अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१४)

हामीले अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरूबारे कति लामो समयदेखि सङ्गति गर्दै आएका छौँ? (साढे चार महिनादेखि।) यसबारे यति लामो समयसम्म सङ्गति गरिसकेपछि, के तिमीहरूले अहिले अगुवाहरू र कामदारहरूले गर्नुपर्ने निश्‍चित कामबारे अलिक स्पष्ट रूपमा बुझेका छौ? (हो, यसबारे हाम्रो बुझाइ अलिक स्पष्ट भएको छ।) यो पहिलेभन्दा स्पष्ट भएको हुनुपर्छ। मेरो सङ्गति यति विशिष्टीकृत र स्पष्ट छ कि यदि कसैले अझै पनि बुझेन भने, यसको अर्थ ऊ मन्दबुद्धिको हो भन्‍ने हुन्छ, होइन र? (हो।) अहिले यसलाई हेर्दा, के तिमीहरूलाई असल अगुवा वा कामदार बन्‍नु सजिलो छ जस्तो लाग्छ? (यो सजिलो छैन।) के-कस्ता गुणहरू चाहिन्छ? (व्यक्तिमा अगुवाहरू र कामदारहरूको लागि चाहिने आवश्यक क्षमता र मानवता, साथै सत्यता वास्तविकता, र जिम्मेवारी बोध हुनु आवश्यक हुन्छ।) कम्तीमा पनि, व्यक्तिमा विवेक, समझ, र बफादारिता हुनुपर्छ, र त्यसपछि क्षमता र कार्यदक्षता हुनुपर्छ। जब कुनै व्यक्तिमा यी सबै गुणहरू हुन्छन्, तब ऊ असल अगुवा वा कामदार हुन सक्छ र उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ।

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र तिनीहरूले ती कुराहरूबाट सिकून् (भाग दुई)

पछिल्‍लो भेलामा, हामीले अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरूको बाह्रौं बुँदाबारे सङ्गति गर्‍यौँ: “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र तिनीहरूले ती कुराहरूबाट सिकून्।” यो बुँदाभित्र, हामीले सुरुमा मुख्य रूपमा परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा के-कस्ता मानिस, घटना, र कामकुराहरूले बाधा र व्यवधान ल्याउँछन् भन्‍नेबारे सङ्गति गरेका थियौँ। यदि अगुवाहरू र कामदारहरूले मण्डलीभित्र बाधा र व्यवधानहरू ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई रोक्न र सीमित गर्न चाहन्छन्, र यो काम राम्ररी गर्न चाहन्छन् भने, तिनीहरूले सुरुमा कुन-कुन मानिस, घटना, र कामकुराहरूले परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउँछन् भनेर जान्नु र पत्ता लगाउनुपर्छ। त्यसपछि, तिनीहरूले यी कुराहरूलाई मण्डलीको वास्तविक काम र मण्डली जीवनका मानिस, घटना, र कामकुराहरूसँग दाँजेर हेर्नुपर्छ, र त्यसपछि तिनलाई रोक्‍ने र प्रतिबन्धित गर्नेजस्ता विभिन्‍न कामहरू गर्नुपर्छ। यो अगुवाहरू र कामदारहरूको लागि दिइएको मापदण्ड हो। हाम्रो पछिल्‍लो भेलामा, हामीले मण्डली जीवनसँग सम्बन्धित कुराहरूबाट सुरु गर्दै मण्डली र मण्डली जीवनको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूबारे सङ्गति गर्‍यौँ। हामीले बाधा र व्यवधान ल्याउने प्रकृति भएका मण्डली जीवनका ती मानिस, घटना, र कामकुराहरूलाई वर्गीकरण पनि गर्‍यौँ। जम्‍मा कति वटा समस्याहरू थिए? (एघार वटा। पहिलो, सत्यता सङ्गति गर्दा प्रायजसो विषयबाट बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्न शब्द र सिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाँचौं, हैसियतको लागि प्रतिस्पर्धा गर्नु; छैटौं, कलह पैदा गर्नु; सातौं, मानिसहरूलाई आक्रमण गर्नु र पिरोल्‍नु; आठौं, धारणाहरू फैलाउनु; नवौं, नकारात्मकता फैलाउनु; दशौं, आधारहीन अफवाह फैलाउनु; र एघारौँ, निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गर्नु।) छैटौं समस्या कलह पैदा गर्नु हो, जसमा बाधा र व्यवधानहरू पैदा गर्ने प्रकृति हुन्छ, तर अरू दुष्कर्महरूको तुलनामा, यो सानो समस्या हो। यसलाई “अनुचित सम्बन्धमा संलग्‍न हुनु” भन्‍नेमा परिवर्तन गर, अनि यसको प्रकृति कलह पैदा गर्नुको प्रकृतिभन्दा अलिक गम्भीर हुन्छ। सातौं समस्या मानिसहरूलाई आक्रमण गर्नु र पिरोल्‍नु हो। त्यसलाई “परस्पर आक्रमण र भनावैरीमा संलग्‍न हुनु” भन्‍नेमा परिवर्तन गर—के यो प्रकृतिमा अझै गम्भीर, र अझै विशिष्टीकृत र ठ्याक्‍कै मिल्ने हुँदैन र? (हुन्छ।) परस्पर आक्रमण र भनावैरी मण्डली जीवनमा सामान्य रूपमा देखा पर्ने समस्याहरू हुन्, जुन बाधा र व्यवधानहरूसँग सम्बन्धित छन्। यी दुई वटा समस्याहरूलाई यसरी परिमार्जन गर्दा ती मण्डली जीवनभित्र पैदा हुने समस्याहरूसँग अझै मिल्ने र नजिक हुन्छन्। एघारौँ समस्या भनेको निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गर्नु हो। त्यसलाई “निर्वाचन बिथोल्‍नु र धाँधली गर्नु” भन्‍नेमा परिवर्तन गर। यसमा शब्द मात्रै परिवर्तन भएको छ; यसको प्रकृति उस्तै रहन्छ, तर यसको चरमताचाहिँ बढेको छ—अब यो बाधा र व्यवधानहरू पैदा गर्ने प्रकृतिसँग अझै बढी सम्बन्धित छ।

मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू

५. हैसियतको लागि प्रतिस्पर्धा गर्नु

पछिल्‍लो पटक, हामीले गुटबन्दी गर्ने भन्‍ने चौथो समस्याबारे सङ्गति गर्‍यौँ। यस पटक, हामी पाँचौं समस्या हैसियतको लागि प्रतिस्पर्धा गर्ने भन्‍नेबारे सङ्गति गर्नेछौँ। हैसियतका लागि प्रतिस्पर्धा गर्ने समस्या मण्डलीमा प्राय: उत्पन्न भइरहने समस्या हो र यो देख्नु नौलो कुरा होइन। हैसियतका लागि प्रतिस्पर्धा गर्नुमा कस्ता स्थिति, व्यवहार र प्रकटीकरणहरू पर्छन्? हैसियतका लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरूलाई परमेश्वरको काम र मण्डलीको सामान्य व्यवस्थामा पुग्ने अवरोध र बाधाको समस्याको भाग भन्न सकिन्छ? हामीले जुनै समस्या वा वर्गबारे सङ्गति गरे पनि, त्यो कुरा विषयवस्तु बाह्रमा “परमेश्वरको काम र मण्डलीको सामान्य व्यवस्थामा अवरोध र बाधा पुऱ्याउने विविध मानिस, घटना, र कामकुराहरू” बारे भनिएको कुरासित सम्बन्धित हुनैपर्छ। त्यसले अवरोध र बाधाको स्तरलाई समेट्नैपर्छ, अनि त्यो सङ्गति र विश्लेषण गर्न लायक हुने यो प्रकृतिसँग मात्रै सम्बन्धित हुनैपर्छ। परमेश्‍वरको घरको काममा बाधा र अवरोध पुर्याउने यो प्रकृतिसित हैसियतको लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरू सम्बन्धित छन्? सबैभन्दा आम प्रकटीकरणचाहिँ, मण्डलीमा हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गर्नु हो, र यो प्रकटीकरण मुख्य गरी अगुवाहरूलाई बदनाम र निन्दा गर्नको लागि उनीहरूका निश्‍चित कुराहरू र त्रुटिहरूलाई प्रयोग गर्ने र उनीहरूको भ्रष्टताका प्रकटीकरणहरू र असफलताहरू, र उनीहरूको मानवता र क्षमतामा भएका कमीकमजोरी, विशेष गरी उनीहरूले आफ्ना काममा वा मानिसहरूलाई सम्हाल्दा भएका विचलन र गरेका गल्तीहरूलाई जानीजानी खुलासा गर्ने कार्यहरू मार्फत् प्रकट हुन्छन्। हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गरिने प्रकटीकरणमध्ये, यो सबैभन्दा आम रूपमा देखिने र सबैभन्दा निर्लज्‍ज प्रकटीकरण हो। यसअलावा, मण्डली अगुवाहरूले आफ्नो काम जति नै राम्ररी गर्ने भए पनि, चाहे तिनीहरूले सिद्धान्तअनुसार कार्य गरून् वा नगरून्, चाहे तिनीहरूको मानवतामा समस्या होस् कि नहोस्, यी मानिसहरूले यी कुराहरूबारे वास्ता गर्दैनन् र यी अगुवाहरूप्रति अवज्ञाकारी हुन्छन्। किन तिनीहरू अवज्ञाकारी हुन्छन्? किनभने तिनीहरू मण्डली अगुवा बन्‍न चाहन्छन्—यो तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना हो, र यही कारणले गर्दा तिनीहरू अवज्ञाकारी हुन्छन्। मण्डली अगुवाहरूले जसरी काम गरे पनि वा जसरी समस्या सम्हाले पनि, तिनीहरू सधैँ अगुवाहरूको गल्ती खोतल्छन्, आलोचना र निन्दा गर्छन्, र सानो कुरालाई ठूलो पार्न हदै पार गर्छन्, तथ्यहरूलाई बङ्ग्याउँछन् र तिललाई जति सक्दो ठूलो बनाउँछन्। यी अगुवाले सिद्धान्तअनुसार काम गर्छन् कि गर्दैनन्, तिनीहरू सही मानिसहरू हुन् कि होइनन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, अनि तिनीहरूमा विवेक र समझ छ कि छैन भनेर मापन गर्न अगुवाहरू र कामदारहरूको लागि परमेश्‍वरको घरले तय गरेका मापदण्डहरू तिनीहरूले प्रयोग गर्दैनन्। तिनीहरूले यी सिद्धान्तहरू अनुसार अगुवाहरूको मूल्याङ्कन गर्दैनन्। त्यसको सट्टा, तिनीहरूका आफ्नै अभिप्राय र उद्देश्यको आधारमा बारम्बार सानातिना गल्ती खोतल्ने र कुरा बनाएर गुनासो गर्छन्, अगुवाहरू वा कामदारहरूका विरुद्धमा प्रयोग गर्नका लागि समस्याहरू पत्ता लगाउँछन्, उनीहरूले गर्ने तर सत्यतासँग नमिल्ने कामहरू गरेको बारेमा उनीहरूको पिठ्यूँपछाडि अफवाह फैलाउने वा उनीहरूका कमीकमजोरीको खुलासा गर्ने काम गर्छन्। उदाहरणको लागि, तिनीहरूले भन्‍न सक्छन्: “एक पटक फलानो अगुवाले यो गल्ती गरे र उनलाई माथिबाट काटछाँट गरियो, जसबारे तिमीहरू कसैलाई थाहा छैन। हेर त, तिनीहरू बहाना बनाउन अत्यन्तै सिपालु रहेछन्।” यो अगुवा वा कामदार परमेश्‍वरले गर्ने वृद्धि-विकासको लक्षित मानिसहरू हुन् कि होइनन् र उनीहरू मापदण्ड अनुसारको अगुवा वा कामदार हुन् कि होइनन् भन्‍ने कुरालाई तिनीहरूले विचार गर्दैनन् र वास्ता गर्दैनन्, तर तिनीहरूले उनीहरूको आलोचना मात्रै गर्छन्, तथ्यहरू बङ्ग्याउँछन्, र उनीहरूको पिठ्यूँपछाडि कुण्ठित षड्यन्त्र रच्छन्। कुटिल चालहरू चल्छन्। अनि तिनीहरू यी केको लागि गर्छन्? तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, होइन त? तिनीहरूले भन्‍ने र गर्ने हरेक कुराको उद्देश्य हुन्छ। तिनीहरूले मण्डलीको कामबारे विचार गरिरहेका हुँदैनन्, र अगुवाहरू र कामदारहरूको बारेमा तिनीहरूले गरेको मूल्याङ्कन परमेश्‍वरका वचन वा सत्यतामा आधारित हुँदैन, परमेश्‍वरको घरका प्रबन्ध वा उहाँले मानिसको लागि तय गर्नुभएका सिद्धान्तहरूमा आधारित हुने त झन् कुरै भएन, बरु यो तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूमा आधारित हुन्छ। अगुवा वा कामदारले भन्‍ने हरेक कुरालाई तिनीहरूले विरोध गर्छन्, र आफ्नै “अन्तर्दृष्टि” प्रदान गर्छन्। अगुवाहरू र कामदारहरूले भनेको कुरा जति नै सत्यता अनुरूप भए पनि, तिनीहरूले यसलाई पटक्‍कै स्वीकार गर्दैनन्। अगुवाहरू र कामदारहरूले जे भने पनि तिनीहरूले त्यसलाई नकार्छन् र आफ्‍नै पृथक् विचारहरू प्रस्तुत गर्छन्। निश्‍चित रूपमा, कुनै अगुवा वा कामदारले खुलेर आफूलाई उदाङ्गो पार्दा र आफ्‍नो आत्मज्ञानबारे कुरा गर्दा, तिनीहरू अझै बढी प्रसन्‍न समेत हुन्छन् र मौका पाइयो भन्‍ने तिनीहरू सोच्छन्। कस्तो मौका? यो अगुवा वा कामदारलाई आलोचना गर्ने, र यो अगुवा वा कामदारको क्षमता कमजोर छ, ऊ कमजोर हुन सक्छ, ऊ पनि भ्रष्ट मानव हो, उसले पनि काम गर्दा बारम्बार गल्ती गर्छ, ऊ अरूभन्दा राम्रो छैन भनेर सबैलाई थाहा दिने मौका। यो अगुवा र कामदारको कमजोरी खोतलेर उसको विरुद्धमा प्रयोग गर्ने तिनीहरूको मौका हो, अगुवा वा कामदारलाई निन्दा गर्न, हटाउन र ढाल्‍नको लागि अरूलाई उक्साउने अवसर हो। अनि यी सबै व्यवहार र कार्यको कारण भनेकै हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। यदि निर्वाचनका सिद्धान्तहरू र परमेश्‍वरको घरमा मानिसहरूलाई वृद्धि-विकास र प्रयोग गर्ने सिद्धान्तहरू पालना गरियो भने, सामान्य परिस्थितिहरूमा, त्यस्ता व्यक्तिहरू कहिल्यै पनि अगुवा वा कामदारको रूपमा निर्वाचित हुँदैनन्। यो तिनीहरूले स्पष्ट रूपमा देखेको र बुझेको कुरा हो, त्यसैले तिनीहरूले अगुवाहरू र कामदारहरूलाई आक्रमण गर्न र दोष दिन हरकुनै माध्यमको सहारा लिन्छन्। अगुवा वा कामदार जोसुकै बने पनि, तिनीहरू उनीहरूप्रति अटेरी हुन्छन्, र सधैँ ससाना कुराहरू कोट्याउने र उनीहरूप्रति गैरजिम्मेवार र आलोचनात्मक टिप्पणीहरू गर्छन्। यी अगुवाहरू र कामदारहरूको व्यवहार वा बोलीमा केही गलत नभए पनि, तिनीहरूले सधैँ केही न केही गल्ती भेट्टाइछाड्छन्—वास्तवमा, तिनीहरूले टिप्‍ने समस्याहरू सिद्धान्तका समस्या हुँदैनन्, बरु विशुद्ध रूपमा सानातिना समस्याहरू हुन्छन्। तैपनि, तिनीहरूले किन यी सानातिना समस्याहरूमा ध्यान दिन्छन्? तिनीहरूले किन यस्ता कुराहरूबारे अगुवाहरू र कामदारहरूलाई यति खुलेर आलोचना र निन्दा गर्न सक्छन्? तिनीहरूको एउटै उद्देश्य हुन्छ, र त्यो शक्ति र हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। परमेश्‍वरको घरले झूटा अगुवा र ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे जेजसरी सङ्गति गरे पनि, तिनीहरूले यी प्रकटीकरणहरूलाई आफूसँग कहिल्यै जोड्दैनन्, बरू अरू सबै स्तरका अगुवाहरू र कामदारहरूसँग मात्रै जोड्छन्। कुनै मिल्‍ने कुरा भेट्टाएपछि, तिनीहरूले सोच्छन्, “अब मसँग प्रमाण छ; मैले बल्ल तिनीहरूविरुद्ध प्रयोग गर्ने केही कुरा भेट्टाएँ र राम्रो अवसर पाएँ।” त्यसपछि तिनीहरू यी अगुवाहरू र कामदारहरूले गर्ने सबै कुरा खुलासा गर्ने, मूल्याङ्कन गर्ने, आलोचनात्मक लेखाजोखा गर्ने, र निन्दा गर्ने कार्यमा अझै बेकाबु हुन्छन्। तिनीहरूले उठाउने कति समस्याहरू त झट्ट हेर्दा अलि समस्याग्रस्त नै देखिन्छन्, तर सिद्धान्तहरूसँग तुलना गर्दा, ती महत्त्वपूर्ण हुँदैनन्। त्यसोभए तिनीहरूले किन तीबारे कुरा उठाउँछन्? यो अरू कुनै पनि कारणले होइन, बरु अगुवाहरू र कामदारहरूलाई पर्दाफास गरी दोषी ठहराउने र हराउने उद्देश्यले गरिएको हुन्छ। यदि यी अगुवाहरू र कामदारहरू हारेर नकारात्मकतामा डुब्छन्, दयाको भीख माग्छन्, र तिनीहरूसामु झुक्छन् भने, यदि दाजुभाइ-दिदीबहिनीहरूले यी अगुवाहरू सधैँ नकारात्मक र कमजोर हुन्छन्, र काम गर्दा प्राय गल्ती गरिरहन्छन् भन्‍ने देखेर उनीहरूलाई अगुवा चुन्दैनन् भने, यदि यी अगुवाहरूले सत्यता सङ्गति गर्दा दाजुभाइ-दिदीबहिनीहरूले त्यति ध्यान दिएर सुन्दैनन् भने, र यदि यी अगुवाहरूले काम लागू गर्दा मानिसहरूले सक्रिय रूपमा र इमानदारीसाथ सहकार्य गर्न छोड्छन् भने, हैसियतको लागि प्रतिस्पर्धा गर्ने यी मानिसहरू खुसी हुनेछन्, र तिनीहरूले फाइदा लिन मौका पाउनेछन्। तिनीहरूले सबैभन्दा बढी हेर्न चाहने र सबैभन्दा बढी आशा गर्ने परिदृश्य यही हो। यो सब गर्नुपछाडिको तिनीहरूको उद्देश्य के हो? यो मानिसहरूलाई सत्यता बुझ्न र झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई चिन्‍न मद्दत गर्नु होइन, न त मानिसहरूलाई परमेश्‍वरअघि डोर्‍याउनु नै हो। बरु, यो त अगुवाहरू र कामदारहरूलाई हराउनु र ढाल्‍नु हो ताकि सबैले तिनीहरूलाई नै अगुवाको रूपमा सेवा गर्ने सबैभन्दा उपयुक्त उम्मेदवारको रूपमा हेरून्। यो विन्दुमा, तिनीहरूको उद्देश्य हासिल हुनेछ, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अगुवाको रूपमा मनोनयन गरुन्जेल कुर्नु मात्रै पर्नेछ। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? तिनीहरूको स्वभाव कस्तो हुन्छ? यी व्यक्तिहरू स्वभावमा क्रूर हुन्छन्, तिनीहरूले सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्, र तिनीहरूले यसलाई अभ्यास पनि गर्दैनन्; तिनीहरूले शक्ति लिन मात्रै चाहन्छन्। केही सत्यता बुझेका र केही समझशक्ति भएका मानिसहरूले के गर्छन्—के तिनीहरू त्यस्ता मानिसहरूलाई शक्ति हात पार्न दिन तयार हुन्छन्? के तिनीहरू यस्ता मानिसहरूको शक्तिको अधीनमा पर्न तयार हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? यदि धेरैजसो मानिसहरूले त्यस्ता व्यक्तिहरूको प्रकृति सार स्पष्ट रूपमा देख्‍न सके भने, के तिनीहरूले अझै पनि यिनीहरूलाई अगुवा छनौट गर्छन् त? (गर्दैनन्।) सबैजना भर्खरै भेट भएका छन् र एकअर्कासँग त्यति परिचित छैनन् भनेबाहेक, तिनीहरूले त्यसो गर्दैनन्। तर तिनीहरू परिचित भएपछि र कुन-कुन व्यक्तिहरू कमजोर क्षमताका र भ्रमित छन्, कुन-कुन व्यक्तिहरू क्रूर र छली स्वभाव भएका दुष्ट मानिसहरू हुन्, कुन-कुन व्यक्तिहरू हैसियतको लागि प्रतिस्पर्धा गर्न र ख्रीष्टविरोधीहरूको बाटो हिँड्न इच्छुक छन्, कुन-कुन व्यक्तिहरूले सत्यता खोजी गर्न र आफ्नो कर्तव्य बफादार रूपमा पूरा गर्न सक्छन्, भन्‍नेजस्ता कुराहरू स्पष्ट रूपमा देखेपछि, र तिनीहरूले विभिन्‍न मानिसहरूको प्रकृति सार र वर्गहरू बुझेपछि, अगुवाहरूको निर्वाचन तुलनात्मक रूपमा सही र सिद्धान्तहरूअनुरूप नै हुनेछ।

