अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६)
विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग चार)
मण्डली जीवनमा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरू
ऐ. धारणाहरू फैलाउनु
क. धारणाहरू फैलाउनुका प्रकटीकरणहरू
आज हामी अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गर्न जारी राख्नेछौँ: “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।” मण्डली जीवनमा उत्पन्न हुने विभिन्न अवरोध र बाधाहरूबारे भन्नुपर्दा, हामीले एघार वटा कुराहरू सूचीबद्ध गरेका छौँ। यसअघि हामीले सातौँ समस्या: आपसी आक्रमण र गालीगलौजमा संलग्न हुनु भन्नेबारे सङ्गति गरेका थियौँ। आज, हामी आठौँ समस्या: धारणाहरू फैलाउनुबारे सङ्गति गर्नेछौँ। मण्डली जीवनमा धारणाहरू फैलाउने कार्य पनि प्रायजसो भइरहन्छ। सत्यता पटक्कै नस्विकार्ने कतिपय मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरू मण्डली जीवनमा बाधा दिन बारम्बार केही धारणाहरू फैलाउने गर्छन्। मण्डलीले यस्तो व्यवहारलाई प्रतिबन्धित गर्नुपर्छ र मण्डली जीवनमा सत्यता सङ्गति गरेर यसलाई समाधान गर्नुपर्छ। अक्षरशः दृष्टिकोणबाट हेर्दा, धारणाहरू फैलाउनु उचित व्यवहार होइन, र यो सकारात्मक कुरा होइन बरु नकारात्मक कुरा हो भन्ने कुरा जोकोहीले देख्न सक्छ। त्यसकारण, मण्डली जीवनमा यस्तो व्यवहारलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। जुनसुकै प्रकारका मानिसहरूले धारणाहरू फैलाए पनि, तिनीहरूका मनसाय जेसुकै भए पनि, तिनीहरूले चाहे जानीजानी वा अनजानमा धारणाहरू फैलाइरहेका होऊन्, जबसम्म तिनीहरूले धारणाहरू फैलाउँछन्, तबसम्म यसले मण्डली जीवनमा अवरोध र बाधा ल्याउने नै छ, जसले गर्दा हानिकारक प्रभावहरू पर्नेछन्। त्यसकारण, यो मामलालाई शतप्रतिशत प्रतिबन्धित गरिनुपर्छ। जुनसुकै दृष्टिकोणबाट हेरे पनि, धारणाहरू फैलाउने कार्यले मानिसहरूको सत्यता पछ्याइ, परमेश्वरलाई चिन्ने पछ्याइ, वा तिनीहरूको सत्यता वास्तविकताभित्रको प्रवेशमा सकारात्मक भूमिका खेल्न सक्दैन; यसको असरले यी कुराहरूमा बाधा दिन र क्षति पार्न मात्र सक्छ। त्यसकारण, जब कसैले मण्डली जीवनमा धारणाहरू फैलाउँछ, तब अरूलाई बहकाउन र बाधा दिनका लागि अन्धाधुन्ध तिनीहरूलाई धारणाहरू फैलाउन दिइरहनुको सट्टा, सबैले—मण्डली अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरू दुवैले—यो मामला खुट्ट्याउनुपर्छ र त्यो व्यक्तिलाई रोक्न र प्रतिबन्धित गर्न तुरुन्तै अघि सर्नुपर्छ। सुरुमा हामी धारणाहरू फैलाउनुमा कस्ता शब्दहरू समावेश हुन्छन् भन्नेबारे सङ्गति गरौँ। यो सुझबुझ आइसकेपछि, मानिसहरूले धारणाहरू फैलाउनु भनेको के हो भनेर सही रूपमा परिभाषित गर्न सक्छन् र यसलाई बेवास्ता र उपेक्षा गर्नुको सट्टा यसलाई रोक्न र प्रतिबन्धित गर्न पनि सक्छन्।
१. परमेश्वरबारे धारणाहरू फैलाउनु
जुन धारणाहरू फैलाइन्छन्, ती लक्षित नै हुन्छन्। पहिला, हामीले ती कोप्रति लक्षित छन् र केकस्ता धारणाहरू फैलाइँदै छन् भन्ने कुरा हेर्नुपर्छ। यी कुराहरू बुझ्दा यसले तँलाई मानिसहरूले बोलेका कुन-कुन अभिव्यक्तिहरू र मानिसहरूले फैलाउने कुन-कुन दृष्टिकोणहरू धारणा हुन् भनी थाहा पाउन मद्दत गर्नेछ। कुन-कुन शब्दहरू मानिसहरूका धारणा हुन् र कुन-कुन कार्यहरूले धारणाहरू फैलाउने कार्य समावेश गर्छ भन्ने कुरा थाहा पाएपछि, यसले मानिसहरूलाई धारणाहरू फैलाउने कार्यलाई अझै सही र अझै सान्दर्भिक रूपमा प्रतिबन्धित गर्न सक्षम तुल्याउनेछ। सर्वप्रथम, धारणाहरू फैलाउने सबैभन्दा गम्भीर कार्यमा परमेश्वरबारे मानिसहरूका विचार र गलतफहमीहरू समावेश हुन्छन्। यो एउटा प्रमुख वर्ग हो। परमेश्वरको पहिचान, परमेश्वरको सार, परमेश्वरको स्वभाव, परमेश्वरका वचनहरू, परमेश्वरको काम, र परमेश्वरको अस्तित्वबारे अवास्तविक दृष्टिकोण र अभिव्यक्तिहरू फैलाउनु सबै नै धारणाहरू फैलाउनुमा पर्छन्। यो एउटा सामान्य अभिव्यक्ति हो; किटेरै भन्नुपर्दा, कस्तो प्रकारका अभिव्यक्तिहरू धारणाहरू फैलाउनु हुन्? परमेश्वरबारे गलतफहमीहरू, परमेश्वरको आलोचना र निन्दा, र परमेश्वरविरुद्ध ईश्वरनिन्दा फैलाउनु सबै नै धारणाहरू फैलाउनु हो। सामान्य रूपमा भन्दा, वास्तविकताअनुरूप नभएका परमेश्वरबारेका बुझाइहरू र परमेश्वरको पहिचान र सारअनुरूप नरहेका अभिव्यक्ति र गलत व्याख्याहरू फैलाउनु सबै नै धारणाहरू फैलाउनु हो। उदाहरणका लागि, मण्डली जीवनमा कतिपय मानिसहरू प्रायजसो परमेश्वरको पहिचान र परमेश्वरको सारबारे कुरा गरिरहन्छन्। तिनीहरूमा परमेश्वरको पहिचान र सारबारे साँचो बुझाइ हुँदैन। तिनीहरूले प्रायजसो हृदयमा परमेश्वरलाई शङ्का गर्छन् र गलत बुझ्छन्, जसले गर्दा परमेश्वरले तिनीहरूका लागि प्रबन्ध गर्नुभएका जिउने परिवेश र कर्तव्य निर्वाह गर्ने वातावरण लगायत अन्य कुरामा तिनीहरू समर्पित हुन सक्दैनन्। त्यसपछि तिनीहरू परमेश्वरबारे आफ्ना गलतफहमीहरू र परमेश्वरलाई नबुझेकोबारे आफ्ना विचारहरू फैलाउँछन्। छोटकरीमा भन्दा, यी विचारहरू सृजित मानवको दृष्टिकोणबाट परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरू स्विकार्ने र तिनमा समर्पित हुने कुरा होइनन्, बरु यी त व्यक्तिगत पूर्वाग्रह, गलतफहमीहरू, र आलोचना र निन्दाहरूले समेत भरिएका हुन्छन्। यी कुराहरू सुनेपछि, अरू मानिसहरूले परमेश्वरबारे गलतफहमी र उहाँप्रति सतर्कता बढाउँछन्, जसले गर्दा तिनीहरूले परमेश्वरमाथिको आफ्नो साँचो आस्था गुमाउँछन्, र तिनीहरूमा साँचो समर्पण त झनै हुँदैन।
कतिपय मानिसहरू के सोच्छन् भने, परमेश्वरमाथिको विश्वासले शान्ति र हर्ष ल्याउनुपर्छ, र यदि तिनीहरूलाई परिस्थितिहरू आइपरे भने, तिनीहरूले परमेश्वरलाई प्रार्थना मात्रै गर्नुपर्छ, अनि परमेश्वरले तिनीहरूको पुकार सुन्नुहुनेछ, र तिनीहरूलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र तिनीहरूका लागि सबै कुरा शान्तिपूर्ण र सहज रूपमा अघि बढ्ने सुनिश्चित गर्नुहुनेछ। परमेश्वरमा विश्वास गर्नुपछाडिको तिनीहरूको उद्देश्य भनेकै अनुग्रह खोजी गर्नु, आशिष्हरू प्राप्त गर्नु, र शान्ति र खुसीको आनन्द लिनु हो। यही दृष्टिकोणहरूका कारण तिनीहरू परमेश्वरप्रति आफूलाई समर्पित गर्न आफ्नो परिवार त्याग्छन् वा जागिर छोड्छन् र कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्। तिनीहरू के विश्वास गर्छन् भने, जबसम्म तिनीहरूले कुराहरू त्याग्छन्, परमेश्वरप्रति आफूलाई समर्पित गर्छन्, कठिनाइ सहन्छन्, र लगनशीलतासाथ काम गर्छन्, असाधारण व्यवहार प्रदर्शन गर्छन्, तबसम्म तिनीहरूले परमेश्वरका आशिष्हरू र निगाह प्राप्त गर्नेछन्, र तिनीहरूलाई जस्तोसुकै कठिनाइहरू आइपरे पनि, तिनीहरूले परमेश्वरलाई प्रार्थना गरेसम्म, उहाँले ती कठिनाइहरू समाधान गरिदिनुहुनेछ र सबै कुरामा तिनीहरूका लागि मार्ग खोलिदिनुहुनेछ। परमेश्वरमा विश्वास गर्ने अधिकांश मानिसहरूले बोक्ने दृष्टिकोण यही हो। मानिसहरूलाई यो दृष्टिकोण जायज र सही हो भन्ने लाग्छ। वर्षौँसम्म आस्था नत्यागी परमेश्वरमाथिको आफ्नो आस्था कायम राखिराख्ने धेरै मानिसहरूको क्षमता प्रत्यक्ष रूपमा यही दृष्टिकोणसँग जोडिएको हुन्छ। तिनीहरू सोच्छन्, “मैले परमेश्वरप्रति निकै समर्पित गरेको छु, मेरो व्यवहार अत्यन्तै राम्रो रहेको छ, र मैले कुनै दुष्ट कार्यहरू गरेको छैनँ; परमेश्वरले पक्कै मलाई आशिष् दिनुहुनेछ। मैले धेरै कष्ट भोगेको छु र हरेक कार्यका लागि ठूलो मूल्य चुकाएको छु, कुनै गल्ती नगरी सबै कुरा परमेश्वरका वचन र मागहरूअनुसार गरेको छु, त्यसकारण परमेश्वरले मलाई आशिष् दिनुपर्छ; उहाँले मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने, मेरो हृदयमा प्रायजसो शान्ति र हर्ष हुने, र मैले परमेश्वरको उपस्थितिमा आनन्द लिन पाउने सुनिश्चित गर्नुपर्छ।” के यो मानव धारणा र कल्पना होइन र? मानव दृष्टिकोणबाट हेर्दा, मानिसहरूले परमेश्वरको अनुग्रहको आनन्द लिन्छन् र फाइदाहरू प्राप्त गर्छन्, त्यसकारण यसका लागि अलिकति कष्ट भोग्नु उचित हुन्छ, र यो कष्टलाई परमेश्वरका आशिष्हरूसँग साट्नु सार्थक हुन्छ। यो परमेश्वरसँग सौदा गर्ने मानसिकता हो। तर, सत्यताको र परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यो आधारभूत रूपमा परमेश्वरको कामका सिद्धान्तहरूअनुरूप वा परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने मानकहरूअनुरूप हुँदैन। यो पूर्णतया मनोकामना मात्रै हो, परमेश्वरमा विश्वास गर्नेबारे विशुद्ध मानव धारणा र कल्पना मात्रै हो। चाहे यसमा परमेश्वरसँग सौदा गर्ने वा परमेश्वरबाट विभिन्न कुराहरू माग गर्ने कार्य समावेश होस्, वा चाहे मानव धारणा र कल्पनाहरू नै समावेश होस्, जे भए पनि, यो कुनै पनि कुरा परमेश्वरका मागहरूअनुरूप हुँदैन, न त यसले मानिसहरूलाई आशिष् दिने परमेश्वरका सिद्धान्त र मानकहरू नै पूरा गर्छ। विशेषगरी, यो लेनदेनको सोच र दृष्टिकोणले परमेश्वरको स्वभाव चिढ्याउँछ, तर मानिसहरूले यो कुरा महसुस गर्दैनन्। जब परमेश्वरले गर्नुहुने कुरा मानिसहरूका धारणाहरूसँग मिल्दैन, तब तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा उहाँबारे गुनासा र गलतफहमीहरू विकास गर्छन्। तिनीहरूले अन्यायमा परेको महसुस समेत गर्छन् र त्यसपछि परमेश्वरसँग बहस गर्न थाल्छन्, र तिनीहरूले उहाँलाई आलोचना र निन्दासमेत गर्न सक्छन्। मानिसहरूले जस्तोसुकै धारणा र गलतफहमीहरू विकास गरे पनि, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले मानव धारणा वा कामनाहरूअनुसार कहिल्यै कार्य गर्ने वा कसैसँग व्यवहार गर्ने गर्नुहुन्न। परमेश्वरले सधैँ उहाँले गर्न चाहेको कुरा, उहाँकै तरिकाअनुसार र उहाँकै प्रकृति सारका आधारमा गर्नुहुन्छ। परमेश्वरले हरेक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ भन्नेबारे उहाँसित सिद्धान्तहरू हुन्छन्; उहाँले हरेक व्यक्तिमाथि गर्ने कुनै पनि कुरा मानव धारणा, कल्पना, वा रुचिहरूमा आधारित हुँदैन—मानव धारणाहरूसँग सबैभन्दा नमिल्ने परमेश्वरको कामको पक्ष यही हो। जब परमेश्वरले मानिसहरूका लागि तिनीहरूका धारणा र कल्पनाहरूसँग पूर्ण रूपमा बाझिने वातावरण खडा गर्नुहुन्छ, तब तिनीहरूले हृदयमा परमेश्वरविरुद्ध धारणा, आलोचना, र निन्दाहरू निर्माण गर्छन्, र उहाँलाई इन्कारसमेत गर्न सक्छन्। के त्यसपछि परमेश्वरले तिनीहरूका आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ? अवश्य नै सक्नुहुन्न। परमेश्वरले कहिल्यै आफ्नो काम गर्ने तरिका र चाहनाहरू मानव धारणाहरूअनुसार परिवर्तन गर्नुहुनेछैन। त्यसोभए परिवर्तन हुनुपर्ने को हो? मानिसहरू। परमेश्वरले गर्नुहुने कुरालाई सही छ कि छैन भनेर आफ्ना धारणाहरूसँग मापन गर्नुको सट्टा, बरु मानिसहरूले आफ्ना धारणाहरू त्याग्नुपर्छ, परमेश्वरले खडा गर्नुभएका वातावरणहरू स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ र ती अनुभव गर्नुपर्छ, अनि आफ्ना धारणाहरू समाधान गर्न सत्यता खोज्नुपर्छ। जब मानिसहरूले आफ्नै धारणाहरू पक्रिरहने जिद कस्छन्, तब तिनीहरूले परमेश्वरविरुद्ध प्रतिरोध विकास गर्छन्—यो स्वाभाविक रूपमै हुने कुरा हो। प्रतिरोधको जड कहाँ हुन्छ? यो सामान्यतया मानिसहरूका हृदयमा हुने कुरा भनेको निस्सन्देह आफ्नै धारणा र कल्पनाहरू हुन्, र सत्यता होइन भन्ने तथ्यमा निहित हुन्छ। त्यसैले, परमेश्वरको काम मानव धारणाहरूसँग नमिलेको देख्दा, मानिसहरूले परमेश्वरको अवज्ञा गर्न र उहाँविरुद्ध आलोचना गर्न सक्छन्। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा आधारभूत रूपमा परमेश्वरप्रति समर्पित हुने हृदय हुँदैन, तिनीहरूको भ्रष्ट स्वभाव पखालिएको हुँदै हुँदैन, र तिनीहरू मूलतः आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू मुक्ति प्राप्त गर्नबाट अझै निकै टाढा छन्।
जब मानिसहरूले हृदयमा परमेश्वरबारे धारणाहरू र उहाँप्रतिको प्रतिरोध विकास गर्छन्, तब केही विवेक भएका मानिसहरूले मन नलागीनलागी परमेश्वरले गर्नुहुने कुराहरू स्विकार्नेछन् र परमेश्वरले खडा गर्नुभएको वातावरणमा घुलमिल हुने र मानिसहरूमाथि रहेको उहाँको सार्वभौमिकता स्विकार्ने प्रयास गर्नेछन्। मानिसहरूले कति वटा धारणाहरू त्याग्न सक्छन् र कति हदसम्म त्याग्न सक्छन्, त्यो कुरा आंशिक रूपमा तिनीहरूको क्षमतामा र आंशिक रूपमा तिनीहरू सत्यता स्विकार्छन् कि स्विकार्दैनन् र तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् कि होइनन् भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरू परमेश्वरका वचनहरू पढेर, खोजी र सङ्गति गरेर, अनि मनन गरेर परमेश्वरद्वारा खडा गरिएका वातावरणहरू सक्रिय रूपमा सामना गर्छन्। तिनीहरूले बिस्तारै सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गर्छन् र यसरी आफ्नो समर्पणता र आस्था बढाउँछन्। तर, कतिपय मानिसहरू, आफूले सामना गर्ने वातावरण जेसुकै भए पनि सत्यता खोजी गर्दैनन्। बरु, तिनीहरू परमेश्वरले योजनाबद्ध गर्नुभएका सबै वातावरणलाई आफ्नै धारणा र कल्पनाहरू, र यसले आफूलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुराका आधारमा मूल्याङ्कन गर्छन्। तिनीहरूको विचार सधैँ तिनीहरूकै हितहरूमा केन्द्रित हुन्छ; तिनीहरू सधैँ आफूले कति ठूलो फाइदा प्राप्त गर्न सक्छु, अनि भौतिक कुराहरू, पैसा, र देहगत आनन्दका हिसाबमा आफ्ना कति हितहरू सन्तुष्ट पार्न सक्छु भन्नेबारे मात्रै वास्ता गर्छन्; अनि तिनीहरू सधैँ परमेश्वरले प्रबन्ध गर्नुहुने सबै कुराबारे यी तत्त्वहरूकै आधारमा निर्णय र व्यवहार गर्छन्। अनि अन्ततः, आफ्नो दिमाग खियाएपछि, तिनीहरू परमेश्वरले खडा गर्नुभएको वातावरणमा समर्पित नहुने बरु यसबाट उम्कने र तर्किने निर्णय गर्छन्। तिनीहरूको प्रतिरोध, इन्कार, र पछि हट्ने कार्यका कारण, तिनीहरू आफूलाई परमेश्वरका वचनहरूबाट टाढा राख्छन्, जीवनको अनुभव गुमाउँछन्, र घाटा भोग्छन्, जसले गर्दा तिनीहरूको हृदयमा पीडा र कष्ट हुन्छ। तिनीहरू त्यस्ता वातावरणहरूको जति धेरै विरोध गर्छन्, तिनीहरू त्यति नै ठूलो कष्ट सहन्छन्। जब यस्तो परिस्थिति देखा पर्छ, तब परमेश्वरमाथि भएको तिनीहरूको थोरै आस्था पनि अन्ततः चकनाचुर हुन्छ। यस बेला, तिनीहरूको हृदयमा हाबी हुने धारणाहरू सबै एकैपटक आकाशिन्छन्: “मैले परमेश्वरप्रति आफूलाई समर्पित गरेको यति लामो समय भइसक्यो, तैपनि परमेश्वरले मलाई यसरी व्यवहार गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको थिइनँ। परमेश्वर न्यायोचित हुनुहुन्न, र उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्न! परमेश्वरले उहाँप्रति निष्कपट रूपमा आफूलाई समर्पित गर्नेहरूले अवश्य नै धेरै आशिष् पाउनेछन् भनेर भन्नुभएको थियो। मैले परमेश्वरप्रति निष्कपट रूपमा आफूलाई समर्पित गरेको छु, मैले मेरो परिवार र करियर त्यागेको छु, कठिनाइ सहेको छु, र मेहनत गरेको छु—परमेश्वरले किन मलाई धेरै आशिष् दिनुभएको छैन त? परमेश्वरका आशिष्हरू कहाँ छन्? म किन तिनलाई महसुस गर्न वा देख्न सक्दिनँ? परमेश्वरले किन मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ? परमेश्वर किन आफ्नो वचन पूरा गर्नुहुन्न? मानिसहरू परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनेर भन्छन्, तर म किन यो कुरा महसुस गर्न सक्दिनँ? अरू सबै कुरा पन्छाएर हेर्दा, यो वातावरण मात्रैमा पनि, मैले परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनी पटक्कै महसुस गरेको छैनँ!” मानिसहरूमा धारणाहरू हुने हुनाले, तिनीहरू सजिलै तीद्वारा छलिन्छन् र बहकाउमा पर्छन्। जब परमेश्वरले मानिसहरूको स्वभाव परिवर्तन र तिनीहरूको जीवन वृद्धिका लागि वातावरणहरू खडा गर्नुहुन्छ, तिनीहरूलाई स्विकार्न गाह्रो हुन्छ र तिनीहरू परमेश्वरलाई गलत बुझ्छन्। तिनीहरू यो परमेश्वरको आशिष् होइन र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न भन्ने सोच्छन्। तिनीहरू परमेश्वरप्रति आफूले निष्कपट रूपमा आफूलाई समर्पित गरेको तर परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा नगर्नुभएको विश्वास गर्छन्। सत्यता नपछ्याउने यी मानिसहरू, यसरी कुनै सानो वातावरणको एउटा परीक्षाबाटै सजिलै प्रकाश हुन्छन्। जब तिनीहरूलाई प्रकाश गरिन्छ, अन्ततः तिनीहरूले सबैभन्दा बढी भन्न चाहेको कुरा भन्छन्: “परमेश्वर धर्मी हुनुहुन्न। परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्न। परमेश्वरका वचनहरू बिरलै पूरा हुन्छन्। परमेश्वरले भन्नुभयो, ‘परमेश्वर जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, उहाँ जे भन्नुहुन्छ त्यो पूरा हुन्छ, र उहाँ जे गर्नुहुन्छ त्यो अनन्तसम्म रहन्छ।’ यी वचनहरू पूरा भएको खोइ त? म किन यो देख्न वा महसुस गर्न सक्दिनँ? फलानोलाई हेर त। परमेश्वरमा विश्वास गरेपछि, उसले परमेश्वरका लागि मैले जति त्याग गरेको छु वा आफूलाई जति समर्पित गरेको छु त्यति गरेकी छैन, न त उसले मैले जति धेरै अर्पण नै गरेकी छे। तर उसका छोराछोरी प्रतिष्ठित विश्वविद्यालयहरूमा भर्ना भए, उसको श्रीमानले बढुवा पायो, र तिनीहरूको व्यापार फस्टाइरहेको छ, र तिनीहरूको उब्जनी समेत अरूको भन्दा बढी हुन्छ। अनि मैले के प्राप्त गरेको छु? म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ!” यी शब्दहरू ती मानिसहरूका साँचो विचार, र तिनीहरूका आदर्श भनाइ हुन्। तिनीहरू यी धारणाहरूले भरिएका हुन्छन्, यी हास्यास्पद विचार र दृष्टिकोणहरूले भरिएका हुन्छन्, र फाइदा र लेनदेनहरूबारेका विचारहरूले भरिएका हुन्छन्। तिनीहरूले परमेश्वरको काम र उहाँका श्रमसाध्य अभिप्रायहरूलाई यसरी नै बुझ्छन् र लिन्छन्, र तिनीहरू यी कुराहरूप्रति यसरी नै व्यवहार गर्छन्। त्यसकारण, परमेश्वरले बारम्बार श्रमसाध्य रूपमा खडा गर्नुहुने वातावरणहरूमा, तिनीहरू बारम्बार आफ्ना धारणाहरूद्वारा परमेश्वरलाई मापन गर्छन् र उहाँलाई गलत बुझ्छन्, र तिनीहरू निरन्तर असफल हुन्छन् र ठेस खान्छन्। यसको साथै, तिनीहरू निरन्तर आफ्ना धारणाहरू सही छन् भनेर पुष्टि गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यी धारणाहरू पुष्टि भइसकेका कुरा हुन् र परमेश्वरलाई स्वेच्छाचारी ढङ्गले मूल्याङ्कन गर्न, आलोचना गर्न, र निन्दा गर्नका लागि यी पर्याप्त प्रमाण हुन् भन्ने विश्वास गर्छन्, तब तिनीहरू धारणाहरू फैलाउन थाल्छन्, किनभने तिनीहरूको हृदय परमेश्वरबारे रहेका धारणाहरूले भरिएको हुन्छ। यी धारणाहरूमा के कुरा मिसिएको हुन्छ? यो गुनासा, असन्तुष्टि, र गनगनले भरिएको हुन्छ। जब तिनीहरू यी कुराहरूले भरिएका हुन्छन्, तब तिनीहरू रिस पोख्ने अवसरहरू खोज्छन्। तिनीहरू आफूले सामना गरेका “अन्याय” सुन्ने भीड भेट्टाउने आशा गर्छन्; तिनीहरू यी कुराहरू ती मानिसहरूसामु पोख्न चाहन्छन् र आफूले “भोगेका” तथाकथित अनुचित व्यवहारबारे उनीहरूलाई बताउन चाहन्छन्। यी मानिसहरूले फैलाउने धारणाहरू मण्डली जीवनमा यसरी नै देखा पर्छन्, त्यस्ता धारणाहरू यसरी नै पैदा हुन्छन्। यी मानिसहरूको हृदय गनगन, अवज्ञा, र असन्तुष्टि, साथै परमेश्वरबारे गलतफहमी र गुनासाहरू, र परमेश्वरबारे आलोचना र निन्दाहरूले समेत भरिएको हुन्छ, जसले गर्दा अन्ततः तिनीहरूको हृदय ईश्वरनिन्दाले भरिन्छ। तिनीहरूलाई तिनीहरूले आशिष्हरू प्राप्त नगर्लान् भन्ने डर हुन्छ र त्यसैले तिनीहरू छोडेर जान अनिच्छुक हुन्छन्, त्यसकारण तिनीहरू परमेश्वरप्रतिको आफ्नो गलतबुझाइ र उहाँप्रति रहेको आफ्नो असन्तुष्टि मानिसहरूमाझ फैलाउँछन्, र अझै बढी, तिनीहरू परमेश्वरप्रतिको आफ्नो आलोचना र निन्दा र उहाँविरुद्धको आफ्नो ईश्वरनिन्दा फैलाउँछन्। तिनीहरू के विषयमा ईश्वरनिन्दा गर्छन्? तिनीहरू परमेश्वरका विषयमा ईश्वरनिन्दा गर्छन्, र उहाँ तिनीहरूसँग अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ र तिनीहरूले गरेको कामका लागि तिनीहरूलाई उचित र समान प्रतिफल दिनुहुन्न भनेर भन्छन्। तिनीहरू परमेश्वरलाई तिनीहरूको भेटी र त्यागपछि तिनीहरूलाई अनुग्रह र ठूला आशिष्हरू नदिनुभएकोमा आलोचना गर्छन्। तिनीहरूले पाउने आशा गरेका ती देहगत आवश्यकताहरू—भौतिक कुराहरू, पैसा, र आदि इत्यादि कुराहरू—परमेश्वरबाट प्राप्त गरेका हुँदैनन्, जसले गर्दा तिनीहरूको हृदय गुनासा र गनगनले भरिएको हुन्छ। धारणाहरू फैलाउनुपछाडि तिनीहरूको उद्देश्य भनेको, एक हिसाबमा, रिस पोख्नु र बदला लिनु, यसरी मनोवैज्ञानिक सन्तुलनको अनुभूति हासिल गर्नु हो; अनि, अर्को हिसाबमा, अझै धेरै मानिसहरूलाई परमेश्वरबारे गलतफहमी र धारणाहरू विकास गर्न उक्साउनु हो, जसले यी मानिसहरूलाई पनि तिनीहरूजस्तै परमेश्वरविरुद्ध सतर्क हुने तुल्याउँछ। यदि अझै धेरै मानिसहरूले “हामी फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनौँ” भनेर भन्छन् भने, तिनीहरूलाई भित्री रूपमा सन्तुष्टि हुनेछ। तिनीहरूले धारणा फैलाउनुपछाडिको उद्देश्य र गूढ कारण यही हो।
धारणाहरू फैलाउने मानिसहरूको आदर्श भनाइ के हो? तिनीहरूले प्रायजसो दोहोर्याइरहने भनाइ के हो? निश्चित कुराहरू अनुभव गरेपछि र आफूले कामना गरेका फाइदाहरू प्राप्त नगरेपछि, तिनीहरू निरन्तर मनमनै यसो भन्छन्, “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ।” यसो भनेपछि पनि, तिनीहरूलाई आफ्नो घृणा शान्त भएको वा आफ्नो उद्देश्य हासिल भएको भन्ने लाग्दैन। जब तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, तब अरूले जेसुकै कुराबारे सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्न सक्दैनन्। तिनीहरूले यो वाक्यांश फेरि पनि भन्नुपर्छ, यसलाई धेरैपटक, दशपटकभन्दा पनि बढी दोहोर्याउनुपर्छ। “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ”—के यो वाक्यांश अर्थले भरिएको छैन र? यसको पछाडि एउटा कथा लुकेको हुन्छ। तिनीहरूको “विश्वास” के हो? के तिनीहरूले पहिले परमेश्वरमा विश्वास गरेका थिए? के तिनीहरूको पहिलेको विश्वास साँचो आस्था थियो? के यसमा सृजित प्राणीमा हुनुपर्ने समर्पणता थियो? (थिएन।) पटक्कै थिएन। तिनीहरू परमेश्वरबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरू कुनै पनि समर्पणतारहित हुन्छन् र परमेश्वरप्रति माग र अनुरोधहरूले भरिएका हुन्छन्। तिनीहरूको “विश्वास” को अर्थ के हो? “मलाई विश्वास छ, परमेश्वर स्वर्ग र पृथ्वी र यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ। मलाई विश्वास छ, परमेश्वरले मलाई अरूको हेपाइबाट सुरक्षा दिन सक्नुहुन्छ। मलाई विश्वास छ, परमेश्वरले मलाई देहगत सुखको आनन्द लिन, असल, समृद्ध जीवन जिउन, र आफ्ना लागि सबै कुरा शान्तिपूर्ण र सुखद रूपमा अघि बढाउन दिन सक्नुहुन्छ। मलाई विश्वास छ, परमेश्वरले मलाई स्वर्गको राज्यमा प्रवेश गर्न दिन र मलाई ठूला आशिष्हरू दिन सक्नुहुन्छ, मलाई यो जीवनमा सय गुणा, र आउने संसारमा अनन्त जीवन प्राप्त गर्न दिन सक्नुहुन्छ!” के यो विश्वास हो? यी “विश्वासहरू” मा त समर्पणताको कुनै पित्को पनि छैन, र यीमध्ये कुनै पनि परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरूअनुरूप छैनन्। यी विश्वासहरू विशुद्ध रूपमा व्यक्तिगत फाइदाको दृष्टिकोणबाट आएका हुन्छन्। परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूमा काम गर्नुहुन्छ। परमेश्वरले कहिलेचाहिँ उहाँले मानिसहरूलाई सुखी जीवन जिउन, अरूभन्दा माथि जिउन, वा असीमित सम्भाव्यताहरूका साथमा समृद्धि र सफलता पाउन सक्षम तुल्याउनुहुनेछ भनेर भन्नुभएको छ र? (कहिल्यै भन्नुभएको छैन।) त्यसोभए तिनीहरू किन आफ्नो “विश्वास” लाई यति बहुमूल्य ठान्छन्? तिनीहरू फेरि कहिल्यै परमेश्वरमा विश्वास नगर्ने समेत भन्छन्। के तिनीहरूको विश्वासको कुनै मूल्य हुन्छ? के परमेश्वर त्यसलाई स्विकार्नुहुन्छ? तिनीहरूसँग सत्यता वास्तविकताको कुनै लक्षण हुँदैन, परमेश्वरप्रतिको समर्पणताको पनि कुनै लक्षण हुँदैन, तिनीहरूले परमेश्वरबाट आशिष्, लाभ, र फाइदाहरू प्राप्त गर्न मात्रै चाहन्छन्, र यसैलाई तिनीहरू परमेश्वरमा विश्वास गर्नु भनेर भन्छन्। के यो परमेश्वरविरुद्ध गरिएको ईश्वरनिन्दा होइन र? यस्ता मानिसहरू धारणाहरूले भरिएका हुन्छन् र तिनीहरू आशिष्हरू प्राप्त गर्ने अभिप्रायले ओगटिएका हुन्छन्। तिनीहरू परमेश्वरको काम पटक्कै अनुभव गर्दैनन् र परमेश्वरका वचनहरू अभ्यास गर्दैनन्। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य र मनसाय पूर्ण रूपमा आफ्नै देहको फाइदाका लागि हुन्छ। तिनीहरूलाई आफ्नो बारे राम्रो महसुस हुन्छ र तिनीहरूले परमेश्वरमाथिको आफ्नो तथाकथित आस्थालाई निकै बहुमूल्य ठान्छन्। यदि परमेश्वरमाथिको तेरो आस्था यति बहुमूल्य र आदर्शमय छ भने, जब परमेश्वरले तेरा लागि केही सानो वातावरण खडा गर्नुहुन्छ, तब तँ किन यसबाट सत्यता बुझ्न वा आफ्नो गवाहीमा दृढ रहन सक्दैनस्? यहाँ के भइरहेको छ? जब परमेश्वरले तेरो आस्था जाँच्नुहुन्छ, तब तँ परमेश्वरलाई के फिर्ता दिन्छस्? के तैँले परमेश्वरलाई फिर्ता दिने गलतफहमी, गुनासा, र प्रतिरोधहरू, उहाँले चाहनुहुने कुराहरू हुन सक्छन्? के यी सत्यताअनुरूप हुन्छन्? स्पष्ट रूपमै, हुँदैनन्। त्यसकारण, यी मानिसहरूले मण्डलीमा खुलेआम धारणाहरू फैलाउन सक्ने तथ्यले एउटा कुरा प्रमाणित गर्छ: तिनीहरू परमेश्वरलाई चिन्दैनन् र परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास त झनै गर्दैनन्—तिनीहरूले विश्वास गर्ने परमेश्वर अस्तित्वमै हुँदैन। जब यी मानिसहरूले परमेश्वरलाई अवज्ञा गर्ने, निन्दा गर्ने, र ईश्वरनिन्दा गर्ने कार्यमा थप मानिसहरूलाई बहकाउन र आफूतिर तान्नका लागि खुलेआम धारणाहरू फैलाउँछन्, तब तिनीहरूले उप्रान्त तिनीहरू परमेश्वरका अनुयायीहरू होइनन्, उप्रान्त विश्वासीहरू होइनन्, र उप्रान्त सृष्टिकर्ताको प्रभुत्वमा रहेका सृजित प्राणीहरू होइनन् भनेर अचेतन रूपमा सार्वजनिक रूपमा घोषणा गरिरहेका हुन्छन्। तिनीहरूले फैलाउने धारणाहरू सरल विचार वा अभिव्यक्तिहरू हुँदैनन्; बरु तिनीहरूले आफ्नो हृदयमा आफू र परमेश्वरबीच अटुट पर्खाल निर्माण गरिसकेका हुन्छन्, र परमेश्वरलाई व्यवहार गर्न, परमेश्वरसँगको आफ्नो सम्बन्ध सम्हाल्न, र परमेश्वरका वचनहरू र परमेश्वरको कामप्रति व्यवहार गर्न मानव धारणा र कल्पनाहरू प्रयोग गर्नु सही हुन्छ र तिनीहरूले अभ्यास गर्नुपर्ने तरिका त्यही हो भनेर निर्णय गरिसकेका हुन्छन्। जब त्यस्ता मानिसहरूले मण्डली जीवनमा खुलेआम धारणाहरू फैलाउँछन्, तब के तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ? कि, तिनीहरूको कद सानो र जग सतही भएको हुनाले, तिनीहरूलाई आफ्नो दृष्टिकोण व्यक्त गर्ने स्वतन्त्रता र पश्चात्ताप गर्ने पर्याप्त समय र ठाउँ दिनुपर्छ? उचित कार्यविधि के हो? (तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु उचित हुन्छ।) तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु किन उचित हुन्छ? कतिपय मानिसहरू भन्छन्, “यदि तपाईंले तिनीहरूलाई प्रतिबन्धित गर्नुभयो र स्वतन्त्र रूपमा बोल्न दिनुभएन भने, र तिनीहरूले विश्वास गर्न र भेलाहरूमा सहभागिता जनाउन छोडे भने, के त्यो तिनीहरूलाई हानि गर्नु हुनेथिएन र? त्यो कति दुःखदायी कुरा हुनेछ! के परमेश्वरले एउटा व्यक्तिलाई अनन्त विनाश भोग्न दिनुको साटो, बरु सबै मानिसहरूलाई मुक्ति दिनुहुनेथिएन र? हराएको एउटा भेडालाई समेत फिर्ता ल्याउनुपर्छ—एउटा हराएको भेडा फिर्ता ल्याउन यति धेरै मेहनत गरेपछि, के उहाँले फेरि पनि त्यसलाई हराउन दिन सक्नुहुन्छ र?” के यी शब्दहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? (किनभने त्यस्ता मानिसहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्दैनन्; तिनीहरू आशिष्हरू प्राप्त गर्ने आशामा मात्रै परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरूको विश्वास अशुद्धताहरूसँग मिसिएको हुन्छ।) परमेश्वरमाथिको कसको विश्वासमा केही अशुद्धताहरू मिसिएका हुँदैनन् र? के तँसँग पनि केही अशुद्धता छैनन् र? के यो मान्य कारण हो? त्यस्ता मानिसहरूको अभिव्यक्तिलाई विचार गर्: “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ।” यी कस्ता प्रकारका शब्दहरू हुन्? के यो र गैरविश्वासीहरू, दियाबलसहरू, र शैतानको ईश्वरनिन्दाबीच कुनै भिन्नता छ? (छैन।) यो अभिव्यक्तिको अर्थ के हो? “मसँग अबउप्रान्त परमेश्वरमाथिको कुनै आस्था छैन। विगतमा, मैले परमेश्वरमा पूर्ण हृदयले विश्वास गर्थेँ र उहाँलाई पछ्याउँथेँ, तर परमेश्वरले मलाई आशिष् दिनुभएन। बरु, उहाँले मलाई कठिनाइमा पार्न र ठेस लगाउन त्यस्ता वातावरणहरू खडा गर्नुभयो। परमेश्वरले जे भन्नुहुन्छ त्यो उहाँले गर्नुहुने कुरासँग पटक्कै मिल्दैन, त्यसकारण म उप्रान्त परमेश्वरमा विश्वास गर्ने आँट गर्दिनँ! म पहिले अत्यन्तै मूर्ख थिएँ। मैले परमेश्वरका लागि त्याग गरेँ, आफूलाई समर्पित गरेँ, र धेरै कठिनाइ सहेँ, तर ठूलो रातो अजिङ्गरले मलाई पक्राउ गर्दा र सताउँदा, मैले परमेश्वरबाट कुनै सुरक्षा पाइनँ। मेरो परिवारको व्यापार पनि अरूको जस्तो राम्ररी अघि बढेन, मैले अरूले जति पैसा कमाइनँ, र मेरा आमाबुबा बिरामी नै रहिरहे। मैले यति धेरै वर्ष परमेश्वरमा विश्वास गरेर केही पनि प्राप्त गरिनँ। के परमेश्वरले मानिसहरूलाई ठुलो आशिष् दिनेछु भनेर भन्नुभएको थिएन र? मैले परमेश्वरबाट के आशिष्हरू प्राप्त गरेँ? परमेश्वरका वचनहरू पटक्कै पूरा भएका छैनन्, त्यसकारण म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ!” “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ!” भन्ने अभिव्यक्तिमा धेरै कुराहरू समावेश छन्। यो परमेश्वरप्रतिका गुनासा, असन्तुष्टि, र गलतफहमीले भरिएको छ। छोटकरीमा भन्दा, तिनीहरूले कठिनाइ सहेपछि र आकाङ्क्षी सोच लिएर आफूलाई समर्पित गरेपछि, परमेश्वरले तिनीहरूलाई तिनीहरूका मागहरूअनुसार आशिष् दिनुभएन, न त तिनीहरूलाई तिनीहरूका धारणा र कल्पनाहरूअनुसार भुक्तानी वा इनाम नै दिनुभयो, त्यसकारण तिनीहरू परमेश्वरप्रति असन्तुष्ट भए र उहाँप्रति घृणाले भरिए, र यस्तो परिस्थितिमा नै तिनीहरूले यो वाक्य बोले। यो वाक्य अचानक आएको थिएन; तिनीहरूले यो वाक्य बोलेको बेला, धेरै व्यवहार र प्रकटीकरणहरू प्रदर्शन गरिसकेका थिए र तिनीहरू प्रकाश भइसकेका थिए। त्यस्ता मानिसहरूको परमेश्वरसँगको सम्बन्धमा के समस्या हुन्छ? परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा सबैभन्दा ठूलो समस्या के हो? तिनीहरूले आफूलाई कहिल्यै सृजित प्राणीको रूपमा पटक्कै लिएनन् र परमेश्वरलाई आराधना गर्नुपर्ने सृष्टिकर्ताको रूपमा कहिले पनि पटक्कै लिएनन्। परमेश्वरमाथिको आफ्नो विश्वासको सुरुवातदेखि नै, तिनीहरूले परमेश्वरलाई पैसाको रूख, सम्पत्तिको खजानाका रूपमा लिए; तिनीहरूले उहाँलाई कष्ट र विपत्तिबाट छुटकारा दिने बोधिसत्त्वका रूपमा लिए, र तिनीहरूले आफूलाई यो बोधिसत्त्व, यो मूर्तिको अनुयायीका रूपमा लिए। तिनीहरूले के सोचे भने परमेश्वरमा विश्वास गर्नु भनेको बुद्धमा विश्वास गर्नुजस्तै हो, जहाँ शाकाहारी खाना खाएर, धर्मशास्त्रहरू पढेर, बारम्बार धूप बालेर अनि झुकेर बसेर, तिनीहरूले आफूले चाहेको कुरा प्राप्त गर्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्वरमा विश्वास गरेपछि विकास गरेका सबै कथाहरू तिनीहरूको धारणा र कल्पनाहरूको क्षेत्रमै घटेका थिए। तिनीहरूले सृजित प्राणीले सृष्टिकर्ताबाट आएको सत्यता स्विकारेको कुनै पनि प्रकटीकरणहरू प्रदर्शन गरेनन्, न त तिनीहरूले सृजित प्राणीले सृष्टिकर्ताप्रति देखाउनुपर्ने कुनै समर्पणता नै प्रदर्शन गरे; तिनीहरूले त निरन्तर माग गर्ने, निरन्तर हिसाबकिताब गर्ने, र निरन्तर अनुरोध गर्ने कार्य मात्रै गरे। यो सबै कुराले अन्ततः परमेश्वरसँगको तिनीहरूको सम्बन्ध तोड्न पुग्यो। यस्तो प्रकारको सम्बन्ध लेनदेनका आधारमा हुन्छ र यो कहिल्यै दृढ रहन सक्दैन; ढिलोचाँडो त्यस्ता मानिसहरू प्रकाश भएरै छोड्छन्। तिनीहरूले मण्डली जीवनमा सहभागिता जनाए पनि, धारणाहरू नफैलाए पनि, र कहिलेकहीँ परमेश्वरले तिनीहरूलाई कसरी अगुवाइ गर्नुभएको छ, परमेश्वरले तिनीहरूलाई कसरी आशिष् दिनुभएको छ, तिनीहरूले के कुराको आनन्द लिएका छन्, र आदि इत्यादि कुराहरूबारे सङ्गति गरे पनि, तिनीहरूले बताउने धेरैजसो कुराहरू तिनीहरूले परमेश्वरबाट प्राप्त गरेको अनुग्रह, आनन्द, र देहगत लाभहरूसँग सम्बन्धित हुन्छन्। यी छलफलहरू सत्यता र परमेश्वरमा समर्पित हुनुसँग पूर्ण रूपमा असम्बन्धित हुन्छन्, र यी कुरामा सत्यता वास्तविकताको पूर्णतया कमी हुन्छ। जब परिस्थितिहरू अनुकूल हुन्छन्, तब तिनीहरूले परमेश्वरप्रति आस्था र प्रेम, र अरू मानिसहरूप्रति सहनशीलता र धैर्यता देखाउँछन्, र यो सबै एउटै उद्देश्य हासिल गर्नका लागि हुन्छ: परमेश्वरका सबै आशिष्हरू प्राप्त गर्नका लागि हुन्छ। जब परमेश्वरले तिनीहरूले आनन्द उठाएका अनुग्रह, लाभ, र भौतिक फाइदाहरू खोस्नुहुन्छ, तब तिनीहरूका धारणाहरू प्रकट हुन्छन्। ती मानिसहरू, स्वार्थले उत्प्रेरित भएर अनि व्यक्तिगत फाइदालाई प्राथमिकता दिएर, आफूले कामना गरेको कुरा प्राप्त नगर्दा निकै रिसाउँछन्; तिनीहरूले परमेश्वरप्रति आफ्नो असन्तुष्टि पोख्न धारणाहरू फैलाउन थाल्छन्, र सँगसँगै तिनीहरूले आफूप्रति सहानुभूति देखाउने र परमेश्वरबारेका आफ्ना धारणाहरू स्विकार्ने अझै धेरै मानिसहरू आकर्षित गर्ने प्रयास पनि गर्छन्। के त्यस्ता मानिसहरूलाई रोक्नु र प्रतिबन्धित गरिनुपर्छ? (पर्छ।) तिनीहरूले सङ्गति गर्ने विषय, विचार, र दृष्टिकोणहरूले सत्यताको विशुद्ध बुझाइ प्रतिबिम्बित गर्दैनन्, न त ती कुराले मानिसहरूलाई परमेश्वरमा समर्पित हुन र उहाँमा साँचो आस्था राख्न सहयोग नै गर्छन्। यसको साटो, ती कुराले मानिसहरूलाई परमेश्वरबाट टाढा लैजान्छन्, परमेश्वरप्रति गलतफहमी, सतर्कता अनि उहाँप्रति इन्कारसमेत पैदा गर्छन्, र ती मानिसहरूले फैलाउने धारणाहरू सुन्नेहरूलाई पनि तिनीहरूले जस्तै चुपचाप “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ” भनेर आफूले आफैलाई चेतावनी दिने तुल्याउँछन्। त्यस्ता मानिसहरूले फैलाउने धारणाहरूले अरूलाई दिने बाधा यही हो।
२. परमेश्वरका वचनहरू र कामबारे धारणाहरू फैलाउनु
