७. ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृति कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

ख्रीष्टविरोधीको दुष्टपनको मुख्य प्रकटीकरण के हो? कुरा के हो भने, तिनीहरू के सही छ र के सत्यताअनुरूप छ भन्‍ने कुरा स्पष्ट रूपमा जान्दछन्, तर जब तिनीहरूले कुनै काम गर्नुपर्ने हुन्छ, तब सिद्धान्तहरू उल्लङ्घन गर्ने र सत्यताविरुद्ध जाने, अनि आफ्नै हित र पदलाई सन्तुष्ट पार्ने कुराहरू मात्रै छनौट गर्छन्—ख्रीष्टविरोधीको दुष्ट स्वभावको मुख्य प्रकटीकरण यही हो। तिनीहरूले जति नै धेरै शब्द र धर्मसिद्धान्तहरू बुझे पनि, प्रवचनहरूमा जति नै मिठो भाषा प्रयोग गरे पनि, वा अरू मानिसहरूलाई तिनीहरूसँग जति नै आत्मिक बुझाइ भएको जस्तो लागे पनि, काम गर्दा, एउटा सिद्धान्त र एउटा विधि मात्रै छनौट गर्छन्, अनि त्यो हो सत्यताविरुद्ध जानु, आफ्नै हितहरूको रक्षा गर्नु, र अन्त्यसम्मै सत्यताको प्रतिरोध गर्नु, शतप्रतिशत—तिनीहरूले लागू गर्न रोज्ने सिद्धान्त र विधि यही हो। यसबाहेक, तिनीहरूले आफ्ना हृदयमा कल्पना गर्ने परमेश्‍वर र सत्यता ठ्याक्कै के हुन्? सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति त यसबारे बोल्न र प्रचार गर्न सक्न, अनि यसलाई अभ्यास गर्न नचाहनु मात्रै हो। तिनीहरू यसबारे कुरा मात्रै गर्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूबाट उच्च आदर पाउन र त्यसपछि यसलाई प्रयोग गरेर मण्डली अगुवाको पद लिन र परमेश्‍वरका चुनिएका मानिसहरूमाथि प्रभुत्व प्राप्त गर्ने आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन्। तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न प्रचारको धर्मसिद्धान्त प्रयोग गर्छन्—के यो तिनीहरूले सत्यताप्रति घृणा देखाउनु, सत्यतासँग खेलबाड गर्नु, र सत्यतालाई कुल्चनु होइन र? के तिनीहरूले सत्यतालाई यस्तो व्यवहार गरेर परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनन् र? तिनीहरू सत्यतालाई प्रयोग मात्रै गर्छन्। तिनीहरूका हृदयमा, सत्यता एउटा नारा, केही सानदार शब्दहरू, तिनीहरूले मानिसहरूलाई बहकाउन र उनीहरूको मन जित्न प्रयोग गर्न सक्‍ने, सुन्दर कुराहरूप्रतिको मानिसहरूको तृष्णा मेटाउन सक्‍ने सानदार शब्दहरू मात्र हुन्। तिनीहरू के सोच्छन् भने यस संसारमा सत्यता अभ्यास गर्न वा सत्यताअनुसार जिउन सक्‍ने कोही छैन, यो हुँदै हुँदैन, यो असम्भव छ, र सबैले स्विकार्ने र व्यावहारिक कुरा मात्रै सत्यता हो। तिनीहरूले सत्यताबारे कुरा गरे पनि, हृदयमा भने यो सत्यता हो भनेर स्वीकार गर्दैनन्। हामीले यस कुरालाई कसरी जाँच्ने? (तिनीहरू सत्यता अभ्यास गर्दैनन्।) तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्; यो एउटा पक्ष हो। अनि अर्को महत्त्वपूर्ण पक्ष के हो? जब तिनीहरू वास्तविक जीवनमा परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले बुझेको धर्मसिद्धान्त कहिल्यै लागू हुँदैन। तिनीहरूसँग साँच्‍चै आत्मिक बुझाइ छ जस्तो देखिन्छन्, तिनीहरू एकपछि अर्को धर्मसिद्धान्त प्रचार गर्छन्, तर जब तिनीहरू समस्याहरूको सामना गर्छन्, तब तिनीहरूका विधिहरू बङ्ग्याइन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्न नसके पनि, तिनीहरूले गर्ने कुरा कम्तीमा पनि मानव धारणा र कल्पनाअनुरूप, मानव स्तर र स्वादअनुरूप हुनैपर्छ, र कम्तीमा पनि त्यो अरूलाई स्वीकार्य हुनैपर्छ। यसरी, तिनीहरूको पद स्थिर हुनेछ। तैपनि वास्तविक जीवनमा, तिनीहरूले गर्ने कुराहरू एकदमै बङ्ग्याइएका हुन्छन्, र एकै झलकमा नै तिनीहरू सत्यता बुझ्दैननन् भनेर भन्‍न सकिन्छ। किन तिनीहरू सत्यता बुझ्दैनन्? तिनीहरूलाई हृदयबाटै सत्यताप्रति अरुचि हुन्छ, तिनीहरू सत्यता स्विकार्दैनन्, शैतानी दर्शनहरूअनुसार काम गर्न रमाउँछन्, सधैँ मानव तरिकाले मामलाहरू सम्हाल्न चाहन्छन्, र यदि तिनीहरूले यी मामलाहरूलाई सम्हालेर अरूलाई विश्‍वस्त पार्न र प्रतिष्ठा प्राप्त गर्न सके भने, तिनीहरूलाई पुग्छ। यदि कुनै ख्रीष्टविरोधीले कुनै ठाउँमा जाँदा कसैले खोक्रो धर्मसिद्धान्त प्रचार गरिरहेको सुन्यो भने, ऊ एकदमै उत्साहित हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता वास्तविकताबारे प्रचार गरिरहेको र मानिसहरूका विभिन्‍न स्थितिजस्ता कुराहरू बताइरहेको छ भने, उसलाई सधैँ वक्ताले उसको आलोचना गरिरहेको छ र उसको मुटुमा घोचिरेहको छ भन्‍ने लाग्छ, त्यसकारण उसलाई घृणा लाग्छ र ऊ त्यो कुरा सुन्न चाहँदैन। यदि तिनीहरूलाई आजभोलि तिनीहरूको स्थिति कस्तो छ, तिनीहरूले कुनै प्रगति गरेका छन् कि छैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा कुनै कठिनाइहरू सामना गरेका छन् कि छैनन् भन्‍नेबारे सङ्गति गर्न लगाइयो भने, तिनीहरूमा त्यसको जवाबै हुँदैन। यदि तैँले सत्यताको यस पक्षमा सङ्गति गरिरहिस् भने, तिनीहरू निदाउँछन्; तिनीहरूलाई यसबारे सुन्‍न मन पर्दैन। कतिपय मानिस तैँले तिनीहरूसँग कुरा गर्दा झुक्छन्, तर कसैले सत्यतामा सङ्गति दिएको सुन्‍नेबित्तिकै, तिनीहरू कुनामा लुकेर उँग्न थाल्छन्—तिनीहरूमा सत्यताप्रति प्रेम हुँदैन। तिनीहरूमा कुन हदसम्म सत्यताप्रति प्रेम हुँदैन? हल्का पक्षलाई हेर्दा, तिनीहरूलाई यसमा चासो हुँदैन र तिनीहरूलाई श्रमिक बन्न पाए पुग्छ; गम्भीर पक्षलाई हेर्दा, तिनीहरूलाई सत्यताप्रति अरुचि हुन्छ, तिनीहरूलाई सत्यताप्रति असाध्यै घृणा लाग्छ, र तिनीहरू यसलाई स्विकार्न सक्दैनन्। यदि यस्तो व्यक्ति अगुवा हो भने, ऊ ख्रीष्टविरोधी हो; यदि ऊ साधारण अनुयायी हो भने, ऊ अझै पनि ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको हुन्छ र ऊ ख्रीष्टविरोधीहरूको उत्तराधिकारी हो। बाहिरबाट हेर्दा, तिनीहरू केही राम्रो सम्भावना भएका बुद्धिमानी र प्रतिभावान् देखिन्छन्, तर तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीको सार हो—वास्तविकता यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

ख्रीष्टविरोधीहरूको दुष्टताका मुख्य विशेषताहरू केके हुन्? पहिलो हो, तिनीहरू सकारात्मक कुराहरू स्वीकार गर्दैनन्, सत्यता भन्‍ने कुरा छ भनेर स्विकार्दैनन्, र आफ्ना विधर्मी भ्रम र दुष्ट नकारात्मक कुराहरूलाई सत्यता ठान्छन्—यो ख्रीष्टविरोधीहरूको दुष्टताको एउटा प्रकटीकरण हो। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्, “आफ्नो खुसी आफ्नै हातमा हुन्छ” र “शक्तिद्वारा मात्रै सबै कुरा प्राप्त गर्न सकिन्छ”—यो ख्रीष्टविरोधीहरूको तर्क हो। तिनीहरू शक्ति छ भने तिनीहरूलाई लोलोपोतो र चापलुसी गर्ने, तिनीहरूलाई उपहार दिने र तिनीहरूको चाकरी गर्ने मानिसहरू, साथै हैसियतका सबै प्रकारका फाइदा र सबै प्रकारका आनन्द प्राप्त हुन्छ भन्‍ने ठान्छन्; तिनीहरू अबदेखि कसैको अरनखटन वा नेतृत्वमा बस्नु पर्दैन, र आफूले अरूलाई डोऱ्याउन पाउँछ भन्‍ने ठान्छन्—यो तिनीहरूको मुख्य प्राथमिकता हो। तिनीहरूले यसरी हिसाबकिताब गर्ने कुरा तँलाई कस्तो लाग्छ? के यो दुष्टता होइन र? (हो।) ख्रीष्टविरोधीहरू सत्यताको सट्टा आफ्नो शैतानी तर्क र विधर्मी भ्रमहरू प्रयोग गर्छन्—यो तिनीहरूको दुष्टताको एउटा पक्ष हो। सर्वप्रथम, तिनीहरू सत्यता स्वीकार गर्दैनन्, सकारात्मक कुराहरू छन् भनेर स्विकार्दैनन्, र सकारात्मक कुराहरूको सटीकतालाई स्वीकार गर्दैनन्। त्यसबाहेक, कतिपय मानिसले यस संसारमा सकारात्मक र नकारात्मक कुराहरू छन् भनेर स्वीकार गरे पनि, सकारात्मक कुरा र सत्यताको अस्तित्वलाई कसरी लिन्छन्? तिनीहरू अझै पनि त्यसलाई प्रेम गर्दैनन्, तिनीहरूले छनौट गर्ने जीवन र परमेश्‍वरप्रतिका विश्‍वासमा हिँड्ने मार्ग नकारात्मक नै रहिरहन्छ र त्यो सत्यतासँग बाझिन्छ। तिनीहरू आफ्ना हितहरूको मात्रै रक्षा गर्छन्। सकारात्मक कुरा भए पनि नकारात्मक कुरा भए पनि, त्यसले तिनीहरूका हितको रक्षा गर्न सक्छ भने, त्यो ठिकै हो, त्यो सर्वोत्कृष्ट हुन्छ। के यो दुष्ट स्वभाव होइन र? अर्को पक्ष पनि छ: दुष्ट सार भएका यस्ता मानिसहरू जन्मजातै परमेश्‍वरको नम्रता र गुप्तपन, उहाँको विश्‍वासीपन र भलाइलाई घृणा गर्ने हुन्छन्; तिनीहरू जन्मजातै यी सकारात्मक कुराहरूलाई घृणा गर्छन्। उदाहरणका लागि, मलाई हेर त: के म अत्यन्तै साधारण छैनँ र? म साधारण व्यक्ति हुँ, किन तिमीहरू यसो भन्‍ने आँट गर्दैनौ? म आफै साधारण छु भनेर स्वीकार गर्छु। मैले आफूलाई कहिल्यै असाधारण वा महान् ठानेको छैनँ। म त केवल साधारण व्यक्ति हुँ; मैले यस तथ्यलाई सधैँ स्वीकार गरेको छु र म यस तथ्यलाई सामना गर्ने आँट गर्छु। म महा महिला वा कुनै महान् व्यक्ति बन्‍न चाहन्नँ—त्यो कति थकाइलाग्दो कुरा हुनेथियो! कतिपय मानिस मलाई अर्थात् यो साधारण व्यक्तिलाई तुच्छ ठान्छन् र सधैँ मेरा बारेमा धारणाहरू राख्छन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरू मेरो अघि आउँदा, म बाहिरी रूपमा जस्तो देखिए पनि, तिनीहरू अझै पनि केही भक्तिभावले आउँछन्। त्यसबाहेक, कतिपय मानिसले मसँग अत्यन्तै शिष्टतासाथ कुरा गरे पनि, हृदयमा भने मप्रति तिरस्कारपूर्ण मनोवृत्ति राख्छन्, र म यो कुरा तिनीहरूको बोल्‍ने शैली र शरीरको हाउभाउबाट थाहा पाउन सक्छु। कहिलेकाहीँ तिनीहरूले अत्यन्तै आदरभाव देखाए पनि, मैले तिनीहरूलाई जे भने पनि तिनीहरू “होइन” भनेर जवाफ दिन्छन्, सधैँ मेरो कुरा खण्डन गर्छन्। उदाहरणका लागि, म आज मौसम निकै गर्मी छ भनेर भन्छु, तर तिनीहरू भन्छन्, “अहँ, गरम छैन। हिजो पो निकै गर्मी थियो त।” तिनीहरू मेरो कुरा खण्डन गर्छन्, होइन र? तिनीहरूलाई जे भने पनि, तिनीहरू सधैँ त्यो खण्डन गर्छन्। के यस्ता मानिसहरू छैनन् र? (छन्।) म भन्छु, “आजको खानामा नुन चर्को छ। यसमा नुन धेरै छ कि सोया सस?” अनि तिनीहरू भन्छन्, “कुनै पनि होइन। यसमा चिनी धेरै छ।” मैले जे भने पनि, तिनीहरू त्यो खण्डन गर्छन्, त्यसकारण म अरू केही भन्दिनँ, हामी एकअर्कासँग नजर जुधाउँदैनौँ, र हामी फरक-फरक भाषा बोल्छौँ। त्यसअलवा कतिपय मानिसले मैले परमेश्‍वरप्रतिको