९. बारम्बार नकारात्मक हुने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

“नकारात्मकता” भन्‍ने शब्दको अर्थबाट हेर्दा, जब व्यक्ति नकारात्मक बन्छ, तब उसको मनस्थिति अत्यन्तै नीचो स्थितिमा पुग्छ र ऊ खराब मनस्थितिमा प्रवेश गर्छ। उसको मनस्थिति नकारात्मक तत्वहरूले भरिएको हुन्छ, उसमा सक्रिय रूपमा प्रगति गर्ने र अघि बढ्ने मनोवृत्ति हुँदैन, र उसमा सकारात्मक, सक्रिय सहकार्य र खोजीको कमी हुन्छ; यति मात्र होइन, उसले कुनै पनि स्वेच्छिक समर्पण देखाउँदैन, बरु अत्यन्तै निराश मनस्थिति देखाउँछ। निराश मनस्थितिले के प्रतिनिधित्व गर्छ? के यसले मानवताको सकारात्मक पक्षहरू प्रतिनिधित्व गर्छ? के यसले विवेक र समझ हुनुको प्रतिनिधित्व गर्छ? के यसले मर्यादासाथ जिउनु, मानवताको मर्यादामा रहेर जिउनुको प्रतिनिधित्व गर्छ? (गर्दैन।) यदि यसले यी सकारात्मक कुराहरू प्रतिनिधित्व गर्दैन भने, के प्रतिनिधित्व गर्छ? के यसले परमेश्‍वरमाथिको साँचो विश्‍वासको कमी, साथै सत्यता पछ्याउने र सक्रिय रूपमा प्रगति गर्ने दृढता र सङ्कल्पको कमी प्रतिनिधित्व गर्न सक्छ? के यसले व्यक्तिको वर्तमान परिस्थिति र कठिनाइहरूप्रतिको दह्रिलो असन्तुष्टि र ती बुझ्ने कठिनाइ, अनि वर्तमानका तथ्यहरू स्विकार्ने उसको अनिच्छालाई प्रतिनिधित्व गर्न सक्छ? के यसले व्यक्तिको हृदय अनाज्ञाकारिता, अवज्ञा गर्ने इच्छा, र वर्तमान परिस्थितिबाट उम्कने र यसलाई परिवर्तन गर्ने इच्छाले भरिएको अवस्था प्रतिनिधित्व गर्न सक्छ? (सक्छ।) वर्तमान परिस्थितिलाई नकारात्मकताद्वारा सामना गर्दा मानिसहरूले देखाउने स्थितिहरू यिनै हुन्। छोटकरीमा भन्दा, जे भए पनि, जब मानिसहरू नकारात्मक हुन्छन्, तब वर्तमान परिस्थिति र परमेश्‍वरले बन्दोबस्त गरेको कुराप्रतिको तिनीहरूको असन्तुष्टी तिनीहरूसँग केवल गलतफहमीहरू हुनु, नबुझ्नु, बोध नहुनु, वा अनुभव गर्न नसक्नुजस्तो सरल कुरा हुँदैन। बोध नहुनु भनेको क्षमता वा समयसँग सम्‍बन्धित कुरा हुन सक्छ, जुन मानवताको सामान्य प्रकटीकरण हो। अनुभव गर्न नसक्नुको पनि केही वस्तुगत कारणहरू हुन सक्छ, तर यी कुराहरूलाई नकारात्मक र प्रतिकूल कुराहरू मानिँदैन। कति मानिसहरूले त अनुभव गर्न पनि सक्दैनन्, तर तिनीहरूले आफूले नबुझ्ने वा नदेख्ने कुराहरू, वा आफूले बोध गर्न वा अनुभव गर्न नसक्‍ने कुराहरू सामना गर्दा, परमेश्‍वरलाई प्रार्थना गर्नेछन् र उहाँका चाहनाहरू खोजी गगर्नेछन्, परमेश्‍वरको अन्तर्दृष्टि र ज्योतिको प्रतीक्षा गर्छन्, र सक्रिय रूपमा अरू सँग खोजी र सङ्गति गर्छन्। तैपनि, कति मानिसहरू भने फरक हुन्छन्; तिनीहरूसँग अभ्यासका यी मार्गहरू हुँदैनन्, न त तिनीहरूसँग त्यस्तो मनोवृत्ति नै हुन्छ। प्रतीक्षा गर्नु, खोजी गर्नु, वा सङ्गति गर्न कसैलाई भेट्‍नुको सट्टा, तिनीहरूले आफ्नो हृदयमा गलतफहमीहरू विकास गर्छन्, र आफूले सामना गरेका घटना र परिस्थितिहरू आफ्ना इच्छा, रुचि, वा कल्पनाहरूसँग मिल्दैनन् भन्‍ने अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा अनाज्ञाकारिता, असन्तुष्टि, प्रतिरोध, गुनासो, अवज्ञा, होहल्ला, र अरू त्यस्तै प्रतिकूल कुराहरू पैदा हुन्छन्। यी प्रतिकूल कुराहरू पैदा भइसकेपछि, तिनीहरूले यी कुराहरूबारे धेरै विचार गर्दैनन्, न त तिनीहरू आफ्नो स्थिति र भ्रष्टताको ज्ञान प्राप्त गर्न प्रार्थना र मनन गर्न परमेश्‍वरअघि नै आउँछन्। तिनीहरूले परमेश्‍वरका चाहनाहरू खोजी गर्न परमेश्‍वरका वचनहरू पढ्ने वा समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्ने गर्दैनन्, झन् अरूसँग खोजी र सङ्गति गर्नु त धेरै परको कुरा हो। बरु यसको साटो, तिनीहरूले आफूले विश्‍वास गरेको कुरा सही र सटीक छ भनेर जिद्दी गर्छन्, र हृदयमा अनाज्ञाकारिता र असन्तुष्टि बोकेर, नकारात्मक र प्रतिकूल संवेगहरूमा फसेर बस्छन्। यी संवेगहरूमा फसेपछि, तिनीहरूले यी कुराहरू एकदुई दिनसम्म त थुनेर राख्‍न र सहन सक्छन्, तर लामो अवधिमा तिनीहरूको विचारमा धेरै कुराहरू पैदा हुन्छन्, जसमा मानव धारणा र कल्पनाहरू, मानव नैतिकता र सदाचार, मानव संस्कृति, परम्परा, र ज्ञान, आदि इत्यादि कुराहरू पर्छन्। तिनीहरूले यी कुराहरू आफूले सामना गर्ने समस्याहरू मापन गर्न, हिसाब गर्न, र बुझ्नको लागि प्रयोग गर्छन्, र तिनीहरू पूर्ण रूपमा शैतानको जालमा फसेका हुन्छन्, जसले गर्दा असन्तुष्टि र अनाज्ञाकारिताका विभिन्‍न स्थितिहरू पैदा हुन्छन्। त्यसपछि यी भ्रष्ट स्थितिहरूबाट विभिन्‍न गलत विचार र दृष्टिकोणहरू पैदा हुन्छन्, र त्यसउप्रान्त तिनीहरूको हृदयमा यी नकारात्मक कुराहरू नियन्त्रण गर्न सकिँदैन। अनि तिनीहरूले यी कुराहरू पोखाउने र व्यक्त गर्ने अवसरहरू खोज्छन्। जब तिनीहरूको हृदय नकारात्मकताले भरिएको हुन्छ, तब के तिनीहरूले यसो भन्छन् त, “म भित्री रूपमा नकारात्मक कुराहरूले भरिएको छु; अरूलाई हानि गर्नबाट जोगिन मैले लापरवाही कुरा गर्नु हुँदैन। यदि मलाई बोल्न मन लाग्यो र मैले यो कुरा नियन्त्रण गर्न सकिनँ भने, म पर्खालसँग बोल्छु, वा मानव बोली नबुझ्ने कुनै कुरासँग कुरा गर्छु”? के तिनीहरू यसो गर्न सक्‍ने गरी दयालु हुन्छन् त? (हुँदैनन्।) त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरू तिनीहरूका नकारात्मक दृष्टिकोण, टिप्पणी, र संवेग स्विकार्ने श्रोताहरू भेट्टाउने मौका खोज्छन्, र यसलाई प्रयोग गरेर आफ्नो हृदयबाट असन्तुष्टि, अनाज्ञाकारित, र रोषजस्ता विभिन्‍न नकारात्मक भावनाहरू पोखाउँछन्। तिनीहरू के विश्‍वास गर्छन् भने, मण्डली जीवन अवधि नै यस्तो कुरा पोखाउने सबैभन्दा राम्रो समय हो, र यही नै आफ्नो नकारात्मकता, असन्तुष्टि, र अनाज्ञाकारिता पोखाउने राम्रो अवसर हो, किनभने त्यहाँ सुन्‍नेहरू धेरै हुन्छन् र तिनीहरूका बोलीवचनले अरूलाई नकारात्मक बन्‍न प्रभाव पार्न सक्छन् र मण्डलीका काममा प्रतिकूल परिणामहरू ल्याउन सक्छन्। नकारात्मकता व्यक्त गर्नेहरू अवश्य नै पर्दापछाडि बस्‍नसमेत सक्दैनन्; तिनीहरू सधैँ आफ्नो नकारात्मक बोली पोखाइरहन्छन्। जब तिनीहरूको कुरा सुन्‍नेहरू थोरै हुन्छन्, तिनीहरूलाई यो रोमाञ्चक लाग्दैन, तर जब सबै जना भेला हुन्छन्, तब तिनीहरू धेरै ऊर्जाशील हुन्छन्। नकारात्मकता पोखाउने मानिसहरूको संवेग, स्थिति, र अरू पक्षहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूको उद्देश्य मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह वा उहाँको विरोध नगरून् बरु उहाँप्रति समर्पित होऊन् भनेर तिनीहरूलाई सत्यता बुझ्न, सत्य के हो भनेर हेर्न, परमेश्‍वरबारेका गलतफहमी वा शङ्काहरू हटाउन, आफूलाईर आफ्नो भ्रष्ट सारलाई चिन्न, वा आफ्नो विद्रोहीपन र भ्रष्टताका समस्याहरू समाधान गर्न मद्दत गर्नु होइन। तिनीहरूको उद्देश्य त आधारभूत रूपमा दुई पाटोका हुन्छन्: एक हिसाबमा, तिनीहरू आफ्ना संवेगहरू पोखाउन नकारात्मकता व्यक्त गर्छन्; अर्का हिसाबमा, तिनीहरूले अझै धेरै मानिसहरूलाई नकारात्मकतामा डोर्‍याउने, अनि तिनीहरूलाई आफूसँगै परमेश्‍वरविरुद्ध विरोध गर्न र गुनासो गर्न पासोमा पार्ने उद्देश्य राख्छन्। त्यसकारण, मण्डली जीवनभित्र नकारात्मकता पोखाउने कार्यलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, निराशा, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो घमण्ड, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सक्रिय तत्वहरू कमैमात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्‍याउनेछन्। ती नकारात्मक स्थितिहरू दबाउन मानिसहरू सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले पूर्ण रूपले ती नकारात्मक र प्रतिकूल कुराहरू चिन्‍न सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्। तँभित्रै अत्यन्तै धैरै नकारात्मक र प्रतिकूल चीजहरू छन्, र ती चीजहरूले तेरो हृदय भरिएको छ, त्यसैले तँ बारम्बार नकारात्मक, आत्मिक रूपमा उदास हुन्छस्, र तँ परमेश्‍वरबाट झन्झन् टाढा हुन्छस्, अनि झन्झन् कमजोर बन्छस्। यदि तँ पवित्र आत्माको अन्तर्दृष्टि र काम प्राप्त गर्न सक्दैनस् भने, तँ यी स्थितिहरूबाट उम्कन सक्नेछैनस्, र तेरो नकारात्मक स्थिति परिवर्तन हुनेछैन, किनकि यदि पवित्र आत्मा तँमा काम गर्दै हुनुहुन्न भने, तैँले मार्ग भेट्टाउन सक्दैनस्। यी दुई कारणहरूले गर्दा, तँलाई आफ्नो नकारात्मक स्थिति त्यागेर सामान्य स्थितिमा प्रवेश गर्न निकै कठिन हुन्छ। हुन त, अहिले आफ्नो कर्तव्य निभाउँदा, तँ कठिनाइ भोग्छस्, कडा मेहनत गर्छस्, धेरै प्रयास गर्छस्, र तँ आफ्नो परिवार र जीवनवृति छोड्न र सबथोक त्याग्न पनि सक्षम छस्, तर तँभित्रका नकारात्मक स्थितिहरू साँच्चिकै रूपान्तरित भएका छैनन्। तिमीहरूलाई सत्यता पछ्याउन र अभ्यास गर्नमा बाधा पार्ने अत्यन्तै धेरै उल्झनहरू छन्, जस्तै तिमीहरूका धारणा, कल्पना, ज्ञान, संसारसँग व्यवहार गर्ने दर्शन, स्वार्थी चाहना, र भ्रष्ट स्वभावहरू। यी प्रतिकूल चीजहरूले तिमीहरूको हृदय भरिएको छ। तिमीहरू सानै भए पनि, तिमीहरूका