२७. सत्यताप्रति दिक्क मान्ने स्वभाव कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

सत्यताप्रति दिक्‍क मान्‍नु भनेको सत्यता र सकारात्मक कुराहरूप्रति चासो नहुनु र ती कुराहरूप्रति वितृष्णा हुनु हो। सत्यताप्रति दिक्‍क मान्‍ने अवस्था तब हुन्छ, जब मानिसहरूले सत्यता बुझ्‍न सकेर पनि, सकारात्मक कुराहरू के हुन् भन्‍ने जानेर पनि, सत्यता र सकारात्मक कुराहरूलाई प्रतिरोध, झाराटारुवा, इन्कार, कुरा बङ्ग्याउने, र उदासीनताको मनोवृत्ति र स्थितिले लिन्छन्। यो सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हो। के यस्तो स्वभाव सबैमा हुन्छ? कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वरको वचन सत्यता हो भन्‍ने मलाई थाहा भए पनि, मलाई अझै पनि यो मन पर्दैन, म यो स्विकार्दिनँ, र कम्तीमा पनि, अहिले म यसलाई स्विकार्न सक्दिनँ।” यहाँ के समस्या के छ? यो सत्यताप्रति दिक्‍क मानेको अवस्था हो। तिनीहरूभित्र रहेको स्वभावले तिनीहरूलाई सत्यता स्विकार्न दिँदैन। सत्यता स्वीकार नगर्नुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कतिले भन्छन्, “म सबै सत्यता बुझ्छु, तर तिनलाई बस म अभ्यास गर्न सक्दिनँ।” यसले के प्रकट गर्छ भने, यो व्यक्ति सत्यताप्रति दिक्‍क मान्‍ने व्यक्ति हो, र उसले सत्यतालाई प्रेम गर्दैन, त्यसकारण ऊ सत्यता अभ्यास गर्न सक्दैन। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले गर्दा नै मैले यति धेरै पैसा कमाउन सकेको छु। परमेश्‍वरले मलाई साँच्‍चै आशिष्‌ दिनुभएको छ, परमेश्‍वरले मसँग कति राम्रो व्यवहार गर्नुभएको छ, र उहाँले मलाई धेरै धनसम्पत्ति दिनुभएको छ। मेरो पुरै परिवारले राम्रो लाउन र खान पाएका छन्, र तिनीहरूलाई न लाउनुको खाँचो छ न खानको।” परमेश्‍वरले आशिष्‌ दिनुभएको देखेर, यी मानिसहरूले परमेश्‍वरलाई हृदयदेखि नै धन्यवाद दिन्छन्, र तिनीहरूलाई यो सबै परमेश्‍वरद्वारै निर्देशित कुरा हो, र परमेश्‍वरले आशिष्‌ नदिनुभएको भए, अर्थात् तिनीहरू आफ्‍नै प्रतिभामा भर परेका भए, तिनीहरूले अवश्यै यो सब पैसा कमाउँदैनथे भन्‍ने थाहा हुन्छ। तिनीहरूले हृदयमा साँच्‍चै यही सोच्छन्, यही कुरा थाहा पाएका हुन्छन्, अनि तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई धन्यवाद दिन्छन्। तर एक दिन तिनीहरूको व्यापार असफल हुन्छ, तिनीहरूमाथि कठिन समय आइपर्छ, र तिनीहरूले गरिबी सामना गर्छन्। किन यस्तो हुन्छ? किनभने तिनीहरू चैनको लोभ गर्छन्, तर आफ्‍नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर विचारै गर्दैनन्, अनि तिनीहरूले आफ्‍नो सारा समय सम्पत्तिको पछि लागेर, पैसाको दास बनेर बिताउँछन्, जसले तिनीहरूको कर्तव्यनिर्वाहमा असर पार्छ, त्यसकारण परमेश्‍वरले तिनीहरूबाट यो कुरा खोस्‍नुहुन्छ। परमेश्‍वरले तिनीहरूलाई धेरै आशिष्‌ दिनुभएको, र धेरै थोक दिनुभएको कुरा तिनीहरूलाई हृदयमा थाहा हुन्छ, तैपनि तिनीहरूसँग परमेश्‍वरको प्रेमको ऋण तिर्ने कुनै इच्‍छा हुँदैन, तिनीहरू बाहिर गएर आफ्‍नो कर्तव्य पूरा गर्न चाहँदैनन्, र तिनीहरू कायर बन्छन् र पक्राउ पर्छु भनेर निरन्तर डर मान्छन्, र तिनीहरूलाई यी सब सम्‍पत्ति र चैन गुमाउँछु भन्‍ने डर हुन्छ, र परिणामस्वरूप, परमेश्‍वरले यी कुराहरू तिनीहरूबाट खोसेर लिनुहुन्छ। परमेश्‍वरले तिनीहरूबाट यी कुराहरू खोस्‍नुभएको, र तिनीहरूलाई अनुशासित गर्नुभएको कुरा तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ, त्यसकारण, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्छन्, “हे परमेश्‍वर! तपाईंले मलाई एकपटक आशिष्‌ दिनुभयो, त्यसकारण मलाई फेरि दोस्रोपटक पनि आशिष्‌ दिनुहोस्। तपाईंको अस्तित्व अनन्त छ, र मानवजातिप्रति तपाईंका आशिष्‌हरू पनि अनन्त नै छन्। म तपाईंलाई धन्यवाद दिन्छु! जेसुकै भए पनि, तपाईंका आशिष्‌हरू र प्रतिज्ञा परिवर्तन हुनेछैनन्। यदि तपाईंले मबाट लिनुभयो भने, म अझै पनि आज्ञाकारी नै रहनेछु।” तर तिनीहरूको मुखबाट निस्केको “आज्ञाकारी” भन्‍ने शब्‍द खोक्रो हुन्छ। तिनीहरूको मुखले आज्ञाकारी रहन सक्छु भनी भन्छ, तर पछि तिनीहरूले यसबारेमा फेरि सोच्छन्, र तिनीहरूलाई यो ठीक लाग्दैन: “पहिले सबै कुरा कति राम्रो थियो। परमेश्‍वरले किन यो सब लिनुभयो? के घरमै बसेर कर्तव्य पूरा गर्नु पनि बाहिर गएर कर्तव्य पूरा गर्नुजस्तै होइन र? मैले केचाहिँ ढिलाइ गराइहेको थिएँ र?” तिनीहरूले विगतका कुरा सम्झिँदै सधैँ नरमाइलो मानिरहेका हुन्छन्। परमेश्‍वरप्रति तिनीहरूमा एक किसिमको द्वेष र असन्तुष्टि हुन्छ, र तिनीहरूले निरन्तर निराश महसुस गर्छन्। के परमेश्‍वर अझै पनि तिनीहरूको हृदयमा हुनुहुन्छ त? तिनीहरूको हृदयमा त पैसा, भौतिक सुखसुविधा, र खुसीका पलहरू मात्र हुन्छन्। तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन, अब त उहाँ तिनीहरूको परमेश्‍वर नै रहन छोड्नुभएको हुन्छ। “परमेश्‍वरले दिनुभयो, र परमेश्‍वरले नै लानुभयो” भन्‍ने सत्यता तिनीहरूलाई थाहा त हुन्छ, तर तिनीहरूलाई “परमेश्‍वरले दिनुभयो” भन्‍ने शब्‍दहरू मन पर्छ, तर “परमेश्‍वरले नै लानुभयो” भन्‍ने शब्‍दहरू मन पर्दैन। स्पष्टै छ, तिनीहरू छानीछानी सत्यता स्विकार्छन्। जब परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ, तब तिनीहरू यसलाई सत्यताको रूपमा स्विकार्छन्—तर परमेश्‍वरले तिनीहरूबाट लिनेबित्तिकै, तिनीहरू यो कुरा स्विकार्न सक्दैनन्। तिनीहरू परमेश्‍वरका त्यस्ता बन्दोबस्तहरू स्विकार्न सक्दैनन्, बरु विरोधमा उत्रन्छन्, र मुरमुरिँदै बस्छन्। तिनीहरूलाई कर्तव्य पूरा गर्न लगाउँदा, तिनीहरू भन्छन्, “परमेश्‍वरले मलाई आशिष्‌ र अनुग्रह दिनुभयो भने म कर्तव्य पूरा गर्नेछु। परमेश्‍वरका आशिष्‌हरू पाइनँ र मेरो परिवार यस्तो गरिबीको स्थितिमा रहन्छ भने, मैले कसरी आफ्‍नो कर्तव्य पूरा गर्ने? म कर्तव्य पूरा गर्न चाहन्‍नँ!” यो कस्तो स्वभाव हो? तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरका आशिष्‌हरू, र उहाँले तिनीहरूलाई धेरै कुरा दिनुभएको व्यक्तिगत रूपमा अनुभव गरेका हुन्छन्, तर परमेश्‍वरले तिनीहरूबाट लिनुहुँदा तिनीहरू त्यो स्विकार्न मान्दैनन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने, तिनीहरूले आफ्‍नो सम्पत्ति र सुखी जीवन त्याग्‍न सक्दैनन्। तिनीहरूले यसबारेमा धेरै हल्लीखल्ली नगरे पनि, परमेश्‍वरको अघि हात नपसारे पनि, र आफ्‍नै प्रयासहरूमा भर पर्दै पहिलेका आफ्ना सम्पत्तिहरू खोसिलिने प्रयास नगरे पनि, परमेश्‍वरको कदमप्रति तिनीहरू पहिल्यै बेखुस भइसकेका हुन्छन्, र तिनीहरू स्वीकार गर्न पूर्ण असमर्थ हुँदै यसो भन्छन्, “परमेश्‍वरले यस्तो व्यवहार गर्नु एकदमै संवेदनहीन कुरा हो। यो त बुझेर बुझ्‍नै नसकिने भयो। मैले अब कसरी परमेश्‍वरलाई विश्‍वास गरिरहने हो? म अब उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्न चाहन्‍नँ। यदि म उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर मान्दिनँ भने, उहाँ परमेश्‍वर हुनुहुन्‍न।” के यो कुनै प्रकारको स्वभाव हो? (हो।) शैतानसँग यस्तो स्वभाव हुन्छ, र शैतानले परमेश्‍वरलाई यसरी इन्कार गर्छ। यस्तो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव हो। जब मानिसहरू यस हदसम्‍म सत्यताप्रति दिक्‍क हुन्छन्, यसले तिनीहरूलाई कहाँ पुर्‍याउँछ? यसले तिनीहरूलाई परमेश्‍वरको विरोध गर्ने बनाउँछ, यसले तिनीहरूलाई जिद्दीपूर्वक अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्ने बनाउँछ—यसको अर्थ तिनीहरूको काम तमाम भयो भन्‍ने हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरूको सबैभन्दा प्रस्ट स्थिति भनेको तिनीहरू सत्यता र सकारात्मक कुराप्रति चासो राख्दैनन्, तिनीहरू ती कुराप्रति द्वेष समेत राख्छन् र तिनलाई घृणा गर्छन्, र विशेष गरी तिनीहरूलाई प्रचलनहरू पछ्याउन मन पर्छ। परमेश्‍वरले प्रेम गर्नुहुने कुराहरू र उहाँले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरूलाई तिनीहरूले आफ्‍नो हृदयले स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्‍वरले मान्छेका लागि तोक्‍नुभएका मापदण्ड र सिद्धान्तहरूलाई प्रायः घृणासमेत गर्छन्। तिनीहरू सकारात्मक कुराहरूप्रति द्वेष राख्छन्, र ती कुराप्रति तिनीहरूको हृदयमा प्रतिरोध, विरोध, र निन्दैनिन्दा हुन्छ। सत्यताप्रति दिक्‍क मान्‍नुको मुख्य प्रकटीकरण यही हो। मण्डली जीवनमा, परमेश्‍वरको वचन पढ्नु, प्रार्थना गर्नु, सत्यता सङ्गति गर्नु, कर्तव्य निभाउनु, र