धारणाहरू फैलाउने यी मानिसहरू परमेश्वरका वचनहरू मापन गर्न, परमेश्वरको काम मापन गर्न, र परमेश्वरको सार र परमेश्वरको स्वभाव मापन गर्न पनि आफ्नै धारणाहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना धारणाहरूभित्र रहेर परमेश्वरमा विश्वास गर्छन्, आफ्ना धारणाहरूभित्र रहेर परमेश्वरलाई हेर्छन्, र आफ्ना धारणाहरूभित्रै रहेर परमेश्वरले भन्नुहुने हरेक वचन, परमेश्वरले गर्नुहुने हरेक काम, र परमेश्वरले खडा गर्नुहुने हरेक वातावरण अवलोकन र छानबिन गर्छन्। जब परमेश्वरले गर्नुहुने कुरा तिनीहरूका धारणाहरूअनुरूप हुन्छ, तब तिनीहरू परमेश्वर धर्मी हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, र परमेश्वर पवित्र हुनुहुन्छ भन्दै ठूलो स्वरमा परमेश्वरको प्रशंसा गर्छन्। जब परमेश्वरले गर्नुहुने कुरा तिनीहरूका धारणाहरूअनुरूप हुँदैन, र तिनीहरूका हितहरूमा गम्भीर घाटा हुन्छ, र तिनीहरूले ठूलो पीडा सहन्छन्, तब तिनीहरू परमेश्वरले बोल्नुहुने वचनहरू र उहाँले गर्नुहुने काम इन्कार्छन्; तिनीहरूले धेरै मानिसहरूलाई परमेश्वरलाई गलत बुझ्न र उहाँविरुद्ध सतर्क हुन उक्साउनका लागि, “परमेश्वरका वचनहरूमा यति सजिलै विश्वास नगर, र परमेश्वरका वचनहरू अभ्यास पनि नगर; नत्र, यदि तिम्रो फाइदा उठाइयो र तिमीले घाटा भोग्यौ भने, यसका लागि कसैले पनि जिम्मेवारी लिनेछैन” र आदि इत्यादि भन्दै धारणाहरूसमेत फैलाउँछन्। उदाहरणका लागि, परमेश्वर भन्नुहुन्छ, “मेरा लागि निष्कपट रूपमा समर्पित गर्नेहरूलाई म अवश्यै धेरै आशिष् दिनेछु”—के यी वचनहरू सत्यता होइनन् र? यी वचनहरू शतप्रतिशत सत्यता हुन्। तिनमा कुनै उग्रता वा छल छैन। ती झूटहरू वा भव्य सुनिने विचारहरू होइनन्, ती कुनै प्रकारका आत्मिक सिद्धान्त त झनै होइनन्—ती त सत्यता हुन्। सत्यताका यी वचनहरूको सार के हो? त्यो के हो भने, परमेश्वरको लागि आफूलाई अर्पित गर्दा तँ निष्कपट हुनुपर्छ। “निष्कपट” को अर्थ के हो? इच्छुक हुनु र अशुद्धतारहित हुनु; पैसा वा ख्यातिद्वारा उत्प्रेरित नहुनु, र निश्चय नै आफ्ना अभिप्राय, कामना, र उद्देश्यहरूका लागि काम नगर्नु हो। तँलाई जबरजस्ती गरिएकोले, वा तँलाई उक्साइएको, बाध्य पारिएको, वा तानिएको हुनाले तैँले आफूलाई समर्पित गरेको हुँदैनस्, बरु, यो त तँभित्रबाट, स्वेच्छापूर्ण रूपमा आउँछ; यो विवेक र समझबाट पैदा हुन्छ। निष्कपट हुनु भनेको यही हो। परमेश्वरका लागि आफूलाई समर्पित गर्ने इच्छुकताका हिसाबमा भन्नुपर्दा, निष्कपट हुनु भनेकै यही हो। त्यसोभए, जब तँ परमेश्वरप्रति आफूलाई समर्पित गर्छस्, तब व्यावहारिक रूपमा निष्कपटता कसरी प्रकट हुन्छ? तँ झूट वा धोकामा संलग्न हुँदैनस्, कामबाट जोगिन चलाकीको सहारा लिँदैनस्, र झाराटारुवा रूपमा कामकुरा गर्दैनस्; तँ आफ्नो सारा हृदय र मन अर्पित गर्छस्, आफूले सक्दो गर्छस्, र आदि इत्यादि कुराहरू गर्छस्—यहाँ उल्लेख गर्नुपर्ने विवरणहरू धेरै छन्! छोटकरीमा भन्दा, निष्कपट हुनुमा सत्यता सिद्धान्तहरू समावेश हुन्छन्। परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागपछाडि एउटा मानक र सिद्धान्त हुन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि मैले परमेश्वरमा विश्वास गर्नमा आफ्नो निष्कपटता र मेरा थोरै बचतहरू सबै अर्पित गरेँ भने, के मैले अझै धेरै प्राप्त गर्नेछु? यदि म अझै धेरै कुरा प्राप्त गर्न सक्छु भने, यो सबै कुरा अर्पित गर्नु सार्थक हुन्छ!” तिनीहरूले भेटी चढाएपछि, आफूलाई परमेश्वरले आशिष् नदिनुभएको देख्छन् र यसबारे मनन गर्दै यस्तो सोच्छन्: “सायद म पर्याप्त रूपमा अर्पित भएको छैन होला, त्यसकारण म अझै धेरै अर्पित हुनेछु। म बाहिर गएर सुसमाचार प्रचार गर्नेछु।” जब तिनीहरू सुसमाचार प्रचार गर्दा कठिनाइहरू सामना गर्छन्, तब प्रार्थना गर्छन्। कहिलेकहीँ, जब तिनीहरू खाना खान छुटाउँछन् र राम्ररी सुत्दैनन्, तब अझै पनि प्रार्थना गर्न जारी राख्छन्। तिनीहरू यसो सोच्छन्: “परमेश्वरका लागि निष्कपट रूपमा आफूलाई समर्पित गर्नेहरूले अवश्यै धेरै आशिष् पाउनेछन् भनेर परमेश्वरले भन्नुभएको छ। सायद मेरो निष्कपटता अझै पर्याप्त छैन होला, त्यसकारण म अझै धेरै प्रार्थना गर्नेछु।” प्रार्थनामार्फत तिनीहरू आस्था प्राप्त गर्छन् र अलिकति कठिनाइ सहनुपर्दा पनि रिसाउँदैनन्। तिनीहरू सुसमाचार प्रचार गर्दा केही नतिजाहरू देख्न थाल्छन् र सोच्छन्: “अब मसँग केही निष्कपटता छ। अब म तुरुन्तै घर जान्छु, र मेरो परिवारको जीवन सुधार भएको छ कि छैन, मेरो छोराछोरीको रोग निको भएको छ कि छैन, र पारिवारिक व्यापार सहज रूपमा अघि बढिरहेको छ कि छैन, हेर्नेछु—परमेश्वरबाट आशिष्हरू आएका छन् कि छैनन्, त्यो हेर्नेछु।” के यो परमेश्वरका लागि निष्कपट रूपमा आफूलाई समर्पित गर्नु हो? (होइन।) यो के हो त? (लेनदेन।) यो परमेश्वरसँग सौदा गर्नु हो। तिनीहरूले आफूले चाहेको कुरा गर्न, र त्यसबाट आफूले चाहेको कुरा प्राप्त गर्न आफ्नै धारणाहरूमा आधारित भएर आफ्नै विधिहरू र आफूले “निष्कपटता” ठानेको कुरा प्रयोग गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरले बोल्नुभएका यी वचनहरू पुष्टि गर्न आफूले बुझेको “निष्कपटता” निरन्तर प्रयोग गर्छन्, परमेश्वरले के गर्ने अभिप्राय राख्नुहुन्छ, उहाँले के गर्नुभएको छ, र के गर्नुभएको छैन भनेर निरन्तर सोधपुछ गर्छन्, र परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुनेछ कि दिनुहुनेछैन, र उहाँले तिनीहरूलाई ठूलो आशिष् दिनुहुनेछ कि दिनुहुनेछैन भन्नेबारे निरन्तर अनुमान लाउँछन्। तिनीहरू तिनीहरूले के कुरा अर्पित गरेका छन् र तिनीहरूले कति कुरा प्राप्त गर्नुपर्छ, परमेश्वरले आफूलाई त्यो कुरा दिनुभएको छ कि छैन र परमेश्वरका वचनहरू पूरा भएका छन् कि छैनन् भनेर निरन्तर हिसाबकिताब गरिरहेका हुन्छन्। तिनीहरूले निरन्तर परमेश्वरको अभिव्यक्ति जाँच्ने तथ्यहरू खोजिरहेका हुन्छन्। परमेश्वरप्रति आफूलाई समर्पित गर्दा, तिनीहरूले सधैँ परमेश्वरका वचनहरू साँचो हुन् कि होइनन् भनेर पुष्टि गर्न चाहिरहन्छन्। तिनीहरूको उद्देश्य भनेकै परमेश्वरप्रति आफूलाई समर्पित गर्दा परमेश्वरका आशिष्हरू आफूले प्राप्त गर्न सक्छु कि सक्दिनँ भनेर हेर्नु हो। तिनीहरूले निरन्तर परमेश्वरलाई जाँचिरहेका हुन्छन्, उहाँका वचनहरू पुष्टि गर्न सधैँ परमेश्वरका आशिष्हरू आफूमाथि आएको हेर्न चाहन्छन्। जब तिनीहरू परमेश्वरका वचनहरू आफूले कल्पना गरेझैँ सजिलै पूरा हुँदैनन्, र परमेश्वरका वचनहरूको सच्चाइ पुष्टि गर्न गाह्रो छ भन्ने देख्छन्, तब परमेश्वरबारे तिनीहरूका धारणाहरू अझै गम्भीर बन्छ। अनि सँगसँगै, तिनीहरू परमेश्वरले बोल्नुहुने हरेक वचन सत्यता हुन्छ नै भन्ने आवश्यक छैन भनेर दृढ विश्वास गर्न थाल्छन्। हृदयमा यस्तो कुरा लुकेको हुँदा, तिनीहरूले परमेश्वरबारे शङ्का र प्रश्न गर्न थाल्छन्, प्रायजसो उहाँबारे धारणाहरू विकास गर्ने गर्छन्। धारणाहरूले भरिएका हृदय भएका यी मानिसहरूले मण्डली जीवन जिउने र दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्ने क्रममा, समय-समयमा परमेश्वरबारे आफ्ना केही धारणाहरू प्रकाश गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूबारे धारणाहरू विकास गर्छन् र परमेश्वरको काम मापन गर्न आफ्नै धारणाहरू प्रयोग गर्ने पनि गर्छन्। जब परमेश्वरको काम निरन्तर तिनीहरूको धारणाहरूअनुरूप हुँदैन र जब त्यो तिनीहरूको अपेक्षाहरूबाट पूर्ण रूपमा विपरीत हुन्छ, तब तिनीहरू परमेश्वरप्रति आफ्नो असन्तुष्टि पोख्न आफ्ना धारणाहरू फैलाउँछन्। उदाहरणका लागि, परमेश्वरले उहाँको काम समाप्त हुन लागेको छ, र मानिसहरूले परमेश्वरलाई पछ्याउन र उहाँप्रति आफूलाई समर्पित गर्न, र परमेश्वरको काममा सहकार्य गर्न सबै कुरा त्याग्नुपर्छ, र उप्रान्त सांसारिक सम्भाव्यताहरू, सद्भावपूर्ण परिवार, र अरू यस्तै कुराहरू पछ्याउनु हुँदैन भनेर भन्नुहुन्छ। परमेश्वरले यी वचनहरू बोल्नुभएपछि, परमेश्वर धेरै काम गर्न जारी राख्नुहुन्छ। तीन, पाँच, सात, वा आठ वर्ष बित्छन्, र कतिपय मानिसहरूले परमेश्वरको काम अझै पनि स्थिर रूपमा अघि बढिरहेको देख्छन्, तर उहाँको काम समाप्त भइरहेको वा ठूलो विपत्ति आसन्न रहेको र सबै विश्वासीहरूले शरण लिएको कुनै सङ्केत देख्दैनन्। परमेश्वरको काम मापन गर्न आफ्ना धारणाहरू प्रयोग गर्नेहरूले परमेश्वरको काम तुरुन्तै समाप्त होस् भन्ने सोच्छन् ताकि विश्वासीहरू परमेश्वरका अद्भुत आशिष्हरूमा सहभागी हुन सकून्। तर परमेश्वर यसरी कार्य गर्नुहुन्न; उहाँ मानव धारणा र कल्पनाहरूअनुसार यो मामला पूरा गर्नुहुन्न। अनि प्रतीक्षा गर्न नसक्नेहरू बेचैन बन्छन् र तिनीहरूले यसो भन्दै शङ्का गर्न थाल्छन्: “के परमेश्वरको काम पहिले नै समाप्त हुन लागेको होइन र? के यो चाँडै समाप्त हुनुपर्ने होइन र? के परमेश्वरले महाविपत्तिहरू आसन्न छन् भनेर भन्नुभएको छैन र? परमेश्वरको घरले किन अझै पनि धेरै काम गरिरहेको छ? परमेश्वरको काम ठ्याक्कै कहिले समाप्त हुनेछ? यो कहिले सक्किनेछ?” यी मानिसहरूलाई सत्यता वा परमेश्वरका मागहरूमा कत्ति पनि चासो हुँदैन। तिनीहरूलाई मुक्ति हासिल गर्न सत्यता अभ्यास गर्ने, परमेश्वरमा समर्पित हुने, वा शैतानको प्रभावबाट उम्कने कार्यप्रति कुनै चासो हुँदैन। तिनीहरूलाई त केवल र विशेषगरी परमेश्वरको काम कहिले समाप्त हुनेछ, तिनीहरूको परिणाम जीवन हुनेछ कि मृत्यु हुनेछ, तिनीहरू आशिष्हरूको आनन्द उठाउन कहिले राज्यमा प्रवेश गर्न सक्नेछन्, र राज्यका सुन्दर दृश्यहरू कस्ता हुनेछन् भन्नेजस्ता कुराहरूमा मात्रै चासो हुन्छ। तिनीहरूका सबैभन्दा ठूलो चिन्ता नै यी हुन्। त्यसकारण, केही समयसम्म कष्ट सहेपछि र स्वर्ग र पृथ्वी अपरिवर्तित नै रहेको देखेपछि, र संसारका देशहरू सामान्यझैँ अघि बढिरहेको देखेपछि, तिनीहरू यसो भन्छन्, “परमेश्वरका यी वचनहरू कहिले पूरा हुनेछन्? मैले कैयौँ वर्षदेखि प्रतीक्षा गरिरहेको छु—ती किन अझै पूरा भएका छैनन्? के परमेश्वरका वचनहरू साँच्चै नै पूरा हुन सक्छन् त? परमेश्वर आफ्नो वचनमा अडिग रहनुहुन्छ कि रहनुहुन्न?” त्यसैले, यी मानिसहरू धैर्यता गुमाउँछन्, बेचैन बन्छन्, र जीवन जिउन संसारमै फर्किजाने अवसरहरू खोजी गर्न चाहन थाल्छन्।
परमेश्वरको काम र परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरू सधैँ मानव कल्पनाहरूभन्दा बाहिर जान्छन् र ती सधैँ मानव धारणाहरूभन्दा पर हुन्छन्। मानिसहरूले चाहे जसरी प्रयास गरे पनि, तिनलाई बुझ्न वा मापन गर्न सक्दैनन्। तिनीहरूलाई परमेश्वरको कामका विधिहरू ठ्याक्कै के-के हुन् वा यसले ठ्याक्कै केकस्ता उद्देश्यहरू हासिल गर्ने अभिप्राय राख्छ भन्ने कुरा थाहै हुँदैन, त्यसकारण अन्ततः कतिपय मानिसहरू शङ्का गर्न थाल्छन्: “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? परमेश्वर ठ्याक्कै कहाँ हुनुहुन्छ? परमेश्वरले सत्यताहरू व्यक्त गरिरहनुहुन्छ, तर के उहाँले अति धेरै व्यक्त गर्नुहुन्न र? के परमेश्वरले हामीलाई उहाँको राज्यमा ल्याउनुहुनेछ भनेर भन्नुभएन र? हामी कहिले स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ? यी कुराहरू कसरी अझै साकार वा पूरा भएका छैनन्? अझै ठ्याक्कै कति वर्ष लाग्नेछ? सधैँ परमेश्वरको दिन नजिकै छ भनेर भनिन्छ, तर यो ‘नजिकै’ भन्ने कुरा उल्लेख भएको धेरै वर्ष भइसक्यो—यो किन यति टाढा छ र यो किन कहिले पनि नटुङ्गिनेजस्तो देखिन्छ?” तिनीहरू यसरी सोच्ने मात्र होइन, यी शङ्काहरू जताततै फैलाउनेसमेत गर्छन्। यसले के समस्या इङ्गित गर्छ? यति धेरै प्रवचन सुनेपछि पनि, तिनीहरूले किन अझै पनि सत्यता पटक्कै बुझेका हुँदैनन्? तिनीहरू किन सधैँ परमेश्वरको काम सीमित गर्न मानव धारणा र कल्पनाहरू प्रयोग गर्छन्? यी कुराहरूलाई तिनीहरू किन परमेश्वरका वचनहरूअनुसार हेर्न सक्दैनन्? के तिनीहरूले परमेश्वरको अस्तित्व पुष्टि गर्न र परमेश्वरका वचनहरूमार्फत मुक्ति पाउने मार्ग निर्धारित गर्न सक्छन्? के तिनीहरूले परमेश्वरले बोल्नुहुने यी सबै वचनहरू र उहाँले गर्नुहुने सबै कामकुरा मानिसहरूलाई मुक्ति दिनका लागि हुन् भनेर बुझेका हुन्छन्? के सत्यता प्राप्त गरेर अनि मुक्ति प्राप्त गरेर मात्रै मानिसहरूले परमेश्वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभएका सबै आशिष्हरू प्राप्त गर्न सक्छन् भन्ने कुरा तिनीहरू बुझ्छन्? तिनीहरूले बोल्ने कुराहरू र तिनीहरूले फैलाउने धारणाहरूबाट, तिनीहरू परमेश्वरले के गरिरहनुभएको छ वा परमेश्वरले यो सबै काम गर्नु र यी सबै वचनहरू बोल्नुको उद्देश्य के हो भन्ने कुरा आधारभूत रूपमा बुझेकै हुँदैनन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरू त बस अविश्वासीहरू हुन्! धेरै वर्ष प्रवचन सुनेपछि र परमेश्वरको घरमा धेरै वर्ष अल्याङटल्याङ गरेपछि, तिनीहरूले के प्राप्त गरेका हुन्छन्? तिनीहरूले त परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर समेत पुष्टि गरेका हुँदैनन्, यो कुराको कुनै निश्चित उत्तर तिनीहरूसँग हुँदैन। मण्डलीमा तिनीहरू कस्तो भूमिका खेल्छन्? आशिष् नपाई केही समयसम्म श्रम गरेपछि, तिनीहरू अरूलाई बहकाउन र बाधा दिन अनैतिक रूपमा धारणाहरू फैलाउँछन्। तिनीहरूले लापरवाह रूपमा बोल्ने कुराहरू परमेश्वर र उहाँको कामविरुद्ध गरिने आलोचनाहरू हुन्। तिनीहरूमध्ये कतिपय यसो भन्छन्, “म त परमेश्वरको काम तीनदेखि पाँच वर्षमा पूरा हुनेछ भन्ने सोच्थेँ; अहिले दश वर्ष बितिसके पनि अझै यो काम पूरा हुँदैन भनेर त मैले अपेक्षै गरेको थिइनँ। यो काम कहिले पूरा हुनेछ? गवाही लेखहरू निरन्तर लेखिँदै छन्; भजन प्रस्तुति र चलचित्रहरूका भिडियोहरू निरन्तर निर्मित हुँदै छन्; सुसमाचार प्रचार निरन्तर गरिँदै छ—यो कहिले समाप्त हुनेछ?” तिनीहरू अरूलाई समेत सोध्छन्: “के तिमीहरू पनि त्यस्तै सोच्दैनौ र? ठिकै छ, तिमीहरूले जेसुकै सोचे पनि मेरो विचार त्यही हो। म इमानदार व्यक्ति हुँ; म आफ्नो मनमा जे छ त्यही बोल्छु, मनमा जे छ त्यो नबोल्ने, र सबै कुरा गुम्साएर राख्ने कतिपय मानिसहरूजस्तो छैनँ।” तिनीहरू कति “इमानदार” छन्, जेसुकै बोल्न पनि आँट गर्ने! अझै खराब कुरा त, तिनीहरू यस्तोसमेत भन्छन्, “यदि परमेश्वरको काम चाँडै समाप्त भएन भने, म बस जागिर खोज्नेछु, केही पैसा कमाउनेछु, र आफ्नो जीवन जिउनेछु। परमेश्वरमा विश्वास गरेका यतिका वर्षहरूमा, मैले धेरै मिठो खानपान, धेरै रमाइला ठाउँ, धेरै भौतिक आनन्द गुमाएको छु! यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, म हवेलीमा जिइरहेको हुनेथिएँ, मसँग कार हुनेथियो, र विगतका यी वर्षहरूमा मैले कैयौँपटक संसारको यात्रासमेत गरिसकेको हुनेथिएँ। विगतलाई फर्केर हेर्दा, परमेश्वरमा विश्वास नगर्दाको जीवन निकै राम्रो थियो; म निकै खुसी थिएँ। त्यो अलिक खोक्रो भए पनि मैले कुनै प्रतिबन्धविना देहगत सुखहरूको आनन्द लिन, राम्ररी खानपिउन, र आफूले चाहेको जेसुकै गर्न सक्थेँ। परमेश्वरमा विश्वास गरेको यी वर्षहरूका दौरान, मैले धेरै कष्ट भोगेको छु, र आफूसँग अत्यन्तै कठोर भएको छु! मैले थोरै सत्यता प्राप्त गरेको भए पनि र हृदयमा अलिक सुरक्षित महसुस गरेको भए पनि, यी सत्यताहरूले ती देहगत सुखहरूको स्थान लिन सक्दैनन्! यसबाहेक, परमेश्वरको काम कहिल्यै समाप्त हुँदैन रहेछ र परमेश्वर कहिल्यै मानिसहरूअघि देखा पर्नुहुन्न रहेछ, त्यसकारण मलाई कहिल्यै साँचो रूपमा सुरक्षित महसुस हुँदैन। भनिन्छ, सत्यता बुझ्दा र प्राप्त गर्दा शान्ति र आनन्द आउँछ, तर शान्ति र आनन्द हुनुको के फाइदा र? मसँग अझै पनि कुनै देहगत आनन्द छैन!” यी विचारहरू तिनीहरूको मनमा अनगिन्तीपटक घुमेका हुन्छन्, र तिनीहरूले ती कुराहरू अति धेरैपटक मनमनै दोहोर्याएका हुन्छन्। जब तिनीहरूले आफ्ना धारणाहरूमा दृढ रहने पर्याप्त औचित्य छ भन्ने विश्वास गर्छन् र जब तिनीहरूलाई समय आएको छ र तिनीहरू परमेश्वरको काममा नाटीकुटी गर्न पर्याप्त रूपमा योग्य छन् भन्ने लाग्छ, तब तिनीहरू माथि उद्धृत गरिएका टिप्पणी र धारणाहरू नफैलाई बस्न सक्दैनन्। तिनीहरू परमेश्वरप्रतिको आफ्नो असन्तुष्टि र परमेश्वरको कामबारे आफ्ना धारणा र गलतफहमीहरू फैलाउँछन्, र अझै धेरै मानिसहरूलाई बहकाएर परमेश्वर र उहाँको कामलाई गलत बुझ्न लगाउने प्रयास गर्छन्। अवश्य नै, गुप्त मनसाय भएका केही मानिसहरू पनि हुन्छन्, जो अझै धेरै मानिसहरूलाई परमेश्वरप्रति आफूलाई समर्पित गर्नबाट रोक्न, र तिनीहरूलाई आफ्नो हालका कर्तव्य त्याग्न र परमेश्वरलाई इन्कार्न लगाउन चाहन्छन्; यदि मण्डली फुट्ने हो भने, तिनीहरूका लागि त्यो नै सबैभन्दा राम्रो कुरा हुनेथियो। तिनीहरूको उद्देश्य के हो? “यदि म आशिष्हरू प्राप्त गर्न सक्दिनँ भने, तिमीहरूमध्ये कसैले पनि आशिष् पाउने आशा गर्नु हुँदैन। म तिमीहरू सबैका लागि सबै कुरा बिगारिदिनेछु ताकि तिमीहरू कसैले पनि सत्यता वा परमेश्वरले प्रतिज्ञा गर्नुभएका आशिष्हरू प्राप्त गर्ने आशा गर्न नसक!” आशिष्हरू प्राप्त गर्ने आफ्नो कुनै आशा नभएको देख्दा, तिनीहरू थप प्रतीक्षा गर्ने धैर्यता गुमाउँछन्। तिनीहरू आफू पनि आशिष्हरू प्राप्त गर्दैनन्, र अरूले पनि ती प्राप्त नगरून् भन्ने चाहन्छन्। त्यसकारण, जब तिनीहरू धारणाहरू फैलाउँछन्, तब एक हिसाबमा तिनीहरूले आफ्नो असन्तुष्टि पोखिरहेका हुन्छन्, परमेश्वरको कामको कुनै पनि कुरा मानव धारणा र कल्पनाहरूसँग मिल्दैन, र परमेश्वरको काम गर्ने विधिले मानिसहरूका भावनाहरूलाई ख्याल नै गर्दैन भनेर गुनासो गरिरहेका हुन्छन्। साथसाथै, तिनीहरू अझै धेरै मानिसहरूलाई बहकाएर तिनीहरूलाई परमेश्वरबारे गलत बुझ्ने र गुनासो गर्ने, परमेश्वरबारे धारणाहरू विकास गर्ने, र आस्था गुमाउने तुल्याउन चाहन्छन्। तिनीहरू आफूले जस्तै परमेश्वरबारे आफ्ना गलतफहमी र धारणाहरूका कारण अझै धेरै मानिसहरूले उहाँलाई त्यागून् भन्ने चाहन्छन्।
