२८. द्वेषपूर्ण स्वभाव कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

“क्रूर” शब्दमा आधारित रहेर, व्यक्तिले यो स्वभाव प्रकट गर्दा उसले गर्न सक्ने कुराहरू केके हुन्? सबभन्दा पहिले त त्यस्ताहरूले मानिसहरूलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छन्। यो आफूअनुकूल प्रयोग गर्नुको अर्थ के हो? यसको मतलब मण्डलीमा जे-जस्ता घटना परिघटना घटे पनि, त्यसमा तिनीहरूले हात हाल्न, हस्तक्षेप गर्न र बन्दोबस्तहरू मिलाउन चाहन्छन्। तिनीहरूले तेरो लागि एउटा नियम बनाउँछन्, र त्यसपछि तैँले त्यो नियम पालना गर्नैपर्ने हुन्छ। यदि तैँले त्यो नियम पालना गरिनस् भने, तिनीहरू रिसाउनेछन्। तिनीहरू तँलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छन्: यदि तिनीहरूले तँलाई पूर्व जाऊ भन्छन् भने, तैँले पूर्व जानुपर्छ, र यदि तिनीहरूले तँलाई पश्‍चिम जाऊ भन्छन् भने, तैँले पश्‍चिम नै जानुपर्छ। तिनीहरूसँग यस्तो चाहना हुन्छ, र त्यसपछि तिनीहरू यस्तो तरिकाले कार्य गर्छन्—यसलाई नै आफूअनुकूल प्रयोग गर्नु भनेर भनिन्छ। यी मानिसहरू व्यक्तिको नियति हातमा लिन, र उसको जीवन, मस्तिष्क, व्यवहार, र अभिरुचिहरू हातमा लिन र नियन्त्रण गर्न चाहन्छन्, ताकि यो व्यक्तिको मस्तिष्क, विचार, अभिरुचि, र इच्छाहरू, परमेश्‍वरले भन्नुभए अनुसारको हुनुको साटो तिनीहरूले भनेबमोजिम र चाहे अनुसारको होस्—यसलाई नै आफूअनुकूल प्रयोग गर्नु भनेर भनिन्छ। तिनीहरू सधैँ आफ्नै इच्छाअनुसार मानिसहरूलाई यो वा त्यो गर्ने बन्दोबस्त मिलाउन चाहन्छन्, तिनीहरू सिद्धान्तहरूमा आधारित रहेर कार्य गर्दैनन्, बरु आफ्नै अभिप्राय र अभिरुचिहरूमा आधारित रहेर कार्य गर्छन्। तिनीहरूले तेरो भावनाको वास्ता गर्दैनन्, तँलाई जबरजस्ती आदेश दिन्छन्, र तिनीहरूले तँलाई जे गर्नू भन्छन् तैँले त्यही गर्नुपर्छ; यदि तैँले तिनीहरूको इच्छाअनुसार काम गरिनस् भने, तिनीहरूले तँलाई ठेगान लाउनेछन् र तँलाई तँसँग वास्तवमै कुनै विकल्प छैन र त्यसमा केही गर्न सकिँदैन भन्‍ने महसुस गराउनेछन्। तँलाई तेरो हृदयमा थाहा हुन्छ कि तँ ठगी र नियन्त्रणमा परिरहेको छस्, तर तँलाई अझै पनि त्यसको वास्तविकता कसरी खुट्याउने भनी थाहा हुँदैन, र प्रतिरोध गर्ने त झन् तँलाई आँटै आउँदैन। के तिनीहरूको कार्य शैतानको व्यवहार होइन र? (हो।) यो शैतानको व्यवहार हो। शैतानले मानिसहरूलाई यसरी नै मूर्ख बनाउँछ र नियन्त्रण गर्छ, त्यसैले शैतानी स्वभाव सधैँ अरूलाई नियन्त्रण गर्न र आफूअनुकूल प्रयोग गर्न खोज्ने व्यवहारको रूपमा मानिसहरूमा आफैँ प्रकट हुन्छ। मानिसहरूले अरूलाई नियन्त्रण गर्ने र आफूअनुकूल प्रयोग गर्ने यो उद्देश्य हासिल गर्न सके वा नसके पनि, तिनीहरू सबैमा यस्तो स्वभाव हुन्छ। यो कस्तो स्वभाव हो? (क्रूरता।) यो क्रूरता हो। यसलाई किन क्रूरता भनिन्छ? यस स्वभावका स्पष्ट प्रकाशहरू के-के हुन्? के यसले जबरजस्तीको अर्थ दिन्छ? (दिन्छ।) यसले जबरजस्तीको अर्थ दिन्छ, जसको मतलब तैँले सुने पनि नसुने पनि, तैँले जस्तोसुकै महसुस गरे पनि, तैँले यसलाई मन पराए पनि वा बुझे पनि, तिनीहरूले तँलाई जबरजस्ती सुन्नैपर्छ र तिनीहरूले भनेको कुरा गर्नैपर्छ भनेर भन्छन्, तँसँग कुनै छलफल गर्दैनन्, तँलाई बोल्ने कुनै अवसर दिँदैनन्, र तँलाई कुनै स्वतन्त्रता पनि दिँदैनन्—के यसमा यो अन्तर्निहित अर्थ छैन र? (छ।) यसलाई “उग्रता” भनिन्छ, जुन क्रूरताको एउटा पक्ष हो।[क] क्रूरताको अर्को पक्ष भनेको “दुष्टता” हो।[ख] “दुष्टता” ले केलाई जनाउँछ? यसले तँलाई नियन्त्रण गर्ने र तँलाई उनीहरूको चालबाजीमा चासो राख्न लगाउने र यसरी आफूलाई सन्तुष्ट पार्ने परिणाम हासिल गर्नको लागि जबरजस्ती प्रशिक्षण र दमन गर्ने विधिहरू प्रयोग गर्ने मानिसहरूलाई जनाउँछ। यसलाई “दुष्टता” भनिन्छ। शैतानले त्यसका कार्यहरूमा तँलाई स्वतन्त्र इच्छा राख्नबाट, मनन गर्न र वास्तविकता खुट्याउन सिक्नबाट, अनि तेरो जीवन परिपक्व बनाउन सक्ने सत्यता बुझ्नबाट रोक्न चाहन्छ। शैतानले तँलाई ती कुराहरू गर्न दिँदैन, र त्यसले तँलाई नियन्त्रण गर्न चाहन्छ। शैतानले तँलाई सत्यता खोज्न र परमेश्‍वरका अभिप्रायहरू बुझ्न दिँदैन, र त्यसले तँलाई परमेश्‍वरको अगाडि ल्याउँदैन, बरु तँलाई त्यसकै अगाडि लैजान्छ र तँलाई त्यसको कुरा सत्यता नै हो जसरी, र त्यसले जे भन्छ त्यो सही हो जसरी, र त्यो सबै कुराहरूको केन्द्र भएर तैँले त्यसको कुरा सुन्नुपर्छ र त्यसका वचनहरू सही वा गलत छन् भनेर विश्‍लेषण गर्ने प्रयास गर्नु हुँदैन जसरी तँलाई त्यसकै कुरा सुन्‍न लगाउँछ। जबरजस्ती र हिंस्रक ढङ्गले मानिसहरूको व्यवहार र दिमागलाई आफूअनुकूल प्रयोग र नियन्त्रण गर्ने स्वभावलाई क्रूरता भनिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

फूटनोटहरू:

क. मूल पाठमा “जुन क्रूरताको एउटा पक्ष हो” भन्‍ने वाक्यांश समावेश छैन।

ख. मूल पाठमा “क्रूरताको अर्को पक्ष भनेको ‘दुष्टता’ हो” भन्‍ने वाक्यांश समावेश छैन।


