८. ख्रीष्टविरोधीहरूको द्वेषपूर्ण प्रकृति कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

ख्रीष्टविरोधीहरूको स्वभाव सारको अर्को भाग भनेको द्वेष हो। ख्रीष्टविरोधीहरूलाई एउटा वाक्यांशमा संक्षेप गर्न सकिन्छ: ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूसँग हैसियत नहुँदा, तिमीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भनेर कसरी मूल्याङ्कन गर्न सक्छौ? तिमीहरूले तिनीहरूको मानवतालाई हेर्नुपर्छ। यदि तिनीहरूको मानवता दुर्भावनापूर्ण, कपटी, र विषालु छ भने, तिनीहरू शतप्रतिशत ख्रीष्टविरोधीहरू हुन्। … ख्रीष्टविरोधीहरूको द्वेष एउटा स्वभाव, एउटा सार हो—यो वास्तविक शैतानी सार हो। यो जन्मजात प्रवृत्ति होइन, न त देहको खाँचो नै हो, बरु ख्रीष्टविरोधीहरूको स्वभावको प्रकटीकरण र विशेषता हो। त्यसोभए, ख्रीष्टविरोधीहरूका द्वेषपूर्ण स्वभावका प्रकटीकरण, प्रकाश, र तौरतरिकाहरू के-के हुन्? तिनीहरूका कुन-कुन कार्यले तिनीहरूको स्वभाव द्वेषपूर्ण छ, तिनीहरूमा भ्रष्ट मानिसहरूको सार छ भन्ने कुरा दर्शाउँछ? आफ्ना विचारहरू बताओ। (तिनीहरूले अरूलाई दण्ड दिन्छन्।) (तिनीहरूले आफूभन्दा फरक मानिसहरूलाई दमन र अलग गर्छन्।) (तिनीहरूले अरूलाई फसाउँछन् र तिनीहरूका लागि पासो थाप्छन्।) (तिनीहरूले मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्छन्।) (तिनीहरूले गिरोह सिर्जना गर्छन् र कलहको बिउ रोप्छन्।) गिरोहहरू सिर्जना गर्नु र कलहको बिउ रोप्नु अलिकति कपटी कुरा हुन्; यी दुष्ट स्वभावका प्रकटीकरण हुन्, तर द्वेष को स्तरसम्म पुग्दैनन्। धारणहरू फैलाउनु, स्वतन्त्र राज्यहरू स्थापना गर्नु—के यी द्वेषपूर्ण कुरा हुन्? (हुन्।) कामका प्रबन्धहरूको विरोध गर्नु, परमेश्वरको घरको काममा बाधा पुऱ्याउनु, परमेश्वरका भेटीहरू कब्जा गर्नु, र परमेश्वरलाई सीधै विरोध गर्नु—के यी द्वेषपूर्ण कुरा हुन्? (हुन्।) परमेश्वरका भेटीहरू कब्जा गर्नु लोभी कुरा मात्र होइन; यो द्वेषपूर्ण स्वभावको प्रकटीकरण पनि हो। ख्रीष्टविरोधीहरूले भेटीहरू कब्जा गर्न सक्छन् भन्ने कुराले डाँकाहरूको स्वभाव समान अत्यन्त द्वेषपूर्ण स्वभावलाई सङ्केत गर्छ। हामीले सारांश गरेका विषयवस्तु एक पटक फेरि भन त। (तिनीहरूले अरूलाई दण्ड दिन्छन्, आफूभन्दा फरक मानिसहरूलाई दमन र अलग गर्छन्, उनीहरूलाई फसाउँछन् र उनीहरूका लागि पासो थाप्छन्, मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्छन्, धारणाहरू फैलाउँछन्, स्वतन्त्र राज्यहरू स्थापना गर्छन्, कामका प्रबन्धहरूको विरोध गर्छन्, परमेश्वरलाई आक्रमण गर्छन्, र भेटीहरू कब्जा गर्छन्।) कुल नौ वटा कुराहरू छन्। ख्रीष्टविरोधीहरूको द्वेषपूर्ण स्वभावका प्रकटीकरणहरू लगभग यिनै हुन्। वास्तवमा, अझै केही विशिष्ट प्रकटीकरणहरू पनि छन्, तर ती करिब करिब यीजस्तै छन्, त्यसैले म तिनलाई विस्तृत रूपमा सूचिकृत गर्नेछैनँ। छोटकरीमा भन्नुपर्दा, यी तौरतरिका र रणनीतिहरू अपनाउनेहरू दुष्ट मानिसहरू हुन्। एकातिर, तिनीहरूका तौरतरिका कपटी हुन्छन्, उदाहरणका लागि, फसाउनु, पासो थाप्नु, र धारणाहरू फैलाउनु, यी सब तुलनात्मक रूपमा कपटी कुरा नै हुन्। अर्कोतिर, तिनीहरूका रणनीतिहरू निकै विषाक्त र उग्र हुन्छन्, जुन तिनीहरूमा द्वेषपूर्ण स्वभाव छ भन्ने देखाउन पर्याप्त हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)

ख्रीष्टविरोधीहरूको प्रकृतिमा रहेका मुख्य तत्त्वहरूमध्ये एउटा हो, क्रूरता। “क्रूरता” को अर्थ के हो? यसको अर्थ सत्यताप्रति तिनीहरूमा अत्यन्तै दुष्ट मनोवृत्ति हुन्छ—तिनीहरू यसमा समर्पित हुन नसक्‍ने, र यसलाई स्विकार्न नमान्‍ने मात्र होइन, तिनीहरू त आफूलाई काटछाँट गर्नेहरूलाई निन्दासमेत गर्छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो। ख्रीष्टविरोधीहरूले सोच्छन् कि काटछाँट हुन स्विकार्ने व्यक्ति हेपाइमा पर्ने खतरामा हुन्छ, र सधैँ अरूलाई काटछाँट गर्ने मानिसहरू सधैँ मानिसहरूलाई गिज्याउन र हेप्न चाहने मानिसहरू हुन्। त्यसैले, ख्रीष्टविरोधीहरूले आफूलाई काटछाँट गर्नेविरुद्ध प्रतिरोध गर्छन्, र त्यो व्यक्तिलाई कठिन समय दिन्छन्। अनि जसले ख्रीष्टविरोधीहरूका कमीकमजोरी वा भ्रष्टताहरूको कुरा उठाउँछ, वा तिनीहरूलाई सत्यता र परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति गर्छ, वा आफूलाई चिन्‍न लगाउँछ, तिनीहरूले त्यो व्यक्तिले आफूलाई कठिन समय दिइरहेको छ भन्‍ने सोच्छ र त्यसलाई अप्रिय ठान्छ। तिनीहरूले त्यो व्यक्तिलाई हृदयदेखि नै घृणा गर्छन्, र तिनीहरूसँग बदला लिन्छन् र तिनीहरूलाई कठिनाइमा पार्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई जेजसरी लिन्छन् त्यसको अर्को प्रकटीकरण यही हो, र यसबारे हामी सङ्गति गर्नेछौं। तिनीहरूलाई काटछाँट र खुलासा गर्ने हरकसैलाई तिनीहरू घृणा गर्छन्। यो ख्रीष्टविरोधीहरूमा देखिने अत्यन्तै स्पष्ट प्रकटीकरण हो। कस्तो प्रकारका मानिसहरूमा यस्तो क्रूर स्वभाव हुन्छ? दुष्ट मानिसहरूमा। वास्तवमा ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा मात्रै यस्तो क्रूर स्वभाव हुन्छ। जब क्रूर व्यक्तिले कुनै पनि राम्रो अभिप्रायको सल्लाह, आरोप, शिक्षा वा सहयोग सामना गर्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुनु वा यसलाई नम्रसाथ स्विकार्नु हुँदैन, बरु लज्‍जित र क्रोधित हुनु, र चरम शत्रुता, र घृणा महसुस गर्नु, र बदलासमेत लिन चाहनु हुन्छ। कति मानिसहरूले यसो भन्दै ख्रीष्टविरोधीलाई काटछाँट र खुलासा गर्छन्, “तिमी आजभोलि बेलगाम दौडिरहेको छौ, तिमीले सिद्धान्तअनुसार काम गरिरहेको छैनौ, र कर्तव्य निर्वाह गर्दा निरन्तर आफ्‍नो धाक लगाइरहेको हुन्छौ। तिमीले हैसियतको खातिर काम गरिरहेको छौ र कर्तव्य पूरै भद्रगोल पारिरहेको छौ। के तिमीले परमेश्‍वरको नजरमा सही काम गरेको छौ? तिमीले कर्तव्य निर्वाह गर्दा किन सत्यता खोजी गरिरहेको छैनौ? तिमीले किन सिद्धान्तअनुसार काम गरिरहेको छैनौ? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिमीसँग सत्यता सङ्गति गर्दा तिमीले किन स्विकारिरहेको छैनौ? तिमी किन तिनलाई बेवास्ता गरिरहेको छौ? तिमी किन आफ्‍नो खुसी काम गरिरहन्छौ?” यी विभिन्‍न प्रश्‍नहरूले, तिनीहरूको भ्रष्टताको प्रकटीकरण खुलासा गर्ने यी वचनहरूले तिनीहरूलाई घोच्छन्: “किन? ‘किन’ भन्‍ने कुरै छैन—मलाई जे मन लाग्यो त्यही गर्छु! मलाई काटछाँट गर्ने अधिकार तिमीलाई केले दिन्छ? त्यसो गर्नको लागि तिमी को हौ? म स्वेच्छाचारी छु; तिमीले यसबारे के गर्न सक्छौ? अहिले म यो उमेरको छु, त्यसैले कसैले पनि मसँग यसरी बोल्ने आँट गर्दैन। म मात्रै अरूसँग यसरी बोल्न सक्छु; अरू कसैले पनि मसँग यसरी बोल्न सक्दैन। कसले मसित भाषण छाँट्ने आँट गर्छ? मसित भाषण छाँट्न सक्‍ने व्यक्ति अझै जन्मेको छैन! के तिमीलाई मसित भाषण छाँट्‍न सक्छु जस्तो लाग्छ?” तिनीहरूको हृदयभित्र घृणा पैदा हुन्छ, र तिनीहरूले बदला लिने मौका खोज्छन्। तिनीहरूले मनमा यस्तो हिसाबकिताब गरिरहेका हुन्छन्: “के मलाई काटछाँट गर्ने यस व्यक्तिको मण्डलीमा शक्ति छ? यदि मैले ऊविरुद्ध बदला लिएँ भने, के कसैले उसको पक्षमा बोल्‍नेछ? यदि मैले उसलाई कष्ट दिएँ भने, के मण्डलीले मलाई निराकरण गर्नेछ? मसँग एउटा समाधान छ। म व्यक्तिगत रूपमा ऊविरुद्ध बदला लिनेछैनँ; म केही कुरा गुप्त रूपमा गर्नेछु। म उसलाई कष्ट र सर्ममा पार्न उसको परिवारलाई केही गर्नेछु, त्यसरी म यो द्वेषबाट मुक्त हुनेछु। मैले बदला त लिनैपर्छ। मैले अहिले यो कुरालाई त्यतिकै छोड्नु हुँदैन। मैले खेलौना हुनलाई परमेश्‍वरमा विश्‍वास गरेको होइन, र म मानिसहरूको मनलाग्दी हेपाइ सहन यहाँ आएको होइन; म त आशिष्‌हरू प्राप्त गर्न र स्वर्गको राज्य प्रवेश गर्न आएको हुँ! रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ। मानिसहरूसँग आफ्नो इज्जतको लागि लड्ने साहस हुनुपर्छ। तिमीले मलाई खुलासा गर्ने दुस्साहस कसरी गर्‍यौ, यो त हेपाइ हो! अहिले तिमीले मलाई महत्त्वपूर्ण व्यक्तिलाई जस्तो व्यवहार नगरेकोले, म तिमीलाई नारकीय कष्ट दिनेछु, र परिणामहरू भोग्‍न लाउनेछु। लडेर हेरौँ न को खतरनाक रहेछ!” खुलासाका केही सरल शब्दहरूले नै ख्रीष्टविरोधीहरूको पारो तात्छ र तिनीहरूमा यस्तो ठूलो घृणा पैदा हुन्छ, र तिनीहरू बदला लिन यति धेरै हदसम्‍म जान्छन्। तिनीहरूको क्रूर स्वभाव पूर्ण रूपमा उदाङ्गो हुन्छ। जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिसित बदला लिन्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँगको पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र बदला लिने इच्छा जगाउन सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझे नि नबुझे नि, वा ऊ अगुवा भए नि सेवक भए नि वा परमेश्‍वरका चुनिएका मानिसहरूको साधारण सदस्य भए नि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्‍यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुको रूपमै लिनेछ। उसले खुलेआम यसोसमेत भन्‍नेछ, “जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, जसले मेरो भित्री कुरा पर्दाफास गर्छ, जसले मलाई परमेश्‍वरको घरबाट निष्कासित गराउँछ, वा मेरो आशिष्‌को भाग लुट्छ, उसलाई म त्यतिकै कहिल्यै छोड्‍नेछुइनँ। बाहिरी संसारमा म यस्तै छु: मलाई समस्या दिने आँट कसैले गर्दैन। मलाई झिज्याउन आँट गर्ने व्यक्ति अझै जन्मेको छैन!” काटछाँट सामना गर्दा ख्रीष्टविरोधीहरूले बोल्‍ने रूखा शब्दहरू यिनै हुन्। जब तिनीहरूले यी निर्दयी शब्दहरू बोल्छन्, तब यो अरूलाई डर देखाउन बोलिएको हुँदैन, न त तिनीहरूले आफूलाई रक्षा गर्नलाई नै यी आवेगहरू पोखाइरहेका हुन्छन्। तिनीहरू त साँच्‍चै नै दुष्ट काम गर्न सक्षम हुन्छन्, र तिनीहरूले आफूसँग भएको हरकुनै माध्यमसमेत प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूको मनोवृत्ति स्वीकार र आज्ञापालनको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू सत्यताप्रति प्रतिरोधी र वितृष्ण हुन्छन्, र त्यसले घृणा पैदा गर्छ। तिनीहरूलाई काटछाँट गर्ने, तिनीहरूको भित्री यथार्थ उदाङ्गो पार्ने र तिनीहरूको वास्तविक परिस्‍थिति खुलासा गर्ने हरेकलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले तँलाई कति हदसम्म घृणा गर्छन्? तिनीहरूले घृणाले दाँत किट्छन्, तँ तिनीहरूको नजरबाट हराइजा भन्‍ने कामना गर्छन्, र तिमीहरू दुई जना सहअस्तित्वमा रहन सक्दैनौ भन्‍ने सोच्छन्। यदि ख्रीष्टविरोधीहरू मानिसहरूसँग यस्तो व्यवहार गर्छन् भने, के तिनीहरू आफ्नो खुलासा र निन्दा गर्ने परमेश्‍वरका वचनहरू स्विकार्न सक्छन् त? अहँ, सक्दैनन्। जसले तिनीहरूको खुलासा गर्छ, उसलाई तिनीहरूले त्यस्तो खुलासा गरेको र तिनीहरूप्रति प्रतिकूल व्यवहार गरेको कारण घृणा गर्नेछन् र बदला लिनेछन्। तिनीहरू आफूलाई काटछाँट गर्ने व्यक्तिलाई आफ्‍नो नजरबाट हटाउन सकूँ भन्‍ने चाहन्छन्। तिनीहरू यो व्यक्तिले राम्रो गरिरहेको देख्‍न सक्दैनन्। यदि यो व्यक्तिको मृत्यु भयो वा ऊ विपत्तिमा पर्‍यो भने, तिनीहरू खुशी हुन्छन्; यो व्यक्ति जीवित छ भने र उसले अझै पनि परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गरिरहेको छ, र सबै कुरा सामान्य रूपमा अघि बढिरहेको छ भने, तिनीहरूले हृदयमा कष्ट, असहजता, र झिजो महसुस गर्छन्। जब तिनीहरूसँग कसैविरुद्ध बदला लिने उपाय हुँदैन, तब तिनीहरूले गुप्त रूपमा उसलाई श्राप दिन्छन्, वा परमेश्‍वरले त्यो व्यक्तिमाथि दण्ड र बदला बर्साइदिनुहोस्, र तिनीहरूका गुनासाहरू समाधान गरिदिनुहोस् भनेर प्रार्थनासमेत गर्छन्। ख्रीष्टविरोधीहरूमा यो घृणा पैदा भएपछि, यसले श्रृङ्खलाबद्ध कार्यहरू पैदा गराउँछ। यी कार्यहरूमा बदला र श्रापहरू, र अवश्य नै अरूलाई षड्यन्त्रमा पार्ने, निन्दा गर्ने र दोष दिनेजस्ता घृणाबाट पैदा हुने अरू केही कार्यहरू पनि समावेश हुन्छन्। यदि कसैले तिनीहरूलाई काटछाँट गर्‍यो भने, तिनीहरूले त्यो व्यक्तिलाई पिठ्यूँपछाडि बदनाम गर्छन्। जब त्यो व्यक्तिले कुनै कुरा सही हो भनेर भन्छ, तब तिनीहरूले त्यो गलत हो भनेर भन्छन्। तिनीहरूले त्यो व्यक्तिले गर्ने सबै सकारात्मक कुराहरूलाई बङ्ग्याउँछन् र नकारात्मक बनाउँछन्, र यसरी तिनीहरूको पिठ्यूँपछाडि झूटहरू फैलाउँछन् र बाधाहरू ल्याउँछन्। तिनीहरूले अरू अज्ञानी र वास्तविक कुरा देख्‍न नसक्‍ने वा आफूलाई चिन्‍न नसक्‍ने मानिसहरूलाई