विश्‍वासबारे कुरा गरेको सुनेपछि भन्छन्, “तपाईं यस विषयमा कुरा गर्न पोख्त हुनुहुन्छ, त्यसकारण म सुन्‍नेछु।” यदि मैले कुनै बाहिरी कुराबारे थोरै बताएँ भने, तिनीहरू थप सुन्न चाहँदैनन्, मानौँ मलाई बाहिरी कुराबारे केही थाहा छैन। तिनीहरूले मेरो कुरा ध्यान नदिए ठिकै छ, म चुपचाप बस्न चाहन्छु। मलाई कसैले ध्यान दिनु पर्दैन, म आफूले गर्नुपर्ने कुरा मात्रै गर्छु। मेरा आफ्ना जिम्मेवारीहरू छन्, र मेरो आफ्नै जीवन शैली छ। मलाई भन् त, मानिसहरूमा भएका यी मनोवृत्तिहरूले के देखाउँछन्? तिनीहरू म महान् वा सक्षम व्यक्तिजस्तो देखिँदिनँ, र म साधारण व्यक्ति जस्तै बोल्छु र व्यवहार गर्छु भन्‍ने देख्छन्, अनि त्यसकारण सोच्छन्, “तपाईं कसरी परमेश्‍वरजस्तो हुनुहुन्न? मलाई हेर्नुहोस् त। यदि म परमेश्‍वर भएको भए, म उहाँजस्तै हुनेथिएँ।” यो परमेश्‍वरजस्तै बन्‍ने वा नबन्‍ने कुरा होइन। म परमेश्‍वरजस्तै बन्‍नुपर्छ भनेर माग गर्ने व्यक्ति तँ नै होस्, मैले कहिल्यै पनि म उहाँजस्तै छु भनेर भनेको छैनँ, र मैले कहिल्यै पनि उहाँजस्तै हुन चाहिनँ; म त आफूले गर्नुपर्ने कुरा मात्रै गर्छु। यदि म कहीँ गएँ र कतिपय मानिसले मलाई चिनेनन् भने, त्यो राम्रो कुरा हो, किनभने त्यसले मलाई समस्याबाट बचाउँछ। हेर् त, प्रभु येशूले त्यो बेला यहूदियामा धेरै कुरा बोल्नुभयो र काम गर्नुभयो, अनि उहाँलाई पछ्याउने चेलाहरूमा जेजस्तो भ्रष्ट स्वभाव भए पनि, उहाँप्रति तिनीहरूको मनोवृत्ति परमेश्‍वरप्रति मानिसको मनोवृत्तिजस्तै थियो—तिनीहरूको सम्बन्ध सामान्य थियो। तैपनि कतिपय मानिसले प्रभु येशूबारे “के उहाँ सिकर्मीका छोरा हुनुहुन्न र?” भने र उहाँलाई लामो समयदेखि पछ्याउने कतिपय मानिसले समेत यो मनोवृत्ति पालिराखे। यो त देहधारी परमेश्‍वरले साधारण, सामान्य मानव बन्दा प्रायजसो सामना गर्ने कुरा हो, र यो सामान्य घटना हो। कतिपय मानिस मलाई पहिलोपटक भेट्दा अत्यन्तै उत्साहित हुन्छन्, र म जाँदा तिनीहरू लम्पसार पर्छन् र रुन्छन्, तर वास्तविक अन्तरक्रियाको बेला यो काम लाग्दैन, र मैले धेरैपटक त्यस्तो कुरा भोग्‍नुपर्छ। किन मैले त्यस्तो कुरा भोग्‍नुपर्छ? किनभने कतिपय मानिस मूर्ख हुन्छन्, कतिपयलाई सुसंस्कारी बनाउन सकिँदैन, कतिपय मानिस सेवाकर्ताका रूपमा रहन चाहन्छ, र कतिपय चाहिँ कुनै तर्क सुन्दैनन्। त्यसकारण मैले कहिलेकाहीँ कष्ट भोग्‍नुपर्छ, र कहिलेकाहीँ निश्‍चित मानिसहरूलाई म मेरो नजिक आउन दिन सक्दिनँ; यी मानिसहरू अत्यन्तै घृणित हुन्छन् र तिनीहरूमा विरोधी स्वभाव हुन्छ। … परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेका कतिपय मानिसमा परमेश्‍वरको काम, देहधारी परमेश्‍वर, र उहाँले मानिसहरूलाई मुक्ति दिने कुराबारे केही अवधारणा हुनुपर्छ, तैपनि तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्‍कै हुँदैन। तिनीहरू ठ्याक्कै गैरविश्‍वासीजस्तै हुन्छन् र पटक्‍कै परिवर्तन भएका हुँदैनन्। मलाई भन् त, यी कस्ता मानिसहरू हुन्? तिनीहरू प्राकृतिक रूपमा जन्मेका दियाबलस, परमेश्‍वरका शत्रु हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

ख्रीष्टविरोधीहरूलाई सकारात्मक कुराहरू मन पर्दैन, त्यसको अर्थ तिनीहरू ती कुराहरूप्रति वैरभाव राख्छन् र नकारात्मक कुराहरू मन पराउँछन्। नकारात्मक कुराहरूका केही उदाहरण के हुन्? झूट र चलाकी—के यी नकारात्मक कुरा होइनन् र? हो, झूट र चलाकी नकारात्मक कुरा हुन्। त्यसोभए, झूट र चलाकीको विपरीत सकारात्मक कुरा के हो? (इमानदारी।) ठीक भनिस्, त्यो इमानदारी हो। के शैतानलाई इमानदारी मन पर्छ? (मन पर्दैन।) त्यसलाई चलाकी मनपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने पहिलो कुरा के हो? परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँ मलाई विश्‍वास गर्न र मलाई पछ्याउन चाहन्छस् भने, तँ सबैभन्दा पहिले कस्तो व्यक्ति बन्‍नुपर्छ?” (इमानदार व्यक्ति।) त्यसोभए, शैतानले मानिसहरूलाई गर्न सिकाउने पहिलो कुरा के हो? झूट बोल्नु। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको पहिलो प्रमाण के हो? (चलाकी।) हो, ख्रीष्टविरोधीहरूलाई चलाकी मन पर्छ, तिनीहरूलाई झूट मन पर्छ, र तिनीहरू इमानदारीलाई तिरस्कार र घृणा गर्छन्। इमानदारी सकारात्मक कुरा भए पनि, तिनीहरूलाई यो मन पर्दैन, बरु तिनीहरूलाई यसप्रति तिरस्कार र घृणा लाग्छ। यसको विपरीत, तिनीहरूलाई चलाकी र झूट मन पर्छ। यदि कसैले ख्रीष्टविरोधीहरूको अगाडि यसो भन्दै “तपाईंलाई हैसियतको पदमा बसेर काम गर्न मन पर्छ, र तपाईं कहिलेकाहीँ अल्छी गर्नुहुन्छ” भनेर साँचो कुरा भन्यो भने, ख्रीष्टविरोधीहरूलाई त्यो कस्तो लाग्छ? (तिनीहरू त्यो स्वीकार गर्दैनन्।) त्यो स्वीकार नगर्नु तिनीहरूमा हुने मनोवृत्ति हो, तर के त्यति मात्रै हो? साँचो बोल्ने यो व्यक्तिप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू उसलाई घृणा गर्छन् र मन पराउँदैनन्। कतिपय ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “मैले तपाईंहरूलाई केही समयदेखि अगुवाइ गरिरहेको छु। कृपया, सबै जनाले मलाई मेरा बारेमा आफ्नो राय बताउनुहोस्।” सबैले सोच्छन्, “तपाईं निकै इमानदार हुनुहुन्छ, त्यसकारण हामी तपाईंलाई आफ्ना केही राय दिनेछौँ।” कतिपय भन्छन्, “तपाईं आफूले गर्ने सबै कुरामा निकै गम्भीर र लगनशील हुनुहुन्छ, अनि तपाईंले धेरै कष्ट भोग्‍नुभएको छ। हामी त्यो हेर्नै सक्दैनौँ, र तपाईंका ठाउँमा हामीलाई पो पीडा महसुस हुन्छ। परमेश्‍वरको घरले तपाईं जस्ता धेरै अगुवाहरूलाई प्रयोग गर्न सक्छ! यदि हामीले कुनै कमीकमजोरी औँल्याउनु परेको भए, त्यो त तपाईंको अत्यन्तै गम्भीरता र लगनशीलता नै हुनेथियो। यदि तपाईंले ज्यादै काम गर्नुभयो लखतरान बन्‍नुभयो भने, कामलाई निरन्तरता दिन सक्‍नुहुनेछैन, के त्यसपछि हामी खतम हुनेछैनौँ र? हामीलाई कसले अगुवाइ गर्नेछ?” ख्रीष्टविरोधीहरूले यो सुन्दा, तिनीहरूलाई खुसी लाग्छ। यो झूट हो, यी मानिसहरू तिनीहरूलाई चापलुसी गरिरहेका छन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरू त्यो कुरा सुन्न इच्छुक हुन्छन्। वास्तवमा, यसो भन्‍ने मानिसहरूले यी ख्रीष्टविरोधीहरूलाई मूर्ख बनाइरहेका हुन्छन्, तर यी ख्रीष्टविरोधीहरू यी शब्दहरूको साँचो प्रकृति खुलासा गर्नुभन्दा मूर्ख बन्‍न चाहन्छन्। ख्रीष्टविरोधीहरू यसरी आफ्‍नो तलुवा चाट्ने मानिसहरूलाई मन पराउँछन्। यी व्यक्तिहरू ख्रीष्टविरोधीहरूका गल्ती, भ्रष्ट स्वभाव, वा कमीकमजोरी खुलासा गर्दैनन्। बरु, उनीहरू गुपचुपमा तिनीहरूलाई प्रशंसा गर्छन् र उच्च पार्छन्। तिनीहरूका शब्दहरू झूट र चापलुसी हुन् भनेर स्पष्ट भए पनि, ख्रीष्टविरोधीहरू खुसीसाथ यी शब्दहरू स्विकार्छन्, र ती सान्त्वनादायी र आनन्ददायी ठान्छन्। ख्रीष्टविरोधीहरूका लागि, यी शब्दहरू सबैभन्दा स्वादिष्ठ खानेकुराभन्दा स्वादिलो हुन्छ। यी शब्दहरू सुनेपछि, तिनीहरूलाई आत्मसन्तुष्टि हुन्छ। यसले केलाई चित्रण गर्छ? यसले ख्रीष्टविरोधीहरूमा झूटलाई प्रेम गर्ने निश्‍चित स्वभाव हुन्छ भनेर देखाउँछ। मानौँ कसैले तिनीहरूलाई यसो भन्छ, “तिमी अत्यन्तै अहङ्कारी छौ, र तिमी मानिसहरूलाई अनुचित व्यवहार गर्छौ। तिमीलाई साथ दिने मानिसहरूप्रति तिमी असल व्यवहार गर्छौ, तर यदि कसैले तिमीबाट दूरी बनायो वा तिम्रो चापलुसी गरेन भने, तिमी उसलाई होच्याउँछौ र बेवास्ता गर्छौ।” के यी शब्‍दहरू साँचो होइनन् र? (हो।) यो सुनेपछि ख्रीष्टविरोधीहरू कस्तो महसुस गर्छन्? तिनीहरू बेखुस हुन्छन्। तिनीहरू त्यो कुरा सुन्न चाहँदैनन्, र तिनीहरू त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरू बहाना र तर्क खोजेर ती कुराको सफाइ दिने र कुरा ठीकठाक पार्ने प्रयास गर्छन्। ख्रीष्टविरोधीहरूलाई व्यक्तिगत रूपमा चापलुसी गरिरहने, तिनीहरूलाई गुपचुपमा प्रशंसा गर्न सधैँ मीठो बोली बोल्ने, र आफ्नो बोलीले तिनीहरूलाई स्पष्ट रूपमा छलसमेत गर्नेहरूका हकमा भन्दा, ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई कहिल्यै अनुसन्धान गर्दैनन्। बरु, ख्रीष्टविरोधीहरू तिनीहरूलाई महत्त्वपूर्ण व्यक्तित्वको रूपमा प्रयोग गर्छन्। तिनीहरूले सधैँ झूट बोल्नेहरूलाई महत्त्वपूर्ण पदहरूमा राख्छन्, निश्‍चित महत्त्वपूर्ण र इज्जतदार कर्तव्यहरूमा खटाउँछन्, जबकि सधैँ इमानदारीसाथ बोल्ने, र प्रायः समस्याहरूबारे रिपोर्ट गर्नेहरूलाई त्यति नदेखिने पदहरूमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न लगाउँछन्, तिनीहरूलाई माथिल्लो नेतृत्वसँग सम्पर्क गर्न वा धेरैजसो मानिसहरूद्वारा चिनिन वा तिनीहरूसँग नजिकिन दिँदैनन्। यी मानिसहरू जति नै प्रतिभाशाली भए पनि वा तिनीहरूले परमेश्‍वरका घरमा जुनै कर्तव्य निर्वाह गर्न सक्ने भए पनि त्यसले फरक पार्दैन—ख्रीष्टविरोधीहरू ती सबै कुरालाई बेवास्ता गर्छन्। तिनीहरू त को चाहिँ चलाकीमा संलग्‍न हुन सक्छ र आफ्ना लागि को फाइदाजनक छ भन्‍ने बारे मात्रै वास्ता गर्छन्; तिनीहरू यी नै व्यक्तिहरूलाई परमेश्‍वरको घरका हितहरूलाई अलिकति पनि विचार नगरी महत्त्वपूर्ण पदहरूमा राख्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