सत्यताद्वारा समस्याहरू समाधान गर्नु सबै नै सकारात्मक कुरा हुन्। ती कुराहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछन्, तर कतिपय मानिसहरूले यी सकारात्मक कुराहरूप्रति द्वेष राख्छन्, यी कुराको वास्ता गर्दैनन्, र यी कुराप्रति उदासीन हुन्छन्। सबैभन्दा घृणास्पद कुरा त के हो भने, तिनीहरूले इमानदार मानिसहरू, सत्यताको खोजी गर्नेहरू, आफ्‍नो कर्तव्य विश्‍वासयोग्य ढङ्गले पूरा गर्नेहरू, र परमेश्‍वरको घरको कामको रक्षा गर्नेहरूजस्ता सकारात्मक मानिसहरूप्रति अपमानजनक मनोवृत्ति अपनाउँछन्। तिनीहरूले सधैँ यी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले आफूमा कमीकमजोरी भएको वा भ्रष्टताको प्रकाश भएको थाहा पाए भने, तिनीहरूले यसको बढाइचढाइ गर्छन्, र तिललाई पहाड बनाउँदै त्यसो गरेकोमा निरन्तर रूपमा उनीहरूलाई होच्याउँछन्। यो कस्तो प्रकारको स्वभाव हो? किन तिनीहरूले सकारात्मक मानिसहरूलाई यति घृणा गर्छन्? किन तिनीहरूले दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरूलाई त्यति माया गर्छन् र तिनीहरूसँग मिल्छन्, र किन तिनीहरूले प्रायजसो त्यस्तै मानिसहरूसँग नौटङ्की गर्छन्? जहाँ नकारात्मक र दुष्ट कुराहरूको सवाल आउँछ, तिनीहरू जोसिला र प्रफुल्लित हुन्छन्, तर सकारात्मक कुराहरूका हकमा, तिनीहरूको मनोवृत्तिमा प्रतिरोध पैदा हुन थाल्छ; खास गरी, जब तिनीहरूले मानिसहरूले सत्यताको सङ्गति गरेका वा सत्यता प्रयोग गरी समस्याहरू समाधान गरेका देख्छन्, तब तिनीहरूले हृदयमा वाक्क र असन्तुष्ट अनुभूति गर्छन्, र तिनीहरूले आफ्‍ना गुनासाहरू पोखाउँछन्। के यो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव होइन र? के यो भ्रष्ट स्वभावको प्रकटीकरण होइन र? धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, उहाँको लागि काम गर्न मन पराउँछन् र उहाँको लागि उत्साहको साथ दौडधूप गर्छन्, अनि आफ्‍ना वरदान र सामर्थ्यहरू प्रयोग गर्नुपर्दा, आफ्ना रूचिहरूमा लिन हुँदा र आफ्‍नो प्रदर्शन गर्दा, तिनीहरूसँग असीमित जोस हुन्छ। तर यदि तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तअनुसार काम गर्न लगाइस् भने, तिनीहरूको त्यो जोश मरिहाल्छ र तिनीहरूमा कुनै उत्साह हुँदैन। तिनीहरूलाई आफ्‍नो प्रदर्शन गर्न दिइएन भने, तिनीहरू जाँगरहीन र उदास हुन्छन्। आफ्नो प्रदर्शन गर्नलाई किन तिनीहरूमा जोस भएको? अनि सत्यता अभ्यास गर्नलाई चाहिँ किन तिनीहरूसँग कुनै ऊर्जा नभएको? यहाँ समस्या के हो त? मानिसहरू सबैले आफूलाई विशिष्ट देखाउन मन पराउँछन्; तिनीहरू सबै खोक्रो महिमाको लोभ गर्छन्। आशिष्‌ र इनामहरू प्राप्त गर्नका लागि परमेश्वरलाई विश्‍वास गर्ने क्रममा हरेकसँग अपार ऊर्जा हुन्छ, तर पनि सत्यता अभ्यास गर्ने र दैहिकता पन्छाउने कुरामा तिनीहरूले किन जोशजाँगर गुमाउँछन्, तिनीहरू किन उदास बन्छन्? किन यस्तो हुन्छ? यसले मानिसहरूको हृदय अशुद्ध छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरूले पूर्णतया आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गर्छन्—सरल रूपमा भन्दा, तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्नका लागि त्यसो गर्छन्। खोजी गर्नको लागि आशिष्‌ वा लाभ नहुँदा, मानिसहरू जाँगरहीन र उदास बन्छन्, र तिनीहरूसँग कुनै उत्साह हुँदैन। यो सबै सत्यताप्रति दिक्‍क मान्‍ने भ्रष्ट स्वभावले निम्त्याएको हुन्छ। यो स्वभावको नियन्त्रणमा परेपछि, मानिसहरू सत्यता पछ्याउने मार्ग छनौट गर्न मान्दैनन्, तिनीहरू आफ्‍नै बाटोमा लाग्छन्, र गलत मार्ग रोज्छन्—हैसियत र प्रतिष्ठा, नाफा र हैसियतको पछि लाग्‍नु गलत कुरा हो भन्‍ने राम्ररी थाहा भएर पनि तिनीहरू यी कुराहरू नगरी, यी कुरालाई नपन्छाई बस्नै सक्दैनन्, र तिनीहरू अझै तिनकै पछि लाग्छन् र शैतानकै मार्गमा हिँड्छन्। यस्तो अवस्थामा, तिनीहरूले परमेश्‍वरलाई होइन, शैतानलाई पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने हरेक कुरा शैतानको सेवामा गरिएको हुन्छ, र तिनीहरू शैतानका सेवक हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सत्यताप्रति दिक्‍क मान्‍ने यो स्वभाव मुख्य रूपमा कसरी प्रकट हुन्छ? काटछाँट र निराकरण स्विकार्न नमान्‍ने रूपमा। काटछाँट र निराकरण नस्विकार्नु यस्तो स्वभावद्वारा प्रकट हुने एक प्रकारको स्थिति हो। आफूलाई निराकरण गरिँदा, यी मानिसहरूले हृदयभित्र विशेष प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, “म यो कुरा सुन्‍न चाहन्‍नँ! म यो सुन्‍न चाहन्‍नँ!” वा, “अरू मानिसहरूलाई चाहिँ किन निराकरण नगरेको? किन मलाई नै गरेको?” अनि, सत्यताप्रति दिक्‍क मान्‍नुको अर्थ के हो? सत्यताप्रति दिक्‍क मान्‍नु भनेको व्यक्तिले सकारात्मक कुराहरूसँग, सत्यतासँग, परमेश्‍वरले अह्राउनुभएका कुराहरूसँग, वा परमेश्‍वरको इच्‍छासँग जोडिएका कुनै पनि कुराप्रति पूर्ण अनिच्छुक हुनु हो। कहिलेकहीँ तिनीहरू यी कुराहरूबाट विरक्तिन्छन्, कहिलेकहीँ तिनीहरू यी कुराहरूबाट अलग बस्छन्, कहिलेकहीँ तिनीहरू तिरस्कारी र उदासीन बन्छन्, र यी कुराहरूलाई महत्त्वहीन कुराको रूपमा लिन्छन्, र तिनीहरू ती कुराहरूप्रति बेइमान र झारातिरुवा बन्छन्, वा यी कुराहरूप्रति कुनै पनि जिम्‍मेवारी लिँदैनन्। सत्यताप्रति दिक्‍क मान्‍नुको प्रकटीकरण मानिसहरूले सत्यता सुन्दा वितृष्णा जाग्‍नु मात्रै होइन। यसमा सत्यता अभ्यास गर्ने अनिच्छा गर्नु, सत्यताको अभ्यास गर्ने बेलामा, पछि हट्नु पनि हो, मानौँ सत्यतासँग उसको कुनै सम्‍बन्ध छैन। कतिपय मानिसहरूले भेलाहरूमा सङ्गति गर्दा, तिनीहरू अत्यन्तै सक्रिय देखिन्छन्, अरूलाई बहकाउन र अरूको मन जित्‍न शब्द र धर्मसिद्धान्तहरू दोहोर्‍याउन र ठूलाठूला अभिव्यक्तिहरू दिन मन पर्छ। यसो गर्दा तिनीहरू ऊर्जाले भरिएका र उत्साहित देखिन्छन्, र तिनीहरू अटुट रूपमा यस्ता कुराहरू भनिरहन्छन्। अनि, अरूले भने परमेश्‍वरका वचनहरू पढ्ने, प्रार्थना गर्ने, भजनहरू सुन्‍ने, र नोटहरू लेख्‍ने काम गर्दै बिहानदेखि बेलुकासम्‍म विश्‍वासका कुराहरूमा, यस्तो लाग्छ मानौँ तिनीहरू एक क्षण पनि परमेश्‍वरबाट अलग हुन सक्दैनन्। बिहानदेखि रातीसम्मै तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा व्यस्त हुन्छन्। के यस्ता मानिसहरूले साँच्‍चै नै सत्यतालाई प्रेम गर्छन् र? के तिनीहरूमा सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हुँदैन? कुन बेला तिनीहरूको साँचो स्थितिलाई देख्‍न सकिन्छ? (सत्यताको अभ्यास गर्ने बेला भएपछि, तिनीहरू भाग्छन्, र तिनीहरूलाई निराकरण र काटछाँटलाई स्वीकार गर्न मान्दैनन्।) के तिनीहरूले सुनेको कुरा नबुझेको कारणले यस्तो हुन्छ कि तिनीहरूले सत्यता नबुझेको कारण तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक भएका हुन्छन्? उत्तर यीमध्ये कुनै पनि कारणले होइन। तिनीहरू आफ्‍नो प्रकृतिद्वारा नियन्त्रित हुन्छन्। यो त स्वभावसँग सम्‍बन्धित समस्या हो। यी मानिसहरूलाई आफ्नो हृदयमा परमेश्‍वरका वचनहरू सत्यता र सकारात्मक कुरा हुन्, अनि सत्यता अभ्यास गर्दा व्यक्तिको स्वभाव परिवर्तन हुन सक्छ र यसले व्यक्तिलाई परमेश्‍वरको इच्‍छा पूरा गर्ने बनाउन सक्छ भन्‍ने कुरा राम्ररी थाहा हुन्छ, तर तिनीहरूले ती कुरा स्वीकार वा अभ्यास गर्दै गर्दैनन्। यो सत्यताप्रति दिक्‍क हुनु हो। तिमीहरूले कसमा सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव देखेका छौ? (गैरविश्‍वासीहरूमा।) गैरविश्‍वासीहरू सत्यताप्रति दिक्‍क मान्छन्, त्यो अत्यन्तै स्पष्ट छ। परमेश्‍वरसित त्यस्ता मानिसहरूलाई मुक्ति दिने कुनै उपाय छैन। अनि, परमेश्‍वरका विश्‍वासीहरूमाझ, तिमीहरूले के-कस्ता कुराहरूमा मानिसहरू सत्यताप्रति दिक्‍क मानेका देखेका छौ? सायद तिमीहरूले तिनीहरूसँग सत्यता सङ्गति गर्दा, तिनीहरू उठेर गइहालेनन् होला, र सङ्गतिले तिनीहरूका कठिनाइ र समस्याहरू छुँदा, तिनीहरूले सही रूपमा त्यसको सामना गरे होलान्—तैपनि तिनीहरूमा सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हुन्छ। त्यो कहाँ देख्‍न सकिन्छ? (तिनीहरू प्रायजसो प्रवचनहरू सुनिरहन्छन्, तर तिनीहरू सत्यता अभ्यास गर्दैनन्।) सत्यता अभ्यास नगर्ने मानिसहरूमा अवश्यै सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हुन्छ। कतिपय मानिसहरूले कहिलेकहीँ थोरै सत्यता अभ्यास गर्न सक्छन्, त्यसोभए के तिनीहरूमा पनि सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हुन्छ? सत्यता अभ्यास गर्नेहरूमा