अनि अरू कुन-कुन तरिकाले क्रूर स्वभाव प्रकट हुन सक्छ? यो कसरी सत्यताप्रति प्रतिकूल बन्‍नुसँग सम्‍बन्धित छ? वास्तवमा, जब प्रतिरोध र आलोचना प्रकट गर्दै सत्यताप्रति प्रतिकूल बन्‍ने स्वभाव गम्‍भीर रूपमा आफै प्रकट हुन्छ, तब यसले क्रूर स्वभाव खुलासा गर्छ। सत्यताप्रति प्रतिकूल बन्‍ने कार्यमा विभिन्‍न स्थितिहरू समावेश हुन्छन्, जसमा सत्यताप्रति चासो नराख्‍नेदेखि सत्यतालाई घृणा गर्ने कार्यसम्‍म पर्छ, र यो पछि गएर परमेश्‍वरलाई आलोचना गर्ने र दोष दिने अवस्थामा पुग्छ। जब सत्यताप्रति प्रतिकूल बन्‍ने स्वभाव चरम विन्दुमा पुग्छ, तब मानिसहरूले परमेश्‍वरलाई इन्कार, घृणा, र विरोध गर्ने सम्‍भावना बढी हुन्छ। यी विभिन्‍न स्थितिहरू क्रूर स्वभाव हुन्, होइन र? (हो।) त्यसकारण, सत्यताप्रति प्रतिकूल रहने मानिसहरूको स्थिति अझै गम्‍भीर हुन्छ, र यसभित्र एक प्रकारको स्वभाव हुन्छ, र त्यो हो, क्रूर स्वभाव। उदाहरणको लागि, कतिपय मानिसहरूले सबै कुरामाथि परमेश्‍वरले नै शासन गर्नुहुन्छ भन्‍ने कुरा स्विकार्छन्, तर जब परमेश्‍वरले तिनीहरूबाट खोस्‍नुहुन्छ, र तिनीहरूका हितहरूमा घाटा लाग्छ, तब तिनीहरूले बाहिरी रूपमा त गुनासो वा विरोध गर्दैनन्, तर भित्री रूपमा तिनीहरूमा स्वीकार वा समर्पण हुँदैन। तिनीहरूले निष्क्रिय भएर विनाश कुर्ने मनोवृत्ति अपनाउँछन्—जुन स्पष्ट रूपमा सत्यताप्रति प्रतिकूल रहने स्वभाव नै हो। अर्को अझै गम्‍भीर स्थिति पनि छ: तिनीहरू निष्क्रिय भएर विनाश कुर्दैनन्, बरु परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू इन्कार्छन्, र तिनीहरूबाट परमेश्‍वरले खोस्‍नुहुँदा त्यसको विरोध गर्छन्। तिनीहरूले कसरी विरोध गर्छन्? (मण्डलीको काममा वाधा वा अवरोध गरेर, वा तोडफोड गरेर, वा आफ्‍नै राज्य स्थापना गर्ने प्रयास गरेर।) त्यो एक तरिका हो। कतिपय मण्डली अगुवाहरू बर्खास्त भएपछि, तिनीहरूले मण्डली जीवन जिउने क्रममा मण्डलीमा सधैँ बाधा र अवरोध गरिरहेका हुन्छन्, र तिनीहरूले नवनियुक्त अगुवाले भनेको सबै कुरा विरोध र अवज्ञा गर्छन्, र पिठ्यूँपछाडि उनीहरूलाई कमजोर बनाउने प्रयास गर्छन्। यो कस्तो स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। तिनीहरूले वास्तवमा यस्तो सोचिरहेका हुन्छन्, “यदि म अगुवा हुन सक्दिनँ भने, अरू कसैले पनि यो पद लिन सक्दैन, किनभने म तिनीहरूलाई लखेट्नेछु! म तिमीलाई बाहिरिन बाध्य बनाउनेछु, र म पहिलेजस्तै इन्‍चार्ज हुनेछु!” यो सत्यताप्रति प्रतिकूल बन्‍नु मात्रै होइन, यो त क्रूरता हो! हैसियत, क्षेत्र, व्यक्तिगत हितहरू र प्रतिष्ठाको लागि होड गर्नु, बदला लिन कुनै कसर नछाड्नु, आफूले सक्‍ने सबै कुरा गर्नु, आफ्‍ना सबै सीप प्रयोग गर्नु, आफ्‍ना उद्देश्यहरू पूरा गर्न सम्‍भव भएको सबै गर्नु, आफ्‍नो प्रतिष्ठा, गौरव, र हैसियत जोगाउनु, वा बदला लिने आफ्‍नो इच्‍छा पूरा गर्नु—यी सबै क्रूरताका प्रकटीकरणहरू हुन्। क्रूर स्वभावका केही व्यवहारहरूमा वाधा र अवरोध पुर्‍याउने खालका कुराहरू बोल्‍ने कार्य पनि पर्छन्; कतिपय व्यवहारहरूमा आफ्‍ना उद्देश्यहरू पूरा गर्न कैयौँ खराब कुराहरू गर्ने कार्य पनि पर्छन्। चाहे बोलीवचनमा होस् वा व्यवहारमा होस्, त्यस्ता मानिसहरूले गर्ने सबै कुरा सत्यता विपरीत, र सत्यता उल्‍लङ्घन गर्ने किसिमको हुन्छ, र यो सब क्रूर स्वभावको प्रकटीकरण हो। कतिपय मानिसहरू यी कुराहरू चिन्‍न नसक्‍ने हुन्छन्। यदि कुनै गलत बोली वा व्यवहार सजिलै देखिने खाले छैन भने, तिनीहरू त्यसको वास्तविकता देख्‍न सक्दैनन्। तर सत्यता बुझ्‍ने मानिसहरूको लागि भने दुष्ट मानिसहरूले भन्‍ने र गर्ने सबै कुरा दुष्ट नै हुन्छ, र सही वा सत्यतासँग मिल्‍ने केही कुरा तिनमा हुँदै हुँदैन; यो भन्‍न सकिन्छ कि यी मानिसहरूले भन्‍ने र गर्ने यी कुराहरू १००% दुष्टता हुन् र यी पूर्णतया क्रूर स्वभावका प्रकटीकरण हुन्। यस्तो क्रूर स्वभाव प्रकट गर्नुभन्दा पहिले दुष्ट मानिसहरूका मनसायहरू के-के हुन्छन्? तिनीहरूले के-कस्ता लक्ष्यहरू हासिल गर्ने प्रयास गरिरहेका हुन्छन्? तिनीहरूले कसरी यस्ता कुराहरू गर्न सक्छन्? के तिमीहरूले यो कुरा पत्ता लगाउन सक्छौ? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। कसैको घरमा कुनै एउटा घटना घट्छ। अनि, ठूलो रातो अजिङ्गरले त्यो घर निगरानीमा राख्छ र तिनीहरू फर्केर जान सक्दैनन्, जसले गर्दा तिनीहरूलाई ठूलो पीडा हुन्छ। कतिपय विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई आश्रय दिन्छन्, र ती आश्रयदाताको घरमा सबै कुरा राम्रो देखेर, तिनीहरूले मनमनै सोच्छन्, “तिम्रो घरमा चाहिँ कसरी केही पनि नभएको? मेरो घरमा चाहिँ कसरी यस्तो भएको? यो त निष्पक्ष भएन। यसरी हुँदैन, मैले पनि तिम्रो घरमा यस्तै घटना घटाउने उपाय सोच्‍नुपर्छ, ताकि तिमी पनि घर आउन नसक्‍ने होऊ। म तिमीलाई पनि मैले भोगेको कठिनाइको स्वाद चखाउँछु।” तिनीहरूले केही गरे पनि नगरे पनि, वा यो कुरा वास्तविकतामा परिणत भए पनि नभए पनि, वा तिनीहरूले आफ्‍ना उद्देश्यहरू हासिल गरे पनि नगरे पनि, तिनीहरूमा अझै पनि यस्तै अभिप्राय हुन्छ। यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? (हो।) यदि तिनीहरूले असल जीवन जिउन सकेनन् भने, अरूलाई पनि जिउन दिँदैनन्। यस्तो स्वभावको प्रकृति के हो? (द्वेष।) यो एउटा क्रूर स्वभाव हो—यो व्यक्ति घिनलाग्दो हुन्छ! यस्ताहरू भित्रैबाट कुहिएका हुन्छन्। यसले तिनीहरू कति क्रूर छन् भन्‍ने कुरा स्पष्ट पार्छ। अनि, यस्तो स्वभावको प्रकृति कस्तो हुन्छ? तिनीहरूमा यो स्वभाव प्रकट हुँदा, तिनीहरूको मनसाय, अभिप्राय, र उद्देश्य के हुन्छ के तिमीहरू त्यसलाई विश्‍लेषण गर्छौ? तिनीहरूले यो स्वभाव प्रकट गर्दाको सुरुवाती बिन्दु के हुन्छ? तिनीहरूले के हासिल गर्न चाहन्छन्? तिनीहरूको आफ्‍नो घरमा कुनै घटना घटेको हुन्छ, र आश्रयदाताको घरमा हुँदा तिनीहरूलाई राम्रो खानपान दिइएको हुन्छ—तैपनि किन तिनीहरूले यो कुरा बरबाद पार्न चाहन्छन्? के तिनीहरू आफ्‍नो आश्रयदाताको घर भताभुङ्ग भएपछि र केही घटना घटेर उक्त आश्रयदाता घर जान नपाउने अवस्थामा पुगेपछि मात्रै खुसी हुन्छन्? तिनीहरूले आफ्‍नै लागि भए पनि त्यो ठाउँको रक्षा गर्नुपर्छ, त्यो घरमा केही घटना घट्न दिनु हुँदैन, र आश्रयदातालाई हानि गर्नु हुँदैन, किनभने उनीहरूलाई हानि गर्नु भनेको आफैलाई हानि गर्नुजस्तै हो। त्यसोभए तिनीहरूले यसो गर्ने चाह राख्‍नु पछाडि के लक्ष्य हुन्छ? (जब आफ्नो परिस्थिति खराब हुन्छ, तब तिनीहरूले अरूको पनि परिस्थिति खराब होस् भन्‍ने चाहन्छन्।) क्रूरता भनेको यही हो। तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “ठूलो रातो अजिङ्गरले मेरो घर नष्ट गरेको छ र मसँग अहिले घर छैन। तर तिम्रो त अझै पनि फर्केर आउने न्यानो र सुन्दर घर छ। यो निष्पक्ष भएन। तिमी घर फर्कन पाएको म हेर्न सक्दिनँ। म तिमीलाई एउटा पाठ पढाउनेछु। म तिमीलाई पनि घर फर्कन नपाउने अवस्थामा पुर्‍याउनेछु र तिमी पनि मजस्तै हुनेछौ। यसो गर्दा निष्पक्ष भएको अनुभव हुनेछ।” के यसो गर्नु द्वेषपूर्ण र खराब नियत होइन र? यो कस्तो प्रकृति हो? (क्रूरता।) दुष्ट मानिसहरूले भन्‍ने र गर्ने सबै कुरा कुनै न कुनै उद्देश्य हासिल गर्न गरिएको हुन्छ। तिनीहरूले प्राय कस्ता कुराहरू गर्छन्? क्रूर स्वभाव भएका मानिसहरूले गर्ने सबैभन्दा आम कुराहरू के-के हुन्? (तिनीहरूले मण्डलीको काममा वाधा दिन्छन्, अवरोध गर्छन्, र विनाश ल्याउँछन्।) (मानिसहरूको आमनेसामने हुँदा तिनीहरू ठिक्‍क पार्छन्, तर पिठ्यूँपछाडि तिनीहरूलाई कमजोर बनाउने प्रयास गर्छन्।) (तिनीहरू मानिसहरूलाई आक्रमण गर्छन्, बदला लिन्छन् र द्वेषपूर्ण रूपमा मानिसहरूमाथि जाइलाग्छन्।) (तिनीहरू अफवाह फैलाउँछन् र हिलो पोत्छन्।) (तिनीहरू अरूमाथि गालीगलौज, आलोचना, र निन्दा गर्छन्।) यी कार्यहरूको प्रकृति भनेको मण्डलीको काम बिथोल्‍नु र नाश पार्नु हो, र ती सबै नै परमेश्‍वर विरुद्ध विरोध र आक्रमण गर्ने प्रकटीकरणहरू हुन्, र ती सबै क्रूर स्वभावका प्रकटीकरणहरू हुन्। यस्ता कुराहरू गर्न सक्‍ने मानिसहरू अवश्य नै दुष्ट मानिसहरू हुन्, र क्रूर स्वभावका केही निश्‍चित प्रकटीकरणहरू भएका ती सबै मानिसहरूलाई दुष्ट मानिसहरूको रूपमा परिभाषित गर्न सकिन्छ। अनि, दुष्ट व्यक्तिको सार के हो? त्यो दियाबलस र शैतानको सार हो। यसमा कुनै अत्युक्ति छैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

के दुष्ट मानिसले सकारात्मक कुरालाई प्रेम गर्छ र? खराब मानिसहरू दुष्ट, पापमय र विषालु कुरालाई प्रेम गर्छन्; तिनीहरू नकारात्मक कुरासित सम्बन्धित सबै कुरालाई प्रेम गर्छन्। तैँले तिनीहरूसित सकारात्मक कुराबारे वा कसरी कुनै कुराले मानिसलाई लाभ पुऱ्याउँछ र त्यो कसरी परमेश्‍वरबाट आउँछ भन्‍नेबारे कुरा गर्दा, तिनीहरू खुसी हुँदैनन् र तीबारे सुन्‍न चासो दिँदैनन्—तिनीहरूमा मुक्ति पाउने आशा हुँदैन। कसैले तिनीहरूलाई जति नै राम्ररी सङ्गति गरे पनि वा तिनीहरूसित जति नै व्यावहारिक ढङ्गमा बोले पनि, तिनीहरू चासो नै दिँदैनन्, अनि शत्रुता र दुस्मनीसमेत देखाउन सक्छन्। तर कसैले देहसुखबारे कुरा गरेको सुन्दा तिनीहरू उत्साहित हुन्छन्, र तिनीहरूमा ऊर्जा भरिन्छ। यो पापमय र दुष्ट स्वभाव हो, र तिनीहरू राम्रो मनका होइनन्। त्यसैले तिनीहरू सम्भवतः सकारात्मक कुरालाई प्रेम गर्न सक्दैनन्। तिनीहरूले हृदयमा सकारात्मक कुरालाई कसरी लिन्छन्? तिनीहरू ती कुरालाई घृणा गर्छन् र तुच्छ ठान्छन्, तिनीहरू यी कुरालाई उपहास गर्छन्। इमानदार व्यक्ति बन्‍ने सम्बन्धमा, तिनीहरू यस्तो सोच्छन्, “इमानदार हुनुमा बेफाइदा मात्र छ। म त हुनेछैनँ! यदि तिमी इमानदार छौ भने मूर्ख हौ। आफूलाई हेर त, तिमी आफ्नो भविष्य वा स्वास्थ्यलाई पर्बाह नै नगरी आफ्नो कर्तव्य पालनामा कठिनाइ भोग्छौ र कडा मेहनत गर्छौ। यदि तिमी थकानले ढल्यौ भने कसले ख्याल गर्नेछ? म त आफूलाई थकित पार्न सक्दिनँ।” अरू कसैले भन्ला, “यसबाट उम्कने बाटो खोजौँ। हामी गोरुजस्तो खट्नु हुँदैन। हामीले आफ्नो अतिरिक्त योजना तयार पार्नुपर्छ र त्यसपछि थोरै मात्र थप प्रयत्न लगाउनुपर्छ।” यो सुनेर ती दुष्ट व्यक्तिहरू खुसी हुनेछन्; तिनीहरूले चाहेको पनि ठ्याक्कै त्यही हो। तर परमेश्‍वरप्रति पूर्ण समर्पण र आफ्नो कर्तव्यप्रति वफादारीपूर्वक समर्पित हुने सम्बन्धमा भने, तिनीहरूलाई घृणा र तिरस्कार लाग्‍नेछ, र तिनीहरूले त्यो स्विकार्नेछैनन्। के यस्तो व्यक्ति दुष्ट होइन र? यस्ता सबै मानिसमा दुष्ट स्वभाव हुन्छ। यदि तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गरिस् र अभ्यासका सिद्धान्तहरूबारे कुरा गरिस् भने, तिनीहरू त्यो अस्वीकार गर्छन् र सुन्‍न चाहँदैनन्। तिनीहरू यसले आफ्ना आत्मसम्मानमा धक्का पुऱ्याउँछ, मर्यादामा चोट पुऱ्याउँछ, र त्यसबाट लाभ मिल्दैन भन्‍ने सोच्नेछन्। तिनीहरूले मनमनै भन्‍नेछन्: “सत्यता र अभ्यासका सिद्धान्तहरूबारे बोलेको बोलेकै गर्नु, इमानदार व्यक्ति बन्‍नेबारे सधैँ कुरा गरिरहनु—के इमानदारीले तेरो पेट भर्न सक्छ? के तैँले इमानदारीपूर्वक बोलेर पैसा पाउन सक्छस्? मलाई त ठग्‍नुमा नै फाइदा हुनेछ!” यो कस्तो तर्क हो? यो डाँकाको तर्क हो। के यो दुष्ट स्वभाव होइन र? के यस्तो व्यक्ति दयालु हुन्छ? (हुँदैन।) यस्तो व्यक्तिले सत्यता हासिल गर्न सक्दैन। उसले जे जति गर्ने काम, समर्पण, र परित्याग सबैको कुनै उद्देश्य हुन्छ, जसको उसले पहिल्यै राम्ररी हिसाब लगाएको हुन्छ। ऊ केही कुरा दिँदा बढी प्रतिफल पायो भने मात्र त्यसलाई राम्रो सौदाबाजी ठान्छ। यो कस्तो स्वभाव हो? यो दुष्ट र खराब स्वभाव हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

