२५. हैसियतका लाभहरूमा लिप्त हुने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूलाई बन्धनमा राख्छन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पछ्याइरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्‍ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो मनसायहरू सही छन् तापनि परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो मनसायहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरूले आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरू सधैँ कुटिल बन्छन् र सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छली र धोकेबाज व्यवहार गर्छन्, दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पनुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने

“हैसियत” शब्द आफैमा न त कुनै जाँच न त कुनै परीक्षा हो। यो कुरा मान्छेले कसरी हैसियत सम्हाल्छ भन्‍ने कुरामा भर पर्छ। यदि तँ नेतृत्वको कामलाई कर्तव्यका रूपमा, अर्थात तैँले गर्नैपर्ने जिम्मेवारीका रूपमा लिन्छस् भने, तँलाई हैसियतले बाधा पुर्‍याउनेछैन। यदि तँ त्यसलाई आधिकारिक पद वा स्थानको रूपमा स्विकार्छस् भने, तँ समस्यामा पर्नेछस् र अवश्यै तेरो पतन हुनेछ। त्यसो भए, मण्डलीको अगुवा र सेवक भइसकेपछि व्यक्तिले कस्तो मानसिकता अँगाल्नुपर्छ? तेरो खोज कहाँ केन्द्रित हुनुपर्छ? तँसँग एउटा मार्ग हुनुपर्छ! यदि तँ सत्यता खोज्दैनस् र तँसँग अभ्यासको मार्ग छैन भने, तेरो यो हैसियत तेरै जाल बन्‍नेछ, र तँ पछारिनेछस्। कतिपय मानिस हैसियत प्राप्त गरेपछि फरक हुन्छन्, र तिनीहरूको मानसिकता परिवर्तन हुन्छ। तिनीहरूलाई कसरी कपडा लगाउने, अरूसँग कसरी बोल्ने, कस्तो भावमा बोल्ने, मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, वा कस्तो हाउभाउ देखाउने भन्‍ने नै थाहा हुँदैन। फलस्वरूप, तिनीहरूले आफ्नो छवि बनाउन थाल्छन्। के यो विकृति होइन र? कतिपय मानिस गैरविश्‍वासीहरूको कपाल, तिनीहरूले लाउने कपडा, र तिनीहरूको बोली र चालढालको गुण हेर्छन्। तिनीहरू अविश्‍वासीहरूको नक्कल गर्छन् र यस मार्गमा गैरविश्‍वासीहरूकै दिशामा हिँड्छन्। के यो सकारात्मक कुरा हो र? (होइन।) यहाँ के भइरहेको छ? यी कुराहरू देखावटी अभ्यासहरूजस्ता देखिए पनि, यो वास्तवमा एक प्रकारको खोज हो। यो नक्कल हो। यो सही तरिका होइन। अब, तिमीहरू यी प्रष्ट तस्बिर र भेषहरूमा सही र गलत छुट्याउन सक्छौ, तर के तिमीहरू गलतलाई अस्वीकार र बेवास्ता गर्न सक्छौ? (यदि हामी त्यसबारे सचेत छौँ भने सक्छौँ।) यो तिमीहरूको अहिलेको कद हो। जब यी विचारहरू तेरो हृदयमा नयाँ हुन्छन्, तैँले ती खुट्याउन र पहिचान गर्न सक्छस्। यदि तँ हैसियत पछ्याउन अभिप्रेरित छस् भने, तँ आफैले आफ्नो हृदयमा यो चाहना कम गर्न सक्छस्, ताकि तँ विवेक गुमाएको पशुजसरी आफ्नो आदर्श व्यक्तिको पछि लाग्‍ने आसक्त शुभचिन्तकजस्तो हुनेछैनस्। व्यक्तिपरक रूपमा, तैँले ती विचारहरू खुट्याउन र पहिचान गर्न सक्छस्। जब तँ मानिसहरूद्वारा घेरिएको हुँदैनस्, तैँले कुनै परीक्षाविना देहको विद्रोह गर्न सक्छस्। तर यदि मानिसहरूले तँलाई पछ्याउने, तँवरपर घुम्ने, तेरा दैनिक आवश्यकताहरूको ख्याल गर्ने, तँलाई गाँस र कपासको व्यवस्था गरिदिने, र तेरो हरेक आवश्यकता पूर्ति गरिदिने हो भने, के हुन्थ्यो? तेरो हृदयमा कस्ता भावनाहरू चल्थे? के तँ हैसियतका लाभहरूमा रमाइरहेको हुँदैनथिस्? के तँ त्यसपछि पनि देहको विरुद्धमा विद्रोह गर्न सक्षम हुनेथिइस्? जब मानिसहरू तेरो वरिपरि झुम्मिन्छन्, जब तँ चर्चित व्यक्तित्व भएझैँ तिनीहरू तेरो वरिपरि घुम्छन्, तब तैँले आफ्नो हैसियत कसरी सम्हाल्थिस्? तेरो चेत भित्रका कुराहरू, मतलब तेरा सोच र विचारहरूमाझका ती कुराहरू—हैसियतको कदर, हैसियतको उपभोग, र हैसियतको लोभ वा मोहसमेत—के तैँले यी कुराहरू पत्ता लगाउन आफ्नो हृदय जाँच्‍न सक्छस्? के तैँले ती कुराहरू चिन्‍न सक्छस्? यदि तैँले आफ्नो हृदय जाँचेर त्यसभित्रका यी कुराहरू चिन्‍न सक्थिस् भने, के तैँले त्यस्तो अवस्थामा देहका विरुद्धमा विद्रोह गर्न सक्थिस्? यदि तँसँग सत्यता अभ्यास गर्ने इच्छा छैन भने, तैँले यी कुराहरूको विरुद्धमा विद्रोह गर्नेछैनस्। तैँले ती कुराहरूबाट आनन्द लिनेछस् र तिनैमा लिप्त हुनेछस्। अनि, आत्मसन्तुष्टिले भरिएर तैँले यसो भन्‍नेछस्, “परमेश्‍वरको विश्‍वासीका रूपमा हैसियत हुनु साँच्चिकै गजब कुरा हो। अगुवा भएको नाताले, मैले जे भन्छु सबैले त्यही गर्छन्। कस्तो सानदार अनुभूति। यी मानिसहरूलाई मैले नै अगुवाइ र मलजल गर्छु। अहिले तिनीहरू मप्रति आज्ञाकारी छन्। मैले पूर्व जा भन्दा, कोही पनि पश्‍चिम जाँदैन। मैले प्रार्थना गर् भन्दा, कसैले गाउने आँट गर्दैन। यो एउटा उपलब्धि हो।” तब तँ हैसियतका लाभहरूमा रमाउन थालिसकेको हुन्छस्। त्यसपछि तेरो लागि हैसियत के हुन्छ? (विष।) तर त्यो विष नै भए पनि, तैँले त्यसको डर मान्‍नुपर्दैन। तँसँग सही खोज र सही अभ्यास विधिहरू हुनुपर्ने ठ्याक्कै यस्तै अवस्थामा हो। प्रायजसो, जब मानिसहरूसँग हैसियत हुन्छ, तर तिनीहरूको कामले अझै प्रतिफल दिएको हुँदैन, तब तिनीहरू यसो भन्छन्, “म हैसियतमा रमाउँदिनँ, र हैसियतले दिने सबैथोकको आनन्द पनि लिँदिनँ।” तर जब तिनीहरूको कामले केही सफलता देखाउँछ, र जब तिनीहरूले आफ्नो हैसियत सुरक्षित भएको अनुभूति गर्छन्, तब तिनीहरूले आफ्नो समझ गुमाउँछन् र हैसियतका लाभहरूमा रमाउँछन्। के प्रलोभन चिन्‍न सक्ने भएकै कारण तँलाई देहको विरुद्ध विद्रोह गर्न सक्छु भन्‍ने विश्‍वास लाग्छ? के तँसँग साँच्चिकै त्यो कद छ? तथ्य के हो भने तँसँग त्यो कद छैन। मानव विवेक र मान्छेमा हुने आधारभूत तर्कसङ्गततामार्फत मात्र तेरो चिनाइ र विद्रोह हासिल हुन्छ। ती कुराहरूले नै तँलाई त्यस्तो व्यवहार नगर्न भन्छन्। विवेकको मानक र परमेश्‍वरमाथिको विश्‍वास पाएपछि तँमा हासिल भएको थोरै तर्कसङ्गत क्षमताले नै तँलाई मदत वा गलत मार्गबाट बचाउ गर्छन्। यसको प्रसङ्ग के हो? त्यो के हो भने, जब तैँले हैसियतलाई प्रेम गर्छस्, तर हैसियत प्राप्त गरिसकेको हुँदैनस्, तब तँसँग अझै पनि अलिअलि विवेक र समझ हुन सक्छ। अनि, यी वचनहरूले तँलाई अझै पनि काबुमा राख्छन् र हैसियतको आनन्द लिनु राम्रो होइन, त्यो सत्यताबमोजिम हुँदैन, त्यो सही मार्ग होइन, र त्यो परमेश्‍वरविरोधी र उहाँलाई अप्रिय लाग्‍ने कुरा हो भन्‍ने महसुस गराउँछन्। त्यसपछि, तैँले सचेत भई देहको विरुद्ध विद्रोह गर्न र हैसियतको आनन्दबाट टाढा रहन सक्छस्। देखाउनका लागि तँसँग कुनै उपलब्धि वा योग्यताहरू नहुँदा तैँले देहको विरुद्ध विद्रोह गर् सक्छस्, तर जब तैँले सराहनीय काम गरेको हुन्छस्, तब के तँलाई तेरो सरमको बोध, तेरो विवेक, तेरो तर्कसङ्गतता, र तेरा नैतिक धारणाहरूले काबुमा राख्नेछन्? तेरो विवेकको सानो स्तर परमेश्‍वरको डर मान्‍ने हृदय पाउने स्तरछेउ पनि पुग्दैन, र तेरो थोरै विश्‍वास काम लाग्‍नेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