के धेरैजसो मानिसहरूले सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्ने व्यक्तिलाई अगुवा छनौट गर्न रुचाउँछन्, कि तिनीहरूले तुलनात्मक रूपमा औसत क्षमता र कार्यदक्षता भएको, तर लगनशील र दृढ व्यक्तिलाई छनौट गर्छन्? जब यी दुई व्यक्तिको चरित्र कस्तो छ, तिनीहरूको प्रकृति सार के हो, वा तिनीहरू कुन मार्गमा छन् भन्‍ने कुरा स्पष्ट हुँदैन, तब धेरैजसो मानिसहरूले कुन व्यक्तिलाई अगुवा छनौट गर्न रुचाउँछन्? (दोस्रो, दृढ व्यक्तिलाई।) धेरैजसो मानिसहरूले दोस्रो विकल्प छनौट गर्छन्। सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्ने मानिसहरूको प्रकटीकरण तिनीहरूको मानवता र सारको प्रमाण हो। के धेरैजसो मानिसहरूले तिनीहरूका प्रकटीकरणहरू देख्‍न र चिन्‍न सक्दैनन् र? मानिसहरूले भन्‍नेछन्, “यो व्यक्तिले सधैँ मण्डली अगुवालाई समस्या दिन्छ; उसका महत्त्वाकाङ्क्षाहरू मण्डली अगुवाको हैसियत हासिल गर्नमा केन्द्रित छन्, र उसले अगुवाको रूपमा उनको स्थान लिन चाहन्छ। उनी मण्डली अगुवाको रूपमा निर्वाचित भएदेखि नै, उसले सधैँ उनलाई निसाना बनाएको छ र उनलाई अप्रिय ठानेको छ। ऊ सधैँ उनीसँग मुखमुखै लाग्छ, र उनले जे गरे पनि गल्ती खोतल्छ, आफूले सक्‍ने जुनसुकै कुरालाई निहुँ बनाउँछ, र उसले पिठ्यूँपछाडि उनलाई आलोचना पनि गर्छ र उनका कमीकमजोरीहरू खुलासा गर्छ। विशेषगरी भेलाहरूमा वा कामबारे सङ्गति गर्दा, यदि उनले कुनै क्षण स्पष्ट रूपमा बोलिनन् भने, उसले बाधा दिइहाल्छ, र धेरै अधीरता देखाउँछ। उसले उनलाई गिल्लासमेत गर्छ, निन्दा गर्छ, खिसी गरेर हाँस्छ; उसले हरेक मोडमा उनलाई समस्या दिन्छ र उनलाई लाजमर्दो परिस्थितिहरूमा फसाउँछ।” यी व्यवहारहरू सबैको अघि खुलासा भएपछि, के धेरैजसो मानिसहरूले यो व्यक्तिलाई चिन्‍न सक्दैनन् र? (सक्छन्।) त्यसोभए, के यो अगुवा पद हत्याउने उसको उद्देश्यको लागि उपयोगी छ त? अवश्य नै छैन। हैसियतको लागि प्रतिस्पर्धा गर्ने यी मानिसहरू चलाख कि मूर्ख हुन्छन्? स्पष्ट रूपमै, तिनीहरू लठ्ठक, र पटमूर्खहरू हुन्। अर्को गम्भीर समस्या पनि छ: यी व्यक्तिहरू दियाबलसहरू हुन्, र तिनीहरूको प्रकृति अपरिवर्तनीय हुन्छ! शक्ति र हैसियतप्रतिको तिनीहरूको इच्छा नियन्त्रण गर्न सकिँदैन, यहाँसम्म कि तिनीहरूले आफ्नो पूरै समझ गुमाउँछन्, र् त्यो अवस्था सामान्य मानवतामा हुने कुरा होइन। यस्तो इच्छा सामान्य मानवताको तर्कसङ्गतता र विवेकको सीमाभन्दा बाहिर जान्छ, र अनैतिकताको स्तरमा पुग्छ। यी मानिसहरूले आफ्‍नो कार्यका प्रभावहरू विचार गर्नु त कता हो कता, बरु उल्टै त्यसका परिणामहरूसमेत विचार नगरी जुनसुकै समय, स्थान, वा परिस्थितिमा पनि यसरी नै व्यवहार गर्नेछन्। हैसियतको लागि प्रतिस्पर्धा गर्ने मानिसहरूका सबैभन्दा आम प्रकटीकरण र शैलीहरू यिनै हुन्। जबजब कामबारे भेला वा सङ्गति हुन्छ, तबतब सबैजना भेला हुनेबित्तिकै, यी व्यक्तिहरूले झ्याउलाग्दा झिँगोले जस्तै बाधाहरू पैदा गर्छन्, र मण्डली जीवन र सत्यता सङ्गति गर्ने सामान्य सुव्यवस्था बिगार्छन्। त्यस्ता व्यवहार र शैलीहरूमा बाधा र व्यवधान ल्याउने प्रकृति हुन्छ। के त्यस्ता व्यक्तिहरूलाई प्रतिबन्धित गरिनुपर्दैन र? गम्भीर अवस्थामा, के तिनीहरूलाई सफाइ गरी हटाइनु वा निष्कासित गरिनुपर्दैन र? (पर्छ।) कहिलेकहीँ, दुष्ट मानिसहरूलाई प्रतिबन्धित गर्नको लागि मण्डली अगुवाहरूको सामर्थ्यमा मात्रै भरोसा गर्नु अलिक कमजोर र एक्लो प्रयास हुन सक्छ—यदि दुष्ट मानिसहरूले ल्याएका बाधा र व्यवधानहरूको गम्भीरता स्पष्ट रूपमा देखेपछि र तिनीहरूको सार राम्ररी चिनेपछि, यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता दुष्ट व्यक्तिहरूलाई रोक्न र प्रतिबन्धित गर्न मण्डली अगुवाहरूसँग मिलेर काम गर्न सके भने, के यो अझै प्रभावकारी हुनेछैन र? (हुनेछ।) यदि कसैले यसो भन्छ भने, “दुष्ट मानिसहरूलाई प्रतिबन्धित गर्नु अगुवाहरू र कामदारहरूको कर्तव्य हो, र हामी साधारण विश्‍वासीहरूसँग यसको कुनै सम्बन्ध छैन। हामी यस्तो झमेला लिनेछैनौँ! दुष्ट मानिसहरू हैसियतको लागि मण्डली अगुवाहरूसँग प्रतिस्पर्धा गर्छन्; तिनीहरूले हैसियत भएका मानिसहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्छन्। हामीसँग हैसियत छैन; तिनीहरूले हामीबाट केही कुरा खोस्‍न खोजिरहेका छैनन्। जे भए पनि, यसले हामीलाई असर गर्दैन। तिनीहरूलाई चाहेअनुसार प्रतिस्पर्धा गर्न दिऊँ। यदि मण्डली अगुवाहरूसँग क्षमता छ भने, तिनीहरूले यी मानिसहरूलाई प्रतिबन्धित गर्नुपर्छ; नभए भने, यिनीहरूलाई छोडिदिनुपर्छ। यो कुरासँग हाम्रो के सम्बन्ध छ र?” के यो दृष्टिकोण राम्रो छ? (छैन।) यो किन राम्रो छैन? (तिनीहरूले मण्डलीको सामान्य सुव्यवस्था कायम राख्दैनन्।) यसलाई अझै उचित रूपमा भन्‍नुपर्दा, मण्डलीको सामान्य सुव्यवस्थाले के जनाउँछ? के यसले सामान्य मण्डली जीवन जनाउँदैन र? (जनाउँछ।) यसमा सामान्य र व्यवस्थित मण्डली जीवन समावेश हुन्छ—यसमा परमेश्‍वरका वचनहरू व्यवस्थित रूपमा खाने-पिउने कार्य समावेश हुन्छ, र यसको अर्थ के हो भने, पवित्र आत्माले काम गर्ने, परमेश्‍वर उपस्थित हुने, र परमेश्‍वरले अगुवाइ गर्ने मण्डली जीवनमा मानिसहरूले परमेश्‍वरको वचनबारे प्रार्थना-वाचन र सङ्गति गर्न, र व्यक्तिगत अनुभवहरू आदानप्रदान गर्न सक्छन्, र साथमा पवित्र आत्माबाट अन्तर्दृष्टि र अगुवाइ अनि ज्योति पनि प्राप्त गर्न सक्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवनमा यही कुराको आनन्द लिनुपर्छ। यदि कतिपय मानिसहरूले यो सामान्य सुव्यवस्था नष्ट गर्छन् भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ, र यस्तो कुरा सहनु हुँदैन। यो अगुवाहरू र कामदारहरूको मात्रै जिम्मेवारी र दायित्व होइन, यो त सत्यता बुझेका र समझशक्ति भएका सबैको जिम्मेवारी र दायित्व पनि हो। अवश्य नै, यदि मण्डली अगुवाहरूले यी व्यक्तिहरूको व्यवहारको प्रकृतिबारे, अनि यिनीहरूको प्रकटीकरणको आधारमा यिनीहरू कस्ता मानिसहरू हुन्, र यस्ता व्यक्तिहरूलाई कसरी चिन्‍ने र यिनीहरूको वास्तविकता कसरी पहिचान गर्ने भन्‍नेबारे विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दै यो कामको नेतृत्व गर्न सके भने यो सबैभन्दा राम्रो हुनेछ। यदि यी दुष्ट मानिसहरूलाई प्रतिबन्धित गरिएन र सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूले बाधा दिए, बहकाए, र ठगे भने, र ती दुष्ट मानिसहरूको सट्टा मण्डली अगुवाहरूलाई अलग गरियो भने, यो मण्डली पूरै अवरुद्ध हुनेछ र अपरिहार्य रूपमै अराजकतातर्फ खस्‍कनेछ। के त्यस्तो परिस्थितिमा सामान्य मण्डली जीवन जारी रहन्छ र? यदि यो जारी रहन सकेन भने, के मण्डलीका भेलाहरू अझै पनि फलदायी हुनेछन् र? के परमेश्‍वरका चुनिएका मानिसहरूले अझै पनि त्यस्ता भेलाहरूबाट केही कुरा प्राप्त गर्नेछन् र? यदि परमेश्‍वरका चुनिएका मानिसहरूले ती भेलाहरूबाट केही पनि प्राप्त गर्दैनन् भने, त्यस्ता भेलाहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ कि घृणा गर्नुहुन्छ? अवश्य नै, परमेश्‍वरले ती भेलाहरूलाई घृणा गर्नुहुन्छ। पवित्र आत्माको कामविनाका र परमेश्‍वरको आशिष्‌विनाका भेलाहरूलाई मण्डली जीवनको रूपमा लिन सकिँदैन, र ती केवल सामाजिक समूहका भेलाहरू बन्छन्। के कसैलाई अराजक मण्डली जीवन मन पर्छ र? के यो कसैको लागि सुधारात्मक वा फाइदाजनक हुन्छ र? (हुँदैन।) यदि यो अवधिमा तैँले कुनै पनि भेलाबाट आफ्नो जीवन प्रवेशको हिसाबमा केही प्राप्त गरेको छैनस् भने, यो समय तेरो लागि कुनै मूल्यको हुँदैन वा त्यसले कुनै अर्थ राख्दैन; तैँले यो समय बरबाद गरेको हुन्छस्। के यसको अर्थ तेरो जीवन प्रवेश घाटामा परेको छ भन्‍ने हुँदैन र? (हो।) यदि, भेलाको बेला, दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र मण्डली अगुवासँग विवाद र तर्क गरिरहेका हुन्छन्, र यसले गर्दा मानिसहरूलाई तनाव हुन्छ, सम्पूर्ण भेला खराब वातावरणले भरिन्छ, र शैतानको दुष्ट ऊर्जाले भरिन्छ भने, र यदि को सही छ र को गलत छ भन्‍नेजस्ता विषयहरूमा बहस गर्नेबाहेक, कोही पनि प्रार्थना गर्न र सत्यता खोजी गर्न परमेश्‍वरअघि आउँदैन, र कसैले पनि सिद्धान्तहरूअनुसार काम गर्दैन भने, यस्तो भेलापछि परमेश्‍वरमाथिको तेरो विश्‍वास बढेको हुनेछ कि घटेको हुनेछ? सत्यताको हकमा तैँले अझै धेरै बुझेको र प्राप्त गरेको हुनेछस् कि तैँले केही पनि प्राप्त नगरी विवादहरूबाट तेरो मन विचलित भएको हुनेछ? कहिलेकहीँ तैँले यस्तो सोच्न सक्छस्, “मानिसहरूले परमेश्‍वरमा किन विश्‍वास गर्छन् मलाई थाहा छैन। परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो? यी मानिसहरूले कसरी यस्तो व्यवहार गर्न सक्छन्? के यिनीहरू अझै पनि परमेश्‍वरका विश्‍वासीहरू हुन्?” शैतान र दियाबलसहरूको एउटै बाधाको कारण, मानिसहरूको हृदय व्याकुल र मैलो हुन्छ; तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु व्यर्थ हो भन्‍ने लाग्छ, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको मूल्य थाहा हुँदैन, र तिनीहरूको मन छताछुल्‍ल हुन्छ। यदि त्यस्ता कुराहरूबारे सबैजना सतर्क रहन सक्छन्, र भावशून्य र सुस्त हुनुको सट्टा विशेष रूपमा संवेदनशील र प्रखर हुन सक्छन् भने, जब दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्नहेतु मण्डली जीवनमा बारम्बार विभिन्‍न कुराहरू बोल्ने वा गर्ने गर्छन्, तब धेरैजसो मानिसहरूले समाधान गर्नुपर्ने समस्या आइपरेको छ भनेर तुरुन्तै महसुस गर्नेछन्। तिनीहरूले यी परिस्थितिहरूमा कसले चालबाजी गरिरहेको छ, र तिनीहरूको प्रकृति सार के हो भनेर तुरुन्तै पत्ता लगाउन सक्‍नेछन्, तिनीहरूले समस्याको गम्भीरता तुरुन्तै महसुस गर्नेछन्, र तिनीहरूले छोटो अवधिमै दुष्टजनहरूलाई रोक्न र प्रतिबन्धित गर्न, मण्डलीबाट तिनीहरूलाई सफाइ गरी हटाउन, र मण्डलीभित्रका मानिसहरूलाई बाधा दिन र बन्धनमा पार्नबाट तिनीहरूलाई रोक्न सक्‍नेछन्। के यो धेरैजसो मानिसहरूको लागि फाइदाजनक र सुधारात्मक हुँदैन र? (हुन्छ।)

यदि तिमीहरूले दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका परिस्थितिहरू सामना गर्‍यौ भने, तिमीहरूले तिनीहरूलाई कसरी तह लगाउनेछौ? बहुसंख्यक दृष्टिकोण के छ? (हामी यस्तो व्यवहारलाई रोक्‍नेछौँ) रोक्‍ने मात्रै? अनि, तिमीहरूले कसरी रोक्‍नेछौ? के तिमीहरूले तिनीहरूलाई बोल्न निषेध गर्नेछौ, वा “हामीलाई तपाईंले भनेको कुरा मन परेन, त्यसकारण भविष्यका भेलाहरूमा कम बोल्नुहोस्!” भनेर भन्‍नेछौ? के त्यसले काम गर्नेछ? के तिनीहरूले तेरो कुरा सुन्‍नेछन्? (सुन्‍नेछैनन्।) त्यसोभए, तैँले के गर्नुपर्छ? तैँले परमेश्‍वरको वचनअनुसार तिनीहरूको अभिप्राय, मनसाय, र प्रकृति सार राम्ररी खुलासा र चिरफार गर्नुपर्छ, ताकि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यस्ता मानिसहरू र तिनीहरूको कार्य-व्यवहारको प्रकृति चिन्‍न र तीप्रति सचेत हुन सकून्, तैँले मान्छे खुशी पार्दै मात्र बस्‍नु हुँदैन र मण्डली अगुवाहरू र कामदारहरूले नै दुष्ट मानिसहरूलाई खुलासा गरून् भनेर प्रतीक्षा गर्ने अनि मात्र “तिनीहरूलाई अबदेखि भेलाहरूमा आउन अनुमति दिनु हुँदैन” भनेर अडान लिने गर्नु हुँदैन। के मान्छे खुशी पार्ने व्यक्ति बन्‍नु राम्रो कुरा हो? (अहँ, होइन।) त्यस्ता परिस्थितिहरू सामना गर्दा, के धेरैजसो मानिसहरूले यी दुष्ट मानिसहरू नचिढ्यून् र पछि यिनीहरूसँग अन्तरक्रिया गर्न अप्ठ्यारो नहोस् भनेर, यिनीहरूसँग भिडन्त गर्नुको सट्टा यी कुराहरूबाट भाग्‍न र टाढा बस्न मन पराउँदैनन् र? के धेरैजसो मानिसहरूले मान्छे खुशी पार्ने व्यक्ति बन्‍ने दुनियाँसित व्यवहार गर्ने सांसारिक व्यवहारको सिद्धान्त पालना गर्दैनन् र? (गर्छन्।) त्यसोभए समस्या त्यही हो। मानौँ मण्डलीका ८० प्रतिशत मानिसहरू मान्छे खुशी पारिहिँड्ने मानिसहरू हुन् रे, र जब तिनीहरूले त्यस्ता दुष्ट व्यक्तिहरूले मण्डली जीवनमा अगुवाको हैसियत, श्रेष्ठता, र पदको लागि प्रतिस्पर्धा गरेको देख्छन्, तब तिनीहरूलाई रोक्न वा प्रतिबन्धित गर्न कोही खडा हुँदैन, र धेरैजसो मानिसहरूले यस्तो दृष्टिकोण राख्छन् रे: “जति कम समस्या, उति राम्रो। मैले यिनीहरूलाई चिढ्याउनु हुँदैन, त्यसकारण के म यिनीहरूबाट टाढा बसे हुँदैन र? म यिनीहरूबाट टाढा बस्छु र यतिमै यो कुरा समाप्त हुनेछ। यिनीहरूले प्रतिस्पर्धा गरिबसून्; समय आएपछि, परमेश्‍वरले नै यिनीहरूलाई दण्ड दिनुहुनेछ। मसँग यसको के सम्बन्ध छ र!” के यी परिस्थितिहरूमा पनि मण्डली जीवन फलदायी हुन सक्छ र? धेरैजसो मानिसहरू अल्छी र आश्रित हुन्छन्; मण्डली अगुवाहरू निर्वाचित भएपछि, तिनीहरूले आफ्नो काम पूरा भएको ठान्छन्, र सबै कुरा मण्डली अगुवाहरूले गरून् भनेर प्रतीक्षा गर्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरूको मण्डलीमा परमेश्‍वरका वचनहरूका पुस्तकहरू बाँडफाँट गरिएको छ कि छैन, मण्डली जीवनमा कुनै व्यवधान वा व्यवधान आएको छ कि छैन, वा कसैले सधैँ शब्द र सिद्धान्तहरू बोल्छ कि बोल्दैन वा हैसियतको लागि अगुवाहरूसँग प्रतिस्पर्धा गर्छ कि गर्दैन भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मण्डली अगुवाहरूलाई यी कुराहरूबारे सबै थाहा छ। मलाई यी कुराहरू थाहा छैन र मैले यी कुराबारे झमेला लिनु पर्दैन। समय आएपछि अगुवाहरूले नै यी कुरा सम्हाल्‍नेछन्।” तिनीहरूले कुनै कुराबारे पनि चिन्ता वा सोधपुछ गर्दैनन्, तिनीहरूले कुनै कुराबारे पनि जानकारी लिँदैनन्, र तिनीहरूलाई थाहा हुनुपर्ने मण्डली जीवनसँग सम्बन्धित कुनै पनि मानिस, घटना, वा कामकुराहरू तिनीहरूलाई थाहा हुँदैन र ती कुराबारे कुनै पनि वास्ता हुँदैन। मण्डलीमा देखा पर्ने यी दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्दा के भन्छन् र के गर्छन्, साथै मण्डली जीवनमा तिनीहरूले ल्याउने बाधा र प्रभावहरूको हकमा, तिनीहरू अत्यन्तै उदासीन हुन्छन्, र तिनीहरूले यी कुराहरूबारे कुनै प्रश्‍न वा सोधपुछ गर्दैनन्। सबै कुरा सकिएपछि, यदि तैँले तिनीहरूलाई कुनै समझशक्ति प्राप्त गरेका छन् कि भनेर सोधिस् भने, र तिनीहरूले दुष्ट मानिसहरू र दुष्ट मानिसहरूका प्रकटीकरणहरू के हुन् भनेर चिन्‍न सक्छन् कि सक्दैनन् भनेर सोधिस् भने, तिनीहरूले “मण्डली अगुवाहरूलाई सोध्नुहोस्; उहाँहरूलाई नै सबै कुरा थाहा छ।” भन्‍नेबाहेक अरू केही भन्‍न सक्दैनन्। के त्यस्ता व्यक्ति दास होइनन् र? तिनीहरू दास हुन्, तिनीहरू कायर र व्यर्थका हुन्, र तिनीहरू खराब अस्तित्व जिउँछन्। दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्ने परिस्थितिहरूमा समझशक्ति, व्यवस्थापन, र समाधान आवश्यक पर्छ। यो मण्डली अगुवाहरूको मात्रै जिम्मेवारी होइन; यो जिम्‍मेवारी परमेश्‍वरका चुनिएका मानिसहरू सबैको हो। धेरैजसो अगुवाहरूले साधारण व्यक्तिले भन्दा केही बढी सत्यता बुझ्छन्, यी समस्याहरूबारे सचेत हुन्छन्, र यी मानिसहरूका कार्यका उद्देश्य र सार देख्‍न सक्छन्। तर सँगसँगै, धेरैजसो मानिसहरूले व्यावहारिक रूपमा पाठहरू पनि सिक्‍नुपर्छ र तिनीहरू समझशक्तिमा वृद्धि हुनुपर्छ, र मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने यी दुष्ट व्यक्तिहरूविरुद्ध उचित कदम चाल्‍नको लागि न्यायबोध भएका, र सत्यता बुझ्‍ने र पछ्याउने मानिसहरूसँग एक हुनुपर्छ। तिनीहरूले यी दुष्टहरूलाई अलग्याउनुपर्छ वा सफाइ गरी हटाउनुपर्छ, र यी समस्याहरू सामना गर्दा, तिनीहरूले हात बाँधेर मात्र बस्‍नु हुँदैन, र थोरै सङ्गति सुन्‍ने र आफ्‍नो क्षितिज थोरै बढाउने, अनि आफ्‍नो हृदयमा मामलाबारे थोरै चेतना विकास गरेर, काम पूरा भयो भनेर सोच्‍नु मात्र हुँदैन, किनभने मण्डली जीवन मण्डली अगुवाहरूसँग मात्रै सम्बन्धित हुने कुरा होइन, र राम्रो मण्डली जीवन जिउनु र मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍नु मण्डली अगुवाहरूको मात्रै जिम्मेवारी होइन—यसलाई कायम राख्‍न सबैको सामूहिक प्रयास आवश्यक पर्छ।

हैसियतको लागि प्रतिस्पर्धा गर्ने मानिसहरू—पाँचौं समस्यामा उल्लेख गरिएको प्रकारका मानिसहरू—अक्सर मण्डली जीवनभित्र देखा परिरहन्छन्। तिनीहरूको सबैभन्दा स्पष्ट प्रकटीकरण भनेको मण्डली अगुवाहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो, र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूमाझ राम्रो क्षमता भएका र तुलनात्मक रूपमा अझै बढी शुद्धतासाथ सत्यता बुझेका, आत्मिक बुझाइ भएका, र सत्यता सिद्धान्तहरू बुझेका मानिसहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्नु, र यी व्यक्तिहरूलाई बारम्बार चुनौती दिनु हो। यी मानिसहरूले मण्डली जीवनमा केही शुद्ध बुझाइ र ज्योतिबारे बारम्बार सङ्गति गर्छन्, अनि बहुमूल्य र व्यावहारिक बुझाइ प्रदान गर्ने केही व्यक्तिगत अनुभवहरू बाँड्छन्; यसले दाजुभाइ-दिदीबहिनीहरूलाई निकै सहयोग र सुधार गर्छ। तिनीहरूको सङ्गति सुनेपछि, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले बाटो भेट्टाउँछन्, र परमेश्‍वरको वचन कसरी अभ्यास र अनुभव गर्ने र कसरी आफ्ना समस्याहरू समाधान गर्ने भनेर जान्दछन्। तिनीहरूले परमेश्‍वरको अगुवाइप्रति अत्यन्तै कृतज्ञता व्यक्त गर्छन्, र सँगसँगै, सत्यताबारे शुद्ध बुझाइ र व्यावहारिक अनुभवहरू भएका मानिसहरूलाई तिनीहरूले आदर र सम्‍मान पनि गर्छन्। त्यसकारण, तिनीहरूले यी व्यक्तिहरूलाई निकै आदर गर्छन् र तिनीहरूसँग नजिकिन्छन्। मण्डली जीवनमा परमेश्‍वरलाई खुशी पार्ने यी सकारात्मक कुराहरू देखा पर्नु भनेको हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरूले सबैभन्दा कम देख्‍न चाहने कुरा हो। जब तिनीहरूले कसैले व्यावहारिक अनुभवहरू सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले असहज र डाहा मान्छन्, र तिनीहरूलाई निकै अप्ठ्यारो लाग्छ। अप्ठ्यारो लागेको बेला, तिनीहरूले अवज्ञा, तिरस्कार र असन्तुष्टिको मनोवृत्ति देखाउँछन्, अनि तिनीहरूले व्यावहारिक अनुभव भएका र सत्यता बुझेका मानिसहरूलाई कसरी मूर्ख देखाउने, र तिनीहरूको त्रुटि र कमीकमजोरी कसरी दाजुभाइ-दिदीबहिनीहरूलाई देखाएर तिनीहरूलाई उच्‍च आदर गर्न वा तिनीहरूको नजिक आउन छोडाउने भन्‍नेबारे हृदयमा हिसाबकिताब गर्छन्। त्यसकारण, हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरूले अवश्य नै केही न केही कुरा भन्‍नेछन् र केही न केही काम गर्नेछन्। तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा सहयोग र भरणपोषण गर्ने किसिमका अनुभवात्मक गवाही बाँड्ने र बारम्बार सत्यता सङ्गति गर्ने मानिसहरूलाई आक्रमण र निष्कासन गर्छन्। प्रायजसो सत्यता सङ्गति गर्ने र अनुभवात्मक गवाहीहरू बाँड्ने सबैबाट परमेश्‍वरका चुनिएका मानिसहरूलाई टाढा राख्‍ने उद्देश्यले तिनीहरूले सकारात्मक चरित्रहरूलाई प्रयोग गरेर तिनीहरूका कमीकमजोरी खुलासा गर्छन्। सारांशमा भन्दा, हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरू मण्डलीमा घुसपैठ हुने र शैतानका सेवकहरूको भूमिका निर्वाह गर्ने नकारात्मक पात्रहरू हुन्।

परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले आफ्‍नो अन्तरङ्ग सम्बन्धमा गल्ती गरेकी एउटी बहिनीले विश्‍वासी बनेपछि पश्‍चात्ताप गरी र फेरि कहिल्यै पनि त्यस्ता गल्तीहरू गरिन। उसलाई विगतका आफ्ना अपराधहरूबारे निकै पछुतो भयो र उसले हृदय खुलेर विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरी। हृदय खोलेर सङ्गति गर्नुको उद्देश्य र सिद्धान्त के हो? यो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबीचको पारस्परिक बुझाइ बढाउनु र आन्तरिक बाधाहरू हटाउनु हो। धेरैजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सत्यता बुझेपछि, विगतका आफ्ना भ्रष्टता र अपराधहरूका प्रकटीकरणहरूबारे खुलेर सङ्गति गर्न सक्छन्, र सँगसँगै परमेश्‍वरको मुक्तिको लागि कृतज्ञता र प्रशंसा पनि व्यक्त गर्न सक्छन्। के यसरी खुलेर सङ्गति गर्नु उचित होइन र? (हो।) सत्यता बुझेपछि, धेरैजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यसरी खुलेर सङ्गति गर्न सक्छन्; के यो समस्या हो र? (होइन।) परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले मानिसहरूले आफ्नो अन्तरङ्ग सम्बन्ध वा अरू पक्षमा केही गल्तीहरू गर्नु सामान्य कुरा हो। कतिपय मानिसहरूले यी गल्तीहरूबारे कुरा गर्न सक्छन्, जबकि कतिपयले आफूलाई ढाकछोप गर्दै छद्मभेष धारण गर्छन्, र अरूले खुलेर कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास जेजसरी गरे पनि, तिनीहरू आफैले भने केही पनि बोल्दैनन्। तिनीहरूले यी गल्तीहरू तिनीहरूको भित्री कुरूपता हो, र यसबारे तिनीहरूले कसैलाई पनि थाहा दिनु हुँदैन, नत्र तिनीहरूको प्रतिष्ठा, इज्जत, र पद गुम्‍नेछ भन्‍ने विश्‍वास गर्छन्। तर कति मानिसहरूले भने फरक तरिकाले कुराहरू बुझ्छन्; तिनीहरूले तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न आएका छन् र तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकारेका छन्, त्यसकारण तिनीहरूले अब आफूले विगतमा गरेका गलत कार्यहरू र आफूले हिँडेका गलत मार्गहरूबारे हृदय खोलेर सङ्गति गर्नुपर्छ, र चिरफारको लागि ती कुराहरू बाहिर ल्याउनुपर्छ, र ती कुराहरू त बस शैतानले भ्रष्ट तुल्याएको मानवको रूपमा तिनीहरूले भोगेका कुराहरू मात्रै हुन् भन्‍ने विश्‍वास गर्छन्। अब तिनीहरू खुलेर कुरा गर्न, आफूलाई उदाङ्गो पार्न, र सङ्गति गर्न सक्छन्। चाहे यो विगतको कुरा समीक्षा गर्नको लागि होस् वा यसलाई अन्त्य गर्नको लागि होस्, यी मानिसहरूले यस्तो काम गर्न सकेको तथ्यले सत्यता अभ्यास गर्ने तिनीहरूको मनोवृत्ति के हो भन्‍ने कुरा प्रमाणित गर्छ: तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, र तिनीहरूसँग सत्यता अभ्यास गर्ने सङ्कल्प हुन्छ। व्यक्तिले कसरी अभ्यास गर्छ भन्‍ने कुरा उसको बुझाइ र सङ्कल्पमा निर्भर हुन्छ। तैपनि, खुलेर कुरा गर्नु र आफूलाई उदाङ्गो पार्नु पक्कै पनि गल्ती होइन, र यो पाप हुनु त झन् परै जाओस्। यसलाई कसैविरुद्ध फाइदा लिने निहुँको रूपमा प्रयोग गर्नु हुँदैन, र यो अर्को व्यक्तिले ऊमाथि आक्रमण गर्न प्रयोग गर्ने प्रमाण बन्‍नु त झनै हुँदैन। धेरैजसो मानिसहरूले यो कुरालाई सही रूपमा लिन सक्छन्, अर्थात् यसबारेमा तिनीहरूको बुझाइ शुद्ध र सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। तैपनि, दुष्ट व्यक्तिहरूमा गलत अभिप्राय हुन्छ; तिनीहरूले मानिसहरूका यस्ता कुराहरू तिनीहरूलाई गिल्ला गर्न, तिनीहरूलाई खेलौनाझैँ खेलाउन र तिनीहरूलाई आलोचना गर्न प्रयोग गर्न जिद्दी गर्छन्। त्यस्ता दुष्कर्महरू एकदमै प्रस्ट हुन्छन्। आफूलाई उदाङ्गो पार्न, खुलेर कुरा गर्न, र आफ्नो भ्रष्टता र आफूले लिएका गलत मार्गहरूबारे सङ्गति गर्न सक्‍ने मानिसहरूमा सत्यता र परमेश्‍वरका वचनहरूप्रति तिनीहरूले अपनाउने शैलीमा धार्मिकताको लागि भोकाउने र तिर्खाउने हृदय हुन्छ। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्ने क्रममा, तिनीहरूले अचेतन रूपमै केही व्यावहारिक बुझाइ र अन्तर्ज्ञानहरू प्राप्त गर्छन्। यी व्यावहारिक बुझाइ र अन्तर्ज्ञानहरूले तिनीहरूलाई तिनीहरूको जीवनमा देखा पर्ने कठिनाइहरू र असंख्य परिस्थितिहरूको समयमा अभ्यास गर्ने मार्ग भेट्टाउन मद्दत गर्छन्, जसले गर्दा तिनीहरूलाई सत्यताबारे केही साँचो अनुभवात्मक बुझाइ प्राप्त हुन्छ। यी साँचो अनुभवात्मक बुझाइहरू सङ्गति गर्दा यो अरूहरूको लागि सुधारात्मक र उपयोगी हुन्छ; विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यी व्यक्तिहरूलाई आदर र सम्मानसाथ हेर्नेछन् र भन्‍नेछन्, “तपाईंको व्यावहारिक अनुभवहरू साँच्‍चै नै सुन्दर छन्। ती अनुभव सुन्दा, मैले गहन रूपमा तपाईंकै भावना अनुभूत गर्न सक्छु। म देख्‍न सक्छु तपाईंको अभ्यास शैली सही छ र यसमा परमेश्‍वरले आशिष् दिनुभएको छ। म पनि मेरा आफ्नै धारणा र पूर्वाग्रहहरू त्याग्‍न र मेरा बोझहरू त्याग्‍न तयार छु; म पनि सरल तरिकाले सत्यता अभ्यास गर्न र तपाईंले जस्तै परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न चाहन्छु। यो मार्ग सही मार्ग हो।” के यी प्रकटीकरणहरू सामान्य छैनन् र? के विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्तो सम्बन्ध पैदा हुनु उचित होइन र? यो परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूमाझ देखा पर्ने प्रकारको अन्तरवैयक्तिक सम्बन्धभन्दा फरक किसिमको सम्बन्ध हो; यो परमेश्‍वरले अनुमोदन गर्नुहुने र उहाँले हेर्न चाहनुहुने किसिमको सम्बन्ध हो। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्तो सामान्य सम्बन्ध कायम छ भने मात्रै मण्डली जीवन सामान्य हुन सक्छ। तैपनि, यहाँ केही दुष्ट मानिसहरू वा खराब अभिप्राय भएका मानिसहरू सदैव हुनेछन्, जो व्यावहारिक अनुभव भएका, धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने, र अनुभव भएका मानिसहरूलाई आदर र सम्मान गर्ने व्यक्तिहरूलाई आक्रमण गर्न, निन्दा गर्न, र बहिष्कार गर्न खडा हुने गर्छन्। तिनीहरूले किन यी व्यक्तिहरूलाई आक्रमण गर्छन्? तिनीहरूको उद्देश्य भनेको मण्डलीभित्र निश्‍चित हैसियतको लागि प्रतिस्पर्धा गर्नुबाहेक अरू केही हुँदैन। तिनीहरूले सत्यतालाई प्रेम पनि नगर्ने र नपछ्याउने पनि हुनाले, तिनीहरूले सबैलाई बहकाउन र उच्च प्रतिष्ठा प्राप्त गर्नको लागि झूटा अनुभवहरू सिर्जना गर्दै आफूलाई सत्यता पछ्याउने मानिसको रूपमा प्रस्तुत गर्छन्। यो आफूले चाहेको हैसियत र शक्ति प्राप्त गर्न मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने शैतानका विधिहरू प्रयोग गर्नु हो। त्यस्ता घटनाहरू सबै ठाउँका मण्डलीहरूमा बारम्बार घट्छन् र ती कुरा सबैले देख्‍न सक्छन्। यदि तिमीहरूले केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा केही सत्यता वास्तविकता छ, भेलाहरूमा तिनीहरूले परमेश्‍वरका वचनहरूको वास्तविक अनुभवात्मक बुझाइ सङ्गति गर्न सक्छन्, र तिनीहरूले धेरैको प्रशंसा प्राप्त गरेका छन्, र पनि कुनै न कुनै कारणले गर्दा कतिपयले तिनीहरूलाई आक्रमण गर्छन्, बदला लिन्छन्, र कष्टमा पार्छन् भन्‍ने पत्ता लगायौ भने, तिमीहरू सतर्क हुनुपर्छ, र कस्ता मानिसहरूले यस्तो व्यवहार गरिरहेका छन् भनेर पत्ता लगाउनुपर्छ। सत्यता पछ्याउनेहरूलाई किन प्रायजसो आक्रमण र बहिष्कार गरिन्छ? वास्तवमा के भइरहेको हुन्छ? यसले निश्‍चय नै समस्या सङ्केत गर्छ।

