२४. ख्याति, प्राप्ति र हैसियत खोज्ने समस्या कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको काटछाँट गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: “हामी परमेश्वरमा विश्वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्वरमा विश्वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्वरमा विश्वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्वरमाथि गरिने विश्वास भनिने थिएन।” धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्लाई उछिन्ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? “मैले परमेश्वरमाथि विश्वास गर्ने हुनाले ममाथि आशिष्हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्वासीहरूको भन्दा उच्च रहनुपर्छ भन्ने कुरालाई सुनिश्चित गरिनुपर्छ।” तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्। … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर काटछाँट गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट काटछाँट र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्वरमाथिको तेरो विश्वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?
तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू हृदयमा द्वेषपूर्ण र कपटी छौ, समुद्रतलमा डुबेका भूतहरूभन्दा पनि बढी छौ। तँ गोबरको फेदमा बस्छस् अनि, माथिदेखि तलसम्मका किराहरूमा अशान्ति नछाउन्जेल तिनलाई पिरोल्छस्, एक अर्कासँग झगडा गरेर एकछिनमा शान्त हुन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैँले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्
मानिसले मलाई कहिल्यै पनि इमानदारीपूर्वक प्रेम गरेको छैन। जब म उसलाई उच्च पार्छु, उसले आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसको हातमा दिएको “स्थान” लाई समातेर बस्छ र त्यसलाई जाँच्छ; बरु मेरो प्रेमिलोपनप्रति असंवेदनशील भएर, ऊ आफ्नो स्थानका फाइदाहरू हडप्ने कुरामा लागिरहन्छ। के यो मानिसको कमजोरी होइन र? जब पहाडहरू सर्छन्, के तिनीहरूले तेरो स्थानको लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, के त्यो मानिसको स्थानअघि आएर समाप्त हुन्छ? के मानिसको स्थानद्वारा आकाश र पृथ्वी उल्टिन सक्छन्? म एकपटक मानिसप्रति दयालु थिएँ, अनि बारम्बार नै यो क्रम चलिरह्यो—तर कसैले पनि यसलाई वास्ता गर्दैन र मूल्यवान् ठान्दैन। तिनीहरूले यसलाई केवल कथाको रूपमा सुने, वा उपन्यासको रूपमा पढे। के मेरा वचनहरूले साँच्चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्चै कुनै प्रभाव छैन? के कसैले मेरो अस्तित्वमा विश्वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” को रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली योजनालाई छेड्नेछु, र पृथ्वीका मानिसहरूलाई शैतानको बहकाउमा पर्नबाट रोक्नेछु, यसैले कि त्यसको अस्तित्वको कारण तिनीहरूले मेरो विरोध नगरून्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २२
मानिसका आदर्शहरू जति नै उच्च भए पनि, मानिसका इच्छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्दसँग जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र तिनीहरूले जीवनमा थाहै नपाई महत्त्वाकाङ्क्षाहरू पनि हुर्काउन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै “ख्याति” र “प्राप्ति” सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्छाले तर अनजानमा आफ्नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्ने कुराप्रति सधैँ अनजान रही, तिनीहरूले साँचो रूपमा र एक क्षण पनि नहिचकिचाई त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान् बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्नो जीवनभरि र अनन्तसम्म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र? …
… शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्न सक्दैन भन्ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
प्रतिष्ठा र हैसियत संलग्न हुने वा अनुभवको मौका मिल्ने कुनै पनि कुराको प्रसङ्ग उठ्दा—उदाहरणको लागि, तिमीहरूले परमेश्वरको घरले विभिन्न प्रकारका प्रतिभाशाली व्यक्तिहरूको वृद्धिविकास गर्ने योजना बनाउँदै छ भन्ने सुन्दा—तिमीहरू हरेकको हृदय अपेक्षाले उफ्रन्छ, तिमीहरू हरेकजना नाम कमाउन र चर्चाको दुनियाँमा आउन चाहन्छौ। तिमीहरू हरेक नै हैसियत र प्रतिष्ठाको लागि लड्न चाहन्छौ। तिमीहरू त्यसप्रति लज्जित महसुस गर्छौ, तर त्यसो नगरे तिमीहरूलाई नरमाइलो लाग्छ। तिमीहरू अरू कोही माथि उठेको देख्दा डाहा, घृणा, महसुस गर्छौ र गुनासो गर्छौ, र यो अनुचित भयो भन्ने ठान्छौ, र सोच्छौ, “मचाहिँ किन माथि उठ्न सक्दिनँ? किन सधैँ अरूको चर्चापरिचर्चा हुन्छ? किन मेरो पालो कहिल्यै आउँदैन?” अनि द्वेष महसुस भएपछि, तिमीहरू यसलाई दबाउन कोसिस गर्छौ, तर दबाउन सक्दैनौ। तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यसप्रकारको परिस्थिति पुनः सामना गर्दा तिमीहरू यसबाट पार पाउन सक्दैनौ। के यो अपरिपक्व कदको प्रकटीकरण होइन र? जब मानिसहरू त्यस्तो अवस्थामा फस्छन्, के तिनीहरू शैतानको पासोमा परेका हुँदैनन् र? यी कुराहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छन्। यदि मानिसहरूले यी भ्रष्ट स्वभावहरू त्याग्छन् भने, के तिनीहरूले मुक्त र स्वतन्त्र महसुस गर्दैनन् र? यसबारेमा विचार गर्: यदि तँ ख्याति र लाभका लागि सङ्घर्ष गर्ने यी स्थितिहरूमा पर्नबाट बच्न—यी भ्रष्ट अवस्थाहरूबाट आफूलाई मुक्त गर्न, र यी ख्याति, लाभ र हैसियतका तनाव र बन्धनहरूबाट आफूलाई स्वतन्त्र पार्न—चाहन्छस् भने, तैँले कुन सत्यताहरू बुझ्नुपर्छ? स्वतन्त्रता र मुक्ति प्राप्त गर्न तँसित कुन सत्यता वास्तविकताहरू हुनुपर्छ? सर्वप्रथम, तैँले यो बुझ्नुपर्छ कि शैतानले मानिसहरूलाई भ्रष्ट पार्न, तिनीहरूलाई पासोमा पार्न, तिनीहरूलाई दुर्व्यवहार गर्न, तिनीहरूलाई गिराउन र तिनीहरूलाई पापमा डुबाउन ख्याति, लाभ र हैसियत प्रयोग गर्छ। अझ भन्नुपर्दा, सत्यलाई स्विकारेर मात्र मानिसहरूले ख्याति, लाभ र हैसियत छोड्न र पन्छाउन सक्छन्। चाहे त्यो जवान होस् वा पाको उमेरको, या नयाँ होस् वा लामो समयदेखिको विश्वासी, यी कुराहरू पन्छाउन हरकोहीलाई निकै कठिन हुन्छ। कतिपय मानिसहरू अन्तर्मुखी हुन्छन्, र त्यति धेरै नबोल्नेजस्ता देखिन्छन्, तर वास्तवमा तिनीहरूले हृदयमा अरूले भन्दा बढी कठिनाइहरू बोकेका हुन्छन्। ख्याति, लाभ, र हैसियत त्याग्नु प्रत्येक व्यक्तिको लागि कठिन हुन्छ; ती कुराहरूको परीक्षा पार गर्न कसैले सक्दैन—मानिसहरूका भित्री स्थितिहरू सबै उस्तै हुन्छन्। शैतानले ख्याति र लाभबाहेक अरू कुरा प्रयोग गरेर मान्छेलाई भ्रष्ट तुल्याएको छैन; हजारौँ वर्षको परम्परागत सँस्कृतिले मानिसहरूको दिमागमा बस यी कुराहरू मात्रै बसाएका छन्। त्यसकारण, मान्छेको भ्रष्ट स्वभावले ख्याति, लाभ, र हैसियतलाई नै प्रेम गर्छ र पछ्याउँछ, बस फरकफरक मानिसहरूले पछ्याउने र व्यक्त गर्ने तरिकाहरू मात्र फरकफरक हुन्छन्। कतिपय मानिसहरू यसबारे