उक्साउँछन् र आफ्‍नो पक्षमा पार्छन्, ताकि ती मानिसहरूले तिनीहरूको पक्ष लिई तिनीहरूलाई साथ दिन सकून्। स्पष्ट रूपमा नै तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिले केही नराम्रो काम गरेको हुँदैन, तर तिनीहरूले अझै पनि त्यो व्यक्तिमा केही दुष्कर्महरूको दोष हालिदिन्छन्, ताकि उसले यस्तो काम गर्छ भनेर सबैले गलत विश्‍वास गरून्, र त्यसपछि त्यो व्यक्तिलाई इन्कार्न लाउन सबैलाई भेला गराउँछन्। ख्रीष्टविरोधीहरूले यसरी मण्डली जीवन बिथोल्छन् र मानिसहरूलाई कर्तव्य निभाउनमा बाधा दिन्छन्। तिनीहरूको लक्ष्य के हो त? तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिलाई समस्यामा पार्नु र सबैलाई यो व्यक्तिलाई त्याग्‍न लगाउनु हो। कति ख्रीष्टविरोधीहरू त यसो पनि भन्छन्: “तैँले मलाई काटछाँट गरिस् र कष्ट दिइस्, त्यसकारण म तँलाई सजिलै छोड्दिनँ। काटछाँटमा पर्नु र त्यागिनु के हो भनेर म तँलाई चखाउनेछ। तैँले मसँग जसरी व्यवहार गरिस्, म पनि तँसँग त्यस्तै व्यवहार गर्नेछु। यदि तैँले मलाई सहजता दिइनस् भने, तँलाई पनि सहजता मिल्नेछ भन्‍ने नसोच्!” जब ख्रीष्टविरोधीहरूले दुष्कर्म गर्छन्, तब कतिपय अगुवा र सेवकहरूले तिनीहरूलाई कुरा गर्न बोलाउँछन्, तिनीहरूलाई तिनीहरूले पश्‍चात्ताप गर्नैपर्छ भनेर बताउँछन्, र तिनीहरूलाई सहयोग र साथ दिन परमेश्‍वरका वचनहरू पढेर सुनाउँछन्। तिनीहरूले यो कुरा नस्विकार्ने मात्र होइन, बरु उल्टै अगुवाले कुनै वास्तविक काम गर्दैन र समस्याहरू सुल्झाउन कहिल्यै परमेश्‍वरको वचन प्रयोग गर्दैन भनेर अफवाह फैलाउन पनि सुरु गर्छन्। वास्तवमा, अगुवाले भर्खरै त्यही काम गरेको हुन्छ, तर तिनीहरूले तथ्यहरू उल्ट्याउँछन् र बङ्ग्याउँछन् र तिनीहरूलाई सहयोग गर्ने व्यक्तिलाई बदनाम गर्छन्। के यो क्रूरता होइन र? यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले देखी-देखी सकारात्मक कुराहरू नकारात्मक हुन्, र तिनीहरूका गलत कार्य, गल्ती, दुष्कर्म, र दुर्भावपूर्ण व्यवहारहरू सत्यता अनुरूपका सकारात्मक कुराहरू हुन् भनेर दाबी गर्छन्। तर तिनीहरूले कर्तव्य निर्वाह गर्दा जति ठूलो गल्ती गरे नि, तिनीहरूले मण्डलीको काममा जति धेरै हानि गरे नि, तिनीहरू त्यो स्विकार्दैनन् वा त्यसलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनन्। जब तिनीहरूले त्यसबारे कुरा गर्छन्, तब तिनीहरूले त्यसलाई सानोतिनो देखाएर ध्यान दिँदैनन्। यो मामलाको कारण तिनीहरूलाई काटछाँट गर्ने व्यक्ति तिनीहरूको नजरमा पापी बन्छ र आलोचनाको निसाना बन्छ। के यो सेतोलाई कालो भन्‍नु होइन र? अगुवा वा सेवकले काटछाँट गर्दा कति ख्रीष्टविरोधीहरूले त यसो भन्दै झूटा प्रत्यारोपहरूसमेत लाउँछन्: “हामी दाजुभाइ-दिदीबहिनीहरूले जे-जस्ता गल्तीहरू गरे नि ती सबै अज्ञानता र अगुवा र सेवकहरूले राम्रो काम गर्न नसकेको कारण भएका हुन्छन्। यदि अगुवा र सेवकहरूलाई आफ्नो काम कसरी गर्ने भन्‍ने थाहा भएको भए, हामीलाई तुरुन्तै सम्झाएको भए, र राम्ररी कामकाज सम्हालेको भए, के परमेश्‍वरको घरका घाटाहरू कम हुँदैनथिए र? त्यसकारण, हामीले जे-जस्ता गल्तीहरू गरे नि, अगुवा र सेवकहरू नै पूर्ण रूपमा दोषी हुन्छन् र तिनीहरूले नै सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ।” के यो झूटो प्रत्यारोप लाउनु होइन र? यी झूटा प्रत्यारोपहरूले सेतोलाई कालो भनिरहेका छन् र यो बदलाको एउटा स्वरूप हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

ख्रीष्टविरोधीहरूलाई प्रतिस्थापन गरिएपछि वा हटाइएपछि, तिनीहरूले कुनै संयमबिनै पाखुरा सुर्केर गुनासो गर्छन्, र तिनीहरूको पैशाचिक पाटो खुलासा हुन्छ। कुन पैशाचिक पाटो खुलासा हुन्छ? विगतमा, तिनीहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न कर्तव्य निभाउने बिलकुलै गर्दैनथिए, बरु आशिष् पाउनलाई कर्तव्य निर्वाह गर्थे, र अहिले तिनीहरूले यसबारे सत्यता बताउँछन् र वास्तविक परिस्थिति प्रकाश गर्छन्। तिनीहरू भन्छन्: “यदि मैले स्वर्गको राज्यमा प्रवेश गर्ने वा पछि आशिष् र ठूलो महिमा प्राप्त गर्ने प्रयास नगरिरहेको भए, के म तिमीहरू गोबरभन्दा नीच मानिसहरूसँग घुलमेल हुनेथिएँ र? के तिमीहरू मेरो उपस्थिति पाउन लायक छौ र? तिमीहरू मलाई तालिम वा बढुवा दिँदैनौ, र मलाई हटाउन चाहन्छौ। मलाई हटाउँदा तिमीले मूल्य चुकाउनुपर्छ, र यसका परिणाम भोग्‍नुपर्छ भनेर एक दिन म देखाउनेछु।” ख्रीष्टविरोधीहरूले यी विचारहरू फैलाउँछन्, र यी दुष्ट शब्दहरू तिनीहरूको मुखबाट निस्कन्छन्। तिनीहरूले पाखुरा सुर्केपछि, तिनीहरूको दुर्भावपूर्ण प्रकृति र द्वेषपूर्ण स्वभाव खुलासा हुन्छन्, र तिनीहरूले धारणाहरू फैलाउन थाल्छन्। तिनीहरूले तुलनात्मक रूपमा सानो कद भएका र समझशक्ति नभएका, सत्यता नपछ्याउने, र प्रायजसो नकारात्मक र कमजोर हुने नयाँ विश्‍वासीहरू, आफ्‍नो पक्षमा ल्याउन पनि सुरु गर्छन्, र तिनीहरूले आफ्नो कर्तव्यमा निरन्तर झाराटारुवा हुने र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास नगर्ने मानिसहरूलाई पनि आफ्‍नो पक्षमा ल्याउँछन्। तिनीहरू आफैले भने जस्तै, “यदि तैँले मलाई हटाइस् भने, मैले अरू धेरैलाई पनि आफूसँगै घिस्याउनुपर्छ!” के तिनीहरूको शैतानी प्रकृति उदाङ्गो भएको हुँदैन र? के सामान्य मानिसहरूले यसो गर्नेथिए? सामान्यतया, भ्रष्ट स्वभाव भएका मानिसहरू बर्खास्त हुँदा निराश हुन्छन् र तिनीहरूलाई चोट पुग्छ, तिनीहरूलाई आफू आशारहित लाग्छ, तर तिनीहरूको विवेकले तिनीहरूलाई यस्तो सोच्न लगाउँछ: “यो हाम्रो आफ्नै गल्ती हो, हामीले आफ्नो कर्तव्य पूरा गरेका छैनौँ। भविष्यमा म अझै राम्रो गर्न लागिपर्नेछु, र परमेश्‍वरले मलाई कसरी व्यवहार गर्नुहुन्छ र उहाँले मेरो बारे के-कस्ता निर्धारणहरू गर्नुहुन्छ भन्‍ने कुरा आउँदा, त्यो परमेश्‍वरको मामला हो। मानिसहरूसँग परमेश्‍वरमाथि मागहरू लाद्‍ने कुनै अधिकार छैन। के परमेश्‍वरका कार्य-हरू मानिसहरूका प्रकटीकरणहरूमा आधारित हुँदैनन् र? यदि व्यक्ति गलत मार्ग हिँड्छ भने, उसलाई अनुशासनमा राखिनुपर्छ र ताडना दिइनुपर्छ, यो कुरा भनिरहनु जरुरी छैन। अहिले, दुःखको कुरा के हो भने, मेरो क्षमता कमजोर छ र म परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, र मैले सत्यता सिद्धान्तहरू बुझेको छैनँ र मेरो भ्रष्ट स्वभावका आधारमा म मनोमानी र स्वेच्छाचारी रूपमा कार्य गर्छु। म हटाइन लायककै छु, तर मलाई आशा छ भविष्यमा यसको पूर्ति गर्ने मौका मिल्‍नेछ!” अलिअलि विवेक भएका मानिसहरू यस्तै मार्ग हिँड्छन्। तिनीहरूले यो समस्यालाई यसरी विचार गर्ने निर्णय गर्छन्, र अन्त्यमा, तिनीहरूले यो समस्यालाई यसरी नै समाधान गर्ने निर्णय पनि गर्छन्। अवश्य नै, यसभित्र सत्यता अभ्यास गर्ने त्यति धेरै तत्त्व छैनन्, तर यी मानिसहरूमा विवेक हुने हुनाले, तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरविरुद्ध ईश्‍वरनिन्दा गर्ने, वा परमेश्‍वरको विरोध गर्ने हदसम्‍म पुग्‍नेछैनन्। तर ख्रीष्टविरोधीहरू उस्तै हुँदैनन्। तिनीहरूमा द्वेषपूर्ण प्रकृति हुने हुनाले, तिनीहरू परमेश्‍वरप्रति नैसर्गिक रूपमै विरोधी हुन्छन्। जब तिनीहरूका भविष्य र नियति खतरामा पर्छन् वा ती खोसिन्छ, जब तिनीहरूले बाँच्ने कुनै मौका देख्दैनन्, तब तिनीहरूले धारणाहरू फैलाउने, परमेश्‍वरको कामको आलोचना गर्ने, र आफू समानका अविश्‍वासीहरूलाई आफूसँग मिलेर परमेश्‍वरको घरको काममा बाधा दिन लगाउँछन्। तिनीहरूले आफ्नो विगतका कुनै पनि दुष्कर्म र अपराधहरूका लागि, साथै आफूले परमेश्‍वरको घरको काम वा सम्पत्तिमा ल्याएका कुनै पनि घाटाहरूका लागि पनि जिम्मेवारी लिन मान्दैनन्। जब परमेश्‍वरको घरले तिनीहरूलाई ठेगान लाउँछ र हटाउँछ, तब तिनीहरूले एउटा वाक्य बोल्छन्, जुन प्रायजसो ख्रीष्टविरोधीहरूले बोल्ने वाक्य हो। त्यो के हो? (यदि यो ठाउँले मलाई राख्दैन भने, मेरो लागि बाहिर कतै ठाउँ छँदै छ।) के यो अर्को दुष्ट वाक्य होइन र? यो एउटा यस्तो वाक्य हो, जुन सामान्य मानवता, लाज, र विवेक भएको व्यक्तिले बोल्न सक्दैन। हामी यसलाई दुष्ट शब्दहरू भन्छौँ। ख्रीष्टविरोधीहरूले आफू काटछाँटमा पर्दा र आफ्नो हैसियत र प्रतिष्ठा खतरामा छ, आफ्नो हैसियत र प्रतिष्ठालाई चुनौती दिइएको छ, र विशेषगरी आफू आफ्नो भविष्य र गन्तव्यबाट वञ्चित हुन लागेको छु भन्‍ने महसुस गर्दा प्रकाश गर्ने द्वेषपूर्ण स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरू यिनै हुन्; साथ-साथै, तिनीहरूको अविश्‍वासी सार पनि खुलासा हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू छली, कुटिल र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाए भने, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्‍च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा झाराटारुवा हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्‍च नठानेपछि, र तिनीहरूद्वारा कोही नबहकिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय नहुने मात्र होइन, रत्तीभर समर्पण पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्‍वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्‍भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्‍वरको डर मान्‍ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा बफादार हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र? यिनीहरू स्पष्टतः दुष्ट मानिसहरू हुन्; ख्रीष्टविरोधीहरू सारमा दुष्ट मानिसहरू हुन्। भेलाहरू अनलाइन नै आयोजना गरिए पनि, तिनीहरूले इन्टरनेटको सिग्‍नल राम्रो देखे भने, मनमनै सराप्दै भन्छन्: “यो सिग्‍नल घटे हुन्थ्यो! यो सिग्‍नल घटे हुन्थ्यो! कसैले प्रवचनहरू सुन्‍न नसके राम्रो हुन्थ्यो!” यी मानिसहरू को हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्! तिनीहरू अवश्य नै परमेश्‍वरको घरका मानिसहरू होइनन्। यस्ता दियाबलस र दुष्ट मानिसहरू जुनसुकै मण्डलीमा भए पनि तिनीहरूले यसरी नै समस्या पैदा गर्छन्। समझशक्ति भएका मानिसहरूले तिनीहरूलाई पर्दाफास गरी प्रतिबन्धित गरे पनि, तिनीहरूले आफ्नो बारेमा मनन गर्ने वा आफ्ना गल्तीहरू स्विकार्ने गर्दैनन्। तिनीहरूले यो तिनीहरूको क्षणिक त्रुटि मात्रै हो र यसबाट तिनीहरूले पाठ सिक्‍नुपर्छ भन्‍ने सोच्छन्। पश्‍चात्ताप गर्न पूर्ण इन्कार गर्ने यस्ता व्यक्तिहरूलाई, जोसुकैले चिनेर खुलासा गरे पनि, तिनीहरू समर्पित हुँदैनन्। तिनीहरूले त्यो व्यक्तिविरुद्ध बदला लिने प्रयास गर्नेछन्। तिनीहरू आफूलाई सहज नलाग्दा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई पनि सहज होस् भन्‍ने चाहँदैनन्। तिनीहरूले हृदयमा गुप्त रूपले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई समेत श्राप दिन्छन्, तिनीहरूको जीवनमा नराम्रो घटना घटोस् भनेर कामना गर्छन्, र तिनीहरूले परमेश्‍वरको घरको कामप्रति पनि श्राप दिन्छन् र त्यसमा समस्या आइपरोस् भन्‍ने कामना गर्छन्। जब परमेश्‍वरको घरमा कुनै समस्या हुन्छ, तब तिनीहरूले गुप्त रूपमा आनन्द र उत्सव मनाउँछन्, र सोच्छन्, “ठिक्क पर्‍यो! बल्ल, कुनै समस्या आयो। तैँले मलाई प्रतिस्थापन गरेकोले नै यो सब भइरहेको हो। सबै कुरा लथालिङ्ग भएर राम्रै भयो!” अरू कमजोर हुँदै गएको र नकारात्मक हुँदै गएको देख्दा तिनीहरू खुसी हुन्छन्, र मानिसहरूलाई हेला गर्न गिल्ला र निन्दाका शब्दहरू बोल्छन्, र यसो भन्दै नकारात्मकता र मृत्युका शब्दहरूसमेत फैलाउँछन्, “हामी विश्‍वासीहरूले आफ्नो कर्तव्य पूरा गर्न र कष्ट भोग्‍न आफ्नो परिवार र जागिर त्याग्छौं। के परमेश्‍वरको घरले साँच्‍चै नै हाम्रो भविष्यको जिम्मेवारी लिन सक्छ भन्‍ने तिमीलाई लाग्छ? के तिमीले यसबारे कहिल्यै विचार गरेको छौ? के यो हामीले चुकाइरहेको मूल्यको निम्ति सार्थक हुन्छ? अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छैन, र म थाकेर कमजोर भएँ भने, बुढेसकालमा मलाई कसले हेरचाह गर्नेछ?” सबैले नकारात्मक महसुस गरून् भनेर तिनीहरूले यस्ता कुराहरू बोल्छन्—त्यसपछि मात्रै तिनीहरूलाई खुशी लाग्छ। के तिनीहरू खराब चिताउनेहरू होइनन् र, के तिनीहरू अनिष्टकारी र दुराशयी स्वभावका हुँदैनन् र? के त्यस्ता मानिसहरूले दण्ड पाउनुपर्दैन र? (हो, पर्छ।) के तिमीहरूलाई त्यस्ता मानिसहरूको हृदयमा साँच्‍चै नै परमेश्‍वर हुनुहुन्छ जस्तो लाग्छ? तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासीहरूजस्ता