१०. परमेश्‍वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्‍ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैँले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा झुकाउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु झुक्छ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ। यसैले, आजको मुक्तिको विधि विगतको जस्तो छैन। आज, तिमीहरूको मुक्ति धर्मी न्यायको माध्यमबाट ल्याइन्छ, र यो तिमीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्ने उत्तम साधन हो। यसबाहेक, निर्दयी सजायले तिमीहरूको पूर्ण मुक्तिको रूपमा काम गर्दछ—र त्यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूले के भन्नुपर्ने हुन्छ? के तिमीहरूले सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिको आनन्द लिइरहेका छैनौ र? तिमीहरूले देहधारी परमेश्‍वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिलाई महसुस गरेका छौ; यसबाहेक अझै तिमीहरूले बारम्बारको पिटाइ र अनुशासनको अनुभव गरेका छौ। तापनि, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिषहरू अरू कसैको भन्दा ठूलो छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले उपभोग गरेका गौरव र धन-सम्पत्तिभन्दा पनि प्रचुर छन्! यसको बारेमा विचार गर: यदि म आउनुको उद्देश्य तिमीहरूलाई मुक्ति दिनु नभएर तिमीहरूलाई दोष लाउनु र दण्ड दिने थियो भने, के तिमीहरूका दिनहरू यति लामो लम्बिने थियो? के मासु र रगतका तिमी पापी प्राणीहरू आजको दिनसम्म जीवित रहन सक्थ्यौ? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्र थियो भने, म किन मानिस बन्थें र त्यस्तो ठूलो काम सुरु गर्थें? के तिमीहरूजस्ता मरणशील प्राणीलाई एकै शब्द बोलेर मात्रै पनि दण्ड दिन सकिँदैनथियो र? के तिमीहरूलाई जानाजानी दोष लगाएपछि मैले तिमीहरूलाई नाश पार्नु आवश्यक हुन्थ्यो? के तिमीहरू अझै पनि मेरा यी वचनहरूमा विश्‍वास गर्दैनौ? के म मानिसहरूलाई प्रेम र दयाको माध्यमबाट मात्र बचाउन सक्थेँ? वा के मानिसलाई बचाउन म क्रूसको मृत्यु मात्र प्रयोग गर्न सक्थेँ? के मेरो धर्मी स्वभाव मानिसलाई पूर्णतया समर्पित बनाउन अझ उपयोगी छैन र? के यो मानिसलाई पूर्ण रूपमा बचाउन अझ सक्षम छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैँले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्‍वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के अझै ठूलो मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू विद्रोही भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो। तिमीहरूले दैनिक जीवनमा कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी थाहा नपाएकोले, र तिमीहरू व्यभिचारी र फोहोर शैतानहरू भएकोले, उहाँले तिमीहरूलाई अझ बढी भ्रष्ट हुन दिन सक्नुहुन्न, तिमीहरू अहिले यो फोहोर देशमा शैतानको इच्छाद्वारा कुल्चिएर जसरी जिइरहेका छौ त्यो उहाँले देख्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालमा पस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिको लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्‍वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दुःख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्‍वरको न्यायको कारण आज तैँले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्‍वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनद्वारा गम्भीर खुलासा गर्नु सबैको उद्देश्य तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्‍वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्‍ने तँलाई लाग्छ। तर तैँले दण्ड र न्याय भोग्‍नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो। यदि तैँले यो कामको गहिरो अर्थ बुझ्न सकिनस् भने, त्यसलाई अनुभव गरिरहन तेरो निम्ति असम्भव हुन्छ। यो उद्धारले तँमा सान्त्वना ल्याउनुपर्छ। होसमा आउन अस्वीकार नगर्। यहाँसम्म आइपुगेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भएको हुनुपर्छ, र तँमा यस बारेमा कुनै पनि प्रकारका विचारहरू हुनुहुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

कतिपय मानिसहरू एकदमै कमजोर क्षमताका हुन्छन् र सत्यतालाई प्रेम गर्दैनन्। सत्यताबारे जे-जसरी सङ्गति गरे पनि तिनीहरूले बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा कैयौँ वर्षदेखि विश्‍वास गरेका भए पनि कुनै वास्तविक अनुभव वा बुझाइबारे कुरा गर्न सक्दैनन्। त्यसैले, तिनीहरूले आफू परमेश्‍वरका पूर्वनिर्धारित र चुनिएका मानिसहरू होइनौँ र जति वर्ष विश्‍वास गरे पनि परमेश्‍वरले आफूहरूलाई मुक्ति दिनुहुन्न भनी निर्क्योल गर्छन्। तिनीहरूले आफ्नो हृदयमा यस्तो विचार राखेका हुन्छन्, “परमेश्‍वरद्वारा पूर्वनिर्धारित र चुनिएकाहरूले मात्र मुक्ति पाउन सक्छन्; र एकदमै कमजोर क्षमता भएका र सत्यता बुझ्न नसक्नेहरू परमेश्‍वरका पूर्वनिर्धारत र चुनिएका मानिसहरू होइनन्; तिनीहरूले विश्‍वास गरेर पनि मुक्ति पाउन सक्दैनन्।” तिनीहरू परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारण गर्नुहुन्‍न भन्ने सोच्छन्। यदि तैँले यस्तो सोचेको छस् भने, तैँले परमेश्‍वरलाई धेरै नै गलत बुझेको रहेछस्। यदि परमेश्‍वरले साँच्चै यसरी व्यवहार गर्नुहुन्थ्यो भने, के उहाँ धर्मी कहलाउनुहुन्थ्यो र? परमेश्‍वरले एउटै सिद्धान्तको आधारमा मानिसको परिणाम निर्धारण गर्नुहुन्छ: अन्ततः, मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारित हुनेछ। यदि तँ परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्दैनस्, र सधैँ परमेश्‍वरलाई गलत बुझ्छस् र उहाँको अभिप्राय तोडमोड गर्छस्, र यसरी सधैँ निराशावादी र दुःखी भइरहन्छस् भने, के त्यो आत्मघाती कुरा होइन र? यदि तँ परमेश्‍वरको पूर्वनिर्धारणले कसरी काम गर्छ भन्ने बुझ्दैनस् भने, तैँले परमेश्‍वरसित उहाँका वचनहरूमा सत्यता खोज्नुपर्छ र आफू उहाँको पूर्वनिर्धारित र चुनिएको मानिस नभएको भनेर अन्धाधुन्ध निर्क्योल गर्नु हुँदैन। यो परमेश्‍वरबारे गम्भीर गलतबुझाइ हो! तँलाई परमेश्‍वरको कामबारे केही पनि थाहा छैन, र परमेश्‍वरको इच्छा बुझ्दैनस्, परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन कार्यपछाडिको कठिन प्रयास बुझ्ने त झन् कुरै भएन। तँ हरेस खान्छस्, परमेश्‍वरबारे अनुमान र शङ्का गर्छस्, आफू सेवाकर्ता हुँ र सेवा पूरा गरिसकेपछि हटाइनेछु भनी डराउँछस्, र सदैव यस्तो सोचिरहन्छस्, “मैले आफ्नो कर्तव्य किन पूरा गर्ने? कर्तव्य निर्वाह गर्दा पनि मैले सेवा प्रदान गरिरहेको छु त? मैले सेवा दिने काम सकिएपछि मलाई हटाइयो भने के म कुनै चालमा फसिरहेको हुनेछैन र?” यस्तो सोचलाई तँ कसरी बुझ्छस्? के यसबारे विवेचना गर्न सक्छस्? तँ सधैँ परमेश्‍वरलाई गलत बुझ्छस्, उहाँलाई संसारमा शासन गर्ने पिशाच राजाहरूको कोटीमा राख्छस्, उहाँविरुद्ध हृदय सतर्क राख्छस्, र सधैँ उहाँलाई मानवजत्तिकै स्वार्थी र घृणित सोच्छस्। उहाँले मानवजातिलाई प्रेम गर्नुहुन्छ भन्ने तँ कहिल्यै विश्‍वास गर्दैनस् र मानवजातिलाई मुक्ति दिने उहाँको इमानदारितामा कहिल्यै विश्‍वास गर्दैनस्। यदि तँ सधैँ आफूलाई सेवकर्ताको रूपमा चित्रित गर्छस् र सेवा दिइसकेपछि हटाइनेछु भनेर डर मान्छस् भने, तेरो मानसिकता गैरविश्‍वासीको जस्तै कपटी छ। अविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, किनभने तिनीहरू परमेश्‍वर हुनुहुन्छ भन्ने स्वीकार गर्दैनन्, न त परमेश्‍वरको वचन सत्यता हो भनेर नै स्वीकार गर्छन्। तँ त परमेश्‍वरमा विश्‍वास गर्छस्, तर किन उहाँमा भरोसा गर्दैनस्? परमेश्‍वरको वचन सत्यता हो भनेर किन स्वीकार गर्दैनस्? तँ आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक छस्, र सत्यता अभ्यास गर्न कुनै कठिनाइ भोग्दैनस्, र परिणामस्वरूप, धेरै वर्षसम्म परमेश्‍वरमाथिको तेरो विश्‍वासका बाबजुद पनि तैँले अझै सत्यता प्राप्त गरेको छैनस् र यो सबै भएर पनि तँ अन्त्यमा परमेश्‍वरले तँलाई पूर्वनिर्धारित गर्नुभएन, उहाँ तसँग इमानदार हुनुभएन भन्दै उहाँमाथि दोष थोपर्छस्। यो समस्या के हो? तैँले परमेश्‍वरका अभिप्रायहरूलाई गलत बुझेको छस्, र तैँले उहाँका वचनहरूमा विश्‍वास गर्दैनस्, अनि तैँले न त सत्यता अभ्यास गरिरहेको छस्, न त कर्तव्य निभाउँदा आफूलाई समर्पित नै गरिरहेको छस्। कसरी तैँले परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन सक्छस् र? कसरी तैँले पवित्र आत्माको काम प्राप्त गर्न र सत्यता बुझ्न सक्छस् र? त्यस्ता मानिसहरू सेवाकर्ताहरू हुनसमेत योग्य हुँदैनन्, त्यसैले तिनीहरू परमेश्‍वरसित कारोबार गर्न कसरी योग्य हुन सक्लान्? यदि परमेश्‍वर धर्मी हुनुहुन्न भनी तँ सोच्छस् भने, किन तँ उहाँमा विश्‍वास गर्छस्? तँ सधैँ आफूले परमेश्‍वरको घरको खातिर परिश्रम गर्नुपहिले नै परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै यसो भन्‍नुहोओस् भन्‍ने चाहन्छस्, “तँ परमेश्‍वरको राज्यका मानिसहरूमध्येको एउटा होस्; यो कुरा कहिल्यै परिवर्तन हुनेछैन,” अनि उहाँले यसो भन्नुभएन भने तैँले उहाँलाई कहिल्यै आफ्नो साँचो हृदय दिनेछैनस्। त्यस्ता मानिसहरू कति विद्रोही र हठी छन्! मैले धेरै मानिसहरू देखेको छु जसले कहिल्यै आफ्नो