२२. स्वेच्छाचारी र निरङ्कुश हुने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

“स्वेच्छाचारी र निरङ्कुश तरिकाले कार्य गर्नु” भन्ने अभिव्यक्तिको शाब्दिक अर्थलाई विचार गर्दा, “स्वेच्छाचारी’ ले एक्लै निर्णय गर्नु, अन्तिम निर्णय गर्नुलाई जनाउँछ; अनि “तानासाही” को अर्थ एक्लैले कुनै मूल्याङ्कन वा निर्णय गरेपछि, अरू सबैले भिन्न मत वा अभिव्यक्ति नराखी, प्रश्नसमेत नगरी त्यो कार्यान्वयन गर्नैपर्ने स्थिति हो। स्वेच्छाचारी र तानासाही हुनु भनेको कुनै परिस्थिति आइपर्दा, के गर्ने भनी निर्णय गर्नुअघि यसलाई आफैले मनन र विचार गर्नु हो। तिनीहरू कसरी कामकुरा गर्ने भन्नेबारे अरू कसैको सुझावविना, पर्दापछाडि आफै निर्णय गर्छन्; तिनीहरूका आफ्नै सहकर्मी, साझेदार वा उच्च तहका अगुवाहरूले समेत हस्तक्षेप गर्न सक्दैनन्—स्वेच्छाचारी र तानासाही हुनु भनेको यही हो। तिनीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, यसरी कार्य गर्नेहरू मनमा कुरा खेलाएर र जानाजानी दिमाग खियाएर निरन्तर अघि बढ्छन्, कहिल्यै अरूको परामर्श लिँदैनन्। तिनीहरू दिमागमा अनेक तरिकाले सोच्छन्, तर तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनेर कसैलाई थाहा हुँदैन। किन कसैलाई थाहा हुँदैन? किनकि तिनीहरूले यो कुरा भन्दैनन्। कतिपय मानिसले तिनीहरू बोलक्कड नभएर मात्र यस्तो हो भन्ठान्लान्, तर खास कुरा त्यही हो? यो व्यक्तित्वको मामला होइन; यो अरूलाई अन्धकारमा राख्न जानाजानीको निर्णय हो। तिनीहरू आफ्नै तवरले कामकुरा गर्न चाहन्छन्, तिनीहरूका आफ्नै लेखाजोखा हुन्छन्। तिनीहरू के लेखाजोखा गरिरहेका हुन्छन्? तिनीहरूको लेखाजोखा आफ्नै हित, हैसियत, ख्याति, लाभ, र प्रतिष्ठासँग सम्बन्धित हुन्छन्। तिनीहरू कसरी आफ्नै पक्षमा कार्य गर्ने, आफ्नो हैसियत र प्रतिष्ठामा आँच आउन कसरी नदिने, अरूले तिनीहरूलाई छर्लङ्गै नदेख्ने गरी कसरी कार्य गर्ने, र विशेष गरी आफ्ना कार्यहरू माथिबाट कसरी लुकाउने भन्नेबारे मनन गर्छन्, र अन्त्यमा कसैलाई कुनै कमजोरी नदेखाई लाभ प्राप्त गर्ने आशा गर्छन्। तिनीहरू सोच्छन्, “यदि मैले क्षणिक भूलचूकमा केही गलत कुरा भनेमा, सबैले मलाई छर्लङ्गै देख्नेछन्। यदि कसैले बेला न कुबेला बोलेर मेरो बारेमा माथिलाई रिपोर्ट गर्‍यो भने, माथिले मलाई प्रतिस्थापित गर्न सक्नुहुन्छ, अनि म आफ्नो हैसियत गुमाउनेछु। त्यसअलावा, यदि मैले अरूसँग सधैँ सङ्गति गरेँ भने, के मेरा सीमित क्षमताहरू सबैसामु प्रस्ट हुनेछैनन् र? के अरूले मलाई तुच्छ ठान्लान् र?” लौ भन् त, यदि ती कुरा साँच्चै छर्लङ्गै देखिएमा, के त्यो राम्रो हुनेछ कि नराम्रो? वास्तवमा, सत्यता पछ्याउनेहरूका लागि, इमानदार मानिसहरूका लागि छर्लङ्गै देखिनु र केही इज्जत र प्रतिष्ठा गुमाउनुले खासै फरक पार्दैन। उनीहरू यी कुराहरूमा खासै चिन्तित देखिँदैनन्; उनीहरू तीप्रति कम सजग देखिन्छन् र तिनलाई धेरै महत्त्व दिँदैनन्। तर ख्रीष्टविरोधीहरू ठिक उल्टो हुन्छन्; तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरू आफ्नो हैसियत अनि आफूप्रति अरूका बुझाइ र मनोवृत्तिहरूलाई जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ

कतिपय मानिसहरू कसैसँग छलफल नगरी वा कसैलाई नभनी आफै काम गर्न मन पराउँछन्। तिनीहरू अरूले आफूलाई कसरी हेर्लान् भन्‍ने वास्ता नगरी, जसरी मन लाग्यो त्यसरी नै काम गर्छन्। तिनीहरू सोच्छन्, “म अगुवा हुँ, र तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरू हौ, त्यसकारण तिमीहरूले मैले जे गर्छु त्यही पछ्याउनुपर्छ। म जे भन्छु त्यही गर—यो यस्तै हुनुपर्छ।” तिनीहरूले काम गर्दा अरूलाई जानकारी दिँदैनन् र तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन। तिनीहरू सधैँ गुप्त रूपमा मेहनत गरिरहेका र गुप्त रूपमै काम गरिरहेका हुन्छन्। सत्तामाथि एकदलीय एकाधिकार कायम राख्‍ने ठूलो रातो अजिङ्गरले जस्तै, तिनीहरूले अरूलाई मूल्यहीन र महत्त्वहीन ठान्छन्, र तिनीहरूको आँखामा छारो हाल्‍ने र तिनीहरूलाई नियन्त्रण गर्ने गर्छन्। तिनीहरूले सधैँ अरूसँग छलफल वा कुराकानी नगरी कामकुराबारे अन्तिम निर्णय आफै गर्न चाहन्छन्, र तिनीहरूले अरूको राय लिने प्रयास कहिल्यै गर्दैनन्। तिमीहरूलाई यस्तो शैली कस्तो लाग्छ? के यसमा सामान्य मानवता हुन्छ? (हुँदैन।) के यो ठूलो रातो अजिङ्गरको प्रकृति होइन र? ठूलो रातो अजिङ्गर तानाशाही छ र स्वेच्‍छाचारी रूपमा काम गर्न चाहन्छ। के यसप्रकारको भ्रष्ट स्वभाव भएका मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तान होइनन् र? मानिसले आफूलाई यसरी चिन्‍नुपर्छ। के तिमीहरू यस्तो कार्य गर्न सक्छौ? (सक्छौँ।) जब तिमीहरूले यसरी व्यवहार गर्छौ, के तिमीहरू त्यसबारे सचेत रहन्छौ? यदि रहन्छौ भने, तिमीहरूका लागि अझै आशा रहन्छ, तर यदि रहन्‍नौ भने, तिमीहरू निश्‍चय नै समस्यामा पर्नेछौ, अनि यस्तो भएमा, के तिमीहरू दुर्भाग्यपूर्ण हुँदैनौ र? आफ्नो यस्तो कार्यबारे आफू सचेत भइएन भने के गरिनुपर्छ? (हाम्रा ब्रदर-सिस्टरले त्यो औँल्याइदिनुपर्छ, र हामीलाई काटछाँट गरिनुपर्छ।) यदि तँ पहिला अरूलाई यसो भन्छस् भने, “म स्वभावैले अरूको अगुवाइ गर्न रुचाउँछु, र म तपाईंहरूलाई पहिल्यै भन्दै छु, यदि त्यो भइहाल्यो भने वा त्यस्तो भएको बेलामा, विवाद नगर्नुहोला। तपाईंहरूले मप्रति धैर्यता राख्‍नुहोला। मलाई थाहा छ यो राम्रो हैन, र म यो कुरा क्रमैसँग बदल्न लागिपरेको छु, त्यसैले आशा छ तपाईंहरू मप्रति सहिष्णु हुनुहुनेछ। त्यसैले यी कुरा हुँदा, धैर्य गर्दै मलाई सहयोग गर्नुहोला, र आउनुहोस् हामी मिलेर सामञ्‍जस्यपूर्वक सहकार्य गर्ने प्रयास गरौँ।” यस तरिकाले काम गर्नु स्वीकार्य हुन्छ? (हुँदैन। यसको कुनै कारण छैन।) यसको कुनै कारण छैन भनेर किन भन्दै छस्? यस्तो भन्‍नेहरूले सत्यता खोजी गर्ने अभिप्राय राख्दैनन्। तिनीहरूलाई राम्ररी थाहा हुन्छ कि यस तरिकाले काम गर्नु गलत हो, तर तिनीहरूले त्यसरी नै काम गर्न मरिहत्ते गर्छन्, र यस क्रममा अरूलाई बाधा पुर्‍याउँछन् र अरूको साथ र सहयोग माग्छन्। तिनीहरूको अभिप्रायमा सत्यता अभ्यास गर्ने इच्छा नै हुँदैन। तिनीहरू जानाजान सत्यताविरुद्ध गइरहेका हुन्छन्। जानाजानको उल्लङ्घन—यो त परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा हो। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मात्र यस्ता काम गर्न सक्छन्, र ख्रीष्टविरोधीहरूले गर्ने व्यवहार ठ्याक्‍कै यस्तै हुन्छ। जानीजानी सत्यताविरुद्ध जाँदा र परमेश्‍वरको विरोध गर्दा जोकोही पनि खतरामा पर्छ। यो ख्रीष्टविरोधी मार्गमा हिँड्नु हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा

ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; तिनीहरू सधैँ एकलौटी शासन स्थापित गर्न चाहन्छन्। यो प्रकटीकरणको विशेषता “एकलो” हो। यसलाई व्याख्या गर्न किन “एकलो” भन्‍ने शब्द प्रयोग गर्ने? किनभने तिनीहरूले कुनै काम गर्नुभन्दा पहिलेपरमेश्वरसामु आएर प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्छन्, तिनीहरूले सङ्गति गर्न कसैलाई खोजेर “के यो उचित मार्ग हो? कामका बन्दोबस्तहरूमा के तोकिएका छन्? यस्तो कुरालाई कसरी सम्हाल्नुपर्छ?” भनी सोध्ने काम त झनै गर्दैनन्। तिनीहरूले कहिल्यै पनि आफ्ना सहकर्मी र साझेदारहरूसँग कामकुराबारे छलफल गर्दैनन् वा सहमतिमा पुग्न खोज्दैनन्—तिनीहरूले आफ्नै योजना र बन्दोबस्तहरू बनाउँदै, आफ्नै कुराहरू र युक्तिहरूका बारेमा सोचिरहेका हुन्छन्। परमेश्‍वरको घरका कामका बन्दोबस्तहरूको बारेमा सरसर्ती पढेरै तिनीहरूले ती कुरा बुझेको छु भन्‍ने सोच्छन्, त्यसपछि तिनीहरूले अन्धाधुन्ध कामको बन्दोबस्त गर्छन्—अनि अरूले यो कुरा थाहा पाउञ्जेल, कामको बन्दोबस्त भइसकेको हुन्छ। कसैले पनि तिनीहरूकै मुखबाट पहिले नै तिनीहरूका विचार वा भावनाहरू सुन्नु असम्भव हुन्छ, किनभने तिनीहरूले आफ्ना सोचविचारहरू कसैलाई कहिल्यै पनि बताउँदैनन्। कसैले सोध्न सक्छ, “के सबै अगुवा र सेवकहरूका साझेदारहरू हुँदैनन् र?” तिनीहरूको नामको मात्र कुनै साझेदार हुन सक्छ, तर काम गर्ने बेलामा, तिनीहरूसँग कुनै साझेदार हुँदैन—तिनीहरू एकलै काम गर्छन्। अगुवा र सेवकहरू, अनि कुनै पनि कर्तव्य गर्ने सबै व्यक्तिको सहकर्मी हुने भए पनि, ख्रीष्टविरोधीहरूले आफूमा राम्रो क्षमता छ र आफू साधारण मानिसहरूभन्दा असल छु, त्यसकारण साधारण मानिसहरू आफ्नो सहकर्मी हुन योग्य हुँदैनन्, र तिनीहरू सबै आफूभन्दा तल्‍लो स्तरका हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न मन पराउँछन् र अरू कसैसँग पनि छलफल गर्न चाहँदैनन्। त्यसो गर्दा आफू केही नकामको अयोग्य देखिनेछु भन्‍ने तिनीहरूलाई लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? यो कस्तो प्रकारको स्वभाव हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्‍न विषयमा छलफल गर्नु, तिनीहरूलाई सोधपुछ गर्नु र तिनीहरूबाट खोजी गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्‍ने ठान्छन्। त्यसकारण, आफ्‍नो आत्मसम्‍मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफू असक्षम छु भन्‍ने देखाउनु हो; सधैँ अरूका विचार माग्‍नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्‍ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग काम गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको अहङ्कारी र मूर्ख मानसिकता होइन र? के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? तिनीहरूभित्रको अहङ्कार र आत्मधार्मिकता एकदमै प्रस्ट देखिन्छ; तिनीहरूले सामान्य मानव समझ पूरै गुमाएका हुन्छन्, र तिनीहरूको दिमाग ठेगानमा हुँदैन। तिनीहरूले सधैँ आफूसित क्षमता छ, आफै कामकुरा फत्ते गर्न सक्छन् र अरूसित सहकार्य गर्नु आवश्यक छैन भन्ने सोच्छन्। तिनीहरूसँग यस्ता भ्रष्ट स्वभाव भएका हुनाले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्न सक्दैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्‍नै शक्ति कम हुन्छ भन्‍ने विश्‍वास गर्छन् र तिनीहरूले आफ्‍नो लागि सबै कुराको निर्णय गर्न सक्दैनन्, अर्थात् तिनीहरूमा साँचो शक्तिको कमी हुन्छ, जुन तिनीहरूको लागि ठूलो घाटा हो। त्यसकारण, तिनीहरूलाई जेसुकै आइलागे पनि, यदि तिनीहरूलाई यो कुरा बुझेको छु त्यसलाई सम्हाल्ने उचित तरिका जानेको छु भन्‍ने लाग्छ भने, तिनीहरूले यसबारेमा अरू कसैसँग छलफल गर्नेछैनन्, र तिनीहरूले सारा आदेशहरू दिनेछन्। अरूलाई थाहा दिनुभन्दा गल्ती गर्न रुचाउँछन्, अरूसँग शक्ति बाँड्नुभन्दा गलत नै हुन रुचाउँछन्, र आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिनुभन्दा निष्कासित हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो। तिनीहरूले आफ्‍नो शक्ति अरू कसैसँग बाँड्नुभन्दा, परमेश्‍वरको घरका हितहरूमा हानि पुर्‍याउन, परमेश्‍वरको घरका हितहरूमा सम्झौता गर्न चाहन्छन्। तिनीहरूलाई के लाग्छ भने, आफूले कुनै काम गर्दा वा कुनै मामला सम्हाल्दा, यो कर्तव्यपालन होइन, बरु आफ्नो प्रदर्शन गर्ने र अरूभन्दा विशिष्ट बन्ने, अनि शक्ति प्रयोग गर्ने मौका हो। त्यसकारण, तिनीहरूले अरूसित मिलेर सहकार्य गर्नेछु र मामलाहरू आइपर्दा त्यसबारे अरूसित छलफल गर्नेछु भन्ने गरे पनि, सत्य कुरा के हो भने, तिनीहरू हृदयमा, आफ्नो शक्ति वा हैसियत त्याग्न अनिच्छुक छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले केही धर्मसिद्धान्त बुझेका छन् र त्यो काम आफै गर्न सक्छन् भने, तिनीहरूले अरू कसैसँग सहकार्य गर्नु पर्दैन; तिनीहरूले सोच्छन्, यो काम आफै अघि बढाउनुपर्छ र आफै पूरा गर्नुपर्छ, र त्यसरी मात्रै यसले तिनीहरूलाई दक्ष बनाउन सक्छ। के यो दृष्टिकोण ठीक छ? तिनीहरूबाट सिद्धान्तहरू उल्लङ्घन भएमा, तिनीहरूले कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरू परमेश्‍वरको आज्ञा पूरा गर्न सक्षम हुँदैनन्, र तिनीहरूले परिश्रम मात्र गरिरहेका हुन्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कर्तव्यपालनको दौरान सत्यता सिद्धान्तहरू खोजी गर्नुको सट्टा, तिनीहरूले आफ्‍ना विचार र मनसायहरू अनुसार शक्ति प्रयोग गर्छन्, धाक लगाउँछन्, र आफ्‍नै प्रदर्शन गर्छन्। तिनीहरूको साझेदार सहकर्मी जो भए पनि वा तिनीहरूले जे काम गरे पनि, तिनीहरूले कामकुराबारे छलफल गर्न कहिल्यै चाहँदैनन्, तिनीहरू सधैँ आफै काम गर्न चाहन्छन्, र सधैँ आफै अन्तिम निर्णय लिन चाहन्छन्। तिनीहरूले कामकुरा पूरा गर्न स्पष्टतः शक्तिसँग खेलिरहेका र शक्ति प्रयोग गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू सबैले शक्तिलाई प्रेम गर्छन्, र जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरू अझै बढी शक्ति चाहन्छन्। अनि, जब ख्रीष्टविरोधीहरूसँग शक्ति हुन्छ, तिनीहरूले आफ्नो हैसियत प्रयोग गरेर प्रदर्शन गर्ने र आफ्‍नो सान देखाउने सम्भावना हुन्छ, ताकि अरूले तिनीहरूलाई आदरभावले हेरून् र तिनीहरू अरूभन्दा फरक देखिन सकून्। यसरी ख्रीष्टविरोधीहरू शक्ति र हैसियतमा लीन हुन्छन्, र आफ्नो शक्ति कहिल्यै परित्याग गर्दैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)