पनि त्यस्तो स्वभाव हुन्छ, यति हो, त्यसको हद फरकफरक हुन्छ। तैँले सत्यता अभ्यास गर्न सक्‍नुको अर्थ तँमा सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव छैन भन्‍ने हुँदैन। सत्यता अभ्यास गर्दैमा तेरो जीवन स्वभाव तुरुन्तै बदलिसक्यो भन्‍ने हुँदैन—त्यस्तो हुँदैन। तैँले पहिले आफ्‍नो भ्रष्ट स्वभावको समस्या समाधान गर्नुपर्छ, र यो मात्रै तैँले जीवन स्वभावमा परिवर्तन हासिल गर्ने एउटै उपाय हो। एकपटक सत्यता अभ्यास गर्दैमा त्यसको अर्थ तँमा अबदेखि भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। तैँले एउटा क्षेत्रमा सत्यता अभ्यास गर्न सक्छस्, तर अरू क्षेत्रमा पनि सत्यता अभ्यास गर्न सक्छस् भन्‍ने हुँदैन। प्रसङ्ग र कारणहरू फरकफरक हुन्छन्, तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भ्रष्ट स्वभाव रहिरहेको हुन्छ, र त्यो समस्याको जड हो। त्यसैले, व्यक्तिको स्वभाव परिवर्तन भएपछि, उसका सबै कठिनाइ, सत्यता अभ्यास नगर्ने बहाना र निहुँहरू—यी सबै समस्याहरू समाधान हुन्छन्, र उसका सबै अनाज्ञाकारिता, खराबी, र कमजोरीहरू हल हुन्छन्। यदि मानिसहरूको स्वभाव परिवर्तन भएन भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिन हुनेछ, र निहुँ र बहानाहरू सधैँ भइरहनेछन्। यदि तँ सबै कुरामा सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न सक्‍ने बन्‍न चाहन्छस् भने, सर्वप्रथम तेरो स्वभावमा परिवर्तन आउनुपर्छ। त्यसपछि मात्रै तैँले जरैदेखि समस्याहरू समाधान गर्न सक्‍नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

भेलाहरूमा, कतिपय मानिसहरूले आफ्‍नो स्थितिबारे अलिअलि सङ्गति गर्न सक्छन्, तर जब समस्याहरूको सार अनि तिनीहरूका व्यक्तिगत मनसाय र विचारहरू बताउने बेला आउँछ, तब तिनीहरू कुरा टार्ने काम गर्छन्। जब मानिसहरूले तिनीहरूलाई मनसाय र लक्ष्‍यहरू बोकिहिँडेको आरोप लगाउँछन्, तब तिनीहरूले शिर हल्‍लाएर सहमति जनाएजस्तो गर्छन्। तर जब मानिसहरूले कुनै पनि गहन कुरा खुलासा वा विश्‍लेषण गर्ने प्रयास गर्छन्, तब तिनीहरू त्यो सहन सक्दैनन्, र उठेर जान्छन्। किन महत्त्वपूर्ण क्षणमा तिनीहरू लुसुक्‍क भाग्छन्? (तिनीहरूले सत्यता स्विकार्दैनन् र आफ्‍नै समस्याहरू सामना गर्न इच्छुक हुँदैनन्।) यो स्वभावको समस्या हो। जब तिनीहरू आफूभित्रका समस्याहरू समाधान गर्नको लागि सत्यता स्विकार्न इच्‍छुक हुँदैनन्, तब के यसको अर्थ तिनीहरू सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरू हुन् भन्‍ने हुँदैन र? कस्ता प्रवचनहरू कतिपय अगुवा र सेवकहरू सुन्‍न त्यति मन गर्दैनन्? (ख्रीष्टविरोधी र झूटा अगुवाहरू कसरी चिन्‍ने भन्‍नेसम्‍बन्धी प्रवचनहरू।) सही भन्यौ। तिनीहरू सोच्छन्, “ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू चिन्‍नेसम्‍बन्धी, अनि फरिसीहरूसम्‍बन्धी यी सब कुराहरू—किन तिमी यसबारेमा बताइरहन्छौ? तिमीले बस मलाई तनाव दिइरहेको छौ।” झूटा अगुवा र सेवकहरू पहिचान गर्नेबारेमा छलफल हुनेछ भन्‍ने सुन्‍नासाथ तिनीहरू बहाना बनाएर हिँडिहाल्छन्। यहाँ “हिँडिहाल्छन्” भन्‍नुको अर्थ के हो? यसले लुसुक्‍क भाग्‍नु, र लुक्‍नु जनाउँछ। किन तिनीहरू लुक्‍ने प्रयास गर्छन्? अरू मानिसहरूले तथ्यको कुरा निकाल्दा, तैँले सुन्‍नुपर्छ: सुन्‍नु तेरो लागि फाइदाजनक हुन्छ। जुन कुरा कठोर छ वा जुन कुराहरू तँलाई स्विकार्न गाह्रो लाग्‍छ, ती कुराहरू नोट गर्; त्यसपछि तैँले ती कुराहरूबारे बारम्‍बार विचार गर्नुपर्छ, ती कुरालाई बिस्तारै लिएर, बिस्तारै परिवर्तन हुनुपर्छ। त्यसकारण किन लुक्‍ने? त्यस्ता मानिसहरूले न्यायका यी वचनहरू धेरै कठोर छन्, र ती सुन्‍न सहज छैनन् भन्‍ने महसुस गर्छन्, त्यसकारण तिनीहरूमा प्रतिरोध र घृणाको विकास हुन्छ। तिनीहरूले मनमनै भन्छन्, “म ख्रीष्टविरोधी वा झूटो अगुवा होइन—किन मेरो बारेमा बोलेको बोल्यै गरेको? किन अरूको बारेमा कुरा नगरेको? दुष्ट मानिसहरू पहिचान गर्ने कुरा गर्नुहोस्, मेरो बारेमा कुरा नगर्नुहोस्!” तिनीहरू तर्किभाग्‍ने र विरोधी मानिसहरू बन्छन्। यो कस्तो स्वभाव हो? यदि तिनीहरू सत्यता स्विकार्न अनिच्छुक छन्, र सधैँ आफ्‍नो पक्षमा तर्क र दलिल गरिरहन्छन् भने, के त्यहाँ भ्रष्ट स्वभावको समस्या हुँदैन र? यो सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हो। अगुवा र सेवकहरूमा यस्तो स्थिति हुन्छ, त्यसोभए साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा चाहिँ यस्तो हुन्छ कि हुँदैन? (तिनीहरूमा पनि यस्तै हुन्छ।) सुरुमा भेट्दा, सबैजनाले प्रेम देखाउँछन् र खुसीसाथ धर्मसिद्धान्तका शब्‍दहरू रटान मार्छन्। तिनीहरू सबैजना सत्यतालाई प्रेम गर्नेजस्ता देखिन्छन्। तर व्यक्तिगत समस्या र वास्तविक कठिनाइहरूको कुरा आउँदा, धेरै मानिसहरूको मुखमा बुजो लाग्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले वैवाहिक सम्‍बन्धको कारण निरन्तर बाधित महसुस गर्छन्। तिनीहरूलाई कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन मन लाग्दैन, र वैवाहिक सम्‍बन्ध नै तिनीहरूको सबैभन्दा ठूलो वाधा र बोझ बन्छ। भेलाहरूमा, जब सबैले यो स्थितिबारे सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरू अरूले सङ्गतिमा बोलेका वचनहरूलाई आफूसँग तुलना गर्छन् र आफ्नो बारेमा कुरा गरिँदै रहेछ भन्‍ने महसुस गर्छन्। तिनीहरू भन्छन्, “तपाईंहरूले सत्यता सङ्गति गर्दा मलाई समस्या छैन, तर मेरो कुरा किन गर्नुहुन्छ? के तपाईंहरूसँग कुनै समस्या छैन? किन मेरो बारेमा मात्रै कुरा गर्नुहुन्छ?” यो कस्तो स्वभाव हो? जब तिमीहरू सत्यता सङ्गति गर्न भेला हुन्छौ, तब तिमीहरूले वास्तविक समस्याहरू विश्‍लेषण गर्नुपर्छ र यी समस्याहरूबारे आफ्‍नो बुझाइ बताउन सबैलाई बोल्‍न दिनुपर्छ; त्यसपछि मात्रै तिमीहरूले आफूलाई चिन्‍न र आफ्‍ना समस्याहरू समाधान गर्न सक्‍नेछौ। किन मानिसहरूले यो कुरा स्विकार्न सक्दैनन्? मानिसहरूले काटछाँट र निराकरण स्विकार्न नसक्दा, र सत्यता स्विकार्न नसक्दा तिनीहरूमा के स्वभाव हुन्छ? के तिमीहरूले यसलाई स्पष्ट रूपमा चिन्‍नुपर्दैन र? यी सबै सत्यताप्रति दिक्‍क मान्‍ने स्वभावका प्रकटीकरणहरू हुन्—यही नै समस्याको सार हो। जब मानिसहरू सत्यताप्रति दिक्‍क हुन्छन्, तब तिनीहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ—अनि यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् भने, के तिनीहरूको भ्रष्ट स्वभावको समस्या समाधान हुन सक्छ? (सक्दैन।) त्यसोभए के सत्यता स्विकार्न नसक्‍ने यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ? के त्यस्ताहरूलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ? अवश्य नै सक्‍नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

कतिपय मानिसहरू आफ्‍नै अभिमान र गौरवको रक्षा गर्न, र आफ्‍नो ख्याति र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्‍ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्‍वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब तिनीहरूका त्यस्ता असल अभिप्रायहरू हराउँछन्, ती पूर्णरूपमा हराएका हुन्छन्। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले बिलकुलै अभ्यास गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र गौरवको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र व्यावहारिक मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, अनि मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट सहने सामर्थ्य हुँदैन? यो अकल्‍पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि दिक्‍क मान्‍ने एक प्रकारको स्वभाव हुन्छ। म किन तिनीहरूको स्वभाव सत्यतादेखि दिक्‍क मान्‍ने किसिमको छ भन्छु? किनभने, जब कुनै कुरामा परमेश्‍वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका षडयन्त्रहरूविरुद्ध लडाइ गर्ने, वा मण्डलीको कामको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र उचित उचित मामिलाहरूलाई ध्यान दिँदैनन्। तिनीहरूको कष्ट सहने बहादुरी र भावना खै त? तिनीहरूले यी कुराहरू कहाँ लागू गर्छन्? यो सजिलै देख्न सकिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र घृणित हुनु हुँदैन, आफ्नै बचाउ गर्नु हुँदैन र तिनीहरूले परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ भनी हप्काए पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, “म ती कामहरू गर्दिनँ, र