तिमीहरूका नजरमा, अगुवाहरू वा सेवकहरू हुनुमा के कुरा विशेष छ? (बढी जिम्मेवारी लिनु।) जिम्मेवारी त्यसको अंश हो। यो तिमीहरू सबैलाई थाहा भएकै कुरा हो, तर तिमीहरूले कसरी आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्छौ? तिमीहरू कहाँबाट सुरु गर्छौ? खासमा, यो जिम्मेवारी राम्ररी पूरा गर्नु नै आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। “जिम्मेवारी” भन्‍ने शब्द विशेष लाग्‍न सक्छ, तर अन्त्यमा त्यो व्यक्तिको कर्तव्य नै हो। तिमीहरूका लागि, आफ्नो कर्तव्य राम्ररी निभाउनु कुनै सजिलो कार्य होइन, किनकि तेरो अगाडि तँलाई बाधा दिने धेरै कुराहरू हुन्छन्, जस्तो कि हैसियतको बाधा, जसबाट पार पाउन तिमीहरूलाई सबैभन्दा कठिन हुन्छ। यदि तँसँग केही हैसियत छैन र तँ एक सामान्य विश्‍वासी मात्र होस् भने, तैँले कम परीक्षाहरू सामना गर्न सक्छस् र तेरो लागि आफ्नो कर्तव्य राम्ररी निभाउनु निकै सजिलो हुनेछ। तँ सामान्य मानिसहरूजस्तै परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै, सत्यता सङ्गति गर्दै, र आफ्नो कर्तव्य राम्ररी निभाउँदै प्रत्येक दिन आत्मिक जीवन जिउन सक्छस्। यही पर्याप्त छ। तर यदि तँसँग हैसियत छ भने, तैँले सबभन्दा पहिला हैसियतले खडा गर्ने व्यवधान तोड्‍नुपर्छ। तँ पहिला यो परीक्षामा उतीर्ण हुनुपर्छ। तैँले कसरी यो बाधा तोड्न सक्छस्? सामान्य मानिसहरूको लागि यो सजिलो छैन, किनकि मान्छेमा भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका हुन्छन्। सबै मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरूमा जिउँछन् र अन्तर्निहित रूपले नै तिनीहरू प्रसिद्धि, प्राप्ति, र हैसियत पछ्याउन लालायित हुन्छन्। अन्त्यमा त्यति कठिनाइसाथ हैसियत प्राप्त गरेपछि, त्यसको पूरा फाइदा कसले पो लिन्थेन र? यदि तेरो हृदयमा सत्यताप्रतिको प्रेम छ र परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले आफ्नो हैसियत होसियारपूर्वक र सचेत तरिकाले सम्हाल्नेछस्, साथसाथै तँ आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोज्न पनि सक्षम हुनेछस्। यस तरिकाले प्रसिद्धि, ख्याति र हैसियतले तेरा हृदयमा ठाउँ पाउनेछैन, न त ती कुराहरूले तेरो कर्तव्य गराइमा असर नै पार्नेछ। यदि तँ अत्यन्तै सानो कदको छस् भने, तैँले बारम्बार प्रार्थना गर्नुपर्छ, परमेश्‍वरका वचनहरूद्वारा आफूलाई संयम पार्नुपर्छ। निश्‍चित कामकुराहरू गर्न वा सचेत रूपले केही वातावरण र केही परीक्षाहरूबाट जोगिन तैँले उपाय लगाउनुपर्नेछ। उदाहरणका लागि, मानौँ तँ एक अगुवा होस्। जब तँ थुप्रै सामान्य ब्रदर-सिस्टरहरूको साथमा हुन्छस्, के तिनीहरूले तँलाई तिनीहरूभन्दा अलि वरिष्ठ ठान्‍नेछैनन् र? भ्रष्ट मानवजातिले यसरी नै हेर्छन्, र यो तेरो लागि प्रलोभन हो। यो जाँच होइन, प्रलोभन हो! यदि तैँले आफूलाई तिनीहरूभन्दा वरिष्ठ ठान्छस् भने, यो धेरै खतरनाक कुरा हो, तर यदि तैँले तिनीहरूलाई पनि तँ बराबर ठान्छस् भने, तेरो मानसिकता सामान्य छ र तँलाई भ्रष्ट स्वभावहरूले बाधा दिनेछैनन्। यदि तँ अगुवा भएको नाताले तेरो कद तिनीहरूको भन्दा ठूलो छ भन्ठान्छस् भने, तिनीहरूले तँलाई कस्तो व्यवहार गर्नेछन्? (तिनीहरूले अगुवालाई आदर गर्नेछन्।) के तिनीहरूले तँलाई आदर र प्रशंसा मात्र गर्नेछन्, अरू केही गर्नेछैनन्? अहँ। तिनीहरूले त्यसबारे बोल्नु र कार्य गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, यदि तँलाई चिसोले भेट्यो र कुनै सामान्य ब्रदर वा सिस्टरलाई पनि चिसोले भेट्यो भने, तिनीहरूले पहिला कसलाई हेर्नेछन्? (अगुवालाई।) के यो वरियतामा आधारित छैन र? के यो हैसियतको एउटा फाइदा होइन र? यदि तँ कुनै ब्रदर वा सिस्टरसँग विवादमा परिस् भने, के तिनीहरूले तेरो हैसियतका कारण तँलाई निष्पक्ष व्यवहार गर्नेछन् र? के तिनीहरूले सत्यताको पक्ष लिनेछन् र? (अहँ।) यी कुराहरू तैँले सामना गर्ने प्रलोभनहरू हुन्। के तँ यी प्रलोभनहरूबाट बच्‍न सक्छस्? तैँले यो अवस्था कसरी सम्हाल्नुपर्छ? यदि कसैले तँलाई नराम्रो व्यवहार गर्‍यो भने, तैँले उसलाई मन नपराउन सक्छस् र उसलाई कसरी आक्रमण गर्ने, कसरी एक्ल्याउने, र कसरी ऊमाथि बदला लिने भनी विचार गर्न सक्छस्, जबकि खासमा त्यस ब्यक्तिमा कुनै खराबी नै हुँदैन। अर्कोतर्फ, कतिपय मानिसहरूले तेरो चापलुसी गर्न सक्छन्, तर तैँले त्यो कुराको विरोध गर्नु त कता हो कता, बरु त्यही अनुभूतिको साँच्‍चिकै मजा लिन्छस्। के यो चिन्ताको विषय हुन्थेन र? के त्यो चापलुसीकर्ता तेरो विश्‍वासपात्र बनोस् र तेरो आदेशमा चलोस् भनेर तैँले त्यसलाई बढुवा र तालिम दिन थाल्थिनस् र? यदि त्यसो गर्थिस् भने, तँ कुन मार्गमा हुन्थिस्? (ख्रीष्टविरोधीहरूका मार्गमा।) यदि तँ यी प्रलोभनहरूमा पर्छस् भने, तँ खतरामा हुन्छस्। के दिनभरि नै तेरो वरिपरि मानिसहरू हुनु राम्रो कुरा हो? मैले सुनेको छु, कतिपय मानिसहरू अगुवा बनेपछि आफ्नो काम गर्ने वा व्यावहारिक समस्याहरू सुल्झाउने गर्दैनन्। यसको साटो, तिनीहरू देहको आनन्दबारे मात्र सोच्छन्। कहिलेकाहीँ तिनीहरू आफ्नै लागि मात्र बनाइएको खानासमेत खान्छन्, जबकि अरूलाई तिनीहरूका मैला कपडाहरू धुन लगाउँछन्। केही समयपछि, तिनीहरू प्रकट हुन्छन् र हटाइन्छन्। तिमीहरूले यस्तै केही सामना गर्नुपर्‍यो भने, के गर्नुपर्छ? यदि तँसँग हैसियत छ भने, मानिसहरूले तँलाई चापलुसी र विशेष व्यवहार गर्नेछन्। मानिसहरूले तँलाई जस्तोसुकै व्यवहार गरे पनि, यदि तँ यी परीक्षाहरू पार लाउन र अस्वीकार गर्न सक्छस् भने र निरन्तर मानिसहरूलाई निष्पक्ष व्यवहार गरिरहन्छस् भने, यसले प्रमाणित गर्छ कि तँ सही प्रकारको व्यक्ति होस्। यदि तँसँग हैसियत छ भने, कतिपय मानिसहरूले तँलाई आदर गर्नेछन्। तिनीहरू सधैँ तेरो वरिपरि हुनेछन्, र तँलाई चापलुसी गर्नेछन्। के तैँले यसको अन्त्य गर्न सक्छस्? तिमीहरू यस्ता परिस्थितिहरू कसरी सम्हाल्छौ? जब तिमीहरूलाई देखभाल गरिनुपर्ने जरुरी नै नभएको बेला, कुनै व्यक्तिले “सहयोगको हात” फैलाउँदै तिमीहरूलाई खुसी पार्छ, तब तिमीहरू हैसियतले आफूलाई फरक बनाउँछ र आफूले पाउने विशेष व्यवहारको पूर्ण मजा लिनुपर्छ भन्‍ने सोच्दै भित्रभित्रै रमाउन सक्छौ। के यस्ता घटनाहरू घट्दैनन् र? के यो वास्तविक समस्या होइन र? जब तँलाई यस्ता कुराहरू आइपर्छन्, के तेरो हृदयले तँलाई निन्दा गर्छ त? के तँ दिगदिगी र तिरस्कार महसुस गर्छस्? यदि कसैले दिगदिगी र तिरस्कार महसुस गर्दैन, र यी कुराहरू अस्वीकार गर्दैन भने, र उसको हृदयले कुनै आरोप र दोष महसुस गर्दैन, बरु यी कुराहरूमा रमाउन रुचाउँछ, र हैसियत हुनु राम्रो कुरा हो भन्‍ने अनुभूति गर्छ भने, के त्यस्तो व्यक्तिमा विवेक हुन्छ? के उसँग कुनै तर्कशक्ति हुन्छ? के यस्तो व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) यसले के देखाउँछ? यो त हैसियतको फाइदाप्रतिको लिप्सा हो। यसले तँलाई ख्रीष्टविरोधीका रूपमा वर्गीकृत नगर्ने भए पनि, तँ ख्रीष्टविरोधीहरूका मार्गमा पहिल्यै लागिसकेको छस्। जब तँलाई आफूले पाउने विशेष व्यवहारमा रमाउने बानी पर्छ, यदि कुनै दिन तैँले त्यस्तो विशेष व्यवहार पाउन छोडिस् भने, के तँलाई रिस उठ्नेछैन र? यदि केही ब्रदर-सिस्टरहरू गरिब छन् र तिनीहरूसँग तँलाई मेजमान गराउने पैसा छैन भने, के तैँले तिनीहरूलाई निष्पक्ष व्यवहार गर्नेछस् र? यदि तिनीहरूले तँलाई कुनै सत्य कुरा भन्छन् र त्यसले तँलाई बेखुसी पार्छ भने, के तैँले आफ्नो शक्ति तिनीहरूविरुद्ध प्रयोग गर्दै तिनीहरूलाई कसरी दण्डित गर्ने भनेर सोच्छस्? तिनीहरूलाई देख्दा र पाठ सिकाउने इच्छा जाग्दा तैँले बेखुसी महसुस गर्छस्? जब तँमा यी सोचहरू पलाउँछन्, तँ दुष्ट काम गर्नबाट त्यति टाढा हुँदैनस्, कि हुन्छस्? के मानिसहरूलाई ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न सजिलो छ? के ख्रीष्टविरोधी बन्‍न सजिलो छ? (छ।) यो एकदमै झिँजोलाग्दो छ! अगुवा र सेवकहरूको रूपमा, यदि सबै कुरामा सत्यता खोज्दैनौ भने, तिमीहरू ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेका छौ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