मण्डली जीवनमा, बारम्बार अगुवाहरू र कामदारहरूको गल्ती निकाल्ने मानिसहरूलाई राम्रोसित ध्यान दिनुपर्छ। यसअलावा, कतिपय मानिसहरूले तुलनात्मक रूपमा अलिक बढी सत्यता पछ्याउने र परमेश्‍वरका वचनहरूको तृष्णा गर्ने मानिसहरूलाई गिल्ला, उपहास, वा आक्रमण गर्छन्। यी नकारात्मक पात्रहरूलाई पनि तिनीहरूको अर्को कार्य के हुनेछ भनेर हेर्न नजिकबाट अनुगमन र निगरानी गर्नुपर्छ। यदि कसैले मण्डली जीवनमा सहभागिता जनाउँदा कुनै पनि उचित कारणविना मण्डली अगुवाहरूका कमीकमजोरी खुलासा गर्न वा सत्यता वास्तविकता भएका व्यक्तिहरूलाई आक्रमण गर्न सक्छ भने, यसको पछाडि पक्कै पनि कुनै न कुनै समस्या र कारण हुन्छ; यो पक्कै पनि कारणविनाको कार्य हुँदैन। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता व्यक्तिहरूप्रति गम्भीर ध्यान दिनुपर्छ किनभने यो सानोतिनो कुरा होइन। कहिलेकहीँ, भर्खरै व्यावहारिक अनुभवको गवाही सुनेपछि र हृदयमा पूर्ण आनन्द अनुभव गरेपछि पनि, वा भर्खरै थोरथोरै ज्योति र बुझाइ प्राप्त गरेपछि पनि, दुष्ट मानिसहरूले बोलेका केही भ्रमपूर्ण वचनहरूद्वारा नै व्यक्ति अन्योलमा पर्न सक्छ, जसले गर्दा उसले भर्खरै प्राप्त गरेको सबै कुरा गुमाउँछ। व्यक्तिले भर्खरै थोरथोरै विश्‍वास निर्माण गर्न थाल्दाथाल्दै, दुष्ट मानिसहरूले उसलाई बाधा दिन्छन् र ऊ पहिलेकै स्थितिमा फर्केर जान्छ; उसले भर्खरै सत्यता र परमेश्‍वरको वचनप्रति अलिअलि तृष्णा गर्न थाल्दाथाल्दै, सत्यता अभ्यास गर्ने थोरथोरै सङ्कल्प गर्दागर्दै, उसलाई दुष्ट मानिसहरूले बाधा दिन्छन्, जसले गर्दा उसले उत्साह र उत्प्रेरणा गुमाउँछ, र त्यसपछि उसले तुरुन्तै यो द्वन्द्वको ठाउँ त्याग्‍न चाहन्छ। के यी परिणामहरू गम्भीर छन्? अत्यन्तै गम्भीर हुन्छन्। त्यसकारण, यदि मण्डलीमा कुनै व्यक्ति छ जसले कुनै कुरा उसको इच्छाअनुरूप नहुँदा सधैँ त्यसबारे विवाद सुरु गर्छ, को सही छ भनेर तर्क गर्छ, सही र गलतबीच तर्क गर्छ, र को ठूलो वा सानो छ भनेरसमेत विवाद गर्छ भने, त्यस्ता व्यक्तिहरूले रातो झन्डाको सङ्केत दिन्छन्। तिनीहरूले मण्डलीमा कस्तो भूमिका खेल्छन्, तिनीहरूले के-कस्ता परिणामहरू ल्याउँछन्, त्यो हेर, अनि त्यसबाट तैँले तिनीहरूको प्रकृति सार के हो भन्‍ने कुरा देख्‍न सक्छस्।

मण्डली जीवनमा हैसियतको लागि प्रतिस्पर्धा गर्ने कार्यको अर्को प्रकारको प्रकटीकरण पनि छ, र त्यो मण्डली जीवन र मण्डलीको काममा बाधा र व्यवधान ल्याउने कार्यसँग सम्बन्धित छ। उदाहरणको लागि, कहिलेकहीँ जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सँगै मिलेर समस्याबारे सङ्गति गरिरहेका हुन्छन्, तब सबैको सङ्गतिमा केही न केही ज्योति हुन्छ; तिनीहरूले जति धेरै सङ्गति गर्छन्, सत्यता सिद्धान्तहरू त्यति नै धेरै स्पष्ट र छर्लङ्ग हुन्छन्, र अभ्यासको मार्ग तुरुन्तै बुझिने हुन्छ। तैपनि, कसैले अचानक उसको कुनै “उत्कृष्ट विचार,” उसको कुनै सुझाव प्रस्तुत गर्न सक्छ, जसले गर्दा सङ्गतिको बहाव तोडिन्छ र विषय अर्कोतिर मोडिन सक्छ, र जसले गर्दा मुख्य विषयको सङ्गति पूरा हुँदैन। झट्ट हेर्दा, तिनीहरूले बाधा दिइरहेका छन् जस्तो देखिँदैन, र तिनीहरूले अरूलाई सत्यता सङ्गति गर्नबाट प्रतिबन्धित गरिरहेका छन् भन्‍ने त झनै देखिँदैन, तर तिनीहरूले यो विषय प्रस्तुत गर्न उपयुक्त समय छनौट गरेका हुँदैनन्। यसमा समस्या समाधान गर्न सत्यता सङ्गति गरिँदै गरिएको महत्त्वपूर्ण समयमा सङ्गति र छलफलको लागि नयाँ समस्या घुसाएर, पहिलेको समस्या पूर्ण रूपमा समाधान हुन नसक्‍ने गरी काटिएको हुन्छ। के यो आधा बाटोमै काम छोड्नु होइन र? के यसले समस्या समाधानमा ढिलाइ हुँदैन र? यसले समस्या समाधान नभएको मात्र होइन, सत्यतासम्बन्धी मानिसहरूको बुझाइमा समेत ढिलाइ हुन्छ। के समझ भएका मानिसहरूले यसो गर्न सक्छन्? के त्यस्ता कुराहरूले मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछन् भनेर भन्‍नु हदभन्दा बाहिर जानु हो? मलाई त्यस्तो हो भन्‍ने पटक्‍कै लाग्दैन। कुनै समस्या समाधान गर्न सत्यता सङ्गति गर्दा यसरी भेलामा बाधा दिनु—के यो जानीजानी मण्डली जीवनमा बाधा र व्यवधान ल्याउनु होइन र? यदि कुनै समस्या समाधान गर्न सत्यता सङ्गति गरिँदै गरिएका महत्त्वपूर्ण क्षणहरूमा कसैले सधैँ आफ्नो कुरा निकाल्छ भने, यदि उसले सधैँ बीचैमा कुरा काटिदिने प्रयास गर्छ भने, यो समझ नहुनुको समस्या होइन; यो त समस्या समाधान गर्न सत्यता सङ्गति गरिँदाको बखत जानीजानी भेलामा बाधा दिनु हो, यो मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने दुष्कर्म हो, यो त शुद्ध र सरल छ—ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मात्रै यसो गर्छन्, सत्यतालाई घृणा गर्ने मानिसहरूले मात्रै यसो गर्छन्। प्रसङ्ग वा परिस्थिति जस्तोसुकै भए पनि, यस्ता मानिसहरूलाई सधैँ आफ्नो “उत्कृष्ट विचारहरू” प्रस्तुत गर्नुपर्ने हुन्छ, र तिनीहरू सधैँ आफूमाथि अरूहरूको नजर परोस्, र आफू ध्यानको केन्द्रबिन्दु बनूँ भन्‍ने चाहन्छन्। मानिसहरूले सङ्गति गरिरहेका विषय जति नै अत्यावश्यक र महत्त्वपूर्ण भए नि, तिनीहरूले सधैँ मानिसहरूको ध्यान भड्काउन आफ्‍नो कुरा उठाउँछन् र आफू अद्वितीय देखिनको लागि उत्कृष्ट सुनिने विचारहरू प्रस्तुत गर्छन्। तिनीहरूले कस्तो तमासा देखाउन खोजिरहेका हुन्छन्? के तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुँदैनन् र? तिनीहरूले परिस्थिति नियन्त्रण गर्न चाहन्छन्। तिनीहरू मानिसहरूले सत्यता अझै बढी बुझून् र त्यसमा स्पष्टता प्राप्त गरून् भन्‍ने चाहँदैनन्; तिनीहरूले सबैभन्दा बढी चासो राख्‍ने कुरा भनेको सबैलाई तिनीहरूको कुरामा ध्यान दिने, तिनीहरूको कुरा सुन्‍ने, र तिनीहरूको आज्ञापालन गर्ने, र सबैलाई तिनीहरूले भनेकै कुरा गर्ने बनाउनु हो। यो स्पष्ट रूपमै हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। कति मानिसहरूको हकमा त, तिनीहरूले जेसुकै काम गरे नि, जब तैँले तिनीहरूलाई कुनै कुरा लागू गर्ने निश्‍चित विचार र योजनाहरूबारे सङ्गति गर्न, र त्यसलाई विस्तृत रूपमा अघि बढाउने निश्‍चित चरणहरूबारे सोध्छस्, तब तिनीहरूले केही पनि बोल्‍न सक्दैनन्। तैपनि, तिनीहरूलाई उत्कृष्ट सुनिने विचारहरू बोल्न, अपरम्परागत देखिन, र नयाँ र शानदार कुरा गर्न मनपर्छ। सामुन्‍ने परिस्थिति जेसुकै भए नि, तिनीहरूको मनमा कुनै नयाँ विचार आउनेबित्तिकै, तिनीहरूले यसलाई प्रेरणा नै हो जसरी प्रस्तुत गर्छन्, र सोचविचार नै नगरी अरूलाई स्विकार्न र सहमत हुन लाउन हतारहतार त्यो विचार प्रस्ताव गर्छन्। तर अन्त्यमा तिनीहरूलाई अभ्यासका निश्‍चित मार्गहरू छलफल गर्न लगाउँदा भने, तिनीहरू बोल्न नसक्‍ने बन्छन्। तिनीहरूमा क्षमताको कमी हुन्छ, तैपनि सधैँ अरूमाझ देखिने उद्देश्‍यसाथ आफ्नो प्रदर्शन गर्न चाहन्छन्। तिनीहरू अरूभन्दा कम स्तरका बन्‍न चाहँदैनन्; तिनीहरू अर्को साधारण अनुयायी मात्र बन्‍न चाहँदैनन्। तिनीहरूलाई सधैँ अरूले हेला गर्लान् भन्‍ने डर हुन्छ, र तिनीहरू सधैँ आफ्नो उपस्थितिमा जोड दिन चाहन्छन्। त्यसकारण तिनीहरू अरूमाझ आफू देखिनको लागि सधैँ उत्कृष्ट सुनिने विचारहरू बोल्छन्। सधैँ यसो गर्नुको खास समस्या के हो? जब तिनीहरूको मनमा एउटा विचार आउँछ, तब तिनीहरूले अन्धाधुन्ध यसलाई विचारै नगरी वा विचार पक्‍का नै नभई अभ्यास गर्न लायक ठान्छन्। जब तिनीहरूले हतारहतार यो विचार प्रस्तुत गर्छन्, तब अरूले यसलाई बुझ्दैनन् र स्वाभाविक रूपमै केही प्रश्‍नहरू उठाउँछन्। उत्तर दिन नसक्दा, तिनीहरूले अझै पनि आफ्नो विचार सही छ र सबैले यसलाई स्विकार्नुपर्छ भनेर जोड दिन्छन्। यो कस्तो स्वभाव हो? आधारहीन रूपमा तिनीहरू आफ्नै दृष्टिकोणमा लागिरहँदा यसले के-कस्ता परिणामहरू ल्याउँछ? यो मण्डलीको कामको लागि फाइदाजनक हुन्छ कि बाधादायक हुन्छ? यो परमेश्‍वरका चुनिएका मानिसहरूको लागि फाइदाजनक हुन्छ कि हानिकारक हुन्छ? तिनीहरूले बिनाकुनै जिम्मेवारीबोध यसो भन्‍न सक्छन्—तिनीहरूको उद्देश्य के हुन्छ? आफ्‍नो उपस्थिति जोडसाथ देखाउनु मात्रै हुन्छ। तिनीहरूलाई अरूले तिनीहरूसँग यस्ता “उत्कृष्ट विचारहरू” छन् भन्‍ने थाहा नपाउलान्, तिनीहरूसँग सामर्थ्य, बुद्धि, र क्षमता छन् भन्‍ने थाहा नपाउलान् भन्‍ने डर लाग्छ; तिनीहरू यो पहिचानको लागि लागिपर्छन्, धेरैजसो मानिसहरूलाई आफ्नो उच्च आदर गराउन लागिपर्छन्। अन्त्यमा के हुन्छ? तिनीहरूले हतारहतार सुझावहरू पेश गर्छन्, र सुरुमा त अरूले तिनीहरूसँग साँच्‍चै केही क्षमता छ, कुनै साँचो कुरा छ भन्‍ने सोच्छन्। तर समय बित्दै जाँदा, तिनीहरू वास्तविक ज्ञान वा सीप नभएका तैपनि सधैँ अन्तिम निर्णय आफै गर्न चाहने मूर्खहरू मात्रै हुन् भन्‍ने कुरा स्पष्ट हुन्छ। यो हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। तिनीहरू वास्तविक क्षमताविनै अझै आफै निर्णय गर्न चाहन्छन्; तिनीहरू कुनै ठोस योजना प्रस्तुत नगरी सधैँ उत्कृष्ट सुनिने विचारहरू बोल्छन् जसमा अभ्यासको खास मार्ग हुँदैन। यदि त्यस्ता मानिसहरूलाई साँच्‍चै नै कामहरू सुम्पिने हो भने परिणाम के हुनेछ? यसले अवश्य नै ढिलाइ गराउनेछ। तिनीहरूले केही हासिल गर्न नसके नि, किन सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्न, र शक्ति हातमा लिन खोज्छन्? तिनीहरू मानसिक रूपमा कमजोर मूर्खहरू हुन्; सुन्दर रूपमा भन्दा, तिनीहरू समझको पूर्ण कमी भएकाहरू हुन्। गैरविश्‍वासीहरूमाझ, त्यस्ता मानिसहरू धेरै हुन्छन्, जो गफ मात्र लडाउँछन् तर काम केही गर्दैनन्। धेरैजसो मानिसहरूले यस्तो व्यक्तिलाई केही मात्रामा चिन्‍न सक्छन्। यदि कसैले सधैँ उत्कृष्ट सुनिने विचारहरू बोल्छ र नवीन सोचवाला व्यक्तिजस्तो देखिन चाहन्छ भने, त्यो व्यक्तिको बहकाउमा नपर्न होसियार हुनुपर्छ। यदि साँच्‍चै नै अन्तर्दृष्टिपूर्ण विचारहरू भएका व्यक्तिहरू छन् जसले ठोस योजना पनि प्रस्तुत गर्न सक्छन् भने, यो व्यावहारिक छ भने मात्रै स्वीकार्य हुन्छ; यदि तिनीहरूले ठोस योजनाहरू प्रस्तुत नगरी उत्कृष्ट सुनिने विचारहरू मात्रै बोल्छन् भने, ती कुरालाई सावधानीसाथ लिनुपर्छ। तिनीहरूको विचार लागू गर्ने व्यावहारिक तरिका छ कि छैन भनेर निर्धारित गर्न सङ्गति गर्नुपर्छ। यदि धेरैजसो मानिसहरूलाई तिनीहरूको विचार व्यवहारिक छ र त्यसमा अभ्यासको मार्ग छ भन्‍ने लाग्छ भने, निर्णय गर्नुभन्दा पहिले परिणामहरू कस्ता हुन्छन् भनेर हेर्न त्यसलाई केही समयसम्म प्रयोग गरेर हेर्नुपर्छ।

मण्डलीले सत्यताको जुनसुकै पक्षबारे सङ्गति गरे नि वा यसले जुनसुकै समस्या समाधान गरे नि, हरप्रकारका मानिसहरू आफै देखा पर्नेछन्। लामो समयसम्म अन्तरक्रिया गरेपछि, सत्यतालाई कसले साँचो रूपमा प्रेम गर्न र स्विकार्न सक्छ, कसले बाधा र व्यवधान दिन्छ, र को उचित काममा सहभागी हुँदैन भन्‍ने कुरा देख्‍न सकिन्छ। के उत्कृष्ट सुनिने विचारहरू फैलाउन र नयाँ विचारहरू प्रस्तुत गर्न मन पराउनेहरूले सत्यता स्विकार्न र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्ग हिँड्न सक्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? मलाई लाग्छ तिनीहरूलाई यो काम गर्न सजिलो हुँदैन। मण्डली जीवनमा यी मानिसहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरूले प्रायजसो उत्कृष्ट सुनिने विचारहरू बोल्‍नु र उचित काममा सहभागी नहुनुका परिणामहरू के-के हुन्? यसले मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछ, जुन कुरा धेरैजसो मानिसहरूले देख्‍न सक्छन्, र यदि यस्तै भइरह्यो भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता पछ्याउन र वास्तविकतामा प्रवेश गर्नबाट ढिलाइ गराउनेछ। उत्कृष्ट सुनिने विचारहरू बोल्न मन पराउनेहरू दुष्ट मानिसहरू नै हुन्छन् भन्‍ने हुँदैन, तैपनि तिनीहरूको कार्यका परिणामहरू परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि अत्यन्तै हानिकारक हुन्छन्, र सँगसँगै तिनीहरूको कार्यले मण्डलीको काममा ढिलाइ र असर पनि पुर्‍याउँछ। त्यसैले, यो समस्या कसरी समाधान गर्नुपर्छ? उत्कृष्ट सुनिने विचारहरू बोल्न र नयाँ विचारहरू प्रस्तुत गर्न मन पराउने मानिसहरूलाई कसरी उचित रूपमा सम्हाल्नुपर्छ? पहिलो विधि यस्तो छ: यदि तिनीहरूलाई उत्कृष्ट सुनिने विचारहरू बोल्न मनपर्छ र तिनीहरूसँग सधैँ कुनै न कुनै विचार हुन्छ भने, सुरुमा तिनीहरूलाई बोल्न देओ, त्यसपछि समझशक्ति प्रयोग गर। जोसुकै भए नि, सबैलाई बोल्ने र विचार व्यक्त गर्ने स्वतन्त्रता हुन्छ; कसैले पनि यसमा प्रतिबन्ध लाउनु हुँदैन। साँचो रूपमा विचारहरू र बुद्धिमत्तापूर्ण अन्तर्ज्ञान हुने जोकसैलाई बोल्न र आफ्‍नो कुरा स्पष्ट पार्न र सबैसामु देखाउन दिनुपर्छ, र त्यसपछि त्यो सही छ कि छैन, त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ कि छैन, र त्यसमा अपनाउन सकिने कुनै अंश छ कि छैन भनेर हेर्न सङ्गति र छलफल गर्नुपर्छ। यदि त्यसबाट सिक्‍नु सार्थक हुन्छ र त्यसबाट केही फाइदा लिन सकिन्छ भने, त्यो राम्रो कुरा हो; यदि सङ्गति र छलफलपछि, तिनीहरूले भनेको कुराको कुनै मूल्य छैन र त्यो उचित छैन भन्‍ने निर्धारित भयो भने, त्यो कुरालाई त्याग्‍नुपर्छ। यसरी अभ्यास गरेर, सबैजना समझशक्तिमा वृद्धि हुनेछन्; कुनै कुरा आइपर्दा, तिनीहरू सबैले त्यो विषयमा कसरी मनन गर्ने भन्‍ने कुरा जान्नेछन्, र तिनीहरूले विभिन्‍न मानिसहरूलाई अझै राम्ररी बुझ्नेछन्। यस्तो अभ्यास परमेश्‍वरका चुनिएका मानिसहरूको लागि फाइदाजनक हुन्छ र यसले मण्डलीको काममा बाधा ल्याउँदैन; अभ्यास गर्ने यो तरिका सही छ। दोस्रो विधि यस्तो छ: जब भनिएको कुराको कुनै मूल्य हुँदैन, र सङ्गति र छलफल गर्दा पनि यसबाट कुनै फाइदा प्राप्त हुँदैन, तब त्यस्ता सुझावहरू सीधै इन्कार्नुपर्छ, र कुनै सङ्गति वा छलफल गर्नुपर्दैन। यदि कुनै व्यक्तिले यस्ता बेकामे सवालहरू उठाइरहन्छ र “उत्कृष्ट विचारहरू” प्रस्तुत गरिरहन्छ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई दिक्क लाग्‍ने र सुन्न नचाहने बनाइरहन्छ भने, के त्यस्तो व्यक्तिलाई प्रतिबन्धित गरिनुपर्दैन र? तिनीहरूलाई ठूलो समझ प्रयोग गर्न सुझाव दिनु, अर्थात् अरूलाई असर नपरोस् भनेर तिनीहरूलाई भन्‍न नहुने कुराहरू भन्‍नबाट रोक्‍नु नै बेस हुन्छ। यदि यो व्यक्तिमा समझको कमी छ र उसले निरन्तर यसै गरिरहन जिद्दी गर्छ, जसले गर्दा मण्डली जीवनमा बाधा हुन्छ र सबैजनाले झिजो मान्छन्, र तिनीहरूलाई रिससमेत उठ्छ भने, ऊ मण्डली जीवनमा बाधा दिने दुष्ट व्यक्ति हो। मण्डली सफाइ गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार उसलाई तह लगाइनुपर्छ—उसलाई मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ; यही नै उचित कुरा हो। मलाई भन त, उत्कृष्ट सुनिने विचारहरू बोल्न मन पराउने मानिसहरूमध्ये धेरैजसो कस्ता मानिसहरू हुन्छन्? के तिनीहरू सत्यता पछ्याउने प्रकारका मानिसहरू हुन्? के तिनीहरूले परमेश्‍वरको लागि इमानदारितासाथ आफूलाई अर्पित गरिरहेका हुन्छन्? अवश्य नै हुँदैनन्। त्यसोभए, मण्डली जीवनमा यस्ता व्यवधानहरू ल्याउने कार्यपछाडि तिनीहरूको उद्देश्य र अभिप्राय के हुन्छ? यसको लागि समझशक्ति चाहिन्छ। यदि यस्ता मानिसहरूबारे सबैलाई पर्याप्त रूपमा थाहा भइसकेको छ भने, अर्थात् तिनीहरूमा बुद्धि, क्षमता, र समझको कमी छ—तिनीहरू मूर्खहरू मात्रै हुन्—भनेर थाहा भइसकेको छ भने, तिनीहरूले आफ्ना “उत्कृष्ट विचारहरू” व्यक्त गर्दा तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु, तिनीहरूलाई चुप लगाउनु नै तिनीहरूलाई सम्हाल्ने सबैभन्दा उचित तरिका हो। यदि तिनीहरूले बोल्न, र मण्डली जीवनमा बाधा दिन जिद्दी गर्छन् भने, थप समस्याहरू आउन नदिन तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। कतिले भन्छन्, “के यो मुक्ति पाउने तिनीहरूको मौका बरबाद पार्नु होइन र?” यसो भन्‍नु गलत छ। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? के त्यस्तो स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सक्छन्? के तिनीहरूले सत्यता स्विकार्दै नस्विकारी मुक्ति प्राप्त गर्न सक्छन्? के त्यस्ता मामला छर्लङ्गै देख्‍न नसक्‍नु अत्यन्तै मूर्खतापूर्ण र अज्ञानी कुरा होइन र? चाहे जेसुकै भए नि, मण्डली जीवनमा प्रायजसो बाधाहरू ल्याउने मानिसहरू दुष्ट मानिसहरू नै हुन्, र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न। परमेश्‍वरले मुक्ति नदिनुहुने कुनै व्यक्तिलाई मण्डलीमा राख्‍नु, के त्यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई जानीजानी हानि गर्नु होइन र? के त्यस्ता दुष्ट मानिसहरूलाई दया गर्ने व्यक्ति साँच्‍चै प्रेमिलो हुन्छ र? मलाई त्यस्तो लाग्दैन; तिनीहरूको त्यो प्रेम झूटो प्रेम हो। सत्यता के हो भने, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्ने अभिप्राय राख्छन्। त्यसकारण, दुष्ट मानिसहरू रक्षा गर्ने कुनै पनि व्यक्तिप्रति परमेश्‍वरका चुनिएका मानिसहरू सतर्क हुनुपर्छ, र तिनीहरूका दुष्ट शब्दहरूद्वारा बहकाउमा पार्नु हुँदैन। उत्कृष्ट सुनिने विचारहरू बोल्न मन पराउने कति मानिसहरू त दुष्ट मानिसहरूजस्ता देखिँदैनन् र तिनीहरूले स्पष्टै देखिने दुष्ट कार्यहरू गर्दैनन्, तैपनि तिनीहरूले सधैँ उत्कृष्ट सुनिने आफ्‍ना विचारहरू बोल्दै मण्डली जीवनमा बाधा ल्याउन सक्छन्; कम्तीमा पनि, यी मानिसहरू भ्रमित नै हुन्छन्। तिमीहरूलाई के लाग्छ, के भ्रमित मानिसहरूलाई मुक्ति दिन सकिन्छ? अवश्य नै सकिँदैन। यदि भ्रमित मानिसहरूले मण्डली जीवनमा निरन्तर बाधा दिन्छन् भने, तिनीहरूलाई पनि मण्डलीबाट हटाइनुपर्छ। भ्रमित मानिसहरूले सत्यता स्विकार्दैनन्, तिनीहरू सुधार गर्न नसकिने गरी अपश्‍चात्तापी हुन्छन्, र तिनीहरूको अन्त्य पनि दुष्ट मानिसहरूको जस्तै हुन्छ। चाहे तिनीहरू दुष्ट हुन् वा भ्रमित हुन्, यदि तिनीहरूले प्रायजसो मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछन्, सल्लाह मान्दैनन्, र बिग्रेको कारजस्तै रोक्‍नै नसकिने गरी अनवरत बोल्छन् भने, के यो असामान्य समझको लक्षण होइन र? यदि त्यस्ता भ्रमित मानिसहरूले लामो समय यसरी नै मण्डलीमा बाधा दिइरहे भने, परिणामहरू के हुनेछन्? अझ भन्‍ने हो भने, के तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? के परमेश्‍वरले असामान्य समझ भएका त्यस्ता भ्रमित मानिसहरूलाई मुक्ति दिनुहुन्छ? यी प्रश्‍नहरूलाई राम्ररी बुझिसकेपछि, त्यस्ता व्यक्तिहरूलाई कसरी उचित रूपमा सम्हाल्ने भन्‍ने कुरा स्पष्ट हुनेछ। भ्रमित मानिसहरूले अवश्य नै सत्यतालाई प्रेम गर्दैनन्, र सत्यता तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छ। भ्रमित मानिसहरूले मानव भाषा बुझ्न सक्दैनन्; यो भन्‍न सकिन्छ कि भ्रमित मानिसहरूमा सामान्य मानवता हुँदैन र तिनीहरू अर्धपागल हुन्छन्—वास्तवमा, तिनीहरू काम न काजका हुन्छन्। के भ्रमित मानिसहरूले राम्रो सेवा दिन सक्छन्? निश्‍चित रूपमा यो भन्‍न सकिन्छ कि तिनीहरूको समझ कमजोर भएकोले तिनीहरूले मापदण्डअनुरूप सेवासमेत दिन सक्दैनन्; तिनीहरू शिर न पुच्छरका मानिसहरू हुन्। यदि कसैले भ्रमित मानिसहरूलाई प्रेम देखाउन चाहन्छ भने, उसलाई तिनीहरूलाई साथ दिन दे। भ्रष्ट मानिसहरूप्रति परमेश्‍वरको घरको मनोवृत्ति भनेको तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ भन्‍ने हो। सत्यता पटक्‍कै नस्विकार्ने, इमानदारितासाथ आफ्नो कर्तव्य पूरा नगर्ने, सधैँ झाराटारुवा तरिकाले गर्ने व्यक्तिले मण्डली जीवनमा बारम्बार बाधा ल्याउँछ भने, तिनीहरू हरेकलाई प्रतिबन्धित गरिनुपर्छ। यदि तिनीहरूमध्ये कसैले पछुतो गर्दै पश्‍चात्ताप गर्न तयार भए भने, तिनीहरूलाई मौका दिनुपर्छ। छर्लङ्गैसित सार चिन्‍न नसकिएकाहरूलाई अस्थायी रूपमा मण्डलीमा राखिनुपर्छ, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको सुपरिवेक्षण र अवलोकन गर्दै आफ्‍नो समझशक्ति वृद्धि गर्ने मौका पाऊन्। यदि निरन्तर बाधा र व्यवधान ल्याउने अनि काटछाँटमा परे पनि, अपरिवर्तनीय रूपमा अपश्‍चात्तापी रहने, ख्याति र प्राप्तिको लागि निरन्तर प्रतिस्पर्धा गर्ने, सकारात्मक व्यक्तित्वहरूलाई आक्रमण र बहिष्कार गर्ने मानिसहरू छन् भने—विशेषगरी सत्यता पछ्याउने र अनुभव गवाहीहरू बाँड्न सक्‍ने, र परमेश्‍वरको लागि इमानदारितासाथ आफूलाई अर्पित गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्नेहरूलाई आक्रमण गर्ने मानिसहरू छन् भने—यी मानिसहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू अविश्‍वासीहरू हुन्। त्यस्ता मानिसहरूको हकमा, तिनीहरूलाई रोक्‍ने र प्रतिबन्धित गर्ने गरेर मात्रै हुँदैन; भविष्यका समस्याहरूबाट जोगिनको लागि तिनीहरूलाई तुरुन्तै मण्डलीबाट हटाइनुपर्छ। यो अभ्यास शैली पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ।