ख्रीष्टविरोधीहरू झूट र चलाकीलाई प्रेम गर्छन्—तिनीहरूलाई अरू के मन पर्छ? तिनीहरूलाई तरकिब, युक्ति, र षड्यन्त्र मन पर्छ। तिनीहरू शैतानको दर्शनअनुसार चल्छन्, कहिल्यै सत्यता खोजी गर्दैनन्, पूर्णरूपमा झूट र चलाकीमा भर पर्छन् अनि युक्ति र षड्यन्त्रहरू गर्छन्। तैँले सत्यतामा जति नै स्पष्टसित सङ्गति गरे पनि, तिनीहरूले शिर हल्लाएर सहमति जनाए पनि, सत्यता सिद्धान्तहरू अनुसार काम गर्दैनन्। बरु, तिनीहरूले आफ्नो दिमाग खियाएर युक्ति र षड्यन्त्रहरू प्रयोग गर्दै काम गर्छन्। तैँले सत्यतामा जति नै स्पष्टसित सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन् जस्तो देखिन्छ; तिनीहरू आफूलाई इच्छा लागेको तरिकाले, आफूले गर्न चाहेको शैलीले, र आफ्नो स्वार्थ अनुरूपको तरिकामा काम गर्छन्। तिनीहरू मीठो बोल्छन्, आफ्नो साँचो रङरूप लुकाउँछन्, मानिसहरूलाई मूर्ख बनाउँछन् र चलाकी गर्छन्, र अरू त्यसमा पर्दा, तिनीहरू खुसी हुन्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएका हुन्छन्। यो नै ख्रीष्टविरोधीहरूको निरन्तर विधि र शैली हो। सोझो बोल्ने, आफ्नो नकारात्मकता, कमजोरी, र विद्रोही स्थितिबारे इमानदारीपूर्वक र खुलस्तसित सङ्गति गर्ने, अनि हृदयदेखि बोल्ने इमानदार मानिसहरूका सम्बन्धमा, ख्रीष्टविरोधीहरूलाई तिनीहरूप्रति भित्री रूपमा घृणा लाग्छ र तिनीहरू उनीहरूलाई भेदभाव गर्छन्। तिनीहरूलाई तिनीहरूले जस्तै कुटिल र छली तरिकाले बोल्ने अनि सत्यताको अभ्यास नगर्ने मानिसहरू मन पर्छ। तिनीहरूलाई आफूले त्यस्ता मानिसहरूलाई भेट्दा, हृदयमा आनन्द हुन्छ, मानौँ तिनीहरूले आफूजस्तो व्यक्ति भेट्टाएका छन्। तिनीहरू आफूभन्दा अरू असल छन् वा तिनीहरूलाई चिन्‍न सक्‍ने छन् भन्‍नेबारे चिन्ता गर्न छोड्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको प्रकटीकरण होइन र? के यसले तिनीहरू दुष्ट छन् भन्‍ने देखाउन सक्दैन र? (हो, देखाउन सक्छ।) किन यी कुराहरूले ख्रीष्टविरोधीहरू दुष्ट छन् भन्‍ने कुरा देखाउन सक्छन्? सकारात्मक कुराहरू र सत्यता विवेकी कुनै पनि सृष्टि गरिएको प्राणीले प्रेम गर्नुपर्ने कुरा हुन्। तैपनि, जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ, तिनीहरू यी सकारात्मक कुराहरूलाई आँखाको कसिङ्गर र बिझाउने काँडा ठान्छन्। यी कुरा पालना गर्ने वा अभ्यास गर्ने जोकोही तिनीहरूको शत्रु बन्छ, र तिनीहरू त्यस्ता व्यक्तिहरूलाई शत्रु ठान्छन्। के यो शैतान अय्यूबप्रति गरेको शत्रुताको प्रकृतिसँग मिल्दैन र? (मिल्छ।) यो शैतानको जस्तै प्रकृति, स्वभाव, र सार हो। ख्रीष्टविरोधीहरूको प्रकृति शैतानबाट आएको हुन्छ, र तिनीहरू शैतानकै वर्गमा पर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू शैतानसँग सहकार्य गर्छन्। के यो बयान हदभन्दा बढी हो? पटक्‍कै होइन; यो पूर्ण रूपमा सही छ। किन? किनभने ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। तिनीहरू चलाकीमा संलग्‍न हुनमा रमाउँछन्, तिनीहरूलाई झूट, भ्रामक रूप, र ढोँग मन पर्छ। यदि कसैले तिनीहरूको साँचो रूप खुलासा गऱ्यो भने, के तिनीहरू त्यो खुसीसाथ मान्न र स्वीकार गर्न सक्छन्? तिनीहरूले त्यो स्विकार्न नसक्‍ने मात्र होइन, प्रत्युत्तरमा बेसरी दुर्व्यवहार गर्छन्। सत्यता बोल्ने वा तिनीहरूको साँचो रूप खुलासा गर्ने मानिसहरूले तिनीहरूलाई क्रोधित तुल्याउँछन् र झनक्क रिस उठाउँछन्। उदाहरणका लागि, ढोँग गर्नमा निकै सिपालु कुनै ख्रीष्टविरोधी हुन सक्छ। सबैले उसलाई असल व्यक्ति ठान्छन्: स्नेही, मानिसहरूप्रति सहानुभूति जनाउन सक्‍ने, अरूका कठिनाइहरू बुझ्न सक्‍ने, अनि कमजोर र नकारात्मक मानिसहरूलाई प्रायः साथ र सहयोग दिने। अरूलाई कुनै कठिनाइ हुँदा, तिनीहरू विचार पुऱ्याउन र तिनीहरूलाई माफी दिन सक्छन्। मानिसहरूका हृदयमा, यो ख्रीष्टविरोधी परमेश्‍वरभन्दा महान् हुन्छ। सद्गुणी रूपमा प्रस्तुत हुने यस व्यक्तिका सम्बन्धमा भन्दा, यदि तैँले तिनीहरूको ढोँग र छलीपनलाई खुलासा गरिस् भने, यदि तैँले तिनीहरूलाई सत्यता बताइस् भने, के तिनीहरू त्यो स्वीकार गर्न सक्छन्? तिनीहरूले त्यो स्वीकार नगर्ने मात्र होइन, तर झन् बढी ढोँग र छलछाम गर्न थाल्छन्। … किन हामी ख्रीष्टविरोधीहरू दुष्ट हुन्छन् भनेर भन्छौँ? ख्रीष्टविरोधीहरूको दुष्टता केमा हुन्छ भने जब तिनीहरू सही कुरा सुन्छन्, तब तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍ने मात्र होइन, तर यसको विपरीत, यसलाई घृणा पनि गर्छन्। त्यसबाहेक, तिनीहरू आफ्नै तरिकाको सहारा लिन्छन्, आफ्नो बचाउ गर्न र सफाइ दिन बहाना, कारण, र विभिन्‍न वस्तुगत तत्वहरू खोज्छन्। तिनीहरू के उद्देश्य हासिल गर्ने लक्ष्य राख्छन्? तिनीहरू नकारात्मक कुरालाई सकारात्मक कुरामा र सकारात्मक कुरालाई नकारात्मक कुरामा परिवर्तन गर्ने उद्देश्य राख्छन्—तिनीहरू परिस्थितिलाई उल्ट्याउन चाहन्छन्। के यो दुष्टता होइन र? तिनीहरू सोच्छन्, “तँ जति नै सही भए पनि, वा तेरा शब्दहरू जति नै सत्यताअनुरूप भए पनि, के तैँले मेरो बोल्ने मुखलाई थुन्न सक्छस्? मैले बोल्ने सबै वचनहरू स्पष्ट रूपमा झूटो, छली, र बहकाउने भए पनि, म तैँले भन्ने कुरा अझै पनि इन्कार र निन्दा गर्नेछु।” के यो दुष्टता होइन र? वास्तवमै, यो दुष्टता हो। के तँलाई ख्रीष्टविरोधीहरूले असल मानिसहरू देख्दा, हृदयमा उनीहरूलाई इमानदार ठान्दैनन् भन्‍ने लाग्छ? तिनीहरू उनीहरूलाई इमानदार र सत्यता पछ्याउने मानिस ठान्छन्, तर तिनीहरू इमानदारी र सत्यता पछ्याउने मानिसलाई कसरी परिभाषित गर्छन्? तिनीहरू इमानदार मानिसहरू मूर्ख हुन् भन्‍ने सोच्छन्। तिनीहरू सत्यता पछ्याइलाई तिरस्कार र घृणा गर्छन्, अनि त्यसप्रति वैरभाव राख्छन्। तिनीहरू त्यसलाई झूटो ठान्छन्, सत्यता पछ्याउन सबै कुरा त्याग्‍ने, जोकोहीलाई कुनै पनि कुरा भन्‍ने, र सबै कुरा परमेश्‍वरलाई सुम्पने यति मूर्ख कोही हुन सक्दैन भन्‍ने सोच्छन्। कोही पनि त्यति मूर्ख हुँदैन। तिनीहरूलाई यी सबै कार्य झूटा हुन् भन्‍ने लाग्छ, र तिनीहरू ती कुनै कुरामा विश्‍वास गर्दैनन्। के ख्रीष्ट-विरोधीहरू परमेश्‍वर सर्वशक्तिमान् र धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्छन्? (गर्दैनन्।) त्यसकारण, तिनीहरू मनमा यी सबै कुराप्रति प्रश्न चिन्ह खडा गर्छन्। यसको अर्थ के हो? हामीले यो प्रश्न चिन्हहरूको थुप्रोलाई कसरी अर्थ्याउने? तिनीहरू त्यसमा शङ्का गर्ने वा प्रश्न उठाउने मात्र गर्दैनन्; अन्त्यमा, त्यसलाई इन्कार पनि गर्छन् र परिस्थितिलाई उल्ट्याउने प्रयास गर्छन्। मैले परिस्थितिलाई उल्ट्याउनु भन्नुको मतलब के हो? तिनीहरू सोच्छन्, “त्यस्तो न्यायोचित हुनुको के काम? यदि झूटलाई हजार पटक दोहोऱ्याइयो भने, त्यो सत्यता बन्छ। यदि कसैले पनि सत्यता बोलेन भने, त्यो सत्यता होइन र त्यसको कुनै काम हुँदैन—त्यो झूट मात्रै हो!” के यो सही र गलतलाई तोडमोड गर्नु होइन र? शैतानको दुष्टता यही हो—तथ्यहरूलाई बङ्ग्याउनु अनि सही र गलतलाई तोडमोड गर्नु—तिनीहरूलाई यही मन पर्छ। ख्रीष्टविरोधीहरू ढोँग र चलाकी गर्नमा माहिर हुन्छन्। तिनीहरू माहिर कुरा अवश्य नै तिनीहरूमा अन्तर्निहित रूपमै हुन्छ, र तिनीहरूमा अन्तर्निहित रूपमा हुने कुरा भनेको ठ्याक्कै तिनीहरूको प्रकृति सारमा रहेको कुरा हो। त्योभन्दा अझ, त्यो तिनीहरूले तृष्णा गर्ने र प्रेम गर्ने कुरा हो, अनि त्यो तिनीहरू संसारमा कसरी बाँच्छन् भन्‍ने कुराको नियम पनि हो। तिनीहरू “असल मान्छे उमेरमै मर्छ तर दुष्ट मान्छे हजार वर्ष बाँच्छ,” “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” “मानिसले प्रकृतिलाई जित्छ,” इत्यादि जस्ता भनाइहरूमा विश्‍वास गर्छन्। के यीमध्ये कुनै भनाइ मानवता वा सामान्य मानिसहरूले बुझ्न सक्‍ने प्राकृतिक नियमहरूसँग मिल्छ? एउटै पनि मिल्दैन। त्यसोभए कसरी ख्रीष्टविरोधीहरू शैतानका यी दुष्ट भनाइहरूलाई यति धेरै मन पराउँछन् र तिनलाई आफ्नो आदर्शसमेत ठान्न सक्छन्? तिनीहरूको प्रकृति नै अत्यन्तै दुष्ट भएकाले त्यस्तो भएको हो भनेर मात्रै भन्‍न सकिन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

आफ्नो अन्तर्निहित दुष्ट स्वभावका कारण, ख्रीष्टविरोधीहरू कहिल्यै सिधै बोल्ने वा कार्य गर्ने गर्दैनन्। तिनीहरू इमानदार मनोवृत्ति र निष्कपटतासाथ कामकुराहरू सम्हाल्दैनन्, वा इमानदार शब्द प्रयोग गरेर बोल्ने र हार्दिक मनोवृत्तिसाथ कार्य गर्ने गर्दैनन्। तिनीहरूले बोल्ने वा गर्ने कुनै पनि कुरा सुस्पष्ट हुँदैन, बरु घुमाउरो र गुप्त हुन्छ, र तिनीहरूले कहिल्यै आफ्ना सोच वा उत्प्रेरणा सिधै व्यक्त गर्दैनन्। किनभने तिनीहरूले विश्‍वास गर्छन् कि यदि ती व्यक्त गरियो भने, तिनीहरूलाई पूर्ण रूपमा बुझिनेछ र छर्लङ्गै देखिनेछ, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ज्योतिमा परेर खुलासा हुनेछन्, र तिनीहरूलाई अन्य व्यक्तिहरूमाझ उच्च वा कुलीन मानिनेछैन, वा तिनीहरूलाई अरूले सम्मान वा आराधना गर्नेछैनन्; तसर्थ, तिनीहरू जहिल्यै आफ्ना निन्दनीय उद्देश्य र चाहनाहरूलाई ढाक्ने र लुकाउने प्रयास गर्छन्। त्यसोभए, तिनीहरूले कसरी बोल्छन् र कार्य गर्छन् त? तिनीहरूले विभिन्न विधि प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरूमाझ प्रचलित “परिस्थितिको नाडी छाम्ने” भन्ने भनाइजस्तै, ख्रीष्टविरोधीले त्यस्तै तौरतरिका अपनाउँछन्। तिनीहरूले केही गर्न चाहँदा र कुनै निश्चित दृष्टिकोण वा मनोवृत्ति राख्दा, कहिल्यै त्यसलाई सीधै व्यक्त गर्दैनन्; बरु तिनीहरू आफूले चाहेको जानकारी बटुल्न सूक्ष्म वा सोधपुछ गर्ने विधि वा मानिसहरूबाट कुरा निकाल्नेजस्ता निश्चित पद्धति प्रयोग गर्छन्। आफ्नो दुष्ट स्वभावका कारण ख्रीष्टविरोधीहरूले कहिल्यै सत्यता खोजी गर्दैनन्, न त त्यसलाई बुझ्न नै चाहन्छन्। तिनीहरूको एक मात्र चासो भनेको आफ्नै ख्याति, लाभ, र हैसियत हो। तिनीहरू आफूलाई ख्याति, लाभ, र हैसियत दिलाउन सक्ने क्रियाकलापहरूमा संलग्न हुन्छन्, र त्यस्ता कुरा दिन नसक्नेहरूबाट टाढै बस्छन्। तिनीहरू प्रतिष्ठा, हैसियत, अलग पहिचान, र महिमासँग सम्बन्धित क्रियाकलापहरू उत्सुकतासाथ गर्छन्, जबकि मण्डलीको कामको सुरक्षा गर्ने वा अरूलाई चिढ्याउन सक्ने कुराहरूदेखि टाढै बस्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले कुनै पनि कुरालाई खोजीको मनोवृत्तिले लिँदैनन्; बरु तिनीहरूले कामकुराको नाडी छाम्न जाँचको विधि प्रयोग गर्छन्, र त्यसपछि अघि बढ्ने कि नबढ्ने भनेर निर्णय गर्छन्—ख्रीष्टविरोधीहरू यति धूर्त र दुष्ट हुन्छन्। उदाहरणका लागि, परमेश्‍वरको नजरमा आफू कस्तो व्यक्ति हुँ भनेर जान्न चाहँदा, तिनीहरूले आफूलाई जानेर परमेश्‍वरका वचनमार्फत आफूलाई मूल्याङ्कन गर्दैनन्। बरु, तिनीहरू वरपर सोधखोज गर्छन् र इङ्गित बोली सुन्न कान थाप्छन्, अगुवा र माथिको