मण्डलीमा, उचित रूपमा कर्तव्य पूरा नगर्दा, कतिपय मानिसहरूलाई काटछाँट गरिन्छ। कुनै व्यक्तिलाई काटछाँट गर्दा, उसलाई प्रायजसो सम्झाइन्छ र सम्भवतः गालीसमेत गरिन्छ। यसले निश्‍चय नै तिनीहरूलाई व्याकुल बनाउँछ, र तिनीहरू बहाना बनाउँदै जवाफ फर्काउन चाहन्छन्। अनि, तिनीहरू यस्ता कुराहरू बोल्छन्, “तपाईंले मलाई सही कुराहरू भन्दै काटछाँट गर्नुभएको भए पनि, तपाईंले भन्‍नुभएका कतिपय कुराहरू अत्यन्तै अपमानजनक छन्, तपाईंले मलाई अपमानित गर्नुभएको छ, र मेरो भावनामा चोट पुगेको छ। मैले कुनै योगदान नदिएको भए पनि, धेरै परिश्रम गरेको छु र मैले परमेश्‍वरमा विश्‍वास गरेको यति वर्ष भयो—मलाई कसरी यस्तो व्यवहार गर्न सक्‍नुभयो? कसरी तपाईंले अरू कसैलाई काटछाँट गर्नुहुन्‍न? म यो कुरा स्विकार्न सक्दिनँ र म यसलाई त्यतिकै छोड्नेवाला छैनँ!” यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? (हो।) यो भ्रष्ट स्वभाव गुनासो, अवज्ञा, र शत्रुताबाट मात्रै प्रकट भइरहेको हुन्छ, तर यो यसको चरम बिन्दुमा पुग्‍न बाँकी नै हुन्छ, र यसले केही लक्षणहरू देखाएको भए पनि, यो यसको अन्तिम हदसम्‍म पुगेको हुँदैन, तर यो प्रस्फुटन हुने विन्दुमा भने पुग्‍न थालिसकेको हुन्छ। यसको केही समयपछि तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू अब समर्पित रहँदैनन्, तिनीहरूले झिजो मान्छन् र अटेरी भई उल्टो व्यवहार गर्न थाल्छन्। तिनीहरूले यस्तो तर्क गर्न थाल्छन्: “मानिसहरूलाई काटछाँट गर्दा, अगुवा र सेवकहरू सधैँ सही नै हुन्छन् भन्‍ने छैन। तपाईंहरू यसलाई स्विकार्न सक्‍नुहुन्छ होला, तर म त सक्दिनँ। तपाईंहरू मूर्ख र कायर भएकाले यसलाई स्विकार्न सक्‍नुभएको हो। म यो स्विकार्दिनँ। यसबारे छलफल गरौँ र को सही छ र को गलत छ हेरौँ।” त्यसपछि मानिसहरूले तिनीहरूसित यसो भन्दै सङ्गति गर्छन्, “सही-गलत जे भए पनि, तपाईंले गर्नुपर्ने पहिलो कार्य भनेको आज्ञापालन गर्नु हो। के तपाईंले कर्तव्य पूरा गर्दा त्यसमा कति पनि गल्ती हुँदैन भन्‍ने सम्‍भावना हुन्छ र? के तपाईंले सबै कुरा सही गर्नुहुन्छ र? यदि तपाईंले सबै कुरा सही नै गर्नुभए पनि, काटछाँटमा पर्नु तपाईंको लागि फाइदाजनक नै हुन्छ! हामीले तपाईंलाई सिद्धान्तहरूबारे धेरै पटक सङ्गति दिएका छौँ, तर तपाईंले कहिल्यै सुन्‍नुभएन र आफूलाई जे मन लाग्यो त्यही गर्ने निर्णय गरिरहनुभयो, र मण्डलीको काममा बाधा पुर्‍याउनुभयो र ठूला घाटाहरू गराउनुभयो, त्यसकारण तपाईं कसरी काटछाँटमा पर्न सक्‍नुहुन्‍न र? शब्‍दहरू कठोर हुन सक्छन्, र सुन्दा गाह्रो लाग्‍न सक्छ, तर त्यो सामान्य कुरा हो, होइन र? त्यसकारण तपाईंले के कुराको तर्क गरिरहनुभएको छ? के तपाईंलाई अरूले काटछाँट नगरीकन खराब कुराहरू गर्न दिइरहनुपर्ने हो?” तर के तिनीहरूले यो सुनेर काटछाँट स्वीकार गर्न सक्छन् र? सक्दैनन्। तिनीहरूले बहाना बनाउने र प्रतिरोध गर्ने कार्यलाई नै निरन्तरता दिनेछन्। यसमा तिनीहरूले कस्तो स्वभाव प्रकट गरेका हुन्छन्? पैशाचिक; यो क्रूर स्वभाव हो। तिनीहरूको तात्पर्य वास्तवमा के हुन्छ? “मलाई मानिसहरूले झिज्याएको म सहन सक्दिनँ। कसैले पनि मेरो टाउकोको एउटा केशसमेत छुन पाउँदैन। मसित जोरी खोज्‍न सजिलो छैन भनेर यदि मैले तपाईंलाई देखाएँ भने, तपाईं भविष्यमा मलाई काटछाँट गर्ने आँट गर्नुहुनेछैन। त्यसपछि के मैले जितेको हुनेछैन र?” यो कुरा कस्तो लाग्यो? यसमा स्वभाव प्रकट भएको छ, होइन र? यो एउटा क्रूर स्वभाव हो। क्रूर स्वभाव भएका मानिसहरू सत्यताप्रति प्रतिकूल मात्रै हुँदैनन्—तिनीहरू सत्यतालाई घृणासमेत गर्छन्! जब तिनीहरू काटछाँटमा पर्छन्, तब तिनीहरू कि त भाग्‍ने प्रयास गर्छन्, कि त बेवास्ता गर्छन्—तिनीहरू आफ्‍नो हृदयमा अत्यन्तै शत्रुवत्‌ रहन्छन्। यो तिनीहरूले केवल बहानाहरू बनाएको कुरा होइन। तिनीहरूको मनोवृत्ति त्यस्तो हुँदैन। तिनीहरू त अटेरी र विरोधी हुन्छन्, र तिनीहरू चुडेलले जस्तो मुख फर्काउँछन्। तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “मलाई थाहा छ, तपाईं मलाई अपमान गर्न र जानीजानी लज्‍जित पार्न खोज्दै हुनुहुन्छ, र मैले तपाईंको अगाडि विरोध गर्ने आँट नगरे पनि, म आफ्‍नो बदला लिने मौका लिने नै छु! के तपाईं मलाई काटछाँट गर्न र यताउता खेलाउन सक्छु भन्‍ने ठान्‍नुहुन्छ? म सबैलाई मेरो पक्षमा पार्नेछु, तपाईंलाई एकल्याउनेछु, त्यसपछि तपाईंको व्यवहारको स्वाद म तपाईंलाई नै चखाउनेछु!” तिनीहरूले हृदयमा यही कुरा सोचिरहेका हुन्छन्; तिनीहरूको क्रूर स्वभाव अन्ततः आफै प्रकट भएको हुन्छ। तिनीहरूले आफ्‍ना लक्ष्‍यहरू हासिल गर्न र द्वेष पोखाउन, आफूलाई सही साबित गराउने र सबैलाई आफ्नो पक्षमा ल्याउने बहानाहरू खोज्‍न सक्दो प्रयास गर्छन्। त्यसपछि मात्रै तिनीहरू खुसी र शान्त हुन्छन्। यो द्वेषपूर्ण छ, होइन र? यो क्रूर स्वभाव हो। काटछाँटमा नपरेको हुँदा, यस्ता मानिसहरू साना थुमाजस्तै हुन्छन्। जब तिनीहरू काटछाँटमा पर्छन्, वा जब तिनीहरूको वास्तविक रूप खुलासा हुन्छ, तब तिनीहरू तुरुन्तै थुमाबाट ब्‍वाँसोमा परिणत हुन्छन्, र तिनीहरूको ब्‍वाँसोको स्वभाव प्रकट हुन्छ। यो क्रूर स्वभाव हो, होइन र? (हो।) तर धेरैजसो समय यो किन प्रकट हुँदैन त? (तिनीहरूलाई उक्साइएको हुँदैन।) ठीक भन्यौ, तिनीहरूलाई उक्साइएको हुँदैन र तिनीहरूका हितहरूमा चुनौती आएको हुँदैन। यो त नभोकाएको बेला ब्‍वाँसोले केही नखाएजस्तै हो—के त्यस्तो बेला त्यो ब्‍वाँसो होइन भनेर भन्‍न सकिन्छ त? त्यसलाई ब्‍वाँसो भन्‍नको लागि त्यसले तँलाई खाने प्रयास गर्न थालुन्जेल पर्खन्छस् भने, त्यो धेरै ढिला भइसकेको हुनेछ, होइन र? यसले तँलाई खाने प्रयास नै गरेको छैन भने पनि, तँ सधैँ सतर्क हुनुपर्छ। ब्‍वाँसोले तँलाई खाएको छैन भन्दैमा त्यसले तँलाई खान चाहँदैन भन्‍ने हुँदैन, यति मात्र हो कि त्यो समय आएको छैन—अनि जब त्यो समय आउँछ, ब्‍वाँसोको प्रकृतिले प्रहार गरिहाल्छ। काटछाँट गरिँदा, यसले हरप्रकारको व्यक्तिको खुलासा गर्छ। कतिपय मानिसहरू मनमनै सोच्छन्, “किन मलाई मात्रै काटछाँट गरिन्छ? किन सधैँ मलाई मात्रै ताकिन्छ? के तिनीहरू मलाई सजिलो निसाना ठान्छन्? म सहजै जोरी खोज्‍न मिल्ने व्यक्ति होइनँ!” यो कस्तो स्वभाव हो? कसरी तिनीहरू मात्रै काटछाँटमा पर्ने व्यक्तिहरू हुन सक्छन्? वास्तवमा अवस्था यस्तो हुँदैन। तिमीहरूमध्ये को काटछाँटमा परेका छैनौ र? तिमीहरू सबै परेका छौ। कहिलेकहीँ अगुवा र सेवकहरूले आफ्‍नो काममा सधैँ ढिपी र लापरवाही गर्छन्, नत्रभने तिनीहरूले कार्य बन्दोबस्तअनुसार त्यो काम अघि बढाउँदैनन्—र तिनीहरूमध्ये धेरैजसो काटछाँटमा पर्छन्। मण्डलीको काम रक्षा गर्न र मानिसहरूलाई कपटी हुनबाट रोक्‍न यसो गरिन्छ। कुनै निश्‍चित व्यक्तिलाई निसाना बनाउन यसो गरिँदैन। तिनीहरूले भनेको कुरा स्पष्ट रूपमै तथ्यहरू बङ्ग्याउने कार्य हो, र यो पनि क्रूर स्वभावको प्रकटीकरण नै हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