हैसियतको लागि प्रतिस्पर्धा गर्नुका विभिन्‍न मामुलीदेखि गम्भीर प्रकटीकरणहरू लगभग यति नै हुन्। मामुली प्रकटीकरणहरूमा मुख्य रूपमा अगुवाहरू र कामदारहरूलाई कठोर शब्दहरूद्वारा गिल्ला गर्ने, अनि अगुवाहरू र कामदारहरूलाई नष्ट गर्ने र बदनाम गर्ने उद्देश्यले तिनीहरूको सक्रियताको आलोचना गर्ने र तिनीहरूलाई आक्रमण गर्ने कार्यहरू पर्छन्। सबैभन्दा गम्भीर प्रकटीकरण भनेको अगुवाहरू र कामदारहरूलाई सोझै र खुल्‍लमखुल्ला विरोध गर्नु, तिनीहरूविरुद्ध प्रयोग गर्न सकिने कुराहरू खोजतलास गर्नु र तिनीहरूलाई आलोचना, निन्दा, आक्रमण, र बहिष्कार गर्नु, र त्यसपछि तिनीहरूलाई अलग्याउनु, र तिनीहरूको हैसियत हत्याउन तिनीहरूलाई गल्ती स्विकार्न र राजीनामा दिन बाध्य पार्नु हो। मण्डली जीवनमा आउने बाधा र व्यवधानका सबैभन्दा गम्भीर समस्याहरू यिनै हुन्। अगुवाहरू वा कामदारहरूविरुद्ध खुल्लमखुल्ला सोर मच्‍चाउने र हैसियतको लागि तिनीहरूसँग प्रतिस्पर्धा गर्नेहरू मण्डलीको काममा बाधा दिने र परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरूलाई रोक्‍नु र प्रतिबन्धित गर्नु मात्र पर्याप्त हुँदैन—यदि परिस्थिति गम्भीर छ र तिनीहरूलाई सफाइ गरी हटाइनु वा निष्कासित गर्नु आवश्यक छ भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार तह लगाइनुपर्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्नुको एउटा अर्को प्रकटीकरण पनि छ: मण्डलीमा सत्यता पछ्याउने मानिसहरूलाई एक्ल्याउने र आक्रमण गर्ने। सत्यता पछ्याउने मानिसहरूसँग विशुद्ध बुझाइ हुने भएकोले, र तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र साँचो ज्ञान हुने भएकोले, र तिनीहरूले प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूमाझ समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्ने, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई सुधार गर्ने हुनाले, अनि क्रमिक रूपमा तिनीहरूलाई मण्डलीमा प्रतिष्ठा प्राप्त हुँदै जाने हुनाले, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू तिनीहरूप्रति डाही र अटेरी बन्छन्, र तिनीहरूलाई एक्ल्याउँछन् र आक्रमण गर्छन्। सत्यता पछ्याउने मानिसहरूलाई आक्रमण गर्ने वा एक्ल्याउने कुनै पनि व्यवहारले सीधै मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछ। कति मानिसहरूले मण्डली अगुवाहरूलाई सीधै निसाना नबनाउन पनि सक्छन्, तर मण्डलीका सत्यता बुझेका र व्यावहारिक अनुभव भएका मानिसहरूप्रति भने तिनीहरूमा निश्‍चित घृणा र तिरस्कार हुन्छै हुन्छ। तिनीहरूले त्यस्ता मानिसहरूलाई एक्ल्याउने र दमन गर्ने पनि गर्छन्, र प्रायजसो तिनीहरूलाई गिल्ला र खिसी गर्ने गर्छन्, र तिनीहरूविरुद्ध पासो हाल्ने र षड्यन्त्र गर्ने, र यस्तै आदि इत्यादि कुराहरूसमेत गर्छन्। यी समस्याहरू प्रकृति र परिस्थितिहरूको हिसाबमा मण्डली अगुवाहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्नुभन्दा कम गम्भीर हुन्छन्, तर यी कार्यहरूले पनि मण्डली जीवनमा बाधा र व्यवधानहरू ल्याउँछन्, र तिनलाई रोकेर प्रतिबन्धित गरिनुपर्छ। यदि मण्डलीका अधिकांश दाजुभाइ-दिदीबहिनीहरूलाई असर परेको छ, र तिनीहरू प्रायजसो नकारात्मकता र कमजोरीमा डुबिरहन्छन् भने—यदि ती समस्याहरूले यस्ता दुष्परिणामहरू निम्त्याउँछन् भने, ती बाधा र व्यवधानहरू हुन्। बाधा र व्यवधानहरू पैदा गर्ने दुष्ट व्यक्तिलाई प्रतिबन्धित मात्रै गरिनुहुँदैन, तिनीहरूलाई त अलग बस्‍न र मनन गर्नको लागि समूह “ख” मा पठाइनुपर्छ, वा सफाइ गरी हटाइनुपर्छ। बाधा र व्यवधान दिने प्रकृति भएका कार्यहरूमा संलग्‍न हुनेहरू दुष्कर्म गर्ने बानी भएका मानिसहरू हुन्। बारम्बार दुष्कर्म गर्ने दुष्ट मानिसहरू र कहिलेकहीँ दुष्कर्म गर्ने मानिसहरूलाई तिनीहरूप्रति कस्तो व्यवहार गर्ने भन्‍ने आधारमा छुट्याइनुपर्छ। विभिन्‍न प्रकारका दुष्कर्म गर्ने मानिसहरू ख्रीष्टविरोधीहरू हुन्; बेलाबेलामा दुष्कर्म गर्नेहरूचाहिँ कमजोर मानवता भएकाहरू हुन्। यदि दुई मानिसहरूको व्यक्तित्व नमिलेर, वा काम गर्ने क्रममा तिनीहरूको दृष्टिकोण फरक परेर, वा तिनीहरूको बोलीवचनको शैली फरक भएर कहिलेकहीँ तिनीहरू तर्क वा विवाद गर्छन्, तर यसले मण्डली जीवनमा असर पार्दैन भने, यसमा बाधा र व्यवधान ल्याउने प्रकृति हुँदैन; यो दुष्ट मानिसहरूले मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने कार्यभन्दा फरक हुन्छ। मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने प्रकृति भएका सबै कुराहरू, जसबारे हामी कुरा गरिरहेका छौं, ती सबै दुष्ट मानिसहरूले गर्ने दुष्कर्मका प्रकटीकरणहरू हुन्। जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब यो आदतगत कुरा हुन्छ। दुष्ट मानिसहरूले सत्यता पछ्याउने मानिसहरूलाई नै सबैभन्दा बढी घृणा गर्छन्। जब तिनीहरूले सत्यता पछ्याउने व्यक्तिले आफ्नो अनुभव गवाही बाँड्न सक्छ, र यसरी अरूको विशेष आदर प्राप्त गर्छ भन्‍ने देख्छन्, तब तिनीहरूलाई डाहा र घृणा लाग्छ, र तिनीहरूको आँखा रातो हुन्छ। आफ्‍नो बारे मनन गर्ने र आफूलाई चिन्‍ने, आफ्नो व्यावहारिक अनुभव बाँड्ने, र परमेश्‍वरको गवाही दिने जोकसैले यी दुष्ट मानिसहरूबाट गिल्ला, अपमान, दमन, बहिष्कार, आलोचना, र सतावटसमेत भोग्छन्। यसरी व्यवहार गर्ने तिनीहरूको बानी नै हुन्छ। तिनीहरूले अरू कसैलाई तिनीहरूभन्दा राम्रो हुन दिँदैनन्, अनि तिनीहरूले आफूभन्दा असल मानिसहरूलाई देखी सहँदैनन्। आफूभन्दा असल व्यक्तिलाई देख्दा, तिनीहरू ईर्ष्यालु हुन्छन्, क्रोधित हुन्छन्, रिसाउँछन्, र तिनीहरूलाई हानि गर्ने र कष्ट दिने तरिकाहरू सोच्छन्। यस्ता मानिसहरूले मण्डलीको जीवन र व्यवस्थामा गम्भीर अवरोध र विघ्‍नबाधा पुऱ्याइसकेका हुन्‍छन्, र यस्ता व्यक्तिहरूलाई खुलासा गर्न, रोक्‍न, र प्रतिबन्धित गर्न अगुवाहरू र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग हातेमालो गर्नुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सम्भव छैन भने, वा तिनीहरूले पश्‍चात्ताप गर्दैनन् र तिनीहरूलाई सत्यतामा सङ्गति दिँदा बाटो परिवर्तन गर्दैनन् भने, तिनीहरू दुष्ट व्यक्ति हुन्, र दुष्ट मानिसहरूलाई मण्डलीबाट सफाइ गर्नको लागि परमेश्‍वरको घरको सिद्धान्तअनुसार कारबाही र व्यवहार गर्नुपर्छ। यदि अगुवाहरू र कामदारहरू सङ्गतिमार्फत सहमतिमा पुग्छन्, र यो दुष्ट व्यक्तिले मण्डलीमा बाधा पुऱ्याउने कार्य हो भन्‍ने निर्क्योल गर्छन् भने, यो मामिलालाई सत्यता सिद्धान्तअनुसार सम्हाल्नुपर्छ: त्यो व्यक्तिलाई मण्डलीबाट सफाइ गर्नुपर्छ। मण्डली जीवनमा खलल पुऱ्याउने त्यस्ता मानिसहरूलाई अबउप्रान्त सहनु हुँदैन। यदि अगुवाहरू र कामदारहरूलाई यो दुष्ट व्यक्तिले पुऱ्याएको बाधा हो भन्‍ने स्पष्ट छ, र उनीहरूले अझै पनि अज्ञानताको बहाना गर्दै दुष्ट व्यक्तिले गरेको दुष्कर्म र उसले पुऱ्याएको बाधालाई सहन्छन् भने, उनीहरू दाजुभाइ-दिदीबहिनीहरूप्रतिको आफ्नो जिम्मेवारीमा चुकिरहेका छन्, र परमेश्‍वर र उहाँको कार्यादेशप्रति बेइमान भइरहेका छन्।

कतिपय मानिसहरूको रूप हेर्दा ठीकै देखिन सक्छ, तर वास्तवमा तिनीहरूको बुद्धि मूर्खको जस्तै हुन्छ। तिनीहरूले उचित कुरा के हो भन्‍ने नबुझी बोल्ने र व्यवहार गर्ने गर्छन्, र तिनीहरूमा सामान्य मानवताको तर्कसङ्गतता हुँदैन। त्यस्ता मानिसहरूले हैसियत र प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्न, अन्तिम निर्णय आफै गर्नको लागि लड्‍न, र अरूको उच्च आदर पाउनको लागि होड गर्न मन पराउँछन्। मण्डली जीवनमा तिनीहरूले प्रायजसो अरू धेरैजसो मानिसहरूको ध्यान खिच्‍न र उच्च आदर प्राप्त गर्न जायजजस्तो देखिने तर वास्तवमा गलत रहेका दृष्टिकोण र तर्कहरू प्रस्तुत गर्छन्, र यसरी तिनीहरूले मानिसहरूको विचार बिथोल्छन्, परमेश्‍वरका वचनहरूबारेको तिनीहरूको सही बुझाइ र ज्ञान बिथोल्छन्, र सबै कुरामा तिनीहरूको सकारात्मक बुझाइ बिथोल्छन्। जब अरूले परमेश्‍वरका वचनहरू र ती वचनहरूप्रतिको आफ्‍नो शुद्ध बुझाइबारे सङ्गति गरिरहेका हुन्छन्, तब यी मानिसहरू प्रायजसो जोडतोडसाथ आफ्नो उपस्थिति देखाउन, र सबैको ध्यान खिच्न जोकरहरूजस्तै फुत्त देखा पर्छन्, र तिनीहरू सधैँ आफूले एकदुई वटा चलाकी जानेको छु, र आफू विद्वान, र अत्यन्तै ज्ञानी र शिक्षित छु, र यस्तै आदि इत्यादि कुराहरू देखाउन चाहन्छन्। तिनीहरूसित अझै पनि कुन अगुवालाई लक्षित गर्ने, वा कुन अगुवा पदको लागि प्रतिस्पर्धा गर्ने भन्‍नेबारे तिनीहरूको अझै स्पष्ट उद्देश्य भइसकेको हुँदैन, तैपनि तिनीहरूको इच्छा र महत्त्वाकाङ्क्षाहरू यति ठूला हुन्छन् कि तिनीहरूका बोली र व्यवहारले मण्डली जीवनमा बाधाव्यवधान पुर्‍याएका हुन्छन्, र त्यसकारण परिस्थिति र यसको प्रकृतिको गम्भीरताअनुसार तिनीहरूलाई पनि प्रतिबन्धित गर्नुपर्छ। यस्तोमा सबैभन्दा राम्रो त सुरुमा सत्यता सङ्गति गरेर तिनीहरूलाई सही रूपमा मार्गदर्शन गर्नु, र तिनीहरूको व्यवहारको निम्ति दिशा प्रदान गर्नु, र यसरी तिनीहरूलाई बदलिन, र मण्डली जीवन सामान्य रूपमा कसरी जिउने, अरूसँग कसरी अन्तरक्रिया गर्ने, आफ्‍नो उचित स्थानमा कसरी बस्‍ने, र कसरी समझदार बन्‍ने भनेर बुझ्न मद्दत गर्नु नै हुन्छ। यदि यो तिनीहरूको कलिलो उमेर, अन्तर्ज्ञानको कमी, र जवानीको घमण्डको कारणले आएको हो भने, र यदि तिनीहरूलाई बारम्बार सङ्गति दिएपछि, तिनीहरूले आफ्नो पहिलेको व्यवहार गलत, लाजमर्दो, सबैलाई घिनलाग्‍ने रहेछ, र यसले सबैलाई समस्या दिएको रहेछ भन्‍ने महसुस गरेर पश्‍चात्ताप गरेका छन् भने, र तिनीहरूले यसको लागि माफी मागेका र आफ्‍नो पछुतो व्यक्त गरेका छन् भने, यो कुरालाई तिनीहरूविरुद्ध प्रयोग गर्नुपर्दैन—तिनीहरूलाई बस प्रेमसाथ सहयोग गर्न सकिन्छ। तैपनि, यदि सबैलाई बाधा दिने तिनीहरूको गलत कार्यहरू जवानीको घमण्ड वा सत्यता बुझाइको कमीको कारण आएको नभएर गुप्त मनसायहरूद्वारा उत्प्रेरित थियो, र बारम्‍बार निरुत्साहित गरिँदा पनि तिनीहरूले आफ्नो व्यवहार जारी राखे भने; अनि यसअलावा, यदि तिनीहरूलाई काटछाँट गरिसकिएको छ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो समस्याको गम्भीरताबारे तिनीहरूलाई सङ्गति दिइसकेका छन्—तिनीहरूलाई नकारात्मक र सकारात्मक दुवै पक्षबाट सङ्गति र सहयोग प्रदान गरिसकिएको छ—तैपनि तिनीहरूले अझै आफ्नो प्रकृति सार पहिचान गर्न सक्दैनन्, यी कार्यहरूले अरूलाई दिने बाधा र त्यसका गम्भीर परिणामहरू देख्‍न सक्दैनन्, र जुनसुकै बेला मौका पाउनेबित्तिकै यी कार्यहरू गर्दै बाधा र व्यवधानहरू पैदा गर्न जारी राख्छन् भने, यो अवस्थामा कडा कारबाहीहरू चाल्‍नु उचित हुन्छ। यदि पश्‍चात्ताप गर्ने प्रशस्त अवसर पाएपछि पनि, तिनीहरूले आफ्‍नो बारे मनन गर्दैनन् वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्, र तिनीहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरूले बुझ्दैनन्, न त तिनीहरूलाई तर्कसङ्गत रूपमा र सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भन्‍ने नै थाहा हुन्छ, बरु तिनीहरू जिद्दी भएर काम गर्ने आफ्नै तरिकामा लागिरहन्छन् भने, यी मानिसहरूमा समस्या छ। कम्तीमा पनि, तर्कसङ्गत दृष्टिकोणबाट हेर्दा, तिनीहरूमा सामान्य व्यक्तिको समझको कमी छ। यो भनेको यसलाई सतही रूपमा हेरिएको कुरा हो। सारको हिसाबमा हेर्दाचाहिँ, यदि तिनीहरूलाई जेजसरी सङ्गति दिइए पनि, तिनीहरूले समस्याको गम्भीरता पहिचान गर्न सक्दैनन्, तिनीहरूले आफ्नो उचित स्थान चिन्दैनन्, तिनीहरूले सङ्गति र सहयोग स्विकार्न सक्दैनन्, वा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको मार्गअनुसार अभ्यास गर्ने प्रयास गर्न सक्दैनन् भने—यदि तिनीहरूले यी कुराहरूसमेत हासिल गर्न सक्दैनन् भने, तिनीहरूको समस्या समझको कमी हुनु मात्रै होइन, बरु यो त तिनीहरूको मानवतामा रहेको समस्या हो। तिनीहरूले अनजानमा बाधा र व्यवधानहरू पुर्‍याइरहेजस्तो देखिए पनि, यी कार्यहरू अवश्य नै अभिप्रायविनाका हुँदैनन्, बरु कार्य उद्देश्य र मनसायसाथ गरिएका हुन्छन्। यी व्यक्तिहरूको मनसाय वा उद्देश्य के हुन सक्छ भन्‍ने कुरा पन्छाएर हेर्दा, यदि तिनीहरूले भन्‍ने र गर्ने कुराले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश, र मण्डली जीवनमा गम्भीर रूपमा बाधा र व्यवधान ल्याउँछ, जसले गर्दा धेरै मानिसहरूले मण्डली जीवन जिउँदा केही पनि प्राप्त गर्न सक्दैनन् भने, र तिनीहरू उपस्थित भएको कारण अरूहरू भेला हुन अनिच्छुक हुन्छन्, वा जब तिनीहरूले बोल्छन्, तब मानिसहरू रुचिहीन हुन्छन् र छोडिजान चाहन्छन् भने, यो समस्याको प्रकृति गम्भीर हुन्छ। त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? यदि धेरैपटक सङ्गति र सहयोग प्रदान गरिए पनि, र पश्‍चात्ताप गर्ने अवसर दिइए पनि, तिनीहरू यी कुराहरूमै निरन्तर लागिपर्छन् भने, तिनीहरूको प्रकृति सार समस्याजनक छ। तिनीहरू साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता स्विकार्न सक्‍ने मानिसहरू होइनन्, बरु तिनीहरूमा त अरू नै कुनै उद्देश्य हुन्छ। तिनीहरूको प्रकृति सार हेर्दा, तिनीहरूले मण्डली जीवनमा ल्याउने बाधा र व्यवधानहरू अवश्य नै अनजानमा भएका हुँदैनन्, बरु यी मानिसहरूसँग उद्देश्य र मनसाय रहेको हुन्छ। यदि यस्ता मानिसहरूलाई थप अवसरहरू दिइयो भने, के त्यो सामान्य रूपमा मण्डली जीवन जिउने परमेश्‍वरका चुनिएका मानिसहरूको लागि उचित हुन्छ? (हुँदैन।) त्यस्ता व्यक्तिहरूको समस्या पहिले नै यति हदसम्म प्रकट भइसकेको हुन्छ; यदि तिनीहरूलाई अझै पनि मौका दिएर तिनीहरूले पश्‍चात्ताप गर्लान् भनेर कुरिन्छ, र यसको परिणामस्वरूप तिनीहरूले अझै बढी दुष्कर्म गर्छन्, धेरै मानिसहरूलाई नकारात्मकता, र कमजोरीमा पार्छन्, र तिनीहरूसँग कुनै बाटो हुँदैन भने, यो घाटाको पूर्ति कसले गर्नेछ? त्यसकारण, यदि यी व्यक्तिहरूलाई सङ्गति र प्रेमपूर्ण सहयोग प्रदान गरिएको छ, वा तिनीहरूलाई रोक्न र प्रतिबन्धित गर्न कारबाही चालिएको छ, र पनि तिनीहरूले अझै आफ्नो पुरानो बानीबेहोरा परिवर्तन गरेका छैनन्, र आफ्नो मूल व्यवहारमै जिद्दीपूर्वक लागिरहन्छन् भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ: सामान्य मामलाहरूमा, तिनीहरूलाई अलग्याइनुपर्छ; गम्भीर मामलाहरूमा, तिनीहरूलाई मण्डलीबाट हटाइनुपर्छ। यो सिद्धान्त कस्तो लाग्छ? के यो कुनै व्यक्तिलाई पश्‍चात्ताप गर्ने मौका नदिई निर्दयी ढङ्गले प्रहार गर्नु हो? कि यो कुनै पनि समझ प्रयोग नगरी र तिनीहरूको प्रकृति सार वास्तवमा के हो भनेर स्पष्ट रूपमा नबुझी स्वेच्छाचारी रूपमा निर्णय गर्नु हो? (होइन।) यदि सङ्गति र सहयोग प्रदान गरिए पनि, र पश्‍चात्ताप गर्ने अवसर दिइए पनि, यी मानिसहरूको तरिका र स्वभाव पटक्‍कै परिवर्तन भएको छैन, र तिनीहरूले पश्‍चात्ताप पनि गर्दैनन्, अनि तिनीहरू पहिलेजस्तै नै रहन्छन्—र फरक यति मात्र हुन्छ कि तिनीहरूले पहिले खुलस्त र देखीदेखी गर्थे, र अहिले गुप्तमा र लुकेर गर्छन्, तर बाधा र व्यवधान उस्तै रहन्छन्—भने, मण्डलीले तिनीहरूलाई राखिराख्‍न सक्दैन। त्यस्ता मानिसहरू परमेश्‍वरको घरका सदस्यहरू होइनन्; तिनीहरू परमेश्‍वरका भेडाहरू होइनन्। परमेश्‍वरको घरमा तिनीहरूको उपस्थिति बाधा र व्यवधानहरू पैदा गर्नको लागि मात्रै हुन्छ, र तिनीहरू शैतानका सेवकहरू हुन्, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू होइनन्। यदि तैँले तिनीहरूलाई सधैँ दाजुभाइ-दिदीबहिनीको रूपमा व्यवहार गर्छस्, तिनीहरूलाई निरन्तर साथ र सहयोग दिन्छस् र तिनीहरूसँग सत्यता सङ्गति गर्छस्, र यसले कुनै फल दिँदैन, बरु धेरै मेहनत खेर जान्छ भने, के त्यो मूर्खता होइन र? यो त मूर्खता मात्रै होइन; पूराको पूरा बेबकुफी, र महामूर्खता नै हो!

