अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरेर र ती कुराहरूबाट सिकून् (भाग पाँच)

मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरू, घटनाहरू, र कुराहरू

९. नकारात्मकता पोखाउनु

आज, हामी अगुवाहरू र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारेको हाम्रो सङ्गति जारी राख्छौं: “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; ती कुराहरूलाई रोक्‍ने, र प्रतिबन्धित गर्ने, र परिस्थितिलाई सही बनाउने; यसका, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र तिनीहरूले ती कुराहरूबाट सिकून्।” मण्डली जीवनमा पैदा हुने विभिन्‍न बाधा र व्यवधानहरूबारे भन्‍नुपर्दा, पछिल्‍लोपटक हामीले आठौं समस्याबारे, अर्थात् धारणाहरू फैलाउनेबारेमा सङ्गति गरेका थियौँ—र आज हामी नवौं समस्याबारे, अर्थात् नकारात्मकता पोखाउनेबारे सङ्गति गर्नेछौं। नकारात्मकता पोखाउनु पनि दैनिक जीवनमा प्रायजसो सुनिरहने कुरा हो। त्यही भएर मण्डली जीवनमा देखिने नकारात्मकता पोखाउने कार्य वा अभिव्यक्तिहरूलाई पनि प्रतिबन्धित गर्नु र रोक्नुपर्छ, किनभने नकारात्मकता पोखाउने कार्य कुनै व्यक्तिको लागि पनि सुधारात्मक हुँदैन; बरु उल्टै, यसले त मानिसहरूलाई असर, बाधा, र हानि मात्र पुर्‍याउँछ। त्यसकारण, नकारात्मकता पोखाउनु एउटा नकारात्मक कुरा हो, जुन प्रकृतिको हिसाबमा मण्डली जीवनमा बाधा दिने अरू व्यवहार, कार्य, र अभिव्यक्तिहरूजस्तै हो; यसले मानिसहरूलाई बाधा दिने र प्रतिकूल प्रभावहरू पार्ने पनि गर्न सक्छ। नकारात्मकता पोखाएर कसैले पनि अरूलाई सुधार गर्न वा अरूलाई फाइदा पुर्‍याउन सक्दैन; यसले हानिकारक प्रभावहरू मात्रै ल्याउँछ र मानिसहरूको सामान्य कर्तव्यनिर्वाहमा पनि असर पार्न सक्छ। त्यसकारण, जब मण्डलीमा नकारात्मकता पोखाउने कार्य हुन्छ, तब यसलाई पनि उस्तै रूपमा रोक्नु र प्रतिबन्धित गर्नुपर्छ, अनि यसलाई सहनु वा प्रोत्साहित गर्नु हुँदैन।

क. नकारात्मकता पोखाउनु भनेको के हो

सर्वप्रथम हामी नकारात्मकता पोखाउने कार्यलाई कसरी बुझ्‍ने र चिन्‍ने त्यसलाई हेर्नेछौँ। नकारात्मकता पोखाउने कार्यलाई हामीले कसरी चिन्‍नुपर्छ? तिनीहरूका केकस्ता टिप्‍पणी र प्रकटीकरणहरू नकारात्मकता पोखाउनु हो? सबैभन्दा मुख्य कुरा, मानिसहरूले पोखाउने नकारात्मकता सकारात्मक हुँदैन, यो सत्यतासँग बाझिने विपरीत कुरा हो, र यो तिनीहरूको भ्रष्ट स्वभावबाट आउने कुरा हो। आफूमा भ्रष्ट स्वभाव छ भने सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन गाह्रो हुन्छ—र यी कठिनाइहरूका कारण, मानिसहरूमा नकारात्मक सोच र अन्य नकारात्मक कुराहरू प्रकट हुन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्ने सन्दर्भमा यी कुराहरू देखा पर्छन्; यी कुराहरू मानिसहरूले सत्यता अभ्यास गर्ने प्रयास गर्दा तिनीहरूलाई असर र अवरोध गर्ने विचार र दृष्टिकोणहरू हुन्, र यी पूर्ण रूपमा नकारात्मक कुराहरू हुन्। यी नकारात्मक विचार र दृष्टिकोणहरू मानिसका धारणाहरूसँग जति नै मिले पनि र सुन्दा जति नै उचित लागे पनि, यी परमेश्‍वरका वचनहरूको अनुभवात्मक ज्ञान होइनन्। यसको साटो, यी मानव मनबाट आएका हुन्छन्, र सत्यतासँग पटक्‍कै मिल्दैनन्। त्यसकारण यी नकारात्मक र विपरीत कुराहरू हुन्। नकारात्मकता पोखाउने मानिसहरूको अभिप्राय भनेको सत्यता अभ्यास गर्ने आफ्नो असफलताका धेरै वस्तुगत कारणहरू खोज्‍नु हो, ताकि आफूलाई अरूले बुझून् र सहानुभूति दिऊन्। विभिन्‍न हदसम्‍म, यी नकारात्मक अभिव्यक्तिहरूले सत्यता अभ्यास गर्ने मानिसहरूको अग्रसरतामा असर र त्यसलाई निर्धारित गर्छ, र धेरै मानिसहरूलाई त सत्यता अभ्यास गर्नबाट समेत रोक्‍न सक्छ। यी परिणाम र प्रतिकूल असरहरूले गर्दा यी नकारात्मक कुराहरूलाई विपरीत, परमेश्‍वरको विरोधी र सत्यताप्रति पूर्ण शत्रुवत् भनेर चित्रण गर्न अझै लायक हुन्छ। कतिपय मानिसहरू नकारात्मकताको सारलाई छर्लङ्गैसित देख्‍न नसक्‍ने हुन्छन्, र निरन्तर नकारात्मकता सामान्य कुरा हो, र यसले मानिसहरूले गर्ने सत्यता पछ्याइमा ठूलो असर गर्दैन भन्‍ने सोच्छन्। यो सोचाइ गलत छ; वास्तवमा, यसले निकै ठूलो असर गर्छ, र कसैको नकारात्मकता उसले सहनै नसक्‍ने गरी ठूलो भयो भने, यसले सहजै धोकामा लैजान सक्छ। यो भयानक परिणाम नकारात्मकताबाटै आउँछ। त्यसो भए, नकारात्मकता पोखाउने कार्यलाई कसरी चिन्‍नु र बुझ्नुपर्छ? सरल रूपमा भन्दा, नकारात्मकता पोखाउनु भनेको मानिसहरूलाई बहकाउनु र तिनीहरूलाई सत्यता अभ्यास गर्नबाट रोक्‍नु हो; यो सामान्य विधिजस्ता देखिने नरम रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउनु र पासोमा पार्नु हो। के यो तिनीहरूको लागि हानिकारक हुन्छ? यो वास्तवमा तिनीहरूको लागि अत्यन्तै हानिकारक हुन्छ। त्यसकारण, नकारात्मकता पोखाउनु भनेको प्रतिकूल कुरा हो, र यसलाई परमेश्‍वरले निन्दा गर्नुहुन्छ; नकारात्मकता पोखाउने कार्यको सबैभन्दा सरल अर्थ यही हो। अनि, नकारात्मकता पोखाउनुको नकारात्मक पक्ष के हो? के-कस्ता कुराहरू नकारात्मक हुन्छन्, र मानिसहरूमा प्रतिकूल असर पार्न र मण्डली जीवनमा बाधा र हानि गर्न सक्छन्? नकारात्मकतामा के कुरा समावेश हुन्छ? यदि मानिसहरूमा परमेश्‍वरका वचनहरूसम्‍बन्धी विशुद्ध बुझाइ छ भने, के तिनीहरूले सङ्गति गर्ने शब्‍दहरूमा कुनै नकारात्मकता हुन्छ? यदि मानिसहरूका निम्ति परमेश्‍वरले तय गर्नुभएका परिस्‍थितिहरूप्रति तिनीहरूमा साँचो समर्पणको मनोवृत्ति छ भने, यी परिस्‍थितिहरूसम्‍बन्धी तिनीहरूको ज्ञानमा कुनै नकारात्मकता हुन्छ? जब तिनीहरूले आफ्‍नो अनुभवात्मक ज्ञान सबैलाई बताउँछन्, के यसमा कुनै नकारात्मकता हुन्छ? अवश्य नै हुँदैन। मण्डली वा मानिसहरूको वरिपरि हुने कुनै पनि घटनाको हकमा, यदि तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छन्, सही कार्यशैली अपनाउन सक्छन्, अनि खोजी र समर्पणको मनोवृत्ति अपनाउन सक्छन् भने, के तिनीहरूको ज्ञान, बुझाइ, र अनुभवमा कुनै नकारात्मकता हुन्छ? (हुँदैन।) अवश्य नै हुँदैन। त्यसोभए यी कुराहरू हेर्दा, नकारात्मकता भनेको के हो? यसलाई कसरी बुझ्न सकिन्छ? के नकारात्मकतामा यस्ता कुराहरू, जस्तै मानिसहरूको अनाज्ञाकारिता, असन्तुष्टि, गुनासो, र आक्रोश समावेश हुँदैनन् र? नकारात्मकताको अझै गम्भीर मामलाहरूमा प्रतिरोध, अवज्ञा, र तीव्र होहल्लासमेत समावेश हुन्छन्। यी तत्त्वहरू समावेश भएका टिप्पणीहरू व्यक्त गर्नुलाई नकारात्मकता पोखाउने कार्यको रूपमा व्याख्या गर्न सकिन्छ। त्यसकारण यी प्रकटीकरणहरूबाट मूल्याङ्कन गर्दा, जब व्यक्तिले नकारात्मकता पोखाउँछ, तब के उसको हृदयमा परमेश्‍वरप्रति कुनै समर्पण हुन्छ त? अवश्य नै हुँदैन। के त्यसमा देहविरुद्ध विद्रोह गर्ने र आफ्नो नकारात्मकता समाधान गर्ने कुनै इच्छा हुन्छ त? अहँ—त्यसमा प्रतिरोध, विद्रोहीपन, र विरोधबाहेक केही पनि हुँदैन। यदि मानिसहरूको हृदय यी कुराहरूले भरिएको छ भने—यदि तिनीहरूको हृदय यी नकारात्मक कुराहरूद्वारा नियन्त्रित छ भने—त्यसले परमेश्‍वरप्रति प्रतिरोध, विद्रोहीपन, र अवज्ञा पैदा गर्छ। अनि यदि त्यसो भयो भने, के तिनीहरूले अझै पनि सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छन् त? सक्दैनन्; तिनीहरू परमेश्‍वरबाट टाढा जान्छन्, र अझै नकारात्मक बन्छन्, र तिनीहरूले परमेश्‍वरलाई शङ्का, इन्कार, र धोकासमेत दिन सक्छन्। के यो खतरनाक कुरा होइन र? प्रायजसो नकारात्मक हुने जोकोही व्यक्तिले नकारात्मकता पोखाउन सक्छ, र नकारात्मकता पोखाउनु भनेको परमेश्‍वरलाई विरोध र इन्कार गर्नु हो; त्यसकारण, प्रायजसो नकारात्मकता पोखाउने मानिसहरूले कुनै पनि समय वा स्थानमा परमेश्‍वरलाई धोका दिने र त्याग्‍ने सम्भावना हुन्छ।

“नकारात्मकता” भन्‍ने शब्दको अर्थबाट हेर्दा, जब व्यक्ति नकारात्मक बन्छ, तब उसको मनस्थिति अत्यन्तै नीचो स्थितिमा पुग्छ र ऊ खराब मनस्थितिमा प्रवेश गर्छ। उसको मनस्थिति नकारात्मक तत्वहरूले भरिएको हुन्छ, उसमा सक्रिय रूपमा प्रगति गर्ने र अघि बढ्ने मनोवृत्ति हुँदैन, र उसमा सकारात्मक, सक्रिय सहकार्य र खोजीको कमी हुन्छ; यति मात्र होइन, उसले कुनै पनि स्वेच्छिक समर्पण देखाउँदैन, बरु अत्यन्तै निराश मनस्थिति देखाउँछ। निराश मनस्थितिले के प्रतिनिधित्व गर्छ? के यसले मानवताको सकारात्मक पक्षहरू प्रतिनिधित्व गर्छ? के यसले विवेक र समझ हुनुको प्रतिनिधित्व गर्छ? के यसले मर्यादासाथ जिउनु, मानवताको मर्यादामा रहेर जिउनुको प्रतिनिधित्व गर्छ? (गर्दैन।) यदि यसले यी सकारात्मक कुराहरू प्रतिनिधित्व गर्दैन भने, के प्रतिनिधित्व गर्छ? के यसले परमेश्‍वरमाथिको साँचो विश्‍वासको कमी, साथै सत्यता पछ्याउने र सक्रिय रूपमा प्रगति गर्ने दृढता र सङ्कल्पको कमी प्रतिनिधित्व गर्न सक्छ? के यसले व्यक्तिको वर्तमान परिस्थिति र कठिनाइहरूप्रतिको दह्रिलो असन्तुष्टि र ती बुझ्ने कठिनाइ, अनि वर्तमानका तथ्यहरू स्विकार्ने उसको अनिच्छालाई प्रतिनिधित्व गर्न सक्छ? के यसले व्यक्तिको हृदय अनाज्ञाकारिता, अवज्ञा गर्ने इच्छा, र वर्तमान परिस्थितिबाट उम्कने र यसलाई परिवर्तन गर्ने इच्छाले भरिएको अवस्था प्रतिनिधित्व गर्न सक्छ? (सक्छ।) वर्तमान परिस्थितिलाई नकारात्मकताद्वारा सामना गर्दा मानिसहरूले देखाउने स्थितिहरू यिनै हुन्। छोटकरीमा भन्दा, जे भए पनि, जब मानिसहरू नकारात्मक हुन्छन्, तब वर्तमान परिस्थिति र परमेश्‍वरले बन्दोबस्त गरेको कुराप्रतिको तिनीहरूको असन्तुष्टी तिनीहरूसँग केवल गलतफहमीहरू हुनु, नबुझ्नु, बोध नहुनु, वा अनुभव गर्न नसक्नुजस्तो सरल कुरा हुँदैन। बोध नहुनु भनेको क्षमता वा समयसँग सम्‍बन्धित कुरा हुन सक्छ, जुन मानवताको सामान्य प्रकटीकरण हो। अनुभव गर्न नसक्नुको पनि केही वस्तुगत कारणहरू हुन सक्छ, तर यी कुराहरूलाई नकारात्मक र प्रतिकूल कुराहरू मानिँदैन। कति मानिसहरूले त अनुभव गर्न पनि सक्दैनन्, तर तिनीहरूले आफूले नबुझ्ने वा नदेख्ने कुराहरू, वा आफूले बोध गर्न वा अनुभव गर्न नसक्‍ने कुराहरू सामना गर्दा, परमेश्‍वरलाई प्रार्थना गर्नेछन् र उहाँका चाहनाहरू खोजी गगर्नेछन्, परमेश्‍वरको अन्तर्दृष्टि र ज्योतिको प्रतीक्षा गर्छन्, र सक्रिय रूपमा अरू सँग खोजी र सङ्गति गर्छन्। तैपनि, कति मानिसहरू भने फरक हुन्छन्; तिनीहरूसँग अभ्यासका यी मार्गहरू हुँदैनन्, न त तिनीहरूसँग त्यस्तो मनोवृत्ति नै हुन्छ। प्रतीक्षा गर्नु, खोजी गर्नु, वा सङ्गति गर्न कसैलाई भेट्‍नुको सट्टा, तिनीहरूले आफ्नो हृदयमा गलतफहमीहरू विकास गर्छन्, र आफूले सामना गरेका घटना र परिस्थितिहरू आफ्ना इच्छा, रुचि, वा कल्पनाहरूसँग मिल्दैनन् भन्‍ने अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा अनाज्ञाकारिता, असन्तुष्टि, प्रतिरोध, गुनासो, अवज्ञा, होहल्ला, र अरू त्यस्तै प्रतिकूल कुराहरू पैदा हुन्छन्। यी प्रतिकूल कुराहरू पैदा भइसकेपछि, तिनीहरूले यी कुराहरूबारे धेरै विचार गर्दैनन्, न त तिनीहरू आफ्नो स्थिति र भ्रष्टताको ज्ञान प्राप्त गर्न प्रार्थना र मनन गर्न परमेश्‍वरअघि नै आउँछन्। तिनीहरूले परमेश्‍वरका चाहनाहरू खोजी गर्न परमेश्‍वरका वचनहरू पढ्ने वा समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्ने गर्दैनन्, झन् अरूसँग खोजी र सङ्गति गर्नु त धेरै परको कुरा हो। बरु यसको साटो, तिनीहरूले आफूले विश्‍वास गरेको कुरा सही र सटीक छ भनेर जिद्दी गर्छन्, र हृदयमा अनाज्ञाकारिता र असन्तुष्टि बोकेर, नकारात्मक र प्रतिकूल संवेगहरूमा फसेर बस्छन्। यी संवेगहरूमा फसेपछि, तिनीहरूले यी कुराहरू एकदुई दिनसम्म त थुनेर राख्‍न र सहन सक्छन्, तर लामो अवधिमा तिनीहरूको विचारमा धेरै कुराहरू पैदा हुन्छन्, जसमा मानव धारणा र कल्पनाहरू, मानव नैतिकता र सदाचार, मानव संस्कृति, परम्परा, र ज्ञान, आदि इत्यादि कुराहरू पर्छन्। तिनीहरूले यी कुराहरू आफूले सामना गर्ने समस्याहरू मापन गर्न, हिसाब गर्न, र बुझ्नको लागि प्रयोग गर्छन्, र तिनीहरू पूर्ण रूपमा शैतानको जालमा फसेका हुन्छन्, जसले गर्दा असन्तुष्टि र अनाज्ञाकारिताका विभिन्‍न स्थितिहरू पैदा हुन्छन्। त्यसपछि यी भ्रष्ट स्थितिहरूबाट विभिन्‍न गलत विचार र दृष्टिकोणहरू पैदा हुन्छन्, र त्यसउप्रान्त तिनीहरूको हृदयमा यी नकारात्मक कुराहरू नियन्त्रण गर्न सकिँदैन। अनि तिनीहरूले यी कुराहरू पोखाउने र व्यक्त गर्ने अवसरहरू खोज्छन्। जब तिनीहरूको हृदय नकारात्मकताले भरिएको हुन्छ, तब के तिनीहरूले यसो भन्छन् त, “म भित्री रूपमा नकारात्मक कुराहरूले भरिएको छु; अरूलाई हानि गर्नबाट जोगिन मैले लापरवाही कुरा गर्नु हुँदैन। यदि मलाई बोल्न मन लाग्यो र मैले यो कुरा नियन्त्रण गर्न सकिनँ भने, म पर्खालसँग बोल्छु, वा मानव बोली नबुझ्ने कुनै कुरासँग कुरा गर्छु”? के तिनीहरू यसो गर्न सक्‍ने गरी दयालु हुन्छन् त? (हुँदैनन्।) त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरू तिनीहरूका नकारात्मक दृष्टिकोण, टिप्पणी, र संवेग स्विकार्ने श्रोताहरू भेट्टाउने मौका खोज्छन्, र यसलाई प्रयोग गरेर आफ्नो हृदयबाट असन्तुष्टि, अनाज्ञाकारित, र रोषजस्ता विभिन्‍न नकारात्मक भावनाहरू पोखाउँछन्। तिनीहरू के विश्‍वास गर्छन् भने, मण्डली जीवन अवधि नै यस्तो कुरा पोखाउने सबैभन्दा राम्रो समय हो, र यही नै आफ्नो नकारात्मकता, असन्तुष्टि, र अनाज्ञाकारिता पोखाउने राम्रो अवसर हो, किनभने त्यहाँ सुन्‍नेहरू धेरै हुन्छन् र तिनीहरूका बोलीवचनले अरूलाई नकारात्मक बन्‍न प्रभाव पार्न सक्छन् र मण्डलीका काममा प्रतिकूल परिणामहरू ल्याउन सक्छन्। नकारात्मकता व्यक्त गर्नेहरू अवश्य नै पर्दापछाडि बस्‍नसमेत सक्दैनन्; तिनीहरू सधैँ आफ्नो नकारात्मक बोली पोखाइरहन्छन्। जब तिनीहरूको कुरा सुन्‍नेहरू थोरै हुन्छन्, तिनीहरूलाई यो रोमाञ्चक लाग्दैन, तर जब सबै जना भेला हुन्छन्, तब तिनीहरू धेरै ऊर्जाशील हुन्छन्। नकारात्मकता पोखाउने मानिसहरूको संवेग, स्थिति, र अरू पक्षहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूको उद्देश्य मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह वा उहाँको विरोध नगरून् बरु उहाँप्रति समर्पित होऊन् भनेर तिनीहरूलाई सत्यता बुझ्न, सत्य के हो भनेर हेर्न, परमेश्‍वरबारेका गलतफहमी वा शङ्काहरू हटाउन, आफूलाईर आफ्नो भ्रष्ट सारलाई चिन्न, वा आफ्नो विद्रोहीपन र भ्रष्टताका समस्याहरू समाधान गर्न मद्दत गर्नु होइन। तिनीहरूको उद्देश्य त आधारभूत रूपमा दुई पाटोका हुन्छन्: एक हिसाबमा, तिनीहरू आफ्ना संवेगहरू पोखाउन नकारात्मकता व्यक्त गर्छन्; अर्का हिसाबमा, तिनीहरूले अझै धेरै मानिसहरूलाई नकारात्मकतामा डोर्‍याउने, अनि तिनीहरूलाई आफूसँगै परमेश्‍वरविरुद्ध विरोध गर्न र गुनासो गर्न पासोमा पार्ने उद्देश्य राख्छन्। त्यसकारण, मण्डली जीवनभित्र नकारात्मकता पोखाउने कार्यलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ।

ख. नकारात्मकता पोखाउने मानिसहरूको विभिन्‍न स्थिति र प्रकटीकरणहरू
१. बर्खास्त भएकोमा असन्तुष्ट भएर नकारात्मकता पोखाउनु

नकारात्मकताका भावना र प्रकटीकरणहरू आधारभूत रूपमा यिनै हुन्। मैले यी कुराहरूबारे सङ्गति गरेपछि, मानिसहरूले आफूलाई यी कुराहरूसँग तुलना गर्नुपर्छ र वास्तविक जीवनमा तिनीहरूको कुन व्यवहार, टिप्पणी, र विधिहरू नकारात्मकता पोखाउने व्यवहार हुन्, र कुनकुन परिस्थितिहरूले तिनीहरूलाई नकारात्मकतामा पार्छन्, जसले गर्दा नकारात्मकता पोखाउने अवस्था आइपर्छ भन्‍ने कुरा हेर्नुपर्छ। मलाई भन त, सामान्य ठेट परिस्थितिहरूमा केकस्ता अवस्थाहरूले मानिसहरूलाई नकारात्मक तुल्याउँछन्? नकारात्मकताका सामान्य रूपहरू केके हुन्? (जब कसैलाई बर्खास्त वा काटछाँट गरिन्छ, तब तिनीहरूको हृदयमा केही नकारात्मकता विकास हुन सक्छ।) बर्खास्त हुनु एउटा अवस्था हो, काटछाँट हुनु अर्को अवस्था हो। बर्खास्त हुँदा यसले किन नकारात्मकता ल्याउँछ? (बर्खास्तीमा परेपछि, कति मानिसहरूमा कुनै आत्मज्ञान नै हुँदैन र तिनीहरूको हैसियतले गर्दा नै तिनीहरूको पतन भएको हो भन्‍ने सोच्छन्। त्यसपछि, तिनीहरूले “जति माथि पुगिन्छ, त्यति तल खसिन्छ” भन्दै केही नकारात्मक दृष्टिकोणहरू व्यक्त गर्छन्। तिनीहरूलाई बर्खास्त हुनुबारेमा विशुद्ध बोध हुँदैन; तिनीहरू हृदयमा अनाज्ञाकारी हुन्छन्।) तिनीहरूको भित्री भागमा, अनाज्ञाकारिता र असन्तुष्टि हुन्छ, जुन नकारात्मक भावनाहरू हुन्। के तिनीहरूले गुनासो गर्छन्? (गर्छन्। तिनीहरूलाई लाग्छ कि, तिनीहरूले कठिनाइ भोगेका र मूल्य चुकाएका छन्, बदलामा केही राम्रो कुरा नपाई सधैँ परिश्रम गरेका छन्, र पनि अझै बर्खास्त भएका छन्। त्यसकारण तिनीहरूले भन्छन्, “अगुवा बन्‍नु गाह्रो छ; जो अगुवा बन्छ त्यो अभागी हो। अन्ततः सबैलाई बर्खास्त गरिन्छ।”) यस्ता टीकाटिप्पणीहरू फैलाउनु भनेको नकारात्मकता पोखाउनु हो। यदि तिनीहरू अवज्ञाकारी र असन्तुष्ट मात्र हुन्छन्, तर यस्ता कुराहरू फैलाउँदैनन् भने, त्यो नकारात्मकता पोखाउनु होइन। यदि अनाज्ञाकारिता र असन्तुष्टिबाट क्रमिक रूपमा पीडित मनस्थिति पैदा हुन्छ, र तिनीहरूले आफ्नो क्षमता कमजोर रहेको र काम गर्न नसकेको तथ्य स्वीकार गर्दैनन् भने, त्यसपछि तिनीहरूले हरकिसिमका अभिव्यक्ति, दृष्टिकोण, बहाना, कारण, व्याख्या, औचित्य, आदि इत्यादि कुराहरू सिर्जना गर्दै आफ्नो विकृत तर्क प्रस्तुत गर्न थाल्छन् भने, यस्ता टीकाटिप्पणीहरू गर्नु नकारात्मकता पोखाउनुजस्तै हो। वास्तविक काम नगरेकोमा बर्खास्त भएका कतिपय झूटा अगुवाहरूले हृदयमा अनाज्ञाकारिता र असन्तुष्टि बोक्छन् र कुनै समर्पण देखाउँदैनन्; तिनीहरूले सधैँ यस्तो सोच्छन्, “हेरौँ, अगुवाको रूपमा कसले मेरो स्थान लिन सक्दो रहेछ। अरूहरू मभन्दा असल छैनन्; मैले काम गर्न सकिनँ भने, तिनीहरूले पनि गर्न सक्दैनन्!” तिनीहरूलाई के कुराले अनाज्ञाकारी बनाउँछ? तिनीहरूले सोच्छन् कि तिनीहरूको क्षमता कमजोर छैन र तिनीहरूले धेरै काम गरेका छन्, तैपनि किन तिनीहरूलाई बर्खास्त गरिएको हो? झूटा अगुवाका भित्री विचारहरू यिनै हुन्। तिनीहरूले आफूलाई चिन्‍न र आफूले साँच्‍चिकै कुनै वास्तविक काम गरेको छु कि छैन, आफूले कति वटा वास्तविक समस्याहरू समाधान गरेको छु, वा आफूले मण्डलीको काममा बाधा दिएको छु कि छैन भनेर हेर्न मनन गर्दैनन्। तिनीहरूले यी कुराहरूबारे बिरलै मात्र विचार गर्छन्। तिनीहरूलाई आफूमा सत्यता वास्तविकताको कमी हुनु र आफूले वास्तविक परिस्थिति देख्‍न नसक्‍नु नै समस्या हो भन्‍ने लाग्दैन; बरु, तिनीहरूलाई के विश्‍वास लाग्छ भने, तिनीहरूले धेरै काम गरिसकेका छन्, र त्यसैले तिनीहरूलाई झूटा अगुवाको रूपमा चित्रण गरिनु हुँदैन। तिनीहरूको अनाज्ञाकारिता र असन्तुष्टिको मुख्य कारण यही हो। तिनीहरूले सधैँ यस्तो सोच्छन्: “मैले धेरै वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गरेको छु, र हरदिन बिहानै उठ्ने र राती अबेरसम्‍म बस्‍ने काम मैले कसको लागि गरेको हुँ? परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले आफ्‍नो परिवार छोडेँ, करियर त्यागेँ, र आफ्नो कर्तव्य निर्वाह गर्न पक्राउ र जेल पर्ने जोखिमसमेत उठाएँ। मैले कति धेरै कठिनाइ भोगेको छु! अनि अहिले तिनीहरूले मलाई मैले वास्तविक काम गरेको छैनँ भनेर भन्छन् र मलाई बर्खास्त गर्छन्—यो कस्तो अन्यायी कुरा हो! मैले कुनै उपलब्धिहरू प्राप्त नगरे नि, कठिनाइ त भोगेकै छु; कठिनाइ होइन भने नि, थकाइ त सहेकै छु! मेरो सामर्थ्य र काममा मूल्य चुकाउने मेरो क्षमताको आधारमा, यदि मलाई समेत अझै पनि मापदण्डको स्तरमा नपुगेको मानिन्छ र मलाई बर्खास्त गरिन्छ भने, मलाई त लाग्छ, मापदण्डको स्तरमा पुग्‍ने अगुवाहरू कोही पनि नहोलान्!” के तिनीहरूले यी शब्दहरू बोल्दै नकारात्मकता फैलाइरहेका छैनन् र? के यीमध्ये कुनै एउटा वाक्यले पनि समर्पण व्यक्त गर्छ र? के यसमा सत्यता खोजी गर्ने इच्छाको कुनै सङ्केत छ र? के यसमा यस्तो कुनै आत्मचिन्तन छ, जस्तै “तिनीहरू मेरो काम मापदण्डअनुरूप छैन भन्छन्, त्यसकारण ममा ठ्याक्‍कै के कुराको कमी छ? मैले कुनचाहिँ वास्तविक काम गरिनँ? ममा झूटा अगुवाका कुन प्रकटीकरणहरू देखिन्छन्?” के तिनीहरूले यसरी आफ्नो बारे मनन गरेका छन् त? (छैनन्।) त्यसोभए, तिनीहरूले बोल्ने यी शब्‍दहरूको प्रकृति के हो? के तिनीहरूले गुनासो गरिरहेका हुन्? के तिनीहरूले आफ्नै औचित्य साबित गर्न खोजिरहेका हुन्? तिनीहरूले आफ्नै औचित्य साबित गर्न खोज्नुको उद्देश्य के हो? के यो मानिसहरूको सहानुभूति र बुझाइ प्राप्त गर्नको लागि होइन र? के तिनीहरू आफूले भोगेको अन्यायबारे प्रतिरक्षा र विलाप गर्न धेरै मानिसहरू आइदिऊन् भन्‍ने चाहँदैनन् र? (चाहन्छन्।) त्यसोभए तिनीहरूले कोविरुद्ध होहल्ला गरिरहेका हुन्? के तिनीहरूले परमेश्‍वरसँग तर्क र उहाँविरुद्ध होहल्ला गरिरहेका होइनन् र? (हो।) तिनीहरूको बोली परमेश्‍वरबारे गुनासो गर्ने, र उहाँको विरोध गर्ने बोली हो। तिनीहरूको हृदय गुनासो, अनि प्रतिरोध र विद्रोहीपनले भरिएको हुन्छ। यति मात्र होइन, तिनीहरूले नकारात्मकता पोखाएर अझै धेरै मानिसहरूले तिनीहरूलाई बुझून्, तिनीहरूप्रति सहानुभूति जनाऊन्, र परमेश्‍वरविरुद्ध गुनासो, प्रतिरोध, र अवज्ञा गर्न, वा उहाँविरुद्ध होहल्ला गर्न आफूले जस्तै नकारात्मकता विकास गरून् भन्‍ने उद्देश्य राख्छन्। के तिनीहरूले यो उद्देश्य हासिल गर्न नकारात्मकता पोखाउँदैनन् र? तिनीहरूको उद्देश्य त अझै धेरै मानिसहरूलाई यो मामलाको तथाकथित सत्यता थाहा दिनु र आफूमाथि अन्याय भइरहेको छ, आफूले गरेको काम सही थियो, आफूलाई बर्खास्त गरिनु हुँदैनथ्यो, र आफूलाई बर्खास्त गरिनु गल्ती थियो भनेर अरूलाई विश्‍वास गराउनु मात्रै हो; तिनीहरू अझै धेरै मानिसहरूलाई आफ्नो प्रतिरक्षामा लाउन चाहन्छन्। यसमार्फत, तिनीहरू आफ्नो इज्जत, हैसियत, र प्रतिष्ठा पुनर्स्थापित गर्ने आशा गर्छन्। सबै झूटा अगुवा र ख्रीष्टविरोधीहरूले बर्खास्त भएपछि मानिसहरूको सहानुभूति जित्न यसरी नै नकारात्मकता पोखाउँछन्। तिनीहरूमध्ये कसैले पनि आफ्‍नो बारे मनन गर्न र आफूलाई चिन्‍न, आफ्ना गल्तीहरू स्विकार्न, वा साँचो पछुतो र पश्‍चात्ताप देखाउन सक्दैनन्। यो तथ्यले के प्रमाणित गर्छ भने, सबै झूटा अगुवा र ख्रीष्टविरोधीहरू सत्यतालाई पटक्‍कै प्रेम पनि नगर्ने र स्वीकार पनि नगर्ने मानिसहरू हुन्। त्यसकारण, खुलासा भएपछि र हटाइएपछि, तिनीहरूले सत्यता र परमेश्‍वरका वचनहरूमार्फत आफूलाई चिन्‍न सक्दैनन्। कसैले पनि तिनीहरूले पछुतो गरेको वा आफ्‍नो बारे साँचो ज्ञान प्राप्त गरेको देखेको हुँदैन, न त तिनीहरूले साँचो पश्‍चात्ताप प्रदर्शित गरेको नै कसैले देखेको हुन्छ। तिनीहरूले कहिल्यै आफ्‍नो बारे ज्ञान प्राप्त गरेको वा आफ्ना गल्तीहरू स्विकारेको जस्तो देखिँदैन। यो तथ्यबाट हेर्दा, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई बर्खास्त गरिनु पूर्ण रूपमा उचित हुन्छ र यो पटक्‍कै अन्यायपूर्ण हुँदैन। तिनीहरूको आत्मचिन्तन र ज्ञानको पूर्ण कमी, साथै तिनीहरू पछुतोहीन रहने तथ्यको आधारमा हेर्दा, यो स्पष्ट हुन्छ कि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव गम्भीर हुन्छ, र तिनीहरूले सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्।