तिनको मसँग कुनै सरोकार छैन। मेरो प्रतिष्ठा, नाफा र हैसियतको खोजीमा त्यस्तो व्यवहारले मलाई के नै राम्रो गर्ला र?” तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरू प्रतिष्ठा, नाफा र हैसियत खोज्न मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम बिलकुलै गर्दैनन्। त्यसैले, जब तिनीहरूले मण्डलीको काम गर्नुपर्ने हुन्छ, तिनीहरू खुरुक्कभाग्ने विकल्प रोज्छन्। यसको मतलब के हो भने, तिनीहरू हृदयदेखि नै सकारात्मक कुराहरू मन पराउँदैनन्, र सत्यताप्रति कुनै रुचि राख्दैनन्। यो सत्यताबाट दिक्क हुने कुराको प्रस्ट प्रकटीकरण हो। सत्यतालाई प्रेम गर्ने र सत्यताको वास्तविकता भएकाहरू मात्रै परमेश्‍वरको घरको काम र चुनिएका मानिसहरूलाई आवश्यक पर्दा अघि आउन सक्छन्, तिनीहरू मात्रै साहससाथ र कर्तव्यनिष्ठ भई परमेश्‍वरको गवाही दिन र सत्यता सङ्गति गर्न खडा हुन सक्छन्, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई सही मार्गमा डोर्‍याउन र परमेश्‍वरको काममा आज्ञापालन हासिल गर्न सक्षम तुल्याउन सक्छन्। यो मात्रै जिम्‍मेवारीको मनोवृति र परमेश्‍वरको इच्‍छाप्रति वास्ता राख्‍नुको एउटा प्रकटीकरण हो। यदि तिमीहरूमा यस्तो मनोवृत्ति छैन, र तिमीहरूले काम-कुरा सम्‍हाल्दा लापरवाही मात्रै गर्छौ, अनि “म मेरो आफ्‍नै कर्तव्यको दायराका कुराहरू गर्नेछु, तर अरू कुनै कुराको बारेमा मलाई केही मतलब छैन। यदि तिमीले मलाई केही कुराको बारेमा सोध्यौ भने, म तिमीलाई उत्तर दिनेछु—यदि म राम्रो मनस्थितिमा छु भने मात्रै त्यसो गर्नेछु। अन्यथा, त्यसो गर्नेछैन। मेरो मनोवृत्ति यही हो” भनेर सोच्छौ भने, यो एकप्रकारको भ्रष्ट स्वभाव हो, होइन र? आफ्‍नै हैसियत, ख्याति, र गौरवलाई मात्रै रक्षा गर्नु, अनि आफ्‍नै चासोहरूसँग सम्‍बन्धित कुराहरूको मात्रै रक्षा गर्नु—के यो धर्मी अभियानलाई रक्षा गर्नु हो र? के त्यो परमेश्वरको घरका हितहरूको रक्षा गर्नु हो? यी तुच्छ, स्वार्थी अभिप्रायहरूपछाडि सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हुन्छ। तिमीहरूमध्ये धेरैजसोले बारम्‍बार यस्ता प्रकटीकरणहरू देखाउँछौ, र परमेश्‍वरको घरका चासोहरूसँग सम्‍बन्धित कुनै कुराको सामना गर्नेबित्तिकै, तिमीहरू घुमाउरो तरिकाले कुरा गर्छौ र “मैले त देखिन,” वा “मलाई त थाहै भएन,” वा “मैले त सुनेकै छैन” भन्छौ। चाहे तँलाई साँच्‍चै थाहा नभएर होस् वा तैँले बहाना मात्रै गरिरहेको छस्, यदि सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा, तैँले यस्तो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् कि होइनस्, त्यो भन्‍नु गाह्रो हुन्छ; मेरो विचारमा, तँ कि त आफ्‍नो विश्‍वासमा अन्योल रहेको व्यक्ति होस्, कि त गैरविश्‍वासी होस्। तँ सत्यता प्रेम गर्ने व्यक्ति अवश्य नै होइनस्।

सत्यतादेखि दिक्क हुनुको अर्थ तिमीहरूले बुझ्छौ होला, तर सत्यतादेखि दिक्क हुनु भनेको एउटा स्वभाव हो भनेर मैलै किन भन्छु? आकलझुकल र क्षणिक प्रकटीकरणहरूसँग स्वभावको कुनै सम्बन्ध हुँदैन, अनि आकलझुकल र क्षणिक प्रकटीकरणहरूलाई स्वभावगत समस्या भन्न मिल्दैन। कुनै व्यक्तिमा जस्तो प्रकारको भ्रष्ट स्वभाव भए पनि, त्यो ऊबाट बारम्बार वा निरन्तर समेत प्रकट हुनेछ, र सो व्यक्ति यथोचित अवस्थामा भएको बेला त्यसको खुलासा हुनेछ। त्यसकारण, तैँले कुनै स्वभावगत समस्यालाई मनमानी ढङ्गले आकलझुकल र क्षणिक प्रकटीकरणको आधारमा चित्रण गर्न मिल्दैन। त्यसोभए, स्वभाव भनेको के हो त? स्वभावहरू अभिप्राय र उत्प्रेरणाहरूसँग सम्बन्धित हुन्छन्, ती कुनै व्यक्तिको सोचाइ र दृष्टिकोणसँग सम्बन्धित हुन्छन्। ती कुराहरू तँमाथि हाबी भइरहेका छन् र तिनले तँलाई बहकाइरहेका छन् भन्ने कुराको छनक तैँले पाउन सक्छस् जस्तो देखिन्छ, तर स्वभावहरू लुकेका र छोपिएका, अनि देखावटी घटनाहरूको छायाँमा परेका पनि हुन सक्छन्। छोटकरीमा भन्नुपर्दा, जबसम्म तँभित्र कुनै स्वभाव रहन्छ, तबसम्म त्यसले तँलाई हस्तक्षेप गर्नेछ, तँलाई बाँध्नेछ र नियन्त्रण गर्नेछ, अनि तँभित्र थुप्रै व्यवहार र प्रकटीकरणहरू पैदा गर्नेछ—त्यो एउटा स्वभाव हो। सत्यताबाट दिक्क हुने स्वभावले प्रायः कस्ता व्यवहार, सोच, दृष्टिकोण र मनोवृतिहरू पैदा गर्दछ? सत्यताबाट दिक्क हुँदा मानिसहरूले देखाउने मुख्य लक्षणहरूमध्ये एउटा भनेको सकारात्मक कुराहरू र सत्यतामा रुचि नहुनु हो, त्यसको साथै उदासीन मनोभाव राख्नु, हृदय ऊर्जाहीन हुनु, सत्यता प्राप्त गर्ने चाहना नहुनु, र जब जब सत्यता अभ्यास गर्नेसम्बन्धी कुरा आउँछ, तब सबै कुराहरू ठिकै छन् भनी सोच्नु हो। म एउटा सामान्य उदाहरण दिन्छु। सुस्वास्थ्यको सम्बन्धमा मानिसहरूले प्रायः कुरा गर्ने एउटा व्यावहारिक ज्ञानको कुरा भनेको बढी फलफूल र सागसब्जी खानु, बढी हल्का खाना र कम मासु खानु, र विशेष गरी तारेको खाना कम खानु हो; यो मानिसहरूको स्वास्थ्य र आरामको लागि सकारात्मक मार्गदर्शन हो। बढी के खाने र कम के खाने भनी सबैले बुझ्न र स्विकार्न सक्छन्, त्यसोभए के यो स्वीकारोक्ति सिद्धान्तमा आधारित छ कि व्यवहारमा? (सिद्धान्तमा।) यो सैद्धान्तिक स्वीकारोक्ति कसरी प्रकट हुन्छ? एक प्रकारको आधारभूत मान्यतामा। त्यो भनेको तेरो मूल्याङ्कनमा आधारित विवेचनामार्फत यो सोचाइ सही छ र यो कथन अत्यन्तै राम्रो छ भनेर सोच्नु हो। तर के तँसँग यो कथनलाई पुष्टि गर्ने कुनै प्रमाण छ? के तँसँग त्यसलाई विश्वास गर्ने कुनै आधारहरू छन्? तँ आफैले त्यसलाई अनुभव नगरी, यो कथन सही हो वा गलत हो भनेर पुष्टि गर्ने जग वा आधारविनै, र निश्चय नै पहिलेका गल्तीहरूबाट पाठ नसिकीकनै, अनि कुनै वास्तविक उदाहरणहरूविनै तैँले यो विचार यतिकै स्विकारिस्—यो सैद्धान्तिक स्वीकारोक्ति हो। तैँले त्यस कुरालाई सैद्धान्तिक वा व्यावहारिक जुन रूपले स्विकारे पनि, तैँले पहिला “बढी सागसब्जी र कम मासु खानु” भन्ने कथन सही र सकारात्मक कुरा हो भनी पुष्टि गर्नैपर्छ। त्यसोभए, सत्यताबाट दिक्क हुने तेरो स्वभाव कसरी देख्न सकिन्छ? तैँले यो कथनलाई आफ्नो जीवनमा कसरी लिन्छस् र लागू गर्छस् भन्ने कुराको आधारमा; यसले त्यस कथनप्रति तेरो मनोवृति, अर्थात् तैँले त्यसलाई सैद्धान्तिक रूपमा र धर्मसिद्धान्तको सम्बन्धमा स्विकारेको छस् कि छैनस्, वा तैँले त्यसलाई आफ्नो वास्तविक जीवनमा लागू गरेर त्यसलाई आफ्नो वास्तविकता बनाएको छस् कि छैनस् भन्ने कुरा देखाउँछ। यदि तैँले उक्त कथनलाई धर्मसिद्धान्तको सम्बन्धमा मात्र स्विकारेको छस्, तर तैँले वास्तविक जीवनमा गर्ने कार्ययो कथनसँग पूरै बाझिन्छ, वा तैँले यो कथनको व्यावहारिक कार्यान्वयन बिलकुलै देखाउँदैनस् भने, के तँ यस कथनलाई प्रेम गर्छस्, कि त्यसबाट दिक्क भएको छस्? उदाहरणको लागि, जब तैँले केही सागसब्जी देख्छस् र खान्छस्, अनि यस्तो सोच्छस्, “हरियो सागसब्जी मान्छेको स्वास्थ्यको लागि राम्रो हो, तर तिनको राम्रो स्वाद हुँदैन, र मासुको स्वाद त्योभन्दा राम्रो हुने भएकोले म पहिला अलिकति मासु खानेछु,” र त्यसपछि तैँले मासु मात्र खान्छस् र हरियो सागसब्जी नै खाँदैनस्—यसले कस्तो प्रकारको स्वभाव देखाउँछ? यसले सही कथनहरू नस्विकार्ने, सकारात्मक कुराहरूदेखि दिक्क मान्ने, र दैहिक रुचिअनुसार मात्र खान चाहने स्वभाव देखाउँछ। यस प्रकारको भक्षक र सुखको लोभ गर्ने व्यक्ति पहिल्यै सकारात्मक कुराहरूप्रति अति दिक्, प्रतिरोधी, र अरूचिकर बनेको हुन्छ, र यो एक प्रकारको स्वभाव हो। कसैले यो कथन धेरै ठिक छ भनेर स्विकार्न सक्ला, तर ऊ आफैले त्यो काम गर्न सक्दैन, अनि उसले नसके पनि ऊ अरूलाई त्यसो गर्नू भन्छ; त्यो कुरा धेरै पटक भनेपछि, उक्तकथन उसको लागि एक प्रकारको सिद्धान्त नै बन्छ, अनि ऊमाथि त्यसको कुनै प्रभाव पर्दैन। त्यो व्यक्तिलाई बढी सागसब्जी खानु राम्रो हो र बढी मासु खानु राम्रो होइन भन्ने कुरा मनमा राम्ररी थाहा हुन्छ, तर उसले यस्तो सोच्छ, “जे परे पर्ला, मैले केही गुमाएको छैनँ, मासु खानु भनेको फाइदा उठाउनु हो, र मलाई त्यो अस्वस्थकर हो जस्तो लाग्दैन।” उसका लोभ र चाहनाहरूले उसलाई गलत जीवनशैली अपनाउने र सही व्यावहारिक ज्ञान र सही जीवनशैलीविरुद्ध जाने तुल्याएका छन्। उसमा लाभ र दैहिक आनन्दको लालसा गर्ने खालको भ्रष्ट स्वभाव छ, त्यसोभए के उसलाई सही कथन र सकारात्मक कुराहरू स्विकार्न सजिलो हुनेछ? बिलकुलै सजिलो हुनैछैन। त्यसोभए के उसको जीवन उसको भ्रष्ट स्वभावद्वारा शासित छैन र? यो उसको भ्रष्ट स्वभावको प्रकटीकरण हो, र यो उसको भ्रष्ट स्वभावको प्रमाण हो। बाहिरी