२९. दुष्ट स्वभाव कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

दुष्टता पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ, किनकि यो मान्छेको प्रकृति बनेको हुन्छ र तिनीहरू यसको महिमा गाउन थाल्छन्, र त्योभन्दा पनि दुष्टता तिनीहरूलाई दुष्ट लाग्‍नेछैन। त्यसैले हठी व्यक्तिभन्दा दुष्ट स्वभाव पत्ता लगाउन बढी कठिन हुन्छ। कतिपय मानिस भन्छन्: “कसरी यो पत्ता लगाउन सजिलो हुन सक्दैन? सबै मानिसमा दुष्ट कामवासना हुन्छ। के त्यो दुष्टता होइन र?” त्यो सतही कुरा हो। साँचो दुष्टता भनेको के हो? कुन-कुन स्थितिहरू प्रकट हुँदा दुष्ट हुन्छन्? मानिसहरूले आफ्नो हृदयका गहिराइमा लुकेका दुष्ट र लाजमर्दा अभिप्रायहरू लुकाउनका लागि ठुल्ठुला अभिव्यक्तिहरू दिएर ती अभिव्यक्तिहरू असल, निष्कपट र न्यायसङ्गत छन् भनी अरूलाई विश्‍वस्त गराएर अन्तिममा आफ्‍ना गुप्त मनसायहरू पूरा गर्छन् भने के यो दुष्ट स्वभाव हो? किन यसलाई छली भएको नभनेर दुष्ट भएको भनिन्छ? स्वभाव र सारका हिसाबमा, छल त्यति खराब होइन। दुष्ट हुनु छली हुनुभन्दा धेरै गम्‍भीर कुरा हो, यो छलीपनभन्दा घातक र धूर्त हुन्छ, र औसतको व्यक्तिलाई यो कुरा देख्‍न गाह्रो हुन्छ। उदाहरणका लागि, हव्‍वालाई लोभ्याउन सर्पले कस्ता शब्‍दहरू प्रयोग गर्‍यो? देखावटी शब्‍दहरू, जुन सुन्दाखेरी सही र आफ्नो भलाइ गर्नेजस्ता देखिन्छन्। यी शब्दहरूमा कुनै गलत कुरा लुकेको वा तिनको पछाडि कुनै दुर्भावनापूर्ण अभिप्राय रहेको तँलाई थाहै हुँदैन, र साथै, शैतानले दिएका यी सुझावहरू तँ त्याग्‍नै सक्दैनस्। यो परीक्षा हो। जब तँलाई प्रलोभित गरिन्छ र तँ यस्ता शब्‍दहरू सुन्छस्, तब तँ नलोभीकन बस्‍न सक्दैनस् र तँ पासोमा पर्ने सम्‍भावना धेरै हुन्छ, र त्यसरी तैँले शैतानको उद्देश्य हासिल गर्छस्। यसैलाई दुष्टता भनिन्छ। सर्पले हव्‍वालाई लोभ्याउन यही विधि प्रयोग गर्‍यो। के यो एक प्रकारको स्वभाव हो? (हो।) अनि, यस प्रकारको स्वभाव कहाँबाट आउँछ? यो सर्प, अर्थात् शैतानबाट आउँछ। यस प्रकारको दुष्ट स्वभाव मानिसको प्रकृतिमै रहेको हुन्छ। के यो दुष्टता मानिसको दुष्ट कामवासनाभन्दा फरक छैन र? दुष्ट कामवासना कसरी पैदा हुन्छ? त्यो देहसँग सम्बन्धित छ। साँच्चैको दुष्टता गहिरो रूपमा लुकेको एक प्रकारको स्वभाव हो, जुन सत्यताको अनुभव वा बुझाइविनाका मानिसहरूले बिलकुलै चिन्‍न सक्दैनन्। त्यसकारण मान्छेका स्वभावहरूमध्ये यसलाई पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ। कस्तो प्रकारका व्यक्तिमा दुष्ट स्वभाव सबैभन्दा गम्भीर हुन्छ? अरूलाई शोषण गर्न रुचाउनेहरूमा। तिनीहरू चालबाजीमा यति सिपालु हुन्छन् कि तिनीहरूले चालबाजी गरेका मानिसहरूलाई त्यसपछि के भयो भन्‍ने नै थाहा हुँदैन। यस्तो व्यक्तिमा दुष्ट स्वभाव हुन्छ। दुष्ट मानिसहरू छल गर्दै अरू माध्यम प्रयोग गरेर आफ्नो छल ढाकछोप गर्छन्, आफ्ना पापहरू ढाक्छन्, र आफ्नो गोप्य अभिप्राय, लक्ष्य, र स्वार्थी चाहनाहरू लुकाउँछन्। यो दुष्ट कुरा हो। साथै, तिनीहरू विविध माध्यम प्रयोग गरेर लोभ्याउने, प्रलोभनमा पार्ने, फकाउने गर्छन्, आफ्ना लक्ष्यहरू हासिल गर्न तँलाई तिनीहरूको इच्छा पछ्याउन र तिनीहरूको स्वार्थी चाहना पूरा गर्न लगाउँछन्। यो सबै दुष्ट कुरा हो। यो असली शैतानी स्वभाव हो। के तिमीहरूले यीमध्ये कुनै व्यवहार देखाएका छौ? तिमीहरूले दुष्ट स्वभावका पक्षहरूमध्ये कुन चाहिँ बढी देखाएका छौ: प्रलोभन, लोभ्याइ, वा झूटले अरू झूट ढाक्ने काम? (मलाई आफूले ती सबै अलिअलि देखाएको छु जस्तो लाग्छ।) तँलाई आफूले ती सबै अलिअलि देखाएको छु जस्तो लाग्छ। अर्थात्, भावनात्मक रूपमा तँलाई आफूले यी व्यवहारहरू देखाएको छस् र देखाएको छैनस् भन्‍ने दुवै लाग्छ। तँ कुनै प्रमाण दिन सक्दैनस्। त्यसोभए, तैँले आफ्नो दैनिक जीवनमा कुनै कुरा सामना गर्दा, दुष्ट स्वभाव देखाइस् भने के तँ त्यो महसुस गर्छस्? वास्तवमा, यी कुराहरू हरेक व्यक्तिका स्वभावमा हुन्छन्। उदाहरणका लागि, तैँले नबुझ्ने कुरा छ, तर तँ आफूले त्यो बुझ्दिनँ भन्‍ने कुरा अरूलाई थाहा दिन चाहँदैनस्, त्यसैले तँ त्यो कुरा बुझ्छस् भनेर तिनीहरूलाई सोच्न लगाउन अनेक माध्यम प्रयोग गर्छस्। यो जालझेल हो। यस प्रकारको जालझेल दुष्टताको प्रकटीकरण हो। प्रलोभन र लोभ्याइ पनि छन्, यी सबै दुष्टताको प्रकटीकरण हुन्। के तिमीहरू अरूलाई प्रायः प्रलोभनमा पार्छौ? यदि तँ उचित ढङ्गमा कसैलाई बुझ्ने कोसिस गरिरहेको छस्, ऊसँग सङ्गति गर्न चाहिरहेको छस्, र त्यसो गर्नु तेरो कामका लागि आवश्यक छ र त्यो उचित अन्तरक्रिया हो भने, यो प्रलोभन होइन। तर यदि तँसँग व्यक्तिगत आशय र उद्देश्य छ, र तँ साँच्चै यो व्यक्तिको स्वभाव, पछ्याइ, र ज्ञान बुझ्न चाहँदैनस्, बरु उसको भित्री सोच र साँचो भावनाहरू खोतल्न चाहन्छस् भने, यसलाई दुष्टता, प्रलोभन, र लोभ्याइ भनिन्छ। यदि तँ यसो गर्छस् भने, तँमा दुष्ट स्वभाव छ; के यो लुकेको कुरा होइन र? के यस्तो स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यदि तैँले आफ्नो स्वभावको हरेक पक्षमा के-कस्ता प्रकटीकरणहरू छन्, हरेक पक्षेले प्रायः कस्तो स्थिति पैदा गर्छन् भनी चिन्‍न, र तिनलाई आफूसँग मिलान गर्न, अनि यस प्रकारको स्वभाव कति भयानक र खतरनाक हुन्छ भनी अनुभूति गर्न सक्छस् भने, तँलाई यस सन्दर्भमा परिवर्तन हुनुपर्छ भन्‍ने जिम्मेवारी बोध हुन्छ, र तैँले परमेश्‍वरको वचनको तृष्णा गर्न र सत्यता स्विकार्न सक्नेछस्। त्यतिबेला नै तैँले परिवर्तन हुन र मुक्ति प्राप्त गर्न सक्छस्। तर यदि तैँले तिनलाई आफूसँग मिलान गरेपछि पनि सत्यताको तृष्णा गर्दैनस्, तँ ऋणी वा दोषी महसुस गर्दैनस्—झन् कुनै पश्चात्ताप गर्नु त परै जाओस्—अनि तँ सत्यतालाई प्रेम गर्दैनस् भने, तँलाई परिवर्तन हुन कठिन हुनेछ। र बुझेर केही हुँदैन, किनकि तैँले जेजति बुझेको छस् त्यो सबै धर्मसिद्धान्त मात्र हो। त्यो सत्यताको जुनै पक्ष भए पनि, यदि तेरो बुझाइ धर्मसिद्धान्तमै टुङ्गिन्छ अनि तेरो अभ्यास र प्रवेशसित जोडिँदैन भने, तैँले बुझ्ने धर्मसिद्धान्तको कुनै काम हुनेछैन। यदि तैँले सत्यता बुझिनस् भने, आफ्नो भ्रष्ट स्वभाव चिन्‍नेछैनस् र परमेश्‍वरसामु पश्चात्ताप गरेर पाप स्विकार्नेछैनस्, अनि परमेश्‍वरप्रति ऋणी महसुस र आफूलाई घृणा गर्नेछैनस्, त्यसैले तैले मुक्ति प्राप्त गर्ने मौका पाउँदै पाउनेछैनस्। यदि तैँले आफ्ना समस्याहरू कति गम्भीर छन् भनेर बुझ्छस्, तर त्यसको मतलब राख्दैनस् र आफूलाई घृणा गर्दैनस्, भित्री रूपमा अझै पनि अलिक भावशून्य र निष्क्रिय महसुस गर्छस्, परमेश्‍वरको न्याय र सजाय स्विकार्दैनस्, र आफ्नो भ्रष्ट स्वभाव हटाउन उहाँलाई प्रार्थना गर्दैनस् वा उहाँमा भर पर्दैनस् भने, तँ ठूलो खतरामा छस्, र तैँले मुक्ति प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

दुष्टता छलीपनभन्दा अझ गहन हो; यो बढी अन्तर्घाती, बढी गोप्य, बढी भ्रमपूर्ण, र झनै बुझ्न कठिन हुन्छ, अनि दुष्टतामा, फुस्लाउनु, लोभ्याउनु, मन जित्नु, बहकाउनु, र प्रलोभनमा पार्नु पर्छन्। यी कार्य र व्यवहारहरू छलीपनभन्दा एकदमै भिन्न हुन्; ती दुष्ट हुन् भन्नेमा कुनै शङ्का छैन। त्यो मान्छेले यसो भनेन, “यदि तिमीले मलाई भनेनौ भने, म तिमीलाई हिर्काउँछु, लात हान्छु, वा मार्छु!” उसले यस्ता विधिहरू अपनाएन, अनि बाहिरी रूपले, ऊ घातक देखिएन। तर, दुष्टता यो घातकपनभन्दा भयानक हो। म किन यो दुष्टता हो भन्छु? छलीपनलाई प्रायःधेरैजसो मानिसले पत्ता लगाउन सक्छन्, तर उसको शैली अझ कुटिल हुन्छ। बाहिरचाहिँ, त्यसले भद्र भाषा प्रयोग गर्छ र मानव स्नेहलाई छुन्छ; तर वास्तवमा, भित्रपट्टिचाहिँ अझ लुकेका कुराहरू हुन्छन्। उसका कार्य र विधिहरू अझ लुकेका, मानिसहरूले सामान्यतया सामना गर्ने छलीपनभन्दा अझ अन्तर्घाती हुन्छन्। उसका चालहरू झनै जटिल, छली, र भ्रामक हुन्छन्। यो दुष्टता हो।