ख. धारणाहरू फैलाउने मानिसहरूसँग कसरी व्यवहार गर्ने
मण्डलीमा कसैले परमेश्वरबारे धारणाहरू र असन्तुष्टि फैलाउँदा केकस्ता परिणामहरू निस्किन्छन्? के यसले मण्डली जीवनका नतिजाहरूमा प्रत्यक्ष रूपमा असर गर्छ? के यसले सामान्य मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छ? (दिन्छ।) यसले परमेश्वरमाथिको मानिसहरूको आस्थामा असर गर्छ र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्ने तिनीहरूको क्षमतामा असर गर्छ। त्यसकारण, धारणाहरू फैलाउनेहरूलाई प्रतिबन्धित गरिनुपर्छ। तिनीहरूले कहिलेकहीँ मात्रै त्यस्ता कुराहरू उल्लेख गरे पनि, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ र खुट्ट्याइनुपर्छ; तिनीहरूसँग कस्तो मानवता छ, र तिनीहरूले धारणाहरू फैलाउनु अस्थायी नकारात्मकता र कमजोरीका कारण हो कि तिनीहरूको प्रकृति सारको समस्याका कारण हो, त्यो हेर—तिनीहरूले निरन्तर सत्यता पछ्याइरहेका छन् कि छैनन् र अझै धेरै मानिसहरूलाई बहकाउन र मण्डली जीवनमा बाधा र हानि गर्न जानीजानी धारणाहरू फैलाइरहेका छन् कि छैनन्, त्यो हेर। यदि त्यो कहिलेकहीँ आउने नकारात्मकता र कमजोरी मात्रै हो भने, सत्यता सङ्गति गरेर तिनीहरूलाई साथ र सहयोग दिनु नै पर्याप्त हुन्छ। यदि तिनीहरूले सल्लाह मान्दैनन् र धारणाहरू फैलाउन र मण्डली जीवनमा बाधा दिन जारी राख्छन्—र अरूलाई नकारात्मक र कमजोर बन्ने तुल्याउँछन्, र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्ने तिनीहरूको क्षमतामा असर पार्छन् भने—त्यसको अर्थ तिनीहरू शैतानका नोकरहरू हुन् र तिनीहरूलाई सिद्धान्तहरूअनुसार सफाइ गरी निकाल्नुपर्छ। तिनीहरूलाई अर्को मौका किन नदिने त? के तिमीहरूलाई त्यस्ता मानिसहरू अविश्वासीहरू हुन् भन्ने लाग्छ? (लाग्छ।) तिनीहरूको मानवता जस्तोसुकै भए पनि, त्यस्ता मानिसहरू अविश्वासीहरू नै हुन्। अविश्वासीहरू गहुँबीचका सामाजस्तै हुन्—तिनीहरूलाई उखेल्नुपर्छ। यदि तिनीहरूले अविश्वासीहरूका केही प्रकटीकरणहरू मात्रै प्रदर्शन गर्छन् र मण्डली जीवनमा बाधाहरू दिएका छैनन्, र अझै पनि मण्डलीका साथीहरूका रूपमा सेवा दिन र सेवा प्रदान गर्न सक्छन् भने, तिनीहरूलाई त्यतिकै छोडिदिन सकिन्छ। तर निरन्तर धारणाहरू फैलाउनेहरू सधैँ अविश्वासीहरूका दृष्टिकोण र टिप्पणीहरू व्यक्त गर्छन्। तिनीहरू लापरवाह रूपमा कुराहरू बोलिरहेका हुँदैनन्; तिनीहरूको उद्देश्य त अझै धेरै मानिसहरूलाई परमेश्वरबाट टाढा लैजानका लागि उक्साउनु, बहकाउनु, र आकर्षित गर्नु हो। तिनीहरूको अभिप्राय यस्तो हुन्छ: “यदि मैले आशिष्हरू प्राप्त गर्न सकिनँ भने, म उप्रान्त विश्वास गर्नेछैनँ। तिमीहरूमध्ये कसैले पनि आशिष्हरू प्राप्त गर्ने आशा गर्नु हुँदैन, र तिमीहरूले विश्वास पनि गर्नु हुँदैन! यदि तिमीहरूले विश्वास गरिरह्यौ भने, यदि तिमीहरूले अडिग भएर कुनै दिन आशिष्हरू प्राप्त गर्यौ भने के गर्ने—के त्यसले मलाई कठिन स्थितिमा पार्नेछैन र? त्यसपछि मलाई कसरी भित्री सन्तुलन महसुस हुन सक्छ र? त्यसरी हुँदैन। भावी पछुतोबाट जोगिन, म तिमीहरूलाई बाधा दिनेछु र तिमीहरूको आस्था डगमगाइदिनेछु, र तिमीहरूलाई परमेश्वरबाट टाढा जाने, परमेश्वरलाई धोका दिने, र मसँगै मण्डली छोडिजाने तुल्याउनेछु—त्यो नै सबैभन्दा राम्रो हुनेछ।” तिनीहरूको उद्देश्य यही हुन्छ। के त्यस्ता अविश्वासीहरूलाई निकाल्नुपर्दैन र? (पर्छ।) तिनीहरूलाई निकाल्नुपर्छ। यदि केही अविश्वासीहरूले विश्वास गर्न छोडे भने, मण्डलीले बस तिनीहरूसँग भएका परमेश्वरका वचनका पुस्तकहरू फिर्ता लिएर तिनीहरूको नाम काटिदिनेछ। अनि केही अरू अविश्वासीहरू यस्ता हुन्छन्, जोसित परमेश्वरमा विश्वास गर्नेबारे र विश्वासीहरूप्रति केही सकारात्मक भावनाहरू हुन्छन्। तिनीहरू मण्डलीमा सकारात्मक भूमिका खेल्दैनन्; तिनीहरू कहिलेकहीँ मण्डलीका साथीहरूका रूपमा मात्रै सहयोग गर्छन्। त्यस्ता मानिसहरूले सत्यता नपछ्याए पनि वा सत्यता सङ्गति नगरे पनि धारणाहरू फैलाउने वा मण्डली जीवन बिथोल्ने गर्दैनन्। तिनीहरूले थोरथोरै सेवा दिन सकेसम्म तिनीहरूलाई मण्डलीमा रहन दिनुपर्छ र निकाल्नुपर्दैन। तर, निरन्तर धारणाहरू फैलाउने ती अविश्वासीहरूका हकमा भने कुनै दया देखाउनु हुँदैन। तिनीहरू परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू फैलाउँछन्, मण्डली जीवनमा बाधा दिन्छन् र मण्डलीको काममा बाधा र अवरोधहरू दिन्छन्। यी अविश्वासीहरू शैतानका नोकरहरू हुन्। तिनीहरूसँग धारणाहरू हुन्छन्; तर, तिनलाई समाधान गर्न तिनीहरू सत्यता खोजी नगर्ने मात्र होइन, बरु उल्टै परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन आफ्ना धारणाहरूसमेत फैलाउँछन्। तिनीहरू परमेश्वरलाई धोका दिन्छन् र अरूलाई पनि आफूसँगै बरबादीमा तान्न चाहन्छन्। यस्ता अभिप्रायहरू लिएर तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन्। के परमेश्वरले तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ? अहँ, तिनीहरूलाई त्यतिकै छोड्नु हुँदैन। यो मामला तिनीहरूलाई प्रतिबन्धित गर्ने वा अलग्याउने होइन, कुनै दया नदेखाई, तिनीहरूलाई सफाइ गरेर हटाएर सधैँका लागि तिनीहरूको नामसमेत काटिदिनुपर्छ।
मण्डलीमा, कतिपय मानिसहरू कहिल्यै सत्यता पछ्याउँदैनन् र परमेश्वरले मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भन्ने कुरा कहिल्यै बुझ्दैनन्। निश्चित कुराहरू अनुभव गरेपछि, तिनीहरू परमेश्वरबारे गलतफहमी, प्रतिरोध, र गुनासाहरू विकास गर्छन्; तिनीहरूले भन्ने र गर्ने केही कुराहरूले धारणाहरू फैलाउने काम गर्छन्। तिनीहरूले फैलाउने धारणाहरू परमेश्वरको वचन र कामप्रतिको बुझाइमा हुने विचलनहरू वा परमेश्वरबारे गलतफहमीहरू मात्रै हुँदैनन्। तीमध्ये कतिपय त अझै गम्भीर हुन्छन्, तिनले परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरा सीधै इन्कार्छन्—तिनले परमेश्वरलाई पूर्ण रूपमा आलोचना र ईश्वरनिन्दा गर्छन्। अनि तिनीहरूले फैलाउने अरू धारणाहरूले परमेश्वरलाई खुल्लमखुल्ला आक्रमण र ईश्वरनिन्दासमेत गर्छन्। तिनीहरू सृजित प्राणी वा परमेश्वरको अनुयायीका दृष्टिकोणमा उभिएर समर्पित हृदयले आफ्नो भ्रष्टता र विद्रोह चिरफार गर्ने वा चिन्ने प्रयास गरिरहेका हुँदैनन्, न त तिनीहरू सत्यता नै स्विकारिरहेका र परमेश्वरको कामबारे आफ्नो बुझाइ र उहाँका अभिप्रायहरूबारे आफ्नो बुझाइ नै सङ्गति गरिरहेका हुन्छन्। तिनीहरूले व्यक्त गर्ने धारणाहरू यी सकारात्मक बुझाइहरूको ठ्याक्कै विपरीत हुन्छन्। जब अरूले तिनीहरूका धारणाहरू सुन्छन्, तब तिनीहरूले परमेश्वरबारे बुझाइ प्राप्त गर्दैनन्, न त साँचो आस्था नै विकास गर्छन्, अनि अवश्य नै परमेश्वरमाथिको तिनीहरूको आस्था पनि बढ्दैन। बरु, परमेश्वरमाथिको तिनीहरूको आस्था अस्पष्ट बन्छ, घट्छ, वा पूरै हराउने समेत हुन्छ। त्योसँगसँगै, परमेश्वरको कामको दर्शन पनि तिनीहरूलाई अस्पष्ट हुन्छ। तिनीहरूले फैलाउने धारणाहरू मानिसहरूले जति सुन्छन्, त्यति नै उनीहरूको हृदय अन्योलग्रस्त हुन्छ, यहाँसम्म कि उनीहरूलाई परमेश्वरमा किन विश्वास गर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट हुँदैन र उनीहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे शङ्का गर्न थाल्छन्। परमेश्वरका वचनहरू सत्यता हुन् कि होइनन्, परमेश्वरका वचन र कामले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सक्छन् कि सक्दैनन्, र अरू त्यस्तै मामलाहरू—ती सबै कुरा तिनीहरूका लागि अस्पष्ट र शङ्कास्पद बन्छन्। जब मानिसहरूले त्यस्ता व्यक्तिहरूले फैलाउने धारणा र गलतफहमीहरू सुन्छन्, तब तिनीहरू परमेश्वरप्रति शङ्का गर्न र सतर्क हुन थाल्छन्; तिनीहरू आफ्नो हृदयमा परमेश्वरलाई सीमित गर्न, परमेश्वरविरुद्ध गलतफहमी र गुनासाहरू विकास गर्न, र भित्री रूपमा परमेश्वरबाट टाढिनसमेत थाल्छन्। यो अत्यन्तै समस्याजनक कुरा हो। तिनीहरूसँग यी नकारात्मक विचार, दृष्टिकोण, योजना, र युक्तिहरू भएपछि, तिनीहरूले स्विकारेका जानकारी र टिप्पणीहरू सामान्य मानवताका आवश्यकताअनुरूप हुँदैनन्, र सत्यतासँग पनि मिल्दैनन् भन्ने कुरा स्पष्ट हुन्छ—ती कुराहरू शैतानबाट आउँछन् भन्ने कुरा शतप्रतिशत निश्चित हुन्छ। धारणाहरू फैलाउने मानिसहरूको अभिप्राय वा मनसाय जेसुकै भए पनि, तिनीहरूले भ्रम र आधारहीन अफवाहहरू जानीजानी फैलाए पनि अनजानमा फैलाए नि, तिनीहरूले मण्डलीमा हानिकारक असर पार्छन् भने, तिनीहरूलाई प्रतिबन्धित गर्नुपर्छ। अवश्य नै, यदि त्यस्ता मानिसहरूलाई मण्डली जीवनभन्दा बाहिर पत्ता लगाइयो र खुट्ट्याइयो भने, तिनीहरूलाई पनि तुरुन्तै रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि सत्यता बुझेको व्यक्तिले त्यस्ता कुराहरू फैलाउनेहरूलाई खण्डन र खुलासा गर्न, दाजुभाइ-दिदीबहिनीहरूलाई ती कुराहरू खुट्ट्याउन सहयोग गर्न परमेश्वरका वचनहरू वा आफ्नै बुझाइ प्रयोग गर्न सक्छ भने, यो अझै राम्रो कुरा हो। यो शैतानविरुद्ध लड्नु हो। यदि तँसँग कदको कमी छ भने, तैँले तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूबाट टाढा बस्न सिक्नुपर्छ। यदि तँसँग कद छ भने, तैँले तिनीहरूलाई खुलासा गर्नुपर्छ। के तिमीहरू यसो गर्ने आँट गर्छौ? के यो कसरी गर्ने तिमीहरूलाई थाहा छ? यो कुराले नै कसैसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा सबैभन्दा बढी प्रकाश गर्छ। जब केही नयाँ विश्वासीहरूले त्यस्ता मानिसहरूले परमेश्वरबारे फैलाएका धारणा र गलतफहमीहरू सुन्छन्, तब तिनीहरू छक्क पर्छन् र भन्छन्, “परमेश्वरमा विश्वास गर्ने व्यक्तिले कसरी यसरी बोल्न सक्छ?” यदि जगविनाका मानिसहरूले यी धारणा र भ्रमहरू सुने भने, के तिनीहरू नकारात्मक र कमजोर बन्नेछैनन् र? के तिनीहरूले यी भ्रमहरू स्विकार्नेछैनन् र? के तिनीहरू बहकाउमा पर्ने अनि मण्डली छोड्नेछैनन् र? यी सबै कुराहरू हुने सम्भावना हुन्छ। जब धारणाहरू फैलाउने कुनै व्यक्तिले “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ” भनेर भन्छ, तब उसले यसो भन्दा ऊ जस्तोसुकै स्थितिमा भए पनि, यसले उसले परमेश्वरमाथिको आस्था पूर्ण रूपमा गुमाएको छ र ऊ अविश्वासी हो भनी जनाउँछ। त्यस्ता शब्दहरू फैलाउनुको तिनीहरूको उद्देश्य जेसुकै भए नि, के तैँले तिनलाई सुनेर कुनै सुधार प्राप्त गर्न सक्छस्? (सक्दिनँ।) जब तँ कमजोर हुन्छस् र यी शब्दहरू सुन्छस्, तब तँलाई यस्तो महसुस हुन सक्छ, “यो व्यक्तिले मेरो पीडा बुझ्छ; जब ऊ आफ्ना धारणाहरूबारे कुरा गर्छ, तब उसले मेरो आफ्नै भित्री विचारहरूलाई आवाज दिइरहेको छ जस्तै लाग्छ।” तर, यदि आस्था भएको कसैले यी शब्दहरू सुन्यो भने, उसले यसो सोच्नेथियो, “यो अत्यन्तै विद्रोही कार्य हो! त्यस्ता शब्दहरू कसरी बोल्न सकेको? के यो परमेश्वरको निन्दा गर्नु होइन र? म त यस्ता कुराहरू भन्ने आँट नै गर्नेथिइनँ, किनभने यसले परमेश्वरको स्वभाव चिढ्याउँछ!” तिनीहरूले यी धारणाहरू फैलाउन सक्छन् भन्ने तथ्यले के जनाउँछ भने यी विचारहरू धेरै पहिले नै विकास भएका हुन् र तिनले तिनीहरूको हृदयमा जरा गाडिसकेका छन्। यदि त्यस्ता विचारहरू भर्खरै निर्माण हुन थालेका हुन् र ती अझै पनि उम्रिने चरणमै छन्, र ती धारणाहरूमा पूर्ण रूपमा विकसित भएका छैनन् भने, अनि व्यक्तिले ती कुरालाई शब्दमा नउतारेसम्म र अरूलाई नबहकाए वा बाधा नदिएसम्म, यसले उसमा थोरथोरै समझ छ भन्ने देखाउँछ; उसले आफ्नो जिब्रो काबुमा राख्न सक्छ र यसरी निकालिने परिणामबाट जोगिन सक्छ। तर यदि ऊ ती कुरा बोल्छ र मण्डली जीवन बिथोल्छ भने, उसलाई थप शिष्टता देखाउन सकिँदैन; उसलाई खुलासा गर्नु र निकाल्नुपर्छ। सत्यतालाई प्रेम नगर्ने र सत्यता बुझ्ने क्षमता नभएका मानिसहरूमा बारम्बार धारणाहरू विकास हुने प्रवृत्ति हुन्छ। तर, बारम्बार परमेश्वरका वचनहरू पढ्ने र बुझ्ने क्षमता भएका मानिसहरूले आफूमा धारणाहरू देखा परे पनि तिनलाई हल गर्न सत्यता खोजी गर्नेछन्। बारम्बार धारणाहरू फैलाउनेहरूलाई परमेश्वरको कामले प्रकाश गर्छ र हटाउँछ; तिनीहरू सत्यतालाई पटक्कै प्रेम नगर्ने र सत्यता स्विकार्न नसक्ने मानिसहरू हुन्, तिनीहरू सबै सत्यताप्रति वितृष्ण र सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्। यसमा कुनै शङ्का छैन।
विभिन्न देश र स्थानहरूको मण्डली जीवनमा, धारणाहरू फैलाउने समस्या निश्चय नै अस्तित्वमा हुन्छ किनभने सत्यतालाई प्रेम नगर्ने मानिसहरू जताततै हुन्छन्। सत्यता नपछ्याउने, सत्यताप्रति वितृष्ण हुने, र देहगत सुख खोज्नेहरू, साथै अविश्वासी, दुष्ट मानिसहरू, र यस्तै अरूहरूले सत्यता नपछ्याउने हुनाले, सधैँ परमेश्वरका वचनहरू र देहधारी परमेश्वरबारे धारणाहरू पाल्छन्। तिनीहरूको हृदय धारणाहरूले भरिएको हुन्छ, परमेश्वरबारेका कल्पनाहरूले भरिएको हुन्छ र उहाँप्रतिका मागहरूले भरिएको हुन्छ, र तिनीहरूले परमेश्वरले बोल्नुहुने हरेक वचन विशुद्ध रूपमा बोध गर्न र बुझ्न सक्दैनन्; ती वचनहरूलाई तिनीहरू आफ्नै धारणा, प्राथमिकता, र आफ्नै व्यक्तिगत फाइदा, र घाटाहरूको आधारमा मात्रै बुझ्छन्। तिनीहरूको हृदय परमेश्वरप्रतिका विभिन्न धारणा, कल्पना, र अनुचित मागहरू, साथै परमेश्वरबारे विभिन्न गलतफहमी र मूल्याङ्कनहरू, र आदि इत्यादिले भरिएको हुन्छ। त्यसकारण, ती मानिसहरूले धारणाहरू फैलाउनु स्वाभाविकै कुरा हो—त्यो नयाँ कुरा होइन। त्यस्ता मानिसहरू अस्तित्वमा भएसम्म, बेलाबेलामा धारणाहरू फैलिने घटनाहरू घट्न सक्छन् र यो कुनै पनि क्षणमा हुन सक्छ। जब परमेश्वर तिनीहरूका धारणा र चाहनाहरूअनुरूप नहुने कुनै कुरा बोल्नुहुन्छ वा गर्नुहुन्छ, र जब त्यसले तिनीहरूको हितमा हानि गर्छ, तब तिनीहरू रिसले चुर हुन्छन् र आफ्नै हितहरूका खातिर बोल्न र परमेश्वर एवं उहाँको कामविरुद्ध होड गर्न थाल्छन्। यी मानिसहरू सधैँ सत्यता र परमेश्वरको विरोधमा खडा हुन्छन्, तिनीहरू परमेश्वरका वचनहरू, परमेश्वरको स्वभाव, र परमेश्वरको कामको विश्लेषण र छानबिन गर्छन्। तिनीहरू निरन्तर परमेश्वरका वचनहरू र काम सही छन् कि छैनन् भनेर छानबिन गर्ने र जाँच्ने गर्छन्, र तिनीहरू परमेश्वरको देहधारी देह परमेश्वरको पहिचान र हैसियतसँग मिल्छ कि मिल्दैन भनेर पुष्टि गर्न पनि निरन्तर चाहन्छन्। तिनीहरूले पुष्टि गर्ने प्रक्रिया दौरान, ठ्याक्कै मिल्ने उत्तरहरू प्राप्त गर्न तिनीहरूलाई निकै गाह्रो हुन्छ; तिनीहरूका नजरमा, परमेश्वरका वचनहरू पूरा हुन र साकार हुन निकै गाह्रोसमेत हुन्छ। त्यसकारण, धारणाहरू फैलाउँदा तिनीहरूसँग भन्नका लागि धेरै कुरा हुन्छ। तिनीहरूले समय, स्थान, वा प्रसङ्ग जेसुकै भए पनि आफ्ना धारणाहरू फैलाउँछन्। जब पनि तिनीहरूलाई परमेश्वरप्रति कुनै पनि तरिकामा असन्तुष्टि महसुस हुन्छ, तब तिनीहरू आफ्ना धारणाहरू प्रयोग गरेर कुराहरू मापन गर्छन्। यदि परमेश्वरका वचन र काम तिनीहरूका धारणाहरूअनुरूप छैनन् भने, तिनीहरू तुरुन्तै आफ्ना धारणाहरू व्यक्त गर्छन्। हामी यस्तो अभिव्यक्ति दिनुलाई फैलाउने कार्यका रूपमा चित्रित गर्छौँ। यसलाई किन “फैलाउने” कार्य भनिन्छ? किनभने तिनीहरूले व्यक्त गर्ने कुराहरूले परमेश्वरका चुनिएका मानिसहरू, मण्डली जीवन, वा परमेश्वरको घरको काममा सकारात्मक असर पार्दैनन्। बरु, ती कुराहरूले बाधा, अवरोध, र हानि मात्रै ल्याउँछन्। त्यसकारण, त्यस्ता टिप्पणीहरू बोल्नुलाई “फैलाउने कार्य” भनेर भन्दा सही नै हुन्छ।