लबज र मनोवृत्तिलाई हेर्छन्, र परमेश्‍वरले तिनीहरूजस्ता व्यक्तिको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी हेर्न उहाँका वचनमा खोजतलास गर्छन्। तिनीहरूले परमेश्‍वरको घरभित्र आफ्नो स्थान कहाँ छ भनी हेर्न र आफ्नो भावी परिणाम के हुनेछ भनी पत्ता लगाउन यी मार्ग र विधिहरू प्रयोग गर्छन्। के यसमा जाँचको कुनै प्रकृति संलग्न हुँदैन र? उदाहरणका लागि, कतिपय मानिसहरूलाई काटछाँट गरिएपछि, तिनीहरूले आफूलाई काटछाँट गरिनुको कारण, आफ्नो कार्यको क्रममा आफूले प्रकाश गरेका भ्रष्ट स्वभाव र गल्तीहरू, र आफूलाई चिन्न र आफ्ना विगतका गल्ती सुधार्न आफूले खोज्नुपर्ने सत्यताका पक्षको जाँच गर्नुको साटो, आफूप्रति माथिको साँचो मनोवृत्ति पत्ता लगाउन अप्रत्यक्ष माध्यम प्रयोग गर्दै अरूमा आफ्नो झूटो छाप पार्छन्। उदाहरणका लागि, काटछाँट गरिएपछि तिनीहरू, माथिको खोजी गर्न, माथिको लबज कस्तो छ, माथि धैर्यवान छ कि छैन, उनीहरूले खोजी गरिरहेका प्रश्नहरूको जवाफ गम्भीरतापूर्वक दिइन्छ कि दिइन्न, उनीहरूले तिनीहरूप्रति नरम मनोवृत्ति अपनाउँछन् कि अपनाउँदैनन्, उनीहरूले तिनीहरूलाई कार्यहरू सुम्पनेछन् कि सुम्पनेछैनन्, उनीहरूले तिनीहरूलाई अझै पनि उच्च प्रशंसा गर्नेछन् कि गर्नेछैनन्, र तिनीहरूले पहिले गरेका गल्तीहरूबारे माथिले वास्तवमा के सोच्छ भनी हेर्न तुरुन्तै कुनै चानचुने मामिला अघि सार्छन्। यी सबै तौरतरिका एक खालको जाँच हो। छोटकरीमा भन्नुपर्दा, मानिसहरूले यस्ता परिस्थितिको सामना गर्दा र यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, के तिनीहरूलाई हृदयमा थाहा हुन्छ? (हुन्छ।) त्यसोभए, तिमीहरूलाई थाहा हुँदा र तिमीहरूले यी कुरा गर्न चाहँदा, त्यसलाई कसरी सम्हाल्छौ? पहिलो कुरा, सबैभन्दा सरल स्तरमा, के तँ आफूविरुद्ध विद्रोह गर्न सक्छस्? कतिपय मानिसहरूलाई समय आउँदा आफूविरुद्ध विद्रोह गर्न चुनौतीपूर्ण लाग्छ; तिनीहरू यसमाथि विचार गर्छन्, “होस्, यस पाली यो कुरा मेरा आशिष् र परिणामसँग सम्बन्धित छ। म आफूविरुद्ध विद्रोह गर्न सक्दिनँ। अर्को पाली गरौँला।” अर्को पाली आउँदा, र फेरि तिनीहरूका आशिष् र परिणामसँग सम्बन्धित कुनै मुद्दा सामना गर्दा, तिनीहरूले अझै आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। यस्ता व्यक्तिहरूमा विवेक बोध हुन्छ, र तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव सार नभए पनि, यो तिनीहरूका लागि निकै समस्याजनक र खतरनाक हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरूले प्रायः यी सोचहरूलाई ध्यान दिन्छन् र त्यस्तो स्थितिमा जिउँछन्, तर तिनीहरू कहिल्यै आफूविरुद्ध विद्रोह गर्दैनन्। किनकि तिनीहरूमा विवेकबोध हुँदैन। कसैले तिनीहरूको स्थिति औल्याउँदै, तिनीहरूलाई खुलासा र काटछाँट गरे भने पनि, तिनीहरू अडिग रहन्छन् र आफूविरुद्ध विद्रोह बिलकुलै गर्दैनन्, न त त्यसले गर्दा तिनीहरूले आफूलाई घृणा गर्छन् वा यस स्थितिलाई त्याग्छन् र सुल्झाउँछन्। बर्खास्त गरिएपछि कतिपय ख्रीष्टविरोधीहरूले सोच्छन्, “बर्खास्त गरिनु त सामान्य कुराजस्तो देखिन्छ, तैपनि यो अलि अपमानजनक लाग्छ। यो कुनै ठूलो कुरा नभए पनि, म एउटा महत्त्वपूर्ण कुरालाई छोड्नै सक्दिनँ। यदि म बर्खास्त भएँ भने, के त्यसको अर्थ परमेश्‍वरको घरले अबउप्रान्त मलाई जगेर्ना गर्नेछैन भन्ने हुन्छ र? त्यसपछि म परमेश्‍वरका नजरमा कस्तो खालको व्यक्ति हुनेछु? के मसँग अझै पनि आशा हुनेछ? के म अझै पनि परमेश्‍वरका घरमा कुनै काम लाग्नेछु?” तिनीहरूले यो चिन्तन गर्छन् र एउटा योजना बनाउँछन्, “मसँग अहिले दस हजार युआन छ, र त्यो प्रयोग गर्ने समय अहिले नै हो। म यो दस हजार युआन भेटीका रूपमा चढाउनेछु, र मप्रति माथिको मनोवृत्ति अलिकति बदलिन सक्छ कि, अनि उनीहरूले मलाई केही निगाह देखाउँछन् कि भनी हेर्नेछु। यदि परमेश्‍वरको घरले पैसा स्विकाऱ्यो भने, त्यसको अर्थ मसँग अझै पनि आशा छ भन्ने हुन्छ। यदि त्यसले पैसा स्विकारेन भने, त्यसले मसँग कुनै आशा छैन भन्ने प्रमाणित गर्छ, र म अरू नै योजना बनाउनेछु।” यो कस्तो खालको तौरतरिका हो? यो जाँच हो। छोटकरीमा भन्नुपर्दा, जाँच भनेको दुष्ट स्वभाव सारको तुलनात्मक रूपमा सुस्पष्ट प्रकटीकरण हो। मानिसहरूले आफूले चाहेको जानकारी प्राप्त गर्न, निश्चित हुन, र त्यसपछि मनको शान्ति हासिल गर्न विभिन्न माध्यम प्रयोग गर्छन्। जाँच गर्ने अनेकौँ तरिका छन्, जस्तै परमेश्‍वरबाट कुराहरू निकाल्न शब्दहरू प्रयोग गर्ने, उहाँलाई जाँच्न कामकुराहरू प्रयोग गर्ने, मनमनै सोच्ने र चिन्तन-मनन गर्ने। तिमीहरूले परमेश्‍वरलाई जाँच्ने सबैभन्दा आम विधि के हो? (कहिलेकाहीँ परमेश्‍वरलाई प्रार्थना गर्दा, म आफूप्रति परमेश्‍वरको मनोवृत्ति निरीक्षण गर्छु र आफ्नो हृदयमा शान्ति छ कि छैन भनी हेर्छु। परमेश्‍वरलाई जाँच्न म यही विधि प्रयोग गर्छु।) यो विधि निकै आम तवरमा प्रयोग गरिन्छ। अर्को विधि भनेको भेलामा सङ्गतिको दौरान भन्नका लागि कसैसँग केही कुरा छ कि छैन, परमेश्‍वरले अन्तर्दृष्टि वा ज्योति प्रदान गर्नुहुन्छ कि गर्नुहुन्न भनी हेर्नु, र परमेश्‍वर अझै पनि तिनीहरूसँग हुनुहुन्छ कि हुनुहुन्न, उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न भनी जाँच्न त्यसलाई प्रयोग गर्नु हो। साथै, तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ वा मार्गदर्शन गर्नुहुन्छ कि हुन्न, तिनीहरूसँग कुनै विशेष सोच, विचार, वा अन्तर्दृष्टि छन् कि छैनन् भनी हेर्नु—तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ भनी जाँच्न यिनलाई प्रयोग गर्नु हो। यी सबै निकै आम विधिहरू हुन्। अरू केही छ? (यदि मैले प्रार्थनामा परमेश्‍वरप्रति कुनै सङ्कल्प गरेको छु तर त्यो पूरा गर्न असफल भएँ भने, परमेश्‍वरले मलाई मैले खाएको शपथअनुसार व्यवहार गर्नुहुनेछ कि गर्नुहुनेछैन भनी नियाल्छु।) यो पनि एक प्रकारको विधि हो। मानिसहरूले परमेश्‍वरलाई व्यवहार गर्न जुनसुकै विधि प्रयोग गरे पनि, यदि तिनीहरूलाई त्यसबारे आत्म-ग्लानि भयो, र त्यसपछि तिनीहरूले यी कार्य र स्वभावबारे ज्ञान पाए र तिनलाई तुरुन्तै उल्ट्याउन सके भने, समस्या त्यति ठूलो होइन—यो एउटा सामान्य भ्रष्ट स्वभाव हो। तर, यदि कसैले निरन्तर र हठपूर्वक यसो गरिरहन सक्छ, यो गलत हो र परमेश्‍वरले यसलाई तिरस्कार गर्नुहुन्छ भन्ने थाहा पाएर पनि त्यसैमा अडिग रहन्छन्, त्यसविरुद्ध कहिल्यै विद्रोह गर्दैनन् वा त्यसलाई त्याग्दैनन् भने, यो ख्रीष्टविरोधीको सार हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार साधारण मानिसहरूकोभन्दा कुन हिसाबले फरक हुन्छ भने, ख्रीष्टविरोधीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन् वा सत्यता खोज्दैनन्, बरु परमेश्‍वर, मानिसहरूप्रति उहाँको मनोवृत्ति, कुनै व्यक्तिसम्बन्धी उहाँको निष्कर्ष, र व्यक्तिको विगत, वर्तमान र भविष्यबारे उहाँका सोच र विचार के छन् भनी जाँच्न निरन्तर र हठपूर्वक विभिन्न विधि प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका अभिप्राय, सत्यता, र विशेष गरी आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सत्यताप्रति समर्पित हुने तरिका कहिल्यै खोज्दैनन्। तिनीहरूका सबै कार्यपछाडिको उद्देश्य परमेश्‍वरका सोच र विचारलाई सोधखोज गर्नु हो—यो एक ख्रीष्टविरोधी हो। ख्रीष्टविरोधीहरूको यो स्वभाव स्पष्ट रूपमा दुष्ट हुन्छ। तिनीहरू यी कार्यहरूमा संलग्न हुँदा र तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूमा अलिकति पनि ग्लानि वा पछुतोको सुराक हुँदैन। तिनीहरूले आफूलाई यी कुराहरूसँग जोडे पनि, तिनीहरूले कुनै पश्चात्ताप वा रोकिने अभिप्राय देखाउँदैनन्, बरु आफ्ना तरिकामै अडिग रहन्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहार, तिनीहरूको मनोवृत्ति, र तिनीहरूको तौरतरिकालाई हेर्दा, यो कुरा स्पष्ट हुन्छ कि तिनीहरूले परमेश्‍वरलाई आफ्नो प्रतिद्वन्द्वी मान्छन्। तिनीहरूका सोच र दृष्टिकोणमा परमेश्‍वरलाई जान्ने, परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरमा समर्पित हुने, वा परमेश्‍वरको डर मान्ने कुनै विचार वा मनोवृत्ति हुँदैन; तिनीहरू केवल परमेश्‍वरबाट आफूले चाहने जानकारी प्राप्त गर्न, र तिनीहरूप्रति परमेश्‍वरको यथार्थ मनोवृत्ति र परिभाषा निश्चित गर्न आफ्नै विधि र माध्यमहरू प्रयोग गर्न चाहन्छन्। झनै गम्भीर कुरा त के हो भने, तिनीहरूले आफ्ना तौरतरिकालाई परमेश्‍वरका प्रकाशका वचनहरूसँग मिलाए पनि, यो व्यवहारलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ र यो मानिसले गर्नुपर्ने कुरा होइन भन्ने कुराको अलिकति सचेतना भए पनि, तिनीहरूले कहिल्यै त्यसलाई त्याग्नेछैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)