कहिल्यै बोल्दैनन्, र यसलाई आफ्नो हृदयभित्रै लुकाउँछन्, जबकि अरूहरूले चाहिँ यसलाई शब्दमै उल्लेख गर्छन्। कतिपय व्यक्तिहरू यी कुराहरूको लागि निसङ्कोच लड्छन्, जबकि अरूहरू यी कुराहरूको लागि लड्दैनन्, बरु गोप्य रूपमा, गुनासो र गनगन गर्छन्, र मालमत्ता फुटाउँछन्। फरकफरक मानिसहरूमा फरकफरक तरिकाको प्रकटीकरण हुने भए पनि, तिनीहरू सबैको प्रकृति ठ्याक्कै एउटै हुन्छ। तिनीहरू सबै भ्रष्ट मानवहरू हुन्, जो परमेश्वरको प्रतिरोध गर्छन्। यदि तँ सधैँ ख्याति, लाभ, र हैसियतमा ध्यान दिन्छस् भने, यदि तँ यी कुराहरूमा अत्यधिक महत्त्व दिन्छस् भने, यदि यी कुराहरूले तेरो हृदय ओगट्छन् भने, र यदि यी कुराहरू त्याग्न तँ अनिच्छुक छस् भने, तँ यी कुराहरूको नियन्त्रण र बन्धनमा पर्नेछस्। तँ यी कुराहरूको दास बन्नेछस्, र अन्त्यमा, यी कुराहरूले तँलाई पूर्ण रूपमा बरबाद पार्नेछन्। तैँले यी कुराहरूलाई छोड्न र पन्छाउन, अरूहरूलाई सिफारिस गर्न, र तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा चम्कने अवसर भेट्नेबित्तिकै फाइदा लिन संघर्ष वा हतार नगर्। तैँले यी कुराहरू पन्छ्याउन सक्नुपर्छ, र कर्तव्य निर्वाह गर्न ढिलाइ पनि गर्नु हुँदैन। तँ यस्तो व्यक्ति बन् जो चुपचाप गुमनामीमा काम गर्छ, र निष्ठापूर्वक कर्तव्य निभाउँदा अरूलाई धाक देखाइहिँड्दैन। तैँले आफ्नो घमण्ड र हैसियत जति धेरै छोड्छस्, र तैँले आफ्ना हितहरू जति धेरै त्याग्छस्, तँ त्यति नै धेरै शान्ति महसुस गर्नेछस्, तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ मलाई विश्वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यसप्रकारको भ्रष्ट अवस्था सुल्ट्याउन चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोजी गर्नुपर्छ, र यी कुराहरूको सार स्पष्टसित बुझ्नुपर्छ, र त्यसपछि तिनलाई पन्छाउनु र परित्याग गर्नुपर्छ। होइन भने, तैँले जति धेरै संघर्ष गर्छस्, तेरो हृदय त्यति नै धेरै अँध्यारो हुनेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि ती कुराहरू पाउने तेरो चाहना केवल झन्झन् प्रबल बन्दै जानेछ। ती कुराहरू पाउने तेरो चाहना जति प्रबल हुन्छ, तँ ती प्राप्त गर्न त्यति नै कम सक्षम हुनेछस्, र त्यस्तो हुँदा तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति अँध्यारो हुन्छस्, तेरो कर्तव्यनिर्वाह त्यति नै कमजोर हुनेछ, अनि तेरो कर्तव्यनिर्वाह जति कमजोर हुन्छ, परमेश्वरको घरको निम्ति तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्बन्धित, दुष्चक्र हो। यदि तैँले आफ्नो कर्तव्य कहिल्यै राम्रोसँग निभाउन सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ
धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै स्वार्थ, इज्जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई उच्च मानेर हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, लगभग सबै मानिसहरूले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्च प्रतिभाका हुन्छन्, निश्चय नै तिनीहरू आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्, अरूले आफूलाई नीच नामनून् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ पछ्याएको इज्जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरूलाई यसबारे सचेत नै छैनन्। उनीहरू इज्जतको टुक्रालाई आखिरीसम्म समातेर राख्नुपर्छ भनी विश्वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैँ केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैँ आफ्नो इज्जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै मिथ्या प्रतिरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्न छोड्छस्, जब इज्जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले, अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र अझ बढी तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्ने कुरालाई नियन्त्रण गर्न छोड्छन्—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
भ्रष्ट मानवजातिले ख्याति र हैसियतलाई प्रेम गर्छ। तिनीहरू सबै नै शक्तिको पछि लाग्छन्। तिमीहरू, जो अहिले अगुवा र सेवकहरू हौ, के तिमीहरूलाई आफ्नो पद वा दर्जाद्वारा आफूले आफ्ना कार्यहरूमा प्रभाव पारेको अनुभूति हुँदैन? सबै ख्रीष्टविरोधी र झूटा अगुवाहरूले पनि त्यसै गर्छन्, तिनीहरूले आफूहरू परमेश्वरको घरका अधिकारीहरू भएको, आफूहरू अरूभन्दा माथिल्लो स्तरको र वरिष्ठ भएको अनुभूति गर्छन्। यदि तिनीहरूसँग आधिकारिक पद र दर्जाहरू नभएको भए, तिनीहरूले आफ्नो कर्तव्य निभाउन कुनै बोझ लिने थिएनन्, र तिनीहरू आफ्नो काममा गम्भीरतासाथ लाग्ने थिएनन्। अगुवा वा सेवक हुनुलाई सबैले अधिकारी हुनुसरह मान्छन्, र सबैजना अधिकारीका रूपमा काम गर्न इच्छा गर्छन्। सकारात्मक तरिकाले देखाउँदा, हामी यसलाई जीवनवृत्ति पछ्याउनु भन्छौँ—तर नकारात्मक तरिकाले देखाउँदा, यसलाई आफ्नै व्यवसायमा संलग्न हुनु भनिन्छ। यसो गर्नु भनेको व्यक्तिको आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि एउटा स्वतन्त्र राज्य खडा गर्नु हो। अन्त्यमा, हैसियत हुनु राम्रो कुरा हो कि नराम्रो? मानिसहरूका दृष्टिमा, यो राम्रो कुरा हो। जब तँसँग कुनै आधिकारिक पद हुन्छ, तब बोली र कार्यको अर्थ नै फरक हुन्छ। तेरा शब्दहरूमा शक्ति हुन्छ, र मानिसहरूले तेरा कुरामा ध्यान दिन्छन्। तिनीहरूले तेरो चाप्लुसी गर्नेछन्, तेरो जयजयकार गर्दै तेरो पछि लाग्नेछन् र पछाडिबाट तँलाई ढाडस दिनेछन्। तर तँसँग हैसियत र पद छैन भने, तिनीहरू तेरो कुरा सुन्नेछैनन्। तैँले बोलेको कुरा साँचो, राम्रो अर्थले भरिपूर्ण, र मानिसहरूका लागि लाभदायक रहेछ भने पनि कसैले तँप्रति ध्यान दिनेछैन। यसले के देखाउँछ? मानिसहरू सबैले हैसियतलाई पूज्छन्। तिनीहरू सबैमा महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्। तिनीहरू सबैले आफूलाई अरूले पूजून् भन्ने चाहन्छन् र हैसियतका स्थानमा रहेर मामिलाहरू सम्हाल्न रुचाउँछन्। के मान्छेले हैसियतको स्थानबाट राम्रो कुरा हासिल गर्न सक्छ? के तिनीहरूले मानिसहरूका लागि कुनै लाभदायक काम गर्न सक्छन्? त्यो कुरा निश्चित छैन। त्यो कुरा तैँले कुन मार्ग लिन्छस् र हैसियतलाई कुन रूपमा हेर्छस् भन्नेमा भर पर्छ। यदि तँ सत्यता खोजी गर्दैनस्, तर सधैँ मानिसहरूको कृपा प्राप्त गर्न, र सधैँ आफ्नै अभिलाषा र इच्छाहरू सन्तुष्ट पार्न, र हैसियतसम्बन्धी आफ्नै तृष्णा मेटाउन चाहन्छस् भने, तँ ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको छस्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने व्यक्ति आफ्नो सत्यता पछ्याइ र कर्तव्य गराइमा सत्यताअनुरूप हुन सक्छ? कदापि सक्दैन। यस्तो किन हुन्छ भने व्यक्तिले रोज्ने मार्गले नै सबथोक निर्धारित गर्छ। यदि कसैले गलत मार्ग रोज्छ भने, उसको प्रयास, उसको कर्तव्य गराइ, र उसको खोज सबका सब सत्यतासँग कहीँकतै कदापि मिल्दै मिल्दैनन्। ती कुराहरूमा सत्यतासँग नमिल्ने के कुरा हुन्छ? तिनीहरू आफ्ना कार्यहरूमा के कुराको पछि लागिरहेका हुन्छन्? (हैसियत।) हैसियतको