दैनिक जीवनमा, के तिमीहरू अरू मानिसको दुष्ट स्वभावको प्रकटीकरण र तिनीहरूको दुष्ट व्यवहार छुट्ट्याउन र खुट्ट्याउन सक्छौ? छली व्यक्तिहरू ठिकैको चलाखी हुन सक्ने भए पनि, तिनीहरूसँग केही समय अन्तरक्रिया गरेपछि, धेरैजसो मानिसले तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्छन्। तर, दुष्ट स्वभाव काहरूलाई छर्लङ्गै बुझ्न सजिलो हुँदैन। यदि तैँले सार वा परिणामहरू देख्न सकिनस् भने, तैँले तिनीहरूलाई छर्लङ्ग बुझ्ने कुरै हुँदैन। दुष्ट व्यक्तिहरू छली व्यक्तिहरूभन्दा बढी अन्तर्घाती हुन्छन्। तैँले एकदुई वाक्यबाट तिनीहरूलाई छर्लङ्ग बुझ्नै सक्दैनस्। दुष्ट स्वभावका मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले त्यो निश्चित कामकुरा किन गरिरहेका छन्, त्यस्तो शैलीमा किन बोलिरहेका वा कार्य गरिरहेका छन् भनेर तैँले केही समयमा वा छोटो समयमा नबुझ्न वा छिचोल्न नसक्लास्। कुनै दिन, जब तिनीहरू पूर्ण रूपले खुलासा भएका र उदाङ्गो पारिएका हुन्छन्, तब अन्तत: सबैले यो छलीपनभन्दा ठूलो कुरा—यो दुष्टता हो भनेर पत्ता लगाउनेछन्। त्यसकारण, दुष्ट स्वभाव खुट्ट्याउन केही समय लाग्छ, र कहिलेकाहीँ त परिणामहरू देखिएपछि मात्र व्यक्तिले त्यसलाई खुट्ट्याउन सक्छ—यो तुरन्तै खुट्ट्याउन सकिने कुरा होइन। उदाहरणका लागि, ठूलो रातो अजिङ्गरले दशकौँदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ, र अहिले थोरै मात्र मानिसहरूले केही मात्रामा बुझेका छन्। ठूलो रातो अजिङ्गरले प्रायः सबैभन्दा राम्रो सुनिने र मानव धारणासित सबैभन्दा बढी मिल्ने कुराहरू भन्छ, अनि मानिसहरूलाई सेवा दिने नाममा भ्रममा पार्छ र इन्साफको नाममा विरोधीहरूलाई लखेट्छ, अनगिन्ती असल मानिसहरूको हत्या गर्छ। तर यो कुरा थोरैले खुट्ट्याउन सक्छन् किनभने त्यसले जे गर्छ र भन्छ मानिसहरूको नजरमा त्यो सही देखिन्छ। मानिसहरू सबैलाई त्यसले गर्ने सबथोक न्यायसङ्गत र उचित, वैधानिक र तर्कसङ्गत, अनि मानवतावादसँग मिल्दो लाग्छ। फलस्वरूप, यसले दशकौँदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ। जब त्यो अन्तत: खुलासा भएर ढल्छ, तब मानिसहरूले त्यसको साँचो रूप त दियाबलसको पो रहेछ, र त्यसको प्रकृति सार दुष्ट रहेछ भनेर देख्नेछन्। ठूलो रातो अजिङ्गरले धेरै वर्षदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ, र ठूलो रातो अजिङ्गरको विष हरव्यक्तिमा हुन्छ—तिनीहरू त्यसका सन्तति बनेका छन्। के तिमीहरूमध्ये कोही ठूलो रातो अजिङ्गरले गरेका कामकुरा गर्न सक्छौ? कतिपय मानिस एकदमै मिठा शब्दहरू प्रयोग गरेर ठूलो रातो अजिङ्गरजस्तै बोल्छन् तर कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूका सबै शब्द मिठा हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्। साथै, तिनीहरू अत्यन्तै अन्तर्घाती र दुष्ट हुन्छन्। यदि कसैले यस्ता मानिसहरूलाई चिढ्याएमा तिनीहरूले त्यतिकै छाड्नेछैनन्। ढिलो वा चाँडो तिनीहरूले बदला लिने उद्देश्य पूरा गर्न उचित अवसर खोज्नेछन् र उसलाई कुनै प्रतिशोधको मौका दिनेछैनन्। तिनीहरूले अगाडि नआई र आफ्नो अनुहार नदेखाई त्यो मामलालाई सम्हाल्नसमेत सक्छन्। के यो दुष्ट कुरा होइन र? दुष्ट मानिसहरू सिद्धान्त, विधि, अभिप्राय, मनसाय, र उद्देश्यद्वारा परिचालित हुन्छन् जुन अत्यन्तै गोप्य र लुकेका हुन्छन्। दुष्ट व्यक्तिहरू षड्यन्त्र गरेर अरूलाई हानि गर्छन्, कहिलेकाहीँ अरूलाई हत्या गर्न लगाउँछन्, कहिलेकाहीँ अरूलाई लोभ्याएर पाप गराई सताउँछन्, र कहिलेकाहीँ कानुन प्रयोग गरेर वा घृणास्पद माध्यमहरूको सहारा लिएर अरूलाई सताउँछन्। यी सबै दुष्टताका प्रकटीकरण हुन्, र तीमध्ये कुनै पनि धर्मी वा इमानदार विधि होइनन्। के तिमीहरूमध्ये कसैले यस्ता व्यवहार वा प्रकटीकरणहरू देखाउँछौ? के तिमीहरू ती खुट्ट्याउन सक्छौ? के तिमीहरूलाई तिनमा दुष्ट स्वभाव हुन्छ भनेर थाहा छ? समान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तैँले तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना अव्यक्त उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गरेको बहाना बनाएर अर्कै काम गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी जटिल हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको एकदुई दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभाव देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, कामकुरा त्याग्न, आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ रहेछ, परमेश्वरलाई प्रेम गर्ने हृदय रहेछ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै रहेछ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्। के तिमीहरूका वरपर त्यस्ता कुनै मानिसहरू छन्? के तिमीहरू आफै त्यस्ता छौ? (हजुर।) त्यसोभए त्यो कति गम्भीर हो? कुनै सत्यता सिद्धान्तविना बोल्नु र कार्य गर्नु, कार्य गर्न पूर्णतया आफ्नो दुष्ट प्रकृतिमा भर पर्नु, अरूले तँलाई छर्लङ्गै बुझ्न वा चिन्न नसकून्, र तेरो मानवता र हैसियतलाई सम्मान् र प्रशंसाले हेरून् भनेर सधैँ अरूलाई भ्रममा पार्ने चाह राख्नु र खोल ओडेर जिउनु—यो दुष्टता हो। तिमीहरू यी दुष्ट व्यवहारहरू कहिलेकाहीँ मात्र देखाउँछौ, कि तिमीहरू धेरैजसो समय यस्तै छौ? के तिमीहरू यस्तै नै हौ, र के तिमीहरूलाई यसबाट मुक्त हुन चुनौतीपूर्ण छ? यदि तिमीहरू कहिलेकाहीँ मात्र यस्ता विधिहरू प्रयोग गर्छौ भने, यसलाई अझै पनि बदल्न सकिन्छ। तर, यदि तिमीहरू यस्तै हौ, निरन्तर जालझेल र छल गरेर कार्य गर्छौ, अनि निरन्तर षड्यन्त्रमा भर पर्छौ भने, तिमीहरू सबैभन्दा धूर्त दियाबलस हौ। म तिमीहरूलाई सत्य कुरा बताउनेछु: यस्ता मानिसहरू कहिल्यै बदलिनेछैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्

मलाई भन, के सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्नका लागि विभिन्‍न बहाना र औचित्यहरू चाहिन्छ? (अहँ, चाहिँदैन।) व्यक्तिमा इमानदार हृदय भएसम्म, उसले सत्यतालाई अभ्यास गर्न सक्छ। के सत्यता अभ्यास नगर्ने मानिसहरूले विभिन्‍न बहानाहरू बनाउँछन्? उदाहरणका लागि, जब तिनीहरूले कुनै गलत काम गर्छन्, सिद्धान्त विरुद्ध काम गर्छन्, र कसैले तिनीहरूलाई सच्याउँछ, तब के तिनीहरूले सुन्न सक्छन्? तिनीहरूले सुन्दैनन्। के तिनीहरूले सुन्दैनन् भन्‍ने तथ्य नै पूरा कुरा हो? तिनीहरू कसरी दुष्ट हुन्? (तिनीहरूले तिमीलाई मनाउन बहाना खोज्छन्, र तिमीलाई तिनीहरू सही छन् भन्‍ने सोच्‍न लगाउँछन्।) तिनीहरूले तेरा धारणा र कल्पनाहरू अनुरूपको व्याख्यान खोज्छन्, त्यसपछि तिनीहरूले तँलाई विश्‍वस्त गराउन, तँलाई तिनीहरूसँग सहमत गराउन, तिनीहरू सही छन् भनी साँच्चै विश्वस्त तुल्याउनका लागि तैँले स्वीकार गर्न सक्‍ने र सत्यता अनुरूपका आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्, यो सब मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने तिनीहरूको उद्देश्य हासिल गर्नका लागि हुन्छ। के यो दुष्टता होइन र? (हो।) यो वास्तवमै दुष्टता हो। स्पष्ट रूपमा नै, तिनीहरूले केही गलत गरेका हुन्छन्, आफ्नो व्यवहारमा सिद्धान्तहरू र सत्यताको विरुद्धमा गएका हुन्छन्, र सत्यताको अभ्यास गर्न असफल भएका हुन्छन्, तैपनि तिनीहरूले सिद्धान्त औचित्यहरू प्रस्तुत गर्छन्। यो साँच्‍चै दुष्टता हो। यो ब्वाँसाले भेडा खाएको जस्तै हो; सुरुमा नै ब्वाँसाको प्रकृति भेडा खाने प्रकृति थियो, र परमेश्‍वरले भेडा खानका लागि यस्तो पशु सृष्टि गर्नुभयो—भेडा यसका खाना हुन्। तर यो खाएपछि, ब्वाँसाले अझै पनि विभिन्‍न बहानाहरू खोज्छ। के तँसँग यसबारे कुनै विचार छ? तँलाई लाग्छ, “तैँले मेरो भेडा खाएको छस्, र अहिले तैँले त्यो खानुपर्थ्यो, तैँले त्यो खानु व्यावहारिक र उचित थियो, र मैले तँलाई धन्यवाद समेत दिनुपर्छ भनी मैले सोचूँ भन्ने तँ चाहन्छस्।” के तँ रिसाउँदैनस् र? (हजुर, रिसाउँछु।) तँ रिसाउँदा, तँमा के-कस्ता सोचहरू आउँछन्? तँलाई लाग्छ, “यो मान्छे अत्यन्तै दुष्ट छ! यदि तँ खान चाहन्छस् भने, जा, तँ त्यस्तै होस्; मेरो भेडा खानु एउटा कुरा हो, तर तैँले धेरै तर्क र बहानाहरू समेत बनाउँछस्, र त्यसको बदलामा मलाई तँप्रति कृतज्ञ हुन समेत भन्छन्। के यो सही र गलत कुरामा झुक्‍किनु होइन र?” यो दुष्टता हो। जब ब्वाँसाले भेडा खान चाहन्छ, तब त्यसले के-कस्ता बहानाहरू खोज्छ? ब्वाँसाले भन्छ, “सानो थुमा, आज मैले तँलाई खानैपर्छ किनभने गत वर्ष मलाई अपमान गरेकोमा मैले तँसँग बदला लिनुपर्छ।” अन्यायमा परेको महसुस गर्दै थुमाले भन्छ, “म गत वर्ष जन्मेको पनि थिइनँ।” जब ब्वाँसाले गल्ती बोलेको र थुमाको उमेरका बारेमा गलत हिसाब लगाएको भन्‍ने महसुस गर्छ, तब यसले भन्छ, “ठीक छ, हामी त्यसोभए त्यो कुराको गन्ती गर्नेछैनौँ, तर मैले अझै पनि तँलाई खानैपर्छ किनभने अस्ति मैले यस नदीको पानी पिउँदा, तैँले पानी धमिल्याइस्, त्यसकारण मैले तँसँग बदला लिनुपर्छ।” थुमाले भन्छ, “म नदीको तलतिर छु, र तपाईँ माथि हुनुहुन्छ। मैले कसरी माथिको पानीलाई फोहोर पार्न सक्छु? यदि तपाईँ मलाई खान चाहनुहुन्छ भने, खानुहोस्। विभिन्‍न बहानाहरू नखोज्नुहोस्।” ब्वाँसाको प्रकृति यस्तै हुन्छ। के यो दुष्टता होइन र? (हजुर, हो।) के ब्वाँसाको दुष्टता ठूलो रातो अजिङ्गरको जस्तै छ? (छ।) यो विवरण ठूलो रातो अजिङ्गरसँग सबैभन्दा राम्रोसँग मिल्छ। ठूलो रातो अजिङ्गरले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई पक्राउ गर्न चाहन्छ; यसले यी मानिसहरूलाई अपराधको आरोप लगाउन चाहन्छ। त्यसकारण, यसले सुरुमा निश्‍चित निहुँहरू बनाउँछ, निश्‍चित अफवाहहरू रच्छ, त्यसपछि सारा संसारलाई खडा भएर तँलाई दोषी ठहराउन लगाउनका लागि संसारअघि ती कुराहरू प्रसारण गर्छ। यसले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई “सार्वजनिक व्यवस्था भङ्ग गर्ने”, “राष्ट्रका रहस्यहरू खुलासा गर्ने”, र “राष्ट्रको शक्तिलाई विनाश गर्ने” जस्ता धेरै वटा दोष लगाउँछ। यसले तैँले विभिन्‍न अपराधहरू गरेको छस् भन्‍ने अफवाह पनि फैलाउँछ र तँमाथि यी आरोपहरू लगाउँछ। के तैँले ती स्वीकार गर्न मानेनस् भने ठीक हुन्छ? के यो मामला तैँले ती स्वीकार गर्छस् कि गर्दैनस् भन्‍ने तथ्यसँग सम्‍बन्धित हु्न्छ? अहँ, हुँदैन। यसले तँलाई पक्राउ गर्न निस्किएपछि, ब्वाँसाले भेडा खान हिँडे जस्तै, त्यसले विभिन्‍न बहानाहरू खोज्छ। ठूलो रातो अजिङ्गरले निश्‍चित निहुँहरू सिर्जना गर्छ, र हामीले कुनै खराब काम गरेका छौँ भनेर दाबी गर्छ, जबकि वास्तवमा, अरूले नै त्यो गरेका हुन्छन्। यसले दोष सार्छ र मण्डलीलाई फसाउँछ पार्छ। के तैँले त्यससँग बहस गर्न सक्छस्? (सक्दिनँ।) तैँले किन त्यससँग बहस गर्न सक्दैनस्? के तैँले त्यससँग स्पष्ट बहस गर्न सक्छस्? के तैँले त्यससँग बहस गरेर परिस्थितिलाई व्याख्या गरिस् भने, त्यसले तँलाई पक्राउ गर्नेछैन भन्‍ने तँलाई लाग्छ? तैँले त्यसका बारेमा चाहिनेभन्दा बढी राम्रो सोच्छस्। तैँले बोलिसक्नुभन्दा पहिले, त्यसले तेरो कपाल समात्नेछ, तेरो टाउको भित्तामा बजार्नेछ, त्यसपछि तँलाई सोध्‍नेछ, “म को हुँ तँलाई थाहा छ? म दियाबलस हुँ!” त्यसपछि, तँलाई कठोर रूपमा कुटपिट गरिनेछ, साथै दिन-रात सोधपुछ गरिनेछ र यातना दिइनेछ, त्यसपछि तँ झुक्‍न थाल्‍नेछस्। यस अवस्थामा, तैँले यस्तो महसुस गर्नेछस्, “यहाँ तर्क गर्ने कुनै ठाउँ छैन; यो एउटा पासो हो!” ठूलो रातो अजिङ्गरले तँसँग बहस गर्दैन—के यसले अनजानमा, र संयोगवस ती निहुँहरू बनाउँछ भन्‍ने तँलाई लाग्छ? यसको पछाडि षड्यन्त्र हुन्छ, र त्यसले अर्को कदमको मतोजतो गरिसकेको हुन्छ। यो त्यसका कार्यहरूको अग्रिम चरण मात्रै हो। कतिपय मानिसहरूले अझै पनि यस्तो सोच्न सक्छन्, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेसँग सम्बन्धित मामलाहरू बुझेका हुँदैनन्; यदि मैले तिनीहरूलाई स्पष्टीकरण दिएँ भने, सबै कुरा ठीक हुनेछ।” के तैँले त्यो स्पष्ट रूपमा व्याख्या गरेर हुन्छ? त्यसले तँलाई तैँले नगरेको कुरामा फसायो—के तैँले अझै पनि स्पष्ट रूपमा कुराहरूको स्पष्टीकरण दिएर हुन्छ? जब त्यसले तँलाई फसायो, तब के तैँले त्यो गरेको होइनस् भन्‍ने कुरा त्यसलाई थाहा थिएन र? के यो काम कसले गरेको हो भन्‍ने कुराप्रति त्यो अनभिज्ञ हुन्छ र? त्यसलाई राम्ररी थाहा हुन्छ! त्यसोभए किन त्यसले तँलाई दोष लगाउँछ? त्यसले पक्राउ गरिरहेको व्यक्ति तँ नै होस्। जब त्यसले तँलाई दोष लगाउँछ तब के तँलाई अन्याय गरिएको छ भन्‍ने त्यसलाई थाहा हुँदैन भन्‍ने तँलाई लाग्छ? त्यसले तँलाई अनुचित व्यवहार गर्न र तँलाई पक्राउ गरेर सताउन चाहन्छ। त्यो दुष्टता हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