परमेश्‍वरमा विश्‍वास गरेपछि, धेरै मानिसहरू सधैँ हैसियतको पछि लाग्छन् र अरूले तिनीहरूलाई आदर गरून् भन्‍ने कुराको पछि लाग्छन्। परमेश्‍वरको घरमा, तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र बगालको अगुवा हुन चाहन्छन्। यी कुराहरूको खातिर, तिनीहरूले आफ्नो परिवार त्याग्छन् र आफ्नो करियर छोड्छन्, कठिनाइ भोग्छन् र मूल्य चुकाउँछन्, र त्यसपछि अन्तमा तिनीहरूले आफ्नो इच्छा प्राप्त गर्छन् र अगुवा बन्छन्। अगुवा बनेपछि, यी मानिसहरूको जीवन साँच्‍चिकै फरक हुन्छ। तिनीहरूले पदमा रहेका मानिसहरू कस्ता हुन्छन् भनेर कल्पना गरेको छवि र शैलीको हरेक पक्ष प्रकट गर्छन्, अर्थात् तिनीहरूले कपडा लगाउने र मेकअप गर्ने शैलीदेखि, तिनीहरूले बोल्ने र व्यवहार गर्ने शैलीसम्म सबै प्रकट गर्छन्। तिनीहरूले पदाधिकारीजस्तै गरी कसरी बोल्ने, मानिसहरूलाई कसरी आदेश दिने, र मानिसहरूलाई तिनीहरूको व्यक्तिगत मामलाहरू कसरी सम्हाल्न लगाउने भनेर सिक्छन्। सरल रूपमा भन्‍नुपर्दा, तिनीहरूले पदाधिकारी कसरी बन्‍ने भनेर सिक्छन्। जब तिनीहरू अगुवा हुन कुनै ठाउँ जान्छन्, तब यसको अर्थ तिनीहरू त्यहाँ पदाधिकारी बन्‍न गइरहेका हुन्छन्। पदाधिकारी बन्‍नु भनेको के हो? तिनीहरूले “खान र लाउनको लागि पद प्राप्त गर्न अथक प्रयास गर्छन्।” यो शारीरिक सुखसँग सम्बन्धित कुरा हो। अगुवा बनेपछि, तिनीहरूको जीवनमा पहिलेको भन्दा के कुरा फरक हुन्छ? तिनीहरूले खानेलाउने कुराहरू र तिनीहरूले प्रयोग गर्ने कुराहरू फरक हुन्छन्। जब तिनीहरूले केही खान्छन्, तब यसलाई पोसिलो र स्वादिलो बनाउने बारेमा विशेष ध्यान दिन्छन्। तिनीहरूले आफूले लगाउने लुगाको ब्रान्ड र शैलीप्रति विशेष ध्यान दिन्छन्। कुनै निश्‍चित स्थानमा एक वर्ष अगुवा बनेपछि, तिनीहरू फिका र मोटा भएका हुन्छन्; तिनीहरूले शिरदेखि पाउसम्म डिजाइनर वस्‍त्र लगाउँछन्; र तिनीहरूको सेलफोन, कम्प्युटर र तिनीहरूको घरका उपकरणहरू सबै उच्च स्तरीय ब्रान्डका हुन्छन्। के तिनीहरू अगुवा बन्‍नुभन्दा पहिले तिनीहरूसँग यी अवस्थाहरू थिए त? (थिएनन्।) अगुवा बनेपछि तिनीहरूले पैसा कमाउन मेहनत गरेनन्, र पनि तिनीहरूले यी सबै कुरा किन्ने पैसा कहाँबाट प्राप्त गरे? के दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई यी कुराहरू अनुदान दिएका हुन्, कि परमेश्‍वरको घरले तिनीहरूलाई यी कुराहरू दिएको हो? के परमेश्‍वरको घरले हरेक अगुवा र सेवकलाई यस्ता कुराहरू दिएको छ भनेर तिमीहरूले कहिल्यै सुनेका छौ? (छैनौँ।) त्यसोभए, तिनीहरूले यी कुराहरू कसरी प्राप्त गरे त? चाहे जेसुकै भए पनि, यी तिनीहरूले आफ्नै परिश्रमद्वारा प्राप्त गरेका कुराहरू थिएनन्; बरु, य कुराहरू त तिनीहरूले हैसियत प्राप्त गरेपछि र “पदाधिकारी” बनेपछि र हैसियतका फाइदाहरूको आनन्द लिन थालेपछि, अरूबाट धुतेर अनि ठगी र घात गरेर प्राप्त गरेका कुराहरू थिए। जुनसुकै ठाउँका मण्डलीहरू भए पनि, के त्यहाँ तिमीहरू सम्पर्कमा आएका सबै स्तरका अगुवा र सेवकहरूमाझ यस्ता मानिसहरू थिए? तिनीहरू पहिलो पटक अगुवा बन्दा, तिनीहरूसँग केही पनि हुँदैन, तर तीन महिनाभन्दा कम अवधिमा तिनीहरूसँग उच्‍च स्तरीय ब्रान्डका कम्प्युटर र मोबाइलहरू हुन्छन्। अगुवा बनेपछि, कतिपय मानिसहरूले अरूबाट उच्चस्तरीय विशेष व्यवहार पाउनुपर्छ भन्‍ने सोच्छन्—बाहिर जाँदा तिनीहरूलाई कार चढ्नुपर्छ; तिनीहरूले प्रयोग गर्ने कम्प्युटर र मोबाइलहरू औसत मानिसहरूले प्रयोग गर्नेभन्दा राम्रो, र उच्चस्तरीय ब्रान्डको हुनुपर्छ, र मोडल पुरानो भएपछि तिनीहरूलाई यसको सट्टा नयाँ लिनुपर्छ। के परमेश्‍वरको घरमा यी नियमहरू छन्? परमेश्‍वरको घरमा कहिल्यै पनि यी नियमहरू रहेका छैनन्, र यस्तो सोच्ने विश्‍वासी दाजुभाइ-दिदीबहिनी कोही छैनन्। त्यसोभए यी अगुवाहरूले प्राप्त गर्ने यी कुराहरू कहाँबाट आएका हुन्छन्। एक हिसाबमा, तिनीहरूले परमेश्‍वरको घरको काम गर्ने बहाना बनाएर दाजुभाइ-दिदीबहिनीहरूलाई धुतेर अनि धनी मानिसहरूलाई यी कुराहरू किन्न लगाएर यी कुराहरू प्राप्त गरेका हुन्छन्। यसबाहेक, तिनीहरूले भेटीहरू दुरुपयोग गरेर अनि चोरेर यी कुराहरू आफै किनेका पनि हुन्छन्। के तिनीहरू ठगेर खाने-पिउने घिचुवाहरू होइनन् र? के यो मैले यसअघि उल्‍लेख गरेका घटनाका मानिसहरूभन्दा फरक छ? (छैन।) तिनीहरूको के कुरा समान छ? तिनीहरू सबैले भेटीहरू हिनामिना गर्न र भेटीहरू धुतेर लिन आफ्नो पद प्रयोग गरे। कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वरको घरमा काम गरेपछि र अगुवा वा सेवक बनेपछि, के तिनीहरू यी कुराहरूको आनन्द लिन योग्य हुँदैनन् र? के तिनीहरू परमेश्‍वरसँगै उहाँका भेटीहरूमा सहभागी हुन योग्य हुँदैनन् र?” मलाई भन त, हुन्छन् त? (हुँदैनन्।) यदि तिनीहरूले परमेश्‍वरको घरको काम गर्न केही कुरा किन्नुपर्‍यो भने, यस्तो अवस्थामा लागू हुने परमेश्‍वरको घरका नियमहरू छन् जसले तिनीहरूले ती कुरा किन्न सक्छन् भनेर भन्छन्, तर के यी मानिसहरूले ती नियमका सर्तहरू अनुसार यस्ता कुरा किनिरहेका हुन्छन् त? (हुँदैनन्।) तिनीहरूले यसो गरिरहेका हुँदैनन् भन्‍ने देखाउने के कुरा तिमीहरूले देख्यौ? (यदि तिनीहरूलाई कामको लागि साँच्‍चै यसको आवश्यकता थियो भने, तिनीहरूले जबसम्‍म कुनै कुरा प्रयोग गर्न मिल्‍ने अवस्थामा हुन्छ, तबसम्‍म त्यो कुरा ठीकै हुन्छ भनेर सोच्नेथिए, तर ख्रीष्टविरोधीहरूले उच्चस्तरीय डिजाइनर कुराहरू पछ्याउँछन्, र तिनीहरूले सबैभन्दा उत्कृष्ट कुराहरू मात्रै प्रयोग गर्छन्। यसबाट मूल्याङ्कन गर्दा, तिनीहरूले यी भौतिक कुराहरूको आनन्द लिनलाई आफ्नो हैसियत प्रयोग गरिरहेका छन् भनेर देख्‍न सकिन्छ।) ठीक भन्यौ। यदि कामको लागि चाहिएको हो भने, कुनै कुरा प्रयोग गर्न मिल्‍ने अवस्थामा भए नि भइहाल्थ्यो। तिनीहरूलाई किन त्यस्ता शानदार र महँगा कुराहरू प्रयोग गर्नुपर्‍यो? साथै, तिनीहरूले यी कुराहरू किन्दा के अरू मानिसहरूले निर्णयमा भाग लिएर यसमा सहमति जनाएका थिए? के यो समस्या होइन र? यदि अरू मानिसहरूले निर्णयमा भाग लिएका भए, के तिनीहरू सबैले यी उच्चस्तरीय सरसामान किन्न सहमति जनाउन सक्थे? अवश्य नै सक्दैनथे। यो कुरा अत्यन्तै स्पष्ट छ, तिनीहरूले भेटीहरू चोरेर यी कुराहरू प्राप्त गरेका हुन्। यो घाम जतिकै छर्लङ्ग छ। यसको साथै, परमेश्‍वरको घरको एउटा नियम छ—हरेक मण्डलीले भेटी रक्षा गरिरहेको वा काममा सहकार्य गरिरहेको भए पनि, यो कहिल्यै एउटै व्यक्तिको मात्र काम हुँदैन। त्यसैले, यी मानिसहरूले व्यक्तिगत रूपमा कसरी आफूले चाहेअनुसार भेटीहरू प्रयोग र खर्च गर्न सक्छन्? यो सिद्धान्तहरू अनुरूप छैन। के तिनीहरूले गर्ने यी कुराहरू भेटी चोर्ने प्रकृतिको कार्य होइन र? तिनीहरूले अरू अगुवा र सेवकहरूको सहमति र अनुमोदन नलिई, अरूलाई जानकारी नदिई, र तिनीहरूले के गरिरहेका छन् भनेर अरू कसैलाई थाहा नभई यी कुराहरू किने र प्राप्त गरे। के यसको प्रकृति केही हदसम्म चोरी गर्नुको जस्तै छैन र? भेटी चोर्नु भनेको यही हो। चोर्नु भनेको छल्‍नु हो। यसलाई किन छल्‍नु भनिन्छ? किनभने तिनीहरूले परमेश्‍वरको घरको काम गर्ने बहानामा यी सुन्दर कुराहरू किने र प्राप्त गरे। यस्तो व्यवहारलाई ठगी भनिन्छ, र यसलाई छल भनिन्छ। के मैले यसलाई यसरी परिभाषित गरेर म हदभन्दा पर गएको छु? के मैले तीललाई पहाड बनाइरहेको छु? (छैन।) यति मात्र होइन, यी तथाकथित अगुवाहरूले त केही समय एउटै ठाउँमा बसेपछि, त्यहाँका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले बाह्य संसारमा के काम गर्छन्, तिनीहरूसँग के-कस्ता सामाजिक सम्पर्कहरू छन्, र यी मानिसहरूबाट तिनीहरूले के-कस्ता फाइदाहरू धुत्‍न र प्राप्त गर्न सक्छन्, र तिनीहरूले के-कस्ता सम्पर्कहरू प्रयोग गर्न सक्छन् भन्‍ने