सोचहरू अति जटिल छन्। तिमीहरू मेरो प्रत्येक वचन र भाव नियाल्छौ र अध्ययन गर्छौ, अनि तीबारे अनन्त रूपले धेरै सोच्छौ। किन यस्तो गर्छौ? तिमीहरू धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छौ, तर मैले अहिलेसम्म तिमीहरूमा कुनै प्रगति वा परिवर्तन देखेको छैनँ। मानिसहरूको हृदय शैतानी कुराहरूले पूरै ओगटिएको हुन्छ। सबैले यो प्रष्ट देख्न सक्छन्। यदि तँ यी कुराहरू फाल्दैनस्, यदि यी नकारात्मक स्थितिहरू त्याग्न सक्दैनस् भने, तँ बालकको रूपमा जीवन्त, प्रेमिलो, निर्दोष, सरल, सत्यवान्‌, र शुद्ध तरिकाले परमेश्‍वरसामु आउन सक्षम हुनेछैनस्। त्यसपछि, तँलाई पवित्र आत्माको काम वा सत्यता प्राप्त गर्न कठिन हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्विकार्नुपहिले, तिनीहरूले थुप्रै धारणा र गलत सोचहरूका साथै केही नकारात्मक स्थितिहरू विकास गर्नेछन्। सबैभन्दा व्याप्त नकारात्मक स्थिति यस्तो हुन्छ, “मैले आफूलाई परमेश्‍वरप्रति अर्पित गरेको छु र आफ्ना कर्तव्यहरू निर्वाह गरेको छु; म सबै कुराहरूमा परमेश्‍वरद्वारा सुरक्षित र आशिषित हुनुपर्ने हो। तर मलाई किन विपत्तिहरू आइपरेका हुन्?” यो सबैभन्दा व्याप्त स्थिति हो। अर्को प्रकारको स्थिति पनि छ: अरू मानिसहरू राम्रा अवस्थामा जिइरहेका र रमाइरहेका देखेपछि, र आफू कठिनाइ र गरिबीमा जिइरहेको पाउँदा, तिनीहरूले परमेश्‍वर अधर्मी भइरहनुभएको छ भनी उहाँबारे गुनासो गर्छन्। अरूले कर्तव्यपालन गरेर राम्रा नतिजा हासिल गरेको देखेपछि, तिनीहरू डाही र नकारात्मक बन्‍न पनि सक्छन्। तिनीहरू अरूका परिवारहरू सौहार्दपूर्ण र मिलेर बस्दा, आफूमा भन्दा अरूमा उच्च क्षमता हुँदा, आफ्नो कर्तव्यपालनले थकित तुल्याउँदा, वा कुनै कुरा आफूले चाहेजस्तो नहुँदा पनि नकारात्मक बन्छन्। छोटकरीमा भन्‍नुपर्दा, आफ्ना धारणा र कल्पनासँग नमिल्ने जस्तोसुकै परिस्थितिमा तिनीहरू नकारात्मक बन्छन्। यदि यस्ता व्यक्तिमा केही क्षमता छ र तिनीहरूले सत्यता स्विकार्न सक्छ भने, तिनीहरूलाई मद्दत गर्नुपर्छ। यदि तिनीहरूले सत्यता बुझ्छन् भने, नकारात्मकतासम्बन्धी तिनीहरूको मुख्य समस्या सजिलै समाधान गर्न सकिन्छ। यदि तिनीहरू सत्यता खोज्दैनन् र नकारात्मक नै रहन्छन्, सधैँ परमेश्‍वरबारे धारणाहरू बोक्छन् भने, परमेश्‍वरले तिनीहरूलाई पन्छाउनु र बेवास्ता गर्नुहुन्छ, किनभने पवित्र आत्माले व्यर्थ काम गर्नुहुन्न। यस्ता मानिसहरू अति हठी हुन्छन्, सत्यता स्विकार्दैनन्, सधैँ परमेश्‍वरबारे धारणाहरू बनाउँछन्, र सधैँ तिनीहरूका आफ्नै मागहरू हुने गर्छन्; यो समझको अत्यन्तै कमी हुनु हो र यसले तिनीहरूलाई केही हदसम्म अबुझ बनाउँछ। तिनीहरू सत्यता बुझ्न सक्छन् तर सत्यता स्विकार्दैनन्। के यो जानाजान अपराध गर्नु होइन र? त्यसैले, परमेश्‍वर तिनीहरूलाई वास्तै गर्नुहुन्न। कतिपय मानिसहरू भन्छन्: “म प्रायजसो नकारात्मक हुन्छु, र परमेश्‍वरले मलाई बेवास्ता गर्नुहुन्छ। यसको अर्थ परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्न!” यो निरर्थक अभिव्यक्ति हो। के तँलाई परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ, थाहा छ? के तँलाई परमेश्‍वरको प्रेम कसरी प्रकट हुन्छ, थाहा छ? के तँलाई परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्न र कसलाई अनुशासनमा राख्नुहुन्छ, थाहा छ? परमेश्‍वरको प्रेमका सिद्धान्तहरू छन्; यो मान्छेले कल्पना गरेजस्तो निरन्तर मानिसहरूलाई सहने, तिनीहरूलाई कृपा र अनुग्रह देखाउने, जोकसैलाई मुक्ति दिने, जे पाप गरे पनि सबैलाई क्षमा गर्ने, र अन्त्यमा कसैलाई नछाडी सबैलाई परमेश्‍वरको राज्यमा ल्याउने भन्‍ने होइन। के यी मानिसहरूका धारणा र कल्पना मात्र होइनन् र? यदि त्यसो हुँदो हो भने, परमेश्‍वरले न्यायको काम गर्न आवश्यक नै हुँदैनथ्यो। प्रायजसो नकारात्मक हुने मानिसहरूप्रति व्यवहार गर्ने परमेश्‍वरका सिद्धान्तहरू छन्। जब मानिसहरू निरन्तर रूपमा नकारात्मक हुन्छन्, यसमा एउटा समस्या हुन्छ। परमेश्‍वरले धेरै कुरा भन्नुभएको छ, धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र यदि कुनै व्यक्तिले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ भने, परमेश्‍वरका वचनहरू पढेर सत्यता बुझेपछि, ऊभित्रका नकारात्मक कुराहरू घट्दै जानेछन्। यदि मानिसहरू सधैँ नकारात्मक हुन्छन् भने, यो निश्‍चित छ कि तिनीहरूले सत्यता बिलकुलै स्विकार्दैनन्, र आफ्ना धारणासँग नमिल्ने कुरा सामना गर्नेबित्तिकै तिनीहरू नकारात्मक बन्नेछन्। अनि, तिनीहरू किन परमेश्‍वरका वचनहरूमा सत्यता खोज्दैनन्? तिनीहरू किन सत्यता स्विकार्दैनन्? त्यो पक्कै पनि तिनीहरूसित परमेश्‍वरबारे धारणा र गलत बुझाइहरू भएर हो, र साथै तिनीहरू कहिल्यै सत्यता नखोजेर हो। त्यसोभए के तिनीहरूले सत्यतालाई यस तरिकाले हेर्दा पनि, परमेश्‍वरले तिनीहरूप्रति ध्यान दिनुहुनेछ त? के यस्ता मानिसहरू अबुझ हुँदैनन् र? अबुझ मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई त्याग्नुहुन्छ र बेवास्ता गर्नुहुन्छ। तँलाई जसरी इच्छा लाग्छ त्यसरी विश्‍वास गर्; तैँले विश्‍वास गर्नु नगर्नु तेरो कुरा हो; यदि तँ साँच्चिकै विश्‍वास गर्छस् र सत्यता पछ्याउँछस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। परमेश्‍वरले हरव्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ। यदि तँसित सत्यता स्विकार्ने मनोवृत्ति छैन, समर्पणताको मनोवृत्ति छैन, र तँ परमेश्‍वरका मापदण्डहरू पूरा गर्ने प्रयत्न गर्दैनस् भने, तैँले जसरी इच्छा लाग्छ त्यसरी विश्‍वास गर्न सक्छस्; साथै, यदि तँ निस्कन चाहन्छस् भने, तुरुन्तै निस्कन सक्छस्। यदि तँलाई कर्तव्यपालन गर्ने इच्छा छैन भने, परमेश्‍वरको घरले तँलाई बाध्य गराउनेछैन; तँ जहाँ मन लाग्छ त्यहाँ जान सक्छस्। परमेश्‍वरले यस्ता मानिसहरूलाई बस् भन्‍नुहुन्न। यो उहाँको मनोवृत्ति हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्‍वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्‍वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यता पछ्याउन अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले सत्यता त्यागेका हुन्छन्, र उप्रान्त परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न भनेर विश्‍वास गर्छन्। के यो परमेश्‍वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख! परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्‍वरले तँलाई हटाउनुहुनेछ्, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” एकपटक शैतान सफल भएपछि, परिणामहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खर्नु हुँदैन। जीवन वृद्धिको प्रक्रिया र मानव मुक्तिको दौरान, मानिसहरूले कहिलेकाहीँ गलत मार्ग लिन, विचलित बन्‍न, वा कहिलेकाहीँ जीवनको अपरिपक्व स्थिति र व्यवहारहरू प्रदर्शन गर्न सक्छन्। तिनीहरू कहिलेकाहीँ कमजोर र नकारात्मक हुन सक्छन्, र कहिलेकाहीँ तिनीहरूले गलत कुराहरू बोल्‍न, ठोकर खान, वा असफलता भोग्‍न सक्छन्। यो सबै नै परमेश्‍वरको नजरमा सामान्य हुन्छ। यो कुराको कारण उहाँ तिनीहरूसँग द्वेष राख्नुहुन्न। केही मानिसहरू आफ्नो भ्रष्टता अति गहन छ, र आफूले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट गर्न सक्दिनँ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू दुःखी महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्‍कै यस्तो पश्‍चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्‍वरको मुक्ति जरुरी छैन भनेर विश्‍वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्‍ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्‍वरले मुक्ति दिनुहुन्न। मैले तिमीहरूलाई भनिरहेको यो कुरापछाडि के अर्थ छ? जसले बुझ्छ, बोल। (आफ्नो भ्रष्टताको प्रकटीकरण उचित रूपमा सम्हाल्न, सत्यता अभ्यासमा ध्यान देऊ, अनि तिमीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछौ। यदि तिमीहरूले निरन्तर परमेश्‍वरलाई गलत बुझ्यौ भने, तिमीहरू सजिलै निराश हुनेछौ।) तँमा विश्‍वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाए पनि र असफल भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति हासिल गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा ठोकर सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्‍वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्‍वरबाट मुक्ति पाउन योग्य छैनस् भन्‍ने महसुस गर्छस् भने, वा यदि तँ परमेश्‍वरले घृणा गर्नुहुने वा उहाँ असन्तुष्ट हुनुहुने स्थितिमा हुन्छस् भने, वा कहिलेकाहीं तँ खराब व्यवहार गर्छस्, र परमेश्‍वरले तँलाई स्विकार्नुहुन्न, वा तिरस्कार गर्नुहुन्छ भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्‍चात्ताप गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अवसर दिनुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