स्वभाव बदल्ने कुरामा ध्यानकेन्द्रित गरेका छैनन्, तिनीहरूले सत्यता अभ्यास गर्ने कुरामा ध्यानकेन्द्रित गर्ने त झन् कुरै नगरौँ। तिनीहरू हरमोडमा राम्रो गन्तव्य पाउँला कि नपाउँला, परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहोला, उहाँले तिनीहरूलाई उहाँका मानिसहरू हुने पूर्वनिर्धारित गर्नुभएको छ कि छैन अनि चर्चाका अन्य विषयहरू सोध्ने कुरामा मात्रै ध्यानकेन्द्रित गर्छन्। उचित काममा ध्यान नदिने त्यस्ता मानिसहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन्? कसरी तिनीहरू परमेश्‍वरको घरमा रहन सक्छन्? अब, म तिमीहरूलाई गम्भीर भएर भन्छु: कुनै व्यक्ति पूर्वनिर्धारित हुन त सक्ला, तर यदि उसले परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सत्यता स्विकार्न र अभ्यास गर्न सक्दैन भने, निष्कासित हुनु नै उसको अन्तिम परिणाम हुनेछ। आफूलाई इमानदारीपूर्वक परमेश्‍वरप्रति समर्पित गर्ने र आफ्ना क्षमताले भ्याएसम्म सत्यता अभ्यास गर्ने मानिसहरू नै जीवित रहिरहन र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्षम हुनेछन्। अन्य मानिसहरूले तिनीहरूलाई जीवित रहिरहन पूर्वनिर्धारत नगरिएका व्यक्तिहरूको रूपमा हेर्न सक्छन्, तर परमेश्‍वरको धर्मी स्वभावका कारण परमेश्‍वरप्रति कहिल्यै बफादारी नदेखाउने कथित पूर्वनिर्धारित मानिसहरूको भन्दा तिनीहरूको गन्तव्य राम्रो हुनेछ। के तँ यो कुरामा विश्‍वास गर्छस्? यदि तँ यो कुरामा विश्‍वास गर्दैनस् र जिद्दी भएर बरालिइरहन्छस् भने, म तँलाई भन्छु कि तँ निश्‍चय नै जीवित रहन सक्नेछैनस्, किनभने तँ परमेश्‍वरमा साँचो विश्‍वास भएको वा सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। कुरा यस्तो भएकाले, परमेश्‍वरको पूर्वनिर्धारण महत्त्वपूर्ण हुँदैन। मैले यसो भन्नुको कारण के हो भने, आखिरमा परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारण गर्नुहुनेछ, तर परमेश्‍वरको पूर्वनिर्धारणले वस्तुगत रूपमा एउटा सानो भूमिका मात्र खेल्छ, मुख्य भूमिका खेल्दैन। के तैँले यो कुरा बुझिस्?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जब केही मानिसहरूले परमेश्‍वरका वचन पढ्छन् र उहाँका वचनहरूमा परमेश्‍वरले मानिसहरूलाई निन्दा गर्नुभएको देख्छन्, तब तिनीहरू धारणा बनाउँछन् र मनभित्र अन्तर्द्वन्द्व महसुस गर्छन्। उदाहरणको लागि, परमेश्‍वरका वचनले भन्छ कि तैँले सत्यता नस्विकार्ने भएकोले परमेश्‍वरले तँलाई रुचाउनु वा स्विकार्नुहुन्न, तँ दुष्कर्मी र ख्रीष्टविरोधी होस्, तँलाई हेर्दासमेत उहाँमा उदासी छाउँछ र उहाँ तँलाई चाहनुहुन्न। मानिसहरू यी वचन पढेर यस्तो सोच्छन्, “यी वचनहरू मलाई भनिएका हुन्। परमेश्‍वरले मलाई नचाहने भनेर दृढनिश्‍चय गर्नुभएको छ, र परमेश्‍वरले मलाई परित्याग गर्नुभएकोले, म पनि अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ।” त्यस्ता मानिसहरू पनि छन् जो, परमेश्‍वरका वचनहरू पढ्दा, प्राय: धारणा र गलतबुझाइहरू विकास गर्छन् किनकि परमेश्‍वरले मानिसका भ्रष्ट स्थितिहरू पर्दाफास गर्नुहुन्छ र मानिसलाई निन्दा गर्दै केही कुरा बोल्‍नुहुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरू आफूप्रति लक्षित छन्, परमेश्‍वरले आफूलाई त्यागिरहनुभएको छ र उहाँले आफूलाई मुक्ति दिनुहुन्‍न भन्‍ने सोच्दै नकारात्मक र कमजोर बन्छन्। तिनीहरू यति हदसम्म नकारात्मक बन्छन् कि तिनीहरूको आँसु नै झर्छ र अबउप्रान्त परमेश्‍वरलाई पछ्याउन चाहँदैनन्। यो वास्तवमा परमेश्‍वरलाई गलत बुझ्नु हो। जब तैँले परमेश्‍वरका वचनहरूको अर्थ बुझ्दैनस्, तैँले परमेश्‍वरलाई सीमित पार्ने कोसिस गर्नु हुँदैन। तँलाई परमेश्‍वरले कस्तो व्यक्तिलाई त्याग्नुहुन्छ, वा उहाँले कस्ता परिस्थितिमा मानिसहरूबाट आशा मार्नुहुन्छ, वा कस्ता परिस्थितिमा मानिसहरूलाई पन्छाउनुहुन्छ भन्ने कुरा थाहा छैन; यो सबै कुराका सिद्धान्त र परिवेश हुन्छन्। यदि तँसँग यी सब कुराबारे पूर्ण अन्तर्दृष्टि छैन भने, तँ अति संवेदनशील बन्‍ने सम्भावना हुन्छ र तैँले परमेश्‍वरको एउटा वचनको आधारमा आफूलाई सीमित पार्नेछस्। के त्यो समस्याजनक कुरा होइन र? जब परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नुहुन्छ, उहाँले तिनीहरूको कुन प्रमुख पक्षको निन्दा गर्नुहुन्छ? परमेश्‍वरले जुन कुराहरूको न्याय र खुलासा गर्नुहुन्छ, ती मानिसहरूका भ्रष्ट स्वभाव र भ्रष्ट सारहरू हुन्, उहाँले तिनीहरूका शैतानी स्वभाव र शैतानी प्रकृतिको निन्दा गर्नुहुन्छ, उहाँले परमेश्‍वरप्रति तिनीहरूका विद्रोह र विरोधका विविध प्रकटीकरण र व्यवहारहरूको निन्दा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन नसकेकोमा, सधैँ परमेश्‍वरको विरोध गरेकोमा, र सधैँ तिनीहरूका आफ्नै उत्प्रेरणा र लक्ष्यहरू भएकोमा निन्दा गर्नुहुन्छ—तर यस्तो निन्दाको अर्थ परमेश्‍वरले शैतानी स्वभाव भएका मानिसहरूलाई परित्याग गर्नुभएको छ भन्ने हुँदैन। यदि तँ यसबारे प्रस्ट छैनस् भने, तँसँग बोध क्षमता नै छैन, यसले कताकता तँलाई सधैँ सबथोकमा शङ्का गर्ने र परमेश्‍वरलाई गलत अर्थ्याउने, मानसिक रोगी मानिसहरूझैँ बनाउँछ। यस्ता मानिसहरूमा साँचो आस्था हुँदैन, त्यसैले तिनीहरूले कसरी परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउन सक्छन् र? परमेश्‍वरबाट निन्दाको एउटा अभिव्यक्ति सुन्दा नै तैँले सोच्छस् कि, परमेश्‍वरबाट निन्दित भएपछि मानिसहरू परमेश्‍वरद्वारा त्यागिएका हुन्छन्, र अब तिनीहरूले मुक्ति पाउनेछैनन्, र यही कारणले तँ नकारात्मक बन्छस्, र तैँले आफूलाई निराशामा डुबाउँछस्। यो परमेश्‍वरको गलत व्याख्या गर्नु हो। खासमा, परमेश्‍वरले मानिसहरूलाई त्याग्नुभएको हुँदैन। तिनीहरू आफैले परमेश्‍वरको गलत व्याख्या गरेर आफूलाई त्यागेका हुन्छन्। मानिसहरूले आफैलाई त्याग्नुभन्दा गम्भीर कुरा केही हुँदैन, र यो कुराले पुरानो करारको यो वचन चरितार्थ गर्छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। मानिसहरूले आफूलाई निराशामा डुबाउनुभन्दा मूर्ख व्यवहार केही हुँदैन। कहिलेकाहीँ तैँले परमेश्‍वरका त्यस्ता वचनहरू पढ्छस् जसले मानिसहरूलाई सीमित पारेजस्तो देखिन्छ; तर खासमा, तिनले कसैलाई पनि सीमित पारिरहेका हुँदैनन्, बरु ती परमेश्‍वरको इच्छा र रायका अभिव्यक्ति हुन्। ती सत्यता र सिद्धान्तका वचन हुन्, तिनले कसैलाई सीमित पारिरहेका हुँदैनन्। रिस र आक्रोशको समयमा परमेश्‍वरले बोल्नुभएका वचनले पनि परमेश्‍वरको स्वभाव प्रतिनिधित्व गर्छन्, ती वचनहरू सत्यता हुन्, र ती सिद्धान्तका वचन हुन्। यो कुरा मानिसहरूले बुझ्नैपर्छ। परमेश्‍वरले यसो भन्नुको उद्देश्य मानिसहरूलाई सत्यता र सिद्धान्तहरू बुझ्न दिनु हो; यो कसैलाई सीमित पार्नु किमार्थ होइन। मानिसहरूको अन्तिम गन्तव्य र इनामसँग यसको कुनै सम्बन्ध छैन, ती कुरा झन् मानिसहरूको अन्तिम दण्ड हुने त कुरै भएन। ती त मानिसहरूलाई न्याय र काँटछाँट गर्न बोलिएका वचन मात्र हुन्, ती उहाँका अपेक्षा पूरा नगर्ने मानिसहरूप्रतिको रिसका परिणाम हुन्, ती मानिसहरूलाई जगाउन र उक्साउन बोलिएका हुन्, र ती परमेश्‍वरको हृदयका वचनहरू हुन्। तर अझै पनि, कतिपय मानिसहरू परमेश्‍वरको न्यायको एउटै अभिव्यक्तिको कारण पछारिन्छन् र परमेश्‍वरलाई त्याग्छन्। यस्ता मानिसहरूलाई आफ्नो लागि के ठिक हुन्छ भन्ने नै थाहा हुँदैन, तिनीहरू समझप्रतिरोधी हुन्छन्, र बिलकुलै सत्यता स्विकार्दैनन्। … बेलाबेलामा तँलाई परमेश्‍वरले तँलाई त्याग्नुभएको छ भन्ने लाग्छ—तर खासमा, परमेश्‍वरले तँलाई त्याग्नुभएको हुँदैन, उहाँले त बस तैँले आफ्नो बारे चिन्तन गर्न सक् भनेर तँलाई एकछेउतर्फ राखिदिनुहुन्छ। परमेश्‍वरलाई तँ घिनलाग्दो लाग्न सक्छस्, र उहाँ तँलाई चासो दिन नचाहन सक्‍नुहुन्छ, तर उहाँले तँलाई साँच्चिकै त्याग्नुभएको हुँदैन। कतिपय यस्ता पनि छन्, जसले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन्, तर तिनीहरूको सार र तिनीहरूमा प्रकट हुने विभिन्न कुराहरूको कारण परमेश्‍वरले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र सत्यतालाई बिलकुलै स्विकार्दैनन् भन्ने बुझ्नुहुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूलाई साँच्चिकै त्याग्नुहुन्छ; तिनीहरू साँच्चै चुनिएका हुँदैनन्, तर तिनीहरूले केही समय सेवा मात्र दिएका हुन्छन्। यसैबीच, कतिपयलाई अनुशासित गराउन, ताडना दिन र न्याय गर्न, र निन्दा गर्न र धिक्‍कार्नसमेत परमेश्‍वरले सक्दो गर्नुहुन्छ, र तिनीहरूसँग मान्छेका धारणाहरूसँग नमिल्ने विविध तरिकामा व्यवहार गर्नुहुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको इच्छा बुझ्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई दोष लगाइराख्नुभएको र चोट पुऱ्याइरहनुभएको छ भनी सोच्छन्। तिनीहरू परमेश्‍वरसामु जिउनुको कुनै मर्यादा छैन भनी सोच्छन्, तिनीहरू परमेश्‍वरलाई अब फेरि दुःखी बनाउन चाहँदैनन्, र मण्डली छोडेर जान्‍छन्। तिनीहरूले यसो गर्नु समझदारी हो भन्‍नेसमेत सोच्छन्, र यसरी तिनीहरूले परमेश्‍वरलाई पिठिउँ फर्काउँछन्—तर वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको हुँदैन। यस्ता मानिसहरूमा परमेश्‍वरको इच्छाको कुनै हेक्‍का हुँदैन। तिनीहरू केही हदसम्म अति संवेदनशील हुन्छन्, यहाँसम्म कि तिनीहरूले परमेश्‍वरको मुक्ति