“बदला लिने प्रवृत्ति भएका” भन्‍ने वाक्यांशबाटै थाहा हुन्छ कि ती मानिसहरू असल मानिसहरू होइनन्; बोलीचालीको भाषामा भन्दा, तिनीहरू कुहिएका आलुहरू हुन्। तिनीहरूको मानवताको निरन्तरका प्रकटीकरण र खुलासाहरू, साथै तिनीहरूको कार्यका सिद्धान्तहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरूको हृदय दयालु हुँदैन। प्रचलित भनाइले भनेजस्तै, तिनीहरू “कामकुरा बिग्रेकाहरू हुन्।” हामी तिनीहरू दयालु प्रकारका मानिस होइनन् भनेर भन्छौँ; अझै तोकेर भन्दा, ती व्यक्तिहरू दयालु हृदयका हुँदैनन् तर तिनीहरूले उग्रता, दुराशय, र क्रूरता बोकेका हुन्छन्। जब कसैले ती व्यक्तिहरूका हित, इज्जत, वा हैसियतलाई छुने कुनै कुरा भन्छ वा गर्छ, वा तिनीहरूलाई चिढ्याउँछ भने, एकातिर, तिनीहरूले हृदयमा शत्रुता बोक्छन्। अर्कोतिर, तिनीहरूले यही शत्रुताका आधारमा काम गर्छन्; तिनीहरूले आफ्नो घृणा पोखाउने र आफ्नो रिस मार्ने उद्देश्य र आशयले काम गर्छन्, जुन बदला लिन खोज्ने व्यवहार हो। मानिसहरूमाझ सधैँ यस्ता मानिसहरू हुन्छन्। चाहे मानिसहरूले यसलाई तुच्छ बन्‍नु भनेर व्याख्या गरून्, वा रोबरवाफ जमाउनु, वा अति संवेदनशील बन्‍नु होस्, अर्थात् तिनीहरूको मानवता व्याख्या वा सारांशित गर्न प्रयोग गरिने शब्दहरू जेसुकै भए पनि, अरूसँगको तिनीहरूको अन्तरक्रियाको सामान्य प्रकटीकरण के हुन्छ भने, तिनीहरूलाई जसले गल्तीले वा जानीजानी चोट पुर्‍याउँछ वा चिढ्याउँछ, उसले यसको परिणाम भोग्‍नैपर्ने र सामना गर्नैपर्ने हुन्छ। यो त कतिपय मानिसहरूले यसो भनेजस्तै हो: “तिनीहरूलाई चिढ्या न, अनि तैँले मोलतोल गरेकोभन्दा बढी पाउनेछस्। यदि तैँले तिनीहरूलाई प्रहार गरिस् वा चोट पुर्‍याइस् भने, सजिलै उम्की भाग्छु भन्‍ने नसोच्।” के मानिसहरूमाझ त्यस्ता व्यक्तिहरू हुन्छन्? (हुन्छन्।) अवश्यै हुन्छन्। चाहे जेसुकै होस्, यो रिस वा दया गर्न लायक होस् कि नहोस्, बदला लिने झुकाउका मानिसहरू यसैलाई आफ्नो दैनिक कार्यसूचीमा राख्छन्, र यसैलाई सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा लिने गर्छन्। तिनीहरूलाई जोसुकैले चिढ्याए पनि त्यो अस्वीकार्य हुन्छ, र तिनीहरू उसले पनि बराबार मूल्य चुकाउनुपर्छ भन्‍ने माग गर्छन्, र यही नै तिनीहरूले मानिसहरूसित, र शत्रु हुन् भन्‍ने लागेका जोकोहीसित व्यवहार गर्ने सिद्धान्त हो। उदाहरणका लागि, मण्डली जीवनमा कतिपय मानिस आफ्नो स्थितिबारे सङ्गति गर्छन् वा सामान्य रूपमा आफ्नो अनुभवमा सङ्गति गर्छन् र ती बाँड्छन्, र आफ्नो स्थिति र भ्रष्टताबारे छलफल गर्छन्। त्यसो गर्ने क्रममा, तिनीहरूले अनजानमै अरूको स्थिति र भ्रष्टता पनि संलग्‍न गराउँछन्। त्यो बोल्ने व्यक्तिले अनजानमा बोलेको हुन सक्छ, तर सुन्‍ने व्यक्तिले यसलाई मनमा लिन्छ। अनि सुनेपछि, त्यो व्यक्तिले त्यसलाई सही रूपमा बुझ्न वा लिन सक्दैन, र उसले बदला लिने मानसिकता लिने सम्भावना हुन्छ। यदि ऊ त्यो कुरा त्याग्दैन र आक्रमण गर्न र बदला लिन जिद्दी गर्छ भने, यसले मण्डलीको काममा समस्या ल्याउनेछ, त्यसकारण यो मामला तुरुन्तै समाधान गरिनुपर्छ। जबसम्‍म मण्डलीमा दुष्ट मानिसहरू हुन्छन्, तबसम्‍म अवरोधहरू अपरिहार्य रूपमै पैदा हुनेछन्, त्यसकारण दुष्ट मानिसहरूले मण्डलीमा बाधा पुऱ्याउने घटनाहरूलाई हल्का रूपमा लिनै हुँदैन। चाहे जानीजानी होस् वा अनजानमा होस्, तैँले तिनीहरूलाई रिस उठाउने वा चोट पुर्‍याउने गर्छन् भने, तिनीहरूले यो कुरालाई सजिलै छोड्‍दैनन्। तिनीहरूले मनमनै सोच्छन्: “तिमीले आफ्‍नै भ्रष्टताबारे बोलिरहेको छौ त, किन मेरो बारेमा कुरा गरेको? तिमीले आफ्नो आत्मज्ञानबारे कुरा गर्दै छौ त, किन मलाई खुलासा गरेको? मेरो भ्रष्टता खुलासा गर्दा, मैले मेरो इज्जत र गौरव गुमाउँछु, त्यसले गर्दा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको नजर ममा हुन्छ, मैले प्रतिष्ठा गुमाउँछु, र मेरो मानसम्‍मानमा हानि हुन्छ। ठिकै छ त्यसोभए, म तिमीलाई बदला लिनेछु; तिमीले मोलतोल गरेको भन्दा बढ्ता पाउनेछौ! मलाई हेप्न सजिलो छ भन्‍ने नसोच, मेरो पारिवारिक अवस्था कमजोर छ र मेरो सामाजिक हैसियत उच्च छैन भन्दैमा मलाई पेलपाल गर्छु भन्‍ने नसोच। मलाई सहजै हेप्‍न सकिने व्यक्ति नसोच्; म कसैले खेलाँची गर्ने व्यक्ति होइनँ!” तिनीहरूले कसरी आफ्नो बदला लिन्छन् भन्‍ने कुरा यहीँ छोडिदिऔँ; यी मानिसहरू आफैमा कस्ता हुन्छन् भन्‍नेबारे विचार गरौँ: जब तिनीहरूले यी सानातिना कुराहरू अर्थात् मण्डली जीवनमा आम रूपमा हुने कुराहरू सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूलाई सही रूपमा लिन वा बुझ्न नसक्‍ने मात्र होइन, तिनीहरूमा त घृणासमेत पैदा हुन्छ र तिनीहरूले बदला लिने अवसरहरूसमेत कुर्छन्, र बदला लिन अनैतिक माध्यमहरूसमेत प्रयोग गर्छन्। यसले तिनीहरूको मानवताबारे के भन्छ? (यो दुर्भावपूर्ण छ।) के तिनीहरू दयालु मानिसहरू हुन्? (होइनन्।) … अरूले त्यही कुरालाई सामान्य कुराको रूपमा हेर्छन्, र त्यसलाई त्यहीअनुसार सम्हाल्छन् र त्यसप्रति त्यहीअनुसार व्यवहार गर्छन्। अनि अवश्य नै, सत्यता स्विकार्ने असल मानिसहरूले यसलाई सक्रिय र सकारात्मक रूपमा समाधान पनि गर्छन्। साधारण मानिसहरूले चाहिँ यसलाई सकारात्मक रूपमा त समाधान गर्दैनन्, तर मनमा घृणा पनि राख्दैनन्, झन् बदला लिन खोज्नु त परको कुरा हो। तर ती खराब मानिसहरूको हकमा भने, यस्तो सामान्य र अत्यन्तै साधारण कुराले पनि तिनीहरूमा भित्री रूपमा उत्पात पैदा गर्न सक्छ, जसले गर्दा तिनीहरू शान्त रहन सक्दैनन्। तिनीहरूले पैदा गर्ने कुराहरू सकारात्मक वा साधारण हुँदैनन्, तर क्रूर र दुष्ट हुन्छन्; तिनीहरू बदला लिन खोज्छन्। तिनीहरूको बदलाको कारण के हो? तिनीहरू के विश्‍वास गर्छन् भने, मानिसहरूले दुर्भावनापूर्ण टिप्पणी गरेर जानीजानी नै तिनीहरूको अहित चिताउँछन्, तिनीहरूका परिस्थिति, साथै कुरूप पक्ष र भ्रष्टता खुलासा गर्छन्। तिनीहरूले मानिसहरूले भनेको कुरालाई जानीजानी भनिएको कुराको रूपमा लिन्छन्, र यसरी ती मानिसहरूलाई शत्रु ठान्छन्। अनि त्यसपछि, तिनीहरूले यो मामला समाधान गर्न बदला प्रयोग लिनु उचित हो भन्‍ने महसुस गर्छन्, र आफ्नो बदला लिने उद्देश्य हासिल गर्नको लागि विभिन्‍न माध्यमहरू प्रयोग गर्छन्। के यो क्रूर स्वभाव होइन र? (हो।) मण्डली जीवनमा, जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो स्थितिबारे कुरा गर्छन्, तब धेरैजसो सुन्‍नेहरूले यसलाई परमेश्‍वरबाट आएको भनेर जोडेर हेर्न र स्विकार्न सक्छन्। सत्यताप्रति वितृष्ण रहने र दुष्ट स्वभाव भएकाहरूले मात्रै यो सुनेपछि शत्रुता गर्ने र बदला लिने मानसिकतासमेत पैदा गर्छन्, जसले गर्दा तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा हुन्छ। बदला लिने मानसिकता पैदा भएपछि, बदला लिने व्यवहार र कार्यहरू श्रृङ्खलाबद्ध रूपमा देखा पर्छन्। जब बदला लिने कार्यहरू देखा पर्छन्, तब मानिसहरूबीच रहेका सम्बन्धहरू के हुन्छन्? ती अबउप्रान्त उचित हुँदैनन्। अनि यसमा को वास्तवकि पीडित हुन्छ? (तिनीहरूले बदला लिने व्यक्ति।) ठिक भन्यौ। वास्तविक पीडितहरू तिनीहरू नै हुन् जसले आफ्नो अनुभवात्मक गवाहीबारे सङ्गति गर्छन्। त्यसपछि बदला लिने मानिसहरूले आफ्‍नो खुलासा गर्ने वा आफूहरूप्रति शत्रुता राख्‍ने भन्ठानेका मानिसहरूलाई विभिन्‍न परिस्थितिमा बोली वा व्यवहार प्रयोग गरेर आलोचना गर्छन्, आक्रमण गर्छन्, र झूटो आरोपसमेत लगाउँछन् वा निन्दा गर्छन्। बदला लिने प्रवृत्ति भएका मानिसहरूले हृदयमा क्षणिक रूपमा घृणा बोकेर त्यसलाई त्यसैमा सीमित राख्‍ने गर्दैनन्; तिनीहरू बदला लिन लक्षित मानिसहरू, आफूले शत्रु ठानेका, र आफूलाई मन नपर्ने मानिसहरूलाई बदला लिन हरकिसिमका अवसरहरू खोज्‍ने र सिर्जना गर्नेसमेत गर्छन्। उदाहरणका लागि, अगुवाहरूको चुनावका क्रममा, यदि तिनीहरूले शत्रु ठानेको व्यक्तिले परमेश्‍वरको घरका मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्तहरू पूरा गर्छ र ऊ अगुवाका रूपमा निर्वाचित हुन योग्य छ भने, तिनीहरूको शत्रुताले गर्दा तिनीहरूले त्यस व्यक्तिलाई आलोचना गर्छन्, निन्दा गर्छन्, र आक्रमण गर्छन्। तिनीहरू बदला लिन पर्दापछाडि रहेरसमेत कार्य गर्छन् वा त्यस व्यक्तिलाई हानि गर्ने कार्यहरू गर्छन्। सारांशमा भन्‍नुपर्दा, बदला पूरा गर्ने तिनीहरूको माध्यम विविध हुन्छन्। उदाहरणका लागि, तिनीहरूले कसैविरुद्ध प्रयोग गर्न सकिने कुराहरू खोजेर ऊबारे नराम्रो कुराहरू बोल्न सक्छन्, बढाइचढाइ कुरा गरेर र आधारहीन अफवाहद्वारा त्यस व्यक्तिबारे हल्ला फैलाउँछन्, वा त्यो व्यक्ति र अरूबीच कलह फैलाउन सक्छन्। तिनीहरूले त्यो व्यक्ति कर्तव्य निर्वाहमा अबफादार, नकारात्मक र प्रतिरोधी छ भनेर दाबी गर्दै अगुवाहरूअघि झूटो आरोप लगाउनसमेत सक्छन्। वास्तवमा यी सबै जानीजानी गरिएको बनावटी कुरा, र आधारहीन कुरा मात्र हुन्छन्। हेर त, त्यो व्यक्तिबारे तिनीहरूले गर्ने शङ्का र गलतबुझाइहरूबाट कसरी यति धेरै अनुचित व्यवहार र कार्यहरू पैदा हुन्छन्; यी सबै शैलीहरू तिनीहरूको बदला लिने प्रकृतिबाट आएका हुन्छन्। वास्तवमा, जब त्यो व्यक्तिले आफ्नो अनुभव गवाही बाँडेको थियो, तब त्यो तिनीहरूप्रति लक्षित नै थिएन; तिनीहरूप्रति कुनै बदख्वाइँको अभिप्राय थिएन। तिनीहरू सत्यताप्रति वितृष्ण रहने मानिसहरू भएकाले र तिनीहरूमा बदला लिने क्रूर स्वभाव भएको हुनाले नै अरूलाई तिनीहरूले आफ्‍नो खुलासा गर्न दिँदैनन्, न त तिनीहरूले आफूलाई चिन्‍नेबारे छलफल गर्न, भ्रष्ट स्वभावबारे छलफल गर्न, वा आफ्नो शैतानी प्रकृतिबारे कुरा गर्न नै दिन्छन्। जब त्यस्ता विषयहरूबारे छलफल गरिन्छ, तब तिनीहरू आफूलाई नै लक्षित र खुलासा गरिएको हो भन्‍ने अनुमान गर्दै रिसाउँछन्, र त्यसरी तिनीहरूमा बदला लिने मानसिकता विकास र सिर्जना हुन्छ। बदला लिने यस्तो व्यक्तका प्रकटीकरणहरू कुनै एउटा परिस्थितिमा मात्र सीमित हुँदैन। मैले किन यसो भन्दै छु? किनभने त्यस्ता व्यक्तिहरूमा क्रूर प्रकृति हुन्छ; कसैले पनि तिनीहरूलाई उक्साउन वा चिढ्याउन मिल्दैन। तिनीहरूसँग बिच्छी वा खजुरोमा जस्तै अन्तर्निहित रूपमै कुनै पनि व्यक्ति र कुनै पनि कुराप्रति लक्षित हुने आक्रामकता हुन्छ। त्यसकारण, कसैले जानीजानी वा अनजानमा बोलेर तिनीहरूलाई चिढ्यायो वा चोट पुर्‍यायो भने, र तिनीहरूलाई तिनीहरूको अभिमान वा प्रतिष्ठा गुमेको छ भन्‍ने लाग्यो भने, तिनीहरूले आफ्नो अभिमान र प्रतिष्ठा जसोतसो जोगाउने उपायहरू योजना गर्छन्, जसले गर्दा तिनीहरू बदला लिने श्रृङ्खलाबद्ध कार्यहरूमा संलग्‍न हुन्छन्।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२५)

दुष्ट र सत्यतालाई प्रेम नगर्नेहरू सधैँ सक्रिय रूपले सोचिरहेका हुन्छन्। यदि तिनीहरूले आज आशिष् पाउने आशाको झलक देखेमा, त्यसमा दिलोज्यान लगाउँछन् र सबैको मन जित्ने आशाले उनीहरूले देख्नेगरी असल कार्यहरू गर्छन्। तर केही समयपछि, जब परमेश्‍वरले तिनीहरूलाई आशिष् दिनुभएको हुँदैन, तब तिनीहरू पछुताउँछन् र गुनासो गर्छन्, अनि यो निष्कर्षमा पुग्छन्: “परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ; उहाँ पक्षपात गर्नुहुन्‍न—यी वचनहरू साँचो हुन् भनेर म त्यति निश्चित छैनँ।” तिनीहरू आफ्नो वर्तमान रुचिभन्दा बाहिर देख्नै सक्दैनन्; यदि त्यसबाट आफूलाई लाभ हुँदैन भने, तिनीहरू एउटा सिन्कोसमेत भाँच्दैनन्। के यो दुष्टता होइन र? तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, उनीहरूसँग सौदा गर्न खोज्छन्, र तिनीहरू परमेश्‍वरसँग समेत सौदा गर्न खोज्छन्। तिनीहरू सोच्छन्: “मैले केही नाफा हेर्नुपर्छ, र अहिले नै हेर्नुपर्छ। मैले तत्काल नाफा प्राप्त गर्नैपर्छ!” यस्तो बलजफ्ती—के तिनीहरूमा दुष्ट स्वभाव छ भन्‍नु अत्युक्ति हुनेछ र? (हुनेछैन।) त्यसोभए, तिनीहरूको दुष्टता कसरी पुष्टि गर्न सकिन्छ? तिनीहरूले आफूलाई थोरै परीक्षा वा विपत्ति आइपर्दा, त्यो स्विकार्न सक्नेछैनन् र आफ्नो कर्तव्य निर्वाह गर्नेछैनन्। तिनीहरूलाई आफूले क्षति भोगेको छु भन्‍ने लाग्छ: “मैले अति धेरै लगानी गरेको छु तर पनि परमेश्‍वरले मलाई आशिष् दिनुभएको छैन। परमेश्‍वर हुनुहुन्छ के त? यो सही मार्ग हो कि होइन?” तिनीहरूका हृदयमा शङ्का उब्जिन्छ। तिनीहरू नाफा हेर्न चाहन्छन्, र यसबाट तिनीहरू स्वेच्छाले र इमानदारीसाथ त्याग गर्दैनन् भन्‍ने पुष्टि हुन्छ; यसरी तिनीहरूको खुलासा हुन्छ। अय्यूबलाई परीक्षाहरू आइरहेको बेला उनकी श्रीमतीले के भनी? (“के तपाईँ अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)।) ऊ एक अविश्‍वासी थिई, विपत्ति आइपर्दा परमेश्‍वरलाई नकारी र त्यागी। जब परमेश्‍वरले आशिष् दिनुभयो, तब उसले भनी, “यहोवा परमेश्‍वर, तपाईं महान् मुक्तिदाता हुनुहुन्छ! तपाईंले मलाई यतिका धेरै धनसम्पत्ति र आशिष् दिनुभएको छ। म तपाईंलाई पछ्याउनेछु। तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ!” तर परमेश्‍वरले उसको सम्पत्ति लैजानुहुँदा, उसले भनी, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍न।” उसले अय्यूबलाई यस्तोसमेत भनी, “विश्‍वास नगर्नुस्। परमेश्‍वर हुनुहुन्‍न! यदि हुनुभएको भए, उहाँले कसरी डाँकाहरूलाई हाम्रो धनसम्पत्ति लान दिन सक्नुहुन्थ्यो र? उहाँले किन हाम्रो सुरक्षा गर्नुभएन?” यो कस्तो स्वभाव हो? यो दुष्ट स्वभाव हो। आफ्नो हितमा धक्का पुग्‍नेबित्तिकै अनि आफ्ना लक्ष्य र चाहनाहरू पूरा नहुनेबित्तिकै, तिनीहरू आक्रोशित हुन्छन्, विद्रोह गर्छन, अनि यहूदा बनेर परमेश्‍वरलाई विश्‍वासघात गर्छन् र त्याग्छन्। के यस्ता मानिस धेरै छन्? झनै प्रस्ट रूपले देखिने यस्ता दुष्ट मानिस र अविश्‍वासीहरू अझै पनि मण्डलीभित्र केही होलान्। तर कतिपय मानिसमा यस्तो स्थिति मात्र हुन्छ; अर्थात्, तिनीहरूमा यस्तो स्वभाव हुन्छ, तर तिनीहरू यस प्रकारकै हुन् भन्‍ने होइन। तर, यदि तँमा यस्तो स्वभाव छ भने, के त्यो परिवर्तन गर्नुपर्छ? (पर्छ।) यदि तँमा यस्तो स्वभाव छ भने, त्यसको अर्थ तेरो प्रकृति पनि दुष्ट छ। यस्तो दुष्ट स्वभावले गर्दा तैँले परमेश्‍वरलाई विरोध गर्न, विश्‍वासघात गर्न, र कुनै पनि बेला उहाँप्रति शत्रुवत् व्यवहार गर्न सक्छस्। तैँले परमेश्‍वरसित आफ्नो ठ्याक नमिलेको दिन मात्र यी भ्रष्ट स्वभावहरू परिवर्तन गर्दैनस्। जब परमेश्‍वरसँग तेरो ठ्याक मिल्दैन, तब तँ उहाँसामु आएर उहाँको काम अनुभव गर्न सक्दैनस् र तैँले कुनै हालतमा मुक्ति प्राप्त गर्दैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