तैँले जुनसुकै समस्याहरू सामना गरे पनि, यदि तँ नकारात्मक र कमजोर हुन्छस्, तँसँग कुनै गवाही छैन, र तैँले आफूले गर्नुपर्ने काममा र सहकार्य गर्नुपर्ने कुराहरूमा सहकार्य गर्दैनस् भने, यसले तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भन्‍ने प्रमाणित गर्छ। पवित्र आत्‍माको कामले मानिसहरूलाई कसरी प्रभावित गर्छ भन्‍ने कुरा नगरौँ, तर धेरै वर्ष परमेश्‍वरको काम अनुभव गरेर, धेरै सत्यताहरू सुनेर, थोरबहुत विवेक राखेर, अनि आत्मसंयम अपनाएर मात्रै पनि, मानिसहरूले कम्तीमा न्यूनतम मापदण्डहरू पूरा गर्न र आफ्‍नो विवेकको दोषी नहुन सक्‍नुपर्छ। मानिसहरू अहिले जस्तो भावशून्य र कमजोर हुनु हुँदैन, र तिनीहरू यस्तो अवस्थामा हुनु पूर्णतया अशोचनीय कुरा हो। सायद तिमीहरूले केही वर्षदेखि कुनै पनि सत्यता खोजी नगरी वा कुनै पनि प्रगति गर्दै नगरी बेहोसीमा बिताएका छौ। यदि यस्तो होइन भने, तिमीहरू कसरी अझै पनि यति भावशून्य र सुस्त हुन सक्यौ? तिमीहरू आफ्‍नै पूर्ण रूपमा मूर्खता र अज्ञानताको कारण यस्तो अवस्थामा पुगेका छौ, र तिमीहरूले अरू कसैलाई दोष दिन मिल्दैन। सत्यताले मानिसहरूलाई पक्षपात गर्दैन। यदि तैँले सत्यता स्वीकार गर्दैनस्, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तँ कसरी परिवर्तन हुन सक्छस्? कतिपय मानिसहरूलाई आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमताको कमी छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरूले आफूलाई सीमित गर्छन्, र आफूले जति नै सत्यता पछ्याए पनि, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न नसक्‍ने सोच्छन्। तिनीहरूलाई आफूले जति धेरै प्रयास गरे पनि त्यो व्यर्थ हुन्छ, र यसबाहेक केही पनि गर्न सकिँदैन भन्‍ने लाग्छ, त्यसैले तिनीहरू सधैँ नकारात्मक हुन्छन्, र परिणामस्वरूप, परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेर पनि, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउन कडा परिश्रम नै नगरी, तैँले तेरो क्षमता अत्यन्तै कमजोर छ भनेर भन्छस्, हरेस खान्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। परिणामस्वरूप, तैँले बुझ्‍नुपर्ने सत्यता बुझ्दैनस् वा तेरो क्षमताले भ्याउने सत्यता अभ्यास गर्दैनस्—के तैँले आफूले आफैलाई बाधा दिइरहेको छैनस् र? यदि तैँले सधैँ आफ्नो क्षमता पर्याप्त रूपमा असल छैन भनी भन्छस् भने, के यो जिम्‍मेवारी इन्कार गर्नु र त्यसबाट पन्छिनु होइन र? यदि तैँले कष्ट भोग्‍न, मूल्य चुकाउन, र पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्छस् भने, अपरिहार्य रूपमै तँ केही सत्यता बुझ्‍न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम छस्। यदि तैँले परमेश्‍वरतर्फ हेर्दैनस् वा उहाँमा भरोसा गर्दैनस्, अनि कुनै प्रयास नगरी वा मूल्य नचुकाई हरेस खान्छस्, र आत्मसमर्पण गर्छस् भने, तँ बेकारको व्यक्ति होस्, र तँमा थोरै पनि विवेक र समझसमेत छैन। तेरो क्षमता कमजोर भए पनि उत्तम भए पनि, यदि तँसँग थोरै विवेक र समझ छ भने, तैँले आफूले गर्नुपर्ने कुरा र आफ्‍नो मिसनलाई उचित रूपमा पूरा गर्नुपर्छ; भगुवा हुनु एकदम नराम्रो कुरा हो र यो परमेश्‍वरप्रतिको धोका हो। यो उद्धार गर्न नसकिने कुरा हो। सत्यताको खोजीको लागि दह्रिलो इच्‍छाको आवश्यकता पर्छ, र अत्यन्तै नकारात्मक वा कमजोर मानिसहरूले केही पनि उपलब्धि प्राप्त गर्नेछैनन्। तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै विश्‍वास गर्न सक्‍नेछैनन्, र, यदि तिनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न चाहन्छन् भने, तिनीहरूसँग अझै कमै आशा हुन्छ। सङ्कल्प भएका र सत्यताको खोजी गर्नेहरूले मात्रै यसलाई प्राप्त गर्न र परमेश्‍वरद्वारा सिद्ध तुल्याइन सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