दुष्ट स्वभावहरू अर्को तरिकाले पनि प्रकट हुन्छन्। कतिपय मानिसहरूले परमेश्‍वरको घरका भेलाहरूमा सधैँ परमेश्‍वरको वचन पढिएको, सत्यता सङ्गति गरिएको, र आत्मज्ञान के हो, उचित तरिकाले कसरी कर्तव्य निभाउने, सिद्धान्तहरूअनुसार कसरी काम गर्ने, कसरी परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने, कसरी सत्यता बुझ्‍ने र अभ्यास गर्ने, र सत्यताका अरू धेरै पक्षहरूमा छलफल गरिएको देख्छन्। यतिका वर्ष सुनिसकेपछि, अब तिनीहरूलाई जति सुन्यो त्यति नै दिक्‍क लाग्‍न थाल्छ, र तिनीहरूले यसो भनेर गुनासो गर्न थाल्छन्, “के परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्‍य आशिष्‌हरू प्राप्त गर्नु होइन र? किन हामी सधैँ सत्यताबारे बोलिरहेका र परमेश्‍वरका वचनहरूबारे सङ्गति गरिरहेका हुन्छौँ? के यो कहिल्यै अन्त्य हुँदैन? मलाई त दिक्‍क लागिसक्यो!” तर तिनीहरू बाहिरी संसारमा फर्कन पनि चाहँदैनन्। तिनीहरूले मनमनै विचार गर्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु कति निरस र दिक्‍कलाग्दो छ—म कसरी यसलाई अलिक चाखलाग्‍दो बनाउन सक्छु होला? मैले चाखलाग्‍दो केही न केही खोज्‍नैपर्छ,” त्यसकारण तिनीहरू यताउता जाँदै सोध्छन्, “मण्डलीमा परमेश्‍वरका कति विश्‍वासी छन्? कति अगुवा र सेवकहरू छन्? कतिलाई प्रतिस्थापन गरिएको छ? विश्‍वविद्यालय पढ्ने जवान विद्यार्थी र स्‍नातकका विद्यार्थी कति छन्? के कसैलाई थाहा छ?” तिनीहरू यी कुराहरू र आँकडालाई सत्यता मान्छन्। यो कस्तो स्वभाव हो? यो दुष्टता हो, जसलाई प्रायजसो “अधमता” भनिन्छ। तिनीहरूले यति धेरै सत्यता सुनेका हुन्छन्, र पनि तीमध्ये कुनैले पनि तिनीहरूमा ध्यान वा एकाग्रता ल्याएको हुँदैन। कुनै व्यक्तिले गफगाफ गर्नेबित्तिकै वा आन्तरिक मामलाहरू सुनाउनेबित्तिकै, तिनीहरूको कान ठाडो हुन्छ, र तिनीहरूलाई त्यो कुरा छुटाउँछु कि भन्‍ने डर हुन्छ। यो अधमता हो, होइन र? (हो।) यी अधम मानिसहरूको चरित्र कस्तो हुन्छ? तिनीहरूमा सत्यताप्रति अलिकति पनि चासो हुँदैन। तिनीहरूलाई बाहिरी मामलाहरूप्रति मात्रै चासो हुन्छ, र तिनीहरू अथक र लालची रूपमा जीवन प्रवेश वा सत्यतासँग सम्‍बन्धै नभएका कुराहरू र गफगाफको पछि लाग्छन्। तिनीहरू सोच्छन्, यस्तो कुरा र यस्ता सबै जानकारी पत्ता लगाएर, अनि यसलाई मनमा राखेर, तिनीहरूले सत्यता वास्तविकता पाउँछन्, तिनीहरू परमेश्‍वरको घरका असल र साँचो सदस्यहरू बन्छन्, र तिनीहरूलाई अवश्यै परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ र तिनीहरू परमेश्‍वरको राज्य प्रवेश गर्न सक्‍नेछन्। के तिमीहरूलाई पनि कुरा त्यस्तै हो भन्‍ने लाग्छ? (लाग्दैन।) तिमीहरूले यो कुरा भित्रैसम्‍म देख्‍न सक्छौ, तर परमेश्‍वरका धेरै नयाँ विश्‍वासीहरूले देख्‍न सक्दैनन्। तिनीहरू यही कुरामा तल्‍लीन हुन्छन्, र यी कुराहरू थाहा पाएमा तिनीहरू परमेश्‍वरको घरका सदस्यहरू बन्छन् भन्‍ने सोच्छन्—तर वास्तवमा, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तिनीहरू सबैभन्दा काम नलाग्‍ने, सतही र अज्ञानी मानिसहरू हुन्। परमेश्‍वर मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न आखिरी दिनहरूमा देहको रूपमा देखापर्नुभएको छ, र यसको परिणाम भनेको मानिसहरूलाई जीवनको रूपमा सत्यता दिनु हो। तर यदि मानिसहरू परमेश्‍वरको वचन खाने-पिउने कार्यमा ध्यान दिँदैनन्, बरु सधैँ कुरा काट्ने र मण्डलीको आन्तरिक मामलाबारे थप कुरा पत्ता लाउन मात्रै खोजिरहन्छन् भने, के तिनीहरू सत्यता पछ्याइरहेका हुन्छन् त? के तिनीहरू उचित काम गर्ने मानिसहरू हुन् त? मेरो विचारमा त तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू अविश्‍वासी हुन्। यस्ताहरूलाई अधम मानिसहरू भन्‍न सकिन्छ। तिनीहरू हल्‍लाको पछि मात्रै लाग्छन्। यसले तिनीहरूको उत्सुकता पूरा गर्छ, तर परमेश्‍वर तिनीहरूलाई घृणा गर्नुहुन्छ। यिनीहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरू होइनन्, झन् सत्यता पछ्याउने मानिसहरू हुनु त परको कुरा हो। यिनीहरू मण्डलीको काम बिथोल्न आएका शैतानका नोकरहरू हुन्। अझै भन्‍नुपर्दा, सधैँ परमेश्‍वरलाई जाँच्‍ने र अनुसन्धान गर्ने मानिसहरू ठूलो रातो अजिङ्गरका दास र नोकरहरू हुन्। परमेश्‍वरले यी मानिसहरूलाई सबैभन्दा बढी घृणा र तिरस्कार गर्नुहुन्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, किन परमेश्‍वरमा भरोसा गर्दैनस्? जब तैँले परमेश्‍वरलाई जाँच्छस् र अनुसन्धान गर्छस्, के तैँले सत्यता खोजी गरिरहेको हुन्छस् र? के ख्रीष्‍ट कुन परिवारमा जन्‍मनुभयो वा उहाँ कस्तो वातावरणमा हुर्कनुभयो भन्‍ने कुराको सत्यता खोज्‍ने कार्यसित कुनै सम्‍बन्ध हुन्छ र? परमेश्‍वरलाई सधैँ अनुसन्धानको नजरले हेर्ने मानिसहरू—के तिनीहरू घृणास्पद हुँदैनन् र? यदि तँमा ख्रीष्टको मानवताबारे सधैँ धारणाहरू हुन्छन् भने, तैँले अझै बढी समय लिएर परमेश्‍वरका वचनहरूको ज्ञान पछ्याउनुपर्छ; सत्यता बुझेपछि मात्रै, तैँले आफ्‍ना धारणाहरूको समस्या समाधान गर्न सक्‍नेछस्। ख्रीष्टको पारिवारिक पृष्ठभूमि वा उहाँको जन्‍मको परिस्‍थितिहरू जाँच गर्दा, के तँलाई परमेश्‍वर चिन्‍न मदत मिल्छ? के यसले तँलाई ख्रीष्‍टको ईश्‍वरीय सार पत्ता लगाउन मदत मिल्छ? अवश्यै मिल्दैन। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूले आफूलाई परमेश्‍वरका वचनहरू र सत्यतामा समर्पित गर्छन्, र यसरी मात्रै ख्रीष्‍टको ईश्‍वरीय सार चिन्‍न सकिन्छ। तैपनि परमेश्‍वरलाई निरन्तर सूक्ष्म जाँच गर्ने मानिसहरू किन सधैँ यस्तो अधमतामा संलग्‍न हुन्छन्? आत्मिक बुझाइ नभएका यी व्यर्थ मानिसहरू परमेश्‍वरको घरबाट तुरुन्तै गइहाल्‍नुपर्छ! भेला र प्रवचनहरूमा, धेरै सत्यताहरू व्यक्त गरिएका छन् र धेरै सङ्गतिहरू गरिएका छन्—तैपनि तँ किन परमेश्‍वरको जाँच गर्छस्? तैँले सधैँ परमेश्‍वरलाई जाँच्‍नुको अर्थ के हो? यसको अर्थ तँ अत्यन्तै दुष्ट छस् भन्‍ने हो! यति मात्र होइन, यो सबै तुच्छ कुराहरू जान्दा यसले पूँजी दिन्छ भनेर सोच्‍ने मानिसहरू पनि छन्, र तिनीहरू यताउता गएर मानिसहरूसामु यसको धाक लगाउँछन्। अनि अन्तिममा के हुन्छ? तिनीहरू परमेश्‍वरको लागि घृणित र तिरस्कृत हुन्छन्। के तिनीहरू मानिस समेत हुन् र? के तिनीहरू जीवित पिशाचहरू होइनन् र? तिनीहरू कसरी परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन सक्छन् र? तिनीहरूले आफ्‍नो सारा विचार दुष्टता र कुटिलतामा लगाउँछन्। तिनीहरूले यस्तो व्यवहार गर्छन्, मानौँ तिनीहरूलाई कसैबाट सुनेको कुरा जति धेरै थाहा छ, त्यति नै धेरै तिनीहरू परमेश्‍वरको घरको सदस्य हुन्छन्, र त्यति नै धेरै तिनीहरूले सत्यता बुझ्छन्। यस्ता मानिसहरू अत्यन्तै व्यर्थ हुन्छन्। परमेश्‍वरको घरमा, तिनीहरू जत्तिका घिनलाग्दा अरू कोही हुँदैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

मानिसहरूले परमेश्वरसामु प्रकाश गर्ने सबैभन्दा दुष्ट स्वभाव के हो? परमेश्वरको परीक्षा लिनु हो। कतिपय मानिसहरू आफूले राम्रो गन्तव्य नपाइएला, र परमेश्वरमा विश्वास गर्न थालेपछि आफूले बाटो बिराएको, कुनै दुष्टता गरेको, र धेरै अपराध गरेको हुनाले आफ्नो नतिजा निश्चित नहोला भनेर चिन्ता गर्छन्। तिनीहरू आफू नरकमा पुगिने चिन्ता गर्छन्, र आफ्नो परिणाम र गन्तव्यका बारेमा निरन्तर त्रासमा रहन्छन्। तिनीहरू लगातार चिन्तित हुन्छन्, र तिनीहरूले सधैँ यसो सोच्ने गर्छन्, “मेरो भविष्यको परिणाम र गन्तव्य असल हुनेछ कि खराब? म नरकमा जानेछु कि स्वर्गमा? के म परमेश्वरका जनहरूमध्येको एक हुँ कि सेवाकर्ता? म नष्ट हुनेछु कि मैले मुक्ति पाउनेछु? परमेश्वरका कुन वचनले यसबारे बोलेका छन्, मैले त्यो पत्ता लगाउनुपर्छ।” तिनीहरू परमेश्वरका सबै वचनहरू सत्यता हुन्, र ती सबैले मानिसहरूका भ्रष्ट स्वभावको खुलासा गर्छन् भन्ने देख्छन्, र तिनीहरूले आफूले खोजेका जवाफहरू भेट्टाउँदैनन्, त्यसैले तिनीहरू अन्यत्र कता सोधखोज गर्ने भनेर चिन्तन गरिरहन्छन्। पछि, बढुवा हुने र महत्त्वपूर्ण भूमिकामा खटाइने अवसर पाएपछि तिनीहरू माथिलाई यस्तो सोच्दै सोध्न चाहन्छन्: “मेरोबारे माथिको राय के छ? यदि तिनको राय अनुकूल छ भने, त्यसले परमेश्वरले मैले विगतमा गरेका दुष्टता र अपराध सम्झेका छैनन् भन्ने प्रमाणित गर्छ। त्यसले परमेश्वरले मलाई अझै पनि मुक्ति दिनेछन्, र ममा अझै आशा बाँकी छ भन्ने प्रमाणित गर्छ।” त्यसपछि, आफ्नो विचारलाई अगाडि बढाउँदै तिनीहरूले ठाडै भन्छन्, “हामी जहाँ छौँ, त्यहाँ अधिकांश ब्रदर-सिस्टरहरू आफ्नो काममा त्यति दक्ष छैनन्, र तिनीहरूले निकै कम समयदेखि मात्र परमेश्वरमा विश्वास गरेका छन्। मैले नै सबैभन्दा लामो समयसम्म परमेश्वरमा विश्वास गरेको छु। म लडेको र असफल भएको छु, मैले केही अनुभव बटुलेको र केही पाठ सिकेको छु। मौका पाएँ भएँ, म भारी बोझ बोक्न र परमेश्वरका अभिप्रायलाई ख्याल गर्न इच्छुक छु।” तिनीहरू यी वचनलाई माथिले तिनीहरूलाई बढुवा गर्ने अभिप्राय राख्छ कि राख्दैन, वा तिनीहरूलाई त्यागेको छ कि छैन हेर्नका लागि परीक्षाका रूपमा प्रयोग गर्छन्। वास्तवमा, तिनीहरू साँचो रूपमा यो जिम्मेवारी वा बोझ उठाउन चाहँदैनन्; तिनीहरूले यी वचन बोल्नुको उद्देश्य केवल परिस्थितिलाई जाँच्न, र तिनीहरूसँग अझै पनि मुक्ति पाउने आशा छ कि छैन भनेर हेर्नका लागि हो। यो जाँच गर्नु हो। जाँच गर्ने यो तरिकापछाडिको स्वभाव के हो? यो दुष्ट स्वभाव हो। यो तरिका चाहे जति समयसम्म प्रकाश भए पनि, तिनीहरूले यो कुरा चाहे जसरी गरे पनि, वा यो जति कार्यान्वयन भए पनि, तिनीहरूले प्रकाश गर्ने स्वभाव निश्चय नै दुष्ट हुन्छ, किनभने त्यो गर्ने क्रममा तिनीहरूमा धेरै सोच, आशङ्का, र चिन्ताहरू हुन्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई)

यदि परमेश्‍वरलाई उल्‍लेख गर्दा मानिस क्रोधित हुन्छ अनि रिसले चूर हुन्छ भने, के उसले परमेश्‍वरलाई देखेको हुन्छ? के परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुन्छ? परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुँदैन, उहाँमा विश्‍वास गर्दैन, अनि परमेश्‍वर ऊसँग बोल्‍नुभएको हुँदैन। परमेश्‍वरले उसलाई कहिल्यै कष्ट दिनुभएको छैन भने, किन ऊ रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट छ भनेर भन्‍न सक्छौँ? सांसारिक चलनचल्ती, खुवाइ पियाइ, अनि सुख-चैनको खोजी, अनि सेलिब्रेटीहरूको पछि दगुर्ने—यीमध्ये कुनै पनि कुराले त्यस्तो मानिसलाई झिज्याउँदैन। तैपनि, “परमेश्‍वर” भन्‍ने शब्‍द, वा परमेश्‍वरको वचनको सत्यतालाई उल्‍लेख गर्ने बित्तिकै, ऊ रिसले चूर भइहाल्छ। के यसले दुष्ट प्रकृति हुनुलाई जनाउँदैन र? यो मानिसको दुष्ट प्रकृति हो भनेर प्रमाणित गर्न यो नै पर्याप्त छ। अब तिमीहरूको आफ्‍नै बारेमा भनौँ, सत्यताको बारेमा उल्‍लेख गर्दा वा मानवजातिलाई परमेश्‍वरले गर्नुभएका परीक्षाहरू वा मानिसको विरुद्ध परमेश्‍वरका न्यायका वचनहरूको बारेमा उल्‍लेख गर्दा, तिमीहरूलाई घृणा लागेको छ: तिमीहरूलाई कति पनि मन नपरेको, र तिमीहरूले त्यस्ता कुराहरू सुन्‍न नचाहेको त्यस्तो कुनै समयहरू छन्? तिमीहरूको हृदयले सोच्‍ला: “के सबै मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर भन्दैनन् र? यीमध्ये कतिपय वचनहरू सत्यता होइनन्! स्पष्ट रूपमा नै ती मानिसप्रति परमेश्‍वरले दिनुभएको चेतावनीका वचनहरू मात्रै हुन्!” कतिपय मानिसहरूले आफ्‍नो हृदयमा अत्यन्तै धेरै घृणाको अनुभव समेत गरेर विचार गर्न सक्छन्: “यसको बारेमा त दिनहुँ बताइन्छ—उहाँका परीक्षाहरू, उहाँको न्याय, यो कहिले सकिन्छ? हामीले कहिले असल गन्तव्य प्राप्त गर्नेछौँ?” यो अनुचित रिस कहाँबाट आउँछ भन्‍ने थाहा छैन। यो कस्तो प्रकारको प्रकृति हो? (दुष्ट प्रकृति।) यसलाई शैतानको दुष्ट प्रकृतिले निर्देशित र अगुवाइ गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