झट्ट हेर्दा, कतिपय ख्रीष्टविरोधीहरूका सहयोगी वा सहकर्मीहरू छन् जस्तो लाग्‍न सक्छ, तर तथ्य कुरा हो यो कि जब केही आइपर्छ, अरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि तिनीहरूले भनेको कुरा सुन्दैनन्। तिनीहरूले यसलाई ध्यान समेत दिँदैनन्, यसको बारेमा छलफल गर्ने वा सङ्गति गर्ने कुरा त परै जाओस्। तिनीहरूले त्यहाँ अरू छँदै छैनन् जस्तो गरेर कुनै ध्यान दिँदैनन्। जब ख्रीष्टविरोधीहरूले अरूले भनेको कुरा सुन्छन्, तब तिनीहरूले अरूलाई देखाउनका लागि झारा टार्ने वा नाटक गर्ने काम मात्रै गर्छन्। तर अन्तिम निर्णय गर्ने समय आएपछि, निर्णय गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्छन्; अरूका शब्दहरू खेर जान्छन्, तिनको कुनै गन्ती हुँदैन। उदाहरणको लागि, जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्‍मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्‍नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्‍ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्‍नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, सहकर्मी छ भनेर देखाउन राखेको व्यक्ति मात्रै हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, सहकर्मीहरू अस्तित्वहीन हुन्छन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले त्यसबारेमा राम्ररी विचार गर्छ, र कुनै कार्यदिशा तय गरेपछि, तिनीहरूले यसो गर्नुपर्छ भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्‍न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? मूलतः त्यो अन्तिम निर्णय गर्नु, अरू कसैसित कहिल्यै समस्याहरूबारे छलफल नगर्नु, कामको पूर्ण जिम्मेवारी नलिनु, र आफ्ना सहकर्मीहरूलाई सजावटको वस्तु बनाउनु हो। तिनीहरू सधैँ एक्लै काम गर्छन् र कहिल्यै अरूसित सहकार्य गर्दैनन्। तिनीहरू अरू कसैसित आफ्नो कामबारे कहिल्यै छलफल वा कुराकानी गर्दैनन्, तिनीहरू प्राय: एक्लैले निर्णय लिन्छन् र मामलाहरू सम्हाल्छन्, र धेरै कुरामा, कार्य गरिसकेपछि मात्र कामकुरा कसरी सकाइएका वा सम्हालिएका थिए भनी अरू मानिसले थाहा पाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, “सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईंले त्यो व्यक्तिलाई कहिले तह लगाउनुभयो? तपाईंले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई यसबारेमा कसरी थाहा भएन?” तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, आफ्नो सहकर्मीको कुनै कामै हुँदैन, उनीहरू सजावट वा देखाउने चिज मात्र हुन्। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन्, निर्णयमा पुग्छन्, र आफूलाई जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्। ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै अदृश्य हुन पनि सक्छन्। यसलाई मध्यनजर गर्दा, के अरूसँगको तिनीहरूको साझेदारीको कुनै वास्तविक पक्ष छ? बिलकुलै छैन, तिनीहरूले झारा टार्ने र भूमिका खेलेको बहाना गर्ने काम मात्र गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई यसो भन्छन्, “समस्याको सामना गर्दा किन तपाईंले सबैसँग सङ्गति गर्नुहुन्‍न?” तिनीहरूले यसरी जवाफ दिन्छन्, “तिनीहरूलाई के थाहा छ? समूहको अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।” अरूले भन्छन्, “अनि तपाईंले किन तपाईंको सहकर्मीसँग सङ्गति गर्नुभएन?” तिनीहरूले उत्तर दिन्छन्, “मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।” तिनीहरू आफैले नियमकानुनको धज्जी उडाइरहेको तथ्यलाई ढाकछोप गर्नको लागि अरू मानिससँग कुनै राय छैन वा तिनीहरू आफैले विचार गर्न सक्दैनन् भन्‍ने कुरालाई प्रयोग गर्छन्। तर यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्‍लेषण गर्दैनन्। यस्तो व्यक्तिले सत्यतालाई स्विकार्न असम्भव हुनेछ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो।

“सहकार्य” भन्‍ने शब्दलाई कसरी व्याख्या र अभ्यास गर्नुपर्छ? (परिस्थितिहरू उत्पन्न हुँदा तिनका बारेमा छलफल गरेर।) हो, यसको अभ्यास गर्ने एउटा तरिका त्यही हो। अरू के छ? (आफ्ना कमजोरीहरूलाई अर्को व्यक्तिको सबल पक्षद्वारा पूर्ति गरेर, अनि एक-अर्काको रेखदेख गरेर।) त्यो पूर्ण रूपमा मिल्छ; त्यसरी अभ्यास गर्नु भनेको मिलेर सहकार्य गर्नु हो। अरू पनि छन्? परिस्थितिहरू आइपर्दा अरूको राय माग्नु—के त्यो सहकार्य होइन र? (हो।) यदि एक जना व्यक्तिले आफ्‍नो विचारमा सङ्गति गर्छ, र अर्कोले आफ्‍नो विचारमा सङ्गति गर्छ, र अन्त्यमा, तिनीहरूले पहिलो व्यक्तिको सङ्गतिलाई लागु गर्छन् भने, किन झारा टार्ने? त्यो सहकार्य होइन—त्यो सिद्धान्तहरूभन्दा बाहिर हुन जान्छ, र यसले सहकार्यका परिणामहरू दिँदैन। यदि तँ मेशिन गनझैँ बोलिरहन्छस्, र अरू बोल्न चाहनेहरूलाई मौका दिँदैनस्, साथै आफ्‍ना सबै विचारहरू बोलिसकेपछि पनि अरूको कुरा सुन्दैनस् भने, के त्यो छलफल हो? के त्यो सङ्गति हो? त्यो त झारातिराइ मात्र हो—त्यो सहकार्य होइन। त्यसोभए सहकार्य भनेको के हो त? यो तब हुन्छ जब तैँले आफ्ना विचार र निर्णयहरू बताइसकेपछि, अरूका राय र विचारहरू माग्‍न सक्छस्, त्यसपछि आफ्‍ना र तिनीहरूका अभिव्यक्ति र विचारहरूलाई तुलना गर्छस्, र एक-दुई जना मानिसहरूले तिनलाई गहन रूपमा बुझेर, अनि सिद्धान्तहरू खोजी गरेर, साझा बुझाइ प्राप्त गर्छन् र अभ्यासको सही मार्ग निर्धारण गर्छन्। छलफल र सङ्गति गर्नु भनेको त्यही हो—“सहकार्य” भनेको त्यही हो। कतिपय मानिसहरूले अगुवाको रूपमा कुनै कुराको वास्तविकता देख्‍न सक्दैनन्, तर तिनीहरूसँग कुनै विकल्प नभएपछि मात्रै अरूसँग यसको बारेमा छलफल गर्छन्। त्यसपछि तिनीहरूले समूहलाई भन्छन्, “मैले यो मामलालाई निरङ्कुश तरिकाले सम्हाल्न मिल्दैन; मैले सबैसँग मिलेर सहकार्य गर्नुपर्छ। हामीले गर्नुपर्ने सही कुरा निर्धारण गर्नका लागि तपाईंहरू सबैलाई यसको बारेमा आफ्नो राय व्यक्त गर्न र छलफल गर्न दिनेछु।” सबैले बोलिसकेर आफ्नो कुरा राखिसकेपछि तिनीहरूले अगुवाले यसको बारेमा के सोच्छन् भनेर सोध्छन्। उसले भन्छ, “सबैले जे चाहन्छन् मैले चाहने पनि त्यही नै हो—म पनि यस्तै सोचिरहेको थिएँ। मैले सुरुदेखि नै यही गर्ने योजना बनाएको छु, र यो छलफलद्वारा, सर्वसम्मति सुनिश्‍चित हुन्छ।” के यो साँचो टिप्पणी हो? यसमा एउटा खोट छ। उसले यस कुरालाई पटक्‍कै बुझ्न सक्दैन, र उसले भनेको कुरामा मानिसहरूलाई बहकाउने र झुक्क्याउने अभिप्राय हुन्छ—यो मानिसहरूले उसलाई सम्मान गरून् भनेर भनिएको हो। उसले सबैको राय माग्‍नु त औपचारिकता मात्रै हो, र ऊ तानाशाही वा निरङ्कुश भइरहेको छैन भनेर सबैलाई भन्‍न लगाउनका लागि हो। त्यो नामबाट जोगिनका लागि, उसले कुराहरूलाई ढाकछोप गर्न यो उपाय लगाउँछ। वास्तवमा, सबैले कुरा गरिरहेका बेला, उसले पटक्‍कै सुनिरहेको हुँदैन, र तिनीहरूले भनेको कुरालाई पटक्‍कै मनमा लिइरहेको हुँदैन। अनि सबैलाई बोल्न लगाउँदा पनि उसले इमानदारी देखाइरहेको हुँदैन। झट्ट हेर्दा, उसले सबैलाई सङ्गति र छलफल गर्न दिइरहेको हुन्छ, तर वास्तवमा, उसले आफ्ना अभिप्रायहरूसँग मिल्दो विधि खोज्नका लागि मात्रै सबैलाई बोल्‍न दिइरहेको हुन्छ। अनि उसले यस विषयमा अघि बढ्ने उचित तरिका निर्धारित गरेपछि, उसले मानिसहरूलाई आफूले जे गर्ने अभिप्राय बनाएको छ त्यसलाई स्वीकार गर्न बाध्य पार्नेछ, चाहे त्यो सही होस् वा नहोस्, र सबैलाई उसको मार्ग सही छ, सबैको अभिप्राय यही हो भन्‍ने सोच्न लगाउनेछ। अन्तमा, उसले यसलाई जबरजस्ती कार्यान्वयन गर्छ। के तैँले यसैलाई सहकार्य भन्छस्? अहँ—त्यसोभए यसलाई के भन्छस्? उसले तानाशाही व्यवहार गरिरहेको छ। ऊ सही भए पनि गलत भए पनि, उसले एकल र अन्तिम निर्णय गर्न चाहन्छ। यसको साथै, जब कुनै घटना घट्छ र उसले यसलाई छर्लङ्ग बुझ्न सक्दैन, तब उसले पहिले अरू सबैलाई बोल्न लगाउँछ। तिनीहरूले बोलिसकेपछि, उसले तिनीहरूका विचारहरूलाई सारांशीकृत गर्छ र आफूलाई मन पर्ने र उपयुक्त लाग्ने विधि खोज्छ, र सबैलाई यो स्विकार्न लगाउँछ। उसले सहकार्यको नाटक गरिरहेको हुन्छ, जसले गर्दा उसले अझै पनि आफूले चाहे अनुसार काम गर्छ—र पनि, एकल र अन्तिम निर्णय गर्ने व्यक्ति ऊ नै हुन्छ। उसले सबैले भनेको कुरामा गल्तीहरू खोज्छ र त्रुटिहरू औँल्याउँछ, टिप्पणी दिन्छ र वातावरण निर्माण गर्छ, त्यसपछि उसले यो सबै कुरालाई संयोजन गरेर एउटा पूर्ण र सटीक अभिव्यक्तिमा बनाउँछ, जसको प्रयोग गरेर उसले आफ्नो निर्णय गर्छ, र सबैलाई आफू अरूभन्दा उच्च छु भन्‍ने देखाउँछ। बाहिरबाट हेर्दा, उसले सबैको सन्देश सुनेको छ जस्तो देखिन्छ, र उसले सबैलाई बोल्न दिन्छ। तर, तथ्य यो हो कि अन्तिममा निर्णय गर्ने व्यक्ति ऊ मात्रै हुन्छ। वास्तवमा उक्त निर्णय हरेकको अन्तर्ज्ञान र विचारहरू नै हो जसलाई उसले केवल सारांशीकृत गरेर अलिक पूर्ण र सटीक तरिकाले प्रस्तुत गरेको हुन्छ। कतिपय मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्, त्यसकारण उच्च पारिएको व्यक्ति ऊ नै हो भन्‍ने सोच्छन्। उसको यस्तो कार्यको चरित्र के हो? के यो चरम चलाकीपन होइन र? उसले हरेकको सन्देशलाई सारांशीकृत गर्छ र तिनलाई आफ्नै बनाएर व्यक्त गर्छ, ताकि मानिसहरूले उसको आराधना र आज्ञापालन गरून्; अनि अन्त्यमा, हरेकले उसको इच्छाअनुसार काम गर्छ। के त्यो सद्भावपूर्ण सहकार्य हो? यो अहङ्कार र आत्मधार्मिकता, तानाशाहीपन हो—उसले सबै श्रेय आफै लिन्छ। त्यस्ता मानिसहरू अरूसँग सहकार्य गर्दा अत्यन्तै छली, अहङ्कारी र आत्मधर्मी हुन्छन्, र पर्याप्त समय बितेपछि, मानिसहरूले त्यो कुरा देख्‍नेछन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)