कुराहरू स्पष्टसँग पत्ता लगाउँछन्। उदाहरणको लागि, कसले अस्पताल, सरकारी विभाग, वा बैंकमा काम गर्छ, वा को उद्यमी हो, कुन परिवारको पसल, कार, वा ठूलो घर छ, आदि इत्यादि कुराहरू तिनीहरूले स्पष्‍टसँग पत्ता लगाउँछन्। के यी कुराहरू यी अगुवाहरूको कामको दायराभित्र पर्छन् त? तिनीहरूले यी कुराहरू पत्ता लगाएर के गरिरहेका हुन्छन्? तिनीहरूले यी सम्पर्कहरू प्रयोग गर्न चाहन्छन्, र आफ्नो लागि सेवा प्रदान गर्न लगाउन, आफ्नो सेवामा लगाउन, र आफूलाई सुविधाहरू प्रदान गर्न लगाउन बाह्य संसारमा विशेष पद भएका यी विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्न चाहन्छन्। के तिनीहरूले मण्डलीको काम गर्न, र परमेश्‍वरका चुनिएका मानिसहरूका कठिनाइहरू समाधान गर्नको लागि सत्यता सङ्गति गर्न यसो गरिरहेका छन् भन्‍ने तँलाई लाग्छ? के तिनीहरूले त्यही गरिरहेका हुन्छन् त? तिनीहरूले गर्ने यी सबै कुराहरूपछाडि एउटा अभिप्राय र उद्देश्य लुकेको हुन्छ। जब साँचो अगुवा र सेवकहरूले काम गर्छन्, तब तिनीहरूले समस्याहरू समाधान गर्ने, र मण्डलीको काम राम्ररी गर्ने कार्यमा ध्यान दिन्छन्। तिनीहरूले मण्डलीको कामसँग कुनै सम्बन्ध नभएका कुराहरूमा ध्यान दिँदैनन्। तिनीहरूले मण्डलीमा कसले इमानदारिताको साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ, आफ्नो कर्तव्यमा को प्रभावकारी छ, कसले सत्यता स्वीकार र अभ्यास गर्न सक्छ, र आफ्नो कर्तव्य निभाउनमा को निष्ठावान्‌ छ भनेर सोधखोज गर्नमा मात्रै ध्यान दिन्छन्। त्यसपछि, तिनीहरूले ती मानिसहरूलाई बढुवा गर्छन्, र बाधा र व्यवधानहरू ल्याउने मानिसहरूबारे अनुसन्धान गर्छन् र सिद्धान्तअनुसार तिनीहरूलाई निराकरण गर्छन्। यसरी अभ्यास गर्ने मानिसहरू मात्र साँचो अगुवा र सेवकहरू हुन्। के ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्छन्? (गर्दैनन्।) तिनीहरूले के गर्छन्? तिनीहरूले आफूले इच्छा गरेका कुराहरू प्राप्त गर्न, र आफ्नै हितहरूको लागि कामकाज र तयारी गर्छन्, तर आफूलाई मण्डलीको काममा समर्पित गर्दैनन्, र यसलाई महत्त्वपूर्ण ठान्दैनन्। त्यसकारण, तिनीहरूले कुनै निश्‍चित स्थानमा आफ्नो दह्रिलो पकड प्राप्त गरेपछि, कुन-कुन दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई के-कस्ता सेवाहरू प्रदान गर्न सक्छन् भन्‍ने कुरा लगभग थाहा पाइसकेका हुन्छन्। उदाहरणको लागि, औषधि कारखानामा काम गर्ने व्यक्तिले तिनीहरू बिरामी हुँदा निःशुल्क औषधि दिन सक्छ, र तिनीहरूलाई उच्च गुणस्तरको आयातित औषधि दिन सक्छ; जसले बैङ्कमा काम गर्छ उसले तिनीहरूलाई पैसा जम्मा गर्न वा निकाल्‍न सहज बनाइदिन सक्छ; र यस्तै आदि इत्यादि। तिनीहरूले यी सबै कुराहरू स्पष्ट रूपमा पत्ता लगाउँछन्। यी मानिसहरूको मानवता असल छ छैन भन्‍ने कुराबारे कुनै विचार नगरी तिनीहरूले यी मानिसहरूलाई आफ्‍नो अघि भेला गर्छन्। जबसम्म यी मानिसहरू तिनीहरूलाई पछ्याउन र तिनीहरूको सहयोगी र दाहिने हात बन्‍न तयार हुन्छन्, तबसम्म ख्रिष्टविरोधीहरूले यी मानिसहरूलाई इच्‍छित कुराहरू दिनेछन्, र तिनीहरूलाई नजिक राख्‍नेछन् र पोषण र सुरक्षा प्रदान गर्नेछन्, र यस क्रममा यी मानिसहरूले मण्डलीमा यी ख्रीष्टविरोधीहरूको स्थान दह्रिलो बनाउन, र यी ख्रीष्टविरोधीहरूको शक्ति कायम राख्‍न काम गर्नेछन्। त्यसैले, जब तँ मण्डली अगुवाले वास्तविक काम गरिरहेको छ छैन भनेर हेर्न चाहन्छस्, तब तिनीहरूलाई त्यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक अवस्था कस्तो छ, र मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोध्, अनि तैँले तिनीहरू वास्तवमा वास्तविक काम गर्ने मानिसहरू हुन् होइनन् भन्‍ने कुरा स्पष्ट देख्‍न सक्‍नेछस्। कतिपय मानिसहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको पारिवारिक मामला र जिउने परिस्थिति स्पष्टसित पत्ता लगाउँछन्। यदि तैँले तिनीहरूलाई औषधी कारखानामा कसले काम गर्छ, कुन परिवारको पसल छ, कुन परिवारको कार छ, कुन परिवारले ठूलो व्यापार गर्छ, वा कसले स्थानीय विभागमा काम गर्छ र दाजुभाइ-दिदीबहिनीहरूको काम गरिदिन सक्छ भनेर सोधिस् भने, तिनीहरूले तँलाई स्पष्टसित बताउन सक्छन्। यदि तैँले तिनीहरूलाई कसले सत्यता पछ्याउँछ, को कर्तव्यमा झाराटारुवा छ, को ख्रीष्टविरोधी हो, कसले मानिसहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छ, सुसमाचार सुनाउने कार्यमा प्रभावकारी को छ, वा स्थानीय स्तरमा सुसमाचार प्रचारकहरू कति छन् भनेर सोधिस् भने, तिनीहरूलाई यी कुराहरू थाहै हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू आफू रहेको स्थानका सबै सामाजिक सम्पर्कहरू प्रयोग गर्न, र तिनीहरूलाई एकजुट गरेर एउटा सानो सामाजिक समूह बनाउन चाहन्छन्। त्यसैले, यी अगुवाहरू रहेको स्थानलाई मण्डली भन्‍न सकिँदैन। तिनीहरूले यो काम पूरा गरेपछि, यो एउटा सामाजिक समूह बनेको हुन्छ। जब यी मानिसहरू भेला हुन्छन्, तब तिनीहरूले आफ्नो हृदय खोल्दैनन् र एकअर्काका अनुभव र बुझाइहरूबारे सङ्गति गर्दैनन्; बरु, तिनीहरूले कसको चिनजान राम्रो छ, समाजमा कसको स्थान राम्रो र को धेरै सफल छ, समाजमा को चर्चित छ, समाजमा कसको प्रभाव छ, र कसले अगुवालाई विशेष रूपमा सहज सेवा र इच्छित कुराहरू प्रदान गर्न सक्छ भनेर हेर्छन्। यी मानिसहरू जोसुकै भए पनि, तिनीहरूले अगुवाको हृदयमा स्थान पाउँछन्। के ख्रीष्टविरोधीहरूले यही गर्दैनन् र? (गर्छन्।) ख्रीष्टविरोधीहरूले गरिरहेको यो कुरा के हो? के तिनीहरूले मण्डली निर्माण गरिरहेको हो? तिनीहरूले मण्डली भत्काइरहेका र नष्ट गरिरहेका हुन्छन्, र परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याइरहेका हुन्छन्। तिनीहरूले आफ्नै स्वतन्त्र राज्य, आफ्नै निजी समूह, र गुट निर्माण गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले गर्ने भनेकै यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग पाँच)

कति मानिसहरूको चाहिँ कुनै हैसियत हुँदैन र तिनीहरूले साधारण कर्तव्य निर्वाह गर्छन्, तर जब तिनीहरूले केही योग्यता प्राप्त गर्छन्, तब तिनीहरूले पनि अरूलाई आफ्‍नो सेवामा लगाउन चाहन्छन्। कति मानिसहरूले भने केही जोखिमपूर्ण कर्तव्यहरू निर्वाह गर्छन् र अरूलाई आफ्नो सेवामा लगाउन आदेश दिन चाहन्छन्। अनि, कतिले चाहिँ विशेष कर्तव्यहरू निर्वाह गर्छन् र त्यो आफ्नो कर्तव्यलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो सेवामा लगाउने आधारभूत सर्त, मोलतोलको आधार र पूँजीको रूपमा लिन्छन्। उदाहरणको लागि, कति मानिसहरूसँग अरूले नसिकेका वा नबुझेका विशेष व्यावसायिक सीपहरू हुन्छन्। जब तिनीहरूले परमेश्‍वरको घरमा यी व्यावसायिक सीपहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न थाल्छन्, तब तिनीहरूले अरू मानिसहरूभन्दा आफू फरक छु, आफूलाई परमेश्‍वरको घरमा महत्त्वपूर्ण पदमा राखिएको छ, र आफू अहिले माथिल्लो स्तरमा छु भन्‍ने सोच्छन्, र विशेषगरी तिनीहरूलाई आफ्नो मूल्य दोब्बर भएको छ, र आफू आदरणीय छु भन्‍ने लाग्छ। परिणामस्वरूप, तिनीहरूलाई केही निश्‍चित कामहरू तिनीहरू आफैले गर्नु आवश्यक छैन भन्‍ने लाग्छ, र तिनीहरू आफूलाई खाना ल्याइदिने वा आफ्नो लुगा धोइदिनेजस्ता दैनिक कामहरूमा कुनै पारिश्रमिक नदिई अरूलाई सेवा गर्न लगाउनु स्वाभाविक कुरा हो भन्‍ने सोच्छन्। कतिले त आफ्नो कर्तव्यमा व्यस्त छु भनेर बहाना गरी विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको लागि नानाथरी काम गर्न लगाउँछन्। तिनीहरू आफैले नगरी नहुने कुराहरूबाहेक बाँकी सबथोक, अरूलाई सेवामा लगाउन वा अरूलाई गर्न लगाउन सकिने