कतिपय झूटा अगुवाहरूले बर्खास्त भएपछि आफ्ना गल्तीहरू पटक्‍कै स्वीकार गर्दैनन्, न त तिनीहरूले सत्यता खोजी गर्ने वा आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने नै गर्छन्। तिनीहरूमा अलिकति पनि समर्पणको हृदय वा मनोवृत्ति हुँदैन। बरु, तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र परमेश्‍वरले तिनीहरूलाई अनुचित व्यवहार गर्नुहुन्छ भनेर गुनासो गर्छन्, अनि आफूलाई सही साबित गर्न र रक्षा गर्न विभिन्‍न बहाना र कारणहरू फेला पार्न दिमाग खियाउँछन्। कतिले त यसोसमेत भन्छन्, “मैले पहिले कहिल्यै पनि अगुवा बन्‍न चाहेको थिइनँ, किनभने यो गाह्रो काम हो भन्‍ने मलाई थाहा थियो। तपाईंले राम्रो काम गर्नुभयो भने इनाम दिइँदैन, अनि राम्रो काम गर्नुभएन भने त बर्खास्त नै गरिन्छ र तपाईं कुख्यात बन्‍नुहुन्छ, अनि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तपाईंलाई इन्कार्छन्, र तपाईंको कुनै इज्जत हुँदैन। त्यसपछि कुनै व्यक्तिले आफ्नो अनुहार कसरी देखाउन सक्छ र? अहिले मलाई बर्खास्त गरिएको हुनाले, म अगुवा वा कामदार बन्‍नु सजिलो छैन भन्‍ने कुरामा अझै विश्‍वस्त भएको छु; यो कठिन र कृतज्ञतारहित काम हो!” यो “अगुवा वा कामदार बन्‍नु कठिन र कृतज्ञतारहित काम हो” भन्‍ने अभिव्यक्तिको अर्थ के हो? के यहाँ सत्यता खोजी गर्ने कुनै अभिप्राय व्यक्त भएको छ? के परमेश्‍वरको घरले तिनीहरूलाई अगुवा वा कामदारको रूपमा नियुक्त गरेको तथ्यलाई तिनीहरूले घृणा गर्न थालेका र अहिले अरूलाई बहकाउन यस्तो अभिव्यक्ति प्रयोग गरिरहेका छैनन् र? (हो।) यो अभिव्यक्तिले केकस्ता परिणामहरू ल्याउन सक्छ? धेरैजसो मानिसहरूको मन, सोचाइ, र यो मामलाप्रतिको तिनीहरूको बुझाइ र बोधमा यी शब्दहरूले प्रभाव र बाधा पार्नेछन्। नकारात्मकता पोखाउँदा, यसले मानिसहरूमा ल्याउने परिणाम यही हो। उदाहरणको लागि, यदि तँ अगुवा होइनस् र तैँले यो कुरा सुन्छस् भने, तँ छक्क पर्नेछस्, र तैँले सोच्नेछस्, “के त्यो साँचो होइन र! मलाई अगुवाको रूपमा छनौट गरिनु हुँदैन। यदि छनौट गरियो भने, मैले तुरुन्तै इन्कार्न हरकिसिमका कारण र बहानाहरू बनाउनुपर्नेछ। ममा क्षमताको कमी छ र म काम गर्न सक्दिनँ भनेर भन्‍नेछु।” अगुवाहरूमध्येकै केहीलाई पनि यो अभिव्यक्तिले असर पार्छ, र तिनीहरूले सोच्छन्, “कस्तो भयानक कुरा! के भविष्यमा मैले पनि तिनीहरूको जस्तै परिणाम सामना गर्ने त होइन? यदि परिस्थिति यस्तै हो भने त, म अगुवा बन्‍न पूर्ण रूपमा इन्कार गर्छु।” के यी नकारात्मक, प्रतिकूल भावनाहरू र यो नकारात्मक, प्रतिकूल अभिव्यक्तिले मानिसहरूलाई बाधा दिन्छन्? तिनले स्पष्ट रूपमै बाधाहरू दिन्छन्। व्यक्ति जस्तोसुकै भए नि, उसको क्षमता राम्रो भए नि कमजोर भए नि, जब उसले यी शब्दहरू सुन्छ, तब उसले सुरुमा अनजानमै यी शब्दहरू स्वीकार गर्छ, अनि यी शब्दहरूले उसको मनमा प्रमुख स्थान ओगट्छन्, र उसलाई विभिन्‍न हदसम्म असर गर्छन्। अनि, यसरी असर पर्नुका परिणामहरू केके हुन्? धेरैजसो मानिसहरूले अगुवा बन्‍ने र नेतृत्वबाट बर्खास्त हुने विषयमा सही दृष्टिकोण लिन सक्‍दैनन्, र तिनीहरूमा समर्पणको मनोवृत्ति हुँदैन। बरु, तिनीहरूमा सधैँ परमेश्‍वरलाई गलत बुझ्ने र उहाँविरुद्ध सतर्क हुने हृदय हुन्छ, यो समस्याबारे तिनीहरूमा नकारात्मक भावनाहरू पैदा हुन्छन्, र समस्या उल्लेख हुँदा नै तिनीहरू विशेष संवेदनशील र भयभीत हुन्छन्। जब मानिसहरूले यी व्यवहारहरू प्रदर्शन गर्छन्, तब के तिनीहरू शैतानको परीक्षा र भ्रममा परेका हुँदैनन् र? स्पष्टै छ, तिनीहरूलाई नकारात्मकता पोखाउने मानिसहरूले बहकाएका र बाधा दिएका छन्। ती नकारात्मकता पोखाउने मानिसहरूले ओकल्ने कुराहरू मानिसहरूको भ्रष्ट स्वभाव र शैतानबाट आएका हुन्छन्, र ती कुराहरू सत्यता बुझेर वा परमेश्‍वरले तय गर्नुभएका वातावरणहरूमा समर्पित भएर प्राप्त अनुभवात्मक अन्तर्ज्ञानहरू होइनन्, त्यसकारण ती कुराहरू सुन्‍ने मानिसहरूलाई फरकफरक हदमा बाधा पुग्छ। मानिसहरूले पोखाउने नकारात्मकताले सबैमा केही न केही प्रतिकूल र बाधाकारी असरहरू ल्याउँछ। सक्रिय रूपमा सत्यता खोजी गर्ने कतिलाई त त्यति धेरै हानि हुँदैन। तर कति अरूचाहिँ ती शब्दहरू गलत छन् भन्‍ने थाहा भए नि, बिनाकुनै प्रतिरोध, व्याकुलता र गहन हानिमा नपरी बस्‍न सक्दैनन्। परमेश्‍वरले जे भन्‍नुभए नि, यो विषयमा उहाँले जसरी सङ्गति गर्नुभए नि, वा उहाँसँग जेजस्ता मापदण्डहरू भए नि, तिनीहरूले यी सब कुरा बेवास्ता गर्छन्, र यसको सट्टा नकारात्मकता पोखाउने मानिसहरूका शब्दहरूलाई नै मनमा राख्छन्, र यसरी सधैँ आफूलाई सतर्कता कम नगर्न चेतावनी दिन्छन्, मानौँ यी नकारात्मक अभिव्यक्तिहरू तिनीहरूको सुरक्षा छहारी, र तिनीहरूको ढाल हुन्। परमेश्‍वरले जे भन्‍नुभए नि, तिनीहरूले आफ्नो सतर्कता र गलतफहमी त्याग्‍न सक्दैनन्। सत्यता वा परमेश्‍वरका वचनहरूमा प्रवेश नभएका, र सत्यता वास्तविकता नबुझ्ने यी मानिसहरूले यी नकारात्मक अभिव्यक्तिहरू खुट्ट्याउने कुनै समझशक्ति हासिल गरेका हुँदैनन्, र तिनीहरूमा ती अभिव्यक्तिहरूप्रति कुनै प्रतिरोध हुँदैन। तिनीहरू अन्ततः यी नकारात्मक अभिव्यक्तिहरूको नियन्त्रण र बन्धनमा पर्छन्, र तिनीहरूले त्यसउप्रान्त परमेश्‍वरका वचनहरू स्विकार्न सक्दैनन्। के यसले तिनीहरूलाई हानि गरेको हुँदैन र? तिनीहरूलाई कति हदसम्म हानि भएको हुन्छ? तिनीहरूले परमेश्‍वरका वचनहरू स्विकार्न वा बुझ्न सक्दैनन्, बरु यसको साटो तिनीहरूले मानिसहरूद्वारा व्यक्त गरिएका असन्तुष्टि, अनाज्ञाकारिता, र गुनासाका नकारात्मक शब्दहरूलाई सकारात्मक कुराहरूको रूपमा लिन्छन्, र तिनैलाई आफ्नो हृदयमा राख्‍नुपर्ने व्यक्तिगत आदर्शको रूपमा लिन्छन्, र आफ्नो जीवन डोर्‍याउन, परमेश्‍वरको विरोध गर्न र उहाँका वचनहरू उल्लङ्घन गर्न पनि तिनैलाई प्रयोग गर्छन्। के तिनीहरू शैतानको जालमा परेका हुँदैनन् र? (हुन्छन्।) यी मानिसहरू अनजानमै शैतानको जालमा पर्छन्, र तिनीहरू शैतानको बन्दी बन्छन्। यी मानिसहरूले पदबाट बर्खास्त हुनेजस्तो सरल कुराबारे दिने नकारात्मक अभिव्यक्तिहरूले अरूलाई ठूलो असर पार्छन्। यसको एउटा मूल कारण हुन्छ: यी नकारात्मक अभिव्यक्तिहरू स्विकार्ने मानिसहरू पहिले नै अगुवा बन्‍नेबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन् र तिनीहरूमा केही गलतफहमी र सतर्कतासमेत हुन्छन्। यी गलतफहमी र सतर्कताहरूले तिनीहरूको मनमा पूर्ण आकार लिइनसकेको हुने भए नि, यी नकारात्मक अभिव्यक्तिहरू सुनेपछि, तिनीहरू आफ्‍नो सतर्कता र गलतफहमीहरू सही छन् भन्‍नेमा थप विश्‍वस्त हुन्छन्; तिनीहरूले अगुवा बन्दा यसले धेरै दुर्भाग्य ल्याउँछ, तर धेरै असल कुराहरू ल्याउँदैन, र तिनीहरूले गल्ती गरेर बर्खास्ती र इन्कारीमा पर्नबाट बच्न अगुवा वा कामदार बन्‍नु हुँदैन भन्‍ने कुरामा विश्‍वास गर्ने अझै धेरै कारण छ भन्‍ने महसुस गर्छन्। के तिनीहरू पूर्ण रूपमा नकारात्मकता पोखाउने मानिसहरूको बहकाउ र प्रभावमा परेका हुँदैनन् र? बर्खास्त गरिएको व्यक्तिले दिएका नकारात्मक अभिव्यक्तिहरू, साथै उसको अनाज्ञाकारीता र असन्तुष्टिका भावनाहरूले मात्रै पनि मानिसहरूमा यति ठूलो प्रभाव र हानि ल्याउन सक्छन्। तिमीहरूलाई के लाग्छ—के मानिसहरूले फैलाउने नकारात्मक भावनाहरू मृत्युको वातावरणले भरिएको हुनु गम्भीर समस्या हो? (हो, यो गम्भीर कुरा हो।) के कुराले यसलाई यति गम्भीर बनाउँछ? त्यो के हो भने, यसले परमेश्‍वरप्रतिको मानिसहरूको गहन सतर्कता र गलतबुझाइहरूलाई एकदमै राम्ररी मलजल गर्छ, र साथै यसले मानिसहरूको परमेश्‍वरप्रति गलतबुझाइ र शङ्का गर्ने स्थिति, साथै उहाँप्रति तिनीहरूले राख्‍ने भित्री मनोवृत्ति पनि प्रतिबिम्बित गर्छ। त्यसकारण, नकारात्मकता पोखाउने मानिसहरूले दिने अभिव्यक्तिहरूले सीधै मानिसहरूका नाजुक विन्दुहरूमा प्रहार गर्छन्, र मानिसहरूले ती कुराहरू पूर्ण रूपमा स्विकार्छन्, र तिनीहरू शैतानको जालमा यति पूर्ण रूपमा पर्छन् कि तिनीहरूले आफूलाई मुक्त गर्नै सक्दैनन्। यो राम्रो कि नराम्रो कुरा हो? (नराम्रो कुरा।) यसका परिणामहरू केके हुन्? (यसले मानिसहरूलाई परमेश्‍वरलाई धोका दिने बनाउँछ।) (यसले मानिसहरूलाई परमेश्‍वरप्रति सतर्क हुन र उहाँलाई गलत बुझ्न, हृदयमा उहाँबाट टाढा जान, आफ्नो कर्तव्यलाई नकारात्मक रूपमा लिन, र महत्त्वपूर्ण आज्ञाहरू स्विकार्न डराउने बनाउँछ। तिनीहरू साधारण कर्तव्य निर्वाह गर्नमै सन्तुष्ट हुन्छन् र यसरी तिनीहरूले सिद्ध पारिने धेरै अवसर गुमाउँछन्।) के त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (सकिँदैन।)

पावलले दुई हजार वर्षपहिले धेरै दृष्टिकोणहरू प्रस्तुत गरेको थियो र धेरै पत्रहरू लेखेको थियो। ती पत्रहरूमा, उसले धेरै भ्रमहरू बताएको छ। मानिसहरूमा समझशक्तिको कमी भएकोले, विगत दुई हजार वर्षदेखि बाइबल पढ्ने मानिसहरूले मुख्य रूपमा पावलकै विचार र दृष्टिकोणहरू स्विकारेका छन्, जबकि प्रभु येशूका वचनहरू पन्छाएका छन्, र परमेश्‍वरबाट आएका सत्यताहरू नकारेका छन्। के पावलका विचार र दृष्टिकोणहरू स्विकार्ने मानिसहरू परमेश्‍वरअघि आउन सक्छन्? के तिनीहरूले उहाँका वचनहरू स्विकार्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरूले परमेश्‍वरका वचनहरू स्विकार्न सक्दैनन् भने, के तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्छन्? (सक्दैनन्।) जब परमेश्‍वर तिनीहरूअघि आएर उभिनुहुन्छ, तब के तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्छन्? के तिनीहरूले उहाँलाई आफ्नो परमेश्‍वर र प्रभुको रूपमा स्विकार्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? मानिसहरूको हृदय पावलका भ्रामक विचार र दृष्टिकोणहरूले भरिएको छ, र यसबाट नानाथरी सिद्धान्त र भनाइहरू पैदा भएको छ। जब मानिसहरूले परमेश्‍वर, उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र मानिसहरूप्रतिको उहाँको मनोवृत्ति मापन गर्न यी कुराहरू प्रयोग गर्छन्, तब तिनीहरू साधारण र सरल प्रकारका भ्रष्ट मानिसहरू रहँदैनन्, र तिनीहरूले परमेश्‍वरको विरोध गर्छन्, उहाँलाई सूक्ष्मजाँच र विश्‍लेषण गर्छन्, र उहाँप्रति शत्रुवत्‌ बन्छन्। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बचाउन सक्नुहुन्छ? (सक्‍नुहुन्‍न।) यदि परमेश्‍वरले तिनीहरूलाई बचाउनुहुन्‍न भने, के तिनीहरूसित अझै पनि मुक्ति पाउने मौका हुन्छ? परमेश्‍वरको पूर्वनिर्धारण र छनौटले मानिसहरूलाई एउटा मौका दिएको छ, तर यदि परमेश्‍वरको पूर्वनिर्धारण र छनौटपछि पनि मानिसहरूले रोज्‍ने मार्ग पावललाई पछ्याउने मार्ग हो भने, के मुक्ति पाउने यो अवसर अझै अस्तित्वमा रहन्छ र? कति मानिसहरू भन्छन्, “मलाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्नुभएको हो, त्यसकारण म पहिले नै सुरक्षित क्षेत्रमा छु। मैले अवश्य नै मुक्ति पाउनेछु।” के यी शब्दहरू सही छन्? परमेश्‍वरले पूर्वनिर्धारित गर्नु र चुन्नु भनेको के हो? यसको अर्थ तँ मुक्तिको उम्मेदवार बनेको छस् भन्‍ने हो, तर तैँले मुक्ति पाउँछस् कि पाउँदैनस् भन्‍ने कुरा तैँले कति राम्ररी पछ्याउँछस् र तैँले सही मार्ग रोजेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। के सबै उम्मेदवारहरूलाई अन्ततः छनौट गरिन्छ र मुक्ति दिइन्छ भन्‍ने हुन्छ र? हुँदैन। त्यसैगरी, यदि मानिसहरूले नकारात्मकता पोखाउने मानिसहरूले व्यक्त गर्ने अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासो, वा टिप्पणी, विचार, र दृष्टिकोणजस्ता भावनाहरू स्विकार्छन्, र तिनीहरूको हृदय यी प्रतिकूल कुराहरूले भरिएको र नियन्त्रित छ भने, यसले तिनीहरू अलिकति मात्रै सहमत छन् भन्‍ने देखाउँदैन—यसको अर्थ तिनीहरूले यी कुराहरू पूर्ण रूपमा स्विकार्छन् र तिनीहरू यी कुराहरूअनुसार जिउन चाहन्छन् भन्‍ने हुन्छ। जब मानिसहरू यी प्रतिकूल कुराहरूअनुसार जिउँछन्, तब परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्धमा परिणत हुन्छ। यो सृष्टिकर्ता र सृष्टि गरिएका प्राणीहरूबीचको सम्बन्ध हुँदैन, न त परमेश्‍वर र भ्रष्ट मानवजातिबीचको सम्बन्ध नै हुन्छ, र यो अवश्य नै परमेश्‍वर र मुक्ति प्राप्त गर्ने मानिसहरूबीचको सम्बन्ध पनि हुँदैन। बरु, यो परमेश्‍वर र शैतानबीचको, परमेश्‍वर र उहाँका शत्रुहरूबीचको सम्बन्धमा परिणत हुन्छ। अनि त्यसैले, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा प्रश्‍नचिन्ह, र अज्ञात कुरा बन्छ। बर्खास्त गरिएका मानिसहरूले व्यक्त गर्ने नकारात्मक अभिव्यक्तिहरू गुनासो, गलतफहमी, बहाना, र प्रतिरक्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसहरूलाई बहकाउने र आफूतर्फ आकर्षित गर्ने केही कुराहरूसमेत बोलेका हुन्छन्। यी अभिव्यक्तिहरू सुनेपछि, मानिसहरूले परमेश्‍वरप्रति गलतबुझाइ र सतर्कता विकास गर्छन्, र हृदयमा उहाँबाट टाढा जाने र उहाँलाई इन्कार्नेसमेत गर्छन्। त्यसैले, जब त्यस्ता मानिसहरूले नकारात्मकता पोखाउँछन्, तब तिनीहरूलाई तुरुन्तै प्रतिबन्धित गर्नु र रोक्नुपर्छ। तिनीहरूले आफूले अनुभव गर्ने परिस्थितिहरूलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न, सत्यता खोजी गर्न, र परमेश्‍वरमा समर्पित हुन नसक्नु तिनीहरूको आफ्नै समस्या हो, र तिनीहरूलाई अरूमाथि असर पार्न दिनु हुँदैन। यदि तिनीहरूले यसलाई स्विकार्न सक्दैनन् भने, तिनीहरूले यसलाई बिस्तारै पचाएर आफै समाधान गरून्। तर यदि तिनीहरूले नकारात्मकता पोखाउँछन् र अरूको सामान्य प्रवेशमा असर पार्छन् र बाधा दिन्छन् भने, तिनीहरूलाई समयमै रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सकिँदैन र तिनीहरूले मानिसहरूलाई बहकाउन र आफ्नो पक्षमा ल्याउन नकारात्मकता पोखाउने कार्य जारी राख्छन् भने, तिनीहरूलाई तुरुन्तै हटाउनुपर्छ। तिनीहरूलाई मण्डली जीवनमा बाधा दिइरहन दिनु हुँदैन।

२. काटछाँट स्विकार्न नमान्‍ने तर नकारात्मकता पोखाउने

मानिसहरूले नकारात्मकता पोखाउने सम्भावना भएको अर्को परिस्थिति पनि छ: जब तिनीहरूले काटछाँट सामना गर्छन् र काटछाँटका केही शब्दहरू स्विकार्न सक्दैनन्, तब तिनीहरूले हृदयमा अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासो बोक्छन्, र कहिलेकहीँ त आफूमाथि गलत गरिएकोसमेत महसुस गर्छन्। तिनीहरूले अन्याय भएको विश्‍वास गर्छन्: “मलाई किन आफ्‍नो कुरा बताउने वा स्पष्ट पार्ने अनुमति दिइँदैन? किन मलाई निरन्तर काटछाँट गरिन्छ?” यी मानिसहरूले प्राय कस्तो खालको नकारात्मकता पोखाउँछन्? तिनीहरूले आफूलाई सही साबित गर्ने र रक्षा गर्ने कारणहरू खोज्छन्। तिनीहरूले आफ्नो गल्ती चिरफार गर्ने, त्यसको पूर्ति गर्ने, वा त्यसलाई सुल्झाउने गर्नुको सट्टा, बरु तिनीहरूको आफ्नै पक्षमा तर्क गर्छन्, र तिनीहरूले किन कुनै काम राम्ररी गरेनन्, यसपछाडि केकस्ता कारणहरू, र केकस्ता वस्तुगत कारकतत्त्व र अवस्थाहरू थिए, र तिनीहरूले कसरी जानीजानी त्यसो गरेका होइनन् भन्‍नेजस्ता कुराहरू गर्छन्; तिनीहरूले काटछाँट इन्कार्ने आफ्नो उद्देश्य हासिल गर्न आफूलाई सही साबित गर्ने र रक्षा गर्ने यी बहानाहरू प्रयोग गर्छन्। यी मानिसहरूले काटछाँट सही हो भन्‍ने कुरा स्विकार्दैनन्, र तिनीहरूले काटछाँटको घटनाबारे अरू धेरै मानिसहरूसँग विश्‍लेषण गर्छन्, र सबैको सामु स्पष्ट व्याख्या गर्ने प्रयास गर्छन्। तिनीहरूले यसोसमेत भन्छन्: “यस्तो काटछाँटले त मानिसहरूलाई कर्तव्य निर्वाह गर्नबाट निरुत्साहित गर्नेछ। अबउप्रान्त कोही पनि कर्तव्य निर्वाह गर्न तयार हुनेछैन। मानिसहरूलाई कसरी अघि बढ्ने भन्‍ने थाहा हुनेछैन र तिनीहरूसँग अभ्यासको मार्ग हुनेछैन।” कति मानिसहरूले त आफूले काटछाँट कसरी स्विकार्छन् भनेर सतही रूपमा सङ्गतिसमेत गर्छन्, तर वास्तवमा तिनीहरूले आफूलाई सही साबित गर्न र रक्षा गर्नहेतु सङ्गति प्रयोग गरिरहेका हुन्छन्, जसले गर्दा अझै धेरै मानिसहरूले परमेश्‍वरको घरले तिनीहरूप्रति व्यवहार गर्दा मानिसहरूको भावनालाई ध्यान दिँदैन र सानो गल्तीले पनि काटछाँट हुन सक्छ भनेर विश्‍वास गर्छन्। नकारात्मकता पोखाउने प्रवृत्तिका मानिसहरूले कहिल्यै आफ्नो बारे मनन गर्दैनन्। काटछाँट सामना गर्दा पनि, तिनीहरूले आफ्ना गल्तीहरूको प्रकृति वा त्यसको कारण के हो भनेर मनन गर्दैनन्। तिनीहरूले यी समस्याहरू चिरफार गर्दैनन्, बरु निरन्तर तर्क गर्छन्, आफूलाई सही साबित गर्छन् र आफूलाई रक्षा गर्छन्। कति मानिसहरूले यसोसमेत भन्छन्, “काटछाँट हुनुभन्दा पहिले, मलाई पछ्याउनुपर्ने बाटो छ भन्‍ने लाग्थ्यो। तर जब मलाई काटछाँट गरियो, तब म अन्योल परेँ। अब कसरी अभ्यास गर्ने वा परमेश्‍वरमा कसरी विश्‍वास गर्ने मलाई थाहै छैन, र म अगाडि बढ्ने बाटो देख्नै सक्दिनँ।” तिनीहरूले अरूलाई पनि यसो भन्छन्, “तिमीहरू काटछाँट नहोस् भनेर अत्यन्तै होशियार हुनुपर्छ; यो अत्यन्तै पीडादायी कुरा हो, यो छाला काढिनुजस्तै हो। मेरो पुरानो मार्ग नपछ्याऊ। काटछाँट भएपछि म कस्तो बनेको छु, हेर। म अड्किएको छु, अघि बढ्न नि सक्दिनँ, पछि सर्न नि सक्दिनँ; मैले गर्ने कुनै कुरा सही हुँदैन!” के यी शब्दहरू सही छन्? के तिनमा कुनै समस्या छ? (छ। तिनीहरूले आफूले केही गल्ती गरेको छैन भनेर आफूलाई सही साबित गर्ने प्रयास र तर्क गरिरहेका छन्।) यस्तो आफूलाई सही साबित गर्ने प्रयास र तर्कद्वारा के सन्देश दिइएको छ? (तिनीहरूले मानिसहरूलाई काटछाँट गर्नु परमेश्‍वरको घरको गल्ती हो भनेर भनिरहेका छन्।) कति मानिसहरू भन्छन्, “काटछाँटमा पर्नुभन्दा पहिले, मलाई पछ्याउनुपर्ने बाटो छ जस्तो लाग्थ्यो, तर काटछाँटमा परेपछि, के गर्ने भन्‍ने नै थाहा छैन।” काटछाँटमा परेपछि, किन तिनीहरूलाई के गर्ने भन्‍ने नै थाहा हुँदैन? यसको कारण के हो? (काटछाँट सामना गर्दा, तिनीहरूले सत्यता स्विकार्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्। तिनीहरूले केही धारणाहरू बोकेका हुन्छन्, तर तिनलाई समाधान गर्न सत्यता खोजी गर्दैनन्। यसले गर्दा तिनीहरू मार्गविहीन बन्छन्। कारण के थियो भनेर आफैभित्र खोज्नुको सट्टा, तिनीहरूले विपरीत दाबी गर्छन्, अर्थात् काटछाँट भएकोले तिनीहरूले बाटो गुमाउनुपर्‍यो भन्‍ने दाबी गर्छन्।) के यो दोषारोपण होइन र? यो त यस्तो भन्‍नुजस्तै हो, “मैले जे गरेँ त्यो सिद्धान्तहरूअनुसार थियो, तर तिमीले मलाई काटछाँट गरेकोले तिमी मलाई सिद्धान्तहरूअनुसार काम गर्न दिँदैनौ भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसैले, भविष्यमा मैले कसरी अभ्यास गर्ने?” त्यस्ता कुराहरू बोल्ने मानिसहरूको तात्पर्य यही हुन्छ। के तिनीहरूले काटछाँट हुन स्विकारिरहेका हुन्छन्? के तिनीहरूले आफूले गल्तीहरू गरेँ भन्‍ने तथ्य स्विकार्छन्? (स्विकार्दैनन्।) के यो अभिव्यक्तिले वास्तवमा तिनीहरू लापरवाही रूपमा दुष्कर्म कसरी गर्ने भनेरचाहिँ जान्दछन्, तर काटछाँट गर्दा र सिद्धान्तहरूअनुसार काम गर्न लगाउँदा, तिनीहरूलाई के गर्ने भन्‍ने नै थाहा हुँदैन र तिनीहरू अन्योल पर्छन् भन्‍ने अर्थ दिँदैन र? (दिन्छ।) त्यसोभए, तिनीहरूले पहिले कसरी काम गर्थे? जब कसैले काटछाँट सामना गर्छ, तब के त्यसको अर्थ तिनीहरूले सिद्धान्तहरूअनुसार काम नगरेको कारण त्यसो भएको हो भन्‍ने हुँदैन र? (हो।) तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन्, सत्यता खोजी गर्दैनन्, र परमेश्‍वरको घरका सिद्धान्तहरू वा नियमहरूअनुसार काम गर्दैनन्, त्यसकारण तिनीहरूलाई काटछाँट गरिन्छ। काटछाँटको उद्देश्य मानिसहरूलाई सत्यता खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्षम तुल्याउनु, र तिनीहरूलाई फेरि लापरवाह रूपमा दुष्कर्म गर्नबाट रोक्‍नु हो। तैपनि, काटछाँट सामना गर्दा, ती मानिसहरूले अब त कसरी काम गर्ने वा कसरी अभ्यास गर्ने थाहै हुन छोड्यो भनेर भन्छन्—के यी शब्दहरूमा आत्मज्ञानको कुनै तत्त्व छ? (छैन।) तिनीहरूले आफूलाई चिन्‍ने वा सत्यता खोजी गर्ने कुनै अभिप्राय राख्दैनन्। बरु, तिनीहरूले यस्तो आशय राख्छन्: “मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने गर्थेँ, तर तपाईंले मलाई काटछाँट गरेर मेरो सोचाइ भताभुङ्ग पार्नुभो र कर्तव्यप्रतिको मेरो शैली अलमल्याउनुभो। अहिले मेरो सोचाइ सामान्य छैन, र म पहिलेजस्तो निर्णायक वा निडर छैनँ, म त्यति साहसी छैनँ, र यो सबै काटछाँटको कारणले गर्दा हो। मलाई काटछाँट गरिएदेखि, मेरो मुटुमा गहिरो घाउ लागेको छ। त्यसकारण, मैले अरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा अत्यन्तै होसियार हुनुपर्छ भनेर भन्‍नुपर्छ। तिनीहरूले आफ्ना कमीकमजोरीहरू खुलासा गर्नु वा गल्ती गर्नु हुँदैन; तिनीहरूले गल्ती गरे भने, तिनीहरूलाई काटछाँट गरिनेछ, र त्यसपछि तिनीहरू डरपोक बन्‍नेछन् र तिनीहरूले आफ्‍नो पहिलेको क्षमता गुमाउनेछन्। तिनीहरूको साहसिक भावना निकै निस्तेज बन्‍नेछ, र आफ्‍नो सक्दो गर्ने तिनीहरूको जवान साहस र इच्छा हराउनेछ, जसले गर्दा तिनीहरू दयनीय रूपमै कमजोर हुनेछन्, र आफ्नै छायाको समेत डर मान्नेछन्, र आफूले गर्ने कुनै पनि काम सही हुँदैन भन्‍ने महसुस गर्नेछन्। तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरको उपस्थिति महसुस गर्न छोड्नेछन्, र तिनीहरू उहाँबाट झन्झन् टाढा हुँदै जानेछन्। परमेश्‍वरलाई गरिने प्रार्थना र पुकारसमेत सुनिँदैन जस्तो लाग्‍नेछ। तिनीहरूले आफूसँग पहिलेजस्तो जीवनशक्ति, उत्साह, र प्रेमिलोपन नभएको महसुस गर्नेछन्, र आफूलाई नीचसमेत ठान्न थाल्नेछन्।” के यी अनुभवी व्यक्तिले सङ्गति गर्दा हृदयदेखि आएका शब्दहरू हुन्? के ती साँचो हुन्? के तिनले मानिसहरूलाई सुधार वा फाइदा प्रदान गर्छन्? के यो तथ्यहरू बङ्ग्याउने काम होइन र? (हो, यी शब्दहरू निकै हास्यास्पद छन्।) तिनीहरूले भन्छन्, “मेरो पाइला नपछ्याउनुहोस् वा मेरो पुरानो बाटो नहिँड्नुहोस्! अहिले तपाईंहरूले मलाई निकै शिष्ट व्यवहार गर्नेजस्तो देख्‍नुहुन्छ, तर वास्तवमा काटछाँटमा परेपछि र पहिलेजस्तो मुक्त र स्वतन्त्र नभएकोले म भयभीत मात्रै छु।” यी शब्दहरूले सुन्‍नेहरूलाई कस्तो प्रभाव पार्छन्? (तिनले मानिसहरूलाई परमेश्‍वरविरुद्ध अझै सतर्क तुल्याउँछन्, जसले गर्दा काटछाँटमा पर्ने डरले तिनीहरूले सतर्कतापूर्वक व्यवहार गर्छन्।) तिनले यस्तो नकारात्मक प्रभाव पार्छन्। ती कुरा सुनेपछि, मानिसहरूले सोच्छन्, “यसबारेमा भन्‍नुस् न! सानो हेलचेक्र्याइँ मात्र हुनुपर्छ अनि काटछाँटमा परिहालिन्छ—यसलाई रोक्न केही गर्न सकिँदैन! परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नु किन यति गाह्रो हुन्छ? सधैँ सत्यता सिद्धान्तहरू पालना गर्नुपर्ने—यो निकै थकाइलाग्दो कुरा हो! के सरल र स्थिर जीवन जिउनु नै ठीक हुँदैन र? यो त्यति ठूलो माग वा लालची आशा पनि होइन, तर किन यो हासिल गर्न यति गाह्रो हुन्छ? म त निश्‍चय नै आशा गर्छु, मलाई काटछाँट नहोस्। म अत्यन्तै डरपोक व्यक्ति हुँ; सामान्यतया, जब मानिसहरूले मलाई हेरिरहन्छन् र ठूलो आवाजमा बोल्छन्, तब मेरो मुटु धड्कन थाल्छ। यदि मैले साँच्‍चै नै काटछाँट सामना गरेँ र तथ्यहरू त्यसरी विश्‍लेषण गर्ने ती वचनहरू कठोर छन् भने, मैले यो कुरा कसरी सम्हाल्न सक्छु होला? के यसले मलाई महाकष्ट दिनेछैन र? सबैले काटछाँट राम्रो हो भनेर भन्छन्, तर त्यो कसरी हो मलाई थाहा छैन। के त्यो व्यक्ति यसबाट डराएको थिएन र? यदि मलाई काटछाँट गरियो भने, मलाई पनि डर लाग्छ।” के नकारात्मकता पोखाउने मानिसहरूका शब्दहरूले पैदा गर्ने प्रभाव यही होइन र? यो प्रभाव स्वीकार्य र सकारात्मक छ कि नकारात्मक र प्रतिकूल छ? (नकारात्मक र प्रतिकूल।) यी नकारात्मक अभिव्यक्तिहरूले सत्यता पछ्याउन इच्छुक मानिसहरूलाई ठूलो हानि गर्न सक्छन्! त्यसोभए, मलाई भन त, बारम्बार नकारात्मकता पोखाउने र मृत्युको कुरा फैलाउने मानिसहरू शैतानका सेवकहरू हुन्? के तिनीहरू मण्डलीको काममा बाधा दिने मानिसहरू हुन्? (हुन्।)