“स्वेच्छाचारी र तानासाही हुनु, कहिल्यै अरूसँग सङ्गति नगर्नु, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउनु”—मुख्यतः ख्रीष्टविरोधीहरूको यो व्यवहारले केलाई जनाउँछ? तिनीहरूको स्वभाव दुष्ट र उग्र हुन्छ, र तिनीहरूमा अरूलाई नियन्त्रण गर्ने अत्यन्तै बलियो चाहना हुन्छ, जुन मानव तर्कशक्तिको सीमाबाहिर हुन्छ। यसअलावा, आफूले निर्वाह गर्ने कर्तव्यप्रति तिनीहरूको कस्तो बुझाइ वा दृष्टिकोण र मनोवृत्ति हुन्छ? यो सच्चा रूपले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूभन्दा कसरी फरक छ? सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेहरू आफूले गर्ने काममा सिद्धान्तहरू खोज्छन्, जुन आधारभूत आवश्यकता हो। तर ख्रीष्टविरोधीहरू आफूले निर्वाह गर्ने कर्तव्यलाई कसरी बुझ्छन्? तिनीहरूको कर्तव्य निर्वाहबाट कस्तो स्वभाव र सार प्रकट हुन्छन्? तिनीहरू उच्च पदमा रहन्छन् र आफूमुनिकाहरूलाई बडप्पन देखाउँछन्। तिनीहरू नेतृत्व गर्न चुनिएपछि, आफूलाई हैसियत र पहिचान भएका व्यक्तिका रूपमा हेर्न थाल्छन्। तिनीहरू आफ्नो कर्तव्य परमेश्वरबाट पाएको हो भनी स्विकार्दैनन्। कुनै निश्चित पद हासिल गरेपछि, तिनीहरूलाई आफ्नो हैसियत महत्त्वपूर्ण छ, आफ्नो शक्ति ठूलो हो, र आफ्नो पहिचान अद्वितीय छ भन्ने लाग्छ, जसले गर्दा तिनीहरू उच्च पदमा रहेर अरूलाई हेयको दृष्टिले हेर्छन्। त्यससँगै, तिनीहरू आफूले आदेशहरू जारी गर्न र आफ्नै सोचअनुसार कार्य गर्न सक्छु र यसो गरेकोमा कुनै सन्देह राख्नु पर्दैन भनेर सोच्छन्। तिनीहरू कर्तव्य निर्वाह गर्ने अवसर प्रयोग गरेर अख्तियारप्रतिको लालसा पूरा गर्न, अरूलाई शक्तिले शासन र नेतृत्व गर्ने आफ्नो चाहना र महत्त्वाकाङ्क्षा पूरा गर्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू अन्तत: आफ्नो अख्तियारमा चुनौती नहुने मौका पाइएको महसुस गर्छन् भन्न सकिन्छ। कतिपयले भन्छन्: “स्वेच्छाचारी र तानासाही हुनु, अनि कहिल्यै अरूसँग सङ्गति नगर्नु नै ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन्। हाम्रो अगुवामा पनि ख्रीष्टविरोधीका स्वभाव र प्रकटीकरणहरू भए पनि, ऊ हामीसँग प्रायः सङ्गति गर्छ!” के त्यसको अर्थ ऊ ख्रीष्टविरोधी होइन भन्ने हो? ख्रीष्टविरोधीहरू कहिलेकाहीँ बहाना बनाउन सक्छन्: एक चरण सबैसँग सङ्गति गरेर सबैका सोचहरू बुझेपछि र बोध गरेपछि—आफ्नो पक्षमा को छ र को छैन भनी पहिचान गरेपछि—तिनीहरू उनीहरूलाई वर्गीकरण गर्छन्। भावी मामलाहरूमा, तिनीहरू आफूसँग राम्रो सम्बन्ध भएका र आफूसँग मिल्नेहरूसँग मात्र कुराकानी गर्छन्। तिनीहरूसँग ताल नमिल्नेहरूलाई धेरैजसो मामलाहरूबारे प्रायः जानकारी गराइँदैन र तिनीहरू उनीहरूलाई परमेश्वरका वचनका पुस्तकहरूबाट वञ्चित पनि गराउलान्। के तिमीहरूले कहिल्यै स्वेच्छाचारी र तानासाही भएर अरूसँग सङ्गति नगरेर यस्तो व्यवहार गरेका छौ? स्वेच्छाचारी र तानासाही त निश्चय नै हुने गर्छ, तर अरूसँग कहिल्यै सङ्गति नगर्ने त हुँदै भएन नि; तैँले कहिलेकाहीँ सङ्गति गर्न सक्छस्। तर, सङ्गति गरेपछि, कामकुरा तैँले भनेजस्तै गरी अघि बढ्छन्। कतिपय मानिस सोच्छन्: “हामीले सङ्गति गरे पनि, वास्तवमा मैले धेरै पहिले निश्चित योजना बनाइसकेको छु। मआफले गर्ने कुरमामा मेरा सिद्धान्तहरू छन् भनी तिमीलाई थाहा दिन औपचारिकताका लागि मात्र तिमीसँग सङ्गति गर्छु। के तिमी मलाई तिम्रो योग्यता थाहा छैन भन्ने सोच्छौ आखिर, तिमीले मेरै कुरा सुन्नुपर्नेछ र मेरै तरिका पछ्याउनुपर्नेछ।” खासमा, तिनीहरूले हृदयमा धेरै पहिला निर्णय गरिसकेका हुन्छन्। तिनीहरूलाई लाग्छ, “म बोल्नमा सिपालु छु र कुनै पनि तर्कलाई आफ्नो पक्षमा मोड्न सक्छु; बोल्नमा मलाई कसैले जित्न सक्दैन, त्यसैले स्वाभाविक रूपमा हावा मेरै इशारामाचल्नेछ।” तिनीहरूले निकै अघिबाटै आकलन गरिसकेका हुन्छन्। के यस्तो परिस्थिति हुन्छ? स्वेच्छाचारी र तानासाही हुनु संयोगवश कहिलेकाहीँ प्रकट हुने व्यवहार होइन; यो निश्चित स्वभावद्वारा नियन्त्रित हुन्छ। यो तिनीहरूको बोल्ने र कार्य गर्ने तरिकाबाट त स्वेच्छाचारी र तानासाहीजस्तो नदेखिएला, तर तिनीहरूको स्वभाव र तिनीहरूका कार्यहरूको प्रकृतिबाट भने तिनीहरू वास्तवमै स्वेच्छाचारी र तानासाही हुन्। तिनीहरू औपचारिकता पूरा गर्छन् र अरूका राय सुन्छन्, अरूलाई बोल्न दिन्छन्, उनीहरूलाई कुनै परिस्थितिका वृत्तान्तबारे थाहा दिन्छन्, परमेश्वरको वचनले के माग गर्छ भनी छलफल गर्छन्—तर तिनीहरू निश्चित अलङ्कार वा वाक्यांश प्रयोग गरेर अरूलाई आफूसँग सहमत गराउँछन्। अनि अन्तिम नतिजा के हुन्छ? सबथोक तिनीहरूको योजनाअनुसार नै अघि बढ्छ। यो तिनीहरूको अनिष्टकर पक्ष हो; यसलाई अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउनु पनि भनिन्छ, यो एक प्रकारको “नरम” बाध्यता हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ

ख्रीष्टविरोधीहरूको स्वेच्छाचार र तानासाहीको अर्को प्रकटीकरण के हो? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसित कहिल्यै सत्यतामा सङ्गति गर्दैनन्, न त मानिसहरूका वास्तविक समस्याहरू समाधान नै गर्छन्। बरु, तिनीहरू वचन र धर्मसिद्धान्त प्रचार गरेर मानिसहरूलाई भाषण दिने अनि अरूलाई जबरजस्ती आफ्नो आज्ञा मान्नसमेत लगाउने मात्र गर्छन्। माथि र परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? त्यो छल र कपटबाहेक केही हुँदैन। मण्डलीभित्र समस्याहरू भए पनि, तिनीहरू माथिलाई कहिल्यै केही रिपोर्ट गर्दैनन्। तिनीहरूले जे गरे पनि माथिलाई कहिल्यै सोध्दैनन्। यस्तो लाग्छ तिनीहरूसँग त्यस्ता कुनै समस्याहरू छैनन् जसका लागि माथिको सङ्गति वा मार्गदर्शन आवश्यक पर्छ—तिनीहरू सबथोक गुपचुप र गोप्य रूपमा, पर्दापछाडि गर्छन्। यसलाई गुप्त तिकडम भनिन्छ, जसमा तिनीहरू अन्तिम निर्णय गर्न र निर्णायक बन्न चाहन्छन्। तर, कहिलेकाहीँ तिनीहरू नक्कली भेष धारण गर्छन्, सानातिना मामलाहरू उठाएर माथिलाई सोध्छन्, सत्यता पछ्याउने व्यक्तिका रूपमा ढोँग गर्छन्, र आफूले हरचिजमा एकदमै सूक्ष्म तरिकाले सत्यता खोज्छ भनी माथिलाई गलत विश्वास दिलाउँछन्। वास्तवमा, तिनीहरू कुनै पनि महत्त्वपूर्ण मामलामा कहिल्यै मार्गदर्शन खोज्दैनन् अनि एकपक्षीय निर्णय गर्छन् र माथिलाई अन्धकारमा राख्छन्। यदि कुनै समस्या उत्पन्न भएमा, तिनीहरूले त्यसको रिपोर्ट गर्ने सम्भावना झनै कम हुन्छ, किनकि तिनीहरू त्यसले आफ्नो शक्ति, हैसियत, वा प्रतिष्ठालाई असर गर्ला भनी डराउँछन्। ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानासाही रूपमा काम गर्छन्; तिनीहरू कहिल्यै अरूसित सङ्गति गर्दैनन् र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्। स्पष्टसँग भन्नुपर्दा, यो व्यवहारका मुख्य प्रकटीकरणहरू व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनु; आफ्नो प्रभाव, व्यक्तिगत गुट, र सञ्जालहरू बढाउनु; आफ्ना प्रयासहरू पछ्याउनु; र त्यसपछि, आफूलाई जे मन लाग्छ त्यही गर्नु, आफूलाई फाइदा हुने कामकुरा गर्नु, र पारदर्शिताविना कार्य गर्नु हुन्। ख्रीष्टविरोधीहरूको अरूलाई आफूप्रति समर्पित गराउने इच्छा र चाहना एकदमै बलियो हुन्छ; तिनीहरू सिकारीले आफ्नो कुकुरलाई आदेश पालना गर्न लगाएझैँ मानिसहरूले तिनीहरूको आज्ञा मानून् भन्ने अपेक्षा गर्छन्, सही वा गलत खुट्ट्याउन दिँदैनन्, र पूर्ण अनुपालन र समर्पण गराउन जिद् कस्छन्।

ख्रीष्टविरोधीहरूको स्वेच्छाचार र तानासाहीपनको अर्को प्रकटीकरण तल उल्लिखित परिदृश्यमा देख्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै मण्डलीको अगुवा ख्रीष्टविरोधी हो, अनि यदि माथिल्लो तहका अगुवा र सेवकहरूले त्यस मण्डलीको कामबारे जान्न र त्यसमा हस्तक्षेप गर्न चाहन्छन् भने, के यो ख्रीष्टविरोधी सहमत हुनेछ? कदापि हुँदैन। उसले कुन हदसम्म त्यो मण्डलीलाई नियन्त्रणमा राख्छ? छिर्नै नसकिने किल्लाजस्तै बनाएको हुन्छ, जहाँ न त सियो छिराउन सक्छ न त पानी भित्र पस्न सक्छ, उसले अरू कसैलाई संलग्न हुन वा सोधपुछ गर्न दिँदैन। जब उसले अगुवा र सेवकहरू कामबारे जान्न आउँदै छन् भनी थाहा पाउँछ, तब उसले दाजुभाइ-दिदीबहिनीहरूलाई भन्छ, “यी मानिसहरू आउनुको उद्देश्य के हो, मलाई थाहा छैन। उनीहरू हाम्रो मण्डलीको वास्तविक परिस्थिति बुझ्दैनन्। यदि उनीहरूले हस्तक्षेप गरेमा, हाम्रो मण्डलीका काममा बाधा पुऱ्याउन सक्छन्।” उसले दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी भ्रममा पार्छ। अगुवा र सेवकहरू आइपुगेपछि, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको सम्पर्कमा आउन नदिन विभिन्न कारण र बहाना बनाउँछ, साथै अगुवा र सेवकहरूलाई देखावटी सत्कार गर्छ, र उनीहरूको सुरक्षा सुनिश्चित गरेका निहुँमा उनीहरूलाई अलग ठाउँमा राख्छ; तर वास्तवमा, त्यसको उद्देश्य उनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूसँग भेटेर उनीहरूबाट परिस्थितिबारे थाहा पाउन नदिनु हो। अगुवा र सेवकहरूले कामको परिस्थितिबारे सोधपुछ गर्दा, त्यो ख्रीष्टविरोधीले झूटो छवि देखाएर छल गर्छ; उसले आफू माथिकाहरूलाई छल गर्छ र आफूमुनिकाहरूलाई सत्यता लुकाउँछ, आफ्ना भनाइहरूलाई बढाइचढाइ गरेर भन्छ, र उनीहरूलाई छल गर्न कामको प्रभावकारिताको बढाइचढाइ गर्छ। अगुवा र सेवकहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसित भेट्न खोज्दा, ऊ यस्तो जवाफ दिन्छ, “मैले कुनै प्रबन्ध गरेको छैनँ! तपाईंले आउनुअघि मलाई जानकारी नै गराउनुभएन। गराउनुभएको भए, म केही दाजुभाइ-दिदीबहिनीलाई तपाईंसँग भेट्ने प्रबन्ध मिलाउनेथेँ। तर हालको प्रतिकूल वातावरणलाई विचार गर्दा, सुरक्षाका कारण तपाईंहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई नभेट्नु नै राम्रो हुन्छ।” उसको कुरा उचित लागे पनि, समझदार व्यक्तिले समस्या पत्ता लगाउन सक्छ: “ऊ अगुवा र सेवकहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेको चाहँदैन किनकि उसलाई आफू खुलासा होइन्छ भन्ने डर छ, उसको कामका त्रुटि र विचलनहरू प्रकट हुनेछन् भन्ने डर छ।” ख्रीष्टविरोधीले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई बलियो नियन्त्रणमा राख्छ। यदि अगुवा र सेवकहरू जिम्मेवार छैनन् भने, उनीहरू ख्रीष्टविरोधीद्वारा सजिलै छलमा पर्न र मूर्ख बनाइन सक्छन्। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक परिस्थिति, उनीहरूका नसुल्झिएका कठिनाइहरू, माथिका सङ्गति र प्रवचनहरू अनि परमेश्वरको वचनका पुस्तकहरू समयमै दाजुभाइ-दिदीबहिनीहरूकहाँ पुगेका छन् कि छैनन्, मण्डलीका विभिन्न कार्य परियोजनाहरू कसरी अगाडि बढिरहेका छन्, विचलन वा समस्याहरू छन् कि छैनन्—यी सबै कुरा अगुवा र सेवकहरूले थाहै पाउँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूलाई पनि परमेश्वरको घरका कुनै नयाँ कार्य प्रबन्धहरूबारे थाहा हुँदैन; यसर्थ, ख्रीष्टविरोधीले मण्डलीलाई पूर्ण रूपले नियन्त्रण गर्छ, शक्तिमा एकाधिकार जमाउँछ र मामलाहरूमा अन्तिम निर्णय गर्छ। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले माथिल्लो तहका अगुवा र सेवकहरूलाई सम्पर्क गर्ने अवसर नै पाउँदैनन्, अनि वास्तविक सत्यता थाहा नपाएर उनीहरू ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा पर्छन्। ख्रीष्टविरोधीले जसरी बोले पनि, यी निरीक्षण गर्ने अगुवा र सेवकहरूमा समझशक्ति हुँदैन र उनीहरू ख्रीष्टविरोधीले राम्रो काम गरिरहेको छ भन्ने नै सोच्छन्, र उसैमा पूर्ण भरोसा राख्छन्। यो त परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको हेरचाहमा सुम्पनुसरह हो। ख्रीष्टविरोधीले छल गरिरहँदा, यदि अगुवा र सेवकहरूले खुट्ट्याउन सक्दैनन्, उनीहरू गैरजिम्मेवार हुन्छन्, र त्यसलाई सम्हाल्न जान्दैनन् भने, के यो मण्डलीका काममा रोकावट ल्याउनु र परमेश्वरका चुनिएका मानिसहरूलाई घात गर्नु होइन र? के यस्ता अगुवा र सेवकहरू झूटा अगुवा र सेवक होइनन् र? कुनै ख्रीष्टविरोधीद्वारा नियन्त्रित मण्डलीका सम्बन्धमा भन्नुपर्दा, अगुवा र सेवकहरूले हस्तक्षेप र सोधपुछ गर्नैपर्छ, अनि ख्रीष्टविरोधीलाई तुरुन्तै तह लगाएर ऊबाट मुक्त हुनैपर्छ—यसमा दुई मत छैन। यदि वास्तविक काम नगर्ने र ख्रीष्टविरोधीले परमेश्वरका चुनिएका मानिसहरूलाई भ्रममा पार्नुलाई बेवास्ता गर्ने झूटा अगुवाहरू छन् भने, ती चुनिएका मानिसहरूले यी झूटा अगुवा र सेवकहरूलाई खुलासा गर्नुपर्छ, उनीहरूको रिपोर्ट गर्नुपर्छ, उनीहरूलाई पदबाट हटाउनुपर्छ, र उनीहरूका ठाउँमा असल अगुवा राख्नुपर्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्ने समस्या राम्ररी समाधान गर्ने तरिका यही मात्र हो। कतिपयले भन्लान्, “यस्ता अगुवा र सेवकहरू कमजोर क्षमताका र समझशक्ति नभएका हुन सक्छन्, जसले गर्दा उनीहरूले ख्रीष्टविरोधीको समस्या सम्हाल्न र समाधान गर्न सकेनन्। उनीहरूले जानाजानी यसो गरिरहेका छैनन्; के उनीहरूलाई अर्को मौका दिनु पर्दैन र?” यस्ता अन्योलमा परेका अगुवाहरूलाई थप मौका दिनु हुँदैन। यदि अर्को मौका दिइयो भने, उनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई क्षति पुर्‍याइरहनेछन्। किनभने उनीहरू सत्यता पछ्याउने मानिस होइनन्; उनीहरूमा विवेक र समझ हुँदैन, अनि उनीहरू सिद्धान्तविनै काम गर्छन्—उनीहरू हटाइनुपर्ने घृणास्पद मानिस हुन्!