अरू सबै कुरा, अरूलाई नै गर्न लगाउँछन्। किन? तिनीहरूले यस्तो सोच्छन्, “मसँग पूँजी छ, म आदरणीय छु, म परमेश्‍वरको घरको एउटा दुर्लभ प्रतिभा हुँ, म विशेष कर्तव्य निर्वाह गर्छु, र म परमेश्‍वरको घरको मलजलको मुख्य प्रापक हुँ। तिमीहरू कोही पनि मजत्ति उत्तम छैनौ, तिमीहरू सबै मभन्दा तल्लो स्तरका छौ। मैले परमेश्‍वरको घरमा विशेष योगदान दिन सक्छु, तर तिमीहरूले सक्दैनौ। त्यसकारण, तिमीहरूले मेरो सेवा गर्नुपर्छ।” के यी कुराहरू हदभन्दा बढी र लाजमर्दा मागहरू होइनन् र? हरेकले आफ्नो हृदयमा यी मागहरू राखेका हुन्छन्, तर ख्रीष्टविरोधीहरूले निर्दयी र लाजमर्दो रूपमा यी कुराहरूलाई अवश्य नै अझै बढी माग गर्छन्, र तैँले तिनीहरूसँग जेजसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले यी कुराहरू त्याग्‍दैनन्। साधारण मानिसहरूमा पनि ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हुन्छन्, र यदि तिनीहरूसँग थोरै प्रतिभा छ वा तिनीहरूले थोरै योगदान दिए भने, तिनीहरूले केही विशेष व्यवहार पाउने अधिकार पाउँछु भन्‍ने सोच्छन्। तिनीहरूले आफ्नै लुगा र मोजाहरू पनि धुँदैनन् र अरूलाई नै यो काम गर्न लगाउँछन्, र तिनीहरूले मानवताविरुद्ध जाने केही अनुचित मागहरू गर्छन्—तिनीहरूमा समझको यति कमी हुन्छ! मानिसहरूमा रहेका यी विचार र मागहरू तर्कसङ्गतताको दायराभित्र पर्दैनन्; सुरुमा यी कुरालाई तल्लो स्तरबाट हेर्दा समेत, यी मानवता र विवेकका मापदण्डहरू अनुरूप हुँदैनन्, र माथिल्लो स्तरबाट हेर्दा, यी सत्यता अनुरूप हुँदैनन्। यी सबै प्रकटीकरणहरूलाई ख्रीष्टविरोधीहरू आफ्ना फाइदाहरूमा लागिपर्ने कार्यको वर्गमा राख्‍न सकिन्छ। भ्रष्ट स्वभाव भएका हरेक व्यक्ति यी कुराहरू गर्न सक्षम हुन्छन्, र तिनीहरूले पनि यी कुराहरू गर्ने आँट गर्छन्। यदि कसैसँग थोरै प्रतिभा र पूँजी छ र उसले केही योगदान दिन्छ भने, उसले अरूबाट नजायज फाइदा लिन चाहन्छ, उसले कर्तव्य निर्वाह गर्ने अवसरलाई आफ्नै फाइदाको लागि मेहनत गर्न प्रयोग गर्न चाहन्छ, उसले आफ्नो लागि विभिन्‍न कुराहरू पूर्वतयार राख्‍न चाहन्छ र अरूलाई आफ्नो सेवा गर्न लगाएर त्यसबाट आउने खुशी र अनुकूल व्यवहारको आनन्द लिन चाहन्छ। कति मानिसहरूले त कर्तव्य निर्वाह गर्नको लागि आफ्नो परिवार र जागिरसमेत त्याग्छन्, र त्यो अवधिमा तिनीहरूलाई केही सानातिना रोग लाग्छन् र परिणामस्वरूप तिनीहरू भावुक बन्छन्, र कसैले पनि तिनीहरूबारे चिन्ता वा तिनीहरूको हेरचाह गर्दैनन् भनेर गुनासोसमेत गर्छन्। तैँले आफ्नो कर्तव्य आफ्‍नै लागि निर्वाह गरिरहेको छस्, तैँले आफ्‍नै कर्तव्य निर्वाह गरिरहेको छस् र आफ्‍नै जिम्मेवारी पूरा गरिरहेको छस्—अरू मानिसहरूसँग यसको के सम्‍बन्ध छ? व्यक्तिले जे-जस्ता कर्तव्यहरू निर्वाह गरे पनि, ती कहिल्यै पनि अरू कसैको लागि वा कसैको सेवा गर्नको लागि गरिँदैन, त्यसकारण कुनै व्यक्तिलाई पनि कुनै पारिश्रमिक नपाई अरूको सेवा गर्ने वा अरूको खटनमा बस्‍ने दायित्व हुँदैन। के यो सत्यता होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई प्रेमिलो बन्‍न, र अरूप्रति धैर्य र सहनशील हुन लगाउनुहुने भए पनि, व्यक्तिले अरूलाई यस्तो बन्‍न व्यक्तिगत रूपमा कर गर्नु हुँदैन र त्यसो गर्नु अनुचित कार्य हो। यदि तैँले कुनै माग नगरी कसैले तँसँग सहनशील र धैर्य व्यवहार गर्न र तँलाई प्रेम देखाउन सक्छ भने, त्यो तिनीहरूको हातको कुरा हो। तैपनि, यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तैँले माग गरेको कारण तेरो सेवा गर्छन् भने, यदि तैँले तिनीहरूलाई जबरजस्ती आदेश दिन्छस् र शोषण गर्छस्, वा तैँले तिनीहरूको आँखामा छारो हालेको आधारमा तिनीहरूले तेरो सेवा गर्छन् भने, तँमा समस्या छ। कतिले त आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरको फाइदासमेत उठाउँदै, त्यसलाई प्रायजसो निश्‍चित धनी दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्‍न कुराहरू लिन, तिनीहरूलाई यो वा त्यो कुरा किन्न लगाउन र तिनीहरूलाई आफ्नो सेवामा लगाउन बहानाको रूपमा प्रयोग गर्छन्। उदाहरणको लागि, यदि तिनीहरूलाई थप लुगा चाहिएको छ भने, तिनीहरूले कुनै विश्‍वासी भाइ वा बहिनीलाई भन्छन्, “तिमीले लुगा सिलाउन सक्छौ, होइन र? मेरो लागि गएर लगाउने लुगा बनाइदेऊ न।” त्यो विश्‍वासी भाइ वा बहिनीले भन्छ, “त्यसोभए पैसा निकाल्‍नुहोस्। कपडा किन्‍नुहोस् अनि म तपाईंको लागि सिलाइदिन्छु।” तिनीहरूले पैसा निकाल्दैनन् तर विश्‍वासी दाजुभाइ वा दिदीबहिनीलाई जबरजस्ती तिनीहरूको लागि कपडा किन्न लगाउँछन्—के यो कार्यको प्रकृति छली छैन र? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँगको सम्बन्धबाट फाइदा उठाउनु, आफ्नै पूँजीबाट फाइदा उठाउनु, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरबाट दाजुभाइ-दिदीबहिनीहरूसित हरप्रकारका सेवा र अनुकूल व्यवहार माग गर्न, र तिनीहरूलाई आफ्नो लागि परिश्रम गर्न आदेश दिन फाइदा उठाउनु—यी सबै ख्रीष्टविरोधीहरूको नीच चरित्रका प्रकटीकरणहरू हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग चार)

साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नो गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर आफ्नो भ्रष्ट स्वभाव चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू ठिक छु भनी सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: “मैले विश्‍वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?” के यो अहङ्कारी स्वभाव हो? तिनीहरू के कारण आफ्नो प्रदर्शन गर्छन्? (मानिसहरूलाई उसको आदर गर्न लगाउन।) मानिसहरूलाई उसको आदर गर्न लगाउनुको उसको मनसाय के हो? (यस्ता मानिसहरूका मनमा उसले हैसियत पाउन।) जब कसैका मनमा तैँले हैसियत पाउँछस्, तब ऊ तेरो सङ्गतमा हुँदा, उसले तेरो श्रद्धा गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तेरो मान गर्छ, उसले सधैँ सबै कुरामा तँलाई प्राथमिकता दिन्छ, ऊ तेरोसामु झुक्छ, अनि उसले तेरो चापलुसी गर्छ र आज्ञा मान्छ। सबै कुरामा, तिनीहरू तँलाई खोज्छन् र तँलाई निर्णयहरू गर्न दिन्छन्। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू जो कोहीभन्दा बलियो र राम्रो लाग्छ। यो अनुभूति सबैलाई मन पर्छ। यो कसैको हृदयमा हैसियत हुनुको अनुभूति हो; मानिसहरू यसमा लिप्त हुन चाहन्छन्। यही कारण मानिसहरु हैसियतका लागि होड गर्छन्, र सबैले अरूका हृदयमा हैसियत पाउन, अरूबाट सम्मान र आराधना प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैका मनमा तेरो हैसियत छैन भने, तिनीहरू तेरो समान स्तरमा रहने छन्, तँलाई आफू समान व्यवहार गर्ने छन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तिनीहरू तँप्रति शिष्ट हुने छैनन् वा तेरो सम्मान गर्ने छैनन्, र तैँले बोलीसक्नुअघि नै त्यहाँबाट हिँड्लान्। के तँलाई अप्ठ्यारो लाग्नेछ? मानिसहरूले यस्तो व्यवहार गर्दा तँलाई मन पर्दैन; तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक क्षण तेरो आराधना गरेको तँलाई मन पर्छ। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो राजाजस्तै शासन गर्ने, शक्ति प्राप्त गर्ने चाहना होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, खोसाखोस र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन र आराधना गर्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूको प्रशंसा, र त्यो पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्। मानिसहरू सधैँ भेष बदल्छन्, अरूको अगाडि प्रदर्शन गर्छन्, आडम्बर गर्छन्, स्वाङ पार्छन्, र आफू सिद्ध छु भनी अरूलाई सोच्न लगाउन आफूलाई सुशोभित पार्छन्। यसमा तिनीहरूको लक्ष्य नै हैसियत प्राप्त गर्नु हो, ताकि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन सकून्। यदि तँ यो विश्‍वास गर्दैनस् भने, यसबारे ध्यानपूर्वक विचार गर्: तँ किन सधैँ मानिसहरूलाई तेरो आदर गर्न लगाउन चाहन्छस्? तँ तिनीहरूलाई तेरो आराधना र मान गर्न लगाउन चाहन्छस्, ताकि तैँले अन्ततः शक्ति लिन र हैसियतका फाइदाहरूको आनन्द लिन सक्। तैँले यति बेस्सरी खोजेको हैसियतबाट धेरै फाइदा पाउने छस्, र अरूले ठ्याक्कै यी नै फाइदाहरूको ईर्ष्या र चाह गर्छन्। जब मानिसहरूले हैसियतले दिने धेरै फाइदाहरूको स्वाद पाउँछन्, यसको तिनीहरूलाई नशा लाग्छ, र तिनीहरू त्यो विलासी जीवनमा लिप्त हुन्छन्। मानिसहरू यो जीवन मात्र खेरो गएको छैन भन्‍ने सोच्छन्। भ्रष्ट मानव यी कुरामा लिप्त भएर रमाउँछ। तसर्थ, व्यक्तिले निश्चित पद प्राप्त गरेर यसबाट प्राप्त हुने विभिन्न लाभहरू पाउन थालेपछि यी पापमय मोजमज्जाको निरन्तर तीव्र लालसा गर्छ, ती कहिल्यै नत्याग्ने हदसम्म पुग्छ। मुख्यतः प्रसिद्धि र हैसियतको पछ्याइ निश्चित पदबाट प्राप्त हुने फाइदाहरूमा रमाउने, राजाझैँ शासन गर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूमाथि नियन्त्रण जमाउने, सबै कुरामा प्रभुत्व जमाउने र आफ्नो हैसियतका फाइदाहरूमा विलासी जीवन जिउन र पापमय मोजमज्जामा लिप्त हुन सक्ने स्वतन्त्र राज्य स्थापना गर्ने इच्छाले प्रेरित हुन्छ। शैतानले मानिसहरूलाई धोका दिन, छल गर्न र मूर्ख बनाउन र तिनीहरूमा झूटो छाप छोड्न सबै प्रकारका तरिकाहरू प्रयोग गर्छ। यसले मानिसहरूलाई त्यसको प्रशंसा गर्न र त्योसँग डराउन लगाउन डर-धम्कीसमेत प्रयोग गर्छ, यसको अन्तिम लक्ष्य तिनीहरूलाई त्यसप्रति समर्पित हुन र त्यसको आराधना गर्न लगाउनु हो। यही कुराले शैतानलाई खुसी तुल्याउँछ; त्यसको लक्ष्य मानिसहरूलाई जित्न परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने पनि हो। त्यसैले, जब तिमीहरू अन्य मानिसमाझ हैसियत र प्रतिष्ठाका लागि लड्छौ, तिमीहरू केका लागि लडिरहेका हन्छौ? के यो साँच्चै प्रसिद्धिका लागि हो? होइन। तँ वास्तवमा त्यो प्रसिद्धिले तँलाई दिने फाइदाहरूका लागि लडिरहेको हुन्छस्। यदि तँ सधैँ ती लाभहरू पाउन चाहन्छस् भने, तिनका लागि लड्नुपर्ने हुन्छ। तर यदि तैँले ती लाभहरूलाई महत्त्व दिँदैनस् र “मानिसहरूले मलाई व्यवहार गर्ने तरिकाले केही फरक पार्दैन। म त साधारण व्यक्ति हुँ। म यस्तो राम्रो व्यवहारको योग्य छैनँ, न त म व्यक्तिको आराधना गर्न नै चाहन्छु। मैले साँच्चै आराधना गर्नुपर्ने र डराउनुपर्ने त परमेश्‍वर मात्र हुनुहुन्छ। उहाँ मात्र मेरा परमेश्‍वर र प्रभु हुनुहुन्छ। कुनै व्यक्ति जतिसुकै असल किन नहोस्, उसको क्षमता जति नै धेरै किन नहोस्, उसको प्रतिभा जति नै विशाल किन नहोस्, उसको छवि जति नै सानदार वा सिद्ध किन नहोस्, ऊ मेरो श्रद्धाको वस्तु होइन किनभने ऊ सत्यता होइन। ऊ सृष्टिकर्ता होइन; ऊ मुक्तिदाता होइन, र उसले योजनाबद्ध गर्न वा मानिसको भाग्यमामाथि सार्वभौम शासन गर्न सक्दैन। ऊ मेरो आराधनाको वस्तु होइन। कुनै पनि मानव व्यक्ति मेरो आराधनाको योग्य छैन,” भनेर भन्छस् भने, के यो सत्यताअनुरूप हुँदैन र? यसको विपरीत, यदि तँ अरूको आराधना गर्दैनस् भने, र तिनीहरूले तँलाई आराधना गर्न थाले भने, तैँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई त्यसो गर्न रोक्ने उपाय खोज्नैपर्छ, र तिनीहरूलाई यस्तो मानसिकताबाट मुक्त हुन मद्दत गर्नैपर्छ। तैँले तिनीहरूलाई तेरो साँचो रूप देखाउने मार्ग खोज्नैपर्छ, र तिनीहरूलाई तेरो कुरूपता र साँचो प्रकृति हेर्न दिनैपर्छ। मुख्य कुरा भनेको तेरा क्षमता जति राम्रो भए पनि, तँ जति नै उच्च शिक्षित भए पनि, तँ जति नै ज्ञानी, वा जति नै बुद्धिमानी भए पनि, तँ केवल साधारण व्यक्ति होस् भनेर मानिसहरूलाई बुझ्न लगाउनु हो। तँ कसैको प्रशंसा वा आराधनाको वस्तु होइन। सर्वप्रथम, तँ आफ्ना स्थानमा दृढ रहनैपर्छ, र गल्तीहरू गरेपछि वा आफूलाई लज्जित पारेपछि पटक्कै पछि हट्नु हुँदैन। गल्ती गरेपछि वा आफूलाई लज्जित पारेपछि, यदि तैँले यसलाई स्वीकार गर्न नसक्ने मात्र होइन, तर यसलाई लुकाउन वा सेतो पोत्न छलको प्रयोग पनि गर्छस् भने, तेरो गल्ती दोबर-तेबरह हुन्छ र तँ झनै कुरूप देखिन्छस्। तेरो महत्त्वाकाङ्क्षा अझ स्पष्ट हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

ख्रीष्टविरोधीले हैसियत प्राप्त गर्नेबित्तिकै, उसलाई रोक्न सम्भव हुँदैन—उसले अन्य मानिसहरूलाई खुट्टा मुनि कुल्चिनुपर्ने कुराहरूका रूपमा देख्छ र उसले गर्ने हरेक कुरामा उसलेले चर्चा बटुल्न, पूर्ण फाइदा लिन चाहन्छ। ऊ आफूले गर्ने हरेक कुरामा, साथै बोल्दा पनि माथि पर्न लागिपर्छ। ऊ जुनसुकै आसनमा बसे पनि, त्यो विशेष होस् भन्ने चाहन्छन्। उसले परमेश्‍वरको घरमा जुनसुकै व्यवहारको आनन्द लिए पनि, त्यो अरू कसैले प्राप्त गर्ने भन्दा राम्रो होस् भन्‍ने चाहन्छ। ऊ सबैले उसलाई अझ उच्च ठानून् र उसका बारेमा अरूको भन्दा उच्च राय राखून् भन्ने चाहन्छ। जब उसको हैसियत हुँदैन, ऊ यसलाई खोस्‍न चाहन्छ र हैसियत पाउनेबित्तिकै अविश्‍वसनीय रूपमा अहङ्कारी हुन्छ। ऊसँग बोल्ने जो कोहीले पनि उसलाई प्रशंसाका साथ हेर्नुपर्छ, कोही पनि ऊसँग सँगै हिँड्न सक्दैन र बरु एक वा दुई कदम पछाडि नै रहनुपर्छ; कसैले पनि ऊसँग धेरै चर्को स्वरमा वा कठोरतापूर्वक बोल्न सक्दैन, गलत शब्दहरू प्रयोग गर्न सक्दैन वा उसलाई गलत तरिकाले हेर्न सक्दैन। उसले सबैलाई स-साना कुराहरूमा किचकिच गर्नेछ र उसका बारेमा केही न केही भन्‍नेछ। कसैले पनि उसलाई चिढ्याउन वा आलोचना गर्न सक्दैन; बरु, सबैले उसलाई सम्मान गर्नुपर्छ, उसलाई फकाउनुपर्छ र उसको चापलुसी गर्नुपर्छ। एकचोटि कुनै ख्रीष्टविरोधीले हैसियत प्राप्त गरेपछि, ऊ जहाँ जान्छ त्यहाँ मनपरी र स्वेच्छाचारी तरिकाले कार्य गर्नेछ र अरूले उसलाई सम्मान गरून् भनेर देखावटी गर्नेछ। उसले केवल हैसियतमा आनन्द मान्‍ने र अरूको सम्मानलाई साँच्चिकै महत्त्व दिने मात्र होइन, भौतिक सुख पनि उसका लागि विशेष रूपमा महत्त्वपूर्ण हुन्छन्। ऊ सर्वोत्तम व्यवहार गर्ने मेजमानहरूसँग बस्‍न चाहन्छ। उसको मेजमान जोसुकै भए तापनि, ऊ खानेकुराबारे विशेष माग गर्छ र यदि खाना पर्याप्त रूपमा राम्रो छैन भने, उसले आफ्नो मेजमानलाई काटछाँट गर्ने मौका खोज्नेछ। उसले कुनै पनि गुणस्तरहीन सुखहरू स्वीकार गर्न मान्दैन—उसको खाना, लुगाफाटा, आवास र यातायात सबै माथिल्लो स्तरको हुनुपर्छ, औसतले काम चल्दैन। उसले सामान्य दाजुभाइ र दिदीबहिनीहरूले प्राप्त गर्ने कुराहरू समान कुराहरू स्वीकार गर्न सक्दैन। यदि अरू बिहान ५ वा ६ बजे उठिरहेका छन् भने, ऊ ७ वा ८ बजे उठ्नेछ। सर्वोत्तम खाना र वस्तुहरू उसका लागि आरक्षित गरिनुपर्छ। यतिसम्म कि मानिसहरूले चढाउने भेटीहरू पनि पहिले ऊद्वारा छानिनुपर्छ र उसले जे राम्रो वा बहुमूल्य छ वा जे उसको आँखामा पर्छ, त्यो राख्नेछ र बाँकी रहेका कुराहरू मण्डलीका लागि छोडिदिनेछ। अनि ख्रीष्टविरोधीहरूले गर्ने एउटा अर्को सबैभन्दा घृणित कुरा छ। त्यो के हो? जब तिनीहरूले हैसियत प्राप्त गर्छन्, तिनीहरूको भोक बढ्छ, तिनीहरूको क्षितिज फराकिलो हुन्छ र तिनीहरू आफैँमा रमाउन सिक्छन्, जसपछि तिनीहरूले पैसा खर्च गर्ने, उपभोग गर्ने चाहना विकास गर्छन् र फलस्वरूप मण्डलीले त्यसको कामका लागि प्रयोग गर्ने सबै पैसा आफूसँग राख्‍न चाहन्छन्, आफूले चाहे अनुसार यसलाई बाँड्न चाहन्छन्, आफ्ना चाहनाअनुसार यसलाई नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले विशेष गरी यस प्रकारको शक्ति र यस प्रकारको व्यवहारमा आनन्द लिन्छन् र एकचोटि शक्ति पाए पछि, तिनीहरू, सबै चेक र विभिन्न सम्झौताहरूजस्ता सबै कुरामा आफ्नो नाम हस्ताक्षर गर्न चाहन्छन्। तिनीहरू निरन्तर कलमले आफ्नो हस्ताक्षर गर्ने, पानी जसरी पैसा खेर फाल्ने अनुभूतिको आनन्द लिन चाहन्छन्। जब कुनै ख्रीष्टविरोधीसँग हैसियत हुँदैन, कसैले पनि ऊमा यी प्रकटीकरणहरू देख्न, वा ऊ यस प्रकारका व्यक्ति हो, उसमा यस प्रकारको स्वभाव छ, उसले त्यस्ता कामहरू गर्छ भन्‍ने कुरा देख्‍न सक्दैन। तर उसले हैसियत प्राप्त गर्ने बित्तिकै, यो सबै प्रकाश हुन्छ। यदि उसलाई बिहान चुनियो भने, दिउँसोसम्म ऊ अविश्‍वसनीय रूपमा अहङ्कारी बन्छ, उसको नाक घमण्डले फुल्छ, उसको टाउको घमण्डले फुल्छ र उसले साधारण मानिसहरूलाई कुनै ख्याल गर्दैन। यो परिवर्तन निकै छिटो हुन्छ। तर वास्तवमा, ऊ परिवर्तन भएको हुँदैन—उसको खुलासा भएको मात्रै हुन्छ। उसले यी अहङ्कारी व्यवहारहरू देखाउँछ, र उसले के गर्न गइरहेको हुन्छ? ऊ जिउनका लागी मण्डलीमा भर पर्न चाहन्छ, हैसियतका फाइदाहरूमा लिप्त हुन चाहन्छ। जब कसैले कुनै स्वादिष्ट भोजन अगाडि राखिन्छ, ऊ त्यो खाना घपा-घप खान थाल्छ, र आफ्नो दुर्घन्धित देहलाई स्वस्थ राख्‍नका निम्ति पूरक पोषणको माग गर्छ। ख्रीष्टविरोधीहरू विशिष्ट विशेषाधिकारहरूमा रमाउने कार्य प्राय हुने गर्छ; यसमा गम्भीरताको हद मात्र भिन्‍न हुन्छ। जब देहको सुखमा टाँसिने कुनै पनि व्यक्ति अगुवा बन्छ, उसले विशिष्ट विशेषाधिकारहरूको आनन्द उठाउन चाहन्छ। यो ख्रीष्ट विरोधीहरूको स्वभाव हो। तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू पूर्ण रूपमा फरक व्यक्ति बन्छन्। तिनीहरूले हैसियतसँगै आउने सुखसयल र विशेष व्यवहारलाई आफ्नो नजरमा र आफ्नो मुठ्ठीमा दृढतासाथ अनि सुरक्षितसाथ राख्छन् र तिनलाई छोड्नेछैनन्, तीमध्ये एक टुक्रामा पनि आफ्नो पकडलाई हल्का गर्दैनन् वा तिनको कुनै पनि अंशलाई उम्कन दिँदैनन्। ख्रीष्टविरोधीहरूका यीमध्ये कुन प्रकटीकरण र अभ्यासहरू सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नु हो? कुनै पनि होइन। तिनीहरूमध्ये हरेकलाई हेर्नु वाक्कलाग्दो र घृणित हुन्छ; तिनीहरूका अभ्यास र अभिव्यक्तिहरू सत्यता सिद्धान्तहरूसँग मेल नखाने मात्र होइन, तर तिनीहरूसँग निश्‍चित रूपमा अलिकति पनि विवेक, समझ वा लज्जाबोध छैन। जब ख्रीष्टविरोधीहरूसँग हैसियत हुन्छ, तिनीहरू लापरवाहीपूर्वक दुष्कर्महरू गर्न र आफ्नै शक्ति र हैसियतमा काम गर्न बाहेक, तिनीहरू मण्डलीको काम वा दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेशलाई फाइदा पुर्‍याउने कुनै पनि काम गर्न असफल मात्र हुँदैनन्, तिनीहरू हैसियत, देहसुख र मानिसहरूले तिनीहरूलाई उच्च मान्ने र श्रद्धा गर्ने फाइदाहरूको आनन्द पनि लिन्छन्। कतिपय ख्रीष्टविरोधीहरूले त आफ्नो सेवा गर्नका लागि मानिसहरू खोज्छन्, तिनीहरूले पिउने चिया अरूले नै दिएका हुन्छन्, तिनीहरूले लगाउने लुगा अरूले नै धोएका हुन्छन् र नुहाउँदा आफ्नो ढाड माड्ने समेत विशेष व्यक्ति हुन्छ र खाना खाँदा तिनीहरूलाई पर्खने व्यक्ति पनि हुन्छ। यो भन्दा नराम्रो कुरा, केहीले त आफ्नो दैनिक तीन छाक भोजनका निम्ति निर्धारित मेनु समेत बनाएका छन्, यस माथि, तिनीहरू स्वास्थ्य पूरकहरू लिन चाहन्छन् र आफ्ना लागि हर प्रकारका विभिन्न सुरुवाहरू उमालिएको चाहन्छन्। के ख्रीष्टविरोधीहरूलाई लाज लाग्छ? अँह, लाग्दैन! के तिमीहरूलाई त्यस प्रकारको व्यक्तिलाई काटछाँट मात्र गर्नु केही हदसम्म नरम कदम नै हो भन्‍ने लाग्छ? के काटछाँटले तिनीहरुलाई लज्जाबोध गराउनेछ? (गराउनेछैन।) त्यसोभए, यो मामलालाई कसरी समाधान गर्न सकिन्छ? यो एकदम सरल छ। काटछाँट गरिसकेपछि, तिनीहरूको खुलासा गर्ने अनि तिनीहरू के हुन् भनेर तिनीहरूलाई बताइदिने। तिनीहरू चाहे यसमा समर्पित हून् वा नहून्, तिनीहरूलाई खारेज गरिनुपर्छ र सबैले तिनीहरूलाई इन्कार गर्नुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार

भ्रष्ट मान्छे हैसियत पछ्याउन र त्यसका लाभहरू लिन रुचाउँछ। चाहे अहिले तँमा हैसियत होस् वा नहोस्, यो कुनै पनि व्यक्तिमा लागू हुन्छ: हैसियत त्याग्‍न र प्रलोभनबाट मुक्त हुन अत्यन्तै गाह्रो हुन्छ। यसका लागि मान्छेले बढी सहकार्य गर्नुपर्छ। यस्तो सहकार्यमा के कुरा पर्छ? मुख्यतः सत्यता खोज्ने, सत्यता स्विकार्ने, परमेश्‍वरका अभिप्रायहरू बुझ्ने, र समस्याहरूको सार प्रस्टसित छिचोल्ने कुरा पर्छ। यी कुराहरू गरेपछि, व्यक्तिमा हैसियत पाउने प्रलोभनलाई जित्ने विश्‍वास हुन्छ। त्यसबाहेक, तैँले प्रलोभनबाट मुक्त हुने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने प्रभावकारी तरिकाहरूबारे सोच्नैपर्छ। तँसँग अभ्यासका मार्गहरू हुनैपर्छ। यसले तँलाई सही मार्गमा राखिराख्नेछ। अभ्यासका मार्गविना, तँ प्रायः प्रलोभनमा पर्नेछस्। तैँले सही मार्ग समात्न चाहिस् भने पनि, चाहे तैँले जति नै प्रयास गर्, अन्त्यमा तेरो प्रयासले त्यति राम्रो परिणाम दिनेछैन। त्यसोभए, तैँले बारम्बार सामना गर्ने प्रलोभनहरू केके हुन्? (जब म आफ्नो कर्तव्य निर्वाहमा केही सफलता हासिल गर्छु अनि दाजुभाइ-दिदीबहिनीहरूबाट उच्च सम्मान कमाउँछु, तब मलाई आत्मसन्तुष्टि मिल्छ र यस अनुभूतिले रमाउँछु। कहिलेकाहीँ म त्यो अनुभूति गर्दिनँ; कहिलेकाहीँ म यो स्थिति गलत हो भन्‍ने अनुभूति गर्छु, तर पनि म त्यसविरुद्ध जान सक्दिनँ।) त्यो एउटा प्रलोभन हो। अरू कसले बताउनेछ? (म अगुवा भएकाले, कहिलेकाहीँ मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई विशेष व्यवहार गर्छन्।) त्यो पनि एउटा प्रलोभन नै हो। यदि तँलाई आफूलाई आइपर्ने प्रलोभनहरूबारे थाहा छैन, तर तिनलाई राम्ररी सम्हाल्दैनस् र सही निर्णय गर्न सक्दैनस् भने, यी प्रलोभनहरूले तँमा शोक र दुःख र कष्ट ल्याउनेछ। उदाहरणका लागि, मानौँ तँप्रति दाजुभाई-दिदीबहिनीहरूका विशेष व्यवहारमा तँलाई गाँस, बास, र कपासको प्रबन्ध गर्ने, र तेरा दैनिक आवश्यकताहरू जुटाइदिने जस्ता भौतिक लाभहरू पर्छन्। यदि तैँले आनन्द लिने कुरा तिनीहरूले दिने कुराभन्दा राम्रो छ भने, तँ त्यसलाई तुच्छ ठान्छस्, र तैँले तिनीहरूका उपहारहरू लत्याउन सक्छस्। तर, यदि तैँले कुनै धनी मान्छे भेटिस् र उसले तँलाई आफूले नलगाउने भन्दै एउटा राम्रो सुट दिएको भए, के तँ यस्तो प्रलोभनसामु अडिग रहन सक्थिस्? हुन सक्छ तैँले त्यस परिस्थितिबारे सोच्छस्, मनमनै यसो भन्छस्, “ऊ धनी छ, र यी कपडाहरू उसका लागि केही पनि होइन। उसले यी कपडाहरू लगाउने पनि होइन। यदि उसले ती मलाई दिएन भने, त्यो पोका पारेर कतै पठाउनेछ। त्यसैले, म नै राख्नेछु।” त्यस निर्णयबारे तँ के भन्छस्? (तिनीहरूले हैसियतका लाभहरू लिनै रहेका छन्।) यो किन हैसियतका लाभहरू लिनु हो? (किनकि तिनीहरूले राम्रा कुराहरू स्वीकार गरे।) के तँलाई दिइएका राम्रा कुराहरू स्वीकार गर्न नै हैसियतका लाभहरू लिनु हो? यदि तँलाई कुनै सामान्य कुरा दिइयो, तर त्यो तँलाई चाहिएकै चीज हो र तैँले त्यो स्विकार्छस् भने, के त्यसलाई पनि हैसियतका लाभहरू लिएको मान्‍ने हो? (हो। तिनीहरू आफ्ना स्वार्थी चाहना पूरा गर्न अरूबाट चीजहरू स्विकार्छन् भने, त्यो हैसियतका लाभहरू लिनु हो।) तँ यसमा प्रस्ट छैनस् जस्तो देखिन्छ। के तैँले यसबारे कहिल्यै सोचेको छस्: यदि तँ अगुवा थिनस् र तँसँग हैसियत थिएन भने पनि, के उसले तँलाई यो उपहार दिनेथ्यो? (दिनेथेन।) उसले अवस्य दिनेथिएन। तँ अगुवा भएकाले उसले तँलाई यो उपहार दिन्छ। यो कुराको प्रकृति परिवर्तन भएको छ। यो सामान्य