यी समस्याहरूको प्रकृति हेर्दा, विभिन्‍न प्रकटीकरणहरू र हैसियतको लागि प्रतिस्पर्धा गर्नमा संलग्‍न हुने मानिस, घटना, र विभिन्‍न कुराहरूलाई आधारभूत रूपमा यी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्नु मण्डली जीवनको एउटा आम समस्या हो, जुन मानिसहरूको फरकफरक समूहमा र मण्डली जीवनका विभिन्‍न पक्षहरूमा देखा पर्न सक्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरूको हकमा भन्दा, सामान्य मामलाहरूमा तिनीहरूलाई सत्यता बुझ्न साथ र सहयोग दिनको लागि सत्यताबारे प्रशस्त सङ्गति दिइनुपर्छ, र तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका प्रदान गरिनुपर्छ। यदि मामला गम्भीर छ भने, तिनीहरूलाई नजिकबाट निगरानी गरिनुपर्छ, र तिनीहरूले निश्‍चित मनसाय वा उद्देश्य हासिल गर्ने उद्देश्यले बोल्ने वा व्यवहार गर्ने गर्छन् भन्‍ने पत्ता लाग्‍नेबित्तिकै, तिनीहरूलाई तुरुन्तै रोक्‍ने र प्रतिबन्ध लाउने गरिनुपर्छ। यदि मामला अझै गम्भीर छ भने, मानिसहरूलाई हटाउने र निष्कासित गर्ने मण्डलीका सिद्धान्तहरूअनुसार तिनीहरूलाई तह लाउने र सम्हाल्ने गरिनुपर्छ। मण्डली जीवनमा हैसियतको लागि प्रतिस्पर्धा गर्ने यी मानिस, घटना, र परिस्थितिहरू देखा पर्दा अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। अवश्य नै, यसको लागि सबै दाजुभाइ-दिदीबहिनीहरूले कदम उठाएर यो काममा अगुवाहरू र कामदारहरूसँग सहकार्य गर्नु जरुरी छ, र यसरी बाधा र व्यवधान ल्याउने दुष्ट मानिसहरूका विभिन्‍न व्यवहार र कार्यहरूलाई संयुक्त रूपमा प्रतिबन्धित गर्दै, मण्डली जीवनमा दुष्ट मानिसहरूले थप कुनै बाधा वा व्यवधान ल्याउँदैनन् भन्‍ने सुनिश्‍चित गर्नु, अनि मण्डली जीवनको हरेक अवसरमा पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुने, शान्ति, आनन्द र परमेश्‍वरको उपस्थिति रहने, र परमेश्‍वरको आशिष् र अगुवाइ प्राप्त हुने, अनि हरेक भेला आनन्द र प्राप्तिको समय हुने कुरा सुनिश्‍चित गर्न लागिपर्नु जरुरी छ। यही नै सबैभन्दा राम्रो प्रकारको मण्डली जीवन हो, यही नै परमेश्‍वरले हेर्न चाहनुहुने जीवन हो। यो काम गर्नु अगुवाहरू र कामदारहरूको लागि तुलनात्मक रूपमा अलि जटिल हुन्छ, किनभने यसमा अन्तरवैयक्तिक सम्बन्धहरू संलग्‍न हुन्छ, यसमा मानिसहरूको इज्जत र हितहरू संलग्‍न हुन्छ, र यसमा मानिसहरूको सत्यता बुझाइको स्तर पनि संलग्‍न हुन्छ, र यसले गर्दा यो अलि चुनौतीपूर्ण हुन्छ। तैपनि, जब समस्याहरू देखा पर्छन्, ती समस्याहरूबाट नभाग, र ठूला समस्याहरूलाई साना समस्याहरूको रूपमा कम आँक्दै अन्त्यमा समाधान नगरीकनै छोडिदिने काम नगर; र तिनलाई सांसारिक व्यवहारका दर्शनहरू प्रयोग गरेर, अनि तिनको गम्भीरताप्रति आँखा चिम्लिएर सम्‍हाल्‍ने पनि नगर। योभन्दा पनि बढी, मान्छे खुशी पार्ने व्यक्ति नबन, बरु हैसियतको लागि प्रतिस्पर्धा गर्ने विभिन्‍न प्रकारका मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर। के यो सङ्गति स्पष्ट भयो? (भयो।) त्यसोभए, अब समस्या पाँचको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

६. अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु

परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने छैटौं समस्या अनुचित सम्बन्धमा संलग्‍न हुनु हो। मानिसहरू सम्पर्कमा आएर भेला हुन सक्छन् भने, त्यहाँ सामूहिक जीवन हुने नै छ, र यसबाट विभिन्‍न सम्बन्धहरू पैदा हुने नै छन्। त्यसोभए, यीमध्ये कुनकुन सम्बन्धहरू उचित हुन्छन्, र कुनकुन अनुचित हुन्छन्? सुरुमा उचित सम्बन्धहरू के हुन् भन्‍नेबारे कुरा गरौँ, र त्यसपछि अनुचित सम्बन्धहरूबारे सङ्गति गरौँ। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई भेट्छन् र अभिवादन गर्छन्, तब तिनीहरूले यस्ता कुराहरू भन्‍न सक्छन्, “आजभोलि कस्तो छ तपाईंलाई? सन्चै हुनुहुन्छ? के तपाईंको छोरा वा छोरीले अर्को वर्ष हाई स्कूल सुरु गर्छ? तपाईंको श्रीमान्‌को व्यापार कस्तो भइरहेको छ?” के यस्तो पारस्परिक अभिवादन उचित सम्बन्धको रूपमा गनिन्छ? (गनिन्छ।) तिमीहरू किन त्यसो भन्छौ? किनभने लामो समयदेखि एकअर्कालाई नभेटेका दुई जना मानिसहरू भेट हुँदा, अभिवादनका केही शब्दहरू बोल्‍नु सबैभन्दा आधारभूत शिष्टाचार, साथै वास्ता र अभिवादनको सबैभन्दा आधारभूत प्रदर्शन हो। यी सबै कुरा मानिसहरूले सामान्य मानवताको दायराभित्र उठाउने शब्द, व्यवहार, र सान्दर्भिक विषयहरू हुन्। अहिलेसम्मको तिनीहरूको कुराकानीबाट हेर्दा, तिनीहरूको सम्बन्ध निकै उचित छ भन्‍ने कुरा स्पष्ट हुन्छ। तिनीहरूको कुराकानी शिष्टाचार र सामान्य मानवता दुवैमा आधारित हुन्छ, र यी दुई बुँदाहरूबाट, यसरी कुराकानी गरिरहेका दुई जना मानिसहरूबीचको सम्बन्ध उचित छ, र यसले सामान्य अन्तरवैयक्तिक सम्बन्ध प्रतिनिधित्व गर्छ भनेर निर्धारित गर्न सकिन्छ। यदि दुई जना मानिसहरू एकअर्कासँग निकै परिचित छन्, तैपनि भेट्दा, आँखा तरेर हेर्छन् र बोल्दैनन्, र एकअर्कालाई हेर्दा, तिनीहरूको आँखा रिसले रातो हुन्छ भने, के यो सम्बन्ध सामान्य हुन्छ? (अहँ, हुँदैन।) किन यो सामान्य हुँदैन? यसलाई कसरी परिभाषित गरिनुपर्छ? जब दुई जना मानिसहरू भेट्छन्, तब तिनीहरू सामान्य कुराकानी र गफमा सहभागी हुनु त परै जाओस्, एकअर्कालाई अभिवादन वा “नमस्कार” समेत गर्दैनन् भने, तिनीहरूको प्रकटीकरणले सामान्य मानवताबाट अपेक्षा गरिएको कुरा प्रतिबिम्बित गर्दैन भन्‍ने कुरा स्पष्ट हुन्छ। तिनीहरूको सम्बन्ध सामान्य अन्तरवैयक्तिक सम्‍बन्ध होइन; यो अलिक विकृत छ, तर यो अझै पनि अनुचित सम्बन्धचाहिँ होइन, र अनुचित हुनबाट यसमा केही दूरी बाँकी हुन्छ। समग्रमा, यदि मानिसहरूबीचको सम्बन्ध सामान्य मानवताको आधारमा स्थापित छ, जहाँ व्यक्तिहरूले सामान्य रूपमा र सिद्धान्तहरूअनुसार अन्तरक्रिया र सङ्गत गर्न सक्छन्, र एकअर्कालाई सहयोग, साथ, र भरणपोषण प्रदान गर्न सक्छन् भने, यो सबैले मानिसहरूबीच उचित सम्बन्धहरू छन् भन्‍ने देखाउँछ। यसको अर्थ व्यावसायिक तरिकाले काम गर्नु, लेनदेनमा संलग्‍न नहुनु, परस्पर अल्झिएका हितहरू नहुनु, घृणा नहुनु, र देहगत इच्छाहरूद्वारा निर्देशित कार्य-व्यवहारहरू नहुनु हो। यी सबै कुरा उचित सम्बन्धको दायराभित्र पर्छन्। के यो दायरा निकै व्यापक छैन र? सामान्य अन्तरवैयक्तिक सम्बन्धहरूमा सामान्य मानवताको क्षेत्रभित्रको कुराकानी र सञ्‍चार हुन्छ, अर्थात् यसमा सामान्य मानवताको विवेक र समझको आधारमा अरूसँग अन्तरक्रिया र सङ्गत गर्ने, र सँगसँगै मिलेर काम गर्ने कार्य समावेश हुन्छ। उच्‍च तहबाट हेर्दा, यसमा सत्यता सिद्धान्तहरूअनुसार अन्तरक्रिया र सङ्गत गर्ने कार्य समावेश हुन्छ। मानिसहरूबीच हुने उचित अन्तरवैयक्तिक सम्बन्धहरूको सामान्य परिभाषा यही हो। भेट भएपछि एकअर्कालाई अभिवादन गर्नु सबैभन्दा सामान्य अन्तरक्रिया हो। फाइँफुट्टी नलगाई सामान्य रूपमा अभिवादन र कुराकानी गर्न सक्नु, स्‍नेह नै नहुने ठाउँमा स्‍नेह नदेखाउनु, श्रेष्ठ भएको व्यवहार नगर्नु, अरूलाई दमन नगरी वा आफूलाई नउचाली बोल्‍नु, र सामान्य रूपमा बोल्नु र कुराकानी गर्नु—सामान्य मानवता भएका मानिसहरूले बोल्नु र कुराकानी गर्नुपर्ने यसरी नै हो, र सामान्य अन्तरवैयक्तिक सम्बन्धहरूमा अन्तरक्रिया गर्ने आधारभूत तरिका पनि यही हो। परमेश्‍वरका चुनिएका मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र परमेश्‍वरले मानिसहरूलाई दिनुहुने सिद्धान्त र मापदण्डहरूअनुसार एकअर्कासँग अन्तरक्रिया गर्नुपर्छ, सङ्गत गर्नुपर्छ, र मिलेर काम गर्नुपर्छ। यो नै सबैभन्दा राम्रो तरिका हो। यसले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ। त्यसोभए, परमेश्‍वरले तोक्‍नुभएका सत्यता सिद्धान्तहरू केके हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्‍वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्‍वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र व्यवधानहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तैँले तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छस् वा त्यसलाई स्वीकार गर्छस् र ढाकछोप गर्छस्, र तिनीहरूलाई प्रशंसा र तारिफ गर्न राम्राराम्रा कुराहरूसमेत बोल्छस् भने, मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, र समस्याहरू सुल्झाउने यी तरिकाहरू स्पष्ट रूपमै सत्यता सिद्धान्तहरूसँग बाझिन्छन्, र परमेश्‍वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन। त्यसकारण, मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने यी तरिकाहरू स्पष्ट रूपमै अनुचित छन्, र परमेश्‍वरका वचनहरूअनुसार तिनलाई चिरफार र पहिचान गरिएन भने, तिनलाई पत्ता लगाउन वास्तवमै सजिलो छैन। सत्यता नबुझ्ने मानिसहरूले यी मामलाहरू पहिचान गर्ने सम्भावना हुँदैन, र तिनीहरूले यी मामलाहरूलाई समस्याहरू नै हुन् भनेर स्वीकार गरे पनि, तिनलाई समाधान गर्न तिनीहरूलाई सजिलो हुँदैन। हामीले भ्रष्ट मानवजाति सबै शैतानको स्वभावअनुसार जिउँछन् भनेर प्रायजसो भन्‍ने गरेका छौं, र यी प्रकटीकरणहरू यसका प्रमाणहरू हुन्। अब, के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्छौ?

आजको हाम्रो सङ्गतिको मुख्य ध्यान मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने चार प्रकारका अनुचित सम्बन्धहरूका प्रकटीकरणहरू खुलासा गर्नु हो। मण्डलीभित्र अनुचित सम्बन्धहरूमा संलग्‍न हुनेहरू को हुन्? अनुचित सम्बन्ध वास्तवमा के हो? अनुचित सम्बन्धहरूमा संलग्‍न हुनुमा कुनकुन समस्याहरू पर्छन्? हाम्रो सङ्गतिको मुख्य विषय परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरूसँग सम्बन्धित भएकोले, अनुचित सम्बन्धहरूबारेको यो छलफल मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने कुराहरूमा मात्रै सीमित छ। हामीले हरप्रकारका अनुचित सम्बन्धहरूलाई एकै ठाउँ थुपारिरहेका छैनौँ, र मण्डली जीवनभन्दा बाहिरका कुराहरू हाम्रो चिन्ताका विषय होइनन्। तिमीहरूले यो कुरालाई विशुद्ध रूपमा, र कुनै विचलनविना बुझ्नुपर्छ। त्यसोभए, अनुचित सम्बन्धहरूमा संलग्‍न हुने सन्दर्भमा, मानिसहरूबीचका केकस्ता समस्याहरू, र केकस्ता सम्बन्धहरू अनुचित हुन्छन्? कुनकुन अनुचित सम्बन्धहरूले मण्डली जीवन र धेरैजसो मानिसहरूमा बाधा र व्यवधान ल्याउँछन्? के यी समस्याहरू सङ्गति गर्न लायक छन्? (छन्।) यी कुराहरूलाई हाम्रो सङ्गतिमा स्पष्ट रूपमा सम्बोधन गरिनुपर्छ।

क. विपरीतलिङ्गी व्यक्तिहरूबीचको अनुचित सम्बन्ध

मण्डली जीवनमा, सबैभन्दा आम, सहजै बुझिने, र सहजै पहिचान गर्न सकिने अनुचित सम्बन्ध कुन हो? (विपरीतलिङ्गी व्यक्तिहरूबीचका सम्बन्धहरू।) मानिसहरूले अनुचित सम्बन्धहरूबारे सोच्दा मनमा आउने पहिलो पक्ष यही हो। कतिपय मानिसहरू समूहमा हुँदा सधैँ विपरीतलिङ्गी मानिसहरूसँग जिस्केर बस्छन्; तिनीहरूले अनुचित इशारा र हाउभाउ देखाउँछन्, एकदमै भावात्मक शैलीले बोल्छन्, र आफ्नो प्रदर्शन गर्न मन पराउँछन्। अनुचित शब्द प्रयोग गरेर भन्‍नुपर्दा, यो आफ्नो यौनता देखाउने कार्य हो। तिनीहरूलाई विपरीतलिङ्गीहरूको अगाडि बाठो, हँसाउने, रोमान्टिक, भद्र, पुरुषार्थी, आकर्षक, र शिक्षित देखिन मन पर्छ; तिनीहरूलाई विशेष गरी आफ्नो प्रदर्शन गर्न मन पर्छ। तिनीहरूले किन आफ्नो प्रदर्शन गर्छन्? यो हैसियतको लागि प्रतिस्पर्धा गर्नको लागि होइन, बरु विपरीतलिङ्गी व्यक्तिलाई आकर्षित गर्नको लागि हो। जति धेरै विपरीतलिङ्गी मानिसहरूले तिनीहरूप्रति ध्यान दिन्छन्, र मक्ख पर्दै, आदरसाथ, र प्यारो गरी तिनीहरूलाई हेर्छन्, त्यति नै तिनीहरू उत्साहित र जोसिला हुन्छन्। अनि तिनीहरूले मण्डली जीवनमा सहभागी हुन जति धेरै समय बिताउँछन् र जति धेरै मानिसहरूको सम्पर्कमा आउँछन्, त्यति नै तिनीहरूले केही व्यक्तिहरूलाई निसाना बनाउँछन्, विपरीतलिङ्गी मानिसहरूसँग जिस्किन्छन् र आँखाले इसारा गर्छन्, र प्रायजसो उत्तेजक शैलीमा कामुकता मिसाएरसमेत बोल्छन्। के मानिसहरूबीचको यस्तो सम्बन्ध उचित हुन्छ? (हुँदैन।) यो अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु हो। त्यस्ता व्यक्तिहरूले भेलाको समयलाई आफ्‍नो प्रदर्शन गर्नको लागि समेत प्रयोग गर्छन्, र आफूले मन पराएको वा आफूलाई चासो लागेको व्यक्तिअगाडि विशेष रूपमा बाठो र आकर्षक देखिनको लागि बोल्ने गर्छन्, र अनुचित हाउभाउहरू गर्छन् र अनुचित तरिकाले हेर्छन्, प्रफुल्लित र उत्साहित भाव प्रस्तुत गर्छन्, फुत्रुकफुत्रुक उफ्रँदै हिँड्छन्, र यो सबको उद्देश्य के हुन्छ? यो विपरीतलिङ्गी व्यक्तिलाई अनुचित सम्बन्धमा फसाउनको लागि हो। यसप्रति धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा लागे पनि, र वरपरका मानिसहरूले तिनीहरूलाई धेरै चेतावनी दिए पनि, तिनीहरू रोकिँदैनन् र बेपर्बाह प्रलोभनमा पार्ने कार्यमा अडिग रहन्छन्। यदि त्यस्ता अनुचित सम्बन्धहरूमा मण्डली जीवनबाहिर दुई मानिसहरूले एकअर्कासँग जिस्काजिस्की गरेको कुरा मात्र संलग्‍न छ भने र यसले मण्डली जीवन वा मण्डलीको काममा असर गर्दैन भने, यो मामलालाई तत्कालको लागि एकातिर राख्‍न सकिन्छ। तैपनि, यदि अनुचित सम्बन्धहरूमा संलग्‍न हुनेहरूले मण्डली जीवनभित्र यस्ता व्यवहारहरूमा नियमित रूपमा संलग्‍न भएर अरूलाई बाधा दिइरहन्छन् भने, तिनीहरूलाई चेतावनी दिनुपर्छ र प्रतिबन्ध लगाउनुपर्छ। यदि तिनीहरूलाई बारम्बार चेतावनी दिँदा पनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामै रहन्छन् र मण्डली जीवनमा तिनीहरूले पहिल्यै गम्भीर रूपमा बाधा दिइसकेका छन् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले भोट गरेर तिनीहरूलाई मण्डलीबाट हटाउनुपर्छ। के यो कार्यशैली उचित छ? (छ।) यदि जवान मानिसहरू सामान्य रूपमा डेटिङ गरिरहेका छन् भने, तिनीहरू पनि अरूलाई असर नपार्नको लागि भेलाहरूमा विवेकशील हुनुपर्छ। मण्डली परमेश्‍वरको आराधना गर्ने, परमेश्‍वरका वचनहरू प्रार्थना-वाचन गर्ने, र मण्डली जीवन जिउने ठाउँ हो; अरूलाई बाधा दिने व्यक्तिगत स्नेहका कुरा मण्डली जीवनमा ल्याउनु हुँदैन। यदि यसले अरूलाई बाधा दिन्छ, भेलाहरूमा अरूको मुडमा असर पार्छ, र अरूले परमेश्‍वरका वचनहरू पढ्ने कार्यमा र परमेश्‍वरका वचनहरूको बुझाइ र ज्ञानमा असर पार्छ, जसले गर्दा अझै धेरै मानिसहरूको ध्यान भङ्ग हुन्छ र तिनीहरूलाई बाधा हुन्छ भने, त्यस्तो सम्बन्धलाई अनुचित सम्बन्धको रूपमा परिभाषित गरिन्छ। यदि उचित डेटिङले पनि अरूलाई बाधा दिन्छ भने, यसलाई समेत अनुचित सम्बन्धको रूपमा परिभाषित गरिन्छ, अनि डेटिङभन्दा अन्य हिसाबले विपरीतलिङ्गी व्यक्तिलाई कामुक प्रलोभनमा पार्नु त झनै अनुचित सम्बन्ध हो। त्यसकारण, यदि कुनै व्यक्ति मण्डली जीवनभित्र अनुचित सम्बन्धहरूमा संलग्‍न हुन्छ भने, उसलाई चुपचाप अनुमति दिनु वा सहनु हुँदैन, बरु सिद्धान्तहरूअनुसार चेतावनी दिनुपर्छ, प्रतिबन्ध लगाउनुपर्छ, र हटाइनुसमेत पर्छ। यो अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने काम हो। यदि कुनै व्यक्ति अनुचित सम्बन्धहरूमा संलग्‍न भएको छ र त्यसबाट मण्डलीका धेरैजसो मानिसहरूलाई बाधा पुगेको छ, र उसको उपस्थितिले गर्दा अरूको ध्यान भङ्ग हुन्छ र अरूहरू कामुक विचारहरूको जालमा पर्छन्, र यसले गर्दा परिवारहरू विखण्डित हुन्छन् र कतिपय नयाँ विश्‍वासीहरूले भेलाहरूमा, परमेश्‍वरका वचनहरू पढ्नमा, वा विश्‍वास गर्नमा समेत रुचि गुमाउँछन्, र यसको सट्टा आफूले प्रेम गर्ने व्यक्तिप्रति झनै बढी प्रेममा लिप्त हुन्छन्, र ऊसँग भागेर आफ्‍ना दिनहरू सँगै बिताउन चाहन्छन्, र आफ्नो विश्‍वास त्याग्‍न चाहन्छन् भने—परिस्थितिको गम्भीरता यति हदसम्म बढेको छ, र पनि अगुवाहरू र कामदारहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्, यो मानव प्रलोभन मात्रै हो, यो कुनै ठूलो कुरा होइन र यो सबै साधारण मानिसहरूले गर्ने कुरा हो भन्‍ने सोच्छन्, तर समस्याको गम्भीरता पहिचान गर्दैनन् वा समस्या कति हदसम्‍म जाने हो भन्‍ने महसुस गर्दैनन्, र यसलाई बेवास्ता गर्छन्, त्यस्ता मामलाहरूप्रति प्रतिक्रिया दिनमा विशेष रूपमा चेतनाशून्य र सुस्त हुन्छन्, र अन्ततः यसरी मण्डलीको अधिकांश मानिसहरूलाई प्रतिकूल असर पार्छन् भने—यी घटनाहरूको प्रकृति भनेकै गम्‍भीर बाधा र व्यवधान हो। यो गम्भीर बाधा र व्यवधानहरू हो भनेर मैले किन भनेँ? किनभने यी घटनाहरूले मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र हानि गर्छन्। त्यसकारण, मण्डलीमा त्यस्ता व्यक्तिहरू देखा परेपछि, तिनीहरू थोरै भए नि धेरै भए नि तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ, र यसरी हरेक मामला समाधान गरिनुपर्छ, र यदि परिस्थिति गम्भीर छ भने, तिनीहरूलाई अलग राखिनुपर्छ। यदि अलग गर्दा पनि यसले परिणामहरू ल्याएन, र तिनीहरूले विपरीतलिङ्गी व्यक्तिलाई कामुक प्रलोभनमा पार्ने, मण्डली जीवनमा बाधा दिने, र मण्डलीको सामान्य सुव्यवस्थामा हानि गर्ने कार्य जारी राखे भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार मण्डलीबाट हटाइनुपर्छ। के यो कार्यशैली उचित छ? (छ।) मण्डली जीवन र मण्डलीको काममा यस्ता कुराहरूको प्रभाव अत्यन्तै हानिकारक हुन्छ; ती महामारीजस्तै हुन्छन्, र तिनलाई निर्मूल पारिनुपर्छ।

विपरीतलिङ्गी व्यक्तिलाई कामुक प्रलोभनमा पार्ने प्रवृत्ति भएको हरेक व्यक्तिले जहाँ गए नि त्यस्तै गर्छ, र त्यस्तै व्यवहारहरूमा अथक रूपमा संलग्‍न हुन्छ। तिनीहरूको प्रलोभन र दुर्व्यवहारको निसाना प्रायजसो जवान र आकर्षक व्यक्तिहरू हुन्छन्, तर कहिलेकहीँ यसमा अधबैँसे उमेरका मानिसहरू पनि पर्छन्—तिनीहरू आफूलाई आकर्षक लाग्‍ने जोकोहीलाई सक्रिय रूपमा लोभ्याउने अवसरहरू खोजिरहन्छन्। यदि तिनीहरूले अरूलाई प्रलोभनमा पार्न चाहन्छन् भने, कतिपय मानिसहरूले त्यो प्रलोभनलाई प्रतिरोध गर्न सक्दैनन् र तिनीहरू बहकाउमा पर्छन्, र यसले सजिलै अनुचित सम्बन्धहरू पैदा गर्छ। मानिसहरूको कद अत्यन्तै सानो भएकोले र तिनीहरूमा परमेश्‍वरमाथिको साँचो विश्‍वास, साथै सत्यता बुझ्ने क्षमताको कमी भएकोले, तिनीहरूले कसरी यी परीक्षाहरूलाई जित्न र यस्ता प्रलोभनहरूलाई प्रतिरोध गर्न सक्छन्? मानिसहरूको कद अत्यन्तै सानो हुन्छ; यी परीक्षा र प्रलोभनहरू सामना गर्दा, तिनीहरू अत्यन्तै कमजोर र शक्तिहीन हुन्छन्। तिनीहरूलाई असरबाट मुक्त रहन गाह्रो हुन्छ। एउटा पुरुष अगुवा थियो जसले आफूले देखेको कुनै पनि सुन्दर महिलालाई कामुक प्रलोभनमा पार्ने प्रयास गर्थ्यो; कहिलेकहीँ त एक जनालाई प्रलोभनमा पार्नु मात्रै पर्याप्त हुँदैनथ्यो—उसले तीनचार महिलालाई प्रलोभनमा पार्न सक्थ्यो, जसले गर्दा तिनीहरू ऊप्रति यति तल्‍लीन हुन्थे कि तिनीहरूलाई भोकनिद्रा लाग्दैनथ्यो, र तिनीहरूले कर्तव्य निर्वाह गर्ने आफ्‍नो इच्छासमेत गुमाउथे। त्यो मान्छेमा त्यति धेरै “मोहनी” थियो। यदि उसले मानिसहरूलाई प्रलोभनमा पार्ने प्रयास नगरी सामान्य रूपमै अन्तरक्रिया गर्थ्यो भने, उसको प्रभाव त्यति व्यापक हुनेथिएन। उसले जानीजानी देखावटी व्यवहार गरेर अरूलाई प्रलोभनमा पारेपछि मात्रै झन्झन् धेरै मानिसहरू यसमा पर्न थाले, जसले गर्दा ऊसँग अनुचित सम्बन्ध राख्‍नको लागि प्रलोभनमा पर्नेहरूको सङ्ख्या बढ्दै गयो। मानिसहरू प्रतिरोध गर्न असमर्थ भए र यी परीक्षाहरूमा परे। यो त कामुकताको “मोहनी” थियो; उसले जे गर्‍यो त्यसले दुवै पक्षको लागि परीक्षा, प्रलोभन, र व्यवधानहरू पैदा गर्‍यो। एउटा पुरुषले एकैपटक यति धेरै महिलाहरूलाई प्रलोभनमा पार्नु—उसको हृदय बेचैन थियो, कि के भएको हो? पहिले कुन महिलालाई ध्यान दिने, कुन महिलालाई सन्तुष्ट पार्ने—के ऊ मानसिक रूपमा थकित हुँदैन र? (हुन्छ।) यदि यो यति थकाइलाग्दो हुन्छ भने, उसले किन यस्तो व्यवहार गरिरह्यो? यो दुष्टता हो; ऊ यस्तै प्राणी थियो, र यो उसको प्रकृति थियो। पीडितहरू कामुक प्रलोभनको सिकार भएर परीक्षामा परिसकेपछि, के तिनीहरूलाई त्यो परीक्षाबाट उम्कन सजिलो हुन्छ? एकपटक परीक्षामा परेपछि, उम्कन गाह्रो हुन्छ। खाँदा, सुत्दा, हिँड्दा, कर्तव्य निभाउँदा—तिनीहरूले जे गर्दा नि, तिनीहरूको मन यही व्यक्तिको सम्झनाले भरिएको हुन्छ, तिनीहरूको हृदय यही व्यक्तिले नियन्त्रण गरेको हुन्छ। त्यस्ता बाधाहरू अत्यन्तै गम्भीर हुन्छन्! त्यसपछि हुने भनेको त यो व्यक्तिलाई कसरी खुशी पार्ने, कसरी आफूलाई यो व्यक्तिमा समर्पित गर्ने, कसरी उसको मन जित्ने, उसलाई कसरी आफ्‍नो मात्र बनाउने, कसरी अरू प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने र लड्ने भन्‍ने सोच निरन्तर आउने मात्र हो। के यी बाधामा पर्नुका परिणामहरू होइनन् र? के यस्तो स्थितिबाट उम्कन सजिलो छ? (सजिलो छैन।) परिणामहरू गम्भीर हुन्छन्। के यो बेला व्यक्तिको हृदय अझै पनि परमेश्‍वरअघि शान्त हुन सक्छ त? के परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरूले ती वचनहरू मनमा लिन सक्छन् त? के तिनीहरूसँग अझै पनि ज्योति हुन सक्छ त? भेलाहरूमा, के तिनीहरू अझै पनि परमेश्‍वरका वचनहरूबारे मनन र सङ्गति गर्ने, र अरूले परमेश्‍वरका वचनहरू सुनाएको सुन्‍ने मुडमा हुन्छन् त? हुँदैनन्; तिनीहरूको हृदय आफूले मन पराएको व्यक्तिप्रतिको चाहनाले भरिएको हुन्छ, त्यसमा कुनै पनि गम्भीर मामलाहरू हुँदैनन्—परमेश्‍वरसमेत तिनीहरूको हृदयबाट गइसक्‍नुभएको हुन्छ। त्यसपछि प्रेमको अनुभव कसरी गर्ने, कसरी रोमान्टिक बन्‍ने, आदि इत्यादि कुराबारे मनन गर्ने काम मात्र हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्ने इच्छा पूर्ण रूपमा हराइजान्छ। के यी परिणामहरू असल हुन्? के यो मानिसहरूले हेर्न चाहने कुरा हो? (होइन।) के कामुक प्रलोभन र परीक्षामा पर्नुका परिणामहरू मानिसहरूले रोक्न सक्‍ने कुरा हुन्? के मानिसहरूले यी परिणामहरू नियन्त्रण गर्न सक्छन्? के यो निर्णय गर्ने काम तिनीहरूको हातमा हुन सक्छ? के तिनीहरू हृदयमा चाहेको बेला यस्तो कुरा रोक्न सक्‍ने स्तरमा पुग्‍न सक्छन्? कसैले पनि यो स्तर हासिल गर्न सक्दैन। त्यस्ता अनुचित सम्बन्धहरूले मानिसहरूमा पैदा गर्ने बाधाहरूको परिणाम यही हो। जब व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र जब उसले परमेश्‍वरका वचनहरू पढ्न चाहँदैन, तब परिणामहरू केके हुन्छन्? के अझै पनि मुक्ति पाउने आशा हुन्छ? मुक्तिको आशा त शून्य हुन्छ। सबै कुरा हराउँछ; पहिले बुझेका ती थोरै धर्मसिद्धान्तहरू, परमेश्‍वरको लागि आफूलाई अर्पित गर्ने दृढ्ता र संकल्प, र परमेश्‍वरको मुक्ति प्राप्त गर्ने इच्छा सबै बगिजान्छ—परिणामहरू यिनै हुन्छन्। मानिसहरूले आफूलाई परमेश्‍वरबाट टाढा राख्छन् र हृदयमा उहाँलाई इन्कार्छन्, र तिनीहरूलाई पनि परमेश्‍वरले इन्कार्नुहुन्छ। यो परिणाम परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जोकोही व्यक्तिले हेर्न चाहने कुरा होइन, न त यो कुनै पनि परमेश्‍वरका अनुयायीले स्वीकार गर्न सक्‍ने तथ्य नै हो। तैपनि, एकपटक मानिसहरू त्यस्ता परीक्षाहरूमा परेपछि र अनुचित सम्बन्धहरूको भुमरीमा जकडिएपछि, तिनीहरूलाई त्यसबाट मुक्त हुन एकदमै गाह्रो हुन्छ र आफूलाई नियन्त्रण गर्न त झन् तिनीहरू अझै बढी असमर्थ हुन्छन्। त्यसकारण, त्यस्ता अनुचित सम्बन्धहरू प्रतिबन्धित गरिनुपर्छ। गम्भीर अवस्थामा, विपरीतलिङ्गी व्यक्तिलाई निरन्तर बाधा दिने र सताउने मानिसहरूलाई तुरुन्तै र तत्कालै मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ, ताकि तिनीहरूले मण्डली जीवनमा बाधा दिन नपाऊन्, र अझै बढी रूपमा, ताकि मानिसहरूलाई परीक्षाको पासोमा पर्नबाट रोक्न सकियोस्। के यो कार्यशैली उचित छ? (छ।)