कति मानिसहरू आफ्नै विचारअनुसार काम गर्छन् र सिद्धान्तहरूविरुद्ध जान्छन्। काटछाँट भएपछि, तिनीहरूलाई आफूले यति धेरै मेहनत गरेर मूल्य चुकाउनुको बाबजुद पनि आफूलाई काटछाँट गरियो भन्‍ने लाग्छ, त्यसकारण तिनीहरूको हृदय अनाज्ञाकारिताले भरिन्छ, र तिनीहरूले खुलासा वा चिरफार स्विकार्दैनन्। तिनीहरूलाई के विश्‍वास लाग्छ भने, परमेश्‍वर अधर्मी हुनुहुन्छ र परमेश्‍वरको घरले तिनीहरूप्रति अनुचित व्यवहार गरेको छ, अर्थात् तिनीहरूजस्ता प्रतिभाशाली उपयोगी व्यक्ति, यति धेरै कष्ट भोग्‍ने र यति धेरै मूल्य चुकाउने मानिसहरूलाई परमेश्‍वरको घरले प्रशंसा गर्दैन, बरु उल्टै काटछाँटसमेत गर्छ। तिनीहरूको अनाज्ञाकारिताबाट गुनासाहरू पैदा हुन्छन्, र तिनीहरूले आफ्नो नकारात्मकता पोखाउँछन्: “मेरो दृष्टिकोणमा, परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा गाह्रो कुरा अरू केही छैन; केही आशिष्‌हरू प्राप्त गर्न र थोरै अनुग्रह प्राप्त गर्न पनि निकै गाह्रो छ। मैले यति धेरै मूल्य चुकाएँ, तर एउटा मात्र कुरा नराम्ररी गरेकोमा मलाई काटछाँट गरियो। यदि मजस्तो व्यक्ति काम गर्न सक्‍ने व्यक्ति होइन भने, कसरी अरू कोही त्यस्तो व्यक्ति हुन सक्छ र? के परमेश्‍वर धर्मी हुनुहुन्न र? म किन उहाँको धार्मिकता पहिचान गर्न सक्‍ने स्थितिमा छैनँ? परमेश्‍वरको धार्मिकता कसरी मानिसहरूका धारणाहरूसँग यति अमिल्दो छ?” तिनीहरूले आफूले गरेका कुनकुन कामहरू सिद्धान्तहरूविपरीत छन् वा तिनीहरूले केकस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेका छन् भनेर चिरफार गर्दैनन्। तिनीहरूमा पछुतो वा समर्पणको कमी मात्रै हुँदैन—तिनीहरूले त खुल्लमखुल्ला आलोचना र विरोधसमेत गर्छन्। तिनीहरूले यस्तो अभिव्यक्ति दिएको सुनेपछि, धेरैजसो मानिसहरू तिनीहरूप्रति केही सहानुभूति देखाउन थाल्छन् र तिनीहरूको प्रभावमा पर्छन्: “यो साँचो हो, होइन र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको बीस वर्ष भयो र अझै पनि तिनीहरूले यस्तो काटछाँट सामना गरिरहेका छन्। यदि बीस वर्षदेखि विश्‍वास गरेको व्यक्तिले त मुक्ति पाउँछ भन्‍ने छैन भने, हामीजस्ता मानिसहरूको त आशा झनै कम छ।” के तिनीहरू विषाक्त भएका छैनन् र? नकारात्मकता पोखिएपछि, मानिसहरूको हृदयमा बीउजसरी नै विष रोपिन्छ, जसले तिनीहरूको मनमा जरा गाड्छ, अनि उम्रिन्छ, फुल्छ, र फल फलाउँछ। मानिसहरूलाई थाहै नभई, तिनीहरू विषले भरिन्छन्, र तिनीहरूभित्र परमेश्‍वरविरुद्ध विरोध र गुनासो पैदा हुन्छ। जब ती मानिसहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी बन्छन् र परमेश्‍वरको घरले तिनीहरूलाई जेजसरी सम्हालेको छ त्यसमा असन्तुष्ट बन्छन्। तिनीहरूले पश्‍चात्ताप र स्वीकारको मनोवृत्ति अपनाउनुको सट्टा, तर्क गर्छन्, औचित्य प्रस्तुत गर्छन्, र आफूलाई रक्षा गर्छन्। तिनीहरूले आफूले कति कठिनाइहरू भोगेका छन्, के काम गरेका छन्, र आफ्नो धेरै वर्षको विश्‍वासमा केकस्ता कर्तव्यहरू पूरा गरेका छन्, तर अहिले इनामहरू प्राप्त गर्नुको सट्टा, काटछाँट सामना गरेका छन् भनेर व्यापक प्रचार गर्छन्। काटछाँटमा परेपछि तिनीहरूले आफ्नो भ्रष्टता र आफूले गरेका गल्तीहरू पहिचान गर्न नसक्‍ने मात्र नभई, परमेश्‍वरको घरले तिनीहरूप्रति गरेको व्यवहार अनुचित र तर्कविसङ्गत छ, तिनीहरूलाई त्यसरी व्यवहार गर्नु हुँदैन, र तिनीहरूलाई त्यसरी व्यवहार गरिन्छ भने, परमेश्‍वर धर्मी हुनुहुन्न भन्‍ने विचारसमेत फैलाउँछन्। तिनीहरूले यो नकारात्मकता पोखाउनुको कारण के हो भने, तिनीहरूले काटछाँट वा आफूले गल्तीहरू गरेको तथ्य स्विकार्न सक्दैनन्, झन् तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र मण्डलीको काममा हानि गरेको तथ्य स्विकार्नु वा मान्‍नु त परै जाओस्। तिनीहरू आफूले सही काम गरेको छु र आफूलाई काटछाँट गर्नु परमेश्‍वरको घरले गरेको गल्ती हो भन्‍ने विश्‍वास गर्छन्। नकारात्मकता पोखाएर, तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको घरले मानिसहरूलाई अनुचित तरिकाले व्यवहार गर्छ भनेर भन्‍न चाहन्छन्: कसैले गल्ती गरेपछि, परमेश्‍वरको घरले यसलाई तिनीहरूविरुद्ध हतियारको रूपमा प्रयोग गर्नेछ, यो समस्यालाई लिएर तिनीहरूलाई निर्दयी रूपमा काटछाँट गर्नेछ, यहाँसम्म कि तिनीहरू आज्ञाकारी बन्छन् र तिनीहरूले कुनै योगदान दिएका छैनन् भन्‍ने सोच्छन्, र तिनीहरूलाई पुज्ने कोही हुँदैन, तिनीहरूले आफूलाई आदर गर्दैनन्, र परमेश्‍वरलाई इनाम माग्‍ने आँट गर्दैनन्—अनि मात्रै परमेश्‍वरको घरले आफ्नो उद्देश्य हासिल गर्नेछ। यो नकारात्मकता पोखाउनुपछाडि रहेको तिनीहरूको उद्देश्य अझै धेरै मानिसहरूलाई तिनीहरूको प्रतिरक्षामा ल्याउनु, अझै धेरै मानिसहरूलाई “त्यो कुराको सत्यता” बुझ्न लगाउनु र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षको अवधिमा कति धेरै कष्ट भोगेका छन्, तिनीहरूको योगदान कति महत्त्वपूर्ण छ र तिनीहरू कति योग्य छन्, र तिनीहरू कति अनुभवी विश्‍वासी हुन् भनेर देखाउनु हो। यसमार्फत, तिनीहरूले अरूहरूलाई परमेश्‍वरको घरका नियमहरू र परमेश्‍वरको घरले तिनीहरूलाई गरेको काटछाँटविरुद्ध आफ्नो पक्षमा उभिन लगाउन चाहन्छन्। के यो मानिसहरूलाई आफूतिर तान्‍ने प्रकृतिको कार्य होइन र? (हो।) यसरी नकारात्मकता पोखाउनुमा रहेको तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई आफूतिर तान्‍नु र बहकाउनु हो, र तिनीहरूले आफ्नो रिस आक्रोश पोखाउन मण्डलीको काममा बाधा दिन्छन्। तिनीहरूले आफ्नो नकारात्मकता पोखाउँदा मानिसहरूमा यसले जेसुकै असर गरे नि, यसको प्रभाव र परिणाम भनेको मानिसहरूलाई बहकाउनु र बाधा दिनु, र तिनीहरूलाई हानि गर्नु नै हो। यो सुधारात्मक हुँदैन। यसको प्रभाव नकारात्मक नै हुन्छ।

जब मानिसहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूले पोखाउने नकारात्मकताहरू आधारभूत रूपमा यिनै हुन्। तिनीहरूले काटछाँट स्विकार्न सक्दैनन् र तिनीहरू हृदयमा असन्तुष्ट र अनाज्ञाकारी हुन्छन्, र यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्दैनन्। तिनीहरूको पहिलो प्रतिक्रिया काटछाँटबारे सत्यता खोजी गर्नु र आफ्‍नो बारे मनन गर्नु, आफूलाई चिन्‍नु, र चिरफार गर्नु हुँदैन, र तिनीहरूले के गलत गरे, तिनीहरूको कार्य सिद्धान्तहरूअनुरूप छ कि छैन, परमेश्‍वरको घरले तिनीहरूलाई किन काटछाँट गर्‍यो, र तिनीहरूलाई यस्तो व्यवहार गरिनुको कारण व्यक्तिगत घृणा थियो कि यो निष्पक्ष र उचित कुरा थियो भनेर हेर्नु पनि हुँदैन। तिनीहरूको पहिलो प्रतिक्रिया यी कुराहरू खोजी गर्नु हुँदैन—बरु, यो त काटछाँटको विरोध गर्न आफ्‍नो योग्यता, आफूले भोगेका कठिनाइ, र आफ्नो जीवनअर्पणमा भरोसा गर्नु हो। त्यसो गर्दा, तिनीहरूको हृदयमा पैदा हुने हरकुरा नकारात्मक र प्रतिकूल हुन्छ, र कुनै पनि कुरा स्वीकार्य वा सकारात्मक हुँदैन। त्यसकारण, काटछाँटमा परेपछि तिनीहरूले आफ्नो भावना र बुझाइबारे सङ्गति गर्दा, तिनीहरूले अवश्य नै नकारात्मकता पोखाइरहेका र धारणाहरू फैलाइरहेका हुन्छन्। नकारात्मकता पोखाउने र धारणाहरू फैलाउने कार्यलाई तुरुन्तै रोक्नु र प्रतिबन्धित गर्नुपर्छ, यसलाई आड दिने र बेवास्ता गर्ने गर्नु हुँदैन। यी नकारात्मक कुराहरूले हरेक व्यक्तिको जीवन प्रवेशमा बाधा, व्यवधान, र हानि पुर्‍याउँछन्, र तिनले स्वीकार्य र सकारात्मक भूमिका खेल्न सक्दैनन्, झन् तिनले परमेश्‍वरप्रतिको मानिसहरूको बफादारिताको लागि वा आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नको लागि प्रेरणा दिने त कुरै नगरौँ। त्यसकारण, जब त्यस्ता मानिसहरूले नकारात्मकता पोखाउँछन्, तब तिनीहरूले मण्डली जीवनमा बाधा दिइरहेका हुन्छन् र तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ।

३. आफ्नो प्रतिष्ठा, हैसियत, र हितहरूमा हानि हुँदा नकारात्मकता पोखाउनु

बर्खास्त भएपछि वा काटछाँटमा परेपछि नकारात्मकता पोखाउनेबाहेक, मानिसहरूले अरू कुनकुन परिस्थितिहरूमा नकारात्मकता पोखाउँछन्? (जब मानिसहरूका हितहरूमा हानि हुन्छ र तिनीहरूले घाटा भोगेको महसुस गर्छन्।) (कति मानिसहरूले आफ्नो कर्तव्य धेरै वर्षदेखि निर्वाह गरेका हुन्छन्, तर जब तिनीहरू बिरामी हुन्छन् वा तिनीहरूको परिवारमा विपत्ति आइपर्छ, तब तिनीहरूले “मैले यति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेर के पाएँ?” भनेर भन्‍ने गर्छन्) नकारात्मक मानिसहरूको सामान्य “थेगो” भनेकै “मैले के पाएँ?” भन्‍ने हुन्छ। अरू केकस्ता परिस्थितिहरू छन्? (कति मानिसहरूले आफ्नो कर्तव्यमा परिणामहरू हासिल गर्न नसक्‍ने मात्र नभई, तिनीहरूले प्राय गल्ती पनि गरिरहन्छन्, त्यसकारण तिनीहरूले भन्छन्, “परमेश्‍वरले किन अरूलाई अन्तर्दृष्टि दिनुहुन्छ तर मलाई दिनुहुन्न? परमेश्‍वरले किन तिनीहरूलाई यति राम्रो क्षमता दिनुभयो जबकि मेरो क्षमताचाहिँ यति कमजोर छ?” तिनीहरूले आफ्नै समस्याहरूबारे मनन गर्नुको सट्टा, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि वा अगुवाइ प्रदान गर्नुभएको छैन भन्दै जिम्‍मेवारी परमेश्‍वरकै पोल्टामा हालिदिन्छन्, र परमेश्‍वरबारे गुनासो गरिरहन्छन्।) तिनीहरूले परमेश्‍वर अनुचित हुनुहुन्छ भनेर दाबी गरिरहन्छन्, र उहाँले अरूलाई अन्तर्दृष्टि र अनुग्रह दिनुहुन्छ तर किन तिनीहरूलाई दिनुहुन्न भनेर सोधिरहन्छन्, र तिनीहरूले किन आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्दैनन् भनेर गुनासो गरिरहन्छन्—तिनीहरूले गुनासो मात्रै गरिरहेका हुन्छन्। तिमीहरूले प्रदान गरेका उदाहरणहरू राम्रा छन्। अरू केही छ कि? (कति मानिसहरू आफ्नो कर्तव्य परिवर्तन हुँदा आक्रोशले भरिन्छन्, तिनीहरूको कर्तव्य किन परिवर्तन गरिएको हो भनेर प्रश्‍न गर्छन्, र अगुवाहरू र कामदारहरूले तिनीहरूलाई निसाना बनाएर तिनीहरूको लागि परिस्थिति कठिन बनाइरहेका छन् भन्‍ने शङ्का गर्छन्।) के तिनीहरूलाई परमेश्‍वरको घरले आफूलाई हेला गरेको छ भन्‍ने लाग्छ? (लाग्छ।) वास्तविक काम नगर्ने कति मानिसहरूलाई बर्खास्त गरिन्छ र हटाइन्छ, अनि तिनीहरूलाई आफ्नो प्रतिष्ठा र हैसियतमा क्षति भएको छ भन्‍ने लाग्छ। आफ्नो असन्तुष्टि पोखाउन, तिनीहरूले सधैँ गोप्य रूपमा गुनासो गरिरहेका हुन्छन्: “मैले परमेश्‍वरमा विश्‍वास गरेको त्यति धेरै समय भएको छैन, मेरो बुझ्‍ने क्षमता त्यति राम्रो छैन, र मेरो क्षमता कमजोर छ। म अरूको स्तरमा पुगेको छैनँ। यदि तिनीहरूले म सक्षम छैनँ भनेर भन्छन् भने, म पक्‍कै सक्षम छैनँ!” झट्ट हेर्दा, तिनीहरूले आफ्ना कमीकमजोरी स्विकारिरहेका छन् जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफूले गुमाएका फाइदाहरू प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन्, र मानिसहरूको सहानुभूति पाउन र तिनीहरूलाई परमेश्‍वरको घर अनुचित छ भन्‍ने महसुस गराउन निरन्तर गनगन गर्दै केही न केही बोलिरहेका हुन्छन्। तिनीहरूको हितमा हानि हुनेबित्तिकै, तिनीहरू अनिच्छुक बन्छन्, र सधैँ आफ्नो घाटा भरपाई गर्ने र क्षतिपूर्ति पाउने आशा गर्छन्। यदि तिनीहरूले त्यसो गर्न सकेनन् भने, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वास गुमाउँछन् र त्यसउप्रान्त तिनीहरूलाई उहाँमा कसरी विश्‍वास गर्ने भन्‍ने नै थाहा हुँदैन, अनि तिनीहरूले यस्ता कुराहरू भन्छन्, “म त सोच्थेँ, परमेश्‍वरमा विश्‍वास गर्नु ठूलो कुरा हो, र मण्डलीमा अगुवा वा कामदारको रूपमा काम गर्दा अवश्य नै ठूला आशिष्‌हरू प्राप्त हुन्छन्। मैले कहिल्यै सोचेको थिइनँ, मलाई बर्खास्त गरिनेछ र हटाइनेछ, र अरूले मलाई इन्कार गर्नेछन्। परमेश्‍वरको घरमा यस्तो घटना घट्न सक्छ भन्‍ने सोच्दा त, परमेश्‍वरमा विश्‍वास गर्ने कोही पनि असल व्यक्ति नै हुन्छ भन्‍ने हुन्‍न रैछ, र परमेश्‍वरको घरले गर्ने हरकुराले परमेश्‍वर वा न्याय प्रतिनिधित्व गर्छ नै भन्‍ने पनि हुन्‍न रैछ।” यस्ता अभिव्यक्तिहरूको प्रकृति के हो? तिनीहरूको शब्दहरूले प्रत्यक्ष र अप्रत्यक्ष दुबै रूपमा आक्रमण प्रवाह गर्छन्। तिनले आलोचना र प्रतिरोध व्यक्त गर्छन्। झट्ट हेर्दा, तिनीहरूले निश्‍चित अगुवा वा मण्डलीलाई लक्षित गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा हृदयभित्र तिनीहरूले यी शब्दहरू परमेश्‍वर, उहाँका वचनहरू, र उहाँको घरका प्रशासनिक आदेश र नियमहरूप्रति लक्षित गरिरहेका हुन्छन्। तिनीहरूले विशुद्ध रूपमा आफ्नो आक्रोश पोखाइरहेका हुन्छन्। तिनीहरूले किन आक्रोश पोखाइरहेका हुन्छन्? तिनीहरूले आफूलाई घाटा लागेको अनुभूति गर्छन्; तिनीहरूलाई हृदयमा अन्याय र असन्तुष्टि महसुस हुन्छ, र तिनीहरू विभिन्‍न याचना गर्न र क्षतिपूर्ति प्राप्त गर्न चाहन्छन्। त्यस्ता मानिसहरूले पोखाउने नकारात्मकताले धेरैजसो मानिसहरूलाई त्यति ठूलो खतरा त पुर्‍याउँदैन, तैपनि यी फोहोरी शब्दहरूले झिजो लाउने झिँगा वा उडुसहरूजस्तै मानिसहरूको मनमा मध्यम बाधाहरू पैदा गर्छन्। यी शब्दहरू सुन्दा धेरैजसो मानिसहरूलाई घिन र वितृष्णा लाग्छ, तर यस्ता मानिसहरूको जस्तै उही स्वभाव, सार, र झुकाव भएका, यी मानिसहरूको जस्तै फोहोरी गुण भएका, र यी मानिसहरूको बहकाउ र बाधामा पर्ने व्यक्तिहरू पनि अवश्य नै हुनेछन्। यो अपरिहार्य कुरा नै हो। अनि, समझशक्ति नभएका सानो कदका मानिसहरूलाई पनि यी नकारात्मक टिप्पणीहरूले बाधा दिन सक्छन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा असर पर्न सक्छ। सुरुमा त परमेश्‍वरमाथिको विश्‍वास केको लागि हो भन्‍ने कुरा नै यी मानिसहरूलाई थाहा हुँदैन, र तिनीहरूलाई दर्शनहरूका सत्यताहरूबारे पनि स्पष्टता हुँदैन, र सत्यता बुझ्ने तिनीहरूको क्षमता पनि कमजोर हुन्छ। जब तिनीहरूले यी नकारात्मक अभिव्यक्तिहरू सुन्छन्, तब तिनीहरूले अनजानमै यी कुराहरू स्विकार्ने, र फलस्वरूप यी कुराहरूको प्रभाव भोग्‍नुपर्ने सम्भावना अत्यधिक हुन्छ। यी शब्दहरू विष हुन्, जसलाई सहजै मानिसहरूको हृदयमा रोप्न सकिन्छ। एकपटक कसैले यी नकारात्मक टिप्पणीहरू स्विकारेपछि, तिनीहरूलाई जब परमेश्‍वरको घरले कर्तव्य निर्वाह गर्न लगाउँछ, तब तिनीहरूले उदासीनतासाथ प्रतिक्रिया दिन्छन्। जब कुनै काममा परमेश्‍वरको घरले तिनीहरूको सहकार्य माग्छ, तब तिनीहरू उत्साहरहित हुन्छन्। तिनीहरूलाई मन लाग्यो भने मात्रै तिनीहरूले त्यो काम लिन्छन्; अन्यथा, तिनीहरूले सबै किसिमका कारण र बहानाहरू बनाएर यो त्यो काम लिँदैनन्। तिनीहरूले ती नकारात्मक टिप्पणीहरू सुन्नुभन्दा पहिले, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा अलिअलि इमानदारिता हुन्छ, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सकारात्मक र सक्रिय मनोवृत्ति राख्छन्। तर ती नकारात्मक टिप्पणीहरू सुनेपछि, तिनीहरू उदासीन बन्छन्, र तिनीहरू आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति पनि कठोर बन्छन्। तिनीहरू उनीहरूप्रति सतर्क हुन्छन्। जब मण्डलीले तिनीहरूलाई कर्तव्य निर्वाह गर्न लगाउँछ, तब तिनीहरूले यसबाट पछि हट्ने र बारम्बार यसलाई पर धकेल्ने गर्छन्, र ठूलो निष्क्रियता देखाउँछन्। पहिले, तिनीहरू नियमित रूपमै भेलाहरूमा सहभागी हुन्थे, तर ती टिप्पणीहरू सुनेपछि, तिनीहरूको सहभागिता घट्छ—तिनीहरू राम्रो मुड हुँदा आउँछन्, तर नहुँदा आउँदैनन्। यदि घरमा कुनै अप्रिय घटना घट्यो भने, तिनीहरूले कुनै विपत्ति आइपर्न सक्छ भन्‍ने चिन्ता गर्छन्, र त्यसकारण तिनीहरू थप भेलाहरूमा सहभागी हुन्छन् र तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्। यदि तिनीहरू परमेश्‍वरका वचनहरू पढिसकेपछि उत्साहित, खुशी, र भावुक भए भने, तिनीहरूले केही पैसासमेत चढाउँछन्। तर घरमा स्थिति शान्त भएपछि, तिनीहरूले फेरि पनि भेलाहरूमा सहभागिता जनाउन छोड्छन्। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मद्दत गर्ने आशामा तिनीहरूसँग सङ्गति गर्ने प्रयास गर्छन्, तब तिनीहरूले इन्कार्ने बहाना बनाउँछन्; अनि जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको घरमा जान्छन्, तब तिनीहरू घरमै हुँदा पनि ढोका खोल्दैनन्। यहाँ के भइरहेको हुन्छ? तिनीहरू ती नकारात्मक टिप्पणीहरूद्वारा प्रभावित भएका हुन्छन्—तिनीहरूलाई विष लागिसकेको हुन्छ र तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरू भरोसा गर्न नसकिने मानिसहरू हुन् भन्‍ने विश्‍वास गर्छन्। सुरुमा, तिनीहरूले यी मानिसहरूमा निकै धेरै भरोसा गर्थे, र परमेश्‍वरका वचनहरू पढ्दा यस्तो सोच्थे, “यी परमेश्‍वरका वचनहरू हुन्, यी मानिसहरू मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुन्, यो परमेश्‍वरको घर हो—आहा, कस्तो राम्रो!” तर केही निश्‍चित मानिसहरूले फैलाएका नकारात्मक टिप्पणीहरू सुनेपछि, तिनीहरू परिवर्तन भएका हुन्छन्। के तिनीहरूलाई प्रभावित पारिएको छैन र? के तिनीहरूको जीवन प्रवेशमा क्षति भएको छैन र? (छ।) तिनीहरूलाई कसले प्रभाव पारेको हो? नकारात्मकता पोखाउने मानिसहरूले, ती टिप्पणीहरू गर्ने मानिसहरूले। यदि कसैले अझै पनि साँचो मार्गमा ठोस जग बसालेको छैन वा उसले परमेश्‍वरका वचनहरू खाएको र पिएको छैन जसले गर्दा उसले सत्यता बुझेको छैन भने, उसलाई सजिलै नकारात्मक कुराहरूले प्रभाव पार्न सक्छ। अनि खासगरी, सत्यता बुझ्ने क्षमता नहुने, तर प्रचलनहरू हेर्ने, परिस्थितिहरू अवलोकन गर्ने, र सतही घटनाहरू हेर्ने मानिसहरू—तिनीहरू नकारात्मक शब्दहरूद्वारा अझ सजिलै बहकाउमा पर्छन्। विशेष गरी जब तिनीहरूले “परमेश्‍वरको घर निष्पक्ष हुन्छ नै भन्‍ने छैन, र परमेश्‍वरको घरले गर्ने सबै कुरा सकारात्मक हुन्छ नै भन्‍ने छैन” भन्‍नेजस्ता भ्रमहरू कसैले बोलेको सुन्छन्, तब तिनीहरूको सतर्कता झनै बढ्छ। सत्यताअनुरूपको अभिव्यक्ति सदैव सहजै स्विकारिँदैनन्, तर नकारात्मक अभिव्यक्ति, हास्यास्पद अभिव्यक्ति, सत्यतासँग बाझिने अभिव्यक्तिले—यी कुराले मानिसहरूको हृदयमा सहजै जरा गाड्न सक्छन्, र यिनलाई हटाउन सजिलो छैन। मानिसहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ तर भ्रमहरू स्विकार्न अत्यन्तै सजिलो हुन्छ!

खराब मानवता भएका कति मानिसहरूले आफ्नो प्रतिष्ठा, ख्याति, देहगत आनन्द, र व्यक्तिगत सम्पत्ति र हितहरूलाई ठूलो महत्त्व दिन्छन्। जब तिनीहरूको प्रतिष्ठा, हैसियत, र प्रत्यक्ष हितहरूमा हानि हुन्छ, तब तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्दैनन्, वा परमेश्‍वरले तिनीहरूको लागि तय गर्नुभएको वातावरण स्विकार्दैनन्, र तिनीहरूले यी कुराहरू त्याग्‍न र आफ्नो व्यक्तिगत लाभ र घाटा बेवास्ता गर्न सक्दैनन्। बरु, तिनीहरूले आफ्नो असन्तुष्टि र अनाज्ञाकारिता पोखाउन, र आफ्ना नकारात्मक संवेगहरू पोखाउन विभिन्‍न अवसरहरू प्रयोग गर्छन्, जसले गर्दा कति मानिसहरूले धेरै कष्ट भोग्छन्। त्यसकारण, जब त्यस्ता मानिसहरूले नकारात्मकता पोखाउँछन्, तब मण्डली अगुवाहरूले सुरुमा तुरुन्तै परिस्थिति बुझ्नुपर्छ, र ती मानिसहरूलाई समयमै रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। अवश्य नै, मण्डली अगुवाहरूले सक्रिय रूपमा ती मानिसहरूलाई खुलासा गर्नुपर्छ, र तिनीहरूलाई कसरी चिन्‍ने, र तिनीहरूले किन यी नकारात्मक र हास्यास्पद कुराहरू बोल्छन्, साथै आफूलाई तिनीहरूद्वारा बहकाउमा पर्न र गम्भीर रूपमा हानि हुनबाट रोक्न यी वचनहरूलाई कसरी लिने र चिन्‍ने भन्‍नेबारेमा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नुपर्छ। त्यस्ता मानिसहरूलाई चिन्‍न र चिरफार गर्न सक्नु अत्यावश्यक हुन्छ, र यसरी तिनीहरूबाट टाढा बस्‍नु र तिनीहरूलाई इन्कार्नु, र तिनीहरूको बहकाउमा पर्न छोड्नु अत्यावश्यक हुन्छ। मण्डली अगुवाहरूले गर्नुपर्ने काम यही हो। अवश्य नै, यदि साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता मानिसहरूलाई पत्ता लगाउँछन् र तिनीहरूको मानवताको सार चिन्छन् भने, तिनीहरू पनि यस्ता मानिसहरूबाट टाढा बस्नुपर्छ। यदि तँसँग तिनीहरूलाई प्रतिरोध गर्ने, वा तिनीहरूलाई साथ र सहयोग दिएर परिवर्तन गर्ने क्षमता वा कद छैन, र तँलाई तिनीहरूको नकारात्मक टिप्पणी र तिनीहरूको असन्तुष्टि र अनाज्ञाकारिताका शब्दहरू सहन सक्दिनँ भन्‍ने लाग्छ भने, सबैभन्दा राम्रो तरिका भनेको टाढा बस्नु नै हो। यदि तँलाई तँ अत्यन्तै दह्रिलो छस्, तँसँग केही कद छ, र तैँले समझशक्ति अभ्यास गर्न सक्छस् र अरूले जे भने नि तँलाई त्यसले असर गर्दैन, तिनीहरूले जति नै गम्भीर नकारात्मकता फैलाए नि, यसले परमेश्‍वरमाथिको तेरो विश्‍वास परिवर्तन गर्नेछैन, तैँले त्यस्ता मानिसहरूलाई चिन्‍न सक्छस्, र तिनीहरूले नकारात्मकता पोखाउँदा तैँले तिनीहरूलाई खुलासा गर्न र रोक्न पनि सक्छस् भन्‍ने लाग्छ भने—तँ त्यस्ता मानिसहरूबाट तर्किनु वा तिनीहरूप्रति सतर्क हुनुपर्दैन। तर यदि तँलाई आफूमा त्यस्तो कद छैन भन्‍ने लाग्छ भने, त्यस्ता मानिसहरूसँग व्यवहार गर्ने तरिका र सिद्धान्त भनेको तिनीहरूबाट टाढा बस्नु नै हो। के यो कुरा हासिल गर्न सजिलो छ? (छ।) कति मानिसहरू यसो भन्छन्, “के मैले तिनीहरूलाई सहन, झेल्‍न, र क्षमा दिन सक्छु?” त्यो पनि ठीकै छ, र त्यो गलत होइन, तर त्यो सबैभन्दा महत्त्वपूर्ण वा उत्तम अभ्यास होइन। मानौँ तँ तिनीहरूलाई सहन्छस्, झेल्छस्, र आड दिन्छस्, र अन्त्यमा, तँ तिनीहरूको बहकाउमा पर्छस् र तिनीहरूको पक्षमा आकर्षित हुन्छस् रे। अनि मानौँ परमेश्‍वरको घरले तँलाई जसरी भरणपोषण र साथ दिए नि, तँलाई त्यो महसुस हुँदैन रे; वा जब तैँले परमेश्‍वरका वचनहरू पढ्छस्, तब तँ प्रायजसो तिनीहरूको विचार र टिप्पणीहरूद्वारा प्रभावित हुन्छस्, र तिनीहरूले भनेको कुराबारे सोच्नेबित्तिकै, तेरो मनमा असर पर्छ, र तैँले पढ्न जारी राख्‍न सक्दैनस् रे। अनि जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सत्यताप्रतिको आफ्नो बुझाइबारे सङ्गति गर्छन्—विशेष गरी जब तिनीहरूले त्यस्ता मानिसहरूको टिप्पणीहरू चिन्‍नेबारे सङ्गति गर्छन्—तब फेरि पनि तिनीहरूको शब्दहरूद्वारा तँ बहकिन्छस् र प्रभावित हुन्छस्, जसले गर्दा तेरो मन अन्योलमा पर्छ रे। यदि त्यसो हो भने, तँ त्यस्ता मानिसहरूबाट टाढा बस्नुपर्छ। तेरो सहिष्णुता र सहनशीलता प्रभावकारी हुँदैन, र त्यस्ता मानिसहरूविरुद्ध प्रतिरक्षा गर्ने सबैभन्दा राम्रो तरिका त्यो होइन। मानौँ तेरो सहिष्णुता र सहनशीलता देखावटी र बाहिरी व्यवहार होइन, तर तँसँग यस्ता मानिसहरू सामना गर्नको लागि पर्याप्त कद छ रे। तिनीहरूले जे भने नि, तैँले मुख नखोले नि, तैँले हृदयमा तिनीहरूलाई चिन्‍न सक्छस्; तैँले तिनीहरूप्रति सहनशीलता अभ्यास गर्न र तिनीहरूलाई बेवास्ता गर्न सक्छस्, र तिनीहरूले परमेश्‍वरबारे गलतफहमी र गुनासो गर्ने कुनै पनि प्रतिकूल, नकारात्मक शब्दहरूले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अलिकति पनि असर पार्दैन, र यसले कर्तव्य निर्वाह गर्ने तेरो बफादारिता वा परमेश्‍वरप्रतिको तेरो समर्पणमा पनि असर पार्दैन रे। त्यस्तो अवस्थामा, तैँले तिनीहरूलाई सहन र झेल्‍न सक्छस्। सहिष्णुता र सहनशीलता अभ्यास गर्ने सिद्धान्त के हो? हानिमा नपर्नु। तिनीहरूलाई बेवास्ता गर्, तिनीहरूलाई जे मन लाग्यो त्यही बोल्‍न दे—आखिर, त्यस्ता मानिसहरू समस्या पैदा गर्ने अनुचित मानिसहरू मात्रै हुन्, र तिनीहरू लाजमर्दो रूपमा जिद्दी मात्रै हुन्छन्। तैँले तिनीहरूसँग जेजसरी सत्यता सङ्गति गरे नि तिनीहरूले यसलाई स्विकार्नेछैनन्; तिनीहरू दियाबलस र शैतानहरूको वर्गमा पर्छन्, र तिनीहरूसँग सङ्गति गर्नु व्यर्थ छ। त्यसकारण, परमेश्‍वरको घरले तिनीहरूलाई सफाइ गरी हटाउनु र निराकरण गर्नुभन्दा पहिले, यदि तँसँग हानिमा नपरी तिनीहरूलाई सहन र झेल्‍न सक्‍ने कद छ भने, त्यो नै सबैभन्दा राम्रो कुरा हो। के तिमीहरूले सामान्यतया सहनशीलता देखाउने र झेल्‍ने यो सिद्धान्त अपनाउँछौ? तैँले हरप्रकारका मानिसहरूलाई सहन सक्छस्, तर कहिलेकहीँ तँ सावधान हुँदैनस् र अलिक भ्रममा पर्छस्; त्यसपछि तँलाई यसबारेमा थाहा हुन्छ, तँलाई परमेश्‍वरप्रति ऋणी महसुस हुन्छ, तैँले केही दिनसम्म प्रार्थना गर्छस्, र आफ्नो स्थिति परिवर्तन गर्छस्, र तँ परमेश्‍वरको नजिक आउँछस्। धेरैजसो समय, तैँले त्यस्ता मानिसहरू असल हुँदैनन्, र तिनीहरू दियाबलसहरूको वर्गमा पर्छन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छस्। तैँले तिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न त सक्छस्, तैपनि तँ भित्री रूपमा तिनीहरूबाट टाढा हुन्छस् र तिनीहरूलाई घृणा गर्छस्। तिनीहरूले जे भने नि वा तिनीहरूले जस्तोसुकै नकारात्मक टिप्पणी र दृष्टिकोणहरू व्यक्त गरे नि, तैँले यसलाई बेवास्ता गर्दै नसुनेजस्तो गर्छस्, र सोच्छस्, “जे मन लाग्यो त्यही भन। म तिमीलाई चिन्‍न सक्छु। म तिमीजस्तो मानिसहरूसँग उठबस गर्दिनँ।” के त्यस्ता कुराहरू सम्हाल्दा धेरैजसो समय तिमीहरूले पालना गर्ने सिद्धान्त यही हो? यस्तो अवस्था हासिल गर्नु पनि नराम्रो होइन; यो सजिलो छैन र यसको लागि केही सत्यताहरू बुझ्नु र निश्‍चित कद हुनु आवश्यक हुन्छ। यदि तँसँग यो स्तरको कदसमेत छैन भने, तँ दह्रिलो गरी खडा हुन सक्‍नेछैनस्, र तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछैनस्।