रूपमा प्रकट हुने कुराहरू भनेको यी व्यवहारहरू र एउटा मनोवृति हुन्, तर खासमा, तिनीहरूलाई एउटा स्वभावले शासन गरिरहेको छ। यो कस्तो स्वभाव हो? यो सत्यतादेखि दिक्क हुने स्वभाव हो। सत्यतादेखि दिक्क हुने यो स्वभाव पत्ता लगाउन कठिन छ; कसैलाई पनि आफू सत्यतादेखि दिक्क छु भन्ने लाग्दैन, तर तिनीहरूले कैयौँ वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि अझै सत्यता अभ्यास गर्न नजान्ने तथ्य तिनीहरू सत्यतादेखि दिक्क भएको देखाउन पर्याप्त छ। मानिसहरू धेरै नै प्रवचनहरू सुन्छन् र परमेश्वरको वचन धेरै नै पढ्छन्, र परमेश्वर तिनीहरूले हृदयदेखि नै उहाँका वचनहरू स्विकारेको र यी वचनहरूलाई आफ्ना वास्तविक जीवनमा ल्याएर अभ्यास र प्रयोग गरेको चाहना राख्नुहुन्छ, ताकि तिनीहरूले सत्यता बुझून् र सत्यतालाई आफ्नो जीवन बनाऊन्। अधिकांश मानिसहरूका लागि यो मापदण्ड हासिल गर्न कठिन हुन्छ, त्यसैले अधिकांश मानिसमा सत्यतादेखि दिक्क हुने स्वभाव छ भनेर भन्ने गरिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्‍नो दृष्टिकोण र मानसिकता सही छन्, र अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्‍ने सोच्छन्। तिनीहरू सधैँ आफ्‍नै रायमा झुण्डिरहन्छन्, र जोसुकैले भने पनि, उसको कुरा सुन्‍ने छैनन्। अरूले भनेको कुरा सही छ वा सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्ये स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनेको जस्तो मात्रै गर्नेछन्, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने बेलामा, तिनीहरू अझै पनि आफ्‍नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भन्‍ने कुरा सही र उचित ठान्छन्। … परमेश्‍वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्‍नुहुनेछ? उहाँले यसो भन्‍नुहुनेछ: “तँ जब्बर छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्नो विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्‍ने स्पष्ट हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छ्स्, पश्चात्ताप गर्दैनस् भने तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तँ सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति राख्छ्स्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ निकै हास्यास्पद र निरर्थक व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!” कुन तरिकामा तँसँग व्यवहार गर्नु गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली होइन, न त गलत व्यवहार नै हो। यो त तेरो स्वभाव प्रकट भएको हो। कुन स्वभाव प्रकट भएको? त्यो स्वभाव जसमा तँ सत्यतादेखि आजित छस्, र सत्यतालाई घृणा गर्छस्। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चिनिएपछि परमेश्‍वरको दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार, अस्वीकार, र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट हेर्दा, उनीहरू धेरैजसोले भन्‍नेछन्: “यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, जब्बर, र अहङ्कारी छ! यो व्यक्तिसँग ठ्याक मिलाउनै गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र ऊ सत्यता अभ्यास गर्दैन।” धेरैभन्दा धेरै, सबैले तँलाई मूल्याङ्कन गर्नेछन् तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्‍वर मानिसको हृदय जाँच्नुहुन्छ, र साथै उहाँ तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्‍वरले यसरी तँलाई परिभाषित गर्नुहुन्छ र तँ सत्यतालाई घृणा गर्छस् भनेर भन्‍नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी मात्र छस् भन्‍नुहुन्‍न भने के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त सङ्कट हो, र यो सङ्कट मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्‍ने कुरामा नभई, परमेश्‍वरले सत्यता घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुरामा आधारित हुन्छ। त्यसोभए, परमेश्‍वर त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्‍वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ? अनि त्यति नै हो त? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्‍वरको प्रतिनिधित्व गर्छ।) यसमाथि मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने परमेश्‍वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुको रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्‍वरलाई घृणा गर्छ! तिनीहरू परमेश्‍वरलाई घृणा गर्छन् भनेर म किन भन्छु? के तिनीहरूले परमेश्‍वरलाई सरापे? के तिनीहरूले उहाँलाई आमनेसामने विरोध गरे? के तिनीहरूले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरे? त्यो त होइन। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्‍वरलाई घृणा गर्नु हो भनेर किन म भन्छु? यो तिललाई पहाड बनाउनु होइन, यो त परिस्थितिको वास्तविकता हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गरेको कारण प्रभु येशूलाई क्रूसमा टाँग्‍नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यतादेखि दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, त्यो कुनै पनि समय र कहीँ पनि प्रकट हुन सक्छ, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्‍वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यता वा छनौट गर्ने कार्य मुछिएको कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमै परमेश्‍वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्‍वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो। यदि तेरो स्वभाव यस्तो छ भने, तैँले परमेश्‍वरले बोलेका वचनलाई पनि प्रश्न गर्नेछस् र तिनको विश्लेषण र चिरफार गर्न चाहनेछस्। त्यसपछि तँ परमेश्‍वरको वचनलाई शङ्का गर्दै भन्‍नेछस्, “के यो साँच्चै परमेश्‍वरको वचन हो? मलाई त यो सत्यता जस्तो लाग्दैन, त्यो सबै मलाई सही छैन जस्तो लाग्छ!” यसरी, के तेरो सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट भएको छैन त? जब तँ यसरी सोच्छस्, तब के तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? पक्कै पनि सक्दैनस्। यदि तँ परमेश्‍वरप्रति समर्पित हुन सक्दैनस् भने, के उहाँ अझै तेरो परमेश्‍वर हुनुहुन्छ त? हुनुहुन्‍न। त्यसोभए, तेरा लागि परमेश्‍वर के हुनुहुन्छ त? तैँले उहाँलाई अनुसन्धानको विषयझैँ, शङ्का गर्नुपर्ने व्यक्तिझैँ, निन्दा गर्नुपर्ने व्यक्तिझैँ व्यवहार गर्नेछस्; तैँले उहाँलाई सामान्य व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्, र उहाँलाई सोही तरिकाले निन्दा गर्नेछस्। यसो गर्दा, तँ परमेश्‍वरको विरोध र निन्दा गर्ने व्यक्ति बन्‍नेछस्। कस्तो स्वभावले गर्दा यो हुन्छ? यो अहङ्कारी स्वभावले गर्दा हुन्छ, जुन निश्चित हदसम्म मौलाएको छ; तेरो शैतानी स्वभाव प्रकट हुनेमात्र होइन, तर तेरो शैतानी अनुहार पनि पूर्ण रूपमा उदाङ्गो हुनेछ। परमेश्‍वरको विरोध गर्ने चरणमा पुगिसकेको व्यक्ति—जसको विद्रोहपन निश्चित हदसम्म पुगिसकेको छ—र परमेश्‍वरबीचको सम्बन्धलाई के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्ध बन्छ जसमा व्यक्तिले परमेश्‍वरलाई आफ्नो विपक्षमा राख्छ। यदि तँ परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यता स्विकार्न र पालना गर्न सक्दैनस् भने परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्‍न। यदि तँ सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने मानिस बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्‍वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्‍न। परमेश्‍वर तँलाई मुक्ति पाउने मौका दिनुहुन्छ र तँलाई शत्रु ठान्‍नुहुन्‍न, तर तँ सत्यता स्विकार्न सक्दैनस् र परमेश्‍वरलाई आफ्नो विपक्षमा राख्छस्; तैँले परमेश्‍वरलाई आफ्नो सत्यता र आफ्नो मार्ग ठान्‍न नसक्नुले गर्दा तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्छस्। यो समस्या कसरी सुल्झाउन सकिन्छ? तैँले तुरुन्तै पश्चात्ताप गरेर मार्ग बदल्नैपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै समस्या वा कठिनाइ सामना गर्दा र तँलाई त्यो समाधान गर्न नआउँदा, तैँले त्यसबारे अन्धाधुन्ध मनन गर्नु पटक्कै हुँदैन, तैँले पहिला आफूलाई परमेश्‍वरसामु शान्त पार्नैपर्छ, प्रार्थना र उहाँबाट खोजी गर्नैपर्छ, र उहाँको वचनले त्यसबारे के भन्छ त्यो हेर्नैपर्छ। यदि तैँले परमेश्‍वरको वचन पढिसकेपछि पनि अझै