ख्रीष्टविरोधीहरूको दुष्ट सारको सबैभन्दा आम प्रकटीकरण भनेको तिनीहरू ढोँग र पाखण्डमा निकै निपुण हुनु हो। तिनीहरूको स्वभाव अत्यन्तै द्वेषपूर्ण, कपटी, निर्दयी, र अहङ्कारी भए पनि, तिनीहरूले आफूलाई बाहिरी रूपमा निकै विनम्र र सौम्य देखाउँछन्। के यो ढोँग होइन र? यी मानिसहरू हरेक दिन आफ्नो मनमा यस्तो सोच्दै चिन्तन गर्छन्, “मैले आफूलाई झनै इसाई, झनै सम्माननीय, झनै आत्मिक, झनै गहकिलो, र झनै अगुवाजस्तो देखाउन कस्तो लुगा लगाउनुपर्छ? मैले मानिसहरूलाई आफू पर्याप्त रूपमा परिष्कृत, सुन्दर, मर्यादित र भद्र छु भनी महसुस गराउन कसरी खाना खानुपर्छ? मैले नेतृत्व र आकर्षणको भाव ल्याउन, साधारण नभई असाधारण व्यक्तिजस्तो देखिन कस्तो हिँड्ने मुद्रा अपनाउनुपर्छ? अरूसँग कुराकानी गर्दा, कस्तो लबज, शब्दावली, रूप, र मुखाकृतिले मानिसहरूलाई म सामाजिक उच्च खानदान वा उच्चपदस्थ बुद्धिजीवीजस्तो उच्च वर्गको हुँ भन्ने महसुस गराउन सक्छ? मेरो पोशाक, शैली, बोली, र व्यवहारले कसरी मानिसहरूलाई मलाई उच्च सम्मान गर्ने तुल्याउन, तिनीहरूमा अमेट छाप छोड्न, र म सदाका लागि तिनीहरूका हृदयमा रहिरहन सुनिश्चित गर्न सक्छ? मैले मानिसहरूको मन जित्न र तिनीहरूको हृदय छुन, र चिरस्थायी छाप छोड्न के भन्नुपर्छ? मैले अरूलाई मद्दत गर्न र अरूबारे राम्रो बोल्न अझ धेरै गर्नैपर्छ, परमेश्वरका वचनहरूबारे बारम्बार बोल्नैपर्छ र मानिसहरूसामु केही आत्मिक शब्दहरू प्रयोग गर्नैपर्छ, अरूलाई परमेश्वरका थप वचनहरू पढेर सुनाउनैपर्छ, तिनीहरूका लागि अझ धेरै प्रार्थना गर्नैपर्छ, मानिसहरूलाई कान थापेर मेरो कुरा सुन्न लगाउन सानो सोरमा बोल्नैपर्छ, र तिनीहरूलाई म नम्र, ख्याल राख्ने, माया गर्ने, दिलदार, र क्षमाशील छु भन्ने महसुस गराउनैपर्छ।” के यो ढोँग होइन र? ख्रीष्टविरोधीहरूको हृदय यिनै सोचहरूले ओगटिएको हुन्छ। तिनीहरूका सोचभरि अरू केही नभई गैर-विश्वासीहरूका प्रचलनहरू हुन्छन्, जसले तिनीहरूका सोच र दृष्टिकोण संसार र शैतानका हुन् भनेर पूर्णतः सङ्केत गर्छ। कतिपय मानिसले गोप्य रूपमा वेश्या वा चरित्रहीन महिलाले जस्तै लुगा लगाउलान्; तिनीहरूको पहिरनले विशेष गरी दुष्ट प्रवृत्तिहरू पूरा गर्छ र त्यो निकै चल्तीको हुन्छ। तर, जब तिनीहरू मण्डलीमा आउँछन्, तब ब्रदर-सिस्टरहरूमाझ तिनीहरूको पहिरन र चालढाल पूर्णतः फरक हुन्छ। के तिनीहरू ढोँग गर्नमा एकदमै निपुण छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा चिन्तन गर्ने कुरा, तिनीहरूले गर्ने कुरा, तिनीहरूका विविध प्रकटीकरण, र तिनीहरूले प्रकट गर्ने स्वभाव सबैले तिनीहरूको स्वभाव सार दुष्ट छ भनेर चित्रण गर्दछ। ख्रीष्टविरोधीहरू सत्यता, सकारात्मक कुरा, सही मार्ग, वा परमेश्वरका मागहरूबारे चिन्तन गर्दैनन्। तिनीहरूका सोच, र तिनीहरूले छनोट गर्ने तरिका, विधि, र उद्देश्य सब दुष्ट हुन्छन्—ती सबै सही मार्गबाट विचलित हुन्छन् र सत्यतासँग मेल खाँदैनन्। ती सत्यताविरुद्ध समेत जान्छन्, र तिनलाई सामान्यतया दुष्टताका रूपमा सारांशीकृत गर्न सकिन्छ; यति मात्र हो कि यस दुष्टताको प्रकृति दुष्ट हुन्छ—त्यसैले, यसलाई समग्रमा दुष्टता भनिन्छ। तिनीहरू इमानदार व्यक्ति बन्ने, शुद्ध र खुल्ला हुने, वा निष्कपट र बफादार हुनेबारे चिन्तन गर्दैनन्; बरु तिनीहरू दुष्ट विधिहरूबारे सोच्ने गर्छन्। उदाहरणका लागि, आफूबारे शुद्ध तरिकाले खुलस्त बताउन सक्ने कुनै व्यक्तिलाई लिऔँ, जुन सकारात्मक कुरा र सत्यता अभ्यास गर्नु हो। के ख्रीष्टविरोधीहरू यसो गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू निरन्तर रूपमा ढोँग गरिरहेका हुन्छन्, अनि जब तिनीहरू कुनै खराब कुरा गर्छन् र तिनीहरूको चर्तिकला पर्दाफास हुन थाल्छ, तब तिनीहरू त्यो उग्र रूपले लुकाउँछन्, आफ्नो सफाइ दिन्छन् र आफ्नो बचाव गर्छन्, र तथ्यहरू ढाकछोप गर्छन्—त्यसपछि तिनीहरू अन्ततः आफ्ना कारणहरू दिन्छन्। के यीमध्ये कुनै पनि अभ्यास सत्यता अभ्यास गर्नुसमान हुन्छन्? (हुँदैनन्।) के तीमध्ये कुनै सत्यता सिद्धान्तहरूअनुरूप हुन्छन्? झनै हुँदैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई)

ख्रीष्टविरोधीहरूका दुष्टतामा एउटा स्पष्ट विशेषता हुन्छ, र म यसलाई चिन्‍ने रहस्य तिमीहरूलाई बताउनेछु: तिनीहरूको बोली र व्यवहार एउटै हुन्छ, तैँले तिनीहरूको मन बुझ्‍न वा तिनीहरूको हृदय बुझ्न सक्दैनस्। तिनीहरूले तँसँग कुरा गर्दा, आफ्नो आँखा सधैँ यताउता घुमाइरहेका हुन्छन्, र तिनीहरूले कस्तो किसिमको षड्यन्त्र बुनिरहेका छन् भन्‍ने कुरा तैँले थाहा पाउन सक्दैनस्। कहिलेकाहीँ, तिनीहरूले तँलाई तिनीहरू निष्ठावान् वा निकै इमानदार छन् भन्‍ने महसुस गराउँछन्, तर वास्तविकता यस्तो हुँदैन—तैँले तिनीहरूको वास्तविकता कहिल्यै देख्‍न सक्दैनस्। तेरा हृदयमा कुनै खास अनुभूति हुन्छ, तिनीहरूका सोचमा गहन धूर्तता, अथाह गहिराइ छ, तिनीहरू छली हुन् भन्‍ने अनुभूति हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्टताको पहिलो विशेषता यही हो, र यसले ख्रीष्टविरोधीहरूमा दुष्टताको अवगुण हुन्छ भन्‍ने कुरा देखाउँछ। ख्रीष्टविरोधीहरूको दुष्टताको दोस्रो विशेषता के हो? तिनीहरूले भन्‍ने र गर्ने सबै कुरा अत्यन्तै भ्रामक हुन्छन्। यो कहाँ देखिन्छ? यो मानिसहरूको मनोविज्ञान बुझ्‍ने, मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने अनि स्वीकार गर्न सजिला कुराहरू बोल्ने तिनीहरूको विशेष चलाखीपनमा देखिन्छ। तैपनि, तैँले एउटा कुरा बुझ्नुपर्छ: तिनीहरू कहिल्यै आफूले भन्ने मनमोहक कुरा व्यवहारमा उतार्दैनन्। उदाहरणका लागि, तिनीहरू अरूलाई धर्मसिद्धान्त प्रचार गर्छन्, तिनीहरूलाई कसरी इमानदार मानिस बन्‍ने, र कुनै कुरा आइपर्दा कसरी प्रार्थना गर्ने र परमेश्‍वरलाई आफ्नो मालिक बन्न दिने भनेर बताउँछन्, तर जब ख्रीष्टविरोधीहरू आफैलाई कुनै कुरा आइपर्छ, तब तिनीहरू सत्यता अभ्यास गर्दैनन्। तिनीहरू आफ्नो इच्छाअनुसार काम गर्ने, र आफूलाई फाइदा पुऱ्याउने असंख्य तरिका सोच्ने, अरू सबैलाई तिनीहरूको सेवा गर्न र तिनीहरूका मामलाहरू सम्हाल्न लगाउने मात्रै गर्छन्। तिनीहरू कहिल्यै परमेश्‍वरलाई प्रार्थना गर्दैनन् वा उहाँलाई आफ्नो मालिक बनाउँदैनन्। तिनीहरूले सुन्नमा राम्रा कुराहरू भन्छन्, तर तिनीहरूको व्यवहार तिनीहरूले भन्ने कुरासँग मिल्दैन। तिनीहरूले कुनै कार्य गर्दा विचार गर्ने पहिलो कुरा भनेको आफ्नो फाइदा हो; तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्वीकार गर्दैनन्। मानिसहरूले तिनीहरू काम गर्दा आज्ञाकारी हुँदैनन्, सधैँ आफूलाई फाइदा दिने र अघि बढ्ने बाटो खोजिरहेका हुन्छन् भन्‍ने देख्छन्। मानिसहरूले देख्‍न सक्‍ने ख्रीष्टविरोधीहरूको छली र दुष्ट पक्ष यही हो। काम गर्दा, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू कष्ट सहन र मूल्य चुकाउन सक्छन्, कहिलेकाहीँ निद्रा र खानापानसमेत त्याग्‍न सक्छन्, तर तिनीहरू हैसियत प्राप्त गर्न वा आफ्नो नाम राख्‍नका लागि मात्रै यसो गर्छन्। तिनीहरू आफ्नो महत्त्वाकाङ्क्षा र उद्देश्यहरूका खातिर कष्ट भोग्छन् तर परमेश्‍वरको घरले तिनीहरूका लागि मिलाएको महत्त्वपूर्ण काममा झारा टार्छन्, जुन काम तिनीहरू पूरा गर्दैनन् भन्दा पनि हुन्छ। त्यसोभए, के तिनीहरू आफूले गर्ने सबै कुरामा परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन्छन्? के तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? यहाँ एउटा समस्या छ। अर्को प्रकारको व्यवहार पनि छ, त्यो के हो भने, जब दाजुभाइ-दिदीबहिनीहरूले फरक-फरक रायहरू अघि सार्छन्, तब ख्रीष्टविरोधीहरूले तिनलाई घुमाउरो पाराले इन्कार गर्नेछन्, कुरा बटार्छन्, मानिसहरूलाई ख्रीष्टविरोधीहरूले तिनीहरूसँग सङ्गति गरेका छन् र कुराहरू छलफल गरेका छन् भन्‍ने सोच्न लगाउँछन्—तर अन्त्यमा गएर, सबैले तिनीहरूले भनेअनुसार नै गर्नुपर्छ। तिनीहरू सधैँ अरूका सुझावहरूलाई रोक्ने उपायहरू खोजिरहेका हुन्छन्, ताकि मानिसहरूले तिनीहरूका विचार पछ्याऊन् र तिनीहरूले भनेअनुसार गरून्। के यो सत्यता सिद्धान्तहरू खोजी गर्नु हो? अवश्य नै होइन। त्यसोभए, तिनीहरूको कामको सिद्धान्त के हो? त्यो सबैले तिनीहरूको कुरा सुन्नैपर्छ र तिनीहरूले भनेको मान्नैपर्छ, तिनीहरूको बाहेक अरू कसैको कुरा सुन्‍नु असल हुँदैन, र तिनीहरूका विचारहरू सबैभन्दा राम्रा र उच्च छन् भन्‍ने सिद्धान्त हो। ख्रीष्टविरोधीहरूले सबैलाई आफूले भनेको कुरा सही छ, र यो सत्यता हो भन्‍ने महसुस गराउँछन्। के यो दुष्टता होइन र? ख्रीष्टविरोधीहरूको दुष्टताको दोस्रो विशेषता यही हो। ख्रीष्टविरोधीहरूको दुष्टताको तेस्रो विशेषता के हो भने जब तिनीहरू आफ्नो गवाही दिन्छन्, तब तिनीहरू प्रायजसो आफ्नो योगदान, आफूले भोगेका कठिनाइहरू, र सबैका लागि आफूले गरेका फाइदाजनक कुराहरूबारे गवाही दिन्छन्, त्यो कुरा मानिसहरूका दिमागमा घुसाइदिन्छन्, ताकि ती मानिसहरूले आफू ख्रीष्टविरोधीहरूको ज्योतिको न्यानो तापिरहेको छु भन्‍ने कुरा सम्झून्। यदि कसैले ख्रीष्टविरोधीलाई तारिफ गऱ्यो वा धन्यवाद दियो भने, उसले “परमेश्‍वरलाई धन्यवाद। यो सबै परमेश्‍वरले गर्नुभएको काम हो। परमेश्‍वरको अनुग्रह हाम्रा लागि पर्याप्त छ,” जस्ता आत्मिक शब्‍दहरूसमेत भन्‍न सक्छ, ताकि सबैले ऊ निकै आत्मिक छ, र ऊ परमेश्‍वरको असल सेवक हो भन्‍ने देखून्। वास्तवमा, उसले आफूलाई उचालिरहेको र आफ्नो गवाही दिइरहेको हुन्छ, र उसका हृदयमा परमेश्‍वरका लागि पटक्‍कै ठाउँ हुँदैन। अरू सबैका विचारमा, ख्रीष्टविरोधीको हैसियतले परमेश्‍वरको हैसियतलाई धेरै हदसम्म नाघिसकेको छ। के यो ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिन्छन् भन्‍ने कुराको वास्तविक प्रमाण होइन र? ख्रीष्टविरोधीले शक्ति हातमा लिएका र नियन्त्रण गरेका मण्डलीहरूमा, मानिसहरूका हृदयमा तिनीहरूको सबैभन्दा उच्च हैसियत हुन्छ। परमेश्‍वर त दोस्रो वा तेस्रो स्थानमा मात्र आउन सक्नुहुन्छ। यदि परमेश्‍वरले ख्रीष्टविरोधीले शक्ति हातमा लिएका मण्डलीमा गएर केही कुरा भन्नुभयो भने, के उहाँको कुरा त्यहाँका मानिसहरूका दिमागमा घुस्छ? के तिनीहरूले त्यो हृदयदेखि स्वीकार गर्नेछन्? भन्‍न गाह्रो छ। ख्रीष्टविरोधीहरूले आफ्नो गवाही दिन कति धेरै प्रयास गर्छन् भन्‍ने कुरा प्रमाणित गर्न यो पर्याप्त हुन्छ। तिनीहरू परमेश्‍वरको गवाही पटक्‍कै दिँदैनन्, तर आफूले परमेश्‍वरको गवाही दिनका लागि पाएका सबै अवसर आफ्‍नै गवाही दिन प्रयोग गर्छन्। के ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने यो तरकिब धूर्त छैन र? के यो अत्यन्तै दुष्ट छैन र? यहाँ सङ्गति गरिएका यी तीनवटा विशेषताका आधारमा, ख्रीष्टविरोधीहरूलाई चिन्न सजिलो हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