सबै दुष्ट मानिसमा दुष्ट स्वभावहरू हुन्छन्। कतिपय दुष्टपन सोझा मानिसहरूलाई निरन्तर रूपमा धम्काउने, उनीहरूलाई व्याङ्ग्य वा छड्के हान्दै व्यवहार गर्ने, उनीहरूलाई सधैँ हाँसोका पात्र बनाउने, र उनीहरूको फाइदा लुट्नेजस्ता उग्र स्वभावहरूमार्फत व्यक्त गरिन्छ। दुष्ट मानिसहरू अर्को दुष्ट व्यक्तिलाई भेट्दा झुक्छन् र सम्मान गर्छन्, तर कुनै कमजोर व्यक्ति भेट्दा उसलाई मन दुख्ने व्यवहार गर्छन् र हैकम जमाउँछन्। यिनीहरू हदै उग्र र दुष्ट मानिस हुन्। इसाईहरूलाई धम्काउने वा दमन गर्ने जोकोही व्यक्तिका भेषमा दियाबलस हो; ऊ आत्माविहीन पशु र दियाबलसको अवतार हो। यदि दुष्ट मानिसहरूको समूहमाझ सोझा मानिसहरूलाई नधम्काउने, इसाईहरूलाई क्रूर व्यवहार नगर्ने, आफ्नो स्वार्थमा हानि पुऱ्याउनेहरूमाथि मात्र रिस पोखाउने मानिसहरू छन् भने, यी मानिसहरूलाई अविश्वासीहरूमध्येका राम्रा मानिस मानिन्छ। तर ख्रीष्टविरोधीहरूको दुष्टपन कसरी फरक हुन्छ? ख्रीष्टविरोधीहरूको दुष्टपन मुख्यतः तिनीहरूको प्रतिस्पर्धा गर्ने विशेष झुकावमा प्रकट हुन्छ। तिनीहरू स्वर्गसँग, धर्तीसँग, र अन्य मानिससँग होड गर्ने आँट गर्छन्। तिनीहरूले अरूलाई धम्काउन नदिने मात्र होइन, अरूलाई धम्काउने र दण्ड दिने पनि गर्छन्। हरदिन, तिनीहरू मानिसहरूलाई कसरी दण्ड दिने भनेर विचार गर्छन्। यदि तिनीहरूले कसैलाई ईर्ष्या वा घृणा गर्छन् भने, उसलाई कहिल्यै छोड्नेछैनन्। ख्रीष्टविरोधीहरू यिनै तरिकामा दुष्ट हुन्छन्। यो दुष्टपन अरू कहाँ प्रकट हुन्छ? यो तिनीहरूको कामकुरा गर्ने कुटिल तरिकामा देख्न सकिन्छ, जसलाई पत्ता लगाउन केही दिमाग, केही ज्ञान र केही सामाजिक अनुभव भएकाहरूलाई गाह्रो हुन्छ। तिनीहरू अत्यन्तै कुटिल तरिकाले कामकुरा गर्छन्, र यो दुष्टपनको हदसम्म पुग्छ; यो साधारण छलीपन होइन। तिनीहरू धेरैजसो मानिसहरूले भन्दा बढी छलछाम गर्न र चाल चल्न सक्छन्। धेरैजसो साधारण मानिसहरू तिनीहरूसँग प्रतिस्पर्धा गर्न र तिनीहरूलाई सम्हाल्न सक्दैनन्। यो ख्रीष्टविरोधी हो। म किन साधारण मानिसहरूले तिनीहरूलाई सम्हाल्न सक्दैनन् भन्छु? किनभने तिनीहरूको दुष्टता यति चरम हुन्छ कि तिनीहरूमा मानिसहरूलाई बहकाउने अति ठूलो शक्ति हुन्छ। तिनीहरू अनेकथरीका उपायहरू सोचेर मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउन सक्छन्। तिनीहरू अनेकथरीका मानिसहरूलाई शोषण गरेर पनि मण्डलीका काममा बाधा र हानि पुऱ्याउन सक्छन्। यस्ता परिस्थितिहरूमा, परमेश्वरको घरले ख्रीष्टविरोधीहरूको हरप्रकारको प्रकटीकरण, स्वभाव, र सारबारे बारम्बार सङ्गति गर्छ, ताकि मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सकून्। यो आवश्यक छ। कतिपय मानिसहरू बुझ्दैनन्, र भन्छन्, “किन सधैँ ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे मात्र सङ्गति गर्नु?” किनभने ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न पूर्ण रूपले सक्षम हुन्छन्। तिनीहरू कुनै घातक महामारीले जस्तै धेरै मानिसलाई भ्रममा पार्न सक्छन्, त्यसले सङ्क्रमण फैलाएर एकैपटक धेरैलाई हानि गर्न र मार्न सक्छ; यो अत्यन्तै सङ्क्रामक र फैलिने हुन्छ, अनि यसको सङ्क्रमण र मृत्यु दर निकै उच्च हुन्छ। के यी गम्भीर परिणामहरू होइनन् र? यदि मैले तिमीहरूसित यसरी सङ्गति गरिनँ भने, के तिमीहरू ख्रीष्टविरोधीहरूको भ्रम र नियन्त्रणमा पर्नबाट जोगिन सक्छौ? के तिमीहरू साँच्चै परमेश्वरतर्फ फर्कन र उहाँप्रति समर्पित हुन सक्छौ? यो एकदमै गाह्रो छ। साधारण मानिसहरूले कुनै अहङ्कारी स्वभाव प्रकट गर्दा, त्यसले बढीमा, अरूलाई उनीहरूको अहङ्कारको कुरूप स्थिति देखाइदिन्छ। उनीहरू कहिलेकाहीँ घमण्ड गर्छन्, कहिलेकाहीँ सान देखाउँछन् र देखावा गर्छन्, अनि कहिलेकाहीँ आफ्नो हैसियतको धाक देखाएर अरूलाई भाषण छाँट्न रुचाउँछन्। तर के ख्रीष्टविरोधीहरूका सन्दर्भमा पनि कुरा यही हो? यसो हेर्दा, तिनीहरूले आफ्नो हैसियतको धाक देखाएको वा त्यसलाई रुचाएको जस्तो नदेखिएला, तिनीहरूलाई हैसियतमा कहिल्यै रुचि नभएको देखिएला, तर भित्र भने, तिनीहरूमा त्यसप्रति बलियो चाहना हुन्छ। यो त केही सम्राट वा अविश्वासीहरूका लुटेरा सरदारहरूजस्तै हुनु हो: तिनीहरू आफ्नो भूमिका लागि लड्दा, आफ्ना साथीहरूसँगै कष्टहरू भोग्छन्, विनम्र र महत्त्वाकाङ्क्षा देखिँदैनन्। तर के तैँले तिनीहरूको हृदयभित्र लुकेका चाहनाहरू देखेको छस्? तिनीहरूले किन यस्ता कष्टहरू सहन सक्छन्? तिनीहरूको चाहनाले नै तिनीहरूलाई बल दिन्छ। तिनीहरू मनमा ठूलो महत्त्वाकाङ्क्षा पाल्छन्, कुनै पनि कष्ट भोग्न वा कुनै पनि अपमान, बदनाम, तिरस्कार, र बेइज्जती सहन तयार हुन्छन् ताकि कुनै दिन आफू गद्दी चढ्न सकोस्। के यो कुटिलपन होइन र? के तिनीहरू कसैलाई यो महत्त्वाकाङ्क्षाबारे थाहा दिन सक्छन्? (सक्दैनन्।) तिनीहरू त्यसलाई लुकाउँछन् र गोप्य राख्छन्। यसो हेर्दा त तिनीहरू अरूले सहन नसक्ने कुरा सहन सक्ने, असह्य कष्टहरू भोग्न सक्ने, आफू वरपरका मानिसहरूका नजरमा दृढ, महत्त्वाकाङ्क्षाविनाको, व्यावहारिक र असल व्यक्ति देखिन्छन्। तर तिनीहरूले गद्दी सम्हालेर वास्तिक शक्ति प्राप्त गरेको दिन, आफ्नो अख्तियार बलियो बनाउन र जोगाउन आफूसँगै कष्ट भोगेका र लडेका सारा मानिसहरूलाई मार्छन्। सत्यता खुलासा भएपछि मात्र मानिसहरूले तिनीहरू कति धूर्त रहेछन् भनेर थाहा पाउँछन्। जब तँ फर्केर हेर्छस् र तिनीहरूले गरेको सबथोक महत्त्वाकाङ्क्षाद्वारा प्रेरित भएको देख्छस्, तब तैँले तिनीहरूको स्वभाव दुष्ट रहेछ भनेर थाहा पाउँछस्। यो कस्तो तरकिब थियो? यो कुटिलपन थियो। यो ख्रीष्टविरोधीहरू चल्ने स्वभाव थियो। ख्रीष्टविरोधीहरू र आधिकारिक शक्ति प्रयोग गर्ने दियाबलस राजाहरू एकै प्रकारका हुन्; यदि तिनीहरूले शक्ति र हैसियत पाएनन् भने, मण्डलीमा विनाकारण कष्ट भोग्ने र सहनेछैनन्। अर्का शब्दमा भन्नुपर्दा, यी मानिसहरू परमेश्वरका घरमा उहाँको साधारण भक्त हुन सम्झौता गरेर, वा चुपचाप र गुमनाम रूपमा केही कर्तव्य गरेर साधारण अनुयायी हुनुमा कदापि सन्तुष्ट हुँदैनन्; तिनीहरू निश्चय नै यसो गर्न इच्छुक हुनेछैनन्। यदि हैसियत भएको कसैलाई ख्रीष्टविरोधी मार्गमा हिँडेका कारण प्रतिस्थापित गरिन्छ, र उसले “अब हैसियत नभएपछि, म सिधै साधारण व्यक्तिका रूपमा काम गर्नेछु, आफूले सक्ने जस्तोसुकै कर्तव्य गर्नेछु; हैसियतविना पनि म त्यतिकै परमेश्वरमा विश्वास गर्न सक्छु” भन्ने सोच्छ भने, के ऊ ख्रीष्टविरोधी हो? होइन, यो व्यक्ति एकपटक ख्रीष्टविरोधी मार्गमा हिँडेको हो, उसले क्षणिक मूर्खताका कारण एकपटक गलत मार्ग लिएको हो, तर ऊ ख्रीष्टविरोधी होइन। खाँटी ख्रीष्टविरोधीले के गर्छ? यदि उसले आफ्नो हैसियत गुमायो भने, विश्वास गर्न छोड्नेछ। त्यति मात्र होइन, उसले आफ्नो शक्ति प्राप्तिको महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न अरूलाई भ्रममा पार्ने, अरूलाई आराधना गर्न र पछ्याउन लगाउने विभिन्न उपायसमेत सोच्नेछ। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नेहरू र वास्तविक ख्रीष्टविरोधीहरूबीचको भिन्नता यही हो। हामी ख्रीष्टविरोधीहरूका यी स्वभाव, सार र प्रकटीकरणहरूलाई विश्लेषण गर्छौँ र केलाउँछौँ किनकि यस समस्याको प्रकृति एकदमै गम्भीर हुन्छ। धेरैजसो मानिस ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूको त कुरै छाडौँ, आफूले केही सत्यता बुझेको ठान्ने कतिपय अगुवा र सेवकहरूसमेत ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन पूर्ण रूपले पोख्त हुँदैनन्। तिनीहरू कति पोख्त छन् भनी बताउन गाह्रो छ, जसले तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने देखाउँछ। ख्रीष्टविरोधीहरूलाई सही रूपमा खुट्ट्याउन सक्नेहरू मात्र साँचो कद भएका मानिस हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ

ख्रीष्टविरोधीहरूको दुष्ट सारको सबैभन्दा आम प्रकटीकरण भनेको तिनीहरू ढोँग र पाखण्डमा निकै निपुण हुनु हो। तिनीहरूको स्वभाव अत्यन्तै द्वेषपूर्ण, कपटी, निर्दयी, र अहङ्कारी भए पनि, तिनीहरूले आफूलाई बाहिरी रूपमा निकै विनम्र र सौम्य देखाउँछन्। के यो ढोँग होइन र? यी मानिसहरू हरेक दिन आफ्नो मनमा यस्तो सोच्दै चिन्तन गर्छन्, “मैले आफूलाई झनै इसाई, झनै सम्माननीय, झनै आत्मिक, झनै गहकिलो, र झनै अगुवाजस्तो देखाउन कस्तो लुगा लगाउनुपर्छ? मैले मानिसहरूलाई आफू पर्याप्त रूपमा परिष्कृत, सुन्दर, मर्यादित र भद्र छु भनी महसुस गराउन कसरी खाना खानुपर्छ? मैले नेतृत्व र आकर्षणको भाव ल्याउन, साधारण नभई असाधारण व्यक्तिजस्तो देखिन कस्तो हिँड्ने मुद्रा अपनाउनुपर्छ? अरूसँग कुराकानी गर्दा, कस्तो लबज, शब्दावली, रूप, र मुखाकृतिले मानिसहरूलाई म सामाजिक उच्च खानदान वा उच्चपदस्थ बुद्धिजीवीजस्तो उच्च वर्गको हुँ भन्ने महसुस गराउन सक्छ? मेरो पोशाक, शैली, बोली, र व्यवहारले कसरी मानिसहरूलाई मलाई उच्च सम्मान गर्ने तुल्याउन, तिनीहरूमा अमेट छाप छोड्न, र म सदाका लागि तिनीहरूका हृदयमा रहिरहन सुनिश्चित गर्न सक्छ? मैले मानिसहरूको मन जित्न र तिनीहरूको हृदय छुन, र चिरस्थायी छाप छोड्न के भन्नुपर्छ? मैले अरूलाई मद्दत गर्न र अरूबारे राम्रो बोल्न अझ धेरै गर्नैपर्छ, परमेश्वरका वचनहरूबारे बारम्बार बोल्नैपर्छ र मानिसहरूसामु केही आत्मिक शब्दहरू प्रयोग गर्नैपर्छ, अरूलाई परमेश्वरका थप वचनहरू पढेर सुनाउनैपर्छ, तिनीहरूका लागि अझ धेरै प्रार्थना गर्नैपर्छ, मानिसहरूलाई कान थापेर मेरो कुरा सुन्न लगाउन सानो सोरमा बोल्नैपर्छ, र तिनीहरूलाई म नम्र, ख्याल राख्ने, माया गर्ने, दिलदार, र क्षमाशील छु भन्ने महसुस गराउनैपर्छ।” के यो ढोँग होइन र? ख्रीष्टविरोधीहरूको हृदय यिनै सोचहरूले ओगटिएको हुन्छ। तिनीहरूका सोचभरि अरू केही नभई गैर-विश्वासीहरूका प्रचलनहरू हुन्छन्, जसले तिनीहरूका सोच र दृष्टिकोण संसार र शैतानका हुन् भनेर पूर्णतः सङ्केत गर्छ। कतिपय मानिसले गोप्य रूपमा वेश्या वा चरित्रहीन महिलाले जस्तै लुगा लगाउलान्; तिनीहरूको पहिरनले विशेष गरी दुष्ट प्रवृत्तिहरू पूरा गर्छ र त्यो निकै चल्तीको हुन्छ। तर, जब तिनीहरू मण्डलीमा आउँछन्, तब ब्रदर-सिस्टरहरूमाझ तिनीहरूको पहिरन र चालढाल पूर्णतः फरक हुन्छ। के तिनीहरू ढोँग गर्नमा एकदमै निपुण छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा चिन्तन गर्ने कुरा, तिनीहरूले गर्ने कुरा, तिनीहरूका विविध प्रकटीकरण, र तिनीहरूले प्रकट गर्ने स्वभाव सबैले तिनीहरूको स्वभाव सार दुष्ट छ भनेर चित्रण गर्दछ। ख्रीष्टविरोधीहरू सत्यता, सकारात्मक कुरा, सही मार्ग, वा परमेश्वरका मागहरूबारे चिन्तन गर्दैनन्। तिनीहरूका सोच, र तिनीहरूले छनोट गर्ने तरिका, विधि, र उद्देश्य सब दुष्ट हुन्छन्—ती सबै सही मार्गबाट विचलित हुन्छन् र सत्यतासँग मेल खाँदैनन्। ती सत्यताविरुद्ध समेत जान्छन्, र तिनलाई सामान्यतया दुष्टताका रूपमा सारांशीकृत गर्न सकिन्छ; यति मात्र हो कि यस दुष्टताको प्रकृति दुष्ट हुन्छ—त्यसैले, यसलाई समग्रमा दुष्टता भनिन्छ। तिनीहरू इमानदार व्यक्ति बन्ने, शुद्ध र खुल्ला हुने, वा निष्कपट र बफादार हुनेबारे चिन्तन गर्दैनन्; बरु तिनीहरू दुष्ट विधिहरूबारे सोच्ने गर्छन्। उदाहरणका लागि, आफूबारे शुद्ध तरिकाले खुलस्त बताउन सक्ने कुनै व्यक्तिलाई लिऔँ, जुन सकारात्मक कुरा र सत्यता अभ्यास गर्नु हो। के ख्रीष्टविरोधीहरू यसो गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू निरन्तर रूपमा ढोँग गरिरहेका हुन्छन्, अनि जब तिनीहरू कुनै खराब कुरा गर्छन् र तिनीहरूको चर्तिकला पर्दाफास हुन थाल्छ, तब तिनीहरू त्यो उग्र रूपले लुकाउँछन्, आफ्नो सफाइ दिन्छन् र आफ्नो बचाव गर्छन्, र तथ्यहरू ढाकछोप गर्छन्—त्यसपछि तिनीहरू अन्ततः आफ्ना कारणहरू दिन्छन्। के यीमध्ये कुनै पनि अभ्यास सत्यता अभ्यास गर्नुसमान हुन्छन्? (हुँदैनन्।) के तीमध्ये कुनै सत्यता सिद्धान्तहरूअनुरूप हुन्छन्? झनै हुँदैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई)