खातिर कामकुराहरू गर्ने सबै मानिसहरूले के कुरा प्रकट गर्छन्? कतिपयले भन्छन्, “तिनीहरूले सधैँ शब्दहरू र धर्मसिद्धान्तहरू बोल्छन्, तिनीहरूले कहिल्यै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्दैनन्, तिनीहरूले सधैँ रबाफ देखाउँछन्, तिनीहरूले सधैँ आफ्नै खातिर बोल्छन्, र तिनीहरूले कहिल्यै पनि परमेश्वरको बढाइ गर्ने वा परमेश्वरको साक्षी दिने गर्दैनन्। जो मान्छेमा यस्ता कुराहरू प्रकट हुन्छन् तिनीहरू हैसियतको खातिर काम गर्छन्।” के यो सही हो? (हो।) तिनीहरूले किन शब्दहरू र धर्मसिद्धान्तहरू बोल्छन् र रबाफ देखाउँछन्? किन तिनीहरूले परमेश्वरको बढाइ गर्ने र परमेश्वरको साक्षी दिने गर्दैनन्? किनभने तिनीहरूका हृदयमा हैसियत अनि तिनीहरूको ख्याति र प्राप्ति मात्रै हुन्छ—परमेश्वर त हुँदै हुनुहुन्न। त्यस्ता मानिसहरूले हैसियत र अख्तियारलाई विशेष आदर्श मान्छन्, तिनीहरूका लागि तिनीहरूको ख्याति र प्राप्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तिनीहरूको ख्याति, प्राप्ति र हैसियत तिनीहरूको जीवन बनेको हुन्छ। तिनीहरूका हृदयमा परमेश्वरको उपस्थिति हुँदैन, तिनीहरूले परमेश्वरको डर मान्दैनन्, तिनीहरूले परमेश्वरको आज्ञापालन गर्ने कुरा त परै जाओस्; तिनीहरूले आफैलाई उचाल्ने, आफ्नै साक्षी दिने, र अरूबाट सम्मान पाउन आफ्नो प्रदर्शन गर्ने मात्रै गर्छन्। त्यसैले, तिनीहरूले सधैँ तिनीहरूले केके गरे, तिनीहरूले कति कष्ट भोगे, तिनीहरूले परमेश्वरलाई कति सन्तुष्ट पारे, र काटछाँटमा गर्दा तिनीहरू कति सहनशील थिए भन्नेबारे बारम्बार धाक लगाउँछन्, र यो सबैको उद्देश्य मानिसहरूको सहानुभूति र आदर पाउनु मात्र हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूजस्तै प्रकारका मानिसहरू हुन्, तिनीहरू पावलको बाटो हिँड्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने
यदि तिमीहरू अगुवा वा सेवक हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामको बारेमा जाँचबुझ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका भूलचूक र गल्तीहरू पत्ता लगाएर तिमीहरूको काट-छाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई प्रवर्धन गर्नेबारे विचार गर्नुहुनेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तेरो प्रेरणा मण्डलीको कामका निम्ति होइन, तँ ख्याति र हैसियतका लागि काम गरिरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको रेखदेख गर्छ भन्ने डर छैन, र तँ माथिकाले सोधेका प्रश्न र सोधपूछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँ ख्रीष्टविरोधी कदापि ठहरिनेछैनस्। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव सच्याउन सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो हटाउन सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिस समेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक छैनस्। तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने जानेर पनि किन तँ यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्न सक्दैनस्, “यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र उसलाई थाहा भएपछि माथिकोले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्नो हैसियत गुमाए पनि, म आफूले भन्नुपर्ने कुरा स्पष्ट रूपमा भन्नेछु”? परमेश्वरको घरले तेरो कामको रेखदेख र सोधखोज गर्नेछ भन्ने तेरो डरले तैँले सत्यताभन्दा बढी हैसियतलाई बहुमुल्य ठान्छस् भन्ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो। तैँले किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तैँले अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसहरूको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र सम्मान। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसको साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तैँले सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तैँले देहका हित र आनन्दजस्ता कुराहरूलाई त्याग्न सक्छस् भने, प्रसिद्धि, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्ने र पछ्याउने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै हैसियतका लाभहरूमा रमाउन परमेश्वरको घरको सुपरिवेक्षण, सोधखोज, र अनुसन्धान इन्कार गर्ने कार्यमा सहभागी हुने समस्याको प्रकृतिलाई स्पष्टसित देख्न सक्नुपर्छ। के यो परमेश्वरविरुद्धको ठाडो प्रतिरोध र विरोध होइन र? यदि तैँले हैसियतका लाभहरूको लोभ गर्नुका प्रकृति र परिणामहरू स्पष्ट देख्न सक्छस् भने, हैसियतको पछि लाग्ने समस्या समाधान हुनेछ। यदि तैँले हैसियतका लाभहरूको लोभ गर्नुको सार छर्लङ्गै चिन्न सक्दैनस् भने, यो समस्या कहिल्यै समाधान हुनेछैन।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)
हैसियत, ख्याति, र लाभका लागि कार्य गर्ने यस्तो खालको व्यक्ति अरूलाई बहकाउनमा सबैभन्दा सिपालु हुन्छ। जब तँ पहिला यस्तो व्यक्तिलाई भेट्छस्, तँ उसको भित्री रूप छर्लङ्ग देख्न सक्दैनस्। तैँले जे देख्न सक्छस् त्यसअनुसार, उसले बोल्ने धर्मसिद्धान्त राम्रो सुनिन्छ, उसले भन्ने कुरा व्यावहारिक लाग्छ, उसले बन्दोबस्त गरेको काम मिलेको हुन्छ, र उसमा केही क्षमता भएजस्तो देखिन्छ, अनि तँ उसको निकै सराहना गर्छस्। यस्तो खालको व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउन पनि इच्छुक हुन्छ। ऊ हरेक दिन मेहनत गर्छ तर कहिल्यै थाकेको गुनासो गर्दैन। उसमा एक रत्ती पनि कमजोरी हुँदैन। अरू मानिसहरू कमजोर हुँदा, ऊ कमजोर हुँदैन। ऊ देहको आनन्दपछाडि मोहित हुँदैन, र खानामा पनि गनगने हुँदैन। उसको आतिथेय परिवारले उसलाई केही विशेष बनाइदिँदा, ऊ त्यो इन्कार गर्छ र खाँदैन। ऊ सामान्य खानेकुरा मात्र खान्छ। यस्ता खालका मानिसहरूलाई जसले देख्दा पनि सराहना गर्छन्। त्यसैले, तिनीहरूले हैसियतको लागि कार्य गरिरहेका छन् छैनन् भनेर कसरी खुट्टयाउन सकिन्छ? सर्वप्रथम, तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् होइनन् भनेर हेर्नुपर्छ। यो कहाँनेर प्रस्ट हुन्छ? (कामकुराहरू गर्दा तिनीहरूको अभिप्राय र प्रारम्भ विन्दुमा।) त्यो एउटा अंश हो। यो मुख्यतः तिनीहरूले पछ्याइरहेका लक्ष्यमा प्रस्ट हुन्छ। यदि त्यो सत्यता पाउनको लागि हो भने, तिनीहरूले प्रायः परमेश्वरका वचनहरू पढ्न, सत्यता बुझ्न अनि परमेश्वरका वचनहरूमार्फत आफूलाई चिन्नमा महत्त्व दिनेछन्। यदि तिनीहरूले प्रायः आफूलाई चिन्नेबारे सङ्गति गर्छन् भने, तिनीहरूले आफूमा अति धेरै कुराहरूको कमी भएको, र आफूमा सत्यता नभएको देख्न सक्नेछन्, अनि स्वतः सत्यता पछ्याउनमा लागिपर्नेछन्। मानिसहरूले जति धेरै आफूलाई चिन्छन्, त्यति नै धेरै सत्यता पछ्याउन सक्छन्। सधैँ हैसियतको लागि बोल्ने र काम गर्नेहरू सत्यता पछ्याउने मानिसहरू हुँदै होइनन्। जब तिनीहरूको काँटछाँट हुन्छ, तिनीहरू त्यो स्विकार्दैनन्—तिनीहरू आफ्नो इज्जत खराब हुन्छ भनी एकदमै डराउँछन्। त्यसोभए, के तिनीहरू परमेश्वरको न्याय र सजायका वचन स्विकार्न र आफूबारे चिन्तन गर्न सक्छन् त? के