अगुवाहरू र कामदारहरूको जिम्मेवारीको बाह्रौं बुँदाअनुसार, मण्डली जीवनमा कुनै पनि हस्तक्षेप वा व्यवधानबाट विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दै परमेश्‍वरका चुनिएका मानिसहरूले सामान्य मण्डली जीवन जिउन सक्छन् भन्‍ने सुनिश्‍चित गर्न अगुवाहरू र कामदारहरूले हरेक काममा सक्दो प्रयत्‍न लाउनुपर्छ। यसको अर्थ सामान्य मण्डली जीवन जिउन सक्‍ने सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नु हो। ठ्याक्‍कै के कुरा रक्षा गर्नुपर्छ? दाजुभाइ-दिदीबहिनीहरूलाई नै रक्षा गरिनुपर्छ, ताकि तिनीहरूले भेलाहरूमा शान्त भएर परमेश्‍वरअघि आउन र शान्तिपूर्वक प्रार्थना-वाचन गर्न र परमेश्‍वरका वचनहरू बाँड्न सकून्; यस क्रममा, दाजुभाइ-दिदीबहिनीहरूले हृदय र मन एक गरेर परमेश्‍वरलाई प्रार्थना गर्न, परमेश्‍वरका अभिप्रायहरू खोज्न, परमेश्‍वरबाट अन्तर्दृष्टि र ज्योति खोजी गर्न, परमेश्‍वरको उपस्थिति प्राप्त गर्न, र परमेश्‍वरका आशिष् र अगुवाइ पनि प्राप्त गर्न सक्नुपर्छ। सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण हित यही हो, र यो सबैको लागि अत्यावश्यक हुन्छ; यो तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् र तिनीहरूको गन्तव्य राम्रो हुन्छ कि हुँदैन भन्‍ने कुरासँग सम्बन्धित हुन्छ। त्यसकारण, मण्डलीभित्र अनुचित सम्बन्धहरूमा संलग्‍न हुनेहरूलाई कडाइसाथ प्रतिबन्धित गर्नु, अलग्याइनु, वा हटाइनु अत्यावश्यक हुन्छ; खासगरी, विपरीतलिङ्गी व्यक्तिसँग सम्बन्धमा रहने मानिसहरूलाई कडाइसाथ निगरानी गरिनुपर्छ। निगरानी भनेको के हो? यदि यो सानो मामला मात्रै हो भने, तिनीहरूलाई खुलासा र काटछाँट गर्नुपर्छ, र तुरुन्तै तिनीहरूलाई रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ, र अरूलाई असर गर्नबाट रोक्‍नुपर्छ। यदि यो गम्भीर मामला हो भने, निर्णायक रूपमा र कुनै हिचकिचाहटविना काम गर्नु जरुरी छ; थप मानिसहरूलाई बाधा दिनबाट तिनीहरूलाई रोक्नको लागि तिनीहरूलाई जतिसक्दो चाँडो मण्डलीबाट हटाइनुपर्छ। यदि तिनीहरूले बाधाहरू पैदा गर्न चाहन्छन् भने, तिनीहरूले बाहिरी संसारमा बाधा पैदा गरून्, र जसलाई मन लाग्यो त्यसैलाई बाधा दिऊन्; यति भन्‍नै पर्याप्त छ कि तिनीहरूले मण्डली जीवनमा सत्यता पछ्याउने कोही पनि दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हुँदैन। बाह्रौँ जिम्मेवारीअन्तर्गत अगुवाहरू र कामदारहरूको कामको प्राथमिक सिद्धान्त र उद्देश्य यही हो।

ख. समलैङ्गिक सम्बन्धहरू

अनुचित सम्बन्धहरूको विषयमा भन्‍नुपर्दा, हामीले भर्खरै मुख्य रूपमा विपरीतलिङ्गी व्यक्तिहरूबीचका सम्बन्धहरूबारे सङ्गति गर्‍यौँ। जहाँ विपरीतलिङ्गी व्यक्तिलाई प्रलोभनमा पार्ने, लोभ्याउने, आफ्‍नो प्रदर्शन गर्ने, र जिस्क्याउने कार्य समावेश हुन्छ; जहाँ सक्रिय रूपमा तिनीहरूसँग बोल्‍ने र तिनीहरूको नजिक जान प्रयास गर्ने, र भेलाहरूमा प्रायजसो जानीजानी वा अनजानमा तिनीहरूको नजिक बस्‍ने प्रयास गर्ने कार्य हुन्छ; र साथै, जहाँ एउटा व्यक्तिलाई मात्रै प्रलोभनमा पार्ने नभई, पहिलो प्रयास असफल भयो भने, अर्को व्यक्तिलाई पनि लोभ्याउने प्रयास गरिन्छ, र यसरी मण्डलीका धेरै विपरीतलिङ्गी सदस्यहरूलाई दुर्व्यवहार गरिन्छ, त्यहाँ यो समस्या गम्भीर भएको हुन्छ। यसले विपरीतलिङ्गी व्यक्तिहरूबीचका अनुचित सम्बन्धहरू समावेश गर्छ। विपरीतलिङ्गी मानिसहरूसँगको सम्बन्धबाहेक, एउटै लिङ्गी मानिसहरूबीच पनि केही अनुचित सम्बन्धहरू हुन्छन्। यदि एउटै लिङ्गका दुई मानिसहरू अत्यन्तै मित्रवत् अवस्थामा छन्, एकअर्कालाई धेरै पहिलेदेखि चिनेका छन् र तिनीहरू निकै नजिक छन् भने, तिनीहरूले प्रायजसो अन्तरक्रिया गर्नु उचित नै हुन्छ। तैपनि, यो कामुक सम्बन्धहरूमा संलग्‍न हुने अवस्थामा पुगेपछि, त्यस्ता सम्बन्धहरूलाई पनि अनुचित सम्बन्धको रूपमा वर्गीकरण गरिनुपर्छ। यदि एउटै लिङ्गका दुई मानिसहरूबीच बारम्बार शारीरिक स्पर्श हुन्छ, यहाँसम्म कि तिनीहरूले एकअर्कासँग प्रायजसो उत्तेजक भाषासमेत प्रयोग गर्छन्, र तिनीहरू दुईले एकअर्कालाई अङ्गालो हालेको वा अझै प्रस्ट व्यवहार र प्रकटीकरणहरू देखाएको देखिन्छ भने, समय बित्दै जाँदा, यो कुरा सबैलाई स्पष्ट हुन्छ: “यो त यी दुईजनाले एकअर्कालाई मद्दत गरिरहेको वा आपसी व्यक्तित्व मिलेको कुरा होइन; यी दुईले सामान्य मानवताको दायराभित्र रहेर अन्तरक्रिया गरिरहेकै छैनन्। यो त समलैङ्गिकता हो!” अहिले, धेरैजसो मानिसहरूले समलैङ्गिकता अनुचित सम्बन्ध हो, जुन प्रकृतिको हिसाबले विपरीतलिङ्गी मानिसहरूबीचको भन्दा पनि अझै गम्भीर र अझै अनुचित हुन्छ भन्‍ने बुझेका छन्। यदि मण्डलीभित्र यस्ता सम्बन्धहरू अस्तित्वमा छन् भने, ती महामारीजस्तै फैलिन सक्छन्, जसले गर्दा कतिपय मानिसहरू यस्तो परीक्षा र प्रलोभनमा पर्न सक्छन्। कति मानिसहरूले त विगतमा आफू समलैङ्गिकतामा संलग्‍न भएको तर स्वेच्छाले त्यसो गरेको होइन भनेर भन्छन्। तिनीहरू साँचो रूपमा समलैङ्गिक हुन् कि होइनन् वा तिनीहरूको यौन झुकाव के हो भन्‍ने कुरा पन्छाएर हेर्दा, यदि तिनीहरू प्रलोभनको सिकार भई परीक्षामा परे भने—चाहे तिनीहरूले स्वेच्छाले वा निष्क्रिय रूपले जेजसरी त्यसो गरेका भए नि त्यसलाई अहिलेको लागि पन्छाएर हेर्दा—सर्वप्रथम त, तिनीहरूलाई यो कुराले बाधा पुर्‍यायो। तिनीहरूले स्वेच्छाले त्यसो गरेनन् भन्‍ने तिनीहरूको दाबीबाट हेर्दा, तिनीहरू पीडित थिए। त्यसकारण, यदि समलैङ्गिकहरूले एउटै लिङ्गका अरूलाई प्रलोभनमा पार्छन् र लोभ्याउँछन् भने, ती प्रलोभित मानिसहरू वास्तवमा समलैङ्गिक नै नभए पनि, प्रलोभनमा परेपछि तिनीहरू समलैङ्गिक बन्‍न सक्छन्। के यो खतरनाक अवस्था होइन र? त्यस्ता मानिसहरूलाई किन समलिङ्गी भन्‍ने? विपरीतलिङ्गी व्यक्तिहरूले धेरै मानिसहरू बहकाउने कार्य यौन छाडापनको वर्गमा पर्छ, जुन एक अनुचित सम्बन्ध हो। त्यसकारण, जब नजिकको सम्बन्ध भएका र मिलेर बस्‍ने दुईजना एउटै लिङ्गका मानिसहरूले एकअर्काको हात समाएर हिँड्छन्, र एकअर्कालाई अङ्कमाल गर्छन्, जुन पूर्णतया सामान्य कुरा हो, त्यो कसरी तिनीहरूलाई समलैङ्गिकको रूपमा परिभाषित गर्ने अवस्थामा पुग्छ? यो तिनीहरूबीचको यौन सम्बन्ध हो—यस्तो स्तरको सम्बन्ध भएपछि, यो समलैङ्गिक बन्छ। जब तिनीहरूले एकअर्काको काँधमा हात हाल्छन्, एकअर्काको घाँटीमा टाँस्सिन्छन्, वा एकअर्कालाई कम्मरमा समाउँछन्, तब यो एउटै लिङ्गका व्यक्तिहरूबीच हुने सामान्य शारीरिक छुवाइ हुँदैन; बरु, यो वासनाद्वारा उत्प्रेरित शारीरिक छुवाइ हुन्छ, र प्रकृतिमा यो फरक हुन्छ र यसरी यो अनुचित सम्बन्धहरूको वर्गमा पर्छ। मण्डलीका धेरैजसो मानिसहरूको लागि, त्यस्ता समलैङ्गिकहरू देख्दा त्यो सुधारात्मक कुरा हुन्छ कि हुँदैन? (अहँ, त्यो सुधारात्मक कुरा हुँदैन।) के यो देखेपछि धेरैजसो मानिसहरूलाई बाधा हुन्छ? यदि तँलाई परिस्थितिबारे जानकारी थिएन र तिनीहरूले तेरो घाँटी वा कम्मरमा हात हाले, वा तेरो अनुहारमा चुम्बनसमेत गरे भने, के तँलाई बाधा हुन्छ? (हुन्छ।) बाधा भएपछि, तँलाई हृदयमा सहज हुनेछ कि असहज हुनेछ? (मलाई घिन लाग्‍नेछ।) त्यसोभए, के तँलाई पाप गरेको छु भन्‍ने आभास हुनेछ? यदि तँलाई यस्तो समस्याको सार के हो भन्‍ने कुरा राम्ररी थाहा छैन, र तँलाई एउटै लिङ्गको व्यक्तिले छुन्छ वा शारीरिक स्पर्श गर्छ र तैँले पछि यसबारे त्यति विचार गर्दैनस् भने, त्यो त्यति ठूलो समस्या होइन। तैपनि, यदि तैँले यसबारे विचार गर्छस्, र निरन्तर सोचिरहन्छस्, र चाहे तैँले आफ्नो व्यक्तिपरक चेतनामा विरोध गरे नि नगरे नि, विपरीतलिङ्गी व्यक्तिप्रति कसैले तृष्णा गरेजसरी नै तैँले त्यो व्यक्तिलाई याद गरिरहन्छस् भने, तँभित्र त्यस्ता विचारहरू देखा पर्नुले तँ पहिले नै बाधामा परेको छस् भन्‍ने जनाउँछ, होइन र? त्यसकारण, यस्तो अनुचित सम्बन्ध, अर्थात् समलैङ्गिक सम्बन्धको प्रकृति अझै गम्भीर हुन्छ। कतिपय मानिसहरूले विपरीतलिङ्गीहरूको यौन दुराचार र समलिङ्गी सम्बन्धहरूबीचको भिन्‍नता देख्‍न सक्दैनन्, र यी दुई समस्याहरूलाई समान रूपमा लिन्छन्। वास्तवमा, समलैङ्गिकताको समस्या विपरीतलिङ्गीहरूको यौन दुराचारभन्दा निकै गम्भीर हुन्छ।

यदि समलैङ्गिक सम्बन्धहरूमा संलग्‍न हुने व्यक्तिहरू मण्डलीभित्र देखा पर्छन् र तिनीहरूलाई प्रतिबन्धित गरिँदैन भने, तिनीहरूले सबैलाई खतरामा पार्छन् र सबैलाई बाधा पुर्‍याउँछन्। कस्ता प्रकारका बाधाहरू? बाहिरी रूपमा हेर्दा, धेरैजसो मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको मानवतामा कुनै समस्याहरू पत्ता लगाउन सक्दैनन्, तर लामो समयसम्म अन्तरक्रिया गर्दा, यसले तिनीहरूको विचार धमिल्याउँछ र तिनीहरूको हृदय अन्धकारमा पार्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने उत्साह गुमाउँछन्, र कुनै निश्‍चित समस्याहरू सामना नगरीकनै, तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न अनिच्छा हुन्छ, र तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्न रुचि गुमाउँछन्, हृदयमा परमेश्‍वरबाट झन्झन् टाढा भएको महसुस गर्छन्, र विश्‍वास त्याग्‍ने दुष्ट विचारहरू खेलाइरहन्छन्। त्यसकारण, मण्डलीभित्र त्यस्ता अनुचित समलैङ्गिक सम्बन्धहरू रोक्‍ने र प्रतिबन्धित गर्ने मात्रै होइन; ती सम्‍बन्धहरूमा संलग्‍न हुनेहरूलाई तुरुन्तै मण्डलीबाट सफाइ गरी हटाउनेसमेत गरिनुपर्छ। यो निरपेक्ष रूपमा गरिनैपर्ने कुरा हो। त्यस्ता व्यक्तिहरू पत्ता लागेपछि, तिनीहरूले गर्ने कर्तव्य वा तिनीहरूको हैसियत जेसुकै भए नि, तिनीहरूलाई कुनै सहनशीलता नदेखाई तुरुन्तै मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ! यो मण्डलीको नियम हो। यो नियम किन लागू गरिएको छ? यो ठोस आधारमा आधारित छ। परमेश्‍वरले मानिसहरूलाई पुरुष र स्‍त्रीको रूपमा सृष्टि गर्नुभयो; आदमको सृष्टि गरिएपछि, उसको साथी हव्वा थिई, अर्को आदम होइन। समलैङ्गिक सम्बन्धमा संलग्‍न हुने मानिसहरूप्रति यस्तो कारबाही गर्नु परमेश्‍वरका वचनहरूमा आधारित छ, र यो पूर्ण रूपमा सही छ। कतिले यसो भन्‍न सक्छन्, “यी मानिसहरूलाई किन पश्‍चात्ताप गर्ने मौका नदिने? तिनीहरू जवान छन्; के तिनीहरूलाई केही हास्यास्पद काम गर्न दिनुपर्दैन र?” हुँदैन! परिस्थिति र प्रकृतिअनुसार अरू हास्यास्पद कार्यहरूलाई फरकफरक रूपमा लिइन सकिन्छ, तर यो खास हास्यास्पद कार्य एउटा हास्यास्पद कार्य मात्र होइन; यसलाई कदापि सहन सकिँदैन, र मण्डलीभित्र यस्तो कार्य गर्ने जोकोहीलाई तुरुन्तै सफाइ गरी हटाइनुपर्छ! यदि एउटा सम्पूर्ण मण्डली समलैङ्गिकहरू मिलेर बनेको छ भने, ती सबैलाई सफाइ गरी हटाइनुपर्छ। त्यस्तो मण्डली चाहिँदैन, एउटा पनि चाहिँदैन! सिद्धान्त यही हो। कतिले भन्छन्, “कति मानिसहरू त एउटै व्यक्तिसँग समलैङ्गिक सम्बन्धमा संलग्‍न हुन्छन्, र तिनीहरूले अरूलाई बहकाएका वा अरू कसैलाई बाधा दिन थालेका हुँदैनन्। के त्यस्ता व्यक्तिहरूलाई तह लगाइनुपर्छ र हटाइनुपर्छ?” यदि तिनीहरू साँच्‍चै नै समलैङ्गिक हुन् भने, तिनीहरूलाई मण्डलीमा बस्न दिनु भनेको परमेश्‍वरका चुनिएका मानिसहरूमाझ टाइमबम राख्‍नुजस्तै हो—यो ढिलोचाँडो अवश्य नै विस्फोट हुनेछ। यदि तिनीहरूले कुनै पनि समान लिङ्गका व्यक्तिलाई बाधा दिएका, बहकाएका, वा सताएका छैनन् भने पनि, यसको अर्थ तिनीहरूले भविष्यमा त्यसो गर्दैनन् भन्‍ने हुँदैन। के मात्र भएको हुन सक्छ भने, तिनीहरूले अझै आफूले चाहेको र मनपर्ने व्यक्ति भेट्टाएका हुँदैनन्, वा ठीक समय आएको हुँदैन, र सबैसँग अझै पनि पारस्परिक परिचितता र बुझाइ भइसकेको हुँदैन। तर त्यस्ता मानिसहरूको लागि एकपटक सही र उपयुक्त समय आएपछि, तिनीहरूले आफ्नो कदम चाली नै हाल्नेछन्। त्यसकारण, त्यस्ता व्यक्तिहरूलाई सहने वा मण्डलीभित्र रहन दिने कहिल्यै गर्नु हुँदैन, किनभने तिनीहरू अप्राकृतिक र गैरमानवहरू हुन्। मण्डलीले त्यस्ता मानिसहरू चाहँदैन। त्यस्ता अनुचित सम्बन्धहरूमा संलग्‍न भएकाहरूलाई यसरी सम्हाल्नु गलत वा हदभन्दा बढी हुँदैन। तैपनि, कतिले भन्छन्, “कतिपय समलैङ्गिकहरू निकै असल देखिन्छन्; तिनीहरूले कुनै नराम्रो काम गरेका हुँदैनन्, तिनीहरूले कानुन र नियमहरू पालना गर्छन्, ठूलालाई आदर गर्छन् र सानालाई प्रेम गर्छन्, सधैँ असल काम गर्छन्, कतिसँग त वरदान र सीपसमेत हुन्छ, र कतिले त मण्डलीमा विशेष परोपकारी र सहयोगी काम पनि गर्छन्। हामीले तिनीहरूलाई मण्डलीमा बस्न दिनुपर्छ।” के यो विचार सही छ? (छैन।) तेरा विचारहरू सही भए नि गलत भए नि, तैँले समलैङ्गिकहरूको प्रकृति देख्‍न सक्नैपर्छ। समलैङ्गिक सम्बन्धमा संलग्‍न भएका व्यक्तिहरूको लागि मण्डलीले गर्ने अभ्यासको सिद्धान्त भनेको तिनीहरूलाई सफाइ गरी हटाउनु नै हो। यो एउटा प्रशासनिक आदेश हो जसलाई कसैले पनि उल्लङ्घन गर्नु हुँदैन; सबैले यो सिद्धान्तअनुसार नै अभ्यास गर्नुपर्छ।

हामीले भर्खरै सङ्गति गरेका यी दुई प्रकारका अनुचित सम्बन्धहरूका प्रकटीकरणहरू चिन्‍न, देख्‍न, र वर्गीकरण गर्न मानिसहरूलाई सबैभन्दा सजिलो हुन्छ। त्यस्ता अनुचित सम्बन्धहरूमा संलग्‍न हुनेहरूको हकमा, पहिलो कुरा त अगुवा र कामदारहरूले तिनीहरूलाई रोक्न, सीमित गर्न, अलग गर्न, र हटाउनको लागि उपायहरू लाएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। अर्को कुरा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले पनि यी दुई प्रकारका अनुचित सम्बन्धहरूमा संलग्‍न भएका मानिसहरूलाई चिन्‍नुपर्छ र तिनीहरूबाट टाढा बस्नुपर्छ, ताकि तिनीहरू प्रलोभन र परीक्षामा पर्नबाट जोगिन सकून्, जसले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास र मुक्ति पाउन तिनीहरूले गर्ने सत्यता पछ्याइमा असर पार्न सक्छ। परीक्षामा परेपछि, आफूलाई मुक्त गर्न गाह्रो हुन्छ। धेरैजसो मानिसहरूले यी दुई प्रकारका मानिसहरूलाई चिन्‍न सक्नुपर्छ। समाजमा मानिसहरूले गर्नेजस्तो व्यवहार नगर्, र कुन व्यक्ति कोसँग जिस्किन्छ भन्‍ने कुरा नदेखेजस्तो बहाना गर्ने, यौन दुराचारमा संलग्‍न हुने मानिसहरूप्रति सही दृष्टिकोण वा अडान नराख्‍ने, आफ्ना निजी हितहरूमा असर नपरेसम्‍म केही नभएजसरी सामान्य रूपमै अन्तरक्रिया गर्ने, र गलत केही पनि भएकै छैनजसरी बोल्‍ने नगर्‌। के त्यस्ता मानिसहरूले अरूसँग व्यवहार गर्ने तौरतरिकामा सिद्धान्तहरू हुन्छ? पटक्‍कै हुँदैन। सबै गैरविश्‍वासीहरू दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरूअनुसार जिउँछन्, र आफूलाई रक्षा गर्न कसैलाई पनि नचिढ्याउने प्रयास गर्छन्, तर परमेश्‍वरको घर गैरविश्‍वासी समाजभन्दा पूर्ण रूपमा फरक छ। परमेश्‍वरको घरमा सत्यताले शक्ति राख्छ। परमेश्‍वरले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार अरूसँग व्यवहार गर्न लगाउनुहुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरू सबैले सत्यता स्विकारिरहेका र आफूलाई सत्यताले सुसज्जित पारिरहेका हुन्छन्, र मण्डली जीवन कायम राख्‍न र दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नको लागि मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफूलाई परीक्षाको कष्टबाट जोगाउन अनि लोभ्याइ र परीक्षामा पारिनबाट जोगिनको लागि अरूलाई राम्रोसित चिन्‍न र सोहीअनुसार व्यवहार गर्न त्यो सत्यता प्रयोग गरिरहेका हुन्छन्। तैँले त्यस्ता व्यक्तिहरूलाई जति चाँडै राम्रोसित चिन्‍न र आफूलाई टाढा राख्‍न सक्छस्, तैँले परीक्षाबाट आफूलाई त्यति नै टाढा राख्‍न र सुरक्षित हुन सक्छस्। अनुचित सम्बन्धहरूमा संलग्‍न हुने व्यक्तिहरूलाई तैँले यसरी नै व्यवहार गर्नुपर्छ; यो सत्यता सिद्धान्तहरूअनुसार र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ।

ग. निहित स्वार्थहरूका अनुचित सम्बन्धहरू

अर्को प्रकारको अनुचित सम्बन्ध स्वार्थअनुसारको सम्बन्ध हो। मानिसहरूले स्वार्थहरूको खातिर एकअर्कालाई चापलुसी गर्ने, उचाल्ने, प्रशंसा गर्ने, र चाकडी गर्नेजस्ता कुराहरू गर्छन्। मण्डली जीवनमा यस्तो कुटिल आचरण र दुष्ट वातावरण ल्याउँदा यसले अरूलाई परमेश्‍वरका वचनहरू चुपचाप पढ्ने वा सुनाइएका अनुभवहरू सुन्‍ने कार्यमा गम्भीर असर पार्छ। स्वार्थहरूको सम्बन्ध स्थापित भएपछि, त्यसमा संलग्‍न व्यक्तिहरूले प्रायजसो आफ्ना इच्छाहरूविपरीत, तर आफ्नो फाइदाको लागि केही कुराहरू बोल्ने वा गर्ने गर्छन्। उदाहरणको लागि, यदि कसैले अर्को व्यक्तिले आफ्‍नो व्यापार वा हितहरूमा कुनै न कुनै तरिकाले फाइदा दिन सक्छ भन्‍ने देख्यो भने, उसले चाकडी गर्नको लागि त्यो व्यक्तिलाई अगुवाको रूपमा छनौट गर्न सक्छ, र उसलाई निश्‍चित कर्तव्यमा मनोनयन गर्न, वा त्यो व्यक्तिले भनेको कुरा सत्यतासँग मिले नि नमिले नि त्यो सबै स्विकारिदिन र त्यो सही हो भनेर दाबी गरिदिन सक्छ। तिनीहरूको चापलुसी गर्नको लागि, तिनीहरूले सिद्धान्तहरूसँग नमिल्ने र सत्यताविरुद्ध जाने धेरै कुराहरू गर्छन्, जसले मानिसहरू, घटनाहरू, र परिस्थितिहरू छर्लङ्गैसित चिन्‍नमा र सत्यतामा प्रवेश गर्नमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन्छ। तिनीहरूले गलत र विकृत कुराहरूलाई सही भनेर व्याख्या गर्छन्, मानव धारणा र कल्पनाहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप छन् भनेर व्याख्या गर्छन्, र आदि इत्यादि गर्छन्, र यसरी मानिसहरूको विचार बिथोल्छन् र तिनीहरूको पछ्याइको सही दिशा र उद्देश्यमा बाधा दिन्छन्। यी सबै व्यवहारहरू तिनीहरूले कायम राख्‍ने स्वार्थहरूको सम्बन्धबाट आएका हुन्छन्। आफ्‍ना हितहरू रक्षा गर्न र कायम राख्‍नको लागि, तिनीहरूले आफ्नो विवेकविरुद्ध बोल्न र सिद्धान्तहरूविरुद्ध काम गर्न सक्छन्। तिनीहरूले जे बोल्छन् र जे गर्छन्, त्यसले मण्डली जीवनमा व्यवधान र विनाश ल्याउँछ, र यसरी अन्ततः धेरै मानिसहरूले सामान्य र व्यवस्थित रूपमा परमेश्‍वरका वचनहरू सङ्गति गर्न, परमेश्‍वरका वचनहरू प्रार्थना-वाचन गर्न, वा व्यक्तिगत अनुभवहरू बाँड्न सक्दैनन्, र यसले गर्दा मानिसहरूको जीवन प्रवेशमा हानि हुन्छ। जब मानिसहरूले आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सङ्गति गर्छन्, तब तिनीहरूले प्रायजसो मानिसहरूको स्वार्थी सम्बन्धबाट हस्तक्षेप भोग्छन्; केही मौखिक हस्तक्षेपहरू हुन्छन्, केही व्यवहारगत हुन्छन्, र अरू केही उद्देश्य र दिशाहरूसँग सम्बन्धित हुन्छन्। सत्यता सङ्गति गर्ने र परमेश्‍वरका वचनहरू पढ्ने क्रममा मानिसहरूलाई प्रायजसो बाधा दिइन्छ, प्रायजसो विषयभन्दा बाहिर लगिन्छ, र तिनीहरूलाई प्रायजसो विभिन्‍न हदसम्म असर पारिन्छ। त्यसकारण, निहित स्वार्थका अनुचित सम्बन्धहरूमा र सम्बन्धित व्यवहारहरूमा संलग्‍न हुनेहरूलाई प्रतिबन्धित गरिनुपर्छ। यी समस्याहरू सामना गर्ने मण्डली अगुवाहरू आँखा चिम्लेर बस्‍नु हुँदैन, र तिनीहरूले मण्डली जीवनमा यस्ता कुराहरूलाई अनुमति दिँदै त्यस्ता दुष्कर्मलाई अवश्य नै आड दिनु हुँदैन। बरु, तिनीहरू सतर्क र समझदार हुनुपर्छ, र तुरुन्तै तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ।