ख्रीष्टविरोधीको दुष्टपनको मुख्य प्रकटीकरण के हो? कुरा के हो भने, तिनीहरू के सही छ र के सत्यताअनुरूप छ भन्‍ने कुरा स्पष्ट रूपमा जान्दछन्, तर जब तिनीहरूले कुनै काम गर्नुपर्ने हुन्छ, तब सिद्धान्तहरू उल्लङ्घन गर्ने र सत्यताविरुद्ध जाने, अनि आफ्नै हित र पदलाई सन्तुष्ट पार्ने कुराहरू मात्रै छनौट गर्छन्—ख्रीष्टविरोधीको दुष्ट स्वभावको मुख्य प्रकटीकरण यही हो। तिनीहरूले जति नै धेरै शब्द र धर्मसिद्धान्तहरू बुझे पनि, प्रवचनहरूमा जति नै मिठो भाषा प्रयोग गरे पनि, वा अरू मानिसहरूलाई तिनीहरूसँग जति नै आत्मिक बुझाइ भएको जस्तो लागे पनि, काम गर्दा, एउटा सिद्धान्त र एउटा विधि मात्रै छनौट गर्छन्, अनि त्यो हो सत्यताविरुद्ध जानु, आफ्नै हितहरूको रक्षा गर्नु, र अन्त्यसम्मै सत्यताको प्रतिरोध गर्नु, शतप्रतिशत—तिनीहरूले लागू गर्न रोज्ने सिद्धान्त र विधि यही हो। यसबाहेक, तिनीहरूले आफ्ना हृदयमा कल्पना गर्ने परमेश्‍वर र सत्यता ठ्याक्कै के हुन्? सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति त यसबारे बोल्न र प्रचार गर्न सक्न, अनि यसलाई अभ्यास गर्न नचाहनु मात्रै हो। तिनीहरू यसबारे कुरा मात्रै गर्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूबाट उच्च आदर पाउन र त्यसपछि यसलाई प्रयोग गरेर मण्डली अगुवाको पद लिन र परमेश्‍वरका चुनिएका मानिसहरूमाथि प्रभुत्व प्राप्त गर्ने आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन्। तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न प्रचारको धर्मसिद्धान्त प्रयोग गर्छन्—के यो तिनीहरूले सत्यताप्रति घृणा देखाउनु, सत्यतासँग खेलबाड गर्नु, र सत्यतालाई कुल्चनु होइन र? के तिनीहरूले सत्यतालाई यस्तो व्यवहार गरेर परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनन् र? तिनीहरू सत्यतालाई प्रयोग मात्रै गर्छन्। तिनीहरूका हृदयमा, सत्यता एउटा नारा, केही सानदार शब्दहरू, तिनीहरूले मानिसहरूलाई बहकाउन र उनीहरूको मन जित्न प्रयोग गर्न सक्‍ने, सुन्दर कुराहरूप्रतिको मानिसहरूको तृष्णा मेटाउन सक्‍ने सानदार शब्दहरू मात्र हुन्। तिनीहरू के सोच्छन् भने यस संसारमा सत्यता अभ्यास गर्न वा सत्यताअनुसार जिउन सक्‍ने कोही छैन, यो हुँदै हुँदैन, यो असम्भव छ, र सबैले स्विकार्ने र व्यावहारिक कुरा मात्रै सत्यता हो। तिनीहरूले सत्यताबारे कुरा गरे पनि, हृदयमा भने यो सत्यता हो भनेर स्वीकार गर्दैनन्। हामीले यस कुरालाई कसरी जाँच्ने? (तिनीहरू सत्यता अभ्यास गर्दैनन्।) तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्; यो एउटा पक्ष हो। अनि अर्को महत्त्वपूर्ण पक्ष के हो? जब तिनीहरू वास्तविक जीवनमा परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले बुझेको धर्मसिद्धान्त कहिल्यै लागू हुँदैन। तिनीहरूसँग साँच्‍चै आत्मिक बुझाइ छ जस्तो देखिन्छन्, तिनीहरू एकपछि अर्को धर्मसिद्धान्त प्रचार गर्छन्, तर जब तिनीहरू समस्याहरूको सामना गर्छन्, तब तिनीहरूका विधिहरू बङ्ग्याइन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्न नसके पनि, तिनीहरूले गर्ने कुरा कम्तीमा पनि मानव धारणा र कल्पनाअनुरूप, मानव स्तर र स्वादअनुरूप हुनैपर्छ, र कम्तीमा पनि त्यो अरूलाई स्वीकार्य हुनैपर्छ। यसरी, तिनीहरूको पद स्थिर हुनेछ। तैपनि वास्तविक जीवनमा, तिनीहरूले गर्ने कुराहरू एकदमै बङ्ग्याइएका हुन्छन्, र एकै झलकमा नै तिनीहरू सत्यता बुझ्दैननन् भनेर भन्‍न सकिन्छ। किन तिनीहरू सत्यता बुझ्दैनन्? तिनीहरूलाई हृदयबाटै सत्यताप्रति अरुचि हुन्छ, तिनीहरू सत्यता स्विकार्दैनन्, शैतानी दर्शनहरूअनुसार काम गर्न रमाउँछन्, सधैँ मानव तरिकाले मामलाहरू सम्हाल्न चाहन्छन्, र यदि तिनीहरूले यी मामलाहरूलाई सम्हालेर अरूलाई विश्‍वस्त पार्न र प्रतिष्ठा प्राप्त गर्न सके भने, तिनीहरूलाई पुग्छ। यदि कुनै ख्रीष्टविरोधीले कुनै ठाउँमा जाँदा कसैले खोक्रो धर्मसिद्धान्त प्रचार गरिरहेको सुन्यो भने, ऊ एकदमै उत्साहित हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता वास्तविकताबारे प्रचार गरिरहेको र मानिसहरूका विभिन्‍न स्थितिजस्ता कुराहरू बताइरहेको छ भने, उसलाई सधैँ वक्ताले उसको आलोचना गरिरहेको छ र उसको मुटुमा घोचिरेहको छ भन्‍ने लाग्छ, त्यसकारण उसलाई घृणा लाग्छ र ऊ त्यो कुरा सुन्न चाहँदैन। यदि तिनीहरूलाई आजभोलि तिनीहरूको स्थिति कस्तो छ, तिनीहरूले कुनै प्रगति गरेका छन् कि छैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा कुनै कठिनाइहरू सामना गरेका छन् कि छैनन् भन्‍नेबारे सङ्गति गर्न लगाइयो भने, तिनीहरूमा त्यसको जवाबै हुँदैन। यदि तैँले सत्यताको यस पक्षमा सङ्गति गरिरहिस् भने, तिनीहरू निदाउँछन्; तिनीहरूलाई यसबारे सुन्‍न मन पर्दैन। कतिपय मानिस तैँले तिनीहरूसँग कुरा गर्दा झुक्छन्, तर कसैले सत्यतामा सङ्गति दिएको सुन्‍नेबित्तिकै, तिनीहरू कुनामा लुकेर उँग्न थाल्छन्—तिनीहरूमा सत्यताप्रति प्रेम हुँदैन। तिनीहरूमा कुन हदसम्म सत्यताप्रति प्रेम हुँदैन? हल्का पक्षलाई हेर्दा, तिनीहरूलाई यसमा चासो हुँदैन र तिनीहरूलाई श्रमिक बन्न पाए पुग्छ; गम्भीर पक्षलाई हेर्दा, तिनीहरूलाई सत्यताप्रति अरुचि हुन्छ, तिनीहरूलाई सत्यताप्रति असाध्यै घृणा लाग्छ, र तिनीहरू यसलाई स्विकार्न सक्दैनन्। यदि यस्तो व्यक्ति अगुवा हो भने, ऊ ख्रीष्टविरोधी हो; यदि ऊ साधारण अनुयायी हो भने, ऊ अझै पनि ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको हुन्छ र ऊ ख्रीष्टविरोधीहरूको उत्तराधिकारी हो। बाहिरबाट हेर्दा, तिनीहरू केही राम्रो सम्भावना भएका बुद्धिमानी र प्रतिभावान् देखिन्छन्, तर तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीको सार हो—वास्तविकता यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