ख्रीष्टविरोधीहरूको प्रकृतिमा रहेका मुख्य तत्त्वहरूमध्ये एउटा हो, क्रूरता। “क्रूरता” को अर्थ के हो? यसको अर्थ सत्यताप्रति तिनीहरूमा अत्यन्तै दुष्ट मनोवृत्ति हुन्छ—तिनीहरू यसमा समर्पित हुन नसक्‍ने, र यसलाई स्विकार्न नमान्‍ने मात्र होइन, तिनीहरू त आफूलाई काटछाँट गर्नेहरूलाई निन्दासमेत गर्छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो। ख्रीष्टविरोधीहरूले सोच्छन् कि काटछाँट हुन स्विकार्ने व्यक्ति हेपाइमा पर्ने खतरामा हुन्छ, र सधैँ अरूलाई काटछाँट गर्ने मानिसहरू सधैँ मानिसहरूलाई गिज्याउन र हेप्न चाहने मानिसहरू हुन्। त्यसैले, ख्रीष्टविरोधीहरूले आफूलाई काटछाँट गर्नेविरुद्ध प्रतिरोध गर्छन्, र त्यो व्यक्तिलाई कठिन समय दिन्छन्। अनि जसले ख्रीष्टविरोधीहरूका कमीकमजोरी वा भ्रष्टताहरूको कुरा उठाउँछ, वा तिनीहरूलाई सत्यता र परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति गर्छ, वा आफूलाई चिन्‍न लगाउँछ, तिनीहरूले त्यो व्यक्तिले आफूलाई कठिन समय दिइरहेको छ भन्‍ने सोच्छ र त्यसलाई अप्रिय ठान्छ। तिनीहरूले त्यो व्यक्तिलाई हृदयदेखि नै घृणा गर्छन्, र तिनीहरूसँग बदला लिन्छन् र तिनीहरूलाई कठिनाइमा पार्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई जेजसरी लिन्छन् त्यसको अर्को प्रकटीकरण यही हो, र यसबारे हामी सङ्गति गर्नेछौं। तिनीहरूलाई काटछाँट र खुलासा गर्ने हरकसैलाई तिनीहरू घृणा गर्छन्। यो ख्रीष्टविरोधीहरूमा देखिने अत्यन्तै स्पष्ट प्रकटीकरण हो। कस्तो प्रकारका मानिसहरूमा यस्तो क्रूर स्वभाव हुन्छ? दुष्ट मानिसहरूमा। वास्तवमा ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा मात्रै यस्तो क्रूर स्वभाव हुन्छ। जब क्रूर व्यक्तिले कुनै पनि राम्रो अभिप्रायको सल्लाह, आरोप, शिक्षा वा सहयोग सामना गर्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुनु वा यसलाई नम्रसाथ स्विकार्नु हुँदैन, बरु लज्‍जित र क्रोधित हुनु, र चरम शत्रुता, र घृणा महसुस गर्नु, र बदलासमेत लिन चाहनु हुन्छ। कति मानिसहरूले यसो भन्दै ख्रीष्टविरोधीलाई काटछाँट र खुलासा गर्छन्, “तिमी आजभोलि बेलगाम दौडिरहेको छौ, तिमीले सिद्धान्तअनुसार काम गरिरहेको छैनौ, र कर्तव्य निर्वाह गर्दा निरन्तर आफ्‍नो धाक लगाइरहेको हुन्छौ। तिमीले हैसियतको खातिर काम गरिरहेको छौ र कर्तव्य पूरै भद्रगोल पारिरहेको छौ। के तिमीले परमेश्‍वरको नजरमा सही काम गरेको छौ? तिमीले कर्तव्य निर्वाह गर्दा किन सत्यता खोजी गरिरहेको छैनौ? तिमीले किन सिद्धान्तअनुसार काम गरिरहेको छैनौ? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिमीसँग सत्यता सङ्गति गर्दा तिमीले किन स्विकारिरहेको छैनौ? तिमी किन तिनलाई बेवास्ता गरिरहेको छौ? तिमी किन आफ्‍नो खुसी काम गरिरहन्छौ?” यी विभिन्‍न प्रश्‍नहरूले, तिनीहरूको भ्रष्टताको प्रकटीकरण खुलासा गर्ने यी वचनहरूले तिनीहरूलाई घोच्छन्: “किन? ‘किन’ भन्‍ने कुरै छैन—मलाई जे मन लाग्यो त्यही गर्छु! मलाई काटछाँट गर्ने अधिकार तिमीलाई केले दिन्छ? त्यसो गर्नको लागि तिमी को हौ? म स्वेच्छाचारी छु; तिमीले यसबारे के गर्न सक्छौ? अहिले म यो उमेरको छु, त्यसैले कसैले पनि मसँग यसरी बोल्ने आँट गर्दैन। म मात्रै अरूसँग यसरी बोल्न सक्छु; अरू कसैले पनि मसँग यसरी बोल्न सक्दैन। कसले मसित भाषण छाँट्ने आँट गर्छ? मसित भाषण छाँट्न सक्‍ने व्यक्ति अझै जन्मेको छैन! के तिमीलाई मसित भाषण छाँट्‍न सक्छु जस्तो लाग्छ?” तिनीहरूको हृदयभित्र घृणा पैदा हुन्छ, र तिनीहरूले बदला लिने मौका खोज्छन्। तिनीहरूले मनमा यस्तो हिसाबकिताब गरिरहेका हुन्छन्: “के मलाई काटछाँट गर्ने यस व्यक्तिको मण्डलीमा शक्ति छ? यदि मैले ऊविरुद्ध बदला लिएँ भने, के कसैले उसको पक्षमा बोल्‍नेछ? यदि मैले उसलाई कष्ट दिएँ भने, के मण्डलीले मलाई निराकरण गर्नेछ? मसँग एउटा समाधान छ। म व्यक्तिगत रूपमा ऊविरुद्ध बदला लिनेछैनँ; म केही कुरा गुप्त रूपमा गर्नेछु। म उसलाई कष्ट र सर्ममा पार्न उसको परिवारलाई केही गर्नेछु, त्यसरी म यो द्वेषबाट मुक्त हुनेछु। मैले बदला त लिनैपर्छ। मैले अहिले यो कुरालाई त्यतिकै छोड्नु हुँदैन। मैले खेलौना हुनलाई परमेश्‍वरमा विश्‍वास गरेको होइन, र म मानिसहरूको मनलाग्दी हेपाइ सहन यहाँ आएको होइन; म त आशिष्‌हरू प्राप्त गर्न र स्वर्गको राज्य प्रवेश गर्न आएको हुँ! रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ। मानिसहरूसँग आफ्नो इज्जतको लागि लड्ने साहस हुनुपर्छ। तिमीले मलाई खुलासा गर्ने दुस्साहस कसरी गर्‍यौ, यो त हेपाइ हो! अहिले तिमीले मलाई महत्त्वपूर्ण व्यक्तिलाई जस्तो व्यवहार नगरेकोले, म तिमीलाई नारकीय कष्ट दिनेछु, र परिणामहरू भोग्‍न लाउनेछु। लडेर हेरौँ न को खतरनाक रहेछ!” खुलासाका केही सरल शब्दहरूले नै ख्रीष्टविरोधीहरूको पारो तात्छ र तिनीहरूमा यस्तो ठूलो घृणा पैदा हुन्छ, र तिनीहरू बदला लिन यति धेरै हदसम्‍म जान्छन्। तिनीहरूको क्रूर स्वभाव पूर्ण रूपमा उदाङ्गो हुन्छ। जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिसित बदला लिन्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँगको पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र बदला लिने इच्छा जगाउन सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझे नि नबुझे नि, वा ऊ अगुवा भए नि सेवक भए नि वा परमेश्‍वरका चुनिएका मानिसहरूको साधारण सदस्य भए नि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्‍यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुको रूपमै लिनेछ। उसले खुलेआम यसोसमेत भन्‍नेछ, “जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, जसले मेरो भित्री कुरा पर्दाफास गर्छ, जसले मलाई परमेश्‍वरको घरबाट निष्कासित गराउँछ, वा मेरो आशिष्‌को भाग लुट्छ, उसलाई म त्यतिकै कहिल्यै छोड्‍नेछुइनँ। बाहिरी संसारमा म यस्तै छु: मलाई समस्या दिने आँट कसैले गर्दैन। मलाई झिज्याउन आँट गर्ने व्यक्ति अझै जन्मेको छैन!” काटछाँट सामना गर्दा ख्रीष्टविरोधीहरूले बोल्‍ने रूखा शब्दहरू यिनै हुन्। जब तिनीहरूले यी निर्दयी शब्दहरू बोल्छन्, तब यो अरूलाई डर देखाउन बोलिएको हुँदैन, न त तिनीहरूले आफूलाई रक्षा गर्नलाई नै यी आवेगहरू पोखाइरहेका हुन्छन्। तिनीहरू त साँच्‍चै नै दुष्ट काम गर्न सक्षम हुन्छन्, र तिनीहरूले आफूसँग भएको हरकुनै माध्यमसमेत प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने, र सत्यता सङ्गति गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्‍नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममामाथि पूरै हिलो छयाप्‍ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा झूटो आरोप लगाउनु र सताउन र दण्डित गर्न झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। तिनीहरूलाई सबभन्दा बढी डर र चिन्ता सत्यता पछ्याउने र साँचो अनुभवात्मक गवाही भएका मानिसहरूको हुन्छ, किनभने यस्तो गवाही भएका मानिसहरूलाई नै परमेश्वरका चुनिएका मानिसहरूले सबभन्दा बढी अनुमोदन र समर्थन गर्छन्, न कि वचन र धर्मसिद्धान्तहरूबारे खोक्रो बकबक गर्नेहरूलाई। ख्रीष्टविरोधीहरूमा साँचो अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरू सत्यता अभ्यास गर्न नै सक्छन्; बढीमा, तिनीहरू मानिसलाई चापलुसी गर्नका लागि थोरै असल कार्य गर्न सक्षम हुन्छन्। तर तिनीहरूले जति नै असल कार्य गरे पनि वा जति नै मिठा कुरा गरे पनि, यी कुरा असल अनुभवात्मक गवाहीले मानिसलाई दिन सक्ने लाभ र फाइदाको दाँजोमा आउँदैनन्। परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्नेहरूले प्रदान गरेको भरणपोषण र मलजलका प्रभावहरूको विकल्प कुनै कुरा हुन सक्दैन। त्यसैले, जब ख्रीष्टविरोधीहरू कसैले आफ्नो अनुभवात्मक गवाहीबारे बोलेको देख्छन्, तब तिनीहरू आँखा तरेर हेर्छन्। तिनीहरूको हृदयमा आक्रोशको ज्वाला बल्छ, घृणा पैदा हुन्छ, र तिनीहरू वक्तालाई चुप पार्न र थप केही बोल्न नदिन व्यग्र हुन्छन्। यदि उनीहरूले बोल्न जारी राखेमा, ख्रीष्टविरोधीहरूको प्रतिष्ठा पूर्ण रूपमा बरबाद हुनेछ, तिनीहरूको कुरूप अनुहार सबैसामु पर्दाफास हुनेछ, त्यसैले ख्रीष्टविरोधीहरू गवाही दिइरहेको व्यक्तिलाई बाधा दिने र दबाउने निहुँ खोज्छन्। ख्रीष्टविरोधीहरू आफूलाई मात्र वचन र धर्मसिद्धान्तद्वारा मानिसलाई भ्रममा पार्न अनुमति दिन्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाही दिएर परमेश्वरको महिमा गाउन दिँदैनन्, यसले ख्रीष्टविरोधीहरू सबभन्दा बढी कस्ता मानिसलाई घृणा गर्छन् र कस्ता मानिसदेखि डराउँछन् भन्ने कुरा देखाउँछ। जब कसैले थोरै कामद्वारा आफूलाई पृथक तुल्याउँछ, वा जब कसैले साँचो गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाहा र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्ने र दबाउने कोसिस गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्‍नो हैसियतमा चुनौती दिनबाट रोक्‍नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, नीचता, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले साथी वा सहकर्मी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैन। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्। सत्यता अभ्यास गर्ने यी मानिसहरूले जति नै असल वा परमेश्वरको घरको कामका लागि लाभदायक कुरा गरे पनि, ख्रीष्टविरोधीहरूले यी कार्यहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू आफूलाई उच्च पार्ने र अरूलाई होच्याउने माध्यमको रूपमा तथ्यहरू बङ्ग्याएर राम्रा कुराहरूको श्रेय लिने र खराब कामहरूको दोष अरूमाथि थोपर्ने समेत गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई धेरै डाहा र घृणा गर्छन्। तिनीहरू मानिसहरूले आफ्नो हैसियत खतरामा पार्नेछन् भनेर डराउँछन्, त्यसैले ती मानिसलाई आक्रमण र निष्कासन गर्न सक्ने जति सबै गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूसँग सम्पर्क गर्न वा उनीहरूको नजिक पर्न, वा आफ्नो गवाहीबारे बोल्न सक्ने यी मानिसहरूलाई समर्थन र प्रशंसा गर्न रोक्छन्। यसले नै ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति अर्थात् सत्यतादेखि वितृष्ण हुने र परमेश्वरलाई घृणा गर्ने प्रकृतिलाई सबभन्दा बढी प्रकाश गर्छ। त्यसैले पनि यसले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरू मण्डलीका दुष्ट प्रतिगामी हुन्, र मण्डलीको काममा बाधा पुऱ्याउने र परमेश्वरको इच्छाको प्रतिरोध गर्ने व्यक्ति हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)