निहित स्वार्थका अनुचित सम्बन्धहरूमा संलग्‍न हुने कार्य मण्डलीमा आम रूपमा देखिने कुरा हो। उदाहरणको लागि, यदि कसैले आगामी मण्डली अगुवाको रूपमा निर्वाचन लड्ने योजना बनायो भने, उसले मानिसहरूको एउटा समूहलाई आकर्षित गरेर तिनीहरूसामु आफ्‍नो विचार प्रकट गर्न सक्छ। यी मानिसहरू मूर्ख हुँदैनन्; तिनीहरूले यस्तो आशय सङ्केत गर्छन्: “यदि हामीले तपाईंलाई निर्वाचित गर्‍यौँ भने, हामीलाई केकस्ता फाइदाहरू प्रदान गर्नुहुनेछ?” यसरी, तिनीहरूबीच निहित स्वार्थहरूमा आधारित सम्बन्ध निर्माण हुन्छ। अनि, आफ्ना निहित स्वार्थहरू कायम राख्‍नको लागि, तिनीहरूले भेलाहरूमा समस्याहरूबारे प्रायजसो उस्तै अडान लिन्छन्। यसको पृष्ठभूमि अरूलाई थाहा वा जानकारी नै नभई, तिनीहरूले सधैँ एउटा व्यक्ति कति असल छ, अर्को व्यक्तिले गरेको कुरालाई परमेश्‍वरले कसरी अनुमति र आशिष् दिनुहुन्छ, कसले भेटी दिएको छ र कति धेरै दिएको छ, र कसले परमेश्‍वरको घरमा के योगदान दिएको छ भन्‍नेबारे कुरा गर्छन्, र यसरी प्रायजसो एकअर्काको प्रशंसा गाउँदै एकअर्काको तारिफ गर्छन्। तिनीहरूले मण्डली जीवनमा पहिले गरेको सहमतिमा जोड दिन र आफ्ना आपसी हितहरू कायम राख्‍न प्रायजसो यिनै कुराहरू जारी राख्छन्। उदाहरणको लागि, कसैले यसो भन्‍न सक्छ, “यदि तपाईंले मलाई अगुवाको रूपमा निर्वाचित गर्नुभयो भने, मैले मेरो पद सम्हालेपछि, म तपाईंलाई समूह अगुवा बनाउनेछु।” के तिनीहरू सबैले व्यक्तिगत फाइदा खोजिरहेका हुँदैनन् र? के तिनीहरूले आफ्ना हितहरू पूरा गर्न निश्‍चित कुराहरू बोल्ने वा निश्‍चित कार्यहरू गर्ने गर्नुपर्दैन र? त्यसकारण, तिनीहरूले भेलाहरूमा विभिन्‍न प्रकटीकरणहरू देखाउँछन्, र त्यो सबै तिनीहरूले पहिले गरेको सहमति र सम्बन्धित हितहरू कायम राख्‍ने उद्देश्यले गरिएका हुन्छन्। आफ्‍नो उद्देश्य हासिल गर्नुपहिले, तिनीहरूले गर्ने धेरैजसो कुराहरू हितहरूद्वारै निर्देशित हुन्छन्। त्यसैले, के तिनीहरूले भन्‍ने र गर्ने कुरापछाडिका अभिप्राय र उद्देश्यहरू निकै अनुचित हुँदैनन् र? के तिनीहरूमाझ स्थापित सम्बन्ध अनुचित हुँदैन र? के मण्डलीभित्रका त्यस्ता अनुचित सम्बन्धहरू प्रतिबन्धित गरिनुपर्दैन र? कतिले भन्छन्, “हामीले यसलाई पत्ता लगाउन सकेनौँ भने कसरी यसलाई प्रतिबन्धित गर्न सक्छौं?” त्यस्ता कुराहरू नगरिएको खण्डमा बाहेक, ती कुराहरू एकपटक अघि बढेपछि, पत्ता लाउन सकिन्छ र त्यो खुलासा हुनेछ। यदि मानिसहरूले सत्यतासँग नमिल्ने कुनै पनि कुरा नमिसाई सत्यता र आफ्नो व्यक्तिगत बुझाइ र अनुभवहरू उचित रूपमा सङ्गति गरे भने, सबैले यो कुरा बुझ्‍न सक्छन्। यदि मिसावटहरू छन् भने, मानिसहरूले यो कुरा पनि पत्ता लगाउन सक्छन्। त्यसकारण, मण्डलीमा आपसी हितहरू रक्षा गर्नको लागि पैदा गरिने विभिन्‍न लेनदेनमा आधारित सम्बन्धहरू पनि प्रतिबन्धित गरिनुपर्छ; कम्तीमा पनि, त्यसमा संलग्‍न व्यक्तिहरूलाई चेतावनी र सङ्गति दिइनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू पहिचान गर्न र त्यस्ता क्रियाकलापहरूमा संलग्‍न हुँदा आउने गम्भीर परिणामहरूबारे कुरा बुझाउनुपर्छ, र त्योसँगसँगै दाजुभाइ-दिदीबहिनीहरूलाई यी मामलाहरूको प्रकृति पहिचान गर्न मद्दत गर्नुपर्छ। यस्तो क्रियाकलापले धेरैजसो मानिसहरूमा कस्तो असर पार्छ? यसले मानिसहरूलाई मण्डली र समाजबीच त्यति भिन्‍नता छैन, र यी दुवै ठाउँहरू सबैले एकअर्काको शोषण गर्ने र मानिसहरूले आफ्नो फाइदाको लागि लेनदेन गर्ने ठाउँहरू हुन् भन्‍ने सोच्न लगाउँछ। यो व्यवहार मध्यम प्रकारको बाधा मात्रै नभई, मण्डली जीवनमा हुने गम्भीर बाधा पनि हो। मलाई भन त, के निर्वाचनमा धाँधली गर्न र अगुवा पद प्राप्त गर्न असामान्य माध्यमहरू प्रयोग गरेर निर्वाचन जित्न निरन्तर मानिसहरूलाई आकर्षित गर्ने व्यक्ति असल व्यक्ति हो? स्पष्ट रूपमै, यसरी निर्वाचित हुने अगुवाहरू असल मानिसहरू होइनन्। के तिनीहरूको हातमा परेका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले कुनै असल कुरा अपेक्षा गर्न सक्छन्? यदि कुनै व्यक्ति सिद्धान्तहरूअनुसार निर्वाचित हुनुको सट्टा असामान्य माध्यमहरूद्वारा अगुवा बन्यो भने, त्यस्तो अगुवा अवश्य नै असल व्यक्ति होइन। यदि त्यस्ताहरूलाई नेतृत्व गर्न दिइयो भने, त्यो भद्दा रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै दुष्ट व्यक्ति, कुनै ख्रीष्टविरोधीको हातमा सम्पनु, र यसरी धेरैजसो मानिसहरू वास्तवमै शैतानको हातमा हस्तान्तरित हुनुजस्तै हो; यस्तो अवस्थामा, तिनीहरूको मण्डली जीवनका फलहरू आफै स्पष्ट हुनेछन्। यो हित वा स्वार्थहरूसँग जोडिएको अनुचित सम्बन्ध हो। चाहे समूहमा होस् वा व्यक्तिहरूमाझ होस्, मानिसहरूबीच रहने सम्बन्धहरूमा हितहरू समावेश भएपछि, तिनीहरू आफ्ना व्यवहारहरूमा परमेश्‍वरको घरका हितहरू रक्षा गर्न सिद्धान्तहरूअनुसार काम गर्नुको सट्टा व्यक्तिगत फाइदाहरूमा बढी केन्द्रित हुन्छन्। त्यस्ता सम्बन्धहरू सामान्य मानवताको विवेक र समझमा आधारित हुँदैनन्, बरु विवेक र समझ दुवैको विपरीत हुन्छन्, र सत्यता सिद्धान्तहरूभन्दा झनै विपरीत हुन्छन्। तिनीहरूले जे बोल्ने, गर्ने, र देखाउने गर्छन्, त्यो सबै कुरा अनि तिनीहरूको अभिप्राय, उद्देश्य, मनसाय, उत्पत्ति, आदि इत्यादि कुराहरू सबै हितहरूद्वारा निर्देशित हुन्छन्; त्यसकारण, यी सम्बन्धहरूलाई अनुचित रूपमा परिभाषित गर्न सकिन्छ। त्यस्ता सम्बन्धहरूको निर्माणले मण्डली जीवन जिउने परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिएर, धेरैजसो मानिसहरूलाई परमेश्‍वरको वचन पढ्न र परमेश्‍वरअघि शान्त भएर सत्यता सङ्गति गर्न गाह्रो हुने हुनाले, त्यस्ता अनुचित सम्बन्धहरू मण्डलीभित्र प्रतिबन्धित गरिनुपर्छ। गम्भीर रहेका र दुष्ट मानिसहरूको व्यवहार मानिने मामलाहरूको हकमा, चेतावनी जारी गरिनुपर्छ, र यदि त्यसमा संलग्‍न भएकाहरूले कुनै पनि हालतमा पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ।

घ. व्यक्तिहरूबीचको घृणा

अनुचित अन्तरवैयक्तिक सम्बन्धहरूका विभिन्‍न प्रकटीकरणहरू हुन्छन्। तीमध्ये अर्को एउटा व्यक्तिगत घृणा हो। उदाहरणको लागि, परिवारभित्र सासू-बुहारी, नन्द-भाउजू, वा सालो-जेठान, वा छिमेकीहरूबीच कचिङ्गल वा विवाद पैदा हुन सक्छ। कहिलेकहीँ यो घृणामा समेत परिणत हुन्छ, र शत्रुहरूले जस्तै, यी मानिसहरूले पनि सहकार्य गर्न वा सँगै काम गर्न सक्दैनन्, यहाँसम्म कि तिनीहरूले एकअर्काको अनुहारसमेत हेर्न सक्दैनन्, र जबजब भेट्छन् तबतब तर्कवितर्क र झगडा गर्छन्। जब तिनीहरूले भेलाहरूमा एकअर्कालाई भेट्छन्, तब तिनीहरूको हृदय पनि घृणाले भरिन्छ, र तिनीहरू परमेश्‍वरको वचनमा रमाउन र आफ्‍नो बारे मनन गर्न र आफूलाई चिन्‍नको लागि परमेश्‍वरअघि शान्त हुन सक्दैनन्, र तिनीहरूले सामान्य भेला आयोजना गर्नको लागि पक्कै पनि आफ्ना पूर्वाग्रह र घृणा त्याग्‍न सक्दैनन्। बरु यसको ठीक उल्टो रूपमा, जबजब तिनीहरू भेला हुन्छन्, तबतब तिनीहरू झगडा र हानथाप गर्छन्, तिनीहरूले एकअर्काका कमीकमजोरीहरू खुलासा गर्छन् र एकअर्कालाई आक्रमण गर्छन्, र एकअर्काविरुद्ध सराप्‍ने शब्दहरूसमेत बोल्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूमा गहन नकारात्मक असर पर्छ। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, तिनीहरू गैरविश्‍वासीहरू हुन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरूको हकमा चाहिँ, चाहे जेसुकै भए नि, वा जोसुकैसँग विवाद परे नि, वा जोसुकैप्रति पूर्वाग्रह भए नि, तिनीहरूले सत्यता खोजी गर्न, आफ्‍नो बारे मनन गर्न र आफूलाई चिन्‍न, र सत्यता सिद्धान्तहरूअनुसार समस्याहरू समाधान गर्न सक्छन्। यदि तिनीहरूले कुनै गल्ती गरेका छन् र तिनीहरू कसैप्रति ऋणी छन् भने, तिनीहरूले सक्रिय रूपमा माफी माग्‍न र आफ्ना गल्तीहरू स्विकार्न सक्छन्; तिनीहरूले भेलाहरूमा तर्कवितर्क गर्ने वा समस्या पैदा गर्ने कार्यको सहारा कदापि लिँदैनन्। मण्डलीभित्र विवादमा सहभागी हुनु र होहल्ला मच्चाउनु सन्तहरूको मर्यादाभन्दा बाहिरको कुरा हो; यस्तो व्यवहारले परमेश्‍वरलाई गम्भीर रूपमा अपमानित गर्छ। यसरी व्यवहार गर्ने मानिसहरूमा ठूलो हदसम्म मानवता, विवेक, र समझको कमी हुन्छ; तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू बिलकुलै होइनन्। यो समस्या नयाँ विश्‍वासीहरूमाझ तुलनात्मक रूपमा अलि बढी हुन्छ। नयाँ विश्‍वासीहरूले सत्यता नबुझ्ने हुनाले, र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पारिएको नहुनाले, तिनीहरू धेरै कुराहरूबारे विवादमा सहजै संलग्‍न हुन्छन्, र तिनीहरूले आफ्नो झोक्‍कीपन प्रकट गरेर झगडासमेत गर्छन्। यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, मानिसहरूले हृदयमा घृणा बोकेर बस्‍नेछन्, र मण्डली जीवन जिउने क्रममा, तिनीहरू अझै पनि यो झोक्कीपन र घृणा बोकेर अटुट विवादमा संलग्‍न हुनेछन्। यसले मण्डली जीवनमा असर गर्छ, र यसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको वचन खानेपिउने, परमेश्‍वरको प्रशंसा गर्ने, र परमेश्‍वरका वचनहरूबारे तिनीहरूले अनुभव गरेका कुराहरू सुनाउने कार्यमा असर पर्छ। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि प्रत्यक्ष रूपमा असर गर्छ। कति नयाँ विश्‍वासीहरू त सानातिना विषयमा असहमति हुँदा पनि सजिलै वादविवाद गर्न थाल्छन्। उदाहरणको लागि, भेला सुरु हुनुभन्दा पहिले, कतिले एउटा भजन गाउन चाहेका हुन्छन् भने, कति अरूले फरक भजन गाउन रुचाउँछन्—यस्तो सानो कुराले पनि सहजै विवाद ल्याउन सक्छ। त्यसैगरी, कुनै विषयमा फरकफरक विचारहरू हुँदा कहिलेकहीँ त्यो तुरुन्तै विवादमा परिणत हुन सक्छ, र बोलीमा राम्रोसित विचार नपुर्‍याएको कारणले गर्दा पनि, यसले कसैलाई चिढ्याएर तर्कवितर्कहरू पैदा हुन सक्छ। नयाँ विश्‍वासीहरूमाझ यस्ता घटनाहरू आम नै हुन्छन्। जब भेलाहरूमा विवादहरू पैदा हुन्छन्, तब तिनले स्वाभाविक रूपमै मण्डली जीवनमा बाधा दिन्छन्। के यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पनि बाधा दिँदैन र? सही कुरालाई गलत र गलत कुरालाई सही भनेर तर्कवितर्क र वादविवाद गर्ने प्रवृत्ति भएका मानिसहरू नै मण्डली जीवनमा सहजै बाधा दिने मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूलाई ध्यान नदिई, आफ्नै अभिमान र इज्जतलाई सन्तुष्ट पार्ने कार्यप्रति मात्रै वास्ता गर्छन्। यसरी व्यवहार गरेर, के तिनीहरूले मण्डली जीवनमा बाधा ल्याउँदैनन् र? (ल्याउँछन्।) मण्डली भनेको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरका वचनहरू खानपिउन, र ती वचनहरूको आनन्द लिन भेला हुने ठाउँ हो; यो परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने ठाउँ हो। यो व्यक्तिगत गुनासोहरू प्रकट गर्ने ठाउँ हुँदै होइन, र सही र गलतबारे झगडा गर्ने वा तर्कवितर्क गर्ने ठाउँ त झन् अवश्य नै होइन। जब त्यस्ता मानिसहरूले यसरी बाधाहरू पैदा गर्छन्, तब यसले केकस्ता परिणामहरू ल्याउँछ? यसले भेलाहरूमा प्रत्यक्ष रूपमै आनन्दको कमी गराउँछ; यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई जीवनको सुधार प्राप्त गर्न नसक्‍ने तुल्याउँछ, र धेरैजसो मानिसहरूलाई पनि शान्ति पाउन नसक्‍ने, र अवर्णनीय कष्ट भोग्‍ने तुल्याउँछ। समय बित्दै जाँदा, कति मानिसहरू निष्क्रिय र कमजोर बन्छन्, र भेलाहरूमा सहभागी हुन पनि अनिच्छुक हुन्छन्। यो स्थिति धेरैजसो मण्डलीहरूमा आम हुन्छ र यो परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अनुभव गर्ने कुरा हो। त्यसकारण, भेलाहरूमा बारम्बार विवाद र झगडा गर्ने समस्या कसरी समाधान गरिनुपर्छ? यो समस्यासँग सम्बन्धित परमेश्‍वरका वचनहरूका धेरै खण्डहरू छनौट गरेर भेलाहरूमा धेरैपटक पढ्नुपर्छ; त्यसपछि, सबैले सत्यता सङ्गति गर्नुपर्छ, र आफ्नो बुझाइ बाँड्नुपर्छ। यस्तो कार्यशैलीले केही परिणामहरू दिन सक्छ। अनि तर्कवितर्क गर्ने प्रवृत्ति भएका मानिसहरूले आफ्ना अपराधहरू पहिचान गर्न र पछुतो महसुस गर्न सक्‍ने मात्र नभई, अवलोकनकर्ताहरूले पनि यस्तै परिस्थितिहरूमा आफ्नो भ्रष्ट स्वभाव प्रकट पो गरेका छन् कि र तिनीहरूले पनि अरूसँग यसरी नै तर्कवितर्क पो गर्न सक्छन् कि भनेर मनन गर्न सक्छन्—यो तरिकाले अवलोकनकर्ताहरूले पनि आफूलाई चिन्‍न सक्छन्। व्यक्ति वादविवादमा सहभागी भए नि नभए नि, परमेश्‍वरका वचनहरूका धेरै खण्डहरू धेरैपटक पढिसकेपछि, उसले आफ्नो भ्रष्ट स्वभाव पहिचान गर्न र भ्रष्ट स्वभावअनुसार जिउनुको अर्थ साँच्‍चै विवेक र समझको कमी हुनु, र अलिकति पनि मानवता नहुनु हो भन्‍ने कुरा देख्‍न सक्छ। यसरी मण्डली जीवन जिउनुका प्रभावहरू खराब हुँदैनन्, होइन र? भेलाको सुरुमा विवादहरू हुन सक्‍ने भए नि, यदि पछि गएर सबैले परमेश्‍वरका वचनहरू पढ्न सक्छन्, र आफ्नो बारे मनन गर्न परमेश्‍वरअघि आफूलाई शान्त पार्न, सत्यताद्वारा समस्याहरू समाधान गर्न, र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने—यदि यी परिणामहरू हासिल गर्न सकिन्छ भने—यो सामान्य मण्डली जीवन हो। त्यसकारण, भेलाहरूमा हुने जुनसुकै कुरा खराब नै हुन्छ भन्‍ने हुँदैन; जबसम्‍म सबैजना सत्यता खोजी गर्न हृदय र मनमा एक हुन्छन्, र जबसम्‍म तिनीहरूले परमेश्‍वरका वचनहरूका धेरै वटा उपयुक्त खण्डहरू एकसाथ पढ्छन्, तबसम्‍म, यदि समस्याहरू पूर्ण रूपमा समाधान गर्न सकिन्‍न नै भने पनि, मानिसहरूले ती कुराहरूको भित्री वास्तविकता केही हदसम्म देख्‍न र केही हदसम्‍म समझशक्ति प्राप्त गर्न सक्छन्—यसबाट सबैले नै फाइदा पाउनेछन्। के तिमीहरू यस्तो मण्डली जीवन प्राप्त गर्न गाह्रो छ भनेर भन्छौ? यो त खराब कुरालाई असल कुरामा परिणत गर्नु हो, र यो केही हदसम्म लुकेर आएको आशिष्‌ हो। तैपनि, यसले मानिसहरूलाई विवाद र बहस मण्डली जीवनका वाञ्छनीय कुराहरू हुन् भन्‍ने विचारको वकालत गर्ने बनाउनु हुँदैन; यस्तो वकालत गर्न कदापि सक्दै सकिँदैन। विवाद र बहसले सजिलै आवेग र द्वन्द्व पैदा गर्न सक्छ, र त्यो सबैको लागि खराब हुन्छ र यसमा संलग्‍न हुनेहरूमा व्यक्तिगत हैरानी पैदा हुन्छ। त्यसकारण, समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नु नै सबैभन्दा राम्रो तरिका हो, र सत्यता बुझ्दा यसले भविष्यमा यस्तै घटनाहरू फेरि घटित हुनबाट प्रभावकारी रूपमा रोकथाम गर्न सक्छ। तनाव र विवादहरू पैदा हुँदा बुद्धिमानी व्यक्तिहरूले धैर्य र सहनशील मनोवृत्ति अपनाउनुपर्छ। तिनीहरूमा भ्रष्ट स्वभाव पनि हुने हुनाले र तिनीहरूले पनि अरूलाई सजिलै चोट पुर्‍याउन सक्‍ने हुनाले, जब तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छन्, तब तिनीहरूले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यो तरिकाले, भेला हुने समयसम्‍ममा, व्यक्तिगत द्वेष र घृणा सबै हराइसकेको हुन्छ, र यसले गर्दा तिनीहरूको हृदयमा मुक्तपनको अनुभूति हुन्छ र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मैत्रीपूर्ण रूपमा बस्न सजिलो हुन्छ, र यसबाट मैत्रीपूर्ण सहकार्यमा वृद्धि हुन्छ। जब कसैले कुनै विश्‍वासी दाजुभाइ वा दिदीबहिनीले आफ्नो भ्रष्ट स्वभाव प्रकट गरेको देख्छ, तब तिनीहरूले प्रेमसाथ मद्दत गर्नुपर्छ, र उसलाई आलोचना गर्नु, दोष दिनु, वा इन्कार गर्नु हुँदैन। मद्दत गर्ने एकदुई प्रयास गरेपछि पनि समस्याहरू समाधान नहुन सक्छ, तर अझै पनि धैर्यता र सहनशीलता आवश्यक पर्छ। जबसम्‍म तिनीहरूले मण्डली जीवनमा बाधा दिँदैनन् वा जानीजानी दुष्कर्म गर्दैनन्, तबसम्‍म तिनीहरूलाई अन्त्यसम्मै धैर्यता र सहनशीलतासाथ व्यवहार गर्नुपर्छ—अनि त्यो एकदिन अवश्यै आउनेछ जुन दिन तिनीहरूको चेतना खुल्नेछ। यदि कुनै व्यक्ति दुष्ट मानवता भएको व्यक्ति हो र उसले कुनै सहयोग इन्कार गर्छ, र जेजसरी सत्यता सङ्गति गरे नि उसले त्यो स्वीकार गर्दैन भने, उसले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरिरहेको हुँदैन, र त्यस्ता व्यक्तिहरूबाट टाढा बस्नु अत्यावश्यक हुन्छ। यदि तिनीहरूले मण्डली जीवनमा बारम्बार बाधा दिए भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गरिनुपर्छ र तह लगाइनुपर्छ। यदि तिनीहरू दुष्ट मानिसहरू होइनन्, तर तिनीहरूले प्रायजसो आफ्नो भ्रष्ट स्वभाव प्रकट गरिरहन्छन्, र त्यसपछि आफैलाई घृणा गर्छन् तर त्यतिखेर त्यसो नगरी बस्‍न सक्‍ने शक्ति नै नभएजस्तो महसुस गर्छन् भने, त्यस्ता व्यक्तिहरूलाई प्रेमसाथ मद्दत गर्नुपर्छ; तिनीहरूलाई सत्यता बुझ्न र तिनीहरूको भ्रष्टताका प्रकटीकरणहरू खुट्ट्याउन र पहिचान गर्न मद्दत गर्नुपर्छ—यो तरिकाले, तिनीहरूको भ्रष्टताका प्रकटीकरणहरू क्रमिक रूपमा घट्दै जानेछन्। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यी मानिसहरूले कहिलेकहीँ मात्रै असर गर्छन् भने, तिनीहरूलाई माफी दिन सकिन्छ; जबसम्‍म तिनीहरूको मानवतामा कुनै ठूलो समस्या हुँदैन, र जबसम्‍म तिनीहरू छली वा दुष्ट मानिसहरू हुँदैनन्, तबसम्‍म तिनीहरूलाई सत्यताको सङ्गतिद्वारा साथ र सहयोग दिनुपर्छ। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भने, तिनीहरूलाई प्रेमसाथ व्यवहार गर्नुपर्छ। तैपनि, यदि तिनीहरूले पश्‍चात्ताप गर्न मान्दैनन् र तिनीहरूले लामो समयसम्म मण्डली जीवनमा नकारात्मक असर पारिरहन्छन् भने, मण्डली अगुवाहरूले चेतावनी जारी गर्नुपर्छ र तिनीहरूलाई प्रतिबन्ध लगाउनुपर्छ। यदि तिनीहरूले सत्यता स्वीकार गर्न निरन्तर इन्कार गर्छन् भने, त्यस्ता व्यक्तिहरू दुष्ट मानिसहरू हुन्। दुष्ट मानिसहरू कसैसँग पनि मिलेर बस्न सक्दैनन्, तिनीहरू कुहिएका स्याउ र पिशाचहरू हुन्। तिनीहरूलाई मण्डलीमा राख्दा यसले बाधा र व्यवधानहरू मात्रै ल्याउँछ। त्यसकारण, बारम्बार चेतावनी दिइँदा पनि परिवर्तन हुन नमान्नेहरूलाई दुष्ट मानिसहरूको रूपमा तह लगाउनुपर्छ र मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। मण्डली जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा प्रायजसो बाधा दिने जोकोही व्यक्ति अविश्‍वासी र दुष्ट व्यक्ति हो र उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। व्यक्ति जो भए पनि वा उसले विगतमा जस्तो कार्य गरेको भए पनि, यदि उसले मण्डलीको काम र मण्डली जीवनमा प्रायजसो बाधा दिन्छ, काटछाँट हुन इन्कार गर्छ, र सधैँ गलत तर्कद्वारा आत्मरक्षा गर्छ भने, उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। यो शैली पूर्ण रूपमा मण्डलीको कामको सामान्य प्रगतिलाई कायम राख्‍न र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूको रक्षा गर्नका लागि, सत्यता सिद्धान्तहरू र परमेश्‍वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिलाउने उद्देश्यका लागि हो। परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको काम केही दुष्ट व्यक्तिहरूको विवाद र अनुचित समस्याले प्रभावित हुनु हुँदैन—यो जायज हुँदैन र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि अन्यायपूर्ण पनि हुन्छ।

