन। मैले सामना गर्ने कुनै पनि परिस्थितिमा मैले सुरुमा आफैलाई रक्षा गर्नुपर्छ।” यी मानिसहरू अत्यन्तै धूर्त हुन्छन्! अगुवा र सेवकहरूको रूपमा, तिनीहरूले यो जिम्मेवारीसमेत लिन सक्दैनन्, त्यसकारण के तिनीहरू अगुवा बन्‍न लायक हुन्छन् त? तिनीहरू व्यर्थका कायरहरू मात्रै हुन्! यति थोरै साहस पनि नभई, के तिनीहरू अझै परमेश्‍वरका विश्‍वासीहरू हुन् त? के कर्तव्य निर्वाह गर्दा आफ्नो जिम्मेवारीबाट पछि हट्नको लागि चलाकीको सहारा लिने मानिसहरू परमेश्‍वरका अनुयायीहरू हुन् त? परमेश्‍वरले त्यस्ता मानिसहरू चाहनुहुन्‍न। यी झूटा अगुवाहरू स्यालहरूजस्तै कुटिल र धूर्त हुन्छन्। जब तिनीहरूले कसैले बाधा वा व्यवधान ल्याएको देख्छन्, तब तिनीहरूले यसलाई सम्हाल्ने वा समाधान गर्ने गर्दैनन्—तिनीहरूले वास्तविक काम गर्दै गर्दैनन्। तिनीहरूलाई जेजसरी खुलासा र काटछाँट गरिए नि तिनीहरूले कामै गर्दैनन्। तिनीहरूले अगुवा र सेवकहरूका जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, तिनीहरूले किन त्यो पद ओगटेका हुन्? के सजावटको भाग हुनलाई हो? के हैसियतका फाइदाहरूमा रमाउन सकूँ भनेर हो? त्यसको लागि तिनीहरू योग्य हुँदैनन्! वास्तविक काम नगर्ने र पनि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई आदर गरून् र आदर्श मानून् भन्‍ने चाहना गर्नु—के यो दियाबलसको मानसिकता होइन र? यो त अति लाजमर्दो कुरा हो! कति मानिसहरू अगुवा बन्‍न चाहन्‍नँ भनेर भन्छन्। त्यसोभए तिनीहरूले किन आफ्नो प्रतिष्ठा र हैसियतचाहिँ कायम राखेको त? मानिसहरूलाई बहकाउनुपछाडिको तिनीहरूको उद्देश्य के हो? यदि तिनीहरू अगुवा बन्‍न चाहँदैनन् भने, तिनीहरूले सक्रिय रूपमा राजीनामा दिन सक्छन्। तिनीहरूले किन राजीनामा दिँदैनन्? तिनीहरूले किन त्यो पद ओगटिरहन्छन् र राजीनामा दिँदैनन्? यदि तिनीहरूले राजीनामा दिन चाहँदैनन् भने, तिनीहरूले बफादारीसाथ केही वास्तविक काम गर्नुपर्छ। अरू कुनै विकल्प छैन—यो तिनीहरूको जिम्मेवारी हो। यदि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले जबाफदेही भएर राजीनामा दिनु नै राम्रो हुन्छ; तिनीहरूले मण्डलीको काममा ढिलाइ पुर्‍याउनु, वा परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु हुँदैन। यदि तिनीहरूमा यति थोरै विवेक र समझसमेत छैन भने, के तिनीहरूमा अझै पनि कुनै मानवता हुन्छ? तिनीहरू मानव भनेर भन्‍नलायक हुँदैनन्! परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू अगुवा वा सेवक हुन सके नि नसके नि, तिनीहरूसँग कम्तीमा थोरै विवेक र समझ छ भने मात्रै तिनीहरू मानव भनेर भन्‍नलायक हुन्छन्।

अगुवा वा सेवक बन्‍नको लागि, व्यक्तिमा निश्‍चित स्तरको क्षमता हुनुपर्छ। व्यक्तिको क्षमताले उसको काम गर्ने सामर्थ्य र उसले सत्यता सिद्धान्तहरू कति हदसम्म बुझ्छ भन्‍ने कुरा निर्धारित गर्छ। यदि तेरो क्षमतामा केही हदसम्म कमी छ र तँसँग सत्यताबारे पर्याप्त रूपमा गहन बुझाइ छैन, तर तैँले आफूले बुझ्न सकेजति अभ्यास गर्न सक्छस्, र आफूले बुझेको कुरालाई व्यवहारमा उतार्न सक्छस्, र तँ हृदयमा शुद्ध र इमानदार छस्, र आफ्नो पक्षमा कुनै कुराको लागि षड्यन्त्र गर्ने वा ख्याति, प्राप्ति, र हैसियत पछ्याउने गर्दैनस्, र तैँले परमेश्‍वरको सूक्ष्मजाँच स्विकार्न सक्छस् भने, तँ सही व्यक्ति होस्। तर झूटा अगुवाहरूमा यी गुणहरू हुँदैनन्। तिनीहरूले मण्डलीमा पैदा हुने विभिन्‍न बाधा र व्यवधानका समस्याहरूबारे चिन्ता गर्दैनन्; तिनीहरूले