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ

आज, एकातिर हामीले ख्रीष्टविरोधीहरूको स्वेच्छाचारी र तानासाही व्यवहारका प्रकटीकरणहरू विश्लेषण गर्‍यौँ। अर्कोतिर, यी प्रकटीकरणहरूलाई विश्लेषण गरेर, तँ ख्रीष्टविरोधी नभए पनि, यस्ता प्रकटीकरणहरू हुनुले तँलाई ख्रीष्टविरोधीहरूको अवगुणसित जोड्छ भनेर सबैलाई थाहा दिइएको छ। के स्वेच्छाचारी र तानासाही शैलीमा कार्य गर्नु सामान्य मानवताको प्रकटीकरण हो? कदापि होइन; स्पष्टतया, यो भ्रष्ट स्वभाव देखिनु हो। तेरो हैसियत जति उच्च भए पनि वा तैँले जतिसुकै कर्तव्यहरू निर्वाह गर्न सक्ने भए पनि, यदि तैँले अरूसित सङ्गति गर्न सिक्न सकिस् भने, तैँले सत्यताका सिद्धान्तहरू पालना गरिरहेको हुन्छस्, जुन न्युनतम मापदण्ड हो। अरूसित सङ्गति गर्न सिक्नु सिद्धान्तहरू पालना गर्नुसरह हो भन्नुको कारण के हो? यदि तैँले सङ्गति गर्न सिक्न सकिस् भने, त्यसले तँ आफ्नो हैसियतलाई रोजीरोटीका रूपमा हेर्दैनस् वा त्यसलाई अति गम्भीर रूपमा लिँदैनस् भनेर प्रमाणित गर्छ। तेरो हैसियत जति उच्च भए पनि, तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छस्। तेरा कार्यहरू आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति गरिएका हुन्छन्, हैसियतका निम्ति हुँदैनन्। त्यो सँगसँगै, समस्याहरू आइपर्दा, यदि तैँले सङ्गति गर्न सिक्न सकिस् अनि, चाहे सामान्य दाजुभाइ-दिदीबहिनीहरूसित होस् वा तैँले सहकार्य गर्नेहरूसित होस्, उनीहरूसित खोजी र सङ्गति गर्न सकिस् भने, यसले के प्रमाणित गर्छ? यसले तँमा सत्यता खोज्ने र त्यसप्रति समर्पित हुने मनोवृत्ति छ भन्ने देखाउँछ, जसले पहिला परमेश्वर र सत्यताप्रतिको तेरो मनोवृत्तिलाई झल्काउँछ। त्यसबाहेक, आफ्नो कर्तव्य निर्वाह गर्नु तेरो जिम्मेवारी हो, र आफ्ना काममा सत्यता खोज्नु तैँले पछ्याउनुपर्ने मार्ग हो। अरूले तेरा निर्णयहरूप्रति कस्तो प्रतिक्रिया जनाउँछन्, उनीहरू समर्पित हुन सक्छन् सक्दैनन् वा उनीहरू कसरी समर्पित हुन्छन्, त्यो उनीहरूको कुरा हो; तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र मापदण्डहरू पूरा गर्न सक्नु नसक्नु तेरो कुरा हो। तैँले कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझ्नैपर्छ; यो कुनै व्यक्तिप्रति समर्पित हुने कुरा नभएर सत्यता सिद्धान्तहरूप्रति समर्पित हुने कुरा हो। यदि तँलाई आफूले सत्यता सिद्धान्तहरू बुझ्छु र, सबैसँग सङ्गति गरेर सबै सहमत हुने सहमतिमा पुग्छु भन्ने लाग्छ, तर थोरै मानिसहरू भनेको नमान्ने छन् र समस्या खडा गर्न चाहन्छन् भने, यस्तो परिस्थितिमा के गर्नुपर्छ? यस्ता अवस्थामा, अल्पसङ्ख्यकले बहुसङ्ख्यकलाई पछ्याउनुपर्छ। धेरैजसो मानिसहरू सहमतिमा पुगेकाले, किन तिनीहरूचाहिँ समस्या खडा गरिरहेका? के तिनीहरू जानाजानी विनाश ल्याउन खोजिरहेका छन्? तिनीहरू आफ्ना रायहरू व्यक्त गरेर सबैलाई तिनीहरूलाई खुट्ट्याउन दिन सक्छन्, अनि यदि सबैले तिनीहरूका रायहरू सिद्धान्तअनुरूप छैनन् र ती विश्वासयोग्य छैनन् भनेमा, तिनीहरूले आफ्ना दृष्टिकोण त्याग्नुपर्छ र तिनमा अडिरहन छाड्नुपर्छ। यो मामला सम्हाल्ने सिद्धान्त के हो? व्यक्तिले सही कुरा पालना गर्नुपर्छ र अरूलाई जबरजस्ती गलत कुरा पालना गर्न लगाउनु हुँदैन। बुझिस्?

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ

व्यक्तिले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरेको छ छैन भनी निर्धारण गर्ने मानक के हो? यदि आफ्नो कर्तव्य निर्वाह गर्ने मार्ग सही छ, दिशा सही छ, र अभिप्राय सही छ भने; यदि स्रोत सही छ र सिद्धान्तहरू सही छन् भने—यी पक्षहरू सही भएको खण्डमा, व्यक्तिले निर्वाह गरेको कर्तव्य पर्याप्त हुन्छ। धेरै मानिसहरू यो कुरालाई सैद्धान्तिक रूपमा बुझ्छन्, तर आफूलाई केही आइपर्दा अलमल्ल पर्छन्। संक्षेपमा, म तिमीहरूलाई एउटा सिद्धान्त भन्छु: परिस्थितिहरू सामना गर्दा मनोमानी वा एकतर्फी रूपमा कार्य नगर्। तैँले किन मनोमानी र एकतर्फी रूपमा कार्य गर्न मिल्दैन? एकातिर, यसरी कार्य गर्नु कर्तव्य निर्वाह गर्ने सिद्धान्तअनुरूप हुँदैन। अर्कोतिर, कर्तव्य भनेको तेरो व्यक्तिगत मामिला होइन; तैँले यो आफ्‍नै लागि गरिरहेको हुँदैनस्, तँ आफ्नै व्यवसाय सञ्चालन गरिरहेको हुँदैनस्, यो तेरो आफ्‍नै व्यक्तिगत मामिला होइन। परमेश्‍वरको घरमा, तैँले जे गरे पनि, तँ आफ्‍नै कार्यभारमा संलग्न भइरहेको हुँदैनस्; यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्‍नुपर्छ, “यो मेरो आफ्‍नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्‍वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्‍नै व्यक्तिगत कामकाज होइन।” मानिसहरूले बुझ्‍नुपर्ने पहिलो कुरा यही हो। यदि तँ कुनै कर्तव्यलाई आफ्नो व्यक्तिगत मामलाका रूपमा लिन्छस्, र काम गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्‍नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्‍भावना धेरै हुन्छ। त्यसोभए, यदि तैँले आफ्‍नो कर्तव्य र व्यक्तिगत मामिलाहरूबीच स्पष्ट भिन्‍नता छुट्याउँछस्, र यो कर्तव्य हो भन्‍ने तँलाई थाहा छ भने तैँले कसरी काम गर्नुपर्छ? (परमेश्‍वरले माग गर्नुहुने कुरा र सिद्धान्तहरू खोजी गर्नुपर्छ।) ठिक भनिस्। यदि तँलाई कुनै कुरा आइपर्छ र तैँले सत्यता बुझ्दैनस्, अनि तँसँग केही विचार छ तर तँलाई अझै कुराहरू स्पष्ट छैन भने, तैँले सङ्गति गर्न सत्यता बुझ्ने ब्रदर-सिस्टरहरू खोज्नैपर्छ; यो सत्यता खोजी गर्नु हो, र अरू सबै कुराभन्दा पहिले, यो तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति हो। तैँले आफूलाई उचित लाग्ने कुराको आधारमा निर्णय गर्ने, अनि त्यसपछि अन्तिम निर्णय सुनाउँदै मामिला खतम भयो भन्‍ने गर्नु हुँदैन—यसले सहजै समस्याहरू निम्त्याउँछ। कुनै कर्तव्य तेरो व्यक्तिगत मामिला होइन; ठूलो होस् या सानो, परमेश्‍वरको घरका कामकुराहरू कुनै व्यक्तिका व्यक्तिगत मामिला होइनन्। यो कर्तव्यसँग सम्‍बन्धित छ भने, तेरो निजी कुरा होइन, यो तेरो व्यक्तिगत मामिला होइन—यो सत्यतासँग सम्बन्धित छ, र यो सिद्धान्तसँग सम्‍बन्धित छ। त्यसोभए तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरूले सत्यता खोज्नुपर्छ, र सिद्धान्तहरू खोजी गर्नुपर्छ। अनि यदि तिमीहरूले सत्यता बुझ्दैनौ भने, सुरुमा सिद्धान्तहरू खोजी गर्नैपर्छ; यदि तिमीहरूले सत्यता बुझिसकेका छौ भने, सिद्धान्त पहिचान गर्न सहज हुनेछ। सिद्धान्तहरू बुझ्दैनस् भने तैँले के गर्नुपर्छ? एउटा उपाय छ: तैँले जसले बुझ्छन् तिनीहरूसँग सङ्गति गर्न सक्छस्। सधैँ आफूले सबथोक बुझ्छु र आफू सधैँ सही हुन्छु भन्‍ने मान्यता नराख्; यसो गर्दा सजिलै गल्तीहरू हुन्छन्। तैँले सधैँ अन्तिम निर्णय गर्न चाहनु कस्तो स्वभाव हो? यो अहङ्कार र आत्मधार्मिकता हो, यो मनोमानी र एकतर्फी रूपमा कार्य गर्नु हो। कतिपय मानिसहरू सोच्छन्, “मैले कलेज पढेको छु, म तिमीहरूभन्दा सभ्य छु, ममा बोध क्षमता छ, तिमीहरू सबै कद सानो छ र सत्यता बुझ्दैनौ, त्यसैले म जे भन्छु, तिमीहरूले सुन्नुपर्छ। मैले मात्र निर्णय गर्न मिल्छ!” यो कस्तो दृष्टिकोण हो? यदि तँसित यस्तो दृष्टिकोण छ भने, तँ समस्यामा पर्नेछस्; तैँले कहिल्यै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछैनस्। यदि तँ सौहार्दपूर्ण सहकार्यविना सधैँ अन्तिम निर्णय गर्ने व्यक्ति बन्न चाहन्छस् भने, तैँले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छस्? यसरी आफ्ना कर्तव्यहरू निर्वाह गर्दा लक्ष्यहरू कदापि पूरा हुनेछैनन्। म किन यसो भन्छु? तँ सधैँ अरूलाई जकडेर राख्न र तेरो कुरा सुन्न लगाउन चाहन्छस्; तँ अरूले जे भने पनि मान्दैनस्। यो पक्षपाती र हठी कुरो हो, यो अहङ्कार र आत्मधार्मिकता पनि हो। यसरी, तैँले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न नसक्ने मात्र नभई, अरूलाई पनि तिनीहरूका कर्तव्य राम्ररी निर्वाह गर्नबाट रोक्नेछस्। यो अहङ्कारी स्वभावको परिणाम हो। … कतिपय मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ; तिनीहरू सत्यतामाथि सङ्गति गर्न अनिच्छुक हुन्छन् र सधैँ अन्तिम निर्णय गर्न चाहन्छन्। के त्यस्तो अहङ्कारी र आत्मधर्मी व्यक्तिले अरूसित सौहार्दपूर्ण सहकार्य गर्न सक्छ? परमेश्‍वरले मानिसहरूबाट तिनीहरूका भ्रष्ट स्वभावहरू सुल्झाउन, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा परमेश्‍वरको कामप्रति समर्पणता सिक्न मद्दत गर्न, र तिनीहरूका भ्रष्ट स्वभावहरू फाल्न, र यसरी पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नका लागि तिनीहरूले सौहार्दपूर्ण सहकार्य गरून् भन्‍ने माग गर्नुहुन्छ। अरूसित सहकार्य गर्न अस्वीकार गर्नु र मनोमानी र एकतर्फी रूपमा कार्य गर्न चाहनु, सबैलाई तेरो कुरा सुन्न लगाउनु—के तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यही हो? आफ्नो कर्तव्य निर्वाह गर्नेप्रतिको तेरो मनोवृत्ति तेरो जीवन प्रवेशसँग सम्बन्धित हुन्छ। परमेश्‍वरले हरेक दिन तँलाई के आइपर्छ, वा तैँले कति धेरै काम गर्छस्, वा तैँले त्यसमा कति धेरै मेहनत गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्‍न—उहाँले त ती कुराहरूप्रति तेरो मनोवृत्ति के छ भन्‍ने कुरालाई हेर्नुहुन्छ। अनि तैँले यी कुराहरू जुन मनोवृत्तिले, र जुन तरिकाले गर्छस्, त्यो केसँग सम्‍बन्धित हुन्छ? यो कुरा तैँले सत्यता खोजी गर्छस् कि गर्दैनस् भन्‍ने कुरासँग, र साथै तेरो जीवन प्रवेशसँग पनि सम्‍बन्धित हुन्छ। परमेश्‍वरले तेरो जीवन प्रवेश, अर्थात् तैँले हिँड्ने मार्ग हेर्नुहुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् र तँसँग जीवन प्रवेश हुन्छ भने, तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तँ अरूसँग मिलेर सहकार्य गर्न सक्षम हुनेछस्, र तँले पर्याप्त हुने गरी सहज शैलीमा आफ्नो कर्तव्य निर्वाह गर्नेछस्। तर, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सधैँ तँसँग पूँजी छ, तैँले तेरो कामको क्षेत्र बुझेको छस्, तँसँग अनुभव छ, र तैँले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्छस्, अनि अरूले भन्दा बढी सत्यताको खोजी गर्छस् भन्‍ने जोड दिन्छस्, र त्यसपछि यी कुराहरूको कारण, यदि तँ आफू अन्तिम निर्णय गर्न योग्य छु भनी सोच्छस्, र अरू कसैसँग केही कुराबारे पनि छलफल गर्दैनस्, र सधैँ नियमलाई आफ्‍नै हातमा लिएर, आफ्नै व्यवसाय सञ्चालन गर्छस्, र सधैँ “फूलेको एउटै फूल” बन्‍न चाहन्‍छस् भने, के तँ जीवन प्रवेशको मार्गमा हिँड्छस् र? हिँड्दैनस्—यो त हैसियतको खोजी हो, यो पावलको मार्ग हिँड्नु हो, यो जीवन प्रवेशको मार्ग होइन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?

तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने कठिनाइलाई कसरी सम्हाल्नुपर्छ? सबैले समस्या समाधान गर्न मिलेर सत्यता खोजी गरी सहमतिमा पुग्‍नु सर्वोत्तम तरिका हो। तैँले सिद्धान्तहरू बुझिस् भने, के गर्ने भनेर थाहा पाउनेछस्। समस्या समाधान गर्ने यो सबैभन्दा राम्रो तरिका हो। यदि तँ समस्या समाधान गर्न सत्यता खोज्दैनस्, यसको सट्टा आफ्नो व्यक्तिगत धारणा र कल्पनामा मात्र कार्य गर्छस् भने, तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्। यो र गैरविश्‍वासीहरूको समाज वा शैतानका संसारमा काम गर्नुबीच के अन्तर छ? परमेश्‍वरका घरमा सत्यता र परमेश्‍वरको शासन चल्छ। जस्तोसुकै समस्या देखिए पनि यसको समाधान गर्न सत्यता खोज्नैपर्छ। जतिसुकै फरक-फरक विचारहरू भए पनि वा ती जतिसुकै भिन्‍न भए पनि, ती सबैलाई ल्याएर सङ्गति गर्नुपर्छ। त्यसपछि, सहमतिमा पुगेपछि सिद्धान्तअनुसार पाइला चाल्नुपर्छ। यसरी तैँले समस्या समाधान गर्न सक्ने मात्र होइन, तर सत्यता अभ्यास गरेर आफ्नो कर्तव्य सही ढङ्गले पूरा गर्न पनि सक्छस्। तैँले समस्या समाधान गर्ने प्रक्रियामा मैत्रीपूर्ण सहयोग पनि प्राप्‍त गर्न सक्छस्। यदि आफ्नो कर्तव्य पूरा गर्नेहरू सबैले सत्यतालाई प्रेम गर्छन् भने, तिनीहरूलाई सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन सजिलो हुन्छ; तर यदि तिनीहरू अहङ्कारी र आत्मधर्मी छन् भने, मानिसहरूले सङ्गति गरे पनि तिनीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुँदैन। कोही मानिसहरू सत्यता बुझ्दैनन्, तैपनि सधैँ अरूले तिनीहरूको कुरा सुनून् भन्‍ने चाहन्छन्। यस्ता मानिसहरूले अरूको कर्तव्य निर्वाहमा बाधा मात्रै दिन्छन्। समस्याको जड यही हो, र व्यक्तिले आफ्नो कर्तव्य ठिकसँग निर्वाह गर्नुअघि यसलाई समाधान गर्नैपर्छ। यदि कुनै व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा कामकुराबारे अरूसँग सहकार्य वा छलफल नगरी, र सत्यता सिद्धान्तहरू खोजी नगरी सधैँ अहङ्कारी र हठी बन्छ, सधैँ आफै निर्णय लिन्छ, सबै कुरा लापरवाही तरिकाले र आफूखुसी गर्ने गर्छ भने—यो उसको कर्तव्यप्रति कस्तो प्रकारको मनोवृत्ति हो? के यसरी आफ्नो कर्तव्य ठिकसँग पूरा गर्न सकिन्छ? यदि यस्तो व्यक्तिले कहिल्यै काटछाँट स्वीकार गर्दैन, सत्यतालाई कदापि स्वीकार गर्दैन, र अझै पश्‍चात्ताप नगरी वा परिवर्तन नभई आफ्नै तरिकाले, हतारमा र मनलागी कामकुरा गरिरहन्छ भने—यो मनोवृत्तिको मात्र समस्या नभई तिनीहरूको मानवता र चरित्रको समस्या हो। यो मानवता नभएको व्यक्ति हो। के मानवता नभएको व्यक्तिले आफ्नो कर्तव्य ठिकसँग पूरा गर्न सक्छ? पक्कै सक्दैन। यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य पालना गर्दा सबै प्रकारका आपत्तिजनक कार्यहरूसमेत गर्छ र मण्डलीका काममा बाधा पुर्‍याउँछ भने, ऊ दुष्‍ट व्यक्ति हो। त्यस्ता मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। तिनीहरूको कर्तव्य निर्वाहले बाधा र क्षति मात्र पुर्‍याउँछ, र तिनीहरूले राम्रोभन्दा बढी हानि गर्छन्, त्यसैले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न अयोग्य ठहराई मण्डलीबाट पखालिनुपर्छ। त्यसैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने व्यक्तिको सामर्थ्य उसका क्षमतामा मात्र निर्भर हुँदैन, तर मुख्यतया उसको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, उसको चरित्र, उसको मानवता असल छ कि खराब छ र ऊ सत्यता स्विकार्न गर्न सक्छ या सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यी नै मूल समस्याहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