४. आशिष्‌हरू प्राप्त गर्ने आफ्‍नो इच्छा नष्ट हुँदा नकारात्मकता पोखाउनु

नकारात्मकता पोखाउनुको अर्को प्रकटीकरण पनि छ। कति मानिसहरू भन्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भयो, तर मैले के प्राप्त गरेको छु र?” जब त्यस्ता मानिसहरूले नकारात्मकता पोखाउँछन्, तब तिनीहरूले मुख्य रूपमा बोल्ने कुरा हो, “मैले के प्राप्त गरेको छु र?”—त्यसको मतलब हो, तिनीहरूले केही पनि प्राप्त गरेका छैनन्। तिनीहरूलाई के विश्‍वास लाग्छ भने, परमेश्‍वरमा विश्‍वास गर्दा परमेश्‍वरको घरबाट वा परमेश्‍वरबाट केही फाइदा वा आशिष्‌हरू प्राप्त गर्नु विशेष गाह्रो हुन्छ, र मानिसहरूले ठूलो प्रेम दिनुपर्छ र असाधारण सहनशीलता देखाउनुपर्छ, र तुरुन्तै परिणामहरू प्राप्त गर्न उत्सुक हुनु हुँदैन। मानिसहरूलाई खुलासा गर्ने, मानिसहरूलाई काटछाँट गर्ने, मानिसहरूलाई शोधन गर्ने, र मानिसहरूको भ्रष्टता धुने परमेश्‍वरका वचनहरूको हकमा, तिनीहरूले यो सतही, उच्च सुनिने अलङ्कार मात्र हो र यसमा पूर्ण रूपमा भरोसा गर्न सकिँदैन भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेमा आफूलाई साँच्‍चै ठूलो घाटा हुनेछ भन्‍ने सोच्छन्। तिनीहरूले लाभ र फाइदाहरू प्राप्त गर्नु र आफ्ना आकाङ्क्षा र इच्छाहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तिनीहरूले सत्यता अभ्यास गरे नि नगरे नि त्यो महत्त्वपूर्ण कुरा होइन भन्‍ने सोच्छन्—तिनीहरूले दुष्कर्म गरेनन् भने, त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूलाई मण्डलीले हटाउनेछैन भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। यी नकारात्मक शब्दहरू सुनेपछि धेरैजसो मानिसहरूले कस्तो महसुस गर्छन्? के तिनीहरूले यी शब्दहरूप्रति आन्तरिक रूपमा अनुमोदन र सहमति प्रदान गर्छन्, कि यी शब्दहरूलाई केही हदसम्म घृणा गर्छन्, र यी मानिसहरू स्वार्थी, घृणित, दुष्ट र घिनलाग्दा छन् भन्‍ने सोच्दै, र तिनीहरूलाई पहिचान, खुलासा, र प्रतिबन्ध गर्दै, तिनीहरूलाई नकारात्मकता र मृत्यु फैलाउनबाट रोक्‍न सक्छन? के धेरैजसो मानिसहरूले त्यस्ता नकारात्मक शब्दहरूलाई घृणा र निन्दा गर्न सक्छन्, कि तिनीहरू तीद्वारा बहकिएर आफै नकारात्मक बन्छन्? कति मानिसहरू त यी शब्दहरू सुनेपछि र तिनीहरूको हात खाली हुन्छ भन्‍ने देखेपछि यस्तो सोच्छन्, “के त्यो साँचो होइन र! मैले नि केही प्राप्त गरेको छैनँ। परमेश्‍वरको घरमा, म दिनमा तीनपटक खान मात्रै पाउँछु, म सधैँ व्यस्त हुन्छु, र मैले अरू केही प्राप्त गरेको छैनँ।” के तिमीहरूमा यस्ता विचारहरू छन्? के तिमीहरूलाई पनि त्यस्तै अनुभूति हुन्छ? सत्यता बुझेका मानिसहरूले भन्‍छन्, “तिमीले केही प्राप्त गरेको छैनौ भनेर भन्‍नुको अर्थ के हो? हामीले परमेश्‍वरबाट यति धेरै कुरा पाएका छौं! हामीले यति धेरै सत्यता बुझेका छौं!” तर कति मानिसहरू यसो भन्दै तिनीहरूको कुरामा असहमत हुन सक्छन्, “हामीले ‘यति धेरै कुरा’ प्राप्त गरेका छौं भनेर भन्‍नु त्यति यथार्थपूर्ण हुन्छ जस्तो लाग्दैन। हामीले बस थोरथोरै अनुग्रह प्राप्त गरेका छौं, कर्तव्य निर्वाह गर्ने केही अवसरहरू प्राप्त गरेका छौं, व्यक्ति कसरी बन्‍ने भन्‍नेबारे केही धर्मसिद्धान्तहरू बुझेका छौं, फरकफरक ठाउँका धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेका र चिनेका छौं, र हाम्रो दृष्टिकोण अलिक बढाएका छौं। यसलाई त थोरथोरै कुरा प्राप्त गरेको रूपमा मात्रै गन्‍ती गर्न सकिन्छ।” तिमीहरू यीमध्ये कुन वर्गमा पर्छौ? यी सबै वर्गका मानिसहरू हुन्छन्, होइन र? (हो।) हामी दुई दृष्टिकोणबाट यो विषय छलफल गर्नेछौं। सुरुमा, हामी सधैँ अनुग्रह प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई के भइरहेको हुन्छ भन्‍नेबारे कुरा गरौँ—के तिनीहरूले मुक्ति प्राप्त गर्न सकूँ भनेर सत्यता पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छन्? (होइन, तिनीहरूले आशिष् पाउनको लागि विश्‍वास गर्छन्।) त्यसोभए, के परमेश्‍वरले तिनीहरूलाई थोरै अनुग्रह, सुरक्षा, दया, अन्तर्दृष्टि, र ज्योति दिनुभएको हुन्छ? (परमेश्‍वरले तिनीहरूलाई यी कुराहरू धेरै मात्रामा दिनुभएको हुन्छ।) यो भन्‍न सकिन्छ कि परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिले परमेश्‍वरको सुरक्षा प्राप्त गरेको हुन्छ। के परमेश्‍वरको सुरक्षा ठोस छ? के यसको कुनै वास्तविक जीवनका उदाहरणहरू छन्? मानिसहरूले कस्तो सुरक्षा प्राप्त गरेका छन्? (तुलनात्मक रूपमा अलिक स्पष्ट सुरक्षाचाहिँ के हो भने, परमेश्‍वरमा विश्‍वास गरेपछि, हामी संसारका दुष्ट प्रचलनहरूको प्रभावमा पर्न छोड्छौँ। हामी पतनमा पर्दैनौँ वा रात्रिक्लबमा जाने, धूम्रपान गर्ने, पिउने, र आदि इत्यादि दुष्ट कुराहरूको पछि लाग्‍ने गर्दैनौँ। कम्तीमा पनि, हामी यी कुराहरूमा संलग्‍न हुँदैनौँ र यस सन्दर्भमा मलाई लाग्छ हामी निकै सुरक्षित हुन्छौँ।) यो मानिसहरूले देख्‍न र व्यक्तिगत रूपमा अनुभव गर्न सक्‍ने अत्यन्तै ठोस पक्ष हो। संसारका दुष्ट प्रचलनहरूको प्रभाव र बहकाउमा नपर्नु, मानवजस्तै रूपमा जिउनु, र मानव स्वरूपमा सामान्य मानवतामा जिउनु—यो परमेश्‍वरको सुरक्षाको व्यावहारिक उदाहरण र प्रमाण हो। अरू के छन्? (दुष्ट आत्माहरूको बाधामा नपर्नु र परमेश्‍वरको सुरक्षामा जिउन सक्नु।) यो पनि व्यावहारिक उदाहरण नै हो। के धेरैजसो मानिसहरूले यस्तो अनुभव गरेका छन्? के तिमीहरूले यसभित्र रहेको अर्थ बुझ्न सक्छौ? कति मानिसहरू भन्छन्, “गैरविश्‍वासीहरू पनि दुष्ट आत्माहरूको बाधामा पर्दैनन्। कति गैरविश्‍वासीहरूलाई दुष्ट आत्माहरूले बाधा दिन्छन् र?” के यो अभिव्यक्ति सही छ? के तिमीहरूलाई यो अभिव्यक्ति तथ्यहरूसँग मिल्छ जस्तो लाग्छ? (मेरा धेरै सहपाठीहरूलाई दुष्ट आत्माहरूले बाधा दिएका छन्। कतिलाई निद्रामा ऐँठन हुन्छ, र कति अरूले आवाजहरू सुन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र के भइरहेको छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले जताततै उपचार खोज्छन् तर यसलाई निको पार्न सक्दैनन्, तिनीहरू डर र भयमा जिउँछन्; यो पीडादायी कुरा हो। तैपनि, मैले सानैदेखि परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, मलाई कहिल्यै यस्तो बाधा वा कष्ट भएको छैन। प्रायजसो, मेरो हृदय तुलनात्मक रूपमा स्थिर र शान्त हुन्छ।) परमेश्‍वरका साँचो विश्‍वासीहरूलाई यस्तो कुराको चिन्ता हुँदैन। हामी विकृत तनाव वा दुष्टात्माहरूको बाधा वा दुष्टात्‍माहरू लाग्‍ने समस्याबारे चिन्ता गर्दैनौँ; हामीसँग परमेश्‍वर हुनुहुन्छ त्यसकारण हामी डराउँदैनौँ। यसअलावा, वास्तविक जीवनमा गैरविश्‍वासीहरूले निरन्तर मुख ज्योतिष हेर्ने, चिना हेर्ने, र भाग्य हेर्नेबारे कुरा गर्छन्—पश्‍चिममा त ज्योतिषशास्‍त्रसमेत छ। कति मानिसहरूले प्रसिद्ध बुद्ध मूर्तिहरू, दुष्ट आत्माहरू, र मूर्तिहरूलाई पूजा गर्छन्, र कति अरूले पूजा गर्दैनन्, तर तिनीहरूले पूजा गरे नि नगरे नि, तिनीहरू सबै नै केही हदसम्म यी कुराहरूको प्रभाव र पावन्दीमा हुन्छन्। उदाहरणको लागि, घरबाट निस्‍कनुपहिले, तिनीहरूले कुन दिशा शुभ छ र कुन दिशा अशुभ छ भनेर थाहा पाउन जोखाना नै हेर्नुपर्छ। पसल खोल्दा, तिनीहरूले काउन्टरलाई कुन स्थानमा राख्दा पैसा आउँछ र कुन स्थानमा राख्दा आउँदैन, सम्पत्ति आकर्षित गर्न पसलमा केकस्ता कुराहरू राख्‍ने र केकस्ता मूर्तिहरूको पूजा गर्ने, र चिनामा बाधा नहोस् भनेर निश्‍चित कुराहरू कहाँ राख्‍ने भनेर निर्धारित गर्नुपर्छ। बसाइँ सर्दा, तिनीहरूले परिवारको भावी समृद्धि सुनिश्‍चित गर्न र दुर्घटनाहरूबाट बच्न सर्ने उचित समय निर्धारित गर्नुपर्छ, र कुनकुन समयहरू अशुभ छन् भनेर निर्धारित गर्नुपर्छ। विद्यार्थीहरू पनि प्रवेश परीक्षा दिँदा यी विश्‍वासहरूद्वारा प्रभावित हुन्छन्। परीक्षाको दिनमा, तिनीहरूले असफलता जनाउने शब्दहरू बोल्नबाट जोगिन्छन्, अनि त्यसको साटो तिनीहरूले “उत्कृष्ट” र “सफलता” जस्ता शब्दहरू बोल्नुपर्छ। जीवनको हरेक पक्ष—छोराछोरी स्कूल पढ्नेदेखि, आमाबुबा आफ्नो दैनिक जीवन जिउनेसम्‍मका, अनि पैसा कमाउने, घर सर्ने, जागिर खोज्ने, साथै छोराछोरीको विवाह, आदि इत्यादिसम्‍मका सबै कुरा—चिना र भाग्य हेर्ने कार्यद्वारा प्रभावित हुन्छन्। त्यसैले, जब मानिसहरूलाई यी कुराहरूले प्रभाव पार्छन्, तब तिनीहरूलाई के कुराले नियन्त्रण गरिरहेको हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नियन्त्रण गरिरहेका हुन्छन्; यी सबै कुराहरू दुष्ट आत्माहरूले नियन्त्रण गरिरहेका हुन्छन्। त्यसोभए मानिसहरूले किन ती दुष्ट आत्माहरूलाई पूजा गर्छन् त? तिनीहरू किन यी कुराहरूद्वारा प्रभावित हुन्छन्? घर सर्नुजस्तो सरल कुराको हकमा पनि, मानिसहरूले किन सधैँ कुन समय सर्नको लागि शुभ छ र कुन समय शुभ छैन, र कुन कुरा सुरुमा सार्नको लागि शुभ छ, र कुन कुरा सुरुमा सार्न शुभ छैन भनेर मनन गर्नुपर्छ? तिनीहरूले किन सधैँ यी कुराहरू विचार गर्नुपर्छ? तिनीहरूले यी कुराहरू विचार गर्नुपर्छ, किनभने यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूलाई दुष्ट आत्माहरूले काम गर्दै कष्ट दिनेछन् र यातना दिनेछन्। तिमीहरूले यी कुराहरूबाट के देख्‍न सक्छौ? सारा मानवजाति दुष्टहरूको नियन्त्रणमा जिउँछन्। दुष्टहरू को हुन्? ठूला दुष्टहरू शैतान र दियाबलसहरू हुन्, र साना दुष्टहरू फरकफरक स्थानका दुष्ट आत्माहरू हुन्, जसले फरकफरक जातिका मानिसहरूलाई नियन्त्रण गर्छन्। मानव जीवनको हरेक पक्ष यी दुष्ट आत्माहरूद्वारा प्रतिबन्धित र नियन्त्रित हुन्छ। घर बनाउने क्रममा पनि, मूल खम्बा गाड्दा, मानिसहरूले अलिकति भए पनि शुभ होस् भनेर रातो कपडा झुन्ड्याउँछन् र पटाकाहरू पड्काउँछन्, र आर्थिक समृद्धि ल्याउन, र दुर्घटनाहरूबाट बच्नको लागि कर्मीहरू सबैले रातो कपडा लगाउँछन्। यी सबै कुराहरूबारे केही निश्‍चित मापदण्ड र भनाइहरू हुन्छन्, र सँगसँगै वर्जित मान्यताहरू हुन्छन्, र तिनीहरू यी वर्जित मान्यताहरू उल्लङ्घन गर्नबाट जोगिनुपर्छ र तिनीहरूले यी भनाइहरू पालना गर्नुपर्छ। उदाहरणको लागि, कति मानिसहरू प्रायजसो कठिनाइमा परिरहन्छन् र तिनीहरूको परिस्थिति सहज रूपमा अघि बढ्दैन—तिनीहरूले जागिर गुमाउँछन्, श्रीमतीले छोड्छे, र तिनीहरूको घरमा केही बाँकी हुँदैन। तिनीहरूले घरको ऋणसमेत तिर्न सक्दैनन्, र केही पनि सही भइरहेजस्तो देखिँदैन। तिनीहरूले कुनै नराम्रो काम गरेका हुँदैनन्, तैपनि किन यी कुराहरू तिनीहरूको जीवनमा आइपर्छन्? अरू कुनै विकल्प नभएर, तिनीहरूले झूटा देवताहरू र दुष्ट आत्माहरूको पूजा गर्छन्, वा आफ्नो भाग्य परिवर्तन गर्नको लागि चिना हेर्ने मान्छे खोज्छन्, र त्यसो गरेपछि, तिनीहरूको जीवनमा क्रमिक रूपमा अवस्था राम्रो हुन थाल्छ। तिनीहरूले पहिले यी कुराहरूमा विश्‍वास गर्दैनथे, तर अहिले समस्याहरू देखा पर्दा, तिनीहरूले सच्चा रूपमा झूटा देवता र दुष्ट आत्माहरूको पूजा गर्छन्, र तिनीहरूले कुनै पनि काम गर्नुभन्दा पहिले जोखाना वा भाग्य हेर्नेबारे विचार गर्नुपर्छ। के यसरी जिउनु थकाइलाग्दो कुरा होइन र? (हो।) यो साँच्‍चै थकाइलाग्दो कुरा हो! तिनीहरूले चाहेर पनि स्वतन्त्र र सहज रूपमा जिउन, वा यी भनाइ र नियमहरूको बन्धनबाट उम्कन सक्दैनन्। यदि तिनीहरूले यी नियमहरू तोडे भने, दुष्ट आत्माहरूले काम गर्छन् र तिनीहरूलाई बाधा दिन्छन्, र ती दुष्ट आत्माहरूले तिनीहरूलाई जबरजस्ती अधीनमा पर्छन्, र तिनीहरूको जीवन सहज रूपमा अघि बढ्नको लागि तिनीहरूले दैनिक रूपमा ती दुष्ट आत्माहरूको पूजा गर्नुपर्छ। तर परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू यी सामन्ती अन्धविश्‍वास वा दुष्ट आत्माहरूको कामको बन्धनमा पर्दैनन्। तिनीहरूले कुनै पनि वर्जना पालना नगरी आफूलाई मन लागेको बेला घर सर्न वा जहाँसुकै जान सक्छन्। मूलभूमि चीनमा, कम्युनिस्ट पार्टीले सधैँ धार्मिक आस्थाहरूलाई दबाउँछ र सताउँछ। यदि कुनै विश्‍वासी कुनै ठाउँमा बस्न सक्दैन भने, ऊ तुरुन्तै स्थानान्तर हुनुपर्छ—के तिनीहरूले यसको लागि शुभ दिन वा शुभ घण्टा छनौट गर्ने वा कुनै कुराको पूजा गर्ने गर्नुपर्छ र? पर्दैन। तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन्, अनि परमेश्‍वरले तिनीहरूलाई रक्षा गर्नुहुन्छ। सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ—तिनीहरू यी कुराहरूमा बाँधिदैनन्। जब तिनीहरूले केही खान वा घरबाहिर जान चाहन्छन्, तब के तिनीहरूले पात्रो हेर्ने वा यसले वर्जित मान्यता उल्लङ्घन हुन्छ कि हुँदैन भनेर हेर्ने गर्नुपर्छ र? पर्दैन, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन्, र सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ। जब मानिसहरू परमेश्‍वरको प्रभुत्व र सार्वभौमिकताअन्तर्गत परमेश्‍वरको सुरक्षा र अगुवाइमा जिउँछन्, तब ठूलासाना सबै दुष्टात्मा र फोहोरी पिशाचहरू मार्गबाट पन्छाइन्छन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेहरूमाथि काम गर्ने आँट गर्दैनन्। के यी मानिसहरू सुरक्षित भएका हुँदैनन् र? के यिनीहरू स्वतन्त्र र सहज रूपमा जिइरहेका हुँदैनन् र? (हुन्छन्।) के यो अनुग्रह महान् छ? (छ।) चाहे तैँले सत्यता प्राप्त गरेको भए नि नभए नि, तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तँ परमेश्‍वरले पूर्वनिर्धारित गरी छनौट गर्नुभएको व्यक्ति नै हुन्छस्, र जब तँ परमेश्‍वरअघि आउँछस्, तब उहाँले तँलाई यसरी नै रक्षा गर्नुहुन्छ, र तँलाई यस्तै अनुग्रह दिनुहुन्छ। यो कति ठूलो अनुग्रह हो! तेरो व्यक्तिगत सुरक्षा र तेरा सबै चालहरू सकुशल र सुरक्षित राखिएका हुन्छन्, परमेश्‍वरले ती कुराहरूको जिम्मेवारी लिनुहुन्छ र तिनको रक्षा गर्नुहुन्छ, त्यसकारण तैँले चिन्ता गर्नुपर्दैन। धेरैजसो मानिसहरूले प्रार्थनासमेत गर्दैनन् वा सचेत रूपमा मनमनै यस्तोसमेत सोच्दैनन्, “म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, र मलाई रक्षा गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गर्नेछु। आशा छ सबै कुरा ठीक हुनेछ र केही नराम्रो हुनेछैन।” तैँले प्रार्थनासमेत गर्नुपर्दैन। यदि तेरो हृदयमा “म परमेश्‍वरमा विश्‍वास गर्छु; सबै कुरा परमेश्‍वरको हातमा छ” भन्‍ने सरल विश्‍वास छ भने, परमेश्‍वरले काम गर्नुहुनेछ। मानिसहरूले परमेश्‍वरबाट यस्तो असीम अनुग्रह प्राप्त गर्छन्—के यो थोरै प्राप्त गर्नु हो र? (यो त धेरै प्राप्त गर्नु हो।) परमेश्‍वर नै संसारका एकमात्र सार्वभौम हुनुहुन्छ। तेरो जीवन र तेरो स्वामित्वको सबै कुरा परमेश्‍वरको हातमा छ, यो सार्वभौमको हातमा छ, अनि तेरो हृदय शान्त, स्थिर, र ढुक्‍क छ, र तैँले कुनै कुराको चिन्ता गर्नुपर्दैन। तँसँग परमेश्‍वरबारे जतिसुकै ज्ञान भए नि वा तैँले जतिसुकै सत्यता बुझे नि, तँ आफ्नो हृदयमा यो कुराप्रति पूर्ण रूपमा निश्‍चित हुन सक्छस्: सबै कुरा परमेश्‍वरको हातमा छ। यदि परमेश्‍वरका विश्‍वासीहरूको हृदयमा उहाँको लागि ठाउँ छ र तिनीहरूले सत्यता बुझेका छन् भने, दुष्ट आत्माहरूले तिनीहरूलाई बाधा दिने, हानि गर्ने, वा तिनीहरूको नजिक आउने आँट गर्दैनन्। परिणामस्वरूप, विश्‍वासीहरू ती अनावश्यक प्रक्रियाहरूमा संलग्‍न हुनुपर्दैन। यो यति ठूलो अनुग्रह हो—परमेश्‍वरमा विश्‍वास गरेर तैँले केही पनि प्राप्त गरेको छैनस् भनेर कसरी भन्‍न सक्छस्? के तँमा विवेकको कमी छैन र? अरू केही नहेरी, आफूले केही प्राप्त गरेको छैन भनेर मात्रै दाबी गर्नु भनेको व्यक्तिमा विवेकको पूर्ण कमी छ भन्‍ने कुरा प्रमाणित गर्नु हो, र यसले व्यक्तिको विवेक पूर्ण रूपमा खराब छ भन्‍ने कुरा पनि प्रमाणित गर्छ; बाँकी कुराबारे त थप केही भन्‍नुपर्दैन।

परमेश्‍वरले मानिसहरूलाई उदार रूपमा सत्यता र जीवन दिनुहुन्छ, अनि बदलामा केही नमागी मानिसहरूलाई आफ्ना वचनहरू प्रदान गर्नुहुन्छ। मानिसहरूलाई तिनीहरूको कद अझै अपरिपक्‍व छ, तिनीहरूले धेरै सत्यता बुझेका छैनन्, र तिनीहरूले बुझेको थोरै कुरा पनि स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् भन्‍ने महसुस हुन सक्छ, तर परमेश्‍वरले तिनीहरूलाई दिनुभएका यी कुराहरू, यो स्नेह र प्रेम—यो नै कति ठूलो अनुग्रह हो! परमेश्‍वरले मानिसहरूलाई सबैभन्दा अमूल्य कुराहरू दिनुभएको छ; मानिसहरूले परमेश्‍वरबाट संसारका सबैभन्दा मूल्यवान्‌ कुराहरू प्राप्त गरेका छन्। तैँले यो अनुभव गरे नि नगरे नि, परमेश्‍वरले मानिसलाई यी कुराहरू दिइसक्‍नुभएको छ। मानिसहरूले अझै केको गुनासो गर्नुपर्ने? के तिनीहरू यी कुराहरू प्राप्त गर्न लायक छन्? परमेश्‍वरले चुन्नुभएका मानिसहरू संसारका सबैभन्दा खुशी मानिसहरू हुन्। तँलाई परमेश्‍वरले छनौट गर्नुभएको र चुन्‍नुभएको छ; तँ संसारको सबैभन्दा सुखी र भाग्यमानी व्यक्तिहरूमध्येको एक होस्। तैँले केही प्राप्त गरेको छैनस् भनेर कसरी भन्‍न सक्छस्? परमेश्‍वरले तँलाई छनौट गर्नुभएको र चुन्‍नुभएको हुनाले तँ सबैभन्दा खुशी र भाग्यमानी मानिसहरूमध्ये एक बनेको छस्, त्यसकारण दुष्टात्माहरू र फोहोरी पिशाचहरू तेरो नजिक आउने आँट गर्दैनन्। कति मानिसहरू सोध्छन्, “के यसको अर्थ मेरो हैसियत र पहिचान सम्मानजनक भएको छ भन्‍ने हो?” के यसो भन्‍न सकिन्छ? सकिँदैन, किनभने यो सबै परमेश्‍वरको प्रेम र परमेश्‍वरका कार्यहरूले गर्दा भएको हो। मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्! यो जीवनमा मात्रै, मानिसहरूले यति धेरै कुरा प्राप्त गरेका छन्; मानिसहरू यो सब प्राप्त गर्न कसरी योग्य छन्? परमेश्‍वरमा विश्‍वास गर्ने कति मानिसहरू सत्यता पटक्‍कै पछ्याउँदैनन् र पनि यसो भन्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षको अवधिमा के पाएँ त?” के तैँले आफै हिसाब गर्न सक्दैनस् र? तैँले सत्यता बुझेको छस् कि छैनस्, तैँले कति कम दुष्टता गरेको छस् त्यो तँलाई हृदयमा थाहा हुन्छ, र अझै बढी रूपमा, तैँले कति धेरै अनुग्रह प्राप्त गरेको छस् भनेर तँलाई हृदयमा थाहा हुन्छ। यदि हृदयमा तँ यी कुराहरूप्रति स्पष्ट छस् भने, तैँले यति विवेकहीन कुराहरू बोल्नेछैनस्। कतिले त यसो पनि भन्छन्, “परमेश्‍वरको घरले मलाई गाँस, बास, र कपास पनि दिन्छ।” के परमेश्‍वरको अनुग्रह र सुरक्षाको तुलनामा यो अत्यन्तै सानो कुरा होइन र? के यो कुरा उल्लेख गर्नसमेत लायक छैन, होइन र? तैपनि, विवेक भएका मानिसहरूलाई लाग्छ यो कुरा उल्लेख गर्न लायक नभए नि, यो परमेश्‍वरको अनुग्रहकै भाग हो। परमेश्‍वरको अनुग्रह अपरिमेय छ; परमेश्‍वरले मानिसहरूलाई यति धेरै कुरा दिनुभएको छ! जहाँसम्‍म ती भौतिक कुराहरूको कुरा छ, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले ती कुराहरू गन्तीसमेत गर्नुहुन्न।

परमेश्‍वरका कार्यहरूको एउटा पक्ष भनेको मानिसहरूलाई रक्षा गर्नु हो, र अर्को पक्ष भनेको तिनीहरूले मुक्ति पाउन सकून् भनेर तिनीहरूलाई मुक्तिको मार्गमा डोर्‍याउनु हो। मानिसहरूले परमेश्‍वरको यो स्नेहको आनन्द लिएका छन् र तिनीहरूप्रतिको उहाँको प्रेम प्राप्त गरेका छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रशस्त अनुग्रह दिनुभएको छ! यसको साथै, अर्को एउटा कुरा छ जुन सबैभन्दा महत्त्वपूर्ण छ, र त्यो हो, परमेश्‍वरले मानिसहरूलाई दिनुभएको सत्यता, अर्थात् मानव इतिहासको कुनै पनि युगमा कसैले कहिल्यै नसुनेका वा प्राप्त नगरेका वचनहरू। परमेश्‍वरले मानवजातिलाई जतिपटक सृष्टि गर्नुभएको भए पनि, उहाँले यो काम कहिल्यै गर्नुभएको वा यी वचनहरू बोल्नुभएको थिएन। मानवजातिसँग सम्बन्धित सबै रहस्यहरू, मानिसहरूले सहन, जान्‍न, र बुझ्न सक्‍ने कुराहरू—परमेश्‍वरले तिमीहरूलाई यी सबै कुरा बताउनुभएको छ। के यी रहस्यहरू, यी सत्यताहरू कुनै पनि मात्रामा मापन गर्न सकिन्छ? तिनलाई मापन गर्न सकिँदैन; मानिसहरूले आफ्नो धेरै जीवनकालमा पनि आनन्द उपभोग गरेर ती रित्याउन सक्दैनन्। मैले किन यसो भनेँ? किनभने परमेश्‍वरका यी वचनहरू मानिसहरूको अस्तित्वका जग हुन्, र यी अनन्तकालसम्म अस्तित्वमा रहन सक्छन्। यदि तैँले साँच्‍चै नै बाँचिरहन र अनन्तसम्‍म जीवन जिइरहन पाइस् भने, परमेश्‍वरका यी वचन र सत्यताहरूले तँलाई अनन्त रूपमै भरणपोषण गर्न सक्छन्। अनन्तको अर्थ के हो? यसको अर्थ समयले सीमित नहुनु हो, यसको अर्थ असीमित हुनु हो। यदि हामीले यसलाई शाब्दिक रूपमा अर्थ लगायौँ भने, यसको अर्थ अन्त नहुनु हो—परमेश्‍वर स्वयम्‌ले जस्तै अनन्त रूपमा जिउनु हो। परमेश्‍वरका यी वचन र सत्यताहरू त्यो समयसम्‍मै अस्तित्वमा रहन सक्छन्। “त्यो समय” मानव भाषामा व्यक्त गरिने समयको अवधारणा र परिभाषा हो, तर यसको अर्थ साँच्‍चै नै अनिश्‍चितकालीन हुन्छ। मलाई भन् त, परमेश्‍वरका यी वचनहरूको मूल्य ठूलो छ कि छैन? अत्यन्तै ठूलो छ! यदि तैँले तिनलाई पछ्याउँदैनस् भने, यो तेरो घाटा हो; यो तँ मूर्ख हुनु हो। तर यदि तैँले तिनलाई पछ्याउँछस् भने, यी वचनहरूको मूल्य तेरो यो जीवनकालभन्दा पनि धेरै अघि जान्छ; यो अनन्तसम्‍म जान्छ। यी सधैँ तेरो लागि प्रभावकारी र उपयोगी हुनेछन्, र यिनको मूल्य र अर्थ अनन्तको लागि हुनेछ, र यिनले तेरो लागि अनन्त रूपमै भरणपोषण दिनेछन्। यदि तैँले यी वचनहरू बुझ्छस्, प्राप्त गर्छस्, र तीअनुसार जिउँछस् भने, तैँले अनन्त रूपमा जिउन सक्‍नेछस्। यसलाई सरल रूपमा भन्‍नुपर्दा, तैँले कहिल्यै मृत्यु नचाखी सदासर्वदा जिउनेछस्। के यो मानिसहरूले सपना देख्‍ने कुरा होइन र? अनगिन्ती युगहरू बितिसकेका हुनेछन्, अनगिन्ती मानिसहरू मरिसकेका हुनेछन्, तर तँ अझै जीवित हुनेछस्। तँ कुन माध्यममार्फत जीवित रहनेछस्? परमेश्‍वरका वचनहरूमार्फत, सत्यतामार्फत, तँसँग यसरी जिउने योग्यताहरू हुनेछन्। तैँले यो अनवरत जीवनमा के गर्नेछस्? तँसँग परमेश्‍वरको आज्ञा हुन्छ, परमेश्‍वरको अगुवाइ हुन्छ, र तँसँग एउटा मिसन पनि हुन्छ। तेरो मिसन के हो? परमेश्‍वर तैँले उहाँका वचनहरूअनुसार जिएर, उहाँलाई महिमित तुल्याएको र तँ उहाँको गवाही बनेको चाहनुहुन्छ। परमेश्‍वरका वचनहरूको मूल्य यही हो। मानिसहरूले यो युगमा सुन्‍ने, सम्पर्कमा आउने, र अनुभव गर्ने सत्यता र वचनहरूको मूल्य र महत्त्व अनन्तकालसम्म कायम रहनेछ। ती किन अनन्तकालसम्म अस्तित्वमा रहनेछन्? परमेश्‍वरका यी वचनहरू धर्मशास्‍त्र, सिद्धान्त, नारा, वा कुनै प्रकारको ज्ञान होइनन्, बरु जीवनका वचनहरू हुन्। तैँले यी वचनहरू प्राप्त गरिस्, यीअनुसार जिइस्, र यिनमा बाँचिस् भने, परमेश्‍वरले तँलाई जिइरहन दिनुहुनेछ र मर्न दिनुहुनेछैन। अर्थात्, उहाँले तँलाई नष्ट गर्नुहुनेछैन वा तेरो जीवन खोस्नुहुनेछैन—उहाँले तँलाई जिइरहन दिइनुहुनेछ। के यो ठूलो आशिष् होइन र? (हो, यो ठूलो आशिष हो।) यी वचनहरूद्वारा परमेश्‍वरले तँलाई यो जीवनमा यो आशिष्‌को पूर्वस्वाद लिन र आउने संसारमा यो कुरा प्राप्त गर्न दिनुहुन्छ। यो परमेश्‍वरको प्रतिज्ञा हो। परमेश्‍वरले मानवजातिलाई दिनुभएको यो ठूलो प्रतिज्ञालाई ध्यानमा राख्दा, के मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्? (छन्।) परमेश्‍वरले मानवजातिलाई यस्तो ठूलो प्रतिज्ञा गर्नुभएको छ, र सबैलाई यो कुरा थाहा दिनुभएको छ। उहाँले तँलाई यसबारे बताउनुभएको छ, र तँलाई आएर यो कुरा स्वतन्त्र रूपमा लिन दिनुभएको छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा आफ्नो सबै सम्पत्ति सुम्पनुपर्दैन; तैँले परमेश्‍वरका वचनहरू सुन्नु मात्र पर्छ, र परमेश्‍वरका मापदण्डहरू र उहाँका इच्छाहरूअनुसार काम मात्र गर्नुपर्छ, अनि तैँले परमेश्‍वरबाट यो प्रतिज्ञा प्राप्त गर्न सक्छस्। के परमेश्‍वरले मानवजातिलाई धेरै कुरा दिनुभएको छैन र? तँ अहिले यो प्रतिज्ञा प्राप्त गर्ने मार्गमा छस्: तैँले अझै यो कुरा पूर्ण रूपमा प्राप्त गरेको त छैनस् होला, तर के तैँले थोरथोरै प्राप्त गरेको छस्? परमेश्‍वरले मानवजातिलाई दिनुभएको प्रतिज्ञा हेर्दा, मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्। तिनीहरूले महत्त्वपूर्ण फाइदा प्राप्त गरेका छन्; तिनीहरूले नोक्‍सानी वा घाटा बिलकुलै भोगेका छैनन्। तिनीहरूले थोरै समय मात्रै लगानी गरेका छन्, र तिनीहरूको देहले केही मेहनत गरेको हुन सक्छ। तिनीहरूले केही पारिवारिक खुशी, व्यक्तिगत देहगत रुचि र इच्छाहरू बलिदान गरेर, आफ्ना केही आकाङ्क्षा, हित, र चाहनाहरू, र आदि इत्यादि कुराहरू त्यागेका हुन सक्छन्। तर सत्यता बुझ्नु, मुक्ति प्राप्त गर्नु, र परमेश्‍वरको प्रतिज्ञा प्राप्त गर्नुसँग तुलना गर्दा, ती सबै व्यक्तिगत सम्भाव्यता, उद्देश्य, र आकाङ्क्षाहरू उल्लेख गर्न लायक नै छैनन्, किनभने तिनले तँलाई नरक मात्रै लैजान सक्छन्, र परमेश्‍वरले ती कुराहरूको लागि तँलाई आफ्नो प्रतिज्ञा प्रदान गर्नुहुन्न। यसविपरीत, जब मानिसहरूले केही सीमित समय लगानी गर्छन्, आफू इच्छुक रहेको र आफूले चुकाउन सक्‍ने मूल्य चुकाउँछन्, तब तिनीहरूले अन्ततः सत्यता बुझ्छन्, परमेश्‍वरले सृष्टि गर्नुभएदेखि मानवजातिले नबुझेका रहस्यहरू अनि व्यक्ति बन्‍ने सिद्धान्तहरू बुझ्छन्, र सबै घटना र कुराहरूको निश्‍चित सार र उत्पत्ति बुझ्छन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरूले परमेश्‍वरबारे केही ज्ञान प्राप्त गर्छन् र उहाँको डर मान्न सक्‍ने हुन सक्छन्। यो सब प्राप्त गरिसकेपछि, के यस्तो मूल्य चुकाउनु सार्थक हुँदैन र? मानिसहरूमा केकस्ता गुनासाहरू हुन्छन्? तिनीहरूले किन परमेश्‍वरमा विश्‍वास गरेर केही प्राप्त गर्दैनन् भनेर भन्छन्? के तिनीहरूको विवेक पूर्ण रूपमा कुहिएको छैन र? तिनीहरूले धेरै कुरा प्राप्त गरेका छन्, र पनि तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरू अरू के चाहन्छन्? यदि तिनीहरूलाई राष्ट्रपति वा अरबपति बनाइयो भने तिनीहरू सन्तुष्ट हुनेछन्? यदि परमेश्‍वरले तिनीहरूलाई ती कुराहरू दिनुभयो भने, तिनीहरू उहाँका हुनेछैनन्। परमेश्‍वरले यसरी मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्न।