तिनीहरूले आफ्नो अनुभवमा भएका विचलनहरू साँच्चै बुझ्न सक्छन् त? यदि तिनीहरूमा यीमध्ये कुनै पनि प्रकटीकरण हुँदैन भने, तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन् भनेर निश्चित हुन सकिन्छ। मलाई भन् त, सत्यतालाई प्रेम नगर्ने र हैसियत पछ्याउने मानिसहरूमा हुने अरू प्रकटीकरणहरू के-के हुन्? (अरूले तिनीहरूको आलोचना गर्दा, त्यो तिनीहरू स्विकार्दैनन्, अनि त्यसको सट्टा आफ्नो बचाउ गर्न थाल्छन्, र आफूलाई उचित साबित गर्न खोज्दै त्यसका कारणहरू प्रस्तुत गर्छन्। तिनीहरू आत्मगौरव कायम गर्न र आफ्नो हैसियत बचाउन बोल्ने गर्छन्। यदि कसैले तिनीहरूको समर्थन गरेन भने, तिनीहरू उसलाई आक्रमण र आलोचना गर्छन्।) जब मानिसहरू अरूलाई आक्रमण र आलोचना गर्छन्, अनि जब आत्मगौरव र हैसियतको लागि बोल्छन् र आफ्नो बचाउ गर्छन्, तब तिनीहरूका कार्यहरूपछाडिको अभिप्राय र लक्ष्य स्पष्ट रूपमै गलत हुन्छ, र तिनीहरू हैसियतको लागि मात्र जिइरहेका हुन्छन्। के आफ्नो हैसियतको लागि सबथोक भन्ने र गर्ने यस्ता खाले मानिसहरूले परमेश्वरका अभिप्रायको ख्याल गर्न सक्छन् त? के तिनीहरूले सत्यता स्विकार्न सक्छन् त? बिल्कुलै सक्दैनन्। तिनीहरू आफूले परमेश्वरका अभिप्रायको ख्याल गरे, सत्यता अभ्यास गर्नैपर्छ, अनि सत्यता अभ्यास गरे, कष्ट सहनैपर्छ र मूल्य चुकाउनैपर्छ भन्ने सोच्छन्। त्यसपछि, तिनीहरूलाई लाग्छ कि तिनीहरूले हैसियतसँग आउने आनन्द गुमाउनेछन्, र हैसियतको लाभ उपभोग गर्न पाउनेछैनन्। तसर्थ, तिनीहरू ख्याति, लाभ र हैसियत पछ्याउन नै छनौट गर्छन् अनि इनाम पाउनमा लागिपर्छन्। अनि, हैसियत पछ्याउने मानिसहरूले अरू कुन-कुन तरिकाहरूमा आफूलाई प्रकट गर्छन्? तिनीहरूले अरू के कुरा गर्छन्? (यदि तिनीहरूले आफ्नो वरपर सत्यता पछ्याउन बढी प्रयास लगाउने, जगेर्ना गरिन योग्य, र दाजुभाइ-दिदीबहिनीहरूले बढी समर्थन गर्ने प्रतिभावान् केही व्यक्तिहरू देखे भने, ती प्रतिभावान् व्यक्तिहरूले माथि उठेर आफ्नो पद खोस्लान् र आफ्नो हैसियतमाथि चुनौती देलान् भन्ने डरले, तिनीहरू ती व्यक्तिहरूलाई दबाउने तरिकाहरू सोच्छन्, र तिनीहरूलाई होच्याउन हरप्रकारका कारण र बहानाहरू बनाउँछन्। सबैभन्दा धेरै प्रयोग हुने तरिकाचाहिँ तिनीहरूलाई अति अहङ्कारी, आत्मधर्मी, अनि अरूलाई सधैँ बाँध्ने व्यक्ति भनेर ठप्पा लगाइदिने, अनि मानिसहरूलाई यी कुराहरू साँचो हुन् भनी विश्वास दिलाउने, र परमेश्वरको घरलाई ती व्यक्तिहरूलाई प्रवर्धन वा जगेर्ना गर्न नदिने हो।) यो सबैभन्दा आम प्रकटीकरण हो। अरू केही थप्न मन छ? (तिनीहरू सधैँ आफ्नै गवाही दिन र आफ्नै प्रदर्शन गर्न मन पराउँछन्। तिनीहरू सधैँ आफ्ना केही अद्भुत कुराहरू सुनाउँछन्; तिनीहरू कहिल्यै आफ्नो कुरूप पाटोबारे कुरा गर्दैनन्, अनि तिनीहरूले केही खराब कार्य गरे भने, आफ्ना कार्यहरूबारे चिन्तन वा चिरफार गर्ने गर्दैनन्।) तिनीहरू सधैँ आफूले कसरी कष्ट सहन्छु र मूल्य चुकाउँछु, अनि आफूलाई परमेश्वरले कसरी मार्गदर्शन दिनुहुन्छ भनेर बताउँछन्, र आफूले गरेका कार्यहरू देखाउँछन्। यो हैसियत सुरक्षित र मजबुत पार्ने व्यवहार प्रकट हुने एउटा तरिका पनि हो। हैसियत पछ्याउने र हैसियतको लागि काम गर्ने मानिसहरूमा हुने अर्को सबैभन्दा खास विशेषता भनेको, चाहे जेसुकै भए पनि, आखिरमा आफैले निर्णय लिनु हो। तिनीहरू हैसियत पछ्याउँछन् किनकि तिनीहरू आखिरमा आफै निर्णय लिन चाहन्छन्। तिनीहरू निर्णय लिने र अख्तियार भएको एकमात्र व्यक्ति हुन चाहन्छन्। परिस्थिति चाहे जस्तोसुकै होस्, तिनीहरूले बोल्दा सबैले सुन्नैपर्छ, र चाहे जोसुकैलाई समस्या होस्, उसले तिनीहरूसामु आएर निर्देशन खोज्ने र माग्ने गर्नैपर्छ। तिनीहरूले चाहने हैसियतका यिनै लाभहरू हुन्। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूलाई अन्तिम निर्णय आफै लिनैपर्छ। तिनीहरूले भनेको कुरा सही वा गलत जे भए पनि, वा त्यो गलत नै भए पनि, तिनीहरूलाई अझै पनि अन्तिम निर्णय त आफैले नै लिनैपर्छ, र अरूलाई आफ्नो कुरा सुन्ने र आफ्नो आज्ञापालन गर्ने तुल्याउनैपर्छ। यो एकदमै गम्भीर समस्या हो। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूलाई अन्तिम निर्णय आफै लिनैपर्छ; त्यो परिस्थिति बुझे पनि नबुझे पनि, तिनीहरूलाई त्यसमा टाङ अडाउनैपर्छ र अन्तिम निर्णय आफ्नै हुनैपर्छ। अगुवा र सेवकहरूले जुनसुकै समस्याबारे सङ्गति गरिरहेका भए पनि, निर्णय तिनीहरूले नै लिनैपर्छ, र अरूलाई बोल्ने स्वतन्त्रता हुनै हुँदैन। तिनीहरूले जे-जस्तो समाधान सुझाए पनि, तिनीहरूलाई सबैलाई त्यो स्विकार्न लगाउनैपर्छ, अनि यदि अरूले त्यो स्विकारेनन् भने त, तिनीहरू क्रोधित भइहाल्छन् र नसुन्नेहरूलाई काटछाँट गरिहाल्छन्। यदि कसैले आलोचना वा विचार व्यक्त गर्छ भने, त्यो सही र सत्यताअनुरूप भए पनि, तिनीहरू त्यसलाई नकार्ने हरउपाय सोच्छन्। तिनीहरू शब्दजालमा विशेष माहिर हुन्छन्, अनि अर्को व्यक्तिलाई चिप्ला वचनले फकाउँछन्, र अन्ततः तिनीहरूकै तरिकामा उसलाई काम गर्न लगाउँछन्। तिनीहरूलाई सबथोकमा अन्तिम निर्णय आफ्नै हुनुपर्छ। तिनीहरू कहिल्यै आफ्ना सहकर्मी वा साझेदाहरूसँग संवाद गर्दैनन्; तिनीहरू प्रजातान्त्रिक हुँदैनन्। तिनीहरू अति अहङ्कारी र आत्मधर्मी हुन्छन्, कत्ति पनि सत्यता स्विकार्न सक्दैनन्, अनि सत्यताप्रति समर्पित हुँदै हुँदैनन् भन्ने पुष्टि गर्न यो काफी छ। तर यदि केही ठूलै वा केही अति महत्त्वपूर्ण कुरा आइपर्छ, अनि तिनीहरू सबैलाई मूल्याङ्कन गर्न र विचार राख्न दिन्छन्, अनि अन्ततः बहुमतको विचारअनुसार अभ्यास विधि रोजिन्छ, अनि त्यसले परमेश्वरको घरको काममा हानि नपुग्ने, र समग्रमा काममा लाभ हुने सुनिश्चित पारिन्छ भने—यदि तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ भने, तिनीहरू परमेश्वरको घरको काम रक्षा गर्ने र सत्यता स्विकार्न सक्ने व्यक्ति हुन्छन् किनकि यसरी काम गर्नुको पछाडि सिद्धान्तहरू हुन्छन्। तर के हैसियत पछ्याउने मानिसहरूले यसरी काम गर्छन् त? (गर्दैनन्।) त्यसोभए, तिनीहरूले कसरी काम गर्छन् त? यदि केही आइपऱ्यो भने, तिनीहरू अरू मानिसहरूको सुझावको वास्ता गर्दैनन्। मानिसहरूले सुझाव दिनुभन्दा धेरै पहिले नै, तिनीहरूले मनमै समाधान वा निर्णय रोजिसकेका हुन्छन्। आफ्नो हृदयमा, तिनीहरूले यही गर्नेछु भनी पहिल्यै निर्णय गरिसकेका हुन्छन्। यस बिन्दुमा, अरूले जेसुकै भने पनि, तिनीहरू त्यसलाई कुनै वास्ता गर्नेछैनन्। कसैले तिनीहरूलाई झपारे पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू सत्यता सिद्धान्तहरूबारे सोचविचार नै गर्दैनन्, चाहे त्यसबाट मण्डलीको काममा फाइदा होस् वा नहोस्, वा दाजुभाइ-दिदीबहिनीहरूले त्यो स्विकार्न सकून् वा नसकून्। यी कुराहरू तिनीहरूले सोचविचार गर्ने कुराहरूको क्षेत्रमै पर्दैनन्। अनि, तिनीहरूले केचाहिँ सोचविचार गर्छन् त? तिनीहरूलाई अन्तिम निर्णय आफैले लिनैपर्छ; तिनीहरू यो मामलामा निर्णयकर्ता हुन चाहन्छन्; यो मामला तिनीहरूकै तरिकाबाट गरिनुपर्छ; तिनीहरूले यो मामला तिनीहरूको हैसियतको लागि लाभदायक हुन्छ हुँदैन भनी हेर्नैपर्छ। तिनीहरूले मामलाहरूलाई यही दृष्टिकोणले हेर्छन्। के यस्तो व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) सत्यता नपछ्याउने मानिसहरूले काम गर्दा, तिनीहरू सधैँ आफ्नो हैसियत, ख्याति, र लाभबारे सोचविचार गर्छन्; तिनीहरू त्यसले आफूलाई कसरी फाइदा हुन्छ भनी सोचविचार गर्छन्। तिनीहरूको काम गर्ने प्रारम्भ विन्दु नै यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ
ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: “मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?” तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्नुको मतलब, परमेश्वरमाथिको विश्वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्वरमाथिको विश्वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्ने विश्वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, “के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?” तिनीहरूले आफ्नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्बार विचार गर्छन्, आफ्नो लागि परमेश्वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्न सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि तिनीहरूको आदर्श वाक्य के हुन्छ? “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! सबैभन्दा उच्च र सबैभन्दा महान् हुन मैले प्रतिस्पर्धा गर्नैपर्छ!” ख्रीष्टविरोधीहरूको सार यही हो; तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरू प्रतिस्पर्धा गर्छन् र आफ्नो उद्देश्य हासिल गर्ने कोसिस गर्छन्। तिनीहरू शैतानका दास हुन्, र तिनीहरूले मण्डलीको कामलाई बिथोल्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तो हुन्छ: तिनीहरूले सुरुमा मण्डलीमा लामो समयसम्म परमेश्वरमा विश्वास गरेको र पुँजी भएको, केही वरदान वा विशेष प्रतिभा भएको, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा फाइदा पुर्याउने क्षमता भएको, राम्रो प्रतिष्ठा भएको, वरिष्ठता भएको, दाजुभाइ-दिदीबहिनीहरूमाझ राम्रोसित कुरा गर्ने गरिएको, र सकारात्मक कुराहरू धेरै भएको व्यक्तिलाई खोज्छन्। त्यस्तो व्यक्ति तिनीहरूको प्रतिस्पर्धी बन्छ। सारांशमा, ख्रीष्टविरोधीहरूले मानिसहरूको समूहमा हुँदा हरेक पटक यही गर्छन्: तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्छन्, उच्च प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्छन्, मामलाहरूमाथिको अन्तिम निर्णय र समूहमा निर्णय गर्ने अधिकारको लागि प्रतिस्पर्धा गर्छन्, र यी कुराहरू प्राप्त गरेमा तिनीहरू खुसी हुन्छन्। के तिनीहरूले यी कुराहरू प्राप्त गरेपछि वास्तविक काम गर्न सक्छन्? अवश्यै सक्दैनन्, वास्तविक काम गर्न तिनीहरू प्रतिस्पर्धा र लडाइँ गर्दैनन्; तिनीहरूको उद्देश्य अरू सबैलाई जित्नु हो। “तँ मेरो अघि झुक्न तयार छस् कि छैनस् भन्ने कुराप्रति मलाई वास्ता छैन; पूँजीको हिसाबमा, म सबैभन्दा ठूलो छु, बोल्ने सीपको हिसाबमा, म सबैभन्दा उत्कृष्ट छु, र वरदान र प्रतिभाको हिसाबमा, मसँग यी कुरा सबैभन्दा बढी छन्।” जुनसुकै क्षेत्र भए पनि, तिनीहरू सधैँ पहिलो स्थानको लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सुपरभाइजरको रूपमा छनौट गरे भने, तिनीहरूले अन्तिम निर्णय आफै गर्न र निर्णय गर्ने अधिकार पाउन आफ्ना सहकर्मीहरूसँग प्रतिस्पर्धा गर्छन्। यदि मण्डलीले तिनीहरूलाई निश्चित कामको इन्चार्ज बनायो भने, तिनीहरू त्यो काम कसरी अघि बढाउने भन्नेबारे आफै निर्णय गर्ने जिद्दी गर्छन्। तिनीहरू आफूले भनेको सबै कुरा र आफूले निर्णय गर्ने सबै कुरा सफल बनाउन र वास्तविकतामा परिणत गर्न लागिपर्न चाहन्छन्। यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले अरू कसैको विचार अपनाए भने, के यो कुरा तिनीहरूदेखि पार हुन्छ त? (हुँदैन।) यसको मतलब समस्या हो। यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तिनीहरूले तँलाई पाठ सिकाउँछन्, तिनीहरूविना तँ केही गर्न सक्दैनस् भन्ने अनुभव गराउँछन्, र तिनीहरूको आज्ञापालन नगर्दा के-कस्ता परिणामहरू आउनेछन् भन्ने कुरा देखाउँछन्। ख्रीष्टविरोधीहरूको स्वभाव त्यति अहङ्कारी, घृणास्पद र अमनासिब हुन्छ। तिनीहरूसँग न त विवेक न त समझ, न त सत्यताको सानो अंश नै हुन्छ। ख्रीष्टविरोधीका व्यवहार र कार्यहरूबाट यो देख्न सकिन्छ कि तिनीहरूले जे गर्छन् त्यसमा सामान्य व्यक्तिको कुनै पनि समझ हुँदैन, र तिनीहरूलाई कसैले सत्यताबारे सङ्गति दिए पनि, तिनीहरूले त्यो स्वीकार गर्दैनन्। तैँले जतिसुकै सही कुरा भनिस् भने पनि, त्यो तिनीहरूका लागि केही कामको हुँदैन। तिनीहरूलाई पछि लाग्न मनपर्ने एकमात्र कुरा प्रतिष्ठा र हैसियत हो, जसलाई तिनीहरू सम्मान गर्छन्। हैसियतबाट लाभ उठाउन सकुञ्जेलसम्म तिनीहरू सन्तुष्ट नै हुन्छन्। तिनीहरू यही नै तिनीहरूको अस्तित्वको महत्त्व हो भन्ने विश्वास गर्छन्। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि, तिनीहरूले मानिसहरूलाई आफूले प्रदान गर्ने “ज्योति” र “न्यानोपन”, आफ्ना प्रतिभाहरू, र आफ्नो अद्वितीयपन देखाउनुपर्छ। अनि तिनीहरूले आफू विशेष भएको विश्वास गर्ने हुनाले, प्राकृतिक रूपमै तिनीहरूले आफूलाई साधारण मानिसहरूभन्दा राम्रो व्यवहार गरिनुपर्छ, आफूले मानिसहरूको सहयोग र आदर प्राप्त गर्नुपर्छ, आफूलाई मानिसहरूले उच्च रूपमा हेर्नुपर्छ र आराधना गर्नुपर्छ भन्ने सोच्छन्—तिनीहरूले यी सबै कुराहरू तिनीहरूले पाउनु पर्ने कुरा हुन् भन्ने सोच्छन्। के त्यस्ता मानिसहरू गतिछाडा र बेसरम हुँदैनन् र? त्यस्ता मानिसहरू मण्डलीमा हुँदा समस्या हुँदैन र? जब कुनै घटना घट्छ, तब मानिसहरूले सही कुरा बोल्ने जोकोहीको कुरा सुन्नुपर्छ, परमेश्वरको घरको कामको लागि फाइदाजनक सुझाव दिने जोकोहीप्रति समर्पित हुनुपर्छ, र सत्यता सिद्धान्तहरूअनुरूप भए जोकसैको सुझाव अपनाउनुपर्छ भन्ने त सामान्य समझको कुरा हो। यदि ख्रीष्टविरोधीहरूले सिद्धान्तहरूअनुरूप नरहेको कुरा बोल्यो भने, अरू सबैले तिनीहरूको कुरा नसुन्न, वा तिनीहरूको सुझाव नअपनाउन सक्छन्। त्यस हकमा, ख्रीष्टविरोधीहरूले के गर्छन्? तिनीहरूले आफूलाई रक्षा गर्ने र सही साबित गर्ने प्रयास गरिरहन्छन्, अनि अरूलाई विश्वस्त पार्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कुरा सुन्न र तिनीहरूको सुझाव अपनाउन लाउने उपाय सोचिरहन्छन्। तिनीहरूको सुझाव अपनाइँदा, यसले मण्डलीको काममा कस्तो असर पार्छ भनेर तिनीहरू विचार गर्दैनन्। यो तिनीहरूको विचारको क्षेत्रभित्र पर्दैन। तिनीहरू के मात्रै विचार गर्छन्? “यदि मेरो सुझाव अपनाइएन भने, मैले कहाँ आफ्नो अनुहार देखाउन सक्छु? त्यसैले, मैले प्रतिस्पर्धा गर्नुपर्छ, र मेरो सुझाव अपनाइयोस् भनेर लागिपर्नुपर्छ।” जब कुनै घटना घट्छ, तब तिनीहरू यसरी नै विचार र व्यवहार गर्छन्। तिनीहरू यो सिद्धान्तहरूअनुरूप छ छैन भनेर कहिल्यै मनन गर्दैनन्, र तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको स्वभाव हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति पाउनमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्नो कर्तव्य