यी समस्याहरू देख्दा नि ध्यान दिँदैनन्। यदि तिनीहरूलाई परिस्थितिबारे थाहा छ कि छैन भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मलाई यसबारे थोरथोरै थाहा छ जस्तो लाग्छ, तर सबै कुरा थाहा छैन।” यो घटना तिनीहरूको आँखैअगाडि भएको हुन्छ—तैपनि तिनीहरू यसबारे थाहा छैन भनेर किन भन्छन्? के तिनीहरूले मानिसहरूलाई छल गर्ने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरूलाई यसबारे थाहा भएकोले, के तिनीहरूले यसलाई कसरी सम्हाल्ने भनेर विचार गरेका हुन्छन्? के तिनीहरूले यसबारे कुनै काम गरेका हुन्छन्? के तिनीहरूले कुनै समाधान खोज्ने प्रयास गरेका हुन्छन्? तिनीहरूले जवाफ दिन्छन्, “त्यो व्यक्तिको क्षमता मेरो भन्दा राम्रो छ, र ऊ धाराप्रवाह र बोल्न सिपालु छ; म उसलाई हस्तक्षेप गर्ने आँट गर्दिनँ। यदि मैले वास्तवमा समस्या नै नभएको कुरा सम्बोधन गरेर उसलाई चिढ्याएँ भने के गर्ने? त्यसले त पछि मेरो काम गाह्रो मात्र बनाउनेछ!” तिनीहरूमा आँट नहुने हुनाले, तिनीहरू व्यर्थका कायर हुन् र तिनीहरूले कर्तव्यमा लापरवाही गर्छन्, र तिनीहरू अगुवा बन्‍नलायक हुँदैनन्! जब तिनीहरूले यस्तो परिस्थिति सामना गर्छन्, तब के यसलाई कसरी सम्हाल्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ? तिनीहरूले भन्छन्, “मलाई यो कसरी सम्हाल्ने भन्‍ने थाहा भए नि म आँट गर्दिनँ। के यो माथिले गर्ने काम होइन र? अनि निर्णय गर्ने समूह पनि छ। यो कामको दायित्व ममा कसरी आउन सक्छ र?” तिनीहरूले यो कुरा देखेका र थाहा पाएका हुनाले, तिनीहरूले यो परिस्थिति सम्हाल्नुपर्छ। यदि तिनीहरूको कद अत्यन्तै सानो छ र तिनीहरूले यो समस्या समाधान गर्न सक्दैनन् भने, के तिनीहरूले आफ्ना वरिष्ठहरूलाई समस्याबारे बताएका हुन्छन्? के तिनीहरूले यसबारे रिपोर्ट गरेका हुन्छन्? के तिनीहरूले आफ्नो जिम्मेवारीको दायरामा पर्ने कुराहरू र आफ्‍नो काँधमा आउने कामहरू पूरा गरेका हुन्छन्? के तिनीहरूले आफ्नो कुनै पनि जिम्मेवारी पूरा गरेका हुन्छन्? पटक्‍कै हुँदैनन्! हृदयमा, तिनीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ: “मलाई यो समस्याबारे थाहा थियो, तर मैले काम गरिनँ। मलाई ग्लानि भएको छ! मैले त्यो कुराबारे रिपोर्ट गर्नुपर्थ्यो, तर गरिनँ। तर अरूले पनि त्यसो गरेनन्—मसँग यसको के सम्बन्ध छ र?” के अरू मानिसहरू पनि अगुवाहरू हुन्? अरूले यो काम गर्छन् कि गर्दैनन् भन्‍ने कुरा ती अरूकै मामला हो—तर यी अगुवाहरूले किन यो काम गरेका हुँदैनन्? यदि अरूले त्यसो गर्दैनन् भने, के यसको अर्थ यी अगुवाहरूले पनि त्यसो गर्नुपर्दैन भन्‍ने हुन्छ? के यो सत्यता हो? यदि अरूले त्यसो गर्थे नै भने पनि, के त्यो यी अगुवाहरूको कामको सट्टाभर्ना हुन सक्छ? यी अगुवाहरूले जे गर्छन्, त्यो तिनीहरूको आफ्नै कामकाज मात्र हुन्छ। के तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्वहरू पूरा गरेका हुन्छन्? यदि तिनीहरूले त्यसो गरेका हुँदैनन् भने, तिनीहरू आफ्नो कर्तव्यमा लापरवाह भएका हुन्छन्, र तिनीहरू अगुवा बन्‍न योग्य हुँदैनन्, र तिनीहरूले जबाफदेही भएर राजीनामा दिनुपर्छ। तिनीहरूमा आफूलाई कसरी उत्थान गरिएको छ भन्‍ने कुराप्रति कुनै कदर हुँदैन, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको भरोसा पाउन लायक हुँदैनन्, तिनीहरू परमेश्‍वरको घरको भरोसा पाउन लायक हुँदैनन्, र अझ बढी रूपमा तिनीहरू परमेश्‍वरद्वारा गरिने उत्थान पाउन लायक हुँदैनन्। तिनीहरू निर्दयी