धारणाहरू फैलाउने समस्याबारे केही आधारभूत सुझबुझ प्राप्त गरेपछि, तैँले सत्यताका आधारमा मानिसहरूका विभिन्न त्रुटिपूर्ण धारणा र टिप्पणीहरू चिरफार गर्नुपर्छ र खुट्ट्याउनुपर्छ, र त्यसपछि परमेश्वरको घरका प्रावधानहरूअनुसार तिनलाई सम्हाल्नु र समाधान गर्नुपर्छ। अवश्य नै, त्यस्ता समस्याहरू समाधान गर्नु अगुवा र कामदारहरूको पन्छाउन नसकिने जिम्मेवारी हो। यसको साथै, यो सङ्गति सुनेपछि, परमेश्वरका चुनिएका सबै मानिसहरूसँग, धारणाहरू फैलाउने मानिसहरू र तिनीहरूका शब्द र व्यवहारहरू खुलासा र चिरफार गर्ने दायित्व र जिम्मेवारी हुन्छ। यदि तँसँग तिनीहरूलाई रोक्ने वा प्रतिबन्धित गर्ने साहस छैन भने, तैँले परमेश्वरका वचनहरू र आफूले बुझ्ने सत्यताका आधारमा तिनीहरूसँग सङ्गति र बहस गर्न सक्छस्। यस्तो बहस गर्नुको उद्देश्य के हो? यो सानो कद भएका र सत्यताको कुनै बुझाइ नभएका मानिसहरूलाई कतिपय मानिसहरूद्वारा फैलाइने धारणा र भ्रमहरूका कारण अन्योलपूर्ण रूपमा बहकाउमा पर्न दिनुको सट्टा, त्यो बहस सुनेर कसका शब्दहरू सत्यताअनुरूप छन् भनेर अनुभूत गर्न सक्षम तुल्याउनु हो। यो परमेश्वरका चुनिएका मानिसहरूका लागि र मण्डली जीवनका लागि फाइदाजनक हुन्छ। जब कसैले सत्यताअनुरूप नरहेका शब्दहरू बोल्दैछन् भन्ने कुरा पत्ता लगाइन्छ—चाहे ती मानव धारणाहरू होऊन् वा भ्रमहरू होऊन्—तब बहस हुनुपर्छ। त्यस्ता बहसहरू मानिसहरूका लागि ज्ञानवर्धक हुन्छन्। कम्तीमा पनि, यी बहसहरू सुनेपछि, हेर्नेहरूले धारणाहरू फैलाउने मानिसहरूका शब्दहरू साँच्चै नै धारणाहरू हुन् भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्, र तिनीहरूले यी धारणाहरूका कुन-कुन पक्षहरू सत्यतासँग मिल्दैनन्, ती धारणाहरूको सार के हो, ती किन सत्यताअनुरूप छैनन्, तिनलाई किन धारणाका रूपमा चित्रण गरिन्छ, तिनलाई फैलाउने मानिसहरूलाई किन प्रतिबन्धित गरिनुपर्छ, र आदि इत्यादि कुराहरू बुझ्न सक्छन्—तिनीहरूले बहकिनु र अलमल्ल रूपमा खेलबाड गरिनुको सट्टा यी मामलाहरूबारे सही अन्तर्ज्ञान प्राप्त गर्न सक्छन्। मानिसहरूले फैलाउने धारणाहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा र मण्डली जीवनमा केही बाधा र हानि ल्याउन सक्ने भए पनि, यी कुराहरू अनुभव गर्नु मानिसहरूका लागि वास्तवमा खराब कुरा होइन। कम्तीमा पनि, यसले तिनीहरूको सुझबुझ वृद्धि गराउन, धारणाहरू फैलाउने मानिसहरूको साँचो रङ्ग के हो, धारणाहरू फैलाउँदा तिनीहरूले केकस्ता स्वभावहरू प्रकाश गर्छन्, र तिनीहरूले फैलाउने धारणा र सत्यताबीचको भिन्नता के हो भनेर देख्न सहयोग गर्छ। एक हिसाबमा, मानिसहरूले ती टिप्पणीहरू खुट्ट्याउन सक्नेछन् र तीविरुद्ध प्रतिरक्षा क्षमता पाउन सक्नेछन्। अर्को हिसाबमा, तिनीहरूले त्यस्ता मानिसहरूलाई पनि केही मात्रामा खुट्ट्याउन सक्नेछन्, र अविश्वासीहरूले, सत्यता पटक्कै नभएका र परमेश्वरबारे प्रायजसो धारणाहरू पाल्ने मानिसहरूले केकस्ता शब्दहरू बोल्छन् भन्ने कुरा जान्नेछन्, र तिनीहरूको आस्था साँचो छैन भन्ने कुरा पनि जान्नेछन्—कम्तीमा पनि, मानिसहरूले यस प्रकारको सुझबुझ प्राप्त गर्न सक्नेछन्। अवश्य नै, यदि तैँले अझै पनि यी समस्याहरू सामना गरेको छैनस् भने, “हे परमेश्वर, बिन्ती छ, मेरा लागि वातावरण प्रबन्ध गरिदिनुहोस् ताकि मैले ‘मानिसहरूले फैलाउने धारणाहरू’ को अर्थ के हो भन्ने कुरा बुझ्न सकूँ” भन्दै लापरवाही रूपमा प्रार्थना नगर्। धारणाहरू फैलिने घटनाको प्रत्यक्षदर्शी बन्नु कुनै खेल होइन र यसले तँलाई सजिलै बहकाउन सक्छ। अनि जब त्यस्ता कामकुराहरू देखा पर्छन्, तब तैँले तिनलाई सही रूपमा सम्हाल्नुपर्छ। तिनलाई फुत्किन नदे वा तीबाट जोगिने काम नगर्; तिनलाई सही रूपमा सामना गर्, र परमेश्वरले तेरा लागि खडा गर्नुभएका हरेक वातावरणलाई गम्भीर र कठोर मनोवृत्तिले लिने गर्। सत्यता प्राप्त गर्नका लागि सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही हो। जब तैँले कसैले धारणाहरू फैलाएको भेट्छस्, तब तैँले परमेश्वरलाई प्रार्थना गर्न सिक्नुपर्छ: “हे परमेश्वर, कृपया मसँग रहनुहोस्, मलाई अन्तर्दृष्टि दिनुहोस्, र मार्गदर्शन गर्नुहोस्, ताकि मैले यी शब्दहरू र यस्तो प्रकारको व्यक्तिलाई खुट्ट्याउन सकूँ, र मभित्र यी मानिसहरूका कुनै पनि धारणाहरू छन् कि छैनन् भनेर पहिचान गर्न पनि मलाई सक्षम तुल्याउनुहोस्।” अनि प्रार्थना गरेपछि, गएर यो मामला अनुभव गर्। अवश्य नै, यो समय तैँले कति सत्यता साँच्चै बुझेको छस् र तेरो कद कति ठूलो छ भन्नेबारे जाँच गरिने समय पनि हुनेछ। जब कसैले धारणाहरू फैलाइरहेको हुन्छ, तब यदि तँ ती कुरा सुन्छस् र तँसँग कुनै आन्तरिक प्रतिक्रिया वा विचारहरू हुँदैनन्, बरु तँ रेडियोजस्तै हुन्छस् र—तिनीहरूले जुनसुकै धारणाहरू व्यक्त गरे पनि र फैलाए पनि, तिनलाई कुनै प्रतिरोध वा इन्कार गर्ने क्षमताविना, र अझ बढी, तिनलाई खुट्ट्याउने कुनै क्षमताविना स्विकार्छस् भने—के यो अत्यन्तै समस्याजनक कुरा होइन र? कतिपय मानिसहरू, कसैले धारणाहरू व्यक्त गरिरहेको सुन्दा, बोल्दै गरिएको कुरा गलत छ भन्ने कुरा हृदयमा महसुस गर्छन्, र तिनीहरू त्यो व्यक्तिसँग सङ्गति र बहस गर्न चाहन्छन्, तर तिनीहरू आफूलाई कसरी उचित रूपमा व्यक्त गर्ने, वा त्यो व्यक्तिलाई कसरी खुलासा र चिरफार गर्ने भनी जान्दैनन्। अनि तिनीहरू, यदि तिनीहरूले प्रभावकारी रूपमा बहस गर्न सकिएन भने, तिनीहरूको अनुहार रातो हुनेछ, र त्यसपछि तिनीहरू अन्ततः हार्दा तिनीहरूको इज्जत गुम्नेछ र तिनीहरू अप्ठ्यारो परिस्थितिमा पर्नेछन् भनेर पनि डराउँछन्। तर, तिनीहरू यस्तो सोच्दै, बहस नगरी यो कुरालाई त्यतिकै छोड्न इच्छुक पनि हुँदैनन्: “मैले धेरै प्रवचन सुनेको छु र निकै कुरा बुझेको छु, तर पनि किन मसँग तिनीहरूलाई खण्डन गर्ने शब्दहरू छैनन्? मसँग परमेश्वरबारे कुनै धारणाहरू छैनन्, र मसँग परमेश्वरमाथिको साँचो आस्था छ, त्यसोभए तिनीहरूका भ्रमहरू खण्डन गर्ने समय आएको भए पनि म किन अहिले स्पष्ट रूपमा कुराहरू व्याख्या गर्न सक्दिनँ?” तिनीहरू धारणाहरू फैलाउने व्यक्तिले झन्झन् बढी बोलिरहेको, तिनीहरूका शब्दहरू झन्झन् घोर र घृणित हुँदै गएको देख्छन्, तर तिनलाई खण्डन वा चिरफार गर्न नै सक्दैनन्, र तिनीहरू खडा भएर तिनीहरूलाई खुलासा गर्न सक्दैनन्, तिनीहरूलाई रोक्न सक्नु त झन् धेरै परको कुरा हो, जसले तिनीहरूलाई भित्री रूपमा अत्यन्तै बेचैन र चिन्तित महसुस गराउँछ। यस क्षणमा मात्रै तिनीहरू तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने महसुस गर्छन् र सत्यताबारे तिनीहरूको बुझाइ अझै पूर्ण र सही दृष्टिकोणमा रूपान्तरण भएको छैन, यो केही टुक्राटुक्री वाक्यांशहरू, ज्योतिका छरपस्ट कुट्काकुट्की र विचारहरू मात्रै हुन्, र सत्यताको साँचो ज्ञान पटक्कै होइनन् भन्ने कुरा देख्छन्। यो व्यक्तिले धारणाहरू फैलाइरहेको र मानिसहरूलाई बहकाइरहेको छ, र ऊ अविश्वासी हो भन्ने तिनीहरूलाई राम्ररी थाहा हुन्छ, र तिनीहरू उसलाई खुलासा गर्न र उसको दृष्टिकोण खण्डन गर्न चाहन्छन्, तर यति हो कि तिनीहरूसँग त्यसो गर्नका लागि उचित र शक्तिशाली भाषा नै हुँदैन। तिनीहरू यसो मात्रै भन्न सक्छन्, “परमेश्वरले गर्नुहुने सबै कुरा असल हुन्छ; तिमीले यसलाई स्विकार्नैपर्छ। परमेश्वर पवित्र र सिद्ध हुनुहुन्छ; उहाँ तिमीले भनेजस्तो पटक्कै हुनुहुन्न। परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र मानिसहरू सृजित प्राणीहरू हुन्। तिनीहरू परमेश्वरमा समर्पित हुनुपर्छ। परमेश्वरमा समर्पित भएर मानिसहरूलाई घाटा हुँदैन।” तिनीहरूले यी सतही सिद्धान्तहरू मात्रै व्यक्त गर्न सक्छन् जसले महत्त्वपूर्ण बुँदाहरू पटक्कै छुँदैनन्। यो विशेष घटना अनुभव गरेपछि, तिनीहरूले तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने महसुस गर्छन् र सोच्छन्, “म किन यति असमर्थ छु? सामान्यतया, म भव्य धर्मसिद्धान्तहरूबारे निरन्तर कुरा गर्न सक्छु, र निकै कुशलतापूर्वक बोल्न सक्छु; म कुनै समस्याविना भेलामा एक घण्टासम्म बोल्न सक्छु, र आँखा झिमिक्क नपारी तीनदेखि पाँच पेज प्रवचन नोटहरू लेख्न सक्छु, यो विषयमा निकै आत्मविश्वास महसुस गर्छु। तर जब म कसैले यसरी धारणाहरू फैलाएको, र यसरी परमेश्वरलाई आलोचना र निन्दा गरेको घटना सामना गर्छु, तब ममा किन कुनै सजगता हुँदैन, किन कुनै प्रतिक्रिया हुँदैन? किन म शक्तिशाली खुलासा र खण्डन गर्न सक्दिनँ?” यसबाट तिनीहरूले के पत्ता लगाउँछन्? के तिनीहरू आफूले सत्यता बुझेको छैन भनी महसुस गर्दैनन् र? के यो महसुस गर्नु राम्रो कुरा हो कि नराम्रो कुरा हो? (राम्रो कुरा।) अन्त्यमा, तिनीहरूले आफ्नो वास्तविक कद पत्ता लगाउँछन्। यदि तिनीहरूले धारणाहरू फैलाउने कसैलाई नभेट्टाएका भए, तिनीहरूले अझै पनि तिनीहरूसँग कद छ, तिनीहरूले सत्यता बुझेका छन्, तिनीहरूमा सुझबुझ छ, र तिनीहरूले सबै कुरा छर्लङ्ग देख्न सक्छन्, विभिन्न आत्मिक सिद्धान्तहरू प्रचार गर्न सक्छन्, र ठूलो जानकारीताका साथ हरेक सत्यताबारे अलिअलि सङ्गति गर्न सक्छन् भन्ने सोच्न सक्थे। तर, जब तिनीहरू कसैले धारणाहरू फैलाइरहेको घटना सामना गर्छन्, तब तिनीहरूलाई यो कुरा गलत हो भन्ने थाहा भए पनि तिनीहरू असहाय हुन्छन्, केही गर्न सक्दैनन्, र अन्ततः पराजित हुन्छन्। के यो लाजमर्दो कुरा होइन र? के यो महिमित कुरा हो र? (होइन।) त्यसोभए, यसलाई कसरी समाधान गर्नुपर्छ? यदि तँसँग तिनीहरूसँग विवाद गर्ने सही शब्दहरू छैनन्, र तँ लाजमा पर्नबाट जोगिन चाहन्छस् र शैतानलाई पूर्ण रूपमा लज्जित तुल्याउन र जित्न आफ्नो गवाहीमा दृढ रहन पनि चाहन्छस् भने, तैँले के गर्नुपर्छ? म तिमीहरूलाई एउटा प्रभावकारी विधि बताउँछु: यदि तँ तिनीहरूले अटुट रूपमा धारणाहरू फैलाएको देख्छस्, र धेरैजसो मानिसहरूमा सुझबुझको कमी छ र उनीहरू तिनीहरूको प्रभावमा पर्छन्, तर तैँले तिनीहरूलाई तर्क गरेर जित्न सक्दैनस् भने, पाखुरा सुर्कनुपर्ने समय आएको छ; टेबल ठटाएर यसो भन्, “चुप लाग! तिमी के कुरा गरिरहेको छौ? म तिमीसँग तर्क गरेर जित्न सक्दिनँ होला, तर तिमी अविश्वासी हौ भन्ने मलाई थाहा छ! तिमी के भनिरहेको छौ हेर; के त्यसमा सत्यताअनुरूप एउटा शब्द पनि छ? तिमीले परमेश्वरको अनुग्रहको आनन्द लिएको धेरै वर्ष भएको छ—के तिमीले कहिल्यै परमेश्वरका लागि प्रशंसाको एक शब्द बोलेको वा कुनै गवाही दिएको छौ? तिमीसँग परमेश्वरविरुद्ध गुनासाहरू छन्; यदि तिमीसँग तागत छ भने, सीधै तेस्रो स्वर्ग जाऊ र परमेश्वरसँग सीधै कुरा गर। यहाँ बाधाहरू दिन छोड। अब म औपचारिक रूपमै तिमी भागिहाल भनेर आदेश दिन्छु!” के तिमीहरूले यसो भन्ने आँट गर्नेथियौ? के यो उग्र हुनु हो? (अहँ, होइन।) यो शैतानका लागि घोषणा जारी गर्नु हो। बस यस्तो गर। तिनीहरूलाई यसो भन, “ए अविश्वासी, गइहाल! तिमीले केही नगरी यति धेरै परमेश्वरको अनुग्रह प्राप्त गरेको छौ, ए विवेकहीन दुष्ट व्यक्ति; तिमी मानव हुन लायक छैनौ!” बस एउटै शब्द: “गइहाल!” कस्तो लाग्यो? यो शक्तिशाली छ, तर यसलाई लापरवाह रूपमा प्रयोग गर्नु हुँदैन। तैँले अझै सत्यता नबुझेका नयाँ विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्नु हुँदैन, तर अविश्वासीहरू र शैतानका नोकरहरूलाई भने, तँ निर्दयी रूपमा यस्ता आदेशहरू दिन सक्छस्: “यो परमेश्वरको घर हो, साँचो दाजुभाइ-दिदीबहिनीहरूको घर हो, परमेश्वरलाई पछ्याउनेहरूको घर हो। यो दियाबलस र शैतानहरूको घर होइन। यहाँ दियाबलस र शैतानहरूको आवश्यकता पर्दैन। तिमी दियाबलस र शैतान हौ, त्यसकारण गइहाल!” के यो उचित हुन्छ? (हुन्छ।) यो सबैभन्दा राम्रो विधि होइन; तिमीहरूको कद सानो भएकोले, शैतानसँग लड्न तिमीहरूमा पर्याप्त कद नभएकोले मात्रै, मैले तिमीहरूलाई यो विधि सिकाइरहेको छु। वास्तवमा, यो आदर्श विधि होइन। आदर्श विधि के हो भने—यदि तिमीहरू धेरै सत्यता बुझ्छौ र तिमीहरूमा परमेश्वरमाथिको साँचो आस्था र साँचो ज्ञान छ भने—तिमीहरूले तिनीहरूलाई खण्डन गर्न सक्छौ, र तिमीहरूले तिनीहरूलाई यति राम्रोसित खण्डन गरिदिन्छौ कि तिनीहरू अत्यन्तै लज्जित हुन्छन्, जसले गर्दा तिनीहरू अन्ततः सबैलाई यसो भन्छन्: “म आफ्नो आस्था कायम राख्न सक्दिनँ; म लाजले तिमीहरू कसैलाई अनुहार देखाउन सक्दिनँ। म दियाबलस र शैतान हुँ; म आफै मण्डली छोड्छु।” अहिले तिमीहरूसँग यो क्षमता नभएको हुनाले, तिमीहरूले बारम्बार धारणाहरू फैलाउनेहरूलाई मैले तिमीहरूलाई सिकाएको विधिअनुसार नै व्यवहार गर्नुपर्छ।
के तिमीहरूले मण्डलीमा बारम्बार धारणाहरू फैलाउनेहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा अब जान्यौ? के तिमीहरू अहिले मानिसहरूलाई बहकाउन धारणाहरू फैलाउनेहरूलाई खुट्ट्याउन सक्छौ? (सक्छौँ।) धारणाहरू फैलाउने मुख्य प्रकारका बोलीवचनहरू के-के हुन्? एउटा प्रकारले परमेश्वरका वचनहरूलाई लक्षित गर्छ, अर्को प्रकारले परमेश्वरको कामलाई लक्षित गर्छ, र अर्को प्रकारले परमेश्वरको स्वभाव र सारलाई लक्षित गर्छ। यस्ता बोलीवचनहरू परमेश्वरबारे हल्का कल्पना र गलतफहमीहरूदेखि, परमेश्वरबारे आलोचना, निन्दा, र ईश्वरनिन्दा गर्ने गम्भीर कार्यसम्म हुन्छन्। यीबाहेक, मानिसहरूले परमेश्वरप्रतिका आफ्ना गुनासा, अवज्ञा, र असन्तुष्टिजस्ता कुराहरू व्यक्त गर्ने नकारात्मक र प्रतिरोधी टिप्पणीहरू पनि हुन्छन्। सारांशमा भन्दा, धारणाहरू फैलाउने सबै शब्दहरू परमेश्वरलाई अवज्ञा गर्ने, आलोचना गर्ने, निन्दा गर्ने, र ईश्वरनिन्दा गर्ने प्रकृतिका हुन्छन्, र तिनले पैदा गर्ने परिणाम भनेको मानिसहरूलाई परमेश्वरप्रति शङ्का गर्ने र उहाँविरुद्ध सतर्क हुने, उहाँलाई गलत बुझ्ने र आफूलाई उहाँबाट टाढा राख्ने, र उहाँलाई इन्कार्नेसमेत बनाउनु हो। यी कुराहरू खुट्ट्याउन सजिलै हुनुपर्छ।
ग. धारणाहरू समाधान गर्ने सिद्धान्त र मार्गहरू
धारणाहरू फैलाउनेबारे अझै पनि केही कुरा छन् जसबारे सङ्गति गरिनु आवश्यक छ। कतिपय मानिस भन्छन्: “धारणाहरू फैलाउने कुरा आउँदा, मण्डली जीवनका अवधिमा हामीले खुलासा र चिरफार गर्ने अभ्यास गर्नुपर्छ, र यसलाई हामीले प्रतिबन्धित गर्नुपर्छ। तर, परमेश्वरमाथिको विश्वासको दौरान, हामीले विभिन्न धारणा विकास गर्ने सम्भावना हुन्छ; यो हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो। त्यसकारण, धारणाहरूको कुरा आउँदा, हामीले सही रूपमा अभ्यास गर्न सक्न, र मण्डली जीवनमा बाधा र अवरोधहरू नल्याउन, अरूलाई हानिकारक असर नपार्न, वा अरूको जीवनमा घाटा नल्याउनका लागि हामीले अभ्यासको कस्तो मार्ग पछ्याउनुपर्छ? व्यवहार गर्ने उचित तरिका के हो?” के मानिसहरूमा धारणाहरू हुन्छन् भन्ने कुरा तथ्य होइन र? के यो अपरिहार्य कुरा होइन र? (हो।) कतिपय मानिस भन्छन्, “सत्यता नपछ्याउनेहरूले मात्रै धारणाहरू विकास गर्नेछन्।” के यो अभिव्यक्ति सही छ? यो आंशिक रूपमा मात्रै सही छ। सत्यता पछ्याउनेहरूले पनि कहिलेकाहीँ विशेष परिस्थितिहरू सामना गर्दा परमेश्वरबारे धारणाहरू विकास गर्न सक्छन्, किनभने मानिसहरूले सत्यता र परमेश्वरका अभिप्रायहरू बुझ्नुभन्दा पहिले, र परमेश्वरबारे ज्ञान प्राप्त गर्नुभन्दा पहिले, परमेश्वरका वचन र कामबारे केही धारणा विकास गर्नेछन्। यी धारणाहरू सत्यताअनुरूप नभएका केही भ्रमपूर्ण मानव विचारहरू हुन्। कतिपय धारणा नैतिकता, दर्शन, परम्परागत संस्कृति, नैतिक सिद्धान्तहरू, र आदि इत्यादि कुराहरूअनुरूप हुन सक्छन्, र झट्ट हेर्दा, यी विचारहरू सही पनि देखिन सक्छन्। तर, यी विचारहरू सत्यताअनुरूप हुँदै हुँदैनन्, बरु त्यसको विपरीत हुन्छन्। यो तथ्य हो। मानिसहरूले यी धारणाहरूलाई कसरी सामना गर्नुपर्छ? मानिसहरूले सत्यता पछ्याउनुअघि नै, आफूसँग कैयौँ धारणा बोकिरहेका हुन्छन्; यी अन्तर्निहित धारणाहरू हुन्। मानिसहरूले सत्यता पछ्याउने प्रक्रियाको दौरान, वातावरण र विभिन्न प्रसङ्ग परिवर्तन हुने हुनाले तिनीहरूमा निकै धेरै नयाँ धारणाहरू पैदा हुनेछन्; यीचाहिँ आर्जित धारणाहरू हुन्। दुवै प्रकारका धारणाहरू मानिसहरूले परमेश्वरमा विश्वास गर्ने आफ्नो यात्रामा सामना गर्नुपर्ने कुरा हुन्। त्यसोभए, के धारणाहरू समाधान गर्ने कुनै उपाय छ? के अभ्यासको कुनै मार्ग छ? कतिपयले भन्छन्, “यो कुरा सम्हाल्न सजिलो छ। हामीले हाम्रा अन्तर्निहित धारणाहरूविरुद्ध विद्रोह गर्न सक्छौँ; हामीले तीप्रति कुनै ध्यान दिनु आवश्यक छैन। हामीले सत्यता पछ्याउने प्रक्रियामा, र सत्यता बुझ्दै गर्दा यी धारणाहरू बिस्तारै समाधान हुनेछन् र हट्नेछन् भन्नेमा हामी निश्चित छौँ। आर्जित धारणाहरूको हकमा चाहिँ, हामी तिनलाई समाधान गर्न परमेश्वरमा भर पर्छौँ, र हामी तिनको बन्धनमा पनि पर्दैनौँ। त्यसकारण, आजसम्म, हामीले हृदयमा परमेश्वरविरुद्ध प्रतिरोध, निन्दा, वा ईश्वरनिन्दाजस्ता कुराहरूमा डोऱ्याउन सक्ने धारणाहरू निर्माण गरेका छैनौँ।” अभ्यासको यो विधि, धारणाहरू सामना गर्ने र सम्हाल्ने यो तरिका कस्तो छ? के यसले धारणाहरू समाधान गर्न सक्छ? के यसमा केही कमीकमजोरी छन्? के धारणाहरूप्रतिको यो मनोवृत्ति सक्रिय र सकारात्मक हो? (होइन।) के यो मनोवृत्तिले मानिसहरूमा कुनै सकारात्मक प्रभाव पार्छ? यदि तँ यी धारणाहरूलाई बेवास्ता गर्ने निष्क्रिय विधि प्रयोग गर्छस्, र तिनलाई आफ्नो हृदयको सबैभन्दा गुप्त भागमा भण्डारण गर्छस्, र ती बाहिर आउँदा तिनलाई कुल्चीमिल्ची गर्छस् अनि प्रार्थना गर्छस् र त्यसपछि ती समाधान भएको ठान्छस्, ती फेरि देखा पर्दा तिनलाई त्यसरी नै निराकरण गर्छस्, र पछि तीबारे विचार नगरी ती समस्यै होइनन् जस्तो व्यवहार गर्छस्, र “जे भए पनि मैले विश्वास गरेको परमेश्वर अझै मेरै परमेश्वर हुनुहुन्छ, म अझै परमेश्वरकै सृजित प्राणी हुँ, र परमेश्वर अझै मेरै सृष्टिकर्ता हुनुहुन्छ; यो कुरा परिवर्तन भएकै छैन” भन्ने विश्वास गर्छस् भने, के धारणाहरू समाधान गर्ने सबैभन्दा प्रभावकारी तरिका यही हो त? के यसले सकारात्मक नतिजा हासिल गर्छ त? के यस्तो अभ्यासले धारणाहरू जरैबाट पूरै समाधान गर्छ त? अवश्य नै गर्दैन। यी धारणाहरू जति नै ठूला वा साना भए पनि, वा जति नै धेरै वा थोरै भए पनि, मानिसहरूको हृदयमा यी धारणाहरू अस्तित्वमा रहेसम्म, तिनीहरूको जीवन प्रवेश र परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा केही न केही नकारात्मक असर पर्नेछ, यसरी बाधाहरू पैदा हुनेछन्। विशेषगरी जब मानिसहरू कमजोर हुन्छन्; जब तिनीहरूले विजय गर्न नसकिने वातावरण सामना गर्छन्; जब तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन, र परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भनी तिनीहरूलाई थाहा हुँदैन; अनि जब तिनीहरूलाई आफूसँग मुक्तिको कुनै आशा छैन भन्ने लाग्छ, तब यी धारणाहरू तुरुन्तै तिनीहरूभित्र देखा पर्छन्, तिनीहरूको विचारमा हाबी हुन्छन्, तिनले तिनीहरूको हृदयमा डेरा जमाइ बस्छन्, र यसरी यी धारणाहरूले तिनीहरू बस्छन् वा छोडिजान्छन् भन्ने कुरामा समेत असर पार्न सक्छन्, र तिनीहरूले छनौट गर्ने मार्गमा पनि प्रभाव पार्न सक्छन्। अनि सायद तैँले कहिल्यै वास्ता नगरेको र तँलाई कहिल्यै असर नगरेको वा तँलाई कहिल्यै निराश नतुल्याएको कुनै धारणा पनि हुन सक्छ—तैँले सधैँ आफू त्यसको मालिक हुँ, त्यसलाई नियन्त्रण गर्न सक्छु भन्ने विश्वास गरेको थिइस्—तर कुनै निश्चित असफलता, बर्खासी वा हटाइ, वा परमेश्वरबाट आएको कठोर अनुशासन र ताडना अनुभव गरेपछि, वा तँलाई तँ अतल कुण्डमा परेको छस् जस्तो महसुस भएपछि, त्यस्तो समयमा त्यो धारणा उप्रान्त तेरा लागि कुनै गौण वस्तु मात्रै रहँदैन। तैँले त्यसलाई बेवास्ता गरे पनि, त्यसले तेरा विचारहरू बिथोल्न र बहकाउन सक्छ, त्यो तेरा विचार र दृष्टिकोणहरू, परमेश्वरप्रतिको तेरो मनोवृत्ति, र परमेश्वरमाथिको तेरो आस्थामा समेत हाबी हुन सक्छ। यदि तँसँग ती धारणाहरू सम्हाल्ने उचित विधि वा अभ्यासको सिद्धान्त छैन भने, वा तँसँग ती कुराहरूबारे स्पष्ट बुझाइ छैन भने, ती धारणाहरूले बीचबीचमा तेरो जीवन प्रवेश वा तेरा तत्कालीन छनौटहरूमा असर गर्नेछन्। तिनले परमेश्वरसँगको तेरो सम्बन्ध र परमेश्वरप्रतिको तेरो मनोवृत्तिमा समेत प्रभाव पार्न सक्नेछन्। त्यसकारण, कुनै पनि प्रसङ्गमा पैदा हुने विभिन्न धारणा सामना गर्दा, हानि हुनबाट जोगिन र सकारात्मक नतिजा हासिल गर्नका लागि मानिसहरूले तिनलाई सामना गर्न र सम्हाल्न कस्तो मनोवृत्ति र विधि अपनाउनुपर्छ? यो एउटा प्रश्न हो जसबारे स्पष्ट रूपमा सङ्गति गर्नुपर्ने हुन्छ।