हरेक व्यक्तिसँग नकारात्मकताका क्षणहरू हुन्छन्; ती केवल तीव्रता, अवधि, र कारणहरूको हिसाबमा फरकफरक हुन्छन्। कति मानिसहरू सामान्यतया नकारात्मक नै हुँदैनन्, तर कुनै काममा असफलता सामना गर्दा वा डगमगाउँदा तिनीहरू नकारात्मक बन्छन्; अरू मानिसहरू सानातिना कुराहरूबारेमै नकारात्मक बन्‍न सक्छन्, चाहे त्यो तिनीहरूको अभिमानमा चोट पुर्‍याउने कसैले बोलेको कुरा नै किन नहोस्। अनि कति मानिसहरू त अलिअलि प्रतिकूल परिस्थितिहरूको कारण नै नकारात्मक बन्छन्। के त्यस्ता मानिसहरूले जीवन कसरी जिउने भनेर बुझेका हुन्छन्? के तिनीहरूसँग अन्तर्ज्ञान हुन्छ? के तिनीहरूसँग सामान्य व्यक्तिको जस्तो बुद्धि र उदारता हुन्छ? हुँदैन। परिस्थिति जेसुकै भए पनि, यदि व्यक्ति आफ्नो भ्रष्ट स्वभावमा जिउँछ भने, ऊ बारम्बार केही नकारात्मक स्थितिमा पर्नेछ। अवश्य नै, यदि व्यक्तिले सत्यता बझ्छ र परिस्थितिहरूलाई छर्लङ्गै देख्‍न सक्छ भने, उसको नकारात्मक स्थिति झन्-झन् दुर्लभ हुँदै जानेछ र उसको कद बढ्दै जाँदा उसको नकारातमकता बिस्तारै त्यो हराउनेछ, र अन्ततः पूरै बिलाउनेछ। सत्यतालाई प्रेम नगर्ने, सत्यतालाई पटक्‍कै नस्विकार्ने मानिसहरूमा झन्झन् बढी नकारात्मक भावनाहरू, नकारात्मक स्थितिहरू, र नकारात्मक विचार र मनोवृत्तिहरू हुन्छन्, र ती कुराहरू जति धेरै जम्मा हुन्छन् त्यति नै गम्भीर हुन्छन्, र ती कुराहरूले तिनीहरूलाई व्याकुल बनाउनेबित्तिकै, तिनीहरू सामान्य बन्‍न सक्दैनन्, र त्यो अत्यन्तै खतरनाक कुरा हो। त्यसकारण, नकारात्मकतालाई तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ। नकारात्मकता समाधान गर्नको लागि, व्यक्तिले सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ; परमेश्‍वरको उपस्थितिमा शान्त स्थिति कायम राख्दै परमेश्‍वरका वचनहरू पढ्दा र मनन गर्दा यसले अन्तर्दृष्टि र ज्योति प्रदान गर्नेछ, र यसबाट व्यक्तिले सत्यता बुझ्न र नकारात्मकताको सार देख्‍न सक्‍नेछ, र यसरी उसले नकारात्मकताको समस्या समाधान गर्नेछ। यदि तँ अझै पनि आफ्नै धारणा र तर्कमा टाँसिरहन्छस् भने, तँ अत्यन्तै मूर्ख होस्, र तँ आफ्नो मूर्खता र अज्ञानताबाट मर्नेछस्। चाहे जेसुकै भए पनि, नकारात्मकता समाधान गर्ने कार्य सक्रिय हुनुपर्छ, निष्क्रिय हुनु हुँदैन। कति मानिसहरू के सोच्छन् भने, नकारात्मकता देखा पर्दा, तिनीहरूले यसलाई बेवास्ता गर्नुपर्छ; तिनीहरूलाई फेरि खुशी लाग्दा, तिनीहरूको नकारात्मकता स्वाभाविक रूपमै आनन्दमा परिणत भइहाल्नेछ। यो एउटा कल्पना हो; सत्यता खोजी नगरी वा सत्यता स्वीकार नगरी, नकारात्मकता आफै हट्दैन। तैँले यसलाई बिर्सिए पनि र हृदयमा केही अनुभव नगरे पनि, यसको अर्थ तेरो नकारात्मकताको जड समाधान भएको छ भन्‍ने हुँदैन। सही परिस्थितिहरू देखा परेपछि, यो फेरि देखा पर्नेछ, र यो सामान्य रूपमा हुने कुरा हो। यदि कुनै व्यक्ति चलाख छ र ऊसँग समझ छ भने, नकारात्मकता देखा पर्दा उसले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता स्विकार्ने विधि प्रयोग गर्नुपर्छ, र यसरी नकारात्मकताको समस्या यसको जडबाटै समाधान हुन्छ। बारम्बार नकारात्मक हुने सबै मानिसहरूले सत्यतालाई स्वीकार गर्न नसक्ने हुनाले तिनीहरू नकारात्मक हुन्छन्। यदि तैँले सत्यता स्वीकार गरिनस् भने, नकारात्मकताले तँलाई दियाबलसले जस्तै गाँज्नेछ, तँलाई जीवनभर नकारात्मक बनाउनेछ, र तँमा परमेश्‍वरप्रति अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोका भावनाहरू विकास गर्नेछ, यहाँसम्म कि तँ परमेश्वरविरुद्ध प्रतिरोध गर्ने र लडाइँ गर्ने र कोलाहल मच्चाउने अवस्थामा पुग्‍नेछस्—त्यो बेला तँ अन्त्यमा पुगेको हुनेछस्, र तेरो कुरूप साँचो अनुहार खुलासा हुनेछ। मानिसहरूले तँलाई खुलासा गर्न, चिरफार गर्न, र चित्रण गर्न थाल्छन्, र अब मात्रै, भयानक वास्तविकताको सामना गर्दा, तँ आँसु बगाउन थाल्छस्; यति बेला मात्रै तँ ढलेर निराशमा छाती पिट्नेछस्—पर्खी, अनि तैँले परमेश्वरको दण्ड स्वीकार गर्नुपर्छ! नकारात्मकताले मानिसहरूलाई कमजोर मात्र पार्दैन, यसले त तिनीहरूलाई परमेश्‍वरबारे गुनासो गर्न, परमेश्‍वरको आलोचना गर्न, परमेश्‍वरलाई इन्कार गर्न, र परमेश्‍वरविरुद्ध प्रत्यक्ष लडाइँ गर्न र कोलाहल मच्चाउनसमेत बाध्य पार्छ। त्यसकारण, यदि कसैको नकारात्मकताको समाधानमा ढिलाइ भयो भने, तिनीहरूले ईश्‍वरनिन्दाका शब्दहरू प्रकट गरेपछि र परमेश्‍वरको स्वभाव चिढ्याएपछि, परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्। यदि तँ कुनै एउटै घटना, वाक्यांश, वा विचार वा दृष्टिकोणको कारण नकारात्मकतामा पर्छस् र तैँले गुनासो गर्छस् भने, यसले देखाउँछ कि यो विषयमा तेरो बुझाइ विकृत छ, र तँसँग यसबारे धारणा र कल्पनाहरू छन्; यो विषयमा तेरा दृष्टिकोणहरू अवश्य नै सत्यतासँग मिल्दैनन्। यो विन्दुमा, तैँले सत्यता खोजी गर्नुपर्छ र यसलाई सही रूपमा सामना गर्नुपर्छ, यी गलत धारणा र विचारहरू जतिसक्दो चाँडो सुधार्ने प्रयास गर्नुपर्छ, र यी धारणाहरूद्वारा बन्धन र भ्रममा परेर आफूलाई परमेश्‍वरप्रतिको अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोको स्थितिमा पुग्‍नु हुँदैन। नकारात्मकता तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ, र यसलाई पूर्ण रूपमा समाधान गर्नु पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, नकारात्मकता समाधान गर्ने सबैभन्दा राम्रो तरिका भनेको सत्यता खोजी गर्नु, परमेश्‍वरका वचनहरू अझै धेरै पढ्नु, र परमेश्‍वरको अन्तर्दृष्टि खोज्न उहाँअघि आउनु हो। कहिलेकहीँ, तैँले आफ्‍ना विचार र दृष्टिकोणहरू क्षणिक रूपमा परिवर्तन गर्न असक्षम हुन सक्छस्, तर कम्तीमा पनि, तैँले आफू गलत छु र तेरा यी विचारहरू विकृत छन् भन्‍ने कुराचाहिँ जान्नुपर्छ। यसरी, न्यूनतम परिणाम के हुनेछ भने, यी गलत विचार र दृष्टिकोणहरूले तेरो कर्तव्य पूरा गर्ने बफादारितामा असर गर्नेछैनन्, परमेश्‍वरसँगको तेरो सम्बन्धमा असर गर्नेछैनन्, र तेरो हृदय खोल्न र प्रार्थना गर्न परमेश्‍वरअघि आउने कार्यमा पनि असर गर्नेछैनन्—कम्तीमा पनि, हासिल गरिनुपर्ने परिणाम यही हो। जब तँ नकारात्मकतामा डुब्छस् अनि अनाज्ञाकारी र असन्तुष्ट हुन्छस्, र परमेश्‍वरप्रति गुनासाहरू पाल्छस् तर समाधानको लागि तँ सत्यता खोजी गर्न चाहँदैनस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्यै छ भन्‍ने सोच्छस्, जबकि वास्तवमा तेरो हृदय परमेश्‍वरबाट टाढा हुन्छ र तँ अब उहाँका वचनहरू पढ्न वा प्रार्थना गर्न चाहँदैनस्, तब के समस्या गम्भीर भइसकेको हुँदैन र? तँ भन्छस्, “म जति नै नकारात्मक भए पनि, कर्तव्य पूरा गर्ने मेरो कार्यमा बाधा पुगेको छैन र मैले आफ्ना जिम्मेवारीहरू त्यागेको छैनँ। म बफादार छु!” के यी शब्‍दहरू मान्य छन्? यदि तँ प्रायजसो नकारात्मक हुन्छस् भने, यो भ्रष्ट स्वभावसँग सम्बन्धित हुँदैन; अरू अझै गम्भीर समस्याहरू हुन्छन्: तँसँग परमेश्‍वरबारे धारणाहरू छन्, तँ उहाँलाई गलत रूपमा बुझ्छस्, र तैँले आफू र परमेश्‍वरबीच पर्खालहरू निर्माण गरेको छस्। यदि तैँले यसलाई समाधान गर्न सत्यता खोजी गरिनस् भने, त्यो अत्यन्तै खतरनाक हुन्छ। यदि व्यक्ति प्रायजसो नकारात्मक हुन्छ भने, उसले आफ्नो कर्तव्य अन्त्यसम्‍मै बफादार रूपमा र झारा नटारी पूरा गर्ने कुरा कसरी सुनिश्‍चित गर्न सक्छ? यदि नकारात्मकता समाधान गरिएन भने, के यो आफै हट्न वा हराउन सक्छ र? यदि कसैले समयमै समाधानको लागि सत्यता खोजी गर्दैन भने, नकारात्मकता निरन्तर विकास हुँदै जान्छ र यो झन्झन् खराब हुँदै जान्छ। यसले ल्याउने परिणामहरू झन्-झन् हानिकारक मात्र हुनेछन्। ती अवश्य नै सकारात्मक दिशामा अघि बढ्नेछैनन्, ती प्रतिकूल दिशामा मात्रै अघि बढ्नेछन्। त्यसकारण, जब नकारात्मकता पैदा हुन्छ, तब तैँले यसलाई समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नुपर्छ; यसले मात्रै तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् भन्‍ने कुरा सुनिश्‍चित गर्छ। नकारात्मकता समाधान गर्नु महत्त्वपूर्ण छ, र यसमा ढिलाइ गर्नु हुँदैन!