विश्वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा बाधा र अवरोध पुर्याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्वरको इच्छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने मानिसहरूले हिँड्ने मार्ग परमेश्वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्चयतापूर्वक भन्न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। मानिसहरू आफ्ना हितहरूको पछि लाग्नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ। जब कसैले सत्यताको खोजी गर्छ, उसले परमेश्वरको इच्छा, र परमेश्वरको बोझलाई ख्याल गर्न सक्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले हरेक पक्षबाट मण्डलीको कामलाई समर्थन गर्छन्। तिनीहरूले परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन सक्छन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्याउँछन्, र साथ दिन्छन्, र भरणपोषण गर्छन्, अनि परमेश्वरले महिमा र गवाही प्राप्त गर्नुहुन्छ, जसले गर्दा शैतान लाजमा पर्छ। तिनीहरूको खोजीको फलस्वरूप, परमेश्वरले साँच्चै नै परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, र परमेश्वरको साँचो आराधना गर्न सक्ने सृष्टि गरिएको प्राणी प्राप्त गर्नुहुन्छ। तिनीहरूको खोजीको कारण नै परमेश्वरको इच्छा पूरा हुन्छ, र परमेश्वरको काम अघि बढ्न सक्छ। परमेश्वरको नजरमा, त्यस्तो खोजी सकारात्मक, र निष्कपट हुन्छ। परमेश्वरका चुनिएका मानिसहरूका साथै मण्डलीको कामको लागि यस्तो खोजी औधी नै फाइदाजनक हुन्छ, र यसले सबै कुरा अघि बढाउन सहयोग गर्छ, र परमेश्वरले यस्तो कुरालाई अनुमोदन गर्नुहुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)
प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्नुपर्दा, तेरो पछ्याइको दिशा वा उद्देश्य जेसुकै भए नि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे मनन गर्दैनस्, र यी कुराहरू पन्छाउन तँलाई निकै गाह्रो हुन्छ भने, यी कुराहरूले तेरो जीवन प्रवेशमा असर पार्नेछन्। जबसम्म तेरो हृदयमा हैसियतको स्थान हुन्छ, तबसम्म यसले तेरो जीवन दिशा र तँ लागिपर्ने लक्ष्यहरू पूर्ण रूपमा नियन्त्रित र प्रभावित पार्नेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्न पनि गाह्रो हुनेछ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा झन् त भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई पन्छाउन सकिनस् भने, यसले पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई सृष्टि गरिएको स्वीकार्य प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। अनि प्रकृतिको हिसाबमा, के यो सबै परमेश्वरको विरुद्ध हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टि गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले दिनुहुन्न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र तैँले गन्तव्यहीन मार्ग सामना गर्नेछस्। कुरो बुझिस् नि, हैन?
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
मान्छे हैसियतका लागि लागिपर्नु यसको एउटा प्रकटीकरण हो। यो प्रकटीकरण मान्छेको अहङ्कारी स्वभाव, परमेश्वरप्रति उसको विद्रोह र प्रतिरोध झैँ उसको शैतानी प्रकृतिबाट उत्पन्न हुन्छ। यो समाधान गर्न कस्तो विधि प्रयोग गर्न सकिन्छ? तैँले सबैभन्दा आधारभूत विधि नै प्रयोग गर्नुपर्छ। यदि तैँले परमेश्वरको मार्ग पछ्याइस् र सत्यता पछ्याउने मार्गमा हिँडिस् भने, यी सबै समस्या समाधान गर्न सकिन्छ। जब तँसँग कुनै हैसियत हुँदैन, तब तैँले आफूलाई बारम्बर चिरफार गरेर चिन्न सक्छस्। अरूले यसबाट लाभ उठाउन सक्छन्। जब तँसँग हैसियत भएर पनि तँ बारम्बार आफूलाई चिरफार गर्न र बुझ्न सक्छस्, तैँले अरूलाई तँ सत्यता बुझ्छस्, तँमा व्यावहारिक अनुभव छ, र तँ साँच्चै परिवर्तन हुन्छस् भन्ने तेरो सामर्थ्य देख्ने तुल्याइस् भने, के अरूले यसबाट लाभ उठाउन सक्दैनन् र? तँसँग हैसियत होस् या नहोस्, तैँले सत्यता अभ्यास गर्न सकिस् र तँमा सच्चा अनुभवात्मक गवाही छ, मानिसहरूलाई आफ्नो अनुभवद्वारा परमेश्वरका अभिप्रायहरू र सत्यता बुझ्ने तुल्याउन सकिस् भने, के यसले मानिसलाई लाभ पुऱ्याउँदैन र? त्यसोभए, तेरा लागि हैसियतको अर्थ के हो त? वास्तवमा, हैसियत त कपडाको टुक्रा वा टोपीजस्तै थप, अतिरिक्त कुरा मात्र हो। यो एउटा गहना मात्र हो। यसको खास उपयोगिता छैन, र यो हुनुले कुनै प्रभाव पार्दैन। तँसँग हैसियत भए पनि नभए पनि, तँ उही व्यक्ति होस्। मानिसले सत्यता बुझ्न अनि सत्यता र जीवन प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको हैसियतसँग कुनै सम्बन्ध छैन। यदि तैँले हैसियतलाई अति ठूलो कुरा मानिनस भने, यसले तँलाई बन्धनमा पार्न सक्दैन। यदि तैँले हैसियतलाई मन पराउँछस् र यसमा विशेष जोड दिन्छस्, सधैँ यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिन्छस् भने, त्यसले तँलाई आफ्नो वशमा राख्नेछ; तँ खुलस्त हुन, आफूलाई उदाङ्गो पार्न, आफूलाई चिन्न वा कार्य गर्न आफ्नो नेतृत्व पद पन्छाउन र अरूसँग अन्तरक्रिया गरेर आफ्नो कर्तव्य निभाउन इच्छुक हुनेछैनस्। यो कस्तो प्रकारको समस्या हो? के यो हैसियतका बन्धनमा पर्ने कुरा होइन? तैँले हैसियतको स्थानबाट बोल्ने र कार्य गर्ने अनि आफ्नो अहङ्कार त्याग्न नसक्ने भएकाले यस्तो हुन्छ। के तैँले यसो गरेर आफूलाई कष्ट दिइरहेको छैनस् र? यदि तँ साँच्चै सत्यता बुझ्छस्, र सदाझैँ आफूलाई नरोकी हैसियत पाउन सक्छस्, तर त्यसको साटो आफ्नो कर्तव्य कसरी राम्ररी निभाउने भनी ध्यान केन्द्रित गर्छस्, आफूले गर्नुपर्ने सबथोक गर्छस् र आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छस् भने, अनि यदि तैँले आफूलाई साधारण दाजुभाइ वा दिदीबहिनी ठान्छस् भने, के तँ हैसियतको बन्धनमा पर्नेछैनस्? जब तँ हैसियतका बन्धनमा हुँदैनस् र तँसित सामान्य जीवन प्रवेश हुन्छ, तब के तैँले अझै पनि आफूलाई अरूसँग तुलना गर्नेछस्? के तँलाई अझै पनि अरूले उच्च हैसियत ओगटेको देख्दा बेचैन हुनेछ? तैँले सत्यता खोज्नैपर्छ अनि हैसियतका बन्धनहरू र अन्य सबै मानिस, घटना र कामकुराको बन्धनबाट आफूलाई मुक्त पार्नैपर्छ। आफ्नो कर्तव्य राम्ररी निभाउनुभन्दा राम्रो कुरा केही छैन। त्यसपछि मात्र तँ सत्यता वास्तविकता भएको व्यक्ति हुनेछस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने
ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने तिनीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ? (एक हिसाबमा, तिनीहरूले नै यो कुरा बुझ्नुपर्छ, र तिनीहरूले हैसियतमा लागिपर्ने विचार प्रकट गर्दा, तिनीहरू प्रार्थना गर्न परमेश्वरको अघि आउनुपर्छ। यसको साथै, तिनीहरूले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको अघि आफूलाई उदाङ्गो पार्नुपर्छ, र त्यसपछि सचेत रूपमा यी गलत विचारहरू विरुद्ध विद्रोह गर्नुपर्छ। अनि, तिनीहरूले आफूलाई न्याय गर्न, सजाय दिन, काटछाँट गर्न र अनुशासनमा राख्न परमेश्वरलाई अनुरोध पनि गर्नुपर्छ। तब तिनीहरू सही मार्ग हिँड्न सक्नेछन्।) एकदम राम्रो उत्तर। तैपनि, यो हासिल गर्न सजिलो छैन, र प्रतिष्ठा र हैसियतलाई धेरै प्रेम गर्ने मानिसहरूको लागि त यो अझै गाह्रो हुन्छ। प्रतिष्ठा र हैसियत त्याग्न सजिलो छैन—यो सत्यता खोजी गर्ने मानिसहरूमा निर्भर हुन्छ। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्न, ख्याति, लाभ र हैसियत पछ्याउनुको खोक्रोपन देख्न, र मानवजातिको भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्न सक्छ। व्यक्तिले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै उसले प्रतिष्ठा र हैसियत त्याग्न सक्छ। आफ्नो भ्रष्ट स्वभाव त्याग्न सजिलो छैन। यदि तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्ने कुरा पहिचान त गर्छस्, तर सत्यता पछ्याउन कुनै प्रयास गर्दैनस्, बरु पाखण्डीपनमा संलग्न हुन्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्ने विश्वास गर्छन् भने, यसले तँलाई खतरामा पार्नेछ—अनि, ढिलोचाँडो तैँले ठक्कर खाएर लड्ने समय आउनेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तैँले यो स्विकार्नैपर्छ कि तँमा कमजोरीहरू छन्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमी छन्। यो सामान्य कुरा हो, किनभने तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। जब अरूले तँलाई हेला गर्छन् वा व्यङ्ग्य गर्छन्, तब तिनीहरूले भनेको कुरा नराम्रो लागेको कारण तुरुन्तै तिरस्कारसाथ प्रतिक्रिया नदे, वा तैँले आफूलाई सक्षम र सिद्ध ठान्ने गरेको कारण यसको प्रतिरोध नगर्—यस्तो कुराप्रति तेरो मनोवृत्ति यस्तो हुनु हुँदैन। तेरो मनोवृत्ति कस्तो हुनुपर्छ त? तैँले आफैलाई यसो भन्नुपर्छ, “मेरा गल्तीहरू छन्, ममा भएको सबै कुरा भ्रष्ट र त्रुटिपूर्ण छ, र म साधारण व्यक्ति मात्रै हुँ। तिनीहरूले मलाई तिरस्कार र व्यङ्ग्य गरेको बाबजुद पनि, के यसमा कुनै सत्यता छ? यदि तिनीहरूले भनेको कुराको एउटा भाग साँचो हो भने, मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ।” यदि तँमा यस्तो मनोवृत्ति छ भने, यो तैँले हैसियत, प्रतिष्ठा र अरूले तेरो बारे के भन्छन् भन्ने कुरालाई सही रूपमा सम्हाल्न सक्छस् भन्ने कुराको प्रमाण हो। हैसियत र प्रतिष्ठालाई सजिलै पन्साउन सकिँदैन। जो केही हदसम्म प्रतिभाशाली छन्, जोसँग केही हदसम्म क्षमता छ, वा केही मात्रामा कामको अनुभव छ, तिनीहरूलाई यी कुराहरू पन्साउनु अझ गाह्रो हुन्छ। तिनीहरूले कहिलेकहीँ ती कुराहरू पन्साएको छु भनेर दाबी गर्न सक्छन्, तर हृदयमा चाहिँ तिनीहरूले त्यसो गर्न सक्दैनन्। परिस्थितिले अनुमति दियो भने, मौका पाउनेबित्तिकै, तिनीहरूले पहिलेजस्तै ख्याति, लाभ, र हैसियतकै लागि प्रयास गरिरहनेछन्, किनभने सबै भ्रष्ट मानिसहरू यी कुराहरूलाई प्रेम गर्छन्, तर यति मात्र हो कि वरदान वा प्रतिभा नभएका मानिसहरूमा हैसियत पछ्याउने इच्छा अलिक कमजोर हुन्छ। ज्ञान, प्रतिभा, सुन्दरता र विशेष पूँजी भएका मानिसहरूमा प्रतिष्ठा र हैसियतप्रति विशेष रूपमा तीव्र इच्छा हुन्छ, यहाँसम्म कि तिनीहरू यो महत्त्वाकाङ्क्षा र इच्छाले पूरै भरिएका हुन्छन्। तिनीहरूलाई पन्छाउन सबैभन्दा गाह्रो लाग्ने कुरा यही हो। जब तिनीहरूमा कुनै हैसियत हुँदैन, तिनीहरूको चाहना टुसाएको चरणमा हुन्छ; तिनीहरूले हैसियत प्राप्त गरेपछि, जब परमेश्वरको घरले तिनीहरूलाई केही महत्त्वपूर्ण काम सुम्पन्छ, र विशेष गरी यदि उनीहरूले धेरै वर्ष काम गरेका छन् र धेरै अनुभव र पूँजी छ भने, यो चाहना अब टुसाएको चरणमा हुँदैन, तर पहिले नै जरा गाडिसकेको, फक्रेको र फल फलाउन लागेको हुन्छ। यदि व्यक्तिमा ठूला कामहरू गर्ने, प्रसिद्ध बन्ने, कुनै महान् व्यक्तित्व बन्ने निरन्तर इच्छा र महत्वाकाङ्क्षा छ भने, तिनीहरूले ठूलो दुष्कर्म गर्नेबित्तिकै र यसका परिणामहरू देखा पर्नेबित्तिकै, तिनीहरू पूर्णतया समाप्त भइसकेका हुन्छन्, र तिनीहरूलाई हटाइसकिएको हुन्छ। त्यसकारणले गर्दा, यसले महाविपत्तिमा पुऱ्याउनुअघि, समय छँदै तिनीहरूले तुरुन्तै यो परिस्थितिलाई बदल्नुपर्छ। जब-जब तैँले केही गर्छस्, सन्दर्भ जस्तोसुकै भए पनि, तब-तब तैँले सत्यता खोजी गर्नुपर्छ, परमेश्वरप्रति इमानदार र आज्ञाकारी रहने व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, अनि हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइलाई पन्छ्याएर फाल्नुपर्छ। जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता खराब कुराहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्वरले स्मरण र अनुमोदन गर्नुहुनेछ। त्यसो भए, मैले कुन कुरालाई जोड दिने प्रयास गर्दै छु? त्यो हो: तेरा चाहना र महत्त्वाकाङ्क्षाहरूले छिप्पिएर ठूलो विपत्ति ल्याउनुअघि नै तैँले ती कुराहरूबाट आफूलाई मुक्त गर्नुपर्छ। यदि तैँले ती कुराहरू कलिलो अवस्थामा हुँदा नै समाधान गरिनस् भने, ठूलो मौका गुमाउनेछस्; र त्यसले ठूलो विपत्ति ल्याइसकेपछि, ती समाधान गर्न धेरै नै ढिलो भइसकेको हुनेछ। यदि तँसित देहको विरुद्ध विद्रोह गर्ने इच्छाको समेत कमी छ भने, सत्यताको पछि लाग्ने मार्गमा हिँड्न तँलाई एकदमै कठिन हुनेछ; यदि तैँले ख्याति, लाभ र हैसियतको पछि लाग्दा रोकावट र असफलता सामना गर्छस् र पनि तेरो होस खुल्दैन भने, यो खतरनाक कुरा हो: सम्भवतः तँ हटाइनेछस्। जब सत्यतालाई प्रेम गर्ने मानिसहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हिसाबमा एक-दुई वटा असफलता र बाधाहरू सामना गर्छन्, तब तिनीहरूले प्रतिष्ठा र हैसियतको कुनै मूल्य हुँदैन भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्। तिनीहरूले हैसियत र प्रतिष्ठा पूर्ण रूपमा त्याग्न सक्छन्, र तिनीहरूले कहिल्यै हैसियत नपाए पनि, सत्यता पछ्याउन र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न, र आफ्नो अनुभव गवाही बाँड्न जारी राख्ने, र यसरी परमेश्वरको गवाही दिने परिणाम हासिल गर्ने दृढ संकल्प लिन सक्छन्। तिनीहरू साधारण अनुयायी हुँदा पनि, तिनीहरूले अझै पनि अन्त्यसम्म पछ्याउन सक्छन्, र तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न मात्रै चाहन्छन्। यिनीहरू मात्रै सत्यतालाई साँचो रूपमा प्रेम गर्ने र दृढ संकल्प भएका मानिसहरू हुन्। परमेश्वरको घरले धेरै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई हटाएको छ, र त्यसैले सत्यता पछ्याउने कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरूको असफलता देखेर त्यस्ता मानिसहरूले लिएको मार्गबारे चिन्तन गर्छन्, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्ने काम पनि गर्छन्। यसबाट तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई बुझ्छन्, साधारण अनुयायी बन्ने सङ्कल्प गर्छन्, अनि सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निभाउनमा ध्यान दिन्छन्। परमेश्वरले तिनीहरू सेवाकर्ता वा तल्लो स्तरका महत्त्वहीन मानिसहरू हुन् भनेर भन्नुभए पनि, तिनीहरूलाई त्यो ठीकै लाग्छ। तिनीहरू परमेश्वरको नजरमा तल्लो स्तरका र तुच्छ महत्त्वहीन अनुयायी नै बन्ने प्रयास गर्छन्, जो अन्त्यमा परमेश्वरद्वारा सृष्टि गरिएका स्वीकार्य प्राणी कहलिन सक्छन्। यस्ता व्यक्तिहरू असल हुन्छन्, र यस्ता व्यक्तिहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुनेछ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