बुझिनस् र यस मामिला कुन सत्यतासँग सम्बन्धित छ भनेर थाहा पाइनस् भने, तँ एउटा सिद्धान्तमा दृढ हुनैपर्छ—त्यो हो, पहिले आज्ञापालन गर्ने, व्यक्तिगत विचार वा सोच नराख्ने, शान्त हृदयले पर्खने, अनि परमेश्‍वर कसरी अभिप्राय राख्नुहुन्छ र कसरी कार्य गर्न चाहनुहुन्छ हेर्ने। जब तँ सत्यता बुझ्दैनस्, तैँले अन्धाधुन्ध र लापरवाह तरिकाले कार्य गर्नुभन्दा सत्यता खोज्नुपर्छ, र परमेश्‍वरको प्रतीक्षा गर्नुपर्छ। तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सल्लाह दिन्छ र सत्यताअनुसार कसरी काम गर्ने भनेर बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यताको सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुसार रहेछ भनेर तँ पक्‍का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुसार छैन भनेर तैँले निर्धारित गरिस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल छ। तैँले सत्यता खोज्दा, धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि जो कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्‍नुपर्छ, उसका सबै शब्दहरू गम्भीरतापूर्वक लिनुपर्छ। तिनलाई बेवास्ता नगर् वा तुच्छ नठान् किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, मामिला एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; अरूले तँलाई सुझाव दिइसकेपछि र तैँले बुझिसकेपछि, तँ परिस्थितिहरू ठिक गर्न र सिद्धान्तअनुसार कार्य गर्न सक्षम हुनेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्‍वरका लागि यो ठूलो कुरा हो। किन म यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्‍वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यतादेखि दिक्‍क नमान्‍ने व्यक्ति हुन्छस्—परमेश्‍वरले तेरो हृदय जाँच्नुहुँदा, तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्‍नुपर्दा, तैँले परमेश्‍वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जिउने र प्रकट गर्ने सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यताको वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँमा हुने मनोवृत्ति, सोच, र स्थिति परमेश्‍वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्‍वरले तिनको सूक्ष्म जाँच गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

सत्यताबाट दिक्क हुने स्वभाव मुख्यतया मानिसहरूमा कसरी प्रकट हुन्छ? जब सकारात्मक कुरा देख्छन्, तिनीहरूले यसलाई सत्यताद्वारा मापन गर्दैनन्—अनि तिनीहरूले यसलाई मापन गर्न के प्रयोग गर्छन्? तिनीहरूले यसलाई मापन गर्न र यो ढङ्ग पुर्‍याएर गरिएको छ कि छैन, यसको स्वरूप कस्तो छ, र यो कति राम्रो छ भनेर हेर्न शैतानको तर्क प्रयोग गर्छन्। तिनीहरूले सबै कुराहरूको मापन शैतानले मानिसहरूको मूल्याङ्कन गर्न प्रयोग गर्ने विधिहरूद्वारा, अर्थात् अविश्‍वासीहरूले मानिसहरूको मूल्याङ्कन गर्न प्रयोग गर्ने सिद्धान्त तथा विधिहरूद्वारा गर्छन्। तिनीहरूले कामकुरा गर्दा सत्यता खोज्दैनन्, र तिनीहरूले गर्ने सबै कार्यहरूको सुरुवाती बिन्दु भनेकै सत्यतालाई पन्छाउँदै तिनीहरूको आफ्नै कल्पना र दृष्टिकोणहरू तथा तिनीहरूले प्राप्त गरेको जीवन दर्शन र ज्ञान प्रयोग गरेर तिनीहरूका कार्यहरू मापन गर्नु हो—तिनीहरू हरेक कामकुरा यसरी नै गर्छन्। तिनीहरूले मानव दृष्टिकोण र शैतानका तर्कहरूलाई आफ्नो मापकको रूपमा प्रयोग गर्छन्, र बारम्बार मापन गरेपछि, तिनीहरूलाई आफ्नो नजरमा, आफूजत्तिको राम्रो अरू कोही छैन—मै सर्वोत्तम हुँ भन्‍ने लाग्छ। के तिनीहरूको हृदयमा मानवजातिको लागि चाहिने परमेश्‍वरका मापदण्डहरू छन्? के त्यसमा सत्यताका कुनै सिद्धान्तहरू छन्? छैनन्, एउटै पनि छैनन्। तिनीहरूले मानवजातिको लागि चाहिने परमेश्‍वरका मापदण्डहरू देख्दैनन्, तिनीहरूले सत्यता सबै सकारात्मक चीजहरूको वास्तविकता हुन्छ भन्‍ने देख्दैनन्, तिनीहरूले सत्यता सबै चीजहरूभन्दा माथि हुन्छ भन्‍ने देख्दैनन्, त्यसैले तिनीहरूले स्वतः देहधारी परमेश्‍वरलाई नजरअन्दाज गर्छन्, र तिनीहरूसँग देहधारी परमेश्‍वरको पोशाक शैली, र बोलीवचन तथा व्यवहारबारे सधैं धारणाहरू हुन्छन्। त्यसैले, लामो हिमचिमश्‍चात्, तिनीहरूले यस्तो सोच्छन्, “तपाईं मैले कल्पेजस्तो सम्मानित, प्रतापी, र प्रखर हुनुहुन्न, र तपाईँसँग मेरो जतिको परिष्कृतता पनि छैन। के म यहाँ उभिँदा मसँग उच्च व्यक्तित्वको परिष्कृतता छैन र? तपाईंले सत्यता बोले पनि म तपाईंसँग परमेश्‍वरजस्तो केही कुरा पनि देख्दिनँ। तपाईं सधैँ सत्यताबारे कुरा गर्नुहुन्छ, तपाईं सधैँ वास्तविकतामा प्रवेश गर्ने कुरा गर्नुहुन्छ, बरु तपाईं किन केही रहस्यहरू खोल्‍नुहुन्न? तपाईं किन तेस्रो स्वर्गको भाषामा अलिअलि बोल्नुहुन्न?” यो कस्तो तर्क र दृष्टिकोण हो? (यो शैतानको दृष्टिकोण हो।) यो शैतानबाट आउँछ। तिमीहरूलाई मैले यी कुराहरू कसरी सम्हाल्छु जस्तो लाग्छ? (तपाईं यसप्रकारको व्यक्तिलाई घृणा गर्नुहुन्छ र तपाईं तिनीहरूसँग अन्तरक्रिया गर्न अनिच्छुक बन्‍नुहुन्छ।) तिमीहरू गलत छौ। तिमीहरूले सोचेभन्दा विपरीत, जब त्यस्ता व्यक्तिहरूसित जम्काभेट हुन्छ, म तिनीहरूको नजिक जान्छु र तिनीहरूसँग सामान्य रूपमा सङ्गति गर्छु, र मैले जे सक्छु त्यो प्रदान गर्छु र जसरी सक्छु त्यसरी सहयोग गर्छु। यदि तिनीहरू ढिपीवाल र जिद्दी छन् भने, म तिनीहरूसँग सामान्य रूपमा मिल्न सक्ने मात्र नभई, तिनीहरूसँग सकेसम्म धेरै कुराहरू छलफलसमेत गर्नेछु। मैले यसो भन्‍ने छु, “तिमीलाई यो तरिकाले काम गरेर हुन्छ जस्तो लाग्छ? तिमीलाई उचित लाग्ने यी विधिहरूमध्ये कुनै एउटा प्रयोग गर, र यदि तिमीलाई यीमध्ये कुनै पनि उचित छैन भन्‍ने लाग्छ भने, यो समस्या समाधान गर्नेबारे आफ्नै तरिका सोच।” यसप्रकारका व्यक्तिहरूले आफूलाई जति ठूला ठान्छन्, त्यति नै म तिनीहरूसँग यसरी नै घुलमिल गर्छु; म कसैको अगाडि ठालु पल्टिनेछैन। यदि दुईवटा कुर्सीहरू छन्, र एउटा अग्लो र अर्को होचो छ भने, म तिनीहरूलाई अग्लो कुर्सीमा बस्न दिनेछु, र म होचो कुर्सीमा बस्नेछु। म तिनीहरूसँग आफ्नो शिर माथितिर फर्काएर कुरा गर्नेछु, र अन्त्यमा तिनीहरूलाई लज्जित महसुस गराउनेछु, र तिनीहरूलाई तिनीहरूसँग कुनै सत्यता छैन, तिनीहरू दरिद्र र दयनीय, अनि बोधा र मन्दबुद्धिका छन् भन्‍ने महसुस गराउनेछु। तँलाई यो विधि कस्तो लाग्छ? (यो राम्रो छ।) त्यसोभए, यदि मैले तिनीहरूलाई बेवास्ता गर्थेँ भने, के यो तिनीहरूको लागि राम्रो हुन्थ्यो? वास्तवमा, त्यसमा गलत कुरा केही छैन, तर यसले तिनीहरूलाई केही राम्रो पनि गर्दैन। यदि तिनीहरूले परमेश्‍वरमा केही इमानदारीसाथ विश्‍वास गर्छन्, तिनीहरूमा केही मानवता छ, र तिनीहरूलाई मुक्ति दिन सकिन्छ भने, तिनीहरूसँग मैले अन्तरक्रिया गर्नु ठीकै हुन्छ। अन्ततः एकदिन, यदि तिनीहरूले सत्यता बुझ्छन् भने, तिनीहरू बस्नलाई आफैँ होचो कुर्सी रोज्नेछन्, र घमण्डी हुन छोड्नेछन्। यदि मैले तिनीहरूलाई बेवास्ता गरेँ भने, तिनीहरू सधैँभरि यतिकै अज्ञानी र मूर्ख रहिरहनेछन्, मूर्ख कुराहरू बोल्दै र गर्दै हिँड्नेछन्, र तिनीहरू सधैं मूर्ख, गरिब र दयनीय हुनेछन्—यो सत्यता नपछ्याउने मानिसहरूको कुरूप स्थिति हो। मानिसहरूले सकारात्मक कुराहरूलाई हेयको दृष्टिले हेर्ने र तिरस्कार गर्ने गर्छन्, र जब तिनीहरूले इमानदार, प्रेमिलो र सधैं सत्यता अभ्यास गर्ने तर कहिलेकाहीँ विवेकको कमी हुने व्यक्ति देख्छन्, तिनीहरूले उनीहरूलाई आफ्नो हृदयदेखि नै तिरस्कार गर्छन्। तिनीहरू सोच्छन् कि त्यस्तो व्यक्ति बेकार र केही न कामको छ, जबकि तिनीहरू आफू भने चतुर छन्, हिसाकिताब गर्नमा राम्रो, षड्यन्त्र र जालझेलमा माहिर छन्, तिनीहरूसँग साधन र वरदानहरू, र सक्षमता र वाक्पटुता छ। तिनीहरूलाई लाग्छ कि यसले तिनीहरूलाई परमेश्‍वरको छुटकाराको पात्र बनाउँछ, तर यो वास्तवमा उल्टो हुन्छ—परमेश्‍वर यस्तो व्यक्तिबाट दिक्क हुनुहुन्छ। यो सत्यता मन नपराउने र सत्यताबाट दिक्क हुने स्वभाव हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