ख्रीष्टविरोधीहरूजस्ता मानिसहरू सबै सकारात्मक कुरा र सत्यताप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्। तिनीहरूले सत्यता र सकारात्मक कुराहरूप्रति वैरभाव राख्न र तिनलाई घृणा गर्न कारण चाहिँदैन, न त त्यो कसैले उक्साएकाले गर्दा नै हुन्छ, र त्यो अवश्य नै तिनीहरूमा दुष्ट आत्मा पसेकाले गर्दा हुँदैन। बरु, तिनीहरूलाई अन्तर्निहित रूपमा नै यी कुराहरू मन पर्दैन। तिनीहरू यी कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्; तिनीहरूलाई सकारात्मक कुराहरू देख्दा तनमन र अन्तरात्मादेखि नै घृणा लाग्छ। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको गवाही वा सत्यतामा सङ्गति दिइस् भने, तिनीहरूलाई तँप्रति घृणा लाग्नेछ, र तँलाई आक्रमण गर्ने मनसमेत होला। हामीले हाम्रो अघिल्लो सङ्गतिमा ख्रीष्टविरोधीहरूले सकारात्मक कुराहरूप्रति वैरभाव राख्ने र तिनलाई घृणा गर्ने यस पक्षलाई ढाक्यौँ, त्यसकारण यस पटक हामी यसबारे फेरि छलफल गर्नेछैनौँ। यस सङ्गतिमा, हामी अर्को पक्षलाई खोजबिन गर्नेछौँ। त्यो अर्को पक्ष के हो? ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्, त्यसोभए तिनीहरूलाई के मनपर्छ? आज, हामी ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई यस पक्ष र दृष्टिकोणबाट विश्लेषण र चिरफार गर्नेछौँ। के यो आवश्यक छ? (छ।) यो आवश्यक छ। के तिमीहरूले आफै त्यो महसुस गर्न सक्छौ? (सक्दैनौँ।) ख्रीष्टविरोधीहरूले सकारात्मक कुरा र सत्यतालाई मन नपराउनु तिनीहरूको दुष्ट प्रकृति हो। त्यसकारण, यस आधारमा, ख्रीष्टविरोधीहरूलाई के मनपर्छ, र तिनीहरू कस्ता कुराहरू गर्न मन पराउँछन्, साथै तिनीहरूको काम गर्ने विधि र माध्यम, अनि तिनीहरूलाई कस्तो मानिसहरू मन पर्छ, त्यो विचार गर्—के यो तिनीहरूको दुष्ट प्रकृतिलाई हेर्ने राम्रो दृष्टिकोण र पक्ष होइन र? यसले अझै निश्‍चित र वस्तुगत दृष्टिकोण प्रदान गर्छ। पहिलो, ख्रीष्टविरोधीहरूलाई सकारात्मक कुराहरू मन पर्दैन, त्यसको अर्थ तिनीहरू ती कुराहरूप्रति वैरभाव राख्छन् र नकारात्मक कुराहरू मन पराउँछन्। नकारात्मक कुराहरूका केही उदाहरण के हुन्? झूट र चलाकी—के यी नकारात्मक कुरा होइनन् र? हो, झूट र चलाकी नकारात्मक कुरा हुन्। त्यसोभए, झूट र चलाकीको विपरीत सकारात्मक कुरा के हो? (इमानदारी।) ठीक भनिस्, त्यो इमानदारी हो। के शैतानलाई इमानदारी मन पर्छ? (मन पर्दैन।) त्यसलाई चलाकी मनपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने पहिलो कुरा के हो? परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँ मलाई विश्‍वास गर्न र मलाई पछ्याउन चाहन्छस् भने, तँ सबैभन्दा पहिले कस्तो व्यक्ति बन्‍नुपर्छ?” (इमानदार व्यक्ति।) त्यसोभए, शैतानले मानिसहरूलाई गर्न सिकाउने पहिलो कुरा के हो? झूट बोल्नु। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको पहिलो प्रमाण के हो? (चलाकी।) हो, ख्रीष्टविरोधीहरूलाई चलाकी मन पर्छ, तिनीहरूलाई झूट मन पर्छ, र तिनीहरू इमानदारीलाई तिरस्कार र घृणा गर्छन्। इमानदारी सकारात्मक कुरा भए पनि, तिनीहरूलाई यो मन पर्दैन, बरु तिनीहरूलाई यसप्रति तिरस्कार र घृणा लाग्छ। यसको विपरीत, तिनीहरूलाई चलाकी र झूट मन पर्छ। यदि कसैले ख्रीष्टविरोधीहरूको अगाडि यसो भन्दै “तपाईंलाई हैसियतको पदमा बसेर काम गर्न मन पर्छ, र तपाईं कहिलेकाहीँ अल्छी गर्नुहुन्छ” भनेर साँचो कुरा भन्यो भने, ख्रीष्टविरोधीहरूलाई त्यो कस्तो लाग्छ? (तिनीहरू त्यो स्वीकार गर्दैनन्।) त्यो स्वीकार नगर्नु तिनीहरूमा हुने मनोवृत्ति हो, तर के त्यति मात्रै हो? साँचो बोल्ने यो व्यक्तिप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू उसलाई घृणा गर्छन् र मन पराउँदैनन्। कतिपय ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “मैले तपाईंहरूलाई केही समयदेखि अगुवाइ गरिरहेको छु। कृपया, सबै जनाले मलाई मेरा बारेमा आफ्नो राय बताउनुहोस्।” सबैले सोच्छन्, “तपाईं निकै इमानदार हुनुहुन्छ, त्यसकारण हामी तपाईंलाई आफ्ना केही राय दिनेछौँ।” कतिपय भन्छन्, “तपाईं आफूले गर्ने सबै कुरामा निकै गम्भीर र लगनशील हुनुहुन्छ, अनि तपाईंले धेरै कष्ट भोग्‍नुभएको छ। हामी त्यो हेर्नै सक्दैनौँ, र तपाईंका ठाउँमा हामीलाई पो पीडा महसुस हुन्छ। परमेश्‍वरको घरले तपाईं जस्ता धेरै अगुवाहरूलाई प्रयोग गर्न सक्छ! यदि हामीले कुनै कमीकमजोरी औँल्याउनु परेको भए, त्यो त तपाईंको अत्यन्तै गम्भीरता र लगनशीलता नै हुनेथियो। यदि तपाईंले ज्यादै काम गर्नुभयो लखतरान बन्‍नुभयो भने, कामलाई निरन्तरता दिन सक्‍नुहुनेछैन, के त्यसपछि हामी खतम हुनेछैनौँ र? हामीलाई कसले अगुवाइ गर्नेछ?” ख्रीष्टविरोधीहरूले यो सुन्दा, तिनीहरूलाई खुसी लाग्छ। यो झूट हो, यी मानिसहरू तिनीहरूलाई चापलुसी गरिरहेका छन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरू त्यो कुरा सुन्न इच्छुक हुन्छन्। वास्तवमा, यसो भन्‍ने मानिसहरूले यी ख्रीष्टविरोधीहरूलाई मूर्ख बनाइरहेका हुन्छन्, तर यी ख्रीष्टविरोधीहरू यी शब्दहरूको साँचो प्रकृति खुलासा गर्नुभन्दा मूर्ख बन्‍न चाहन्छन्। ख्रीष्टविरोधीहरू यसरी आफ्‍नो तलुवा चाट्ने मानिसहरूलाई मन पराउँछन्। यी व्यक्तिहरू ख्रीष्टविरोधीहरूका गल्ती, भ्रष्ट स्वभाव, वा कमीकमजोरी खुलासा गर्दैनन्। बरु, उनीहरू गुपचुपमा तिनीहरूलाई प्रशंसा गर्छन् र उच्च पार्छन्। तिनीहरूका शब्दहरू झूट र चापलुसी हुन् भनेर स्पष्ट भए पनि, ख्रीष्टविरोधीहरू खुसीसाथ यी शब्दहरू स्विकार्छन्, र ती सान्त्वनादायी र आनन्ददायी ठान्छन्। ख्रीष्टविरोधीहरूका लागि, यी शब्दहरू सबैभन्दा स्वादिष्ठ खानेकुराभन्दा स्वादिलो हुन्छ। यी शब्दहरू सुनेपछि, तिनीहरूलाई आत्मसन्तुष्टि हुन्छ। यसले केलाई चित्रण गर्छ? यसले ख्रीष्टविरोधीहरूमा झूटलाई प्रेम गर्ने निश्‍चित स्वभाव हुन्छ भनेर देखाउँछ। मानौँ कसैले तिनीहरूलाई यसो भन्छ, “तिमी अत्यन्तै अहङ्कारी छौ, र तिमी मानिसहरूलाई अनुचित व्यवहार गर्छौ। तिमीलाई साथ दिने मानिसहरूप्रति तिमी असल व्यवहार गर्छौ, तर यदि कसैले तिमीबाट दूरी बनायो वा तिम्रो चापलुसी गरेन भने, तिमी उसलाई होच्याउँछौ र बेवास्ता गर्छौ।” के यी शब्‍दहरू साँचो होइनन् र? (हो।) यो सुनेपछि ख्रीष्टविरोधीहरू कस्तो महसुस गर्छन्? तिनीहरू बेखुस हुन्छन्। तिनीहरू त्यो कुरा सुन्न चाहँदैनन्, र तिनीहरू त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरू बहाना र तर्क खोजेर ती कुराको सफाइ दिने र कुरा ठीकठाक पार्ने प्रयास गर्छन्। ख्रीष्टविरोधीहरूलाई व्यक्तिगत रूपमा चापलुसी गरिरहने, तिनीहरूलाई गुपचुपमा प्रशंसा गर्न सधैँ मीठो बोली बोल्ने, र आफ्नो बोलीले तिनीहरूलाई स्पष्ट रूपमा छलसमेत गर्नेहरूका हकमा भन्दा, ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई कहिल्यै अनुसन्धान गर्दैनन्। बरु, ख्रीष्टविरोधीहरू तिनीहरूलाई महत्त्वपूर्ण व्यक्तित्वको रूपमा प्रयोग गर्छन्। तिनीहरूले सधैँ झूट बोल्नेहरूलाई महत्त्वपूर्ण पदहरूमा राख्छन्, निश्‍चित महत्त्वपूर्ण र इज्जतदार कर्तव्यहरूमा खटाउँछन्, जबकि सधैँ इमानदारीसाथ बोल्ने, र प्रायः समस्याहरूबारे रिपोर्ट गर्नेहरूलाई त्यति नदेखिने पदहरूमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न लगाउँछन्, तिनीहरूलाई माथिल्लो नेतृत्वसँग सम्पर्क गर्न वा धेरैजसो मानिसहरूद्वारा चिनिन वा तिनीहरूसँग नजिकिन दिँदैनन्। यी मानिसहरू जति नै प्रतिभाशाली भए पनि वा तिनीहरूले परमेश्‍वरका घरमा जुनै कर्तव्य निर्वाह गर्न सक्ने भए पनि त्यसले फरक पार्दैन—ख्रीष्टविरोधीहरू ती सबै कुरालाई बेवास्ता गर्छन्। तिनीहरू त को चाहिँ चलाकीमा संलग्‍न हुन सक्छ र आफ्ना लागि को फाइदाजनक छ भन्‍ने बारे मात्रै वास्ता गर्छन्; तिनीहरू यी नै व्यक्तिहरूलाई परमेश्‍वरको घरका हितहरूलाई अलिकति पनि विचार नगरी महत्त्वपूर्ण पदहरूमा राख्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

आफ्नो अन्तर्निहित दुष्ट स्वभावका कारण, ख्रीष्टविरोधीहरू कहिल्यै सिधै बोल्ने वा कार्य गर्ने गर्दैनन्। तिनीहरू इमानदार मनोवृत्ति र निष्कपटतासाथ कामकुराहरू सम्हाल्दैनन्, वा इमानदार शब्द प्रयोग गरेर बोल्ने र हार्दिक मनोवृत्तिसाथ कार्य गर्ने गर्दैनन्। तिनीहरूले बोल्ने वा गर्ने कुनै पनि कुरा सुस्पष्ट हुँदैन, बरु घुमाउरो र गुप्त हुन्छ, र तिनीहरूले कहिल्यै आफ्ना सोच वा उत्प्रेरणा सिधै व्यक्त गर्दैनन्। किनभने तिनीहरूले विश्‍वास गर्छन् कि यदि ती व्यक्त गरियो भने, तिनीहरूलाई पूर्ण रूपमा बुझिनेछ र छर्लङ्गै देखिनेछ, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ज्योतिमा परेर खुलासा हुनेछन्, र तिनीहरूलाई अन्य व्यक्तिहरूमाझ उच्च वा कुलीन मानिनेछैन, वा तिनीहरूलाई अरूले सम्मान वा आराधना गर्नेछैनन्; तसर्थ, तिनीहरू जहिल्यै आफ्ना निन्दनीय उद्देश्य र चाहनाहरूलाई ढाक्ने र लुकाउने प्रयास गर्छन्। त्यसोभए, तिनीहरूले कसरी बोल्छन् र कार्य गर्छन् त? तिनीहरूले विभिन्न विधि प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरूमाझ प्रचलित “परिस्थितिको नाडी छाम्ने” भन्ने भनाइजस्तै, ख्रीष्टविरोधीले त्यस्तै तौरतरिका अपनाउँछन्। तिनीहरूले केही गर्न चाहँदा र कुनै निश्चित दृष्टिकोण वा मनोवृत्ति राख्दा, कहिल्यै त्यसलाई सीधै व्यक्त गर्दैनन्; बरु तिनीहरू आफूले चाहेको जानकारी बटुल्न सूक्ष्म वा सोधपुछ गर्ने विधि वा मानिसहरूबाट कुरा निकाल्नेजस्ता निश्चित पद्धति प्रयोग गर्छन्। आफ्नो दुष्ट स्वभावका कारण ख्रीष्टविरोधीहरूले कहिल्यै सत्यता खोजी गर्दैनन्, न त त्यसलाई बुझ्न नै चाहन्छन्। तिनीहरूको एक मात्र चासो भनेको आफ्नै ख्याति, लाभ, र हैसियत हो। तिनीहरू आफूलाई ख्याति, लाभ, र हैसियत दिलाउन सक्ने क्रियाकलापहरूमा संलग्न हुन्छन्, र त्यस्ता कुरा दिन नसक्नेहरूबाट टाढै बस्छन्। तिनीहरू प्रतिष्ठा, हैसियत, अलग पहिचान, र महिमासँग सम्बन्धित क्रियाकलापहरू उत्सुकतासाथ गर्छन्, जबकि मण्डलीको कामको सुरक्षा गर्ने वा अरूलाई चिढ्याउन सक्ने कुराहरूदेखि टाढै बस्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले कुनै पनि कुरालाई खोजीको मनोवृत्तिले लिँदैनन्; बरु तिनीहरूले कामकुराको नाडी छाम्न जाँचको विधि प्रयोग गर्छन्, र त्यसपछि अघि बढ्ने कि नबढ्ने भनेर निर्णय गर्छन्—ख्रीष्टविरोधीहरू यति धूर्त र दुष्ट हुन्छन्। उदाहरणका लागि, परमेश्‍वरको नजरमा आफू कस्तो व्यक्ति हुँ भनेर जान्न चाहँदा, तिनीहरूले आफूलाई जानेर परमेश्‍वरका वचनमार्फत आफूलाई मूल्याङ्कन गर्दैनन्। बरु, तिनीहरू वरपर सोधखोज गर्छन् र इङ्गित बोली सुन्न कान थाप्छन्, अगुवा र माथिको लबज र मनोवृत्तिलाई हेर्छन्, र परमेश्‍वरले तिनीहरूजस्ता व्यक्तिको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी हेर्न उहाँका वचनमा खोजतलास गर्छन्। तिनीहरूले परमेश्‍वरको घरभित्र आफ्नो स्थान कहाँ छ भनी हेर्न र आफ्नो भावी परिणाम के हुनेछ भनी पत्ता लगाउन यी मार्ग र विधिहरू प्रयोग गर्छन्। के यसमा जाँचको कुनै प्रकृति संलग्न हुँदैन र? उदाहरणका लागि, कतिपय मानिसहरूलाई काटछाँट गरिएपछि, तिनीहरूले आफूलाई काटछाँट गरिनुको कारण, आफ्नो कार्यको क्रममा आफूले प्रकाश गरेका भ्रष्ट स्वभाव र गल्तीहरू, र आफूलाई चिन्न र आफ्ना विगतका गल्ती सुधार्न आफूले खोज्नुपर्ने सत्यताका पक्षको जाँच गर्नुको साटो, आफूप्रति माथिको साँचो मनोवृत्ति पत्ता लगाउन अप्रत्यक्ष माध्यम प्रयोग गर्दै अरूमा आफ्नो झूटो छाप पार्छन्। उदाहरणका लागि, काटछाँट गरिएपछि तिनीहरू, माथिको खोजी गर्न, माथिको लबज कस्तो छ, माथि धैर्यवान छ कि छैन, उनीहरूले खोजी गरिरहेका प्रश्नहरूको जवाफ गम्भीरतापूर्वक दिइन्छ कि दिइन्न, उनीहरूले तिनीहरूप्रति नरम मनोवृत्ति अपनाउँछन् कि अपनाउँदैनन्, उनीहरूले तिनीहरूलाई कार्यहरू सुम्पनेछन् कि सुम्पनेछैनन्, उनीहरूले तिनीहरूलाई अझै पनि उच्च प्रशंसा गर्नेछन् कि गर्नेछैनन्, र तिनीहरूले पहिले गरेका गल्तीहरूबारे माथिले वास्तवमा के सोच्छ भनी हेर्न तुरुन्तै कुनै चानचुने मामिला अघि सार्छन्। यी सबै तौरतरिका एक खालको जाँच हो। छोटकरीमा भन्नुपर्दा, मानिसहरूले यस्ता परिस्थितिको सामना गर्दा र यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, के तिनीहरूलाई हृदयमा थाहा हुन्छ? (हुन्छ।) त्यसोभए, तिमीहरूलाई थाहा हुँदा र तिमीहरूले यी कुरा गर्न चाहँदा, त्यसलाई कसरी सम्हाल्छौ? पहिलो कुरा, सबैभन्दा सरल स्तरमा, के तँ आफूविरुद्ध विद्रोह गर्न सक्छस्? कतिपय मानिसहरूलाई समय आउँदा आफूविरुद्ध विद्रोह गर्न चुनौतीपूर्ण लाग्छ; तिनीहरू यसमाथि विचार गर्छन्, “होस्, यस पाली यो कुरा मेरा आशिष् र परिणामसँग सम्बन्धित छ। म आफूविरुद्ध विद्रोह गर्न सक्दिनँ। अर्को पाली गरौँला।” अर्को पाली आउँदा, र फेरि तिनीहरूका आशिष् र परिणामसँग सम्बन्धित कुनै मुद्दा सामना गर्दा, तिनीहरूले अझै आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। यस्ता व्यक्तिहरूमा विवेक बोध हुन्छ, र तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव सार नभए पनि, यो तिनीहरूका लागि निकै समस्याजनक र खतरनाक हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरूले प्रायः यी सोचहरूलाई ध्यान दिन्छन् र त्यस्तो स्थितिमा जिउँछन्, तर तिनीहरू कहिल्यै आफूविरुद्ध विद्रोह गर्दैनन्। किनकि तिनीहरूमा विवेकबोध हुँदैन। कसैले तिनीहरूको स्थिति औल्याउँदै, तिनीहरूलाई खुलासा र काटछाँट गरे भने पनि, तिनीहरू अडिग रहन्छन् र आफूविरुद्ध विद्रोह बिलकुलै गर्दैनन्, न त त्यसले गर्दा तिनीहरूले आफूलाई घृणा गर्छन् वा यस स्थितिलाई त्याग्छन् र सुल्झाउँछन्। बर्खास्त गरिएपछि कतिपय ख्रीष्टविरोधीहरूले सोच्छन्, “बर्खास्त गरिनु त सामान्य कुराजस्तो देखिन्छ, तैपनि यो अलि अपमानजनक लाग्छ। यो कुनै ठूलो कुरा नभए पनि, म एउटा महत्त्वपूर्ण कुरालाई छोड्नै सक्दिनँ। यदि म बर्खास्त भएँ भने, के त्यसको अर्थ परमेश्‍वरको घरले अबउप्रान्त मलाई जगेर्ना गर्नेछैन भन्ने हुन्छ र? त्यसपछि म परमेश्‍वरका नजरमा कस्तो खालको व्यक्ति हुनेछु? के मसँग अझै पनि आशा हुनेछ? के म अझै पनि परमेश्‍वरका घरमा कुनै काम लाग्नेछु?” तिनीहरूले यो चिन्तन गर्छन् र एउटा योजना बनाउँछन्, “मसँग अहिले दस हजार युआन छ, र त्यो प्रयोग गर्ने समय अहिले नै हो। म यो दस हजार युआन भेटीका रूपमा चढाउनेछु, र मप्रति माथिको मनोवृत्ति अलिकति बदलिन सक्छ कि, अनि उनीहरूले मलाई केही निगाह देखाउँछन् कि भनी हेर्नेछु। यदि परमेश्‍वरको घरले पैसा स्विकाऱ्यो भने, त्यसको अर्थ मसँग अझै पनि आशा छ भन्ने हुन्छ। यदि त्यसले पैसा स्विकारेन भने, त्यसले मसँग कुनै आशा छैन भन्ने प्रमाणित गर्छ, र म अरू नै योजना बनाउनेछु।” यो कस्तो खालको तौरतरिका हो? यो जाँच हो। छोटकरीमा भन्नुपर्दा, जाँच भनेको दुष्ट स्वभाव सारको तुलनात्मक रूपमा सुस्पष्ट प्रकटीकरण हो। मानिसहरूले आफूले चाहेको जानकारी प्राप्त गर्न, निश्चित हुन, र त्यसपछि मनको शान्ति हासिल गर्न विभिन्न माध्यम प्रयोग गर्छन्। … मानिसहरूले परमेश्‍वरलाई व्यवहार गर्न जुनसुकै विधि प्रयोग गरे पनि, यदि तिनीहरूलाई त्यसबारे आत्म-ग्लानि भयो, र त्यसपछि तिनीहरूले यी कार्य र स्वभावबारे ज्ञान पाए र तिनलाई तुरुन्तै उल्ट्याउन सके भने, समस्या त्यति ठूलो होइन—यो एउटा सामान्य भ्रष्ट स्वभाव हो। तर, यदि कसैले निरन्तर र हठपूर्वक यसो गरिरहन सक्छ, यो गलत हो र परमेश्‍वरले यसलाई तिरस्कार गर्नुहुन्छ भन्ने थाहा पाएर पनि त्यसैमा अडिग रहन्छन्, त्यसविरुद्ध कहिल्यै विद्रोह गर्दैनन् वा त्यसलाई त्याग्दैनन् भने, यो ख्रीष्टविरोधीको सार हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार साधारण मानिसहरूकोभन्दा कुन हिसाबले फरक हुन्छ भने, ख्रीष्टविरोधीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन् वा सत्यता खोज्दैनन्, बरु परमेश्‍वर, मानिसहरूप्रति उहाँको मनोवृत्ति, कुनै व्यक्तिसम्बन्धी उहाँको निष्कर्ष, र व्यक्तिको विगत, वर्तमान र भविष्यबारे उहाँका सोच र विचार के छन् भनी जाँच्न निरन्तर र हठपूर्वक विभिन्न विधि प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका अभिप्राय, सत्यता, र विशेष गरी आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सत्यताप्रति समर्पित हुने तरिका कहिल्यै खोज्दैनन्। तिनीहरूका सबै कार्यपछाडिको उद्देश्य परमेश्‍वरका सोच र विचारलाई सोधखोज गर्नु हो—यो एक ख्रीष्टविरोधी हो। ख्रीष्टविरोधीहरूको यो स्वभाव स्पष्ट रूपमा दुष्ट हुन्छ। तिनीहरू यी कार्यहरूमा संलग्न हुँदा र तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूमा अलिकति पनि ग्लानि वा पछुतोको सुराक हुँदैन। तिनीहरूले आफूलाई यी कुराहरूसँग जोडे पनि, तिनीहरूले कुनै पश्चात्ताप वा रोकिने अभिप्राय देखाउँदैनन्, बरु आफ्ना तरिकामै अडिग रहन्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहार, तिनीहरूको मनोवृत्ति, र तिनीहरूको तौरतरिकालाई हेर्दा, यो कुरा स्पष्ट हुन्छ कि तिनीहरूले परमेश्‍वरलाई आफ्नो प्रतिद्वन्द्वी मान्छन्। तिनीहरूका सोच र दृष्टिकोणमा परमेश्‍वरलाई जान्ने, परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरमा समर्पित हुने, वा परमेश्‍वरको डर मान्ने कुनै विचार वा मनोवृत्ति हुँदैन; तिनीहरू केवल परमेश्‍वरबाट आफूले चाहने जानकारी प्राप्त गर्न, र तिनीहरूप्रति परमेश्‍वरको यथार्थ मनोवृत्ति र परिभाषा निश्चित गर्न आफ्नै विधि र माध्यमहरू प्रयोग गर्न चाहन्छन्। झनै गम्भीर कुरा त के हो भने, तिनीहरूले आफ्ना तौरतरिकालाई परमेश्‍वरका प्रकाशका वचनहरूसँग मिलाए पनि, यो व्यवहारलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ र यो मानिसले गर्नुपर्ने कुरा होइन भन्ने कुराको अलिकति सचेतना भए पनि, तिनीहरूले कहिल्यै त्यसलाई त्याग्नेछैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)