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

मानिसहरू प्रायजसो यस्तो स्थितिमा हुन्छन्। या त तिनीहरू आशिष् र मुकुट मात्र पछ्याउँछन्, वा केही असफलता अनुभव गरेपछि आफू काम गर्ने स्तरमा पुगेको छैन, र परमेश्‍वरले पनि तिनीहरूबारे फैसला गरिसक्‍नुभएको छ भन्‍ने सोच्छन्। यो गलत हो। यदि तैँले समयमै विभिन्‍न कुरा परिवर्तन गर्न सक्छस्, आफ्‍नो हृदय र मन परिवर्तन गर्न सक्छस्, आफ्‍नो हातले गरेको दुष्कर्मलाई त्यागेर, परमेश्‍वरको अघि फर्किन, परमेश्‍वरसामु यसलाई स्विकार्न र पश्‍चात्ताप गर्न, आफ्ना कार्यहरू र आफू हिँड्ने मार्ग गलत छन् भन्‍ने स्वीकार गर्न, आफ्नो असफलतालाई मान्न, त्यसपछि आफू जति नै कलङ्कित भए पनि सत्यता पछ्याउन हरेस नखाई परमेश्‍वरले तँलाई देखाएको मार्गअनुसार अभ्यास गर्न सक्छस् भने, तैँले सही काम गरिरहेको हुन्छस्। स्वभाव परिवर्तन र मुक्ति अनुभव गर्दाको अवधिमा, मानिसहरूले अपरिहार्य रूपमा नै विभिन्‍न कठिनाइको सामना गर्छन्। उदाहरणका लागि, परमेश्‍वरले प्रस्तुत गरेका परिस्थितिहरूमा समर्पित हुन नसक्‍नु, तिनीहरूका आफ्‍नै विविध सोचाइ, दृष्टिकोण, कल्‍पना, भ्रष्ट स्वभाव, ज्ञान, र वरदान, वा तिनीहरूका आफ्‍नै विभिन्‍न समस्या र गल्तीहरू। तैँले सबै प्रकारका कठिनाइसँग सङ्घर्ष गर्नुपर्छ। तैँले यी असंख्य कठिनाइ र स्थितिलाई जितेपछि, र तेरो हृदयको युद्ध समाप्त भएपछि, तँसँग सत्यता वास्तविकताहरू हुनेछन्, तँ यी कुराहरूको बन्धनमा पर्न छोड्नेछस्, र तँ स्वतन्त्र र मुक्त भएको हुनेछस्। यो प्रक्रियाको बेला मानिसहरूले सामना गर्ने एउटा समस्या के हो भने, आफैमा रहेका समस्याहरूलाई पत्ता लगाउनुअघि, तिनीहरूले आफूलाई पावलले जस्तै अरूभन्दा असल छु, र अरू कसैले आशिष्‌ नपाए पनि आफूले चाहिँ आशिष्‌ पाउनेछु भन्‍ने ठान्छन्। जब तिनीहरूले आफ्‍ना कठिनाइहरू पत्ता लगाउँछन्, तिनीहरूले आफूलाई शून्य भएको, र आफ्नो लागि सबै खतम भएको ठान्छन्। तिनीहरू सधैँ यी दुई चरम स्थितिमा हुन्छन्। तैँले यी दुवै चरम अवस्थाबाट पार पाउनुपर्छ, ताकि तँ यताउता बरालिएर जान नपरोस्। कठिनाइको सामना गर्दा, तँलाई पहिले नै यो समस्या समाधान गर्न कठिन, र सुधार गर्न निकै गाह्रो छ भन्‍ने कुरा थाहा पाइसकेको भए पनि, तैँले यसलाई उचित रूपमा सामना गर्नुपर्छ, परमेश्‍वरको अघि आएर यसलाई समाधान गर्न सहयोग माग्‍नुपर्छ, र सत्यता खोजी गर्नुपर्छ, अनि यसलाई कमिलाले हड्डी खाएजस्तो अलि-अलि गर्दै चपाउँदै हल गर्ने गर्नुपर्छ। तैँले परमेश्‍वरसँग पश्‍चात्ताप गर्नैपर्छ। पश्‍चात्ताप गर्नु भनेको तँसँग सत्यतालाई स्वीकार गर्ने हृदय र समर्पणको मनोवृत्ति छ भन्‍ने कुराको प्रमाण हो, जसको अर्थ तैँले सत्यता प्राप्त गर्नेछस् भन्‍ने अझै आशा छ भन्‍ने हो। यदि, यसबीच, थप कुनै पनि कठिनाइ देखा पर्‍यो भने, नडरा। तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर् र उहाँमा भरोसा गर्; परमेश्‍वरले गुप्त रूपमा तँलाई हेरिरहनुभएको र प्रतीक्षा गरिरहनुभएको हुन्छ, र जबसम्‍म तँ उहाँको व्यवस्थापन कार्यको परिवेश, प्रवाह, र कार्यक्षेत्रबाट बाहिर जाँदैनस्, तबसम्‍म तेरा लागि आशा हुन्छ—तैँले पटक्‍कै हरेस खानु हुँदैन। यदि तैँले सामान्य भ्रष्ट स्वभाव मात्रै प्रकट गर्छस् भने, जबसम्‍म तैँले यसलाई बुझ्‍न र सत्यतालाई स्वीकार गर्न, र सत्यताको अभ्यास गर्न सक्छस्, तबसम्‍म यी समस्याहरू समाधान हुने दिन आउने नै छ। यसबारे तँमा विश्‍वास हुनैपर्छ। परमेश्‍वर सत्यता हुनुहुन्छ—तैँले तेरो यो सानो समस्या समाधान हुन सक्दैन भनेर किन डर मान्‍नुपर्छ र? यो सबैलाई समाधान गर्न सकिन्छ, अनि किन नकारात्मक बन्‍ने? परमेश्‍वरले तँप्रति हरेस खानुभएको छैन, तब किन तँ आफै हरेस खान्छस्? तैँले हरेस खानु हुँदैन, र तँ नकारात्मक हुनु हुँदैन। तैँले समस्या सही तरिकाले सामना गर्नुपर्छ। तैँले जीवन प्रवेशका सामान्य नियमहरू जान्नुपर्छ, अनि भ्रष्ट स्वभावको प्रकटीकरण र अभिव्यक्ति, साथै कहिलेकाहीँ आउने नकारात्मकता, कमजोरी, र अन्योललाई सामान्य कुरा ठान्न सक्‍नुपर्छ। आफ्‍नो स्वभाव परिवर्तन गर्ने प्रक्रिया लामो र बारम्बार हुने प्रक्रिया हो। जब तँलाई यस कुराबारे स्पष्ट हुन्छ, तब तैँले ठीक तरिकाले समस्याहरू सामना गर्न सक्‍नेछस्। कहिलेकाहीँ, तेरो भ्रष्ट स्वभाव गम्भीर रूपमा आफै प्रकट हुन्छ, र यसलाई देख्‍ने सबैमा यसप्रति घृणा जाग्छ, र तँ आफैलाई घृणा गर्छस्। वा, कहिलेकाहीँ, तँ अति शिथिल हुन्छस् र परमेश्‍वर तँलाई अनुशासनमा राख्‍नुहुन्छ। यसमा डर मान्‍नुपर्ने कुनै कारण छैन। जबसम्‍म परमेश्‍वरले तँलाई अनुशासनमा राखिरहनुभएको हुन्छ, अझै पनि तेरो हेरचाह र रक्षा गरिरहनुभएको हुन्छ, तँमा अझै काम गरिरहनुभएको हुन्छ, अनि सधैँ तेरो साथमा रहनुहुन्छ, तबसम्‍म परमेश्‍वरले तँप्रति हरेस खानुभएको छैन भन्‍ने यसबाट प्रमाणित हुन्छ। कहिलेकाहीँ तँलाई परमेश्‍वरले त्याग्‍नुभएको महसुस हुन्छ, र तँ अन्धकारमा डुबेको हुन्छस्, तर त्यस्तो बेलामा पनि तँ नडरा: जबसम्‍म तँ अझै जीवितै हुन्छस् र नरकमा हुँदैनस्, तबसम्‍म तँसँग अझै मौका हुन्छ। तर यदि तँ पावलजस्तै हठी हुँदै ख्रीष्टविरोधी मार्गमा हिँड्ने, र अन्ततः मेरा लागि त जिउनु नै ख्रीष्ट हो भनेर गवाही दिने बन्छस् भने, तेरा लागि सबै समाप्त हुन्छ। यदि तेरो होस खुल्न सक्यो भने, तँसँग अझै मौका हुन्छ। अनि, तँसँग कस्तो मौका हुन्छ? कस्तो भने, तँ अझै पनि परमेश्‍वरसामु आउन सक्छस्, र अझै उहाँलाई प्रार्थना गर्न र यसो भन्दै खोजी गर्न सक्छस्, “हे परमेश्‍वर! बिन्ती छ, मलाई सत्यताको यो पक्ष र अभ्यासको मार्गको यो पक्ष बुझ्‍न अन्तर्दृष्टि दिनुहोस्।” जबसम्‍म तँ परमेश्‍वरका अनुयायीहरूमध्येको एक हुन्छस्, तबसम्‍म तँसँग मुक्तिको आशा हुन्छ, र तँ अन्त्यसम्‍मै टिक्‍न सक्छस्। के यी वचनहरू पर्याप्त रूपले स्पष्ट छन्? के तिमीहरू अझै पनि नकारात्मक बन्‍न सक्‍ने सम्‍भावना हुन्छ? (हुँदैन।) जब मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्, तब तिनीहरूको मार्ग फराकिलो हुन्छ। यदि तिनीहरूले उहाँका अभिप्रायहरूलाई बुझ्दैनन् भने, यो मार्ग साँघुरो हुन्छ, तिनीहरूको हृदयमा अन्धकार हुन्छ, र तिनीहरूसँग पाइला चाल्‍ने कुनै मार्ग हुँदैन। सत्यता नबुझ्‍ने मानिसहरू यस प्रकारका हुन्छन्: तिनीहरू सङ्कुचित मनका हुन्छन्, तिनीहरू सधैँ सानातिना कुराहरूको तुलना गर्छन्, र तिनीहरू सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत बुझ्ने गर्छन्। परिणामस्वरूप, तिनीहरू जति अगाडि हिँड्छन्, तिनीहरूको मार्ग त्यति नै हराउँछ। वास्तवमा, मानिसहरू परमेश्‍वरलाई बुझ्दैनन्। यदि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कल्‍पनाअनुसार व्यवहार गर्नुभएको भए, मानवजाति धेरै पहिले नै नष्ट भइसकेको हुनेथियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