देहमा जिउने मानिसहरूमा स्वतन्त्र इच्छा र विचार हुन्छन्। तिनीहरू शिक्षित भए पनि नभए पनि, तिनीहरूको क्षमता जस्तोसुकै भए पनि, वा तिनीहरूको लैङ्गिकता जे भए पनि, मानिसहरूमा विचारहरू भएसम्म, तिनीहरूले धारणाहरू पैदा गर्ने नै छन्। यदि कुनै धारणाले तेरो भ्रष्ट स्वभावमा प्रभुत्व जमायो भने, तैँले त्यस धारणाका कारण परमेश्वरलाई अवज्ञा गर्नेछस्। त्यसकारण, मानिसहरूमा धारणाहरू हुनुको यो समस्या समाधान गरिनुपर्छ। धारणाहरू फैलाउनेहरूले मात्रै धारणाहरू पैदा गर्दैनन्; यति मात्र हो, तिनीहरू आफ्ना धारणाहरू फैलाउँछन्, तिनीहरू लापरवाह रूपमा परमेश्वरको विरोधमा खडा हुन्छन् र उहाँबारे विभिन्न दृष्टिकोण र मूल्याङ्कनहरू फैलाउँछन्। तर के धारणाहरू नफैलाउनेहरूमा कुनै धारणा हुँदैन भन्ने हो त? हरेक व्यक्तिमा धारणाहरू हुन्छन्; यो तथ्य हो। भिन्नता के हो भने जानीजानी धारणाहरू फैलाउनेहरूमा अन्तर्निहित रूपमै सत्यताप्रति वितृष्ण प्रकृति सार हुन्छ। तिनीहरूले सत्यता नस्विकार्ने हुनाले र बरु आफ्ना धारणाहरू सही छन् र पूर्ण रूपमा सत्यताअनुरूप छन् भन्नेसमेत विश्वास गर्ने हुनाले, यदि तिनीहरूका धारणाहरू सत्यतासँग बाझिन्छन् भने, तिनीहरू सत्यता होइन बरु आफ्ना धारणाहरू स्विकार्ने निर्णय गर्छन्। तिनीहरू यहीँनेर असफल हुन्छन् र यहीँनेर तिनीहरू प्रतिबन्धित र निन्दित हुन्छन्। त्यसोभए साधारण र सामान्य मानिसहरूले धारणाहरू पैदा गर्दा चाहिँ किन तिनीहरूको निन्दा गरिँदैन त? किनभने तिनीहरूमध्ये धेरैजसो चेतनाका साथ बोल्छन् र व्यवहार गर्छन्, र तिनीहरूलाई हृदयमा, मानव धारणाहरू सत्यताअनुरूप हुँदैनन् र ती गलत हुन्छन् भन्ने थाहा हुन्छ; तिनीहरूले तुरुन्तै आफ्ना धारणाहरू समाधान गर्न नसक्ने भए पनि ती त्याग्न तिनीहरू इच्छुक हुन्छन्। जब तिनीहरू सत्यता स्विकार्ने निर्णय गर्छन्, तब तिनीहरूका भित्री धारणाहरू यसर्थ सत्यताद्वारा प्रतिस्थापित हुन्छन् र समाधान गरिन्छन्; तिनीहरू आफ्ना धारणाहरू त्याग्छन् र त्यसउप्रान्त तिनीहरू तिनको प्रभाव, प्रतिबन्ध, वा प्रभुत्वमा पर्दैनन्। त्यसकारण, यी मानिसहरू आफूमा धारणाहरू भए पनि, ती फैलाउने काम गर्दैनन्। तिनीहरू अझै पनि आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न, परमेश्वरलाई सामान्य रूपमा पछ्याउन, परमेश्वरका वचनहरू र परमेश्वरको काम स्विकार्न, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन, र परमेश्वरको मुक्तिमा समर्पित हुन सक्छन्। अनि तिनीहरू सधैँ आफू सृजित प्राणी हुँ र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्छन्। तिनीहरूले हृदयमा जुनसुकै धारणाहरू पाले पनि, तिनीहरू परमेश्वरसँगको सामान्य सम्बन्ध कायम राख्न र सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध कायम राख्न सक्छन्, अनि आफ्नो कर्तव्य त्याग्नबाट, परमेश्वरको नाम त्याग्नबाट तर्किन सक्छन्, अनि परमेश्वरमाथिको तिनीहरूको आस्था अपरिवर्तित नै रहिरहन्छ। कुरा यही भए पनि, यदि धारणाहरू कहिल्यै समाधान भएनन् भने, तिनले अझै पनि मानिसहरूलाई बरबाद पार्न र विनाशमा डोऱ्याउन सक्छन्। त्यसकारण, हामीले धारणाहरू कसरी सामना र समाधान गर्ने भन्नेबारे अझै पनि सङ्गति गर्नु जरुरी छ।
तिमीहरूलाई कुन चाहिँ समाधान गर्न सजिलो छ भन्ने लाग्छ: परमेश्वरमा विश्वास गर्नुभन्दा पहिलेदेखि मानिसहरूमा रहेका अन्तर्निहित धारणाहरू कि परमेश्वरमा विश्वास गरेपछि विशेष वातावरण र प्रसङ्गहरूमा मानिसहरूले विकास गर्ने धारणाहरू? (अन्तर्निहित धारणाहरू समाधान गर्न सजिलो हुन्छ।) मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा परमेश्वरबारे तिनीहरूमा भएका कल्पना र धारणाहरू समाधान गर्न सजिलो हुन्छ, जबकि उहाँमा विश्वास गर्न थालेपछि परमेश्वरको काम अनुभव गर्दै गर्दा तिनीहरूमा विकसित हुने धारणाहरू समाधान गर्न त्यति सजिलो हुँदैन—यो सैद्धान्तिक अभिव्यक्ति हो, तर अन्त्यमा यो तथ्यहरूसँग मिल्दैन। “सैद्धान्तिक” को अर्थ के हो? यसको अर्थ यस्ता प्रकारका निष्कर्षहरू मानिसहरूद्वारा दर्शन र तर्कका आधारमा निकालिएका हुन्छन्। मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न र दर्शनहरूका सत्यता बुझ्न थालेपछि, तिनीहरूका केही धारणा त्यागिन्छन् र समाधान हुन्छन्। वास्तवमा, यो समाधान धर्मसैद्धान्तिक स्तरमा मात्रै हासिल हुन्छ; यी धारणाहरू समाधान भएजस्तो देखिन्छन्, तर मानिसहरूले परमेश्वरलाई पछ्याउँदा विकास गर्ने धेरै धारणाहरू तिनीहरूका अन्तर्निहित धारणाहरूसँग सम्बन्धित हुन्छन्। सैद्धान्तिक रूपमा, यी दुई प्रकारका धारणामध्ये अन्तर्निहित धारणाहरू समाधान गर्न सजिलो हुन्छ, तर वास्तवमा, मानिसहरूले सत्यता स्विकार्न र सकारात्मक कुराहरूलाई प्रेम गर्न सकेसम्म, र तिनीहरू सत्यताको बुझाइमा पुगेसम्म, दुवै प्रकारका धारणाहरू समाधान गर्न सजिलै हुन्छन्। उदाहरणका लागि, तिमीहरूमध्ये कतिपयले अन्तर्निहित धारणाहरू समाधान गर्न सजिलो छ भनेर भन्छौ, तर तिमीहरूले विकृत बुझाइ भएका मानिसहरू भेट्टाउन सक्छौ, जो अत्यन्तै जिद्दी हुन्छन् र महत्त्वहीन विवरणहरूमा अति नै घोत्लिन्छन्, जो बाइबल, उत्कृष्ट आत्मिक लेखहरू, र बाइबल व्याख्याकारहरूका अर्थ्याइहरूको जाँचपड्ताल गर्छन्; यी मानिसहरू आफूले भेट्टाएका कुराहरू तँलाई दोहोर्याउँदै सुनाउँछन्, र तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि त्यो तिनीहरू स्विकार्दैनन्। तिनीहरू विशुद्ध प्रवचन, सत्यता, वा सही शब्दहरू स्विकार्न सक्दैनन्; तिनीहरू ती कुराहरू सुन्दा तिनलाई आत्मसात् गर्दैनन्। एक हिसाबमा, तिनीहरूको बुझ्ने क्षमतामा समस्या हुन्छ; अर्को हिसाबमा, तिनीहरू सकारात्मक कुराहरू वा सत्यतालाई प्रेम गर्दैनन्, बरु तिनीहरू जिद्दी हुन र महत्त्वहीन विवरणहरूमा घोत्लिन, र भाषाको खेल खेल्न मन पराउँछन्, र तिनीहरूलाई सिद्धान्त र ईश्वरशास्त्र मन पर्छ। के त्यस्ता मानिसहरूले आफ्ना धारणाहरू त्याग्न सक्छन् त? (सक्दैनन्।) तथ्यहरूबाट मूल्याङ्कन गर्दै, त्यस्ता मानिसहरूको स्वभाव र रुचिहरूका आधारमा हेर्दा, तिनीहरू सत्यता स्विकार्न सक्दैनन्। मानिसहरूका प्रारम्भिक धारणाहरू वास्तवमा अत्यन्तै गहिराइ विनाको र सतही किसिमका हुन्छन्, र तिनलाई समाधान गर्न निकै सजिलो हुन्छ। यदि कुनै व्यक्तिमा सामान्य सोचाइ र सामान्य बुझ्ने क्षमता छ भने, जब तँ तिनीहरूसँग दर्शनहरूसँग सम्बन्धित सत्यताबारे सङ्गति गर्छस्, तिनीहरूले त्यो कुरा बुझेसम्म, सजिलै आफ्ना धारणाहरू त्याग्न सक्छन्। तर एकप्रकारका मानिसहरूमा सामान्य सोचाइ हुँदैन, तिनीहरू सत्यता बुझ्न सक्दैनन्, र सत्यता स्विकार्दैनन्। के त्यस्ता मानिसहरूले आफ्ना धारणाहरू त्याग्न सक्छन् त? (सक्दैनन्।) त्यसकारण, त्यस्ता मानिसहरूका धारणाहरू समाधान गर्न गाह्रो हुन्छ। यदि कुनै व्यक्तिसँग सामान्य समझ छ र ऊ सत्यता स्विकार्न सक्छ भने, उसले परमेश्वरमा विश्वास गरेपछि परमेश्वरबारे जेसुकै धारणाहरू विकास गरे पनि, र यी धारणाहरू जुनसुकै वातावरण वा प्रसङ्गमा पैदा भए पनि, उसले परमेश्वरसँग बहस गर्दैन। ऊ यसो भन्छ, “म मानव हुँ, ममा भ्रष्ट स्वभाव छन्, अनि मेरो सोचाइ र व्यवहार गलत हुन सक्छ। परमेश्वर सत्यता हुनुहुन्छ, र परमेश्वर कहिल्यै गलत हुनुहुन्न। मेरा विचारहरू जति नै तर्कसङ्गत भए पनि ती अझै पनि मानव विचार नै हुन्, ती मानवबाट आउँछन् र ती सत्यता होइनन्। यदि ती विचारहरू परमेश्वरका वचनहरू वा सत्यतासँग बाझिन्छन् भने, जति नै तर्कसङ्गत भए पनि गलत हुन्छन्।” अहिले यी धारणाहरू ठ्याक्कै कहाँ गलत छन् भन्ने कुरा तिनीहरूलाई थाहा नहुन सक्छ, त्यसोभए तिनीहरू कसरी अभ्यास गर्छन् त? तिनीहरू समर्पण अभ्यास गर्छन्, तिनीहरू जिद्दी हुँदैनन् र तिनीहरू निश्चित विवरणहरूमा मात्रै घोत्लिँदैनन्, र परमेश्वरले कुनै दिन यो कुरा प्रकट गर्नुहुनेछ भन्ने विश्वास गर्दै यसलाई त्याग्दिन्छन्। कसैले तिनीहरूलाई सोध्छ, “परमेश्वरले यो कुरा प्रकट गर्नुभएन भने के गर्ने?” तिनीहरू जवाफ दिन्छन्, “तब म सदाका लागि समर्पित हुनेछु। परमेश्वर कहिल्यै गलत हुनुहुन्न, र परमेश्वर जे गर्नुहुन्छ त्यो कहिल्यै गलत हुँदैन। यदि परमेश्वरले गर्ने कुरा मानव धारणाहरूअनुरूप छैन भने, यसको अर्थ परमेश्वर गलत हुनुहुन्छ भन्ने होइन, बरु मानिसहरूले त्यसलाई बोध गर्न वा बुझ्न सक्दैनन् भन्ने हो। त्यसकारण, मानिसहरूले सबैभन्दा बढी गर्नुपर्ने कुरा भनेको छानबिन नगर्नु हो, तिनीहरू आफ्ना धारणाहरूमा अडिग रहिरहनु हुँदैन, र परमेश्वरमा गल्तीहरू पत्ता लगाउन आफ्ना धारणाहरू प्रयोग गर्नु हुँदैन, परमेश्वरमा समर्पित नहुन र उहाँलाई अवज्ञा गर्नका लागि तर्क र बहानाका रूपमा आफ्ना धारणाहरू प्रयोग गर्नु हुँदैन।” तिनीहरू आफ्ना धारणाहरूलाई यसरी नै लिन्छन्। के यस्तो अभ्यास सत्यता अभ्यास गर्नु हो? यो वास्तवमै सत्यता अभ्यास गर्नु हो। जब तिनीहरू धारणाहरू विकास गर्छन्, तब परमेश्वरलाई ती धारणाका कुराहरूसँग तुलना गर्न वा ती धारणाहरूलाई परमेश्वरबारे छानबिन गर्न, र परमेश्वर साँचो हुनुहुन्छ कि हुनुहुन्न वा उहाँ अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर पुष्टि गर्न प्रयोग गर्ने गर्दैनन्। बरु, तिनीहरू आफ्ना ती धारणाहरू त्याग्छन् र सत्यता स्विकार्न र परमेश्वर चिन्न लागिपर्छन्। तर तिनीहरूले परमेश्वर चिन्न सक्दो प्रयास गरे पनि, उहाँलाई चिन्न सक्दैनन्। अनि त्यसपछि तिनीहरू के गर्छन्? तिनीहरू अझै पनि समर्पित हुन्छन्। तिनीहरू भन्छन्, “परमेश्वर कहिल्यै गलत हुनुहुन्न। परमेश्वर सधैँ परमेश्वर नै हुनुहुन्छ। सत्यता व्यक्त गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वर नै सत्यताको स्रोत हुनुहुन्छ।” यी धारणाहरू सम्हाल्दा, सबभन्दा पहिले त तिनीहरू परमेश्वरलाई परमेश्वरको स्थानमा र आफूलाई सृजित प्राणीका स्थानमा राख्छन्। त्यसकारण, तिनीहरूले आफ्ना धारणाहरू पन्छाएका वा समाधान गरेका छैनन् भने पनि, परमेश्वरप्रतिको तिनीहरूको समर्पणको मनोवृत्ति परिवर्तन हुँदैन। यस मनोवृत्तिले तिनीहरूलाई सुरक्षा दिन्छ, जसले गर्दा तिनीहरू परमेश्वरले तिनीहरूलाई उहाँसामु रहेका सृजित प्राणीका रूपमा चिन्नुहुन्छ। त्यसकारण, के त्यस्ता मानिसहरूका धारणाहरू समाधान गर्न सजिलो हुन्न र? (हुन्छ।) यो कसरी हासिल हुन्छ? मानौँ तिनीहरूले कुनै परिस्थिति सामना गर्दा यसरी बोलेका छन् अरे: “परमेश्वरले गर्ने सबै कुरा सत्यता हो र यो सही हुन्छ, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँले गल्ती गर्न सक्नुहुन्न भनेर भन्नु—के त्यो गलत होइन र? परमेश्वरले गल्ती गर्न सक्नुहुन्न भनेर भनिए पनि, यो त सैद्धान्तिक अभिव्यक्ति मात्रै हो। वास्तवमा, परमेश्वरले गर्ने कतिपय कुरा असंवेदनशील हुन्छन् र ती मानव भावनाहरूअनुरूप हुँदैनन्। मलाई लाग्छ यो मामला पूर्ण रूपमा सही छैन। पूर्ण रूपमा सही नभएका कामकुराका हकमा भन्दा, म समर्पित हुनु वा मैले तिनलाई स्विकार्नु जरुरी हुँदैन, होइन र? मैले परमेश्वरको नाम वा उहाँको पहिचान इन्कार नगरे पनि, आफूले अहिले विकास गरेका धारणाहरूले मलाई परमेश्वरबारे अझै धेरै अन्तर्ज्ञान र अझै राम्रो बुझाइ दिएका छन्—परमेश्वरले पनि केही गलत कुरा गर्नुहुन्छ र उहाँका पनि कहिलेकहीँ गल्तीहरू गर्ने समयहरू हुन्छन्। त्यसकारण, अबदेखि, मानिसहरूले परमेश्वर धर्मी, सिद्ध, र पवित्र हुनुहुन्छ भनेर भन्दा म विश्वास गर्नेछैनँ। म यी अभिव्यक्तिहरूमा सानो प्रश्नचिन्ह लगाउनेछु। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र म उहाँको सार्वभौमिकता स्विकार्न सक्छु, तैपनि भविष्यमा मैले छानेर स्विकार्नुपर्छ र म अन्योलग्रस्त र अन्धाधुन्ध रूपमा समर्पित हुनु हुँदैन। यदि म गलत रूपमा समर्पित भएँ भने के गर्ने? के मैले घाटा बेहोर्नेछैनँ र? म मूर्खतापूर्वक समर्पित हुने व्यक्ति बन्न सक्दिनँ।” यदि तिनीहरूले धारणाहरू र परमेश्वरलाई यस मनोवृत्तिले लिन्छन् भने, के तिनीहरू सजिलै आफ्ना धारणाहरू त्याग्न सक्छन् र? के यस्तो अभ्यास सत्यता अभ्यास गर्नु हो त? (होइन।) के तिनीहरू र परमेश्वरबीच रहेको सम्बन्ध समस्याग्रस्त भइसकेको हुँदैन र? के तिनीहरूले निरन्तर परमेश्वरको छानबिन गरिरहेका हुँदैनन् र? परमेश्वर त तिनीहरूको नियतिमाथि शासन गर्ने सार्वभौम हुनुहुन्न बरु तिनीहरूको छानबिनको विषय बनिसक्नुभएको हुन्छ। तिनीहरूले आफू सृष्टिकर्ताको प्रभुत्वमा रहेको सृजित प्राणी हुँ भनेर स्विकारे पनि, तिनीहरूले जे गरिरहेका हुन्छन्, त्यो सृजित प्राणीका कर्तव्य र दायित्वहरू पूरा गर्नु होइन। तिनीहरू सृजित प्राणीका रूपमा आफ्नो मूल स्थानमा रहेर सृष्टिकर्तालाई लिइरहेका हुँदैनन्, बरु आफूलाई सृष्टिकर्ताको विरोधमा उभ्याइरहेका हुन्छन्, र सृष्टिकर्तालाई छानबिन गरिरहेका र सृष्टिकर्ताका कार्य र व्यवहारहरू विश्लेषण गरिरहेका हुन्छन्, आफ्नो इच्छाअनुसार समर्पित हुने कि नहुने र स्विकार गर्ने कि नगर्ने भनेर छनौट गरिरहेका हुन्छन्। के यो मनोवृत्ति र अभ्यास शैली सत्यता स्विकार्ने व्यक्तिमा हुनुपर्ने प्रकटीकरणहरू हुन्? के तिनीहरूका धारणाहरू समाधान गर्न सकिन्छ? (अहँ, ती समाधान गर्न सकिँदैन।) तिनलाई कहिल्यै समाधान गर्न सकिँदैन। किनभने परमेश्वरसँगको तिनीहरूको सम्बन्ध विकृत भएको हुन्छ; यो सामान्य सम्बन्ध हुँदैन, यो सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध हुँदैन। तिनीहरूले परमेश्वरलाई छानबिन गरिनुपर्ने वस्तुका रूपमा लिन्छन्, र उहाँलाई निरन्तर छानबिन गर्छन्। तिनीहरू आफूले सही र असल ठानेको कुरा स्विकार्छन्, तर मानव धारणा र कल्पनाहरू वा मानव रुचिहरूअनुरूप नरहेका कुराबारे भित्री रूपमा परमेश्वरको प्रतिरोध गर्छन् र उहाँसँग होड गर्छन्, र तिनीहरू परमेश्वरबाट टाढिन्छन्। के त्यस्तो व्यक्ति सत्यता स्विकार्ने व्यक्ति हो त? सतही रूपमा हेर्दा, कुनै घटनाहरू नभएको र परमेश्वरबारे कुनै धारणाहरू नभएको अवस्थामा, ऊ परमेश्वरले बोल्ने वचनहरूमा समर्पित हुन सक्छ। तर उसले धारणाहरू विकास गरेपछि, उसको समर्पण हराउँछ; यो कहीँकतै देख्न सकिँदैन, र यसलाई व्यवहारमा उतार्न सकिँदैन। यहाँ के भइरहेको हुन्छ? के स्पष्ट छ भने तिनीहरू सत्यता अभ्यास गर्ने मानिस होइनन्। तिनीहरू परमेश्वरलाई सत्यताको स्रोत वा सत्यता स्वयमका रूपमा स्विकार्दैनन्। सत्यता स्वीकार नगर्ने मानिसहरूमा ती धारणाहरू जहिलेसुकै देखा परे पनि ती धारणाहरू त्याग्न वा समाधान गर्न तिनीहरूलाई गाह्रो हुन्छ।