ख्रीष्टविरोधीहरू नाफा र आशिष्‌ प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्‍वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌ र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष्‌ प्राप्त गर्नका लागि होइन भने परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र त्यो आशिष्‌का लागि होइन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरूले तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनलाई विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई अरुचि हुने र सत्यतालाई घृणा गर्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्‍ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा मात्र होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु र परमेश्‍वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो। ख्रीष्टविरोधीहरूले खुल्लमखुल्ला परमेश्‍वरविरुद्ध सोर मच्चाउनु र उहाँको विरोध गर्न सक्‍ने हुनाले, तिनीहरूको स्वभाव के हो? दुष्टता हो। किन म दुष्टता हो भनेर भन्छु? ख्रीष्टविरोधीहरू आशिष्‌ प्राप्त गर्न, अनि ख्याति, प्राप्ति, र हैसियतका लागि परमेश्‍वरको विरोध गर्ने र उहाँविरुद्ध सोर मच्चाउने आँट गर्छन्। तिनीहरू किन यसो गर्ने आँट गर्छन्? तिनीहरूका हृदयमा तिनीहरूलाई शासन गर्ने एउटा शक्ति, दुष्ट स्वभाव हुन्छ, त्यसकारण तिनीहरूले बेइमानीपूर्वक काम गर्न, परमेश्‍वरसँग तर्क गर्न, र उहाँविरुद्ध सोर मच्चाउन सक्छन्। परमेश्‍वरले तिनीहरूलाई मुकुट दिनेछैनँ भन्‍नुभन्दा पहिले, परमेश्‍वरले तिनीहरूको गन्तव्य खोस्नुभन्दा पहिले, तिनीहरूको दुष्ट स्वभाव तिनीहरूको हृदयबाट बाहिर निस्कन्छ, र तिनीहरू भन्छन्, “तपाईंले मलाई मुकुट र गन्तव्य दिनुभएन भने, म तेस्रो स्वर्गमा गएर तपाईंसँग तर्क गर्नेछु!” यदि तिनीहरूमा दुष्ट स्वभाव नभएको भए, तिनीहरूले त्यस्तो ऊर्जा कहाँ प्राप्त गर्नेथिए? के धेरैजसो मानिसले त्यस्तो ऊर्जा जुटाउन सक्छन्? किन ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्? किन तिनीहरू आशिष् पाउने आफ्नो इच्छालाई दृढतापूर्वक पक्रिरख्छन्? के यो फेरि पनि तिनीहरूको दुष्टपन होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई दिने प्रतिज्ञा गरेका आशिषहरू नै ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र इच्छा बनेका हुन्छन्। तिनीहरू ती कुरा प्राप्त गर्ने सङ्कल्प गर्छन्, तर परमेश्‍वरको मार्ग पछ्याउन चाहँदैनन्, र सत्यतालाई प्रेम गर्दैनन्। बरु, तिनीहरू आशिष्, इनाम, र मुकुटको पछि लाग्छन्। परमेश्‍वरले तिनीहरूलाई यी कुराहरू दिनेछैनँ भनेर भन्‍नुभन्दा पहिले नै, तिनीहरू परमेश्‍वरसँग लड्न चाहन्छन्। तिनीहरूको तर्क के हो? “यदि मैले आशिष् र इनाम प्राप्त गर्न सकिनँ भने, म तपाईंसँग तर्क गर्नेछु, म तपाईंलाई विरोध गर्नेछु, र तपाईं परमेश्‍वर हुनुहुन्न भनेर भन्‍नेछु!” के तिनीहरूले यस्ता कुराहरू बोलेर परमेश्‍वरलाई धम्की दिइरहेका हुँदैनन् र? के तिनीहरूले उहाँलाई हटाउने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गर्नेसमेत आँट गर्छन्। यदि परमेश्‍वरका कार्यहरू तिनीहरूको इच्छाअनुरूप भएनन् भने, तिनीहरू परमेश्‍वर सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नसमेत दुस्साहस गर्छन्। के यो शैतानको स्वभाव होइन र? के यो शैतानको दुष्टता होइन र? ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने तरिका र परमेश्‍वरप्रति शैतानको मनोवृत्तिबीच कुनै भिन्‍नता छ? यी दुई शैलीलाई पूर्ण रूपमा समान मान्‍न सकिन्छ। ख्रीष्टविरोधीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकता स्वीकार गर्न मान्दैनन्, र तिनीहरू परमेश्‍वरको हातबाट आशिष्, इनाम, र मुकुटहरू खोस्न चाहन्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू के आधारमा यस्तो काम गर्न र ती कुराहरू खोस्न चाहन्छन्? तिनीहरू कसरी यस्तो ऊर्जा जुटाउन सक्छन्? यसको कारणलाई अहिले यसरी सारांशीकृत गर्न सकिन्छ: ख्रीष्टविरोधीहरूको दुष्टता यही हो। ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, तैपनि अझै आशिष् र मुकुट प्राप्त गर्न, र परमेश्‍वरको हातबाट यी इनामहरू खोस्न चाहन्छन्। के यो काल खोज्नु होइन र? के तिनीहरू आफूले काल खोजिरहेको छु भन्‍ने महसुस गर्छन्? (तिनीहरू त्यो महसुस गर्दैनन्।) तिनीहरूमा इनामहरू प्राप्त गर्नु असम्भव छ भन्‍ने अलिकति अनुभूति पनि हुन सक्छ, त्यसकारण तिनीहरू सुरुमा यस्तो अभिव्यक्ति दिन्छन्, “यदि मैले आशिष्‌हरू प्राप्त गर्न सकिनँ भने, म तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग तर्क गर्नेछु!” तिनीहरूले आशिष्‌ प्राप्त गर्नु असम्भव हुनेछ भन्‍ने कुरा पहिले नै जानेका हुन्छन्। आखिर, शैतानले धेरै वर्षदेखि परमेश्‍वरविरुद्ध आकाशमा सोर मच्चाउँदै आएको छ, र परमेश्‍वरले त्यसलाई के दिनुभएको छ? परमेश्‍वरले त्यसलाई यसो मात्रै भन्‍नुभएको छ, “काम सकिएपछि, म तँलाई अतल कुण्‍डमा फ्याँकिदिनेछु। तँ अतल कुण्डको होस्!” परमेश्‍वरले शैतानलाई गरेको एउटै मात्र “प्रतिज्ञा” यही हो। के त्यसले अझै पनि इनामको कामना गर्नु उद्दण्डता होइन र? यो दुष्टपन हो। ख्रीष्टविरोधीहरूको अन्तर्निहित सार परमेश्‍वरप्रति शत्रुता हो, र ख्रीष्टविरोधीहरू आफैलाई किन यस्तो हुन्छ भन्‍ने थाहा हुँदैन। तिनीहरूको हृदय आशिष् र मुकुट प्राप्त गर्नमा मात्रै केन्द्रित हुन्छ। जब कुनै कुरा सत्यता वा परमेश्‍वरसँग सम्बन्धित हुन्छ, तब तिनीहरूभित्र प्रतिरोध र रिस पैदा हुन्छ। यो दुष्टपन हो। सामान्य मानिसहरू सायद ख्रीष्टविरोधीहरूको भित्री भावना बुझ्न सक्दैनन्; ख्रीष्टविरोधीहरूका लागि त्यो निकै गाह्रो हुन्छ। ख्रीष्टविरोधीहरूमा यस्ता ठूला महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तिनीहरू आफूभित्र यस्तो ठूलो दुष्ट ऊर्जा पाल्छन्, र आशिष्‌हरू पाउने यस्तो ठूलो इच्छा हुन्छ। तिनीहरूलाई इच्छाले जलेका भन्न सकिन्छ। तर परमेश्‍वरको घरले निरन्तर सत्यतामा सङ्गति गर्छ—तिनीहरूलाई यो कुरा सुन्न निकै पीडादायी र गाह्रो भएको हुनुपर्छ। तिनीहरू आफूलाई अन्याय गर्छन् र त्यो सहन धेरै नाटक गर्छन्। के यो एक प्रकारको दुष्ट ऊर्जा होइन र? यदि साधारण मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूलाई मण्डली जीवन अरोचक लाग्छ र त्यसप्रति घृणासमेत लाग्छ। तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढ्दा र सत्यतामा सङ्गति गर्दा आनन्दभन्दा बढी कष्टजस्तो लाग्छ। त्यसोभए, ख्रीष्टविरोधीहरू त्यो कसरी सहन सक्छन्? कसरी सक्छन् भने, आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्छा यति ठूलो हुन्छ कि जसले तिनीहरूलाई आफूलाई अन्याय गर्न र मन नलागी-नलागी त्यो सहन बाध्य पार्छ। त्यसबाहेक, तिनीहरू शैतानको नोकरका रूपमा काम गर्न परमेश्‍वरका घरमा घुस्छन्, र मण्डलीका काममा अवरोध र बाधाहरू ल्याउन आफूलाई समर्पित गर्छन्। तिनीहरू यो आफ्नो मिसन हो भन्‍ने विश्‍वास गर्छन्, र परमेश्‍वरलाई विरोध गर्ने आफ्नो काम पूरा नगरेसम्म, तिनीहरूलाई ढुक्क हुँदैन र आफूले शैतानलाई निराश तुल्याएको छु भन्ने लाग्छ। यो ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