मानिसहरूले सधैँ परमेश्‍वरमा विश्‍वास गरेर केही पनि प्राप्त गरेका छैनौँ भनेर भन्छन्, जसले तिनीहरूमा विवेकको कमी छ, तिनीहरूसित सत्यता बुझ्ने कुनै क्षमता छैन, तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरूको चरित्र अत्यन्तै नीच छ भन्‍ने देखाउँछ। त्यस्ता मानिसहरूसँग परमेश्‍वरले के गर्नुहुन्छ, परमेश्‍वरले मानिसहरूलाई के मापदण्ड दिनुहुन्छ, र परमेश्‍वरले मानिसहरूलाई के दिनुभएको छ, र यस्तै अन्य कुराहरूबारे कुनै शुद्ध बुझाइ हुँदैन। अन्त्यमा, जब परिस्थितिहरूले तिनीहरूलाई अलिक असन्तुष्ट तुल्याउँछन्, तब तिनीहरूले जम्‍मा गरेर राखेको प्रचुर रिस तुरुन्तै विस्फोट हुन्छ: “परमेश्‍वरमा विश्‍वास गरेर मैले के पाएँ? मेरो देहले धेरै कष्ट भोगेको छ। मैले मण्डलीले मलाई दिएको जुनसुकै कर्तव्य निर्वाह गरेको छु। जति नै कठिन वा थकाइलाग्दो भए नि, मैले कहिल्यै गुनासो गरेको छैनँ; कठिनाइ जति नै ठूलो भए नि, मैले कहिल्यै केही भनेको छैनँ। मैले परमेश्‍वरको घरलाई कहिल्यै पनि कुनै माग गरेको छैनँ। मैले ठूलो प्रेम र ठूलो बफादारिता दिँदा पनि, मैले के नै प्राप्त गरेको छु र? यदि मैले नै केही प्राप्त गरेको छैनँ भने, झन् अरूसँग त कुनै कुरा प्राप्त गर्ने आशा अझै कम हुन्छ!” यसको अर्थ के हो भने: “तिमीहरूले मैले जति धेरै कुरा अर्पण गरेका छैनौ, तिमीहरूले मैले चुकाएजति मूल्य चुकाएका छैनौ; यदि मैले नै त केही प्राप्त गरेको छैनँ भने, तिमीहरूले के प्राप्त गर्न सक्छौ र? तिमीहरू सबै होसियार हुनुपर्छ; मूर्ख नबन!” के त्यस्ता मानिसहरूमा विवेकको कमी हुँदैन र? विवेकहीन व्यक्तिले सधैँ मूर्ख र जिद्दी शब्दहरू बोल्छ। तिनीहरूले परमेश्‍वरले बोल्नुभएका यति धेरै सत्यताहरू, वा यति धेरै शुद्ध र सकारात्मक कुराहरू र अभिव्यक्तिहरूमध्ये एउटा पनि बुझ्न सक्दैनन्, बरु तिनीहरू जिद्दी भएर आफ्नै दृष्टिकोणहरूमा अडिग भइरहन्छन्: “म परमेश्‍वरको लागि कठिनाइहरू भोग्छु र मूल्य चुकाउँछु, त्यसकारण परमेश्‍वरले मलाई आशिष् दिनुपर्छ, र मलाई अरूले भन्दा बढी प्राप्त गर्न दिनुपर्छ। होइन भने, म आवेग पोखाउनेछु, म विस्फोट हुनेछु, र श्रापका शब्दहरू बोल्‍नेछु! मैले जे चाहे नि, त्यो परमेश्‍वरले मलाई दिनैपर्छ, र त्यो मैले प्राप्त गरिनँ भने, परमेश्‍वर धर्मी हुनुहुन्न, र मैले केही पाएको छैनँ भनेर भन्‍नेछु—यो स्पष्टतः सत्यता बोलेको हो!” के तिनीहरूमा मानवताको कमी हुँदैन र? मानवताको कमी भएको व्यक्तिका शब्दहरू निश्‍चय नै टिक्‍नसमेत सक्दैनन्, झन् ती सत्यताअनुरूप हुनु त धेरै परको कुरा हो; तिनीहरूका शब्दहरू सत्यताअनुरूप हुनुपर्छ भनेर भन्‍नु त तिनीहरूलाई सक्‍नेभन्दा बढी काम गर्न लगाउनु हो। व्यक्तिले बोल्ने शब्दहरू उचित अनुरोध र उचित अभिव्यक्तिहरू हुनुपर्छ, बङ्ग्याइएका तर्कहरू हुनु हुँदैन; उसको कुरा जसले सुने नि वा उसको मूल्याङ्कन जसले गरे नि, ती कुरा टिक्‍न सक्‍ने हुनुपर्छ। तर कमजोर मानवता भएका मानिसहरूका शब्दहरू र व्यवहार टिक्‍न सक्‍ने हुँदैनन्। जब तिनीहरूले रिसको झोँक देखाउँछन् र गुनासो पोख्छन्, तब कति मानिसहरूले यस्तो सोच्छन्, “तिनीहरूले किन केही पाएको छैन भनेर भन्छन्? के परमेश्‍वरको घरले तिनीहरूलाई कुनै किसिमले अन्याय गरेको हो? के परमेश्‍वरको घरका कतिपय कार्यहरू सिद्धान्तहरूअनुरूप छैनन् र तिनलाई खुलासा गर्न सकिँदैन भन्‍ने हो? त्यो व्यक्ति प्रायजसो कठिनाइहरू सहने र मूल्य चुकाउने क्षमता भएको जस्तो देखिन्छ, तर आज ऊ केही पनि पाएको छैनँ भन्दै उग्र रूपमा विस्फोट भयो; उसले वास्तवमै केही पनि प्राप्त गरेको छैन जस्तो देखिन्छ। के यो शिष्ट व्यक्तिलाई रिस उठाउनु होइन र? त्यसोभए म होशियार हुनुपर्छ; मैले कर्तव्य निर्वाह गर्दा पहिलेजस्तो कठिनाइ भोग्‍नु वा यस्तो मूल्य चुकाउनु हुँदैन!” समझशक्ति नभएका कति भ्रमित मानिसहरू यसरी नै प्रभावित हुन्छन्।

प्रायजसो नकारात्मकता पोखाउने मानिसहरूको हकमा, यदि तिनीहरूमा साँच्‍चै नै व्यक्त गर्ने दृष्टिकोण वा विचारहरू छन् भने, तिनीहरूले नै पहिले बोलून् र आफ्नो दृष्टिकोण खुलासा गरून्। तिनीहरूले यसो गरेपछि, सबैले कुरा बुझ्नेछन्: “तिनीहरूलाई तिनीहरूले चुकाएको मूल्य तिनीहरूले प्राप्त गरेको कुरासँग मिल्दैन भन्‍ने लाग्छ। तिनीहरूलाई तिनीहरूले कुनै लाभ प्राप्त गरेका छैनन् र तिनीहरूले घाटा भोगेका छन् भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू अनिच्छुक बनेका छन्। तिनीहरूले परमेश्‍वरबारे गुनासो गरिरहेका छन्, परमेश्‍वरसँग मोलमोलाइ गर्ने आशा गरिरहेका छन्, अनुग्रह र लाभहरू माग गरिरहेका छन्!” के त्यस्तो व्यक्ति बोलेको सुनेपछि औसत व्यक्तिले उसलाई भित्रैदेखि चिन्‍न सक्दैन र? अनि सबैजना त्यो व्यक्तिलाई चिन्‍न सक्‍ने भएपछि, उसलाई यसो भन, “बोलिसक्‍नुभयो? यदि तपाईंसँग भन्‍ने अरू केही छैन भने, चुप लाग्नुहोस्, नत्र तपाईंले आफूलाई मूर्ख तुल्याउनुहुनेछ। यदि तपाईंको दुष्ट प्रकृति सबैसामु खुलासा भयो र यसलाई तुरुन्तै नियन्त्रण गरिएन भने, यसले आम आक्रोश पैदा गर्नेछ। जब सबैले तपाईंलाई खुलासा र इन्कार गर्छन्, तब पछुतो गर्नको लागि ढिला हुनेछ।” यसरी तिनीहरूलाई चेतावनी देओ, अनि त्यसो गरेर, तैँले तिनीहरूलाई प्रतिबन्धित गरेको हुनेछस्। वा, तैँले यसो पनि भन्‍न सक्छस्: “यदि तपाईंलाई घाटा भएको छ भन्‍ने लाग्छ भने, तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुपर्दैन। यदि केही प्राप्त भएको छैन जस्तो लाग्छ भने, वास्तवमा तपाईं के प्राप्त गर्न चाहनुहुन्छ? यदि यो सम्पत्ति कमाउनु र धनी बन्‍नु, वा उच्च पदमा बस्नु हो भने, मलाई माफ गर्नुहोस्, यी कुराहरू तपाईँ आफूले चाहेकै भरमा मात्र प्राप्त गर्न सकिने कुराहरू होइनन्; यी कुराहरू परमेश्‍वरले तोक्नुभएका कुराहरू हुन्। परमेश्‍वरको देखापराइ र मानिसलाई मुक्ति दिने उहाँको काम मानिसहरूलाई यी कुराहरू दिनुसँग सम्बन्धित छैन। यी कुरा जहाँ पाउन सक्‍नुहुन्छ, त्यहीँ जानुहोस्; परमेश्‍वरको घर बाह्य संसार होइन, यसले दियाबलस र शैतानहरूलाई सन्तुष्ट पार्न सक्दैन। तपाईंले परमेश्‍वरको घरबाट, वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट यस्ता कुराहरू माग नगर्नु नै राम्रो हुन्छ; यदि तपाईंले परमेश्‍वरलाई यी कुराहरू माग्‍ने दुस्साहस गर्नुभयो भने, तपाईंले उहाँको स्वभाव चिढ्याउनुहुनेछ र उहाँको रिस उठाउनुहुनेछ, किनभने परमेश्‍वरले मानिसहरूलाई प्रशस्त अनुग्रह दिनुभएको छ, र उहाँले मानिसहरूलाई तिनीहरूको जीवनको रूपमा अझै धेरै सत्यता दिनुभएको छ। तपाईंले सत्यता प्राप्त गर्नुलाई बहुमूल्य ठान्‍नुहुन्‍न भने त्यो तपाईंको मूर्खता र अज्ञानता हो।” सबैले तिनीहरूलाई यसरी नै हप्की लाउनु र काटछाँट गर्नुपर्छ। यो अभ्यासबारे तिमीहरूलाई के लाग्छ? अथवा, तैँले यसो भन्‍न सक्छस्: “परमेश्‍वरको घर तपाईंप्रति केही कुराको ऋणी छैन। परमेश्‍वरको लागि तपाईंले खर्चनुभएको मेहनत र निर्वाह गर्नुभएको कर्तव्य सबै स्वेच्छिक थियो। तपाईंले परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निभाउन थालेपछि, तपाईंले परमेश्‍वरबाट कति धेरै अनुग्रह प्राप्त गर्नुभएको छ, के तपाईंलाई थाहा छ? यदि तपाईंसँग कुनै विवेक छ भने, तपाईंले केही पनि प्राप्त गरेको छैन भनेर परमेश्‍वरलाई भन्‍नु हुँदैन; तपाईंले परमेश्‍वरअघि आएर आफ्ना समस्याहरू पहिचान गर्नुपर्छ। यदि तपाईंले परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वरले गर्नुहुने सबै कुरा सत्यता हो र उहाँका वचनहरू सत्यता हुन् भनेर साँचो विश्‍वास गर्नुहुन्छ भने, तपाईंले यस्तो कुरा भन्‍नु हुँदैन; तपाईंले गुनासो गरिरहनु हुँदैन। तपाईंको वर्तमान मनोवृत्ति परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति होइन, न त यो सत्यता खोजी गर्ने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति नै हो। तपाईंले विद्रोह गर्ने, र परमेश्‍वरसँग आफ्‍ना पुरानै समस्याहरू लाद्‌ने प्रयास गरिरहनुभएको छ! तपाईंले परमेश्‍वरसँग अलग हुने, र अन्तिम हिसाब राफसाफ गर्ने प्रयास गरिरहनुभएको छ! तर परमेश्‍वर तपाईंप्रति केही कुराको पनि ऋणी हुनुहुन्न, न त परमेश्‍वरको घर नै तपाईंप्रति ऋणी छ। यदि तपाईंले परमेश्‍वरको घरसँग हिसाब पूरा गर्न लाग्‍नुभएको हो भने, त्यो तुरुन्तै गरिहाल्नुहोस्, र उहाँको घर छोड्नुहोस्। परमेश्‍वरको घरलाई झिजो नलाउनुहोस्, नत्र तपाईंले उहाँको क्रोध भड्काउनुहुनेछ र उहाँले तपाईंलाई प्रहार गर्नुहुनेछ। त्यो राम्रो परिणाम होइन। यदि तपाईंसँग कुनै विवेक वा समझ छ भने, तपाईं प्रार्थना र खोजी गर्न शान्त हुनुपर्छ, परमेश्‍वरमाथिको विश्‍वास पछ्याइबारे तपाईंको दृष्टिकोणमा केही गलत छ कि छैन, र तपाईं जुन मार्गमा हुनुहुन्छ त्यो परमेश्‍वरले तपाईंलाई हिँड्न लगाउनुभएको मार्ग हो कि होइन भनेर हेर्नुपर्छ। तपाईंसँग परमेश्‍वरप्रति यति धेरै अनुचित मागहरू छन्, उहाँप्रति यति ठूलो आक्रोश छ; यसले तपाईंले गर्नुभएको पछ्याइमा केही गलत भएको छ भन्‍ने जनाउँछ। तपाईंले त्यस्तो गहन आक्रोश एकदुई दिनमै त निर्माण गर्नुभएको होइन; यो त लामो समयदेखि निर्माण भइरहेको थियो। अथवा सायद परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै तपाईं गलत दृष्टिकोण लिएर परमेश्‍वरअघि आइरहनुभएको छ, र उहाँले जे भन्‍नुभए नि भावशून्य रहँदै आउनुभएको छ, र परिणामस्वरूप तपाईंलाई कुनै पछुतो वा ऋणी महसुस पनि नभएको हो। सायद यही कारणले गर्दा नै आज परिस्थितिहरू यस्तो अवस्थामा पुगेका छन्। तपाईंले तुरुन्तै पापस्वीकार गरी पश्‍चात्ताप गर्नु राम्रो हुन्छ; पश्‍चात्ताप गर्ने समय अझै छ। यदि तपाईंले त्यसो गर्नुभएन, र दुष्कर्म गरिरहनुभयो र नकारात्मकता पोखाइरहनुभयो भने, तपाईं एक दियाबलस, एक ख्रीष्टविरोधी बन्‍नुहुनेछ। जब परमेश्‍वरको घरले तपाईंलाई सफाइ गरी हटाउँछ, तब तपाईंसँग मुक्ति पाउने कुनै मौका हुनेछैन—परमेश्‍वरको घरले दोषी ठहर्‍याएको कुरालाई परमेश्‍वरले पनि दोषी ठहर्‍याउनुहुन्छ। हामीले तपाईंलाई परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षको अवधिमा कठिनाइ भोग्‍ने र मूल्य चुकाउने तपाईंको क्षमता हेरेर यो चेतावनी दिइरहेका छौँ। हामीले तपाईंलाई मौका दिइरहेका छौँ। यदि तपाईं आफ्नै मार्गमा जिद्दी गर्नुहुन्छ र सल्लाह सुन्न इन्कार्नुहुन्छ, र परमेश्‍वरको घरले तपाईंलाई सफाइ गरी हटाउने निर्णय गर्‍यो भने, तपाईं अब विश्‍वासी दाजुभाइ-दिदीबहिनीको रूपमा रहनुहुनेछैन। तपाईंसँग मुक्ति पाउने कुनै आशा हुनेछैन। जब त्यो समय आउनेछ, तब तपाईंले साँच्‍चै नै केही प्राप्त गर्नुहुनेछैन। त्यो बेला पछुतो नगर्नुहोला। अहिले तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईंका विचार, दृष्टिकोण, र पछ्याइको दिशा परिवर्तन गर्नु हो। अबदेखि सधैँ केही न केही प्राप्त गर्ने प्रयास गरिरहने नगर्नुहोस्। परमेश्‍वरका वचनहरू सुन्‍नुहोस्; परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभावबारे खुलासा गर्नुभएका कुराहरूमध्ये कतिबारे तपाईंले मनन गरेर आफैलाई चिन्‍न सक्‍नुहुन्छ, त्यो हेर्नुहोस्। के तपाईंले आफूभित्र आफैले पहिचान गर्न र स्पष्ट देख्‍न सक्‍ने समस्याहरू समाधान गर्नुभएको छ? के तपाईंले परमेश्‍वरविरुद्धको आफ्‍नो विद्रोह पहिचान गर्नुभएको छ? के तपाईंले यसलाई समाधान गर्नुभएको छ? अहिले तपाईंले सामना गर्ने सबैभन्दा ठूलो समस्या भनेको सधैँ परमेश्‍वरसँग हिसाबकिताब गर्न चाहनु हो—यो समस्या के हो? के यो समाधान गर्नुपर्ने समस्या होइन र? तपाईंले सधैँ कुनै न कुनै अभिप्राय लिएर, लेनदेन गर्नेबारे सोच्दै परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ; तपाईं सधैँ आशिष्‌हरू प्राप्त गर्ने उत्कट इच्छा गर्नुहुन्छ, र स्वर्गको राज्यका आशिष्‌हरूको लागि आफ्ना प्रयत्‍न, योगदान, र देहगत कष्टहरू साट्ने आशा गर्नुहुन्छ—के यो डाँकुको तर्क होइन र? परमेश्‍वरले कस्ता मानिसहरूलाई आशिष् दिनुहुन्छ, मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरू केके हुन्, परमेश्‍वरले मानिसहरूलाई के भन्‍नुभएको छ, र परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न मानिसहरूले के हासिल गर्नैपर्छ भनेर किन हेर्नुहुन्‍न? यदि तपाईंले साँच्‍चै नै परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ र साँच्‍चै नै मुक्ति पाउन चाहनुहुन्छ भने, सधैँ परमेश्‍वरबाट केही न केही प्राप्त गर्ने प्रयास नगर्नुहोस्। तपाईंले परमेश्‍वरका कति वचनहरू अभ्यास गर्नुभएको छ, तपाईं परमेश्‍वरका वचनहरू पछ्याउने व्यक्ति हो कि होइन भनेर हेर्नुपर्छ। परमेश्‍वरका वचनहरू पछ्याउनु भनेको परमेश्‍वरका मापदण्डहरू र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु र जिउनु हो, थोरथोरै शारीरिक कष्ट भोग्‍नु र थोरथोरै मूल्य चुकाउनु मात्र होइन। तपाईंको भ्रष्ट स्वभाव समाधान भएको छैन, र तपाईंले चुकाउने सबै मूल्य र भोग्‍ने सबै कठिनाइहरूमा अभिप्रायहरू लुकेका छन्। परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्न; उहाँले यस्तो मूल्य चाहनुहुन्न। यदि तपाईं परमेश्‍वरसँग हिसाबकिताब मिलाउन जिद्दी गर्नुहुन्छ, यदि तपाईं परमेश्‍वरसँग तर्क र संघर्ष गर्न जिद्दी गर्नुहुन्छ भने, तपाईंले उहाँको स्वभाव चिढ्याइरहनुभएको छ, र उहाँले तपाईंलाई आफ्नै बाटो लागेर दण्डित हुन नरक जान दिनुहुनेछ। दुष्कर्म गरेको दण्ड यही हो। तपाईंले परमेश्‍वरबाट धेरै आशिष् र अनुग्रहहरू प्राप्त गर्नुभएको छ, र उहाँले तपाईंलाई केही विशेष भौतिक सुविधा दिनुभएको छ। तपाईंले पाउनुपर्ने कुरा पहिले नै प्राप्त गरिसक्‍नुभएको छ—परमेश्‍वरबाट तपाईंलाई थप के चाहिएको हो?” यदि तैँले यी वचनहरू सङ्गति गरिस् भने, के यो सुन्दा थोरै विवेक र समझ भएको व्यक्तिको पीडित मनस्थिति अलिक साम्‍मे हुनेछैन र? के यी वचनहरू सत्यताअनुरूप हुने शुद्ध बुझाइका वचनहरू हुन्? (हुन्।) यदि कुनै व्यक्तिमा मानवता र समझ छ भने, उसले यी कुराहरू बुझ्न र स्विकार्न सक्छ। मानवताविनाका, विवेक र समझविनाका मानिसहरूले मात्रै यी वचनहरूले तिनीहरूलाई छल्ने प्रयास गरिरहेका छन्, ती उच्च सुनिने भाषणहरू मात्र हुन्, ती विश्‍वास गर्न लायक छैनन्, र ती देख्‍न सकिने अनुग्रह वा भौतिक आशिष्‌हरूजत्ति ठोस फाइदाजनक छैनन् भन्‍ने सोच्नेछन्। त्यसकारण, तिनीहरूले ती ठोस फाइदाहरू देख्‍नुपहिले, तैँले जे भने नि त्यो व्यर्थ नै हुन्छ; त्यो तिनीहरूले स्विकार्नेछैनन्। तिनीहरूले तेरो मुखैमा यसको विरोध नगर्न सक्छन्, तर तेरो पिठ्युँपछाडि, तिनीहरूले हृदयमा अझै पनि विरोध गर्दै बस्‍नेछन्, बेलाबेला नकारात्मकता पोखाउनेछन्, आफ्नो योगदान प्रदर्शित गर्नेछन्, र आफूले भोगेका कठिनाइहरू, साथै परमेश्‍वरको घरले तिनीहरूलाई कसरी व्यवहार गर्छ, तिनीहरूले परमेश्‍वरको घरलाई कसरी सहे भन्‍ने कुराको गन्ती गर्नेछन्—तिनीहरूले हृदयमा सधैँ यी कुराहरू राख्‍नेछन्। तिनीहरूको जीवनमा जेसुकै आइपरे नि, तिनीहरूले आफूले चाहेको कुरा प्राप्त गरेनन् भने, तिनीहरूको जङ्गलीपन प्रकट भइहाल्छ, र तिनीहरूले क्रोधित हुँदै आफ्नो लाजमर्दो व्यवहार उदाङ्गो पार्छन्, र नकारात्मकता पोखाउँछन्। के तैँले अझै पनि त्यस्ता व्यक्तिलाई मनाउने प्रयास गर्नुपर्छ? यदि सरल अनुरोधपछि पनि अझै तिनीहरूले उस्तै चरित्र देखाउँछन्, र तिनीहरूका पुराना समस्याहरू फर्केर आउँछन्, र तिनीहरूको दियाबलसरूपी गुण फेरि देखा पर्छ भने, के गर्नुपर्छ? त्यस्तो भयो भने, प्रतिबन्ध गर्ने समय आएको हुन्छ। तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका नदेओ। तिनीहरू कुहिएका काठजस्तै हुन्; तिनीहरू मूर्ख र जिद्दी दुष्टहरू हुन्। तिनीहरू कुन अर्थमा “मूर्ख र जिद्दी दुष्टहरू हुन्”? तिनीहरू शुद्ध मार्ग र सकारात्मक कुराहरू स्विकार्दैनन् भन्‍ने अर्थमा। बरु, तिनीहरू विकृत तर्क, विधर्म, र भ्रमहरू अँगाल्छन्, र ठोस लाभहरू प्राप्त गर्ने, फाइदा लिने, र घाटा नभोग्‍ने आफ्नै दृष्टिकोणहरूमा अडिग रहन्छन्। परमेश्‍वरको घरले जेजसरी सत्यता सङ्गति गरे नि, तिनीहरूले सधैँ यसो भन्छन्, “यी सबै राम्रा सुनिने शब्दहरू हुन्। कसले पो केही राम्रा कुराहरू बोल्न सक्दैन र? यदि तपाईं अन्योल पर्नुभएको भए, तपाईंले त्यसो भन्‍नुहुन्थेन।” तिनीहरू जिद्दी भएर त्यस्ता दृष्टिकोणहरूमा लागिरहन्छन्, र जब कुनै अप्रिय घटना घट्छ वा तिनीहरूलाई घाटा हुन्छ, तब तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरेर केही पनि पाएको छैन भन्‍ने लाग्छ, र तिनीहरूले फेरि नकारात्मकता पोखाउनेछन्। के तिनीहरूलाई अझै पनि मौका दिइनुपर्छ त? कुनै मौका दिइनु हुँदैन। यदि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनन्, बरु अरूलाई बाधा दिन्छन् भने, तुरुन्तै तिनीहरूलाई रोक र प्रतिबन्धित गर। तिनीहरूलाई स्वतन्त्र रूपमा बोल्न नदेओ। यदि तिनीहरूले नकारात्मकता पोखाउने र अरूलाई बाधा दिने कार्य जारी राख्छन् भने, तिनीहरूलाई थप शिष्टता नदेखाओ। तिनीहरूलाई तुरुन्तै हटाओ। यो निर्दयी हुनु होइन, हो त? (होइन।) सङ्गतिमा तिनीहरूलाई हातैले खुवाएझैँ सत्यता खुवाइएको हुन्छ, तर जसरी सङ्गति गरे नि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन्—यसले के इङ्गित गर्छ? झट्ट हेर्दा, यो व्यक्ति अविश्‍वासीजस्तो देखिन्छ, तर सारगत रूपमा, ऊ दियाबलस हो। ऊ परमेश्‍वरबाट अनुग्रह र आशिष्‌हरू माग्‍न, र लाभहरू प्राप्त गर्न परमेश्‍वरको घर आएको हुन्छ, र ती प्राप्त नगरुन्जेल उसले विश्राम लिँदैन। उसले केही समय विश्‍वास गरेपछि कुनै फाइदा प्राप्त गरेन भने, उसको शैतानी स्वभाव प्रकट हुनेछ; उसले परमेश्‍वरप्रति आफ्‍नो असन्तुष्टि व्यक्त गर्नेछ, दुष्टता गर्नेछ, र बाधाहरू ल्याउनेछ। यो दियाबलस हो। उसले भोगेको थोरै कष्ट र चुकाएको थोरै मूल्य परमेश्‍वरका वचनहरूका अभ्यास होइनन्। ती त पूर्णतया सौदा गर्दै फाइदा र आशिष्‌हरू प्राप्त गर्नको लागि हुन्। जब परमेश्‍वरमाथिको आफ्नो विश्‍वासबाट सधैँ केही कुरा प्राप्त गर्न चाहने ती मानिसहरूको जीवनमा केही परिस्थितिहरू आइपर्छन्, र जब तिनीहरू नकारात्मक र कमजोर हुन्छन्, तब तिनीहरूले सधैँ भन्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेर केही पाइनँ।” त्यसपछि, तिनीहरूले हरेस खान्छन् र लापरवाही व्यवहार गर्न थाल्छन्, बदला लिन खोज्छन्, र आफ्नो असन्तुष्टिका भावनाहरू प्रकट गर्न प्रायजसो नकारात्मकता पोखाउँछन्। त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर हामीले पहिल्यै सङ्गति गरिसकेका छौं: तिनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ। यदि तिनीहरूले सत्यता स्विकार्न सक्छन् र भविष्यमा थप बाधाहरू नल्याउने ग्यारेन्टी दिन सक्छन् भने, तिनीहरूलाई मण्डलीमा रहन अर्को मौका दिन सकिन्छ। यदि तिनीहरूले सधैँ मण्डलीको काम र जीवनमा बाधा र हानि गर्न खोजिरहेका हुन्छन् भने, तिनीहरूलाई सफाइ गरी हटाओ। यो मण्डलीको काम रक्षा गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवन निर्बाध रूपमा जिउन सक्‍ने कुरा सुनिश्‍चित गर्नको लागि हो। यही सिद्धान्तको आधारमा यो निर्णय गरिन्छ र यो विधि अपनाइन्छ। यो उचित छ।