ख्रीष्टविरोधीहरू नाफा र आशिष्‌ प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्‍वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌ र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष्‌ प्राप्त गर्नका लागि होइन भने परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र त्यो आशिष्‌का लागि होइन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरूले तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनलाई विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई अरुचि हुने र सत्यतालाई घृणा गर्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्‍ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा मात्र होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु र परमेश्‍वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो। ख्रीष्टविरोधीहरूले खुल्लमखुल्ला परमेश्‍वरविरुद्ध सोर मच्चाउनु र उहाँको विरोध गर्न सक्‍ने हुनाले, तिनीहरूको स्वभाव के हो? दुष्टता हो। किन म दुष्टता हो भनेर भन्छु? ख्रीष्टविरोधीहरू आशिष्‌ प्राप्त गर्न, अनि ख्याति, प्राप्ति, र हैसियतका लागि परमेश्‍वरको विरोध गर्ने र उहाँविरुद्ध सोर मच्चाउने आँट गर्छन्। तिनीहरू किन यसो गर्ने आँट गर्छन्? तिनीहरूका हृदयमा तिनीहरूलाई शासन गर्ने एउटा शक्ति, दुष्ट स्वभाव हुन्छ, त्यसकारण तिनीहरूले बेइमानीपूर्वक काम गर्न, परमेश्‍वरसँग तर्क गर्न, र उहाँविरुद्ध सोर मच्चाउन सक्छन्। परमेश्‍वरले तिनीहरूलाई मुकुट दिनेछैनँ भन्‍नुभन्दा पहिले, परमेश्‍वरले तिनीहरूको गन्तव्य खोस्नुभन्दा पहिले, तिनीहरूको दुष्ट स्वभाव तिनीहरूको हृदयबाट बाहिर निस्कन्छ, र तिनीहरू भन्छन्, “तपाईंले मलाई मुकुट र गन्तव्य दिनुभएन भने, म तेस्रो स्वर्गमा गएर तपाईंसँग तर्क गर्नेछु!” यदि तिनीहरूमा दुष्ट स्वभाव नभएको भए, तिनीहरूले त्यस्तो ऊर्जा कहाँ प्राप्त गर्नेथिए? के धेरैजसो मानिसले त्यस्तो ऊर्जा जुटाउन सक्छन्? किन ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्? किन तिनीहरू आशिष् पाउने आफ्नो इच्छालाई दृढतापूर्वक पक्रिरख्छन्? के यो फेरि पनि तिनीहरूको दुष्टपन होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई दिने प्रतिज्ञा गरेका आशिषहरू नै ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र इच्छा बनेका हुन्छन्। तिनीहरू ती कुरा प्राप्त गर्ने सङ्कल्प गर्छन्, तर परमेश्‍वरको मार्ग पछ्याउन चाहँदैनन्, र सत्यतालाई प्रेम गर्दैनन्। बरु, तिनीहरू आशिष्, इनाम, र मुकुटको पछि लाग्छन्। परमेश्‍वरले तिनीहरूलाई यी कुराहरू दिनेछैनँ भनेर भन्‍नुभन्दा पहिले नै, तिनीहरू परमेश्‍वरसँग लड्न चाहन्छन्। तिनीहरूको तर्क के हो? “यदि मैले आशिष् र इनाम प्राप्त गर्न सकिनँ भने, म तपाईंसँग तर्क गर्नेछु, म तपाईंलाई विरोध गर्नेछु, र तपाईं परमेश्‍वर हुनुहुन्न भनेर भन्‍नेछु!” के तिनीहरूले यस्ता कुराहरू बोलेर परमेश्‍वरलाई धम्की दिइरहेका हुँदैनन् र? के तिनीहरूले उहाँलाई हटाउने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गर्नेसमेत आँट गर्छन्। यदि परमेश्‍वरका कार्यहरू तिनीहरूको इच्छाअनुरूप भएनन् भने, तिनीहरू परमेश्‍वर सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नसमेत दुस्साहस गर्छन्। के यो शैतानको स्वभाव होइन र? के यो शैतानको दुष्टता होइन र? ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने तरिका र परमेश्‍वरप्रति शैतानको मनोवृत्तिबीच कुनै भिन्‍नता छ? यी दुई शैलीलाई पूर्ण रूपमा समान मान्‍न सकिन्छ। ख्रीष्टविरोधीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकता स्वीकार गर्न मान्दैनन्, र तिनीहरू परमेश्‍वरको हातबाट आशिष्, इनाम, र मुकुटहरू खोस्न चाहन्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू के आधारमा यस्तो काम गर्न र ती कुराहरू खोस्न चाहन्छन्? तिनीहरू कसरी यस्तो ऊर्जा जुटाउन सक्छन्? यसको कारणलाई अहिले यसरी सारांशीकृत गर्न सकिन्छ: ख्रीष्टविरोधीहरूको दुष्टता यही हो। ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, तैपनि अझै आशिष् र मुकुट प्राप्त गर्न, र परमेश्‍वरको हातबाट यी इनामहरू खोस्न चाहन्छन्। के यो काल खोज्नु होइन र? के तिनीहरू आफूले काल खोजिरहेको छु भन्‍ने महसुस गर्छन्? (तिनीहरू त्यो महसुस गर्दैनन्।) तिनीहरूमा इनामहरू प्राप्त गर्नु असम्भव छ भन्‍ने अलिकति अनुभूति पनि हुन सक्छ, त्यसकारण तिनीहरू सुरुमा यस्तो अभिव्यक्ति दिन्छन्, “यदि मैले आशिष्‌हरू प्राप्त गर्न सकिनँ भने, म तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग तर्क गर्नेछु!” तिनीहरूले आशिष्‌ प्राप्त गर्नु असम्भव हुनेछ भन्‍ने कुरा पहिले नै जानेका हुन्छन्। आखिर, शैतानले धेरै वर्षदेखि परमेश्‍वरविरुद्ध आकाशमा सोर मच्चाउँदै आएको छ, र परमेश्‍वरले त्यसलाई के दिनुभएको छ? परमेश्‍वरले त्यसलाई यसो मात्रै भन्‍नुभएको छ, “काम सकिएपछि, म तँलाई अतल कुण्‍डमा फ्याँकिदिनेछु। तँ अतल कुण्डको होस्!” परमेश्‍वरले शैतानलाई गरेको एउटै मात्र “प्रतिज्ञा” यही हो। के त्यसले अझै पनि इनामको कामना गर्नु उद्दण्डता होइन र? यो दुष्टपन हो। ख्रीष्टविरोधीहरूको अन्तर्निहित सार परमेश्‍वरप्रति शत्रुता हो, र ख्रीष्टविरोधीहरू आफैलाई किन यस्तो हुन्छ भन्‍ने थाहा हुँदैन। तिनीहरूको हृदय आशिष् र मुकुट प्राप्त गर्नमा मात्रै केन्द्रित हुन्छ। जब कुनै कुरा सत्यता वा परमेश्‍वरसँग सम्बन्धित हुन्छ, तब तिनीहरूभित्र प्रतिरोध र रिस पैदा हुन्छ। यो दुष्टपन हो। सामान्य मानिसहरू सायद ख्रीष्टविरोधीहरूको भित्री भावना बुझ्न सक्दैनन्; ख्रीष्टविरोधीहरूका लागि त्यो निकै गाह्रो हुन्छ। ख्रीष्टविरोधीहरूमा यस्ता ठूला महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तिनीहरू आफूभित्र यस्तो ठूलो दुष्ट ऊर्जा पाल्छन्, र आशिष्‌हरू पाउने यस्तो ठूलो इच्छा हुन्छ। तिनीहरूलाई इच्छाले जलेका भन्न सकिन्छ। तर परमेश्‍वरको घरले निरन्तर सत्यतामा सङ्गति गर्छ—तिनीहरूलाई यो कुरा सुन्न निकै पीडादायी र गाह्रो भएको हुनुपर्छ। तिनीहरू आफूलाई अन्याय गर्छन् र त्यो सहन धेरै नाटक गर्छन्। के यो एक प्रकारको दुष्ट ऊर्जा होइन र? यदि साधारण मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूलाई मण्डली जीवन अरोचक लाग्छ र त्यसप्रति घृणासमेत लाग्छ। तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढ्दा र सत्यतामा सङ्गति गर्दा आनन्दभन्दा बढी कष्टजस्तो लाग्छ। त्यसोभए, ख्रीष्टविरोधीहरू त्यो कसरी सहन सक्छन्? कसरी सक्छन् भने, आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्छा यति ठूलो हुन्छ कि जसले तिनीहरूलाई आफूलाई अन्याय गर्न र मन नलागी-नलागी त्यो सहन बाध्य पार्छ। त्यसबाहेक, तिनीहरू शैतानको नोकरका रूपमा काम गर्न परमेश्‍वरका घरमा घुस्छन्, र मण्डलीका काममा अवरोध र बाधाहरू ल्याउन आफूलाई समर्पित गर्छन्। तिनीहरू यो आफ्नो मिसन हो भन्‍ने विश्‍वास गर्छन्, र परमेश्‍वरलाई विरोध गर्ने आफ्नो काम पूरा नगरेसम्म, तिनीहरूलाई ढुक्क हुँदैन र आफूले शैतानलाई निराश तुल्याएको छु भन्ने लाग्छ। यो ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

आखिरी दिनहरूमा, परमेश्‍वर काम गर्न देहधारी भएर आउनुभएको छ, धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, मानवजातिको लागि परमेश्‍वरको व्यवस्थापन योजनाका सबै रहस्यहरू प्रकट गर्नुभएको छ, र मुक्ति पाउनको लागि मानिसहरूले बुझ्‍नुपर्ने र प्रवेश गर्नुपर्ने सबै सत्यताहरू प्रदान गर्नुभएको छ। यी सत्यता र परमेश्‍वरका यी वचनहरू सकारात्मक कुरा प्रेम गर्ने सबैको लागि बहुमूल्य खजाना हुन्। भ्रष्ट मानवजातिलाई सत्यताको खाँचो हुन्छ, र ती मानवजातिको लागि अमूल्य सम्पत्ति पनि हुन्। परमेश्‍वरको हरेक वचन भाग, मापदण्ड, र इच्छा मानिसहरूले बुझ्‍नुपर्ने र जान्‍नुपर्ने कुरा हुन्, ती मुक्ति हासिल गर्नको लागि मानिसहरूले पालना गर्नैपर्ने कुरा हुन्, र ती मानवजातिले प्राप्त गर्नैपर्ने सत्यता हुन्। तर ख्रीष्टविरोधीहरूले यी वचनहरूलाई सिद्धान्त र नाराको रूपमा लिन्छन्, तिनलाई ध्यानसमेत दिँदैनन्, र अझ खराब कुरा त, तिनीहरूले तिनलाई घृणा र इन्कार गर्ने समेत गर्छन्। ख्रीष्टविरोधीहरूले मानवजातिमाझ रहेका सबैभन्दा बहुमूल्‍य कुराहरूलाई ठगका झूटहरू मान्छन्। ख्रीष्टविरोधीहरूले हृदयदेखि मुक्तिदाता छन् भनेर विश्‍वास गर्दैनन्, संसारमा सत्यता वा सकारात्मक कुराहरू छन् भनेर विश्‍वास गर्नु त परको कुरा हो। तिनीहरू कुनै पनि सुन्दर वा फाइदाजनक कुरालाई मानव हातद्वारा जितिनुपर्छ र मानव सङ्घर्षद्वारा कब्जा गरिनुपर्छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूले महत्त्वाकाङ्क्षा र सपना नदेख्‍ने मानिसहरू कहिल्यै सफल हुँदैनन् भन्‍ने विश्‍वास गर्छन्, तर तिनीहरूको हृदय भने परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताप्रतिको वितृष्णा र घृणाले भरिएको हुन्छ। तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूलाई सिद्धान्त र नाराहरूको रूपमा लिन्छन्, तर शक्ति, चासो, महत्त्वाकाङ्क्षा, र इच्छालाई भने व्यवस्थापन गर्नुपर्ने र पछ्याउनुपर्ने न्यायोचित कुराहरूको रूपमा लिन्छन्। तिनीहरूले आफ्‍नो वरदानको मदतद्वारा गरिएको सेवालाई स्वर्गको राज्यमा प्रवेश गर्न, मुकुट पाउन, र अझै ठूलो आशिष्‌ पाउनको लागि परमेश्‍वरसँग मोलतोल गर्ने माध्यमको रूपमा समेत प्रयोग गर्छन्। के यो दुष्टता होइन र? तिनीहरूले परमेश्‍वरको अभिप्रायलाई कसरी अर्थ्याउँछन्? तिनीहरू भन्छन्, “परमेश्‍वरले कसले उनको लागि सबैभन्दा बढी आफूलाई अर्पित गर्छ र कष्ट भोग्छ अनि कसले सबैभन्दा बढी मूल्य चुकाउँछ, त्यो हेरेर को ठूलो व्यक्ति हो भन्‍ने कुरा निर्धारित गर्छन्। उनले को दौडधूप गर्न र कुशल तरिकाले बोल्‍न सक्छ, र कोसँग लुट्न सक्‍ने जोस छ र कसले बलजफती खोस्‍न सक्छ भनेर हेरेर नै को राज्य प्रवेश गर्न सक्छ र कसले मुकुट पाउँछ भन्‍ने कुरा निर्धारित गर्छन्। पावलले भनेझैँ, ‘मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ’ (२ तिमोथी ४:७-८)।” तिनीहरूले पावलका यी वचनहरू पालन गर्छन् र पावलका वचनहरू सत्य हुन् भनी विश्‍वास गर्छन्, तर तिनीहरूले मानवजातिलाई परमेश्‍वरले दिनुभएका सबै मापदण्ड र अभिव्यक्तिहरू बेवास्ता