ख्रीष्टविरोधीहरूलाई प्रतिस्थापन गरिएपछि वा हटाइएपछि, तिनीहरूले कुनै संयमबिनै पाखुरा सुर्केर गुनासो गर्छन्, र तिनीहरूको पैशाचिक पाटो खुलासा हुन्छ। कुन पैशाचिक पाटो खुलासा हुन्छ? विगतमा, तिनीहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न कर्तव्य निभाउने बिलकुलै गर्दैनथिए, बरु आशिष् पाउनलाई कर्तव्य निर्वाह गर्थे, र अहिले तिनीहरूले यसबारे सत्यता बताउँछन् र वास्तविक परिस्थिति प्रकाश गर्छन्। तिनीहरू भन्छन्: “यदि मैले स्वर्गको राज्यमा प्रवेश गर्ने वा पछि आशिष् र ठूलो महिमा प्राप्त गर्ने प्रयास नगरिरहेको भए, के म तिमीहरू गोबरभन्दा नीच मानिसहरूसँग घुलमेल हुनेथिएँ र? के तिमीहरू मेरो उपस्थिति पाउन लायक छौ र? तिमीहरू मलाई तालिम वा बढुवा दिँदैनौ, र मलाई हटाउन चाहन्छौ। मलाई हटाउँदा तिमीले मूल्य चुकाउनुपर्छ, र यसका परिणाम भोग्‍नुपर्छ भनेर एक दिन म देखाउनेछु।” ख्रीष्टविरोधीहरूले यी विचारहरू फैलाउँछन्, र यी दुष्ट शब्दहरू तिनीहरूको मुखबाट निस्कन्छन्। तिनीहरूले पाखुरा सुर्केपछि, तिनीहरूको दुर्भावपूर्ण प्रकृति र द्वेषपूर्ण स्वभाव खुलासा हुन्छन्, र तिनीहरूले धारणाहरू फैलाउन थाल्छन्। तिनीहरूले तुलनात्मक रूपमा सानो कद भएका र समझशक्ति नभएका, सत्यता नपछ्याउने, र प्रायजसो नकारात्मक र कमजोर हुने नयाँ विश्‍वासीहरू, आफ्‍नो पक्षमा ल्याउन पनि सुरु गर्छन्, र तिनीहरूले आफ्नो कर्तव्यमा निरन्तर झाराटारुवा हुने र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास नगर्ने मानिसहरूलाई पनि आफ्‍नो पक्षमा ल्याउँछन्। तिनीहरू आफैले भने जस्तै, “यदि तैँले मलाई हटाइस् भने, मैले अरू धेरैलाई पनि आफूसँगै घिस्याउनुपर्छ!” के तिनीहरूको शैतानी प्रकृति उदाङ्गो भएको हुँदैन र? के सामान्य मानिसहरूले यसो गर्नेथिए? सामान्यतया, भ्रष्ट स्वभाव भएका मानिसहरू बर्खास्त हुँदा निराश हुन्छन् र तिनीहरूलाई चोट पुग्छ, तिनीहरूलाई आफू आशारहित लाग्छ, तर तिनीहरूको विवेकले तिनीहरूलाई यस्तो सोच्न लगाउँछ: “यो हाम्रो आफ्नै गल्ती हो, हामीले आफ्नो कर्तव्य पूरा गरेका छैनौँ। भविष्यमा म अझै राम्रो गर्न लागिपर्नेछु, र परमेश्‍वरले मलाई कसरी व्यवहार गर्नुहुन्छ र उहाँले मेरो बारे के-कस्ता निर्धारणहरू गर्नुहुन्छ भन्‍ने कुरा आउँदा, त्यो परमेश्‍वरको मामला हो। मानिसहरूसँग परमेश्‍वरमाथि मागहरू लाद्‍ने कुनै अधिकार छैन। के परमेश्‍वरका कार्य-हरू मानिसहरूका प्रकटीकरणहरूमा आधारित हुँदैनन् र? यदि व्यक्ति गलत मार्ग हिँड्छ भने, उसलाई अनुशासनमा राखिनुपर्छ र ताडना दिइनुपर्छ, यो कुरा भनिरहनु जरुरी छैन। अहिले, दुःखको कुरा के हो भने, मेरो क्षमता कमजोर छ र म परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, र मैले सत्यता सिद्धान्तहरू बुझेको छैनँ र मेरो भ्रष्ट स्वभावका आधारमा म मनोमानी र स्वेच्छाचारी रूपमा कार्य गर्छु। म हटाइन लायककै छु, तर मलाई आशा छ भविष्यमा यसको पूर्ति गर्ने मौका मिल्‍नेछ!” अलिअलि विवेक भएका मानिसहरू यस्तै मार्ग हिँड्छन्। तिनीहरूले यो समस्यालाई यसरी विचार गर्ने निर्णय गर्छन्, र अन्त्यमा, तिनीहरूले यो समस्यालाई यसरी नै समाधान गर्ने निर्णय पनि गर्छन्। अवश्य नै, यसभित्र सत्यता अभ्यास गर्ने त्यति धेरै तत्त्व छैनन्, तर यी मानिसहरूमा विवेक हुने हुनाले, तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरविरुद्ध ईश्‍वरनिन्दा गर्ने, वा परमेश्‍वरको विरोध गर्ने हदसम्‍म पुग्‍नेछैनन्। तर ख्रीष्टविरोधीहरू उस्तै हुँदैनन्। तिनीहरूमा द्वेषपूर्ण प्रकृति हुने हुनाले, तिनीहरू परमेश्‍वरप्रति नैसर्गिक रूपमै विरोधी हुन्छन्। जब तिनीहरूका भविष्य र नियति खतरामा पर्छन् वा ती खोसिन्छ, जब तिनीहरूले बाँच्ने कुनै मौका देख्दैनन्, तब तिनीहरूले धारणाहरू फैलाउने, परमेश्‍वरको कामको आलोचना गर्ने, र आफू समानका अविश्‍वासीहरूलाई आफूसँग मिलेर परमेश्‍वरको घरको काममा बाधा दिन लगाउँछन्। तिनीहरूले आफ्नो विगतका कुनै पनि दुष्कर्म र अपराधहरूका लागि, साथै आफूले परमेश्‍वरको घरको काम वा सम्पत्तिमा ल्याएका कुनै पनि घाटाहरूका लागि पनि जिम्मेवारी लिन मान्दैनन्। जब परमेश्‍वरको घरले तिनीहरूलाई ठेगान लाउँछ र हटाउँछ, तब तिनीहरूले एउटा वाक्य बोल्छन्, जुन प्रायजसो ख्रीष्टविरोधीहरूले बोल्ने वाक्य हो। त्यो के हो? (यदि यो ठाउँले मलाई राख्दैन भने, मेरो लागि बाहिर कतै ठाउँ छँदै छ।) के यो अर्को दुष्ट वाक्य होइन र? यो एउटा यस्तो वाक्य हो, जुन सामान्य मानवता, लाज, र विवेक भएको व्यक्तिले बोल्न सक्दैन। हामी यसलाई दुष्ट शब्दहरू भन्छौँ। ख्रीष्टविरोधीहरूले आफू काटछाँटमा पर्दा र आफ्नो हैसियत र प्रतिष्ठा खतरामा छ, आफ्नो हैसियत र प्रतिष्ठालाई चुनौती दिइएको छ, र विशेषगरी आफू आफ्नो भविष्य र गन्तव्यबाट वञ्चित हुन लागेको छु भन्‍ने महसुस गर्दा प्रकाश गर्ने द्वेषपूर्ण स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरू यिनै हुन्; साथ-साथै, तिनीहरूको अविश्‍वासी सार पनि खुलासा हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? विजयको काम पूरा भएपछि मानिसलाई मुक्ति दिने कार्य हासिल हुँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वरविहीन हुने ती देखावटी मानिसहरूलाई हटाइएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

तिमीहरूको दैनिक जीवनमा कुन-कुन मामलाहरूमा तिमीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि कुन-कुन मामलाहरूमा हुँदैन? के तँ कसैले तँलाई चिढ्याउँदा वा तेरो हितहरूमा असर गर्दा उसलाई घृणा गर्न सक्छस्? अनि, जब तैँले कसैलाई घृणा गर्छस्, के तँ उसलाई दण्ड दिन र उसँग बदला लिन सक्छस्? (सक्छु।) त्यसोभए तँ निकै डरलाग्दो छस्! यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छैन, र तँ दुष्कर्महरू गर्न सक्छस् भने, तेरो यो क्रूर स्वभाव निकै गम्भीर छ! प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्‍ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले शैतान र दियाबलसहरूलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ घृणाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउन र तिनीहरूसित बदला लिन सक्छस् भने, यो धेरै डरलाग्दो हुन्छ, र यो दुष्ट व्यक्तिको स्वभाव हो। कतिपय मानिसहरूमा घृणाले भरिएका सोच र विचारहरू अर्थात् दुष्ट विचारहरू मात्र हुन्छन् तर तिनीहरूले कहिल्यै पनि दुष्ट कार्यहरू गर्दैनन्। तिनीहरू दुष्ट मानिसहरू होइनन् किनभने केही आइपर्दा, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्, र आफूले कस्तो आचरण अँगाल्‍ने र कसरी परिस्थिति सम्हाल्ने भन्‍नेबारेमा तिनीहरूले सिद्धान्तहरूमा ध्यान दिन्छन्। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले माग्‍नुपर्नेभन्दा बढी माग गर्दैनन्; यदि तिनीहरू त्यो व्यक्तिसँग राम्ररी मिल्छन् भने, तिनीहरूसँग अन्तरक्रिया गरिरहनेछन्; यदि मिल्दैनन् भने, अन्तरक्रिया गर्नेछैनन्। यसले तिनीहरूको कर्तव्यपालन वा जीवन प्रवेशलाई बिरलै असर गर्छ। परमेश्‍वर तिनीहरूको हृदयमा हुनुहुन्छ र तिनीहरूसँग उहाँको डर मान्ने हृदय छ। तिनीहरू परमेश्‍वरलाई चिढ्याउन अनिच्छुक हुन्छन्, र उहाँलाई चिढ्याउन डराउँछन्। यी मानिसहरूमा केही निश्‍चित गलत धारणा र विचारहरू भए पनि, तिनीहरू ती विचारहरूविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो कार्यव्यवहारमा संयम अपनाउँछन्, र विषयबाहिरको वा परमेश्‍वरलाई चिढ्याउने एक शब्द पनि बोल्दैनन्। यस तरिकाले बोल्ने र व्यवहार गर्ने व्यक्ति सिद्धान्तहरू भएको र सत्यता पालना गर्ने व्यक्ति हो। यस्तोमा तेरो व्यक्तित्व कसैको व्यक्तित्वसँग नमिल्दो हुन सक्छ, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमाथि तेरा निराशाहरू पोखाउँदैनस्; तैँले सिद्धान्तअनुसार कामकाज सम्हाल्न सक्छस्। यो के कुराको प्रकटीकरण हो? यो परमेश्‍वरको डर मान्ने हृदय हुनुको प्रकटीकरण हो। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ अरू कसैमा केही कमी वा कमजोरीहरू देख्छस्, तब उसले तँलाई चोट पुऱ्याएको छ भने पनि वा ऊ तँविरुद्ध पूर्वाग्रही छ भने पनि, तँसित अझै पनि त्यो गुण छ र तैँले उसलाई सही व्यवहार र प्रेमपूर्वक मदत गर्नेछस्। यसको अर्थ के हो भने, तँमा प्रेम छ, तँ मानवता भएको व्यक्ति होस्, तँ दयालु र सत्यता अभ्यास गर्ने व्यक्ति होस्, तँ सत्यता वास्तविकता भएको इमान्दार व्यक्ति होस् र तँ परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति होस्। यदि तँ अझै पनि सानो कदको छस, तर तँसँग इच्छाशक्ति छ, र तँ सत्यताको लागि लागिपर्न इच्छुक छस्, र तँ सिद्धान्तअनुसार काम गर्न लागिपर्छस्, र तँ सिद्धान्तअनुसार परिस्थिति सम्हाल्न र अरूसित व्यवहार गर्न सक्छस् भने, यसलाई पनि अलिअलि परमेश्‍वरको डर मान्ने हृदय भएको मान्‍न सकिन्छ; यो सबैभन्दा आधारभूत कुरा हो। यदि तैँले यो कुरासमेत हासिल गर्न सक्दैनस् भने, र आफूलाई काबुमा राख्‍न सक्दैनस् भने, तँ निकै ठूलो खतरामा छस् र तँ निकै डरलाग्दो छस्। यदि तँलाई कुनै पद दिइयो भने, तैँले मानिसहरूलाई दण्ड दिन र तिनीहरूलाई समस्यामा पार्न सक्छस्; अनि तँ कुनै पनि बेला ख्रीष्टविरोधीमा परिवर्तन हुने सम्‍भावना हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