मण्डली जीवनमा, अरू कसले नकारात्मकता पोखाउने गर्छ? कति मानिसहरूले परिणाम नै प्राप्त नगरी कर्तव्य निर्वाह गर्छन्, तिनीहरूले सधैँ झारा टार्छन्; तिनीहरूले आत्मचिन्तन गर्दैनन्, बरु सधैँ परमेश्‍वर धर्मी वा निष्पक्ष हुनुहुन्न, परमेश्‍वरले सधैँ अरूसँग दयालु व्यवहार गर्नुहुन्छ तर तिनीहरूलाई गर्नुहुन्‍न, परमेश्‍वरले तिनीहरूलाई हेला गर्नुहुन्छ, र कहिल्यै अन्तर्दृष्टि दिनुहुन्न, त्यसकारण तिनीहरूले कर्तव्य निर्वाह गर्दा कहिल्यै कुनै परिणामहरू आउँदैनन्, र तिनीहरूले कहिल्यै अरूभन्दा माथि हुने र आदर पाउने आफ्नो उद्देश्य हासिल गर्न सक्दैनन् भन्‍ने अनुभव गर्छन्। तिनीहरूले हृदयमा परमेश्‍वरलाई दोष दिन्छन्, र यसो गर्ने क्रममा, तिनीहरूमा बफादारीसाथ कर्तव्य निर्वाह गर्ने अरू मानिसहरूप्रति डाहा, घृणा, र द्वेष पैदा हुन्छ। त्यस्ता मानिसहरूमा कस्तो मानवता हुन्छ? के तिनीहरू तुच्छ मनका हुँदैनन् र? यसअलावा, के तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा कसरी सत्यता पछ्याउने भनेर बुझ्न असफल भएका हुँदैनन् र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेकै हुँदैनन्। तिनीहरूले सोच्छन् कि परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य निभाउनु भनेको विद्यार्थीले विश्‍वविद्यालयमा परीक्षा दिनुजस्तै हो, जहाँ सधैँ स्कोर र दर्जा तुलना गर्नुपर्छ। त्यसैले, तिनीहरूले यी कुराहरूमा ठूलो महत्त्व दिन्छन्। के तिनीहरूको स्थिति त्यस्तै हुँदैन र? सर्वप्रथम, सत्यता बुझ्ने दृष्टिकोणबाट हेर्दा, के त्यस्ता मानिसहरूमा आत्मिक बुझाइ हुन्छ? हुँदैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता पछ्याउनु भनेको के हो भनेर बुझेकै हुँदैनन्। एक हिसाबमा, तिनीहरूले अरूमाझ रहेको आफ्नो दर्जालाई ठूलो महत्त्व दिन्छन्; अर्को हिसाबमा, तिनीहरूले सधैँ अरूले आफ्नो कर्तव्य कति राम्ररी निर्वाह गर्छन् र तिनीहरू आफैले कति राम्ररी निर्वाह गर्छन् भनेर मूल्याङ्कन गर्न स्कूले विद्यार्थीहरूलाई मूल्याङ्कन गरेजस्तै स्कोर विधि प्रयोग गर्छन्, र यही विधि अपनाउँदै तिनीहरूले परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास र आफ्नो कर्तव्यनिर्वाहको कार्यसम्पादन मापन गर्छन्। के यसमा केही कुरा गलत कुरा छैन र? यसको साथै, के तिनीहरूको आफ्नो कर्तव्य निर्वाह गर्ने मेहनतशील तरिका गलत छैन र? के तिनीहरूले अध्ययन र परीक्षा दिने किसिमले मेहनत गर्दै आफ्नो कर्तव्य निर्वाह गर्दैनन् र? (गर्छन्।) हामी किन यसो भन्छौं? के त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी सिद्धान्तहरू खोजी गर्ने भनेर बुझेका हुन्छन्? के तिनीहरूले सिद्धान्तहरू खोजी गर्न सक्छन्? एक हिसाबमा, तिनीहरूलाई सिद्धान्तहरू कसरी खोजी गर्ने भन्‍ने नै थाहा हुँदैन। मानिसहरूले कसरी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, कसरी सत्यता सङ्गति गर्नुपर्छ, र कसरी आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नुपर्छ—यी कुराहरू तिनीहरूले बुझ्दैनन्, न त तिनीहरूलाई यसको वास्ता नै हुन्छ। तिनीहरूलाई आफूले सिद्धान्तहरू खोज्नुपर्छ र तीअनुसार काम गर्नुपर्छ भन्‍ने मात्रै थाहा हुन्छ, तर सिद्धान्तहरूले के भन्छन्, परमेश्‍वरको के मापदण्ड छ, वा अरूले कसरी सिद्धान्तहरूअनुसार काम गर्छन् भन्‍नेबारे तिनीहरूसँग बुझाइको कमी हुन्छ। तिनीहरूले यो कुरा बुझ्दै बुझ्दैनन्। अनि अर्को हिसाबमा, के तिनीहरूले मानिसहरूको कर्तव्यनिर्वाह मापदण्डअनुरूप छ कि छैन भनेर मापन गर्ने परमेश्‍वरका मापदण्डहरू, र कर्तव्य निर्वाह गर्न उहाँले मानिसहरूलाई दिनुहुने सिद्धान्तहरूको आधारमा कर्तव्यको मूल्याङ्कन गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सङ्गतिबाट यी कुराहरू बुझ्न सक्छन्? सर्वप्रथम त, तिनीहरूले परमेश्‍वरका वचनहरू नै बुझ्दैनन्, न त तिनीहरूले कर्तव्य निर्वाह गर्ने विषय नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निभाउन थालेपछि यस्तो मनन गर्छन्: “म स्कूलमा हुँदा, मैले एउटा नियम पत्ता लगाएँ: मेहनत गर्न र अझै बढी अध्ययन गर्न तयार भएँ, उच्च स्कोर हासिल गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरमाथिको मेरो विश्‍वासमा पनि म त्यस्तै गर्नेछु। म अझै धेरै परमेश्‍वरका वचनहरू पढ्नेछु र अझै धेरै प्रार्थना गर्नेछु। अरूहरू कुराकानी गरिरहेको वा खाना खाइरहेको बेला, म भजनहरू सिक्‍नेछु र परमेश्‍वरका वचनहरू कण्ठ पार्नेछु। त्यस्तो प्रयासपछि, मेरो परिश्रम, लगनशीलता, र मेहनतको आधारमा, परमेश्‍वरले अवश्य नै मलाई आशिष् दिनुहुनेछ, र मेरो कर्तव्यनिर्वाह अवश्य नै फलदायी हुनेछ। मैले अवश्य नै अरूहरूमाझ उच्च स्कोर गर्नेछु, र मलाई बहुमूल्य ठानिनेछ र बढुवा दिइनेछ।” तर त्यसो गरे पनि, तिनीहरूले अझै आफ्ना चाहनाहरू पूरा गर्न सक्दैनन्: “म किन आफ्नो कर्तव्य निर्वाह गर्दा अरूको तुलनामा अझै प्रभावकारी छैनँ? मैले कसरी बढुवा पाउनेछु वा म कहिले महत्त्वपूर्ण कामहरूमा प्रयोग हुनेछु? के यसको अर्थ मेरो लागि कुनै आशा छैन भन्‍ने हुन्‍न र? म प्रतिस्पर्धी भएरै जन्मेको हुँ, र म अरूभन्दा पछि पर्न चाहँदिनँ। म स्कूलमा यस्तै थिएँ, र अहिले परमेश्‍वरमाथिको मेरो विश्‍वासमा पनि त्यस्तै छु। मलाई जसले उछिने नि तिनीहरूलाई फेरि उछिन्‍ने ममा सङ्कल्प छ। तिनीहरूलाई नउछिनेसम्‍म म आराम गर्नेछैनँ!” तिनीहरूलाई यो विश्‍वास हुन्छ कि तिनीहरूले सही विधि र शैली अपनाएर—परमेश्‍वरका अझै धेरै वचनहरू पढ्न र अझै धेरै भजनहरू सिक्न कठिन अध्ययनको प्रयास गरेर; अल्छे कुराकानीमा संलग्‍न नभएर; सजिनेधजिने कुरामा ध्यान नदिएर; थोरै सुतेर अनि थोरै मनोरञ्जन गरेर; आफ्नो शरीरलाई काबुमा राखेर अनि देहगत सहजतामा लिप्त नभएर—तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्‍नेछन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा परिणामहरू पक्‍कै हासिल गर्नेछन्। तैपनि, परिस्थितिहरू सधैँ तिनीहरूले अपेक्षा गरेभन्दा फरक हुन्छन्: “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा किन अझै सधैँ गल्तीहरू गर्छु, र मैले किन अझै अरूले जस्तै राम्ररी काम गर्न सक्दिनँ? अरूले कामहरू चाँडै र राम्ररी गर्छन्, र अगुवाले सधैँ तिनीहरूलाई प्रशंसा र आदर गर्छन्। मैले धेरै कष्ट र कठिनाइ भोगेको छु। मैले किन अझै परिणामहरू हासिल गरिरहेको छैनँ?” यसबारे मनन गर्ने क्रममा, अन्ततः तिनीहरूले महत्त्वपूर्ण कुरा पत्ता लगाउँछन्: “परमेश्‍वर त अन्यायी हुनुहुँदो रहेछ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भयो, र अहिले मात्रै मैले यो कुरा थाहा पाएँ! परमेश्‍वर जोसँग दयालु हुन चाहनुहुन्छ ऊसँग दयालु बन्‍नुहुन्छ। त्यसोभए, उहाँ किन मलाई दया गर्न चाहनुहुन्न? के म मूर्ख भएकोले, मैले चापलुसी गर्न र प्रखर रूपमा बोल्‍न नसक्‍ने भएकोले, र म चलाख नभएकोले हो? कि म अत्यन्तै साधारण देखिने भएकोले, र म त्यति शिक्षित नभएकोले हो? यो त परमेश्‍वरले मलाई खुलासा गर्नुभएको हो, होइन र? मैले परमेश्‍वरका धेरै वचनहरू पढेको छु—किन परमेश्‍वरले मलाई दया गर्नुहुन्न, बरु मेरो खुलासा गर्नुहुन्छ?” यसबारे विचार गर्ने क्रममा, तिनीहरू नकारात्मक बन्छन्: “म अबदेखि आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरले आशिष् दिनुभएको छैन, र मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ, तर उहाँले मलाई अन्तर्दृष्टि दिनुभएको छैन। परमेश्‍वरका वचनहरूमा भनिएको छ: परमेश्‍वर जोसँग दयालु हुन चाहनुहुन्छ ऊसँग दयालु बन्‍नुहुन्छ र जसलाई कृपा गर्न चाहनुहुन्छ उसलाई कृपा गर्नुहुन्छ। म परमेश्‍वरले कृपा वा अनुग्रह देखाउनुहुने व्यक्ति होइनँ। अनि, किन मैले यो कष्ट भोग्ने?” तिनीहरूले जति विचार गर्छन्, त्यति नै तिनीहरू नकारात्मक बन्छन्, र त्यति नै कम तिनीहरूलाई आफूसँग अघि बढ्ने बाटो छ भन्‍ने लाग्छ। आक्रोश महसुस भएर तिनीहरूलाई उकुसमुकुस हुन्छ, र तिनीहरूलाई अबउप्रान्त कर्तव्य निर्वाह गर्न मन लाग्दैन; अनि कर्तव्य निर्वाह गर्दा, तिनीहरूले झारा टार्छन्। अरूले जेजसरी सिद्धान्तहरू सङ्गति गरे नि, त्यो तिनीहरूको मनमा छिर्दैन। तिनीहरूभित्र कुनै प्रतिक्रिया पैदा हुँदैन। जब तिनीहरू यस्तो स्थितिमा हुन्छन्, तब के तिनीहरूसँग जीवन प्रवेश हुन्छ? के कर्तव्य निर्वाह गर्दा तिनीहरूमा कुनै बफादारिता हुन्छ? अब कुनै बफादारिता हुँदैन, र तिनीहरूले कुनै बेला देखाउने थोरै मेहनत र लगनशीलता पनि हराएको हुन्छ। त्यसोभए, तिनीहरूको हृदयमा के बाँकी हुन्छ? “म अघि बढ्दै जाँदा नै योजना बनाउनेछु, र परिस्थितिहरू जेजसरी आइपर्छन् त्यसरी नै अँगाल्नेछु। अब मलाई परमेश्‍वरले जुनसुकै दिन खुलासा गरेर हटाउन र त्याग्‍न सक्‍नुहुन्छ। जब मलाई कर्तव्य निर्वाह गर्न नदिइने दिन आउँछ, तब म यो काम गर्नेछैनँ। म पर्याप्त असल छैनँ भन्‍ने मलाई थाहा छ। परमेश्‍वरले मलाई अहिलेसम्‍म हटाउनुभएको छैन, तर उहाँले मलाई मन पराउनुहुन्न भन्‍ने थाहा छ। म हटाइने नै छु, तर कहिले भन्‍ने मात्रै हो।” तिनीहरूको हृदयमा यी विचार र दृष्टिकोणहरू उत्पन्न हुन्छन्, र तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा, कहिलेकहीँ यस्ता टिप्पणीहरू बाहिर आउँछन्: “तपाईंहरू सबै इमानदारितासाथ विश्‍वास गर्नुहोस्। तपाईंहरूको विश्‍वास र तपाईंहरूको कर्तव्यनिर्वाहको निम्ति परमेश्‍वरले अवश्य नै आशिष् दिनुहुनेछ। मेरो चाहिँ कुनै आशा छैन। म त मेरो बाटोको अन्त्यमा पुगेको छु। म जति नै लगनशील वा मेहनती भए नि, यसको कुनै काम छैन। यदि परमेश्‍वरले कसैलाई मन पराउनुभएन भने, उसले गरेको कुनै पनि प्रयासको कुनै काम हुँदैन। म आफूले सक्‍नेजति मेहनत गरेर कर्तव्य निर्वाह गर्छु; यदि मेरो प्रयासको कुनै स्थान छैन भने, यसबारे केही गर्न सकिँदैन। के परमेश्‍वरले मानिसहरूलाई उनीहरूको हदभन्दा बाहिरका कुराहरू गर्न बाध्य गर्न सक्नुहुन्छ र? परमेश्‍वरले बिरालोलाई जबरजस्ती बोल्न लगाउन सक्‍नुहुन्‍न!” यहाँ के भनिएको हो? यसको अर्थ के हो भने: “म यस्तै छु। परमेश्‍वरले मलाई जेजसरी व्यवहार गर्नुभए नि, मेरो मनोवृत्ति यही हुनेछ।” मलाई भन् त, यस्तो मनोवृत्ति र अभिप्राय भएको व्यक्तिले किन अझै परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न चाहन्छ? के तिनीहरूले विकास गरेको यो स्थिति र मनोवृत्तिले अरूलाई असर गर्न सक्छ? यसले सजिलै नकारात्मक र हानिकारक प्रभाव पार्न सक्छ, र अरूहरू नकारात्मकता र कमजोरीमा पर्न सक्छन्। के यो अरूलाई बहकाउनु र हानि गर्नु होइन र? यस्तो हदसम्म नकारात्मकता भएका मानिसहरू दियाबलसहरूको वर्गमा पर्छन्, होइन र? दियाबलसहरूले कहिल्यै सत्यतालाई प्रेम गर्दैनन्।

कति मानिसहरूले त लामो भाषणमा पनि आफ्नो नकारात्मकता पोखाउँदैनन्; तिनीहरूले केही वाक्यांशहरू मात्रै बोल्छन्: “तपाईंहरू सबै मभन्दा असल हुनुहुन्छ। तपाईंहरू सबै अत्यन्तै आशिषित हुनुहुन्छ। म आशाविहीन छु। मैले जति नै प्रयास गरे नि त्यो व्यर्थ छ। परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्ने मेरो कुनै आशा छैन।” यी शब्दहरू सरल र समस्यारहित देखिए नि, तिनीहरूले आफूलाई जाँच्ने, आफ्नै चिरफार गर्ने, र आफ्नै कमजोर क्षमता र कमीकमजोरीजस्ता तथ्यहरू स्विकार्ने कार्य गरिरहेजस्तो सुनिए नि, वास्तवमा तिनीहरूले एकप्रकारको अदृश्य नकारात्मकता पोखाइरहेका हुन्छन्। यी शब्दहरूमा व्यङ्ग्य र गिल्ला, साथै प्रतिरोध हुन्छ, र अवश्य नै, तिनमा परमेश्‍वरप्रति असन्तुष्टि, साथै नकारात्मक र निराश मुड हुन्छ। यी नकारात्मक शब्दहरू थोरै होलान्, तर यो मुडले सरुवा रोगले जस्तै अरूलाई असर पार्न सक्छ। तिनीहरूले “म अबदेखि आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ, मसँग मुक्ति पाउने कुनै आशा छैन, र तपाईंहरू सबै खतरामा हुनुहुन्छ” भनेर स्पष्ट रूपमा नबोले नि, तिनीहरूले मानिसहरूलाई यस्तो व्यक्तिसँग त आफ्नो प्रयासको बाबजुद मुक्ति पाउने कुनै आशा छैन भने, प्रयास नगर्ने मानिसहरूमा त आशा पाउने सम्भावना झनै कम हुन्छ भन्‍ने सङ्केत गर्छन्। यो सङ्केत गरेर, तिनीहरूले सबैलाई यसो भनिरहेका हुन्छन्, “आशा महत्त्वपूर्ण छ। यदि परमेश्‍वरले तपाईंलाई आशा दिनुभएन भने, यदि परमेश्‍वरले तपाईंलाई आशिष् दिनुभएन भने, तपाईंले जति नै मेहनत गरे नि, त्यो सबै व्यर्थ छ।” धेरैजसो मानिसहरूले यो सङ्केत स्विकारेपछि, परमेश्‍वरमाथिको तिनीहरूको अन्तस्करणमा रहेको विश्‍वास कमजोर नभई सक्दैन, र कर्तव्य निर्वाह गर्दा तिनीहरूले प्रदर्शन गर्नुपर्ने बफादारिता र इमानदारिता निकै कम हुन्छ। तिनीहरूले मानिसहरूलाई बहकाउने वा आफूतिर तान्‍ने स्पष्ट अभिप्रायविनै यो नकारात्मकता पोखाए नि, यो नकारात्मक मुडले अरूलाई तुरुन्तै असर पार्छ, जसले गर्दा तिनीहरूलाई सङ्कट अनुभूत हुन्छ, र तिनीहरूको प्रयास सजिलै व्यर्थ हुन्छ भन्‍ने लाग्छ; यसले मानिसहरूलाई आफ्ना भावनाहरूमा जिउन लगाउँछ, परमेश्‍वरबारे अनुमान गर्न भावनाहरू प्रयोग गर्ने, र देखावटी रूपको आधारमा मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति र इमानदारिता विश्‍लेषण र सूक्ष्मजाँच गर्ने बनाउँछ। जब यो नकारात्मक मुड अरूमा सर्छ, तब तिनीहरू परमेश्‍वरबाट आफूलाई टाढा नराखी र परमेश्‍वरले भन्‍नुभएका कुराहरूलाई गलत नबुझी र शङ्का नगरी बस्न सक्दैनन्, र त्यसउप्रान्त तिनीहरूले उहाँका वचनहरूमा विश्‍वास गर्न छोड्छन्। यसको साथै, तिनीहरूमा अबदेखि आफ्नो कर्तव्यप्रति इमानदारिता हुँदैन; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र कुनै पनि बफादारिता देखाउन अनिच्छुक हुन्छन्। यो नै यी नकारात्मक टिप्पणीहरूले मानिसहरूमा पार्ने असर हो। यो असरको परिणाम के हुन्छ? यी शब्दहरू सुनेपछि, मानिसहरूले सुधार प्राप्त गर्दैनन्, झन् तिनीहरूले आत्मज्ञान प्राप्त गर्ने, आफ्ना कमीकमजोरी पत्ता लगाउने, वा सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्न सक्‍ने त कुरै नगरौँ—तिनीहरूले यीमध्ये कुनै पनि सकारात्मक परिणाम प्राप्त गर्दैनन्। बरु, यो असरले मानिसहरूलाई अझै नकारात्मक बनाउँछ, सत्यता पछ्याउन छोड्नेबारे सोच्ने तुल्याउँछ, र अबउप्रान्त तिनीहरूमा कर्तव्य निर्वाह गर्ने कुनै सङ्कल्प हुँदैन। तिनीहरूले किन विश्‍वास गुमाएका हुन्छन्? (तिनीहरूलाई आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ।) हो, तिनीहरूले यो सन्देश स्विकारेका हुन्छन् र आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने महसुस गर्छन्, त्यसकारण, तिनीहरू कर्तव्य निभाउन प्रयत्‍न लाउन अनिच्छुक हुन्छन्। यो व्यवहारले देखाउँछ कि तिनीहरू इमानदारितासाथ सत्यता पछ्याइरहेका हुँदैनन्, बरु सधैँ परमेश्‍वर तिनीहरूप्रति प्रसन्न हुनुहुन्छ कि हुन्न, तिनीहरूसँग मुक्तिको आशा छ कि छैन, र तिनीहरूको कर्तव्यनिर्वाहलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ कि हुन्न भनेर भावना, मुड, र अनुमानको आधारमा मूल्याङ्कन गरिरहेका हुन्छन्। जब मानिसहरूले अनुमानको आधारमा यी कुराहरू मूल्याङ्कन गर्छन्, तब तिनीहरूसँग सत्यता अभ्यास गर्ने खासै उत्प्रेरणा हुँदैन। किन यस्तो हुन्छ? के मानिसहरूले अनुमानको आधारमा परमेश्‍वरलाई मूल्याङ्कन गर्दा सही रूपमा मूल्याङ्कन गर्न सक्छन्? के मानिसहरूले परमेश्‍वरको हरेक सोच र विचारबारे सही रूपमा अनुमान गर्न सक्छन्? (सक्दैनन्।) मानिसहरूको मन छल, लेनदेन, सांसारिक व्यवहारका दर्शन, शैतानको तर्क, आदि इत्यादि कुराले भरिएको हुन्छ। यी कुराहरूको आधारमा मानिसहरूले परमेश्‍वरबारे अनुमानहरू गर्नुका परिणामहरू के हुन्छन्? यसले परमेश्‍वरबारे शङ्का गर्ने, परमेश्‍वरबाट आफूलाई टाढा राख्‍ने, र परमेश्‍वरमाथिको विश्‍वास पूर्ण रूपमा गुमाउने बनाउँछ। जब व्यक्तिले परमेश्‍वरमाथिको विश्‍वास पूर्ण रूपमा गुमाउँछ, तब परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्‍नेबारे उसको हृदयमा अपरिहार्य रूपमै ठूलो प्रश्‍नचिन्ह लाग्‍छ। त्यो बेला, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको समय समाप्त हुन्छ—तिनीहरू पूर्ण रूपमा बरबाद हुन्छन्। यसअलावा, के मानिसहरूले परमेश्‍वरबारे अनुमान गर्नु सही हुन्छ? के सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताप्रति राख्‍नुपर्ने मनोवृत्ति यही हो? स्पष्ट रूपमै, होइन। मानिसहरूले परमेश्‍वरबारे अनुमानहरू गर्नु हुँदैन, न त परमेश्‍वरको सोचाइ वा मानिसहरूप्रतिका उहाँका विचारहरूबारे नै अनुमान गर्न मिल्छ। यो आफैमा गलत छ; मानिसहरूले गलत दृष्टिकोण र अडान लिएका छन्।

मानिसहरूले परमेश्‍वरसँग अनुमान, अड्कल, शङ्का, वा अविश्‍वासको आधारमा व्यवहार गर्नु हुँदैन, न त तिनीहरूले मानव विचार र दृष्टिकोण, सांसारिक व्यवहारका दर्शनहरू, वा शैक्षिक ज्ञानको आधारमा उहाँको मूल्याङ्कन नै गर्न मिल्छ। त्यसैले, मानिसहरूले परमेश्‍वरसँग कसरी व्यवहार गर्नुपर्छ? सर्वप्रथम त, मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गर्नुपर्छ। मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरू, मानिसहरूप्रतिका उहाँका अभिप्रायहरू, मानिसहरूप्रतिको उहाँको प्रेम र घृणा, र विभिन्‍न प्रकारका मानिसहरूप्रतिका उहाँका बन्दोबस्त, सोच, र विचारहरू, र यस्तै अन्य कुराहरूको हकमा समेत तेरो अनुमान आवश्यक छैन; यी कुराहरूबारे परमेश्‍वरका वचनहरूमा स्पष्ट व्याख्या र अर्थहरू छन्। तैँले परमेश्‍वरका वचनहरूअनुसार विश्‍वास गर्नु, खोजी गर्नु, र अभ्यास गर्नु मात्रै आवश्यक छ—यो कुरा यति सरल छ। परमेश्‍वरले तँलाई के गर्न चाहनुहुन्छ वा उहाँले तँलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुराबारे भावनाहरूको आधारमा तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्न। त्यसोभए, तँलाई तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ—यो भावना हो कि तथ्य हो? के परमेश्‍वरका वचनहरूले त्यसो भनेका छन्? (छैनन्।) त्यसोभए, परमेश्‍वरका वचनहरूले के भन्छन्? परमेश्‍वरले मानिसहरूलाई कुनै पनि समस्या सामना गर्दा वा भ्रष्ट स्वभावहरू प्रकट गर्दा समाधानहरूको लागि सत्यता कसरी खोजी गर्ने र सत्यता अभ्यास गर्ने बाटो कसरी पहिल्याउने भनेर बताउनुहुन्छ। यसले एउटा कुरा पुष्टि गर्छ: यो साँचो हो, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव रूपान्तरित गर्न चाहनुहुन्छ; परमेश्‍वरले तँलाई छल गरिरहनुभएको छैन, र यो खोक्रो कुरा होइन। तँलाई तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ, तर त्यो क्षणिक मुड, निश्‍चित वातावरणमा पैदा हुने भावना मात्रै हो। तेरा भावनाहरूले परमेश्‍वरका इच्छा वा अभिप्रायहरू प्रतिनिधित्व गर्दैनन्, उहाँका विचारहरू प्रतिनिधित्व गर्नु त झन् परको कुरा हो, र तिनले सत्यता पनि प्रतिनिधित्व गर्दैनन्। त्यसकारण, यदि तँ यो भावनाअनुसार जिउँछस् भने, यदि तैँले यो भावनाको आधारमा परमेश्‍वरबारे अनुमानहरू गर्दै परमेश्‍वरका इच्छाहरूको सट्टा आफ्ना भावनाहरू प्रयोग गर्छस् भने, तँ अत्यन्तै गलत छस् र तँ शैतानको पासोमा परेको छस्। यस्तो परिस्थितिमा के गर्नुपर्छ? भावनाहरूमा भरोसा नगर्। कति मानिसहरू भन्छन्, “यदि हामीले भावनाहरूमा भरोसा गर्नु हुँदैन भने, केमा भरोसा गर्ने?” आफ्नो कुनै पनि कुरामा भरोसा गर्नु व्यर्थ छ; मानव भावनाहरूले सत्यता प्रतिनिधित्व गर्दैनन्। तेरो भावना कसरी पैदा भयो, यो साँच्‍चै कहाँबाट आयो, कसलाई के थाहा र—यदि यो शैतानको बहकाउमा परेर पैदा भएको हो भने, यो समस्याजनक हुन्छ। चाहे जे भए नि, र भावना जसरी आए नि, यसले सत्यता प्रतिनिधित्व गर्दैन। कसैका भावना र अन्तरइच्छाहरू जति तीव्र हुन्छन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरअघि आउन र आत्मचिन्तन गर्न सत्यता खोजी गर्न आवश्यक छ। मानव भावनाहरू, अनि तथ्य र सत्यता दुई फरक कुरा हुन्। के भावनाहरूले तँलाई सत्यता प्रदान गर्न सक्छन्? के तिनले तँलाई अभ्यासको मार्ग दिन सक्छन्? सक्दैनन्। परमेश्‍वरका वचनहरूले मात्र, र सत्यताले मात्र तेरो लागि अभ्यासको मार्ग दिलाउन, परिवर्तन ल्याउन, र मुक्तिको बाटो खुलाउन सक्छन्। त्यसकारण, तैँले अभ्यास गर्नुपर्ने कुरा भनेको आफ्ना भावनाहरू खोजी गर्नु होइन—तेरा भावनाहरू महत्त्वपूर्ण छैनन्। तैँले गर्नुपर्ने भनेको सत्यता खोजी गर्न, परमेश्‍वरका वचनहरूमार्फत उहाँका अभिप्रायहरू बुझ्न परमेश्‍वरअघि आउनु हो। तँ भावनाहरूमा जति भर पर्छस्, तँसँग अगाडि बढ्ने बाटो त्यति नै कम हुन्छ, र तँ नकारात्मकतामा त्यति नै गहन रूपमा डुब्छस्, र परमेश्‍वर अनुचित हुनुहुन्छ, परमेश्‍वरले तँलाई आशिष् दिनुभएको छैन भनेर तैँले त्यति नै विश्‍वास गर्छस्। यसविपरीत, यदि तैँले सत्यता सिद्धान्तहरू खोजी गर्न, र कर्तव्य निर्वाह गर्ने प्रक्रियामा केकस्ता कार्यहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेका छन्, केकस्ता कार्यहरू तेरो आफ्नै इच्छाअनुसार गरिएका छन् र सत्यता सिद्धान्तहरूसँग पूरै असम्बन्धित छन् भनेर हेर्न यी भावनाहरू पन्छाउँछस् भने, तैँले खोजी गर्ने प्रक्रियामा तँसँग अत्यन्तै धेरै इच्छाहरू, र अत्यन्तै धेरै कल्पनाहरू रहेको कुरा पत्ता लगाउनेछस्। यति थोरै इमान्दारी लागू गरेर मात्रै पनि, तैँले धेरै समस्याहरू पत्ता लगाउनेछस्: “म अत्यन्तै विद्रोही, स्वेच्छाचारी, अत्यन्तै अहङ्कारी छु! मसँग मुक्तिको कुनै आशा छैन भन्‍ने होइन; बरु मेरा भावनाहरू गलत छन्। कुरा के हो भने, मैले परमेश्‍वरका वचनहरूलाई गम्भीरतापूर्वक लिइनँ, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गरिनँ। म सधैँ परमेश्‍वरले मलाई आशिष् दिनुहुन्न, अगुवाइ गर्नुहुन्न, र पक्षपात गर्नुहुन्छ भनेर गुनासो गर्छु, तर वास्तवमा मैले कर्तव्य निर्वाह गर्दा म झाराटारुवा, स्वेच्छाचारी, र लापरवाह व्यवहार गर्छु भन्‍ने कुरा पहिचान गरिनँ—यो मेरो गल्ती हो। अब मलाई महसुस भयो, परमेश्‍वरले पक्षपात गर्नुहुन्न। जब मानिसहरूले सत्यता खोजी गर्दैनन् वा तिनीहरू परमेश्‍वरअघि आउँदैनन्, तब परमेश्‍वरले कर्तव्य निर्वाह गर्ने तिनीहरूको योग्यता खारेज नगरेर तिनीहरूप्रति पहिले नै असल व्यवहार गरिरहनुभएको हुन्छ; यो विषयमा परमेश्‍वरले पहिले नै अत्यन्तै दयालु व्यवहार गरिरहनुभएको हुन्छ। तैपनि, अझै म गुनासोले भरिएँ, र मैले परमेश्‍वरसँग विवाद र तर्कसमेत गरेँ। पहिले, मलाई म निकै राम्रो छु भन्‍ने लाग्थ्यो, तर अहिले मलाई त्यो पटक्‍कै साँचो होइन भन्‍ने थाहा भयो। मैले जेजे गरेँ त्यो सिद्धान्तहरूमा आधारित थिएन; परमेश्‍वरले मलाई ताडना नदिनु त उहाँको अनुग्रह थियो—उहाँले मेरो सानो कद चिन्‍नुभयो!” यस्तो खोजीद्वारा, तैँले केही सत्यता बुझ्नेछस् र सत्यता सिद्धान्तहरूअनुसार सक्रिय रूपमा अभ्यास गर्न अग्रसरता लिन सक्‍नेछस्। बिस्तारै, तँसँग व्यक्ति बन्‍ने र आफ्नो कर्तव्य निभाउने केही सिद्धान्तहरू हुनेछन्। यो बेला, के तँलाई आफ्नो विवेकमा अझै शान्ति हुनेछैन र? “पहिले, मसँग मुक्ति पाउने कुनै आशा छैन भन्‍ने लाग्थ्यो, तर अहिले यो भावना, यो चेतना किन झन्झन् मन्द हुँदै गएको छ? यो स्थिति कसरी परिवर्तन भयो? पहिले, मलाई मसँग कुनै आशा छैन भन्‍ने लाग्थ्यो; के त्यो नकारात्मकता र प्रतिरोध, र परमेश्‍वरविरुद्ध लड्ने कार्य मात्रै थिएन र? म त अत्यन्तै विद्रोही थिएछु!” कर्तव्य निर्वाह गर्ने प्रक्रियामा अनजानमै समर्पित भएपछि, तैँले केही सिद्धान्तहरू बुझ्न थाल्नेछस्, र तैँले आफूलाई अरूसँग तुलना गर्न छोड्नेछस्; तैँले बस झाराटारुवापनबाट कसरी जोगिने र सिद्धान्तहरूअनुसार कसरी कर्तव्य निर्वाह गर्ने भन्‍ने कुरामा मात्रै ध्यान दिनेछस्। अचेतन रूपमै, तैँले अब मुक्ति पाउन सक्दिनँ भन्‍ने महसुस गर्न छोड्नेछस्, र तँ अब त्यो नकारात्मक स्थितिमा फस्नेछैनस्; तैँले सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नेछस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको महसुस गर्नेछस्। जब तँसँग यो भावना हुन्छ, तब तैँले यस्तो सोच्नेछस्, “परमेश्‍वरले मलाई त्याग्‍नुभएको छैन; मैले परमेश्‍वरको उपस्थिति अनुभूत गर्न सक्छु, र मैले कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरलाई खोज्दा परमेश्‍वरको अगुवाइ र आशिष्‌हरू अनुभूत गर्न सक्छु। मलाई बल्ल महसुस भयो, परमेश्‍वरले अरूलाई पनि र मलाई पनि आशिष् दिनुहुन्छ, र परमेश्‍वरले पक्षपात गर्नुहुन्न; मलाई मसँग अझै पनि मुक्ति पाउने आशा छ जस्तो लाग्छ। मैले पहिले हिँड्ने मार्ग गलत थियो; कर्तव्य निर्वाह गर्दा म सधैँ झारा टार्थेँ र बेपर्बाह दुष्कर्महरू गर्दै हिँड्थेँ, र म आफ्नै सानो संसारमा जिउँदै र आफूलाई आदर गर्दै म ठीक छु भन्‍नेसमेत सोच्थेँ। अहिले मलाई त्यसो गर्नु ठूलो गल्ती थियो भन्‍ने थाहा भयो! म त पूर्ण रूपमा परमेश्‍वरविरुद्ध होहल्ला र विरोध गर्ने स्थितिमा जिउँथेँ—मैले परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त नगर्नु कुनै अचम्म थिएन। मैले सिद्धान्तहरूअनुसार काम नगर्दा, मैले कसरी परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्थेँ र?” हेर् त, अभ्यास गर्ने र आफ्ना विचारहरू सम्हाल्ने पूरै फरक यी दुई तरिकाहरू, यी दुई तरीकाले अन्ततः फरकफरक परिणामहरू ल्याएका छन्।

परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरू आफ्ना भावनाहरूअनुसार जिउन सक्दैनन्। मानिसहरूका भावनाहरू क्षणिक मुडहरू मात्रै हुन्—के तिनीहरूको परिणामसँग ती भावनाहरूको कुनै सम्बन्ध हुन्छ? तथ्यहरूसँग कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) जब मानिसहरू परमेश्‍वरदेखि तर्किन्छन्, जब तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्‍ने र उहाँविरुद्ध होहल्ला गर्ने मनस्थितिमा जिउँछन्, वा उहाँको प्रतिरोध र विरोध गर्छन्, अनि उहाँसित विवाद गर्छन्, तब तिनीहरूले परमेश्‍वरको हेरचाह र रक्षा पूर्ण रूपमा छाडेका हुन्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति अब कुनै ठाउँ हुँदैन। जब मानिसहरू यस्तो स्थितिमा जिउँछन्, तब तिनीहरू आफ्नै भावनामा नजिईकन बस्नै सक्दैनन्। कुनै सानोतिनो सोचले नै तिनीहरूलाई यति चिढ्याउँछ कि तिनीहरू खान वा सुत्नसमेत सक्दैनन्, कसैले लापर्बाहीसाथ केही टिप्‍पणी गर्‍यो भने तिनीहरू अनुमान गर्ने र दुबिधाको अवस्थामा पर्न सक्छन्, एउटा दुःस्वप्नले नै तिनीहरूलाई नकारात्मक तुल्याउन र परमेश्‍वरलाई गलत बुझ्‍ने तुल्याउन सक्छ। यस्तो दुष्चक्रले ठोस रूप लिएपछि, मानिसहरू आफू सक्किएको, आफूले मुक्ति पाउने सबै आशा गुमाएको, आफू परमेश्‍वरद्वारा त्यागिएको, र परमेश्‍वरले आफूलाई मुक्ति दिनुहुनेछैन भन्ने निष्कर्षमा पुग्छन्। तिनीहरू जति बढी यसरी सोच्छन्, र तिनीहरूलाई जति धेरै यस्तो महसुस हुन्छ, तिनीहरू त्यति नै नकारात्मकतामा डुब्छन्। मानिसहरूलाई यस्तो महसुस हुनुको वास्तविक कारण के हो भने तिनीहरू सत्यता खोज्दैनन् वा सत्यता सिद्धान्तअनुसार अभ्यास गर्दैनन्। जब आफूलाई केही आइपर्छ, तब मानिसहरूले सत्यता खोजी गर्दैनन्, सत्यता अभ्यास गर्दैनन्, बरु सधैँ आफ्नै तरिकामा चल्छन्, र यसरी आफ्नै तुच्छ योजनाहरूमा जिउँछन्। हरेक दिन आफूलाई अरूसित तुलना गर्दै र उनीहरूसित प्रतिस्पर्धा गर्दै बिताउने, आफूभन्दा राम्रा लागेकाहरूप्रति डाहा र घृणा गर्ने, र आफूभन्दा तुच्छ लागेका जोकोहीलाई खिसी र उपहास गर्ने, शैतानको स्वभावमा जिउने, सत्यता सिद्धान्तअनुसार कामकुरा नगर्ने, अनि जोकसैको सल्‍लाह स्विकार्न नमान्ने गर्दै दिन बिताउँछन्। अन्त्यमा यसले गर्दा तिनीहरूले अनेकथरीका भ्रम, अनुमान र आलोचना विकास गर्छन्, अनि तिनीहरूले आफूलाई सदाको लागि चिन्तित तुल्याउँछन्। अनि के तिनीहरू यसका लायक हुँदैनन् र? यस्तो तितो फल तिनीहरू आफैले मात्रै फलाउन सक्छन्—र तिनीहरू साँच्चै यसैका लायक हुन्छन्। यो सब किन हुन्छन्? किनभने मानिसहरू सत्यता खोज्दैनन्, अति अहङ्कारी र आत्मधर्मी हुन्छन्, तिनीहरूले सधैँ आफ्नै विचारहरूअनुसार कार्य गर्छन्, तिनीहरू सधैँ देखावटी गर्छन् र आफूलाई अरूसित दाँज्छन्, सधैँ आफूलाई फरक देखाउन खोज्छन्, तिनीहरू परमेश्‍वरलाई सधैँ अनुचित मागहरू गर्छन्, र यस्तै आदि इत्यादि कुराहरू गर्छन्—यी सबै कुराले मानिसहरूलाई बिस्तारै परमेश्‍वरबाट तर्काउँछन्, र बारम्बार परमेश्‍वरको प्रतिरोध गर्न र सत्यता उल्लङ्घन गर्न लगाउँछन्। अन्त्यमा, तिनीहरू आफूलाई अन्धकार र नकारात्मकतामा धकेल्छन्। यस्तो बेला, मानिसहरूले आफ्नो विद्रोह र विरोधबारे साँचो बुझाइ पाएका हुँदैनन्, तिनीहरूले यी कुराहरूलाई सही मनोवृत्तिले लिनु त असम्भव हुन्छ। बरु, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन्, परमेश्‍वरलाई गलत बुझ्छन्, र उहाँबारे अनुमान गर्ने प्रयास गर्छन्। जब यस्तो हुन्छ, तब मानिसहरू अन्तत: आफ्नो भ्रष्टता निकै गहिरो रहेछ र म समस्याको ठूलो पोको रहेछु भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरू आफू परमेश्‍वरको विरोध गर्ने किसिमको व्यक्ति हुँ भन्‍ने निष्कर्ष निकाल्छन्, र नकारात्मकतामा नगई धर पाउँदैनन्, तिनीहरू आफूलाई त्यसबाट बाहिर निकाल्न सक्दैनन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “परमेश्‍वर मलाई तुच्छ ठान्‍नुहुन्छ र इन्कार गर्नुहुन्छ, परमेश्‍वर मलाई चाहनुहुन्न। म अति विद्रोही छु, म यसको लायक छु, परमेश्‍वरले मलाई पक्कै पनि पटक्कै मुक्ति दिनुहुनेछैन।” तिनीहरू यी सबै तथ्य हुन् भन्ने विश्वास गर्छन्। तिनीहरू आफूले हृदयमा गरेका अनुमानहरू तथ्य हुन् भन्ने निष्कर्षमा पुग्छन्। जसले तिनीहरूसित सत्यताबारे सङ्गति गरे पनि, त्यो बेकार हुन्छ, तिनीहरू त्यो स्विकार्नै सक्दैनन्। तिनीहरू सोच्छन्, “परमेश्‍वरले मलाई आशिष् दिनुहुनेछैन, उहाँले मलाई मुक्ति दिनुहुनेछैन, त्यसैले परमेश्‍वरमा विश्वास गर्नुको के अर्थ?” जब परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासको मार्ग यो हदमा पुगेको हुन्छ, तब के तिनीहरू विश्‍वास गर्न अझै सक्षम हुन्छन्? हुँदैनन्। तिनीहरू किन उप्रान्त विश्‍वास जारी राख्न सक्दैनन्? यसमा एउटा तथ्य छ। जब मानिसहरूको नकारात्मकता निश्चित हदमा पुगेर तिनीहरूको हृदय प्रतिरोध र गुनासोले भरिन्छ, र तिनीहरूले परमेश्‍वरसँगको आफ्‍नो सम्बन्ध सदासदाको लागि टुटाउन चाहन्छन्, तब यो कुरा तिनीहरूले परमेश्‍वरको डर नमान्नु, उहाँमा समर्पित नहुनु, सत्यतालाई प्रेम नगर्नु र सत्यता नस्विकार्नु जस्तो सामान्य कुराको रूपमा बिलकुलै रहँदैन। बरु यो के हुन्छ? तिनीहरूले हृदयमा परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास छोड्ने सक्रिय निर्णय गर्छन्। तिनीहरू हटाइनलाई निष्क्रिय भई पर्खनु लज्जास्पद कुरा हो, र आफ्‍नो मौका त्याग्‍न रोज्नुमै बढी इज्जत हुन्छ भन्ने सोच्छन्, त्यसैले तिनीहरू आफै अग्रसर भएर कुरा समाप्त गर्छन्। तिनीहरू परमेश्‍वरप्रतिको विश्‍वासलाई खराब कुरा भन्दै निन्दा गर्छन्, सत्यतालाई मानिस परिवर्तन गर्न नसक्ने भनेर निन्दा गर्छन्, र परमेश्‍वरलाई अधर्मी भन्दै निन्दा गर्छन्, परमेश्‍वरले तिनीहरूलाई मुक्ति नदिनुभएकोमा दोष दिन्छन्: “म अति लगनशील थिएँ, मैले अरूले भन्दा धेरै कष्ट भोगेँ, र अरू सबैले भन्दा धेरै मूल्य चुकाएँ, म आफ्‍नो कर्तव्य इमानदारितासाथ पूरा गर्छु, तैपनि परमेश्‍वरले मलाई आशिष् दिनुभएको छैन। अहिले मैले स्पष्ट रूपमा परमेश्‍वर मलाई मन पराउनुहुन्‍न, परमेश्‍वरले मानिसहरूसँग असमान व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा देखेँ।” तिनीहरूसँग परमेश्‍वरप्रतिको आफ्‍नो शङ्कालाई परमेश्‍वरप्रतिको दोषारोपण र उहाँविरुद्धको ईशनिन्दामा परिणत गर्ने दुस्साहस हुन्छ। जब यस्ता कुराहरूले ठोस रूप लिन्छन्, तब के तिनीहरू परमेश्‍वरप्रतिको आस्थाको मार्गमा हिँडिरहन सक्छन्? तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने, अनि सत्यता नस्विकार्ने वा बिलकुलै आत्मचिन्तन नगर्ने हुनाले, तिनीहरू बरबाद भएका हुन्छन्। के कसैले आफ्नै पहलमा परमेश्‍वरलाई त्याग्‍ने अनि आफूलाई परमेश्‍वरले आशिष् दिनुहुन्न वा अनुग्रह देखाउनुहुन्न भनेर गुनासो गर्नु अनुचित हुँदैन र? हरेकले आफ्नै बाटो रोज्छ र आफै हिँड्छ; कसैले पनि तिनीहरूको लागि यो काम गर्न सक्दैन। तैँले नै बन्द बाटो रोजेको होस्, तैँले नै परमेश्‍वरलाई त्यागेको र उहाँलाई इन्कारेको होस्। सुरुदेखि अन्त्यसम्मै, परमेश्‍वरले कहिल्यै पनि उहाँले तँलाई चाहनुहुन्‍न, वा उहाँले तँलाई त्याग्‍नुभएको छ, वा तँलाई मुक्ति दिन इन्कार्नुभएको छ भनेर भन्‍नुभएको छैन; तैँले नै अनुमानको आधारमा परमेश्‍वरलाई सीमित गरेको होस्। यदि तैँले साँच्‍चै नै परमेश्‍वरमा विश्‍वास गर्थिस्, र उहाँले तँलाई नचाहे नि तैँले अझै परमेश्‍वरमा विश्‍वास गर्थिस्, र तैँले अझै उहाँमा भरोसा गर्थिस्, र उहाँका वचनहरू निरन्तर पढिरहन्थिस्, र उहाँले तँलाई घृणा गर्नुभए नि तँ सत्यता स्विकार्थिस् र सामान्य रूपमै कर्तव्य निभाउँथिस् भने, तँलाई कसले प्रतिबन्ध लगाउन वा रोक्न सक्थ्यो र? के यो सबै तेरो आफ्नै निर्णय र खोजीहरूसँग सम्बन्धित कुरा होइन र? तँ आफैमा विश्‍वासको कमी छ र पनि परमेश्‍वरलाई दोष दिन्छस्; यो अनुचित हुनु हो। तैँले परमेश्‍वरसँगको तेरो सम्बन्ध कायम राख्दैनस् र यसलाई नष्ट गर्न जिद्दी गर्छस्; एकपटक दरार परेपछि, के यसलाई टाल्‍न सकिन्छ र? टुक्रिएको ऐना जोड्नु गाह्रो हुन्छ, र यसलाई जोडे नि यसमा चिरैचिरा हुन्छ। अहिले सम्बन्ध तोडिएपछि, यसलाई पुरानो स्थितिमा फर्काउन कहिल्यै सकिँदैन। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा मानिसहरूले जस्तोसुकै वातावरण सामना गरे नि तिनीहरूले समर्पित हुन सिक्‍नुपर्छ र तिनीहरूले सत्यता खोजी गर्नुपर्छ—त्यसपछि मात्रै तिनीहरू दह्रिलो गरी खडा हुन सक्छन्। यदि तँ परमेश्‍वरलाई यात्राको अन्त्यसम्मै पछ्याउन चाहन्छस् भने, सत्यता पछ्याउनु महत्त्वपूर्ण छ; चाहे तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा होस् वा अरू कुनै काम गर्दा होस्, सत्यता सिद्धान्तहरू बुझ्नु र तिनलाई अभ्यास र लागू गर्नु अत्यावश्यक छ, किनभने सत्यता बुझ्ने र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने प्रक्रियामार्फत नै तैँले परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरलाई बुझ्ने, र परमेश्‍वरलाई बोध गर्ने, अनि परमेश्‍वरका अभिप्रायहरू बुझ्ने र परमेश्‍वरसँगको अनुकूलता हासिल गर्ने, र परमेश्‍वरको सारको बुझाइ र स्वीकार प्राप्त गर्ने हो। यदि तैँले सत्यता सिद्धान्तहरू अभ्यास गर्दैनस् र आफ्नो इच्छाअनुसार मात्रै काम गर्ने वा कर्तव्य निभाउने गर्छस् भने, तँ कहिल्यै पनि सत्यताको सम्पर्कमा आउनेछैनस्। सत्यताको सम्पर्कमा कहिल्यै नआउनु भनेको के हो? यसको अर्थ तँ सबै कुराप्रतिको परमेश्‍वरको मनोवृत्ति, उहाँका मापदण्डहरू, वा उहाँका विचारहरूको सम्पर्कमा कहिल्यै आउनेछैनस् भन्‍ने हो; अनि तँ परमेश्‍वरको काममा प्रकट हुने उहाँको स्वभाव र सारको सम्पर्कमा आउने सम्भावना अझै कम हुनु हो। यदि तँ परमेश्‍वरको कामका यी तथ्यहरूको सम्पर्कमा आउन चुकिस् भने, परमेश्‍वरबारेको तेरो बुझाइ मानव कल्पना र धारणाहरूमै सधैँ सीमित हुनेछ। यो कल्पना र धारणाहरूको क्षेत्रमै रहनेछ र यो कहिल्यै पनि परमेश्‍वरको सार र साँचो स्वभावसँग मिल्नेछैन। यो तरिकाले, तँ परमेश्‍वरबारे साँचो बुझाइ हासिल गर्न सक्षम हुनेछैनस्।

आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मानिसहरूले प्रायजसो नकारात्मक र विद्रोही स्थितिहरू अनुभव गर्छन्। यदि तिनीहरूले यी समस्याहरू सम्बोधन र समाधान गर्न सत्यताको खोजी गर्न र सत्यता सिद्धान्तहरू प्रयोग गर्न सक्छन् भने, तिनीहरूका नकारात्मक भावनाहरू गुनासो, प्रतिरोध, अवज्ञा, होहल्ला, वा ईशनिन्दामा परिवर्तन हुनेछैनन्। तर यदि मानिसहरूले यी कुराहरूलाई आफ्नो तुच्छ चलाकी, मानव आत्मसंयम, मानव प्रयास, लगनशीलता, अनि आफ्नो शरीर अनुशासित गर्ने, र अरू त्यस्तै शैलीहरूमा मात्रै भर परेर सामना गर्छन् भने, ढिलोचाँडो यी मानव कल्पना, मूल्याङ्कन, र अनुमानहरू परमेश्‍वरविरुद्धका गुनासो, अवज्ञा, प्रतिरोध, होहल्ला, र ईशनिन्दासमेतमा परिणत हुनेछन्। जब मानिसहरू त्यस्ता नकारात्मक भावनाहरूमा फसेका हुन्छन्, तब तिनीहरूले परमेश्‍वरविरुद्ध अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासाहरू, र अरू यस्तै भावना वा विचारहरू विकास गर्ने गर्छन्। जब समयसँगै यी विचारहरू मानिसहरूको हृदयमा थुप्रन्छन् र तिनीहरूले अझै पनि सत्यताको खोजी गर्दैनन् वा तिनलाई समाधान गर्न सत्यता प्रयोग गर्दैनन्, तब तिनीहरूको अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासाहरू ठाडो चुनौतीमा परिणत हुन्छन्; तिनीहरूले आफ्नो अनाज्ञाकारिता र असन्तुष्टि व्यक्त गर्न र यसरी परमेश्‍वरलाई ठाडो चुनौती दिने आफ्नो उद्देश्य हासिल गर्न झाराटारुवा रूपमा कर्तव्य निर्वाह गर्ने वा मण्डलीको काम जानीजानी बिथोल्ने र अन्तर्ध्वंस गर्ने, र अन्य नकारात्मक व्यवहार जस्ता विद्रोही व्यवहारहरूमा संलग्न हुन्छन्। कति मानिसहरूले अरूको कर्तव्य निर्वाहलाई बरबाद पार्छन् र बिथोल्छन्। तिनीहरूको कार्यपछाडि रहेको अर्थ यस्तो हुन्छ: “यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ, वा परमेश्‍वरले मलाई मेरो कर्तव्यमा आशिष् दिनुहुन्‍न भने, म तिमीहरू कसैले पनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न नसक्‍ने कुरा सुनिश्‍चित गर्नेछु!” अनि त्यसपछि तिनीहरूले बाधाहरू पैदा गर्न थाल्छन्। कति मानिसहरूले यो कुरा शब्दहरूद्वारा गर्छन्, जबकि अरूले केही व्यवहारद्वारा गर्छन्। यसरी अरूलाई आफ्नो व्यवहारद्वारा बाधा दिनेहरूले केकस्ता कुराहरू गर्न सक्छन्? उदाहरणका लागि, तिनीहरूले अरूको कर्तव्यका परिणामहरूमा असर पार्न उनीहरूको कम्प्युटरबाट जानीजानी फाइलहरू मेटिदिन सक्छन्, वा तिनीहरूले जानीजानी अनलाइन भेलाहरूमा बाधा दिन सक्छन्। यो दियाबलस र शैतानहरूले मानिसहरूलाई बाधा दिने काम हो। मानिसहरूले यो कुरा बुझ्दैनन्: “त्यस्तो उमेरको व्यक्तिले कसरी यस्ता फोहोरी कुराहरू गर्न सक्छ? आखिर ऊ किशोर होइन; उसले कसरी यसरी मान्छेलाई झुक्याउँदै मजाक गर्न सक्छ र?” वास्तवमा, तीस, चालीस, पचास, वा साठी वर्षको उमेरका मानिसहरूले पनि यी कुराहरू गर्न सक्छन्। यी विभिन्‍न व्यवहारहरू अकल्‍पनीय कुरा हुन्; यी विवेक र समझ भएको व्यक्तिले गर्ने कार्यहरू होइनन्, यी त दियाबलस र शैतानहरूका कार्यहरू हुन्। अरूलाई कुनै असर नपरेको र आफ्‍नो उद्देश्य हासिल नभएको देखेर, त्यस्ता व्यक्तिले धेरै मानिसहरू उपस्थित हुँदा वा भेलाहरूमा हुँदा नकारात्मकता पोखाउँछन् र बाधाहरू पैदा गर्छन्। जब तिनीहरूले व्यवहारमार्फत आफ्नो असन्तुष्टि प्रकट गर्न थाल्छन्, तब परिस्थिति नियन्त्रण गर्न गाह्रो भइसकेको हुन्छ; तिनीहरूलाई काबुमा ल्याउन निकै अप्ठ्यारो हुन्छ, र यदि परिस्थिति निरन्तर विकास भइरह्यो भने, यो बढ्दै गएर, झन्झन् गम्भीर प्रकृतिको हुँदै जान सक्छ। तिनीहरूले आफ्नो व्यवहारमार्फत मात्रै बाधा दिँदैनन्, तिनीहरूले त अरूलाई कर्तव्य निभाउने क्रममा बाधा दिन आक्रामक र आलोचनात्मक भाषा प्रयोग गर्दै विभिन्‍न माध्यम र विधिहरू प्रयोग गर्नेसमेत गर्छन्। तिनीहरूले आफ्नो उद्देश्य हासिल गरे नि वा नगरे नि हृदयमा परमेश्‍वरको प्रतिरोध गर्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्ने वा भजनहरू सिक्‍ने गर्दैनन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू वा सत्यतासँग सम्बन्धित कुनै पनि पुस्तक पढ्न अस्वीकार गर्छन्। तिनीहरूले घरमा के गर्छन्? तिनीहरूले उपन्यासहरू पढ्छन्, टिभी शृङ्खलाहरू हेर्छन्, खाना पकाउने विधिहरू सिक्छन्, मेकअप र हेयरस्टाइलसम्बन्धी कुराहरू अध्ययन गर्छन्…। भेलाहरूमा, तिनीहरूले परमेश्‍वरका वचनहरूसम्बन्धी आफ्नो बुझाइबारे सङ्गति गर्दैनन्, न त तिनीहरूले भ्रष्ट स्वभाव र भ्रष्टताका प्रकटीकरणहरू कसरी समाधान गर्ने भनेर नै सङ्गति गर्छन्। जब अरूले सङ्गति गर्छन्, तब तिनीहरूले जानीजानी कुराकानी नियन्त्रण गर्छन्, बोल्ने जोकोहीको कुरा बीचैमा रोक्छन्, जानीजानी विषय परिवर्तन गर्छन्, र यस्तै आदि इत्यादि कुराहरू गर्छन्, अनि यसरी सधैँ खलल र बाधा पुर्‍याउने कुराहरू बोल्छन्। तिनीहरूले किन यस्तो व्यवहार गर्छन्? यसको कारण के हो भने, तिनीहरूलाई आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने विश्‍वास हुन्छ, र यसले गर्दा तिनीहरूले हरेस खाएर लापरवाही व्यवहार गर्न थाल्छन्; तिनीहरू आफूलाई मण्डलीबाट निकालिनु वा निष्कासित गरिनुभन्दा पहिले केही साथीहरू खोज्‍न चाहन्छन्—यदि तिनीहरूले आशिष् पाउन सक्दैनन् भने, अरूले पनि नसकून् भन्‍ने कुरा तिनीहरू सुनिश्‍चित गर्न चाहन्छन्। तिनीहरूले किन यस्तो सोच्छन्? तिनीहरूलाई लाग्छ कि तिनीहरूले विश्‍वास गरेको परमेश्‍वर तिनीहरूले सुरुमा कल्पना गरेको परमेश्‍वरजस्तो हुनुहुन्न; तिनीहरूले कल्पना गरेजसरी उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्न र उहाँ धर्मी पनि हुनुहुन्न, र उहाँले निश्‍चय नै तिनीहरूले कल्पना गरेजसरी मानिसहरूप्रति इमानदार स्नेह पनि देखाउनुहुन्न। अरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ तर तिनीहरूलाई गर्नुहुन्न; अरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ तर तिनीहरूलाई दिनुहुन्‍न। अहिले तिनीहरूले आफ्‍नो कुनै आशा देख्‍न सक्दैनन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्‍ने महसुस गर्छन्, त्यसैले तिनीहरूले हरेस खान्छन् र लापरवाही व्यवहार गर्न थाल्छन्। तर यो कुरा त्यतिमै सीमित हुँदैन; तिनीहरूले आफ्नो निम्ति कुनै आशा नभएकाले, अरूसँग पनि कुनै आशा छैन भन्‍ने कुरा देखून् भन्ने चाहन्छन्, र तिनीहरू सबैलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वास त्याग्‍न र आफ्नो विश्‍वासबाट पछि हट्न लगाएपछि मात्रै सन्तुष्ट हुन्छन्। यसो गर्नुपछाडिको तिनीहरूको उद्देश्य यस्तो हुन्छ: “यदि मैले स्वर्गको राज्यका आशिष्‌हरू प्राप्त गर्न सक्दिनँ भने, तिमीहरूले पनि ती प्राप्त गर्ने सपना समेत नदेख्‍नु नै राम्रो हुन्छ!” त्यस्तो व्यक्ति कस्तो दुष्ट हो? के तिनीहरू दियाबलस होइनन् र? तिनीहरू नरकतिर लागेका दियाबलस हुन्, जसले अरूलाई पनि परमेश्‍वरमा विश्‍वास गर्न र स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्छन्; तिनीहरू सीधै विनाशकोबाटोतर्फ हिँडिरहेका हुन्छन्! थोरै विवेक र परमेश्‍वरप्रति डर मान्‍ने थोरै हृदय भएको कुनै पनि व्यक्तिले यसरी व्यवहार गर्नु हुँदैन; यदि उसले साँच्‍चै नै ठूलो दुष्कर्म गर्‍यो र उसलाई प्रकाश गरियो, र उसलाई आफूसँग कुनै आशा छैन भन्‍ने महसुस भयो भने पनि, उसले अझै पनि अरूलाई सफल हुन सहयोग गरेर अरूलाई परमेश्‍वरमा इमानदारपूर्वक विश्‍वास गर्न र उसको उदाहरण नपछ्याउन लगाउनेछ। उसले यसो भन्‍न सक्छ, “म अत्यन्तै कमजोर छु, मेरा देहगत इच्छाहरू प्रबल छन्, र म संसारदेखि अत्यन्तै मोहित छु। यो मेरो आफ्नै गल्ती हो; म यसको योग्य छु! तपाईँहरू इमानदार विश्‍वासी बनिरहनुहोस्; मेरो प्रभावमा नपर्नुहोस्। भेलाहरूमा, म सतर्क रहनेछु, र यदि ठूलो रातो अजिङ्गरका पुलिसहरू गाउँ प्रवेश गरे भने, म तपाईँहरूलाई सजग गराउनेछु।” मानवताको थोरै अंश भएको जोकोहीले अरूको सत्यता पछ्याइमा बाधा नदिन कम्तीमा यति त गर्नैपर्छ। तर मानवताविनाका मानिसहरूले परिस्थितिहरू आफूले भनेअनुसार नहुँदा वा तविश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आफूलाई हेला गरेको र उनीहरू आफूदेखि टाढिएको देख्दा, तिनीहरूले परमेश्‍वरले आफूलाई प्रकाश गर्नुभएको र हटाउनुभएको छ, र आफूसँग मुक्ति पाउने कुनै आशा छैन भन्‍ने महसुस गर्छन्। जब तिनीहरूले त्यस्ता सोच र विचारहरू बोक्छन्, तब तिनीहरूले हरेस खान्छन् र लापरवाही रूपमा काम गर्न थाल्छन्, र बिनाकुनै सङ्कोच नकारात्मकता पोखाउन र मण्डली जीवनमा बाधा दिन थाल्छन्। कस्तो प्रकारका मानिसहरूले यसो गर्छन्? के तिनीहरू दियाबलसहरू होइनन् र? (हुन्।) जो मानिसहरू दियाबलसहरू हुन्, के तिनीहरूलाई शिष्टता देखाउनुपर्छ र? (पर्दैन।) त्यसोभए यो कुरा कसरी सम्हाल्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “तपाईँ भेलाहरूमा आउनु त हुन्छ, तैपनि परमेश्‍वरका वचनहरू पढ्नुहुन्‍न, न त सत्यता नै स्विकार्नुहुन्छ। त्यसोभए तपाईँ यहाँ केका लागि आउनुहुन्छ? बाधाहरू पैदा गर्नका लागि, होइन र? तपाईँलाई तपाईँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्छ; वास्तवमा, हामीलाई पनि हामीसँग धेरै आशा छ भन्‍ने लाग्दैन, तैपनि हामी लागिपर्छौँ। हामीलाई त परमेश्‍वरले पक्षपात गर्नुहुन्न, उहाँ भरोसायोग्य हुनुहुन्छ, मानिसहरूलाई मुक्ति दिनुमा उहाँको हृदय इमानदार छ, र उहाँको हृदय परिवर्तन हुँदैन भन्ने विश्‍वास छ। आशाको थोरै किरण बाँकी रहेसम्‍म, हामी हरेस खानेछैनौँ। हामी तपाईँजस्तो निरन्तर नकारात्मक हुनेछैनौँ र परमेश्‍वरलाई गलत बुझ्नेछैनौँ। यदि तपाईँ हामीलाई बाधा दिन वा रोक्न सक्छु भन्‍ने सोच्‍नुहुन्छ भने, तपाईँले सपना देखिरहनुभएको छ! यदि तपाईँ जिद्दी भएर यसैमा लागिरहनुहुन्छ, यसरी नै विश्‍वास गरिरहनुहुन्छ, र दुर्भावनासाथ हामीलाई बाधा दिन चाहिरहनुहुन्छ भने, हामीले तपाईँसँग रूखो व्यवहार गरेमा हामीलाई दोष नदिनुहोस्। आजदेखि, तपाईँलाई हटाइन्छ; मण्डलीमा तपाईँका लागि अबदेखि ठाउँ छैन। अब गइहाल्नुहोस्!” यसरी, के यो समस्या सम्हालिँदैन र? यो सरल छ, बस केही शब्दहरू बोलेर तिनीहरूलाई निकालिन्छ। यो कार्य गर्न यति सजिलो छ! किन यो कुरालाई यसरी सम्हाल्ने? किनभने त्यस्ता मानिसहरूको प्रकृति सार परिवर्तन हुन सक्दैन; तिनीहरूले सत्यता स्विकार्नेछैनन्। तिनीहरूले आफूसँग मुक्तिको कुनै आशा छैन भन्‍ने सोच्छन्; परमेश्‍वरले यसो भन्‍नुभएको छैन, न त विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले नै यसो भनेका छन्, तैपनि तिनीहरूले यसरी दुष्कर्म गर्छन् र बाधाहरू ल्याउँछन्। यदि कुनै दिनदुष्कर्म गरेकोमा र मण्डलीको काममा बाधा दिएकोमा साँच्‍चै नै तिनीहरूलाई निष्कासन गरियो भने, वा सत्यता नपछ्याएकोमा तिनीहरूलाई परमेश्‍वरले ताडना दिनुभयो भने, तिनीहरूले के गर्नेछन्? के तिनीहरू परमेश्‍वरका शत्रुहरू बन्‍न सक्छन्, वा तिनीहरूले बदला लिन सक्छन्? त्यो सम्भावना धेरै छ! त्यस्ता मानिसहरूले कुनै दुष्कर्म गर्न वा कुनै ठूलो दुष्ट्याइँ गर्न पाउनुभन्दा पहिले नै प्रकाश हुनु राम्रो कुरा हो। यो परमेश्‍वरको काम हो; परमेश्‍वरले तिनीहरूको प्रकाश गर्नुभएको छ। अब, तिनीहरूलाई निकाल्नु सही कुरा हो; अरू मानिसहरूले अझै पनि कुनै घाटा भोगेका हुँदैनन्। यसलाई यसरी सम्हाल्नु सामयिक र उचित हुन्छ; सबैले समझ प्राप्त गर्छन्, र दुष्ट मानिसहरूलाई निराकरण गरिन्छ। प्रतिभारका रूपमा तिनीहरूको भूमिका पर्याप्त रूपमा पूरा भएको छ।