गर्छन्, र यस्तो सोच्छन्, “यी कुराहरू त्यति महत्त्वपूर्ण छैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले आफ्‍नो लडाइँ लडेर आफ्‍नो दौड पूरा गरिसकेपछि, अन्त्यमा मैले मुकुट प्राप्त गर्नेछु। यो साँचो कुरा हो। परमेश्‍वरले भन्‍न चाहेको कुरा त्यही होइन र? परमेश्‍वरले हजारौँ-हजार वचनहरू बोलेका छन् र अनगिन्ती प्रवचनहरू दिएका छन्। उनले मानिसहरूलाई भन्‍न चाहेको के हो भने, यदि तिमी मुकुट र इनाम चाहन्छौ भने, लडाइँ गर्ने, सङ्घर्ष गर्ने, यसलाई खोस्‍ने, र लिने काम पनि तिम्रै हो।” के ख्रीष्टविरोधीहरूको तर्क यस्तै हुँदैन र? ख्रीष्टविरोधीहरूले सधैँ आफ्‍नो हृदयको गहिराइमा परमेश्‍वरको कामलाई यसरी नै हेर्छन्, र परमेश्‍वरको वचन र व्यवस्थापन योजनालाई यसरी नै अर्थ्याउँछन्। तिनीहरूको स्वभाव दुष्ट हुन्छ, हुँदैन र? तिनीहरूले परमेश्‍वरको अभिप्राय, सत्यता, र सबै सकारात्मक कुरालाई बङ्ग्याउँछन्। तिनीहरूले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनालाई नग्‍न लेनदेनको रूपमा लिन्छन्, र सृष्टिकर्ताले मानवजातिलाई गर्न लगाउनुहुने कर्तव्यलाई जबरजस्ती अधिग्रहण, आक्रमण, छल, र लेनदेनको रूपमा लिन्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव होइन र? ख्रीष्टविरोधीहरूले के विश्‍वास गर्छन् भने, आशिष्‌हरू पाउन र स्वर्गको राज्य प्रवेश गर्नको लागि, तिनीहरूले यसलाई लेनदेनद्वारा प्राप्त गर्नुपर्छ, र यो नै न्यायसङ्गत, उचित, र सबैभन्दा वैध कुरा हो। के यो दुष्ट तर्क होइन र? के यो शैतानी तर्क होइन र? ख्रीष्टविरोधीहरूले सधैँ आफ्‍नो हृदयको गहिराइमा त्यस्तो दृष्टिकोण र मनोवृत्ति राख्छन्, जुन कुराले ख्रीष्टविरोधीहरूको स्वभाव अत्यन्तै दुष्ट हुन्छ भन्‍ने प्रमाणित गर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात)

ख्रीष्टविरोधीहरूको स्वभाव दुष्ट हुन्छ; तिनीहरूले सत्यता नस्विकार्ने मात्र होइन, तर परमेश्‍वरको प्रतिरोध गर्न, आफ्नै राज्य स्थापित गर्नसमेत सक्छन्, र तिनीहरू परमेश्‍वरको घोर विरोध गर्छन्—यो दुष्ट स्वभाव हो। के तिमीहरूमा दुष्ट स्वभावहरूबारे कुनै बुझाइ छ? धेरैजसो मानिसलाई ती कसरी खुट्ट्याउने भन्‍ने थाहा हुँदैन होला, त्यसकारण एउटा उदाहरण लिऊँ। कतिपय मानिस आफूसँग केही काम नभएको बेला एकदमै सामान्य व्यवहार गर्छन्, अरूसँग कुरा गर्छन् र अरूसँग अत्यन्तै सामान्य रूपमा अन्तरक्रिया गर्छन्, तिनीहरू सामान्य मानिसजस्तै देखिन्छन् र कुनै नराम्रो काम गर्दैनन्। तैपनि, जब तिनीहरू भेलाहरूमा आउँछन्, परमेश्‍वरका वचनहरू पढ्छन् र सत्यतामा सङ्गति गर्छन्, तब तिनीहरूमध्ये कति जना सुन्न इच्छुक हुँदैनन्, कतिपय निदाउँछन्, कतिपयलाई यस कुराप्रति अरुचि लाग्छ र सहन गाह्रो हुन्छ, तिनीहरू यो कुरा सुन्न चाहँदैनन्, र कति जना त थाहै नपाई निदाउँछन् र केही थाहा पाउँदैनन्—यो के भएको हो? कसैले सत्यतामा सङ्गति थाल्दा किन यति धेरै असामान्य घटनाहरू देखिएका? यीमध्ये कति जना असामान्य स्थितिमा हुन्छन्, तर कति जना भने दुष्ट नै हुन्छन्। तिनीहरूलाई दुष्ट आत्मा लागेको हुन्छ भन्‍ने सम्भावनालाई नकार्न सकिँदैन, र कहिलेकाहीँ मानिसहरू यसलाई पूर्ण रूपमा बुझ्न वा स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूमा दुष्ट आत्मा हुन्छ। यदि तैँले तिनीहरूलाई किन तिनीहरू सत्यताप्रति वैरभाव राख्छन् भनेर सोधिस् भने, तिनीहरू सत्यताप्रति आफूले वैरभाव राख्दैन भनेर भन्छन् र जिद्दी गर्दै त्यो कुरा स्विकार्न मान्दैनन्, तर वास्तवमा तिनीहरूलाई आफूले सत्यतालाई प्रेम गर्दैन भन्‍ने हृदयमा थाहा हुन्छ। जब कसैले पनि परमेश्‍वरका वचनहरू पढिरहेको हुँदैन, तब तिनीहरू अरूसँग सामान्य मानिसहरू जस्तै घुलमिल हुन्छन् र तिनीहरूभित्र के छ भन्‍ने कुरा तँलाई थाहा हुँदैन। तर, कसैले परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरू सुन्न चाहँदैनन् र तिनीहरूका हृदयमा घृणा पैदा हुन्छ। तिनीहरूको प्रकृति यसरी उदाङ्गो हुन्छ—तिनीहरू दुष्ट आत्मा हुन्; तिनीहरू यस्ता कुरा हुन्। परमेश्‍वरका वचनहरूले यी मानिसहरूको सार खुलासा गरेका हुन्छन् कि तिनीहरूलाई नाराज पारेका हुन्छन्? कुनै पनि होइन। तिनीहरू भेलाहरूमा सहभागी हुँदा, कसैले पनि परमेश्‍वरका वचनहरू पढेको सुन्न चाहँदैनन्—के यो तिनीहरू दुष्ट हुनु होइन र? “दुष्ट हुनु” को अर्थ के हो? यसको अर्थ सत्यता, सकारात्मक कुरा, र सकारात्मक मानिसहरूप्रति कुनै कारणविना वैरभाव राख्नु हो; कारण के हो भन्‍ने तिनीहरूलाई समेत थाहा हुँदैन, तिनीहरूले त्यतिकै त्यस्तो व्यवहार गर्नुपर्छ। दुष्ट हुनु भनेको यही हो र, आम मानिसका शब्दमा, यो केवल खराब हुनु हो। कतिपय ख्रीष्टविरोधी भन्छन्, “कसैले परमेश्‍वरका वचनहरू पढ्न मात्रै सुरु गर्नुपर्छ र मलाई सुन्न मन लाग्दैन। मैले कसैले परमेश्‍वरको गवाही दिएको सुन्नु मात्रै पर्छ मलाई घृणा लाग्छ, र त्यसको कारणसमेत मलाई थाहा हुँदैन। जब म कसैले सत्यतालाई प्रेम गरेको र पछ्याएको देख्छु, तब म तिनीहरूसँग मिल्न सक्दिनँ, म तिनीहरूविरुद्ध उभिन चाहन्छु, म सधैँ तिनीहरूलाई श्राप दिन, पिठ्यूँपछाडि चोट पुऱ्याउन र यातना दिएर मार्न चाहन्छु।” यस्तो महसुस हुनुका कारण तिनीहरूलाई समेत थाहा हुँदैन—यो तिनीहरू दुष्ट हुनु हो। यसको वास्तविक कारण के हो? ख्रीष्टविरोधीहरूभित्र सामान्य व्यक्तिको आत्मा हुँदैन, तिनीहरूमा कुनै सामान्य मानवता हुँदैन—अन्तिम विश्लेषणमा कुरा यस्तै हुन्छ। यदि सामान्य व्यक्तिले परमेश्‍वरले सत्यताका विभिन्‍न पक्षबारे स्पष्ट र सजिलै बुझिने तरिकामा बोल्नुभएको सुन्यो भने, उसले सोच्छ, “सही र गलतबीच भिन्‍नता छुट्याउन नसकिने र असल र खराबमा अन्योल भइने यस्तो दुष्ट र धूर्त युगमा, यति धेरै सत्यता र त्यस्ता उत्कृष्ट वचनहरू सुन्न पाउनु अत्यन्तै बहुमूल्य र दुर्लभ कुरा हो!” यो किन बहुमूल्य हो? परमेश्‍वरका वचनहरूले हृदय र आत्मा दुवै भएका मानिसहरूको इच्छा र प्रेरणालाई जगाउँछन्। कस्तो प्रेरणा? तिनीहरू न्याय र सकारात्मक कुराहरूको तृष्णा गर्छन्, तिनीहरू परमेश्‍वरको अघि जिउन, संसारमा निष्पक्षता र धार्मिकता होस्, र परमेश्‍वरले आएर संसारमाथि शासन गर्नुहोओस् भन्‍ने तृष्णा गर्छन्—सत्यतालाई प्रेम गर्ने सबै मानिसको पुकार यही हो। तथापि, के ख्रीष्टविरोधीहरू यी कुराहरूको तृष्णा गर्छन्? (गर्दैनन्।) ख्रीष्टविरोधीहरू केको तृष्णा गर्छन्? “यदि म सत्तामा भएको भए, आफूलाई मन नपर्ने सबै मानिसलाई नष्ट गर्नेथिएँ! जब कसैले ख्रीष्ट देखा परेर काम गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर गवाही दिन्छ, परमेश्‍वर मानवजातिका सार्वभौम हुनुहुन्छ भनेर गवाही दिन्छ, र परमेश्‍वरका वचनहरू सत्यता हुन्, मानवजातिको सबैभन्दा उच्च जीवनको आदर्श हुन्, र मानव अस्तित्वको जग हुन् भनेर गवाही दिन्छ, तब मलाई वाकवाकी हुन्छ, घृणा लाग्छ, र म त्यो कुरा सुन्न चाहन्नँ!” यो त ख्रीष्टविरोधीहरूका हृदयमा हुने कुरा हो। के ख्रीष्टविरोधीहरूमा यो स्वभाव हुँदैन र? जबसम्म कसैले तिनीहरूलाई आराधना गर्छ, आदर गर्छ, र पछ्याउँछ, तबसम्म तिनीहरू साथीहरू हुन्छन्, एउटै टोलीमा हुन्छन्; यदि कसैले सधैँ सत्यतामा सङ्गति गरिरह्यो र परमेश्‍वरको गवाही दिइरह्यो भने, ख्रीष्टविरोधीहरू तिनीहरूदेखि टाढिन्छन् र तिनीहरूलाई घृणा गर्छन्, र यहाँसम्म कि आक्रमण गर्छन्, बहिष्कार गर्छन्, र यातना दिन्छन्—यो दुष्टपन हो। जब हामी दुष्टताबारे कुरा गर्छौँ, तब यसले सधैँ शैतानका धूर्त षड्यन्त्रहरूलाई जनाउँछ; शैतानले गर्ने कुराहरू दुष्ट हुन्छन्, ठूलो रातो अजिङ्गरले गर्ने कुराहरू दुष्ट हुन्छन्, ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू दुष्ट हुन्छन्, र जब हामी तिनीहरू दुष्ट हुन् भन्‍नेबारे कुरा गर्छौँ, तब त्यसले मुख्यतः सबै सकारात्मक कुराहरूप्रति तिनीहरू विरोधी बन्ने अनि तिनीहरूले विशेषतः सत्यता र परमेश्‍वरको विरोध गर्ने कुरालाई जनाउँछ—यो दुष्टता हो, र यो ख्रीष्टविरोधीहरूको स्वभाव हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

यदि ख्रीष्टविरोधीले सत्यतालाई प्रेम गर्ने र पछ्याउने कतिपय मानिसलाई देख्यो भने, उसलाई असहज लाग्छ। यो असहजता कहाँबाट आउँछ? यो तिनीहरूको दुष्ट स्वभावबाट आउँछ, अर्थात्, तिनीहरूका प्रकृतिमा न्याय, सकारात्मक कुरा, सत्यतालाई घृणा गर्ने, र परमेश्‍वरको विरोध गर्ने दुष्ट स्वभाव हुन्छ। त्यसकारण, तिनीहरूले कुनै व्यक्तिले सत्यता पछ्याएको देख्दा, भन्छन्, “तिमी त्यति शिक्षित र त्यति हेर्न लायक छैनौ, तैपनि खुब सत्यता पछ्याउँछौ।” यसले कस्तो मनोवृत्तिलाई देखाउँछ? यो तिरस्कार हो। उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा केही प्रतिभा वा विशेष सिप हुन्छ र उनीहरू सम्बन्धित कर्तव्य पूरा गर्न चाहन्छन्। वास्तवमा, तिनीहरूका विभिन्‍न अवस्थाका सन्दर्भमा यो उपयुक्त कुरा हो, तर ख्रीष्टविरोधीहरू त्यस्ता दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू हृदयमा सोच्छन्, “यदि तिमी यो कर्तव्य निभाउन चाहन्छौ भने तिमीले सुरुमा मलाई चेपारो घसेर मेरो गुटको मान्छे बन्‍नुपर्छ, त्यसपछि मात्रै म तिमीलाई यो कर्तव्य निभाउन अनुमति दिनेछु। नत्र भने, सपना देखेर बस्!” के ख्रीष्टविरोधीहरू यसरी नै व्यवहार गर्दैनन् र? किन ख्रीष्टविरोधीहरू परमेश्‍वरमा सच्चा विश्‍वास गर्ने, केही न्याय बोध गर्ने र केही मानवता हुने, अनि सत्यता पछ्याउन केही प्रयास गर्ने मानिसहरूलाई यति घृणा गर्छन्? किन तिनीहरू सधैँ त्यस्ता मानिसहरूविपरीत हुन्छन्? जब तिनीहरू सत्यता पछ्याउने र राम्रो व्यवहार गर्ने, कहिल्यै नकारात्मक नहुने र दयालु अभिप्राय भएका मानिसहरू देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ। ख्रीष्टविरोधीहरू निष्पक्ष रूपमा काम गर्ने, सिद्धान्तअनुसार आफ्नो कर्तव्य निभाउन सक्‍ने, सत्यता बुझेपछि अभ्यास गर्न सक्‍ने मानिसहरूलाई देख्दा एकदमै रिसाउँछन्, ती मानिसहरूलाई कष्ट दिने उपाय सोच्दै