मानिसहरूमा शैतानी प्रकृति हुन्छ; शैतानी स्वभावअनुसार जिउँदा, नकारात्मक स्थितिबाट पन्छिन गाह्रो हुन्छ। विशेषगरी जब व्यक्तिले सत्यता बुझ्दैन, तब नकारात्मकता एउटा आम घटना बन्छ। हरेक व्यक्तिमा नकारात्मकताका क्षणहरू हुन्छन्; कतिमा ती धेरै आउँछन्, कतिमा ती थोरै आउँछन्, कतिमा ती लामो समय रहन्छन्, र कतिमा ती छोटो समय रहन्छन्। मानिसहरूको कद फरकफरक हुन्छ, र तिनीहरूको नकारात्मकता पनि फरकफरक नै हुन्छ। ठूलो कद भएकाहरू परीक्षा सामना गर्दा अलिअलि नकारात्मक मात्र बन्छन्, जबकि कम कद भएकाहरू, अर्थात् अझै पनि सत्यता नबुझ्‍नेहरू अरूले केही धारणाहरू फैलाउँदा वा हास्यास्पद कुराहरू बोल्दा त्यो चिन्‍न सक्दैनन्; तिनीहरू बाधामा पर्न, प्रभावित हुन, र नकारात्मक बन्‍न सक्छन्। कुनै पनि समस्या पैदा हुँदा, त्यसले तिनीहरूलाई नकारात्मकतामा पुर्‍याउन सक्छ, सानातिना उल्लेख गर्न पनि लायक नरहेका कुराहरूले समेत तिनीहरूलाई नकारात्मकतामा पुर्‍याउन सक्छन्। बारम्बार आउने नकारात्मकताको यो समस्या कसरी समाधान गरिनुपर्छ? यदि कसैलाई कसरी सत्यता खोजी गर्ने, कसरी परमेश्‍वरका वचनहरू खाने र पिउने, वा कसरी परमेश्‍वरलाई प्रार्थना गर्ने भन्‍ने थाहा छैन भने, यो अत्यन्तै समस्याजनक हुन्छ; तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको साथ र सहयोगमा मात्रै भर पर्न सक्छन्। यदि कसैले सहयोग गर्न सक्दैन, वा उसले सहयोग स्विकार्दैन भने, तिनीहरू यति नकारात्मक रहन सक्छन् कि तिनीहरू यसबाट मुक्त हुनै सक्दैनन् र तिनीहरूले विश्‍वाससमेत त्याग्‍न सक्छन्। हेर, कसैसँग सधैँ धारणाहरू हुनु र सजिलै नकारात्मक बन्‍नु अत्यन्तै खतरनाक कुरा हो। त्यस्ता मानिसहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरूले स्विकार्दैनन्, र सधैँ आफ्ना धारणा र कल्पनाहरू नै सही छन् भनेर जिद्दी गर्छन्; तिनीहरू अत्यन्तै समस्याग्रस्त मानिसहरू हुन्। तँ जति नै नकारात्मक भए पनि, तैँले हृदयमा के बुझ्नुपर्छ भने, धारणाहरू हुनुको अर्थ ती सत्यताअनुरूप नै हुन्छन् भन्‍ने हुँदैन; यसको अर्थ तेरो बुझाइमा समस्या छ भन्‍ने हुन्छ। यदि तँसँग केही समझ छ भने, तैँले यी धारणाहरू फैलाउनु हुँदैन; मानिसहरूले कम्तीमा पनि पालना गर्नुपर्ने कुरा यही हो। यदि तँसँग थोरै भए पनि परमेश्‍वरको डर मान्ने हृदय छ र तँ परमेश्‍वरको अनुयायी हुँ भनेर स्विकार्न सक्छस् भने, तैँले आफ्ना धारणाहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ, सत्यतामा समर्पित हुनुपर्छ, र बाधा र व्यवधानहरू पैदा गर्नबाट टाढा बस्‍नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् र धारणाहरू फैलाउन जिद्दी गर्छस् भने, तैँले आफ्नो समझ गुमाएको छस्; तँ मानसिक रूपमा असामान्य भएको छस्, तँ भूतहरूद्वारा ग्रसित छस्, र तँ आफ्ना नियन्त्रणमा छैनस्। भूतहरूद्वारा नियन्त्रित भएर, तैँले जेसुकै भए पनि यी धारणाहरू बोल्‍ने र फैलाउने गर्छस्—यसमा केही गर्न सकिँदैन, यो दुष्ट आत्माहरूको काम हो। यदि तँसँग केही विवेक र समझ छ भने, तैँले यसो गर्न सक्नुपर्छ: धारणाहरू फैलाउनु हुँदैन, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हुँदैन। तँ नकारात्मक बने पनि, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने कुराहरू गर्नु हुँदैन; तैँले केवल आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, र तँ आत्म-आलोचनाको अवस्थाभन्दा बाहिर छस् भन्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ—आफूलाई व्यवहारमा ढाल्ने निम्नतम मापदण्ड यही हो। यदि तँ कहिलेकहीँ नकारात्मक बनिस् नै भने पनि, तैँले सीमा नाघ्‍ने किसिमको केही पनि गरेको छैनस् भने, परमेश्‍वरले तेरो नकारात्मकतालाई ध्यान दिनुहुनेछैन। जबसम्‍म तँसँग विवेक र समझ हुन्छ, र जबसम्‍म तैँले परमेश्‍वरसँग प्रार्थना गर्न, उहाँमा भर पर्न, र सत्यता खोजी गर्न सक्छस्, तबसम्‍म अन्त्यमा तैँले सत्यता बुझ्नेछस् र आफूलाई परिवर्तन गर्नेछस्। यदि तैँले अगुवाको रूपमा वास्तविक काम नगरेकोमा बर्खास्त गरिने र हटाइनेजस्ता महत्त्वपूर्ण घटनाहरू सामना गर्नुपर्‍यो, र तँसँग मुक्तिको कुनै आशा छैन भन्‍ने लाग्यो, र तँ नकरात्मक बनिस्—यति धेरै नकारात्मक कि तँ त्यसबाट मुक्त हुन सक्दैनस्, तँलाई दोषी ठहराइएको र श्रापित तुल्याइएको छ जस्तो लाग्यो, र तँमा परमेश्‍वरविरुद्ध गलतफहमी र गुनासोहरू पैदा भयो भने—तँले के गर्नुपर्छ? यसलाई सम्हाल्न निकै सजिलो छ: सङ्गति र खोजी गर्नका लागि सत्यता बुझ्‍ने केही मानिसहरू खोज् र यी मानिसहरूसँग आफ्नो हृदय खोलेर कुरा गर्। अझै महत्त्वपूर्ण, आफ्नो नकारात्मकता र कमजोरीबारे, साथै तैँले नबुझेका र पार पाउन नसकेका केही कुराहरूबारे साँचो रूपमा प्रार्थना गर्न परमेश्‍वरअघि आइज—परमेश्‍वरसँग सङ्गति गर्, कुनै पनि कुरा नलुका। यदि तैँले अरूलाई व्यक्त गर्न नसक्‍ने कुराहरू छन् भने, तँ प्रार्थना गर्न परमेश्‍वरअघि आउनु अझै अपरिहार्य हुन्छ। कतिपय मानिस सोध्छन्, “के यसबारे परमेश्‍वरसँग कुरा गर्दा आफू दोषी ठहरिँदैन र?” के तैँले परमेश्‍वरको विरोध गर्ने र उहाँको दण्ड पाउन लायक धेरै कुराहरू गरिसकेको छैनस् र? यो थप एउटा कुराबारे किन चिन्ता गरेको? के तँलाई तैँले यसबारे बोलिनस् भने, परमेश्‍वरलाई थाहा हुँदैन भन्‍ने लाग्छ? तैँले सोच्‍ने सबै कुरा परमेश्‍वरलाई थाहा हुन्छ। तैँले खुलस्त रूपमा परमेश्‍वरसँग सङ्गति गर्नुपर्छ, आफ्नो हृदय खोल्‍नुपर्छ, र आफ्ना समस्या र स्थितिहरू उहाँअघि साँचो रूपमा प्रस्तुत गर्नुपर्छ। तेरा कमजोरी, विद्रोहीपन, र तेरा गुनासाहरूलगायत सबै कुरा परमेश्‍वरलाई बताउन सकिन्छ; तँलाई आफ्‍नो कुरा पोखाउन मन छ भने पनि ठीकै छ—परमेश्‍वरले यो कुरालाई दोषी ठहराउनुहुनेछैन। परमेश्‍वरले किन यो कुरालाई दोषी ठहर्‍याउनुहुन्‍न? परमेश्‍वरलाई मानिसको कद थाहा हुन्छ; तैँले उहाँसँग कुरा नगरे पनि, उहाँलाई तेरो कद थाहा हुन्छ। परमेश्‍वरसँग कुरा गर्दा, एक हिसाबमा यो परमेश्‍वरअघि आफैलाई उदाङ्गो पार्ने र खुलस्त बोल्ने तेरो अवसर हो। अर्का हिसाबमा, यसले परमेश्‍वरप्रतिको तेरो समर्पणको मनोवृत्ति पनि देखाउँछ; कम्तीमा पनि, तैँले परमेश्‍वरलाई के देखाउँछस् भने तेरो हृदय उहाँप्रति बन्द छैन, तँ कमजोर मात्र होस्, र यो कुराबाट पार पाउन तेरो कद पर्याप्त छैन। तैँले अवज्ञा गर्ने अभिप्राय राख्दैनस्; तेरो मनोवृत्ति समर्पित हुनु हो, यति हो कि तेरो कद अत्यन्तै सानो छ, र तैँले यो मामला सहन सक्दैनस्। जब तैँले परमेश्‍वरअघि आफ्नो हृदय पूर्ण रूपमा खोल्छस् र उहाँसँग आफ्नो गहनतम विचार बताउन सक्छस्, तब तैँले बोल्ने कुरामा कमजोरी र गुनासाहरू, र खासगरी धेरै नकारात्मक र प्रतिकूल कुराहरू समावेश हुने भए पनि, यसमा एउटा कुरा सही हुन्छ: तैँले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरा स्विकार्छस्, तँ सृष्टि गरिएको प्राणी होस् भन्‍ने कुरा स्विकार्छस्, सृष्टिकर्ताको रूपमा रहेको परमेश्‍वरको पहिचान इन्कार्दैनस्, न त तँ र परमेश्‍वरबीचको सम्बन्ध सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको सम्बन्ध हो भन्‍ने कुरा नै इन्कार्छस्। तैँले आफूलाई पार पाउन गाह्रो लाग्‍ने, र आफूलाई सबैभन्दा कमजोर बनाउने कुराहरू परमेश्‍वरको हातमा सुम्पन्छस्, र तैँले परमेश्‍वरलाई आफ्ना सबैभन्दा भित्री भावनाहरू पूरै बताउँछस्—यसले तेरो मनोवृत्ति देखाउँछ। कति मानिसहरूले भन्छन्, “मैले एकपटक परमेश्‍वरलाई प्रार्थना गरेँ, र यसले मेरो नकारात्मकता समाधान गरेन। म अझै पनि यसलाई काबू गर्न सक्दिनँ।” यसले केही फरक पार्दैन, तैँले बस इमानदारीसाथ सत्यता खोजी मात्रै गर्नुपर्छ। तैँले जति नै धेरै कुरा बुझे पनि, परमेश्‍वरले तँलाई क्रमिक रूपमा सामर्थ्य दिनुहुनेछ, र त्यसउप्रान्त तँ सुरुमा जत्तिको कमजोर हुनेछैनस्। तँसँग जति नै धेरै कमजोरी र नकारात्मकता भए पनि, वा तँसँग जति नै धेरै गुनासो र प्रतिकूल भावनाहरू भए पनि, परमेश्‍वरसँग कुरा गर्; परमेश्‍वरलाई बाहिरिया व्यक्तिजस्तो व्यवहार नगर्। तैँले जोसुकैबाट कुराहरू लुकाउन सके पनि, परमेश्‍वरबाट केही पनि नलुका, किनभने परमेश्‍वर तेरो एकमात्र भरोसा र तेरो एकमात्र मुक्ति हुनुहुन्छ। परमेश्‍वरअघि आएर मात्रै यी समस्याहरू समाधान गर्न सकिन्छ; मानिसहरूमा भरोसा गर्नु व्यर्थ हुन्छ। त्यसकारण, जब मानिसहरूले नकारात्मकता र कमजोरी सामना गर्छन्, तब परमेश्‍वरअघि आउने र उहाँमा भरोसा गर्ने मानिसहरू सबैभन्दा चलाख हुन्छन्। मूर्ख र जिद्दी मानिसहरू मात्रै महत्त्वपूर्ण र नाजुक घटनाहरू सामना गर्दा र परमेश्‍वरअघि आफ्‍नो हृदयको कुरा बताउनुपर्ने बेला, परमेश्‍वरबाट टाढा जान्छन् र उहाँबाट झनै तर्किन्छन्, र मनमा विविध योजना बनाउँछन्। अनि यो सबै योजनाको परिणाम के हुन्छ? तिनीहरूका नकारात्मकता र गुनासाहरू अवज्ञामा परिणत हुन्छन्, र अवज्ञा परमेश्‍वरविरुद्धको प्रतिरोध र होहल्लामा परिणत हुन्छ; यी मानिसहरू सम्पूर्ण रूपमा परमेश्‍वरसँग नमिल्दो बन्छन्, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध पूर्ण रूपमा तोडिएको हुन्छ। तर जब तैँले त्यस्तो नकारात्मकता र कमजोरी सामना गर्छस्, तब यदि तँ अझै पनि सत्यता खोजी गर्न परमेश्‍वरअघि आउन, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने निर्णय गर्न सक्छस्, र तैँले सच्चा समर्पित मनोवृत्ति अपनाउँछस् भने, तँ नकारात्मक र कमजोर हुँदा पनि तँ उहाँमा समर्पित हुन चाहन्छस् भन्‍ने देखेर, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्ने, तेरो नकारात्मकता र कमजोरीबाट तँलाई कसरी निकाल्ने भन्‍ने कुरा जान्नुहुनेछ। यी अनुभवहरू प्राप्त गरेपछि, तैँले परमेश्‍वरमाथिको साँचो विश्‍वास विकास गर्नेछस्। तँलाई के महसुस हुन्छ भने, तैँले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, जबसम्‍म तैँले परमेश्‍वरलाई खोज्छस् र उहाँको प्रतीक्षा गर्छस्, तँलाई थाहै नभई तेरा लागि उहाँले उम्कने बाटो मिलाइदिनुहुन्छ, जसले गर्दा तैँले थाहै नपाई, महसुससमेत नभई परिस्थितिहरू परिवर्तन भएका छन् भनेर देख्‍न सक्‍नेछस्, तँ अबउप्रान्त कमजोर हुनेछैनस् बरु दह्रिलो हुनेछस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वास बढ्नेछ। जब तैँले यी घटनाहरूबारे मनन गर्छस्, तब तँलाई त्यो बेलाको तेरो कमजोरी कति बचकना थियो भन्‍ने महसुस हुनेछ। वास्तवमा, मानिसहरू त्यति नै बचकना हुन्छन्, र परमेश्‍वरको साथविना, तिनीहरू कहिल्यै पनि आफ्नो बचकना र अज्ञानताबाट परिपक्‍व हुँदैनन्। यी कुराहरू अनुभव गर्ने प्रक्रियामा यी कुराहरूलाई क्रमिक रूपमा स्विकारेर अनि परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भएर, यी तथ्यहरूलाई सकारात्मक र सक्रिय रूपमा सामना गरेर, सिद्धान्तहरू खोजी गरेर, परमेश्‍वरका अभिप्रायहरू खोजी गरेर, परमेश्‍वरबाट तर्किन वा टाढा हुन छोडेर, परमेश्‍वरविरुद्ध विद्रोही बन्‍न छोडेर, बरु झन्-झन् समर्पित बनेर, झन्-झन् कम विद्रोही बनेर, परमेश्‍वरको झन्-झन् नजिक गएर, अनि परमेश्‍वरमा समर्पित हुन झन्-झन् सक्षम भएर मात्र—यसरी अनुभव गरेर मात्र व्यक्तिको जीवन क्रमिक रूपमा वृद्धि र परिपक्‍व हुँदै जान्छ, र बढ्दै गएर पूर्ण रूपमा वयस्कका कदमा पुग्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