ख्रीष्टविरोधीहरूले सत्यता स्विकार्दैनन् भन्‍ने कुरामा कुनै शङ्का छैन; यदि तिनीहरूले सत्यता स्विकार्न सक्थे त, तिनीहरू ख्रीष्टविरोधी नै हुन्थेनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरूले अझै पनि कर्तव्य निर्वाह गर्छन् त? कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको अभिप्राय वास्तवमा के हुन्छ? “यो जीवनमा सय गुणा र आउँदो जीवनमा अनन्त जीवन” प्राप्त गर्नु। तिनीहरूले आफ्नो कर्तव्यमा यो भनाइलाई पूर्ण रूपमा पछ्याइरहेका हुन्छन्। के यो लेनदेन होइन र? यो पूर्ण रूपमा लेनदेन हो। यो लेनदेनको प्रकृति हेर्दा, के यो दुष्ट स्वभाव होइन र? (हो।) त्यसोभए तिनीहरू कुन तरिकाले दुष्ट हुन्छन्? के कसैले मलाई भन्‍न सक्छ? (ख्रीष्टविरोधीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका धेरै सत्यताहरू सुने पनि, तिनीहरूले कहिल्यै तिनलाई पछ्याउँदैनन्। तिनीहरूले आफ्नो हैसियतलाई दह्रिलो गरी पक्रन्छन् र छोड्दैनन्, र आफ्नो व्यक्तिगत फाइदाकै लागि र अरूमाथि शक्ति चलाउनकै लागि मात्र आफ्नो कर्तव्य निर्वाह गर्छन्।) त्यो उत्तर ठीक छ, र तैँले केही हदसम्म बुझेको रहेछस्, तर यो पर्याप्त रूपमा विशिष्टीकृत भएन। यदि तिनीहरूलाई परमेश्‍वरसँग लेनदेन गर्नु गलत हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले अन्त्यसम्म जिद्दी गर्छन् र पश्‍चात्ताप गर्न मान्दैनन् भने, यो समस्या गम्भीर छ। आजभोलि, धेरैजसो मानिसहरूले आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू सबैले कर्तव्य निर्वाह गर्ने कार्यलाई इनाम पाउन र मुकुट पाउन प्रयोग गर्न चाहन्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुको महत्त्व बुझ्दैनन्। यो समस्याबारे स्पष्ट रूपमा सङ्गति गरिनुपर्छ। त्यसकारण, सुरुमा हामी मानिसहरूको कर्तव्य कसरी अस्तित्वमा आयो भन्‍नेबारे कुरा गरौँ। परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ। अनि अवश्य नै परमेश्‍वरले मानिसहरूलाई मापदण्डहरू दिनुहुन्छ, र यी मापदण्डहरू नै तिनीहरूका कर्तव्यहरू हुन्। मानिसहरूको कर्तव्य परमेश्‍वरको काम र मानवजातिप्रतिका उहाँका मापदण्डहरूबाट आएको हो भन्‍ने कुरा स्पष्ट छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यो उसले गर्न सक्‍ने सबैभन्दा उचित कुरा हो, यो मानवजातिमाझको सबैभन्दा सुन्दर र न्यायसङ्गत कुरा हो। मानिसहरूले सृष्टि गरिएका प्राणीहरूको रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरूले परमेश्‍वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्‍वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिमीहरूले आ-आफ्‍ना जिम्‍मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्‍वरले तोक्‍नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य पृथ्वीमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र नैतिकवान्‌ हुन्छ; मानवजातिमाझ सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृष्टि गरिएको व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यो समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्‍वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्‍ने, सृष्टिकर्ताले व्यक्त गर्नुभएका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरू अनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा सानदार गवाही हो, र परमेश्‍वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृष्टि गरिएको प्राणीले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र सबै मानिसहरूले प्रशंसा गर्ने एउटा कथाको रूपमा फैलाउनुपर्ने कुरा हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई सुम्पनुहुने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिको लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने सबैको लागि, योभन्दा सुन्दर वा उत्सवयोग्य कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। सृष्टिकर्ताले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्‍नेहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ भन्‍ने कुरा गर्नुपर्दा, त्यो सृष्टिकर्ताको मामला हो; त्यससँग सृष्टि गरिएको मानवजातिको कुनै सरोकार हुँदैन। यसलाई योभन्दा अलिक सरल र सामान्य तरिकाले भन्दा, यो परमेश्‍वरको हातको कुरा हो, र यसमा हस्तक्षेप गर्ने अधिकार मानिसहरूसँग हुँदैन। परमेश्‍वरले जे दिनुहुन्छ तैँले त्यही पाउनेछस्, अनि यदि उहाँले तँलाई केही पनि दिनुभएन भने, तैँले यसबारेमा केही पनि भन्‍न सक्दैनस्। जब सृष्टि गरिएको प्राणीले परमेश्‍वरको आज्ञा स्वीकार गर्छ र आफ्नो कर्तव्य निर्वाह गर्न र आफूले गर्न सक्‍ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, यो कुनै कारोबार वा लेनदेन होइन; मानिसहरूले मनोवृत्तिका अभिव्यक्तिहरू वा कार्य र व्यवहारहरूलाई परमेश्‍वरबाट आउने आशिष्‌हरू वा प्रतिज्ञाहरू साट्नको लागि प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ताले यो काम तिमीहरूलाई सुम्पनुहुन्छ, तब सृष्टि गरिएको प्राणीको रूपमा, तिमीहरूले यो कर्तव्य र आज्ञा स्वीकार गर्नु सही र उचित हुन्छ। के यसमा लेनदेनको कुनै कुरा छ? (छैन।) सृष्टिकर्ता आफ्‍नो पक्षबाट तिमीहरू हरेकलाई मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू सुम्पन तयार हुनुहुन्छ; अनि सृष्टि गरिएको मानवजातिको पक्षबाट मानिसहरूले यो कर्तव्य खुशीसाथ स्वीकार गर्नुपर्छ, यसलाई आफ्नो जीवन दायित्वको रूपमा लिनुपर्छ, र यो जीवनमा आफूले जिउनुपर्ने मूल्यको रूपमा लिनुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो बराबरको विनिमय होइन, झन् यसमा मानिसहरूले कल्पना गर्ने कुनै इनाम वा अरू अभिव्यक्तिहरू समावेश हुनु त परको कुरा हो। यो कुनै पनि हालतमा कारोबार होइन; यो मानिसहरूले कर्तव्य निर्वाह गर्दा चुकाउने मूल्य वा तिनीहरूले प्रदान गर्ने कठिन परिश्रम अर्को कुराको लागि साट्नु होइन। परमेश्‍वरले कहिल्यै पनि यसो भन्‍नुभएको छैन, र मानिसहरूले यो कुरालाई यसरी बुझ्नु हुँदैन। सृष्टिकर्ताले मानवजातिलाई आज्ञा दिनुहुन्छ, र परमेश्‍वरले दिनुभएको आज्ञा सृष्टिकर्ताबाट प्राप्त गरिसकेपछि, सृष्टि गरिएको प्राणी आफ्नो कर्तव्य निर्वाह गर्न लागिपर्छ। यो मामलामा, यो प्रक्रियामा, लेनदेनको कुनै कुरा हुँदैन; यो निकै सरल र उचित कुरा हो। यो आमाबुबाले छोराछोरी जन्माएर कुनै सर्त वा गुनासोविना हुर्काएजस्तै कुरा हो। छोराछोरी भोलि सन्तानी भक्ति गर्ने हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको हकमा, तिनीहरू जन्मेको दिनदेखि तिनीहरूका आमाबुबाले त्यस्तो कुनै मापदण्ड राखेका हुँदैनन्। कुनै पनि आमाबुबाले बच्‍चा जन्माएपछि यसो भन्दैन, “यसले भविष्यमा मेरो सेवा र मेरो आदर गर्नेछ भनेर मात्रै मैले यसलाई हुर्काइरहेको छु। यदि यसले मलाई आदर गर्दैन भने, म यसलाई अहिले नै घाँटी थिचेर मारिदिन्छु।” यस्तो आमाबुबा एउटा पनि हुँदैन। त्यसकारण, आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने तरिकाबाट हेर्दा, यो एउटा दायित्व र जिम्मेवारी हो, होइन र? (हो।) आफ्ना छोराछोरी भक्त सन्तान भए नि नभए नि आमाबुबाले उसलाई हुर्काइरहनेछन्, ऊ वयस्क नभएसम्म उसलाई पालनपोषण गरिरहनेछन्, र उसको भलाइ होस् भन्‍ने कामना गरिरहनेछन्। आफ्ना छोराछोरीप्रतिको आमाबुबाको यो जिम्मेवारी र दायित्वमा कुनै सर्त वा लेनदेन हुँदैन। उपयुक्त अनुभव भएका मानिसहरूले यो कुरा बुझ्न सक्छन्। धेरैजसो आमाबुबाले आफ्ना छोराछोरी सन्तानी भक्ति गर्ने किसिमका हुन्छन् कि हुँदैनन् भन्‍नेबारे कुनै मापदण्डहरू राख्दैनन्। यदि तिनीहरूका छोराछोरी सन्तानी भक्ति गर्ने किसिमका छन् भने, तिनीहरू अलिक आनन्दित हुनेछन्, र तिनीहरू वृद्धावस्थामा अलिक खुशी हुनेछन्। यदि तिनीहरूका छोराछोरी सन्तानी भक्ति नगर्ने किसिमका छन् भने, तिनीहरूले त्यो कुरालाई त्यतिकै छोडिदिन्छन्। तुलनात्मक रूपमा खुला मन भएका धेरैजसो आमाबुबाले यस्तै सोच्नेछन्। समग्रमा, चाहे आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने हकमा होस् वा छोराछोरीले आफ्ना आमाबुबालाई साथ दिने हकमा होस्, यो कुरा जिम्मेवारी, र दायित्वको मामला हो, र यो व्यक्तिको अपेक्षित भूमिकाभित्र पर्छ। सृष्टि गरिएको प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यको तुलनामा अवश्य नै यी सबै सानातिना कुराहरू हुन्, तर मानव संसारका मामलाहरूमध्ये चाहिँ यी सबैभन्दा सुन्दर र न्यायसङ्गत कुराहरूमध्येको एक हुन्। भनिरहनु नपर्ला, यो सृष्टि गरिएको प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा अझै बढी लागू हुन्छ। जब कुनै व्यक्ति सृष्टि गरिएको प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृष्टि गरिएका प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरून् भन्‍ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, र उहाँले मानिसहरूमाझ कामको थप चरण सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा उहाँबाट सत्यता हासिल गर्न सक्छन्, अनि यस मार्फत आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र शुद्ध पारिन सक्छन्। यसरी तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न पाउँछन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको भय मान्न र दुष्टताबाट अलग बस्‍न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्‍न सक्षम हुन्छन्। मानवजातिले आफ्ना कर्तव्यहरू निर्वाह गरेर अन्त्यमा हासिल गरून् भनी परमेश्‍वरले चाहनुभएको प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वरले तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँले तँलाई तैँले सृष्टि गरिएको प्राणीको हैसियतले तेरो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँले त तँलाई शुद्ध पारिने र मुक्ति पाउने, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन आउने मौका प्रदान गर्नुहुन्छ। यो सृष्टिकर्ताको “मुहारको ज्योति” मा एकदमै धेरै विस्तृत अर्थ र विषयवस्तु संलग्‍न छ—आज हामी यसलाई हेर्नेछैनौँ। त्यस्ता मानिसहरूको निम्ति परमेश्‍वरले अवश्य नै प्रतिज्ञा र आशिष्‌हरू जारी गर्नुहुन्छ, र तिनीहरूको बारेमा फरक-फरक अभिव्यक्ति दिनुहुन्छ—यो थप विषय हो। अहिलेको सन्दर्भमा, प्रत्येक व्यक्ति जो परमेश्‍वरको अगाडि आउँछ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, उसले परमेश्‍वरबाट के प्राप्त गर्छ? सत्यता र जीवन, जुन मानवजातिमाझ सबैभन्दा मूल्यवान् र सुन्दर छ। मानवजातिमाझ सृष्टि गरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको हातबाट यस्ता आशिष्‌हरू सजिलै प्राप्त गर्न सक्दैन। यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्‍ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायोचित चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरूले यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्!

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात)

भ्रष्ट स्वभावको समस्या समाधान गर्न सुरुमा आफूलाई चिन्‍नैपर्छ। त्यसका लागि सावधानी चाहिन्छ, आफ्नो अभिप्राय र स्थितिलाई अलिअलि गर्दै जाँच्न ध्यान दिनुपर्छ, अभिप्राय र बानी नै बसेको बोल्ने शैलीलाई निरन्तर जाँच्नुपर्छ। त्यसपछि एक दिन, एक्कासी महसुस हुनेछ: “म अरूको हृदयमा हैसियत पाउने आशाले आफ्नो भेष बदल्न सधैँ राम्रा कुराहरू भनिरहेको हुन्छु। यो दुष्ट स्वभाव हो। यो सामान्य मानवताको प्रकटीकरण होइन र यो सत्यताअनुरूप छैन। बोल्ने यो दुष्ट तरिका र अभिप्राय गलत हुन्, र यसलाई परिवर्तन गर्नैपर्छ र त्याग्‍नैपर्छ।” तँलाई यो कुरा महसुस भएपछि, आफ्नो दुष्ट स्वभाव अति गम्भीर रहेछ भन्‍ने झन्-झन् प्रस्टसँग महसुस हुनेछ। तैँले दुष्टता भनेको पुरुष र स्त्रीबीचको थोरै दुष्ट कामवासना हो भन्‍ने सोचेको थिइस्, र यस सम्बन्धमा आफू दुष्टता देखाए पनि, तँलाई आफू दुष्ट स्वभावको व्यक्ति होइन भन्‍ने लागेको थियो। यसले दुष्ट स्वभावबारे तँमा बुझाइको कमी छ भन्‍ने देखाउँछ; तैँले “दुष्ट” शब्दको सतही अर्थ जानेको जस्तो देखिन्थ्यो तर दुष्ट स्वभावलाई साँचो रूपमा चिन्‍न वा खुट्ट्याउन सक्थिनस्; र खासमा, तँ अझै “दुष्ट” शब्दको अर्थ बुझ्दैनस्। जब तैँले आफूले यस प्रकारको स्वभाव प्रकट गरेको छु भन्‍ने महसुस गर्छस्, तब आत्मचिन्तन गर्न र त्यसलाई चिन्‍न थाल्छस्, र त्यसको उत्पत्तिलाई गहन अनुसन्धान गर्छस्, र आफूमा साँच्चै यस्तो स्वभाव भएको देख्नेछस्। त्यसोभए तैँले त्यसपछि के गर्नुपर्छ? तैँले आफ्नो यस्तै बोल्ने शैलीपछाडिका अभिप्रायहरू निरन्तर रूपमा जाँच्नैपर्छ। तैँले यसरी लगातार खोतलेर, वास्तवमै आफूमा यस्तो स्वभाव र सार रहेछ भन्‍ने कुरा अझ बढी प्रामाणिक र सही ढङ्गमा थाहा पाउनेछस्। तैँले वास्तवमै आफूमा दुष्ट स्वभाव छ भनेर साँच्चै स्विकारेको दिन मात्र त्यसप्रति तँमा घृणा र तिरस्कार बढ्न थाल्नेछ। व्यक्तिले आफू असल, सोझो आचारणको, न्यायको बोध भएको, नैतिक निष्ठासहितको र सोझो व्यक्ति हो भनी सोच्न छोडेर, आफूमा अहङ्कार, हठीपन, छलीपन, दुष्टता, र सत्यताप्रति वितृष्णा जस्ता प्रकृति सार छ भनेर बुझ्न थाल्छ। त्यो मोडमा, उसले आफूलाई सही मूल्याङ्कन गरेको हुनेछ र आफू वास्तवमा के हुँ भनेर चिन्‍नेछ। तैँले आफूमा यी प्रकटीकरण र स्थिति छन् भनी मुखले स्विकारेर वा सरसर्ती चिनेर मात्र साँचो घृणा जाग्‍नेछैन। यी भ्रष्ट स्वभावहरूको सार भनेको शैतानको घिनलाग्दो व्यवहार हो भन्‍ने थाहा पाएर मात्र व्यक्तिले आफूलाई साँच्चै घृणा गर्न सक्छ। स्वयंलाई घृणा गर्ने हदसम्म आफूलाई साँचो रूपमा चिन्‍न कस्तो मानवता चाहिन्छ? व्यक्तिले सकारात्मक कुरा, सत्यता, निष्पक्षता र धार्मिकतालाई प्रेम गर्नैपर्छ, उसमा विवेक र चेतना हुनुपर्छ, ऊ दयालु मनको अनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्ने हुनुपर्छ—यस्ता सबै मानिसले साँचो रूपमा आफूलाई चिन्‍न र घृणा गर्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

सम्बन्धित अनुभवात्मक गवाहीहरू

बल्‍ल आफ्नो छलीपन देखेँ

मुक्ति पाउनको लागि इमानदार हुनुपर्छ

अघिल्लो: २८. द्वेषपूर्ण स्वभाव कसरी समाधान गर्ने

अर्को: ३०. मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्