क्रूर स्वभाव भएको व्यक्तिको सबैभन्दा स्पष्ट प्रकटीकरण के हो? जब तिनीहरूले सहजै हेप्‍न सकिने कुनै निश्छल व्यक्तिलाई भेटेर त्यो व्यक्तिलाई हेप्‍न र खेलबाड गर्न थाल्छन्, तब यस्तो हुन्छ। यो आम रूपमा हुने कुरा हो। तुलनात्मक रूपमा अलिक दयालु हृदय भएको व्यक्तिले निष्कपट र डरपोक व्यक्तिलाई भेट्यो भने, तिनीहरूले त्यो व्यक्तिप्रति करुणा बोध महसुस गर्छन्, र उसलाई सहयोग गर्न नसके पनि, हेप्‍ने काम गर्दैनन्। जब तैँले तेरो विश्‍वासी दाजुभाइ-दिदीबहिनीमध्ये कोही निश्छल छ भन्‍ने देख्छस्, तब तैँले उसँग कस्तो व्यवहार गर्छस्? के तँ तिनीहरूलाई हेप्छस् कि गिज्याउँछस्? (म पक्‍कै पनि तिनीहरूलाई हेयको दृष्टिले हेर्छु होला।) मानिसहरूलाई हेयको दृष्टिले हेर्नु भनेको त तिनीहरूलाई हेर्ने एउटा तरिका हो, तिनीहरूप्रतिको एक दृष्टिकोण, र एक प्रकारको मानसिकता हो, तर तैँले तिनीहरूसित कस्तो व्यवहार गर्छस् र कसरी बोल्छस्, त्यो तेरो स्वभावसँग सम्‍बन्धित हुन्छ। मलाई भन त, डरपोक र कायर मानिसहरूप्रति तिमीहरू कस्तो व्यवहार गर्छौ? (म तिनीहरूमाथि हुकुम चलाउँछु र हेप्छु।) (तिनीहरूले गलत तरिकाले कर्तव्य गरेको देखेँ भने, म तिनीहरूलाई पक्षपात र बहिष्कार गर्छु।) तिमीहरूले उल्‍लेख गरेका यी कुराहरू क्रूर स्वभावका प्रकटीकरणहरू हुन् र यी कुरा मानिसहरूको स्वभावसँग सम्‍बन्धित छन्। यस्ता कुराहरू अझै धेरै छन्, त्यसैले यीबारे विस्तृत रूपमा बताउन जरुरी छैन। के तिमीहरूले कहिल्यै यस्तो व्यक्ति भेटेका छौ जो आफूलाई कसैले चिढ्यायो भने त्यो चिढ्याउने व्यक्ति मरोस् भन्‍ने कामना गर्छ, र परमेश्‍वरलाई प्रार्थना गरेर त्यसलाई मारिदिनुहोस्, र पृथ्वीबाट हटाइदिनुहोस् भनेर अनुरोधसमेत गर्छ? मान्छेमा त्यस्तो शक्ति नहुने भए पनि, हृदयमा तिनीहरू त्यस्तो शक्ति भए कति राम्रो हुन्थ्यो भनेर सोच्छन्, वा परमेश्‍वरलाई प्रार्थना गरेर यसो गर्न अनुरोध गर्छन्। के तिमीहरूको हृदयमा पनि त्यस्तो विचार आउँछ? (जब हामी सुसमाचार सुनाइरहेका हुन्छौँ र हामीलाई आक्रमण गर्ने र हाम्रो बारे पुलिसलाई रिपोर्ट गर्ने दुष्ट मानिसहरू भेट्छौँ, तब मलाई तिनीहरूप्रति घृणा लाग्छ, र “तँलाई परमेश्‍वरले एक दिन दण्ड दिनुहुनेछ” भनेर सोच्‍ने गर्छु।) त्यो निकै वस्तुगत परिस्थिति हो। तँलाई आक्रमण गरियो, तँ कष्ट र पीडामा परिस्, र तेरो व्यक्तिगत निष्ठा र आत्मसम्‍मानमा आँच पुग्यो—त्यस्तो परिस्थितिमा, धेरैजसो मानिसहरूलाई यस्तो कुरा भुल्‍न गाह्रो हुन्छ। (कतिपय मानिसहरूले हाम्रो मण्डलीबारे अनलाइनमा अफवाह फैलाउँछन्, तिनीहरूले धेरै आरोपहरू लगाउँछन्, र ती कुराहरू पढ्दा मलाई साह्रै रिस उठ्छ, र मेरो हृदयमा धेरै घृणा पैदा हुन्छ।) यो क्रूरता हो कि, झोक्कीपन हो कि, कि सामान्य मानवता हो? (यो सामान्य मानवता हो। पिशाचहरू र परमेश्‍वरका शत्रुहरूलाई घृणा नगर्नुचाहिँ सामान्य मानवता होइन।) ठीक भन्यौ। यो सामान्य मानवताको प्रकाश, प्रकटीकरण, र प्रतिक्रिया हो। यदि मानिसहरूले नकारात्मक कुराहरूलाई घृणा वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भने, यदि तिनीहरूमा विवेकको कुनै मापदण्डहरू छैन भने, तिनीहरू मानिसहरू नै होइनन्। यस्ता परिस्‍थितिहरूमा, व्यक्तिले के-कस्ता कार्यहरू गर्न सक्छ जुन पछि गएर क्रूर स्वभाव बन्छ? यदि यो घृणा र तिरस्कार निश्‍चित प्रकारको व्यवहारमा परिणत भयो भने, यदि तैँले सबै समझ गुमाइस्, र तेरो व्यवहार मानवताको घेराभन्दा बाहिर गयो भने, यदि तँ तिनीहरूलाई मार्ने र कानुन उल्‍लङ्घन गर्ने अवस्थामा पुगिस् भने, यो क्रूरता हो, र यो क्रोधित व्यवहार गर्नु हो। जब मानिसहरू सत्यता बुझ्छन्, दुष्ट मानिसहरू चिन्‍न सक्षम हुन्छन्, र दुष्टतालाई घृणा गर्छन्, त्यो सामान्य मानवता हो। तर यदि तिनीहरूले क्रोधित तरिकाले परिस्थितिहरू सामना गर्छन् भने, तिनीहरू सिद्धान्तहरूभन्दा बाहिर गएर काम गरिरहेका हुन्छन्। के यो दुष्कर्म गर्नुभन्दा फरक हुन्छ? (हुन्छ।) यसमा भिन्‍नता छ। यदि कुनै व्यक्ति अत्यन्तै खराब, अत्यन्तै क्रूर, अत्यन्तै दुष्ट, र अत्यन्तै अनैतिक छ, र तँलाई त्यस व्यक्तिप्रति अत्यन्तै घृणा लाग्छ, र यो घृणा बढेर तँ परमेश्‍वरलाई पुकारी तिनीहरूलाई श्राप दिनुहोस् भन्‍ने अवस्थामा पुग्छस् भने, त्यो ठीकै हो। तर तैँले दुई-तीन पटक प्रार्थना गरेपछि पनि परमेश्‍वरले केही गर्नुभएन र तैँले यो मामला आफ्‍नै हातमा लिइस् भने, के यो उचित हुन्छ त? (हुँदैन।) तैँले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्‍ना दृष्टिकोण र विचारहरू व्यक्त गर्न सक्छस्, त्यसपछि सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छस्, र त्यसो गरिस् भने तैँले परिस्थितिहरू सही रूपमा सम्‍हाल्‍न सक्छस्। तर तैँले परमेश्‍वरलाई तेरो खातिर बदला लिन लगाउन वा जबरजस्ती गर्न मिल्दैन, झन् तैँले रिसको झोँकमा मूर्ख कामहरू गर्नु त पटक्‍कै हुँदैन। तैँले समझदार भएर मामला सम्‍हाल्‍नुपर्छ। तँ धैर्य हुनुपर्छ, परमेश्‍वरको समय पर्खिनुपर्छ, र अझै धेरै समय परमेश्‍वरलाई प्रार्थना गर्दै बिताउनुपर्छ। परमेश्‍वरले शैतान र दियाबलसहरूसँग कसरी बुद्धिमत्तासाथ व्यवहार गर्नुहुन्छ भनेर हेर्नुपर्छ, र यसरी तँ धैर्य रहन सक्छस्। समझदार हुनु भनेको यो सबै कुराको लागि परमेश्‍वरमा भरोसा गर्नु र परमेश्‍वरलाई नै काम गर्न दिनु हो। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा यही हो। रिसको झोकमा काम नगर्‌। रिसको झोकमा काम गर्नु परमेश्‍वरको लागि स्वीकार्य हुँदैन, र यसलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्छ। यस्तो बेला, मानिसहरूमा प्रकट हुने स्वभाव मानव कमजोरी वा क्षणिक रिस होइन, तर क्रूर स्वभाव हो। यो क्रूर स्वभाव हो भन्‍ने निर्धारित भएपछि, तँ समस्यामा पर्छस्, र तैँले मुक्ति पाउने सम्‍भावना हुँदैन। किनभने मानिसहरूमा क्रूर स्वभाव छ भने, तिनीहरूले विवेक र समझ विपरीत काम गर्ने सम्‍भावना हुन्छ, र तिनीहरूले नियम-कानुन उल्‍लङ्घन गर्ने, र परमेश्‍वरका प्रशासनिक आदेशहरू तोड्ने सम्‍भावना धेरै हुन्छ। अनि, यस्तो अवस्थाबाट कसरी बच्‍ने? कम्तीमा पनि, तीन वटा घेराहरू छन् जसलाई तैँले नाघ्‍नु हुँदैन: पहिलो विवेक र समझ विपरीत काम नगर्नु, दोस्रो नियम-कानुन नतोड्नु, र तेस्रो परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्‍लङ्घन नगर्नु। अनि त्यसैगरी, कुनै पनि चरम कुरा र मण्डलीको काममा बाधा दिने कुनै पनि कुरा नगर्नु। यदि तैँले यी सिद्धान्तहरू पालना गरिस् भने, कम्तीमा पनि तेरो सुरक्षा सुनिश्‍चित हुनेछ, र तँ हटाइनेछैनस्। तँलाई हरकिसिमका दुष्कर्महरू गरेको कारण काटछाँट गरिँदा, तैँले क्रूरतासाथ प्रतिरोध गरिस् भने, त्यो अझै खतरनाक कुरा हो। त्यसो गर्दा, तैँले सोझै परमेश्‍वरको स्वभाव चिढ्याउने र तँ मण्डलीबाट हटाइने वा निष्कासित हुने सम्‍भावना हुन्छ। परमेश्‍वरको स्वभाव चिढ्याए बापत आउने दण्ड नियम कानुन तोड्दाको भन्दा निकै गम्‍भीर हुन्छ—यो मृत्युभन्दा खराब नियति जस्तो हुन्छ। नियम कानुन तोड्दा बढीमा जेल सजाय हुन्छ; केही वर्ष दुःख हुन्छ अनि तँ रिहा हुन्छस्। तर तैँले परमेश्‍वरको स्वभाव चिढ्याइस् भने, तैँले अनन्त दण्ड भोग्‍नेछस्। त्यसकारण, यदि क्रूर स्वभाव भएका मानिसहरूमा कुनै समझ छैन भने, तिनीहरू चरम खतरामा हुन्छन्, तिनीहरूले दुष्ट्याइँ गर्ने सम्‍भावना हुन्छ, र तिनीहरू अवश्यै दण्डित हुनेछन् र प्रतिशोध पाउनेछन्। यदि मानिसहरूमा थोरै भए पनि समझशक्ति छ, र तिनीहरू सत्यता खोजी गर्न र त्यसमा समर्पित हुन सक्छन्, र धेरै दुष्टता गर्नबाट जोगिन सक्छन् भने, तिनीहरूसँग अवश्यै मुक्ति पाउने आशा हुन्छ। व्यक्तिमा तर्कसङ्गतता र समझ हुनु महत्त्वपूर्ण हुन्छ। समझ भएको व्यक्तिले सत्यता स्विकार्ने र काटछाँट हुनुलाई सही रूपमा लिने सम्‍भावना हुन्छ। समझ नभएको व्यक्ति काटछाँटमा पर्दा खतरामा हुन्छ। उदाहरणको लागि, मानौँ कुनै व्यक्ति अगुवाद्वारा काटछाँटमा परेपछि अत्यन्तै रिसाएको छ रे। उसलाई अफवाह फैलाउन र अगुवालाई आक्रमण गर्न मन लाग्छ, तर समस्यामा पर्छु भन्‍ने डरले उसले त्यस्तो गर्ने आँट गर्दैन। तैपनि उसको हृदयमा पहिले नै त्यस्तो स्वभाव हुन्छ, र उसले यसलाई व्यवहारमा प्रकट गर्छ गर्दैन त्यो भन्‍नु गाह्रो हुन्छ। जबसम्‍म व्यक्तिको हृदयमा यस्तो स्वभाव हुन्छ, जबसम्‍म व्यक्तिमा यी विचारहरू हुन्छन्, तबसम्‍म उसले त्यसलाई व्यवहारमा प्रकट नगरे पनि, ऊ पहिले नै खतरामा परिसकेको हुन्छ। परिस्‍थिति आइपर्दा—र मौका पाउँदा—उसले यस्तो व्यवहार देखाउन सक्छ। जबसम्‍म उसको क्रूर स्वभाव विद्यमान रहन्छ, जबसम्‍म यो सुल्झिएको हुँदैन, तबसम्‍म ढिलोचाँडो यो व्यक्तिले दुष्कर्म गर्ने सम्‍भावना हुन्छ। अनि, अरू कस्ता परिस्थितिहरूमा व्यक्तिले क्रूर स्वभाव प्रकट गर्न सक्छ? भन त। (म आफ्‍नो कर्तव्यमा लापरवाही थिएँ र मैले कुनै पनि परिणाम प्राप्त गरिनँ, त्यसपछि सिद्धान्तहरूअनुसार मलाई अगुवाले बर्खास्त गरे, र ममा अलिक प्रतिरोध जाग्‍यो। त्यसपछि जब तिनी आफैले भ्रष्ट स्वभाव प्रकट गरे, तब मलाई तिनको रिपोर्ट गर्न पत्र लेख्‍न मन लाग्यो।) के यो विचार त्यतिकै हावामा आएको हो र? अवश्यै होइन। यो त तेरो प्रकृतिले सिर्जना गरेको कुरा हो। ढिलोचाँडो, मानिसहरूको प्रकृतिमा भएका कुराहरू प्रकट हुन्छन् नै, तर ती कस्तो अवस्था वा परिस्थितिमा प्रकट र प्रस्तुत गरिन्छन् भन्‍ने थाहै हुँदैन। कहिलेकहीँ मानिसहरूले केही पनि गर्दैनन्, र परिस्थितिले मौका नदिएर त्यस्तो भएको हुन्छ। तर यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरूले यसलाई समाधान गर्न सत्यता खोजी गर्न सक्छन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन् भने, तिनीहरूले आफ्‍नो खुसीले काम गर्छन्, र परिस्थितिले साथ दिनेबित्तिकै, तिनीहरूले दुष्कर्म गरिहाल्छन्। त्यसकारण, यदि भ्रष्ट स्वभाव समाधान गरिएन भने, मानिसहरू आफै समस्यामा पर्ने सम्‍भावना धेरै हुन्छ, र त्यसो भयो भने, तिनीहरूले जे गरे त्यसैको फल पाउनेछन्। कतिपय मानिसहरू सत्यता खोजी गर्दैनन् र कर्तव्य निर्वाह गर्दा निरन्तर लापरवाह बन्छन्। तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले त्यो स्विकार्दैनन्, र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, र अन्तिममा तिनीहरूलाई आत्मचिन्तनको लागि निष्कासन गरिन्छ। कतिपय मानिसहरूले मण्डली जीवनमा निरन्तर बाधा गर्ने हुनाले तिनीहरूलाई सफाइ गरी निकालिएको हुन्छ र तिनीहरू कुहेका स्याउजस्तै बनेका हुन्छन्; अनि कतिपय मानिसहरूले हरकिसिमका दुष्कर्महरू गरेको कारण तिनीहरूलाई निष्कासित गरिन्छ। त्यसकारण, तिनीहरू जे-जस्तो प्रकारका मानिसहरू भए पनि, यदि तिनीहरूले निरन्तर भ्रष्ट स्वभाव प्रकट गर्छन् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन् भने, तिनीहरूले दुष्कर्म गर्ने सम्‍भावना हुन्छ। मानवजातिको भ्रष्ट स्वभावमा अहङ्कार मात्रै हुँदैन, त्यसमा दुष्टता र क्रूरता पनि हुन्छ। अहङ्कार र क्रूरता त आम तत्वहरू नै हुन्।