पनि त्याग्छन्। के तिनीहरूमा साँच्चै विवेक हुन्छ त? कहिलेकहीँ परमेश्‍वर मानिसहरूबाट अलग बस्‍नुहुन्छ, र तिनीहरूले आफ्नै बारे मनन गरून् भनी कहिलेकहीँ तिनीहरूलाई केही समयको निम्ति एकछेउमा राख्नुहुन्छ, तर परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको हुँदैन; उहाँले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइरहनुभएको हुन्छ। परमेश्‍वरले धेरै दुष्कर्म गर्ने दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरूलाई मात्र साँच्‍चिकै त्याग्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “मलाई आफू पवित्र आत्माको कामविहीन भएको र लामो समयदेखि पवित्र आत्माको अन्तर्दृष्टिरहित रहेको महसुस गर्छु। के परमेश्‍वरले मलाई त्याग्नुभएको हो?” यो एउटा गलत धारणा हो। यसमा स्वभावको समस्या पनि छ: मानिसहरू बढी नै भावुक हुन्छन्, तिनीहरू सधैँ आफ्नै समझ पछ्याउँछन्, सधैँ मनमौजी हुन्छन्, र तिनीहरूमा तर्कसङ्गति हुँदैन—के यो स्वभावको समस्या होइन र? तँ भन्छस्, परमेश्‍वरले तँलाई त्याग्नुभएको छ, र उहाँले तँलाई मुक्ति दिनुहुनेछैन, त्यसोभए के उहाँले तेरो अन्त्य निश्‍चित गर्नुभएको छ? परमेश्‍वरले तँसित क्रोधका केही शब्दहरू मात्र बोल्नुभएको छ। कसरी तँ उहाँले तँलाई त्याग्‍नुभएको छ, र उहाँ अबउप्रान्त तँलाई चाहनुहुन्‍न भनेर भन्‍न सक्छस्? कहिलेकाहीँ तँ पवित्र आत्माको कामलाई महसुस गर्न सक्दैनस्, तर परमेश्‍वरले तँलाई उहाँका वचनहरू पढ्ने अधिकारबाट वञ्‍चित गर्नुभएको हुँदैन, न त उहाँले तेरो परिणाम निर्धारण गर्नुभएको, वा तेरो मुक्तिको मार्ग बन्द गर्नुभएको नै हुन्छ—त्यसो भए, तँ केको बारे यति उदास छस्? तँ खराब स्थितिमा छस्, तेरा मनसायहरूमा समस्या छन्, तेरा सोच र दृष्टिकोणमा समस्या छन्, तेरो मानसिक स्थिति विकृत छ—तैपनि तैँले सत्यता खोजी गरी यी समस्याहरू सुल्झाउँदैनस्, बरु निरन्तर परमेश्‍वरबारे गलत व्याख्या र गुनासो गर्ने, र जिम्मेवारी परमेश्‍वरमाथि थोपर्न गर्छस् र “परमेश्‍वरले मलाई चाहनुहुन्‍न, त्यसैले अबउप्रान्त म उहाँमा विश्‍वास गर्नेछैनँ” भनेरसमेत भन्छस्। के तँ अविवेकी बन्दै छैनस् र? के तँ अनुचित हुँदै छैनस् र? यस्तो व्यक्ति अत्यन्तै भावुक हुन्छ, उसमा कुनै समझ हुँदैन, ऊ सबै समझप्रति प्रतिरोधी हुन्छ। ऊ सत्यता स्विकार्ने सबैभन्दा कम सम्भावना भएको व्यक्ति हो र उसलाई मुक्ति प्राप्त गर्न निकै कठिन हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

जब केही कुराहरू आइपर्छन्, तिमीहरू सधैं कायरझैँ व्यवहार गर्छौ, सधैं अरूलाई रिझाउने मानिसहरूजस्तो व्यवहार गर्छौ, सधैं सम्झौता गर्छौ, सधैं बीचको बाटो लिन्छौ, कहिल्यै कसैलाई अपमान गर्दैनौ वा हरेक कुरामा नाक घुसाउँदैनौ, कहिल्यै धेरै टाढा जाँदैनौ—तिमीहरू आफ्नै स्थानमा खडा भइरहेका, आफ्नै कर्तव्यमा अडिग भइरहेका, जे गर्न भनियो त्यही गरिरहेका, न अगाडि न पछाडि उभिई प्रवाहसँगै बगिरहेका झैँ देखिन्छौ—मलाई भन, के तिमीहरू अन्त्यसम्मै यसरी नै आफ्नो कर्तव्य निभाउन अडिग रहेमा परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्षम भइन्छ भन्‍ने सोच्छौ? के तिमीहरू यस प्रकारको अवस्था एकदम खतरनाक हुन्छ, यसरी तिमीहरू परमेश्‍वरको सिद्धता प्राप्त गर्न मात्र असमर्थ हुनेछैनौ, तिमीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउनेसमेत सम्भावना हुन्छ भन्‍नेबारे सचेत छौ? के यस प्रकारको उत्साहहीन व्यक्ति सत्यताको पछि लाग्छ? के तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा रहने व्यक्ति हुन्? यस प्रकारको स्थितिमा बस्ने व्यक्तिले प्राय: अरूलाई प्रसन्‍न पार्ने विचारहरू पोख्छ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। यदि कसैले बिनाकारण डर र त्रास मात्र महसुस गर्छ भने, के त्यो परमेश्‍वरको डर मान्ने हृदय हो? (होइन।) तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व कर्तव्यमा लगाए पनि, आफ्नो जागिरबाट राजीनामा दिए पनि र आफ्नो परिवार त्यागे पनि, यदि तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनन् भने र परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन् भने, के त्यो राम्रो स्थिति हो? के त्यो सत्यता वास्तविकतामा प्रवेश गर्ने सामान्य स्थिति हो? के त्यो स्थितिको भावी विकासक्रम डरलाग्दो छैन? यदि मान्छेले यो स्थिति जारी राख्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले जीवन प्राप्त गर्न सक्छन्? के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूको अवस्था पनि यस्तै छ भनेर तिमीहरू सचेत छौ? जब तिमीहरू यसबारे सचेत हुन्छौ, के तिमीहरू यस्तो सोच्छौ: “म किन सधैं परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छु? म किन सधैं यसरी सोच्छु? यसरी सोच्नु साह्रै डरलाग्दो हुन्छ! यो त परमेश्‍वरको विरोध गर्नु र सत्यता अस्वीकार गर्नु हो। परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्नु उहाँको विरोध गर्नुजस्तै हो”? परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्नु भनेको चोर हुनुजस्तै हो—तिमीहरू ज्योतिमा जिउने आँट गर्दैनौ, आफ्नो राक्षसी अनुहार खुलासा गर्न डराउँछौ, र साथै, त्रसित भई यस्तो सोच्छौ: “परमेश्‍वरसँग जोरी खोज्नु हुँदैन। उहाँले हर समय र स्थानमा मानिसहरूलाई न्याय र सजाय गर्न सक्नुहुन्छ। परमेश्‍वरलाई क्रोधित तुल्याइयो भने, हल्का अवस्थामा उहाँले काटछाँट गर्नुहुनेछ, तर गम्भीर अवस्थामा उहाँले दण्ड दिनुहुनेछ, बिरामी बनाउनुहुनेछ, वा कष्ट भोगाउनुहुनेछ। मानिसहरूले यी कुराहरू सहन सक्दैनन्!” के मानिसहरूमा यस्ता गलत बुझाइ छैनन्? के यो परमेश्‍वरको डर मान्‍ने हृदय हो? (होइन।) के यस्तो स्थिति डरलाग्दो हुँदैन? जब मान्छे यस स्थितिमा हुन्छ, जब तिनीहरूले परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन्, र सधैं यी विचारहरू अँगाल्छन्, जब तिनीहरूसँग परमेश्‍वरप्रति सधैं यसप्रकारको मनोवृत्ति हुन्छ, के तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गरिरहेका हुन्छन्? के यो परमेश्‍वरमाथिको विश्‍वास हो? जब मान्छेले परमेश्‍वरमा यस तरिकाले विश्‍वास गर्छ, जब तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गर्दैनन्, के त्यो समस्या होइन? न्यूनतम रूपमा, मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई स्वीकार गर्दैनन्, न त उहाँको कामको तथ्यलाई नै स्वीकार गर्छन्। तिनीहरू सोच्छन्: “यो सत्य हो कि परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, तर उहाँ क्रोधपूर्ण पनि हुनुहुन्छ। जब परमेश्‍वरको क्रोध कुनै व्यक्तिमाथि पर्छ, त्यो विनाशकारी हुन्छ। उहाँले जुनसुकै बेला मानिसलाई प्रहार गरी मार्न सक्नुहुन्छ, जसलाई चाह्यो उसलाई नष्ट गर्न सक्नुहुन्छ। परमेश्‍वरको क्रोधलाई ननिम्त्याऊ। यो सत्य हो, उहाँको प्रताप र क्रोधले उल्लङ्घनको कुनै अनुमति दिदैन। उहाँबाट आफ्नो दूरी राख!” यदि मान्छेमा यस्तो मनोवृत्ति र यी विचारहरू छन् भने, के तिनीहरू पूर्ण रूपमा र इमानदारीपूर्वक परमेश्‍वरको सामु आउन सक्छन्? सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

यदि तँलाई कुनै निश्चित कर्तव्य पूरा गर्न सक्छु जस्तो लाग्छ, तर तँ आफूले गल्ती गर्ने र आफूलाई हटाइने डर पनि मान्छस्, त्यसैले तँ कायर र सुस्त हुन्छस् अनि अघि बढ्न सक्दैनस् भने, के त्यो समर्पणको मनोवृत्ति हो? उदाहरणको निम्ति, यदि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तिनीहरूको अगुवाको रूपमा छनौट गर्छन् भने, तँ यो कर्तव्य पूरा गर्न बाध्य भएको महसुस गर्छस्, किनकि तँ छानिएको थिइस्, तर तँ यस कर्तव्यलाई सक्रिय मनोवृत्तिले हेर्दैनस्। तँ किन सक्रिय बन्दैनस्? किनकि तँसित त्यसबारे सोचहरू छन् र तँलाई यस्तोलाग्छ, “अगुवा हुनु बिलकुल राम्रो कुरा होइन। यो छुरीको धारमाथि हिँड्नु वा पातलो बरफमाथि टेक्नु जस्तै हो। यदि मैले असल काम गरेँ भने, कुनै इनाम पाउनेछैनँ, तर यदि मैले नराम्रो काम गरेँ भने मलाई निराकरण र काटछाँट गरिनेछ। निराकरण हुनु नै यसको सबैभन्दा नराम्रो नतिजा पनि होइन। यदि मलाई प्रतिस्थापित वा निष्कासित गरियो भने के गर्ने? यदि त्यसो भयो भने, मेरा सम्भावनाका सबै ढोकाहरू बन्द हुनेछैनन् र?” त्यो अवस्थामा तँलाई दुविधा महसुस हुन थाल्नेछ। यो कस्तो मनोवृत्ति हो? यो सतर्क रहनु र गलत बुझ्नु हो। मानिसहरूले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यो होइन। यो हतोत्साहित र नकारात्मक मनोवृत्ति हो। त्यसोभए, सकारात्मक मनोवृत्ति कस्तो हुनुपर्छ त? (हामी खुला हृदयको र निष्कपट हुनुपर्छ, अनि हामीमा बोझहरू उठाउने साहस हुनुपर्छ।) यो आज्ञाकारिता र सक्रिय सहकार्यको मनोवृत्ति हुनुपर्छ। तिमीहरूको कुरा अलि खोक्रो छ। तँ यस्तो डराउँछस् भने कसरी खुला हृदयको र निष्कपट हुन सक्छस्? अनि बोझहरू उठाउने साहस हुनु भनेको के हो? कस्तो मानसिकताले तँलाई बोझहरू उठाउने साहस दिनेछ? यदि तँ सधैँ केही गलत हुनेछ र तैँले त्यो सम्हाल्न सक्नेछैनस् भनी डराउँछस्, र तेरा थुप्रै आन्तरिक बाधाहरू छन् भने, आधारभूत रूपमा तँसित बोझहरू उठाउने साहस हुनेछैन। तिमीहरूले भन्ने “खुला हृदयको र निष्कपट हुनु,” “बोझहरू उठाउने साहस राख्नु,” वा “मृत्युको मुखमा समेत कहिल्यै पछि नहट्नु” कताकता रिसाहा