यदि दुष्ट मानिसहरूले बारम्बार मण्डलीमा बाधाहरू ल्याउँछन्, जसले गर्दा मण्डली जीवन अप्रभावकारी हुन्छ भने, मानिसहरूलाई वर्गीकरण गरेर भेलाहरूलाई फरक-फरक समूहमा विभाजन गर्नु नै सर्वोत्तम समाधान हो: सत्यतालाई प्रेम गर्ने र इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरू एक ठाउँमा भेला हुन्छन्; सत्यता पछ्याउन चाहने तर आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू एक ठाउँमा भेला हुन्छन्; र बाधा र अवरोधहरू निम्त्याउन, अरूको बारेमा कुरा काट्न, र अरूलाई आलोचना र निन्दा गर्न मन पराउने मानिसहरू एक ठाउँमा भेला हुन्छन्। यसरी, मण्डलीलाई मुख्य रूपमा मानिसहरूको तीन वटा समूहमा विभाजन गर्न सकिन्छ—अर्थात्, सबैलाई प्रकार अनुसार वर्गीकरण गरेर—यी समूहहरूले भेलाहरूमा एक-अर्कालाई हस्तक्षेप नगर्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। खराब मानवता भएका मानिसहरूले जति नै जथाभाबी रूपमा दुष्कर्म गरे पनि, अरूलाई असर गर्नेछैनन् तर आफैलाई मात्रै हानि गर्नेछन्। कतिपय मानिसहरूमा दुर्भावनापूर्ण स्वभाव हुन्छ। यदि कसैले तिनीहरूलाई चोट पुर्‍याउने वा चिढ्याउने कुरा भन्यो भने, तिनीहरूले त्यस व्यक्तिलाई घृणा गर्नेछन्, र उसलाई आक्रमण गर्ने र प्रतिशोध लिने उपायहरू सोच्नेछन्। तिनीहरूलाई सत्यताबारे जसरी सङ्गति गरिए पनि, वा तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, तिनीहरूले यसलाई स्विकार्दैनन्। तिनीहरू पश्‍चात्ताप गर्नुभन्दा पहिले बरु मर्नेथिए, र तिनीहरूले मण्डली जीवनमा बाधा दिइरहनेथिए। यसले तिनीहरू दुष्ट मानिसहरू हुन् भन्‍ने प्रमाणित गर्छ। हामीले यस्ता दुष्ट मानिसहरूलाई सहिरहनु हुँदैन। तिनीहरूलाई सत्यता सिद्धान्तहरू अनुसार मण्डलीबाट निकालिनुपर्छ। यो समस्यालाई पूर्ण रूपमा समाधान गर्ने एउटै मात्र उपाय यही हो। तिनीहरूले जे-जस्ता गल्तीहरू वा जे-जस्ता खराब कामहरू गरेका भए पनि, ती दुर्भावनापूर्ण स्वभावका मानिसहरूले कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई काटछाँट गर्न दिनेछैनन्। यदि कसैले तिनीहरूको खुलासा गर्‍यो र तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू रिसाउनेछन्, तिनीहरूले प्रतिशोध लिनेछन्, र मामलालाई कहिल्यै जान दिनेछैनन्। तिनीहरूसँग अरू मानिसहरूप्रति कुनै धैर्यता र सहनशीलता हुँदैन, र तिनीहरूसित सहनशीलताको अभ्यास गर्दैनन्। तिनीहरूको आत्म-आचरण कुन सिद्धान्तमा आधारित हुन्छ? “धोका खानुभन्दा त धोका दिनु बेस।” अर्को शब्दमा भन्दा, कसैले तिनीहरूलाई चिढ्याएमा तिनीहरूले त्यो सहँदैनन्। के यो दुष्ट मानिसहरूको तर्क होइन र? यो ठ्याक्कै दुष्ट मानिसहरूको तर्क नै हो। कसैले पनि तिनीहरूलाई चिढ्याउन पाइँदैन। कसैले तिनीहरूलाई अलिकति पनि चलाएमा तिनीहरूका लागि त्यो स्वीकार्य हुँदैन, र त्यसो गर्ने जोसुकैलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई खेदो गरिरहनेछन् र यो कुरालाई कहिल्यै जान दिनेछैनन्—दुष्ट मानिसहरू यस्तै हुन्छन्। तैँले दुष्ट मानिसहरूमा दुष्ट मानिसहरूको सार छ भन्‍ने थाहा पाउनेबित्तिकै, तिनीहरूले कुनै ठूलो दुष्टता गर्नुभन्दा पहिले नै, तिनीहरूलाई अलग गर्नुपर्छ वा निकाल्नुपर्छ। यसले तिनीहरूले गर्ने क्षतिलाई न्यूनीकरण गर्नेछ; यो नै बुद्धिमानी निर्णय हो। यदि अगुवाहरू र कामदारहरू कुनै दुष्ट व्यक्तिले केही विपत्ति नल्याएसम्म उसलाई तह लगाउँदैनन् भने, तिनीहरू निष्क्रिय भइरहेका छन्। त्यसले अगुवाहरू र कामदारहरू अत्यन्तै मूर्ख छन्, र तिनीहरूको व्यवहारमा कुनै सिद्धान्तहरू छैनन् भन्‍ने कुरालाई प्रमाणित गर्नेछ। कतिपय अगुवाहरू र कामदारहरू यतिकै मूर्ख र अज्ञानी हुन्छन्। तिनीहरू दुष्ट मानिसहरूलाई तह लगाउनुभन्दा पहिले ठोस प्रमाण नभएसम्म पर्खन जिद कस्छन् किनभने तिनीहरूलाई त्यसरी मात्र मनमा शान्ति हुन्छ भन्‍ने लाग्छ। तर वास्तवमा, कुनै व्यक्ति दुष्ट छ भन्‍ने निश्‍चित गर्नका लागि ठोस प्रमाण चाहिँदैन। तिनीहरूको दैनिक बोलीवचन र व्यवहारबाट नै थाहा भइहाल्छ। तिनीहरू दुष्ट छन् भन्‍ने निश्चित भएपछि, तैँले तिनीहरूलाई प्रतिबन्धित गरेर वा अलग गरेर सुरुवात गर्न सक्छस्। यसले मण्डलीको काममा वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि नहुने सुनिश्‍चित गर्नेछ। कतिपय अगुवाहरू र कामदारहरूले दुष्ट को हो भनेर पत्ता लगाउन सक्दैनन्, न त तिनीहरूले दुष्ट मानिसहरूलाई समयमा तह लगाउन नै सक्छन्। परिणामस्वरूप, मण्डलीको काम र मण्डली जीवनमा असर पर्छ, अनि परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा पुग्छ। यो अत्यन्तै मूर्खतापूर्ण कुरा हो। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। एक हिसाबमा, तिनीहरूमा समझको कमी हुन्छ, र अर्को हिसाबमा, तिनीहरू अरूलाई चिढ्याउँछु कि भन्ने डरले मानिसहरूलाई रिझाउँछन्। अगुवाको रूपमा सेवा गर्दा, पहिलो कुरा, त्यस्ता मानिसहरूले वास्तविक काम गर्न सक्दैनन्; र दोस्रो कुरा, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्। तिनीहरू दुष्ट मानिसहरूले निम्त्याएका बाधाहरूको समस्यालाई तुरुन्तै समाधान गर्नसमेत सक्दैनन्, न त तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रक्षा नै गर्न सक्छन्; त्यस्ता मानिसहरू अगुवा र कामदार हुन योग्य हुँदैनन्। ल भन्, यदि कुनै व्यक्तिलाई दुष्ट व्यक्तिका रूपमा चित्रण गरियो भने, के उसलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नु अझै आवश्यक हुन्छ? (हुँदैन।) उसलाई मौका दिनुपर्ने कुनै आवश्यकता हुँदैन। कतिपय मानिसहरूमा ज्यादै धेरै हुन्छ “प्रेम”, र तिनीहरू सधैँ दुष्ट मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइरहन्छन्, तर के यसले कुनै प्रभाव हासिल गर्न सक्छ? के यो परमेश्‍वरका वचनका सिद्धान्तहरू अनुरूप छ? के तैँले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍ने कुनै दुष्ट व्यक्ति देखेको छस्? कसैले पनि त्यस्तो कहिल्यै देखेको छैन। दुष्ट मानिसहरूले पश्‍चात्ताप गरून् भन्‍ने आशा गर्नु सर्पलाई दूध पिलाउनु जस्तै हो; यो त जङ्गली पशुलाई दया गर्नु हो। किनभने दुष्ट मानिसहरूको सारको आधारमा, दुष्ट मानिसहरूले कहिल्यै सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, सत्यतालाई कहिल्यै स्विकार्दैनन्, र कहिल्यै पश्‍चात्ताप गर्दैनन् भनेर निर्धारित गर्न सकिन्छ। तैँले तिनीहरूको शब्दकोशमा “पश्‍चात्ताप” भन्‍ने शब्द भेट्टाउँदैनस्। तैँले तिनीहरूसँग जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले आफ्ना मनसाय र हितहरूलाई बेवास्ता गर्नेछैनन्, र आफूलाई सही साबित गर्नका लागि विभिन्‍न कारण र बहानाहरू भेट्टाउनेछन्, र कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। यदि तिनीहरूलाई घाटा भयो भने, यो तिनीहरूका लागि असहनीय हुन्छ, र तिनीहरूले यसको बारेमा अरूलाई सधैँभरि सताउनेछन्। कुनै घाटा बेहोर्न नचाहने त्यस्ता मानिसहरूले कसरी साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? अत्यन्तै स्वार्थी मानिसहरू तिनै हुन् जो यावत् थोकभन्दा आफ्नै हितहरूलाई प्राथमिकता दिन्छन्; तिनीहरू दुष्ट मानिसहरू हुन्, र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्नेछैनन्। यदि तैँले त्यस्तो व्यक्ति दुष्ट छ भन्‍ने कुरा राम्ररी बुझेर पनि अझै उसलाई पश्‍चात्ताप गर्ने मौका दिन्छस् भने, के त्यो मूर्खता होइन र? यो त जाडोले कक्रिएको सर्पलाई छातीमा राखेर न्यानो बनाउनु अनि पछि यसद्वारा डसिनु जस्तै हो। मूर्खले मात्रै यस्तो मूर्खतापूर्ण काम गर्छ। मण्डलीमा, परमेश्‍वरका चुनिएका जनहरूले दुष्ट मानिसहरूलाई घृणा गर्नु सामान्य कुरा हो, किनभने दुष्ट मानिसहरूमा मानवता हुँदैन र तिनीहरूले सधैँ अनैतिक कामहरू गर्छन्। दुष्ट मानिसहरूलाई घृणा गर्नु सही मानसिकता हो। यो मानिसहरूको सामान्य मानवतामा हुनुपर्ने पाटो हो।

ल भन्, दाजुभाइ-दिदीबहिनीहरूप्रति कुनै प्रेम नभएको व्यक्ति कस्तो व्यक्ति हो? उसले किन दाजुभाइ-दिदीबहिनीहरूसँग अलिकति पनि सामान्य आपसी सम्बन्ध समेत राख्दैन? यस्तो व्यक्तिले जोसँग अन्तरक्रिया गरे पनि, यी अन्तरक्रियाहरूलाई स्वार्थ र लेनदेनसँग मात्रै जोड्छ; यदि कुनै स्वार्थ वा लेनदेनहरू संलग्‍न छैनन् भने, उसले मानिसहरूलाई वास्ता नै गर्नेछैनन्। के यस्तो व्यक्ति दुष्ट होइन र? कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन् र भावनाहरूको आधारमा मात्रै जिउँछन्; जसले तिनीहरूलाई राम्रो व्यवहार गर्छ, तिनीहरू उसैको नजिक हुन्छन्, र जसले तिनीहरूलाई सहयोग गर्छ, तिनीहरूले उसैलाई असल ठान्छन्। त्यस्ता मानिसहरूको पनि सामान्य आपसी सम्बन्ध हुँदैन। तिनीहरू भावनाहरूको आधारमा मात्रै जिउँछन्, त्यसकारण के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई निष्पक्ष र न्यायसङ्गत रूपमा व्यवहार गर्न सक्छन्? यो कदापि सम्भव छैन। त्यसकारण, दाजुभाइ-दिदीबहिनीहरूसँग, वा परमेश्‍वरमा इमानदारीका साथ विश्‍वास गर्ने मानिसहरूसँग सामान्य आपसी सम्बन्ध नभएको जोकोही विवेक र समझ नभएको व्यक्ति हो, सामान्य मानवता नभएको व्यक्ति हो, र पक्कै पनि सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन। यस्ता व्यक्तिहरू गैरविश्‍वासीहरूमध्येका सानातिना निकम्माभन्दा फरक हुँदैनन्; तिनीहरू जो आफ्ना लागि फाइदाजनक छ ऊसँग अन्तरक्रिया गर्छन् र फाइदाजनक नरहेका मानिसहरूलाई बेवास्ता गर्छन्। यसको साथै, जब तिनीहरूले कसैले सत्यता पछ्याइरहेको वा अनुभवात्मक गवाही बाँड्न सक्‍ने, सबैले आदर गर्ने र मन पराउने व्यक्तिलाई देख्छन्, तब तिनीहरूले डाहा र घृणा गर्छन् अनि सत्यता पछ्याउने यी मानिसहरूलाई आलोचना र निन्दा गर्नका लागि हतियारहरू बटुल्‍न भरमग्दुर प्रयास गर्छन्। के दुष्ट मानिसहरूले यही गर्दैनन् र? त्यस्ता मानिसहरूमा विवेक र समझको कमी हुन्छ—तिनीहरू पशुभन्दा खराब हुन्छन्। तिनीहरूले मानिसहरूलाई सही व्यवहार गर्न सक्दैनन्, तिनीहरू अरूसँग सामान्य रूपमा मिलेर बस्‍न सक्दैनन्, परमेश्‍वरका चुनिएका मानिसहरूसँग सामान्य आपसी सम्बन्ध निर्माण गर्न सक्दैनन्, र सत्यता पछ्याउनेहरूलाई घृणा समेत गर्न सक्छन्। यस्ता मानिसहरूलाई अवश्य नै हृदयमा अत्यन्तै अलग्गिएको र एक्लो महसुस हुन्छ होला, र तिनीहरू सधैँ स्वर्ग र अरू मानिसबारे गुनासो गर्छन्। तिनीहरूसँग जिउनुको के आनन्द वा अर्थ हुन्छ र? यी मानिसहरूको स्वभाव आक्रामक हुन्छ, र तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, तिनीहरूमा सानातिना मामलाहरूका कारण घृणा जाग्न सक्छ, तिनीहरूले उसलाई दोष दिन र बदला लिन, साथै उसको जीवनमा विपत्ति ल्याउन सक्छन्। त्यस्ता दुष्ट व्यक्तिहरू पूर्ण रूपमा दियाबलसहरू हुन्, जसले आफू रहुञ्जेल हरेक दिन मण्डलीमा विपत्ति ल्याउँछन्। यदि तिनीहरू लामो समयसम्म बसे भने, विपत्तिहरूको अन्त्य नै हुनेछैन। तिनीहरूलाई मण्डलीबाट हटाएर मात्रै विपत्तिहरू रोक्न सकिन्छ। यसको साथै, बाहिरबाट सभ्य देखिने तर फाइदाहरू प्राप्त गर्न विशेष रुचि राख्‍ने मानिसहरू पनि हुन्छन्। त्यसकारण, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि फाइदाहरू खोज्‍नकै लागि गरिएको हुन्छ। यदि तिनीहरूले केही समयदेखि कुनै अनुचित फाइदा लिन पाएका छैनन् भने, तिनीहरूको अनुहार अँध्यारो हुन्छ, मानौँ कसैले तिनीहरूलाई धेरै ऋण तिर्नै बाँकी छ। तिनीहरूको चिढिएको र निराश अनुहार देख्‍ने जोकोही व्यक्ति तुरुन्तै भावनात्मक रूपमा प्रभावित हुन्छ। तिमीहरूलाई के लाग्छ, यदि यस्तो अनुहार मण्डली जीवनमा देखा पर्‍यो भने, यसले कस्तो प्रभाव ल्याउला? परमेश्‍वरका चुनिएका धेरैजसो मानिसहरूलाई यो देख्दा अवश्य नै अप्ठ्यारो लाग्छ, र परमेश्‍वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने तिनीहरूको काममा विभिन्‍न हदसम्म बाधा र असर पर्छ। विशेषगरी साँचो मार्गमा जरा नगाडेका मानिसहरूको हकमा, मण्डली जीवनमा निरन्तर यस्तो उदास अनुहार देख्दा यसले तिनीहरूलाई सहजै असर पार्छ! मण्डलीमा हँसिलो व्यक्तित्व भएका, सरल र खुलस्त बोल्ने, र शान्ति र आनन्दले भरिपूर्ण हृदय भएका, र स्वतन्त्र र मुक्त आत्मा भएका मानिसहरू बढी हुनुपर्छ। यसले मण्डली जीवन आनन्दित बनाउनेछ। सधैँ उदास हुने ती अमिलोमुखेहरूले भेलाहरूमा आउनुपहिले घरमा परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ र आफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ। यो तरिकाले तिनीहरू राम्रो मुडमा हुनेछन्, र तिनीहरूले भेलाबाट केही कुरा प्राप्त गर्नेछन्। यसको साथै, यसले अरूलाई पनि फाइदा पुर्‍याउनेछ; कम्तीमा पनि, तिनीहरूलाई कुनै बाधा हुनेछैन। परमेश्‍वरका चुनिएका मानिसहरूले सामान्य मण्डली जीवन जिउन सक्छन् भन्‍ने कुरा सुनिश्‍चित गर्नको लागि, अगुवाहरू र कामदारहरूले समस्याहरू सुल्झाउन सत्यता सङ्गति गर्न सिक्‍नुपर्छ। यदि कुनै व्यक्ति उदास अनुहार लिएर भेलामा आउँछ भने, अगुवाहरू र कामदारहरूले अघि बढेर उसलाई सोध्नुपर्छ, “के तपाईंलाई मद्दत चाहिन्छ?” प्रेमसाथ अरूलाई सक्रिय रूपमा सहयोग गर्नु भनेको यही हो। यदि अगुवाहरू र कामदारहरूले कसैकसैमा समस्यामा छ भनेर देख्छन् तर बेवास्ता गरेर ती “अमिलोमुखेहरू” को दिन उज्यालो बनाउन सत्यता सङ्गति नगरी तिनीहरूबाट टाढा बस्‍ने र तर्किने गर्छन् भने, तिनीहरूले वास्तविक काम गरिरहेका हुँदैनन्। मण्डलीको काम प्रभावकारी रूपमा गर्नको लागि, अगुवाहरू र कामदारहरूले सर्वप्रथम परमेश्‍वरका चुनिएका मानिसहरूको विश्‍वासपात्र बन्‍न सिक्‍नुपर्छ, अर्थात् गैरविश्‍वासीहरूले भन्‍ने गरेको दयालु सरकारी अधिकारीजस्तो व्यक्ति बन्‍नुपर्छ। कति मानिसहरू त यस्तो भूमिका खेल्न अनिच्छुक हुन्छन्, र सधैँ दर्शक बन्‍न रुचाउँछन्—तिनीहरूले कसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई यसरी राम्रो मण्डली जीवन जिउन अगुवाइ गर्न सक्छन्? वास्तवमा, कसैको हृदयमा समस्याहरू छन् कि छैनन् भन्‍ने कुरा केही हदसम्म उसको अनुहारको भावबाट देख्‍न सकिन्छ। यदि कसैको अनुहार सधैँ अँध्यारो छ भने, यसको अर्थ पक्कै पनि उसको हृदय अँध्यारो छ र त्यसमा अलिकति पनि ज्योति छैन भन्‍ने हुन्छ। यदि तिनीहरू दिनभरि सही र गलतको विवादमा डुब्छन् भने, के तिनीहरूको अनुहारमा अझै पनि मुस्कान देख्‍न सकिन्छ र? यी मानिसहरूको अनुहार सधैँ अँध्यारो बादलले ढाकिएको हुन्छ, जसमा अलिकति पनि उज्यालो हुँदैन, अनि यसले तिनीहरूको कर्तव्यनिर्वाहमा पनि असर पुर्‍याउँछ। यदि अगुवाहरू र कामदारहरूले यो समस्या सम्बोधन र समाधान गर्न ढिलो गरे, जसले गर्दा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले निरन्तर बाधा र अकल्पनीय कष्ट भोग्‍नुपर्‍यो भने, यसले यो प्रमाणित गर्छ कि यी अगुवाहरू र कामदारहरूले वास्तविक काम गर्न असमर्थ, सत्यताद्वारा समस्याहरू समाधान गर्न नसक्‍ने, र पूर्ण रूपमा काम नलाग्‍ने छन्। यदि अगुवाहरू र कामदारहरूले सत्यता बुझ्छन् र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरू पहिचान गर्न सक्छन्, र समयमै साथ र सहयोग प्रदान गर्न सक्छन्, र यसरी मानिसहरूका समस्याहरू समाधान गर्न मात्र नभई, मानिसहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न र कर्तव्य पूरा गर्नसमेत मद्दत गर्न सक्छन् भने, तिनीहरूको कर्तव्यनिर्वाह र मामलाहरू सम्हाल्ने कार्य प्रभावकारी हुनेछ, र मण्डलीको काममा असर हुनेछैन। यदि अगुवाहरू र कामदारहरूले तुरुन्तै समस्याहरू पहिचान र समाधान गर्न सक्दैनन् भने, यसले मण्डलीको काममा असर गर्छ। यदि अगुवाहरू र कामदारहरूले समस्याहरू पहिचान र समाधान गर्न नसकेर मण्डलीको काममा हानि हुन्छ र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा हुन्छ भने, के तिनीहरूले परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूलाई निराश तुल्याएका हुँदैनन् र? के मामलाहरू सम्हाल्ने तिनीहरूको कार्यप्रक्रियामा सिद्धान्तहरूको कमी हुँदैन र? समस्याहरूको सार देखेपछि तुरुन्तै र बिनाहिचकिचाहट तिनलाई सम्हाल्नु—यही नै जिम्मेवारी पूरा गर्नु र बफादार हुनु हो, र यही नै मापदण्डअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु हो।

आजको सङ्गतिको विषय छैटौं समस्या, अर्थात् अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु भन्‍ने हो। मण्डली जीवनमा देखा पर्ने यस्ता समस्याहरू मूलभूत रूपमा यी हुन्: विपरीतलिङ्गी व्यक्तिहरूबीचको अनुचित सम्बन्ध, समलिङ्गी सम्बन्ध, निहित स्वार्थहरूको सम्बन्ध, र व्यक्तिहरूबीचको घृणा। चाहे देहगत वासना भए नि, वा चाहे देहगत स्वार्थहरूमा आधारित सम्बन्ध, वा देहका भावनात्मक बन्धनहरूमा आधारित सम्बन्धहरू भए नि, यी सबै अनुचित सम्बन्धहरूकै वर्गमा पर्छन्, किनभने ती सामान्य मानवताको विवेक र समझको क्षेत्रभन्दा बाहिर जान्छन्। यी अनुचित सम्बन्धहरूको अस्तित्वले मानिसहरूलाई निश्‍चित हदसम्म बाधा दिन सक्छन्। अझै गम्भीर रूपमा भन्दा, यी कुराहरूले मानिसहरूको जीवन प्रवेश, सत्यता पछ्याइ, र परमेश्‍वर चिन्‍ने पछ्याइमा बाधा दिन सक्छन्। यी विभिन्‍न प्रकारका अनुचित सम्बन्धहरू विवेक वा समझबाट आउँदैनन्, र यी सम्बन्धहरू सामान्य मानवताको विपरीत हुन्छन्। मानिसहरू यी असामान्य सम्बन्धहरूमा जिउँदा सत्यता स्विकार्न र अभ्यास गर्न गाह्रो हुन्छ, र यसले तिनीहरूलाई मण्डली जीवन जिउन र जीवन वृद्धि पछ्याउनमा बाधा दिन्छ, र साथै यसले मण्डली जीवनको सुव्यवस्थामा पनि बाधा दिन्छ। यो परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानिकारक हुन्छ र यसले मण्डलीको काममा पनि हानि गर्न सक्छ। यो सबै कुराको कारण, अगुवाहरू र कामदारहरूले यी समस्याहरू तुरुन्तै पहिचान गर्नु र सम्हाल्नु अत्यावश्यक हुन्छ।

अनुचित सम्बन्धहरूको हकमा भन्‍नुपर्दा, हामीले पहिले नै फरकफरक परिस्थितिहरू सूचीबद्ध र वर्गीकरण गरिसकेका छौं। के तिमीहरूले समझ अभ्यास गर्ने केही उदाहरणहरू दिन सक्छौ? समझ पाउन सिक्‍नुको उद्देश्य के हो? यो तिमीहरूलाई मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको सार चिन्‍न र परिभाषित गर्न सक्षम तुल्याउनु, ताकि तिमीहरूले सही मूल्याङ्कन गर्न, अनि सिद्धान्तहरूअनुसार तिनलाई व्यवहार गर्न सक भन्‍ने हो। अन्तिम परिणाम यही हो। के कसैले यसो भनेको छ, “तपाईं दिनभरि सही र गलत भन्‍ने यी कुराहरूबारे, यी दैनिक मामलाहरूबारे कुरा गर्नुहुन्छ—हामी अब यी कुरा सुन्न चाहँदैनौँ; हामी अबदेखि भेलाहरूमा समेत आउन चाहँदैनौँ। के तपाईंले सत्यता सङ्गति गरिरहनुपर्ने होइन र? किन सधैँ यी परिस्थितिहरूबारे कुरा गर्नुहुन्छ?” के तिमीहरूले त्यस्ता मानिसहरू देखेका छौ? तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? (आत्मिक बुझाइ नभएका मानिसहरू।) हामीले यसरी सङ्गति गर्छौं, तैपनि तिनीहरूले अझै पनि सत्यता बुझ्न सक्दैनन्—तिनीहरूसँग सामान्य व्यक्तिको बुद्धि हुँदैन; त्यस्ता मानिसहरू पूर्ण रूपमा काम नलाग्‍ने हुन्छन्। के मानवको जस्तो बुद्धि नै नभएको व्यक्तिलाई अझै पनि प्रवचन सुनाइरहने त? सायद तिनीहरूले यस्तो प्रस्ताव गर्छन्: “भेलाहरूमा सधैँ सत्यता सङ्गति गर्ने, सधैँ सत्यता अभ्यास गर्नेजस्ता कुराहरूबारे कुराकानी गर्ने गरिन्छ—मलाई यस्तो कुरा सुनेर दिक्‍क लागिसक्यो। म अबदेखि भेलाहरूमा आउन चाहन्नँ।” यदि तिनीहरूले साँच्‍चै नै यस्तो दृष्टिकोण राख्छन् भने, तिनीहरू सत्यताप्रति वितृष्ण मानिसहरू हुन्। त्यस्ता मानिसहरूको हकमा, परमेश्‍वरको घरले तिनीहरूको सहभागितामा जोड दिँदैन; तिनीहरूलाई तुरुन्तै बिदा गर। यदि तिनीहरू आफै भेलाहरूमा आउन अनिच्छुक हुन्छन्, र तिनीहरूसँग छलफल गरिएको कुरा स्वीकार गर्दैनन् भने, हामी जोड गर्दैनौँ—हामी तिनीहरूलाई बाधा दिन खोजिरहेका छैनौँ। यस्ता मानिसहरूले जीवनभर परमेश्‍वरमा विश्‍वास गरे नि सत्यता बुझ्नेछैनन् र तिनीहरू वास्तविकतामा प्रवेश गर्नेछैनन्; यो त मेहनत खेर फाल्नु हो। यदि तिनीहरूलाई धर्मशास्‍त्रीय ज्ञान सुन्न मन पर्छ भने, तिनीहरूलाई धर्मशास्‍त्रीय ज्ञान अध्ययन गर्न जान देओ; एकदिन, जब तिनीहरूले जीवनको रूपमा सत्यता प्राप्त गर्दैनन्, तब तिनीहरूले यो कुराको पछुतो गर्नेछन्।

मे २९, २०२१

अघिल्लो: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१३)

अर्को: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्