देखिँदैनन्, र परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ जाँच्‍नुहुन्छ भन्‍ने कुरामा आधारभूत रूपमै तिनीहरूले विश्‍वास गर्दैनन्। के तिनीहरू गैरविश्‍वासीहरू होइनन् र? यदि तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्थे भने, तिनीहरूले कसरी यस्ता कुराहरू भन्‍न सक्थे र? कतिपयले तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय नभएकोले यस्तो भएको हो भनेर भन्‍न सक्छन्—के त्यो सही हो त? (अहँ, होइन।) किन यो सही होइन? (परमेश्‍वर तिनीहरूको हृदयमा हुँदै हुनुहुन्‍न; तिनीहरू परमेश्‍वरविरुद्ध छन्।) वास्तवमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने हुनाले यस्ता कुराहरू बोल्ने आँट गर्छन्। परमेश्‍वरले सबैलाई सूक्ष्म जाँच गरिरहनुभएको हुन्छ भन्‍ने कुरामा तिनीहरूले झनै विश्‍वास गर्दैनन्, र परमेश्‍वरले तिनीहरूका हरेक बोली र व्यवहार, हरेक सोच र विचार अवलोकन गरिरहनुभएको छ भन्‍ने कुरामा पनि तिनीहरूले विश्‍वास गर्दैनन्। तिनीहरूले यी कुराहरूमा विश्‍वास गर्दैनन्, त्यसकारण तिनीहरू डराउँदैनन् र स्वतन्त्र र बेइमान रूपले यस्ता दुष्ट शब्दहरू बोल्न सक्छन्। अविश्‍वासीहरूले समेत प्राय “स्वर्गको आँखा हुन्छ” र “जब मानिसले कुनै काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ” भनेर भन्‍ने गर्छन्। थोरै विश्‍वास भएको कसैले पनि लापरवाही रूपमा गैरविश्‍वासीहरूका यी दुष्ट शब्दहरू बोल्दैन। के यसरी सोच्‍ने र बोल्ने विश्‍वासीहरूको निम्ति गम्भीर परिणामहरू हुनेछैनन् र? के यसको प्रकृति गम्भीर छैन र? यो अत्यन्तै गम्भीर छ! तिनीहरूले यसरी परमेश्‍वरलाई इन्कार्न सक्छन् भने, यसको अर्थ तिनीहरू परमेश्‍वरको घरमा घुसपैठ भएका साँचो दियाबलस र दुष्ट मानिसहरू हुन् भन्‍ने हुन्छ। दियाबलस र ख्रीष्टविरोधीहरूले मात्रै परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला आवाज उठाउने दुस्‍साहस गर्छन्। परमेश्‍वरको घरका हितहरूले परमेश्‍वरका हितहरू प्रतिनिधित्व गर्छन्, र परमेश्‍वरको घरले गर्ने सबै कुरा परमेश्‍वरको नेतृत्व, उहाँको अनुमति, र उहाँको अगुवाइअन्तर्गत हुन्छ; यो परमेश्‍वरको व्यवस्थापन कार्यसँग नजिकबाट सम्बन्धित हुन्छ र यसलाई त्यसबाट अलग गर्न सकिँदैन। यसरी परमेश्‍वरको घरको कामलाई खुल्‍लमखुल्‍ला सराप्‍ने र हृदयदेखि निन्दा गर्ने, र परमेश्‍वरको घरको गिल्ला गर्न चाहने, अनि परमेश्‍वरका चुनिएका मानिसहरू सबै पक्राउ परेको, मण्डलीको काम पूर्ण रूपमा अवरुद्ध भएको, र विश्‍वासीहरू आफ्नो विश्‍वास छोडेर गएको हेर्न चाहने, र यस्तो घटना घट्दा खुशी हुने मानिसहरू—यी मानिसहरू कस्ता खालका मानिसहरू हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्, पुनर्जन्म लिएका दुष्ट पिशाचहरू हुन्! साधारण मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तिनीहरू कहिलेकहीँ विद्रोही हुन्छन्, र तिनीहरूलाई नकारात्मक र कमजोर महसुस हुँदा तिनीहरूले केही साना सोचहरू राख्छन्, तर बस् त्यति नै हो, तिनीहरू त्यति खराब हुँदैनन् वा त्यस्ता दुष्ट र दुर्भावपूर्ण सोचहरू राख्‍दैनन्। यस्तो सार ख्रीष्टविरोधी र दियाबलसहरूमा मात्रै हुन्छ। जब ख्रीष्टविरोधीहरूमा यस्ता विचारहरू हुन्छन्, तब के तिनीहरू आफू गलत हुन सक्छु भन्‍ने शङ्का गर्छन्? (अहँ, गर्दैनन्।) किन गर्दैनन्? (किनभने तिनीहरू आफूले सोच्ने र बोल्ने कुरालाई नै सत्यता ठान्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, र तिनीहरूको प्रकृति भनेकै परमेश्‍वरको विरोध गर्नु हो।) वास्तवमै हो, तिनीहरूको प्रकृति नै त्यही हो। शैतानले कहिले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिएको छ र? यसले कहिले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गरेको छ र? कहिल्यै गरेको छैन, र कहिल्यै गर्ने पनि छैन। ख्रीष्टविरोधी र दियाबलसहरू उस्तै हुन्छन्; तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिँदैनन् वा उहाँ सत्यता हुनुहुन्छ भनी विश्‍वास गर्दैनन्। तिनीहरूले सबै थोक सृष्टि गर्ने र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। त्यसकारण तिनीहरूले जे भन्छन् त्यही नै सही हो भन्‍ने सोच्छन्। तिनीहरूले बिनाकुनै नैतिक लगाम यस तरिकाले विचार र व्यवहार गर्छन्; यो तिनीहरूको प्रकृति हो। भ्रष्ट मानिसहरूले त्यस्तो गर्दा, तिनीहरूलाई अन्तर्द्वन्द्व महसुस हुन्छ। तिनीहरूमा विवेक र मानव चेतना हुन्छ। तिनीहरूको विवेक, चेतना, र तिनीहरूले बुझेका सत्यताहरूले तिनीहरूमा आन्तरिक प्रभाव पार्छन्, र त्यसले द्वन्द्व पैदा गर्छ। त्यो द्वन्द्व पैदा भएपछि, सही र गलत, ठीक र बेठीक, र न्याय र दुष्टताबीच युद्ध हुन्छ, र एउटा परिणाम प्राप्त हुन्छ: सत्यता पछ्याउनेहरू परमेश्‍वरको पक्षमा उभिन्छन्, तर सत्यता नपछ्याउनेहरू शैतानका दुष्ट शक्तिहरूको पक्षमा उभिन्छन्। ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा शैतानको सहकार्यमा हुन्छ। तिनीहरूले नकारात्मकता प्रचार गर्छन्, अफवाह फैलाउँछन् र परमेश्‍वरको घरको गिल्ला गर्छन्। तिनीहरूले परमेश्‍वरको घरको कामलाई धिक्‍कार्छन् र निन्दा गर्छन् र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सराप्छन्। तिनीहरूले यो सब गरेपछि सहजतासमेत अनुभव गर्छन्, तर यस क्रममा तिनीहरूको विवेकमा कुनै ग्लानि हुँदैन, थोरै पनि पछुतो हुँदैन, र तिनीहरू आफ्नो कार्य पूर्ण रूपमा सही छ भन्‍ने विश्‍वास गर्छन्। यसले ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति पूर्ण खुलासा गर्छ, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूको कुरूप अनुहार खुलासा गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरू साँचो दियाबलस र शैतानहरू हुन् भनेर भन्‍नु अतिशयोक्ति होइन। ख्रीष्टविरोधीहरू जन्मँदै दियाबलस हुन्छन् र तिनीहरू परमेश्‍वरको मुक्ति पाउनेहरू अवश्यै होइनन्। तिनीहरू सामान्य भ्रष्ट मानवजातिको भाग अवश्यै होइनन्। ख्रीष्टविरोधीहरू पुनर्जन्म लिएका दियाबलसहरू हुन्, तिनीहरू दुष्ट पिशाचहरू हुन्। कुरो यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई)

ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान् गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने, र सत्यता सङ्गति गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्‍नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममामाथि पूरै हिलो छयाप्‍ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा झूटो आरोप लगाउनु र सताउन र दण्डित गर्न झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। तिनीहरूलाई सबभन्दा बढी डर र चिन्ता सत्यता पछ्याउने र साँचो अनुभवात्मक गवाही भएका मानिसहरूको हुन्छ, किनभने यस्तो गवाही भएका मानिसहरूलाई नै परमेश्वरका चुनिएका मानिसहरूले सबभन्दा बढी अनुमोदन र समर्थन गर्छन्, न कि वचन र धर्मसिद्धान्तहरूबारे खोक्रो बकबक गर्नेहरूलाई। ख्रीष्टविरोधीहरूमा साँचो अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरू सत्यता अभ्यास गर्न नै सक्छन्; बढीमा, तिनीहरू मानिसलाई चापलुसी गर्नका लागि थोरै असल कार्य गर्न सक्षम हुन्छन्। तर तिनीहरूले जति नै असल कार्य गरे पनि वा जति नै मिठा कुरा गरे पनि, यी कुरा असल अनुभवात्मक गवाहीले मानिसलाई दिन सक्ने लाभ र फाइदाको दाँजोमा आउँदैनन्। परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्नेहरूले प्रदान गरेको भरणपोषण र मलजलका प्रभावहरूको विकल्प कुनै कुरा हुन सक्दैन। त्यसैले, जब ख्रीष्टविरोधीहरू कसैले आफ्नो अनुभवात्मक गवाहीबारे बोलेको देख्छन्, तब तिनीहरू आँखा तरेर हेर्छन्। तिनीहरूको हृदयमा आक्रोशको ज्वाला बल्छ, घृणा पैदा हुन्छ, र तिनीहरू वक्तालाई चुप पार्न र थप केही बोल्न नदिन व्यग्र हुन्छन्। यदि उनीहरूले बोल्न जारी राखेमा, ख्रीष्टविरोधीहरूको प्रतिष्ठा पूर्ण रूपमा बरबाद हुनेछ, तिनीहरूको कुरूप अनुहार सबैसामु पर्दाफास हुनेछ, त्यसैले ख्रीष्टविरोधीहरू गवाही दिइरहेको व्यक्तिलाई बाधा दिने र दबाउने निहुँ खोज्छन्। ख्रीष्टविरोधीहरू आफूलाई मात्र वचन र धर्मसिद्धान्तद्वारा मानिसलाई भ्रममा पार्न अनुमति दिन्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाही दिएर परमेश्वरको महिमा गाउन दिँदैनन्, यसले ख्रीष्टविरोधीहरू सबभन्दा बढी कस्ता मानिसलाई घृणा गर्छन् र कस्ता मानिसदेखि डराउँछन् भन्ने कुरा देखाउँछ। जब कसैले थोरै कामद्वारा आफूलाई पृथक तुल्याउँछ, वा जब कसैले साँचो गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाहा र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्ने र दबाउने कोसिस गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्‍नो हैसियतमा चुनौती दिनबाट रोक्‍नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, नीचता, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले साथी वा सहकर्मी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैन। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्। सत्यता अभ्यास गर्ने यी मानिसहरूले जति नै असल वा परमेश्वरको घरको कामका लागि लाभदायक कुरा गरे पनि, ख्रीष्टविरोधीहरूले यी कार्यहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू आफूलाई उच्च पार्ने र अरूलाई होच्याउने माध्यमको रूपमा तथ्यहरू बङ्ग्याएर राम्रा कुराहरूको श्रेय लिने र खराब कामहरूको दोष अरूमाथि थोपर्ने समेत गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई धेरै डाहा र घृणा गर्छन्। तिनीहरू मानिसहरूले आफ्नो हैसियत खतरामा पार्नेछन् भनेर डराउँछन्, त्यसैले ती मानिसलाई आक्रमण र निष्कासन गर्न सक्ने जति सबै गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूसँग सम्पर्क गर्न वा उनीहरूको नजिक पर्न, वा आफ्नो गवाहीबारे बोल्न सक्ने यी मानिसहरूलाई समर्थन र प्रशंसा गर्न रोक्छन्। यसले नै ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति अर्थात् सत्यतादेखि वितृष्ण हुने र परमेश्वरलाई घृणा गर्ने प्रकृतिलाई सबभन्दा बढी प्रकाश गर्छ। त्यसैले पनि यसले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरू मण्डलीका दुष्ट प्रतिगामी हुन्, र मण्डलीको काममा बाधा पुऱ्याउने र परमेश्वरको इच्छाको प्रतिरोध गर्ने व्यक्ति हुन्। यति मात्र होइन, ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः झूटहरू बोल्छन् र तथ्यहरूलाई बङ्ग्याउँछन्, साथै आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने मानिसहरूलाई होच्याउँछन् र निन्दा गर्छन्। ती मानिसहरूले जस्तोसुकै काम गरे पनि, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बहिष्कार गर्ने र दमन गर्ने बहाना खोज्छन्, र उनीहरू अहङ्कारी र पाखण्डी छन्, उनीहरूलाई धाक लगाउन मन पर्छ, र उनीहरूले महत्त्वाकाङ्क्षा बोकेका हुन्छन् भन्दै उनीहरूको आलोचना गर्छन्। वास्तवमा, यी मानिसहरूसँग केही अनुभवात्मक गवाही हुन्छ र उनीहरूसँग केही सत्यता वास्तविकता हुन्छ। उनीहरूमा तुलनात्मक रूपमा राम्रो मानवता हुन्छ, विवेक र समझ हुन्छ, र उनीहरू सत्यतालाई स्विकार्न सक्छन्। अनि उनीहरूमा केही कमीकमजोरीहरू, त्रुटिहरू, र कहिलेकहीँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन सक्‍ने भए पनि, उनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्न सक्छन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू, र परमेश्‍वरद्वारा सिद्ध पारिने आशा भएका मानिसहरू यिनीहरू नै हुन्। समग्रमा, यी मानिसहरू कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्ने मापदण्ड र सिद्धान्तहरू पूरा गर्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, “मैले कुनै हालतमा यो कुरा सहनेवाला छैन। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न रमसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा चर्चित छस्, र तँ मैले भन्दा ठूलो बौद्धिकताद्वारा सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र मैले गर्नुपर्ने काम तैँले मभन्दा पहिल्यै गरिस् भने त्यसपछि मैले के गर्ने?” के तिनीहरू परमेश्‍वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्‍नो हैसियत कसरी कायम राख्‍ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्‍ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई जगेर्ना वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्‍लो घस्‍ने, सत्यताको बुझाइ नभएका र छुट्याउने क्षमता नभएकाहरू हुन्। ख्रीष्टविरोधीहरूले आफ्नो सेवा गराउन, आफ्‍नो लागि दौडधूप गराउन, हरेक दिन तिनीहरूको अघिपछि लाग्‍न यी मानिसहरूलाई आफ्‍नो पक्षमा ल्याउँछन्। यसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति दिन्छ, र धेरै मानिसहरूलाई तिनीहरूको नजिक जाने, र तिनीहरूलाई पछ्याउने तुल्याउँछ, र कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। ख्रीष्टविरोधीहरूले वृद्धि-विकास गर्ने ती सबै मानिसहरू सत्यताको खोजी नगर्ने मानिसहरू हुन्छन्। यिनीहरूमध्ये धेरैजसोमा आत्मिक बुझाइको कमी हुन्छ र नियम पालना गर्ने बाहेक यिनीहरूलाई केही आउँदैन। यिनीहरू प्रचलन र शासकहरूको पछि लाग्‍न मन पराउँछन्। यिनीहरू मालिक शक्तिशाली भएपछि साहस पाउनेहरू, अर्थात् मूर्ख मानिसहरूको झुण्ड हुन्। ख्रीष्टविरोधीहरूले आफूलाई यस्ता मानिसहरूका धर्मपिता बनाएका हुन्छन्, र यिनीहरूलाई आफूले भनेको कुरा मान्‍ने बनाएका हुन्छन्। गैरविश्‍वासीहरूको त्यो भनाइ कस्तो पो छ? खराब मानिसको पूज्य पूर्वज बन्‍नुभन्दा असल मानिसको नोकर बन्‍नु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले यसको ठ्याक्कै उल्टो काम गर्छन्—तिनीहरू त्यस्ता मानिसहरूको पूज्य पूर्वजझैँ व्यवहार गर्छन्, र उनीहरूलाई तिनीहरूको झन्डा फहराउने र जयजयकार गर्ने मानिसका रूपमा जगेर्ना गर्ने प्रयास गर्छन्। जबजब मण्डलीमा ख्रीष्टविरोधीले शक्ति पाउँछ, तबतब उसले सधैँ भ्रमित र मूर्खहरूलाई नियुक्त गर्छ, जबकि सत्यता बुझ्‍न र अभ्यास गर्न सक्‍ने, र कामको जिम्मा लिन सक्‍ने क्षमतावान् मानिसहरूलाई, विशेष गरी वास्तविक काम गर्न सक्‍ने अगुवा र सेवकहरूलाई भने बहिष्कार र दमन गर्छ। यसरी, मण्डलीमा दुई वटा गुटहरू निर्माण हुन्छन्: एउटा गुटमा तुलनात्मक रूपमा इमानदार मानवता भएका, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने, र सत्यता पछ्याउने मानिसहरू हुन्छन्। अर्को गुटमा अन्योलमा परेका र अन्धाधुन्ध मूर्खतापूर्ण काम गर्ने अनि ख्रीष्टविरोधीद्वारा नेतृत्व गरिएका मानिसहरूको समूह हुन्छ। यी दुई वटा गुटहरू जबसम्‍म ख्रीष्ट-विरोधीहरूलाई खुलासा गरेर हटाइँदैन तबसम्‍म एक-अर्कासँग लडिरहनेछन्। ख्रीष्टविरोधीहरू सधैँ इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मानिसहरूसँग झगडा गर्छन् र उनीहरूको विरुद्धमा काम गर्छन्। के यसले मण्डलीको काममा गम्भीर रूपमा बाधा दिँदैन र? के यसले परमेश्‍वरको काममा बाधा र अवरोध ल्याउँदैन र? के ख्रीष्टविरोधीहरूको यो शक्ति मण्डलीमा परमेश्‍वरको इच्छा पूरा हुनबाट रोक्ने बाधा र अड्चन होइन र? के यो परमेश्‍वरको विरोध गर्ने दुष्ट शक्ति होइन र?

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)

मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको कार्यशैलीको आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूको मानवता घृणास्पद र स्वार्थी हुन्छ, र तिनीहरूको स्वभाव सत्यताप्रति प्रतिकूल, दुष्ट, र क्रूर हुन्छ। ख्रीष्टविरोधीहरूले आफ्ना उद्देश्यहरू हासिल गर्न लाजको कुनै भावना नराखी अनेकथरीका घृणास्पद र गोप्य चालहरू प्रयोग गर्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिको एउटा विशेषता हो। यसअलावा, तिनीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न, र आफूअनुकूल प्रयोग गर्न र हेप्न चाहन्छन्, र त्यसको लागि मानिसहरू इच्छुक छन् छैनन् भन्नेबारे कुनै चासो राख्दैनन्, र त्यसबारे तिनीहरूलाई कुनै जानकारी दिने वा तिनीहरूबाट कुनै सहमति प्राप्त गर्ने काम गर्दैनन्। तिनीहरू मानिसहरूले हृदयमा सोच्ने र चाहने सबथोक तिनीहरूकै नियन्त्रणमा होस् भन्‍ने चाहन्छन्, र तिनीहरू मानिसहरूले हृदयमा तिनीहरूको लागि ठाउँ राखून्, तिनीहरूलाई आराधना गरून् र हरकुराको लागि तिनीहरूकै मुख ताकून् भन्ने चाहन्छन्। तिनीहरू आफ्ना शब्द र दृष्टिकोणहरूद्वारा मानिसहरूलाई परिसीमित गर्न र प्रभाव पार्न, साथै तिनीहरूका आफ्नै इच्छाहरूको आधारमा उनीहरूलाई आफूअनुकूल प्रयोग र नियन्त्रण गर्न चाहन्छन्। यो कस्तो स्वभाव हो? के यो क्रूरता होइन र? यो त बाघले तेरो घाँटी ङ्याक्नुजस्तै हो—तैँले जति नै सास फेर्न र चल्न खोजे पनि, तैँले चाहेजस्तो गर्न सक्दैनस्, बरु तँ त्यसको डरलाग्दो मुखको दरिलो र घातक पकडमा रहन्छस्। तैँले मुक्त हुन जति कोसिस गरे पनि सक्दैनस्, र तैँले बाघलाई बङ्गारा खुकुलो पार्न बिन्ती गरे पनि, त्यो असम्भव हुन्छ, त्यसको लागि छलफलको ठावैँ हुँदैन। ख्रीष्टविरोधीहरूसित ठ्याक्कै यस्तै स्वभाव हुन्छ। मानौँ, तैँले तिनीहरूलाई छलफलमा संलग्न गराइस् र यसो भनिस् रे, “के तपाईं मानिसहरूलाई नियन्त्रण गर्ने उपायहरू सोच्न छोड्न सक्नुहुन्न? के तपाईं आफूलाई उचित व्यवहारमा ढालेर एक अनुयायी बन्न सक्नुहुन्न? के तपाईं आफूलाई उचित व्यवहारमा ढालेर आफ्ना कर्तव्यहरू पूरा गर्न र आफ्नो स्थानमा रहन सक्नुहुन्न?” यसो भन्दा, के तिनीहरू यसमा सहमत हुन सक्थे त? के तैँले तेरो असल आचरण वा आफूले बुझेको सत्यता प्रयोग गरेर तिनीहरूलाई तिनीहरूको मार्ग हिँड्नबाट रोक्न सक्थिस् त? के तिनीहरूको दृष्टिकोण बदल्न सक्ने कोही छ त? ख्रीष्टविरोधीहरूको क्रूर स्वभावलाई हेर्दा, तिनीहरूका सोच र दृष्टिकोणहरू कसैले पनि बदल्न सक्नेछैन, न त मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको चाहनालाई नै कसैले बदल्न सक्‍नेछ। तिनलाई कसैले पनि बदल्न सक्दैन, र तिनीहरूसँग कुनै संवाद हुन सक्दैन—यसलाई “क्रूरता” भनिन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयको साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्