जवान मानिसहरूले फलाक्ने नाराजस्ता सुनिन्छन्। के यी नाराहरूले व्यावहारिक समस्याहरू समाधान गर्न सक्छन्? अहिले चाहिएको भनेको सही मनोवृत्ति हो। सही मनोवृत्ति बोक्नका लागि, तैँले सत्यताको यो पक्ष बुझ्नैपर्छ। तेरा आन्तरिक कठिनाइहरू समाधान गर्ने, र सहज रूपमा यो आज्ञा अर्थात् यो कर्तव्य स्विकार्ने एउटै मात्र उपाय यही हो। यो अभ्यासको बाटो हो, अनि केवल यही नै सत्यता हो। यदि तैँले महसुस गर्ने डरलाई सम्बोधन गर्न तँ “खुला हृदयको र निष्कपट हुने” अनि “बोझहरू उठाउन साहस राख्ने” जस्ता शब्दहरू प्रयोग गर्छस् भने, के यो प्रभावकारी हुनेछ र? (हुँदैन)। यसले यी कुराहरू सत्यता होइनन्, न त ती अभ्यासको बाटो हुन् भन्ने सङ्केत गर्दछ। तैँले भन्न सक्लास्, “म खुला हृदयको र निष्कपट हुँ, म अदम्य कदको छु, मेरो हृदयमा अरू कुनै सोचहरू वा दूषकहरू छैनन्, र मसित बोझ उठाउने साहस छ।” बाहिरी रूपले, तँ आफ्नो कर्तव्य सम्हाल्छस्, तर पछि, यसलाई केही समयसम्म मनन गरिसकेपछि, तँलाई अझै यसलाई उठाउन सक्दिनँ जस्तो लाग्छ। तँलाई अझै डर लाग्‍नेछ। यसको अतिरिक्त, तैँले अरू निराकरण भएको देख्न सक्छस्, अनि अगुल्टोले कुटेको कुकुर बिजुली चम्किँदा तर्से जस्तै तँ झन् धेरै डराउन सक्छस्। तैँले लगातार आफ्नो कद धेरै सानो भएको अनि यो कर्तव्य विशाल, पारै गर्न नसकिने अगाध खाँद जस्तै भएको अनुभव गर्नेछस्, अनि अन्ततः तँ अझै यो बोझ उठाउन असक्षम हुनेछस्। यसकारण नाराहरू फलाकेर व्यावहारिक समस्याहरू समाधान गर्न सकिँदैन। त्यसोभए वास्तवमा तँ यो समस्या कसरी समाधान गर्न सक्छस्? तैँले सक्रिय रूपमा सत्यता खोज्ने र समर्पण र सहकार्यको मनोवृत्ति अपनाउने गर्नुपर्छ। त्यसले समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। कायरता, डर, र चिन्ता बेकारका कुरा हुन्। के तेरो खुलासा र निष्कासन हुनु तँ र अगुवा बन्नुबीच कुनै सम्बन्ध छ? यदि तँ अगुवा होइनस् भने, के तेरो भ्रष्ट स्वभाव हराउनेछ? ढिलोचाँडो तैँले तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्नैपर्छ। यसका साथै, यदि तँ अगुवा होइनस् भने, तँसित अभ्यास गर्ने थप अवसरहरू हुनेछैनन् र तैँले जीवनमा सुस्त प्रगति गर्नेछस्, र सिद्ध पारि थोरै मात्र मौकाहरू पाउनेछस्। अगुवा वा सेवक हुनुमा अलि बढी दु:ख भए पनि, यसले धेरै लाभहरू पनि दिन्छ, र यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छस् भने, तँलाई सिद्ध पार्न सकिन्छ। त्यो अत्यन्तै ठूलो आशिष् हो! त्यसैले तैँले समर्पण र सक्रिय सहकार्य गर्नुपर्छ। यो तेरो कर्तव्य हो र तेरो उत्तरदायित्व हो। अगाडिको बाटो जे-जस्तो भए पनि, तँसित आज्ञाकारिताको हृदय हुनुपर्छ। तैँले यही मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?

कतिपय मानिस परमेश्वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्ने विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निष्कासित समेत पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैमा यो सही मनोवृत्तिको अभाव छ, अनि ऊ व्यक्तिगत अभिप्रायबाट पूर्णत: प्रभावित छ, ऊ धूर्त षड्यन्त्रहरू अनि भ्रष्ट स्वभावको प्रकटीकरणहरूले भरिएको छ, अनि समस्या पैदा हुँदा, ऊ झुटो बोल्न, ढोङ गर्न, आफ्नो लागि बहाना बनाउन, अनि आफ्ना कार्यहरू स्विकार्न इन्कार गर्न थाल्छ भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। ऊ कत्ति पनि सत्यता स्विकार्दैन अनि उसको पूर्णत: खुलासा भएको छ। अलिकति पनि सत्यता नस्विकार्ने गलत मानिसहरू सारमा गैर-विश्वासी नै हुन्छन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। अगुवा र सेवक भएर काम गर्ने गैर-विश्वासीहरूलाई कसरी खुलासा नगर्न र नहटाउन मिल्छ र? गैरविश्वासीले जुनसुकै कर्तव्य निभाए पनि, उसको सबैभन्दा चाँडो खुलासा हुन्छ, किनकि उसले प्रकट गर्ने भ्रष्ट स्वभावहरू अति धेरै सङ्ख्यामा र अति स्पष्ट हुन्छन्। साथसाथै, ऊ कत्ति पनि सत्यता स्विकार्दैन, अनि लापरवाह रूपमा र मनपरी कार्य गर्छ। अन्तमा, जब उसलाई हटाइन्छ, अनि उसले आफ्नो कर्तव्य पुरा गर्ने मौका गुमाउँछ, ऊ चिन्ता गर्दै यसो सोच्न थाल्छ, "म त खतम भएँ। यदि मलाई मेरो कर्तव्य निर्वाह गर्न दिइएन भने, मैले मुक्ति पाउँदिनँ। म के गरूँ त?" वास्तवमा, स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। एउटा अन्तिम मार्ग हुन्छ, जुनमा मानिसले साँच्चै पश्चात्ताप गर्नुपर्छ, सुसमाचार फैलाउन अनि मानिसहरू कमाउन हतार गर्नुपर्छ, अनि असल कार्यहरू गरेर आफ्ना गल्तीहरू सुधार्नुपर्छ। यदि तिनीहरूले यो मार्ग लिएनन् भने, तिनीहरू साँच्चै खतम हुन्छन्। यदि तिनीहरूमा अलिकति समझ छ अनि तिनीहरूमा कुनै प्रतिभा छैन भन्ने जान्दछन् भने, तिनीहरूले आफूलाई सत्यताले सुसज्ज्ति बनाएर सुसमाचार फैलाउन तालिम लिनुपर्छ—यो पनि कर्तव्य निभाउनु हो। यो पूर्णत: सम्भव छ। यदि कसैले आफूले आफ्नो कर्तव्य राम्रोसँग ननिभाएकाले उसलाई हटाइएको हो भन्ने स्विकार्छ, तर अझै पनि ऊ सत्यता स्विकार्दैन अनि अलिकति पनि पश्चात्तापको हृदय राख्दैन, र बरू आफूलाई निराशामा डुब्न दिन्छ भने, के तिनीहरू मूर्ख र अज्ञानी होइनन् र? मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइ हासिल गर्न सक्षम छ र पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर तँमा यदि कुनै विवेक वा समझ छैन, र आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस्भने, यदि तैँले कर्तव्य निभाउने मौका पाएको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तेरो खुलासा गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर लापरवाह र झाराटारुवा भइरहन्छस्, र काटछाँट र निराकरण गराइ सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले तँलाई अझै पनि कर्तव्य निर्वाह गर्न प्रयोग गर्नेछ त? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँले नै सबै थोकमाथि शासन गर्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्न आवश्यक छैन; तैँले सुन्‍ने र पालना गर्ने मात्रै गर्नुपर्छ। काटछाँट र निराकरण गराइको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्‍ना गल्तीहरू सुधार्न सक्‍नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्‍वरको घरले कर्तव्य निभाउने तेरो अधिकार खोस्‍ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता अभ्यास गर्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्‍छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई सम्हाल्नबाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्‍कै स्वीकार गर्दैनस् र सधैँ खुलासा हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन। तैँले सुरुमा आफ्‍नो डर, साथै परमेश्‍वरसम्‍बन्धी तेरा गलत बुझाइहरू समाधान गर्नुपर्छ। व्यक्तिमा परमेश्‍वरसम्‍बन्धी गलत बुझाइ कसरी पैदा हुन्छ? जब मान्छेको परिस्थिति ठीकठाक हुन्छ, तिनीहरूले उहाँलाई पक्कै पनि गलत बुझ्दैनन्। तिनीहरूले परमेश्‍वर असल हुनुहुन्छ, सम्मानित, धर्मी, कृपालु र प्रेमिलो हुनुहुन्छ, र उहाँले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। तर जब तिनीहरूले आफ्नो धारणासँग नमिल्‍ने कुरा सामना गर्छन्, तब यस्तो सोच्छन्, “परमेश्‍वर त्यति धर्मी हुनुहुन्‍न रहेछ, कम्तीमा पनि यस मामलामा चाहिँ।” के यो गलतफहमी होइन र? परमेश्‍वर कसरी धर्मी हुनुहुन्न र? यो गलतफहमी पैदा गर्ने कुरा के थियो? के कुराले तँलाई परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने विचार र बुझाइ पैदा गर्ने तुल्यायो? त्यो के थियो भनेर निश्‍चयसाथ भन्‍न सक्छस्? त्यो कुन वाक्य थियो? कुन मामला थियो? कुन परिस्थिति थियो? भन्, ताकि सबैले पत्ता लगाउन सकून् र तँमा खडा हुने साहस छ कि छैन हेर्न सकून्। अनि जब व्यक्तिले परमेश्‍वरलाई गलत बुझ्छ वा उसका धारणाहरूसँग नमिल्‍ने कुरा सामना गर्छ, तब तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? (सत्यता खोजी गर्ने र आज्ञापालन गर्ने मनोवृत्ति)। तिनीहरूले सुरुमा आज्ञापालन गर्दै यो विचार गर्नुपर्छ: “मैले बुझेको छैन, तर म आज्ञापालन गर्नेछु किनकि परमेश्‍वरले गर्नुभएको कुरा यही हो र यो मानिसले विश्‍लेषण गर्ने कुरै होइन। यसअलावा, मैले परमेश्‍वरका वचनहरू वा उहाँको काममा शङ्का गर्नु हुँदैन किनकि परमेश्‍वरको वचन सत्यता हो।” के व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही होइन र? यस्तो मनोवृत्ति हुँदा, के तेरो गलत बुझाइले अझै पनि समस्या ल्याउँछ र? (ल्याउँदैन।) यसले तेरो कर्तव्यपालनमा असर वा बाधा गर्दैन। तिमीहरूलाई कसमा निष्ठावान्‌ हुने क्षमता हुन्छ जस्तो लाग्छ—कर्तव्य निभाउँदा गलतफहमीबोकेर हिँड्ने व्यक्ति वा त्यो नबोक्ने व्यक्ति? (कर्तव्य निभाउँदा गलतफहमेएनबोक्‍ने व्यक्तिमा नै निष्ठावान्‌ हुने क्षमता हुन्छ।) त्यसैले, सर्वप्रथम, तँमा आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। यसबाहेक, तैँले कम्तीमा पनि परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वर धर्मी हुनुहुन्छ, र परमेश्‍वरले गर्नुहुने सबै कुरा सही हुन्छ भनेर विश्‍वास गर्नुपर्छ। कर्तव्यपालनमा तँ निष्ठावान्‌ हुन सक्छस् कि सक्दैनस् भनेर निर्धारित गर्ने पूर्वसर्तहरू यिनै हुन्। यदि तैँले यी दुवै पूर्वसर्तहरू पूरा