मानिसहरूले आफ्नो कर्तव्य निर्वाहका समयमा अरूसँग सहकार्य गर्न समस्या हुँदा यसलाई कसरी सम्हाल्ने भनेर सिक्न आवश्यक छ। तिनलाई सम्हाल्ने सिद्धान्त के हो? कस्तो परिणाम हासिल गर्नुपर्छ? सबैसँग मिलेर काम गर्न सिक्, अनि भावना वा आवेगले होइन तर सत्यता, परमेश्‍वरको वचन र सिद्धान्तद्वारा अरूसँग अन्तरक्रिया गर्। यसरी, के सत्यताले मण्डलीमा राज गर्दैन र? सत्यताको राज चलेसम्म, के सबै काम निष्पक्ष र व्यावहारिक रूपमा सम्हालिँदैनन् र? के तिमीहरूलाई मैत्रीपूर्ण समन्वय सबैका लागि फाइदाजनक हुन्छ भन्‍ने लाग्दैन? (हो, लाग्छ।) यसरी काम गर्नु तिमीहरूका लागि अत्यन्तै लाभदायक हुन्छ। प्रथमतः तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा यो तिमीहरूका लागि सकारात्मक रूपमा सुधारात्मक र मूल्यवान् हुन्छ। त्यसबाहेक, यसले तिमीहरूलाई गल्ती गर्न, बाधा र अवरोध ल्याउन र ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नदेखि रोक्छ। के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डर लाग्छ? (लाग्छ।) के डर आफैमा उपयोगी हुन्छ? हुँदैन—डरले मात्रै समस्या समाधान गर्न सक्दैन। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न डराउनु सामान्य कुरा हो। यसले ऊ सत्यतालाई प्रेम गर्ने, सत्यताको निम्ति लागिपर्ने र सत्यता खोजी गर्न इच्‍छुक व्यक्ति हो भन्‍ने देखाउँछ। यदि तँ हृदयमा डर मान्छस् भने, तैँले सत्यताको खोजी गर्नुपर्छ र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। तैँले अरूसँग सदभावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यदि समस्या छ भने, सङ्गति र छलफलद्वारा समाधान गर्, ताकि हरेकले सिद्धान्तहरूका साथै समाधानसम्बन्धी निश्‍चित तर्क र कार्यक्रमहरू जान्‍न सकून्। के यसले तँलाई एकलै निर्णय लिनुबाट बचाउँदैन र? यसको साथै, यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्‍नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। यदि तैँले कसैले तँलाई रेखदेख गरेको, तेरो काम निरीक्षण गरेको, वा तँलाई थाहा नहुने गरी तेरो जाँच गरेको देखिस्, र तँ रिसाइस्, यस व्यक्तिलाई शत्रुको रूपमा हेर्छस् र घृणा गर्छस्, अनि तिनीहरूलाई धोकेबाज भनेर आक्रमण र निराकरणसमेत गर्छस्, र तिनीहरू मेटिएर जाऊन् भन्‍ने चाहना गर्छस् भने, यो समस्या हो। के यो अत्यन्तै खराब कार्य होइन र? यो र दियाबलस राजबीच के फरक छ र? के यसो गर्नु मानिसहरूलाई उचित व्यवहार गर्नु हो? यदि तँ सही मार्गमा हिँड्छस् र तैँले सही तरिकाले व्यवहार गर्छस् भने, तँलाई मानिसहरूले जाँच्दा किन डराउने? यदि तँ डराइस् भने यसले तेरो हृदयमा केही लुकेको छ भन्‍ने देखाउँछ। यदि तँमा समस्या छ भन्‍ने तँलाई हृदयमा थाहा छ भने, तैँले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो मनासिब कुरा हो। यदि तँमा समस्या छ भन्‍ने तँलाई थाहा छ, तर पनि अरूलाई तेरो रेखदेख गर्न, तेरो काम निरीक्षण गर्न, वा तेरो समस्या अनुसन्धान गर्न दिँदैनस् भने, तैँले अत्यन्तै अनुचित व्यवहार गरिरहेको हुन्छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेको हुन्छस्, र यस्तो अवस्थामा, तेरो समस्या अझै गम्‍भीर हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँ दुष्ट व्यक्ति वा अविश्‍वासी होस् भनी खुट्ट्याएमा, परिणामहरू अझै कष्टपूर्ण हुनेछन्। तसर्थ, अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्‍ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले कुनै गलत काम गरिरहेको छस् वा तँमा भ्रष्ट स्वभावको प्रकाश छ भन्‍ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले कुनै कुरा आफै निर्णय गर्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आफ्ना बारेमा मनन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? हुन्छस्—त्यो तेरो सुरक्षा हो। त्यसकारण, तैँले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा तेरो वरपरका मानिसहरूबाट आफूलाई जोगाउनु हुँदैन। अरूले तँलाई बुझ्न वा तँ को होस् भनेर हेर्न नमिल्ने गरी सधैँ आफ्नो भेष नबदल् र आफैलाई ढाकछोप नगर्। यदि तेरो हृदयले सधैँ अरूबाट आफूलाई सुरक्षित राख्न खोजेमा, यसले तेरो सत्यताको खोजलाई असर गर्नेछ, र तैँले पवित्र आत्माको काम, साथै सिद्ध बन्‍ने थुप्रै अवसरहरू सजिलै गुमाउनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

व्यक्तिले आफ्‍नो कर्तव्य राम्रोसित निभाउनका लागि के गर्नुपर्छ? उसले आफ्‍नो सारा हृदय र सारा शक्तिले आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्‍नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्‍न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्‍नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्‍नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँमा बोध गर्ने र बुझ्ने क्षमता छ र तँसँग राम्रो विचार छ भने, तैँले यस बारेमा अरूलाई बताउनुपर्छ। सद्‌भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै गर्न चाहन्छस्, सधैँ एकलै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्‍नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सामर्थ्य, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, कसैले पनि सबै कुरा आफै गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्‌भावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यही कारणले गर्दा, सद्‌भावपूर्ण सहकार्य आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्‍म तैँले आफ्‍नो सारा हृदय र सारा शक्ति अनि सारा बफादारी लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्‍ने वा लुकाउने काम नगर्—तर यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्‌भावपूर्ण सहकार्य हासिल गर्नेछस्। आफ्‍नो कर्तव्य बफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै गर्नु पर्दैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा “फुलेको एउटै फूल” वा एकलकाँटे हुने पनि गर्नु पर्दैन; बरु, तैँले अरूसँग सद्‌भावपूर्ण सहकार्य गर्न, र आफूले सक्‍ने सबै गर्न, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न, र आफ्‍नो सारा ऊर्जा लगाउन सिक्नु आवश्यक हुन्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको कुनै नतिजा हासिल गर्नको लागि आफूसँग भएको सबै शक्ति र ज्योति प्रयोग गर्नु हो। यति नै पर्याप्त छ। सधैँ धाक लगाउने, सधैँ ठूला कुरा गर्ने, आफै निर्णय लिने प्रयास नगर्। तैँले अरूसँग कार्य गर्न तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्‍नमा र तिनीहरूको सबल पक्षहरूलाई पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्‌भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ धाक दिने र तैँले भनेजस्तै गर्ने प्रयास गर्छस् भने, तैँले सद्‌दभावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्‍न गरिरहेको र अरूलाई कमजोर तुल्याइरहेको हुन्छस्। बाधा उत्पन्‍न गर्नु र अरूलाई कमजोर तुल्याउनु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्‍नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तैँले सधैँ बाधा उत्पन्‍न गर्ने र अरूलाई कमजोर तुल्याउने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा तँ जति होसियार भए पनि, परमेश्‍वरले तँलाई स्मरण गर्नुहुनेछैन। तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्‍याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। यो तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तैँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्‍वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्‍नुहुनेछ। तैँले त्यसो गरेको परमेश्‍वरले सम्झना गर्नुहुनेछ। यसैलाई बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको भनिन्छ। तेरो कर्तव्य निर्वाहमा जे-जस्ता कठिनाइहरू भए पनि, वास्तवमा ती सबै सजिलै समाधान गर्न सकिन्छ। यदि तँ परमेश्‍वरप्रति झुकाव हुने हृदय भएको इमानदार व्यक्ति होस् र सत्यता खोजी गर्न सक्षम छस् भने, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले आज्ञापालन गर्न सिक्नैपर्छ। यदि सत्यता बुझ्ने वा सत्यताअनुसार बोल्ने कोही छ भने तैँले उसको कुरा स्वीकार गरेर पालना गर्नैपर्छ। तैँले कुनै पनि हालतमा बाधा पुर्‍याउने वा कमजोर पार्ने कामकुरा गर्नु हुँदैन, र कार्य वा निर्णयहरू आफूखुसी नगर्। यसरी तैँले दुष्‍ट काम गर्नेछैनस्। तैँले याद राख्‍नुपर्छ: आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको आफ्नै व्यवसाय वा तेरो आफ्नै व्यवस्थापन गर्ने कुरा होइन। यो तेरो निजी काम होइन, यो मण्डलीको काम हो, र तैँले आफ्‍नो सबल पक्षहरूद्वारा मात्रै योगदान दिन सक्छस्। परमेश्‍वरको व्यवस्थापनका कार्यमा तैँले गर्ने काम मानिसको सहकार्यको एउटा सानो भाग मात्रै हो। तेरो त एक छेउको सानो भूमिका मात्रै हो। तैँले बहन गर्ने जिम्‍मेवारी त्यही हो। तेरा हृदयमा यो समझ हुनुपर्छ। त्यसकारण, जति मानिसहरूले आफ्नो कर्तव्य एकसाथ निर्वाह गरिरहेका भए पनि, वा तिनीहरूले जे कठिनाइ सामना गरे पनि, हरेकले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र सँगै सङ्गति गर्नु, सत्यता खोजी गर्नु, र त्यसपछि अभ्यासका सिद्धान्तहरू के-के हुन् भनी निर्धारित गर्नु हो। तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरे भने, अभ्यासको मार्ग भेट्टाउनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

सम्बन्धित भिडियोहरू

नाटक “काटछाँट स्विकार्दाको रूपान्तरण”

सम्बन्धित अनुभवात्मक गवाहीहरू

हैकम जमाउने आफ्नो मार्ग त्याग्दै

मनमानी काम गर्नाले मलाई हानि गर्‍यो

अघिल्लो: २१. आफ्नै इच्छाअनुसार काम गर्ने समस्या कसरी समाधान गर्ने

अर्को: २३. देखावा गर्न र आफ्नै गवाही दिन मन पर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्