दुष्ट मानिसहरू हुन्। यी तेस्रो प्रकारका झूटा अगुवाहरूको चरित्रमा समस्या हुन्छ। तिनीहरूको व्यक्तिगत पछ्याइ र जीवनप्रवेश जेजस्तो भए नि तिनीहरूले आफ्नो कार्यकालमा कुनै वास्तविक काम गर्दैनन्, मण्डलीले बेहोर्ने कुनै पनि घाटा पूर्ति गर्दैनन्, र दुष्ट मानिसहरूका दुष्कर्महरू तुरुन्तै रोक्न वा सम्हाल्न सक्दैनन् भन्‍ने तथ्यबाट मात्रै हेर्दा पनि, यस्ता व्यक्तिहरूमा कमजोर क्षमता र वास्तविक काम नगर्ने समस्या मात्र हुँदैन, त्यसमाथि सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूमा कुनै मानवता नै हुँदैन। तिनीहरूको विवेक पूर्ण रूपमा कुहिएको हुन्छ, र तिनीहरूमा कुनै समझ हुँदैन। आम भाषामा भन्दा, तिनीहरू नैतिक रूपमा कङ्गाल हुन्छन्; तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्, र तिनीहरू भरोसायोग्य हुँदैनन्। हामीले चिरफार गरेका तीन प्रकारका मानिसहरूमध्ये, यसप्रकारको व्यक्तिको मानवता सबैभन्दा खराब हुन्छ। पहिलो दुई प्रकारका मानिसहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूले काम गर्न सक्दैनन्, र तिनीहरू मानिसहरूलाई वृद्धि-विकास र बढुवा गर्ने परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डअनुरूप हुँदैनन्, त्यसकारण तिनीहरूलाई वृद्धि-विकास वा प्रयोग गर्न सकिँदैन। तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तिनीहरू अन्धा र चेतनाशून्य हुन्छन्, र तिनीहरू वास्तवमा मृत मानिसहरू हुन्—तिनीहरू खुलासा र चिरफार गर्न लायक हुँदैनन्। तेस्रो प्रकारका व्यक्तिहरूचाहिँ सबैभन्दा खराब हुन्छन्। तिनीहरूको मानवताको हिसाबमा तिनीहरू अत्यन्तै घृणित हुन्छन्, र हामी यस्ता मानिसहरूलाई कुटिल र धूर्त भनेर व्याख्या गर्छौं। यी मानिसहरू स्यालभन्दा पनि धूर्त हुन्छन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, तैपनि तिनीहरूसँग प्रशस्त बहाना हुन्छ र तिनीहरू पूर्ण रूपमा ढुक्‍क मान्दै बस्छन्। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा जेजसरी बाधा दिए नि यसबारे तिनीहरू कुनै तनाव वा चिन्ता लिँदैनन् र अझै पनि अगुवाको रूपमा काम गरिरहन चाहन्छन्। तिनीहरूलाई किन शक्तिप्रति यति लत लागेको हुन्छ? यी अगुवाहरूले भन्छन्, “खोला पो तलतिर बग्छ, मान्छे त उँभै जान चाहन्छ। शक्ति त सबैलाई नै मन पर्छ!” तिनीहरू कुनै वास्तविक काम गर्न चाहँदैनन्, तैपनि आफ्नो पदमा अडिग रहन र आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्न चाहन्छन्। यी कस्ता दुष्ट व्यक्ति हुन्? तिनीहरू शैतानजस्ता मानिसहरू हुन्, तिनीहरू पटक्‍कै असल मानिसहरू होइनन्।

आज हामीले अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीको बारेमा रहेका तीन बुँदाहरूमा सङ्गति गरेका छौं। हामीले बाह्रौँ जिम्मेवारीमा विश्लेषण गरेका झूटा अगुवाहरू हामीले पहिले खुलासा गरेका झूटा अगुवाहरू जस्तै हुन्। हामीले तीन वटा बुँदालाई विश्लेषण गरे पनि, तिनले मुख्य रूपमा दुई वटा समस्याहरूलाई समावेश गर्छन्: एउटा के हो भने तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्; अर्को के हो भने तिनीहरूको मानवता खराब, घृणित, कुटिल, र धूर्त हुन्छ, र तिनीहरूले वास्तविक काम गर्दैनन्। झूटा अगुवाहरूका आधारभूत र अत्यावश्यक समस्याहरू यिनै हुन्। कसैमा यी दुई समस्याहरूमध्ये एउटा छ भने, ऊ झूटो अगुवा हो। यसमा कुनै शङ्का हुँदैन।

सेप्टेम्बर ४, २०२१

अघिल्लो: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्