गर्छस् भने, के तेरो हृदयमा भएका गलतफहमीहरूले तेरो कर्तव्य निर्वाह गर्ने काममा असर गर्छन् त? (गर्दैनन्।) तिनले असर गर्न नै सक्दैनन्। यसको अर्थ तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा यी गलतफहमीहरूलाई साथ ल्याउनेछैनस्। सर्वप्रथम, तैँले ती भ्रूण स्थितिमै रहिरहून् भन्ने निश्चित पार्न तिनलाई सुरूबाटै समाधान गर्नुपर्छ। त्यसपछि तैँले के गर्नुपर्छ? तिनलाई जराबाटै हटाउनुपर्छ। तिनलाई कसरी हटाउनुपर्छ त? यस मामिलासँग सम्बन्धित परमेश्वरका वचनहरूका विभिन्न सान्दर्भिक अंश सबैसँग बसेर पढ्। त्यसपछि, परमेश्वरले यसरी किन कार्य गर्नुहुन्छ, उहाँको इच्छा के हो, अनि परमेश्वरले यसरी काम गरेर के नतिजा हासिल हुन्छ भन्नेबारे सङ्गति गर्। यी मामिलाहरूमा विस्तृत रूपमा सङ्गति गर्, त्यसपछि तैँले परमेश्वरबारे बुझ्नेछस् अनि समर्पण गर्न सक्नेछस्। यदि तैँले परमेश्वरबारेका आफ्ना गलतफहमीहरूलाई हटाइनस् अनि यसो भन्दै धारणाहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा साथ बोकिस् भने, "यो मामिलामा, परमेश्वरले गलत तरिकाले कार्य गर्नुभयो, र म समर्पण गर्नेछैन। म यसको विरोध गर्नेछु, अनि यसबारे परमेश्वरको घरसँग बाझ्नेछु। यो परमेश्वरको नै कार्य हो भन्ने मलाई विश्वास नै छैन"—यो कुन स्वभाव हो? यो शैतानी स्वभाव नै हो। यस्ता वचनहरू मानवद्वारा उच्चारण नै हुनुहुँदैन; सृजना भएको वस्तुले यस्तो मनोवृत्ति राख्नैहुँदैन। यदि तँ यसरी परमेश्वरको विरोध गर्न सक्छस् भने, के तँ यो कर्तव्य निभाउन लायक छस् त? छैनस्। तँ दियाबलस भएकाले, अनि तँमा मानवता नभएकाले, तँ कर्तव्य निभाउन लायक छैनस्। यदि व्यक्तिमा अलिकति समझ छ, अनि उसमा परमेश्वरबारे गलतफहमी उत्पन्न भयो भने, उसले परमेश्वरलाई प्रार्थना गर्नेछ, अनि उहाँका वचनहरूमा सत्यता पनि खोज्नेछ, र ढिलो-चाँडो, मामिला स्पष्टरूपमा देख्नेछ। मानिसहरूले गर्नुपर्ने यही नै हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानिसहरू प्रायजसो परमेश्‍वरको जाँचको बारेमा चिन्ता गर्छन् र डराउँछन्, तैपनि तिनीहरू जहिल्यै पनि शैतानको पासो र खतरनाक क्षेत्रमा जिइरहेका हुन्छन् जहाँ तिनीहरूलाई शैतानले आक्रमण र दुर्व्यवहार गर्छ—तैपनि तिनीहरू डराउँदैनन्, र निश्‍चिन्त रहन्‍छन्। यो के हुँदै छ? परमेश्‍वरमाथिको मानिसको विश्‍वास उसले देख्‍न सक्‍ने कुराहरूमा मात्र सीमित छ। उसमा मानिसप्रतिको परमेश्‍वरको प्रेम र चासो, वा उहाँको कोमलता र ध्यानप्रति थोरै पनि कदर छैन। तर परमेश्‍वरको परीक्षा, न्याय र सजाय, अनि महिमा र क्रोधबारे सानो चिन्ता र डरको कारण मानिससँग परमेश्‍वरका असल अभिप्रायहरूबारे थोरै बुझाइ पनि छैन। परीक्षाहरूबारे उल्लेख गर्नेबित्तिकै, मानिसहरू परमेश्‍वरको गोप्य उद्देश्य छ कि भन्‍ने महसुस गर्छन् र कसैकसैले त परमेश्‍वरले दुष्ट योजनाहरू बनाउनुहुन्छ भन्‍नेसमेत विश्‍वास गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई वास्तवमा के गर्नुहुनेछ भनी जान्दैनन्; त्यसकारण, तिनीहरूले परमेश्‍वरका सार्वभौमिकता र व्यवस्थाहरूप्रतिको समर्पणबारे कुरा गर्दैगर्दा, तिनीहरू मानिसमाथि परमेश्‍वरको सार्वभौमिकता र मानिसको निम्ति उहाँका प्रबन्धहरूको विरोध गर्न आफूले गर्नसक्‍ने सबै कुरा गर्छन्, किनकि तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू होसियार भएनन् भने तिनीहरू परमेश्‍वरद्वारा बहकिनेछन्, यदि तिनीहरूले आफ्नै नियतिमा बलियो पकड कायम राख्दैनन् भने तिनीहरूसित भएका सबै कुरा परमेश्‍वरले लिन सक्‍नुहुनेछ, र तिनीहरूको जीवनसमेत अन्त्य हुनेछ। मानिस शैतानको शिविरमा छ, तर ऊ शैतानद्वारा दुर्व्यवहार हुनेबारेमा कहिल्यै चिन्तित हुँदैन, अनि उसलाई शैतानले दुर्व्यवहार गर्छ, तर शैतानले कैद गर्ला भनी कहिल्यै डराउँदैन। उसले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छु भनेर भनिरहन्छ, तर उसले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेको हुँदैन वा परमेश्‍वरले मानिसलाई साँच्‍चै शैतानको पन्जाबाट मुक्त गर्नुहुनेछ भनी विश्‍वास गरेको हुँदैन। यदि, मानिस अय्यूबजस्तै, परमेश्‍वरको योजनाबद्ध कार्यहरू र प्रबन्धको अधीनमा रहन सक्छ भने, यदि उसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको हातमा दिन सक्छ भने, के मानिसको अन्त्य पनि अय्यूबको जस्तै हुनेछैन र? अर्थात् के उसले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नेछैन र? यदि मानिसले परमेश्‍वरको नियमलाई स्वीकार गर्न र यसमा ऊ समर्पित हुन सक्छ भने, गुमाउनुपर्ने के छ र? यसैले, म सल्लाह दिन्छु कि तिमीहरू आफ्ना कार्यहरूमा होसियार होओ, र तिमीहरूमाथि आउनेवाला सबै कुराप्रति सतर्क बस। विवेकहीन वा लापरवाही नहोओ, अनि परमेश्‍वर र उहाँले तिमीहरूको निम्ति प्रबन्ध गर्नुभएका मानिसहरू, मामिला र वस्तुहरूसित आफ्नो तातो रगत वा प्राकृतिकतामा भर पर्दै वा आफ्ना कल्पना र धारणाअनुसार व्यवहार नगर; परमेश्‍वरको क्रोध जगाउनदेखि बच्नलाई तिमीहरू आफ्ना कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले प्रार्थना गर्नैपर्छ र अझ बढी खोजी गर्नैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

कहिलेकहीँ, परमेश्‍वरले तेरो खुलासा गर्न वा तँलाई अनुशासनमा राख्‍न निश्‍चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्‍ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्‍ने हुन्छ? हुँदैन। यो त बच्‍चा अनाज्ञाकारी भएर गल्ती गरेको जस्तै हो; उसका आमाबुबाले उसलाई गाली गर्न र दण्ड दिन सक्छन्, तर उसले आमाबुबाको अभिप्राय जान्‍न वा तिनीहरूले किन यसो गरिरहेका छन् भनेर बुझ्‍न सक्दैन भने, उसले तिनीहरूको अभिप्रायलाई गलत रूपमा बुझ्‍नेछ। उदाहरणको लागि, आमाबुबाले बच्चालाई यसो भन्‍न सक्छन्, “घर एक्लै नछाड्नु, र एक्‍लै आफै बाहिर नडुल्‍नू,” तर यो कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउँदै, त्यो बच्‍चा लुकेर एक्लै बाहिर जान्छ। त्यो थाहा पाएपछि, आमाबुबाले त्यो बच्‍चालाई हकार्छन् र सजायस्वरूप, उसलाई कुनामा उभ्याएर आफ्‍नो व्यवहारबारे मनन गर्न लगाउँछन्। आफ्ना आमाबुबाको अभिप्रानबुझेर बच्‍चाले शङ्का गर्न थाल्छ: “के मेरा आमाबुबाले मलाई चाहन छोडेका हुन्? यदि म साँच्‍चै उनीहरूको बच्‍चा हैन भने के मलाई धर्मपुत्र राखिएको हो?” उसले यस्ता कुराहरू विचार गर्छ। आमाबुबाका वास्तविक अभिप्रायहरू के-के हुन्? त्यसो गर्नु अत्यन्तै खतरनाक हुन्छ र त्यसैले त्यसो नगर्नू भनेर आमाबुबाले बच्‍चालाई भनेका थिए। तर बच्‍चाले त्यो कुरा मानेन, एउटा कानले सुनेर अर्को कानले उडाइदियो। त्यसकारण, आमाबुबाले बच्‍चालाई उचित शिक्षा दिन र उसले आफ्ना गल्तीबाट केही सिकोस् भनेर कुनै किसिमको दण्ड प्रयोग गर्नु जरुरी भयो। यसो गरेर आमाबुबाले के हासिल गर्न चाहन्छन्? के बच्‍चालाई उसको गल्तीबाट केही सिकाउन मात्रै यसो गरिएको हो? तिनीहरूले बच्चालाई अन्तत: यस प्रकारको पाठ सिकाउन चाहेका होइनन्। आमाबुबाले यसो गर्नुको उद्देश्य बच्‍चालाई जे भन्यो त्यही गर्ने बनाउनु, तिनीहरूको सल्‍लाहअनुसार चल्ने तुल्याउनु, र तिनीहरूलाई चिन्तित तुल्याउने कुनै पनि अनाज्ञाकारी कार्य नगर्ने पार्नु हो, र तिनीहरूले चाहेको परिणाम यही हो। यदि बच्‍चाले आफ्‍ना आमाबुबाको कुरा सुन्छ भने, उसको समझ परिपक्क भएको देखिन्छ, र उसका आमाबुबाको मनमा कम चिन्ता हुनेछ। के त्यसपछि तिनीहरू ऊप्रति सन्तुष्ट हुनेछैनन् र? के तिनीहरूले अझै पनि उसलाई त्यसरी दण्ड दिनुपर्नेछ र? तिनीहरूले उप्रान्त त्यसो गर्नुपर्नेछैन। परमेश्‍वरमा विश्‍वास गर्नु पनि त्यस्तै हो। मानिसहरूले परमेश्‍वरका वचनहरूमा ध्यान दिन र उहाँको हृदयलाई बुझ्‍न सिक्‍नुपर्छ। तिनीहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन। वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्‍नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्‍ने तिनीहरूको डर हो: तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, “यदि परमेश्‍वरले मेरो खुलासा गर्नुभयो, र मलाई हटाउनुभयो, र इन्कार्नुभयो भने के गर्ने?” यो तैँले परमेश्‍वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्‍वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। तिनीहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार पर्दाफास गर्न, तिनीहरूले आफैलाई चिनेर, र साँचो पश्‍चात्ताप गर्न सक्‍ने तुल्याउन तिनीहरूको खुलासा गरिन्छ; यसकारण, मानिसहरूको खुलासा गर्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्‍वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्‍वरद्वारा खुलासा गरिनुको अर्थ तँलाई हटाइनेछ भन्‍ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्‍न मदत गर्न, र तँलाई पश्‍चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूको भ्रष्टता प्रकट हुँदा तिनीहरूले सत्यतामा समाधान नखोज्ने भएकाले, प्रायजसो परमेश्‍वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्‍याउँछ। मानिसहरूको खुलासास गर्नुका दुई फरक आशयहरू हुन्छन्: दुष्टहरूको हकमा, खुलासा गरिनुको अर्थ तिनीहरूलाई निकाल्‍नु भन्‍ने हुन्छ। सत्यता स्विकार्न सक्‍ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; र तिनीहरूलाई आफ्‍नो बारे मनन