आधारभूत रूपमा, नकारात्मकता पोखाउने मानिसहरूका विभिविभिन्न स्थिति र प्रकटीकरणहरू यिनै हुन्। जब प्रतिष्ठा, ख्याति, र लाभ पछ्याउने तिनीहरूको चाहना पूरा भएको हुँदैन, जब परमेश्‍वरले तिनीहरूका धारणा, र कल्पनाका विपरीत हुने, र तिनीहरूका हितहरूसँग सम्बन्धित कामकुरा गर्नुहुन्छ, तब तिनीहरू अनाज्ञाकारिता र असन्तुष्टिका भावनाहरूको पासोमा पर्छन्। अनि जब तिनीहरूमा यस्ता भावनाहरू हुन्छन्, तब तिनीहरूको मस्तिष्कले बहाना, निहुँ, स्पष्टीकरण, प्रतिरक्षा, र अन्य गुनासोका विचारहरू पैदा गर्न थाल्छ। यस्तो बेला, तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दैनन्, वा तिनीहरू उहाँमा समर्पित हुँदैनन्, तिनीहरूले आफूलाई चिन्‍न सत्यताको खोजी गर्नु त परै जाओस्; बरु, तिनीहरू आफ्ना धारणा, कल्पना, विचार र दृष्टिकोण, वा दुस्साहस प्रयोग गरेर परमेश्‍वरविरुद्ध लडाइँ गर्छन्। अनि तिनीहरूले परमेश्‍वरविरुद्ध कसरी लडाइँ गर्छन्? तिनीहरूले अनाज्ञाकारिता र असन्तुष्टिका आफ्ना भावना फैलाउँछन्, आफ्ना विचार र दृष्टिकोणहरू परमेश्‍वरलाई स्पष्ट पार्न त्यसको प्रयोग गर्छन्, र आफ्ना चाहनाहरू पूरा गर्नका लागि परमेश्‍वरलाई आफ्ना इच्छा र मागहरूअनुसार व्यवहार गर्न लगाउने प्रयास गर्छन्; त्यसपछि मात्रै तिनीहरूका भावनाहरू शान्त हुन्छन्। खास गरी, परमेश्‍वरले मानिसहरूलाई न्याय गर्न र सजाय दिन, तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न, र मानिसहरूलाई शैतानको प्रभावबाट मुक्त गर्न धेरै सत्यता व्यक्त गर्नुहुन्छ, र यी सत्यताहरूले कति जनाको आशिष्‌ पाउने सपनालाई समाप्त गरेका छन् अनि स्वर्गको राज्यमा उठाइलगिने दिनरातको कल्पना कसरी चकनाचुर पारेका छन्, कसलाई थाहा छ र! तिनीहरू परिस्थितिहरू बदल्न सबथोक गर्न चाहन्छन्—तर तिनीहरू शक्तिहीन छन्, नकारात्मकता र द्वेषसाथ विपत्तिमा पर्न मात्र सक्छन्। तिनीहरू परमेश्‍वरले तय गर्नुभएका यो सबै कुराप्रति अनाज्ञाकारी हुन्छन्, किनभने परमेश्‍वरले गर्नुहुने काम तिनीहरूका धारणा, इच्छा र सोचसँग बाझिन्छ। विशेष गरी, जब मण्डलीले पखाल्ने काम गर्छ र धेरै मानिसहरूलाई निष्कासन गर्छ, तब यी मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न, उहाँले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ, तिनीहरूसँग अनुचित व्यवहार गरिएको छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरको अवज्ञा गर्न एक हुनेछन्; तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेछन्, परमेश्‍वरको पहिचान र सार इन्कार गर्नेछन्, र परमेश्‍वरको धर्मी स्वभाव इन्कार गर्नेछन्। अवश्य नै, तिनीहरूले यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्य पनि इन्कार गर्नेछन्। अनि, कुन माध्यमद्वारा तिनीहरूले यी सबै कुरा इन्कार गर्छन्? अवज्ञा र प्रतिरोधरोधद्वारा। यसको निष्कर्ष के हुन्छ भने, “परमेश्‍वरले गर्नुहुने काम मेरा धारणाहरूविपरीत हुन्छन्, त्यसकारण म समर्पित हुँदिनँ, र तपाईँ सत्यता हुनुहुन्छ भन्ने विश्‍वास गर्दिनँ। म तपाईँविरुद्ध कोलाहल मच्चाउनेछु, र म मण्डलीमा र मानिसहरूमाझ यी कुराहरू फैलाउनेछु! म जे चाहन्छु त्यही भन्नेछु, र परिणाम जेसुकै होस्, मलाई त्यसको मतलब छैन। मसँग वाक्‌ स्वतन्त्रता छ; तपाईँले मेरो मुख बन्द गर्न सक्नुहुन्न—म जे चाहन्छु त्यही भन्नेछु। तपाईँले के गर्न सक्नुहुन्छ?” जब यी मानिसहरूले आफ्‍ना गलत विचार र दृष्टिकोणहरू फैलाउन जिद्दी गर्छन्, तब के तिनीहरूले आफ्नै बुझाइबारे कुरा गरिरहेका हुन्छन् त? के तिनीहरूले सत्यताबारे सङ्गति गरिरहेका हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरूले नकारात्मकता फैलाइरहेका हुन्छन्; तिनीहरूले विधर्म र भ्रमहरूको आवाज उठाइरहेका हुन्छन्। तिनीहरूले आफ्नो भ्रष्टता चिन्‍ने वा यसलाई खुलासा गर्ने प्रयास गरिरहेका हुँदैनन्; तिनीहरूले आफूले सत्यताविपरीत गरेका कुराहरू खुलासा गरिरहेका हुँदैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू नै खुलासा गरिरहेका हुन्छन्। बरु, तिनीहरूले आफूलाई सही प्रमाणित गर्न आफ्ना गल्तीहरूको औचित्य पुष्टि गर्न र प्रतिरक्षा गर्न सक्दो प्रयास गरिरहेका हुन्छन्, र यसका साथै तिनीहरूले वाहियात निष्कर्षहरू निकालिरहेका, अनि प्रतिकूल र विकृत दृष्टिकोणहरू, साथै बङ्ग्याइएका तर्क र विधर्महरू उठाइरहेका हुन्छन्। मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूमा यसले पार्ने प्रभाव भनेको तिनीहरूलाई बहकाउनु र बाधा दिनु हो; यसले कतिपय मानिसहरूलाई नकारात्मकता र अन्योलमा समेत डुबाउन सक्छ। यी सबै नै मानिसहरूले नकारात्मकता पोखाएर पैदा गर्ने प्रतिकूल प्रभाव र बाधाहरू हुन्। त्यसकारण, नकारात्मकता पोखाउनेहरू, साथै तिनीहरूका बोलीवचन र व्यवहारलाई प्रतिबन्धित गर्नुपर्छ—तिनीहरूलाई आड वा अनुमति दिने गर्नु हुँदैन। यी मानिसहरूलाई निराकरण गर्न मण्डलीसँग उचित विधि र सिद्धान्तहरू हुनुपर्छ। एक हिसाबमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यी मानिसहरू र यिनीहरूका नकारात्मक टिप्पणीहरूलाई खुट्ट्याउनुपर्छ। अर्को हिसाबमा, जब परमेश्‍वरका चुनिएका मानिसहरूमा समझशक्ति हुन्छ, तब मण्डलीले अझै धेरै मानिसहरूलाई प्रभावमा पर्न र बाधापुग्नबाट रोक्नका लागि सत्यता सिद्धान्तहरूअनुसार यी व्यक्तिहरूलाई तुरुन्तै निकाल्नुपर्छ वा निष्कासन गर्नुपर्छ। नकारात्मकता पोखाउने कार्यका विभिन्‍न पक्षहरूबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

ग. नकारात्मकता समाधान गर्ने सिद्धान्त र मार्गहरू

मानिसहरूमा शैतानी प्रकृति हुन्छ; शैतानी स्वभावअनुसार जिउँदा, नकारात्मक स्थितिबाट पन्छिन गाह्रो हुन्छ। विशेषगरी जब व्यक्तिले सत्यता बुझ्दैन, तब नकारात्मकता एउटा आम घटना बन्छ। हरेक व्यक्तिमा नकारात्मकताका क्षणहरू हुन्छन्; कतिमा ती धेरै आउँछन्, कतिमा ती थोरै आउँछन्, कतिमा ती लामो समय रहन्छन्, र कतिमा ती छोटो समय रहन्छन्। मानिसहरूको कद फरकफरक हुन्छ, र तिनीहरूको नकारात्मकता पनि फरकफरक नै हुन्छ। ठूलो कद भएकाहरू परीक्षा सामना गर्दा अलिअलि नकारात्मक मात्र बन्छन्, जबकि कम कद भएकाहरू, अर्थात् अझै पनि सत्यता नबुझ्‍नेहरू अरूले केही धारणाहरू फैलाउँदा वा हास्यास्पद कुराहरू बोल्दा त्यो चिन्‍न सक्दैनन्; तिनीहरू बाधामा पर्न, प्रभावित हुन, र नकारात्मक बन्‍न सक्छन्। कुनै पनि समस्या पैदा हुँदा, त्यसले तिनीहरूलाई नकारात्मकतामा पुर्‍याउन सक्छ, सानातिना उल्लेख गर्न पनि लायक नरहेका कुराहरूले समेत तिनीहरूलाई नकारात्मकतामा पुर्‍याउन सक्छन्। बारम्बार आउने नकारात्मकताको यो समस्या कसरी समाधान गरिनुपर्छ? यदि कसैलाई कसरी सत्यता खोजी गर्ने, कसरी परमेश्‍वरका वचनहरू खाने र पिउने, वा कसरी परमेश्‍वरलाई प्रार्थना गर्ने भन्‍ने थाहा छैन भने, यो अत्यन्तै समस्याजनक हुन्छ; तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको साथ र सहयोगमा मात्रै भर पर्न सक्छन्। यदि कसैले सहयोग गर्न सक्दैन, वा उसले सहयोग स्विकार्दैन भने, तिनीहरू यति नकारात्मक रहन सक्छन् कि तिनीहरू यसबाट मुक्त हुनै सक्दैनन् र तिनीहरूले विश्‍वाससमेत त्याग्‍न सक्छन्। हेर, कसैसँग सधैँ धारणाहरू हुनु र सजिलै नकारात्मक बन्‍नु अत्यन्तै खतरनाक कुरा हो। त्यस्ता मानिसहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरूले स्विकार्दैनन्, र सधैँ आफ्ना धारणा र कल्पनाहरू नै सही छन् भनेर जिद्दी गर्छन्; तिनीहरू अत्यन्तै समस्याग्रस्त मानिसहरू हुन्। तँ जति नै नकारात्मक भए पनि, तैँले हृदयमा के बुझ्नुपर्छ भने, धारणाहरू हुनुको अर्थ ती सत्यताअनुरूप नै हुन्छन् भन्‍ने हुँदैन; यसको अर्थ तेरो बुझाइमा समस्या छ भन्‍ने हुन्छ। यदि तँसँग केही समझ छ भने, तैँले यी धारणाहरू फैलाउनु हुँदैन; मानिसहरूले कम्तीमा पनि पालना गर्नुपर्ने कुरा यही हो। यदि तँसँग थोरै भए पनि परमेश्‍वरको डर मान्ने हृदय छ र तँ परमेश्‍वरको अनुयायी हुँ भनेर स्विकार्न सक्छस् भने, तैँले आफ्ना धारणाहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ, सत्यतामा समर्पित हुनुपर्छ, र बाधा र व्यवधानहरू पैदा गर्नबाट टाढा बस्‍नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् र धारणाहरू फैलाउन जिद्दी गर्छस् भने, तैँले आफ्नो समझ गुमाएको छस्; तँ मानसिक रूपमा असामान्य भएको छस्, तँ भूतहरूद्वारा ग्रसित छस्, र तँ आफ्ना नियन्त्रणमा छैनस्। भूतहरूद्वारा नियन्त्रित भएर, तैँले जेसुकै भए पनि यी धारणाहरू बोल्‍ने र फैलाउने गर्छस्—यसमा केही गर्न सकिँदैन, यो दुष्ट आत्माहरूको काम हो। यदि तँसँग केही विवेक र समझ छ भने, तैँले यसो गर्न सक्नुपर्छ: धारणाहरू फैलाउनु हुँदैन, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हुँदैन। तँ नकारात्मक बने पनि, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने कुराहरू गर्नु हुँदैन; तैँले केवल आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, र तँ आत्म-आलोचनाको अवस्थाभन्दा बाहिर छस् भन्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ—आफूलाई व्यवहारमा ढाल्ने निम्नतम मापदण्ड यही हो। यदि तँ कहिलेकहीँ नकारात्मक बनिस् नै भने पनि, तैँले सीमा नाघ्‍ने किसिमको केही पनि गरेको छैनस् भने, परमेश्‍वरले तेरो नकारात्मकतालाई ध्यान दिनुहुनेछैन। जबसम्‍म तँसँग विवेक र समझ हुन्छ, र जबसम्‍म तैँले परमेश्‍वरसँग प्रार्थना गर्न, उहाँमा भर पर्न, र सत्यता खोजी गर्न सक्छस्, तबसम्‍म अन्त्यमा तैँले सत्यता बुझ्नेछस् र आफूलाई परिवर्तन गर्नेछस्। यदि तैँले अगुवाको रूपमा वास्तविक काम नगरेकोमा बर्खास्त गरिने र हटाइनेजस्ता महत्त्वपूर्ण घटनाहरू सामना गर्नुपर्‍यो, र तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्यो, र तँ नकरात्मक बनिस्—यति धेरै नकारात्मक कि तँ त्यसबाट मुक्त हुन सक्दैनस्, तँलाई दोषी ठहराइएको र श्रापित तुल्याइएको छ जस्तो लाग्यो, र तँमा परमेश्‍वरविरुद्ध गलतफहमी र गुनासोहरू पैदा भयो भने—तँले के गर्नुपर्छ? यसलाई सम्हाल्न निकै सजिलो छ: सङ्गति र खोजी गर्नका लागि सत्यता बुझ्‍ने केही मानिसहरू खोज् र यी मानिसहरूसँग आफ्नो हृदय खोलेर कुरा गर्। अझै महत्त्वपूर्ण, आफ्नो नकारात्मकता र कमजोरीबारे, साथै तैँले नबुझेका र पार पाउन नसकेका केही कुराहरूबारे साँचो रूपमा प्रार्थना गर्न परमेश्‍वरअघि आइज—परमेश्‍वरसँग सङ्गति गर्, कुनै पनि कुरा नलुका। यदि तैँले अरूलाई व्यक्त गर्न नसक्‍ने कुराहरू छन् भने, तँ प्रार्थना गर्न परमेश्‍वरअघि आउनु अझै अपरिहार्य हुन्छ। कतिपय मानिस सोध्छन्, “के यसबारे परमेश्‍वरसँग कुरा गर्दा आफू दोषी ठहरिँदैन र?” के तैँले परमेश्‍वरको विरोध गर्ने र उहाँको दण्ड पाउन लायक धेरै कुराहरू गरिसकेको छैनस् र? यो थप एउटा कुराबारे किन चिन्ता गरेको? के तँलाई तैँले यसबारे बोलिनस् भने, परमेश्‍वरलाई थाहा हुँदैन भन्‍ने लाग्छ? तैँले सोच्‍ने सबै कुरा परमेश्‍वरलाई थाहा हुन्छ। तैँले खुलस्त रूपमा परमेश्‍वरसँग सङ्गति गर्नुपर्छ, आफ्नो हृदय खोल्‍नुपर्छ, र आफ्ना समस्या र स्थितिहरू उहाँअघि साँचो रूपमा प्रस्तुत गर्नुपर्छ। तेरा कमजोरी, विद्रोहीपन, र तेरा गुनासाहरूलगायत सबै कुरा परमेश्‍वरलाई बताउन सकिन्छ; तँलाई आफ्‍नो कुरा पोखाउन मन छ भने पनि ठीकै छ—परमेश्‍वरले यो कुरालाई दोषी ठहराउनुहुनेछैन। परमेश्‍वरले किन यो कुरालाई दोषी ठहर्‍याउनुहुन्‍न? परमेश्‍वरलाई मानिसको कद थाहा हुन्छ; तैँले उहाँसँग कुरा नगरे पनि, उहाँलाई तेरो कद थाहा हुन्छ। परमेश्‍वरसँग कुरा गर्दा, एक हिसाबमा यो परमेश्‍वरअघि आफैलाई उदाङ्गो पार्ने र खुलस्त बोल्ने तेरो अवसर हो। अर्का हिसाबमा, यसले परमेश्‍वरप्रतिको तेरो समर्पणको मनोवृत्ति पनि देखाउँछ; कम्तीमा पनि, तैँले परमेश्‍वरलाई के देखाउँछस् भने तेरो हृदय उहाँप्रति बन्द छैन, तँ कमजोर मात्र होस्, र यो कुराबाट पार पाउन तेरो कद पर्याप्त छैन। तैँले अवज्ञा गर्ने अभिप्राय राख्दैनस्; तेरो मनोवृत्ति समर्पित हुनु हो, यति हो कि तेरो कद अत्यन्तै सानो छ, र तैँले यो मामला सहन सक्दैनस्। जब तैँले परमेश्‍वरअघि आफ्नो हृदय पूर्ण रूपमा खोल्छस् र उहाँसँग आफ्नो गहनतम विचार बताउन सक्छस्, तब तैँले बोल्ने कुरामा कमजोरी र गुनासाहरू, र खासगरी धेरै नकारात्मक र प्रतिकूल कुराहरू समावेश हुने भए पनि, यसमा एउटा कुरा सही हुन्छ: तैँले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरा स्विकार्छस्, तँ सृष्टि गरिएको प्राणी होस् भन्‍ने कुरा स्विकार्छस्, सृष्टिकर्ताको रूपमा रहेको परमेश्‍वरको पहिचान इन्कार्दैनस्, न त तँ र परमेश्‍वरबीचको सम्बन्ध सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको सम्बन्ध हो भन्‍ने कुरा नै इन्कार्छस्। तैँले आफूलाई पार पाउन गाह्रो लाग्‍ने, र आफूलाई सबैभन्दा कमजोर बनाउने कुराहरू परमेश्‍वरको हातमा सुम्पन्छस्, र तैँले परमेश्‍वरलाई आफ्ना सबैभन्दा भित्री भावनाहरू पूरै बताउँछस्—यसले तेरो मनोवृत्ति देखाउँछ। कति मानिसहरूले भन्छन्, “मैले एकपटक परमेश्‍वरलाई प्रार्थना गरेँ, र यसले मेरो नकारात्मकता समाधान गरेन। म अझै पनि यसलाई काबू गर्न सक्दिनँ।” यसले केही फरक पार्दैन, तैँले बस इमानदारीसाथ सत्यता खोजी मात्रै गर्नुपर्छ। तैँले जति नै धेरै कुरा बुझे पनि, परमेश्‍वरले तँलाई क्रमिक रूपमा सामर्थ्य दिनुहुनेछ, र त्यसउप्रान्त तँ सुरुमा जत्तिको कमजोर हुनेछैनस्। तँसँग जति नै धेरै कमजोरी र नकारात्मकता भए पनि, वा तँसँग जति नै धेरै गुनासो र प्रतिकूल भावनाहरू भए पनि, परमेश्‍वरसँग कुरा गर्; परमेश्‍वरलाई बाहिरिया व्यक्तिजस्तो व्यवहार नगर्। तैँले जोसुकैबाट कुराहरू लुकाउन सके पनि, परमेश्‍वरबाट केही पनि नलुका, किनभने परमेश्‍वर तेरो एकमात्र भरोसा र तेरो एकमात्र मुक्ति हुनुहुन्छ। परमेश्‍वरअघि आएर मात्रै यी समस्याहरू समाधान गर्न सकिन्छ; मानिसहरूमा भरोसा गर्नु व्यर्थ हुन्छ। त्यसकारण, जब मानिसहरूले नकारात्मकता र कमजोरी सामना गर्छन्, तब परमेश्‍वरअघि आउने र उहाँमा भरोसा गर्ने मानिसहरू सबैभन्दा चलाख हुन्छन्। मूर्ख र जिद्दी मानिसहरू मात्रै महत्त्वपूर्ण र नाजुक घटनाहरू सामना गर्दा र परमेश्‍वरअघि आफ्‍नो हृदयको कुरा बताउनुपर्ने बेला, परमेश्‍वरबाट टाढा जान्छन् र उहाँबाट झनै तर्किन्छन्, र मनमा विविध योजना बनाउँछन्। अनि यो सबै योजनाको परिणाम के हुन्छ? तिनीहरूका नकारात्मकता र गुनासाहरू अवज्ञामा परिणत हुन्छन्, र अवज्ञा परमेश्‍वरविरुद्धको प्रतिरोध र होहल्लामा परिणत हुन्छ; यी मानिसहरू सम्पूर्ण रूपमा परमेश्‍वरसँग नमिल्दो बन्छन्, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध पूर्ण रूपमा तोडिएको हुन्छ। तर जब तैँले त्यस्तो नकारात्मकता र कमजोरी सामना गर्छस्, तब यदि तँ अझै पनि सत्यता खोजी गर्न परमेश्‍वरअघि आउन, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने निर्णय गर्न सक्छस्, र तैँले सच्चा समर्पित मनोवृत्ति अपनाउँछस् भने, तँ नकारात्मक र कमजोर हुँदा पनि तँ उहाँमा समर्पित हुन चाहन्छस् भन्‍ने देखेर, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्ने, तेरो नकारात्मकता र कमजोरीबाट तँलाई कसरी निकाल्ने भन्‍ने कुरा जान्नुहुनेछ। यी अनुभवहरू प्राप्त गरेपछि, तैँले परमेश्‍वरमाथिको साँचो विश्‍वास विकास गर्नेछस्। तँलाई के महसुस हुन्छ भने, तैँले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, जबसम्‍म तैँले परमेश्‍वरलाई खोज्छस् र उहाँको प्रतीक्षा गर्छस्, तँलाई थाहै नभई तेरा लागि उहाँले उम्कने बाटो मिलाइदिनुहुन्छ, जसले गर्दा तैँले थाहै नपाई, महसुससमेत नभई परिस्थितिहरू परिवर्तन भएका छन् भनेर देख्‍न सक्‍नेछस्, तँ अबउप्रान्त कमजोर हुनेछैनस् बरु दह्रिलो हुनेछस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वास बढ्नेछ। जब तैँले यी घटनाहरूबारे मनन गर्छस्, तब तँलाई त्यो बेलाको तेरो कमजोरी कति बचकना थियो भन्‍ने महसुस हुनेछ। वास्तवमा, मानिसहरू त्यति नै बचकना हुन्छन्, र परमेश्‍वरको साथविना, तिनीहरू कहिल्यै पनि आफ्नो बचकना र अज्ञानताबाट परिपक्‍व हुँदैनन्। यी कुराहरू अनुभव गर्ने प्रक्रियामा यी कुराहरूलाई क्रमिक रूपमा स्विकारेर अनि परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भएर, यी तथ्यहरूलाई सकारात्मक र सक्रिय रूपमा सामना गरेर, सिद्धान्तहरू खोजी गरेर, परमेश्‍वरका अभिप्रायहरू खोजी गरेर, परमेश्‍वरबाट तर्किन वा टाढा हुन छोडेर, परमेश्‍वरविरुद्ध विद्रोही बन्‍न छोडेर, बरु झन्-झन् समर्पित बनेर, झन्-झन् कम विद्रोही बनेर, परमेश्‍वरको झन्-झन् नजिक गएर, अनि परमेश्‍वरमा समर्पित हुन झन्-झन् सक्षम भएर मात्र—यसरी अनुभव गरेर मात्र व्यक्तिको जीवन क्रमिक रूपमा वृद्धि र परिपक्‍व हुँदै जान्छ, र बढ्दै गएर पूर्ण रूपमा वयस्कका कदमा पुग्छ।

व्यक्तिले नकारात्मक स्थितिहरूलाई कसरी लिनु र समाधान गर्नुपर्छ? नकारात्मकताबाट डर मान्नु हुँदैन; यसको कडी भनेकै समझ हुनु हो। निरन्तर नकारात्मक हुँदा मूर्खतापूर्ण व्यवहार गर्नु सजिलो हुँदैन र? जब व्यक्ति नकारात्मक हुन्छ, तब उसले या त गुनासो गर्छ या त आफूलाई त्याग्छ, अनि कुनै समझविना बोल्छ र व्यवहार गर्छ—के यसले उसको कर्तव्य निर्वाहमा असर गर्दैन र? यदि व्यक्ति निराशामा परेर नकारात्मकतामा डुब्न सक्छ भने, के यो परमेश्‍वरलाई धोका दिनु होइन र? गम्भीर नकारात्मकता भनेको मानसिक रोग हुनुजस्तै हो, यो पिशाच लाग्‍नुजस्तै हो; यो समझको कमी हुनु हो। समाधानहरूको लागि सत्यता खोजी नगर्नु साँच्‍चै खतरनाक कुरा हो। जब मानिसहरू नकारात्मक हुन्छन्, तब तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्‍कै छैन भने, तिनीहरूले सजिलै समझ गुमाउनेछन्; तिनीहरू यताउता आफ्नो नकारात्मकता, असन्तुष्टि, र धारणाहरू फैलाउँदै हिँड्नेछन्। यो त जानाजानी परमेश्‍वरको विरोध गर्नु हो रयसले मण्डलीका काममा सहजै बाधा र अवरोध पुऱ्याउन सक्छ, यसको परिणामबारे त सोच्दासमेत भयानक लाग्छ, अनि तिनीहरू परमेश्‍वरको तिरस्कारमा समेत पर्न सक्छन्। तैपनि, यदि कुनै व्यक्ति आफ्नो नकारात्मकताको बेला सत्यता खोजी गर्न सक्षम हुन्छ, र उसले परमेश्‍वरको डर मान्ने हृदय कायम राख्छ, नकारात्मक रूपमा बोल्दैन, आफ्‍नो नकारात्मकता र धारणाहरू फैलाउँदैन, र परमेश्‍वरमाथिको आफ्नो विश्‍वास र उहाँप्रतिको समर्पित मनोवृत्ति कायम राख्छ भने, त्यस्तो व्यक्ति सजिलै नकारात्मकताबाट बाहिर आउन सक्छ। हरेक व्यक्तिसँग नकारात्मकताका क्षणहरू हुन्छन्; ती केवल तीव्रता, अवधि, र कारणहरूको हिसाबमा फरकफरक हुन्छन्। कति मानिसहरू सामान्यतया नकारात्मक नै हुँदैनन्, तर कुनै काममा असफलता सामना गर्दा वा डगमगाउँदा तिनीहरू नकारात्मक बन्छन्; अरू मानिसहरू सानातिना कुराहरूबारेमै नकारात्मक बन्‍न सक्छन्, चाहे त्यो तिनीहरूको अभिमानमा चोट पुर्‍याउने कसैले बोलेको कुरा नै किन नहोस्। अनि कति मानिसहरू त अलिअलि प्रतिकूल परिस्थितिहरूको कारण नै नकारात्मक बन्छन्। के त्यस्ता मानिसहरूले जीवन कसरी जिउने भनेर बुझेका हुन्छन्? के तिनीहरूसँग अन्तर्ज्ञान हुन्छ? के तिनीहरूसँग सामान्य व्यक्तिको जस्तो बुद्धि र उदारता हुन्छ? हुँदैन। परिस्थिति जेसुकै भए पनि, यदि व्यक्ति आफ्नो भ्रष्ट स्वभावमा जिउँछ भने, ऊ बारम्बार केही नकारात्मक स्थितिमा पर्नेछ। अवश्य नै, यदि व्यक्तिले सत्यता बझ्छ र परिस्थितिहरूलाई छर्लङ्गै देख्‍न सक्छ भने, उसको नकारात्मक स्थिति झन्-झन् दुर्लभ हुँदै जानेछ र उसको कद बढ्दै जाँदा उसको नकारातमकता बिस्तारै त्यो हराउनेछ, र अन्ततः पूरै बिलाउनेछ। सत्यतालाई प्रेम नगर्ने, सत्यतालाई पटक्‍कै नस्विकार्ने मानिसहरूमा झन्झन् बढी नकारात्मक भावनाहरू, नकारात्मक स्थितिहरू, र नकारात्मक विचार र मनोवृत्तिहरू हुन्छन्, र ती कुराहरू जति धेरै जम्मा हुन्छन् त्यति नै गम्भीर हुन्छन्, र ती कुराहरूले तिनीहरूलाई व्याकुल बनाउनेबित्तिकै, तिनीहरू सामान्य बन्‍न सक्दैनन्, र त्यो अत्यन्तै खतरनाक कुरा हो। त्यसकारण, नकारात्मकतालाई तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ। नकारात्मकता समाधान गर्नको लागि, व्यक्तिले सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ; परमेश्‍वरको उपस्थितिमा शान्त स्थिति कायम राख्दै परमेश्‍वरका वचनहरू पढ्दा र मनन गर्दा यसले अन्तर्दृष्टि र ज्योति प्रदान गर्नेछ, र यसबाट व्यक्तिले सत्यता बुझ्न र नकारात्मकताको सार देख्‍न सक्‍नेछ, र यसरी उसले नकारात्मकताको समस्या समाधान गर्नेछ। यदि तँ अझै पनि आफ्नै धारणा र तर्कमा टाँसिरहन्छस् भने, तँ अत्यन्तै मूर्ख होस्, र तँ आफ्नो मूर्खता र अज्ञानताबाट मर्नेछस्। चाहे जेसुकै भए पनि, नकारात्मकता समाधान गर्ने कार्य सक्रिय हुनुपर्छ, निष्क्रिय हुनु हुँदैन। कति मानिसहरू के सोच्छन् भने, नकारात्मकता देखा पर्दा, तिनीहरूले यसलाई बेवास्ता गर्नुपर्छ; तिनीहरूलाई फेरि खुशी लाग्दा, तिनीहरूको नकारात्मकता स्वाभाविक रूपमै आनन्दमा परिणत भइहाल्नेछ। यो एउटा कल्पना हो; सत्यता खोजी नगरी वा सत्यता स्वीकार नगरी, नकारात्मकता आफै हट्दैन। तैँले यसलाई बिर्सिए पनि र हृदयमा केही अनुभव नगरे पनि, यसको अर्थ तेरो नकारात्मकताको जड समाधान भएको छ भन्‍ने हुँदैन। सही परिस्थितिहरू देखा परेपछि, यो फेरि देखा पर्नेछ, र यो सामान्य रूपमा हुने कुरा हो। यदि कुनै व्यक्ति चलाख छ र ऊसँग समझ छ भने, नकारात्मकता देखा पर्दा उसले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता स्विकार्ने विधि प्रयोग गर्नुपर्छ, र यसरी नकारात्मकताको समस्या यसको जडबाटै समाधान हुन्छ। बारम्बार नकारात्मक हुने सबै मानिसहरूले सत्यतालाई स्वीकार गर्न नसक्ने हुनाले तिनीहरू नकारात्मक हुन्छन्। यदि तैँले सत्यता स्वीकार गरिनस् भने, नकारात्मकताले तँलाई दियाबलसले जस्तै गाँज्नेछ, तँलाई जीवनभर नकारात्मक बनाउनेछ, र तँमा परमेश्‍वरप्रति अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोका भावनाहरू विकास गर्नेछ, यहाँसम्म कि तँ परमेश्वरविरुद्ध प्रतिरोध गर्ने र लडाइँ गर्ने र कोलाहल मच्चाउने अवस्थामा पुग्‍नेछस्—त्यो बेला तँ अन्त्यमा पुगेको हुनेछस्, र तेरो कुरूप साँचो अनुहार खुलासा हुनेछ। मानिसहरूले तँलाई खुलासा गर्न, चिरफार गर्न, र चित्रण गर्न थाल्छन्, र अब मात्रै, भयानक वास्तविकताको सामना गर्दा, तँ आँसु बगाउन थाल्छस्; यति बेला मात्रै तँ ढलेर निराशमा छाती पिट्नेछस्—पर्खी, अनि तैँले परमेश्वरको दण्ड स्वीकार गर्नुपर्छ! नकारात्मकताले मानिसहरूलाई कमजोर मात्र पार्दैन, यसले त तिनीहरूलाई परमेश्‍वरबारे गुनासो गर्न, परमेश्‍वरको आलोचना गर्न, परमेश्‍वरलाई इन्कार गर्न, र परमेश्‍वरविरुद्ध प्रत्यक्ष लडाइँ गर्न र कोलाहल मच्चाउनसमेत बाध्य पार्छ। त्यसकारण, यदि कसैको नकारात्मकताको समाधानमा ढिलाइ भयो भने, तिनीहरूले ईश्‍वरनिन्दाका शब्दहरू प्रकट गरेपछि र परमेश्‍वरको स्वभाव चिढ्याएपछि, परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्। यदि तँ कुनै एउटै घटना, वाक्यांश, वा विचार वा दृष्टिकोणको कारण नकारात्मकतामा पर्छस् र तैँले गुनासो गर्छस् भने, यसले देखाउँछ कि यो विषयमा तेरो बुझाइ विकृत छ, र तँसँग यसबारे धारणा र कल्पनाहरू छन्; यो विषयमा तेरा दृष्टिकोणहरू अवश्य नै सत्यतासँग मिल्दैनन्। यो विन्दुमा, तैँले सत्यता खोजी गर्नुपर्छ र यसलाई सही रूपमा सामना गर्नुपर्छ, यी गलत धारणा र विचारहरू जतिसक्दो चाँडो सुधार्ने प्रयास गर्नुपर्छ, र यी धारणाहरूद्वारा बन्धन र भ्रममा परेर आफूलाई परमेश्‍वरप्रतिको अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोको स्थितिमा पुग्‍नु हुँदैन। नकारात्मकता तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ, र यसलाई पूर्ण रूपमा समाधान गर्नु पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, नकारात्मकता समाधान गर्ने सबैभन्दा राम्रो तरिका भनेको सत्यता खोजी गर्नु, परमेश्‍वरका वचनहरू अझै धेरै पढ्नु, र परमेश्‍वरको अन्तर्दृष्टि खोज्न उहाँअघि आउनु हो। कहिलेकहीँ, तैँले आफ्‍ना विचार र दृष्टिकोणहरू क्षणिक रूपमा परिवर्तन गर्न असक्षम हुन सक्छस्, तर कम्तीमा पनि, तैँले आफू गलत छु र तेरा यी विचारहरू विकृत छन् भन्‍ने कुराचाहिँ जान्नुपर्छ। यसरी, न्यूनतम परिणाम के हुनेछ भने, यी गलत विचार र दृष्टिकोणहरूले तेरो कर्तव्य पूरा गर्ने बफादारितामा असर गर्नेछैनन्, परमेश्‍वरसँगको तेरो सम्बन्धमा असर गर्नेछैनन्, र तेरो हृदय खोल्न र प्रार्थना गर्न परमेश्‍वरअघि आउने कार्यमा पनि असर गर्नेछैनन्—कम्तीमा पनि, हासिल गरिनुपर्ने परिणाम यही हो। जब तँ नकारात्मकतामा डुब्छस् अनि अनाज्ञाकारी र असन्तुष्ट हुन्छस्, र परमेश्‍वरप्रति गुनासाहरू पाल्छस् तर समाधानको लागि तँ सत्यता खोजी गर्न चाहँदैनस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्यै छ भन्‍ने सोच्छस्, जबकि वास्तवमा तेरो हृदय परमेश्‍वरबाट टाढा हुन्छ र तँ अब उहाँका वचनहरू पढ्न वा प्रार्थना गर्न चाहँदैनस्, तब के समस्या गम्भीर भइसकेको हुँदैन र? तँ भन्छस्, “म जति नै नकारात्मक भए पनि, कर्तव्य पूरा गर्ने मेरो कार्यमा बाधा पुगेको छैन र मैले आफ्ना जिम्मेवारीहरू त्यागेको छैनँ। म बफादार छु!” के यी शब्‍दहरू मान्य छन्? यदि तँ प्रायजसो नकारात्मक हुन्छस् भने, यो भ्रष्ट स्वभावसँग सम्बन्धित हुँदैन; अरू अझै गम्भीर समस्याहरू हुन्छन्: तँसँग परमेश्‍वरबारे धारणाहरू छन्, तँ उहाँलाई गलत रूपमा बुझ्छस्, र तैँले आफू र परमेश्‍वरबीच पर्खालहरू निर्माण गरेको छस्। यदि तैँले यसलाई समाधान गर्न सत्यता खोजी गरिनस् भने, त्यो अत्यन्तै खतरनाक हुन्छ। यदि व्यक्ति प्रायजसो नकारात्मक हुन्छ भने, उसले आफ्नो कर्तव्य अन्त्यसम्‍मै बफादार रूपमा र झारा नटारी पूरा गर्ने कुरा कसरी सुनिश्‍चित गर्न सक्छ? यदि नकारात्मकता समाधान गरिएन भने, के यो आफै हट्न वा हराउन सक्छ र? यदि कसैले समयमै समाधानको लागि सत्यता खोजी गर्दैन भने, नकारात्मकता निरन्तर विकास हुँदै जान्छ र यो झन्झन् खराब हुँदै जान्छ। यसले ल्याउने परिणामहरू झन्-झन् हानिकारक मात्र हुनेछन्। ती अवश्य नै सकारात्मक दिशामा अघि बढ्नेछैनन्, ती प्रतिकूल दिशामा मात्रै अघि बढ्नेछन्। त्यसकारण, जब नकारात्मकता पैदा हुन्छ, तब तैँले यसलाई समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नुपर्छ; यसले मात्रै तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् भन्‍ने कुरा सुनिश्‍चित गर्छ। नकारात्मकता समाधान गर्नु महत्त्वपूर्ण छ, र यसमा ढिलाइ गर्नु हुँदैन!

जुन २६, २०२१

अघिल्लो: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१४)

अर्को: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्