ख्रीष्टविरोधीहरू अर्थात् यी दियाबलस र शैतानहरूको जन्मसिद्ध प्रकृति सार भनेकै यावत् थोकको लागि परमेश्‍वरसित होडबाजी गर्नु हो। मण्डलीभित्र, ख्रीष्टविरोधीहरू उहाँका चुनिएका मानिसहरूको लागि परमेश्‍वरसित लडाइँ गर्नुबाहेक, मानिसहरूले उहाँलाई चढाएका भेटीहरू खोस्नेसमेत प्रयास गर्छन्। बाहिरी रूपमा, ख्रीष्टविरोधीहरू लालची भएझैँ देखिन्छन्, तर वास्तवमा, त्यो तिनीहरूसँग ख्रीष्टविरोधी स्वभाव र सार भएकाले गर्दा हो। तिनीहरूले मानिसहरूद्वारा परमेश्‍वरलाई चढाइएका पैसा र सामानहरू राख्ने र हसुर्ने इच्छा राख्नु—यो सारभूत रूपमा क्रूरता हो। यो त उदाहरणको लागि, तैँले एउटा नयाँ न्यानो ज्याकेट किनिस् जुन स्टाइलिस र राम्रो गुणस्तरको छ, अनि कसैले त्यसलाई देखेर “तिम्रो यो न्यानो ज्याकेट मेरोभन्दा राम्रो छ। मैले लगाइरहेको झुत्रो ज्याकेटमा प्वालैप्वाल छन्, र यसको स्टाइल नै छैन। तिम्रो चाहिँ किन यति राम्रो हुन सक्छ?” भनेर भन्नु र त्यसो भनिसकेपछि उसले तँबाट बलपूर्वक त्यो न्यानो ज्याकेट फुकालेर लानु र उसको बिग्रेको ज्याकेट तँलाई दिनुजस्तै हो। अनि, तैँले ऊसित साट्न इन्कार गर्नै मिल्दैन—उसले तँलाई दुःख दिनेछ, कठिनाइमा पार्नेछ, कुट्नेछ र मार्नसमेत सक्‍नेछ। के तैँले उसको प्रतिरोध गर्ने आँट गर्नेथिस् त? तैँले उसको प्रतिरोध गर्ने आँट गर्दैनथिस्, र तेरो इच्छाविपरीत उसले तेरो सामान लानेछ। त्यसैले, त्यो व्यक्तिको स्वभाव कस्तो हो? त्यो क्रूर स्वभाव हो। त्यसमा र ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्ति हडप्ने र प्रयोग गर्ने स्वभावमा कुनै भिन्नता छ? (अहँ, छैन।) सम्पत्तिबारे ख्रीष्टविरोधीहरूको दृष्टिकोणअनुसार, तिनीहरू अगुवा र “अधिकारी” बनेर तिनीहरूले मण्डलीको सम्पत्ति हडपेलगत्तै मण्डलीको सम्पत्ति तिनीहरूकै हुन्छ। भेटी जसले चढाएको भए पनि, वा भेटीको रूपमा जे चढाइएको भए पनि, ख्रीष्टविरोधीहरूले त्यसलाई हडप्‍नेछन्। कुनै कुरा हडप्‍नुको अर्थ के हो? त्यसको अर्थ मण्डलीका नियमहरूअनुसार उचितसँग प्रयोग र विनियोजन हुनुपर्ने मण्डलीको सम्पत्ति ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पुग्छ, र त्यसपछि त्यसलाई प्रयोग गर्ने शक्ति तिनीहरूमा मात्र हुन्छ भन्ने हो। मण्डलीको कामको लागि वा मण्डलीका सेवकहरूलाई आवश्यक पर्दासमेत, ख्रीष्टविरोधीहरूले त्यो सम्पत्ति प्रयोग गर्न अनुमति दिँदैनन्। त्यसलाई तिनीहरूले मात्र प्रयोग गर्न पाउँछन्। मण्डलीको सम्पत्ति केकसरी प्रयोग र विनियोजन गर्ने भन्‍ने सम्बन्धमा ख्रीष्टविरोधीहरूले नै अन्तिम निर्णय गर्छन्; यदि तिनीहरूले तँलाई प्रयोग गर्न दिन चाहेमा, तैँले त्यसलाई प्रयोग गर्न सक्छस्, र यदि चाहेनन् भने, तैँले प्रयोग गर्न सक्दैनस्। ख्रीष्टविरोधीहरूले स्वामित्त्वमा लिइसकेपछि, यदि मण्डलीको भेटी प्रशस्त छैन र तिनीहरूका व्यक्तिगत खर्चमा प्रयोग गरेर सिद्धियो भने, मण्डलीको कामको लागि पैसा बाँकी नरहला भनेर तिनीहरूले वास्तै गर्दैनन्। तिनीहरूले मण्डलीको काम वा मण्डलीको सामान्य खर्चबारे पनि विचार गर्दैनन्। तिनीहरू त त्यो रकम लिएर आफ्नै लागि खर्च गर्न मात्र चाहन्छन्, र त्यसलाई आफ्नै कमाइ मान्छन्। के यस तरिकाले काम गर्नु लाजमर्दो होइन र? (हो नि।) तुलनात्मक रूपले सम्पन्न क्षेत्रहरूमा रहेका कतिपय मण्डलीहरूमा ख्रीष्टविरोधीहरूले यस्तो सोच्छन्: “यो ठाउँ निकै राम्रो छ। खर्चको कुरा आउँदा, मैले जति पनि खर्च गर्न र जेसुकै गर्न सक्छु, मण्डलीका नियम र सिद्धान्तहरू पालना गर्नुपर्दैन। मैले जसरी चाहन्छु त्यसरी खर्चन सक्छु। अगुवा बनेदेखि, अन्तत: म हिसाब नगरी जति पनि खर्च गरेर जीवन जिउन सक्ने भएको छु। मैले कुनै कुरामा पैसा खर्च गर्न चाहेमा मैले भन्नु मात्र पर्छ, त्यसबारे चिन्ता लिनुपर्दैन, र निश्‍चय नै त्यसबारे कसैसित कुरा गर्नुपर्दैन।” मण्डलीको सम्पत्ति खर्च गर्ने सम्बन्धमा, ख्रीष्टविरोधीहरू आफैले सारा शक्ति प्रयोग गर्छन्, लापरवाहीपूर्वक कार्य गर्छन्, र पानीझैँ पैसा बगाउँछन्। मण्डलीका सिद्धान्तहरू वा कार्य बन्दोबस्तहरूबमोजिम कुनै पनि काम नगर्नुअलावा, ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई पनि बिनाकुनै सिद्धान्त त्यही रूपमा लिन्छन्। के तिनीहरूले सिद्धान्तहरू नबुझेको हो कि? होइन, तिनीहरूलाई मण्डलीको सम्पत्ति बाँडफाँड र खर्च गर्नेसम्बन्धी सिद्धान्तहरू राम्रोसँग थाहा हुन्छ, तर तिनीहरूले आफ्नो लोभ र चाहनाहरू नियन्त्रणमा राख्न सक्दैनन्। तिनीहरू विनाहैसियतका साधारण मानिसहरू हुँदा, नम्र हुन्छन् र सामान्य दैनिक जीवन जिउँछन्, तर अगुवा बनेलगत्तै, तिनीहरूले आफूलाई ठूलो सोच्छन्। तिनीहरू लवाइखवाइबारे विशेष सचेत बन्छन्—तिनीहरूले सामान्य खाना खान छाड्छन्, अनि आफ्नो लागि गुणस्तरीय र चर्चित ब्राण्डका कपडा खोज्छन्। सबथोक उच्च गुणस्तरको हुनुपर्छ; त्यसपछि मात्र तिनीहरूलाई आफ्नो पहिचान र हैसियतसित मिलेको अनुभूति हुन्छ। ख्रीष्टविरोधीहरू अगुवा बनेलगत्तै, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उपहारहरू टक्र्याउनैपर्छ, मानौँ उनीहरू तिनीहरूप्रति ऋणी छन्। यदि कुनै राम्रो चिज भेटिएमा त्यसलाई प्राथमिकता दिनैपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूमाथि पैसा खर्च गर्नुपर्ने अपेक्षा गरिन्छ। ख्रीष्टविरोधीहरू अगुवा बन्नुको अर्थ मण्डलीको सम्पत्ति आफूले स्वामित्त्वमा राख्न र प्रयोग गर्न प्राथमिकता दिने शक्ति आफूमा हुनु हो भन्ठान्छन्। तिनीहरूले यस तरिकाले सोच्ने मात्र नभई व्यवहार पनि यस्तै गर्छन्। यसअलावा, तिनीहरूले यो कुरालाई धेरै परसम्‍म र अरू मानिसहरूलाई घिन लाग्‍ने हदसम्म लैजान्छन्। यो दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्र कस्तो हुन्छ? अगुवा बनेपछि, अलिकति काम गर्नुअगावै, तिनीहरू भेटीहरू लिन र तिनको प्रयोगमा प्राथमिकता पाउन चाहन्छन्। कस्तो व्यक्तिले यस्ता कामकुराहरू गर्न सक्छ? डाँका, तानाशाह, वा रैथाने दादाले मात्र यस्ता कामकुराहरू गर्न सक्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयको साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्

सम्बन्धित अनुभवात्मक गवाहीहरू

इमानदार भएर गरिएको रिपोर्टको दमन हुँदा

सम्बन्धित भजनहरू

परमेश्‍वरको हृदयको ख्याल गर्ने को छ?

अघिल्लो: ७. ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृति कसरी खुट्ट्याउने

अर्को: ९. सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति कसरी खुट्ट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्