गर्न, आफ्‍नो साँचो स्थिति देख्‍न, र बाटो बिराउन र लापरवाही हुन रोक्न लगाइन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुनेछ। मानिसहरूको यसरी खुलासा गर्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, नत्र आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू झाराटारुवा र लापरवाह बन्छन्, कामकुरालाई गम्भीर रूपमा लिँदैनन्, एक-दुईवटा नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छन्, र स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेको ठान्छन्—जबकि वास्तवमा परमेश्‍वरले मागअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तर अझै पनि तिनीहरू आत्मसन्तुष्ट बन्छन्, र आफूले ठिकै काम गरिरहेको ठान्छन्। त्यस्तो परिस्‍थितिमा, परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्‍वरले तिनीहरूको कुरूपता खुलासा गर्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्‍नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छैन, तँभित्र विद्रोहीपन छ, अत्यन्तै धेरै नकारात्मक तत्त्वहरू छन्, तैँले गर्ने हरेक कुरा लापरवाह रूपमा गरिएको छ, र तैँले अझै पनि पश्‍चात्ताप गरिनस् भने, नियमानुसार, तँ दण्डित हुनुपर्छ। परमेश्‍वरले तँलाई कहिलेकाहीँ, ताडना दिनुहुँदा, वा उदाङ्गो पार्नुहुँदा, यसको अर्थ तँलाई हटाइनेछ भन्‍ने नै हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले यसलाई स्विकार्नुपर्छ र यसमा समर्पित हुनुपर्छ, र तुरुन्तै मनन गरेर पश्‍चात्ताप गरिहाल्‍नुपर्छ। समग्रमा भन्नुपर्दा, तँलाई खुलासा गर्नुपछाडि जे सुकै अर्थ भए पनि, तैँले समर्पित हुन सिक्नुपर्छ। यदि तँ निष्क्रिय प्रतिरोध देखाउँछस्, र आफ्नो गल्ती सुधार्नुको सट्टा खराबबाट झन् खराब बनिरहन्छस् भने, तँ पक्कै पनि दण्डित हुनेछस्। तसर्थ, खुलासा हुने मामिलाहरू सम्हाल्दा, व्यक्तिले समर्पण देखाउनुपर्छ, उसको हृदय डरले भरिएको हुनुपर्छ, र ऊ पश्‍चात्ताप गर्न सक्षम हुनुपर्छ: त्यसपछि मात्र ऊ परमेश्‍वरको इच्छाअनुसारको हुन सक्छ, र यसरी अभ्यास गरेर मात्र उसले आफैलाई मुक्ति दिलाउन र परमेश्‍वरको दण्डबाट बचाउन सक्छ। समझदार मानिसहरू त्यसपछि आफ्ना गल्तीहरू चिन्न र सच्याउन सक्षम हुनुपर्छ, र कम्तीमा पनि कर्तव्य निभाउन आफ्नो विवेकमा भर पर्ने अवस्थासम्म पुग्नुपर्छ। साथै, तिनीहरू सत्यतातर्फ पनि लम्किनुपर्छ, र आफ्नो व्यवहार सिद्धान्तपरक हुने अवस्थासम्म मात्र नभई, सम्पूर्ण हृदय, आत्मा, मनमस्तिष्क र बल समर्पित गर्ने अवस्थासम्म पुग्नुपर्छ: यो मात्र कर्तव्य निभाउने स्वीकार्य तरिका हो, यसरी मात्र तिनीहरू साँच्चै परमेश्‍वरप्रति समर्पित मानिसहरू बन्‍न सक्छन्। व्यक्तिले केलाई परमेश्‍वरको इच्छा सन्तुष्ट गर्ने मापदण्ड मान्‍नुपर्छ? व्यक्तिले आफ्ना कार्यलाई सत्यता सिद्धान्तमा आधारित गर्नुपर्छ, र त्यसको प्रमुख पक्ष भनेको परमेश्‍वरको घरको हित र परमेश्‍वरको घरको काममा जोर दिनु, समग्र अवस्थालाई ध्यानमा राख्नु र कुनै एक पक्षमा ध्यान केन्द्रित गरेर अर्को पक्षलाई नदेख्‍ने काम नगर्नु हो, अनि त्यसको सानो पक्ष भनेको चाहिँ आफ्नो काम राम्ररी पूरा गर्नु, र अल्याङटल्याङ नगरी र झारा नटारी, र परमेश्‍वरलाई लज्जित नबनाई, आफूलाई भनिएअनुसारको इच्छित प्रभाव हासिल गर्नु हो। यदि मानिसहरू यी सिद्धान्तहरूमा निपुण भए भने, के तिनीहरूले आफ्ना चिन्ता र गलत अवधारणाहरू त्याग्नेछैनन् र? तैँले आफ्‍ना चिन्ता र भ्रमहरू पन्छाएपछि, र तँमा अबउप्रान्त परमेश्‍वरबारे कुनै पनि अनुचित अवधारणा नभएपछि, नकारात्मक तत्त्वहरूले बिस्तारै तँभित्रको हक जामाउन छाड्नेछन्, र यी मामलाहरूलाई तैँले सही तरिकाले लिनेछस्। तसर्थ, सत्यता खोजी गर्नु र परमेश्‍वरको इच्‍छा बुझ्‍ने प्रयास गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ

परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका र भ्रष्ट स्वभाव भएका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, त्रुटिरहित सिद्ध मानिसहरू वा शून्यतामा जिउने मानिसहरूलाई होइन। केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्‍वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्‍वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यता पछ्याउन अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले सत्यता त्यागेका हुन्छन्, र अब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न भनेर विश्‍वास गर्छन्। के यो परमेश्‍वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख! परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्‍वरले तँलाई हटाउनुहुनेछ्, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” एकपटक शैतान सफल भएपछि, परिणामहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खर्नु हुँदैन। जीवन वृद्धिको प्रक्रिया र मानव मुक्तिको दौरान, मानिसहरूले कहिलेकाहीँ गलत मार्ग लिन, विचलित बन्‍न, वा कहिलेकाहीँ जीवनको अपरिपक्व स्थिति र व्यवहारहरू प्रदर्शन गर्न सक्छन्। तिनीहरू कहिलेकाहीँ कमजोर र नकारात्मक हुन सक्छन्, र कहिलेकाहीँ तिनीहरूले गलत कुराहरू बोल्‍न, ठोकर खान, वा असफलता भोग्‍न सक्छन्। यो सबै नै परमेश्‍वरको नजरमा सामान्य हुन्छ। यो कुराको कारण उहाँ तिनीहरूसँग द्वेष राख्नुहुन्न। केही मानिसहरू आफ्नो भ्रष्टता अति गहन छ, र आफूले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट गर्न सक्दिनँ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू दुःखी महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्‍कै यस्तो पश्‍चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्‍वरको मुक्ति जरुरी छैन भनेर विश्‍वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्‍ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्‍वरले मुक्ति दिनुहुन्न। मैले तिमीहरूलाई भनिरहेको यो कुरापछाडि के अर्थ छ? जसले बुझ्छ, बोल। (आफ्नो भ्रष्टताको प्रकटीकरण उचित रूपमा सम्हाल्न, सत्यता अभ्यासमा ध्यान देऊ, अनि तिमीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछौ। यदि तिमीहरूले निरन्तर परमेश्‍वरलाई गलत बुझ्यौ भने, तिमीहरू सजिलै निराश हुनेछौ।) तँमा विश्‍वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाए पनि र असफल भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति हासिल गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा ठोकर सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्‍वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्‍वरबाट मुक्ति पाउन योग्य छैनस् भन्‍ने महसुस गर्छस् भने, वा यदि तँ परमेश्‍वरले घृणा गर्नुहुने वा उहाँ असन्तुष्ट हुनुहुने स्थितिमा हुन्छस् भने, वा कहिलेकाहीं तँ खराब व्यवहार गर्छस्, र परमेश्‍वरले तँलाई स्विकार्नुहुन्न, वा तिरस्कार गर्नुहुन्छ भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्‍चात्ताप गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अवसर दिनुहुनेछ।

… परमेश्‍वर सबैको लागि धर्मी र न्यायोचित हुनुहुन्छ। परमेश्‍वरले तँ पहिला कस्तो थिस् वा तेरो हालको कद कस्तो छ त्यो हेर्नुहुन्न, उहाँले तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस् कि हिँड्दैनस् भनेर हेर्नुहुन्छ। तैँले कहिल्यै पनि परमेश्‍वरलाई गलत बुझेर यस्तो भन्‍नु हुँदैन, “परमेश्‍वरबाट मुक्ति पाउन सक्नेहरूले किन अझै पनि झूट बोल्न र भ्रष्टता प्रकट गर्न सक्छन्? परमेश्‍वरले झूट नबोल्नेहरूलाई मुक्ति दिनुपर्छ।” के यो भ्रम होइन र? के भ्रष्ट मानवजातिमध्ये नढाँट्ने कोही छ र? के झूट नबोल्ने मानिसहरूलाई अझै पनि परमेश्‍वरको मुक्तिको खाँचो पर्छ र? मानवजाति, जो शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, त्यही मानवजातिलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ। यदि तँ यो तथ्य पनि स्पष्टसँग बुझ्न सक्दैनस् भने, तँ अज्ञानी र मूर्ख छस्। परमेश्‍वरले भन्नुभएजस्तै, “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्।” मानवजाति शैतानद्वारा भ्रष्ट तुल्याइएकोले गर्दा नै, यी भ्रष्ट मानिसहरूलाई मुक्ति दिन परमेश्‍वर पृथ्वीमा देहधारी हुनुभयो। परमेश्‍वरले स्वर्गदूतहरूलाई मुक्ति दिनेबारेमा किन केही बोल्‍नुहुन्न? किनभने स्वर्गदूतहरू स्वर्गमा छन्, र शैतानद्वारा भ्रष्ट तुल्याइएका छैनन्। परमेश्‍वरले सँधै सुरुदेखि नै यसो भन्नुभएको छ, “मैले मुक्ति दिने मानवजाति भनेको शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजाति हो, शैतानको हातबाट फिर्ता लिइएको मानवजाति हो, शैतानको भ्रष्ट स्वभाव भएको मानवजाति हो, र मेरो विरोध, प्रतिरोध र मेरो विरुद्ध विद्रोह गर्ने मानवजाति हो।” अनि, मानिसहरूले किन यो तथ्य स्विकार्दैनन्? के तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्दैनन् र? परमेश्‍वरको प्रतिरोध गर्ने सबैभन्दा सजिलो मार्ग भनेकै परमेश्‍वरबारे गलतबुझाइ हुनु हो र यसलाई तुरुन्तै समाधान गरिनुपर्छ। यस समस्या हल गर्न असफल हुनु निकै खतरनाक हुन्छ किनभने यसको परिणामस्वरूप तँ सजिलै परमेश्‍वरद्वारा पन्छाइन सक्छस्। मानिसहरूका गलतबुझाइहरू तिनीहरूका धारणा र कल्पनाहरूमा गाडिएका हुन्छन्। यदि तिनीहरू सधैँ आफ्ना धारणा र कल्पनाहरूमै टाँसिइरहन्छन् भने, तिनीहरूले सत्यता स्विकार्न नमान्ने सम्भावना सबैभन्दा बढी हुन्छ। परमेश्‍वरलाई गलत बुझ्दा, यदि तैँले समाधान पाउन सत्यता खोजिनस् भने, परिणामहरू के हुन्छ, थाहै होला। परमेश्‍वरले तँलाई ठोकर खान, असफल हुन र गल्तीहरू गर्न दिनुहुन्छ। परमेश्‍वरले तँलाई सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, उहाँका अभिप्राय क्रमशः बुझ्दै जान, उहाँका अभिप्रायअनुसार सबै काम गर्न, साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन, र परमेश्‍वरले मानिसहरूमा हुनैपर्ने भनी तोक्‍नुभएको सत्यता वास्तविकता हासिल गर्न असवरहरू दिनुहुनेछ। तर परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने व्यक्ति को हो? यो त्यो व्यक्ति हो, जसलाई आफ्नो हृदयमा सत्यता के हो भन्‍ने थाहा हुन्छ तैपनि ऊ सत्यता स्विकार्न मान्दैन, सत्यता अभ्यास गर्ने कुरै नगरौँ। त्यस्ताहरू बरु अझै पनि शैतानी दर्शनसाथ जिइरहेका हुन्छन्, तर त्यसको बाबजुद पनि तिनीहरू आफूलाई निकै असल र परमेश्‍वरप्रति समर्पित रहेको ठान्छन्, जबकि त्यति नै बेला तिनीहरू अरूलाई बहकाउन र परमेश्‍वरको घरमा स्थान प्राप्त गर्न खोज्दै हुन्छन्। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुने भए पनि, यी व्यवहारहरू फरकफरक प्रकृतिका हुन्छन्। यो कुनै सामान्य भ्रष्ट स्वभाव वा भ्रष्टताको सामान्य प्रकटीकरण होइन; तैँले सचेत रूपमै र जिद्दीपूर्वक अन्त्यसम्मै परमेश्‍वरको प्रतिरोध गर्छस्। तँलाई परमेश्‍वर हुनुहुन्छ भनेर थाहा छ, तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तैपनि जानाजानी उहाँको विरोध गर्न रोज्छस्। यो परमेश्‍वरबारे धारणाहरू र गलतबुझाइ हुने समस्या होइन; तैँले जानाजानी अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्छस्। के परमेश्‍वरले यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्‍वरले तँलाई मुक्ति दिनुहुन्न। तँ परमेश्‍वरको शत्रु होस्, त्यसैले तँ एक दियाबलस होस्। के परमेश्‍वरले अझै पनि दियाबलसहरूलाई मुक्ति दिन सक्नुहुन्छ?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

सुरुदेखि नै, मैले बारम्‍बार तिमीहरूलाई तिमीहरू प्रत्येकले सत्यताको खोजी गर्नुपर्छ भनेर अर्ती दिएको छु। जबसम्‍म सम्‍भव हुन्छ तबसम्‍म हरेस नखाओ; सत्यताको खोजी गर्नु हरेक व्यक्तिको दायित्व, जिम्‍मेवारी, र कर्तव्य हो, र यो हरेक व्यक्तिले हिँड्नुपर्ने मार्ग हुनुका साथै मुक्ति पाउन चाहना गर्ने सबैले हिँड्नुपर्ने मार्ग पनि हो। तैपनि कसैले यस कुरामा ध्यान दिँदैन—यो खोक्रो कुरा मात्रै हो भन्‍ने ठानेर, हरेक व्यक्तिले आफ्‍नै इच्‍छाअनुसार विचार गर्छ, कसैले पनि यसलाई महत्त्वपूर्ण विषय ठान्दैन। सुरुदेखि आजसम्‍म, आफ्‍नो हातमा परमेश्‍वरका वचनहरूको पुस्तकहरू पक्रेर पढ्ने, प्रवचनहरू सुन्‍ने, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको न्याय र सजाय, अनि उहाँको अगुवाइ स्वीकार गरेको जस्तो देखिने धेरै जना भए पनि, मानिस र परमेश्‍वरको बीचमा सम्‍बन्ध स्थापित भएको छैन, र सबै मानिसहरू आफ्‍नो कल्‍पना, धारणा, गलत बुझाइ, र अनुमानअनुसार जिउँछन्, यहाँसम्‍म कि परमेश्‍वरका वचनहरू र काम, साथै उहाँको अगुवाइलाई तिनीहरूले जसरी लिन्छन् त्यसमा तिनीहरू हरेक दिन शङ्‍का र नकारात्मकतामा जिउँछन्। यदि तँ त्यस्तो स्थितिमा जिउँछस् भने, तैँले कसरी नकारात्मकतालाई त्याग्‍न सक्छस्? तैँले कसरी विद्रोहीपनलाई त्याग्‍न सक्छस्? तैँले कसरी छल अनि दुष्कर्मको मानसिकता र मनोवृत्तिलाई वा परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र कर्तव्यलाई तैँले जुन अनुमान र गलत बुझाइले हेर्छस् ती अनुमान र गलत बुझाइहरूलाई कसरी त्याग्‍न सक्छस्? अवश्य नै, तिनलाई त्याग्‍न सकिँदैन। त्यसकारण, यदि तँ सत्यताको खोजी र अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्गमा अघि बढ्न चाहन्छस् भने, तँ तुरुन्तै परमेश्‍वरको अघि आउनुपर्छ, उहाँसँग प्रार्थना गर्नुपर्छ, र उहाँको इच्‍छा खोज्नुपर्छ—र उहाँको इच्‍छा के हो सोबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो। सधैँ धारणा र कल्पनाहरूमा जिउनु अत्यन्तै अव्यावहारिक हुन्छ; तैँले सबै कुरामा आत्मचिन्तन गर्न सिक्नुपर्छ, साथै तँमा अझैपनि धोइनुपर्ने कुन भ्रष्ट स्वभावहरू छन्, सत्यता अभ्यास गर्न तँलाई कुन कुराहरूले रोकिरहेका छन्, तँमा परमेश्वरबारे कस्ता गलतफहमी वा धारणाहरू छन्, र उहाँले गर्नुहुने कुन कुराहरू तेरो धारणासँग मिल्दैन, अनि तँलाई उहाँलाई शङ्का गर्ने र गलत बुझ्ने बनाउँछ भन्ने कुराको पहिचान गर्न सिक्नुपर्छ। यदि तैँले यसरी आत्मचिन्तन गरिस् भने तँमा सत्यता खोजेर समाधान गरिनुपर्ने कुन समस्याहरू अझै बाँकी छन् भनेर पत्ता लगाउन सक्छस्, र यदि तैँले यसरी अभ्यास गरिस् भने तेरो जीवन वृद्धि तीव्र हुनेछ। यदि तँ आत्मचिन्तन गर्दैनस्, हृदयमा सधैँ परेमश्वरबारे धारणा र गलतफहमीहरू पालिरहन्छस्, सधैँ आफ्नै विचारहरूमा जोड दिइरहन्छस्, अनि परमेश्वरले तँलाई निराश बनाउनुहुन्छ वा उहाँ तँप्रति न्यायोचित हुनुहुन्न भन्ने सोचिरहन्छस् र सधैँ आफ्नै तर्कहरू पक्रिरहन्छस् भने परमेश्वरबारे तेरो गलत बुझाइ झन् गहिरो हुँदै जानेछ र तँ र उहाँबीचको सम्बन्ध झन् टाढिँदै जानेछ, साथै तेरो हृदयमा उहाँप्रतिको विद्रोह र विरोध झन्-झन् बढ्दै जानेछ। तेरो स्थिति यति खराब हुनु भनेको खतरनाक कुरा हो, किनभने यसले तेरो कर्तव्यको प्रभावकारितालाई गम्भीर असर गरिसकेको हुनेछ। तैँले आफ्नो कर्तव्य र जिम्मेवारीलाई केवल लापरवाह, झारा टार्ने, अनादर, विद्रोही र प्रतिरोधी मनोवृत्तिसाथ व्यवहार गर्न सक्छस्, अनि यसको अन्तिम नतिजा के हुन्छ? यसले तँलाई कर्तव्य निभाउँदा लापरवाह र झारा टारुवा हुनेअनि परमेश्वरप्रति छली र प्रतिरोधी बन्नेतर्फ डोऱ्याउँछ। तैँले सत्यता प्राप्त गर्न सक्ने छैनस्, न त सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्नेछस्। यो नतिजाको मूल कारण के हो? यसको मूल कारण के हो भने, मानिसहरूको हृदयमा अझै पनि परमेश्वरबारे धारणा र गलतफहमीहरू छन्, अनि यी व्यावहारिक समस्याहरू समाधान भइसकेका छैनन्। त्यसैले, मानिसहरू र परमेश्वरबीच सधैँ एउटा खाडल हुनेछ। तसर्थ, यदि मानिसहरू परमेश्वरसामु आउन चाहन्छन् भने तिनीहरूले सबैभन्दा पहिले आफूमा रहेका परमेश्वरबारे के-कस्ता गलतफहमी, धारणा, कल्पना, आशङ्का वा अनुमानहरू छन् भन्नेबारे चिन्तन गर्नुपर्छ। यी सबै कुराहरू जाँचिनुपर्छ। वास्तवमा परमेश्वरबारे धारणा वा गतलफहमीहरू हुनु सामान्य कुरा होइन, किनभने यसमा परमेश्वरप्रति मानिसहरूको मनोवृत्तिका साथै तिनीहरूको प्रकृति सारलाई समावेश हुन्छ। यदि मानिसहरूले यी धारणा र गलतफहमीहरू समाधान गर्न सत्यता खोज्दैनन् भने यी कुराहरू आफै हराएर जानेछन् भन्ने हुँदैन। तिनीहरूले तेरो कर्तव्य निर्वाह वा सत्यताको पछ्याइमा असर नगरे पनि केही आइपर्दा वा विशेष परिस्थितिहरूमा तिनीहरूले अझै पनि तेरो मस्तिष्कलाई खलबल्याएको र तेरो कर्तव्यपालनमा बाधा दिएको जस्तो देखिनेछ। त्यसैले, यदि तँमा धारणा वा गलतफहमीहरू छन् भने तैँले परमेश्वरसामु आएर आत्मचिन्तन गर्नुपर्छ, सत्यता खोज्नुपर्छ, अनि मानिसहरूमा यी धारणा र गलतफहमीहरू किन उत्पन्न हुन्छन् भन्ने कुराको मूल कारण र सार स्पष्ट रूपमा बुझ्नुपर्छ। तबमात्र ती बिलाउनेछन्, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्न सक्नेछ रबिस्तारै तेरो जीवन वृद्धि हुन सक्नेछ। मानिसहरूमा परमेश्वरको बारेमा अत्यन्त धेरै धारणा र गलत बुझाइहरू हुनुले मानवजातिले उहाँको प्रतिरोध गर्छ र उहाँसँग मिल्दैन भनी पुष्टि गर्छ। यी धारणा र गलतफहमीहरूलाई नियमित रूपमा समाधान गरेमात्र मानिसहरू र परमेश्वरबीच रहेको खाडल बिस्तारै पुरिँदै जान सक्छ। तिनीहरूले परमेश्वरलाई पालन गर्न सक्नेछन् र उहाँमा अझ बढी विश्वास गर्न थाल्नेछन्; अझ बढी विश्वास गरेसँगै तिनीहरूको सत्यता अभ्यासमा अशुद्धता निकै कम हुनेछ, अनि तिनीहरूको सत्यता पछ्याइमा पनि अशुद्धता र अवरोध धेरै कम हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ

यदि तँसँग सत्यता स्विकार्ने र पालन गर्ने इमानदार मनोवृत्ति छ, अनि जे भए पनि, तेरो हृदयमा जतिसुकै पीडा भए पनि वा तँ जतिसुकै अपमानित भएपनि सधैँ सत्यता स्विकार्न र पालन गर्न सक्छस्, र “परमेश्वरले गर्नुहुने सबै कुरा सही छ र मैले यसलाई स्विकार्नै पर्छ” भन्दै परमेश्वरलाई अझै पनि प्रार्थना गर्न सक्छस् भने यो आज्ञाकारी मनोवृत्ति हो। तर, स्विकार्ने प्रक्रिया दौरान तैँले निरन्तर आत्मचिन्तन गर्नैपर्छ, आफ्ना कार्य र व्यवहारमा कहाँ त्रुटिहरू भएका छन् भन्नेबारे चिन्तन गर्नुपर्छ, र तैँले सत्यताको कुन पक्ष उल्लङ्घन गरेको छस् भनेर हेर्नुपर्छ। तैँले आफ्नो वास्तविक स्थिति र कदलाई स्पष्टसँग देख्न सक्षम हुन, आफ्नै अभिप्रायलाई पनि विश्लेषण गर्नुपर्छ। तैँले त्यसपछि सत्यता खोजिस् भने सिद्धान्तहरूअनुसार सत्यता कसरी अभ्यासमा गर्ने भनेर जान्नेछस्। तैँले यसरी अभ्यास र अनुभव गरिस् भने थाह हुनु अगावै प्रगति गर्नेछस्। सत्यताले तँभित्र जरा गाड्नेछ; यो फस्टाउनेछ, फल्नेछ र तेरो जीवन बन्नेछ। तेरो भ्रष्टता प्रकटीकरणका सबै समस्या बिस्तारै समाधान हुँदै जानेछन्। अनि कुराहरू आइपर्दा तेरो मनोवृत्ति, दृष्टिकोण र स्थिति झन्-झन् सकारात्मकता उन्मुख हुँदै जानेछ। के त्यतिबेला तँ परमेश्वरबाट टाढा हुनेछस्? सायद तँ अझै पनि उहाँबाट टाढा रहनेछस्, तर त्यो दूरी घट्दै जानेछ, अनि परमेश्वरप्रति तैँले पालेका शङ्का, अनुमान, गलतफहमी, गुनासो, विद्रोहीपन र प्रतिरोध पनि घट्दै जानेछ। जब ती घट्छन्, तब कुराहरू आइपर्दा तँलाई आफूलाई परमेश्वरसामु शान्त राख्न, उहाँलाई प्रार्थना गर्न, सत्यता खोज्न र अभ्यासको मार्ग खोज्न तँलाई झनै सजिलो हुनेछ। यदि तँ कुराहरू आइपर्दा तिनलाई स्पष्टसँग देख्न सक्दैनस्, उल्टै अत्यन्तै अन्योलमा हुन्छस् र अझै पनि सत्यता खोज्दैनस् भने त्यहाँ समस्या हुनेछ। तैँले निश्चित रूपमा मामलाहरूलाई समाधानका मानव उपायहरू प्रयोग गरेर सम्हाल्नेछस्, र अनि तेरा संसारसँग व्यवहार गर्ने दर्शन, धूर्त विधि र चलाक तरिकाहरू सबै देखा पर्नेछन्। मानिसहरूले आफ्नो हृदयमा सुरुमा कामकुराप्रति यसरी नै प्रतिक्रिया जनाउँछन्। कतिपय मानिसहरू कामकुराहरू आइपर्दा कहिल्यै आफ्नो हृदयलाई सत्यतातर्फ लगाउदैनन्, उल्टै ती कुराहरूलाई मानव उपायहरूद्वारा सम्हाल्नेबारे सोचिरहन्छन्। परिणामस्वरूप, तिनीहरू लामो समयसम्म यताउता भट्किरहन्छन्, थाकेर अनुहार मलीन नभएसम्म आफूलाई पीडा दिन्छन्, तैपनि सत्यतालाई अभ्यास गर्दैनन्। सत्यतालाई नपछ्याउने मानिसहरू यस्तै दयनीय हुन्छन्। अहिले तैँले आफ्‍नो कर्तव्य स्वेच्‍छाले निर्वाह गरिरहेको हुनसक्‍ने, अनि तैँले स्वेच्छाले बलिदानहरू र आफूलाई समर्पित गर्नसक्ने भए पनि, यदि तँसँग अझै पनि परमेश्‍वरप्रति गलतबुझाइ, अनुमान, शङ्का, वा गुनासो, वा उहाँविरुद्ध विद्रोहीपन र विरोधसमेत छ भने, वा यदि तैँले उहाँलाई विरोध गर्न र तँमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गर्न विभिन्‍न विधि र तरिकाहरू प्रयोग गर्छस् भने—यदि तँ यी कुराहरू समाधान गर्दैनस् भने—सत्यता तेरो व्यक्तित्वको मालिक बन्‍न करिबकरिब असम्‍भव हुनेछ, र तेरो जीवन थकाइलाग्दो हुनेछ। दलदलमा डुबेझैँ गरी मानिसहरू प्रायजसो यी नकरात्मक स्थितिहरूमा रही संघर्ष गर्छन् र कष्ट भोग्छन्, अनि तिनीहरू सधैँ सही र गलत अवधारणाको भूमरीमा फसेका हुन्छन्। तिनीहरूले कसरी सत्यता पत्ता लगाउन र बुझ्न सक्छन्? सत्यताको खोजी गर्नको लागि, व्यक्ति सुरुमा समर्पित हुनुपर्छ। अनि, अनुभवको एक अवधिपछि, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न सक्‍नेछन्, र त्यो अवस्थामा सत्यता बुझ्‍न सहज हुन्छ। यदि कुनै व्यक्ति सधैँ सही र गलत के हो त्यसलाई छुट्ट्याउने प्रयास गरिरहन्छ र साँचो र झूटो के हो भन्ने कुरामै अलमलिन्छ भने, ऊसँग सत्यतालाई पत्ता लगाउने वा बुझ्‍ने कुनै उपाय हुँदैन। अनि, यदि व्यक्तिले कहिल्यै सत्यता बुझ्‍न सक्दैन भने, यसले के निम्त्याउँछ? सत्यता नबुझ्दा परमेश्वरबारे धारणा र गलतबुझाइ पैदा हुन्छ; जब व्यक्तिमा परमेश्वरबारे गलत बुझाइ पैदा हुन्छ, तब उसले उहाँबारे गुनासो गर्ने सम्भावना हुन्छ; जब यी गुनासोहरू प्रकट हुन्छ, तब ऊ विरोधी बन्छ; परमेश्‍वरको विरोधी हुनु भनेको परमेश्‍वरको प्रतिरोध गर्नु हो, र यो गम्भीर अपराध हो। यदि व्यक्तिले धेरै अपराध गरेको छ भने उसले अनेक दुष्कर्ममा गरेको हुन्छ, र उसलाई दण्डित गरिनुपर्छ। सत्यता बुझ्‍न सधैँ असक्षम हुँदा आउने परिणाम यही हो। त्यसकारण, सत्यताको खोजी तँलाई तेरो कर्तव्य राम्ररी निर्वाह गर्न, आज्ञाकारी बन्‍न, नियमहरूअनुसार व्यवहार गर्न, भक्त देखिन, वा सन्तको जस्तो मर्यादा प्राप्त गर्न लगाउने माध्यम मात्रै होइन। यो यी कुराहरू हासिल गर्ने तरिका मात्रै होइन; सिद्धान्ततः यो त परमेश्‍वरप्रति तैँले पालेर राखेका विभिन्न गलत दृष्टिकोणहरूलाई समाधान गर्ने तरिका हो। सत्यतालाई बुझ्‍नुको उद्देश्‍य मानिसका भ्रष्ट स्वभावहरूलाई समाधान गर्नु हो; जब ती भ्रष्ट स्वभावहरू समाधान हुन्छन्, मानिसहरूसँग त्यसउप्रान्त परमेश्‍वरको बारेमा कुनै गलत बुझाइ हुँदैन। यी दुई कुराहरू जोडिएका छन्। मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव समाधान गर्दैगर्दा तिनीहरू र परमेश्‍वरको बीचको सम्‍बन्ध क्रमिक रूपमा सुधार हुँदै जान्छ र झन्-झन् सामान्य हुँदै जान्छ। भ्रष्ट स्वभाव समाधान भएपछि, परमेश्‍वरसम्‍बन्धी मानिसका सन्देह, शङ्का, परीक्षा, गलत-बुझाइ, प्रश्‍न, र गुनासाहरू, अनि तिनीहरूको प्रतिरोध समेत सबै अलि-अलि गर्दै समाधान हुनेछन्। व्यक्तिको भ्रष्ट स्वभावको समाधान भएपछि तत्‍कालीन रूपमा के प्रकटीकरण हुन्छ? (परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ।) तिनीहरू परमेश्वरलाई पालन गर्ने हृदयसाथ हरकुराको सामना गर्न सक्छन्, र त्यसपछि उहाँसँग तिनीहरूको सम्बन्ध सुधार हुनेछ। यदि तिनीहरू सत्यता बुझ्छन् भने त्यसलाई अभ्यास गर्न सक्नेछन्। तिनीहरूसँग परमेश्वरलाई पालन गर्ने हृदय हुन्छ, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा लापरवाह हुनेछैनन्, न त परमेश्वरलाई धोका नै दिनेछन्। यसरी तिनीहरूमा परमेश्वरबारे गलतफहमी र धारणाहरू झन्-झन् कम हुँदै जानेछ, उहाँसँग तिनीहरूको समबन्ध झन्-झन् सामान्य बन्दै जानेछ, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा पूर्णत: परमेश्वरलाई आज्ञापालन गर्न सक्नेछन्। यदि तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्दैनन् भने, कहिल्यै पनि परमेश्वरसँग सामान्य सम्बन्ध बनाउन सक्नेछैनन्, र उहाँप्रति आज्ञाकारी हृदय हासिल गर्न कहिल्यै पनि सक्नेछैनन्। अविश्वासीहरू झैँ, तिनीहरू पनि अत्यन्तै विद्रोही हुनेछन्, आफ्नो हृदयमा सदैव परमेश्वरलाई अस्वीकार र प्रतिरोध गर्नेछन्, र तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असम्भव हुनेछ। यसै कारण, सत्यता पछ्याउनु र अभ्यास गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ! तँ सत्यता पछ्याउँदैनस्, तैपनि परमेश्वरबारे आफ्ना धारणा, गलतफहमी र गुनासोहरू समाधान गर्न चाहन्छस्—के तँ यो प्राप्त गर्न सक्छस् त? पक्कै पनि सक्दैनस्। कतिपय मानिसहरू भन्छन्, “म एउटा साधारण व्यक्ति मात्र हुँ, ममा धारणा, गलतफहमी वा गुनासो जस्तो कुनै पनि कुरा छैन। म यी कुराहरूबारे सोच्दिनँ।” यदि तँ धारणाहरूबारे सोच्दैनस् भने, के तँ आफूमा कुनै पनि धारणा छैन भनेर ग्यारेन्टी गर्न सक्छस् त? के तँ भ्रष्ट स्वभावबारे नसोचेर त्यसलाई प्रकट हुनबाट रोक्न सक्छस् त? व्यक्तिले जस्तोसुकै भ्रष्टता प्रकट गरून्, यो जहिले पनि तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छ। मानिसहरू सबै आफ्ना शैतानी स्वभावले जिउँछन्; तिनीहरूको शैतानी स्वभावहरू तिनीहरूभित्र गहिरोसँग गडेका हुन्छन्, र ती तिनीहरूको प्रकृति सार बनेका हुन्छन्। मानिसहरूसँग आफ्नो शैतानी स्वभाव उन्मूलन गर्ने कुनै माध्यम हुँदैन, तिनीहरूले सत्यता र परमेश्वरको वचनहरूको प्रयोग गरेर मात्रै आफ्ना भ्रष्ट स्वभावका सबै समस्याहरू बिस्तारै समाधान गर्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धर्मी र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर दैहिक भावनाहरूमा होइन, धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वर अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो भ्रमपूर्ण ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा रहिआएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दियाबलसको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्‍वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्‍वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, जो उच्च हुनुहुन्‍न; तिमीहरू यो परमेश्‍वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्‍वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छस्, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्‍ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्‍वर हुनुहुन्छ। यो परमेश्‍वरले तँलाई आफ्‍ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्‍नुहुन्‍न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिढ्याउँछ। मेरो विचारमा, परमेश्‍वरमा भएको तिमीहरूको विश्‍वासको उद्देश्य यो होइन!

… मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्‍वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्‍वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्‍वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्‍वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्‍वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्‍ना परमेश्‍वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्‍वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्‍वरको स्वभावको विरुद्धमा गरेको उल्‍लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्‍वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्‍वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्‍वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

सम्बन्धित भजनहरू

न्याय र सजायले प्रकट गर्छन् परमेश्‍वरको मुक्ति

अघिल्लो: ७. जिद्‌ कस्‍ने र संयम नहुने समस्या कसरी समाधान गर्ने

अर्को: १२. परमेश्‍वरलाई सीमित पार्ने र निन्दा गर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्