परमेश्‍वर कमजोर क्षमता भएका मानिसहरूलाई घृणा गर्नुहुन्‍न, उहाँ तिनीहरूको मूर्खतालाई घृणा गर्नुहुन्न, र उहाँ तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई घृणा गर्नुहुन्‍न। परमेश्वरले मानिसहरूमा भएको कुन कुरालाई सबैभन्दा घृणा गर्नुहुन्छ? तिनीहरूमा सत्यताप्रति अरुचि हुनुलाई। यदि तँमा सत्यताप्रति अरुचि छ भने, त्यो कुराले मात्रै परमेश्‍वर तँसित कहिल्यै प्रसन्‍न हुनुहुनेछैन। यो ध्रूव सत्य हो। यदि तँमा सत्यताप्रति अरुचि छ, तँ सत्यतालाई प्रेम गर्दैनस्, सत्यताप्रति तेरो मनोवृत्ति वास्ता नगर्ने, तिरस्कारपूर्ण, र अहङ्कारी छ, वा प्रतिघाती, प्रतिरोधी, र इन्कार गर्ने खालको समेत छ—यदि तँ यस्तो व्यवहार गर्छस् भने, परमेश्वर तँलाई असाध्यै घृणा गर्नुहुन्छ, र तँ मरेतुल्य हुन्छस्। यदि तैँले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छस्, तर पनि तँ अलिक कमजोर क्षमताको र अन्तर्ज्ञानमा कमी भएको, साथै अलिक मूर्ख व्यक्ति होस् भने; यदि तैँले प्रायजसो गल्ती गर्छस्, तर दुष्कर्म गर्ने अभिप्राय राख्दैनस्, र एकदुई वटा मूर्ख काम मात्रै गरेको छस् भने; यदि तँ सत्यतामा परमेश्वरको सङ्गति सुन्‍न हृदयदेखि नै इच्‍छुक छस्, र हृदयदेखि नै सत्यताको तृष्णा गर्छस् भने; यदि तैँले सत्यता र परमेश्‍वरका वचनहरूलाई इमानदार र उत्कट इच्‍छाको मनोवृत्तिसाथ लिन्छस्, र परमेश्‍वरका वचनहरूलाई बहुमूल्य र प्यारो ठान्छस् भने, यो नै पर्याप्त हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। कहिलेकाहीँ तँ अलि मूर्ख भए पनि, परमेश्‍वरले अझै पनि तँलाई मन पराउनुहुन्छ। परमेश्‍वर सत्यताको तृष्णा गर्ने तेरो हृदय मन पराउनुहुन्छ, र उहाँ सत्यताप्रतिको तेरो इमानदार मनोवृत्ति मन पराउनुहुन्छ। त्यसकारण, परमेश्‍वर तँलाई कृपा देखाउनुहुन्छ र सधैँ तँलाई अनुग्रह प्रदान गर्नुहुन्छ। उहाँ तेरो कमजोर क्षमता वा मूर्खतालाई ध्यान दिनुहुन्‍न, न त तेरा अपराधहरूलाई नै ध्यान दिनुहुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति इमानदार र उत्कट हुने हुनाले, र तेरो हृदय सच्‍चा भएकाले, तेरो हृदयको सच्चापन र तेरो यो मनोवृत्तिलाई विचार गरेर, उहाँ तँप्रति सधैँ कृपालु हुनुहुनेछ, र पवित्र आत्‍माले तँमा काम गर्नुहुनेछ, र तैँले मुक्ति पाउने आशा हुनेछ। अर्कोतिर, यदि तँ कठोर मनको र आफैप्रति लिप्त छस्, तँमा सत्यताप्रति अरुचि छ, परमेश्‍वरका वचनहरू र सत्यतासँग सम्‍बन्धित हरेक कुरा कहिल्यै सुन्दैनस्, र हृदयदेखि नै विरोधी र तिरस्कार गर्ने छस् भने, तँप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? घृणा, तिरस्कार, र अटुट क्रोध। परमेश्वरको धर्मी स्वभावका दुई प्रस्ट विशेषताहरू के-के हुन्? प्रचुर कृपा र बल्दो क्रोध। “प्रचुर कृपा” भित्रको “प्रचुर” को अर्थ परमेश्वरको कृपा सहनशील, धैर्यशील, धीर हुन्छ र त्यो सबैभन्दा ठूलो प्रेम हो भन्ने हो—“प्रचुर” को अर्थ त्यही हो। मानिसहरू मूर्ख र कमजोर क्षमताका हुने भएकाले, परमेश्वरले यसरी कार्य गर्नुपर्छ। यदि तँ सत्यतालाई प्रेम गर्छस् तर मूर्ख र कमजोर क्षमताको छस् भने, तँप्रति परमेश्वरको मनोवृत्ति तँलाई प्रचुर कृपा दिनु हुन्छ। कृपामा के-के समावेश हुन्छन्? धैर्य र सहनशीलता: परमेश्वर तेरो अज्ञानताप्रति सहनशील र धैर्यशील हुनुहुन्छ, उहाँ तँलाई साथ दिन, भरणपोषण गर्न र मद्दत गर्न पर्याप्त आस्था र सहनशीलता दिनुहुन्छ, ताकि तैँले अलिअलि गर्दै सत्यता बुझ्न र तँ बिस्तारै परिपक्व बन्न सकेस्। यो कस्तो जगमा आधारित छ? यो सत्यताप्रतिको आफ्नो प्रेम र तृष्णा, अनि परमेश्वर, उहाँका वचन र सत्यताप्रतिको आफ्नो सच्चा मनोवृत्तिको जगमा आधारित छ। मानिसहरूमा प्रकट हुनुपर्ने आधारभूत व्यवहारहरू यिनै हुन्। तर यदि कसैका हृदयमा सत्यताप्रति अरुचि छ, ऊ त्यसलाई नकार्छ, वा सत्यतालाई घृणासमेत गर्छ भने, यदि ऊ सत्यतालाई कहिल्यै गम्भीरतासाथ लिँदैन, र सधैँ आफ्ना उपलब्धिहरूबारे, अनि उसले कसरी काम गरेको छ, ऊसँग कति अनुभव छ, उसले केके पार गरेको छ, परमेश्वर कसरी उसलाई सम्मान गर्नुहुन्छ र ठुलाठुला कार्यहरू सुम्पनुभएको छ भन्नेबारे कुरा गर्छ भने—यदि उसले यी कुरा, उसका योग्यता, उपलब्धि, र प्रतिभाहरूबारे मात्र कुरा गर्छ, सधैँ देखावा गर्छ, र कहिल्यै सत्यतामा सङ्गति गर्दैन, परमेश्वरको गवाही दिँदैन, वा परमेश्वरको कामको अनुभव वा परमेश्वरबारे उसको ज्ञानबाट प्राप्त बुझाइमा सङ्गति गर्दैन भने, के उसमा सत्यताप्रति अरुचि छ हैन र? सत्यताप्रति अरुचि हुने र सत्यतालाई प्रेम नगर्ने कुरा यसरी प्रकट हुन्छ। कतिपय मानिस भन्छन्, “यदि तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भने कसरी प्रवचन सुन्न सक्छन्?” के प्रवचन सुन्ने सबैले सत्यतालाई प्रेम गर्छ? कतिपय मानिसहरू झारा टार्ने काम मात्र गर्छन्। तिनीहरू यदि आफू मण्डली जीवनमा सहभागी भएन भने परमेश्वरको घरले आफ्नो आस्थालाई स्विकार्नेछैन भन्ने डरले अरूका अगाडि नाटक गर्न बाध्य हुन्छन्। सत्यताप्रतिको यो मनोवृत्तिलाई परमेश्वर कसरी परिभाषित गर्नुहुन्छ? परमेश्वर भन्नुहुन्छ, तिनीहरूमा सत्यताप्रति अरुचि छ, र सत्यताप्रति वितृष्ण छ। तिनीहरूका स्वभावमा एउटा सबैभन्दा घातक, अहङ्कार र छलीपनभन्दा पनि घातक कुरा छ, र त्यो सत्यताप्रति अरुचि हुनु हो। परमेश्वर यो कुरा देख्नुहुन्छ। परमेश्वरको धर्मी स्वभावलाई विचार गर्दा, उहाँ यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? उहाँ तिनीहरूप्रति क्रोधित हुनुहुन्छ। यदि परमेश्वर कुनै व्यक्तिप्रति क्रोधित हुनुहुन्छ भने, कहिलेकाहीँ उहाँ उसलाई हप्काउनुहुन्छ, वा अनुशासनमा राख्नुहुन्छ र दण्ड दिनुहुन्छ। यदि ऊ जानाजानी परमेश्वरको विरोध गर्दैन भने, उहाँले सहनुहुनेछ, प्रतीक्षा र अवलोकन गर्नुहुनेछ। परिस्थिति र अन्य वस्तुगत कारणले गर्दा, परमेश्वरले यस गैरविश्वासीलाई उहाँको सेवा गर्न प्रयोग गर्न सक्नुहोला। तर परिस्थितिले साथ दियो भने र सही समय आएमा, यस्ता मानिसहरू परमेश्वरको घरबाट हटाइनेछन्, किनकि तिनीहरू सेवा गर्नसमेत योग्य हुँदैनन्। परमेश्वरको क्रोध यस्तै हुन्छ। परमेश्वर किन यति साह्रो क्रोधित हुनुहुन्छ? यसले सत्यताप्रति अरुचि राख्ने मानिसरूप्रति परमेश्वरको चरम घृणालाई व्यक्त गर्छ। परमेश्वरको बल्दो क्रोधले उहाँले सत्यताप्रति अरुचि राख्ने मानिसहरूको परिणाम र गन्तव्य तय गर्नुभएको छ भन्ने देखाउँछ। परमेश्वर यी मानिसहरूलाई कुन वर्गमा राख्नुहुन्छ? परमेश्वर तिनीहरूलाई शैतानको शिविरमा राख्नुहुन्छ। उहाँ तिनीहरूप्रति क्रोधित र दिक्क हुनुभएकाले, उहाँ तिनीहरूका लागि ढोका बन्द गर्नुहुन्छ, उहाँ तिनीहरूलाई उहाँका घरमा पाइला टेक्ने अनुमति दिनुहुन्न, र मुक्ति पाउने मौका दिनुहुन्न। यो परमेश्वरको क्रोधको एउटा प्रकटीकरण हो। परमेश्वर तिनीहरूलाई डरलाग्दो शैतान, घिनलाग्दो पिशाच र दुष्टात्मा, गैरविश्वासीकै स्तरमा राख्नुहुन्छ, र सही समय आएपछि उहाँले तिनीहरूलाई हटाउनुहुनेछ। के यो तिनीहरूलाई तह लगाउने तरिका होइन र? (हो।) परमेश्वरको क्रोध यस्तै हुन्छ। हटाइसकिएपछि तिनीहरूलाई के हुन्छ? के तिनीहरूले फेरि कहिल्यै परमेश्वरको अनुग्रह र आशिष् अनि उहाँको मुक्ति पाउन सक्छन्? (सक्दैनन्।)

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ

यदि तँ सत्यताप्रति अरुचि राख्छस्, र सधैँ सत्यतालाई बद्नाम र अवहेलना गर्छस् भने, यदि तेरो यस्तो प्रकृति छ भने, तँ सजिलै बदलिनेछैनस्। तँ बदलिस् भने पनि परमेश्वरको मनोवृत्ति बदलेको छ कि छैन भनी हेर्न बाँकी रहन्छ। यदि तैँले गर्ने कुराले परमेश्वरको मनोवृत्ति बदल्न सक्छ भने, तँसित अझै मुक्ति पाउने आशा रहन्छ। यदि तँ परमेश्वरको मनोवृत्ति बदल्न सक्दैनस्, र परमेश्वरले लामो समयदेखि तेरो सारलाई हृदयबाटै मन पराइरहनुभएको छैन भने, तँसित मुक्तिको आशा रहँदैन। त्यसकारण, तिमीहरूले आफूलाई जाँच्नुपर्छ। यदि तँ आफूमा सत्यताप्रति अरुचि हुने र सत्यताको प्रतिरोध गर्ने स्थितिमा छस् भने, यो एकदमै खतरनाक हो। यदि तँ प्रायजसो यस्तो स्थिति पैदा गर्छस्, प्रायजसो यस्ता स्थितिमा पर्छस्, वा यदि तँ मूलत: यस्तो व्यक्ति होस् भने, यो त झनै समस्या हो। यदि तँ कहिलेकाहीँ सत्यताप्रति अरुचि हुने स्थितिमा हुन्छस् भने, प्रथमतः त्यो तेरो सानो कदको कारणले हुन सक्ला; दोस्रो कुरा, मानिसको भ्रष्ट स्वभावमै यस्तो सार हुन्छ, जसले गर्दा यस्तो स्थिति पैदा नआई छोड्दैन। तर, यो स्थितिले तेरो सारलाई प्रतिनिधित्व गर्दैन। कहिलेकाहीँ, कुनै क्षणिक आवेगले तँमा सत्यताप्रति अरुचि हुने स्थिति सिर्जना गर्छ। यो अस्थायी मात्र हो। यो सत्यताप्रति अरुचि हुने तेरो स्वभावको सारले गर्दा हुँदैन। यदि त्यो अस्थायी स्थिति हो भने, त्यसलाई ठिक गर्न सकिन्छ, तर त्यसलाई कसरी ठिक गर्ने? तैँले तुरुन्तै परमेश्वरसामु आएर यस सम्बन्धमा सत्यता खोज्नुपर्छ र सत्यता स्विकार्न अनि सत्यता र परमेश्वरप्रति समर्पित हुन सक्नुपर्छ। त्यसपछि यो