परमेश्‍वरलाई पछ्याउने निष्क्रिय व्यक्ति नबन्, र तँलाई जिज्ञासु तुल्याउने कुराको खोजी नगर्। यता न उताको भइस् भने, यसले तँ आफैलाई बरबाद गर्नेछ र तेरो जीवनलाई ढिलाइ गर्नेछ। त्यस्तो असक्रियता र निष्क्रियताबाट तैँले आफूलाई मुक्त गर्नैपर्छ, र सकारात्मक कुराहरूको खोजी गर्ने र आफ्‍नै कमजोरीहरूमाथि पार पाउने कार्यमा तँ सिपालु हुनुपर्छ, ताकि तँ सत्यतालाई प्राप्त गर्न र सत्यतामा जिउन सक्। तेरा दुर्बलताहरूका बारेमा डराउनुपर्ने कुरा केही छैन र तेरा कमजोरीहरू तेरा सबैभन्दा ठूला समस्या होइनन्। तेरो सबैभन्दा ठूलो समस्या र तेरो सबैभन्दा ठूलो कमजोरी भनेको तँ यता न उताको हुनु र सत्यता खोज्‍ने इच्‍छा तँमा नहुनु हो। तिमीहरू सबैको सबैभन्दा ठूलो समस्या भनेको जे छ त्यसैमा खुशी हुने र हात बाँधेर पर्खिबस्‍ने तिमीहरूको कायर मानसिकता हो। सत्यताको खोजीमा तिमीहरूको सबैभन्दा ठूलो बाधा र सबैभन्दा ठूलो शत्रु यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तँ यस्ता ठाउँमा पुग्‍नैपर्छ जहाँ तैँले जस्तोसुकै परिस्थितिको सामना गरे पनि, तिनले तेरो सङ्कल्‍प परिवर्तन गर्न नसकून्। तब मात्रै तँ सत्यतालाई साँच्चै प्रेम गर्ने र त्यसलाई पछ्याउने व्यक्ति बन्‍नेछस्। तँलाई केही आइपर्दा र तैँले अलिकति कठिनाइ भोग्दा, यदि तँ पछि हट्छस्, नकारात्मक बन्छस् र उदास हुन्छस्, अनि आफ्नो सङ्कल्प त्याग्छस् भने, यो उचित हुनेछैन। तँमा आफ्‍नो ज्यानको जोखिम मोल्‍न तयार हुने व्यक्तिको शक्ति हुनैपर्छ र तैँले यसो भन्‍नैपर्छ, “जे आइपरे पनि—म मरे पनि, म सत्यता वा सत्यता पछ्याउने मेरो उद्देश्य कहिल्यै त्याग्‍नेछैनँ।” त्यसपछि कुनै कुराले तँलाई रोक्‍न सक्‍नेछैन। यदि तँलाई साँच्चै कठिनाइ आइपऱ्यो र तँ अप्ठ्यारा परिस्थितिमा परिस् भने, परमेश्‍वरले कार्य गर्नुहुनेछ। त्यसबाहेक, तैँले यो कुरा बुझ्नैपर्छ: “मैले जे सामना गरे पनि, ती मैले मेरो सत्यता पछ्याइमा सिक्नैपर्ने पाठ हुन्—ती परमेश्‍वरद्वारा बन्दोबस्त गरिएका हुन्। म कमजोर हुन सक्ला, तर म नकारात्मक छैनँ, र यी पाठहरू सिक्ने मौका दिनुभएकामा म परमेश्‍वरप्रति आभारी छु। मेरा लागि यो परिस्थिति बन्दोबस्त गरिदिनुभएकामा म परमेश्‍वरप्रति आभारी छु। म परमेश्‍वर र सत्यतालाई पछ्याउने आफ्नो सङ्कल्पलाई त्याग्‍न सक्दिनँ। यदि मैले त्यो त्यागेको भए, शैतानलाई मान्‍नु, आफूलाई बरबाद गर्नु, र परमेश्‍वरलाई धोका दिनु समान हुन्थ्यो।” तँसँग हुनैपर्ने सङ्कल्प यस्तै हो। तैँले जुनसुकै ससाना मामिलाहरू सामना गरे पनि, ती सब तेरो जीवन विकासका ससाना भाग हुन्। तैँले ती मामिलालाई आफ्नो प्रगतिको दिशा रोक्न पटक्कै दिनु हुँदैन। तैँले कठिनाइ सामना गर्दा खोज्ने र पर्खने गर्न सक्छस्, तर तेरो प्रगतिको दिशा भने परिवर्तन हुनै हुँदैन, के त्यो सही होइन र? (हो।) अरूले जे भने पनि, वा तँलाई जस्तो व्यवहार गरे पनि, वा परमेश्‍वरले तँलाई जस्तो व्यवहार गर्नुभए पनि, तेरो सङ्कल्प परिवर्तन हुदै हुँदैन। यदि परमेश्‍वर “तँ कत्ति पनि सत्यता स्वीकार गर्दैनस्, म तँलाई घृणा गर्छु” भन्‍नुहुन्छ र तँचाहिँ “परमेश्‍वर मलाई घृणा गर्नुहुन्छ, त्यसैले मेरो जीवनको के अर्थ छ र? म मरे त कुरै सिद्धिहाल्यो!” भन्छस् भने, तैँले परमेश्‍वरलाई गलत बुझिरहेको हुनेछस्। यो साँचो हो, परमेश्‍वर तँलाई घृणा गर्नुहुन्छ, तर तैँले सङ्घर्ष गर्नुपर्छ, र तैँले सत्यता स्विकार्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि तँ निकम्मा व्यक्ति हुनेछैनस् र परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछैन। अहिले, तिमीहरूको कद अझै पनि निकै सानो छ र तिमीहरूले परमेश्‍वरले तिमीहरूलाई जाँच्न चाहिने मापदण्ड हासिल गरिसकेका छैनौ। तिमीहरूले गर्न सक्ने एकमात्र कुरा के हो? तिमीहरूले प्रार्थना गर्नैपर्छ: “हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म तपाईंका अभिप्रायहरू बुझूँ, अनि सत्यता पछ्याउने मार्गमा हिँड्न विश्‍वास र दृढता पाऊँ, र म परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सकूँ। म कमजोर र मेरो कद अपरिपक्व भए पनि, बिन्ती छ, मलाई शक्ति दिनुहोस् र मेरो सुरक्षा गर्नुहोस् ताकि म तपाईंलाई अन्त्यसम्म पछ्याउन सकूँ।” तैँले परमेश्‍वरलाई प्रायः प्रार्थना गर्नैपर्छ। अरू मानिसहरू सांसारिक कुराहरूको लालसा गर्लान्, आफ्नो देहमा लिप्त होलान्, र सांसारिक प्रवृत्ति अपनाउलान्, तर तैँले तिनीहरूको पटक्कै सङ्गत गर्नु हुँदैन—केवल आफ्नो कर्तव्य पूरा गर्न ध्यान दिनुपर्छ। अरूलाई नकारात्मक महसुस हुँदा र तिनीहरूले आफ्नो कर्तव्य पूरा नगर्दा, तैँले बन्धनमा परेको महसुस पटक्कै गर्नु हुँदैन, र तैँले तिनीहरूलाई सहयोग गर्न सत्यता खोजी गर्नुपर्छ। अरू ऐसआराममा लिप्त हुँदा, तैँले तिनीहरूको ईर्ष्या पटक्कै गर्नु हुँदैन, तैँले परमेश्‍वरसामु जिउनेबारे मात्र चिन्ता नलिई हुँदैन। अरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउँदा तैँले तिनीहरूका लागि प्रार्थना गर्नुपर्छ र तिनीहरूलाई सहयोग गर्नुपर्छ, परमेश्‍वरसामु आफ्नो हृदय शान्त बनाउनुपर्छ र यी कुराहरूलाई आफूमाथि प्रभाव पार्न दिनु हुँदैन। तेरो वरपर जे घटना घटे पनि, तैँले सबै कुराबारे परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। तैँले सधैँ सत्यता खोजी गर्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, आफू परमेश्‍वरसामु जिइरहेको छु, र परमेश्‍वरसँग आफ्नो सामान्य सम्बन्ध छ भनेर सुनिश्चित गर्नुपर्छ। परमेश्‍वर हरसमय मानिसहरूलाई जाँच्नुहुन्छ, र पवित्र आत्माले यस्ता मानिसहरूभित्र काम गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