आफ्नो दिमाग खियाउँछन्, र तिनीहरूका लागि परिस्थिति कठिन बनाउने प्रयास गर्छन्। यदि कसैले ख्रीष्टविरोधीको प्रकृति सार, अन्तर्घातीपन र दुष्टपनलाई छर्लङ्गै देख्यो अनि उसको खुलासा र रिपोर्ट गर्न चाह्यो भने, त्यो ख्रीष्टविरोधीले के गर्नेछ? ख्रीष्टविरोधीले आफ्नो आँखाको यो कसिङ्गर र शरीरमा बिजेको काँडा हटाउन सक्ने हरउपाय सोच्नेछ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई यस व्यक्तिलाई इन्कार गर्न उक्साउनेछ। कुनै साधारण दाजुभाइ-दिदीबहिनीका मण्डलीमा प्रतिष्ठा र हैसियत हुँदैन; उनीहरूले यस ख्रीष्टविरोधीबारे केही मात्रामा बुझेका मात्रै हुन्छन् र उनीहरू यस ख्रीष्टविरोधीका निम्ति कुनै खतरा हुँदैनन्। त्यसोभए किन ख्रीष्टविरोधी उनीहरूलाई कहिल्यै मन पराउँदैन र उनीहरूलाई आफ्नो आँखाको कसिङ्गर र शरीरमा बिजेको काँडा ठान्छ? यो व्यक्ति कसरी ख्रीष्टविरोधीका मार्गमा हुन्छ? किन ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई ठाउँ दिन सक्दैन? किनभने ख्रीष्टविरोधीभित्र दुष्ट स्वभाव हुन्छ। ऊ सत्यता वा सही मार्ग पछ्याउने मानिसहरूलाई सहन सक्दैन। ऊ सही मार्ग पछ्याउन चाहने जोकोहीविरुद्ध आफूलाई खडा गर्छ र जानाजानी तेरा लागि परिस्थिति कठिन बनाउँछ, र तँलाई हटाउने उपाय सोच्दै आफ्नो दिमाग खियाउँछ, वा उसले तँलाई दमन गर्नेछ ताकि तँ नकारात्मक र कमजोर नबनेस्, वा अरूले तँलाई इन्कार गरून् भन्नहेतु तेरो कमजोरी कोट्याएर त्यसलाई चारैतिर फैलाउनेछ, त्यसपछि ऊ खुसी हुन्छ। यदि तैँले त्यसको कुरा सुनिनस् वा उसको कुरा मानिनस्, र सत्यता पछ्याइरहिस्, सही मार्ग पछ्याइस्, अनि असल व्यक्ति बनिस् भने, उसलाई हृदयमा अप्ठ्यारो हुन्छ, र तैँले आफ्नो कर्तव्य निभाएको देखेर ऊ व्याकुल र असहज हुन्छ। यो के भएको हो? के तैँले उसलाई नाराज बनाएको हुन्छस्? अहँ, बनाएको हुँदैनस्। तैँले उसलाई केही नगरेको वा उसका हितमा कुनै हानि नगरेको भए पनि किन ऊ तँलाई त्यस्तो व्यवहार गर्छ? यसले यस्तो कुरा अर्थात् ख्रीष्टविरोधीहरूको प्रकृति दुष्ट छ, र तिनीहरू भित्री रूपमै न्याय, सकारात्मक कुरा, र सत्यताको विरोध गर्छन् भन्‍ने कुरालाई मात्रै देखाउँछ। यदि तैँले उसलाई वास्तवमा के भएको भनेर सोधिस् भने, उसलाई त्यो थाहासमेत हुँदैन; तिनीहरू जानाजानी तेरा लागि परस्थिति गाह्रो मात्र बनाउँछ। यदि तैँले एउटा तरिकामा काम गर्न भनिस् भने, उसले अर्को तरिकाले नै गर्नुपर्छ; यदि तैँले फलानो व्यक्ति योग्य छैन भनिस् भने, ऊ त्यो व्यक्ति राम्रो छ भन्छ; यदि तैँले यो सुसमाचार सुनाउने राम्रो तरिका हो भनिस् भने, ऊ त्यो खराब तरिका हो भन्छ; यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको एक-दुई वर्ष मात्रै भएको एक जना सिस्टर नकारात्मक र कमजोर बनेको छ र उनलाई सहयोग गर्नुपर्छ भनेर भनिस् भने, ऊ भन्छ, “त्यो गर्नु पर्दैन, उनी तिमीभन्दा बलियो छिन्।” छोटकरीमा भन्दा, ऊ सधैँ तेरो विपरीत हुन्छ र जानाजानी तेरो विपरीत कार्य गर्छ। तेरो विपरीत हुनुपछाडि तिनीहरूको सिद्धान्त के हो? के हो भने, तैँले सही भनेको कुरालाई ऊ गलत भन्छ, र तैँले गलत भनेको कुरालाई ऊ सही भन्छ। के उसका कार्यमा कुनै सत्यता सिद्धान्तहरू हुन्छन्? कुनै पनि हुँदैन। ऊ तँलाई मूर्ख बनाउन, देखाउन, तोड्न, हटाउन मात्रै चाहन्छ ताकि तैँले आफ्नो शिर उठाउन नसकेस्, तैँले सत्यता पछ्याउन छोडेस्, तँ कमजोर बनेस्, र तैँले अब विश्‍वास नगरेस्, त्यसपछि उसको उद्देश्य पूरा हुन्छ, र उसलाई आफ्नो हृदयमा आनन्द लाग्छ। यो के भएको हो? ख्रीष्टविरोधी प्रकारका मानिसहरूको दुष्ट सार यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिमा मानिसहरूलाई अज्ञात रहेको केही कुरा हुन्छ: तिनीहरूले तँलाई तिनीहरूको कुरा सुन्न, ती ठीक, सही, र सकारात्मक छन् भनेर विश्वस्त तुल्याउनका लागि विभिन्‍न माध्यम, भाषण, विधि, रणनीति, तरिका, र भ्रमहरू प्रयोग गर्न सक्छन्, र तिनीहरूले दुष्कर्म गरे पनि, सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, र भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, अन्तमा, तिनीहरूले परिस्थितिलाई उल्ट्याइदिनेछन् र मानिसहरूलाई तिनीहरू सही छन् भन्‍ने सोच्न लगाउनेछन्। तिनीहरूमा यो क्षमता हुन्छ। यो क्षमता के हो? यो अत्यन्तै बहकाउने व्यक्ति बन्‍नु हो। यो तिनीहरूको दुष्टता हो, तिनीहरू अत्यन्तै बहकाउने व्यक्ति हुन्। तिनीहरूको हृदयमा, तिनीहरूले मन पराउने, नपराउने, वितृष्णा मान्‍ने, सम्मान र आराधना गर्ने कुराहरू निश्‍चित विकृत दृष्टिकोणहरूद्वारा निर्मित हुन्छन्। यी दृष्टिकोणहरूमा धेरै सिद्धान्तहरू हुन्छन्, जुन सबै घतलाग्दा भ्रमहरू हुन्छन् जसलाई साधारण मानिसहरूले खण्डन गर्न गाह्रो हुन्छ किनभने तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र आफ्ना गल्तीहरूका लागि परिष्कृत तर्कहरू समेत प्रस्तुत गर्न सक्छन्। सत्यता वास्तविकताविना, तैँले तिनीहरूलाई सत्यता सङ्गति गरेर विश्‍वस्त पार्न सक्दैनस्। अन्तिम परिणाम के हुन्छ भने तिनीहरूले खोक्रा सिद्धान्तहरू प्रयोग गरेर तेरो खण्डन गर्छन्, तँलाई निशब्द बनाउँछन्, र बिस्तारै तँ तिनीहरूको अधीनमा पर्छस्। त्यस्ता मानिसहरूको दुष्टता तिनीहरू अत्यन्तै बहकाउने किसिमका छन् भन्‍ने तथ्यमा निहित हुन्छ। स्पष्ट रूपमा नै, तिनीहरू केही पनि होइनन् र आफूले पूरा गर्ने हरेक कर्तव्यमा तिनीहरूले गडबड गर्छन्; तैपनि, अन्तमा, तिनीहरूले अझै पनि कतिपय मानिसहरूलाई बहकाएर तिनीहरूको आराधना गर्ने तुल्याउन, तिनीहरूको पाउमा “घुँडा” टेकाउन, र तिनीहरूप्रति आज्ञाकारी बनाउन सक्छन्। यस्तो व्यक्तिले गलतलाई सही, कालोलाई सेतोमा रूपान्तरित गर्न सक्छ। उसले सत्य र झूटलाई उल्ट्याउन, आफूले गरेका गलत कुराहरूको दोष अरूको काँधमा हालिदिन, र अरूका असल कार्यहरूका श्रेय लिन सक्छ, मानौँ त्यो श्रेय उसको आफ्‍नै हो। समय बित्दै जाँदा, तँ अन्योलमा पर्छस्, र ऊ साँचो रूपमा को हो भन्‍ने तँलाई थाहा हुँदैन। उसको बोलीवचन, व्यवहार, र रूपलाई मूल्याङ्कन गर्दा, तैँले यस्तो सोच्न सक्छस्, “यो व्यक्ति असाधारण छ; हामी आफ्नो तुलना उसँग गर्न सक्दैनौँ!” के यो बहकाउमा पर्नु होइन र? तँ छलमा परेको दिन नै तँ खतरामा पर्ने दिन हो। के अरूलाई बहकाउने यस्तो व्यक्ति अत्यन्तै दुष्ट हुँदैन र? उसको कुरा सुन्‍ने जोकोही व्यक्ति बहकाउ र बाधामा पर्न सक्छ, र उसलाई सामान्य हुन केही समयसम्म गाह्रो हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले उसलाई चिन्‍न सक्छन् र ऊ बहकाउने व्यक्ति हो भन्‍ने देख्‍न सक्छन्, उसलाई खुलासा र इन्कार गर्न सक्छन्, तर बहकाउमा परेका अरूले यसो भन्दै उसको प्रतिरक्षा समेत गर्न सक्छन्, “होइन, परमेश्‍वरको घरले उसलाई अनुचित व्यवहार गरिरहेको छ; म उसको पक्षमा खडा हुनुपर्छ।” यहाँ समस्या के हो? स्पष्ट रूपमा नै, तिनीहरू बहकाउमा परेका हुन्छन्, तैपनि तिनीहरूले आफूलाई बहकाउने व्यक्तिको प्रतिरक्षा गर्छन् र उसलाई सही साबित गर्छन्। के यी परमेश्‍वरमा विश्‍वास गर्ने तर मानवलाई पछ्याउने मानिसहरू होइनन् र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी त गर्छन्, तर किन तिनीहरूले यस व्यक्तिको यसरी आराधना गर्छन् र विशेष रूपमा प्रतिरक्षा गर्छन्? यदि तिनीहरूले यस्तो स्पष्ट कुरा पत्ता लगाउन सक्दैनन् भने, के तिनीहरू निश्‍चित हदसम्म बहकाउमा परेका हुँदैनन् र? ख्रीष्ट विरोधीले मानिसहरूलाई यो हदसम्म बहकाएको हुन्छ कि तिनीहरू उप्रान्त मानव जस्तो देखिँदैनन् वा तिनीहरूलाई परमेश्‍वर पछ्याउने मन हुँदैन; बरु, तिनीहरूले ख्रीष्ट विरोधीको आराधना गर्छन् र उसलाई पछ्याउँछन्। के यी मानिसहरूले परमेश्‍वरलाई धोका दिइरहेका हुँदैनन् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर उहाँले तँलाई प्राप्त गर्नुभएको छैन, र ख्रीष्ट विरोधीले तेरो हृदय प्राप्त गरेको छ, र तँ उसलाई पूरै हृदयले पछ्याउँछस् भने, तँलाई उसले परमेश्‍वरको घरबाट टाढा लगेको छ भन्‍ने कुरा यसले प्रमाणित गर्छ। तँ परमेश्‍वरको हेरचाह र सुरक्षाबाट, परमेश्‍वरको घरबाट टाढा गएपछि, ख्रीष्ट विरोधीले तँसँग आफूले चाहे अनुसार चालबाजी गर्न र खेलाउन सक्छ। उसले तँलाई खेलाइसकेपछि, तँलाई उप्रान्त चाहनेछैन, र ऊ अरूलाई बहकाउने कार्यमा अघि बढ्नेछ। यदि तैँले उसको कुरा सुनिरहिस् र तँमा उसले फाइदा उठाउन सक्‍ने मूल्य छ भने, उसले तँलाई अझै केही समयका लागि पछ्याउन दिन सक्छ। तैपनि, यदि उसले उप्रान्त तँमा शोषण गर्न सकिने मूल्य छ भन्‍ने देख्‍न छोड्यो भने, यदि उसले उप्रान्त तेरो ख्याल गर्न छोड्यो भने, उसले तँलाई त्याग्‍नेछन। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न फर्केर आउन सक्छस्? (सक्दिनँ।) किन तैँले उप्रान्त फेरि विश्‍वास गर्न सक्दैनौ? किनभने तेरो प्रारम्भिक आस्था हराएको हुन्छ; यो बिलाएको हुन्छ। ख्रीष्ट विरोधीहरूले यसरी नै मानिसहरूलाई बहकाउँछन् र हानि गर्छन्। जसरी शैतानले आदम र हव्वालाई बहकाएको थियो, त्यसरी नै तिनीहरूले मानिसहरूले आराधना गर्ने ज्ञान र शिक्षा प्रयोग गरेर, साथै आफ्ना वरदानहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउँछन् र नियन्त्रण गर्छन्। ख्रीष्ट-विरोधीको प्रकृति सार जस्तोसुकै भए पनि, उसले आफ्नो प्रकृति सारमा जे कुरालाई मन पराए पनि, घृणा गरे पनि, र सम्मान गरे पनि, एउटा कुरा निश्‍चित छ: उसले मन पराउने कुरा र मानिसहरूलाई बहकाउन प्रयोग गर्ने कुरा सत्यताको विरुद्धमा जान्छ, सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन, र यो परमेश्‍वरप्रति शत्रुवत् हुन्छ—यो कुरा निश्‍चित छ। यो कुरा याद गर: ख्रीष्ट विरोधीहरू कहिल्यै पनि परमेश्‍वरसँग मिल्ने हुन सक्दैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

अघिल्लो: ६. ख्रीष्टविरोधीहरूको चरित्रलाई कसरी खुट्ट्याउने

अर्को: ८. ख्रीष्टविरोधीहरूको द्वेषपूर्ण प्रकृति कसरी खुट्ट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्