स्थिति समाधान हुन्छ। यदि तैँले त्यो समाधान गरिनस् र त्यसलाई त्यसरी नै चलिरहन दिइस् भने, तँ खतरामा पर्छस्। उदाहरणका लागि, कतिपय मानिस भन्छन्: “जे होस्, म कमजोर क्षमताको छु र सत्यता बुझ्न सक्दिनँ, त्यसैले म त्यो पछ्याउन छोड्छु, र म परमेश्वरप्रति समर्पित हुनु पनि पर्दैन। परमेश्वर कसरी मलाई यस्तो क्षमता दिन सक्नुहुन्छ? परमेश्वर धर्मी हुनुहुन्न!” तँ परमेश्वरको धार्मिकतालाई नकार्छस्। के त्यो सत्यताप्रति अरुचि हुनु होइन र? यो सत्यताप्रति अरुचि हुने मनोवृत्ति र सत्यताप्रति अरुचि हुने प्रकटीकरण हो। यस्तो प्रकटीकरण हुनुको कुनै सन्दर्भ हुन्छ, त्यसैले यस्तो स्थितिको सन्दर्भ र मूल कारणलाई समाधान गर्न जरुरी छ। मूल कारण समाधान भएपछि, त्योसँगै तेरो स्थिति हराएर जानेछ। कतिपय स्थिति लक्षणजस्तै हुन्छन्, जस्तै खोकी, जुन चिसो लागेकाले वा निमोनियाले गर्दा हुन सक्छ। यदि तैँले चिसो लागेको वा निमोनिया निको पारिस् भने, खोकी पनि बिसेक हुनेछ। मूल कारण समाधान गरिएपछि, लक्षणहरू पनि हराएर जान्छन्। तर सत्यताप्रति अरुचि हुने केही स्थिति लक्षण होइनन्, ट्युमर हुन्। रोगको मूल कारण भित्र हुन्छ। तैँले बाहिरबाट हेरेर कुनै पनि लक्षणहरू भेट्टाउन नसक्लास्, तर रोग लागेपछि, त्यो घातक हुन्छ। यो एकदमै गम्भीर समस्या हो। यस्ता मानिसहरू कहिल्यै सत्यता स्विकार्दैनन् वा सकार्दैनन्, वा अविश्वासीहरूले झैँ बारम्बार सत्यतालाई बद्नामसमेत गर्छन्। तिनीहरूले मुखबाट कहिल्यै शब्दहरू नफुत्काए पनि, हृदयमा सत्यतालाई बद्नाम, इन्कार र खण्डन गरिरहन्छन्। जुनै सत्यता भए पनि—चाहे त्यो आफूलाई चिन्ने, आफ्नो भ्रष्ट स्वभाव चिन्ने, सत्यता स्विकार्ने, परमेश्वरप्रति समर्पित हुने, झारा टार्ने तरिकाले कामकुरा नगर्ने होस्, वा इमानदार व्यक्ति बन्ने—तिनीहरू सत्यताको कुनै पक्षलाई पनि स्विकार्ने, मान्ने, वा ध्यान दिने गर्दैनन्, वा सत्यताका सम्पूर्ण पक्षलाई खण्डन र बद्नामसमेत गर्छन्। यो सत्यताप्रति अरुचि हुने स्वभाव हो, यो एक प्रकारको सार हो। यो सारले कस्तो नतिजा ल्याउँछ? परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने, अनि त्यसपछि नष्ट हुने। परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ

आखिरी दिनहरूमा परमेश्वर देहधारी भएर आउनुभएको छ। मानिसले व्यावहारिक परमेश्वरमा विश्वास गगर्ने कुरालाई ध्यानमा राख्दा, उसले सबैभन्दा बढी के प्राप्त गर्नुपर्छ? त्यो भनेको सत्यता, जीवन हो; योबाहेक केही महत्त्वपूर्ण छैन। जब ख्रीष्ट आउनुभयो, उहाँले सत्यता ल्याउनुभयो, जीवन ल्याउनुभयो; उहाँ मानिसहरूलाई जीवन प्रदान गर्न आउनुभयो। त्यसोभए, व्यक्तिले कसरी व्यावहारिक परमेश्वरमा विश्वास गर्न सुरु गर्छ त? सत्यता र जीवन प्राप्त गर्न के गर्नुपर्छ? परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। धार्मिकताका भोका र प्यासी सबैले तृप्त हुनेगरी परमेश्वरका वचनहरू खानु र पिउनुपर्छ। परमेश्वरका सबै वचनहरू सत्यता हुन्, र उहाँका वचनहरू समृद्ध र प्रचुर छन्; जताततै बहुमूल्य चीजहरू र सबैतिर खजानाहरू छन्। कनानको सुन्दर भूमिको प्रचुरताको आनन्द लिँदै, सत्यतालाई प्रेम गर्नेहरूका हृदय आनन्दले ढकमक्क फुल्छन्। तिनीहरूले खाने र पिउने परमेश्वरका प्रत्येक वाक्यमा सत्यता र प्रकाश छन्, ती सबै बहुमूल्य छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरू शोकले निधार खुम्च्याउँछन्; तिनीहरू भोजमा बस्छन् र पनि अनिकालले ग्रस्त हुन्छन्, यसले तिनीहरूको दयनीयता देखाउँछ। सत्यता खोज्न सक्‍नेहरूको लाभ बढ्दै जानेछ, र जसले त्यसो गर्न सक्दैनन्, तिनीहरूको अन्त्य हुनेछ। अहिले सबैभन्दा ठूलो चिन्ताको विषय भनेको सबै कुरामा सत्यता खोज्नु, सत्यताको बुझाइ प्राप्त गर्नु, सत्यता अभ्यास गर्नु, र परमेश्वरमा साँच्चिकै समर्पित हुन सक्नु हो। परमेश्वरमा विश्वास गर्नु भनेको यही हो। व्यावहारिक परमेश्वरमा विश्वास गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। सत्यता केका लागि प्रयोग गरिन्छ? के यो मानिसहरूको आत्मिक संसारलाई समृद्ध बनाउन प्रयोग गरिन्छ? के यो मानिसहरूलाई असल शिक्षा दिनका लागि हो? (होइन।) त्यसोभए सत्यताले मानिसको कुन समस्या समाधान गर्छ? सत्यता मानिसको भ्रष्ट स्वभाव र पापी प्रकृति सुल्झाउन, मानिसहरूलाई परमेश्वरसामु बाँच्न र तिनीहरूलाई सामान्य मानवतामा जिउन लगाउनका लागि हो। कतिपयले सत्यता के हो बुझ्दैनन्। उनीहरूलाई सधैँ सत्यता गहन र अमूर्त हुन्छ, र सत्यता रहस्य हो भन्ने लाग्छ। उनीहरू सत्यता भनेको मानिसहरूले अभ्यास गर्ने, लागू गर्ने कुरा हो भन्ने बुझ्दैनन्। कतिपय मानिसहरूले दश-बीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्, र पनि वास्तवमा सत्यता के हो भनेर राम्ररी बुझेका हुँदैनन्। के यस प्रकारको व्यक्तिले सत्यता प्राप्त गरेको हुन्छ त? (हुँदैन।) के सत्यता प्राप्त नगरेकाहरू दयनीय छैनन् त? अत्यन्तै दयनीय छन्—त्यो भजनमा गाइएझैँ, तिनीहरू “भोजमा बसिरहेका छन् र पनि अनिकालबाट ग्रस्त छन्।” सत्यता प्राप्त गर्न कठिन छैन, न त सत्यता वास्तविकतामा प्रवेश गर्न नै कठिन छ, तर यदि मानिसहरू सधैँ सत्यताप्रति दिक्‍क मान्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् त? सक्दैनन्। त्यसकारण, तँ सधैँ परमेश्‍वरको अघि आउनुपर्छ, सत्यताप्रति दिक्‍क मान्‍ने तेरा भित्री स्थितिहरूलाई जाँच्‍नुपर्छ, र सत्यताप्रति दिक्‍क मान्‍ने के-कस्ता लक्षणहरू तँमा छन्, र काम गर्ने के-कस्ता तरिकाहरू हुनुचाहिँ सत्यताप्रति दिक्‍क भएको अवस्था हो, र तँ के-कस्ता कुराहरूमा सत्यताप्रति दिक्‍क मान्‍ने मनोवृत्ति देखाउँछस् भन्‍ने कुराहरूलाई हेर्नुपर्छ—तैँले यी कुराहरूको बारेमा बारम्‍बार मनन गर्नुपर्छ। मानौँ, कसैले तँलाई “तँ आफ्नो इच्छामा भर परेर मात्रै आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्—तैँले आत्मचिन्तन गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ” भनी हप्काउँछ र तँ रिसाउँदै यस्तो जवाफ दिन्छस्, “मैले मेरो कर्तव्य निभाउने तरिका ठिक छैन, तर तेरो चाहिँ सही छ त? मेरो कर्तव्य निर्वाह गर्ने तरिकामा के गल्ती छ? परमेश्वरले मेरो हृदय बुझ्नुहुन्छ!” यो कस्तो मनोवृत्ति हो? के यो सत्यता स्वीकार गर्ने मनोवृत्ति हो? (होइन।) आफूलाई परिआउँदा व्यक्तिमा पहिले सत्यता स्वीकार गर्ने मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति नहुनु भनेको मोही थाप्ने ढुङ्ग्रो नहुनुजस्तै हो, यसरी तँ सत्यता प्राप्त गर्न नसक्ने बन्नु हो। यदि कुनै व्यक्तिले सत्यता प्राप्त गर्न सक्दैन भने, परमेश्वरमा उसको विश्वास व्यर्थ छ! परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता प्राप्त गर्नु हो। यदि कसैले सत्यता प्राप्त गर्न सक्दैन भने, उसको परमेश्वरमाथिको विश्वास असफल भएको छ। सत्यता प्राप्त गर्नु भनेको के हो? यो तब प्राप्त हुन्छ, जब सत्यता तेरो वास्तविकता बन्छ, जब यो तेरो जीवन बन्छ। सत्यता प्राप्त गर्नु भनेको यही हो—परमेश्वरमा विश्वास गर्नुको अर्थ यही हो! परमेश्वरले उहाँका वचनहरू केका लागि भन्नुहुन्छ? परमेश्वरले ती सत्यताहरू केका लागि व्यक्त गर्नुहुन्छ? ताकि मानिसहरूले यसरी सत्यता स्विकारून् कि, त्यसले भ्रष्टतालाई शुद्ध पारोस्; ताकि मानिसहरूले सत्यता यसरी प्राप्त गरून् कि, सत्यता नै उनीहरूको जीवन बनोस्। नत्र परमेश्वरले किन यति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्थ्यो होला र? बाइबलसँग प्रतिस्पर्धा गर्न? “सत्यताको विश्वविद्यालय” स्थापना गर्न र मानिसहरूको समूहलाई तालिम दिन? दुवैका लागि होइन। बरु त्यो त मानवजातिलाई पूर्ण रूपमा बचाउनका लागि हो, मानवजातिलाई सत्यता बुझाउन र अन्ततः यो प्राप्त गराउनका लागि हो। तिमीहरू अब बुझ्छौ नि, कि कसो? परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (सत्यता प्राप्त गर्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु।) यसपश्चात्, यो कुरा तिमीहरू सत्यता वास्तविकतामा कसरी प्रवेश गर्छौ, र तिमीहरू प्रवेश गर्न सक्छौ या सक्दैनौ भन्ने कुरामा निर्भर हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित अनुभवात्मक गवाहीहरू

म सत्यताप्रति दिक्‍क मान्छु भन्‍ने देख्दा

आफ्‍नो गवाही लेखेर मैले के प्राप्त गरेँ

अघिल्लो: २६. हठी स्वभावको समस्या कसरी समाधान गर्ने

अर्को: ३०. मानिसहरूले परमेश्‍वरको अवाज्ञा र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्