पुण्यकर्म होइन, र यसमा समस्या छ। यदि तैँले उसलाई “यदि म कुनै अगुवा नभएर एक सामान्य दाजुभाइ वा दिदीबहिनी भएको भए, के तिमीले मलाई यस्तो उपहार दिनेथ्यौ? यदि यो चीज कुनै दाजुभाइ वा दिदीबहिनीलाई चाहिएको भए, के तिमीले त्यो उनलाई दिनेथ्यौ?” भनेर सोधेमा, उसले यसो भन्‍नेथ्यो, “म सक्दिनथेँ। म चीजबीज सोचविचार नगरी जोकोहीलाई दिन सक्दिनँ। म त्यो तपाईंलाई दिन्छु किनभने तपाईं मेरो अगुवा हुनुहुन्छ। यदि तपाईंसँग यो विशेष हैसियत नभएको भए, किन म तपाईंलाई त्यस्तो उपहार दिनेथेँ र?” अब हेर् त, तैँले कसरी परिस्थिति बुझ्न सकेको छैनस्। उसले त्यो राम्रो सुट आफूलाई नचाहिने भन्दा तैँले उसलाई विश्‍वास गरिस्, तर ऊ तँलाई छल गरिरहेको थियो। उसको उद्देश्य तँलाई उसको उपहार स्विकार्न लगाउनु थियो ताकि भविष्यमा तैँले उसलाई राम्रो गरेस् र विशेष व्यवहार गर्न सकेस्। उसले उपहार दिन पछाडिको अभिप्राय यही हो। वास्तविकता के हो भने यदि तँसँग हैसियत नभएको भए उसले तँलाई त्यस्तो उपहार कहिल्यै दिने थिएन भन्‍ने कुरा तँलाई हृदयमा थाहा छ, तर पनि तँ त्यो स्वीकार गर्छस्। मुखले त तँ यसो भन्छस् “परमेश्‍वरलाई धन्यवाद होस्। मैले परमेश्‍वरबाटको यो उपहार स्विकारेको छु, त्यो मप्रति परमेश्‍वरको उपकार हो।” तँ हैसियतका लाभहरू लिन्छस् मात्र होइन, तर परमेश्‍वरका चुनिएका मानिसहरूका कामकुरामा पनि आनन्द लिन्छस्, मानौँ ती तेरै हुन्। के यो निर्लज्ज कुरा होइन? यदि मान्छेको विवेक चल्दैन र उसमा कुनै लाज छैन भने, समस्या त्यही हो। के यो व्यवहारको कुरा मात्र हो र? के अरूबाट चीजहरू स्वीकार गर्नु मात्र गलत र अस्वीकार गर्नुचाहिँ सही हो र? यस्तो परिस्थिति अइपर्दा तिमीहरूले के गर्नुपर्छ? तैँले यस उपहारदातालाई उसले जे गरिरहेको छ त्यो सिद्धान्तअनुरूप छ कि छैन भनेर सोध्नैपर्छ। उसलाई यसो भन्, “परमेश्‍वरको वचन वा मण्डलीका प्रशासनिक आदेशहरूमा मार्गदर्शन खोजौँ र तिमीले गरिरहेको कुरा सिद्धान्तअनुरूप छ कि छैन भनेर हेरौँ। यदि छैन रहेछ भने, म यस्तो उपहार स्विकार्न सक्दिनँ।” यदि ती स्रोतहरूले उक्त दातालाई उसको कार्यले सिद्धान्त उल्लङ्घन गर्छ तर पनि ऊ तँलाई उपहार दिन चाहन्छ भने, तैँले के गर्नुपर्छ? तँ सिद्धान्तअनुसार चल्नैपर्छ। सामान्य मानिसहरू यसबाट पार पाउन सक्दैनन्। तिनीहरू आफूलाई अरूले अझ धेरै देओस् भनेर उत्सुकतासाथ तृष्णा गर्छन्, र तिनीहरू झन् बढी विशेष व्यवहार पाउन चाहन्छन्। यदि तँ सही खालको व्यक्ति होस् भने, यस्तो कुनै परिस्थिति आइपर्दा तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई जे आइपरेको छु त्यो पक्कै पनि तपाईंको शुभेच्छाको सङ्केत हो। यो तपाईंले मेरा लागि बन्दोबस्त गरेको पाठ हो। म सत्यता खोज्न र सिद्धान्तअनुसार कार्य गर्न इच्छुक छु।” हैसियत भएकाहरूले सामना गर्ने प्रलोभनहरू अत्यन्तै भयङ्कर हुन्छन्, र प्रलोभन आएपछि, त्यसबाट पार पाउन वास्तवमै कठिन हुन्छ। तँलाई परमेश्‍वरको सुरक्षा र सहयोग चाहिन्छ; तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, अनि तैँले सत्यता खोज्ने र बारम्बार आत्मचिन्तन गर्ने पनि गर्नैपर्छ। यसरी, तँलाई स्थिर र शान्ति अनुभूति हुनेछ। तर, यदि तँ त्यस्ता उपहारहरू प्राप्त नगरुन्जेल प्रार्थना गर्दैनस् भने, के तैँले त्यसपछि पनि त्यस्तो स्थिर र शान्ति अनुभूति गर्नेछस्? (गर्दै गर्दिनस्।) त्यसपछि परमेश्‍वरले तेरो बारेमा के सोच्नुहुनेछ? तेरा कार्यहरूले परमेश्‍वर खुसी हुनुहुनेछ कि उहाँ ती कार्यलाई तिरस्कार गर्नुहनेछ? उहाँले तेरा कार्यहरूलाई तिरस्कार गर्नुहुनेछ। के समस्या तैँले कुनै कुरा स्विकार्छस् कि स्विकार्दैनस् भन्‍ने मात्रै हो? (होइन।) त्यसोभए, समस्या कहाँनेर छ? समस्या त तैँले कुनै त्यस्तो परिस्थिति सामना गर्दा अपनाउने विचार र मनोवृतिमै समस्या छ। के तँ आफै निर्णय गर्छस् कि सत्यता खोज्छस्? के तँसँग विवेकको कुनै स्तर छ? के तँमा परमेश्‍वरको भय मान्‍ने हृदय पक्कै छ? के तँ परिस्थिति आउँदा परमेश्‍वरलाई प्रार्थना गर्छस्? के तँ पहिला आफ्नै चाहनाहरू पूरा गर्न खोज्छस्, कि पहिला प्रार्थना गरेर परमेश्‍वरका अभिप्रायहरू खोज्छस्? यस मामिलामा तेरो खुलासा हुन्छ। तैँले त्यस्तो परिस्थिति कसरी सम्हाल्नुपर्छ? तँसँग अभ्यासका सिद्धान्तहरू हुनैपर्छ। पहिला, तैँले बाहिरी रूपमा यी विशेष भौतिक लाभहरू, यी प्रलोभनहरू अस्वीकार गर्नैपर्छ। विशेष गरी तँलाई तैँले चाहेको चीज वा तँलाई ठ्याक्कै चाहिने चीज नै दिइए पनि, तैँले त्यसै गरी अस्वीकार गर्नैपर्छ। भौतिक कुरा भन्‍नाले के बुझिन्छ? त्यसमा गाँस, बास, र कपास, अनि दैनिक प्रयोगका कुराहरू सबै पर्छन्। यी भौतिक लाभहरू अस्वीकार गर्नैपर्छ। तैँले ती कुरा किन अस्वीकार गर्नैपर्छ? के त्यसो गर्नु तेरो कार्यशैलीको कुरा मात्र हो र? होइन; त्यो तेरो सहयोगी मनोवृतिको कुरा हो। यदि तँ सत्यता अभ्यास गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, र प्रलोभनबाट अलग बस्न चाहन्छस् भने, पहिला तँसँग यो सहयोगी मनोवृत्ति हुनैपर्छ। यस्तो मनोवृत्तिले तँ प्रलोभनबाट अलग बस्न सक्नेछस्, र तेरो विवेक शान्त हुनेछ। यदि तँलाई तैँले चाहेकै कुनै चीज दिइयो र तैँले त्यो स्वीकार गरिस् भने, तेरो विवेकले केही हदसम्म घोचेका हृदयमा महसुस हुनेछ। तर, तेरा बहानाबाजी र आत्म-स्पष्टीकरणहरूका कारण, तैँले यो चीज तँलाई दिनुपर्छ, त्यो तैँले नै पाउनुपर्छ भनेर भन्‍नेछस्। अनि त्यसपछि, तेरो विवेकले घोचेको पीडा त्यति सही प्रस्ट हुनेछैन। कहिलेकाहीँ, तेरा निश्‍चित समझ वा सोच र विचारहरूले तेरो विवेकलाई ढलपल पार्लान्, त्यसले गर्दा त्यसले घोचको पीडा प्रस्ट हुँदैन। त्यसोभए, के तेरो विवेक एक भरपर्दो मानक हो? होइन। यो मानिसहरूलाई चेतावनी दिने खतराको घण्टी हो। यसले कस्तो खालको चेतावनी दिन्छ? विवेकले भनेकोमा मात्र भर पर्दा सुरक्षा हुँदैन भन्‍ने चेतावनी दिन्छ; व्यक्तिले सत्यता सिद्धान्तहरू पनि खोज्नैपर्छ। भरपर्दो कुरा त्यही हो। सत्यताले मानिसहरूलाई बन्धनमा पारेन भने, तिनीहरू अझै पनि प्रलोभनमा पर्न सक्छन्, जसले तिनीहरूलाई हैसियतका लाभप्रतिको लोभ पूरा गर्न लगाउने विभिन्‍न कारणहरू र बहानाहरू दिन्छन्। त्यसकारण, अगुवा भएको नाताले तँ हृदयबाट यो एउटै सिद्धान्तमा अडिग रहनुपर्छ: म सधैँ अस्वीकार गर्नेछु, सधैँ अलग बस्नेछु, र कुनै पनि विशेष व्यवहारलाई पूर्ण रूपमा इन्कार गर्नेछु। पूर्ण इन्कार भनेको दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त हो। यदि तँसँग दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त छ भने, तँ पहिल्यै केही हदसम्म परमेश्‍वरका सुरक्षामा छस्। र यदि तँसँग अभ्यासका त्यस्ता सिद्धान्तहरू छन्, र तँ त्यसप्रति अडिग छस् भने, तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको छस्। तँ सही मार्गमा हिँड्न थालिसकेको छस्। जब तँ सही मार्गमा हिँडिरहेको र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको हुन्छस्, तब के तैँले अझै आफ्नो विवेक जाँच्नु आवश्यक हुन्छ? सिद्धान्तहरू अनुसार कार्य गर्नु र सत्यता अभ्यास गर्नु विवेकको स्तरभन्दा ठूलो हो। यदि व्यक्तिमा सहकार्य गर्ने सङ्कल्प छ र ऊ सिद्धान्तअनुसार कार्य गर्न सक्षम छ भने, उसले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको हुन्छ। परमेश्‍वरले मान्छेबाट माग गर्ने स्तर यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

अघिल्लो: २४. ख्याति, प्राप्ति र हैसियत खोज्ने समस्या कसरी समाधान गर्ने

अर्को: २६. हठी स्वभावको समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्