माथिको सङ्गतिको विषयवस्तुबाट मूल्याङ्कन गर्दा, कुन प्रकारको धारणा समाधान गर्न बढी सजिलो छ भन्ने तिमीहरूलाई लाग्छ? त्यो परिस्थितिमा निर्भर हुन्छ। सत्यता स्विकार्न सक्ने, समझ भएका र सही मानिसहरूका हकमा, तिनीहरूका धारणाहरू जुनसुकै बेला पैदा भए पनि तिनलाई समाधान गर्न सजिलो हुन्छ। सत्यता स्विकार्न नसक्नेहरूका हकमा, तिनीहरूका धारणाहरू जुनसुकै बेला पैदा भए पनि तिनलाई समाधान गर्न गाह्रो हुन्छ। कतिपय मानिसहरूले परमेश्वरमा बीसतीस वर्ष विश्वास गरेका हुन्छन्, र अहिले पनि, तिनीहरूले भन्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन; त्यो सब शब्द र धर्मसिद्धान्तहरू, अनि मानव धारणाहरू मात्रै हुन्छ। तिनीहरूले कुनै पनि सत्यता बुझ्दै बुझेका हुँदैनन्—के तिनीहरूका धारणाहरू पैदा हुँदा तिनीहरूले ती त्याग्न सक्छन् त? यो भन्न गाह्रो छ। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरूले आफ्ना धारणाहरू त्याग्न सक्नेछैनन्। मानिसहरूमा धारणाहरू हुनु अपरिहार्य नै हुन्छ। हरेकको मस्तिष्कले कुनै पनि बेला विभिन्न धारणाहरू पैदा गर्न सक्छ, चाहे ती अन्तर्निहित वा चाहे आर्जित नै किन नहोऊन्। हरेकको हृदयमा धारणाहरू हुन्छन्, चाहे तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै धेरै वर्ष भएको किन नहोस्। त्यसोभए यसमा के गरिनुपर्छ? के यो समस्या बस समाधान गर्न नसकिने नै हो त? यसलाई समाधान गर्न सकिन्छ; यसमा याद राख्नुपर्ने केही सिद्धान्तहरू छन्। यी सिद्धान्तहरू अत्यन्तै महत्त्वपूर्ण छन्। जब तँ त्यस्ता परिस्थितिहरू सामना गर्छस्, तब यी सिद्धान्तहरूअनुसार अभ्यास गर्। केही समयसम्म अभ्यास गरेपछि, तैँले नतिजाहरू देख्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब धारणाहरू पैदा हुन्छन्, तब धारणा जेसुकै भए पनि, सुरुमा यो सोचाइ सही छ कि छैन भनेर आफ्नो हृदयमा मनन र विश्लेषण गर्। यदि तँलाई यो सोचाइ गलत र विकृत छ, र यसले परमेश्वरको ईश्वरनिन्दा गर्छ भन्ने स्पष्ट रूपमा लाग्छ भने, तुरुन्तै प्रार्थना गर्, र परमेश्वरलाई यो समस्याको सार पहिचान गर्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर अनुरोध गर्, र त्यसपछि, भेलामा आफ्नो बुझाइबारे छलफल गर्। अनि परिस्थितिलाई बुझ्ने र अनुभव गर्दै गर्दा, आफ्ना धारणाहरू समाधान गर्नमा ध्यान दे। यदि यसरी अभ्यास गर्दा स्पष्ट नतिजाहरू प्राप्त हुँदैनन् भने, तैँले सत्यता बुझ्ने व्यक्तिसँग सत्यताको यो पक्षबारे सङ्गति गर्नुपर्छ, र अरूबाट सहयोग र परमेश्वरका वचनहरूबाट समाधानहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ। परमेश्वरका वचनहरू र तेरा अनुभवहरूमार्फत, तैँले परमेश्वरका वचनहरू सही छन् भन्ने कुरा बिस्तारै पुष्टि गर्नेछस्, र तैँले आफ्ना धारणाहरू समाधान गर्ने सन्दर्भमा ठूला नतिजाहरू प्राप्त गर्नेछस्। परमेश्वरका त्यस्ता वचन र कामहरू स्वीकार र अनुभव गरेपछि, तैँले अन्ततः परमेश्वरका अभिप्रायहरू बुझ्नेछस् र तँसँग परमेश्वरको स्वभावबारे केही ज्ञान हुनेछ, जसले तँलाई आफ्ना धारणाहरू त्याग्न र समाधान गर्न सक्षम बनाउनेछ। तैँले परमेश्वरलाई उप्रान्त गलत रूपमा बुझ्नेछैनस् वा तँ उहाँविरुद्ध सतर्क हुनेछैनस्, न त तैँले अनुचित मागहरू नै गर्नेछस्। यो सहजै समाधान गर्न सकिने धारणाहरूको कुरा हो। तर एउटा अर्को प्रकारको धारणा पनि छ जसलाई बुझ्न र समाधान गर्न मानिसहरूलाई गाह्रो हुन्छ। समाधान गर्न गाह्रो रहेका धारणाहरूका हकमा, तैँले पालना गर्नुपर्ने एउटा सिद्धान्त छ: तिनलाई व्यक्त गर्ने वा फैलाउने नगर्, किनभने त्यस्ता धारणाहरू व्यक्त गर्दा त्यसले अरूलाई फाइदा गर्दैन; यो त परमेश्वरलाई अवज्ञा गरेको तथ्य हो। यदि तँ धारणाहरू फैलाउनुका प्रकृति र परिणामहरू बुझ्छस् भने, तैँले यसलाई स्पष्ट रूपमा आफै राम्ररी मापन गर्नुपर्छ र जथाभाबी भन्नबाट टाढा बस्नुपर्छ। यदि तँ “मण्डलीमा मेरा शब्दहरू रोकेर राख्दा साह्रै नराम्रो लाग्छ; मलाई त म विस्फोट हुन्छु जस्तो लाग्छ” भनेर भन्छस् भने, तैँले अझै पनि यी धारणाहरू फैलाउँदा परमेश्वरका चुनिएका मानिसहरूका लागि साँच्चै फाइदाजनक हुन्छ कि हुँदैन भनेर ख्याल गर्नुपर्छ। यदि यो फाइदाजनक छैन र यसले गर्दा अरूले परमेश्वरबारे धारणाहरू राख्छन्, वा परमेश्वरलाई अवज्ञा र आलोचना गर्नसमेत सक्छन् भने, के तैँले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको हुँदैनस् र? तैँले मानिसहरूलाई हानि गरिरहेको हुन्छस्; यो महामारी फैलाउनुभन्दा केही फरक हुँदैन। यदि तँसँग साँच्चै नै समझ छ भने, तँ धारणाहरू फैलाएर अरूलाई हानि गर्नुको सट्टा आफै पीडा सहन चाहनेथिइस्। तर, यदि तँलाई आफ्ना शब्दहरूलाई भित्रै रोकेर राख्दा पीडा हुन्छ भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। यदि समस्या समाधान भयो भने, के त्यो राम्रो कुरा होइन र? यदि तँ परमेश्वरलाई प्रार्थना गर्दासमेत आफ्ना धारणाहरूद्वारा उहाँलाई आलोचना गर्छस् र गलत रूपमा बुझ्छस् भने, तैँले केवल आफूलाई समस्यामा पारिरहेको हुन्छस्। तैँले परमेश्वरलाई यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर, ममा यी विचारहरू छन्, र म तिनलाई त्याग्न चाहन्छु, तर सक्दिनँ। बिन्ती छ मलाई अनुशासित गर्नुहोस्, विभिन्न वातावरणहरूद्वारा मलाई खुलासा गर्नुहोस्, र मलाई मेरा धारणाहरू गलत छन् भनेर पहिचान गर्ने तुल्याउनुहोस्। तपाईँले मलाई चाहे जसरी अनुशासित गर्नुभए पनि, म त्यो स्वीकार गर्न इच्छुक छु।” यो मानसिकता सही हुन्छ। यस्तो मानसिकता लिएर परमेश्वरसँग प्रार्थना गरेपछि, के तँलाई कम उकुसमुकुस हुनेछैन र? यदि तैँले प्रार्थना र खोजी जारी राख्छस्, परमेश्वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छस्, परमेश्वरका अभिप्रायहरू बुझ्छस्, अनि तेरो हृदय उज्यालो हुन्छ भने, तँलाई उप्रान्त उकुसमुकुस महसुस हुनेछैन। अनि, के समस्या समाधान हुनेछैन र? परमेश्वरप्रतिको तेरो धारणा, प्रतिरोध, र विद्रोहीपन लगभग हराउनेछ; कम्तीमा पनि, तँलाई ती कुरा व्यक्त गर्ने आवश्यकता महसुस हुनेछैन। यदि त्यसले अझै पनि काम गरेन र समस्या पूर्ण रूपमा समाधान भएन भने, तेरा धारणाहरू समाधान गर्न मद्दत गर्ने अनुभव भएको कुनै व्यक्ति खोज्। तिनीहरूलाई तँसँग भएका धारणाहरू समाधान गर्नेसँग सम्बन्धित परमेश्वरका वचनहरूका केही खण्डहरू खोज्न लगा, र तिनलाई दर्जनौँ वा सयौँपटक पढ्; सायद तेरा धारणाहरू पूर्ण रूपमा समाधान हुनेछन्। कतिपयले यसो भन्न सक्छन्, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूसँगका भेलामा धारणाहरू व्यक्त गरेँ भने, त्यो धारणाहरू फैलाउनु हुनेछ, त्यसकारण म त्यसो गर्न सक्दिनँ। तर ती कुरा भित्रै राख्दा साह्रै नराम्रो लाग्छ। के म मेरो परिवारसँग यसबारे कुरा गर्न सक्छु?” यदि तेरो परिवारका सदस्यहरू पनि आस्थामा रहेका दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तिनीहरूको वरपर यी धारणाहरू व्यक्त गर्दा तिनीहरूलाई पनि बाधा हुनेछ। के यो उचित हुन्छ त? (हुँदैन।) यदि तैँले भनेको कुराले अरूलाई हानिकारक असर पार्छ, तिनीहरूलाई हानि गर्छ र बहकाउँछ भने, तैँले त्यो कुरा कदापि भन्नु हुँदैन। बरु, समस्या समाधान गर्न परमेश्वरलाई प्रार्थना गर्। तैँले भक्त हृदयले, धार्मिकताका लागि भोकाउने र तिर्खाउने हृदयले प्रार्थना गरेसम्म र परमेश्वरका वचनहरू खाने-पिउने गरेसम्म, तेरा धारणाहरू समाधान हुन सक्छन्। परमेश्वरका वचनहरूमा समग्र सत्यता हुन्छ; तिनले कुनै पनि समस्या समाधान गर्न सक्छन्। यो तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस् र तँ परमेश्वरका वचनहरू अभ्यास गर्न इच्छुक छस् कि छैनस्, र तँ आफ्ना धारणाहरू त्याग्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँलाई परमेश्वरका वचनहरूमा समग्र सत्यता हुन्छ भन्ने विश्वास छ भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र समस्याहरू पैदा हुँदा तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यदि, केही समयसम्म प्रार्थना गरेपछि, तँलाई अझै पनि परमेश्वरले अन्तर्दृष्टि दिनुभएको अनुभव हुँदैन र तैँले के गर्ने भन्नेबारे परमेश्वरबाट स्पष्ट वचनहरू प्राप्त गरेको हुँदैनस्, तर त्यसउप्रान्त अचेतन रूपमै तेरा धारणाहरूले तँलाई आन्तरिक रूपमा असर गर्दैनन्, उप्रान्त तेरो जीवनमा बाधा दिँदैनन्, र ती बिस्तारै हराउँदै जान्छन्, र तिनले परमेश्वरसँगको तेरो सामान्य सम्बन्धमा असर गर्दैनन्, र अवश्य नै तेरो कर्तव्य निर्वाहमा पनि असर गर्दैनन् भने, के यो धारणा लगभग समाधान भएको हुँदैन र? (हुन्छ।) अभ्यासको मार्ग भनेकै यही हो।
सत्यता नबुझ्नेहरूले सर्वप्रथम त तिनीहरूसँग धारणाहरू हुँदा तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्छ। तिनीहरूले ती धारणाहरू कहिल्यै फैलाउनु हुँदैन वा लापरवाही रूपमा बोल्दै यसो भन्नु हुँदैन, “मसँग वाक् स्वतन्त्रता छ। आखिर यो मेरो आफ्नै मुख हो; म आफूले चाहेको कुरा, आफूले चाहेको व्यक्तिलाई, र आफूले चाहेको जुनसुकै वातावरणमा बताउन सक्छु।” यसरी बोल्नु गलत कुरा हो। कतिपय असल वा सही शब्दहरू बोल्दा त्यसबाट अरूलाई फाइदा पुग्छ नै भन्ने हुँदैन, अनि जुन शब्दहरू धारणाहरू वा शैतानका परीक्षाहरू हुन्, ती शब्दहरू बोलिँदा तिनले असीम परिणामहरू ल्याउन सक्छन्। ती परिणामहरूका आधारमा हेर्दा, यदि तँसँग धारणा छ र तँ त्यसलाई व्यक्त गर्न जिद कस्छस्, र त्यसो गर्दा तँलाई राम्रो लाग्छ र त्यसले तँलाई खुसी पार्छ भन्ने तँलाई लाग्छ भने, तेरा कार्यहरूलाई दुष्ट कार्यहरूका रूपमा चित्रण गरिनुपर्नेछ, र परमेश्वरले तेरो विरुद्ध ती कुराहरू अभिलेख गर्नुहुनेछ। ती कुराहरू किन तेरो विरुद्ध अभिलेख गरिनेछन्? तँलाई अभ्यासका धेरै सकारात्मक विधि, मार्ग, र सिद्धान्तहरू बताइएको छ, तर तैँले ती छनौट गरिनस्; बरु, तैँले मानिसहरूलाई हानि गर्ने मार्ग छनौट गरिस्—यो जानीजानी गरिएको थियो, होइन र? त्यसोभए, के तेरा कार्यहरूलाई दुष्ट कार्यहरू भन्नु बढी हुन्छ त? (हुँदैन।) अरूलाई बाधा दिन र बहकाउन आफ्ना धारणाहरू बाहिर ल्याउनुभन्दा पनि तैँले अनुभवद्वारा र परमेश्वरलाई प्रार्थना गरेर अनि खोजी गरेर, यो समस्या आफै समाधान गर्ने निर्णय गर्न सक्छस्। विवेक र समझ भएको व्यक्तिले छनौट गर्नुपर्ने मार्ग यही हो। त्यसोभए तँ किन यो मार्ग छनौट गर्दैनस्? किन अरूलाई हानि गर्ने र चोट पुर्याउने मार्ग छनौट गर्छस्? के शैतानले यही गर्दैन र? दुष्ट मानिसहरूले अरूलाई र आफूलाई हानि गर्ने कुराहरू गर्छन्। यदि तँ पनि त्यस्ता कुराहरू गर्छस् भने, के परमेश्वरले यसलाई घृणा गर्नुहुन्छ? (हुन्छ।) परमेश्वरले तेरा धारणाहरूलाई निन्दा नगर्नुभए पनि, तैँले आफ्ना धारणाहरू समाधान गर्न आफै सत्यता खोजी गर्नुपर्छ र तँसँग सत्यता अभ्यास गर्ने मार्ग हुनुपर्छ। यदि धारणाहरू निराकरण गर्ने तेरो तरिका अरूलाई जानीजानी बहकाउन र हानि गर्न, मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र सामान्य स्थिति बिथोल्न ती धारणाहरू फैलाउनु हो भने, तेरा कार्यहरू दुष्ट कार्यहरू हुन्। यस्तो परिस्थिति सामना गर्दा, व्यक्तिले के छनौट गर्नुपर्छ? सत्यता पछ्याउने मानवता भएको व्यक्तिले अरूलाई बहकाउने र हानि गर्ने मार्ग छनौट गर्नेछैन; उसले सक्रिय, सकारात्मक सिद्धान्तहरू अभ्यास र पालना गर्ने छनौट गर्नेछ, अनि प्रार्थना गर्न र सत्यता खोजी गर्न परमेश्वरअघि आउनेछ, र समस्या समाधान गर्न परमेश्वरलाई मद्दत गर्न अनुरोध गर्नेछ। कतिपयले भन्छन्, “जब म परमेश्वरलाई मद्दत माग्छु, तब मलाई सधैँ उहाँको मद्दत अमूर्त र अदृश्य छ भन्ने लाग्छ। के मैले यसको सट्टा मानिसहरूको मद्दत खोज्ने छनौट गर्न सक्छु?” सक्छस्, तैँले अझै धेरै सत्यता बुझ्ने र तँ भन्दा बढी कद भएको व्यक्ति, तेरो धारणाहरूको बाधा र प्रभावमा परेर कमजोर नबनी तेरो समस्या समाधान गर्न सक्छ भन्ने तैँले विश्वास गरेको व्यक्ति, यस्तै समस्याहरू अनुभव गरेको र तिनलाई कसरी समाधान गर्ने भनेर बताउन सक्ने व्यक्ति रोज्न सक्छस्—यो मार्ग पनि उचित हुन्छ। यदि तैँले सामान्यतया निकै अलमल्ल हुने र कुनै कुरा छर्लङ्ग देख्न नसक्ने व्यक्ति रोज्छस् र, यो मामलाबारे सुनेपछि, उसले तुरुन्तै खैलाबैला मच्चाउँछ, र जताततै धारणाहरू फैलाउन र बाधाहरू पैदा गर्न चाहन्छ, र विश्वास गर्न छोड्न चाहन्छ भने—तेरा कार्यले अनजानमा मण्डली जीवनमा बाधा दिएका हुनेछन्। त्यसपछि के तेरा कार्यहरू दुष्ट कार्यहरूका रूपमा चित्रित हुनेछैनन् र? (हुनेछन्।) त्यसकारण, जब धारणाहरू कसरी सम्हाल्ने भन्ने कुरा आउँछ, तब तँ होसियार र सतर्क हुनुपर्छ, तैँले अलमल्ल वा आवेगपूर्ण तरिकाले व्यवहार गर्नु हुँदैन, र तैँले धारणाहरूलाई सत्यताका रूपमा किमार्थ लिनु हुँदैन—मानव विचारहरू चाहे जति नै सही भए पनि, ती सत्यता होइनन्। यस्तो तरिका अपनाउँदा, तँलाई निकै शान्ति हुनेछ, र तेरा धारणाहरूले कुनै समस्या पैदा गर्न सक्नेछैनन्। धारणाहरू हुनु डर मान्नुपर्ने कुरा होइन—तैँले सत्यता खोजी गरेसम्म, ती अन्ततः समाधान हुने नै छन्। कतिपय मानिसहरू भन्छन्, “तर धारणाहरू समाधान गर्न सजिलो छैन।” कतिपय धारणाहरू समाधान गर्न वास्तवमै गाह्रो हुन्छ, त्यसोभए के गर्नुपर्छ त? सरल छ। कतिपय मानिसहरूको विचार र मनमा कतिपय धारणाहरू कहिल्यै समाधान हुँदैनन्। यो पहिले नै तथ्य हो, तर कुनै धारणा समाधान गर्न चाहे जति नै गाह्रो भए पनि, त्यो अझै पनि सत्यताचाहिँ हुँदैन। तैँले यो बुँदा बुझेसम्म, समस्या सम्हाल्न सजिलो हुन्छ। यहाँ एउटा तथ्य छ जुन मैले तिमीहरूलाई बताउनैपर्छ: परमेश्वरले उहाँले गर्नुहुने सबै कुरा सबैले पूर्ण रूपमा बुझून् वा स्पष्ट रूपमा बोध गरून् भन्ने माग गर्नुहुन्न; उहाँले सबैले यसभित्र रहेको सत्यता के हो वा उहाँ किन कुनै निश्चित तरिकाले कार्य गर्नुहुन्छ भनेर जानून् भन्ने माग गर्नुहुन्न। परमेश्वरले चाहनुहुने कुरा यो होइन; उहाँले मानिसहरूबाट यी माग गर्नुहुन्न। यदि तेरो क्षमता पर्याप्त रूपमा असल छ भने, तैँले हासिल गर्ने कुनै पनि स्तरको बुझाइ असल हुन्छ—बस तँ सक्दो प्रयास गर्। यदि तँ बुझ्न सक्दैनस् भने, तँ वृद्ध हुँदै जाँदा, र तेरा अनुभवहरू निरन्तर झन्झन् गहन हुँदै जाँदा, र तैँले अझै धेरै अनुभवहरू बटुल्दै जाँदा, सत्यताबारे तेरो बुझाइ पनि बिस्तारै गहन हुँदै जानेछ, र तेरा धारणाहरू घट्दै जानेछन्। तर, धेरैजसो मानिसहरू केही विशेष कुराहरू बुझ्न नसक्ने हुन्छन् र तिनलाई तिनीहरू कहिल्यै बुझ्दैनन्। के परमेश्वरले तिनीहरूलाई ती कुराहरू बुझ्न जबरजस्ती गर्नुहुन्छ र? गर्नुहुन्न; परमेश्वरले जबरजस्ती तिनीहरूमा बुझाइ घुसाइदिने गर्नुहुन्न। उदाहरणका लागि, परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोकमाझ मानिसहरूले जान्न चाहने तर जान्न नसक्ने धेरै रहस्यहरू छन्। तर, परमेश्वर, उहाँका वचनहरू र काममा मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नमा मात्रै ध्यान दिनुहुन्छ। उहाँले अरू मामलाहरू बिरलै उल्लेख गर्नुहुन्छ, र कहिलेकहीँ उल्लेख गर्दा पनि, छोटो रूपमा मात्रै उल्लेख गर्नुहुन्छ; परमेश्वरले मानिसहरूलाई यी कुराहरू विस्तारमा कहिल्यै व्याख्या गर्नुहुन्न। किन गर्नुहुन्न? किनभने मानिसहरूले यी कुराहरू बुझ्नु जरुरी छैन। परमेश्वरले मानिसहरूमा गर्नुहुने काममा, एक हिसाबमा, उहाँले आफ्नो स्वभाव सार प्रकाश गर्नुहुन्छ; अर्को हिसाबमा, परमेश्वरसँग उहाँले गर्नुहुने कुराहरूबारे उहाँकै विचार, योजना, स्रोत र उद्देश्यहरू, र उहाँले फरकफरक मानिसहरूमा काम गर्न प्रयोग गर्नुहुने तरिका र विधिहरू, उहाँले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने तरिका र विधिहरू, र आदि इत्यादि कुराहरू हुन्छन्। मुक्ति पाएका मानिनका लागि मानिसहरूले सबै सत्यताहरू बुझ्नैपर्छ र तिनीहरू ती सबैमा प्रवेश गर्नैपर्छ भनेर परमेश्वरले कहिल्यै भन्नुभएको छैन। किनभने परमेश्वर अत्यन्तै सर्वशक्तिमान् हुनुहुन्छ! यावत् थोकमाथि उहाँले व्यवहार गर्ने, बोल्ने, काम गर्ने, र सार्वभौमिकता राख्ने तरिकाले स्वाभाविक रूपमै उहाँको स्वभाव, सार, पहिचान, र आदि इत्यादि कुराहरू प्रकाश गर्छन्। परमेश्वरले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ यी सबै कुराहरू स्वाभाविक रूपमै प्रकट गर्नुभए पनि उहाँले मानिसहरूबाट ती सबै कुरा बुझून् वा जानून् भन्ने माग गर्नुहुन्न, किनभने परमेश्वर सधैँ परमेश्वर नै हुनुहुनेछ, र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, जबकि सृजित मानवजाति अत्यन्तै सानो छ र उसमा शक्तिको पूर्ण कमी छ; मानिस र परमेश्वरबीच ठूलो भिन्नता छ! त्यसैले, मानिसहरूले परमेश्वरबारे केही धारणा र कल्पनाहरू विकास गर्नु अत्यन्तै सामान्य कुरा हो। परमेश्वरले यसलाई हृदयमा लिनुहुन्न, तर तैँले सधैँ यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन्छस् र जिद्दीपूर्वक यसमा घोत्लिन्छस्। यो शैलीले काम गर्नेछैन। यदि तँ सत्यता पछ्याउने र उच्च क्षमता भएको व्यक्ति होस् भने, तैँले सत्यता बुझेसम्म र तँसँग परमेश्वरबारे साँचो ज्ञान भएसम्म, यी धारणा र कल्पनाहरू स्वाभाविक रूपमै सुल्झिनेछन्। यदि तँ सत्यता पछ्याउँदैनस्, र तँसँग जोसुकैले सत्यता सङ्गति गरे पनि त्यो तँ स्विकार्दैनस् र सधैँ आफ्ना धारणाहरू पक्रिरहन्छस् भने, यसको परिणाम के हुनेछ? परिणाम के हुनेछ भने तँ आफ्नो जीवनको अन्त्यमा पुगे पनि वा परमेश्वरको काम पूर्ण रूपमा समाप्त हुने विन्दुमा पुगे पनि, तैँले सत्यता प्राप्त गरेको हुँदैनस्, बरु तेरा धारणा र कल्पनाहरूद्वारा तँ मृत्युतर्फ डोर्याइएको हुनेछस्। तैँले परमेश्वरको आत्मिक शरीर देखा परेको देखे पनि, परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरू समाधान गर्न अझै पनि सक्नेछैनस्। के तैँले यी धारणाहरू समाधान गर्न नसक्ने भएकोले नै परमेश्वरले तँलाई सबै तथ्य र सत्य के हो भनेर भन्नुहुनेथियो र? एक हिसाबमा, उहाँका लागि त्यसो गर्नु अनावश्यक छ; अर्को हिसाबमा, एउटा तथ्य छ, र त्यो के हो भने, मानव मस्तिष्क र मनमा यी कुराहरू ग्रहण गर्ने विशाल क्षमता हुँदैन। परमेश्वरले गर्नुहुने काम मानव कल्पनाभन्दा र सबै थोकभन्दा बाहिर हुन्छ। सबै थोकको तुलनामा, मानिसहरू समुद्रतटको बालुवाको एउटा कणजस्तै हुन्। यो वर्णन तथ्यहरूको नजिक छ र यसलाई उचित ठान्न सकिन्छ। यदि परमेश्वरले तँलाई सबै कुरा बताउन चाहनुभयो भने पनि, के तँसँग यो सबै कुरा ग्रहण गर्ने क्षमता छ र? कतिपय मानिसहरू भन्छन्, “म किन यो सब ग्रहण गर्न सक्दिनँ? यदि परमेश्वरले अझै धेरै भन्नुभयो भने, मैले अझै धेरै बुझ्न र अझै धेरै प्राप्त गर्न सक्छु। त्यस्तो अवस्थामा, मैले निगाह पाउनेथिएँ!” त्यो त हावादारी सपना मात्रै हो; तैँले तेरो आफ्नै क्षमतालाई बढी आँकिरहेको छस्। कामकुराहरू वास्तवमा त्यस्तो छैनन्। परमेश्वरका नजरमा, उहाँले तँलाई भन्नुहुने कुराहरू सबै अत्यन्तै सरल र स्पष्ट छन्; ती मानिसहरूले बुझ्न सक्ने कुराहरू हुन्। वास्तवमा, यस्ता धेरै कुराहरू छन् जसबारे परमेश्वर बोल्नुभएको छैन किनभने मानिसहरूले ती कुरा बुझ्न सक्दैनन्। त्यसकारण, तेरा केही धारणाहरू अन्त्यमा समाधान हुन नसक्नु अत्यन्तै सामान्य कुरा हो। परमेश्वरले तँलाई बुझाउन जरुरी रहेका र बताउन चाहनुभएका, वा तैँले सहन र बुझ्न सक्ने कुराहरू, तैँले बुझ्नेछस्। तैँले सहन वा बुझ्न नसक्ने, तेरा शारीरिक आँखाले छर्लङ्ग देख्न नसक्ने कुराहरूका हकमा, परमेश्वरले तँलाई ती कुराहरू बताउनुभयो नै भने पनि, त्यो व्यर्थ हुनेथियो र मेहनत खेर जानेथियो। फलस्वरूप, परमेश्वरले तँलाई यी कुराहरू बताउनुहुन्न। त्यस्ता धारणाहरूका हकमा, तँ मर्ने बेला वा परमेश्वरको काम पूरा हुँदासम्म पनि तैँले अझै कुरा बुझेको हुँदैनस् भने, त्यसले केमा असर गर्छ? के त्यसले परमेश्वरप्रतिको तेरो समर्पणमा असर गर्छ? के त्यसले सृजित प्राणीको भूमिका स्विकार्ने तेरो कार्यमा असर गर्छ? के यसले परमेश्वरको पहिचान र सार चिन्ने तेरो कार्यमा असर गर्छ? यदि तँलाई यी कुनै पनि रूपमा असर हुँदैन भने, तँलाई मुक्ति दिइएको हुनेछ। त्यसोभए, के यस्तो धारणालाई अझै पनि समाधान गरिनुपर्छ त? पर्दैन। यो अन्तिम प्रकारको धारणा हो, जुन मृत्युको क्षणमा समेत समाधान गर्न सकिँदैन। कतिपय मानिसहरू भन्छन्, “हे परमेश्वर, तपाईंले गर्नुभएको यो काम, तपाईंले भन्नुभएका यी वचनहरू, र तपाईंले खडा गर्नुभएको यो वातावरण मैले अझै बुझेको छैनँ। के म मर्नुभन्दा पहिले मलाई यो कुरा भन्न सक्नुहुन्छ, ताकि म शान्तिले मर्न सकूँ?” परमेश्वर त्यस्ता अनुरोधहरूलाई बेवास्ता गर्नुहुन्छ। तँ शान्तिमै जान सक्छस्; तैँले आत्मिक क्षेत्रमा सबै कुराहरू बुझ्नेछस्।