जब परमेश्वरले मानिसहरूलाई आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्ने मापदण्ड दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूलो कामको जिम्मेवारी वहन गर्नू भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरूअनुसार निरन्तर अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत खोज्छस्; तँ सधैँ उच्चता खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आत्मचिन्तन गरी पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा गर्नुहुनेछ र त्याग्नुहुनेछ। परमेश्वरलाई घिनलाग्ने व्यक्ति बन्नदेखि जोगी! परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्। त्यसोभए, परमेश्वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? आज्ञाकारी भई सत्यता स्वीकार गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, आफ्नो कर्तव्य उचितसित निर्वाह गरेर, इमानदार व्यक्ति बनेर, र मानव स्वरूपमा जिएर प्राप्त गर्न सकिन्छ। यति नै काफी छ, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले महत्त्वाकाङ्क्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने, प्रसिद्धि, लाभ, र हैसियतको पछि नलाग्ने वा भीडभन्दा राम्रो देखिन नखोज्ने कुरा सुनिश्चित गर्नुपर्छ। अझ, तिनीहरूले महान् व्यक्ति वा महामानव, मानिसहरूमाझ श्रेष्ठ बन्ने र अरूलाई आफ्नो भक्ति गर्न लगाउने कोसिस गर्नै हुँदैन। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; यस्ता मानिसहरूलाई परमेश्वरले मुक्ति प्रदान गर्नुहुन्न। यदि मानिसहरू पश्चात्ताप नगरी निरन्तर प्रसिद्धि, लाभ, र हैसियतको पछि लाग्छन् भने, तिनीहरूका लागि कुनै उपचार छैन, र एउटै मात्र परिणाम हुन्छ: हटाइन्छ। आज, यदि तिमीहरू तुरुन्तै पश्चात्ताप गर्छौ भने, अझै समय छ; तर जब परमेश्वरले आफ्नो काम पूरा गर्ने दिन आउँछ, र विपत्तिहरू झन् बढ्छन्, तब तैँले उप्रान्त मौका पाउनेछैनस्। जब त्यो समय आउँछ, तब प्रसिद्धि, लाभ र हैसियतको पछि लाग्ने, तर पश्चात्ताप गर्न अस्वीकार गर्नेहरूलाई हटाइनेछ। कस्ता प्रकारका मानिसहरूलाई परमेश्वर मुक्ति दिनुहुन्छ अनि उहाँको मुक्तिको अर्थ के हो भनेर तिमीहरू सबै स्पष्ट हुनैपर्छ। परमेश्वर मानिसहरू उहाँसामु आएको, तिनीहरूले उहाँका वचनहरू सुनेको, सत्यता स्विकारेको, आफ्नो भ्रष्ट स्वभाव त्यागेको, र परमेश्वरले भन्नुभए र आज्ञा गर्नुभएअनुसार अभ्यास गरेको माग गर्नुहुन्छ। यसको अर्थ आफ्नो धारणा, कल्पना, शैतानी दर्शनअनुसार जिउनु वा मानव “खुसी” पछ्याउनु नभई उहाँको वचनअनुसार जिउनु हो। जो व्यक्ति परमेश्वरको वचन सुन्दैन वा सत्यता स्विकार्दैन तर अझै पश्चात्ताप नगरी शैतानको दर्शन र शैतानी स्वभावअनुसार जिउँछ, यस्तो व्यक्तिले परमेश्वरको मुक्ति पाउन सक्दैन। तँ परमेश्वरलाई पछ्याउँछस्, तर अवश्य यो पनि परमेश्वरले तँलाई चुन्नुभएकोले नै हो—तर परमेश्वरले तँलाई चुन्नुको अर्थ के हो त? यो त तँलाई परमेश्वरमा भरोसा गर्ने, साँच्चै नै परमेश्वरलाई पछ्याउने, परमेश्वरका निम्ति सबै कुरा परित्याग गर्ने, अनि परमेश्वरको मार्गलाई पछ्याउन सक्ने; आफ्नो शैतानी स्वभाव फालेको, शैतानलाई पछ्याउन वा त्यसका शक्तिमा जिउन छाडेका व्यक्तिमा परिणत गर्नु हो। यदि तैँले परमेश्वरलाई पछ्याउँछस् र उहाँको घरको आफ्नो कर्तव्य निर्वाह गर्छस्, तैपनि हरेक पक्षमा सत्यता उल्लङ्घन गर्छस् र उहाँको वचनअनुसार अभ्यास वा अनुभव गर्दैनस् भने, के तँ परमेश्वरद्वारा स्विकारिन सक्छस्? पक्कै पनि सक्दैनस्। मैले यसो भन्नुको अर्थ के हो? तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त बफादारीपूर्वक, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ
आज म यसरी तिमीहरूको न्याय गर्दैछु, अन्त्यमा तिमीहरूसँग कुन हदसम्म बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि परमेश्वरको उचाइको आनन्द लिएका छौं भनी भन्नेछौ। तिमीहरूको जन्म तुच्छ भएकोले तिमीहरूको कुनै हैसियत छैन, तर परमेश्वरले तिमीहरूलाई उचाल्नुहुने भएकोले तिमीहरूले हैसियत प्राप्त गर्छौ—यो उहाँले तिमीहरूलाई दिनुभएको कुरा हो। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्वरको प्रशिक्षण, उहाँको दण्ड, र उहाँको न्याय प्राप्त गर्न सक्छौ। यो पनि उहाँले उचाल्नुभएको कार्य नै हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्वरको महान् प्रेम हो। युगौंयुगदेखि त्यहाँ एक जना पनि त्यस्तो व्यक्ति छैन जसलाई उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त भएको छ, र एक जना व्यक्ति पनि उहाँका वचनहरूद्वारा सिद्ध हुन सकेको छैन। अहिले परमेश्वर तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूका भित्री विद्रोहीपन प्रकट गर्दै तिमीहरूसँग आमनेसामने बोल्दैहुनुहुन्छ—यो निश्चय नै उहाँले उचाल्नुभएको कार्य हो। मानिसहरूसँग के-कस्ता योग्यताहरू छन्? चाहे तिनीहरू दाऊदका छोराहरू हुन् वा मोआबका सन्तानहरू, समग्रमा, मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू सृष्टि गरिएका प्राणीहरू भएकाले तिमीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंमा पूर्ण रूपमा समर्पित हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म सृष्टि गरिएको एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म सृष्टि गरिएको एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म सृष्टि गरिएको एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म सृष्टि गरिएको एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म सृष्टि गरिएको एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका प्रभुका सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।” जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एक पटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?
एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्नो स्थान कायम राख्नैपर्छ, र विवेकशील तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति कोसिस नगर्, साथै परमेश्वर बन्न नखोज्। मानिसहरूले यस्तो हुने इच्छा गर्नु हुँदैन। महान् वा महामानव बन्ने प्रयास गर्नु मूर्खता हो। परमेश्वर बन्ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्छ कुरा हो। तारिफयोग्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
सम्बन्धित चलचित्र उद्धरणहरू
परमेश्वरको न्याय र सजायमार्फत ख्याति र हैसियत त्याग्नु
चुनावअघि
सम्बन्धित अनुभवात्मक गवाहीहरू
मैले आफ्नो स्थान भेट्टाएको छु
न्याय र सजाय परमेश्वरको प्रेम हो
ख्रीष्टविरोधी स्वभावबारे मेरो थोरै ज्ञान
हामीले जीवनमा के कुरा पछ्याउनुपर्छ?
सम्बन्धित भजनहरू
शैतानले प्रसिद्धि र लाभद्वारा मानिसहरूका सोच नियन्त्रण गर्छ
हैसियतलाई प्रिय ठान्नुको के मूल्य छ र?
तिमीले सबैथोकमा परमेश्वरको छानबिन स्विकार्नुपर्छ
म एक सानो सृजित प्राणी मात्र हुँ