त्यसोभए यो क्रूर स्वभाव प्रकट गर्ने समस्या कसरी समाधान गर्ने हो? मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव के हो, त्यो पहिचान गर्नुपर्छ। कति मानिसहरूको स्वभाव अत्यन्तै क्रूर, द्वेषपूर्ण, र अहङ्कारी हुन्छ, र तिनीहरू अत्यन्तै बेइमान हुन्छन्। यो दुष्ट मानिसहरूको प्रकृति हो, र यस्ता मानिसहरू सबैभन्दा खतरनाक हुन्छन्। जब यस्ता मानिसहरूले शक्ति हात पार्छन्, तब दियाबलसहरू, र शैतानहरूले शक्ति हातमा लिन्छन्। परमेश्‍वरको घरमा, अनेक किसिमका दुष्ट कार्यहरू गरेको कारण, सबै दुष्ट मानिसहरूलाई खुलासा गरेर हटाइन्छ। जब तैँले ती दुष्ट व्यक्तिहरूलाई सत्यता सङ्गति गर्ने, वा काटछाँट गर्ने प्रयास गर्छस्, तब तिनीहरूले तँलाई आक्रमण गर्ने, वा तेरो आलोचना गर्ने, वा तँलाई बदलासमेत लिने सम्‍भावना धेरै हुन्छ, र त्यो सबै द्वेषपूर्ण स्वभावका परिणामहरू हुन्। यो वास्तवमा अत्यन्तै आम कुरा हो। उदाहरणको लागि, राम्ररी मिल्‍ने, एकअर्कालाई वास्ता गर्ने र बुझ्‍ने दुई मानिसहरू हुन सक्छन्—तर तिनीहरूका हितहरूसँग सम्‍बन्धित एउटै कुराले तिनीहरू अन्ततः विभाजित हुन पुग्छन्, र एक-अर्कासँगको सम्‍बन्ध नै तोडिदिन्छन्। अनि कति जना त शत्रु बन्छन्, र एक-अर्कासित बदला लिन समेत खोज्छन्। तिनीहरू सबै अत्यन्तै क्रूर हुन्छन्। मानिसहरूले कर्तव्य निभाउने कुरा आउँदा, के तिमीहरूले तिनीहरूमा प्रकट र खुलासा हुने कुन-कुन कुराहरू क्रूर स्वभावमा पर्छन् भनेर देखेका छौ? यस्ता कुराहरू निश्‍चय नै हुन्छन्, र तिनलाई तिमीहरूले जरैबाट उखेलेर फ्याँक्‍नुपर्छ। यसो गरे, तिमीहरूलाई यी कुराहरू चिन्‍न र पहिचान गर्न मदत मिल्नेछ। यदि यी कुराहरू उखेल्‍न र चिन्‍न जान्दैनौ भने, तिमीहरूले कहिल्यै पनि दुष्ट मानिसहरू चिन्‍न सक्‍नेछैनौ। कति मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा परेपछि, तिनीहरूको जीवनमा हानि हुन्छ, र त्यसपछि मात्रै तिनीहरूले ख्रीष्टविरोधी के हो, र क्रूर स्वभाव के हो भनेर जान्दछन्। सत्यतासम्‍बन्धी तिमीहरूको बुझाइ अत्यन्तै सतही छ। धेरैजसो सत्यतासम्‍बन्धी तिमीहरूको बुझाइ बोलाइ वा लेखाइको तहमै सीमित हुन्छ, वा तिमीहरूले धर्मसिद्धान्तका वचनहरू मात्रै बुझेका हुन्छौ, र यी कुराहरू वास्तविकतासँग कहीँकतै मेल खाँदैनन्। धेरै प्रवचनहरू सुनिसकेपछि, तिमीहरूको हृदयमा बुझाइ र अन्तर्दृष्टि आएजस्तो देखिन्छ; तर वास्तविकता सामना गर्दा, तिमीहरूले अझै पनि ती कुराहरू वास्तवमा के हुन् भनेर छुट्याउन सक्दैनौ। सैद्धान्तिक रूपमा, तिमीहरू सबैलाई ख्रीष्टविरोधीका प्रकटीकरणहरू के-के हुन् भन्‍ने थाहा छ, तर जब तिमीहरूले साँचो ख्रीष्टविरोधीलाई देख्छौ, तब त्यसलाई ख्रीष्टविरोधी भनेर चिन्‍न सक्दैनौ। यस्तो किन हुन्छ भने, तिमीहरूको अनुभव अत्यन्तै थोरै छ। जब तिमीहरूले धेरै अनुभव गरेका हुन्छौ, जब तिमीहरूलाई ख्रीष्टविरोधीहरूले पर्‍याप्त मात्रामा चोट पुर्‍याएका हुन्छन्, तब तिमीहरूले तिनीहरूलाई राम्ररी र साँचो रूपमा चिन्‍न सक्छौ। आज, धेरैजसो मानिसहरू भेलाहरूको बेला प्रवचनहरू निरन्तर सुन्‍ने गर्छन्, र सत्यतामा लागिपर्न चाहन्छन्, तर तिनीहरूले प्रवचन सुनिसकेपछि शाब्दिक अर्थ मात्रै बुझ्छन्, तिनीहरू सैद्धान्तिक स्तरभन्दा अघि जाँदैनन्, र तिनीहरू सत्यताको व्यावहारिक पाटो अनुभव गर्न असक्षम हुन्छन्। त्यसैले, सत्यता वास्तविकतामा तिनीहरूको प्रवेश अत्यन्तै सतही हुन्छ, र यसको अर्थ तिनीहरूमा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू चिन्‍ने समझशक्तिको कमी हुन्छ। ख्रीष्टविरोधीहरूमा दुष्कर्मीहरूको सार हुन्छ, तर ख्रीष्टविरोधी र दुष्कर्मीहरू बाहेक, के अरू मानिसहरूमा क्रूर स्वभाव हुँदैन त? वास्तवमा, असल मान्छे छँदै छैनन्। केही गलत नहुँदा त, मानिसहरू खुसी हुन्छन्, तर तिनीहरूको हितमा हानि गर्ने कुनै कुरा आइपर्दा, तिनीहरू घिनलाग्दा बन्छन्। यो एउटा क्रूर स्वभाव हो। यो क्रूर स्वभाव कुनै पनि बेला प्रकट हुन सक्छ; यो आफै प्रकट हुने कुरा हो। त्यसोभए खासमा यहाँ के भइरहेको छ त? के यो दुष्ट आत्‍माहरूको वशमा पर्ने कुरा हो? के यो पैशाचिक पुनर्जन्‍मको कुरा हो? यदि यो यी दुईमध्ये कुनै एउटा हो भने, यो व्यक्तिमा दुष्ट व्यक्तिको सार छ र ऊ मदत गर्न नसकिने अवस्थामा छ। यदि उसमा दुष्ट व्यक्तिको सार छैन, र केवल भ्रष्ट स्वभाव मात्रै छ भने, उसको अवस्था अन्तिम हदमा पुगेको छैन, र यदि उसले सत्यता स्विकार्न सक्छ भने, उसले मुक्ति पाउने अझै सम्‍भावना हुन्छ। त्यसोभए, क्रूर भ्रष्ट स्वभाव कसरी समाधान गर्ने हो? सर्वप्रथम, समस्याहरू सामना गर्दा, बारम्‍बार प्रार्थना गर्नुपर्छ र आफूमा के-कस्ता मनसाय र इच्‍छाहरू छन् भनेर मनन गर्नुपर्छ। अनि, परमेश्‍वरको सूक्ष्म जाँच स्विकारेर आफ्‍नो व्यवहार ठीक पार्नुपर्छ। अझ भन्‍ने हो भने, कुनै पनि दुष्ट शब्‍दहरू वा व्यवहार प्रकट गर्नु हुँदैन। यदि व्यक्ति आफ्नो हृदयमा गलत अभिप्राय र द्वेष रहेको, र खराब कुराहरू गर्न चाहने अवस्थामा पुग्छ भने, यसलाई समाधान गर्न उसले सत्यता खोजी गर्नुपर्छ, यो समस्या बुझ्‍न र समाधान गर्न परमेश्‍वरका प्रासङ्गिक वचनहरू भेट्टाउनुपर्छ, अनि परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, उहाँको सुरक्षा माग्‍नुपर्छ, उहाँसँग शपथ खानुपर्छ, र सत्यता स्वीकार नगर्दा र दुष्कर्म गर्न पुग्दा, आफूले आफैलाई सराप्‍नुपर्छ। परमेश्‍वरसँग यसरी सङ्गति गर्दा, सुरक्षा मिल्छ र दुष्कर्म गर्नबाट बचिन्छ। यदि व्यक्तिलाई केही हुन्छ र उसमा दुष्ट अभिप्रायहरू देखा पर्छन्, तर उसले यसलाई ध्यान नदिई परिस्थितिलाई आफै चल्न दिन्छ, वा यसरी नै व्यवहार गर्नुपर्ने हो भन्दै यसलाई बेवास्ता गर्छ भने, ऊ दुष्ट व्यक्ति हो, र ऊ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन। त्यस्तो व्यक्तिले पनि परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन, अनि आशिष्‌ पाएर स्वर्गीय राज्य प्रवेश गर्न चाहन्छ—के त्यो सम्‍भव हुन्छ त? तिनीहरूले सपना मात्रै देखिरहेका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

सम्बन्धित अनुभवात्मक गवाहीहरू

प्रतिशोध लिन अरूलाई आक्रमण गर्दा सिकेका पाठहरू

मैले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न सिकेँ

मैले आफ्ना घृणित भावनाहरूलाई कसरी पन्छाएँ

अघिल्लो: २७. सत्यताप्रति वितृष्णा राख्ने स्वभाव कसरी समाधान गर्ने

अर्को: २९. दुष्ट स्वभाव कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्