मानिसहरूलाई मुक्ति दिने परमेश्वरको आफ्नै मानक छ; यो तैँले आफ्ना धारणाहरू कति राम्ररी समाधान गरेको छस् वा तीमध्ये कतिलाई त्यागेको छस् भन्ने कुरामा आधारित हुँदैन। बरु, तँ परमेश्वरको कति डर मान्छस् भन्ने कुरामा आधारित हुन्छ र तँ उहाँप्रति कति समर्पित छस्, तैँले उहाँको डर वास्तवमै मान्छस् कि मान्दैनस् र तँ उहाँप्रति साँचो रूपमा समर्पित हुन्छस् कि हुँदैनस् भन्ने कुरामा यो आधारित हुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरामा अर्थ हुन्छ, र तँलाई त्यो स्विकार्न सजिलो भए पनि, वा तँलाई त्यो स्विकार्न गाह्रो भए पनि र यसले तँमा धारणाहरू पैदा गर्ने सम्भावना भए पनि, जेसुकै भए पनि, यसको नतिजास्वरूप परमेश्वरको पहिचान परिवर्तन हुँदैन; उहाँ सधैँ सृष्टिकर्ता नै हुनुहुनेछ, र तँ सधैँ सृजित प्राणी नै रहनेछस्। यदि तँ कुनै पनि धारणाद्वारा सीमित नहुन, र अझै पनि सृजित प्राणी र सृष्टिकर्ताका रूपमा परमेश्वरसँगको सम्बन्ध कायम गर्न सक्छस् भने, तँ परमेश्वरको साँचो सृजित प्राणी होस्। यदि तँ कुनै पनि धारणाको प्रभाव वा बाधामा नपर्न सक्षम छस्, र हृदयदेखि नै परमेश्वरप्रति साँचो समर्पण गर्न सक्छस् भने, र यदि सत्यताबारे तेरो बुझाइ गहन भए पनि वा सतही भए पनि, तँ धारणाहरू पन्छाउन सक्छस्, र तीद्वारा बन्धनमा नपरी बस्न सक्छस्, र परमेश्वर नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ, परमेश्वर सदासर्वदा परमेश्वर नै हुनुहुनेछ, र परमेश्वरले गर्ने कुरा गलत कहिल्यै हुँदैन भनेर विश्वास गर्छस् भने, तैँले मुक्ति पाउन सक्छस्। वास्तवमा, हरेकको कद सीमित हुन्छ। मानिसहरूका दिमागमा कतिवटा कुराहरू अटाउन सक्छ र? के तिनीहरू परमेश्वरलाई बुझ्न सक्छन् र? त्यो त कामना मात्र हो! यो कुरा नबिर्सी: परमेश्वरअघि मानिसहरू सदैव शिशुहरू हुनेछन्। यदि तँलाई तँ चलाख छस् भन्ने लाग्छ भने, यदि तँ सधैँ चलाख बन्ने प्रयास गर्छस्, र सबै कुरा पत्ता लगाउने प्रयास गर्छस्, र “यदि मैले यो कुरा बुझ्न सकिनँ भने, म तपाईं मेरो परमेश्वर हुनुहुन्छ भनेर मान्न सक्दिनँ, म तपाईं मेरो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्न सक्दिनँ, र म तपाईं सृष्टिकर्ता हुनुहुन्छ भनेर मान्न सक्दिनँ। यदि तपाईंले मेरा धारणाहरू समाधान गर्नुभएन भने, म तपाईं परमेश्वर हुनुहुन्छ भनेर स्विकार्नेछु, मैले तपाईंको सार्वभौमिकता स्विकार्नेछु, र म तपाईंमा समर्पित हुनेछु भनेर तपाईँ सपना मात्रै देख्दै हुनुहुन्छ।” भनेर सोच्छस् भने, यो समस्याजनक कुरा हो। कसरी? परमेश्वरले तँसँग त्यस्ता कुराहरूबारे बहस गर्नुहुन्न। मानिसप्रति उहाँ जहिल्यै यस्तो हुनुहुनेछ: यदि तँ परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्दैनस् भने, उहाँले तँ उहाँको सृजित प्राणीमध्ये एक होस् भनेर स्विकार्नुहुनेछैन। जब परमेश्वर तँलाई उहाँको सृजित प्राणीका रूपमा स्विकार्नुहुन्न, तब परमेश्वरप्रतिको तेरो मनोवृत्तिको नतिजास्वरूप परमेश्वरसँगको तेरो सम्बन्धमा बदलाव आउँछ। यदि तँ परमेश्वरमा समर्पित हुन, र परमेश्वरको पहिचान र सार, अनि परमेश्वरले गर्नुहुने सबै कुरा स्विकार्न सक्दैनस् भने, तेरो पहिचानमा बदलाव आउनेछ। अनि के तँ अझै पनि सृजित प्राणी हुन्छस् र? परमेश्वरले तँलाई अनुमोदन गर्नुहुन्न; बहस गर्नुको कुनै अर्थ छैन। अनि यदि तँ सृजित प्राणी होइनस्, र परमेश्वर तँलाई चाहनुहुन्न भने, के तँसँग अझै मुक्ति पाउने आशा हुन्छ र? (हुँदैन।) परमेश्वरले किन तँलाई सृजित प्राणीका रूपमा लिनुहुन्न? तँ सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न सक्दैनस्, र तँ सृष्टिकर्तासँग सृजित प्राणीको स्थानबाट व्यवहार गर्दैनस्। त्यसोभए परमेश्वरले तँसँग कसरी व्यवहार गर्नुहुनेछ? उहाँले तँलाई कसरी हेर्नुहुनेछ? परमेश्वरले तँलाई मानकअनुसारको सृजित प्राणीका रूपमा हेर्नुहुनेछैन, बरु एउटा पतित, दियाबलस र शैतानका रूपमा हेर्नुहुनेछ। के तैँले आफूलाई चलाख ठानेको थिइनस् र? तैँले कसरी आफूलाई दियाबलस र शैतान बनाइस् त? यो चलाखीपन होइन, यो त मूर्खता हो। यी वचनहरूले मानिसहरूलाई के बुझ्न मद्दत गर्छन्? मानिसहरू परमेश्वरसामु नियमअनुसार चल्नैपर्छ भनेर बुझ्न मद्दत गर्छन्। यदि तँसँग तेरा धारणाहरूको कारण नै छ भने पनि, तैँले आफूसँग सत्यता छ, र तँसँग परमेश्वरविरुद्ध होहल्ला गर्ने र उहाँलाई सीमित गर्ने पुँजी छ भन्ने नसोच्। तँ अरू जेसुकै गर्, तर त्यस्तो नबन्। तैँले सृजित प्राणीको रूपमा रहेको आफ्नो पहिचान गुमाएपछि, तँ नष्ट हुनेछस्—यो कुनै मजाक होइन। यो ठ्याक्कै किन हो भने, जब मानिसहरूसँग धारणाहरू हुन्छन्, तब तिनीहरू फरक-फरक शैली लिन्छन्, र फरक-फरक समाधान अपनाउँछन्, त्यसकारण परिणामहरू पूर्ण रूपमा फरक हुन्छन्।
धारणाहरूका हकमा कसरी अभ्यास गर्ने भन्नेबारेमा, के तिमीहरूसँग सिद्धान्तहरू छन्? के ती सिद्धान्तहरूले तिमीहरूलाई उचित रूपमा सृजित प्राणीका रूपमा आफूलाई आचरणमा ढाल्न सक्ने गरी सुरक्षा दिन्छन्? के त्यो मार्ग असल छ? (छ।) त्यसोभए त्यसलाई सारांश गर त। (यदि त्यो तुलनात्मक रूपमा समाधान गर्न सजिलो धारणा हो भने, हामीले प्रार्थना र खोजी गर्नैपर्छ, परमेश्वरका वचनहरूबाट यस्तो प्रकारको धारणालाई चिरफार गर्ने सत्यता खोज्नैपर्छ, र हामीले सत्यता बुझ्ने दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति पनि गर्न सक्छौँ; यसरी, हामीले धारणाका भ्रामक पक्षहरू छर्लङ्गै देख्न सक्नेछौँ, र यसरी यसलाई समाधान गर्न सक्नेछौँ। कतिपय धारणाहरू त्यस्ता पनि हुन्छन् जसलाई समाधान गर्न सजिलो हुँदैन, तर हामीले तिनलाई पक्रिराख्नु हुँदैन। हामीमा सत्यता स्वीकार गर्ने र परमेश्वरमा समर्पित हुने मनोवृत्ति हुनुपर्छ, हामीले हामी सृजित प्राणी हौँ र परमेश्वरले जे गर्नुहुन्छ त्यो निश्चित रूपमा नै सही हुन्छ, र यो त हामीलाई महसुस नभएको मात्र हो भन्ने कुरा जान्नुपर्छ। हामीले बुझे पनि वा नबुझे पनि, हामीले धारणाहरू फैलाउन मिल्दैन। हामीले बारम्बार परमेश्वरसँग प्रार्थना र खोजी गर्न सिक्नुपर्छ, अनि बिस्तारै यी धारणाहरूलाई पनि समाधान गर्न सकिन्छ। तेस्रो परिस्थिति के हो भने, कतिपय धारणाहरू अन्त्यसम्मै समाधान नभई रहन्छन्। त्यस्ता परिस्थितिहरूमा, हामी यी धारणाहरूको बन्धनमा नपरेसम्म र हामीले तिनलाई नफैलाएसम्म ठीकै हुन्छ। यदि यी धारणाहरू अन्त्यमा समाधान भएनन् भने पनि, हामीले तिनलाई नपक्रिरहेसम्म र तिनको कारण हामीले दुष्टता नगरेसम्म, परमेश्वरले हामीलाई निन्दा गर्नुहुनेछैन, र यसले हाम्रो मुक्तिमा असर गर्नेछैन।) समग्रमा कति वटा सिद्धान्तहरू छन्? (तीन वटा।) समग्रमा तीन वटा सिद्धान्तहरू छन्। तिमीहरूले ती सबै टिपोट गर्यौ, होइन त? तिमीहरूले सत्यता र सिद्धान्तहरू बुझेपछि, स्वाभाविक रूपमै तिमीहरूका धारणाहरू समाधान हुनेछन्। तैँले तेरा धारणाहरूलाई तँलाई व्यवधान दिन वा ठेस पुर्याउन दिनु हुँदैन; समाधान गर्न सकिने धारणाहरू समाधान गर्न सक्दो गर्, र अस्थायी रूपमा समाधान गर्न नसकिने धारणाहरूका हकमा, कम्तीमा पनि तिनलाई तँमाथि असर पुर्याउन नदे। तिनले तँलाई कर्तव्य निर्वाह गर्नबाट छेक्नु हुँदैन, न त तिनले परमेश्वरसँगको तेरो सम्बन्धमै असर पुर्याउनु हुन्छ। तैँले ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने, तैँले कम्तीमा पनि धारणाहरू फैलाउनु हुँदैन, दुष्कर्म गर्नु हुँदैन, अवरोध वा बाधाहरू पैदा गर्नु हुँदैन, र तैँले शैतानको नोकर वा शैतानको वाहकका रूपमा काम गर्नु हुँदैन। यदि, तैँले चाहे जति नै प्रयास गरे पनि, केही धारणालाई सतही रूपमा मात्रै समाधान गर्न सकिन्छ तर पूर्ण रूपमा समाधान गर्न सकिँदैन भने, त्यसलाई बस बेवास्ता गर्। धारणाहरूलाई तेरो सत्यता खोजी वा तेरो जीवन प्रवेशमा असर पुर्याउन नदे। यी सिद्धान्तहरूमा निपुण बन्, अनि सामान्य परिस्थितिहरूमा, तँ सुरक्षित हुनेछस्। यदि तँ सत्यता स्वीकार गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने व्यक्ति होस्, दुष्ट व्यक्ति होइनस्, र तँ अवरोध र बाधाहरू दिन अनिच्छुक छस्, र जानीजानी अवरोध र बाधाहरू दिँदैनस् भने, जब तैँले सामान्यतया धारणाहरू उत्पन्न हुने समस्या सामना गर्छस्, तब तँ सामान्यतया सुरक्षित नै हुनेछस्। अभ्यासको सबैभन्दा आधारभूत सिद्धान्त यही हो: यदि समाधान गर्न कठिन हुने धारणा देखा पर्यो भने, त्यो धारणाअनुसार काम गर्न हतार नगर्। पहिला, प्रतीक्षा गर् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, परमेश्वरले गर्नुहुने कुरा गलत हुन सक्दैन भन्ने विश्वास गर्। यो सिद्धान्त याद राख्। यसका साथै, आफ्नो कर्तव्य पन्छ्याउने नगर् वा आफ्ना कर्तव्य निर्वाहमा धारणालाई असर पुर्याउन नदे। यदि तँसँग धारणाहरू छन् र तँ “म यो कर्तव्यमा झारा टारिदिनेछु; म खराब मुडमा छु, त्यसकारण म तपाईंका लागि राम्ररी काम गर्नेछैनँ” भनेर भन्छस् भने, यो राम्रो कुरा होइन। तेरो मनोवृत्ति नकारात्मक र झाराटारुवा बनेपछि, यो समस्याजनक बन्छ; यो तँभित्र धारणाहरूले उधुम मच्चाएको हो। जब धारणाहरूले तँभित्र उधुम मच्चाउँछन् र तेरो कर्तव्य निर्वाहमा असर पुर्याउँछन्, तब यसको अर्थ यो बेला परमेश्वरसँगको तेरो सम्बन्ध वास्तवमा परिवर्तन भइसकेको छ भन्ने हुन्छ। कतिपय धारणाहरूले तेरो कर्तव्य निर्वाहमा असर पुर्याउन सक्छन्, जुन गम्भीर समस्या हो, र तिनलाई तुरुन्तै समाधान गरिनुपर्छ। अरू धारणाहरूले तेरो कर्तव्य निर्वाहमा वा परमेश्वरसँगको तेरो सम्बन्धमा असर पुर्याउँदैनन्, त्यसकारण ती मुख्य समस्याहरू होइनन्। यदि तैँले विकास गर्ने धारणाहरूले तेरो कर्तव्य निर्वाहमा असर पार्न सक्छन्, जसले गर्दा तैँले परमेश्वरलाई शङ्का गर्छस्, आफ्नो कर्तव्य लगनशील भई पूरा गर्दैनस्—र आफ्नो कर्तव्य पूरा नगर्दा कुनै दुष्परिणाम आउनेछैन भन्नेसमेत सोच्छस्—र तँमा कुनै त्रास वा परमेश्वरको डर मान्ने हृदय छैन भने, यो खतरनाक कुरा हो। यसको अर्थ तँ परीक्षामा पर्नेछस्, र शैतानले तँलाई छल्नेछ र बन्दी बनाउनेछ। तेरा धारणाहरू र तैँले गर्ने छनौटहरूप्रतिको तेरो मनोवृत्ति निर्णायक हुन्छ; धारणाहरू समाधान गर्न सकिए पनि वा नसकिए पनि, र तिनीहरूको समाधान जुनसुकै हदसम्म गर्न सकिने भए पनि, तँ र परमेश्वरबीचको सामान्य सम्बन्ध परिवर्तन हुनु हुँदैन। एक हिसाबमा, तैँले परमेश्वरले योजनाबद्ध गर्नुभएका सबै वातावरणमा समर्पित हुन सक्नुपर्छ, र परमेश्वरले गर्नुहुने सबै कुरा सही र अर्थपूर्ण हुन्छ भनेर पक्का हुन सक्नुपर्छ, र यो ज्ञान र सत्यताको यो पक्ष तेरा लागि कहिल्यै हिसाबमा परिवर्तन हुनु हुँदैन। अर्को कुरो, तँलाई परमेश्वरले सुम्पनुभएको कर्तव्यलाई तैँले पाखा लगाउनु हुँदैन, यसको बोझ तैँले आफूबाट हटाउनु हुँदैन। यदि, आन्तरिक वा बाहिरी रूपमा, तँसँग परमेश्वरप्रति कुनै प्रतिरोध, विरोध वा विद्रोहीपन छैन भने, परमेश्वरले तेरो समर्पण, र तँ पर्खिरहेको छस् भनेर मात्रै देख्नुहुनेछ। तँसँग अझै पनि धारणाहरू हुन सक्छन्, तर परमेश्वरले तेरो विद्रोहीपन देख्नुहुन्न। तँभित्र कुनै विद्रोहीपन र विरोध नभएकाले, परमेश्वरले अझै पनि तँलाई आफ्नो सृजित प्राणी मान्नुहुन्छ। यसविपरीत, यदि तेरो हृदय गुनासा र अवज्ञाले भरिएको छ, तँ प्रतिकार गर्ने मौका खोजिरहेको छस्, र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छैनस्, यसको बोझ आफूबाट हटाउन खोजिरहेको छस्—यहाँसम्म कि, तेरो हृदयमा, परमेश्वरबारे सबै प्रकारका गुनासाहरू छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तँमा निश्चित अवज्ञा र आक्रोशका प्रकटीकरणहरू प्रकाश हुन्छन् भने—त्यो बेला, परमेश्वरसँगको तेरो सम्बन्धमा धेरै ठूलो परिवर्तन आइसकेको हुन्छ। तैँले पहिले नै परमेश्वरको सृजित प्राणीका रूपमा रहेको स्थान छोडिसकेको हुन्छस्; तँ उप्रान्त सृजित प्राणी हुँदैनस्, बरु तँ दियाबलसहरू र शैतानको वाहक बनेको हुन्छस्—र त्यसैले परमेश्वरले तँलाई कुनै दया देखाउनुहुनेछैन। जब कुनै व्यक्ति यो बिन्दुमा आइपुग्छ, ऊ डरलाग्दो क्षेत्रतर्फ अघि बढिरहेको हुन्छ। यदि परमेश्वरले केही गर्नुभएन भने पनि, ऊ मण्डलीमा दृढ रहन सक्नेछैन। र त्यसैले, तिनीहरूले गर्ने प्रत्येक कुरामा—विशेषगरी धारणाहरू समाधान गर्ने जस्ता कुराहरू समावेश हुँदा—मानिसहरूले परमेश्वरलाई चिढ्याउने, वा परमेश्वरले निन्दा गर्नुभएका, वा अरूलाई चोट वा हानि पुर्याउने कुरा गर्नबाट जोगिन सचेत हुनुपर्छ। यो नै सिद्धान्त हो।
मानिसहरूमा परमेश्वरबारे धारणाहरू हुनु सानो-तिनो मामला होइन! मानिसहरूले परमेश्वरसँगको सामान्य सम्बन्ध कायम राख्नु महत्त्वपूर्ण हुन्छ, तर यो सम्बन्धमा सबैभन्दा बढी असर पार्ने कुरा भनेको मानिसहरूका धारणाहरू हुन्। परमेश्वरबारे मानिसहरूका धारणाहरू समाधान भएपछि मात्रै परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सकिन्छ। हाल, धेरै मानिसहरूमा गम्भीर समस्या छ। तिनीहरूले परमेश्वरमा विश्वास गरेको चाहे जति नै धेरै वर्ष भएको भए पनि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट सहन र मूल्य चुकाउन सक्षम नै भए पनि, पूरै अवधिमा, तिनीहरूका धारणाहरू पूर्ण रूपमा समाधान गर्न सकिँदैन। यसले परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा गम्भीर असर पार्छ र परमेश्वरप्रतिको तिनीहरूको प्रेम र उहाँप्रतिको तिनीहरूको समर्पणमा सीधै असर पार्छ। त्यसकारण, मानिसहरूले परमेश्वरबारे चाहे जे धारणाहरू विकास गरे पनि, यो एउटा गम्भीर मामला हो, जसलाई बेवास्ता गरिनु हुँदैन। धारणाहरू पर्खालजस्तै हुन्; तिनले परमेश्वरसँग मानिसहरूको सम्बन्धलाई छेक्छन्, जसले तिनीहरूलाई परमेश्वरको मुक्तिको कामसँग असम्बन्धित बनाउँछ। त्यसकारण, मानिसहरूसँग परमेश्वरबारे धारणाहरू हुनु अत्यन्तै गम्भीर समस्या हो, जसलाई बेवास्ता गर्न सकिँदैन! यदि मानिसहरूमा धारणाहरू छन् र तिनीहरूले तुरुन्तै सत्यता खोजी गरेर ती समस्या समाधान गर्न सक्दैनन् भने, यसले सजिलै नकारात्मकता, परमेश्वरप्रतिको प्रतिरोध, र उहाँविरुद्ध शत्रुतासमेत पैदा गर्न सक्छ। के त्यसपछि तिनीहरूले अझै सत्यता स्विकार्न सक्छन् र? तिनीहरूको जीवन प्रवेश ठप्प हुनेछ। परमेश्वरको काम अनुभव गर्ने मार्ग असमान र खाल्टाखुल्टी परेको हुन्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकोले, तिनीहरूले कैयौँ छड्के बाटो लिन सक्छन्, र तिनीहरू कुनै पनि परिस्थितिमा धारणाहरू निर्माण गर्न पुग्न सक्छन्। यदि सत्यता खोजी गरेर यी धारणाहरू समाधान गरिएन भने, मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँलाई अवज्ञा गर्न सक्छन्, उहाँप्रति शत्रुताको बाटो हिँड्न सक्छन्। मानिसहरूले ख्रीष्टविरोधीहरूको बाटो लिएपछि, तिमीहरूलाई के लाग्छ, के तिनीहरूका लागि मुक्तिको मौका बाँकी हुन्छ? त्यो अवस्थामा सम्हाल्न सजिलो हुँदैन, र कुनै मौका बाँकी रहनेछैन। त्यसैले, परमेश्वरले तँलाई आफ्नो सृजित प्राणीका रूपमा इन्कार्नुभन्दा पहिले, तैँले परमेश्वरको सृजित प्राणी कसरी बन्ने भनेर सिक्नुपर्छ। सृष्टिकर्ताको छानबिन गर्ने वा तैँले विश्वास गर्ने परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर कसरी प्रमाणित र पुष्टि गर्ने भनेर पत्ता लगाउने प्रयास नगर्। यो तेरो दायित्व वा जिम्मेवारी होइन। तैँले हृदयमा हरदिन सोच्नु र मनन गर्नुपर्ने भनेको आफ्ना कर्तव्य कसरी पूरा गर्ने र मानकअनुसारको सृजित प्राणी कसरी बन्ने भन्ने कुरा हुनुपर्छ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्न, वा उहाँ वास्तवमै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर कसरी प्रमाणित गर्ने, वा परमेश्वरले के गर्नुभएको छ र उहाँका कार्यहरू सही छन् कि छैनन् भनेर छानबिन गर्ने गर्नु हुँदैन। यी तैँले छानबिन गर्नुपर्ने कुराहरू होइनन्।
जुन १९, २०२१