कति मानिसहरू अहिले नकारात्मकतामा डुबेका छन्, तर तिनीहरूले अझै पनि “मेरो परिणाम जस्तोसुकै भए नि, म अन्त्यसम्‍मै परमेश्‍वरप्रति बफादार हुन्छु” भन्‍ने मनोवृत्ति लिएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। म त भन्छु, परिवर्तन भनेकै यही हो, तर तिमीहरू आफैले चाहिँ यो कुरा पहिचान गर्दैनौ। वास्तवमा, यदि तैँले आफूलाई ध्यान दिएर जाँचिस् भने, तेरो भ्रष्ट स्वभावको एउटा भाग पहिले नै परिवर्तन भइसकेको छ भन्‍ने कुरा तैँले देख्‍न सक्नुपर्छ। तर तैँले सधैँ आफूलाई सबैभन्दा उच्‍च मापदण्डको आधारमा मापन गर्छस्, र फलस्वरूप तँ त्यो सबैभन्दा उच्च मापदण्डमा पुग्‍न नसक्‍ने मात्र होइन, तैँले पहिले नै प्राप्त गरेका परिवर्तनहरूलाई समेत इन्कार गर्छस्। यो मानिसहरूमा हुने विचलन हो। यदि तँ साँच्‍चै नै सही र गलतबीच भिन्‍नता छुट्याउन सक्‍ने व्यक्ति होस् भने, तैँले आफ्नो कुनकुन पक्षहरू परिवर्तन भएका छन् भनेर जाँच्नु नै राम्रो हुन्छ। अनि तैँले आफूभित्रका परिवर्तनहरू देख्‍ने मात्र होइन, भविष्यको लागि अभ्यासको मार्ग पनि भेट्टाउनेछस्। त्यो बेला तैँले देख्‍नेछस् कि तैँले प्रयास गरिस् भने, तँसँग आशा हुन्छ; तँ छुटकारा पाउन नसकिने व्यक्ति होइनस्। अहिले म तँलाई भन्दै छु: आफूसँग भएका समस्याहरूलाई सही तरिकाले लिन सक्‍ने, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्न सक्‍ने मानिसहरूले मुक्ति पाउने आशा प्राप्त गर्छन् र आफूलाई नकारात्मकताबाट मुक्त गर्न सक्छन्। तैँले आफू छुटकारा पाउन नसकिने अवस्थामा पुगेको छु भन्‍ने विश्‍वास गरेर सत्यता त्यागेको हुन्छस्। त्यसैले, कस्तो व्यक्तिले छुटकारा पाउन सक्छ, र कस्तो व्यक्तिले छुटकारा पाउन सक्दैन? तैँले कम्तीमा पनि बुझ्नुपर्ने सत्यता यही हो। मानिसहरूले सत्यता त्यागेनन् भने, परमेश्‍वरले तिनीहरूलाई सबैभन्दा बढी हदसम्म मुक्ति दिनुहुनेछ। के तँ यो कुरा साँच्‍चै बुझ्दैनस्? यस्तो आधारभूत सत्यताबारे पनि अन्योलमा पर्नु—के तँ अत्यन्तै मूर्ख र अज्ञानी भइरहेको छैनस् र? पहिले यसो भनिएको थियो: “जहिले भए पनि, स्वभाव परिवर्तन पछ्याउनु सधैँ सही हुन्छ।” के तैँले यी वचनहरू बिर्सिएको हो? तैँले मुक्ति पाउन सक्‍नेहरू “अत्यन्तै थोरै छन्” भनेर परमेश्‍वरले एकपटक भन्‍नुभएको छ भन्‍ने मात्रै याद गर्छस्, त्यसकारण तँलाई तँसँग कुनै आशा छैन भन्‍ने लाग्छ। के तैँले केही सङ्कल्प गर्न सक्दैनस् र? सायद तैँले सत्यताको अभ्यास गर्न सक्दैनस् भन्‍ने कुरा सही नहोला, बरु तैँले सत्यता अभ्यास गर्ने अवसरचाहिँ त्यागेको होलास्। यदि तैँले सत्यता त्यागेको होस् भने, के तँ अझै पनि परिवर्तन हुन सक्छस्? यदि तैँले सत्यता त्यागेको छस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वासको के महत्त्व हुन्छ? जब तैँले सत्यता खोजी गर्न छोड्छस्, तब स्वाभाविक रूपमै नकारात्मक कुराहरूले तेरो हृदय कब्जा गर्छन्—अनि तँ कसरी यस्तो नकारात्मक नबनी बस्‍न सक्छस् र? यदि तैँले सत्यतालाई दह्रिलो गरी समातिरहिस् भने, तँसँग स्वाभाविक रूपमै दृढता हुनेछ। त्यसकारण, म अझै पनि तँलाई भन्छु: तैँले आफूलाई सही रूपमा लिनैपर्छ र सत्यता त्याग्नै हुँदैन।

—परमेश्‍वरको सङ्गति

स्वभाव परिवर्तन रातारात हुने, वा केही वर्षको अनुभवपछि हासिल गर्न सकिने कुरा होइन। कतिपय मानिस आफ्नो खराब आनीबानी परिवर्तन गर्न थाल्दा प्रायः असफल हुन्छन् र ठेस खान्छन्, अनि सोच्छन्: “मलाई पुग्यो। म निराश छु। स्वभाव परिवर्तन मेरा लागि होइन, परिवर्तन हुनु मेरा लागि असम्भव छ। यदि मलाई यी ससाना त्रुटि र खराब बानीहरू परिवर्तन गर्नसमेत यति कठिन छ भने, निश्चय नै आफ्नो स्वभाव परिवर्तन गर्न त झन् बढी कठिन हुनेछ।” तिनीहरू नकारात्मक बन्छन्, आफ्नो कुनै आशा छैन जस्तो महसुस गर्छन्, अनि लामो समयसम्म परमेश्‍वरका वचनहरू खान र पिउन अनिच्छुक हुन्छन्। कसैले तिनीहरूलाई काटछाँट गर्दा, तिनीहरू रिसाउँछन् र नकारात्मक हुन्छन्, आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, र सत्यतामा फिटिक्कै चासो लिँदैनन्। यो कस्तो स्थिति हो? यो गम्भीर समस्या हो। के तिमीहरूले कहिल्यै यस्तो अनुभव गरेका छौ? के तिमीहरूलाई आफ्नो जीवन अनुभवका क्रममा आफू सधैँ नकारात्मक, कमजोर, असफल हुनेछु र ठेस खानेछु भन्‍ने डर लाग्छ? तिमीहरूलाई डर लागे पनि नलागे पनि, वास्तविकता के हो भने स्वभाव परिवर्तन रातारात हुँदैन। किनभने स्वभाव परिवर्तन मानवजातिको भ्रष्ट प्रकृतिको जडबाट नै सुरु हुन्छ, अनि यो आमूल र पूर्ण रूपान्तरण हो। यो त कुनै व्यक्तिलाई क्यान्सर लागेर त्यसको ट्युमर बढ्नुजस्तै हो: उसले ट्युमर हटाउन शल्यक्रिया गर्नैपर्छ, उसले निकै कष्ट सहनैपर्छ, र यो एकदमै जटिल प्रक्रिया हो। स्वभाव परिवर्तनका क्रममा, तैँले अलिअलि सत्यता बुझ्न वा स्वभाव परिवर्तनको कुनै पक्ष हासिल गर्नअघि धेरै कुरा पार गर्लास्, वा अन्त्यमा थोरै परिवर्तन गर्नुअघि धेरै मानिस, घटना, कामकुरा, र विभिन्‍न परिवेश अनुभव गर्लास्, अनि धेरैवटा गलत दिशामा लाग्छस् होला। यो परिवर्तन जति नै ठूलो भए पनि मूल्यवान् हुन्छ, र परमेश्‍वरका नजरमा यो प्रिय र स्मरणीय हुन्छ किनकि त्यसका लागि तैँले निकै कष्ट भोगेको र ठूलो मूल्य चुकाएको हुन्छस्। परमेश्‍वर मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ, तिनीहरूका सोच र चाहना अनि कमजोरीहरू जान्‍नुहुन्छ, तर सबैभन्दा बढी परमेश्‍वर तिनीहरूलाई के आवश्यक छ भनी जान्‍नुहुन्छ। व्यावहारिक परमेश्‍वरलाई पछ्याउन हामीमा यो सङ्कल्प हुनैपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, जस्तो प्रकारका कठिनाइहरू आए पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्‍वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्‍वरले मानवजातिलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसलाई वहन गर्न मानिसहरूमा सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्‍वर कायरहरूलाई मन पराउनुहुन्‍न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गर्ने, निकैपटक गलत मार्गमा हिँड्ने, वा धेरै अपराध गर्ने, परमेश्‍वरबारे गुनासो गर्ने, वा धर्मभित्र परमेश्‍वरको प्रतिरोध गर्ने वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्‍वर ती सबै कुरा हेर्नुहुन्‍न। परमेश्‍वर त कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र कुनै दिन ऊ परिवर्तन हुन सक्छ वा सक्दैन भनेर मात्र हेर्नुहुन्छ। बाइबलमा बिग्रेको छोरो घर फर्केको एउटा कथा छ—किन प्रभु येशूले यो नीतिकथा प्रयोग गर्नुभयो? त्यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय निश्चल छ र उहाँले मानिसलाई पश्चात्ताप गर्न र परिवर्तित हुन अवसर दिनुहुन्छ भनी मानिसहरूलाई बुझाउनका लागि थियो। यो प्रक्रियाभरि, परमेश्‍वर मान्छेलाई बुझ्नुहुन्छ र उनीहरूको कमजोरी र भ्रष्‍टताको हदको राम्रो ज्ञान राख्‍नुहुन्छ। उहाँलाई थाहा छ, मानिसहरू पछारिनेछन् र असफल हुनेछन्। जसरी केटाकेटीले हिँड्न सिक्दा तिनीहरूको शरीर जतिसुकै बलियो भए पनि कुनै बेला तिनीहरू लड्ने र ठेस लाग्ने, अनि वस्तुहरूसित ठोक्किने र अल्झेर लड्ने त हुन्छ नै। जसरी एउटी आमाले आफ्नो सन्तानलाई बुझ्छे त्यसरी नै परमेश्‍वर हर व्यक्तिलाई बझ्नुहुन्छ। उहाँ हरेक व्यक्तिका कठिनाइ, कमजोरी र आवश्यकताहरू बुझ्नुहुन्छ। त्योभन्दा बढी, परमेश्‍वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तनमा प्रवेश गर्ने प्रक्रियामा कस्ता कठिनाइ, कमजोरी र असफलताहरू सामना गर्नेछन् भनेर बुझ्नुहुन्छ। परमेश्‍वरले सबैभन्दा राम्ररी बुझ्ने कुरा यिनै हुन्। यसको मतलब परमेश्‍वर मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ। तँ जति नै कमजोर भए पनि, यदि तैँले परमेश्‍वरको नाम त्यागिनस्, वा उहाँ र यो मार्ग छोडिनस् भने, तँसँग स्वभाव परिवर्तन गर्ने मौका सधैँ हुनेछ। यदि तँसँग यो मौका भयो भने, तँसित बाँच्ने आशा हुन्छ, र त्यसैले परमेश्‍वरद्वारा मुक्ति पाइने आशा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

सम्बन्धित भजनहरू

आफ्नो कर्तव्य पूरा गरेर मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सकिन्छ

परमेश्‍वरले सङ्कल्प भएकाहरू मन पराउनुहुन्छ

सत्यता पछ्याउनको लागि अत्यावश्यक सङ्कल्प

अघिल्लो: ८. नीच हुने समस्या कसरी समाधान गर्ने

अर्को: १०. परमेश्‍वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्